Entries by Pradesh Shrestha

खण्ड १४ – शैतान

Doctrine

खण्ड १४ – शैतान

  1. शैतान एउटा बास्तविक व्यक्ति हो भन्ने कुरा के प्रभु येशूले विश्वास गर्नुहुन्थ्यो (यूहन्ना ८:४४; लूका १०:१८)? ___________________
  2. ठीक कि बेठीक भूतात्मा र दुष्टात्माहरू भ्रम र अन्धविश्वासमा डुबेका मानिसहरूको केवल कल्पना मात्र हुन् (मर्कूस ५:१-२०)।
  3. अनन्त आगो कसको लागि तयार गरिएको थियो (मत्ती २५:४१)? _____________ _________________________
  4. ठीक कि बेठीक वर्तमान समयमा शैतान सक्रिय हुन छाडेको छ (१ पत्रुस ५:८)।
  5. मानव इतिहासको कुनचाहिँ महत्त्वपूर्ण घटनामा शैतानको प्रमुख भूमिका थियो (उत्पत्ति ३ र २ कोरिन्थी ११:३)? ___________________ _______________________________
  6. मानिसहरूले के गरेको शैतान चाहँदैन (लूका ८:१२)? _________ _________________________________
  7. ठीक कि बेठीक सबै मानिसहरूले मुक्ति पाएको र सत्यको ज्ञानमा आएको शैतान चाहन्छ (२ कोरिन्थी ४:३-४)।
  8. शैतानका चारओटा उपनामहरू सूचीमा उतार्नुहोस् (प्रकाश १२:९)?
    1. _________________
    2. _________________
    3. _________________
    4. _________________
  9. के विश्वासी जन शैतानसँग डराउनुपर्छ (१ यूहन्ना ४:४)? ______ किन पर्छ वा किन पर्दैन? ____________________________ _________________________________________________

प्रभु येशू र उहाँको वचनप्रति प्रकट गरिएका मानिसका नकरात्मक विचारधाराहरूले शैतान एक साँच्चीकै शत्रु हो भन्ने कुरा देखाउँछ। साथै मानिसका काम, विचार र बोलीबाट पनि पाप साँच्चीकै समस्या हो भन्ने देखिन्छ। शैतानको शक्ति र युक्तिदेखि सुरक्षित रहन एक विश्वासी जनले आफ्नो हृदयलाई परमेश्वर र उहाँको वचनप्रति ठीक मनोभावनामा राख्‍न अत्यावश्यक छ।






खण्ड १३ – विधिहरू

Doctrine

खण्ड १३ – विधिहरू

  1. निम्न पदहरू बेठीकसँग लेखिएका छन्। कृपया तिनका बेठीक अंशमाथि धर्सो तानेर पदलाई सच्च्याउनुहोस्:
    यूहन्ना ३:१६ — “उहाँमाथि विश्वास गर्ने र बप्‍तिस्मा लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।” यूहन्ना ३:३६ — “जसले पुत्रमाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रमाथि विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन त्यसले जीवन देख्‍नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” यूहन्ना ६:४७ — “जसले ममाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन छ।” यूहन्ना ५:२४ — जसले मेरो वचन सुन्छ, र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, र बप्‍तिस्मा लिन्छ, ऊसँग अनन्त जीवन छ।” “तब शैतान आउँछ, र तिनीहरूले विश्वास नगरून् र बप्तिस्मा नलेऊन् र मुक्ति नपाऊन् भनी तिनीहरूका हृदयबाट वचन लैजान्छ।” मर्कूस १६:१६ — “जसले विश्वास गर्छ र बप्‍तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन ऊ दोषी ठहरिनेछ।” प्रेरित १६:३१ — “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्‍तिस्मा लिनुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।” १ कोरिन्थी १:२१ — “प्रचारको मूर्खताद्वारा विश्वास गर्ने र बप्तिस्मा लिनेहरूलाई मुक्ति दिनु परमेश्वरलाई असल लाग्यो” (पद १३-१७ सित तुलना गर्नुहोस्)।
    उपर्युक्त पदहरूको आधारमा निम्नमध्ये ठीक भनाइलाई चिन्ह लगाउनुहोस्: क) मुक्ति पाउनलाई बप्तिस्मा मात्र आवश्यक पर्छ ख) मुक्ति पाउनलाई दुवै विश्वास र बप्तिस्मा आवश्यक पर्छ ग) मुक्ति पाउनलाई केवल विश्वासमात्र आवश्यक पर्छ
  2. प्रेरित २:४१, प्रेरित १०:४३-४८ र प्रेरित १६:३०-३४ पढ्नुहोस्। यी पदहरूलाई विचार गर्नुभएपछि तलको सूचीलाई ठीक क्रमसङ्ख्या (१,२,३,४) दिनुहोस्:
    ____ उनीहरूले बप्‍तिस्मा लिए
    ____ उनीहरूले मुक्ति पाए
    ____ उनीहरूले परमेश्वरको वचन सुने (सुसमाचार सुने)
    ____ उनीहरूले ख्रीष्टमाथि विश्वास गरे
  3. ठीक कि बेठीक बप्तिस्मा मुक्ति पाउनलाई लिइने कार्य हो
    ठीक कि बेठीक बप्तिस्मा मुक्ति पाइसकेको व्यक्तिले गर्ने कार्य हो ठीक कि बेठीकआफ्नो मुक्तिदाताको आज्ञापालन गर्नलाई एउटा मुक्ति पाएको व्यक्तिले गर्न सक्ने सबभन्दा पहिलो कुरामध्ये एउटाचाहिँ बप्तिस्मा हो (प्रेरित १०:४८; मत्ती २८:१९-२०; प्रेरित २:३८)।
  4. प्रेरित ८:३६-३७ अनुसार कसैले बप्तिस्मा लिनुभन्दा अगाडि उसले के गर्नु आवश्यक छ? ________________________________। यसले हामीलाई बच्चालाई “बप्तिस्मा” दिने अभ्यासको बारेमा के सिकाउँछ? _________________________________________
  5. ठीक कि बेठीक पानीको बप्तिस्मा विश्वासी जन ख्रीष्टसँगै उहाँको मृत्यु, दफन र बौरिउठाइमा सम्मिलिकरण गरिएको (एकै बनाइएको) कुराको चित्रण हो (रोमी ६:३-६ र कलस्सी २:१२)।
    द्रष्टव्य: रोमी ६:३-६; कलस्सी २:१२ ले एक व्यक्तिले मुक्ति पाएकै घडी उसलाई हुने कुराको बयान गर्दछ। सबै नै विश्वासीहरूको सवालमा यो साँचो हुन्छ। पानीको बप्तिस्मा यही बास्तविकताको चित्रणछायाँ हो।
  6. आफू विश्वासी भएको दाबी गर्ने तर बप्तिस्मा लिनू भन्ने प्रभुको आज्ञालाई पालन नगर्ने व्यक्तिको सवालमा त्यहाँ केही न केही समस्या छ भन्न सकिन्छ (१ यूहन्ना २:३-४)? __________________
  7. प्रभु भोज अथवा रोटी भँचाइको विधि कसले स्थापना गर्नुभएको हो (मत्ती २६:२६-२८)? ____________________________
  8. मत्ती २६:२६-२८ अनुसार रोटीचाहिँ ____________________ को चित्रण हो र कचौराचाहिँ ___________________ को चित्रण हो।
  9. मानौं कसैसँग आफ्नो पत्‍नीको फोटो छ। एक दिन उसले त्यसलाई आफ्नो कुनै मित्रलाई देखाउँदै भन्दछ, “हेर, यो मेरो पत्‍नी हो।” त्यसको मतलब के हो? अवश्य नै कागतको उक्त सानो टुक्रा नै उसको पत्‍नी हो भन्न खोजिएको होइन। उसले बास्तवमा भन्न खोजेको कुरा यो हो, “यसले मेरो पत्‍नीलाई दर्शाउँछ। यो मेरो पत्‍नीको फोटो हो। जब तिमीले यो फोटोलाई हेर्छौं तब तिमीले मेरो पत्‍नीको विचार गर्नेछौ।”
    “यो मेरो शरीर हो” भन्नुहुँदा र “यो मेरो रगत हो” भन्नुहुँदा प्रभुको भनाइको मतलब के थियो? __________________________________________________ __________________________________________________
  10. १ कोरिन्थी ११:२४-२५ पढ्नुहोस्। हामीले प्रभु भोज लिँदा हामीले—
    1. ख्रीष्टलाई क्रूसमा टागिरहेका हुन्छौं
    2. ख्रीष्टको बास्तविक शरीर र रगतलाई लिइरहेका हुन्छौं
    3. ख्रीष्टलाई र उहाँले हाम्रो लागो क्रूसमा गरिदिनुभएको कुराको सम्झना गरिरहेका हुन्छौं
    4. रोटीबाट लिएर र कचौराबाट पिएर आफूलाई पवित्र पारिरहेका हुन्छौं।
  11. प्रभु भोज लिँदा हामीले कुनचाहिँ महान् ऐतिहासिक घटनाको विचार गर्नुपर्छ (१ कोरिन्थी ११:२६)? __________________________ _______________________। यही पदअनुसार हामी कुनचाहिँ महान् घटनाको प्रतिक्षा गरिरहेको हुनुपर्छ? __________________ ________________________________________

ख्रीष्टमा भएको उनीहरूको नयाँ जीवनको गवाहीस्वरूप विश्वासीहरूले बप्तिस्मा लिनुपर्दछ। येशू उनीहरूको जीवनको मुक्तिदाता र प्रभु हुनुहुन्छ भन्ने कुराको गवाहीस्वरूप विश्वासीहरूले प्रभु भोज लिनुपर्छ।






खण्ड १२ – मण्डली

Doctrine

खण्ड १२ – मण्डली

  1. एफेसी १:२२-२३ मा मण्डली ____________________ हो भनेर परिभाषित गरिएको छ।
  2. एफेसी ५:२२-३३ अनुसार ख्रीष्टियन पतिले ख्रीष्टको चित्रण गरेको पाइन्छ भने म__________को चित्रणचाहिँ ख्रीष्टियन पत्‍नीले गरेको पाइन्छ।
  3. मण्डलीका निर्माता को हुनुहुन्छ (मत्ती १६:१८)? ______________
    ठीक कि बेठीक मानिसहरूलाई मण्डलीमा थप्ने र यसको वृद्धि गर्ने जिम्मेवारी ख्रीष्टियनहरूको हो (प्रेरित २:४७ र १ कोरिन्थी ३:६-७)।
  4. मण्डलीको जग र चट्टान __________ हुनुहुन्छ (१ कोरिन्थी ३:११)।
  5. ठीक कि बेठीक प्रेरित पत्रुसले मण्डलीको मुख्‍य कुनाढुङ्गा ख्रीष्ट नभएर आफू नै भएको विश्वास गर्दथे। १ पत्रुस २:५-७ पढ्नुहोस्; स्मरण होस्, यो लेख्‍ने पत्रुस आफैं थिए।
  6. मत्ती १६:१८ अनुसार येशूले भन्नुभयो: क) मैले आफ्नो मण्डली बनाइसकें। ख) म आफ्नो मण्डली हालै बनाउँदैछु। ग) म आफ्नो मण्डली बनाउनेछु (भविष्यमा)। घ) म आफ्नो मण्डली कहिल्यै बनाउनेछैन।
    ठिक कि बेठीक प्रभु येशूले मत्ती १६:१८ को कुरा गर्नुहुँदा मण्डलीको निर्माण कार्य शुरू भइसकेको थियो।
  7. ठीक कि बेठीक दुष्टताको शक्तिहरू एक दिन मण्डलीमाथि विजय बन्नेछन् (मत्ती १६:१८)।
  8. आज बाँचिरहेका नयाँ गरी जन्मेका विश्वासीहरूमध्ये कतिजनाचाहिँ ख्रीष्टको शरीरको अङ्ग भएका छन् (१ कोरिन्थी १२:१२-१३)? ______
  9. मण्डलीको निम्ति ख्रीष्टले के गरिदिनुभयो (एफेसी ५:२५)? ______ ________________________
  10. ठीक कि बेठीक विश्वासीहरू ख्रीष्टलाई आदर गर्ने साथै परमेश्वरको वचनलाई विश्वासयोग्यसित सिकाउने स्थानीय मण्डलीहरूमा एकसाथ भेला हुनु अत्यन्तै महत्त्वपूर्ण कुरा हो (हिब्रू १०:२५; प्रेरित २:४२)।
  11. ठीक कि बेठीक शुरूको मण्डलीमा परमेश्वरको वचन (शिक्षा-सिद्धान्त) र प्रार्थनालाई थोरै मात्र ध्यान दिइन्थ्यो (प्रेरित २:४२; ६:४)।
  12. ठीक कि बेठीक पावलका धेरै पत्रहरू विभिन्न शहरहरूमा अवस्थित मण्डलीहरूलाई सम्बोधन गरिएका थिए (१ कोरिन्थी १:२; गलाती १:२; १ थेस्सलोनिकी १:१ आदि)।
  13. ठीक कि बेठीक आत्मिक रूपमा स्वस्थ रहने, बढ्दै जाने, आफ्नो जीवनद्वारा ख्रीष्टलाई दर्शाउने व्यक्तिहरूले उहाँका स्थानीय मण्डलीहरू बनेको परमेश्वर चाहनुहुन्छ (एफेसी ४:११-१६)।
  14. ठीक कि बेठीक ख्रीष्टको शरीरका हरेक विश्वासी परमेश्वरको वचनको सत्यतामा राम्ररी सिकाइएको हुनुपर्दछ (कलस्सी १:२८)।
  15. परमेश्वर को हुनुहुन्छ भन्ने कुरालाई मानिस तथा स्वर्गदूतहरूका सामु दर्शाउँदै उहाँको महिमा गर्नु नै स्थानीय मण्डलीको उद्देश्य हो। विश्वासीहरूको स्थानीय शरीर स्वस्थ रहँदै बाइबलीय नमूनाबमोजिम क्रियाशील बन्ने क्रममा (एफेसी ४:११-१६; १ तिमोथी ३:१-१६) परमेश्वरले आफ्नो स्थानीय मण्डलीमा, मण्डलीद्वारा निम्न कुराहरू प्रकट गर्नुहुनेछ:
    जोडा मिलाउनुहोस्:
    1. ____ उहाँको जीवन
    2. ____ उहाँको बुद्धि
    3. ____ उहाँको सामर्थ्य
    4. ____ उहाँको प्रेम
    5. ____ उहाँको महिमा
    6. ____ उहाँको सत्यता
    7. ____ उहाँको अनुग्रह
    क) एफेसी ३:१०
    ख) एफेसी २:७
    ग) एफेसी ३:२१
    घ) कलस्सी १:२७; गलाती २:२०
    ङ) १ तिमोथी ३:१५
    च) एफेसी ३:२०
    छ) यूहन्ना १७:२२-२६

परमेश्वले आफूलाई संसारसमक्ष चिनाउनलाई चुन्नुभएको भाँडो मण्डली हो। आज संसारमा परमेश्वरको साक्षी र सक्रियताको केन्द्र नै स्थानीय मण्डली हो। विश्वासी जन बाइबल विश्वास गर्ने एउटा असल मण्डलीसित सही ढङ्गमा आवद्ध हुनु आवश्यक छ।






खण्ड ११ – सेवाकार्य तथा आत्मिक वरदानहरू

Doctrine

खण्ड ११ – सेवाकार्य तथा आत्मिक वरदानहरू

  1. सबैभन्दा महत्त्वपूर्ण वरदान कुनचाहिँ हो जुन वरदान प्रत्येक विश्वासीसँग हुन्छ (रोमी ६:२३; १ यूहन्ना ५:११-१२)? क) अन्यभाषाको वरदान ख) पास्टरको वरदान ग) अनन्त जीवनको वरदान घ) अगमवाणीको वरदान
  2. एउटा विश्वासीले कुनचाहिँ वरदानहरू पाउने भन्ने कुराको निर्णय कसको हातमा छ (१ कोरिन्थी १२:१०-११,१८)? ______________
  3. ठीक कि बेठीक कुनै-कुनै विश्वासीहरूलाई एउटै पनि वरदान दिइएको हुँदैन (१ कोरिन्थी १२:११)।
  4. १ कोरिन्थी १२:२९-३० मा सोधिएका सबै प्रश्‍नहरूको एउटै जवाफ के हो? ________

    ठीक कि बेठीक १ कोरिन्थीको पत्र लेखिने समयमा सबै विश्वासीहरू अन्य भाषाहरूमा बोल्दथे (१ कोरिन्थी १२:२९-३०)।
    ठीक कि बेठीक सबै विश्वासीहरूले आत्माद्वाराको बप्‍तिस्मा पाइसकेका हुन्छन् (१ कोरिन्थी १२:१३)। सबै विश्वासीहरू ख्रीष्टको शरीरभित्र अर्थात् मण्डलीमा गाभिइसकेका हुन्छन्।

  5. १ कोरिन्थी १३:८ अनुसार अन्य भाषाहरूको वरदान ब______ हुनेवाला थियो।
  6. ठीक कि बेठीक मानिसहरूले स्पष्ट बुझ्न सक्ने थोरै शब्दहरूमा बोल्नुभन्दा अनौठो बोलीमा धेरै शब्दहरू बोल्नु नै बढी महत्त्वपूर्ण कुरा हो भनेर पावल ठान्दथे (१ कोरिन्थी १४:१९)।
  7. अनुवाद गर्न सक्ने व्यक्ति नभएको खण्डमा मण्डलीमा कसैले अन्य भाषाहरूमा बोल्नु हुन्थ्यो (१ कोरिन्थी १४:२७-२८)? ___________
  8. १ कोरिन्थी १४ अध्याय (विशेष गरी पद ४,५,१२,२०,२६) अनुसार हरेक विश्वासीको निम्ति परमेश्वरको प्राथमिक चाहना के हो? _________ _____________________________।तसर्थ एउटा स्थानीय मण्डली कस्तो हुनुपर्दछ? निम्नमध्ये एउटालाई चिन्ह लगाउनुहोस्:
  1. सुसमाचार केन्द्र (आत्मा जित्‍ने केन्द्र)
  2. क्यारिज्म्याटिक केन्द्र जहाँ मानिसहरूले आ-आफ्नो अनुभव बाँड्न पाउँछन्, अन्य भाषाहरूमा बोल्न पाउँछन् र आफ्ना भावनाहरू व्यक्त गर्न पाउँछन्
  3. सामाजिक उत्थान गर्ने सामाजिक केन्द्र
  4. परमेश्वरको वचनद्वारा विश्वासीहरूको आत्मिक वृद्धि गर्ने उन्नति केन्द्र
  5. राजनीतिक कदम चाल्नका लागि सार्वजनिक भेला हुने केन्द्र
    1. मत्ती ९:६ लाई ध्यान दिएर पढ्नुहोस्। पक्षाघात भएको बिरामीलाई ख्रीष्टले किन चङ्गाइ गर्नुभयो? ___________________________ __________________________________________________
    2. के नयाँ नियममा परमेश्वरले “चङ्गाइ गर्ने” वरदान पाएकाहरूद्वारा मानिसहरूलाई सधैं निको पार्नुहुन्थ्यो (२ तिमोथी ४:२०; १ तिमोथी ५:२३; फिलिप्पी २:२५-२७)? ____________________
    3. के परमेश्वरले रोगीलाई चङ्गाइ गर्न सक्नुहुन्छ (मत्ती १९:२६)? ____ ____________। के परमेश्वरले बिरामी र कष्टमा परेकाहरूका लागि गरिएका प्रार्थनाहरू सुन्नुभएर आफ्नै इच्छामुताबिक जवाफ दिनुहुन्छ (१ यूहन्ना ५:१४-१५; यूहन्ना १५:७)? ____________। के परमेश्वरले सधैं आफ्ना छोराछोरीहरूले मागेको कुरा दिनुहुन्छ (२ कोरिन्थी १२:७-९)? __________। के परमेश्वरले आफ्ना छोराछोरीहरूलाई सधैं सर्वोत्तम कुरा दिनुहुन्छ (रोमी ८:२८)? __________
    4. निम्न वरदानहरूको बारेमा विचार गर्नुहोस्। सबै विश्वासीहरूसँग हुने वरदान हो भने “स” लेख्‍नुहोस् र कुनै-कुनै विश्वासीसँग मात्र हुने वरदान हो भने “कु” लेख्‍नुहोस्: क) ____ अनन्त जीवनको वरदान (यूहन्ना १०:२८; १ यूहन्ना ५:११-१२) ख) ____ पास्टरको वरदान (एफेसी ४:११) ग) ____ पापहरूको क्षमाको वरदान (प्रेरित १०:४३) घ) ____ परमेश्वरसितको मिलापको वरदान (रोमी ५:१) ङ) ____ शिक्षकको वरदान (१ कोरिन्थी १२:२८-२९) च) ____ पवित्र आत्माको वरदaन (रोमी ५:५; ८:९)

विश्वासी जनलाई ख्रीष्टको शरीरमा सठीक ठाउँमा राख्‍ने जिम्मा पवित्र आत्मा परमेश्वरको हो। परमेश्वरले चाहनुभएका सबै कुराहरू विश्वासी जनले गर्न सकून् भनेर उसलाई सक्षम बनाउने जिम्मा पनि उहाँकै हो। विश्वासी जन परमेश्वरको काममा निर्धक्क र खुशी हुनुपर्छ।






खण्ड ९ – अलगपनता

Doctrine

खण्ड ९ – अलगपनता

  1. मुक्ति पाएका र नपाएकाहरूको बीचमा परमेश्वरले भिन्नता राख्‍नुभएको छ:
मुक्ति नपाएकाहरू मुक्ति पाएकाहरू बाइबल पद
  1. __ मृत्यु
  2. __ मृत्युका लागि मृत्यु
  3. __अन्धकार
  4. __रात
  5. __हराएका
  6. __अधर्म
  7. __अविश्वासी
  8. __दोषी ठहरिसकेको
  9. __नष्ट
  10. __नष्ट
  11. __शैतानका सन्तान

जीवन
जीवनका लागि जीवन
ज्योति
दिन
भेट्टाइएका
धार्मिकता
विश्वासी
दोषी ठहरिँदैन
अनन्त जीवन
मुक्ति पाउनेहरू
परमेश्वरका सन्तान

क) २ कोरिन्थी ६:१५
ख) १ यूहन्ना ३:१०
ग) १ कोरिन्थी १:१८
घ) यूहन्ना ३:१८
ङ) २ कोरिन्थी २:१६
च) यूहन्ना ३:१६
छ) यूहन्ना ८:१२
ज) १ थेस्सलोनिकी ५:५
झ) यूहन्ना ५:२४
ञ) लूका १५:२४
ट) २ कोरिन्थी ६:१४

  1. ठीक कि बेठीक मुक्ति पाएकाहरू मुक्ति नपाएकाहरूभन्दा भिन्नै किसिमले जीवन बिताएको परमेश्वर चाहनुहुन्छ (एफेसी ४:१७-२०; एफेसी ५:८)।
  2. ठीक कि बेठीक विश्वासी यस संसारमा छैन (यूहन्ना १७:११; फिलिप्पी २:१५-१६)।
    ठीक कि बेठीक यो संसार विश्वासीको घर हो (१ पत्रुस २:११; फिलिप्पी ३:२०)।
    ठीक कि बेठीक विश्वासीले संसारको तर्फबाट राम्रै व्यवहारको आशा गर्न सक्नुपर्ने हो (१ यूहन्ना ३:१३)।
    संसारले विश्वासीलाई किन घृणा गर्दछ (यूहन्ना १५:१८-२१)? _____ __________________________________________________
  3. संसारको चरित्रलाई बयान गर्ने तीनओटा कुरा बताउनुहोस् जसबाट विश्वासी जन पूरै अलग हुनुपर्छ (१ यूहन्ना २:१५-१७): १) ____________________________________________ २) ____________________________________________ ३) ____________________________________________
  4. कसैले संसारलाई प्रेम गर्छ भने _______को प्रेम ______मा हुँदैन (१ यूहन्ना २:१५)। जो संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई ____________ _______ बनाउँछ (याकूब ४:४)।
  5. विश्वासीले आफूलाई _______________ _____________ राख्‍नुपर्छ (याकूब १:२७) र ऊ __________________________________ हुनु हुँदैन (रोमी १२:२)।
  6. संसारमा रहँदा विश्वासी यस्तो हुनुपर्छ: १) ____ साक्षी क) मत्ती ५:१६; फिलिप्पी २:१५ २) ____ राजदूत ख) गलाती ६:१० ३) ____ प्रचारक ग) प्रेरित १:८; यशैया ४३:१० ४) ____ ज्योति घ) २ कोरिन्थी ५:२० ५) ____ सुकर्मी ङ) मर्कूस १६:१५
  7. बन्धनपूर्ण कामकुराको सवालमा हामीले कुनचाहिँ गरेको परमेश्वर चाहनुहुन्छ – अविश्वासीहरूसँग एउटै जुवामा नारिएको कि उनीहरूदेखि अलग रहेको (२ कोरिन्थी ६:१४-१७)?______________________
  8. झूटा शिक्षा विश्वास गर्ने र सिकाउनेहरूदेखि विश्वासीलाई अलग हुन परमेश्वरले आज्ञा गर्नुहुन्छ: १) ____ तिनीहरूबाट टाढा बस! क) २ तिमोथी ३:५ २) ____ रद्द गर! ख) २ यूहन्ना १० ३) ____ स्वागत नगर! ग) गलाती १:८-९ ४) ____ त्यस्ताहरूबाट पर बस! घ) रोमी १६:१७ ५) ____ त्यो श्रापित होस्! ङ) तीतस ३:१०
  9. ठीक कि बेठीक एक विश्वासी कुनै हालतमा पनि अर्को विश्वासीदेखि अलग हुनुहुन्न, कुनै विश्वासी परमेश्वरको वचनको अनाज्ञाकारी भए पनि (२ थेस्सलोनिकी २:१५; ३:६; ३:१४-१५)।

अलगपनता (परमेश्वरद्वारा परमेश्वरको निम्ति अलग गरिनु) को माने मैले परमेश्वरको वचन पालन गर्नुपर्छ भन्ने हो। कुन-कुन काम कसरी गर्नुपर्छ भन्ने विषयमा परमेश्वरले हामीलाई प्रतिज्ञा तथा नियमहरू दिनुभएको छ। अरूहरूसित कहिले काम गर्ने र अरूहरूसित कसरी काम गर्ने भन्ने बारेमा हामीले परमेश्वरकै वचनबाट सिक्दछौं।






खण्ड ८ – विश्वासीका दुई स्वभावहरू

Doctrine

खण्ड ८ – विश्वासीका दुई स्वभावहरू

  1. के मुक्ति पाएको व्यक्तिले पाप गर्न सक्छ (१ यूहन्ना १:८,१०)? ______
  2. रोमी ७:१७ र रोमी ७:२० अनुसार पावलभित्र कुन कुराले वास गरिरहेको थियो? _________
  3. प्रत्येक विश्वासीभित्र _________ र ________ का बीच एउटा द्वन्द्व (आफ्नो नियन्त्रणमा लिन खोज्ने लडाइँ) चलिरहेको हुन्छ (गलाती ५:१७)। शरीरको नियन्त्रणमुनि रहँदा हाम्रो जीवनमा कुन कुरा प्रकट हुने गर्दछ (गलाती ५:१९)? _________का का______। आत्माको नियन्त्रणमुनि रहँदा हाम्रो जीवमा कुन कुरा प्रकट हुने गर्दछ (गलाती ५:२२)? ________को फ___ । शरीरमाथि विजय हुन हामीले के गर्नुपर्छ (गलाती ५:१६)? ______________________
  4. विश्वासीले कुन कुरालाई फालिदिनुपर्छ (एफेसी ४:२२)? ________ ________________। त्यसलाई कसरी बयान गरिएको छ? ________________________________________। विश्वासीले कुन कुरालाई पहिरनुपर्छ (एफेसी ४:२४)? यसलाई कसरी बयान गरिएको छ? ____________________________________।
  5. ठिक कि बेठीक मुक्ति पाउने व्यक्तिका सबै पापहरू क्षमा हुन्छन् र उसले फेरि कहिल्यै पाप गर्नेछैन (१ यूहन्ना १;८,१०)। (यस वाक्यको सही भागको मुनि धर्सो तान्नुहोस्, एफेसी १:७ पढेर)।
  6. विश्वासीले पाप गर्‍यो भने उसले के गर्नुपर्छ (१ यूहन्ना १:९)? ___ ________________________। विश्वासीले त्यसो गरेमा कुन दुइटा कुराहरू परमेश्वरले गर्नुहुन्छ भनेर १ यूहन्ना १:९ मा प्रतिज्ञा गरिएको छ?

१) ____________________________________________
२) ____________________________________________

  1. रोमी अध्याय ७ मा प्रेरित पावलले एक विश्वासीको हैसियतले आफूभित्र चलेको एउटा व्यक्तिगत द्वन्द्वको बयान गरेका छन्। आफूभित्र कुनै ________ कुराले वास नगरेको (रोमी ७:१८) कुरा पावलले बताएका छन्। आफूले असल गर्ने इच्छा गर्दाखेरि आफूभित्र कुन कुरा हाजिर भएको पावलले बताउँछन् (रोमी ७:२१)? ________। पावलले आफूलाई कसरी बयान गरे (रोमी ७:२४)? _________________ ________। कसले पावललाई उनको पापपूर्ण व्यक्तित्वदेखि बचाउन सक्नुभयो (रोमी ७:२४-२५)? ____________________________

विश्वासीसँग उसको हृदयभित्र जीवित परमेश्वर नै हुनुहुन्छ। उसभित्र पवित्र आत्मा वास गर्नुभएको हुनाले विश्वासीले परमेश्वरलाई मन नपर्ने विचार तथा कामकुरालाई “हुन्न” भन्न सक्दछ। विश्वासीले परमेश्वरको प्रबन्ध (हरेक खाँचोको लागि), परमेश्वरको सामर्थ्य, परमेश्वरको समझ, परमेश्वरको बुद्धि, परमेश्वरको क्षमता पाउन सक्न उसलाई सहायता गर्न परमेश्वर नै उसँग हुनुहुन्छ। परमेश्वरलाई खुशी पार्न र उहाँलाई “हन्छ” भन्नलाई विश्वासीले रोज्नुपर्छ नत्र भने घमण्ड र पाप स्वभावले उसको बोली, विचार, काम र काम गर्ने शैलीलाई नियन्त्रण गर्नेछ।