Entries by Pradesh Shrestha

मानिसको सृष्टि

मानिसको सृष्टि

जीवनका अति आधारभूत प्रश्नुहरूमध्ये एउटा प्रश्नम हो, “म कहाँबाट आएँ?” यसको सही उत्तर पाइएन भने जीवनका बाँकी दुई आधारभूत प्रश्नरका उत्तर पाउनै सकिन्न। ती दुई प्रश्नर हुन्, “म यहाँ किन छु?” र “म कहाँ जाँदैछु?” बाइबलमा हामी यी तीन ओटै प्रश्नईका उत्तर पाउँछौं।

विकासवादीहरू भन्छन्, मानिस “सरल” एक-कोषीय जीवबाट क्रमिकरूपमा विकास हुँदै माछा, घस्रने जन्तु, स्तनधारी प्राणी जस्ता “जटिल” (विकसित) प्राणीहरू बने जसबाट बाँदर जस्तै देखिने प्राणीहरू विकास भए जसबाट हजारौं, लाखौं वर्ष पछि मानिस आए। यसरी एक-कोषीय जीवबाट करोडौं, करोडौं वर्ष लगाएर मानिस विकास हुन पुग्यो भनिन्छ!

बाइबलले के भन्छ? उत्पत्ति १:२७ पढ्नुहोस्। के मानिस अन्य पशुबाट (बाँदर जस्तै देखिने प्राणीबाट) विकास भएको हो वा मानिस परमेश्वरद्वारा विशेष रूपमा सृष्टि गरिएको हो? ______________________________________________________________ यो एउटै पदमा मात्र मानिस परमेश्वरद्वारा सृष्टि गरिएको हो भनी कतिपटक उल्लेख छ? ________। उत्पत्तिको अर्को कुन पदमा मानिसको सृष्टिको उल्लेख छ? पद ______।

उत्पत्ति २ अध्यायले पनि मानिसको सृष्टिको उल्लेख गर्छ। कसै‍कसैको विचारमा उत्पत्ति २ ले उत्पत्ति १ को खण्डन गर्छ तर वास्तवमा दुवैले एउटै कुरा बताउँछ! परमेश्वरका वचनहरू _________देखि नै ___________ छन् (भजनसंग्रह ११९:१६०)। उत्पत्ति २ अध्याय र १ अध्याय एक-अर्कासँग पूर्ण रूपमा सहमत छन्। उत्पत्ति २ अध्यायमा परमेश्वरले हामीलाई १ अध्यायमा नबताउनु भएका थुप्रै कुराहरू बताउनुहुन्छ। उत्पत्ति १ मा परमेश्वरले सृष्टिका छ दिनको संक्षिप्त विवरण दिनुहुन्छ। जोडा मिलाउनुहोस्:

उत्पत्ति २ मा परमेश्वरले छैटौं दिन सम्बन्धि थप विवरणहरू दिनुहुन्छ। उत्पत्ति २ बाट थुप्रै कुराहरू सिक्न सक्छौं जुन कुराहरू हामीले उत्पत्ति १ बाट सिक्न सक्दैनथियौं। उदाहरणका लागि:

१. पावलले १ तिमोथी २:१३ मा सृष्टिको क्रम यसरी बताउँछन्, “आदम ________ बनाइए, _________ हव्वा।” पावलले उक्त महत्त्वपूर्ण कुरा उत्पत्ति १ बाट जाने कि उत्पत्ति २ बाट? ________। के उत्पत्ति १ अध्यायले मानिसको सृष्टि-क्रम खुलाउँछ? _______ उत्पत्ति १ अध्यायले यति मात्र बताउँछ, परमेश्वरले मानिसलाई “न____ र ना____ गरेर सृष्टि गर्नुभयो” (उत्पत्ति १:२७)। के पावलले मानिस पशुबाट विकास भएर आएको हो भनी विश्वास गर्थे? ________ के पावलले उत्पत्तिमा परमेश्वरले वर्णन गर्नुभएको कुरालाई विश्वास गर्थे? _________ के आदम र हव्वा वास्तविक मानिस थिए भनी पावल विश्वास गर्दथे? _________ पावल विकासवादी थिए कि सृष्टिवादी? _____________।

२.पावलले १ कोरिन्थी ११:८-९ का तथ्यहरू कहाँबाट सिके, उत्पत्ति १ बाट कि २ बाट? ___________________

३. मत्ती १९:४ मा प्रभु येशूले भन्नुभयो, “के तिमीहरूले __________ छैनौ? शुरुमा जसले तिनीहरूलाई _________ गर्नुभयो, उहाँले तिनीहरूलाई ______ र ______ _______________।” के प्रभु येशूको धारणा मानिसहरूले उत्पत्तिको पुस्तक पढ्नुपर्छ र बुझ्नुपर्छ भन्ने थियो? _________। परमेश्वरले नर र नारी गरी सृष्टि गर्नुभएको कुरा उत्पत्तिको कहाँ उल्लेख छ? उत्पत्ति _______। के उत्पत्ति २ अध्यायले पनि सोहि कुरा सिकाउँछ? _________ आदम र हव्वा वास्तविक मानिसहरू नै थिए भनी के प्रभु येशू विश्वास गर्नुहुन्थ्यो? ___________। प्रभु येशू विकासवादी हुनुहुन्थ्यो कि सृष्टिवादी? _____________। अझ, उहाँ त स्वयं सृष्टिकर्ता हुनुहुन्छ (यूहन्ना १:३; कलस्सी १:१६)!!

मत्ती १९:५ पढ्नुहोस्। उही कुरा उत्पत्ति २ को कुन पदले बताउँछ? उत्पत्ति २:____। के प्रभु येशूको अनुसार हामीले उत्पत्तिका दुवै १ र २ अध्यायहरू पढ्नुपर्छ? _______। उत्पत्तिको पुस्तक चाहिँ मानवीय लेखक मोशाको पहिलो पुस्तक हो। प्रभु येशूको अनुसार के हामीले मोशाको लेखोटलाई विश्वास गर्नुपर्छ (यूहन्ना ५:४६-४७; लूका २४:२७)? ____________। के एउटा व्यक्तिले येशूमा विश्वास गर्नुको साथ-साथै मानिस पशुबाट विकास भएको हो भनी विश्वास गर्न सक्छ? __________।

मानिसको सृष्टि

उत्पत्ति २:७ ले बताउँछ, “अनि परमप्रभु परमेश्वरले मानिसलाई __________को ________बाट ___________ (जसरी कुमालेले माटोलाई ढालेर एउटा रूप दिन्छ), अनि तिनको नाकका प्वालहरूमा जीवनको ______ फुकिदिनुभयो, र मानिस जिउँदो _________ (व्यक्ति) बने।” यो पदले आदमको सृष्टिको बयान गर्छ कि हव्वाको? __________। परमेश्वरले आदमलाई अन्य पशुबाट बनाउनुभयो कि जमिनको माटोबाट? _________। परमेश्व_रले आदमलाई एकै दिनमा, एकै क्षणमा बनाउनुभयो कि उसलाई लाखौं वर्षसम्म क्रमिक रूपमा विकास हुँदै जान दिनुभयो? ___________________________________।

उत्पत्ति ३:१९ ध्यान दिएर पढ्नुहोस्। मानिस मा____बाट निकालिएको हो। मानिस केही पनि होइन तर _______ मात्र हो (भजनसंग्रह १०३:१४) र एक दिन उसको मृत्यु भएपछि मानिसको शरीर ______मै फर्कन्छ (भजनसंग्रह १०४:२९ र उपदेशक १२:७, ३:१९-२०, भजनसंग्रह ३९:४)। यदि कुनै मानिस र उसको घोँडा दुवै मरुभूमीको बिचमा मरे भने, एक वर्ष पछाडि त्यस मानिस र पशुको के बाँकी रहन्छ (उपदेशक ३:१९-२०)? ________________________________________ हो, मानिस माटोको क्षण-भङ्गुर प्राणी हो (भजनसङ्ग्रह ३९:४)!

नारीको सृष्टि

आदमको सृष्टि गर्नु भएपछि परमेश्वरले उत्पत्ति २:१८ मा के भन्नुभयो? आदम __________ रहनु ____________ _________” (उत्पत्ति २:१८)। परमेश्वरले सबै पशुहरको सृष्टि गर्नुभए तापनि, आदम अझै निकै एक्लो थिए, र परमेश्वरले भन्नुभयो, “असल छैन!”। तर हव्वालाई सृष्टि गर्नु भएपछि, परमेश्वरले आफूले सृष्टि गर्नुभएको सबै कुराहरू हेर्नुभयो र त्यो “________ ________ थियो”(उत्पत्ति १:३१)। हव्वाबिना, आदमको अवस्था असल थिएन। हव्वासित, आदमको अवस्था अ_____ अ_______ थियो।

उत्पत्ति २:१९-२० पढ्नुहोस्। किन परमेश्वरले मानिसलाई सबै प्राणीहरूको नाम राख्ने काम दिनुभयो? यो नाम राख्ने अनुभवद्वारा परमेश्वरले मानिसलाई के सिकाउन चाहनुहुन्थ्यो? परमेश्वर आदमलाई सिकाउनुभएको तीनओटा महत्त्वपूर्ण पाठहरू के के थिए, हेरौं:

१. राजा (आदम) आफ्ना प्रजालाई भेट्छन्

परमेश्वरले प्राणीहरूलाई आदमकहाँ लिएर आउनुहुँदा, आदम व्यक्तिगत रूपमा परमेश्वरका सारा प्राणीहरूसित परिचित हुन पाए। परमेश्वरले उनलाई जीव विज्ञान (zoology) मा तालिम दिनुभयो। परमेश्वरले आदमलाई चिडियाघर जानुभन्दा बरू चिडियाघरलाई नै तिनकहाँ आउने तुल्याउनुभयो, र तिनले परमेश्वरले बनाउनुभएका सबै पशुहरू र चराहरूलाई भेट्ने र चिन्ने अवसर पाए!

उत्पत्ति १:२६,२८ अनुसार परमेश्वरले मानिसलाई सम्पूर्ण पशु-जगत माथि अ_________ राख्न दिनभयो, जसको अर्थ यही हो कि मानिसले पशु-जगतलाई तिनीहरूका मालिक र राजाले झैं राज्य गर्नुपर्थ्यो! धेरै मानिसहरूले सिंहलाई “पशुहरूका राजा” को रूपमा चिन्दछन्, तर उत्पत्ति १:२६,२८ अनुसार पशुहरूको राजा वास्तवमा को थियो? _______________ त्यसैले, परमेश्वरले राजा आदमलाई आफ्नो प्रजाहरूको बारेमा जान्ने एउटा राम्रो अवसर दिनुभयो—तिनीहरूको नाम राखेर!

उत्पत्ति २:२० अनुसार आदमले सबै पशु-पंक्षीका ______ ______। यसको अर्थ के हो? के उनले आफ्नो दिमागमा जे आयो त्यहि नाम राखे होलान्? हरेक पशुलाई के भनेर बोलाउने भनी तिनले कसरी जाने?

बाइबलका नामहरू अति अर्थपूर्ण हुन्थे। नामको केही अर्थ हुन्थ्यो! आज हामीले मानिसहरूलाई कुनै नामको अर्थ के हो भनी नजानीकनै नामाकरण गरिदिन्छौं। के तपाईंलाई आफ्नो नामको अर्थ थाह छ? तपाईंको पहिलो नाम के हो? _______________ तपाईंको नामको अर्थ के हो? ___________________________________ बाइबलमा नामहरू एकदम महत्त्वपूर्ण छन्। निम्न नामहरूको अर्थ थाह गर्न तपाईंको बाइबललाई प्रयोग गर्नुहोस्:

    • १. येशू (मत्ती १:२१) को अर्थ हो, ____________________________
    • २. मसीह (यूहन्ना १:४१) को अर्थ हो, ________________________
    • ३. इम्मानुएल (मत्ती १:२३) को अर्थ हो, ________________________
    • ४. रब्बी (यूहन्ना १:३८) को अर्थ हो, ________________________
    • ५. केफास वा पत्रुस (यूहन्ना १:४२) को अर्थ हो, ___________________
    • ६. मल्किसेदेक (हिब्रू ७:१-२) को अर्थ हो, ___________________
    • ७. सालेम (हिब्रू ७:२) को अर्थ हो, _________________________
    • ८. बोअनर्गेस (मर्कूस ३:१७) को अर्थ हो, _________________________
    • ९. बेतेल (उत्पत्ति २८:१७, १९) को अर्थ हो, ___________________
    • १०. आदम (उत्पत्ति २:२३) को अर्थ हो, _________________________

यशैया ७:१४ र ९:६ मा ख्रीष्ट (मसीह) लाई दिइएका केही नामहरू उल्लेख छन्। संसारमा रहनुहुँदा के येशूलाई यी नामहरूले बोलाइयो? _________। उहाँ कुन नामले बोलाइनुभयो (मत्ती १:२५)? ____________ तर यशैया ७:१४ र ९:६ का नामहरूले येशूको व्यक्तित्व (उहाँ को हुनुहुन्छ) लाई सिद्धरूपमा बयान गर्छन्!

प्रकाश १२:९ मा हाम्रो भयानक शत्रुलाई बयान गर्ने चारओटा नाम उल्लेख छन् र यी नामहरूले ऊ कस्तो छ भन्ने पनि बताउँछ:

१. ______________ ३. _______________ २. ______________ ४. _______________

त्यसैले आदमले प्राणीहरूको नामाकरण गर्दा, तिनले हरेक प्राणीलाई त्यसलाई राम्ररी बयान गर्ने सुहाउँदो नाम दिएको हुनुपर्छ! तिनले हरेक प्राणीको अध्ययन गरे र होशियारपूर्वक तिनीहरूको वर्गीकरण गरे र हरेक प्राणीलाई सुहाउँदो नाम दिए: “अनि आदमले हरेक जीवित प्राणीलाई जे-जे नाम दिए, त्यसको त्यही _______ रह्यो” (उत्पत्ति २:१९)। आज पनि कतिपय प्राणीका नामहरू तिनलाई बयान गर्ने खालका छन्, जस्तै; लामखुट्टे, नीलकण्ठ, जुरेली, चिप्लिकिरा, बाह्रसिङ्गे आदि। अरू उदाहरणहरू दिनुहोस्, __________________ ___________________________________________ ___________________।

आदमले पशु-पंक्षीलाई सिद्धरूपमा नामहरू दिए। आदम कस्ता थिए होलान्, विचारशील र बुद्धमानी कि केही नजान्ने “आदिवासी”? __________________________।

२. ठूलो भिन्नता!

आदमले सिकेका दोश्रो पाठ यो थियो– तिनी सबै प्राणीहरू भन्दा पूर्ण रूपमा नौलो र भिन्न भिन्न थिए! एक व्यक्ति र पशुमा ठूलो भिन्नता छ भनी तिनले सिके। उत्पत्ति २:२० पढ्नुहोस्। परमेश्वरले तिनको सामु ल्याउनुभएको सबैलाई नाम दिइसकेपछि, के आदमले आफ्नो निम्ति कुनै सुहाउँदो सहयोगी र मित्र भेट्टाए? _________। आफैंमा र पशु-जगतमा ठूलो भिन्नता र खाँद छ भनी आदमले छिट्टै थाह गरे!

तिनले अरू कुनै पनि पशुहरूसँग कुराकानी गर्न सकेनन्। यदी आदमले मित्रभावले भरिएर यसो भनेको भए, “हाल खबर कस्तो छ, बाँदर महोदय?”। जवाफमा बुझ्ना नसकिने क्याँ-क्याँ र कुँकुँ बाहेक कुनै पनि स्पष्ट शब्दहरू आउने थिएन। बाँदर महोदयको प्रतिकृयामा कुनै मुस्कान हुने थिएन। वरीपरी थुप्रै प्राणीले घेरिए तापनि आदम एकलै थिए (उत्पत्ति २:१८,२०)। कुकुर मानिसको असल मित्र हो भनी कहिले-कसो भन्ने गरिन्छ। त्यो त झूट हो! कुकुर मानिसको असल घरपालुवा जन्तु हुन सक्छ, तर संसारमा मानिसको असल मित्र र सहयोगी भनेको स्त्री हो जसलाई परमेश्वरले विशेषगरी उसकै निम्ति सृष्टि गर्नुभयो। आफ्नो पाल्तु पशुसँग खेल्न तपाईंलाई मन पर्ला, तर दाजुभाईहरू र दिदि-बहिनीहरू र साथीहरूसँग समय बिताउन झन् कता हो कता मनोहर हुन्छ। कल्पना मात्र गर्नुहोस्, वरिपरि मानिसहरू नभएर पशुहरू मात्र भइदिएको भए कस्तो अनुभव हुने थियो! तपाईं तुरुन्तै यसो भन्दै कराउनुहुनेथियो, “मानिसको निम्ति एकलो रहनु अ______ छै_____!”

आफूलाई चाहिएकै जस्तो गरी यी कुनै पनि पशुहरू सहयात्री र मित्र हुन योग्यका छैनन् भनी आदमले बुझे। बाँदर, चिम्प्यान्जी समेत मान्छेको असल सहयात्री बन्न सक्दैनन्! चिम्प्यान्जीलाई कसले विवाह गर्न रुचाला र? त्यसैले आदमको उमेर एक दिन पनि नपुग्दै मानिस र पशुहरूको बीचमा विशाल अन्तर छ भन्ने कुरा तिनले जाने। दु:खको कुरा, आदमले सृष्टिको छैटौं दिनमा जानेको त्यो साधारण पाठ आजसम्म पनि कयौं मानिसहरूले (वैज्ञानिकहरूले समेत) जानेका छैनन्।

३. खट्किएको कुरो!

आदमले सिकेको तेश्रो पाठ यो थियो – कुनै एउटा कुरा खट्किएको छ। त्यो खट्किएको कुरा के रहेछ भनी तिनले छिट्टै थाह गरे। श्रीमान खरायो उफ्रिरहेको थियो, ऊसँग श्रीमती खरायो पनि साथमै थिइन्! श्रीमान् र श्रीमती बाँदर सँगै नजिकको रूखमा पिङ्ग खेलिरहेका थिए! अरू सबै पशुहरू दुई-दुईको जोडीमा आउँदा, आदमले निश्चित नर र नारीको प्रणालीलाई छुट्टाउन सके! आदमले यस्तो प्रश्न सम्भवत: छिट्टै सोधेको हुनुपर्छ, “मेरो जोडी खोई त? म जस्तै मेरो सुहाउँदो सहयोगी, मित्र हुनलाई अर्को व्यक्ति कहाँ छिन् जससँग म बोल्न, हाँस्न, सङ्गति गर्न अनि साँचो प्रेम गर्न सक्छु?” हो, परमेश्वरले गर्न लाग्नुभएको अर्को कामको लागि आदम अब पूर्णरूपमा तयार भएका थिए।

हव्वाको सृष्टि

उत्पत्ति २:२१-२५ लाई ध्यान दिएर पढ्नुहोस्। परमप्रभु केवल महान् सृष्टिकर्ता मात्र हुनुहुँदैन, तर उहाँ एक महान् शल्यक्रियाकर्ता पनि हुनुहुन्छ। उहाँले संसारकै प्रथम शल्यक्रिया सम्पन्न गर्नुभयो! परमेश्वरले आदमलाई अलौकिक तवरले बेहोस गराउनुभयो: “अनि परमप्रभु परमेश्वरले आदमलाई _________ __________ पार्नुभयो, र तिनी _______” (उत्पत्ति २:२१)। यस शल्यक्रियामार्फत, परमप्रभुले आदमबाट के निकाल्नुभयो(उत्पत्ति २:२१)? ____________ त्यसबाट उहाँले के बनाउनुभयो (उत्पत्ति २:२२)? _____________।

स्मरण होस्, हव्वा आदमको टाउकोबाट निकालिएन (ऊभन्दा उच्च बन्न)। हव्वा आदमको खुट्टाबाट पनि निकालिएन (ऊभन्दा तुच्छ बन्न)। हव्वा आदमको करङबाट, उसको हृदयको सबभन्दा नजिकबाट—उसको सहायक हुन, सहप्रेमी हुन, सहयात्री हुन निकालिएकी थिइन्।

के परमेश्वरले हव्वालाई बाँदरबाट बनाउनुभएको हो? ________ उत्पत्ति २:२२ अनुसार हव्वा पशु-जगतबाट होइन तर ________बाट आएकी हुन्। सबै मानिस आदमबाटै आएका हुन्। हव्वापनि आदमबाटै सोझै आएकी हुन्! आदमचाहिँ कहाँबाट आएका हुन्? (उत्पत्ति २:७)? ______________ आदमबाट नआएका एउटै मात्र व्यक्ति को हुन् (१ कोरिन्थी १५:४५,४७)? ____________________। उहाँ कहाँबाट आउनुभयो (१ कोरिन्थी १५:४७,४८)? ____________________। उत्पत्ति २:२३ अनुसार स्त्री नरबाट _____________ हो। स्त्री पुरुषबाट निकालिएकी थिइन् (१ कोरिन्थी ११:८,१२ पढ्नुहोस्)! आज चिकित्सकहरूले वा नर्सहरूले वा अरू कसैले पनि पुरुषबाट स्त्री निस्किएकी देख्न सक्दैनन्! उनीहरूले स्त्रीबाट पुरुष निकाल्न सक्छन् तर कहिल्यै पनि पुरुषबाट स्त्री निकाल्न सक्दैनन्! सुरुमा, परमेश्वरले यस्तो काम गर्नुभयो जुन काम पछिल्ला समयहरूमा कहिल्यै भएको छैन! उहाँले पुरुषबाट स्त्री बनाउनुभयो! निश्चय पनि, यो जन्मने प्रकृयाबाट भएको होइन, तर ईश्वरीय चिकित्सकद्वारा, परमेश्वर आफैंले सम्पन्न गर्नुभएको अलौकिक शल्यक्रियाद्वारा भएको थियो।

हव्वालाई आदमकहाँ कसले ल्याउनुभयो (उत्पत्ति २:२२)? ___________ कसले प्रथम विवाह सम्पन्न गराउनुभयो? ___________ कसले उनीहरूलाई पति पत्नी_को रूपमा जोडिदिनुभयो (उत्पत्ति २:२४ र मत्ती १९:६)? ___________ मत्ती १९:३-६ अनुसार, के पति र पत्नीो छुट्टिँदा (पारपाचुके) प्रभुलाई असल लाग्छ? _________। कहिलेसम्म एक पति र पत्नीत सँगै रहनुपर्छ? सहि जवाफमा गोलो चिन्ह लगाउनुहोस्:

    • क. श्रीमानले आफूले प्रेम गरेको अर्को स्त्री नभेटेसम्म
    • ख. सबै नानीहरू हुर्किएर घर नछोडेसम्म
    • ग. श्रीमान र श्रीमती एक अर्काको कारणले थकित नभएसम्म
    • घ. परमेश्वरले मृत्युद्वारा विवाहलाई नतोड्नुभएसम्म (विवाह जीवनकालकै सम्बन्ध हो)

परमेश्वरको स्वरूप

मानिस किन सृष्टि गरियो? हामी किन यहाँ छौं? हाम्रो अस्तित्वको उद्देश्य के हो? हामीले गर्नुपर्ने के हो?

यी प्रश्नहरूको जवाफ बुझ्न हामीले उत्पत्ति १:२६-२७ लाई बुझ्न आवश्यक पर्छ। “अनि परमेश्वरले भन्नुभयो: हामी मानिसलाई हाम्रै __________मा, हाम्रै _________मा बनाऔं… अनि परमेश्वरले मानिसलाई आफ्नै __________मा सृष्टि गर्नुभयो। उहाँले तिनलाई परमेश्वरको ___________मा सृष्टि गर्नुभयो” (साथै हेर्नुहोस् उत्पत्ति ९:६; याकूब ३:९)।

आदम परमेश्वरको स्वरूपमा र प्रतिरूपमा सृष्टि गरिए! स्वरूप भनेको के हो?

अधिकांश सिक्काहरूमा स्वरूप देख्न सकिन्छ। मत्ती २२:१८-२१ पढ्नुहोस्। रोमी सिक्कामा कसको स्वरूप थियो? __________ उनीहरूले उक्त सिक्का हेर्दा, कसको अनुहार देख्न सक्थे? ___________

पहिले-पहिले रुपैयाँको नोटमा हाम्रो राजाको स्वरूप देख्नसक्थ्यौं। ऐनामा तपाईंले कसको स्वरूप देख्नुहुन्छ? ___________। के ऐनाले सिद्धरूपमा तपाईंको स्वरूप प्रतिबिम्बित गर्छ? _________। तपाईंको स्वरूप त्यो ऐनामा छ! उत्पत्ति १:२६-२७ अनुसार परमेश्वरको स्वरूप मानिसमा राखियो!

मानिस परमेश्वरलाई प्रतिबिम्बित गर्न बनाइएको थियो। उसले पाप गर्न अघि आदमलाई हेर्दा उसमा कसलाई देखिन्थ्यो?

परमेश्वरको सत्यता, पवित्रता, धार्मिकता, प्रेम, विश्वासयोग्यता, शुद्धता—पूर्णरूपमा असल, पापरहित!

उत्पत्ति ३ मा अति भयङ्कर परिवर्तन आयो। आदमले पाप गरे र परमेश्वरको स्वरूप बिग्रियो, नष्ट भयो। के तपाईंले कहिल्यै थोत्रो नोटमा हेर्नुभएको छ जसमा भएको स्वरूप देख्नै सकिँदैन? अथवा, के तपाईंले कुनै फोहोर ऐना हेर्नुभएको छ जसमा तपाईंले आफ्नै अनुहार पनि देख्नु सक्नुहुँदैन? मानिसमा भएको परमेश्वरको स्वरूपलाई पापले यस्तै गरेको हो! आदमले परमेश्वरलाई झल्काउनु भन्द बरु पापलाई, आफैंलाई र शैतानलाई प्रतिबिम्बित गर्न सुरु गरे!

आफ्नो पतन पछाडि आदमले केही सन्तानहरू जन्माए। आदमका सन्तानहरूले कसलाई प्रतिबिम्बित गरे (उत्पत्ति ५:३)? _______________। यसको जवाफ उत्पत्ति ५:३ मा पाइन्छ: “जब आदम एक सय तीस वर्षका भए, तब तिनले आफनै ___________, आफ्नै ____________ एउटा छोरा जन्माए, र उसको नाम सेत राखे।” सेतले कसलाई प्रतिबिम्बित गरिरहेका थिए? ___________ तपाईंले सेतलाई हेर्ने हो भने, उसमा कसको स्वरूप र समानता देख्नुहुनेछ? ___________________

आदममा पाइने अभिलाषा, अनाज्ञाकारिता, झूट, पाप, लोभ, रिस, घृणा, फोहोर बोली आदिले पूर्ण थियो, उसमा त्यो देखिन्थ्यो।

संसारमा जन्म लिने प्रत्येक बालक नै आदमकै स्वरूपमा र प्रतिरूपमा जन्मिएको छ (भजनसंग्रह ५१:५)! केवल प्रभु येशू ख्रीष्ट मात्र एउटै अपवाद हुनुहुन्छ जो एक कन्याबाट जन्मनुभयो। बाइबलले बताउँदछ कि उहाँ अ______आ_______ हुनुहन्छ (१ कोरिन्थी १५:४५)। निम्न चार्ट पूरा गर्नुहोस्:

कलस्सी १:१५ र २ कोरिन्थी ४:४ अनुसार अन्तिम आदम ख्रीष्टलाई परमेश्वरको ____________ भनिएको छ। ख्रीष्टले सिद्धरूपमा कसलाई प्रतिबिम्बित गर्नुभयो? ___________। ख्रीष्टलाई हेर्दा कसलाई देखिन्थ्यो? ____________। १२ चेलाहरूमध्ये कुनचाहिँ चेलालाई परमेश्वरको स्वरूपको बारेमा पाठ सिक्नु खाँचो थियो (यूहन्ना १४:७-९)? _____________। येशूलाई देख्नु भनेको __________लाई देख्नु थियो (यूहन्ना १४:९)।

प्रत्येक व्यक्ति कि आदममा (पुरानो सृष्टिसित आवद्ध) छ कि ख्रीष्टमा (नयाँ सृष्टिसित आवद्ध) छ। आदममा हुनेले आफ्नो पिता आ_____लाई प्रतिबिम्बित गर्दछ। ख्रीष्टमा हुनेले आफ्नो प्रभु येशूलाई प्रतिबिम्बित गर्न सक्छन् (यद्यपि उनीहरू कहिलेकाहिँ अझै आदमलाई प्रतिबिम्बित गर्दछन्)। विश्वासीको निम्ति यो सत्य हो: “अनि नयाँ मान्छेलाई पहिरेका छौ, जो चाहिँ आफ्नो सृष्टिकर्ताको ____________अनुसार ज्ञानमा नयाँ हुँदै जान्छ” (कलस्सी ३:१० र एफेसी ४:२४ – नयाँ सृष्टि!)। तलको चित्रले सहयोग गर्छ:

एक दिन विश्वासीले प्रभु येशूलाई सिद्धरूपमा प्रतिबिम्बित गर्नेछ (१ यूहन्ना ३:२ र रोमी ८:२९)। आज एउटा विश्वासी क्रमिक रूपमा बढ्दैजाँदा, आदमलाई झन् झन् थोरै प्रतिबिम्बित गर्न र येशूलाई झन् झन् बढी प्रतिबिम्बित गर्न सिक्दछ: “तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै-हेर्दै हामी सबैजना, प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ, एक महिमादेखि अर्को महिमामा सर्दै त्यही __________ __________ जान्छौं” (२ कोरिन्थी ३:१८)।

के तपाईं त्यो स्वरूपमा बदलिँदै हुनुहुन्छ? के तपाईं झन् झन् येशूलाई प्रतिबिम्बित गर्दैहुनुहुन्छ? के परमेश्वरको स्वरूप तपाईँमा बनिँदै छ (गलाती ४:१९)? के मानिसहरूले तपाईँभित्र ख्रीष्ट देख्न सक्छन् (गलाती २:२०)?

आफैंलाई ऐनाको रूपमा बिचार गर्नुहोस्। के ऐनाले आफूले “देख्न” नसक्ने कुरालाई देखाउन सक्छ? __________ ऐनाले आफूले देख्न सक्ने कुरालाई मात्र प्रतिबिम्बित गर्न सक्छ! ऐनाले प्रतिबिम्बित गर्नुपर्ने कुरा त्यसको अगाडि आउनैपर्छ। यदी ऐना अर्को दिशातर्फ फर्किएको छ भने, त्यसले कहिल्यै पनि वस्तुलाई प्रतिबिम्बित गर्न सक्दैन। त्यस्तैगरी, यदि एउटा विश्वासीले ख्रीष्टलाई (एउटा विश्वासयोग्य ऐनाझैं) देखाउने हो भने, उसले ख्रीष्टलाई देख्नैपर्छ! जति तपाईं उहाँलाई हेर्नुहुन्छ र निहार्नुहुन्छ (२ कोरिन्थी ३:१८), त्यति नै धेरै उहाँलाई प्रतिबिम्बित गर्न सक्नुहुन्छ!

१ यूहन्ना ३:२ अनुसार हामी किन ख्रीष्टजस्तै हुनेछौं? _______________________ ________________। हामी ख्रीष्टको आमुने सामुने हुँदा हामीले उहाँलाई उहाँ जस्तो हुनुहुन्छ ठीक त्यस्तै देख्नसक्छौं। आज हामी बढ्दै जाने क्रममा यही कुरा साँचो हो। हामी जति ख्रीष्टलाई उहाँ वास्तवमा जस्तो हुनुहुन्छ, त्यस्तै हेर्छौं उति नै धेरै हामीमा ख्रीष्ट झल्किनुहुनेछ। आज हामी ख्रीष्टलाई कसरी हेर्न सक्छौं (यूहन्ना ५:३९; लूका २४:२७; लूका २४:४४-४५)? __________________________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

आकाश, पृथ्वी र मानिसको उमेर कति?

आकाश, पृथ्वी र मानिसको उमेर कति?

ब्रह्माण्ड कति वर्ष पुरानो छ? “______मा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” भनेर उत्पत्ति १:१ ले बताउँछ। यो “शुरु” भनेको कहिले हो? सृष्टिको यस उदेकको कार्य कहिले सम्पन्न भयो? सयौं वर्ष अगाडि? हजारौं वर्ष अगाडि? अरबौं वर्ष अगाडि? खरबौं वर्ष अगाडि? आकाश र पृथ्वीको उमेरको बारेमा बाइबलले के सिकाउँछ?

उमेर पत्ता लगाउने पो कसरी?

तपाईंको विद्यालयको उमेर कति भयो भनी जान्न तपाईं उत्सुक हुनुहुन्छ होला। त्यो विद्यालय कहिले निर्माण भयो? तपाईंको हजुरबुबाले भन्नुहोला, “त्यो विद्यालय कहिले निर्माण भयो भनी मलाई याद छ। म त्यतिबेला १८ वर्षको थिएँ”। त्यो विद्यालय कहिले निर्माण भएको हो भनेर तपाईंको हजुरबुबाले भन्न सक्नुहुन्छ। उहाँ त्यस कुराको गवाही हुनुहुन्थ्यो। थ्वीको उमेर पत्ता लगाउनलाई कठिन छ किनभने यस महान घटनाको बेला कुनै पनि मानिस उपस्थित थिएन। कुनै वैज्ञानिकले यसो भन्ला, “पृथ्वी ४-५ अरब वर्ष पुरानो छ”। उसले यही विश्वास गर्दछ, तर के उसले यो कुरा साच्चै जान्दछन् त? के पृथ्वीको सुरुआत हुँदा उनी त्यहाँ थिए? अथवा के उक्त घटनाको गवाही दिन सक्ने कसैलाई उनले जान्दछन्? भु येशू सृष्टिको प्रारम्भमा उपस्थित हुनुहुन्थ्यो किनभने उहाँ नै सृष्टिकर्ता हुनुहुन्थ्यो (यूहन्ना १:३; कलस्सी १:१६; एफेसी ३:९)। सृष्टिको विषयमा उहाँको गवाहीलाई हामी पूर्ण रूपमा विश्वास गर्न सक्छौं। स्वर्गदूतहरू पनि त्यसबेला उपस्थित थिए (अय्यूब ३८:४-७)। तर उक्त घटनाको गवाही हुनका निम्ति कुनै मानिस पनि त्यहाँ थिएन।

प्रश्‍न: एउटा कोठामा पस्दा त्यहाँ एउटा ५ इन्च अग्लो मैनबत्ती २-इन्च प्रति-घण्टाको दरले जल्दै गरेको तपाईंले अवलोकन गर्नुभयो। के यति मात्रै तथ्यको आधारमा उक्त मैनबत्ती जलिरहेको समय कति भयो भनेर पत्ता लगाउन सकिन्छ? ____________। तर एक गवाहीको आधारमा उक्त मैनबत्तीलाई बाल्नुभन्दा अगाडि १० इन्च अल्गो थियो भन्ने तथ्य पनि थाहा पाउनुभयो भने अब के त्यो जलिरहेको समय कति भयो भनेर पत्ता लगाउन सक्नुहुन्छ? __________ ‘हालसम्म ३ इन्च जल्न भ्याएको रहेछ (८ इन्च – ५ इन्च = ३ इन्च); वितेको समय = २ x ३ इन्च = ६ घण्टा।’

उदाहरणबाट हामी बुझ्छौं कि कुनै कुरा कति पुरानो छ भनेर जान्न त्यसको सुरुको अवस्था (initial conditions) बारे जान्न हामीलाई आवश्यक पर्छ। मैनबत्ती सुरुमा कति अग्लो थियो नजानीकन त्यसको ज्वलनको ‘उमेर’ निकाल्न सकिन्न। (नोट: साथै त्यो निरन्तर एउटै दरले जलको थियो भन्ने मानिलिनुपर्ने हुन्छ। यदि मैनबत्ती टुप्पोतिर पातलो र फेदतिर मोटो भएको खण्डमा हाम्रो अघिको हिसाब फेल खान्छ! त्यसैले सुरुको अवस्था अवलोकन गर्न नपाउँदा ‘उमेर’ पत्ता लगाउन गाह्रै छ।)

विश्वब्रह्माण्डको सुरुआतको बारेमा कसरी जान्ने त? “___________द्वारा हामी ___________छौं।” (हिब्रू ११:३)। विश्वास भनेको परमेश्वरले भन्नुभएको कुराहरूलाई विश्वास गर्नु हो। हाम्रो विश्वास सर्वशक्तिमान सृष्टिकर्तामाथि छ जो सुरुआतमा हुनुहुन्थ्यो र जसले सुरुमा सृष्टि गर्नुहुँदा आकाश र पृथ्वी कस्ता थिए भनी बताउने उत्पत्तीको पुस्तक हामीलाई दिनुभएको छ। सबै कुराहरू सुरु हुँदा हामी त्यहाँ थिएनौं (अय्यूव ३८:४), तर सृष्टिकर्ता परमेश्वर त्यहीँ हुनुहुन्थ्यो! हाम्रो पृथ्वी ग्रहको बारेमा सृष्टिकर्ताले हामीलाई दिनुभएको गवाहीलाई हामी विश्वास गरौं!

सृष्टि-साता

सृष्टिको बारेमा हाम्रो अध्ययनमा (पाठ ४) पृथ्वी ________ दिनमा सृष्टि गरियो, घाम, चन्द्रमा र ताराहरू _________ दिनमा सृष्टि गरिए र मानिसचाहिँ _________ सृष्टि गरियो भनी हामीले अध्ययन गर्यौं। पृथ्वी, घाम, चन्द्रमा, ताराहरू र मानिस सबै नै एउटै सातामा सृष्टि गरिएका हुन् (प्रस्थान २०:११)। त्यसैले तिनीहरूको उमेर वास्तवमा एउटै छ! विकासवादीहरूले सिकाएझैं घाम र पृथ्वी मानिसभन्दा अरबौं वर्ष पुरानो छैन। वास्तवमा मानिसभन्दा पृथ्वी केवल पाँच दिन मात्र जेठो हो! पृथ्वी कति पुरानो छ भनी हामीले जान्न सक्यौं भने, घाम कति पुरानो छ भनी हामी जान्नेछौं र यस पृथ्वीमा मानिस कति समयदेखि रहँदै आएको छ भनी पनि हामीले जान्नेछौं। आदमको सृष्टि कहिले भएको हो भनी हामीले जान्न सक्यौं भने पृथ्वी, घाम र चन्द्रमा कति उमेर पुरानो छन् भनी हामीले जान्नेछौं! ती सबै एकै समयमा बनाइएका हुन्, अर्थात् सृष्टि साताका छ दिनहरू भित्र। यो सृष्टि साता कति अगाडिको कुरा हो? अरबौं वर्ष? करोडौं वर्ष? कि हजारौं वर्ष? यस पाठमा हामी यही प्रश्नको जवाफ खोज्नेछौं।

केही पुरानो देखिने नयाँ वस्तु

जब कुनै कुराको सृष्टि गरियो, त्यो पुरानो देखिए तापनि वास्तवमा पुरानो भने थिएन। यो त भर्खर मात्र सृष्टि गरिएको थियो! केही उदाहरणहरू हेरौं:

१.आदम

परमेश्‍वरले आदमलाई सृष्टि गर्नुहुँदा उनलाई एउटा बच्चाको रूपमा सृष्टि गर्नुभएर बढ्नको निम्ति २५-३० वर्ष पर्खनुभयो कि उहाँले पूरै बढेको मानिसको रूपमा सृष्टि गर्नुभयो? (उत्पत्ति २:७,१५,२०,२३,२५)? ______________________। यदि तपाईंले सृष्टिको छैटौं दिनमा सृष्टि गरिएको आदमको कुनै तस्वीर देख्न सम्भव भएको भए, उनी सम्भवत: २५ वा ३० वर्षको मानिस जस्तो देखिने थिए! के उनी साँच्चै २५ वा ३० वर्ष उमेरका थिए? ________ उनी वास्तवमा एक दिन भन्दा पनि कम उमेरका थिए! यो हाम्रो निम्ति एउटा अनौठो कुरा होला। एक वर्षको जन्मदिन मनाउँदा, हामीले सानो बालक देख्ने अपेक्षा गर्दछौं। तर आदमको पहिलो वर्षको जन्मदिन आउँदा, उनी एउटा पूरा बढेको वयस्क मानिस थिए! आदम केही पुरानो देखिने एक नयाँ सृष्टि थिए। उनी वास्तवमा जति थिए, त्यो भन्दा वृद्ध देखिन्थे।

२.रूख तथा पर्वतहरू

रूखहरूको सृष्टि गर्नुहुँदा, परमेश्वरले एउटा बीउको सृष्टि गरी त्यसलाई रोप्नुभएर त्यो बढ्दै गएर रूख बन्नलाई पर्खी बस्नुभयो कि सुरुमै पूरा बढेको रूखको सृष्टि गर्नुभयो (उत्पत्ति १:११)? ___________________। उक्त रूखलाई सृष्टि गरिएको पाँच मीनेटपछि त्यसको सुरुको अवस्थाको कुनै जानकारी नभएको एक वैज्ञानिकले अवलोकन गरेका भए त्यसको उमेर १०० वर्ष वा बढी छ भनी तिनले अनुमान लगाउन सक्ने थिए। के साँच्चै उक्त रूखको उमेर त्यति नै हो? __________। त्यो कति पुरानो थियो? __________________________ यो १०० वर्ष पुरानो देखिन्थ्यो किनभने यो पूरा बढेको रूपमा सृष्टि गरिएको थियो र त्यसैले यो रूख केही पुरानो देखीने नयाँ सृष्टि थियो। पर्वतहरूको सम्बन्धमा पनि यही कुरा साँचो हो। यदि कुनै वैज्ञानिकलाई पर्वतहरू सृष्टि गरिएको एकदिन पछि त्यहाँ ल्याउने हो भने, उसले ती चुचुराहरू हेर्नेथियो र ती पर्वतहरू सैयौं वर्षदेखि त्यहीँ थिए भनी निश्कर्ष निकाल्ने थियो। ती पर्वतहरू पनि भरखरै सृष्टि गरिएका भए तापनि केही पुरानै देखिन्थे।

३.कुखुरा र अण्डा

कुनचाहिँ पहिले आयो, कुखुरा कि अण्डा (उत्पत्ति १:२१)? यस प्रश्नले धेरै मानिसहरूलाई दोधारमा पारेको छ तर बाइबलको जवाफ प्रस्टै छ। सबै पशुहरू पूरा बढेको अवस्थामा सृष्टि गरिएका थिए। परमेश्वरले पहिले कुखुरीलाई बनाउनु भयो, र कुखुरीले अण्डाहरू कोरल्यो! बाइबलमा विश्वास नगर्ने मानिसलाई यस प्रश्नको जवाफ दिन गाह्रो हुन्छ! यदि अण्डा पहिले आयो भने, कसले अण्डा पार्यो? यदि कुखुरी पहिले आयो भने, कसले कोरल्यो? तर यदि सृष्टिकर्ताले यसलाई एउटा पूरा बढेको कुखुराको रूपमा सृष्टि गर्नुभयो भने, त्यहाँ कुनै समस्या रहँदैन! बाइबलले हामीलाई सुरुआतको बारेमा बताउँछ। परमेश्वरले कुखुराबाट सुरू गर्नुभयो। प्रथम अण्डाहरू पछि आएका हुन्!

४.ताराहरूका प्रकाश

८० प्रकाश वर्ष टाढा रहेको ताराको बारेमा विचार गर्नुहोस्। उक्त ताराबाट अहिले निस्केको प्रकाशको किरण पृथ्वीमा आ‍इपुग्न र विशाल दुरविनद्वारा देखिन ८० वर्ष लाग्नेछ। सबैभन्दा निकटमा रहेको तारा, अर्थात सूर्यकै किरण यहाँ आइपुग्न आठ मीनेट लाग्छ।

आज हामी लाखौं प्रकाश वर्ष परका ताराका प्रकाश देख्‍न सकिरहेका छौं। के यसको मतलव पृथ्वी लाखौं वर्ष पुरानो हुनुपर्छ भन्ने हो? कदापि होइन। पहिला, हामीले यो बुझ्नु खाँचो छ, प्रकाश वर्ष भनेको दूरीको नाप हो, समयको होइन। अन्तरिक्षको अध्ययन गर्ने व्यक्तिले कुनै तारा केही प्रकाश वर्ष टाढा छ भनी भन्दछ भने, उसले उक्त तारा कति टाढा छ (दुरी) भनी भनिरहेको हुन्छ, त्यो ताराको उमेर कति भयो, वा त्यो तारा अस्तित्वमा आएको कति समय भयो (समय) भनी भनिरहेको हुँदैन। दोस्रो कुरा, उत्पत्ति १:१७ ले ताराहरू _________ मा प्रकाश दिनलाई सृष्टि भएको कुराको उल्लेख गर्छ। के सृष्टिकर्ताले ताराहरू पहिला सृष्टि गर्नुभएपछि त्यसको प्रकाश पृथ्वीमा आइपुग्नको लागि लाखौं वर्ष पर्खेर बस्नुभयो होला? अहँ। उहाँले ताराहरू सृष्टि मात्र गर्नुभएन तर सृष्टि गर्नेवित्तिकै तिनका प्रकाश पृथ्वीमा देखियोस् भनी त्यसका किरणहरू समेत पृथ्वीमा पर्ने गरीकन सृष्टि गरिदिनुभयो। यदि परमेश्वरले ताराहरू सृष्टि मात्र गर्नुभएर उक्त ताराको किरणहरू पृथ्वीमा नपार्नुभएको भए, आदमा रातमा आकाशमा हेर्नेथिए र कुनै पनि तारा देख्नेथिएनन्। सबैभन्दा नजिकको ताराबाट पनि प्रकाशलाई पृथ्वीमा आइपुग्न निकै वर्ष लाग्नेथियो। त्यस अवस्थामा, आदमले केवल एउटै तारा, अर्थात सूर्य मात्र देख्नेथिए। तर सुरुदेखि नै आदम र अरूहरूले ताराहरूले भरिएको आकाश देख्न सक्दथे (उत्पत्ति १५:५ सित तुलना गर्नुहोस्)।

५.माटो, बालुवा, चट्टान

रूखहरू र वनस्पतिहरू हुर्कनको निम्ति माटो चाहिन्छ। हामीले आज माटोको अवलोकन गर्यौं भने, माटोको आफ्नै इतिहास छ भनी हामीले अनुमान गर्नसक्छौं। सायद त्यो माटो एकसमय कडा चट्टान थियो होला र वर्षौं-वर्षको प्राकृतिक शक्तिहरूको कारणले आजको माटोको अवस्थामा आइपुग्न साना-साना कणहरूमा टुक्रा भएको हुनुपर्छ! परमेश्वरले रूखहरू र वनस्पतिहरूको निम्ति माटो नै सृष्टि गर्नुभयो जस्तो तपाईंलाई लाग्छ कि उहाँले पहिले चट्टान सृष्टि गर्नुभयो र चट्टान साना-साना कणहरूमा टुक्रिएर माटो बन्नलाई हजारौं वर्षहरू पर्खनुभयो जस्तो लाग्छ? के परमेश्वरले बालुवा सृष्टि गर्नुभयो, कि उहाँले पानीको शक्तिद्वारा बालुवा उत्पादन गर्न हजारौं वर्ष पर्खनुभयो? (धेरैजसो बालुवामा चट्टानका कणहरू पाइन्छन्।)

६.चट्टानको सृष्टि

मानौं तपाईंको हातमा चट्टान सृष्टि गर्ने सामर्थ्य छ! निश्चय पनि, केवल सर्वशक्तिमान सृष्टिकर्ताले मात्र यसो गर्न सक्नुहुन्छ भनी हामीलाई थाह छ, तर एकछिनलाई मानिलिऔं कि तपाईंको हातमा शून्यताबाट एउटा चट्टान सृष्टि गर्ने सामर्थ्य छ। मानौं त्यो नव सृजित चट्टानलाई तपाईंले कुनै भूगर्भविदकहाँ लैजानुभयो। उसले त्यो चट्टानको अध्ययन गर्नेथियो र सायद उक्त चट्टान अरबौं वर्ष पुरानो हो भनी तपाईंलाई बताउनेथियो! त्यसो अड्कल गर्दा के ऊ सही हुनेथियो? __________ वास्तवमा, त्यो चट्टान त भर्खर मात्र सृष्टि गरिएको थियो!

केही पुरानो देखिने नयाँ पृथ्वी

यदि तपाईंले पृथ्वीलाई सृष्टि भए लगत्तै हेर्ने हो भने, त्यो केही पुरानो देखिने नयाँ वस्तु भएकोले यहाँको रूखहरू, पहाडहरू, समुद्रहरू, चट्टानहरू र सूर्यहरू केही लामो समयदेखि नै त्यहीँ थिए जस्तो देखिन्थ्यो। तर वास्तवमा, ती थोकहरू हालसालै सृष्टि गरिएका थिए। के यस्तो पुरानो देखिने कुराहरू सृष्टि गर्नुभएर परेमश्वरले हामीलाई झुक्काउन खोज्नुभएको हो? कदापी होइन! परमेश्वरले हामीलाई आफ्नो सृष्टि प्रणालीको बारेमा बताउनुभएको छ, र हरेकले (वैज्ञानिकहरूले पनि) उत्पत्तिको पुस्तक पढेर सृष्टिको बारेमा सत्य कुरा जान्न सक्छ! परमेश्वरले मानिसहरूलाई धोका दिइरहनुभएको छैन तर बाइबललाई गम्भिर रूपमा नलिएर मानिसहरूले आफैंलाई धोका दिइरहेका छन्। बाइबलका परमेश्वरलाई र उहाँले भन्नुभएको कुराहरूलाई विश्वास गर्न उनीहरू इन्कार गर्दछन्। जसरी एउटा जादुगरले आफ्ना श्रोताहरूलाई आफ्ना चमत्कारहरू गर्ने तरिकाको बारेमा बताए भने कसैलाई झुक्काइरहेको हुँदैन उसरी नै परमेश्वरले पनि आफूले संसारलाई कसरी सृष्टि गर्नुभयो भनी पूरा व्याख्या गर्नुभएर कसैलाई धोका दिनुभएको छैन।

करिब २००० वर्ष अगाडि सृष्टिकर्ता यस संसारमा वास्तवमै हिँडडुल गर्नुभयो र उहाँको सृष्टि प्रणालीहरूलाई सार्वजनिक रूपमा प्रदर्शन गर्नुभएका ती आश्चर्यकर्महरूलाई मानिसहरूले देख्न सक्दथे। तीमध्ये केही आश्चर्यकर्महरूको बारेमा बिचार गरौं:

१) पानी दाखरसमा परिणत भएको

यूहन्ना २ मा हामीले विवाह भोजमा प्रभुले सम्पन्न गर्नुभएको पहिलो आश्चर्यकर्मको बारेमा अध्ययन गर्न सक्छौं। प्रभुले उनीहरूलाई ६ ओटा पानीका घ्याम्पाहरूमा पानी भर्ने आदेश दिनुभयो (६-७ पद)। हरेक घ्याम्पामा २०-३० पाथी पानी अटाउँथ्यो! त्यसैले आफ्नो सृष्टि गर्नसक्ने सामर्थ्यद्वारा परमेश्वरका पुत्रले १५० पाथी पानीलाई किण्वीकरण नगरीएको दाखरसमा पविर्तन गर्नुभयो।

यस घटनापछि तुरुन्तै भोजका मुखियाले दाखमद्य चाखे। के हालसालै गरिएको आश्चर्यकर्मको बारेमा तिनलाई थाह थियो (९ पद)? ____________ तिनले उक्त दाखमद्य कहीँ राखिएको थियो र त्यो दाखमद्य कुनै समय दाखबारीमा भएका दाखहरूबाट बनाइएको थियो भनी सोचेको हुनुपर्छ। ती दाखहरू दाखको बोटमा हुर्किए र एकदिन ती पाके, मानिसहरूले चुँडेर निकाले र तिनलाई पेलेर दाखरस बनाए भनी तिनले सोचे होलान्। तर भोजका मुखिया गलत थिए! यो दाखमद्य दाखहरूबाट आएको थिएन र त्यहाँ कुनै दाखको बोट थिएन! ती दाखरस त सर्वशक्तिमान सृष्टिकर्ताका वचनहरूद्वारा बनिएका थिए! के यो आश्चर्यकर्म गर्न येशूलाई पानी नै चाहिन्थ्यो होला? ___________ उहाँको सृष्टि गर्न सक्ने सामर्थ्यद्वारा, प्रभु येशूले पानीलाई कुनै पनि मानिसका जिब्राहरूले चाखेको भन्दा सर्वोत्तम स्वादको दाखरसमा परिवर्तन गर्नुभयो।

२)शान्त पारिएको समुद्र

लूका ८:२२-२५ पढ्नुहोस्। यहाँ सृष्टिकर्ताको अर्को आश्चर्यकर्मको वयान छ। गालीलको समुद्र तुरुन्तै थामियो र आँधिबेहरी शान्त भयो (२४ पद)। मानौं समुद्र शान्त भए लगत्तै कुनै मानिस हेलिकप्टरमा उक्त स्थानमाथि उडेर आयो (हुन त त्यसबेला हेलिकप्टरहरू थिएनन्)। उसले तल हेर्नेथियो र यो शान्त भएको समुद्रलाई हेर्नेथियो। के उसले त्यहाँ एकछिन अघि मात्र आँधी चलिरहेको थियो भनेर अनुमान लगाउन सक्ने थियो? ____________ बतास र पानीले पनि तिनीहरूको सृष्टिकर्ताका आज्ञाहरू पालन गर्दछन्!

३)पाँच हजारलाई खुवाउनुभएको रोटी र माछाहरू

मत्ती १४:१५-२१ पढ्नुहोस्। मानौं तपाईं त्यस भोजको बीचमा पुग्नुभयो र हालसालै एउटा अचम्मको आश्चर्यकर्म सम्पन्न भएको बारेमा तपाईं अनभिज्ञ हुनुहुन्छ। त्यहाँ एउटा व्यक्तिले तपाईंलाई माछा देखाउँदै प्रश्न गर्छ, “के यो माछाको जीवन कथा बताउन सक्नुहुन्छ?” तपाईंलाई यो प्रश्न सुरुमा अनौठो लाग्ला, तर तपाईंले ठीक जवाफ दिने सर्वोत्तम प्रयास यसरी गर्नुहुनेछ, “मेरो विचारमा, यो माछा पहिले अण्डाबाट विकसित भएको हुनुपर्छ र गालीलको समुद्र वरिपरि पौडिरहेको हुनुपर्छ। एकदिन एकजना मछुवाले यसलाई आफ्नो जालमा पक्रेको हुनुपर्छ र त्यसपश्चात् यो खानको निम्ति तयार परिएको हुनुपर्छ”। तर उक्त व्यक्तिले यस्तो जवाफ दिनेछ, “होइन, तपाईं गलत हुनुहुन्छ। यो माछा कहिले पनि अण्डाबाट विकसीत भएको होइन, यो त पानीमा पनि कहिल्यै पौडिएन, यसलाई पक्रिएको पनि होइन—यो माछा त कहिले भिजेको पनि थिएन। सृष्टिकर्ता येशूले यो माछालाई भर्खर मात्र बनाउनुभएको हो! त्यती मात्र होइन, हामीले खाइरहेका यी जौका रोटीहरू पनि ती जौबाट बनिएका हुन् जुन कहिल्यै पनि खेतमा फलेन, जसको कटनी पनि गरिएन र पीठो पनि बनाइन नता आगोमा पोलिए। यी रोटीहरूको भिन्नै इतिहास छ!” (केवल दुई ओटा माछा र पाँचओटा रोटीहरूको मात्र वास्तविक इतिहास थियो; बाँकी माछा र रोटीहरू त्यस समयका निम्ति मात्र सृष्टि गरिएका थिए)।

४)चंगाइका कार्यहरू

येशूले निको पार्नुभएका हरेक रोगी, लङ्गडो र कुष्ट रोग लागेको व्यक्ति पहिले कहिल्यै नभएको स्वस्थ अवस्थामा पुगेको देखिन्थ्यो। अचम्मको चङ्गाइको कारणले ती मानिसहरू पूर्ण रूपमा स्वस्थ हुन्थे र यदि ती मानिसहरू चङ्गाइ गरिएका हुन् भनी तपाईंलाई थाह नभएको भए, उनीहरू निकै समयदेखि नै यस्तो स्वस्थ अवस्थामा रहेका रहेछन् भनी तपाईंले अनुमान लगानुहुनेथियो। यूहन्ना ९ अध्यायको जन्मदेखिकै अन्धो मानिसको बारेमा विचार गर्नुहोस्। येशूले उसलाई एकैछिनमा पूर्ण रूपमा निको पार्नुभयो। अब मानौं कि उक्त मानिस आँखा जचाउन चिकित्सककहाँ गयो।

अन्धोमानिस: “मेरा आँखाहरू कस्ता छन्, डाक्टर?”

चिकित्सक: “भाइ, तपाईंको आँखा एकदम ठीक छ। साँच्चै तपाईंको दृश्यशक्ति साह्रै राम्रो रहेछ!”

अन्धोमानिस: “होइन, डाक्टर, तपाईंले बुझ्नुभएन। हिजोसम्मको मेरो सम्पूर्ण जीवनमा म अन्धो थिएँ, तर सृष्टिकर्ताले मलाई निको पार्नुभयो!”

(साधारणतया: चिकित्सकले उक्त मानिसको आँखा सुरुदेखि नै राम्रो थियो भनी मानिलिनेछन्, तर त्यो विचार गलत हुनेथियो।)

प्रेरित ३ मा उल्लेखित _________ _________देखि __________ भएको मानिसको सवालमा पनि यही नै सत्य हुन्छ (प्रेरित ३:२)। परमेश्वरले उसलाई निको पार्नुभयो (६-७ पदहरू) र उक्त मानिस हिँड्दै र उफ्रँदै गरेको देख्ने सबै मानिसहरू छक्क परे (८-११ पदहरू) किनभने उनीहरूले उसको लङ्गडो अवस्थाको इतिहास जान्दथे, तर उक्त मानिसले आफ्नो त्यस्तो कुनै विगत नभएको जस्तै गरिरहेको थियो। यदि तपाईंले उक्त मानिसलाई ऊ निको भएपछि भेट्नुभएको भए, ऊ जन्मदेखि नै लङ्गडो थियो भनी तपाईंले कहिल्यै अनुमान लगाउन सक्नुहुँदैन थियो।

५. लाजरस

लाजरसलाई मरेकाबाट पुनर्जीवित पारिएको आश्चर्यकर्मको बारेमा यूहन्ना ११ मा पढ्नुहोस्। मानौं लाजरस डाक्टरकहाँ आफ्नो शारीरिक परीक्षण गर्न गए:

चिकित्सक: “अँ, लाजरस, तिम्रो परिक्षण सफल भयो, तिमी त साह्रै स्वस्थ अवस्थामा देखिन्छौ! तिम्रो शारीरिक अवस्था अति राम्रो छ”

लाजरस: “डाक्टर ज्यू, तपाईंको अनुभव अनुसार, मेरो विगतको इतिहास कस्तो थियो होला?”

चिकित्सक: मलाई लाग्छ, तिमीले राम्रो कसरत र खानपिन गरिरहेका छौ र केही समयदेखि राम्रो अवस्थाको आनन्द लिरहेका छौ”

लाजरस: “डाक्टर ज्यू, तपाईंलाई सायद अचम्म लाग्दा, तर म हालसालै मरेको थिएँ र मेरो शरीर ४ दिनसम्म चिहानभित्र कुहिन र गन्हानउ थालिसकेको थियो (यूहन्ना ११:३९), तर मेरो सृष्टिकर्ता र मेरो मुक्तिदाताले मलाई पुन: जीवित पार्नुभयो!”

पृथ्वी कति पुरानो छ?

सृष्टिका परमेश्वरमा र उत्पत्तिको पुस्तकमा विश्वास नगर्ने मानिसहरूले पृथ्वी धेरै नै पुरानो छ भनी विश्वास गर्छन्। सन् १९०० ताका विकासवादीहरूले पृथ्वी ५ करोड वर्ष पुरानो छ भनी विश्वास गर्दथे। आज, १०० वर्ष भन्दा धेरै समयपछि, पृथ्वी त्यो भन्दा पनि अझै पुरानो छ भनी उनीहरू विश्वास गर्दछन्। “पृथ्वीको इतिहास ४ अर्व भन्दा बढि समयावधिको छ” (१९९८ इन्साइक्लोपिडियाबाट)। मौकाको ईश्वरलाई सृष्टिकार्य गर्नको निम्ति थुप्रै समयको खाँचो पर्दछ (पाठ ४ हेर्नुहोस्)! आज अधिकांश विकासवादीहरूले पृथ्वी करिब ४.६ अर्व वर्ष पुरानो छ भनी भन्दछन्। यसको अर्थ आज उनीहरूले पृथ्वीको आयु उनीहरूले झण्डै १०० वर्ष अगाडि सन् १९०० मा सोचेको भन्दा १०० गुणा धेरै छ। अबको पचास वा सय वर्षपछि पृथ्वी कति पुरानो छ भनी उनीहरूले भन्लान्? उनीहरूको शिक्षा बदलिरहन्छ र उनीहरूको पुस्तकहरू पनि नयाँ शिक्षाहरू अनुसार परिवर्तन गरिरहनुपर्छ।

यस पाठमा पृथ्वी करोडौं वर्ष पुरानो छैन र निश्चय पनि अरबौं वर्ष पुरानो त छँदैछैन, तर वास्तवमा यो त केही हजार वर्ष मात्र पुरानो छ भनी हामी अध्ययन गर्नेछौं। मानिसहरूले सोचेझैं पृथ्वी वास्तवमै पुरानो छैन।

केही रूखहरू निकै पुराना छन्। सेकुओइया रूख (Sequoia trees) ३,५०० वर्ष पुराना हुन्छन्। ती रूखहरू मोशाको समयमा हुर्कन सुरु गरे र आजसम्म पनि रहिरहेका छन्! केही ब्रिसलकोन पाइन रूखहरू (Bristlecone Pine trees) ४००० वर्ष पुराना छण् जसको अर्थ ती रूखहरू अब्राहामका पालामा बढ्न सुरु गरेका थिए!

बाइबलको गवाही

बाइबलले हामीलाई पृथ्वीको उमेर र मानिसको उमेरको बारेमा धेरै कुरा बताउँदछ। याद राख्नुहोस्, पृथ्वीको उमेर र मानिसको उमेर वास्तवमा एउटै हो (उत्पत्ति १ अनुसार पृथ्वी मानिसभन्दा जम्मा पाँच दिनले मात्र पुरानो छ)। आदमभन्दा करोडौं-अरबौं वर्ष पहिले पृथ्वी यहाँ थिएन।

विभिन्न खण्डहरूमा हामीलाई बाइबलले विस्तृत वंशावलीहरू दिएको छ जसको आधारमा मानव जातिको मोटामोटी ‘उमेर’ पत्ता लगाउन सकिन्छ (अर्थात्, यस संसारमा आदमबाट सुरु गरेर मानिस बाँच्दै आएको समय)।

हामीलाई थाह छ, ख्रीष्टको समयदेखि आजको समयसम्म झण्डै २००० वर्ष हुन्छ (ख्रीष्ट करिब ई.सं. ३० मा बौरिउठ्नुभएको थियो)। हामीलाई यो पनि थाह छ, अब्राहामको समयदेखी ख्रीष्टको समयसम्म करिब २००० वर्ष थियो (अब्राहाम यस पृथ्वीमा करिब ई. पू. २००० वर्ष अगाडि बाँचेका थिए)। त्यहाँ अनुमान लगाउन कठिन अन्य दुई समयावधिहरू छन् जसका कारणहरू चाहिँ हामी पछि अध्ययन गर्नेछौं:

    • १. आदमको समयदेखि जलप्रलयसम्म
    • २. जलप्रलयदेखि अब्राहामसम्म

तर यी दुवै समयावधिको निम्ति परमेश्वरले हामीलाई वंशावली दिनुभएको छ। उत्पत्ति ५ मा आदमदेखि नूहसम्मको वंशावली छ (सृष्टिदेखि जलप्रलयसम्म)। उत्पत्ति ११ मा नूहको छोरा शेमको समयदेखि अब्राहामसम्मको वंशावली छ (जलप्रलयदेखि अब्राहामसम्म)।

त्यसैले पृथ्वीको र मानवजातिको उमेर पत्ता लगाउन, हामीले जोड्नैपर्ने ४ ओटा समयावधिहरू छन्:

वंशावलीमा अन्तरालहरू

वंशावलीमा हुन सक्ने केही अन्तरालहरूका सम्भावनाको कारण पहिलो दुई चरणको समयावधिलाई निश्चित रूपमा निर्धारण गर्न हामीलाई कठिन हुन्छ। एक वा बढि वंशावलीहरूलाई छोड्दा अन्तरालहरू आउँछ।

उदाहरणको निम्ति, मत्ती १:१ मा ख्रीष्टलाई “अब्राहामका ________” भनिएको छ तर ख्रीष्ट र अब्राहामको बीचमा थुप्रै वंशावलीहरूको अन्तराल छ (मत्ती १:२-१६)।

योराम र ओजियाको बीचमा अन्तरालको एउटा उदाहरण छ। मत्ती १:८ मा यस्तो लेखिएको पढ्दछौं, “यो______ ओजियालाई जन्माए (जसलाई उज्जियाह वा अजरियाह पनि भनिन्छ)। के यसको अर्थ योराम उज्जियाहका पिता थिए भन्ने हुन्छ? हामीले पुरानो नियमलाई ध्यानपूर्वक पढ्दा योराम वास्तावमा उज्जियाहका जिजुबुबा थिए भन्ने देखिन्छ।

यहोरामका छोरा को थिए (२ राजा ८:२४)? ________________
अहज्याहका छोरा को थिए (२ राजा ११:२)? ________________
योआशका छोरा को थिए (२ राजा १२:१९-२१)? ________________
अमस्याहका छोरा को थिए (२ राजा १४:२१)? ________________
(नोट: अजर्याहको अर्को नाम उज्जियाह हो। २ राजा १४:२१ मा आफ्नो बाइबलको फुटनोट हेर्नुहोस्।)

समरूप तर अपूर्ण

हामीले बाइबलका वंशावलीहरू अध्ययन गर्दा, बाइबलका लेखकहरूले पूर्णता (कुनै अन्तराल नराखी हरेक बाबु र छोराका नामहरू उल्लेख गर्नु) भन्दा समरूपता (नामहरूलाई नियमित र सन्तुलित रूपमा लेख्नु) प्रति बढी चासो राखेका देखिन्छ। उत्पत्ति ५ र ११ लाई तुलना गर्दा, उनीहरू पूर्ण रूपमा सन्तुलनमा र समरूपतामा रहेको देखिन्छ। दुवै समूहमा १० जना बाबुहरू छन् र दसौं बाबुका ३ महत्त्वपूर्ण छोराहरू छन्:

निम्न चार्टमा छुटेका नामहरू लेख्नुहोस्:

मानिसहरूले यी सूचीका नामहरूलाई कण्ठ गर्न सकुन भनेर यसरी समरूप तरिकाले वंशावलीहरू दिइएको हुनुपर्छ। यी वंशावलीहरूमा मसीहको वंशक्रम छ। मसीह ख्रीष्ट यी नै मानिसहरूका वंश हुनुहुन्छ (लूका ३:२३-२६)। मत्ती ११ मा समरूपतामा लेखिएको वंशावली छ जसमा १४-१४ ओटा पुस्ताहरू गरी ३ समूहहरू छन् (१७ पद हेर्नुहोस्):

मत्ती १:८ मा ३ पुस्ताहरूको बीचमा अन्तराल छ (तीन राजाहरूका नाम लेखिएको छैन) भनी हामीले पहिल्यै हेरिसक्यौं। परमेश्वरको अगुवाइमा लेख्ने मत्तीले यस खण्डमा १४ ओटा मात्रै नामहरू लेख्न चाहे, त्यसैले ८ पदमा तिनले यो अन्तराल राखे। १४-१४ ओटा नामहरू भएको ३ समूहरू सम्झना गर्न पनि सजिलो छ। मत्ती १ को वंशावली समरूप भए तापनि पूर्ण छैनन् भनी हामी जान्दछौं। यसमा केही नामहरू र केही पुस्ताहरू समावेश गरिएका छैनन्।

मत्ती १ को अब्राहामदेखि ख्रीष्टसम्मको वंशावलीमा अन्तरालहरू छन् भनी हामी जान्दछौं। के लूका ३ को आदमदेखी ख्रीष्टको वंशावलीमा पनि अन्तरालहरू हुनु सम्भव छ? उत्पत्ति ५ को आदमदेखि जलप्रलयसम्मको वंशावलीमा अन्तरालहरू हुनु सम्भव छ? यदि त्यहाँ कुनै पनि अन्तरालहरू नभएको भए, हामीले आदमदेखि जलप्रलय र जलप्रलयदेखि अब्राहाम सम्मको समयको सठीक हिसाब निकाल्न सक्नेथियौं। आयरल्याण्डका एक बाइबल विद्वान अशर (Ussher) ले सत्रौं शताब्दीमा बाइबलका चाबी घटनाहरूको हिसाब निकाल्ने प्रणालीको विकास गरे। तिनले ४००४ ई.पू. मा पृथ्वीको सृष्टि गरिएको हिसाब निकाले। यसो गर्दा तिनले उत्पत्ति ५ र ११ मा भएका वंशावलीहरूमा कुनै अन्तराल छैन भन्ने अड्कल गर्दै हिसाब गरेका थिए। यदि उत्पत्ति ५:१-११ मा केही अन्तरालहरू छन् भने, सृष्टिको मिति अझै केही वर्ष पछाडि पुग्न जान्छ।

तसर्थ, वंशावलीमा कुनै अन्तरालहरू भए पनि वा नभए पनि पृथ्वीको सृष्टि केवल ६ वा ७ हजार वर्ष अगाडि मात्र भएको हो। विकासवादीहरूको समय तालिकाभन्दा कति यो भिन्न छ! पृथ्वी ४-५ अरब वर्ष भन्दा पुरानो छ र मानिस १० लाख वर्ष भन्दा पुरानो छ भनी तिनीहरू सिकाउँछन्। बाइबलको अनुसार पृथ्वी अरबौं वा खरबौं वर्ष पुरानो छैन। निश्चय नै, पृथ्वी १०,००० वर्षभन्दा पुरानो छैन।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

अन्तरालको सिद्धान्त २

विज्ञान, बाइबल र मुक्तिदाता

 

केही अवलोकनहरू:

    • १) जब परमेश्वरले ब्रह्माण्डको (पहिलो र दोस्रो स्वर्गहरू वा आकाशहरू) सृष्टिको उल्लेख गर्नुहुन्छ, उहाँले सृष्टिको ६ दिनहरूको समयावधि बताउनुहुन्छ (प्रस्थान २०:११; उत्पत्ति १)।
    • २) जब परमेश्वरले सबै कुराहरूको (ब्रह्माण्ड र तेस्रो स्वर्ग र स्वर्गदुतहरू पनि) सृष्टिको उल्लेख गर्नुहुन्छ, उहाँले समयावधि बताउनुहुँदैन (नहेम्याह ९:६ र कलस्सी १:१६)।
    • ३) स्वर्गदुतहरू उत्पत्ति १:१ भन्दा अगाडि नै सृष्टि गरिएको हुनुपर्छ किनभने जब पृथ्वीको सृष्टि हुँदैथियो, परमेश्वरको प्रशंसा गर्न र ब्रह्माण्डको सृष्टिको गवाही हुन उनीहरू त्यहीँ थिए (अय्यूब ३८:४,७ हेर्नुहोस्)।

अय्यूब ३८:४,७

“मैले पथ्वीका जगहरू बसाल्दा तिमी कहाँ थियौ?…

जुन बेला बिहानका ताराहरूले (नेतृत्व गर्ने स्वर्गदुतहरू) एकसाथ गाए, र परमेश्वरका सबै छोराहरूले (स्वर्गदुतहरू, अय्यूब १:६; २:१ हेर्नुहोस्) हर्षले चिच्च्याए?”

परमेश्वरले पृथ्वीको जग बसाल्नुहुँदा अय्यूब त्यहाँ थिएनन् तर स्वर्गदूतहरू उपस्थित थिए! उत्पत्ति १:१ मा परमेश्वरले पृथ्वीको सृष्टि गर्नुहुँदा, स्वर्गदूतहरू त्यस घटनाको गवाही भइरहेका थिए। पहिलो दिनको एकदम सुरुमा, स्वर्गदुतहरूले सृष्टिकर्ताले के गर्दैहुनुहुन्छ भनी हेरिरहेका थिए। त्यसैले उत्पत्ति १:१ ले लुसिफर तथा स्वर्गदूतहरूको सृष्टिलाई समेट्दैन। उनीहरू सृष्टि भइसकेका थिए!

४) पृथ्वीलाई नष्ट-भ्रष्ट पारेको शैतानको पापले होइन, तर मानिसको पापले हो। पृथ्वी श्रापित भएको लुसिफरको पतनले होइन, तर आदमको पतनले हो (उत्पत्ति ३:१५-१९)। निम्न समयरेखालाई विचार गर्नुहोस्:

तपाईंले पाप, शैतान, मुक्ति र मुक्तिदाताको बारेमा राम्रो सँग बुझ्न सक्नुभएको होस् भनेर हामी तपाईंलाई एउटा सत्य कथा बताउन गइरहेका छौं। यो अहिलेसम्म भनिएका कथाहरू मध्ये सर्वश्रेष्ठ कथा हो! जिउँदो परमेश्वरले मानिसहरू र स्वर्गदुतहरूले उहाँ को हुनुहुन्छ र उहाँ कस्तो हुनुहुन्छ भनी जानेको चाहनुहुन्छ। अब हामी परमेश्वरको छुटकाराको महान् दृश्यकाव्य हेर्नेछौं।

छुटकाराको दृश्यकाव्य

यस दृश्यकाव्यका मूख्य पात्रहरू:

    • क. जिउँदो परमेश्वर, सबै कुराहरूका सृष्टिकर्ता
    • ख. लुसिफर (शैतान)
    • ग. स्वर्गदुतहरू
    • घ. तपाईं र म जस्ता पापी मानिसहरू।

दृश्य १–स्वर्गमा

सुरुमा, उत्पत्ति १:१ मा ब्रह्माण्डको सुरु भन्दा पनि निकै अगाडि, परमेश्वरले तेस्रो स्वर्ग (“सर्वोच्च आकाश”—नहेम्याह ९:६) र कुनै मानिसले गन्न सक्ने भन्दा पनि ज्यादा यसमा भएका सबै स्वर्गदूतहरू सृष्टि गर्नुभयो (प्रकाश ५:११)। सृष्टि गरिएका स्वर्गदुतहरू मध्ये एकजनाको नाम लुसिफर थियो, त्यो करुब जसले परमेश्वरको सिंहासनलाई ढाकेर राख्थ्यो (इजकिएल २८:१२-१६)। एकदिन आफ्नो सुन्दरताको कारणले यस स्वर्गदुतको हृदय घमण्डले उचालियो (इजकिएल २८:१७) र एउटा प्राणी मात्र भए तापनि उसले आफ्नो बारेमा अति धेरै कुराहरू सोच्यो, र अनुपम सृष्टिकर्ता परमेश्वरको बारेमा बेठीक तरिकाले बिचर गर्न थाल्यो। परमेश्वरको मात्र स्वामित्व रहेको कुराहरू उसले चाह गर्न थाल्यो। घमण्डमा फुलिएर (१ तिमोथी ३:६), उसले आफैंलाई परमेश्वरको स्थानमा राखेर पाप गर्यो (यशैया १४:१३-१४का “म … चढ्नेछु, उचाल्नेछु” इत्यादि शब्दहरूलाई ध्यान दिनुहोस्)। पहिलो पटक, सृष्टिको थोकले सृष्टिकर्ताको बिरुद्धमा पाप गरेको थियो। यो बाहिरी पाप थिएन, यो भित्री पाप थियो (“किनकि तैंले आफ्नो हृदयमा भनेको छस्”- यशैया १४:१३), तर आफ्नो सृष्टिका थोकहरूको हृदयमा देख्नुहुने परमेश्वरले तुरुन्तै पापको इन्साफ गर्नैपर्छ। धर्मी परमेश्वरले सिद्ध इन्साफको अभ्यास गर्दै उसलाई आगोको झीलभित्र फ्याँक्ने निर्णय गर्नुभएको छ (मत्ती २५:४१)। अरू स्वर्गदुतहरू छक्क परे। यस्तो कुरा उनीहरूले कहिल्यै देखेका थिएनन्। त्योभन्दा अगाडी परमेश्वरले कहिल्यै पनि कसैको इन्साफ गर्नुभएको थिएन। उहाँले त्यस्तो गर्नुपर्ने अवस्था नै सृजना भएको थिएन। परमेश्वरको सिद्ध इन्साफ पहिलो चोटि देखिएको थियो।

पापमा उसको पतनपछि, बाइबलले हामीलाई बताएको छ कि लुसिफर शैतान बन्यो। “शैतान” शब्दको अर्थ “दोष लगाउने” हो। शैतानले अरू स्वर्गदुतहरूको सामुन्ने परमेश्वरलाई दोष लगायो भन्नु तर्क सङ्गत हो। सृष्टकर्ताको बिरोधमा शैतानले लगाएको दोषको तपाईं कल्पना गर्न सक्नुहुन्छ: “प्रेम गर्ने परमेश्वरले कसरी उहाँको सृष्टिलाई नरकमा फ्याँक्न सक्नुहुन्छ? त्यो त जायज कुरा भएन!!” (मुक्ति नपाएका शैतानका सन्तानहरूले-यूहन्ना ८:४४, आज प्राय: त्यहि दोष लगाउँछन्)। परमेश्वर प्रेम नगर्ने र पक्षपाती हुनुहुन्छ भन्दै शैतानले एक तिहाई स्वर्गदुतहरूलाई फुस्लायो

(प्रकाश १२:४) र परमेश्वरको स्वभावमा शंका गर्दै, उनीहरू पनि यो भयानक पापमा फसे। यी पतीत दुतहरूलाई पनि दुष्ट आत्माहरू वा शैतानका दुतहरू भनिन्छ।

परमेश्वरले शैतान र उसका दुतहरूको निम्ति नरकको झील तयार पार्नुभए तापनि तिनीहरूलाई उहाँले तुरुन्तै त्यहाँ फ्याँक्नुभएन। सबै स्वर्गदुतहरूलाई उहाँ पहिले केही सिकाउन चाहनुहुन्थ्यो। आफ्नो स्वभाव प्रस्तुत गर्न र उहाँ धर्मी परमेश्वर साथै प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ भनी उहाँले एकैचोटि तर सदाका निम्ति प्रमाणित गर्न चाहनुभयो। स्वर्गीय सेनाहरूलाई परमेश्वरले यसो भन्नुभएको जस्तै हो, “म कति पवित्र र कति धर्मी छु भनी तिमीहरूलाई देखाउनेछु (म पापलाई कति घृणा गर्छु र कसरी मैले पापलाई इन्साफ गर्नैपर्छ) तरैपनि म कति प्रेमिलो र म कति अनुग्रही छु भन्ने पनि तिमीहरूलाई देखाउनेछु।” परमेश्वरले अब के गर्नुहुनेछ भन्ने बारेमा स्वर्गदुतहरू औधि उत्सुक थिए!

दृश्य २–स्वर्गमा

जब सबै स्वर्गदुतहरूले उत्साहित भएर हेरिरहेका थिए, परमेश्वरले सृष्टिको महान् कार्य सुरू गर्नुभयो। उहाँका मुखका शब्दहरूले (भजनसङ्ग्रह ३३:६५-९) आकाशहरू र पृथ्वी सृष्टि गरिए (उत्पत्ती १;१)। परमेश्वरले पृथ्वीको जग हाल्नुहुँदा पवित्र दुतहरूले रमाहट गरे (अय्यूब ३८:४,७)। पृथ्वी (जोचाहिँ सूर्य, चन्द्रमा र ताराहरूभन्दा अगाडि सृष्टि गरिएको थियो) उहाँको दृश्यकाव्यको निम्ति रङ्गमञ्च बन्यो। उत्पत्ती १ अध्यायमा पथ्वी केन्द्र बिषय बन्दछ (उत्पत्ती १:२-“अनि पृथ्वी…”)। अरबौं खरबौं ताराहरू त पछि बिचार गरिएका थोकहरू झैं गरी उल्लेख गरिएको छ (उत्पत्ती १:१६)। परमेश्वरले आफ्नो सिद्ध गुणहरूको प्रस्तुतिकरणको निम्ति उहाँले गर्न लाग्नुभएको कार्यको मूख्य केन्द्र पृथ्वी ग्रह बन्दछ। अन्त्यमा, मुक्तिदाता स्वर्गको महिमाबाट बाहिर आउनुभए पछि र मानवको रूपमा आफैंलाई नम्र तुल्याउनु भएपछि (फिलिप्पी २:६-८), शृङ्खला अन्तिम चरणमा आइपुग्छ। पछि कलवरीको क्रूसमा जानुभएर उहाँले आफैंलाई अझै नम्र तुल्याउनुहुन्छ। यहीँ नै परमेश्वरले पापलाई कति घृणा गर्नुहुन्छ भनी देखाउनुभयो। यहीँ परमेश्वरले कसरी पापको इन्साफ गर्नुपर्छ भनी देखाउनुभयो। र अझैपनि यहीँ परमेश्वरले आफ्नो सृष्टिप्रति, र झन् मानिसहरू प्रति उहाँ कति प्रेमिलो र अनुग्रही हुनुहुन्छ भनी देखाउनुभयो। त्यसैले क्रूसमा नै शैतानले हार खायो र परमेश्वरको गुण पुष्टि गरियो। शैतानको दोषहरू एकैचोटि र सदाका निम्ति झूटा प्रमाणित भए!

आज स्वर्गदुतहरूले मण्डलीलाई अवलोकन गरिरहेका छण् र परमेश्वरका नाना प्रकारका बुद्धि (एफेसी ३:१०) को र प्रशस्त अनुग्रह (एफेसी २:७) को बारेमा सिकिरहेका छन। हजार वर्षे राज्यको अन्त्यमा छुटकारा सम्बन्धि दृश्यकाव्यको पूर्ण अन्त्य हुनेछ अनि अन्त्यमा शैतान र उसका दुतहरूले आगोको झीलभित्र दण्ड भोग्नेछन् (प्रकाश २०:१०), र परमेश्वरले गर्नुभएको हरेक कुराहरूमा उहाँ एकदम धर्मी र न्यायसङ्गत हुनुहुन्छ भनी स्वर्गदुतहरूले पूर्ण रूपमा बुझ्नेछन्।
परमेश्वरलाई सदा-सदाको पनि महिमा भइरहोस्!!!

४.“लुसिफरको जलप्रलय” को समस्या

बाइबलले केवल एउटा विश्वनव्यापी प्रलय भएको बताउँछ, जुनचाहिँ दुष्ट मानिसहरूमाथि परेको थियो। त्यो कस्तो थियो र कहिले भएको थियो (लूका १७:२६-२७; हिब्रू ११:७; १ पत्रुस ३:२०; २ पत्रुस २:५; ३:५-६)? _______________________________________________। परमेश्वरले नूहको जलप्रलय धेरैपटक उल्लेख गर्नुभएको छ। यसको वर्णन गर्न उहाँले बाइबलमा ३ अध्यायहरू दिनुभएको छ—उत्पत्ति ६-८। माथि लिखित अन्य पदहरूमा पनि यसको वयान गरिएको छ। तर लुसिफरको जलप्रलय बारेमा परमेश्वरले हामीलाई केही पनि भन्नुभएको छैन! किनभने त्यस्तो जलप्रलय कहिल्यै भएकै थिएन! कहिल्यै पनि नघटेको घटनाको बारेमा बताउन परमेश्वरले जमर्को नै गर्नुभएको छैन!

५.जीवशेषको समस्या

के साँच्चै जीवशेषहरू उत्पत्ती १:१ र १:२ बिचको अन्तरालमा बनेका हुन् त? जीवशेष भनेको के हो? जीवशेष भनेको पशु वा वनस्पतिको हिस्सा हो जुनचाहिँ सारो माटो वा कोइला, इत्यादिमा संरक्षण भएको हुन्छ। वनस्पतिहरू _______ दिनसम्म सृष्टि गरिएको थिएन भनी उत्पत्ती १ ले सिकाउँछ। हामी यो पनि जान्दछौं कि ________ दिन सम्म पहिलो पशुहरू पनि अस्तित्वमा आइसकेका थिएनन्। तर अन्तरालमा विश्वास गर्नेहरूले उत्पत्ती १:२ भन्दा पनि धेरै अगाडि पृथ्वीमा त्यहाँ पशु र वनस्पति थियो भनी भन्दछन्। ______ दिनमा आदम बनाइँदा, डाइनसोर (Dinosaurs) का हड्डीहरू र आदमभन्दा अगाडीका मानिसहरूका हड्डीहरू समेत गरी भूमीमुनि हजारौं जीवशेषहरू थिए भनी उनीहरूले भन्दछन्! यी सबै प्राणीहरू लुसिफरको पापको कारणले पृथ्वीमा आएको इन्साफद्वारा नष्ट भएका हुन् भनी उनीहरू विश्वास गर्दछन्, र तसर्थ उनीहरूको अनुसार आदम सृष्टि गरिनुभन्दा धेरै अगाडी करौडौं पशुहरू र वनस्पतिहरू पहिलै मरिसकेका थिए! यो त आदम तिनको पाउमुनि असङ्ख्य पशुहरू गाडिएको चिहानमाथि, हिँडिरहेको जस्तो देखा पर्छ!

के यो साँच्चै सत्य हो? संसारमा मृत्यु पहिलो चोटि कहिले पस्यो? “यसकारण जसरी ____________ ____________ (आदम) संसारमा पाप पस्यो, र पापद्वारा ____________ आयो, अनि त्यसरी नै ____________ सबै मानिसहरूमा फैलियो” (रोमी ५:१२)। आदमको पापको फलस्वरूप संसारमा मृत्यु पस्यो! रोमी ८:१९-२२ पढ्नुहोस्। पापमा मानिसको पतनको कारणले सम्पुर्ण सृष्टि भयानक भ्रष्टता (रोग, ह्रास र मृत्यु) र श्रापको अधिनतामा छ। तर आदमको पतन र श्रापको परिणामभन्दा अगाडि, त्यहाँ मृत्यु हुन सक्दैनथियो। आदमको पाप र फलस्वरूप आएको श्रापको बारेमा बाइबलको कुन अध्यायले बताउँछ? ________________________ के यो समयभन्दा अगाडि संसारमा मृत्यु पस्न सक्थ्यो? ____________

६.“हुनगयो” शब्दको अर्थको समस्या

अन्तरालको सिद्धान्तका समर्थकहरूले उत्पत्ति १:२ लाई यसरी अनुवाद गर्न चाहन्छन्: “पृथ्वी आकारबिनाको र शून्य हुनगयो।” तर त्यसो होइन। उत्पत्ती १:२ ले सृष्टिको प्रारम्भिक चरणमा पृथ्वी त्यही अवस्थामा थियो भनी बताउँछ, यो त्यस्तो हुनगएको होइन। परमेश्वरले सुरूमा पृथ्वी सृष्टि गर्नुहुँदा त्यो कस्तो थियो? यो आकारबिनाको र शून्य थियो! किन यो आकारबिनाको र शून्य थियो? किनभने परमेश्वरले त्यसरी नै सृष्टि गर्नुभएको थियो! तर परमेश्वरले पृथ्वीको सृष्टि गर्ने काम सिद्ध्याउनु भएको थिएन! यो त सृष्टिको केवल __________ दिन थियो! उत्पत्ती १:२ले सृष्टिको पहिलो चरणमा भएको पृथ्वीको बारेमा वर्णन गर्दछ, तर यो त कहिल्यै पनि श्रापित नभएको पृथ्वी थियो। यो श्रापित भएको थिएन, तर यो त काम नसिद्धिएको पृथ्वी थियो। यो अध्ययनमाला अन्त्य हुनुभन्दा अगाडि “आकारबिनाको र शून्य” शब्दावलीको अर्थ हामी हेर्नेछौं।

७.“अन्धकार” को समस्या

परमेश्वरले भन्नुभयो, “अनि पृथ्वी आकारबिनाको र शून्य थियो; अनि गहिरा सागरको सतहमाथि ____________ थियो”(उत्पत्ती १:२)। अन्धकार के हो? के यो कुनै खराब कुरा हो? के यो कुनै दुष्ट कुरा हो? जब तपाईंले सानो बालकलाई ओच्छ्यानमा राख्नुहुन्छ निश्चय पनि तपाईंले उसलाई, बत्ती निभेपछि दुष्ट अन्धकार आउनेछ भनी भन्नुहुँदैन! अन्धकार नैतिक रूपमा नै खराब होइन। अन्धकार भनेको त केवल प्रकाश नहुनु हो! यदि त्यहाँ कुनै ज्योति छैन भने, त्यहाँ अन्धकार हुनेछ! सूर्य ग्रहणको समयमा सूर्यलाई चन्द्रमाले ढाक्दा अँध्यारो हुन्छ! तपाईंले बत्ती निभाउनुभयो भने अँध्यारो हुन्छ! परमेश्वरले सर्वप्रथम ज्योतिलाई कहिले सृष्टि गर्नुभयो? उत्पत्ति १ अध्यायको पद ____। के यसले पद २ मा अन्धकार हुनुको कारणलाई प्रस्ट्याउँछ? _______________।

साथै यशैया ४५:७ मा सृष्टिकर्ता परमेश्वरले भन्नुभयो, “____________ रच्ने र _____________ सृष्टि गर्ने म हुँ” भजनसंग्रह १०४:२०मा पनि: “तपाईंले ______________ पार्नुहुन्छ, र __________ पर्छ” र २४ पदबाट हामीले बुझ्दछौं कि सम्पन्न गरिएका सबै कुराहरू परमेश्वरका का_______ हुन्! उत्पत्ति १:२ मा “अन्धकार” को अर्थ इन्साफ भन्ने होइन! यसको अर्थ त शाब्दिक अर्थ नै हो, अर्थात् “अन्धकार”। भजनसङ्ग्रह १३९:११-१२ पनि पढ्नुहोस्।

८.पुनर्सृष्टिको समस्या

उत्पत्ति एक अध्यायमा पढ्दा, उक्त अध्यायले सृष्टिको कुरा गरिरहेको जस्तो देखिन्छ कि पुनर्सृष्टिको? के परमेश्वरले सम्पूर्ण थोकहरू पुन: सृष्टि गर्दै हुनुहुन्थ्यो, कि परमेश्वरले सम्पूर्ण थोकहरू पहिलो पल्ट सृष्टि गर्दैहुनुहुन्थ्यो? उत्पत्ति २:३ ले बताउँदछ कि “उहाँ (परमेश्वर) ले आफ्नो सबै कामबाट विश्राम लिनुभयो, जो परमेश्वरले __________ गरेर ______________ थियो।” यो पदले यस्तो बताउँदैन, “उहाँले आफ्नो सबै कामबाट विश्राम लिनुभयो, जो उहाँले पुनर्सृष्टि गरेर पुन: बनाउनुभएको थियो।” फेरी पनि, प्रस्थान २०:११ ले यस्तो बताउँदैन “किनकि छ दिनमा परमेश्वरले आकाश, पृथ्वी … पुनर्सृष्टि गर्नुभयो”। कहिलेकसो हामीले भूल गर्दछौं र र कुनै कुराहरू पुन: दोहोर्याएर गरिनुपर्छ! तर परमेश्वरले गर्नुभएको सृष्टिकार्य सिद्ध थियो र यो केवल एकपटक मात्र गरिनुपरेको थियो! भजनसंग्रह १८:३० हेर्नुहोस्! परमेश्वरले भूल गर्नुहुँदैन।

९.“फेरि भरिँदै” नामक शब्दावलीको समस्या

उत्पत्ति १:२८ मा King James Bible को “replenish” शब्द प्रयोग गरिएको छ जुन शब्दको अर्थ “फेरि भरिँदै” जानु नभएर “भरिँदै” जानु हो। सन् १६११ मा King James Bible प्रकाशित हुँदा, “replenish” शब्दको अर्थ “भर्नु” हुन्थ्यो। त्यसैले परमेश्वरले आदम र हव्वालाई पृथ्वी भर्ने आज्ञा दिँदै हुनुहुन्थ्यो! पहिले कहिल्यै पनि यो मानिसहरूले भरिएको थिएन, र परमेश्वरको इच्छाचाहिँ पृथ्वी मानिसहरूले भरिऊन् भन्ने थियो। पृथ्वी जीवनले भरिएको परमेश्वरले चाहनुभयो, र यस अन्तर्गत वनस्पतिहरू, पशुहरू र मानिसहरू पर्दथे!

१०.पदहरूको बीचमा पढ्ने समस्या

कृपया दुईओटा पदहरूको बीचमा अन्तराल वा अन्य कुनै कुराहरूको खोजी नगर्नुहोस्। बाइबल पढ्ने क्रममा परमेश्वरको इच्छा यो हो, हामीले बाइबलका पदहरूलाई पढ्नुपर्छ, पदका बीच-बीचमा होइन! हामीले वाक्यहरूलाई पढ्नुपर्छ, वाक्यहरूकाका बीच-बीचमा होइन! हिब्रू १३:५ र ६ को बीचमा जति “पढे” पनि तपाईंलाई कुनै आशिष मिल्न सक्दैन तर हिब्रू १३:५ र हिब्रू १३:६ लाई पढेर ती पदहरूलाई (उदेकका प्रतिज्ञाहरूलाई!) तपाईंले विश्वास गर्नुभयो भने आशिष पाउन सक्नुहुन्छ, तपाईंले हृदयमा ठूलो उत्साह पानुहुनेछ!

हामीले उत्पत्ति १:१ पढेपछि १:२ लाई नै पढ्नुपर्छ। यी पदहरूको बीच मा नपढ्नुहोस्, किनभने त्यहाँ केही पनि छैन! पदहरूका बीचमा पढ्ने व्यक्तिले आफूले चाहे जस्तै बाइबलको व्याख्या बनाउन सक्छ। पदहरूलाई मात्र पढ्ने व्यक्तिले परमेश्वरले भन्नुभएको कुरालाई राम्ररी देख्न सक्छ। परमेश्वरको वचन अध्ययन गर्नुहोस्, अन्तरालहरूलाई होइन! त्यहाँ हुँदै नभएको गुप्त सन्देशको खोजी नगर्नुहोस्!

उत्पत्ति १:२ को खास अर्थ के हो?

“आकारबिनाको र शून्य”

उत्पत्ति १:१ सित उत्पत्ति १:२ को निकट सम्बन्ध छ। उत्पत्ति १:१ ले परमेश्वरले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभएको बताउँछ। पद २ मा चाहिँ घटनाक्रमको बयानमा एउटा क्षणिक विराम (pause, break) लगाइएको छ जसलाई व्याकरणमा वियोजक खण्डवाक्य (disjunctive clause) भनिन्छ। उत्पत्ति १ अध्यायमा परमेश्वरले सृष्टि कार्यको घटनाक्रमलाई एक पछि अर्को के सृष्टि गरियो भनी बताउनुभएको छ। उहाँले आकाश र पृथ्वी सृष्टि गर्नुभयो (१ पद), त्यसपछि उहाँले ज्योति सृष्टि गर्नुभयो (३ पद), त्यसपछि उहाँले अन्तर बनाउनुभयो (७ पद), त्यसपछि उहाँले पानीलाई एक ठाउँमा जम्मा गर्नुभयो (९ पद), त्यसपछि उहाँले वनस्पतिहरू बनाउनुभयो (११-१२ पद), त्यसपछि उहाँले सूर्य, चन्द्रमा र ताराहरू बनाउनुभयो (१४-१६ पद), र यसरी पहिलो अध्यायको अन्त्य हुन्छ। तर जब तपाईं २ पदमा आइपुग्नुहुन्छ, सृष्टि कार्यको घटनाक्रमको बयानलाई अघि बढाउनु अघि, सृष्टिको प्रारम्भिक चरणमा पृथ्वीको अवस्था कस्तो थियो भनी बताउन परमेश्वरले एकछिनको लागि रोकिनु हुन्छ। परमेश्वरले यस्तो भन्नुभएको जस्तै हो, “एकैछिनको लागी रोकिऔं, र पहिलो दिनको मेरो अरू सृष्टिकार्यको वर्णन गर्नु अगाडी, पृथ्वीको सर्वप्रथम सृष्टि हुँदा यो कस्तो थियो भनी म तिमीहरूलाई बताउनेछु। मैले सुरुमा पृथ्वीको सृष्टि गर्दाहुँदी, यो आकारबिनाको र शून्य थियो।” त्यसैले उत्पत्ति १:२ ले सुरुमा परमेश्वरले पृथ्वी सृष्टि गर्नुहुँदा यो कस्तो थियो भनी हामीलाई बताउँछ! परमेश्वरले २ पदलाई हटाउन सक्नुहुन्थ्यो र १ पदबाट सोझै ३ पदमा जान सक्नुहुन्थ्यो, र त्यहाँ कुनै क्षणिक विराम हुनेथिएन:

“शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, र परमेश्वरले भन्नुभयो: उज्यालो होओस्!” (उत्पत्ति १:१ लाई १:३ सँग तुलना गर्नुहोस्)

तर परमेश्वर एकछिन रोकिनुभएर हामीलाई पृथ्वी शुरुमा कस्तो थियो भनी व्याख्या गर्नुहुन्छ। उत्पत्ति १:२ले १ पदको नयाँ सृष्टि गरिएको पृथ्वीको वर्णन गर्दछ र यो कस्तो थियो भनी हामीलाई बताउँदछ—यो “आकारबिनाको र शून्य” थियो।

वियोजक खण्डवाक्य (Disjunctive clause) को अर्को उदाहरण उत्पत्ति २:११-१४ मा पाइन्छ। यी पदहरूमा चारओटा नदीहरूको नाम दिइएको छ: “पहिलोचाहिँको नाम… दोस्रोचाहिँको नाम… तेस्रो नदीको नाम” इत्यादी। ११ पदमा पहिलो नदीको नाम (“पीशोन”) दिइएको छ र हामी हवीला देशको बारेमा पनि बताइएको छ जहाँ सुन पाइन्छ। त्यसपछि १२ पदमा त्यहाँ क्षणिक विराम छ। दोस्रो नदीको नाम दिइनुको सट्टा (१३ पदसम्म पनि त्यो नाम उल्लेख गरिएको छैन), परमेश्वरले त्यस देशको सुन कस्तो थियो भनी बताउन रोकिनुहुन्छ (अनि त्यस देशको सुन _____________ हुन्छ”)।

अर्को उदाहरण योना ३:३ मा छ। त्यहाँ योना “निनवेमा गए” भनिएको छ। ४ पदमा त्यसपछि उनी “शहरभित्र पसे” भन्ने उल्लेख भए पनि पहिले पद ३ मै निनवे शहरको वयान गर्नलाई छोटो विराम (break) लिइएको पाइन्छ – “अनि निनवेचाहिँ यात्रा गर्दा तीन दिन लाग्ने एउटा अत्यन्तै ठूलो शहर थियो।” घटनाक्रम बताउँदै जानु अघि टक्क अडिएर निनवे कस्तो शहर थियो भनी बयान गरिएको छ। (कृपया ध्यान दिनुहोस्: यो पदलाई यसरी अनुवाद गर्नु मूर्खतापूर्ण हुनेछ: अनि निनवेचाहिँ अत्यन्तै ठूलो शहर बन्यो।” यो त योना त्यहाँ पुग्नुभन्दा निकै पहिले नै ठूलो शहर थियो!)

अरू उदाहरणहरू जकरिया ३:१-३ र १ शमूएल ४:१४-१५मा पाइन्छ। यी सबै उदाहरणहरूलाई एकपटक तुलना गरौं:

उत्पत्ति १:२ ले भनेको सृष्टिको पहिलो दिनको नव पृथ्वीको सिद्ध वर्णन हो! त्यस समय पृथ्वी कस्तो थियो? यो आकारबिनाको र शून्य थियो! यदि मौलिक रूपमा पृथ्वी आकारबिनाको र शून्य थियो भने, यसको अर्थ के हो? किन परमेश्वरले पृथ्वीलाई यस प्रकारले सृष्टि गर्नुभयो? यी शब्दहरूको माने के हो? “आकारबिनाको” भन्नुको अर्थ रचनारहित हुन्छ। पृथ्वी रूपरहित थियो। पृथ्वीलाई आवादी गर्नलाई त्यसलाई आकार र रूप दिन बाँकि नै थियो। “शून्य” भन्नाले पृथ्वी प्राणीरहित, रित्तो अवस्थामा थियो भन्ने बुझिन्छ। यस अवस्थामा पृथ्वी एकदम रित्तो थियो (वनस्पतिहरू थिएनन्, पशुहरू थिएनन्, मानिसहरू थिएनन्, इत्यादी)। प्रारम्भिक पृथ्वी बिग्रेको, श्रापित अवस्थामा थिएन बरू रचनारहितरित्तो अवस्थामा थियो! सृष्टिको काम बाँकि नै थियो। आफ्नो सृष्टिको कार्य सम्पन्न गर्न परमेश्वरले दुइटा काम गर्नु आवश्यक थियो—उहाँले पृथ्वीलाई रच्नुपर्थ्यो र त्यसलाई भर्नुपर्थ्यो! “रचनारहित र रित्तो” शब्दावलीको अर्थ पृथ्वी असिद्ध थियो भन्ने चाहिँ होइन। उत्पत्ति १:२ मा पनि पृथ्वी यो अर्थमा सिद्ध थियो, त्यस समयमा यो जस्तो हुनुपर्ने परमेश्वरको उद्देश्य थियो, ठीक त्यस्तै नै थियो! परमेश्वरले हरेक कुराहरू सिद्ध रूपमा गर्नुहुन्छ! उहाँले गल्तीहरू गर्नुहुँदैन! पृथ्वीको सृष्टि सिद्ध रूपमा भएको थियो, तर उक्त कार्य सकिएको भने थिएन। उक्त कार्य पूर्ण भएको थिएन। के उत्पत्ति २:७ मा आदम सिद्ध रूपमा सृष्टि गरिएका थिए? _____________ तर परमेश्वरले हव्वाको सृष्टि गर्नु अगाडि, के मानिसको सृष्टि पूर्ण भएको थियो (उत्पत्ति २:१८ हेर्नुहोस्)? __________ आदम सिद्ध रूपमा सृष्टि गरिएको भए तापनि, परमेश्वरले उसकहाँ स्त्रीलाई लिएर नआउन्जेल ऊ वास्तवमै पूर्ण भएको थिएन! र जब परमेश्वरले आदमलाई एक्लो देख्नुभयो (उसको हव्वारहित अवस्थामा) उहाँले भन्नुभयो “असल होइन” (उत्पत्ति २:१८)। त्यस्तैगरी, उत्पत्ति १:२ मा जब परमेश्वरले रचनारहित र अपूर्ण पृथ्वी देख्नुभयो, उहाँले यसो भन्नुभएको हुनुपर्छ, “असल होइन!” पहिलो दिनमा नै परमेश्वरले उहाँको सृष्टि कार्य रोक्नु भएको भए भद्रगोल हुनेथियो होला! तर तपाईं सृष्टिको हप्ताको अन्तिममा आइपुग्नुहुँदा, परमेश्वरले आफूले रूप दिनुभएर अनि भर्नुभएर पूर्ण भएको भएको पृथ्वीलाई हेर्नुहुन्छ र उहाँले भन्नुहुन्छ “अ____ अ_________ थियो” (उत्पत्ति १:३१)।

रचनारहित

यशैया ४५:१८ले बताउँछ कि परमेश्वरले “पृथ्वी रच्नुभयो”। उत्पत्ति २:७ ले बताउँछ कि परमेश्वरले “मानिसलाई जमिनको माटोबाट रच्नुभयो”। कुमालेको बारेमा बिचार गर्नुहोस्। उसले रचनारहित र अपूरो माटोको ढिक्काबाट कार्य सुरु गर्दछ! यो खासै राम्रो देखिँदैन! तर त्यस अपूरो माटोको ढिक्कामा कुनै दुष्ट कुरा हुँदैन! तपाईंले केवल कुमालेलाई उसको काम सम्पन्न गर्न दिनुहोस्! उसले यसको रचना गर्दछ र आकार दिन्छ र ठीक तरिकाले तयार गर्छ!

परमेश्वर एक कुशल रचनाकार हुनुहुन्छ! उहाँले पृथ्वीलाई रच्नुभयो र जीवनको निम्ति सिद्ध रूपमा तयार पार्नुभयो। उहाँले हाम्रो पृथ्वीलाई एक कुशल कारिगरीको जस्तो पूर्णता दिनुभएको छ! यदि तपाईंलाई कुनै समय शंका लाग्छ भने, उहाँले बनाउनुभएको संसारलाई हेर्नुहोस्! परमेश्वरको रचना र उहाँको विशिष्ट कला जतासुकै देखिन्छ।

रित्तो

के उत्पत्ति १:२ मा पृथ्वी वास्तवमै रित्तो थियो? के यो वनस्पतिहरूले भरिएको थियो? _________ के यो ज्योतिका किरणहरूले भरिएको थियो? ______ के यो बोटविरूवा र रूखहरूले भरिएको थियो? ________ के यो चराहरू र माछाहरू र जमिनमा चलहल गर्ने जनावहरूले भरिएको थियो? _________ के आकाशहरू ग्रहहरू र ताराहरूले भरिएका थिए? _________ के पृथ्वी मानिसहरूले भरिएको थियो? _________ पृथ्वी एकदम रित्तो थियो! तर जब तपाईं उत्पत्ति १ अध्याय पढ्नुहुन्छ परमप्रभुले पृथ्वीलाई जीवनले भर्नुभएर उदेकको काम गर्नुभएको देख्नुहुनेछ! भजनसङ्ग्रह २४:१ हेर्नुहोस्।

पृथ्वीलाई मानिसहरूको निम्ति तयार बनाउनु परमेश्वरको उद्देश्य थियो! यशैया ४५:१८ पढ्नुहोस्। परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो? “त्यो ब________ ग_________ भ_______ र_____________”। परमेश्वरले पृथ्वीलाई मानिसहरूद्वारा भर्न चाहनुहुन्थ्यो (उत्पत्ति १:२८)। परमेश्वरले पृथ्वीलाई जीवित थोकहरूले भर्न चाहनुहुन्थ्यो! यदि परमेश्वरले रित्तो र मानवरहित पृथ्वी सृष्टि गर्न चाहनुभएको भए, उहाँ उत्पत्ति १:१ मै रोकिनुहुनेथियो। तर परमेश्वरले पृथ्वीको रचना गर्नुभयो र यसलाई बनाउनुभयो र यसलाई स्थापित गर्नुभयो र त्यो बसोबासो गरियोस् भनेर बनाउनुभयो! परमेश्वरले पृथ्वीलाई मानिसहरूको निम्ति तयार गर्न सृष्टिकार्यमा ६ दिनहरू बिताउनुभयो! अब छुटकाराको दृश्यकाव्य सुरु गरिनको निम्ति तयार छ!!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

अन्तरालको सिद्धान्त

अन्तरालको सिद्धान्त

(GAP THEORY)

 

चाबी प्रश्न—उत्पत्ति १:१ र १:२ को बीचमा अन्तराल (GAP) छ?

चाबी वाक्यांश—“आकारबिनाको र शून्य” (उत्पत्ति १:२)

“शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। अनि पृथ्वी आकारबिनाको र शून्य थियो; अनि गहिरा सागरको सतहमाथि अन्धकार थियो। अनि परमेश्वरका आत्मा पानीको सतहमाथि घुम्नुहुन्थ्यो” (उत्पत्ति १:१-२)।

१) कतिको धारणाअनुसार, तल चित्रमा देखाइएझैं उत्पत्ति १:१ र १:२ को बीचमा एउटा ग्याप अर्थात् समयको अन्तराल हुनुपर्छ।

उनीहरूको विश्वासमा उक्त अन्तराल करोडौं वा अरबौं वर्ष लामो थियो जुन अवधिभित्र केही महत्वपूर्ण घटनाहरू घटे।

२) अन्तरालको सिद्धान्त (Gap Theory) का कतिपय समर्थकहरूको विश्वास अनुसार उक्त समयावधिमा, आदमको सृष्टि हुनुभन्दा पनि अगाडि, एक मनुष्य जाति (कुनै प्रकारको “पूर्व-ऐतिहासिक मानवहरू”) पृथ्वीमा जिउँदथे! आदम सृष्टि-साताको कुन दिनसम्म सृष्टि गरिएका थिएनन् (उत्पत्ति १:२६-३२)? ________________ यसको अर्थ यो हुन्छ कि यदि यस अन्तरालको समयमा पृथ्वीमा कुनै मानिसहरू जिएका भए, तिनीहरू आदमभन्दा अगाडी बाँचेको हुनुपर्छ!

यी “पूर्व-आदम” मानिसहरूलाई के भयो? तिनीहरू परमेश्वरको विश्वव्यापी इन्साफमा मारिए भनी मानिसहरूले हामीलाई बताउँछन्। कतिले त यो पनि भन्छन् कि तिनीहरूको शरीर नष्ट भए, तर ती दुष्ट मानिसहरूका आत्मा रहिरह्यो र तिनीहरूका आत्मा नै आजका दुष्ट आत्माहरू हुन्!

के यो नै दुष्ट आत्माहरूको सुरुवातको ठीक परिभाषा हो त? के दुष्ट आत्माहरू साँच्चै आदमभन्दा पहिले बाँचेका मानिसजातिको आत्माहरू हुन् त? (वास्तवमा दुष्टआत्माहरू परमेश्वरको विरोध गरेर शैतानलाई पछ्याउने पतित स्वर्गदूतहरू हुन्।)

३) उक्त अन्तराल (GAP) मा संसारमा किन त्यस्तो भयानक इन्साफ भएको थियो? लुसिफरको पापले नै उक्त इन्साफ आएको भनी अन्तराल (GAP) मा विश्वास गर्नेहरूले दावी गर्छन् जसको फलस्वरूप पृथ्वी आकारबिनाको र शून्य हुनगयो (“became”) भन्ने अर्थ उनीहरू लगाउँछन्।

लुसिफरको सृष्टि कहिले भएको थियो? लुसिफर कहिले पापमा फसेका थिए? परमेश्वरले कहिले शैतानको इन्साफ गर्नुभयो? (यसको अध्ययन हामी यही पाठमा गर्नेछौं।)

४) लुसिफरको पापको कारणले परमेश्वरले संसारको इन्साफ गर्नुभयो भनी उनीहरूले बताउँछन्। यो कस्तो किसिमको इन्साफ थियो? अन्तराल (GAP) मा विश्वास गर्नेहरूले उक्त इन्साफ विश्वव्यापी जलप्रलयद्वारा भएको विश्वास गर्छन्। यो नूहको जलप्रलय थिएन किनभने उत्पत्ति ६-८ अध्यायसम्म उक्त जलप्रलयको कुरा गरिएको छैन। उनीहरूको बिचारमा यो पहिले नै भएको जलप्रलय हो जसलाई उनीहरूमध्ये कसै-कसैले “लुसिफरको जलप्रलय” भनी नाम दिन्छन्। के साँच्चै त्यस्तो जलप्रलयको अस्तित्व थियो? के बाइबलले त्यस्तो जलप्रलयको बारेमा केही बताउँछ? के बाइबले दुई ओटा जलप्रलयको उल्लेख गर्छ?

५)उनीहरू भन्छन्, “लुसिफरको जलप्रलय” मा नष्ट भएका बनस्पतिहरू र प्राणी जगतको अचानक मृत्यु भयो र माटोमा पुरिएर ती जीवशेषहरूमा परिणत भए।

के उत्पत्ति १:१ र १:२ को अन्तराल (GAP) को समयमा साँच्चै वनस्पति र प्राणीहरू थिए? के जीवशेषहरू बनिनुको कारण साँच्चै यही हो? संसारमा मृत्यु पहिलो पल्ट कहिले पस्यो? [याद राख्नुहोस्, तेस्रो दिनसम्म वनस्पतिहरू सृष्टि गरिएका थिएनन् र पाचौं र छैठौं दिनसम्म जीवित प्राणीहरू सृष्टि गरिएका थिएनन्।]

६) अन्तराल (GAP) मा विश्वास गर्नेहरूले लुसिफरको पापको कारणले संसारमाथि आएको परमेश्वरको इन्साफको कारणले “पृथ्वी आकारबिनाको र शून्य” ( उत्पत्ति १:२) भयो भनी बताउँदछन्।

त्यसैले, परमेश्वरको इन्साफको कारणले पृथ्वी जीर्ण र भग्नावस्थाको (आकारबिनाको र शून्य) भयो भनी ती मानिसहरूले विश्वास गर्दछन्। तिनीहरू विश्वास गर्दछन् कि उत्पत्ति १:२ ले भग्नावशेषमा बदली भएको संसारको व्याख्या गर्दछ जुनचाहिँ तबउसो सिद्ध थिएन—पाप र इन्साफले बिग्रेको र बिनाश भएको पृथ्वी थियो।

यदि तपाईंसँग स्वादिष्ट पाकेको स्याउ छ भने (खोट र दाग नभएको!) र केही महिना पछि तपाईं आउनुभएर त्यहाँ कुहिएको, बिग्रेको, किरा लागेको अवस्थामा स्याउ भेट्टाउनुभयो भने, स्वभाविक रूपमा त्यो स्याउ एकसमय “सिद्ध” थियो भन्ने निश्कर्षमा तपाईं पुग्नुहुन्छ। केही महिनाको अन्तराल (GAP) मा केही भयो, र स्याउ बिग्रिएको र कुहिएको अवस्था भयो!/

अन्तराल (GAP) मा विश्वास गर्नेहरूले उत्पत्ति १:१ लाई सिद्ध पृथ्वीको रूपमा वर्णन गर्छन्। त्यसपछि अन्तराल (GAP) मा कुनै घटना घट्यो (लुसिफरको पतन र परमेश्वरको इन्साफ) र पथ्वी आकारबिनाको र शून्य भयो (उत्पत्ति १:२)।

तर, के उत्पत्ति १:२ ले साँच्चै बिग्रिन गएको पृथ्वीको वर्णन गर्छ? के पृथ्वी वास्तवमै त्यस समयमा बिग्रिन पुगेको हो? के त्यहाँ वास्तवमै त्यस्तो अन्तराल (GAP) थियो?
हामी सबैलाई थाह छ, मानिसको पापको फलस्वरूप पृथ्वी भ्रष्ट र खराब भएको हो (उत्पत्ति ३ पढ्नुहोस्), तर के उत्पत्ति १:१ र १:२ को अन्तरालमा पनि पृथ्वी नष्ट भएको हो त?

७) उत्पत्ति १:२ले बताउँछ, “अनि गहिरा सागरको सतहमाथि ______________ थियो”। अन्तरालमा विश्वास गर्नेहरूले उत्पत्ति १:२ मा भएको “अन्धकार” शब्दले पाप र इन्साफको वर्णन गर्दछ भनी भन्दछन्। कहिलेकाहिँ बाइबलले “अन्धकार” शब्दलाई पापपूर्ण अवस्थाको वर्णन गर्न प्रयोग गर्दछ। उदाहरणको निम्ति, यूहन्ना ३:१९-२० ले बताउँदछ कि मानिसहरूले ज्योतिलाई भन्दा बरू अन्धकारलाई प्रेम गरे (यी पदहरू पनि हेर्नुहोस्: यूहन्ना १:५; ८:१२; प्रेरित २६:१८; कलस्सी १:१३; १ पत्रूस २:९; १ यूहन्ना १:५-७; २:९-११)। हाम्रो पापको निम्ति ख्रीष्टको इन्साफ हुँदा के भएको थियो (मत्ती २७:४५)? __________________ के परमेश्वरले कहिलेकाहीँ अन्धकार पठाएर पनि संसारको न्याय गर्नुहुन्छ (प्रस्थान १०:२१-२३; प्रकाश ८:१२; १६:१० पढ्नुहोस्)? ________________ त्यसैले, उत्पत्ति १:२ मा भएको “अन्धकार”ले अन्तरालको समयमा परमेश्वरले संसारको इन्साफ गर्नुभयो भनी प्रमाणित गर्दछ भनी बताइने गरिन्छ। तर के यो साँच्चै सत्य हो? के “अन्धकार” शब्दलाई जहिल्यै पनि दुष्टताको चिन्हको रूपमा प्रयोग गरिएको छ? के सिद्ध पृथ्वीमा अन्धकार हुँदैन? के परमेश्वरले अन्धकारको सृष्टि गर्नुभएको हो?

८) मूल सृष्टिमा संसार सिद्ध थियो (उत्पत्ति १:१)। यदि अन्तरालको समयमा पृथ्वीको इन्साफ भएको र नष्ट भएको भए, परमेश्वरले सृष्टिको आफ्नो कार्यलाई फेरी दोहोर्याउनुपर्ने हुन्थ्यो! उहाँले आकाश र पृथ्वी दोस्रो पटक सृष्टि गर्नुपर्ने हुन्थ्यो! त्यसो भए, उत्पत्ति १ का ६ दिनहरूले सृष्टिको नभएर “पुनर्सृष्टि” को बयान गर्छ। यी ६ दिनहरूमा परमेश्वरले आकाश र पृथ्वीको पुनर्सृष्टि (पुन: बनाउने काम) गर्नुभयो। अन्तराल-इन्साफ (GAP-judgment) अगाडि, त्यहाँ वनस्पतिहरू, पशुहरू र मानिसहरू समेत पृथ्वीमा जिउने गरेका थिए। तर लुसिफरको इन्साफमा तिनीहरू सबै नाश भए, र परमेश्वरले पुन: एकचोटि जीवनको सृष्टि गर्नुपर्यो। त्यसैले उत्पत्ति १ अध्यायले परमेश्वरको मूल सृष्टिको वर्णन गर्दैन तर यसले परमेश्वरले गर्नुभएको आकाश र पृथ्वीको पुनर्सृष्टिको वर्णन गर्दछ भनी यी मानिसहरूले विश्वास गर्दछन्।

के साँच्चै त्यस्तै भएको हो त? उत्पत्ति १ अध्यायले सृष्टिको वर्णन गर्छ कि पुनर्सृष्टिको?

९) अन्तरालको सिद्धान्त (Gap Theory) मा विश्वास गर्नेहरूले पृथ्वी एकसमय पशुहरूले (डाइनासोर्सहरू सहित), वनस्पतिहरू र पूर्व-आदम मानिसहरूले समेत भरिएको थियो भनी बताउँछन्! तर यो पनि बताइन्छ कि लुसिफरको इन्साफले ती सबै नाश भए र पृथ्वी आकारबिनाको र शून्य भयो (उत्पत्ति १:२)। त्यसैले पृथ्वीलाई फेरी भर्नु खाचो पर्यो। पृथ्वी एकसमय (वनस्पतिहरू, पशुहरू र मानिसहरूले) भरिएको थियो, तर अब यो पुन: भरिनुपर्ने भयो। यही कारणले परमेश्वरले आदम र हव्वालाई उत्पत्ति १:२८ मा “भरिदेओ” भन्नुभएको आज्ञालाई उनीहरू “फेरि भरिदेओ” (“replenish”) भन्ने अर्थ लगाउँछन्। के साँच्चै “भरिदेओ” भन्ने शब्दले “फेरी भरिदेओ” भन्ने अर्थ लगाउँछ त (कि यसले साधारण अर्थमा भरिदेओ भन्ने नै अर्थ दिन्छ)? के उत्पत्ति १:३-३१ ले परमेश्वरले वास्तवमै पृथ्वीलाई दोस्रो पटक भर्ने आज्ञा दिनुभएको अर्थ दिन्छ त?

१०) के त्यहाँ साँच्चै उत्पत्ति १:१ र १:२ बिचमा अन्तराल छ? के परमेश्वरले हामीले पदहरूको बिचमा वा वाक्यहरूको बिचमा पनि अतिरिक्त लेख पढेको चाहनुहुन्छ? यदि त्यहाँ साँच्चै अन्तराल हुने हो भने, किन त्यहाँ उक्त अन्तरालको बारेमा र त्यस समयमा साँच्चै के भएको थियो भनी बताउने पदहरू छैनन् त?

अन्तरालको सिद्धान्त (GAP THEORY) का १० ओटा समस्याहरू

१. अन्तरालको समस्या

के उत्पत्ति १:१ र उत्पत्ति १:२ को बिचमा अरबौं वर्षहरूको अन्तराल छ त? प्रस्थान २०:११ पढ्नुहोस्। आकाश, पथ्वी र समुद्र अनि आकाशमा, पृथ्वीमा र समुद्रमा भएका सबै कुराहरू सृष्टि गर्न परमेश्वरलाई कति समय लाग्यो? __________________ के आकाश र पृथ्वीको सृष्टि (उत्पत्ति १:१) ६ दिनभित्रै भएको थियो? _________ उत्पत्ति १:१-१:३१ अनुसार सृष्टि गर्ने कार्य ६ दिनमा सम्पन्न भएको हो भने, १:१ र १:२ को बीचमा कसरी अरबौं वर्षको अन्तर हुन सक्छ?

“किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनुभयो” (प्रस्थान २०:११)। त्यहाँ अन्तरालको निम्ति कुनै स्थान नै छैन! आकाश र पृथ्वीको सृष्टि ________ दिनमा (उत्पत्ति १:५ पढ्नुहोस्) भएको थियो। एक हप्तापछि सबैकुराहरू सृजना ______________ (उत्पत्ति २:१)।

२.आदमभन्दा अघि मानिस थिए भन्ने समस्या

के आदमभन्दा अघि साँच्चै त्यहाँ मानिसहरू थिए त? १ कोरिन्थी १५:४५ मा आदमलाई “___________ ____________” भनिएको छ। यदि आदम पहिलो मानिस हुन् भने, उनी भन्दा अघि त्यहाँ कुनै मानिस हुन सक्दैनन्!

बाइबलमा “मानिस” को पहिलो उल्लेख उत्पत्ति १:२६-२७ मा गरिएको छ। के यी पदहरूले मानिस भन्दा अघि पृथ्वीमा भएका मानिसहरूको सृष्टिको वर्णन गर्छ, कि आदम र हव्वाको सृष्टिको वर्णन गर्छ?
_______________________________________________________________ आदमअघि मानिस थिए भन्ने बाइबलले कतै उल्लेख गर्दैन। यदि वैज्ञानिकहरूले “पूर्व-ऐतिहासिक मानिस”का हड्डीहरू पत्ता लगाउने हो भने, उक्त मानिस आदमकै सन्तती हो भनी हामीले जान्न सक्छौं (यदि उनीहरूले बाँदर र चिम्पाङ्गजीको हड्डीलाई झुक्किएर मानिसको हड्डी हो भनेर सोचेनन् भने)! सबै मानिसहरू आदमबाट आएका हुन्। के आदम तपाईंको पूर्खा हुन्? ____________ लूका ३:२३-३८ पढ्नुहोस्।

दुष्ट आत्माहरू कहाँबाट आए? के दुष्ट आत्माहरू आदम सृष्टि गरिनुभन्दा अगाडि पृथ्वीमा भएका दुष्ट मानिसहरूका आत्माहरू हुन्? होइन, बाइबलअनुसार तिनीहरू शक्तिमान परमेश्व_रको विरुद्धमा उठेको शैतानको विद्रोहमा लागेका स्वर्गदूतहरू हुन्। जोडा मिलाउनुहोस्–

    • क) _____ पवित्र स्वर्गदूतहरू १) मत्ती ९:३४; मत्ती १२:२४
    • ख) _____ शैतानका दूतहरू २) २ पत्रुस २:४ र यहूदा ६
    • ग) _____ एक तिहाइ स्वर्गदूत शैतानलाई पछ्याउँछन् ३) मत्ती २५:३१
    • घ) _____ शैतान दुष्टआत्माहरूका शासक हुन् ४) प्रकाश १२:४
    • ङ) _____ स्वर्गदूतहरू जसले पाप गरे ५) मत्ती २५:४१; प्रकाश १२:७

३.लुसिफरको पतनको समस्या

लुसिफरको पतन कहिले भयो? कहिले लुसिफर दुष्ट बन्यो (परमेश्वरको विरोधी) र शैतान बन्यो? अन्तरालमा विश्वास गर्नेहरूले लुसिफरको पतन उत्पत्ति १:१ र १:२ को अन्तरालको बिचमा कतै भएको हो भनी बताउँदछन्। तर बाइबलले लुसिफर उत्पत्ति १:१ को अगाडि नै सृष्टि भएको र पापमा पतन भएको कुरालाई जनाउँदछ।

उत्पत्ति १:१ ले आकाशहरू र पृथ्वीको सृष्टिको वर्णन गर्दछ (यसको हिब्रू शब्द “आकाशहरू” मा बहुबाचक, -इम्को प्रयोग गरिएको छ र यसलाई “आकाशहरू” भनी अनुवाद गर्न सकिन्छ)।

३ स्वर्गहरू

बाइबलले ३ ओटा आकाशहरू (वा स्वर्गहरू) छन् भनी बताउँछ (२ कोरिन्थी १२:२ पढ्नुहोस्—“तेस्रो ___________ उठाइयो”):

१)पहिलो स्वर्ग (आकाश) दिनमा देख्न सकिन्छ, जहाँ चराहरू उड्छन् र बादलहरू रहन्छन्। यो वायुमण्डलीय स्वर्ग (आकाश) हो। येशूले मत्ती ६:२६मा भन्नुभयो, “__________ (स्वर्गका) _______________ हेर”। भजनसंग्रह ८:८ पनि पढ्नुहोस् (“आकाश (स्वर्ग) का चराहरू”)।

२)दोस्रो स्वर्ग रातमा देख्न सकिन्छ—ताराहरू, चन्द्रमा र ग्रहहरू। यो खरबौं घामहरू र आकाशमण्डलहरू भएको नक्षत्रीय ब्रह्माण्ड हो! दाऊदले भजनसंग्रह ८:३ मा दोस्रो स्वर्गको उल्लेख गरे, “जब म तपाईंको ______________ विचार गर्दछु, जो तपाईंका औंलाहरूको काम हो, अर्थात् _______ र _________, जसलाई तपाईंले नियुक्त गर्नुभयो”।

३)तेस्रो स्वर्ग विश्वासको आँखाले बाहेक अरू कुनै तरिकाले देख्न सकिँदैन। यसलाई नहेम्याह ९:६ मा “स_______ आकाश” भनिएको छ जसलाई अक्षरश: “आकाशहरूका आकाश” भनी अनुवाद गर्न सकिन्छ। लूका २:१४ मा यसलाई “प__________” भनिएको छ। आज तेस्रो आकाशलाई “स्वर्ग” (२ कोरिन्थी १२:४) पनि भनिएको छ। पावल त्यहाँ लगिएका थिए (२ कोरिन्थी १२:२)। प्रभु येशू आज त्यहाँ हुनुहुन्छ (हिब्रू ८:१; ९:२४)। परमेश्वर पिताले आफ्नो उपस्थिति प्रकट गर्नुहुने स्थान त्यहीँ हो (मत्ती ६:९) र हामी उहाँलाई ____________ पिता भनी चिन्दछौं (मत्त ६:२६)। विश्वासीको मृत्यु भएपछि ऊ त्यहीँ पुग्दछ (फिलिप्पी १:२३)। स्वर्गदूतहरूको वासस्थान पनि त्यहीँ नै हो (प्रकाश ५:११; मर्कूस १२:२५, १३:३२; लूका २:१३; मत्ती २८:२)।

उत्पत्ति १:१ (साथै प्रकाश २०:११) मा उल्लेखित “स्वर्गहरू” (हिब्रूमा वहुवचन “इम” प्रत्यय लागेको शब्द “शमाईम्” लाई “आकाशहरू” वा “स्वर्गहरू’ भनी अनुवाद गर्न सकिन्छ) ले कुनचाहिँ स्वर्गहरूलाई जनाउँछन् त?

त्यसैले, उत्पत्ति १:१ (र प्रस्थान २०:११) को “आकाशहरू” (वा स्वर्गहरू)को अर्थ __________ स्वर्ग (वायुमण्डलीय आकाश) र _____________ स्वर्ग (नक्षत्रीय ब्रह्माण्ड) को कुरा गरेको हुनुपर्छ। तेस्रो स्वर्गको सृष्टिको बारेमा उत्पत्ति १ अध्यायमा बताइएको छैन। पहिलो र दोस्रो स्वर्ग र तिनमा भएका सबै थोकहरू बनाउन परमेश्वरलाई कति समय लाग्यो (प्रस्थान २०:११)?
______________ यसको अर्थ के परमेश्वरले स्वर्गदुहरूको सृष्टि गर्नुभएन भन्ने हुन्छ? हुँदैन, बाइबलले बताउँछ कि “_______ उहाँ (सृष्टिकर्ता ख्रीष्ट) द्वारा _________ गरिएका हुन्” (कलस्सी १:१६)। नहेम्याह ९:६ मा पनि मानिसहरूले परमेश्वरको प्रशंसा गरे किनभने उहाँले सबै कुराहरू सृष्टि गर्नुभयो: “तपाईं, अँ, तपाईं मात्र परमप्रभु हुनुहुन्छ; तपाईंले नै आकाश, __________ ___________, त्यसको जम्मै _________ (स्वर्गदुतहरू), पृथ्वी र त्यसमाथि भएका सबै थोकहरू, समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभएको हो; अनि तपाईंले नै ती सबैलाई जोगाएर राख्नुहुन्छ; अनि __________ __________ (स्वर्गदुतहरूले) तपाईंलाई दण्डवत् गर्दछ।”

ध्यान दिनुहोस्, नहेम्याहले तेस्रो स्वर्ग (सर्वोच्च आकाश) को र स्वर्गदुतहरू (स्वर्गको सेना) को उल्लेख गर्दछन्। तल नहेम्याह ९:६ र प्रस्थान २०:११ बिच तुलना गरिएको छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

सृष्टिका छ दिन – दिनहरू थिए कि युगहरू?

सृष्टिका छ दिन — दिनहरू थिए कि युगहरू?

१) कतिको विश्वासमा उत्पत्तिको पहिलो अध्यायमा उल्लेखित दिनहरू सामान्य २४ घण्टे दिनहरू थिए। जसरी आइतवार, सोमवार, मंगलवारमा २४ घण्टा हुने गर्छ त्यसरी नै।

२) अरूहरूको विश्वासमा उत्पत्तिको पहिलो अध्यायमा उल्लेखित दिनहरू सामान्य २४ घण्टे दिनहरू नभई युगहरू थिए। उनीहरूको विश्वासअनुसार प्रत्येक “युग-दिन” (“day-age”) हजारौं वा लाखौं वर्ष लामो थियो। यसलाई “युग-दिन सिद्धान्त” (“day-age theory”) भनिन्छ।

परमेश्वर के भन्नुहुन्छ?

प्रस्थान २०:११—“किनकि _____ ________ परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोकहरू ________________।”

किन केही मानिसहरूले यी ६ दिनहरू वास्तवमा युगहरू हुन् भनी विश्वास गर्छन्? विकासवादी वैज्ञानिकहरू विश्वास गर्छन् कि वर्तमान समयका जीवहरू (मानिस, बाँदर, जिराफ, कङ्गारु, चरा, माछा, वनस्पति र आज हामीले जानेका सबै प्राणीहरू) ४ अर्ब वर्ष लामो (पछिल्लो सिद्धान्तहरू मुताबिक यो भन्दा धेरै वा थोरै हुन पनि सक्छ) विकासवादी प्रकृयाको प्रतिफल हुन्! यो त निकै लामो समय हो! विकासवादीहरूको निम्ति प्रस्थान २०:११ यसरी लेख्न उपयुक्त होला: “किनकि ४०००,०००,००० वर्षहरूमा आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोकहरू स्वत: विकास भए” प्र: ४,००,००,००,००० वर्ष बराबर कति दिन हुन्छ? एक वर्षमा कति दिन हुन्छन्? ___________ दिन

४,००,००,००,००० वर्षहरू(क्रमविकासको निम्ति आवश्यक समय) × ३६५ दिनहरू(एक वर्षमा हुने दिनको सङ्ख्या)
= १४,६०,००,००,००,००० दिन!!!
अथवा
(१४ खरब ६० अरब दिनहरू!!!)

कत्रो भिन्नता! यो अचम्म र उदेकको कुरा हो कि हाम्रो महान् परमेश्वरले केवल ६ दिनमा सारा सृष्टि कार्य सम्पन्न गर्नसक्नुहुन्छ। विकासवादीहरूको ईश्वर (संजोगको ईश्वर) लाई आफ्नो कार्य समापन गर्न भने थुप्रै समय लाग्नु चाहिँ दु:खलाग्दो र दयनीय कुरा हो! तर विकासवादीहरूले पर्याप्त समय भए जुनसुकै कुरा सम्भव हुन्छ भनी विश्वास गर्दछन्! उनीहरू निम्न सरल सुत्रमा विश्वास राख्छन्:

पर्याप्त समय + पर्याप्त संजोग (ठूलै भाग्य!) = आश्चर्यजनक प्रतिफलहरू (वनस्पति, माछा, पशु, पंक्षी, मानिस आदि) के यो साँचो हुन सक्छ त?

१) मानौं तपाईंसँग एउटा बाँदर छ जसले १२ वर्ण प्रति सेकेण्डको गतिले टाइप गर्न सक्छ। उक्त बाँदरले अन्धाधुन्द टाइपराइटरमा वर्णहरू थिचिरहेको छ। उसलाई उत्पत्तिको पुस्तक (पूरै ५० अध्याय) उतार्न कति समय लाग्ला? त्यस बाँदरले दिनको २४ सै घण्टा विश्राम नगरिकन सयौं वर्षसम्म टाइप गर्यो भने तापनि, के ऊ “भाग्यशाली” भएर ती सबै शब्दहरू जस्ताको त्यस्तै उतार्न सफल होला? के उसले ५ करोड वर्षसम्म टाइप गर्ने अवसर पाएमा सफल होला?

२) उडिरहेको हवाइजहाजबाट तपाईंको नामका अक्षरहरू काठका ब्लकहरूमा लेखेर खसाल्ने कामलाई हरेक दिन ५० पटकको हिसाबमा पर्याप्त चोटि दोहोर्याइयो भने के ती ब्लकहरू भुईँमा खस्दा ठीक तपाईंकै नामलाई उतार्न सफल होलान्? _______। यदि हामीले संजोग र भाग्यमा भरोसा गर्ने हो भने, के साधारण रूपमा थोकहरूका क्रम मिल्न जाला कि बिग्रेको क्रम हुन जाला? __________________।

३) एउटा घडीका सम्पूर्ण पार्टपुर्जालाई खोलखाल गरी एउटा बाकमा राखेर उक्त बाकसलाई १० अरब वर्षसम्म हल्लाइयो भने, के ती पार्टपुर्जाहरू संजोगले मिल्न गएर एउटा काम गर्ने घडी बन्न पुग्ला? के जीवजन्तु र वनस्पतिहरू एउटा घडीभन्दा जटिल हुन्छ? ______________।

विकासवाद असम्भवझैं देखिन्छ र उक्त कार्य फेरी हुनको निम्ति ठूलै संजोग आवश्यक पर्नेछ भनी विकासवादीहरूले स्वीकार गर्दछन्, तर पर्याप्त समय भएमा, सबै कुराहरू सम्भव छ भनी तिनीहरूले दावी गर्दछन्; “ठीक अणु ठीक स्थानमा ठीक समयमा (पहिलो एककोषीय जीव उत्पादन हुनको निम्ति) हुने सम्भावना साह्रै चकित तुल्याउने कुरा हो। तरैपनि, जसरी विज्ञानले यसको नाप गर्दछ, त्यसरी नै प्रकृतिले काम गर्ने एउटा समय रेखा हुन्छ। वास्तवमा, यदि वर्णनै गर्न नसकिने युगहरू दिइएमा, एकै क्षणमा हुन असम्भव झैं देखिने थोकहरू, निश्चयतामा परिवर्तन हुन सक्छन्।”(National Geographic Magazine, September 1976, page 390)

समयसँग सबै कुराहरू सम्भव छन्! र विकासवादीहरू यो विश्वास गर्दछन् कि यस पृथ्वीमा त्यस जीवकोषलाई अहिलेको वर्तमान अवस्थामा पुग्नलाई ४,०००,०००,०० वर्ष पर्याप्त समय भयो, र त्यो पनि सबै संजोगवश!

विकासवादीहरू भन्छन्: “१४,६०,००,००,००,००० दिन लाग्यो” परमेश्वरले भन्नुभयो: “६ दिन लाग्यो!”

तपाईं कसलाई विश्वास गर्नुहुन्छ?

    • १) थोरै मानिसहरू परमेश्वरको वचन ग्रहण गर्छन् र सृष्टि सम्पन्न हुन २४ घण्टा लामो ६ दिन लाग्यो भनी विश्वास गर्छन्।
    • २) धेरैजसो मानिसहरू विकासवादीहरूको वचन ग्रहण गर्छन् र सम्पूर्ण जीवहरू विकास हुँदै वर्तमान रूपमा आइपुग्न ४ अर्ब वर्ष लाग्यो भनी विश्वास गर्छन्।
    • ३) केही मानिसहरू परमेश्वर र विकासवादीहरू दुवैको वचन ग्रहण गर्न सकिन्छ भन्ने सोच्छन्। दुवै सत्य हुन् अरे। उनीहरू विश्वास गर्छन्, उत्पत्ति अध्याय १ मा उल्लेखित दिनहरू वास्तवमा दिनहरू नभएर लामो युगहरू (“युग-दिनहरू”) हुन्। उनीहरूको विश्वासमा परमेश्वरले ६ ओटा लामो युगहरूमा सबैथोकको सृष्टि गर्नुभएको हो।

प्र: यदि यो सत्य हो भने र हरेक “युग” को समयावधि बराबर थियो भने, एक “युग” ले कति समय समेट्यो त?

उ: ४,००,००,००,००० ÷ ६ “दिन” = ६६,६६,६६,६६६ वर्ष बराबर एक “युग-दिन”।

प्रत्येक “युग-दिन” को लमाइ ६६ करोड वर्ष हुने रहेछ! यो त निकै लामो “दिन” हो! के सृष्टिका दिनहरू वास्तवमै लामो समयावधिहरू थिए त? के दिनहरू साँच्ची नै युगहरू थिए त? यस प्रश्नको जवाफ दिनु अगाडी, हामीले यो बुझ्नै पर्छ कि कहिलेकाहिँ “दिन” भन्ने शब्दलाई लामो समयावधिको बयान गर्न प्रयोग गरिएको छ:

        • १) अहिले हामी अनुग्रहको दिनमा बाँचिरहेका छौं (२ पत्रुस ३:८-९)। निश्चय, परमेश्वरको अनुग्रह र सहनशीलताको दिन २४ घण्टा भन्दा लामो छ!
        • २) “परमप्रभुको दिन” (२ पत्रुस ३:१०) भन्नाले मानिसहरूको क्रियाकलापहरूमा परमेश्वरले प्रत्यक्षरूपमा हस्तक्षेप गर्नुहुने एउटा लामो समयावधि बुझिन्छ।
        • ३) याकूबको दु:खको दिन (यर्मिया ३०:७) ले इस्राएल राष्ट्रले भोग्ने गम्भिर संकष्टको समयावधिलाई जनाउँछ। यही समयावधिलाई प्रकाश १२ मा बयान गरिएको छ। उक्त “दिन” मा कति दिन हुनेछ (पद ६)? __________। कति वर्ष (पद १४)?

    (समय=१ वर्ष) + (समयहरू=२ वर्ष) + (आधा समय=१/२ वर्ष) जम्मा ____________ वर्ष

      • ४) “दिन” लाई हामी यसरी पनि प्रयोग गर्ने गर्छौं: “हामी यस्तो

दिन

      • मा बाँचिरहेका छौं जहाँ मानिसहरू आफैलाई प्रेम गर्छन्, परमेश्वरलाई भन्दा पैसा र मोजमज्जालाई प्रेम गर्छन्” (२ तिमोथी ३:१-४ सित तुलना गर्नुहोस्)। यस्तो प्रकारको दिनको अवधि २४ घण्टाभन्दा लामो भइसकेको छ कि?
      • ५) “पृथ्वीनारायण शाह मोटरगाडी, टेलिफोन, हवाइजहाज इत्यादि नभएको

दिन

      • मा जिउँथे। ” के अब्राहाम, मोशा, पावल पनि त्यस्तै दिनमा जिउँथे? यी उदाहरणहरूबाट हामी देख्छौं, “दिन” भन्ने शब्दलाई लामो समयावधीलाई जनाउन प्रयोग गर्न सकिन्छ। ‘दिन” लाई १२ घण्टाको समयलाई जनाउन पनि प्रयोग गर्न सकिन्छ: “आज

दिनभरि

      • घाम लाग्यो!” तर प्राय: “दिन” शब्दलाई २४ घण्टाको अवधिलाई जनाउन प्रयोग गरिन्छ (वैज्ञानिक परिभाषाअनुसार पृथ्वीलाई आफ्नो अक्ष (axis) मा एकचोटी घुम्न लाग्ने समय)। हामी भन्छौं, “एक हप्तामा सात

दिन

    • हुन्छन्।” यहाँ हामी सामान्य २४ घण्टे दिनको कुरा गर्दैछौं। हाम्रो लागि महत्वपूर्ण प्रश्न यो छ: उत्पत्तिको पहिलो अध्यायमा ‘दिन’ शब्द कुन अर्थमा प्रयोग भएको छ?

सृष्टिका ६ दिनहरूमा सामन्य २४ घण्टे दिनहरू थिए भन्ने १० कारणहरू

१)“साँझ र बिहान”

परमेश्वरले होशियारपूर्वक “दिन” शब्दलाई “साँझ र बिहान” भनिने सङ्केत दिनुभएको छ। “अनि __________ पर्यो र __________ भयो — पहिलो __________” (उत्पत्ति १:५ र पद ८,१३,१९,२३,३१ हेर्नुहोस्)। प्रत्येक दिनमा हुने कुराहरू यहि हुन् – साँझ र बिहान! निम्नलिखित सङ्केतले कति दिनलाई जनाउँछ?

साँ-बि-साँ-बि-साँ-बि-साँ-बि-साँ-बि-साँ-बि ______ दिन
दानियल ८:१४ (हिब्रू प्रतिलिपि अनुसार) ले भन्दछ “दुई हजार तीन सय साँझ-बिहानहरूसम्म; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ” (वा आफ्नो बाइबलको फुटनोट पनि हेर्न सक्नुहुन्छ)। यो भनेको कति दिन हो? _______ दिन। दानियल ८:२६ पनि पढ्नुहोस्। प्रत्येक २४ घण्टे दिनमा एउटा साँझ र एउटा बिहान हुन्छ। के एक युगमा केवल एउटा साँझ र एउटा बिहान हुन्छ? ________। (अति लामो समयावधिमा धेरै-धेरै साँझहरू र बिहानहरू हुन्छन्!) युगको सुरु र अन्त्य होला, तर यसमा केवल एउटा साँझ र एउटा बिहान भने हुँदैन!!

२)अंकित शब्द

परमेश्वरले “दिन” शब्दको अगाडी एउटा अङ्क राखेर त्यसलाई परिभाषित गर्नुभएको छ: “अनि साँझ पर्यो, र बिहान भयो– ________ दिन” (उत्पत्ति १:५)। त्यो कुन दिन थियो भनी परमेश्वरले तोकेर बताउनुभएको छ। त्यो पहिलो दिन थियो। हेर्नुहोस्, उत्पत्ति १:८,१३,१९,२३,३१ र प्रस्थान २०:११ (“छ दिन”)।

“दिन” शब्द अगाडि अङ्क तोकिएको खण्डमा, प्राय: त्यो एक २४ घण्टे दिनकै कुरा गरिएको हुन्छ। तुलना गर्नुहोस् गन्ती ७:१२,१८,२४,३०,३६,४२,४८ आदि। केहि उदाहरणहरूको बिचार गरौं:

३) दिन र रात

१:५ मा “पहिलो _______” मा के भएको थियो भनी परमेश्वरले हामीलाई बताउनुभएको छ। यो पहिलो दिन कस्तो प्रकारको दिन थियो? के यो एउटा युग थियो? ५ पदमा परमेश्वरले बताउनुभएको छ कि उक्त पहिलो दिनमा उज्यालोको एउटा अवधि थियो जसलाई ______ भनियो र अँध्यारोको एउटा अवधि थियो जसलाई ______ भनियो। यसबाट हामीलाई थाहा हुन्छ, उक्त पहिलो दिनमा दिन र रातको एउटा अवधि थियो। सृष्टि साताको प्रथम दिन १२ घण्टा उज्यालो र १२ घण्टा अँध्यारो अवधिले बनेको थियो।

माथिको चित्रले कति दिन प्रस्तुत गर्दछ? ____________ प्रत्येक २४ घण्टे दिनमा दिन (उज्यालोको अवधि) र रात (अँध्यारोको अवधि) हुन्छ। के एक युगमा केवल एउटा दिन र एउटा रात हुन्छ? _________। (एक युगमा थुप्रै-थुप्रै दिनहरू र साँझहरू हुन्छन्!)

४) चौथो दिन

उत्पत्ति १:१५-१९ ले सृष्टिको चौथो दिनको बयान गर्दछ। यी पदहरूमा “दिन” वा “दिनहरू” ५ पटक प्रयोग भएको छ।

५) सातौं दिन

सातौं दिन पनि एक २४ घण्टे दिन थियो (उत्पत्ति २:१-३)। आदम र हव्वा कुन दिनमा सृष्टि गरिए (उत्पत्ति १:२६-३१)? _______। के आफूले आशिष दिनुभएको सातौं दिनलाई परमेश्वरले श्राप दिनुभयो (हेर्नुहोस् उत्पत्ति ३:१७-१९ र उत्पत्ति २:३)? __________। के आदम र हव्वा सातौं दिनभन्दा बढी बाँचे? ______। मृत्युमा आदमको उमेर कति थियो (उत्पत्ति ५:४-५)? __________। सातौं दिन हजारौं-लाखौं वर्षको लामो समयावधि थिएन। पहिलो ६ दिन जस्तै त्यो २४ घण्टे दिन थियो।

६) चौथो आज्ञा

चौथो आज्ञा प्रस्थान २०:८-११ मा उल्लेख गरिएको छ जहाँ “दिन” वा “दिनहरू” ६ पटक प्रयोग भएको छ। यी पदहरूमा कसरी “दिन(हरू)” भनिने शब्द प्रयोग गरिएको छ भनी हेर्न, निम्न बमोजिम जोडा मिलाउनुहोस्

ख्याल राख्नुहोस्, प्रस्थान २०:११ मा “दिनहरू” को अगाडि _____ अङ्क राखिएको छ। तपाईंको साथीले तपाईंलाई यसो भन्लान्, “विद्यालयको एउटा कार्यपत्र बनाउन मलाई ६ दिनहरू लाग्यो!” के तपाईंको साथीले दिनहरू भनेको जस्तो लाग्छ कि युगहरू? ________ (तपाईंले विद्यालयको गृहकार्य गर्दा, युग नै बितेजस्तो लागे तापनि वास्तवमा त दिनहरू मात्र लागेका हुन्!) सृष्टिको कार्य पुरा गर्न परमेश्वरलाई कति समय लाग्यो (प्रस्थान २०:११)? __________________ तपाईंको बिचारमा के यी २४ घण्टे दिनहरू हुन्? ___________

यी पदहरूले, परमेश्वरले जसरी काम गर्नुभयो र विश्राम लिनुभयो सो इस्राएलको निम्ति एक नमूना थियो भनी बताउँछन्। परमेश्वरले इस्राएलका सन्तानहरूलाई ६ दिन (आइतवारदेखि शुक्रवार) काम गर्न र सातौं दिन (शनिवार) मा विश्राम लिने आज्ञा दिनुभयो किनकि परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुहुँदा ठीक त्यही समयतालिका अनुसार नै काम र विश्राम लिने कार्य गर्नुभएको थियो (प्रस्थान २०:११)।

यदि सृष्टिका दिनहरू युगहरू थिए भने, इस्रएलीहरूका काम गर्ने दिनहरू पनि युगहरू थिए भन्नुपर्ने हुन्छ। कामबाट घर फर्केका एक इस्राएलीले आफ्नो पत्नीलाई यसो भन्दै गरेको अनुमान गर्न सक्नुहुन्छ, “अहो! आज कति लामो दिन काम गरियो! आज म ५० करोड वर्ष काम गरेर थकित भएको छु! विश्राम दिन कहिले आउला अनि विश्राम गरूँला!”

दिनहरूलाई युगहरूको अर्थ लगाउँदा अर्थको अनर्थ हुन जान्छ! यो मूर्ख कुरा बन्दछ। निम्न बुँदामा दिनहरूले (बहुबचन) कहिल्यै पनि युगहरूको सङ्केत गर्दैन भनी हामी अध्ययन गर्नेछौं।

७) दिनहरू (बहुवचन)

प्रस्थान २०:११ मा बताइएको छ, परमप्रभुले सबथोक दिनमा बनाउनुभयो। हिब्रू बाइबलमा यहाँ “दिन” शब्दको बहुवचन रूप प्रयोग भएको छ। हिब्रु बाइबलमा यो बहुवचन रूप प्राय: सधैं २४ घण्टे दिनहरूलाई जनाउन प्रयोग हुन्छ। “दिन” शब्द (एकवचन) लाई २४ घण्टे भन्दा लामो समयावधिलाई जनाउन प्रयोग गर्न सकिन्छ: “परमप्रभुको दिन” “अनुग्रहको दिन” “सङ्कष्टको दिन” “आधुनिक विज्ञानको दिन” इत्यादि। तर जब मानिसले “दिनहरू” (बहुबचन) को कुरा गर्दछ, उसले २४ घण्टे दिनको कुरा गरिरहेको हुन्छ। निम्न उदाहरणहरूलाई बिचार गर्नुहोस्।

      • १. तिम्रो जन्मदिन आउन कति

दिन(हरू)

      • बाँकी छन्?
      • २. यरिहो शहर कब्जा गर्न इस्राएलका सन्तानहरूलाई ७

दिन(हरू)

      • लाग्यो (यहोशू ६ अध्याय पढ्नुहोस्)।
      • ३. मर्कूस १४:१—“दुई

दिन(हरू)”

    •  
      • ४. प्रकाश १२:६ (सङ्कष्टकालको पछिल्लो साँढे तीन वर्षको समयावधि)
      • ५. प्रस्थान २०:११—६

दिन(हरू)

८) “दिन” शब्दको सामान्य अर्थ

हामीले पहिले नै अध्ययन गर्यौं कि “दिन” शब्दलाई उज्यालोको १२ घण्टे समयावधि जनाउन प्रयोग गर्न सकिन्छ (उत्पत्ति १:५,१४,१६,१८)। “दिन” शब्दलाई लामो समयावधि जनाउन पनि प्रयोग गर्न सकिन्छ (२ पत्रूस ३:८-१०; यर्मिया ३०:७)। तर प्राय: जसो जब हामीले “दिन” शब्दको प्रयोग गर्दछौं, हामीले २४ घण्टे दिनको कुरा गरिरहेका हुन्छौं। “दिन” शब्दको सामान्य र आधारभूत अर्थ यहि हो।

हामीले बाइबल अध्ययन गर्दा कुनै पनि शब्दलाई – अर्थको अनर्थ हुने परिस्थितिमा बाहेक — त्यसको अक्षरश:, सामान्य, साविक अर्थमा नै लिनुपर्छ। हाम्रो नियम यहि हो—यदि सामान्य अर्थले मुनासीब अर्थ लाग्छ भने कुनै अर्को अर्थ नखोज्नू नत्रता अर्थको अनर्थ होला। केही उदाहरणहरू:

      • क) “थुमा” को सामान्य अर्थ – चारखुट्टे पशु, पाठो
      • अ. यशैया ११:६ मा सामान्य अर्थ मुनासीब छ? ______।
      • आ. यूहन्ना १:२९ मा सामान्य अर्थ मुनासीब छ? ______।
      • ख) “कुकुर” को सामान्य अर्थ — चारखुट्टे घरपालुवा पशु
      • अ. लूका १६:२१ मा सामान्य अर्थ मुनासीब छ? ______।
      • आ. फिलिप्पी ३:२ र प्रकाश २२:१५ मा सामान्य अर्थ मुनासीब छ? ______।
      • ग) “रगत” को सामान्य अर्थ – रक्तनलीमा हुने रातो तरल पद्धार्थ
      • अ. यूहन्ना १९:३४ मा सामान्य अर्थ मुनासीब छ? ______।
    • आ. मत्ती २६:२८ मा सामान्य अर्थ मुनासीब छ? ______।

टिप्पणी: रोमन क्याथोलिक्सहरूले यस पदलाई गलत ढङ्गले बूझ्दछन् किनभने “रगत” लाई उनीहरूले सामान्य अर्थमा बुझ्दैनन्, र त्यसैले जब उनीहरूले म्यास (MASS) लिँदछन्, अङ्गुरको रस ख्रीष्टको वास्तविक रगत बन्दछ भनी उनीहरू विश्वास गर्दछन्। यूहन्ना ६:५४ लाई यूहन्ना ६:४० सित तुलना गर्नुहोस् जहाँ हामी देख्दछौं कि विश्वास गर्नु भनेकै उहाँको मासु खानु र रगत पिउनु हो।

सृष्टिका दिनहरूलाई सामान्य अर्थमा अक्षरश: २४ घण्टे दिनहरूको रूपमा लिन मिल्छ? यसले मुनासिब अर्थ दिन्छ कि अनर्थ हुन्छ? निम्न प्रश्नहरूलाई विचार गर्नुहोस्:

    • (१) के सर्वशक्तिमान परमेश्वरले ६ ओटा अक्षरश: दिनहरूमा सृष्टि गर्ने सम्पूर्ण कार्य सम्पन्न गर्न सक्नुहुन्छ? के परमप्रभुको निम्ति कुनै कुरा औधी कठीन छ (उत्पत्ति १८:१४)?
    • (२) के परमेश्वरले चाहनुभएको भए उक्त कार्य एकै दिनमा गर्नसक्नुहुन्थ्यो? एकै सेकेण्डमा?
    • (३) परमेश्वरले किन ६ दिन लगाएर सो गर्नुभयो (प्रस्थान २०:११)?
    • (४) के परमेश्वरलाई सृष्टिको काम सम्पन्न गर्नलाई करोडौं वर्षको आवश्यकता थियो?
    • (५) सृष्टिका दिनहरूलाई युगहरूको अर्थ लगाउँदा मुनासिब अर्थ लाग्छ?

कतिपय मानिसहरूलाई सृष्टिका छ दिनलाई लामो युगहरूको अर्थ लगाउनु पर्ने बाध्यता हुनुको एउटै मात्र कारण छ: विकासवादीहरूको “ईश्वर” लाई काम गर्ने पर्याप्त समय दिन। संजोगको ईश्वरलाई थुप्रै समयको आवश्यकता पर्छ! उसले छ दिनमा कार्य सम्पन्न गर्नु एक असम्भाव्य कुरो थियो! वास्तवमा उसले त्यो ६,००,००,००,००,००,००० दिनमा सम्पन्न गर्न सक्थ्यो भन्ने कुरामा पनि शंकै छ!

९) मोशाको बुझाइ के थियो?

उत्पत्तिको पुस्तक लेखाउन परमेश्वरले प्रयोग गर्नुभएको व्यक्ति मोशा थिए (लूका २४:२७,४४)। बाइबल अध्ययन गर्दा तपाईंले आफूलाई सधैं यो महत्त्वपूर्ण एउटा प्रश्न सोध्ने गर्नुपर्छ: मूल लेखक (हाम्रो सन्दर्भमा मोशा) र मूल श्रोताहरू (इस्राएलीहरू) ले लेखिएको वचनलाई कसरी बुझ्थे?

के तपाईंलाई, मोशाले सृष्टिका दिनहरूलाई युगहरूको अर्थमा बुझ्थे भन्ने लाग्छ? के मोशाका समकालीन मानिसहरूले ती दिनहरूलाई २४ घण्टे दिनहरूको अर्थमा बुझ्थे? के तिनीहरूलाई ती दिनहरूलाई युगहरूको अर्थमा सोच्नुपर्ने कुनै कारण थियो?

मोशा लगायत त्यसबेलाका मानिसहरूले यो विश्वास गर्थे, परमेश्वरले सृष्टिको कार्य आइतबार सुरु गर्नुभयो, मानिसलाई शुक्रबारमा सृष्टि गर्नुभयो अनि शनिबार विश्राम गर्नुभयो। के तपाईं मोशाले जस्तै विश्वास गर्नुहुन्छ?

१०) रोज्नुहोस्: उत्पत्तिको पुस्तक कि विकासवाद?

कतिपय मानिसहरूको सोचाइमा सृष्टिका दिनहरूलाई युगहरूको अर्थमा लिएको खण्डमा उत्पत्तिको पहिलो अध्यायले विकासवादकै सिद्धान्त सिकाउँछ। तिनीहरू विश्वास गर्छन् कि उत्पत्तिको पहिलो अध्यायमा उल्लेखित घटनाक्रम विकासवादीहरूकै प्रस्तावित घटनाक्रमसित मेल खान्छ। हेरौं, यो साँचो हो कि होइन:

(१) विकासवादअनुसार पृथ्वी अगाडि सूर्य थियो।

तर परमेश्वर भन्नुहुन्छ, सूर्य ________ दिनमा र पृथ्वी __________ दिनमा सृष्टि गरिएका थिए। तसर्थ पृथ्वी सूर्यभन्दा ________ दिन पुरानो छ! के सूर्यको सृष्टि हुनुभन्दा पनि अगाडि त्यहाँ प्रकाश थियो? ________। प्रकाशको सृष्टि कुन दिनमा भएको हो? __________ दिन।

(२) विकासवादअनुसार जीवको सुरुआत समुद्रबाट भएको हुनुपर्छ। करोडौं वर्ष बितेपछि कतिपय जीवहरू जमीनमा सरे।
तर परमेश्वर भन्नुहुन्छ, समुद्रमा जीवहरू __________ दिनमा र जमीनमा जीवहरू __________ दिन (वनस्पति) मा देखा परेका हुन्। तसर्थ समुद्रमा जीवहरू देखापर्नु भन्दा ________ दिन अगाडि जमीनमा जीवहरू देखा परेका हुन्।

(३) विकासवादअनुसार पंक्षी अगाडि रेप्टाइल (घस्रने पशु) हरू आए (कारण पंक्षीहरू रेप्टाइलहरूबाट विकास भएका हुन् भन्ने उनीहरूको विश्वास छ)।
तर परमेश्वर भन्नुहुन्छ, पंक्षीहरू ________ दिनमा र स्थलजन्तुहरू (यसर्थ रेप्टाइलहरू पनि) ________ दिनमा मात्रै सृष्टि भएका हुन्। पंक्षीहरू रेप्टाइलहरूभन्दा ______ दिन पुराना हुन्! के पंक्षीहरू रेप्टाइलहरूबाट विकास हुन सम्भव थियो? ________। निश्चय पनि रेप्टाइलहरू पंक्षीहरूबाट विकास भएनन् (विकासवादीहरूले समेत यो मान्दैनन्!)। बाइबलले भन्छ, परमेश्वरले नै पंक्षीहरू र रेप्टाइलहरू सृष्टि गर्नुभयो। रेप्टाइलहरू पंक्षीहरूभन्दा लाखौं वर्ष अगाडिका होइनन्।

(४) विकासवादअनुसार जमीनका स्तनधारी प्राणीहरू व्हेलहरूभन्दा अगाडि आए (किनभने तिनीहरू विश्वास गर्दछन् कि व्हेलहरू जमीनका स्तनधारी प्राणीहरूबाटा विकास भएका हुन्)।
तर परमेश्वर भन्नुहुन्छ, व्हेलहरू र समुद्रका अरू विशाल जलचरहरू __________ दिनमा र जमीनका स्तनधारी प्राणीहरू _________ दिनमा मात्रै सृष्टि भएका हुन्। कुन पहिला आएको हो, व्हेल कि सुङ्गुर? _____________ के व्हेल सुङ्गुरझैं देखिने प्राणीबाट बिकास भएर आएका हुन्? _________ त्यसैले व्हेलहरू जमीनका स्तनधारी प्राणीहरूभन्दा _______ दिन पुराना हुन्! जमीनका स्तनधारी प्राणीलाई व्हेल बन्नको निम्ति ऊ फेरी पानीमा फर्किनुपर्छ, उसको रौंहरू बिलाउनुपर्छ र आफ्नो वास्तविक भन्दा ५० गुणा बेसी ठूलो आकार लिनुपर्छ! के यो साँच्चै हुन सक्छ होला? _______ ठूलो हात्तीको (जमीनका सबैभन्दा ठूलो स्तनधारी प्राणी) तौल लगभग ७ हजार किलो हुन्छ! ब्लू व्हेलको (blue whale) (व्हेलको सबैभन्दा ठूलो प्रजाती) तौल लगभग १५० हजार किलो हुन्छ! व्हेल संजोगले विकास भएको होइन, यो त परमेश्वरको सृष्टि हो!

(५) विकासवादअनुसार किराफटेङ्ग्राबिना वनस्पति जीव हुन सक्दैन किनकि वनस्पतिको प्रजनन प्रकृयाको निम्ति मौरी जस्ता किराहरूको आवश्यकता पर्छ।
तर परमेश्वर भन्नुहुन्छ, किराफटेङ्ग्राहरू (घस्रिने जन्तुहरू पनि) _________ दिनमा सृष्टि गरिएका हुन् र वनस्पतिहरू __________ दिनमा सृजिएका हुन्। यसको अर्थ वनस्पतिहरू किराफटेङ्ग्राहरू भन्दा _______ दिन पुराना हुन्! किराफटेङ्ग्राहरू बिना बिरुवा र वनस्पतिहरू के ३ युगसम्म बाँच्न सक्लान्? ___________ बिरुवा र वनस्पतिहरू बिना किराफटेङ्ग्राहरू के ३ युगसम्म बाँच्न सक्लान्? ___________

(६) विकासवादअनुसार बाँदरजस्ता प्राणीहरू मानिसभन्दा हजारौं वर्ष अगाडि आए (किनकि उनीहरूको विश्वासमा मानिस बाँदरजस्ता प्राणीबाट विकास भएका हुन्)।
तर परमेश्वर भन्नुहुन्छ कि दुवै मानिस र बाँदरहरू _________ दिनमा सृष्टि गरिएका हुन्।

(७) विकासवादअनुसार जीवहरूको सुरुआत हुनु अगाडि सूर्य हुनैपर्छ (किनकि उनीहरूको विश्वासमा जीवहरूको सुरुआत प्राचीन समुद्रहरूमा सूर्यको किरणहरू परेर भएको थियो)।
तर परमेश्वर भन्नुहुन्छ कि जीवन (वनस्तपति) __________ दिनमा सृजिए र सूर्य _________ दिनमा मात्र बनाइयो। सूर्यबिना जीवन सुरु हुन सम्भव छ तर के सृष्टिकर्ताबिना जीवन सुरु हुन सक्छ? ________ जीवनको स्रोत को हुनुहुन्छ (प्रेरित १७:२८ पढ्नुहोस्)? _________ जीवनले आफ्नो अस्तित्वको श्रेय सूर्यलाई होइन तर परमेश्वरको पुत्रलाई दिनुपर्छ (यूहन्ना १:३ र कलस्सी १:१६ हेर्नुहोस्)।

कुन दिनमा निम्न कुराहरू सृष्टि भएका हुन् भनी लेख्नुहोस।

परमेश्वरको वचन र विकासवादीहरूका सिद्धान्त, दुवैलाई नै मान्न सकिन्न! यी दुईले एउटै कुरा सिकाइरहेका छैनन्! यदि उत्पत्तिको पहिलो अध्याय साँचो हो भने (अनि यो हो पनि!), विकासवाद झूटो हुनुपर्छ। यदि विकासवाद साँचो हो भने, उत्पत्तिको पहिलो अध्याय झूटो हुनुपर्छ, बाइबल त्रुटिहरूले भरिएको हुनुपर्छ। तर प्रभु येशू ख्रीष्टले भन्नुभयो कि परमेश्वरको वचन ________ (यूहन्ना १७:१७) छ अनि हामी जान्दछौं कि परमेश्वरको वचन __________ नै ________ छन् (भजनसंग्रह ११९:१६०)। तपाईंले कसलाई विश्वास गर्नुपर्छ—सृष्टिकर्तालाई कि विकासवादीहरूलाई? तपाईं आफ्नो विश्वास कसमाथि राख्नुहुन्छ—आफ्नो कार्य सम्पन्न गर्न अरबौं वर्ष लगाउने विकासवादीहरूको झुटो ईश्वरमाथि कि सबथोक ६ दिनमा सृष्टि गर्न सक्नुहुने सर्वशक्तिमान सृष्टिकर्तामाथि?

यस जगतको अवलोकन र अध्ययन गर्ने क्रममा तपाईंले यो पत्ता लगाउनुहुनेछ कि विज्ञानका सम्पूर्ण सत्य-तथ्यहरू र विज्ञानका सम्पूर्ण सत्य नियमहरू बाइबल र उत्पत्तिको पहिलो अध्यायसित ठ्याम्मै मेल खान्छन्! के तपाईंलाई, परमेश्वरले दिनुभएको पहिलो पुस्तक (सृष्टिमा दिइएको परमेश्वरको प्रकाश) ले दोस्रो पुस्तक (उहाँको वचनमा दिइएको परमेश्वरको प्रकाश) को खण्डन गर्न सम्भव छ भन्ने लाग्छ? ____________। पहिलो पुस्तक कसले लेखे? ______________। दोस्रो पुस्तक कसले लेखे? _______________। परमेश्वर नै दुवैका लेखक हुनुहुन्छ! त्यसैले नै दुवै पुस्तक मेल खान्छन्। अनि दुवै पुस्तकले सृ____________को महानतालाई औंल्याउँछन् जो सदासर्वदा धन्यको हुनुहुन्छ (रोमी १:२५)। खेदको कुरा, विकासवादीहरूका पुस्तकहरू विज्ञानका सत्य-तथ्यहरूसित प्राय: मेल खाँदैनन्, तिनीहरू परमेश्वरको वचन बाइबलसित त निश्चय मेल खाँदैनन्। आजै रोज्नुहोस्! (यहोशू २४:१५ मा हेर्नुहोस्)। कि त सृष्टिका साँचो परमेश्वरलाई रोज्नुहोस्, कि त विकासवादीहरूको झूटो ईश्वर (संजोगको ईश्वर) लाई रोज्नुहोस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

सृष्टिलाई बुझ्ने कसरी?

सृष्टिलाई बुझ्ने कसरी?

सृष्टिको बारेमा मैले कसरी थाह गर्न सक्छु? कसरी आकाशहरू र पृथ्वी (अनि ब्रह्माण्ड) अस्तित्वमा ल्याइए? कसरी ठूलो माछा व्हेलको सृष्टि गरियो? चील? गोही? शार्क माछा? जिराफ? हात्ती? डल्फिन? त्यती अग्ला-अग्ला रूखहरू कसरी बनिए? हिमालहरू कसरी बनिएका हुन्? मानिसको सृष्टि कसरी भयो? के मानिस बाँदर जस्तै देखिने प्राणीबाट बिकास हुँदै आएका हुन्? हाम्रा पहिलो मानवहरू कस्ता देखिन्थे? के तिनीहरू बाँदरहरूजस्तै देखिन्थे? के तिनीहरू बुद्धिमानी थिए? कसरी मैले यी प्रश्नहरूको जवाफ दिन सक्छु? कसरी मैले सृष्टिलाई बुझ्न सक्छु?

घडी कसरी बनाइन्छ भनेर बुझ्न मैले के गर्नुपर्छ? घडी बनाउनेकहाँ गएर उसले घडी बनाइरहेको अवलोकन गर्नुपर्छ। घडी बनाउने कुशल व्यक्तिले सामग्रीहरू र पार्ट-पूर्जाहरू मिलाएर राख्दै गरेको मैले अवलोकन गर्न सक्छु। त्यो घडी बनाइएको हो भनी म भन्न सक्छु किनभने म त्यहीँ थिएँ! मैले तो काम भएको देखेको छु! गाडी कसरी बनाइन्छ? हवाइजहाज? पानी जहाज? यी कुराहरू निर्माण गरिने ठाउँहरूमा म जान सक्छु र ती कसरी बनाइन्छन्भनी अवलोकन गर्न सक्छु! निपुण मानिसहरूले ती कुराहरूको निर्माण गरिरहेको ठाउँमा बसेर मैले हेर्न सक्छु! तपाईंको आमाले कसरी रोटी पकाउनुहुन्छ? यो कसरी गरिन्छ भनी हेर्नको निम्ति तपाईं रोटी पकाउने प्रकृया अवलोकन मात्र गर्नुपर्छ! उहाँले पकाउँदै गर्नुभएको हेर्नुहोस्! आफैंले हेर्नुहोस् र छिट्टै तपाईंले पनि आफैंले रोटी पकाउन सक्नुहुन्छ! मण्डली भवनको निर्माण कसरी गरिन्छ? यो पत्ता लगाउन तपाईंले गर्नुपर्ने कुरा यहि हो, हेर्नुहोस्देख्नुहोस्! कामदारहरूले जमिन भत्काएको, जग हालेको र भवन उठाएको तपाईंले अवलोकन गर्न सक्नुहुन्छ। त्यसैले मैले घडीहरू, गाडीहरू, हवाइजहाजहरू, पानीजहाजहरू, रोटी र भवनहरू कसरी बनाइन्छन् भनी सजिलै जान्न सक्छु किनभने १)ती कुराहरू आज पनि बनाइन्छन् २)ती कुराहरू बनाइएको मैले अवलोकन गर्न सक्छु। तर घाम, जून, तारा, वनस्पती र पशु-पंक्षीहरूको सृष्टि कसरी भयो भनेर बुझ्न भने त्यति सजिलो छैन। किनभने त्यहाँ दुइटा ठूला समस्याहरू छन्—

  1. आजको दिनमा कुनै पनि थोकको सृष्टि हुने गर्दैन।
  2. सृष्टि प्रक्रियालाई म अवलोकन गर्न सक्दिन किनभने संसारको सृष्टि हुँदा म त्यहाँ उपस्थित थिइनँ।

१. आजको दिनमा कुनै पनि थोकको सृष्टि हुने गर्दैन

सृष्टिको कार्य हजारौं वर्ष अगाडी नै सम्पन्न भएको थियो! परमेश्वरले गर्नुभएको सृष्टि कार्यको बारेमा हामीले उत्पत्तिको पुस्तकको कुन दुई अध्यायहरूमा अध्ययन गर्न सक्छौं? उत्पत्ति ______ र ______ अध्यायहरू। आकाशहरू, पृथ्वी र यसमा भएका सम्पूर्ण थोकहरू सृष्टि गर्न परमेश्वरलाई कति समय लाग्यो (प्रस्थान २०:११; उत्पत्ति १:३१ पनि पढ्नुहोस्)? _____________________ त्यस समयपछि “यसरी _________ र _________ अनि तिनीहरूको सम्पूर्ण _________ __________ सि_______ (उत्पत्ति २:१)।” परमेश्वरले आफ्नो सृष्टिको काम सिद्ध्याउनुभयो!

आज हामीले थोकहरू सृष्टि हुँदै गरेको देख्न सक्दैनौं; हामीले केवल पहिल्यै सृष्टि भइसकेका थोकहरू मात्र देख्न सक्छौं। हामीले परमेश्वरको सृष्टिलाई देख्न सक्छौं (भजनसङ्ग्रह १९:१) तर परमेश्वरले सृष्टि गरिरहनुभएको चाहिँ देख्न सक्दैनौं। हामीले सृष्टि गरिएका कुराहरू (रोमी १:२०) देख्न सक्छौं तर हामीले सृष्टि हुँदै गरेका कुराहरू देख्न सक्दैनौं। हामीले सृष्टिकर्ताका कामहरू देख्नसक्छौं (भजनसङ्ग्रह ८:३,६) तर हामीले सृष्टिकर्ताले काम गरिरहनुभएको चाहिँ देख्नसक्दैनौं किनभने “सातौं दिनमा परमेश्वरले आफ्नो __________, जो उहाँले बनाउनुभएको थियो, _______________” (उत्पत्ति २:२)। र “किनकि त्यही दिन उहाँले आफ्नो सबै ________ __________ लिनुभयो” (उत्पत्ति २:३)। हामीले निर्माण कार्य सम्पन्न भएको वस्तु देख्न सक्छौं तर उक्त वस्तु अस्तित्वमा आएको सृष्टि प्रकृया चाहिँ देख्न सक्दैनौं। यो भनेको निर्माण कार्य सकिएको घडी (वस्तु) देखिए जस्तै हो जसको निर्माण कार्य (प्रकृया) चाहिँ देखिएको छैन। म चिडियाखाना गएर बाघलाई हेर्न सक्छु, तर मैले कहिल्यै पनि बाघ बनिरहेको चाहिँ देख्न सक्दिनँ! मैले बिरालोको बच्चा जन्मिरहेको हेर्न सक्छु, तर बिरालोको बच्चा सृष्टि गरिएको मैले कहिल्यै पनि देख्न सक्दिनँ! मैले अचानक मुसाको पासोमा मुसाको मृत्यु भएको देख्न सक्छु, तर मैले मुसाको सृष्टि कहिल्यै पनि देख्न सक्दिनँ! एउटा सानो बालक जन्मिएको देख्न सम्भव छ तर एउटा व्यक्ति सृष्टि गरिएको देख्न असम्भव छ किनभने यो कार्य त हजारौं वर्ष अगाडी एकै चोटिको निम्ति सम्पन्न भइसक्यो (मत्ती १९:४)।

परमेश्वरले मानिसलाई संसारमा ल्याउनुहुने तीन तरिकाहरू छन्। ती मध्ये दुई तरिकाहरू असाधारण तरिकाहरू हुन्—ती एक चोटी मात्र भए र अब उसो फेरि कहिल्यै हुनेछैन। यी मध्ये एउटा तरिकाचाहिँ साधारण तरिका हो—यो तरिकाबाट तपाईं संसारमा आउनुभयो! परमेश्वरको तीन तरिकाहरू यी हुन्:

  1. सृष्टि (उत्पत्ति १:२६-२७; २:७,२१-२२)-आदम र हव्वा (असाधारण)
  2. प्रजनन (उत्पत्ति ५:३-२२)-तपाईं र म (साधारण)
    प्रजनन भनेको परमेश्वरले नानीहरूलाई यस संसारमा अभिभावकहरूद्वारा प्राकृतिक जन्मको माध्यद्वारा ल्याउनु हो। तपाईं संसारमा आउनुभएको यसरी नै हो।
  3. देहधारण(लूका १:३१-३७)-प्रभु येशू ख्रीष्ट (असाधारण) देहधारण (शरीरमा परमेश्वर-यूहन्ना १;१४; १ तिमोथी ३:१६) भनेको परमेश्वरले उहाँको पुत्रलाई यस संसारमा कन्या मरियमद्वारा अलौकिक जन्मको माध्यमद्वारा ल्याउनुभएको कार्य हो। हाम्रो मुक्तिदाता संसारमा आउनुभएको यसरी नै हो।

आज मानिसहरू प्रजनन कार्यद्वारा जन्मिनु सम्भव छ तर सृष्टि कार्यद्वारा मानिस बनिएको देखिनु असम्भव छ! आदम र हव्वा सोझै परमेश्वरद्वारा सृष्टि गरिएका हुन्।

२.सृष्टि प्रक्रियालाई म अवलोकन गर्न सक्दिनँ

केहि हजार वर्ष अगाडी (अब्राहामको समयतिर), परमेश्वरले अय्यूबलाई एउटा चाखलाग्दो प्रश्न सोध्नुभयो: “मैले पृथ्वीका जगहरू बसाल्दा तिमी कहाँ थियौ? तिमीसँग समझ छ भने मलाई बताऊ!” (अय्यूब ३८:४)। यदि परमेश्वरले यही प्रश्न तपाईँलाई सोध्नुभएको भए, तपाईंले कसरी उत्तर दिनुहुन्थ्यो? घडी बनिरहेको अवलोकन गर्नलाई, तपाईं त्यहाँ हुनैपर्छ। तपाईंले घडी बनाउने व्यक्तिलाई काम गरिरहेको देख्नु पर्छ र गवाही दिनुपर्छ! सृष्टिको अवलोकन गर्न, तपाईं त्यहीँ नै हुनुपर्छ। तपाईंले सृष्टिकर्तालाई काम गरिरहनुभएको देख्नु पर्छ र गवाही दिनुपर्छ! के यो सम्भव छ? ______________

सृष्टि कार्य हुँदैगर्दा म त्यहाँ उपस्थित हुन नसकेको अवस्थामा मैले सृष्टिको बारेमा कसरी जान्न सक्छु?

यसैगरी, यदि तपाईं सृष्टिको बारेमा जान्न चाहनुहुन्छ भने, तपाईं उहाँकहाँ जानुपर्छ जो त्यहीँ हुनुहुन्थ्यो। तपाईं उहाँकहाँ जानुपर्छ जसले ब्रम्हाण्डको सृष्टिलाई देख्नुभएको छ, जो ती ६ दिनहरूमा भएका हरेक घटनाको गवाही हुनुहुन्छ र जसले तपाईंलाई त्यहाँ साँच्चै के भएको थियो भन्ने कुराको यथार्थ विवरण बताउन सक्नुहुन्छ। त्यसैले, सृष्टिको बारेमा जान्न तपाईं निम्नमध्ये एक व्यक्तिकहाँ जानुपर्छ:

(ठीक जवाफलाई गोलो चिन्ह लगाउनुहोस्)

    • क.वैज्ञानिक
    • ख.चार्स डार्विन (१८०९-१८८२)—क्रमविकासवाद सिद्धान्तका पिता
    • ग.तपाईंको विज्ञान शिक्षक वा वनस्पती विज्ञानको शिक्षक
    • घ.तपाईंको अगुवा
    • ङ.एकजना व्यक्ति जो त्यहीँ हुनुहुन्थ्यो (उत्पत्ति १:१)

तसर्थ सृष्टिको बारेमा बुझ्ने एउटै तरिका भनेको सृष्टिकर्ताकहाँ जानु र उहाँलाई सुन्नु र सृष्टिको बारेमा उहाँ के भन्नुहुन्छ भनी ध्यान दिनु हो। जब एउटा व्यक्तिले सृष्टिकर्ताले बताउनुभएको कुरालाई साँच्चै ध्यानसित सुन्दछ, र जब उक्त व्यक्तिले सृष्टिकर्ताले बताउनुभएको कुरामा साँच्चै भरोसा गर्दछ, तब यसलाई विश्वास भनिन्छ:

“विश्वासैद्वारा हामी बुझ्दछौं—परमेश्वरको वचनद्वारा संसारहरू बनिए; यसकारण देखिएका कुराहरू देखा पर्ने कुराहरूद्वारा बनिएका होइनन्” (हिब्रू ११:३)।

विश्वासैद्वारा सृष्टि (मानिस) ले कसरी सृष्टिकर्ताले सृष्टि गर्नुभयो भनी जान्दछ! यो अन्धो विश्वास (अन्धकारमा मूर्खतापूर्वक हामफाले जस्तो) होइन बरू जिउँदो र बुद्धिमानी सृष्टिकर्तामाथि राखिएको जिउँदो विश्वास (प्रकाशभित्र उदेकको प्रवेश गरे जस्तो) हो।

सृष्टिकर्तालाई सुन्न नचाहनेहरूलाई विकासवादी (evolutionists) भनिन्छ। उनीहरू पनि विश्वासकै आधारमा हिँड्छन्। तरैपनि, उनीहरूको विश्वास सृष्टिकर्तामा होइन, तर आफैंमा हुन्छ (सृष्टिकर्तालाई भन्दा बढ्ता आफूहरूलाई नै थाहा छ भनी उनीहरू सोच्छन्)। हिब्रू ११:३ को सट्टामा विकासवादहरूको भनाइ यस प्रकारको हुन्छ—

“विश्वासैद्वारा हामी बुझ्दछौं—संसारहरू कुनै सर्वशक्तिमान परमेश्वरको वचनद्वारा (अलौकिक सृष्टी) नभएर अरबौं वर्ष (विकासवादको ईश्वरलाई धेरै समय चाहिन्छ) को प्राकृतिक प्रक्रियाहरूद्वारा बोट-विरुवा तथा पशु-पंक्षीहरू निर्जीव तत्वहरूबाट एक एक-कोषिय जीव विकास भई क्रमिक रूपमा व्हेल, चराहरू, रेप्टाइलहरू, स्तनधारी प्राणीहरू जस्ता जटिलरूपी जीवहरू विकास भएर अन्तमा वन-मान्छे जस्ता प्राणी विकास भएर अनि अनगिन्ति हजारौं वर्षपछि त्यही नै मानिसमा विकास हुन पुग्यो!! अनि विश्वासैद्वारा हामी बुझ्दछौं यो सब परमेश्वरद्वारा भएको होइन तर संजोगले अर्थात प्रकृतिमा भाग्यको खेलले हुनगएको हो!

तपाईं यसमा नै विश्वास गर्न चाहनुहुन्छ भने त्यसो गर्न स्वतन्त्र हुनुहुन्छ! तर सृष्टिवादी वा रचनावादी (सृष्टिमा विश्वास गर्ने मानिस) त्यो हो जसले आफ्नो विश्वास सृष्टिकर्तामाथि राख्न लजाउँदैन।

मेरो विश्वास सृष्टिकर्तामाथि छ जो यस्तो हुनुहुन्छ:

सर्वव्यापी—जब आकाशहरु र पृथ्वी सृष्टि गरिएका थिए, उहाँ त्यहीँ हुनुहुन्थ्यो (उत्पत्ति १:१)। अय्यूब त्यहाँ थिएनन् (अय्यूब ३८:४)! क्रमविकासवादीहरू त्यहाँ थिएनन्! सृष्टिवादी त्यहाँ थिएनन्! तर परमेश्वर हुनुहुन्थ्यो! त्यहाँ घटेको सबै कुराहरूको गवाही दिन उहाँ व्यक्तिगत रूपमा नै त्यहाँ उपस्थित हुनुहुन्थ्यो। सृष्टिकर्ता मेरो अस्तित्व भन्दा पनि अधिक समयदेखि हुनुहुन्थ्यो!

सर्वज्ञानी—परमेश्वरलाई सबै थाह छ! उहाँसँग सबै जवाफहरू छन्! सृष्टिको बारे जान्ने कुरामा, उहाँ विज्ञ हुनुहुन्छ! मलाई भन्दा धेरै सृष्टिकर्तालाई थाह छ! उहाँ संसारमा चिनिएका सबैभन्दा विज्ञ वैज्ञानिक भन्दा पनि अत्यन्त विज्ञ हुनुहुन्छ! वास्तवमा, एउटा विद्वान वैज्ञानिकले आफूले भन्दा बढी परमेश्वरले जान्नुहुन्छ भनी महसुस गर्दछ!

सर्वशक्तिमान—सृष्टिकर्ता सर्व-शक्तिशाली हुनुहुन्छ! यदि तपाईंको साथी आएर ऊ भर्खर गगनचुम्बी भवनबाट हामफालेको हो भनी तपाईंलाई भन्यो भने, मलाई निश्चयसाथ थाह छ तपाईंले उसलाई पत्याउनुहुनेछैन! उसमा यस्तो कार्य गर्ने क्षमता नै छैन! तर यदि परमप्रभुको वचनद्वारा सबै कुरा बनाइएको हो भनी परमेश्वरले तपाईंलाई बताउनुभयो भने (भजनसङ्ग्र ३३:६-९), तपाईंले उहाँलाई सजिलै विश्वास गर्न सक्नुहुन्छ, किनभने उहाँमा यसो गर्ने सामर्थ्य छ! मानिसको सृष्टिको बारेमा बिचार गर्नुहोस् (उत्पत्ति १:२६-२७): विकासवादीको ईश्वर (दैवसन्जोगको ईश्वर) लाई एउटा मानिस बनाउन ४,०००,०००,००० वर्ष (४ अर्ब) लागेछ! हाम्रो परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ! सो कार्य गर्न उहाँलाई जम्मा एक दिन लाग्यो!

विश्वासयोग्य—तपाईंले सृष्टिकर्तामाथि भरोसा गर्न सक्नुहुन्छ! उहाँले कहिल्यै झूट बोल्नुहुन्न (तीतस १:२)। उहाँ कहिल्यै गलत हुनुहुन्न! वैज्ञानिकहरू प्राय: जसो गलत हुन्छन्। एकताका पृथ्वी समतल छ भनी वैज्ञानिकहरू विश्वास गर्दथे! एक समय उनीहरूले पृथ्वी पुरै सौर्य प्रणालीको केन्द्र हो भनी विश्वास गर्दथे! आज पनि वैज्ञानिकहरूका पुस्तकहरूमा दिनहुँ जसो परिवर्तनहरू र समावेशहरू (updates) गरिनुपर्छ। सृष्टिकर्ताको पुस्तक कहिल्यै पनि परिवर्तन गरिनुपर्दैन र यो जहिल्यै पनि पूर्ण हुन्छ! सृष्टिकर्ताले सँधै सत्य बोल्नुहुन्छ! उहाँले कहिल्यै पनि हामीलाई मूर्ख बनाउने र झुक्काउने प्रयास गर्नुहुँदैन! हामी जहिल्यै पनि उहाँको वचनलाई भरोसा गर्न सक्छौं। येशू ख्रीष्ट धोकेबाज हुनुहुँन्न! अनि येशू ख्रीष्ट विकासवादी पनि हुनुहुँन्न (मत्ती १९:४)। वास्तवमा, येशू ख्रीष्ट स्वयं सृष्टिकर्ता हुनुहुन्छ (कलस्सी १:१६)!! यो दु:खको कुरा हो, तर सत्य हो, प्राय: वैज्ञानिकहरू विकासवादी छन् (उनीहरू विकासवादमा विश्वास राख्छन्)। तुलनात्मक हिसाबले निकै थोरै वैज्ञानिकहरू मात्र सृष्टिवादी छन् (जसले सृष्टिमा विश्वास राख्छन्)। तर यो पनि सत्य कुरा हो,

  1. प्राय: वैज्ञानिकहरूले मुक्ति पाएका छैनन् (मत्ती ७:१३-१४)
  2. प्राय: वैज्ञानिकहरू शैतानद्वारा अन्धो पारिएका छन्, जुन सैतान झूट हो र जसले मानिसहरूले सृष्टिकर्ताको बारेमा सत्य कुरा जानेको चाहँदैन (२ कोरिन्थी ४:४)।
  3. प्राय: वैज्ञानिकहरूले बाइबल बुझ्दैनन् किनकि तिनीहरूसित पवित्र आत्मा हुनुहुन्न (१ कोरिन्थी २:१४; यहूदा १८,१९)
  4. प्राय: वैज्ञानिकहरूले परमेश्वरको वचनमाथि शंका राख्ने गर्दछन्, जसरी शैतानले पनि उत्पत्ति ३:१मा गर्यो। सृष्टिवादीले भन्दछ, “किनकि परमप्रभुको मुखले यो भनेको छ” (यशैया ४०:५)।

प्रश्न: तपाई कसको कुरा सुन्नुहुन्छ? सृष्टिकर्ताको कि “प्राय: वैज्ञानिकहरूको”?

“यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्त प्रसन्न छु; यि______ कु____ सु____” (मत्ती १७:५)

पाठ ३ को पुनरावलोकन

ठीक कि बेठीक जवाफ दिनुहोस्।

विश्वासैद्वारा हामी बुझ्दछौं—परमेश्वरको वचनद्वारा संसारहरू बनिए; यसकारण देखिएका कुराहरू देखा पर्ने कुराहरूद्वारा बनिएका होइनन्” (हिब्रू ११:३)।

सृष्टिलाई बुझ्ने चाबी भनेको सरल तरिकाले परमेश्वरको वचनमा भरोसा गर्नु हो।

“परमप्रभुको वचनद्वारा आकाश, र उहाँको मुखको सासद्वारा तिनका सारा गणहरू बनिएका हुन्।” (भजनसङ्ग्रह ३३:६)

यदि हामीले सबै कुराहरूको सुरुवातको बारेमा सृष्टिकर्ताले बताउनुभएको कुरालाई बेवास्ता वा इन्कार गरिदियौं भने, कसरी हामीले बुझ्नेछौं भनी अपेक्षा गर्न सक्छौं त? यदि हामीले सत्यलाई इन्कार गर्यौं भने, हामीसँग त्रुटीहरू बाहेक अरू केहि बाँकी हुँदैन।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)