खण्ड १७ – अनन्त अवस्थिति

Doctrine

खण्ड १७ – अनन्त अवस्थिति

  1. दुई बौरिउठाइहरूलाई कुन-कुन नामले जनाइएको छ (यूहन्ना ५:२८-२९):
    1. ______________________
    2. ______________________
      तपाईं कुनचाहिँ बौरिउठाइमा पर्नुहुनेछ? _________________
  2. सदुकीहरूले _____________ मा विश्वास गर्दैनथे (मत्ती २२:२३; प्रेरित २३:८)। के प्रभु येशू सदुकीहरूसित सहमत हुनुहुन्थ्यो (मत्ती २२:२९-३३)? ________________
  3. ठीक कि बेठीक पावल प्रेरितले बौरिउठाइको बास्तविकतालाई अस्वीकार गरे (प्रेरित २३:६-८)।
  4. मानिसहरूको बौरिउठाइ नहुँदो हो ता हामीले निष्कर्षमा के भन्नुपर्ने हुन्थ्यो (१ कोरिन्थी १५:१२-१३,१६)? _______________________ __________________________________________________
  5. ख्रीष्टको शारीरिक बौरिउठाइ बास्तविक रूपमा भइसकेको कुराले विश्वासी जनको शारीरिक ____________ हुने नै छ भन्ने निश्चयता प्रदान गर्दछ (१ कोरिन्थी १५:२०-२३; यूहन्ना १४:१९ पनि दाँज्नुहोस्)। किसानले आफ्नो “पहिलो फल” (१ कोरिन्थी १५:२०) प्राप्‍त गरिसकेपछि त्यहाँ अरू पनि फल प्राप्त हुनेछ भनेर उसलाई पक्का थाहा हुन्छ!
  6. हुमेनियस र फिलेटस मानिसहरूको बौरिउठाइको सम्बन्धमा कस्तो किसिमको भूलमा परेका थिए (२ तिमोथी २:१७-१८)? __________ __________________________________________________
  7. मण्डली-युगका विश्वासीहरूको बौरिउठाइ ख्रीष्ट आफ्नो मण्डलीलाई लिनलाई र्‍याप्चरको दिनमा आउनुहुँदा हुनेछ (हेर्नुहोस्, १ कोरिन्थी १५:५१-५२; १ थेस्सलोनिकी ४:१३-१८; फिलिप्पी ३:२०-२१)। विश्वासीको बौरिउठाइको शरीर कसको शरीरको ढाँचाअनुरूप हुनेछ (फिलिप्पी ३:२०-२१)? ________________________। विश्वासीको बौरिउठाइको शरीरलाई बयान गर्ने दुइटा शब्दहरू कुन-कुन हुन् (१ कोरिन्थी १५:५३)? १) _______________ (नकुहिने, रोग नलाग्ने, नबिग्रने, पुरानो (बूढो) नहुने) २) _______________ (नमर्ने — प्रकाश २१:४ मा हेर्नुहोस्)।
  8. ठीक कि बेठीक आफू एक दिन मर्नुपर्छ भनेर सोच्दा पावल प्रेरित डरले थरथर हुन्थे र त्यो दिन कहिल्यै नआइदिए हुन्थ्यो भन्ने उसलाई लाग्थ्यो (फिलिप्पी १:२१,२३; २ तिमोथी ४:-८)।
    आफू मर्ने बित्तिकै पावल _________सँग हुन गए जुनचाहिँ अति नै _________ हो (फिलिप्पी १:२३)।
    ठीक कि बेठीक मृत्यु विश्वासीको लागि भयङ्कर ठूलो नोक्सानी हो (फिलिप्पी १:२१)।
  9. लूका २३:४३ अनुसार प्रभु येशूले विश्वास गर्ने त्यस कुकर्मीलाई उनी उहाँसित _____________मा हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। उक्त कुरा कहिले हुनेछ भनी येशूले भन्नुभएको थियो? _________
  10. शरीरबाट अलग हुनु = __________________ (२ कोरिन्थी ५:८)।
  11. उहाँमाथि विश्वास गर्नेहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना ११:२५-२६)? _______________________________________ _______________________________। के तपाईं यो विश्वास गर्नुहुन्छ? __________
  12. लूका १६:२३-२४ पढ्नुहोस्। मानिसहरू नरक (ग्रीक: हेडिज्, अधोलोक) मा साँच्ची नै कष्ट भोग्छन् भनेर के प्रभु येशूले सिकाउनुभएको थियो? __________। के धनी मानिस हेडिज्(पीडाको ठाउँ) बाट अब्राहामको काख (स्वर्गलोक) मा सरेर जान सक्थे? ____________ (लूका १६:२६)।
  13. ठूलो सेतो सिंहासनको न्यायमा परमेश्वरको सामु मानिसहरूको कुनचाहिँ समूह खडा हुनेछ (प्रकाश २०:१२)? म__________। पत्रुसले यही घटनालाई “न्यायको दिन र ______________ मानिसहरूका विनाश” भनी बयान गरेका छन् (२ पत्रुस ३:७)। यी मानिसहरूको अन्तिम गन्तव्य कहाँ हुनेछ (प्रकाश २०:१५)? _______________ _____________________
  14. मत्ती २५:४१ र मत्ती २५:४६ पढ्नुहोस्।
    ठिक कि बेठीक प्रभु येशू ख्रीष्टले अनन्त दण्डमा विश्वास गर्नुभएन।
  15. विश्वास नगर्नेहरू अनन्तसम्म कुन ठाउँमा रहनेछन् (प्रकाश २०:१५ र प्रकाश २१:८)? __________________________________। त्यो आगो कति लामो समयसम्म जलिरहनेछ (यहूदा ७)? ______ ______________
  16. अनन्त दण्डको त्यस भयानक ठाउँदेखि उम्कनलाई एउटा व्यक्तिले के गर्नुपर्छ (प्रेरित १६:३०-३१; लूका १३:३,५)? __________________ ___________________________________। के तपाईंले त्यसो गर्नुभयो? _________________
  17. अनन्त विनाशको दण्ड भोग्नेहरूको आत्मिक अवस्थाको बारेमा २ थेस्सलोनिकी १:८ ले कुन दुइटा कुरा बताएको छ:
    1. ___________________________________________
    2. ___________________________________________

    उनीहरू कुन दुइटा कुराबाट सदाका लागि अलग पारिनेछन् (२ थेस्सलोनिकी १:९)?

    1. ___________________________________________
    2. ___________________________________________
  18. ठीक कि बेठीक प्रभु येशू ख्रीष्टले साँच्चीकै नरकमा विश्वास गर्नुभएन त्यसैकारण उहाँले मानिसहरूलाई त्यसको भयानकताको बारेमा कहिल्यै चेतावनी दिनुभएन (मर्कूस ९:४२-४८; मत्ती २३:१५,३३)।
  19. विश्वासी जनको अनन्तको घरमा कुन चारओटा कुराहरू भेटिनेछैन (प्रकाश २१:४ मा पढ्नुहोस्):
    1. ______________________
    2. ______________________
    3. ______________________
    4. ______________________

अनन्त अवस्थिति भन्नाले परमेश्वरले सृष्टि गर्नुभएका मानिसहरू, स्वर्गदूतहरू र सारा सृष्टिको आखिरी अन्तिम अवस्था भन्ने बुझिन्छ। सबै कुराहरूलाई सठीक तरिकाले ठीक-ठाक स्थितिमा स्थापित गरिनेछ, कोही स्वर्गमा, कोही नरकमा। सबै कुरा परमेश्वरको पवित्रतामा र परमेश्वरको महिमाको निम्ति सम्पन्न हुनेछ।

तपाईंले यो अध्ययन पूरा गर्नुभयो!! तर याद गर्नुहोस्, केवल शिक्षाको ज्ञान मात्र पर्याप्‍त हुँदैन: “तिमीहरू यी कुराहरू जान्दछौ भने र यही कुराहरू __________ भने तिमीहरू धन्यका हौ” (यूहन्ना १३:१७)

खण्ड १६ – ख्रीष्टको दोस्रो आगमन

Doctrine

खण्ड १६ – ख्रीष्टको दोस्रो आगमन

द्रष्टव्य: ख्रीष्टको दोस्रो आगमन बास्तवमा दुइटा चरणमा सम्पन्न हुनेछ: १) मण्डलीको र्‍याप्चर (उठाइने कार्य) अर्थात् जब आफ्नो मण्डलीलाई लिनलाई ख्रीष्ट हावामा आउनुहुनेछ (१ थेस्सलोनिकी ४:१३-१८) अनि विश्वासीहरूलाई स्वर्गमा पुर्‍याउनुहुनेछ (यूहन्ना १४:१-३; फिलिप्पी ३:२०)। उक्त घटना कुनै पनि घडी हुन सक्नेछ। त्यसको लगत्तै पछि दानियलको ७० औं हप्‍ता भनेर जनाइने सात-वर्ष लामो एउटा कालखण्ड हुनेछ जसको आखिरी साँढे तीन वर्षको अवधिलाई महासङ्कष्टकाल भनिन्छ (दनियल ९:२७; मत्ती २४:२१,२९)। २) प्रभु येशू ख्रीष्ट महासङ्कष्टकालको अन्तमा पृथ्वीमा आउनुहुनेछ र संसारको न्याय गर्नुहुनेछ र आफ्नो हजार वर्षको राज्यलाई स्थापित गर्नुहुनेछ (मत्ती २४:२९-३०; प्रकाश १९ र २०)।

  1. प्रभु येशूले आफ्ना चेलाहरूलाई के को प्रतिज्ञा गर्नुभयो (यूहन्ना १४:३)? __________________________________________
  2. हरेक ख्रीष्टियनले कुन कुराको बाटो हेर्दै जिउनुपर्छ (तीतस २:१३; फिलिप्पी ३:२० र २ तिमोथी ४:८)? ______________________ ______________________________
  3. कुनचाहिँ घटना भएपछि मण्डलीले मान्दै आएको प्रभु भोजको विधि मान्ने क्रम समाप्‍त हुनेछ (१ कोरिन्थी ११:२६)? ______________ ___________________________
  4. उक्त घटना कत्तिको चाँडो घट्नेछ (१ कोरिन्थी १५:५२)? _______ _____________________________________
  5. आफ्नो मण्डलीलाई लिनलाई प्रभु येशू ख्रीष्ट आउनुहुने घटनाचाहिँ –
    1. _____ धन्य आशा हो
    2. _____ सान्त्वना दिने आशा हो
    3. _____ शुद्ध पार्ने आशा हो
    क) १ थेस्स ४:१३-१८; यू १४:१-३
    ख) १ यूहन्ना ३:२-३
    ग) तीतस २:१३
  6. संसारमा बाँचिरहेका सबै मानसिहरूलाई जाँच्नका निम्ति आउने परीक्षाको घडी (क्रोधको दिन) अर्थात् सङ्कष्टकालभन्दा अगाडि नै मण्डली संसारबाट लगिनेछ (र्‍याप्चर गरिनेछ) भन्ने कुरा जनाउने एउटा पदलाई प्रकाशको तेस्रो अध्यायमा के तपाईंले भेट्टाउन सक्नुहुन्छ?
    प्रकाश अध्याय ३ को पद ______
  7. जोडा मिलाउनुहोस्:
    1. _____ मण्डलीको र्‍याप्चर अर्थात् आफ्ना विश्वासी जनहरूलाई स्वर्गमा लैजानलाई येशू फेरि आउनुहुने दिन
    2. _____ महासङ्कष्टको समय अर्थात् संसारले भोग्नुपर्ने सबैभन्दा ठूलो सङ्कष्ट र कठीनाइको समय
    3. _____ ख्रीष्टको दोस्रो आगमन अर्थात् (सङ्कष्टको समय पछाडि) राजाहरूको राजाको रूपमा येशू संसारमा आउनुहुने समय
    4. _____ ख्रीष्टको हजार वर्षको राज्य
    क) मत्ती २४:२९-३१;
    प्रकाश १९:११-१६
    ख) मत्ती २४:१५-२१;
    दनियल १२:१; यर्मिया ३०:७
    ग) प्रकाश २० अध्याय
    घ) १ थेस्सलोनिकी ४:१३-१८;
    यूहन्ना १४:३

परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टले सबै कुराहरूको सृष्टि गर्नुभयो। उहाँ सारा संसारमाथि राज्य गर्नलाई फेरि आउनुभएपछि उहाँ जसरी हुनुहुन्थ्यो र हुनुहुन्छ त्यसै गरी उहाँ नै प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुनेछ जुन कुरालाई सारा संसारले जान्नेछ, त्यो प्रत्यक्ष हुनेछ।

खण्ड १५ – प्रबन्धवाद

Doctrine

खण्ड १५ – प्रबन्धवाद

परिभाषा: परमेश्वरको इच्छा कार्यन्वयन हुने क्रममा कुनै प्रस्टै छुट्टिने व्यवस्थापन प्रणाली एउटा निश्चित प्रबन्ध हो जसमा मानव इतिहासको कुनै अवधिअन्तर्गत परमेश्वरले उसलाई निश्चितरूपमा सुम्पिनुभएको विशिष्ट प्रकाशका निम्ति मानिस एक असल भण्डारी हुन जिम्मेवार ठानिन्छ।

  1. आज परमेश्वरले अन्यजातिहरू (राष्ट्रहरू) लाई कुन उद्देश्यले भेट गर्दैहुनुहुन्छ (प्रेरित १५:१४)? ____________________________ ___________________________________
    (द्रष्टब्य: “मण्डली” [ग्रीक-एक्क्लेसिया] = “बाहिर बोलाइएकाहरूको सभा”)
  2. ठीक कि बेठीक एफेसी ३:५ र कलस्सी १:२६ अनुसार मण्डली सम्बन्धित सत्यताहरू पुरानो नियममा स्पष्टै प्रकट गरिसकिएका थिए।
  3. ख्रीष्टको विशिष्ट शरीरको रूपमा रहेको मण्डलीको रहस्यलाई परमेश्वरले विशेष गरी कुनचाहिँ व्यक्तिलाई प्रकट गर्नुभयो (एफेसी ३:१-४; दाँज्नुहोस् एफेसी १:१)? _____________। तसर्थ मण्डलीको बारेमा सबैभन्दा बढी जानकारी हामीले निम्नमध्ये कुनचाहिँमा पाउने आशा गर्न सक्छौं? क) मोशाका पाँच पुस्तकहरू ग) सुसमाचारका पुस्तकहरू ख) भजनसङ्ग्रह घ) पावलका पत्रहरू
  4. नयाँ नियममा प्रयोग गरिएको “रहस्य” भन्ने शब्दले विगतमा परमेश्वरले प्रकट नगर्नुभएकोले गोप्य रहेको तर अब पवित्र आत्माद्वारा विश्वासी जनहरूलाई प्रकट गरिएको सत्यतालाई जनाउँदछ। यी नयाँ नियमका रहस्यहरूले सामान्यतया मण्डलीसित सम्बन्धित कुनै न कुनै सत्यतालाई समेटेको पाइन्छ:
    1. _____ परमेश्वरले मण्डलीलाई आफूकहाँ बोलाउने काम भइरहेको कालखण्डमा इस्राएल आंशिक रूपमा अन्धा रहने कुराको रहस्य
    2. _____ परमेश्वर बास गर्नुहुने सत्यको जग र खाँबो ठहराइएको उहाँको मण्डलीमा र मण्डलीद्वारा उहाँ स्वयं प्रकट हुनुहुने भक्तिको रहस्य। देहधारण हुनुहुँदा परमेश्वरले आफूलाई एउटा शरीरमा प्रकट गर्दैहुनुहुन्थ्यो (“परमेश्वर शरीरमा प्रकट हुनुभयो”)। त्यसै गरी आज परमेश्वरले आफूलाई अर्कै शरीरमा प्रकट गर्दै हुनुहुन्छ जुनचाहिँ ख्रीष्टको शरीर अर्थात् मण्डली हो।
    3. _____ परमेश्वर बास गर्नुहुने सत्यको जग र खाँबो ठहराइएको उहाँको मण्डलीमा र मण्डलीद्वारा उहाँ स्वयं प्रकट हुनुहुने भक्तिको रहस्य। देहधारण हुनुहुँदा परमेश्वरले आफूलाई एउटा शरीरमा प्रकट गर्दैहुनुहुन्थ्यो (“परमेश्वर शरीरमा प्रकट हुनुभयो”)। त्यसै गरी आज परमेश्वरले आफूलाई अर्कै शरीरमा प्रकट गर्दै हुनुहुन्छ जुनचाहिँ ख्रीष्टको शरीर अर्थात् मण्डली हो।
    4. _____ मण्डली र्‍याप्चर (अपसरन) हुने (“माथि उठाइने”) कुराको रहस्य जुन बेला जीवित रहिरहेका विश्वासीहरू भौतिक रूपमा नमरिकनै प्रभुसित हुनलाई पृथ्वीदेखि माथि उठाइनेछन्
    5. _____ यहूदी तथा अन्यजातिहरू एउटै शरीरमा अर्थात् मण्डलीमा साझेदारहरू हुन्छन् भन्ने रहस्य
    6. _____ मण्डली आफ्नो शिर तथा दुलहा ख्रीष्टसित जीवन्त रूपमा एकै बनेको उहाँको दुलही हो भन्ने रहस्य
    7. _____ जीवित ख्रीष्ट एउटा शरीर अर्थात् मण्डलीमा बास गर्नुहुन्छ भन्ने रहस्य
    क) एफेसी ५:३०-३२

    ख) कलस्सी १:२६-२७

    ग) एफेसी ३:४-६

    घ) रोमी ११:२५

    ङ) १ कोरिन्थी १५:५१-५२;
    दाँज्नुहोस् १ थेस्सलोनिकी ४:१३-१८

    च) १ तिमोथी ३:१५-१६
  5. आज विश्वभरिका मानिसहरूलाई परमेश्वरले कुन तीनओटा समूहभित्र देख्‍नुहुन्छ (१ कोरिन्थी १०:३२)?
    1. _________________
    2. _________________
    3. _______________ (मुक्ति पाएका यहूदी तथा अन्यजातिहरू)
  6. के आजको विश्वासी व्यवस्थाको अधीनमा राखिएको छ (रोमी ६:१४)? _________। के यसको मतलब हामी पाप गर्नलाई स्वतन्त्र छौं भन्ने हो (रोमी ६:१५-१८)? ____________
  7. के आजको विश्वासीले मोशाको व्यवस्थाबमोजिमका पशु बलिदानहरू चढाउनुपर्छ (हिब्रू १०:१-१८)? __________
  8. मोशाको व्यवस्था अर्थात् पुरानो करारको बारेमा बाइबलले के बताउँछ:
    1. _____ त्यो बूढो छ र अलप हुन लागेको छ
    2. _____हामी त्यसको अधीनमा छैनौं
    3. _____ त्यो दोषरहित छैन
    4. _____ नयाँ करार स्थापित होस् भनेर त्यो हटाइन्छ
    5. _____ त्यो खरिज गरिनुपर्‍यो किनकि त्यो कमजोर, लाभहीन र कुनै कुरा पनि सिद्ध पार्न नसक्ने थियो
    6. _____ त्यो मेटाइसकियो
    7. _____ त्यो मेटिएर जाने कुरा थियो
    क) २ कोरिन्थी ३:११
    ख) २ कोरिन्थी ३:१३; एफेसी २:१५
    ग) गलाती ३:२४-२५
    घ) हिब्रू ७:१८-१९
    ङ) हिब्रू ८:६-८
    च) हिब्रू ८:१३
    छ) हिब्रू १०:९
  9. ठीक कि बेठीक व्यवस्थाको उद्देश्य मुक्ति दिनु र धर्मी ठहराउनु हो। अनन्त जीवन परमेश्वरका आज्ञाहरू पालन गरेर पाइन्छ र त्यसो गरेर मात्र पापीले मुक्ति पाउन सक्छ (गलाती २:१६; २:२१; ३:१०-११)।
  10. ठीक कि बेठीक मानिस व्यवस्थालाई भङ्ग गर्ने एउटा दोषी व्यक्ति हो भनेर उसलाई उसको पाप देखाउनु र उसलाई मुक्तिदाताको नित्तान्त खाँचो छ भनेर देखाउनु नै व्यवस्थाको उद्देश्य हो (रोमी ३:१९-२० र रोमी ७:७)।
  11. ठीक कि बेठीक जसरी सिक्रीको एउटा मात्र कडी टुट्यो भने पनि त्यो सिक्री चुँडिएको ठहिरिन्छ, त्यसरी नै मानिसले परमेश्वरको एउटै मात्र आज्ञा तोड्यो भने पनि परमेश्वरको व्यवस्था ऊद्वारा भङ्ग गरिएको ठहरिन्छ। दस आज्ञामा एउटै मात्र आज्ञा तोड्ने व्यक्तिले दसैओटा आज्ञा तोड्ने व्यक्तिले जत्तिकै परमेश्वरको आज्ञा भङ्ग गरेको ठहरिन्छ (याकूब २:१०-११)।
  12. अब्राहाम कसरी धर्मी ठहरिए वा बचाइए (यूहन्ना १५:५-६ र रोमी ४:१-३)? ______________________________। आज मानिसहरू कसरी धर्मी ठहराइन्छन् अथवा बचाइन्छन् (रोमी ४:४-५ र एफेसी २:८-९)? ____________________________________________
  13. के परमेश्वरले आफ्नो जाति इस्राएल राष्ट्रलाई त्याग्नुभएको छ (रोमी ११:१)? ________। के एउटा यस्तो दिन आउनेछ जब इस्राएल जाति राष्ट्रकै रूपमा बचाइनेछ र तिनीहरूले प्रभु येशू ख्रीष्टलाई आफ्नो मसीह भन्नेर चिन्नेछन् (रोमी ११:२५-२६; जकरिया १२:१०; १३:६-९; मत्ती २३:३७-३९)? ____________
  14. परमप्रभुले इस्राएलका सन्तानलाई परित्याग गर्न सक्नलाई र तिनीहरूसित गर्नुभएको आफ्ना प्रतिज्ञाहरूलाई तोड्न सक्नलाई त्यहाँ पहिला के गरिनु आवश्यक छ (हेर्नुहोस् यर्मिया ३१:३७)? _______ __________________________________________________ __________________________________________________
  15. परमेश्वरले इस्राएल जातिसित गर्नुभएको आफ्ना प्रतिज्ञाहरूलाई पूरा गर्नु नै हुनेछ भनेर हामी कसरी जान्दछौं (गन्ती २३:१९)? _________ __________________________________________________

जुनसुकै पनि समयमा जिउने मानिसहरूले उहाँलाई चिन्ने अवसर पाऊन् भनेर परमेश्वरले आफ्नो योजनाहरूलाई शीष्टरूपमा मिलाउनुभएको छ। त्यसको साथसाथै परमेश्वरले आफ्नो लिखित वचनलाई विस्तारशील ढाँचामा प्रकाशित गर्दै ल्याउनुभई मानवजातिलाई जिउनको निम्ति दिनुभएको फरक-फरक शर्तहरूको आधारद्वारा जुनसुकै पनि समयमा जिउने मानिसले कुनै पनि बाहाना गर्न नसक्ने तुल्याउनुभएको छ।

खण्ड १४ – शैतान

Doctrine

खण्ड १४ – शैतान

  1. शैतान एउटा बास्तविक व्यक्ति हो भन्ने कुरा के प्रभु येशूले विश्वास गर्नुहुन्थ्यो (यूहन्ना ८:४४; लूका १०:१८)? ___________________
  2. ठीक कि बेठीक भूतात्मा र दुष्टात्माहरू भ्रम र अन्धविश्वासमा डुबेका मानिसहरूको केवल कल्पना मात्र हुन् (मर्कूस ५:१-२०)।
  3. अनन्त आगो कसको लागि तयार गरिएको थियो (मत्ती २५:४१)? _____________ _________________________
  4. ठीक कि बेठीक वर्तमान समयमा शैतान सक्रिय हुन छाडेको छ (१ पत्रुस ५:८)।
  5. मानव इतिहासको कुनचाहिँ महत्त्वपूर्ण घटनामा शैतानको प्रमुख भूमिका थियो (उत्पत्ति ३ र २ कोरिन्थी ११:३)? ___________________ _______________________________
  6. मानिसहरूले के गरेको शैतान चाहँदैन (लूका ८:१२)? _________ _________________________________
  7. ठीक कि बेठीक सबै मानिसहरूले मुक्ति पाएको र सत्यको ज्ञानमा आएको शैतान चाहन्छ (२ कोरिन्थी ४:३-४)।
  8. शैतानका चारओटा उपनामहरू सूचीमा उतार्नुहोस् (प्रकाश १२:९)?
    1. _________________
    2. _________________
    3. _________________
    4. _________________
  9. के विश्वासी जन शैतानसँग डराउनुपर्छ (१ यूहन्ना ४:४)? ______ किन पर्छ वा किन पर्दैन? ____________________________ _________________________________________________

प्रभु येशू र उहाँको वचनप्रति प्रकट गरिएका मानिसका नकरात्मक विचारधाराहरूले शैतान एक साँच्चीकै शत्रु हो भन्ने कुरा देखाउँछ। साथै मानिसका काम, विचार र बोलीबाट पनि पाप साँच्चीकै समस्या हो भन्ने देखिन्छ। शैतानको शक्ति र युक्तिदेखि सुरक्षित रहन एक विश्वासी जनले आफ्नो हृदयलाई परमेश्वर र उहाँको वचनप्रति ठीक मनोभावनामा राख्‍न अत्यावश्यक छ।

खण्ड १३ – विधिहरू

Doctrine

खण्ड १३ – विधिहरू

  1. निम्न पदहरू बेठीकसँग लेखिएका छन्। कृपया तिनका बेठीक अंशमाथि धर्सो तानेर पदलाई सच्च्याउनुहोस्:
    यूहन्ना ३:१६ — “उहाँमाथि विश्वास गर्ने र बप्‍तिस्मा लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।” यूहन्ना ३:३६ — “जसले पुत्रमाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रमाथि विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन त्यसले जीवन देख्‍नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” यूहन्ना ६:४७ — “जसले ममाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन छ।” यूहन्ना ५:२४ — जसले मेरो वचन सुन्छ, र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, र बप्‍तिस्मा लिन्छ, ऊसँग अनन्त जीवन छ।” “तब शैतान आउँछ, र तिनीहरूले विश्वास नगरून् र बप्तिस्मा नलेऊन् र मुक्ति नपाऊन् भनी तिनीहरूका हृदयबाट वचन लैजान्छ।” मर्कूस १६:१६ — “जसले विश्वास गर्छ र बप्‍तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन ऊ दोषी ठहरिनेछ।” प्रेरित १६:३१ — “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्‍तिस्मा लिनुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।” १ कोरिन्थी १:२१ — “प्रचारको मूर्खताद्वारा विश्वास गर्ने र बप्तिस्मा लिनेहरूलाई मुक्ति दिनु परमेश्वरलाई असल लाग्यो” (पद १३-१७ सित तुलना गर्नुहोस्)।
    उपर्युक्त पदहरूको आधारमा निम्नमध्ये ठीक भनाइलाई चिन्ह लगाउनुहोस्: क) मुक्ति पाउनलाई बप्तिस्मा मात्र आवश्यक पर्छ ख) मुक्ति पाउनलाई दुवै विश्वास र बप्तिस्मा आवश्यक पर्छ ग) मुक्ति पाउनलाई केवल विश्वासमात्र आवश्यक पर्छ
  2. प्रेरित २:४१, प्रेरित १०:४३-४८ र प्रेरित १६:३०-३४ पढ्नुहोस्। यी पदहरूलाई विचार गर्नुभएपछि तलको सूचीलाई ठीक क्रमसङ्ख्या (१,२,३,४) दिनुहोस्:
    ____ उनीहरूले बप्‍तिस्मा लिए
    ____ उनीहरूले मुक्ति पाए
    ____ उनीहरूले परमेश्वरको वचन सुने (सुसमाचार सुने)
    ____ उनीहरूले ख्रीष्टमाथि विश्वास गरे
  3. ठीक कि बेठीक बप्तिस्मा मुक्ति पाउनलाई लिइने कार्य हो
    ठीक कि बेठीक बप्तिस्मा मुक्ति पाइसकेको व्यक्तिले गर्ने कार्य हो ठीक कि बेठीकआफ्नो मुक्तिदाताको आज्ञापालन गर्नलाई एउटा मुक्ति पाएको व्यक्तिले गर्न सक्ने सबभन्दा पहिलो कुरामध्ये एउटाचाहिँ बप्तिस्मा हो (प्रेरित १०:४८; मत्ती २८:१९-२०; प्रेरित २:३८)।
  4. प्रेरित ८:३६-३७ अनुसार कसैले बप्तिस्मा लिनुभन्दा अगाडि उसले के गर्नु आवश्यक छ? ________________________________। यसले हामीलाई बच्चालाई “बप्तिस्मा” दिने अभ्यासको बारेमा के सिकाउँछ? _________________________________________
  5. ठीक कि बेठीक पानीको बप्तिस्मा विश्वासी जन ख्रीष्टसँगै उहाँको मृत्यु, दफन र बौरिउठाइमा सम्मिलिकरण गरिएको (एकै बनाइएको) कुराको चित्रण हो (रोमी ६:३-६ र कलस्सी २:१२)।
    द्रष्टव्य: रोमी ६:३-६; कलस्सी २:१२ ले एक व्यक्तिले मुक्ति पाएकै घडी उसलाई हुने कुराको बयान गर्दछ। सबै नै विश्वासीहरूको सवालमा यो साँचो हुन्छ। पानीको बप्तिस्मा यही बास्तविकताको चित्रणछायाँ हो।
  6. आफू विश्वासी भएको दाबी गर्ने तर बप्तिस्मा लिनू भन्ने प्रभुको आज्ञालाई पालन नगर्ने व्यक्तिको सवालमा त्यहाँ केही न केही समस्या छ भन्न सकिन्छ (१ यूहन्ना २:३-४)? __________________
  7. प्रभु भोज अथवा रोटी भँचाइको विधि कसले स्थापना गर्नुभएको हो (मत्ती २६:२६-२८)? ____________________________
  8. मत्ती २६:२६-२८ अनुसार रोटीचाहिँ ____________________ को चित्रण हो र कचौराचाहिँ ___________________ को चित्रण हो।
  9. मानौं कसैसँग आफ्नो पत्‍नीको फोटो छ। एक दिन उसले त्यसलाई आफ्नो कुनै मित्रलाई देखाउँदै भन्दछ, “हेर, यो मेरो पत्‍नी हो।” त्यसको मतलब के हो? अवश्य नै कागतको उक्त सानो टुक्रा नै उसको पत्‍नी हो भन्न खोजिएको होइन। उसले बास्तवमा भन्न खोजेको कुरा यो हो, “यसले मेरो पत्‍नीलाई दर्शाउँछ। यो मेरो पत्‍नीको फोटो हो। जब तिमीले यो फोटोलाई हेर्छौं तब तिमीले मेरो पत्‍नीको विचार गर्नेछौ।”
    “यो मेरो शरीर हो” भन्नुहुँदा र “यो मेरो रगत हो” भन्नुहुँदा प्रभुको भनाइको मतलब के थियो? __________________________________________________ __________________________________________________
  10. १ कोरिन्थी ११:२४-२५ पढ्नुहोस्। हामीले प्रभु भोज लिँदा हामीले—
    1. ख्रीष्टलाई क्रूसमा टागिरहेका हुन्छौं
    2. ख्रीष्टको बास्तविक शरीर र रगतलाई लिइरहेका हुन्छौं
    3. ख्रीष्टलाई र उहाँले हाम्रो लागो क्रूसमा गरिदिनुभएको कुराको सम्झना गरिरहेका हुन्छौं
    4. रोटीबाट लिएर र कचौराबाट पिएर आफूलाई पवित्र पारिरहेका हुन्छौं।
  11. प्रभु भोज लिँदा हामीले कुनचाहिँ महान् ऐतिहासिक घटनाको विचार गर्नुपर्छ (१ कोरिन्थी ११:२६)? __________________________ _______________________। यही पदअनुसार हामी कुनचाहिँ महान् घटनाको प्रतिक्षा गरिरहेको हुनुपर्छ? __________________ ________________________________________

ख्रीष्टमा भएको उनीहरूको नयाँ जीवनको गवाहीस्वरूप विश्वासीहरूले बप्तिस्मा लिनुपर्दछ। येशू उनीहरूको जीवनको मुक्तिदाता र प्रभु हुनुहुन्छ भन्ने कुराको गवाहीस्वरूप विश्वासीहरूले प्रभु भोज लिनुपर्छ।

खण्ड १२ – मण्डली

Doctrine

खण्ड १२ – मण्डली

  1. एफेसी १:२२-२३ मा मण्डली ____________________ हो भनेर परिभाषित गरिएको छ।
  2. एफेसी ५:२२-३३ अनुसार ख्रीष्टियन पतिले ख्रीष्टको चित्रण गरेको पाइन्छ भने म__________को चित्रणचाहिँ ख्रीष्टियन पत्‍नीले गरेको पाइन्छ।
  3. मण्डलीका निर्माता को हुनुहुन्छ (मत्ती १६:१८)? ______________
    ठीक कि बेठीक मानिसहरूलाई मण्डलीमा थप्ने र यसको वृद्धि गर्ने जिम्मेवारी ख्रीष्टियनहरूको हो (प्रेरित २:४७ र १ कोरिन्थी ३:६-७)।
  4. मण्डलीको जग र चट्टान __________ हुनुहुन्छ (१ कोरिन्थी ३:११)।
  5. ठीक कि बेठीक प्रेरित पत्रुसले मण्डलीको मुख्‍य कुनाढुङ्गा ख्रीष्ट नभएर आफू नै भएको विश्वास गर्दथे। १ पत्रुस २:५-७ पढ्नुहोस्; स्मरण होस्, यो लेख्‍ने पत्रुस आफैं थिए।
  6. मत्ती १६:१८ अनुसार येशूले भन्नुभयो: क) मैले आफ्नो मण्डली बनाइसकें। ख) म आफ्नो मण्डली हालै बनाउँदैछु। ग) म आफ्नो मण्डली बनाउनेछु (भविष्यमा)। घ) म आफ्नो मण्डली कहिल्यै बनाउनेछैन।
    ठिक कि बेठीक प्रभु येशूले मत्ती १६:१८ को कुरा गर्नुहुँदा मण्डलीको निर्माण कार्य शुरू भइसकेको थियो।
  7. ठीक कि बेठीक दुष्टताको शक्तिहरू एक दिन मण्डलीमाथि विजय बन्नेछन् (मत्ती १६:१८)।
  8. आज बाँचिरहेका नयाँ गरी जन्मेका विश्वासीहरूमध्ये कतिजनाचाहिँ ख्रीष्टको शरीरको अङ्ग भएका छन् (१ कोरिन्थी १२:१२-१३)? ______
  9. मण्डलीको निम्ति ख्रीष्टले के गरिदिनुभयो (एफेसी ५:२५)? ______ ________________________
  10. ठीक कि बेठीक विश्वासीहरू ख्रीष्टलाई आदर गर्ने साथै परमेश्वरको वचनलाई विश्वासयोग्यसित सिकाउने स्थानीय मण्डलीहरूमा एकसाथ भेला हुनु अत्यन्तै महत्त्वपूर्ण कुरा हो (हिब्रू १०:२५; प्रेरित २:४२)।
  11. ठीक कि बेठीक शुरूको मण्डलीमा परमेश्वरको वचन (शिक्षा-सिद्धान्त) र प्रार्थनालाई थोरै मात्र ध्यान दिइन्थ्यो (प्रेरित २:४२; ६:४)।
  12. ठीक कि बेठीक पावलका धेरै पत्रहरू विभिन्न शहरहरूमा अवस्थित मण्डलीहरूलाई सम्बोधन गरिएका थिए (१ कोरिन्थी १:२; गलाती १:२; १ थेस्सलोनिकी १:१ आदि)।
  13. ठीक कि बेठीक आत्मिक रूपमा स्वस्थ रहने, बढ्दै जाने, आफ्नो जीवनद्वारा ख्रीष्टलाई दर्शाउने व्यक्तिहरूले उहाँका स्थानीय मण्डलीहरू बनेको परमेश्वर चाहनुहुन्छ (एफेसी ४:११-१६)।
  14. ठीक कि बेठीक ख्रीष्टको शरीरका हरेक विश्वासी परमेश्वरको वचनको सत्यतामा राम्ररी सिकाइएको हुनुपर्दछ (कलस्सी १:२८)।
  15. परमेश्वर को हुनुहुन्छ भन्ने कुरालाई मानिस तथा स्वर्गदूतहरूका सामु दर्शाउँदै उहाँको महिमा गर्नु नै स्थानीय मण्डलीको उद्देश्य हो। विश्वासीहरूको स्थानीय शरीर स्वस्थ रहँदै बाइबलीय नमूनाबमोजिम क्रियाशील बन्ने क्रममा (एफेसी ४:११-१६; १ तिमोथी ३:१-१६) परमेश्वरले आफ्नो स्थानीय मण्डलीमा, मण्डलीद्वारा निम्न कुराहरू प्रकट गर्नुहुनेछ:
    जोडा मिलाउनुहोस्:
    1. ____ उहाँको जीवन
    2. ____ उहाँको बुद्धि
    3. ____ उहाँको सामर्थ्य
    4. ____ उहाँको प्रेम
    5. ____ उहाँको महिमा
    6. ____ उहाँको सत्यता
    7. ____ उहाँको अनुग्रह
    क) एफेसी ३:१०
    ख) एफेसी २:७
    ग) एफेसी ३:२१
    घ) कलस्सी १:२७; गलाती २:२०
    ङ) १ तिमोथी ३:१५
    च) एफेसी ३:२०
    छ) यूहन्ना १७:२२-२६

परमेश्वले आफूलाई संसारसमक्ष चिनाउनलाई चुन्नुभएको भाँडो मण्डली हो। आज संसारमा परमेश्वरको साक्षी र सक्रियताको केन्द्र नै स्थानीय मण्डली हो। विश्वासी जन बाइबल विश्वास गर्ने एउटा असल मण्डलीसित सही ढङ्गमा आवद्ध हुनु आवश्यक छ।