तपाईंले मुक्ति पाउनुभएको दिन

Study Series

तपाईंले मुक्ति पाउनुभएको दिन

 

हामीले इतिहासका महान् घटनाहरू अध्ययन गर्दै आयौं। संसारमा यी घटनाहरूले ल्याएका ठूला-ठूला परिवर्तनहरू र तिनका परिणामहरूले हामीलाई दुवै भित्री र बाहिरी रूपमा असर पारेको छ। मानिसको पाप र विद्रोहले ल्याएको समस्याका बारेमा हामीले अध्ययन गर्‍यौं जसले गर्दा मानिसहरू कमारा-कमारी बने, थिचोमिचोमा परे, जीवनमा अनेकौं हार खाए। साथै हामीले यो पनि अध्ययन गर्‍यौं, कसरी असल र अनुग्रही मुक्तिदाता परमेश्वरले समस्याको समाधान ल्याउनुभयो। येशू ख्रीष्टले मात्र एक व्यक्तिलाई छुटकारा र विजय दिन सक्नुहुन्छ। हामी हरेकले आफैलाई यो प्रश्‍न सोध्नुपर्छ, “के म समस्याको कारण बनिरहेको छु कि म समस्या समाधान गर्ने परमेश्वरमा भरोसा राख्दै छु?”

अब आफ्नै जीवनको विचार गर्नुहोस्। अहिलेसम्म तपाईंको जीवनमा घटका थुप्रै घटनाहरूमध्ये कुनचाहिँ घटनालाई तपाईंले आफ्नो जीवनको सबैभन्दा ठूलो र महत्त्वपूर्ण घटनाको रूपमा लिनुहुन्छ? एक व्यक्तिको जीवनमा सबैभन्दा महत्त्वपूर्ण घटना कुनचाहिँ घटनालाई मान्न सकिन्छ होला (सबभन्दा महत्त्वपूर्णमा गोलो चिन्ह लागाउनुहोस्):

  1. जुन दिन ऊ जन्मन्छ

  2. जुन दिन उसले हिँड्न जान्दछ

  3. जुन दिन उसले बोल्न जान्दछ

  4. जुन दिन ऊ स्कूल जान थाल्दछ

  5. जुन दिन उसले एस.एल.सी पास गर्छ

  6. जुन दिन उसले आफ्नो खेल्ने टिमलाई विजय गराउँछ

  7. जुन दिन उसले कलेज पास गर्छ

  8. जुन दिन उसको विवाह हुन्छ

  9. जुन दिन उसको पहिलो बच्चा जन्मन्छ

  10. जुन दिन ऊ अफिसको हाकिम बन्छ

  11. जुन दिन ऊ करोडपति बन्छ

  12. जुन दिन उसको पेन्सन पाक्छ

  13. जुन दिन ऊ ठूलो अपरेशनबाट निको हुन्छ

  14. जुन दिन उसले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता अनि प्रभुको रूपमा ग्रहण गर्छ

  15. जुन दिन उसको मृत्यु हुन्छ

तपाईंले चिन्ह लगाएको दिन नै किन सबैभन्दा महत्त्वपूर्ण दिन हो? _____________ ____________________________________________________________________।

के परमेश्वरले तपाईंको प्राणलाई बचाउनुभयो? धेरै मानिसको जीवनमा जन्म दिन हुन्छ, एस.एल.सी पास गरेको दिन हुन्छ, विवाहको दिन हुन्छ र मृत्युको दिन हुन्छ तर उनीहरूले कहिल्यै मुक्तिको दिनको अनुभव गरेका हुँदैनन् अनि यसैले उनीहरूको निम्ति एउटा भयानक र डरलाग्दो इ____________को दिन आउँदै छ (२ पत्रुस ३:७)।

यूहन्ना ९ अध्यायमा येशूले एकजना जन्मैदेखि अन्धा मानिसको आँखा खोलिदिनुभयो (यूहन्ना ९:१,६-७)। निश्चय नै आफ्नो जीवनमा घटेको उक्त घटनालाई त्यस मानिसले कहिल्यै बिर्सेन! उसले यसरी भन्न सक्थ्यो, “एउटा कुरा म जान्दछु—म __________ थिएँ, अब म ____________” (यूहन्ना ९:२५)। परमेश्वरले तपाईंको प्राण बचाउनुभएको छ भने, के तपाईंले पनि त्यसरी नै भन्न सक्नुहुन्छ (प्रेरित २६:१७-१८)? __________।

यूहन्ना ११ अध्यायमा एउटा मरेको मानिसलाई येशूले फेरि जीवित पारिदिनुभयो (यूहन्ना ११:४३-४४)। निश्चय नै लाजरसले आफूलाई मृत्युबाट उठाइएको त्यस विशेष दिनलाई कहिल्यै विर्सन सकेन! परमेश्वरले तपाईंको प्राण बचाउनुभएको छ भने, के तपाईं पनि यसरी भन्न सक्नुहुन्छ, “म एक समय मरेको थिएँ तर परमेश्वरले मलाई जीवन दिनुभएको छ” (एफेसी २:१,५; १ यूहन्ना ३:१४)? ______________।

यूहन्ना ५ अध्यायमा ३८ वर्ष लामो रोग लागेको मानिसलाई येशूले निको पारिदिनुभयो (यूहन्ना ५:५-९)। निश्चय नै येशूलाई भेट भएको त्यो दिनलाई त्यस मानिसले कहिल्यै बिर्सेन! परमेश्वरले तपाईंको प्राण बचाउनुभएको छ भने, के तपाईं यसरी भन्न सक्नुहुन्छ, “म एक समय पापको रोगले ग्रस्त थिएँ, तर महान् डाक्टर येशूले मलाई निको पार्नुभयो” (लूका ५:३०-३२; १ पत्रुस २:२४)? ____________।

एउटा व्यक्तिले आफूले मुक्ति पाएको दिन ठम्म्याएर भन्न सक्नु कत्तिको आवश्यक छ या छैन? कति विश्वासी जनहरूले आफू ख्रीष्टमा आएको दिनको साल, महिना, गते ठ्याक्कै बताउन सक्छन्। त्यस दिनलाई जक्कैले कहिल्यै बिर्सेन जुन दिन उसलाई येशूले भन्नुभयो, “________ यस घरमा ___________ आएको छ” (लूका १९:९)। येशूसँगै क्रूसमा टाँगिएको डाँकूलाई थाह थियो कि ऊ मरिरहेकै दिनमा परमेश्वरले उसको प्राण बचाउनुभयो भनेर। प्रभुले उसलाई भन्नुभयो, “________ नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३)। फिलिप्पी शहरको झ्यालखानाको हाकिमले आफूले मुक्ति पाएको रातलाई कहिल्यै बिर्सेन (प्रेरित १६:३०-३४)। सामरी स्त्रीले प्रभुलाई भेटेको दिनलाई निश्चय पछि सम्मै सम्झिरह्यो (यूहन्ना ४)। तर कतिपय विश्वासी जनहरूले आफूले मुक्ति पाएको दिनको साल, महिना, गते बताउन सक्दैनन्। मुक्ति पाएको कुरामा भने उनीहरू निश्चित छन् तर कुन दिनमा मुक्ति पाएको हुँ भनी उनीहरू बताउन सक्दैनन्।

तपाईं यस संसारमा जन्मनुहुँदा, तपाईंले शारीरिक जीवन पाउनुभयो अनि तपाईं आफ्नो शारीरिक परिवारको सदस्य बन्नुभयो। जब तपाईंले नयाँ जन्म पाउनुभयो (यूहन्ना ३:३,७), तपाईंले अनन्त जीवन (परमेश्वरबाटको जीवन) पाउनुभयो अनि तपाईं परमेश्वरको परिवारको बन्नुभयो। तपाईं जन्मनुभएको दिन तपाईंलाई थाह छ? तपाईं भन्नुहोला, “अवश्य थाह छ। म ____________________________ (आफ्नो जन्म मिति) मा जन्मेको हुँ।” तर आफू जन्मेको दिन तपाईंले साँच्ची नै सम्झन सक्नुहुन्छ र? तपाईंका बाबु-आमाले तपाईंलाई बताउनुभएर नै वा तपाईंको जन्म दर्ता प्रमाण-पत्र भएर नै तपाईंलाई आफ्नो जन्म दिन थाह भएको हो, होइन र?

तपाईंको जन्म दर्ता प्रमाण-पत्र हराएको भए र तपाईंका बाबु-आमाले तपाईंलाई तपाईंको जन्ममिति कहिल्यै नबताउनुभएको भए, तपाईंलाई आफू जन्मेको ठीक दिन थाह हुनेथ्यो? ______________। आफू जन्मेको दिन थाह नभए तापनि, म साँच्चै नै जन्मेको चाहिँ थिएँ भनेर तपाईंलाई थाह हुन सक्छ? ____________। कसरी? तपाईंले भन्न सक्नुहुन्छ, “ठीक कुन दिन म जन्मे मलाई थाह छैन, तर म जीवित छु भनेर मलाई थाह छ!” तपाईं जीवित हुनुहुन्छ भनेर तपाईंलाई कसरी थाह छ? “किनभने अहिले म सास फेर्न सक्छु, मेरो मुटु चलिरहेकै छ, मेरो शरीर चल्न सक्छ र मसँग शारीरिक जीवनका सबै लक्ष्यणहरू छन्!”

तपाईंसँग आत्मिक जीवन छ भनेर तपाईंलाई कसरी थाह छ?

१) १ यूहन्ना ३:१४ किनभने म ____________________________________________।

२) १ यूहन्ना २:३  किनभने म ____________________________________________।

३) १ पत्रुस २:२  किनभने म _____________________________________________।

आत्मिक जीवनका अरु लक्ष्यणहरू के कस्ता हुन्छन् विचार गर्नुहोस्।

यसकारण, कतिले यसरी भन्न सक्छन्, “मैले कुन दिन मुक्ति पाएँ सो म जान्दिनँ, तर म यो जान्दछु कि मैले नयाँ जन्म पाएकै हुँ र म यो जान्दछु कि मसँग अनन्त जीवन छ (१ यूहन्ना ५:१३) र म यो जान्दछु कि मैले मुक्ति पाएको छु र म यही घडी पनि येशू ख्रीष्टमा भरोसा राखिरहेकोछु!”

आफू यही घडी जीवित (शारीरिक र आत्मिकरूपमा जीवित) छु भन्ने कुरा के तपाईं जान्नुहुन्छ? यदि तपाईं जीवित हुनुहुन्छ भने, तपाईं जन्मेकै हुनुपर्छ! तपाईंको जन्म दर्ता प्रमाण-पत्र नहोला तर त्यसो भन्दैमा तपाईं जन्मनुभएको बास्तविकता बदलिँदैन!

जुन दिन परमेश्वरले तपाईंको प्राण बचाउनुभयो, त्यस दिन तपाईंको जीवनमा के कस्ता कुराहरू भए?

१) यूहन्ना ५:२४ ______________________________________________________।

२) १ यूहन्ना २:१२ _____________________________________________________।

३) २ कोरिन्थी ५:१७ ___________________________________________________।

४) यूहन्ना ८:३६; रोमी ६:१८,२२ ___________________________________________ _________________________________________________________________।

५)   प्रेरित १०:४३ _______________________________________________________।

परमेश्वरले तपाईंको प्राण बचाउनुभएको दिनमा अरु के-के भयो विचार गरेर लेख्‍न सक्नुहुन्छ? ______________________________________________।
______________________________________________।
______________________________________________।

यदि परमेश्वरले तपाईंको प्राण बचाउनुभएको छ भने, २ कोरिन्थी ९:१५ र हिब्रू १०:३९ पढ्नुहोस्। यदि आफ्नो प्राण बचाइन तपाईं कहिल्यै येशू ख्रीष्टकहाँ आउनुभएको छैन भने, २ कोरिन्थी ६:२ पढ्नुहोस्। तपाईंले मुक्ति पाउनु पर्ने दिन कुन दिन हो? ____________।

* * * * *

(“महान घटनाहरू” को अध्ययन यहीँ समाप्‍त हुन्छ! तपाईंलाई परमेश्वरको आशिष होस्!)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

प्रोटेस्टेन्ट सुधार (Protestant Reformation)

प्रोटेस्टेन्ट सुधार (Protestant Reformation)

 

पेन्टेकोस्टको दिनमा मण्डलीको जन्म भयो (पाठ ९)! शुरू-शुरूमा मण्डली ख्रीष्टको अधीनमै, उहाँकै प्रभुत्वमुनि थियो। साथै मण्डली एउटा बलियो जगमाथि खडा थियो:

 

 

 

वर्षहरू बित्दैजाँदा मण्डली आफ्नो बलियो जगबाट हट्न थाल्यो। मानिसहरू परमेश्वरको वचन बाइबललाई ध्यान दिनुको सट्टामा उनीहरू मानिसका कुराहरूमा ध्यान दिन थाले। ख्रीष्टको नेतृत्व र प्रभुत्वलाई त्यागेर उनीहरू मानवीय धार्मिक नेताहरूलाई पछयाउन थाले। आफूलाई ख्रीष्टियन हुँ भन्ने कतिपय मानिसहरू वास्तवमा साँचो ख्रीष्टियन थिएनन् (२ तिमोथी २:१९)। बप्‍तिस्मा लिने कतिपय मानिसहरू वास्तवमा मुक्ति नै पाएका थिएनन्। यसको परिणामस्वरुप मण्डली बेमेल मिश्रणले भरियो। जुन कुराहरू झूटा र संसारिक थिए ती कुराहरू सत्य र इश्वरीय कुराहरूसँग मिसिन थाले:

 

समय वित्दै जाँदा समस्याहरू पनि बढ्दै गयो। मानिसहरूले आफ्ना कानहरूलाई चाँडै नै _________बाट फर्काउन थाले (२ तिमोथी ४:४) र उनीहरूले दुष्टात्माहरूको झूटा शिक्षातिर ध्यान दिन थाले (१ तिमोथी ४:१)। आफूलाई धर्मी ठान्नेहरू बाइबललाई विश्वास गर्न चाहँदैनथे, पूरै बाइबलमा भरोसा राख्‍न चाहँदैनथे। यस्ता मानिसहरूले परमेश्वरलाई आफ्नो शिर र राजा र अगुवा भनी मान्न चाहेनन् (पाठ ६)। उनीहरू पापी मानिसहरूद्वारा नै शासन गरिन र डोर्‍याइन चाहे। यसरी मण्डली ख्रीष्टबाट र बाइबलबाट झन् झन् पर हट्दै गयो अनि यसको परिणामस्वरूप एउटा झूटा धर्म खडा भयो जुनचाहिँ मानिसका विचारमा आधारित थियो र यसको नेतृत्व गर्ने पनि परमेश्वर नभएर मानिस नै थियो। त्यस समयमा नयाँ जन्म पाएका विश्वासीहरू थोरै थिएः

 

 

 

मानिसहरूले परमेश्वरको वचनको ज्योतिलाई चम्कन दिएनन् (२ पत्रुस १:१९), यसैकारण अन्धकारको युग (ई.सं. ४७६-१०००) अति अन्धकारमय थियो! यहाँ, त्यहाँ केही विश्वासीहरू फाटफुट थिए जोहरूले आफ्नो ज्योति चम्कन दिए तर ती शताब्दीहरू प्रायः आत्मिक अन्धकार र अज्ञानताका समयहरू नै थिए।

के परमेश्वरले त्यस अन्धकारलाई रहिरहन दिनुभयो? १६ औं शताब्दीमा (करीब ५०० वर्ष अघि) प्रभुले एउटा जर्मन नागरिकको हृदयमा काम गर्नुभयो। उनको नाम थियो, मार्टिन लुथर। परमेश्वरले यस मानिसलाई आफ्नो वचनबाट सिकाउनुभयो अनि लुथरले बुझ्न थाले, बाइबलको शिक्षा रोमन क्याथोलिक चर्चको शिक्षाबाट ज्यादै फरक रहेछ। परमेश्वरको सहायताले लुथरले एउटा नयाँ अभियानको शुरुआत गरे जसलाई प्रोटेस्टेन्ट सुधार अभियान भनियो (“प्रोटेस्ट”, protest,ले अर्थ विरोध गर्नु हो; लुथर त्यसबेलाको धार्मिक प्रणालीको विरोध गर्दैथिए र त्यसबेलाको मण्डलीलाई सुधार गरेर ख्रीष्ट तथा बाइबलतर्फ फर्काएर ल्याउन चाहन्थे):

 

 

 

मार्टिन लुथर र उनलाई पछयाउने मानिसहरूले बाइबलका कतिपय आधारभूत शिक्षाहरूलाई पत्ता लगाउन थाले जुन शिक्षाहरू वर्षौं, शताब्दीयौंसम्म अधिकांश मानिसहरूले गुमाएका थिए।

१. बाइबलको सर्वोपरि अधिकार – (Supreme Authority of the Bible)

प्रभुको बारेमा जान्न र आत्मिक कुराहरू सिक्न मानिस कहाँ जानुपर्छ? जीवन र मृत्यु, स्वर्ग र नरकको बारमा जान्न कहाँ गएर थाह पाइन्छ? मुक्ति र अनन्त जीवन कसरी पाउने भनी थाह पाउन कहाँ जानुपर्छ? यी प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ? कसको कुरा सुन्नुपर्छ? कसको कुरा विश्वास गर्नुपर्छ? आफ्नो प्रश्‍नहरूको जवाफ कहाँ पाउन सकिन्छ?

जीवनको सबभन्दा महत्त्वपूर्ण प्रश्‍नहरूका जवाफ पाउन कुन पुस्तकहरू पढ्नु पर्छ? के कुनै व्यक्तिले आफ्नो उत्तरहरू एक पास्टर वा पादरीबाट लिनु ठीक हो? के पोपसँग सबै जवाफहरू छन्? के क्याथोलिक चर्च वा यहोका साक्षीको चर्च वा अन्य कुनै चृ्चसँग यी जवाफहरू छन्? के मैले परम्परा (मानिसहरूले वर्षौंदेखि विश्वास गर्दै, सिकाउँदै र अभ्यास गर्दै आएको कुनै पनि कुरा) माथि विश्वास गर्न हुन्छ।)?

आत्मिक कुराहरूको विषयमा आधिकारिक मान्न सकिने कुरा कुन हो? मार्टिन लुथरको जवाफ के थियो? उनले आधिकारिक भनेर मान्ने एउटै कुरा थियो, त्यो हो बाइबल, सम्पूर्ण बाइबल, र केवल बाइबल!

उनले आधिकारिक भनेर कुनै मानिसलाई मानेनन्। उनले परमेश्वरलाई नै आफ्नो अधिकारको स्रोत माने। मानव जीवन सम्बन्धि सबै महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ बाइबलले दिन्छ, जुनचाहिँ परमेश्वरको पवित्र वचन हो। प्रोटेस्टेन्ट सुधार अभियान “बाइबल-फर्क” अभियान थियो! अन्धकारबाट उम्कन बाइबलमा नफर्की हुन्न। मार्टिन लुथर र उनी जस्तै अरूहरूले घरीघरी उठाएको आवाज यो थियो: “_____________ले के _________?” (रोमी ४:३)। बाइबल नै सर्वोपरि आधिकारिक परमेश्वरको वचन हो भनी प्रोटेस्टेन्ट सुधार अभियानका अग्रजहरू पूर्ण रूपमा विश्वास गर्दथे।

तपाईंले कुन कुरालाई आधिकारिक मान्नुहुन्छ? जीवनका मुख्य-मुख्य प्रश्‍नहरूको जवाफ तपाईं कहाँ जानुहुन्छ? मुक्ति कसरी पाउने र स्वर्ग कसरी जाने भनेर थाह पाउन तपाईं कहाँ जानुहुन्छ? तपाईंले आफ्नो अधिकारको स्रोत परमेश्वरलाई मान्नुहुन्छ कि पापी र त्रुटिपूर्ण (भूल गर्न सक्ने) मानिसहरूलाई? तपाईंको विश्वास मानिसका कुरामा छ कि परमेश्वरका कुरामा?

२. विश्वासद्वारा धार्मिकता (मुक्ति) – (Justification/Salvation by Faith)

मुक्ति कसरी पाइन्छ? अनन्तसम्मका लागि एक व्यक्ति परमेश्वरसित कसरी ठीक सम्बन्धमा आउन सक्छ? मानिस स्वर्ग कसरी जान सक्छ र अनन्त नरकको इन्साफ र दण्डबाट ऊ कसरी उम्कन सक्छ?

वर्षौंसम्म मानवीय धर्म प्रणालीले यो सिकायो कि कर्म (मान्छेको काम, प्रयास) द्वारा मुक्ति पाइन्छ। त्यसले भन्यो कि मुक्ति कमाउनका लागि मनिसले केही न केही गर्नैपर्छ। चर्चको नियम पालन गरेर, बप्‍तिस्मा लिएर, रोटी भचाइँमा भाग लिएर, दस आज्ञा पालन गरेर, प्रार्थना गरेर, धार्मिक रीति पूरा गरेर, असल जीवन जिउने प्रयास गरेर, आदि, इत्यादि गरेर मुक्ति पाइन्छ भनेर मान्छेको धर्मले सिकायो। कामहरूद्वारा कुनै न कुनै हिसाबले परमेश्वरको कृपा र आशिष कमाउन सकिन्छ अनि त्यसपछि ती कमाउन सक्नेहरूलाई परमेश्वरले स्वर्गमा पस्न दिनुहुन्छ भनी तिनीहरूले सोचे।

मुक्ति कामहरूद्वारा होइन तर विश्वासद्वारा मात्र पाइन्छ भनेर मार्टिन लुथर तथा अन्य सुधारकहरूले बुझे। “यसकारण ___________द्वारा धर्मी ठहरिएका हुनाले” (रोमी ५:१)। “तब हामी आफैले गरेका ________ ______________ द्वारा होइन, तर उहाँकै ________अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो” (तीतस ३:५)। एक व्यक्तिले मुक्ति कसरी पाउँछ, ऊ धर्मी कसरी ठहरिन्छ? आफ्नो विश्वास एकजना व्यक्ति, अर्थात् प्रभु येशू ख्रीष्टमाथि राखेर नै हो। पापीहरूलाई बचाउन सक्ने केवल उहाँ मात्र हुनुहुन्छ (१ तिमोथी १:१५, हिब्रू ७:२५)।

के तपाईं आफैले गरेका धर्मका कामहरू र असल कामहरूमा भरोसा गर्दैहुनुहुन्छ? के तपाईं सोच्नुहुन्छ कि तपाईंले असल बन्ने प्रयास गर्नुभएकोले परमेश्वरले तपाईंलाई स्वर्ग पस्न दिनुहुनेछ भनेर? के असल हुने प्रयासले तपाईं पवित्र र धर्मी परमेश्वरलाई खुशी पार्न सक्नुहुन्छ? हाम्रो कुनै कामको बापत हामीले मुक्ति पाउँदैनौं, हामी केवल ख्रीष्टले क्रूसमा गरिसक्नुभएको कामद्वारा बचाइन्छौं। एफेसी २:८-९ पढ्नुहोस् जहाँ एक व्यक्तिले मुक्ति कसरी पाउँछ भनीलेखिएको छ।

३. प्रत्येक विश्वासीको पुजाहारीगिरी – (Priesthood of Every Believer)

सयौं वर्षसम्म मानवीय धर्म प्रणालीले यो सिकायो, “पुजाहारी” भनाउँदा विशेष समूह मात्र परमेश्वरको प्रत्यक्ष सम्पर्कमा जान सक्छ। एउटा साधारण विश्वासी सीधै परमेश्वरकहाँ जान सक्दैन; ऊ पुजाहारीको माध्यमद्वारा मात्र जान सक्छ। उसले आफ्ना पापहरूलाई परमेश्वरलाई सीधै बताउन सक्दैन; त्यसलाई उसले पुजाहारीकहाँ गएर “स्वीकार” गर्नुपर्छ। ऊ आफैले बाइबल बुझ्न सक्दैन; सही अर्थ पाउनलाई ऊ पुजाहारीमाथि भर पर्नुपर्छ। मान्छेको धर्मले यही सिकायो।

मार्टिन लुथर तथा अन्य सुधारकहरूले यो बुझे, बाइबलअनुसार प्रत्येक विश्वासी नै पुजाहारी हो (१ पत्रुस २:९ र प्रकाश १:६ पढ्नुहोस्)। प्रत्येक विश्वासी सीधै परमेश्वरकहाँ प्रभु येशू ख्रीष्टद्वारा जान सक्दछ। बाइबलले भन्छ, “किनभने परमेश्वर एउटै हुनुहुन्छ, अनि परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ” (१ तिमोथी २:५)। यहाँ उल्लेखित एउटै मध्यस्थले हुनुहुन्छ (१ तिमोथी २:५)? _______________________।

कति सुन्दर सत्यता! प्रत्येक विश्वासी जन प्रार्थनामा परमेश्वरकहाँ सीधै जान सक्छ! प्रत्येक विश्वासीले आफ्ना पापहरूलाई सीधै परमेश्वरसँग स्वीकार गर्न सक्दछ, किनभने पाप भनेको उहाँकै विरूद्वमा गरिएको काम हो (१ यूहन्ना १:९)! प्रत्येक विश्वासीले बाइबल आफै पढ्न र अध्ययन गर्न सक्छ र परेमेश्वरले उसलाई सिकाउनुहुन्छ र अर्थ खुलाउनुहुन्छ भनी उहाँमा भर पर्न सकिन्छ।

के तपाईं पुजाहारी हुनुहुन्छ? के तपाईं जीवित परमेश्वरकहाँ सीधै जान सक्नुहुन्छ? तपाईं पिताकहाँ आउन सक्नलाई के तपाईंले ख्रीष्टसित ठीक सम्बन्ध गाँस्नुभयो? (यूहन्ना १४:६)? के तपाईं अझै पनि अन्धकारमा हुनुहुन्छ कि तपाईंलाई परमेश्वरले यी तीनओटा महान् सत्यताहरू देखाइसक्नुभयो?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मण्डलीको जन्मदिन

मण्डलीको जन्मदिन

 

मत्ती १६:१८ मा प्रभु येशू ख्रीष्टले भन्नुभयो: “यस चट्टानमाथि म आफ्नो ____________ ____________।” ख्रीष्टको यो महत्त्वपूर्ण भविष्यवाणीबाट हामीले कम्ति मा तीनओटा कुराहरू सिक्दछौं:

१. निर्माता ख्रीष्ट हुनुहुन्छ!!

२. निर्माण चट्टानमाथि गरिनेछ!!

३. निमार्ण गरिने “भवन” मण्डली हो!!

यो “भवन” निर्जीव इट्टा, सिमेन्ट, डण्डी र काठले बनेको भवन होइन। यो “भवन” जिउँदा पत्थरहरूले बनेको भवन हो (१ पत्रुस २:५ पढ्नुहोस्)। क्रूसमा मरेर बौरिउठ्नु भएको ख्रीष्टमाथि विश्वास गरेका र उहाँलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेका मानिसहरू नै यस भवनका “पत्थरहरू” हुन्। यस “भवन” मा कसले बास गर्नु हुन्छ (एफेसी २:२१-२२; १ कोरिन्थी ३:१६; १ तिमोथी ३:१५)? ____________________________।

उहाँको मृत्यु हुनुभन्दा अघिल्लो रातमा प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई एकजना व्यक्ति पठाइनुहु नेछ भनी प्रतिज्ञा गर्नुभयो। यस व्यक्तिले चेलाहरूलाई सहायता गर्नुहुनेछ (यूहन्ना १४:१६), उहाँ चेलाहरूसँगै रहनुहुनेछ (यूहन्ना १४:१६), उहाँ चेलाहरूभित्र बास गर्नु हुनेछ (यूहन्ना १४:१७), चेलाहरूलाई सिकाउनुहुनेछ (यूहन्ना १४:२६), चेलाहरूलाई ख्रीष्टको गवाही दिनुहुनेछ (यूहन्ना १५:२६) र चेलाहरूलाई डोर् ‍ याउनुहुनेछ (यूहन्ना १६:१३) भनी प्रभुले भन्नुभयो। उक्त व्यक्ति ले हुनुहुन्छ? ____________________________।

पवित्र आत्माको आगमन इतिहासले अत्यन्तै महत्त्वपूर्ण घटना हो। पुत्र परमेश्वर मानव शरीरमा “परमेश्वर-मानिस” (परमेश्वर पनि मानिस पनि एउटै शरीरमा) भइकन जिउनलाई स्वर्गबाट आउनुभयो – यसलाई ख्रीष्टको देहधारण (INCARNATION) भनिन्छ (यूहन्ना १:१४, १ तिमोथी ३:१६), किनकि परमेश्वरले देह (मानव शरीर) धारण गर्नुभयो। पेन्टेकोस्टको दिन मा पवित्र आत्मा परमेश्वर अर्को शरीरमा जिउनलाई आउनुभयो, अर्थात् ख्रीष्टको शरीरमा जसलाई मण्डली भनिन्छ।

पवित्र आत्मा कहिले आउनुभयो भन्ने कुरा तलको नक्सामा देखाइएको छ:

 

 

 

पेन्टेकोस्टको दिनको घटना-विवरण हामी प्रेरित २ अध्यायमा पाउँछौं। त्यही दिनमा नै पवित्र आत्मा आउनुभएको हो। त्यस दिनदेखि परमेश्वर, उहाँ माथि विश्वास गर्नेहरू भित्र, अर्थात् मण्डलीमा, विशेष प्रकारले बास गर्न र जिउन थाल्नुभयो!

पेन्टेकोस्टको दिनका कुन कुन घटनाहरूले त्यस दिन परमेश्वरले एक विशेष कार्य गर्दै हुनुहुन्थ्यो भन्ने स्पष्ट देखाउँछन् (प्रेरित २:१-११ पढेर जवाफ लेख्‍नुहोस्)? ________ ___

हो, पेन्टेकोस्टको दिनमा (ख्रीष्टको मृत्यु भएले करिब ५० दिन पछाडि), पवित्र आत्मा विश्वासीहरूमा बास गर्न आउनुभएको हो। तब नै मण्डलीको शुरूआत भयो। त्यही दिनदेखि प्रभु येशूले आफ्नो “भवन” निर्माण गर्न शुरू गर्नुभयो। त्यही दिन ख्रीष्टको शरीरको निर्माण शुरू भयो।

मानिस जन्मँदछ अनि एक दिन ऊ मर्नैपर्छ। हरेक व्यक्तिको जन्म मिति (जन्मदिन) हुन्छ अनि हरेक व्यक्तिको मरण मिति हुन्छ (संसारमा मृत्यु कसरी आयो भन्ने कुरा पाठ १ बाट जान्न सक्नुहुन्छ)। कबरस्थानमा जानुभयो भने कतिपय चिहानमाथि एउटा स्मारिका (चिहानढुङ्गा) ठड्याइएको पाउनुहुनेछ जसमा मृतकको जन्म मिति र मरण मिति लेखिएको हुन्छ।

अब तपाईंकै चिहानढुङ्गालाई हेरौं! तल तपाईंको आफ्नै चिहानढुङ्गामा आफ्नो नाम र जन्म मिति लेख्‍नुहोस्:

“सबै एउटै ठाउँमा जान्छन्; सबै धूलोबाट हुन् र सबै धूलोमा फर्किजान्छन्

(उपदेशक ३:२०)

“अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।”

(हिब्रू ९:२७)

तर मण्डली शुरूआत (जन्म) भएको लगभग २००० वर्ष भइसक्यो, र पनि मण्डलीले अन्त (मृत्यु) भएको छैन। मण्डलीका शत्रुहरू थुप्रै छन्। यसलाई नष्ट गर्न मानिस र दुष्ट आत्माहरूले प्रयास गर्दै आएका छन्, तर मण्डली जीवि तै छ। मण्डलीका अङ्गहरूले सतावट, शासना, आगो, ढुङ्गा, मृत्यु समेत भोगे, तर मण्डली जीवितै छ। येशूले भन्नुभयो, “यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी ______________ (मत्ती १६:१८)।

मण्डलीको जीवनको स्रोत के हो (कलस्सी ३:४)? __________________। यसकारण, मण्डलीलाई नष्ट गर्न मण्डलीको शिरलाई नष्ट गर्नुपर्ने हुन्छ। मण्डलीको शिरले हुनुहुन्छ (कलस्सी १:१८ र एफेसी १:२२-२३)? ________________________। के उहाँलाई मार्न सकिन्छ (प्रकाश १:१८ र रोमी ६:९)? ____________। मण्डली कहिल्यै मर्ने छैन। बरु एक दिन आफ्नो मण्डलीलाई स्वर्गमा लैजानलाई ख्रीष्ट आफै आउँदै हुनुहुन्छ (यूहन्ना १४:३; फिलिप्पी ३:२०-२१; तीतस २:१३; १ थेस्सलोनिकी ४:१३-१८)। तसर्थ, मण्डलीको विजय-स्मारिका यसरी लेख्‍न सकिन्छ:

मण्डली संसारमै छ तर संसारको होइन।   (यूहन्ना १७:११-१५; फिलिप्पी २:१५) मण्डलीले संसारलाई परमेश्वरको विजयको गवाही दिन्छ।   (प्रेरित १:८; २ कोरिन्थी २:१४-१६)

 

एक व्यक्ति कसरी साँचो मण्डलीको अङ्ग बन्न सक्छ? यस “भवन” को एउटा पत्थर ऊ कसरी बन्दछ? एक व्यक्ति ख्रीष्टको शरीरको अङ्ग कसरी बन्दछ? यो कुरा बुझ्नलाई तलको चित्रलाई अध्ययन गरौं।

माथिको चित्रबाट हामी बुझ्‍न सक्छौं, शिर स्वर्गमा हुनुहुन्छ (कलस्सी ३:१-२) र मण्डली पृथ्वीमा (यूहन्ना १७:१५) छ। प्रत्येक अङ्गको सम्बन्ध शिरसँग हुन्छ र साथै एकअर्कासँग हुन्छ। क्रूसद्वारा (विश्वास गरेर) बाहेक कोही पनि ख्रीष्टको मण्डलीको अङ्ग बन्न सक्दैन। जब एक व्यक्तिले विश्वास गर्छ, परमेश्वरले उसलाई उहाँको शरीरभित्र गाभ्ने काम (आत्मद्वाराको बप्तिस्मा) गर्नुहुन्छ (१ कोरिन्थी १२:१३)।

के तपाईं उहाँको शरीरको अङ्ग हुनुहुन्छ? के तपाईं उहाँको भवनको एक जिउँदो पत्थर हुनुहुन्छ? के पवित्र आत्मा तपाईंको जीवनमा बास गर्न आउनुभएको छ (यूहन्ना ७:३९)? के तपाईं उहाँको शरीरका अङ्गहरूलाई प्रेम र वास्ता गर्नुहुन्छ (१ यूहन्ना ३:१४)? के मण्डली सभाहरूमा नियमति रूपमा उपस्थित भएर पनि एक व्यक्ति वास्तविक रुपमा ख्रीष्टको मण्डलीको अङ्ग नहुन सक्छ? ____________। मण्डली केवल एउटा संस्था (ORGANIZATION) होइन, यो त एउटा जिउँदो रचना (ORGANISM) हो!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

क्रूसको दिन

क्रूसको दिन

 

अघिल्ला पाठहरूमा हामीले अध्ययन गरेका विषयहरूलाई स्मरण गर्दै तलको जोडा मिलाउने अभ्यास पूरा गरौं:

(क) बाबेल
(ख) उजाडस्थान
(ग) आदम
(घ) जलप्रलय अघिको समय
(ङ) दनियल २ र ७ — सांसारका चार महान् साम्राज्यहरू
(च) राजा शाउलको शासन
(छ) मिश्र देशको दासत्व

____  मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र पापमा फसे (पाठ १)।

____  मानिस पापमा लागिरहे र दुष्टताको गहिराइमा झन् झन् गिरे (पाठ २)।

____  मानिसले आफ्नो दुष्ट योजनाहरू पूरा गर्न नपाओस् भनी परमेश्वरले उनीहरूलाई रोक्नुभयो (पाठ ३)।

 ____ मानिस अति कठोर दासत्वमा पर्‍यो (पाठ ४)।

 ____ अविश्वासको कारण मानिसले परमेश्वरको सिद्ध प्रबन्धलाई प्राप्‍त गर्न सकेन (पाठ ५)।

 ____ मानिसले परमेश्वरको शासनलाई इन्कार गर्‍यो र उहाँको सट्टा आफै राजा बन्न रोज्यो (पाठ ६)।

 ____ राजाहरू र राज्यहरूद्वारा मानिस पराजित, पक्राउ र नियन्त्रण गरियो (पाठ ७)।

समय बित्दै गयो र मानिस दासत्व र पापको सागरमा झन् झन् डुब्दै थियो। मानिसको लागि केवल एउटै आशा थियो — परमेश्वर। कुनै पनि उपाय नलाग्दा, पापको समाधान गर्न, “परमेश्वरले  आफ्ना ________लाई ______________” (गलाती ४:४)।  समस्या आदमबाट शुरु भयो; त्यसको समाधान ख्रीष्टले गर्नुभयो: “यसकारण जसरी एउटा मानिसले आज्ञा भङ्ग गरेकोले (ती मानिस ले थिए? ______________) धेरैजना पापी बनिए, त्यसरी नै एकजनाले आज्ञापालन गरेकोले (ती मानिस ले थिए? ________________) धेरैजना धर्मी बनाइनेछन्” (रोमी ५:१९)।

मुक्तिदाता संसारमा आउनुभएको महान् घटना संसारले विर्सन सकेको छैन। सारा संसारले मान्ने “इश्वी सम्वत्” ख्रीष्टको पहिलो आगमनमा आधारित छ। त्यसअनुसार अहिले हामी २० ______ ए.डी. (A.D.) सालमा छौं। यसको अर्थ यो हो कि ख्रीष्ट संसारमा आउनुभएको २० ______ वर्ष (लगभग) भएको छ।

बि.सी. (B.C.), “बिफोर क्राइष्ट” ले संक्षिप्त रुप हो जसको अर्थ अंग्रेजिमा “ख्रीष्ट अघि” अर्थात् ख्रीष्ट जन्मनु अघि भन्ने बुझन्छ। ए.डी. “आनो डोमिनी” (Anno Domini) ले संक्षिप्त रुप हो जसको अर्थ ल्याटिन भाषामा “प्रभुको वर्षमा” भन्ने बुझन्छ। अहिले प्रभुको वर्षमा २० ______ पुगेको छ (भनाइको अर्थ उहाँ आउनुभएको करिब २० ______ वर्ष भइसकेको छ)।

येशू ख्रीष्टलाई कसैसँग दाज्न सकिन्न! उहाँ अद्वित्तीय हुनुहुन्छ! तलको बयानलाई विचार गरौं:

करिब दुई हजार वर्ष अगाडि एकजना मानिस आए जसको जन्म प्रकृतिको नियमअनुसार थिएन (उहाँ कन्याद्वारा जन्मनुभयो)। यस मानिस गरिब भई जिए, अपरिचित रूपमा हुर्के (नासरत नाउँको एउटा साधारण गाउँमा)। उनले टाढा-टाढा सम्म यात्रा गरेनन्। उनले एकै पटक आफ्नो देशको सिमाना काटे; त्यो पनि शिशु अवस्थामा उनको ज्यान जोगाउन विदेशिनु पर्दा (जब उनी मिश्रदेश लगिएका थिए)।

उनको न सम्पत्ति थियो न सम्मानजनक पदवी। उनका नातेदारहरू चर्चित थिएनन्। उनले न ता तालिम पाएका थिए न ता औपचारिक शिक्षा नै।

शिशु अवस्थामा उनको कारण देशका राजा हतोत्साहति भए; वाल्यावस्थामा उनले  बाइबल पवित्र शास्त्रका विद्वानहरूलाई चकित तुल्याए; वयस्कमा उनले प्रकृतिको नियमलाई नियन्त्रण गरी देखाए, समुद्रका छालमाथि जमीनमा झैं हिँडे, समुद्रलाई शान्त गराए।

उनले हजारौंलाई औषधिबिना निको पारे अनि आफ्नो सेवाको बापत एक पैसा लिएनन्।

उनले एउटै पुस्तक लेखेनन्, तर पनि उनको विषयमा लेखिएका पुस्तकहरू राष्ट्रभरिका सम्पूर्ण पुस्तकालयहरूमा अट्न सक्दैनन्।

उनले एउटै गीत लेखेनन्, तरैपनि सारा गीतकारका संख्याभन्दा धेरै गीतका निम्ति विषयवस्तु उनी नै भएका छन्।

उनले एउटै कलेजको स्थापना गरेनन्, तर स्कूल र विश्वविद्यालयहरू सबै मिलेर पनि उनकै जति चेलाहरू आफ्नो भएको दाबी गर्न सक्दैनन्।

उनले कुनै सेनालाई नेतृत्व गरेनन्, न ता एउटै सिपाहीलाई भर्ती गरे, न ता एउटै गोली चलाए। तर इतिहासमै उनको भन्दा बढी स्वयंसेवकहरू आफ्नो भएको दाबी गर्न सक्ने कुनै पनि नरेश वा नेता छैनन् जसको आज्ञा सुनेर कैयौं शत्रुहरुले आफ्ना हातहतियारै त्यागेर आफ्ना जीवनहरू समेत समर्पण गरेका छन्।

उनले कहिल्यै मानसिक चिकित्सा (psychiatry) को अभ्यास गरेनन्, तर संसारका सम्पूर्ण डाक्टरहरूले भन्दा धेरैका टुटेका हृदयहरूलाई उनैले निको पारेकाछन्।

विश्वका कैयौं ठाउँमा हरेक हप्ताको एक दिन व्यापार धन्दा बन्द हुन्छ र उनलाई सामूहकि रूपमा जुटेर आराधना गर्नेरहरू मण्डली भवनहरूमा ओइरो लाग्दछन्।

बिगतका ग्रीस र रोमका अहंकारी शासकहरू आए अनि गए। बिगतका वैज्ञानिकहरू, विद्वानहरू र धर्मगुरुहरूका नामहरू आए अनि गए; तर यस मानिसका नाम भने प्रत्येक दिन फैलँदै छ। आजको पुस्ता र उनको क्रूसको टंगाइको बीच झण्डै २००० वर्षको अन्तर भएता पनि उनी जिउँदा छन्। हेरोदले उनलाई नष्ट गर्न सकेनन्, र चिहानले पक्रेर राख्‍न सकेन उनलाई।

–अमेरिकन ट्रयाक्ट सोसाइटीद्वारा प्रकाशित One Solitary Life (“अद्वित्तीय ख्रीष्ट”) नामक पर्चाबाट साभार

येशू ख्रीष्ट, परमेश्वरका एकमात्र पुत्र, संसारमा किन आउनुभयो? यस प्रश्‍नको उत्तरको निम्ति बाइबलका यी ५ ओटा पदहरू पढ्नुहोस्: मत्ती १:२१; लूका १९:१०; यूहन्ना ३:१७; १ तिमोथी १:१५ र १ यूहन्ना ४:१४। उहाँ मु ______ गर्नलाई आउनुभयो; संसारले मु ______ पाओस् भनेर उहाँ आउनुभयो; उहाँ संसारको मु ____________ हुन आउनुभयो!

मानिसहरूलाई पापबाट बचाउन उहाँ मर्नै पर्‍यो, किनकि “__________को ज्याला __________ हो” (रोमी ६:२३)। पापको दण्ड मृत्यु हो। मानिस मृत्यदण्डको योग्य छ किनकि उ दोषी छ। ख्रीष्ट, जो निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो सट्टामा, हामीले पाउनु पर्ने मृत्यु दण्ड आफैले भोग्नुभयो। मानिसले उहाँमाथि विश्वास गरेर जीवन पाओस् भनेर उहाँ मर्नुभयो!

ख्रीष्टको क्रूस (मृत्यु) एक अति महत्त्वपूर्ण घटना थियो, यहाँसम्म कि क्रूसले सम्पूर्ण मानव जातिलाई दुई समूहमा विभाजन गर्दछ (यूहन्ना १२:३२-३३)। हरेक पुरूष स्त्री, बालबालिकाले यो प्रश्‍नको जवाफ दिनै पर्छ: क्रूसमा टाँगिनुभएको ख्रीष्टसँग म के गरूँ? तपाईं क्रूसको कता पट्टी पर्नुहुन्छ भन्ने कुरा तपाईंको जवाफमा नै निर्भर छ।

तपाईं क्रूसको कतापट्टी हुनुहुन्छ? जता पट्टी हुनुहुन्छ, त्यतातिरको खाली ठाउँमा आफ्नो नाम लेख्‍नुहोस्। बचाइएकाहरूका पट्टी तपाईं हुनुहुन्न भने, तपाईंले ख्रीष्टमाथि विश्वास गर्ने समय आज नै हो (२ कोरिन्थी ६:२)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

राजाहरू र राज्य

राजाहरू र राज्य

 

इस्राएलका सन्तानहरू यहोशूको नेतृत्वमा प्रतिज्ञा गरिएको देशभित्र पसेर त्यसलाई जितेर लिए। त्यसपछिको इस्राएली इतिहासको ३५० वर्षले अवधिलाई “न्यायकर्ताको समय” भनिन्छ र त्यसको बर्णन न्यायकर्ताको पुस्तकको अन्तिम पद (२१:२५) ले दिन्छः “ती दिनमा इस्राएलमा ________ ________ ____________, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो।” के संसारमा आज पनि त्यसरी नै जिउने मानिसहरू छन्? के ठीक हो, के बेठीक हो भन्ने विषयमा मैले कसको कुरा मान्नुपर्छ (१ यूहन्ना ३:२२ पढ्नुहोस् र तल ठीक उत्तरलाई चिन्ह लगाउनुहोस्):

(क) मेरो आफ्नै हृदयको
(ख) मेरा साथीहरूको
(ग) टेलिभिजनको
(घ) परमेश्वरको ‍वचन बाइबलको

३५० वर्षसम्म इस्राएलमा कुनै राजा थिएन। अरु सबै देशमा राजाहरू र मानवीय शासकहरू थिए तर इस्राएलमा भने त्यस्तो थिएन। इस्राएल एक विशेष राष्ट्र थियो। इस्राएल सबै राष्ट्रहरूभन्दा फर थियो। उनीहरूसित त्यस्ता कुराहरू थिए जो अन्य कुनै राष्ट्रसँग थिएन। न्यायकर्ताको समयमा इस्राएलसित कुन कुन कुराहरू थिए? तल मिल्ने बाकसहरूमा चिन्ह लगाउनुहोस्:

एकमात्र साँचो परमेश्वरको ज्ञान
परमेश्वरको पवित्र व्यवस्था (दस आज्ञा तथा अन्य नियमहरू)
नयाँ नियम
पुजाहारीको काम गर्न का लागि हारुनका सन्तानहरू
मोशाका पाँच पुस्तकहरू
भेट हुने पाल (पाल जहाँ परमेश्वर बास गर्नुहुन्थ्यो)
मन्दिर
बलिदानहरू (ख्रीष्टको मृत्युको पूर्वचित्रण गर्ने)
हितोपदेश र यशैयाका पुस्तक
पूर्खाहरू (अब्राहाम, इसहाक र याकूब उनीहरूकै पूर्खाहरू थिए )
(रोमी ९:४-५ सित तुलना गर्नुहोस्)

आफूसित यस्ता विशेष-विशेष कुराहरू भएर पनि इस्राएलका सन्तानहरूले एउटा अर्कै कुराले माग गरे। त्यो के थियो (१ शमूएल ८:५)? __________________ ______________। परमेश्वरका भक्त जन शमूएललाई इस्राएलको यो माग मन पर्‍यो कि मन परेन (१ शमूएल ८:६)? _______________। परमेश्वरलाई नि (१ शमूएल ८:७)? __________। एउटा मानव राजाको माग गर्नु भनेको कसलाई इन्कार गर्नु थियो (१ शमूएल ८:७) ________________। परमेश्वरलाई नै तिनीहरूले आफ्ना रा _____ बनाउन इन्कार गरे (१ शमूएल ८:७)!

प्रभु येशू ख्रीष्टको समयमा यहूदीहरूले कसलाई राजा बनाउन चाहन्थे? परमेश्वरलाई कि संसारकै एउटा मानिसलाई (यूहन्ना १९:१५)? _____________________________।

खराब इच्छाको प्रतिफल तीतो हुन्छ भनेर पाठ सिकाउन पनि परमेश्वरले कहिलेकाहीँ मानिसहरूलाई उनीहरूले चाहेकै कुरा दिने गर्नुहुन्छ! शमूएलको समयमा परमेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा राजा दिनुभयो — जस्तो खोजेका थिए त्यस्तै! उनको नाम के थियो (१ शमूएल ९:२)? _____________। के कति कारण उनी राजा हुन योग्य देखिन्थे (१ शमूएल ९:२)? _________________ ____________________________________________________________________________________। (आज पनि चुनावमा मतदाताहरू कस्ता उम्मेद्वारलाई रूचाउँछन्? ______________________________________________)। के परमेश्वर मानिसलाई हामीले झैं हेर्नुहुन्छ (१ शमूएल १६:७)? ______________।

शाउल अति खराब राजा ठहरिए! उनले आफ्नो व्यक्तिगत जीवनमा परमेश्वरले अधिकारलाई लत्याए। आफ्नो जीवनको राजा उनी आफै बन्न चाहे। उनले आफूलाई जे ठीक लाग्यो त्यही गरे। शाउलले परमेश्वरको वचनलाई इन्कार गरेका हुनाले र परमेश्वरलाई आफ्नो राजा बनाउन इन्कार गरेका हुनाले, परमेश्वरले उनलाई के गर्नुभयो (१ शमूएल १५:२३, २६)? ________________________________ ________________________________________________________________।

शाउलको सट्टामा राजा बनाउन परमेश्वरले अर्कै मानिस भेट्टाउनुभयो, जोचाहिँ “________________ले आफैले ________________ एउटा मानिस” थियो (१ शमूएल १३:१४)। उनी नै सबभन्दा महान् राजा बने! उनको नाउँ के थियो (१ शमूएल १६:११-१३)? _______________।

दाऊद एक महान् राजा बन्नुमा एउटा रहस्य थियो। साँचो राजा को हुन् भनी उनी जान्दथे। आफ्ना प्रजामाथि शासन गर्ने क्रममा उनले यो विर्सेनन् कि उनको भन्दा अति उच्च स्थानमा एकजना हुनुहुन्छ जो उनीमाथि पनि शासन गर्नुहुन्छ! दाऊदले भजनसंग्रहका थुप्रै भजनहरू लेखे। निम्न उल्लेखित दाऊदका भजनका खण्डहरू पढ्दा दाऊदको व्यक्तिगत जीवनका राजा को थिए, पत्ता लगाउनुहोस्:

भजनसंग्रह ५:२
भजनसंग्रह १०:१६
भजनसंग्रह २४:७-१०
भजनसंग्रह २९:१०
भजनसंग्रह ६८:२४
भजनसंग्रह १४५:१

दाऊद जान्दथे, एक असल र सफल अगुवा बन्न उनले साँचो राजालाई आफूमाथि राजा हुन दिनुपर्दछ! दाऊद बुझ्दथे, उनीमाथि एकजना शासक हुनुहुन्छ जो रा ______________ का रा _____ हुनुहुन्छ (प्रकाश १९:१६)। दाऊद एक महान् राजा थिए कारण सबभन्दा महान् राजाले हुनुहुन्छ भनी उनी जान्दथे!

दाऊदपछि अरू धेरै राजाहरू भए — सुलेमान, रहोबाम, यहोशपात, आहाज, हजिकिया, योशियाह इत्यादि। कोही राजाहरू असल थिए भने कोही राजाहरू दुष्ट थिए। असल राजाहरू तिनीहरू नै भए जसले परमेश्वरलाई आफ्नो व्यक्तिगत जीवनको राजा बनाए। दुष्ट राजाहरू तिनीहरू नै भए जसले आफूमाथि परमेश्वरलाई राज्य गर्न दिएनन्। बरु उनीहरू आफ्नो जीवनको राजा आफै हुन चाहे र आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गरे!

आजको संसारलाई विचार गरौं र तल लेखिएका बुँदाहरू ठीक भए चिन्ह बेठीक भए चिन्ह लगाउनुहोस्।

  • आज प्रायः मानिसहरू ख्रीष्टलाई सर्वोच्च प्रभु भनेर मान्छन्।
  • उनीहरू उहाँलाई आफ्नो जीवनको राजा र शासक हुन दिन्छन्।
  • उनीहरू उहाँको अधीनमा रहन्छन् र आज्ञापालन गर्छन्।
  • उनीहरू उहाँको वचनअनुसार र उहाँका नियमहरू अनुसार हिँड्दैनन्।
  • आजका राजाहरू र शासकहरू परमेश्वरलाई आफ्नो देशको राजा हुन दिन्छन्।
  • हरेक महत्त्वपूर्ण निर्णयमा उनीहरू परमेश्वरको इच्छाअनुसार गर्न प्रयास गर्दैनन्।
  • कठिन परिस्थितिहरूमा तिनीहरू परमेश्वरको बुद्धि र सहायता पाउन प्रार्थनामा समय बिताउँछन्।
  • मानिसहरू परमेश्वरद्वारा शासन गरिन रूचाउँदैनन्।

अन्तमा, तपाईंको जीवनको राजा को हुनुहुन्छ? के तपाईं परमेश्वरको असल शासनको आशिषको अनुभव गर्दैहुनुहुन्छ? के तपाईं, दाऊदले जस्तै, परमेश्वरलाई आफ्नो जीवनको सर्वोच्च शासक हुन दिनु भएको छ? के तपाईं उहाँको राज्यको आज्ञाकारी जन हुनुहुन्छ? के तपाईं उहाँका आदेशलाई मान्नुहुन्छ र उहाँका हुकुमलाई पूरा गर्नुहुन्छ? के तपाईंका बाबुआमा र साथीहरूलाई थाह छ कि तपाईंको राजा परमेश्वर हुनुहुन्छ भनेर? के तपाईंले उहाँलाई आफ्नो राजा र प्रभु भनी आफ्नो हृदयको सिंहासनमा बसाल्नुभएको छ?

यदि तपाईंले परमेश्वरलाई साँच्चै नै आफ्नो राजा बन्न दिनुभयो भने (अर्थात् तपाईंको जीवनको हरेक कुराले अधिकार उहाँलाई नै सुम्पिदिनुभयो भने), के यसले तपाईंको जीवनमा केही भिन्नता ल्याउनेछ? के तपाईंको बोलीमा, तपाईं कहाँ जाने वा नजाने सम्बन्धमा, तपाईंले के गर्ने वा नगर्ने सम्बन्धमा परिवर्तन ल्याउने छ?

के तपाईंले सार्वजनिकरूपमा (मानिसहरूका सामु) अरुहरूलाई येशू ख्रीष्ट तपाईंको व्यक्तिगत मुक्तिदाता र राजा हुनुहुन्छ भनेर बताउनुभएको छ? छैन भने, मण्डली सभाको साक्षी बाँड्ने समयमा किन सो बताउनलाई मौका नलिने? यदि साँच्चै नै उहाँ तपाईंको जीवनको राजा हुनुहुन्छ भने, त्यो अरुलाई पक्कै पनि बताउनुहोस्!

भजनसंग्रहको लेखकसँगै मैले भन्न सक्नुपर्छ,

“परमप्रभु, मेरा _________ अनि मेरो ______________” (भजनसंग्रह ८४:३)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

प्रतिज्ञा गरिएको देशभित्र प्रवेश

प्रतिज्ञा गरिएको देशभित्र प्रवेश

 

परमप्रभुको ठूलो सामर्थ्यले इस्राएलका सन्तान मिश्र देशदेखि बाहिर निकालिए (पाठ ४ हेर्नुहोस्)। इस्राएललाई त्यसरी निकाल्नुमा परमेश्वरको उद्देश्य के थियो? परमेश्वरले किन उनीहरूलाई बाहिर निकाल्नु भयो? उनीहरूलाई मिश्रदेखि बाहिर प्रस्थान गराएर परमेश्वरले यी मानिसहरूका निम्ति के गर्न चाहनुहुन्थ्यो?

व्यवस्था ४:३७-३८ लाई विचार गरौं। “उहाँले (प्रमप्रभुले) तिमीहरूका पिता-पूर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्नुभएकोले उहाँले आफ्नो उपस्थितिद्वारा र आफ्नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि ________________। तिमीहरूले आफूभन्दा महान् र शक्तिशाली जातिहरूको देशमा __________ ________ अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ।” परमेश्वरले उनीहरूलाई भित्र ल्याउनका लागि पहिले बाहिर निकाल्नुभयो। परमेश्वर उनीहरूलाई असल कुरा दिन चाहनुहुन्थ्यो। परमेश्वर उनीहरूलाई एउटा भूमि दिन चाहनुहुन्थ्यो। व्यवस्था को छैटौं अध्यायमा यो उल्लेख छ। त्यहाँ पद २१ बाट हामी जान्दछौं कि परमप्रभुले इस्राएलका सन्तानलाई मिश्रबाट आफ्नो बाहुबलले __________ ______________। परमेश्वरले किन उनीहरूलाई निकाली ल्याउनुभयो? पद २३ मा हेर्नुहोस्: “हाम्रा पिता-पूर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ________________ उहाँले हामीलाई त्यहाँबाट निकाल्नुभयो।”परमेश्वरले उनीहरूलाई भित्र ल्याउनको लागि पहिले बाहिर निकाली ल्याउनुभयो। बाहिर जाने काम पहिलो खुड्किला मात्र हो। भित्र आउने काम चाहिँ दोस्रो खुड्किला हो जुन खुड्किला नटेके सम्म परमेश्वरको उद्देश्य पूरा भएको हुँदैन। मिश्रबाट बाहिर निस्केर मात्र पुग्दैन! प्रतिज्ञा गर्नुभएको देशभित्र पस्न आवश्यक छ!

इस्राएलका सन्तानले पहिलो कदम (खुड्किला) लिए तर दोस्रो कदमचाहिँ लिएनन्। अविश्वासको कारणले उनीहरू प्रतिज्ञाको देशभित्र पस्न सकेनन् (हिब्रू ३:१९ हेर्नुहोस्)। परमेश्वरले इस्राएलीहरूलाई दिन चाहनुभएको देश एक “अ ________ देश” (प्रस्थान ३:८) थियो, “__________ र __________ बग्ने देश” (प्रस्थान ३:८) थियो। त्यो असल र उर्वरा भूमिको सुन्दर विवरण व्यवस्था ११:९-१२ मा पाइन्छ।

इस्राएलीहरू मिश्रबाट निस्केर आएपछि उनीहरूले प्रतिज्ञाको देशको बारेमा सुनेका सुन्दर बयानहरू सत्य रहेछन् कि रहेनछन् भनी जान्न उनीहरूले आफ्ना गुप्तचरहरूलाई उक्त देशको खोजीनीति गर्न पठाए। उनीहरूले के पत्ता लगाए?

गन्ती १३:२१-२९, ३२-३३ पढ्नुहोस् र ठीक भनाइका अगाडि “ठीक” लेख्‍नुहोस्।
______ उनीहरूले एउटा बाँझो मरूभूमि भेट्टाए।
______ उनीहरूले एउटा उर्वरा देश भट्टाए जहाँ अङ्गुर, नेभारा तथा अन्य फलफूलहरू थिए।
______ उनीहरूले दूध र मह प्रशस्त पाइने देश भेट्टाए।
______ उनीहरूले त्यो देशमा कुनै पनि शत्रु भेट्टाएनन्, केवल शान्त स्वभावका गोठालाहरू भेट्टाए।
______ उनीहरूले ठूला-ठूला पर्खालहरूले घेरिएका शहरहरू भेट्टाए।
______ उनीहरूले त्यहाँ अति मिलनसार मानिसहरू वास गरेको भेट्टाए जसले उनीहरूलाई खुशीसाथ स्वागत गर्न तयार थिए।
______ उनीहरूले त्यो देश हित्ती, यबुसी, अमोरी र परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले बास गरेको भेट्टाए।
______ उनीहरूले त्यो देशमा ठूला-ठूला कदका मानिसहरू भेट्टाए।

उनीहरूलाई देश त मन पर्‍यो तर त्यो देशका बासिन्दाहरू भने मन परेन! त्यहाँका बासिन्दाहरूदेखि उनीहरू त्रसित भए (एकदम डराए)। परमेश्वरले उनीहरूलाई विजय दिन सक्नुहुन्छ भनी उनीहरूले विश्वासै गरेनन्। अविश्वासको कारण उनीहरू गलत सोचाइमा पुगे। परमेश्वरले उनीहरूलाई मिश्रबाट निकालेर यो नौलो देशमा मार्न ल्याउनुभएको हो क्यारे भन्ने गलत सोचाइमा उनीहरू पुगे (गन्ती १४:३)। अब उनीहरू मिश्रमा फर्केर जान चाहे (गन्ती १४:४)। परमेश्वरले उनीहरूलाई आफूले प्रतिज्ञा गर्नुभएको देश भित्र सुरक्षासाथ पुर्‍याउन सक्नुहुन्छ भनेर विश्वास गर्नेहरू केवल दुई जना (कालेब र यहोशू) थिए जब कि भूमिको भेद लिन गएकाहरू बाह्रजना थिए (गन्ती १४:६-८)। अविश्वासको यो पापको कारण परमेश्वरले इस्राएलका सन्तानमाथि कस्तो इन्साफ ल्याउनु भयो (गन्ती १४:२६-३५)? ______________________ ________________________________________________________________ ________________________________________________________________।

“ठीक” कि “बेठीक” छुट्टयाउनुहोस्।
______ शत्रुहरूद्वारा मारिऊन् भनेर परमेश्वरले उनीहरूलाई मिश्रबाट निकालेर प्रतिज्ञा गर्नुभएको देशभित्र ल्याउनुभयो।
______ मिश्रमा फर्केर जाऊन् भनेर परमेश्वरले उनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो।
______ आफ्नो दुष्टपूर्ण अविश्वासको कारण उजाड-स्थानमा मरून् भनेर परमेश्वरले उनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो।
______ आफूले प्रतिज्ञा गर्नुभएको देशभित्र पुर्‍याउन परमेश्वरले उनीहरूलाई मिश्र देशबाट निकाली ल्याउनुभयो।

उजाड-स्थानमा ४० वर्ष बिताएपछि (गन्ती १४:३२-३४) इस्राएलका सन्तानहरू यहोशूको नेतृत्वमा प्रतिज्ञा गरिएको देशभित्र प्रवेश गरे। त्यहाँ परमेश्वरले उनीहरूलाई ठूला-ठूला विजयहरू दिनुभयो। आफ्ना शत्रुहरूलाई पराजित गर्न, त्यो देशमा आफ्नो बसोबास जमाउन उनीहरूलाई सामर्थ्य दिनुभयो। इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशलाई कब्जा गरेको घटनाको बयान बाइबलको कुन पुस्तकमा छ? __________________।

एक व्यक्तिलाई उद्धार गर्नुहुँदा परमेश्वरले यस्तै कार्य गर्नुहुन्छ। उस लाई भित्र ल्याउनका लागि पहिले बाहिर निकाली ल्याउनु हुन्छ! तलको सूचीलाई विचार गरौं। यदि उल्लेखित शब्द वा वाक्यांशले परमेश्वरले तपाईंलाई कुनै कुराबाट निकाल्नुभएको कुराको बयान गर्छ भने त्यहाँ “बाट” लेख्‍नुहोस्। यदि त्यो शब्द वा वाक्यांशले परमेश्वरले तपाईंलाई कुनै कुराभित्र ल्याउनु भएको कुराको बयान गर्छ भने “भित्र” लेख्‍नुहोस्।

मृत्यू बाट मृत्यु   बाट    (यूहन्ना ५:२४)
जीवन   भित्र    (यूहन्ना ५:२४)
अन्धकार________(१ पत्रुस २:९)
ज्योति________(१ पत्रुस २:९)
परमेश्वरको प्रिय पुत्रको राज्य________(कलस्सी १:१३)
अन्धकारको सामर्थ्य________(कलस्सी १:१३)
धन________(२ कोरिन्थी ८:९)
गरिबी________(२ कोरिन्थी ८:९)
पापको दासत्व________(रोमी ६:१७)
परमेश्वरको सेवा________(रोमी ६:२२)
दिन________(१ थेस्सलोनिकी ५:५)
रात________(१ थेस्सलोनिकी ५:५)
बन्धन________(गलाती ५:१)
स्वतन्त्रत________(गलाती ५:१)
स्वस्थ्य________(लूका ५:३०-३२)
रोग________(लूका ५:३०-३२)

परमेश्वरले विश्वासी जनका निम्ति सुन्दर र असल कुराहरू साँचेर राख्‍नुभएको छ। परमेश्वर आफ्ना प्रत्येक छोराछोरीले उनीहरूलाई दिइएका कुराहरू आफ्ना निम्ति अपनाएको वा व्यक्तिगतरूपमा प्राप्‍त गरेको चाहनुहुन्छ। परमेश्वरले विश्वासी जनलाई कस्ता कुराहरू दिनुभएको छ जुन कुराहरूलाई हामीले व्यक्तिगत रूपमा अपनाएर ती कुरामा आनन्दित भएको चाहनुहुन्छ?

१) यूहन्ना १४:२७
२) मत्ती ११:२८
३) यूहन्ना १५:११
४) २ तिमोथी २:७
५) याकूब १:५
६) १ कोरिन्थी १:४
७) १ कोरिन्थी १५:५७
शा __________
वि __________
आ __________
स __________
ब __________
अ __________
वि __________

अन्तमा रोमी ८:३२ र २ पत्रुस १:३ — स__________ कु__________

परमेश्वरले हामीलाई कति प्रशस्त दिनुभएकोछ! तर दुःखको कुरा, विश्वासीहरू प्रायः परमेश्वरको सम्पूर्ण प्रबन्धमा प्रवेश गर्दैनन्। के तपाईंले त्यस्ता विश्वासीहरू देख्‍परमेश्वरले हामीलाई कति प्रशस्त दिनुभएकोछ जोसँग ती सबै कुराहरू छैनन् जुन कुराहहरू उनीहरूसँग हुनु परमेश्वरको इच्छा हो र उनीहरूसँग हुनुपर्ने कुराहरू हुन्? परमेश्वरले हामीलाई उहाँको अचम्मको इश्वरीय जीवनको आनन्दभित्र ल्याउन चाहनुहुन्छ। हामीलाई दिइएका कुराहरू प्राप्‍त गर्नबाट हाम्रा शत्रुहरूले (संसारले, शरीरले वा शैतानले) हामीलाई नरोकेका होऊन्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)