प्रतिज्ञाको प्रबन्ध

प्रतिज्ञाको प्रबन्ध

 

(अब्राहामको बोलावटदेखि व्यवस्था नदिइएसम्म)

परमेश्वरले बाबेलको शहरमाथि इन्साफ गर्नुभएको परिणामस्वरूप थुप्रै जातिहरूको उद्भव भयो (अघिल्लो पाठमा हेर्नुहोस्)। यी विभिन्न जातिहरूका बारेमा उत्पत्ति अध्याय १० ले बताउँदछ (विशेष गरी पद ५, २०, ३१-३२)। वर्षौं बितेपछि परमेश्वरले एउटा विशेष काम गर्नुभयो। परमेश्वरले एउटा मानिसलाई चुन्नुभयो जो नै एउटा विशेष जातिको पिता भए। उनको नाउँ के थियो (उत्पत्ति १२:१-३; १७:५)? ________________।

त्यसबेलादेखि निम्नहरू सित परमेश्वरले विशेष प्रकारले व्यवहार गर्न थाल्नुभयो…

एउटा मानिससितअब्राहाम
एउटा परिवारसितअब्राहामको परिवार
एउटा जातिसितअब्राहामबाट आउने जाति (इस्राएल)

अब्राहामको सन्तानहरूलाई तलको चार्टमा उल्लेख गरिएको छ:

यी बाह्रजना पुरुषहरूबाट नै इस्राएल जाति आएको हो

१. प्रारम्भमा मानिसको अवस्था

अब्राहामको बोलावटको विवरण उत्पत्ति अध्याय १२ मा पाउँछौं। उत्पत्ति १२:१ मा परमेश्वरले अब्राहामलाई उनी बसोबास गरिरहेका भूमि (उनको घर, परिवार, समाज, मित्रहरू) बाट अर्को नयाँ भूमिमा जानलाई बोलाउनुभएको कुरा पढ्छौं, “जुन ________ म तँलाई देखाउँछु त्यहाँ जा।” यो सजिलो काम थिएन। तपाईंलाई आफ्नो घर, आफ्नो देश, आफ्ना आफन्त, आफ्ना मित्रगणलाई छोडेर आफूले कहिल्यै नदेखेको देशमा जान भनिएको भए के त्यसो गर्न तपाईंलाई सजिलो लाग्थ्यो होला?

बाइबलले अब्राहामको परिवारको बारेमा धेरै बताउँदैन तर यहोशू २४:२ मा अब्राहामका बाबु तेरह (उत्पत्ति ११:२७) को बारेमा हामी केही जानकारी पाउँछौं। तेरहले “______ _________हरू पुज्दथे” (यहोशू २४:२ को आखिरी भागमा हेर्नुहोस्)। अब्राहामका परिवारले एकमात्र जीवित र साँचो परमेश्वरलाई पुज्दैनथे। तिनीहरू मूर्तिपूजकहरू थिए। तिनीहरूले अस्तित्वहीन झूटा देवदेवीहरूको सेवा गर्दथे। अब्राहामका परिवार एउटा झूटा धर्ममा संलग्न थिए अनि परमेश्वरले अब्राहामलाई त्यसदेखि बाहिर बोलाउनुभयो। के आज पनि परमेश्वर मानिसहरूलाई झूटा धर्महरूबाट बाहिर निकाल्न चाहनुहुन्छ (१ थेस्सलोनिकी १:९)? ___________________।

उत्पत्ति १२:२-३ मा परमेश्वरले अब्राहामलाई अति सुन्दर प्रतिज्ञाहरू दिनुभयो। त्यसबेलासम्ममा परमेश्वरले यस्ता प्रतिज्ञाहरू पृथ्वीका कुनै मानिसलाई दिनुभएको थिएन। यी प्रतिज्ञाहरू अति विशेष थिए जुन प्रतिज्ञाहरूलाई परमेश्वरले अब्राहाम र अब्राहामका सन्तानहरूलाई दिनुभयो। उत्पत्ति १२:२-३ मा परमेश्वरले कति पटक “गर्नेछु” वा “दिनेछु” वा “गराउनेछु” भन्नुभयो? _______। प्रतिज्ञा गर्नु भनेको “म केही गर्नेछु” वा “म गर्नेछैनँ” भन्ने वचन दिनु हो। यी पदहरूमा अब्राहामका निम्ति आफूले केही गरिदिनेछु भनी परमेश्वरले आफ्नो वचन दिनुभयो। यी प्रतिज्ञाहरूको बारेमा विचार गरौं:

परमेश्वरले भन्नुभयो…

 

  1. तँ (अब्राहाम) बाट एउटा ठूलो जाति खडा गर्नेछु (उत्पत्ति १२:२)। यस जातिलाई पछि गएर इस्राएल जाति भनियो।
  2. तलाईं आशिष दिनेछु (उत्पत्ति १२:२)। अब्राहाम र उनका सन्ततिमाथि परमेश्वरको आशिष रहने प्रतिज्ञा गरियो।
  3. तँलाई आशिष दिनेहरूलाई आशिष दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु (उत्पत्ति १२:३)। यसको मतलब इस्राएलका मित्रहरूलाई परमेश्वरले आशिष दिनुहुनेछ र इस्राएलका शत्रुहरूलाई परमेश्वरले सराप दिनुहुनेछ।
  4. तँ (अब्राहाम) द्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन् (उत्पत्ति १२:३)। अब्राहामद्वारा नै भविष्यमा मुक्तिदाता प्रभु येशू ख्रीष्ट आउने प्रतिज्ञा गरियो (मत्ती १:१ लाई गलाती ३:१६ सित तुलना गर्नुहोस्)। उहाँ इस्राएलको मात्र नभएर सारा संसारकै मुक्तिदाता हुने प्रतिज्ञा गरियो (१ यूहन्ना ३:१४।

यी दुई पदहरू (उत्पत्ति १२:२-३) मा परमेश्वरले अब्राहामलाई वास्तवमा चारओटा प्रतिज्ञाहरू दिनुभएको पाइन्छ:

  1. एउटा ठूलो जाति (पद २)
  2. एउटा ठूलो आशिष (पद २)
  3. शत्रुहरूबाट ठूलो सुरक्षा (पद ३)
  4. एक ठूलो मुक्तिदाता (पद ३)

के अब्राहामले परमेश्वरले उनलाई भन्नुभएबमोजिम गरे (उत्पत्ति १२:४; हिब्रू ११:८ पनि पढ्नुहोस्)? __________।

अब्राहामलाई परमेश्वरले दिनुभएको अर्को प्रतिज्ञा उत्पत्ति १३:१४-१७ मा पाइन्छ। अब्राहामलाई के दिनेछु भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो? ____________________________________________। उत्पत्ति १५:१८ मा यही प्रतिज्ञा फेरी दोहोर्याइएको पाइन्छ। उक्त पदअनुसार परमेश्वरले अब्राहामलाई मिश्रदेशको नदी (नील नदी) देखि यूफ्रेटिस नदीसम्मको भूमि दिने प्रतिज्ञा गर्नुभयो। बाइबलको नक्सामा यी दुई नदीहरूलाई भेट्टाउन सक्नुहुन्छ? परमेश्वरले इस्राएललाई यी दुई नदीहरूको बीचको भूमि दिनुभयो!

अब्राहामलाई दिइएका परमेश्वरका सुन्दर प्रतिज्ञाहरू उत्पत्ति १७:५-८ मा पान्छन्। यी पदहरूमा परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्दै “तुल्याउनेछु” वा “बनाउनेछु” वा “गर्नेछु” वा “दिनेछु” वा “हुनेछु” जम्मा कति पटक भन्नुभयो? _________। उत्पत्ति १७:८ मा अब्राहाम र अब्राहामको सन्तानसित परमेश्वरले एउटा अति विशेष सम्बन्ध राख्‍ने प्रतिज्ञा गर्नुभएको पाइन्छ, “म _______________ ____________ हुनेछु।”

के परमेश्वरले यी प्रतिज्ञाहरू अब्राहामका छोरा इसहाकलाई पनि दिनुभयो (उत्पत्ति २६:१-५)? ____________। के परमेश्वरले यी प्रतिज्ञाहरू इसहाकका छोरा याकूबलाई पनि दिनुभयो (उत्पत्ति २८:१०-१५)? ____________।

यी तीन व्यक्तिहरू (अब्राहाम, इसहाक र याकूब) लाई ज्यादै विशेष प्रतिज्ञाहरू दिइएका थिए। आफूले के-के गरिदिनेछु भनी उनीहरूलाई परमेश्वरले आफ्नो वचन दिनुभएको थियो। मान्छेले आफ्नो प्रतिज्ञा तोड्न सक्छ तर परमेश्वरले आफ्नो प्रतिज्ञा कहिल्यै तोड्नुहुन्न। मान्छेले आफूले बोलेको वचन पूरा नगर्न सक्छ तर परमेश्वरले आफूले बोलेको वचन सधैं पूरा गर्नुहुन्छ। स्वर्गमा एक परमेश्वर हुनुहुन्छ जो आफ्नो प्रतिज्ञामा विश्वासयोग्य हुनुहुन्छ। निम्न पदहरूलाई पढेर वाक्य पूरा गर्नुहोस्:

  1. तीतस १:२ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि __________________________ _________________________________________________________________________
  2. हिब्रू ६:१८ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि _______________________ _________________________________________________________________________
  3. गन्ती २३:१९ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि ______________________ _________________________________________________________________________
  4. यहोशू २३:१४ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि _____________________ _________________________________________________________________________
  5. रोमी ४:२१ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि _______________________ _________________________________________________________________________
  6. हिब्रू ११:११ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि _______________________ _________________________________________________________________________

२. मानिसको जिम्मेवारी

परमेश्वरले अब्राहाम, इसहाक र याकूबका हातमा ज्यादै ठूला र बहुमूल्य प्रतिज्ञाहरू राखिदिनुभएको थियो। मानिसले परमेश्वरबाट जब प्रतिज्ञा प्राप्‍त गर्दछ तब उसको जिम्मेवारी के हुन्छ? उसको जिम्मेवारी यो हुन्छ, विश्वास गर्नु! परमेश्वरले प्रतिज्ञा दिनुभयो भने मानिसले उक्त प्रतिज्ञालाई पक्रनुपर्छ, त्यसलाई अँगाल्नुपर्छ, त्यसलाई बलियो गरी समाउनुपर्छ अनि विश्वास गर्नुपर्छ कि परमेश्वरले जे भन्नुभएको छ त्यो सत्य छ (हिब्रू ११:१३ पढ्नुहोस्)। उसले भन्नुपर्छ, “परमेश्वरले भन्नुभएको कुरा हो यो, यो म विश्वास गर्छु।” विश्वास भनेको परमेश्वरलाई उहाँको मुखको वचनको आधारमै मान्नु हो। परमेश्वरले जे गर्नेछु भन्नुभएको छ ठीक त्यही गर्नुहुनेछ भनी सीधै मानिलिनु नै विश्वास हो।

अब्राहामको विश्वास उत्पत्ति १५:५-६ मा देखिन्छ। आकाशमा झलमल्ल ताराहरू देखिने एउटा रातको कुरा हो, परमेश्वरले अब्राहामलाई “यदि तारा गन्न सक्छस् भने गनिहेर्” भन्नुभयो (पद ५)। अब्राहामले त्यसो गर्न सके होलान्? ____________। सृष्टिमा अनगिन्ति ताराहरू छन्। जति नियालेर हेर्‍यो (विशाल दूरदर्शक यन्त्रहरूले किन नहोस्) त्यति नै धेरै ताराहरू भेटिन्छन्। ताराहरू यति धेरै छन् कि तिनीहरूलाई गन्नै सकिन्न! तब परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरा ______________ पनि त्यस्तै हुनेछन् (पद ५।”

त्यतिखेर अब्राहामको एउटै सन्तान थिएन तर परमेश्वरले उसलाई यस्तो अचम्मको प्रतिज्ञा दिनुभयो, जसरी ताराहरू असंख्य छन्, तिम्रा सन्तान पनि असंख्य हुनेछन्! के अब्राहामले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे (उत्पत्ति १५:६)? _________। परमेश्वरले आफ्नो प्रतिज्ञा (जुन उत्पत्ति २२:१७ मा पनि उल्लेख छ) अचम्म तरिकाले पूरा गर्नुभयो। जब अब्राहामका सन्तानहरू तल मिश्रदेशमा झरे, तब उनीहरू ७० जना मात्र थिए (प्रस्थान १:५ पढ्नुहोस्)। उनीहरूलाई सजिलै गन्न सकिन्थ्यो। के परमेश्वरले यस जातिलाई वृद्धि गराएर थुप्रै संख्याको एक विशाल जाति बनाउनुभयो? यसको जवाफ पत्ता लगाउन प्रस्थान १:७-१२,२० र ५:५ पढ्नुहोस् अनि प्रेरित ७:१७ सित तुलना गर्नुहोस्। आज संसारमा करोडौं यहूदीहरू (अब्राहामका सन्तानहरू) छन्!

परमेश्वरको प्रतिज्ञा दिइएको व्यक्तिको जिम्मेवारी के हो, सो देखाउन परमेश्वरले अब्राहामलाई नमुनास्वरूप प्रस्तुत गर्नुभएको छ। हामीले अब्राहामले जस्तै परमेश्वरलाई विश्वास गर्नुपर्छ। यहूदी वा अन्यजाति प्रत्येकले नै अब्राहामले जस्तै परमेश्वरलाई विश्वास गर्नुपर्छ। प्रत्येक मानिसलाई दिइएको जिम्मेवारी यो हो, उसले परमेश्वरलाई विश्वास गर्नुपर्छ, ऊसँग अब्राहामको विश्वास हुनुपर्छ जो “उहाँले जे ____________ गर्नुभएको छ, सो पूरा गर्नालाई उहाँ __________ पनि हुनुहुन्छ भनी उनी पूरा ____________मा रहे” (रोमी ४:२१)।

साथै आशिषको स्थानमा रहिरहनु पनि आवश्यक थियो। उत्पत्ति २६:३ मा परमेश्वरले इसहाकलाई भन्नुभयो, “त्यही _________मा बसोबास गर्, र म तँसँग रहनेछु।” इसहाकलाई ______ देश नजान आज्ञा दिइएको थियो (उत्पत्ति २६:२)। प्रतिज्ञाको देश (प्यालेस्टाइनको भूमि) नै आशिषको देश थियो। जब जब इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशबाहिर जान्थे तब तब उनीहरू प्रायः समस्यामा पर्नेगर्थे, जसरी उनीहरू मिश्रदेशमा कमारा-कमारीहरू बने र बेबिलोनमा प्रवासीहरू बने। परमेश्वरले उनीहरूलाई एउटा ज्यादै विशेष भूमि दिनुभएको थियो र उनीहरू यही भूमिमा रहनुपर्थ्यो र परमेश्वरमाथि विश्वास गर्दै उहाँको सेवा गर्नुपर्थ्यो!

३. मानिसको विफलता

अब्राहामको विफलता

अब्राहाम विश्वासका मानिस (विश्वासमा जिउने मानिस) थिए (उत्पत्ति १५:६), तर त्यस्ता समयहरू पनि आए जब उनलाई परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्न गाह्रो भयो। जस्तै, उत्पत्ति १६ अध्यायमा, परमेश्वरले उनकी पत्‍नी सराईद्वारा सन्तान दिन सक्नुहुन्छ भनेर उनले परमेश्वरमाथि विश्वास गर्न सकेनन्। त्यसैले उनले सराईकी दासी हागारद्वारा सन्तान जन्माए। आफ्नी पत्‍नीको सल्लाहलाई सुन्नुको सट्टा (पद २), अब्राहामले यसरी भन्नुपर्नेथ्यो, “सराई, परमेश्वरले हामीलाई सन्तान दिने प्रतिज्ञा गर्नुभएको छ। हामी वृद्ध भइसकेका छौं र अहिलेसम्म हाम्रो सन्तान भएको छैन, तरैपनि परमेश्वरले आफ्नो वचन पूरा गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ! उहाँको निम्ति कुनै कुरा औधी कठिन छैन!”

पछि, के आब्राहामले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे (रोमी ४:२०-२१ पढ्नुहोस्)? ______।

इसहाकको विफलता

एसाव र याकूब जन्मनुभन्दा अघि याकूब (“कान्छो”) ले उहाँको आशिष पाउनेछ भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो (उत्पत्ति २५:२१-२३)। तर इसहाकले आफ्नो अर्कोचाहिँ छोरा एसावलाई बढी माया गरे (उत्पत्ति २५:२८)। इसहाकले कुनचाहिँ छोरालाई आशिष दिने निर्णय गरे (उत्पत्ति २७:१-४)? _________________। परमेश्वरले “म याकूबलाई आशिष दिनेछु” भन्नुभएको थियो तर इसहाकले परमेश्वरको वचनलाई काट्दै भन्छन्, “म एसावलाई आशिष दिनेछु!” परमेश्वरलाई उहाँको वचनकै आधारमा मान्नु (विश्वास गर्नु) को सट्टा इसहाकले परमेश्वरको वचनलाई काट्दै थिए (अविश्वास गर्दैथिए)। आखिरमा यस्तो भयो, इसहाकलाई छल गरियो अनि पत्तै नपाई इसहाकले याकूबलाई आशिष दिए! यो कुरा अन्तमा इसहाकले थाह पाएपछि उनले परमेश्वरलाई खण्डन गर्न छाडे र परमेश्वरसित सहमत भए, “हो, त्यो (याकूब) चाहिँ आशीर्वादी हुनेछ (उत्पत्ति २७:३३)।” परमेश्वरले “म याकूबलाई आशिष दिनेछु!” भन्नुभएको थियो अनि इसहाक अन्तमा सहमत भए र भने, “याकूब आशिषित हुनेछ!” विश्वासको मानिस परमेश्वरको वचनसित सहमत हुन्छ र उसले परमेश्वरको वचनलाई काट्दैन (हिब्रू ११:२० पढ्नुहोस्।

याकूबको विफलता

पटक-पटक परमेश्वरले याकूबलाई आशिष दिने प्रतिज्ञा गर्नुभएको थियो (उत्पत्ति २८:१३-१५; ३२:२४-२९; ३५:९-१२)। तर त्यस्ता समयहरू आए जब याकूबले परमेश्वरको आशिष साँच्ची नै आफूमाथि हुनेछ भनेर विश्वास गर्न सकेनन्। उत्पत्ति ४२:३६ पढ्नुहोस्। याकूब त्यतिखेर वृद्ध भइसकेका थिए। आफ्नो प्रिय छोरो यूसुफ मरिसकेका छन् भन्ने उनलाई लाग्थ्यो (उत्पत्ति ३७:३१-३५ सित तुलना गर्नुहोस्)। आफ्नो छोरो बिन्यामीनलाई पनि गुमाउनेछु होला भन्ने उनलाई लाग्दैथ्यो अनि अर्को छोरा सिमियोनलाई कहिल्यै देख्न पाउँदिनँ भन्ने पनि उनलाई लाग्दैथ्यो। निराश भई याकूब विलाप गर्छन्, “यी सबै घटना __________ _______ (मेरो विरुद्धमा) आएको छ” (उत्पत्ति ४२:३६)। परमेश्वरको आशिष आफूमाथि छ भनी विश्वास गर्नुको सट्टा उनले आफूमाथि परमेश्वरकै सराप लागेको छ भन्ने जस्तै व्यवहार गर्दैथिए याकूबले!

आफू कहाँसम्म गलत रहेछु भन्ने कुरा याकूबले केही समयपछि थाह पाए। परमेश्वरले आफ्नो सुन्दर योजनाअनुसार काम गर्दै हुनुहुन्थ्यो अनि याकूबले आफ्ना सबै छोराहरूलाई, यूसुफलाई समेत, जिउँदै देख्‍नेवाला थिए! सबै कुराहरू उनको विरुद्धमा हुनुको साटो सबै कुराहरू उनकै भलाइका निम्ति काम गर्दैथिए (रोमी ८:२८ सित तुलना गर्नुहोस्)। आफ्ना कठिनाइहरूको बीचमा उनले यसरी भन्नुपर्नेथ्यो, “म बुझ्दिनँ, किन मलाई यस्ता कुराहरू आइपरिरहेका छन् तर मलाई विश्वास छ, परमेश्वर जान्नुहुन्छ र उहाँले जसरी भए पनि यी सबैका बाबजुद पनि मलाई आशिष नै दिनुहुनेछ!”

याकूबका छोराहरूको विफलता

याकूबका बाह्र भाइ छोरा थिए (यस पाठको पहिलो पृष्ठको चित्रलाई हेर्नुहोस्)। यीमध्ये दसजनाले आपसमा मिलेर आफ्नो भाइ यूसुफलाई गरेका अति दुष्ट व्यवहार उत्पत्ति ३७ अध्यायमा पढ्नुहोस्। उनीहरूले यूसुफको हत्या गर्ने योजना गरे (उत्पत्ति ३७:२०) तर आखिरमा यस्तो भयो, उनीहरूले उनलाई मिश्रदेशमा लगिन एउटा दासको रूपमा बेचे (उत्पत्ति ३७:२८) अनि आफ्ना बाबुलाई छल गरेर आफ्नो पापलाई ढाकछोप गरे (उत्पत्ति ३७:३१-३४)। यी सब हुनुको पछाडि के थियो भने यी दाजुहरूले यूसुफको डाहा गर्थे किनकि यूसुफले उनीहरूले भन्दा बढी माया पाएका थिए।

यी दसजना दाजुहरूले परमेश्वरको प्रतिज्ञालाई याद गर्नुपर्नेथ्यो! परमेश्वरको आशिष दिने प्रतिज्ञा याकूबका सबै छोराहरूका निम्ति थियो, यूसुफको निम्ति मात्र होइन! यदि यी दाजुहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरेका भए यूसुफप्रति उनीहरूको व्यवहार बग्लै हुनेथ्यो। त्यो बुझेका भए उनीहरूले यसरी भन्न सक्नेथिए, “यूसुफले विशेष कुराहरू पाइरहेका छन् (उत्पत्ति ३७:३) तरैपनि हामी यो नबिर्सौं, परमेश्वरको आशिष भनेको अब्राहाम, इसहाक र याकूबका सबै नै सन्तानहरूलाई हो। परमेश्वरले हामीलाई पनि आशिष दिनुहुनेछ अनि हामीले चाहिँ धैर्य गर्नुपर्छ, पर्खनुपर्छ। परमेश्वरले जे भन्नुभएको छ ठीक त्यही पूरा गर्नुहुनेछ।”

इस्राएलका सन्तानको अविश्वास

उनीहरूको इतिहासभरि नै इस्राएलका सन्तानहरूले परमेश्वरलाई उहाँको वचनको आधारमा मान्न, उहाँका प्रतिज्ञालाई विश्वास गर्न विफल भए। निम्न खण्डहरूलाई पढ्नुहोस् र इस्राएलका सन्तानहरूले परमेश्वरलाई विश्वास गर्न कसरी विफल भए भन्ने कुराको व्याख्या गर्नुहोस्:

  1.  
    1. प्रस्थान १४:१०-१४
    2. प्रस्थान १५:२३-२६
    3. प्रस्थान १६:१-८
    4. प्रस्थान १७:१-७ (विशेष गरी पद ७)

परमेश्वरले उनीहरूलाई आशिष दिने र उनीहरूको सम्पूर्ण आवश्यकताहरू पूरा गरिदिने प्रतिज्ञा गर्नुभएको थियो तर इस्राएलका सन्तानहरूले प्रतिज्ञालाई विश्वासै गरेनन्।

४. परमेश्वरको इन्साफ

यूसुफका दाजुहरूले उनलाई मिश्रदेशमा दासको रूपमा लगिनका निम्ति बेचिदिँदा, उनीहरूले यो महसुस गरेनन् कि एक दिन उनीहरूका सबै सन्तान नै मिश्रदेशमा दास बन्नेछन् भनेर।

त्यसो हुन भन्दा धेरै पहिला नै परमेश्वरले अब्राहामलाई मिश्रदेशको दासत्वको बारेमा बताउनुभएको थियो। यो कुरा उत्पत्ति १५:१२-१४ मा उल्लेख छ। एक रात अब्राहामले नराम्रो सपना देखे (पद १२)। तब परमेश्वरले अब्राहामलाई बुझाउनुभयो, उनका सन्ततिहरू एउटा देशमा प्रवासी हुनेछन् जुन देश तिनीहरूको होइन (मिश्रदेश)। उनीहरू त्यहाँ ती परदेशीहरूको सेवा गर्नेछन् र उनीहरू कति वर्षसम्म थिचोमिचोमा पर्नेछन् भनी परमेश्वरले भन्नुभयो (उत्पत्ति १५:१३)? _________________। परमेश्वरले यो पनि प्रतिज्ञा गर्नुभयो, उहाँले मिश्रदेशमाथि इन्साफ गर्नुहुनेछ र इस्राएलका सन्तानहरूलाई त्यो देशबाट बाहिर निस्कन सम्भव तुल्याउनुहुनेछ (उत्पत्ति १५:१४)।

उत्पत्ति ४६:३-४,२७ मा याकूब र उनका छोराहरू मिश्रदेशमा बसोबास गर्नलाई तल झरेको कुराको उल्लेख छ। त्यतिखेर सात वर्षे लामो नराम्रो अनिकालको समय थियो। अनिकालको समय बितेपछि याकूबका छोराहरू मिश्रमै बसे र उनीहरू प्रतिज्ञाको देशमा फर्केनन्। वास्तवमा याकूबका बाह्रै भाइ छोराहरू मिश्रदेशमा नै मरे। प्रस्थानको पहिलो अध्यायमा देख्छौं, इस्राएलका सन्तानहरू कसरी त्यस देशमा कमारा-कमारीहरु बने। त्यो दासत्व कति कठोर थियो भन्ने कुरा तलको जोडा मिलाउने अभ्यासबाट बुझ्न सकिन्छ:

१. ____ उनीहरूलाई काममा यति बेसरी खट्न लगाइयो कि उनीहरूको जीवनै तीतो बन्यो।

२. ____ इट्टा बनाउने कच्चा पद्धार्थचाहिँ घटाइदिएर पहिला बुझाइरहेकै जति इट्टा बुझाउनुपर्छ भन्ने आदेश उनीहरूलाई दिइयो।

३. ____ उनीहरूले मिश्रका राजा फारोका निम्ति शहरहरू निर्माण गर्नुपर्‍यो।

(क) प्रस्थान १:११

(ख) प्रस्थान १:१४

(ग) प्रस्थान ५:६-१९

वर्षौंसम्म कठिनाइ र कष्ट भोगेपछि इस्राएलका सन्तानहरूले आफ्नो क्रूर दासत्वको कारण पुकारा गरे अनि ______________ले तिनीहरूको पुकारा सुन्नुभयो (प्रस्थान २:२३-२५; प्रेरित ७:३४)। उनीहरूलाई उनीहरूको त्यो डरलाग्दो बन्धन र दासत्वदेखि छुटकारा दिन सक्ने केवल परमेश्वर मात्र हुनुहुन्थ्यो।

त्यस्तो दासत्वकै बीचमा पनि परमेश्वरले यस जातिलाई अति सुन्दर प्रतिज्ञाहरू दिनुभयो। प्रस्थान ६:६-८ पढ्नुहोस्। यी पदहरूमा “निकाल्नेछु” वा “गर्नेछु” वा “हुनेछु” वा “ल्याउनेछु” वा “दिनेछु” भन्ने प्रतिज्ञापूर्ण वचनहरू जम्मा कतिपटक पाइन्छन्? ________। के परमेश्वरले यी सबै प्रतिज्ञाहरू पूरा गर्नुभयो? परमेश्वरले आफ्ना जनहरूलाई दासत्वको देशबाट प्रतिज्ञाको देशभित्र फर्काएर ल्याउनुभयो! प्रस्थानको पुस्तकले उनीहरूलाई मिश्रदेशबाट बाहिर निकालिएको घटनाको बयान गरेको छ भने यहोशूको पुस्तकले चाहिँ उनीहरूलाई प्रतिज्ञाको देशभित्र प्रवेश गराइएको घटनाको बयान गरेको छ।

स्मरण होस्, परमेश्वरले इस्राएल जातिलाई दिनुभएको आफ्नो वचनलाई कहिल्यै तोड्नुभएको छैन, उनीहरूलाई दिइएको प्रतिज्ञालाई उहाँले कहिल्यै फिर्ता लिनुभएको छैन। एक पटक इस्राएल राष्ट्रलाई सराप दिन भनी एकजनालाई काम लगाइएको थियो (गन्ती २३:७-१८ पढ्नुहोस्)। उनको नाउँ बालाम थियो। यस मानिसले इस्राएललाई सराप दिन सक्दै सकेनन् (गन्ती २३:८ पढ्नुहोस्) अनि यसको कारणचाहिँ गन्ती २३:१९ मा लेखिएको छ! परमेश्वरले इस्राएल राष्ट्रका निम्ति केही निश्वित कुराहरूको प्रतिज्ञा गर्नुभएको छ अनि परमेश्वर आफ्नो वचनमा पछि हट्न सक्नुहुन्न!

हामीलाई परमेश्वरका प्रतिज्ञाहरू

परमेश्वरले तपाईंलाई दिनुभएका ठूला-ठूला सुन्दर प्रतिज्ञाहरूलाई तपाईं के गर्दैहुनुहुन्छ? परमेश्वरका सुन्दर प्रतिज्ञाहरूले हामीलाई कुनै लाभ हुँदैन जबसम्म हामी ती प्रतिज्ञाहरूलाई विश्वास गर्दैनौं। हिब्रू ४:१-२ लाई विचार गरौं। इस्राएलका सन्तानहरूलाई एउटा प्रतिज्ञा दिइएको थियो तर उनीहरूले उक्त प्रतिज्ञालाई विश्वास गरेनन्। परमेश्वरको वचनलाई _____________सित नमिसाएसम्म त्यसले हामीलाई कुनै फाइदा दिँदैन (हिब्रू ४:२)।

एउटा दानाको विचार गरौं। त्यो दानालाई जमीनमा रोपियो भने त्यो उम्रेर एउटा सुन्दर बोट बन्छ र धेरै फल दिन्छ। तर त्यो दानालाई काठको टेबुलमाथि वा कुनै त्यस्तै कडा सतहमाथि राखिछाड्यौं भने त्यसले कसैलाई कुनै फाइदा दिन सक्दैन। परमेश्वरको वचन त्यो दाना जस्तै हो। परमेश्वरको वचन हाम्रो हृदयमा गहिरो गरी रोपिनुपर्छ र हामीले परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्नुपर्छ। मानौं तपाईंको बाबुले तपाईंलाई यसरी भन्नुभयो, “म तिम्रो जाकेटको खल्तिभित्र एक सय रुपैयाँ राखिदिनेछु अनि तिमी शहर जाँदा तिमीलाई खर्च गर्नलाई त्यो प्रयोग गर्न सक्नेछौ।” यदि तपाईंले त्यो कुरा विश्वासै गर्नुभएन भने तपाईं शहर पुग्दा त्यो पैसाले तपाईंलाई कुनै फाइदा दिन सक्नेछैन किनकि आफूसँग पैसा छ भनेर तपाईंले विश्वास गर्नुभएन भने उक्त पैसालाई तपाईंले खर्च गर्न पनि सक्नुहुन्न! बुद्धिमानी काम यो हो: बाबुले भन्नुभएको कुरालाई विश्वास गर्नु, आफ्नो खल्तिभित्र हात हाल्नु, पैसालाई झिक्नु र त्यसलाई प्रयोग गर्नु!

निम्न प्रतिज्ञाहरूलाई तपाईं के गर्दैहुनुहुन्छ?

  1. अनन्त जीवनको प्रतिज्ञा (१ यूहन्ना २:२५; यूहन्ना ५:२४)
  2. मुक्तिको प्रतिज्ञा (प्रेरित १६:३०-३१ र रोमी १०:९,१३)
  3. पापहरूको क्षमाको प्रतिज्ञा (प्रेरित १०:४३ र प्रेरित ३:१९)
  4. ख्रीष्टमा अनन्तसम्म सुरक्षित र सुनिश्चित बनाइएको प्रतिज्ञा (यूहन्ना १०:२८-३०; रोमी ८:१,३८-३९)
  5. परमेश्वरको वास्ताको प्रतिज्ञा (१ पत्रुस ५:७)
  6. परमेश्वरको अटुट उपस्थितिको प्रतिज्ञा (हिब्रू १३:५; मत्ती २८:२०)
  7. हाम्रा खाँचोहरू परमेश्वरले सधैं पूरा गरिदिने प्रतिज्ञा (फिलिप्पी ४:१९; भजनसंग्रह २३:१)
  8. सामर्थ्यको प्रतिज्ञा (फिलिप्पी ४:१३; २ कोरिन्थी १२:९-१०; यशैया ४१:१०)
  9. परमेश्वरको सहायताको प्रतिज्ञा (हिब्रू १३:६; यशैया ४१:१०,१३)
  10. पापहरू क्षमा गरिने र शुद्ध पारिने प्रतिज्ञा (१ यूहन्ना १:९)।

यी प्रतिज्ञाहरूलाई आफ्नो दैनिक जीवनमा कसरी प्रयोग गर्दैहुनुहुन्छ? के परमेश्वरले तपाईंलाई दिनुभएका अन्य प्रतिज्ञाहरूको तपाईंलाई याद छ जुन प्रतिज्ञाहरूलाई तपाईंले विश्वास गरेको उहाँ चाहनुहुन्छ? फिलिप्पी अध्याय ४ मा कुन-कुन प्रतिज्ञाहरू भेट्टाउन सक्नुहुन्छ?

माथि उल्लेखित प्रतिज्ञाहरूलाई मनन गर्ने क्रममा यसरी विचार गरौं: निम्न परिस्थितिहरूमा तपाईंले कुनचाहिँ प्रतिज्ञाहरूलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ?

  1. अरूहरूले के गर्लान् भनेर मलाई डर लाग्दा?
  2. मैले मेरो मुक्ति गुमाउँछु कि भन्ने फिक्री लाग्दा?
  3. कुनै कठिन काम (मेरो लागि अति गाह्रो काम) को सामना गर्नुपर्दा?
  4. आफू एक्लो भएको महसुस गर्दा?
  5. आफूले पाप गर्दा र परमेश्वरको आज्ञापालन नगर्दा?

एक व्यक्तिले गर्न सक्ने सबैभन्दा बुद्धिमानी काम यो हो — परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्नु! के परमेश्वरलाई खुशी पार्ने अरू कुनै उपाय छ (हिब्रू ११:६)? _________।

“विश्वास भन्छ, परमेश्वरले आफ्नो वाचा पूरा गर्छन्
विफल हुनेछैनन् उनी, उनका वचन सत्य हुन्छन्।
उनलाई ग्रहण गरे बन्छौं उनका प्रिय सन्तान हामी (यूहन्ना १:१२)
विश्वास भन्छ, मानिलिन्छु, अधिकार यो पाएँ भनी!”

 

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मानव शासनको प्रबन्ध

मानव शासनको प्रबन्ध

 

(जलप्रलय पछाडि)

अघिल्लो पाठमा हामीले जलप्रलय अगाडि जिउने मानिसहरूको दुःखदायी बिफलताको बारेमा अध्ययन गर्यौं। यस पाठमा हामी जलप्रलय पछाडि जिउने मानिसहरूको बारेमा अध्ययन गर्न चाहन्छौं। परमेश्वरले यी मानिसहरूलाई के कस्ता नयाँ सत्यताहरू र नयाँ जिम्मेवारीहरू सुम्पिनुभयो? यी मानिसहरू परमेश्वरको इच्छाअनुसार गर्न सफल भए कि भएनन्?

मानव शासनको प्रबन्ध (The Dispensation of Human Government) ले जलप्रलयको अन्त (उत्पत्ति ८-९) देखि लिएर बाबेल धरहरा (उत्पत्ति ११) को समयमा आएर मानिसहरू छरपुष्ट र तितरबितर हुन गएका घटनासम्मलाई समेट्छ। हामी बाइबलमा जाऔं र हेरौं मानव इतिहासको यो चाखलाग्दो अवधिको बारेमा हामी के कस्ता कुराहरू सिक्न सक्छौं।

१. प्रारम्भमा मानिसको अवस्था

जलप्रलय पठाउनुभएर संसारको इन्साफ गर्नुभएपछि कतिजना मानिस बाँकी रहे (उत्पत्ति ८:१५-१६,१८; दाँज्नुहोस् १ पत्रुस ३:२०)? _______________।

नूह कस्ता मानिस थिए? उत्पत्ति ६:९ अनुसार नूह परमेश्वरको साथ-साथ हिँड्ने ध___ मानिस थिए। उत्पत्ति ७:१ मा परमेश्वरले यी मानिसका बारेमा परमेश्वरले यसो भन्नुहुन्छ – “यस पुस्तामा मेरो सामु तँलाई ______ देखेको छु।”

नूह कसरी धर्मी थिए? नूहको रहस्य के थियो? यी मानिस कसरी धर्मी बने? उत्तर हिब्रू ११:७ को आखिरी भागमा पाइन्छ – “र __________द्वारा हुने ____________का हकवाला बने।” नूहसित भएको धार्मिकता विश्वासद्वारा प्राप्‍त भएको थियो। उनी परमेश्वरमा विश्वास गर्ने र उहाँले भन्नुभएको कुरा अनुसार काम गर्ने मानिस थिए। के अब्राहामले पनि आफ्नो धार्मिकता विश्वासद्वारा प्राप्‍त गरेका हुन् (उत्पत्ति १५:५-६)? __________।

तपाईं नि? परमेश्वरले हेर्नुहुँदा उहाँले तपाईंलाई धर्मी देख्‍नुहुन्छ कि अधर्मी? साँच्ची नै धर्मी व्यक्ति वास्तवमा एउटै मात्र हुनुहुन्छ। उक्त धर्मी व्यक्ति को हुनुहुन्छ (१ यूहन्ना २:१)? _______________। उहाँको धार्मिकता हामीले प्राप्‍त गर्न सकौं भनेर येशू हाम्रा पापहरूका निम्ति मर्नुभयो – “किनकि _____ (ख्रीष्ट) मा हामी परमेश्वरका _____________ बन्न पाऔं भनेर पापै नजान्नुहुने (ख्रीष्ट) लाई परमेश्वर (पिता) ले हाम्रा निम्ति पाप तुल्याउनुभयो (२ कोरिन्थी ५:२१)।” जब कसैले येशू ख्रीष्टमाथि विश्वास गर्दछ, परमेश्वरले उसलाई ख्रीष्टमा पूर्ण रूपमा धर्मी देख्‍नुहुन्छ।

एकातिर, ख्रीष्टबाहिर रहेको मुक्ति नपाएको व्यक्तिको बारेमा रोमी ३:१० ले बताउँछ – “______ कोही छैन, एउटै पनि छैन!” अर्कोतिर “ख्रीष्टभित्र” मुक्ति पाएको व्यक्तिको बारेमा रोमी ३:२२ ले बताउँछ – “अर्थात् परमेश्वरको ___________; यो येशू ख्रीष्टमाथिको ______________ विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ।”

त्यो भयानक जलप्रलयपछि पृथ्वीमा ८ जना व्यक्तिहरू मात्र बाँकी रहे: धर्मी नूह, उनकी पत्‍नी, उनका तीन छोरा र तिनका तीन पत्‍नीहरू। अब बाइबलमा हेरौं जलप्रलयपछि यी ८ जनालाई परमेश्वरले के कस्ता कुराहरू भन्नुभयो।

परमेश्वरले नूह र उनका परिवारलाई केही कुराहरू एकनास रहिरहनेछन् भनी बताउनुभयो। ती कुन कुराहरू हुन् (हेर्नुहोस् उत्पत्ति ८:२२)? ______________________________________ _____________________________________________। के हिउँदपछि सधैं बसन्त ऋतु आउँछ? के बसन्तपछि सधैं ग्रीष्म आउँछ? रातपछि सधैं दिन आउँछ? आज पनि ऋतु-चक्रको निरन्तरताले र दिन-रात चक्रले हामीलाई परमेश्वरको अचूक विश्वासयोग्यता दर्शाउँछ। यी कुराहरू कहिलेसम्मका लागि हुनेछन् भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो? “__________ रहुन्जेल” (उत्पत्ति ८:२२)। के यस प्रतिज्ञा आजको लागि पनि हो? _________। उत्पत्ति ९:२ मा परमेश्वरले नूहलाई भन्नुभए अनुसार मानिसको डर कसलाई हुनेछ? ________ _______________________________। के मानिसलाई पशुको मासु खान अनुमति दिइएको थियो (उत्पत्ति ९:३)? _____________। परमेश्वरले पशुप्राणीलाई किन सृष्टि गर्नुभयो भन्ने विषयमा अध्ययन गर्नलाई सृष्टि विज्ञान, पाठ ८ मा हेर्नुहोस्।आफूले फेरि कुन कार्य कहिल्यै नगर्ने प्रतिज्ञा परमेश्वरले गर्नुभयो (उत्पत्ति ९:११,१५)? _______ ______________________________। यसको मतलब यो होइन कि पृथ्वीको कुनै पनि भागमा कहिल्यै स्थानीय जलप्रलयको बाढी जानेछैन। परमेश्वर के भन्दै हुनुहुन्थ्यो भने पृथ्वीका सबै मानिसहरूलाई नष्ट गर्ने विश्वव्यापी जलप्रलय कहिल्यै हुनेछैन।

साथै यो याद राखौं नूह र उनका परिवारले एउटै भाषा बोल्थे (दाँज्नुहोस्, उत्पत्ति ११:१)।

२. मानिसको जिम्मेवारी

उत्पत्ति ८:१७ मा हामी जहाजभित्र सुरक्षित रहेका सबै पशु प्राणीहरूको बारेमा पढ्छौं। यी प्राणीहरूको सम्बन्धमा परमेश्वरको योजना यो थियो, “तिनीहरू ___________मा प्रशस्त गरी बढून्, र तिनीहरू पृथ्वीमा ___________ र __________मा __________ हुँदैजाऊन्।”

मानिसजातिका निम्ति पनि परमेश्वरले यही चाहनुभयो। परमेश्वरले नूह र उनका छोराहरूसित बोल्नुभयो र भन्नुभयो, “_______________, _______ हुँदै र पृथ्वीमा ___________ जाओ (उत्पत्ति ९:१)।” के परमेश्वरले यही कुरा उत्पत्ति ९:७ मा पनि भन्नुभयो? _____________। मानिसजातिले सन्तानहरू जन्माएको, वृद्धि हुँदै गएको फैलिँदै गएको र पृथ्वीलाई फेरि ढाकेको चाहनुभयो। उत्पत्ति १:२८ सित तुलना गर्नुहोस्। पछि हामी देख्‍नेछौं, पृथ्वीलाई ढाक्दै जानुको सट्टा मानिस एउटै ठाउँमा सँगै बस्ने प्रयास गर्‍यो (उत्पत्ति ११)।

मानव शासनको जिम्मेवारी

मानिसको प्राण यस्तो कुरा हो जसलाई परमेश्वले ठूलो मूल्यको ठान्नुहुन्छ। यसैले नै एउटा मानिसले अर्कोको प्राण लिनु ठूलो अपराध हो। उत्पत्ति ९:६ मा परमेश्वरले मानव जीवनको संरक्षण गर्न एउटा असल नियम दिनुभयो, “जसले मानिसको रक्तपात गर्छ, ____________बाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई ___________ स्वरूपमा बनाउनुभएको हो।”

उत्पत्ति ९:६ को खास अर्थ के हो? यस पदले सिकाउँछ, हत्यारा (“जसले मानिसको रक्तपात गर्छ”) लाई मानिसबाटै मृत्युदण्ड दिइनुपर्छ (“मानिसबाटै त्यसको रक्तपात हुनेछ”)। परमेश्वरले मानिसलाई हत्यारालाई मृत्युदण्ड दिने जिम्मेवारी सुम्पिनुभएको छ। मानव जीवन अति विशिष्ट छ, “किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।” त्यसैकारण मानव जीवनलाई नष्ट गर्ने व्यक्ति सबभन्दा ठूलो दण्डको योग्य हुन्छ।

मृत्युदण्ड (CAPITAL PUNISHMENT)

मानिसलाई मृत्युभन्दा अरू कुनै कुराको बढी डर हुँदैन (हिब्रू २:१५ पढ्नुहोस्)। पक्राउ परेर बीसै वर्ष झ्यालखानामा परिन्छ वा थुप्रै छडी खाइन्छ वा ठूलै रकम जरिवाना तिर्नुपर्नेछ भन्ने कानूनले हत्या गर्न चाहने एक व्यक्तिलाई खासै रोक्न सक्दैन। तर पक्राउ परेको खण्डमा उसलाई मृत्यु दण्ड दिइनेछ भनी जानेको व्यक्ति सितिमिति हत्या गर्नदेखि डराउनेछ।

परमेश्वरले चाहनुभएको भए हत्यारालाई दण्ड दिने जिम्मेवारी उहाँ आफैले वहन गर्न सक्नुहुनेथ्यो। मानिसको ज्यान बचाउन वा मानिसलाई दण्ड दिन परमेश्वरलाई कुनै गाह्रो काम होइन (उत्पत्ति ४:१५ पढ्नुहोस्)। तर जलप्रलय पछि परमेश्वरले यो जिम्मेवारी मानिसलाई दिनुभयो। अपराधीहरूलाई दण्ड दिने जिम्मेवारी मानिसको हो। मानव शासनलाई अपराधीहरूलाई सजायँ दिने जिम्मेवारी दिनुभयो यहाँसम्म कि त्यसले सबैभन्दा ठूलो दण्ड समेत दिन सक्छ – मृत्यु दण्ड! मानिसजातिका लागि यो आशिष हो किनभने यसले १) खराबी गर्नेलाई दण्ड दिन्छ २) अपराधलाई रोक लगाउँछ ३) निर्दोषलाई जोगाउँछ।

के मृत्युदण्डको नियम मोशाको समयमा पनि थियो (प्रस्थान २१:१२,१५,१६,१७)? _________। कुनचाहिँ अपराधहरू मृत्युदण्ड पाउन योग्यका थिए (अघिकै पदहरू हेर्नुहोस्)? __________________________________________________________________________ _____________________________________________________________________________________________________________

आज सम्म पनि मृत्युदण्डको नियम लागू गर्न विश्वका सरकारहरू जिम्मेवार छन्। यस कुरालाई हामी रोमी १३:१-४ मा सिक्छौं। रोमी १३:३ मा हामी सिक्छौं, मानवीय शासकहरूले प्रायः असललाई इनाम दिन्छन् र दुष्टलाई दण्ड दिन्छन्। यदि एक व्यक्ति कानूनमुताबिक जिउने नागरिक हो भने उसलाई डराउनु पर्ने कारण हुँदैन। तर एक व्यक्ति कानूनविरपरित जिउने व्यक्तिलाई भने डराउनु पर्ने कारण हुन्छ! कसैले खराब काम गर्दछ भने ऊ ड_________पर्छ (रोमी १३:४ पढ्नुहोस्)। रोमी १३:४ ले हामीलाई सिकाउँछ शासकचाहिँ “___________का सेवक हुन्।” परमेश्वरले आज अपराधीहरूलाई आफै दण्ड दिने गर्नुहुन्न। अर्को जीवनमा त उहाँले यो निश्चय गर्नुहुनेछ्। तर आज त्यहाँ परमेश्वरका “सेवकहरू” छन् जसले उहाँका निम्ति उहाँका कामहरू गरिदिन्छन्। अपराधीहरूलाई दण्ड दिनका लागि परमेश्वरको प्रबन्धमा त्यहाँ पुलिस अफिसरहरू, न्यायधीशहरू, शासकहरू छन्। यो मानव शासनको जिम्मेवारी हो। अनि कहिले काहिँ शासकले “तरवार” (रोमी १३:४) समेत चलाउनु पर्ने हुन्छ (तरवार, मृत्युदण्डका लागि प्रयोग गरिने हतियार थियो)। आज अपराधीलाई मृत्युदण्ड अन्य तरिका प्रयोग हुन सक्छ (बिजुलीको करेन्ट जडित मेच, प्राणघातक इन्जेक्सन इत्यादि)। इतिहासको विभिन्न चरणहरूमा अन्य तरिकाहरू पनि प्रयोग भए, जस्तै झुण्ड्याएर दण्ड दिने, गिलटीन (guillotine) ले काट्ने वा क्रूसको मृत्युदण्ड समेत।

मृत्युदण्ड पाउन योग्यको अपराध गरेका व्यक्तिलाई मृत्युदण्ड दिइनुपर्छ भनेर के पावल प्रेरितले विश्वास गर्थे (प्रेरित २५:११)? ___________। ख्रीष्टकै साथमा क्रूसमा टाँगिएका एक अपराधीले आफूले पाउनुपर्ने दण्ड नै पाएको हुँ भन्ने महसुस गरेका थिए (लूका २३:४०-४१)? _____________। आदिवासीहरूले हत्याराहरू मृत्युदण्ड पाउन लायक हुन्छन् भनी महसुस गरेका थिए (प्रेरित २८:४ पढ्नुहोस् र पाठ ४ मा पनि हेर्नुहोस्)? _____________।

बास्तवमा बाइबलले सबै मानिसहरू अपराधीहरू हुन् र व्यवस्था (नियम) उल्लङ्घन गरेका दोषीहरू हुन् भनेर सिकाउँछ! हामी सबै नै मृत्युदण्डका लायक छौं (रोमी ६:२३)। रोमी १:२९-३१ मा पापको सुचीलाई विचार गर्नहोस्। के तपाईं तीमध्ये कुनै अपराधको दोषी हुनुहुन्छ? _________। रोमी १:३२ अनुसार त्यस्ता काम गर्नेहरू _______________ पाउन लायक हुन्छन्।

सुसमाचार वा खुशीको खबर यो हो, येशू ख्रीष्ट व्यवस्था उल्लङ्घन गरेका दोषीहरूका निम्ति संसारमा आउनुभयो (१ तिमोथी १:१५)। येशू निर्दोष र पूर्ण रूपमै पापरहित हुनुभएर पनि रोमीहरूद्वारा मारिनुभयो। तर येशूले त हामीले पाउनुपर्ने मृत्युदण्डरूपी जरिवाना तिर्नुभएको हो (रोमी ६:२३; रोमी ५:८; १ पत्रुस ३:१८)। दण्डरूपी जरिवाना तिरिनैपर्थ्यो, अनि त्यो जरिवाना ख्रीष्टले तिरिदिनुभयो! के तपाईं विश्वास गर्नुहुन्छ, उहाँले तपाईंको निम्ति सो गरिदिनुभयो भनेर? परमेश्वरले तपाईंलाई मृत्युदण्डले प्रहार गर्नुको सट्टा उहाँले आफ्नै पुत्रलाई प्रहार गर्नुभयो: “ख्रीष्ट ______ पापहरूका निम्ति मर्नुभयो” (१ कोरिन्थी १५:३)। हामी बाँच्न सकौं भनेर उहाँ मर्नुभयो!

३. मानिसको विफलता

नूहको जलप्रलयमा आठजना व्यक्तिहरू एउटा विशाल जहाजको भरमा बाँचे (१ पत्रुस ३:२०)। उक्त जहाजभित्र यी मानिसहरूले (पशुपंक्षी बाहेक) एउटा अर्को कुरा पनि साथमा बोकेका थिए — एउटा अति नराम्रो रोग (यर्मिया १७:९)–त्यो थियो पाप। आदमबाट वंशानुगत सर्दै आएको पापी स्वभाव जहाजको प्रत्येक व्यक्तिसँगै थियो (पाठ १ हेर्नुहोस्)। उत्पत्ति ९:२०-२१ ले नूहको हृदयमा पनि पापको समस्या थियो भन्ने कुरा कसरी देखाउँछ? _________________________________________________________________________________________ ________________________________________________।

नूहको परिवार वृद्धि हुँदै गयो। नूहका छोराहरूका सन्तानहरू भए। के यी सन्तानका हृदयहरू पनि बाबु-आमाका जस्तै पापी थिए? ______। नूहका धेरै नातीहरू भए र अझ धेरै पनातीहरू भए र अझ धेरै-धेरै खनातीहरू भए! शुरुमा बाँचेका आठजनाबाट धेरै वर्षको अवधिमा हजारौं-लाखौं मानिसहरू जन्मे। यी मानिसहरू एकसाथ रहे र उनीहरू नूहको जहाज अडेको ठाउँ आ__________बाट (उत्पत्ति ८:४) शि__________ (उत्पत्ति ११:२) प्रदेशमा आए जो दुई ठूला-ठूला नदी (टाइग्रीस र युफ्रेटिस) को बीचमा फैलिएको एउटा फराकिलो फाँट थियो। उनीहरू यहीं बसोबास गरे र यही ठाउँलाई आफ्नो थलो बनाए।

यी मानिसहरूले कतिओटा भाषा बोल्थे (उत्पत्ति ११:१)? ________। एउटै साझा भाषाले मानिसहरूलाई एकजूट गराउँछ भने विभिन्न भाषाहरूले विभाजन ल्याउँदछ। मानौ एउटा भोजमा १०० जना निम्तो गरिएका छन्। कोही नेपाली मात्र बोल्छन्, कोही मगर मात्र, कोही नेवारी मात्र बोल्छन्, कोही राई मात्र, कोही गुरूङ मात्र बोल्छन्, कोही तिब्बती मात्र। भोज शुरु भएपछि मानिसहरू कतिओटा समूहमा विभाजित हुन्छन् होला? ____________।

शिनारमा बस्दै गरेका यी मानिसहरूले एक विशाल निर्माण परियोजनाको थालनी गरे (उत्पत्ति ११:३)। उक्त इलाकामा ठूला-ठूला ढुङ्गाहरू नपाइने भएकोले उनीहरूले आफ्ना भवनहरू ढुङ्गाबाट बनाउन पाएनन्। (नोट: मिश्रीहरूले विशाल पिरामिडहरू र ग्रीकहरूले ठूला मन्दिरहरू ढुङ्गाबाट बनाएका थिए)। तर त्यहाँ प्रशस्त माटो पाइने भएकोले उनीहरूले बरु ईंटहरू बनाए। साथै त्यहाँ अलकत्रा पनि पाइएकोले त्यसलाई तिनीहरूले सिमन्टिको रूपमा प्रयोग गरे। साधारणतया ईंट घाममा सुकाएर तयार पारिन्थ्यो भने यी मानिसहरूले आफ्ना ईंट कडा र बलियो बनाउन ईंटलाई भट्टीमा राम्ररी पोलेर तयार पारे (उत्पत्ति ११:३)।

भवन बनाउनु नै पाप होइन। सुलेमान राजाले परमेश्वरका निम्ति एक विशाल मन्दिर बनाए (१ राजा ६)। तर यी मानिसहरूले आफ्ना भवनहरू परमेश्वर र उहाँको महिमाको निम्ति बनाइरहेका थिएनन्। उनीहरूको निर्माण योजना मानिसको महिमाको निम्ति मात्र नभएर परमेश्वरको विरूद्धमा पनि थियो। उत्पत्ति ११:४ बाट यो जान्दछौं कि उनीहरू आफ्नो निम्ति एउटा शहर र एउटा धरहरा बनाउन चाहन्थे र आफ्नो निम्ति नाउँ राख्‍न चाहन्थे। उनीहरूले गर्न नचाहेको एउटा कुरा के थियो (उत्पत्ति ११:४)? ______________________________________। जगतभरि तितरबितर नहुनको लागि उनीहरू एकजुट भएर एउटा विशाल शहर बनाउन चाहे। जलप्रलयपछि परमेश्वरले नूहका छोराहरूलाई एकजूट भएर एकै ठाउँमा बस्न आज्ञा दिनुभयो कि सारा पृथ्वीमा भरिँदैजाओ भन्नुभयो (उत्पत्ति ९:१,७)? ______________________________________।

४. परमेश्वरको इन्साफ

यी मानिसहरूका हृदय, उनीहरूका शहर, उनीहरूका धरहरा अनि उनीहरूका सम्पूर्ण दुष्ट योजनाहरू, परमेश्वर सब जान्नुहुन्थ्यो। परमप्रभुले भन्नुभयो, “ए______ भाषा बोल्ने ए______ जा______ को स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन (उत्पत्ति ११:६)।” पापी स्वभावका मानिसहरू आपसमा एकजूट भए उनीहरूले गर्न सक्ने दुष्टताको कुनै सीमाना हुँदैन भन्ने कुरा परमप्रभु जान्नुहुन्थ्यो। निमार्ण योजना यसको थालनी थियो! यदि परमेश्वरले उनीहरूलाई रोकटोक नलगाउनुभए र लगाम नलगाउनुभए भने उनीहरू झन् झन्, पापमा अझ गहिरो, दुष्टताको खाडलमा पर्न सक्थे (पाठ २ हेर्नुहोस्)। उनीहरूको दुष्ट गतिलाई सुस्त गराउन केही न केही गरिन आवश्यक थियो।

यदि तपाईंलाई रोकटोक लगाउन बाबु-आमा नभएका भए वा शिक्षकहरू नभएका भए, वा प्रहरी नभएका भए वा तपाईंसित विवेक नभएको भए, तपाईंले के कस्ता पापहरू गर्नुहुनेथ्यो होला? यदि तपाईंले पाप गरेर उम्कन पाउने भए, कसैले नदेख्‍ने भए र तपाईंले कहिल्यै दण्ड नपाउने भए के तपाईंले पाप गर्नुहुनेथ्यो? हामीलाई रोकटोक लगाउनको लागि परमेश्वरले कतिपय कुराहरू खडा गरिदिनुभएकोछ। (सिक्रीले बाँधिएको एउटा डरलाग्दो कुकुरलाई विचार गर्नुहोस्। सिक्री रोक लाउने एउटा साधन हो किनभने त्यसले बाँधेर राख्‍ने काम गर्छ। सिक्री छैन भने कुकुरले कसैलाई चोट पार्नसक्छ वा कुकुर आफै पनि खतरामा पर्न सक्छ।)

 

परमप्रभुले आश्चर्यको काम गर्नुभयो। तिनीहरूले एक-अर्काको बोली ____________ भनेर उहाँले तिनीहरूको भाषा खलबल पारिदिनुभयो (उत्पत्ति ११:७)। एक्कासी पृथ्वीमा एउटा मात्र भाषा नभई थुप्रै भाषाहरू भए (आज पृथ्वीमा करीब ३,००० भाषाहरू छन्!)। एक्कासी निमार्ण कार्य ठप्प भयो अनि त्यो शहरको नाउँ ___________ राखियो जसको अर्थ हो खलबल (उत्पत्ति ११:८-९)। एक-अर्काको कुरा नबुझ्दा आपसमा मिलेर काम गर्न असम्भव हुन्छ! यसकारण ती मानिसहरू एक-अर्कादेखि छुट्टिएर गए, तितरबितर भए र बाध्यतावश पृथ्वीमा फैलिँदै गए। विभिन्न जाति तथा राष्ट्रहरूको शुरूआत यहींबाट भएको हो (उत्पत्ति १०:५,२०,३१,३२)। (बाइबलमा “जाति” भन्नाले “ठूलो” वा “सानो” जाति भन्ने अर्थ लाग्दैन, तर फरक-फरक भाषा बोल्ने मानिसहरूका समूह भन्ने बुझिन्छ।)

संसारमा विभिन्न राष्ट्रहरू हुनुमा सुरक्षा छ किनभने यसद्वारा शक्तिहरूको सन्तुलन हुन्छ र कुनै एक राष्ट्रले एकलौटी शासन र शक्ति चलाउन पाउँदैन। जुन बेला सबै राष्ट्रहरू एकजूट हुन्छन् तब त्यहाँ ठूलो खतरा हुन्छ किनभने सम्पूर्ण शक्ति र अधिकार एउटै दुष्ट निरंकुश शासकको हातमा पर्न जान्छ। बाइबलले भविष्यवाणी गरेको छ कि यस युगको आखिरी दिनहरूमा सारा जगत एउटै मानिस र एउटै शासनमनि एकजूट हुनेछ। त्यसबेला कोही पनि व्यक्ति त्यो दुष्ट सरकारसित सहमत भएन भने उसलाई मारिनेछ (प्रकाश १३ अध्याय)।

यसरी बाबेलको इन्साफले भाषा र जातिहरू उत्पन्न भए। आज संसारलाई हेर्दा संसारका के कस्ता कुराले हामीलाई उक्त इन्साफको सम्झना आउँछ? स्कूलमा पढाइने यी मध्ये कुन-कुन विषयहरू बाबेलको सम्झना गराउने विषयहरू हुन् (गोलाकार चिन्ह लगाउनुहोस्): गणीत, अंग्रेजी, नेपाली, भूगोल, विज्ञान, राजनीति, इतिहास। निम्न कुराहरूले हामीलाई कसरी बाबेलको सम्झना गराउँछन्, बयान गर्नुहोस्: मिसिनरीहरू (मत्ती २८:१९), बाइबलको नेपाली अनुवाद, पेन्टेकोस्टको दिन (प्रेरित २:१-११), संयुक्त राज्य संघ, संसारको मानचित्र, शब्दकोषहरू, हुलाक-टिकटहरू, संसारभरिका सिक्का र मुद्राहरू, वर्णहरू (रातो, पहेंलो, कालो, सेतो), लडाइँहरू, विदेशी खानेकुराहरू, विभिन्न देशहरूका विभिन्न पोशाकहरू इत्यादि।

संसारमा के त्यस्ता कुनै कुराहरू भइरहेकाछन् जसले हामीलाई प्रकाशको पुस्तकले भविष्यवाणी गरेको एकजूट हुने विश्वव्यापी शासन (सरकार) तर्फ लग्दै छ? संचार माध्यमका के कस्ता कुराहरूले संसारलाई “सानो” र झन् एकजूट बनाउन मदत पुर्याएकोछ? यातायातको क्षेत्रमा नि?

यदि अधिकार असल व्यक्तिको हातमा हुन्छ भने संसारमा एउटै शासन र सरकार हुनु के नराम्रो कुरा हो र (यशैया २:१-५, ९:६-७, ३३:२२, यर्मिया २३:५-६)? __________। के उहाँ तपाईंको जीवनको राजा र मालिक हुनुहुन्छ? के तपाईंले आफूलाई परमेश्वरको सुशासनको अधीनमा सुम्पिनुभयो कि तपाईं आफ्नो जीवन परमेश्वरदेखि स्वतन्त्र भएर जिउन खोज्दै हुनुहुनछ?

आज मेरो जिम्मेवारी

आज हामी परमेश्वरको शासनमुनि मात्र नभएर मानिसको शासनमुनि पनि जिउँदैछौं। हामी नेपाल अधिराज्यको शासनमुनि जिउँदैछौं। यस शासनमुनि हामी कसरी जिएको परमेश्वर चाहनुहुन्छ?

१. आफ्ना शासकहरूका निम्ति प्रार्थना गर्नुहोस्

बाइबलले प्रार्थना “राजाहरू र _______ उच्च अधिकारीहरूका निम्ति चढाइऊन्” (१ तिमोथी २:१-२) भनेर ख्रीष्टियनहरूलाई आज्ञा गर्दछ। के तपाईं आफ्नो देशका शासकहरूका निम्ति प्रार्थना गर्नुहुन्छ? मन्त्रीहरू र सचीवहरूका निम्ति? पुलिस र न्यायधीश र स्कूलका शिक्षकहरूका निम्ति? उनीहरूले आ-आफ्ना काम सठीक तरिकाले गरून् भनेर के तपाईं प्रार्थना गर्नुहुन्छ? उनीहरू खराबको विरुद्धमा र असलको पक्षमा खडा होऊन् भनी प्रार्थना गर्नुहुन्छ? उनीहरूका मुक्तिका निम्ति प्रार्थना गर्नुहुन्छ?

२. सक्दो राम्रो नागरिक बन्नुहोस्

ख्रीष्टियन हुनुभएको हुनाले तपाईं स्वर्गको नागरिक हुनुहुन्छ (फिलिप्पी ३:२०), तर तपाईं नेपाल अधिराज्यको नागरिक पनि हुनुहुन्छ। तपाईं कानूनको पालना गर्ने, तपाईंभन्दा माथि रहेका शासकहरूको अधीनमा रहने एक असल नागरिक बनेको परमेश्वर चाहनुहुन्छ। असल नागरिकहरूले सामान्यतया अधिकारीहरुबाट दण्ड पाऔंला भनी फिक्री गर्नु पर्दैन (रोमी १३:३ पढ्नुहोस्)।

के सरकारको अवज्ञा गर्नु वा मानिसका कानूनको अवज्ञा गर्नु कहिल्यै उचित हुन्छ? यसको जवाफ प्रेरित ५:२९ मा छ। पत्रुसले त्यसबेलाका यहूदी शासकहरूलाई भने, “हामीले ____________को भन्दा ______________कै आज्ञा पालन गर्नुपर्छ।” यसको तात्पर्य यो हो, हामीले पहिला परमेश्वरको आज्ञापालन गर्नुपर्छ। ख्रीष्टियनले कहिल्यै परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु हुँदैन। हामीभन्दा माथि रहेका अधिकारीहरूले हामीलाई परमेश्वरको आज्ञा उल्लङ्घन गर भन्छन् भने हामीले त्यो कदापि गर्नुहुँदैन। मानिसका नियमहरूले बाइबलमा भएका परमेश्वरका नियमहरूलाई पालना नगर भन्छ भने हामीले त्यो कदापि गर्नुहुँदैन। पहिला परमेश्वरको आज्ञापालन गरिनुपर्दछ।

उचित प्रकारको अवज्ञाको दुइटा उदाहरणहरू हेरौं;

  1. दानियल ६:७-९ मा यस्तो नियम बनाइएको उल्लेख छ जब कसैले पनि परमेश्वरलाई ३० दिनसम्म प्रार्थना गर्न नपाइने भयो। के दानियलले उक्त नियमको पालना गरे (दानियल ६:१०)? ___________। दानियलको सरकारले भन्यो, प्रार्थना नगर् तर दानियलका परमेश्वरले भन्नुभयो, प्रार्थना गर! दानियलले मानिसलाई भन्दा परमेश्वरको आज्ञापालन गर्ने निर्णय गरे। उनले ठीक काम गरे। साथै दानियल दण्ड पाउन (आफैलाई सिंहको खोरमा फालिन) सुम्पे यद्यपि उनले कुनै अपराध गरेका थिएनन्, अनि परमेश्वरले उक्त परिस्थितिको नियन्त्रण गर्नुभयो।
  2. प्रेरित ४:१८ मा यहूदी शासकहरूले प्रेरितहरूलाई येशूको नाममा नबोल्नलाई आज्ञा दिएको पाउँछौं। उनीहरूलाई सुसमाचार अबदेखि उसो प्रचार नगर्नलाई आज्ञा दिइयो। परमेश्वरले चाहिँ उनीहरूले बोलेको चाहनुहुन्थ्यो कि नबोलेको (मर्कूस १६:१५)? _________________। पत्रुसले कसको आज्ञा पालना गर्ने निर्णय गरे (प्रेरित ५:२८-२९)? ___________________। ख्रीष्टियनहरूले सरकारको आज्ञाहरू प्रायः जसो पालना गर्नुपर्छ, तर यदि मानिसको आज्ञा पालन गर्ने कि परमेश्वरको आज्ञा पालन गर्ने भन्ने प्रश्न उठ्दछ, त्यसबेला ख्रीष्टियनले परमेश्वरको आज्ञा पालन गर्नलाई रोज्नुपर्छ।

३. कानून नतोड्नुहोस् नत्रता त्यसको बापत दुःख भोग्नुपर्नेछ

कसैले देशको नियम उल्लङ्घन गर्छ र उसले खराब गर्छ भने त्यो सरकारले व्यक्तिको ब______ लिनुपर्छ (रोमी १३:४)। परमेश्वरले खराब गर्नेहरूलाई दण्ड दिनलाई मानव शासनको स्थापना गर्नुभएको छ। तपाईंले देशको कानून उल्लङ्घन गरेर अपराधी हुन रोज्नुभयो भने तपाईंले आफूलाई ठूलै समस्यामा पार्न सक्नुहुन्छ। आफैले छरेको कुराको कटनी गर्नुहुनेछ! १ पत्रुस ४:१५ पढ्नुहोस्। यी कुराहरू (हत्या, चोरी आदि) का निम्ति तपाईंले कष्ट भोग्नुपर्‍यो भने त्यो त तपाईंले पाउनु पर्ने दण्ड नै हो!

कहिलेकाहीँ देशको सरकारले आफ्नो जिम्मेवारी जसरी वहन गर्नुपर्ने हो त्यसरी काम गर्दैन। कतिपय राष्ट्रहरू (नेपाल समेत) ले मृत्युदण्ड पाउन लायक भएकाहरूलाई मृत्युदण्ड दिँदैनन्। कति पटक अपराधीहरूलाई दिइनुपर्ने अनुसारको दण्ड दिइँदैन। कतिपटक हत्याराहरू र अन्य अपराधीहरू त्यत्तिकै छाडिन्छन्। मानिस, परमेश्वरले उसलाई दिनुभएको जिम्मेवारीमा विफल होलान् तर परमेश्वर कहिल्यै विफल हुनुहुन्न। अपराधीहरू, दण्डबाट उम्क्यौं भनी ठान्लान् तर एक दिन उनीहरू साँचो न्यायधीशका सामु खडा हुनैपर्छ। कोही पनि व्यक्ति अपराध गरेर उम्कन सक्दैन। एउटा अपराधी यस जीवनमा दण्डबाट उम्कन सफल होला तर के अर्को जीवनमा ऊ त्यसरी नै उम्कन सक्नेछ (रोमी २:३)? ______________। मानिस र शासकहरू विफल बन्लान् तर परमेश्वर कहिल्यै विफल हुनुहुन्न।

४. जतिसुकै मूल्य चुकाउनुपरे तापनि येशू ख्रीष्टको आज्ञा पालन गर्नुहोस्।

कहिलेकाहीँ परमेश्वरका जनहरूले कष्ट भोग्छन्, उनीहरूले खराबी गरेकाले होइन वा कानून उल्लङ्घन गरेकाले होइन तर केवल परमेश्वरका निम्ति जिएकाले (१ पत्रुस ४:१४,१६; १ पत्रुस ३:१७)। प्रेरित पावल समेत रोमी सरकारद्वारा मृत्युदण्डमा परे। उनको अपराध के थियो? के उनले कसैलाई हत्या गरेका थिए? के उनले चोरेका थिए? थिएनन्, पावलको एउटै अपराध यो थियो, उनले सुसमाचार प्रचार गरे र ख्रीष्टले उनलाई आज्ञा दिएअनुसार गरे। जुन कुरा ठीक छ त्यसका लागि विश्वासी जनले कष्ट भोग्न आवश्यक पर्‍यो भने के ऊ गनगन गर्न वा रून पर्छ (मत्ती ५:१०-१२)? ______________। तपाईंलाई बाइबलका अरू व्यक्तिहरूको याद छ जसले परमेश्वरको आज्ञा पालन गरेकाले र ठीक काम गरेकाले कष्ट भोगे र दण्ड पाए? धार्मिकताका निम्ति कष्ट भोग्न आवश्यक पर्दा परमेश्वरले आफ्ना सन्तानहरूलाई सहायता गर्नुहुन्छ। हामीले दुःख भोग्छौं भने यो निश्चय गरौं कि हामी असल कामका लागि दुःख भोग्दैछौं न कि ख_______ का लागि (१ पत्रुस ३:१७)। मानौं एउटा ख्रीष्टियन बैंक लुट्दै गर्दा पक्राउ पर्‍यो। के उसलाई ख्रीष्टियन भएकै आधारमा कम दण्ड दिइनुहुन्छ? _____________।

* * * * * *

के तपाईं आफ्नो सरकारको निम्ति धन्यवादी हुनुहुन्छ? याद गर्नुहोस्, सरकार परमेश्वरले स्थापना गर्नुभएको कुरा हो अनि यो मानिसकै भलाइका निम्ति, सुरक्षाका निम्ति गरिएको हो। आफू बसोबास गरिरहनुभएको देशको निम्ति तपाईं धन्यवादी हुनुहुन्छ? किन? के तपाईं परमेश्वरको राज्यको भागीदार हुनुहुन्छ (कलस्सी १:१३)? के तपाईं तपाईंको राजाको आज्ञाकारी हुनुहुन्छ? के तपाईं नेपाल अधिराज्यको भागीदार हुनुहुन्छ? के तपाईं देशका नियमहरूमा आज्ञाकारी हुनुहुन्छ? के तपाईं यहाँ भएका नियमहरूका निम्ति धन्यवादी हुनुहुन्छ? पुलिसहरूका निम्ति धन्यवादी हुनुहुन्छ? के तपाईं उनीहरूलाई आदर गर्नुहुन्छ? के तपाईं सिपाहीहरूका निम्ति धन्यवादी हुनुहुन्छ?

के तपाईं आफ्नो देशका लागि प्रार्थना गर्नुहुन्छ? के तपाईं आफ्ना शासकहरूका लागि प्रार्थना गर्नुहुन्छ? परमेश्वरले तपाईंलाई भक्तिको र इमानदार जीवन जिउन सहायता गर्नुभएको होस् भनी तपाईं प्रार्थना गर्नुहुन्छ (१ तिमोथी २:२)? तपाईंको देशमा के कस्ता हक अधिकारहरू उपभोग गर्न सक्नुहुन्छ जो अरु कतिपय देशमा नहोलान्? (नोट: अध्ययनको अन्तमा माथिका कुराहरूलाई सम्झँदै प्रार्थनामा बिताउन सकिन्छ)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

विवेकको प्रबन्ध

विवेकको प्रबन्ध

 

(पतनदेखि जलप्रलयसम्म)

अघिल्लो पाठमा हामीले मानिस पापमा पतन भएको कुराको अध्ययन गर्यौं। निर्दोष आदमको हातमा परमेश्वरले एउटा अति सरल आज्ञा सुम्पिनुभयो जुन आज्ञाको पालना गर्न आदम विफल भए। आदमको अनाज्ञाकारिता रोमी ५:१९ मा उल्लेख छ, “किनकि जसरी एउटा मानिसले _______ _______ गरेकोले धेरैजना पापी बनिए।” आदम पापमा पतन भएकाले के कस्ता परिणामहरू आए (अघिल्लो पाठमा हेर्नुहोस्?

दोस्रो प्रबन्धलाई “विवेकको प्रबन्ध” भनिन्छ। यस प्रबन्धको प्रारम्भदेखि उसो मानिस निर्दोष छैन। मानिस पतन भएको छ, एक पापी प्राणी बनेको छ जसलाई परमेश्वरको अनुग्रहको ठूलो खाँचो छ (हेर्नुहोस्, उत्पत्ति ६:८)। विवेकको प्रबन्ध पतनदेखी प्रलयसम्म (जलप्रलयसम्म) रहन्छ।

१. प्रारम्भमा मानिसको अवस्था

आदमलाई के नाम गरेको रूखको फल खान मनाही गरिएको थियो (उत्पत्ति २:१७)? ________________________________________। उत्पत्ति ३ अध्यायमा शैतान हव्वालाई परीक्षा गर्न आयो। परमेश्वरले आदम र हव्वालाई खासै भलाइ गर्नुभएको छैन अनि उनीहरू कुनै असल कुराबाट बञ्चित हुनुपरेको छ भन्ने झूटो विचारलाई हव्वाको हृदयमा रोप्न चाहन्थ्यो शैतानले। उत्पत्ति ३:५ मा, उनीहरूले प्रतिबन्धित फल खाए भने उनीहरूले तीनओटा कुराहरू प्राप्‍त गर्नेछन् भनेर शैतानले हव्वालाई बतायो:

  1. “तिमीहरूका ________ _____________”
  2. “तिमीहरू ____________जस्तै हुनेछौ”
  3. तिमीहरूले “असल र ________को ज्ञान” पाउनेछौ

त्यस फल खाएर आफूहरूलाई फाइदा हुन्छ भनी उनीहरूले सोचेको शैतान चाहन्थ्यो, तर परमेश्वरले बताइसक्नुभएको थियो कि त्यसो गर्दा उनीहरूलाई नोक्सानी हुन्छ (उत्पत्ति २:१७)। परीक्षा भन्ने कुरा एउटा मुसा पक्रने खोर वा माछा मार्ने बल्छी जस्तै हो। खोरभित्रको चारो मुसालाई लोभलाग्दो देखिन्छ अनि बल्छीको गड्यौंला माछालाई खाऊँ-खाऊँ लाग्दो देखिन्छ। मुसा र माछा दुवैलाई चारो खाएर केही पाउँछु भन्ने लाग्छ तर आखिरमा उसले गुमाउँछ! हव्वा पासोमा परीन् र नोक्सानी भोगिन्!

कुन पदमा आदम र हव्वाले प्रतिबन्धित फल खाएको उल्लेख छ? उत्पत्ति ३:____। उत्पत्ति ३:७ मा हामी आदम र हव्वाले फल खाएको लगत्तै पछिको उनीहरूको अवस्थाको बारेमा सिक्दछौं:

“अनि दुवैका _______ _______, र ‘नाङ्गै पो रहेछौं’ भनी तिनीहरूले _______ _______। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए” (तुलना गर्नुहोस्, उत्पत्ति २:२५)।

आदम र हव्वालाई उनीहरूले पाप गरेका छन् भनेर के परमेश्वरले भन्नु आवश्यक थियो कि उनीहरू आफैले त्यो जाने? ______________________________। आदम र हव्वालाई एउटा कुरा तुरुन्तै थाह भयो (उत्पत्ति ३:७)! आफूहरूले खराब गरेको र असल गर्न विफल भएको उनीहरूलाई थाह भयो। पवित्र परमेश्वरको सामु उनीहरूलाई आफ्नो पापपूर्ण र लाजपूर्ण अवस्थाको चेतना भयो। उनीहरूलाई आफ्नो विफलता र पापको महसुस भयो। उनीहरू यसबारे अनभिज्ञ थिएनन्। उनीहरूका आँखा खुले अनि उनीहरूलाई आफ्नो पापको ज्ञान भयो। गलती भयो भनेर उनीहरूलाई थाह थियो।

ढीलो भइसकेपछि मात्र आदम र हव्वाले आफ्नो निर्णयको मूर्खता देखे। उनीहरूले आफूले गुमाएको सुख र पाएको दुःख देखे। आफूहरूले असल गर्न चुकेको र खराब गर्न पुगेको उनीहरूले देखे। परमेश्वरलाई खराबको बारेमा पूरा ज्ञान छ, तर खराबको अनुभव भने एक छेउ पनि छैन। आदम र हव्वाले भने अनुभव गरेर नै खराबको बारेमा सिके। पाप गर्न अगाडि आदमलाई खराबको ज्ञान थिएन।

एउटा सानो बच्चाको विचार गर्नुहोस् जसलाई उसका बाबु-आमाले चुलोको आगोलाई नछुनू भनी घरीघरी कडा चेताउनी दिएका छन्। तरैपनि एक दिन उसले आगोलाई छुन जान्छ र उसलाई पोल्छ। अब ऊ जान्दछ, आगोलाई नछुँदा कति राम्रो हुन्छ र छुँदा कति नराम्रो हुन्छ! उसले आगोलाई नछोएसम्म र पोलेको अनुभव नगरेसम्म सो जानेको थिएन। त्यसरी नै आदम र हव्वाले असल र खराब के हो, पाप नगरेसम्म जानेका थिएनन् (उत्पत्ति ३:२२ मा हेर्नुहोस् – “________ र ________को ज्ञान जान्ने”)।

विवेक के हो?

आदम र हव्वाको उदाहरणबाट हामी सिक्छौं, परमेश्वरले मानिसलाई उसले पापपूर्ण काम गर्‍यो कि सही काम गर्‍यो भनी जान्न सक्न एउटा क्षमता दिनुभएको छ। के ठीक हो, के बेठीक हो भन्ने संवेदनशीलता वा चेतना हरेक व्यक्तिको हुन्छ। यो क्षमता यस्तो कुरा हो जसलाई परमेश्वरले मानिसभित्र मानिसकै भलाइको लागि राखिदिनुभएको छ। आफ्नो जीवनमा कुनै कुरा बेठीक हुन गयो भने मानिसले त्यो जानोस् र त्यसलाई सच्याओस् भन्ने परमेश्वरको इच्छा हो। मानिसले जब पाप गर्छ वा गलती गर्छ, उसलाई अप्ठ्यारो महसुस भएको, उसमा दोषको भावना उत्पन्न भएको परमेश्वर चाहनुहुन्छ। यदि पाप गरेर मानिसलाई असल नै महसुस हुनेभएको भए त ऊ समस्याको समाधानतर्फ कहिल्यै लाग्ने थिएन!

परमेश्वरले हामीलाई दिनुभएको हाम्रो शरीरको विचार गरौं। परमेश्वरले हाम्रो शरीरमा केही त्यस्ता सूचकहरू राखिदिनुभएको छ जसले शरीरमा गडबडी आउँदा त्यसको सूचना हामीले प्राप्‍त गर्दछौं। ती सूचक हुन् हाम्रा शरीरका नसाहरू। शरीरको स्वस्थ्यमा कुनै गडबडी आउँदा वा शरीरमा घाउचोट लाग्दा हामीलाई त्यसको संवेदना हुन्छ! हामीलाई दुख्छ! नसाहरू मानिसका निम्ति लाभदायक हुन् कि हानिकारक? पीडाको अनुभव कसैलाई मन पर्दैन तर वास्तवमा परमेश्वरले राखिदिनुभएका यी नसाहरूका निम्ति हामी धन्यवादी हुनुपर्छ। मानौं, आगोमा हात हाल्दा पोलेको महसुस भएन भने तपाईंको हात डढेर नष्ट हुनेथ्यो। तर त्यसो हुन पाउँदैन किनकि हातका नसाले मस्तिष्कलाई तुरुन्तै यस्तो सूचना पठाउँछ, “आत्था! हात तुरुन्त आगोबाट झिक! दुख्यो!” नसा नभएका भए आफ्नै जिब्रोलाई खानेकुरा सँगसँगै आफैले चपाएर खान समेत बेर लगाउँदैन्थ्यौं हामीले! तर नसाहरूले राम्ररी काम गरिरहेका हुनाले त्यस्तो हुन पाउँदैन। झुक्किएर जिब्रो टोक्न पुगौंला तर तुरुन्त हामीलाई दुखेको अनुभव हुन्छ र फलस्वरुप फेरि टोक्नदेखि होसियार हुन्छौं। शरीरमा गडबडी हुँदा हामीलाई थाह भएको परमेश्वर चाहनुहुन्छ।

हाम्रो प्राणमा गडबडी आउँदा पनि हामीले जानेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरले मानिसलाई विवेक दिनुभएको छ। शरीरका निम्ति नसाहरू भएजस्तै प्राणको निम्ति विवेक राखिएको छ। गडबडी आउँदा विवेकले हामीलाई त्यसको सूचना दिन्छ। जब हामी पाप गर्दछौं तब विवेकले नराम्रा भावनाहरू उत्पन्न गर्दछ। हामीले गलती गर्यौं भन्ने महसुस हुन्छ र आफू दोषी भएको अनुभव हुन्छ। पशुको विवेक हुँदैन। पशुलाई असल र खराबको कुनै ज्ञान हुँदैन। तिनीहरू परमेश्वरले उनीहरूभित्र राखिदिनुभएका जन्मजात गुण (instinct) अनुसार जिउँछन् अनि मानिसले दिएका तालिमअनुसार चल्न पनि सक्छन् तर मानिसको जस्तो विवेक तिनीहरूको हुँदैन। एउटा कुकुरले आफूले खान नहुने कुरा खाइदियो भने वा बैठक कोठामा फोहोर गरिदियो भने त्यसलाई दोषको महसुस हुँदैन (यद्यपि त्यस्ता कुरा गर्दा दण्डको डर मान्न तालिम पाएको हुनसक्छ)।

विवेक मानिसमा भएको त्यो क्षमता हो जसले आफूलाई न्याय गर्छ। आदमले पाप गरेपछि परमेश्वर आएर “तिमीले पाप गरेका छौ र तिमीले यो कुरा जानेको म चाहन्छु” भनेर भन्नुपरेन किनकि आदमलाई त्यो थाह भइसकेको थियो। आदमले आफैलाई न्याय गर्न सक्थे – “आदम, तिमी दोषी छौ! तिमीले पाप गर्यौ र परमेश्वरको आज्ञा भङ्ग गर्यौ!” उत्पत्ति ३:७ मा हामीले सिक्यौं कि आदमलाई आफ्नो पापको विषयमा राम्ररी चेतना थियो।

गाडीको रातो बत्ती

विवेक परमेश्वरले मानिसभित्र राखिदिनुभएको एउटा “चेताउनी प्रणाली” (warning system) जस्तै हो। केही गडबड भएको छ र त्यसलाई सच्यानुपर्छ भन्ने कुराको चेताउनी यसले दिन्छ।

विवेकलाई कतिपय मोटर गाडीको ड्याशबोर्डमा हुने रातो बत्तीसित तुलना गर्न सकिन्छ। त्यस्तो बत्ती, मोटरको इन्जिन् अधिक मात्रामा तातेको, वा ब्रेक बिग्रेको आदि जस्ता समस्याको चेताउनी चालकलाई दिनलाई राखिएको हुन्छ। रातो बत्ती पिलिक-पिलिक बल्न थाल्नुको अर्थ त्यहाँ कुनै समस्या उत्पन्न भएको छ जसलाई समाधान गरिनुपर्छ भन्ने हो। बुद्धिमानी चालकले त्यो चेताउनीअनुसार समस्या समाधान गर्नतर्फ लाग्छ। गाडीको हुड खोलेर ऊ तुरुन्त काम गर्न थाल्छ!

मूर्ख चालकले भने यसो भन्ला, “यो रातो बत्ती पिलिक-पिलिक गरिरहेको मलाई मनै पर्दैन। यसले मलाई हैरान पार्‍यो!” अनि एउटा हथौडी लिएर त्यसलाई हिर्काउँछ! तर त्यसले समस्या समाधान गर्छ त? त्यो त नसाबिना आगो छुनु जस्तै हो! मूर्ख चालक गाडी चलाउँदै अघि बढ्ला र त्यो रातो बत्ती नबलेकोले ऊ खुशी समेत होला तर केही समयपछि त गाडीको इन्जिन् बेसरी तात्तिएर चल्दै नचल्ने बन्छ! रातो बत्ती उसको शत्रु होइन मित्र थियो भनेर उसले महसुस गर्न सकेन।

कति मानिसहरु पनि आफ्नो विवेकमाथि “हथौडी” लगाउँछन्! जब विवेकले सताउन थाल्छ समस्या समाधान नगरी उनीहरू विवेकले उत्पन्न गराएका ती नराम्रा भावनाहरूलाई दबाउने प्रयास गर्छन्। रातो बत्तीलाई हथौडीले हिर्काउनु जस्तै हो यो। उनीहरू औषधि खान्छन्, लागु पद्धार्थ सेवन गर्छन्, रक्सी पिउँछन्, करेन्ट लगाएर (shock treatment) शान्त हुन खोज्छन् तर यी कुनै पनि कुराले समस्या समाधान गर्न मदत पुर्याउँदैनन्। आदमले रक्सी खाएका भए उनलाई त्यत्ति दोष महसुस हुनेथिएन होला, आफूलाई ठीकै लाग्न सक्थ्यो होला, तर उसको समस्या जस्ताको त्यस्तै रहेनथ्यो!

रातो बत्तीलाई मुड्कीले बारम्बार हिर्काउने गरियो भने एक दिन त्यो बत्तीले कामै नगर्न सक्छ। बिग्रेर त्यसले आफ्नो संवेदनशीलता गुमाउन सक्छ। फ्यान बेल्ट बिग्रेर गाडीको इन्जिन् बेसरी तात्तिएला तर त्यसबेला बल्नु पर्ने रातो बत्ती बल्दैन। बाइबलले बताउँछ मानिसको विवेक पनि कामै नगर्ने बन्न सक्छ। १ तिमोथी ४:२ – जसले कपट्याइँको कारणले झूट बोल्छन्; जसको ________ चाहिँ तातो फलामले डामिएको हुन्छ।” “डामिनु” को अर्थ हो प्रचण्ड तापले पोलिनु। मान्छेको विवेक पाप र गलतीले डामिएपछि त्यसले उसलाई उसको गलतीको बारेमा कायल पार्न सक्दैन, उसलाई न्याय गर्दैन। विवेक यति डढिसकेको हुन्छ कि त्यसले ठीक सूचनाहरू दिँदैन। त्योचाहिँ त्यो रातो बत्ती जस्तै हुन्छ जो गाडीमा त्रुटी हुँदा पनि बल्दै बल्दैन।

जोख्ने तराजु

विवेकलाई तराजुसित तुलना गर्न सकिन्छ। विवेक आफैलाई न्याय गर्ने तराजुजस्तै हो। हामीले आफ्ना कामकाज, बोलीवचनलाई जोख्नुपर्छ। कुनै काम गर्नु अघि, कुनै कुरा बोल्नु अघि हामीले एउटा न्याय-फैसला गर्नुपर्छ: यो ठीक हो या बेठीक? यो गर्न हुन्छ कि हुँदैन? साथै कुनै काम गरेपछि वा कुनै कुरा बोलेपछि विवेकले न्याय-फैसला गर्छ: त्यो ठीक थियो कि बेठीक थियो? त्यो मैले गर्न हुन्थ्यो कि हुँदैनथ्यो? सही जवाफ पाउनलाई हामीसित एउटा अचुक तराजु चाहिन्छ।

तराजुले ठीकसँग जोख्न सक्छ कि सक्दैन भन्ने कुरा त्यसमा प्रयोग गरिने ढकको विश्वासयोग्यतामा भर पर्छ। मानौं ढकमा “५०० ग्राम” भनेर लेखिएको छ तर त्यसको वजन ४०० ग्राम मात्र छ। तराजु बराबर हुँदा त्यहाँ वास्तवमा कति ग्राम नून हुन्छ? ________ ग्राम। तपाईंसित ४०० ग्राम मात्र नून हुन्छ तर तपाईं सोच्नुहुन्छ आफूसित ५०० ग्राम नून छ। यसले समस्या निम्त्याउँछ।

विवेक एउटा तराजुजस्तै हो। त्यसले ठीकसँग जोख्न सक्न त्यसलाई सत्यताको सठीक मापदण्ड आवश्यक पर्छ। विवेकलाई ठीक र बेठीक सम्बन्धी ठीक-ठीक जानकारी वा सूचना छैन भने त्यसले ठीकसँग जोख्न सक्दैन। त्यसले कुनै बेठीक कुरालाई ठीक भनेर न्याय गर्ला र कुनै ठीक कुरालाई बेठीक भनेर न्याय गर्ला। विवेक आफूसित भएको सूचनाकै भरमा मात्र काम गर्न सक्छ। तराजुको ढक ठीक छ भने मात्र त्यसले ठीकसँग जोख्न सक्छ। एक व्यक्ति जति परमेश्वरको वचन सिक्छ र बुझ्छ त्यति नै उसको विवेकरूपी तराजु पनि ठीक हुँदैजान्छ।

सामान्यतया विवेकले राम्रै काम गर्छ

परमेश्वरले ठीक र बेठीक सम्बन्धी आधारभूत ज्ञान मानिसभित्र राखिदिनुभएको छ। मानिसले आफूभित्र भएको यो ज्ञानको आधारमा आफ्नो व्यवहारको न्याय गर्नुपर्छ। मानिसको विवेक कत्तिको ठीक छ भन्ने कुरा उससित भएको असल र खराबको ज्ञानमा भर पर्छ।

परमेश्वरले इस्राएलीहरूलाई १० आज्ञा (प्रस्थान २०) र साथै अरू व्यवस्थाहरू पनि दिनुभयो जसद्वारा उनीहरूले ठीक र बेठीक जान्न सक्थे। हत्या गर्नु, चोर्नु, लोभ गर्नु (अर्काको कुरा आफ्नो बनाउन चाहनु) बेठीक हो भनी उनीहरू जान्दथे किनकि उनीहरूका लिखित व्यवस्थाले यी कुराहरूको विरुद्धमा जनाउ दिएका थिए।

तर परमेश्वरको लिखित व्यवस्था नै नपाएका मानिसहरूको सम्बन्धमा हामी के भनौं? असल र खराब के हो भनी उनीहरू जान्दछन् त? ठीक र बेठीक छुट्टयाउन के सक्छन् उनीहरू? यी प्रश्नका आश्चर्यपूर्ण उत्तर रोमी २:१४-१५ मा छ। पावल अन्यजातिका विषयमा लेख्दै छन् — “जससँग व्यवस्था छैन (रोमी २:१४)।” यी मानिसहरूले १० आज्ञा कहिल्यै देखेका छैनन्। तर रोमी २:१५ ले बताउँछ कि अन्यजातिहरूले “आफ्नै __________मा व्यवस्थाको काम _________ देखाउँछन्; तिनीहरूको ________ले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले आपसमा दोषी (“तिमी दोषी छौ! तिमीले बेठीक गर्यौ!”) वा निर्दोष ठहराउँछन् (“तिमी दोषी छैनौ! तिमीले ठीक गर्यौ!”)।”

यी पदहरूमा हामी सिक्छौं, आफूसित लिखित व्यवस्था नभएका मानिसका हृदयभित्र परमेश्वरले ठीक र बेठीकको ज्ञान राखिदिनुभएको छ। ठीक गर्दा उनीहरूको विवेकले उनीहरूलाई समर्थन दिन्छ। बेठीक गर्दा उनीहरूको विवेकले उनीहरूलाई दोषी ठहर्याउँछ। उनीहरूको विवेक (“प्राणका नसाहरू”) ले राम्रै काम गर्छ।

आफूसित लिखित व्यवस्था नभएर पनि ठीक र बेठीक जान्ने दुईजना व्यक्तिको उदाहरण हेरौं:

१. अबीमेलेक, एक अन्यजाति राजा

उत्पत्ति २६:६-११ मा इसहाक र अबीमेलेकको बारेमा पढ्छौं। अबीमेलेक एक पलश्ती राजा थिए। उनी एक अन्यजाति थिए जोसँग १० आज्ञा थिएन, बाइबल थिएन।

इसहाकले त्यस मानिसलाई आफ्नो पत्‍नी रिबेकाचाहिँ आफ्नो ___________ हुन् (उत्पत्ति २६:७) भनेर झूट बोले। अबीमेलेकले पछिबाट रिबेका इसहाककी पत्‍नी रहेछिन् भनेर थाह पाए र उनी ज्यादै चिन्तित भए। यदि उनका मानिसहरूमध्ये कसैले रिबेकालाई आफ्नो पत्‍नी बनाउन लगेका भए त्यो त व्यभिचार हुनेथ्यो! एउटा पुरुषले कहिल्यै पनि एक विवाहित स्त्रीलाई लिनुहुँदैन! व्यभिचार गलत हो भनेर के यी राजाले जान्दथे (उत्पत्ति २६:१०-११)? ___________। उनले मुक्ति पाएका थिएनन्, उनीसित १० आज्ञा थिएनन् तर व्यभिचार गलत हो भनी उनी जान्दथे! व्यवस्थाका कामहरू उनको हृदयमा लेखिएको थियो अनि उनको विवेकले एक विवाहित स्त्रीलाई लिने काम दोषयुक्त काम हो भनेर न्याय गर्‍यो।

२. मेलिटा (वा माल्टा) का आदिवासीहरू

प्ररित २८:१-६ मा हामी मेलिटा भनिने टापुमा बस्ने केही आदिवासीको बारेमा पढ्छौं जसले पावल र पावलसित भएका अरू व्यक्तिहरूलाई दया देखाए। यी व्यक्तिहरू मुक्ति नपाएका व्यक्ति थिए जोसित १० आज्ञाको प्रतिलिपि थिएन। उनीहरू परमेश्वरको लिखित व्यवस्था सम्बन्धी अनभिज्ञ थिए तर व्यवस्थाका कामहरू उनीहरूको हृदयमा लेखिएको थियो। कुन पशुले पावललाई हातमा टोक्यो (प्रेरित २८:३)? _____________। यो देखेर ती आदिवासीले भने, “यो मान्छै पक्कै _____________ रहेछ” (प्रेरित २८:४)। हत्या गर्नु खराब हो, बेठीक हो भनी यिनीहरू जान्दथे र साथै हत्याराहरू मृत्युदण्डको योग्य हुन्छन् भन्ने पनि जान्दथे! पावलले उचित दण्ड पाउँदै छन् भनी उनीहरू सोच्दथे। तर केही बेरपछि पावलको विषयमा आफूहरूको धारण गलत रहेको उनीहरूले महसुस गरे (प्रेरित २८:५-६), तर असल र खराबको विषयमा उनीहरूको धारणा भने सही थियो। हत्या गर्नु खराब हो भनी उनीहरू जान्दथे किनकि उनीहरूको हृदयहरूमा व्यवस्थाको कामहरू लेखिएको थियो!

चाहे यहूदी (जोसँग पुरानो नियम व्यवस्था प्रत्यक्षरूपमा छ), चाहे अन्यजाति (जोसँग पुरानो नियम व्यवस्था छैन), सबै मानिसहरू आफ्ना कामहरूका लागि परमेश्वरका सामु जिम्मेवार छन् किनकि परमेश्वरले सबै मानिसलाई असल र खराबको ज्ञान प्रकट गरिदिनुभएको छ।

कहिलेकाहीँ विवेकले ठीक काम अलिक गर्दैन

गाडीको रातो बत्तीको फेरि विचार गरौं। त्यो बत्ती कारणवश तारहरू शट भएर बल्न थाल्दा चालकलाई त्यहाँ गाडीमा केही त्रुटी भयो भन्ने लाग्छ। हुड खोलेर हेर्दा सबै ठीक छ। समस्या गाडीको होइन, बत्तीको रहेछ।

विवेक पनि अलिक ठीक काम नगर्ने हुन सक्छ। १ कोरिन्थी ८:१-८ अनुसार कोरिन्थका कतिपय विश्वासी जनहरू सोच्थे कि मूर्तिहरूलाई चढाइएका कुरा खानु गलत हो। उनीहरूको विवेक ____________ (१ कोरिन्थी ८:७) थियो अनि उनीहरूलाई थप ज्ञानको आवश्यकता थियो। त्यो काम आफै गलत थिएन तर उनीहरूलाई त्यो गलत छ भन्ने लाग्थ्यो अनि त्यो काम गर्दा उनीहरूको विवेकले उनीहरूलाई दोषी ठहर्याउँथ्यो र फलस्वरूप उनीहरूलाई दोष महसुस हुन्थ्यो।

कतिपय मानिसहरूलाई पशु मार्नु गलत हो भन्ने लाग्छ। किरालाई कुल्चन पुग्दा वा झींगा मार्दा उनीहरूलाई नराम्रो लाग्छ। उनीहरूलाई त्यस्तो लाग्न पर्दैनथ्यो तर विवेक कमजोर भएको हुनाले उनीहरूलाई त्यस्तो लाग्छ। अर्को व्यक्तिले सुँगुर मार्ला रे तर उसलाई कुनै अप्ठ्यारो महसुस हुँदैन (पशुप्रति अनावश्यक निर्दयी बन्नलाई नभएर सही अभिप्रायले उनले त्यसलाई मारेका हुन् भने)।

टार्ससका शाऊल (पावल) को विवेकले उसलाई गलत सूचनाको आधारमा त्यसैअनुरूपको सङ्केत दिँदै थियो। ख्रीष्टियनहरूलाई सतावट दिनु ठीक काम हो भनी उनी सोच्थे (प्रेरित २६:९-११)। ख्रीष्टियन विश्वासी जनहरूको विरुद्धमा युद्ध गर्नु परमेश्वरकै सेवा गर्नु बराबर सम्झन्थे उनी (तुलना गर्नुहोस् यूहन्ना १६:२)! पछिबाट पावलले सही ज्ञान पाए (प्रेरित ९) र आफू कहाँसम्म गलत रहेछु भन्न कुरा महसुस गरे!

तर प्रायःजसो परिस्थितिमा मानिसलाई ठीक र बेठीक थाह हुन्छ अनि उनीहरूका विवेकले उनीहरूलाई सही सङ्केत नै दिन्छ। आदम, हव्वा र तिनका सन्तानका राम्रैसित काम गर्ने विवेक थिए। ठीक र बेठीक राम्ररी छुट्टयाउन सक्ने संवेदनशीलता थियो उनीहरूको।

 

२. मानिसको जिम्मेवारी

मानिसलाई असल र खराबको ज्ञान भयो (उत्पत्ति ३:२२)। ज्ञानको साथ-साथै जिम्मेवारी पनि थपिन्छ। मानिस आफूसित भएको ज्ञानअनुसार जिउन जिम्मेवार ठहरियो। मानिस, असल गर्न र खराब नगर्न जिम्मेवार भयो। मानिसले आफ्नो विवेकले समर्थन गरेको काम गर्नुपर्थ्यो र दोषी ठहर्याएको काम गर्न हुँदैनथ्यो।

उत्पत्ति ४:२-५ लाई अध्ययन गरौं। कुन मानिसले असल गर्‍यो (दाँज्नुहोस्, हिब्रू ११:४)? _________। कुन मानिसले खराब गर्‍यो (दाँज्नुहोस्, १ यूहन्ना ३:१२)? ___________। कयिनले गलत गरेपछि ऊ रिसायो र निराश भयो (उत्पत्ति ४:५)। यी नराम्रा भावनाहरू उसको विवेकले उत्पन्न गरेका थियो अनि उसले ती सङ्केतलाई चेताउनीको रूपमा लिनुपर्थ्यो। उसको जीवनमा त्रुटी थियो र उसले त्यसलाई सच्याउनुपर्थ्यो।

परमेश्वर कयिनकहाँ आउनुभयो र उसलाई आफ्नो त्रुटी सच्याउने मौका दिनुभयो (उत्पत्ति ४:६-७)। कयिनका सामु दुई विकल्प थिए। उसले “जे ______ छ त्यो” गर्न सक्थ्यो (उत्पत्ति ४:७), वा उसले ठीक काम नगर्न सक्थ्यो (उत्पत्ति ४:७)। ऊ जे ठीक छ त्यो गर्नलाई जिम्मेवार थियो। ठीक गर्न विफल भएको खण्डमा पाप (उसको पापी स्वभाव) एउटा जंगली पशुजस्तै उसमाथि झम्टेर उसलाई नष्ट पार्न ढोकैमा ढुकिबस्नेथ्यो! कयिनले ठीक गर्‍यो कि खराब गर्‍यो (उत्पत्ति ४:८-९? ________________। कयिनले परमेश्वरको चेताउनीलाई वास्ता गरेन र उसले आफ्नो विवेकको चेताउनीलाई पनि वास्ता गरेन।

३. मानिसको विफलता

उत्पत्ति अध्याय ६ मा जलप्रलय अगाडिका मानिसको दुःखदायी विफलताको बारेमा पढ्छौं। पृथ्वीमा कुन कुरा “बढी” भएको थियो (उत्पत्ति ६:५)? _________________________। साथै हामी सिक्छौं पृथ्वी _______ (बिग्रेको अवस्था) भएको र ____________ले भरिएको थियो (उत्पत्ति ६:११)। यो भ्रष्टता एक-दुई ठाउँमा मात्र सीमित नभएर व्यापक थियो, “किनकि पृथ्वीमा भएका ______ मानिसहरूले आफ्ना चालचलन _______ पारिसकेका थिए (उत्पत्ति ६:१२)।”

ती दिनहरू निकै अन्धकारपूर्ण थिए तर त्यहाँ केही उज्यालो पनि थियो। त्यहाँ केही थोरै व्यक्तिहरू थिए जसले ठीक गरे र जसले परमेश्वरमा विश्वास गरे। हिब्रू ११:४-७ मा हामी तीनजनाको नाम उल्लेख भएको पाउँछौं जो त्यस समयावधिभित्र जिउँदथे र जसले परमेश्वरलाई खुशी पारे:

  1. _________________________ (हेर्नुहोस्, उत्पत्ति ४)
  2. _________________________ (हेर्नुहोस्, उत्पत्ति ५)
  3. _________________________ (हेर्नुहोस्, उत्पत्ति ६)

ती दिनहरूमा त्यहाँ केही भक्तजनहरू थिए, तर धेरै थिएनन्। यहूदा १४-१५ मा भक्तजन हनोकले त्यसबेलाका मानिसलाई गरेका प्रचारका शब्दहरू उल्लेख छ। पद १५ मा “अभक्ति” भन्ने शब्द कतिपटक उल्लेख छ? ________। हनोक, एक ज्यादै भक्तिपूर्वक जिउने मानिस थिए जो ज्यादै भक्तिहीन संसारमा जिउँदथे!

४. परमेश्वरको इन्साफ

यति भ्रष्ट भएको त्यो संसारमाथि ल्याउनुभएको परमेश्वरको इन्साफ के थियो (उत्पत्ति ७:११,१२,२३)? ______________________________________। उक्त इन्साफबाट उम्कनेहरू कतिजना थिए (१ पत्रुस ३:२० र २ पत्रुस २:५)? _________। यो प्रबन्धको अन्तमा त्यहाँ केवल _____जना मानिस बाँकी रहे! के त्यस्तो इन्साफ (विश्वव्यापी जलप्रलय) फेरि कहिल्यै दोहोर्याइनेछ (उत्पत्ति ९:११,१५-१६)? ________________।

विवेकको प्रबन्धको अन्त भए तापनि विवेकको अन्त भएको छैन

विवेकको प्रबन्धको अन्त भएको छ तर मानिस विवेकको अधीनमा जिइरहनुपर्छ। यस पृथ्वीमा इतिहासको जुनै समयमा पनि जिउने मानिससित विवेक हुन्छ। हरेक प्रबन्धअन्तर्गत (आज पनि) मानिस असललाई पछ्याउन र खराबलाई त्याग्न जिम्मेवार हुन्छ। अय्यूबले त्यो गरे (अय्यूब १:१)। आज हामीलाई त्यसै गर्न आज्ञा दिइएको छ (रोमी १२:९ र १ पत्रुस ३:११)। हुन त, विवेक नै हाम्रो पथप्रदर्शक भएको परमेश्वर चाहनुहुन्न। परमेश्वरको वचन (बाइबल) हाम्रो पथप्रदर्शक हो। असल के हो, खराब के हो, हामीलाई बाइबलले बताउँछ। हामीले पछ्याउनुपर्ने बाइबल हो। येशूले भन्नुभयो, “तपाईंको वचन _______ छ” (यूहन्ना १७:१७)। तराजुलाई सम्झनुहोस्। तराजुमा सत्यतारूपी ढक लगाउनुपर्छ अनि ठीक र बेठीकलाई झन् झन् सठीक रूपमा तौलन सक्नेछौं। एक व्यक्तिको विवेक परमेश्वरको वचनले आलोकित भएको छ भने परमेश्वरले समर्थन गरेको कुरालाई उसको विवेकले पनि समर्थन गर्छ र परमेश्वरको वचनले दोषी ठहर्याएको कुरालाई उसको विवेकले पनि दोषी ठहर्याउँछ। अर्को शब्दमा भन्ने हो भने त्यसले ठीक-ठीक सङ्केत दिन्छ। तराजु अचूक बन्दछ।

रोमी १४:२२ अनुसार “धन्य” (सुखी) व्यक्ति त्यो हो “जसले आफूले स्वीकार गरेको कुरामा आफूलाई दोषी ठहर्याउँदैन।” आफ्नो विवेकले दोषी ठहर्याएको काम गर्नु सदा जोखिमपूर्ण हो। विवेकले हरियो बत्तीको सङ्केत दिँदा मात्र त्यो काम गर्नुहोस्। रातो बत्तीको सङ्केत वा पहेंलै बत्तीको सङ्केत (सावधान!) दिँदा समेत त्यो काम गर्नुहुँदैन, “किनकि हरेक कुरा, जो _____________बाटको होइन, त्यो पाप हो।” यो पदको तात्पर्य यो हो, आफूले जे गलत हो भनी विश्वास गरिएको छ त्यो काम गर्नु एक व्यक्तिको लागि ज्यादै जोखिमपूर्ण कुरा हो। विवेकले दिएका सङ्केतहरूलाई बेवास्ता गर्नु खतरा हो। कुनै परिस्थितिमा विवेक कमजोर भएको हुनाले त्यसले गलत सङ्केतहरू दिन सक्छ। परमेश्वरको वचनबाट थप ज्ञान र प्रकाश पाएर यो सच्चिइन्छ। जुन कुरा गलत भनी ठानिएको थियो त्यो पछिबाट गलत नभएको ठहरिन सक्छ वा जुन कुरा सही भनी ठानिएको थियो त्यो पछिबाट गलत भएको ठहरिन सक्छ। यो नियम सदा पछ्याउनुहोस्: आफूले गलत भनी विश्वास गरेको काम कहिल्यै नगर्नुहोस्! आफूले ठीक भनी विश्वास गर्नुभएको काम सधैं गर्नुहोस्!

तपाईंको विवेकले ठीकसँग लेखाजोखा गर्न कत्तिको सक्छ? ठीक र बेठीक सम्बन्धी तपाईंको संवेदनशीलता कत्तिको छ? ठीक र बेठीकलाई जोख्नुपर्दा (जुन काम हामी दिनहुँ गर्नुपर्छ) तपाईंको तराजु कत्तिको ठीकसंग काम गर्छ? ठीक के हो, बेठीक के हो भनेर पत्ता लगाउन के तपाईं बाइबल पढ्दैहुनुहुन्छ? ठीकसँग लेखाजोखा गर्न सकोस् भनेर तपाईंले आफ्नो तराजुलाई सत्यता र ठीक-ठीक ज्ञानले सुसज्जित पार्दैहुनुहुन्छ? सानो बच्चाले ठूलो मान्छेले जस्तै लेखाजोखा गर्न सक्दैन। सानो बच्चाले पसलबाट चकलेट लेला र उसलाई कुनै दोष महसुस नहोला। त्योभन्दा ठूलो बालकले सो गर्दा उसको विवेकले उसलाई सम्भवत: सताउला किनकि त्यो गर्नु गलत हो भनी उसले जान्दछ।

हाम्रो तराजु अचुक तराजु होस् अनि जे ठीक हो भनेर जान्दछौं त्यो गर्न र जे खराब हो भनी जान्दछौं त्यो नगर्न हामी ध्यानपूर्वक लागिरहौं ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

निर्दोषताको प्रबन्ध

निर्दोषताको प्रबन्ध

 

अब हामी सातओटै प्रबन्धहरूलाई एक-एक गरी निम्न रुपरेखा अनुसार अध्ययन गर्नेछौं:

१. प्रारम्भमा मानिसको अवस्था
२. मानिसको जिम्मेवारी
३. मानिसको विफलता

४. परमेश्वरको इन्साफ

बेग्लाबेग्लै प्रबन्धहरूको अध्ययन प्रारम्भ गर्ने क्रममा हामी मानव इतिहासकै पूर्व-विहानीबाट शुरु गर्नुपर्ने हुन्छ। मानव इतिहास केही हजार वर्ष अगाडि आदम र हव्वाको सृष्टिबाट हुन्छ शुरू हुन्छ।

१. प्रारम्भमा मानिसको अवस्था

मानिस परमेश्वरको प्रतिरूप हुनलाई बनाइएको थियो

उत्पत्ति १:२६-२७ मा मानिसको सृष्टिको बारेमा सिक्छौं: ” फेरि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै __________मा, हाम्रै _________मा बनाऔं…यसैकारण परमेश्वरले मानिसलाई आफ्नै __________मा सृष्टि गर्नुभयो। परमेश्वरकै ___________मा उहाँले तिनलाई सृष्टि गर्नुभयो।”

आदम परमेश्वरको स्वरुपप्रतिरूपमा बनाइएको थियो। स्वरुप भनेको के हो?

रुपैयाँको नोटमा हाम्रो _______को स्वरुप देख्छौं (तुलना गर्नुहोस् मत्ती २२:१८-२१)। ऐनामा तपाईंले कसको स्वरूपप्रतिरूप देख्‍नुहुन्छ? ___________। के ऐनाले सिद्धरूपमा तपाईंको स्वरूप प्रतिबिम्बित गर्छ? _________। तपाईंको स्वरूप त्यो ऐनामा छ! उत्पत्ति १:२६-२७ अनुसार परमेश्वरको स्वरूप मानिसमा राखियो!

मानिस परमेश्वरलाई प्रतिबिम्बित गर्न बनाइएको थियो। उसले पाप गर्न अघि आदमलाई हेर्दा उसमा परमेश्वर देखिन्थ्यो। परमेश्वरको सत्यता, पवित्रता, धार्मिकता, प्रेम, विश्वासयोग्यता, शुद्धता—” पूर्ण रूपमा असल, पापरहित!

 परमेश्वर सत्य हुनुहुन्छ

परमेश्वर असल हुनुहुन्छ

परमेश्वर नष्कलंक हुनुहुन्छ

परमेश्वर धर्मी हुनुहुन्छ

परमेश्वर पवित्र हुनुहुन्छ

परमेश्वर प्रेम हुनुहुन्छ

परमेश्वर विश्वासयोग्य हुनुहुन्छ

परमेश्वर शुद्ध हुनुहुन्छ

…भनेर जान्नेदेखाउने मौका आदमलाई दिइएको थियो।

परमेश्वरले आदमलाई सबै पशु-पंक्षीमाथि ____________ गर्ने काम दिनुभयो (उत्पत्ति १:२६)। परमेश्वरले आदमलाई यस पृथ्वीमा सारा जीवजन्तुका ” राजा” को रूपमा राख्‍नुभयो। के आदम र हव्वामाथि परमेश्वरको आशिष थियो (उत्पत्ति १:२८)? _____________।

परमेश्वरले मानिसलाई पापी बनाउनुभएन

छैटौं दिनको अन्तमा परमेश्वरले आफूले बनाउनुभएको सारा थोकहरू (आदम समेत) लाई हेर्नुभयो र त्यो ________ _________ थियो (उत्पत्ति १:३१)। पापको कारक वा कर्ता परमेश्वर हुनुहुन्न। परमेश्वरले एक पापी मानिस सृष्टि गर्नुभएन। उहाँले आदमको सृष्टि गर्नुभयो जो पछिबाट पापी बन्यो। तर आदमलाई सृष्टि गर्नुहुँदा आदमको हृदय पापी थिएन। ऊ पूर्ण रूपमा निर्दोष थियो।

निर्दोषको अर्थ हो, कुनै पनि पाप वा गलत कुरा वा दोष नभएको। शुरुमा आदम पापरहित थियो। ऊ कुनै पनि अपराध वा पापको दोषी थिएन। उसले कहिल्यै परमेश्वरको आज्ञा उल्लङ्घन गरेको थिएन। उसले परमेश्वरको व्यवस्था कहिल्यै भङ्ग गरेको थिएन। उसको मन खराब विचारहरूले भरिएको थिएन। खराबसित आदमको कुनै सरोकार थिएन। उसले भन्न सक्थ्यो, “ममा पाप छैन” (तुलना गर्नुहोस् १ यूहन्ना १:८) र त्यो साँचो नै हुनेथ्यो। उसले भन्न सक्थ्यो, “मैले पाप गरेको छैन” (तुलना गर्नुहोस् १ यूहन्ना १:१०) अनि त्यो पनि साँचो नै हुनेथ्यो। आज हामीले यी कुरा भन्यौ भने के हामीले सत्य बोलेका हुन्छौं? __________। आदम पापको दास थिएन। ऊ पूर्ण रूपमा स्वतन्त्र थियो र ऊ निर्दोष थियो!

परमेश्वरसित आदमको सुन्दर सम्बन्ध थियो। ऊ परमेश्वरसित हिँड्न सक्थ्यो, परमेश्वरसित कुरा गर्न सक्थ्यो र परमेश्वरसित मीठो सङ्गति गर्न थियो। साथै आदमको जीवनमा, परमेश्वर र उसको बीचमा फाटो ल्याउने कुनै पाप थिएन (दाँज्नुहोस्, यशैया ५९:२)।

साथै आदम एक सिद्ध वातावरणमा जिउँदथे। ऊ, हामी जिउने आजको जस्तो पापले श्रापित संसारमा जिउँदैनथ्यो। आदमको संसारमा कुनै अपराध थियो? रोगबिमार? मृत्यु? गरिबी? आदम जिउने संसार हामी जिउने संसारभन्दा निकै फरक थियो। आदमको संसारमा केवल एउटै कुरा खराब थियो – त्यो थियो शैतान (उत्पत्ति ३:१; प्रकाश १२:९)।

२. मानिसको जिम्मेवारी

परमेश्वरले आदमलाई के कस्ता जिम्मेवारी दिनुभयो? आदमको भण्डारीपन के थियो? आदमको हातमा परमेश्वरले के-के सुम्पिनुभयो? आदमलाई के गर्न वा नगर्न आज्ञा दिइयो?

उत्पत्ति २:१५ अनुसार आदमलाई कुन काम दिइएको थियो? ______________ _____________। शुरुदेखि नै आदमको काम थियो, पूरा गर्नुपर्ने जिम्मेवारी थियो।

उत्पत्ति २:१६ अनुसार आदमलाई के कस्ता आशिष दिइए? ____________________ ______________________________। अनेकौं खाले मीठा फलफूलहरूका रूखहरू उसका निम्ति खुल्ला छोडिएका थिए। उसले स्याउ खान सक्थ्यो? __________। सुन्तला? _________। आरु? ______। भइँकटहर? ________। नरिवल? _________। आँप? _________। आदमको खान्की खासै त्यति सीमित थिएन। परमेश्वरले बनाउनुभएका नानथरिका फलफूल मीठो मान्दै खान पाउँथे उनले।

उत्पत्ति २:१७ अनुसार आदमको जिम्मेवारी के थियो? के गर्न हुँदैनथ्यो उसले? ___________ ______________________________। आदमको हातमा परमेश्वरले एउटा अति सरल आज्ञा सुम्पिनुभयो। उक्त आज्ञाको पालना गर्नु उसको जिम्मेवारी थियो जसअनुरुप उसले वगैंचाको बीचमा भएको (उत्पत्ति २:९) एउटा तोकिएको रूखको फल उसले खानु हुँदैनथ्यो। परमेश्वरले आदमको आज्ञाकारिता जाँच्ने यो अति सरल जाँच दिनुभयो। परमेश्वरले उसलाई मानौं यसरी भन्नुहुँदैथ्यो, ” आदम, तिमीले मेरो वचनलाई पालना गर्छौ कि गर्दैनौ?” हामी देख्‍नेछौं, आदम जाँचमा गुल्टिए!

आदमले फल खाएमा उसलाई के हुनेछ भनेर परमेश्वरले भन्नुभयो (उत्पत्ति २:१७)? ________ _____________________________।

३. मानिसको विफलता

उत्पत्ति अध्याय ३ मा त्यो पद भेट्टाउनुहोस् जसमा आदमले परमेश्वरको सरल आज्ञालाई उल्लङ्घन गरेको र फलस्वरूप पापमा पतन भएको उल्लेख छ: उत्पत्ति ३: ______। आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गर्न रोज्यो। आदमले जीवनको सट्टा मृत्यु रोज्यो।

१ तिमोथी २:१४ अनुसार शैतानको बहकाउमा पर्ने को थियो, आदम कि हव्वा? ________। यस पद अनुसार आदम बहकाउमा परेको हो कि होइन? ____________। आदम छलिएको होइन। के गर्दै छु भनेर आदम जान्दथ्यो तैपनि त्यही गर्न उसले रोज्यो। आदम, आफूले जे गर्‍यो त्यसको पूरै जिम्मेवार थियो। ऊ पापमा फस्यो तसर्थ ऊ दोषी थियो। अबदेखि उसो ऊ निर्दोष रहेन!

४. परमेश्वरको इन्साफ

आदमको पापले गर्दा परमेश्वरले उसलाई अदनको बगैंचाबाट निष्कासन गर्नुभयो। यसबारे हामी उत्पत्ति ३:२२-२४ मा पढ्न सक्छौं:

उत्पत्ति ३:२३ – “परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट ____________।”

उत्पत्ति ३:२४ – “उहाँले मानिसलाई _______________पछि…”

आदम र हव्वा अबदेखि उसो ” जीवनको रूख” बाट बञ्चित भए। परमेश्वरले बगैंचाको पूर्वपट्टि ” करूब” भनिने स्वर्गदूतहरू खटाउनुभयो र चारैतिर घुमिरहने तरवाररुपी ज्वाला राखिदिनुभयो जुन बिजली-चट्याङ् जस्तै यताउता चम्किन्थे जसले गर्दा मानिसलाई त्यो ठाउँको नजिक फेरि आउन असम्भव भयो।

५. आदमको पापका परिणामहरू

आज आदमको पापका परिणामहरू जताततै देखिन्छन्! जोडा मिलाउनुहोस्:

  1. ______ पाप संसारमा पस्यो र मृत्यु सबै मानिसमा सर्‍यो
  2. ______ भोजनका निम्ति कठोर परिश्रम आवश्यक पर्छ। साथै प्रत्येक मानिस शरीरमा मर्नैपर्छ (माटोमा मिल्नैपर्छ!)
  3. ______ सन्तान जन्माउँदा दुःख र पीडा हुने।
  4. ______ धेरै पापी बनिए
  5. ______ सबै मानिस दोषी ठहरिए
  6. ______ भूमि श्रापित भयो
  1. उत्पत्ति ३:१६
  2. उत्पत्ति ३:१७-१८
  3. उत्पत्ति ३:१९
  4. रोमी ५:१२
  5. रोमी ५:१८
  6. रोमी ५:१९

विचार गर्नुहोस् त, आदमकै पापले गर्दा निम्म सेवा पुर्याउने व्यक्तिहरूको आवश्यकता पर्न गएको होइन र? १) पुलिस २) डाक्टर ३) न्यायधीश ४) सिपाही ५) पास्टर ६) मिसनरी-प्रचारक ७) मलामी ८) जीवन-बीमा बिक्रेता ९) नर्स १०) सूचीकार।

निम्न कुराहरू कसरी आदमको पापकै प्रत्यक्ष परिणामहरू हुन्? झ्यालखाना, कबरस्थान, ढोकाको ताला, अस्पताल, इत्यादि?

आदमको पापले तपाईं आफैलाई कत्तिको असर पारेको छ नि? तपाईंके के कस्ता कुरा गर्नुहुन्छ वा गर्नुहुन्न? के कस्ता कुरा बोल्नुहुन्छ वा बोल्नुहुन्न? यी अनि अरुसित तपाईंका व्यवहारहरूमा के आदमको पापको परिणामहरू तपाईंमा पनि देखिन्छन्?

याद गर्नुहोस्, आदमको पापले मानव जातिको प्रत्येकलाई असर पारेको छ। एउटै सलाईको काँटीले बनका हजारौं रूखलाई डढेलु लगाउन सक्छ (दाँज्नुहोस्, रोमी ५:१२)। आदम पतन भयो र फलस्वरूप समस्त मानव जाति पतन भयो।

आदमको पापका भयानक परिणामहरूलाई सुल्टाउन के परमेश्वरले कुनै काम गर्नुभएको छ त? आदमको पतनको हजारौं वर्षपछि अर्को एउटा महान् घटना घट्यो जब परमेश्वरको पुत्र हराएका, पतित मानिसका निम्ति मर्न आउनुभयो: ” किनकि जसरी _______ मानिस (आदम) ले आज्ञा भङ्ग गरेकोले _________ पापी बनिए (तपाईं पनि यसमा पर्नुहुन्छ?), त्यसरी नै __________ (मुक्तिदाता, प्रभु येशू ख्रीष्ट) ले आज्ञापालन गरेकोले धेरैजना _______ बनाइनेछन्” (रोमी ५:१९)। ” किनकि जसरी ________मा सबै _________, उसरी नै ________मा सबै _________ पारिनेछन्” (१ कोरिन्थी १५:२२)। मृत्यु आदमबाट आउँछ, तर जीवन ख्रीष्टबाट आउँछ!

बिग्रेको प्रतिरुप

आदमले पाप गरेपछि उसमा भएको परमेश्वरको प्रतिरूप बिग्रेर गयो। यसको मतलब, आदमले अबदेखि उसो परमेश्वरलाई प्रतिबिम्बित गर्न सक्ने भएन। थोत्रो नोटलाई विचार गर्नुहोस् जसमा राजाको प्रतिरुप चिन्नै गाह्रो पर्छ। पापले मानिसमा भएको परमेश्वरको प्रतिरुपलाई त्यस्तै असर पार्‍यो। आदमले परमेश्वरलाई दर्शाउनुको सट्टा अब पापलाई, आफूलाई शैतानलाई दर्शाउन थाल्यो।

मानिस एक प्रतिबिम्ब बन्न सृजिएको थियो! आदमले पाप गर्नुअघि मानिसको प्राण निर्दोष थियो र पापबाट अलग थियो। परमेश्वरलाई चिन्न, दर्शाउनप्रतिबिम्बित गर्ने सौभाग्य मानिसलाई दिइएको थियो।

आदमले पाप गरेपछि मानिसको अवस्थामा आमूल परिवर्तन आयो। मानिसको प्राण पापले दुषित भयो। मानिसले अब जे बेठीक छ त्यसलाई मात्र दर्शाउन सक्ने भयो।

आदम

उसले पाप गरेपछि

 

पाप
अहम र
शैतान

आदम र उसबाट आएका पतित मानिसहरूले दर्शाउन सक्ने यति नै हो।

एक पापी मानिसले मुक्ति पाएपछि उसभित्र एउटा नयाँ स्वभावको साथ-साथै उसको पुरानो स्वभाव पनि हुन्छ (एफेसी ४:२२-२४) अनि उसले या त मुक्तिदातालाई दर्शाउँछ कि या त पापलाई, आफूलाई शैतनालाई

 

कि

 

पापमा पतन भएपछि आदमले विभिन्न छोराछोरीहरूलाई जन्म दिए। आदमका सन्तानले कसलाई दर्शाउँथे। उत्तर उत्पत्ति ५:३ मा छ – “आदमको उमेर एक समय तीस वर्षको हुँदा तिनले ________ (आदमकै) स्वरूपमा छोरालाई जन्म दिएर तिनको नाउँ शेत राखे।” शेतले कसलाई दर्शाउँथे, परमेश्वरलाई कि आदमलाई? _________। शेतलाई हेर्दा कसको प्रतिरूप वा स्वरूप देखिन्थ्यो? __________। यस संसारमा जन्म लिने प्रत्येक नै (येशू ख्रीष्ट बाहेक) आदमको स्वरूपमा जन्मेका छन्!

एउटा पापीले पापलाई, आफूलाई शैतानलाई दर्शाउन छाड्ने हो भने त्यहाँ केवल एउटै उपाय छ। उसले मुक्ति पाउनैपर्छ! प्रत्येक व्यकि या त आदममा छ (मुक्ति पाएको छैन) या त ख्रीष्टमा छ (मुक्ति पाएको छ –२ कोरिन्थी ५:१७)। ख्रीष्टमा हुनेहरूले मात्र अब फेरि परमेश्वरलाई दर्शाउन सक्छन् (एफेसी ४:२४ र कलस्सी ३:१०)।

तपाईंले रोज्नैपर्छ!

आदमलाई ज्यादै महत्त्वपूर्ण छनोट कार्य दिइएको थियो। उसले या त परमेश्वरको आज्ञा पालना गर्न रोज्नुपर्थ्यो या त उल्लङ्घन गर्न। उसले या त जीवन रोज्नुपर्थ्यो या त मृत्यु

आज पनि यो साँचो छ। प्रत्येक व्यक्तिले या त जीवन या त मृत्यु रोज्नैपर्छ। आशिष कि श्राप, उसैले छनोट गर्नुपर्छ। परमेश्वरले यी दुई विकल्प प्रत्येक मानिसको सामु राख्‍नुभएको छ (व्यवस्था ३०:१९)। हामीले के रोजेको परमेश्वर चाहनुहुन्छ (व्यवस्था ३०:१९)? ______________________।

आदमको महत्त्वपूर्ण निर्णय एउटा रूखमा केन्द्रित थियो अर्थात् असल र खराबको ज्ञान दिने रूखमा। आज मानिसको सबभन्दा महत्त्वपूर्ण निर्णय पनि एउटा रूखमा केन्द्रित छ – त्यो रूख जसमा येशू ख्रीष्ट मर्नुभयो (१ पत्रुस २:२४)। अब तपाईंको निर्णय के हुनेछ?

ख्रीष्टमा विश्वास गर्ने
र बच्ने ?

यूहन्ना ३:३६
१ यूहन्ना ५:१२

 

ख्रीष्टलाई विश्वास नगर्ने
र मर्ने ?

यूहन्ना ३:३६
१ यूहन्ना ५:१२

तपाईंले रोज्नैपर्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

परिचय (क्रमश:)

परिचय (क्रमश:)

 

(क्रमश:)

अघिल्लो पाठमा हामीले बाइबलीय अर्थमा “प्रबन्ध भनेको के हो” भन्ने प्रश्नको उत्तर दिने प्रयास गर्यौं। यस शब्दको अर्थ के हो, के तपाईंलाई याद छ? जब हामी “अब्राहाम र पावल बेग्लाबेग्लै प्रबन्ध अन्तर्गत जिउँदथे” भन्छौं, यसको मतलव के हो?

यस पाठमा हामी अर्को एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर दिने प्रयास गर्नेछौं: “कस्तो व्यक्तिलाई प्रबन्धवादी (Dispensationalist) भनिन्छ? “प्रबन्धवादी” एउटा त्यस्तो व्यक्ति हो जसले परमेश्वरका प्रबन्धहरूलाई बुझ्दछ र आफू पृथ्वीमा जिउने समयावधिभित्र आफूभित्र भएको परमेश्वरको जीवनलाई व्यवहारमा उतार्ने काममा ऊ सही प्रकारले लागिपर्छ। एक प्रबन्धवादीले परमेश्वरले उसलाई दिनुभएको भण्डारीपन (उसलाई सुम्पिनुभएका सौभाग्य तथा जिम्मेवारीहरू) लाई बुझेको हुन्छ र परमेश्वरले उसको हातमा सुम्पिनुभएको कुराको विश्वासयोग्य प्रयोजन गर्नका लागि ऊ लागिपर्छ। बाइबल पढ्ने र अध्ययन गर्ने हरेक नै प्रबन्धवादी हुँदैन। यस अध्ययनको पाठ १ मा उल्लेखित कुराहरूको प्रस्ट ज्ञान हरेकलाई हुँदैन।

एक प्रबन्धवादी कस्तो व्यक्ति हो? उसलाई यसरी बयान गर्न सकिन्छ:

१) एक प्रबन्धवादीले बाइबलमा पाइने प्रस्ट भिन्नताहरूलाई स्वीकार गर्छ:

आघिल्लो अध्यायमा हामीले यसको अध्ययन गरिसक्यौं। परमेश्वरले बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिकाले व्यवहार गर्नुहुन्छ भन्ने कुरालाई एक प्रबन्धवादीले महसुस गरेको हुन्छ। उसले यो पनि महसुस गरेको हुन्छ, परमेश्वरले मानिसलाई क्रमिक रूपमा झन् झन् बढी मात्रामा आफ्नो सत्यतालाई प्रकट गर्दै आउनुभएको छ। उदाहरणको लागि, पावललाई यस्ता सत्यताहरू प्रकट गरिए जो दाऊदलाई गरिएनन्, अनि दाऊदलाई परमेश्वरबाट यस्ता सत्यताहरू पाएका थिए जो नूहले पाएका थिएनन्।

प्रबन्धवादीले निम्न महत्त्वपूर्ण भिन्नताहरूलाई स्वीकार गर्दछ:

  1. मानिसको पतनपछि आएका भिन्नताहरू
  2. जलप्रलयपछि आएका भिन्नताहरू
  3. बाबेलको धरहराको इन्साफ पछि आएका भिन्नताहरू
  4. अब्राहामलाई परमेश्वरको बोलावट पछि आएका भिन्नताहरू
  5. व्यवस्था दिइएपछि आएका भिन्नताहरू
  6. ख्रीष्टको मृत्यु र बौरिउठाइपछि आएका भिन्नताहरू
  7. मण्डलीको र्‍याप्चर (ख्रीष्टले मण्डलीलाई पृथ्वीबाट उठाइलानुहुने कार्य (१ थेस्सलोनिकी ४:१३-१८ र यूहन्ना १४:३) पछि आउने भिन्नताहरू
  8. शैतानलाई स्वर्गबाट बाहिर निष्कासन गरिएपछि आउने भिन्नताहरू (प्रकाश १२:७-१२)
  9. हजार वर्षको राज्यको अन्तमा आउने भिन्नताहरू (प्रकाश २०-२२)

२) एक प्रबन्धवादीले बाइबललाई अक्षरश: अर्थ लगाउँदछ र बुझ्दछ।

“अक्षरश:” भन्नुको मतलव हो “शब्दको शब्दै, बढाइचढाइ नगरी, कल्पना नगरी”। कसैले बाइबललाई अक्षरश: बुझ्छ भने उसले बाइबलका शब्दहरूलाई तिनका सामान्य, प्राथमिक अर्थमा नै बुझ्दछ। उसले त्यहाँ कुनै गुप्त वा काल्पनिक अर्थहरू खोज्ने प्रयास गर्दैन।

एक प्रबन्धवादी त्यो हो जसले बाइबललाई गम्भीररूपमा लिन्छ। बाइबलले भनेको कुरा उसले बुझ्दछ। उसले परमेश्वरले भन्नुभएको कुरालाई सोझो हिसाबमा लिन्छ, र विश्वास गर्छ कि परमेश्वरले जे छ त्यही भन्नुहुन्छ र उहाँले जे भन्नुहुन्छ, त्यो त्यही नै हुन्छ। परमेश्वरको वचनले नै नभनेको कुरा वचनले भनेको छ भन्दै उसले भन्दैन बरु बाइबल आफैलाई त्यहाँ जे छ त्यही कुरा बोल्न दिन्छ।

उदाहरणको लागि: बाइबल अनुसार परमेश्वरले सम्पूर्ण सृष्टि, यस पृथ्वी र यसमा भएका सबै थोकहरूलाई कति दिनमा सृष्टि गर्नुभएको हो (प्रस्थान २०:११; दाँज्नुहोस् उत्पत्ति अध्याय १)? __________। यस खण्डलाई अक्षरश: अर्थ लगाउने व्यक्तिले भन्दछ: “छ दिनको अर्थ छ दिन नै हो। परमेश्वरले सबै थोकहरू छ दिनमा नै सृष्टि गर्नुभयो, उहाँले जे भन्नुभएको छ त्यही नै हो! परमेश्वरले जे भन्नुभयो त्यो म विश्वास गर्छु, कुरा यति नै हो!

तर त्यहाँ कति मानिसहरू छन् जसले उत्पत्ति १ अध्यायमा उल्लेख भएको “दिनहरू” भन्ने शब्दको अर्थ वास्तवमा “दिनहरू” नै होइन भन्छन्, बरु त्यसको अर्थ अर्कै छ भन्छन्। तिनीहरू भन्छन् ती दिनहरू खास दिनहरू थिएनन् तर हरेक “दिन” एउटा “युग” (लामो समयावधि जसमा हरेक “युग-दिन” हजारौं वा लाखौं वर्ष लामो) थियो भन्छन्। उनीहरूको अनुसार सृष्टिको काम पूरा हुन छओटा लामो-लामो युगहरू लाग्यो। यो एउटा उदाहरण हो, कसरी मानिसहरूले परमेश्वरले भन्नुभएको एउटा कुरालाई अर्कै बनाइदिन्छन् (“दिन भनेको दिन होइन, लामो युग हो”)। बाइबललाई अक्षरश: लिने व्यक्तिले परमेश्वरले उल्लेख गर्नुभएको “छ दिन”(प्रस्थान २०:९,११) लाई “छ दिन” नै मानेर लिन्छ, अन्य अर्थमा होइन।

टिप्पणी: “दिन” भन्ने शब्दले २४ घण्टे दिन भन्दा लामो समयावधिलाई जनाउन पनि सम्भव छ। जस्तै, यर्मिया ३०:७ मा हामी एक दिन को बारेमा पढ्छौं जसले याकूबको दुःखको दिनको कुरा गर्दछ। उक्त दिन ३ १।२ वर्ष लामो हुन्छ (प्रकाश १२:६,१४)। हामी यो पनि भन्न सक्छौं, “हामी अहिले अनुग्रहको दिनमा जिइरहेका छौं” (परमेश्वरको सहनशीलताको दिन –२ पत्रुस ३:८-९)। के यो एक २४ घण्टे दिनभन्दा लामो हो? _______। यी उदाहरणहरूमा “दिन” भन्नाले “समय” वा “काल” (मल्लकाल, राणाकाल भने जस्तै) बुझिन्छ। जब “दिन” ले २४ घण्टे दिनको अर्थ जनाउँदैन त्यतिखेर सन्दर्भले नै त्यो प्रस्ट देखाउँछ। तर जब “दिन” शब्द बहुवचन रूपमा प्रयोग हुन्छ (“दिनहरू”) वा त्यसको अगाडि एउटा अंक राखिएको हुन्छ (जसरी प्रस्थान २०:११ मा ६ दिनहरू वा उत्पत्ति १:१३ मा “तेस्रो दिन”) तब त्यहाँ २४ घण्टे दिनलाई नै जनाइएको हो भनेर हामीलाई पक्का हुन्छ। (यस सम्बन्धि अझ विस्तृत अध्ययन गर्न सृष्टि-विज्ञान शीर्षक भएको अध्ययन मालाको पाठ ४ मा हेर्नुहोस्। उक्त सामाग्री एबेनेजर मण्डलीबाट प्राप्‍त गर्न सकिन्छ)।

बाइबललाई अक्षरश: लिने सम्बन्धमा अर्को उदाहरणस्वरूप प्रकाश २० लाई हेरौं। यस अध्यायको पहिलो ७ पदहरूलाई पढ्नुहोस्। त्यहाँ “हजार वर्ष” भनेर कतिपटक उल्लेख छ? _______। यी पदहरूले हामीलाई सिकाउँछन् कि येशू ख्रीष्टले पृथ्वीमा एक हजार वर्षको लागि राज्य गर्नुहुनेछ। परमेश्वरले “हजार वर्ष” भन्नुभयो, यसको अर्थ के होला? प्रबन्धवादीले बाइबललाई अक्षरश: बुझ्दछ र भन्छ, “हजार वर्ष भनेको हजार वर्ष हो!” परमेश्वरले यदि हजार वर्ष भन्नुहुन्छ भने यसको अर्थ हजार वर्ष नै हुनुपर्छ। तर फेरि त्यहाँ धेरै मानिस छन् जसले आफूलाई बाइबल विश्वास गर्नेहरू भनी दावी गर्छन् तरैपनि येशू ख्रीष्टले पृथ्वीमा हजार वर्षका लागि राज्य गर्नुहुन्छ भनी विश्वास गर्दैनन्। उनीहरू उक्त हजार वर्षलाई अन्यथा बनाउने प्रयास गर्छन्।

एउटा सरल नियम

बाइबल अध्ययन गर्दा हामीले शब्दलाई त्यसको अक्षरश:, सामान्य, स्वभाविक र मौलिक अर्थमा बुझ्नु पर्छ जबसम्म त्यो अनर्थ हुँदैन। नियम यस्तो छ: यदि सरल अर्थ अर्थपूर्ण छ भने कुनै अन्य अर्थ नखोज्नुहोस् नत्रता त्यो अनर्थ होला

हामीले अघिबाटै प्रस्टै देख्यौं, उत्पत्ति १ मा उल्लेखित “दिनहरू” को सरल अर्थको अर्थपूर्ण नै छ। सर्वशक्तिमान परमेश्वरलाई यो विश्व छ दिनमा सृष्टि गर्नु भनेको कुनै असम्भव कुरा होइन। यी “दिनहरू” माथि हामीले अन्य कुनै अर्थ लाद्न खोज्नु हुँदैन (“अन्य अर्थ नखोज्नुहोस्!”। प्रकाश २० मा उल्लेखित हजार वर्षको सम्बन्धमा पनि यही कुरा साँचो ठहरिन्छ। उक्त “हजार वर्ष” लाई हामीले अन्य कुरामा परिवर्तन गरिदिनुहुन्न।

बाइबल पढ्दै जाँदा कहिलेकाहीँ सरल अर्थ अर्थपूर्ण हुँदैन। उदाहरणको लागि, यूहन्ना १०:९ मा येशूले भन्नुभयो, “_______ म हुँ।” हामीलाई थाह छ, येशू, भेडाहरू छिर्ने ढोका नै त हुनुहुन्नथ्यो (हेर्नुहोस्, यूहन्ना १०:१,२,७)। यो त अर्थपूर्ण हुन्न। येशूको भनाइको तात्पर्य हो, उहाँ ढोकाजस्तै हुनुहुन्छ। ढोका त्यो हो जसभित्र मानिस वा पशु छिर्छन्। कोठाभित्र पस्न एउटा ढोकाबाट छिर्नु आवश्यक छ। मुक्ति पाउन मान्छे ख्रीष्टद्वारा आउनुपर्छ। केवल उहाँ मात्रै मुक्तिदाता हुनुहुन्छ।

अर्को उदाहरण यूहन्ना १५:५ मा पाउँछौं। येशू दाखको बोट नै त हुनुहुन्न न ता उहाँका चेलाहरू हाँगाहरू नै। तर यहाँ पनि येशूको भनाइको तात्पर्य हामी बुझ्दछौं। दाखको बोट र हाँगाहरूले हामीलाई मुक्तिदाता येशूको र उहाँका विश्वासी जनहरूको बीचको सम्बन्धको सुन्दर तस्वीर प्रस्तुत गर्दछ। जसरी हाँगाले दाखको बोटमा रहेन भने फल फलाउन सक्दैन उसरी नै विश्वासी जनहरूले फल फलाउन सक्दैनन् यदि उनीहरू येशू ख्रीष्टमा रहेनन् भने (उहाँको घनिष्ट सङ्गतिमा रहेनन् भने)।

एउटा अर्को उदाहरण हेरौं। क्रूसमा मर्न जानु अघि येशूले रोटी लिनुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “लेओ, खाओ; यो मेरो शरीर हो” (मत्ती २६:२६)। उहाँले कचौरा पनि लिनुभयो र भन्नुभयो, “यो मेरो रगत हो” (मत्ती २६:२७-२८)। के त्यो रोटी उहाँको शरीर नै थियो? के त्यो कचौरा उहाँको रगत नै थियो? के उहाँका चेलाहरूले उहाँको शरीरलाई नै खाए र उहाँको रगतलाई नै पिए? कदापि त्यसो गरेनन्! यो त अनर्थ हुन्छ अनि येशूको भनाइको तात्पर्य सो होइन। उहाँको तात्पर्य यो थियो, “यो रोटीले मेरो शरीरको चित्रण गर्छ र यो कचौराले मेरो रगतको चित्रण गर्छ। जब तिमीले यो रोटी खान्छौ र यो कचौराबाट पिउँछौ तब तिमीलाई मेरो सम्झना हुनेछ र क्रूसमा मैले तिम्रो लागि जे गर्न लागेको छु त्यसलाई तिमीले सम्झना गर्नेछौ।” हरेक प्रभु भोजमा हामी यो सम्झना गर्छौं (१ कोरिन्थी ११:२४-२५)।

बाइबल आफैलाई बोल्न दिनुहोस्!

बाइबलका वचनलाई जबर्जस्ती आफ्नै विचारअनुसारको अर्थमा ढाल्नुहुँदैन। शब्दहरूले के बताउँदै छन् त्यही बताउन दिनुहोस्, त्यसको कुनै अनौठो वा गुप्त अर्थको खोजी नगर्नुहोस्! १ शमूएल १७:४० को विचार गरौं। दाऊदले खोलाबाट कतिओटा ढुंगा लिए? __________। कसैले यस्तै पदलाई लिएर त्यसले नबताएको कुरा नै त्यसको अर्थ हो भनेर भन्न सक्छ। जस्तै, उसले यो भन्ला: “यी पाँच ढुंगाहरूले पाँच कुरा जनाउछन्। पहिलो ढुंगाले साहस जनाउँछ, दोस्रोले विश्वास, तेस्रोले सामर्थ्य, चौथोले विजय, र पाँचौले सफलता!” के बाइबलले यी ढुंगाहरूको बारेमा त्यसरी नै बताएको छ? ________। यी ढुंगाहरू केवल ढुंगा थिए। अनि तीमध्ये एउटा चाहिँ गोलियाथको खप्परभित्र पस्यो! निश्चय दाऊद साहसी थिए, विश्वासका वीर थिए र परमेश्वरले उनलाई सामर्थ्य, विजय र सफलता दिनुभयो तर यी कुरा हामी ती पाँच ढुंगाबाट होइन बाइबलको त्यो अध्याय (१ शमूएल १७) पढेर जान्दछौं। सरल शब्दहरूलाई अनौठा अर्थहरू लगाउन देखि हामी होशियार हुनुपर्छ।

एक प्रबन्धवादीले बाइबललाई गम्भीरतापूर्वक लिन्छ र बाइबललाई अक्षरश: अर्थ लगाउँछ। उसले बाइबल आफैलाई बोल्न दिन्छ।

३) एक प्रबन्धवादीले इस्राएल र मण्डलीको बीच भिन्नता राख्दछ।

बाइबल पढ्ने व्यक्तिले इस्राएल र मण्डलीको बीच राम्ररी भिन्नता राख्‍नुपर्दछ। धेरै मानिसहरू विश्वास गर्छन् कि पुरानो नियमको समयका मुक्ति पाएका इस्राएलीहरू (यहूदीहरू) मण्डलीभित्रकै हुन्। यो सही होइन। पेन्टेकोस्टको दिनमा (प्रेरित २) पवित्र आत्मा नआउनुभएसम्म ख्रीष्टको शरीर, अर्थात् मण्डलीको प्रारम्भ भएको थिएन। उक्त समय भन्दा अगाडि कोहि पनि मण्डलीको भएको थिएन।

एक इस्राएली भनेको अब्राहाम, इसहाक र याकूबबाट आएको सन्तान हो (हेर्नुहोस्, रोमी ९:४-५)। मोशा, यहोशू, दाऊद, सोलोमन, यशैया सबै इस्राएली थिए। आज इस्राएलीहरूलाई यहूदीहरू पनि भनिन्छ।

 

अन्यजातिहरू ती हुन् जो इस्राएली होइनन्। अब्राहाम, इसहाक, र याकूबबाट जन्मेर नआउने व्यक्ति अन्यजाति हो (हेर्नुहोस्, एफेसी २:११-१२)।

 

मण्डली एउटा नयाँ काम हो जो परमेश्वर गर्दैहुनुहुन्छ। मोशा, यहोशू, दाऊद र यशैया मुक्ति पाएका व्यक्तिहरू थिए तर उनीहरू मण्डलीमा पर्दैनन्। एफेसी १:२२-२३ र कलस्सी १:१८ बाट हामी सिक्छौं, मण्डली ख्रीष्टको शरीर हो। आज एक व्यक्ति उसले मुक्ति पाएकै घडी ख्रीष्टको शरीरमा “बप्‍तिस्मा” गरिन्छ वा गाभिन्छ र ऊ मण्डलीको बन्दछ (१ कोरिन्थी १२:१३)। पत्रुस, यूहन्ना, पावल, तिमोथी सबै ख्रीष्टको शरीरका अंगहरू हुन्। उनीहरू सबै मण्डलीका भागीदारहरू हुन्। आज ख्रीष्टमा विश्वास गर्नेहरू पनि मण्डलीका भागीदारहरू बन्दछन्।

यी कुराहरू बुझ्न निम्न चित्रको मदत लिन सकिन्छ।

 

माथिको चित्रमा देखाइएको छ कि क्रूसभन्दा अगाडिका विश्वासी जनहरू मण्डलीका अंगहरू थिएनन्। मण्डली ख्रीष्टको मृत्यु र बौरिउठाइ पछाडि मात्र शुरू भएको हो (मत्ती १६:१८ –येशूले भन्नुभयो, “म आफ्नो मण्डली बनाउनेछु।” मण्डली निर्माण गर्ने कार्य ख्रीष्टले भविष्यमा नै गर्नुहुने कार्य थियो)।

आज धेरै मानिसहरू बाइबललाई गलत बुझ्छन् किनकि उनीहरू परमेश्वरले इस्राएल (यहूदी जाति) को सम्बन्धमा बताउनुभएको कुरालाई मण्डलीको लागि भनिएको भनेर लिन्छन्। इस्राएलको निम्ति परमेश्वरको विशेष योजना छ साथै मण्डलीको निम्ति उहाँको विशेष योजना छ। तर हामीले इस्राएलको निम्ति दिइएका अनमोल प्रतिज्ञाहरूलाई लिएर ती मण्डलीका निम्ति हुन् भन्नु हुन्न।

प्रबन्धवादी त्यो हो जसले इस्राएल र मण्डलीको बीचमा अन्तर राख्दछ। उसले यो पनि विश्वास गर्दछ कि इस्राएल जातिको भविष्य सम्बन्धि परमेश्वरले अनमोल प्रतिज्ञाहरू दिनुभएको छ जसलाई परमेश्वरले पूरा गर्नुहुनेछ (दाँज्नुहोस्, रोमी ११ अध्याय)।

४) प्रबन्धवादीले बाइबलको मूल विषय परमेश्वरको महिमा हो भनेर बुझ्दछ।

परमेश्वरले प्रत्येक प्रबन्धअन्तर्गत एउटा अति विशेष काम गर्दै आउनुभएको छ। अन्य कुनै कुरा भन्दा एउटा कुरा परमेश्वरको निम्ति सबभन्दा महत्त्वपूर्ण हुन्छ: उहाँको महिमा! परमेश्वरको व्यक्तित्व (उहाँ को हुनुहुन्छ भन्ने कुरा) को देखिने रूप (प्रकट हुने काम) लाई परमेश्वरको महिमा भनिन्छ। परमेश्वरको महत्त्व, गौरव, ऐश्वर्य, सुन्दरता, वैभव प्रकट गरिनु भनेको नै परमेश्वरको महिमा हो। परमेश्वर महान् हुनुहुन्छ अनि उहाँले इतिहासभरि नै आफूलाई मानिस र स्वर्गदूतहरूसामु प्रकट गर्ने काम गर्दै आउनुभएको छ।

हामीले बाइबलमा पाइने भिन्नताहरू अध्ययन गर्दै आएका छौं तर हामीले यो पनि महसुस गर्नुपर्छ कि उहाँले बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिका व्यवहार गर्दै आउनुभए तापनि त्यहाँ एउटा कुरा छ जो परमेश्वरले सधैं नै गर्दै आउनुभएको छ। निम्न पदहरूलाई विचार गर्नुहोस् र पत्ता लगाउनुहोस् परमेश्वरले संसारमा के गर्दै आउनुभएको रहेछ:

  1. यहोशू ४:२४ (यहोशूको समयमा) –मानिसहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________________________।
  2. २. शमूएल १७:४६ (दाऊद र गोलियतको समयमा) –सारा संसारले के जानेको परमेश्वर चाहनुहुन्छ? ________________________________________________________।
  3. १ राजा ८:४३ (सोलोमनको समयमा) –सबै मानिसहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________________________।
  4. १ राजा १८:३६ (एलियाको समयमा) — –मानिसहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________________________।
  5. २ राजा १९:१९ (राजा हिजकियाको समयमा) –पृथ्वीका सबै राज्यहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________।
  6. ६. इजिकिएल ३६:२३ (इजिकिएलको समयमा) –उहाँलाई नचिन्नेहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________।
  7. भजनसंग्रह ४६:१० सबै मानिसहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _______________ ____________________________।

इतिहासभरि नै परमेश्वरले आफूलाई मानिसहरूकहाँ चिनाउने काम गर्दै आउनुभएको छ। उनीहरू चाहे मुक्ति पाएकाहरू होस् वा नपाएकाहरू होस्, परमेश्वर महिमित हुनुहुनेछ र सबैले उहाँ नै परमेश्वर हुनुहुन्छ भनेर जान्नेछन्! एकदिन हरेक घूँडा ________ र हरेक जिब्रोले _________ कि येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ (हेर्नुहोस्, फिलिप्पी २:१०-११)।

कति मानिसहरू यस्तो विश्वास गर्छन्, परमेश्वरको प्रमुख लक्ष्य भनेको नै मानिसहरूलाई बचाउनु (मुक्ति दिनु) हो भनेर। सबै मानिसहरूलाई परमेश्वर बचाउन चाहनुहुन्छ भन्ने कुरा बाइबलले प्रस्टै सिकाएको कुरा हो (१ तिमोथी २:४; यूहन्ना ३:१६) अनि परमेश्वरले आफ्नो पुत्रलाई संसारको _______ हुनका निम्ति पठाउनुभएको हो (१ यूहन्ना ४:१४; यूहन्ना ३:१७ सित तुलना गर्नुहोस्)। तर मानिसहरूको उद्धार नै परमेश्वरको प्रमुख लक्ष्य होइन।

नूहको दिनको विचार गरौं। त्यसबेला कतिजना बाँचे (१ पत्रुस ३:२०)? ________। बाँकी संसार नष्ट भए (२ पत्रुस ३:६)! थोरै मात्र बाँचेका हुनाले के परमेश्वर विफल बन्नुभयो भन्ने हो? यदि परमेश्वरको मुख्य फिक्री हराएकालाई बचाउनु नै थियो भने त नूहको दिनहरूमा परमेश्वर विफल बन्नुभयो भन्नु पर्ने हुन्थ्यो। अनि आज पनि बाइबलअनुसार ________ ले मुक्ति पाउनेछन् (मत्ती ७:१४)। तर परमेश्वर विफल बन्नु भनेको त असत्य हो। परमेश्वर कहिल्यै विफल बन्नुभएको छैन! नूहका दिनमा पनि उहाँले आफूलाई मानिसहरूकहाँ चिनाउने काम गर्नुभयो कि उहाँ एक पवित्र परमेश्वर हुनुहुन्छ जसले पापलाई घृणा गर्नुहुन्छ र पापलाई उहाँले दण्ड दिनैपर्छ। साथै उहाँले, उहाँमाथि विश्वास गर्ने र उहाँको वचन पालन गर्नेहरूलाई, आफू अनुग्रही परमेश्वर हुनुभएको कुरा पनि देखाउनुभयो (उत्पत्ति ६:८-९; हिब्रू ११:७)। उहाँलाई इन्कार गर्ने संसारलाई पनि आफूलाई चिनाउन परमेश्वर सफल हुनुभयो।

तपाईं बाइबलको जुनसुकै खण्ड पढ्नुहोस् त्यहाँ तपाईँले पाउनुहुन्छ कि परमेश्वरले आफू को हुँ भनेर मानिसहरूलाई देखाउँदै हुनुहुन्छ! एक प्रबन्धवादी त्यो हो जसले यो बुझ्दछ, मानव इतिहासको प्रत्येक अवधिअन्तर्ग परमेश्वरको प्रमुख लक्ष्य भनेको आफ्नो महिमा गर्नु हो।

जो प्रबन्धवादी होइनन्

कति मानिसहरू “कभेनन्ट थिअलजी” (Covenant Theology) अर्थात् “करारवाद” भन्ने धारणा मा विश्वास राख्छन्। बेग्लाबेग्लै प्रबन्धहरूमा विश्वास गर्नुको सट्टा उनीहरू त्यहाँ मुख्य दुईओटा करारहरू छन् भनी विश्वास गर्छन्। संक्षेपमा उनीहरूको विश्वासलाई हेरौं:

कभेनन्ट थिअलजी

उनीहरूको अनुसार परमेश्वरले मानिससित गर्नुभएको सम्पूर्ण व्यवहारहरूलाई दुईओटा करारहरूद्वारा बयान गर्न सकिन्छ:

 

  1. कामहरूको करार – उनीहरूको अनुसार परमेश्वरले आदमसित यो विशेष करार बाँध्नुभयो जसअन्तर्गत उनीहरू मुख्य निम्न चार बुँदाहरूलाई राख्छन्:
    1. उक्त करार परमेश्वर र आदमबीचको सम्झौता (agreement)थियो।
    2. त्यसमा अनन्त जीवनको प्रतिज्ञा समावेश थियो।
    3. शर्त थियो आदमले सिद्धरूपमा परमेश्वरको आज्ञापालन गर्नुपर्ने।
    4. अनाज्ञाकारिताको दण्ड थियो मृत्यु (उत्पत्ति २:१५-१७)।

    आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र “कामहरूको करार” को शर्त पूरा गर्न असफल भए।

  2. अनुग्रहको करार –आदमको पाप र विफलताले गर्दा दोस्रो करार, “अनुग्रहको करार” लाई क्रियाशील बनाइयो। उक्त करार परिभाषित गरिएअनुसार यो पवित्र परमेश्वर र पापी मानिसबीचको सम्झौता थियो जसअन्तर्गत परमेश्वले मानिसलाई मुक्तिको प्रतिज्ञा गर्नुहुन्छ यदि मानिसले प्रतिज्ञा गरिएको मुक्तिदातामा विश्वास गर्दछ भने (दाँज्नुहोस्, उत्पत्ति ३:१५)। अनन्त जीवनमा प्रवेश गर्न पापी मानिसको निम्ति एउटै आशा अनुग्रहको करार हो, अर्थात परमेश्वरबाटको मुक्तिदाता प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु।

केही समस्या

यी मानिसहरूले भनेका धेरै कुराहरू सत्य छन्। आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरेकै हो। साथै परमेश्वरले हराएका पापीलाई बचाउने अनुग्रही योजना बनाउनुभएकै हो। तर कभेनन्ट थिअलजीमा विश्वास गर्नेहरूले यी दुई करारहरूकै आधार (विशेष गरी अनुग्रहको करार) मा सृष्टिदेखि अन्तसम्मै रहेका परमेश्वर र मानिसबीचका सम्बन्धहरूलाई ब्याख्या गर्न खोज्छन्।

यदि यी दुई करारहरू यति महत्त्वपूर्ण हुन् भने ता बाइबलले तिनलाई धेरै पटक उल्लेख गर्नुपर्थ्यो। तर कुरा के भने बाइबले कहिल्यै पनि “कामहरूको करार” वा “अनुग्रहको करार” को उल्लेख गर्दैन। यी शब्दहरू मानिसकै उपज हुन्, बाइबलबाटका होइनन्।

बाइबलले बरु अन्य करारहरूको उल्लेख गर्छ, जस्तै;

  1. नूहसितको परमेश्वरको करार (उत्पत्ति ९:८-१७)
  2. अब्राहामसितको परमेश्वरको करार (उत्पत्ति १७:१-४)
  3. मोशा र इस्राएलीहरूसितको परमेश्वरको करार (प्रस्थान १९:५-८)
  4. दाऊदसितको परमेश्वरको करार (२ शमूएल ७)
  5. इस्राएलसितको परमेश्वरको “नयाँ करार” (यर्मिया ३१:३१-३४)।

कभेनन्ट थिअलजीमा विश्वास गर्नेहरूले सम्पूर्ण बाइबललाई “अनुग्रहको करार” अन्तर्गत बुझ्न खोज्छन्। उनीहरूको विश्वास अनुसार सबै समयहरूमा परमेश्वरको मुख्य लक्ष्य भनेको हराएको मानिसलाई बचाउनु र उद्धार गर्नु हो। प्रबन्धवादीले भने परमेश्वरको लक्ष्य यो भन्दा ठूलो छ भनेर बुझ्दछ: परमेश्वरको मुख्य लक्ष्य आफूलाई महिमा ल्याउनु हो। अनुग्रहद्वारा मानिसहरूको उद्धार गर्ने कार्य समेत परमेश्वरलाई महिमा ल्याउने विभिन्न कार्यहरू मध्ये एउटा हो:

एफेसी १:६ “उहाँको ___________को ___________को ____________को निम्ति”

एफेसी १:१२ “उहाँको ___________ को __________को कारण”

एफेसी १:१४ “उहाँकै ___________ को __________को लागि”

परमेश्वर हराएका मानिसहरूको इन्साफद्वारा समेत महिमित हुनुहुनेछ (जस्तै, मिश्रका राजा फारोद्वारा –हेर्नुहोस्, रोमी ९:२१-२२)! मानिसहरूले मुक्ति पाएर वा नष्ट भएर पनि परमेश्वरको लक्ष्य पूरा हुनेछ र परमेश्वरले आफूलाई सबै मानिसकहाँ चिनाउनुहुनेछ।

उग्र-प्रबन्धवादीहरू (Ultra-Dispensationalist)

“उग्र” को अर्थ हो, “अरुभन्दा पर जानु, सीमाना नाघ्नु, विषम बन्नु”। एक उग्र-प्रबन्धवादी त्यो हो जसले प्रबन्धहरूको धारणालाई बढ्ता पर लान्छ। यो व्यक्तिले बाइबलमा अनावश्यकरूपमा धेरै भिन्नताहरू देख्दछ जसको फलस्वरूप त्यहाँ अलमल आउँछ।

प्रमुख समस्याचाहिँ यो ज्यादै महत्त्वपूर्ण प्रश्नमा केन्द्रित छ: मण्डलीको शुरुआत कहिले भएको हो? प्रबन्धवादीहरू विश्वास गर्छन्, मण्डली त्यसबेला शुरु भयो जब पवित्र आत्मा आउनुभयो, अर्थात् पेन्टेकोस्टको दिन (ई.स. ३० तिर) जसको बयान प्रेरित २ मा छ। उग्र-प्रबन्धवादीहरूको विश्वास अनुसार भने मण्डली धेरै पछि मात्र शुरु भएको हो। तीमध्ये कोही भन्छन् मण्डली प्रेरित १३ मा शुरू भयो (ई.स. ४७ तिर), कोही भन्छन् प्रेरित २८ मा (ई.स. ६० तिर)। मण्डलीको शुरुआतलाई पछाडि राखेका हुनाले उग्र-प्रबन्धवादीहरू अनुसार नयाँ नियममा उल्लेखित कतिपय कुराहरू आजको युगको लागि होइनन् अरे। उदाहरणका लागि उनीहरू निम्न कुराहरू सिकाउँछन्:

  1. पानीको बप्‍तिस्मा आजको लागि होइन
  2. प्रभु भोज आजको लागि होइन (सबै उग्र-प्रबन्धवादीहरू यो विश्वास गर्दैनन् तर धेरैले गर्छन्)
  3. मत्ती २८:१८-२० र मर्कूस १६:१५ मा उल्लेखित महान् आज्ञा आजको लागि होइन। यी आज्ञाहरू कहिल्यै मण्डलीका लागि भनेर दिइएका होइनन् भन्छन् उनीहरू।

    के मण्डली साँच्ची नै प्रेरित १३ वा प्रेरित २८ मा शुरू भएको हो र? बाइबलबाट सजिलै यो साँचो होइन भनी देखाउन सकिन्छ। प्रेरति २:४७ अनुसार प्रभुले मानिसहरूलाई आफ्नो __________मा थप्दै हुनुहुन्थ्यो भन्ने कुरा सिक्छौं। तसर्थ त्यहाँ मण्डलीको शुरूआत भइसकेको देख्छौं। साथै १ कोरिन्थी १५:९ मा पावल प्रेरितले भने, “मैले परमेश्वरको ____________लाई सताएँ।” उक्त सतावटको बारेमा हामी प्रेरित ७:५८; ८:१-३ र ९:१-२ मा पढ्छौं। प्रेरित अध्याय ९ मा हामी शाऊल (पावल) को पश्चात्ताप र परिवर्तनको बारेमा पढ्छौं। त्यसैबेला पावलले मुक्ति पाएका हुन्। अब यदि पावलले आफूले मुक्ति पाउन अघि मण्डलीलाई सताएका हुन् भने त्यतिखेर त्यहाँ मण्डलीको अस्तित्व रहेको हुनुपर्छ! हुँदै नभएको कुरालाई सताउन त सकिन्न! तसर्थ, मण्डलीको शुरुआत पावलले मुक्ति पाउन अघि नै भएको हुनुपर्छ। मण्डलीको शुरूआत प्रेरित १३ वा २८ अध्यायमा भएको हुन सक्दैन किनकि त्यतिबेलासम्ममा पावलले मुक्ति पाइसकेका थिए।

क्रूसमा ख्रीष्टको मरण
बौरिउठ्नुभएको ख्रीष्ट स्वर्गमा फर्केर जानुभयो (प्रेरित १)
पवित्र आत्मा पेन्टेकोस्टको दिनमा आउनुभयो र मण्डलीको शुरूआत भयो (प्रेरित २)
मण्डली युग (ख्रीष्टमा विश्वास गर्ने प्रत्येक ने मण्डलीको अंग बन्दछ जो ख्रीष्टको शरीर हो –हेर्नुहोस्, १ कोरिन्थी १२:१३; प्रेरित २:४७)
मण्डलीको र्‍याप्चर (यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१३-१८)
सात-वर्षे संकष्ट-काल (पृथ्वीमाथि आइपर्ने ठूलो संकष्ट)। उक्त सात-वर्ष अवधिको दोस्रो आधी भागलाई “महासंकष्ट” भनिन्छ (मत्ती २४:२१ र हेर्नुहोस्, यर्मिया ३०:७)।
संकष्टको मध्यबिन्दु (दनिएल ९:२७; मत्ती २४:१५)
पृथ्वीमा येशू ख्रीष्ट फेरि आउनुहुनेछ (प्रकाश १९; मत्ती २४:३०)।
पृथ्वीमा येशू ख्रीष्टको हजार वर्षे राज्य (प्रकाश २०)

 

प्रश्न नं १ – र्‍याप्चर कहिले हुनेछ? (माथिको तालिकाको नं ५ मा हेर्नुहोस्)

पूर्व-संकष्ट र्‍याप्चर

(Pre-Tribulation Rapture)

मण्डलीको र्‍याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्ट अगाडि हुनेछ भन्ने विश्वास।

मध्य-संकष्ट र्‍याप्चर

(Mid-Tribulation Rapture)

मण्डलीको र्‍याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्ट बीचमा हुनेछ भन्ने विश्वास।

पूर्व-क्रोध र्‍याप्चर

(Pre-Wrath Rapture)

मण्डलीको र्‍याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्टको ३।४ भागपछि हुनेछ भन्ने विश्वास।

संकष्ट-पश्चात् र्‍याप्चर

(Post-Tribulation Rapture)

मण्डलीको र्‍याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्टको पछाडि हुनेछ भन्ने विश्वास।


प्रश्न नं २–येशू ख्रीष्ट पृथ्वीमा कहिले फर्कनुहुनेछ? (माथिको तालिकाको नं मा हेर्नुहोस्)

प्रिमलेनियल:

(Premillennial)

येशू ख्रीष्ट हजार वर्षको राज्यको अगाडि आउनुहुनेछ भन्ने विश्वास। प्रकाश २०:१-७ मा बयान गरिएको हजार वर्षको अवधिलाई ल्याटिनमा “मलेनियम” भनिन्छ।

पोस्टमलेनियल:

(Postmillenial)

सुसमाचारको प्रचारद्वारा मानिसले नै राज्यलाई ल्याउनेछ र राज्य स्थापित भइसकेपछि मात्र ख्रीष्ट आउनुहुनेछ भन्ने विश्वास।

आमलेनियल:

(Amillennial)

[“आमलेनियल” भन्नाले “राज्य” वा “मलेनियम” हुनेछैन भन्नु हो]। ख्रीष्टको अक्षरश:, पार्थिव राज्य हुनेछैन भन्ने विश्वास हो यो। आमलेनिलवादीहरू, राज्यलाई बयान गर्ने बाइबलका धेरै पदहरू आज मण्डलीमै पूरा भइरहेका छन् भनेर विश्वास गर्छन्।

ख्रीष्ट पृथ्वीमा राजा भएर आउने घटना मलेनियम वा हजार वर्षको ठीक अगाडि हुनेछ (प्रिमलेनियल) हुनेछ भनेर प्रबन्धवादीले विश्वास गर्दछ र उसले यो पनि विश्वास गर्दछ, ख्रीष्ट आफ्नो मण्डलीलाई लिन संकष्टकालअगाडि नै आउनुहुनेछ (pre-tribulation rapture)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

परिचय

परिचय

 

यस अध्ययन मालामा हामी “प्रबन्धहरू” (DISPENSATIONS) को अध्ययन गर्नेछौं। यस शब्दको बाइबलीय अर्थ बुझ्नलाई हामी शुरूमा समय लिनेछौं। तर यस शब्दलाई हेर्नु अगाडि त्यहाँ अर्को कुरा छ जसलाई हामीले पहिला बुझ्न खाँचो छ।

भिन्नताहरूको महसुस

परमेश्वर कहिल्यै बदलिनुहुन्न। उहाँ सधैं एकसमान हुनुहुन्छ। मलाकी ३:६ मा स्वयम् परमेश्वरले घोषणा गर्नुभएको एउटा महत्त्वपूर्ण वाक्य पढ्छौं, “म _____________ ______________ _____________ ____________। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।” परमेश्वर, परमेश्वर हुन छाड्नुहुन्न भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं। परमेश्वर जे हुनुहुन्छ सो हुन छाडेर एक्कासी बदलिनुहोला भनी हामीले कहिल्यै फिक्री गर्नु पर्दैन।

तर इतिहासको क्रम (बेग्लाबेग्लै समयहरू) मा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिकाले परमेश्वरले व्यवहार गर्नुभएको पाइन्छ। प्रेरित पावल र अब्राहामको विचार गरौं। परमेश्वरले दुवैलाई कृपा गर्नुभयो, मुक्ति दिनुभयो र दुवै अनन्तसम्मै परमेश्वरसित हुनेछन्, तर परमेश्वरले दुवैसित एउटै तरिकाले काम गर्नुभएन। तिनीहरू इतिहासको बेग्लैबेग्लै समयमा बाँचे, परमेश्वरको सामु तिनीहरूका बेग्लाबेग्लै जिम्मेवारी थिए। त्यस्तै नूह र सोलोमनसित परमेश्वरको व्यवहारलाई पनि दाँज्न सक्छौं। उनीहरूको जीवनमा परमेश्वरले बेग्लाबेग्लै तरिकाले काम गर्नुभयो, उनीहरूलाई बेग्लाबेग्लै जिम्मेवारी दिइयो। नूहले जहाज बनानुपर्थ्यो, सोलोमनले मन्दिर।

प्रकाशको मात्रामा भिन्नता

मानव इतिहासको हजारौं वर्षको अवधिभित्र परमेश्वरले आफ्नो सत्यतालाई मानिसकहाँ प्रकट गर्दै आउनुभएको छ। हामीले यो बुझ्न आवश्यक छ, परमेश्वरले आफ्नो सत्यता मानिसहरूलाई क्रमिकरूपमा प्रकट गर्नुहुन्छ, एकैपटकमा होइन। परमेश्वरले आदमलाई केही कुरा प्रकट गर्नुभयो तर त्यहाँ कयौं कुराहरू छन् जो परमेश्वरले उनलाई प्रकट गर्नुभएन। परमेश्वरले पछि अब्राहामलाई थप प्रकाश दिनुभयो। इतिहासमा अझ पछि मोशालाई अनि दाऊदलाई अझै प्रकाश दिनुभयो। येशू संसारमा हिँडडुल गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई कति कुरा प्रकट गर्नुभयो जुन कुराहरू पुरानो नियमका विश्वासी जनलाई प्रकट कहिल्यै प्रकट गरिएका थिएन:

किनकि म तिमीहरूलाई साँचो भन्दछु, धेरै _____________ र ________ जनहरूले, जुन कुराहरू तिमीहरू देख्छौ, तिनलाई देख्‍ने इच्छा गरे, तर देखेनन्; र जुन कुराहरू तिमीहरू सुन्छौ, तिनलाई _________ इच्छा गरे, तर _____________” (मत्ती १३:१७)।

तर ती चेलाहरूलाई पनि सबै सत्यता बताइएको थिएन। येशूले तिनीहरूलाई बताउनुभएन किनकि ती कुराहरू सुन्नका लागि तिनीहरू तयार थिएनन्:

तिमीहरूलाई भन्नुपर्ने कुराहरू मसँग अझै __________ छन्, तर तिमीहरू तिनलाई अहिले सहन सक्दैनौ” (यूहन्ना १६:१२)।

ख्रीष्टको मृत्यु र बौरिउठाइ पछि, परमेश्वरले पावल प्रेरितलाई अरु प्रकाश दिनुभयो (गलाती १:११-१२; एफेसी ३:३-५)। अन्तमा, पावल र अन्य प्रेरितहरू सबै मरिसकेपछि, परमेश्वरले प्रेरित यूहन्नालाई थप प्रकाश दिनुभयो जसले प्रकाशको पुस्तक लेखे (प्रकाश १:१-३,९-१२ आदि)।

व्यक्ति-व्यक्तिसित व्यवहार गर्दा परमेश्वरले यस्तै तरिका अपनाउनुहुन्छ। के मुक्ति पाउनेबित्तिकै परमेश्वरले तपाईंलाई तपाईंले जान्नुपर्ने सम्पूर्ण कुराहरू सिकाउनुभयो? _____________। परमेश्वरले विश्वासी जनहरूलाई आफ्नो सत्यता एकैपटकमा सबै नै सिकाउनुहुन्छ कि क्रमिकरूपमा? ________________। परमेश्वरले “शिशु” ख्रीष्टियनलाई “दूध”, अलिक पाकोलाई “मासु” दिनुहुन्छ (१ पत्रुस २:२; १ कोरिन्थी ३:१-२)। परमेश्वरले आफ्ना गहन सत्यताहरू हामीलाई शुरूमा नै सबै दिनुभएको भए हामीले “पचाउन” सक्नेथिएनौं! भर्खरै जन्मेको बच्चालाई मासु-भात खुवाउन खोजे जस्तै हुनेथ्यो! एक कक्षाको बालक अलजेब्रा सिक्न तयार हुँदैन। अलजेब्रा र ज्यामितिको समय पछि आउँछ, तर पहिला त उसले जोड-घटाउ गर्न नै सिक्नुपर्छ!

तपाईंसित कुनचाहिँ बाइबल छ?

परमेश्वरले आफूलाई “बाइबल” भन्ने पुस्तकमा प्रकट गर्नुभएको छ। के तपाईंलाई थाह छ, बाइबल एकैपटक आएको होइन? के तपाईंलाई थाह छ, नूहसित बाइबलै थिएन? के तपाईंलाई थाह छ, मण्डलीको शुरूआत (पेन्टेकोस्टको दिनमा, प्रेरित अध्याय २) हुँदा विश्वासी जनहरूसित नयाँ नियमको एउटै पुस्तक थिएन?

परमेश्वरले शताब्दिऔं लगाएर क्रमिकरूपमा आफ्नो सत्यता प्रकट गर्दै आउनुभएको छ। उहाँले मानिसलाई बाइबल एकैखेपमा दिनुभएन। इतिहासका निम्न उल्लेखित विश्वासी जनहरूको बारेमा विचार गरौं। उनीहरूसित कुन बाइबल थियो भनेर प्रश्न गर्दा उनीहरूले कस्तो जवाफ दिन्छन्:

आदम:

“मसित बाइबलै थिएन, तर म बगैंचाको शितलमा परमेश्वरसँगै हिँड्थे।”

अब्राहाम:

“मसित बाइबलै थिएन, तर बेला बखतमा परमेश्वर मकहाँ देखा पर्नुहुन्थ्यो र मसित कुरा गर्नुहुन्थ्यो” (उत्पत्ति १७:१; १८:१ इत्यादि)

मोशा:

“मेरो बाइबलमा पाँच पुस्तकहरू थिए – उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था।”

दाऊद:

“मेरो बाइबलमा मोशासित भएका पाँच पुस्तकहरू, साथै यहोशू र न्यायकर्ताका पुस्तकहरू र साथै मैले लेखेका कतिपय भजनहरू थिए।”

एज्रा:

“मेरो बाइबलमा पुरानो नियमका प्रायःजसो पुस्तकहरू थिए तरैपनि सबै थिएन।”

बप्‍तिस्मा दिने यूहन्ना:

“मेरो बाइबलमा पुरानो नियमका सबै पुस्तकहरू थिए तर नयाँ नियमका पुस्तहरू भने कुनै पनि थिएनन्।”

यूहन्ना:

“मेरो बाइबलमा पुरानो नियमका सबै पुस्तकहरू थिए र नयाँ नियमका सबै पुस्तकहरू थिए। मेरो मृत्यु हुन भन्दा अलिक अगाडि परमेश्वरले मलाई नयाँ नियमको अन्तिम पुस्तक लेख्‍न प्रयोग गर्नुभयो।”

___________: (आफ्नै नाम)

“मेरो बाइबलमा पुरानो नियम र नयाँ नियमका सबै पुस्तकहरू अर्थात् ________ ओटा पुस्तकहरू छन्!”

तपाईंको हातमा भएको बाइबल दाऊदसित भएको बाइबलभन्दा धेरै मोटो छ!

केही प्रस्ट भिन्नताहरू

इतिहासभरि नै परमेश्वरले मानिससित कृपा र अनुग्रहको व्यवहार गर्दै आउनुभएको छ र पुरुष, स्त्री, बालबालिकाहरूलाई आफूसित एक सुन्दर, व्यक्तिगत सम्बन्ध राख्‍न सम्भव तुल्याउनुभएको छ। शताब्दियौंदेखि परमेश्वरले मानिसलाई “__________ले __________द्वारा” (एफेसी २:८) बचाउने कार्य गर्दै आउनुभएको छ। के अब्राहमले यसरी मुक्ति पाएका हुन् (उत्पत्ति १५:६)? ________। अब्राहमले यसरी नै मुक्ति पाए (रोमी ४:३), दाऊदले पनि त्यसरी नै (रोमी ४:६) र हामीले पनि त्यसरी नै मुक्ति पाउँदछौं (रोमी ४:५)! अनन्तसम्म बचाइएका सबै (नूह, यशैया, पत्रुस आदि) ले यो भन्नेछन्, “हामी केवल परमेश्वरको अनुग्रह (परमेश्वरको दया र प्रेम जसको म योग्य छैन) ले मुक्ति पाएका हौं। धन्यवाद प्रभु, तपाईंले मेरो प्राण बचाउनुभयो!”

अनुग्रही परमेश्वरले इतिहासभरि पापी मानिसहरूलाई बचाउने काम गर्दैहुनुहुन्छ। तरैपनि हामीले यो याद राख्‍नुपर्छ कि परमेश्वरले बेग्लाबेग्लै समयमा, बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै प्रकारले व्यवहार गर्नुहुन्छ। यी भिन्नताहरूलाई हामीले ध्यानपूर्वक विचार गर्न आवश्यक छ।

विचार गर्नुहोस्: मण्डली सभामा जानुहुँदा के तपाईंले साथमा एउटा पाठो लानुहुन्छ? ________। पापको निम्ति बलि चढाउन पाठो लानुहुन्छ? _________। के पुरानो नियमका विश्वासीहरूले त्यसो गर्थे (१ शमूएल ७:९; लेवी ३:७; ४:३२)? _______। आज के विश्वासी जनहरूले पशु बलिहरू चढाउँछन्? _________। मोशा, यहोशू, दाऊद, सोलोमनले पशु बलिहरू चढाए तर हामी आज सो गर्दैनौं। यो एउटा महत्त्वपूर्ण भिन्नता हो।

अर्को कुराको विचार गरौं। कसैले शनिवारको दिन काम गरिरहेको देख्यौं भने हामीले के गर्छौं? के उसलाई मृत्यु दण्ड दिन्छौं? __________। शनिवार काम गर्ने व्यक्तिलाई मृत्यु दण्ड दिइनुपर्छ भन्ने त्यहाँ व्यवस्था थियो (प्रस्थान ३५:२)? _______। दाँज्नुहोस्, गन्ती १५:३२-३६ जहाँ “दाउरा बटुलेको” कारण (विश्राम दिनको व्यवस्थालाई भङ्ग गरेको हुनाले) एकजनालाई मृत्युदण्ड दिइएको छ! आज हामी यस्तो पक्कै पनि गर्दैनौं, गर्छौं र?

आज हामी परमेश्वरको उपासना गर्न यरुशलेमको मन्दिरमा जान्छौं? ________। पुरानो नियमका यहूदीहरूलाई त्यसरी परमेश्वरको उपासना गर्न भनिएको थियो। आज बाइबलीय मण्डलीहरूमा पास्टरहरू, एल्डरहरू र डिकनहरू हुन्छन्, तर के त्यहाँ पुजाहारी भन्ने बेग्लै समूह पनि हुन्छन्? __________। पुरानो नियमको समयमा हारूनका छोराहरू पुजाहारी हुन्थे, अनि अरू कोही पनि पुजाहारी बन्न सक्दैनथे। आज प्रत्येक विश्वासी नै पुजाहारी हो (१ पत्रुस २:९; प्रकाश १:६)। यसको मतलव हामी आफै सीधै परमेश्वरकहाँ ख्रीष्टद्वारा आउनसक्छौं, कुनै मानवीय मध्यस्तविना नै। आज बाबु-आमाहरूले बालक जन्मेको खण्डमा उनीहरूको खतना गराउनुपर्दैन। पुरानो नियममा के यहूदी बाबु-आमाले खतना नगराए पनि हुन्थ्यो कि त्यो अनिवार्य थियो (उत्पत्ति १७:१०-१४)? _____________________।

धेरै अगाडि आदमलाई एउटा रूखको फल नखाने आज्ञा दिइएको थियो (उत्पत्ति २:१६-१७)। के आज त्यो आज्ञा जारी छ? के आज कुनै फलवृक्ष छ जसको फल नखाने आज्ञा दिइएको छ? _____। संसारमा कुनै “प्रतिबन्धित रूख” छ? ______। के परमेश्वरले आदमसित हामीसँग जस्तै व्यवहार गर्नुभयो? ________।

विचार गर्नुहोस्, के अब्राहाम प्रत्येक आइतवार विश्वासी जनहरूसित भेला हुने गर्थे? __________। के दाऊदले मानिसहरूलाई पानीमा बप्‍तिस्मा दिन्थे? ________। के मोशाले इस्राएलका सन्ताहरूलाई भेला गराएर कहिल्यै प्रभु भोज लिए? ________। के सोलोमनलाई “सारा जगतमा गएर सबै प्राणीलाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५) भन्ने आज्ञा कहिल्यै दिइयो? ___________। यी भिन्नताहरू प्रस्टै देखिने भिन्नताहरू हुन् जसलाई हामी मान्यता दिनुपर्छ। परमेश्वरले आज हामीसित माग गर्नुहुने कुराहरू ती पहिलेका मानिसहरूसित माग गर्नुभएन र परमेश्वरले ती मानिसहरूसित माग गर्नुभएका कुराहरू हामीसित माग गर्नुहुन्न। बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित परमेश्वरले बेग्लाबेग्लै किसिमले व्यवहार गर्नुहुन्छ।

अर्को भिन्नता हेरौं। मत्ती १०:५-७ पढ्नुहोस्। चेलाहरूलाई येशूले कसकहाँ गएर प्रचार गर्न आज्ञा दिनुभयो? _______________________________________। कसलाई प्रचार नगर्नू भन्नुभयो? _____________________। अब मत्ती २८:१९ र मर्कूस १६:१५ पढ्नुहोस्। येशूले आफ्ना चेलाहरूलाई कसकहाँ गएर प्रचार गर भन्नुभयो? ______________________ _____________________________________। येशूले यी चेलाहरूलाई बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै कुराहरू भन्नुभयो। बाइबल पढ्दा हामीले यी भिन्नताहरूलाई जानिराख्‍नुपर्छ।

अघि-पछिका भिन्नताहरू

बाइबल पढ्ने क्रममा हामीले शुरुमै यो सिक्न थाल्छौं, त्यहाँ केही चावी घटनाहरू घटेका थिए जसले ठूला-ठूला परिवर्तन र भिन्नताहरू ल्याए। बाइबलका केही प्रमुख घटनाहरू यी हुन्:

  • मानिसको पतन (जब आदमले पाप गरे)
  • नूहको समयको जलप्रलय
  • बाबेल धरहरामाथिको इन्साफ
  • अब्राहामको बोलावट (उत्पत्ति १२)
  • व्यवस्था दिइएको (प्रस्थान १९-२०)
  • ख्रीष्ट क्रूसमा टाँगिनुभएको
  • पवित्र आत्माको आगमन (प्रेरित २)
  • येशू ख्रीष्टको दोस्रो आगमन

यी घटनाहरूले कस्ता ठूला भिन्नताहरू ल्याए त, संक्षेपमा हेरौं।

सर्वप्रथम हेरौं, मानिसको पतनलाई:

मानिसको पतन

पतन अघि र पछि के कस्ता भिन्नताहरू थिए? उत्पत्ति २:२५ र उत्पत्ति ३:७ को बीचमा अन्तर छ? _______। मानिसको पतन, सबै मानिसलाई आजसम्म पनि असर पार्ने घटना हो (रोमी ५:१२)? __________।

जलप्रलय

जलप्रलय अघि मानिसको खानेकुरा के-के थियो (उत्पत्ति १:२९)? __________ _______________? जलप्रलय पछि मानिसको खानेकुरा के-के थियो (उत्पत्ति (९:२-३)? ____________________________________। जलप्रलय अघि के हत्याराहरूलाई मृत्युदण्ड दिइन्थ्यो (उत्पत्ति ४:१५)? ____________। जलप्रलय पछि नि (उत्पत्ति ९:६)? __________________।

बाबेलको धरहरा

बाबेलको इन्साफ अघि पृथ्वीमा कतिओटा भाषाहरू थिए (उत्पत्ति ११:१)? _________। उक्त इन्साफ पछि नि (उत्पत्ति ११:७-९)? __________। बाबेल अघि विश्वका मानिसहरू एउटै ठाउँमा थिए, बाबेल पछि उनीहरू विभिन्न जातिमा, ठाउँमा छरपुष्ट भए (जातिहरुको तालिकालाई उत्पत्ति १० मा हेर्नुहोस् जुन अध्याय घटनाक्रममा उत्पत्ति ११ पछि आउँछ)।

अब्राहामको बोलावट

अब्राहाम अघि विश्वका मानिसहरू एउटै समूहका थिए जसलाई “जातिहरू” (अन्यजातिहरू) भनिन्छ। अब्राहाम पछि विश्वका मानिसहरू दुई समूहका भए, यहूदीहरू र अन्यजातिहरू। अब्राहाम अघि परमेश्वरले खतना कुनै पनि कुराको चिन्ह स्वरूप गरिनुपर्ने आज्ञा दिनुभएको थिएन तर अब्राहामको समयमा त्यो आज्ञा दिनुभयो (रोमी ४:९-१२)।

मोशा

मोशा अघि त्यहाँ कुनै लिखित आज्ञाहरू थिएनन्, तर मोशाले परमेश्वरबाट व्यवस्था प्राप्‍त गरेपछि त्यहाँ लिखित आज्ञाहरू भए। मोशा अघि विश्रामदिनको पालना गरिँदैनथ्यो, तर यो नियम मोशाको समयमा स्थापना गरियो। मोशा अघि त्यहाँ खानपीन सम्बन्धी विस्तृत नियम थिएनन् (लेवी ११) तर त्यस्ता नियमहरू व्यवस्थामा समावेश थियो जसलाई परमेश्वरले मोशाद्वारा इस्राएललाई दिनुभयो।

ख्रीष्टको क्रूस

क्रूस अघिको समयबाट क्रूस पछिको समयमा जाँदा हामी यी भिन्नताहरू पाउँछौं: विश्रामदिन बाट हप्ताको पहिलो दिन, पशु बलिबाट ख्रीष्टको सिद्ध बलिदान (हिब्रू १०:१-१४), हारूनका छोराहरू पुजाहारी हुनुबाट हरेक विश्वासी जन पुजाहारी, इत्यादी। क्रूस अघि मोशाको व्यवस्था अन्तर्गत त्यहाँ खानेकुरा सम्बन्धी नियमहरू थिए (लेवी ११ – उनीहरूले के खान हुने, के नहुने)। क्रूस पछिको भिन्नतालाई १ तिमोथी ४:३-५ मा हेर्नुहोस्। अरू कस्ता भिन्नताहरू तपाईंलाई थाह छ?

पेन्टेकोस्ट

पेन्टेकोस्ट अघि पवित्र आत्मा चेलाहरू____ हुनुहुन्थ्यो तर पेन्टेकोस्ट पछि पवित्र आत्मा चेलाहरू____ हुनुभयो (हेर्नुहोस्, यूहन्ना १४:१७)। पेन्टेकोस्ट अघि विश्वका मानिस दुई समूहमा विभाजित थिए (यहूदीहरू र अन्यजातिहरू)। पेन्टेकोस्ट पछि विश्वमा तीन समूह भए (यहूदी, अन्यजाति र परमेश्वरको मण्डली – १ कोरिन्थी १०:३२)। पेन्टेकोस्ट पछि पृथ्वीमा एउटा अद्वित्तीय रचनाको अस्तित्व रहेको छ—मण्डली जो ख्रीष्टको शरीर हो, तर पेन्टेकोस्ट अघि यो थिएन।

साँचो विश्वासीहरू उठाई लगिने दिन (र्याप्चर)

र्याप्चर अघि विश्वका मानिसहरू तीन समूहका हुन्छन्: य_________, अन्यजातीहरू र परमेश्वरको __________ (१ कोरिन्थी १०:३२)। र्याप्चर पछि विश्वमा केवल दुइ समूह हुन्छन् (यहूदी र अन्यजाति)। र्याप्चर अघि पवित्र आत्मा एक विशेष मन्दिरमा (१ कोरिन्थी ३:१६-१७; दाँज्नुहोस्, १ कोरिन्थी ६:१९-२०;) मा बास गर्नुहुन्छ। र्याप्चर पछि पनि पवित्र आत्मा संसारमा सक्रिय रहनुहुन्छ, केवल उक्त मन्दिरमा बास गरिरहनुभएको हुँदैन। त्यसपछि उल्लेख भएको मन्दिर त यरूशलेममा हुनेछ (२ थेस्सलोनिकी २:४) जुन मन्दिर विश्वासी जनहरूले बनेको नभएर एक भवन नै हुनेछ।

ख्रीष्टको दोस्रो आगमन

येशूले भविष्यमा आउने एक दिनको उल्लेख गर्नुभयो जुन दिन राज्य आउनेछ (मत्ती ६:१०), तर उक्त राज्य आइसकेको छैन। हामी अहिले राज्यको युगमा बाँचिरहेका छैनौं। तर जब उक्त राज्य आउनेछ (ख्रीष्टको दोस्रो आगमनले सो ल्याउनेछ), तब संसारको रूप आजको भन्दा धेरै भिन्न हुनेछ।

उदाहरणको लागि, राज्यको युगका पशुहरूको विचार गरौं (यशैया ११:६-९)। त्यसबेलाका पशुहरू आजका पशुहरूभन्दा भिन्दै प्रकृतिका हुनेछन्? _________। आज संसारमा युद्धहरू, मानिसका बीच झगडाहरू चलिरहेका छन् (दाँज्नुहोस् मत्ती २४:६-७)। के राज्यको युगमा भिन्नता आउनेछ (मीका ४:३)? __________। आज सुसमाचार प्रचार गरिन आवश्यक छ, मानिसहरूले प्रभुलाई चिन्न सकून् भनेर उनीहरूलाई प्रभुको बारेमा बताउन खाँचो छ (मर्कूस १६:१५ इत्यादी)। राज्यको युगमा के यो आवश्यक हुनेछ (यर्मिया ३१:३४; यशैया ११:९)? _____________। यी महत्त्वपूर्ण भिन्नताहरूलाई हामीले जान्नुपर्छ।

*********

“प्रबन्ध” शब्दको अर्थ

यो शब्द नयाँ नियममा चार पटक पाइन्छ। ती पदहरू भेट्टाउनुहोस्:

  1. एफेसी १:____
  2. एफेसी ३:____
  3. १ कोरिन्थी ९: ____
  4. कलस्सी १: _____

“प्रबन्ध” भनेर रुपान्तर गरिएको ग्रीक शब्द हो, ओइकोनोमिया (यसलाई अङ्ग्रेजीको इकोनोमि (ECONOMY) सित तुलना गर्नुहोस्)। यो शब्द वास्तवमा दुईओटा शब्दहरू मिलेर बनेको छ: १. ओइकोस् अर्थात् घर २. नोमोस अर्थात् व्यवस्था वा नियम। यसैले आइकोनोमियाको अर्थ हुन्छ, “घरको व्यवस्था वा नियम”।

यही ग्रीक शब्दलाई भण्डारीपन भनेर लूका १६:२,३,४ मा रुपान्तर गरिएको छ। तसर्थ “प्रबन्ध” के भनेर बुझ्न हामीले भण्डारीपनको विषयमा केही कुरा बुझ्नुपर्छ।

भण्डारीपन

भण्डारी कसलाई भनिन्छ? “घर प्रबन्धक” (household manager) लाई भण्डारी भनिन्छ। ऊ अर्काको घरबार र सम्पत्तिको देखरेख गर्ने व्यक्ति हो। ऊ अर्कोको स्वामित्वमा रहेको थोकको जिम्मा लिने व्यक्ति हो। हामीमध्ये धेरैजसोलाई भण्डारीको आवश्यकता पर्दैन, हामी आफै आफ्ना थोकको देखरेख गर्न सक्छौं। तर कसैको १० ओटा घर, ५०० बिघा जग्गा, २५ ओटा कार, ८ ओटा ट्रक, ३ ओटा पौडी खेल्ने पोखरी र एक निजी कोइला खानी समेत छ भने ऊ आफैले ती सबै कुराको देखरेख गर्न सक्दैन। यी सबै कुराको प्रबन्ध (manage) गर्न उसलाई मानिसहरूको आवश्यकता पर्छ। भण्डारी भनेको एक प्रबन्धक (MANAGER) हो जसले अर्काको स्वामित्वमा रहेको थोकहरूको निम्ति जिम्मेवारी हुन्छ।

भण्डारीमा एउटा योग्यता हुनु अपरिहार्य छ। १ कोरिन्थी ४:२ अनुसार त्यो योग्यता के हो? (क) हेर्नलाई राम्रो (ख) तिखो दिमाग (ग) सीपले सम्पन्न (घ) विश्वासयोग्य (दिइएको जिम्मा पूरा गर्ने)।

लूका १६:१-४ को भण्डारीलाई विचार गर्नुहोस्। के ऊ विश्वासयोग्य थियो? _________। उत्पत्ति ३९:१-६ मा एउटा विश्वासयोग्य भण्डारी पाउँछौं। पोतिफरका भण्डारी को थिए? __________। पोतिफरको स्वामित्वमा रहेको सबै कुरा यस व्यक्तिको _______मा (उत्पत्ति ३९:४,६) सुम्पियो। यूसुफले आफ्नो मालिकका सम्पत्तिको रेखदेख गरे। उनका मालिक (पोतिफर) आफ्ना सारा सम्पत्ति भरपर्दो व्यक्तिको हातमा छन् भनेर ढुक्क थिए।

याद गर्नुहोस्, भण्डारी घरको प्रबन्धक हो, मालिक होइन। घरका प्रबन्धक यूसुफ थिए कि पोतिफर? ___________। घरका मालिक यूसुफ थिए कि पोतिफर? _____________। त्यो घर पोतिफरको थियो, यूसुफको होइन! लूका १६:१ मा घरका मालिक को थिए?

सौभाग्य तथा जिम्मेवारी (Privileges and Responsibilities)

पोतिफरले यूसुफका हातमा सबै कुरा सुम्पिदिनु उनका लागि एकातिर सौभाग्य थियो भने अर्कोतिर जिम्मेवारी पनि थियो। मानिसलाई परमेश्वरले दिनुभएको भण्डारीपनमा पनि ठीक यही कुरा साँचो हुन्छ। विश्वासी जन, जुनसुकै युगमा ऊ जिइरहेको किन नहोस्, उसको हातमा परमेश्वरद्वारा सुम्पिएको जुनसुकै कुराको निम्ति ऊ जिम्मेवार छ, त्यो उसको निम्ति सौभाग्य पनि हो। अब्राहामको हातमा परमेश्वरले महान् र उदेकका प्रतिज्ञाहरू सुम्पिनुभयो (उत्पत्ति १२:१-३; १७:१-८)। परमेश्वरले मोशाको हातमा पवित्र व्यवस्थाहरू र आज्ञाहरूको एक संगालो सुम्पिनुभयो (प्रस्थान १९-२१)। परमेश्वरले पावलको हातमा परमेश्वरको अतुलनिय अनुग्रह सम्बन्धी एक नवीन ज्ञान दिनुभयो (एफेसी अध्याय ३)। प्रत्येक विश्वासी जनलाई परमेश्वरले उसको हातमा सुम्पिनुभएको कुनै पनि कुराको सठीक प्रयोजन गर्न पाउनु उसको लागि आनन्दको कुरा हो र साथै उसको कर्तव्य हो। भण्डारीपन भनेको नै यही हो।

भण्डारीपनलाई एउटा जागिरसित तुलना गर्न सकिन्छ। मानौ एउटा राम्रो अफिसको मालिक तपाईंकहाँ आएर तपाईंलाई जागिर खान निम्तो दियो। त्यो जागिर जोसुकैलाई दिइएन तर तपाईंलाई चाहिँ दिइयो।

उक्त जागिरमा कतिपय कुराहरू सौभाग्यको रूपमा हुन्छन्। अरू कतिजनाले त्यस्तो जागिर पाउन चाहन्थे होला तर उनीहरूलाई त्यो मौका दिइएन। तर तपाईंलाई भने दिइयो। त्यस अफिसमा काम गरेर प्राप्‍त हुने फाइदाहरू तपाईंकै हुन्छन्। तपाईंले धेरै कुराहरू सिक्नुहुनेछ, मूल्यवान अनुभवहरू बटुल्नुहुनेछ, अरूहरूसित काममा हेलमेल गरेर तपाईंलाई फाइदा हुनेछ, तपाईंले तलब पाउनुहुनेछ अनि एक दिन, तपाईं विश्वासयोग्य हुनुभयो भने, तपाईंको पदोन्नति पनि गरिनेछ!

उक्त जागिरमा कतिपय जिम्मेवारीहरू हुन्छन्। अफिसका हाकिमले तपाईंबाट कतिपय कुराहरूको माग गर्नेछ। तपाईं अल्छि हुनुभयो र काममा प्रायः ढीलो आउनुभयो र ग्राहकहरूप्रति नराम्रो व्यवहार गर्नुभयो भने तपाईंको हाकिम तपाईंसित खुशी बन्नेछन् होला? तपाईंले विश्वासयोग्यताका साथ आफ्ना काम-कर्तव्यहरू पूरा गरेको र तपाईंको हातमा सुम्पिएको कुनै पनि जिम्मालाई सठीक रूपमा पूरा गरेको अफिसको हाकिमले चाहनेछन्। आफ्नो काम राम्ररी नगरेको खण्डमा तपाईंलाई जागिरबाट निष्कासन गरिन पनि सकिन्छ।

भण्डारीपन भनेको यो हो, परमेश्वरले मानिसको हातमा केही कुरा सुम्पिनभएको छ अनि त्यसलाई सठीक प्रकारले चलाउनु मानिसको जिम्मेवारी हो र सो गर्न पाउनु उसको सौभाग्य पनि हो।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)