Entries by Pradesh Shrestha

आत्माको फल र विश्वासीको निम्ति परमेश्वरको उद्देश्य

पाठ ८ — आत्माको फल र विश्वासीको निम्ति परमेश्वरको उद्देश्य (भाग २)

यी दुई पदहरूमा नौ-शब्दको विवरण दिइएको छ। हामीले सोध्न चाहेको महत्त्वपूर्ण प्रश्नहरू यी हुन्: यो विवरण कसलाई सुहाउँछ? के हामीलाई उक्त विवरण सुहाउँछ? के हामी प्रेमिलो, आनन्दले पूर्ण र मेलमिलाप इत्यादिमा छौं?

यी शब्दहरूले हाम्रो बारेमा कत्तिको वर्णन गर्दछन्? यदि हामी इमान्दार छौं भने, हामीले यसो भन्नुपर्ने हुन्छ, “यसले मेरो वर्णग गरे हुन्थ्यो भनी म इच्छा गर्छु, तर म प्राय: प्रेम नगर्ने, स्वार्थी, क्रुद्ध, चिन्तित, रिसाउनमा छिटो, झडङ्ग भइहाल्ने, अविश्वासयोग्य, घमण्डी र थोरै आत्म-नियन्त्रण भएको मानिस हुँ”।

यस चुनौतीको सामना गर्ने हिम्मत हामीहरूमध्ये कति जनासँग छ: “यदि तपाईं साँच्चै यी दुईओटा पदहरूमा भएका नौओटा शब्दहरू बुझ्न चाहनुहुन्छ भने, आउने हप्ता मेरो जीवनलाई अवलोकन गर्नुहुन म तपाईंलाई स्वागत गर्न चाहन्छु, र हाम्रो निम्ति यी पदहरूमा व्याख्या गरिएका फलसँग एकदम मेल खाने फल म तपाईंलाई देखाउनेछु।”

कसलाई साँच्चै यी नौओटा शब्दहरूको व्याख्या सुहाउँछ? यी व्याख्याहरूलाई सिद्ध रूपमा सुहाउने जीवन र चरित्र भएको मानिस एकैजना मात्र हुनुहुन्छ। यी दुई पदहरूले येशू ख्रीष्टको चरित्रलाई पूर्ण रूपमा व्याख्या गर्दछ।

परमेश्वरले आज हाम्रो निम्ति ख्रीष्टको कुनै पनि तस्वीरलाई नसम्हाल्नुभएको कुरा चाखलाग्दो छ। परमेश्वरले सम्हालिराख्न सक्नुहुन्थ्यो। ख्रीष्टका दिनहरूमा जिएका अन्य मानिसहरूको तस्वीर आज हाम्रो निम्ति सम्हालिएका छन्। उदाहरणको निम्ति प्राचीन सिक्काहरूमा केही रोमी शासकहरूका प्रतिमूर्तिहरू हाम्रो माझमा छन्। त्यसपछिका सताब्दीहरूमा जिएका प्रख्यात मानिसहरूका शिल्पकलाहरू पनि हाम्रो माझमा छन्। तरैपनि, येशू ख्रीष्टको चित्र वा तस्वीर भने हामीसँग छैन।

गलाती ५:२२-२३ मा हामीसँग ख्रीष्टको नौ-शब्दका चित्रवर्णन छ। गलाती ४:१९ ध्यानपूर्वक पढ्नुहोस्, “जबसम्म ____________ तिमीहरूमा _____________” (गलाती ४:१९)। परमेश्वरले के गर्न खोजिरहनुभएको छ भनी के तपाईंले देख्नुभयो? परमेश्वरले विश्वासीभित्र येशू ख्रीष्टको चरित्र बनिएको चाहनुहुन्छ, र उक्त बनाउने र परवर्तन गर्ने उदेकको कार्य गर्नुहुने पवित्र आत्मा नै हुनुहुन्छ। पावलले यस पदमा एउटा चाखलाग्दो उपमाको प्रयोग गर्दछन्। यहाँ एउटा भ्रूणको विकास भइरहेको छ, आमाको गर्भमा एउटा शिशु बनिरहेको छ। गर्भमा एउटा शिशु बनिने कुरा कति उदेकको हुन्छ! अनुग्रहले बाँचेको पापीमा ख्रीष्टको जस्तो चरित्र बनिनु कति उदेकको कुरा हो।

पावलले भने, “म प्रसूति-वेदनामा हुन्छु”! उनीहरूको निम्ति पावल प्रसूति-वेदनामा तड्पिरहेका थिए। आफ्नो शारीरिक नानीहरूको निम्ति एउटी आमा अत्याधिक दु:ख र पीडा भएर गइरहेकी हुन्छिन्। पावल तिनका आत्मिक नानीहरू, अर्थात् गलातीहरूका निम्ति धेरै पीडाहरू भएर गइरहेका थिए। उनले परिश्रम गरे, मेहनत गरे र प्रसव पीडा सहे। उनीहरूका निम्ति उनी खुसीसाथ खर्च गर्थे र खर्चिन्थे। परमेश्वरले गर्न खोजिरहनुभएको कामलाई (अर्थात् विश्वासीहरूमा उहाँको पुत्रको चरित्र बनिने कार्यको निम्ति) केही सहायता हुने हो भने उनले जेसुकै पनि गर्नेथिए।

रोमी १३:१४ को “पहिर” भनिने शब्द त्यो शब्द हो जुनचाहिँ वस्त्र पहिरनु वा लुगा लगाउनु भन्ने अर्थमा प्रयोग गरिन्छ। निश्चय पनि, यहाँ यसले कुनै व्यक्तिको चरित्रहरूलाई पहिरने कुरा गर्दछ, अर्थात प्रभु येशू ख्रीष्टकै चरित्रलाई।

लुगाहरू, फलझैं, बाहिरबाट देखिने कुरा हुन्। कुनै मानिसलाई हेर्नुहुँदा तपाईंले उसका लुगाहरू देख्नुहुन्छ। मानिसहरूले हामीलाई हेर्दा, उनीहरूले के देखेको हामी चाहन्छौं? हामीले प्रभु येशू ख्रीष्टलाई पहिरहनुपर्छ। उहाँ देखिनुपर्छ! उहाँ हाम्रो वस्त्र हुनुहुन्छ। हामी उहाँद्वारा पहिराइनुपर्छ। हामीले हाम्रो पुरानो जीवनको फोहोर, शारीरिक वस्त्रहरू प्रदर्शन गर्नुहुँदैन, तर बरू हामीले प्रभु येशू ख्रीष्टलाई पहिरनैपर्छ। कलस्सी ३:१०,१२,१४ सित तुलना गर्नुहोस्।

वस्त्रले हामीलाई उक्त वस्त्र पहिरने मानिसको बारेमा केही कुरा बताइ रहेको हुन्छ। मैले प्रहरीको वस्त्र लगाएको कसैलाई देखें भने, उक्त पोशाक लगाउने मानिस प्रहरी हो भनी मैले सोच्नेछु। डाक्टर, नर्सको बारेमा पनि यही हो। तपाईं ख्रीष्टियन हुनुहुन्छ भनी मानिसहरूले कसरी जान्नेछन्? उनीहरूले तपाईंले येशू ख्रीष्टलाई पहिरनुभएको र आत्माको फल देखाएको देख्नुपर्छ। हामीले ठीक पोशाक लगाएका छौं र हामीभित्र अनि हामी मार्फत प्रभुलाई काम गर्न दिएका छौं कि छैनौं भनी हामीले निश्चिय गर्नुपर्छ (हिब्रू १३:२१)।

रोमी ८:२८ लाई बिचार गर्नुहोस्। तपाईंको निम्ति परमेश्वरको उद्देश्य के हो? तपाईंको निम्ति परमेश्वरको योजना र अभिप्राय के हो? परमेश्वरले के खोजिरहनुभएको छ? यस पदले परमेश्वरलाई प्रेम गर्नेहरूको वर्णन गरिरहेको छ, जोहरूको येशू ख्रीष्टसित मुक्ति दिलाउने सम्बन्छ छ। तपाईंको निम्ति परमेश्वरको उद्देश्य के हो? यस उद्देश्यको बारेमा रोमी ८:२९ मा हामीले पाउँछौं—“आफ्नै पुत्रको __________ ___________ भनेर”।

“पहिले नै ठहराउनुभयो” भन्ने शब्द कोही-कोहीको निम्ति कठीन हुन्छ, तर यसको अर्थ यही हो कि परमेश्वरले आफ्नो हरेक सन्तानको निम्ति उदेकको र महिमीत भविष्य साँचिराख्नुभएको छ। परमेश्वरले हामीलाई आफ्नो पुत्र जस्तै बनाउनुहुनेछ। उहाँको उद्देश्य यही हो। हामी उहाँजस्तै हुनेछौं। यो निश्चित छ। परमेश्वरले यसो गर्न गइरहनुभएको छ; वास्तवमा, परमेश्वरले यसो गर्न सुरु गरिसक्नुभएको छ। परमेश्वरले यो कार्य हाम्रो मृत्युपछि वा ख्रीष्ट हाम्रो निम्ति फर्कि आउनुभए पछि गर्नुहुने होइन। त्यो बेला त यो कार्य समाप्त हुनेछ। परमेश्वरले हामीलाई बदल्नुहुने उक्त कार्य हाम्रो मुक्तिको पहिलो दिनदेखि नै सुरु गर्नुभएको हो।

वर्तमान समयमा परमेश्वर हामीलाई बदल्ने प्रकृयामा हुनुहुन्छ। अहिले परमेश्वर हामीभित्र ख्रीष्टलाई बनाउनुहुने प्रकृयामा हुनुहुन्छ। अहिले परमेश्वर हामीलाई आफ्नो पुत्रद्वारा पहिराउने प्रकृयामा हुनुहुन्छ। अहिले परमेश्वर आफ्नो हरेक सन्तानभित्र आत्माको फल फलाउने र ख्रीष्टको चरित्र बनाउने प्रकृयामा हुनुहुन्छ। अहिले परमेश्वर हामीलाई आफ्नो पुत्रको रूपमा ढाल्ने प्रकृयामा हुनुहुन्छ र जुन काम परमेश्वरले हामीभित्र सुरु गर्नुभएको छ, त्यो पूरा गर्ने प्रतिज्ञा उहाँले गर्नुभएको छ (फिलिप्पी १:६)।

हरेक विश्वासीको निम्ति एउटा असल समाचार छ। परमेश्वरले हामीलाई बदल्दै हुनुहुन्छ। हामी यसबारेमा ढुक्क हुन सक्छौं। कहिलेकाही यो कार्य पीडादायी र असजिलो हुन सक्छ। यसमा धेरै परिक्षाहरू र समस्याहरू हुन सक्छन्, तर यसले सुन्दर फल फलाउनेछ (हिब्रू १२:११)। हामी निरन्तर बदली हुँदैछौं। प्रमुख शिल्पकारले छिँचल्ने र कुँद्ने काम गर्दै हुनुहुन्छ, र यो प्रकृया पीडादायी त होला, तर हामी झन्-झन् उहाँकै मनसाय अनुसार एउटा तयार भएको उत्पादन बन्दैछौं। उहाँले हामीलाई उहाँको पुत्रको रूपमा ढालिनको निम्ति पहिल्यै नै ठहराउनुभएको छ।

रोमी १२:१ पढ्नुहोस्। ख्रीष्टले आफैंलाई हाम्रो निम्ति दिनुभएको छ, यो सर्वोच्च बलिदान र प्रेमको कार्य हो। ख्रीष्टको प्रेमले हामीलाई आफैंलाई सुम्पन विवश पार्दछ। हाम्रो निम्ति मर्नुहुनेको निम्ति हामीले यो भन्दा कम के गर्न सक्छौं र? सबै कुराहरू यहीँबाट सुरु हुन्छन्। हामीले आफैंलाई अर्पण गरेका छैनौं भने परमेश्वरले कसरी हामीलाई बदल्न सक्नुहुन्छ र? यदि चिम्टे माटो कतै भाग्यो, आफैंलाई लुकायो र कुनै रूपमा ढालिनबाट इन्कार गर्यो भने कुमालेले कसरी त्यसलाई आकार दिन सक्छ र? विश्वासीले यसो भन्नुपर्छ, “प्रभु, तपाईंले मूल्य तिरेर मलाई किन्नुभएको छ। म पूर्ण रूपमा तपाईंकै हुँ। म तपाईंको हुँ! ममा आफ्नो काम गर्नुहोस्!”

रोमी १२:२ ले यो आज्ञा दिन्छ, “तिमीहरू ब________ हुँदै जाओ”। यो कृयापद वर्तमानकालमा छ। यसको अर्थ हो सुन्दर ढङ्गले परिवर्तन हुनु। यसको ग्रीक शब्दबाट अङ्ग्रेजीको “मेटामोर्फोसिस्” (metamorphosis) भनिने शब्द आउँछ जसको नेपाली अर्थ हुन्छ, “रूप परिवर्तन, रूपान्तरण, आकार परिवर्तन”। यस शब्दले प्रकृतीका केही अचम्मका परमेश्वरद्वारा रचित रूपान्तरणहरूलाई जनाउँछ, जस्तै घस्रेर हिँड्ने झुसिल्किरा एउटा सुन्दर उड्ने पुतलीमा रूपान्तरण हुनु (वा पानीमा बस्ने चिप्लो भेकशिशु (भ्यागुतोको बच्चा) उल्लेखनीय उभयचर भ्यागुतोमा रूपान्तरण हुन्छ जसले हावामा सास फेर्न, उसको जिब्रोले किराहरू समाउन र ठूलो दुरीमा फराल्न सक्छ)। विकासवादले त्यस्ता असाधारण परिवर्तनहरू गराउन सक्दैन, परमेश्वरले सक्नुहुन्छ! विश्वासीमा पनि अचम्मको परिवर्तनहरू भएको परमेश्वर चाहनुहुन्छ।

यस्ता रूपान्तरणहरू भित्रबाट आउँछन्। मलाई बदल्दै र मलाई रूपान्तरण गर्दै परमेश्वर मभित्र काम गरिरहनुभएको छ। परमेश्वरले तुच्छ पापीलाई लिएर उसलाई आफ्नै पुत्रको स्वरूपमा बदल्न सक्नुहुन्छ।

तरैपनि रोमी १२:२ मा एउटा नकारात्मक पक्षलाई पनि ध्यान दिनुहोस्, “यस संसारसित __________________ नहोओ”। संसारले तपाईंलाई उसको आफ्नै रूपमा ढाल्न नदिनुहोस्। याद राख्नुहोस्, संसारले तपाईं ख्रीष्ट जस्तै हुनुभएको चाहँदैन। संसारले तपाईंलाई प्रभाव पार्न नदिनुहोस्। सम्झौता नगर्ने व्यक्ति हुनुहोस्! भिन्न हुने हिम्मत राख्नुहोस्। दानियल जस्तै हुने हिम्मत राख्नुहोस्। संसारले तपाईंलाई आफैजस्तो बनाउन नपाओस्, ख्रीष्टले तपाईंलाई आफूजस्तो बनाउन पाउनुभएको होस्।

बदली गर्ने परमेश्वरको काम २ कोरिन्थी ३:१८ मा रोचक ढङ्गले लेखिएको छ। यस पदमा रोमी १२:२ मा भएकै शब्द पाइन्छ (“बदली”)। हामी निरन्तर, हर दिन, अटुट रूपमा ख्रीष्टको स्वरूपमा बदली हुँदैछौं।

यस पदले हामीहरू बदलिँदै जान्छौं भनी भनेको कुरालाई ध्यान दिनुहोस् (कर्मवाच्य)। यस पदले हामीले आफैंलाई बदल्दैछौं भनी भन्दैन। कुनै मानिसले पनि ख्रीष्टिय आचरणको विकास गर्न सक्दैन। यो परमेश्वरको कार्य हो। परमेश्वरका आत्माले मात्र आत्माको फल फलाउन सक्नुहुन्छ। बदली गर्ने काम कसले गर्नुहुन्छ? २ कोरिन्थी ३:१८ ले यसलाई स्पष्ट पार्छ, “प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ”। परमेश्वरका आत्माला यसो गर्नुहुन्छ। बदली हुने काम वा रूपान्तरणको काम परमेश्वरका आत्माद्वारा हुँदछ। हामीलाई प्रभु येशू ख्रीष्टद्वारा पहिराउने काम गर्नुहुने उहाँ नै हुनुहुन्छ।

२ कोरिन्थी ३:१८ को पहिलो खण्डमा हामीले “ऐना” को बारेमा पढ्दछौं। यस ऐनामा हेर्दा हामीले के देख्छौं? हामीले “प्रभुको महिमा” देख्दछौं। हामीले येशू ख्रीष्टको महिमित व्यक्तित्व देख्दछौं। यो निकै अनौठौ ऐना हो। ऐनामा हेर्दा साधारणतया हामीले आफैंलाई हामी जस्तो छौं त्यस्तै देख्छौं। हामीले यो ऐनामा हेर्दा, हामी जस्तो हुनेछौं त्यस्तै देख्छौं! हामी उहाँजस्तै हुनेछौं। हामीले प्रभुको महिमा देख्छौं।

यो ऐना के हो? कुन ऐनामा हेरेर हामीले प्रभु येशू ख्रीष्टलाई देख्छौं? यो ऐना परमेश्वरको वचन हो। हामी ख्रीष्टलाई देख्न चाहन्छौं भने, हामीले उहाँलाई बाइबलमा भेट्टाउन सक्छौं। त्यहीँ नै उहाँलाई पूर्ण रूपमा चित्रण गरिएको छ।

यहूदी मानिसहरूले आजको दिनसम्म पनि बाइबल पढ्दाहुँदि ख्रीष्टलाई देख्दैनन्। यसको कारण हो, उनीहरू अन्धा छन् (२ कोरिन्थी ३:१४) र उनीहरूको हृदयमा घुम्टो हालिएको छ (२ कोरिन्थी ३:१५)। असल खबर यो हो, कि जब यहूदी मानिसको हृदय प्रभुतर्फ फ___________, तब यो घुम्टो हटाइन्छ (२ कोरिन्थी ३:१६)। साँचो विश्वासीले खुल्ला र नढाकिएको चेहराले परमेश्वरको वचनमा हेर्दछ। विश्वासीले परमेश्वरको वचनमा हेर्न सक्छ र त्यहाँ उसले ख्रीष्टलाई देख्न सक्छ! त्यहाँ कुनै घुम्टो रहँदैन। बाइबल भनेको परमेश्वरद्वारा कोरिएको ख्रीष्टको चित्र हो। ख्रीष्टलाई देख्ने मनसायले हामीले बाइबल पढ्दा कत्रो भिन्नता हुन्छ! शास्त्रहरूले उहाँकै विषयमा बताउँछन् भनी प्रभु येशू आफैंले भन्नुभयो (लूका २४:२७, ४४-४५)।

प्रभुको महिमालाई हेर्दा हामी निरन्तरै उही स्वरूपमा बदली हुन्छौं भनी २ कोरिन्थी ३:१८ मा सिक्छौं। परमेश्वरले कसरी हामीलाई बदल्नुहुन्छ? के यो एकैपटकमा हुन्छ? के हामी बिहान उठ्दा आफैंलाई पूर्ण रूपमा ख्रीष्टजस्तै भएको अवस्थामा पाउँछौं? होइन, यो त एउटा प्रकृया हो, “एक महिमादेखि अर्को महिमामा”, महिमाको एउटा चरणदेखि अर्को चरणसम्म। हुर्कंदै गरेको विश्वासीले आफैंलाई हिजोभन्दा आज झन् ख्रीष्ट जस्तै भएको पाउँछ, र आजभन्दा भोली झन् ख्रीष्ट जस्तै भएको पाउँछ।

बदली हुवाइ र रूपान्तरणको यस सुन्दर प्रकृयामा को को पर्छन्? के पास्टर मात्र? के डिकन र एल्डरहरू? होइन, यसले बताउँछ, “हामी स_________”। परमेश्वरको यो उद्देश्य हरेक विश्वासीका लागी हो। यदि तपाईले मुक्ति पाउनुभएको छ भने, परमेश्वरको उद्देश्य तपाईंलाई आफ्नो पुत्रको रूपमा ढाल्नु हो। तपाईंको जीवनको निम्ति परमेश्वरको सुन्दर परियोजना यही हो।

यो काम कसरी हुन्छ? यो काम हामीले परमेश्वरको वचनको ऐनामा हेर्दै जाँदा हुन्छ। यसले बताउँदछ, “हेर्दै-हेर्दै … बदलिँदै जान्छौं”। परमेश्वरको वचनमा प्रस्तुत गरिएको येशू ख्रीष्टको तस्वीरमा हाम्रा आँखाहरूलाई स्थिर पार्दैजाँदा बदली हुवाइको कार्य हुँदछ।

“हेर्दै-हेर्दै … बदलिँदै जान्छौं”। हामी जे हेर्छौं, हामी छिट्टै त्यस्तै हुन्छौं! हामी जे हेर्छौं, हामी त्यस्तै हुन्छौं। जसले हाम्रो ध्यान खिँच्छ, त्यसले हामीलाई नै खिँच्छ। हामीहरू राम्रो अनुकरणकर्ताहरू हौं। हामी आफूले देखेको कुराको नक्कल गर्न खोज्छौं। केही अवस्थाहरूमा, लामो समयसम्म वैवाहिक सम्बन्धमा बाँधिएकाहरू धेरै तरिकाले एक-अर्काजस्तै हुन्छन्। किन यस्तो हुन्छ भने उनीहरूले धेरै वर्षसम्म दिनहुँ एकअर्कालाई हेर्दै आएका छन् र केही तरिकाहरूमा एक अर्काको नक्कल गर्न थालेका हुन्छन्। हामीले जे हेर्छौं र जुन कुरामा ध्यान दिन्छौं, हामी त्यस्तै हुन खोज्छौं।

टेलिभिजन र चलदृश्य भएका अन्य कुराहरू यस सिद्धान्तका नकारात्मक उदाहरणहरू हुन्। हामीले जे हर्छौं, हामी त्यस्तै हुन्छौं। यदि हामीले निरन्तर रूपमा हिंसा, खराब बोली, खराब आचरण र अनैतिकता हेर्यौं भने, यस्ता कुराहरूले हाम्रो व्यक्तित्वलाई असर पार्ने नै छ। हाम्रो दिमागलाई लामो समयसम्म कम्प्यूटर वा स्मार्ट फोनहरूमा ध्यान केन्द्रित गर्यौं भने पनि त्यस्तै हुनेछ।

१ यूहन्ना ३:२ लाई बिचार गर्नुहोस्। भविष्यमा विश्वासी ख्रीष्टजस्तै हुनेछ किनभने उसले उहाँ जस्तो हुनुहुन्छ त्यस्तै उहाँलाई देख्नेछ। त्यस समयमा हामीले सिद्ध रूपमा प्रभुको महिमालाई हेर्नेछौं। यस पदले बदली गर्ने कार्य कहिले पूरा हुनेछ भनी बताइरहेको छ। आज म कसरी झन् ख्रीष्ट जस्तै हुन सक्छु? जती म उहाँलाई हेर्दछु, म त्यती नै उहाँ जस्तै हुनेछु। भजनलेखकले यसरी बताएका छन्, “मेरो आत्मा तपाईंको महिमाले नभरिएसम्म, हे ईश्वरीय मुक्तिदाता, मेरो सब दर्शनलाई भर्नुहोस्। मेरो सब दर्शनलाई भर्नुहोस् ताकी सबैले तपाईंको पवित्र रूप ममा देख्न सकुन्।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

आत्माको फल (भाग १)

पाठ ७ — आत्माको फल (भाग १)

सुन्दर फलदायी जीवन हरेक विश्वासीको निम्ति परमेश्वरको योजना हो।

यूहन्ना १५:१-१७ पढ्नुहोस्।

शास्त्रको यस खण्डका चाबी शब्दहरू के के हुन् (प्राय: दोहोरिएका शब्दहरू)?

यूहन्ना १५:२,८,१६ फ______ यूहन्ना १५:४,५,६,७ रहनु
विश्वासीको निम्ति परमेश्वरको योजनालाई ध्यान दिनुहोस्। उहाँ फल चाहनुहुन्छ, उहाँ धे____ फल चाहनुहुन्छ (२ पद) र उहाँ धे____ फल चाहनुहुन्छ (८ पद)। विश्वासीको सर्वोच्च इच्छा भनेको परमेश्वर महिमित हुनुभएको होस् भन्ने हुनुपर्छ। परमेश्वर कसरी महिमित हुनुहुन्छ (८ पद)? _____________________________________________

गलाति ५ मा “आत्माको फल” को बारेमा बताउने पद खोज्नुहोस्। पद ________ विश्वासीजन आत्माले भरिनुपर्छ (एफेसी ५:१८)। जब यसो हुँदछ, परमेश्वरले आत्माको फल फलाउनुहुन्छ। यो विश्वासी आफैंले गर्न सक्ने कार्य होइन; यो त केवल परमेश्वरले गर्नसक्नुहुने कार्य हो।

हामीले फलको बारेमा राम्ररी सोच्नुपर्छ। निम्न कुराहरूलाई विचार गर्नुहोस्:

१) फल भनेको जीवनको अभिव्यक्ति हो।

फल सजीव रचनाद्वारा फलाइने कुरा हो। फल जीवनको परिणाम हो। मरेका रूखहरूले फल फलाउँदैनन्। चट्टानहरूले फल फलाउँदैनन्। केवल जीवित बोट, बिरुवा वा रूखले मात्र फल फलाउन सक्छ। आत्माको फल परमेश्वरको जीवनको परिणाम हो। परमेश्वरको जीवन नभएसम्म कसैमा पनि परमेश्वरको फल हुन सक्दैन। एउटा मानिसले कसरी परमेश्वरको जीवन प्राप्त गर्न सक्छ (१ यूहन्ना ५:११-१२)?
_________________________________________________________
फल भित्री जीवन र सामर्थ्यको बाहिरी र दृश्यमान अभिव्यक्ति हो। उदाहरणको निम्ति, स्याउको रूखमा भित्री जीवन, सामर्थ्य, पोषक तत्व र द्रव नहुने हो भने त्यहाँ स्याउ हुन सक्दैन। अङ्गुरको झुप्पा बोटको भित्री जीवनको देख्न सकिने र बाहिरी अभिव्यक्ति हो। गलाती २:२० मा उल्लेख गरिएको भित्री जीवन र सामर्थ्यलाई बिचार गर्नुहोस्—“ख्रीष्ट ___भित्र _____________”। याद राख्नुहोस्, यो “आ____को फल” हो (गलाती ५:२२), र परमेश्वरको आत्मा जीवन र सामर्थ्यले भरपूर हुनुहुन्छ (रोमी ८:२ सित तुलना गर्नुहोस् जहाँ उहाँलाई “जी________ आत्मा” भनी सङ्केत गरिएको छ)।

२) स्वस्थ रूखबाट असल फल फल्दछ।

स्वस्थ रहनु नै फल फलाउने कार्यको रहस्य हो। किन केही रूखहरू वा बोटहरूले असल फल फलाउँदैनन्? त्यहाँ केही सम्भावित समस्याहरू हुन सक्छन्: तुषार, रोग, झुसिल्किरो, अन्य हानिकारक किराहरू इत्यादि। स्वस्थ रूखले अलस फल फलाउँछ। मत्ती ७:१७-१८ हेर्नुहोस्। विश्वासीजन आत्मिक रूपमा स्वस्थ, साथै प्रभुसित ठीक सम्बन्धमा रहिरहनुपर्छ । उसले व्यवस्थावाद (उसको आफ्नै कामहरूले परमेश्वरलाई खुशी पार्न सक्छु भनी सोच्नु—गलाती ३:१-३) ररूपवाद (भित्री सामर्थ्य र वास्तविकताको अभावलाई बाहिरी धार्मिक कार्यहरूद्वारा ढाक्न सकिन्छ भनी सोच्नु—२ तिमोथी ३:५) जस्ता रोगहरूको सामना गर्नुपर्छ। यी रोगहरूले ख्रीष्टको जीवनलाई निसास्याइदिन्छ र क्रूसतर्फको हेराइलाई धमिल्याइदिन्छ। विश्वासीजन ख्रीष्टमा रहनैपर्छ र उहाँमा जोडिनै पर्छ (यूहन्ना १५:१-५) किनभने हामी रहनु पर्ने एउटै मात्र स्वस्थ स्थान भनेको नै साँचो बोटसँग जोडिरहनु हो।

३) प्रकृतिमा फलहरू प्राकृतिक रूपमै फल्दछ।

नास्पातीको रूखले नास्पाती निकाल्नको निम्ति कडा परिश्रम, मेहनत र प्रयत्न गर्दैन, नता नास्पाती ननिस्केला कि भनेर चिन्ता र सन्ताप नै गर्दछ। यसको ठीक उल्टो, नास्पातीको रूख पोषक तत्व लिँदै स्वस्थ रहन्छ, र प्राकृतिक रूपमा नै नास्पातीहरू फल्दछन्।

गोलेभेडाका बोटहरूको बारेमा बिचार गर्नुहोस्। के उनीहरू परिश्रम गर्छन्, पसिना निकाल्छन् र मेहनत गर्दै यसो भन्छन्, “ओहो, हामीले जसरी भए पनि गोलभेडा फलाउनैपर्छ”? होइन, परमेश्वरले प्राकृतिक रूपमा नै गोलभेडाहरू फलाउनुहुन्छ।

त्यस्तै गरी, आत्माको फल मानिसको अथक प्रयास वा शारीरिक सङ्घर्षको परिणाम स्वपरूप आउँदैन। फल परमेश्वरको कार्य हो, र उहाँ सर्वोत्तम फल फलाउन विशेषज्ञ हुनुहुन्छ।

४) फलले पहिचान गर्न मद्दत गर्दछ

हाम्रो प्रभुले भन्नुभयो, “यसकारण, निश्चय नै तिनीहरूकै __________द्वारा तिमीहरूले तिनीहरूलाई ______________” (मत्ती ७:२०)।

रूखमा स्याउ झुन्डिएको देखियो भने, त्यो स्याउको रूख हो भनी पक्का भइन्छ। तपाईंले आफ्नो बगैंचामा कुनै बोट हुर्किरहेको देख्नुभयो भने, तपाईंले त्यो के हो भनी ठम्याउन नसक्नुहोला, तर तपाईंले त्यस बोटमा खरबुजा फलेको देख्नुभयो भने, तपाईंले सजिलै त्यो बोटको पहिचान गर्न सक्नुहुनेछ। कुनै बोटमा गोलभेडा फलिरहेको देखियो भने, त्यो गोलभेडाको बोट हो भनी निश्चित भइन्छ।

तपाईंले कुनै मानिसमा आत्माको साँचो फल प्रदर्शन भइरहेको देख्नुभयो भने, उसमा परमेश्वरको आत्माले काम गरिरहनुभएको छ भनी तपाईं निश्चित हुन सक्नुहुन्छ। कहिलेकाहीँ यसरी सोधेको पाइन्छ, “कसरी एउटा व्यक्तिले ऊभित्र परमेश्वरको आत्मा वास गर्नुहुन्छ भन्ने प्रमाण दिन सक्छ?” उसले अन्यभाषामा बोल्नु नै सबै भन्दा ठूलो प्रमाण होइन (कसै-कसैले यही विश्वास गर्छन्) नता कुनै भावुक किसिमको अनुभव नै हो; सबै भन्दा ठूलो प्रमाण भनेको फल हो। आत्माको फल भनेको ऊभित्र वास गर्नुहुने भित्री व्यक्ति, जीवन र सामर्थ्यको बाहिरी र दृश्यमान प्रमाण हो। ती व्यक्ति पवित्र आत्मा परमेश्वर हुनुहुन्छ।

गलाती ५:२२ मा “फल” शब्द एकवचनमा छ। यस पदमा नौओटा गुणहरू सूचीकृत भए तापनि यसले “आत्माका फलहरू” भनी भन्दैन। एकवचन शब्द “फल” ले एकतालाई सङ्केत गर्दछ। नौओटा गुणहरू सूचिकृत भए तापनि, यो एउटै झुप्पा जस्तै हो, अङ्गुरको झुप्पा जस्तै।

यो फल कसले फलाएको हो? झुप्पा कहाँबाट आएको हो? यो “आ______को फल” हो (गलाती ५:२२)। यो फल परमेश्वरको पवित्र आत्माबाट आउँदछ। यो फल उहाँले विश्वासीभित्र फलाउनुहुने फल हो। पिताको महिमा गर्ने फल हामीभित्र फलाउन काम गर्नुहुने सामर्थी शक्ति उहाँ नै हुनुहुन्छ। यहाँ “ख्रीष्टियनको फल” भनिएको छैन। यो हामी आफैंले फलाउन सक्ने कुरा होइन। फल हामीबाट आउँदैन; यो त परमेश्वरबाट आउँछ। हामीले के फलाउँदो रहेछौं भनी जान्न चाहनुहुन्छ भने, गलाती ५:१९-२१ पढ्नुहोस्!

आत्माले मात्र आत्माको फल फलाउन सक्नुहुन्छ। तपाईंले भन्नुहोला, “एकछिन! मेरो एउटा अविश्वासी छिमेकी हुनुहुन्छ जो साह्रै प्रेमिलो, कृपालु र अरूको भलाइ गर्ने किसिमको हुनुहुन्छ। मेरो एकजना अविश्वासी आफन्त पनि हुनुहुन्छ जो निकै आनन्दित हुनुहुन्छ र मैले चिनेका केही ख्रीष्टियनहरूलाई भन्दा त उहाँलाई नै २२ पदको व्याख्या एकदम सुहाउँछ जस्तो लाग्छ।” यो सबै सत्य हुन सक्छ, तर वास्तविकता त यही हो कि केवल आत्माले मात्र आत्माको फल फलाउन सक्नुहुन्छ। परमेश्वरको आत्माले मात्र वास्तविक प्रेम फलाउन सक्नुहुन्छ। अन्य सबै सस्तो, मानवीय, नक्कली फल हो। परमेश्वरले मात्र आनन्द फलाउन सक्नुहुन्छ, र बाँकी सबै मानिसद्वारा फलाइएको नक्कली आनन्द हो। हामीले परमेश्वद्वारा फलाइएको सक्कली फल र मानिसद्वारा र शरीरद्वारा फलाइएको नक्कली फलको बीचमा भिन्नता राख्नुपर्छ।

मानिसको फल र परमेश्वरको फल बीच भिन्नताहरू: शरीरले दयालु साथीहरू, परिवार, पती वा पत्नी र दयालु मानिसहरूलाई प्रेम गर्न सक्छ। आत्मिक मानिसले आफूलाई गरिएको घृणा, विमुखता वा सतावटको बावजुद पनि प्रेम गर्न सक्छ। शरीरले छुट्टिका दिनहरूमा र जीवनका रमाइला क्षणहरूमा आनन्द गर्न सक्छ। आत्मिक मानिसले क्यान्सर रोगले थलिएको अवस्थामा, प्रिय जनको चिहानको सामु र दिनहुँ गर्नु पर्ने कामहरूको नैरास्यतामा पनि आनन्द गर्न सक्छ। शरीरले शान्त कोठामा वा नदीमा बहेको कुनै डुङ्गामा, वा कुनै कथाको हँसिलो-खुशिलो अन्त्यमा शान्ती (वा मेलमिलाप) को अनुभव गर्न सक्छ। आत्मिक मानिसले समस्याहरू, दबाबहरू र दु:खहरूमा पनि शान्ती (वा मेलमिलाप) को अनुभव गर्न सक्छ।

परमेश्वरको आत्माले मात्र आत्माको फल फलाउन र चम्काउन सक्नुहुन्छ, र परमेश्वरको आत्मा ख्रीष्टमा विश्वास गर्ने मानिसको हृदयमा मात्र वास गर्नुहुन्छ। आफूसँग पवित्र आत्मा नहुनुभएको अविश्वासीमा (यहूदा १९) कहिल्यै पनि आत्माको फल हुन सक्दैन।

गलाती ५:२२ कसरी सुरु भएको छ भनी ध्यान दिनुहोस्। यो पद सानो “तर” भनिने शब्दबाट सुरु भएको छ। यो भिन्नता देखाउने शब्द हो। आत्माको फललाई यही अध्यायमा उल्लेख गरिएको अर्कै कुरासँग, अर्थात् “शरीरका कामहरू” सँग (गलाती ५:१९-२१) तुलना गरी भिन्नता देखाइएको छ। शरीरका कामहरू ती कुराहरू हुन् जुन कुराहरू मानिसको आफ्नै प्रयासले फल्दछन्। ती कुराहरू मानिसको पापी स्वभावका फल हुन्। पापचाहिँ जरा हो; शरीरका कामहरूचाहिँ पुरानो स्वभावका फलहरू हुन्।

गलाती ५:१६ लाई ध्यानपूर्वक पढ्नुहोस्। यो पदले दुईमध्ये कुनै एक अवस्थालाई वर्णन गर्दछ। तपाईं कि त आत्मामा हिँडिरहनुभएको छ (आत्माको फल देखाउँदै) अथवा तपाईं शरीरको अभिलाषा पूरा गर्दैहुनुहुन्छ (शरीरका कामहरू देखाउँदै)। दुईमध्ये कुनै एक। विश्वासीको हृदयभित्र युद्ध चलिरहेको हुन्छ (गलाती ५:१७ पढ्नुहोस्)। यो युद्ध आधिपत्यताको युद्ध हो। तपाईं कि त आत्माद्वारा नियन्त्रण गरिनुहुन्छ कि शरीरद्वारा? तपाईंले के शरीरले आफ्नो फल फलाउनेछ कि परमेश्वरले? अर्को दुईमध्ये कुनै एक अवस्थालाई गलाती २:२० मा उल्लेख गरिएको छ — “म होइन, तर ख्रीष्ट…” यदि यो स्व-जीवन हो भने, यो ख्रीष्ट-जीवन हुन सक्दैन; यदि यो ख्रीष्ट-जीवन हो भने, यो स्व-जीवन हुन सक्दैन। यी दुई पूर्ण रूपमा अमिल्दो कुराहरू हुन्।

“अब शरीरका कामहरू प्र_______ छन्” (गलाती ५:१९)। पावलले त्यसपछि शरीरले फलाउने यी भयानक कामहरूको सूची बनाउँछन् (१९-२१)। “प्रकट” को माने हो, दृश्यमान, स्पष्ट देखिने, खुल्ला, प्रत्यक्ष, परिचित, व्यक्त गरिएको, सुस्पष्ट। “प्रकट” शब्द “लुकेको, छिपेको, गुप्त” को ठीक उल्टो हो। शरीरका कामहरू गोप्य कुराहरू होइनन्। यी कामहरू देखा पराइमा खुल्ला, सबैले देख्न सक्ने र अति सुस्पष्ट छन्। अर्को शब्दमा, यदि तपाईं शरीरमा हिँडिरहनुभएको छ भने र तपाईंलाई यो थाह छैन भने पनि तपाईं बहानारहित हुनुहुन्छ! यदि तपाईं शरीरमा हिँडिरहनुभएको छ भने र तपाईंलाई यो थाह छैन भने, तपाईंले सुस्पष्ट कुरालाई देख्नबाट गुमाउनुभएको छ र सबैको निम्ति खुल्ला रहेको कुरालाई देख्नबाट तपाईं चुक्नुभएको छ। यी कामहरू “प्रकट” छन् भनी परमेश्वरले हामीलाई भन्नुहुन्छ। ती कुराहरू प्रत्यक्ष, स्पष्ट देखिने र सबैको निम्ति खुल्ला छन्। यी अपगुणहरूलाई हामीले ठम्याउन सकौं भनेर परमेश्वरले हामीलाई यो जम्मै सूची दिनुभएको छ। परमेश्वरले यी कुराहरूलाई अति स्पष्ट तरिकाले लेखिदिनुभएको छ। हरेक विश्वासीले आफू शरीरमा हिँडिरहेको छु कि आत्मामा हिँडिरहेको छु भनी राम्ररी छुट्याउनु सक्नुपर्छ। हामीहरू शरीरमा हिँडिरहेका छौं कि आत्माद्वारा डोर्याइएका छौं भन्ने कुरा स्पष्ट हुनुपर्छ र यो थाह गर्न कठीन हुनुहुँदैन।

स्त्रीहरू किनमेल गर्न जाँदा, उनीहरू राम्रो फल र नराम्रो फलहरूको बीचमा भिन्नता पत्ता लगाउने काम राम्ररी गर्न सक्छन्। उनीहरूले राम्रो गोलभेडा छान्दछन् र खराब वा कुहिन लागेका गोलभेडाहरूलाई इन्कार गर्छन्। उनीहरू राम्रो स्याउ र कुहिएको स्याउ, राम्रो फल र नराम्रो फलहरूबीच भिन्नता छुट्याउन निपुण हुन्छन्। कुन अङ्गुरहरू राम्रा देखिएका छन् र कुन अङ्गुरहरू नराम्रा देखिएका छन् भनी उनीहरू जान्दछन्। आत्मिक जगतमा पनि, हामीले राम्रो फल र खराब फलहरू बीच भिन्नता छुट्याउनुपर्छ।

यस्ता समयहरू हुन्छन् जब एउटा विश्वासीले आफैंलाई रोक्नुपर्छ र परमेश्वरको सामु इमान्दारसाथ यसो भन्नुपर्छ, “त्यो शरीरको कुहिएको काम हो। परमेश्वरले त्यो फलाउनुभएको होइन। त्यो मेरो काम हो। केही खराबी छ। मैले आत्मालाई निभाइरहेको वा शोकित पारिरहेको हुनसक्छु। परमेश्वरको जीवन मबाट बाहिर बहनलाई कुनै कुराले बाधा दिरहेको छ। यस समयमा परमेश्वरसितको मेरो सम्बन्ध स्वस्थ छैन र यी कुराहरू ठीकठाक नहोउन्जेल म सन्तुष्ट हुनेवाला छैन।”

विश्वासीहरू घण्टौंसम्म र केही दिनसम्म पनि शरीरका कामहरू फलाउँदै गइरहनु कति दु:ख लाग्दो कुरा हो। आफूहरू जसरी हिँड्नुपर्ने हो त्यसरी नहिँडेको कुरा उनीहरूलाई थाह छ, र उनीहरूले त्यसको बारेमा थोरै मात्र चिन्ता गरेको र समस्या समाधान गर्न केही पनि नगरेको जस्तो देखा पर्छ। यदि तपाईंको धाराबाट फोहोर, गन्हाउने, हिलो जस्तो पानी आउन थाल्यो भने, तपाईंले जति सक्दो छिट्टो त्यो समस्या समाधान गर्न केही न केही गर्नुहुनेथियो भनी म निश्चित छु। येशूले भन्नुभयो, “जसले ममाथि विश्वास गर्छ, पवित्रशास्त्रले भनेअनुसार, उसको हृदयबाट जिउँदो पानीका नदीहरू _____________! तर यो कुरा उहाँले आ______ विषयमा भन्नुभयो” (यूहन्ना ७:३८-३९)। यो त्यही जिउँदो नदी जसलाई गलाती ५:२२-२३ मा वर्णन गरिएको छ। यो जिउँदो नदी परमेश्वरको पवित्र आत्माद्वारा फलाइन्छ र उक्त नदी परमेश्वरको जीवनको कारणले बहन्छ। हामी अन्य कुनै पनि नदीबाट सन्तुष्ट नभएका हौं।

शरीरले फलाउने हिलाम्मे, फोहोर र घिनलाग्दो नदीको बारेमा बिचार गर्नुहोस् (गलाती ५:१९-२१):

२१ पदको अन्तिम वाक्यांशले धेरै मानिसहरूलाई चिन्तित तुल्याएको छ र यसलाई प्राय ठीकसँग बुझिएको छैन: “यस्ता-यस्ता काम गर्नेहरू परमेश्वरका राज्यका हकवाला हुनेछैनन्।” जब हामीले यी शारीरिक, पापपूर्ण कामहरूका सूचीको बारेमा सोच्दछौं, विश्वासीहरू नै भए तापनि हामी हरेकले आफैंलाई यी कुराहरूमध्ये कुनै न कुनै कुराहरूमा दोषी भेट्टाउँदछौं। हामीहरूमध्ये कसले इमानदारीसँग यसो भन्न सक्ला, “मैले मुक्ति पाएदेखि, मैले कहिल्यै पनि द्वेष गरेको छैन”? हामीहरूमध्ये कसले यसो भन्न सक्ला, “मैले आफैंलाई सधैँ मूर्तीहरूबाट जोगाइ राखेको छु (१ यूहन्ना ५:२१)। मैले कहिल्यै पनि मेरो जीवनमा कुनै कुरालाई परमेश्वरको स्थान लिन दिएको छैन किनभने मैले हरेकपटक प्रभुलाई नै पहिलो स्थानमा राखेको छ!”? अवगुणहरूका यो सूचीले हामीहरूमध्ये हरेकलाई दोषी ठहराउँछ। ख्रीष्टियनहरू भए तापनि हामीले शरीरका कामहरूलाई हाम्रो व्यवहारमा उतारेका छौं। यी कुराहरूलाई हामीले घृणा गरे तापनि, हामीले हाम्रो दोषलाई स्वीकार गर्नैपर्छ र भन्नैपर्छ, “शरीरमा हिँड्ने विषयमा म दोषी छु। शरीरका कामहरूमध्ये केही कुराहरू मेरो जीवनमा पनि प्रकट भएका छन्।”

“यस्ता-यस्ता काम गर्नेहरू परमेश्वरका राज्यका हकवाला हुनेछैनन्।” यसको अर्थ, के हामी राज्यबाट बहिस्कृत गरिनेछौं? १ कोरिन्थी ६:९-११ लाई विचार गर्नुहोस्। तपाईले ९-१० पदहरू पढ्नुभयो भने हाम्रो निम्ति त्यहाँ कुनै आशा छैन! तर असल खबरचाहिँ ११ पदमा पाइन्छ। परमेश्वरले किन दोषी पापीहरूलाई आफ्नो राज्यमा सम्मिलित गराउन सक्नुहुन्छ? ___________________________________________________________________________ के हामी आफूले कतिको असल गरेका छौं भन्ने आधारमा राज्यको हकवाला भयौं कि ख्रीष्टले हाम्रो निम्ति के गरिदिनुभएको छ भन्ने आधारमा? __________________________________________________

गलाती ५:२१ लाई बुझ्ने चाबीशब्द भनेको “गर्नेहरू” भनिने सानो शब्द हो। यो कृयापद वर्तमानकालमा प्रयोग भएको छ र यसले स्वभाविक आचरणलाई जनाउँछ: “यस्ता यस्ता काम गरिरहनेहरू” वा “यस्ता यस्ता कामहरू अभ्यास गर्नमा लागिरहनेहरू”। गलाती ५:१९-२१ मा वर्णन गरिएका यी शरीरका कामहरूमा लिप्त भएकाहरू र यसैमा निरन्तर लागिरहनेहरू र ती अभ्यास गरिरहनेहरू जस्ता मानिसहरू राज्यका हकवाला हुनेछैनन्। यदि कुनै मानिसको जीवन शरीरका कामहरूले भरिएको र तीद्वारा दमन गरिएको छ भने, योचाहिँ त्यस व्यक्तिले मुक्ति नै नपाएको हुन सक्ने लक्षण हो।

यस सूचीमा उल्लेख गरिएका केही पापहरूमा विश्वासीहरू फस्नु दु:खलाग्दो सत्यता हो, तर यी पापहरू उनीहरूका जीवनका नियमित चरित्रचाहिँ हुँदैनन्। हिलोमा खस्नु एउटा कुरा हो; हिलोमै जिउनु अर्कै कुरा हो। भेँडा हुनु र कहिलेकसो हिलाम्मे हुनु एउटा कुरा हो; सुङ्गुर हुनु र हिलोलाई नै जीवनको मार्ग बनाउनु र त्यसमै रमाउनु (त्यसमा आनन्द लिनु) अर्कै कुरा हो! विश्वासीजन पापभित्र खस्छ तर उसले यसलाई घृणा गर्छ; मुक्ति नपाएको व्यक्ति पापमा जिउँछ र त्यसलाई प्रेम गर्छ।

नूह मत्त भए, तर तिनी मतवाला थिएनन्। सामान्यतया तिनको जीवन धार्मिकताले भरिएको थियो। अब्राहामले आफ्नी श्रीमतीको बारेमा झूट बोले, यद्यपि उनी त्यस पापमा फसे, तिनी यही पापमा लागिरहेनन्। दाऊदले व्यभिचार गरे र आफ्नो पापलाई लुकाउन त्यस स्त्रीको श्रीमानको हत्या गरे। तरैपनि, दाऊद यही पापमा लागिरहेनन्। तिनको हृदय शोकित भएको थियो र तिनले आफ्ना पापहरू स्वीकार गरे र धार्मिकताको मार्गमा फर्किएर आए (भजनसङ्ग्रह ५१ र भजनसङ्ग्रह ३२)। पत्रुसले प्रभुलाई तीन-तीन पल्ट इन्कार गरे र यो जति सुकै गम्भिर किसिमको पाप भए तापनि, यसले पत्रुस जीवनको चरित्र नै औंल्याएको थिएन। पेन्टेकोस्टको दिनमा पत्रुसले हिम्मतसाथ हजारौंको सामु ख्रीष्टलाई स्वीकार गरे (प्रेरित २:३६)। यदि तपाईंले प्रभुलाई इन्कार गरिरहेको पत्रुसको तस्वीर लिनुभयो भने, ख्रीष्टलाई इन्कार गर्ने यही हो भनी भन्नुहुनेथियो। तरैपनि, यदि तपाईंले उसको नयाँ जन्म पाएको पूरै जीवनको नै भिडियो लिनुभयो भने, यो व्यक्ति आफू मर्नै परे तापनि ख्रीष्टलाई साहससाथ र घरी-घरी स्वीकार गर्ने मानिस थियो भनी तपाईंले निश्कर्ष निकाल्नुहुने थियो। उनको जीवनको बारेमा यो अध्याय कुरूप भए तापनि, ख्रीष्टलाई इन्कार गर्नु नै उनको जीवनको मूल चरित्र थिएन।

एकसमय हामीले जिउने गरेको जीवन र हामीले अहिले जिइरहेको जीवनमा क्रूसले भिन्नता ल्याएको छ (गलाती २:२० हेर्नुहोस्)। के १ कोरिन्थी ६:९-१० मा वर्णन गरिएका मानिसहरूको निम्ति केही आशा छ? क्रूसले भिन्नता दिलाउन सक्छ भनी ११ पदमा हामी सिक्दछौं!

के क्रूसले तपाईंको जीवनमा भिन्नता ल्याएको छ? ख्रीष्टियन भएकोमा तपाईं पक्राउ पर्नुभयो भने, के त्यहाँ तपाईंलाई दोष लगाउने पर्याप्त प्रमाणहरू हुनेछन्? के त्यहाँ प्रयोग गर्दा-गर्दा च्यातिएको बाइबल भेट्टाइने छ? तपाईंले प्रभुको बारेमा गवाही दिनुभएको केही साक्षीहरू खडा हुन सक्छन्? कुनै रूखले आफू स्याउको रूख भएको दाबी गर्दछ भने, हामीले उक्त रूखलाई चुनौती दिएर यसो भन्न सक्नुपर्छ, “तिमी साँच्चैको स्याउकै रूख हौ भनी मलाई प्रमाणित गर। मलाई तिम्रा स्याउहरू देखाऊ! ” याद राख्नुहोस्, फलले पहिचान गराउँदछ (मत्ती ७:१७-१९ हेर्नुहोस्)।

मत्ती १२:३३ लाई बिचार गर्नुहोस्। मानिसले गर्नुपर्ने पहिलो कुरा हो, रूखलाई असल बनाउनु। तपाईं मुक्ति पाएको व्यक्ति हुनुहुन्न भने, फललाई असल बनाउने कोसिस नगर्नुहोस्। फल असल हुन रूख असल हुनैपर्छ। तपाईं ख्रीष्टियन हुनुहुन्न भने, ख्रीष्टिय जीवन जिउनु तपाईंको निम्ति असम्भव कुरा हो। त्यसो गर्नुभनेको पेट्रोलबिना गाडी गुडाउने प्रयास गर्नु जस्तै हो, अथवा प्यारासुट (parachute) नलिई प्लेनबाट हामफाल्न खोज्नु जस्तै हो। त्यसले कुनै फाइदा दिनेछैन। तपाईंसँग परमेश्वरका आत्मा (रोमी ८:९) हुनुहुन्न भने, आत्माको फल फलाउने कोसिसै नगर्नुहोस्। यो असम्भव हुनेछ। पहिले रूखलाई असल बनाउनुहोस्, जसको अर्थ हो, तपाईंले गर्नु पर्ने पहिलो कुरा भनेको प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु (प्रेरित १६:३१) र परमेश्वरलाई तपाईंलाई नयाँ सृष्टि बनाउन दिनु (२ कोरिन्थी ५:१७) हो। ख्रीष्टबिना तपाईंले ख्रीष्टिय जीवन जिउन सक्नुहुन्न। पवित्र आत्माबिना तपाईंले पवित्र जीवन जिउन सक्नुहुन्न।

मत्ती १२:३४-३५ मा प्रभु येशूले अर्को किसिमको फलको बारेमा कुरा गर्दैहुनुहुन्छ, अर्थात् ओंठहरूका फल। जसरी फलले रूखलाई प्रकट गर्दछ, ठीक उसरी नै हाम्रो बोल्ने शैलीले हाम्रो हृदयलाई प्रकट गर्दछ: “किनकि _____________ भरपूरीबाट नै मुखले _______________” (मत्ती १२:३४)। हाम्रो मुखबाट निस्केका शब्दहरूले हाम्रो हृदयको अवस्थालाई प्रकट गरिरहेका हुन्छन्। काममा वा स्कूलमा वा खेल्ने चउरमा भएको मानिसले गाली गरिरहेको वा फोहोर भाषा प्रयोग गरिरहेको छ भने, उसको हृदय प्रकट भइरहेको हुन्छ! फोहोर शब्दहरूले फोहोर, नविकरण नभएको हृदयलाई प्रकट गर्दछ। सफा शब्दहरूले सफा हृदयलाई प्रकट गर्छ किनभने “असल मानिसले ____________ असल ढुकुटीबाट ___________ कुराहरू निकाल्छ” (मत्ती १२:३५)।

विश्वासीहरू फलवान भएका परमेश्वर चाहनुहुन्छ! उहाँ धे______ फल चाहनुहुन्छ (यूहन्ना १५:२) र उहाँ धे______ फल चाहनुहुन्छ (यूहन्ना १५:८)। येशूले कस्तो किसिमको फलको कुरा गरिरहनुभएको थियो? के उहाँले स्याउहरू वा अङ्गुरहरू वा खरबुजाहरूको कुरा गरिरहनुभएको थियो? गलाती ५:२२ मा हामीलाई बताइएको छ कि आत्माको __________ हो १) ______________ २) _______________ ३) ______________ (पहिलो तीनओटा मात्रै लेख्नुहोस्)। यूहन्ना १५:९-१० मा कुन फलको कुरा गरिएको हो? ________________ यूहन्ना १५:११ र यूहन्ना १६:२०,२२ मा कुन फलको कुरा गरिएको हो? _______________ के यो गलाती ५:२२ मा भएको उही फल हो? ______________

हामी “हरेक असल काममा फ_____________ हुँदै” गएको परमेश्वर चाहनुहुन्छ (कलस्सी १:१०)। हामी कस्तो नभएको परमेश्वर चाहनुहुन्छ? (तीतस ३:१४ अन्तिमतिरको शब्द) _______________________

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

आत्माको बप्तिस्मा

पाठ ६-आत्माको बप्तिस्मा

आत्माको बप्तिस्मा सम्बन्धी चाबी पद १ कोरिन्थी १२:१३ हो—“किनकि चाहे हामी यहूदी हौं चाहे ग्रीक, चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै __________ एउटै शरीरभित्र ____________ (डुबाइएनु, राखिनु) भयौं; र सबैलाई एउटै आत्माभित्र पिउन दिइयो।” यस पदमा बताइएको “एउटै शरीर” भनेको मण्डली हो। “र सबै कुराहरू उहाँका पाउहरूमनि पारिदिनुभयो, र उहाँलाई सबै कुराहरूमाथि ________ हुनाका निम्ति __________लाई दिनुभयो, जोचाहिँ उहाँको __________ हो अर्थात् उहाँको परिपूर्णता, जसले सबै कुरामा सबै कुराहरू भरिदिनुहुन्छ” (एफेसी १:२२-२३)। “अनि उहाँ _________ अर्थात् ____________ _________ हुनुहुन्छ” (कलस्सी १:१८)। मण्डलीलाई ख्रीष्टको शरीर भनिएको छ, र ख्रीष्ट उक्त शरीरको शिर हुनुहुन्छ।

आत्माको बप्तिस्मालाई १ कोरिन्थी १२:१३ मा परमेश्वरको कार्य भनिएको छ जुन कार्यद्वारा विश्वासीहरू ख्रीष्टको शरीर, अर्थात् मण्डली भित्र बप्तिस्मा (डुबाइनु, राखिनु) गराइन्छन्। त्यसोभए कसरी एउटा विश्वासी ख्रीष्टको शरीरको अङ्ग बन्दछ? आत्माको बप्तिस्माद्वारा।

यस खण्डले मण्डली कहिले सुरु भयो भन्ने महत्त्वपूर्ण प्रश्नको जवाफ खुलस्त पार्ने चाबी दिँदछ। हामीले सर्वप्रथम आत्माको बप्तिस्मालाई बुझ्यौं भने, मण्डली कहिले सुरु भयो भनी हामीले निर्धारण गर्न सक्नेछौं। परमेश्वरले सर्वप्रथम विश्वासीहरूलाई आफ्नो शरीरमा कहिले बप्तिस्मा दिनुभयो? विश्वासीहरू सर्वप्रथम कहिले ख्रीष्टको शरीरमा राखिए? यसको जवाफ दिनु भनेको मण्डली कुन दिनमा सुरु भयो भनी निर्धारण गर्नु हो।

आत्माको बप्तिस्माको बारेमा बप्तिस्मा दिने यूहन्नाले सर्वप्रथम मत्ती ३:११ मा भविष्यवाणी गरेका थिए (साथै मर्कूस १:८; लूका ३:१६; यूहन्ना १:३३)।

“साँच्चै, पश्चात्तापका निम्ति म तिमीहरूलाई __________ बप्तिस्मा दिन्छु, तर जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैनँ; उहाँले तिमीहरूलाई __________ _________ र आगोले बप्तिस्मा दिनुहुनेछ” (मत्ती ३:११; तुलना गर्नुहोस्, मर्कूस १:८; लूका ३:१६; यूहन्ना १:३३)।

यूहन्नाको बप्तिस्मा पानीको बप्तिस्मा थियो (“म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु”); ख्रीष्टको बप्तिस्मा आत्मिक बप्तिस्मा हुनेथियो (उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ)। “आगोको बप्तिस्मा” मुक्ति नपाएकाहरूको निम्ति हो र त्यसमा इन्साफ सम्मिलित हुन्छ। यो “आगोको बप्तिस्मा” भविष्यको कुरा हो (मत्ती ३:१२)।

यस वाक्यांशलाई ध्यान दिनुहोस्, “उहाँले तिमीहरूलाई पवित्र आत्मा…ले बप्तिस्मा दिनुहुनेछ”। “बप्तिस्मा दिनुहुनेछ” मा प्रयोग भएको क्रियापद भविष्यत् कालमा छ। यसको अर्थ बप्तिस्मा दिने यूहन्नाले यी शब्दहरू बोल्दाहुँदि आत्माको बप्तिस्मा सुरु भइसकेको थिएन। यो कुरा भविष्यमा हुनेछ भनी यूहन्नाले प्रचार गरिरहेका थिए, तर यो ठीक कुन समयमा हुनेछ भनी उनले पूर्वसूचना गरेनन्। यो पनि ध्यान दिनुहोस्, बप्तिस्मा दिनेवाला ख्रीष्ट हुनुहुन्छ। विश्वासीहरूलाई ख्रीष्टको शरीरमा स्थानान्तर गराउनुहुने उहाँ नै हुनुहुन्छ। मण्डली बनाउनुहुने उहाँ नै हुनुहुन्छ (मत्ती १६:१८)। हामी केही क्षणमा अध्ययन गर्नेछौं, १ कोरिन्थी १२:१३ मा बप्तिस्मा दिनुहुने पनि ख्रीष्ट नै हुनुहुन्छ।

मत्ती १६:१८ मा प्रभु येशूले भन्नुभयो, “म आफ्नो मण्डली ___________”। यस कृयापदको भविष्यत् कालले मण्डलीको निर्माण कार्य येशूले यी शब्दहरू बोल्नुहुँदा भइसकेको थिएन भनी सङ्केत गर्दछ। उहाँले यसो भन्नुभएन, “मैले आफ्नो मण्डली बनाएको छु।” उहाँले यसो पनि भन्नुभएन, “म आफ्नो मण्डली बनाउँदैछु।” होइन, निर्माण परियोजना सुरु भइसकेको थिएन र मण्डली अझै भविष्यमै थियो। येशूले मत्ती १६:१८ का शब्दहरू बोल्नुहुँदा मण्डली सुरु भइसकेको थिएन।

आज ख्रीष्टले आफ्नो मण्डली बनाउँदै हुनुहुन्छ। दिनुहुँ उहाँले _________ पाउनेहरूलाई ____________ थप्दैहुनुहुन्छ (प्रेरित २:४७ हेर्नुहोस्)। तर प्रश्न आउँछ, निर्माण परियोजना कहिले सुरु भयो?

प्रेरित १:५ मा प्रभु येशूले आत्माको बप्तिस्मा अझै भविष्यमा नै रहेको कुरा बताउनुभयो:

“किनभने यूहन्नाले साँच्चै पानीमा बप्तिस्मा दियौ; तर अब केही __________ तिमीहरू पवित्र आत्माले बप्तिस्मा गरिनेछौ” (प्रेरित १:५)।

हाम्रो प्रभुको अगमवाणी अनुसार, आत्माको बप्तिस्मा त्यस घडी सम्म भइसकेको थिएन, तर यो छिट्टै हुनेवाला थियो। एकै जना पनि ख्रीष्टको शरीरमा डुबाइएको थिएन। त्यसैले, प्रेरित १:५ अगाडि मण्डली सुरु भइसकेको हुन सक्दैन। येशूले प्रेरित १:५ का शब्दहरू बोल्नुहुँदा, उहाँको मृत्यु र उहाँको बौरिउठाइ भइसकेको थियो, तरैपनि त्यस समयसम्म आत्माको बप्तिस्मा भइसकेको थिएन, पवित्र आत्मा आइसक्नुभएको थिएन, र मण्डली बनिसकेको थिएन। तरैपनि प्रेरित १:५ को अगमवाणी निकै उल्लेखनीय थियो किनभने येशूले आत्माको बप्तिस्मा “केही दिनपछि” (त्यस समयदेखि धेरै दिन पर्खनुपर्दैन) हुनेछ भनी भन्नुभयो। यसको अर्थ त्यो घटना छिट्टै हुनेछ, केही दिनमै। साँच्चै, हामीले सिक्नेछौं, उक्त घटना केवल १० दिनपछि पेन्टेकोस्टको दिनमा घट्यो।

पेन्टेकोस्टको दिन र उक्त दिनमा घटेका अनौठा घटनाहरूलाई प्रेरित २ अध्यायमा वर्णन गरिएको छ। यस अध्यायमा आत्माको बप्तिस्मालाई तोकिएरै बताइएको छैन। पेन्टेकोस्टको दिनमा आत्माको बप्तिस्मा भएको थियो भनी हामीलाई एकैचोटी प्रेरित ११ मा मात्र तोकिएरै बताइएको छ, “अनि जब म बोल्न थालें, तब पवित्र आत्मा, जसरी _________ (पेन्टेकोस्टको दिनमा) हामीहरूमाथि ओर्लनुभएको थियो, उसरी नै उनीहरूमाथि ओर्लनुभयो। तब प्रभुले यसो भन्नुभऐको वचन मलाई सम्झना भयो, ‘यूहन्नाले साँच्चै पानीमा बप्तिस्मा दिए, तर तिमीहरू पवित्र आत्माले ___________ गरिनेछौ’” (प्रेरित ११:१५-१६)। यस खण्डको स्पष्ट भनाइको आधारमा, पवित्र आत्माको बप्तिस्मा सर्वप्रथम पेन्टेकोस्टको दिनमा भएको थियो भनी हामी जान्दछौं। विश्वासीहरू सर्वप्रथम त्यही दिनमा ख्रीष्टको शरीरमा संलग्न गराइएका थिए। मण्डली त्यही दिनमा सुरु भएको थियो।

तर कोही-कोहीले आपत्ति जनाउलान् र यसो भन्लान्, “मत्ती ३:११ र प्रेरित १:५ मा उल्लेख गरिएको आत्माको बप्तिस्मा १ कोरिन्थी १२:१३ मा उल्लेख गरिएको आत्माको बप्तिस्माभन्दा बेग्लै कुरा हो। मत्ती ३:११ र प्रेरित १:५ मा बप्तिस्मा दिनुहुने व्यक्ति ख्रीष्ट हुनुहुन्छ, तर १ कोरिन्थी १२:१३ मा मा बप्तिस्मा दिनुहुने व्यक्ति ख्रीष्ट हुनुहुन्छ।” झट्ट पढ्दा यस्तो लागे तापनि मत्ती ३:११ र प्रेरित १:५ का ग्रीक शब्दावलीहरू व्यावहारिक रूपमा १ कोरिन्थी १२:१३ सँग समान छन्। तलको चार्टले यो स्पष्ट पार्दछ।

यी सबै पदहरूले उही बप्तिस्माको कुरा गरिरहेको छ, र यी चारओटै पदहरूका ग्रीक संरचना एकदम मिल्दोजुल्दो छन्। निम्न चार्टमा गरिएको अक्षरश: उद्दरणले स्पष्ट पार्दछ।

ग्रीकको “en” अव्यय (नामयोगी) लाई हाम्रो नेपाली बाइबलमा “एउटै आत्माद्वारा” भनी अनुवाद गरिएको छ (१ कोरिन्थी १२:१३) जसको कारण बप्तिस्मा दिनुहुने पवित्र आत्मा नै हुनुहुन्छ भन्ने गलत निश्कर्षमा कोही-कोही पुगेका छन्। तर यस पदलाई यसरी बुझिनुपर्छ, “एउटै आत्मासित एउटै शरीरमा (ख्रीष्टक शरीर, अर्थात् उहाँको मण्डली) बप्तिस्मा भयौं (ख्रीष्टद्वारा)”।

ख्रीष्टले हामीलाई आफ्नो शरीरमा बसाल्नु मात्र हुँदैन, तर उहाँले हामीलाई पवित्र आत्मा भित्र डुबाउनु पनि हुन्छ। “किनकि चाहे हामी यहूदी हौं चाहे ग्रीक, चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं; र सबैलाई एउटै आत्माभित्र पिउन दिइयो।” (१ कोरिन्थी १२:१३)। हामीले पवित्र आत्मालाई प्राप्त गर्दा सबै आशिषहरूको भरपूरीमा सहभागी भएका छौं:

“तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो — नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकरणद्वारा; जसलाई (“जसलाई” शब्दले पवित्र आत्मालाई सङ्केत गर्दछ) उहाँले येशू ख्रीष्ट हाम्रा मुक्तिदाताद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो” (तीतस ३:५-६)।

“…पिताबाट पवित्र आत्माको प्रतिज्ञालाई प्राप्त गरेर” (प्रेरित २:३३)।

“जसले ममाथि विश्वास गर्छ, पवित्रशास्त्रले भनेअनुसार, उसको हृदयबाट (एकदम भित्रबाट) जिउँदो पानीका नदीहरू बहनेछन्। तर यो कुरा उहाँले आत्माको विषयमा भन्नुभयो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले पाउन लागेका थिए; किनकि पवित्र आत्मा अझैसम्म दिइनुभएको थिएन; किनभने येशू अझै महिमित हुनुभएको थिएन।” (यूहन्ना ७:३८-३९)।

परमेश्वरको प्रशंसा गर्नुहोस्, शान्तिदाता आउनुभएको छ! पिताको प्रतिज्ञा दिइएको छ! आत्माको बप्तिस्मा पेन्टेकोस्टको दिनमा सुरु भयो र मानिसहरूले ख्रीष्टमा विश्वास गर्दा यस वर्तमान समयमा पनि निरन्तर भइरहेको छ।

यदि तपाईंले प्रभु येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुभएको छ भने (यूहन्ना १:१२), के तपाईं ख्रीष्टको शरीरको अङ्ग हुनुभएकोमा धन्यवादी हुनुहुन्छ (१ कोरिन्थी १२:२७)? मानिसहरूले “मण्डली जाने” कुरा गर्छन् तर के तपाईंले तपाईं आफैं नै मण्डली हुनुहुन्छ भनी महसुस गर्नुभएको छ? तपाईंले आफैंलाई ख्रीष्टको शरीरको अङ्गको रूपमा देख्नाले तपाईंको ख्रीष्टिय जीवनमा ठूलो भिन्नता ल्याउँदछ। परमेश्वरले अति महत्त्वपूर्ण तरिकाले तपाईंलाई तपाईंको शिर, प्रभु येशू ख्रीष्टसँग जोड्नुभएको छ (एफेसी ५:३०-३२), र परमेश्वरले तपाईंलाई अति महत्त्वपूर्ण तरिकाले यस शरीरमा भएका अन्य सबै विश्वासीसँग जोड्नुभएको छ। मण्डली कुनै संस्था होइन; यो एउटा जीवित संरचना हो, जोचाहिँ परमेश्वरकै जीवनद्वारा स्पन्दित भइरहेको छ (कलस्सी १:२७; गलाती २:२०)।

महत्त्वपूर्ण व्याकरणगत विचार

१ कोरिन्थी १२:१३ को व्याकरणगत संरचना सुसमाचारका पुस्तकहरू र प्रेरितको पुस्तकमा भएको आत्माको बप्तिस्मा सम्बन्धी पदहरूसँग एकसमान छ भनेर हामीले हेरिसक्यौं। यी हरेक पदहरूमा बप्तिस्मा दिनुहुनेचाहिँ ख्रीष्ट हुनुहुन्छ र उहाँले पवित्र आत्माभित्र (ग्रीक: en) (पवित्र आत्मासित वा पवित्र आत्माको माध्यमद्वारा) बप्तिस्मा दिनुहुन्छ।

बप्तिस्मा दिने कार्यमा ख्रीष्ट र पवित्र आत्मा दुवैजनाको भूमिका हुनु सम्भव छ। ख्रीष्टले पवित्र आत्मालाई नै सो कार्य गर्न दिनुभएर विश्वासीहरूलाई शरीरमा बप्तिस्मा दिनुभएको हुनसक्छ। यो कुरालाई यूहन्ना ४:१-२ मा चित्रण गरिएको छ। यूहन्ना ४:१ मा येशूले बप्तिस्मा दिने यूहन्नाले भन्दा पनि बेसी चेलाहरूलाई बप्तिस्मा दिनुभयो भनी बताइएको छ। यूहन्ना ४:२ मा येशू आफैंले कसैलाई बप्तिस्मा दिनुभएन भनी खुलाइएको छ! कसरी उहाँले धेरैलाई बप्तिस्मा दिनुभएर एकैजनालाई पनि बप्तिस्मा नदिन सक्नुहुन्छ? जवाफ यो हो, येशूले धेरै चेलाहरूलाई बप्तिस्मा दिनुभयो तर उहाँले यो कार्य आफ्ना चेलाहरूद्वारा गर्नुभयो जोहरूले वास्तवमा बप्तिस्मा दिने कार्य गर्दथे। १ कोरिन्थी १२:१३ मा यस्तै हुनु सम्भव छ। बप्तिस्मा दिनुहुने येशू ख्रीष्ट हुनुहुन्छ (मत्ती ३:११; प्रेरित १:५ इत्यादिको प्रकाशमा) तर बप्तिस्मा दिने काम वास्तवमा पवित्र आत्माले गरिरहनुभएको छ। ख्रीष्टले आफ्नो बप्तिस्माको कार्यलाई कार्यान्वयन गर्ने माध्यमचाहिँ पवित्र आत्मा हुनुहुन्छ। नयाँ नियमका पत्रहरूमा यो अवधारणा नौलो छैन। येशूले मुक्ति दिनुहुन्छ भन्ने कुरामा हामी सबै सहमत छौं र तरपनि मुक्तिको वास्तविक कार्य परमेश्वरका आत्माद्वारा कार्यान्वयन गरिन्छ (१ कोरिन्थी ६:११ हेर्नुहोस्)।

ख्रीष्टले आफ्ना विश्वासीहरूलाई ख्रीष्टको शरीरमा डुबाउनु हुन्छ भन्नु निश्चय पनि उचित कुरा हो, र त्यसैले उहाँसँग बप्तिस्मा दिनुहुने नामक पदवीको दाबी गर्ने उचित अधिकार छ। मत्ती १६:१८ मा आफ्नो मण्डली बनाउनुहुने ख्रीष्ट नै हुनुहुन्छ भनी हामी सिक्दछौं। प्रेरित २:४७ मा मुक्ति पाएकाहरूलाई दिनहुँ मण्डलीमा थप्नुहुने प्रभु (येशू ख्रीष्) हुनुहुन्छ भनी सिक्दछौं। प्रेरित २:३३ लाई बिचार गर्नुहोस्, त्यहाँ आत्मालाई खन्याउनुहुने प्रभु येशू नै हुनुहुन्छ। प्रभु येशूले पवित्र आत्माको आशिषपूर्ण व्यक्तित्वसँग सहकार्य गर्नुभइ, उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति यो महान् कार्य सम्पन्न गर्नुहुन्छ।

ख्रीष्ट येशूमा बप्तिस्मा गरिएको

विश्वासीहरूको महिमित ओहोदा छ। उनीहरू ख्रीष्टमा छन्। उनीहरू परमेश्वरका प्रिय पुत्रमा छन्: “यसैकारण कोही __________ छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्” (२ कोरिन्थी ५:१७)।

“यसकारण अब ख्रीष्ट येशू___ हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन” (रोमी ८:१)।

विश्वासीहरू कसरी यो ओहोदामा प्रवेश गर्छन्? कसरी मुक्ति पाएको व्यक्ति परमेश्वरको पुत्रमा राखिन्छ? यो आत्मिक बप्तिस्माको माध्यमबाट गरिन्छ (पानीको बप्तिस्माको माध्यमबाट होइन)। एउटा व्यक्तिले मुक्ति पाएकै घडी यो कार्य सम्पन्न हुन्छ। परमेश्वरले विश्वासीलाई आफ्नो पुत्रमा राख्नुहुने समय यही हो:

गलाती ३ अध्याय:

२६:

किकि ख्रीष्ट येशूमाथि राखिएको ____________द्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ।

२७:

किनकि तिमीहरू जतिले ख्रीष्टभित्र _______________ (डुबाउनु, राखिनु) लिएका छौ, तिमीहरूले ख्रीष्टलाई पहिरेका छौ।

२८:

अब त्यहाँ न यहूदी रह्यो न ग्रीक, न कमारा न स्वतन्त्र, न पुरुष न स्त्री; किनकि ख्रीष्ट येशू____ तिमीहरू सबै एक हौ” (गलाती ३:२६-२८)।

रोमी ६ अध्याय:

३:

वा हामीहरूमध्ये जतिजनाले _________ __________ ____________ (डुबाउनु, राखिनु) लियौं, हामीले उहाँकै मृत्युभित्र बप्तिस्मा लिएका थियौं भन्ने कुरा के तिमीहरूलाई थाह छैन?

४:

यसकारण हामी उहाँसँगै बप्तिस्माद्वारा मृत्युभित्र गाडियौं; र जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराइनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड्नुपर्दछ।

५:

किनकि यदि हामी उहाँको मृत्युको समानतामा एकैसाथ जोरिएका छौं भने उहाँको बौरिउठाइको समानतामा पनि जोरिएका हुनेछौं (रोमी ६:३-५)।

विश्वास गरेको घडी साँचो बप्तिस्मामा के हुन्छ भनी देखाउन पानीको बप्तिस्माचाहिँ एउटा चित्रणयुक्त बप्तिस्मा हो। मुक्ति पाएको समयमा, एउटा मानिस येशू ख्रीष्टभित्र बप्तिस्मा गराइन्छ वा राखिन्छ, फलस्वरूप ऊ “ख्रीष्टभित्र” हुन्छ। यो साँचो बप्तिस्मालाई तल चित्राङ्कन गरिएको छ:

विश्वासी येशू ख्रीष्टभित्र बप्तिस्मा गराइएको छ (गलाती ३:२७; रोमी ६:३), यसको अर्थ यो पनि हो कि ऊ,

  1. उहाँको मृत्युभित्र बप्तिस्मा गराइएको छ (रोमी ६:३)।
  2. उहाँको गडाइभित्र बप्तिस्मा गराइएको छ (रोमी ६:४)।
  3. उहाँको बौरिउठाइभित्र बप्तिस्मा गराइएको छ (रोमी ६:४-५)।
  4. उहाँको शरीर, अर्थात् मण्डलीभित्र बप्तिस्मा गराइएको छ (१ कोरिन्थी १२:१३)।

अर्को शब्दमा, विश्वासीलाई पूर्ण रूपमा ख्रीष्टसित यतिसम्म सम्मिलित गराइएको छ कि प्रभु येशूले टार्ससका शाउललाई यसरी भन्न सक्नुभयो, “तिमी ________ किन सताउँछौ?” (प्रेरित ९:४)। शाउलले विश्वासीहरूलाई सताएका थिए भनी हामी जान्दछौं (१ कोरिन्थी १५:९)। त्यसोभए येशूले किन यसो भन्नुभयो, “तिमी मलाई किन सताउँछौ?” शरीरले दु:ख भोग्यो भने, शिरले महसुस गर्दछ!

तसर्थ, पानीको बप्तिस्मा विश्वासीको ख्रीष्टमा भएको यस महिमित सम्बन्ध र ओहोदाको चित्रण हुनुपर्छ। त्यसैले मैले (विश्वासीको रूपमा) यसो भन्न सक्छु:

आत्माको बप्तिस्माको व्यवहारिक महत्त्व

  1. म उहाँको शरीरमा राखिएको छु। म अतिमहत्त्वपूर्वक मेरो शिर, प्रभु येशू ख्रीष्टसित जोडिएको छु (कलस्सी ३:३-४)। म अतिमहत्त्वपूर्वक ख्रीष्टमा मेरा दाजुभाइहरू र दिदि बहिनीहरूसित जोडिएको छु। म परमेश्वरकै जीवनद्वारा स्पन्दित भइरहेको एउटा जिउँदो संरचनाको हिस्सा भएको छु।
  2. म ख्रीष्टमा सदाको निम्ति अनन्तसम्मै सुरक्षित छु। मेरो मुक्ति गुम्नको निम्ति, कसैले मलाई ख्रीष्ट शरीरबाट विस्थापित गर्नुपर्ने हुन्छ (मलाई शरीरबाट छुट्टाउनुपर्ने हुन्छ!)। यो कहिल्यै पनि हुन सक्दैन।
  3. मैले आत्माको बप्तिस्मा पाएको छु भन्ने तथ्यले ख्रीष्टिय एकतालाई प्रोत्साहन दिनुपर्छ। त्यहाँ “एउटै शरीर”, “एउटै आत्मा” र “एउटै बप्तिस्मा” (एफेसी ४:४-६) छ। रगतद्वारा किनिएको हरेक विश्वासी ख्रीष्टको शरीरमा राखिएका छन्, र हामी एउटै मण्डलीको साझा अङ्ग हौं। हामीहरू एउटै शिरसँग जोडिएका छौं। हामीहरू एउटै रगतले किनिएका छौं। हामी एउटै आत्माद्वारा अन्तर्वास गरिएका छौं। हामीहरू एउटै स्वर्गीय पिताका सन्तानहरू हौं। हामी एउटै पुस्तकको (“एउटै विश्वास”) विद्यार्थीहरू हौं। हामीहरू एउटै जीवनका हकवालाहरू हौं। हामी एउटै धन्य आशाको बाटो हेरिरहेका छौं। आशिषपूर्ण एकता र अमूल्य अभिन्नता!
  4. आत्माको बप्तिस्माले मलाई एउटा नयाँ र महिमित ओहोदामा प्रवेश गराउँछ।
  5. आत्माको बप्तिस्माले मलाई ख्रीष्टसित उहाँको मृत्यु, गडाइ र बौरिउठाइमा सम्मिलित गराउँछ। ख्रीष्टले पूर्ण गर्नुभएको कार्य मेरो निम्ति अति व्यक्तिगत बन्दछ। उहाँको मृत्यु मेरो हुँदछ। उहाँक जीवन मेरो हुन्छ। म उहाँसित मरेँ र म उहाँसित जिउँछु र उहाँ मभित्र जिउनुहुन्छ (गलाती २:२०)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पवित्र आत्माको छाप मार्ने सेवकाइ

पाठ ५—पवित्र आत्माको छाप मार्ने सेवकाइ

पवित्र आत्माको छाप मार्ने सेवकाइ सुन्दर र उत्साहपूर्ण सत्यता हो। यस महत्वपूर्ण सेवकाइलाई बुझ्न नयाँ नियमका धेरै खण्डहरूले हामीलाई सहायता गर्छ:

१ कोरिन्थी ६:१९-२० पढ्नुहोस् र यी प्रश्नहरूको जवाफ दिनुहोस्: पावलले विश्वासीको शरीरलाई ___________________________ भनी वर्णन गरे। के पावलले कोरिन्थीका विश्वासीहरूले यो सत्यता जानेको चाहे? __________ पवित्र आत्मा कहाँ हुनुहुन्छ (१९ पद)? __________ हामीले मुक्ति पाएको हुनाले, के हामी आफ्नै हौं? _________ हामी कसका हौं? ____________ के हामी आफ्नै निम्ति जिउन स्वतन्त्र छौं (२ कोरिन्थी ५:१५)? __________ हामी किन आफ्नै होइनौं (१ कोरिन्थी ६:२०)? ________________________________________ यो अतुलनीय मूल्य कसले तिरिदिनुभयो (१ पत्रुस १:१८-१९)? _______________ मुक्ति सित्तैंमा पाइन्छ, तर निश्चय पनि यो सस्तो छैन! एउटा बेठीक वाक्यमा गोलो लगाउनुहोस्:

  1. पवित्र आत्मा परमेश्वर हरेक विश्वासीभित्र जिउनुहुन्छ र वास गर्नुहुन्छ।
  2. हरेक विश्वासी मूल्य तिरेर किनिएकजो छ र ऊ पूर्ण रूपमा परमेश्वरको हो।
  3. पवित्र आत्मा पाएको हरेक व्यक्ति पूर्ण रूपमा परमेश्वरको हो।
  4. केही यस्ता विश्वासीहरू छन् जोहरू पूर्ण रूपमा परमेश्वरका हुन्, तर उनीहरूले अहिले सम्म पनि पवित्र आत्मा पाएका छैनन्।

रोमी ८:९ ले सिकाउँछ कि कुनै मानिससँग ख्रीष्टका _________ हुनुहुन्न भने ऊ ___________________________। यसको अर्थ हो यदि कुनै मानिससँग पवित्र ___________ हुनुहुन्न भने, ऊ परमेश्वरको होइन। त्यसैले, हरेक जो साँच्चै ख्रीष्टको हो, ऊभित्र ___________ ______________ वास गर्नुहुन्छ।

ठीक वा बेठीक:

  1. _________ हरेक जो ख्रीष्टको हो, ऊसँग पवित्र आत्मा हुनुहुन्छ।
  2. _________ हरेक साँचो विश्वासीसँग पवित्र आत्मा हुनुहुन्छ।
  3. _________ साँचो विश्वासीभित्र पवित्र आत्मा वास नगर्नुभएक हुन सम्भव छ।
  4. _________ कुनै व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने, ऊ साँचो ख्रीष्टियन होइन।

एफेसी ३:११ मा साँचो मुक्ति पाएको हरेक व्यक्तिक जीवनमा घटेका तीन कुराहरूको बारेमा हामी सिक्न सक्छौं: “उहाँमा नै (१) तिमीहरूले __________को __________ अर्थात् तिमीहरूको मुक्तिको ___________ सुनेपछि भरोसा गर्यौ; उहाँमा नै (२) तिमीहरूले _____________ गरेपछि (३) प्रतिज्ञाको ___________ ___________ले तिमीहरू _________ मारियौ”। अब हामी मुक्तिका यी तीन तत्वहरूको बारेमा अध्ययन गर्नेछौं:

१.एउटा व्यक्तिले मुक्ति पाउनको निम्ति, उसले सुरुमा स______को व_______ सुन्नुपर्छ जुनचाहिँ उसको मु______को सु__________ (असल खबर) हो (एफेसी १:१३)। बिना विश्वास, के कुनै मानिसले मुक्ति पाउन सक्छ (एफेसी २:८)? __________ विश्वास भनेको परमेश्वरको वचनतर्फ उचित तवरले र सही तरिकाले प्रतिक्रिया दिनु हो। यदि तपाईंले कहिल्यै पनि परमेश्वरको वचन सुन्नुभएको छैन भने, के तपाईंले त्यसप्रति उचित तरिकाले प्रतिक्रिया दिन सक्नुहुन्? ___________ के प्रभु येशू ख्रीष्टको बारेमा कहिल्यै पनि नसुनेको व्यक्तिले उहाँमाथि विश्वास गर्न सक्छ (रोमी १०:१४)? __________ “यसकारण विश्वास ________द्वारा आउँछ, र __________चाहिँ _____________ _________द्वारा।” (रोमी १०:१७)। त्यसैले, कसैले मुक्ति पाउनको निम्ति, उसले पहिले परमेश्वरको व_________ सु_______ पर्छ।

२.धेरै मानिसहरूले परमेश्वरको वचन सुन्छन्, तर, दु:खको कुरा, उनीहरूले कहिल्यै पनि मुक्ति पाउँदैनन्। मानिसले परमेश्वरको वचन सुन्ने मात्र होइन, तर उसले प्रभु येशू ख्रीष्टमाथि वि_________ गरेर परमेश्वरको वचनलाई उचित प्रतिकृया पनि दिनुपर्छ (एफेसी १:१३; प्रेरित १६:३१)। पुरुष र स्त्रीहरू, केटा र केटीहरू सबैले एउटै तरिकाले मुक्ति पाउँछन् — उनीहरूले वि_________द्वारा मुक्ति पाउँछन् (एफेसी २:८) तर __________द्वारा होइन (एफेसी २:९)।

३.जब एउटा व्यक्तिले सुसमाचार सुन्छ र ख्रीष्टलाई र केवल उहाँलाई मात्र आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा भरोसा गर्दै प्रतिकृया दिन्छ, तब परमेश्वर उसमा एउटा अति सुन्दर कार्य गर्नुहुन्छ! ऊ प्रतिज्ञाको ____________ ____________ छा_____ मारिन्छ (एफेसी १:१३)। २ कोरिन्थी १:२१-२२ को अनुसार, हामीलाई छाप मार्नुहुने को हुनुहुन्छ? _____________ एफेसी १:१३ हामी कोद्वारा छाप मारिएका छौं? ______________________________________________ त्यसैले छाप मार्नुहुने व्यक्ति पिता परमेश्वर हुनुहुन्छ (जसले हामीलाई छाप मार्नुभयो) र पवित्र आत्मा परमेश्वर चाहिँ त्यो छाप हुनुहुन्छ! छाप कहाँ लगाइएको छ (२ कोरिन्थी १:२२)? _____________________________ परमेश्वरले हामीलाई उहाँको पवित्र आत्माले छाप मार्नुभएको छ र यो छाप स्वामित्वको निशान हो!

मानौं कि गोठाला हर्कले उसको भेँडाहरूलाई यो छाप लगायो: (ह)
मानौं कि गोठाला कमलले उसको भेँडाहरूलाई यो छाप लगायो: (क)

तपाईं हिँड्दै जानुहुँदा छालामा (ह) चिन्ह लगाएको एउटा बेवारिसे भेँडा भेट्नुभयो। त्यो कसको भेँडा हो? ______________ तपाईं अझे पर जानुहुँदा तपाईंले अर्को भेँडा भेट्टाउनुहुन्छ। त्यसको शरीरमा ध्यानपूर्वक हेर्दा तपाईंले (क) निशान भेट्टाउनुभयो, त्यो पक्कै पनि कमलको भेँडा हुनुपर्छ। (क) निशान लगाइएको हरेक भेँडा ____________को हुनुपर्छ। यदि तपाईं (ह) निशान लगाइएको भेँडा हुनुहुन्छ भने, तपाईंले गर्वसाथ भन्नसक्नुहुन्छ, “म जान्दछु म कमलको हुँ। उहाँले मलाई उहाँको व्यक्तिगत छापद्वारा ममा स्वामित्वको निशान लगाउनुभएको छ!”

ख्रीष्टमा भएको विश्वासीमा कसको “निशान” वा छाप लगाइएको छ (एफेसी १:१३)? ________________________________ विश्वासीलाई कसले छाप मार्नुभएको छ (२ कोरिन्थी १:२१-२२)? _____________ त्यसैले विश्वासीले भन्न सक्छ, “म ______________को हुँ भनी मलाई थाह छ किनभने उहाँले मलाई आफ्नो पवित्र ________________ छा_______ लगाउनुभएको छ।” २ तिमोथी २:१९ मा हामी यसरी पढ्छौं: “तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ, जसमा यो _________ लागेको छ: ‘_________ उहाँका ___________ चिन्नुहुन्छ’” जो साँच्चै उहाँका हुन्, उनीहरूलाई उहाँ चिन्नुहुन्छ! के उहाँका साँचो विश्वासीहरू को हुन् भनी उहाँ जान्नुहुन्छ? ___________ कसलाई उहाँले पवित्र आत्माद्वारा छाप लगाउनुभएको छ र कसलाई उहाँले छाप लगाउनुभएको छैन भनी के परमेश्वर जान्नुहुन्छ? __________ तपाईंले अन्य मानिसहरूलाई हेर्नुहुँदा र अवलोकन गर्नुहुँदा, कसभित्र पवित्र आत्मा हुनुहुन्छ भनी साँच्चै देख्न के तपाईंको निम्ति सम्भव छ? ______ पवित्र आत्मा दृश्यमान हुनुहुन्छ कि अदृश्य हुनुहुन्छ? ____________ त्यसैले, परमेश्वरको छाप दृश्यमान छ कि अदृश्य? _________ तपाईंले मुक्ति पाउनुभएपछि पहिलो पटक जब तपाईंले ऐना हेर्नुभयो, के तपाईंले आफ्नो रूपमा केही खास परिवर्तन देख्नुभयो? ________ के तपाईंले पवित्र आत्मा आफूभित्र जिउनुभएको देख्नुभयो? ________ के तपाईंले प्रकाश १४:११ मा वर्णन गरिएका मानिसहरूमाझैं तपाईंको निधारमा परमेश्वरको नाम लेखिएको देख्नुभयो? ___________

ठीक वा बेठीक जवाफ दिनुहोस्:

__________ विश्वासी पवित्र आत्माद्वारा छाप मारिएको छ, तर परमेश्वरले बाहेक कसैले पनि उक्त छाप देख्न सक्दैन।

__________ पापीले मुक्ति पाएपछि उसको भौतिक शरीरमा ठूला परिवर्तनहरू आउँछन्।

__________ कुन मानिसहरूको हृदयहरूभित्र पवित्र आत्मा हुनुहुन्छ भनी प्रभुले जान्नुहुन्छ (१ शमूएल १६:७ लाई २ कोरिन्थी १:२२ सित तुलना गर्नुहोस्।)

हामी उहाँका हौँ भनी परमेश्वरले साँच्चै जान्नुहुन्छ, तर हामी प्रभुका हौं भनी अन्य मानिसहरूले कसरी जान्न सक्छन्? यस प्रश्नको जवाफ २ तिमोथी २:१९ को पछिल्लो भागमा पाउन सकिन्छ, “ख्रीष्टको नाम लिने हरेक जन ____________ अलग रहोस्।” यस पद अनुसार, हामी साँचो विश्वासीहरू हौं भनी अन्य मानिसहरूले कसरी जान्न सक्छन्? _________________________________________________________________ केही मानिसहरूले हामीभित्र पवित्र आत्मा वास गर्नुभएको देख्न नसके तापनि, के उनीहरूले आत्माको फल देख्न सक्छन् (गलाती ५:२२-२३; एफेसी ५:९)? ___________ हामी ख्रीष्टका हौं भनी संसारले कसरी सक्छ (यूहन्ना १३:३५)? ______________________________________________

ठीक वा बेठीक जवाफ दिनुहोस्:

__________ संसारले वास्तवमै विश्वासीभित्र पवित्र आत्मालाई देख्न सक्छ।

__________ संसारले हाम्रो जिउने शैली र व्यवहारहरू देख्न सक्छ र उनीहरूले हाम्रो जीवनमा आत्माको कामहरूका प्रमाण देख्न सक्छ।

__________ साँच्चै पवित्र आत्मा पाएको व्यक्तिले अधर्महरूबाट अलग रहने इच्छा गर्दछ। उसले प्रभुलाई प्रसन्न बनाउन र उहाँको आज्ञा पालन गर्न रुचाउँछ।

__________ कुनै व्यक्ति निरन्तरै पाप र अपराधमा जिइरहेको छ भने ऊ प्रभुको होइन भन्ने प्रमाणित हुन्छ (१ यूहन्ना २:२९; ३:१० सित तुलना गर्नुहोस्)।

__________ कुनै मानिसले आफू ख्रीष्टियन भएको दाबी गर्दछ भने ऊ साँचो विश्वासी हुनैपर्छ। यदि तपाईंले आफूले मुक्ति पाएको छु भनी भन्नुहुन्छ भने तपाईंले साँच्चै मुक्ति पाएको हुनुपर्छ।

एफेसी १:१४ ले हामीलाई सिकाउँछ, कि पवित्र आत्माचाहिँ “किनिएको सम्पत्तिको ______________ समयसम्म हाम्रो पैतृक-सम्पत्तिको __________ (अग्रिम भुक्तानी, धरौटी) हुनुहुन्छ।” यस पदले विश्वासीको अन्तिम छुटकाराको कुरा गरिरहेको छ जुनबेला ऊ सदा-सर्वदाको निम्ति प्रभुसित हुनेछ र उसले फेरी कहिल्यै पाप गर्नेछैन। येशूले हामीलाई कुनै एकदिन उहाँ आफ्ना जनका निम्ति फर्केर आउनुहुने प्रतिज्ञा गर्नुभएको छ (हेर्नुहोस् यूहन्ना १४:२-३; रोमी ८:२३)। ख्रीष्टको प्रतिज्ञा सत्य छ भन्ने ग्यारन्टीको निम्ति, पिता परमेश्वरले बैना वा धरौटी स्वरूप हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ र एकदिन हाम्रो मुक्ति पूर्ण हुनेछ (फिलिप्पी १:६ सित तुलना गर्नुहोस्)। “जसले हामीमा ______ पनि लगाउनुभएको छ, र ___________को _______ (धरौटी) हाम्रा हृदयहरूमा दिनुभएको छ” (२ कोरिन्थी १:२२)। “अब जसले हामीलाई यही कुराका निम्ति _________ पार्नुभयो, उहाँ परमेश्वर हुनुहुन्छ; उहाँले हामीलाई _______‌___को ________ (धरौटी) पनि दिनुभएको छ” (२ कोरिन्थी ५:५)। “बैना” शब्द बुझ्नलाई मगनी औंठीको विचार गर्नुहोस्। जब एउटा जवान मानिसले आफ्नो प्रियालाई मगनीको औंठी दिँदछ, उक्त औंठीले कुनै एकदिन ऊ त्यस औंठी लगाएकी स्त्रीलाई विवाह गर्न आउनेछ भनी एउटा बैना वा ग्यारन्टीको रूपमा काम गर्दछ। उसले आफ्न दुलहीलाई ग्रहण गर्नेछ र उसितको सुन्दर वैवाहिक सम्बन्धमा प्रवेश गर्नेछ। त्यसैले, हामीसँग प_______ आ_______ हुनुभएको तथ्य नै ख्रीष्ट कुनैदिन आफ्नो दुलहीलाई लिनलाई आउनुहुनेछ भन्ने कुराको ग्यारन्टी हो (यूहन्ना १४:१-३)। हामी उहाँसँग आमने सामने हुँदा (१ थेस्सलोनिकी ४:१६-१८) त्यसदिन वर्तमान समयमा भएको हाम्रो आनन्दमय सम्बन्ध भन्दा पनि अझै नजिकको र निकै महान् सम्बन्ध हुनेछ (फिलिप्पी १:२१-२३; २ कोरिन्थी ५:८; १ यूहन्ना ३:१-३)।

ठीक कि बेठीक:

__________ पवित्र आत्मा अहिले हामीसँग हुनुभएको तथ्यले एकदिन हाम्रो मुक्ति पूर्ण हुनेछ र हामी प्रभुसँग रहनेछौं भन्ने कुरालाई प्रमाणित गर्दछ। छाप लगाइएका सबैजना सदाका निम्ति मुक्त गराइनेछन्!

__________ हामीले पाप नगरून्जेल सम्मको निम्ति हामी पवित्र आत्माले छाप मारिएका छौं (एफेसी ४:३०)।

__________ विश्वासीको जीवनमा भएको पापको कारणले उसले पवित्र आत्मा शोकित र दु:खित तुल्याउन सम्भव छ (एफेसी ४:३०)।

__________ जब विश्वासीले पाप गर्दछ, पवित्र आत्माले उसलाई छोडिदिनुहुन्छ र उसलाई त्याग्नुहुन्छ (एफेसी ४:३०; यूहन्ना १४:१६-१७)।

__________ उहाँ हामीभित्र रहनुभएको होस् र सदाको निम्ति हामीसँग जिउनुभएको होस् भनेर पिता परमेश्वरले हामीलाई पवित्र आत्मा दिनुभएको छ (यूहन्ना १४:१६)।

__________ मुक्ति पाएको मानिसले पवित्र आत्मालाई गुमाउन सक्छ र उसको छाप मेटिनसक्छ

__________ पवित्र आत्माले कहिलेकसो विश्वासीलाई छोड्नुहुन्छ (यूहन्ना १४:१६; हिब्रू १३:५)।

__________ साँचो विश्वासीको छाप मेटिनु सम्भव छ।

__________ कुनै मानिसले आफू ख्रीष्टियन भएको दाबी गर्दछ भने, उसले यो बुझ्नुपर्छ कि उसले साँच्चै मुक्ति पाएको छ र साँच्चै उसको जीवन शैलिद्वारा ऊ छाप मारिएको छ (२ तिमोथी २:१९)।

व्याभारिक दृष्टान्त

खाममा छाप लगाइएको हुन्छ। छापको उद्देश्य उक्त खाममा भएका कुराहरू गन्तव्य स्थानमा कुशलतापूर्वक पुगोस् भन्ने हेतुले सुरक्षित राख्नु र बाहिर खस्नबाट जोगानु हो।

खामको चित्र

परमेश्वरले आफ्ना हरेक सन्तानहरूमा गन्तव्य स्थानको छाप लगाइसक्नुभएको छ, यस्तो स्थान जुनचाहिँ “_____________ सुरक्षित राखिएको छ” (१ पत्रुस १:४)। परमेश्वरले हरेक विश्वासी उसको अन्तिम गन्तव्य स्थानमा सुरक्षित पुगेको निश्चित गर्नुहुनेछ। हामी त्यहाँ पुग्नेछौं भन्ने कुराको पवित्र आत्मा “छाप” वा ग्यारन्टी हुनुहुन्छ।

एउटा सामान्य किसिमको खाम लिनुहोस्। एउटा कागजको टुक्रामा आफ्नो तस्वीर बनाउनुहोस्। तपाईं ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भनी हामी मानिलिन्छौं। तपाईंले त्यस तस्वीरमा आफ्नो नाम लेख्न सक्नुहुन्छ। अब त्यो कागजलाई पट्याउनुहोस् र खामभित्र राख्नुहोस्। खामको मुखलाई टाँसेर बन्द गर्नुहोस् र यसमा सुरक्षित साथ छाप लगाउनुहोस्। खामको पछाडि यस्तो लेख्नुहोस्:

“म ख्रीष्टको किनिएको सम्पत्ति हुँ।
पवित्र आत्मा छाप हुनुहुन्छ
र उहाँको कारणले म सुरक्षित छु।”

खामको अगाडि गन्तव्य स्थान लेख्नुहोस्:

पिताको घरमा (यूहन्ना १४:१-३)
तेस्रो स्वर्गमा अवस्थित

पठाउने व्यक्तिको विवरणमा लेख्नुहोस्:

मालिक, उद्धारकर्ताको तर्फबाट
प्रभु येशू ख्रीष्ट,
जसले मलाई किन्नुभयो

स्ट्याम्प लगाउने ठाउँमा:

ख्रीष्टको
रगतद्वारा
पूरा मूल्य चुक्ता

व्याभारिक दृष्टान्तले यस पाठको केही सत्यताहरूलाई राम्ररी सिकाउनेछ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पवित्र आत्माको अन्तरवास

पाठ ४—पवित्र आत्माको अन्तरवास

सामान्य अर्थमा, पवित्र आत्माको अन्तरवास भनेको पवित्र आत्मा विश्वासीभित्र वास गर्नुहुन्छ भन्नु हो। उहाँ विश्वासीभित्र जिउनुहुन्छ। विश्वासीको हृदय नै उहाँको घर हो। उहाँ त्यहीँ रहनुहुन्छ।

१.पवित्र आत्मा मभित्र जिउनुहुन्छ भनी मैले कसरी थाह पाउँछु?

यसको जवाफ रोमी ८:९ मा पाइन्छ—“तर साँच्चै परमेश्वरका _________ तिमीहरूभित्र _________ गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ। तर कुनै मानिससँग ख्रीष्टका __________ हुनुहुन्न भने त्यो उहाँको होइन”। यदि कुनै व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने, ऊ उहाँको होइन। ऊ ख्रीष्टको होइन। ऊ विश्वासी होइन। यदि म मुक्ति पाएको मानिस हुँ भने, मसँग पवित्र आत्मा हुनुहुन्छ। मैले कसरी यो कुरा जान्दछु? परमेश्वरले त्यसो भन्नुभएको हुनाले म यो जान्दछु। ख्रीष्टमा विश्वास गर्ने सबैले आत्मालाई प्राप्त गरेको हुन्छ (यूहन्ना ७:३९)। पावलले भने, “हामीभित्र __________ गर्नुहुने पवित्र आत्माद्वारा” (२ तिमोथी १:१४), र साँचो गरी रगतद्वारा किनिएको हरेक परमेश्वरको सन्तानको सवालमा यो साँचो हो। परमेश्वरको व्याख्या अनुसार (१ कोरिन्थी ६:१९; रोमी ८:९; यूहन्ना ७:३९ इत्यादि), ख्रीष्टियन भनेको ऊ हो जसमा पवित्र आत्मा वास गर्नुहुन्छ र त्यसैले उसले पवित्र आत्मा पाएको हुन्छ। विश्वासद्वारा धर्मी ठहरिएको तर पवित्र आत्मा नपाएको व्यक्ति कोही हुँदैन।

ख्रीष्टमा विश्वास गर्ने मानिसले पवित्र आत्मा पाएको छ र ऊ उहाँको अन्तरवासको उपस्थितीमा रमाउँछ भन्ने तथ्य कुनै आत्मपरक र प्रश्नास्पद अनुभवमा आधारित हुँदैन। यो परमेश्वको बचनको स्पष्ट वक्तव्यमा आधारित हुन्छ।

के तपाईंले पवित्र आत्मा पाउनुभयो? एकपटक यो आधारभूत प्रश्नलाई विचार गरौं, “के तपाईंले पवित्र आत्मा पाउनुभयो?” बाइबलको जवाफ के हो? १ कोरिन्थी ६:१९-२० मा शारीरिक कोरिन्थीहरूभित्र (१ कोरिन्थी ३:१-३) समेत पवित्र आत्मा हुनुहुन्थ्यो: “अथवा के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो तिमीहरूभित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइनौ”। कसरी पवित्र आत्मा उनीहरूभित्र हुन सक्नुहुन्थ्यो? उनीहरूले कसरी उहाँलाई पाए? के उनीहरूले ख्रीष्टलाई विश्वास गरेको समयमा उहाँलाई पाएका हुन्?

यूहन्ना ७:३८-३९ चाबी खण्ड हो। पवित्र आत्माको बारेमा यसले के भन्छ भनी ध्यान दिनुहोस्। विश्वास गर्नेहरू नै पाउनेहरू हुन्। यदि तपाईंले ख्रीष्टमा विश्वास गर्नुभएको छ भने तपाईंले पवित्र आत्मालाई पाउनुभएको छ। पवित्र आत्मालाई नपाउने कुनै विश्वासी हुँदैन। त्यसैले, चाबी प्रश्न यो होइन, “के तपाईंले पवित्र आत्मा पाउनुभयो?” तर यो हो, “के तपाईंले येशू ख्रीष्टलाई पाउनुभयो?” (यूहन्ना १:१२ हेर्नुहोस्)। यदि तपाईंले ख्रीष्टलाई पाउनुभएको (ग्रहण गर्नुभएको) छ भने, तपाईंसँग पवित्र आत्मा हुनुहुन्छ। ख्रीष्टमा विश्वास गर्ने तर पवित्र आत्माद्वारा वास नगरिएको कुनै पनि विश्वासी हुँदैन।

२.पवित्र आत्माको अन्तरवासको अनुपमता

पुरानो नियमका समयहरूमा पवित्र आत्मा यदाकदा मानिसहरूमाथि आउने गर्नुहुन्थ्यो र केही निश्चित प्रयोजनहरूका निम्ति सामर्थ्य दिने गर्नुहुन्थ्यो। यहाँ केही उदाहरणहरू छन्:

वर्तमान समयमा पवित्र आत्माको सेवकाइको अनुपमतालाई देखाउने चाबी खण्ड यूहन्ना १४:१६-२० हो। आत्माको आगमन बीच बीचमा रोकिएर हुने (अन्तर्विराम) नभइ स्थायी हुनेछ भनी १६ पदबाट सिक्न सकिन्छ। उहाँ आउनुहुने अनि छोडेर जानुहुने र फेरी आउनुहुने र त्यसपछि फेरी छोडेर जानुहुने कार्य हुनेछैन। होइन, उहाँ जब आउनुहुनेछ, उहाँ ___________ उनीहरूसँगै रहनुहुनेछ (१६ पद)।

यूहन्ना १४:१७ मा पेन्टकोस्ट अगाडि र पेन्टेकोस्ट पछाडि पवित्र आत्माको सेवकाइ कस्तो हुनेछ भनी वर्णन गरिएको छ:

त्यस दिन पवित्र आत्मा मात्र होइन, तर येशू ख्रीष्ट नै उनीहरूभित्र हुनुहुनेथियो (यूहन्ना १४:२०): “त्यस दिन तिमीहरूले, म मेरा पितामा छु, अनि तिमीहरू ममा, र _____ ___________ छु भनी जान्नेछौ”। परमेश्वरका आत्माले यो सम्बन्धलाई सम्भव गराउनुहुन्छ। यूहन्ना ६:५६ सित तुलना गर्नुहोस्। यो सम्बन्धलाई दाखको बोट र हाँगाको सम्बन्धद्वारा चित्रण गरिएको छ (यूहन्ना १५:१-६)। प्रभु येशू दाखको बोट हुनुहुन्छ (१ पद) र उहाँका विश्वासीहरूचाहिँ हाँगाहरू हुन् (५ पद)। हामी उहाँमा छौं र उहाँ हामीमा हुनुहुन्छ। हाँगा बोटमा हुन्छ, त्यहाँमा अति सुन्दरतासाथ गाँसिएको हुन्छ। बोटको जीवन पनि हरेक हाँगाभित्र र हरेक हाँगाद्वारा बहन्छ। यूहन्ना १७:२३ र यूहन्ना १७:२६ मा प्रभू येशू अद्भुत तरिकाले आफ्ना विश्वासहरू भित्र हुनुहुने त्यस अनुपम सम्बन्धको बारेमा सिक्न सक्छौं। “म तिनीहरूमा”
कलस्सी १:२६ मा पावलले युगौंदेखि लुकाई राखिएको र________ बारेमा बताउँछन्। यस रहस्यको बारेमा अब्राहाम, दाऊद, यशैया र दानियललाई केही कुरा थाह थिएन। यस रहस्यको बारेमा बप्तिस्मा दिने यूहन्नालाई पनि थाह थिएन। यो रहस्य थियो जुनचाहिँ परमेश्वरको प्रेमिलो हृदयमा लुकाई राखिएको थियो र उहाँले यसलाई थाह गराउन नचाहनुभएसम्म प्रकट गरिएको थिएन। के परमेश्वरले अहिले आफ्ना जनहरूलाई यो रहस्य प्रकट गर्दै हुनुहुन्छ (कलस्सी १:२६)? ________________ २७ पदमा, यो रहस्य के हो भनी पावलले प्रकट गर्छन्। यो अति महिमीत कुरा हो किनभने उनले “यो रहस्यको __________” (२७ पद) को बारेमा बताएकाछन्। यो अति मूल्यवान कुरा हो किनभने उनले “यो रहस्यको महिमाको ______” (कलस्सी १:२७) को बारेमा बताएका छन्। यो रहस्यलाई उनले यसरी परिचय गराउँछन्, “महिमाको आशा, ख्री____ ___________भित्र” (२७ पद)। ख्रीष्ट आफ्ना जनहरू भित्र हुनुहुन्छ। परमेश्वर ढुङ्गाले बनाइएका मन्दिरमा होइन, तर विश्वासीहरूको शरीरमा अन्तरवास गरिरहनुभएको छ। उहाँ व्यक्तिगत रूपमा प्रत्येक विश्वासीको शरीरभित्र अन्तरवास गर्नुहुन्छ (१ कोरिन्थी ६:१९)। मेरो हृदय ख्रीष्टको घर हो!

परमेश्वरको मन्दिरको महत्त्व

मन्दिर त्यो ठाउँ थियो जहाँ परमेश्वर बस्नुभयो र आफ्नो अद्भुत उपस्थितीलाई एउटा अति नौलो तरिकाले प्रकट गर्नुभयो।

क. भेट हुने पाल

“तब बादलले भेट हुने पाललाई ढाक्यो, र परमप्रभुको ___________ पवित्रस्थानलाई ________________। अनि भेट हुने पालमाथि बादल बसिरहेको र परमप्रभुको _____________ निवासस्थानलाई __________ हुनाले मोशा त्यसभित्र पस्न सकेनन्।” (प्रस्थान ४०:३४-३५)।

परमेश्वरले भेट हुने पालमा आफ्नो उपस्थिती प्रकट गर्नुभयो। परमेश्वर आफ्ना जनहरूको बीचमा हुनुहुन्थ्यो, र उनीहरू सबैलाई यो कुरा थाह थियो। उनीहरूले दिनमा बादल र रातमा आगोको खाँबो देख्न सक्थे (शेकाइना महिमा)। “शेकाइना महिमा” भनेको परमेश्वरको उपस्थितीलाई देख्न सकिने प्रकटिकरण हो। परमेश्वर आफ्नो पवित्रस्थानमा हुनुहुन्थ्यो।

ख.सुलेमानको मन्दिर

“अनि यस्तो भयो – जब पूजाहारीहरू पवित्रस्थानबाट निस्केर आए, तब परमप्रभुको भवन यतिसम्म __________ (शेकाइना महिमा) भरियो, कि त्यस बादलले गर्दा पूजाहारीहरू सेवा गर्नलाई खडा रहन सकेनन्; किनकि परमप्रभुको ____________ परमप्रभुको भवन ___________ थियो” (१ राजा ८:१०-११)।

भेट हुने पाल एक ठाउँदेखि अर्को ठाउँमा सार्न सकिने मन्दिर थियो। सुलेमानको मन्दिर यरूशलेममा अवस्थित एक स्थायी मन्दिर थियो जसलाई सार्न सकिँदैनथियो। खडा भएका सानदार भवनहरूमध्ये यो पनि एक थियो। परमेश्वरले पुनश्च: मन्दिरको महापवित्रस्थानबाट आफ्नो उपस्थितीलाई प्रकट गर्नुभयो। “साँच्चै मैले तपाईंका निम्ति एउटा __________________ भवन, तपाईंका निम्ति सदा-सर्वदा बस्ने एउटा स्थान बनाइदिएको छु” (१ राजा ८:१३)। परमेश्वर सुलेमानको मन्दिरमा वास गर्नुभयो, तर धेरै वर्ष पछाडि इस्राएलको अनाज्ञाकारिता र मूर्तीपूजाको कारणले परमेश्वरको महिमाले मन्दिरलाई छोडेर गयो। इजकिएल १० अध्यायले मन्दिरबाट परमेश्वरको महिमा जाने दु:खद घटनाको विवरण दिँदछ (विशेषगरी ४ र १८ पदहरू पढ्नुहोस्; इजकिएल ११:२२-२३ पनि पढ्नुहोस्)।

ग.पुनर्निर्माण गरिएको मन्दिर

ई.पू. ५८६ मा बेबिलोनका राजा नबूकद्नेस्सरले सुलेमानको भव्य मन्दिर तहस-नहस गरिदिए। केही समय पछि यहूदीहरूको सानो भाग आफ्नो भूमीमा फर्कियो र यहूदी शासक जरूबाबेल र महापूजाहारी यहोशूको अधिनमा मन्दिरको पुनर्निर्माण गर्यो (हाग्गै र जकरिया अगमवक्ताहरूले त्यही समयमा आफ्ना सेवकाइ गरेका थिए)। उक्त मन्दिरको पुनर्निर्माणको विवरण एज्राको पहिलो ६ अध्यायहरूमा दिइएको छ। यो दोस्रो मन्दिर सुलेमानको मन्दिर झैं भव्य थिएन, र जरूबाबेलको मन्दिरको जग बसालिँदा अझै पनि सुलेमानको मन्दिर सम्झन सक्ने केही वृद्ध मानिसहरू ठूलो सोरले _______ (एज्रा ३:१२)। भेट हुने पाल र सुलेमानको मन्दिरभन्दा ठीक विपरीत, यस पुनर्निर्माण गरिएको मन्दिर परमेश्वरको महिमाले भरिएको कुरा हामीलाई बताइएको छैन। पहिलो शताब्दीमा येशू ख्रीष्ट उक्त मन्दिरमा नआउन्जेल त्यहाँ महिमा आएको थिएन। प्रभु अचानक आफ्नो ___________ भनी मलाकी भविष्यवक्ताले दाबी गरेका थिए (मलाकी ३:१)। प्रभु येशू महिमाले भरपूर हुनुहुन्थ्यो (यूहन्ना १:१४), तर येशू यस संसारमा हुनुहुँदा प्राय: समय उहाँको महिमामा घुम्टो लगाइएको थियो। उहाँका तीन चेलाहरूले उहाँको रूप परिवर्तन भएको डाँडामा उहाँको महिमाको पूर्ण प्रकटिकरणलाई देख्ने सुअवसर पाएका थिए (मत्ती १७:१-९)।

प्रभु येशू इस्राएलको राजाको रूपमा इन्कार गरिनुभयो र यरूशलेमको ढोकाहरूभन्दा बाहिर कलवरीको डाँडामा क्रूसमा टङ्गाइनुभयो। चार दशक पछि, ७० ई.सं. मा, पुनर्निमाण गरिएको उक्त मन्दिर (जसलाई हेरोद महानले बढाएका र अति सुन्दर बनाएका थिए—यूहन्ना २:२०), रोमी सिपाहीद्वारा नष्ट गरियो। त्यस समयदेखि, पृथ्वीमा कुनै यहूदी मन्दिर छैन। तर हामीले आज देखेजस्तै, वर्तमान समयमा पृथ्वीमा परमेश्वरको मन्दिर छ, जसमा पवित्र आत्मा अन्तरवास गर्नुहुन्छ।

घ.सङ्कष्टकालको मन्दिर

भविष्यको कुनै एउटा समयमा यहूदीहरूले आफ्नो भूमीमा पुन: मन्दिर निर्माण गर्नेछन् र पहिलो शताब्दी देखि कहिल्यै नचढाइएका पशु बलिदानहरू पुन: चढाउनेछन्। दानियल ९:२७ मा ख्रीष्ट-विरोधीले इस्राएलसित सात वर्षको निम्ति करार बाँध्नेछ र उक्त करारबाट करिब सात वर्षको समयावधि सुरु हुनेछ भनी हामी जान्दछौं। सात वर्षको यस समयावधिको बीचमा, ख्रीष्ट-विरोधीले उक्त करार भङ्ग गर्नेछ र बलिदानहरूलाई रोक्नेछ (दानियल ९:२७)। यस समयमा ख्रीष्ट-विरोधीले (“पापको पुरुष”, प्रकाश १३ को पहिलो “पशु”) आफैंलाई माथि उचालेर र आफू परमेश्वर भएको दाबी गर्दै मानिसहरूलाई आफ्नो पूजा गर्न बाध्य तुल्यार मन्दिर अपवित्र पार्नेछ (मत्ती २४:१५; २ थेस्स्लोनिकी २:३-१२; प्रकाश १३ अध्याय)। संकष्टकालको यस मन्दिरलाई परमेश्वरको महिमाले भर्नेछ भनी पवित्र-शास्त्रले कहीँ जनाउँदैन।

ङ.हजारवर्षे मन्दिर

ख्रीष्टको राज्यको हजार वर्षे समयकालमा, इजकिएल ४०-४८ अध्यायहरूमा विस्तृत विवरणका साथ वर्णन गरिएको वैभवपूर्ण मन्दिर हुनेछ। इजकिएल ४३:५ मा लेखिएको छ, “परमप्रभुको _______________ त्यस भवनलाई (मन्दिरलाई) ______________”। परमेश्वरले यस मन्दिरमा एकदम विशेष किसिमले आफ्नो उपस्थितीलाई जनाउनुभयो। परमेश्वर आफ्ना जनहरूको माझमा वास गर्नुहुनेछ (इजकिएल ४३:७)!

च.के अनन्त अवस्थितीमा त्यहाँ मन्दिर हुनेछ?

अनन्त शहर, नयाँ यरूशलेमको बारेमा, हामी यस्तो पढ्नसक्छौं, “अनि त्यसभित्र मैले ________ _________ देखिनँ; किनकि प्रभु सर्वशक्तिमान् परमेश्वर र थुमा त्यसको _____________ हुनुहुन्थ्यो” (प्रकाश २१:२२)। त्यहाँ परमेश्वरको महिमा पूर्ण रूपमा प्रदर्शन हुनेछ (प्रकाश २१:२३), त्यसैले त्यहाँ कुनै पनि मन्दिरको खाँचो पर्ने छैन। प्रकाश २१:३ सित तुलना गर्नुहोस् (परमेश्वर उहाँका जनहरूसित वास गर्नुहुनेछ)।

छ.आज संसारमा परमेश्वरको मन्दिर

मत्ती १६:१८ मा प्रभु येशूले एउटा विशेष भवन बनाउनुहुने दाबी गर्नुभयो: “…र यस चट्टानमाथि म आफ्नो ___________ ____________, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुने छैनन्”। येशूले यी शब्दहरू बोल्नुहुँदा, यस मण्डलीको निर्माण भविष्यमा गरिने कार्य थियो। उहाँले भन्नुभयो, “म … बनाउनेछु (भविष्यत काल)”। उहाँले “म बनाउँदैछु” भन्नुभएन। यो निर्माण परियोजना पेन्टेकोस्टको दिनमा सुरु हुनेथियो।

परमेश्वरको भवन ईँट वा सिमेन्टबाट बनिनेछैन, तर “जिउँदा प_________” बाट बनिनेछ भनी १ पत्रुस २:५ मा हामीले सिक्दछौं। यो कुनै भौतिक घर हुनेछैन, तर “आ________ घर” हुनेछ (१ पत्रुस २:५)। अचम्मको यस बनावटको निर्माणाधिन पत्थरहरू ख्रीष्टमा भएका विश्वासीहरू हुनेछन्।

यस भवनलाई एफेसी २:१९-२२ मा पनि उल्लेख गरिएको छ। २१ पदमा यसलाई भवन भनिएको छ, तर यसलाई “प्रभुमा एउटा प________ म_________” पनि भनिएको छ। यस मन्दिरमा परमेश्वर आ______द्वारा वास गर्नुहुन्छ (२२ पद)। पवित्र परमेश्वर उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ।

१ तिमोथी ३:१५ मा जिउँदो परमेश्वरको मण्डलीलाई “प_________को घ____” भनिएको छ। यो परमेश्वरको घर हो किनभने उहाँ यसमा बस्नुहुन्छ र यसभित्र वास गर्नुहुन्छ।

पवित्र आत्मा परमेश्वरको मन्दिर अर्थात मण्डलीमा अन्तरवास गर्नुहुन्छ भनी बताउने दुई ओटा चाबी खण्डहरू छन्: १) १ कोरिन्थी ३:१६—“तिमीहरू परमेश्वरका _________ हौ, र परमेश्वरका ___________ तिमीहरूभित्र _______ गर्नुहुन्छ — के यो कुरा तिमीहरूलाई थाह छैन?” तिमीहरू भनिने शब्दले कोरिन्थीका सबै विश्वासीहरूलाई जनाउँछ। परमेश्वर आफ्नो विश्वासीहरूभित्र, उहाँको मण्डलीभित्र र सबै विश्वासीहरूहरूभित्र वास गर्नुहुन्छ। २) १ कोरिन्थी ६:१९—“अथवा के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको __________ ___________ ___________ मन्दिर हो, जि तिमीहरू______ हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइनौ” हरेक विश्वासीको शरीर नै परमेश्वरको मन्दिर हो, र पवित्र आत्मा परमेश्वरका हरेक सन्तानभित्र वास गर्नुहुन्छ भनी यस खण्डमा सिक्न सकिन्छ।

सबै विश्वासीहरू पवित्र आत्माद्वारा अन्तरवास गरिएका हुँदैनन् भनी कसैले विवाद गर्न चाहन्छ भने, उसलाई सम्झाइनुपर्छ कि शारीरिकपनाको (१ कोरिन्थी ३:१-४) गम्भिर समस्या भएका कोरिन्थीहरूभित्र समेत पवित्र आत्मा वास गर्नुभएको थियो भनी माथी उल्लेख गरिएका यी दुई चाबी खण्डहरूले पनि बताउँदछ। यदि कुनै मानिसमा पवित्र आत्मा हुनुहुन्न भने, “त्यो उहाँको होइन” (रोमी ८:९)। यसको अर्थ हो, यदि उसँग पवित्र आत्मा हुनुहुन्न भने ऊ ख्रीष्टको होइन। अर्थात्, ऊ ख्रीष्टियन होइन। विश्वासद्वारा ख्रीष्टलाई प्राप्त गर्ने हरेकसँग (यूहन्ना १:१२) पवित्र आत्मा पनि हुनुहुन्छ। “तर यो कुरा उहाँले __________ विषयमा भन्नुभयो, जसलाई उहाँमाथी _________ गर्नेहरूले ________ लागेका थिए; किनकि पवित्र _________ अझैसम्म दिइनुभएको थिएन’ किनभने येशू अझै महिमित हुनुभएको थिएन” (यूहन्ना ७:३९)। पवित्र आत्मा पछि, पेन्टेकोस्टको दिनमा दिइनुहुनेथियो। ख्रीष्टमा विश्वास गर्नेले पवित्र आत्मा पाउनेछ भनी यूहन्ना ७:३९ ले सिकाउँदछ।

१. मेरो निम्ति व्यक्तिगत रूपमा पवित्र आत्माको अन्तरवासको के अर्थ हुन्छ?

पहिलो, यो विचार स्वयंले पनि मलाई परिवर्तन गर्नुपर्छ। परमेश्वर मभित्र हुनुहुन्छ! जीवित परमेश्वर मभित्र जिउनुहुन्छ। परमेश्वर मभित्र वास गर्नुहुन्छ। म परमेश्वरको घर र परमेश्वरको मन्दिर हुँ! कस्तो अद्भुत विचार! हरेक दिन मैले यो तथ्यलाई सम्झनुपर्छ: “ख्रीष्ट _______ जिउनुहुन्छ” (गलाती २:२०)। ख्रीष्ट ममा जिउँछन् नामक भजनको शब्दहरू हेर्नुहोस्।

दोस्रो, यस तथ्यले मलाई ख्रीष्टिय जीवन जिउन उत्साह दिनुपर्छ। ख्रीष्टिय जीवन एउटा अलौकिक जीवन हो। जिउनको निम्ति यो असम्भव जीवन हो। एउटा पवित्र जनझैं जिउनु, पवित्रतामा हिँड्नु, मेरो उच्च बोलावटको योग्य कार्य गर्नु र आत्माले भरिनु असम्भव कुराहरू हुन्। तर म निराश हुनु पर्दैन। असम्भवलाई सम्भव तुल्याउन एकजना अलौकिक व्यक्ति मभित्र जिउनुहुन्छ! म सक्दिनँ, तर उहाँले सक्नुहुन्छ! म अयोग्य छु, तर उहाँ योग्य हुनुहुन्छ। ममा कुनै सामर्थ्य वा योग्यता छैन, तर मेरा आँखाहरू उहाँमा लागेका छन्! ममा कार्य गर्नुहुने ती व्यक्तिद्वारा म ख्रीष्टिय जीवन जिउन सक्छु (एफेसी ३:२०)।

तेस्रो, यस तथ्यले मेरो जीवन अरूहरूको निम्ति आशिष हुन सम्भव गराउँछ। यूहन्ना ७:३८-३९ ध्यानपूर्वक पढ्नुहोस्। मेरो जीवन अरू व्यक्तिहरूमा भरियोस् भन्ने इच्छा परमेश्वर गर्नुहुन्छ। म भित्रबाट जि_______ पानीका नदीहरू बहनेछ (यूहन्ना ७:३८)! यसलाई सम्भव तुल्याउन मभित्र पवित्र आत्मा हुनुहुन्छ। उहाँको जीवन मबाट बहेर म आफूलाई चिन्ने हरेकलाई ताजा गराउने विश्वासी हुन सक्छु।

चौथो, यस तथ्यले हामीलाई साँचो ख्रीष्टिय एकतामा रमाहट गर्न सहायता गर्दछ: “मेलमिलापको बन्धनमा __________ एकता कायम राख्ने प्रयत्न गर” (एफेसी ४:३)। ममा जिउनुहुने उही आत्मा परमेश्वरको हरेक सन्तानमा पनि वास गर्नुहुन्छ भन्ने कुरा जब म महसुस गर्दछु, नयाँ गरी जन्मेका अरू व्यक्तिहरूसित भएको मेरो एकतालाई म कदर गर्न थाल्दछु। म मेरा सङ्गि विश्वासीसित हुँदा, उक्त व्यक्तिसँगको एकतामा म रमाहट गर्न सक्छु किनभने हामी दुवै जनाभित्र पवित्र आत्मा हुनुहुन्छ।

पाचौँ, यस तथ्यको परिणाम स्वरुप त्यहाँ पवित्र जीवन हुनुपर्छ। परमेश्वरको घरको प्रमुख चरित्र के हो (भजनसङ्ग्रह ९३:५)? _____________ पवित्र जन मभित्र जिउनुहुन्छ, र जसरी उहाँ पवित्र हुनुहुन्छ, त्यसरी नै म पनि पवित्र हुनुपर्छ (१ पत्रुस १:१६ सित तुलना गर्नुहोस्)। मभित्र जिउनुहुने पवित्र जनलाई शो________ पार्ने कुनै पनि कुरा मैले गर्नुहुँदैन (एफेसी ४:३०)।

छैठौं, यस तथ्यले मण्डलीमा मेरो व्यवहारलाई परिवर्तन गर्नुपर्छ। “बेथेल” शब्दको अर्थ “परमेश्वरको घर” हो। उत्पत्ति २८ मा, परमेश्वकरो उपस्थितीको कारण याकूब विस्मयकुल भए: “साँच्चै यस _________ परमप्रभु हुनुहुँदो रहेछ; अनि मलाई यो थाह थिएन। अनि उनी डराए, र भने: यो ठाउँ कति डरलाग्दो (विस्मयपूर्ण) रहेछ! यो ___________को ________बाहेक अरू केही होइन” (उत्पत्ति २८:१६ख-१७)। याकूबले त्यस ठाउँको नाम “बेथेल” वा “परमेश्वरको घर” राखे। १ तिमोथी ३:१५ मा मण्डली परमेश्वरको घर हो भनी हामी जान्दछौं; तरैपनि कतिपटक परमेश्वर उहाँका जनहरूभित्र हुनुहुन्छ भन्ने कुरा म बिर्सिन्छु। यस सत्यताले म कसरी व्यवहार गर्छु भन्ने कुरामा ठूलो भिन्नता ल्याउनुपर्छ।

सातौँ, मुक्ति नपाएकाहरूले परमेश्वर आफ्नो मण्डलीको बीचमा हुनुहुन्छ भन्ने जान्नुपर्छ। १ कोरिन्थी १४:२४-२५ लाई ध्यानपूर्वक पढ्नुहोस्। मण्डलीको बारेमा कुन कुराले यस मुक्ति नपाएको व्यक्तिलाई प्रभाव पार्यो (२५ पद)? _____________________________________________________ विश्वासीहरूलाई राम्ररी खुवाइयो भने, उनीहरू स्वस्थ हुन्छन्; उनीहरू स्वस्थ भए भने, ख्रीष्टको जीवन देखिनेछ र परमेश्वरले आफैंलाई जनाउनुहुनेछ!

आठौं, यस तथ्यले हामीलाई शैतानमाथि विजय दिनुपर्छ किनभने “जो _______________ हुनुहुन्छ, उहाँचाहिँ संसारमा हुने (शैतान) भन्दा महान् हुनुहुन्छ” (१ यूहन्ना ४:४)।

(अतिरिक्त सामाग्री)
क्यारिजम्याटिक भद्रगोल

१) के तपाईंले पवित्र आत्मा पाउनुभयो?

क्यारिज्म्याटिक व्यक्तिहरूले प्रायः यो प्रश्ना सोध्ने गर्छन्। उनीहरूको यस प्रश्न_को तात्पर्य वास्तवमा यो हो — “के तपाईंले आत्माको बप्तियस्मा पाउनुभयो, अन्य भाषा बोल्ने जस्ता क्यारिज्म्याटिक अनुभव पाउनुभयो?”

हामी त्यस आधारभूत प्रश्न मा नै फर्कौं, “के तपाईंले पवित्र आत्मा पाउनुभयो?” बाइबलले दिने जवाफ के हो त? १ कोरिन्थी ६:१९-२० अनुसार कोरिन्थका सबै विश्वासीहरूभित्र, अँ, शरीरअनुसार हिँड्ने विश्वासीहरू (१ कोरिन्थी ४:१-३) भित्र समेत, पवित्र आत्मा हुनुहुन्थ्यो — “के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो तिमीहरूभित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइनौ।” उनीहरूले पवित्र आत्मालाई नपाएका भए कसरी उहाँ उनीहरूभित्रहुन सक्नुहुन्थ्यो र? यो प्रस्ट छ, तिनीहरूले जुन घडी मुक्ति पाए त्यही घडी नै उनीहरूले पवित्र पाएका थिए।

यूहन्ना ७:३८-३९ महत्त्वपूर्ण छ। पवित्र आत्मा पाउने विषयमा त्यहाँ जे भनिएको छ त्यसमा राम्ररी ध्यान दिनुहोस्। विश्वास गर्नेहरू नै पाउनेहरू हुन्। यदि तपाईंले ख्रीष्टमा विश्वास गर्नुभएको छ भने तपाईंले पवित्र आत्मा पाइसक्नुभएको छ। तसर्थ, चाबी प्रश्नय “के तपाईंले पवित्र आत्मा पाउनुभयो?” भन्ने नभएर “के तपाईंले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नुभयो?” भन्ने हो (हेर्नुहोस् यूहन्ना १:१२)।

२) पवित्र आत्मा तपाईंभित्र बास गर्नुहुन्छ भनेर तपाईं कसरी जान्नुहुन्छ?

क्यारिज्म्याटिक जवाफ यस प्रकार छ:

“पवित्र आत्मा मभित्र बास गर्नुहुन्छ भनेर म कसरी जान्दछु?” क्यारिज्म्याटिक नवीकरण (Charismatic Renewal) को जवाफ छ — “पवित्र आत्माको बप्ति्स्माले अर्थात् एउटा यस्तो शक्तिशाली अनुभवले जसले यसको प्रापकलाई परमेश्वर वास्तविक हुनुहुन्छ भनेर विश्वस्त तुल्याउँदछ” (रिचार्ड कबीडो, दि न्यू क्यारिज्म्याटिक्स् प्रथम संस्करण, पृष्ठ २)।

अर्को शब्दमा, “यो साँचो हुनुपर्छ किनकि मैले त्यो अनुभव गरेको छु। ममा त्यो भावना आएकै हो। यो त म आफैले अनुभव गरेको कुरा हो।”

बाइबलीय जवाफ रोमी ८:९ मा पाइन्छ:

“तर साँच्चै परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ। तर कुनै मानिससँग ख्रीष्टका आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन।”

यदि कुनै व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने त्यो व्यक्ति उहाँको होइन। ऊ ख्रीष्टको होइन। ऊ एक ख्रीष्टियन होइन। यदि म मुक्ति पाएको व्यक्ति हुँ भने मसँग पवित्र आत्मा हुनुहुन्छ। म यो कसरी जान्दछु? म यो जान्दछु, किनभने परमेश्वले सो भन्नुभएको छ। ख्रीष्टमा विश्वास गर्ने प्रत्येकले पवित्र आत्मा पाइसकेका हुन्छन् (यूहन्ना ७:३९)। पावल भन्छन्, “हामीभित्र पवित्र आत्मा बास गर्नुहुन्छ” (२ तिमोथी १:१४) अनि यो कुरा परमेश्वरको रगतले किनिएको हरेक जनको सम्बन्धमा साँचो हुन्छ। परमेश्वरको परिभाषा (१ कोरिन्थी ६:१९, रोमी ८:९, यूहन्ना ७:३९ आदि) अनुसार ख्रीष्टियन भनेको त्यो व्यक्ति हो जसभित्र पवित्र आत्माले बास गर्नुहुन्छ अर्थात् जसले पवित्र आत्मा पाइसकेको हुन्छ। विश्वासद्वारा धर्मी ठहरिएको हुनु तर पवित्र आत्मा नपाएको हुनु असम्भव कुरा हो। पवित्र आत्माको प्राप्ति र उहाँको हामीभित्रको उपस्थिति कुनै आत्मगत (subjective) र शंकास्पद अनुभवमा आधारित छैन। यो त परमेश्वरको वचनको स्पष्ट अभिव्यक्तिहरूमा आधारित छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पवित्र आत्माको पुनर्जीवन दिने कार्य

पाठ ३—पवित्र आत्माको पुनर्जीवन दिने कार्य

पुनर्जीवन परमेश्वरको त्यो कार्य हो जसमा परमेश्वरले पापमा मरेको मानिसलाई आफ्नो जीवन प्रदान गर्नुहुन्छ। जीवन प्रदान गर्ने कार्य पवित्र आत्माको हो: “…किनकि लेखले मार्छ, तर आत्माले ____________ दिनुहुन्छ” (२ कोरिन्थी ३:६)। पापीले जीवन पाउने मात्र होइन, तर उसले परमेश्वरको परिवारमा जन्म पनि लिन्छ। पुनर्जीवनको सम्बन्धमा चाबी खण्डहरूमध्ये एउटाचाहिँ यूहन्ना ३ अध्याय हो।

उनीहरूको विश्वासप्रति येशूको अविश्वास

यूहन्ना २ अध्यायको अन्ततिर एक किसिमका मानिसहरूको बारेमा उल्लेख छ। त्यहाँ बताइएको छ, “धेरैले उहाको नाममा ______________ गरे” (यूहन्ना २:२३)। यी मानिसहरूले किन विश्वास गरे? (यूहन्ना २:२३ पढ्नुहोस् र सही उत्तरमा चिन्ह लागाउनुहोस्)

  1. येशू एकदिन उनीहरूका निम्ति क्रूसमा मरेर फेरि बौरी उठ्नुहुनेछ भन्ने जानेर यी मानिसहरूले विश्वास गरेका थिए।
  2. हामी नष्ट हुन लागेका पापी हौं र हामीलाई बचाउन सक्ने येशू मात्र हुनुहुन्छ भन्ने जानेर यी मानिसहरूले विश्वास गरेका थिए।
  3. येशूले गर्नुभएका आश्चर्यकर्महरू देखेर यी मानिसहरूले विश्वास गरेका थिए।
  4. तिनीहरू येशूलाई प्रेम गर्थे। आफ्ना पूरा हृदयले उहाँलाई पछ्यागउन चाहेका हुनाले यी मानिसहरूले विश्वास गरका थिए।

तिनीहरूको विश्वास आँखाले देखका आश्चर्यकर्महरूमा थियो! “विश्वास” गर्ने उक्त समूहलाई देखेर के येशू गदगद हुनुभयो? “वाह! क्या राम्रो! मेरो पछि लाग्ने यी सबलाई हेर त!” के उहाँले यसरी भन्नुभयो? अहँ, उहाँको प्रतिक्रिया यसको ठीक विपरित थियो: “तर येशूले आफैलाई तिनीहरूको ____________मा छोड्नुभएन” (यूहन्ना २:२४)।

यूहन्ना २:२३ को “विश्वास” र यूहन्ना २:२४ को “भरोसा” ग्रीकमा एउटै शब्द हुन्। यी पदहरूलाई यसरी व्यक्त गर्न सकिन्छ, “धेरैले येशूलाई विश्वास गरे, तर येशूले उनीहरूलाई विश्वास गरिरहनुभएको थिएन। उहाँमाथि तिनीहरूको विश्वास थियो (आश्चर्यकर्महरू देखेका हुनाले) तर उनीहरूप्रति उहाँको विश्वास थिएन!” उनीहरूको भर छैन भनेर येशू जान्नुहुन्थ्यो किनभने “उहाँले सबै मानिसहरूलाई ___________________”(यूहन्ना २:२४)। नथनएलको बारेमा सब जान्नुहुने येशूले यी मानिसहरूको बारेमा पनि सब जान्नुहुन्थ्यो। विश्वास गर्नेहरूझैं प्रस्तुत भइरहेका यी मानिसहरूलाई उहाँले मन खोलेर ग्रहण गर्नुभएन किनभने “मानिसभित्र के हुन्छ, सो उहाँलाई ________ ________”(यूहन्ना २:२५)। उहाँ यी मानिसहरूको एक-एक कुरा जान्नुहुन्थ्यो। उनीहरूको हृदय परमेश्वरको दृष्टिमा ठीक छैन भनी उहाँ जान्नुहुन्थ्यो। उनीहरूसँग विश्वास थियो तर येशूले खोज्नुभएको जस्तो विश्वास थिएन। उनीहरूले नयाँ जन्म पाउन खाँचो थियो!

यूहन्ना ३ अध्यायमा तीमध्येको एकजनाको परिचय दिइएको छ। आश्चर्यकर्महरू देखेर ख्रीष्टमा विश्वास गर्ने एकजनाको परिचय यहाँ दिइएको छः “तपाईं परमेश्वरबाट आउनुभएको गुरु हुनुहुन्छ भनी हामीलाई थाह छ किनकि __________________ साथमा रहनुभएन भने कसैले पनि यी _____________ गर्न सक्दैन, जो तपाईं गर्नुहुन्छ” (यूहन्ना ३:२)। निकोदेमस एक “आश्चर्यकर्महरूमा विश्वास गर्ने” व्यक्ति थिए तर येशूले निकोदेमसलाई भन्नुभयो: “तिमीहरूले ________ ________ ____________पर्छ” (यूहन्ना ३:७)।

धर्मले मुक्ति पाइन्न

निकोदेमस कस्ता मानिस थिए? यूहन्ना ३:१ मा उनको बयान गरिएको छ।

उनी एक फरिसी थिए। यसको मतलब उनी एक धर्मकर्म गर्ने व्यक्ति थिए। बाइबल (पूरानो नियम) उनले पढ्ने गर्थे। उनी सभाघरमा र मन्दिरमा जाने गर्थे। उनले १० आज्ञा पालन गर्न खोज्थे।

उनी एक शासक थिए (यूहन्ना ३:१)। उनी एक साधारण यहूदी मात्र थिएनन्, तर यहूदीहरूका एक अगुवा थिए। उनी सनहेड्रीन भनिने देशको सर्वोच्च शासकवर्गको एक सदस्य थिए (यूहन्ना ७:४५ -५० पढ्नुहोस्)। उनी उच्च ओहोदाका व्यक्ति थिए।

उनी एक गुरू अर्थात् शिक्षक थिए (यूहन्ना ३:१०)। उनी अज्ञानीलाई ज्ञान दिन सक्ने एक विज्ञ मानिन्थे। तर अरूलाई सकाउने भएर पनि निकोदेमस आफैले सिक्न खाँचो थियो। उनले सर्वोत्कृष्ट शिक्षकबाट “नयाँ जन्म” को बारेमा सिक्न खाँचो थियो (यूहन्ना ३:२)।

निकोदेमस एक फरिसी , एक शासक शिक्षक थिए तर उनी नरकको बाटोमा हिँड्दै थिए। निकोदेमसले मुक्ति पाएका थिएनन्। निकोदेमससँग अनन्त जीवन थिएन। धेरै कुराहरू भएर पनि निकोदेमससित सबभन्दा ठूलो कुरा थिएन। निकोदेमसलाई येशूको सन्देश स्पष्ट थियो: “कोही मानिस ________ गरी ____________ भने उसले परमेश्वरको _________लाई देख्नर सक्दैन” (यूहन्ना ३:३)। राज्यभित्र प्रवेश गर्न केवल एउटै उपाय छ, अर्थात्, नयाँ गरी जन्मनैपर्छ!

नयाँ गरी जन्मनुको अर्थ के हो?

स्वर्ग जानलाई पैसा चाहिँदैन। स्वर्ग जानलाई पढाइ चाहिँदैन। स्वर्ग जानलाई पद चाहिँदैन। तर स्वर्ग जानलाई एउटा कुरा चाहिन्छः त्यो हो, नयाँ जन्म! जसले नयाँ जन्म पाएका छैनन् उनीहरूले परमेश्वरको राज्य कहिल्यै देख्नेतछैनन् (यूहन्ना ३:३)।

“नयाँ गरी जन्मनुपर्छ” भन्ने येशूको भनाइको अर्थ निकोदेमसले बुझेनन् (यूहन्ना ३:४)। उनले सोधे, “मानिस बूढो भएपछि कसरी जन्मन सक्छ र? के उसले आफ्नी आमाको गर्भमा दोस्रोचोटि पसेर जन्मन सक्छ र?” (यूहन्ना ३:४)। मानिस आफ्नी आमाको गर्भमा पसेर दोस्रोचोटि शारीरिक रूपमा जन्मन सक्दैन भनी उनी जान्दथे। त्यो सम्भव छैन। त्यसोभए येशूको भनाइको तात्पर्य के थियो?

येशूले निकोदेमसलाई यूहन्ना ३:५-६ मा दिनुभएको जवाफलाई पढ्नुहोस्। येशूले प्रस्ट पार्नुभयो, कि उहाँले शारीरिक होइन तर आत्मिक जन्मको कुरा गर्दैहुनुहुन्छ (“आत्माबाट जन्मिएको”)। मानिसको पहिलो जन्म शारीरिक हुन्छ (“शरीरबाट जन्मिएको”) अनि मानिसको दोस्रो जन्म आत्मिक हुनुपर्दछ (“आत्माबाट जन्मिएको”)। योचाहिँ परमेश्वरको आत्माले गर्नुहुने एउटा काम हो।

पानी र आत्माबाट जन्मनु

मानिस पानी र आत्माबाट जन्मनुपर्छ (यूहन्ना ३:५) भन्ने येशूको भनाइको अर्थ के थियो? बाइबलको यस पदलाई धेरैजनाले गलत बुझेका छन्। “पानी” ले पानीको बप्तिहस्माको अर्थ दिन्छ भनी विश्वास गर्नेहरू धेरै छन्। उनीहरू भन्छन्, “तिमीले पानीको बप्तिपस्मा लिएनौ भने परमेश्वरको राज्यभित्र पस्न सक्दैनौ र मुक्ति पाउन सक्दैनौ।” यो सत्य होइन। पानीको बप्तिनस्मा महत्त्वपूर्ण छ तर पानीको बप्तिवस्माले कसैलाई मुक्ति दिँदैन। पानीको बप्तिछस्मा मुक्ति पाइसकेको व्यक्तिले गर्ने एउटा काम हो।

येशूले भौतिक पानीको कुरा गर्नुभएको होइन। भौतिक पानीले मानिसको बाहिरी अंगहरूलाई मात्र शुद्ध पार्न सक्छ। यूहन्ना ३:५ मा येशूले आत्मिक शुद्धिकरण (मानिसको भित्री शुद्धिकरण) को कुरा गर्दै हुनुहुन्थ्यो। बाहिर सफा बन्न नुहाउनुपर्छ, साबुन र पानी चाहिन्छ। भित्र सफा बन्न अर्कै प्रकारको स्नान चाहिन्छ। साबुन र पानीले पापको मैला हटाउन सक्दैन। परमेश्वरले नै मानिसभित्र एउटा काम गर्न खाँचो छ। पानी र आत्माबाट जन्मने बारेमा बाइबलले के भन्छ, हेरौं।

यसकारण, नयाँ गरी जन्मनु र पानी र आत्माबाट जन्मनु एउटै कुरा हो। यदि कोही नयाँ गरी जन्मेको छ भने, ऊ पानी र आत्माबाट जन्मेको छ।

पानी जुनै पनि चीज धुन प्रयोग गरिने पदार्थ हो। पानी सर्वत्र प्रयोग हुने सरसफाइको साधन हो। भुइँ सफा गर्दा तपाईं के प्रयोग गर्नुहुन्छ? ________। मुख केले धुनुहुन्छ ? ________। कपडा केले धुनुहुन्छ ? _______। दाँत सफा गर्न तपाईं मन्जन मात्र प्रयोग गर्नुहुन्न, तर ________ पनि प्रयोग गर्नुहुन्छ। पानीचाहिँ शुद्धिकरण (कुनै चीजलाई शुद्ध पार्ने काम) को चित्रणको रूपमा लिन सकिने कुरा हो भनेर हामी सजिलै बुझ्छौं।

पापी हरू धोइन र शुद्ध पारिन आवश्यक छ। येशू निकोदेमसलाई एक अत्यन्त महत्त्वपूर्ण जानकारी दिन चाहनुहुन्थ्यो: कुनै पनि अशुद्व मानिस परमेश्वरको राज्यभित्र पस्न सक्दैन! परमेश्वर भन्नुहुन्छ, कुनै पनि अशुद्व मानिसले ख्रीष्टको र परमेश्वरको _________मा कुनै पैतृक सम्पत्ति पाउनेछैन (एफेसी ५:५, गलाती ५:२१, प्रकाश २१:२७ मा पढ्नुहोस्)। राज्यमा पस्न एक व्यक्ति भित्रबाट नै शुद्व र धोइएको हुनुपर्छ अर्थात् पापहरूको क्षमा पाएको हुनुपर्छ। नधोइएको व्यक्तिलाई प्रवेश निषेध छ। कुनै पनि अशुद्व व्यक्ति परमेश्वरको राज्यमा पस्नेछैन। केवल शुद्ध पारिएका पापीहरूलाई मात्र स्वर्गमा पस्न दिइनेछ। तपाईं पानीबाट जन्मनैपर्छ! तपाईं धोइनैपर्छ!

१ कोरिन्थी ६:९-१० पढौं। के कुनै अशुद्ध अर्थात् अधर्मी मानिस परमेश्वरको राज्यका हकवाला हुनेछन्? ______________। के धोइएका पापीहरू त्यस राज्यमा पस्नेछन् (१ कोरिन्थी ६:११)? ______________।

जतिखेर तपाईं यूहन्ना ३:५ लाई विचार गर्नुहुन्छ, त्यतिखेर तपाईंले तीतस ३:५ लाई पनि विचार गर्नुपर्छ। यी दुवै पदहरू तेस्रो अध्यायको पाँचौं पदमा छन्, त्यसकारण यिनीहरूलाई सम्झन सजिलो छ। यी दुवै पदहरूले नयाँ गरी जन्मने बारेमा बताउँछन् (तीतस ३:५ मा पनि नयाँ जन्मको कुरा छ)। यी दुवै पदहरूले पानी र आत्माको बारेमा बताउँछन्। तीतस ३:५ मा हेरौं: “तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो–नयाँ जन्मको _________द्वारा (यो भयो पानी) र पवित्र आत्माबाटको नवीकरणद्वारा (यो भयो आत्मा”)। नयाँ जन्म पाएको व्यक्ति त्यो हो जो परमेश्वरको आत्माद्वारा पूरै शुद्ध अनि नवीकृत भएको छ।

पानी र आत्माको बारेमा बताउने निम्न तीनओटा पदहरूलाई अध्ययन गरौं:

हामीलाई उहाँको राज्यभित्र प्रवेश गर्न योग्य बनाउन जुन अचम्मका कामहरू परमेश्वरले एक व्यक्तिभित्र गर्नुहुन्छ, ती कामहरूको बारेमा यी माथिका पदहरूले बताइरहेका छन्।

यूहन्ना १३:५ मा उल्लेखित पानीको विचार गरौं। येशूले एउटा महत्त्वपूर्ण आत्मिक सत्यता दर्शाउन पानी शब्दको प्रयोग गर्नुभयो। के पत्रुस एउटा “धोइएका” चेला थिए? के पत्रुस भित्रदेखि शुद्ध थिए (यूहन्ना १३:९ -१०)? ________। कुनचाहिँ चेला पानीबाट जन्मेको थिएन? कुन चेला नधोइएको हुनाले अशुद्ध थियो अर्थात् नयाँ गरी जन्मेको थिएन (यूहन्ना १३:१० -११ र यूहन्ना १३:२लाई आपसमा तुलना गर्नुहोस्)? ____________________________। के ऊ परमेश्वरको राज्यमा प्रवेश गर्नेछ? ____________।

एफेसी ५:२५ -२६ मा पनि यस पानी को उल्लेख छ, “ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो — त्यसलाई ___________द्वारा _______को _________ले पवित्र पार्नालाई।” एक व्यक्ति कसरी धोइन्छ? वचनद्वारा!

परमेश्वरको वचन शुद्धिकरण (शुद्ध गर्ने काम) को निम्ति नभई नहुने कुरा हो। परमेश्वरको वचन ऐना हो जसले हामीलाई हामी बास्तवमा कति अशुद्ध छौं भनेर हाम्रो पाप देखाउँछ। बाइबलले हाम्रो पाप मात्र देखाउँदैन, यसले पापीका एउटै मुक्तिदातालाई पनि देखाउँदछ। उहाँमाथि विश्वास गर्नेहरूलाई मुक्तिदाताले बचाउनुहुनेछ भन्ने उहाँका प्रतिज्ञाहरूलाई पनि बाइबलले देखाउँदछ। परमेश्वरको वचनबिना एक व्यक्तिले कहिल्यै मुक्ति पाउन सक्ने थिएन, कहिल्यै नयाँ गरी जन्मन सक्ने थिएन। निम्नलिखित पदहरूले परमेश्वरको वचनको ‍महत्त्वलाई दर्शाउँदछन्:

  1. भजनसंग्रह ११९:९ – “एउटा जवान मानिसले आफ्नो चालचलन कसरी __________ राख्नेछ? तपाईंका ____________मा ध्यान दिएर नै हो।“
  2. यूहन्ना १५:३ – “मैले तिमीहरूलाई भनेको ____________द्वारा तिमीहरू __________ छौ।“
  3. १ पत्रुस १:२३ -२५ – “किनकि नाशहुने होइन, तर नाश नहुने बीउबाट ______________को जिउँदो र सँधैभरि रहने ____________द्वारा ________________छौं।”
  4. याकूब १:१८ – “उहाँले हामीलाई आफ्नै इच्छा अनुसार सत्यको ____________द्वारा जन्माउनुभयो।”
  5. परमेश्वरको वचनले दुइटा काम गर्छ: पहिलो, यसले मानिसलाई ऊ कति ठूलो पापी रहेछ भन्ने देखाउँछ (रोमी ३:१० -२३)। दोस्रो, यसले मानिसलाई ख्रीष्ट कति महान् मुक्तिदाता हुनुहुन्छ भन्ने देखाउँछ (रोमी ३:२४ -२५)।

निकोदेमस एक यहुदी थिए जसलाई पुरानो नियमको पूरा ज्ञान हुनुपर्थ्यो। यूहन्ना ३:९ मा हामी देख्दछौं कि येशूले कुन विषयमा कुरा गर्दै हुनुहुन्थ्यो भनेर निकोदेमसले अझै बुझेका थिएनन्। यूहन्ना ३:१० मा येशूले निकोदेमसलाई यी कुराहरू उनले अघिबाट नै जानेको हुनुपर्थ्यो भनी भन्नुभयो। उनले पानी र आत्माको बारेमा बुझ्न सक्नुपर्थ्यो। उनलाई इजकिएल ३६:२५-३९ राम्रैसँग थाह हुनुपर्थ्यो। के यहाँ पानीको उल्लेख छ? ________। के यहाँ शुद्ध हुने र शुद्ध पारिने विषय उल्लेख छ? _______। यस खण्डमा परमेश्वरले मानिसभित्र एउटा अचम्मको काम गर्ने प्रतिज्ञा गर्नुभयो (इजकिएल ३६:२६ -२७)। यर्मिया ४:१४ र यशैया १:१६ पनि पढ्नुहोस्।

नयाँ जन्म कसरी सम्भव छैन

तपाईं शारीरिक जन्मद्वारा आफ्नो परिवारको सदस्य बन्नुभयो। पहिलो जन्मद्वारा तपाईं आफ्ना बाबुआमाको छोरा वा छोरी बन्नुभयो। जब कुनै मानिस नयाँ गरी जन्मन्छ, ऊ परमरश्वरको घरानाको सदस्य बन्दछ अर्थात् परमेश्वरको सन्तान (यूहन्ना १:१२) बन्दछ। कुनै पनि व्यक्तिले नयाँ जन्म कसरी पाउँदैन भन्ने विषयमा यूहन्ना १:१३ मा तीनओटा कुराहरू बताइएको छ।

(१) “न ता रगतबाट”

बाबुआमा र छोराछोरीको बीचमा रगतको नाता हुन्छ अनि थुप्रै कुराहरु छन् जुन बाबुआमाले आफ्ना छोराछोरीलाई दिन सक्छन्, जस्तै, आँखाको रंग, कपालको रंग, अनुहारका आकारहरू, शरीरको बनावट आदि। तर त्यहाँ एउटा कुरा छ जुन आमाबाबुले आफ्ना छोराछोरीहरूलाई कहिल्यै दिन सक्दैनन्, त्यो हो नयाँ जन्म। तपाईंका आमाबाबुले तपाईंलाई पहिलो जन्म दिन सक्नुहुन्छ तर उनीहरूले तपाईंलाई दोस्रो जन्म दिन कहिल्यै सक्दैनन्।

ख्रीष्टियन आमाबाबुहरूले ख्रीष्टियन नानीहरू जन्माउँदैनन्। नयाँ जन्म पाएका बाबुआमाहरूका नयाँ जन्म पाएका छोराछोरीहरू जन्मँदैनन्। यदि तपाईंको पनि कुनै ख्रीष्टियनसँग रगतको नाता पर्छ भने यसले तपाईंलाई ख्रीष्टियन बनाउँदैन। मुक्ति आमाबाबुबाट छोराछोरीमा सर्ने कुरा होइन।

अब्राहमका वंशका भएका हुनाले धेरै यहूदीहरूले आफूहरूले मुक्ति पाएका छौं भनी विचार गरे (मत्ती ३:९; यूहन्ना ८:३९)। के तिनीहरूको विचार ठीक थियो (यूहन्ना ८:४४ सँग दाजौं)? ________________। आमाबाबुले आफ्ना छोराछोरीका लागि प्रार्थना गर्न सक्छन्, उनीहरूलाई सिकाउन सक्छन् अनि आफ्ना छोराछोरीको सामु नमुना भएर परमेश्वरको डरमा जिउन सक्छन् तर आफ्ना छोराछोरीलाई नयाँ जन्म दिन सक्दैनन्।

(२) “न ता शरीरको इच्छाबाट”

मानिसको सम्पूर्ण ताकत र सार्मथ्यले उसलाई कहिल्यै परमेश्वरको सन्तान बनाउँदैन। येशूले भन्नुभयो “शरीरबाट जन्मिएको चाहिँ ____________ हो” (यूहन्ना ३:६)। अहो, मानिसहरूले जतिसुकै बदलिने आकांक्षा राखे पनि, उसले आफैलाई बदल्न सक्दैन। जसरी चितुवाले आफ्ना टाटाहरू बदल्न सक्दैन, अनि इथियोपियाको मानिस (अफ्रिकी) ले आफ्नो छालाको रंग बदल्न सक्दैन, त्यसरी नै पापी हृदय भएको मानिसले आफ्नो दुष्ट स्वभावलाई बदल्न सक्दैन (यर्मिया १३:२३ मा हेरौं)। यस्तो परिवर्तन परमेश्वरले मात्र ल्याउन सक्नुहुन्छ।

(३) “न ता मानिसको इच्छाबाट”

सुरुका ख्रीष्टियनहरू धेरै बर्ष रोमी सम्राटहरूबाट सताइए अनि धेरै मारिए। आखिरमा सत्ता कन्सटेन्टाइनको हातमा पर्यो (करिब ३०० ई .सं . तिर)। उसले ख्रीष्टिय “धर्म” लाई साम्राज्यको आधिकारीक धर्म बनाउन चाहे। उनले आफ्ना राज्यका सबैजना ख्रीष्टियन हुनुपर्छ भन्ने इच्छा गरे, तर के यसले सबैलाई ख्रीष्टियन बनायो त? ______________। हो, राजा होस् वा राजकुमार अथवा पूजाहारी वा पोप होस् वा पाष्टर, कसैले पनि एक व्यक्तिलाई परमेश्वरको सन्तान बनाउन सक्दैनन्। पृथ्वीको सबभन्दा शक्तिशाली मानिसले पनि एक व्यक्तिलाई शुद्ध हृदय र नयाँ जीवन दिन सक्दैन। परमेश्वरले मात्र यो काम गर्न सक्नुहुन्छ।

परमेश्वरको कार्य

नयाँ जन्म कुनै पनि मानवीय तवरले हुने कुरा होइन, तर पूरै परमेश्वरबाट हुने कुरा हो (यूहन्ना १:१३)। यो परमेश्वरले गर्नुभएको त्यस्तो अचम्मको कार्य हो जसद्वारा एक व्यक्ति परमेश्वरको सन्तान बन्दछ (यूहन्ना १:१२)। उसको पहिलो जन्मद्वारा मानिस आदमको पतित वंशको सदस्य बन्दछ। उसको दोस्रो जन्मद्वारा भने मानिस परमेश्वरको परिवारको सदस्य बन्दछ। जब कसैले नयाँ जन्म पाउँछ, तब उसले एउटा नयाँ जीवन पाउँछ (यूहन्ना ३:१५), एउटा नयाँ हृदय पाउँछ (इजकिएल ३६:२५ -२७), एउट नयाँ स्वभाव पाउँछ (२ पत्रुस १:४) अनि ऊ एउटा नयाँ ________ हो (२ कोरिन्थी ५:१७)। नयाँ गरी जन्मन र परमेश्वरको सन्तान हुनलाई, उसले कुन काम गर्नैपर्छ (यूहन्ना १:१२)? _____________ ________________________________________________।

आत्मा अनि बतास

यूहन्ना ३:८ मा येशूले परमेश्वरका आत्माका कामलाई हावासँग दाँज्नुहुन्छ। हावा अदृश्य हुन्छ अर्थात् यसलाई देख्नन सकिँदैन। हावालाई तपाईं देख्न_ सक्नुहुन्न तर हावाले गरेको कामलाई देख्न। सक्नुहुन्छ। तपाईं रूखका पातहरू हल्लिरहेको देख्नुशहुन्छ। डोरीमा सुकाइएको लुगालाई हावामा हल्लिरहेको देख्नुहहुन्छ। सिर्र चलिरहेको बतासमा झण्डा फर्फराइरहेको पनि देख्नुशहुन्छ।

परमेश्वरको आत्मा पनि त्यस्तै हुनुहुन्छ। एकजना ख्रीष्टियनलाई हेर्दैमा तपाईं परमेश्वरको आत्मालाई देख्नेसक्नुहुन्न, तरैपनि उहाँको कामचाहिँ देख्ने सक्नुहुन्छ। पवित्र आत्माले एक व्यक्तिको जीवनमा साँच्चै काम गर्दैहुनुहुन्छ भने त्यो देखिनुपर्छ। आफूभित्र पवित्र आत्मा बास गरिरहनुभएको मानिसहरूले देख्नम सक्दैनन्, तरैपनि के तिनीहरूले आत्माका फल देख्नत सक्छन् (गलाती ५:२२ -२३, एफेसी ५:९)? ___________। निश्चय नै, मानिसहरूले हाम्रो जीवन देख्न सक्छन्, अनि बोली र व्यवहार देख्न- सक्छन् अनि तिनीहरूले हाम्रो जीवनमा आत्माले काम गरिरहनुभएको प्रमाण देख्न‍ सक्छन्। के तपाईंको दिनप्रतिदिनको जीवनमा, तपाईंको बोली र व्यवहारबाट आत्माको “आवाज” सुन्न सकिन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)