Entries by Pradesh Shrestha

सृष्टिकर्ताका दुई पुस्तकहरू

सृष्टिकर्ताका दुई पुस्तकहरू

सृष्टिकर्ताको बारेमा हामी कसरी जान्न सक्छौं? मानिस (सृष्टिको एउटा प्राणी) ले परमेश्वर (सृष्टिकर्ता) को बारेमा कसरी जान्न सक्छ? हामीले उहाँलाई चिन्न सकौं भन्ने हेतुले सृष्टिकर्ताले आफूलाई हामीकहाँ कसरी प्रकट गर्नुभएको छ?

सृष्टिकर्ताले आफूलाई मानिसहरूकहाँ प्रकट गर्न चाहनु भएको हुनाले उहाँले

दुई ओटा पुस्तकहरू

लेख्नुभएको छ। यी दुई पुस्तकहरूले हामीलाई सृष्टिकर्ताको बारेमा बताउँछन्! मानिसहरूले यी दुवै पुस्तकहरू पढून् र उहाँलाई चिन्न सकून् भन्ने परमेश्वरको इच्छा हो। पहिलो पुस्तक सबैले पढ्छन्, तर निकै थोरैले मात्र दोस्रो पुस्तक पढ्छन्। अब हामी सृष्टिकर्ताका दुई पुस्तकहरूको बारेमा सिक्नलाई अघि बढौं!  

पहिलो पुस्तक – सृष्टिकर्तको कार्य (सृष्टि)

(भजनसंग्रह १९:१-६)

“आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ; अनि आकाश-मण्डलले उहाँको हातको काम देखाउँछ।”(भजनसंग्रह १९:१)

“जब म तपाईंको आकाशलाई विचार गर्दछु, जो तपाईंका औंलाहरूको काम हो, अर्थात् जून र ताराहरू, जसलाई तपाईंले नियुक्त गर्नुभयो… सबै भेडाबाख्रा र गाईगोहरुहरू, अँ, वनपशुहरू; आकाशका चराहरू, समुद्राका माछाहरू र समुद्रहरूभित्र चल्ने सबै जन्तुहरू। हे परमप्रभु हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति उत्तम छ!” (भजनसंग्रह ८)।

सृष्टिकर्ताले पहिलो पुस्तक सबै मानिसहरूलाई दिनुभएको छ। र हरेकले यो उदेकको पुस्तक अध्ययन गर्न र बुझ्न सक्दछन्!

हामीले पढ्ने गरेका अधिकांश पुस्तकहरू शब्दहरूले भरिएका हुन्छन्, त्यसैकारणले पढ्न नसक्ने व्यक्तिले पढ्न नजानेसम्म उक्त पुस्तक अध्ययन गर्न सक्दैन! यहिकारणले तपाईं पढ्नसिक्नु अघि अक्षरहरू चिन्न नर्सरी कक्षाबाट सुरु गर्नुभयो! तर त्यहाँ यस्ता पुस्तकहरू पनि छन् जुन पुस्तक निकै साना बाल-बालिकाहरूले पनि पढ्न र बुझ्न सक्छन्! तिनलाई चित्र पुस्तिका भनिन्छ! यी त्यस प्रकारका पुस्तकहरू हुन् जसमा अक्षरहरू हुँदैनन् तर चित्रहरू मात्र हुन्छन्।

पहिलो पुस्तक चित्र पुस्तक हो—त्यहाँ कुनै शब्दहरू छैनन् (अघिल्लो उदाहरणलाई फेरी हेर्नुहोस्)। परमेश्वरको सृष्टिको पुस्तक भनेको त्यस्तो पुस्तक होइन जसलाई मानिसले खोल्नैपर्छ र पढ्नैपर्छ। उसले त केवल हेर्नुपर्छदेख्नुपर्छ: “किनभने संसारको _____________ नै उहाँका ____________ गुणहरू (हामी परमेश्वरलाई देख्न सक्दैनौं—१ यूहन्ना ४:१२) अर्थात उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग ________ परेका छन् (हामी परमेश्वरको सृष्टिलाई देख्न सक्छौं!—भजनसङ्ग्रह ८:३) — __________ गरिएका कुराहरूद्वारा ____________ छन् (सबै मानिसहरूले पहिलो पुस्तकलाई जान्न सक्छन्)— रोमी १:२०। जब बालकले उसका आँखाहरू पहिलो पटक खोल्दछ र उसको वरिपरि भएको संसारलाई अवलोकन गर्न थाल्दछ, तब उसले पहिलो पुस्तक पढ्न सुरु गर्दछ। एउटा बालकले शब्दहरू पढ्न सक्दैन, र निश्य पनि उसले बाइबल पढ्न र बुझ्न पनि सक्दैन, तर उसले परमेश्वरको सृष्टिको पुस्तकलाई पढ्न सक्दछ!

संसारभरिका करोडौं मानिसहरू (वयस्कहरू पनि) अक्षरहरू पढ्न सक्दैनन्। उनीहरू निरक्षर छन् (उनीहरूले पढ्न र लेख्न सक्दैनन्)। उनीहरू विद्यालय गएनन् र कसैले पनि उनीहरूलाई कसरी पढ्ने भनी सकिएन! मिशनरीको महत्त्वपूर्ण कामहरू मध्ये एउटा चाहिँ निरक्षर मानिसहरूलाई पढ्न सिकाउनु हो ताकि उनीहरूले परमेश्वरको वचन, बाइबल पढ्न र बुझ्न सुरु गर्न सकुन्! तर निरक्षर मानिसहरूले पनि पहिलो पुस्तक पढ्न सक्छन् “दिनले दिनसित (अघिल्लो चित्रको दाहिनेपट्टि हेर्नुहोस्) बात गर्छ, अनि रातले रातलाई (अघिल्लो चित्रको देब्रेपट्टि हेर्नुहोस्) ज्ञान प्रकट गर्छ” (भजनसङ्ग्रह १९:२)।

केहि पुस्तकहरू छन् जुन पुस्तकहरू हामीले पढ्न सक्दैनौं किनभने ती वैदेशिक भाषामा लेखिएका छन्। जब दाऊदले, भजनसङ्ग्रह १९:१ ले तिनले यो हिब्रू भाषामा लेखे:

के तपाईंले यी शब्दहरू पढ्न र बुझ्न सक्नुहुन्छ? यसै कारणले बाइबललाई नेपालीमा अनुवाद गरिनु परेको हो: “___________ परमेश्वरको ___________ वर्णन गर्छ;” (भजनसङ्ग्रह १९:१)। अर्कोतर्फ, पहिलो पुस्तक कहिल्यै पनि अनुवाद गर्नु खाँचो छैन! परमेश्वरले उहाँको सृष्टिको पुस्तक सबै ठाउँका सबै मानिसहरूले बुझ्ने भाषामा लेखिदिनुभयो: “न कुनै ______ छ, न _________, जहाँ तिनीहरूको आवाज सुनिँदैन। तिनीहरूको ध्वनि सारा ____________ _______________ _____________ छ” (भजनसङ्ग्र १९:३,४)।

पहिलो पुस्तकले हामीलाई सृष्टिकर्ताको बारेमा उदेकका कुराहरू सिकाउँछ! कुनै लेखकका पुस्तकहरू पढेर हामीले उक्त लेखकको बारेमा थुप्रै कुराहरू जान्न सक्छौं! रोमी, २ कोरिन्थी, फिलिप्पी२ तिमोथीको मानवीय लेखक को थिए? _________________ जसै हामी यी पुस्तकहरू पढ्दछौं उक्त मानिसको बारेमा हामीले धेरै कुराहरू सिक्न सक्छौं। उदाहरणको निम्ति, रोमी १:१ मा हामीले जान्न सक्छौं कि उक्त लेखकको नाम पा_____ थियो र तिनी एकजना प्रे______ थिए। यसैकारण हामी तिनलाई प्रे_____ पा______ भनी सम्बोधन गर्दछौं। जब हामीले भजनसङ्ग्रहका थुप्रै खण्डहरू अध्ययन गर्दछौं, हामीले दाऊद भनीने लेखकको बारेमा थुप्रै कुराहरू जान्न सक्दछौं! त्यसै गरी, जब हामी परमेश्वरको सृष्टिको पुस्तक पढ्दछौं, हामीले यस पुस्तकका लेखक, सृष्टिकर्ताको बारेमा जान्न सक्दछौं।

सृष्टिले हामीलाई सृष्टिकर्ताको बारेमा सिकाउँदछ! अय्यूब १२:७-९ पढ्नुहोस्। यस पदको अनुसार, हामीलाई कसले सृष्टिकर्ताको बारेमा सिकाउँछ? १. प_______ २. आ______ प_______ ३. पृ________ ४. स__________ मा________।

त्यहि प्रकारले, सृष्टि (पहिलो पुस्तक) लाई हेरेर मात्र पनि, हामीले आकाशहरू र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर, अर्थात्, सृष्टिकर्ताको बारेमा धेरै कुराहरू जान्न सक्दछौं। परमेश्वरको सृष्टिको पुस्तक हेरेर हामीले सिक्न सक्ने दस ओटा कुराहरू निम्न बमोजिम छन्:

अघिल्लो तालिकामा, हामीले पहिलो पुस्तक पढेर सृष्टिकर्ताको बारेमा थाह पाउन सकिने १० ओटा कुराहरूको सूची हेर्यौं। तिनलाई क देखी ञ सम्मका वर्णहरूले सुचाङ्कित गरिएका छन्। अब तपाईंले तिनलाई निम्न १० वक्तव्यहरूसँग जोडा मिलाउनुहोस्। यी मध्ये कुनै-कुनैको निम्ति एकभन्दा धेरै उत्तरहरू मिलेको जस्तो देखा पर्न सक्छ। तर तपाईंले सर्वोत्तम उत्तर खोज्नुहोस्।

निम्न बुँदासित मिल्ने उपर्युक्त सूचीको अक्षरलाई खाली ठाउँमा लेख्नुहोस्—

  1. ______ भूआकर्षणको नियम; पानी जम्ने नियम (पानी सधैं जीरो डिग्री सेन्टिग्रेडमा जम्ने गर्छ) र प्रकृतिका अन्य अपरिवर्तनीय नियमहरू। यी नभएका भए प्रकृतिमा पूरा गोलमाल हुनेथ्यो।
  2. ______ सुन्दर सूर्यास्त; मयुरका प्वाँख; समुद्री माछाका बनोट र रंगहरू
  3. ______ गर्जन, भूकम्प, सुनामी, आँधी (रोमी १:२०)
  4. ______ आकाशको वृष्टि; फलदायी ऋतुहरू; सूर्यको उज्यालो र ताप (प्रेरित १४:१७; मत्ती ५:४४-४५)।
  5. ______ ब्रम्हाण्ड (universe) को विशालता (सौर्य मण्डल, तारामण्डलहरू)। हाम्रो तारामण्डलमा मात्र ३००,०००,००० सूर्यहरू छन् जसमध्ये हाम्रो सूर्य एक हो! ताराहरूका बीचको दूरी कल्पनै गर्न नसक्ने छन् (ती प्रकाशवर्षमा नापिन्छन्)। वैज्ञानिकहरू समेत ताराहरूको संख्या गन्न सक्दैनन् किनकि ती अति धेरै छन् (भजनसंग्रह ८:३-४; उत्पत्ति १५:५; यर्मिया ३१:३७; ३३:२२; भजनसंग्रह १४७:४)।
  6. ______ मानिसको मस्तिष्कको बनोट मानिसले नै रचेको कुनै पनि कम्प्युटरभन्दा पनि जटिल छ। भजनसंग्रह १३९:१४ हेर्नुहोस्।
  7. ______ प्रत्येक हिउँको कण सबै षट्कोण रचनाका भए तापनि एक-अर्का भन्दा फरक भेटिन्छन्। अरबौं मानिसमा धरि कुनै दुईजना उस्तै छैनन्। जुम्ल्याहा समेत फरक हुन्छन्!
  8. ______ सूर्य पृथ्वीबाट नता बढ्ता टाढा छ (नत्र हामी काठ्ठिएर मर्नेथ्यौं) नता बढ्ता नजीक छ (नत्र हामी डढेर नष्ट हुनेथ्यौं)। हामी बस्ने ग्रहमा प्रशस्त पानी छ (जसविना जीवन सम्भव हुनेथिएन), प्रशस्त अक्सिजन छ (जसविना हामी सास फेर्न सक्नेथिएनौं)। चन्द्रमा, मंगल वा बुध ग्रहमा हामी बाँच्नै सक्ने थिएनौं। पृथ्वीलाई मानिसको निम्ति तयार गर्ने क्रममा आफू के गर्दैछु भन्ने कुरा बुद्धिमानी परमेश्वर राम्ररी जान्नुहुन्थ्यो (यशैया ४५:१८; भजनसंग्रह १०४:२४; १३६:५; यर्मिया १०:१२; ५१:१५।
  9. ______ पंक्षीहरूको आहारा; लिली फूलको पोशाक; चल्लालाई माउले पखेटामुनि रक्षा गर्छिन् र स्याहार गर्छिन् (मत्ती ६:२६-३०; २३:३७)।
  10. ______ दिन र रातको चक्र; ऋतु चक्र (ग्रीष्म, शरद, शिशिर, बसन्त)—उत्पत्ति ८:२२; यर्मिया ३१:३६; ३३:२०।

परमेश्वरको सृष्टिको पुस्तक (जसलाई हामीले “पहिलो पुस्तक” भनेका छौं) लाई हेरेर मात्र पनि सृष्टिकर्ताको बारेमा हामीले धेरै कुराहरू जान्न सक्छौं। हामीले परमेश्वरको सृष्टिको पुस्तकलाई हाम्रो वरिपरि जहिँतहिँ देख्न सक्छौं — चाहे हामी सृष्टिका कठीन कुराहरूलाई सुक्ष्मदर्शक यन्त्रबाट हेरौं वा सृष्टिका विशाल ब्रम्हाण्डलाई दूरदर्शक यन्त्रबाट हेरौं! तर परमेश्वरको बारेमा जानेर मात्र पर्याप्त हुँदैन, हामीले वास्तविक र व्यक्तिगत रुपमा नै परमेश्वरलाई जान्नुपर्छ! पहिलो पुस्तकले हामीलाई परमेश्वरको बारेमा जान्नलाई मात्र सहायता गर्दछ — जस्तै, उहाँको अस्तित्व छ र उहाँ शक्तिमान्, विश्वासयोग्य, बुद्धिमानी र सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। तर यदि हामीले साँच्चै हाम्रो सृष्टिकर्तालाई जान्ने हो भने हामीले अर्को पुस्तक पढ्नैपर्छ, अर्थात्, दोस्रो पुस्तक

“परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई परिवर्तन गर्ने; परमप्रभुको साक्षी पक्का छ; बोधालाई बुद्धिमान् तुल्याउने। परमप्रभुका नियमहरू सही छन्, हृदयलाई आनन्दित गराउने; परमप्रभुको आज्ञा शुद्ध छ, आँखाहरूलाई ज्योतिर्मय पार्ने। परमप्रभुको भय सफा छ, सदा रहिरहने; परमप्रभुको न्याय-वचनहरू पूर्णतया सत्य र धर्ममय छन्। सुनभन्दा बढी, अँ धेरै निखुर सुनभन्दा बढी तिनीहरूको चाहना गरिनुपर्छ; ती महभन्दा, अँ महको चाकाभन्दा पनि मीठा छन्। साथै तीद्वारा नै तपाईंको दासले चेताउनी पाउँछ, अनि तिनको पालन गरेमा ठूलो इनाम छ”(भजनसङ्ग्रह १९:७-११)।

“अनि तिंमीले बालककालदेखि नै पवित्र शास्त्रहरू जानेका छौ; जसले तिमीलाई, ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति बुद्धिमान् तुल्याउन सक्छन्। सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो (सबै पवित्रशास्त्र “परमेश्वरद्वारा निश्वासित” हो), अनि शिक्षाका निम्ति (सिकाउन), भूलदोष देखाउनाका निम्ति (हप्काउन), सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ; जसद्वारा परेमश्वरको जब हरेक असल कामका निम्ति पूर्ण रूपले (पूरै) सुसज्जित भई सिद्ध होओस्।” (२ तिमोथी ३:१५-१७)।

दोस्रो पुस्तक चित्रहरूको पुस्तक होइन। तपाईंले उदाहरणमा देख्नुभएझैं, दोस्रो पुस्तक शब्दहरूले भरिएको छ। निरक्षरहरूले दोस्रो पुस्तक पढ्नसक्दैनन् किनभने अक्षरहरू कसरी पढ्ने भनी उनीहरूलाई थाहै छैन। कति देशका मानिसहरूले दोस्रो पुस्तक उनीहरूको आफ्नै भाषामा अनुवाद नभएसम्म पढ्न सक्दैनन्। सृष्टिकर्ता परमेश्वरले हामीले उहाँलाई जान्न सकौं भनेर हामीलाई दोस्रो पुस्तक दिनुभएको हो (यूहन्ना १७:३)! परमेश्वरले हामीलाई लिखित अभिलेख दिनुभएको छ (१ यूहन्ना ५:११) जसले हामीलाई उहाँको पुत्रको बारेमा र उहाँमा पाउने यति ठूलो मुक्तिको बारेमा बताउँदछ!

हामीले दोस्रो पुस्तकमा पढ्ने शब्दहरू केवल मानिसका शब्दहरू मात्रै होइनन् (यद्यपि ती कुराहरू लेख्न परमेश्वरले मानिसहरूलाई प्रयोग गर्नुभयो), तर ती ता सृष्टिकर्ताका शब्दहरू हुन्! परमेश्वरले बोल्नुभयोउहाँका शब्दहरू लेखिए: “किनकि ____________ ___________ यो _____________ छ” (यशैया ४०:५)। जब हामी पहिलो पुस्तक हेर्दछौं, सृष्टिकर्ताले के रच्नुभयो भनी हामी देख्दछौं! जब हामी दोस्रो पुस्तक हेर्दछौं सृष्टिकर्ताले के भन्नुभयो भनी हामी देख्दछौं! हामीले दोस्रो पुस्तक पढ्दाहुँदि यस्ता कुराहरू सिक्न सक्छौं जुन कुराहरू पहिलो पुस्तकको अवलोकन गरेर मात्र कहिल्यै सिक्न सकिँदैन। उदाहरणको निम्ति, दोस्रो पुस्तकमा हामीले निम्न कुराहरूको बारेमा सिक्दछौं:

क) मुक्ति—

      • यूहन्ना ३:१७; प्रेरित ४:१२
      • सुर्यास्त हेरेर तपाईंले कहिल्यै पनि मुक्तिको बारेमा सिक्न सक्नुहुँदैन!
    •  

ख) क्षमा –

      • भजनसंग्रह १०३:१२ हिब्रू १०:१७
      • ताराहरू अवलोकन गरेर तपाईंले कहिल्यै पनि क्षमाको विषयमा सिक्न सक्नुहुँदैन!
    •  

ग) शान्ति—

      • रोमी ५:१; कलस्सी १:२१ (जोहरू परमेश्वरसँग युद्धमा छन्, उनीहरूको परमेश्वरसँग शान्ति वा मेलमिलाप भएको छ।)
      • मयुरलाई हेरेर तपाईंले कहिल्यै पनि कसरी एउटा पापीले परमेश्वरसँग शान्ति वा मेलमिलाप पाउन सक्छ भनी सिक्न सक्नुहुँदैन!
    •  

घ) अनन्त जीवन—

      • यूहन्ना १०:१०; १ यूहन्ना ५:१२
      • चट्ट्याङ्ग परेको हेरेर तपाईंले कहिल्यै पनि कसरी अनन्त जीवन पाउन सकिन्छ भनी सिक्न सक्नुहुँदैन!
    •  

ङ) धार्मिकता—

      • १ कोरिन्थी १:३०; २ कोरिन्थी ५:२१
    • भू-आकर्षणको नियमलाई अध्ययन गरेर तपाईंले कहिल्यै पनि परमेश्वरसँग कसरी ठीक सम्बन्धमा आउन सकिन्छ भनी सिक्न सक्नुहुँदैन!

दोस्रो पुस्तकमा मात्र तपाईंले मुक्तिदाताको बारेमा सिक्न सक्नुहुन्छ!!!

यहाँ २० ओटा प्रश्नहरू छन्। यदि कुनै प्रश्नको जवाफ पहिलो पुस्तकजवाफ हो भने, प्रश्न अगाडिको खाली ठाउँमा अङ्क १ लेख्नुहोस्। यदि कुनै प्रश्नको जवाफ जवाफ दोस्रो पुस्तकजवाफ हो भने, प्रश्न अगाडिको खाली ठाउँमा अङ्क २ लेख्नुहोस्। प्रश्नहरू यस प्रकार छन्:

  1. _____ स्वर्गहरूको बारेमा कुन पुस्तकले सिकाउँछ (उत्पत्ति १:१)?
  2. _____ स्वर्ग कसरी जाने भनी कुन पुस्तकले सिकाउँछ (यूहन्ना १४:६)?
  3. _____ तेस्रो स्वर्गको बारेमा कुन पुस्तकले सिकाउँछ (२ कोरिन्थी १२:२-४)?
  4. _____ कुन पुस्तकलाई सबै वैज्ञानिकहरू पढ्ने गर्छन्?
  5. _____ कुन पुस्तकलाई प्राय: वैज्ञानिकहरू पढ्ने गर्दैनन्?
  6. _____ कुन पुस्तकलाई विकासवादीहरूले इन्कार गर्छन्?
  7. _____ कुन पुस्तक टलेर जानेछ (मत्ती २४:३५)?
  8. _____ कुन पुस्तक कहिल्यै टल्नेछैन (मत्ती २४:३५)?
  9. _____ कुन पुस्तकभित्र अझै ६६ पुस्तकहरू छन्?
  10. _____ कुन पुस्तक सबै मानिसले प्रस्टै बुझ्छन् (रोमी १:२०)?
  11. _____ कुन पुस्तक मुक्ति नपाएकाहरूले कहिल्यै बुझ्दैनन् (१ कोरिन्थी १:१८; २:१४)?
  12. _____ कुन पुस्तकले एक व्यक्तिलाई मुक्तिका निम्ति बुद्धिमान बनाउन सक्छ (२ तिमोथी ३:१५)?
  13. _____ कुन पुस्तकले एक व्यक्तिलाई परमेश्वारको सामर्थ्य, महानता र महिमाको बारेमा बुद्धिमान बनाउन सक्छ (रोमी १:२०; भजनसंग्रह १९:१)?
  14. _____ “महान् ईश्वर विचार्छु काम तपाईंको” भन्ने आत्मिक गीत कुन पुस्तकको बारेमा हो?
  15. _____ भजनसंग्रह ११९ कुन पुस्तकको बारेमा हो?
  16. _____ भजनसंग्रह १९:१-६ कुन पुस्तकको बारेमा हो?
  17. _____ कुन पुस्तकले प्राणलाई बदल्न सक्छ (भजनसंग्रह १९:७)?
  18. _____ भजनसंग्रह १३९:१४ कुन पुस्तकको बारेमा हो?
  19. _____ संसारका सबै जातिले बुझ्ने पुस्तक कुन हो?
  20. _____ सुसमाचार (असल समाचार) कुन पुस्तकमा पाइन्छ (१ कोरिन्थी १५:१-४)?

तपाईंको निम्ति प्रश्नहरू

तपाईंको जीवनमा दोस्रो पुस्तकले के अर्थ राख्दछ? के तपाईं दोस्रो पुस्तक पढ्ने गर्नुहुन्छ? के तपाईं सृष्टिकर्ताका शब्दहरू सुन्ने गर्नुहुन्छ? के दोस्रो पुस्तकले तपाईंलाई मुक्तिको निम्ति बुद्धिमान तुल्याएको छ? स्मरण रहोस: सृष्टिकर्ताको बारेमा जान्नु पर्याप्त छैन। तपाईंले सृष्टिकर्तालाई चिन्नै पर्छ!! र उहाँलाई चिन्नु भनेको अनन्त जीवन पाउनु हो (यूहन्ना १७:३)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

२-सीजर कि ख्रीष्ट?

पाठ २

सीजर कि ख्रीष्ट?

जीवन महत्त्वपूर्ण रोजाइहरूले भरिएको हुन्छ। हामीले दुईटा कुराको बीचमा एउटालाई रोज्नुपर्ने अवस्था आउँछ। जस्तै, म मण्डली सभामा जाऊँ कि घुम्‍न जाऊँ? म गृहकार्य गरूँ कि खेल्न जाऊँ? म बुबा-आमालाई सहायता गरूँ कि साथीकहाँ जाऊँ? म बाइबल पढूँ कि पत्रिका पढूँ? म बल खेल्न जाऊँ कि प्रार्थना सभामा जाऊँ? म शनिबार साथीहरूसँग बनभोज जाऊँ कि चर्च सङ्गतिमा जाऊँ? म आफ्‍नो पढ्ने काम गरूँ कि साथीसँग गफ गरेर बसूँ?

तपाईंको अगाडि आइपर्ने यस्ता अरू थुप्रै रोजाइका बारेमा आफैं पनि सोच्न सक्नुहुन्छ। सुरुका ख्रीष्टियनहरूले सीजर र ख्रीष्टको बीचमा गर्नुपर्ने एउटा महत्त्वपूर्ण रोजाइ थियो। उनीहरूले आफू ख्रीष्टतर्फ निष्ठावान् बन्ने कि सीजरतर्फ निष्ठावान् बन्ने भन्ने कुराको बीचमा रोज्नुपर्थ्यो। यसको तात्पर्य उनीहरू ख्रीष्टतर्फ निष्ठावान् बन्नुपर्छ र सीजरतर्फ निष्ठाहीन बन्नुपर्छ भन्ने कदापि होइन। प्रभु येशूले आफ्ना चेलाहरूलाई सीजरतर्फ निष्ठाहीन बन्न र तिनलाई अनादर गर्न कहिल्यै पनि सिकाउनुभएन (मत्ती २२:२१ सित तुलना गर्नुहोस्)। तर दुईटामा कसलाई पहिलो स्थान दिने भन्ने कुराको बीचमा रोज्नुपर्दा, सीजरले सधैं दोस्रो स्थान लिनुपर्छ र ख्रीष्टले सधैं पहिलो स्थान पाउनुपर्छ (हेर्नुहोस् कलस्सी १:१८ “पहिलो स्थान”)।

“सीजर” को अर्थ

“सीजर” (Caesar) उपनाम अपनाउने प्रथम व्यक्ति विश्व-विख्यात जुलियस सीजर (JULIUS CAESAR) थिए जो एक रोमी सेनापति र राजनैतिक व्यक्ति थिए। ई.पू. ४४ मा उनको हत्या गरिएको थियो (बेथलेहेममा ख्रीष्ट जन्मिनुभन्दा करिब ४० वर्ष अगाडि)। “सीजर” को उपाधि उनलाई दिइएको एउटा आदरणीय र पृथक उपनाम थियो।

येशूको जन्म हुँदा रोमका शासक को थिए (लूका २:१ हेर्नुहोस्)? ______________________________ के तिनले पनि सीजर नामको प्रयोग गरे? ________ अगस्टस (Augustus) को समयदेखि हेड्रियन (Hadrian) सम्म (११७-१३८ ई.सं.) सबै रोमी शासकहरूका निम्ति “सीजर” शब्द एउटा नाम वा उपाधि नै भयो। मिश्रका राजालाई फा________ भनिए जस्तै (हेर्नुहोस् प्रस्थान १:८,११,२२) रोमका शासकहरू सीजर भनिए।

येशू ३० वर्षको हुनुहुँदा रोमका शासक को थिए (लूका ३:१ र ३:२३ सित तुलना गर्नुहोस्)? ________________________________________ के तिनी पनि सीजर नै थिए? __________ सिक्कामा कुँदिएको अनुहार वा आकृति तिबेरियासकै थियो। प्रभु येशू क्रूसमा मारिनुहुँदा र मरेकाहरूबाट बौरनुहुँदा मानिस नै रोमका शासक थिए।

पागल नेरो

रोमका शासक नेरो (Nero) बाइबलमा उल्लेखित अर्को सीजर हुन्। प्रेरित २५:११ मा पावलले उल्लेख गरेका व्यक्ति यिनै हुन्—“म _______________ उजुर चढाउँछु।”

ई. सं. ६४ मा नेरोको शासनकालमा रोममा आगलागी भयो। छ दिन, छ रात आगो दन्किरह्यो। अधिकांश शहर खरानीमा परिणत भयो। नेरो आफैंले शहरमा आगो लगाएका हुन् भन्ने हल्ला पनि चल्यो। फलस्वरूप रोमका बासिन्दाहरूमा आफ्नै शासकको विरोधमा भयङकर ठूलो घृणा पैदा भयो। नेरोले आगजनीको दोष अरु कसैमाथि लगाउनलाई एउटा “बलिको बाख्रा” भेट्टाउनुपरेको थियो। जनताको यस्तो घृणा आफूबाट हटाउनलाई नेरोले आगजनीको दोष ख्रीष्टियनहरूलाई लगायो। निश्चय पनि यो आरोप सत्य थिएन, तर परिणामस्वरूप ठूलो सङ्ख्यामा ख्रीष्टियनहरू गिरफ्तार गरिए र त्यसपछि ख्रीष्टियनहरूमाथि भयानक सतावट ओइरिन थाल्यो।

यस भीषण आगजनीको करिब ५० वर्षपछि एकजना ट्यासिटस् (Tacitus) नाम गरेका रोमी इतिहासकारले उक्त घटनाको बारेमा लेखेका थिए। तिनको भनाइ यस्तो छ:

“आफ्‍नो विरुद्धमा फैलिरहेका हल्लाहरूलाई दबाउन, नेरोले केही मानिसहरूलाई दोष्याए र शारीरिक यातना दिए जोहरू उनीहरूका खराब रीतिहरूका कारण घृणाका पात्र बन्न पुगेका थिए अर्थात् “ख्रीष्टियन” भनी चिनिने समूहका मानिसहरू। यस पन्थका संस्थापक ख्रीष्टलाई तिबेरियस सम्राटको शासनकालमा यहूदियाका राज्यपाल पोन्तियस पिलातसद्वारा फाँसी दिइएको थियो।

“आफूलाई ख्रीष्टियन भन्नेहरू सुरुमा गिरफ्तार गरिए। त्यसपछि उनीहरूबाट लिइएको सूचनाको आधारमा सयौंलाई दोषी ठहराइयो, आगजनीको आरोपमा भन्दा पनि उनीहरूको समाज-विपरित आस्थाको लागि। उनीहरूको मृत्युमा उनीहरूको खिल्ली उडाइयो। उनीहरूलाई जङ्गली पशुका छाला पहिराइयो, कुकुरहरूद्वारा च्यातचुत पारियो, क्रूसमा टँगाइयो र रात परेपछि आगोका राँकाझैं बलून् भनी जिउँदै जलाइयो। त्यो दृश्य हेर्न नेरोले आफ्‍नै बगैँचाहरू यसका लागि प्रायोग गरे र रङ्घशालामा पनि प्रदर्शन गरे। त्यसबेला तिनी आफै पनि भीडसित मिसिन्थे वा सारथीको भेषमा रथमा चढेर उभिन्थे। परिणामस्वरूप, यद्यपि तिनीहरू ख्रीष्टियन भएकाले दोषी थिए र मृत्युदण्डका योग्य थिए, मानिसहरूलाई तिनीहरूको निम्ति दुःख लाग्न थाल्यो। किनभने तिनीहरूको संहार जनहितको लागि नभई एउटा मान्छेको पागलपनको तृप्तिको लागि भइरहेको थियो भन्ने कुरा उनीहरूले महसुस गर्न थाले।”

(Tacitus Annals 15.44)

पत्रुस र पावल शहीद बनेका यिनै पागल र दुष्ट शासक नेरोको शासनकालमा नै हो। पत्रुसलाई उँधोमुन्टो पारेर क्रूसमा टाँगिएको थियो र पावलको शिर काटिएको थियो।

सीजरलाई म के दिऊँ?

मत्ती २२:१५-१८ मा केही यहूदीहरू धूर्त चाल मार्दै येशूलाई पासोमा पार्न उहाँकहाँ आए। जस्तो जवाफ दिए पनि उहाँलाई दोष्याउन सकिने प्रश्न गरे: “______________ कर तिर्नु उचित छ कि छैन?” (मत्ती २२:१७)।

येशूले मानौं यस्तो भन्नुभयो, “उचित छ, हामीले सीजरलाई कर तिर्नै पर्छ।” यो जवाफले कसलाई रिस उठाउनेथ्यो? स्मरण होस्, यहूदीहरू रोमी शासनमुनि बस्न पटक्कै चाहँदैनथे।

येशूले मानौं यस्तो भन्नुभयो, “उचित छैन, हामीले सीजरलाई कहिल्यै पनि कर तिर्नुहुँदैन। तिमीहरूले आफ्नो कर नतिर्नू!” येशूले यदि यसो भन्नुभएको भए, उहाँका शत्रुहरूले के गर्नेथिए? एउटा यहूदी शिक्षकले मानिसहरूलाई कर नतिर्नू भनी सिकाइरहेको कुरा सुनेर के रोमी अधिकारीहरू खुशी हुनेथिए? रोमी शासनको विरुद्ध विद्रोह उभाडेको भन्दै के प्रभुलाई दोष आउन सक्थ्यो?

प्रभु येशू उनीहरूको जालमा पर्नुभएन। तर बरू उहाँले मत्ती २२:२१ मा पाइने आफ्नो प्रख्यात जवाफ दिनुभयो। यी शब्दहरू सुनेपछि, उहाँका शत्रुहरूले के गरे (मत्ती २२:२२)? ________________________________________

सीजरका कुराहरू सीजरलाई देओ

हामीले आज यो आज्ञा कसरी पालन गर्न सक्छौं? हाम्रो राज्य-सरकार र हाम्रा अगुवाहरू प्रति हाम्रो के कस्तो जिम्मेवारी छ? हामीले उनीहरूलाई र उनीहरूका निम्ति के गर्नुपर्छ? के उनीहरू हाम्रो आदर र निष्ठा पाउने योग्यका छन् (१ पत्रुस २:१३, १४, १७)? के हामीले उनीहरूका निम्ति प्रार्थना गर्नुपर्छ (१ तिमोथी २:१-३)? के हामीले हाम्रा करहरू तिर्नुपर्छ? हामीमध्ये हरेक कस्तो किसिमको नागरिक हुनुपर्छ? जिम्मेवार नागरिकहरूको रूपमा, हामीले के-कस्ता कर्तव्यहरू निभाउनुपर्छ? तपाईंको देशले तपाईंलाई के दिएको छ? तपाईंले आफ्नो देशलाई के दिनुपर्छ? के प्रहरीमा काम गर्दै तपाईंको देशको सेवा गर्ने मानिसहरूप्रति र आफ्नो कर्तव्य निभाउँदै युद्धभूमिमा आफ्नो ज्यान दिनेहरूका निम्ति तपाईं धन्यवादी हुनुहुन्छ?

परमेश्वरका कुराहरू परमेश्वरलाई देओ

हामीले आज यो आज्ञा कसरी पालन गर्न सक्छौं? परमेश्वरतर्फ र परमेश्वरको वचन, बाइबलतर्फ हाम्रो के कस्तो जिम्मेवारी छ? के परमेश्वर हाम्रो सम्मान र निष्ठा पाउने योग्यका हुनुहुन्छ (१ पत्रुस २:१७)? के हामीले उहाँसित प्रार्थना गर्नुपर्छ? के हामीले उहाँका वचनहरू पढ्नुपर्छ? परमेश्वरको सामु म कस्तो किसिमको मानिस हुनुपर्छ? जिम्मेवार विश्वासीको रूपमा, मैले के-कस्ता कर्तव्यहरू निभाउनुपर्छ? तपाईंका आत्मिक जिम्मेवारीहरू के-कस्ता छन्? तपाईंको निम्ति परमेश्वरले के गर्नुभएको छ र उहाँले तपाईंलाई के दिनुभएको छ? तपाईंले परमेश्वरको निम्ति के गर्नुभएको छ र परमेश्वरलाई के दिनुभएको छ? के तपाईं एउटा असल ख्रीष्टिय सिपाही हुनुहुन्छ? के तपाईंले परमेश्वरको सेवा गर्दैहुनुहुन्छ? तपाईंको घरमा, स्कूलमा र अन्य जुनसुकै ठाउँहरूमा के तपाईंले आफ्नो विश्वासको असल लडाइँ लड्दै हुनुहुन्छ?

एउटा तुलना

निम्न तालिकामा सीजर र ख्रीष्टको बीचमा सङ्क्षिप्त तुलना प्रस्तुत छ:

रोज्नैपर्छ

माथिको तालिकाको बारेमा विचार गर्दा, सीजरलाई ख्रीष्टसँग तुलना गर्न नै सकिन्न। एउटा मानिसले ख्रीष्टको सट्टामा सीजरलाई कसरी रोज्न सक्छ र? तरैपनि, मानिसहरूले यही नै गरिरहेका छन्। उनीहरूले ख्रीष्टलाई इन्कार गरेका छन् र उहाँको सट्टामा सीजरलाई आदर गरेका छन्।

यूहन्ना १९:१२ लाई विचार गर्नुहोस्। पिलातस रोमी शासक थिए। तिनी रोमी सम्राट (सीजर) प्रति निष्ठावान हुनुपर्थ्यो। सीजरले आफैंलाई सर्वोच्च शासकको रूपमा हेर्ने गर्थे। उनले आफैंलाई राजाहरूका राजाको रूपमा हेर्ने गर्थे। यूहन्ना १९:१२ मा आफैंलाई राजा ठहराउने जोसुकैको विरोधमा सीजर हुनेछन् भनेर यहूदीहरूले पिलातसलाई सम्झना गराउँदैथिए। सीजर कुनै प्रतिस्पर्धी चाहँदैनथिए।

त्यसपछि यूहन्ना १९:१५ मा पिलातसले यहूदीहरूलाई एउटा कुरा रोज्न गर्न बाध्य गराए। के तिमीहरूका राजालाई म क्रूसमा टाँगूँ? यहूदी अगुवाहरूले के जवाफ दिए? ‌__________________________________________

सीजरलाई ख्रीष्टसँग तुलना गरिएको तालिकालाई सम्झना गर्नुहोस्। यहूदीहरूले दाहिने पट्टि हुनुभएकोलाई छोडेर देब्रे पट्टि भएकोलाई रोजे! कस्तो मूर्ख रोजाइ! यहूदीहरूले सीजरलाई घृणा गर्दथे र रोमीहरूले आफूमाथि शासन गरेको कुरालाई घृणा गर्दथे, तरैपनि ख्रीष्ट प्रतिको तिनीहरूको घृणाले सीजरप्रतिको तिनीहरूको घृणालाई पनि उछिन्यो। _____________ बाहेक हाम्रो अरू राजा नै छैन। (एउटा निष्ठावान ख्रीष्टियनले के भन्नुपर्छ? ______________ बाहेक मेरो अरू राजा नै छैन।)

सीजर पूजा

रोमी सम्राज्यका शासकहरू राजनीतिक अगुवा मात्र नभएर धार्मिक अगुवा पनि हुन्थे। शासकलाई पोन्टिफेक्स् म्याक्सिमस् (PONTIFEX MAXIMUS), अर्थात् प्रमुख पूजाहारी (मूल पूजाहारी, अग्र पङ्क्तिको पूजाहारी) भनेर पनि चिनिन्थ्यो। तिनको ओहोदा यति उच्च थियो कि तिनी ईश्वरीय उपासनाको पात्र पनि बनेका थिए।

ओहोदा  र शक्ति मानिसको काँधमाथि आएपछि निजले आफू नै सबै भन्दा महान् हुँ भन्ने सोच्न पुग्नु अति सजिलो हुन्छ। आफ्नो सामु हरेक पल्ट मानिसहरू निहुरेर सेवा पाउने बानी भएका राजाहरू र सम्राटहरूमा यो झन् बढी सजिलो हुन्छ। उनीहरूले आफ्नो उपासना गरिनुपर्छ भनी सोच्न थाल्छन्। के नबूकद्नेस्सर (बेबिलोनका महान् शासक) यही जालमा परेका थिए (दानियल ३ अध्याय)? __________ उनलाई परमेश्वरले के-कस्ता पाठहरू सिकाउनुभयो (दानियल ४:३१-३७)?

रोमी सरकारले विभिन्न धर्महरूलाई अनुमति दिएको थियो। उनीहरूले मानिसहरूलाई उनीहरूका विभिन्न मूर्तीहरूको पूजा गर्न र उनीहरूका विभिन्न धार्मिक रीतिहरू मान्न अनुमति दिन्थ्यो। रोमीहरूले यहूदी मानिसहरूलाई उनीहरूको धर्म मान्न, पशु बलिदान गर्न र मन्दिरमा उपासना गर्न समेत अनुमति दिन्थे (कम्तीमा पनि ई. सं. ७० मा यरूशलेमको शहर नाश नभएसम्म; त्यसपछि रोमीहरूद्वारा मन्दिर नष्ट गरियो)।

रोमीहरूले अरू धर्महरूलाई सहे तापनि र तिनीहरुमाथि आस्था राख्ने अनुमति दिए तापनि, मानिसहरूले कम्तीमा पनि वर्षको एक पटक सीजरको महानतालाई स्वीकार गरेको उनीहरू चाहन्थे। मानिसहरूले सार्वजनिक रूपमा सीजरलाई आफ्नो पूर्ण राजनिष्ठा दिएको र तिनको महानतालाई मानिलिएको चाहन्थे। उदाहरणको निम्ति, सन् २५० ई.सं. मा डेसियस (Decius) ले एउटा नियम लागु गरे जसमा मानिसहरूले कम्तिमा पनि वर्षको एकपटक रोमीहरूको वेदीमा देवताहरूलाई बलिदान चढाउनुपर्थ्यो र त्यसै वखत शासकको उत्कृष्टता र महानतालाई पनि स्वीकार्नुपर्थ्यो। त्यस्तो बलिदानहरू चढाउनेलाई विशेष प्रमाण-पत्र दिइन्थ्यो। त्यस्ता प्रमाण-पत्रहरू नपाउने वा नलिने व्यक्तिहरूलाई अकसर सताइन्थ्यो।

सुरुका ख्रीष्टियनहरूले शासकलाई र तिनको मूर्तिलाई ईश्वरीय आदर चढाउन इन्कार गरे। ख्रीष्टियनहरूले महान् शासकको वेदीमा एक चिमटी धूपौरो चढाउन पनि इन्कार गरे। यस्ता समयहरू आउँछन् जब परमेश्वरका जनहरू मानिसहरूको सामु झुक्न इन्कार गर्नुपर्छ। यस्ता समयहरू हुन्छन् जब परमेश्वरका जनहरूले उहाँको आज्ञा पालन गर्नको निम्ति राजाको आज्ञा पालन गर्नुहुँदैन। यस्ता समयहरूको बारेमा दानियल ३ र ६ अध्यायमा राम्रा उदाहरणहरू प्रस्तुत गरिएका छन्।

सुरुका ख्रीष्टियन समूहहरूको बीचमा रोमी अधिकारीहरू आएर यसो भनेको कल्पना गर्नुहोस्, “हाम्रो हुकुमसित सहमत हुनोस् नत्र तिमीहरू साँच्चै समस्यामा पर्नेछौ। तिमीहरूको मुखले सीजर नै प्रभु हुनुहुन्छ भनी स्वीकारेको मात्र हामीले चाहेका हौं। सीजर नै सार्वभौम हुनुहुन्छ भनेर मानिदेऊ मात्र। सीजर नै परमप्रधान हुनुहुन्छ र यदि तिमीहरूले यति कुरा मानिलियौ भने हामी तिमीहरूलाई एउटा प्रमाण-पत्र दिनेछौं। हामी तिमीहरूलाई आफ्नै ईश्वरहरूको उपासना गर्न र तिमीहरूको आफ्नै धार्मिक रीतिहरू पूरा गर्न दिनेछौं, तर तिमीहरूले कम्तीमा पनि वर्षको एक पटकचाहिँ “सीजर नै परमप्रधान हुनुहुन्छ! सीजर नै प्रभु हुनुहुन्छ!” भनेर आफ्नो वफादारीता र भक्ति देखाएको हामी चाहन्छौं।”

तपाईं यी सुरुका ख्रीष्टियनहरूमध्येमा हुनुभएको भए, तपाईंले के गर्नुहुन्थ्यो? किन? यसो गरिएको खण्डमा के मूल्य चुकाउनुपर्थ्यो होला? यसो नगर्नुको मूल्यचाहिँ के हुनेथियो होला?

ख्रीष्टप्रतिको वफादारिता र सीजरप्रतिको वफादारिताको बीचमा रोज्नुपर्दा, सीजर दोस्रो स्थान लिन बाध्य हुन्थ्यो। हामीले ख्रीष्टको पहिलो स्थानलाई अरू कुनै पनि मानिसलाई खोस्न दिनुहुँदैन। मानौं इस्लामी आतङ्ककारीहरूले बल-जफती गरेर हाम्रो देशलाई आफ्नो हातमा लिएछन्। मानौं उनीहरूले सबैजनालाई आफ्नो मुखले यस्तो वाक्य स्वीकार गर्न बाध्य गराएछन्, “अल्लाह नै मेरो परमेश्वर हुनुहुन्छ र मोहम्मद नै उहाँको अगमवक्ता हुनुहुन्छ। येशू ख्रीष्ट मेरो परमेश्वर हुनुहुन्न। म हरेक मानिस र अन्य हरेक वस्तुभन्दा बढी अल्लाह प्रति वफादार हुनुपर्छ!” यसो भन्न इन्कार गर्नेहरू दण्डित गरिनेछन् र कसैकसैलाई मारिनेछ। तपाईं के गर्नुहुन्थ्यो?

के तपाईंको विचारमा आज हाम्रो संसारमा यस्ता ठाउँहरू होलान् जहाँ विश्वासीहरू मानिसहरूको सामु घुँडा टेक्न र ख्रीष्टलाई इन्कार गर्न नमानेको कारणले सताइन्छन् र मारिन्छन्? हरेक ख्रीष्टियनले त्यहाँ केवल _____________ प्रभु हुनुहुन्छ भनेर मानिलिन्छ (एफेसी ४:५)। यो साँचो हो, धेरै मानिसहरूले आफैंलाई प्रभु भन्छन् र आफैंलाई माथि उचाल्छन् (१ कोरिन्थी ८:५), तर त्यहाँ प्रभु भनेर बोलाइने योग्यको केवल एकजना मानिस मात्र हुनुहुन्छ! मानिसहरूले यो व्यक्तिगत रोजाइ गर्नैपर्छ: के म उहाँलाई मेरो प्रभु हुन दिऊँ कि नदिऊँ?

येशू ख्रीष्टको प्रभुत्व

मानिसहरूले सीजरलाई प्रभु माने तापनि, सीजर प्रभु होइनन्। यशैया २६:१३ मा हामी पढ्छौं, “हे परमप्रभु हाम्रा परमेश्वर, ____________बाहेक अरू __________ले हामीमाथि अधिकार जमाएका छन्।” तपाईंबाहेक अरू प्रभुहरू। मानिसको समस्या यही हो। उसले अरू प्रभुहरूलाई परमप्रभुको स्थान जमाउन दिन्छ। उसले ख्रीष्टको ठाउँलाई सीजरहरूलाई सुम्पन्छ।

के तपाईंको जीवनमा ख्रीष्टको स्थान लिइरहेका कुनै “प्रभुहरू” छन्? के तपाईंले उपासना गरिरहनुभएको र दण्डवत् गरिरहनुभएको त्यहाँ कुनै “सीजरहरू” छन्?

धेरै मानिसहरूको हृदयभित्र ”म” नाम गरेको सीजर हुन्छ। यो भनिनेलाई उच्च पारिन्छ, उचालिन्छ र पहिलो स्थान दिइन्छ। ”म”लाई प्रभु बनाइन्छ! मानिसले “म” लाई आदर गर्छ, “म” को सेवा गर्छ र “म” को निम्ति जिउँदछ। ख्रीष्टले ओंठको सेवा त पाउनुहोला तर वास्तविक सेवाचाहिँ ”म”ले पाउँदछ। के तपाईंको जीवनमा यही समस्या छ? यसको बारेमा के गर्न सकिन्छ?

विश्वासीहरू भएको हुनाले हामीलाई येशू नै प्रभु हुनुहुन्छ भनी हाम्रो मु______ले स्वीकार गर्नुपर्छ (रोमी १०:९)। के तपाईंले यसो गर्नुभएको छ? येशू ख्रीष्ट नै तपाईंको प्रभु हुनुहुन्छ भनेर के अरूहरूले जान्दछन्? उनीहरूले यो कसरी जान्दछन्? तपाईंले यो कसरी देखाउनुहुन्छ? के तपाईंका स्कूलका साथीहरूले जान्दछन्? एउटा व्यक्तिले इमानदारीतामा र सत्यतामा ख्रीष्टलाई स्वीकार गर्न सक्नको निम्ति येशू ख्रीष्टलाई प्रभुको रूपमा प्राप्त गर्नु भनेको साँच्चै के हो भनी जान्नलाई निजलाई सहायता गर्ने को हुनुहुन्छ (१ कोरिन्थी १२:३)? ____________________________ के सुरुका ख्रीष्टियनहरूले ख्रीष्टलाई प्रभुको रूपमा स्वीकार गरे (प्रेरित २:३६; १०:३६; १७:२४)?

के ख्रीष्ट साँच्चै प्रभु हुनुहुन्छ? के उहाँ साँच्चै मेरो प्रभु हुनुहुन्छ? हुनुहुन्छ भने, यसको अर्थ के हो? के मेरो प्रभुले मबाट केही कुराको माग गर्नुहुन्छ? हरेक विश्वासीले सोच्नुपर्ने र सम्झना गर्नुपर्ने केही कुराहरू यस प्रकार छन्:

१. प्रभुत्वले आज्ञाकारिताको माग गर्दछ।

उहाँ हाम्रो प्रभु हुनुहुन्छ भनी हामी दाबी गर्छौं भने हामीले के गर्नुपर्छ (लूका ६:४६)? _______________________________________ पावलले सुरुमा मुक्ति पाउँदा आफ्नो प्रभुप्रति पावलको अवधारणा कस्तो थियो (प्रेरित ९:६)? _________________________________________ ख्रीष्टलाई प्रभु भनी सम्बोधन् गर्नु र त्यसपछि उहाँले भन्नुभएका कुराहरूलाई बेवास्ता गर्नु र अवज्ञा गर्नु किन नमिल्ने कुरा हो?

२. प्रभुत्वले सेवाको माग गर्दछ।

हामीले कसको सेवा गर्दछौं (रोमी १२:११)? _______________________ हाम्रो सेवाको बारेमा कलस्सी ३:२३-२४ ले के भन्दछ?__________________________________

हामीले हरदिन कसलाई खुशी पार्न खोज्नुपर्छ (एफेसी ५:१०, “मनपर्ने” शब्दको अर्थ हो “अति प्रसन्न तुल्याउने”)? __________________ सीजरका मानिसहरूमध्ये कसैले उसको सेवा गर्न इन्कार गर्यो भने उसले के गर्नेथियो होला?

३. प्रभुत्वले सङ्गतिको माग गर्दछ।

हाम्रा परमेश्वरले हामीलाई केको निम्ति बोलाउनुभएको हो (१ कोरिन्थी १:९)?  __________________________________________

परमेश्वरका पुत्र येशू ख्रीष्टलाई यहाँ हाम्रा ______________ भनिएको छ। औसत रोमी नागरिकले महान् सम्राट सीजरसँग सङ्गति गर्न पाउँदैनथियो। सामान्य मानिस सीजरको सामु पुग्न सक्दैन थियो। उसको नजिक जान र ऊसँग कुरा गर्न त झनै गाह्रो हुन्थ्यो। आफ्नो प्रभुसँग विश्वासीको सम्बन्ध यो भन्दा कत्तिको भिन्न छ?

४. प्रभुत्वले प्रेमको माग गर्दछ।

प्रभुलाई प्रेम नगर्नेहरूको बारेमा पावलले के भने (१ कोरिन्थी १६:२२)? __________________________________________ अधिकांश रोमीहरूले प्रेमको कारणले नभई बाध्यताको कारणले सीजरको सेवा गर्दथे (किनभने यो उनीहरूको चाहना थिएन, तर उनीहरूको बाध्यता थियो)। तपाईंले चाहिँ ख्रीष्टको सेवा प्रेमले गर्नुहुन्छ कि बाध्यताले? मण्डली आउनु तपाईंको चाहना हो कि बाध्यता? तपाईंलाई बाइबल पढ भनेर भन्ने त्यहाँ कोही नभएको भए के तपाईं आफैं बाइबल पढ्नुहुन्थ्यो होला?

एकदिन सबै मानिसहरूले के गर्नेछन् (फिलिप्पी २:९-११)? _________________________________________

के बिगतका सबै सीजरहरू एकदिन ख्रीष्टको सामु उभिएर आ-आफ्ना घुँडा टेक्नेछन्? के उनीहरूले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नेछन्? के तपाईंले यसो गर्नुभयो? कि त प्रेमले नै आज यसो गर्नुहोस् नत्र ता तपाईंले भविष्यमा बाध्यताले यसो गर्नुपर्नेछ!

“अनि तिमीहरू किन मलाई ‘हे प्रभु, हे प्रभु’ भन्दछौ, 
र मैले भनेका कुराहरूचाहिँ पालन गर्दैनौ?”
(लूका ६:४६)

सीजर होइन, तर ख्रीष्ट नै प्रभु हुनुहुन्छ!
के यो सत्यताले तपाईंको जीवनलाई बदलेको छ?
के तपाईं उहाँको प्रभुत्वप्रति समर्पित हुनुहुन्छ,
र उहाँलाई नै तपाईंको जीवनमा उहाँको मार्ग र स्वामित्व पूरा गर्न दिरहनुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

१-पत्रुस कि चट्टान?

पाठ १

पत्रुस कि चट्टान?

पाठकलाई मण्डली इतिहास बुझ्न सहायता मिलोस् भन्ने हेतुले यी पाठहरू तयार गरिएका हुन्। विगतबाट गहकिला पाठहरू सिक्‍न परमेश्वरले सहायता गर्नुभएको होस्। इतिहासबाट नसिक्‍नेहरूले विगतकै गल्तीहरू दोहोर्‍याउने जोखिम उठाउँछन्। विगतबाट सिकेर वर्तमानमा धार्मिकतापूर्वक जिउन सहायता मिलेको होस्।

मत्ती १६:१३ मा सोधिएको चाबी प्रश्न के हो?

_________________________________

यदि तपाईंले आज कसैलाई उक्त प्रश्न सोध्नुभयो भने जवाफ कस्तो आउला? स्कूलका साथीबाट? शिक्षक वर्गबाट? छिमेकीबाट? के यो प्रश्न महत्त्वपूर्ण छ? किन छ वा किन छैन?

मत्ती १६:१३ मा सोधिएको र मत्ती १६:१५ मा सोधिएको प्रश्नका बीच के भिन्नता छ? तपाईंले मत्ती १६:१५ को प्रश्नलाई कसरी जवाफ दिनुहुन्छ? पत्रुसले दिएको जवाफ के थियो (मत्ती १६:१६)? _____________________________ पत्रसुको जवाफ सही थियो कि गलत (१७ पदसँग तुलना गर्नुहोस्)? _________________ पत्रुसले यी सत्यता कसरी जाने? उनको तिक्ष्ण बुद्धि भएकोले हो? वा उत्कृष्ट विद्यालय वा विश्व-विद्यालयमा पढेकाले वा कुनै स्तरीय गोष्ठीमा भाग लिएकाले? पत्रुसको आत्मिक समझ र ज्ञानको रहस्य के थियो (मत्ती १६:१७)? ______________________________________ तपाईंको आत्मिक समझको स्रोत के हो (१ कोरिन्थी २:९-१५)? के तपाईं आफैंले सत्यता बुझ्न सक्नुहुन्छ, कि परमेश्वर आफैंले यी कुराहरू तपाईंलाई प्रकट गरिदिनुहुन आवश्यक छ? ___________________________

के पत्रुस प्रथम पोप थिए त?

मत्ती १६:१८ एउटा ज्यादै महत्त्वपूर्ण पद हो। तर यो ज्यादै गलत तरिकाले बुझिएको र गलत तरिकाले अर्थ लगाइएको पद पनि हो। यस पदमा प्रभुले भन्नुभएको खास कुरा यो थियो: “अनि म पनि तिमीलाई भन्दछु, तिमी ______________ हौ, र यस _____________माथि म _________ ______________ बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्” (मत्ती १६:१८)।

यी शब्दहरूलाई हामीले कुन अर्थमा बुझ्नुपर्छ? के येशूले पत्रुसको कुरा गर्दै हुनुहुन्थ्यो? अनि येशूले मण्डलीको बारेमा के भन्दै हुनुहुन्थ्यो? अनि येशूले आफ्‍नो बारेमा के भन्दै हुनुहुन्थ्यो? अनि “चट्टान” भनेको को हो? चाबी प्रश्न यही हो।

यस पदभित्र केही सुस्पष्ट र महत्त्वपूर्ण शिक्षाहरू छन्। मत्ती १६:१८ अनुसार, मण्डलीका निर्माता को हुनुहुन्छ? “म आफ्नो मण्डली बनाउनेछु”: यो भन्ने को हुनुहुन्छ? ___________________ कहिल्यै बिर्सन नहुने एउटा सत्यता यही हो। येशू ख्रीष्ट नै मण्डलीका महान् निर्माता हुनुहुन्छ। मण्डली उहाँद्वारा निर्माण गरिएको हो। मण्डली कुनै मानिसद्वारा निर्माण गरिएको होइन, यो त परमप्रभुद्वारा निर्माण गरिएको हो! मत्ती १६:१८ अनुसार, यो मण्डली कसको हो? येशूले भन्नुभयो, “म _________ मण्डली बनाउनेछु।” के कुनै पास्टरले घमण्ड गर्दै “यो मेरो मण्डली हो!” भन्नु सही हो? एल्डर वा डिकनले त्यसो भन्नु सही हो? मण्डली येशू ख्रीष्टको हो। यो उहाँको मण्डली हो! मानिसहरूले अक्सर “त्यो मेरो मण्डली हो,” भन्ने गर्छन् तर वास्तवमा मण्डली उहाँको हो भनेर हामीलाई सधैं सम्झाइनुपर्छ।

यस पदमा स्पष्टसाथ सिकाइएको अर्को कुरा पनि छ। मत्ती १६:१८ अनुसार, मण्डली ख्रीष्टद्वारा बनाइएको हो (उहाँ निर्माता हुनुहुन्छ) र मण्डली ख्रीष्टको हो (यो उहाँको मण्डली हो) र मण्डली च___________माथि बनाइएको छ। मण्डली माटो वा बालुवामाथि बनाइएको छैन। मण्डली एउटा बलियो चट्टानमाथि बनाइएको छ।

एउटा भवनको लागि त्यसको जग एकदम महत्त्वपूर्ण हुन्छ। भवनको जग राम्रो हुनुपर्छ र यो जग बलियो हुनैपर्छ। येशू ख्रीष्टको मण्डली बलियो चट्टानको जगमाथि बनाइएको छ। जब परमेश्वरले केही कुरा बनाउनुहुन्छ, उहाँले त्यो असल बनाउनुहुन्छ। उहाँले यसलाई बलियो आधारमाथि राख्नुहुन्छ। मण्डली चट्टानमाथि बनाइएको छ। तर यो चट्टान भनेको को हो? चाबी प्रश्न यही हो।

क्याथोलिक चर्चको जवाफ

हामीमध्ये कतिलाई रोमन क्याथोलिक चर्चको बारेमा केही कुरा थाहा होला र कतिले क्याथोलिक व्यक्तिहरूलाई भेटेका पनि छौं होला। हामीले हेरिरहेको यस पद (मत्ती १६:१८) लाई क्याथोलिक शिक्षकहरूले आफ्नो विश्वासको एउटा प्रमुख बुँदालाई समर्थन गर्न प्रयोग गर्ने गर्छन्।

यो चट्टान को हो? क्याथोलिक मण्डलीको अडान यस्तो छ: यो चट्टान पत्रुस हो। जुन बलियो चट्टानमाथि मण्डली बनाइएको छ त्यो चट्टान पत्रुस नै हो भनी उनीहरू विश्वास गर्दछन्। येशू ख्रीष्टको मण्डली पत्रुसमाथि बसालिएको हो भनी उनीहरू विश्वास गर्दछन्। ख्रीष्ट निर्माता हुनुहुन्छ, मण्डली ख्रीष्टको हो, तर पत्रुसचाहिँ मण्डलीका जग हुन्। यो पदलाई उनीहरूले यसरी बुझ्ने गर्छन्: “तिमी पत्रुस हौ, र यस चट्टान (पत्रुस) माथि म आफ्नो मण्डली बनाउनेछु” (मत्ती १६:१८)।

ख्रीष्टले पत्रुसलाई प्रथम पोपको रूपमा नियुक्त गर्नु भएको हो भनेर क्याथोलिक मण्डलीले विश्वास गर्छ। येशू ख्रीष्टका शब्दहरूलाई उनीहरू यसरी बुझ्छन्: “पत्रुस, म मेरो मण्डली तिमीमाथि बनाउनेछु। तिमी नै पहिलो पोप हुनेछौ र तिमी नै मण्डलीको दृश्यमान शिर हुनेछौ।”

आज हाम्रो संसारमा एकजना विशिष्ट र प्रभावशाली मानिस छन् जसलाई “पोप” भनिन्छ। खबरहरूमा अक्सर तिनको उल्लेख गरिन्छ र तिनलाई देखाइन्छ। समय-समयमा तिनले देश-विदेश भ्रमण गर्दछन्। ख्रीष्टमस, इस्टर र वर्षभरीका अन्य विभिन्न समयहरूमा आयोजना गरिएका धार्मिक कार्यक्रमहरूलाई तिनले नै सञ्चालन गरिरहेको देख्न सकिन्छ। जहीँ-तहीँका क्याथोलिक मानिसहरूले तिनलाई आफ्नो अगुवा र शिरको रूपमा हेर्ने गर्छन्। पोपको बारेमा तपाईंलाई कत्तिको ज्ञान छ? तिनी को हुन् र तिनका अधिकारहरू के-कस्ता छन्? उनको बारेमा क्याथोलिक मानिसहरूले के विश्वास गर्छन्?

क्याथोलिक शिक्षा अनुसार, पोप को हुन्? उनीहरूको जवाफ यस्तो छ:

“पोप भनेको सन्त पत्रुसको वैधानिक उत्तराधिकारी र मण्डलीका दृश्यमान शिरको रूपमा यस पृथ्वीमा ख्रीष्टका प्रतिनिधि हुन्। जसरी मानव शरीरमा एउटा शिर हुन्छ, ठीक त्यसरी नै मण्डलीको एउटै शिर ख्रीष्ट हुनुहुन्छ। पोपचाहिँ यस पृथ्वीमा उहाँको प्रतिस्थापक (Vicar, कसैको विकल्पमा काम गर्ने व्यक्ति), वा प्रतिनिधि, वा मण्डलीका दृश्यमान शिर हुन्।” (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।

क्याथोलिक मण्डलीले विश्वास गर्दछ कि पत्रुस “ख्रीष्टले स्थापना गर्नुभएको मण्डलीको शिर, वा पहिलो पोप हुनका निम्ती उहाँद्वारा चुनिएका प्रेरित” हुन् (बाल्टिमोर क्याटेकिज्म)। मत्ती १६:१८ मा येशूले पत्रुससँग बोल्दाहुँदी उहाँले पत्रुसलाई प्रथम पोप, उहाँको प्रतिनिधित्व गर्नेवाला र संसारमा मण्डलीको दृश्यमान शिरको रूपमा उहाँको स्थान लिने व्यक्तिको रूपमा नियुक्त वा अभिषेक गर्दै हुनुहुन्थ्यो।

साथै, पत्रुस धेरै पोपहरूमध्येका केवल प्रथम पोप मात्र हुन् भनेर उनीहरू विश्वास गर्छन्।

“समस्त मण्डलीको प्रधान शिक्षक र शासक हुने विशेष अधिकार सन्त पत्रुस एक्लैले अभ्यास गरून् भन्ने आशय ख्रीष्टको थिएन, तर यो अधिकार तिनको उत्तराधिकारी, अर्थात् पोप वा रोमको अध्यक्षहरूमा सर्दै जाओस् भन्ने आशय थियो, जोचाहिँ संसारमा ख्रीष्टको सहायक पादरी र मण्डलीको दृश्यमान शिर हुन् (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।

“के पत्रुसको अधिकार उहाँको मृत्युपश्चात् अन्त भयो? भएन, यो त उहाँको मृत्युपछि (ई. सं. ७८) लिनस् नामक मानिसलाई सुम्पिइयो, त्यसपछि क्लेटसलाई (९० ई. सं.), र त्यसपछि क्लेमेन्टलाई (१०० ई.सं.), र त्यसपछि अर्कोलाई अनि त्यही क्रममा अर्कोलाई गर्दै करिब २००० वर्षदेखि यसरी हस्तान्तरण हुँदै आएको छ।” — विलियम जे. कोगनद्वारा लिखित अ ब्रीफ क्याटेकिज्म फर एडल्ट्स, पृ. ६० (William J Cogan, A Brief Catechism For Adults)।

क्याथोलिक विश्वासअनुसार पत्रुस प्रथम पोप थिए, तर तिनीपछि थुप्रै अन्य पोपहरू खडा हुनेछन्। आजको पोपले आफू यस संसारमा ख्रीष्टको प्रतिनिधि र मण्डलीको दृश्यमान शिर हुँ भनेर विश्वास गर्दछ। के तपाईं यो विश्वास गर्नुहुन्छ?

प्रभु येशूले यस संसारमा उहाँको स्थान लिनको लागि कसैलाई रोज्नुभएकै हो। यूहन्ना १६:७-१६ र यूहन्ना १४:१६-१८ अनुसार, यस संसारमा आफ्नो स्थान लिनलाई ख्रीष्टले कसलाई चुन्नुभयो –पत्रुस कि अरू कोहीलाई? ___________________________________ एफेसी १:२०-२२ र कलस्सी १:१८ अनुसार, मण्डलीको शिर को हुनुहुन्छ? ____________________________________ एफेसी ४:५ अनुसार, मण्डलीका कतिजना प्रभुहरू छन्? मण्डलीको केवल एउटै प्रभु र एउटै शिर हुनुहुन्छ! मण्डलीको अदृश्यमान शिर ख्रीष्ट हुनुहुन्छ तर यस संसारमा दृश्यमान शिरको रूपमा अरु कुनै पनि मानिस छैन। उहाँ नै मण्डलीको निर्माता हुनुहुन्छ, मण्डलीको मालिक हुनुहुन्छ र मण्डलीको शिर हुनुहुन्छ। जुन कुरा केवल उहाँको मात्र हो, त्यस कुरालाई हामी उहाँबाट खोस्न चाहन्नौं।

“पोप” भन्ने शब्द ल्याटिन भाषाको पापा (papa) भन्ने शब्दबाट आउँछ, जसको अर्थ “पिता” हुन्छ। कुनै एउटा मान्छेलाई सम्बोधन गर्दा यो शब्द प्रयोग गर्ने बारेमा प्रभु येशूले के भन्नुभयो (हेर्नुहोस मत्ती २३:९)? ______________________________________ ______________________________________

कहिलेकाहीँ पोपलाई “पवित्र पिता” भनेर पनि सम्बोधन गर्ने गरिन्छ। के एक क्षणभङ्गुर मानिसलाई यस्तो उपमाद्वारा सम्बोधन गर्नु ठीक हुन्छ जस्तो तपाईंलाई लाग्छ (यूहन्ना १७:११ सित तुलना गर्नुहोस्)? _________________

कहिलेकाहीँ समाचारहरूमा वा अन्य ठाउँहरूमा पोपलाई “पोन्टिफ” (PONTIFF) भनेर सम्बोधन गरिएको तपाईंले सुन्न सक्नुहुन्छ। यो शब्दको शाब्दिक माने हो “पूल निर्माता”। पूल कुनै दुई स्थानहरूको बीचमा खडा हुन्छ र तपाईंलाई एक ठाउँबाट अर्कोमा जानको निम्ति मद्दत गर्छ। पोपले आफू परमेश्वर र मानिस बीचको पूल वा मध्यस्थ भएको दाबी गर्दछ। बाइबल अनुसार, परमेश्वर र मानिसको बीचमा एउटै मध्यस्थ को हुनुहुन्छ (१ तिमोथी २:५)? __________________________

अमोघत्व (Infallibility)

अमोघ शब्दको अर्थ हो गल्ती वा भूल गर्न नसक्‍ने, नचुक्‍ने वा अचूक, बेठीक वा भड्कालु हुन नसक्‍ने। क्याथोलिक चर्च र क्याथोलिक पोपहरू अमोघ हुन्छन् भनी क्याथोलिकहरूले विश्वास गर्दछन्। तर उनीहरूले कुन अर्थमा यसो भनेका हुन् सो बुझ्ने कोशिस गरौं:

“क्याथोलिक चर्च अमोघ छ भन्नुको अर्थ यो हो, कि पवित्र आत्माको विशेष सहयोगद्वारा मण्डलीले विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सिकाउँदा वा विश्वास गर्दा उसले कुनै गल्ती गर्न सक्दैन। अमोघत्वको माने पोपले पाप गर्नै सक्दैन भन्नेचाहिँ होइन, तर विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सिकाउने सवालमा, भूल गर्नबाट तिनी पवित्र आत्माद्वारा जोगाइँदछन् भन्ने हो। मण्डलीले केवल सत्यता मात्र सिकाउँछ। सबै ख्रीष्टियनहरूको शिक्षक पोपद्वारा मात्र मण्डलीले विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सबै विश्वासयोग्यहरूले पक्रिराखुन् भनेर अचूक तरिकाले व्याख्या गर्दछ” (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।

“पोपको अमोघत्व भन्नुको अर्थ यो हो, कि पोपले सम्पूर्ण मण्डलीको शिरको रूपमा विश्वास वा नीतिशास्त्रहरू बारेमा बोल्दाहुँदि, गलत कुरा सिकाउनै सक्दैनन्। अमोघत्व र पापहीनता (जसको अर्थ एउटा मानिसले पाप गर्न सक्दैन भन्ने हुन्छ) को बीचमा अलमल हुनुहुँदैन” — विलियम जे. कोगनद्वारा लिखित् अ ब्रीफ क्याटेकिज्म फर एडल्ट्स, पृ. ६१(William J Cogan, A Brief Catechism For Adults)।

अर्को शब्दमा भन्नुपर्दा, के विश्वास गर्ने (विश्वास) र कसरी व्यवहार गर्ने (नीतिशास्त्रहरू) भन्ने कुराहरू सिकाउँदा पोप अचूक रहन्छ (निजले भूल गर्दैन)।

पोपको अमोघत्वको सिद्धान्त एउटा “नयाँ” सिद्धान्त हो। यसलाई रोममा सन् १८७० मा भ्याटिकन काउन्सील जुटेर परिभाषित गरेको थियो। उनीहरूको परिभाषा यस्तो छ:

“…हामी यो सिकाउँछौं र परिभाषित गर्छौं कि यो ईश्वरीय तवरले प्रकट गरिएको आधिकारिक सिद्धान्त हो कि रोमन पोन्टिफ, जब उहाँ एक्स-क्याथिड्रा (ex-cathedra) रूपमा बोल्नुहुन्छ, भन्नुको तात्पर्य, जब उहाँ सबै ख्रीष्टियनहरूका पास्टर र शिक्षकको भूमिका निर्वाह गर्ने कामको कार्यान्वयन गर्नुहुन्छ, उहाँको सर्वोच्च प्रेरितीय अधिकारको हैसियतले जब उहाँले विश्वास र नैतिकताको सम्बन्धमा कुनै सिद्धान्तलाई परिभाषित गर्नुहुन्छ, त्यतिखेर उहाँ धन्य पत्रुसको स्थानमा उहाँलाई प्रतिज्ञा गरिएको ईश्वरीय सहायताद्वारा, उहाँको साथमा त्यो अमोघत्व हुने गर्छ जसद्वारा आफ्‍नो मण्डली आभूषित होस् भनेर ईश्वरीय उदारकर्ताले इच्छा गर्नुभयो यस हेतुले कि उसले विश्वास र नैतिकताको सम्बन्धमा रहेका सिद्धान्तहरूको प्रतिरक्षा गर्न सकोस्, र त्यसैकारण रोमन पोन्टिफका ती परिभाषाहरू, मण्डलीको समर्थनको आधारमा नभएर, आफैमा सुधारको घेरा भन्दा बाहिर छन्।”

उपर्युक्त परिभाषाबाट ध्यानपूर्वक टिपोट गर्नुपर्ने त्यहाँ तीन ओटा कुराहरू छन्:

  1. पोपले बोलेको हरेक अभिव्यक्ति अमोघ वा अचूक हुन्छ भनी दाबी गरिएको छैन, तर उनले एक्स क्याथिड्रा (ex-cathedra) बोलेको कुराहरूको निम्ति मात्र, अर्थात् प्यापल कुर्सी (papal chair) वा सन्त पत्रुसको आसनमा बसेर मण्डलीको शिरको रूपमा तिनको औपचारिक हैसियतमा बोलिएका कुराहरू।
  2. घोषणा गरिएको अभिव्यक्तिहरू सम्पूर्ण मण्डलीलाई बाँध्‍ने उद्देश्यका साथ नै गरिनुपर्छ। मण्डलीभित्रका कुनै निश्चित समूहहरूलाई उनीहरूको स्थानीय तहको अवस्थाहरूसँग धेरै वा थोरै सम्बन्धित रहेर गरिएका अभिव्यक्तिहरूका सवालमा अमोघत्वको दावी गरिएको छैन।
  3. घोषणा गरिएका अभिव्यक्तिहरू “विश्वास र नीतिशास्त्रहरू” सँग सम्बन्ध राख्‍ने मात्र हुनुपर्छ। विश्वास भनेको मण्डलीले गर्ने विश्वाससँग सरोकार राख्‍ने कुरा हो र नीतिशास्त्रहरू भनेको मण्डलीले गर्ने व्यवहारसँग सरोकार राख्‍ने कुरा हो।

के कुनै मानिस अचूक हुन सम्भव छ? के पत्रुस अचूक थिए? के तपाईं अचूक हुनुहुन्छ? के तपाईंको पास्टर अचूक हुनुहुन्छ? के पास्टरले सत्यता नभएका कुराहरू प्रचार गर्न सम्भव छ? हरेक विश्वासीलाई आफूलाई सिकाइएको कुरा सत्य छ भनी कसरी निश्चय हुन सक्छ (हेर्नुहोस् प्रेरित १७:११)? ____________________________________ के तपाईंले यसो गर्ने गर्नुहुन्छ?

कुनै पोप, पूजाहारी, पास्टर वा अन्य कुनै पनि मानिस अचूक हुँदैन। मानिसहरू भू_______ पर्न सक्छन् भनी प्रभु येशूले स्पष्ट पार्नुएको छ (मत्ती २२:२९)। एउटा सामान्य मानिसमात्र भएकोले कोही पनि त्रुटिहीन छैन तर…

  1. परमेश्वर अचूक हुनुहुन्छ। उहाँले भूल गर्नुहुन्न र उहाँले जे सत्य छ त्यही मात्र सिकाउनुहुन्छ।
  2. परमेश्वरको वचन अचूक छ। यसमा भूलहरू छैनन् र यसले जे सत्य छ त्यही मात्र सिकाउँदछ।

विश्वास (के विश्वास गर्नुपर्छ) र नीतिशास्त्रहरू (कसरी व्यवहार गर्नुपर्छ) को सवालमा परमेश्वरले हामीलाई कुनचाहिँ अचूक मार्गदर्शक दिनुभएको छ –हेर्नुहोस् २ तिमोथी ३:१६-१७)? __________________________________ एउटा मानिसले परमेश्वरको वचनसँग सहमत हुँदै त्यस अनुसार अभ्यास गरुन्जेल मात्र अचूक हुन्छ। मण्डलीले परमेश्वरको वचनसँग सहमत हुँदै त्यस अनुसार अभ्यास गरुन्जेल मात्र अचूक हुन्छ। तपाईं कतिसम्म अचूक हुनुहुन्छ? तपाईंको मण्डली कतिसम्म अचूक छ? तपाईं र तपाईंको मण्डली परमेश्वरको वचनसँग कतिसम्म नजिकमा टाँसिएर बस्छ?

क्याथोलिक मण्डलीले आफूलाई अचूक ठान्दछ र आफूसँग नियमहरू बनाउने र बदल्ने अधिकार छ भनेर पनि विश्वास गर्दछ: “मण्डलीसँग नियमहरू बनाउने र बनाइएका नियमहरू बदल्ने परमेश्वरबाटको अधिकार छ। नियमहरू बनाउने यो अधिकार प्रेरितहरूका उत्तराधिकारीहरू, अर्थात् विशपहरूद्वारा अभ्यास गरिन्छ, र विशेषगरी, प्रेरितहरूका प्रमुख, अर्थात् सन्त पत्रुसको उत्तराधिकारी पोपको हातमा विश्वव्यापी मण्डलीका निम्ति नियमहरू बनाउने अधिकार हुन्छ” (बाल्टिमोर क्याटेकिज्म)।

चट्टान को हो?

यी सबै क्याथोलिक शिक्षाहरू मत्ती १६:१८ को उनीहरूको बुझाइमाथि आधारित छन्। पत्रुस नै चट्टान हुन् भनी उनीहरू विश्वास गर्छन्। यो कुरा साँच्चै यस्तै हो कि होइन भनी पवित्रशास्त्रहरूमा खोजी गरौं।

१ कोरिन्थी १०:४ मा महान् चट्टानको उल्लेख छ। यो चट्टान को हुनुहुन्छ? _______________ मत्ती २१:४२ पढ्नुहोस्। यस पदमा प्रभु येशूले एउटा महान् चट्टानको बारेमा बताउनुभयो जो रद्द गरिनुभयो र शिर वा कुनाढुङ्गा हुनुभयो। प्रेरित ४:१०-१२ मा पत्रुस उही चट्टानको उल्लेख गर्छन्। के पत्रुसले यहाँ आफैंलाई चट्टानको रूपमा इङ्गित गरेका थिए? ____________ तिनले कसलाई इङ्गित गरेका थिए?________________________

१ पत्रुसको पुस्तक कसले लेखे? _________________ १ पत्रुस २:४-७ पढ्नुहोस्। पत्रुसले ४ पदमा र ६ पदमा पनि पत्थरको उल्लेख गर्छन्। के त्यहाँ तिनले आफूलाई इङ्गित गरेका थिए? ________________

सबै विश्वासीहरू यस महान् भवन अर्थात् मण्डलीको अंश हुन् भनी पत्रुसले ५ पदमा मानिलिएका छन्। मण्डली भनेको “आत्मिक घर” हो जुनचाहिँ ईंट्टाहरू वा काठहरू वा सिमेन्टले होइन, तर “जिउँदो पत्थरहरू” (विश्वासीहरू) ले बनेको हुन्छ। हरेक विश्वासी यस महान् भवन, अर्थात् मण्डलीमा एउटा जिउँदो पत्थर हो। के तपाईं यस भवनको अंश हुनुहुन्छ? के पत्रुस यस भवनको एउटा अंश थिए? के पत्रुस आफैं नै कुनाढुङ्गा थिए (६-७ पदहरू तुलना गर्नुहोस्)? ________________

१ पत्रुस २:४-७ को आधारमा “ठीक” वा “बेठीक” लेखेर जवाफ दिनुहोस्:

१ कोरिन्थी ३:११ अनुसार मण्डलीका एउटै मात्र जग को हुनुहुन्छ? ________________________ अङ्ग्रेजीको एउटा भजनले यस्तो भन्दछ, “मण्डलीको एउटै जग येशू ख्रीष्ट हाम्रा प्रभु हुनुहुन्छ।” उक्त भजनले यस्तो भन्दैन, “मण्डलीको एउटै जग पत्रुस हुन्।” मण्डली पत्रुसमाथि होइन, तर ख्रीष्टको र उहाँको वचनको चट्टानसरह बलियो जगमाथि बनाइएको छ।

पुरानो नियममा करिब ३४ पटक परमेश्वरलाई चट्टान भनी भनिएको छ। व्यवस्था ३२:३-४ अनुसार, चट्टान को हुनुहुन्छ? ______________________ २ शमूएल २२:२,३,३२,४७ पढ्नुहोस्। चट्टान को हुनुहुन्छ? ______________________ विश्वासी जनले सँधैभरी सम्झनामा राख्नुपर्ने एउटा कुरा के हो (भजनसङ्ग्रह ७८:३५)? _________________________________ख्रीष्टलाई हाम्रो चट्टान र कुनाढुङ्गाको रूपमा सङ्केत गर्ने पुरानो नियममा तीनओटा अगमवाणीहरू पनि छन्। हेर्नुहोस् यशैया ८:१४; २८:१६ र भजनसङ्ग्रह ११८:२२।

को? म?

मानौं पत्रुस प्रथम पोप थिए। तर तिनी आफैं सो जान्दैनथे! लूका ५:८ मा पत्रुसले आफूलाई कसरी वर्णन गरे? _____________________________________ के पत्रुसले मानिसहरूबाटको श्रद्धा र उपासनालाई स्वीकार गरे? के पत्रुसले कसैलाई उनको सामु घुँडा टेक्‍न दिए (प्रेरित १०:२५-२६ हेर्नुहोस)? _______________

(टिप्पणी: पोपहरूले त्यस्तो श्रद्धा स्वीकार गर्ने मात्र होइन माग नै गर्छन्। यहाँसम्म कि निकै उच्च ओहोदाका पादरीहरूले समेत, नव नियुक्त पोपको सामु भुईंमा लम्पसार परेर साष्टाङ्ग दण्डवत गर्दछन्, वा अभिषेक गरेपछि तिनको सामु शपथ खाएर तिनको खुट्टालाई चुम्बन गर्दछन्। पोपहरूले “पवित्र पिता” को उपाधि आफूले अधिकारमै पाएझैं गरी स्वीकार पनि गर्छन्। के कहिल्यै पत्रुसलाई “पवित्र पिता” भनेर बोलाइएको थियो र?)

मत्ती १६:१८ मा पत्रुसलाई पोप नियुक्त गरिएको हो भनेर क्याथोलिकहरू विश्वास गर्दछन्। मत्ती १६:१८ पछिका पदहरूलाई पढ्नुहोस्। विशेष गरी मत्ती १६:२१-२३ पढ्नुहोस्। यहाँ प्रभु येशूले पत्रुसलाई कडासँग हप्काउनुभएको कुरा पाउँछौं! भर्खरै मात्र पोप नियुक्त भएको मान्छेका विरुद्ध निकै कडा वचन छ यहाँ! २२ पदमा के पत्रुसले तिनी चुक्‍न सक्छन् भनी प्रमाणित गरे कि अचूक छन् भनी? _______________ गलाती २:११-१४ पढ्नुहोस्। यहाँ प्रेरित पावलले प्रेरित पत्रुसलाई कडासाथ हप्काउनुपर्‍यो किनभने पत्रुसले गल्ती गरेका थिए! (तिनी अचूक थिएनन्)।

पत्रुस परमेश्वरका एक ठूला सेवक थिए र प्रभुले तिनलाई सुन्दर तरिकाले प्रयोग गर्नुभयो। पेन्टिकोस्टको दिनमा हजारौं मानिसहरूलाई प्रचार गर्ने व्यक्ति पत्रुस नै थिए (प्रेरित २)। यहूदीहरू (प्रेरित २), सामरीहरू (प्रेरित ८) र अन्यजातिहरू (प्रेरित १०) का सामु विश्वासको ढोका खोलिदिने व्यक्ति पत्रुस नै थिए । वास्तवमा, प्रेरितको पुस्तकका पहिलो १२ अध्यायहरूमा मुख्य र महत्त्वपूर्ण भूमिका पत्रुसकै थियो। उनी परमेश्वरका एक महान् सेवक थिए र ख्रीष्टको सर्वोत्तम दास थिए तर तिनी पोप थिएनन् न ता तिनी अचूक नै थिए। प्रेरितको पुस्तकको पछिल्लो आधा भाग (१३-२८ अध्यायहरू) मा पत्रुसको बारेमा बिरलै उल्लेख छ। यहाँ मूलत: पावलको उल्लेख छ। पत्रुस नै प्रथम पोप भएका भए प्रेरितको पुस्तकमा तिनको अझै धेरै उल्लेख हुनुपर्ने थिएन र?

फेरि मत्ती १६ अध्यायमा फर्कौं। विशेष गरी १३-१७ पदहरूलाई विचार गर्नुहोस्। यी पदहरूले ख्रीष्टको व्यक्तित्वलाई जोड दिन्छन् कि पत्रुसलाई? यी पदहरूले ख्रीष्टको को हुनुहुन्छ भनेर दर्शाउँछन् कि पत्रुस को हुन् भनेर? पत्रुसले आफ्‍नो महानतालाई स्वीकार गरे कि ख्रीष्टको महानतालाई (१६ पद)? ________________________ यी पदहरूको मुख्य विषयवस्तु पत्रुस होइन ख्रीष्ट हुनुहुन्छ।

शब्दको खेल: पेट्रोस् र पेट्रा

मत्ती १६:१८ एक प्रकारको श्‍लेषोक्ति हो। यहाँ दुईओटा उस्तै-उस्तै शब्दहरूको प्रयोग गरिएको छ। येशूले भन्नुभयो, “तिमी पत्रुस (ग्रीक शब्द पेट्रोस् हो) हौ, र यस चट्टानमाथि (ग्रीक शब्द पेट्रा हो) म आफ्नो मण्डली बनाउनेछु।” अर्को शब्दमा, उहाँ यसो भन्दै हुनुहुन्थ्यो, “तिमी पेट्रोस् हौ र यस पेट्रामाथि म आफ्नो मण्डली बनाउनेछु।”

यी ग्रीक शब्दहरूको अर्थको बारेमा बिचार गरौं:

१) पेट्रोस्

एउटै नेपाली शब्दले “पेट्रोस” लाई व्याख्या गर्ने हो भने त्यो शब्द “पत्थर” हो। हेर्नुहोस यूहन्ना १:४२ (पत्रुस=केफास=पत्थर)। चट्टानको एक टुक्रालाई पत्थर भनिन्छ। तसर्थ सामान्यतया यो शब्दले कुनै खुकुलो पत्थर वा हल्लाउन सकिने पत्थरलाई जनाउँछ, जसलाई एउटा मानिसले अन्यत्र फ्याँक्‍न पनि सक्छ। यो शब्दले कहिलेकसो अति ठूलो पत्थरलाई जनाउन पनि सक्छ, तर प्राय: जसो यस शब्दले सानो, हल्लाउन सकिने पत्थरलाई जनाउँछ। यो शब्द लाइटरमा प्रयोग गरिने पत्थर र घुयेंत्रोमा प्रयोग गरिने ढुङ्गाहरू जनाउन पनि प्रयोग गरिएको छ। यो शब्दलाई व्यक्ति वा वस्तुको नामको रूपमा पनि प्रयोग गरिएको छ (पत्रुस)। के पत्रुसले आफूलाई पत्थरको रूपमा हेरे (१ पत्रुस २:५)? ____________ के एउटा खुकुलो पत्थरमाथि मण्डली बनाउनु बुद्धिमानी हुन्छ? के एउटा भवन स-साना ढुङ्गाहरूमाथि बसालिनु सम्भव छ? के यो एउटा बलियो जग हुन सक्ला?

२) पेट्रा

एउटै नेपाली शब्दले “पेट्रा” लाई व्याख्या गर्ने हो भने त्यो शब्द “चट्टान” हो। (मत्ती १६:१८—“यस चट्टानमाथि”)। कुनचाहिँ ठूलो हुन्छ, चट्टान कि पत्थर? __________ पेट्रा शब्दको अर्थ हो ठूलो चट्टान वा पहरा सरह चट्टान। प्राय: जसो यो शब्दलाई कुनै अचल, स्थायी चट्टान वा हल्लाउन नसकिने चट्टानलाई जनाउन प्रयोग गरिन्छ। प्राय: जसो यो शब्दलाई समुद्रछेऊको चट्टानी भीरलाई (चट्टान, पहरा) जनाउन प्रयोग गरिएको छ। मण्डली एउटा विशाल, ठोस्, अचल र स्थायी चट्टानमाथि बनाइएको छ! यो जग यति ठोस र यति सुरक्षित छ कि “नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्” (मत्ती १६:१८)।

पत्रुसले भर्खरै सुस्पष्ट साथ स्वीकार गरेका छन्। तिनले येशू ख्रीष्ट र उहाँ को हुनुहुन्थ्यो भनेर देखाइसकेका छन् (मत्ती १६:१६)। पत्रुसले भर्खरै मात्र स्वीकार गरेको सत्यतामा नै त्यो बलियो चट्टानको जग देखिनुहुन्छ जसमाथि ख्रीष्टको मण्डली बनिनेवाला थियो। ख्रीष्ट नै निर्माता हुनुहुन्थ्यो, ख्रीष्ट नै मालिक हुनुहुन्थ्यो (यो उहाँको मण्डली हो) र ख्रीष्ट नै बलियो चट्टान सरहको जग हुनुहुन्थ्यो (१ कोरिन्थी ३:११)।

मण्डली पत्रुसभन्दा पनि बलियो एकजनामाथि बनिएको छ भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ? मण्डलीको शिर कुनै दृश्यमान, त्रुटिपूर्ण, पापपूर्ण मानिस नभएर ख्रीष्ट नै हुनुहुन्छ भन्ने कुरामा तपाईं धन्यवादी हुनुहुन्छ? मण्डली मानिसद्वारा र मानिसमाथि नभएर परमेश्वरद्वारा परमेश्वरमाथि बनिएको छ भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ?

मानिसहरूले मानवीय अगुवाहरू र मानवीय शिरहरूलाई हेर्नुमा त्यहाँ ठूला खतराहरू छन्। के मानिसहरूले हामीलाई निराश बनाउन सक्छन्? के मानिसहरूले भूल गर्न सक्छन्? के मानिसहरूले कमसल निर्णयहरू गर्न सक्छन् (यर्मिया १७:५)? यदि पास्टर नै मण्डलीको शिर भएको भए, हाम्रो माझमा कस्ता समस्याहरू हुने थिए? के हाम्रो अगुवा र हाम्रो शिर कुनै मानिस मात्र भइदिएको भए हामीहरू ठूलो समस्यामा पर्ने थियौं।

के तपाईंको मण्डली मानिसद्वारा चलाइएको छ कि परमेश्वरद्वारा? के तपाईंको मण्डलीको नेतृत्व मानिस (वा मानिसहरू) द्वारा भएको छ कि परमेश्वरद्वारा? यो मण्डली कसको हो (मत्ती १६:१८ सित तुलना गर्नुहोस्)? मण्डलीले कसको आज्ञापालन गर्नुपर्छ, परमेश्वरको कि मानिसको (प्रेरित ४:१९ र ५:२९ सित तुलना गर्नुहोस्)? मण्डलीले कसलाई पछ्याउनुपर्छ, मानिसलाई कि परमेश्वरलाई? यदि कसैले _____________ देखासिकी गरिरहेको छ भने मात्र हामीले निजलाई पछ्याउनुपर्छ (१ कोरिन्थी ११:१)।

तपाईंको जग कत्तिको बलियो छ?

तपाईंमुनिको जमिन कत्तिको बलियो छ? के तपाईं सुरक्षित र बलियो जगमाथि खडा हुनुहुन्छ? चट्टानमाथि आफ्नो जीवन बसाल्न तपाईंले के गर्नुपर्छ (मत्ती ७:२४-२७)? के तपाईं यसो गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने, नहल्लिनुहोस् र नभड्किनुहोस्! बलियो जगमाथि रहिरहनुहोस् किनभने अन्य सबै जमिन भासिरहेको बालुवा मात्र हुन्। हेर्नुहोस् १ कोरिन्थी १५:५८।

यो सत्य हो, मानिसहरूले मण्डली बनाउन सक्छन्। मानिसहरूले अन्य मानिसहरूलाई एउटा भवनभित्र जम्मा गर्न सक्छन्। मानिसहरूले आफूलाई जे मन लाग्यो त्यही सिकाउन सक्छन्। मानिसहरूद्वारा र मानिसहरूमाथि बनाइएका त्यहाँ थुप्रै-थुप्रै मण्डलीहरू छन्। तर तिनीहरूको कुनै बलियो चट्टानको जग छैन र तिनीहरूका भवनहरू रहिरहनेछैनन्। चार्ल्स स्पर्जन (Charles Spurgeon) ले यसरी भनेका छन्:

“यस हप्ता म एउटा चर्चघरको सामु उभिएको थिएँ जो एक समय समुद्री किनाराबाट निकै पर अवस्थित थियो, तर अहिले यो समुद्रको छेवैमा खडा रहेको छ। प्राय: हरेक वर्ष विशाल मात्रामा माटोको भीर समुद्रमा खस्छ, र एक वा दुई वर्षमा यो मण्डली पनि खस्‍नैपर्छ। अहिले त यो निश्चिन्त र शान्त भएर उभिरहेको छ, तर कुनै निश्चित दिनमा यो समुद्रभित्र निलिनेछ। म यो सोच्न बाध्य भएको छु, कि उक्त भवनले केही निश्चित प्रकारका कथित मण्डलीहरूलाई जनाउँछ, जोहरू कुनै शासनप्रथा वा अन्धविश्वासको माटेभीरमाथि उभिएका छन्। मानिसहरूले पाएको प्रकाशको छाल र त्योभन्दा पनि, परमेश्वरको आत्माको समुद्री छाल आउँदैछ र तिनीहरूका जगहरूलाई क्लान्त पार्दैछ र अन्त्यमा एकदिन त्यसको पूर्ण संरचना भत्कनैपर्छ। त्यसपछि के? के हामी यसो भन्दै कराऔं, “परमेश्वरको मण्डली भत्कियो?” यस्तो मूर्ख उच्चारण टाढै रहोस्; परमेश्वरको मण्डली अति सुरक्षित छ। यसो नजर लगाउनुहोस्, त्यहाँ परमेश्वरको मण्डली आँधीबेह्रीले पूर्ण अन्तरीप (समुद्रमा देखिने अग्लो चट्टान) माथि खडा रहिरहेको छ, जहाँ समुद्र अटुट रूपमा उर्लेर आउँछ र हरेक छेऊबाट सँधै धक्का दिन्छ। तरैपनि त्यसले कुनै क्षतिको डर मान्दैन, किनभने त्यो कुनै माटेभीरमा बनाइएको छैन, तर चट्टानमाथि बनाइएको छ जसमाथि नरकका छालहरू विजयी हुनेछैनन्। जीवित परमेश्वरको मण्डली खडा रहनेछ (मत्ती १६:१८)।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

१-सृष्टिकर्ता (ख)

Study Series

सृष्टिकर्ता

सत्य परमेश्‍वरलाई जनाउन एलोहीम प्रयोग गरिँदा (जस्तै उत्पत्ति १:१ मा) यसलाई नेपालीमा “परमेश्‍वर” भनी रूपान्तर गरिएको छ। तर “ऐलोहीम” एउटा बहुवचन शब्द हो! त्यसो भए उत्पत्ति १:१ लाई नेपालीमा “आदिमा परमेश्‍वरहरूले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” भनेर लेखिनुपर्ने थिएन त? परमेश्‍वर कतिओटा हुनुहुन्छ (१ कोरिन्थी ८:५-६; मर्कूस १२:२९-३०; व्यवस्था ४:३९; यशैया ४४:६-८; ४५:५-६)? ________। के संसार तीनओटा परमेश्वरहरूद्वारा सृष्टि गरिएको हो? ______।

उत्पत्ति १:१ को “सृष्टि गर्नुभयो” भन्ने क्रियापद एकवचन क्रियापद हो अनि यसलाई“उहाँले सृष्टि गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ। त्यसैले, “आकाश र पृथ्वी कसले सृष्टि गर्नुभयो?” भन्ने प्रश्‍नको जवाफ दुइटा छ:

  1. उहाँले गर्नुभयो (एकवचन) किनकि त्यो क्रियापदको अर्थ “उहाँहरूले” नभएर “उहाँले सृष्टि गर्नुभयो” भन्ने हुन्छ।
  2. परमेश्‍वरले गर्नुभयो (बहुवचन) किनकि एलोहीम एक बहुवचन शब्द हो।

त्यसैले संसार सृष्टि गर्नुहुने दुवै एकवचन अनि बहुवचन पनि हुनुहुन्छ! उहाँ एक हुनुहुन्छ तर उहाँ एकभन्दा धेरै पनि हुनुहुन्छ! उहाँ “बहु-एक” हुनुहुन्छ! ब्यवस्था ६:४—“हे इस्राएल सुन, ___________ (एकवचन) हाम्रा ___________ (एलोहीम-बहुवचन) एउटै __________ (बहु-एकवचन) हुनुहुन्छ”। हाम्रो परमेश्‍वर एउटै परमप्रभु हुनुभएको हुनाले, हामीले उहाँलाई कसरी प्रेम गर्न सक्छौं (ब्यवस्था ६:५)? ____________________________________________________________________ । यदि त्यहाँ दुई परमेश्‍वरहरू हुनुभएको भए, के हामीले दुवैलाई त्यसरी प्रेम गर्न सक्नेथ्यौं होला (लूका १६:१३)? ______________। उत्पत्ति १:२६-२७ मा पनि परमेश्‍वरको “बहु-एकता” देख्छौं। पद २६ ले परमेश्‍वर “बहु” हुनुहुन्छ भनी देखाउँछ। पद २७ ले परमेश्‍वर एउटै हुनुहुन्छ भनी देखाउँछ।

उत्पत्ति १:२६ (बहुवचन)

“अनि _________ (एलोहीम) ले भन्नुभयो, ‘हामी मानिसलाई ______ स्वरूपमा, _______ समानतामा बनाऔं’ (उत्पत्ति ३:२२; ११:७; यशैया ६:८)।

उत्पत्ति १:२७ (एकवचन)

“अनि परमेश्‍वरले मानिसलाई _______ स्वरूपमा _______ ___________ (एकवचन क्रियापद – उहाँले सृष्टि गर्नुभयो) , उहँले तिनलाई परमेश्‍वरको स्वरुपमा _______ ___________। उहँले तिनीहरूलाई नर र नारी गरेर _______ ______________।”

सृष्टिकर्ता कसरी “बहु” पनि “एक” पनि हुन सम्भव छ? सृष्टिकर्ता कसरी “बहु-एक” हुन सम्भव छ? यसको जवाफ नयाँ नियममा छ जहाँ हामी पाउँछौं कि एउटै परमेश्‍वर तीन व्यक्तिहरूमा हुनुहुन्छ।

तीन व्यक्तिहरू तर एउटै परमेश्‍वर

मत्ती २८:१९ २ कोरिन्थी १३:१४

१) ______________________ १) ______________________
२) ______________________ २) ______________________
३) ______________________ ३) ______________________

यस सत्यतालाई परमेश्वरको त्रिएकता भनिन्छ:

 

यो बुझ्नलाई यसरी विचार गर्न सकिन्छ: पानी ३ भिन्न रूपहरूमा पाइन्छ (१‍‍‌‌‍‍‍. बरफ २. तरल ३. बाफ) तरैपनि प्रत्येक रूप पानी नै हो र प्रत्येक नै एउटै तत्व (H2O) ले बनेको हुन्छ। अब, परमेश्‍वर ३ भिन्न व्यक्तिहरू (१. पि__ २. पु__ ३. प____ आ____) मा हुनुहुन्छ तरैपनि प्रत्येक व्यक्ति परमेश्‍वर नै हुनुहुन्छ र प्रत्येकमा एउटै तत्व समानरूपमा छ। परमेश्‍वर आफैंमा जे-जस्तो हुनुहुन्छ त्यसलाई परमेश्‍वरको तत्वभनिन्छ। परमेश्‍वर…हुनुहुन्छ:

सर्वशक्तिमान सर्वज्ञानी बुद्धिमान पवित्र
सर्वव्यापी अपरिवर्तनीय विश्‍वासयोग्य धर्मी
सत्य अनन्त प्रेम सार्वभौम
र, परमेश्‍वर यी सबै गुणहरू वा चरित्रहरू भन्दा पनि अझै बढी हुनुहुन्छ!

सृष्टिको अध्ययन गर्ने क्रममा, सृष्टि गर्ने कार्यमा त्रिएक परमेश्‍वरका तीनओटै व्यक्तिहरू संलग्न हुनुहुन्थ्यो भन्ने सिक्छौं:

१. सृष्टि गर्ने कार्यमा पिता परमेश्‍वर संलग्न हुनुहुन्थ्यो

एफेसी ३:९—“परमेश्‍वर (परमेश्‍वर पिता) ले येशू ख्रीष्टद्वारा ____ ____________ ______ गर्नुभयो” (हिब्रू १:२ मा पनि हेर्नुहोस्)।

२. सृष्टि गर्ने कार्यमा पुत्र परमेश्‍वर संलग्न हुनुहुन्थ्यो

सृष्टि गर्ने कार्यको प्रमुख कर्ता पुत्र परमेश्‍वर हुनुहुन्थ्यो! सृष्टि गर्ने कार्य वास्तवमा उहाँले गर्नुभयो! येशू ख्रीष्ट नै सृष्टिकर्ता हुनुहुन्छ!

कलस्सी १:१६—“______ ______ (परमेश्‍वरको पुत्र, पद १३ हेर्नुहोस्) द्वारा नै _______ गरिएका हुन्; सबै कुराहरू ________ र उहाँकै निम्ति ______ __________ ______।”

यूहन्ना १:३—“_____ ___________ ______ (वचन, पद १४ मा हेर्नुहोस्) द्वारा __________, अनि हुनआएका कुराहरूमध्ये कुनै पनि उहाँबिना हुनआएन।” पुत्र परमेश्‍वरबिना कति थोकहरू बनिए? ________________________।

हिब्रू १:२—“(परमेश्‍वर पिता) यी अन्तिम दिनहरूमा चाहिँ हामीसँग आफ्ना ______द्वारा बोल्नुभएको छ; जसलाई उहाँले सबै कुराहरूको हकवाला नियुक्त गर्नुभएको छ, जसद्वारा उहाँले संसारहरू (युगहरू) पनि ______________।”

एफेसी ३:९—“परमेश्‍वर (पिता) ले ______ _______द्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो।”

३. सृष्टि गर्ने कार्यमा पवित्र आत्मा परमेश्‍वर संलग्न हुनुहुन्थ्यो

उत्पत्ति १:२—“अनि ____________ _______ पानीको सतहमाथि घुम्नुहुन्थ्यो।”

अय्युब २६:१३—“आफ्नो आत्माद्वारा उहाँले आकाश सिंगार्नुभएको छ।” “सिंगार्नु” को अर्थ हो, “सुन्दर बनाउनु।” यस पदले बताउँछ, सृष्टिको कार्यमा पवित्र आत्मा चाहिँ ईश्‍वरीय चित्रकार हुनुहुन्छ। पृथ्वी “आकारविनाको र शून्य” भएको समयमा परमेश्‍वरको आत्मा क्रियाशील बन्नुभयो र नवसृजित पृथ्वीलाई ढाल्न, सुन्दर बनाउन र त्यसलाई जीवन दिने कार्य गर्न थाल्नुभयो (उत्पत्ति १:२)!

त्रिएक परमेश्‍वर सृष्टि गर्ने कार्यमा मात्र नभएर नयाँ सृष्टि गर्ने कार्यमा पनि संलग्न हुनुहुन्थ्यो (२ कोरिन्थी ५:१७; एफेसी २:१०), अर्थात् उद्धारको कार्यमा!

त्रिएक परमेश्‍वर र हाम्रो उद्धार:

यूहन्ना ३:१६ लाई यूहन्ना ३:५ सित तुलना गर्नुहोस्। पिता चाहिँ दाता हुनुहुन्छ, पुत्र चाहिँदान हुनुहुन्छ र विश्‍वास गर्ने पापीको उक्त दानको प्राप्त गराइलाई पक्का गरिदिनुहुनेचाहिँ पवित्र आत्मा हुनुहुन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

१-सृष्टिकर्ता (क)

१- सृष्टिकर्ताको शुरुआत थिएन

“शुरुमा ___________” (उत्पत्ति १:१)
“शुरुमा _________ हुनुहुन्थ्यो” (यूहन्ना १:१; पद १४ हेर्नुहोस्)

सबभन्दा शुरुमा के थियो? सबभन्दा प्राचीन अस्तित्व केको वा कसको थियो? सबभन्दा शुरुको घडीमा यदि फर्केर जान सम्भव भएको भए, त्यहाँ हामीले परमेश्‍वरको अस्तित्व रहेको पाउनेथ्यौं। परमेश्‍वर सधैं हुनुहुन्थ्यो। परमेश्‍वरको अस्तित्व नभएको कुनै घडी थिएन। सबै कुराभन्दा अगाडि परमेश्‍वर हुनुहुन्थ्यो

परमेश्‍वरको कुनै शुरुआत थिएन! शुरुमा उहाँ पहिले नै हुनुहुन्थ्यो (यूहन्ना १:१, १ यूहन्ना १:१)। परमेश्‍वरको शुरुआत थिएन तर तपाईंको शुरुआत भने थियो। तपाईंको शुरुआत कहिले भएको हो? ______________________ (आफ्नो जन्म मिति लेख्‍नुहोस्)। मनुष्य (मानव जाति) को एक शुरुआत थियो: “के तिमीहरुले पढेका छैनौ? _______मा जसले तिनीहरुलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरुलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४)। “के तिमीहरुले पढेका छैनौ?” भनी सोध्नुहुँदा प्रभुले उत्पत्तिको पुस्तकको एउटा खण्डको विचार गर्दैहुनुहुन्थ्यो जसलाई उहाँका श्रोता (फरिसीहरु) ले अवश्‍य बुझेका थिए। मानव जातिको पहिलो बाबु-आमाको सृष्टिको बयान गर्ने उत्पत्ति १ अध्यायका पदहरु कुन-कुन हुन्? उत्पत्ति १: __________।

संसार (आकाश र पृथ्वी) को पनि एक शुरुआत थियो (हेर्नुहोस् उत्पत्ति १:१)। एक समय (उत्पत्ति १:१ भन्दा अघि) थियो जब संसार थिएन! तर सृष्टिकर्ता स्वयं नहुनुभएको कुनै समय थिएन! सृष्टिकर्ता अ___________ वास गर्नुहुने (यशैया ५७:१५) व्यक्ति हुनुहुन्छ!

प्रस्थान २०:११ लाई ध्यानपूर्वक पढ्नुहोस्। सृष्टिका यी छ दिन अघि त्यहाँ आ______ थिएन, पृ____ थिएन, स______ थिएन। साथै आ_______मा कुनै कुरा (पंक्षी, तारा आदि) थिएन, पृ____मा कुनै कुरा (मानिस, पशु, बनस्पति आदि) थिएन अनि स______मा कुनै कुरा (माछा, अन्य जलजन्तु आदि) थिएन किनभने यी छ दिन अघि त्यहाँ न आ______ थियो न पृ_____ न स______! यी सबै कुराहरूको शुरुआत थियो!

सैतानको समेत एक शुरुआत थियो: “त्यो ______देखि नै हत्यारा थियो” (यूहन्ना ८:४४)। सैतानले ______देखि नै पाप गर्दै आएको छ” (१ यूहन्ना ३:८)। उसको पतन हुनभन्दा (हेर्नुहोस् यशैया १४:१२-१५) अघि र उसले आफ्नो पापपूर्ण र हत्यापूर्ण क्रियाकलाप शुरु गर्नभन्दा अघि ऊ एक स्वर्गदूत थियो जसको नाम “वि______को ______” (यशैया १४:१२) थियो जसलाई किङ्ग जेम्स् बाइबलमा “लुसिफर” भनी रुपान्तर गरिएको छ। तर सैतानको समेत एक शुरुआत थियो किनकि एक निश्चित दिनमा उसको सृष्टि भएको भनी बाइबलले उल्लेख गर्दछ: “जबसम्म तँमा अधर्म पाइएन, तबसम्म तँ तेरो _________ भएको _______देखि आफ्ना चालहरूमा सिद्ध थिइस्” (इजकिएल २८:१५; पद १३ पनि हेर्नुहोस्)।

अन्य स्वर्गदूतहरुको पनि शुरुआत थियो: “किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरु, देखिने र नदेखिने (हामी स्वर्गदूतहरु देख्‍न सक्दैनौ) कुराहरु, चाहे सिंहासनहरु चाहे प्रभुताहरु, चाहे प्रधानहरु, चाहे अधिकारीहरु (यी शब्दहरुले स्वर्गदूतहरुलाई जनाउँदछन् – हेर्नुहोस् रोमी ८:३८; एफेसी १:२१; ३:१०; ६:१२; कलस्सी २:१०,१५), ______ उहाँद्वारा नै ______ __________ हुन्; सबै कुराहरु उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्” (कलस्सी १:१६) । तर सृष्टिकर्ता परमेश्वरको शुरुआत थिएन!

जोडा मिलाउनुहोस्:

: “उत्पत्ति” को पुस्तक शुरुआतहरुको पुस्तक हो। यस पुस्तकमा हामीलाई संसारको शुरुआतको (उत्पत्ति १:१), मानिसको शुरुआतको (उत्पत्ति १:२६), पाप र मृत्युको शुरुआतको(उत्पत्ति २:१७; ३:६) र विवाहको शुरुआतको (उत्पत्ति २:२४) बारेमा बताइएको छ। यस पुस्तकमा अन्य कुन कुराहरुको शुरुआतहरुको बारेमा बताइएको छ?

कुनै पनि कुराको सृष्टि हुनुभन्दा अघि नै परमेश्वर हुनुहुन्थ्यो: “अनि सबै कुराहरुका ______ उहाँ हुनुहुन्छ” (कलस्सी १:१७)। उहाँ “परमेश्वरको सृष्टिका ______ हुनुहुन्छ” (प्रकाश ३:१४ लाई कलस्सी १:१५ सित दाँज्नुहोस्)। यसको मतलव कुनै पनि कुराको सृष्टि हुनुभन्दा अघिको घडीमा यदि हामी फर्केर जान सम्भव भएको भए त्यहाँ हामीले परमेश्वरको अस्तित्व पाउनेथियौं। भजनसंग्रह ९०:२ मा परमेश्वरको जन मोशाले यसरी लेखे: “पहाडहरू उत्पन्न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्टि गर्नुभन्दा अघिदेखि, _________देखि _________सम्म तपाईं नै ______________ हुनुहुन्छ।

जनसंग्रह ९०:१० मा मोशाले मानिसको औसत आयु ________ वर्ष छ भनी बताएका छन्। के सबै यति नै जिउँछन्? ____________। उक्त पदमा मोशाले कतिपय मानिस ________ वर्षसम्म बाँच्दछन् भनी बताएका छन्। तपाईंले त्यति उमेर पुग्नुभएका वा त्योभन्दा बढी उमेर पुग्नुभएका कतिजनालाई चिन्नुभएको छ? मोशा कति उमेरमा मरे (व्यवस्था ३४:७)? ________________। मानिसको अल्प आयु र परमेश्वरको अनन्त जीवनबीच रहेको ठूलो अन्तरलाई बिचार गरौं:

शिक्षकलाई निर्देशन: कक्षामा एउटा मैनबत्ती वा सलाइ बाल्न सक्नुहुन्छ (होश गर्नुहोस्!)। अब त्यसलाई निभाउन कसैलाई फुक्न लगाउनुहोस् र सबैलाई त्यसको धुवाँलाई अवलोकन गर्न लगाउनुहोस् जबसम्म त्यो विलिन भएर जाँदैन। सो बिलिन हुन कति समय लाग्यो?

अब याकूब ४:१४ पढ्नुहोस्। तपाईंले भर्खरै आफ्नो जीवनको एउटा दृष्टान्त देख्‍नुभयो! यसलाई यशैया ४०:६-८ र १ पत्रुस १:२४-२५ सित दाँज्नुहोस्।

यसको दाँजोमा परमेश्‍वरको अनन्त र अविनाशी जीवन कति फरक छ! निम्न पदहरुलाई विचार गर्नुहोस्:

१) यशैया ४४:६; प्रकाश १:१७ (प्रकाश १:११)

२) प्रकाश १:८; २१:६; २२:१३

३) प्रकाश १:८,११; २१:६; २२:१३

अल्फा (Α) ग्रीक वर्णमाला (अल्फाबेट) को पहिलो अक्षर हो।
ओमेगा (Ω) ग्रीक वर्णमालाको अन्तिम अक्षर हो।

सृष्टिकर्ता परमेश्वर प्रथम र अन्तिम, शुरु र अन्त, अल्फा र ओमेगा हुनुहुन्छ!! उहाँ सृष्टि गरिनुभएको होइन। उहाँ कहिल्यै पनि जन्मिनुभएन। उहाँको अस्तित्वको शुरु छैन। उहाँको उत्पत्ति छैन। उहाँको शुरु छैन। उहाँ सधैं नै हुनुहुन्थ्यो! उहाँ परमेश्वर हुनुहुन्छ, “जो ____________, जो _____________ र जो ______________” (प्रकाश १:४,८; हेर्नुहोस् प्रकाश ३:१४ र यूहन्ना ८:५८)। सृष्टिकर्ताको शुरुआत थिएन!! “शुरुमा परमेश्वर”।

२- सृष्टिकर्ता त्रिएक (एकमा तीनजना) परमेश्‍वर हुनुहुन्छ

“‍शुरुमा ______________ले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१)। यस पदअनुसार, सृष्टिकर्ता को हुनुहुन्थ्यो? ______________। यहाँ हिब्रू शब्द “एलोहीम” लाई “परमेश्वर” भनी अनुवाद गरिएको छ। “एलोहीम” को “ईम” प्रत्ययले हिब्रू भाषामा बहुवचनको संकेत दिन्छ। नेपाली भाषामा बहुवचन जनाउन “हरू” प्रत्यय लगाइन्छ। निम्न शब्दहरूलाई बहुवचन बनाउनुहोस्:

  1. १) कुकुर____ ४) हजुरआमा____
  2. २) कलम____ ५) ईश्‍वर____
  3. ३) खरबुजा____ ६) चरा___

राम्रो! अब निम्न हिब्रू शब्दहरूलाई बहुवचन बनाउनुहोस्:
करूब___ (प्रस्थान २५:१८-२०—“हरू” नलेख्‍नुहोस्)
सराफ___ (यशैया ६:२,६—“हरू” नलेख्‍नुहोस्)
तराफ___ (न्यायकर्ता १७:५—“तराफीम” भन्नाले घर-देवता वा मूर्तिहरू बुझिन्छ)

त्यसैले “एलोहीम” एक बहुवचन शब्द हो। बाइबलमा धेरैचोटि एलोहीम शब्दले “ईश्‍वरहरू” लाई अर्थात् झूटा ईश्‍वरहरूलाई जनाएको पाइन्छ:

  1. “मेरो सामु तिम्रा अरू कुनै ________________ (एलोहीम) हुनुहुँदैन” (प्रस्थान २०:३)।
  2. “अरू ____________ (एलोहीम)को नाम नलेओ” (प्रस्थान २३:१३)।
  3. “तिनीहरू खाई-खाईकन तृप्त हुन्छणन् र मोटाउँछन्, तब तिनीहरू अरू ____________ (एलोहीम) तिर लाग्नेछन्” (व्यवस्था ३१:२०; पद १८ मा हेर्नुहोस्)।
  4. “अन्य ____________ (एलोहीम) को पूजा गर्नलाई परमप्रभुलाई त्याग्ने काम हामीबाट कदापि नहोस्!” (यहोशू २४:१६; पद २ मा हेर्नुहोस्)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

उलटपुलट

उलटपुलट

एस्तर ९-१०

एस्तर ९:१ ले एक महत्त्वपूर्ण दिनको उल्लेख गर्दछ: बाह्रौं महिनाको तेह्रौं दिन। पहिलो राजकीय उर्दी अनुसार उक्त दिनमा के हुनुपर्थ्यो (एस्तर ३:१३)? ____________________________________________ __________________________________। दोस्रो राजकीय उर्दी अनुसार उक्त दिनमा के हुनुपर्थ्यो (एस्तर ८:११-१२)? ______________________ _________________________________ _______________________________।

यहूदीहरूका निम्ति उक्त दिन इतिहासमा अविस्मरणीय दिन बन्यो। यहूदीहरूलाई पराजित गर्ने र नष्ट गर्न चाहनेहरू आफै पराजित भए! परिस्थिति यहूदीहरूका शत्रुकै विरुद्धमा उल्टिन गयो। नष्ट गर्न चाहनेहरू नै नष्ट गरिए। इस्राएलको इतिहासमा अर्को यस्तै उदाहरण सम्झनुहोस् त जब यहूदीहरूलाई नष्ट गर्न खोजिरहेकाहरू आफै नष्ट भए (प्रस्थान १४:२३-३१)? __________________________ ___________________________ _____________________________।

एस्तरको समयमा इस्राएल राष्ट्रलाई छुटकारा दिनुहुने उही परमेश्वरले आज पनि आफ्नो इस्राएल राष्ट्रलाई जोगाइराख्नुभएको छ (यद्यपि अधिकांश यहूदीहरू अविश्वासको कारण अन्धा भएका छन् (रोमी ११:२५)। आधुनिक युगमा यो कुरा पूरा भएको एउटा उदाहरणस्वरूप १९६७ सालको घटनालाई लिन सकिन्छ जब परिस्थिति यहूदीहरूका अरबी शत्रुहरूको विरुद्धमा उल्टिन पुग्यो:

“उक्त घटनालाई बयान गर्ने एउटै शब्द हो, आश्चर्यकर्म। मध्यपूर्वमा विस्फोटन भएको युद्ध ६० घण्टामै इतिहास बन्न पुग्यो। उसलाई निमिट्यान्न पार्न शपथ खाएका चारैतिरका अरब राष्ट्रहरूमाथि सानो राष्ट्र इस्राएल विजयी भएर निस्क्यो। मध्यपूर्वी गठबन्धनहरू, शक्ति-सन्तुलनका पक्षहरू, राजनीतिक सिमानाहरू समेतले नयाँ आकार लिए, मानौं एक बाइबलीय प्रलयको प्रहारले। इतिहासमा त्यस्ता घटना कमै होलान् जसमा विजय यति प्रभावकारी थियो अथवा यति छोटो अवधिभित्र उक्त विजय यति प्रस्टै निर्णायक बन्न पुग्यो। इस्राएलले आफ्नो सहसाक्रमणलाई यति चाँडो अघि बढायो, युद्ध भइरहेछ भनी संसारले महसुस गर्न नपाउँदै इस्राएलका दुश्मनहरूले युद्ध जित्ने साधनदेखि बञ्चित हुनुपर्यो…इस्राएलीहरूले त्यस्तो हर्षोन्मादको अनुभूति गरे जसको भागिदार कुनै पनि पुस्ताका थोरै मानिसहरूले मात्र पाउँछन्” (लाइफ, जुन १६, १९६७, पृष्ठ ३३,३८)। इस्राएललाई रक्षा गर्नुहुने व्यक्तिको सम्बन्धमा कुन कुरा साँचो छ (भजनसङ्ग्रह १२१:४)? ________ ______________________। यहूदीहरू आफ्ना थुप्रै शत्रुहरूदेखि आफूलाई प्रतिरक्षा गर्न जम्मा हुँदा, फारसी सरकार यहूदीहरूका पक्षमा थिए कि विरुद्धमा (एस्तर ९:२-४)? __________________। यहूदीहरूले राजधानी शूशनमा कतिजना शत्रुलाई मारे (एस्तर ९:५-६)? __________________________। उक्त संहारमा को पनि परे (एस्तर ९:७-१०)? ______________________________। टिप्पणीः हामान मोर्दकैलाई मात्र मार्न सन्तुष्ट थिएनन्। उनले सबै यहूदीहरू नष्ट भएको चाहन्थे। आखिरमा हामान मात्रै मरेनन्। उनका दस भाइ छोराहरूका साथ-साथै यहूदीहरूलाई घृणा गर्ने हजारौं मरे। आफ्ना शत्रुहरूको मालमत्तामा हात हालेर आफूलाई धनी बनाउन के यहूदीहरूलाई अनुमति थियो (एस्तर ८:१२)? ________। के तिनीहरूले त्यसो गरे (एस्तर ९:१०,१५,१६)? ______________। तिनीहरूको सबभन्दा ठूलो इच्छा आफ्नो प्रतिरक्षा गर्नु थियो, आफूलाई धनी बनाउनु होइन।

राजधानीमा भएको ठूलो संहार देखेर राजा छक्क परे। “तिनीहरूले यहाँ ५०० लाई मारे भने अन्य ठाउँमा कतिलाई मारे होलान्?” राजाको प्रश्नको जवाफ के थियो (एस्तर ९:१६)? ____________________ ____________। आफ्ना शत्रुहरूलाई पराजित गर्न शूशनका यहूदीहरूलाई कति दिन लाग्यो (एस्तर ९:१५)? ____________________। अन्य प्रान्तहरूका यहूदीहरूलाई आफ्ना शत्रुहरूलाई पराजित गर्न कति दिन लाग्यो (एस्तर ९:१६-१७)? ____________________ रानीको माग अनुसार, हामानका दस छोराहरूका मृत शरीरहरूलाई के गरियो (एस्तर ९:१३-१४)? ____________________________ ____________________________ (यसको अर्थ हो, तिनीहरूका मृत शरीरहरू काठको शुलीमा चढाइए)। व्यवस्था २१:२२-२३ अनुसार, कुनै व्यक्तिको शरीर रूखमा झुण्डयाइनुको अर्थ के हुन्थ्यो?

  1. उसमाथि परमेश्वरको आशिष थियो
  2. उसमाथि परमेश्वरको अनुग्रह थियो
  3. उसमाथि परमेश्वरको कृपा थियो
  4. उसमाथि परमेश्वरको श्राप थियो

परमेश्वरको श्राप हामान र उनका दस छोराहरूमाथि किन आइपर्यो (उत्पत्ति १२:३)? __________ __________________________________________। गलाती ३:१० अनुसार परमेश्वरको श्राप कसमाथि रहन्छ? _____________________________ ___________________________। परमेश्वरको पवित्र व्यवस्थालाई कुनै पापी मानिसले सिद्ध रूपमा पालन गरेको छ (तुलना गर्नुहोस् याकूब २:१०-११)? ________। तपाईं एक व्यवस्था भङ्ग गर्ने व्यक्ति हुनुहुन्छ कि व्यवस्था पालन गर्ने व्यक्ति? __________________________________________। तपाईंको निम्ति को श्रापित बनिनुभयो अनि व्यवस्था भङ्ग गर्नेहरूले पाउनु पर्ने मृत्यु दण्ड कसले भोगिदिनुभयो (गलाती ३:१३)? ______________________________। के उहाँ तपाईंको निम्ति एउटा रूखमा झुण्डिनुभयो (गलाती ३:१३; प्रेरित ५:३०; १ पत्रुस २:२४)? ____________________। उहाँले सम्पन्न गर्नुभएको कामको कारणले एक विश्वासी जनमाथि के रहन्छ: परमेश्वरको श्राप कि परमेश्वरको आशिष (एफेसी १:३)? ______________________________। हामी श्रापित हुन योग्य छौं तर परमेश्वरको अनुग्रहले हामी आशिषति भएका छौं!

निश्चय नै परमेश्वरको श्राप हामानमाथि थियो। एस्तर अध्याय ९ मा एउटा पद भेट्टाउन सक्नुहुन्छ जसले हामानको जीवन र मृत्युमा “म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो” भन्ने उखान पुरा भएको देखिन्छ? पद ________।

यहूदीहरूले अनुभव गरेको घटनाक्रमको उलटपुलट ज्यादै आश्चर्यजनक थियो। एस्तर ९:२२ अनुसार उनीहरूको दुःख ________________मा परिणत भयो अनि उनीहरूको शोक मनाउने दिनहरू भोज र रमाहटका दिनहरूमा परिणत भए! के हामानको सम्बन्धमा ठिक उल्टो हुन गयो (दाँज्नुहोस्, एस्तर ५:९ र ६:१२)? __________। आपत्तिजनक देखिने कुनै कुरालाई प्रभुले एउटा आशिषपूर्ण र आनन्दमय कुरामा परिणत गर्न सक्नुहुन्छ। प्रभुका चेलाहरूका निम्ति उहाँको क्रूसको मृत्यु संसारकै सबभन्दा ठूलो दुर्दशा थियो। तर के परमेश्वरले त्यहाँ ठूलो उलटपुलट ल्याउनुभयो (यूहन्ना १६:२०)? __________________। के परमेश्वरले तपाईंको जीवनको विपदग्रस्त देखिने कुरालाई लिएर त्यसलाई अर्कै थोकमा परिणत गरिदिन सक्नुहुन्छ? ________________। अझ महत्त्वपूर्ण कुरा त! के परमेश्वरले तपाईं स्वयंलाई लिएर तपाईंलाई नै परिवर्तन गराउन सक्नुहुन्छ (तुलना गर्नुहोस्, प्रेरित २६:१८)? ____________________

यहूदीहरूले त्यो महान् छुटकाराको उपलक्षमा उत्सव मनाए (एस्तर ९:१७-१९)। एस्तर र मोर्दकैले सो उत्सव वर्षेनी मनाइओस् भन्ने चाहे। यस यहूदी चाडलाई कुन नाम दिइयो (एस्तर ९:२६)? ______________। यो नाम, त्यो भयानक विनाशकारी दिनको सम्झनामा राखियो (जुन दिन हामानले गोला अर्थात् “पुर” हालेर तय गरेका थिए), जुन दिन चाहिँ एक आश्चर्यजनक छुटकाराको दिनमा परिणत भयो।

एस्तर ९:२७ अनुसार उक्त चाड वर्षेनी मानिसहरूका तीन समूहले मनाउनुपर्थ्यो:

  1. यहूदीहरूले
  2. उनीहरूका भावी पुस्ताहरूले
  3. यहूदी बनेका अन्यजातिहरूले (हेर्नुहोस्, एस्तर ८:१७)

    ती दिनहरूको “स__________ तिनीहरूका सन्तान-दरसन्तानहरूमा कहिल्यै नरोकिओस्” भनी ठहराइयो (एस्तर ९:२८)। यस महान् छुटकारालाई तिनीहरूले कहिल्यै बिर्सनुहुन्नथ्यो! यहूदीहरूले बिर्सन नहुने अर्को कुन कुरा थियो (व्यवस्था १५:१५; २४:१८)? _______________________ _______________________ ____________________________________। के तिनीहरूले उक्त महान् छुटकारालाई चाडको रूपमा वर्षेनी मनाउनुपर्थ्यो (प्रस्थान १२:१४-१८)? __________। आज विश्वासीहरूले कहिल्यै बिर्सन नहुने छुटकारा कुनचाहिँ हो (१ कोरिन्थी ११:२४-२५; दाँज्नुहोस् २ कोरिन्थी १:१० कलस्सी १:१३ गलाती १:४)? ________________________ ____________________________। उक्त छुटकाराको सम्झना वर्षको एकपटक मात्र नभई धेरै पटक गरिनुपर्दछ (१ कोरिन्थी ११:२६)!

    मोर्दकैको महानता एस्तर अध्याय १० मा (९:४ मा पनि हेर्नुहोस्) उल्लेख छ। मोर्दकैले पाएका अख्तियार र ओहोदा पाउन कुनचाहिँ व्यक्तिले अति लालसा गरेका थिए (दाँज्नुहोस् एस्तर ५:११-१२; ६:७-९)? ____________। मोर्दकै घमण्डले फुलेर आफ्नो अख्तियार र ओहोदा आफैंलाई उचाल्न दुरूपयोग गरेनन्, तर त्यसलाई उनले आफ्ना वचन र कामद्वारा यहूदीहरूको भलाइको निम्ति प्रयोग गरे। विश्वासी जनको लक्ष्य के हुनुपर्छ (१ कोरिन्थी १०:२४,३३; रोमी १५:१-३)? ________________________________ _________________________ _______________________________ __________________________। राजामुनिको पद (अर्थात् राजापछिको ओहोदा) मोर्दकैको थियो। अरू कुन यहूदीहरूलाई यस संसारका राज्यहरूमा उच्च स्थानहरू दिइएका थिए?

    1. उत्पत्ति ४१:३७-४५ ________________________ (मिस्री राज्य)
    2. दनिएल ५:२९; ६:१-३ ________________________ (बेबिलोन र मादी-फारसको राज्य)
    3. नहेम्याह १:११; २:१ ________________________ (फारसी राज्य)

    एस्तरको पुनरावलोकन

    परमेश्वर आफ्नो इच्छामा, अदृश्य रूपमा, निम्न कामहरू सम्पन्न गर्न कसरी काम गर्नुभयो (अर्थात् व्यक्तिहरू, घटनाहरू, परिस्थितिहरू आदि प्रयोग गर्दै पर्दाको पछाडिबाट कसरी काम गर्नुभयो)?

    1. एउटा रानीलाई पदमुक्त गर्न।
    2. एस्तरलाई रानीको रूपमा छनोट गर्न।
    3. विनाशको दिनको छनोट गरिन।
    4. राजाका सामु एस्तर बिनासमस्या उपस्थित हुन।
    5. मोर्दकैले राजाको ज्यान बचाइदिएको कामको सम्झना गरिन।
    6. हामानलाई पतन गराउन।
    7. अपरिवर्तनीय उर्दीको प्रतिकार गर्न र त्यसमाथिको विजय हासिल गराउन।
    8. घटनाक्रमको उदेकलाग्दो उलटपुलट (विनाशको सट्टा विजय, शोकको सट्टा आनन्द)।

    परमेश्वरको क्रियाकलाप रहस्यमय छ! एस्तरको समयमा काम गर्नुहुने परमेश्वर आज पनि काम गर्दै हुनुहुन्छ। घटना तथा परिस्थितिका पछाडि राजा तथा राज्यहरूका पछाडि, पुरूष, स्त्री, केटा, केटी सबैका जीवनमा काम गर्दैहुनुहुन्छ। तपाईंको जीवनमा पनि!