ग्रीष्म यामको कुनै दिनमा तपाईंले खुल्ला मैदानतिर आफ्ना आँखाहरू उठाएर हेर्नुभयो भने तपाईंले त्यहाँ माहूरीहरू भुनभुनाउँदै यताउता उडिरहेका देख्नुहुनेछ। अनि पुतलीहरू पखेटा फ्याटफ्याट गर्दै मानौं फ्याँकिएका पातजस्तै दिशाहीन भई यताउता उडिरहेका तपाईंले देख्नुहुनेछ।
परागसेचन परमेश्वरको एउटा उदेकको आश्चर्यकर्म हो जसद्वारा एउटा फूलका परागकण अर्को फूलका अविकसित बीजहरूसित मिलेर विकसित बीजहरू उत्पन्न गर्दछन् जसबाट अझ अरू फूलहरू उत्पन्न हुन्छन्।