Entries by Pradesh Shrestha

रोमी १६:७-१५

रोमी १६:७-१५

रोमी अध्याय १६

रोमी १६:७

यस पदमा उल्लेखित दोस्रो नामले पुरुष (हुन् भने युनियस) लाई हो कि स्त्री (हुन् भने युनिया) लाई जनाउँछ भन्ने कुरामा केही अनिश्चयता छ, मौलिक ग्रीक शब्दलाई कसरी उच्चारण गरिन्छ त्यसले फरक पर्ने भएकोले।) यदि यी व्यक्ति स्त्री हुन् भने एन्ड्रोनिकस र युनिया पति-पत्नी हुन सक्छन्। यी दुई विश्वासीहरूको बारेमा पावलले हामीलाई ४ ओटा रोचक कुरा बताउँछन्:

1. तिनीहरू पावलका “आफन्तहरू” थिए। यो शब्द कति ठाउँमा नजिकको रगतको नातेदारलाई जनाउन प्रयोग गरिएको छ, जस्तै: मर्कूस ६:४, लूका १:३६ (मरियमकी “नातादार इलिशिबा”, लूका १:५८, लूका २:४४; लूका १४:१२, लूका २१:१६, यूहन्ना १८:२६ र प्रेरित १०:२४। रोमी ९:३ मा पावलले इस्राएलीहरूलाई “शरीर अनुसार मेरा आफन्तहरू” भन्दै माथिको भन्दा फराकिलो अर्थमा यो शब्दको प्रयोग गर्दछन्। रोमी १६ मा पावलले यो शब्द तीन पटक प्रयोग गर्दछन् (७,११,२१ पदहरू) र उनले आफ्‍ना आफन्तको रूपमा छ जनालाई उल्लेख गर्छन्। के यसको माने यी मानिसहरू यहूदी भएकाले एकअर्कासित नाता जोडिएका सङ्गी इस्राएलीहरू हुन् भन्ने हो? कि पावलले यहाँ त्योभन्दा नजिकको नाताको कुरा गरिरहेका हुन्? पूर्ख्यौली हिसाबले पावल त टार्ससबाटका थिए अनि रोममा उनका छ-छ जना नजिकका नातेदारहरू हुनु त असाधारण कुरा मान्नुपर्छ, त्यसैले यो शब्दलाई फराकिलो अर्थमा बुझ्नु उचित होला। पावलले प्रत्येक यहूदीलाई आफ्‍ना “आफन्त” भनी अभिवादन गरेनन् किनभने ३ पदमा प्रिस्किल्ला र अक्विला दुवैजना यहूदीहरू थिए तर पावलले उनीहरूलाई “आफन्तहरू” भनी भनेनन्। यदि यो शब्दावलीले यी छ जना मानिसहरू इस्राएलीहरू हुन् भन्ने कुरा जनाउँदछ भने, यो कुरा रोचक कुरा हो कि पावलले मण्डलीलाई सम्बोधन गर्दा उनले त्यहाँ भएका केही यहूदीहरूलाई विशेष रूपमा उल्लेख गरे। यसले गलाती ६:१६ लाई बुझ्न मदत गर्न सक्छ, जहाँ पावलले “परमेश्वरको इस्राएल” भनी विशेष समूहको उल्लेख गर्दछन्। “परमेश्वरको इस्राएल” भन्नाले अन्यजाति विश्वासीहरू होइनन् (पवित्र-शास्त्रमा अन्यजातिहरूलाई कहिल्यै पनि इस्राएलीहरू भनिएको छैन) तर यहूदी विश्वासीहरू हुन् जोहरू “भित्रबाटका” यहूदीहरू थिए (रोमी २:२८-२९)।

2. उनीहरू पावलका सङ्गी-कैदीहरू (“मसँगै झ्यालखानामा बस्‍नेहरू”) थिए। पावल रोममा दुईपटक कैदमा पर्नुभन्दा अगाडि नै यो पत्र लेखिएको थियो, तर २ कोरिन्थी ६:५ र ११:२३ अनुसार पावल घरी-घरी कैद पर्थे, र कैद परेका तिनै समयहरू मध्ये एउटामा एन्ड्रोनिकस र युनियस पावलसँगै तिनको दु:खमा सहभागी भएका हुनुपर्छ।

3. उनीहरू “प्रेरितहरूका बीचमा नामी” थिए। यसलाई बुझ्न सकिने दुईटा तरिका छन्: कि त १) उनीहरू नामी प्रेरितहरू हुनुपर्छ, अर्थात, उनीहरू प्रेरितहरू मध्येकै थिए। यदि पावलले भन्न खोजेको यही हो भने, तिनले यहाँ “प्रेरित” शब्दलाई कुनै उद्देश्यको निम्ति पठाइएको व्यक्तिझैं साधारण अर्थमा प्रयोग गरेका हुनुपर्छ। अथवा २) प्रेरितहरूको माझमा उनीहरू नामी हुनुपर्छ। सन्तोषजनक अर्थ यही नै हो। यी दुई विश्वासीहरू पावलभन्दा पनि अगाडि ख्रीष्टमा आएका थिए (तल चौथो बुँदा हेर्नुहोस्), त्यसैले उनीहरू यरूशलेमका निकट र प्रेरितहरूद्वारा चिनिएका व्यक्तिहरू थिए अनि उनीहरूको सामु तिनीहरूको उत्तम गवाही थियो।

4. उनीहरू पावलभन्दा अगाडि “ख्रीष्टमा” थिए। उनीहरू पावलभन्दा, अर्थात् प्रेरित ९ अध्यायभन्दा अगाडि ख्रीष्टमा आएका थिए। आत्मिक वर्षहरूमा, उनीहरू पावलभन्दा वृद्ध थिए! मण्डली कहिले सुरु भयो भन्ने बुझ्नलाई यो चाखलाग्दो कुरा हो। यदि “ख्रीष्टमा” भन्ने शब्द गलाती ३:२७-२८ मा पाइने अर्थसँग मिल्ने शब्द हो भने (“ख्रीष्टमा” हुनु=मण्डलीमा हुनु), रोमी १६:७ अनुसार मण्डली प्रेरित ९ भन्दा अगाडि नै सुरु भएको हुनुपर्छ। हामी यो कुरा पावलले “मण्डलीलाई” सताउने बारेमा बताइएको पदबाट पनि थाह गर्न सक्छौं (१ कोरिन्थी १५:९; फिलिप्पी ३:६; गलाती १:१३)। मण्डली प्रेरित २ अध्यायमा (पेन्टकोष्टमा) सुरु भयो भन्ने तथ्यलाई यसले सहायता गर्छ र प्रेरित १३ (कसैले भनेझैं) मा अथवा प्रेरित २८ (अरूले भनेझैं) मा मण्डली सुरु भयो भन्ने उग्रप्रबन्धवादीको धारणालाई इन्कार गर्छ। गलाती १:२२ मा हेर्नुहोस् जहाँ पावलले “ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरू” को बारेमा कुरा गरेका छन् (र यी “ख्रीष्टमा भएका मण्डलीहरू” प्रेरित १३ भन्दा दसकौं वर्ष अगाडिदेखि अस्तित्वमा थिए)। हामीले यो पनि ध्यान दिन सक्छौं कि यदि “ख्रीष्टमा” हुनु भन्ने शब्दावलीले उहाँको मण्डलीको हिस्सा हुनु भन्ने प्राबिधिक अर्थ बोक्छ भने, १ थेस्सलोनिकी ४:१६ ले (“ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्”) र्याप्चरको समयमा हुने बौरिउठाइमा केवल मण्डली-युगका विश्वासीहरू मात्र पर्छन्, पुरानो नियमका सन्तगणहरू पर्दैनन् (केही पुराना प्रबन्धबादीहरूले त्यस्तै सिकाउने गर्दथे)।

रोमी १६:८ – अम्प्लियस

हेन्ड्रिक्सनको अनुसार अम्प्लियस नाम दासहरूको माझमा प्रायः प्रचलित थियो। सम्भवत: अम्प्लियस रोमको मण्डलीमा सदस्य रहेका एक दास थिए, तर तिनी पावलका प्रिय थिए। जीवनको जुनसुकै स्तर वा समाजको जुनसुकै स्थानमा भए तापनि, विश्वासीहरूको ख्रीष्टसँग अति विशेष सम्बन्ध हुन्छ। सुसमाचारले हरेक विश्वसीलाई एउटै तहमा ल्याउँछ। हामी सबैजना हाम्रा मालिक प्रभु येशूको सेवा गर्ने दासहरू हौं (कलस्सी ३:२३-२४)। अम्प्लियस दास होलान्, तर उनी ख्रीष्टमा पावलका अति प्रेम गरिएका प्रिय भाइ थिए। नयाँ नियम मण्डलीहरूमा महत्त्व कसैको जीवन-स्तरलाई दिइँदैनथ्यो, बरु उसको आत्मिकता र प्रभुसँगको हिँडाइलाई दिइन्थ्यो। जस्तै, १ तिमोथी ३ अध्यायमा कुनै मानिस दास भएकोले एल्डर वा डिकन हुन अयोग्य ठहरिँदैनथियो (यस्तो कुनै कुरा त्यहाँ उल्लेख छैन)। यसले एउटा गजबको सम्भावनालाई ठाउँ दिन्छ; अर्थात्: एउटा दास स्थानीय मण्डलीमा पदाधिकारी हुन सक्थे अनि उसका विश्वासी मालिकचाहिँ मण्डलीमा उसको अधीनमा हुनुपर्ने हुन्थ्यो, जब कि मण्डलीबाहिर विश्वासी दास चाहिँ उसको विश्वासी मालिकको अधीनमा बस्‍नुपर्ने हुन्थ्यो। विलियम क्यारी भारतमा हुँदा मानिसहरू जातिप्रथाको निकै कडा बन्धनमा थिए, तर जब ती मानिसहरूले ख्रीष्टलाई व्यक्तिगत  मुक्तिदाताको रूपमा ग्रहण गरे र जीवित परमेश्वरको मण्डलीमा प्रवेश गरे, उनीहरूले ख्रीष्टमा, जीवनको अनुग्रहको साझा-हकवालाहरूको हैसियतले समान स्तरमा रमाहट गर्न सके। “अब त्यहाँ न यहूदी रह्यो न ग्रीक, न कमारा न स्वतन्त्र, न पुरुष न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ” (गलाती ३:२८)।

रोमी १६:९—उर्बानुस र स्टाखुस

“सहकर्मी” शब्द ३ पदमा पनि पाइन्छ। विश्वासीहरू एउटै टीममा काम गर्दछन्, उनीहरूको एउटै महत्त्वाकांक्षा हुन्छ (अर्थात् ख्रीष्टलाई खुशी पार्नु—२ कोरिन्थी ५:९) र एउटै लक्ष्य हुन्छ (अर्थात् परमेश्वरको महिमा —१ कोरिन्थी १०:३१)। जसरी शरीरका अङ्गहरू एकअर्कालाई सहायता गर्दछन्, उसरी नै ख्रीष्टको शरीरको सवालमा पनि साँचो हुन्छ (१ कोरिन्थी १२:१२,२०-२७)। स्टाखुस पावलका प्रिय थिए। यी पदहरूमा पावलका अभिवादनहरू कति उत्साहदायी छन् भन्ने कुरामा ध्यान दिनुहोस्। यी रोमी विश्वासीहरूका निश्चय पनि कमजोरीहरू र भूलदोषहरू थिए, तर पावलले उनीहरूलाई प्रेममा अभिवादन गरे र “प्रेम दयालु हुन्छ र खराबीको हिसाब राख्दैन” (१ कोरिन्थी १३:४,५)। पावलले यी विश्वसीहरूलाई उनीहरू आफैंमा भएअनुसार हेरेनन् तर उनीहरू “ख्रीष्टमा” भएकाहरूको रूपमा हेरे (३,७,८,९,१०,११,१२,१३ हेर्नुहोस् र “ख्रीष्टमा” “प्रभुमा” भन्ने अभिव्यक्तिहरूलाई ध्यान दिनुहोस्)।

रोमी १६:१०—अपेल्लेस र अरिस्तोबुलस

“योग्य” शब्द अन्य ठाउँहरूमा पनि पाइन्छ, जस्तै: रोमी १४:१८; १ कोरिन्थी ११:१९; २ कोरिन्थी १०:१८; १३:७ र २ तिमोथी २:१५ (तिमोथीले आफूलाई शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो परमेश्वकहाँ “ग्रहणयग्य” तुल्याउने हर प्रयत्न गर्नुपर्थ्यो)। यो शब्द याकूब १:१२ मा पाइन्छ—“धन्य हो त्यो मानिस, जो परीक्षामा स्थिर रहन्छ; किनकि उसको जाँच (जाँच गरिएर योग्य भेट्टाउनु) भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसित गर्नुभएको छ।” १ कोरिन्थी ९:२७ मा उहि शब्दको नकारात्मक अभिव्यक्ति (“अयोग्य”) पाइन्छ (“बेकम्मा”) र यसको अर्थ हुन्छ “अयोग्य, निकम्मा, इन्कार गर्नु” (रोमी १:२८; २ कोरिन्थी १३:५,६,,७; तीतस १:१६; हिब्रू ६:८; २ तिमोथी ३:८)। अपेल्लेस यस्तो व्यक्ति थिए जो परीक्षाहरू, सङ्कष्टहरू र कठीन परिस्थितिहरूबाट जाँचिएका थिए, तर तिनले परमप्रभुमा भरोसा राखे र ख्रीष्टमा सत्य भइरहे। एउटा विश्वासीले कसरी उसको मार्गमा परमेश्वरले पठाउनुभएको अग्निमय जाँचहरूमा खडा रहन्छ भन्ने कुराचाहिँ अति महत्त्वपूर्ण हुन्छ।

कोही-कोही (लाइटफूट, हेन्ड्रिक्सन) ले अरिस्तोबुलसचाहिँ हेरोद महान (हेरोद अग्रिप्पा प्रथमको भाइ) को नाती हुनुपर्छ भन्ने धारणा व्यक्त गर्दछन्, यद्यपि यो कुरा साँचो हो भनी किटान गर्नु कठीन छ। यदि यो हो भने, पावलले सम्भवत: तिनको घरका विश्वासी दासहरूको कुरा गरिरहेको हुनुपर्छ। आशै नगरिएको स्थानहरूमा पनि विश्वासीहरूको बारेमा जान्न हामी मौन रहनुहुँदैन। हेरोदको परिवार मानवजातिकै इतिहासमा सबैभन्दा भक्तिहीन परिवार थियो, तर परमेश्वरले कुख्यात अविश्वासीहरूको ढोकाहरू र पर्खालहरूभित्र पनि आफ्‍नो अनुग्रहको उदेकको काम गर्न सामर्थी हुनुहुन्छ। आज हाम्रै दिनहरूमा पनि बीसौं शताब्दीका पछिल्ला वर्षहरूमा बाँचेका उच्च सम्मान पाएका र नाम चलेका नास्तिकहरूको छोरा ख्रीष्टियन भएको घटनाहरू छन्!

रोमी १६:११- हेरोदियन, नर्किस्सस

हेरोदियन पावलका आफन्त थिए, जसले सम्भवतः उनी एक यहूदी थिए भन्ने कुरा जनाउँछ (७ पद अन्तर्गतको टिप्पणी हेर्नुस्)। हामी सबै विश्वासीहरू पनि एकअर्काका “भाइहरू” हौं र हाम्रो बीचमा नजिकको सम्बन्ध छ भन्ने कुरा सम्झनुपर्छ। भाइभन्दा नजिकको नातेदार अर्को त हुँदैन! “हेरोदियन” नामले निजको हेरोदको परिवारसँग कतै सम्बन्ध भएको जनाएको हुन सक्छ। हेन्ड्रिक्सनले उक्त व्यक्ति हेरोदको परिवारसँग “आवद्ध भएको” वा त्यो परिवारप्रति “सराहना भएको” हुन सक्ने राय व्यक्त गरेका छन्। मुर्रेले उक्त व्यक्ति हेरोदकै परिवार वा घरानाहरूमध्येको हुन सक्ने राय व्यक्त छन्। सायद तिनी अरिस्तोबुलसको घरानाहरूसँग पनि आवद्ध थिए (१० पद)।

“नर्किस्सस” नामले हामीलाई एकजना काल्पनिक जवानको सम्झना गराउँछ जो यति सुन्दर थियो कि सबै युवतीहरू उसको हुने इच्छा गर्थे, तर उसले सबैलाई बेवास्ता मात्र गर्थ्यो। उसले कसैलाई चाहना गरेन। अन्त्यमा उसले हृदयमा चोट पुर्‍याएको एकजना युवतीले देउताहरूसित यसरी प्रार्थना गरी, “जसले कसैलाई प्रेम गर्दैन, उसले आफैंलाई प्रेम गरोस्”। नेमेसिस देवीले उसको बिन्ती पूरा गरिदिई। जब नर्किस्सस एउटा कुवाको पानी पिउनलाई निहुरेको थियो र उसले कुवाको कञ्चन पानीको सतहमा आफ्‍नै प्रतिबिम्ब देख्यो, तब ऊ तुरुन्तै त्यससित प्रेममा फस्यो। ऊ आफैंप्रति प्रेमले जल्न थाल्यो र त्यो पानीमा देखिएको रूपलाई हेरिराख्यो र त्यसलाई छोड्नै सकेन। ऊ त्यहीँ बसिरह्यो, र उसको यो चाहनाले रोगी हुँदै-हुँदै आखिरमा त्यहीँ मरेर गयो। त्यसैले आफैंलाई गरिने प्रेम, आफ्‍नै रूप, आफ्‍नै सुखसयल, महत्त्व, क्षमता आदि प्रति अति चासो राख्ने कामलाई नर्किस्सस (narcissism, नर्किसवाद) को संज्ञा दिने गरिन्छ। खेदको कुरा, अन्तिम दिनहरूको एउटा लक्षण यही हो, “किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने...हुनेछन्” (२ तिमोथी ३:२)।

लाइटफूटको रायअनुसार नर्किस्सस एक धनाढ्य र शक्तिशाली स्वतन्त्र व्यक्ति हुन सक्छन् जो सम्राट क्लाउडियससित (उसको सचिव भएको नाताले) निकट सम्बन्धमा थिए जसलाई नीरोले आफू सम्राट बनेको थोरै अवधिभित्रै मृत्युदण्ड दिए। यदि अरिस्तोबुलस हेरोदहरूसँग नाता गाँसिएका व्यक्ति हुन् भने (१० पद हेर्नुहोस्), तिनी क्लाउडियसका नजिकको मित्र पनि भएको हुनुपर्छ। यी दुई सम्भावनाहरूले हामीलाई फिलिप्पी ४:२२ बुझ्न केही मद्दत गर्न सक्छ (“सबै पवित्र जनहरूले, विशेष गरेर सिजरका घरानाकाहरूले”), किनभने दरबारमा कम्तीमा दुईओटा घरानाहरू हुनेथिए जसमा विश्वासीहरू थिए।

रोमी १६:१२ ट्रिफैना, ट्रिफोसा, पेर्सिस—तीन महिला कामदारहरू!

यी तीनजना विश्वासीहरू उनीहरूका मेहनतका निम्ति परिचित थिए। यो शब्दको माने हो, बेस्सरी कडा परिश्रम गर्नु, यहाँसम्म कि थकित र लल्याकलुलुक हुने अवस्थामा पुग्‍ने गरी। मेहनतको बीचमा पनि, विश्वासीले विश्राम गर्न सिक्नुपर्छ (मत्ती ११:२८)। यी तीन महिलाहरूले “प्रभुमा” मेहनत गरेका थिए र हामीलाई थाह छ प्रभुमा हाम्रो परिश्रम व्यर्थ हुँदैन (१ कोरिन्थी १५:५८)। उहाँ जो हुनुहुन्छ, त्यसको कारणले उहाँको महान् नामको खातिर हाम्रो मेहनत “प्रभुमा” हुनुपर्छ (प्रकाश २:३)। जसको निम्ति हामी मेहनत गर्छौं, उहाँ हाम्रो सर्वोत्तम शक्ति र परिश्रमको योग्य हुनुहुन्छ। उहाँ हाम्रो सर्वोत्तमभन्दा कमको योग्य हुनुहुन्न। यदि कसैले परिश्रम गरेका छन् भने, प्रेरित पावलले गरेका छन्: “तर मे जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छे; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१० र कलस्सी १:२९; २ कोरिन्थी ११;२३ सित पनि तुलना गर्नुहोस्)। यो यस्तो मेहनत थियो जो परमेश्वरको अनुग्रहद्वारा अभिप्रेरित र उर्जापूर्ण बनाइएको थियो। हाम्रो मेहनत पछाडि प्रेमको प्रेरणा पनि हुनुपर्छ—मुक्तिदाताको र विश्वासीहरूको साथै सम्पूर्ण मानवजातिको निम्ति प्रेम। परमेश्वर हाम्रो प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न (हिब्रू ६:१०)।

ट्रिफैना र ट्रिफोसाका नामहरू सुन्नमा एउटै छन् र उनीहरू सम्भवत: दिदी-बहिनी थिए (कहिलेकाहीँ बाबुआमाले आफ्‍ना छोराछोरीलाई उस्तै-उस्तै सुनिने नामहरू दिन्छन्, जस्तै सुनिता र सुभिना इत्यादि)। पेर्सिसको मेहनतलाई भूतकालमा बताइएको छ जुनचाहिँ असाधारण हो (अन्य दुई स्त्रीहरूको मेहनतचाहिँ वर्तमान कालमा बताइएको छ)। हेन्ड्रिक्सनले सम्भावित कारण बताउँछन्: “भूतकाल र वर्तमानकालहरूको भिन्नता पेर्सिसलाई वृद्धापनको दुर्बलताहरूले भेटेको सङ्केत हो कि, जसले गर्दा ऊ पहिले जस्तो अहिले कडा मेहनत गर्न असक्षम भएकी छिन्? यदि यस्तो हो भने, तिनका विगतका मेहनतहरू नबिर्सिऊन् भन्ने पावलको चाहना देखिन्छ। यो हामी सबैले सम्झनु पर्ने एउटा पाठ हो।” महिला विश्वासी जनलाई उल्लेख गर्नु पर्दा पावल होशियार थिए। ९ पदमा उनले स्टाखुस (एक पुरुष) लाई “मेरा प्रिय” भनेका छन् तर उनले पेर्सिसलाई “प्रिया” मात्र भनी उल्लेख गर्छन्। यस्ता कुराहरूको बारेमा होशियार हुनु महत्त्वपूर्ण छ, नत्र मानिसले आफू कुनै स्त्रीसँग एकदम घनिष्ट हुन खोजेको सन्देश जान सक्छ।

रोमी १६:१३ – रूफस र उनकी आमा

पावलले यहाँ मर्कूस १५:२१ मा उल्लेख गरिएकै व्यक्ति, अर्थात् हाम्रो प्रभुको क्रूस बोक्ने सिमोनका छोरा “रूफस” लाई अभिवादन पठाइरहेको हुन सक्छ। मर्कूस १५:२१ मा उल्लेखित “रूफस” का एकजना अलेक्जान्डर नामका भाइ थिए। पावलले रूफसकी आमालाई “उनकी र मेरी आमा” भनी बयान गरे। रूफसकी आमालाई पावलले एक अर्थमा आफ्‍नै आमा भनेर दाबी गर्दैथे जुन कुराले हामीलाई मर्कूस १०:२९-३० पुनर्सम्झना गराउँछ। निःसन्देह, तिनले पावललाई आफ्‍नै छोरालाई झैं वास्ता गर्ने अवसर पाएकी थिइन्। जब हामीले मुक्ति पाउँछौं र परमेश्वरको परिवारका सदस्य हुन्छौं, तब हाम्रा थुप्रै भाइबहिनीहरू अनि आमाबुबाहरू भएको कुरा हामीले चाँडै थाहा गर्छौं! रगतले किनिएका परमेश्वरका सन्तानहरूको एक-अर्कासित एउटा विशेष सम्बन्ध हुन्छ। “ख्रीष्टिय आमाहरूले यहाँ सेवा गर्ने ठूलो अवसर देख्न सकून् — स्वभावैले प्रेमिलो वास्ता राख्ने सुन्दर हृदय हुनु आमामा हुने विशेषता हो जसलाई उनीहरूले आफ्‍नो परिवारभित्र सीमित नराखीन सबै ख्रीष्टियनहरूप्रति देखाऊन्, विशेष गरी ख्रीष्टका सबै सेवकहरूप्रति। प्रभुले यो कुरा उहाँको आगमनमा सम्झनुहुनेछ!” (विलियम न्यूवेल)।

सबै विश्वासीहरू “प्रभुमा चुनिएका” हुन्छन्। हामी सबै परमेश्वरका चुनिएकाहरू हौँ (यी पदहरूमा यही शब्द प्रयोग गरिएको छ, कलस्सी ३:१२; रोमी ८:३३; २ तिमोथी २:१०; १ पत्रुस १:२; २:९)। एफेसी १:४ सित पनि दाँज्नुस्। यो शब्दावली यस ठाउँमा एउटा छुट्टै अर्थमा प्रयोग गरिएको छ भनी कतिले ठान्छन्, अर्थात्, रूफस एक “विशिष्ट” विश्वासी थिए (कुनै विशेष गुण भएका एक असाधारण विश्वासी) भन्ने अर्थमा। थेयर भन्छन् यसको एउटा अर्थ “रोज्न लायक, छनौट गरिएको, कुनै समूह वा वर्गमा सर्वोत्तम, सर्वोत्कृष्ट” भन्ने पनि हुन सक्छ। तर, हामीलाई प्रश्न उठ्छ, रूफस यदि यतिसम्म उत्कृष्ट, असाधारण विश्वासी थिए भने किन उनी यस ठाउँमा बाहेक पवित्रशास्त्रको अन्य ठाउँमा उल्लेख नगरिएका? (जस्तै, अक्विला र प्रिस्किल्ला नयाँ नियममा पटक-पटक उल्लेख गरिएका छन्।) त्यसैले पावलले यहाँ “प्रभुमा चुनिएका” भन्ने शब्दावलीलाई सम्भवतः यसको सामान्य, साधारण अर्थमै प्रयोग गरेका हुन्। सायद पावलले उनको चुनाउको महिमित तथ्यलाई सम्झना गराएर रूफसको हृदयलाई उत्साह दिन चाहन्थे। यो तथ्यले  त प्रत्येक विश्वासीको हृदयबाटको धन्यवाद प्रशस्त बनाउनुपर्ने हो (२ थेस्सलोनिकी २:१३)। हुन सक्छ, एक समय रूफस ख्रीष्टमा आउलान् भनेर अरूले सम्भावना देख्दैनथे तर एक दिन कुनै असाधारण तरिकाले ख्रीष्टमा आए। हामी सबैले त्यस्ता मानिसहरू चिन्छौं जो मानवीय दृष्टिकोणमा मुक्तिका निम्ति असम्भव उम्मेदवारको रूपमा देखिन्थे: “त्यो मान्छेले त कहिले विश्वास गर्ला र!” तर टार्ससको शाउलको जीवन परिवर्तन गर्नुहुने परमेश्वरले हामीलाई गजबसँग चकित तुल्याउन सक्नुहुन्छ। “रूफस, परमेश्वरले तिमीलाई बोलाउनुभएर, चुन्नुभएर र आफैकहाँ खिँच्नुभएर गर्नुभएको उदेकको कामलाई कहिल्यै पनि नबिर्स! तिमी मुक्ति दिलाउने परमेश्वरको सार्वभौम अनुग्रहलाई प्रकट गर्ने भाँडो हौ!”

रोमी १६:१४-१५ – दसजना विश्वासीहरू

१४ पदमा पाँचजना विश्वासीहरू नाम तोकिएर सम्बोधन गरिएका छन् र “उनीहरूसँग भएका भाइहरू” को उल्लेख गरिएको छ। १५ पदमा पाँचजना विश्वासीहरू नाम तोकिएर सम्बोधन गरिएका छन् र “उनीहरूसँग भएका भाइहरू” को उल्लेख गरिएको छ। रोमी १६:५ मा “घरेलुमण्डली” भन्ने शीर्षकमा गरिएको लामो टिप्पणीलाई अध्ययन गर्नुहोस्। नेरेयसचाहिँ दुई चर्चित रोमी नागरिकहरूको मुक्तिको निम्ति साधन बनेको व्यक्ति हुन सक्छ। ई. सं. ९५ मा दुईजना चर्चित रोमी नागरीकहरूलाई उनीहरू ख्रीष्टियन बनेकोमा दोषी ठहराइएको थियो: फ्लाभियस क्लिमेन्स (Flavius Clemens) र तिनकी पत्नी डोमाटिल्ला (Domatilla, तिनी चाहिँ भूतपूर्व सम्राट भेस्पासियनका नातिनी र तात्कालीन सम्राट डोमिटियनकी भतिजी/भान्जी थिइन्)। फ्लाभियसलाई मृत्युदण्ड दिइयो र तिनकी पत्नीलाई एउटा टापुमा देशनिकाला गरियो। फ्लाभियस र तिनकी पत्नीको घरमा एकजना नेरेयस नाम गरेका दास थिए (१५ पद हेर्नुहोस्)। हुन त “नेरेयस” नाम एउटा सामान्य चलनचल्तीकै नाम थियो, तर पनि यदि पावलले यहाँ भनेका व्यक्ति उही फ्लेभियसका घरका दास हुन् भने, नेरेयस नै ती दुई चर्चित व्यक्ति प्रभुमा आउनुको पछाडि एउटा प्रभावकारी माध्यम भएको हुनुपर्छ।

रोमी १६:१६ – पवित्र चुम्बन

सुरुका मण्डलीहरूमा विश्वासी-विश्वासी बीच विशिष्ट खाले निकटता हुन्थ्यो: “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर”। विश्वासीका मण्डलीहरू बीच पनि विशिष्ट खाले निकटता हुन्थ्यो: “ख्रीष्टका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाएका छन्”। विश्वासीहरूको एक-अर्कासित विशेष सम्बन्ध थियो र मण्डलीहरूको पनि एक-अर्कासित विशेष सम्बन्ध थियो। कसरी? येशू ख्रीष्टको कारणले।

नयाँ नियममा “चुम्बन” भन्ने शब्द अभिवादनको प्रसङ्गसित जोडिएर पाँच पटक प्रयोग गरिएको छ। चार पटक पावलले “पवित्र चुम्बन” को कुरा गर्छन् (रोमी १६:१६; १ कोरिन्थी १६:२०; २ कोरिन्थी १३:१२; १ थेस्सलोनिकी ५:२६) र एक पटक पत्रुसले “प्रेमको चुम्बन” को कुरा गर्छन् (१ पत्रुस ५:१४)। फरिसी सिमोनलाई हल्कासित हप्काउनुहुँदा प्रभु येशूले चुम्बनको चलनको कुरा गर्नुभयो: “तिमीले मलाई चुम्बन दिएनौ” (लूका ७:४५)। पावल एफेसीहरूबाट बिदा हुँदा उनीहरूले “पावललाई अँगालो हालेर चुम्बन गरे” (प्रेरित २०:३७; यसलाई हराएको छोरोलाई लूका १५:२० मा स्वागत गरिएको तरिकासित दाँज्नुहोस्)। चुम्बन गर्दा निधार वा गालामा चुम्बन गर्ने चलन थियो, ओठहरूमा होइन (यो कुनै कामुक, कामोत्तेजक वा रोमाञ्चकारी चुम्बन थिएन)। पावलले उनीहरूलाई “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर” भनेका हुनाले  के यो अभिवादन उही लिङ्गका विश्वासीहरूसित मात्र नभएर सबै विश्वासीसित गरिने अभिवादन थियो त (उत्पत्ति २९:११ सँग तुलना गर्नुहोस् जहाँ याकूबले राहेललाई चुम्बन गरे, जुनचाहिँ रोमाञ्चकारी चुम्बन थिएन तर नातेदारहरूप्रति स्‍नेहको अभिवादन थियो)? तर यो अभ्यास उही लिङ्गका व्यक्तिहरूसित मात्र गरिने कुरा थियो भन्ने कतिलाई लाग्छ—पुरुषहरूले पुरुषहरूलाई र स्त्रीहरूले स्त्रीहरूलाई चुम्बन गर्ने (International Standard Bible Encyclopedia, p. 1814)। यो “पवित्र चुम्बन” थियो अर्थात् परमेश्वर यसमा संलग्‍न हुनुहन्थ्यो र विश्वासीहरू बीच हुने साँचो प्रेमको यो न्यानो र स्‍नेहपूर्ण अभिव्यक्तिमा परमेश्वर खुशी हुनुहुन्थ्यो: “यसले कहिल्यै पनि तीनजना भन्दा कमको संलग्‍नतालाई जनाउनुहुँदैन: परमेश्वर अनि एक-अर्कालाई चुम्बन गर्ने दुईजना। पवित्र चुम्बनले ख्रीष्टको प्रेम परस्परमा बाँडिएको कुरालाई दर्शाउँछ” (हेन्ड्रिक्सन)।

आज हाम्रो समाजमा र प्रायः अन्य समाजहरूमा पनि, चुम्बनभन्दा अन्य तरिकाहरूद्वारा न्यानो र स्‍नेहपूर्ण अभिवादनलाई व्यक्त गरिन्छ। पहिलो शताब्दीका विश्वासीहरूको चलनको सट्टामा नेपाली समाजमा चाहिँ आफ्‍ना दुई हात जोडेर “जय मसीह” भन्नु वा उही लिङ्गका व्यक्तिहरूसित भने न्यानो प्रेमले हात मिलाउनु परमेश्वरलाई आदर दिने विकल्प हुन्। हामी ख्रीष्टमा दाजुभाई तथा दिदीबहिनीहरू हौं र हामीले एक-अर्कालाई चोखो हृदयले गहिरो प्रेम गरेका होऔं (१ पत्रुस १:२२)।

कतिपटक विश्वासीहरूले “व्यवस्थाको लेख” लाई पालन गर्न खोजेका छन् तर त्यसो गर्न खोज्दा उनीहरूले खासमा “व्यवास्थाको आत्मा” को अवज्ञा गर्न पुगेका छन्। अमेरिकामा एकादुई मण्डलीहरूले “पवित्र चुम्बन्” को अभ्यास पहिलो शताब्दिकाहरूले जस्तै गर्न खोज्दा त्यो ज्यादै कृत्रिम र अस्वाभाविक हुन गएको र फलस्वरूप त्यो हृदयदेखि नभईकन एउटा बाहिरी रीति मात्र हुन गएको गुनासो सुनिएको छ। त्यसो गर्नुभन्दा त बरु “पवित्र हात मिलाउने” विकल्पद्वारा र नेपालीहरूको सन्दर्भमा पवित्र जय मसीह अभिवादन नै व्यवस्थाको आत्मा अनुरूप हुन्छ र प्रभुलाई आदर गर्दछ।

“ख्रीष्टका मण्डलीहरूले” रोममा भएको ख्रीष्टको मण्डलीलाई सलाम पठाए। पहिलो शताब्दीका मण्डलीहरूबीच यस्तो निकटता र एकता थियो जुन आजका मण्डलीहरूबीच पाइँदैन। यसको कारणचाहिँ पहिलो शताब्दीका मण्डलीहरूबीच निम्न कुरा साझा थिए:

एउटै शिक्षा
“जसरी म जहाँतहीं हरेक मण्डलीमा शिक्षा दिन्छु” (१ कोरिन्थी ४:१७)

एउटै अभ्यास “जसरी प्रभुले हरेकलाई बोलाउनुभएको छ, त्यसरी नै ऊ हिँडोस्। अनि सबै मण्डलीहरूमा म यस्तै आज्ञा दिन्छु” (१ कोरिन्थी ७:१७)

एउटै चलन “तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाह होस्, हाम्रो यस्तो रीति छैन, न ता परमेश्वरका मण्डलीहरूकै छ” (१ कोरिन्थी ११:१६)

एउटै अनुशासन “किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न्, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ।” (१ कोरिन्थी १४:३३)।

आजको दिनमा यसरी अभ्यास गर्ने मण्डलीहरू भेट्टाउन कठीन छ।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १६:१-६

रोमी १६:१-६

 

रोमी अध्याय १६

रोमी १६:१

पावलको पत्र आफैलेबोकेर रोमीहरूको हातमाथमाइदिने काम फिबीले गरेको हुन सक्छ। तिनले पावलको हृदयदेखिको तारिफ पाइन्। पावलले उल्लेख गरेका पहिलो पाँच विश्वासीहरू मध्ये (१-६पदहरू), तीतीन जनाचाहिँ स्त्रीहरू हुनुरोचक कुरा छ। ख्रीष्टको सेवा, उहाँको मण्डलीको सेवा गर्ने काममा, स्त्रीहरूको भूमिका पुरुषहरूको भन्दा कुनै हालतले पनि दोस्रो स्थानमा पर्दैन। उनीहरू “जीवनका अनुग्रहका साझा हकदारहरू” हुन् (१ पत्रुस ३:७) र ख्रीष्टको न्यायआसनमा उनीहरूको विश्वासयोग्यताको बापत इनाम दिइनेछ। मालिकका निम्ति विश्वासयोग्य भएर मेहनत गर्ने सम्बन्धमा, ख्रीष्टमा पुरुष र स्त्री भन्ने हुँदैन। हामी उही मुक्तिदाताको सेवा गर्दछौं, उहाँको प्रेमका दासहरूझैं, यद्यपि फरक-फरक भूमिकामा। आलोचकहरू जेसुकै भनून्, बाइबलले नारीत्वलाई सधैं सम्मान गरेको छ र विश्वास गर्ने स्त्रीहरू परमेश्वरको इच्छाबमोजिमकाव्यक्तिहरू बन्न सक्छन् र त्यसमा पूर्ण सन्तुष्टि र आनन्द पाउन सक्छन्। स्त्रीहरूलाई बेसरीदुर्व्यवहार गरिने र थोरै मूल्यको ठानिनेचाहिँ बाइबलीय सिद्धान्तहरूलाई मान्यता नदिइने समाजहरूमा हो।

फिबी बहिनी र सेविका दुवै थिइन् (१ पद)। पावलले तिनलाई ख्रीष्टमा एक बहिनी (पारिवारिक ममता जनाउने शब्द) र मण्डलीका एक सेविका (ग्रीकमा diakonon) भनेर ठान्दथे। उनी केङ्ख्रेयामा भएको मण्डलीकी सेविका थिइन्।केङ्ख्रेया कोरिन्थसँगै टाँसिएको एउटा बन्दरगाह शहर थियो (प्रेरित १८:१८ सित तुलना गर्नुहोस्)।

फिबी मण्डलीका एक “सेविका” वा “डिकनेस” (deaconess) थिइन्। प्रश्न उठ्छ, यो शब्द तिनी साधारण अर्थमा मण्डलीकी नम्र सेविका थिइन् भनी जनाउन प्रयोग गरिएको हो किविशेषअर्थमा मण्डलीमा तिनको कुनै पद थियो? सुरुका मण्डलीहरूमा “स्त्री डिकन” (डिकनेस) भन्ने कुनै पदथियो कि? नयाँ नियममा स्त्री डिकनहरूको कुनै उल्लेख छैन। तरैपनि१ तिमोथी ३ अध्यायमा एउटाखण्ड छ जसलाई कतिले सान्दर्भिक ठान्छन्। उक्त अध्यायले एल्डरहरू (अध्यक्षहरू) र डिकनहरूमा हुनुपर्ने योग्यताहरूको चर्चा गर्दछ। डिकनहरूको योग्यताहरू उल्लेख गरेको सूचीको बीचतिर, पावलले यो पनि भन्छन्: “यही प्रकारले उनीहरूका पत्नीहरू पनि गम्भीर हुनुपर्छ; बदनामी नगर्ने, सतर्क, सबै कुरामा विश्वासयोग्य हुनुपर्छ” (१ तिमोथी ३:११)। “पत्नीहरू” भन्ने शब्दललाई “स्त्रीहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसले कि त डिकनहरूका पत्नीहरूलाई जनाउँछकि त मण्डलीका अन्य स्त्रीहरूलाई (“स्त्री डिनकनहरू”?)। यदि यसले डिकनहरूका पत्नीहरूलाई जनाउँछ भने, यस अध्यायमा एल्डरहरूको पत्नीहरूको बारेमा चाहिँ किन त्यसरी नै चर्चा गरिएन भन्ने प्रश्न उठ्छ। एल्डरहरूका पत्नीहरूको कुनै योग्यताको चर्चा नगरिएको अवस्थामा डिकनहरूका पत्नीहरूको चाहिँ किन गरिएको त? त्यसैले पावलले डिकनहरूका पत्नीहरूको नभएर “स्त्री डिकनहरू” मा हुनुपर्ने योग्यताहरूको चर्चा गरेका हुन् भनी कोही-कोहीले भन्छन्।

स्त्री डिकनहरूको “पद” लाई बाइबलबाट समर्थन गर्न सकौंला वा नसकौंला, तरैपनि हामीले स्त्री डिकनहरूको “काम”लाई भने मान्यता दिनैपर्छ। तिनको त्यस्तो औपचारिक पद होस् वा नहोस् एक ईश्वरीय स्त्री एक नम्र सेविकाको रूपमा सक्रिय हुनु परमेश्वरको इच्छा हो। यदि हामीले पुरुष डिकनहरूको उद्देश्य बुझ्यौं भने, हामीले स्त्री सेविकाहरूको आवश्यकता पनि बुझ्न सक्नेछौं। डिकनहरूको सुरुआत प्रेरित ६:४मा भेटिन्छ। त्यहाँ खाँचोमा परेका विधवाहरूको सेवा गर्नुपर्नेस्थिति थियो र यो समस्या प्रेरितहरूकोकाँधमा भार बन्दैथियो, यहाँसम्मकि यसले प्रार्थना र वचन प्रचारको उनीहरूको सेवकाइबाट खिँच्दैथ्यो। मण्डलीका आत्मिक अगुवाहरू प्रार्थना र प्रचारको प्रमुख कार्यदेखि अन्तै मोडिनुहुन्न। यस्ता विषयहरू सम्हाल्नलाई योग्य “डिकनहरू” नियुक्त गरिए यस उद्देश्यले कि प्रेरितहरू “प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहन” सकून्। विधवाहरूको सेवकाइको जिम्मा डिकनहरूलाई दिइयो ताकि प्रेरितहरूले आफैंलाई परमेश्वरको वचनको सेवकाइमा ध्यान दिलाउन सकून्।

आज डिकनको प्राथमिक कार्य यही हो। ऊएक आत्मिक मानिस हुनुपर्छ, नम्र र सक्षम सेवक हुनुपर्छ जसले अर्थ व्यवस्था, भवन र जायजेथाहरू लगायत अन्य त्यस्ता जुनसुकै कुराहरूमाथि राम्ररी ध्यान दिनसक्छजसले गर्दा बगालका आत्मिक अगुवाहरूले आफूहरूलाई प्रार्थना र वचनको सेवामा निरन्तर लगाइरहन सक्नेछन्। पास्टरले यदि हप्ताको २५ घण्टा मण्डली भवनमा रङ्ग लगाउन, मर्मत कार्य गर्न, सरसफाइ गर्न समय बिताउनुपर्यो भने, वचनको सेवकाइमा ठूलो धक्कापुग्छ। विश्वासयोग्य र दक्ष डिकनहरूले यस्ताधेरैओटा आवश्यक कुराहरू सम्हाल्न सक्नुपर्छ। कल्पना गर्नुहोस्, ठूलो असिना परेर जमिनलाई १५ इन्चले ढाकिदिएको छ। पास्टरले सावेल लिन्छन् र असिनाको ढिक्का सफा गर्ने काम गर्न थाल्छन्। त्यही समय डिकन कपिल आइपुग्छन्, सावेल समात्छन् र भन्छन्, “पास्टर, यो म सम्हाल्छु! तपाई फर्की जानुभएर यो समयलाई प्रचारको निम्ति प्रार्थना गर्न र तयार गर्न खर्चिनुहोस् भन्ने म इच्छा गर्दछु। असिनालाई त डिकहरूले सम्हाल्न सकिहाल्छन्, तर बगाललाई खुवाउनलाई परमेश्वरले केही मानिसहरूलाई मात्र दान दिनुभएको छ (एफेसी ४:११-१२) र तपाईंको आफ्नो मूख्य कामबाट अन्तै ध्यान आकर्षण भएकोचाहिँ हामी चाहँदैनौं!”

त्यस्तैगरी, मण्डलीका ईश्वरीय स्त्रीहरूले पनि त्यस्तै कार्यहरूमा साथ दिन सक्छन्। त्यहाँ असङ्ख्य कार्यहरू र आवश्यक कामहरू छन् जुनचाहिँ स्त्रीहरूले सम्हाल्न सक्छन् जसले भार सजिलो गराउँछ र मण्डलीका आत्मिक अगुवाहरूको बोझ कम गराउँछ। नम्र स्त्री सेविकाले यसरी सोध्नुपर्छ, “मैले कसरी पास्टर र एल्डरहरूलाई उहाँको भार कम गराएर वचनको गम्भीर सेवकाइमा उहाँहरूले आफैंलाई पूर्ण रूपमा समर्पण गराउन सजिलो पार्न सक्छु?” हामी उनीहरूलाई स्त्री डिकनहरू भनौं वा नभनौं, “स्त्री डिकनहरूको काम” आज हाम्रो दिनहरूमा निकै खाँचो छ र पूरै बगालले यसबाट फाइदा पाउन सक्छ। औपचारिक पद नपाए तापनि स्त्रीहरूले डिकनको रूपमा कार्य गर्न सक्छन्।

रोमी १६:२

पावलले फिबीलाई ग्रहण गर्न रोमका विश्वासीहरूलाई अर्ती दिए। यसको अर्थ हो उनीहरूले तिनलाई “आफैंकहाँ लिनु, स्वीकार गर्नु, सङ्गति र आपसी कुराका लागि ग्रहण गर्नु” (थेयर)। उनीहरूले तिनलाई उत्सुकतापूर्वक उनीहरूको माझमा स्वागत गर्नुपर्ने थियो (यो “ग्रहण” भन्ने शब्द विश्वासीहरूले दृढतासाथ प्रभुको आगमनलाई पर्खिरहेको कुरा जनाउन प्रयोग गरिएको छ – तीतस २:१३—“बाटो हेर्दै”; यहूदा २१—“बाटो हेर्दै”; र लूका २:२५ सित तुलना गर्नुहोस—“बाटो हेरिरहन्थे” र लूका २:३८—“बाटो हेर्नेहरू”)। फिलिप्पी २:२९ मा फिलिप्पीका विश्वासीहरूले पावलका विश्वासयोग्य सङ्गी-सिपाही एपाफ्रोडिटसलाई ग्रहण गर्ने विषयमा यो शब्दको प्रयोग भएको छ। यो शब्द, प्रभु येशूको बारेमा प्रयोग गरिएको छ जसले पापीहरूलाई ग्रहण गर्नुभएर तिनीहरूसँगै खानु भएको थियो(लूका १५:२)। तिनलाई “प्रभुमा” उनीहरूले ख्रीष्टमा एउटी बहिनीलाई झैं ग्रहण गर्नु पर्नेथियो, जसले परमेश्वरका पुत्रसितको एकत्वमा रमाहट गरेकी थिइन्। उनीहरूले “पवित्र जनहरूलाई सुहाउने प्रकारले”, पवित्र जनहरूको योग्य तरिकाले त्यसो गर्नुपर्ने थियो। विश्वासीहरूको रूपमा, हामीहरू हाम्रो महान्, पवित्र र स्वर्गीय बोलावटको योग्य चालमा हिँड्नुपर्छ (एफेसी ४:१), र यसमध्ये हाम्रो सङ्गी विश्वासीहरू प्रतिको हाम्रो व्यवहार पनि पर्छ। मुक्ति पाउनु भनेको अद्भुत विशेषाधिकार हो, तर यो सँग-सँगै योग्य चालमा हिँड्ने र जिउने अद्भुतजिम्मेवारीहरू पनि हुन्छन्।

पवित्र जनहरू भएको हैसियतले, हामीहरू हाम्रो बोलावटको योग्य चालमा हिँड्नुपर्छ (एफेसी ४:१)।

हामी परमेश्वरको सुसमाचारको योग्य चालमा हिँड्नुपर्छ (फिलिप्पी १:२७)।

हामी उहाँलाई पूरा प्रसन्न गराउनालाई प्रभुको योग्य चालमा हिँड्नुपर्छ (कलस्सी १:१०)।

हामी आफूलाई आफ्ना राज्य र महिमामा बोलाउनुहुने परमेश्वरको योग्य चालमा हिँड्नुपर्छ (१ थेस्सलोनिकी २:१२)।

तेस्रो यूहन्नामा गायसलाई पवित्रजनहरूको सेवा “परमेश्वरलाई सुहाउने रीतिले” अथवा परमेश्वरको योग्य रीतिले गर्नलाई अर्ती दिइएको थियो। अर्थात् उनले उनीहरूलाई परमेश्वर आफैं भेट्न आउनुभएको झैं गरी अतिथि सत्कार गर्नुपर्नेथियो। हामीले मुक्तिदातासँग जस्तो व्यवहार गर्नेथियौं, पवित्र जनहरूसँग पनि उस्तै व्यवहार गर्नुपर्छ। ख्रीष्टको खातिर उनीहरू त्यस्तो व्यवहार पाउन योग्य छन्।

प्रभुले हामी ख्रीष्टमा को हौं भन्ने कुरा हामीले कहिल्यै नबिर्सेको चाहनुहुन्छ। हामी पवित्र जनहरू (रोमी १:७)हौं भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। परमेश्वरले हामीलाई ख्रीष्ट येशूमा पवित्र बनाउनुभएको छ (१ कोरिन्थी ६:११)। हामी जिवित परमेश्वरको सेवा गर्नलाई अलग गरिएका उहाँका पवित्र जनहरू हौं। हामी पवित्रजनझैं जिएका होऔं। हामीलाई आफ्ना निम्ति अलग गर्नुहुनेको नामलाई निन्दा हुने काम हामीले कहिल्यै नगरेकाहोऔं।

पावललले रोमका विश्वासीहरूलाई फिबीलाई “सहायता” गर भनी भन्छन्। यस शब्दको माने हो, “सहयोग गर्न तत्पर हुनु” (थेयर), “प्रबन्ध गर्नु” (प्रेरित २३:२४ हेर्नुहोस्) उनलाई जुनसुकै कुराको खाँचो किन नपरोस्। उनीहरूले तिनलाई सहायता गर्नुपर्ने कारण के थियो? किनभने तिनी धेरैकी, साथै पावलकी पनि सहायिका भएकी थिइन्। सहायता गर्नेहरू सहायता गरिन लायक हुन्छन्। अरूलाई मदत गर्नेहरू मदत गरिन लायक हुन्छन्। यो सुहाउँदोर उचित कुरा हो। फिबीले पावल र अरू धेरैको सहायता कसरी गरेकीथिइन् हामीलाई बताइएको छैन। तरैपनि पावलले रोमीहरूलाई लेखेका यस पत्रद्वारा शताब्दीयौं देखि आत्मिक सहायता र आशिष पाएका अनगिन्ती मानिसहरूलाई विचार गर्नुहोस्। यो पत्र पुर्याइदिएर, फिबी निश्चय पनि “धेरैकी सहायिका” भएकी छिन्।

रोमी १६:३-४

पावलले पत्नी प्रिस्किल्लाको नाम तिनकापति अक्विलाको भन्दा पहिला उल्लेख गरेको कुरा रोचक छ। यस उल्लेखनीय पति/पत्नीको टोलीको बारेमा नयाँ नियमले दिएका केही जानकारीहरूलाई विचार गर्नुहोस्:

१.

अक्विला र प्रिस्किल्ला उद्यमी थिए। उनीहरू मेहनती र सही तरिकामा व्यस्त थिए। उनीहरूको पाल बनाउने पेशा थियो (प्रेरित १८:२-३) र उनीहरू आफ्नो व्यवसायमा कडा परिश्रम गर्थे। अक्विलाएक यहूदी भएको कुरा हामीले उल्लेख गर्नुपर्छ (प्रेरित १८:२)। पावलले पहिलोपटक यी दुई विश्वासीहरूलाई कोरिन्थमा भेटेका भए तापनि उनीहरू मौलिक रूपमारोमबाट आएका थिए (प्रेरित १८:२)।

२.

उनीहरू आतिथि सत्कार गर्न सरीक थिए। उनीहरूले आफ्नो घर प्रेरित पावलको लागि खुल्ला गरे जो पनि पाल बनाउनेनै थिए। उनीहरूले पावललाई आफ्नो घर मात्र होइन तर आफ्नो हृदय पनि खुल्लागरे (प्रेरित १८:३)।

३.

उनीहरू सिकाउन सकिने स्वभावका थिए। सम्भवतः अक्विला र प्रिस्किल्ला पावलको सेवकाइबाट प्रभुलाई चिन्नेज्ञानमा आएका थिए। उनीहरूको प्रेरित १८ मा पावलसँग जम्काभेट हुनुभन्दाअगावै उनीहरूले प्रभुलाई चिनिसकेका थिए भन्ने हामीसँग कुनै अभिलेख छैन।उनीहरूले पावललाई आफ्नो घरमा भित्र्याए मात्र होइनन् तर उनीहरूले पावलकाख्रीष्टलाई पनि आफ्नो हृदयमा भित्र्याए। सबै व्यग्रता र मनको तयारीका साथउनीहरूले आनन्दसाथ पावलले प्रचार गरेको सन्देशलाई स्वीकार गरे। उनीहरूपावलका चेला बने। उनीहरूले पावल प्रेरितबाटका शिक्षा र सत्यतालाई आत्मसातगरे।

४.

उनीहरू बाइबलमुखी थिए। उनीहरू सिक्नलाई तत्पर मात्र थिएनन्, उनीहरू अरूहरूलाई सिकाउन योग्य पनिथिए (प्रेरित १८:२४-२६)। अपोल्लस एक निपुण वक्ता थिए जो पुरानो करारमासामर्थी थिए, तर उनी सुसमाचारका मूलभूत तथ्यहरूमा (र प्रबन्धसम्बन्धीसत्यतामा कमजोर) अनभिज्ञ थिए। यस मानिसका लागि परमेश्वरका कुराहरूकोसम्बन्धमा, अक्विला र प्रिस्किल्लाले अपोल्लसलाई आफूकहाँ लगे र परमेश्वरकोमार्गको अर्थ अझै ठीकसँग खोलेर तिनलाई बताइदिए। सम्भवतः अपोल्लससँगको यसवार्तालापमा प्रिस्किल्लाले अगुवाइ गरे, किनभने केही ग्रीक पाण्डुलिपिहरूमाप्रेरित १८:२६ मा उनको नाम पहिले उल्लेख गरिएको छ। कतिपय पत्नीहरूआफ्ना पतिहरू भन्दा अझ बाइबलका शिक्षाहरू बढी उत्तम तवरले व्याख्यागर्न कुशल हुन्छन्, र ठीक प्रकारको परिवेशमा स्त्रीहरूले अगुवाइ गर्नु उचितछ (यद्यपि निश्चयनै स्थानीय मण्डलीमा सिकाउने अवस्थामा होइन)। उनीपरमेश्वरको वचन राम्ररी जान्दथिन् र उनी यस्ता प्रकारका शिक्षागत कुराहरूमाकसरी व्यवहार गर्ने भन्ने कुरामा दक्ष थिइन्। पति र पत्नीको यो टोलीपरमेश्वरको सत्यतामा राम्ररी गढिएको र सत्यताद्वारा अरूको सेवा गर्नयोग्यका थिए।

५.

उनीहरू स्थानीय मण्डलीमुखी थिए। १ कोरिन्थी १६:१९ र रोमी १६:५ – यी दुवै खण्डहरूले तिनीहरूको घरमा (रोम रएफेसस दुवैमा) भएको मण्डलीको बारेमा बताएको छ। तिनीहरूको घर विश्वासीहरूकोलागि भेला हुने ठाउँ थियो – उपासना गर्ने, गाउने, प्रचार गर्ने, सङ्गतिगर्ने, प्रार्थना गर्ने, र रोटी भाँच्ने स्थान थियो।

६.

उनीहरू पति-पत्नी मिलेर बनेको एक टोली थिए। प्रिस्किल्लाको नाम नयाँ करारमा छ-छ पटक उल्लेख हुँदा हरेक ठाउँमा उनकोपतिको नाम पनि सँगै भेटिन्छ। पतिसँगै उनको नाम सधैं उल्लेख भएको छ।यसले उनीहरूको सम्बन्धमा तालमेल मिलेको र उद्देश्यमा एकता भएको देखाउँदछ।उनी आफ्नो पतिसँग काम गर्दथे, उनको विरूद्धमा होइन। उनीहरू राजाकोसेवा गर्न एउटै टोलीको रूपमा सक्रिय थिए।

७.

उनीहरूको परमेश्वरबाट दान पाएको व्यक्तिसित ठीक सम्बन्ध थियो। रोमी १६:३ – यस पदमा तिनीहरूलाई पावलका “सहकर्मीहरू” भनी जनाइएको छ। जबअक्विला र प्रिस्किल्ला पावलको विचारमा आउँथ्यो, उसले भन्न सक्थ्यो, “यीप्रिय विश्वासीहरू मेरा सहयोगीहरू हुन्, मेरा सहकर्मीहरू हुन्।” के तपाईंकोपाष्टरले तपाईंको बारेमा यस्तै भन्न सक्नुहुन्छ? परमेश्वरबाट दान-प्राप्तव्यक्तिसँग तपाईंको सम्बन्ध कस्तो प्रकारको छ (तुलना गर्नुहोस् एफेसी४:११)? तपाईं आफ्नो पाष्टरको सहयोगी हुनुहुन्छ कि बाधक हुनुहुन्छ? तपाईंउहाँसँगै मिलेर काम गर्दैहुनुहुन्छ कि उहाँको विरूद्धमा? के उहाँलेतपाईंलाई फाइदाजनक देख्नुहुन्छ कि हानिकारक? पावलले निश्चय नै यीपति-पत्नीको टोलीलाई उनको सेवकाइ र ख्रीष्टको सेवामा ठूलो फाइदाकोरूपमा देख्ने गरेका थिए।

८.

उनीहरू साहसी थिए। रोमी १६:४ – स्पष्ट रूपमा पावलको जीवन यी साहसी पति-पत्नीप्रतिऋणी थियो। हामीलाई विस्तृत रूपमा बताइएको त छैन, तर तिनीहरूले कुनै न कुनैकिसिमले आफ्नो जीवनलाई पावलको निम्ति जोखिम र सङ्कटमा पारेको हुनुपर्छ।तिनीहरूले पावलको ज्यान जोगाउनको लागि आफ्नै गर्दन दिएका थिए, रपरिणामस्वरूप पावल र अन्यजातिहरूका सबै मण्डलीहरू तिनीहरूप्रति धन्यवादकोऋणी थिए। पावल परमेश्वरबाट अन्यजातिहरूका लागि एक विशेष प्रेरित थिए, र यदिप्रिस्किल्ला र अक्विला बीचमा नआएका भए, पावलको मृत्यु भइसकेको हुन्थ्यो रअन्यजातिहरूप्रति उनको सेवकाइ अप्रत्याशित रूपमा अन्त हुन जान्थ्यो।प्रिस्किल्ला र अक्विलाले पावललाई आत्मामा १ यूहन्ना ३:१६ अनुसार साँचोप्रेम प्रकट गरे। पावलले जे-जस्तो घटनालाई सङ्केत गरको भए तापनि, यो सम्भव छकि रोमी १६:३ मा प्रिस्किल्लाको नाम पहिला उल्लेख गरिएको तथ्यलाई प्रकाशमापार्दा उनकै बढी महत्त्वपूर्ण भूमिका भएको हुनुपर्छ। यसले हामीलाई अर्कोबुँदातर्फ लैजान्छ।

९.

प्रिस्किल्ला अधीनतामा बस्ने पत्नी थिइन् तर दमन गरिएकी भने थिइनन्। यी पति/पत्नीको उल्लेख भएको नयाँ नियमका छ ठाउँहरूमध्ये तीनठाउँहरूमा प्रिस्किल्लाको नाम पहिलो स्थानमा रहेको छ (केही ग्रीकपाण्डुलिपिको प्रेरित १८:२६ मा पहिलो स्थानमा उल्लेख गरिएको कुरा सहित चारठाउँ)। किन प्रिस्किल्लाको नाम यी खण्डहरूमा पहिलो स्थानमा आयो, जब किसूचीमा पतिको नाम पहिलो स्थानमा राख्ने चलन थियो? हामीलाई कारण बताइएकोछैन तर हामी अनुमान मात्र गर्न सक्छौं। के यसको कारण ती दुईमध्ये उनी बढीफुर्तिलो भएकीले हो कि? के उनको दरिलो खालको चरित्र थियो? के उनमा उत्कृष्टजोश थियो? के उनमा निश्चित क्षेत्रहरूमा उत्कृष्ट क्षमता थियो? के उनलेपावलको लागि आफ्नै गर्दन दिने जोखिम उठाउँदा बढी महत्त्वपूर्ण भूमिकाखेलेकी थिइन्? पवित्र शास्त्र मौन रहेको अवस्थामा बोल्न कोशिश गर्नुभन्दा, निम्न कुराहरू भने भन्न सकिन्छः

उनी दमन गरिएकी स्त्री थिइनन्।उनीसँग विशेषवरदानहरू वा क्षमताहरू भएको देखिन्छ अथवा ख्रीष्टप्रति विशेष खालको भक्तिभएको देखिन्छ जसले गर्दा उनले कतिपय क्षेत्रहरूमा आफ्नो पतिलाई यस्तोप्रकारले उछिन्न सकिन् कि उनी पावलबाटको विशेष सम्मान पाउन योग्य ठहरिन्।

उनी अधीनतामा बस्ने पत्नी थिइन्।नयाँ नियममा (लूका र पावलद्वारा) उनलाई उल्लेख गरिएका छओटै खण्डहरूमा उनी कुनै तरिकालेआफ्नो स्थानमा नरहीकन कामकुरा गरेको भन्ने कुनै सङ्केत कतै पाइँदैन। उनकोकहिल्यै आलोचना गरिएको छैन बरु तारिफ गरिएको छ। उनलाई सधैं उनकोपतिसँगको सम्बन्धमा नै उल्लेख गरिएको छ। उनी अधीनतामा बस्ने खालकीपत्नी थिइन्।

१०.

उनीहरू अन्तसम्मै विश्वासयोग्य र स्थिर थिए। २ तिमोथी ४:१९ – यो पत्र पावलको अक्विला र प्रिस्का (प्रिस्किल्ला) सँगभएको पहिलो भेटको १४ बर्ष पछि लेखिएको अन्तिम पत्र थियो। तिनीहरूविश्वासयोग्य विश्वासीहरू थिए। यी दुई विश्वासीहरूको बारेमा पावल वा लूकाकोकुनै पनि पत्रहरूमा नकारात्मक रूपमा भनिएको छैन। अभिलेखहरूले देखाएअनुसार, पावल र अक्विला/प्रिस्किल्लाबीच सधैं एक मन थियो। पावलले कहिले पनितिनीहरूलाई डेमासलाई भन्नु परे झैं भन्नु परेन (२ तिमोथी ४:१०)। तपाईंकोबारेमा नि? आजको १४ बर्ष पछि तपाईंको आत्मिक अवस्था कस्तो होला? हामीलेहाम्रो पहिलो प्रेमलाई नत्यागौं र हामीले हाम्रो मुक्तिको आनन्दलाई कहिल्यैनगुमाऊँ।

रोमी १६:५

पावलले अक्विला र प्रिस्किल्लाको घरमा भएको मण्डलीलाईअभिवादन पठाए। यहाँ हामीलाई “घरेलु मण्डली”भन्ने रोचक विषयमा सोच्न कर लाग्छ। पहिलो शताब्दीमा हिजोआजका जस्ता मण्डली भवनहरू थिएनन्। विश्वासीहरू जहाँ सक्थे त्यहीँ जुट्थे—घरहरूमा, चउरहरूमा (प्रेरित १६:१३ जहाँ यहूदीहरू नदीको किनारमा भेला भएको देखिन्छ), सुरुङ्गहरूमा इत्यादी। उनीहरूसित ख्रीष्टको यो प्रतिज्ञा थियो, “किनकि जहाँ दुई वा तीनजना मेरो नाममा भेला हुन्छन्, त्यहाँ तिनीहरूका माझमा म हुन्छु” (मत्ती १८:२०)। यातायातको सुविधा पनि आजको जस्तो सजिलो थिएन। आज हामी कुनैठूलो शहरको एक छेऊदेखि अर्को छेऊमासजिलैपुग्न सक्छौं, तर प्राय:जसो पैदलै यात्र गर्नुपर्ने पहिलो शताब्दीको समयमा, त्यसो गर्नु खासै सजिलो हुनेथिएन।

“घरेलुमण्डलीहरू” (house churches)को सवालमा निम्न खण्डहरू महत्त्वपूर्ण छन्:

अक्विला र प्रस्किल्ला एफेससमा रहँदा “आफ्नो घरमा भएको मण्डली” भनी उल्लेख गरिएको थियो (१ कोरिन्थी १६:१९)।

रोमी १६:१४ मा पावलले केही विश्वासीहरूलाई अभिवादन गर्दछन् र “उनीहरूसँग भएका भाइहरूलाई” भनी उल्लेख गर्छन्। रोमी १६:१५मा पावलले अरू विश्वासीहरूलाई अभिवादन गर्दछन् र “उनीहरूसँग भएका सबै पवित्र जनहरूलाई” भनी उल्लेख गर्छन्। के यसले विश्वासीहरू जुट्ने गरेका अरू दुई स्थानहरूको सङ्केत गरेको हुन सक्छ?

प्रेरित १२:१२ मा मर्कूस उपनाम भएको यूहन्नाकी आमा मरियमको घरमा “धेरैजना भेला भएर प्रार्थना गरिरहेका थिए” भनी बताइएको छ।

लिडियाको घरलाई विश्वासीहरू जुट्ने स्थानको रूपमा प्रयोग गरिन्थ्यो (प्रेरित १६:१५, ४०)।

लाओडिसियामा नुम्फसले ठाउँ दिएको घरेलुमण्डली थियो “उनको घरमा भएको मण्डलीलाई सलाम भनिदेओ”—कलस्सी ४:१५)। फिलेमोन २ मा हामी पढ्दछौं, “साथै हाम्री प्रिया अप्फिया, र हाम्रो सङ्गी सिपाही अर्खिप्पस, र तिम्रो घरमा भएको मण्डलीलाई”।

विश्वासीहरू विभिन्न स्थानहरूमा जुट्ने गरेको भए तापनि, यो कुरा ध्यानमा राख्नु खाँचो छ कि, परमेश्वरको दृष्टिकोणमा, हरेक प्रमुख शहरमा एउटा स्थानीय मण्डली हुन्छ। त्यसैले रोमको शहरमा थुप्रै मण्डलीहरू थिएनन्; त्यहाँ एउटा मण्डली थियो। हरेक शहरमा एउटै मात्र मण्डली हुने गर्थ्यो। उदाहरणको निम्ति, १ कोरिन्थी १:२ मा हामीले “कोरिन्थमा भएको परमेश्वरको मण्डली (एकवचन)” भनेर पढ्दछौं। एफेसस निकै ठूलो शहर थियो तर त्यहाँ पनि केवल एउटा मण्डली थियो, यद्यपि त्यस शहरमा थोरैमा पनि एउटा “घरेलुमण्डली” थियो भन्ने कुरा हामीलाई थाह छ (१ कोरिन्थी १६:१९)। तरैपनि यदि हामीलाई कोरिन्थीका विश्वासीहरू विभिन्न घरहरूमा भेट्नेगर्थे भनी हामीले मानिलिए तापनि, यस्तो समयहरू पनि थियो जब “सारा मण्डली” “एक ठाउँमा भेला” हुने गर्दथ्यो (१ कोरिन्थी १४:२३ र ११:२० हेर्नुहोस्)।

आज, अत्याधुनिक सवारी साधनहरू हुँदा-हुँदै पनि, एउटा शहरमा क्षेत्रफल र जनसङ्ख्याको कारणले एकभन्दा धेरै मण्डली हुने कुरालाई हामी न्यायसङ्गत तुल्याउने गर्दछौं। “एउटा मण्डली ती सबै मानिसहरूकहाँ पुग्न सक्दैन। यस शहरमा एकभन्दा धेरै मण्डलीहरूको निम्ति पर्याप्त ठाउँ छ।” यस कुराको प्रकाशमा नयाँ नियमको समयहरूका केही शहरहरूमा उल्लेखनीय जनसङ्ख्या भएको बिचार गर्नु चाखलाग्दो हुन्छ:

यरूशलेम

निस्तार चाडको बेलामा (जब त्यहाँ हजारौं हजारौं यात्रीहरू र पाहुनाहरू हुने गर्दथ्यो), यस शहरमा २७,००,००० मानिसहरू हुन्थे भनी जोसेफसले बताउँछन्। इन्टरनेशनल स्ट्याण्डर्ड बाइबल इन्साइक्लोपिडीयाले बताउँदछ कि ई.सं. ७०मा यरूशलेमको सङ्ख्या झण्डै २,५०,००० थियो (सायद त्यो भन्दा थोरै)। तर त्यहाँ कम्तीमा १,००,००० मानिसहरू थिए भनी भन्नु ठीकै होला।

यरूशलेमको मण्डलीमा कतिजना विश्वासीहरू थिए (प्रेरित २:४१; ४:४; ५:१४; इत्यादी हेर्नुहोस्)? यरूशलेममा कतिओटा मण्डलीहरू थिए (प्रेरित १५:४)?

रोम

पहिलो शताब्दी (ई.सं.) ताका यस शहरका बासिन्दाहरूको जनसङ्ख्या १२००००० र २०००००० बीचमा हुनुपर्छ भनी पहिले अनुमान गरिएको थियो। तरैपनि १९४१ मा, ओस्टियामा एउटा लेख भेट्टिएको थियो जसमा १४ ई.सं. मा, अर्थात अगस्टसको मृत्यु भएको समयमा रोम शहरका बासिन्दाहरूको जनसङ्ख्या ४१,००,०००० रहेको तथ्य उल्लेखित गरिएको थियो” (An Introduction to the New Testament, D. Edmond Hiebert, Vol. 2, page 164 साथै Introduction to the New Testament by Everett F. Harrison, p. 299).

अलेक्जान्ड्रिया

रोमी सम्राज्यको दोस्रो विशाल शहर अलेक्जान्ड्रिया थियो जसमा तीन प्रमुख समूहहरू पर्दथे: मिस्रीहरू, यहूदीहरू र ग्रीकहरू। Schaff-Herzog Encyclopedia को अनुसार, “ख्रीष्टियन युगको सुरुतिर अलेक्जेन्ड्रियाको शहरमा ३,००,००० स्वतन्त्र मानिसहरू थिए”। यो उचाइमा यस शहरमा १० लाख जनसङ्ख्या हुनुपर्छ भनी The World Book Encyclopediaले बताउँदछ।

एफेसस

यस प्रमुख शहरमा एउटा मात्र मण्डली थियो (प्रकाश २:१)। यसको जनसङ्ख्या यति धेरै थियो कि दोस्रो शताब्दीमा यस शहरले जनसङ्ख्याको हिसाबमा अलेक्जेन्ड्रियासित प्रतिस्पर्धा नै गरेको थियो।

एन्टिओक

यस शहरमा कतिओटा मण्डलीहरू थिए (प्रेरित १४:२६-२७)? त्यस सम्राज्यको ठूला शहरहरूमध्ये यो पनि एउटा पर्दथ्यो। यसको जनसङ्ख्या पनि मिश्रित झुण्ड थियो। Schaff-Herzog Encyclopedia को अनुसार नयाँ नियमको समयमा त्यसको जनसङ्ख्या ५००००० थियो।

थेस्सलोनिका

यस शहरमा कतिओटा स्थानीय मण्डलीहरू भेट्टाउन सकिन्थ्यो (१ थेस्सलोनिकी १:१)? पावलको दिनमा यस शहरमा २००००० मानिसहरू भएको हुन सक्छ (Introduction to the New Testament by Everett F. Harrison, page 260).

कोरिन्थ

यो विशाल व्यवसायीक शहरमा केवल एउटै स्थानीय मण्डली थियो (१ कोरिन्थी १:२)। यो शहर समिश्रित थियो (सबै कुराहरूका मिश्रण)। मानिसहरू त्यहाँ पैसा कमाउन र खर्च गर्न जानेगर्थे। साझा व्यसाय, व्यापार र साझा मोजमस्तीका तरिकाहरू नै तिनीहरूलाई एकसाथ जोड्ने एउटै कडी थियो। यो शहर पाप र अनैतिकताको शहर थियो र यसको जनसङ्ख्या धेरैमा ७००००० हुन सक्छ (कतिलेचाहिँ ५,००,००० थियो भनी अनुमान गर्छन्)। Zondervan Pictorial Encyclopediaले त्यहाँ २,००,००० स्वतन्त्र मानिसहरू र ५,००,००० दासहरू थिए भनी बताउँदछ।

अवलोकनहरू: आजका आधुनिक जनसङ्ख्याको हिसाबमा पनि यी निकै ठूला-ठूला शहरहरू थिए, तरैपनि त्यहाँ हरेक शहरमा केवल एउटै स्थानीय मण्डली थियो। आज हामीहरू नयाँ नियम पद्दतीबाट निकै टाढा छौं। यस्तै हुनेछ भनी प्रभुले रायोको दानाको दृष्टान्तमा बताउनुभएको थियो (मत्ती १३:३१-३२)। साँचो इसाईमतबाट असाधारण, अनियमित, बढ्दो धार्मिक पद्दतीहरू हुर्किए जसलाई कतिले “ख्रीष्टियनमत” भन्छन्। हामी यसलाई “मण्डलीवाद” भन्न सक्छौं। शैतानले एकसमयमा भएको स्पष्ट गवाहीलाई बिगार्ने, कठिन पार्ने, अलमल पार्ने र अस्थव्यस्त गर्ने काममा सफलता पाएको छ। उसले भद्रगोल गराएको छ!

रोमी १६:५–एपाइनेतुस

अखैयामा प्रभुको सेवा गर्दाखेरि पावललेआत्मिक फसलको कटनी गरे। त्यस फसलको पहिलोफल (प्रभुमा आउने प्रथमविश्वासी) एपाइनेतुस थिए, जो प्रेरितको हृदयका अति प्रिय थिए।

पावलले निश्चयपनि म्यासिडोनियाको पहिलोफललाई (वास्तवमा यूरोपकै पहिलोफल) सम्झेर पनि आनन्दित हुन्थे जोचाहिँ लिडिया नाम गरेकी एकजना स्त्री थिइन्, जसको हृदय परमेश्वरले खोल्नुभएको थियो (प्रेरित १६:१४)। समयलाई फर्केर हेर्दा कुनै पनिइलाकामा प्रभुमा विश्वास गर्ने पहिलो व्यक्तिलाई सम्झनु सधैं आनन्दको कुरा हुन्छ यो जानेर किउक्त असल काम सुरु गर्नुहुने परमेश्वरलेआफ्नो काम अगाडि अझै बढाउनुहुनेछ। फसलको सम्बन्धमा “पहिलोफल’ले त्यसको सुरुआतलाईसङ्केत गर्दछ र अरू धेरै फलहरू आउँदैछ भन्ने कुराकोजनाउ दिन्छ। के तपाईं आफूसँग परमेश्वरमा डोर्याउनुभएको पहिलो व्यक्तिको बारेमा रमाइलो सम्झनाहरू छन्? के अझै अरू पनि छन् कि?

रोमी १६:६—मरियम

मरियमको बारेमा हामीलाई थोरै मात्र कुरा बताइएको छ। यति कि तिनले पावल र उनका सहकर्मीहरूका निम्ति “खुबै मेहनत गरेकी छन्” । ग्रीक शब्दको अर्थचाहिँ तिनले थकित र लल्याकलुलुक हुने अवस्थासम्म बेस्सरी कडा परिश्रम गर्दै मेहनत गरिन् भन्ने हुन्छ। त्यहाँ धेरै विश्वासीहरू हुन्छन्जसले ख्रीष्टका निम्ति बेस्सरी कडा परिश्रम गर्छन्तर कति पटक त्यसमाथि मानिसको नजर परेको हुँदैन, उनीहरूले मानिसबाट कुनै स्याबासी वा इनाम पाएका हुँदैनन्। तर परमेश्वरले निश्चय पनि ख्याल राख्नुहुन्छ (हिब्रू ६:१० हेर्नुहोस्)। मुक्तिदाताको निम्ति र उहाँको कामको निम्ति हामीले हाम्रो सम्पूर्ण दिएका होऔं:

“सर्वोत्तम देऊ मालिकलाई जवानको सामर्थ्य देऊ प्राणको ताजा बल्दो जोश लिई सत्यको युद्धमा आऊ!”

मरियम नाम नयाँ नियममा निकै प्रचलित नाम थियो र विभिन्न स्त्रीहरूको यही नाम थियो:

  1. ख्रीष्टकी आमा मरियम (मत्ती १:१६)।
  2. मरियम मग्दलिनी (लूका ८:२)।
  3.  
  4. यूहन्ना उपनाम भएको मर्कूसकी आमा (प्रेरित १२:१२)।
  5.  
  6. बेथानीकी मरियम, मार्थाकी बहिनी (लूका १०:४२)।
  7.  
  8. क्लिओफसकी पत्नी मरियम (यूहन्ना १९:२५; याद गर्नुहोस्, यस पदमा उल्लेखित ४ जना स्त्रीहरूमध्ये ३ जना स्त्रीहरूको नाम “मरियम” थियो)।
  9.  
  10. रोमी १६:६ मा उल्लेख गरिएकी मरियम।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १५:१७-३३

रोमी १५:१७-३३

 

रोमी १५:१७-१८

पावल गर्व गर्न खूब मन पराउँथे! पावल एकदम “घमन्डी” मानिस थिए — उनी आफ्ना मुक्तिदाताको सम्बन्धमा घमन्ड गर्थे! ख्रीष्टले गरिदिनुभएको कुरामा उनलाई घमन्ड थियो। हरेक विश्वासीले भन्न सक्नुपर्छ, “प्रभुले मेरा निम्ति ठूला-ठूला कामहरू गर्नुभएको छ” जसको सम्बन्धमा म गर्व गर्दछु! आफूतर्फ घमन्ड गर्न बिलकुल निषेध गरिएको छ (१ कोरिन्थी १:२९)। परमेश्वरतर्फ घमन्ड गर्न भने पूरा हौसला दिइएको छ (१ कोरिन्थी १:३०-३१)। पावलको गर्व वा घमन्ड येशू ख्रीष्टमा थियो (पद १७)। उसले अन्य कतै पनि गर्व गर्न आँट गरेनन् (पद १८)। उनले आफैले गरेका कामहरूमा गर्व गर्न वा घमन्ड गर्न इन्कार गरे; उनले केवल ख्रीष्टले उनमा गर्नुभएका कामको विषयमा मात्र चर्चा गर्थे र गर्व गर्थे (पद १८)। पावल परमेश्वरका हातमा केवल एक भाँडो थिए। “कुनै पनि बुरुशले त्यसको प्रयोगले रङ्गाइएको तस्वीरका लागि श्रेय लिँदैनन्। कुनै पनि भायोलिनले त्यसको प्रयोग गरी बजाइएको मीठो सङ्गीतका लागि श्रेय लिँदैनन् (म्याकआर्थर)।

उनले यसरी भनेनन्, “जुन कामहरू मैले ख्रीष्टद्वारा पूरा गरेँ ती काममा मात्र म गर्व गर्नेछु।”
बरु उनले भने, “जुन कामहरू ख्रीष्टले मद्वारा पूरा गर्नुभयो ती काममा मात्र म गर्व गर्नेछु।”

ख्रीष्ट स्वर्गमा हुनुहुन्छ तरैपनि उहाँ पृथ्वीमा आफ्ना चुनिएका भाँडाहरूद्वारा सक्रिय रूपमा काम गर्दै हुनुहुन्छ (मर्कूस १६:२०)। ख्रीष्टले पावलद्वारा गर्नुभएको कामको लक्ष्य थियो “अन्यजातिहरूलाई आज्ञाकारी बनाउन” र यहाँ “आज्ञाकारी” भन्नाले सुसमाचारको आज्ञापालनलाई जनाउँदछ। एक अन्यजाति सुसमाचारको आज्ञाकारी बन्दछ जब उसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दछ। ख्रीष्टलाई र सुसमाचारलाई इन्कार गर्नु भनेको परमेश्वरले सबै मानिसहरूलाई पश्चात्ताप गर्नू (प्रेरित १७:३०) र मुक्ति पाउनू (प्रेरित १६:३१) भनेर दिनुभएको आज्ञालाई पालन नगर्नु अर्थात् अवज्ञा गर्नु हो। सुसमाचारको अवज्ञा सम्बन्धमा एउटा ज्यादै स्पष्ट खण्ड २ थेस्सलोनिकी १:८-९ हो।

ख्रीष्टले पावलद्वारा “वचन र कार्यद्वारा” ठूला-ठूला कामहरू गर्नुभयो। ख्रीष्टले पावलद्वारा “वचन र कार्यद्वारा” काम गर्दै हुनुहुन्थ्यो भन्ने तथ्यले हामीलाई प्रेरित १:१-२ को सम्झना गराउँछ। यस खण्डमा हामीलाई बताइएको छ कि ख्रीष्टले उहाँको स्वर्गारोहणको समयसम्ममा जे-जति कामहरू गर्नुभयो ती उहाँका कामहरू र शिक्षणका केवल सुरुआत मात्र थिए (“येशूले जे गर्न र सकाउन थाल्नुभयो” — प्रेरित १:१)। प्रेरितको पुस्तकले उहाँका कार्यहरू र शिक्षण (उहाँका वचन र कार्यहरू) को निरन्तरताको अभिलेख प्रस्तुत गर्दछ। ख्रीष्टले आफ्नो पार्थिव सेवकाइमा जे सुरु गर्नुभयो, उहाँले आफ्नो मण्डलीद्वारा निरन्तरता दिँदै हुनुहुन्छ। ख्रीष्ट पृथ्वीमा जे सुरु गर्नुभयो, उहाँले स्वर्गबाट निरन्तरता दिनुहुन्छ पृथ्वीमा भएका आफ्ना चुनिएका भाँडाहरूद्वारा (पावल लगायत अरू विश्वासीहरू)। ख्रीष्टको महिमित सेवकाइ क्रूसमा वा बौरिउठाइमा वा स्वर्गारोहणमा अन्त भएन। त्यो आजसम्म जारी छ! मर्कूस १६:२० फेरि हेर्नुस्।

ख्रीष्टले पावलद्वारा, वचन र कार्यद्वारा, “सामर्थी चिन्हहरू र अचम्मका कामहरूद्वारा” (अन्यजातिहरूको मुक्तिको निम्ति) ठूला-ठूला कामहरू गर्दै हुनुहुन्थ्यो। ख्रीष्टले पावलद्वारा गजबका आश्चर्यकर्महरू गर्नुभयो। पावलले कोरिन्थीहरूलाई यस्तै कुरा गरेका थिए: “म कुनै कुरामा सबैभन्दा मुख्य प्रेरितहरूभन्दा कम छैन। साँच्ची नै प्रेरितका लक्षणहरू तिमीहरूका बीचमा सम्पूर्ण धीरजसाथ चिन्हहरू, अचम्मका कामहरू र सामर्थ्यका कामहरूमा प्रकट गरिएका थिए” (२ कोरिन्थी १२:११-१२)। यो ख्याल राख्नुहोस् कि यी चाहिँ “प्रेरितका लक्षणहरू” थिए (साथै तुलना गर्नुस् प्रेरित २:४३; ५:१२)। पहिलो शताब्दीको मण्डलीमा समेत आश्चर्यकर्महरू गर्ने सामान्यतयाः प्रेरितहरू नै हुन्थे। यी आश्चर्यकर्महरू सबै विश्वासीहरूले गर्दैनथे। प्रेरितहरू जब बितेर गए, प्रेरितका चिन्हहरू पनि उनीहरूसितै बितेर गए। यी सुरुका चिन्हरूपी आश्चर्यकर्महरूको उद्देश्य हिब्रू २:३-४ मा प्रस्तुत गरिएको छ। आश्चर्यकर्महरूले प्रेरितहरूको सन्देशलाई समर्थन गरे र साँचो प्रमाणित गरे। प्रायः “अनपढ र अशिक्षित” (प्रेरित ४:१३) भनी बयान गरिएका प्रेरितहरूको आफ्नै योग्यता केही थिएन। तसर्थ परमेश्वरले तिनीहरलाई यस्ता योग्यताहरू दिनुभयो जोचाहिँ अतिदर्शनीय थिए र उल्लेखनीय थिए अनि तिनले प्रेरितहरूको सन्देश परमेश्वरबाट आएको हो भन्ने कुरा जनाए।

आज, प्रेरित-पश्चातको युगमा, सुसमाचार प्रचारका निम्ति चिन्हरूपी आश्चर्यकर्महरू आवश्यक छैनन्। परमेश्वरले हामीलाई आफ्नो पूर्ण वचन (६६ पुस्तकहरू) ले र आफ्नो सामर्थी आत्माले र परमेश्वरको सारा हातहतियारले (एफेसी ६:१०-१८) सुसज्जित पार्नुभएको छ। हामीलाई अरू के कुरा चाहिन्छ र? सुसमाचार प्रचारको निम्ति “चिन्हहरू र आश्चर्यकर्महरू” आज पनि आवश्यक छन् भनेर सिकाउनेहरू (कथित “पावर इभान्जेलिज्म”) देखि होसियार हुनुहोस्। आज हामीसँग कुनै प्रेरितहरू छैनन्, न ता हामीसित प्रेरितका चिन्हहरू नै छन्, तर हामीसित प्रेरितका शिक्षाहरू छन् जसलाई हामीले यत्नसित प्रचार गर्नुपर्छ र सिकाउनुपर्छ। जब त्यसलाई आत्माको सामर्थ्यमा प्रचार गरिन्छ तब स्वर्गकै सम्पूर्ण असीम सामर्थ्यसहित परमेश्वर स्वयंले आफ्नो वचनलाई समर्थन गर्नुहुनेछ र त्यसको पछाडि उभिनुहुन्छ।

ख्रीष्टले पावलद्वारा गर्नुभएका आश्चर्यकर्महरू के कस्ता थिए?

    • प्रेरित १३:६-१२ — टुन्याहा एलिमास अन्धापनाले प्रहार गरिए
    • प्रेरित १४:१-३ — उनीहरूको हातहरूबाट चिन्हहरू र आश्चर्यकर्महरू भए
    • प्रेरित १४:८-१० — जन्मैदेखिको लङ्गडो तुरुन्तै निको पारियो
    • प्रेरित १६:६-१८ — एउटी युवतीबाट दुष्ट आत्मा हटाइयो
    • प्रेरित १६:२५ आदि — झ्यालखानाबाट अलौकिक छुटकारा गरियो
    • प्रेरित १९:११-१६ — धेरैजना निको पारिए र दुष्टात्माहरू निकालिए

यी आश्चर्यकर्महरूले कस्तो नतीजा ल्यायो?

“तब त्यहाँ जे भएको थियो, सो देखीकन प्रभुको शिक्षाले चकित भएर ती अञ्चलाधीशले विश्वास गरे” (प्रेरित १३:१२)।

“अनि यो कुरा एफेससमा बस्ने सबै यहूदीहरू र ग्रीकहरूले पनि थाह पाए; अनि तिनीहरू सबैलाई डर भयो, र प्रभु येशूको नामको बढाइ भयो। यसरी परमेश्वरको वचन शक्तिसित बढ्दै गयो र विजयी भयो” (प्रेरित १९:१७,२०)। परमेश्वर-केन्द्रित सुसमाचार प्रचार “परमेश्वरको आत्माको सामर्थ्यमा” गरिनुपर्छ। परमेश्वरको काम परमेश्वरको तरिकामा र परमेश्वरको सामर्थ्यमा गरिनुपर्छ। “न बलद्वारा, न शक्तिद्वारा, तर मेरो आत्माद्वारा, सेनाहरूको परमप्रभु भन्नुहुन्छ” (जकरिया ४:६)। यस युगमा ख्रीष्टले आफ्नो मण्डली निर्माण गर्दै हुनुहुन्छ (मत्ती १६:१८) जोचाहिँ उहाँको घर हो (१ तिमोथी ३:१५; दाँज्नुस् हिब्रू ३:६)। “परमप्रभुले नै घर निर्माण गर्नुभएन भने ता यसको निर्माण गर्नेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन्; परमप्रभुले नै शहरको रक्षा गर्नुभएन भने पाले व्यर्थमा जागो बस्दछ” (भजनसङ्ग्रह १२७:१)। सुरुका चेलाहरू परमेश्वरको आत्माको सामर्थ्य र निर्देशनमा परिचालित थिए भन्ने कुरा निम्न पदहरूबाट प्रस्ट छ: प्ररित १:८; २:१५-१७; ४:८; ४:३१; ६:५; ७:५५; ९:१७; १३:२,४; १३:५२; १५:२८; १६:६।

रोमी १५:१९

“यरूशलेमदेखि…इल्लुरिकुमसम्म” (पद १९) — पावलको मिसनरी परिश्रमको सिमानाहरू यिनै हुन्। उनको परिश्रम कहाँसम्म पुगेको थियो? दक्षिण-पूर्वी सिमाना चाहिँ यरूशलेम थियो; उत्तर-पश्चिमी सिमाना चाहिँ इल्लुरिकुम थियो जुनचाहिँ म्यासिडोनिया र अखैयाको उत्तर र पश्चिमपट्टि थियो। यी दुई सिमानाहरू बीचको दूरी करिब २२०० किलोमिटर थियो (स्मरण होस् पावलको सेवकाइ केवल सीधा रेखामा सीमित थिएन तर उक्त भू-भागको “चारैतिर” सम्म पुगेको थियो)!। प्रेरितको पुस्तकले इल्लुरिकुम पुगेको यात्रालाई उल्लेख गरेको छैन। तर उक्त यात्रा प्रेरित २०:१-२ को समयमा पूरा भएको हुन सक्छ अथवा पावल आफू कोरिन्थमा अवस्थित भएको बेलामा त्यहाँ गएको हुन सक्छ जुन कोरिन्थमा हुँदा नै रोमीहरूलाई यो पत्र लेखिएको थियो। पावलले कोरिन्थबाट रोमीहरूलाई यो पत्र आफ्नो तेस्रो मिसनरी यात्राको अन्ततिर लेखेका हुन्। पावलको काम सतही थिएन, गहिरो थियो। उनले परमेश्वरले उनलाई दिनुभएको कामलाई पूरा गरे। उनले आफ्नो काम फत्ते गरी छाडे।

पावलले ख्रीष्टको सुसमाचार “पूरा प्रचार गरे”; अक्षरशः उनले सुसमाचारपूरा गरे (भर्नु, भरिएको बनाउनु, पूरा गर्नु, सम्पन्न गर्नु)। यो शब्द बप्तिस्मा दिने यूहन्नाको सम्बन्धमा प्रयोग भएको छ जसले “आफ्नो (जीवनको) दौड पूरा गरे” (प्रेरित १३:२५)। उनले उसलाई परमेश्वरबाट दिइएको कामलाई पूरा गरे। पावलले आफ्नो सुसमाचारीय काम पूरा गरे। परमेश्वरले उनलाई निर्देशित गर्नुभएका सबै ठाउँहरूलाई उनले ख्रीष्टको सुसमाचार विश्वासयोग्यसाथ घोषणा गरे। उनी मण्डली सुरु गर्ने वा स्थापना गर्ने व्यक्ति थिए। जसरी पावलले कोरिन्थीहरूलाई भने, “मैले रोपें” (१ कोरिन्थी ३:८), अरूहरूले पानी लगाए। रोप्नेले आफ्नो रोप्ने काम गर्छ र त्यसपछि अर्को ठाउँमा सरेर जान्छ। पावलले विश्वासयोग्यसाथ रोपिसकेपछि उसले भन्न सके, “अब यी इलाकाहरूमा कुनै ठाउँ नरहेको हुनाले” (रोमी १५:२३)। रोमी १५ का बाँकी पदहरूमा बयान गरिएअनुसार पावल अर्को ठाउँमा सर्ने बेला भएको थियो।

पावलले जुन सुसमाचारीय सेवकाइ पूरा गरे त्यो सतही वा थोरै गहिराइको थिएन। उनको सन्देश न्यूनतम आवश्यकता भन्दा धेरै परसम्म पुग्थ्यो। उनले परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही दिने क्रममा (प्रेरित २०:२४) उनी परमेश्वरको पूरा मनसाय बताउन अठोट गर्थे (प्रेरित २०:२७)। यो त वर्तमान समयको आत्माभन्दा पूरै भिन्न छ; आज केवल न्यूनतम कुराहरू मात्र प्रचार गर्नुपर्छ र विभाजन ल्याउने र अरूलाई चोट पर्ने शिक्षाहरू सिकाउनुहुँदैन भन्ने गरिन्छ। हाम्रा प्रभुले हामीलाई “मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ” भन्नुभयो (मत्ती २८:२०)। पावलको सुसमाचारीय सेवकाइ केवल खँदिलो मात्र थिएन, त्यो उल्लेखनीय गरी प्रभावकारी पनि थियो। उनको तेस्रो मिसनरी यात्राको समयमा एफेससमा पावलको बसाइको अवधि लामो थियो (प्रेरित २०:३१)। यस सेवकाइको असर कस्तो थियो? “अनि यो कुरा दुई वर्षसम्म भइरह्यो; यसो हुँदा एशियामा बस्ने सबैले – दुवै यहूदीहरू र ग्रीकहरूले – प्रभु येशूको वचन सुने” (प्रेरित १९:१०)। “यसरी परमेश्वरको वचन शक्तिसित बढ्दै गयो र विजयी भयो” (प्ररित १९:२०)। पावलले सुसमाचार पूरा गरे। उनले यस्तै अभिव्यक्ति कलस्सी १:२६ मा पनि प्रयोग गर्दछन्। उनको सेवकाइ भनेको “परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई” थियो।

“यसकारण यरूशलेमदेखि, र चारैतिर इल्लुरिकुमसम्म मैले ख्रीष्टको सुसमाचार पूरा प्रचार गरेको छु” (रोमी १५:१९)

“परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई” (कलस्सी १:२६)

दुवै खण्डहरूले अन्यजातिहरूको बीचमा रहेको पावलको सेवकाइको चर्चा गर्दैछन्। दुवै खण्डहरूले सुसमाचारको त्यस पक्षलाई जनाउँदैछन् जोचाहिँ एउटा “रहस्य” थियो जुनचाहिँ बिगतका युगहरूमा लुकाई राखिइएको थियो। यसलाई हामी विस्तृत रूपमा अध्ययन गर्नेछौं जब हामी उक्त रहस्यको पावलद्वाराको प्रकट हुवाइलाई रोमी १६:२५-२६ मा हेर्नेछौं।

रोमी १५:२०-२१

मण्डली स्थापना गर्ने काममा पावलको नीति भनेको त्यस्तो ठाउँमा जानु थियो जहाँ सुसमाचार प्रचार गरिएको छैन। पावल एक अग्रज मिसनरी थिए, बाटो खोल्ने व्यक्ति थिए, मण्डली सुरुकर्ता थिए। उनको नीति २ कोरिन्थी १०:१४-१६ मा पनि प्रस्तुत गरिएको छ। आजकल पावलको यस नीतिलाई बलजफ्ती गर्ने मानिसहरूद्वारा पटकपटक अवहेलना भइरहेको पाइन्छ जब तिनीहरू यस्तो गाउँ वा बस्तीमा मण्डली सुरु गर्न जान्छन् जहाँ पहिल्यै एउटा ठोस किसिमको, बाइबल विश्वास गर्ने, विश्वासीहरूको सुस्थापित मण्डली छँदैछ। यसले शारीरिक प्रतिस्पर्धा र अनावश्यक गडबडी ल्याउँछ जुनचाहिँ नयाँ नियमको नमुनाको बिलकुलै विपरीत कुरा हो। ख्रीष्टको निम्ति दाबी गरिसकिएको इलाकाभित्र यसरी छिर्नु कति खेदजनक कुरा हो जब कि त्यहाँ कति धेरै इलाकाहरू छन् जहाँ सुसमाचारको गवाही बेसरी खाँचो परिरहेको छ!

पद २१ मा पावलले यशैया ५२:१५ बाट उद्दरण गर्छन्, जुन पद त्यस खण्डको ठीक अगाडि रहेको छ जुन खण्ड ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको भविष्यवाणी गर्ने पुरानो नियमकै सबभन्दा महत्त्वपूर्ण खण्ड हो (यशैया ५३)। यहोवाका दुःख भोग्नुहुने सेवकका कारण, सुसमाचारको सन्देश राजाहरू र अन्यजातिहरूकहाँ पुग्न सक्छ, अनि यो कुरा पावलका दिनहरूमा निश्चय पनि पूरा हुँदै थियो (प्रेरित ९:१५ सित दाँज्नुस्)। मुक्तिदाताको नाम कहिल्यै नसुनेकाहरूका लागि हरेक विश्वासीको हृदय उत्तेजित हुन र बोझिलो बन्न सकोस्। अन्यजातिहरूको बीचमा ख्रीष्टको खोजेर नसकिने धनहरूलाई प्रचार गर्नु पावलको लागि सबैभन्दा महान् अवसर थियो (एफेसी ३:८)।

रोमी १५:२२-२४

परमेश्वरको पूर्वदृष्टि र उहाँको अगुवाइमा हिँड्ने क्रममा, पावल रोममा आउनदेखि निरन्तरै रोकिएका थिए (२२ पद, रोमी १:१३ हेर्नुहोस्)। उनी किन रोकिए? यरूशलेमदेखि इल्लुरिकुमसम्म (१९पद) पूर्ण रूपमा प्रचार कार्यको आफ्नो सेवकाइ पूरा नगरेसम्म उनी आउन सक्ने थिएनन्। तर ती इलाकाहरूमा यो कार्यभार पूरा गरेपछि “उनी अब मिसनरी आँखालाई थप टाढाका ठाउँहरूमा फैलाउन स्वतन्त्र थिए” (मूर्रे)। उनले आफ्नो आँखा स्पेनतर्फ लगाए (२४ पद)।

तीन प्रचार-यात्राहरू मार्फत ती इलाकाहरूमा सुसमाचार सुनाएपछि, तिनले अब रोममा गएर विश्वासीहरूलाई देख्ने तृष्णा गरे। धेरै वर्षहरूदेखि पावललाई रोमका जनहरू भेट्ने ठूलो इच्छा थियो र उनले यो इच्छा यस पत्रको सुरुमा पनि प्रकट गरेका थिए (रोमी १:९-१३)। जसरी उनीहरू तिनका निम्ति उत्साह बन्नेथिए (रोमी १:१२), उसरी नै उनी पनि उनीहरूका निम्ति आशिष र उत्साह बन्न चाहन्थे (रोमी १:११)। उनले रगतद्वारा किनिएका ख्रीष्टमा आफ्ना भाइहरू र बहिनीहरूसँगै हुने लालसा गरे (रोमी १५:२४; १ यूहन्ना ३:१४ सित तुलना गर्नुहोस्)।

पावलको मूलभूतउद्देश्यचाहिँ रोम होइन स्पेन जानु थियो। योचाहिँ सुसमाचार प्रचार नगरिएको इलाकामा पुग्ने उनको योजनाअनुसार नै थियो (२०पद)। रोममा सुसमाचार प्रचार गरिएको थियो र त्यहाँ मण्डली राम्ररी स्थापित गरिएको थियो। तर स्पेनतर्फ जाँदा पावलले रोममा विश्वासीहरूलाई सहायता गर्न र उनीहरूद्वारा सहायता गरिनको निम्ति पहिले रोकिने योजना गरे। उनले रोमका जनहरूले उनलाई स्पेनतर्फको यात्रामा परसम्म पुर्याइदिने (उनको यात्राको निम्ति आवश्यक कुराहरूको प्रबन्ध गरिदिने) अपेक्षा गरेका थिए। “त्यसैगरी नै ती दिनहरूमा सुसमाचार “फैलाइन्थ्यो”, हो, र अहिले पनि! किनभने हामी पवित्र जनहरूको यस्तो जमात पाउँदछौं जोहरूले प्रार्थना र दानहरूद्वारा प्रचारकलाई अन्य भूमिहरूमा पठाउँछन्!” (न्यूवेल)।

पावलले रोमीहरूलाई भेट्ने र त्यसपछि स्पेनतर्फ लाग्ने योजना बनाए, तर उनको योजना परमेश्वरद्वाराहेरफेर गर्न सकिने गरी उहाँकै अधीनतामा गरिएको थियो। पावलको यात्रा-तालिका उनको आफ्नो योजना अनुसार भएन। उनी रोममा त आइपुगे, तर स्पेन जानको निम्ति होइन, बरू ज्यानै जानसक्ने जहाज दुर्घटना हुँदै कैदीको रूपमा। पावलले सोचेअनुसार त भएन, तर निश्चय नै पावलका सार्वभौम अगुवाले सोचेअनुसारचाहिँ भयो। त्यसैगरी, हामीले पनि हरेक पटक हाम्रा योजनाहरू र समयतालिकाहरूलाई परमेश्वरको हातमा राख्नुपर्छ, ताकि उहाँले आफ्नै इच्छा अनुसार तिनलाई संशोधन गर्न अथवा रद्द गर्नु सक्नुभएको होस्।

के पावल कुनै समयमा स्पेन पुगे त? बाइबलले हामीलाई जवाफ दिँदैन। बाइबलभन्दा बाहिरका केही लेखहरू छन् जसले उनी स्पेन पुगेको सम्भावित सङ्केत दिन्छन्। “पावलले सारा संसारलाई धार्मिकताको प्रचार गरेपछि पश्चिमको पल्लो छेऊमा गएपछि…” (Clement of Rome, 1 Corinthians V.vii)। “पश्चिमको पल्लो छेऊ” भन्नाले सम्भवत: यूरोपको पश्चिमी भागहरूलाई देखाउँछ जसले स्पेनलाई पनि पूर्ण रूपमा सङ्केत गर्दछ।

रोमी १५:२५-२६

रोमको बाटो भएर स्पेन जानलाई पावलले यात्रा सुरु गर्नुभन्दा अगाडि, उनले गर्नुपर्ने केही काम थियो। उनले यरूशलेममा भएका यहूदी जनहरूको सेवा गर्नुपर्नेथियो। पावललाई पत्रुस, याकूब र यूहन्नाले अन्यजातिहरूकहाँ जानु अनि गरिबहरू (गलाती २:१०, सायद यरूशलेमका गरिब विश्वासीहरू) लाई कहिल्यै नभुल्नु भनी भनेको कुरालाई उनले बिर्सेनन्। यी विश्वासीहरू निकै गरिब थिए र उनीहरूलाई सहायताको खाँचो थियो, र म्यासिडोनिया र अखैयाका विश्वासीहरूले आफ्नो तर्फबाट उदार रत्यागी हृदयलेदिएका थिए। यरूशलेमका जनहरूलाई दिनको निम्ति पावलले म्यासिडोनिया र अखैयाका विश्वासीहरूलाई उत्साह दिएको मुख्य भूमिकालाई यहाँ उल्लेख गरिएको छैन (१ कोरिन्थी १६:१-४ र २ कोरिन्थी ८-९ अध्यायहरू पढ्नुहोस्)।

यरूशलेमका विश्वासीहरू किन यस्तो खाँचोमा परेका थिए? हामी जान्दछौं कि मण्डलीका सुरुका दिनहरूमा यरूशलेमका यहूदीहरूले आफ्नो सम्पत्तिहरू बेचेर बाँडेका थिए: “अनि विश्वास गर्नेहरू सबै एकैसाथ थिए, र तिनीहरूका सबै थोकहरू साझा थिए। अनि तिनीहरूले आफ्ना सम्पत्ति र सामानहरू बेचेर हरेकलाई खाँचो परेअनुसार ती सबै मानिसहरूलाई बाँडिदिन्थे” (प्रेरित २:४४-४५)। यसको अर्थ, उक्त समयमा पनि त्यहाँ आवश्यकतामा परेका विश्वासीहरू थिए। त्यति धेरै जनाको गरिबीको मूख्य कारणचाहिँ सतावट हुनसक्छ। मण्डली इतिहासमा, विश्वास गर्ने यहूदीहरू उनीहरूको आफ्नै मानिसहरूद्वारा सताइएका छन्, उनीहरूको आफ्नै परिवारद्वारा त्यागिएका छन् र यहूदी समाजबाट निकालिएका छन्। यो कुराको अलिकति पूर्वस्वाद यूहन्ना ९:३४-३५ मा पाइन्छ (जन्मैदेखिको अन्धो मानिस सभाघरबाट निकालिएको थियो; यूहन्ना ९:२२ पनि हेर्नुहोस्)। यो कुराले हामीलाई जब मानिसहरू बाहिर फ्याँकिन्छन्, येशू उनीहरूलाई स्वीकार गर्न पर्खिरहनुभएको हुनुहुन्छ भनी सम्झना गराउँदछ (यूहन्ना ६:३७ पनि हेर्नुहोस्)। विश्वास गर्ने एउटा यहूदी कसरी उसको परिवारबाट त्यागिन्छ भन्ने हृदय-स्पर्शी घटना पढ्न, चार्ली कोल्सन, युद्ध ढोलक बजाउने केटो नामक पुस्तिका हेर्नुहोस्। यरूशलेमका यहूदीहरूमाझ गरिबी आउनुको अर्को कारणचाहिँ प्यालेस्टाइनलाई बेस्सरी असर पार्ने गरी आएको अनिकाल थियो। यस अनिकालको कारणले “चेलाहरूले, हरेकले आफ्नो औकातमुताबिक यहूदियामा बसेका भाइहरूका निम्ति सहायता पठाउने निर्णय गरे” (प्रेरित ११:२७-३०)।

रोमी १५:२७

सङ्कष्टमा परेका यहूदीहरूको निम्ति त्यस्तो भेटी दिन अन्यजाति विश्वासीहरू खुशी थिए। यो काम उनीहरूले स्वेच्छापूर्वक गरे। उनीहरूले वाध्यताले होइन र इच्छुक हृदयले गरे। उनीहरूले २ कोरिन्थी ९:७ अनुसारको मनोभावले दिए।

अन्यजातिहरू यहूदीहरूका ऋणी हुन्। हामी उनीहरूप्रति एकदम ऋणी छौं किनभने “मुक्ति यहूदीहरूबाट छ” (यूहन्ना ४:२२)। हामी उनीहरूप्रति एकदम ऋणी छौं किनभने बाइबल यहूदीहरूबाटको हो। साँच्चै, लूकाबाहेक नयाँ नियमका अन्य सबै लेखकहरू यहूदीहरू नै थिए। हामीहरू यहूदीहरूका ऋणीहरू हौं किनभने उनीहरूको परमेश्वर अब हाम्रो परमेश्वर हुनुभएको छ। उनीहरूको मसीह हाम्रो मसीह हुनुभएको छ! अन्यजातिहरू आत्मिक कुराहरूका भागीदार बनाइएका छन्! अन्यजातिहरूले शारीरिक (भौतिक) कुराहरूमा यहूदीहरूको सेवा गर्नु केवल यथायोग्य कुरा मात्र हो। ठूला आत्मिक आशिषहरू उनीहरूबाट हामीकहाँ आएका छन्। त्यसैले ठूला शारीरिक वा भौतिक आशिषहरू हामीबाट उनीहरूलाई जानु उचित कुरा हो। हामीले हाम्रो यहूदी भाइहरूलाई हर सम्भव तरिकाले सहयोग गर्नुपर्छ। उनीहरूको ईश्वरीय इतिहासको कारणले पनि हामी विश्वास नगर्ने यहूदीहरू प्रति ऋणी छौं, यद्यपि उनीहरूको वर्तमान अविश्वासको कारणले उक्त सम्पत्तिलाई उनीहरूले ठीकसँग प्रतिनिधित्व गरिरहेका छैनन्। संसारमै यहूदीको सबैभन्दा मिल्ने मित्र ख्रीष्टमा विश्वास गर्नेहरू हुनुपर्छ।

रोमी १५:२८-२९

पावलले आफूलाई परमेश्वरको इच्छामनिराख्दैआफ्ना योजना तथा विचार बाँड्छन्।

  1. पहिलो, यहूदी विश्वासीहरूलाई सुरक्षितसाथ दान पुर्याउनु।
  2. ख्रीष्टको सुसमाचारको आशिषको भरपूरीमा रोममा भएका विश्वासीहरूकहाँ आउनु।
  3. स्पेनमा सुसमाचार प्रचार गर्नु (२८पद), र रोमको मण्डलीको सहायताद्वारा त्यहाँ आइपुग्नु।

पावलले कुरा गरेको “फल” भनेको म्यासिडोनिया र अखैयामा भएका अन्यजाति विश्वासीहरूबाट यहूदियाका गरिब जनहरूका निम्ति उदार हृदयलेदिइएको प्रेमको उपहार हो (फिलिप्पी ४:१७ लाई पनि दाँज्नुहोस् जहाँ “फल” शब्दको प्रयोग विश्वासीद्वारा विश्वासीलाई उदार हृदयले दिइएको दानको बारेमा बताउन प्रयोग गरिएको छ)। जुन थोकलाई कसै-कसैले खेर गएको बलिदान भन्छन्, त्यसलाई परमेश्वरले रहिरहने फल ठहराउनुहुन्छ। “कसै-कसैले चारैतिर छर्छ, तर पनि उसको बढ्ती नै हुन्छ” (हितोपदेश ११:२४)।

उनले उक्त दानलाई सफलतापूर्वक र सुरक्षासाथ नपुर्याएसम्म पावलको यरूशलेम तर्फको यात्रा सफल हुनेथिएन। तिनले “यो फल तिनीहरूलाई सुम्पिनुपर्नेथियो” अथवा मोहर (छाप) मार्नुपर्नेथियो। उक्त दान सुरक्षित साथ पुर्याइएपछि र उनीहरूलाई सुम्पिदिएपछि त्यो दानमा मोहर मारियो। दान सङ्कलन कार्य पहिल्यै भइसकेको थियो तर पुर्याइएको थिएन। “छाप” शब्दलाई परमेश्वरको सन्तानलाई सुरक्षितसाथ पुर्याउने सवालमा पनि प्रयोग गरिएको छ। परमेश्वरले हामीलाई पवित्र आत्माद्वारा छाप मार्नुभएको छ (२ कोरिन्थी १:२१-२२; एफेसी १:१३; ४:३०) जोचाहिँ हाम्रो अन्तिम छुटकाराको वैना वा जमानत हुनुहुन्छ। हामीभित्र वास गर्नुहुने आत्माचाहिँ हामी सुरक्षितसाथ परमेश्वरको स्वर्गमा पुर्याइनेछौं भन्ने कुराको निश्चयता (ग्यारेन्टी) हुनुहुन्छ। कसैले पनि त्यो छापलाई तोड्न सक्दैन। पावलले अन्यजाति विश्वासीहरूबाटको उक्त प्रेम-दानलाई सुरक्षित साथ पुर्याउनको निम्ति तिनको आफ्नै शक्ति, समय, बल र आवश्यक परेमा आफ्नै जीवन पनि (प्रेरित २१:१३ हेर्नुहोस्) दिन तयार थिए। परमेश्वर पनि उहाँको आफ्नै व्यक्तित्वमा तेस्रो स्वर्गमा हाम्रो सुरक्षित आगमनको निश्चयता (ग्यारेन्टी) हुनुहुन्छ! हामीहरू पवित्र पारिएका छौं, छाप मारिएका छौं र सुरक्षित पारिएका छौं!

पावलको योजना “तिमीहरूबाट भएर स्पेन” जानु थियो (२८ पद), अर्थात्, रोमीहरूबाट भएर। रोमीहरूको सहयोग र भौतिक सहायताको माध्यमद्वारा उनीहरूले तिनलाई स्पेनमा पुर्याउनेथिए। परमेश्वरका मानिसलाई परमेश्वरको कार्यको निम्ति सहयोग गर्नु परमेश्वरको मण्डलीहरूको विशेष अधिकार हो।

पावल कसरी रोम जानेथिए? “ख्रीष्टको सुसमाचारको आशिषको भरपूरीमा” (२९ पद)। पावलको हृदय परमेश्वरको असल खबरहरूले यति भरिएको र यति आशिषित भएको थियो कि रोमीहरूमा यो भरिएर पोखिनेथियो। रोमीको पुस्तकको चाबी शब्द नै “सुसमाचार” हो। यो पुस्तकको विषयवस्तु “परमेश्वरको सुसमाचार” हो (रोमी १:१)। पावलले केवल सुसमाचार प्रचार मात्र गरेनन्, तर सुसमाचार अनुसार जिए पनि; उनी सुसमाचारमा डुबेका थिए’ उनी “सुसमाचारका निम्ति अलग पारिएका” थिए (रोमी १:१)। कुनै व्यक्तिले पावललाई भेटेर पनि सुसमाचारको आशिषचाहिँ नभेट्न सक्दैनथियो। कुनै व्यक्तिले पावललाई भेट्दा परमेश्वरको असल खबरको बारेमाचाहिँ नसुन्न सक्दैनथियो।

रोमी १५:३०-३३ पावलको प्रार्थनाको बिन्ती

प्रभु येशू ख्रीष्ट र पवित्रआत्माबाट आएको प्रेमद्वारा (गलाती ५:२२), पावलले रोमका विश्वासीहरूलाई उनीसँगै मिलेर प्रार्थनामा कष्ट भोग्नर संघर्ष गर्न बिन्ती गर्दछन्। “संघर्ष” शब्दको अर्थ कुनै प्रतियोगितामा परिश्रम गर्नु, कुस्ती लड्नु, भिड्नु, युद्ध लड्नु भन्ने हुन्छ। यसको अर्थ सशक्त प्रयास गर्नु हुन्छ र अन्य ठाउँमा पावलले प्रार्थनासँग सम्बन्धित गरेर (कलस्सी ४:१२ हेर्नुहोस्) र विश्वासको असल लडाइँ लड्ने विषयमा (१ तिमोथी ६:१२; २ तिमोथी ४:७) उक्त शब्दको प्रयोग गरिएकोछ। बाइबलीय प्रार्थना भनेको सहज अभ्यास होइन (कलस्सी २:१ सँग तुलना गर्नुहोस्)। यसले हाम्रो सर्वोत्तम माग गर्दछ। आज निकै थोरै जनहरूले मात्र प्रार्थनामा परमेश्वरसँग कुस्ती लड्न र कष्ट भोग्न व्यक्तिगत रूपमा अनुभव गरेका छन्। “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्” लूका ११:१ हेर्नुहोस्।

(टिप्पणीको निम्ति: ३० पदमा त्रिएक परमेश्वरको सबै सदस्यहरूको उल्लेख गरिएको छ: प्रभु येशू ख्रीष्ट, आत्मा, परमेश्वर। यो खण्डमा आत्माको फलको पनि उल्लेख गरिएको छ: प्रेम (३०पद), आनन्द (३२पद) र शान्ति (३३ पद)—गलाती ५:२२ सित तुलना गर्नुहोस्)

प्रार्थनाको पहिलो बिन्ती

(३१पद)—यहूदियामा भएका विश्वास नगर्नेहरूको हातबाट उम्कनको निम्ति।

पावल यरूशलेम जाँदाहुँदि उनी ठूलो खतरामा हिँडे (प्रेरित २१:११)। पावलको जीवन कसरी जोगियो भन्ने कुरा उल्लेखनीय छ। पावलले आफूलाई मार्ने निधो गरेका क्रोधले भरपूर यहूदी भीडको बीचमा आफैंलाई भेट्टाए। भीडले यसो भन्दै कराए, “त्यसलाई हटाइदेऊ!” (प्रेरित २१:३६)। “पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!” (प्रेरित २२:२२)। यरूशलेमका ती अविश्वासीहरूको हातबाट पावलले पाएको अचम्मको छुटकाराको बारेमा पढ्नको निम्ति प्रेरित २१-२३ अध्यायहरू हेर्नुहोस्। “विश्वास नगर्नेहरू”—जोहरू अनाज्ञाकारी छन्, अर्थात्, सुसमाचारप्रति अनाज्ञाकारी।

प्रार्थनाको दोस्रो बिन्ती

(३१ पद)—उनको दान पुर्याउने सेवा पूरा होस् र त्यो सेवा पवित्र जनहरूका लागि ग्रहणयोग्य होस् भनेर।

“ग्रहणयोग्य” भन्नाले राम्ररी स्वीकार गरिएको। यही शब्द १६ पदमा पनि प्रयोग गरिएको छ। पावलले यहूदियामा भएका गरिब जनहरूप्रतिको प्रेमको निम्ति आफ्नो मिसन पूरा गर्न चाहन्थे र उक्त दान सधन्यवाद स्वीकार गरिएको देख्न चाहन्थे। पावल कसरी ती यहूदीहरूद्वारा ग्रहण गरिए? प्रेरित २१:१७ हेर्नुहोस्। त्यो भन्दा पनि महत्त्वपूर्ण त यी यहूदीहरूले अन्यजातिहरूको माझमा परमेश्वरले महान् कार्य गरिरहनुभएको कुरालाई महसुस गरे (प्रेरित २१:१९-२०)। अन्यजातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई परमेश्वरले अन्यजातिहरूसँग भेट गर्नुभएको महान् कामप्रति उनीहरू अप्रसन्न भएनन् (प्रेरित १५:१४)।

प्रार्थनाको तेस्रो बिन्ती

(३२ पद)—परमेश्वरको इच्छाद्वारा रोममा आइपुग्नको निम्ति

पावल परमेश्वरको इच्छाद्वारा रोममा त आइपुगे तर उनले योजना गरे अनुसार चाहिँ होइन। मानिसले योजना बनाउँछ तर परमेश्वरले निर्धारण गर्नुहुन्छ। उनी रोमी कैदी भएर बन्धनहरूमा आइपुगे, तर यो परमेश्वरको इच्छामा थियो र “सुसमाचारका प्रगतिका” निम्ति थियो (फिलिप्पी १:१२)। पावल आनन्दसाथ रोममा आइपुगे। रोमका भाइहरूलाई पहिलोचोटि भेट्दा पावलले महसुस गरेको आनन्द प्रेरित २८:१४-१५ मा देख्न सकिन्छ। “ताजा हुनु” को अर्थ विश्राम गर्नु वा कसैको आत्मामा ताजा हुनु हो (थेयर)। यो कृयालाई (उपसर्गको प्रयोग नगरिकन) मत्ती ११:२८ मा प्रयोग गरिएको छ—“म तिमीहरूलाई विश्राम दिनेछु”। “ताजा” शब्दको अर्थको निम्ति १ कोरिन्थी १६:१८; २ कोरिन्थी ७:१३; फिलेमोन ७,२० हेर्नुहोस्। पावल उनीहरूको निम्ति र उनीहरू पावलको निम्ति ताजा तुल्याउने आशिष हुनेथिए।

तिनओटै बिन्तीहरूको जवाफ दिइयो!

पावलले आशिषको वचन दिएर यो अध्यायको अन्त्य गर्दछन् (३३ पद)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १५:९ख-१२

रोमी १५:९ख-१२

 

रोमी १५:९ख-१२

पावल, जो अन्यजातिहरूका निम्ति येशू ख्रीष्टका दास थिए (पद १६), उनले अन्यजातिहरूप्रति परमेश्वरको दया प्रशस्त छ भन्ने देखाउनलाई पुरानो नियमबाट चारओटा खण्डहरू उद्दरण गर्दछन्। यी पुरानो नियमका खण्डहरू हुन् जसले परमेश्वरको कृपा अन्यजातिहरूसम्म तन्किएर पुग्दछ जसको फलस्वरूप उनीहरूको उद्धार हुन्छ भन्ने कुरा दर्शाउँदछ। पावलको तात्पर्य यो हो: के उहाँ यहूदीहरूका मात्र मुक्तिदाता हुनुहुन्छ? के उहाँ अन्यजातिहरूका मुक्तिदाता पनि हुनुहुन्न र? हो, उहाँ अन्यजातिहरूका पनि मुक्तिदाता हुनुहुन्छ (दाँज्नुस् रोमी ३:२९)।

खण्ड #१ — भजनसङ्ग्रह १८:४९ (२ शमूएल २२:५०)
हेर्नुहोस् रोमी १५:९

दाऊदले परमप्रभुलाई जातिजातिहरूका सामु स्वीकार गर्न चाहे। दाऊदले आफ्ना महान् परमेश्वरलाई इस्राएललाई मात्र होइन तर सबै जातिहरूलाई चिनाउन चाहे।

खण्ड #२ — व्यवस्था ३२:४३। हेर्नुस् रोमी १५:१०।

मोशाको गीतमा अन्यजाति राष्ट्रहरूलाई परमेश्वरको जाति (इस्राएल) सँगै आनन्द मनाउनलाई भनिएको छ। सन्दर्भमा परमेश्वरले इस्राएलका शत्रुहरूसित बदला लिनुहुने कुरा र आफ्ना जाति इस्राएलप्रति कृपालु हुनुहुने कुराको चर्चा गरिँदैछ। परमेश्वरले तिनीहरूलाई श्राप दिनुहुनेछ जसले इस्राएललाई श्राप दिनेछ (उत्पत्ति १२:३)। तरैपनि इस्राएललाई आशिष दिने र इस्राएलका परमेश्वरमाथि विश्वास गर्ने अन्यजातिहरू परमेश्वरको दयामा रमाहट गर्न इस्राएललाई साथ दिन सक्छन्। स्मरण होस्, अब्राहामसितको करारका आशिषहरू पृथ्वीका सबै कुलहरूसम्म फैलियोस् भन्ने ध्येय रहेको थियो (उत्पत्ति १२:३)।

खण्ड #३ — भजनसङ्ग्रह ११७:१। रोमी १५:११।

यो सबैभन्दा छोटो भजनमा सबै राष्ट्रहरू र सबै जातिहरूलाई उहाँको महान् कृपाको निम्ति परमप्रभुको प्रशंसा गर्न आज्ञा गरिएको छ।

खण्ड #४ — यशैया ११:१०। रोमी १५:१२।

हजार वर्षीय राज्यसम्बन्धी यस गहकिलो खण्डअनुसार यीशैका विशिष्ट पुत्र, ख्रीष्ट मसीहले राज्यको युगमा दुवै यहूदीहरू र अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ भन्ने कुरा सिक्छौं। त्यस दिन अन्यजातिहरूले उहाँमाथि भरोसा राख्नेछन्।

यहूदीहरूप्रति परमेश्वरको आफ्नो वचनमा सत्य र आफ्ना प्रतिज्ञाहरूमा विश्वासयोग्य देखाउनुहुन्छ। अन्यजातिहरूप्रति परमेश्वर दयामा प्रशस्त देखाउनुहुन्छ!

रोमी १५:१३

धीरज र सान्त्वनाका परमेश्वर (पद ५) आशाका परमेश्वर पनि हुनुहुन्छ। उहाँ नै मेरो आशाको स्रोत हुनुहुन्छ। मेरो आशा उहाँबाट आउँछ। “हे मेरो प्राण, तँ परमेश्वरको मात्र बाटो हेर; किनकि मेरो आशा उहाँबाट नै पूरा हुन्छ” (भजनसङ्ग्रह ६२:५)। हाम्रा विश्वासयोग्य परमेश्वरको व्यक्तित्व र उहाँका प्रतिज्ञाहरू जति उज्याला छन् हाम्रो भविष्य पनि उत्तिकै उज्यालो छ। उहाँले विश्वास गर्नेको हृदयलाई “सारा आनन्द र शान्तिले” भरिदिन सक्नुहुन्छ।

आनन्द र शान्ति ख्रीष्टको हजार वर्षीय राज्यको चरित्र हुनेछ (रोमी १४:१७ अन्तर्गत हाम्रो टिप्पणी हेर्नुस्) जुन बेला उहाँले जातिजातिहरूमाथि राज्य गर्नुहुनेछ। विश्वास गर्ने हृदयमा ख्रीष्टले जब राज्य गर्नुहुन्छ तब यसको आशिषमय प्रतिफल आनन्द र शान्ति हुन्छ। तर विश्वासी जनचाहिँ विश्वास गरिरहेको हुनुपर्छ! विश्वास जरा हो; आनन्द र शान्ति फल हो (गलाती ५:२२ मा हेर्नुस् — “आत्माको फल हो प्रेम, आनन्द, शान्ति”)। विश्वास नगरीकन त्यहाँ कुनै आनन्द वा शान्ति हुँदैन। शरीरअनुसार हिँड्दै गरेको एउटा शारीरिक विश्वासीको निम्ति त्यहाँ कुनै आनन्द वा शान्ति हुँदैन। तर भरोसा गर्ने विश्वासीसित निरन्तर आनन्दको मनोभाव हुनु सम्भव छ (१ थेस्सलोनिकी ५:१६) र उसले एक अविचलित हृदयको शान्ति जान्न सक्दछ (यूहन्ना १४:२७)। साँचो आनन्द र साँचो शान्ति परमेश्वर स्वयंबाट आउने कुरा हुन्। याद गर्नुस्, उहाँले “मेरो आनन्द” (यूहन्ना १५:११) र “मेरो शान्ति” (यूहन्ना १४:२७) को कुरा गर्नुभयो। परमेश्वर आफूले गरिरहनुभएको कुरामा सधैं आनन्दित हुनुहुन्छ अनि यसरी हामीले उहाँको आनन्द र शान्तिको भागीदार हुन पाउँछौं। परमेश्वर कहिल्यै कुनै कुराको बारेमा विचलित हुनुहुन्न अनि हामीले उहाँको शान्तिको भागीदार हुन पाउँछौं यद्यपि हामी एउटा सङ्कष्ट-ग्रस्त संसारमा बाँचिरहेका छौं (यूहन्ना १६:३३)। परमेश्वरको आनन्द र परमेश्वरको शान्तिले भरिएको विश्वासी त्यो हो जो पवित्र-आत्माले भरिएको छ। आनन्द र शान्तिमा पुर्याउने अर्को कुनै बाटो वा मार्ग छैन, केवल “पवित्र आत्माको सामर्थ्यद्वारा” (रोमी १५:१३) मात्र त्यो सम्भव छ।

“प्रशस्त हुनु” एउटा क्रियापद हो जसको माने “एउटा निश्चित अङ्क वा नापभन्दा बढी हुनु हो, अधिक हुनु, प्रशस्त हुनु, चुलिएर पोखिनु” (थेयर)।

विश्वासी जन भित्रपट्टि प्रशस्त भइरहेको बयान

विश्वासी जन आशाले प्रशस्त (रोमी १५:१३)
विश्वासी जन सान्त्वनाले प्रशस्त (२ कोरिन्थी १:५)
विश्वासी जन अनुग्रहले प्रशस्त (२ कोरिन्थी ९:८)
विश्वासी जन आनन्दले प्रशस्त (फिलिप्पी १:२६)

विश्वासी जन बाहिरपट्टि प्रशस्त भइरहेको बयान

विश्वासी जन प्रभुको काममा प्रशस्त (१ कोरिन्थी १५:५८)
विश्वासी जन ख्रीष्टको निम्ति परिश्रममा प्रशस्त (१ कोरिन्थी १५:१०)
विश्वासी जन हरेक असल काममा प्रशस्त (२ कोरिन्थी ९:८)
विश्वासी जन अरूहरूतर्फ प्रेममा प्रशस्त (फिलिप्पी १:९; १ थेस्सलोनिकी ३:१२; ४:९-१०)
विश्वासी जन प्रभुलाई खुशी पार्ने हिँडाइमा प्रशस्त (१ थेस्सलोनिकी ४:१)

आशाका परमेश्वरले विश्वासीलाई आशामा प्रशस्त बनाउन सक्नुहुन्छ:

विश्वासी जन, सबै कुरा मिलेर भलाइ उत्पन्न गर्दछन् र हामीलाई ख्रीष्टको स्वरूपमा ढाल्ने प्रमुख लक्ष्य पूरा गर्दछन् भन्ने कुराको निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ (रोमी ८:२८-२९)। विश्वासी जन सबै कुराहरूमा ख्रीष्ट महिमित हुनुहुनेछ भन्ने कुराको निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ (फिलिप्पी १:२०)। विश्वासी जन यो निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ कि जब ख्रीष्ट देखा पर्नुहुनेछ तब हामी पनि उहाँजस्तै हुनेछौं किनकि हामीले उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौं (१ यूहन्ना ३:२-३)। यो अचम्मको कुरा हो कि हामी आशाले प्रशस्त हुन सक्छौं र चुलिएर पोखिन सक्छौं जब कि हामी एक पटक यसरी बयान गरिएकाहरू थियौं, “आशा नभएका र परमेश्वररहित” (एफेसी २:१२)। त्यो थियो हाम्रो विगतको अवस्था जब हामी बाँचेका थिएनौं तर अब येशू ख्रीष्ट नै हाम्रो आशा हुनुहुन्छ (तीतस १:१)!

रोमी १५:१४

“पूरा निश्चित भएको छु” भन्ने अभिव्यक्ति (जो पावलले रोमी ८:३८; १४:१४; फिलिप्पी १:६; २ तिमोथी १:१२, आदिमा प्रयोग गरेका छन्) को माने विश्वस्त हुनु, ढुक्क हुनु भन्ने हो। रोममा भएका आफ्ना भाइहरू (सङ्गी विश्वासीहरू) को सवालमा त्यहाँ तीनओटा कुराहरू थिए जसको विषयमा पावल निश्चित थिए र विश्वस्त थिए:

१) तिनीहरू भलाइले भरपूर छन् भन्ने कुरामा

“भलाइ” भन्ने शब्द गलाती ५:२२ र एफेसी ५:९ मा पाइन्छ। ती दुवै ठाउँमा त्यो चाहिँ आत्माको फल भएको कुरा उल्लेख छ (यो शब्द पाइने नयाँ नियम तेस्रो र अन्तिम ठाउँ हो २ थेस्सलोनिकी १:११)। यो धेरैपटक पाइने अर्को एउटा ग्रीक शब्द “आगाथोस्” (असल) सित सम्बन्धित शब्द हो। प्रेभु येशूले यो सिकाउनुभयो कि परमेश्वर बाहेक अरू कोही असल छैन (मत्ती १९:१६-१७)। “परमप्रभु भलो हुनुहुन्छ, सङ्कष्टको दिनमा एउटा किल्ला ठहरिनुहुन्छ; अनि जसले उहाँमाथि भरोसा राख्छन्, उनीहरूलाई उहाँ चिनुहुन्छ” (नहूम १:७)। पावल निश्चय गरी जान्दथे कि रोममा भएका विश्वासीहरूभित्र परमेश्वर अन्तरवास गर्नुहुन्छ जो असल हुनुहुन्छ। विश्वासीमा भएको कुनै पनि भलोपन (असलपन) उहाँ र उहाँकै कारण मात्र हो। हामी यदि असल छौं भने यो परमेश्वरको कारण हो। हामी यदि भलाइले भरपूर छौं भने त्यो चाहिँ हामी उहाँले भरपूर भएर हो, उहाँको व्यक्तित्व र उपस्थितिमा रमाइरहेकाले हो।

२) तिनीहरू ज्ञानले भरिएका छन् भन्ने कुरामा

उनीहरू भरिएका थिए र फलस्वरूप उनीहरू भरिएको अवस्थामा रहिरहेका थिए (पूर्णकालिक क्रियापद, perfect tense)। परमेश्वरले यी विश्वासीहरूलाई उहाँ को हुनुहुन्छ र उहाँको इच्छा के हो भन्ने ज्ञानले भरपूर पार्नुभएको थियो। कोरिन्थका विश्वासीहरूको बारेमा पावलले भनेका कुराको हामीलाई सम्झना आउँछ: “म तिमीहरूको विषयमा, येशू ख्रीष्टद्वारा तिमीहरूलाई दिइएको परमेश्वरको अनुग्रहका निम्ति मेरा परमेश्वरलाई सधैं धन्यवाद चढाउँछु, किनकि हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान् बनाइएका छौ – सारा वचनमा र सारा ज्ञानमा” (१ कोरिन्थी १:४-५)। विश्वासी जन किन ज्ञानले भरिएको छ? किनभने ऊ ख्रीष्टले अन्तरवास गरिएको छ जसमा नै “बुद्धि र ज्ञानका सम्पूर्ण सम्पत्तिहरू लुकेका छन्” (कलस्सी २:३)। हामीसित ख्रीष्ट हुनुहुन्छ त्यसैले हामीलाई ज्ञानको कहिल्यै अभाव छैन! “हामीसित ख्रीष्टको मन छ” (१ कोरिन्थी २:१६)। हामीसित जे छ त्यसको फाइदा उठाउनुपर्छ (दाँज्नुस् फिलिप्पी २:५ — “त्यही मन तिमीहरूमा पनि होओस्…”)। हामीसित ठूलो इन्साइक्लोपिडिया होला रे, तर हामी यदि त्यसलाई कहिल्यै प्रयोग गर्दैनौं र त्यसको कहिल्यै फाइदा उठाउँदैनौं भने त्यो सबै ज्ञानको हामीलाई के फाइदा भयो र?

३) तिनीहरू एक-अर्कालाई चेताउनी दिन सक्ने भएका थिए

यो क्रियापद (नूथेटेओ) नयाँ नियममा आठ पटक प्रयोग भएको छ र यसलाई “चेताउनी दिनु” वा “सम्झाउनु” भनेर अनुवाद गरिएको छ। पावलले तीन वर्षसम्म एफेससका विश्वासीहरूलाई दिन-रात आँसुसहित चेताउनी दिए (प्रेरित २०:३१), किनकि भेडाहरूलाई ब्वाँसाहरूदेखि जोगाउनलाई उनी जिम्मेवार थिए। पावलले कोरिन्थीहरूलाई चेताउनी दिए किनकि उनले उनीहरूलाई “प्रिय छोराहरूलाई” जस्तै प्रेम गर्थे (१ कोरिन्थी ४:१४)। पावलको सेवकाइ हरेक मानिसलाई चेताउनी दिनु र हरेक मानिसलाई सिकाउनु थियो ताकि हरेक मानिस ख्रीष्टमा परिपक्क्व (सिद्ध) अवस्थामा प्रस्तुत गर्न सकियोस् (कलस्सी १:२८)। यो चेताउनी र सम्झाउने काम भजनहरू र स्तुतिगानहरू र आत्मिक गीतहरूद्वारा पनि गर्ने गरिन्छ (कलस्सी ३:१६)। प्रभुमा हामीमाथि रहेकाहरू अर्थात् स्थानीय मण्डलीका अगुवाहरूले हामीलाई शिक्षा-चेताउनी दिनुपर्ने जिम्मेवारी बोकेका हुन्छन् (१ थेस्सलोनिकी ५:१२)। बेठीक चाल चल्ने विश्वासीहरूलाई अर्थात् पवित्र शास्त्रहरूको स्पष्ट शिक्षाभन्दा बाहिर हिँड्नेहरूलाई चेताउनी दिइनुपर्छ, सम्झाइनुपर्छ (१ थेस्सलोनिकी ५:१४; २ थेस्सलोनिकी ३:१५)।

चेताउनी दिने सेवकाइको महत्त्वलाई हामीले तुच्छ ठान्ने आँट नगरौं। चेताउनी सकली प्रेमको प्रमाण हो। जुन व्यक्तिले प्रस्टै कुनै खतरा देख्छ र चेताउनी दिँदैन भने उसले प्रेम होइन घृणा देखाउँदैछ। त्यसैले परमेश्वरका जनहरूलाई चेताउनी दिन नसक्नुको पछाडि दुई मध्ये एउटा कारण हो: १) प्रेमको अभाव २) खतराहरू चिन्न नसक्नु। हामी डरपोक पहरेदार कदापि नभएका होऔं (इजिकिएल ३३:६; प्रेरित २०:२६-२७)। चेताउनी दिनु सजिलो छैन तर त्यो आवश्यक छ। रोकथामको औषधी मीठो नलाग्ला तर त्यसले हामीलाई शल्यक्रिया वा मृत्युबाट बचाउन सक्छ। मानिसहरूलाई चेताउनीको कडा डोस चाहिन्छ ताकि उनीहरूले आफ्ना जीवनहरूलाई परमेश्वरको वचनको पक्षतिर सुधारमा लैजाऊन्।

चेताउनी भन्ने कुरा शिक्षण कार्यमा हुनुपर्ने अत्यावश्यक तत्त्व हो, तसर्थ महान् आज्ञा पूरा गर्ने कार्यमा हुनुपर्ने अत्यावश्यक तत्त्व हो (मत्ती २८:२०)। विश्वासीहरूलाई केवल “सकारात्मक” सत्यताहरू मात्र सिकाउनु र चेताउनीहरू नदिनु चाहिँ भेडाहरूलाई ब्वाँसाहरूका निम्तिपोस्याउनु हो जसले बगाललाई बाँकी राख्नेछैनन् (प्रेरित २०:२९-३०)। विश्वासयोग्य बाइबलीय शिक्षामा चेताउनी समावेश हुनैपर्छ। पावलले परमेश्वरको सारा मनसाय बताउन पछि हटेनन् मात्र होइन (प्रेरित २०:२७), उनले बगाललाई तीन वर्षसम्म दिनरात आँसुसित चेताउनी दिन छोडेनन् (प्रेरित २०:३१)। हरेक मानिस ख्रीष्ट येशूमा परिपक्क्व रूपमा उपस्थित गराइने हो भने निरन्तर सिकाउने र चेताउनी दिने सेवकाइ अपरिहार्य छ (कलस्सी १:२८)।

के परमेश्वरका जनहरू खतरारहित छन् र? के हामी सुक्ष्म भ्रमले सङ्क्रमित हुनदेखि टाढा छौं र? के हामी शिक्षागत रूपमा बाटो बिराउनै नसक्ने भएका छौं र? के यस संसारको ईश्वरले हाम्रा मनहरूलाई नियन्त्रण गर्न सक्ने र प्रभाव पार्न सक्ने क्षमता पूरै गुमाइसकेको छ र? हामीले एकअर्कालाई चेताउनी दिनुपर्छ जब हामी दिनहुँ हामीलाई सामना गर्ने खतराहरू देख्छौं। त्यस्तो चेताउनी तथ्यमा आधारित, निर्दिष्ट (specific, किटानसाथ), प्रासङ्गिक (relevant, सम्बद्ध) र व्यक्तिगत हुनुपर्छ। हाम्रा अबाइबलीय र टेढा विचारधाराहरूलाई सुधारिनैपर्छ। पापको सामना गरिनैपर्छ। जताततै दुष्टात्माका शिक्षाहरू भएको यस सङ्कटपूर्ण समयहरूमा, परमेश्वरले धेरैजना विश्वासयोग्य विश्वासीहरू उठाउनुभएको होस् जोहरूले दिनरात आँसुसहित चेताउनी दिन्छन्।

तरैपनि, यी सबैमा समेत खतरा छ! उन्नति र हौसलाबिनाको चेताउनी विफल हुन्छ। भेडाहरूलाई हानि हुन्छ — ब्वाँसाहरूबाट होइन तर भोकमरीबाट। हामी आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनालाई एक-अर्काको चिन्ता गरौं — एक-अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं (हिब्रू १०:२४-२५; कलस्सी ३:१६; एफेसी ४:२९; १ थेस्सलोनिकी ५:१४)।

पावल पूरा निश्चित थिए कि रोमी विश्वासीहरू एक-अर्कालाई चेताउनी दिन सक्ने भएका थिए। यसमा ध्यान दिनुस् कि यो सेवकाइ हामीले एक-अर्काप्रति अभ्यास गर्नुपर्ने रहेछ। मण्डली अगुवाहरूले त्यो गर्नुपर्छ, तर उनीहरूले मात्र होइन। अवश्य पनि अगुवाहरूले पुलपिटबाट चेताउनी दिनुपर्छ, तर यो यस्तो कुरा हो जो सबै स्वस्थ विश्वासीहरूले गरिरहनुपर्छ। त्यसबेला रोमी विश्वासीहरूका बीचमा कुनै पनि प्रेरित सेवकाइ गरिरहेका थिएनन् तरैपनि तिनीहरू एकअर्कालाई चेताउनी दिन सक्ने भएका थिए।

रोमी १५:१५-१६

पद १५ मा पावलले रोमीहरूलाई लेख्दै गरेका पत्रको चर्चा गर्दैछन्: “भाइहरूहो…धेरै साहसिलो भएर मैले तिमीहरूलाई कुनै-कुनै विषयमा लेखेको छु”। पावलले विश्वासयोग्यसाथ र साहससित परमेश्वरको सुसमाचार अर्थात् परमेश्वरको पूरा मनसाय, उनीहरूलाई प्रस्तुत गरे। उनले वचनमा मिसाउने काम गरेनन्। उनले सत्यलाई चिनी छर्केर मीठो पार्न खोजेनन्। उसले जस्तो हो त्यस्तै बताइदिए। उनले तिनीहरूदेखि कुनै पनि त्यस्तो कुरा बाँकी राखेनन् जो उनीहरूको आत्माको लागि फाइदाजनक थियो (प्रेरित २०:२० सित तुलना गर्नुस्)। उनी परमेश्वरको वचनका विश्वासयोग्य प्रचारक थिए।

पावलले उनीहरूलाई याद दिलाए (अक्षरशः “मनमा फेरि पुनःसम्झना गराए”)। उनले रोमीहरूलाई उनीहरूले जानिसकेका सत्यताहरूको पुनःसम्झना गराए। हामीले जानेकै सत्यताहरू पनि फेरि सम्झनामा ल्याइनु आवश्यक छ र हृदय र मनमा ताजा राखिनु आवश्यक छ।

ख्रीष्टका प्रेरित भएर सेवा गर्ने क्रममा पावल, उसलाई दिइएको परमेश्वरको अनुग्रहको आफू ऋणी भएको कुराप्रति, सधैं संवेदनशील थिए। निम्न खण्डहरूले पावललाई दिइएको अनुग्रहलाई जोड दिन्छन् जुन अनुग्रह उनलाई सेवाका निम्ति दिइयो: रोमी १२:३; १ कोरिन्थी ३:१०; गलाती २:७-९; १ तिमोथी १:१२-१४ र एफेसी ३:६-१२। सेवाका निम्ति परमेश्वरको अनुग्रहमाथिको जोडको सबभन्दा सुन्दर सारांश १ कोरिन्थी १५:१० मा छ — “तर म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरूले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो”। जसरी भजन लेखकले व्यक्त गरेका छन्, “ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु!” पावलले आफ्नो सेवकाइलाई परमेश्वरबाटको एउटा अनुग्रहपूर्ण उपहारको रूपमा देख्थे र त्यसका निम्ति धन्यवादी थिए यद्यपि त्यससित नाप्न नसकिने दुःखकष्ट जोडिएको थियो (प्रेरित ९:१६)। हामी जो अनुग्रहले बचाइएका छौं, अनुग्रहले नै जिउनुपर्छ र अनुग्रहले नै सेवा गर्नुपर्छ: “यसकारण हल्लन नसक्ने राज्य हामीले पाइरहेका हुनाले आओ, हामी अनुग्रह प्राप्त गरौं, जसद्वारा हामी श्रद्धा र ईश्वरीय भयसाथ परमेश्वरलाई ग्रहणयोग्य सेवा चढाउन सकौं” (हिब्रू १२:२८)।

पावल अन्यजातिहरूका निम्ति येशू ख्रीष्टका सेवक थिए (पद १६), र हामीले यो कुरा याद राख्नुपर्छ कि रोमको मण्डली अधिकांश रूपमा अन्यजातिहरूले बनेको मण्डली थियो। रोमी ११:१३ मा पावलले लेखे, “किनकि म तिमी अन्यजातिअरूसँग बोल्दछु, म अन्यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवाको बढाइ गर्दछु”। गलाती २:६-८ पढ्नुस् जहाँ पत्रुसको सेवकाइ यहूदीहरूपट्टि थियो भने पावलको सेवकाइ अन्यजातिहरूपट्टि थियो। यसको माने पत्रुसको सेवकाइमा अन्यजातिहरूका निम्ति कहिल्यै ठाउँ थिएन भन्ने होइन (प्रेरित १० अध्यायमा कर्नेलियसको घरानाको उदाहरण हेर्नुस्), न ता पावलको सेवकाइमा यहूदीहरूलाई कहिल्यै ठाउँ थिएन भन्ने हो। उनी आफू पुगेको शहरको सभाघरमा धेरैपटक जाने गर्थे र यहूदीहरूलाई ख्रीष्ट प्रचार गर्थे।

पद १६ ले पूजाहारीय सेवाको भाषा प्रयोग गर्दछ। पावलले सेवा गर्थे यस अर्थमा कि उनी एक पूजाहारीले जस्तै कामकुरा गर्थे। जसरी पूजाहारीले परमेश्वरलाई ग्रहणयोग्य बलिदान चढाउनुपर्थ्यो, त्यसरी नै पावलले विश्वास गर्ने अन्यजातिहरूलाई परमेश्वरकहाँ चढाए। जसरी पहिलो लेवीय पूजाहारी हारूनले लेवीहरूलाई प्रभुकहाँ अर्पण गरे “ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गर्न सकून्”, त्यसरी नै आज बाँचिरहेका विश्वासी-पूजाहारीहरूले अन्यजातिबाटका विश्वासीहरूलाई प्रभुकहाँ अर्पण गर्न सक्छन् ताकि उनीहरूले उहाँको सेवा गर्न सकून् (गन्ती ८:१३)। अन्यजातिबाटका विश्वासीहरूलाई उहाँलाई चढाइँदा परमेश्वर खुसी हुनुहुन्छ किनकि यस युगमा “अन्यजातिहरूबाटको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई” (प्रेरित १५:१४) परमेश्वरको योजना रहेको छ। यस युगमा उहाँले यहूदीहरू र अन्यजातिहरूलाई एउटा शरीरमा एक बनाउँदै हुनुहुन्छ (एफेसी २:१३-१७)। अन्यजातिबाटको हरेक नयाँ विश्वासी पवित्र आत्माद्वारा पवित्र गरिएको हुन्छ, उसमा उहाँको अन्तरवास हुन्छ, ऊ परमेश्वरको निम्ति पवित्र र ग्रहणयोग्य बनाइएको हुन्छ। यस पदमा भएको धारणा यशैया ६६:२० बाट लिइएको हुन सक्छ जहाँ “सबै जातिहरूको बीचबाट” का मानिसहरू परमेश्वरकहाँ ल्याइने कुरा उल्लेख गरिएको छ (अनि पद १८ पढ्नुस् जहाँ “सबै जातिहरू” लाई आशिषको प्रतिज्ञा गरिएको छ।) हामी विश्वासी-पूजाहारीहरू भएको हैसियतले अनमोल आत्माहरू उहाँकहाँ ल्याउन हामीलाई परमेश्वरले प्रयोग गर्नुभएको होस् भनेर प्रार्थना गरौं ताकि परमेश्वरमा चढाइएका नयाँ विश्वासीहरू पवित्र आत्माद्वारा ग्रहणयोग्य र पवित्र तुल्याइएका होऊन्।

“ख्रीष्टको सुन्दरता देखियोस् आत्मा जित्ने प्रयासमा माध्यम भूली देखून् सबले केवल येशूलाई!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १५:१-९(क)

रोमी १५:१-९(क)

 

रोमी अध्याय १५

रोमी १५:१

यस अध्यायमा पावलले कमजोर भाइप्रति बलिया विश्वासीहरूको जिम्मेवारी देखाउँदै रोमी १४ अध्यायकै विषयमा अझै चर्चा गर्दैछन्। सायद यो अध्याय विभाजनलाई खेदजनक मान्नुपर्छ, किनकि रोमी १४ अध्यायको अन्तिम भागले रोमी १५ अध्यायको सुरुको भागलाई बुझ्न हामीलाई मद्दत दिन्छ। (अध्याय विभाजनहरू पछि थपिएका हुन्, ती परमेश्वरको प्रेरणायुक्त मौिलक रचनामा थिएनन्)।

पावलले विश्वासमा बलियाहरूको जिम्मेवारीलाई अघि सार्छन्। “हामी बलियाहरूले” — पावलले आफैलाई पनि बलियाहरूमध्ये गन्छन्। “पर्दछ” भन्नु “गर्नैपर्छ, हाम्रो दायित्व छ” भन्नु हो। यसको मतलब हाम्रो नैतिक दायित्व वा जिम्मेवारी छ। यो नैतिक दायित्व कमजोरप्रति रहेको छ। उनीहरूलाई हाम्रो प्रेमको दायित्व छ, ऋण छ (रोमी १३:८)। “दुर्बलताहरू” को माने कमजोरीहरू, अक्षरशः “बलको अभाव” भन्ने हुन्छ। क्रियापद “सहनु” को माने “बोक्नु, कुनै भार धान्नु, भारी थेग्नु, धैर्यतापूर्वक सहनु, सहेर बस्नु” हुन्छ। आफ्ना चेलाहरूसितको प्रभु येशूको उदाहरणलाई विचार गर्नुस्। उनीहरू धेरै तवरले कमजोर थिए तर उहाँले उनीहरूको कमजोरीहरूलाई धैर्यपूर्वक सहनुभयो, उनीहरूप्रति धैर्य गर्नुभयो र कोमलतापूर्वक उनीहरूलाई परिपक्क्व बनाउँदै लानुभयो ।

कमजोर विश्वासीप्रति बलियो विश्वासीको जिम्मेवारी:

  1. कमजोर विश्वासीलाई ग्रहण गर्नु, जसरी परमेश्वरले गर्नुभयो (रोमी १४:१,३)
  2. कमजोर विश्वासीलाई तुच्छ नठान्नु (रोमी १४:२)
  3. उसको बाटोमा ठेस लाग्ने कुरा नराखिदिनु (रोमी १४:१३,२०)
  4. “प्रेममा हिँड्नु”, अर्थात् प्रेमबमोजिम हिँड्नु (रोमी १४:१५)
  5. आफ्नो भाइ नष्ट नहोस् भनेर हाम्रा आफ्ना अधिकार तथा स्वतन्त्रतालाई त्याग गर्न तयार हुनु (रोमी १४:१५
  6. ख्रीष्टको शरीरमा शान्तिको पछि लाग्नु (रोमी १४:१७,१९)
  7. कमजोर विश्वासीका निम्ति टेक्ने ढुङगाहरू प्रदान गर्दै उसलाई निर्माण गराउनु, उन्नति गर्नु (रोमी १४:१९)
  8. कमजोर भाइको सामु हाम्रो स्वतन्त्रतालाई घमण्डपूर्वक प्रदर्शनी नगर्नु (रोमी १४:२२)
  9. उसका दुर्बलताहरूलाई धैर्यतापूर्वक सहनु (रोमी १५:१)
  10. आफैलाई खुशी पार्ने काम गरिनरहनु (रोमी १५:१)

बलियो विश्वासीले आफैलाई खुशी पार्ने काम गरिरहनुहुँदैन। यसको मतलब, उसले आफ्नै स्वार्थी इच्छाहरू पूरा गरिरहनुहुँदैन। हाम्रो प्राथमिक वास्ता आफैलाई कसरी खुशी पारूँ भन्ने पट्टि नभएर कमजोर भाइको कसरी उन्नतिको गरूँ भन्ने पट्टि हुनुपर्छ, यद्यपि त्यसो गर्दा व्यक्तिगत बलिदानको आवश्यकता पर्ला र आफैलाई इन्कार गर्नुपर्ला (आफूलाई ‘नाइ’ भन्नुपर्ला)।

रोमी १५:२

आफ्नो छिमेकीलाई खुशी पार्नुपर्ने कर्तव्य र दायित्व हरेक विश्वासीको हो। पावलले यहाँ हामीहरू मानिसलाई खुशी पार्ने खाले मानिसहरू बन्नुपर्छ भनेर सिकाउन खोजिरहेका होइनन्। “किनकि अब म मानिसहरूलाई मनाउँदैछु कि परमेश्वरलाई? अथवा के म मानिसहरूलाई खुशी पार्न खोज्दैछु? किनकि अझै मैले मानिसहरूलाई खुशी पारेको छु भने म ख्रीष्टको दास हुनेथिइनँ” (गलाती १:१०)। मानिसहरूलाई खुशी पार्नेहरू ख्रीष्टलाई खुशी पारिरहेका हुँदैनन् र उहाँको सेवा गरिरहेका हुँदैनन्। मानिसलाई खुशी पार्ने व्यक्तिले वास्तवमा आफैलाई खुशी पारिरहेको हुन्छ। ऊ आफ्नै स्वार्थ र फाइदाको निम्ति मानिसहरूसित राम्रो व्यवहार गर्दछ। यहाँ पावलले चर्चा गरिरहेको “छिमेकीलाई खुशी पार्ने” व्यक्तिले आफ्नै फाइदा खोजिरहेको छैन तर उसले आफ्नो छिमेकीको फाइदा खोजिरहेको छ। ऊ आफ्नो छिमेकीको भलाइको निम्ति व्यक्तिगत बलिदान गर्न तयार छ। यसलाई पावलले १ कोरिन्थी १०:३३ मा थप व्याख्या गरेका छन् — “जसरी म पनि तिनीहरूले मुक्ति पाऊन् भनेर मेरो आफ्नै फाइदा खोज्दिनँ, तर धेरैको फाइदा खोज्दै सबै मानिसहरूलाई सबै कुरामा खुशी राख्दछु”। तुलना गर्नुस् १ कोरिन्थी १३:५ सित — “प्रेमले आफ्नै भलाइ खोज्दैन”। सही मनोभाव यस्तो हुन्छ: “म आफ्नो छिमेकीलाई प्रेम गर्दछु र म उसको भलाइ र उसको फाइदा खोज्दैछु, म उसको निम्ति परमेश्वरकै उच्चतम भलाइ र सर्वोत्तम चाहन्छु। उसको उन्नति भएको ऊ निर्माण गरिएको म चाहन्छु, मेरो तर्फबाट ठूलो व्यक्तिगत बलिदानको आवश्यक्ता किन नपरोस्। यो व्यक्ति आत्मिक रूपमा स्वस्थ र आत्मिक रूपमा धनवान् बनेको म चाहन्छु!”

रोमी १५:३

पावलले अब हामीलाई ख्रीष्टको नमुना प्रस्तुत गर्दछन्। अर्काको भलाइको निम्ति आफैलाई खुशी नपारेको मानिस उहाँजस्तै अर्को नमुना भेट्टाउन सकिँदैन। ख्रीष्टको क्रूसमा जाने काम 0आफैलाई खुशी पार्ने अनुभव थिएन। पावलले भजनसङ्ग्रह ६९:९ बाट उद्दरण गर्दछन् — “किनकि तपाईंको घरको जोशले मलाई खाएको छ; अनि तपाईंलाई निन्दा गर्नेहरूका निन्दाहरू ममाथि परेका छन्”। यी शब्दहरू परमेश्वर पितालाई सम्बोधन गरिएका छन्। ख्रीष्ट आउनुभएको संसार परमेश्वरलाई घृणा गर्ने र परमेश्वरलाई गिल्ला गर्ने संसार थियो। उहाँ पिताको प्रतिनिधि भई आउनुभयो र पितातर्फ लक्षित गिल्ला र घृणाका अभिव्यक्तिहरू उहाँले आफैमाथि लिनुभयो। त्यसैगरी हामी पुत्रका प्रतिनिधि हौं र हामीले उहाँको निन्दा बोक्नुपर्छ (हेर्नुस् हिब्रू १३:१३)। जब आफैलाई खुशी पारूँ कि र अर्काको उन्नति गर्नुको सट्टा स्वार्थ पूरा गर्नपट्टि लागूँ कि भन्ने परीक्षाले घेर्छ, त्यसबेला हामी कलवरी क्रूसको उदाहरण र हाम्रा धन्यको मुक्तिदातालाई विचार गरौं जो सेवा गरिनलाई होइन तर सेवा गर्न र आफैलाई धेरैको छुटकाराको दामको रूपमा अर्पण गर्न आउनुभयो (मर्कूस १०:४२-४५)।

ख्रीष्टले कहिल्यै आफ्नै भलाइ खोज्नुभएन: सारा संसारलाई यो कुरा थाहा छ! “अनि येशूले तिनलाई भन्नुभयो: स्यालहरूका ओडार र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको शिर राख्ने ठाउँधरि छैन” (मत्ती ८:२०)। तरैपनि बिहानको सबेरैदेखि रातको अबेरसम्म, अनि कतिपटक ढिलो रातीसम्म पनि, उहाँको पूरै जीवन अर्काको सेवा गर्नमा व्यवस्त हुन्थ्यो! निरन्तर भीडहरूले उहाँबाट खिँचिरहने कार्य गर्दथ्यो — उहाँको समय, उहाँको प्रेम, उहाँको शिक्षण, उहाँका चङ्गाइ — उहाँमा स्वार्थको एक छेउ पनि छैन भन्ने कुरामा उनीहरू भरोसा गर्न सक्थे भन्ने कुराको सुन्दर प्रमाण त्यो थियो।” — विलियम न्यूवेल

रोमी १५:४

बलियाहरू यदि कमजोरहरूप्रति जस्तो हुनुपर्छ त्यस्तो हुने हो भने (पद १-२) उनीहरूसित ख्रीष्टको मन हुनु आवश्यक छ (पद ३)। ख्रीष्टको मन हुने एउटै उपाय भनेको पवित्रशास्त्रहरू बुझेर हो, ती कुराहरू जो “पहिल्यै लेखिए” । यी कुराहरू हाम्रा निम्ति लेखिएका हुनाले हामी कति धन्यवादी हुनुपर्छ:

“तर येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा जीवन पाओ भनी यीचाहिँ लेखिएका हुन्” (यूहन्ना २०:३१)

“मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु — तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस्, र परमेश्वरको पुत्रको नाममा तिमीहरूले विश्वास गर” (१ यूहन्ना ५:१३)।

“कि उहाँले विशेष हाम्रा निम्ति यसो भन्दै हुनुहुन्छ? हो, जोत्नेले आशासित जोत्नुपर्छ, र आशासित अन्न झाँट्नेले उसको आशाको भागीदार हुनुपर्छ भनेर हाम्रा निम्ति नै यो लेखिएको हो” (१ कोरिन्थी ९:१०)।

“अब उदाहरणका निम्ति यी सबै कुराहरू तिनीहरूमाथि आइपरे, र हाम्रै चेताउनीका निम्ति लेखिएका हुन्, जसमाथि संसारका अन्तहरू आइपुगेका छन्” (१ कोरिन्थी १०:११)।

परमेश्वरको वचन हाम्रै निम्ति हो! प्रिय पुस्तक! परमेश्वरले हामीलाई अन्धकारमै छोड्नुभएको छैन। परमेश्वरले हामीलाई निर्देशन बिना छोड्नुभएको छैन। परमेश्वरले हामीलाई सान्त्वना र आशा बिना छोड्नुभएको छैन। परमेश्वरले हामीलाई कम्पास र नक्सा बिना छोड्नुभएको छैन। परमेश्वरले हामीलाई उहाँको महिमाको निम्ति वर्तमान समयमा यस संसारमा कसरी जिउन सक्छौं भनेर निश्चित निर्देशनहरू दिनुभएको छ। यी कुराहरू हाम्रा निम्ति लेखिएका हुन्, हाम्रै शिक्षाका निम्ति (पद ४), हाम्रो निर्देशनको निम्ति, हाम्रो शिक्षणको निम्ति, ताकि हामी सिकाइएका हौं। दाँज्नुस् २ तिमोथि ३:१६ — “सबै पवित्रशास्त्र शिक्षाका निम्ति लाभदायक छन्।”

यस पदले देखाउँछ कि पवित्रशास्त्रले एउटा विश्वास गर्ने हृदयलाई दुईटा कुरा प्रदान गर्दछ — धैर्य र सान्त्वना: “हामीले धीरज र पवित्र शास्त्रबाटको सान्त्वनाद्वारा आशा पाउन सकौं भनेर”। धैर्य र सान्त्वना आउने पवित्रशास्त्रहरूबाट हो। पवित्रशास्त्रहरू धैर्य र सान्त्वनाका स्रोत हुन्। धैर्य भन्नाले ठूलो सङ्कटहरू र परीक्षा र कष्टका बीच सहने शक्ति, लागिरहन सक्ने क्षमता भन्ने बुझिन्छ। अक्षरशः यसको माने हो “मुनि रहनु”, यसैले यसको अर्थ हो जीवनका कठिन परीक्षाहरूका बीच स्थिर रहनु। सान्त्वना भन्नाले हौसला भन्ने बुझिन्छ। पवित्रशास्त्रले जो विश्वासीको मन भिजेर रहेको छ र जसका विचारहरू परमेश्वरको वचनमा डुबेको छ उसले यस स्रोतबाट सबैभन्दा कठिन परिस्थितिहरूमा समेत परमेश्वरप्रति विश्वासयोग्य रहन र लागिरहन हरेक प्रकारको उत्साह प्राप्त गर्नेछ। यसको प्रतिफल के हुन्छ त? “आशा पाउन सकौं भनेर”! पवित्रशास्त्रहरूको माध्यमद्वारा हामी सबैभन्दा ठूला कठिनाइहरूमा समेत परमेश्वरमा भरोसा गर्न लागिरहन उत्साह पाउँदछौं यस्तो ठूलो प्रतीक्षा र निश्चित आशाका साथ कि परमेश्वरले सफलतापूर्वक हामीलाई पार गराउनुहुनेछ र भविष्य केवल उज्यालो मात्र हुन सक्नेछ!

दौडको चित्रण: ख्रीष्टिय जीवनलाई दौडसित तुलना गर्ने गरिएको छ (हिब्रू १२:१-२; १ कोरिन्थी ९:२४; २ तिमोथी ४:७)। दौड दौडने क्रममा त्यहाँ केही कठिनाइहरू हुन्छन् र परीक्षा र बाधा-अड्चनहरू हुन्छन् जसलाई हामीले बाटोमा सामना गर्नुपर्ने हुन्छ। तरैपनि, जतिसुकै गाह्रो किन नहोस् वा हाम्रो ज्यान जतिसुकै लखत्रान किन नहोस् हामी दौडमा दौडिरहनैपर्छ। हामीले छोड्नुहुन्न (धैर्य, दाँज्नुस् हिब्रू १२:१), सहनुपर्छ, लागिरहनुपर्छ। हामीले हार खानुहुँदैन। हामीले दौड पूरा गर्नैपर्छ। बाटो अगाडि बढ्दै गर्दा हामीले सान्त्वना र हौसला पाउँछौं। दर्शकहरूले हामीलाई उत्साह देलान्, हामीलाई फेरि सुरुमा जस्तै जोश प्राप्त हुन सक्छ, अनि सबभन्दा महत्त्वपूर्ण कुरा त हामीले उहाँलाई सम्झना गर्नुपर्छ जसले सफलतापूर्वक दौड पूरा गरिसक्नुभएको छ (हिब्रू १२:२)। अझ हामी निशानाको ठूलो आशा र निश्चित प्रतीक्षासहित दौडनुपर्छ। त्यहाँ हामीलाई पर्खिरहेका आनन्दहरू र आशिषहरू हामी जान्दछौं, अनि दौड पूरा गरेपछि “स्याबास!” भनिएको सुन्न पाउने ठूलो प्रतीक्षासित हामी अगाडि हेर्दछौं। यसरी धैर्य र सान्त्वनाद्वारा हामीसँग आशा (खुशीको प्रतीक्षा) हुन सक्छ।

रोमी १५:५

पद ४ मा परमेश्वरको वचन धैर्य र सान्त्वनाको स्रोत भएको कुरा उल्लेख छ।
पद ५ मा परमेश्वर स्वयं नै धैर्य र सान्त्वनाको स्रोत भएको कुरा उल्लेख छ।

मैले कसरी धैर्य (कठिन परीक्षाहरूमा सहनशीलता) र सान्त्वना (कठिनाइहरूका बीच हौसला) पाउन सक्छु? म सबै सान्त्वनाका परमेश्वरमा रहिरहनुपर्छ र उहाँको वचन मभित्र रहन दिनुपर्छ (यूहन्ना १५:७)।

पद ४ मा चाबी शब्दहरू धैर्य, सान्त्वना र आशा हुन्। पद ५ मा परमेश्वरलाई धैर्यका परमेश्वर र सान्त्वनाको परमेश्वर भनिएको छ। पद १३ मा उहाँलाई आशाको परमेश्वर भनिएको छ। यही महान् परमेश्वरले उहाँका विश्वासी जनहरूलाई एकै मनको हुन, एउटै विचार राख्न, सहमतमा हुन, एकमत हुन प्रदान गर्नुभएको होस्। नयाँ नियमका निम्न पदहरूले विश्वासीहरूलाई एकै मनको हुन अर्ती दिन्छन्: २ कोरिन्थी १३:११; फिलिप्पी २:२ र दाँज्नुस् पद ५; फिलिप्पी ३:१४,१६; ४:२; रोमी १२:१६।

विश्वासीहरूलाई एउटै मनको हुन कसरी सम्भव छ? हामीहरू कसरी उस्तै विचार राख्न सक्छौं? हामी कसरी एकमत हुन सक्छौं। यसको चाबी रोमी १५:५ को अन्तमा भेटिन्छ — “येशू ख्रीष्ट अनुसार”। हाम्रो विचार उहाँको विचारसित मेल खानुपर्छ। उहाँ नै मानदण्ड हुनुहुन्छ।

दृष्टान्त: लमाइको नापको सम्बन्धमा त्यहाँ एउटा मानदण्ड हुन खाँचो छ। एक फुट (१२ इञ्च) भनेको कति लामो हो? एक फुट कति लामो हुन्छ भन्ने सवालमा हामी सबैजना कसरी समहतमा आउन सक्छौं? एक फुट कति लामो हुनुपर्छ भन्ने सवालमा हामी हरेकको आ-आफ्नै धारणा हुन सक्छ। अथवा यदि हामीले एक फुट भनेको एक वयस्कको पैतलाजत्तिकै लामो हुनुपर्छ भन्ने निर्णय गर्यौं भने कोहीकोही वयस्कहरू, जस्तै बास्केटबल खेलाडीहरूका पैतलाहरू ठूलो र लामा हुन्छन् जब कि अरूका साना र छोटा हुन्छन्। तर खुसीको कुरा त्यहाँ एउटा मानदण्ड छ जसको सम्बन्धमा हामी सबैजना सहमत हुन सक्छौं, ठ्याक्कै कति हो एक इञ्च लामो भनेको, एक फुट भनेको र एक गज भनेको। एक फुटको लमाइ संयुक्त राज्य अमेरिकाको नेशनल ब्यूरो अफ स्ट्याण्डर्डस नाम गरेको संस्थाले निर्धारण गरेको लमाइ हो। विश्वासीहरूले कसरी विचार गर्नुपर्छ भन्ने कुराको सम्बन्धमा भने येशू ख्रीष्ट नै मानदण्ड हुनुहुन्छ। हामी यदि एकै मनको हुने हौं भने हामीसित उहाँको मन हुनुपर्छ (फिलिप्पी २:२,५)। हाम्रो विचार उहाँको विचारसित मेल खानुपर्छ अनि उहाँको विचार परमेश्वरको वचनमा प्रकट गरिएको छ। म यदि तपाईंसित सहमत हुने हो भने हामी दुवैजना ख्रीष्टसित सहमत हुनु खाँचो छ। यदि म ख्रीष्टसित असहमत छु वा तपाईं ख्रीष्टसित असहमत हुनुहुन्छ भने वा हामी दुवैजना ख्रीष्टसित असहमत छौं भने हामी एकै मनका हुनेछैनौं। अनि यदि हामी परमेश्वरको मानदण्डसित असहमत छौं भने हामी दुईजना एकअर्कासित सहमत हुनुको महत्त्व के नै हुन्छ र? परमेश्वरका जनहरूले येशू ख्रीष्ट र उहाँको वचनसित सहमत हुनलाई हरेक प्रयास गर्नैपर्छ। उहाँले जुन कुरालाई प्रेम गर्नुहुन्छ हामीले प्रेम गर्नुपर्छ, जुन कुरालाई उहाँले घृणा गर्नुहुन्छ हामीले पनि घृणा गर्नुपर्छ, उहाँले जे विचार राख्नुहुन्छ त्यही विचार हामीले राख्नुपर्छ।

विश्वासीहरू एउटै पन्नामा हुनु आवश्यक छ। हामी एकै मनको हुनु पर्ने हो। मानौं सबै विश्वासीहरू आराधना सेवाका लागि जम्मा भएका छन् र भजन गाउने समय आइपुग्दा कुनै भजनको नम्बर अगाडिबाट बताइएन। हरेक विश्वासी आ-आफूलाई जुन भजनमा पल्टाउन मन लाग्छ त्यहाँ पल्टाउँछ र किबोर्ड बजाउने र गितार बजाउने पनि आ-आफूले जहाँ पल्टाउन मन लाग्छ त्यहाँ पल्टाउँछ। हामी अब सबैजना फरक-फरक पन्नामा छौं र अगुवाइ गर्नेले गीत गाउन थाल्न सङ्केत दिन्छ। तपाईं अब कल्पना गर्न सक्नुहुन्छ भजन गाउने यस तरिकाले त्यहाँ कस्तो भद्रगोल स्थिति उत्पन्न हन्छ? त्यो पूरै बेमेल हुन्छ। हामी सबैजना एउटै पन्नामा हुनुपर्छ अनि हामीले निर्देशन चाहिँ परमेश्वरबाट र उहाँको वचनबाट पाउनुपर्छ। परमेश्वर निर्देशक हुनुपर्छ। हामी सबै फरक-फरक चरणहरूमा र तहहरूमा छौं। एकजना ख्रीष्टमा नयाँ बालकै छ, अर्को ऊ भन्दा पाको छ, उसले मुक्ति पाएको र बढ्दै गरेको ५० वर्ष भइसक्यो — जस्तो सुकै किन नहोस्, हामी सबैजना हाम्रा जिउँदो प्रभु र उहाँको वचनमा केन्द्रित हुनुपर्छ र हामीले हाम्रो निर्देशन उहाँबाट पाउनुपर्छ।

रोमी १५:६

“तिमीहरू” बहुवचन शब्द हो। विश्वासीहरूलाई पावलको सन्देश यो थियो: यद्यपि हामीहरू धेरैजना छौं, हामी एकझैं हुनुपर्छ। यद्यपि हाम्रा धेरै मनहरू छन्, हामीहरूको एउटै मन हुनुपर्छ, अँ ख्रीष्टकै मन (फिलिप्पी २:५; १ कोरिन्थी २:१६)। यद्यपि हाम्रा धेरै मुखहरू छन्, हामी एउटै मुखझैं हुनुपर्छ। सबै विश्वासीहरू सबै कुराहरूमा परमेश्वर महिमित हुनुभएको होस् भन्ने एउटै इच्छामा एक हुनुपर्छ। “एउटै मन” भनेको एकमत हुनु, एउटै मनको हुनु हो। प्रेरितको पुस्तकमा यो पटक-पटक सुरुका विश्वासीहरूको सम्बन्धमा प्रयोग भएको छ जोहरू एउटै मन र एउटै हृदयका थिए (प्रेरित १:१४; २:१,४६; ४:२४; ५:१२; १५:२५)। सुरुको मण्डलीका दिनहरूमा विश्वासी जन यदि ख्रीष्ट र उहाँको वचनसित सहमत नभएको पाइएको भए ऊ बेठिक ठाउँमा भएको ठहरिन्थ्यो। प्रेरित ७:५७ मा उही शब्द स्टिफनसका शत्रुहरूको सम्बन्धमा प्रयोग भएको छ जब तिनीहरू “एकै मनका भएर तिनीमाथि झम्टे”। तिनीहरू स्टिफनसको सुसमाचार र उनले प्रतिनिधित्व गरेका ख्रीष्टको विरुद्धमा एकमत थिए।

रोमी १५:७

हामीले भाइहरूलाई ग्रहण गर्नुपर्ने किन हो? किनकि ख्रीष्टले हामीलाई ग्रहण गर्नुभएको छ। मैले अर्को भाइलाई कसरी ग्रहण गरूँ? ठीक जसरी ख्रीष्टले मलाई ग्रहण गर्नुभयो! तुलना गर्नुस् रोमी १४:१,३। परमेश्वरले यदि मलाई आफ्नो परिवारमा र उहाँको शरीर मण्डलीमा स्वागत गर्नुभएको छ भने मैले अर्कोलाई स्वागत गर्न कसरी इन्कार गर्न सक्छु र जसलाई ख्रीष्टलाई स्वागत गर्नुभएको छ? ख्रीष्टले स्वीकार गर्नुभएको व्यक्तिलाई मैले कसरी इन्कार गर्न सक्छु र? नयाँ नियमले निम्न कुराहरू सिकाउँछ:

जसरी ख्रीष्टले मलाई प्रेम गर्नुभयो मैले त्यसरी नै अर्कोलाई प्रेम गर्नुपर्छ (यूहन्ना १३:३४)।
जसरी ख्रीष्टले मलाई क्षमा गर्नुभयो मैले त्यसरी नै अर्कोलाई क्षमा गर्नुपर्छ (एफेसी ४:३२)
जसरी ख्रीष्टले मलाई सहनुहुन्छ मैले त्यसरी नै अर्कोलाई सहनुपर्छ (कलस्सी ३:१३)
जसरी ख्रीष्टले मलाई ग्रहण गर्नुभयो मैले त्यसरी नै अर्कोलाई ग्रहण गर्नुपर्छ (रोमी १५:७)

सारांशमा, “ख्रीष्ट येशूमा जन मन थियो, त्यही मन तिमीहरूमा पनि होओस्” (फिलिप्पी २:५)। म यदि ख्रीष्टसित सहमत छु भने मैले उहाँले जस्तै ग्रहण गर्नेछु, उहाँले जस्तै प्रेम गर्नेछु, उहाँले जस्तै क्षमा दिनेछु, आदि। “ग्रहण” शब्द मेलिटाको टापुमा त्यहाँका आदिवासीहरूले पावललाई दिइएको न्यानो स्वागतलाई बयान गर्न प्रयोग भएको छ (प्रेरित २८:१-२)। साथै यो फिलेमोन १२ र १७ मा प्रयोग भएको छ जहाँ पावलले फिलेमोनलाई उनका भागेर गएका दासलाई तिनी पछिबाट ख्रीष्टमा एक भाइ बनेकाले फेरि स्वागत गर्नलाई उत्साह दिए।

रोमी १५:८

येशू ख्रीष्ट खतनाका (यहूदी जातिका, परमेश्वरका करारगत जनहरूका) एक सेवक हुनुहुन्थ्यो (यसैबाट “डिकन” भन्ने शब्द आउँछ; मत्ती २०:२८, ख्रीष्ट सेवा गर्न आउनुभयो, सेवा गरिनलाई होइन)। हामीले उहाँ पृथ्वीमा आउनुको उद्देश्य बुझ्नुपर्छ:

“तर उहाँले जवाफ दिएर भन्नुभयो: इस्राएलका घरानाका हराएका भेडाहरूँकहाँ बाहेक अरू कसैकहाँ पठाइएको होइन”( मत्ती १५:२४)।

“उहाँ आफ्नैकहाँ आउनुभयो, उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेनन्” (यूहन्ना १:११)।

यहूदीका पितापूर्खाहरू (अब्राहाम, इसाहक, याकूब, दाऊद, आदि) लाई दिइएका प्रतिज्ञाहरू पुष्टि गर्ने उद्देश्यले यहूदीहरूप्रतिको ख्रीष्टको सेवकाइ परमेश्वरको सत्यताका निम्ति थियो।परमेश्वरका प्रतिज्ञाहरू पूर्णरूपमा सत्य छन्, अनि ख्रीष्टले यस तथ्यलाई पुष्टि गर्नुभयो। परमेश्वरले आफ्ना जनहरूलाई एक मसीहको प्रतिज्ञा गर्नुभयो। ख्रीष्ट, यस प्रतिज्ञाको पूरा हुवाइ हुनुभएको नाताले यस प्रतिज्ञालाई पुष्टि गर्नुभयो र परमेश्वर आफ्नो वचनको सम्बन्धमा कति सत्य र विश्वासयोग्य हुनुहुन्छ भन्ने देखाउनुभयो। परमेश्वरले आफ्ना जनहरूलाई मुक्तिको प्रतिज्ञा गर्नुभयो र यस प्रतिज्ञाको सत्यता पूरा भयो जब उहाँले मुक्तिदातालाई पठाउनुभयो! परमेश्वरले आफ्ना जनहरूलाई अगमवक्ताहरूको मुखद्वारा राज्यको प्रतिज्ञा गर्नुभयो अनि परमेश्वरले यस प्रतिज्ञाप्रति आफूलाई विश्वासयोग्य प्रमाणित गर्नुभयो जब उहाँले स्वयं राजालाई पठाउनुभयो जसले यो सन्देश प्रचार गर्नुभयो: “स्वर्गको राज्य नजिकै आएको छ।” परमेश्वर आफ्नो वचनप्रति र आफ्ना प्रतिज्ञाहरूप्रति विश्वासयोग्य हुनुहुन्छ। परमेश्वरका सबै प्रतिज्ञाहरू र बिनाशर्तका करारहरू होआमेन छन् (२ कोरिन्थी १:२०)!

रोमी १५:९क

माथिको दफामा चर्चा गरिएका सबै प्रतिज्ञाहरू यहूदीहरूलाई दिइएका थिए, अन्यजातिहरूलाई होइन। उहाँले मसीह पठाउनुहुनेछ भन्ने कुरा परमेश्वरले यहूदीहरूलाई प्रतिज्ञा गर्नुभयो, तर अन्यजातिहरूलाई त्यस्तो कुनै प्रतिज्ञा थिएन। मुक्तिदाता इस्राएलको घरानाको हराएको भेडाकहाँ पठाइनुभएको थियो, अन्यजातिहरूलाई होइन (मत्ती १०:५-६)। राज्यका प्रतिज्ञाहरू इस्राएलीहरूलाई दिइएका थिए, अन्यजातिहरूलाई होइन। करारहरू (अब्राहामसितको, दाऊदसितको, नयाँ, आदि) इस्राएल जातिसित बाँधिएका थिए, अरू जातिहरूसित होइन।

यहूदीहरूले त्यसैले परमेश्वरकहाँ उहाँका प्रतिज्ञाहरूका आधारमा यसरी पुकार गर्न सक्थे। “प्रभु, तपाईंले जस्तो प्रतिज्ञा गर्नुभएको छ तपाईंले त्यस्तै गर्नुहुनेछ भनेर हामी तपाईंमा भर पर्दैछौं। तपाईंको वचनप्रति वफादार भइदिनुहोस्। आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहोस्। हाम्रा पितापूर्खाहरूसित बाँध्नुभएका तपाईंका करारहरूलाई सम्झना गर्नुहोस्। तपाईंको वचनअनुसार हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्।” तर अन्यजातिहरूले भने यस किसिमको आधारमा परमेश्वरलाई पुकार्न सक्दैनथे। उनीहरूसित दाबी गर्नलाई यस्ता प्रतिज्ञाहरू थिएनन्। परमेश्वर उनीहरूसित कुनै करारले बाँधिनुभएको थिएन। परमेश्वरले उनीहरूलाई कोही मसीह पठाउने प्रतिज्ञा गर्नुभएको थिएन। तब उनीहरूले पुकार गर्ने आधार के थियो त? अन्यजातिहरूले परमेश्वरलाई उहाँको दयाको आधारमा मात्र पुकार गर्न सक्थे: “परमेश्वर हामीप्रति दयालु हुनुहोस्! हामीलाई कुनै प्रतिज्ञा दिइएको छैन र हामी तपाईंको क्रोधबाहेक केही पाउन योग्यका छैनौं। तपाईं एक दयालु परमेश्वर हुनुभएको आधारमा हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्!”

परमेश्वरले आफ्ना प्रतिज्ञाहरू विश्वासयोग्यताका साथ पूरा गर्नुभएकोले र उहाँका करारगत वाचाहरूलाई सम्मान गर्नुभएकोले यहूदीहरूले परमेश्वरलाई महिमा दिन सक्थे। अन्यजातिहरूले चाहिँ परमेश्वरलाई उहाँको दयाका निम्ति महिमा दिन सक्थे: “अन्यजातिहरूले पनि उहाँका दयाका निम्ति परमेश्वरको महिमा गरून्।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १४:१३-२३

रोमी १४:१३-२३

 

रोमी १४:१३

हामी एक अर्कालाई अबदेखि उसो न्याय नगरौं। न्याय गर्ने काम परमेश्वरको हातमा छौडिदिऔं (पद १०)। तपाईंको भाइको न्यायधीश तपाईं होइन, ख्रीष्ट हुनुहुन्छ। भाइको न्याय गर्नुको सट्टा बरु तपाईंले आफ्नो भाइलाई प्रेम गर्नुपर्छ। पावलले यस खण्डमा “ठेस लाग्ने कुरा” को सिद्धान्तलाई प्रस्तुत गर्छन् जसलाई धेरैले “प्रेमको सिद्धान्त” भनेर पनि जनाउने गर्छन्। यस पदमा बताइएको कुरा के हो त्यसमा ध्यान दिनुहोस्: “न्याय नगरौं…तर न्याय (संकल्प) गरौं”। पावलको तात्पर्य यो हो: आफ्नो भाइको न्याय नगरौं बरु आफैलाई न्याय गरौं र आफ्नो भाइको बाटोमा कुनै ठेस लाग्ने कुरा नराखेका हौं भनेर निश्चित गरौं। न्याय गर्नुपर्ने हाम्रो भाइलाई होइन, आफैलाई हो। यो कुरा भजनसङ्ग्रमा पटकपटक दोहोरिएको अभिव्यक्तिसित दाँज्नुस्: “हे परमेश्वर, मेरो न्याय गर्नुहोस्।” ख्रीष्टमा भएको हाम्रो भाइलाई ठक्कर खुवाउने वा हानि गर्ने कुनै पनि कुरा हामीले गरिरहेका छैनौं भन्ने कुरा हामीले निश्चय गरौं। आफ्नो भाइलाई उठाउन खोजौं, उसलाई ढलाउन होइन। उसलाई सहायता गर्न खोजौं, चोट पुर्याउन होइन। उसलाई निर्माण गर्न खोजौं, भत्काउन होइन। आफ्नो भाइको बाटोमा टेक्न मिल्ने ढुङ्गा राखौं, ठेस लाग्ने कुरा होइन।

रोमी १४:१४

यहाँ कुनै पनि कुरा अशुद्ध छैन भनेर बताउँदा पावल मान्छेले खाने खाद्यवस्तुहरूको सन्दर्भलाई लिएर चर्चा गर्दैछन् (पद २,६,१५,१७,२१,२३ हेर्नुस्)। त्यहाँ कति कुराहरू नैतिक रूपमा अशुद्ध हुन्छन् भनेर पावल राम्ररी जान्दथे (जस्तै, पावलले एफेसी ५:३-६; गलाती ५:१९-२१ र कलस्सी ३:५-६ मा लेखेका कुराहरूलाई हेर्नुस्)। यस पदमा पावलको तात्पर्य यो हो: “कुन कुराहरू खान हुन्छ भन्ने विषयमा म जान्दछु र निश्चित छु कुनै पनि कुरा आफै-आफ अशुद्ध छैन।” यस सत्यताको बारेमा पावललाई कसले विश्वस्त बनायो? जवाफ हो, प्रभु येशू ख्रीष्ट आफैले (“म प्रभु येशूमा निश्चित छु”)। “अशुद्ध” भन्ने शब्द यस पदमा तीन-तीन पटक भेटिन्छ। यस ग्रीक शब्दको माने “साधारण” (common) हो र यो अपवित्र वा अशुद्ध कुरालाई जनाउन प्रयोग हुन्थ्यो। यो शब्द प्रेरित १०:१४ मा प्रयोग भएको छ — “तर पत्रुसले भने: कुनै रीतिले हुँदैन, प्रभु; किनकि मैले कहिले पनि कुनै अपवित्र (common) वा अशुद्ध वस्तु खाएको छैनँ”। यहाँ हामी देख्छौं यो शब्द “अशुद्ध” को पर्यायवाची हो। एक असल यहूदी भएकाले, पत्रुसले शुद्ध खानेकुराहरू र अशुद्ध खानेकुराहरूका बीच लेवीय भिन्नताहरू लागु गर्दथ्यो। त्यस अवसरमा परमेश्वरले पत्रुसलाई दिनुभएको जवाफ यो थियो: “परमेश्वरले जसलाई शुद्ध पार्नुभएको छ, त्यसलाई तिमी अपवित्र नभन” (प्रेरित १०:१५)।

पवित्रशास्त्रले यो प्रस्टै सिकाएको कुरा हो, यस वर्तमान मण्डली युगमा विश्वासीहरूले अशुद्ध मान्नुपर्ने त्यस्ता कुनै पनि खानेकुराहरू छैनन्:
“जसले विवाह गर्न मनाही गर्छन् र खानेकुराहरूबाट अलग रहनू भनी आज्ञा गर्छन्; जसलाई विश्वास गर्नेहरू र सत्यलाई जान्नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्वरले सृष्टि गर्नुभयो। किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ, र धन्यवादसाथ लिइयो भने कुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन; किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिन्छ” (२ तिमोथी ४:३-५)।

परमेश्वरले खानेकुरा अशुद्ध छैन भन्नुभएको छ र पावल यसमा सहमत छ: “कुनै पनि कुरा आफै-आफ अशुद्ध छैन” (रोमी १४:१४)। त्यसोभए कुनै कुरालाई अशुद्ध बनाउने केले हो? जब कुनै व्यक्तिले कुनै कुरा अशुद्ध ठान्दछ, तब उसको निम्ति त्यो अशुद्ध हुँदछ! जस्तै उदाहरणको लागि एउटा विश्वासी यहूदी छ जसले अझै यो ठान्दछ उसले लेवी ११ अध्यायमा उल्लेखित लेवीय खानपान सम्बन्धी नियमावलीलाई पछ्याउनुपर्छ। “के मैले सुङ्गुरको मासु खानु हुन्छ? लेवी ११ मा सुङ्गुर अशुद्ध पशु भनेर सूचित छ। यसैले मेरो विवेकले मलाई तिमीले सुङ्गुरको मासु खानु हुँदैन र मेरो निम्ति सुङ्गुरको मासु अशुद्ध हो भन्दछ। मैले सुङ्गुरको मासु खाएँ भने के हुन्छ? मेरो विवेकले मलाई दोषी ठहराउँछ र मलाई भन्छ तिमीले अशुद्ध र साधारण कुरा खानु गलत हो” (प्रेरित १०:१४ मा पत्रुसको अनुभवसित तुलना गर्नुस्)। उक्त विश्वासीले यदि सुङ्गुरको मासु खाँदो हो ऊ आफ्नो विवेकको विरुद्धमा जाने थियो र उसले गलत ठानेको कुरा गरिरहेको हुनेथ्यो। “सुङ्गुरको मासु खानु गलत हो भनेर म जान्दछु तर जेसुकै होस् म त्यो खाइदिन्छु।” यो पाप हो (हेर्नुस् रोमी १४:२२-२३)। यो किन पाप हो? यो किन गलत हो? सुङ्गुरको मासु खानु गलत भएकोले हो त? होइन! हामीले अघिबाटै प्रमाणित गरिसक्यौं यस वर्तमान प्रबन्धमा सुङ्गुरको मासु धन्यवादसित ग्रहण गर्न सकिन्छ (१ तिमोथी ४:३-५)। उक्त व्यक्तिका निम्ति सुङ्गुरको मासु खानु गलत हो किनकि उसले आफूले आफूलाई गलत भनेर विश्वास गरेको कुरालाई खान लगायो।

मेरो हृदय र विवेकमा यदि मैले कुनै कुरा गलत हो भनेर ठान्दछु भने त्यो मैले गर्नु हुँदैन। समय बित्ने क्रममा मैले केही कुरा पुनर्विचार गर्नु पर्ने हुन सक्छ, परमेश्वरको वचनको प्रकाशमा ठीकसँग मैले फेरि सिक्नुपर्ने हुन सक्छ र मैले जुन कुरा गलत छ भनेर ठानेको थिएँ त्यो आखिरमा गलत छैन भनेर मैले पत्ता लगाउनु सम्भव छ। तर यस अध्यायमा पावलले एक कमजोर विश्वासीको चर्चा गर्दैछ जसले यी कुराहरू ख्रीष्टमा आफ्नो हुर्काइको चरणमा बुझेका हुँदैनन्।

रोमी १४:१५

आफूले खाने खानेकुराको कारणले गर्दा तपाईं यदि आफ्नो भाइका निम्ति एउटा ठेस लाग्ने कुरा बन्नुहुन्छ भने तपाईं प्रेममा हिँडिरहनुभएको छैन। यसको माने, तपाईं प्रेम बमोजिम हिँडिरहनुभएको छैन। तपाईं प्रेमको नियम मुताबिक हिँडिरहनुभएको छैन। याद गर्नुस्, प्रेमले उन्नति गराउँछ अर्थात् निर्माण गराउँछ (१ कोरिन्थी ८:१)। परमेश्वरबाटको जे सर्वोत्तम र सर्वश्रेष्ठ छ प्रेमले भाइको निम्ति त्यसैको चाहना गर्दछ। रोमी १४:१५ को एउटा उदाहरण लिऊँ — तपाईं सुङ्गुरको मासु खानुहुन्छ र त्यो खान तपाईंलाई कुनै समस्या लाग्दैन। तपाईंको भाइले चाहिँ सुङ्गुरको मासु खानु गलत हो भनेर ठान्दछ र तपाईंले सुङ्गुर मासु खाएको देख्दछ र आफूलाई भन्दछ, “उसले त्यसो गर्न हुन्छ भने मैले किन नहुने?” ऊ सुङ्गुरको मासु खान अगाडि बढ्छ र खान्छ तर पछिबाट उसलाई दोषको महसुस हुन्छ र उसले जे गर्नुहुँदैन भनेर उसले विश्वास गर्थ्यो त्यो गरेकोमा उसको विवेकले उसलाई दोषी ठहराउँछ। यसरी तपाईंले उसलाई उसले गलत ठानेको कुरा गर्नलाई उक्साउनुभयो। १ कोरिन्थी ८:१० -१३ मा रहेको समानन्तर खण्डसित दाँज्नुस्।

“नष्ट” भन्ने शब्द एउटा ज्यादै कडा शब्द हो। यसको प्रयोग धेरैजसो विश्वास नगर्नेहरूको अनन्त विनाशको सवालमा भएको छ। यसको माने हो, “ध्वस्त स्थितिमा ल्याउनु, नाश हुने बनाउनु।” यूहन्ना ३:१६ मा प्रयोग भएकै शब्द हो यो (“नष्ट”)। पावल भन्दैछन्, “आफ्नो भाइलाई ध्वस्त नपार।” बरु आफ्नो भाइलाई प्रेमको व्यवस्था मुताबिक व्यवहार गर जुन कुरा परमेश्वरले नै दर्शाउनुभएको छ यूहन्ना ३:१६ मा — परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो”। परमेश्वरले ख्रीष्टमा यस भाइलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले सबैभन्दा ठूलो बलिदान दिन इच्छुक हुनुभयो ताकि ऊ अनन्तसम्म नष्ट नहोस्। कलवरी क्रूसको प्रकाशमा के हामी आफ्नो भाइको अलिकति भलाइ होस् भनेर एउटा ज्यादै सानो कुरा (अर्थात् अलिकति सुङ्गुरको मासु) त्याग्न इच्छुक बन्नुपर्ने होइन र? ख्रीष्टले सर्वस्व त्याग गर्नुभयो ताकि यो भाइ अनन्तसम्म नष्ट नहोस्। के मैले सुङ्गुरको अलिकति मासु त्याग्न सक्दिनँ ताकि मेरो भाइ यस संसारको हिँडाइमा खत्तम नहोस्? परमेश्वरलाई विश्वासीहरूको उन्नति कति धेरै महत्त्वपूर्ण रहेछ भन्ने कुराको सङ्केत यस पदले हामीलाई दिएको छ। उन्नति गराउनुको विपरीतलाई बयान गर्दा परमेश्वरले “नष्ट नगर” जस्तो ज्यादै कडा शब्दावली प्रयोग गर्नुहुन्छ। यो शब्द १ कोरिन्थी ८:११ मा पनि यस्तै सन्दर्भमा प्रयोग भएको छ। एउटा विश्वासीको उन्नति गराइएको छैन भने हामीले त्यस कुरालाई हलुका ठान्नुहुँदैन। उसको वर्तमान उन्नति र भलाइ एकदम महत्त्वपूर्ण कुरा हो, नत्रता ऊ “नष्ट” वा “ध्वस्त” हुनेछ।

यो प्रस्ट छ, एक विश्वासीको अनन्त विनाश असम्भव छ। यूहन्ना १०:२८ ले भन्दछ, “अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्; न ता कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ”। अक्षरशः ग्रीकमा व्यक्त गरिएको कुरा यो हो, “सदाको लागि तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्” अथवा “तिनीहरू कहिल्यै, कदापि नष्ट हुनेछैनन्, अहँ कदापि!” विश्वासी जन अनन्तसम्म नष्ट नहोस् भनेर परमेश्वरले पक्का गरिदिनुभएको छ। ख्रीष्टमा हाम्रो भाइ वर्तमान समयको हिँडाइमा नष्ट नहोस् भनेर हामी भएभरको सक्दो गर्नुपर्दछ।

रोमी १४:१६

तपाईंको लागि त्यो खानु “भलाइ” हो। त्यसमा कुनै गलती छैन। जस्तो कि सुङ्गुरको मासु खानुमा कुनै समस्या छैन जहाँसम्म त्यसले कुनै भाइलाई ठेस खुवाउँदैन भने। परमेश्वरको हरेक सृष्टि असल छ र धन्यवादसित ग्रहण गर्न सकिन्छ भनेर तपाईं आफ्नै मनमा विश्वस्त हुनुहुन्छ। खानलाई तपाईं स्वतन्त्र हुनुहुन्छ, तर तपाईंको यो असल स्वतन्त्रतालाई दुरुपयोग नगर्नुहोस्। आफ्नो भाइलाई चोट पर्ने गरी व्यवहार गर्न तपाईं स्वतन्त्र हुनुहुन्न। हामी प्रेम बमोजिम हिँड्नुपर्छ। दाँज्नुस् १ कोरिन्थी ८:१ — “अब मूर्तिलाई बलिदान चढाइएका चीजहरूको विषयमा – हामी जान्दछौं, हामी सबैसँग ज्ञान छ। ज्ञानले घमन्डी बनाउँछ, तर प्रेमले उन्नति गराउँछ”। ज्ञानले भन्दछ, “यो मासु मैले खानु हुन्छ भनेर मलाई थाहा छ किनकि परमेश्वरले १ तिमोथी ४:३-५ मा सो भन्नुभएको छ।” प्रेमले भन्दछ, “मेरो कमजोर भाइको खातिर म यो मासु खाने मेरो आफ्नो अधिकारलाई एकातिर पन्छाउँछु। मेरो क्रियाकलाप उसको लागि वाधा बनेको म चाहँदिनँ।”

रोमी १४:१७

कुन कुरा अत्यावश्यक छ र कुन कुरा कम महत्त्वको छ त्यसको हामी सधैं ख्याल गर्नुपर्छ। एउटा विश्वासी जनले एउटा सङ्गी विश्वासीप्रतिको प्रेमको खातिर सुङ्गुरको मासु खाँदैन भने उसले खासै कुनै अत्यावश्यक कुरा गुमाएको वा त्यागेको छैन। एउटा विश्वासी जनले यदि धार्मिकतालाई गुमाउँछ वा त्याग्दछ भने तब यो एउटा गम्भीर समस्या हो। तपाईंले मासु खानु हुन्छ कि हुन्न महत्त्वपूर्ण छैन। तर, तपाईंसँग परमेश्वरको आनन्द वा परमेश्वरको शान्ति गुमाइरहनुभएको छ भने त्यो त त्यस व्यक्तिको लागि ठूलो चिन्ताको विषय हो जसलाई परमेश्वरले पवित्र आत्माले निरन्तर भरिनलाई आज्ञा गरिएको छ (एफेसी ५:१८ र दाँज्नुस् गलाती ५:२२-२३)। महत्त्वपूर्ण कुरा खानेकुरा होइन तर परमेश्वरद्वारा हुने फल हो।

“परमेश्वरको राज्य”, सामान्य अर्थमा परमेश्वरले जहाँसुकै राज्य गर्नुहुन्छ त्यसलाई जनाउँदछ। भविष्यमा परमेश्वरले वास्तवमै यस पृथ्वीमा राज्य गर्नुहुनेछ। त्यसबेला: धार्मिकता संसारमा एक वास्तविकता बन्नेछ (यर्मिया ३३:१५)
शान्ति संसारमा एक वास्तविकता बन्नेछ (यशैया ९:६-७)
आनन्त संसारमा एक वास्तविकता बन्नेछ (यशैया ६५:१८-१९)। मत्ती २५:२१,२३ ले राज्यभित्र पस्नै लागेकाहरूलाई यसरी सम्बोधन गर्दछ, “प्रभुको आनन्दमा प्रवेश गर।”

आज परमेश्वरले कहाँ राज्य गर्नुहुन्छ? उहाँले विश्वासीहरूको हृदयहरूमा राज्य गर्नुहुन्छ। ख्रीष्ट प्रथम पटक आउनुभयो मानिसको हृदयभित्रको अवस्थालाई ठीक पार्न। ख्रीष्ट दोस्रो पटक आउनुहुनेछ संसारमा भएको अवस्थालाई ठीक पार्न। आज धार्मिकता, शान्ति र आनन्द हाम्रो संसारमा पाइने वास्तविकताहरू होइनन्, तर तिनीहरू आत्माको फलको रूपमा हाम्रो जीवनहरूमा पाइने वास्तविकताहरू बन्न सक्छन् (गलाती ५:२२-२३, “प्रेम, आनन्द, शान्ति”)। के धार्मिकता आत्माको फल हो? एफेसी ५:९ र फिलिप्पी १:११ मा हेर्नुस्।

रोमी १४:१८

“यी कुराहरू” भन्ने शब्दहरूले जनाएका कुरा के हुन्? यी शब्दहरूले हामीलाई अघिल्लो पदमा हेर्न लगाउँछ र यिनीहरूले धार्मिकता, शान्ति र आनन्दलाई जनाउँछन्। हामीले ख्रीष्टको सेवा गर्नुपर्ने कसरी हो? हामीले ख्रीष्टको सेवा धार्मिकताको लेखि जिएर गर्नुपर्छ (१ पत्रुस २:२४), परमेश्वरको शान्ति दाबी गरेर त्यसलाई अपनाएर गर्नुपर्छ (यूहन्ना १४:२७) र परमेश्वरको आनन्दको भरपुरी अनुभव गरेर गर्नुपर्छ (यूहन्ना १५:११)। “मनपर्दो” को माने “ग्रहणयोग्य” वा “खुशी तुल्याउने” हो। विश्वासीहरू आत्माले भरपूर हुँदा (एफेसी ५:१८), आत्माको फल प्रकट गर्दा (गलाती ५:२२-२३) त्यसले परमेश्वरलाई खुशी पार्छ। परमेश्वर यस्तो व्यवहारसित प्रसन्न हुनुहुन्छ र मानिसहरूका सामु समेत यस्तो व्यवहार स्वीकारयोग्य मानिन्छ। यस्तो व्यवहारलाई स्वीकार गर्नु बाहेक उनीहरूले अरू के गर्न सक्छन् र? धार्मिकताको जीवनलाई उनीहरूले कसरी अस्वीकार गर्न सक्छन् र? परीक्षाहरूको बीचमा पनि शान्तिमा रहेको व्यक्तिको विरोधमा उनीहरू कसरी बोल्न सक्छन्? परिस्थितिहरूमा भर नपर्ने किसिमको आनन्दले जब कोही आनन्दित हुन्छ यसको विरुद्धमा उनीहरूले कसरी आपत्ति जनाउन सक्छन् र?

रोमी १४:१९

“पछि लागौं” भन्ने क्रियापदको माने कुनै कुराको पछि दगुर्नु, पिछा गर्नु, लखेट्नु जसरी शिकारीले शिकारलाई लखेट्छ अथवा दौड दौडने व्यक्ति पुरस्कार वा तक्माको निम्ति दौडन्छ। यही क्रियापद शब्द १ तिमोथी ६:११; २ तिमोथी २:२२; फिलिप्पी ३:१२ (“पछि लाग्छु”); फिलिप्पी ३:१४ (“दगुर्छु”) जस्ता खण्डहरूमा प्रयोग गरिएको छ। हिब्रू १२:१४ सित दाँज्नुस् — “शान्तिको पछि लाग” (उही क्रियापद; TBS: “मेलमिलापमा बस्ने प्रयत्न गर”)। जसरी हामीलाई एफेसी ४:३ मा आज्ञा गरिएको छ, हामीले मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर्नुपर्दछ। पावलले पनि अर्काको उन्नति गराउने कामको महत्त्वलाई जोड दिन्छन् जसरी विश्वासीहरूलाई एकअर्काको उन्नति गर्ने जिम्मेवारी दिइएको छ। उन्नति गराउने सम्बन्धमा एउटा चाबी अध्याय १ कोरिन्थी १४ हो। यो अध्याय पढ्नुहोस् र “उन्नति” भन्ने शब्द हरेक ठाउँमा चिन्ह लगाउनुहोस्। त्यसपछि १ कोरिन्थी १४:२६ मा भेटिने सार वक्तव्य पढ्नुहोस्।

रोमी १४:२०

खानेकुराका लागि परमेश्वरको काम नष्ट नगर्नुहोस्! “नष्ट” को माने हो “भत्काउनु, भताभुङ्ग पार्नु” जसरी एउटा पुरानो घरलाई भत्काइन्छ। ग्रीकमा यो “नष्ट” भन्ने शब्द पद १५ को “नष्ट” भन्दा फरक शब्द हो। परमेश्वरको काम के हो? परमेश्वरको काम निर्माण गर्नु हो, उन्नति गराउनु हो। नभत्काउनुहोस् बरु निर्माण गराउनुहोस्। प्रेमले निर्माण (उन्नति) गराउँछ (१ कोरिन्थी ८:१)। सबै कुराहरू शुद्ध छन् (पद १४), त्यसैले मैले जुनसुकै खानेकुरा खान सक्छु। तर खाँदा यदि त्यसले मेरो भाइलाई ठेस खुवाउँछ भने म आफ्नो स्वतन्त्रतालाई पन्छाउँछु र त्यो कुरा नखान रोज्नेछु: “यसकारण खानेकुराले मेरो भाइलाई ठेस खुवाउँछ भने मेरो भाइलाई ठेस नदिऊँ भनेर म कहिल्यै मासु खानेछैनँ” (१ कोरिन्थी ८:१३)। खानु र ठेस खुवाउनु (भाइलाई ठक्कर लाग्न दिनु) खराब हो। यो पाप हो। जुन बखत तपाईं आफ्नो भाइलाई ठेस खुवाउने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुहुन्छ, त्यसबेला तपाईंले पाप गर्नुभएको हुन्छ। तपाईंले आफ्नो भाइको विरुद्धमा पाप गर्नुभएको हुन्छ र तपाईंले ख्रीष्टको विरुद्ध पाप गर्नुभएको हुन्छ (१ कोरिन्थी ८:१२)।

रोमी १४:२१

यस पदमा आएर अब हामी यस विषयको निष्कर्षमा आइपुगेका छौं। खान र पिउन मसित अधिकार छ तर मेरो भाइको खातिर म खुसीसित यो अधिकार एकातिर पन्छाउँछु। मेरो भाइलाई ठेस नखुवाउनलाई म कुनै पनि कुरा नगर्ने अठोट गर्दछु। खानु र पिउनुभन्दा आफ्नो भाइको उन्नति गराउनु मेरो लागि बढी महत्त्वपूर्ण कुरा हो। दाँज्नुहोस् १ कोरिन्थी ८:१३। रोमी १४:२१ मा “कुनै काम” भन्ने शब्दहरूलाई ध्यान दिनुहोस्। यसले ठेस नखुवाउने सिद्धान्त सबै कुरामा लागु हुन्छ भन्ने कुरा देखाउँछ। पावलले खाने र पिउने कामको उदाहरणलाई चर्चा गरे तर आफ्नो भाइलाई ठेस खुवाउने समस्या जुनसुकै पनि हुन सक्छ। कुनै पनि बलिदान बढी ठूलो हुँदैन यदि त्यसले एउटा सङ्गी विश्वासी जनलाई बढ्नलाई र उसलाई प्रभुमा बलियो बन्न मद्दत गर्दछ भने।

प्रेमको नियम ठेस नखुवाउने सिद्धान्तको थप अध्ययन गर्नलाई १ कोरिन्थी ८ र १० मा हेर्नुहोस्।

रोमी १४:२२

यस पदको सरोकार बलियो विश्वासीसित छ। यस सन्दर्भमा “विश्वास” को परिभाषा चाहिँ आफूले जे गर्दैछु त्यो सही हो भन्ने कुराको दृढ विश्वास र निश्चयता। विश्वास हुने व्यक्ति शङ्का गर्ने व्यक्तिसित तुलना गरिएको छ (पद २३) जो आफूले जे गर्दैछु त्यो सही हो भन्ने कुराको उसलाई निश्चयता छैन। बलियो विश्वासीलाई आफूले खान स्वतन्त्रता छ भन्ने कुराको बलियो विश्वास छ: “यो खानेकुरा मैले खान हुन्छ भन्ने कुरामा म जान्दछु र निश्चित छु” (दाँज्नुस् पद १४)। बलियो विश्वासीलाई उक्त स्वतन्त्रताको घमन्डपूर्ण प्रदर्शनी अरूहरूको सामु नगर्नलाई बताइएको छ तर त्यसलाई परमेश्वरको सामु आफैसँग राख्नलाई भनिएको छ: “प्रभु, यो खानेकुरा मैले खान हुन्छ भनेर तपाईं जान्नुहुन्छ, तर मेरो खाने र पिउने काममा म सबै कुरा परमेश्वरको महिमाको निम्ति गर्न चाहन्छु (१ कोरिन्थी १०:३१), म कसैको निम्ति ठेस खुवाउने कारण बन्न चाहन्न, चाहे मुक्ति पाएका वा नपाएकाको सामु (१ कोरिन्थी १०:३२)।” हेन्ड्रिक्सनले यस पदको अन्तिम भागलाई यसरी व्याख्या गर्छन्:

त्यो मानिस धन्य हो — अर्थात् त्यो “बलियो” विश्वासी — जसले मैले आफ्नो “स्वतन्त्रता” को अभ्यास गर्न पाउनैपर्छ भन्ने जिकीर गर्दै आफूमाथि परमेश्वरको न्याय निम्त्याउँदैन जुन जिकीरले “कमजोर” सङ्गी विश्वासी जनलाई चोट पुर्याउन पुगिन्छ।

रोमी १४:२३

यस पदको सरोकार कमजोर विश्वासीसित छ। विवेकले एउटा आन्तरिक, नैतिक न्यायधीशको काम गर्दछ: “तिमीले जे गर्दैछौ त्यो गलत छ। तिमी दोषी छौ” अथवा “तिमीले जे गर्यौ त्यो ठीक छ।” विश्वासीले त्यस्तो कुनै काम आफूलाई गर्न दिनुहुन्न जुन कामलाई उसको विवेकले दोषी ठहराउँदछ। अर्को शब्दमा भन्नुपर्दा, विश्वासी जन उसको काम सही छ भन्ने कुरामा विश्वस्त हुनु आवश्यक छ। हामीले जे गर्दछौं त्यसबारे हामीसित असल र सफा विवेक हुनुपर्छ। आफूले चाल्न लागेको कुनै कदमको बारेमा हामीलाई शङ्का लाग्छ भने उक्त कदममा अगाडि बढ्नु सुरक्षित काम होइन, बरु त्यसलाई तुरुन्तै परित्याग गर्नुपर्छ। “शङ्का गर्नेले खायो भने ऊ दोषी ठहरिन्छ”। शङ्का गर्ने चाहिँ त्यो कमजोर विश्वासी जस्तै हो जसलाई १ कोरिन्थी ८:७,१०,११ मा बयान गरिएको छ। मूर्तिहरूलाई चढाइएका मासु खानु गलत हो भन्ने लाग्छ उसको व्यक्तिगत धारणा हो तर उसले बलियो विश्वासीले त्यो खाइरहेको देख्छ र अलमलमा पर्छ: “अरे, सायद त्यो खाँदा हुन्छ क्यारे”, तरैपनि उसले त्यसो गर्नु ठीक हो कि होइन भन्ने कुरामाथि उसलाई प्रश्नै छ। कुनै पनि कुरा त्यो ठीक छ भन्ने पूर्ण निश्चयताबिना गरिन्छ भने त्यो पाप हो। विश्वासीले त्यस्तो कुनै काम गर्नुहुँदैन जुन काम उसले गलत ठान्दछ वा त्यो गलत हुन सक्छ भन्ने उसलाई लाग्दछ। यदि विश्वासीले कुनै काम गर्दछ जो ठीक छ भन्ने उसलाई विश्वास छैन, त्यो पाप हो। यदि विश्वासीले जुन काम गलत हो भनेर विश्वास गर्छ र पनि त्यसमा अगाडि बढ्छ भने त्यो विद्रोह हो। हामीले कुनै कदम चाल्नुहुँदैन जुन कदम गलत छ भन्ने हामी विश्वास गर्छौं वा गलत हुन सक्छ भन्ने हामीलाई लाग्दछ।

कुनै कुरा गलत छ भनी कोही विश्वस्त छ र उसले त्यो गर्छ भने त्यो पाप हो। यसको विपरीत भने साँचो होइन। कुनै कुरा सही छ भनी कोही विश्वस्त छ र उसले त्यो गर्छ भन्दैमा त्यो सही हो भन्न सकिन्न। यूहन्ना १६:२ पढ्नुस् जहाँ केही यहूदीहरू विश्वासीहरूलाई मार्नु ठीक हो भन्ने कुरामा विश्वस्त थिए। साथै प्रेरित २६:९ पनि हेर्नुस् जहाँ पावल (शावल) नासरतको येशूको नामको विरोधमा उसले धेरै कुराहरू गर्नुपर्छ भनी साँच्ची नै सोचेका थिए।

विवेकको आवाजलाई बेवास्ता गर्नुहुँदैन। परमेश्वरको वचनको ज्ञानमा हामी जति बढ्दै जान्छौं हाम्रो विवेक निःसन्देह सच्च्याइनुपर्ने हुन्छ। आशा गरिन्छ १ कोरिन्थी ८:७,१०,११ को कमजोर विश्वासीले कालान्तरमा मूर्तिलाई चढाइएको मासु खानु (कुनै भाइलाई ठेस खुवाएको खण्डमा बाहेक) पाप होइन भन्ने कुरा बुझ्नेछ। हामीले यदि कुनै काम गर्यौं जो विश्वासबाटको थिएन (अर्थात् हामीले सही र स्वीकारयोग्य भनेर विश्वास गरेको कुराको विपरीत कुरा हो) भने त्यो पाप हो।

विचार गर्नलाई एउटा प्रश्न: हामीले जे गर्दैछौं ती ठीक छन् र प्रभुलाई मनपर्दा छन् भन्ने कुरामा पूरै निश्चित भईकन काम गर्ने आदत हाम्रो कत्तिको छ? “किनकि हरेक कुरा, जो विश्वासबाटको होइन, त्यो पाप हो।”

साँचो विश्वासको लङ्गरले बाइबलीय यथार्थहरूलाई पक्रेको हुन्छ, आफूलाई परेको छाप (कुनै कुराको बारेमा हाम्रो मनमा परेको भावना) माथि होइन। जर्ज म्यूलरले एक पटक यसरी भने,
“मनमा परेकाछापहरू विश्वाससित कुनै सरोकार राख्ने कुरा होइनन्। विश्वासको सरोकार परमेश्वरको वचनसित हुन्छ। मनमा परेको छाप, चाहे त्यो कमजोर होस् वा प्रबल, त्यसले कुनै फरक पार्ने होइन। हाम्रो सरोकार भनेको लिखित वचनसित हो, हामी आफैसित होइन नता हाम्रा मनमा परेका छापसित।”
विश्वास भनेको सम्भावनामा आधारित कुरा होइन (“म यो विश्वास गर्नेछु किनकि यो पूरा हुने सम्भावना छ”)। फेरि म्यूलरले जवाफ दिन्छन्:

“धेरैजना मानिसहरू उनीहरूलाई सम्भव देखिने कुरामा विश्वास गर्न तयार हुन्छन्। सम्भावनाहरू विश्वाससित कुनै सरोकार राख्ने कुरा होइनन्। विश्वासको कार्य क्षेत्र त्यहाँ सुरु हुन्छ जहाँ सम्भावनाहरू अन्त हुन्छन् र दृष्टि र संवेदनशक्ति हार खान्छन्। रूप (हाम्रो दृष्टिमा कस्तो देखिन्छ भन्ने कुरा) लाई हिसाबमा लिइनुहुँदैन। महत्त्वपूर्ण प्रश्न यति हो, परमेश्वरले आफ्नो वचनमा त्यो कुरा भन्नुभएको छ कि छैन।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)