Entries by Pradesh Shrestha

कयिनको उदासीनता

कैनको उदासीनता

उदासीनता (DEPRESSION) भनेको के हो? उदासीनता त्यो अवस्थालाई भनिन्छ जब हामी खिन्न हुन्छौं, निरुत्साहित हुन्छौं, जब हाम्रो मुख अँध्यारो हुन्छ, हाम्रो मानसिकता र जोश गिरेको हुन्छ, जब हामी उदास हुन्छौं।

Attachment.png

Attachment.png

“मेरो संसारै कालो बादलले ढाके जस्तै लाग्छ।”

यस अध्यायमा हामी एउटा उदास व्यक्तिको अध्ययन गर्नेछौं जसको नाम कैन थियो। हामी उसको उदासीनताको कारण पत्ता लगाउनेछौं अनि परमेश्वरको समाधानको उपायको बारेमा सिक्नेछौं।

संसारकै प्रथम बालक

आदम र हव्वाले एउटा छोरो जन्माए र उसको नाम ___________ (उत्पत्ति ४:१) राखे। याद राखौं, आदम र हव्वा पछि पापी बनेका हुन् तर कैन पापी भई जन्मेका थिए (भजनसंग्रह ५१:५ सित दाँज्नुहोस्)। तपाईं नि? आफूले पाप गरेर तपाईं पापी बन्नुभएको हो कि तपाईं जन्मले नै पापी हुनुहुन्छ? ________________________________।

मानिसको उपाय र परमेश्वरको उपाय

उनीहरूले पाप गरेपछि आदम र हव्वाले आफ्नो लाज र पापलाई ढ़ाक्न खोजे (उत्पत्ति ३:७)। उनीहरूले आफ्नै हातका परिश्रमले आफ्नै पहिरन बनाए। परमेश्वरले त्यस “अञ्जिर-पाते पहिरन” लाई इन्कार गर्नुभयो। आज पनि मानिसहरू आफ्ना लाज र पापलाई ढ़ाक्न के-कस्ता प्रयास गर्ने गर्छन्?

परमेश्वरले हाम्रा प्रथम बाबु-आमालाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँदै हुनुहुन्थ्यो:

  1. मानिसले आफैंलाई ढ़ाक्न सक्दैन (उत्पत्ति ३:७)।
  2. मानिसलाई परमेश्वरले नै ढ़ाक्नु र पहिराउनु पर्छ (उत्पत्ति ३:२१)।
  3. एक निर्दोष पशु मारिनुपर्छ र त्यसको रगत बहाइनुपर्छ। एक निर्दोष बलि मारिनुपर्छ।

परमेश्वरलाई कस्तो बलिदान मन पर्छ ?

उत्पत्ति ४:१-५ पढ्नुहोस्। तपाईंको विचारमा आदम र हव्वाले आफ्ना छोराहरूलाई अञ्जिरका पात र छालाका लुगाबारे कहिल्यै बताए होलान्?

कैनको पेशा के थियो (उत्पत्ति ४:२)?_________________________________________________।

हाबिलको पेशा के थियो (उत्पत्ति ४:३)? _______________________________________________।

कैनको बलिदान के थियो (उत्पत्ति ४:४)? ___________________________________________।

हाबिलको बलिदान के थियो (उत्पत्ति ४:४)?_____________________________________________।

परमेश्वरले कुनचाहिँ बलिदान ग्रहण गर्नुभयो (उत्पत्ति ४:४) ? ____________________। परमेश्वरले कुनचाहिँ बलिदान इन्कार गर्नुभयो (उत्पत्ति ४:५) ?  _____________________।

हिब्रू ११:४ हेर्नुहोस् – ” _________________द्वारा हाबिलले परमेश्वरलाई कैनको भन्दा उत्तम बलिदान चढ़ाए”। यसले देखाउँछ, कैनको बलिदान __________________द्वारा चढ़ाइएको थिएन। परमेश्वरले आदम र हव्वा लगायत तिनका छोराहरूलाई आफूलाई कस्तो किसिमको बलिदान मन पर्छ भनेर अघिबाटै सिकाउनुभएको थियो भन्ने देखिन्छ। विश्वासद्वारा हाबिलले ठीक किसिमको बलिदान ल्यायो तर कैनले भने ल्याएन।

मानौं तपाईं कैन हुनुहुन्थ्यो। तपाईं गोठाला नभईकन एक किसान हुनुभए तापनि, ठीक किसिमको बलिदान चढ़ाउनका निम्ति तपाईंले के गर्न सक्नुहुन्थ्यो? हाबिलले केही फलफूल र अन्नको सट्टामा तपाईंलाई एउटा भेडा दिँदैन्थ्यो होला र?

धर्मको काम कि मुक्तिको दान

कैनको बलिदानले मुक्ति प्राप्तिका लागि मानिसको उपाय (धर्मको काम) को कसरी चित्रण गर्छ? हाबिलको बलिदानले परमेश्वरबाटको मुक्तिको उपाय (मुक्तिको दान) को कसरी चित्रण गर्छ? जोडा मिलाउनुहोस्:

    1. ______ कैनको बलिदान
    2. ______ हाबिलको बलिदान
    3. ______ अञ्जिरका पात
    4. ______ छलाका गुगाहरू
    5. ______ असल काम
    6. ______ यशैया ६४:६
    7. ______ एफेसी १:७
    8. ______ फरिसी (लूका १८:१०-१२)
    9. ______ महसूल उठाउने (लूका १८:१३)
    10. ______ तपाईं नि?

(क) मानिसको उपाय — धर्मको काम

(ख) परमेश्वरको उपाय — मुक्तिको दान

कैनको उदासीनता

जब परमेश्वरले कैनको बलिदान इन्कार गर्नुभयो, तब दुइटा कुरा भए (उत्पत्ति ४:५):

    1. कैन ज्यादै ____________ (रिसाए, तात्तिए)
    2. कैनको मुख _______________ भयो। यसको मतलब तिनी खिन्न भए, निरुत्साहित बने। तिनलाई औड़ाहा भयो!

Attachment.png

Attachment.png

“म खिन्न छु! किन मलाई यस्तो आइपरेको?”

यदि कैनले ठीक किसिमको बलिदान ल्याएको भए के ऊ उदास बन्नुपर्नेथ्यो? उसले गलती गर्‍यो, यसैकारण उसलाई खिन्न लाग्यो। गलती गराइले गलत भावना उत्पन्न गराउँछ। साथै हामी सिक्नेछौं, उदास भई बसेर समस्याको समाधान हुने होइन

परमेश्वरको समाधानको उपाय

परमेश्वर तुरुन्तै कैनसित कुरा गर्नुभयो; ऊ रिसाउनु आवश्यक छैन, उदास हुनुपर्दैन भनी उहाँले उसलाई बताउनुभयो (उत्पत्ति ४:६-७)। परमेश्वरले उसलाई भन्नुभयो, “यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र (उत्पत्ति ४:७)?” यस पदलाई हिब्रूबाट अक्षरशः रूपान्तरण यसरी गर्न सकिन्छ:

“यदि तैले जे ठीक छ त्यो गरिस् भने तेरो मुख उचालिनेछैन र?”

कैनको मुख खसेको थियो (उत्पत्ति ४:५) तर परमेश्वरले कैनलाई त्यसको आवश्यक समाधानको उपाय के हो बताउनुभयो! उसको मुख कसरी उचालिन सकिन्छ भनी परमेश्वरले उसलाई बताउनुभयो! उसको मुख उचालिन (उदासीनताबाट छुटकारा पाउन) कैनले के गर्नुपर्थ्यो? ___________________________________________________ ____________________________________।

परमेश्वरले यसो भन्दै हुनुहुन्थ्यो, “तिमीले ठीक काम गरे तिम्रो मन ठीक हुनेछ!” हाम्रो मनका भावनालाई स्वस्थ राख्ने चाबी सरल छ: जीवन ठीक भए, मन ठीक हुन्छ।

उदासीनता भनेको मान्छेलाई एक्कासी छोप्न आउने कुनै विचित्रको शक्ति होइन नत्र ता यसबारे हामीले केही पनि गर्न सक्दैनथ्यौं। परमेश्वरले कैनलाई यसबारे उसले गर्न सक्ने एउटा काम थियो भनी भन्नुभयो — “जे ठीक छ त्यो गर!”

पापको भुमरीमा कैन

कैनले “ठीक” गरेन। उसले उल्टो गर्‍यो। उसले पापमाथि पाप थप्‍यो। उसको समस्या झन् झन् जटिल बन्दै गयो। पापको भुमरीमा परेको कैनको क्रमिक पतनलाई यहाँ विचार गरौं:

Attachment.png

ऊ पापको दलदले हिलोभित्र झन् झन् फस्न थाल्छ। कैनले “ठीक” गर्न इन्कार गरिरह्यो। दाऊद पनि यस्तै पापको भुमरीमा परेका थिए (२ शमूएल ११ मा हेर्नुहोस्)।

Attachment.png

दाऊदले आफ्नो पाप स्वीकार गर्‍यो र पश्चात्ताप गर्‍यो (भजनसङ्ग्रह ५१ र ३२) र फलस्वरूप आफ्नो गिरावटको क्रमलाई रोक्‍न सक्यो। तर कैनले कहिल्यै पाप स्वीकार गरेन, कहिल्यै पश्चात्ताप गरेन।

१ यूहन्ना ३:१२ बाट कैनको बारेमा हामी के सिक्छौं? _____________________________________________________________________________ ____________________________________________________________

भावना

प्रायः जसो मानिसहरू मनका भावना र आवेगको नियन्त्रणमा चल्ने गर्छन् र फलस्वरूप नराम्रै परिणाम भोगिरहेका हुन्छन्। “किन त्यसो गरेको?” भनेर सोध्दा धेरैले “त्यस्तै गरूँ-गरूँ लाग्यो!” भन्ने जवाफ दिन्छन्।

मानौं तपाईं मस्त निद्रामा हुनुहुन्छ र सपनारूपी संसारको आनन्द लिइरहनुभएको छ। एक्कासी घडीको घण्टी सुनिन्छ। तपाईंलाई उठूँ जस्तो लाग्छ कि घण्टीलाई बन्द गरेर अझ केही बेर सुतूँ जस्तो लाग्छ? उठ्नु नै उत्तम हो भनेर तपाईंलाई थाह छ किनकि गर्नुपर्ने कामहरू त्यहाँ छन्। त्यसैले सुतिरहन मन लागे तापनि तपाईं उठ्नुहुन्छ। उठेर दिनचर्या सुरु गर्नुभएको केही बेरपछि नै तपाईंको भावना अघिको भन्दा फरक हुन थाल्छ र आफ्नो भावनालाई नपछ्याएकोमा नै तपाईंलाई खुशी लाग्छ।

भावनाको पछि लागेर सुतिरहनुभएको भए पछिबाट तपाईंलाई खिन्न लाग्नेथ्यो किनकि तपाईंका कामहरू त्यत्तिकै हुनेथिए (तपाईंको अल्छिपनाको कारण)। घण्टी बज्नासाथ उठ्नुभएको भए तपाईंले ती कामहरू पूरा गर्न सक्नुहुनेथ्यो तर सुतिराखेको हुनाले समय ढीलो भइसकेको हुनेछ र फलस्वरूप तपाईंलाई खिन्न लाग्नेछ।

हरेक दिन निर्णय गर्नुपर्ने कुराहरू थुप्रै हुन्छन् जुन निर्णयहरू आफ्ना भावनाका आधारमा नभई परमेश्वरको वचनको आज्ञा भएको आधारमा गर्नुपर्छ। गर्न मन नलाग्ने कुराहरू त्यहाँ थुप्रै हुन्छन्। अब दुइटा तरिकामा जीवन जिउन सकिन्छ। एउटा तरिकाले भन्छ, “म भावनाअनुसार जिउनेछु, मलाई जे गर्न मन लाग्छ त्यही गर्नेछु।” त्यो हो भावनाअनुसार जिउने तरिका। अर्को तरिकाले भन्छ, “म परमेश्वरले भन्नुभएअनुसार जिउनेछु। जुन कुरा सही छ त्योअनुसार म गर्नेछु, मेरो भावनाअनुसार होइन। मनमा जे लाग्यो त्योअनुसार गर्नुको सट्टा म पहिले विचार गर्नेछु र परमेश्वरको वचनमा भरोसा गर्ने निर्णय गर्नेछु।” यो हो विश्वासअनुसार जिउने तरिका (परमेश्वरले आफ्नो वचनमा भन्नुभएअनुसार गर्ने तरिका)। हामी कुन तरिकाले जिऔं त? भावनाले कि विश्वासले?

रोमी १५:१-३ पढ्नुहोस् जहाँ प्रत्येक पदमा खुशी पार्ने भन्ने कुरा उल्लेख छ। हामी आफ्ना स्वाभाविक भावनामा चल्यौं भने हामी कसलाई खुशी पार्नेछौं होला? ____________________।

भोकाएका नोकर

लूका १७:७-८ मा येशूले एउटा सुहाउँदो दृष्टान्त बताउनुभयो। एउटा नोकर दिनभरिको खेतको परिश्रमले बेसरी भोकाएर आएको छ। मालिकले उसलाई खाना पकाएर पस्कने आदेश दिएका छन् र मालिकले खाना खाइसकेपछि मात्र उसले खानपीन गर्न पाउनेछ। आफूले पकाउँदै गरेको खानाको मीठो बास्ना लिँदा उसको भावनाले उसलाई के गरूँ-गरूँ जस्तो बनाउँछ होला? _____________________________________। यसकारण उसले अब एउटा निर्णय गर्नुपर्ने हुन्छ: “म आफ्नो भावनाले भनेझैं गरूँ र अहिले नै खाना खाइदिऊँ कि म आदेश दिएबमोजिम गरूँ?” उसले कुनचाहिँ निर्णय गर्‍यो (लूका १७:९)? ____________________________________________________। पछि, आफ्नो मालिकले भोजन गरिसकेपछि नोकरले आफूले सही निर्णय गरेको र आफ्नो मालिकको इच्छा पूरा गरेको भन्ने कुरामा भित्री सन्तुष्टि र आनन्द लिँदै आफ्नो खाना खान सक्नेछन्। अनि त्यसबेला सम्म त उसलाई भोक पनि झनै लागिसेको हुनाले आफ्नो भोजन उसलाई झनै मीठो लाग्नेछ!

यो पाठ हामीले राम्ररी सिकौं: हामीलाई मन लागोस् वा नलागोस्, हामीले हाम्रा प्रभु र मालिकको आज्ञापालन गर्नैपर्छ! अहिले आज्ञा मानौं अनि पछिबाट मनमा राम्रा-राम्रा भावनाहरू उब्जनेछन्। उहाँको वचन पालन गर्दै मैले परमेश्वरलाई मन पर्ने कुरा गर्नुपर्छ। अरूप्रतिको मेरो प्रतिक्रिया र प्रेम स्वस्थ्य हुन आवश्यक छ जुनचाहिँ आफ्नोभन्दा उनीहरूको भलाइ खोज्दै गरिएका निस्वार्थ कामद्वारा प्रकट हुन्छ। परमेश्वरलाई खुशी पार्ने कामले र अर्कालाई प्रेम गर्नाले राम्रा-राम्रा भावना उब्जन्छन्। सही काम गर्नाले र परमेश्वरको आज्ञा मान्नाले हामी आफ्नो जीवन सार्थक र सन्तोषजनक भएको अनुभूति गर्नेछौं।

१०३ डिग्री फरनहाइटको ज्वोरो

खराब व्यवहारका कारण अर्थात् परमेश्वरको वचनको अवज्ञा गर्दै जिउनाले मान्छे खराब भावनाले ग्रस्त हुन्छन्। हामीमा उब्जेका नराम्रा-नराम्रा भावनाले हाम्रो व्यवहारमा केही गडबडी छ भन्ने कुराको चेताउनी दिइरहेका हुन्छन्! खराब भावना ज्वरो नाप्ने थर्ममीटरको शीशा ९८.६ डिग्री फरनहाइटको रातो रेखा नाघेर १०३ डिग्री पुगेजस्तै हो जुन कुराले कुनै भित्री गडबडीको सङ्केत दिइरहेको हुन्छ (कि मैले परमेश्वरमाथि भरोसा गरिरहेको छैन, उहाँलाई मानिरहेको छैन)। समाधानको उपाय के हो त? के थर्ममिटरलाई फुटाएर समस्या समाधान हुन्छ? कदापि हुँदैन। ऊ डाक्टरकहाँ जानुपर्छ जसले ज्वरोको कारण पत्ता लगाइदिन सक्छ। थर्ममीटरको कुनै दोष छैन! थर्ममीटरले त आफ्नो काम राम्रै गरेको छ। ऊ थर्ममीटरको लागि धन्यवादी हुनुपर्छ किनकि त्यसले उसलाई समयमै आन्तरिक गडबडीको जानकारी दिलाएकोले उसको समस्याको बारेमा केही गर्नुपर्छ भनेर सचेत गराएको छ।

नराम्रा-नराम्रा भावनाले ग्रस्त भएको व्यक्तिको सवालमा भने खास समस्या यो हो कि उसले आफ्नो जीवनमा कुनै निश्चित विषयमा परमेश्वरले भन्नुभएको कुरालाई मानिरहेको छैन। यही पापपूर्ण अवज्ञाको कारण ऊ खराब भावनाले ग्रस्त छ। त्यसको सट्टा राम्रो भावना हुनलाई उसले जे ठीक छ त्यही गर्नुपर्छ (उत्पत्ति ४:७) अर्थात् उसले परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरालाई शिरोपर गर्नुपर्छ।

ठीक तरिकाले जीवन जिउँदा मनमा असल भावनाहरू उब्जन्छन्। बेठीक तरिकाले जिउँदा खिन्नता, आफू दोषी भएको भावना, फिक्री, शोक, निरुत्साह, रिस आदि जस्ता भावना उब्जन्छन्। म खराब भावनाले ग्रस्त भएको छु भने म परमेश्वरको वचन विपरित हिँडिरहेको छु भन्ने कुराको चेताउनी पाइरहेको छु भन्ने बुझ्नुपर्छ र सचेत हुनुपर्छ (यदि उक्त खराब भावना कुनै रोग बिमार जस्ता शारीरिक समस्याबाट उब्जेको होइन भने)।

कैनले सिक्न नसकेको पाठ हामी सिकौं! “तिमीले जे ठीक छ त्यो गर्‍यौ भने, तिम्रो मुख उचालिने छैन र?”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

हव्वाले धोका खाई यस पृष्ठलाई छाप्नुहोस्

हव्वाले धोका खाई

 

“धोका दिनु” को अर्थ हो छल्नु, बहकाउनु, झुक्याउनु, झूटो कुरा सत्य भएको भान पार्नु। जादुगरले मान्छेको आँखा छलेर आफूले देखाएको चटक साँच्चीकै हो भन्ने भान पार्छ र दर्शकलाई झुक्याउँछ।

  • के तपाईं धोकामा परिरहनुभएको छैन?
  • के तपाईं आफ्नो बारेमा धोकामा परिरहनुभएको त छैन?
  • के तपाईं मुक्तिदाता येशू ख्रीष्टको बारेमा धोकामा परिरहनुभएको त छैन?
  • के तपाईं पापको बारेमा धोकामा परिरहनुभएको त छैन?
  • के तपाईं समाजको बारेमा धोकामा परिरहनुभएको त छैन?

“म त धोकामा परेको छैन” भनी नठान्नुहोस्। तपाईं धोकामै परिरहनुभएको हुन सक्छ। धोकामा पर्नु ज्यादै सजिलो छ!

विश्वभरिका मानिसहरूलाई विचार गर्नुहोस् त। अधिकांश मानिसहरू धोकामा परिरहेका छन् कि छैनन् (मत्ती ७:१३-१४)?__________________। तर अधिकांश मानिसहरू आफूहरू ठीक बाटोमा छौं भन्ने ठान्दछन् कि ठान्दैनन् (हितोपदेश १४:१२)? __________________। तिनीहरू ठीक बाटोमै छन् त? ____________। तपाईं नि?

तिनीहरूले धोका खालान् भनी के प्रभु येशूले मानिसहरूलाई चेतावनी दिनुभयो (मत्ती २४:४)? ____________। के थोरै मानिसहरूले मात्र धोका खानेछन् (मत्ती २४:५,११)? __________।

अन्तिम दिनहरूमा (प्रभुको आगमन नजिकिँदै जाने क्रममा) धोकापूर्ण कुराहरूको क्रमिक वृद्धि हुनेछ भन्ने कुरा हामीलाई बताइएको छ।

२ तिमोथी ३:१३ अनुसार,

  • त्यहाँ धोका _______________ हुनेछन्।
  • त्यहाँ धोका ______________ हुनेछन्।

धोकेबाजहरू थोरै हुनेछन् भनेर हामीले अपेक्षा गर्नुपर्ने हो कि धेरै हुनेछन् भनेर (२ यूहन्ना ७)? ________।

त्यहाँ तिमोथीजस्ता कोही-कोही छन् जो धोकामा परिरहेका छैनन् किनकि तिनीहरूले सत्यलाई जानेका छन्। सत्यता पाइने ठाउँ कुन हो (२ तिमोथी ३:१५)? ________________________।

हव्वा

अब हामी धोका खाने सबैभन्दा पहिलो व्यक्तिको बारेमा अध्ययन गर्नेछौं (यद्यपि मानिसको सृष्टिभन्दा पनि पहिले शैतानद्वारा धोका खानेचाहिँ स्वर्गदूतहरू थिए)।

२ कोरिन्थी ११:३ पढ्नुहोस्। धोका दिनेचाहिँ को थियो? _____________। धोका खानेचाहिँ को थियो?_______________। तिनले धोका खाई भने के हामीले पनि धोका खानु सम्भव छैन र? _______।

यस घटनाको बारेमा जान्न हामी उत्पत्तिको पुस्तकलाई पल्टाऔ। उत्पत्ति अध्याय १ मा “परमेश्वरले भन्नुभयो…तब त्यस्तै भइहाल्यो” भन्ने वाक्यांश कतिपल्ट भेटिन्छ? (उत्पत्ति १ मा उक्त वाक्यांश पाइने पदहरू कुन-कुन हुन्? _____________________________) परमेश्वरले जे-जे भन्नुभयो, ती एक-एक पूरा भए।

उत्पत्ति अध्याय २ मा आएर हामी सिक्छौं, परमेश्वरले एउटा ज्यादै महत्वपूर्ण कुरा भन्नुभयो। उत्पत्ति २:१७ मा हेर्नुहोस्। परमेश्वर भन्दै हुनुहुन्थ्यो, “यदि तिमीले खायौ भने…यस्तो हुनेछ (के हुनेछ)?” __________________________________________।

परमेश्वरले भन्नुभएको थियो,

  •  

    पापले मृत्यु निश्चय ल्याउनेछ

शङ्का

धोकेबाजले शुरूमा के भन्यो? “_____ _______________ले तिमीहरूलाई बगैंचाको कुनै पनि रूखको फल नखानू भनी _____________________ ____ (उत्पत्ति ३:१)? हव्वाले परमेश्वरको वचनलाई शङ्का गरोस् भन्ने शैतान चाहन्थ्यो। “परमेश्वरले साँच्चै त्यस्तै भन्नुभएको हो र? पक्का हो र?”

इन्कार

हव्वाले परमेश्वरको वचनलाई शङ्का मात्र होइन, त्यसलाई इन्कार समेत गरोस् भन्ने चाहन्थ्यो।

परमेश्वरले भन्नुभएको थियो (उत्पत्ति २:१७)

“तँ _____________ नै _____________”

शैतानले भन्यो (उत्पत्ति ३:४)

“तिमीहरू ___________________”

हव्वाले कसलाई विश्वास गरी? ________________। यसरी तिनले धोका खाई!

जुन बेला हामी परमेश्वरको वचनसित खेलबाड गर्न थाल्छौं त्यस बेला हामीलाई “खतरा! खतरा!” भनिरहेका सङ्केतहरूले घेर्न थाल्छ हामी पहिले शङ्का गर्न थाल्छौं अनि पछि ठाड़ै इन्कार गर्न पुग्छौं। त्यसपछि अरूलाई हाम्रो पक्षमा ल्याउन खोज्छौं। याद राख्‍नुहोस्, अरूलाई समेत आफ्नो पक्षमा ल्याउन सकियो भने खतरनाक स्थिति पनि उति खतरनाक नभएझैं लाग्ने हुन्छ!

उत्पत्ति ३:६ – “आदम, मलाई साथ देऊ न!” हव्वाले अर्को व्यक्तिलाई अपराधमा मुछ्ने काम गरी। उसले अर्कोलाई समेत खिँची।

१ तिमोथी २:१४ अनुसार के हव्वा बहकाउमा परेकी थिई? _________। के आदम बहकाउमा परको थियो?_______। किन थिएन?

हव्वा बहकाउमा परेर एउटा काम गर्न पुगेकी हो तर आदम बहकाउमा परेको होइन। आफू के गर्दै छु भन्ने कुरामा आदम अनभिज्ञ थिएन (ऊ अन्धाधुन्दा पापमा फसेको होइन), तर उसले जानाजानी पाप गरेको हो। हव्वाले त कसैले पाप गरेको देखेकी थिईन, तर आदमले भने देखेको थियो। उसले हव्वाले पाप गरेको देखेको थियो। उसले हव्वाले पाप गरेको देख्नुको साथ-साथै हव्वालाई उसको पापमा पछ्यायो पनि।

हाव्वाले अर्को व्यक्तिलाई फसाई। सत्यताबाट र परमेश्वरबाट अन्यत्र खिँचिनेहरू आज धेरै छन्। १ कोरिन्थी १५:१२ आनुसार त्यहाँ यस्ता मानिसहरू थिए जसले मरेकाहरूको __________________ हुँदैन भन्ने कुरा सिकाउँदै थिए (मत्ती २२:२३ पनि हेर्नुहोस्)। कोहीचाहिँ पापले यति भ्रमित र अन्धा भएका थिए कि तिनीहरूले येशूलाई “त्यस ______” (मत्ती २७:६३) भन्न समेत पछि परेनन्। खास धोकेबाजहरू (ठगहरू) को थिए (मत्ती २८:११-१५)?_____________________________________।

“कल्ट” (झूटा शिक्षाको समूह) हरूले मानिसहरूलाई कसरी ठग्छन् र धोका दिन्छन्? केही उदाहरणहरू दिन सक्नुहुन्छ?

“तिमीहरू परमेश्वरजस्तै हुनेछौ”

हव्वालाई धोका दिन शैतानले “तिमीहरू परमेश्वरजस्तै हुनेछौ” भन्दै झूटो प्रलोभन देखाए। हव्वाले त्यस झूटलाई पत्याएकीले धोका खाई। त्यस बेलादेखि नै मानिसहरू शैतानको त्यस झूटद्वारा परीक्षामा पर्दै आएका छन्। मान्छे किन यस प्रकारले धोका खान्छ?  के मानिसहरू परमेश्वरै बन्न चाहन्छन् त? अहँ, सामान्य मान्छेको यत्रो लक्ष्य हुँदैन! वास्तवमा कुरा यस्तो हो: मान्छे परमेश्वरलाई परमेश्वरको रूपमा स्वीकार्न चाहन्न। मान्छे परमेश्वरलाई सार्वभौम अधिकार सम्पन्न तथा अन्तिम फैसला गर्ने अख्तियारको रूपमा स्वीकार्न चाहन्न। मान्छे परमेश्वरका कुरा मान्न चाहन्न। “यदि अन्य कोही व्यक्ति ईश्वर बन्न सके भने हामीले परमेश्वरलाई परमेश्वरको रूपमा मान्नु पर्दैन भनेर आफूलाई मनाउन सकिन्छ।”

यसको उदाहरण १ शमूएलको आठौं अध्यायमा पाउँछौं जहाँ इस्राएलीहरूले अन्य राष्ट्रका जस्तै राजा चाहे (पद ५)। ती मानिसहरू राजा बन्न चाहेका त थिएनन्, तर तिनीहरूले परमप्रभुलाई आ______ रा _______ ब_________ इन्कार गरेका थिए (१ शमूएल ८:७ मा हेर्नुहोस्)। “हामी तपाईंलाई राजा बनाउन चाहन्छौं। परमेश्वरसट्टा तपाईं नै राजा हुनुभएको हामी चाहन्छौं।”

महा-सङ्कष्टकाल (the Great Tribulation) मा संसारले एकजना मान्छेलाई परमेश्वरकै रूपमा मान्नेछ (२ थेस्सलोनिकी २:३-४)। त्यो शैतानबाटकै मान्छे हुनेछ। उसले आफूलाई परमेश्वरकै रूपमा स्थापित गर्नेछ र सबैद्वारा आराधना गरिन आज्ञा गर्नेछ (प्रकाश १३ अध्याय)। भ्रमित मानिसहरू सत्यलाई विश्वास गर्नुको सट्टा झूटलाई विश्वास गर्नेछन्।

मानिसहरूले कुन कुरालाई ग्रहण गर्नेछैनन् (२ थेस्सलोनिकी २:२०)? __________________।

मानिसहरूले कुन कुरालाई विश्वास गर्नेछैनन् (२ थेस्सलोनिकी २:१२)? ________________।

मानिसहरूले कुन कुरालाई विश्वास गर्नेछन् (२ थेस्सलोनिकी २:११)? _______________। के तिनीहरू धोकामा पर्नेछन् (२ थेस्सलोनिकी २:१०)________________।

झूटch1-4.gif (931 bytes)  

सृष्टि गरिएको प्राणीले परमेश्वरको स्थान लिन सक्छ। (२ थेस्सलोनिकी २:४,११; रोमी १:२५)।

  सत्यch1-4.gif (931 bytes)  

कसैले पनि परमेश्वरको स्थान लिन सक्दैन। उहाँमात्रै सृष्टिकर्ता हुनुहुन्छ (रोमी १:२५)।

परमेश्वर धोका दिनुहुन्न, उहाँ सधैं सत्य बोल्नुहुन्छ। हामीले उहाँको वचनलाई अविश्वास वा शङ्का गर्नुहुँदैन, इन्कार गर्नुहुँदैन; हामीले उहाँको वचनलाई विश्वास गर्नुपर्दछ। हामी परमेश्वरको वचनमा स्थिर रहनुपर्छ, त्यसैमा हिँड्नुपर्छ नत्र ता हामीले पनि धोका खानेछौं।

मरियम एक स्त्री थिइन् जसले धोका खाइनन्। परमेश्वर उनीसँग बोल्नुहुँदा मरियमले उहाँको वचनलाई विश्वास गरिन् (लूका १:३०-३८)। परमेश्वरले भन्नुभएको कुरालाई नबुझे तापनि उनले विश्वास गरिन् र यसरी भनिन्, “_____________को_____________अनुसार नै मलाई होस् (लूका १:३८)।”

 

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पैसा र सम्पत्तिहरू

पैसा र सम्पत्तिहरू

 

पैसा

सट्टापट्टा

प्राचीन समयमा मानिसहरूसँग सिक्काहरू, रुपैँयाँहरू, चेकहरू, क्रेडिट कार्डहरू हुँदैनथे। पैसा प्रयोग गर्नुको सट्टामा तिनीहरू व्यापार गर्थे वा सट्टापट्टा गर्थे। यसको मतलब तिनीहरूले एउटा सामानको बदलीमा अर्को सामान लिने दिने (व्यापार) गदर्थे। उदाहरणको लागि गाईको मालिकले किसानलाई परालको सट्टामा गाई वा गोरु दिन सक्थे। सिकर्मीले किसानको लागि खाद्यवस्तुको सट्टामा घर बनाइदिन सक्थे। आज पनि मानिसहरूले सट्टापट्टाको काम गर्छन्। मानौं तपाईं हुलाक टिकट सङ्कलन गर्नुहुन्छ। तपाईंको साथीसँग भएको एउटा विशेष टिकट प्राप्‍त गर्न तपाईंले आफूसँग भएका बीसओटा टिकटहरूसँग सो साट्न सक्नुहुन्छ।

हामी बाइबलमा सट्टापट्टा गर्ने चलनको उदाहरण पाउँदछौं। मिश्रमा ठूलो सङ्कष्ट भएको बेलामा, मानिसहरूले यूसुफलाई अन्नको सट्टामा के दिए (उत्पत्ति ४७:१३, १६-१७)? _______________। राजा सुलेमानलाई भवन निमार्णको लागि थुप्रै काठको आवश्यकता थियो र राजा हिराम, टायरका राजा काठमा धनी थिए। राजा सुलेमानले देवदारको रूखको सट्टामा राजा हिरामलाई के दिए (१ राजा ५:१०-११)? ___________________________________।

के तपाईंलाई थाह छ परमेश्वर विश्वासीसँग सट्टापट्टा गर्न चाहनुहुन्छ? परमेश्वरले विश्वासीलाई दिन सक्नुहुने केही कुरा छ। त्यो के होला (यशैया ४०:२९)? __________________। यशैया ४०:३१ मा हामी पढ्छौं, (तर परमप्रभुको आशा गर्नेहरूको बल ________ हुनेछ। “फेरी नयाँ” भन्नाले “बदली” वा “सट्टापट्टा” गर्नु हो। परमेश्वर हाम्रो दुर्बलताको सट्टामा उहाँको सामर्थ्य दिन चाहनुहुन्छ। यो चाहिँ, परमेश्वरले यसो भन्नुभएको जस्तै हो, “तिम्रो दुर्बलता मलाई देऊ (३० पद), र म तिमीलाई मेरो बल र सामर्थ्य दिनेछु (२९ पद) “। के तपाईंलाई यो असल सौदा वा सट्टापट्टा हो जस्तै लाग्छ? के यसले तपाईंलाई २ कोरिन्थी १२:१० को अन्तिम भाग बुझ्न सहायता गर्दछ? २ इतिहास २०:१२ मा यहूदीहरूले परमेश्वरलाई यसो भने, “किनकि हाम्रो केही __________ छैन।” तर कोसँग बल र सामर्थ्य थियो (२ इतिहास २०:६)? ___________________।

सम्पत्ति

अब्राहाम एक धनाढ्य मानिस थिए। किन होला? के उनीसँग थुप्रै हजार-हजारका नोटहरू भएर हो? के बैंकमा उसको धेरै पैसा भएर हो? अब्राहाम धनी थिए। अब्राहामसँग त्यस्तो के थियो जसले उनलाई धनी बनायो (उत्पत्ति १३:२ र २४:३५)? ________________________________________________ ____________________।

परमेश्वरले भन्नुभएको छ कि हरेक विश्वासी नै _________ छ (२ कोरिन्थी ८:९)। विश्वासी किन धनी हुन्छ? जब तपाईं बचाइनु भयो, के परमेश्वरले तपाईंलाई हजारौंका रुपियाँहरू दिनुभयो? के परमेश्वरले तपाईंलाई सुन र चाँदी दिनुभयो? के परमेश्वरले तपाईंको बैंक खातामा धेरै पैसाहरू हालिदिनुभयो? होइन, तर विश्वासीसँग जे छ र उसको स्वामित्वमा जे छ त्यसैको कारणले ऊ गर्दा धनी हुन्छ। ती केही कुराहरू के-के हुन जो हरेक विश्वासीसँग हुन्छ?

१. यूहन्ना ६:४७ – विश्वासीसँग ______________________ छ
२. एफिसी १:७ – विश्वासीसँग _______________________ छ
३. रोमी ५:१ – विश्वासीसँग ________________________ छ
४. रोमी ८:९ – विश्वासीसँग ________________________ छ

अरु कुराहरू के-के हुन् जुन हरेक विश्वासीसँग हुन्छ?

भुक्तानी (चुक्ता गर्नु)

जब हामी पसलमा जान्छौं, हामी प्रायः जसो सिक्का वा नोटमा पैसा तिर्छौं। बाइबलीय समयमा, भुक्तानी कार्य अक्सर पैसामा भन्दा सामानहरू मै गरिन्थ्यो। लूका १६:५-७ पढ्नुहोस। यी मानिसहरूलाई सय रुपियाँको ऋण लागेको थिएन, तर तिनीहरूलाई एक सय मन ______ (एक सय ग्यालेन जैतुनको तेल थियो) र पाँच सय मुरी _____ (एक सय बुशल गहूँ बराबर) को ऋण लागेको थियो । कतिपय राष्ट्रहरू (जस्तै अमेरिका) ले आज पनि अन्य राष्ट्रहरूलाई पैसा वा अन्य सामानहरूको सट्टामा खाद्यान्न निर्यात गर्ने गर्दछ।

पुरानो नियमका समयमा सिक्काहरूको प्रयोग गरिँदैनथ्यो, तर अक्सर गरेर तिर्ने कामचाहिँ बिक्रेतालाई बहुमूल्य धातूहरू जस्तै सुन र चाँदी दिएर गरिन्थ्यो। अब्राहामले आफ्नी पत्‍नी साराको शवलाई गाड्नको निम्ति एफ्रोन नामको मानिसबाट उनको जमीन र गुफा (चिहान) किन्न चाहे। उसले एफ्रोनलाई कसरी तिरे (उत्पत्ति २३:१६ मा हेर्नुहोस्)? उनले उसलाई के दिए?

(क) रुपियाँहरू
(ख) सुन
(ग) चाँदी
(घ) हीराहरू
(ङ) गाइवस्तुहरू

अब्राहामले यस मानिसलाई ४०० शेकेल चाँदीका टुक्राहरू दिए। नेपाली पुरानो करारमा शेकेललाई “सिक्का” भनेर अनुवाद गरिएको छ तर शेकेल भनेको सिक्का होइन। यो त एक तौल थियो (हेर्नुस् उत्पत्ति २३:१६)। अब्राहामले एफ्रोनलाई कति शेकेल चाँदी दिए? __________ । एक शेकेल करीब ११.५ ग्राम जति हुन्छ। एक किलो चाँदी झण्डै ८७ शेकेल जति हुन्छ। यसको मतलब अब्राहामले उक्त जग्गा ४.६ किलो चाँदी (अहिले करिब साँढे एक लाख रूपैयाँ बराबर) तिरेर किनेका थिए।

त्यहाँ नापको अझ ठूलो एकाइ ट्यालेन्ट पनि थियो। एक टयालेन्टमा झण्डै ३,००० शेकेल जति हुन्थ्यो। एक टयालेन्ट चाँदीको वजन झण्डै ३५ किलो हुन्थ्यो अर्थात् एउटा मान्छेले बोक्न सक्ने तौल जति हुन्थ्यो (२ राजा ५:२३)। १ राजा ९:१४ मा हामी पढ्छौ कि राजा हिरामले राजा सुलेमानलाई यति धेरै सुन पठाए कि त्यो बोक्नलाई १२० जना मानिसहरूको आवश्यकता पर्‍यो। स्वर्ग पुग्न अगाडि हामी मध्ये कसैले पनि यतिका सुन देख्‍ने छैनौं (प्रकाश २१:१८,२१)।

मुक्तिको भण्डार

मानौं तपाईं एक पसलमा विनापैसा (कुनै चेक/क्रेडिट कार्ड विना) जानुभयो भने तपाईंले कति किन्न सक्नुहुन्छ? ____________________। के तपाईंले पसलको अगाडि ठूलो अक्षरमा यस्तो लेखिएको कहिल्यै देख्‍नुभएको छः आउनुहोस् तपाईंलाई जे इच्छा लाग्छ सो किन्नुहोस् र पैसा पर्दैन! कुनै मूल्य छैन र तपाईंलाई पैसाको आवश्यकता नै पर्दैन किनकि यो सबै सित्तैंमा हो, खाली आउनुहोस् मात्रै! के तपाईंलाई त्यो पसलमा जान चाहनुहुन्छ? _____________। के तपाईंलाई परमेश्वरसँग त्यस्तै किसिमको पसल छ भनेर थाह थियो? यसलाई मुक्तिको पसल भनिन्छ, र तपाईंले यसको बारेमा यशैया ५५:१ पढ्न सक्नुहुन्छ। अनन्त जीवन सित्तैंमा हो र यो रुपियाँ पैसाले किन्न सकिन्न। प्रेरित ८:१८-२० मा हामी एकजना मानिसको बारेमा पढ्छौं जसले परमेश्वरको दानलाई पैसाद्वारा किन्न खोज्यो। के उसले त्यसरी पाउन सक्थ्यो? ___________। कसैले पनि मुक्तिलाई किन्न सक्दैन किनकि यसको पैसा/दाम पहिल्यै तिरिसकिएको छ। प्रभु येशूले दाम तिरिदिनुभयो, चाँदी वा सुनद्वारा होइन, तर उहाँको आफ्नै अमूल्य _______ द्वारा (१ पत्रुस १:१८-१९)। के तपाईंले परमेश्वरबाटको अनन्त जीवनको दानलाई लिनुभएको छ (रोमी ६:२३: यूहन्ना १:१२)?

सिक्काहरू

नयाँ नियमका समयमा सिक्काहरू धेरै प्रचलित थिए। हामीले आफ्नो खल्तीमा भएको सिक्कामा हेर्‍यौं भने त्यहाँ राजाको नाम वा आकृति देख्छौं। रोमीहरूले पनि ठीक त्यही गर्थे। तिनीहरूका सिक्कामा सम्राटहरूको आकृति हुन्थ्यो। येशूको सामु ल्याइएको सिक्कामा कसको आकृति थियो (मत्ती २२:१९-२१)? _______________।

मत्ती २२:१९ मा उल्लेख गरिएको सिक्का रोमी सिक्काहरू मध्ये एक सामान्य सिक्का थियो। हामी पैसा/सिक्कालाई सबैभन्दा सानो पैसा (एक पैसा) को रूपमा सोच्छौं। तर नयाँ नियममा प्रयोग गरिएको यो सिक्का चाहिँ हाम्रो देशको सिक्काभन्दा धेरै फरक छ। मत्ती २०:१,२,१० पढ्नुहोस। यी मजदुरहरूलाई एक दिनको कति पैसा दिइयो? _______________। तपाईंलाई दिनभरि काम गरेर एक पैसा मात्र पाउँदा कस्तो लाग्छ? के तपाईं त्यसमा गनगन गर्नुहुन्छ?

सिक्का शब्दलाई वास्तवमा दिनार भनिन्थ्यो। यो वास्तवमा थोरै पैसा थिएन। दिनार एक चाँदीको सिक्का थियो (हाम्रो जस्तो तामा/सिलाबरको होइन) र यो एक मानिसले दिनभरि काम गरेर कमाउने ज्याला थियो। तपाईंको बुबाले एक दिनमा कति कमाउनुहुन्छ? बाइबलीय समयमा एक मेहनेती मानिसले आफ्नो दिनहुँको ज्यालामा एक (सिक्का दिनार) पाउँथ्यो। कुनै बेला तपाईंको आमा बुबालाई सातओटा सिक्का बराबरको मूल्य दिनलाई भन्नुहोस्। उहाँहरूले सायद “त्यति मात्रै” भनेर सोच्नुहुन्छ होला तर त्यसपछि तपाईंले प्रष्ट पार्नुहोस् कि तपाईंलाई नयाँ नियम समयमा प्रयोग गरिने एक सिक्काको मूल्य बराबरको सातओटा सिक्काहरू दिनुहोस् भनेर। यो सायद तपाईंको बुबाले एक हप्तामा कमाउने पैसा भन्दा बढी हुनसक्छ।

यूहन्ना १२:३-५ मा हामी मरियमले येशूलाई ज्यादै किम्मती तेलले अभिषेक गरेकी पढ्छौं। यो तेल कति सिक्काहरूको मूल्य बराबरको थियो? _____________। यदि एक दिनको ज्याला एक सिक्का हुन्छ भने, त्यो किम्मती तेल किन्नलाई एकजनाले कति दिन काम गर्नुपर्दो रहेछ? _________। यो औसत एक कामदारले एक वर्षमा कमाउने पैसा बराबर थियो [याद गर्नुहोस्, वर्षमा ३६५ दिन हुन्छन् र कम्तिमा वर्षमा ५२ ओटा शनिबारहरू (विश्राम दिनहरू) पर्दछ र यहूदीहरू विश्राम दिनमा काम गर्दैनन् र त्यहाँ अरु धेरै चाड पर्वहरू पनि हुन्थे।

आज मुद्राको मूल्य दिन प्रति दिन घट्दो छ। त्यसैले हाम्रो पैसाले थोरै मात्र किन्न सकेको छ। सामानको मूल्य भने झन् झन् बढ्दै छन्। तरैपनि आजको यो मुद्रास्फीति महासंकष्टको समय (भविष्यमा येशूले आफ्ना विश्वासीलाई स्वर्गमा लैजानलाई लिन आउनुभएपछि पृथ्वीमा हुने ठूलो संकष्टको समय -यूहन्ना १४:३) मा हुने मुद्रास्फीतिको तुलनामा केही होइन। प्रकाश ६:६ ले मुद्रास्फीतिको त्यो समयको बारेमा बताउँछ।

एक व्यक्तिले एक सेरको निम्ति कति पैसा तिर्नुपर्दो रहेछ (प्रकाश ६:६)? _________। यदि एक मानिसले दिनभरि काम गरेर एक सिक्का (दिनार) कमाए पनि उसले त्यो पैसाद्वारा एक सेर गहुँ मात्र किन्न सक्ने रहेछ। एक सेर (नाप) गहुँ, एक ज्यालादार मानिसले एक छाकमा खान सक्ने गहुँ हो। तर जौ चाहिँ सस्तो अन्न हो। उसले आफ्नो दिनारद्वारा कति जौ किन्न सक्नेछ (प्रकाश ६:६)? __________। यसले उसलाई तीन छाक सम्म पुग्छ। तर त्यसले अरु चीजहरू जस्तै जैतुनको तेल र दाखमद्य किन्नको लागि पैसा पुग्दैन। अर्को शब्दमा भन्ने हो भने, उसले एक दिनको पूरा ज्याला रोटीको टुक्रा किन्नको लागि खर्च गर्नुपर्ने हुन्छ, अरु चीजको लागि पैसा बाँकी नै हँदैन। त्यसबेला पृथ्वीमा बाँचेकाहरूका लागि त्यो ठूलो अनिकाल र मृत्युका दिनहरू (८ पद) को समय हुनेछ। तपाईंको परिवारले हरेक हप्ता किन्ने खाद्यान्नहरूको लागि तपाईं कत्तिको धन्यवादी हुनुहुन्छ? के तपाईं प्रायः एउटा रोटी भन्दा धेरै चीजहरू किन्नुहुन्छ?

खनिज पदार्थहरू

बाइबलले सबै किसिमका खनिज पदार्थहरूको उल्लेख गरेको छ (सुन, चाँदी, बहुमूल्य पत्थरहरू, फलाम, तामा, सङ्गमर्मर, मोती आदि), तर यस पाठमा हामी तीमध्ये कुनै-कुनैको बारेमा मात्र हेर्नेछौं। पहिला हामी खनिज पदार्थहरू कसरी खारिन्छन् र शुद्ध पारिन्छन् सो हेरौं:

शुद्ध पार्ने

मानौं तपाईंले एउटा चट्टानमा सुनको मात्रा भेट्टाउनुभयो। तर त्यो चट्टान निख्खुर सुन हुन सक्दैन किनकि यसमा अरु तत्वहरू पनि मिसिएका हुन्छन्। यो सुन खारिनुपर्छ र शुद्ध पारिनुपर्छ। तपाईंले काम नलाग्नेबाट सुनलाई अलग गर्नुपर्दछ।

सबैभन्दा पहिला तपाईंले त्यो सुनको खनिज पदार्थलाई आरानमा (एउटा भाँडो जसलाई धातुहरू पगाल्न प्रयोग गरिन्छ) राख्‍नुपर्दछ। त्यसपछि आगोले भाँडालाई तताउँछ र धातुलाई तरल अवस्थामा पगालिदिन्छ। त्यसपछि अरु काम नलाग्ने धातुहरू माथि उठेर आउँछन् र त्यसलाई निकालिन्छ। यी कसरहरू धातुको मैला हुन्। आगोले सुनलाई असर गर्दैन। हरेक पटक सुन आगोमा राखिँदा त्यो सुन पहिलाको भन्दा अझ राम्रो र शुद्ध भएर निस्कन्छ। चाँदीमा पनि यही कुरा लागू हुन्छ।

भजनसंग्रह १२:६ मा हामी यो पाउँछौं कि परमेश्वरका वचनहरू शुद्ध पारिएका धातुझैं छन्। यो एक पूरै रूपमा (७ पटक) शुद्ध पारिएको चाँदी जस्तै हो। भन्नुको तातपर्य परमेश्वरको वचनहरू शुद्ध र सिद्ध छन्। त्यहाँ कुनै कसरहरू छैनन्, त्यहाँ कुनै गल्तीहरू छैनन्, त्यहाँ कुनै त्रुटीहरू छैनन्, त्यहाँ शुद्ध सत्यता बाहेक अरु केही छैन, परमेश्वरको वचन एकदम _______ छ (भजनसंग्रह ११९:१४०) । यो जस्तो अरु कुनै पुस्तक नै छैन।

परमेश्वर आफ्ना विश्वासीहरू शुद्ध भएको चाहनुहुन्छ, कहिलेकाहीँ परमेश्वरले आफ्ना जनहरूलाई संकष्ट र परीक्षाहरूको आगोबाट भएर लानुहुन्छ। उहाँले हामीलाई नाश गर्न होइन तर शुद्ध पार्नको निम्ति त्यसो गर्नुहुन्छ। अय्युबले भने, “जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म _________ हुनेछु” (अयूव २३:१०)। ती ठूला परीक्षाहरू कुन-कुन थिए जसमा परमेश्वरले अय्युबलाई परीक्षाहरूमा भएर जान दिनुभयो (अयूव १-२)? ___________________________________________________________________________
________________________________________________________________________________। यदि परमेश्वरले हामीलाई ठूलो परीक्षाहरूमा पार्नुहुँदा के हामीले अचम्म मान्नुपर्छ (१ पत्रुस ४:१२)? ___________। १ पत्रुस १:६-७ पनि हेर्नुहोस्। के परमेश्वरले हाम्रो जीवनबाट कसरहरू (मैलाहरू) हटाइ दिनुभएकोमा हामी धन्यवादी हुनुपदैन र?

गन्धक

यहूदीहरूले गन्धक शब्द, आगोलाई सजिलैसँग टिप्न सक्ने पदार्थलाई बुझाउन प्रयोग गर्थे। साधारणतया यो शब्दले सल्फर (sulphur) लाई जनाउँदछ। सल्फर नीलो तातो आगोको रूपमा बल्छ। प्यालेस्टाइनमा सल्फरको खानी पाइन्छ, विशेष गरी मृतसागरको वरिपरि। जब सल्फरले आगो टिप्छ तब त्यो एकदम डरलाग्दो हुन्छ। त्यो पग्लेर जल्दै चारैतिर निस्सासिने धुँवा छोड्दै तल खाल्टो (ओरालो) तिर बहन्छ।

प्रकाशको पुस्तकमा जलिरहेको ______ को झीलको बारेमा बयान गर्न गन्धकको प्रयोग गरिएको छ (प्रकाश १९:२०; २०:१०; २१:८)। यसलाई दोस्रो मृत्यु पनि भनीन्छ (प्रकाश २०:१४; २१:८)। कस्तो किसिमको व्यक्तिलाई दोस्रो मृत्युले असर पार्दैन (प्रकाश २:११ र १ यूहन्ना ५:५)? ____________________ ______________________________।

नून

आज हामी खानालाई स्वादिलो र मीठो बनाउन नूनको प्रयोग गर्छौं। कुनै खानेकुरा बेस्वादिलो हुँदा, नूनले सहायता गर्न सक्छ (अय्युब ६:६)।

बाइबलीय समयमा नूनलाई अर्को महत्त्वपूर्ण कुरामा प्रयोग गरिएको थियो। नून, खानालाई बिग्नबाट जोगाउनका लागि प्रयोग गरिन्थ्यो। तपाईंले यदि दूध र मासुहरू फ्रिजमा नराखिकन बाहिर राख्‍नुभयो भने के हुन्छ? के त्यो बिग्रन्छ होला? बाइबलीय समयमा मानिसहरूसँग फ्रिज थिएन, तर तिनीहरूसँग नून थियो। नून राखिएको खाना छिट्टो बिग्रदैन। नून राखिएको खानाले खाना बिग्रनबाट जोगाउँछ, तर नून नराखिएको खाना चाँडै बिग्रन्छ।

मत्ती ५:१३ मा येशूले आफ्ना चेलाहरूलाई, “तिमीहरू पृथ्वीका ________ हौ” भन्नुभयो। हामी बस्ने संसार झन् धेरै दुष्ट र भ्रष्ट हुँदै छ (२ तिमोथी ३:१३ — झ______________”)। तापनि यस दुष्ट संसारमा विश्वासीहरू छन् जो नूनहरू हुन्। तिनीहरूले संसारलाई तिब्र गतिले खराब हुनबाट जोगाउँछन्। जब विश्वासीले परमेश्वरको वचन पालन गरिरहन्छ, उसको जीवनले दुष्टताको शक्तिलाई थामी राख्‍नलाई सहायता गर्दछ।

यसको राम्रो उदाहरण पुरानो नियममा पाउन सकिन्छ। यहोयादा एक धर्मी (ईश्वरीय) पुजाहारी थिए जसले राजा योआसको राज्यकालको समयमा “नून” झैं काम गरे। यहोयादा जीवित रहुन्जेलसम्म, योआसले के गरे (२ इतिहास २४:२)? ________________________________________________। तर यहोयादाको मृत्युपछि र त्यो “नून” पनि गयो, त्यसपछि राजा योआस कति भ्रष्ट भए भन्ने कुरा देख्दा हामी चकित पर्छौं (२ इतिहास २४:१५-२२) !

तपाईं आफ्नो जीवनलाई विचार गर्नुहोस्। के तपाईं यस संसारलाई भ्रष्ट पार्न सहयोग गरिरहनु भएको छ कि भ्रष्टतालाई नियन्त्रण गर्न सहयोग गरिरहनुभएको छ? के तपाईं नूनझैं खानालाई सुरक्षित पारिरहनुभएको छ कि तपाईं त्यो खाना जस्तो हुनुहुन्छ जो बिग्रँदो अवस्थामा छ? यदि अरु मानिसहरू तपाईंजस्तै जिउने हो भने, के यो संसार राम्रो हुनेछ कि नराम्रो? तपाईंको जीवन कतिको नूनिलो छ? के तपाईंको साथीहरूले तपाईंको जीवन र व्यवहार गर्ने तरिकामा फरक देख्छन्? के तिनीहरूले तपाईंमा भिन्नता देख्‍न आवश्यक छ? किन त्यहाँ भिन्नता छैन?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पेशाहरू

पेशाहरू

 

यस पाठमा हामी बाइबलमा उल्लेख गरिएका सातओटा पेशाहरूको विषयमा हेर्नेछौं। हामीले पाठ ६ मा कृषि सम्बन्धी हेरिसकेका छौं। त्यहाँ अरु धेरै पेशाहरू पनि परमेश्वरको वचनमा उल्लेख गरिएका छन्, तर हामी यी मध्ये ७ ओटा मात्र हेर्नेछौ:

१. माग्ने मानिस (भिखारी)

एक माग्ने मानिस त्यो व्यक्ति हो जसको कुनै पेशा हुँदैन। ऊ काम गर्न सक्षम हुँदैन वा जागिर खान योग्य छैन। ऊ अरुहरूबाट जे पाउँदछ त्यसबाट जिउनुपर्दछ।

२ थेस्सलोनिकी ३:१० मा बाइबलले सिकाउँदछ कि यदि कुनै मानिस काम गर्न चाहँदैन भने, उसले ____________ पनि। एक व्यक्तिले आफ्नो जीविका एकदम मेहेनतसाथ कमाउनुपर्दछ। तिनीहरूले खान हुँदैन जसले काम गर्न इन्कार गर्छन्।

  • कोही मानिसहरू काम गर्न चाहँदैनन्
  • कोही मानिसहरू काम गर्न सक्दैनन्

ती दुईबीच के भिन्नता छ? केही मानिसहरू अल्छी भएर काम गर्न चाहँदैनन् (हितोपदेश ६:६-११; २०:४)। तर त्यहाँ अरुहरू छन् जो काम गर्न असक्षम छन् किनकि तिनीहरू डुँडो छन्, अन्धो र लंगडो छन् अथवा तिनीहरू अरु कुनै शारीरिक समस्याहरूको कारणले (लूका १४:१३)।

बर्तिमैले किन मागेर हिँड्नु पर्‍यो (मर्कूस १०:४६)? ______________________________________। यूहन्ना ९:१,८ मा बयान गरिएको मानिसले किन माग्नु पर्‍यो? _____________________________। प्रेरित ३:२ मा बयान गरिएको मानिसले किन माग्नु पर्‍यो? _______________________________।

जसले काम गर्न सक्दैन उसलाई माग्नुपर्ने बाध्यता छ। ऊ गरीब छ। आफूलाई चाहिएको कुरा अरुहरूसँग हुन्छ। माग्ने मानिस अरुको दया-मायामा भर पर्दछ।

जो काम गर्न सक्षम छ उसले आफ्नो हातद्वारा कडा परिश्रम गर्नुपर्दछ र आफ्नो जीविकाको निम्ति कमाउनुपर्दछ। अझ आफूसँग केही उब्रोपाब्रो पनि होस् ताकि उसले खाँचोमा परेकाहरूलाई केही दिन सकोस् (एफिसी ४:२८)। माग्नेले आफैलाई सहायता गर्न सक्दैन। उसलाई कसैको सहायताको खाँचो पर्दछ।

के तपाईं “आत्मिक भिखारी” हुनुहुन्छ? के दाऊद त्यस्ता थिए? दाऊदले भने, “म त ________ र ________ छु तरै पनि ______________ मेरो विचार गनुहुन्छः तपाईं मेरो सहायक हुनुहुन्छ” (भजनसंग्रह ४:१७)। दाऊद आफूलाई सहायता चाहिन्छ भनेर जान्दथे। दाऊदले उसलाई चाहिएको कुरा परमेश्वरसँग छ भनेर जान्दथे। आफू गरीब छु भनेर दाऊद जान्दथे र परमेश्वर धेरै धनी हुनुहुन्छ भनेर पनि। दाऊदले परमेश्वरबाट माग्न सिकेका थिए ।

के तपाईं आफूलाई चाहिएको केही कुराहरू विचार गर्न सक्नुहुन्छ जुन परमेश्वरसँग मात्र छ?

१) _______________________________________________________________________
२) _______________________________________________________________________
३) _______________________________________________________________________

प्रकाश ३:१६-१७ पढ्नुहोस्। एक व्यक्तिले के भन्नुपर्छ (सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्) :

(क) म धनी छु। म एक गरीब माग्ने होइन।
(ख) मलाई केही कुराको खाँचो छैन। मलाई चाहिने कुरा परमेश्वरसँग छैन।
(ग) म अभागी, दयनीय, कङ्गाल, अन्धो र नाङ्गो छु। मलाई धनी बनाउन र मलाई पहिराउन र देख्न सक्ने हुनलाई मलाई परमेश्वर चाहिन्छ (पद १८)।

येशूले भन्नुभयो, “आत्मामा ________ हुनेहरू धन्य हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो” (मत्ती ५:३)। आत्मिक माग्नेहरू कति खुशी हुनेछन्, स्वर्गमा तिनीहरूका करुणामय राजा र प्रेमिलो परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई जे खाँचो छ सो दिनुहुन्छ (मत्ती ७:७)।

२. सिकर्मी

सिकर्मी त्यो हो जसले काठको काम गर्दछ। उसले निर्माण गर्दछ। मर्कूस ६:३ अनुसार, को सिकर्मी हुनुहुन्थ्यो? ______________________। मत्ती १३:५५ अनुसार यूसुफ पनि सिकर्मी थिए।

सिकर्मीले धेरै उपयोगी कुराहरू बनाउँदछन् जस्तै हलो, जुवा (हेर्नुहोस् पाठ ६), छानाहरू, ढोकाहरू, मेच र कुर्सीहरू। तर पनि कहिलेकाहीँ सिकर्मीले आफ्नो सीपलाई बेठीक प्रकारको सामानहरू बनाउन प्रयोग गर्न सक्थ्यो। यशैया ४४:१३-१७ मा हेनुहोस्। त्यहाँ एउटा सिकर्मीको उल्लेख छ जसले आफूलाई न्यानो बनाउन काठलाई दाउराको रूपमा प्रयोग गर्दछ र आफ्नो खाना बनाउन पनि प्रयोग गर्दछ। तब बाँकी काठद्वारा उसले __________ बनाउँछ र यसलाई ____________ गर्छ” (१५ पद)। उसले यस काठको मूर्तिलाई प्रार्थना पनि गर्दछ (१७ पद) । के काठको टुक्राले प्रार्थनाको जवाफ दिन सक्छ? __________। के काठको टुक्राले मानिसको आवश्यकता पुरा गर्न सक्छ? ___________।

यो चाहिँ त्यो मानिस जस्तो हो जसले रूखलाई काटेर ढाल्छ। रूखको आधा भागद्वारा उसले डुङ्गा बनाउँछ। के त्यो डुङ्गा त्यसलाई बनाउने भन्दा ठूलो हो र? ____________। के त्यो बनाइएको कुरा बनाउनेवाला भन्दा ठूलो हुन्छ? ____________। त्यो डुङ्गाले मानिसको सेवा गनुपर्दछ कि मानिसले त्यो डुङ्गाको? ____________________________________________। त्यसपछि त्यो रूखको अर्को बाँकी भागले उसले आफ्नो कूलदेवताको खम्बो बनाउँछ र त्यसैको सामु झुक्दछ अनि पुजा गर्दछ र त्यसको सेवा गर्दछ। यसमा के गलत छ? के हामीले आफूले बनाएको ईश्वरलाई पुज्नुपर्छ कि हामीलाई बनाउनु हुने परमेश्वरलाई पुज्नुपर्छ? ____________________________।

३. साकी / पानपात्रवाही (प्रमुख भण्डारी)

साकी (प्रमुख पियाउने) त्यो मानिस हो जसले राजालाई खाना-पानी टक्राउँछ। ऊ एक हिसाबमा रेष्टुरेन्टको सेवक अथवा वेटर जस्तै हो। राजाको निम्ति विश्वासयोग्य र राजाप्रति बफादार साकी भेट्टाउनु ज्यादै महत्त्वपूर्ण हुन्छ। यस किसिमको ओहदामा भएको मानिसले राजाको विरुद्धमा सजिलै षड्यन्त्र रच्न सक्दछ र राजाको कचौरामा विष पनि हाल्न सक्दछ। त्यसैले कहिलेकाहीँ राजा आफूले पिउनुभन्दा अघि साकीलाई पिउन लगाउँदछन्। यदि साकीले पिएपछि केही भएन भने राजाले यसमा विष मिसाएको छैन रहेछ भनेर थाह पाउनेछन्।

मिश्रका राजा फारोसँग पनि साकी थियो (उत्पत्ती ४०:२-३)। पहिला त राजा ऊसँग सारै रिसाए र उसले आफ्नो जागिर गुमाए, तर के पछि राजाले उसलाई विश्वास गरे (उत्पत्ती ४०:२०-२१)-? ____________।

नहेम्याहले भने, “किनकि म राजाको ________________ थिएँ ” (नहेम्याह १:११)। नहेम्याहले फारसका राजालाई पिउने कुराहरू टक्राउँथे (नहेम्याह २:१)। के फारसका राजाले नहेम्याहलाई विश्वास गर्थे? ____________।

तपाईं कति विश्वासयोग्य हुनुहुन्छ? के मानिसहरूले तपाईंमाथि विश्वास गर्न सक्छन् वा तिनीहरू तपाईंप्रति शंकालु छन्? के तपाईंका साथीहरूले तपाईंलाई उनीहरूलाई मदत गर्ने व्यक्तिको रूपमा हेर्छन् कि तपाईंले उनीहरूलाई चोट पुर्‍याउनुहोला कि भनेर डराउँछन्? के तिनीहरूले तपाईंलाई साथीको रूपमा हेर्छन् कि शत्रुको रूपमा?

प्रभु येशू ख्रीष्टसँग तिर्खाएकाहरू सबैको निम्ति उदेकको पिउने पानी छ (यूहन्ना ७:३७-३९; प्रकाश २२:१७)। के हामी यो पानी पिउन डराउनुपर्छ? किन धेरै मानिसहरू जीवनको पानीबाट पिउनलाई इन्कार गर्छन्?

४. मछुवा (जालहारी)

आज धेरै मानिसहरू मनोरन्जनका लागि माछा मार्छन्। नयाँ नियमको समयमा माछा मार्ने काम एउटा पूर्णकालीन पेशा थियो। मछुवाहरू धेरै कडा परिश्रम गर्थे र कहिलेकाहीँ तिनीहरू ________ भरि पनि मेहेनत गर्थे” (लुका ५:५)। यसरी नै तिनीहरूले आफ्नो जीविकोपार्जन गर्थे।

मत्ती ४:१७-२२ पढ्नुहोस्। चारजना मछुवाहरूको नाम दिनुहोस् जोहरूले प्रभुलाई पछ्याउन आफ्नो पेशा छोडेः १) ______________ २) ______________ ३) _______________ ४) ______________

गालिल समुद्र एक विशाल ताल थियो जहाँ यी मछुवाहरूले माछा मार्थे। के यो तपाईंले नक्सामा भेट्टाउन सक्नुहुन्छ? प्रायःजसो बल्छीले भन्दा जालहरूद्वारा माछा मारिन्थ्यो। कहिलेकाहीँ एकै पटकमा धेरै माछा पनि पर्दथ्यो। यूहन्ना २१:१०-११ अनुसार कतिओटा माछाहरू समातिए? _____________। के ती माछाहरू साना थिए कि ठूला? __________। के मछुवाहरूले बल्छीहरू प्रयोग गरेका थिए (मत्ती १७:२७)? __________।

यी मछुवाहरूलाई येशूले भन्नुभयो, “मलाई ______________ र म तिमीहरूलाई ______________ ______________ बनाउनेछु” (मत्ती ४:१९)। माछा समात्‍नुको सट्टामा तिनीहरूले ________________लाई समातेको येशूले चाहनुभयो (लुका ५:१०)। माछालाई जालमा पक्रन (प्रवेश गराउन) तिनीहरूले समय बिताउनुभन्दा, तिनीहरूले आफ्नो समय मानिसहरूलाई __________ को ____________ प्रवेश गराउनको लागि समय बिताएको येशूले चाहनुभयो (मत्ती १९:२४)। पेन्टेकोष्टको दिनमा यिनै मध्ये एक मछुवाले उठेर ठूलो भीडलाई प्रचार गरे (प्रेरित २:१४)। कतिजना मानिसहरू त्यस दिन समातिए (प्रेरित २:४१)? ________________।

के जीवित परमेश्वरले तपाईंलाई समात्नुभएको छ? के उहाँले तपाईंलाई पक्रनु भएको छ? के तपाईं उहाँको राज्यमा छिर्नुभएको छ (यूहन्ना ३:३,५)? के येशू ख्रीष्ट तपाईंको राजा र प्रभु हुनुहुन्छ? के तपाईं परमेश्वरको जालमा आउनलाई इन्कार गर्दै पापको त्यो ठूलो सागरमा पौडी खेल्दै हुनुहुन्छ? परमेश्वर तपाईंलाई समातेर पापको सागरबाट निकाल्न चाहनुहुन्छ ! यदि तपाईं समातिनु भएको छ भने, के तपाईं त्यो पापको सागरमा पौडी खेलिरहेका अरु धेरैका लागि वास्ता राख्‍नुहुन्छ? के तपाईं तिनीहरूको फिक्री गर्नुहुन्छ? के तपाईं तिनीहरू पनि पकडिएको चाहनुहुन्छ? तिनीहरू परमेश्वरको जालमा आएर पक्राउनलाई तपाईंले के गर्न सक्नुहुन्छ?

५. कुमाले

तपाईंको आफ्नो भान्सा कोठा भित्र तपाईंले धेरै किसिमका भाँडाहरू देख्‍नुहुन्छ, जस्तैः थालहरू, कचौराहरू, गिलासहरू, ताप्के, कराही, चियादानी आदि। यी मध्ये केही सीसाबाट बनिएका हुन्छन्, केही प्लास्टिकबाट, केही फलामबाट, केही तामाबाट वा अरु कुनै धातुबाट।

यदि तपाईं एउटा काल्पनिक “समय-यन्त्र” पस्नु भई प्राचीन बाइबलीय समयका घरहरूमा पुग्न सक्नुभएको भए त्यहाँ पनि तपाईंले धेरै किसिमका भाँडाहरू देख्‍नुहुनेथ्यो। यी मध्ये धेरै माटोबाट बनिएका पाउनुहुनेथ्यो। ती भाँडाहरू कुमालेद्वारा बनाइन्छ।

कुमालेको काम गर्ने ठाउँ साधारण हुन्छ। उसँग काठको कुर्सी वा टेबल हुन्छ, र एउटा लामो छडीद्वारा जोडिएको दुईओटा पाङ्ग्राहरू प्रयोग गर्दछ:

कुमालेले गीलो माटोको डल्लालाई माथिल्लो पाङ्ग्रामा राख्दछ। त्यसपछि उसले तल्लो पाङ्ग्रालाई आफ्नो खुट्टाले घुमाउन थाल्दछ तब यसले माथिल्लो पाङ्ग्रालाई पनि घुमाउँदछ। अनि उसले आफ्नो हातले त्यो माटोको डल्लालाई आकार दिन थाल्छ। उसले आफ्नो बूढी औंलाले घुमिरहेको माटोको टुप्पामा प्वाल पार्छ र प्वाल ठूलो पारिरहन्छ जबसम्म उसले आफ्नो देब्रे हात त्यसभित्र छिराउन सक्दैन। आवश्यकता अनुसार उसले आफ्नो छेउमा राखेको भाँडाबाट पानी छर्कन्छ। उसले आफ्नो दाहिने हातमा भएको काठको सानो टुक्राले त्यो घुमिरहेको माटोको डल्लालाई चिप्ल्याउने काम गर्छ र त्यो भाँडालाई आफूले चाहे अनुसारको आकार दिन सक्छ।

जब त्यो माटोको डल्लाले आकार लिन्छ। तब त्यसलाई भट्टिमा पोलिन्छ। तापले माटोलाई साह्रो बनाउँछ। माटोको भाँडाहरू सजिलै फुट्ने खालका हुन्छन्। सुराही (पानी राख्‍ने भाँडो) लाई पनि भुइँमा जोडले फालियो भने यो टुक्रा-टुक्रा हुन्छ। यदि कसैले माटोको भाँडालाई भुइँमा हिर्काएर फुटाउँछ भने त्यो पूरै नाश हुन्छ। यसले दुष्टहरूप्रति परमेश्वरको इन्साफको बारेमा बाइबलका केही पदहरू बुझ्न सहायता गर्दछ (यर्मिया १९:११; भजनसंग्रह २:९ र प्रकाश २:२७)।

यशैया ६४:८ अनुसार, कुमाले को हो? ________________। माटो को हो? ___________। परमेश्वर हामीलाई लिन, मोड्न र एउटा अचम्मको आकार दिन चाहनुहुन्छ। परमेश्वर हामीलाई “आफ्नै पुत्रको _______” ढाल्न चाहनुहुन्छ (रोमी ८:२९)। तर माटोले कुमालेलाई उसकै इच्छाअनुसार गर्न दिनुपर्छ! माटो नरम हुनुपर्छ र कुमालेले जे गर्न चाहन्छ सो गर्न दिनुपर्छ! के एउटा माटोको डल्लाले, “रोक्नुहोस्! म कचौरा बन्न चाहन्नँ, म पानी राख्‍ने सुराही बन्न चाहन्छु!” भन्दछ र? रोमी ९:२०-२१ सँग तुलना गर्नुहोस्। उसले त्यसो भन्दैन, किनकि कुमाले त मालिक हो!

के तपाईंले आफैलाई माटोको रूपमा महान् कुमालेको हातमा सुम्पनुभएको छ? परमेश्वरले तपाईंको जीवनमा जे काम गर्न लाग्नुभएको छ,  तपाईं त्यसको विरोध गर्दै हुनुहुन्छ कि उहाँलाई आफ्नो इच्छा अनुसार गर्न दिइरहनुभएको छ? कसको इच्छा असल छ, तपाईंको कि उहाँको?

६. गोठालो

हामी सबैलाई थाह छ गोठालो के हो भनेर। गोठालो त्यो हो जसले भेंडाहरूको हेरचाह गर्छ, तिनीहरूलाई खुवाउँछ र सुरक्षा दिन्छ। बाइबलमा उल्लेख गरिएको पहिलो पेशा यही हो (उत्पत्ति ४:२)। भेंडाहरूको पहिलो गोठालो को थियो (उत्पत्ति ४:२)? ______________। के तपाईं अरु कुनै व्यक्तिको नाम बताउन सक्नुहुन्छ जो गोठालो थियो? ______________________________।

गोठालोसँग जहिले पनि एउटा थैलो (झोला) हुन्थ्यो। यो छालाको हुन्थ्यो जसमा जहिले पनि गोठालोको लागि खाना हुन्थ्यो जस्तै रोटी, चीज, सुकेका फल वा जैतुनहरू। दाऊदले आफ्नो थैलोमा के राखे (१ शमूएल १७:४०)? __________________________________।

गोठालोसँग जहिले पनि काठले बनेको लट्ठी वा छडी हुन्थ्यो र त्यो पुलिसको डन्डा जस्तो देखिन्थ्यो (त्यसको छेउमा डल्लो हुन्थ्यो)। उक्त लौरो सुरक्षाको लागि प्रयोग गरिन्थ्यो र जङ्गली जनावरलाई हिर्काउने हतियारको रूपमा पनि प्रयोग गरिन्थ्यो। दाऊदले गोठालोको रूपमा कुन-कुन जनावरहरूको सामना गरे (१ शमूएल १७:३४-३६)? ______________________________________।

गोठालोसँग जहिले पनि एउटा लामो काठको लौरो हुन्थ्यो (पाँच वा छ फिट लामो) जुन हिँड्नलाई प्रयोग गरिने लौरो जस्तै देखिन्थ्यो। कुनैको टुप्पा घुमाउरो परेको हुन्थ्यो वा अङ्कुसे परेको हुन्थ्यो। यो भेंडाहरूलाई सम्हाल्ने काममा प्रयोग गरिन्थ्यो र हिँड्नको लागि पनि। भजनसंग्रह २३:४ मा दाऊदले दुवै लठ्ठी र लौरोको उल्लेख गरेका छन्।

परमेश्वरका भेंडाहरू को हुन् (भजनसंग्रह १००:३; ७९:१३)? ______________________। असल गोठालो को हुन् (यूहन्ना १०:११,१४)? ____________________। कस्तो किसिमको व्यक्तिले, “परमप्रभु मेरा गोठालो हुनुहुन्छ” (भजनसंग्रह २३:१) भन्न सक्छ? के यो सबैजनाले भन्न सक्दछन् अथवा बचाइएका विश्वासीहरूले मात्र भन्न सक्दछन्?

विश्वासी नगरेकाहरू कस्ता भेंडाहरू हुन् (यशैया ५३:६)? ______________। कुन अर्थमा विश्वासीहरू भेंडाहरू हुन्? कुन अर्थमा परमेश्वर गोठालो जस्तै हुनुहुन्छ? परमेश्वरका भेंडाहरूले कुन दुई कुराहरू गर्छन् (यूहन्ना १०:२७)? “मेरा भेंडाहरूले __________________________________ र म तिनीहरूलाई चिन्छु र तिनीहरूले ________________________________________”। के तपाईं गोठालोको आवाज सुन्नुहुन्छ?____________ कसरी? के तपाईं गोठालोलाई पछ्याउनुहुन्छ? यी भेंडाहरू कति सुरक्षित छन् (यूहन्ना १०:२८-३०)? ______________________। भेंडाहरूमाथि निगरानी राख्‍नु र तिनीहरूको सुरक्षा गर्नु कसको जिम्मेवारी हो? के यो भेंडाले गर्नुपर्ने कार्य हो कि गोठालोले गर्ने कार्य हो?

७. दास (नोकर)

आज हामीलाई दासत्वको बारेमा धेरै थाह छैन। नेपालमा चन्द्र शमशेरको पाला देखि दास प्रथाको उन्मुलन भएको हो। अमेरीकामा अब्राहाम लिङ्कनको पाला देखि दासत्वको उन्मुलन भएको हो। सायद हामी मध्ये कोही पनि दास भएका छैनौं होला। हाम्रो विद्यालयका साथीहरू कोही पनि दास भएका छैनन् होला। हामी सबै स्वतन्त्र छौं।

नयाँ नियमको समयमा त्यहाँ दुई किसिमका मानिसहरू थिए (गलाती ३:२८): १) दासहरू र २) स्वतन्त्रहरू। यहाँ हामीले दासहरूको बारेमा जान्नुपर्ने निम्न केही कुराहरू छन्:

१.    दास उसको मालिकद्वारा किनिएको हुन्थ्यो। ऊ सम्पूर्ण रूपमा आफ्नो मालिकको हुन्थ्यो। मालिकले, “तँ मेरो होस्” भन्न सक्थ्यो।

२.    दास आफूले चाहेको कुरा गर्न स्वतन्त्र हुँदैन थियो। उसको मालिकले चाहेको कुरा मात्र उसले गर्न सक्थ्यो। उसले आफ्नो मालिकको सेवा र आज्ञापालन गर्नुपर्थ्यो। उसले जे जस्तो भएता पनि मालिकको इच्छा अनुसार गर्नुपर्थ्यो।

३.    दास पूर्णकालीन रूपमा आफ्नो मालिकको सेवामा हुन्थ्यो। उसले दिनमा ८ घण्टा मात्र काम गर्दैनथ्यो। दिनको चौबिसै (२४) घण्टा मालिकको सेवामा हुन्थ्यो। दास कुनै पनि समयमा आफ्नो मालिकको सेवा गर्न तयार हुनुपर्थ्यो।

बाइबलले भन्दछ, हामी एक समय पापका दासहरू थियौं (रोमी ६:२०) तर अब हामी परमेश्वरका दासहरू हौं (रोमी ६:२२; १:१)। हामी हरेक नै दास हौं! तपाईं या त पापको दास हुनुहुन्छ या त परमेश्वरको दास हुनुहुन्छ। कसरी पापले तपाईंमाथि सामर्थ्य प्रकट गर्छ?

प्रभु येशू ख्रीष्टको दास हुनु भनेको के हो? उहाँ कस्तो किसिमको मालिक हुनुहुन्छ? के उहाँ निर्दयी वा पक्षपाती हुनुहुन्छ कि प्रेमिलो र धर्मी हुनुहुन्छ? के उहाँले तपाईंलाई आफ्नो बनाउनु भएको छ? के तपाईं उहाँको हुनुहुन्छ? के तपाईं आफूले चाहे अनुसार गर्न स्वतन्त्र हुनुहुन्छ? विश्वासीले दिनको कति घण्टा ख्रीष्टको सेवा गर्नुपर्छ?

यो अचम्मको दासत्वमा आनन्द मनाउन र हामा धन्य मालिकको विश्वासयोग्य दासहरू हुन हामीलाई परमेश्वरले सहायता गर्नुभएको होस्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पशुहरू

पशुहरू

 

बाइबलमा मानिसहरूभन्दा पहिला पशुहरूको उल्लेख भएको छ। के यो तपाईंलाई थाह छ? बाइबलको पहिलो अध्यायमा हामी पशु र मानिसको सृष्टि बारे पढ्दछौं (उत्पत्ति १):

कुन दिनमा माछाहरू र समुद्री जन्तुहरू सृष्टि गरिए? _________
कुन दिनमा आकाशका चराहरू सृष्टि गरिए? _________
कुन दिनमा जमिनका पशुहरू सृष्टि गरिए? _________
कुन दिनमा मानिसको सृष्टि गरियो? _________

बाइबलको अन्तिम पुस्तक प्रकाश २२ मा पनि हामी पशुहरूका नामहरू पाउँछौं। हामी थुमाको (परमेश्वरको थुमा, प्रभु येशू ख्रीष्ट) बारेमा १ र ३ पदमा पढ्न पाउँछौं। १५ पदमा हामी ______ को बारेमा पनि पढ्न पाउँछौं। (अपवित्र र फोहरी मानिसहरू स्वर्गमा छिर्न पाउँदैनन्।)

शैतानले हव्वाको परीक्षा गर्न पशुको प्रयोग गर्‍यो (उत्पत्ति ३:१)। परमेश्वरले आदम र हव्वालाई ढाक्नलाई पशुको छालाको प्रयोग गर्नुभयो (उत्पत्ति ३:२१)। नूहले बनाएको जहाज पशुहरूले भरियो (उत्पत्ति ७)। इसहाकको सट्टामा त्यहाँ एक पशुको बलिदान भएको थियो (उत्पत्ति २२:१३)। याकूबले आफ्ना बाबुलाई छल गर्न पशुको छाला प्रयोग गरे (उत्पत्ति २७:१६)। परमेश्वरले मिश्र देशमा ल्याउनुभएको धेरै जसो विपत्तिहरूमा पशुहरू समावेश छन् (प्रस्थान ८-९)। शाऊल एक पटक हराएका पशुहरूको खोजी गर्न गए (१ शमूएल ९:३) र उसले शमूएललाई भेट्टाए र इस्राएलको राजाको रूपमा अभिषेक भए। प्रभु येशू जन्मनु भएपछि उहाँलाई त्यस्तो ठाँउमा राखियो जहाँ साधारणतया पशुहरूको निम्ति खाना राखिन्छ (लूका २:७)। येशू आफ्नो परीक्षामा जंगली ______________ रहनुभयो (मर्कूस १:१३)। जब येशू आफ्नो मृत्यु अघि यरुशलेम प्रवेश गर्नुभयो, तब उहाँ पशुमाथि चढ्नुभयो (मर्कूस ११)। जब पत्रुसले प्रभुलाई इन्कार गरे, एउटा पशु करायो (लूका २२:६०)। पछि प्रभुले पत्रुसलाई एक महत्त्वपूर्ण पाठ सिकाउन पशुहरूको प्रयोग गर्नुभयो (प्रेरित १०:९-१६)। जब प्रभु येशू ख्रीष्ट आफ्ना सेनाहरूका साथमा पृथ्वीमा आउनुहुन्छ, त्यहाँ पशुहरूको उल्लेख गरिएको छ (प्रकाश १९:११,१४)। हजार-वर्षे राज्यमा पशुहरू शान्तिपूर्वक बस्ने छन् र मानिसलाई हानी गर्ने छैनन् (यशैया ११:६-९)। यसरी बाइबलले पशुहरूको बारेमा धेरै कुरा बताएको छ।

१ तिमोथी ६:८ अनुसार, यस पृथ्वीमा मानिसलाई बाँच्नको लागि कुन दुई कुराहरू आवश्यक छ (वस्त्रको अर्थ कपडा/लुगा बुझिन्छ।)? १.________________ २.________________

एक क्षण विचार गर्नुहोस् त, पशुहरूले कसरी मानिसको निम्ति खानेकुरा प्रबन्ध गर्छन्? म:म बनाउन कस्तो किसिमको पशुको प्रयोग गरिन्छ? पशुहरूले मानिसको निम्ति कसरी वस्त्र उपलब्ध गराउँछ? के तपाईंले अहिले पशुबाटको कुनै किसिमको लुगा लगाउनुभएको छ? खाना र कपडाको प्रबन्ध गरेर पशुहरूले मानिसलाई सहायता गर्दछन्। सृष्टिकर्ताले पशुहरूको सृष्टि गर्नुहुँदा उहाँले के गरिरहनुभएको थियो सो जान्नुहुन्थ्यो।

यस पाठमा हामी बाइबललमा उल्लेख गरिएका सबै पशुहरूको बारेमा अध्ययन गर्ने छैनौं। तर हामी केही महत्त्वपूर्ण स्तनधारी पशुहरूको बारेमा हेर्नेछौं। यदि तपाईं बाइबलमा उल्लेख गरिएका अरु पशुहरूको बारेमा अध्ययन गर्न चाहनुहुन्छ भने राम्रो बाइबल शब्दकोष खोजेर हेर्न सक्नुहुन्छ।

बलिदान गरिने पशुहरू

बाइबललमा हामी पशुहरूलाई बलिदान दिइएको कुराहरू पढ्छौं। यी कुराहरू आज हामी गर्दैनौं। हामी पशुहरू मारेर खानको लागि तयार पार्छै तर तिनीहरूलाई बलिदान दिनको निम्ति मार्दैनौ। यहूदीहरू पनि आज पशुहरूको बलिदान गर्दैनन्। यहूदीहरूको बलिदान गरिने वेदी चाहिँ मन्दिरमा थियो र आज यहूदीहरूको मन्दिर छैन (ई सं ७० तिर रोमीहरूले मन्दिरलाई ध्वस्त पारे)। त्यसैले आज इस्राएलका सन्तानहरू “_________________ बिना” छन् (होशे ३:४)।

निम्न पशुहरू बलिदानमा प्रयोग गरिन्थेः

१. गाई-वस्तु
साँढे
गाई
बाछा वा बाछी
३. भेंडा
भेंडा
भेंडी
पाठो वा पाठी
२. बाख्रा
बोका
बाख्री
पाठो वा पाठी
 

यदि मानिसहरूले यी ठूला पशुहरूको बलिदान दिन नसकेको खण्डमा, तिनीहरूले परेवाहरू वा ढुकुरहरूलाई बलिदान दिन्थे (लेवी ५:७,११)।

सबभन्दा पहिला शुरुमा मानिसको पापको कारण बलिदानस्वरुप पशुहरू मारिएका थिए। यो हामी उत्पत्ति ३:२१ मा पढ्न पाउँछौं। यदि पशुहरूको छालाबाट लुगाहरू बनाइएका थिए भने ती पशुहरूलाई के भएको हुनुपर्छ? ______________________________। जब हामी पशुहरूको बलिदानको बारेमा विचार गर्छौं तब हामीले तीनओटा कुराहरू सँधै याद गर्नुपर्छः

१. मानिसको पापको कारण बलिदानको खाँचो पर्र्‍यो।
२. बलिदानमा रगत बहाइनुपर्दछ (पशु मर्दछ)।
३. पापी मर्नुको सट्टामा, निर्दोष पशु उसको ठाउँमा मर्दछ।

पुरानो नियमको समयमा हजारौं र लाखौं पशुहरूको बलिदान भएको थियो। १ राजा ८:६३ अनुसार, कतिओटा साँढेहरू बलिदान दिइए? _____________। कति ओटा भेंडाहरू बलिदान दिइए? ____________।

यी सबै बलिदानहरूले एक महान बलिदानलाई देखाइरहेको थियो: येशू ख्रीष्टको बलिदान जो परमेश्वरको _________ हुनुहुन्छ (यूहन्ना १:२९)। येशू ख्रीष्ट क्रूसमा मर्नुहुँदा यो बलिदान पूरा भयो।

के हजारौं पशुहरूको बलिदानले साँच्चीनै मानिसको पाप हरण हुन्छ होला (हिब्रू १०:४,११)? ________। के ख्रीष्टको एउटै, सिद्ध बलिदानले मानिसको पाप हरण गर्दछ (यूहन्ना १:२९, हिब्रू १०:१४,१७-१८)?_____________।

पशुहरूको बलिदान चाहिँ आउनेवाला ख्रीष्टको सिद्ध बलिदानको _________ मात्र थियो — हिब्रु १०:१। तपाईं कुन कुरा चाहनुहुन्छ – हजार रुपियाको छायाँ कि वास्तविक रुपियाँ – के तपाईं आइसक्रिमको छायाँ खानुहुन्छ कि आइसक्रिम नै खानुहुन्छ – छायाँले तपाइँको निम्ति केही गर्दैन, तर त्यसले त्यहाँ वास्तविक कुरा छ भनेर बताइरहेको छ। यदि त्यहाँ आइसक्रिमको कोन नहुने हो भने के त्यहाँ त्यसको छायाँ हुन सक्छ र? __________। पशुहरूको बलिदानले यो सन्देश बोकेको थियो:
“एकदिन परमेश्वरको पुत्र मानिसको पापको निम्ति सिद्ध बलिदान हुनुहुनेछ”। जब हामी ख्रीष्टको बलिदानको बारेमा सोच्दछौं, त्यही तीनओटा सत्यताहरू पाउँदछौं।

१. मानिसको पापको कारण ख्रीष्टको बलिदान आवश्यक थियो। उहाँ _________ हटाउनलाई मर्नुभयो (हिब्रु ९:२६)।
२. ख्रीष्टको बलिदानमा रगत बगेको थियो (हिब्रू ९:२२)। उहाँ मानिसको पापको निम्ति उद्धारकर्ता हुनुभई मृत्युको मोल तिर्नुभयो।
३. पापी मर्नुको सट्टामा, येशू पापीको सट्टामा मर्नुभयो (रोमी ५:८; ६:२३)।

के तपाईं साँच्चीनै ख्रीष्टले तपाईंको निम्ति यस्तो बलिदान गर्नुभयो भनी विश्वास गर्नुहुन्छ? के तपाईंका पापहरू हरण गरिएका छन् र क्षमा भएका छन्? परमेश्वर अब उसो हामीले बलिदान चढाएको चाहनुहुन्न, तर ख्रीष्टको महान बलिदानको सम्झना गर्न परमेश्वर हामीले के गरेको चाहनुहुन्छ
(१ कोरिन्थी ११:२३-२६)? _________________________________________________________
____________________________________________________________________________।

भारी बोक्ने पशुहरू

गधा

आज हामी एक ठाउँबाट अर्को ठाउँमा सामानहरू सार्न हामी कार, ट्रकको डिकीमा सामानहरू मिलाएर राखी ओसार्छौं। बाइबलका समयमा मानिसहरूले गधा वा खच्चडमाथि सामान राख्दथे। यस पशुको खुट्टा एकदम बलियो हुन्छ र गह्रौं भारी बोक्न सक्छ। गधाले मानिसलाई सवारी पनि दिन्छ (न्यायकर्ता १०:४)। जकरिया ९:९ र मत्ती २१:१-११ अनुसार, यरुशलेम शहरमा गधामाथि चढेर को प्रवेश गर्नुभयो? ________________________। बाइबलको प्रख्यात गधा चाहिँ बालामले चढेको गधा हुनुपर्दछ। यो गधाको बिषयमा के कुरा एकदम असामान्य छ (गन्ती २२:२१-३१) ______________________________________________। को धेरै चेतनाशील थियो, गधा कि गधामा चढने मानिस? ______________।

उँट

मरुभूमि-यात्राको लागि एकदम सिद्ध रुपले बनाइएको यो एक भारी बोक्ने पशु हो। यसको ५ ओटा कारणहरू छन्:

१. उँटले आफ्नो शरीरमा पानी सञ्चय गर्न सक्छ र पानी बिना धेरै दिनसम्म यात्रा गर्न सक्छ। अरु पशुहरूलाई जस्तै यसलाई पनि पानी चाहिन्छ, तर परमेश्वरले उँटलाई पानी सञ्चय गर्न सक्ने अद्वितीय क्षमता दिनुभएको छ। उँटले एक पटकमा १५ ग्यालेन (६७.५ लिटर) पानी पिउन सक्छ। यसले यति धेरै पानी केही समयभित्रमा नै पिउँछ र कयौं दिनसम्म त्यही पानीको भरमा बाँच्दछ।

२. उँटको खुट्टाको पैताला फराकिलो परेको हुन्छ जसले यसलाई बलौटे सतहमा नगाडिकनै हिँड्नलाई सहायता गर्दछ र यसको पाइतालाले बालुवाको पोल्ने ताप सहन सक्छ।

३. उँटले मरुभूमिको तीतो बिरुवाहरू खाएर बाँच्न सक्छ । यसले बिरुवाहरू काँडासहित आफ्नो मुखमा हालेर बलिया दाँतको सहायताले चपाउन सक्छ। उँटलाई अरु कुनै पनि खाना नदिइकनै, आफूले बाटोमा जे भेट्टायो सो खाएर २० दिन सम्म यात्रा गर्न सक्ने एक अजीव प्राणी हो।

४. उँट एकदम बलियो हुन्छ १८० के.जी. देखि २३० के.जी. सम्मको तौल बोकेर भत्-भत् पोल्ने मरुभूमिमा हिँड्दछ। यसले दिनमा ५० कि.मी. जति हिड्न सक्दछ।

५. उँट अग्लो पशु हो र यो ८ फिट वा त्यो भन्दा पनि अग्लो हुन्छ। त्यसो भए कसरी यस पशुलाई भारी बोकाउन सकिन्छ होला? उँटले आफ्नो घुँडा टेक्न सक्छ र यसलाई गधा जस्तै सजिलै भारी बोकाउन सकिन्छ (उत्पत्ति २४:११)। घुँडा टेक्न सक्ने भएको हुनाले मानिसलाई उँटमाथि उक्लिन सजिलो भएको हो।

उँट धेरै उपयोगी र मूल्यवान् थियो। अय्यूवसँग कतिओटा थियो (अय्यूव १:३; ४२:१२)? _______________________। परमेश्वरले हरेक पशुलाई तिनीहरू जहाँ बस्छन् त्यहाँ बाँच्न सक्ने हिसाबमा अचम्म तरिकाले सृष्टि गर्नुभएको थियो। हामी के पाउँछौं भने पशुहरूले (विकासवादी सिद्धान्त बिपरित) बाँच्नको लागि संर्घष गर्दैनन्, तर पशुहरूलाई शुरु देखिनै बाँच्न सक्ने रूपमा बनाइएको थियो किनकि सृष्टिकर्ताले नै तिनीहरूलाई यस्तो किसिमले बनाउनुभएको थियो ।

प्रभु येशूले २ महत्त्वपूर्ण पाठहरू सिकाउन यस ठूलो जन्तु उँटलाई प्रयोग गर्नुभएको थियो।

पहिलो मत्ती १९:२४ मा पाइन्छ। एक ठूलो उँटलाई सियोको नाथ्रीबाट छिर्न कति सजिलो हुन्छ? _______________________। के यो सम्भव छ वा असम्भव? _________________। एक पापी मानिसलाई पापरहित स्वर्गमा पस्न कति सजिलो छ (मत्ती १९:२५-२६)? ______________________________। के पापी मानिसले आफैलाई बचाउन सक्छ? के यो सम्भव छ या छैन? ____________________। मानिसहरू कस्ता कार्यहरू गरेर मुक्ति पाउन खोज्छन्, यद्यपि ती कुराहरू गरेर स्वर्गमा जान सकिँदैन?__________________________________________________ ______________________________________________________________।

के मुक्ति परमेश्वरबाट सम्भव छ (मत्ती १९:२६)? __________। के उहाँले एक पापी मानिसलाई पापरहित स्वर्गमा पस्न सम्भव बनाउन सक्नुहुन्छ? __________। यो असम्भवलाई सम्भव बनाउन परमेश्वरले के गर्नुभयो (यूहन्ना ३:१६; १ यूहन्ना ४:९-१०)? __________________________ _____________________________________________________________।

दोस्रो चाहिँ मत्ती २३:२४ मा पाइन्छ। कहिलेकाहीँ साना किराहरू पिउने पदार्थहरूमा पस्छन् र फारिसीहरू पिउन अघि किराहरूलाई निकालेर पिउन होशियारी थिए। के तपाईंले आफ्नो पिउने कुरामा किराहरू पाउनुभएको छ? यदि एउटा किरा तपाईंले अचानक पिउनुभयो भने, के यसले तपाईंलाई मार्दछ र? येशूले यी कुराहरू यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू एक सानो किरा ननिल्नलाई धेरै सावधान छौ, तर तिमीहरू हेर्दै नहेरी सीधै उँट भने निल्दछौ”। के तपाईंले आफ्नो पिउने कुरामा उँट पाउनुभएको छ? यदि तपाईंले उँट निल्नु भएको छ भने, के एउटा किरा निल्नु भन्दा यो झन् गम्भीर कुरा होइन र?

प्रभु येशू जान्नुहुन्थ्यो कि मानिसले साँच्ची नै उँट निल्दैनन् भनेर, तर उहाँले यो मूर्ख उदाहरण चाहिँ एउटा घतलाग्दो पाठ सिकाउनको लागि दिनुभएको थियो। यी यहूदीहरू सबै साना कुराहरूको बारेमा चासो राख्दथे, तर तिनीहरू ठूला र महत्त्वपूर्ण कुराहरू जस्तै “न्याय, कृपा र विश्वास” को विषयमा भने वास्तै राख्दैनथे (२३ पद)। यी मानिसहरूले सबै किसिमको धार्मिक रीति र नियमहरू पालन गर्थे, र तिनीहरू सो गर्नाले आफूलाई धेरै धर्मी ठान्थे, तर जब परमेश्वरको पुत्र तिनीहरूकहाँ आउनुभयो तब तिनीहरूले नै उहाँलाई क्रूसमा टाँगे!

मानौं तपाईंको शिक्षकले भन्नुभयो, “यो परीक्षामा ११ ओटा प्रश्नहरू छन्। पहिलो दशओटा महत्त्वपूर्ण छन् भने अन्तिम प्रश्न चाहिँ त्यत्ति महत्त्वपूर्ण छैन र त्यसलाई त्यति धेरै मान्यता दिइनेछैन।” अनि तपाईं त्यो अन्तिम प्रश्नको लागि आफ्नो सबै समय खर्च गर्नुहुन्छ र १० ओटा महत्त्वपूर्ण प्रश्नहरूलाई समय दिनुहुन्न भने के तपाईं जाँचमा फेल हुनुहुने छैन र? ____________। जब यहूदीहरूले परमेश्वरसँग ठीक सम्बन्ध राख्‍नुपर्ने समय पाए, तब फारिसीहरू फेल भए ।

ती सबभन्दा महत्त्वपूर्ण कुराहरू के-के हुन् जुन परमेश्वर तपाईंले गरेको चाहनुहुन्छ?

घोडाहरू र कुकुरहरू

घोडाहरू

आज घोडाहरू प्रायः चढ्न र घोडे‍-दौडको लागि मात्र प्रयोग हुन्छ। बाइबलका समयमा घोडाहरूको मुख्य उद्देश्य चाहिँ लडाइँको लागि हुन्थ्यो। किन इस्राएलका सन्तानहरू फारो र उनका सेनाहरूदेखि डराएका थिए (प्रस्थान १४:९)? __________________________________। घोडाहरूले रथहरू तान्दथे र रथहरूमा सिपाहीहरू हुन्थे। रथहरू र घोडाहरूसँग भएको सेना शक्तिशाली हुन्थ्यो र तिनीहरूको धेरै डर मान्नुपर्थ्यो ।

के परमप्रभु, इस्राएलका सन्तानहरूले विजयको लागि घोडाहरूमा भर परेको चाहनुहुन्थ्यो (भजनसंग्रह ३३:१६-१७)? ______________। के कसैले घोडाहरू र रथहरूमा भरोसा गर्दा रहेछन् (भजनसंग्रह २०:७)? ________________। हामीलाई बिजय दिन र लडाइँ लड्नलाई कसमाथि हामीले भरोसा गर्नुपर्छ (भजनसंग्रह २०:७)? __________________।

पृथ्वीमा ख्रीष्टको पहिलो यात्रा (उद्देश्य) चाहिँ शान्तिको लागि थियो र उहाँ गधामाथि चढेर आउनुभयो (मत्ती २१:५-७)। पृथ्वीमा ख्रीष्टको अकोँ यात्रा (उद्देश्य) चाहिँ लडाइँको हुनेछ र उहाँ सेतो ________________ चढेर आउनुहुनेछ (प्रकाश १९:११) ।

कुकुरहरू

आज हामी कुकुरहरूलाई “मानिसको असल साथी” को रूपमा हेर्दछौ र एक राम्रो पाल्तु पशुको रूपमा पाल्दछौं। आज हाम्रो समयमा सबैले कुकुरलाई असल पशुको रूपमा हेर्छन्।

बाइबलीय समयमा यस्तो थिएन। ती दिनहरूमा कुकुरहरूलाई अशुद्ध र फोहरी पशुको रूपमा हेरिन्थ्यो। कुकुरहरूले फोहोर खान्थे र मरेका पशुहरू र मानिसको रगत र मासु पनि खान्थे (१ राजा १४:११; २२:३८)। तिनीहरूमा आफ्नै बान्ता खाने नराम्रो बानी हुन्छ हितोपदेश २६:११; २ पत्रुस २:२२)। बाइबलमा कुकुरहरूको बारेमा भनिएको एकमात्र राम्रो कुरा चाहिँ तिनीहरूले कहिलेकाहीँ बगालको हेरचाह गर्छन् (अय्यूब ३०:१)।

प्रकाश २२:१५ मा “कुकुरहरू” भन्ने शब्द ती मानिसहरूको लागि प्रयोग भएको छ जसलाई पवित्र शहरमा छिर्न अनुमति छैन। यसको मतलब ती मानिसहरू फोहोरी, अपवित्र र अशुद्ध छन्। पवित्र परमेश्वरको बारेमा तिनीहरूलाई कुनै चासो छैन। स्वर्गमा “कुकुरहरू” हुनेछैनन्!

जङ्गली पशुहरू

सिंह

बाइबलीय समयमा सबभन्दा डरलाग्दो पशु सिंह थियो होला। आज प्यालेस्टाइनमा सिंहहरू पाइँदैनन्, तर बाइबलीय समयमा सिंहहरू ती भागहरूमा घुम्थे। “सिंह” भन्ने शब्द बाइबलका ३१ ओटा पुस्तकहरूमा पाइन्छन्।

किन शैतानलाई एक सिंहसँग तुलना गरिएको छ (१ पत्रुस ५:८)? ____________________________ ________________________________________________________________________________

किन प्रभु येशूलाई एक सिंहसँग तुलना गरिएको छ (प्रकाश ५:५)? ___________________________ ________________________________________________________________________________

विश्वासीहरूलाई किन सिंहसँग तुलना गरिएको छ (हितोपदेश २८:१, याद गनुहोस् सिंहहरू लजाउँदैनन् र प्रायः कसैको सामु जान डराउँदैनन्? _____________________________________________________________।

कुन हिसाबमा विश्वासीहरू निडर हुनुपर्दछ?

ब्वाँसो

यो एक अर्को जङ्गली पशु हो जो कुनै समय प्यालेस्टाइनमा एकदम छ्याप-छ्याप्ति पाइन्थ्यो र आज पनि त्यहाँ केही मात्रामा पाइन्छ। ब्वाँसो एक डरलाग्दो र निर्दयी अनि एक साँच्ची नै खतरनाक पशु थियो विशेष गरी भेंडाहरूको निम्ति। ब्वाँसो एक हल्का रंग भएको ठूलो कुकुर जस्तै देखिने पशु हो। प्रभु येशूले ती मानिसहरूको बारेमा भन्नुभएको थियो जसले भेंडा (साँचो विश्वासी) भएको बहाना गर्थे तर तिनीहरू वास्तवमा ______________ अथवा झूटा भविष्यवक्ताहरू थिए (मत्ती ७:१५)। प्रेरित २०:२९ पनि हेर्नुस् जहाँ ब्वाँसोहरूलाई झूटा शिक्षकहरूको रूपमा बयान गरिएको छ जसले विश्वासीहरूलाई नाश गर्न कोशिष गर्दछन्।

यी जङ्गली पशुहरू सँधैको निम्ति जङ्गली हुनेछैनन्। यशैया ११:६-९ हेर्नुहोस्। शान्तिका राजकुमारले पशुहरूलाई समेत राज्य गर्नुहुनेछ! कुन हिसाबमा यी पशुहरू फरक हुनेछन्?

१. हामी परमेश्वरलाई यी पशुहरूको लागि धन्यवाद दिऔं, कसरी तिनीहरूले हामीलाई धेरै तवरले सहयोग गर्दछन् साथै हामीलाई खाना प्रबन्ध गरेका छन् (१ तिमोथी ४:४);

२. पशुहरूलाई पूजा नगर्न र तिनीहरूलाई परमेश्वर वा मानिसको स्थान नदिनको लागि हामी होशियारी होऔं (रोमी १:२२-२५);

३. हाम्रा मनलाई परमेश्वरमा ध्यान दिन र उहाँको बारेमा बुझ्न अनि उहाँबाट सिक्नलाई प्रयोग गरौं। कहिलेकाहीँ हामी पशुहरूको जस्तै व्यवहार गर्दछौं (भजनसंग्रह ७३:२२)। परमेश्वरले हामीलाई दिनुभएको मनले सोच्नु (विचार गर्नु) को सट्टामा हामी पशु जस्तै मूर्ख व्यवहार गर्न पुग्छौं।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बिरुवाहरू र रूखहरू

बिरुवाहरू र रूखहरू

 

सर्वज्ञानी परमेश्वर जसले संसारलाई वनस्पति रूख-बिरूवाद्वारा भर्नुभयो आफू के गरिरहनुभएको थियो सो उहाँ जान्नुहुन्थ्यो। उत्पत्ति एक अध्यायमा हेर्नुहोस् र कुन दिनमा रूख बिरुवाहरूलाई सृष्टि गर्नुभयो सो पत्ता लगाउनुहोस्: _________ दिन। किन बिरुवाहरू मानिस र जनावरहरू दुवैका लागि साह्रै महत्त्वपूर्ण छन् त (उत्पत्ति १:२९-३० मा हेर्नुहोस् र यो याद गर्नुस् कि यी दुई पदमा “आहारा” शब्दको अर्थ “खानेकुरा” हो)? _________________________________________________________ तपाईंले हिजो खानुभएको खानेकुराको याद गर्नुहोस् (बिहानको खाजामा, दिउँसोको खाना वा रातीको खानामा) कस्तो किसिमको बिरुवाहरू वा फलहरू तपाईंले खानुभयो? _________________________________________ ________________________________________________________

के तपाईं नखाइकन र सास नफेरिकन जिउन र बाँच्न सक्नुहुन्छ? ____________। हामी खानाको लागि बोटविरुवाहरूमा भर पर्छौ र हामी हामीले सास फेर्ने हावाको लागि पनि हरियो रूख बिरुवाहरूमा भर पर्छौं (हरियो बोट बिरुवाहरूले हावालाई ताजा अक्सिजनले भरिदिन्छ जुन तिनीहरूले फोटोसिन्थेसिस प्रकृयाद्वारा तयार गर्दछन्)। यदि एक व्यक्ति प्रायः दूध, मासु र अण्डामा भर परे तापनि, अझै पनि ऊ खानाको लागि बिरुवाहरूमा भर पर्छ। गाई वस्तुहरू, सुंगुर र कुखुराहरूले कस्तो किसिमको खाना खान्छन्? ____________। हामीले खाने जनावरहरू पनि बाँच्नको लागि बिरुवाहरूमा भर पर्छन्।

यस पाठमा हामी बाइबलमा उल्लेख गरिएका केही बोटबिरुवाहरूको बारेमा हेर्नेछौं।

रूखहरू

रूखले मानव इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। के मानिसको नाश र पतन हुनुमा रूखको भूमिका थियो (उत्पत्ति २:१६-१७ ३:१-६) ____________। के मानिसको मुक्तिमा रूखको भूमिका थियो (१ पत्रुस २:२४ प्रेरित ५:३०? __________________।

जब तपाईं एक फल दिने रूखको बारेमा सोच्नुहुन्छ, कस्तो किसिमको रूखको नाम तपाईंलाई याद आउँछ? स्याउको रूख? सुन्तलाको रूख? नासपातीको रूख? केराको बोट? यदि तपाईं बाइबलीय समयमा जिइरहनुभएको भए र यदि कसैले तपाईंलाई उही प्रश्न गरेको भए तपाईंले सायद जैतुन वा नेभाराको रूखलाई सम्झनुहुन्थ्यो। प्यालेस्टाइनमा रहनेहरूको लागि यी महत्त्वपूर्ण रूखहरू थिए। अब हेरौं यि रूखहरू किन महत्त्वपूर्ण थिए।

जैतुनको रूख

परमेश्वरले प्यालेस्टाइनको भूमि गहुँ, जौ, दाख, _______ , दारिम, ______________ र महले भरिएको हुनेछ भनी प्रतिज्ञा गर्नुभयो (व्यवस्था ८:८)।

जैतुनको रूखको फल जैतुन हो! के तपाईंले कहिल्यै जैतुन खानुभएको छ (हरियो वा कालो) ______________। बाइबलीय समयमा जिउने मानिसहरूले जैतुन पनि खान्थे, तर जैतुनको मुख्य भाग चाहिँ तेल थियो।

आज संसारमा बहुमूल्य कुराहरू मध्ये तेल पनि पर्छ (जैतुनको तेल होइन तर इन्धन वा पेट्रोलियम पदार्थको तेल)। आजका धनी राष्ट्रहरू ती हुन् जससँग प्रशस्त मात्रामा तेल छ। बाइबलीय समयमा सबैभन्दा मूल्यवान वस्तु तेल थियो, इन्धनको तेल होइन तर जैतुनको तेल। धनी राजा सुलेमानले राजा हिरामलाई ________ पाथी जैतुनको तेल दिए (२ इतिहास २:१०)।

साधारणतया जैतुन ढुंगे पांग्राद्वारा पेलिन्छ र तेल निस्किन्छ। एउटा जैतुनको रूखबाट लगभग २० ग्यालेन तेल निकाल्न सकिन्छ। धेरै वर्षसम्म बाँचिराख्‍ने रूखको नाममा जैतुन प्रख्यात छ। यो धेरै समयसम्म रहिरहन्छ र फल फलाइरहन्छ। एउटा जैतुनको रूख शताब्दियौं सम्म रहिरहन्छ र फल फलाइरहन्छ। के परमेश्वर आफ्ना सन्तानहरू दिनहुँ, हप्तै पिछे, एक पछि अर्को वर्ष फलवन्त भइरहेको चाहनुहुन्छ (कलस्सी १:१०, तीतस ३:१४)? ______________।

जैतुनको तेल के को लागि प्रयोग गरिन्थ्यो र किन यो यति मूल्यवान भयो? पहिलो त यसले मक्खन/घिउको स्थान लियो। मक्खन लगाइने हरेक खानेकुराको बारेमा याद गर्नुस्। यदि तपाईं पत्रुस र पावलको समयमा बाँचिरहनुभएको भए तपाईंले घिउ/मक्खनको सट्टामा जैतुनको प्रयोग गर्नुहुन्थ्यो। जैतुनको तेल खाना पकाउन र भुट्नमा पनि प्रयोग गरिन्थ्यो। आज हामीले हाम्रो भाँडाहरूमा तेल वा घिउ प्रयोग गर्छौ तर बाइबलीय समयमा जैतुन प्रयोग गरिन्थ्यो।

सायद तेलको सबभन्दा महत्त्वपूर्ण काम चाहिँ बत्ती बाल्न इन्धनको रूपमा प्रयोग गरिनु थियो। बाइबलीय समयमा तेलका बत्तीहरू धेरै महत्त्वपूर्ण थिए। याद गर्नुस्, मानिसहरूसँग त्यस समयमा बिजुली बत्ती र टर्चलाइटहरू थिएनन्। त्यसैकारण त्यस समयमा तेल नहुनुको मतलब बत्ती नहुनु थियो (हेर्नुस् मत्ती २५:१-९)।

जब कुनै मानिसलाई महत्त्वपूर्ण ओहोदामा राख्दा पदोन्नती गर्दा जैतुनको तेल अभिषेक गर्नको लागि पनि प्रयोग गरिन्थ्यो। साधारणतया यो, अभिषेक गरिने व्यक्तिको शिरमा तेल खन्याएर गरिन्थ्यो।

१ राजा १९:१६ मा, एक अगमवक्ता (एलिशा) लाई अभिषेक गरिएको थियो। लेवी ८:१२ मा एक पूजाहारी (हारून्) लाई अभिषेक गरिएको थियो। १ शमूएल १६:१३ मा एक राजा (दाऊद) लाई अभिषेक गरिएको थियो।

प्रभु येशूलाई ख्रीष्ट अथवा मसीह भनिन्छ। यी दुवै शब्दहरूको अर्थ “अभिषिक्त जन” हो। उहाँनै सिद्घ अगमवक्ता, पूजाहारी र राजा हुनुहुन्छः

१. _________ अगमवक्ता (क) हिब्रू ३:१
२. _________ पूजाहारी (ख) प्रकाश १९:१६
३. _________ राजा (ग) मत्ती २१:११, यूहन्ना ६:१४

यदि तपाईं विश्वासी हुनुहुन्छ भने, परमेश्वरले तपाईंलाई अभिषेक गर्नुभएको छ भनेर के तपाईंलाई थाह छ? एक विश्वासी बचाइएकै क्षणमा, परमेश्वरले उसलाई अभिषेक गर्नुहुन्छ, जैतुनको तेलले त होइन, तर आफ्नो पवित्र आत्माद्वारा (हर्नुस् १ यूहन्ना २:२०,२७)। परमेश्वरले आफ्नो आत्मा विश्वासीमा खन्याउनुभएको छ (तीतस ३:५-६ र रोमी ५:५)। मानिसले अँध्यारोमा देख्न सकून् भनेर बत्ती जलाउनको लागि तेलको प्रयोग भए जस्तै, पवित्र आत्माले ज्योति प्रदान गर्नुहुन्छ ताकि विश्वासी जनहरूले सत्यतालाई देख्न सकून् भनेर।

तपाईं बाइबल खोल्नु अगाडि, के तपाईं परमेश्वरसँग प्रकाश पाउन, सिकाइन र देख्न सकूँ भनी सहायता माग्नुहुन्छ?

नेभारा (अञ्जीर) को रूख

बाइबलमा उल्लेखित रूखहरू मध्ये पहिलो रूख नेभाराको रूख हो। के तपाईंले उत्पत्ति अध्याय ३ मा त्यो पद भेट्टाउन सक्नुहुन्छ जसमा नेभाराको पातको बारेमा बताइएको छ — पद _______

नेभारा (प्रायः सुकेको नेभारा) प्यालेस्टाइनमा बस्नेहरूको एक मन पर्ने खानाहरू मध्ये एक थियो। आज हाम्रा मन पर्ने खाना म:म, चाउमिन वा त्यस्तै अरु कुनै खाना भन्छौं, तर बाइबलीय समयमा मानिसहरूले आफ्नो मन पर्ने खानाहरूको सूचीमा नेभारालाई माथिल्लो स्थान दिन्थे। हामीलाई आज म:म, चाउमिन भने जस्तै त्यसबेला उनीहरूलाई नेभाराको रूख हुन्थ्यो। हेर्नुस् १ शमूएल २५:१८ र ३०:१२।

मर्कूस ११:१२-१४ मा हामी येशूले नेभाराको रूखलाई श्राप दिनुभएको समयको विषयमा पाउँदछौ। यो बुझ्नको लागि हामीले यो पनि जान्नुपर्छ कि नेभाराको रूखमा पात लाग्ने बित्तिकै फलहरू पनि देखा पर्दछ। यसैले, जब मानिसहरूले पातहरू देख्दछन् तब तिनीहरूले फल पनि पाउने आशा गर्दछन्। ती पातहरूले यो सन्देश दिन्थ्योः “हामी नेभाराका पातहरू हौं र यदि तपाईं नजिक आउनुभयो भने फलहरू देख्‍नुहुनेछ।” तर येशूले श्राप दिनुभएको नेभाराको रूखमा _________ बाहेक अरु केही थिएन (मर्कूस ११:१३)। त्यो रूखसँग फल थिएन, यो कपटी (फल भएको स्वाङ/बहाना गर्ने) रूख थियो।

धेरै मानिसहरू त्यही रूख जस्तै कपटी छन्। तिनीहरू आफू खीष्टियन हुँ र परमेश्वरलाई प्रेम गर्दछु भनेर भन्छन्, तर तिनीहरूको जीवनलाई नजिकबाट हेर्ने हो भने तिनीहरूले गर्ने व्यवहार र बोल्ने तरिकामा त्यहाँ केही फल छैन। तिनीहरू विश्वासीहरू हौं भनेर भन्छन् तर तिनीहरूले विश्वासीहरूले झैं व्यवहार गर्दैनन्। येशूको समयका यहूदीहरूले उहाँलाई आफ्ना राजा भनेर जयजयकार गरे (मर्कूस ११:९-१०) तर केही दिन पछि तिनीहरू चिच्याए, “____________ ____________ मर्कूस १५:१३-१४)। के तिनीहरू येशूले श्राप दिनुभएको नेभाराको रूख जस्तै थिए? ____________। यदि कसैले तपाईंको जीवनलाई राम्ररी नियालेर हेर्छ भने, के उसले फल देख्‍नेछ कि पातहरू मात्रै देख्‍नेछ? तपाईं येशूलाई प्रेम गर्छु मात्र भन्नुहुन्छ कि प्रेम गरेर पनि देखाउनुहुन्छ?

देवदारको रूख

रूखहरूको फल मानिसको लागि ज्यादै महत्त्वपूर्ण हुन्छ, त्यस्तै गरि त्यसको काठ पनि। आज पनि काठ घर निमार्ण कार्यमा प्रयोग हुने महत्त्वपूर्ण वस्तु हो। के तपाईंको घर नजिक काठको गोदाम छ? तपाईंको घरमा कतिओटा कुराहरू काठबाट बनेका छन्?

बाइबलीय समयमा काठको लागि असल रूख देवदार थियो र सबभन्दा असल देवदारहरू उत्तरी प्यालेस्टाइन जसलाई लेबानोन भनिन्छ त्यहाँ पाइन्थ्यो। सुलेमानले भव्य मन्दिर बनाउँदा कस्तो किसिमको काठ प्रयोग गरे (१ राजा ६:९)? ___________________। आफ्नै भवन बनाउँदा सुलेमानले कस्तो किसिमको काठ प्रयोग गरे (१ राजा ७:१-२)? ___________________।

यी रूखहरू सदावहार थिए र झण्डै १२० फिट सम्म अग्ला हुन्थे। संसारको यस भागमा रहनेहरूको लागि लबानोनको देवदार “रूखहरूको राजा” नै थियो। सृष्टिकर्ताले यस रूखलाई अग्लो र बलियो बनाउनुभयो।

परमेश्वर हरेक विश्वासी बलियो र अग्लो बनेको चाहनुहुन्छ, तर यो बढ्ने काम एकै रातमा हुँदैन। च्याउ एकै रातमा बढ्न सक्छ तर के च्याऊ बलियो र अग्लो हुन्छ? ________। के च्याउ लामो समय सम्म टिक्छ? ____________। के देवदारको रूख एक वर्षमा १२० फिटको उचाइमा पुग्न सक्छ? ____________।

वास्तविक वृद्धि हुन समय लाग्छ। तपाईं एक हप्ता वा एक महिनामै ६ कक्षाबाट ७ कक्षामा जान सक्नुहुन्न। त्यसैगरी आत्मिक वृद्घिलाई पनि समय लाग्छ। यदि एक विश्वासी स्वस्थ रहन्छ भने ऊ विस्तारै र निरन्तर बढ्दै जान्छ। ऊ विस्तारै तर निरन्तर बलियो हुँदै जान्छ। परमेश्वरले आफ्ना जनहरूलाई मिश्रबाट बाहिर निकाल्न मोशालाई प्रयोगमा ल्याउन उसलाई बढ्नको लागि उजाडस्थानमा कति वर्ष लाग्यो (प्ररित ७:३०)? ____________। यी वर्षहरू पछि मोशा एक च्याऊ जस्तै थिएनन् तर एक बलियो देवदारझैं थिए। के तपाईं आत्मिक रूपमा बढिरहनुभएको छ? के तपाईं बिस्तारै तर निश्चित रूपमा बढिरहनुभएको छ? के तपाईंले उन्नति (प्रगति) गरिरहनुभएको छ? के तपाईं अघिको भन्दा यो वर्ष बलियो विश्वासी हुनुहुन्छ?

विरुवाहरू

 

दाख (अङ्गुर)

बाइबलीय समयमा अङ्गुरको बोट एक महत्त्वपूर्ण बिरुवा थियो। जब कुनै एक ठाँउमा धेरै अङ्गुरको बोटहरू हुन्छन् तब यसलाई दाखबारी भनिन्छ (यशैया ५:१-२ र मत्ती २१:३३)। दाखबारी अक्सर डाँडा छेऊ हुँदो हुन्छ।

दक्षिणी प्यालेस्टाइन दाखबारीको लागि उपयुक्त स्थान थियो। केही अङ्गुरहरू त अति ठूलो हुन्छन्। यो उल्लेखित छ कि दक्षिणी प्यालेस्टाइनको हेब्रोन मुलुकमा उम्रने एक किसिमको अङ्गुरले एक झुप्पामै झण्डै १० किलो भन्दा पनि बढी तौलको अङ्गुर फलाउँछ। यसले हामीलाई गन्ती १३:२३ मा बयान गरिएको अङ्गुरका ठूला झुप्पाहरूको सम्झना दिलाउँछ। अङ्गुरको यो झुप्पालाई कति जना मानिसहरूले बोके?________।

एउटा दाखबारीलाई धेरै हेरचाह चाहिन्छ। अल्छी मानिसको दाखबारीलाई के हुन्छ (हितोपदेश २४:३०-३१)? ________________________________________________________। एक असल किसानले दाखबारीलाई बसन्त ऋतु भन्दा अगावै छाँट्ने काम गर्दछ। यसको मतलब उसले हरेक नराम्रो र कमजोर हाँगालाई काट्दछ ताकि रस स्वस्थ हाँगाहरूमा पुगोस् र तिनीहरूले असल फलहरू फलाओस्। किसानले छाँट्दछ किनकि उसले धेरै फलहरू चाह गर्दछ। येशूले छाँट्ने काम बारे यूहन्ना १५:२ मा भन्नुभयो। परमेश्वर विश्वासीहरूले ________ फलहरू ल्याएको चाहनुहुन्छ (यूहन्ना १५:२ र ________ फल (यूहन्ना १५:८)। कस्तो किसिमको फल विश्वासीहरूले फलाएको परमेश्वर चाहनुहुन्छ?

यूहन्ना १५:१२ ____________
यूहन्ना १५:११ ____________ हेर्नुस् गलाती ५:२२
यूहन्ना १४:२७ ____________

मानिसहरूले अङ्गुरलाई के गर्थे? पाकेका ताजा अङ्गुरहरू खान्थे र आनन्द लिन्थे जुन एक प्रिय फलको रूपमा गनिन्थ्यो। के तपाईं ताजा अङ्गुर मन पराउनुहुन्छ? घाममा सुकाइएका अङ्गुरहरू पनि खाइन्थ्यो जसलाई किसमिस भनिन्छ (१ शमुएल २५:१८)। तपाईं किसमिस कतिको मन पराउनुहुन्छ? तिनीहरू तपाइको निम्ति असल खानेकुरा हो जसमा फलाम खनिज पदार्थ पाउनुहुन्छ। अङ्गुरहरूलाई पेलेर पनि रस निकालिन्छ र एक मीठो पेय पदार्थ बनाइन्छ। के तपाईंलाई अङ्गुरको रस मन पर्छ?

मानिसहरू प्रायःजसो आफ्ना नांगा खुट्टाले अङ्गुरलाई कुल्चेर रस निकाल्थे। कहिले काहिँ पूरा परिवार (पुरूषहरू, स्त्रीहरू र छोराछोरीहरू) सबै सँगै यो काम गर्थे। यो काम गरिने ठाउँलाई कोल भनिन्छ र यो रसको रङ्ग रगतको जस्तै हुन्छ।

कुनै दिन परमेश्वरले अङ्गुरहरूमाथि कुल्चनुहुनेछ जब उहाँले दुष्ट मानिसहरूको इन्साफ गर्नुहुन्छ र न्याय गर्नुहुनेछ (यशैया ६३:३; प्रकाश १९:१३,१५)। यो डरलाग्दो कोलको बारेमा प्रकाश १४:१८-२० मा बयान गरिएको छ। यो कोल अङ्गुरहरूद्वारा भरिने छैन तर मानिसको रगतद्वारा (२० पद) तिनीहरू जसले ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा इन्कार गर्छन्, एकदिन उहाँलाई आफ्ना न्यायकर्त्ताको रूपमा भेट्नेछन्। त्यो कति भयानक दिन हुनेछ!

जब अङ्गुरको रस केही समयसम्म राखिन्छ तब त्यो बदली हुन थाल्छ। यसलाई फर्मेन्टेसन (रसबाट मद्यमा परिणत हुने प्रकृया) भनिन्छ। अङ्गुरमा भएको चिनी रक्सीमा परिणत हुन थाल्छ र यसलाई बाइबलमा मद्य भनिएको छ। धेरै मद्यले मानिस मात्तिन्छ र त्यो मानिस जो मात्तिन्छ ___________ होइन हितोपदेश २०:१)। परमेश्वर भन्नुहुन्छ, “__________________ जसमा चरित्रहिनता हुन्छ, तर आत्माले भरपुर होओ” (एफिसी ५:१८)।

के तपाईंले आज हाम्रो समाजमा मतवालापनद्वारा हुने ३ ओटा गम्भीर समस्याहरू देख्नहुन्छ?

१) ____________________
२) ____________________
३) ____________________

किन हामीले रक्सीयुक्त पदार्थहरूको सेवन गर्नुहुन्न भन्ने ३ कारणहरू दिन सक्नुहुन्छ?

१) _____________________
२) _____________________
३) _____________________

पपाइरस बिरुवा

मिश्र देशमा प्रशस्त मात्रामा उम्रने यो एक जलबिरुवा हो। प्राचीन समयमा बस्ने मानिसहरूका लागि यो ज्यादै महत्त्वपूर्ण बिरुवा थियो किनकि यस विरुवाको रेशाबाट कागत बनाइन्थ्यो। वास्तवमा अंग्रेजी शब्द पेपर (कागत) यहि शब्द पपाइरसबाट आउँछ।

यस बिरुवाबाट बनाइएको कागत पहेंलो रङ्गको हुन्थ्यो। कागतका मुठ्ठाहरू १० देखि ३० फिट लामो बिरुवाबाट बनाइन्थ्यो र त्यो मुठ्ठा साँढे ९ इन्च चौडाइ सम्मको हुन्थ्यो। प्राचीन समयका किताबहरू आज हामीले पुस्तकालयमा देख्‍ने किताब जस्तो देखिँदैन थियो। त्यहाँ पपाइरस कागतको मुठ्ठाहरू हुन्थ्यो र यस किसिमको किताबलाई हामी चर्मपत्र भन्दछौं। जसरी लूका ४:१७ मा उल्लेखित छ, येशूले यस किसिमको किताबबाट पढ्नुभयो। येशूले कसरी किताब खोल्नुभयो र बन्द गर्नुभयो (लुका ४:१७,२०)? _______________ _____________________________________________।

मैदानमा भएका फूलहरू

बाइबलीय समयमा जिउने मानिसहरूका आज हामीसँग भएजस्तै फूलका बगैंचाहरू हुँदैन्थ्यो। तिनीहरूसँग अन्नहरू उमार्नको लागि मात्रै खेत हुन्थ्यो। तिनीहरू साधारणतयाः आफ्ना घरमा बिरुवाहरू समेत राख्दैनथे (घामको प्रशस्त किरण छिर्नलाई तिनीहरूका ठूला झयालहरू हुँदैनथे)। तर पनि त्यहाँ मैदानमा चाहिँ राम्रा फूलहरू उम्रेका हुन्थे।

येशूले यी जंगली फूलहरू मत्ती ६:२८ मा उल्लेख गर्नुभएको छ। राजा सुलेमानले सुन्दर पोशाक लगाएकै हुनुपर्छ। के परमेश्वरले फूलहरूलाई अझ सुन्दर आवरण र रङ्गहरू दिनु भएको छ? ____। परमेश्वरको निम्ति कुन महत्त्वपूर्ण छ — फूलहरू जो आज छ भोली छैन कि मानिस जोसँग अनन्त आत्मा छ? __________। यदि परमेश्वरले फूलहरूको वास्ता गर्नुहुन्छ र तिनीहरूलाई पहिराउनुहुन्छ भने, के उहाँले हाम्रो पनि वास्ता गर्नुहुन्छ? _________। के हामीले चिन्ता लिनुपर्छ? _________।

कुनै फूलहरूको यति मीठो बास्ना हुन्छ भने कुनै विरुवाहरू गन्हाउने हुन्छन्। परमेश्वर विश्वासीले मीठो र आनन्द दिने बास्ना दिएको चाहनुहुन्छ (२ कोरिन्थी २:१४-१५)।

के तपाईं कहिल्यै चुरोटको धुवाले भरिएको कोठाभित्र पस्नुभएको छ? पछि तपाईँले त्यो ठाउँ बाट निस्केपछि तपाईँको कपाल र कपडा चुरोटको धुवा गन्हाइरहेको हुन्छ र मानिसहरूले तपाईं कहाँ जानुभएको थियो भनी थाह पाउँछन् किनकि त्यो गन्ध अझै तपाईंमा छ!

विश्वासीमा पनि यस्तै सत्यता हुनुपर्छ। जसै हामी परमेश्वरसँग समय बिताउँछौ (प्रार्थना र बाइबल अध्ययनद्वारा), हामीले स्वर्गीय बास्ना टिप्दछौं। हाम्रो प्रार्थनाको समयपछि पनि त्यो बास्ना हामीसँगै हुनुपर्छ जुन बास्नालाई “उहाँको ज्ञानको मिठो बास्ना” भनिएको छ — २ कोरिन्थी २:१४। हामी कहाँ गएका थियौं भन्ने कुरा मानिसहरूले बताउन सक्नुपर्छ। तिनीहरूलाई हामी परमेश्वरको उपस्थितिमा गएका थियौं भन्ने थाह हुनुपर्छ। के ती नबाँचेका यहुदीहरूले पत्रुस र यूहन्ना कहाँ गएका थिए भनी बताउन सके त (प्रेरित ४:१३)? _________। तिनीहरू कहाँ गएका थिए? _______________________।

तपाईँको जीवनले कस्तो किसिमको बास्ना दिइरहेको छ? के तपाईँ परमप्रभुको निम्ति बास्ना आउने फूलझैं हुनुहुन्छ? आत्मिक दुर्गन्ध नबन्नुहोस्!!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)