Entries by Pradesh Shrestha

सात प्रबन्धहरू

Doctrine

सात प्रबन्धहरू

 

बाइबलमा समयलाई, अर्थात् आदमको सृष्टिदेखि प्रकाश २१ को “नयाँ आकाश र नयाँ पृथ्वी” सम्मको अवधिलाई, सातओटा “प्रबन्ध” (एफेसी ३:२) हरूमा विभाजन गरिएको पाइन्छ जुन प्रबन्धहरू बराबर अवधिका छैनन्। यी अवधिहरूलाई “युगहरू” (एफेसी २:७) र “दिनहरू” पनि भनिएको पाइन्छ, जस्तै, “परमप्रभुको दिन” इत्यादि।

पवित्र शास्त्रमा परमेश्वरले मानवजातिसित (वा कुनै मानव समूहसित) दुइटा प्रश्नहरूको, अर्थात् पापको र मानवीय जिम्मेवारीको, सवालमा प्रारम्भ गर्नुभएको कुनै विशेष वा भिन्न व्यवहारद्वारा नै यी समयावधिहरूलाई एकअर्काबाट छुट्ट्याउन सकिन्छ। प्रत्येक प्रबन्धलाई एउटा नयाँ परीक्षणकालको रूपमा हेर्न सकिन्छ जसअन्तर्गत प्राकृतिक मानिसको जाँच गरिन्छ र ऊ विफल हुँदा उसको इन्साफ गरिएर उक्त प्रबन्धको अन्त गरिन्छ र उसलाई नयाँ प्रबन्ध अन्तर्गत परीक्षण गरिन्छ। परमेश्वरको वचनले यो देखाउँछ कि प्रत्येक प्रबन्धमा मानिस पूर्ण रूपमा विफल भएको छ। जम्मा सातओटा मध्ये पाँचओटा प्रबन्धहरू बितिसके, हालमा हामी छैटौं प्रबन्धमा (सम्भवत: त्यसको अन्ततिर) जिइरहेका छौं, र सातौंचाहिँ आउन बाँकी नै छ—अर्थात् हजार वर्षको राज्य।

(१) निर्दोषता अन्तर्गतको मानिस

यो प्रबन्ध आदमको सृष्टि (उत्पत्ति २:७) देखि अदनबाटको निष्कासनसम्म रहेको पाइन्छ। सृष्टि गरिँदा आदम निर्दोष थिए साथै असल-खराबको सम्बन्धमा अनभिज्ञ थिए। आदमलाई उनकी पत्‍नीका साथमा अदनको बगैंचामा असल र खराबको ज्ञान दिने रूखको फल नखाईकन बस्नु पर्ने जिम्मेवारीमुनि राखिएको थियो। निर्दोषताको प्रबन्धमा प्रथम मानिस विफल भए जसको असर अन्यको भन्दा बढी भयानक र व्यापक हुन गयो। यो इन्साफमा अन्त भयो: “परमेश्वरले उनलाई अदनको बगैंचाबाट निकालिदिनुभयो।” निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति १:२६ उत्पत्ति ३:६
उत्पत्ति २:१६,१७ उत्पत्ति ३:२२-२३

(२) विवेक अन्तर्गतको मानिस

पतनमार्फत आदम र हव्वाले असल र खराबको ज्ञान प्राप्‍त गरे र त्यसलाई मानव जातिमा प्रसारण गरे। उक्त ज्ञानले विवेकलाई नैतिक छनोट गर्ने आधार दियो र फलस्वरूप मानवजाति आफूले असल गर्न र खराबबाट अलग रहन जिम्मेवार हुन गयो। अदनदेखि जलप्रलयसम्म (जुनबेला मानवीय शासनको र व्यवस्थाको संस्थागत शुरूआत भएको थिएन) विवेकको प्रबन्ध अन्तर्गत नतीजा यस्तो हुन गयो कि “पृथ्वीमा सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए”, र “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको” पाइयो। तब परमेश्वरले प्राकृतिक मानिसको यो दोस्रो परीक्षणलाई इन्साफद्वारा अन्त गर्नुभयो। त्यो इन्साफ थियो जलप्रलयको। निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति ३:७,२२ उत्पत्ति ६:५,११-१२ उत्पत्ति ७:११-१२,२३

 

(३) पृथ्वीमाथि शासक बनाइएको मानिस

जलप्रलयको भयावह इन्साफदेखि परमेश्वरले आठजना व्यक्तिहरूलाई बचाउनुभयो पानी घटिसकेपछि शुद्ध पारिएको पृथ्वीलाई उनीहरूको हातमा सम्पिदिनुभएर त्यसमाथि शासन गर्नलाई तिनीहरूलाई पर्याप्‍त अधिकार दिनुभयो। सोअनुसार कार्यान्वयन गर्न नूह र उनका सन्ततिहरू जिम्मेवार थिए। शिनार मैदानमा मानिसले आफू परमेश्वरबाट स्वतन्त्र हुने दुष्प्रयास गरेपछि मानवीय शासनको प्रबन्ध इन्साफमा अन्त भयो। उक्त इन्साफ थियो भाषाहरूको खलबलको। निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति ९:१,२ उत्पत्ति ११:१-४ उत्पत्ति ११:५-८

 

(४) प्रतिज्ञा अन्तर्गतको मानिस

बाबेलका निर्माताहरू छरपुष्ट पारिएपछि उनीहरूको सन्ततिबाट परमेश्वरले अब्राम नामक एकजना व्यक्तिलाई बोलाउनुभई उससित एउटा करार बाँध्नुभयो। उहाँले अब्राम र उनका सन्ततिलाई दिनुभएका कतिपय प्रतिज्ञाहरू अनुग्रहपूर्ण र शर्तहीन थिए। ती प्रतिज्ञाहरू या त अक्षरश: पूरा भइसके या त पूरा हुनेवाला छन्। अन्य प्रतिज्ञाहरू भने इस्राएलीहरूको विश्वासयोग्यता र आज्ञाकारितामा निर्भर थिए। ती सबै शर्तहरू उल्लङ्घन हुन गए र फलस्वरूप प्रतिज्ञाको प्रबन्ध इस्राएलको विफलतामा अन्त भयो अनि इन्साफस्वरूप मिश्रको दासत्वमा उक्त प्रबन्धको अन्त भयो।

“आदिमा परमेश्वरले सृष्टि गर्नुभयो” भन्ने अत्युत्कृष्ट शब्दहरूमा प्रारम्भ गरिएको उत्पत्तिको पुस्तक “एक शवपेटिकाभित्र मिश्रमा” भन्ने वाक्यांशमा अन्त भएको पाइन्छ।

उत्पत्ति १२:१-३ उत्पत्ति २६:३ उत्पत्ति १३:१४-१७
उत्पत्ति १५:५ उत्पत्ति २८:१२,१३ प्रस्थान १:१३,१४

 

(५) व्यवस्था अन्तर्गतको मानिस

निस्सहाय मानिसको उद्धार गर्न फेरि पनि परमेश्वरको अनुग्रह आइपुग्यो र अत्याचारीको पञ्जाबाट चुनिएको जातिलाई छुटकारा दिलायो। सिनैको उजाडस्थानमा उहाँले उनीहरूलाई व्यवस्थाको करारको प्रस्ताव राख्‍नुभयो। अनुग्रह अन्तर्गत नै रहन विनम्र माग नगरीकन उनीहरूले आत्मविश्वासमा जवाफ दिए: “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं” (प्रस्थान १९:८)। उजाडस्थानको यात्राभरीको र कनान भूमिमा रहँदा समेतको इस्राएलको इतिहास एक बृहत् अभिलेखको रूपमा प्रस्तुत गरिएको पाइन्छ जसमा इस्राएलले व्यवस्थालाई लगातार उल्लङ्घन गरिरहे अनि अन्तमा, थुप्रै चेताउनीहरू पश्चात्, परमेश्वरले व्यवस्था अन्तर्गतको मानिसको परीक्षणलाई इन्साफमार्फत् अन्त गर्नुभयो: पहिले इस्राएल र पछि यहूदा देशबाट निष्कासन गरिए जुन निर्वासन हालसम्मै जारी रहेको छ। एज्रा र नहेम्याहको नेतृत्वमा एक दुर्बल “रेम्नेन्ट” दल (remnant, बचेकाहरू) फर्केर आए जसबाट ठीक समयमा ख्रीष्ट आउनुभयो: “जो स्त्रीद्वारा जन्मनुभयो, व्यवस्थाको अधीनतामा जन्मनुभयो” (गलाती ४:४)। उहाँलाई नै दुवै यहूदी लगायत अन्यजातिहरूले क्रूसमा झुण्ड्याउनलाई षड्यन्त्र गरे। निम्न खण्डहरूमा हेर्नुहोस्,

प्रस्थान १९:१-८   रोमी ३:१९,२०   प्रेरित २:२२-२३
रोमी १०:५   २ राजा १७:१-१८   प्रेरित ७:५१

 

गलाती ३:१०

 

२ राजा २५:१-११  

(६) अनुग्रह अन्तर्गतको मानिस

प्रभु येशू ख्रीष्टको बलिरूपी मृत्युबाट विशुद्ध अनुग्रहको प्रबन्धको प्रारम्भ भयो। अनुग्रहको भन्नाले अयोग्यलाई निगाह भन्ने बुझिन्छ। व्यवस्था अन्तर्गत परमेश्वरले धार्मिकता माग्नुहुन्थ्यो भने अनुग्रह अन्तर्गत परमेश्वरले धार्मिकता दिनुहुन्छ

सिद्ध र अनन्त मुक्ति अब यहूदी लगायत अन्यजातिलाई सित्तैंमा प्रदान गरिएको छ, यो शर्तमा कि उसले पापको स्वीकार गरोस्, अथवा पश्चात्ताप गरोस् र ख्रीष्टमा विश्वास गरोस्।

येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “जसलाई उहाँले पठाउनुभएको छ, उनैमाथि तिमीहरू विश्वास गर; यही परमेश्वरको काम हो” (यूहन्ना ६:२९)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसँग अनन्त जीवन छ (६:४७)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, उसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ (५:२४)।

मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, अनि म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्। अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्; न ता कसैले तिनीहरूलाई मेरा हातबाट खोसेर लैजान्छ (१०:२७-२८)।

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ (एफेसी २:८-९)।

अनुग्रह अन्तर्गतको मानिसको परीक्षण कसरी अन्त हुनेछ भनी नयाँ नियममा भविष्यवाणी गरिएको छ: विश्वास नगर्ने संसार र “अपस्टेट चर्च” (apostate church, सत्यलाई परित्याग गर्ने विश्व-मण्डली) को इन्साफ गरिनेछ।

प्रकाश ३:१५,१६ २ थेस्सलोनिकी २:७-१२

यस प्रबन्धको अन्तिम घडीमा सर्वप्रथम स्वर्गबाट प्रभु ओर्लनुहुनेछ तब सुतेका पवित्र जनहरू बौराइनेछन् र उनीहरू जिउँदै रहेका विश्वासी जनहरूका साथ प्रभुलाई हावामा भेट्नका लागि उठाइनेछन्: “अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं” (१ थेस्सलोनिकी ४:१६,१७)।

त्यसपछि “महासंकष्ट” भनिने छोटो समयावधि आउनेछ, मत्ती २४:२१,२२; सपन्याह १:१५-१८; दनियल १२:१; यर्मिया ३०:५-७।

त्यसपछि ठूलो सामर्थ्य र महिमासित प्रभु पृथ्वीमा व्यक्तिगत रूपमा आउनुहुनेछ जुनबेला छैटौं प्रबन्धलाई अन्त गर्ने इन्साफहरू कार्यान्वयन हुनेछन् अनि तब सातौं वा अन्तिम प्रबन्धको प्रारम्भ हुनेछ। मत्ती २४:२९,३० र २५:३१-४६ मा हेर्नुहोस्।

(७) ख्रीष्टको व्यक्तिगत शासन अन्तर्गतको मानिस

पृथ्वीमा प्रभुको व्यक्तिगत आगमनका साथ सम्पन्न भएका शुद्धि गर्ने इन्साफहरू पश्चात् उहाँले पुनर्स्थापित इस्राएल र समस्त जगतमाथि एक हजार वर्षसम्म राज्य गर्नुहुनेछ। यस अवधिलाई सामान्यतया अङ्ग्रेजिमा “मलेनियम” अर्थात् “हजार वर्षको राज्य” भनिन्छ। यरूशलेम उहाँको प्रशासनिक केन्द्र बन्नेछ र पवित्र जनहरू, अनुग्रहको प्रबन्धमा उद्धार पाएकाहरू समेत, उहाँको महिमामा सहभागी हुनेछन्। निम्न खण्डहरूमा हेर्नुहोस्, प्रेरित १५:१४-१७; यशैया २:१-४; प्रकाश १९:११,२१; २०:१-६; यशैया ११ पूरै अध्याय।

तर जब शैतान “थोरै समयका लागि…छोडिनेछ” उसले मानिसको प्राकृतिक हृदय पाप गर्नलाई पहिलेजत्तिकै तत्पर भेट्टाउनेछ र उसले सजिलै जातिजातिहरूलाई विद्रोह गर्न सुर्‍याउनेछ — प्रभुको र उहाँका जनहरूको विरुद्ध युद्ध गर्नलाई। फलस्वरूप यो प्रबन्ध पनि अरूजस्तै इन्साफमा अन्त हुनेछ। इन्साफ कार्यान्वन गर्नलाई एउटा “ठूलो सेतो सिंहासन” खडा गरिनेछ जसका सामु बौराइएका मरेका दुष्ट जनहरू खडा गराइनेछन् र उनीहरूको अन्तिम न्याय गरिनेछ। तब “नयाँ आकाश र नयाँ पृथ्वी” – अनन्तता – को प्रारम्भ हुनेछ। प्रकाश २०:३,७-१५; २१ र २२ पूरै अध्यायहरू।

 

अध्ययन प्रश्नहरू

  1. प्रबन्ध के हो?

  2. समय कतिओटा प्रबन्धहरूमा विभाजित छ?

  3. कतिओटा प्रबन्धहरू बितिसके?

  4. प्रबन्धहरूलाई क्रमैसित उतार्नुहोस् र प्रत्येकमा मानिसको प्रारम्भिक अवस्था के थियो, ऊ के गर्नलाई जिम्मेवार थियो, ऊ कसरी विफल भयो र परिणामस्वरूप कुन इन्साफ आइपर्‍यो, छोटकरीमा व्यख्या गर्नुहोस्।

  5. पुरानो नियम कुन प्रबन्धअन्तर्गत लेखियो?

  6. नयाँ नियम?

  7. वर्तमान प्रबन्धको अन्त हुने क्रममा पहिलो घटना कुन हुनेछ?

  8. त्यसको पछि?

  9. त्यसको पछि?

  10. मलेनियम कति लामो हुनेछ?

  11. मलेनियमपछि के छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)






यहूदी, अन्यजाति र परमेश्वरको मण्डली

Doctrine

यहूदी, अन्यजाति र परमेश्वरको मण्डली

“तिमीहरूले ठेस नखुवाओ, न यहूदीहरूलाई, न ग्रीकहरूलाई, न ता परमेश्वरको मण्डलीलाई” — १ कोरिन्थी १०:३२

ध्यानपूर्वक बाइबल पढ्ने जोसुकैलाई पनि यो थाह भएको कुरा हो कि बाइबलको आधाभन्दा बढी भाग एउटा मानव समूहसित सम्बन्धित रहेको छ अर्थात् इस्राएलसित। परमेश्वरको योजनामा उनीहरूको छुट्टै स्थान रहेको देखिन्छ। मानव जातिबाट अलग गरिएर उनीहरू यहोवा परमेश्वरसित करारमा बाँधिए र उनीहरूलाई निश्चित प्रतिज्ञाहरू दिइए जो अन्य कुनै मानव समूहलाई दिइएनन्। पुरानो नियमको वृतान्त लगायत अगमवाणीहरूमा केवल उनीहरूकै इतिहास पाइन्छ र तिनमा यदि अन्य जातिहरूको उल्लेख भएको छ भने ती जातिहरू यहूदीको सम्पर्कमा आएका हुनाले मात्र उल्लेख गरिएका हुन्छन्। साथै, इस्राएल राष्ट्रसित यहोवा परमेश्वरको सम्पूर्ण सरोकार यस पृथ्वीको सवालसँग सम्बन्धित भएको पाइन्छ। विश्वासयोग्य र आज्ञाकारी भएको खण्डमा उक्त जातिलाई पार्थिव गौरव, ऐश्वर्य र सामर्थ्य प्रतिज्ञा गरिएको छ; अनाज्ञाकारी भएको खण्डमा उनीहरू “पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तितरबितर पार्नुहुनेछ” भनेर (व्यवस्था २८:६४) चेताउनी दिइएको छ। मसीहको प्रतिज्ञासमेत “पृथ्वीका सबै कुलले” (उत्पत्ति १२:३) पाउने आशिषको रूपमा व्यक्त गरिएको छ।

बाइबल अध्ययन गर्दै जाँदा धेरै पटक उल्लेख गरिएको त्यहाँ अर्को छुट्टै समूह भेटिन्छ जसलाई मण्डली भनिएको छ। यस समूहको पनि परमेश्वरसित विशेष सम्बन्ध रहेको पाइन्छ र इस्राएलले जस्तै परमेश्वरबाट निश्चित प्रतिज्ञाहरू प्राप्‍त गरेको पाइन्छ। तर यी दुईबीचको समानता यहीँ टुङ्गिन्छ र उल्लेखनीय भिन्नताहरू शुरू हुन्छन्। मण्डली केवल अब्राहामको शारीरिक सन्ततीबाट निर्मित संरचना होइन बरु यो एउटा यस्तो समूह हो जसमा यहूदी र अन्यजातिबीच भिन्नता नै छैन। यहाँ परमेश्वरसितको सम्बन्ध केवल एउटा करारको आधारमा नभएर एउटा नयाँ जन्ममा आधारित भएको पाइन्छ। आज्ञाकारी भएको खण्डमा पार्थिव महानता र ऐश्वर्यको इनाम दिइने प्रतिज्ञा मण्डलीलाई छैन बरु खानेकुरा र वस्त्र छन् भने तिनैमा सन्तुष्ट रहने शिक्षा छ (१ तिमोथी ६:८)। इस्राएललाई अस्थायी र पार्थिव कुराहरूको आशिष दिइएको पाइन्छ भने मण्डलीलाई आत्मिकस्वर्गीय आशिषहरू।

अझ, पवित्र शास्त्रले यो देखाउँछ, न इस्राएल शुरूदेखि थियो न ता मण्डली नै। दुवैको निश्चित शुरूआत भएको उल्लेख छ। इस्राएलको शुरूआत अब्रामको बोलावटबाट भयो। मण्डलीको जन्म कहिले भएको हो भन्ने कुराको खोजी गर्दा येशू ख्रीष्ट पृथ्वीमा आउनुभन्दा अघि मण्डलीको अस्तित्व रहेको पाइँदैन, न ता उहाँ पृथ्वीमा हुनुहुँदा नै। उहाँले आफ्नो मण्डली भविष्यमा बनाइने कुरा गर्नुभएको पाइन्छ: “यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु” (मत्ती १६:१८)। उहाँले “बनाइसकेँ” भन्नुभएन, न ता “बनाउँदै छु” नै, तर “बनाउनेछु”।

साथै एफेसी ३:५-१० बाट यो पनि बुझिन्छ कि पुरानो नियमका अगमवाणीहरूमा मण्डलीको कुनै उल्लेख गरिएको छैन। पुरानो नियमका समयहरूमा मण्डली “परमेश्वरमा लुकेर बसेको रहस्य” थियो अर्थात् परमेश्वरले यसलाई प्रकट गर्नुभएको थिएन तसर्थ मण्डली गोप्य राखिएको “रहस्य” थियो। पवित्र शास्त्र अध्ययन गर्नेले यो पत्ता लगाउँछ कि बाइबलअनुसार मण्डलीको जन्म प्रेरितको दोस्रो अध्यायमा भएको हो भने यसको पार्थिव अस्तित्वको अन्तचाहिँ १ थेस्सलोनिकी ४ मा उल्लेखित र्‍याप्चर (rapture, मण्डलीलाई स्वर्गमा उठाई लगिने कार्य) द्वारा हुनेछ।

बाइबल अध्ययन गर्ने व्यक्तिले यो पनि पत्ता लगाउँछ कि जातिहरूको बाइबलीय विभाजनमा त्यहाँ अर्को समूह पनि रहेको छ जसलाई कम मात्रामा उल्लेख गरिएको पाइन्छ। हरहिसाबमा इस्राएल र मण्डली दुवैबाट भिन्न रहेको उक्त समूहलाई अन्यजातिहरू भनी जनाइएको छ। यहूदी, अन्यजाति र मण्डलीका आ-आफ्ना तुलनात्मक स्थानहरूलाई पवित्र शास्त्रका निम्न खण्डहरूबाट संक्षेपमा देख्‍न सकिन्छ:

 

यहूदी

 

अन्यजाति

 

मण्डली

रोमी ९:४,५

एफेसी २:११,१२

एफेसी १:२२,२३

यूहन्ना ४:२२

एफेसी ४:१७,१८

एफेसी ५:२९-३३

रोमी ३:१,२

मर्कूस ७:२७,२८

१ पत्रुस २:९

तब, पवित्र शास्त्रमा इस्राएल र मण्डलीको बारेमा उल्लेखित तथ्यहरूको तुलना गर्दा यो पाइन्छ कि ती दुईको शुरूआत, बोलावट, प्रतिज्ञा, आराधना, व्यावहारिक सिद्धान्तहरू र भविष्य सबै नै बेग्लाबेग्लै छन्।

बोलावट

 

इस्राएल

 

मण्डली

परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा” (उत्पत्ति १२:१)।

यसकारण हे पवित्र भाइहरूहो, स्वर्गीय बोलावटका भागीदारहरूहो, हामीले स्वीकार गरेका प्रेरित र महापूजाहारीलाई अर्थात् ख्रीष्ट येशूलाई ध्यान देओ (हिब्रू ३:१)।

किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौं (फिलिप्पी ३:२०)।

किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदै छ। त्यहाँ खोलानाला र मूल फुटेका पानी पहाड र बेँसी भएर बग्छन्। त्यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरेको छ। त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुंगाहरू फलामका छन्, र त्यहाँका पहाडबाट तिमीहरूले तामा निकाल्नेछौ (व्यवस्था ८:७-९)।

अनि येशूले तिनलाई भन्नुभयो: “स्यालहरूका ओडार र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको शिर राख्‍ने ठाउँधरि छैन” (मत्ती ८:२०)।

एउटा अविनाशी, निष्कलंक र ओइलिएर नजाने पैत्रिक-सम्पत्तिका निम्ति, जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ (१ पत्रुस १:४)।

यही घडीसम्म पनि हामी भोकाउँछौं, तिर्खाउँछौं, नाङ्गा छौं, मुक्का खान्छौं, र घरबिहीन भएका छौं (१ कोरिन्थी ४:११)।

तब त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष् दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। उहाँले तिनलाई बगालका बगाल भेडाबाख्राहरू र बथानका बथान गाई-गोरूहरू, तथा सुन चाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ” (उत्पत्ति २४:३४,३५)।

अनि येशूले चारैतिर हेरेर आफ्नो चेलाहरूलाई भन्नुभयो: “धनसम्पत्ति हुनेहरू कति कठिनसँग परमेश्वरको राज्यभित्र पस्नेछन्” (मर्कूस १०:२३)।

मेरा प्रिय भाइहरूहो सुन; के परमेश्वरले यस संसारका गरिबहरूलाई विश्वासमा धनी र राज्यका हकदारहरू हुनालाई चुन्नुभएको छैन र? जुन राज्यको प्रतिज्ञाचाहिँ उहाँले आफूलाई प्रेम गर्नेहरूका निम्ति गर्नुभएको छ (याकूब २:५)।

तिमीहरूका विरोधमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन् (व्यवस्था २८:७)।

तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्; अँ, यस्तो समय आउँछ – जसले तिमीहरूलाई मार्दछ, त्यसले परमेश्वरको सेवा गरें भनी ठान्नेछ (यूहन्ना १६:२)

मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैं टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ (व्यवस्था २८:१३)।

यसकारण जसले आफैलाई यो सानो नानीजस्तै नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हो (मत्ती १८:४)

यसको तात्पर्य एक यहूदी भक्तजन आफ्नो मृत्युपछि स्वर्ग जाँदैन भन्ने होइन। तर भिन्नता यसमा छ कि एक यहूदीलाई भक्तिपूर्वक जिउन पार्थिव (भौतिक) आशिषहरूको प्रेरणा दिइएको थियो, स्वर्गीय होइन। वर्तमान प्रबन्धअन्तर्गत यहूदी लगायत अन्यजातिले प्रभु येशू ख्रीष्टमा विश्वास गरेर नयाँ जन्म पाएर मात्रै मुक्ति पाउँछ (यूहन्ना ३:३,१६), अनि “एउटै शरीर” मा बप्‍तिस्मा गरिन्छ (१ कोरिन्थी १२:१३) जसलाई “मण्डली” भनिन्छ (एफेसी १:२२,२३)। मण्डलीमा यहूदी र अन्यजातिको भिन्नता बिलकुलै छैन (१ कोरिन्थी १२:१३; गलाती ३:२८; एफेसी २:१४)। त्यसैले प्रेरित पावलले एफेसीहरूलाई पत्रमा उनीहरूलाई “बितेको समयमा तिमीहरू अन्यजातिहरू थियौ” भनी लेख्छन्, एफेसी २:११; १ कोरिन्थी १२:२ मा पनि “जब तिमीहरू अन्यजातिहरू थियौ” भनिएको छ।

व्यावहारिक नियमहरू

इस्राएल र मण्डलीबीचको भिन्नता उनीहरूलाई दिइएका व्यावहारिक नियमहरूमा पनि देखिन्छ। तुलना गर्नुहोस्:

 

इस्राएल

 

मण्डली

जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ, र तिमीहरूभन्दा असंख्य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुनेछ, अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गरेका हुन्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्झौता नगर्नू। उनीहरूलाई नटिठाउनू (व्यवस्था ७:१,२)।

तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशिष देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर (मत्ती ५:४४)।

अनि आफ्नै हातले काम गर्दै परिश्रम गर्दछौं। गिल्ला गरिँदा हामी आशिष दिन्छौं; सताइँदा हामी सहन्छौं; निन्दित हुँदा हामी विन्ती गर्दछौं; अहिलेसम्म हामी यस संसारका कसिङ्गर र सबै कुराका फोहोर-मैलासरह भएका छौं (१ कोरिन्थी ४:१२,१३)।

आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्यस मानिसलाई मिलोस् (प्रस्थान २१:२४,२५)।

तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर; तर जसले तिम्रो दाहिने गालामा थप्पड लाउला, त्यसपट्टि अर्को पनि फर्काइदेओ (मत्ती ५:३९)।

आफ्ना आमा-बाबुको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताडना दिँदा पनि तिनीहरूको बात मान्दैन भने, त्यसका आमा-बाबुले त्यसलाई समातेर शहरका धर्म-गुरूहरूकहाँ शहरको मूल ढोकामा लैजाऊन्। तिनीहरूले शहरका धर्म-गुरूहरूलाई यसो भनून्, यो हाम्रो छोरो ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।” तब त्यस शहरका सबै पुरुषहरूले त्यसलाई नमरुञ्जेल ढुंगाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन् (व्यवस्था २१:१८-२१)।

अनि उठेर त्यो आफ्नो बाबुकहाँ आयो। तर त्यो अझ धेरै टाढैमा हुँदा त्यसका बाबुले त्यसलाई देखे, र दयाले भरिए; अनि दगुरेर गई त्यसलाई अँगालो हाले, र त्यसलाई चुम्बन गरे। अनि त्यस छोराले उनलाई भन्यो, ‘पिताजी, मैले स्वर्गको विरोधमा र तपाईंको दृष्टिमा पाप गरेको छु, र अब उसो तपाईंको छोरो भनिन लायकको म छैन।’ तर बाबुचाहिँले आफ्ना दासहरूलाई भने, ‘सबभन्दा बढिया पोसाक निकाल र उसलाई पहिराइदेओ; र उसको हातमा औंठी र पाउहरूमा जुत्ता लाइदेओ; अनि पोसिएको बाछा ल्याएर मार, अनि खाऔं, र आनन्द मनाऔं’ (लूका १५:२०-२३)।

उपासना

उपासना सम्बन्धी दिइएका निर्देशनहरू झनै भिन्न छन्। इस्राएलले केवल एउटै स्थानमा मात्र उपासना गर्न मिल्थ्यो, त्यो पनि परमेश्वरदेखि दूरीमा रहेर एउटा पूजाहारीको माध्यमद्वारा मात्र। मण्डलीचाहिँ दुई वा तीनजना जम्मा भई जुनसुकै ठाउँमा उपासना गर्न सक्ने, साहससित महापवित्रस्थानभित्र प्रवेश गर्न सक्ने संरचना हो जसमा सबै नै पूजाहारी हुन्छन्। तुलना गर्नुहोस्:

 

इस्राएल

 

मण्डली

लेवी १७:८,९

मत्ती १८:२०

लूका १:१०

हिब्रू १०:१९,२०

गन्ती ३:१०

१ पत्रुस २:५

भविष्य

इस्राएल र मण्डलीको भविष्य सम्बन्धी उल्लेखित अगमवाणीहरू बीचको भिन्नता झनै छक्कलाग्दा छन्। मण्डली पृथ्वीदेखि पूर्ण रूपमै उठाएर लगिन्छ भने पुन:स्थापित इस्राएलको पार्थिव महिमा र सामर्थ्यको चरमबिन्दु त आउन बाँकी नै छ। पवित्र शास्त्रले मण्डलीको बारेमा के बताउँदछ, हेरौं:

मण्डली

मेरा पिताको घरमा धेरै बासस्थानहरू छन्; त्यस्तो नहुँदो हो ता म तिमीहरूलाई भन्नेथिएँ। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि म जहाँ छु; त्यहाँ तिमीहरू पनि होओ भनी म तिमीहरूलाई आफूकहाँ लिनेछु (यूहन्ना १४:२,३)।

किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौं – हामी जो जीवित छौं, र प्रभुको आगमनसम्म रहिरह्यौं भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्नेछैनौं। किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्; त्यसपछि हामी जीवित र रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नाका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं (१ थेस्सलोनिकी ४:१५-१७)।

किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौं; जसले जुन प्रभावशाली कार्यद्वारा सबै कुरा आफ्नो वशमा पार्न सक्नुहुन्छ, त्यही कार्यअनुसार उहाँले हाम्रो दीनहीन शरीरलाई बदली गरिदिनुहुनेछ, र यो उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ (फिलिप्पी ३:२०,२१)।

प्रियहरूहो, अहिले ता हामी परमेश्वरका सन्तान छौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौं; किनकि हामी उहाँलाई, उहाँजस्तो हुनुहुन्छ, त्यस्तै देख्‍नेछौं (१ यूहन्ना ३:२)।

हामी खुशी होऔं; र खूबै आनन्द मनाऔं, अनि उहाँलाई महिमा दिऔं; किनकि थुमाको विवाह आइपुग्यो, र उहाँकी पत्‍नीले आफैलाई तयार पारेकी छन्। अनि उनलाई शुद्ध र चम्किलो मिहिन मलमल पहिरने अधिकार दिइयो; किनकि मिहिन मलमलचाहिँ पवित्र जनहरूका धार्मिकताका कामहरू हुन्। अनि तिनले मलाई भने: “लेख, जो-जो थुमाको विवाहको भोजमा बोलाइएका छन्, ती धन्य हुन्” (प्रकाश १७:७-९)।

यस पहिलो बौरिउठाइमा जसको भाग हुन्छ, ऊ धन्य र पवित्र हो; यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पूजाहारीहरू हुनेछन्, र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन् (प्रकाश २०:६)।

इस्राएल

अनि हेर, तिमीले गर्भधारण गर्नेछौ, र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम येशू राख्नू। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ; अनि प्रभु परमेश्वरले उहाँलाई उहाँका पिता दाऊदको सिंहासन दिनुहुनेछ। अनि उहाँले याकूबको घरनामाथि सदासर्वदै राज्य गर्नुहुनेछ; र उहाँको राज्यको अन्त हुनेछैन (लूका १:३१-३३)।

मरियमलाई दिइएका यी सातओटा प्रतिज्ञाहरूमध्ये पाँचओटा अक्षरश: पूरा भइसके। बाँकी दुइटा भने अक्षरश: पूरा हुनेछैन भनी दाबी गर्न हामीलाई कुनचाहिँ हर्मेन्युटिक्स् (hermeneutics, बाइबल व्याख्या गर्ने प्रणाली) को नियमले अधिकार दिन्छ र?

अन्यजातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई कसरी परमेश्वरले अन्यजातिहरूसँग पहिले भेट गर्नुभयो, सो कुराको विषयमा सिमोनले बताएका छन्; अनि योसँग भविष्यवक्ताहरूका वचन मिल्दछन्, जस्तो लेखिएको छ: ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको ढलेको तम्बू म फेरि बनाउनेछु; अनि यसका भग्नावशेषहरू म फेरि बनाउनेछु, र यसलाई म खडा गर्नेछु (प्रेरित १५:१४-१६)।

तब म भन्दछु, के परमेश्वरले आफ्नो जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! किनकि म पनि अब्राहामको वंशको, बेन्यामीनको कुलको इस्राएली हुँ। तब म भन्दछु, के लोटून् भनेर नै तिनीहरूले ठेस खाएका हुन् त? कदापि होइन! तर तिनीहरू लोटेका कारणले अन्यजातिहरूकहाँ मुक्ति आएको छ, तिनीहरूमा डाहा पैदा गर्नालाई। किनकि तिमी पनि स्वभावअनुसार जङ्गली जैतुनको रूखबाट काटिएर स्वभावको विपरित त्यस असल जैतुनको रूखमा कलम गाँसियौ भने, झन् यी स्वाभाविक हाँगाहरू यिनीहरूको आफ्नै जैतुनको रूखमा कति बढ्ता गरी कलम भएर गाँसिएलान् त? किनकि भाइहरूहो, तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानौला भनेर यस रहस्यको विषयमा तिमीहरू अनजान रहौ भन्ने इच्छा म गर्दिनँ – जबसम्म अन्यजातिहरूको पूरा संख्या भित्र आउँदैन, तबसम्म इस्राएलमाथि केही मात्रामा अन्धापना आएको छ। अनि यसरी सारा इस्राएलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ: ‘छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ, र याकूबबाट अभक्ति हटाउनुहुनेछ’ (रोमी ११:१,११,२४-२६)।

त्यस दिन परमप्रभुले. . .आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रोपल्ट पसार्नुहुनेछ। उहाँले जाति-जातिहरूका निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्ट भएकाहरूलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ (यशैया ११:११,१२)।

परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्नै ठाउँमा बसाल्नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्नेछन् (यशैया १४:१)।

“तापनि,” परमप्रभु भन्नुहुन्छ, “दिन आउँदै छ, जब मानिसहरूले कहिल्यै यसो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा।’ तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा।’ किनकि मैले तिनीहरूका पिता-पूर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई म फेरि ल्याउनेछु (यर्मिया १६:१४,१५)। परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदै छन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु, एउटा राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले पृथ्वीमा गर्नेछन्। तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’ (यर्मिया २३:५,६)।

म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जुन देशमा मैले तिनीहरूलाई मेरो भयानक रिस र अत्यन्त क्रोधमा निर्वासन गरेको थिएँ। म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु र सुरक्षितसाथ बस्न दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु (यर्मिया ३२:३७,३८)।

हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सोरले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्! तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन (सपन्याह १:१४,१५)।

परमेश्वरसितको विशेष सम्बन्ध

परमेश्वरसितको विशेष सम्बन्धको सवालमा पनि इस्राएल र मण्डलीका बीच भिन्नताहरू पाइन्छन्:

 

इस्राएल

 

मण्डली

विश्वव्यापी मूर्तिपूजाको बीच परमेश्वर एउटै मात्र हुनुहुन्छ भन्ने गवाही हुन चुनिएको: व्यवस्था ६:४; यशैया ४३:१०,१२

ख्रीष्टको शरीर र दुलही हुन चुनिएको: एफेसी १:२२-२३; १ कोरिन्थी १२:१२-१३; एफेसी ५:३०; २ कोरिन्थी ११:२; एफेसी ५:३१-३२; प्रकाश १९:७-८

एकमात्र सत्य परमेश्वरको सेवा गर्नु आशिषपूर्ण हुन्छ भनी सबै जातिहरूकहाँ प्रकट गर्नुपर्ने: व्यवस्था ३३:२६-२९; १ इतिहास १७:२०-२१; भजनसंग्रह १४४:१५

परमेश्वरका पुत्रसँगै साझा हकवाला भई सँगै राज्य गर्ने र महापूजाहारी ख्रीष्ट अन्तर्गतको एक नयाँ पूजाहारीगरी: रोमी ८:१६-१७; प्रकाश २०:६; १ पत्रुस २:५; प्रकाश १:६

परमेश्वरको वचनका लेखक र संरक्षक: रोमी ३:१,२; व्यवस्था ४:५-८

परमेश्वरको वासस्थान र मन्दिर: १ पत्रुस २:५; एफेसी २:१९-२२

मसीहको प्रतिज्ञाको भण्डारी: उत्पत्ति ३:१५; १२:३; २१:१२; २८:१०,१४; २ शमूएल ७:१६; यशैया ५५:३-४; मत्ती १:१

परमेश्वरको बुद्धि प्रकट गर्ने परमेश्वरको अनुग्रहको भण्डारी: एफेसी २:७; ३:१०

अन्य सबै कारक तत्वहरूको संयोगले भन्दा मण्डलीको यहूदीकरणले नै यसको उन्नतिमा बाधा पुर्‍याएको, यसको लक्ष्यलाई बङ्ग्याएको, यसको आत्मिकतामा ह्रास ल्याएको हो भन्नुमा अत्युक्ति हुँदैन। उसलाई दिइएको संसारको भन्दा अलग्गै मार्गमा हिंड्नुको सट्टा र आफ्नो प्रभुलाई स्वर्गीय बोलावट अनुसार पछ्याउनुको सट्टा, यहूदी शास्त्रहरूको दुरूपयोग गरी विश्वलाई सभ्य बनाउने उद्देश्य अपनाएर, सम्पत्ति थुपारेर, रीति-विधिमा डुबेर, भव्य मण्डली-भवनहरू निर्माण गरेर, युद्धरत सेनाहरूमाथि परमेश्वरबाट आशीर्वाद खन्याईमागेर र समान भातृत्वलाई “अगुवावर्ग” (clergy) र “साधारण विश्वासी” (laity) मा विभाजन गरेर मण्डलीले आफूलाई गिराएको छ।

अध्ययन प्रश्नहरू

  1. पवित्र शास्त्रले मानव जातिलाई कुन-कुन समूहहरूमा विभाजन गरेको छ?

  2. प्रथम हिब्रू (यहूदी) को थिए?

  3. यहूदी, अन्यजाति र मण्डलीबीचका भिन्नताहरू संक्षेपमा लेख्‍नुहोस्।

  4. मण्डली कहिले शुरू भयो?

  5. के पुरानो नियमका अगमवाणीहरूमा मण्डलीको उल्लेख छ?

  6. ख्रीष्टसित मण्डलीको विशेष सम्बन्ध के छ?

  7. परमेश्वरसित इस्राएलको विशेष सम्बन्ध के थियो?

  8. परमेश्वरको सामु अन्यजातिहरू के-कस्तो स्थानमा रहेको पाइन्छ?

  9. इस्राएलको लागि के-कस्तो भविष्य साँचिएर राखिएको छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)






परिचय

Doctrine

परिचय

 

दोस्रो तिमोथीको दोस्रो अध्यायमा विश्वासीलाई सात प्रकारका व्यक्तिहरूसित तुलना गरिएको छ। उसलाई छोरा (पद १), सिपाही (पद ३), खेलाडी (पद ५), खेतीवाल (पद ६), कामदार (पद १५), भाँडो (पद २१) र दास (पद २४) भनिएको छ।

अनि त्यहाँ प्रत्येक चरित्रलाई सुहाउने अर्ती दिइएको छ। छोराको हैसियतले तिमोथीलाई अनुग्रहमा बलियो हुन अर्ती दिइएको छ। अनुग्रहचाहिँ पुत्रत्वसँग सम्बन्धित कुरा हो भने व्यवस्थाचाहिँ दासत्वसँग, जुन कुरा गलातीको पत्रमा बताइएको छ। सिपाहीको हैसियतले तिमोथीलाई दुःख उठाउन र सांसारिक अङ्कुसहरूदेखि जोगिन अर्ती दिइएको छ। असल सिपाहीमा पाइने गुण यिनै हुन्। भाँडोको रूपमा ऊ शुद्ध र अलग पारिएको हुनुपर्छ। दासको रूपमा ऊ कोमल, धैर्यवान् र नम्र हुनुपर्छ। यसरी ख्रीष्टियन जीवनलाई सात पक्षहरूमा चर्चा गरिएको छ।

पद १५ मा कामदारको हैसियतले उसबाट माग गरिएको कुरा यसरी बताइएको छ:
आफूलाई परमेश्वरकहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्‍न गर — एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो, जसले सत्यको वचन ठीक-ठीकसँग छुट्ट्याउँछ”।

सत्यको वचनभित्र ठीक-ठीक विभाजनहरू छन्। ती विभाजनहरूलाई ध्यान नदिईकन “एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो” बन्न असम्भव भएको हुनाले ती विभाजनहरूलाई बेवास्ता गर्ने कुनै पनि बाइबल अध्ययन धेरै हिसाबमा फलहीन र अन्योलग्रस्त हुनेछ। धेरै ख्रीष्टियनहरू इमानदारीतामा यो स्वीकार गर्छन् कि बाइबल अध्ययन गर्ने काम उनीहरूलाई पटाइ लाग्दो छ। अझ थुप्रैको यस्तै अनुभव भएर पनि उनीहरूका लागि उक्त कुरा स्वीकार गर्नु शर्मको कुरा हुन्छ।

यो सानो पुस्तकले सत्यको वचनमा रहेका महत्त्वपूर्ण भिन्नताहरूलाई औंल्याउने प्रयास गरेको छ। यसको विस्तृत अध्ययन गर्न त पूरा बाइबलकै विश्लेषण गर्नुपर्ने हुन्छ। तरैपनि यो विश्वास गरिन्छ कि परिश्रमी पाठकलाई सत्यको मूलधाराहरू चिनाउन र परमेश्वरको वचनको रचनात्मक सुन्दरतालाई महसुस गराउन यहाँ यथेष्ट सामाग्री समावेश छ यद्यपि शारीरिक मानिसलाई बाइबल एउटा बेमेल र विपरित विचारहरूको सँगालो जस्तै लाग्न सक्दछ।

पाठकलाई यस पुस्तिकाकै अधिकारमा कुनै पनि शिक्षा ग्रहण नगर्न, बरु, उत्तम बेरियालीहरूले जस्तै “यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्र शास्त्रहरूमा खोजी” गर्न (प्रेरित १७:११) जोडदार आग्रह गरिन्छ। यहाँ कुनै पनि मानवीय अधिकारलाई आधार बनाइएको छैन। “तर जुन अभिषेक तिमीहरूले उहाँबाट पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र कुनै मानिसले तिमीहरूलाई सिकाउने खाँचो छैन” (१ यूहन्ना २:२७)।

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)






खण्ड १७ – अनन्त अवस्थिति

Doctrine

खण्ड १७ – अनन्त अवस्थिति

  1. दुई बौरिउठाइहरूलाई कुन-कुन नामले जनाइएको छ (यूहन्ना ५:२८-२९):
    1. ______________________
    2. ______________________
      तपाईं कुनचाहिँ बौरिउठाइमा पर्नुहुनेछ? _________________
  2. सदुकीहरूले _____________ मा विश्वास गर्दैनथे (मत्ती २२:२३; प्रेरित २३:८)। के प्रभु येशू सदुकीहरूसित सहमत हुनुहुन्थ्यो (मत्ती २२:२९-३३)? ________________
  3. ठीक कि बेठीक पावल प्रेरितले बौरिउठाइको बास्तविकतालाई अस्वीकार गरे (प्रेरित २३:६-८)।
  4. मानिसहरूको बौरिउठाइ नहुँदो हो ता हामीले निष्कर्षमा के भन्नुपर्ने हुन्थ्यो (१ कोरिन्थी १५:१२-१३,१६)? _______________________ __________________________________________________
  5. ख्रीष्टको शारीरिक बौरिउठाइ बास्तविक रूपमा भइसकेको कुराले विश्वासी जनको शारीरिक ____________ हुने नै छ भन्ने निश्चयता प्रदान गर्दछ (१ कोरिन्थी १५:२०-२३; यूहन्ना १४:१९ पनि दाँज्नुहोस्)। किसानले आफ्नो “पहिलो फल” (१ कोरिन्थी १५:२०) प्राप्‍त गरिसकेपछि त्यहाँ अरू पनि फल प्राप्त हुनेछ भनेर उसलाई पक्का थाहा हुन्छ!
  6. हुमेनियस र फिलेटस मानिसहरूको बौरिउठाइको सम्बन्धमा कस्तो किसिमको भूलमा परेका थिए (२ तिमोथी २:१७-१८)? __________ __________________________________________________
  7. मण्डली-युगका विश्वासीहरूको बौरिउठाइ ख्रीष्ट आफ्नो मण्डलीलाई लिनलाई र्‍याप्चरको दिनमा आउनुहुँदा हुनेछ (हेर्नुहोस्, १ कोरिन्थी १५:५१-५२; १ थेस्सलोनिकी ४:१३-१८; फिलिप्पी ३:२०-२१)। विश्वासीको बौरिउठाइको शरीर कसको शरीरको ढाँचाअनुरूप हुनेछ (फिलिप्पी ३:२०-२१)? ________________________। विश्वासीको बौरिउठाइको शरीरलाई बयान गर्ने दुइटा शब्दहरू कुन-कुन हुन् (१ कोरिन्थी १५:५३)? १) _______________ (नकुहिने, रोग नलाग्ने, नबिग्रने, पुरानो (बूढो) नहुने) २) _______________ (नमर्ने — प्रकाश २१:४ मा हेर्नुहोस्)।
  8. ठीक कि बेठीक आफू एक दिन मर्नुपर्छ भनेर सोच्दा पावल प्रेरित डरले थरथर हुन्थे र त्यो दिन कहिल्यै नआइदिए हुन्थ्यो भन्ने उसलाई लाग्थ्यो (फिलिप्पी १:२१,२३; २ तिमोथी ४:-८)।
    आफू मर्ने बित्तिकै पावल _________सँग हुन गए जुनचाहिँ अति नै _________ हो (फिलिप्पी १:२३)।
    ठीक कि बेठीक मृत्यु विश्वासीको लागि भयङ्कर ठूलो नोक्सानी हो (फिलिप्पी १:२१)।
  9. लूका २३:४३ अनुसार प्रभु येशूले विश्वास गर्ने त्यस कुकर्मीलाई उनी उहाँसित _____________मा हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। उक्त कुरा कहिले हुनेछ भनी येशूले भन्नुभएको थियो? _________
  10. शरीरबाट अलग हुनु = __________________ (२ कोरिन्थी ५:८)।
  11. उहाँमाथि विश्वास गर्नेहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना ११:२५-२६)? _______________________________________ _______________________________। के तपाईं यो विश्वास गर्नुहुन्छ? __________
  12. लूका १६:२३-२४ पढ्नुहोस्। मानिसहरू नरक (ग्रीक: हेडिज्, अधोलोक) मा साँच्ची नै कष्ट भोग्छन् भनेर के प्रभु येशूले सिकाउनुभएको थियो? __________। के धनी मानिस हेडिज्(पीडाको ठाउँ) बाट अब्राहामको काख (स्वर्गलोक) मा सरेर जान सक्थे? ____________ (लूका १६:२६)।
  13. ठूलो सेतो सिंहासनको न्यायमा परमेश्वरको सामु मानिसहरूको कुनचाहिँ समूह खडा हुनेछ (प्रकाश २०:१२)? म__________। पत्रुसले यही घटनालाई “न्यायको दिन र ______________ मानिसहरूका विनाश” भनी बयान गरेका छन् (२ पत्रुस ३:७)। यी मानिसहरूको अन्तिम गन्तव्य कहाँ हुनेछ (प्रकाश २०:१५)? _______________ _____________________
  14. मत्ती २५:४१ र मत्ती २५:४६ पढ्नुहोस्।
    ठिक कि बेठीक प्रभु येशू ख्रीष्टले अनन्त दण्डमा विश्वास गर्नुभएन।
  15. विश्वास नगर्नेहरू अनन्तसम्म कुन ठाउँमा रहनेछन् (प्रकाश २०:१५ र प्रकाश २१:८)? __________________________________। त्यो आगो कति लामो समयसम्म जलिरहनेछ (यहूदा ७)? ______ ______________
  16. अनन्त दण्डको त्यस भयानक ठाउँदेखि उम्कनलाई एउटा व्यक्तिले के गर्नुपर्छ (प्रेरित १६:३०-३१; लूका १३:३,५)? __________________ ___________________________________। के तपाईंले त्यसो गर्नुभयो? _________________
  17. अनन्त विनाशको दण्ड भोग्नेहरूको आत्मिक अवस्थाको बारेमा २ थेस्सलोनिकी १:८ ले कुन दुइटा कुरा बताएको छ:
    1. ___________________________________________
    2. ___________________________________________

    उनीहरू कुन दुइटा कुराबाट सदाका लागि अलग पारिनेछन् (२ थेस्सलोनिकी १:९)?

    1. ___________________________________________
    2. ___________________________________________
  18. ठीक कि बेठीक प्रभु येशू ख्रीष्टले साँच्चीकै नरकमा विश्वास गर्नुभएन त्यसैकारण उहाँले मानिसहरूलाई त्यसको भयानकताको बारेमा कहिल्यै चेतावनी दिनुभएन (मर्कूस ९:४२-४८; मत्ती २३:१५,३३)।
  19. विश्वासी जनको अनन्तको घरमा कुन चारओटा कुराहरू भेटिनेछैन (प्रकाश २१:४ मा पढ्नुहोस्):
    1. ______________________
    2. ______________________
    3. ______________________
    4. ______________________

अनन्त अवस्थिति भन्नाले परमेश्वरले सृष्टि गर्नुभएका मानिसहरू, स्वर्गदूतहरू र सारा सृष्टिको आखिरी अन्तिम अवस्था भन्ने बुझिन्छ। सबै कुराहरूलाई सठीक तरिकाले ठीक-ठाक स्थितिमा स्थापित गरिनेछ, कोही स्वर्गमा, कोही नरकमा। सबै कुरा परमेश्वरको पवित्रतामा र परमेश्वरको महिमाको निम्ति सम्पन्न हुनेछ।

तपाईंले यो अध्ययन पूरा गर्नुभयो!! तर याद गर्नुहोस्, केवल शिक्षाको ज्ञान मात्र पर्याप्‍त हुँदैन: “तिमीहरू यी कुराहरू जान्दछौ भने र यही कुराहरू __________ भने तिमीहरू धन्यका हौ” (यूहन्ना १३:१७)






खण्ड १६ – ख्रीष्टको दोस्रो आगमन

Doctrine

खण्ड १६ – ख्रीष्टको दोस्रो आगमन

द्रष्टव्य: ख्रीष्टको दोस्रो आगमन बास्तवमा दुइटा चरणमा सम्पन्न हुनेछ: १) मण्डलीको र्‍याप्चर (उठाइने कार्य) अर्थात् जब आफ्नो मण्डलीलाई लिनलाई ख्रीष्ट हावामा आउनुहुनेछ (१ थेस्सलोनिकी ४:१३-१८) अनि विश्वासीहरूलाई स्वर्गमा पुर्‍याउनुहुनेछ (यूहन्ना १४:१-३; फिलिप्पी ३:२०)। उक्त घटना कुनै पनि घडी हुन सक्नेछ। त्यसको लगत्तै पछि दानियलको ७० औं हप्‍ता भनेर जनाइने सात-वर्ष लामो एउटा कालखण्ड हुनेछ जसको आखिरी साँढे तीन वर्षको अवधिलाई महासङ्कष्टकाल भनिन्छ (दनियल ९:२७; मत्ती २४:२१,२९)। २) प्रभु येशू ख्रीष्ट महासङ्कष्टकालको अन्तमा पृथ्वीमा आउनुहुनेछ र संसारको न्याय गर्नुहुनेछ र आफ्नो हजार वर्षको राज्यलाई स्थापित गर्नुहुनेछ (मत्ती २४:२९-३०; प्रकाश १९ र २०)।

  1. प्रभु येशूले आफ्ना चेलाहरूलाई के को प्रतिज्ञा गर्नुभयो (यूहन्ना १४:३)? __________________________________________
  2. हरेक ख्रीष्टियनले कुन कुराको बाटो हेर्दै जिउनुपर्छ (तीतस २:१३; फिलिप्पी ३:२० र २ तिमोथी ४:८)? ______________________ ______________________________
  3. कुनचाहिँ घटना भएपछि मण्डलीले मान्दै आएको प्रभु भोजको विधि मान्ने क्रम समाप्‍त हुनेछ (१ कोरिन्थी ११:२६)? ______________ ___________________________
  4. उक्त घटना कत्तिको चाँडो घट्नेछ (१ कोरिन्थी १५:५२)? _______ _____________________________________
  5. आफ्नो मण्डलीलाई लिनलाई प्रभु येशू ख्रीष्ट आउनुहुने घटनाचाहिँ –
    1. _____ धन्य आशा हो
    2. _____ सान्त्वना दिने आशा हो
    3. _____ शुद्ध पार्ने आशा हो
    क) १ थेस्स ४:१३-१८; यू १४:१-३
    ख) १ यूहन्ना ३:२-३
    ग) तीतस २:१३
  6. संसारमा बाँचिरहेका सबै मानसिहरूलाई जाँच्नका निम्ति आउने परीक्षाको घडी (क्रोधको दिन) अर्थात् सङ्कष्टकालभन्दा अगाडि नै मण्डली संसारबाट लगिनेछ (र्‍याप्चर गरिनेछ) भन्ने कुरा जनाउने एउटा पदलाई प्रकाशको तेस्रो अध्यायमा के तपाईंले भेट्टाउन सक्नुहुन्छ?
    प्रकाश अध्याय ३ को पद ______
  7. जोडा मिलाउनुहोस्:
    1. _____ मण्डलीको र्‍याप्चर अर्थात् आफ्ना विश्वासी जनहरूलाई स्वर्गमा लैजानलाई येशू फेरि आउनुहुने दिन
    2. _____ महासङ्कष्टको समय अर्थात् संसारले भोग्नुपर्ने सबैभन्दा ठूलो सङ्कष्ट र कठीनाइको समय
    3. _____ ख्रीष्टको दोस्रो आगमन अर्थात् (सङ्कष्टको समय पछाडि) राजाहरूको राजाको रूपमा येशू संसारमा आउनुहुने समय
    4. _____ ख्रीष्टको हजार वर्षको राज्य
    क) मत्ती २४:२९-३१;
    प्रकाश १९:११-१६
    ख) मत्ती २४:१५-२१;
    दनियल १२:१; यर्मिया ३०:७
    ग) प्रकाश २० अध्याय
    घ) १ थेस्सलोनिकी ४:१३-१८;
    यूहन्ना १४:३

परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टले सबै कुराहरूको सृष्टि गर्नुभयो। उहाँ सारा संसारमाथि राज्य गर्नलाई फेरि आउनुभएपछि उहाँ जसरी हुनुहुन्थ्यो र हुनुहुन्छ त्यसै गरी उहाँ नै प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुनेछ जुन कुरालाई सारा संसारले जान्नेछ, त्यो प्रत्यक्ष हुनेछ।






खण्ड १५ – प्रबन्धवाद

Doctrine

खण्ड १५ – प्रबन्धवाद

परिभाषा: परमेश्वरको इच्छा कार्यन्वयन हुने क्रममा कुनै प्रस्टै छुट्टिने व्यवस्थापन प्रणाली एउटा निश्चित प्रबन्ध हो जसमा मानव इतिहासको कुनै अवधिअन्तर्गत परमेश्वरले उसलाई निश्चितरूपमा सुम्पिनुभएको विशिष्ट प्रकाशका निम्ति मानिस एक असल भण्डारी हुन जिम्मेवार ठानिन्छ।

  1. आज परमेश्वरले अन्यजातिहरू (राष्ट्रहरू) लाई कुन उद्देश्यले भेट गर्दैहुनुहुन्छ (प्रेरित १५:१४)? ____________________________ ___________________________________
    (द्रष्टब्य: “मण्डली” [ग्रीक-एक्क्लेसिया] = “बाहिर बोलाइएकाहरूको सभा”)
  2. ठीक कि बेठीक एफेसी ३:५ र कलस्सी १:२६ अनुसार मण्डली सम्बन्धित सत्यताहरू पुरानो नियममा स्पष्टै प्रकट गरिसकिएका थिए।
  3. ख्रीष्टको विशिष्ट शरीरको रूपमा रहेको मण्डलीको रहस्यलाई परमेश्वरले विशेष गरी कुनचाहिँ व्यक्तिलाई प्रकट गर्नुभयो (एफेसी ३:१-४; दाँज्नुहोस् एफेसी १:१)? _____________। तसर्थ मण्डलीको बारेमा सबैभन्दा बढी जानकारी हामीले निम्नमध्ये कुनचाहिँमा पाउने आशा गर्न सक्छौं? क) मोशाका पाँच पुस्तकहरू ग) सुसमाचारका पुस्तकहरू ख) भजनसङ्ग्रह घ) पावलका पत्रहरू
  4. नयाँ नियममा प्रयोग गरिएको “रहस्य” भन्ने शब्दले विगतमा परमेश्वरले प्रकट नगर्नुभएकोले गोप्य रहेको तर अब पवित्र आत्माद्वारा विश्वासी जनहरूलाई प्रकट गरिएको सत्यतालाई जनाउँदछ। यी नयाँ नियमका रहस्यहरूले सामान्यतया मण्डलीसित सम्बन्धित कुनै न कुनै सत्यतालाई समेटेको पाइन्छ:
    1. _____ परमेश्वरले मण्डलीलाई आफूकहाँ बोलाउने काम भइरहेको कालखण्डमा इस्राएल आंशिक रूपमा अन्धा रहने कुराको रहस्य
    2. _____ परमेश्वर बास गर्नुहुने सत्यको जग र खाँबो ठहराइएको उहाँको मण्डलीमा र मण्डलीद्वारा उहाँ स्वयं प्रकट हुनुहुने भक्तिको रहस्य। देहधारण हुनुहुँदा परमेश्वरले आफूलाई एउटा शरीरमा प्रकट गर्दैहुनुहुन्थ्यो (“परमेश्वर शरीरमा प्रकट हुनुभयो”)। त्यसै गरी आज परमेश्वरले आफूलाई अर्कै शरीरमा प्रकट गर्दै हुनुहुन्छ जुनचाहिँ ख्रीष्टको शरीर अर्थात् मण्डली हो।
    3. _____ परमेश्वर बास गर्नुहुने सत्यको जग र खाँबो ठहराइएको उहाँको मण्डलीमा र मण्डलीद्वारा उहाँ स्वयं प्रकट हुनुहुने भक्तिको रहस्य। देहधारण हुनुहुँदा परमेश्वरले आफूलाई एउटा शरीरमा प्रकट गर्दैहुनुहुन्थ्यो (“परमेश्वर शरीरमा प्रकट हुनुभयो”)। त्यसै गरी आज परमेश्वरले आफूलाई अर्कै शरीरमा प्रकट गर्दै हुनुहुन्छ जुनचाहिँ ख्रीष्टको शरीर अर्थात् मण्डली हो।
    4. _____ मण्डली र्‍याप्चर (अपसरन) हुने (“माथि उठाइने”) कुराको रहस्य जुन बेला जीवित रहिरहेका विश्वासीहरू भौतिक रूपमा नमरिकनै प्रभुसित हुनलाई पृथ्वीदेखि माथि उठाइनेछन्
    5. _____ यहूदी तथा अन्यजातिहरू एउटै शरीरमा अर्थात् मण्डलीमा साझेदारहरू हुन्छन् भन्ने रहस्य
    6. _____ मण्डली आफ्नो शिर तथा दुलहा ख्रीष्टसित जीवन्त रूपमा एकै बनेको उहाँको दुलही हो भन्ने रहस्य
    7. _____ जीवित ख्रीष्ट एउटा शरीर अर्थात् मण्डलीमा बास गर्नुहुन्छ भन्ने रहस्य
    क) एफेसी ५:३०-३२

    ख) कलस्सी १:२६-२७

    ग) एफेसी ३:४-६

    घ) रोमी ११:२५

    ङ) १ कोरिन्थी १५:५१-५२;
    दाँज्नुहोस् १ थेस्सलोनिकी ४:१३-१८

    च) १ तिमोथी ३:१५-१६

  5. आज विश्वभरिका मानिसहरूलाई परमेश्वरले कुन तीनओटा समूहभित्र देख्‍नुहुन्छ (१ कोरिन्थी १०:३२)?
    1. _________________
    2. _________________
    3. _______________ (मुक्ति पाएका यहूदी तथा अन्यजातिहरू)
  6. के आजको विश्वासी व्यवस्थाको अधीनमा राखिएको छ (रोमी ६:१४)? _________। के यसको मतलब हामी पाप गर्नलाई स्वतन्त्र छौं भन्ने हो (रोमी ६:१५-१८)? ____________
  7. के आजको विश्वासीले मोशाको व्यवस्थाबमोजिमका पशु बलिदानहरू चढाउनुपर्छ (हिब्रू १०:१-१८)? __________
  8. मोशाको व्यवस्था अर्थात् पुरानो करारको बारेमा बाइबलले के बताउँछ:
    1. _____ त्यो बूढो छ र अलप हुन लागेको छ
    2. _____हामी त्यसको अधीनमा छैनौं
    3. _____ त्यो दोषरहित छैन
    4. _____ नयाँ करार स्थापित होस् भनेर त्यो हटाइन्छ
    5. _____ त्यो खरिज गरिनुपर्‍यो किनकि त्यो कमजोर, लाभहीन र कुनै कुरा पनि सिद्ध पार्न नसक्ने थियो
    6. _____ त्यो मेटाइसकियो
    7. _____ त्यो मेटिएर जाने कुरा थियो
    क) २ कोरिन्थी ३:११
    ख) २ कोरिन्थी ३:१३; एफेसी २:१५
    ग) गलाती ३:२४-२५
    घ) हिब्रू ७:१८-१९
    ङ) हिब्रू ८:६-८
    च) हिब्रू ८:१३
    छ) हिब्रू १०:९
  9. ठीक कि बेठीक व्यवस्थाको उद्देश्य मुक्ति दिनु र धर्मी ठहराउनु हो। अनन्त जीवन परमेश्वरका आज्ञाहरू पालन गरेर पाइन्छ र त्यसो गरेर मात्र पापीले मुक्ति पाउन सक्छ (गलाती २:१६; २:२१; ३:१०-११)।
  10. ठीक कि बेठीक मानिस व्यवस्थालाई भङ्ग गर्ने एउटा दोषी व्यक्ति हो भनेर उसलाई उसको पाप देखाउनु र उसलाई मुक्तिदाताको नित्तान्त खाँचो छ भनेर देखाउनु नै व्यवस्थाको उद्देश्य हो (रोमी ३:१९-२० र रोमी ७:७)।
  11. ठीक कि बेठीक जसरी सिक्रीको एउटा मात्र कडी टुट्यो भने पनि त्यो सिक्री चुँडिएको ठहिरिन्छ, त्यसरी नै मानिसले परमेश्वरको एउटै मात्र आज्ञा तोड्यो भने पनि परमेश्वरको व्यवस्था ऊद्वारा भङ्ग गरिएको ठहरिन्छ। दस आज्ञामा एउटै मात्र आज्ञा तोड्ने व्यक्तिले दसैओटा आज्ञा तोड्ने व्यक्तिले जत्तिकै परमेश्वरको आज्ञा भङ्ग गरेको ठहरिन्छ (याकूब २:१०-११)।
  12. अब्राहाम कसरी धर्मी ठहरिए वा बचाइए (यूहन्ना १५:५-६ र रोमी ४:१-३)? ______________________________। आज मानिसहरू कसरी धर्मी ठहराइन्छन् अथवा बचाइन्छन् (रोमी ४:४-५ र एफेसी २:८-९)? ____________________________________________
  13. के परमेश्वरले आफ्नो जाति इस्राएल राष्ट्रलाई त्याग्नुभएको छ (रोमी ११:१)? ________। के एउटा यस्तो दिन आउनेछ जब इस्राएल जाति राष्ट्रकै रूपमा बचाइनेछ र तिनीहरूले प्रभु येशू ख्रीष्टलाई आफ्नो मसीह भन्नेर चिन्नेछन् (रोमी ११:२५-२६; जकरिया १२:१०; १३:६-९; मत्ती २३:३७-३९)? ____________
  14. परमप्रभुले इस्राएलका सन्तानलाई परित्याग गर्न सक्नलाई र तिनीहरूसित गर्नुभएको आफ्ना प्रतिज्ञाहरूलाई तोड्न सक्नलाई त्यहाँ पहिला के गरिनु आवश्यक छ (हेर्नुहोस् यर्मिया ३१:३७)? _______ __________________________________________________ __________________________________________________
  15. परमेश्वरले इस्राएल जातिसित गर्नुभएको आफ्ना प्रतिज्ञाहरूलाई पूरा गर्नु नै हुनेछ भनेर हामी कसरी जान्दछौं (गन्ती २३:१९)? _________ __________________________________________________

जुनसुकै पनि समयमा जिउने मानिसहरूले उहाँलाई चिन्ने अवसर पाऊन् भनेर परमेश्वरले आफ्नो योजनाहरूलाई शीष्टरूपमा मिलाउनुभएको छ। त्यसको साथसाथै परमेश्वरले आफ्नो लिखित वचनलाई विस्तारशील ढाँचामा प्रकाशित गर्दै ल्याउनुभई मानवजातिलाई जिउनको निम्ति दिनुभएको फरक-फरक शर्तहरूको आधारद्वारा जुनसुकै पनि समयमा जिउने मानिसले कुनै पनि बाहाना गर्न नसक्ने तुल्याउनुभएको छ।