परागसेचन

बालबालिका विशेष

ग्रीष्म यामको कुनै दिनमा तपाईंले खुल्ला मैदानतिर आफ्‍ना आँखाहरू उठाएर हेर्नुभयो भने तपाईंले त्यहाँ माहूरीहरू भुनभुनाउँदै यताउता उडिरहेका देख्नुहुनेछ। अनि पुतलीहरू पखेटा फ्याटफ्याट गर्दै मानौं फ्याँकिएका पातजस्तै दिशाहीन भई यताउता उडिरहेका तपाईंले देख्नुहुनेछ। सतहमा देख्दा अर्थहीन जस्तो तपाईंलाई लागे तापनि वास्तमा यी कुरा वैज्ञानिक ढङ्गले अति नियमपूर्वक हुने एउटा प्रक्रियाका भाग हुन् जुन प्रक्रिया एउटा आश्चर्यकर्म नै हो। यसलाई परागसेचन भनिन्छ।

एउटा फूलको सबैभन्दा मसिनो अङ्गलाई हेर्दा समेत त्यो आफ्‍नै जातअनुसारका अरू फूल उत्पादन गर्ने प्रमुख उद्देश्य पूरा गर्न रचना गरिएको देखिन्छ। हरेक अङ्गको रङ्ग, वासना, रूप, लमाइ र आकार सिद्धरूपमा यही उद्देश्यसित मिलेको पाइन्छ।

परागसेचनको समस्यालाई विचार गर्नुहोस्: फूलहरू उत्पन्न गर्न सक्ने बीजहरू विकास हुनलाई अति साना अविकसित बीजहरूिसत ठीक समयमा ठीक किसिमका सुक्ष्म पराग कणहरूको मिलन हुनुपर्छ। एउटा परागकणले आफ्‍नो काम गर्न सक्न त्यो केवल एक दुई घण्टा मात्र जीवित र सक्रिय रहन्छ। उक्त परागकणलाई  केही ईञ्च पर मात्र पुर्‍याइनुपर्ने हुन सक्छ अथवा त्यसलाई कैयौं किलोमीटर पर पुर्‍याइनुपर्ने पनि हुन सक्छ। यो उदेकको काम सम्पन्न हुन सक्नलाई परमेश्वरले हावा र किराहरूको रचना गर्नुभएको छ।

एकजना वैज्ञानिकले आफ्‍नो क्यामेरा एउटा फूलको केवल दुई ईञ्चको भागमाथि फोकस गरेर हेरेको थियो। उसले त्यहाँ प्रत्येक पाँच सेकेन्डमा एउटा किरा टुप्लुक्क आइपुगेको देख्यो। आठ घण्टाको अवधिभित्रमा त्यहाँ ५७६० पाहुनाहरू आइपुग्न भ्याए! कमिला एक मीनटमा एउटा आएको थियो। एउटा बारुला स्वाट्ट आइपुगेको थियो र एउटा कमिलोले उसलाई उसका पाउमा टेक्यो भनेर त्यसले खच्चरले जस्तै लात हान्यो! फूलहरूका केवल दुई ईञ्चभित्र यति धेरै काम भइरहेको छ! छुँदा र हल्लँदा परागकणहरू खस्छन् र तिनले आफ्‍नो काम गर्न पाउँछन् जसको फलस्वरूप बीजहरू बढ्न थाल्छन्।

हामीले एउटा शब्द प्रयोग गर्ने गर्छौं: संरक्षण। यो भनेको परमेश्वरले रचना गर्नुभएका प्रकृतिका ती नियम र सिद्वान्तहरू हुन् जसद्वारा सबै कुरा चलिरहन्छन्, जीवनलाई पाल्ने काम भइरहन्छ, एक पुस्तादेखि अर्को पुस्तासम्म जीवहरूको निरन्तरता रहिरहन्छ। परमेश्वरले सबै जीवित प्राणीहरू तिनका एक-एक अङ्गहरू र विशिष्ट रचनाहरू केवल बनाउनुभयो भन्ने मात्र होइन उहाँले ती सब जीवित प्राणीहरूलाई चलिरहने र काम गरिरहने तुल्याइरहनुहुन्छ भन्ने हो। परमेश्वर पालनहार हुनुहुन्छ। परमेश्वर संरक्षक हुनुहुन्छ।

भजनसङ्ग्रह १२१ मा भजन लेखकले लेखे:

“पहाडहरूतिर म मेरा आँखाहरू उठाउँछु; मेरो सहायता कहाँबाट आउँछ? मेरो सहायता परमप्रभुबाट नै आउँछ, जसले आकाश र पृथ्वी बनाउनुभयो। उहाँले तिम्रो पाउ चिप्लन दिनुहुनेछैन; तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँग्नुहुनेछैन। हेर, इस्राएललाई रक्षा गर्नुहुने उँग्नुहुनेछैन, न निदाउनुहुनेछ। परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ; परमप्रभु नै तिम्रो दाहिने हातपट्टि तिम्रो छहारी हुनुहुन्छ। दिनको समयमा सूर्यले तिमीलाई पोल्नेछैन, न ता रातको समयमा चन्द्रमाले प्रहार गर्नेछ। परमप्रभुले तिमीलाई सबै खराबीबाट रक्षा गर्नुहुनेछ; उहाँले तिम्रो प्राणको सुरक्षा गर्नुहुनेछ। परमप्रभु तिम्रो जावत-आवत अहिलेदेखि सदा-सर्वदा रक्षा गर्नुहुनेछ।”

हामी परमेश्वरलाई धन्यवाद दिइरहौं कि उहाँले फूलको एक-एक मसिनो कुराको रचना गर्न कति धेरै ध्यान पुर्‍याउनुभयो अनि हावा र किरा फटेङ्ग्राहरूको रचना गर्नुभयो जसद्वारा आँखाले देख्न नसकिने परागकणहरूलाई ठीक समयमा ठीक ठाउँमा पुर्‍याउन बन्दोबस्त गर्नुभयो ताकि बीज उत्पादन हुन सकोस्। यही परमेश्वरले झन् कति बढ्ता गरी आफ्‍ना प्रिय जनहरूसित ध्यानपूर्वक व्यवहार गर्नुहुन्छ र उनीहरूलाई वास्ता गर्नुहुन्छ।

के तपाईं उहाँको हुनुहुन्छ? के तपाईं उहाँका जनहरूमध्येका हुनुहुन्छ?

Translated and published with permission from bibleline.org

माहुरी

रागसेचन परमेश्वरको एउटा उदेकको आश्चर्यकर्म हो जसद्वारा एउटा फूलका परागकण अर्को फूलका अविकसित बीजहरूसित मिलेर विकसित बीजहरू उत्पन्न गर्दछन् जसबाट अझ अरू फूलहरू उत्पन्न हुन्छन्।

माहुरीहरू परागसेचनका प्रमुख इञ्जिनियरहरू हुन्। हामीले देखेका आधा जति सुन्दर फूलहरू हराएर जाने थिए यदि उनीहरू नभएका भए। मह बनाउने माहुरी (honeybee) ले परागकणहरू आफ्‍ना बच्चालाई खुवाउँछ। उसले अन्य किसिमको मौरीले भन्दा धेरै काम गर्छ र अरूले भन्दा बढी इलाका चहार्छ। भमरा (bumblebee) को भन्दा माहुरीका पराग-झोलाहरू उत्तम हुन्छन्। यी झोलाहरू उसका पछाडिका खुट्टाहरूमा दह्रिलो झूसका पङ्ति-पङ्तिले बनेका हुन्छन्। यी रौंका बीच महले भिजाइएका परागकणहरू टनाटन खाँदेर माहुरीले १ लाख कण भएको परागको डल्लो जम्मा पार्न सक्छ जुनचाहिँ ६ मिलीमिटर सम्म ठूलो हुन सक्छ।

माहूरीहरू यति छिटो काम गर्छन् कि हामीलाई छक्क लाग्छ। आफ्‍नो नाक एउटा फूलदेखि अर्को फूलभित्र घुसाउँदै माहुरीले एक मिनेटमा ३० ओटा जति फूलमा परागसेचन गराउन सक्दछ!

सामान्यतया माहुरीहरूले एउटा यात्रामा एउटै मात्र किसिमको फूलबाट जम्मा गर्ने गर्छन्। जस्तै, उस्तै खालको बैजनी रङ्गका दुई फरक-फरक फूलहरू नजिक-नजिक फूलिरहेको ठाउनेर आएर माहूरीहरू हावामा एकअर्कासित झण्डै-झण्डै ठोकिन पुग्लान् तर गलत फूलको परागकणलाई छुन भने एउटै माहूरी पनि जाँदैन।

कसले सिकायो यी माहुरीलाई? कुन किताब पढे होलान् तिनले? कहाँको स्कूलमा पढे तिनीहरू? उनीहरूलाई कसैले सिकाएन। उनीहरूले कहिल्यै सिकेका होइनन्। जन्मँदा नै उनीहरूभित्र यस्तो ज्ञान लिएर आए। उनीहरूले खास रोज्न सक्दैनन्। सुरुबाटै उनीहरूको निम्ति जे उद्देश्य र योजना थियो त्यसैलाई पूरा गर्न  उनीहरू खुशी छन् र त्यसैमा सन्तोष मान्छन्।

तर प्रिय मित्र, तपाईं माहूरीभन्दा फरक हुनुहुन्छ। तपाईंको एउटा उद्देश्य छ तर उक्त योजना र उद्देश्य पूरा गर्न सक्न तपाईं जन्मनुहुँदा त्यो ज्ञान लिएर आउनुभएन। तपाईंले रोज्नुपर्छ। परमेश्वरले मानिसको निम्ति यस्तो योजना गर्नुभयो र उद्देश्य राख्नुभयो कि मानिसहरू उहाँजस्तै होऊन्। यसको माने तिनीहरूले आफ्‍ना भावना, विचार र इच्छाको प्रयोगद्वारा मानिसहरूले परमेश्वरलाई प्रतिबिम्बित गर्नुपर्छ र उहाँलाई दर्शाउनुपर्छ।

हामीले परमेश्वरको विरोधमा विद्रोह गरेर, हाम्रा आफ्‍नै इच्छाहरूलाई, आफैलाई र शैतानलाई दर्शाएर, हामीले परमेश्वरको स्वरूपलाई बिगारेका छौं अनि यसको परिणामस्वरूप संसार पाप र दुष्टता, रोगबिमार, दु:खकष्ट, र मृत्युले भरिएको छ। हामीले आफ्‍नो उद्देश्यलाई पूरा गरेका छैनौ अनि त्यसैले गर्दा हो हामीसित आनन्द र सुन्तुष्टि छैन।

तर परमेश्वरले आफ्‍नो पुत्रलाई पठाउनुभयो। उहाँ मानिसको शारीरिक स्वरूपमा आउनुभयो तर उहाँ अदृश्य परमेश्वरकै स्वरूप हुनुहुन्थ्यो, सिद्ध रूपमा उहाँलाई दर्शाउनुभयो र हामीले बिगारेको स्वरूपलाई ठीकठाक पार्न आउनुभयो। परमेश्वरको चिन्ने ज्ञानद्वारा मात्र हामीले हाम्रो उद्देश्य पूरा गर्न सक्छौं। अनि येशू ख्रीष्टद्वारा मात्र हामीले परमेश्वरलाई चिन्न सक्छौं।

अनि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून् — अनन्त जीवन यही हो” (यूहन्ना १७:३)

प्रभु येशू ख्रीष्टलाई आफ्‍नो मुक्तिदाता र प्रभु भनेर विश्वास गरेर तपाईंले आफ्नो उद्देश्य पूरा भएको पाउनुहुनेछ र आनन्द पाउनुहुनेछ।

“प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ” (प्रेरित १६:३१)

“न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ” (प्रेरित ४:१२)

हाबिल एक विश्वासका वीर

हाबिलको संसार बेग्लै थियो। उसका बाबुआमा अदनको बगैंचारूपी स्वर्गलोकमा बसेका थिए जहाँ कुनै कुराको कमी थिएन, कुनै किसिमको चिन्ता फिक्री थिएन। सबै कुरा राम्रो थियो। त्यहाँ कुनै समस्या वा कठिनाइ थिएनन्। तर अब, बगैंचादेखि बाहिर, त्यहाँ काँडा र लोहोंडेहरू थिए, पीडा र कष्ट थियो, कठिन परिश्रम र पसिना थियो। अवश्य नै त्यो बगैंचामा जीवन कस्तो थियो होला भन्ने बारेमा हाबिलसित धेरै प्रश्नहरू हुन्थे। त्यहाँ दिउँसोको शीतल क्षणमा परमेश्वर आदम र हव्वासित भेट गर्नुहुन्थ्यो। अब त उनीहरू परमेश्वरदेखि अलग भएका थिए। उनीहरूले उहाँसित खुल्लासित कुरा गर्न सक्दैनथे। उनीहरूले आफ्‍नो सम्बन्ध गुमाएका थिए। उनीहरू पापी भएकाले परमेश्वरको नजीकमा जान सक्दैनथे। उनीहरू आत्मिक रूपमा मरेका थिए। किनकि पापको ज्याला मृत्यु हो, परमेश्वरदेखि अलग हुनु हो। अब त परमेश्वरको नजीकमा पुग्न उनीहरूले एउटा पशुको बलिदान ल्याउनुपर्थ्यो। हाबिलले आफ्‍नै आँखाका सामु उसका बाबु आदमले एउटा पशुको बलिदान चढाएको देख्न सक्थ्यो। त्यो पशु आदमको सट्टामा मरेको हुन्थ्यो जब कि आदम मर्नुपर्नेथ्यो।

हाबिल समझमा बढ्दै गयो र उसले पनि आफू परमेश्वरबाट अलग भएको, मृत्युदण्ड पाउन योग्य पापी हुँ भन्ने कुरा महसुस गर्‍यो। उसलाई यो पनि थाहा भयो कि केवल परमेश्वरले मात्र उसको समस्या समाधान गर्न सक्नुहुन्छ। ऊ परमेश्वरकहाँ परमेश्वरकै उपायअनुसार आउनुपर्छ ठीक जसरी उसका बुबा आएका थिए। आदमले उसलाई परमेश्वरको बारेमा सिकाएका सत्यतालाई हाबिलले विश्वास गर्‍यो। प्राणको निम्ति प्राण दिएर तिर्नुपर्छ। त्यसैले विश्वासैद्वारा हाबिल आफ्‍नो बगाल भएको ठाउँमा गयो (किनकि ऊ एक गोठालो थियो) र उसले बगालको एउटा पाठो लियो र त्यसलाई परमेश्वरकहाँ बलिदान चढायो। त्यसको रगत बहाउँदा उसले यो स्वीकार गर्‍यो कि ऊ त्यो मृत्युदण्ड पाउन योग्य छ। हाबिलले आफ्‍नो बारेमा र आफ्‍नो पापको बारेमा र एउटा बलिदानको आवश्यकताको बारेमा, एउटा प्रतिस्थापक र मुक्तिदाताको बारेमा परमेश्वरलाई विश्वास गर्‍यो। अनि परमेश्वर हाबिलको विश्वाससित खुशी हुनुभयो। हाबिलले क्षमा पायो।

अब हाबिलको एकजना कैन नाम गरेको दाजु थियो। कैनलाई पनि आफ्‍नो पापको निम्ति एउटा बलिदान र प्रतिस्थापक चाहिन्छ भनेर थाहा थियो। प्राणको निम्ति तिर्न प्राणै चाहिन्छ भनेर उसलाई थाहा थियो तर एउटा पशु ल्याउनुको सट्टा र त्यसको प्राणको रगत बहाउनुको सट्टा कैनले उसले आफ्‍नो खेतबारीबाट आफ्‍नै हातका कामहरूबाटको उब्जनी ल्यायो (किनकि ऊ एक किसान थियो)। निश्चय नै उसले सबैभन्दा उत्तम फलफुल र सागसब्जी छान्यो तर ती उनकै उत्पादनका कुरा थिए। ती कुराले मृत्युद्वारा उसको प्राणको निम्ति तिर्न सक्दैनथे। परमेश्वर कैनको बलिदानसित खुशी हुन सक्नुहुन्नथ्यो। तिनमा जीवनको रगत थिएन। रगत नबगाईकन पाप-क्षमा हुँदैन (हिब्रू ९:२२)।

संसारमा भएका सबै मानिसहरू यी दुईजना दाजुभाइ जस्तै छन्। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुन गएका छन् (रोमी ३:२३)। हामी हरेकलाई एकजना मुक्तिदाताको खाँचो छ, अर्थात् परमेश्वरको विरुद्धमा हाम्रा पापको समस्याको निम्ति समाधानको उपायको खाँचो छ। जोहरू परमेश्वरको उपायअनुसार आउँछन् अर्थात् आफ्‍नो बारेमा, पापको बारेमा र मुक्तिदाताको बारेमा परमेश्वरको वचनलाई विश्वास गर्दै आउँछन्, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दै आउँछन् उनीहरूलाई परमेश्वरले ग्रहण गर्नुहुन्छ, उनीहरूले पापको क्षमा र अनन्त जीवन पाउँछन् किनकि येशू नै संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा वा पाठो हुनुहुन्छ किनभने त्यसैका लागि उहाँले क्रूसमा आफ्‍नो रगत बहाउनुभयो र मर्नुभयो र चिहानबाट बौरेिउठ्नुभयो। तर जोहरूले आफ्‍नै कामहरू, असल कामहरू, धर्मकर्महरू आदि चढाउँछन् उनीहरूलाई ग्रहण गरिँदैन र उनीहरूले पापको क्षमा पाउँदैनन्, अनन्त जीवन पाउँदैनन् तर उनीहरू अनन्त मृत्युमा जान्छन् (परमेश्वरबाट अलग हुन्छन्)। रगत नबगाईकन पाप-क्षमा हुँदैन (हिब्रू ९:२२)।

विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कैनको भन्दा उत्तम बलिदान चढाए, जसद्वारा तिनी धर्मी रहेछन् भन्ने गवाही तिनले प्राप्त गरे। परमेश्वरलै नै तिनका दानहरूको विषयमा गवाही दिनुभयो; र यसैद्वारा तिनी मरे तापनि अझै बात गर्दछन्। हिब्रू ११:४

चमेराको अँध्यारो संसार

मेराहरू बसोबास गर्ने अँध्यारो संसारमा दृष्टिको धेरै महत्त्व हुँदैन। करिब दुई सय वर्ष अगाडि एकजना वैज्ञानिकले यो पत्ता लगायो कि उडिरहेको चमेरोलाई स्पर्ष वा दृष्टिको भन्दा श्रवणको संवेदना बढी महत्त्वको हुन्छ।उसले यो पत्ता लगायो कि तिनीहरूका आँखामा पट्टी लगाइँदा समेत चमेराहरू धागै-धागोको जञ्जाललाई एउटै धागो नछोईकन सजिलै पार गर्न सक्छन्। पछि वैज्ञानिकहरूले यो पत्ता लगाए कि चमेराहरूले एउटा उच्च फ्रिक्वेन्सीको ध्वनि प्रसारण गर्छन् जसलाई मान्छेको कानले चाल पाउन सक्दैन। यी ध्वनिका तरङ्गहरू वस्तुहरूमा ठक्कर खाएर फर्कँदा चमेरोले त्यसलाई सुन्दछन्। उक्त ध्वनि फर्केर आउन लाग्ने समयको आधारमा चमेरोले उक्त वस्तुको दुरीलाई निधो गर्छ। (यही सिद्धान्तमा रेडारले काम गर्छ केवल रेडारले ध्वनिको तरङ्ग नभएर रेडियो तरङ्गहरूलाई प्रयोग गर्दछ।)

प्रभु येशू ख्रीष्टमा विश्वास गरेर नयाँ जन्म पाएका हामीहरू पनि एउटा अँध्यारो संसारमा हिँडडुल गरिरहेका छौं। यो संसार पाप र खराब कामहरूले भरिएको संसार हो। यो यस्तो संसार हो जो परमेश्वरदेखि अलग्गिएको छ र परमेश्वरको इच्छा विपरीत हिँडिरहेको छ। आज मानिसहरू आफ्‍नै इच्छाअनुसार कामकुरा गर्छन् र परमेश्वरलाई बेवास्ता गर्छन्। उनीहरूले परमेश्वरलाई चिन्दैनन् र चिन्न पनि चाहँदैनन्। उहाँलाई चिन्ने र उहाँलाई अझ चिन्न चाहने हामीहरूका निम्ति एउटा निर्देशन प्रणालीको खाँचो छ। हाम्रा साधारण देख्न सक्ने क्षमता र छुन सक्ने क्षमता र सुन्न सक्ने क्षमताहरू हामीलाई परमेश्वरको धार्मिकताका मार्गहरूमा डोर्‍याउनलाई पर्‍याप्त छैनन्। परमेश्वरले हामीलाई अर्कै उपाय दिनुभएको छ।

परमेश्वरले उहाँको पुत्र प्रभु येशू ख्रीष्टमाथि विश्वास अथवा भरोसा राख्ने पापी व्यक्तिभित्र आफ्‍नो पवित्र आत्मा हालिदिनुभएको छ। पवित्र आत्मा परमेश्वरले हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ र खाँचो परेको समयमा सहायताको निम्ति परमेश्वरलाई पुकार्न सघाउनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, “मलाई पुकार, र म तिमीलाई जवाफ दिनेछु,” (यर्मिया ३३:३) “सङ्कष्टको दिनमा मलाई पुकार; म तिमीलाई छुटकारा दिनेछु र तिमीले मेरो बढाइ गर्नेछौ” (भजनसङ्ग्रह ५०:१५)। विश्वासी जनहरूको एउटा रेडार प्रणाली छ जसद्वारा उनीहरूले आफ्‍ना प्रार्थनाहरू स्वर्गतिर प्रसारण सक्छन् र तिनका सुनाइ हुन्छन् र उनीहरूले त्यसका जवाफ पनि फिर्ता पाउँछन्।

भरोसा गर्ने विश्वासी जनका लागि जीवनमा आइपर्ने समस्या र बाधाहरू कठिन हुँदैनन्। परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ, “आफ्‍नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख, र आफ्‍नै समझमाथि भर नपर! आफ्‍ना सबै मार्गहरूमा उहाँलाई मान; र उहाँले तिम्रा बाटाहरू सीधा तुल्याउनुहुनेछ।” (हितोपदेश ३:५-६)।

प्रिय मित्र, के परमेश्वरसित तपाईंको यस्तो सम्बन्ध छ?

के तपाईंले उहाँलाई चिन्नुहुन्छ?