Entries by Pradesh Shrestha

अचम्मको कुखुरा

कुखुराको पसिना आउँदैन। किन होला, बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ। हाम्रो चाहिँ ९८.६ डिग्री से० हुन्छ र त्योभन्दा बढी हुँदा हामीलाई पसिना आउन थाल्छ, तर कुखुरालाई भने आउँदैन। परमेश्वरले उसलाई त्यस्तै बनाउनुभयो किनभने कुखुरा यताउता गर्दा उसको जीउले जमिन झण्डै झण्डै छुन खोज्छ अनि गर्मीमा जमिन तात्छ अनि त्यसको जीउको तापक्रम हाम्रो जस्तो हुँदो हो त त्यसलाई निकै कष्ट पर्न जान्थ्यो।

तिमीलाई थाह छ? एउटा तेर्सो लट्ठामाथि कुखुरा टुक्रुक्क बस्न सक्छ अनि उसले आफ्‍नो टाउको पखेटाभित्र घुसारेर त्यहीँ रातभरि मज्जासित घुर्दै सुत्न सक्छ अनि त्यो खस्दा पनि खस्दैन।कसरी? तिमीले त्यसो गरी हेर न एक रात एउटा लट्ठामा टुक्रुक्क बसेर निदाउन खोज्न! हो, परमेश्वरले तिमीलाई कुखुरा जस्तो बनाउनुभएको छैन। के तिमीले कहिल्यै कुखुराको खुट्टालाई राम्ररी हेरेका छौ? छैन भने, त्यसो गर्नु राम्रो हुन्छ। कुनै बेला आमाले कुखुराको मासु पकाउनलाई त्यसलाई काटकुट गर्नुहुँदा, त्यसको घुँडालाई हेर जहाँ आमाले काट्नुहुन्छ र त्यस भागमा हुने एउटा सेतो, टल्कने नसालाई ख्याल गर। नसालाई तिमीले तान्यौ भने, कुखुराका औंलाहरू बन्द हुन्छन् अनि छोडिदियौ भने ती औंला खुल्छन्। कसरी?

सबै घर पालुवा चराहरू – कुखुरा, कनेरी चरा, रातो चरा, कालो चरा, रबिन चराका यस्तै बनोटका खुट्टा हुन्छन्। अघिल्तिरका तीनओटा औंलादेखिका नसाहरू उसको पैतालाको बीच भागसम्म पुगेका हुन्छन् र पछिल्तिरको औंलाको नसा पैतालाको त्यही बीच भागसम्म पुगेको हुन्छ अनि त्यहाँ ती नसाहरू जोडिन्छन् र एउटै नसा बन्छन्। योचाहिँ घुमेर उसको गोलीगाँठोको अघिल्तिर आइपुग्छ, त्यो एउटा बाटो भएर मास्तिर गएको हुन्छ र एउटा नली भएर घुँडालाई पार गरेको हुन्छ र त्यसपछि त्यसको फिलामाथि फैलिएर गएको हुन्छ। जब कुखुरा बस्छ, त्यसको नसा तन्किन्छ र त्यसले औंलाहरूलाई तान्छ र बन्द गरिदिन्छ। कुखुराले अब चाहेर पनि औंलाहरूलाई खोल्न सक्दैन, औंला खोल्न त्यो उठ्नैपर्छ। जब त्यो उठ्छ हुन्छ नसा तन्किन छोड्छ अनि औंलाहरू खुल्न सक्छन्। कुखुराले आफू बसिरहेको ठाउँमा केवल बसिराख्नु मात्र पर्छ र हावाहुरी चले पनि उसलाई उडाएर लैजान सक्दैन!

जङ्गली, मांसहारी चराहरू यस्ता हुँदैनन्। चील, बाज र लाटो कोसेरोका नङ्रा हुन्छन् जसलाई उनीहरूले आफ्‍नो जीउदेखि सीधा पारेर पूरै तन्काउँदा पनि बन्द हुने गर्दैनन्। परमेश्वरले तिनीहरूलाई त्यस्तै बनाउनुभयो यस हेतुले कि तिनीहरूले स‍ाना-साना जन्तुलाई च्याप्प समात्न सकून् र पक्रेपछि उनीहरूले त्यसलाई आफूबाट अलिक पर रहने गरी त्यसलाई बलियोसँग समातिराख्न सक्छन्। यदि ती नङ्रा भएका आफ्‍ना औंलाहरूलाई बन्द गर्नलाई त्यसले खुट्टालाई आफ्‍नो जीउतिर तान्नुपर्ने हुँदो हो त त्यसले बोक्दै गरेको सानो खरायो वा सर्प वा जेसुकै होस्, त्यसले उसलाई टोक्न सक्थ्यो अनि त्यो चील वा बाजको छातीलाई च्यातिदिन सक्थ्यो। परमेश्वर ज्यादै बुद्धिमानी र असल हुनुहुन्छ। आफ्नो सृष्टिले जस्तो जीवन जिएको चाहनुहुन्छ त्यस्तै जीवन जिउन सकोस् भनेर उहाँले सबै प्राणीहरूलाई ठिक-ठिक तरिकाले मिलाउन जान्नुहुन्छ। अनि बाबुनानीहरूहो, यसैकारण तिमीले आफ्‍नो जीवन र हृदय लिएर उहाँकहाँ आएको र उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ। तब तिमीले जस्तो किसिमको जीवन जिएको उहाँ चाहनुहुन्छ त्यस्तो जीवन जिउन सक्ने तिमीलाई बनाउनुहुन्छ। “म ख्रीष्टसित क्रूसमा टाँगिएको छु तरै पनि जिउँछु; त्यसो भए पनि म ता होइन तर ख्रीष्ट मभित्र जिउनुहुनछ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रमाथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।

भाले कुखुरा विचित्र पंक्षी हो, होइन र? तर उनीहरूका केही अति राम्रा कुरा छन् जो बाबुनानीहरूले देखासिकी गर्नुपर्छ। पहिलो त, उनीहरू बिहान सबेरै उठ्छन् र परमेश्वरले उसलाई दिनुभएको कुकुरी-काँ गरी बास्ने काम गर्न थाल्छन्। आठ बजेसम्म सुतेर बस्ने भाले कतै कसैले देखेको छ र?

भाले कुखुराले “म कोइली चरीले जस्तो गाउन सक्दिनँ, त्यसैले म अब बास्नै छोड्छु” भनेर भन्दैन। उसले एउटा जुरेली वा बुलबुल चरोको देखासिकी गर्न खोज्दा पनि खोज्दैन। उसले आफूले जेगर्न सक्छ त्यही काम उसले सक्दो राम्रोसित गरिरहन्छ।

उसले यत्नपूर्वक यस्तो काम गर्छ जसको लागि उसले कहिल्यै प्रशंसा पाउँदैन। के तिमीले कसैले कुखुराको भालेलाई उसले राम्ररी कुकुरी-काँ गर्दै बासेको हुनाले उसलाई प्रशंसा गरिरेहको देखेका छौ। तर प्रशंसा पाएन भन्दैमा कुखुराको भाले बास्न छोड्दैन।

कुखुराको भालेको काम रमाइलो काम त होइन। उसको काम सुतेकाहरूलाई उठाउनु हो। त्यो बारम्बार गरिनुपर्ने काम हो तर यो सेवा गरिदिनेलाई कसैले धन्यवाद दिँदैन।

बास्ने भालेले असल खबर ल्याउँदछ। उसले हामीलाई भन्छ, एउटा नयाँ दिन आइपुग्यो जुन दिन हामीले हाम्रा प्रभुलाई चिन्न सकौं र उहाँको सेवा गर्न सकौं। भाले भरपर्दो हुन्छ, ऊ दृढतापूर्वक लागिरहन्छ। ऊ विज्ञापन गर्ने काममा अति उत्तम छ। उसले आफ्‍ना सहकर्मीहरूले खोरमा के कसो गर्दैछन् भन्ने कुरा बताउने गर्छन् किनभने कुखुरीले अण्डा पार्छे र भालेले त्यसको बारेमा कुकुरी-काँ गर्छ।

आफूले बारम्बार एउटै काम कति गर्नुपरेको भनेर कुखुराको भालेले कहिल्यै गुनासो गर्दैन। केवल उसले बास्ने काम गर्छ — ऊ बिहान बास्छ अनि दिँउसो, बिहानको नास्ता अगाडि अनि साँझको खाना खाएपछि — तर उसले खुशीसाथ त्यो गर्छ। नानीहरूहो, तिमीहरूले सिक्नुपर्ने यी असल पाठहरू हुन् अनि म आशा गर्छु तिमीहरूले यो सिक्नेछौ।

मैले तिमीहरूलाई कुखुराको अण्डाको बारेमा केही कुरा बताउनुपर्छ। तिमीले यदि एउटा अण्डालाई प्लेटमाथि वा टेबुलमाथि राखेर फननन्न घुमाइदियौ भने पनि, अथवा अरू जेसुकै गर्‍यो भनेपनि, तिमीले अण्डाभित्रको पहेंलो भागलाई भित्रपट्टि रहेको त्यसको ठाउँबाट त्यसलाई उलटपुलट हुने गरी सार्न सक्दैनौ। परमेश्वरले पहेंलोलाई यसरी बनाउनुभएको छ कि त्यो जहिले पनि अण्डाको बोक्राभित्र आफ्‍नो ठिक ठाउँमै बसिरहन्छ। तिमीले अण्डा फुटाउँदा, अथवा तिम्रो आमाले फुटाउनुहुँदा, भित्रपट्टिको केही बाक्लो र्‍यालजस्तो भागलाई उहाँको औंलाले सफा गरे जस्तो गर्दै स्वाट्ट निकाल्नुहुन्छ। यसरी निकालिएको भाग चाहिँ एक किसिमको डोरीजस्तो हो जोचाहिँ पहेंलो भागको एकातिर टाँसिएको हुन्छ र साथै त्यो बोक्रापट्टि पनि टाँसिएको हुन्छ। यसले अण्डाको पहेंलो भागलाई आफ्‍नै ठाउँमा राखिराख्छ।

अण्डाको पहेंलो भागको बनोट पानी जहाजको जस्तै हुन्छ। त्यसको तल्लो भाग भारी हुन्छ भने त्यसको माथिल्लो भाग हलुका। त्यसैले अण्डाको पहेंलो त्यसलाई वरिपरि घेर्ने सेतोको बीचमा निरन्तर तैरिरहन्छ। पहेंलो भागको यो बनोटले र साथै मैले अघि बताएको त्यो डोरीले, पहेंलोलाई अण्डाभित्र सुल्टो गरी झुण्ड्याइराख्छ, अण्डालाई जतातिर घुमाए पनि वा फर्काए पनि, चाहे मान्छेका औंलाहरूले वा कुखुरी माउले। परमेश्वरले अण्डालाई किन यसरी बनाउनुभयो भने अण्डाभित्र हुने जीवनको कण पहेंलोको सतहमाथि हुन्छ अनि त्यसलाई कुखुरी माउको छातीको नजीकमा राखिनुपर्छ ताकी कुखुरीको शरीरको तापले त्यो चल्ला बढ्न सकोस्। हामीले यहाँ फेरि देख्छौं स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको अचम्मको बुद्धि।

स्वर्गमा जिउनुहुने जीवनका प्रभुले तिमीलाई एउटा अति नै आशिषमय जीवन जिउन सहायता गर्नुहुनेछ। जब तिमीले प्रभु येशूलाई लिन्छौ तब ख्रीष्टियन जीवन जिउन र बाइबलमा देखाइएको परमेश्वरको इच्छा पालन गर्न तिमीले सजिलो भएको महसुस गर्नेछौ। बाइबलमा यूहन्ना ४:१४ मा पल्टाएर पढौं। यो जिउँदो पानी भनेको त्यो आशिषले भरिएको अनन्त जीवन हो जुनचाहिँ मुक्तिदाता प्रभु येशूले तिम्रो हृदयभित्र हालिदिनुहुन्छ जब तिमी विश्वासद्वारा उहाँकहाँ आउँछौ।

जब अण्डाभित्र चल्ला बन्ने काम हुन्छ, चल्लाको नाक सधैं अण्डाको फराकिलो पट्टिभित्र भएको हावा भएको सानो कोठामा पर्ने गरीकन बन्दछ। कुखुरा पाल्ने मान्छेलाई सोध्न सकिन्छ, “के तपाईंले कहिल्यै चल्ला उसको नाक अण्डाको साँघुरो भागतिर फर्केर बसेको देख्नुभएको छ?” कसैले त्यस्तो अण्डा भेट्टाउन सक्दैन। यसको कारण छ। यसले फेरि परमेश्वरको बुद्धि देखाउँछ रउहाँ कति असल हुनुहुन्छ भन्ने देखाउँछ। अण्डाको बोक्रा फराकिलो भागपट्टिको तुलनामा साँघुरो भागपट्टि धेरै बाक्लो हुन्छ। यसैले गर्दा चल्लाको नाक फराकिलो भागपट्टि फर्केको हुन्छ जहाँ बोक्रा पातलो हुन्छ। तब, जब चल्ला निस्कन चाहन्छ उसलाई यो फराकिलो पट्टिको बोक्रा फुटाउन गाह्रो पर्दैन। बाक्लो र कडा बोक्रा भएको साँघुरो पट्टिको बोक्रा फुटाएर बाहिर निस्कनुपर्ने हुँदो हो त उसलाई निकै साह्रो-गाह्रो पर्नेथ्यो। चल्लाको चुच्चो ज्यादै नरम हुन्छ। परमेश्वरले चल्लालाई एउटा सानो हतियार नदिनुभएको भए चल्लाले बोक्रा फुटाउनै सक्दैनथ्यो र बाहिर निस्कनै सक्दैथ्यो। प्रभुले अनौठो तरिकाले त्यो चल्लाको नरम चुच्चुको टुप्पामाथि एउटा ज्यादै कडा कोन उम्रन दिनुहुन्छ। यो सानो हतियार अण्डाको बोक्रालाई फुटाउन सक्ने जति कडा हुन्छ। त्योचल्ला बोक्राभित्रबाट बाहिर ननिस्कुन्जेल त्यसको नरम चुच्चोलाई उक्त कडा वस्तुले ढाकिदिन्छ। चल्ला बाहिर निस्केपछि, उक्त सानो कोन, जो झण्डै हड्डीजस्तै कडा हुन्छ, त्यो चल्लाको नाकबाट खस्छ, किनभने चुच्चो चाँडै नै कडा हुँदै जान्छ र उसलाई त्यो कोनको अबउसो आवश्यक पर्नेछैन। साथै, त्यो सानो कोन रहिहँदो हो त चल्लाले आफ्‍नो चुच्चो खोल्नै नसक्ने हुन्थ्यो अनि उसले खान सक्दैनथ्यो। कहिलेकाहिँ त्यो यति कस्सिएको हुन्छ कि कुखुरा पाल्नेले उसको औंलाले त्यसलाई कोट्याएर फाल्नुपर्ने हुन्छ। कुखुराको चल्लाको जीवनको लागि यस्तो उदेकको व्यवस्था गरिदिनुहुने उदेकको परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले तिम्रो जीवनको निम्ति व्यवस्था गरिदिन चाहनुहुन्छ।

चल्ला अण्डाबाट निस्कनुभन्दा दुई दिन अगाडि उसले सास फेर्न थाल्छ। हावा भएको त्यो सानो कोठाभित्र उसलाई ठिक दुई दिनसम्म सास फेर्न पुग्ने हावा हुन्छ। अनि जब उसले त्यहाँ भएको हावाको अन्तिम सास तान्छ र त्यो खाली ठाउँको हावा अब सक्किन्छ, अनि फेरि त्यसले सास तान्न खोज्छ र छटपटाएर त्यसले मुन्टोले झट्का दिन थाल्छ अनि उसले सास फेर्न खोज्दाखोज्दै उसले बोक्रा फुटाउँछ – अनि ऊ एउटा ठूलो नयाँ संसारमा निस्केर आउँछ।

परमेश्वरले कुखुराले जे-जे गर्नलाई बनाउनुभयो ठिक त्यही-त्यही कुरा उनीहरू गर्छन्। अनि प्रिय बाबुनानीहरू हो, तिमीहरूले पनि त्यसै गर्छौ भन्ने म आशा गर्छु। येशूले भन्नुभयो, “हे सबै मेहनत गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आऊ र म तिमीलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। यही मुक्तिदातामाथि आफूले पक्का गरी भरोसा गर अनि उहाँले तिमीलाई यस जीवनभरि र त्यसपछिको जीवनमा पनि सुरक्षित राख्नुहुनेछ।

Translated by Pradesh Shrestha from Uncle Walter’s Animal Stories. 






इस्राएल सम्बन्धी भविष्यवाणी

बाइबलका उदेकलाग्दा भविष्यवाणीहरू यसको ईश्वरीय उद्‍भवको एउटा प्रमाण हो। यी भविष्यवाणीहरू स्पष्ट छन्, विस्तृत छन् र अचूक छन्।

तर यसको तुलनामा गैर-बाइबलीय भविष्यवाणीहरू फरक छन्, जो अस्पष्ट र गलत छन्।

चौथो शताब्दिका सिबील (Sybil) अगमवक्तिनीहरूलाई विचार गर्नुहोस्। कन्स्टान्टीन (Constantine) लाई टाइबर नदीको किनारस्थित युद्धभूमिमा भेट्नु अघि जब म्याक्सेन्टियस  (Maxentius) ले तिनीहरूसित सोधखोज गरे, उनलाई यो बताइयो कि “त्यस दिनमा रोमको  शत्रु नष्ट हुनेछ।” यो भविष्यवाणी यति अस्पष्ट थियो कि जसले जिते पनि उसलाई यो लागु गर्न सकिन्थ्यो!

नोस्ट्रादामस (Nostradamus) का
भविष्यवाणीहरू “अप्रकट” र “अस्पष्ट” थिए।
हिटलरलाई बयान गर्ने भनिएको निम्न भविष्यवाणीलाई विचार गर्नुहोस्: “भोकले उग्र पशुहरू नदीहरू पौडेर तर्नेछन्: उक्त प्रान्तको अधिक भाग हिस्टरको विरुद्धमा हुनेछ। एक महान् व्यक्तिद्वारा ऊ फलामको खोरभित्र घिसारिनेछ जब उक्त जर्मन बच्चाले कुनै कुरा अवलोकन गर्नेछैन” (centuries #2, quatrain #24)। यो यति अस्पष्ट छ कि यसको कुनै अर्थ छैन।

ज्योतिषशास्त्रलाई विचार गर्नुहोस्। त्यसका पूर्वानुमानहरू प्राय: एकदम अस्पष्ट हुन्छन्, जस्तै, “केही साथीहरूलाई यस्तो लाग्न सक्छ कि तिमीले उनीहरूलाई बेवास्ता गर्दैछौ।” अनि जब ज्योतिषशास्त्रले अलिक किटानसाथ पूर्वानुमान गर्दछ, तब त्यो प्राय: गलत हुन्छ। ब्रिटेनका दुई प्रख्यात ज्योतिषीहरूले यो पूर्वानुमान गरे कि हिटलरले दोस्रो विश्व युद्ध थाल्नेछैन। एडवर्ड लिन्डो (Edward Lyndoe) ले भने, “नाजीहरूले ब्रिटेनलाई हमला गर्ने रे? मलाई हाँस नउठाउनुहोस्! मेरो तालिकाहरूमा त्यसको एउटै सङ्केत देखिँदैन (June 25, 1939)।

जीन डिक्सन (Jean Dixon) लाई विचार गर्नुहोस्। तिनले यो भनिन् कि अमेरिकाभन्दा पहिला सोभियतहरूले चन्द्रमामा टेक्नेछन्, तेस्रो विश्व युद्ध सन् १९५८ मा सुरु हुनेछ, र सन् १९६७ मा क्यान्सरको औषधी पत्ता लाग्नेछ।

एडगार केसी (Edgar Cayce) लाई विचार गर्नुहोस्। उनले यो भविष्यवाणी गरे कि सन्  १९६८ मा चीन ईसाई बन्नेछ र सन् १९९९ मा हारमागेडोनको युद्ध चल्नेछ।

इस्लामको भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न कुराले इस्लामको मसीह “दज्जल” लाई जनाउँछ। “आफूसित पानी र आगो लिएर दज्जल निस्किआउनेछन् अनि जुन कुरा मानव जातिले पानी भनी देख्छन् त्यो जल्ने आगो हुनेछ र जुन कुरा आगो भनी देख्छन् त्यो चीसो र मीठो पानी हुनेछ” (Hadiths of Bukhari)।

हिन्दू भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न बयान कलियुगको हो: “जब छल, झूट, अल्छेपना, निन्द्रा, उपद्रव, नैराश्य, शोक, भ्रम, डर र गरिबी व्यापक हुनेछ, त्यो नै कलियुग हो।” यो त यति अस्पष्ट छ यस बयानले मानिसको पतन भएदेखिको जुनसुकै समयलाई पनि बयान गर्न मिल्छ।

तुलनामा बाइबलका भविष्यवाणीहरू प्राय: स्पष्ट र विस्तृत छन् र ती कहिल्यै चुकेका छैनन्। जस्तै, ख्रीष्टको पहिलो आगमन सम्बन्धीका भविष्यवाणीहरूले उहाँको आगमनको एकदम ठिक समय, उहाँको एकदम ठिक जन्मस्थान, उहाँका हातपाउहरू क्रूसमा छेडिने कुरा, क्रूसबाट उहाँले बोल्नुहुने शब्दहरू, सिपाहीहरूले उहाँका वस्त्रका निम्ति गोला हाल्ने कुरा, उहाँलाई धनी मानिसको चिहानमा गाडिने कुरा, र अन्य थुप्रै घटनाहरूलाई बयान गरेका थिए।

इस्राएल सम्बन्धी भविष्यवाणीहरू पनि उत्तिकै विशुद्ध छन्।

भनिन्छ, फ्रेड्रिक द ग्रेट (Frederick the Great) ले एक पटक बाइबलको ईश्वरीय उद्‍भवको प्रमाण एउटै शब्दमा दिन लाए। उनको आत्मिक सल्लाहकारले जवाफ यसरी दिए, “यहूदी, मौसुफ” (Robert Newman, “Israel’s History Written in Advance,” Evidence for Faith, edited by John Montgomery, pp. 193-201).

इस्राएलीहरू एउटा राष्ट्रको रूपमा भर्खरै सङ्गठित बनेको अवस्थामा, उनीहरू प्रतिज्ञाको देशभित्र पस्नु अगाडि नै मोशाले उनीहरूको सम्पूर्ण इतिहासको भविष्यवाणी गर्‍यो। परमेश्वरले यो चेतावनी दिनुभयो कि इस्राएल यदि उहाँको व्यवस्थादेखि मोडियो भने परमेश्वरले त्यसलाई न्याय गर्नुहुनेछ।

हेर्नुहोस् व्यवस्था २८:२५-३२, ३६-३७, ६३-६७; ३०:१-६

यो भविष्यवाणी ईपू १४५० ताका लेखिएको थियो, अर्थात् लगभग ३,५०० वर्ष अगाडि।

उक्त भविष्यवाणीले इस्राएल विदेशी शक्तिहरूद्वारा पराजित हुने कुरा, आफ्‍नो भूमिबाट निस्कासन गरिने कुरा, पृथ्वीको पल्लो छेउसम्म छरपुष्ट पारिने कुरा, र फेरि फर्काइने कुराको बयान गर्दछ।

१. भूमिको मरुस्थलीकरण

मोशाले यो बताए कि इस्राएल एउटा मरुभूमि बन्नेछ। वर्षाचाहिँ धूलो र बालुवा हुनेछ (व्यवस्था २८:२३-२४), अनि भूमिचाहिँ “गन्धक, नुन र जलिरहेको आगो” हुनेछ (व्यवस्था २९:२३)।

इस्राएल ईपू १५ औं शताब्दीमा कनानभित्र प्रवेश गर्दा, त्यो एउटा बगैँचा जस्तै फलवन्त भूमि थियो, अनि परमेश्वरले उक्त भूमिमा अघिल्लो र पछिल्लो वर्षा पठाउनुभयो। त्यसको ४०० वर्ष अघि अब्राहामको समयमा, इस्राएलको दक्षिण भागमा रहेको यर्दनको बेंसी “जहाँतहीँ पानीले राम्ररी सिँचिएको, परमप्रभुको बगैंचाजस्तो … थियो (उत्पत्ति १३:१०)। परमेश्वरले त्यसलाई “दूध र मह बग्ने” भूमिको रूपमा बयान गर्नुभयो, जसको माने भूमि राम्ररी सिँचिएको थियो र प्रशस्त पाल्तुपशुले र फूल फुल्ने बोटविरूवाले लटरम्म थियो (व्यवस्था ३१:२०)। रूबेन र गादका कुलहरू यर्दनको पूर्वपट्टि बसोबासो गरे किनकि तिनीहरूका “अति धेरै गाईबस्तुहरू थिए” अनि तिनीहरूले यो देखे कि “त्यो ठाउँ गाईबस्तुका निम्ति उपयुक्त ठाउँ थियो” (गन्ती ३२:१)।

उनीहरूले वर्तमान जोर्डन राष्ट्रको दक्षिणी भागको बयान गर्दैथिए जो आज एक उराठिलो मरुभूमि रहेको छ। त्यतिखेर त्यो मरुभूमि थिएन, तर इस्राएलको पाप र मूर्तिपूजाको कारण परमेश्वरले वर्षा बन्द गरिदिनुभयो र भूमि एक बाँझो मरुभूमि बन्यो, अनि आज अधिकांश भूमि  नै त्यस्तै छ। इस्राएलको अधिकांश भागहरूमा जे उब्जनी गरिन्छ त्यो सिँचाइले मात्र गर्न सकिन्छ। आज केही भेडाहरू पालेर जसोतसो जीविका धान्न सकिन्छ (सिँचाइ गरिएका र्‍याञ्चहरूलाई छोडेर), तर बथान का बथान भने पाल्न सकिन्न।

इस्राएलको भूमि स्वयं प्राचीन बाइबल भविष्यवाणीको शुद्धता दर्शाउने शक्तिशाली गवाही हो। आधुनिक इस्राएलले प्रविधिद्वारा कृषि जगतमा उदेककै काम गरेको छ, तरैपनि ८०% भूमिको अझै निर्जल वा अर्ध-निर्जल अवस्थामा कुनै परिवर्तन ल्याउन सकिएको छैन। अनि यो चाहिँ बाइबल भविष्यवाणीको पूरा हुवाइस्वरूप परमेश्वरकै न्याय थियो।

२. छिन्न-भिन्नकरण र सतावट

व्यवस्था २८:६३-६७

यो भविष्यवाणी तब पूरा हुन थाल्यो जब ईपू ५८६ मा इस्राएलको पहिलो मन्दिर नष्ट गरियो र ७० वर्ष लामो बेबिलोनी निर्वासन सुरु भयो, तर त्यो सुरु मात्र थियो। मोशाले यो बताएका थिए कि व्यवस्थाको पुस्तकको भविष्यवाणी “अन्तिम दिनहरूमा” (व्यवस्था ३१:२९) पूरा हुनेछ जुन कालखण्ड चाहिँ ख्रीष्टको पहिलो आगमनपछि मात्र सुरु भयो।

७० एडीमा इस्राएलको दोस्रो मन्दिर रोमीहरूद्वारा नष्ट भयो अनि ६५ वर्षपछि यरूशलेम पूरै भत्काइयो जब रोमले बार कोक्भा विद्रोहलाई दमन गर्‍यो। उक्त ठाउँमा जूपिटरको नाममा समर्पित अर्कै शहर निर्माण गरियो। सम्राट हेड्रियनले यहूदीयाको नाम परिवर्तन गरेर सिरिया प्यालेस्टिना राख्यो। थुप्रै यहूदीहरूको संहार गरियो अनि बाँकीजसो कि त कैद गरी लगिए वा विश्वका अन्य ठाउँमा भागेर गए।

इस्राएलले १९०० वर्ष लामो छिन्न-भिन्नकरण अनुभव गर्दै आएको छ अनि ऊ भाग्दै जहाँ पुगे पनि सताइएको छ र पीडित भएको छ।

उसलाई रोमीहरू, ग्रीकहरू, मुसलमानहरू, रोमन क्याथोलिक चर्च, बाइजन्टाइनहरू र अर्थडक्स चर्च, स्पेनिशहरू (यहूदीहरू १४९२ मा स्पेनदेखि निस्कासन गरिए), भेनिसियनहरू (यहूदीहरू छुट्टै महल्लामा बस्नुपर्थ्यो), रूसेलीहरू (यहूदीहरू रूसदेखि १८८० को दशकमा  निस्कासन गरिए), जर्मनीहरू, सुरूका लुथरनहरू, अनि अरू धेरैद्वारा घृणित भएको छ। अनि आज फेरि एन्टिसेमिटिज्मको पुनर्जागरण भएको छ।

दोस्रो विश्व युद्धको ‘हलकस्ट’ जसअन्तर्गत ६० लाख यहूदी मारिए, व्यवस्था २८ को प्राचीन अगमवाणीको अर्को पूरा हुवाइ थियो। यरूशलेमस्थित हलकस्ट म्यूजियमले जर्मनहरूको हातबाट भोग्नु परेको तीतो शोकको गवाही दिइरहेको छ। मुख्य म्यूजियमका नौंओटा ग्यालरीहरू हलकस्टको फरक-फरक चरणलाई दर्शाउन छुट्ट्याइएका छन्, हिटलरको उदयदेखि उसको मृत्युसम्म। त्यहाँ आकुल बनाउने त्यस्ता सयौं फोटोहरू र वस्तुहरू छन्। मध्यरातमा गिरफ्तारिहरू। ध्वस्त सभाघरहरू। पाखुरामा पट्टीको वा स्टार अफ डेविडको चिन्ह लगाएर हिँड्नुपरेका यहूदीहरू। यहूदीहरू खिसी गरिएका, पिटिएका, थुकिएका, जलाइएका, गोली हानिएका, विष खुवाइएका। लाशका ह्रासहरू। वस्तु बोक्ने रेलका डिब्बाहरूबाट हेरिरहेका दयनीय अनुहारहरू। भोकमरिले पीडित मानिसहरू।

तरैपनि इस्राएल उसको छिन्न-भिन्नकरणको लामो शताब्दीहरू भरि एउटा छुट्टै जातिको रूपमा रहिरह्यो। सन् १७५४ मा बिशप थोमस न्यूटन (Bishop Thomas Newton) ले यहूदीहरूको बारेमा यो लेखे:

“उनीहरूको संरक्षण साँच्ची नै ईश्वरीय नियन्त्रणको एउटा सबैभन्दा उत्कृष्ट काम हो। उनीहरू सबै जातिहरूका बीच तितरबितर छन्, तरैपनि कसैसित मिसिएका छैनन्। … उनीहरूले आफ्‍नो वंशावली संसारकै सुरुदेखि उतार्न सक्छन्। …युद्धहरू, संहारहरू र सतावटहरूपछि उनीहरू अझै अस्तित्वमा छन्; उनीहरू अझै थुप्रै छन्। अलौकिक शक्तिले नभए कसले उनीहरूको यस्तो तवरले संरक्षण गरेको हो जसरी अन्य कुनै पनि विश्वको राष्ट्रलाई गरिएको छैन?” (Dissertation on the Prophecies, VIII, section 2).

Walter Scott ले लेखे:

“एक समय मिस्र, असिरिया, बेबिलोन, पर्सिया, ग्रीस र रोमका सामर्थी राजतन्त्रहरू उठे, फस्टाए र ढले, स्थायी रूपमा कुनै परिणामहरू नछोडीकन गए। तर ती प्राचीन राज्यहरूको भन्दा अगाडिदेखिको विश्वसनीय इतिहास भएका यहूदीहरू भने हामीसँग आजसम्म छँदै छन्। मुखाकृति र राष्ट्रिय चरित्रको दृष्टिमा यहूदी झण्डै ४,००० वर्षको इतिहासमा पनि बदलिएको छैन। … यहूदीहरू एउटा जतिको रूपमा नाश गरिनु सम्भव छैन। परमेश्वर नै उनीहरूका रक्षक र संरक्षक हुनुहुन्छ, उनीहरू उहाँको न्याय शासनको मुनि रहँदा पनि जस्तो आज उनीहरू छन्। यहूदीहरू घरबिहीन, देशबिहीन, सरकारबिहीन, नेतृत्वबिहीन भएर पनि जातीय विश्वासमा, भावनामा र आशामा अन्यजातिहरूदेखि छुट्टै जातिको रूपमा रहेका छन्, जसरी उनीहरू थिए दाऊद र सुलेमानका दिनहरूमा” (Walter Scott, At Hand, Or, Things That Must Shortly Come to Pass, 1910)।

3. आफ्‍नै भूमिमा उनीहरूको पुनस्थापना

बाइबल भविष्यवाणीले इस्राएलको छिन्न-भिन्नकरण र कष्टको मात्र नभएर इस्राएल फेरि आफ्‍नो भूमिमा फर्काइनेछ भन्ने कुराको पनि बयान गरेको छ (व्यवस्था ३०:१-५)।

अन्य थुप्रै भविष्यवाणीहरूले इस्राएलको फर्काइलाई बयान गर्दछ।

बाइबल विश्वासीहरूले यो जान्दथे कि इस्राएल पुनस्थापित हुनेछ किनकि भविष्यवाणीहरूले यसको माग गरेको थियो। जस्तै, सन् १९१० मा ओटोमान साम्राज्यले इस्राएलको भूमिमाथि राज्य गर्दै गरेको समयमा, जुन बेला थोरै मात्र यहूदीहरू त्यहाँ बसोबासो गर्दथे, त्यसबेला Walter Scott ले लेखे:

“वचनमा योजनाबद्ध रूपमा रहेको भविष्यवाणीको व्यवस्थित प्रणालीको आवश्यकता बमोजिमको वस्तुस्थिति सृजना हुनलाई पहिलो र अपरिहार्य आवश्यकता नै हिब्रू राष्ट्रको पुनस्थापना हो। अगमवाणीको सम्पूर्ण भविष्य यही प्राथमिक तथ्यमा निर्भर छ। यस पृथ्वीमा परमेश्वरको शासन प्रणालीको केन्द्रमा अन्यजाति होइन तर यहूदी रहेको छ। त्यसैले आफ्‍नो भूमिमा यहूदा पुनस्थापित हुनु नै सबै कुरालाई प्रभावित पार्ने जड कुरो हो। यो नै शताब्दियौंको महान् राजनीतिक घटना हुनेछ जसले विश्वकै ध्यानाकर्षण गर्नेछ। … जुनसुकैबेला र जोसुकैद्वारा यहूदाको पुनस्थापना पूरा होस्, यसको फलस्वरूप विश्वको सम्पूर्ण राजनीतिक शासन प्रणालीलाई प्रभाव पार्नेछ। … इस्राएल पल्यालेस्टाइनमा पुनस्थापित हुनु नै भविष्यवाणीले माग गरेको पहिलो र आधारभूत आवश्यकता हो” (Walter Scott, At Hand, Or, Things Which Must Shortly Come to Pass, 1910)।

बाइबल अगमवाणीमाथिको उनीहरूको विश्वासले गर्दा जुन कुरा वाल्टर स्कट र अरू बाइबल विश्वासीहरूले लामो समयदेखि अगाडिबाटै देखेका थिए त्यो कुरा सन् १९४८ मा पूरा हुन गयो। इस्राएल पवित्र भूमिमा पुनस्थापित मात्र भएन, उसले आफू एउटा आधुनिक राष्ट्रको रूपमा स्थापित भएको पनि घोषणा गर्‍यो।

दुई चरणमा हुने पुनस्थापना

इस्राएल फर्केर आउने कुरा इजिकिएल ३७:१-१४ को अचम्मको भविष्यवाणीमा बयान गरिएको छ।

यहाँ इस्राएललाई सुख्खा हड्डीहरूको बेंसीको रूपमा वर्णन गरिएको छ। पद ११ ले यसको अर्थ प्रकाशन गरेको छ: यी हड्डीहरूचाहिँ इस्राएलको सम्पूर्ण घराना हुन्।” विगतको २००० वर्षसम्मको इस्राएलको अवस्था नै सुख्खा हिड्डीहरूको अवस्था थियो। इस्राएल संसारकै पल्लो छेउ-छेउसम्म छरपुष्ट पारिएको थियो र हेर्दा ऊ मरिसकेको र खत्तम भइसकेको जस्तो देखिन्थ्यो।

इजिकिएललाई यो बताइन्छ कि इस्राएल फेरि जीवित पारिनेछ र दुई चरणहरूमा पुनस्थापित गरिनेछ। पहिलो, ऊ भूमिमा फर्काइनेछ तर आत्मिक रूपमा मरेको अवस्थामा। पद ८ ले यो बताउँछ कि मरेका हड्डीहरू उठाइए तर “तिनमा सास थिएन।” त्यसपछि उसले आत्मिक पुनर्जागरणको अनुभव गर्नेछ। यो चाहिँ महासङ्कष्टकालमा हुनेछ, ठिक ख्रीष्टको पुनरागमन हुनुभन्दा अगाडि।

आज इस्राएल ठिक यही अवस्थामा छ। सन् १९४८ मई १४ को मध्यरातमा नयाँ राष्ट्र इस्राएलको घोषणा गरियो। औपचारिक घोषणाले यो बतायो:

“हामी यसद्वारा प्यालेस्टाइनमा यहूदी राष्ट्रको स्थापनाको घोषणा गर्दछौं जसलाई मेदिनाथ  इस्राएल (इस्राएलको राष्ट्र) भनिनेछ। … इस्राएल राष्ट्र सबै देशहरूमा तितरबितर भएका यहूदीहरूको अनुगमनको निम्ति खुल्ला हुनेछ। … सारा संसारभरि भएका यहूदीहरूलाई इस्राएललाई छुट्कारा दिलाउने पुस्तौंदेखिको सपना साकार बनाउने यस महान् संघर्षमा अनुगमनको काम र विकासको काममा हामीसित एकजुट हुन अनि हाम्रो साथमा खडा हुन हामी आह्वान गर्दछौं। सर्वशक्तिमान् परमेश्वरमाथि भरोसा राख्दै, मातृभूमिको माटोमा रहेर, तेल अबिबको शहरमा, यस विश्रामदिनको साँझ, ल्यारको पाँचौं, ५७०८ मा, मईको चौधौं, १९४८ मा, यस अस्थायी राष्ट्रिय परिषदको बैठकमा हामी यस घोषणापत्रमा हामी हस्ताक्षर गर्दछौं।”

एघार मिनेट पछाडि अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान, एक ब्याप्टिस्ट, ले इस्राएललाई स्वीकार गरेको कुरा घोषणा गरे।

संसारभरि यहूदीहरूले हर्षोल्लास मनाए। जताततै सभाघरहरूमा धन्यवादको सेवाहरू भए। रोममा यहूदीहरू आर्च अफ टाइटस (Arch of Titus) मुनि जुलुस निकाले, जुन आर्च ७० एडीमा भएको यरूशलेमको विध्वंशको स्मारक हो। उनीहरू भन्दैथिए, “हामी मरेकाहरूबाट फर्की आएका छौं!” यो त इजिकिएल ३७ को अति नाटकीय पूराहुवाइ थियो। प्राचीन रोमी साम्राज्य उसको सम्पूर्ण महिमासित टलेर गइसक्यो तर इस्राएल छँदैछ।

तुरुन्तै यो नयाँ यहूदी राष्ट्र आफ्‍नो स्वतन्त्रताको निम्ति युद्धमा (War of Independence) होम्मिनुपर्‍यो जब यहूदीहरू अरबीहरूको विशाल र सुसज्जित सेनाहरूको विरुद्धमा आफ्नो प्रतिरक्षा गर्न बाध्य बने। अरब संघ (Arab League) मा मिस्र, जोर्डन, सिरिया, लेबनन र इराक एकजुट भएको थियो। ब्रिटेनले अरबीहरूलाई अस्त्रले सुसज्जित गर्न र यहूदीहरूलाई अस्त्ररहित पार्न भ्याएसम्म प्रयास गर्‍यो। इस्राएलका शत्रुहरूले देशबाहिरबाट मात्र हमला गरेका होइनन्; उनीहरूले युद्ध सुरु हुनुभन्दा अगाडिबाटै देशभित्र बलियो गरी मोर्चा बाँधिसकेका थिए। 

इस्राएलले सबै कुराका बाबजुद स्वतन्त्रताको निम्ति युद्ध (War of Independence) जित्न सफल भए, तर यो उसको सङ्घर्षको सुरुआत मात्र थियो। सन् १९५६ मा मिस्रसित सूएज युद्ध (Suez War) युद्ध गरियो र इस्राएलका जहाजहरूलाई सूएज कनालमार्फत प्रवेशमार्ग खुला राख्न मिस्रलाई मान्ने बनाइयो। त्यसपछि सन् १९६७ मिस्र, जोर्डन, सिरिया र इराकसित छ-दिने लडाइँ (Six-Day War) चल्यो जसमा साउदी अरब, सुडान, टुनिसिया, मोरक्को र अल्जेरियाले अरब गठबन्धनलाई सेना र हातहतियार दिएर साथ दिएको थियो। छ- दिने लडाइँ (Six-Day War) पछि १९६८-७० मा इस्राएलको विरुद्धमा मिस्रको वार अफ अट्रिशन (War of Attrition) नामक युद्ध चल्यो। त्यसपछि सन् १९७३ मा योम किप्पूर युद्ध (Yom Kippur War) चल्यो जब इस्राएललाई योम किप्पूर अर्थात प्रायश्चितको दिनमा हमला गरियो, दक्षिणमा मिस्रद्वारा र उत्तरमा सिरियाद्वारा। यी दुई मुस्लिम राष्ट्रहरूलाई साथ दिनेहरू यी थिए: लेबनन, इराक, कूवेत, जोर्डन, साउदी अरब, अल्जेरिया, टुनिसिया, लिबिया, सुडान, यूगाण्डा, क्यूबा, मोरोक्को र पाकिस्तान। सोभियत संघले हवाइजहाजहरू, ट्याङ्कहरू र हर प्रकारका अस्त्रहहरू प्रबन्ध गर्नुको साथसाथै इस्राएलको हवाइ शक्तिलाई तारो बनाउँदै हजारौं क्षेप्यास्त्रहरू प्रबन्ध गरे। इस्राएलले आफूसित भएको भन्दा अत्यधिक सैन्यशक्तिको सामना गर्नुपर्‍यो।

इस्राएल विरुद्धका यी प्रमुख युद्धहरू वास्तविकताको सानो एक छेउ मात्र हो। प्यालेस्टाइन अधिकारी (Palestine Authority), प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (the Palestine Liberation Organization), हमास (Hamas), हज्बोल्ला (Hezbolla), र इस्लामी जिहाद (Islamic Jihad) जस्ता मुस्लिम समूहरूहरूसित इस्राएलको बारम्बार सैन्य द्वन्द्व चलेको छ।

यस प्रकारले भयङ्कर विरोधका बीच इस्राएल भूमिमा फर्केर आएको छ, अनि त्यहाँ इस्राएलको उपस्थिति हुनु नै एउटा अटुट आश्चर्यकर्म रहेको छ।

तर इस्राएल आत्मिक रूपमा अन्धा छ र मरेको छ, ठिक जस्तो इजिकिएलले भविष्यवाणी गरेको थियो।

यसका लक्षणहरू ज्यादै प्रत्यक्ष छन्।

इस्राएलको आत्मिक अन्धापना आफ्‍नो मसीहप्रति रहेको उसको हठी अस्वीकारमा प्रत्यक्ष देख्न सकिन्छ। हाम्रो यहूदी गाइडले यो बताए कि इस्राएलमा ख्रीष्टलाई खुल्लमखुल्ला प्रचार गर्न वा सुसमाचारका पुस्तिकाहरू वितरण गर्ने काम कानून विपरित छ। जब हामीलाई उनीसित येशू मसीहको बारेमा कुरा गर्न खोज्यौं तिनले सुन्नै मानेनन् र “त्यो तपाईंको राय हो” भनेर कुरा टुङ्गाइदिए। यसले अधिक सङ्ख्यामा रहेका यहूदीहरूको डरलाग्दो अवस्थालाई दर्शाउँछ।

इस्राएलको आत्मिक अन्धापना इस्राएलको अति स्वाभिमानी घमन्डमा प्रत्यक्ष देखिन्छ। प्राय: इस्राएल घमन्डले फुलेको छ र आफ्नो पुनस्थापनाको आश्चर्यकर्म र आधुनिक युद्धहरूमाथिको विजयका लागि इस्राएलले परमेश्वरलाई महिमा खासै दिने गर्दैन। यी महान् आश्चर्यकर्महरूका लागि धन्यवाद र स्वीकारको एक अंश परमेश्वरलाई दिएजस्तो गरे तापनि इस्राएलका अगुवाहरू र प्रख्यात योद्धाहरू र प्रविधिलाई अधिकांश श्रेय दिने गरिन्छ। गिदोनको समयदेखि केही बदलिएको छैन जब परमेश्वरले इस्राएलको ठूलो सेनाको कटौति गरेर केवल ३०० लडाकु मात्र प्रयोग गर्नुभयो यस हेतुले विजयका लागि इस्राएलले आफैमा गर्व नगरोस्।

इस्राएलको आत्मिक मृत्यु र अन्धापना यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि आजका अधिकांश यहूदीहरू सेक्यूलर छन्, यसको माने उनीहरू पुरानो नियम पवित्रशास्त्रको सम्बन्धमा कि त थोरै चासो राख्छन् कि त केही चासो राख्दैनन्। उनीहरू केही धार्मिक परम्परा र रीति पछ्याउँछन्, तर तिनीहरूको हृदय परमेश्वरदेखि टाढा छ। उनीहरू परमेश्वरको बारेमा कुरा त गर्छन् तर उहाँको आज्ञा मान्दैनन्। इस्राएलका सबभन्दा प्रतिष्ठित आधुनिक योद्धाहरू व्यभिचारी र शबाथ भङ्ग गर्नेहरू थिए।

इस्राएलको आत्मिक मृत्यु यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि उसले परमेश्वरको वचनको अधिकारमाथि रब्बीहरूको परम्परालाई राखेको छ। एकदमै कट्टरहरूसमेत  पहिलेका फरिसीहरूभन्दा केही फरक छैनन्। उनीहरू प्रार्थना गर्छन् तर उनीहरूका प्रार्थनाहरू व्यर्थको देखावटी रीति मात्र हुन्। उनीहरू महापवित्रस्थानको नजिक हुन वेलिङ वाल (Wailing Wall) नेर जान्छन् र आफ्‍ना फाइलेक्टरीहरू (phylacteries) लाई ठ्याक्कै मिलाएर लगाएको कुरालाई, कस्तो तरिकाले र निश्चित हल्लने तरिकाले प्रार्थना गरेको आदि कुरालाई निकै महत्त्व दिँदै देखाउँछन्। उनीहरू खानपीनका नियम (कोशर) पालन गर्छन् तर बाइबलले भनेको भन्दा धेरै पर जान्छन्। जस्तै बाख्राको पाठोलाई आमाको दूधमा नउमाल्नू भनिएको छ (व्यवस्था १४:२१)। यहूदी परम्पराले यसमा थपेर दूध वा दूधबाट बनेको चीजजस्तो कुनै कुरासित खाइनु हुँदैन भन्छ। (चीजबर्गर खान नपाइने!) परमेश्वरको व्यवस्थाले यो भनेको छैन। यो मान्छेको व्यर्थको परम्परा हो जो परमेश्वरको पवित्र व्यवस्थामा थपियो। येशूको समयमा जस्तै, आज पनि यहूदीहरू भुसुनालाई चाल्छन् तर ऊँटलाई निल्छन् (मत्ती २३:२४)।

इस्राएलको आत्मिक अन्धापना पुरातत्त्वको अध्ययनमा प्रत्यक्ष देखिन्छ। बाइबलको सत्यताको पक्षमा प्रमाणहरू भेट्टाउने काममा अग्रपन्थीमा हुनुपर्ने यहूदी पुरात्त्वविदहरू सबैभन्दा  उग्र शत्रुका रूपमा खडा छन्। हामीलाई बताइएको छ कि तेल अबीबका पुरातत्त्वविदहरू बाइबलीय सन्देहवादको अग्रपन्थीमा छन्। एबाल डाँडा (Mt. Ebal) मा रहेको यहोशूको वेदीलाई उत्खनन गरेका आदम जर्टाल (Adam Zertal) ले स्टिभ रड (Steve Rudd) लाई यो बताए कि “इस्राएलका विभिन्न विश्वविद्यालयहरूमा रहेका प्राध्यापकहरू नै पुरातत्त्व क्षेत्रमा रहेका सबभन्दा बाइबल-विरोधी तत्त्वहरू हुन्” (“Joshua’s Altar”, https://www.bible.ca/archeology/bible-archeology-altar-of-joshua.htm)

तर उसको अन्धापनाको बाबजुद नै इस्राएलले बाइबल भविष्यवाणी पूरा गर्दैछ। ऊ भूमिमा फर्केको छ अनि तेस्रो मन्दिर निर्माण गर्ने तयारीमा छ जुन कुरा बाइबलमा भविष्यवाणी गरिएको छ। बाइबलको ईश्वरीय प्रेरणाको मौन गवाहीको रूपमा, टेम्पल माउन्ट (Temple Mount) को पारिपट्टि ठिक अघिल्तिर एउटा २० लाख डलरको सुनको सामदान खडा छ, तेस्रो मन्दिरको पर्खाइमा। बाइबलले बताउँछ कि यो मन्दिरमा ख्रीष्टविरोधी बस्नेछ (मत्ती २४:१५; २ थेस्सलोनिकी २:४)। 

इस्राएल पुनर्जीवित पारिने काम महासङ्कष्टको समयमा हुनेछ जोचाहिँ मण्डलीयुगका पवित्र जनहरूको र्‍याप्चरपछि हुनेछ।


साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।






पिकनिक जाने कमिला

पिकनिक जाने कमिला

बालबालिका विशेष

हान् राजा सुलेमानले दुईओटा अवसरमा त्यो सानो कमिलातिर हाम्रो ध्यान आकर्षण गरेका छन् यस हेतुले कि हामीले त्यसबाट केही शिक्षारूपी फाइदा उठाउन सकौं। हितोपदेश ६:६ मा उनले लेख्छन्,

 “हे अल्छे, कमिलाकहाँ जा; त्यसका चालहरू विचार गर् र बुद्धिमान् बन्।”

अलि पछि गएर हितोपदेश ३०:२५ मा उनले लेख्छन्,

 “कमिला, जो बलियो जाति होइन, तर पनि ग्रीष्मऋतुमै आफ्नो खानेकुराको प्रबन्ध गर्छन्” 

यी बुद्धिमान र असल राजाले हामीलाई एउटा विद्यालयको विद्यार्थी जस्तो बनेर कमिलाकहाँ जान सल्लाह दिएकाले हामीएकछिन त्यसै गरौं। म निश्चित छु कि यो ज्यादै रोचक अनुभव हुनेछ।

कसैले यो भनेका छन् कि कमिला संसारकै सबभन्दा व्यस्त जाति हुन् तरैपनि हरेक पिकनिकमा टुप्लुक्क आइपुग्न ऊसित समय हुन्छ। कति चाँडै कमिलाहरूले खानेकुरा भेट्टाउँछन् – तिमीहरूले ख्याल गरेका छैनौ र? उनीहरू एक-एक पिकनिक स्पटमा पुगेकै हुन्छन्। उनीहरूले खानेकुरा भण्डारन गर्ने एक-एक ठाउँ पनि खोजेर छाडेकै हुन्छन्। उनीहरू मह र जाम मनपराउँछन्। उनीहरू चिनी र चास्नीमा रमाउँछन् र यस्ता चीजहरू उसदेखि जोगाएर राख्नु सजिलो छैन। उनीहरू आफ्ना सबै काम कडा परिश्रम र जाँगर लगाएर गर्छन्। तिनीहरू “दिन हुँदा-हुँदै” (यूहन्ना ९:४) काम गरिहाल्छन् र रातमा घर बस्छन्, जस्तो सबै ज्ञानी बाबुनानीहरूले पनि गर्नुपर्छ।

सुलेमानको अर्तीलाई मैले एक दिन अलिक गम्भीर रूपमा लिएँ। त्यसैले पिकनिक गर्न परिवारसित यात्रा गर्दै एउटा पार्कमा पुगें अनि साथमा एउटा आइग्लास पनि लगें। पर्याप्त खोजीपछिघाँसभित्र-भित्रै मैले कमिलाले बनाएको एउटा सानो बाटो भेट्टाएँ। उक्त बाटोको एकापट्टि भुइँमा लम्पसार परेर म श्रीमति कमिलाको बाटो हेरी बसें। कुरा के भने, पिकनिक जाने सबै कमिलास्त्री जाति हुन्छन्। योचाहिँ “काम जति दिदीबहिनीले गरून्” भन्ने जस्तो संसार पर्‍यो। पुरुष कमिला जमिनमुनि रहन्छन्। उनीहरू बाल-बच्चालाई हेर्छन् र घरको कामधाम गर्छन्। (अबसुलेमानले त त्यसो गरी बस्नु परेन। उनलाई सघाउने थुप्रै थिए।) म धेरै बेर पर्खीबस्नु परेन। एउटी रूपवती कमिला म्याम, नास्ताको खोजीमा बाटोमा खुरुखुरु हिँड्दै आइन्। मैले तुरुन्तैउसको बाटोको छेवैमा रोटीको एक टुक्रा राखें अनि मेरी सानी पाहुनाले छिट्टै त्यसलाई भेट्टाइन्। तिनले आफूले बोक्न सक्ने जति लिइन् र आफ्नो बहुमूल्य भारी बोकेर आफू आएकी बाटोहुँदै घर फर्कन थालिन्। एकैछिनमा अर्की कमिलाले तिनलाई भेटिन् अनि उक्त भेटघाट हुँदा मैले देखेको दृश्य मेरो निम्ति अति मनमोहक बन्यो। पहिलो कमिलाले आफ्नो रोटीको टुक्राकोभारी बिसाउँछिन् अनि आफ्ना अघिल्तिरका खुट्टाले दोस्रो कमिलाको जीउलाई हल्का छुन्छिन् र कुन तरिकाले हो कुन्नी आफूले भेट्टाएको कुरा कहाँबाट ल्याएकी हुँ भन्ने असल खबरकोजानकारी दिने काम गर्छिन् तिनले। मलाई के अचम्म लाग्यो भने भुइँमा पहिलो कमिलाले बिसाएकी रोटीको टुक्रालाई कब्जा गर्न दोस्रो कमिलाले कुनै प्रयास गरिनन्। कमिला नम्बर दुईलेरोटीको भारी बोकेर बाटो लाग्न थाल्दैगर्दा मैले दुईटैलाई अवलोकन गरें। प्रत्येक पटक ठीक उस्तै प्रदर्शनी दोहोरियो अनि प्रत्येक पटक भुइँमा बिसाइएको रोटीको टुक्रालाई हस्तक्षेपगरिएन।

यो कति असल पाठ हो, हाम्रा हृदयका लागि। कुखुरा वा कुकुर, सुँगुर वा बाँदर भएको भए, अर्कोले बिसाएको खानेकुराको टुक्रालाई त्यसले च्याप्प पारेर सुइँकुच्चा ठोक्छ। कमिलालेयस्तो शर्मलाग्दो साहस गर्न जानेकी छैन। उसले अर्काको अधिकारलाई आदर गर्छे। उसले सम्पत्तिमाथिको स्वामित्वलाई स्वीकार गर्छे। तिनीहरूले सबै स्वार्थलाई इन्कार गर्छन्।

ती कमिलाहरू बहुमूल्य भारी बोक्दै घरतिर फर्कैँदा गर्दा, उनीहरूले यति धेरैलाई आफूले भेट्टाएको कुराको बारेमा बताए कि चाँडै कमिलाको एउटा ताँती नै यात्रामा उत्रिएर निस्के अनि धेरैबेर नबित्दै रोटीको पुरै टुक्रा सुरक्षित रूपमा हिउँद ऋतुको लागि उनीहरूको जमीनमुनिका घर-घरमा भण्डारन गरिए।

त्यसरी नै परमेश्वरको असल सुसमाचार फैलिएँदै आएको छ। एकजना मान्छे जीवनको रोटीकहाँ आइपुग्छ र तृप्त हुने गरी खान्छ अनि त्यसपछि आफूले भेट्टाएको उदेकको धनको बारेमाआफूले भेटेका जति सबैलाई बताउन ऊ आफ्नो बाटोमा लाग्छ। मुखले र कलमले यो खबर फैलाइन्छ कि ख्रीष्ट येशू जीवनको रोटी हुनुहन्छ। तब हजारौं-हजारौं उहाँकहाँ आएका छन् र अरूपनि आउँदैछन् अनि यो थाहा पाउँदैछन् कि उनीहरूलाई आधा पनि बताइएको रहेनछ।

हरेक कमिलाका चार जोडी कान हुन्छन् (कोहीकोही बाबुहरूलाई यस्तो लाग्न सक्छ कि उनीहरूका अन्टीका १६ जोडी कान छन्)। एक जोडी कान अघिल्तिरका दुई खुट्टामा हुन्छन्, अर्कोजोडी पेटमा। अर्को जोडी छातीमा हुन्छन्, अनि अर्को जोडी टाउकोमा। परमेश्वरले अनुग्रह गरीकन यस सानो किरालाई असाधारण खालको सुन्ने क्षमता दिनुभएको छ किनकि ऊ यति सानोछ कि उसले धेरै पर देख्न सक्दैन जसले गर्दा उसले आफूलाई खतरादेखि जोगाउन सक्दैन। एउटा सानो कमिलाप्रति परमेश्वरको यस्तो वास्ता हामी देख्छौं भने त्यस्तै ठूलो हात्तीको निम्तिपनि उहाँको वास्ता छ। अनि उहाँले तिम्रो पनि वास्ता गर्नुहुन्छ, तिमी जति सानो भए पनि वा कमजोर भए पनि वा तिमीले आफूलाई म केही होइन जस्तो लागे पनि। उहाँले तिम्रो जीवनकोएक-एक पलको वास्ता गर्नुहुन्छ अनि उहाँ तिमीबाट तिम्रो हृदयको सम्पूर्ण भक्ति र भरोसा चाहनुहुन्छ।

कमिलाहरू गर्मी याममा ज्यादै परिश्रमी र जागरूक हुन्छन् किनभने उनीहरू यो जान्दछन् कि हिँउद ऋतु आउँदैछ र त्यसबेला पिकनिक सबै बन्द हुन्छन्। उनीहरू जमिनमा तुसारो वा हिउँ परेकोबेला बाहिर निस्कने आँट गर्दैनन्। कठाङ्ग्रिने ठण्डीमा घर छोडेर बाहिर जानु हुँदैन भन्ने कुरा उनीहरूलाई राम्ररी थाह छ। कुनै स्रोतबाट उनीहरूले थाह गरेका छन् कि बरफ जस्तै बनेको  खानेकुरालाई न बोक्न सकिन्छ, न त्यो टाँस्सिएको भुइँदेखि खुकुलो बनाई त्यसलाई थुत्न सकिन्छ। कहाँबाट सिके कमिलाहरूले यी आवश्यक ज्ञानहरू? के कुनै नास्तिक वा अविश्वासीलेकतै, कुनै बेला कमिलाहरूलाई भविष्यको बारेमा सिकाउने एउटा विद्यालय खोलेका थिए र? यी विद्वान मानिसहरू कृपया उठेर आईकन हामीलाई बताइदिन सक्नुहुन्छ कि कसरीकमिलाहरू यति बुद्धिमान बने? सायद, जब किमला, हात्ती, गोही, कुकुर जाति जब सुरुको कथित एककोषीय जीवबाट एकअर्काबाट छुट्टिए तब उनीहरूले आपसमा यसरी-यसरी हामीफरक-फरक तरिकाले जिउने गरौं भनेर काम विभाजन गरे र आफैलाई त्यसरी-त्यसरी जिउनलाई सिकाए कि? सत्य कसलाई थाह छ? हाम्रा केही महान् विश्वविद्यालयहरूबाट केहीप्राध्यापकहरूलाई जम्मा गरौं अनि उहाँहरूले यो रहस्यको गाँठो खोलिदऊन् नि। “के यस संसारको बुद्धिलाई परमेश्वरले मूर्ख तुल्याउनुभएन र?” (१ कोरिन्थी १:२०)  देशभरिका नियमकानूनबनाउनेहरू, हास्यव्यङ्ग छाँट्नेहरू, खेलकुदका विषयमा लेख्नेहरू, पैसा कमाउनेहरू र उनीहरूका साथमा सबै शिक्षकहरू र प्राध्यापकहरू अनि उनीहरूको साथमा सबै राजनैतिक नेताहरू रदेशमा भएका बाइबल विश्वास नगर्ने प्रचारक भनाउँदाहरू सबै मिलेर पनि एउटा मरेको कमिलालाई जीवन दिन सक्दैनन् न ता त्यसलाई कसरी जिउनुपर्छ भनेर सिकाउन नै सक्छन्। हाम्राएक जीवित परमेश्वर हुनुहुन्छ जो आफ्नो सिंहासनमाथि विराजमान हुनुहुन्छ अनि उहाँलाई यसको बारेमा सबै कुरा थाहा छ। उहाँले सक्नुहुन्छ र उहाँले गर्नु पनि हुन्छ।

परमेश्वर मोशासित खुशी हुनुभयो किनभने मोशाले आउनलागेको परमेश्वरको न्यायको भयानक खबरलाई विश्वास गर्‍यो र ढोकाको चौकोसमा पाठोको रगत छर्केर न्यायबाट बच्ने उपायलाईअपनायो। उसलाई यो थाह थियो कि नाश गर्ने परमेश्वरको दूत मध्यरातको समयमा मिश्रदेश भएर जानेछ र आ-आफ्नो घरको चौकोसमा रगत नछर्कनेको जेठाचाहिँ मारिनेछ। मोशालाई योथाहा थियो कि उसको आफ्नै घर पनि छोडिनेछैन। ऊ जतिसुकै महान् भए तापनि, ऊ जतिसुकै असल भए तापनि उसलाई यो थाह थियो कि उसको घरलाई रगतद्वारा सुरक्षित गरिनुपर्छ।उसले परमेश्वरलाई विश्वास गर्‍यो, एउटा पाठोको रगत बहायो अनि ढोकाको चौकोसमा रगत लगायो अनि उसको घर-परिवार बच्यो।

नूहसित पनि परमेश्वर खुशी हुनुभयो किनभने नूहले यो विश्वास गर्‍यो कि परमेश्वरको न्याय र क्रोध आउन लाग्दैछ र उसले त्यसको लागि तयारी गर्‍यो। उसले कमिलाले जस्तै गर्‍यो।आउनलागेको जलप्रलयका निम्ति उसले तयार गर्‍यो। उसले एउटा जहाज बनायो। उसले परमेश्वरको वचनमाथि विश्वास गर्‍यो र उसलाई दिइएको आज्ञा बमोजिम ऊ जहाजभित्र पस्यो।कमिलाले सिकाउने पाठ उसले सिकेको थियो।

लकडाउनको खबर जब प्रसारण हुन थालेको थियो तब धेरैले अघिबाटै चाहिने बस्तुको पुग्दो जोरजाम गर्न थाले। गाउँघरमा हिउँदको समयमा आउन लागेको वर्षा यामलाई पुग्ने गरीदाउराको जोहो गरिन्छ। शहरमा मानिसहरू जीवन बिमा किन्छन् र भविष्यको मृत्युका लागि तयारी गर्छन्। भविष्यमा आउने भू-कम्पबाट आफू बच्नलाई मान्छेले विशेष किसिमले घर निर्माणगर्छन्। आउन लागेको परमेश्वरको क्रोधबाट बच्न ख्रीष्ट येशू नै हाम्रो निम्ति एकमात्र शरणस्थान हुनुहुन्छ। बाबुनानीहरू हो, कमिला जस्तै बुद्धिमान हुनलाई म तिमीहरूलाई एकदम आग्रहगर्छु। केही बेरमा आउन लागेको परमेश्वरको न्यायको लागि अहिले नै तयार गर।

Translated and adapted by Pradesh Shrestha from Uncle Walter’s Animal Stories.






छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू

छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू

  • के बाबुआमाहरूले छोराछोरीलाई ईश्वरीय तालीम दिने कामलाई प्रमुख प्राथमिकता र लक्ष्य बनाएका छन्?
  • आफ्‍ना छोराछोरीहरूले नयाँ जन्म पाऊन् भन्ने हेतुले के बाबुआमाहरूले गर्न सक्ने सबै कुराहरू गरिरहेका छन्?
  • के बाबुआमाहरूको ख्रीष्टियन जीवन नियमित र एकनास खालको छ?
  • के बाबुआमाहरू प्रभावकारी खालको व्यक्तिगत बाइबल अध्ययन गर्ने गर्छन्?
  • के उनीहरू देनिक रूपमा पारिवारिक सङ्गति गर्छन्?
  • के उनीहरू एउटा खाँटी मण्डलीमा विश्वासयोग्य छन्?
  • के बाबुआमाहरूले त्यस्ता कुनै पनि प्रत्यक्ष पापलाई ठाउँ नदिई जिउँदैछन् जसले नत्र उनीहरूको अनुशासन कार्यलाई थाहा नपाउने गरीकन दुर्बल बनाउनेथ्यो?
  • के पति र पत्नीको प्रभुमा सँगसँगै एउटा स्वस्थ पारस्परिक सम्बन्ध छ?
  • के बुबा घरको आत्मिक शिरको रूपमा सक्रिय छन्?
  • के बुबाले आफ्नी पत्नीलाई प्रेम गर्ने र उनीसित मन खोलेर कुरा गर्ने, कुरा सुन्ने गर्ने गर्छन्?
  • के पत्नीमा एउटा ईश्वरीय र अधीनताको आत्मा छ?
  • के आमा “घर सम्हाल्ने” व्यक्ति छिन्?
  • के उक्त घर आत्मिक सङ्गीतले भरिएको छ?
  • के नानीहरूलाई प्रभावकारी ढङ्गले अनुशासन गरिँदैछ र के छडीलाई अनुशासन पद्धतिमा ठीकसित प्रयोग गरिँदैछ?
  • के अनुशासन नियमित (अविरोधी) रूपमा गर्ने गरिएको छ?
  • के अनुशासन दृढतापूर्वक गर्ने गरिएको छ?
  • के आज्ञापालन उत्पन्न गराउन छडीलाई पर्याप्त बलका साथ प्रयोग गरिँदैछ?
  • के छोराछोरीहरूलाई आज्ञापालन र अधिकारप्रति आदरभाव सिकाइँदैछ?
  • के छोराछोरीहरूलाई असल मनोभाव कायम राख्न सिकाइँदैछ?
  • के छोराछोरीहरूलाई पटक-पटक चेतावनी दिने काम नगरीकन बरु छिट्टै आज्ञापालन गर्न सिकाइँदैछ?
  • के अनुशासन प्रेममा गरिँदैछ?
  • के बाबुआमाहरूले छोराछोरीलाई रिसमा अनुशासन गर्नदेखि आफूलाई जोगाउँदैछन्?
  • के छोराछोरीहरूलाई उनीहरूले अनुशासनको विरोध गर्न वा मुख लाग्न पाउँदैनन् भनेर सिकाइँदैछ?
  • के छोराछोरीहरू बाइबलको जगमा बसालिँदैछन्? के उनीहरूलाई आफ्‍नै व्यक्तिगत दैनिक बाइबल अध्ययन गर्ने बानी हुन सिकाइँदैछन्?
  • के छोराछोरीहरूलाई बाइबल अध्ययन गर्न र बाइबलको अर्थ प्रकाशन गर्न सिकाइँदैछन्?
  • के बाबुआमाहरू आफ्‍ना छोराछोरीहरूसित घनिष्ट कुराकानी गर्ने अवस्थामा छन्?
  • के बुबा र आमा छोराछोरीका सामु एउटै मनसित व्यवहार गर्दैछन्?
  • के बाबुआमाहरूले छोराछोरीका हृदयहरू आफूतिर कामय राख्दैछन् र सुरक्षित राख्दैछन्?
  • के बुबा आफ्‍ना छोराछोरीलाई रिस नउठाउन होशियार छ?
  • के बाबुआमाहरूले छोराछोरीका जीवनहरूका सबै क्षेत्रहरूमाथि नजिकबाट निगरानी राखिरहेका छन्?
  • छोराछोरी तन्नेरी भएका छन् भने के बाबुआमाहरू उनीहरूसित अझै घनिष्ट कुराकारनी गर्ने र उनीहरूका जीवनहरूलाई निगरानी राख्ने गर्दैछन्?
  • के बाबुआमाहरू आफ्‍ना छोराछोरीका सामु इमानदार छन् र आवश्यक पर्दा आफ्‍ना पाप र भूलहरूलाई स्वीकार गर्ने गर्छन्?
  • के छोराछोरीहरूलाई नियम र प्रतिबन्धहरूको बाइबलीय आधार सिकाइँदैछ?
  • के तिनीहरूलाई दैनिक जीवनहरू र निर्णयहरूमा बाइबललाई लागु गर्न सिकाइँदैछ?
  • के बाबुआमाहरू छोराछोरीहरूका निम्ति दैनिक रूपमा र यत्नपूर्वक प्रार्थना गरिरहेका छन्?
  • के छोराछोरीहरूलाई संसारका खराब कुराहरू जस्तै बलिऊड, पप सङ्गीत, अभद्र फेशन र अस्वस्थ भिडियो गेमहरू तथा पढ्ने कुराहरूबाट अलग राख्दैछन्?
  • के इन्टरनेटको सम्पूर्ण प्रयोग ईश्वरीय नियन्त्रणमुनि रहेको छ?
  • के छोराछोरीहरूलाई प्रभुको सेवा कसरी गर्ने भनेर सिकाइँदैछ? के उनीहरू सेवकाइमा संग्लग्न छन्?
  • के छोराछोरीहरू एउटा खाँटी, आत्मिक रूपमा स्वस्थ बाइबलीय मण्डलीमा छन्?
  • के बाबुआमाहरू मण्डलीका मानदण्डहरूलाई समर्थन गर्दछन्?
  • के छोराछोरीहरू एउटा स्वस्थ ख्रीष्टियन स्कूलमा वा होमस्कूलमा पढाइँदैछन्?

साभार: David Cloud, Keeping the Kids, Way of Life Literature (2010)






Sharing Policy

Sharing Policy

यस वेबसाइटमा प्रकाशन गरिएको कुनै पनि सामग्रीलाई अनुमति बिना अन्य वेबसाइटमा प्रकाशन गर्न मनाही छ। साथै यदि यस वेबसाइटको कुनै पनि सामग्रीलाई छापेर वितरण गर्न चाहनुहुन्छ भने अनिवार्य उक्त छापिएको प्रतिलिपिमा उक्त सामग्री यस वेबसाइटबाट कपि गरिएको हो भन्ने कुरालाई जनाउनु आवश्यक छ। अनुमतिको लागि info@wordoftruth.com.np मा हामीलाई लेख्नुहोला।

यस वेबसाइटसँग सम्बद्ध @wordoftruthnepal को YouTube च्यानलबाट कुनै पनि सामग्री डाउनलोड वा सेयर गर्न मनाही छ, जबसम्म उक्त सामग्री URL लिंकको माध्यमबाट मात्र सेयर गरिएको छैन। सामग्रीलाई कुनै पनि अन्य वेबसाइट वा सामाजिक सञ्जाल सेवाहरूमा क्रेडिटसहित वा बिना क्रेडिट पोस्ट गर्न मनाही छ, जबसम्म यो fair use सामग्री नीति अन्तर्गत प्रयोग गरिएको छैन। धन्यवाद।

The reproduction of any content published on this website on other websites without permission is strictly prohibited. Additionally, if you wish to print and distribute any material from this website, it is mandatory to indicate that the material was copied from this website on the printed copy. For permission requests, please write to us at info@wordoftruth.com.np.

The downloading or sharing of any content from the associated YouTube channel, @wordoftruthnepal, is strictly prohibited unless the content is shared via its URL link. Posting the content on any other websites or social media platforms, with or without credit, is prohibited unless it falls under the fair use content policy. Thank you.

३ शिक्षा कि भ्रम

पाठ ३

शिक्षा कि भ्रम

 

शिक्षा

शिक्षा शब्दको अर्थ हो सिकाइने वस्तुको सङ्गालो। येशू ख्रीष्टको मण्डली मानिसहरूको शिक्षा, सिद्धान्त, राय वा विचारहरूमा बनाइएको छैन, तर यो त परमरेश्वरको शिक्षामा बनाइएको छ:

परमेश्वरको शिक्षाको एउटा चरित्र हो, सत्यता। पवित्र आत्मा (मण्डलीको शिक्षक) लाई “___________को आत्मा” भनिएको छ (यूहन्ना १६:१३) र उहाँलाई पछ्याउनेहरूलाई उहाँले “सबै ___________” डोर्याउनुहुन्छ (यूहन्ना १६:१३)। उहाँले कहिल्यै पनि झूटा कुरा सिकाउनुहुन्न र उहाँले कहिल्यै पनि कसैलाई भड्काउनुहुन्न।प्रभु येशू ख्रीष्टलाई मण्डलीको शिर भनिएको छ, र उहाँले आफू नै सत्यताको साकार रूप भएको दाबी गर्नुभयो, “बाटो, ____________ र जीवन म नै हुँ” (यूहन्ना १४:६)। उहाँले कहिल्यै पनि आफ्नो मण्डलीलाई भड्काउनुहुन्न। 

येशू ख्रीष्टको मण्डलीले एउटा पुस्तकलाई पछ्याउँछ, त्यो हो बाइबल। यही एउटा पुस्तकमा मण्डलीलाई चाहिने सबै अर्ती, शिक्षा, अगुवाइ र बुद्धि हामीले पाउँदछौं। के बाइबलले कहिल्यै हामीलाई भड्काउनेछ? येशूले भन्नुभयो, “तपाईंको वचन _____________ छ” (यूहन्ना १७:१७)। बाइबललाई “___________को वचन” भनिएको छ (२ तिमोथी २:१५)। 

जब सम्म विश्वासीहरू सत्यको परमेश्वरसत्यको वचनसँग टाँसिरहन्छन्, उनीहरू सुरक्षित् रहन्छन् र भड्किनेछैनन्। 

भ्रम

भ्रममा परेको व्यक्ति छलिएको वा धोकामा परेको हुन्छ। ऊ सत्यताबाट अन्तै डोर्याइएको छ र उसले झूटलाई अङ्गालेको छ। २ थेस्सलोनिकी २:९-१२ मा महासङ्कष्टकालको समयमा यस संसारमा जिउने मानिसहरूको बारेमा सिकिन्छ। यी मानिसहरूले सत्यतालाई स्वीकार गर्नेछन् कि इन्कार गर्नेछन् (२ थेस्सलोनिकी २:१०)? __________________ उनीहरूले के विश्वास गर्नेछन् (२ थेस्सलोनिकी २:११)? ____________________ के उनीहरू भ्रममा परेका छन् (२ थेस्सलोनिकी २:११)? ____________ उनीहरू के विश्वास गर्न इन्कार गर्छन् (२ थेस्सलोनिकी २:१२)? __________________ यी अविश्वासीहरूको तुलनामा, पावलले बताउँछन् कि साँचो विश्वासीहरू ती हुन् जसले “स_________” विश्वास गर्नेछन् (२ थेस्सलोनिकी २:१३)। 

शैतान नै भ्रमको मालिक हो। प्रभु येशूले शैतानलाई यसरी व्याख्या गर्नुभयो, “त्यो शुरुदेखि नै हत्यारा थियो, अनि _____________ रहेन, किनभने त्यसमा ______________ छँदै _______। जब त्यसले __________ बोल्दछ, तब त्यो आफ्नैतर्फबाट बोल्दछ; किनकि त्यो ___________ हो र झूटको __________ हो” (यूहन्ना ८:४४)। 

शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट अन्तै डोर्याउन र लैजान चाहन्छ। ऊ छल गर्न, धोकामा पार्न र भ्रममा पार्न चाहन्छ। उसले झूटो शिक्षाद्वारा परमेश्वरको शिक्षाको ठाउँ ओगट्न चाहन्छ। “साँचो (स्वस्थ) शिक्षा” को सट्टामा (१ तिमोथी १:१०; तीतस १:९; २:१), उसले मानिसहरूलाई विषालु शिक्षाहरूलाई (उनीहरूको अनन्त विनाश) विश्वास गर्न तर्फ डोर्याउन चाहन्छ। शैतानले परमेश्वरको सत्यताको विरुद्धमा अटल युद्धको फुत्कार छोडेको छ र यो युद्ध पुरुषहरू र स्त्रीहरूको हृदयहरूमा चलिरहेको छ। रोजाइ यहाँ छ:

मानिसहरूको हृदय कब्जा गर्ने यो युद्धले हामीमध्ये हरेकलाई प्रभाव पार्दछ। तपाईं कुन धरातलमा खडा हुनुहुन्छ? के तपाईं परमेश्वरको सत्यतामा खडा हुनुहुन्छ कि शैतानका भ्रमहरूमा? होशियार, नत्रता तपाईंले परमेश्वरको सत्यतालाई मानिसहरूका भावहरू, विचारहरू र धारणाहरूसँग साट्नुहोला। बहकिएर जानु निकै सजिलो छ। धोका खानु निकै सजिलो छ। सत्यतालाई हातबाट छोड्नु र शैतानका झूटहरूमा टाँसिनु एकदम सजिलो छ। 

होशियार!

शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट र सत्यताको परमेश्वरबाट अन्तै डोर्याएर लैजान चाहन्छ। बाइबलले हामीलाई यसको बारेमा थुप्रै, थुप्रै ठाउँहरूमा चेताउनी दिँदछ। 

प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “__________ ________________ होसियार बस” (मत्ती ७:१५)। साँचो भविष्यवक्ता परमेश्वरको अधिवक्ता वा परमेश्वरको मुख जस्तै हो। उसले परमेश्वरको वचनको घोषणा गर्दछ। झूटा भविष्यवक्तालाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ? के उनीहरू बाहिरबाट हेर्दा खतरापूर्ण देखिन्छन् (मत्ती ७:१५)? ____________ के उनीहरू साँच्चै खतरापूर्ण हुन्छन्? ___________ के झुटा भविष्यवक्ताहरूलाई प्रयोग गरेर धेरैलाई धोका दिन र भ्रमित् पार्न शैतान सफल भएको छ (हेर्नुहोस् मत्ती २४:११, २४)? ___________ के पावलले तीतसलाई छलीहरूको बारेमा चेताउनी दिए (तीतस १:१०)? _________

के आज हाम्रो संसारमा धोका दिनेहरू छन्? के आज हामीले धोका र भ्रमहरूजस्ता समस्या भोगिरहेका छौं? २ तिमोथी ३ अध्यायमा पावलले तिमोथीलाई भने, “अन्तिम दिनहरूमा” (१ पद) “दुष्ट मानिसहरू र बहकाउनेहरू धोका दिँदै र ________ खाँदै _______________ ____________ हुँदै जानेछन्” (१३ पद)। उनीहरूले अरूलाई धोका दिनेछन् र आफैं पनि धोका खानेछन्। उनीहरूले अरूलाई मूर्ख बनाउनेछन् र उनीहरू आफैं पनि मूर्ख बन्नेछन्। उनीहरूले छल खुवाउनेछन् र आफैं पनि छल खानेछन्। के आज हाम्रो संसारमा यस प्रकारका मानिसहरू छन्? के उनीहरूमध्ये कसैले कुनै पुस्तकहरू पनि लेख्छन्? के उनीहरूमध्ये कसैले ख्रीष्टिय पत्रिकाहरूमा लेखहरू लेख्छन्? के उनीहरूमध्ये कसैले रेडियो वा टेलिभिजनमा पनि बोल्छन्? के उनीहरूमध्ये कोही पुल्पीटहरूमा उभिएर प्रचार गर्छन्?

साँचो शिक्षामा टाँसिरहनु भनेर विश्वासीहरूलाई बारम्बार बताइएको छ। हामीले कहिल्यै पनि सत्यतालाई छोड्नुहुँदैन। हामी कहिल्यै पनि परमेश्वरको शिक्षाबाट हट्नुहुँदैन। पावलले तिमोथीलाई “त्यहाँका कतिजनालाई अर्कै किसिमको ___________ ______________” (१ तिमोथी १:३) भनेर बताएका थिए। केवल साँचो (स्वस्थ) शिक्षा मात्र सिकाइनुपर्छ। परमेश्वरको शिक्षा मात्र घोषणा गरिनुपर्छ। हरेक अन्य शिक्षाचाहिँ झूटो र विषालु शिक्षा हो। के परमेश्वरको शिक्षाबाट अन्तै फर्केका केही मानिसहरूमा बारेमा पावल जानकार थिए (१ तिमोथी १:६)? _______________________ सिकाइनुपर्ने एउटै मात्र वचनहरू वा शिक्षा के हो (१ तिमोथी ६:३)? _____________________________________________________________

परमेश्वरको सत्यता शिक्षकबाट विद्यार्थीलाई र प्रचारकबाट श्रोतालाई सुम्पिइनुपर्छ। परमेश्वरको सत्यतामा केही पनि थप्नुहुँदैन र केही पनि हटाउनुहुँदैन। पूरै बाइबल सिकाइनुपर्छ—त्यो भन्दा ज्यादा पनि होइन र कम पनि होइन। पूरै बाइबलबाट थोरै भाग हटाएर सिकाइयो भने कस्ता समस्याहरू आउन सक्छन्? पूरै बाइबलमा थोरै भाग थपेर सिकाइयो भने कस्ता समस्याहरू आउन सक्छन्? अर्कै किसिमको कुनै पनि कुरा सिकाइनुहुँदैन। उही सत्यता (परमेश्वरको सत्यता) र उही पुस्तक (परमेश्वरको पुस्तक, बाइबल) लाई होशियारीपूर्वक सिकाइनुपर्छ र अरूलाई सुम्पिइनुपर्छ (तुलना गर्नुहोस् २ तिमोथी २:२)। 

धोकेबाज शैतान आफ्नो काममा व्यस्त छ!

धेरै समय अगाडि शैतानले बगैंचामा कसलाई छल गर्‍यो (२ कोरिन्थी ११:३)? ______________ त्यस समय यता मानिसहरूलाई छल गर्न ऊ व्यस्त छ। ऊ निकै सफल पनि भएको छ! उसका खेतालाहरू थुप्रै छन् (२ कोरिन्थी ११:१३)। उसले त्रुटिलाई अति मनोहर दखा पर्ने र अन्धकारलाई अति ज्योतिर्मय देखा पर्ने तुल्याउँछ (२ कोरिन्थी ११:१४)। शैतानका सेवकहरू अति धर्मी देखा पर्छन् (२ कोरिन्थी ११:१५)। कतिको नामको अगाडि त रेभरेन्ट (सम्माननिय) पनि लगाइएको हुन्छ र उनीहरू हरेक शनिबार पुल्पीटमा उभिन्छन् र मानिसहरूलाई प्रचार गर्छन्। उनीहरूको समस्या एउटै मात्र छ। तिनीहरूले सत्यता प्रचार गर्दैनन्!

१ तिमोथी ४:१ मा वर्णन गरिएझैं शैतानको कार्यलाई होशियारपूर्वक ध्यान दिनुहोस्:

शैतानले मानिसहरूको सामु आफ्नो शिक्षालाई आकर्षक देखाउँछ र धेरैजना उसको झूटमा फस्छन्। प्याकेटमा राखेर बेचिएका खाने कुराहरू आकर्षक त देखिएलान् र स्वादमा मीठो पनि होला तर यदि मानिसहरूले अरू केही नखाएर चकलेट र कुरकुरे मात्र खाने हो भने धेरै मानिसहरूको स्वास्थ्य बिग्रन पुग्छ। शैतानको शिक्षा आकर्षक होला तर ती विषालु हुन्छन्। साँचो स्वस्थ शिक्षा केवल परमेश्वरको वचनमा मात्र पाइन्छ।

कसरी शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट अन्तै बहकाउन सफल भयो भन्ने कुरा गलाती १ अध्यायबाट जान्न सकिन्छ:

नयाँ नियमको पुस्तकहरूमा परमेश्वरले मानिसहरूलाई उहाँको सत्यताबाट हटेर शैतानको धोकालाई विश्वास गर्न सक्ने खतराहरूको बारेमा चेताउनी दिनुभएको छ। निम्न जोडा मिलाउने काम गर्दा तपाईंले ती मध्ये केही चेताउनीहरूलाई देख्नुहुनेछ:

१.__________ तपाईंलाई बहकाउन खोज्नेहरू हुनेछन्। क. कलस्सी २:४
२.__________ तपाईंलाई धोका दिन चाहनेहरू हुनेछन्। ख. १ यूहन्ना २:२६
३.__________ परमेश्वरको वचनलाई बिगार्नेहरू हुनेछन्। ग. २ पत्रुस ३:१६
४.__________ आफ्नै उद्देश्यको निम्ति पवित्रशास्त्रलाई टेंढामेढा पार्नेहरू हुनेछन्। घ. हिब्रू १३:९
५.__________ अनेकौं अनौठा शिक्षाहरूद्वारा यता र उता पार्न खोज्नेहरू हुनेछन्। ङ. २ कोरिन्थी २:१७

झूटा शिक्षाले स्थानीय मण्डलीको विनाश गर्न सक्छ भनी पावल जान्दथे, र त्यसैकारण तिनले यसको बारेमा मानिसहरूलाई दिनरात चेताउनी दिरहे (प्रेरित २०:३१)। मण्डलीलाई सत्य र स्वस्थ शिक्षा खुवाइनुपर्छ (प्रेरित २०:२८)। मण्डलीलाई सम्पूर्ण बाइबल खुवाइनुपर्छ (प्रेरित २०:२७)। मण्डलीलाई बाहिर र भित्र दुवै तर्फबाट आउने खतराहरूको निम्ति जागो राख्नुपर्छ। 

रोमी १६:१७-१८ मा पनि पावलले झूटा शिक्षकहरूको वयान गरेका छन्। के यी मानिसहरूले परमेश्वरबाट नै पाएका साँचो शिक्षा सिकाउँछन्? ______________ उनीहरूको प्रचार सुन्दा, के उनीहरूका शब्दहरू असल सुनिन्छन् र के तिनीहरूले केही उत्कृष्ट बुँदाहरू बनाएका देखिन्छन् (१८ पद)? ______________ के उनीहरूले साँच्चै ख्रीष्टको सेवा गर्छन्? _________ के हामीहरूले उनीहरूलाई पछ्याउनु हुन्छ (१७ पद)?

२ यूहन्नाको सानो पुस्तक पढ्नुहोस्। के यो पुस्तकमा झूटा शिक्षकहरूको बारेमा कुनै कुरा भेट्टाउन सक्नुहुन्छ? यी मानिसहरूले कस्तो खालको शिक्षा ल्याउँछन्? के यी मानिसहरूलाई कुनै पनि प्रकारले सहायता गर्नु ठीक हुन्छ? के मानिसहरू आफ्नो साथमा झूटो शिक्षा लिएर तपाईंको घरमा आउने गर्छन्? के झूटा शिक्षा र झूटा धर्महरूका मानिसहरूले तपाईंको घरको ढोका ढक्‍ढक्याउँछन्? झूटो शिक्षाको बारेमा प्रभु येशू ख्रीष्टले के सोच्नुहुन्छ (प्रकाश २:१५)? ______________________________________ जसरी शरीरको लागि आर्सेनिक विषालु हुन्छ, त्यसरी नै प्राणको निम्ति झूटा शिक्षा पनि विषालु हुन्छ। यो खतरापूर्ण हुन्छ!

पत्रुसले झूटा शिक्षकहरूको बारेमा के चेतावनी दिए (२ पत्रुस २:१)? के यी झूटा शिक्षकहरूलाई मानिसहरूले पछ्याउनेछन् भनी पत्रुसले सोच्दथे (२ पत्रुस २:२)? _________________________ मानिसहरूले परमेश्वरका वचनहरूको ठाउँमा मानवीय शिक्षालाई ठाउँ दिए भने शैतान सफल हुन्छ (हेर्नुहोस् मत्ती १५:९)। 

मानिसहरू किन झूटा शिक्षामा फस्छन्?

१. किनभने उनीहरूको चाहना यही नै हो!

पावलले तिमोथीलाई के प्रचार गर्नु भने (२ तिमोथी ४:२)? _____________________ उनी बाइबल बाहेक अरू केही पनि होइन तर पूरै बाइबल प्रचार गर्न चाहन्थे। किन थुप्रै मानिसहरू परमेश्वरको सत्यता (खाँटी शिक्षा) सुन्न चाहँदैनन् भनी २ तिमोथी ४:३ बाट हामी जान्न सक्छौं। शिक्षकहरूले आफूलाई सुन्नमा असल र राम्रो लाग्ने खालको प्रचार गरेको उनीहरू चाहन्छन्। उनीहरूले आफूलाई चोट पुर्याउने वा आफूलाई बाधा दिने कुनै पनि कुरा सुन्न चाहँदैनन्। कहिलेकाहीँ सत्यताले चोट पुर्याउँछ (कहिलेकाहीँ औषधी पनि निकै तितो लागेको जस्तै), तर चोट पुर्याए पनि वा नपुर्याए पनि हामीले सत्यता सुन्नु पर्छ। हामीलाई यो सँधै मन नपर्ला, तर हामीलाई सँधै यो चाहिन्छ। परमेश्वरको सत्यता हरेक पल्ट मानिसले खोजेको जस्तो नहोला, तर हरेक पल्ट उनीहरूलाई चाहिएको यही हो। परमेश्वरको वचनमा पाइने कुनै यस्तो शिक्षाको बारेमा सोच्न सक्नुहुन्छ, जुनचाहिँ निकै कठीन (निल्न एकदम गाह्रो) तर अति सत्य र आवश्यक हुन्छ?

२. किनभने मानिसहरू ख्रीष्टमा हुर्कन असक्षम हुन्छन्!

एफेसी ४:१४ लाई बिचार गर्नुहोस्। यी मानिसहरू झुटा शिक्षाको हरेक बतासद्वारा यता उता हुत्याइन्छन्। उनीहरू स्थीर छैनन्। यी बालकहरू (१४ पद) ब_______ पर्छ (१५ पद)! सत्यता नजान्नेहरूले आफैंलाई त्रुटीपूर्ण कुराहरूका निम्ति खुल्ला राखिरहेका छन्। हामी जति प्रभुमा बढ्छौं र परमेश्वरको सत्यता सिक्छौं, त्यती नै धोकामा पर्न र त्रुटीमा खस्नबाट कम जोखिममा हुन्छौं। तपाईंले प्रभुमा बढ्न र परमेश्वरका सत्यताहरू सिक्नका निम्ति सहायता गर्न दिन-व-दिन के गर्दैहुनुहुन्छ?

पहिलो शताब्दीमा समेत मानिसहरू पतन भइरहेका थिए।

मण्डलीको सुरुका दिनहरूमा समेत मानिसहरू भड्काइएका र झूटा शिक्षाभित्र पतन भइरहेका थिए। नयाँ नियमले हामीलाई यसको बारेमा धेरै उदाहरणहरू दिएको छ; ती मध्ये केही यस्ता छन्:

  1. केही कोरिन्थीहरूले पक्रिरहेको झूटो शिक्षा के थियो (१ कोरिन्थी १५:१२)? 
  2. हुमेनियस र फिलटेसले कुन झूटो शिक्षा सिकाइरहेका थिए (२ तिमोथी २:१७-१८)?
  3. गलातीहरू परमेश्वरको अनुग्रहको सुसमाचारबाट फर्किएका थिए र अर्कै सुसमाचार प्रचार गरिरहेका थिए (गलाती १ अध्याय)।
  4. कलस्सीहरू झूटा शिक्षाहरूद्वारा प्रभावित भएका थिए। उनीहरूले स्वर्गदूतहरूको पूजा गर्नुपर्छ भनी उनीहरूलाई बताइएको थियो (कलस्सी २:१८)। उनीहरूले मानिसहरूका आज्ञाहरू र शिक्षाहरूलाई पछ्याइरहेका थिए (कलस्सी २:२२)। 
  5. प्रेरित यूहन्नाले ख्रीष्ट ___________ आउनुभएको होइन भनी सिकाउनेहरूको बारेमा चेताउनी दिए (१ यूहन्ना ४:३)। उनीहरूले ख्रीष्टको वास्तविक शरीर थिएन र उहाँ वास्तविक मानिस हुनुहुन्न थियो भनी सिकाए।
  6. १ तिमोथी ४:१-३ मा दुई गलत शिक्षा सिकाउनेहरूको बारेमा सिक्दछौं: १) कुनै-कुनै मानिसहरूले विवाह गर्नुहुँदैन २) कुनै-कुनै खाने कुराहरू खानु हुँदैन। यी दुई शिक्षाहरूलाई पछ्याउने कुनै धर्महरूको बारेमा सोच्न सक्नुहुन्छ?
  7. २ थेस्सलोनिकी २:२ मा ख्रीष्टको आगमन र प्रभुको दिनको विषयमा झूटा शिक्षा भएको एउटा पत्र प्राप्त भएको थियो भनी हामी सिक्दछौं।
  8. यहूदा ४ मा केही यस्ता झूटा शिक्षकहरूको बारेमा सिक्न सक्छौं जोहरूले यसो भनीरहेका थिए, “परमेश्वरको अनुग्रहद्वारा मुक्ति पाएको हुनाले हामीले आफूलाई मन पर्ने जस्तो सुकै तरिकाले जिए पनि हुन्छ।” के आज कुनै नामधारी “ख्रीष्टियनहरू” ले यो शिक्षालाई पक्रेको छ?

सुरुको मण्डली इतिहास

झूटा शिक्षकहरूलाई भित्र पस्न र मण्डलीलाई बिगार्न धेरै समय लागेको थिएन भनी सुरुको मण्डली इतिहासको अध्ययन गर्दा हामीले छिट्टै बुझ्न सक्छौं। भित्र पसेका केही झूटा शिक्षाहरू मध्ये थोरै यहाँ छन्:

  1. मण्डली इतिहासको सुरुतिर त्यहाँ केही यस्ता मानिसहरू थिए जोहरूले पानीको बप्तिस्माले एउटा मानिसलाई बचाउँदछ भनी सिकाउँथे। यो झूटा शिक्षालाई ब्याप्टिज्मल रिजेनेरेशन (बप्तिस्माद्वारा नयाँ जन्म) भनिन्छ र आज पनि थुप्रै मानिसहरूले यो सिकाउने गर्छन्। 
  2. मण्डली इतिहासको सुरुतिर त्यहाँ केही यस्ता मानिसहरू थिए जोहरूले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न भनेर सिकाउँथे। उहाँ केवल एउटा सृष्टिको थोक, वा परमेश्वरले सृष्टि गर्नुभएको महान् स्वर्गदूत मात्र हुनुहुन्छ भनी उनीहरूले भन्थे। यो झूटो शिक्षा आफैंलाई यहोवा विट्नेस् भनी चिनाउने समूहद्वारा प्रचार भइरहेको छ। 
  3. हरेक स्थानीय मण्डलीमा केही मानिसहरू अगुवाहरूको रूपमा हुन्छन् र उक्त अगुवाहरूलाई डिकनहरू र अध्यक्षहरु (एल्डरहरू) भनिन्छ भनी बाइबलले सिकाउँदछ। हेर्नुहोस् फिलिप्पी १:१। अगुवापनको यो शिक्षालाई मण्डली इतिहासको सुरुका केही मानिसहरूले बङ्ग्याए र दुरुपयोग गरे। “अध्यक्ष” क्रमिक रूपमा झन् झन् शक्तिशाली हुँदै गए र अन्य थुप्रै मण्डलीहरूमाथि अगुवा समेत भए:

समयको क्रममा सबै मण्डलीहरूमाथि एउटै मानिसलाई अधिकार दिइयो, र उसलाई पछि पोप भनी नामाकरण गरियो। के परमेश्वरले योजना गर्नुभएको यस्तै हो? सबै मण्डलीहरूमाथि एउटै शिर को हुनुहुन्छ (एफेसी १:२२-२३)? ___________________________

आफैंलाई झूटा शिक्षाबाट जोगाउन तपाईंको स्थानीय मण्डलीले के गरिरहेको छ? आफैंलाई जोगाउने तपाईंले के गर्दै हुनुहुन्छ? धोकामा पर्न, भ्रममा पर्न र परमेश्वरको सत्यताबाट भड्काइनबाट बाँच्नलाई तपाईं के गर्दै हुनुहुन्छ? के सत्यको आत्मा तपाईंको हृदयभित्र जिउनुहुन्छ? के तपाईंले उहाँलाई आफ्नो शिक्षक हुन दिइरहनुभएको छ? कसरी? के तपाईं हरेक दिन सत्यको वचन खोल्नुहुन्छ? तपाईंको निम्ति बाइबल कत्तिको महत्त्वपूर्ण छ? गएको मङ्गलबार आफ्नो बाइबलसित केही गर्नुभयो? गएको बिहीबार? गएको शुक्रबार?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)