किन सबैलाई मुक्तिको खाँचो छ? – भाग ३

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग ३​

 

 (५) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू अन्धा छन्

१) विश्वास नगर्ने व्यक्ति शैतानद्वारा अन्धा पारिएको हुन्छ (२ कोरिन्थी ४:४)

२ कोरिन्थी ४:४ मा शैतानलाई कुन नामले जनाइएको छ? ____________को ______________। (टिप्पणीः “संसार” शब्दलाई “युग” भनेर अनुवाद गर्न सकिन्छ )। २ कोरिन्थी ४:४ ले सिकाउँछ, तिनीहरूमा सुसमाचारको ज्योति चम्कन नपाओस् भन्ने हेतुले शैतानले मानिसहरूलाई अन्धा बनाउँछ। यी मानिसहरू विश्वास गर्नेहरू हुन् कि नगर्नेहरू? ____________________। २ कोरिन्थी ४:३ मा यही खाले मानिसहरूको बयान गर्ने एउटा वाक्यांश छ। त्यो वाक्यांश कुन हो? “__________ हुनेहरू”। यी पदहरूअनुसार, मानिसहरूले सुसमाचार बुझेको र विश्वास गरेको शैतानले चाहन्छ कि चाहँदैन? __________________ (टिप्पणीः सुसमाचारको माने प्रभु येशू ख्रीष्ट सम्बन्धीको शुभ-सन्देश हो, १ कोरिन्थी १५:१-५)। लूका ८:४-५ र ८:११-१२ पढ्नुहोस्। लूका ८:१२ अनुसार शैतानले कुन कुरा रुचाउँदैन? निम्नमध्ये दुइटालाई गोलो चिन्ह लगाउनुहोस्:

(क) मान्छे धर्ममा लागेको (घ) परमेश्वरको वचनमा विश्वास गरेको
(ख) मण्डलीको सभामा गएको (ङ) मुक्ति पाएको
(ग) गरिबलाई पैसा दिएको (च) उसलाई मान्छेले हप्काएको

२) परमेश्वरको सत्यतालाई बुझ्न नसक्ने भएकोले एउटा विश्वास नगर्ने व्यक्ति अन्धा हुन्छ (१ कोरिन्थी २:१४)।

येशूले यूहन्ना १४:२६ मा उल्लेख गर्नुभएको सिद्घ शिक्षकले हुनुहुन्छ? ________________________। यूहन्ना १५:२६ मा उक्त शिक्षकका दुइटा नामहरू उल्लेख छन्। ती नामहरू के-के हुन्?

(१) ______________________ (२) ______________________

(शब्दार्थ: “शान्तिदाता” भनेर अनुवाद गरिएको ग्रीक शब्द “पाराक्लेटस्‌” को माने “सहायक” हो। पवित्र आत्मा नै हुनुहुन्छ जसले विश्वासीलाई सान्त्वना, सहायता, उत्साह दिनुहुन्छ र सिकाउनुहुन्छ।)

येशूले यूहन्ना १६:१३ मा यस शिक्षकले उनीहरूलाई कुन कुरामा डोर्‍याउनुहुनेछ भनी चेलाहरूलाई प्रतिज्ञा गर्नुभयो? __________ ________________भित्र।

१ कोरिन्थी ६:१९ अनुसार हरेक विश्वासीभित्र ____________ __________ बास गर्नुहुन्छ। रोमी ८:९ पढ्नुहोस्। यदि एउटा व्यक्तिभित्र पवित्र आत्मा बास गर्नुहुन्न भने ऊ ख्रीष्टको हो कि होइन? ____________। रोमी ८:११ अनुसार हरेक साँचो विश्वासीभित्र को बास गर्नुहुन्छ? ____________________________। रोमी ८:१५-१६ अनुसार मुक्ति पाएकै घडी हामीले के पायौं? __________________________________। त्यसैले कतिजना ख्रीष्टियनहरूभित्र यस सिद्घ शिक्षक अर्थात् सत्यको आत्मा बास गरिरहनुभएको छ? ______________।

१ कोरिन्थी २:९-१६

पद ९ – विश्वासीहरूका निम्ति परमेश्वरले तयार पार्नुभएका कुराहरूको बारेमा हामीले कसरी जान्न सक्छौं? के हामीले ती कुराहरूको बारेमा हाम्रा आँखाहरूद्वारा जान्न सक्छौं? ________________। हाम्रा कानहरूद्वारा? ______________। हाम्रो विचार-शक्तिद्वारा? ______________।

पद १० – हामीले परमेश्वरको सत्यता सिक्न सक्ने एउटै उपाय के हो? ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्:

(क) चार वर्ष कलेज (विशेषतः बाइबल कलेज ) गएर
(ख) धर्म र बाइबल सम्बन्धी पुस्तकहरू पढेर
(ग) परमेश्वरले आफ्नो सत्यता हामीलाई प्रकट गरिदिनुभएर
(घ) सुन्दर सूर्‍योदय हेरेर
(ङ) लामो समयसम्म सोच-विचार वा ध्यान गरेर

१ कोरिन्थी २:१० बाट हामी सिक्छौं, उहाँको सत्यता परमेश्वरले हामीलाई __________________ ____________द्वारा प्रकट गर्नुहुन्छ। के त्यहाँ परमेश्वरको बारेमा वा परमेश्वरको सत्यताको बारेमा केही कुरा छ जुनचाहिँ पवित्र आत्माले बुझ्नुहुन्न? ________। स्मरण होस्, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ (प्रेरित ५:३-४ हेर्नुहोस् )। १ कोरिन्थी २:१० अनुसार परमेश्वरका गहिराइका कुराहरू र गहिरा सत्यताहरू साँच्चै बुझ्ने को हुनुहुन्छ? ____________________।

पद ११ के कुनै मानिसले परमेश्वरको सहायताबिना परमेश्वरका कुराहरू जान्न र बुझ्न सक्छ? ________________। यस पदअनुसार यी कुराहरू कसले जान्दछन्? ____________ ______________। यशैया ५५:८-९ पढ्नुहोस्। के परमेश्वरका विचारहरू तपाईंका विचारहरूभन्दा ज्यादै उच्च र महान् छन्? __________। रोमी ११:३३-३४ पढ्नुहोस्। के प्रभुलाई कुनै शिक्षकको खाँचो छ? ________। के त्यहाँ कुनै कुरा छ जो प्रभु जान्नुहुन्न? __________। के त्यहाँ कुनै कुरा छ जो तपाईं जान्नुहुन्न? ________। के तपाईंलाई शिक्षक चाहिन्छ? ________________। यो शिक्षक को हुनुपर्छ? ____________________________। निम्नमध्ये सही भनाइहरूलाई गोलो चिन्ह लगाउनुहोस्:

(क) म परमेश्वरको सत्यता प्रभुको सहायताबिनै सिक्न सक्छु।

(ख) उहाँ आफैले प्रकट नगरिदिनुभएसम्म र नसिकाउनुभएसम्म मैले परमेश्वरको वचनको बारेमा र उहाँको सत्यताको बारेमा कुनै पनि कुरा सिक्नु असम्भव छ।

(ग) बाइबलको सही अर्थ के हो भनेर प्रभुले मलाई नदेखाउनुभएसम्म र नसिकाउनुभएसम्म म कहिल्यै यसको सही अर्थ जान्न सक्नेछैन।

(घ) म आफै पनि बाइबल बुझ्न सक्छु, तर प्रभुको सहायताले सायद म अझ धेरै सिक्नेछु।

पद १२ – मुक्ति पाएकै घडी हरेक विश्वासीले के पाउँछ? __________________________। यस पदले हामीलाई सिकाउँछ, उहाँले हामीलाई सित्तैंमा ____________________ कुराहरूलाई हामीले जा__________ परमेश्वर चाहनुहुन्छ, यसैकारण उहाँले हामीलाई पवित्र ______________ हाम्रो शिक्षक हुनलाई दिनुभएको छ । तपाईंले उहाँको सत्यता बुझ्नुभएको के परमेश्वर चाहनुहुन्छ? ____________________। १ कोरिन्थी १४:२० पढ्नुहोस्। उहाँको सत्यता बुझ्ने सवालमा परमेश्वर के चाहनुहुन्छ — हामी बालकै रहेको कि पूरा बढेको मानिस बनेको? ________________________________।

पद १३ – हामी परमेश्वरको सत्यता हाम्रो आफ्नै बुद्धिले सिक्छौं कि पवित्र आत्माद्वारा सिकाइएर सिक्छौं? ___________________________ _____________________________।

पद १४ – “शारीरिक मानिस” मुक्ति नपाएको मानिस हो। यस पदले हामीलाई सिकाउँछ, परमेश्वरको सत्यताबारे मुक्ति नपाएको प्रत्येक पुरुष, महिला, केटा र केटी अन्धा हुन्छ। के शारीरिक मानिसले परमेश्वरको वचनको सत्यताहरू ग्रहण गर्न सक्छ? ____________। के उसले तिनीहरूलाई जान्न र बुझ्न सक्छ? ____________। मुक्ति नपाएको मानिसलाई परमेश्वरको सत्यता कस्तो लाग्छ भनेर दर्शाउने शब्द कुन हो? ____________। यसकारण तपाईंले मुक्ति नपाएको कुनै मानिसलाई बाइबलबाट केही कुरा बताउनुहुँदा, उसले तपाईंको खिल्ली उडाउँछ भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? __________। यदि उसले परमेश्वरको वचन बुझ्न सकेन भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? ________।

१ कोरिन्थी २:१४ मा “शारीरिक” भनेर अनुवाद गरिएको शब्दलाई यहूदा १९ मा “विलासी” भनेर अनुवाद गरिएको छ। यसरी यहूदा १९ बाट हामी सिक्छौं कि शारीरिक (विलासी ) मानिस त्यो हो जससँग ____________ हुँदैन। हामीले यसभन्दा अघि सिकिसकेको आधारमा, ती एकमात्र व्यक्ति को हुन् जसले हामीलाई परमेश्वरको सत्यता सिकाउन र प्रकट गराउन सक्नुहुन्छ? ____________ ____________। यदि कसैसँग यस शिक्षक हुनुहुन्न भने, के उसले सत्यता सिक्न सक्छ? ______________। शारीरिक मानिस (मुक्ति नपाएको मानिस) सँग के यस शिक्षक हुनुहुन्छ? __________________। १ कोरिन्थी १:१८ पढ्नुहोस्। येशूले हाम्रो निम्ति क्रूसमा गर्नुभएको कार्य एउटा शारीरिक मानिसले बुझ्दछ? ________________। मुक्ति नपाएको व्यक्तिले क्रूसप्रति कस्तो धारणा राख्दछ? उसको धारणालाई ठीकसँग बयान गर्ने शब्द कुन हो? ____________। क्रूसमा मर्नुभएको मुक्तिदातामाथि विश्वास गर्नु नै मुक्ति पाउने एउटै उपाय हो भनेर तपाईंले कसैलाई बताउनुहुँदा, यदि उसले तपाईंलाई मूर्ख ठान्दछ भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? ______________। १ कोरिन्थी १:१८ अनुसार कस्तो व्यक्तिले क्रूसको अर्थलाई साँच्चै बुझेको हुन्छ? __________ ________________। केवल परमेश्वरले मात्र अन्धाका आँखा खोलिदिन सक्नुहुन्छ। शारीरिक मानिस आत्मिक अन्धा हो र उसले सत्य बुझ्न सक्दैन। केवल परमेश्वरले मात्र एउटा शारीरिक मानिसको आँखा खोलिदिन सक्नुहुन्छ, नयाँ जन्मको आश्चर्यकर्मद्वारा (यूहन्ना ३:३-५)। नयाँ जन्म पाएकै घडी एउटा मानिसले पवित्र आत्मा पाउँदछ, र एउटा नयाँ जन्मेको बालकले झैं, उसले परमेश्वरको वचनको विशुद्घ दूधको तिर्सना गर्दछ जसद्वारा उसले सिक्न सक्छ, जसद्वारा ऊ बढ्न सक्छ (१ पत्रुस २:२)। त्यहाँदेखि पवित्र आत्मा उसको शिक्षक हुनुहुनेछ!

पद १५ – आत्मिक मानिस त्यो हो जोसँग पवित्र आत्मा हुनुहुन्छ। ऊ एउटा विश्वासी हो जसले पवित्र आत्मालाई आफ्नो शिक्षक हुन दिएको छ। आत्मिक मानिसले परमेश्वरको वचनलाई प्रेम गर्दछ (भजनसंग्रह ११९:९७), र निरन्तर उसको प्रार्थना यो हुन्छः “मेरा ____________ खोलिदिनुहोस्, र म तपाईंका __________________बाट _________________ _____________ देख्‍न सकूँ” (भजनसंग्रह ११९:१८)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email