Entries by Pradesh Shrestha

पत्रुस

पत्रुस

 

येशूको बाह्र चेलाहरूको विचार गर्दा, धेरैजसोलाई पत्रुसकै सबैभन्दा पहिला याद आउने गर्छ। मत्ती १०:१-४ मा बाह्र चेला वा प्रेरितका नामहरू उल्लेख छन्। सूचीमा कसको नाम पहिला छ? ____________। कुनै कुरा भन्न आवश्यक पर्दा (वा आवश्यक नपर्दा समेत) कुन चेला बोल्न पहिला हुन्थे (हेर्नुहोस्, यूहन्न ६:६७-६८; मत्ती १६:१५-१६; मर्कूस ९:४-६)? ____________। कुनै काममा हामफाल्न कुन चेला पहिला हुन्थे (हेर्नुहोस्, यूहन्ना २१:७; मत्ती १४:२८-२९)? _____________

पत्रुस सधैं काम-कुरामा हामफाल्न तयार थिए । तर हेरेर मात्र हामफाल्नु बुद्धिमानी हो! पौडी खेल्ने पोखरीमा हामफाल्नु अघि, पहिला त्यहाँ पानी छ कि छैन भनी हेर्नु राम्रो हुन्छ! साथै पत्रुस बोल्नमा छिटो थिए। कहिलेकाहिँ उनले ठीक कुरा बोल्थे (मत्ती १६:१६), कहिलेकाहिँ बेठीक (मत्ती १६:२१-२२)। कतिपटक पत्रुस पहिला बोल्थे अनि पछि बिचार गर्थे। बोल्नलाई र गर्नलाई छिटो, आवेगी मान्छे पत्रुस थिए। बाइबलमा अन्य चेलाहरूको भन्दा पत्रुसको बारेमा बढी बताइएको छ। उनका कमी-कमजोरीहरू भए तापनि, पत्रुस आफ्नो मालिकलाई साँच्ची नै प्रेम गर्ने व्यक्ति थिए। परमेश्वरले पत्रुसलाई विशेष प्रकारले प्रयोग गर्नुभयो। पत्रुसको जीवनका निम्न सातओटा घटनालाई छोटकरीमा हेरौं।

१. माछैमाछा – एक आश्चर्यकर्म (लूका ५:१-११)

पत्रुसको अर्को नाउँ के थियो (लूका ५:३)? ______________। पत्रुसको पेशा के थियो (लूका ५:२)? ___________________। लूका ५:४ मा येशूले पत्रुसलाई माछा मार्न सिकाउँदै हुनुहुन्थ्यो। यहाँ एकजना सिकर्मीले एउटा अनुभवी मछुवालाई माछा मार्न सिकाइरहनुभएको देख्छौं! के पत्रुसले प्रभुको आज्ञा माने (लूका ५:५)? ___________। अघिल्लो रात पत्रुस र अन्य मछुवाहरू आफ्ना काममा कत्तिको सफल भएका थिए (लूका ५:५)? _________________। येशूको निर्देशन बमोजिम गरेपछि तिनीहरू कत्तिको सफल भए (लूका ५:६-७)?______________________

लूका ५:८ मा उल्लेखित पत्रुसको भनाइको कारण के थियो होला? उनले आफूलाई किन त्यस्तो पापी मानिस भनी ठाने? के उनले हालै कसैको हत्या गरेका थिए? के उनले आफ्नो भाइ अन्द्रियासलाई तलाउमा डुबाउन खोजेका थिए? यशैया ६:५ मा यशैयाले किन “मलाई धिक्कार छ” भनी भने?

के तपाईंले पनि पवित्र परमेश्वरको सामु आफ्नो पापमय अवस्थालाई महसुस गर्नुभएको छ? के तपाईंले पुकारा गर्दै कहिल्यै यसरी भन्नुभएको छ, “प्रभु, म ज्यादै पापी छु। तपाईं कति महान् र पवित्र हुनुहुन्छ तर म कति पापी छु।”

येशूले पत्रुसलाई उनी बेग्लै खालको मछुवा हुनेछन् भनी भन्नुभयो: “अबदेखि उसो तिमीले _____________लाई ____________” (लूका ५:१०)। पत्रुस मानिसहरूका उत्कृष्ट मछुवा बनेका कुरा यस पाठमा अलि पछि सिक्नेछौं!

२. पानीमाथी पत्रुस (मत्ती १४:२४-३३)

चौथो पहर (मत्ती १४:२५) भन्नाले बिहान ३ बजेदेखि ६ बजेसम्मको समय बुझिन्छ। घण्टौंदेखि चेलाहरू समुद्रमा आँधी-बेह्रीका बीच सङ्घर्ष गर्दै थिए। चेलाहरूले येशूलाई देख्‍नेबित्तिकै तिनीहरूले “यो ता _________ हो”” (मत्ती १४:२६) भनी भने। तिनीहरूले साँच्चीकै मान्छेलाई पानीमा हिँडेको कहिल्यै देखेका थिएनन्, त्यसैले तिनीहरूले यो एउटा भूत हुनुपर्दछ भनी ठाने!

बाइबल विश्वास नगर्ने त्यस्ता कतिपय मानिसहरू छन् जसले बाइबलमा उल्लेखित आश्चर्यकर्महरू बास्तविक घटना होइनन् भन्ने गर्छन्। कोही भन्छन्, येशू पानीमाथि साँच्चै हिँड्नुभएको होइन। तिनीहरूको अनुसार उहाँ पानीमुनिको बालुवामाथि हिँड्नुभएको हो! तिनीहरू भन्छन् पत्रुस डुङ्गाबाट निस्केर बालुवामानै टेके तर येशूतिर हिँड्दै जाँदा बालुवाबाट खसे। के साँच्चै त्यस्तै भएको थियो त? ______________

पद २८-२९ पढ्नुहोस्। के पत्रुसले साहस र विश्वासबिना उक्त कदम चाल्न सक्थे होलान्? तपाईं हुनुभएको भए के तपाईंले पनि पत्रुसले जस्तै गर्नुहुनेथ्यो? तपाईं डुङ्गाको सुरक्षालाई छोड्नुहुनेथ्यो? याद गर्नुहोस्, आँधी-बेह्री चल्न छाडेको थिएन (पद ३२ हेर्नुहोस्)। पत्रुस कुनै शान्त तलाउमाथि हिँडिरहेका थिएनन्!

के पत्रुस आफ्नै सुरले पानीमा हिँड्नलाई उत्रेका थिए कि येशूले उनलाई आज्ञा दिएपछि मात्र तिनले त्यसो गरेका थिए (मत्ती १४:२८-२९)? _____________________। कहिलेकाहिँ मानिसहरू समस्यामा पर्छन् किनकि तिनीहरू परमेश्वरले कहिल्यै नअह्राउनुभएको काम गर्न खोज्दछन्।

पत्रुस किन डुब्न थाले (हेर्नुहोस्, मत्ती १४:३०)?____________ _______________________________। यसले प्रत्येक विश्वासीलाई कस्तो पाठ सिकाउँछ? पत्रुससित विश्वास थियो (पद २८-२९) तर पत्रुससित डर पनि थियो। के विश्वास र डर आपसमा राम्ररी मिलेर बस्न सक्छन्? ________________

पत्रुसको शुरुआत राम्रो थियो! उनले विश्वासमा शुरुआत गरे (उनका प्रथम पाइलाहरू), तर उनी विश्वासमा लागिरहेनन्।

ख्रीष्ट बदलिनुभएको थिएन!
उहाँको आज्ञा (पद २९,“”आऊ”) बदलिएको थिएन!
तर पत्रुस बदलिए! पत्रुसले येशूलाई हेर्न छाडेर अन्यत्र हेर्न थाले!

के विफल भएका र लडेका विश्वासीलाई उठाउन येशू सधैं तयार र इच्छुक हुनुहुन्छ (पद ३०-३१)? _____________

यस हप्ता तपाईं आफ्ना आँखालाई कतातिर लगाउनुहुनेछ? परिस्थितितिर कि प्रभुतिर? जीवनमा सामना गर्नुपर्ने समस्यारुपी आँधी-बेह्री वास्तविक हुन सक्दछ, तर तिनमा हामीलाई डोर्‍याइनु (अगुवाइ गरिनु) खाँचो छ, जसरी जमीनमा उत्रन सक्नलाई हवाइजहाजलाई डोर्‍याइन्छ (धावन मार्गका बत्तीहरूद्वारा) र गाडीलाई राजमार्गमा डोर्‍याइन्छ (बाटोद्वारा)। हाम्रा आँखा प्रभुतिर लगाइएको हुनुपर्दछ, तर यसको अर्थ हामीले समस्यालाई बेवास्ता गर्नुपर्छ वा भएको समस्या नभएजस्तै ठान्नुपर्छ भन्ने कदापि होइन। हामीले जीवनका समस्याहरू र आँधी-बेह्रीहरूमा, हाम्रा आँखा प्रभुतिर (उहाँको सामर्थ्य, उहाँको प्रतिज्ञा अनि उहाँको प्रबन्धतिर) लगाएर तिनको सामना साहाससँग गरेको परमेश्वर चाहनुहुन्छ:

पानीमाथि हिँड्दै गर्दा आँधी-बेह्री चलिरहेको छ भनी पत्रुस जान्दथे, तर आँधी-बेह्रीमा पनि प्रभुले उनलाई हिँड्न मद्दत गर्न सक्नुहुन्छ भनी उनले विश्वास गरे। पछिबाट विश्वासको कमीले उनी डुब्न थाले किनकी उनले प्रभुलाई भन्दा आँधी-बेह्रीलाई ठूलो ठाने।

भजनसङ्ग्रह २५:१५ पढ्नुहोस्। आफ्ना आँखालाई पासोतिर (जीवनका समस्यातिर) नलगाउनोस्। होइन, तपाईंका आँखाहरू कतातिर लगाउनुपर्दछ? ________________

३. येशूको गिरफ्तार (यूहन्ना १८:१-१२)

येशूलाई गिरफ्तार गरिँदा उहाँलाई लैजानलाई त्यहाँ यहूदी र रोमीहरूको ठूलो जमात भेला भएको थियो। के त्यहाँ हातहतियार बोकेका मानिसहरू आएका थिए (यूहन्ना १८:३)? __________। येशूलाई गिरफ्तार गर्न आएको उक्त ठूलो जमातको सामु एघारजना चेलाहरूको सानो झुण्ड सङ्ख्यात्मक हिसाबमा नगण्य देखिन्थ्यो।

चेलाहरूसित कतिओटा हातहतियार थिए (लूका २२:३८)? __________। त्यसमध्ये एउटा तरवार कोसित थियो (यूहन्ना १८:१०)? ____________। के पत्रुसले आफ्नो तरवार चलाउन आतुर गरे? __________। पत्रुसको त्यस्तो प्रतिक्रियाको पछाडि के थियो, साहास कि डर? _________। पत्रुसको जोश ठूलो थियो, तर उनको निशानचाहिँ कस्तो थियो? ______________। पत्रुसको लक्ष्य त्यस व्यक्तिको कान काट्नु थियो होला कि सम्भवत: अन्य अङ्ग नै? _________________________। येशूले “कानको समस्या” लाई के गर्नुभयो (लूका २२:५१)? _________ _________________________________

के येशूले पत्रुसलाई तरवारको प्रयोगलाई निरन्तरता दिनू भन्ने आज्ञा गर्नुभयो (यूहन्ना १८:११)? _____________। तपाईंको विचारमा के येशूलाई पत्रुसको मद्दतको साँच्ची नै खाँचो थियो होला? ____________। मत्ती २६:५३ पढौं। उहाँले चाहनुभएको भए येशूले के पत्रुसको भन्दा राम्रो मद्दत प्राप्त गर्न सक्नुहुन्थ्यो?_____________। येशूले स्वर्गदूतहरूको कत्रो सेना बोलाउन सक्नुहुन्थ्यो? एक पल्टनमा जम्मा ६००० सिपाहीहरूसम्म हुन सक्थे। तसर्थ, १२ पल्टनभन्दा बढी भन्नाले ______________ _________________ भन्दा बढी स्वर्गदूतहरू भन्ने बुझिन्छ! यो त स्वर्गदूतहरूको निकै ठूलो सेना हो! विशाल मानव सेनाभन्दा एउटै स्वर्गदूत बढी शक्तिशाली हुन्छ। के येशूले स्वर्गदूतहरूको उक्त सेना पठइयोस् भनी परमेश्वरसित कहिल्यै प्रार्थना गर्नु भयो?______________। किन गर्नुभयो वा गर्नुभएन? किन येशूले ती मानिसहरूलाई आफूलाई पक्रन दिनुभयो? किन उहाँले ती दुष्ट मानिसहरूलाई आफूलाई क्रूसमा टाँग्न दिनुभयो?

ख्रीष्ट क्रूसमा मर्न नजानुभएको भए के तपाईंलाई कुनै फरक पर्नेथ्यो? ख्रीष्ट क्रूसमा नमर्नुभएको भए तपाईंले मुक्ति पाउने कुनै उपाय हुन्थ्यो? येशू क्रूसमा मर्न जानु किन नित्तान्त आवश्यक थियो (हेर्नुहोस्, मत्ती १६:२१-२२)? बास्तवमा येशूलाई स्वर्गदूतहरूको मद्दत पनि चाहिँदैनथ्यो। यूहन्ना १८:५-६ अनुसार येशूले “म उही हुँ” भनी घोषणा गर्नुहुँदा गिरफ्तार गर्न आउने सिङ्गो टोलीलाई के भयो? _____________ ____________________________। भनौं, येशूले तिनीहरूलाई “मरी जा!””भन्नुभएको भए तिनीहरू सबै मर्नेथिए। तर येशूलाई कुन कुराको बढी फिक्री थियो – आफैलाई बचाउन कि तपाईं र मलाई बचाउन? ______________________________________

४. पत्रुसको तीनदोब्बर इन्कार (यूहन्ना १८:१५-२७)

पत्रुसले ठूलो साहसका साथ माल्खसका कान च्वाट्टै काटिदिए। तर केही बेरमै साहसी पत्रुस डरपोक पत्रुस बने। मर्नुपरे पनि येशूलाई पछ्याउने प्रण गरेका पत्रुस (यूहन्ना १३:१७) आफ्ना प्रभुलाई कतिपटक इन्कार गर्न लाग्दैथिए (यूहन्ना १३:१८)? __________‌

तीनपटक गरिएको पत्रुसको इन्कारको बारेमा यूहन्ना १८:१७,२५,२६-२७ मा पढ्न सक्नुहुन्छ। पत्रुस आफ्ना प्रभुमा गर्व गरे कि उहाँदेखि शर्माए? _______________। पत्रुसले सत्य बोले कि झूट बोले? ______________। पत्रुसले आनन्दपूर्वक प्रभुलाई स्वीकार गरे कि डरपूर्वक उहाँलाई इन्कार गरे? _________________

अन्तिमपटकको इन्कार सबभन्दा नराम्रो थियो। उनलाई प्रश्न गर्ने व्यक्ति माल्खसका नातेदार थिए (यूहन्ना १८:२६)। उनले पत्रुसलाई बगैंचामा देखेका कुरामा उनी निश्चित थिए। यिनै पत्रुसले उनका नातेदारका कान काटिदिएका थिए! तर पत्रुसले यी सब कुरालाई इन्कार गरे।

पत्रुसले आफ्ना प्रभुलाई किन इन्कार गरे होलान्? किन पत्रुसले ख्रीष्टसित आफ्नो कुनै सम्बन्ध नै नभएजस्तै देखाउन चाहे? के तपाईं ख्रीष्टको जन हुनुहुन्छ? के उहाँले तपाईंको आत्मा बचाउनुभएको छ? के तपाईं आफ्नो प्रभुमा र उहाँले तपाईंको निम्ति गरिदिनुभएको कुरामा गर्व गर्नुहुन्छ? के तपाईं अरूहरूलाई उहाँको बारेमा बताउन मन पराउनुहुन्छ?

५. मानिसहरूका मछुवा (प्रेरित अध्याय २)

के तपाईं कहिल्यै माछा मार्न जानुभएको छ? जानुभएको भए तपाईंले कतिओटा सम्म माछा पक्रनुभएको छ? मानौं तपाईं माछा मार्न जाँदा ३००० ओटा माछा पक्रनुभएको थियो। के तपाईं माछा मार्न सफल भएको मान्न सकिन्छ? _________________

एक दिन पत्रुसले जाल हान्दा ३००० लाई पक्रे। लूका ५:१० मा येशूले पत्रुसलाई उनले _________________ पक्रनेछन् भनी भन्नुभयो। प्रेरित अध्याय २ मा पत्रुसले यहूदीहरूको एक ठूलो जमातलाई प्रचार गरेको पाउँछौं। यहाँ पत्रुस ख्रीष्टदेखि लजाइरहेका छैनन्। उनले साहससाथ ती व्यक्तिहरूलाई प्रचार गरे, आफ्नो उदेकका प्रभु र मुक्तिदाताको विषयमा बताए (प्रेरित २:१४ देखिका पदहरू पढ्नुहोस्)। के उक्त सन्देश उनीहरूको हृदयमा छिर्न सक्यो (प्रेरित २:३७) _____________। योभन्दा अगाडि पत्रुसले आफ्नो फलामे तरवारले मान्छेको कान च्वाट्टै काटिदिएका थिए। अब पत्रुसले दुईधारे तरवारभन्दा पनि लाग्ने परमेश्वरको वचन (हिब्रु ४:१२) लाई प्रयोग गरी मानिसहरूका हृदयलाई छेड्न सके। पत्रुसका श्रोताहरूको “मुटु छेंडियो” अनि तिनीहरू कराए, “हामी के ___________?”” (प्रेरित २:३७)। तिनीहरूले के गर्नुपर्छ भनी पत्रुसले प्रेरित २:३८-४० मा बताइदिए। ठूलो सङ्ख्यामा मानिसहरूले उनीहरूलाई पत्रुसले भनेजस्तै गरे (प्रेरित २:४१)। त्यस दिन लगभग कतिजनाले मुक्ति पाए (प्रेरित २:४१)? _______________। त्यस दिन परमेश्वरले पत्रुसलाई ३००० मानिसहरू पक्रनलाई प्रयोग गर्नुभयो! उनी अब “मानिसहरूका ________________ बने” (मत्ती ४:१९)। वास्तवमा यो त शुरु मात्र थियो। पत्रुसले सुसमाचार प्रचार गर्ने काम सिध्याएका थिएनन्, उनले त शुरु मात्र गरेका थिए! उनी अझ धेरै पटक प्रचार गर्नेवाला थिए अनि अझ धेरै मानिसहरू पक्राउ पर्नेवाला थिए (प्रेरित ३:१२ देखिका पदहरूमा पत्रुसको अर्को प्रचार पढ्छौं)।

के तपाईं पक्राउ पर्नुभयो? के जीवित परमेश्वरले तपाईंलाई पक्रनुभयो? के तपाईंले ख्रीष्ट सम्बन्धी खुशीको खबरलाई विश्वास गर्नुभयो? यदि गर्नुभयो भने, के तपाईं अरुहरूलाई वचन फैलाउँदैहुनुहुन्छ ताकि उनीहरू पनि पक्राउ पर्न सकून्?

६. पत्रुस कैदमा (प्रेरित अध्याय १२)

प्रेरित अध्याय १२ मा राजा हेरोदले ख्रीष्टियानहरूलाई सतावट दिएका र उनीहरूलाई दुर्व्यवहार गरेका बारेमा पढ्छौं (पद १)। उक्त राजाले याकूबलाई के गरे (प्रेरित १२:२)? ___________। उनले पत्रुसलाई के गरे (प्रेरित १२:३-४)? _______________ __________________। मण्डली (विश्वासीहरू) ले पत्रुसको निम्ति के गरे (प्रेरित १२:५)? ___________________। के परमेश्वरले यी विश्वासीहरूको प्रार्थनाको जवाफ दिनुभयो? ______________

पत्रुस आए अनि ढोकामा ढकढक्याउन थाले। त्यस घरमा थुप्रै विश्वासीहरू परमेश्वरसित पत्रुस झ्यालखानाबाट छुटाइयोस् भनी प्रार्थना गर्दैथिए (प्रेरित १२:१२-१३)। के रोदाले पत्रुसलाई भित्र आउन दिइन् (प्रेरित १२:१४)? ____________। रोदाको घोषणा सुनेर विश्वासीहरूले के भने? के तिनीहरूले यसो भने, “प्रभुको स्तुति होस्! हाम्रो प्रार्थनाको जवाफ मिल्यो, पत्रुस छुटाइयो।”? ___________ (हेर्नुहोस् पद १५)। के तिनीहरूले रोदालाई विश्वास गरे? ___________। अन्तमा जब तिनीहरूले पत्रुसलाई देखे तब तिनीहरू ________ परे (पद १६)।

यसले हामीलाई प्रार्थनाको विषयमा के सिकाउँछ? परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुहुँदा के हामी छक्क पर्नु वा चकित पर्नुपर्छ? परमेश्वरले प्रार्थनाको जवाफ दिनुहुँदा छक्क पर्छौं भने त्यसको कारण के हुनसक्छ? जब हामी प्रार्थना गर्छौं सो हामी विश्वाससाथ गर्नुपर्छ (मर्कूस ११:२४)।

७. पत्रुसको मृत्यु (यूहन्ना अध्याय २१)

येशूले पत्रुसलाई उनको मृत्यु हुनुभन्दा धेरै अघि नै सो बारेमा बताउनुभएको थियो। प्रभुले पत्रुसको मृत्युको पूर्व-बयान यूहन्ना २१:१८-१९ मा गर्नुभयो। पत्रुस आफ्नो जवानीमा मर्नेवाला थिए कि वृद्धावस्थामा (यूहन्ना २१:१८)? _______________।

के प्रभु तपाईं र तपाईंको जीवन र मृत्युको विषयमा ती हुनुभन्दा अघिबाटै सब कुरा जान्नुहुन्छ _____________________ पत्रुस जिज्ञासु थिए अनि उनी यूहन्नालाई चाहिँ के हुनेछ भनी जान्नचाहे (हेर्नुहोस् यूहन्ना २१:२०-२१)। राम्रै मुखले प्रभुले पत्रुसलाई भन्नुभयो, “त्यसमा तिमीलाई केको चासो?” (यूहन्ना २१:२२)! प्रत्येक व्यक्तिको निम्ति परमेश्वरको छुट्टै योजना र उद्देश्य हुन्छ। महत्वपूर्ण कुराचाहिँ अर्को व्यक्तिको जीवनमा प्रभुले के गर्नुहुनेछ भन्ने होइन। महत्वपूर्ण कुरा हो, म ख्रीष्टको _______ ____________ (यूहन्ना २१:२२) अनि उहाँलाई आफ्नो इच्छाअनुसार मेरो जीवन प्रयोग गर्न दिनु (अरूहरू सफल भए पनि, विफल भए पनि)।

पत्रुसले बाइबलका दुई पुस्तकहरू लेखे। ती कुन-कुन हुन्? १) ________________ । २) ________________। दोस्रो पत्रुसचाहिँ पत्रुसले लेखेका अन्तिम पुस्तक थियो। २ पत्रुस १:१४ मा पत्रुसले आफ्नो आउनलागेको मृत्युको बारेमा बताएका छन्। आफ्नो मृत्युको दिन छिट्टै आउँदै गरेको पत्रुसले जाने अनि उनी जान र प्रभुसित हुन तयार थिए।

यद्यपि बाइबलले यो बताउँदैन,परम्परा (हस्तान्तरण हुँदै आएका ऐतिहासिक अभिलेखहरू) ले बताउँछ, पत्रुस उँधोमुन्टो परी क्रुसमा टाँगिए। उक्त घटना रोमी सम्राट नीरोको राज्यकालमा घटेको हो। पत्रुसले आफूलाई आफ्ना प्रभु मर्नुभएजस्तै गरी मर्न अयोग्य ठाने अनि त्यसैले बेग्लै तरिकाले क्रुसमा टाँगिए, अर्थात् उँधोमुन्टो पारिएर।

विश्वासको निम्ति मृत्यु नै अन्त होइन, शुरू मात्र हो! मृत्यु विश्वासी जनलाई अनन्ततामा र उनको मुक्तिदाताको उपस्थितिमा पुर्याउने केवल सँघार (ढोका) हो (फिलिप्पी १:२३)। आफ्नो अस्थायी “डेरा” अर्थात आफ्नो शरीर (२ पत्रुस १:१४) चाँडै नै छाडिनेछ भनी पत्रुस जान्दथे तर उनी यो पनि जान्दथे, “शरीरबाट अलग” हुनु “प्रभुसित रहनु” हो (२ कोरिन्थी ५:८)।

यदि तपाईं आज मर्नुभयो भने तपाईं कहाँ पुग्नुहुनेछ? के तपाईं मर्न तयार हुनुहुन्छ? के तपाईं जिउन तयार हुनुहुन्छ?

पत्रुस र तपाईं

हामीले पत्रुसको चरित्रलाई अध्ययन गर्‍यौं। उनी कस्ता थिए? दृढ इच्छा भएका, जाइलाग्ने, साहसी, हडबडे, हतपत बोलिहाल्ने, कुनै कुरामा हामफालिहाल्ने, निडर, बहादुर, विश्वास गर्ने, कहिले बलिया, कहिले कमजोर आदि। के तपाईं पत्रुसजस्तै हुनुहुन्छ? के पत्रुस तपाईंजस्तै थिए? कसरी? पत्रुसको जीवनलाई विचार गर्दा, के तपाईं आफूलाई पत्रुसमा झल्केको देख्नुहुन्छ? कसरी? आज आफ्नो जीवनलाई विचार गर्दा, के पत्रुसलाई तपाईंभित्र झल्केको देख्नुहुन्छ? पत्रुसका कुन कुन असल पक्षहरू तपाईंसित छन्? पत्रुसका कुन कुन कमजोर पक्षहरू तपाईंसित छन्? पत्रुसको जीवनबाट तपाईंले के कस्ता पाठहरू सिक्नुभयो?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

हडबडे पत्रुस

हडबडे पत्रुस

 

येशूका बाह्र चेलाहरूको बारेमा विचार गर्नुपर्दा हामीलाई प्रायः पत्रुसकै पहिला याद आउँछ। मत्ती १०:१-४ मा बाह्र चेला वा प्रेरितका नाम उल्लेख छन्। सूचीमा कसको नाम पहिला छ? _________। सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) पढ्दा, पत्रुस अरू चेलाहरू भन्दा अग्रस्थानमा रहेको पाइन्छ। कुनै कुरा बोल्नु पर्‍यो भने प्रायः पत्रुस नै पहिला हुन्थे। कुनै कुरा बोल्नै नपर्दा समेत पत्रुस बोल्नमा पहिला हुन्थे। बोल्नमा मात्र उनी पहिला थिएनन्, गर्नमा समेत उनी नै पहिला हुन्थे।

पत्रुस सधैं कामकुरामा हाम फाल्न छिटो थिए। तर बुद्धिमानी व्यक्तिले हेरेर मात्र हाम फाल्छ।पौडी खेल्ने पोखरीमा फाल हाल्नु अघि, पहिला त्यहाँ पर्याप्त पानी छ कि छैन भनेर हेर्नु राम्रो हुन्छ। पत्रुसको चाहिँ पहिला हाम फाल्ने र पछिबाट मात्र हेर्ने बानी थियो। हवाइजहाजबाट फाल हाल्नु अगाडि आफूसित प्यारासूट छ कि छैन, र त्यो ठीक अवस्थामा छ कि छैन भनेर हेर्नु बुद्धिमानी हो। पत्रुस हवाइजहाजको युगमा जन्मेका भए सायद उनी फाल हालेपछि मात्र आफूसित प्यारासूट छ कि छैन भनी हेर्नेथिए होलान्!

कति पटक पत्रुस पहिला बोल्थे अनि पछिबाट मात्र विचार गर्थे। कहिलेकाहीँ उनले ठीक कुरा बोल्थे, कहिलेकाहीँ उनले बेठीक कुरा बोल्थे। जोडा मिलाउनुहोस्:

बाइबलले भन्छ, हामी “सुन्नामा छिटो, __________मा ढिलो, रिसाउनामा ढिलो” (याकूब १:१९) हुनुपर्छ। यसको मतलब हामीले आफ्नो गतिलाई अलिक सुस्त बनाउनुपर्छ अनि बोल्नु अघि वा कुनै काम गर्नु अघि विचार गर्नलाई समय लिनुपर्छ। बोल्न र गर्नलाई पत्रुस छिटो थिए कि ढिलो? ________

पत्रुसको जस्तै स्वभाव भएकालाई बयान गर्ने एउटा शब्द छ: हडबडे। हडबडे त्यो हो जसले एक्कासी आफ्नो आवेगमा वा अकस्मात् आफ्नो भावनामा, आफूले गर्न लागेको कुराको सोच विचारै नगरी त्यस कुरामा हाम फाल्छ।

निम्न शब्द-सूचीलाई हेर्नुहोस्। यींमध्ये आधाजस्तो शब्दले एउटा हडबडे, आवेगी व्यक्तिलाई बयान गर्दछ। बाँकी छओटा शब्दले चाहिँ ठीक विपरित स्वभावको व्यक्तिलाई बयान गर्दछ। पत्रुस जस्तै हडबडे स्वभावको व्यक्तिलाई बयान गर्ने शब्दहरूलाई गोलो चिन्ह लगाउनुहोस्:

के तपाईंले कुनै बेला सोच विचारै नगरी झ्वाट्ट केही काम गर्नुभएको छ? त्यसरी अपर्झट काम गर्नाले समस्या पनि आइपर्‍यो कि?के तपाईंले हतपतमा बोलेर पछिबाट पछुताउनुभएको छ? आफ्नै छिटो बोलीले तपाईंलाई कहिल्यै समस्यामा पारेको छ?

कहिलेकाहीँ कुनै काम झट्टै गर्नुपर्ने पनि हुन्छ। एउटा सानो बालक शहरको व्यस्त सडकमा निस्केर गएको देख्‍नुभयो भने तपाईंले के गर्नुपर्छ? पाँच मीनेटसम्म सोचेर बस्ने र? आफू पढ्ने ठाउँमा शिक्षकले वा काम गर्ने ठाउँमा मालिकले गरिनुपर्ने कुनै काम अह्राउनुभयो भने तपाईंले के गर्नुपर्छ? “खै म जाऊँ कि नजाऊँ; मलाई विचार गर्न दस मीनेट दिनुहोस्” भन्ने? होइन, आज्ञापालन गर्न हामी छिटो हुनुपर्छ, तुरुन्तै गर्नुपर्छ! खाँचोमा परेकालाई मद्दत गर्न र खतरामा परेकालाई मद्दत गर्न हामी छिटो हुनुपर्छ। कसैले तपाईंलाई “के तपाईं ख्रीष्टियन हुनुहुन्छ?” भनेर प्रश्‍न गर्दा त्यसको जवाफ दिन तपाईंलाई एक हप्‍ता लाग्नु नपर्ने हो! प्रभु येशू हाम्रो मुक्तिदाता र प्रभु हुनुहुन्छ भनी स्वीकार गर्न हामी छिटो हुनुपर्छ (रोमी १०:९-१०)। अरू कस्ता-कस्ता अवस्थामा काम गर्न वा बोल्नलाई हामी छिटो हुनुपर्छ?

हडबडे व्यक्ति धेरै पटक गलत प्रकारले छिटो हुन्छ। ऊ बढ्ता छिटो हाम फाल्छ। उसले हाम फाल्नु अघि हेर्न सिक्नु खाँचो छ। उसले ठीक प्रकारले आफ्नो गतिलाई घटाउन सिक्नुपर्छ र आफ्नो मनमा झट्ट केही गर्ने इच्छा आउनेबित्तिकै सो गरिहाल्नुहुँदैन। पत्रुसले यो सिक्नु खाँचो थियो र हामीलाई पनि खाँचो छ।

आउनुहोस्, पत्रुसबाट सिकौं। पत्रुसले आफ्ना गल्तीहरूबाट अनमोल पाठहरू सिके। प्रभुले ती कुराहरू आफ्नो वचन बाइबलमा लेखाउनुभयो ताकि हामी पनि यी पाठहरू सिक्न सकौं। पत्रुसको हडबडे स्वभावलाई दर्शाउने उनका जीवनका केही घटनाहरूलाई हेरौं।

१) पत्रुस पानीमाथि हिँड्छन् (मत्ती १४)

मानौं तपाईंलाई पहाडी भेकको खोला तर्ने बानी छैन। एक दिन वर्षायाममा यात्रा गर्ने क्रममा घुँडासम्म आउने खहरे खोला तर्नुपर्ने भयो। खोलाको कुनचाहिँ ठाउँबाट तर्नु सुरक्षित होला भनेर अरू यात्रुहरूले विचार गर्दै गर्दा तपाईंचाहिँ जुत्तासुत्ता फुकालेर, लुगासुगा माथि सारेर फटाफट खोलाभित्र पसिहाल्नुभयो। खोलाको बीचमा पुगेपछि खोलाको धारले तपाईंलाई पल्टाउला जस्तै गर्‍यो, र तपाईं गुहार माग्न थाल्नुभयो, “अरे, अरे, अरे मलाई त खोलाले बगाउँछ कि क्या हो!” के तपाईं यस्तै गर्नुहुन्छ? पत्रुस त्यहाँ भएका भए उनले सायद यस्तै गर्नेथिए।

अरू भने अलि सुस्त छन्, अलि विचार गर्छन् र सतर्क हुन्छन्। तिनीहरूले सायद यसरी सोच्छन्, “खोला कहाँबाट तर्ने होला? ढुङ्गामा चिप्लेर लडिएला कि? लडिहालेँ भने के गर्ने? खोलाले बगाउला कि? तर्नु त पर्‍यो नै तर अरू नै पहिला कसरी तर्दा रहेछन् हेरौं।” तपाईं नि? यस्ता कुराहरूमा तपाईं छिटो हुनुहुन्छ कि ढिलो? साहसी हुनु राम्रो हो? किन? सतर्क हुनु राम्रो हो? किन? साहसको साथसाथै सतर्कता अपनाउनु अझै राम्रो हो?

पत्रुसको साहस ठूलो थियो तर उनमा कति पटक सतर्कताको कमी थियो। मत्ती १४:२४-२७ पढ्नुहोस्। चेलाहरू झिसमिसे उज्यालो हुनु अघि समुद्रको बीचको आँधीबेहरीमा सङ्घर्ष गर्दै छन्। एक्कासी तिनीहरू एकजनालाई पानीमाथि हिँड्दै गरेका देख्‍छन्। तिनीहरूले पहिला त यो कुनै “आत्मा” वा भूत होला भनी ठान्छन्, तर येशूले तुरुन्तै आफूलाई चिनाउँदै भन्नुहुन्छ, “म हुँ, _________!” (मत्ती १४:२७)।

उहाँलाई चिनेपछि मुख खोल्नमा पहिला को भए (मत्ती १४:२८)? _________। उनले के गर्न चाहे? ____________________________________। अरू कुनै चेलालाई यस्तो विचार आएको थिएन! यदि तपाईं त्यो डुङ्गामा हुनुभएको भए, के तपाईंले पत्रुसले जस्तै भन्नुहुन्थ्यो होला? डुङ्गाको सुरक्षा छाडेर पानीमा उत्रनुहुन्थ्यो? याद गर्नुहोस्, त्यसबेला आँधीबेहरी चलिरहेकै थियो (हेर्नू: पद ३२)। पत्रुस शान्त तलाउमाथि उत्रेका होइनन्!

के पत्रुस पानीमाथि हिँड्न थालिहाले कि पहिला प्रभुको अनुमति पाउनलाई पर्खे (मत्ती १४:२८-२९)? __________________________। कति पटक मान्छेलाई समस्या आइपर्छ किनकि उसले परमेश्वरले नअह्राउनुभएको काम गर्न खोज्छ। पत्रुस यस कुरामा निर्दोष थिए। प्रभुले उनलाई आज्ञा नगर्नुभएसम्म पानीमाथि उत्रनु हुन्न भन्ने सम्मचाहिँ पत्रुसलाई थाहा थियो।

ठूलो साहस र विश्वासका साथ पत्रुस डुङ्गाबाट पानीमा उत्रे। पत्रुस हडबडे थिए, कुनै पनि काम गर्नलाई छिटो। उनले सोच्नलाई एकछिन समय लिएका भए सायद उनले आफ्नो मन बदल्नेथिए! प्यारासूट बोकेर फाल हाल्न लागेकाहरूको एउटा समूहलाई विचार गरौं। उनीहरू माथि आकाशमा छन् अनि हवाइजहाजको ढोका खोलिन्छ। को पहिला फाल हाल्ने? उनीहरू यसबारेमा जति सोच्छन् फाल हाल्ने रहर उनीहरूलाई त्यति नै कम हन्छ। तिनीहरूमध्ये कतिजना त घचेटिनुपर्ने हुन्छन् नत्र ता तिनीहरू कहिल्यै हाम फाल्ने छैनन्।

तर पत्रुसलाई कसैले घचेट्नु परेन! उनले पाइला चालिहाले अनि पछिबाट विचार गर्न थाले। अनि जब पत्रुसले विचार गर्न थाले उनले बेठीक प्रकारले विचार गर्न थाले। उनले ब_______को (मत्ती १४:३०) र छालहरूको विचार गर्न थाले र एक्कासी उनको हृदयभित्र विश्वास बसिरहेको ठाउँलाई त्रासले कब्जा गर्‍यो र उनी ड_______ (मत्ती १४:३०)। त्रासविश्वास मिलेर बस्न सक्दैनन्। एउटा आउनेबित्तिकै अर्को भाग्नुपर्छ! पत्रुसले विश्वासमा शुरु गरेका थिए (उनका प्रथम पाइलाहरू) तर उनी त्रासमा टुङ्गिन पुगे र प्रभुले उनलाई बचाउनुपर्‍यो। जसरी सुरु गरेका थिए पत्रुस त्यसरी ने अघि बढ्नुपर्थ्यो।

पत्रुसले जीवनमा धेरै पटक भूलमा पाइला चाले र गल्ती गरे र लडे तर उनलाई उठाउन प्रभु सधैं तयार हुनुहुन्थ्यो। पत्रुसले आफ्नो मूर्खतामा गलत पाइला चाले तरैपनि त्यसबाट सिक्नलाई उनी तयार थिए त्यसैले उनी बुद्धिमानी नै थिए। हाम्रा भूल र हारहरूबाट सिक्न परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।

२) पत्रुस प्रभुलाई हप्‍काउँछन् (मत्ती १६)

तपाईं पढ्ने कक्षामा के त्यस्तो विद्यार्थी कोही छ जो आफ्नो हात उठाउन प्रायःजसो पहिला हुन्छ? शिक्षकका प्रश्‍नका जवाफ आफूले सधैं दिन सक्ने भन्ने उसलाई लाग्छ र आफ्नो हात उठाउन र बोल्न ऊ सधैं छिटो हुन्छ। के तपाईं यस्तै हुनुहुन्छ कि हात उठाउनमा ढिलो हुनुहुन्छ? कोही विद्यार्थी लज्जालु र नबोल्ने खालका हुन्छन् र आफ्ना हात कहिल्यै उठाउँदैनन् र शिक्षकले उनीहरूलाई कहिल्यै नसोधोस् भनेर मनमनै सोच्छन्। के यो राम्रो हो?

पत्रुस प्रभु येशू ख्रीष्टका एक चेला अथवा विद्यार्थी थिए। अरू चेलाहरूसँगै जीवनको क्लासमा बस्ने क्रममा हात उठाउनमा सधैंजसो उनी नै पहिला हुन्थे।बोल्न र जवाफ दिनमा सधैंजसो उनी पहिला हुन्थे। उनका जवाफ कहिलेकाहीँ ठीक हुन्थे तर अरू बेला उनका जवाफ पूरै गलत हुन्थे।

मत्ती १६:१५ मा प्रभु येशूले सबै चेलाहरूलाई एउटा प्रश्‍न सोध्नुभयो। जवाफ दिन को पहिला भए (मत्ती १६:१६)? __________। के उनको जवाफ ठीक थियो? __________। पत्रुसले कसरी ठीक जवाफ दिन सकेका थिए (मत्ती १६:१७)? _______________________________________

पत्रुसको यो राम्रो जवाफको लगत्तै पछि प्रभुले आफूमाथि आउन लागेका कुराहरूको बारेमा एउटा ज्यादै महत्त्वपूर्ण घोषणा गर्नुभयो (हेर्नू: मत्ती १६:२१)। उक्त घोषणापछि बोल्नमा को पहिला भए (मत्ती १६:२२)? _________। त्यसबेला गुरुभन्दा चेला बढी जान्ने भइरहेका थिए? _________। पत्रुसले आफ्ना गुरुको कुरालाई स्वीकारे कि काटे?_______। परमेश्वरले हामीलाई मन नपर्ने वा हामीले बुझ्न नसक्ने कुनै कुरा भन्नुहुँदा सबभन्दा राम्रो उपाय हो चूप बस्नु अथवा प्रार्थनामा यसरी भन्नु, “प्रभु, म धेरै बुझ्दिन, तर म यति जान्दछु, तपाईं बुझ्नुहुन्छ र तपाईं जे गर्नुहुन्छ असल गर्नुहुन्छ। मेरो इच्छा होइन प्रभु, तपाईंको इच्छा पूरा होस्!” के पत्रुसले यसरी भने? _____________

पत्रुसले जब ठीक जवाफ दिन सकेका थिए, उसलाई कसको मद्दत मिलेको थियो (मत्ती १६:१६-१७)? _____________________। पत्रुसले जब बेठीक जवाफ दिएका थिए, उसलाई कसको मद्दत मिलेको थियो (मत्ती १६:२२-२३)? ______________। शैतान हाम्रो हडबडे स्वभाव र सोचविचारै नगरी बोलेका शब्दहरूको फाइदा उठाउन तत्पर छ। बोल्नै नपर्ने कुराहरू बोल्नलाई हामी बढ्ता चाँडो छौं।

उहाँले दुःख भोग्नुपर्छ र मारिनुपर्छ भन्ने कुरा प्रभुले बताउनुभयो तर यो कुरा सुनेर पत्रुसले प्रभुलाई हप्काउन थाले। प्रभुले पत्रुससित धैर्य गर्नुभयो र उनलाई उनका भूलहरूबाट सिक्ने मौका दिनुभयो। पछिबाट पत्रुसको धारणा बिलकुलै बदलिएको पाइन्छ। “पत्रुसको पहिलो पत्र” ले उनलाई ख्रीष्टका कष्ट र मृत्यु अति नै प्रिय र बहुमूल्य थिए भन्ने तथ्य स्पष्ट पार्छ। पत्रुसको पहिलो पत्रमा ख्रीष्टका कष्ट र मृत्यु पत्रुसका निम्ति प्रिय थिए भन्ने पदहरू भेट्टाउन सक्नुहुन्छ? ____________________________________

३) भन्नुपर्ने कुरा आफूले नजान्दा (मर्कूस ९)

के तपाईं त्यस्तो परिस्थितिमा पर्नुभएको छ जब तपाईं आफूले के बोल्नुपर्ने हो नै जान्नुहुन्न? त्यस्तो बेला कसो गर्नु उचित हुन्छ? के बोल्ने भनेर थाहा नहुँदा प्रायः केही नबोल्नु राम्रो हुन्छ। झट्टै कुनै मूर्ख वा विचारहीन बोली बोलिहाल्नुभन्दा केही नबोल्नु नै उत्तम हो।

पत्रुसलाई एक पटक त्यस्तो परिस्थिति आइपर्‍यो जब उनले आफूले के बोल्नुपर्ने हो जानेनन् (मर्कूस ९:२-६)। आफ्नै आँखाले उनले प्रभु येशूको रूप परिवर्तन भएको देखे साथै उनले प्रभुसँग एलिया र मोशा प्रकट भएका देखे। बाइबलले बताउँछ, “के _________ पर्नेथ्यो, तिनले _____________” (मर्कूस ९:६)। पत्रुसको मनोभाव यस्तो थियो भन्ने देखिन्छ: “के बोल्ने मलाई थाहा छैन तर म बोल्छु!” पत्रुसले ठीक त्यस्तै गरे। उनको मुखबाट एउटा हतपतको मूर्ख बोली निस्केर आयो (हेर्नू: मर्कूस ९:५)। पत्रुसको बोलीमा कम्तीमा दुईटा त्रुटी भेटिन्छ: (१) मोशा र एलियालाई प्रभुकै बराबरीमा राख्नु उनको त्रुटी थियो। पापरहित परमेश्वरको सिद्ध पुत्रको बराबरीमा एउटा मान्छेलाई (संसारमा ऊ जतिसुकै सर्वोत्तम भए पनि) कदापि राख्‍नुहुन्न; (२) पर्वतमै बस्न चाहनु उनको अर्को त्रुटी थियो किनकि त्यो न पत्रुसको निम्ति न ता ख्रीष्टको निम्ति परमेश्वरको इच्छा थियो; ख्रीष्टको निम्ति त परमेश्वरको इच्छा थियो पर्वतबाट झर्नु र उहाँको पाइलाहरू क्रूसतिर लम्काउनु। टिप्पणी: पत्रुसले यसबाट पनि सिके र जीवनको अन्ततिर उनले रूप-परिवर्तनको घटनाको बारेमा केही कुराहरू बताए जो एकदम सही थिए (२ पत्रुस १:१६-१९)

आफूले बोल्नुपर्ने कुरा पत्रुसले जानेनन् तर उनले बोलेर छाडे। उनी चूप बसेका भए उत्तम हुनेथ्यो। भन्नुपर्ने कुरा नजान्ने व्यक्तिको सम्बन्धमा कसैले यसरी भनेका छन्: “यदि उसले बोल्दै बोलेन भने मान्छेले ऊ लाटा हो कि भनी ठान्नेछ तर बोलिहाल्यो भने ऊ लाटा नै रहेछ भन्ने पक्का हुनेछ!” के भन्ने, कहिले भन्ने, कसरी भन्ने, सो अनुसार गर्न परमेश्वरले हामीलाई मद्दत गर्नुभएको होस्।

४) प्रभुलाई पाउ धुन दिने कि नदिने (यूहन्ना १४)

यूहन्ना १३ अध्यायमा हडबडे पत्रुस बोल्नमा दुई-दुई पटक हतार गरेको र दुवै पटक गल्ती बोलेको पाइन्छ। हडबडेहरू कति पटक विषमतालाई पक्रन्छन्। तिनीहरू कि त एक छेउ कि त अर्को छेउतिर हान्निन्छन्। बीचको सन्तुलनतालाई भेट्टाउन उनीहरू सकिरहेका हुँदैनन्।

प्रभु येशूले पाउ धुलाइद्वारा एउटा आत्मिक सिद्धान्तको चित्रण दिन चाहनुहुन्थ्यो; आफ्नो पाप स्वीकार गर्ने विश्वासीको पापलाई उहाँले कसरी क्षमा गर्नुहुन्छ भन्ने कुराको चित्रण थियो त्यो (हेर्नू: १ यूहन्ना १:९)। यूहन्ना १३:४-८ पढ्नुहोस्। के पत्रुस तुरुन्तै बोलिहाले? ______________। प्रभुले उनका पाउ धुनुभएका के पत्रुसले चाहे? ____________। उनले भने, “तपाईं मेरा पाउ ___________ धुन पाउनुहुनेछैन (यूहन्ना १३:८)।” पत्रुसले बढ्ता चाँडो बोले! एउटा महत्त्वपूर्ण आत्मिक पाठ सिक्ने अवसर थियो त्यो: फोहोर खुट्टा भएका विश्वासीसित प्रभु येशूको कुनै भाग (सङ्गति, सहभागिता) हुन सक्दैन! हाम्रो जीवनमा कुनै पाप छ भने तबसम्म परमेश्वरसित हाम्रो सङ्गति हुन सक्दैन जबसम्म हामी १ यूहन्ना १:९ अनुसार धोइनका निम्ति उहाँकहाँ जाँदैनौं। त्यसैले पत्रुसको भनाइ गलत र मूर्ख थियो। त्यो त एउटा विश्वासीले यसरी भन्नु बराबर थियो, “प्रभु, तपाईंको सामु म आफ्नो पाप स्वीकार गर्न मान्दिनँ, धोइनका लागि तपाईंकहाँ आउन मान्दिनँ।”

अब यूहन्ना १३:९ पढ्नुहोस्। पत्रुसको धारणा कस्तो थियो भने कि त “मलाई सबै चाहिन्छ” कि त “मलाई केही चाहिँदैन”। अब उनी पूरै नुहाइन चाहन्छन्! पत्रुस येशूद्वारा शिरदेखि पाउसम्मै धोइन चाहन्छन्। पहिला उनी धुलाइ पटक्कै चाहन्नन् अब उनी पूरै शरीर धोइएको चाहन्छन्! फेरि पनि पत्रुस बोल्नमा छिटो भए, गल्ती बोल्नामा छिटो। हरेक विश्वासी शुद्ध छ (यूहन्ना १३:१०) अनि हरेक विश्वासीले मुक्तिको स्नान पाइसकेको छ। विश्वासी जनका सबै पाप धोइसकिएका र क्षमा गरिसकिएका छन्! विश्वासीले प्रभुसित सङ्गति कायम राख्नलाई आफ्ना पापहरूलाई स्वीकार गर्ने काम गरिरहनुपर्छ तर उसले फेरि दोहोराएर मुक्ति पाउन खाँचो छैन। पत्रुसको दोस्रो भनाइ गलत र मूर्ख थियो। त्यो त एउटा विश्वासी जनले यसरी भन्नु बराबर थियो, “प्रभु, म एक ख्रीष्टियन भएर पाप गरें त्यसैले तपाईंले मलाई फेरि दोहोराएर मुक्ति दिनुहोस्!” के यसरी भन्नु उचित हुन्छ?

पत्रुसका गलत भनाइहरूलाई सच्च्याउनुहुँदै हामीलाई ख्रीष्टियन जीवनको बारेमा र एउटा विश्वासीले आफ्नो जीवनमा पाप गर्न पुग्दा उसले के गर्नुपर्छ भन्ने कुराको बारेमा प्रभुले यहाँ महत्त्वपूर्ण शिक्षा दिनुभएको छ।

५) “म कहिल्यै त्यसो गर्नेछैनँ, प्रभु!” (मत्ती २६)

कसैले बुद्धि पुर्‍याएर भनेका छन्, “कहिल्यै भनेर कहिल्यै नभन्नू है!” जो ठोकुवा दिँदै कुनै कुरा कहिल्यै नगर्ने प्रण गर्दछन् कति पटक तिनीहरू नै त्यही कुरा गर्न पुगेका हुन्छन्! हेर्नू: १ कोरिन्थी १०:१२

मत्ती २६:३१-३५ पढ्नुहोस्। प्रभु सबै चेलाहरूसित बोल्दै हुनुहुन्थ्यो तर कुनचाहिँ चेला बोल्नमा छिटो भए? __________। उनले आफूले कुनचाहिँ कुरा कहिल्यै नगर्ने घोषणा गरे (पद ३३ र ३५)? _____________________________________। के पत्रुसले त्यो काम गरे जुन उनले कहिल्यै नगर्ने घोषणा गरेका थिए? _______। के तपाईंले आफ्ना बाबुआमालाई वा अरूलाई आफूले कुनै कुरा कहिल्यै नगर्ने प्रण गर्नुभएको छ जुन कुरा पछिबाट तपाईंले गर्नुभएको छ?

महत्त्वपूर्ण कुरा यो हो, हाम्रो निर्धक्कता सही प्रकारको निर्धक्कता हुनुपर्छ। पत्रुसको आफैंमा ठूलो निर्धक्कता (आत्मविश्वास) थियो तर उनले आफैलाई अडाइराख्‍न सकेनन्। परमेश्वरले हामीलाई कहिल्यै धोका दिनुहुन्न तर कति पटक हामी आफैले आफैलाई धोका दिन्छौं! निम्न कुराहरूलाई विचार गर्नुहोस्:

  1. “म केही गर्न सक्दिनँ!” यो व्यक्तिको कुनै किसिमको पनि निर्धक्कता छैन।
  2. “म सब गर्न सक्छु!” यो व्यक्तिको निर्धक्कता आत्म-केन्द्रित छ (पत्रुसको जस्तै)।
  3. फिलिप्पी ४:१३ पढ्नुहोस्। यस व्यक्तिको निर्धक्कता ख्रीष्ट-केन्द्रित छ।

तपाईंको निर्धक्कता कस्तो किसिमको छ?

६) तरवार चलाउन छिटो (यूहन्ना १८)

क्रूसमा टँगाइनु अघि प्रभु येशू रातको समयमा पक्राउ पर्नुभएको थियो। कुनचाहिँ चेला साहसी भई प्रभुलाई बचाउन हतारिए (यूहन्ना १८:१०)? _________। के प्रभुलाई पत्रुसको मद्दत आवश्यक थियो (मत्ती २६:५३)? _________। के पत्रुसभन्दा स्वर्गदूतको फौज शक्तिशाली हुन्छ? ________। हामी पत्रुसको साहस र जोशलाई मान्छौं तर खेदको कुरा, उनको त्यो जोश विचारहीन जोश थियो (“ज्ञानबिनाको जोश”) अनि उनको साहस केही बेरमै कायरतामा परिणत भयो (हेर्नू: यूहन्ना १८:१७)।

प्रभु पत्रुससित धैर्य गर्नुभयो र उनलाई कहिल्यै त्याग्नुभएन। करिब ५३ दिन पछि पत्रुसले फेरि अर्को तरवार लिए र ख्रीष्टका शत्रुहरूको विरुद्धमा चलाए अनि त्यसबेला भने उनी सफल भए। त्यसबेला उनको तरवारले एउटा कान मात्र काट्ने काम गरेन। त्यसबेला उनको तरवारले हजारौं मानिसका हृदयहरूलाई छेड्ने काम गर्‍यो। यसबारे प्रेरित २:१४, ३६, ३७, ४१ मा पढ्नुहोस्। प्रेरित २:३७ मा “छेँडियो” शब्दको अर्थ हो “रोपियो, घोचियो”। ती मानिसका “मुटु चुरचूर” भए। पत्रुसले प्रयोग गरेको तरवारलाई हिब्रू ४:१२ ले बयान गरेको छ। त्यो तरवार कुनचाहिँ तरवार थियो? ______________________

७) हाम फाल्न तयार (यूहन्ना २०-२१)

अरू दुईटा उदाहरणलाई हेरौं जहाँ पत्रुसको हडबडे स्वभाव झल्किन्छ। पहिलोचाहिँ यूहन्ना २० मा पाइन्छ जहाँ पत्रुस र यूहन्ना प्रभु बौरिउठ्नुभएकै बिहान चिहानमा हेर्न गएका थिए। यूहन्ना र पत्रुस दुवै चिहानतर्फ दगुरे। कुनचाहिँ चेला छिटो दगुरे (यूहन्ना २०:४)? ___________। के उनी चिहानभित्र पसे (यूहन्ना २०:५)? ____________। यूहन्ना चिहानको ढोकामा निहुरिएर विचार गर्दै हेरिरहेका थिए। केही बेरमै पत्रुस आइपुग्छन्।के पत्रुस पनि चिहानको ढोकामा विचार गर्दै निहुरिएर हेर्छन्? ____________। उनले के गर्छन् (यूहन्ना २०:६)? _____________________________। पत्रुस सधैं हाम फाल्न तयार थिए!

पछि सातजना चेलाहरू गालीलको समुद्रमा एउटा डुङ्गामा चढेर माछा मार्न गएका थिए। बौरिउठेका प्रभु बिहान सबैरै समुद्रको किनारमा देखा पर्नुभयो। मनन गरी बस्ने संवेदनशील स्वभावका चेला यूहन्ना येशूलाई चिन्न पहिला भए (यूहन्ना २१:७)। उहाँ को हुनुहुँदो रहेछ भनेर थाहा पाउनेबित्तिकै पत्रुसले के गरे (यूहन्ना २१:७)? ___________________________________। पत्रुसले अलिकति पनि समय खेर फालेनन्। उनी सधैं हाम फाल्न तयार थिए!

* * * * * *

हतार गराइ र हडबडले समस्या निम्त्याउँछ। पत्रुसको जीवनमा यो कुरा बारम्बार पुष्टि भएको पायौं। तर अर्कोतिर पत्रुस यस्ता व्यक्ति हुन् जसको अनुसरण गरिनुपर्छ। प्रभुको निम्ति कदम चाल्ने, उहाँको निम्ति बोल्न तयार हुने दाजुभाइहरू, दिदीबहिनीहरू र जवान व्यक्तिहरूको हामीलाई खाँचो छ। प्रभुको सेवा गर्न आफूलाई अर्पण गर्ने व्यक्तिहरूको खाँचो छ। काम गर्नलाई तत्पर भएका व्यक्तिहरूको खाँचो छ – परमेश्वरको इच्छा पूरा गर्न, ख्रीष्टको आज्ञापालन गर्न तत्पर व्यक्तिहरू! उहाँले हामीलाई दिनुभएको सामर्थ्य, जोश र बलको निम्ति परमेश्वरलाई धन्यवाद चढाऔं अनि होशियारपूर्वक, सतर्क र शान्त भई हाम्रो सारा बल हाम्रा निम्ति आफ्नो सर्वस्व दिनुहुने मुक्तिदाता र प्रभुको निम्ति खर्च गरौं

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

देखावटी यहूदा

देखावटी यहूदा

 

यस पाठमा हामी एउटा देखावटी जीवन जिउने व्यक्तिको अध्ययन गर्न लागिरहेका छौं। उसले आफूलाई साँचो चेलाको रूपमा प्रस्तुत गर्‍यो। तर ऊ वास्तवमा साँचो चेला थिएन। उसले येशूलाई प्रेम गरेको जस्तै देखायो तर वास्तवमा उसले येशूलाई प्रेम गर्दैनथ्यो। ऊ एक देखौवा मात्र थियो, तरैपनि उसले धेरैलाई झुक्क्याउन सफल भयो। उसको नाम थियो यहूदा इस्करयोती। सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) का पन्नाहरूमा हामी उसको बारेमा पढ्न सक्छौं।

येशूले किन एउटा शैतानलाई रोज्नुभयो?

येशूका चेलाहरूको विषयमा विचार गर्दा हामीलाई प्रायः बाह्रजनाको याद आउँछ। के तपाईंलाई थाहा छ, सुरुमा त येशूका बाह्रभन्दा बेसी चेलाहरू थिए? लूका ६:१२-१३ मा बताइएको छ, येशू रातभरि प्रार्थना गर्नुभयो अनि त्यसपछि आफ्ना चेलाहरू (बाह्रभन्दा बेसी) लाई बोलाउनुभई उनीहरूलाई भेला गराउनुभयो । अनि ती धेरैजनामध्येबाट उहाँले बाह्रजनालाई विशेषरूपमा आफूसँगै हुनलाई रोज्नुभयो।

यी बाह्रजना चेलाका नाम लूका ६:१४-१६ मा पढ्न सकिन्छ। यहूदा इस्करयोतीको नाम पुछारमा उल्लेख छ (पद १६), जहाँ उसलाई वि_____________ भनेर पनि चिनाइएको छ।

यहूदा इस्करयोतीलाई बाह्रजनामध्ये हुनलाई किन चुनियो? यस विश्वासघातीलाई किन चुनियो? उहाँले छान्न सक्नुहुने थुप्रै व्यक्तिहरूबाट किन यिनै मानिसलाई प्रभुले चुन्नुभयो?

यूहन्ना ६:७० मा येशूले भन्नुभयो, “के मैले तिमीहरू बाह्रजनालाई _____________ र? तर तिमीहरूमध्ये ________जना ____________ हो।” यहाँ येशूले कसको कुरा गर्दैहुनुहुन्थ्यो (यूहन्ना ६:७१)? _________________। येशूको भनाइको तात्पर्य यो थियो – “मैले बाह्रजना चेलाहरू चुनेको छु अनि तिमीहरूमध्ये एकजना शैतानपट्टिका हौं! मेरा चेलाहरूमध्येका एकजना शैतानको सन्तान हो। यो चेलालाई शैतानले आफ्नो उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्नेछ (यूहन्ना १३:२) अनि यो चेला संसारकै एउटा महापराधको दोषी हुनेछ। ऊ शैतानकै मान्छे बन्नेछ।”

आज शैतानका मान्छेहरू को हुन्? हत्याराहरू? गुण्डाहरू? झ्यालखानका जघन्य अपराधीहरू? शैतानको मान्छे कहाँ भेटिएला? त्यो मान्छे कुनै बाइबलीय मण्डलीमा भजन गाउँदै गरेको भेटिएला कि? परमेश्वरका जनहरूकै बीचमा शैतानको मान्छे भेटिएला कि? नबिर्सौं, एक पटक येशूले उहाँलाई प्रेम गर्छौं भन्ने दाबी गर्नेहरूलाई हेर्दै भन्नुभयो, “तिमीहरूमध्ये एकजना शैतान हो।”

येशूले किन एउटा शैतानलाई बाह्रजनामध्येका हुनलाई चुन्नुभयो? प्रभुले यहूदालाई किन चुन्नुभयो? के उहाँले भूल गर्नुभएको हो? के उहाँले गलत व्यक्तिलाई चुन्नुभएको हो?

यूहन्ना ६:६४ मा हेर्नुहोस्। येशूले भन्नुभयो, “‘तर तिमीहरूमध्ये कतिजना छन्, जसले विश्वास ___________।’ किनभने विश्वास _________हरू को-को हुन्, अनि उहाँलाई पक्राउने को हुनेछ, सो येशूले __________देखि नै __________भएको थियो।” यस भनाइले स्पष्‍ट देखाउँछ, येशू कुनै हालतले पनि चुक्नुभएको थिएन! आफू के गर्दैहुनुहुन्थ्यो भन्ने कुरा उहाँ राम्ररी जान्नुहुन्थ्यो! उसलाई चुन्नुभएको घडिमा नै उहाँ यहूदाको बारेमा सबै कुरा जान्नुहुन्थ्यो। यहूदाले उहाँलाई विश्वासघात गर्नेछ भन्ने कुरा उहाँलाई सुरुदेखि नै थाहा थियो।

यहूदाको छनोट कार्यको पछाडि परमेश्वरको ज्यादै महत्त्वपूर्ण उद्देश्य थियो। यस व्यक्तिबाट हामीले केही पाठहरू सिकेको प्रभु चाहनुहुन्छ। यहूदाको खेदपूर्ण जीवनबाट हामीले महत्त्वपूर्ण पाठहरू सिक्नुपर्छ।

फेरि पनि यूहन्ना ६:६४ पढ्नुहोस् र आफ्नो बाइबल क्लासमा भएकाहरूको विषयमा विचार गर्नुहोस्, आफ्नै विषयमा पनि। विश्वास गर्नेहरू को हुन्, विश्वास नगर्नेहरू को हुन् भनी के प्रभु जान्नुहुन्छ? को-को स्वर्ग जानेछन्, को-को जानेछैनन् भनी के येशू अहिले नै जान्नुहुन्छ? कुनै व्यक्ति साँचो ख्रीष्टियन हुनुपर्छ भन्ने हामीलाई लागेको होला तर उसले हामीलाई झुक्क्याइरहेको हुन सक्छ। तर उसले प्रभुलाई कहिल्यै झुक्क्याउन सक्दैनन्। उहाँलाई थाहा छ। यहूदाले अरूहरूलाई झुक्क्यायो तर येशूलाई कहिल्यै झुक्क्याउन सकेन।

परमेश्वरले यहूदालाई आफ्नो उद्देश्यअनुरूप चुन्नुभएको थियो। यहूदाको खेदपूर्ण जीवनबाट परमेश्वरले हामीलाई कमसेकम तीनओटा पाठ सिकाउन चाहनुहुन्छ।

(१) कसैले मुक्तिका बाह्य सङ्केतहरू देखाउँदैमा उसले मुक्ति पाएकै हुनुपर्छ भन्न सकिन्न

सुसमाचारका पुस्तकहरूमा यहूदालाई सात पटक “बाह्रजनामध्येका एक” भनी उल्लेख गरिएको छ (हेर्नू: यूहन्ना ६:७१)। मानौं तपाईं बाह्रमध्येका एक हुनुहुन्छ; अब यहूदाप्रति तपाईंको हेराइ कस्तो हुन्थ्यो होला? तपाईंलाई यहूदा अरू चेलाभन्दा बेग्लै छ जस्तो लाग्थ्यो कि लाग्दैनथ्यो? कि यहूदाले आफू बाँकी एघारजनाजस्तै भएको देखाई तपाईंलाई झुक्क्याउन सफल हुन्थ्यो कि?

यहूदा ठाउँ-ठाउँमा गएर परमेश्वरको वचन प्रचार गर्थ्यो; के यो कुरा तपाईंलाई थाहा थियो? मत्ती १०:४-७ मा पढ्नुहोस्। येशूले बाह्रजना (यहूदा समेत) लाई ठाउँ-ठाउँमा गएर राज्यको सुसमाचार प्रचार गर्ने आज्ञा दिनुभयो। हामीलाई थाहा भएसम्म यहूदाले प्रचार गरेकै थियो। गएर उसले यस्तो सन्देश प्रचार गर्‍यो, “पश्चात्ताप गर! किनभने स्वर्गको राज्य नजिकै छ!” (हेर्नू: मत्ती १०:७)।

अझ अचम्मको कुरा, यहूदाले सम्भवतः आश्चर्यकर्महरू समेत गर्‍यो! मत्ती १०:१ मा हामी सिक्छौं, येशूले आफ्ना बाह्रजना चेलाहरू (यहूदा समेत) लाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभएको थियो, साथै सबै किसिमका रोगलाई निको पार्न सक्ने सामर्थ्य दिनुभएको थियो (मत्ती १०:८ मा पनि हेर्नुहोस्)। सम्भवतः प्यालेस्टाइनका कति मानिसहरूले यस्तो गवाही दिन सक्थे, “मलाई यहूदाले चङ्गाइ पार्‍यो” अथवा “यहूदाले मभित्र भएको दुष्ट आत्मालाई हटाइदियो!” चेलाहरू आफ्ना कामबाट फर्केर आएपछि उनीहरूले यसरी भनेको पाइँदैन — “प्रभु, तपाईंको नाममा हामीले मानिसहरूलाई निको पार्न सक्यौं, दुष्ट आत्माहरू धपायौं। तर प्रभु, यो यहूदाको के समस्या हो कुन्नी। उसले कसैलाई निको पार्न सकेन, दुष्ट आत्माहरूले उसलाई टेरेन।” अहँ, नयाँ नियमको अभिलेखले दिएको सङ्केत एउटै छ ‍- यहूदाले अन्य चेलाहरूले जस्तै आश्चर्यकर्महरू गरेकै हुनुपर्छ।

यहूदाले प्रचार गर्‍यो र आश्चर्यकर्महरू गर्‍यो, तरैपनि यहूदा मुक्ति नै नपाएको मान्छे थियो! मत्ती ७:२२ लाई विचार गर्नुहोस्। सायद एक दिन यहूदाले यसरी भन्नेछ कि, “प्रभु, प्रभु, के मैले तपाईंको नाममा प्रचार गरिनँ र? अनि तपाईंको नाममा मैले दुष्ट आत्माहरू धपाइनँ र? अनि तपाईंको नाममा रोगीहरूलाई चङ्गाइ गरिनँ र? अनि तपाईंको नाममा थुप्रै आश्चर्यकर्महरू गरिनँ र?” येशूले उसलाई के जवाफ दिनुहुनेछ (मत्ती ७:२३)? __________________________________________________ ______________________________

आज पनि यो साँचो छ। कतिजना हुन्छन् जोहरूले सबै बाह्य लक्षण देखाए तापनि मुक्ति उनीहरू नपाएका हुन सक्छन्। के एउटा व्यक्तिले प्रचार गरे तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ? के एउटा व्यक्तिले भजन गाए तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ? के एउटा व्यक्तिले प्रार्थना गरे तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ? के ‍एउटा व्यक्तिले अरूलाई ख्रीष्टको बारेमा सुनाए तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ? के एउटा व्यक्तिले बाइबल पढे तापनि ऊ मुक्ति नपाएको व्यक्ति हुन सक्छ?

(२) सबैलाई झुक्क्याउन सके तापनि परमेश्वरलाई झुक्क्याउन सकिन्न

यहूदाको हृदय परमेश्वरसँग ठीक थिएन तर त्यो कुरा उसले आफ्ना सहकर्मीहरूबाट लुकाउन सक्यो। बाँकी एघारजनालाई यहूदा कपटी हो भनेर कहिल्यै लागेन; उनीहरूलाई यहूदाको यसरी शङ्का लागेको सङ्केत कहीँ देखिँदैन। बरू तिनीहरूले पछिल्लो घडीसम्मै उसलाई विश्वास गरिराखेको देखिन्छ। यहूदा चेलाहरूको खजाञ्ची थियो अनि उसले येशूलाई धोका दिएको रातसम्मै पैसाको थैली उसकै हातमा थियो (यूहन्ना १३:२९)। त्यसबेला सम्म पनि तिनीहरूले उसलाई विश्वास गरिराखेकै थिए।

यूहन्ना १२:३-५ मा यहूदाले आफूलाई गरिबहरूको वास्ता गर्ने व्यक्तिको रूपमा प्रस्तुत गरेको छ। के उसको वास्ता साँचो कि बनावटी मात्र थियो (यूहन्ना १२:६)? _______________। उसलाई वास्तवमा कसको मात्र वास्ता थियो? ________________। यहूदा एक देखावटी मात्र थिएन, ऊ चोर पनि थियो। तर अरू चेलाहरूलाई त्यस्तो लाग्दैनथ्यो। यहूदाको भनाइ सुनेर (यूहन्ना १२:४-५) तिनीहरूले सम्भवतः यसरी सोचे, “यहूदालाई गरिबहरूको वास्ता छ। भोकमरीमा परेका गरिब नानीहरू र गरिब विधवाहरूका निम्ति उसको हृदयमा बोझ छ।” यहूदाले आफूलाई सज्जनको रूपमा देखाउन जानेको थियो। उसले अरूलाई झुक्क्याउन जानेको थियो।

मानौं प्रभु आफै तपाईंको बाइबल क्लासको सामु देखा पर्नुभयो। तपाईंहरूलाई उहाँले के भन्नुहुनेथ्यो होला? के उहाँले “तिमीहरू सबै शुद्ध छौ” भन्नुहुनेथ्यो होला कि “तिमीहरू सबै शुद्ध छैनौ” भन्नुहुनेथ्यो? तपाईं नि? के तपाईं शुद्ध हुनुहुन्छ कि अशुद्ध? के तपाईंका पापहरू क्षमा भए कि अझै तपाईं आफ्ना पापहरूमै हुनुहुन्छ? के तपाईंलाई आफ्ना पापहरू क्षमा भए भन्ने निश्चयता छ?

अन्तिम घडिसम्म पनि चेलाहरूले विश्वासघात गर्ने यहूदा नै हुनुपर्छ भनेर शङ्का गरेनन्। मत्ती २६:२१ मा येशूले चेलाहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूमध्ये एकजनाले मलाई पक्राइदिनेछ।” उहाँले यो कुरा भन्नेबित्तिकै चेलाहरूले के सोच्न थाले? के तिनीहरू सबैले यसो भने? – “प्रभु, तपाईंलाई पक्राइदिने व्यक्ति यही यहूदा नै हुनुपर्छ। उसको केही न केही समस्या हुनुपर्छ भन्ने हामीलाई पहिलेदेखि नै लाग्थ्यो।” अहँ, तिनीहरूले यस्तो कुरा गरेनन्। तिनीहरूले भने, “प्रभु, के त्यो _____ _____” (मत्ती २६:२२)? यहूदाले उनीहरू एक-एकलाई झुक्क्यायो, केवल प्रभुलाई र आफूलाई झुक्क्याउन सकेन (प्रभुसँग मेरो सम्बन्ध ठीक छैन भनेर यहूदालाई आफ्नो हृदयभित्र थाहा थियो)।

घृणाको हृदयबाट प्रेमको चुम्बन

लूका २२:४७-४८ मा हामी देख्छौं, यहूदाले येशूलाई __________ गरेर धोका दियो। “चुम्बन” भन्ने शब्द एउटा क्रियापदबाट आएको शब्द हो जसको अर्थ हुन्छ, “प्रेम गर्नु, साथी वा प्रिय व्यक्तिप्रति आफ्नो स्नेह देखाउनु।” यहूदाले मित्रता र स्नेहको मुकुण्डो लगाएर विश्वासघातको घिनलाग्दो पाप गरे। बरू येशूकहाँ गएर उहाँको मुखमा उसले थुकेको भए वा थप्पड लगाएको भए त्यो उसको इमानदारीता गनिन्थ्यो, उसको खास चरित्रलाई सुहाउँथ्यो। यहूदाले उहाँलाई वास्तवमा घृणा गरे तापनि उहाँलाई प्रेम गरेको बाहना किन गर्‍यो? ऊ वास्तवमा उहाँको शत्रु भए तापनि यहूदाले आफू उहाँको मित्र भएको बाहना किन गर्‍यो?

यहूदासित धेरै रिसाउनु अघि हामीले आफ्नै हृदयलाई जाँचौं। के म प्रभु येशूलाई साँच्ची नै प्रेम गर्दछु कि म केवल देखावटी मात्र हुँ? के ख्रीष्टप्रति मेरो प्रेम र स्नेह साँचो छ कि देखावटी? के म सङ्गतिको एक दिनमा उहाँलाई चुम्बन गरेर बाँकी ६ दिन आफ्नो हिँडाइद्वारा उहँलाई धोका दिँदैछु?

समयले बताउनेछ

येशूका शत्रुहरू उहाँलाई पक्रन आउँदा तिनीहरूसँगै त्यहाँ को समेत उभिरहेको थियो (यूहन्ना १८:३,५)? _____________। यहूदा प्रभुका शत्रुहरूसँगै थियो। यहूदाले अब कसैलाई झुक्क्याउने कुरा भएन। यहूदा कसको पक्षमा रहेछ भनेर अब सबैले देख्‍न सक्थे। अझ, यहूदा शत्रु दलसँगै पछारियो पनि (पद ६)। एकातिर प्रभुका साँचा विश्वासीहरू येशूका साथमा आफ्ना खुट्टामै खडा थिए भने अर्कोतिर येशूको झूटो चेला (यहूदा) प्रभुका शत्रुहरूसँगै भुइँमा पछारिएको थियो (यूहन्ना १८:५-६)।

फेरि तपाईं आफ्नो बाइबल क्लासमा भएकाहरूको विचार गर्नुहोस्, विशेष गरी आफ्नो विषयमा। आजको ५ वा १० वर्षमा तपाईं कहाँ हुनुहुनेछ होला? के तपाईं परमेश्वरकै जनहरूसँगै हुनुहुनेछ कि तपाईं प्रभुका शत्रुहरूसँग हुनुहुनेछ? के तपाईं त्यसबेला पनि परमेश्वरका जनहरूसँगै एउटा बाइबलीय मण्डलीसँग सङ्गति गर्दै रहनुहुनेछ होला? कतिपय जवान व्यक्तिहरू बाबुआमाले उनीहरूलाई ल्याएकाले मात्रै मण्डली सभामा आउने गर्छन्। भविष्यमा मण्डली जाने निर्णय आफ्नै हातमा हुँदा तपाईंले कस्तो निर्णय गर्नुहुन्छ? के तपाईं त्यसबेला पनि जानुहुनेछ? के तपाईंलाई त्यसबेला पनि परमेश्वरका जनहरूका बीचमा भेट्टाउन सक्नेछौं? समयले प्रायः बताउनेछ, एक व्यक्ति कतापट्टि छ, परमेश्वरपट्टि कि शैतानपट्टि।

३) प्रभुको ज्यादै नजिक पुगेर पनि अनन्त विनाशमा पुग्न सम्भव छ

यहूदा प्रभुको नजिकमा थियो; प्रभुको त्यति नै नजिक हुने मौका त थोरैले पाउँछन्। यहूदाले प्रभुसँग जति समय बितायो, थोरैले त्यति समय उहाँसँग बिताउन पाउँछन्। एउटा व्यक्तिले पाउन सक्ने जति सबै सुअवसरहरू उसले पायो। संसारकै सबभन्दा असल बाइबल शिक्षकबाट उसले सिक्न सक्थ्यो, सबभन्दा असल प्रचारकबाट उसले सुन्न सक्थ्यो। उसले मुक्तिको सन्देश मुक्तिदाताकै ओठहरूबाट सुन्यो, त्यसमा पनि घरीघरी। ख्रीष्टका दाबीहरू सबै सत्य छन् भनेर पुष्टि गर्ने उहाँका थुप्रै आश्चर्यकर्महरू यहूदाले आफ्नै आँखाले देख्यो। उसले परमेश्वरको पुत्रकै सामु हिँडडुल गर्न, सँगै यात्रा गर्न, सँगै खान, बस्न, सुत्‍न पायो। एउटा मान्छेलाई अरू के चाहिन्छ र? एउटा मान्छेलाई अरू के दिन सकिन्छ र? तरैपनि यो मान्छेको विषयमा येशूले यसो भन्नुभयो, “मानिसका पुत्र साँच्चै उनको विषयमा लेखिएअनुसार जान्छन् नै तर ________ त्यस मान्छेलाई जसद्वारा मानिसका पुत्र पक्राइँदछन्। त्यो मान्छे ________________ भए त्यसका लागि असल हुनेथियो” (मत्ती २६:२४)।

साथै यूहन्ना १७:१२ मा येशूले यहूदालाई “___________ को __________” को उपनाम दिनुभयो। ऊ नष्ट हुनेछ, दण्ड पाउनेछ, सदाकाल नरकमा पर्नेछ। बाइबलमा केवल अर्को एकजना व्यक्तिलाई मात्रै विनाशको पुत्र भन्ने नाम दिइएको छ; त्यो हो पापको पुरुष अर्थात् भविष्यमा आउने ख्रीष्टविरोधी। २ थेस्सलोनिकी २:३ मा हेर्नुहोस्।

आफूले ठूलो पाप गरेको कुरा यहूदालाई थाहा थियो (मत्ती २७:४) तर ऊ पश्चात्तापी भई प्रभुकहाँ कहिल्यै आएन। बरू गएर उसले आत्महत्या गर्‍यो: “त्यो (यहूदा) हिँडयो, अनि गएर आफैलाई __________ लगायो” (मत्ती २७:५)। यहूदाले आत्महत्या गर्‍यो तर परमेश्वरले उसलाई केवल झुण्डिएर मर्न दिनुभएन। प्रेरित १:१८ अनुसार यहूदा “उँधोमुन्टो भई खसेर बीचैमा फुट्‍यो, र त्यसका सबै आन्द्रा-भुँडी बाहिर निस्के।” फाँसीको डोरी चुडिँदा मान्छे खसेर चुच्चो चट्टानमाथि बजारिएर भुँडी फुटेको हुन सक्छ। उक्त घटनालाई खुलस्त नबताइएको भए तापनि परमेश्वरले उसको फाँसीलाई असाधारण तुल्याइदिनुभएको कुरा प्रस्ट देखिन्छ। तरैपनि यो मृत्यु जतिसुकै अप्रिय भए तापनि नरकको कहालिलाग्दो अनन्तताको दाँजोमा यहूदाको निम्ति त्यो ठूलो कुरा थिएन।

के यहूदा तपाईंजस्तै थियो कि? तपाईं साँचो हुनुहुन्छ कि नक्कली? हृदयभित्र कुनै वास्तविकताबिना नै तपाईं बाहिरी कामहरू मात्र गरिरहनुभएको छ कि (चर्च जाने, प्रार्थना गर्ने, बाइबलको चर्चा गर्ने आदि)? आफूले मुक्ति नपाएको कुरा तपाईंलाई थाहा भएर पनि के अरूहरूका सामु आफूलाई एउटा मुक्ति पाएको व्यक्तिको रूपमा प्रस्तुत गर्नुहुन्छ कि? परमेश्वरले तपाईंलाई के कस्ता सुअवसरहरू र सत्यताहरू दिनुभएको छ? के तपाईंले मुक्ति पाउने उपाय घरीघरी सुन्नुभएको छ? तपाईंलाई प्रभुले बाइबल दिनुभएको छ? एउटा असल मण्डली? इसाई बाबुआमा? असल पास्टर तथा शिक्षकहरू? तपाईंले यी सबै मौकाहरू पाएर के गर्दैहुनुहुन्छ?

यहूदाजस्तै देखावटी ख्रीष्टियन नबन्नुहोस्। प्रभुको एक साँ___ चेला बन्नुहोस् (यूहन्ना ८:३१)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

घमन्डी हामान

घमन्डी हामान

 

घमन्ड अति घिनलाग्दो पाप हो। घमन्डी व्यक्तिले आफूलाई सृष्टिकै सर्वोच्चस्थानमा बसिरहेको जस्तै देख्दछ। उसले आफूलाई सारा सृष्टिकै सबैभन्दा महत्त्वपूर्ण व्यक्तिको रूपमा देख्दछ। घन्डी व्यक्तिको ठूलो समस्या भनेको उसको ठूलो “म” नै हो। उसको निम्ति अरू कुनै कुरा महत्त्वपूर्ण छैन, केवल उसको “म, मलाई र मेरो”

घमन्डीज्यूको भनाइ यस प्रकारको छ:

मलाई हेर त।
मलाई ध्यान देऊ, म को हुँ चिनिराख।
मैले गरेका कामलाई हेर।
म कति महान् छु।
म कति अचम्मको छु।
मेरो तारीफ गर।
म सबैभन्दा महान् हुँ।

सबभन्दा पहिलो पाप के थियो? सबभन्दा पहिलो पाप हत्या थिएन। चोरी थिएन। झूट थिएन। खराब वा फोहोर बोली पनि थिएन। सबभन्दा पहिलो पाप घमन्ड थियो। सबभन्दा पहिलो पाप गर्ने व्यक्ति को थियो (हेर्नू: १ यूहन्ना ३:८)? _______________। उसले के गरेको थियो? १ तिमोथी ३:६ बाट हामी जान्न सक्छौं, ऊ “_____________” ले फुलेको थियो।

परमेश्वरले एउटा सुन्दर स्वर्गदूत सृजनुभएको थियो जो पवित्र र असल थियो। त्यो स्वर्गदूत कहिलेकाहीँ “बि______को _________ (यशैया १४:१२, अङ्ग्रजी किङ्ग जेम्स बाइबलमा “लुसिफर”) भन्ने नाउँले चिनिन्छ। ऊ परमेश्वरले सृष्टि गर्नुभएका स्वर्गदूतहरूमध्येमा अत्यन्तै महत्त्वपूर्ण दूत थियो।

यो स्वर्गदूतलाई एउटा अति नराम्रो कुरा भयो। लुसिफरको सम्बन्धमा बाइबलले बताउँछ, “तेरो सुन्दरताले गर्दा तेरो हृदय _____________ ____________” (इजकिएल २८:१७)। आफ्नो सुन्दरता, आफ्नो बुद्धि र आफ्नो शक्तिको कारण ऊ घमन्डले फुलियो। उसले यस प्रकारले भनेको हुनुपर्छ:

लुसिफरले भन्यो (आफ्नो मनमा, यशैया १४:१३)

“म कति सुन्दर छु। म कति बुद्धिमान् छु। परमेश्वर मात्र महान् छैन। म पनि महान् छु। सबै स्वर्गदूतहरूले किन परमेश्वरलाई मात्र पूज्नुपर्छ र? मलाई पनि पूज्नुपर्दैन र? म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु” (हेर्नू: यशैया १४:१२-१४)।

घमन्डको भयङ्कर पापले गर्दा स्वर्गदूत “लुसिफर” बदलेर “डियाबलोस” शैतान बन्न पुग्यो। उसले आफूलाई यति माथिसम्म उचाल्यो तर परमेश्वरले उसलाई ज्यादै तलसम्म झार्नुहुनेछ (हेर्नू: यशैया १४:१४-१५)। हामी शैतानको पापमा नफसौं (१ तिमोथी ३:६) र आफ्नो विषयमा बढी सोच्न नथालौं (हेर्नू: रोमी १२:३) भन्ने हेतुले हामी एकदम होसियार बस्नुपर्छ।

के आफू कोही हुँ जस्तो लाग्छ तपाईंलाई ?

तपाईं आफ्नो विषयमा के सोच्नुहुन्छ? आफ्नो विषयमा तपाईंको धारणा कस्तो छ? तपाईंको आफ्नै मूल्याङ्कन कस्तो छ? (औसतभन्दा कम? ओसतबराबर? असल? महान्? सबभन्दा महान्?) तपाईं आफूलाई कुन तहमा देख्‍नुहुन्छ?

सबैजना “केही न केही बन्न” चाहन्छन्। हामी महत्त्वपूर्ण व्यक्ति बन्न चाहन्छौं। हामी केही न केही महत्त्व बोकेका व्यक्ति हुन चाहन्छौं। “म कोही हुँ” भनेर भन्न सकौं भन्ने चाहन्छौं। तसर्थ हामीलाई अलिक अचम्म लाग्न सक्छ जब हामी गलाती ६:३ मा पढ्छौं र पत्ता लगाउँछौं कि यद्यपि हामी आफू _________ _______ भन्ने सम्झन्छौं तरैपनि वास्तवमा (परमेश्वरको दृष्टिकोणमा) हामी ________ होइनौं। हामी आफूलाई जति महत्त्वपूर्ण सम्झन्थ्यौं त्यति महत्त्वपूर्ण रहेनछौं।

यदि आज नै तपाईं मर्नुभयो भने (हेर्नू: लूका १२:२०), के संसार तपाईंबिना चलिरहन सक्नेथ्यो होला? तपाईंको मृत्युलाई देशव्यापी समाचारको रूपमा रेडियो वा टेलिभिजनमा प्रसारण हुनेथ्यो होला? के तपाईंलाई कुनै महान् र ख्यातिप्राप्‍त व्यक्तिको रूपमा लामो समयसम्म सम्झना गरिने थियो होला?

धेरै व्यक्तिहरू आफूहरू भीआइपीहरू (“भेरी इम्पोर्टेन्ट पर्सन्स्” अर्थात् “अति महत्त्वपूर्ण व्यक्तिहरू”) हौं भनी सोच्दछन्। आफूहरू यति महत्त्वपूर्ण हौं कि आफूहरू बिना संसारै ठप्प हुनेछ भनी तिनीहरू सोच्दछन्। अर्को पालि जब तपाईंलाई यस्तो लाग्न थाल्छ, त्यसबेला तलको कविता पढ्नुहोला:

जब तिमी आफ्नै महत्त्वको भावनाले गमक्क फुल्न थाल्छौ
जब तिम्रो अहम हिमशिखरको चुचुरोमा पुग्दछ
जब तिमी आफू भीआइपी हुँ भन्ने कुरालाई स्वयंसिद्ध तथ्यको रूपमा मानिलिन्छौ
जब तिमीमा “म नभए मेरो रिक्त स्थान कसैगरी भरिन्न” भन्ने भावना आउँदछ
तब यो सरल निर्देशनलाई पछ्याऊ, र तिम्रो प्राणलाई क्षुद्रताले झुकेको हेर।

एउटा बाल्टीन लिएर त्यसलाई पानीले भर
आफ्नो हातलाई नाडीसम्म डुबाऊ
अब हातलाई झट्टै बाहिर निकाल अनि बाँकी रहेको रिक्त स्थान नै त्यो नाप हो जुन नापले तिमीलाई गुमाइएको अनुभव हुनेछ।
हात छिराउँदा जतिसुकै छप्ल्याङ्ग छुप्लुङ्ग गरौला
अनि पानीलाई जतिसुकै हल्लाऊला
तर रोक अनि एक मीनेटमा नै जान्नेछौ
त्यो पहिला जस्तो थियो त्यो त्यस्तै हुनेछ।
–Saxon White Kessinger, “Indispensable Man” को नेपाली रूपान्तरण

यस पाठमा हामी एउटा मान्छेको अध्ययन गर्न चाहन्छौं जसले आफूलाई भीआईपी ठान्दथ्यो। उनको धारणा थियो, सबैले उसलाई मान गरोस् र ध्यान देओस्। उनको नाम थियो हामान अनि उनको बारेमा हामी एस्तरको पुस्तकमा पढ्न पाउँछौं।

“घुँडा टेक्नू, सबैजना!”

हामान शैतानको आफ्नै मान्छे थियो। ऊ परमेश्वरका जनहरू अर्थात् यहूदीहरूको शत्रु थियो (एस्तर ३:१०, ७:६)। हामान घमन्डी थियो, ठीक शैतानजस्तै।

हामानको पदोन्नति गरेर उसलाई उच्च अधिकारी बनाउने काम कसले गरेका थिए (एस्तर ३:१)? ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्: (क) परमेश्वरले (ख) एउटा मान्छे (राजा) ले (ग) एस्तरले

हामानलाई अन्य भारदारहरूलाई भन्दा श्रेष्ठ र उच्च पद दिइयो। ऊ फारस राज्यकै दोस्रो महत्त्वपूर्ण र शक्तिशाली व्यक्ति थियो। ऊभन्दा शक्तिशाली व्यक्ति केवल राजा थियो। जब कुनै व्यक्ति ज्यादै उच्च पारिन्छ, उसले तब केवल एउटै मात्र दिशा लिन सक्दछ – तल! हामी देख्नेछौं, हामान सिंहासनबाट फाँ_______को (एस्तर ७:१०) काठमा झुण्डिन पुग्यो। परमेश्वरले त्यस मानिसलाई कसरी तल होच्च्याउनुभयो, यो एक चाखलाग्दो कहानी छ।

यदि एउटा विश्वासी उच्च हुन चाहन्छ भने उसले पहिला के गर्नुपर्छ (१ पत्रुस ५:६; याकूब ४:१०)? _________________________________________। “घमन्डी” को उल्टो “नम्र” हो। यदि कोही साँच्ची नै उच्च हुन चाहन्छ भने ऊ पहिला होच्चिनुपर्छ (सही प्रकारले नम्र भएर, घमन्डले फुलिएर होइन)। कसैलाई उठाउन सक्ने र महान् बनाउन सक्ने को हुनुहुन्छ (याकूब ४:१०, १ इतिहास २९:१२,२५)? _________________

राजाका सबै भारदारहरूले के गर्दथे (एस्तर ३:२)? ___________________________________। तिनीहरूले यो किन गर्दथे (एस्तर ३:२)? ______________________________________। कसले उक्त कुरा गर्न मानेनन् (एस्तर ३:२)? _____________________ मोर्दकैले उसलाई दण्डवत् नगरेको देख्दा हामानलाई कस्तो लाग्यो (एस्तर ३:५)? (क) ऊ आनन्दले गद्‍गद भयो (ख) उसलाई अलिकति अफसोस लाग्यो (ग) ऊ रिसले चूर भयो (घ) उसलाई खास कुनै असर परेन

घमन्डी हामान उसलाई मान्छेले दण्डवत् गरेको देख्‍न चाहन्थ्यो। मानिसहरूले उसलाई महान् महत्त्वपूर्ण ठानोस् भन्ने ऊ चाहन्थ्यो। एकजनाले त्यसो गर्न नमानेकोले ऊ रिसले चूर भयो।

चोट लागेको घमन्डीदेखि होसियार!

आफूले चाहेको कुरा नपाउने घमन्डी मान्छेदेखि होसियार हुनुहोस् है! ऊ डरलाग्दो हुन्छ। हामान, उसको उम्लिरहेको रिसले, मोर्दकैलाई बाहेक अरू कसलाई समेत नाश गर्न अभिप्रेरित भयो (एस्तर ३:६)? सबै ____________। यहूदीहरूलाई नाश गर्ने “शुभ” दिनको तय गर्न हामानले चिठ्ठा समेत हाल्न लगाए (एस्तर ३:७)। यसरी समस्त यहूदी जाति नाश गरिनका लागि बाह्रौं महिनाको तेह्रौं दिनको “साइत” पर्‍यो। त्यो दिन आइपुग्न करिब एघार महिना बाँकी थियो (हेर्नू: एस्तर ३:१३)। तर त्यो दिन उसले देख्‍नै नपाईकन ऊ मर्छ भनेर हामानले कल्पनै गरेको थिएन।

दुष्ट हामान राजालाई मनाईवरी यहूदीहरूलाई त्यस दिन नाश गरियोस् भन्ने शाही उर्दी निकाल्नालाई समेत सफल भयो। एस्तर ३:९ अनुसार हामान यहूदीहरूको ___________ चाहन्थ्यो। हामानको लिखित आज्ञाको हुकुमअनुसार समस्त यहूदीहरूलाई त्यस दिन के-के गरिनेवाला थियो (एस्तर ३:१३)? १) ________ गर्ने २) ____________ ३) __________________________ ४) __________________________। हामानको दुष्ट योजना फटाफट अगाडि बढ्दै थियो। यहूदी जातिका लागि वातावरण अत्यन्तै प्रतिकूल देखिन्थ्यो। अब यस्तो जटिल समस्यालाई परमेश्वरले कसरी सुल्ट्याउनुहोला त?

घमन्डी हामान झन् रिसाउँछ

अब रानी एस्तरले हामानलाई भोजमा निम्तो दिन्छिन्। एस्तर एक यहूदी हुन् भन्ने कुरा हामानलाई थाहा थिएन। भोजमा एस्तरले हामान र राजालाई बाहेक अरू कसैलाई निम्त्याएकी थिइनन्। यस्तो भोजमा उसलाई मात्र डाकिएकोमा आफू एकदम विशेष छु भनेर के हामानले सोचेका थिए (एस्तर ५:१२)? ___________। भोज खाएर बाहिर निस्कँदा हामान किन हर्षले लट्ठ परेको थियो (एस्तर ५:९,१२)? ___________________________________________________________। के देख्‍नेबित्तिकै हामानको हर्ष तुरुन्त रिसमा परिणत भयो (एस्तर ५:९)? ______________________________________। हामान आफ्नो शत्रुलाई तत्कालै नाश गर्न चाहन्थ्यो तर आफैलाई सम्हाल्दै ऊ घर गयो (एस्तर ५:१०)।

घर पुगेपछि हामानले आफ्ना साथी-भाइहरूलाई जम्मा पार्छ, आफ्नो स्वास्नीलाई बोलाउँछ र भएभरको धाक लगाउन थाल्छ: १) आफ्नो धन-सम्पत्तिको धाक, २) थुप्रै छोराहरू भएको धाक (एस्तर ५:११ र हेर्नू: एस्तर ९:१०), ३) आफ्नो उच्च ओहोदाको धाक (एस्तर ५:११), ४) उसलाई दिइएको विशेष निम्तोको धाक (एस्तर ५:१२)। हामानका यति धेरै “आशिषहरू” थिए तरैपनि कुनचाहिँ मान्छे नमरेसम्म ऊ खुशी हुन सक्दैथ्यो (एस्तर ५:१३)? _____________। एक रूपैयाँको एउटा सानो सिक्कालाई आँखाको सामु ल्याउँदा त्यसले सिङ्गो घामलाई छेकिदिए जस्तै बदलाको भावनाले हामानलाई पनि उसका सबै आशिषहरूदेखि छेकिदियो।

हामानको समस्यालाई समाधान गर्न उसको स्वास्नी लगायत साथी-भाइहरूले उसलाई एउटा सल्लाह दिन्छन्। “__________ मीटर अल्गो एउटा फाँसीको काठ खडा गर्नुहोस्” (एस्तर ५:१४)। फाँसी जति अल्गो बनाइयो त्यो त्यति नै परसम्म देखिन्छ। विहानै मोर्दकैलाई त्यसमा झुन्ड्याउन (अर्थात् रोपेर प्राणदण्ड दिन, भालाजस्तो तीखो टुप्पा भएको खम्बामा शूली चढाउन) हामानले राजालाई विन्ती चढाउने भए। हामानलाई यो विचार साह्रै मन पर्‍यो र उसले फाँसी तयार गरायो।

हामान आफ्नै शत्रुलाई सम्मान गर्छन्

त्यही रात राजालाई एउटा जानकारी मिल्यो – मोर्दकैले विगतमा, करिब चार वर्ष अगाडि, राजाको ज्यान बचाएर पनि तिनको यस्तो असल सेवाबापत तिनलाई कुनै इनाम प्रदान गरिएको रहेनछ (एस्तर ६:१-३)। यो कुरा थाहा पाउनेबित्तिकै राजाले मोर्दकैलाई विशेष सम्मान गर्न चाहे। हामानले जसलाई फाँसी दिन चाहिरहेको थियो उसैलाई राजाले सम्मान गर्न चाहिरहेका थिए!

बिहान सबेरै हामान राजाको दर्शनभेट गर्ने आशामा बाहिरपट्टिको चोकमा उपस्थित भयो। ऊ राजासित के कुरा गर्न चाहन्थ्यो (एस्तर ६:४)? _______________________________________________

हामानले मुख खोल्न नपाउँदै राजाले भने, “राजा आफैले सम्मान दिने इच्छा गरेको मानिसलाई के गर्नुपर्छ?” यो सुन्नेबित्तिकै हामानलाई बिर्सेर आफ्नै विषयमा सोच्न थाल्यो। राजा वास्तवमा कसको बारेमा सोच्दैथिए (एस्तर ६:३)? ______________। तर हामानले राजा कसको बारेमा सोच्दैछन् भनी ठान्यो (एस्तर ६:६)? ________________

एस्तर ६:७-९ मा हामी देख्छौं, राजाको प्रश्नको जवाफ दिन हामान एकदम तयार थियो। यो हामानले अगिबाटै सोचेको र कल्पना गरेको कुरा हुनुपर्छ। उसलाई यो खुशीको खबर आफ्ना स्वास्नी र साथी-भाइहरूलाई बताउन हतार भयो। सायद ऊ सोच्दैथ्यो, “मेरा सुन्दर सपनाहरू अब सब पूरा हुनेभए।” तर, हाय, विपनामा अब के-के हुन लाग्दै थियो, त्यसको उसलाई एक छेउ पनि थाहा थिएन।

एस्तर ६:१० पढ्नुहोस्। एक्कासी हामान छाँगाबाट खस्छ – राजाले सम्मान दिन इच्छा गरेको व्यक्ति आफू नभएर उसलाई सबभन्दा मन नपर्ने मान्छे मोर्दकै पो रहेछ! मोर्दकैलाई फाँसी दिनु त कहाँ अब हामानले उसलाई सम्मान दिनुपर्ने भयो। उसलाई फाँसी दिने अनुमति पाउनुको सट्टा उसलाई सम्मान दिने आज्ञा पो उसमाथि आइपर्‍यो। हामान फन्दामा पर्‍यो। “महाराजा, यो विचार मलाई अलिकति ठीक लागेन” – त्यसो भन्न मिल्यो त अब? त्यो त बिलकुलै उसको विचार थियो!

अघिल्लो दिन हामान रानीको भोजबाट फुरुक्कै परेर घर फर्केको थियो (एस्तर ५:९)। अब मोर्दकैलाई शहर परिक्रमा गराएपछि के हामान फुरुक्क परेका थिए (एस्तर ६:१२)? ___________। फारसको साम्राज्यलाई ऊजत्तिकै अपमानित व्यक्ति सायद कहिल्यै देख्‍नु परेको थिएन।

हामानको स्वास्नी र साथी-भाइहरूले कुरा बुझे, उसलाई भएको कुरा सिर्फ बिग्रेको भाग्य मात्र थिएन। हामान कहिल्यै नउठ्ने गरी पतन हुन लागिरहेको छ भनेर उनीहरूले देखिसकेका थिए (एस्तर ६:१३)। जसले आफूलाई घमन्डमा उचाल्छ, त्यो जान सक्ने ठाउँ एउटै मात्र हुन्छ – तल। “विनाशको अघि ____________ आउँछ, र ___________को अघि चाहिँ हठी मन आउँछ” (हितोपदेश १६:१८)।

हामानको पतन

एस्तर, राजा र हामान भोज खान दोस्रो पटक बसे। यसै भोजमा एस्तरले राजालाई हामान यहूदीहरूका शत्रु हुन् भनी बताइन् (एस्तर ७:३-६)। राजाले जब हामानको बारेमा यो कुरा थाहा पाए तब उनी रिसाए कि रिसाएनन् (एस्तर ७:७)? _____________। राजाले हामानलाई मृत्युदण्ड दिने हुकुम दिए (एस्तर ७:९)।

दुष्टका पाप प्रायः एक न एक दिन तिनैका टाउकामा फर्केर आउँछन् (हितोपदेश २६:२७, भजनसङ्ग्रह ७:१५-१६)। हामानले फ्याँकेको “बम” मोर्दकैलाई लागेन, उल्टो त्यो फर्केर उसकै टाउकोमा लाग्यो (एस्तर ५:१४)। भजनसङ्ग्रह ९:१५-१६ लाई विचार गर्नुहोस्। हामानले कस्तो किसिमको पासो थापेको थियो (एस्तर ५:१४)? ______________________________। त्यसमा हामानले कसलाई पार्न चाहन्थ्यो (एस्तर ७:९)? ______________। आखिरमा त्यसमा को पर्न गयो (एस्तर ७:१०)? ______________। जुन व्यक्ति शहरका बासिन्दाका सामु सम्मानका साथ घोडामा परिक्रमा गराइन र प्रदर्शन गराइन चाहन्थ्यो (एस्तर ६:७-९), त्यो व्यक्ति सबैले देख्‍ने गरी एकदमै अल्गो स्थान (फाँसी) मा प्रदर्शित गरियो (एस्तर ७:१०)। उच्च पारिन चाहेको हामान उसले चिताउँदै नचिताएको तरिकामा उच्च पारियो। ऊ एउटा लज्जाजनक मृत्युदण्ड पाउनालाई उच्च पारियो।

साँचो महानता

हामानले आफूलाई महान् बनाउन खोज्यो तर ऊ एक महामूर्ख ठहरियो। यहूदी मोर्दकै महान् बनाइए (एस्तर १०:३) यद्यपि उनी महान् बन्न खोजेका थिएनन्।

येशूले साँचो महानताको रहस्य एक पटक यसरी बताउनुभयो। यो रहस्य के हो (मत्ती १८:१-)? __________________________________________________। यदि कुनै व्यक्ति साँच्ची नै उच्च पारिन चाहन्छ भने, उसले के गर्नुपर्छ (मत्ती २३:१२)? _______________________________________________। याकूबले यही कुरा याकूब ४:१० मा बताउँछन्, “प्रभुको सामु आफूलाई ________ तुल्याओ, र उहाँले तिमीहरूलाई ________ ________________।”

विनय दाज्युको अभिव्यक्ति यस प्रकारको छ:

“म केही होइन, सो म जान्दछु। म केवल मान्छे हुँ, म साह्रै सीमित छु। म सर्वशक्तिमान छैन। सबै कुरा म जान्दिनँ। म थोरै जान्दछु। म अति कमजोर छु, माटोले बनेको। म सधैं बाँच्ने होइन। म ज्यादै पापी छु, मेरो हृदय एकदमै दुष्ट छ। म हराएको छु, म बचाइनु मेरो ठूलो खाँचो हो। म आफैले आफूलाई बचाउन सक्दिनँ, तर म जान्दछु येशू ख्रीष्टले मलाई बचाउन सक्नुहुन्छ। अब म येशू प्रभुलाई मेरो मुक्तिदाता र प्रभुको रूपमा विश्वास गर्छु। मानिसहरूले मलाई ध्यान दिएको, मलाई महत्व दिएको अब म चाहन्न तर उनीहरूले मेरा परमेश्वरलाई ध्यान दिएको र उहाँ कति महान् हुनुहुन्छ भनेर देखेको चाहन्छु। धाक देखाउनुको सट्टा म परमेश्वरलाई देखाउन चाहन्छु। आफैमा गर्व गर्नुको सट्टा म परमेश्वरको बारेमा र उहाँले गरिदिनुभएको कुरामा गर्व गर्न चाहन्छु। म मेरा परमेश्वरमा ज्यादै घमन्ड गर्दछु।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

सोलोमनका मूर्तिहरू

सोलोमनका मूर्तिहरू

 

मूर्ति के हो ? उत्कट भक्तिको पात्र नै मूर्ति हो। ईश्वरको रूपमा आराधना गरिने, प्रेम गरिने बस्तु मूर्ति हो। मान्छेको जीवनमा सत्य परमेश्वरलाई दिइनुपर्ने स्थानमा राखिएको कुनै पनि कुरोलाई मूर्ति भनिन्छ। परमेश्वरलाई प्रतिस्थापन गर्ने व्यक्ति वा वस्तु एक मूर्ति हो।

हामीले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्दछ (व्यवस्था ६:४-५) ? ____________ ____________________________________________________ _______________________________________________ _। परमेश्वर हाम्रो सर्वोपरि भक्तिको माग गर्नुहुन्छ! प्रभु येशूले भन्नुभयो, हामीले उहाँलाई हाम्रो आफ्नै बा____ र हाम्रो आफ्नै आ____ लाई भन्दा पनि बढ्ता प्रेम गर्नुपर्दछ (मत्ती १०:३७)। प्रस्थान २०:३ मा दस आज्ञाको पहिलो आज्ञामा उल्लेख छ: “मबाहेक अरू कुनै _____________________ नमान्नू।” उहाँ नै एकमात्र साँचो परमेश्वर हुनुभएको हुनाले त्यहाँ अन्य कुनै परमेश्वर त छनै नै, तर हामीले देवता-देवीहरू बनाएर साँचो परमेश्वरलाई दिनुपर्ने भक्ति तिनैलाई दिनु सम्भव छ। यो पहिलो आज्ञामा परमेश्वर भन्नुहुन्छ, “म नै पहिलो हुँ! तिम्रो जीवनमा मलाई नै पहिलो स्थान दिन नचुक्नू!” हाम्रो जीवनमा परमेश्वरलाई बाहेक अरू कुनै चिजलाई पहिलो स्थान दिन्छौ भने त्यो मूर्ति हो। हाम्रो हृदयमा परमेश्वरको स्थानलाई ओगट्ने कुनै पनि चीज मूर्ति हो।

कहिलेकाहीँ मान्छेले बस्तु र सम्पत्तिको ईश्वर बनाउँदछ (पैसा, सुन-चाँदी, घर-जग्गा ईत्यादि)। यो एक प्रकारको मूर्तिपूजा हो। बाइबलले बताउँदछ, एक लोभी मानिस _____________ हो (एफेसी ५:५) र लोभ ____________ बराबर हो (कलस्सी ३:५)। लोभ त्यस्तो इच्छा हो जसले झन् झन् धेरै चाहन्छ। रूपैयाँलाई पूज्ने मान्छे लोभी मान्छे हो।

कुनै व्यक्तिले परमेश्वरको सेवा गर्न चाहन्छ भने, उसले मूर्तिहरूलाई के गर्नुपर्छ (हेर्नुहोस्, प्रस्थान ३२:२०; २ राजा १८:४)? __________________________। थेस्सलोनिकामा बस्ने विश्वासीहरूले एक समय मूर्तिपूजा गर्थे, तर उनीहरूलाई पावलले सुसमाचार सुनाएपछि उनीहरू “जीवित र सत्य परमेश्वरको सेवा गर्नाका निम्ति _____________बाट ____________________तर्फ” फर्के (थेस्सलोनिकी १:९)। उनीहरू नक्कलीबाट सक्कलीतर्फ फर्के!

सोलोमनको राम्रो सुरुआत

सोलोमन दाऊदका छोरा थिए। सोलोमन इस्राएलका राजा अभिषेक गरिएका बेला उनले राम्रो गर्न थालेका थिए। उनी परमेश्वरको भय मान्ने बुद्धिमानी राजा थिए।

आफ्नो जीवनको अन्ततिर, दाऊदले आफ्नो छोरा सोलोमनलाई अति महत्त्वपूर्ण निर्देशनहरू दिए। हामी ती निर्देशनहरू १ इतिहास २८:९-१० र १ राजा २:१-४ मा पढ्न सक्छौं। दाऊदले सोलोमनलाई भनेका कुराहेरू के के थिए (आफ्नै शब्दमा लेख्न सक्नुहुन्छ)? ______________________________________ ______________________________________________________ ______________________________________________________ ______________________________________________________ सोलोमनका एक असल बाबु थिए जसले उनको भलाइ चाहन्थे।

१ राजा ३:३ मा बताइएको कुन कुराले सोलोमनको सुरुआत राम्रो थियो भन्ने देखाउँछ? __________________________________________________ ________________________। १ राजा ३:५ मा परमेश्वरले सोलोमनसित एउटा उदेकको कुरा गर्नुभयो। उहाँले यसो भने बराबर थियो, “सोलोमन, माग, म तिमीलाई दिनेछु। म तिमीलाई के दिऊँ?” परमेश्वरले तपाईंलाई त्यसो भन्नुभएको खण्डमा तपाईंले के माग्नुहुनेथ्यो ? धन-सम्पत्ति ? लामो आयु ? सुख? सोलोमनले के मागे (१ राजा ३:९-१२)? _______________________________ _______________________________________

परमेश्वरले उनलाई थप के के दिनुभयो (१ राजा ३:१३)? ________________ _____________________________________________। परमेश्वरको चित्त ज्यादै उदार छ, उहाँ आफ्ना छोराछोरीहरूलाई दिन ज्यादै रूचाउनुहुन्छ। यदि हामीले परमेश्वरको राज्य पहिला खोजी गर्‍यौं (परमेश्वरलाई हाम्रो जीवनमा पहिलो स्थन दियौं) भने, उहाँले अनेकौं कुराहरू थपिदिने प्रतिज्ञा गर्नुभएको छ (हेर्नुहोस् मत्ती ६:३३)। परमेश्वरलाई पहिलो स्थान दिनेहरू कहिल्यै पछि पर्नेछैनन्। परमेश्वरलाई पहिलो स्थान नदिनेहरू सधैं पछि पर्नेछन्।

सोलोमनको बुद्धिको उदाहरण १ राजा ३:१६-२८ मा दिइएको छ। यदि तपाईं सोलोमनको स्थानमा हुनुभएको भए के तपाईंले उक्त समाधनाको उपाय सोच्नुहुनेथ्यो होला?

सोलोमन र उनको राज्यमाथि परमेश्वरको ठूलो आशिष थियो। तिनलाई परमेश्वरले के कस्ता आशिष दिनुभयो, जोडा मिलाउने निम्न अभ्यासद्वारा हेरौं:

परमेश्वरको ठूलो आशिष सोलोमनमाथि थियो। १ राजाको सुरुका अध्यायहरूमा सोलोमनले संसारकै सबभन्दा सुन्दर र भव्य मन्दिर बनाएको बयान पाउँछौं। जब येशूले एक महिमित राज्यको कुरा गर्न चाहनुभयो, त्यसबेला उहाँले कसको राज्यलाई उदाहरणस्वरुप उल्लेख गर्नुभयो (लूका १२:२७)? _____________। जब येशूले आफ्नो बुद्धिलाई कुनै मान्छेको बुद्धिसित तुलना गर्न चाहनुभयो, उहाँले कुन मान्छेलाई उदाहरणस्वरुप उल्लेख गर्नुभयो (मत्ती १२:४२) ? __________। मन्दिर अर्पण गरिने बेलामा सोलोमनले गरेका प्रार्थनामा पनि सोलोमनको बुद्धि झल्किएको पाउँछौं (१ राजा ८:२२-६१)। सोलोमन एक परमेश्वरको डर मान्ने र परमेश्वरप्रति संवेनशील मानिस थिए!

तर सोलोमनको हृदय पापी छ भने परमेश्वर जान्नुहुन्थ्यो। त्यसैले परमेश्वरले १ राजा ९:६-९ मा एउटा कडा चेताउनी दिनुभयो। सोलोमनले के गर्नु हुँदैनथ्यो (१ राजा ९:६) ? ________________________________________________

सोलोमनको पतन

आफ्नो जीवनको अन्तमा सोलोमनले निम्न बुद्धिमानी भनाइ व्यक्त गरे: “संसारमा यस्तो कुनै मानिस ________, जसले सबै काम __________ गर्छ र कहिल्यै _______ गर्दैन” (उपदेशक ७:२०)। यस भनाइको सम्बन्धमा सोलोमन कुनै अपवाद थिएनन्। उनी पनि पापमा फसे र उनको गिरावट ठूलो थियो! सोलोमनको पतनको सम्बन्धमा १ राजा अध्याय ११ ले बताउँदछ।

१ राजा ११:१ मा “विदेशी स्त्रीहरू” भनी उल्लेख छ। शासकहरू प्रायः राजनीतिक उद्देश्यले विदेशी स्त्रीहरू विवाह गर्ने गर्थे। यस पदमा हामी देख्छौं सोलोमनले मिश्रका राजा फारोकी छोरीलाई विवाह गरे। साथै उनले अरू विदेशी राजाहरूका छोरीहरू विवाह गरे। यसो हुनाले ती राजाहरू सोलोमनसित रिस गर्न र उनको भूमिमाथि हमला गर्नलाई त्यति आँट गर्न सक्दैनथे। किनकि आफ्नै ज्वाइँको विरुद्धमा जाइलाग्न कसलाई रुचि होला र?

तर समस्या के भने, यी विदेशी स्त्रीहरूले आफ्नै धर्महरू र झूटा देवता-देवीहरूलाई आफूसितै हुल्नेभए! के सोलोमनले परमेश्वरको वचनलाई ध्यान दिँदैथिए त (प्रस्थान ३४:१३-१७; व्यवस्था ७:१-४)? __________________। परमेश्वरले यहूदीहरूलाई विदेशी स्त्रीहरू विवाह नगर्नु भनी किन आज्ञा दिनुभयो (व्यवस्था ७:४)? _____________________________________________ _______________________। के सोलोमनलाई यस्तै नै भयो? ________। यूहन्ना १४:१५,२३ पढ्नुहोस्। आफ्नो जीवनको उक्त चरनमा के सोलोमनले प्रभुलाई प्रेम गरे? ______________। के उनको जीवनमा परमेश्वरको वचनलाई पहिलो स्थान दिइयो? ______________

१ राजा ११:३ पढ्नुहोस्। “उपपत्नी” भन्नाले तल्लो दर्जाको पत्नी बुझिन्छ। उदाहरणको लागि, याकूबका दुई पत्नीहरू थिए (राहेल र लेआ) र दुई उपपत्नीहरू थिए जो दासीहरू थिए (बिल्हा र जिल्पा) – उत्पत्ति २९:२१-२९। सोलोमनका जम्मा कति पत्नीहरू थिए (पत्नी तथा उपपत्नी गरी) – पद ३? _____________। के परमेश्वरले राजालाई धेरै स्वास्नीहरू जम्मा नगरून् भनी चेताउनी दिनुभएको थियो (व्यवस्था १७:१४-१७)? ____________। के सोलोमनले यो चेताउनीलाई माने? ______________। अघिल्लो पाठमा पनि हामीले देखेका थियौं, दाऊदले धेरै पत्नहरू र उपपत्नीहरू जम्मा गरे (हेर्नुहोस् २ शमूएल ५:१३ र १५:१६)।

सोलोमनको जीवनको कुन बेला उसको पतन आयो (१ राजा ११:४)? _______ ______________। के उनी परमप्रभुको पछि पूरा रूपमा लागे (१ राजा ११:६)? ______________। यदि कुनै व्यक्ति पूरा रूपमा प्रभुको पछि लाग्दैन भने त्यो व्यक्तिको जीवनमा मूर्तिहरू छन् जसलाई नाश गरिनुपर्छ! १ राजा ११:७-८ हेर्नुहोस्। सोलोमनले आफ्ना पत्नीहरूका निम्ति अल्गो थानहरु (मण्डप, आराधना स्थल) स्थापना गरे जहाँ उनीहरूले आफ्ना – आफ्नै झूटा देवात-देवीहरूको पूजा गरे। यरुशलेम वरिपरिका डाँड-डाँडामा यी मण्डपहरू थिए। सोलोमनले यसरी आदर गरेका दुई झूटा देवताहरू ___________ र ________ थिए (पद ७)। यी देवताहरूलाई बलिदानस्वरूप आगोमा छोराछोरीहरू चढाइन्थे! यी झूटा देवताहरूलाई आफ्नो भक्ति देखाउन बाबुआमाहरूले आफ्नै छोराछोरी बलि चढाउँथे! धर्मको नाममा गरिएको यो कति घृणित कार्य! यी सबैको विषयमा परमेश्वरलाई कस्तो लाग्यो (१ राजा ११:९)? _____________ _____________। के सोलोमनले परमेश्वरको आज्ञापलन गरे (१ राजा ११:१०)? _____________। १ राजा ११:११ मा र त्यसपछिका पदहरूमा उनको ठूलो पापको कारणले उनी लगायत उनलाई पछ्याउनेहरूमाथि आइपरेको भयानक दण्ड र समस्याको उल्लेख छ।

नहेम्याह १३:२६ लाई विचार गरौं: “के यस्तै स्त्रीहरूको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन्?” पदको बाँकी भाग पढ्नुहोस्! सोलोमनका कति थुप्रै आशिषहरू थिए तर उनले परमेश्वर र परमेश्वरको वचनलाई भन्दा कुनै अरु कुरालाई बढी महत्त्व दिए।

तपाईंका मूर्तिहरू नि?

तपाईं भन्नुहोला, “मैले मोलोख देवतालाई कुनै वेदी खडा गरेको छैन अनि म एकभन्दा धेरैलाई विवाह गर्ने खालको पनि होइन।” होला, तर यसको मतलब हाम्रा जीवनमा कुनै मूर्तिहरू छैनन् भन्ने होइन। कुनै पनि कुरा मूर्ति बन्न सक्दछ: खेलकुद (फुटबल), केटा साथी, केटी साथी, टेलिभिजन, पैसा। अन्य उदाहरणहरू दिन सक्नुहुन्छ? _____________________________________ _______________________________________________________। कुनै कुरा मूर्ति हो या होइन भनी यसरी जाँच्न सकिन्छ: आफ्नो जीवनमा आफूलाई महत्त्वपूर्ण लाग्ने कुराहरूको विचार गर्नुहोस्। तपाईंको जीवनमा त्यस्तो कुनै कुरा छ जुन कुरा गुमाएको खण्डमा तपाईंको जीवन “भताभुङ्ग” हुन जान्छ? उदाहरणस्वरूप लिऊँ फुटबल। अशक्त बनेको कारण वा अन्य कुनै कारणले तपाईं फुटबल खेल्नै नपाउने बन्नुभयो भने यसले तपाईंलाई कस्तो असर पार्ला? १ यूहन्ना ५:२१ लाई यादमा राख्नुहोस्।। आफूलाई ती झूटा, खोक्रा, अवास्तविक मूर्तिहरूदेखि अलग राख्नुहोस्, किनभने हामीसित सत्य र वास्तविक परमेश्वर हुनुहुन्छ (१ यूहन्ना ५:२०)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

विद्रोही अब्शालोम

विद्रोही अब्शालोम

 

विद्रोह भनेको के हो? विद्रोही बन्नु भनेको के हो? विद्रोही त्यो हो जो अधिकारीको विरोधमा खडा हुन्छ र अधिकारीको सामना गर्दछ अथवा अवज्ञा गर्दछ। विद्रोही त्यो हो जो अधिकारीको सामु झुक्न इन्कार गर्छ (अधिकारी मानौँ वैधानिक भएर पनि र अधिकारीको व्यवहार जिम्मेवारपूर्ण, मुनासीब र सही भएर पनि)। विद्रोहको विपरित अर्थ लाग्ने शब्द कुन हो? (त्यस्तो एउटा शब्द एफेसी ५:२२ मा भेटिन्छ)_________________। कुनै एउटा व्यक्ति राजाको विद्रोहमा जान सक्दछ कि ऊ राजाको अ____________ मा बस्न सक्दछ (दाँज्नुहोस्: एफेसी ५:२४; १ पत्रुस २:१३,१७)। सबभन्दा उच्च अधिकारी परमेश्वर स्वयम् हुनुहुन्छ भन्ने कुरा जानेर, हामी अधिकारको स्थानमा रहेकाहरूको मुनि आ-आफ्नो स्थानमा बस्नु परमेश्वरको इच्छा हो।

विद्रोही अब्शालोमको जीवनको अध्ययन गर्ने क्रममा हामी प्रत्येकका आ-आफ्नै हृदयमा भएको विद्रोही स्वभावको विषयमा सिक्न चाहन्छौं।

अब्शालोम को थिए ?

२ शमूएल ३:२-५ पढ्नुहोस्। के दाऊदले धेरै पत्नीहरू राखेका थिए ? __________। मानिसले धेरै पत्नीहरू राख्नु के परमेश्वरको शुरुदेखिको इच्छा हो (मत्ती १९:४-८; उत्पत्ति २:२४)? ___________। धेरैजना पत्नी राखेकाले दाऊदले धेरै समस्या भोगे। तीमध्ये एउटा समस्या हाम्रो यस पाठको विषय हो अर्थात् अब्शालोम!

दाऊदका जेठा छोरा को थिए (२ शमूएल ३:२)? _______________। अब्शालोमकी आमा को थिइन् (२ शमूएल ३:३) ? ______________। अब्शालोम नाउँको अर्थ हो: “शान्तिका पिता” (अब् ‍‌‍‍= पिता; शालोम= शान्ति)। तर यस अध्ययनले हामीलाई देखाउनेछ अब्शालोमको नाम “लडाकु पुत्र” (ठीक उल्टो) भएको भए उसलाई सुहाउनेथियो ! अब्शालोमका बाबु को थिए (२ शमूएल १३:१) ? ________________

अब्शालोम बदला लिन्छन्

अब्शालोमकी एउटी बहिनी थिइन् जसको नाम ___________ थियो (२ शमूएल १३:१)। तिनी सुन्दरी थिइन्। तिनलाई कसले प्रेम गर्थे (२ शमूएल १३:१) ? ______________। तामार अमनोनकी सौतेली (अर्थात् एउटै बाबु तर बेग्लै आमाबाट जन्मेकी) बहिनी थिइन्। अमनोनको प्रेम वास्तवमा अभिलाषा मात्र थियो। उनले तिनलाई केवल आफ्नै अभिलाषा पूरा गर्नलाई मात्र प्रयोग गर्न चाहन्थे। उनको अभिलाषा यति प्रबल थियो कि यसको कारण उनी ____________ गए (२ शमूएल १३:२)।

एक दिन अमनोनले आफ्नो खराब इच्छा र पापी चाहना व्यक्त गर्नालाई मौका लिए (२ शमूएल १३:१०-११)। तामार एक चरित्रवान् स्त्रीको असल नमूना थिइन्। तिनी कन्या-केटी थिइन्। तिनले अमोननको प्रस्तावलाई पूरै इन्कार गरिन् र उनको सामना गरिन् (पद १२)। यस्तो काम गरिनु हुँदैन, यो पाप हो, मूर्खता हो भनी तिनी जान्दथिन् (पद १३)। यस्तो नीच काम गर्नु मूर्ख बन्नु हो भनी तिनले अमनोनलाई चेताउनी दिइन् (पद १३)। तिनले अमनोनलाई बिहेको प्रस्ताव ल्याउन समेत सल्लाह दिइन् (पद १३)। तिनको भनाइ यस्तो थियो: “अमनोन, तपाईँले केवल तपाईँका पिता दाऊदलाई अनुरोध गर्नुहोस् अनि उहाँले मलाई तपाईँको पत्नी हुन दिनुहुनेछ।” तर अमनोनले त्यसलाई स्वीकारेन किनकि अभिलाषाले भन्दछ: “म जे चाहन्छु, त्यो म अहिले नै चाहन्छु!” अभिलाषाले पर्खँदैन। त्यसले जे चाहन्छ, त्यो उसलाई तत्कालै चाहिन्छ।

अमनोनले आफ्नो सौतेली बहिनीलाई “प्रयोग” गरिसकेपछि, तिनको निम्ति उनको जुन प्रेम थियो त्यसलाई के भयो (पद १५)? ________ _____________________________ __। मोशाको व्यवस्थाअनुसार, व्यभिचारको अपराधको दण्ड के थियो (व्यवस्था २२:२२)? ________। कुनै पुरूष मगनी भएकी केटीसित सुते भने तिनले पाउनुपर्ने दण्ड के थियो (व्यवस्था २२:२५)? _____________। मगनी नभएकी कन्या – केटीसित सुत्ने पुरुष मृत्युदण्डको योग्य हुन्थ्यो कि हुन्थेन (व्यवस्था २२:२८-२९)? _______________। अमोननको पाप ज्यादै घृणास्पद र गम्भीर थियो तरैपनि त्यो मृत्युदण्डको लायक थिएन।

अमनोनले तामारलाई के गरे भन्ने कुरा थाहा पाएर तिनका दाजु अब्शालोम रिसाए। अब्शालोम अमनोनलाई मार्न चाहनुको पछाडि सम्भवतः दुईटा कारणहरू थिए: १) आफ्नो बहिनीमाथि गरेको कामको बदला लिन, २) अमोनन दाऊदका जेठा छोरा थिए अनि सम्भवतः राज्यका उत्तराधिकारी थिए। यतिखेर अब्शालोम राजगद्दीलाई ताक्न थालिसकेका थिए जसका निम्ति कुनै प्रतिस्पर्धी खडा भएको उनी चाहँदैनथे। अब्शालोमले अमोनलाई कसरी मारे ( २ शमूएल १३:२८-२९)? _____________________________ ___________________ _____________________________ ________________

यसपछि अब्शालोम भागेर ______________ मा गए (२ शमूएल १३:२८)। यो गालील समुद्र नजिकैको एउटा सानो जिल्ला थियो र अब्शालोमकी आमाको माइती पर्थ्यो (२ शमूएल ३:३)। अब्शालोम दुवैतिरबाट राजकीय वंशका थिए। उनका बाबु दाऊद इस्राएलका राजा थिए र ऊनका मावलीपट्टिका बाजे चाहिँ गशूरका राजा थिए (२ शमूएल ३:३)। राजाको छोरा र नाती भएर मात्र अब्शालोमलाई पुगेन। उनी स्वयम् राजा बन्न चाहे।

अब्शालोमले दाऊदका जेठा छोरालाई मारे तापनि, के अब्शालोमप्रति दाऊदको माया थियो (२ शमूएल १३:३९) ? ____________

अब्शालोम यरुशलेम फर्कन्छन्

गशूरमा तीन वर्ष बिताएपछि, आखिरमा अब्शालोमलाई दाऊदले यरुशलेम फर्कन अनुमति दिए (२ शमूएल १४:२१)? तर अब्शालोमलाई कुन कुराको अनुमित दिइएन (२ शमूएल १४:१४) ? ____________ ________________________। उनलाई राजा, अर्थात आफ्नो पिताकहाँ जान अनुमति दिइएन। राजाको मुख नदेखेको पूरा दुई वर्षपछि, अब्शालोमले राजाकहाँ एउटा खबर पठाइयोस् भनेर योआबलाई बोलाइपठाए। योआब दाऊदका सेनापति थिए। तर योआबले अब्शालोमको वास्तै गरेनन् (२ शमूएल १४:२८-२९)। तब योआबको ध्यानाकर्षण गर्न अब्शालोमले के गरे ( २ शमूएल १४:३०)? _____________________________ __________। उनको यो युक्तिले काम गर्‍यो अनि अब्शालोम राजाको सामु लगिए। के अब्शालोमले राजाका सामु साष्टाङ्ग दण्डवत् गरे र आफूलाई आज्ञाकारी भएझै देखाए (२ शमूएल १४:३३)? ______________। हृदयमा उनी आज्ञाकारी थिए कि विद्रोही थिए होलान्?

अब्शालोमको रूप

२ शमूएल १४:२५-२६ अनुसार अब्शालोम शरीरमा सिद्धताको एक नमूना नै थिए। उनी सुन्दर थिए। उनको शरीर खोटरहित थियो। के इस्राएलमा उनको तुलनामा आउनसक्ने कोही योग्य थियो ? __________ साथै हामीलाई उनको कपालसम्बन्धी पनि केही कुरा बताइएको छ। अब्शालोम आफ्नो कपाल प्रायः काट्ने गर्दैनथे। उनले लामो समयसम्म पनि आफ्नो कपाल नकाटीकन पाल्थे। वास्तवमा उनले त्यस बेला मात्र कपाल काट्थे जब उनको कपाल उनलाई गह्रौं हुनुपुग्थ्यो! अझ उनले आफ्नो काटिएको कपाललाई तौलेको उल्लेख छ! त्यसको तौल __________ शेकेल थियो (शमूएल १४:२६), अर्थात् करिब २ किलो! १ कोरिन्थी ११:१४ अनुसार पुरुषको कपाल लामो हुनु शर्मको कुरा हो कि गर्वको ? ___________

अब्शालोम प्रजालाई मोहित पार्छन्

२ शमूएल १५:१-६ पढ्नुहोस्। अब्शालोम इस्राएलीहरूका हृदयहरूलाई आफूतिर खिँच्ने प्रयास गर्दैंथिए ताकि तिनीहरू दाऊदको सट्टा उनको पक्षमा आऊन्। उनका क्रियाकपलाप एक चुनावमा उठेका उमेदवारका जस्तै थिए। उनले जनतालाई प्रभावित पार्न भ्याएसम्म गरे (पद १) । प्रचार-प्रसारको क्रममा उनले कतिपय उदेकलाग्दा प्रतिज्ञाहरू गरे: “म राजा भएको भए, म सब कामकुरा फटाफट मिलाउनेथिएँ!” के अब्शालोम मानिसका हृदयहरू खिँच्न सफल भए ( २ शमूएल १५:१३) ? ____________

ठूलो विद्रोह

२ शमूएल १५:७-८ मा अब्शालोमले दाऊदलाई आफूले एउटा भाकल गरेको कुरा बताए। त्यस्तो कुनै भाकल उनले गरेका थिए होलान्? ___________। के उनी प्रभुको सेवा गर्नलाई गम्भीर थिए होलान् (पद ८)? ____________। केवल आफ्नै मात्र सेवा गर्नलाई उनको ध्याउन्ना थियो। अब्शालोम हेब्रोनमा वास्तवमा किन जान चाहन्थे (२ शमूएल १५:१०)? _____________________________ ______ अब्शालोमले आफ्नै पिताको विद्रोह गरे। दाऊद दोबर हिसाबले अब्शालोममाथि अधिकारी थिए: दाऊद अब्शालोमका पि_____ थिए र साथै दाऊद अब्शालोमका रा_____ थिए। तर अब्शालोमलाई आफू राजा बन्नुबाहेक कुनै कुराको मतलब थिएन! कसैले उसमाथि राज्य गरेको उनी चाहँदैनथे – न ता दाऊदले न ता परमेश्वरले नै ! विद्रोहको जड यही हो। निम्न चित्रले हामी प्रत्येकको हृदयभित्र रहेको विद्रोही स्वभावलाई दर्शाउँदछ:

दाऊद भाग्छन्

अब्शालोमको विद्रोह सफल भयो,यहाँसम्म कि दाऊद यरुशलेम शहरदेखि भाग्न बाध्य भए (२ शमूएल १५:१४)। दाऊदको व्यभिचार र हत्याको पापले गर्दा उनीमाथि यस्ता समस्याहरू आइपर्नेछन् भनी नातान अगमवक्ताले दाऊदलाई अघिबाटै सुनाइसकेका थिए (हेर्नू: २ शमूएल १२:९-११)। केवल एउटी पत्नी र एउटै परिवार राख्‍न दाऊद सन्तुष्ट भएका भए उनी कैयौँ समस्यादेखि जोगिनेथिए!

विद्रोहीको मृत्यु

दाऊद यर्दन नदीपारि पुगे र उनले त्यहाँ एउटा सेना तयार गरे। अब्शालोम पनि आफ्ना पितालाई आक्रमण गर्न यर्दन तरेर आए। आफू एकलै राजा बन्न उनी आफ्नै पितालाई समेत मार्न तयार थिए। के दाऊद आफ्नो छोरालाई मार्न तयार थिए (२ शमूएल १८:५,१२)? ____________

अब्शालोमको मृत्युलाई २ शमूएल १८:९-१४ मा बयान गरिएको छ। आफ्नो खच्चरमा चढेर जाँदै गर्दा उनको टाउको अचानक एउटा ठूलो फलाँटको रूखका हाँगामा अल्झिन पुग्यो। खच्चरलाई तब के भयो (पद ९)? ______________________। अब्शालोम आकाश र जमीनका बीच झुण्डिए र उनले आफूलाई हाँगाहरूबाट छुटाउन सकेनन्। कतिको विचारमा यसरी रूखका हाँगामा अल्झिएर नष्ट हुनुमा एउटा कारण उनको लामो कपाल थियो। त्यहाँ अब्शालोम दाऊदका सेनापति योआबका निम्ति सजिलो तारो बने (हेर्नू: पद १४)। यसरी अब्शालोमको “सुनौलो” शासन धेरै दिन टिकेन । के दाऊद आफ्ना छोरा मरेकाले रमाए (२ शमूएल १८:३३) ? _______________

तेस्रो भजन

भजनसङ्ग्रह ३ मा उल्लेख छ, “आफ्नो छोरा ________________देखि भाग्दा ___________को भजन”। उक्त भजनले अब्शालोमको विद्रोहले दाऊदलाई आइपरेको समस्याको विषयमा बताउँदछ। घमन्ड, महत्त्वाकाङ्क्षा र विद्रोहमा लागेर अब्शालोमले आफ्नो जीवनको बरबादी गरे। अब्शालोम शक्ति र सम्मानको लालसा गर्नुको सट्टा आफूसित भएका कुरामा सन्तुष्ट रहनुपर्थ्यो; जस्तै, परमेश्वरको भय मान्ने उनका पिता थिए। अन्य के कस्ता आशिषका निम्ति अब्शालोम धन्यवादी हुनुपर्नेथ्यो? तपाईँसित के कस्ता आशिषहरू छन् जसका निम्ति तपाईँ धन्यवादी हुनु आवश्यक छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)