ख्रीष्टिय जीवन: यो कसरी जिइनुपर्छ
“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।
“तर म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१०)।
“ईश्वरको अनुग्रह हेरी, ऋणी आफूलाई ठान्छु!”
“स्तुति गाओ ख्रीष्टका जन हो! बेहिसाब छ ऋण हाम्रो!
आनन्दसित अर्पण गरौँ, हाम्रो तन मनलाई!”(दुईओटा भजनहरूबाट उद्दृत)
ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ? परमेश्वरले यसबारे के सिकाउनुभएको छ भनी जान्नलाई हरेक विश्वासीले पवित्र शास्त्रहरूमा मेहनतपूर्वक खोजी गर्नुपर्छ। ख्रीष्टिय जीवन जिउने बारेमा आज थुप्रै गलत धारणाहरू छन्। एउटा धारणाले यो बताउँछ कि विश्वासीको जीवन व्यवस्थाको अधीनमा रहेको हुन्छ र ऊ पवित्र हुने यसैद्वारा हो। तर, ख्रीष्टिय जीवनको चाबी सिनाइ पर्वतमा होइन तर कलवरी डाँडामा पाइन्छ। ख्रीष्टिय जीवन हामीले गर्नुपर्ने कुनै काममा होइन, तर ख्रीष्टले गरिसक्नुभएको काममा आधारित छ। ख्रीष्टले क्रूसमा पूरा गरिसक्नुभएको काम कसरी हाम्रो ख्रीष्टसँगको दिन-दिनको हिँडाइसित सम्बन्धित छ भनी देख्नलाई हाम्रा मनका आँखाहरू परमेश्वरले खोलिदिनुभएको होस्।
प्रभु येशू ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ। “यसकारण हे मेरा भाइहरूहो, परमेश्वरका निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका हुनालाई अर्थात् जो मरेकाहरूबाट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ” (रोमी ७:४)। परमेश्वरको अनुग्रहद्वारा हामी ख्रीष्टसित एक आश्चर्यजनक एकतामा ल्याइएका छौँ। यी कुराहरू देख्नलाई प्रभुले हाम्रा आँखाहरू खोलिदिनुभएको होस्।
विभिन्न विभाजनहरूमा राखिएका तलका खण्डहरूले तपाईंलाई ख्रीष्टिय जीवन भनेको के हो र यो कसरी जिइनुपर्छ भनी बुझ्नलाई मदत गर्नेछ। नयाँ नियमका पत्रहरूको शिक्षा बिलकुलै स्पष्ट छ। यी कुराहरू बुझ्नलाई परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।
१) ख्रीष्टिय जीवन ख्रीष्टको जीवनभन्दा एक अंश पनि कम जीवन होइन।
“दाखको बोट म नै हुँ; तिमीहरूचाहिँ हाँगा हौ” (यूहन्ना १५:५)
“. . . जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराइनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड्नुपर्दछ” (रोमी ६:४)
“ख्रीष्ट मभित्र जिउनुहुन्छ” (गलाती २:२०)
“किनकि मेरा निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ” (फिलिप्पी १:२१)
“महिमाको आशा ख्रीष्ट तिमीहरूभभित्र . . . जब ख्रीष्ट जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ” (कलस्सी १:२७; ३:३-४)
“येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस् भनेर . . . किनकि येशूको जीवन पनि हाम्रो मरिजाने शरीरमा प्रकट होओस् भनेर” (२ कोरिन्थी ४:१०-११)
“हे मेरा साना नानीहरूहो, जबसम्म ख्रीष्ट तिमीहरूमा बनिनुहुन्न, तबसम्म म फेरि तिमीहरूका लागि प्रसूति-वेदनामा हुन्छु” (गलाती ४:१९)
ख्रीष्टले आफ्नो जीवन विश्वासीको जीवनमा प्रकट गर्नु र उहाँ ऊद्वारा जिउनु नै ख्रीष्टिय जीवन हो!
२) ख्रीष्टको जीवन अन्तर्वास गर्नुहुने पवित्र आत्माको सामर्थ्यद्वारा प्रकट हुने कुरा हो।
“किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ, र तिमीहरूभित्र हुनुहुनेछ” (यूहन्ना १४:१७)
“उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ . . . उहाँले मेरो महिमा गर्नुहुनेछ” (यूहन्ना १५:२६; १६:१४)
“तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ” (प्रेरित १:८)
“अनि बढो सामर्थ्यसित प्रेरितहरूले प्रभु येशूको बौरिउठाइको गवाही दिन्थे; अनि तिनीहरू सबैमाथि ठूलो अनुग्रह भएको थियो” (प्रेरित ४:३३)
“किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ” (रोमी ८:२)
“यसैले कि व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्मा अनुसार हिँड्दछौं, पूरा होओस्” (रोमी ८:४)
“तर म यो भन्दछु: आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ” (गलाती ५:१६)
“उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महान््ता के रहेछ, सो जान्न सक” (एफेसी १:१९)
“अब उहाँलाई, जसले हामीभित्र कार्य गर्ने सामर्थ्यअनुसार हामीले मागेका वा सोचेका सबै कुराभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ” (एफेसी ३:२०)
३) ख्रीष्टिय जीवनको सामर्थ्य परमेश्वरले मभित्र गरिरहनुभएको ठूलो कार्य हो।
“कि उहाँका सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्” (१ कोरिन्थी १:२९; ३० पदलाई पनि हेर्नुहोस् जसबाट म जान्दछु कि येशू ख्रीष्ट मेरो पवित्रता हुनुहुन्छ)
“किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ” (एफेसी २:१०)
“किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि” (गलाती ६:१५)
“किनकि उहाँको शुभ इच्छाअनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरूभित्र काम गर्नुहुने परमेश्वर नै हुनुहुन्छ” (फिलिप्पी २:१३)
“मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ” (यूहन्ना १५:५)
“यसैका निम्ति म पनि, उहाँको प्रभावकारी कार्यअनुसार, जसले ममा सामर्थ्यसाथ काम गर्छ, संघर्ष गर्दै परिश्रम गर्दछु” (कलस्सी १:२९)
“तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्नाका निम्ति सिद्ध पारेका होऊन्, र उहाँको दृष्टिमा जे अति मनपर्दो छ, सो येशू ख्रीष्टद्वारा तिमीहरूमा गरेका होऊन्; उहाँलाई सदासर्वदा महिमा भइरहोस्। आमेन।” (हिब्रू १३:२१)
४) ख्रीष्टिय जीवन ख्रीष्टले पूरा गर्नुभएको काममा आधारित कुरा हो।
म के गर्छु, चाबी यो होइन। तर येशू ख्रीष्टले के गरिसक्नुभयो, चाबी यो हो।
मुक्तिको सवालमा यो कुरा सत्य हो भनेर हामीलाई थाहा छ र हामी ख्रीष्टले पूरा गर्नुभएको काममा भर पर्छौं। तर ख्रीष्टिय जीवनको सवाल भने, धेरै विश्वसीहरूले यसो गर्न छोड्छन्। विश्वासैद्वारा निम्न कुरालाई व्यक्तिगत बनाइनु खाँचो छ:
“पापको शरीर बेकम्मा होओस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन” (रोमी ६:६)। पुरानो मानिसलाई हामीले क्रूसमा टाँग्नु पर्दैन अर्थात् पुरानो मानिसलाई क्रूसमा टाँग्ने काम हाम्रो होइन। यो त लगभग २००० वर्ष अघि पूरा भइसकेको कुरा हो।
“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु” (गलाती २:२०– यो त पूरा भइसकेको सत्यता हो!)
“यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्”(२ कोरिन्थी ५:१७)। हामीलाई नयाँ सृष्टि हुन आज्ञा दिइएको छैन। यो पालन गरिनुपर्ने आज्ञा होइन, तर विश्वास गर्नुपर्ने सत्यता हो!
“एउटाले अर्कोसित झूट नबोल; किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यसका कामहरूसमेत निकालिदिएका छौ, अनि नयाँ मान्छेलाई पहिरेका छौ, जो चाहिँ आफ्नो सृष्टिकर्ताको स्वरूपअनुसार ज्ञानमा नयाँ हुँदै जान्छ” (कलस्सी ३:९-१०)।
याद गर्नुहोस् कि पावलले हामीलाई “पुरानो मान्छेलाई निकाल र नयाँ मान्छेलाई पहिर” भन्दैनन् [यद्यपि उनले हामीलाई यो एफेसी ४ अध्यायमा बताउँछन्]। कलस्सी ३ मा विश्वासीको अवस्थाको सत्यतालाई जोड दिइएको छ र पावलले भन्छन् कि पुरानो मान्छेलाई निकाल्ने काम विश्वसीले गर्नुपर्दैन किनभने यो पूरा भइसक्यो। तिमीहरूले पुरानो मान्छेलाई निकालिदिएका छौ, यो त एक वास्तविकता हो, सत्यता हो! हामीले परमेश्वरको सत्यतालाई विश्वासैद्वारा आफ्नो बनाउनुपर्छ।
५) सम्मिलीकरणका महत्त्वपूर्ण सत्यताहरू
मुक्ति पाउनलाई मैले एउटा महिमापूर्ण सत्यतालाई विश्वास गरें: मेरो निम्ति येशू ख्रीष्ट मर्नुभयो र फेरि बौरेर उठ्नुभयो। ख्रीष्टिय जीवन जिउनलाई मैले अर्को महिमापूर्ण सत्यतालाई विश्वास गर्नैपर्छ: म ख्रीष्टसँगै मरें र म ख्रीष्टसँगै बौरें। यी दुवै सत्यताहरू पूरा भइसके। मेरो मुक्तिसँग सम्बन्धित सत्यता यो हो कि ख्रीष्ट मेरा पापहरूका निम्ति मर्नुभयो! अर्थात् धर्मीकरण (justification) सित प्रतिस्थापन (substituion) सम्बन्धित छ। मेरो ख्रीष्टिय जीवनसँग सम्बन्धित सत्यता हो कि म ख्रीष्टसित मरें! अर्थात् पवित्रीकरण (sanctification) सित सम्मिलीकरण (identification) सम्बन्धित छ।
“हामी, जो पापका निम्ति मरिसकेका छौं, अब उसो कसरी त्यसैमा जिऔं र?” (रोमी ६:२)
“हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै” (रोमी ६:६)
“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु”(गलाती २:२०)
“तिमीहरू ख्रीष्टसँग मरेका छौ” (कलस्सी २:२०)
“किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ” (कलस्सी ३:३)
“हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो” (१ पत्रुस २:२४)
६) परमेश्वरको वचनका सत्यताहरूलाई विश्वसद्वारा व्यक्तिगत बनाउनु
यी सत्यताहरू हरेक विश्वसीका निम्ति साँचा छन्। यी सत्यताहरू हाम्रो वास्तविक अनुभवमा सत्य हुन सक्नलाई चाबी कुरा विश्वास हो। जति हामी यी सत्यताहरूलाई विश्वास गर्दछौ, त्यति नै यी सत्यताहरू हाम्रो वास्तविक अनुभवमा साँचो भएको पाउनेछौं। धेरै पटक हामीले हाम्रा आँखाहरू येशू ख्रीष्टमा भएको हाम्रो सिद्ध अवस्थाको सत्यताबाट फर्काएर गलत तवरले हाम्रो हारपूर्ण, असिद्ध र सङघर्षपूर्ण अभ्यासमा लगाउँदछौं। एकजना विश्वासीले यो सहायताजनक उदहारण दिए: “सत्यता, विश्वास र अभ्यास पर्खालमाथि हिँडिरहेका थिए। सत्यता स्थिरतासाथ अघि बढे; तिनले दायाँ पनि हेरेनन्, बायाँ पनि हेरेनन्, न ता पछाडि नै हेरे। विश्वासले पछ्याउँदै थिए र उनले सत्यतालाई हेरून्जेल ठिकै थियो; तर जब उनले अभ्यासको चिन्ता गरी “उसलाई कस्तो छ होला?” भनी फर्केर हेरे, उनले आफ्नो सन्तुलन गुमाए र पर्खालबाट खसे र बिचरा बूढो अभ्यास पनि तिनको पछि लडिहाले।” विश्वास नै चाबी हो!
“यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका ठान [सत्यतालाई विश्वास गर]!” (रोमी ६:११)
“बप्तिसमामा तिमीहरू उहाँसित गाडियौ, जसमा उहाँलाई मरेकाहरूबाट बिउँताउनुहुने परमेश्वरको कार्यमाथि राखिएको विश्वासद्वारा तिमीहरू पनि उहाँसित बिउँताइयौ” (कलस्सी २:१२)
“म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)
“किनकि ख्रीष्ट येशूमा न खतना न बिनाखतना केही कामको छ, तर विश्वास, जसले प्रेमद्वारा काम गर्छ” (गलाती ५:६)
“यसकारण हामी देख्दछौं, अविश्वासको कारणले तिनीहरू प्रवेश गर्न सकेनन् . . . यसकारण त्यस विश्राममा प्रवेश गर्नालाई हामी प्रयत्न गरौं, नत्र त्यही अविश्वासको नमुनाअनुसार कुनै मानिस लड्ला” (हिब्रू ३:१९; ४:११)
“किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि जय प्राप्त गर्छ; अनि हाम्रो विश्वास नै यो विजय हो, जसले संसारमाथि जय प्राप्त गर्छ” (१ यूहन्ना ५:४)
“विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा बास गरून्” (एफेसी ३:१७)
“धर्मी जन विश्वसद्वारा जिउनेछ” (हिब्रू १०:३८)
७) ख्रीष्टिय जीवन जसरी सुरु भयो, त्यसरी नै जारी रहनुपर्छ।
“यसकारण जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गरेका छौ, उसरी नै तिमीहरू उहाँमा हिँड” (कलस्सी २:६)
“किनकि हामी रूप देखेर होइन, तर विश्वासद्वारा हिँड्छौं” (२ कोरिन्थी ५:७)
“तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्धयाउँछौ?” (गलाती ३:२-३)
“किनकि आत्माद्वारा हामी विश्वासले धार्मीकताको आशाको बाटो हेर्दछौं . . . तिमीहरू राम्ररी दगुरिरहेका थियौ; सत्यलाई नमान्नू भनेर कसले तिमीहरूलाई बाधा दियो?” (गलाती ५:५-७)
“धीरजसँग हाम्रा सामु राखिएको त्यो दौड दगुरौं, हाम्रो विश्वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै” (हिब्रू १२:१-२)
८) जसरी क्रूस सुसमाचारको केन्द्रिय वा प्रमुख कुरा हो, त्यसरी नै क्रूस ख्रीष्टिय जीवनको केन्द्रिय वा प्रमुख कुरा हुनुपर्छ।
“तर हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा बाहेक अरू कुनै कुरामा म गर्व गर्दिनँ, जसद्वारा संसार मेरो निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छु” (गलाती ६:१४)
“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु” (गलाती २:२०)
“हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै ” (रोमी ६:६)
“किनकि मैले तिमीहरूका बीचमा येशू ख्रीष्ट, र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेको थिएँ” (१ कोरिन्थी २:२)
“उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई, उहाँको बौरिउठाइको सामर्थ्यलाई र उहाँका दु:खहरूको सङ्गतिलाई जान्न सकूँ” (फिलिप्पी ३:१०)
“येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस् भनेर प्रभु येशूको ‘मराइ’ सधैंभरी शरीरमा लिएर यताउता हिँड्छौं; . . . हामी जिउँदाहरू येशूको कारणले सधैंभरी मृत्युको हातमा सुम्पिइन्छौं” (२ कोरिन्थी ४:१०-११)
“किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनभने हामी यो निर्णय गर्दछौं − सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे; अनि सबैका निम्ति उहाँ मर्नुभयो; यसकारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनिहुँदैन, तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनुभयो” (२ कोरिन्थी ५:१४-१५)
“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा खसेर मरेन भने त्यो एकलै रहन्छ; तर मर्यो भने त्यसले धेरै फल फलाउँछ। जसले आफ्नो प्राणलाई माया गर्छ, त्यसले त्यो गुमाउनेछ; अनि जसले यस संसारमा आफ्नो प्राणलाई घृणा गर्छ, त्यसले यसलाई अनन्त जीवनसम्म जोगाइराख्नेछ” (यूहन्ना १२:२४-२५)
“किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ” (कलस्सी ३:३)
“यसकारण ख्रीष्टले हाम्रा लागि शरीरमा दु:ख भोग्नुभएको हुनाले तिमीहरूले पनि त्यही प्रकारको मन भएको हतियार भिर” (१ पत्रुस ४:१)
९) जीवन जिउने नियमको रूपमा विश्वासी व्यवस्थाको अधीनमा छैन, र ऊ पवित्रीकरणको माध्यमको रूपमा त्यसको अधीनमा छैन।
“किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ” (रोमी ६:१४ र १५ पद हेर्नुहोस्)
“तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु − तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्धयाउँछौ?” (गलाती ३:२-३)
“तर तिमीहरू आत्माद्वारा डोर्याइँदछौ भने तिमीहरू व्यवस्थाको अधीनतामा छेनौ” (गलाती ५:१८)
“‘धर्मी जन विश्वासद्वारा जिउनेछ।’ तर व्यवस्था विश्वासबाटको होइन; तर ‘जुन मान्छेले तिनलाई पालन गर्दछ, ऊ तीद्वारा जिउनेछ'” (गलाती ३:११-१२)
व्यवस्थाले जीवन दिन सक्दैन। व्यवस्थाले एक व्यक्तिलाई पवित्र पार्न सक्दैन। यसले शुद्ध पार्न सक्दैन। व्यवस्थामा कुनै समस्या छैन (रोमी ७:१२)। समस्या यो हो कि पापी, पाप-भ्रष्ट मानिसहरूले यसलाई पालन गर्न सक्दैनन् (रोमी ७:१४)। ज-जसले आफूलाई व्यवस्थामुनि राख्दछन् तिनीहरूले अवश्य पनि बन्धनको महसुस गर्नेछन् किनभने पापले तिनीहरूमाथि राज्य गर्नेछ (दाँज्नुहोस् रोमी ६:१४)। येशू ख्रीष्ट हाम्रो जीवनको मानदण्ड हुनुहुन्छ: “मेरो निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ” (फिलिप्पी १:२१)। परमेश्वरको पवित्र व्यवस्था पालन गर्नलाई हाम्रो शरीरिक प्रयासहरू र सङ्घर्षहरू कहिल्यै सफल हुन सक्दैनन्। “किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ” (रोमी ८:२)। व्यवस्था हामीद्वारा कहिल्यै पूरा हुनेवाला छैन, तर विश्वासद्वारा अपनाइएको परमेश्वरको सामर्थ्य र कामद्वारा त्यो हामीमा पूरा हुनसक्छ। “यसैले कि व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्दछौं, पूरा होओस्” (रोमी ८:४)। जसरी मुक्ति “विश्वासद्वारा अनुग्रहले” हो, पवित्रीकरण पनि त्यस्तै हो।
१०) ख्रीष्टिय जन सम्पूर्णत: परमेश्वरको अनुग्रहको ऋणी छ!
“कि उहाँका सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्” (१ कोरिन्थी १:२९)
“तर म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१०)
“किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ . . . किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ . . . किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि। अनि जतिजना यस नियममुताबिक हिँड्छन्, उनीहरूमाथि र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहिरहून्” (एफेसी २:८-१०; गलाती ६:१५-१६)
“तब के? हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? कदापि होइन!” (रोमी ६:१५ र १४ पद हेर्नुहोस्)
“किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ, र हामीलाई यो सिकाउँछ − अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मासंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ” (तितस २:११-१२)
“अनि सधैंभरि सबै कुराहरूमा पूरा भरिभराउ भएर हरेक असल कामका लागि तिमीहरू भरपूर होओ भनेर तिमीहरूलाई सबै अनुग्रह प्रशस्त गरी दिनालाई परमेश्वर सामर्थी हुनुहुन्छ” (२ कोरिन्थी ९:८)
“मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ” (२ कोरिन्थी १२:९)
“यसकारण हे मेरा छोरा, ख्रीष्ट येशूमा भएको अनुग्रहमा तिमी बलियो होऊ” (२ तिमोथी २:१)
“पावल र बर्नबास . . . ले ‘परमेश्वरको अनुग्रहमा लगिरहनुहोस्‘ भनी तिनीहरूलाई मनाए” (प्रेरित १३:४३–हामीले अनुग्रहद्वारा मुक्ति पाउने मात्र होइन तर अनुग्रहमा लागिरहनु पनि पर्छ। ख्रीष्टटियन जीवन जसरी सुरुआत भयो, त्यसरी नै अघि बढ्नुपर्दछ)
“र जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनका लागि राज्य गरोस्” (रोमी ५:२१)
“तब उहाँका सहकर्मीहरू भएका हुनाले हामी तिमीहरूलाई पनि विन्ती गर्दछौं: ‘परमेश्वरको अनुग्रह व्यर्थमा ग्रहण नगर!‘” (२ कोरिन्थी ६:१)
“परमेश्वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिनँ”(गलाती २:२१; हेर्नुहोस् गलाती ५:४ र हिब्रू १२:१५)
“अनुग्रह . . . मा बढ्दै जाओ” (२ पत्रुस ३:१८)
अनुग्रहको माने यो हो कि परमेश्वरले सब श्रेय पाउनुहुन्छ! मुक्ति उहाँकै हो! जीवन उहाँकै हो! कार्य उहाँकै हो! परमेश्वरलाई महिमा होस्! थुमा योग्य हुनुहुन्छ! हाम्रा शरीरहरूमा ख्रीष्टको महिमा भएको होस् (फिलिप्पी १:२०)! ख्रीष्ट हामीमा बनिनुभएको होस् (गलाती ४:१९)! उहाँका फलहरू उहाँकै महिमाको निम्ति भएको होस् (फिलिप्पी १:११)! हामी उहाँको महिमा प्रकट गर्ने भाँडाहरू भएका हौं (एफेसी २:७)! ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु! “म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु” (१ कोरिन्थी १५:१०)। “र लेखिएअनुसार, ‘जसले गर्व (घमण्ड) गर्दछ, उसले प्रभुमा गर्व (घमण्ड) गरोस्'” (१ कोरिन्थी १:३१)।

डिसेम्बर ८, २०२० मा FLCCC का अध्यक्ष डा० पिएर कोरी (Dr. Pierre Kory) संयुक्त राज्य अमेरिकाको व्यवस्थापिका परिषदको वाशिङ्टनस्थित कमीटी अन होमल्याण्ड सेक्यूरिटी एण्ड गभरमेन्ट अफेयर्स (US Senate Committee on Homeland Security and Government Affairs) का सामु FLCCC को वैज्ञानिक अनुसान्धानका परिणामहरूको सम्बन्धमा गवाही दिनुभएको थियो। डा० कोरीले भन्नुभयो:
“साङ्गितिक शैलीहरूलाई “असल” वा “खराब” सङ्गीत भनेर न्याय गर्न सकिन्छ भन्ने विचारलाई म इन्कार गर्दछु। त्यो निर्णय कसले गर्ने? तपाईंलाई कस्तो प्रकारको सङ्गीत मन पर्छ भन्ने कुरा तपाईंको पृष्ठभूमि र संस्कृतिले निर्धारण गर्छ। सङ्गीत भनेको नोटहरू र तालहरूको मिलानबाहेक अरू केही होइन; गीतलाई आत्मिक बनाउने भनेको केवल शब्दहरूले हो। सङ्गीत आफैमा “ख्रीष्टिय” हुँदैन, केवल शब्दहरू मात्र ख्रीष्टिय हुन्छन्। बिनाशब्दको मैले कुनै एउटा धुन तपाईंको लागि बजाइदिएँ भने त्यो एउटा ख्रीष्टिय गीत हो कि होइन भनेर तपाईंले छुट्ट्याउन सक्नुहुन्न।” [Rick Warren, Purpose Drive Church, p. 281]
वर्षौं अगाडि एउटा निकै प्रभावकारी ख्रीष्टिय फिल्म निस्केको थियो जसको शीर्षक थियो “सो मेनी भ्वाइसेज”। उक्त फिल्म एउटा चिहानको दृश्यबाट सुरु हुन्छ जसले दर्शकको मनमा डर हालिदिन्छ। टाउकोदेखि पैतलासम्म ढाक्ने घुम्लुङ्ग गरी ओभरकोट ओढेको एकजना मानिस चिहान ढुङ्गाहरूका बीचमा हिँडिरहेको देखाइन्छ। उक्त दृश्य अँध्यारो छ, जताततै छायाँहरू छन्। पृष्ठभूमिमा बजिरहेको सङ्गीतले ‘लौ अब के हुने हो’ भन्ने डर र तनावको वातावरण सृजना गरेको छ। उक्त सङ्गीत बढ्दै बढ्दै चरम बिन्दुतिर उक्लँदै जान्छ र दर्शकहरूलाई यस्तो लाग्छ किअब कुनै पनि बेला एउटा कुनै नराम्रो घटना हुनेछ र सबैजना चिच्याउनेछन्! तर दृश्य निर्दोष किसिमले अन्त हुन्छ जब “भिलेन” ने आफ्नो घुम्टो उघार्छ र बच्चासित खेलेजस्तै गरी “बू” भन्छ र मुस्कुराउँछ!
जवान छँदा म विलियन टेल ओभर्चर (William Tell Overture) सुन्न मन पराउँथे। मलाई अचम्म लाग्थ्यो कि त्यो सुन्दै गर्दा मैले एउटा भयङ्कर आँधीबेरी देखेको जस्तो मलाई भान हुन्थ्यो र साथै आँधीपछिको शान्ति पनि। शब्दबिना नै यो सबै अनुभव हुन्थ्यो, केवल सङ्गीतद्वारा। यदि तपाईंले जोन फिलिप सूसा मार्च बजाउनुभयो भने मानिसहरूले एउटा देशभक्त जुलुसलाई कल्पना गर्नेछन् अनि सायद तिनीहरूले आफ्ना खुट्टाहरू समेत तालसितै बजार्न थाल्नेछन्! सङ्गीत यति प्रभावशाली हुन्छ कि दाऊदले आफ्नो वीणा बजाएर राजा शाऊलको पागलपनालाई मत्थर पार्न सक्यो र उसको मनमा विश्राम ल्याउन सक्यो (१ शमूएल १६)।
संसारका रक सङ्गीतकारहरूले राम्ररी बुझेको कुरा हो यो: उनीहरूका सङ्गीत तटस्थ छैनन्। जीम्मी हेन्ड्रीक्सले रक सङ्गीतमा भएको सम्मोहक शक्ति (hypnotizing power) लाई जान्दथ्यो: “यसद्वारा मानिसहरूलाई सम्मोहित पार्न सकिन्छ…अनि उनीहरूलाई सबैभन्दा कमजोर बिन्दुमा पुर्याएपछि उनीहरूको सुक्ष्मचेतनाभित्र आफूले हुल्न चाहेको कुरा मजाले प्रचार गर्न सकिन्छ” (Life, Oct. 3, 1969, p. 74)। मदर्स अफ इन्भेन्शनका रक स्टार फ्रान्क जाप्पाले भन्यो, “रक सङ्गीत यौन हो। यसको ठूलो बीट शरीरको चालसित मिल्छ” (Life, June 28, 1968)। किस् ग्रुपको जीन सिम्मन्सले भन्यो, “रक भनेको एउटै कुराको बारेमा हो — यौन, १०० मेगाटन बमयुक्त यौन, अर्थात् त्यसको बीट!” (Entertainment Tonight, ABC, Dec 10, 1987)। ब्लन्डी रक ग्रुपको डेबी ह्यारीले भन्छिन्, “रक एण्ड रोल पूरै यौन हो। शत प्रतिशत यौन हो” (cited by Steve Peters, The Truth about Rock, p. 30)। एलेन ब्लूम (Allan Bloom) ले लेखे, “…रक सङ्गीतको केवल एउटै आह्वान छ, यौनइच्छाको बर्बर आह्वान—प्रेम होइन, एरोस होइन, तर अविकसित र अशिक्षित यौन इच्छा” (The Closing of the American Mind, p.73)। यी उद्दरणहरू पुराना हुन् तर तिनले के देखाउँछन् भने रक सङ्गीतको प्रारम्भिक चरणमा, रक सङ्गीत कुन कुरामा केन्द्रित छ भन्ने कुरा त्यसका सङ्गीतकारहरूले बुझेका थिए।
सबभन्दा व्यस्त जाति हुन् तरैपनि हरेक पिकनिकमा टुप्लुक्क आइपुग्न ऊसित समय हुन्छ। कति चाँडै कमिलाहरूले खानेकुरा भेट्टाउँछन् – तिमीहरूले ख्याल गरेका छैनौ र? उनीहरू एक-एक पिकनिक स्पटमा पुगेकै हुन्छन्। उनीहरूले खानेकुरा भण्डारन गर्ने एक-एक ठाउँ पनि खोजेर छाडेकै हुन्छन्। उनीहरू मह र जाम मनपराउँछन्। उनीहरू चिनी र चास्नीमा रमाउँछन् र यस्ता चीजहरू उसदेखि जोगाएर राख्नु सजिलो छैन। उनीहरू आफ्ना सबै काम कडा परिश्रम र जाँगर लगाएर गर्छन्। तिनीहरू “दिन हुँदा-हुँदै” (यूहन्ना ९:४) काम गरिहाल्छन् र रातमा घर बस्छन्, जस्तो सबै ज्ञानी बाबुनानीहरूले पनि गर्नुपर्छ।
यो कति असल पाठ हो, हाम्रा हृदयका लागि। कुखुरा वा कुकुर, सुँगुर वा बाँदर भएको भए, अर्कोले बिसाएको खानेकुराको टुक्रालाई त्यसले च्याप्प पारेर सुइँकुच्चा ठोक्छ। कमिलालेयस्तो शर्मलाग्दो साहस गर्न जानेकी छैन। उसले अर्काको अधिकारलाई आदर गर्छे। उसले सम्पत्तिमाथिको स्वामित्वलाई स्वीकार गर्छे। तिनीहरूले सबै स्वार्थलाई इन्कार गर्छन्।
(कोहीकोही बाबुहरूलाई यस्तो लाग्न सक्छ कि उनीहरूका अन्टीका १६ जोडी कान छन्)। एक जोडी कान अघिल्तिरका दुई खुट्टामा हुन्छन्, अर्कोजोडी पेटमा। अर्को जोडी छातीमा हुन्छन्, अनि अर्को जोडी टाउकोमा। परमेश्वरले अनुग्रह गरीकन यस सानो किरालाई असाधारण खालको सुन्ने क्षमता दिनुभएको छ किनकि ऊ यति सानोछ कि उसले धेरै पर देख्न सक्दैन जसले गर्दा उसले आफूलाई खतरादेखि जोगाउन सक्दैन। एउटा सानो कमिलाप्रति परमेश्वरको यस्तो वास्ता हामी देख्छौं भने त्यस्तै ठूलो हात्तीको निम्तिपनि उहाँको वास्ता छ। अनि उहाँले तिम्रो पनि वास्ता गर्नुहुन्छ, तिमी जति सानो भए पनि वा कमजोर भए पनि वा तिमीले आफूलाई म केही होइन जस्तो लागे पनि। उहाँले तिम्रो जीवनकोएक-एक पलको वास्ता गर्नुहुन्छ अनि उहाँ तिमीबाट तिम्रो हृदयको सम्पूर्ण भक्ति र भरोसा चाहनुहुन्छ।
बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ। हाम्रो चाहिँ ९८.६ डिग्री से० हुन्छ र त्योभन्दा बढी हुँदा हामीलाई पसिना आउन थाल्छ, तर कुखुरालाई भने आउँदैन। परमेश्वरले उसलाई त्यस्तै बनाउनुभयो किनभने कुखुरा यताउता गर्दा उसको जीउले जमिन झण्डै झण्डै छुन खोज्छ अनि गर्मीमा जमिन तात्छ अनि त्यसको जीउको तापक्रम हाम्रो जस्तो हुँदो हो त त्यसलाई निकै कष्ट पर्न जान्थ्यो।
तिमीलाई थाह छ? एउटा तेर्सो लट्ठामाथि कुखुरा टुक्रुक्क बस्न सक्छ अनि उसले आफ्नो टाउको पखेटाभित्र घुसारेर त्यहीँ रातभरि मज्जासित घुर्दै सुत्न सक्छ अनि त्यो खस्दा पनि खस्दैन।कसरी? तिमीले त्यसो गरी हेर न एक रात एउटा लट्ठामा टुक्रुक्क बसेर निदाउन खोज्न! हो, परमेश्वरले तिमीलाई कुखुरा जस्तो बनाउनुभएको छैन। के तिमीले कहिल्यै कुखुराको खुट्टालाई राम्ररी हेरेका छौ? छैन भने, त्यसो गर्नु राम्रो हुन्छ। कुनै बेला आमाले कुखुराको मासु पकाउनलाई त्यसलाई काटकुट गर्नुहुँदा, त्यसको घुँडालाई हेर जहाँ आमाले काट्नुहुन्छ र त्यस भागमा हुने एउटा सेतो, टल्कने नसालाई ख्याल गर। नसालाई तिमीले तान्यौ भने, कुखुराका औंलाहरू बन्द हुन्छन् अनि छोडिदियौ भने ती औंला खुल्छन्। कसरी?
सबै घर पालुवा चराहरू – कुखुरा, कनेरी चरा, रातो चरा, कालो चरा, रबिन चराका यस्तै बनोटका खुट्टा हुन्छन्। अघिल्तिरका तीनओटा औंलादेखिका नसाहरू उसको पैतालाको बीच भागसम्म पुगेका हुन्छन् र पछिल्तिरको औंलाको नसा पैतालाको त्यही बीच भागसम्म पुगेको हुन्छ अनि त्यहाँ ती नसाहरू जोडिन्छन् र एउटै नसा बन्छन्। योचाहिँ घुमेर उसको गोलीगाँठोको अघिल्तिर आइपुग्छ, त्यो एउटा बाटो भएर मास्तिर गएको हुन्छ र एउटा नली भएर घुँडालाई पार गरेको हुन्छ र त्यसपछि त्यसको फिलामाथि फैलिएर गएको हुन्छ। जब कुखुरा बस्छ, त्यसको नसा तन्किन्छ र त्यसले औंलाहरूलाई तान्छ र बन्द गरिदिन्छ। कुखुराले अब चाहेर पनि औंलाहरूलाई खोल्न सक्दैन, औंला खोल्न त्यो उठ्नैपर्छ। जब त्यो उठ्छ हुन्छ नसा तन्किन छोड्छ अनि औंलाहरू खुल्न सक्छन्। कुखुराले आफू बसिरहेको ठाउँमा केवल बसिराख्नु मात्र पर्छ र हावाहुरी चले पनि उसलाई उडाएर लैजान सक्दैन!
जङ्गली, मांसहारी चराहरू यस्ता हुँदैनन्। चील, बाज र लाटो कोसेरोका नङ्रा हुन्छन् जसलाई उनीहरूले आफ्नो जीउदेखि सीधा पारेर पूरै तन्काउँदा पनि बन्द हुने गर्दैनन्। परमेश्वरले तिनीहरूलाई त्यस्तै बनाउनुभयो यस हेतुले कि तिनीहरूले साना-साना जन्तुलाई च्याप्प समात्न सकून् र पक्रेपछि उनीहरूले त्यसलाई आफूबाट अलिक पर रहने गरी त्यसलाई बलियोसँग समातिराख्न सक्छन्। यदि ती नङ्रा भएका आफ्ना औंलाहरूलाई बन्द गर्नलाई त्यसले खुट्टालाई आफ्नो जीउतिर तान्नुपर्ने हुँदो हो त त्यसले बोक्दै गरेको सानो खरायो वा सर्प वा जेसुकै होस्, त्यसले उसलाई टोक्न सक्थ्यो अनि त्यो चील वा बाजको छातीलाई च्यातिदिन सक्थ्यो। परमेश्वर ज्यादै बुद्धिमानी र असल हुनुहुन्छ। आफ्नो सृष्टिले जस्तो जीवन जिएको चाहनुहुन्छ त्यस्तै जीवन जिउन सकोस् भनेर उहाँले सबै प्राणीहरूलाई ठिक-ठिक तरिकाले मिलाउन जान्नुहुन्छ। अनि बाबुनानीहरूहो, यसैकारण तिमीले आफ्नो जीवन र हृदय लिएर उहाँकहाँ आएको र उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ। तब तिमीले जस्तो किसिमको जीवन जिएको उहाँ चाहनुहुन्छ त्यस्तो जीवन जिउन सक्ने तिमीलाई बनाउनुहुन्छ। “म ख्रीष्टसित क्रूसमा टाँगिएको छु तरै पनि जिउँछु; त्यसो भए पनि म ता होइन तर ख्रीष्ट मभित्र जिउनुहुनछ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रमाथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।
भाले कुखुरा विचित्र पंक्षी हो, होइन र? तर उनीहरूका केही अति राम्रा कुरा छन् जो बाबुनानीहरूले देखासिकी गर्नुपर्छ। पहिलो त, उनीहरू बिहान सबेरै उठ्छन् र परमेश्वरले उसलाई दिनुभएको कुकुरी-काँ गरी बास्ने काम गर्न थाल्छन्। आठ बजेसम्म सुतेर बस्ने भाले कतै कसैले देखेको छ र?
बारेमा केही कुरा बताउनुपर्छ। तिमीले यदि एउटा अण्डालाई प्लेटमाथि वा टेबुलमाथि राखेर फननन्न घुमाइदियौ भने पनि, अथवा अरू जेसुकै गर्यो भनेपनि, तिमीले अण्डाभित्रको पहेंलो भागलाई भित्रपट्टि रहेको त्यसको ठाउँबाट त्यसलाई उलटपुलट हुने गरी सार्न सक्दैनौ। परमेश्वरले पहेंलोलाई यसरी बनाउनुभएको छ कि त्यो जहिले पनि अण्डाको बोक्राभित्र आफ्नो ठिक ठाउँमै बसिरहन्छ। तिमीले अण्डा फुटाउँदा, अथवा तिम्रो आमाले फुटाउनुहुँदा, भित्रपट्टिको केही बाक्लो र्यालजस्तो भागलाई उहाँको औंलाले सफा गरे जस्तो गर्दै स्वाट्ट निकाल्नुहुन्छ। यसरी निकालिएको भाग चाहिँ एक किसिमको डोरीजस्तो हो जोचाहिँ पहेंलो भागको एकातिर टाँसिएको हुन्छ र साथै त्यो बोक्रापट्टि पनि टाँसिएको हुन्छ। यसले अण्डाको पहेंलो भागलाई आफ्नै ठाउँमा राखिराख्छ।
अण्डाको पहेंलो भागको बनोट पानी जहाजको जस्तै हुन्छ। त्यसको तल्लो भाग भारी हुन्छ भने त्यसको माथिल्लो भाग हलुका। त्यसैले अण्डाको पहेंलो त्यसलाई वरिपरि घेर्ने सेतोको बीचमा निरन्तर तैरिरहन्छ। पहेंलो भागको यो बनोटले र साथै मैले अघि बताएको त्यो डोरीले, पहेंलोलाई अण्डाभित्र सुल्टो गरी झुण्ड्याइराख्छ, अण्डालाई जतातिर घुमाए पनि वा फर्काए पनि, चाहे मान्छेका औंलाहरूले वा कुखुरी माउले। परमेश्वरले अण्डालाई किन यसरी बनाउनुभयो भने अण्डाभित्र हुने जीवनको कण पहेंलोको सतहमाथि हुन्छ अनि त्यसलाई कुखुरी माउको छातीको नजीकमा राखिनुपर्छ ताकी कुखुरीको शरीरको तापले त्यो चल्ला बढ्न सकोस्। हामीले यहाँ फेरि देख्छौं स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको अचम्मको बुद्धि।
अगाडि उसले सास फेर्न थाल्छ। हावा भएको त्यो सानो कोठाभित्र उसलाई ठिक दुई दिनसम्म सास फेर्न पुग्ने हावा हुन्छ। अनि जब उसले त्यहाँ भएको हावाको अन्तिम सास तान्छ र त्यो खाली ठाउँको हावा अब सक्किन्छ, अनि फेरि त्यसले सास तान्न खोज्छ र छटपटाएर त्यसले मुन्टोले झट्का दिन थाल्छ अनि उसले सास फेर्न खोज्दाखोज्दै उसले बोक्रा फुटाउँछ – अनि ऊ एउटा ठूलो नयाँ संसारमा निस्केर आउँछ।