पुनरूत्थित प्रभुको प्रचार
पुनरूत्थित प्रभुको प्रचार
पुनरूत्थित प्रभुको प्रचार
(प्रेरित)
सुसमचारका चार पुस्तकहरूको पछाडि पाँचौं स्थानमा रहेका नयाँ नियमको पुस्तकलाई प्रेरित अथवा प्रेरितहरुका काम भन्ने नाम दिइएको छ। यो पुस्तक लुकाको सुसमाचार लेख्ने व्यक्तिले नै लेखेका हुन् (हेर्नुहोस्, कलस्सी ४:१४ “प्रिय _______ _________”)। यो पुस्तक, सुसमाचारका चार पुस्तकहरू जस्तै एक इतिहासको पुस्तक हो। सुसमाचारका पुस्तकहरूले करिब साँढे ३ वर्षको अविधि (येशूको बप्तिस्मादेखि उहाँको मृत्यु, पनरुत्थान र स्वर्गारोहण) लाई समेटेको छ भने प्रेरितको पुस्तकले करिब ३० वर्षको अवधि (ई सं ३० मा मण्डलीको शुरूआत वा जन्मदेखि लगभग ई सं ६१ सम्म जब पावल रोममा एक कैदीको रूपमा आइपुगेको अवधि) लाई समेटेको छ।
माथिको तथ्यहरूलाई यसरी चित्रमा उतार्न सकिन्छ:

प्रेरितहरूका कामलाई येशू ख्रीष्टका कामहरू भनेपनि हुन्छ किनकि आफ्ना चुनिएका प्रेरितहरूद्वारा काम गर्नुहुने चाहिँ पुनरुत्थित येशू नै हुनुहुन्थ्यो (हेर्नुहोस् पृष्ठ ३ मा)। मर्कूस १६:१९-२० लाई ध्यानपूर्वक पढ्नुहोस्। मर्कूस १६:१९ अनुसार येशूलाई के भयो ___________ ____________________________। येशू स्वर्गमा हुनुहुन्थ्यो तरै पनि के उहाँ सक्रिय रूपमा काम गर्दैहुनुहुन्थ्यो (मर्खूस १६:२०)? ___________________________। मत्ती २८:१९ मा येशूले आफ्ना प्रेरितहरूलाई “जाओ, र सबै जातिहरूलाई चेला बनाओ” भन्नुभयो। के उनीहरूळे यो काम आफैं गरून् भन्ने येशूले चाहनुभएको थियो (मत्ती २८:२०)? ________________________।
हो, येशू ख्रीष्ट आज सक्रिय रूपमा का गर्दैहुनुहुन्छ। तर आफ्नो काम गर्नलाई उहाँलाई इच्छुक हातहरू, मुखहरू, जिब्राहरू, खुट्टाहरू र दिमागहरू आवश्यकता छ किनभने उहाँ मानिसहरूद्वारा काम गर्नुहुन्छ जसरी उहाँ पत्रुस, स्टफनस, फिलिप र पावलद्वारा काम गर्नुभयो। के तपाई जीवित प्रभुलाई तपाईद्वारा काम गर्न दिँदैहुनुहुन्छ (हेर्नुहोस्, फिलिप्पी २:१३; हिब्रू १३:२१)?
प्रेरितको पुस्तक पढ्ने क्रममा हामीले यो याद गर्नुपर्छ कि पुनरुत्थित ख्रीष्ट पवित्र आत्माको सामर्थ्यद्वारा विश्वासीहरूभित्र अनि विश्वासीद्वारा काम गर्दैहुनुहुन्छ।
प्रेरित १:४ मा येशूले प्रेरितहरूलाई कतै नजान र केही नगर्न तर पिताको प्रतिज्ञाको निम्ति __________ आज्ञा दिनुभयो। उनीहरूको काम केवल शान्त बस्नु र पवित्र आतमाको आगमनलाई पखर्नु थियो।
यूहन्नाको सुसमाचारमा यूहन्ना १४,१५ र १६ अध्यायहरूलाई सरसरती हेर्नुहोस् अणि पवित्र आत्मा (शान्तिदाता) लाई पठाउनेछु भन्ने परमेश्वरका प्रतिज्ञाहरूलाई भेट्टाउनुहोस्:
यूहन्ना १४, पदहरू _________________________________________
यूहन्ना १५, पदहरू _________________________________________
यूहन्ना १६, पदहरू _________________________________________
पवित्र आत्मा नआउनुभएसम्म येशूको निम्ति जिउन र उहाँका साक्षीहरू हुन त्यहाँ कुनै सामर्थ्य नै हुनेथिएन (हेर्नुहोस् लुका २४:४९ र प्रेरित १:८)। पवित्र आत्माबिनै परमेश्वरको काम गर्नु खोज्नु पेट्रोलबिना गाडी चलाउन खोज्नु वा ब्याट्रीबिना टर्च लाइट बाल्न खोज्न जत्तिकै हो। त्यो असम्भव कुरो हो। विश्वासिलाई उर्जा र शक्ति नितान्त आवश्यक छ नत्रता उसले कुनै सफलता हासिल गर्नेछैन। प्रभुबिना एक विश्वासीले कति काम गर्न सक्छ (यूहन्ना १५:५)___________________________________।
आखिरमा पेन्टेकोस्टको दिनमा (येशू स्वर्ग फर्केर जानुभएको १० दिनपछि) पवित्र आत्मा आउनुभयो र मण्डलीको जन्म भयो। तपाई पवित्र आत्माको आगमन बारे प्रेरित अध्याय २ मा पढ्न सक्नुहुन्छ। परमेश्वर आफ्ना चेलाहरूमा बास गर्न र ख्रीष्ट जीवित हुनुहुन्छ भनी संसारलाई देखाउनलाई उनीहरूलाई चाहिने सामर्थ्यी दिनलाई आउनुभयो।
मण्डलीको जन्म हुनसाथ त्यो बढ्न थाल्यो। शुरूको मण्डलीको वृद्धिलाई निम्न पदहरूले कसरी दर्शाउँछ?
प्रेरित २:४१
______________________________________
प्रेरित २:४७
______________________________________
प्रेरित ४:४
______________________________________
प्रेरित ५:१४
______________________________________
प्रेरित ६:७
______________________________________
प्रेरित ११:२१
______________________________________
प्रेरित १२:२४
______________________________________
प्रेरित १६:५
______________________________________
प्रेरित १९:२०
______________________________________
शुरूको मण्डली त्यसरी स्वस्थ हुनुको कारण के थियो? त्यसको सफलताको सहस्य के थियो? सतावट र संकटको बीचमा पनि तिनीहूरू बढ्नु र संख्यामा वृद्धि हुनुको कारण के थियो?
प्रेरितको पुस्तक पढ्ने र अध्ययान गर्ने क्रममा शुरूका ख्रीष्टियानहरू बलिया हुनुमा त्यहाँ कम्तिमा तीनओटा कारणहरू पाउँछौ:
- क) उनीहरू प्रार्थनाका पुरूष र स्त्रीहरू थिए
- ख) उनीहरूलाई परमेश्वरको वचन खुवाइनथ्यो र सिकाइन्थ्यो
- ग) उनीहरूले साहससित परमेश्वरको वचनलाई प्रचर गर्थे र अरूहरूलाई प्रभुको बारेमा बताउँथे
माथि उल्लेखित तीनओटा मध्येका मिल्ने बुँदाको अक्षर वा अक्षरहरूलाई तलका प्रत्येक पदहरूका अगाडि लेख्नुहोस् पहिलो तीनओटा चाहिँ उदाहरणस्वरूप गरिएका छन्:

तपाई कसरी एक स्वस्थ विश्वासि बन्न सक्नुहुन्छ? एक स्थानीय मण्डली कसरी एक स्वस्थ मण्डली बन्न सक्दछ?
अघिबाटै उल्लेख गरिएझैं यो पुस्तकलाई प्रेरितहरूका काम भनिन्छ। पहिलो बाह्र अध्यायहरू (प्रेरित १-१२) मा प्रेरित पत्रुस मुख्य व्यक्तित्वको रूपमा पाइन्छ। बाँकी पुस्तक (प्रेरित १३-२८) मा प्रेरित पावललाई मुख्य व्यक्तित्वको रूपमा पाइन्छ। पत्रुसको, यहूदीहरू (खतना) का निम्ति विशेष सेवाकाइ थियो अनि पावलको चाहिँ अन्यजातिहरू (बेखतना) का निम्ति विशेष सेवाकाइ थियो- हेर्नुहोस् गलाती २:७-८।

प्रेरितको पुस्तकको प्रवाह बुझ्नलाई यहूदीहरू, अन्यजातिहरू र सामरीहरूको बीचको भिन्नतालाई बुझ्नपर्छ। यहूदीहरू ती हुन जो अब्राहाम, इसाहक र याकूबबाट जन्मेका हुन्छन् अनि अन्यजातिहरू ती हुन् जो हिनिहरूबाट जन्मेका होइनन्। सामरीहरू एक मिश्रित जाति (आधा यहूदी र आधा अन्यजाति) हुन् जो इस्राएलको पहिलेको इतिहासमा यहूदी र अन्यजातिको बिचमा विवाहबाट आएका थिए।
प्रेरितको पुस्तको चावी पद प्रेरित १:८ हो। यस पदमा पुस्तककै रूपरेखा पाइन्छ:
सबै जातिहरूका बिच सुसमाचारको विस्तार स्वर्गमा फर्की जानु अघि प्रभु येशूले आफ्ना चेलाहरूलाई एकै वाक्यमा आफ्नो नयाँ कार्य क्रमको संक्षिप्त रूपरेखा बताउनुभयो जसमा उहाँको आफ्नो मण्डली _____________ने (मत्ती १६:१८) र आफ्नो नामको निम्ति एउटा ________ लाई बोलाउने योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा प्रष्ट पार्नुभयो। उक्त पद प्रेरित १:८ मा पाइन्छ अनि यसलाई “प्रेरितको पुस्तकको सारांश” भन्न सकिन्छ। ख्रीष्टले यस पदमा उहाँका सा ____________ निम्न स्थानहरूमा हुनेछन् भनी सिकाउनुभयो:
- यरूशलेममा – यो थियो उदगमस्थल (हेर्नुहोस् लुका २४:४९) – (प्रेरित २ – प्रेरित ७)
- सारा यहूदीयामा – यहूदीहरूको मातृभूमीमा – (प्रेरित ८:१-४)
- सामरियामा – सामरीहरूको मातृभूमीमा – (प्रेरित ८:५-२५)
- संसारको छेउसम्म – अन्यजातिहरूको मातृभमिमा – (प्रेरित ८:२६ – प्रेरित २८)
प्रेरि १:८ राम्ररी बुझ्नलाई तलको मानचित्रलाई पुरा गर्नुहोस् (आफ्नो बाइबलको पछाडिपट्टिका मानचित्रहरूमा हेर्न सक्नुहुन्छ):
प्रारम्भिक चरणमा (प्रेरित २) मण्डली पूर्णरूपमा यहूदी विश्वासीहरूले बनेको थियो (तुलना गर्नुहोस् प्रेरित २:५)। आज मण्डली प्राय: बचाइएका अन्यजातिहरूले बनेको छ।आज मण्डलीमा बचाइएका यहूदीहरू पनि छन् तर यो, बचाइएका अन्यजातिहरूको तुलनामा नगन्य छ। यस्तो ठूलो परिवर्तन कसरी आयो? यहूदीहरू विश्वासीहरूको संख्या घट्नु र अन्यजाति विश्वासीहरूको संख्या बढ्नुको कारण के थियो? प्रेरितको पुस्तकले यसलाई प्रस्ट्याएको छ (उदाहरणको लागि हेर्नुहोस् प्रेरित १३:४६-४७; १८:६; २८:२८)।
शुरूका ख्रीष्टियनहरूले विश्वास गरेको र प्रचार गरेको महान् सन्देश के थियो जसको लागि उनीहरू मर्न समेत तयार थिए हेर्नुहोस् प्रेरित २:४२; २:३२; ३:१५; ३:२६; ४:२६; ४:२; ४:१०; ४:३३; ५:३०; १०:४०; १३:३०; १३:३३; १७:१८; १७:३१; २६:२३; इत्यादि)? _____________________________________। आज हामी पनि ख्रीष्टको पुनरूत्थानको साक्षीहरू हौं (प्रेरित १:८)। हामीसित एक जिउँदो प्रभु हुनुहुन्छ भनी हामीले संसारलाई कसरी देखाउन सक्छौ? हामी पुनरूत्थित मुक्तिदाताको सेवा गर्छौं भनी अरूहरूले कसरी देख्न सक्छन्? आज येशू ख्रीष्ट जीवित हुनुहुन्छ मैले आफ्ना साथीहरू र छिमेकीहरूलाई कसरी देखाउन सक्छु?
यी प्रश्नहरूको जवाफ दिनलाई निम्न पदहरूलाई विचार गर्नुहोस्:
- १) रोमी ६:४,५,११,१३ ४) २ कोरिन्थी ५:१५
- २) गलाती २:२० ५) हिब्रू १३:२०-२१
- ३) २ कोरिन्थी ४:८-११
के हामी कहिलेकाहीँ ख्रीष्ट एक मृतक भएझै र हामीभित्र पवित्र आत्मा नजिउनुभएझै जीउँछौं? यदि पवित्र आत्मा केही दिनका लागि एक्कासी संसार छोडेर जानुभएको खण्डमा के हामीले त्यहाँ कुनै भिन्नता महसुस गर्नेथियौं होला? के हामीसित प्रभुको निम्ति शुरूको मण्डलीको जस्तै आनन्द, जोश,साहस र प्रेम छ? के प्रेरितको पुस्तकमा उल्लेखित मण्डलीहरू र आजका मण्डलीहरू (बाइबल विश्वास गर्ने समेत) को बिचमा अन्तर पाइन्छ?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)