Entries by Pradesh Shrestha

होशे, योएल, आमोस, ओबदियाह

होशे, योएल, आमोस, ओबदियाह

 

होशे, योएल, आमोस, ओबदियाह

नियमका पुस्तकहरू अध्ययन पाठ्यक्रम यात्राको हामी लगभग अन्तिम भागतिर छौं। एक दर्जन पुस्तकहरू मात्र बाँकी रहेका छन्। ती १२ पुस्तकहरूमा कुनै पनि धेरै लामो छैनन्। ती पुस्तकहरूलाई “लघु अगमवक्ताका पुस्तकहरू” भनिन्छन् किनभने लम्बाईको आधारमा तिनीहरू छोटा छन्, तर हामीले अध्याय ९ मा सिकेझैं, हरेक लघु अगमवक्ताका सन्देशहरू बृहत महत्त्वका छन्! यस अध्यायले यी चार पुस्तकहरूमा पाइने मूख्य सन्देशको बारेमा बताउनेछ, र अध्याय १२ र १३ले बाँकी आठ लघु अगमवक्ताका पुस्कतहरूमा पाइने मूख्य सन्देशको बारेमा बताउनेछ।

होशे-परमेश्वरको अचुक प्रेम!

यहूदाका राजाहरू, उज्जियाह, योताम, आहाज र ____________ राजाका शासनकाला दिनहरूमा होशे परमेश्वरको अगमवक्ता थिए (होशे १:१)। त्यस समयमा योआश (यहोआश)का छोरा यारोबाम इस्राएल (उत्तरी राज्य)का राजा थिए। के यी राजाहरूलाई अध्याय ५ को चार्टमा भेट्टाउन सक्नुहुन्छ? टिप्पणी: होशे १:१मा उल्लख गरिएको यारोबाम भनेको यारोबाम दोस्रो हुन्।

होशे यशैयाको समयमा नै जिएका थिए (यशैया १:१मा उल्लेख गरिएका राजाहरू पढ्नुहोस्)। यशैयाको सेवकाई यहूदाको दक्षिणी राज्यको निम्ति थियो तर होशेको सेवकाई इस्राएलको उत्तरी राज्यको निम्ति थियो। होशेको पुस्तकमा एफ्रैम नाम ३६ पटक उल्लेख गरिएको पाइन्छ (होशे ५ अध्याय हेर्नुहोस्)। यो नाम इस्राएलको उत्तरी राज्यलाई सम्बोधन गर्न प्रयोग गरिन्थ्यो। हेशेको सन्देश इस्राएलको उत्तरी राज्यको निम्ति थियो, जसलाई एफ्रैम पनि भनिन्छ।

उनको सन्देश हेर्न, उनकै जीवनलाई हेर!

आफ्नै जीवन शैलीद्वारा होशेले उनको सन्देशलाई नाटकीय रुप दिए। परमेश्वरले इस्राएलको राज्यलाई एउटा अति महत्त्वपूर्ण कुरा सिकाउन चाहनुभयो र यसो गर्नको निम्ति उहाँले होशेको विवाहलाई प्रयोग गर्नुभयो! होशेले यस्तो स्त्रीसँग विवाह गरे जो उनको लागि अविश्वासयोग्य ठहरिने थिई, र तिनीबाट तर्किएर अरू प्रेमीहरूकहाँ जानेथिई (होशे १:२)। परमेश्वरले यो वैवाहिक बिछोडलाई उहाँको अगमवक्ता होशेको जीवनमा इस्राएल राष्ट्रलाई एउटा अति महत्त्वपूर्ण सत्यता सिकाउन प्रयोग गर्नुभयो। यस बेईमान स्त्रीको नाम गो_______ थियो (हेशे १:३)। यस स्त्रीले अरू मानिसहरूलाई प्रेम गरी र तिनीहरूको निम्ति होशेलाई छोडिदिई। निश्चय नै, यस घटनाले होशेलाई एउटा हृदय तोडिएको मानिस बनायो। उसको ठूलो पापको बाबजुद पनि होशेले गोमेरलाई प्रेम गरे, र होशे ३ अध्यायमा होशेले गोमेरलाई फिर्ता आफैकहाँ ल्याएको र उसलाई यसो भनेको सिक्न सक्छौं, “अनि तिमी अर्को मानिसको नहुनु! तब _____ पनि ________ प्रति यस्तै रहनेछु” (होशे ३:३)।

के तपाईंले सन्देश बुझ्नुभयो?

परमेश्वरले होशेको विवाह एउटा अति महत्त्वपूर्ण कुराको चित्रण भएको चाहनुभयो। सन्देश यो थियो: गोमेरले होशे प्रति व्यवहार गरेझैं इस्राएलले पनि परमेश्वर प्रति त्यस्तै व्यवहार गर्यो! होशेको व्यक्तिगत विवाह इस्राएलसँग परमेश्वरको सम्बन्धको एउटा तस्विर बन्यो। होशेले परमप्रभुको चित्रण गरे र गोमेरले पापमय जातिको चित्रण गरिन्।

इस्राएल परमप्रभुको दुलही भएकी थिई। परमप्रभुसँग इस्राएलको बहुमूल्य सम्बन्ध थियो। परमप्रभुले आफ्नो नामको महिमा उसलाई सुम्पिनुभएको थियो। परमप्रभुले उसलाई आफ्नो अगम्य प्रेमले अंगाल्नुभयो। तर इस्राएलले के गर्यो? त्यो जातिले आत्मिक व्यभिचार गर्यो र परमप्रभु प्रति बेईमान भयो। इस्राएल एकमात्र, सत्य परमेश्वरबाट फर्कियो र अरू देवताहरू पुज्न थाल्यो। होशे अगमवक्ताद्वारा परमेश्वरले आफ्नो प्रजालाई आफैंकहाँ फर्काउन खोज्नुभयो।

यस समयकालमा इस्राएलको राजा यारोबाम दोस्रो थिए। तिनले परमेश्वरको नजरमा ठीक गरे की खराब गरे (२ राजा १४:२३-२४)? ______________________________ तिनको राज्यको प्रजाले तिनकै नमुनालाई पछ्याए! त्यो राष्ट्र परमप्रभुबाट फर्किएको थियो।

तीन महान् सत्यताहरू

होशेको पुस्तकले हामीलाई परमेश्वरको बारेमा तीन महान् सत्यताहरूको सम्झना गराउँदछ:

१)परमेश्वरका प्रजाहरू उहाँप्रति विश्वासयोग्य नहुँदा उहाँ शोकित बन्नुहुन्छ। परमेश्वरका प्रजाहरू विश्वासययोग्य नभएर अरू देवताहरूको पछि लाग्दा परमेश्वरलाई कस्तो अनुभव भयो होला? होशे जस्तो बेईमान श्रीमती भएको कुनै मानिसलाई प्रश्न गर्नुहोस्! होशेको सन्देश सोझै उसको हृदयबाट आयो। उनले अनुभव गरेको हृदयविदारक अवस्था परमेश्वरको तोडिएको हृदयको तस्विर थियो। उहाँको प्रजाहरूले त्याग्दा परमेश्वर कहिल्यै पनि आनन्दित बन्न सक्नुहुँदैन। यहुदा राज्यको निम्ति यशैया तोडिएको हृदय भएको अगमवक्ता थिए (अध्याय ९ हेर्नुहोस्)। इस्राएल राज्यको निम्ति होशे तोडिएको हृदय भएको अगमवक्ता थिए। जसरी लूकाले उडाउ पुत्रको कथा प्रस्तुत गर्दछन् (लूका १५), उसरी नै होशेले उडाउ श्रीमतीको कथा प्रस्तुत गर्दछन्। यी दुवै कथाहरूले हामीलाई परमेश्वरको हृदयको बारेमा धेरै कुराहरू प्रकट गर्दछन्!

२)परमेश्वरले जहिल्यै पनि पापलाई घृणा गर्नुहुन्छ। परमेश्वरले कहिल्यै पनि पापलाई बेवास्ता गर्न र नदेखेजस्तो गर्न सक्नुहुँदैन। पाप जहिल्यै पनि परमेश्वरको निम्ति साह्रै गम्भीर करा हो। आज पनि परमेश्वर तर्फ विश्वासयोग्य नहुनु भनेको साह्रै गम्भीर पाप हो (याकुब ४:४ पढ्नुहोस्)। जब विश्वसीले “पहिलो प्रेम” छोड्दछ (प्रकाश २:४) अनि संसार र सुखबिलास वा परमेश्वरभन्दा भढी कुनै पनि थोकलाई प्रेम गर्न थाल्दछ, तब “आत्मिक व्यभिचार” (याकूब ४:४)ले स्थान पाउँछ।

३)परमेश्वरले उहाँका आफ्नाहरूलाई कहिल्यै पनि प्रेम गर्न छाड्नुहुँदैन। परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ तर उहाँले पापीलाई प्रेम गर्नुहुन्छ। हामीले होशेको पुस्तकमा परमेश्वरका पापी र अविश्वासयोग्य प्रजाहरूको निम्ति समेत, उहाँले गहिरो प्रेमको राख्नुभएको बारेमा सिक्नसक्छौं। उहाँका आफ्नालाई उहाँले अटुट प्रेम गर्नुहुन्छ! निम्त पदहरूलाई हेर्नुहोस् र परमेश्वरको आफ्ना प्रजाहरूको निम्ति उहाँको प्रेमलाई भेट्टाउन सक्नुहुन्छ कि भनी हेर्ने कोसिस गर्नुहोस्: होशे २:१४-१५; होशे ६:१-३; होशे ११:१-४; होशे१४:४-८।

फर्क!

उहाँ अटुट प्रेमको परमेश्वर हुनुभएको हुनाले, उहाँले आफूलाई त्यागेकाहरूलाई फेरी जित्न खोज्नुहुन्छ। ऊ पापी र बेईमान स्त्री भए तापनि, होशेले तिनको श्रीमती गोमेरलाई फिर्ता लिएर आए (होशे ३:१-३)। परमेश्वरले इस्राएल राष्ट्रलाई पनि त्यस्तै गर्नुभयो। होशेको पुस्तकमा चाबी शब्दहरू मध्ये एउटा चाहिँ “फर्क” भन्ने शब्द हो (यो पुस्तकमा उक्त शब्द १५ पटक पाइन्छ)। चाबी पद होशे १४:१ हो: “हे इस्राएल, परमप्रभु आफ्ना परमेश्वरकहाँ _______!” होशे ६:१-२ मा पनि पढ्नुहोस्। पापीहरूको निम्ति त्यहाँ आशा छ! विश्वासयोग्यता नभएको मानिसहरूको निम्ति आशा छ! परमेश्वरबाट टाढामा भएका मानिसहरूको निम्ति आशा छ! त्यस प्रकारका मानिसहरूका निम्ति परमेश्वरको सरल सन्देश छ: फर्क!

कसले सार्यो?

तपाईंको आफ्नै जीवनको बारेमा बिचार गर्नुहोस्। के तपाईं परमेश्वरको नजिकमा हुनुहुन्छ कि कतै पर बगीसक्नुभयो? के तपाईं परमेश्वरबाट अन्तै फर्किनुभएको छ?

तपाईं एउटा कठघरको छेऊमा कुनै डुङ्गामा हुनुहुन्छ (तर कठघरमा त्यो डुङ्गा बाँधिएको भने छैन) भनी आफ्नै बारेमा एकपटक कल्पना गर्नुहोस् । तपाईं त्यहाँ सुन्दर दृश्यमा आनन्दित हुँदै बसीरहनुभएको छ, डुङ्गा बिस्तारै बहन थाल्छ। एक घण्टा बितेपछि तपाईं त्यो कठघरभन्दा कति टाढामा पुगिसक्नुभयो भन्ने कुरामा अचम्मित पर्न थाल्नुहुन्छ: “हामी कति नजिकमा थियौं; हामी कसरी यती ठूलो दुरीमा अलग भयौं?” अँ, को सरेको हो, तपाईं कि कठघर? ___________ यदि तपाईं हुनुपर्ने जति परमेश्वरको नजिकमा हुनुहुँदैन भने, बिचार गर्नुहोस्, को सरेको हो? समस्याको समाधानको निम्ति, याकूब ४:८ पढ्नुहोस्! परमेश्वरको वचन (जस्तै यूहन्ना ३:१६मा पाइने मुक्तिको प्रतिज्ञा) कहिल्यै हल्लिँदैन र कहिल्यै बदल्दैन। आजको दश वर्षपछि परमेश्वरको वचनले ठीक त्यहि नै भन्नेछ! यदि यूहन्ना ३:१६लाई विश्वास गर्न हामीले इन्कार गर्यौं भने त्यो हाम्रो गल्ती हो, परमेश्वरको होइन! उहाँ सर्नुहुँदैन, हामी सर्छौं! (एउटा मिल्दोजुल्दो उदाहरण: श्रीमान र श्रीमती गाडी गुडाउँदै यात्रा गरिरहेका थिए। उनीहरूले विवाह गरेको १० वर्ष भइसक्यो। श्रीमान गाडी गुडाइरहनुभएको थियो; श्रीमती अर्को पट्टी झ्याल छेऊको सीटमा बसिरहेकी थिइन्। श्रीमतीले भनिन्, “प्रिय, के तपाईंलाई सम्झना छ हामीले विवाह गरेको पहिला दिनहरूमा गाडीमा यात्रा गरेको समयहरू? हामीहरू यति नजिक सँगै बसिरहेका थियौं कि हाम्रो गाडी पछाडीको चालकले सायद गाडीमा एकै जनामात्र मान्छे छ भन्ने सोचेको थियो होला। अहिले के भयो?” श्रीमानले जवाफ दिनुभयो: “प्यारी, म त सरेको छुइन”।)

होशेको पुस्तकको अर्को चाबी पद अन्तिम खण्डमा पाइन्छ (१४:९): “बुद्धिमान को छ, जसले यी कुराहरू बुझ्छ? समझदार को च, जसले यी कुराहरू जान्दछ? किनकि परमप्रभुका मार्गहरू __________ छन्, र धर्मी जनहरू तिनमा हिँड्नेछन्; तर अपराधीहरू तिनमै ________ __________ लड्नेछन्”। यो पदलाई होशे १४:४ सँग तुलना गर्नुहोस्। परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ र परमेश्वरले हाम्रो पछि हटाइहरूलाई निको पार्न चाहनुहुन्छ (परमप्रभुबाट हाम्रो टाढा सराइलाई), तर हामीले परमप्रभुको मार्गहरूलाई चुन्नैपर्छ! परमेश्वरको मार्ग जहिल्यै पनि सर्वोत्तम मार्ग हो!

योएल-परमप्रभुको दिन

योएल अगमवक्ता सम्भवत: यहूदाका राजा योआशका दिनहरूमा जिएको हुनुपर्छ अध्याय ५ को चार्टलाई हेर्नुहोस्)। बाइबलले हामीलाई यी अगमवक्ताको बारेमा निकै थोरै मात्र जानकारी दिँदछ। हामीलाई तिनको बाबुको नामचाहिँ थाहा छ(योएल १:१)।

सलहको इन्साफ

योएलको अगमवाणीले पलिस्तीहरूको देशमा आऐको सलहरहरूको भयानक महामारीको बारेमा बताउँदछ (योएल १:४)। सलहले गर्न सक्ने विनाश विश्वास गर्न झण्डै असम्भव हुन्छ। तिनीहरूले सबै बालीहरू र हरिया सागपातहरू जम्मै खाइदिन्छन्। १५ मिनटमा तिनीहरूको रूखका पातहरू सिद्ध्याउन सक्छन्। १९८९मा लाल समुद्र पार गरेका अनिकाले सलह(Desert Locust)को बथानले झण्डै २००० स्क्वायर माइल ढाकेको अनुमान गरिएको थियो। यस्तो बथानहरू कालो बादहलरू जस्ता हुन्छन् जो सूर्यलाई ढाक्नलाई पर्याप्त मात्रामा बाक्लो हुन्छन् र तीनमा दशौं लाख “फट्याङ्ग्राहरू” समावेश हुन्छन्। उहाँका प्रजाहरूको कारणले, परमेश्वरले ती प्राणीहरू इन्साफ स्वरुप पठाउनुभयो। सबै इन्साफहरूमा यी कुराहरू सत्य छन्, कारण चाहिँ पाप थियो र समाधान चाहिँ पश्चात्ताप (योएल २:१२-१४)!

त्यो भन्दा पनि ठूलो इन्साफ

परमेश्वरले भविष्यमा आउने अझै ठूलो इन्साफलाई औंल्याउन सलहको इन्साफको प्रयोग गर्नुभयो। यो भविष्यको इन्साफको घडीबारे योएलले बताउनु पर्ने थुप्रै कुरा थियो।

योएलको पुस्तकको चाबी वाक्यांश “परमप्रभुको दिन” हो। यो वाक्यांश १ अध्यायमा कहाँ भेट्टाउन सक्नुहुन्छ? _______________ के यो वाक्यांशलाई २ अध्यायमा भेट्टाउन सक्नुहुन्छ? ___________________ ३ अध्यायमा? ________________ यो इन्साफको घडीको बारेमा योएलको पुस्तकले हमीलाई के बताउँछ?

परमप्रभुको दिनको बारेमा निम्न कुराहरू बताउने पदहरूसँग जोडा मिलाउनुहोस्। पदहरूलाई १ चोटी भन्दा अधिक प्रयोग गर्न सक्नुहुन्छ।

    • १. _______ यस्तो समय पहिले कहिल्यै पनि भएको थिएन
    • २. _______ यो एउटा महान् र भयानक दिन हुनेछ।
    • ३. _______ त्यो महान् दिन भन्दा अगाडी सूर्य अन्धकारमा बदली हुनेछ।
    • ४. _______ यो अन्धकार र उदासीको दिन हुनेछ।
    • ५._______ यो सर्वशक्तिमानबाट बिनाशको समय हुनेछ।
    • ६. _______ यो बादलहरू र बाक्लो अन्धकारको दिन हुनेछ।
    • ७. _______ यो यस्तो दिन हुनेछ जब भूमी काम्नेछ।
    • ८. _______ परमप्रभु आफै “सियोनबाट गर्जनुहुनेछ” र व्यक्तिगत रूपमा उपस्थित हुनुहुनेछ।
    • क. योएल १:१५
    • ख. योएल २:१
    • ग. योएल २:२
    • घ. योएल २:११
    • ङ. योएल २:३१
    • च. योएल२:१४-१६

आज परमेश्वरले धेरै यस्ता कुराहरू हुन दिनुहुन्छ जुन कुराहरू उचित छैनन्। परमेश्वर सहनशील (रिसाउनु भन्दा धेरै अगाडीसम्म धीरजी) र पापी मानिसहरू प्रति धीरजवान हुनुहुन्छ। उहाँले हरेक पटक कुनै मानिसले पाप गर्दा वा झूट बोल्दा वा चोर्दा उसलाई तुरुन्तै इन्साफ गरिहाल्नुहुँदैन (उसलाई जहाँको-त्यहिँ नै मर्ने गरी हिर्काउनु अथवा उसलाई चट्ट्याङ्गद्वारा प्रहार गर्नु)। तर परमेश्वरले अहिलेको निम्ति खराब काम हुन दिनुहुँदैमा परमेश्वरले जहिल्यै पनि यस्तै गर्नुहुन्छ भन्ने चाहिँ होइन। योएलको पुस्तकले हामीलाई सम्झना गराउँदछ कि भविष्यमा एउटा दिन आउँदैछ जब परमेश्वर मानिसहरूको मामला पाइला टेक्नुहुनेछ र यस संसार र यहाँ भएका मानिसहरूलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। परमेश्वर पापलाई घृणा गर्नुहुन्छ र उहाँले पापको इन्साफ गर्नैपर्छ!

पापीहरूको निम्ति योएलको सन्देश यही हो कि तिनीहरूले आफ्नो हृदय अब परमेश्वरसँग ठीक बनाउन तिनीहरूलाई खाँचो छ (योएल २:१२ तिमीहरू आफ्नो ___________ _________ मकहाँ फर्क)! योएल २:१३ चाबी पद हो: “आफ्ना वस्त्रहरू होइन, तर आफ्नो __________ च्यात, र परमप्रभु आफ्ना परमेश्वरकहाँ ________! किनभने उहाँ दयालु र अनुग्रहकारी, ____________ ढिलो र अनित करुणामय हुनुहुन्छ”। आफ्नो सारा हृदयले परमेश्वरकहाँ फर्कने हरेक मानिसको निम्ति, योएलसँग शुभ समाचार छ (योएल २:१४; २:३२ पढ्नुहोस्)! हरेक मानिसले ऊ आफूले खराब समाचार वा शुभ समाचार, विनाश वा छुटकारामा कुन चाहन्छ भनी चुन्नुपर्छ। चुनाउ कुन हुनेछ?

आमोस-परमेश्वरको धार्मिकता

अगमवक्ता आमोस टेकोअ शहरबाटका एक गो_______ थिए (आमोस १:१)। टेकोअ यरुशलेमबाट करिब १२ माइल दक्षिण तर्फ र बेतलेहेमबाट करिब ६ माइल दक्षिण तर्फ रहेको एउटा शहर वा गाउँ थियो। त्यसैले, आमोस एकजना झूत्रे गोठाला थिए जो यहूदाको दक्षिणी राज्यमा बसोबास गर्दथे। उनी, यहूदाको राजा उज्जियाह र इस्राएलको दुष्ट राजा यारोबाम दोस्रोका शासनकालमा जिएका थिए (आमोस १:१; अध्याय ५ को चार्ट हेर्नुहोस्)। त्यसैले आमोस यशैया र होशेको जीवनकालमा जिएका थिए।

उत्तरी राज्यमा मिस्सनरीको रूपमा पठाइएको

यद्यपि आमोस यहूदाको दक्षिणी राज्यमा बसोबास गर्दथे, परमेश्वरले उनलाई इस्राएलको उत्तरी राज्यमा पठाउनुभयो जहाँ उनी गएर आफ्नो सन्देश सुनाउने थिए। उनलाई बेथेलको शहरमा पठाइयो जुन चाहिँ उत्तरी राज्यको धार्मिक केन्द्र थियो। बेथेल मूर्तीपूजाको दुष्ट केन्द्र थियो।

बेथेलका मानिसहरूले आमोसको सेवाकाइलाई बढाई गरेनन् (आमोस ७:१०-१३)! वास्तवमा, बेथेलका पुजाहारीले आमोसलाई केही यस्ता कुराहरू भने: यहाँबाट निस्क र घर जाऊ (आमोस ७:१२) र हामीलाई अबदेखि उसो परमेश्वरको सन्देश नसुनाऊ (आमोस ७:१३)!

धर्मि परमेश्वरले पापको दण्ड दिनै पर्छ

होशेले आमोसले गरेकै समयमा उत्तरी राज्यमा सेवाकाइ गरे भनी हामीले पहिल्यै सिकिसकेका छौं। होशे र आमोस दुवैले ती मानिसहरूलाई परमेश्वरको सन्देश बताए जसले परमेश्वरलाई त्यागेका थिए। आमोसले सामर्थ्यसँग मानिसहरूको पापलाई औंल्याए र धर्मि परमेश्वरले पापको दण्ड दिनैपर्छ भनी बताए। होशेले पनि, तिनीहरूको पापको बारेमा बताए, तर तिनले उनीहरूलाई परमेश्वरको हृदयको प्रेम र परमेश्वरकहाँ फर्कनुपर्ने उनीहरूको आवश्यकताको बारेमा पनि बताए। त्यसैले, होशेले परमेश्वरको अटुट प्रेमको बारेमा बताए र आमोसले परमेश्वरको नबाङ्गिने धार्मिकताको बारेमा बताए!

आमोसको पुस्तकको चाबी पद आमोस ३:२मा पाइन्छ: “म तिमीहरूलाई तिनीहरूका सबै _____________ _____________ दिनेछु”। धर्मि परमेश्वरले पापलाई नदेखेजस्तो गर्न वा पापलाई बेवास्ता गर्न वा पापलाई घटबढ गर्न सक्नुहुँदैन! धर्मि परमेश्वरले पापको इन्साफ गर्नै पर्छ! यही कारणले परमेश्वरले आमोसद्वारा बोल्नुभयो र उहाँका पापपूर्ण प्रजालाई भन्नुभयो: “हे इस्राएल, आफ्नो _____________ ____________ तयार होऊ!” (आमोस ४:१२)।

समृद्धिको समय

आमोसको दिनहरूको उत्तरी राज्य कस्तो थियो? यारोबाम दोस्रो सिंहासनमा बसिरहेको दुष्ट राजा थियो। तिनले कति वर्ष राज्य गरे (२ राजा १४:२३)? _________ यो निकै लामो शासनकाल थियो, र त्यस वर्षहरूको समयावधिमा उत्तरी राज्यको मानिसहरू ठूलो समृद्धिमा रमाए। तिनीहरूसँग सम्पत्ती र आनन्द र सुरक्षा थियो। चिन्ता गर्नुपर्ने विशाल युद्धहरू त्यहाँ थिएनन्। बाहिरबाट हेर्दा सबै कुराहरू सुन्दर र राम्रो देखिन्थ्यो, तर समस्याचाहिँ भित्र थियो! मानिसहरूको हृदयमा समस्या थियो! मानिसहरू परमप्रभुबाट अन्तै फर्केका थिए अनि पाप र मूर्तिपूजामा जिइरहेका थिए। सबै कुराहरू राम्रै र असलै चलिरहेको छ भनी तिनीहरू सोच्दथे, तर कहिँबाट आमोस आउँछन् र सबै कुराहरू भयानक छन् अनि समस्या र इन्साफ आउँदैछ भनी तिनीहरूलाई बताइदिए!

वर्तमान उजाड छ तर भविष्य उज्यालो छ

गोठालो आमोस केवल निराशाको अगमवक्ता थिएनन्! तिनीसँग आशाको सन्देश पनि थियो, जुन चाहिँ विशेषगरी यस पुस्तकको अन्तिम पदहरूमा देखिन्छ (आमोस९:११-१५)। यो खण्डले सिकाउँछ कि इस्राएलको भविष्यको राजा दाऊदको वंशबाट आउनुहुनेछ (११ पद), इस्राएल सबै राष्ट्रहरूमा सर्वोच्च हुनेछ (१२ पद), भूमी फलवान हुनेछ (१३ पद), शहरहरू पुनर्निमाण हुनेछन् (१४ पद) र राष्ट्र सदाको निम्ति उसको आफ्नै भूमीमा स्थापित हुनेछ (१५ पद)। यी उदेकका प्रतिज्ञाहरू ख्रीष्ट यस संसारमा राजाको रूपमा फर्केर आउनुभए पछि पुरा हुनेछन्! आमोसको सन्देश: दुरुपयोग गरिएका विशेषाधिकारहरूले भरपूर दण्ड ल्याउँछ!

ओबद्याह-एदोमको विनाश

पुरानो नियमको सबैभन्दा छोटो पुस्तक ओबद्याह हो: केवल २१ पदहरू! बाइबलले हामीलाई अगमवक्ता ओबद्याहको बारेमा निकै थोरै मात्र बताएको छ। तिनको नामक अर्थ “परमप्रभुको दास” हो र परमप्रभुले उहाँको दास ओबद्याहलाई हामीलाई महत्त्वपूर्ण सन्देश भएको यो सानो पुस्तक दिन प्रयोग गर्नुभयो। जब तपाईंले ओबद्याहको पुस्तको बारेमा सोच्नुहुन्छ, जहिले पनि एउटा शब्द बिचार गर्नुहोस: एदोम। पहिलो पदले भन्दछ, “ओबद्याहको दर्शन— _________को विषयमा प्रभु यहोवा यसो भन्नुहुन्छ”। यो सानो पुस्तक एउटा थोकको बारेमा हो, अर्थात एदोममाथि परमेश्वरक इन्साफ! एदोम के थियो? एदोम मानिसहरूको एउटा जाति थियो। ती मानिसहरू एसावका वंशहरू हुन्। एसाव याकूबका दाजु थिए। उत्पत्ति २५:३० मा एसावलाई _________ (जसको अर्थ हो “रातो”) पनि भनिएको हामी सिक्न सक्छौं। एसाव र याकूब जम्ल्याह थिए। एसाव जेठो थियो (तिनी पहिले बाहिर निस्के) र याकूब कान्छो थियो (तिनी दोस्रोमा बाहिर निस्के)। उत्पत्ति २५:२३ अनुसार परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि जेठाले (यिनी को थिए? __________) कान्छाको (यिनी को थिए? ___________) सेवा गर्नेछ। हामीले यो पनि सिक्यौं कि एसावलाई परमेश्वरसँगको सम्बन्ध भन्दा सुरुवाको बढी वास्ता थियो (उत्पत्ति २५:२९-३४; हिब्रू १२:१६)। एसावको वंशहरूको बारेमा पनि यही कुरा भन्न सकिन्छ। एदोमीहरूले परमेश्वरसँग सम्बन्ध राख्ने सवालमा खासै वास्ता गरेनन्। वास्तवमा, सताब्दीयऔ पछि पनि तिनीहरू परमेश्वरका प्रजा इस्राएलको शत्रुहरू थिए! एदोम जातिको सबैभन्दा ठूलो पाप भनेको घमण्ड थियो: “तेरो हृदयको __________ तँलाई ____________ दिएको छ” (ओबद्याह १:३)। यो बुझ्नलाई हामीले यी मानिसहरू बसोबास गरेका शहरको बारेमा केही कुरा बुझ्नु खाँचो पर्छ। एदोमको राजधानी सेला शहर थियो (पछि पेट्रा भनिएको), जुन मृत सागरको दक्षिण तर्फ अवस्थित थियो। यो शहर चुचुराको टुप्पामा थियो र माथि शहर जाने बाटो एउटा साँघुरो खोंचबाट भएर जानुपर्ने थियो। यो साँघुरो प्रवेशद्वारको कारण र शहरमा अरू कुनै मार्ग भएर जान असम्भव भएको हुनाले विशाल सेनाबाट शहरको रक्षा गर्नलाई हातमा गन्न मिल्ने सिपाही मात्र भए पुग्थ्यो! यी मानिसहरू निकै सुरक्षित र कुशल महसुस गर्दथे! कुनै पनि शत्रुले कुनै पनि समयमा जित्न असम्भव छ भनी उनीहरू सोच्दथे! तिनीहरूको “उच्च शहर”को वासस्थान “_________ धाँदाहरू”मा थियो (ओबद्याह १:३) र कसैले पनि कुनै समयमा उनीहरूमाथि विजयी हुन वा उनीहरूलाई तल झार्न सक्दछ भनी उनीहरू सोच्दैनथे! तिनीहरू अजेय छन् भनी तिनीहरू सोच्दथे! आज यदि तपाईं पेट्रा शहरमा घुम्न जानुहुन्छ भने तपाईंले तो उच्च शहरका भग्नावशेषहरू भेट्टाउनुहुनेछ। त्यहाँ कुनै पनि एदोमीहरू नबसेको तपाईंले भेट्टाउनुहुनेछ! उनीहरूको विनाश भएको निकै समय भइसक्यो! कुनै पनि मानिसले उनीहरूलाई तल झार्न सक्दैन भनी उनीहरूले सोच्दथे, तर परमेश्वरले सक्नुहुन्थ्यो! “तैंले आफूलाई _______ जस्तै माथि-माथि पुर्याइस भने पनि, र तैले आफ्नो गुँड __________ बीचमा बनाइस् भने पनि म तँलाई त्यहाँबाट __________ _________, ___________ भन्नुहुन्छ” (ओबद्याह ४)। परमेश्वरले यी मानिसहरूको इन्साफ गर्नुभएको कारणहरूमध्ये एउटाचाहिँ तिनीहरूले परमेश्वरको प्रजालाई गरेको व्यवहार हो (१०-१४ पदहरू)। यी पदहरूले हामीलाई देखाउँदछ कि एदोम इस्राएल प्रति विपक्षी र निर्दयी थियो। धेरै समय अगाडी परमेश्वरले यो महत्त्वपूर्ण सिद्धान्त दिनुभएको थियो “अनि जसले तिमीलाई आशीर्वाद दिनेछन्, तिनीहरूलाई म आशिष दिनेछु, र जसले तिमीलाई श्राप दिनेछन्, त्यसलाई म __________ दिनेछु” (उत्पत्ति १२:३)। एदोमीहरूले इस्राएललाई श्राप दिए र फलस्वरुप तिनीहरूले आफैलाई परमेश्वरबाट श्रापित भएको भेट्टाए। ओबद्याहको पुस्तकले विश्वासीहरूलाई घमण्डको पापको खतराबारे चेतावनी दिनुपर्छ। हामीले ख्रीष्टियान जीवनमा राम्रै गरौंला र हामी कहिल्यै पनि विफल हुनेछैनौं भन्दै हामीले हाम्रा आँखाहरू परमप्रभुबाट अन्तै लैजाउँला! तर परमेश्वरको वचनले भन्दछ, “यसकारण जसले, म ________ छु भनी सम्झन्छ, त्यो होसियार रहोस् (होश पुर्याओस्!) नत्र त्यो ________” (१ कोरिन्थी १०:१२)। परमेश्वरमा भरोसा राख, उहाँले छुटकारा दिन र मुक्त गर्न सक्नुहुन्छ (ओबद्याह २१ पद—चाबी पद)। एदोमीहरूबाट अध्याय सिकौं! जो शरीरबाटको हो, ऊ विफल हुनेछ र लड्नेछ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

इजकिएल र दानियल

इजकिएल र दानियल

 

इजकिएल र दानियल

यस अध्यायमा हामी अन्तिम इजकिएल र दानियल दुई वृहत अगमवक्ताहरूको बारेमा अध्ययन गर्न तयार छौं। यी दुवै मानिसहरू निर्वासनकालको समयमा, अर्थात् बेबिलोनीद्वारा कैद गरिएको समयमा जिएका थिए (अध्याय ९ हेर्नुहोस्)। पहिले हामी इजकिएलले लेखेको पुस्तकमा ध्यान दिनेछौं।

इजकिएल—पाप, इन्साफ र भविष्यको महिमा

शासक यहोयाकिनको शासनकालमा बेबिलोन लगिएका इजकिएल एक जवान पूजाहारी थिए (इजकिएल १:३)। उक्त निर्वासनको बारेमा तपाईंले २ राजा २४:१०-१६ मा अध्ययन गर्न सक्नुहुन्छ। इजकिएल पूजाहारी भए तापनि, यरूशलेममा भएको त्यो महान् मन्दिरमा उनले कहिल्यै पनि सेवा गर्ने अवसर पाएनन्। उनी बेबिलोन लगिएका थिए र केहि समय पछि यरूशलेमको मन्दिर ध्वस्त पारिएको थियो। तर परमेश्वरको हा_____ (इजकिएल १:३) ती मानिसमाथि थियो, र उनी वैदेशिक भूमीमा नै परमेश्वरको महान् अगमवक्ता बने!

इजकिएल कल्दीहरूको देशमा (बेबिलोनीहरूको भूमीलाई जनाउने यो अर्को शब्द थियो) कबार नदीको किनारमा थिए भनी हामीले इजकिएल १:३ बाट जान्न सक्छौं। बेबिलोन शहर नजिकै अवस्थित रहेको कबार चाहिँ एउटा नहर थियो। इजकिएल आफ्नो स्वदेश भूमीबाट झण्डै १५०० किलोमिटर टाढा थिए। अरू धेरै यहूदीहरू त्यहाँ उनीसँगै थिए, र यी कैदमा परेकाहरूको माझ इजकिएलको महत्त्वपूर्ण सेवकाइ थियो।

इजकिएल अरू दुई प्रख्यात मानिसहरूकै जीवनकालमा जिएका थिए। उनी दानियलको समयकालमा जिएका थिए। उनले दानियलको नाम पनि आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। के तपाईंले इजकिएल १४ अध्यायमा दानियलको नाम दुई पटक उल्लेख गरिएको पदहरू भेट्टाउन सक्नुहुन्छ? पदहरू: ________ के तपाईंले इजकिएल २८ अध्यायमा दानियलको नाम उल्लेख गरिएको पद भेट्टाउन सक्नुहुन्छ? पद: ______ दानियल बेबिलोन शहरमा बस्दथे जहाँ उनले राजाको सेवा गर्दथे। यी दुई मानिसहरू झण्डै १५०० किलोमिटरको दुरीले टाढा भए तापनि इजकिएल अगमवक्ता यर्मियाको समयकालमा नै जिएका थिए । इजकिएल बेबिलोनमा कैद गरी लगिएका थिए तर यर्मिया “देशका सबैभन्दा गरिब मानिसहरू” का साथ यहूदाकै भूमीमा बसे (२ राजा २४:१४)।

इजकिएलको सन्देश

इजकिएलकहाँ “इस्राएलको सम्पूर्ण घराना” को निम्ति परमेश्वरको तर्फबाट एउटा सन्देश थियो (इजकिएल ३९:२५ पढ्नुहोस्)। उनी सम्पूर्ण जातिको निम्ति परमेश्वरको एउटा आवाज थिए। यो कस्तो किसिमको जाति थियो? इजकिएल २ अध्यायमा, तपाईंले कतिचोटी “विद्रोही, विद्रोह” शब्द भेट्टाउन सक्नुहुन्छ?_________ चाहे ती मानिसहरूले सुनुन् वा तिनीहरूले सुन्नलाई इन्कार गरुन् (इजकिएल २:५, ७), इजकिएलले तिनीहरूकहाँ परमेश्वरको सन्देश लिएर आउनैपर्थ्यो, र तिनीहरूले तिनीहरूको बीचमा एकजना _____________ रहेछन् भनी जान्नेथिए (इजकिएल २:५)।

इजकिएल पुस्तकको आवश्यकता किन पर्यो? उनको सन्देशको उद्देश्य के थियो? वास्तवमा त्यहाँ तीन मूल कारणहरू थिए:

१.परमेश्वरको न्यायलाई अत्यावश्यक बनाएको मानिसहरूका ठूला पापहरूलाई तिनीहरूको सामु राख्नु थियो।

पापलाई परमेश्वरले जसरी हेर्नुहुन्छ त्यसरी नै परमेश्वरका जनहरूले पनि यसलाई देख्नुपर्छ। यहूदी जाति परमेश्वरबाट फर्किएका थिए र परमेश्वरका आज्ञाहरूलाई तोडेका थिए। बेबिलोनी कैद कुनै एउटा दुर्घटना थिएन। यहूदी मानिसहरूलाई सजाय दिन र तिनीहरूलाई तिनीहरूका पापहरूदेखि पश्चात्ताप गराएर परमेश्वरकहाँ फर्काएर ल्याउन बेबिलोनीहरू परमेश्वरद्वारा पठाइएका थिए।

दोषी को-को थिए? सबैजना! इजकिएल २२:२३-२९ मा चार व्यक्तित्वहरू छन् जोहरूले त्यस देशका दोषीहरू को-को थिए भनी हामीलाई सम्झाउँछन्:

    • १) भविष्यवक्ताहरू (यिनीहरू झूटा अगमवक्ताहरू थिए)-२५ र २८ पदहरू
    • २) पूजाहारीहरू (धार्मिक अगुवाहरू)- २६ पद
    • ३) शासकहरू (देशका शासकहरू)- २७ पद
    • ४) त्यस देशका मानिसहरू- २९ पद

तिनीहरूका पापहरूको कारणले परमेश्वरले के गर्नैपर्थ्यो (इजकिएल २२:३१)? _________________________________________________

झूटा भविष्यवक्ताहरूले मानिसहरूलाई झूटो समाचारहरू सुनाइरहेका थिए। परमेश्वरले बोल्दै नबोल्नु भए तापनि तिनीहरूले यसो भन्दै थिए, “प्रभु यहोवा यसो भन्नुहुन्छ” (इजकिएल २२:२८)। ती भविष्यवक्ताहरूले मानिसहरूलाई तिनीहरू बेबिलोन लगिए तापनि, तिनीहरू छिट्टै यरूशलेम फर्काइनेछन् र यरूशलेम शहर नाश हुने छैन भनिरहेका थिए। मानिसहरूले सुन्न चाहेको सन्देश यही थियो, तर यो परमेश्वरको सन्देश थिएन। मानिसहरूले सुन्न नचाहे तापनि इजकिएलले तिनीहरूलाई साँचो सन्देश बताए। इजकिएलले तिनको पुस्तकको सुरुका अध्यायहरूमा परमेश्वरको न्याय आउनेछ भन्ने स्पष्ट बनाएका छन्। समयको अन्तरमा, इजकिएल चाहिँ ठीक थिए र अन्य अगमवक्ताहरू गलत। इजकिएलले आफू बेबिलोन पुगेको १२ वर्ष पछि यरूशलेम बेबिलोनीहरूद्वारा ध्वस्त भयो भन्ने खबर प्राप्त गरे (इजकिएल ३३:२१)।

के त्यस जातिमाथि इन्साफ ल्याउनुभएकोमा परमेश्वर अन्यायी हुनुहुन्थ्यो? इजकिएलको पुस्तकले परमेश्वरले गर्नुभएको हरेक कार्यमा उहाँ ठीक हुनुहुन्छ भनी एकदम स्पष्ट बनाउँछ किनभने त्यो जाति यही न्याय पाउने योग्यको थियो। अधिकांश यहूदीहरूले परमेश्वर अन्यायी हुनुहुन्छ भन्दै थिए (इजकिएल १८:२५,२९; ३३:१७,२०) तर तिनीहरूप्रति परमेश्वरको जवाफ यस्तो थियो: “तर तिम्रा मानिसहरूका सन्तानहरूले भन्छन्: ‘प्रभुको चाल _____________ (अन्यायी) छैन’; तर तिमीहरूचाहिँ — अँ, ____________ ________ एकसमान छैन” (इजकिएल ३३:१७)। अर्को शब्दमा भन्नुपर्दा समस्या परमेश्वरमा थिएन तर तिनीहरूमा थियो! दोष दिनुपर्ने परमेश्वरलाई होइन तर तिनीहरूलाई हो!

मानिसहरू सबै कुरामा सबैलाई दोष लगाउन मन पराउँछन् र तिनीहरूले परमेश्वरलाई समेत दोष लगाउँछन्! वास्तवमा दोषी व्यक्ति “म, म आफैं र म नै हुँ” भन्ने सत्यता हामी स्वीकार गर्न चाहँदैनौं। हामीले जे भन्नुपर्ने हो त्यो भन्न हामी इन्कार गर्दछौं, “परमेश्वर ठीक हुनुहुन्छ र म गलत छु! समस्या परमेश्वरमा होइन तर ममा छ!” इजकिएलको पुस्तकले हरेक मानिस व्यक्तिगत रूपमा नै परमेश्वरको सामु जिम्मेवार छ भन्ने पनि सिकाउँछ। हामीले गरेका कामहरूका निम्ति हामीले हाम्रा बुबाहरूलाई अथवा हाम्रा आमाहरूलाई अथवा आदमलाई वा अरू कुनै व्यक्तिलाई दोष लगाउन सक्दैनौं। हरेक मानिस उसको आफ्नै असल वा खराब कामहरूको कारणले खडा रहनेछ वा लड्नेछ। एउटा असल बुबाले स्वत: असल छोरालाई जन्म दिँदैन र खराब बुबाले स्वत: खराब छोरालाई जन्म दिँदैन (इजकिएल १८)। एउटा छोरा उसको बुबाद्वारा वा अन्य व्यक्तिहरूद्वारा प्रभावित हुन सक्छ, तर ऊ कस्तो किसिमको मानिस बन्ने हो भन्ने कुराको निर्णय ऊ स्वयंले गर्नुपर्छ र उसले गरेका निर्णयहरूको निम्ति ऊ स्वयं नै जिम्मेवार हुन्छ। मैले म कस्तो मानिस हुनेछु भनी निर्णय गर्नैपर्छ, र यदि म खराब भएर गएँ भने, यो मेरो आफ्नै गल्ती हो। मैले गरेका व्यक्तिगत रोजाइहरू र निर्णयहरूको लागी मैले अरूलाई दोष दिनु हुँदैन।

२.यहूदीहरूलाई उनीहरूको इतिहासको घोर अन्धकार समयमा हिम्मत प्रदान गर्नको निम्ति

इजकिएलको पुस्तकमा “खराब समाचारहरू” भन्दा पनि अझै धेरै कुराहरू छन्। वैदेशीक भूमीमा कैदी भएर बसेका यहूदीहरूलाई आशाको सन्देशको खाँचो थियो। त्यस जातिको निम्ति यो एकदम अन्धकार समय थियो। तिनीहरूको प्यारो शहर र मन्दिर शत्रुहरूद्वारा ध्वस्त पारिएको थियो र त्यहाँ भग्नावशेषहरूबाहेक केहि पनि बाँकी थिएन। के इजकिएलसँग आशा र सान्त्वनाको कुनै सन्देश थियो? सुरुङ्गको अन्त्यमा के कुनै ज्योती देख्न सकिन्थ्यो, कि त्यो पूरै अन्धकार थियो?

इजकिएलको ठूलो अगमवाणीले (विशेषगरी त्यस पुस्तकको अन्तिम खण्ड) एउटा उज्यालो दिन आउँदैछ भनी यहूदीहरुलाई एकदम स्पष्ट बनायो। “इस्राएलको सम्पूर्ण घराना” को निम्ति त्यहाँ एउटा असल खबर थियो (इजकिएल ३९:२५)। आफ्नो मानिसहरूको न्याय गर्नुहुने उही परमेश्वरले उहाँका मानिसहरूलाई आशिष पनि दिन सक्नुहुन्छ। यशैया र यर्मियाले जस्तै, इजकिएलले कुनै एकदिन संसारमा स्थापित हुने त्यस महिमित राज्यको बारेमा बताए। इजकिएलको अन्तिम अध्यायहरूमा (४०-४८ अध्यायहरू), ती अगमवक्ताले हजार वर्षको समयमा पृथ्वीमा हुने महान् मन्दिरको महिमित दर्शन देखे।

इजकिएलको दिनहरूमा भएका यहूदीहरूको निम्ति भविष्यको मन्दिरको दर्शन निकै अर्थपूर्ण भएको हुनुपर्दछ। बेबिलोनीहरूले सुलेमानले बनाएका सुन्दर र महिमित मन्दिरलाई पूरै सर्वनाश गरिदिएका छन् भनी उनीहरूलाई थाह थियो। सुलेमानले बनाए जस्तै विशाल मन्दिर कहिल्यै पनि बनेको थिएन। तरैपनि, परमेश्वरले निराश भएका यहूदीहरूलाई इजकिएलद्वारा आशाको सन्देश दिई उत्साहित गराउनुभयो। उहाँले भविष्यमा सुलेमानको मन्दिरको महानतालाई पनि उछिन्ने एउटा अर्को मन्दिर हुनेछ भनी तिनीहरूलाई बताउनुभयो। वर्तमान अवस्था रङ्गहीन र उराठलाग्दो देखिए तापनि भविष्य भने एकदम उज्यालो हुनेछ!

३परमेश्वरले इस्राएलको शत्रुहरूलाई पनि दण्डित गर्नुहुनेछ भनी उनीहरूलाई सम्झना दिलाउन।

परमेश्वरले उहाँका पापले पूर्ण मानिसहरूको इन्साफ गर्नुहुनेछ भन्ने सत्य कुरा हो तर परमेश्वरले अन्य पापले पूर्ण जातिहरूको पनि इन्साफ गर्नुहुनेछ। इजकिएल पुस्तकको मध्य भागका अध्यायहरूले अरू जातिहरूमाथि परमेश्वरले गर्नुहुने इन्साफको बारेमा बताउँदछ (२५-३२ अध्यायहरू)। ती मानिसहरूले पनि उहाँ परमेश्वर नै हुनुहुन्छ भनी जान्नेथिए!

परमप्रभुको महिमाको अगमवक्ता

इजकिएललाई “परमप्रभुको महिमाको अगमवक्ता” भनिएको छ किनभने उनको पुस्तकमा परमेश्वरको महिमाको बारेमा थुप्रै कुराहरू बताइएको छ। पहिलो अध्यायमा नै इजकिएलले परमप्रभुको महिमाको उदेकको दर्शन देखे। परमप्रभुको महिमा देखेपछि तिनले के गरे (इजकिएल १:२८)?__________________________________________________________

त्यस जातिको पापको कारणले सुलेमानको मन्दिरलाई परमेश्वरको महिमाले छोडेर गएको कुरा इजकिएल ११:२३ बाट हामीले जान्न सक्दछौं। तरुन्तै बेबिलोनीहरूद्वारा उक्त मन्दिर ध्वस्त हुन गइरहेको थियो। राज्यको युगमा परमेश्वरको महिमाले मन्दिर पुन: एकपटक भरिनेछ भनी इजकिएलको पुस्तकको पछिल्ला खण्डहरूमा हामीले सिक्न सक्छौं (इजकिएल ४३:२)। परमेश्वरले अचम्म तरिकाले आफ्नो उपस्थितिको बारेमा ज्ञान दिलाउनुहुनेछ।

चाबी खण्ड

इजकिएलको पुस्तकमा एउटा वाक्यांश घरि-घरि दोहोरिएको पाउन सकिन्छ। त्यो वाक्यांश इजकिएलको पुस्तकमा झण्डै ६० पटक भेट्टाइन्छ:

“तब तिमीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछौ”
अथवा
“तब तिनीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्”

कक्षाको निम्ति सुझाव: कुन चाहिँ विद्यार्थीले यो वाक्यांश भएको पदहरू धेरै भेट्टाउन सक्छ भनी कक्षा सञ्चालनको समयमा प्रतिस्पर्धा गर्न सकिन्छ। विद्यार्थीलाई ती पदहरू खोज्न दुई वा तीन मिनट दिन सकिन्छ, र त्यस समयको अन्त्यमा कुन विद्यार्थी धेरै पदहरू भेट्टाउन सफल हुनुभयो भनी जाँच्न सकिन्छ। विद्यार्थीहरूले उक्त पुस्तकको बिच भाग तिर खोज्न सुरु गरे भने उत्तम होला (एकदम सुरुमा पनि होइन वा एकदम अन्तिममा पनि होइन)।

परमेश्वरले आफैंलाई जनाउनुहुनेछ! परमेश्वरले आफैंलाई उहाँका मानिसहरूको सामु जनाउनुहुनेछ र परमेश्वरले आफैंलाई संसारका जातिहरूका सामु पनि जनाउनुहुनेछ! परमेश्वर, परमेश्वर नै हुनुहुन्छ भनी एकदिन सबै मानिसहरूले जान्नेछन्! के नयाँ नियमले पनि यो सिकाउँछ (फिलिप्पी २:१०-११)? ____________

पतन हुनु अघि सैतान कस्तो थियो?

पापमा खसेर सैतान बनेको स्वर्गदुतको बारेमा इजकिएलको पुस्तकमा एकदम रोचक खण्ड छ! यो खण्ड इजकिएल २८:११-१६ मा भेट्टाउन सकिन्छ। के परमेश्वरले सिद्ध स्वर्गदुत सृष्टि गर्नुभएको थियो कि उहाँले पापले पूर्ण सैतानलाई सृष्टि गर्नुभएको थियो? _____________________________________ सैतानको पापको बारेमा यशैया १४:१२-१५ मा पनि हामीले जान्न सक्छौं। यदि इजकिएल २८ मा यो खण्ड हामीसँग नभएको भए, पापमा खस्नु अघि सैतान कस्तो थियो भन्ने बारेमा हामीलाई निकै थोरै मात्र थाह हुनेथियो।

परमेश्वरको सन्देश अनुसार बोल्ने मात्र नभएर कार्य पनि गर्ने मानिस

इजकिएलले परमेश्वरको सन्देश बताउने मात्र भन्दा पनि अधिक काम गरे! उनले परमेश्वरको सन्देशलाई अभिनय पनि गरे। यो कुरा हामीले इजकिएल ४ र ५ अध्यायमा पनि देख्न सक्छौं। उनले गरेका कामहरू मध्ये केही यी हुन्:

१.बेबिलोनीहरूले शिघ्र भविष्यमा के गर्नेछन् भनी देखाउन तिनले इँटालाई यरूशलेम शहर मानिलिए र त्यसलाई आक्रमण गरेको अभिनय गरे (इजकिएल ४:१-४)।

२.तिनी ३९० दिनसम्म देब्रे कोल्टो परेर सुते र त्यसपछि ४० दिनसम्म दाहिने कोल्टो परेर सुते (इजकिएल ४:४-६)।

३.तिनले आफ्नो टाउको र दाह्री खुइलाए र केशहरूबाटको विभिन्न कामहरू गरे (इजकिएल ५:१-५)। यी सबै कामहरू महत्त्वपूर्ण कारणहरूले गरिएका थिए। तिनले परमेश्वरको सन्देशलाई नबिर्सने तरिकाले अभिनय गरिरहेका थिए।

आज परमेश्वरले इजकिएललाई भन्नुभएझैं हामीलाई त्यस्तो कार्यहरू गर्नलाई आज्ञा गर्नुभएको छैन। तर हामीले इजकिएलले परमेश्वरको सत्यतालाई कार्यमा उतारेको तरिकाबाट केही कुरा सिक्नु पर्छ। परमेश्वरको सत्यताको बारेमा बोल्ने वा भन्ने मात्र होइन, तर हामीले परमेश्वरको सत्यतालाई व्यवहारमा उतार्ने र त्यस अनुसार कार्य पनि गर्ने गर्नुपर्छ। हामीले परमेश्वरको सत्यतालाई हाम्रो जीवनमा व्यवहारमा उतार्नुपर्छ ताकि मानिसहरूले हामीलाई हेर्दा हामीले “बाइबललाई व्यवहारमा उतारेको” देख्न सकून्। हामीहरू “जिउँदो पत्रहरू” र जिउँदो बाइबल हुनुपर्छ जो “_________ मानिसहरूद्वारा चिनिन्छ र ____________” (२ कोरिन्थी ३:२-३)। जब मानिसहरूले तपाईंको जीवनलाई हेर्दछन्, के तिनीहरूले परमेश्वरको सत्यता व्यवहारिक भएको देख्न सक्छन्? विद्यालयमा तपाईंले कसरी परमेश्वरको वचनलाई व्यवहारमा उतार्नुहुन्छ? छिमेकमा? तपाईंको परिवारको साथ घरमा? मण्डलीमा? हामीहरू परमेश्वरको वचन सुन्नेहरू मात्र होइन तर पालन गर्नेहरू पनि हुनुपर्छ (याकूब १:२२ हेर्नुहोस्)!

दानियल — राज्यहरूको उत्थान र पतन

हामीहरूमध्ये धेरैले सम्झन सक्छौं, हामीहरू साना छँदा दानियल सिंहको खोरमा फालिएको कथा अनि दानियल र तिनीसँगै आगोको भट्टीमा फालिएका तीनजना साथीहरूको कथा सुन्ने गर्दथ्यौं। परमेश्वर महान् परमेश्वर हुनुहुन्छ जसले उहाँका जनहरूलाई अचम्म तरिकाहरूले छुटकारा दिन सक्नुहुन्छ, तर दानियलको पुस्तकका ३ र ६ अध्यायहरूमा पाइने यी कथाहरू भन्दा पनि धेरै कुराहरू यस पुस्तकमा पढ्न सकिन्छ।

दानियल एक जवान मानिस थिए जो इजकिएल बेबिलोन आउनुभन्दा करिब ८ वर्ष अगाडि त्यहाँ कैद गरिएर लगिएका थिए। यस पुस्तकको सुरुमा दानियल केवल एउटा जवान व्यक्ति थिए (सम्भवत: १९ वर्ष नजिक)। त्यस समय ताका यर्मिया र इजकिएल पनि जिवितै थिए। बेबिलोनीहरूको हातमा ठूलो शक्ति थियो। यस पुस्तकको अन्त्यमा दानियल एक वृद्ध मानिस थिए (करिब ८० वर्ष वा बढी)। त्यस समय ताका यहूदी महापुजाहारी यहोशू, र यहूदी शासक जेरूबाबेल जिवित थिए। उनीहरूको बारेमा एज्राको पुस्तकको पहिलो खण्डतिर (यस अध्ययनमालाको अध्याय ६ हेर्नुहोस्) र हाग्गैको पुस्तकमा पनि पढ्न सकिन्छ। यो समयमा शक्ति बेबिलोनीहरूको हातमा होइन तर फारिसीहरूको हातमा थियो।

दानियल-एक मानिस

दानियल एक ईश्वरीय र धर्मी मानिस थिए। इजकिएल १४:१४,२० मा परमेश्वरले दानियलको नाम संसारकै मानिसहरूमध्ये दुईजना अति धर्मी मानिसहरूसँग जोड्नुभयो, नूह (उत्पत्ति ६:९) र अय्यूब (अय्यूब (१:१)। दानियलको पुस्तकमा यस व्यक्तिको बारेमा महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौं जो उनको परमेश्वरका “अति _______ मानिस” थिए (दानियल १०:११)।

१.दानियल एक अठोट भएको मानिस थिए।

“तर दानियलले आफ्नो ________ आफूलाई अशुद्ध नपार्ने _________ गरेका थिए” (दानियल १:८)। दानियलले आफैंलाई कुनै एउटा अन्यजातिको माझमा भेट्टाए जसले परमेश्वरको आदर गर्दैनथ्यो तर वरिपरिका मानिसहरूले जे सुकै गरे तापनि आफूले चाहिँ परमेश्वरको आदर गर्नेछु भनी दानियलले आफ्नो हृदयमा निर्णय गरे। एउटा अङ्ग्रेजी भजनमा यसरी गाउने गरिन्छ, “दानियल हुन साहस गर, एक्लै खडा रहन साहस गर, स्थिर उद्देश्य राख्न साहस गर, अरूहरूलाई थाह गराउन साहस गर” तपाईं नि? तपाईंको वरिपरि भएका मानिसहरूले परमेश्वरको आदर नगरे तापनि के तपाईं आफूले चाहिँ परमेश्वरको आदर गर्ने निर्णय गर्नुभएको छ? स्कूलमा साथीहरूमध्ये कसैले पनि आफ्नो खाजा खानुभन्दा अगाडि प्रार्थनामा शिर निहुराउँदैनन् भने नि? के तपाईंले शिर निहुराउनुपर्छ?

२.दानियल प्रार्थना गर्ने मानिस थिए।

दानियलले कति-कति समयमा उनको परमेश्वरलाई प्रार्थना र धन्यवाद चढाउँथे (दानियल ६:१०)? ___________________________________ _______________________

प्रार्थना नगर्न इन्कार गरेको हुनाले उनलाई सिंहहरूको खोरमा फ्याँकियो! तपाईं कति-कति समयहरूमा प्रार्थना गर्नुहुन्छ? के तपाईंले आफैंलाई कुनै पनि कुराले प्रार्थना गर्नदेखि रोक्न दिनुहुन्छ?

३.दानियल बाइबल पढ्ने मानिस थिए।

दानियलले परमेश्वरको वचनलाई प्रेम गर्दथे र पढ्दथे अनि यसलाई विश्वास गर्दथे। दानियलले यर्मियाको पुस्तक पढेर बेबिलोनी निर्वासन केवल ७० वर्ष लामो हुनेछ भन्ने ज्ञान पाएको कुरा हामीले दानियल ९:२ बाट जान्न सक्छौं। दानियलको निम्ति परमेश्वरको वचन अति महत्त्वपूर्ण थियो! के तपाईंको निम्ति यो महत्त्वपूर्ण छ?

राज्यमा उच्च पारिएको

दानियलले आफ्नो जीवनकालमा विभिन्न राज्यहरूको उत्थान र पतन देखे। उनले यहूदा (उनको आफ्नै मानिसहरू) को पतन देखे र बेबिलोनीहरूको उत्थान देखे। उनले आफ्नो जीवनकालमै बेबिलोनीहरूको पतन पनि देखे (दानियल ५) र मादी-फारिसीहरूको उत्थान पनि देखे। जुनसुकै राज्यको हातमा शक्ति भए तापनि, दानियललाई जहिल्यै पनि धेरै उच्च पद दिइन्थ्यो। परमेश्वरको आशिष उनीमाथि थियो (दानियल २:४८; ६:१-३ पढ्नुहोस्)। जसरी यूसुफ मिश्रको राज्यमा नेतृत्व र सामर्थ्यको स्थानमा उच्च पारिएका थिए, ठीक उसरी नै दानियल पनि बेबिलोनीहरू र फारिसीहरूको राज्यमा नेतृत्व र सामर्थ्यको स्थानमा उच्च पारिएका थिए।

राजाहरू र राज्यहरूको बारेमा एउटा पुस्तक

दानियलको पुस्तक राजाहरू र राज्यहरूको बारेमा हो। दानियल पुस्तकको २ र ७ अध्यायाहरूमा हामीले संसारको आउनेवाला राज्यहरूका बारेमा दुई ठूला भविष्यवाणीहरू भेट्टाउन सक्छौं। दानियल २ अध्यायले संसारको राज्यहरू मानवीय नजरबाट वर्णन गर्दछ। राजाको सपनामा देखिएको मूर्तिलाई तल चित्राङ्कन गरिएको छ:

 

यही चार राज्यहरू वा संसारका साम्राज्यहरू दानियल ७ अध्यायमा परमेश्वरको नजरबाट एउटा क्रूर, निर्दयी र निल्ने किसिमको पशुहरू (जङ्गली जनावर) को रूपमा देखाइएको छ:

      • १)दानियल ७:४ मा बेबिलोनी साम्राज्यलाई कस्तो पशुको रूपमा देखाइएको छ? ___________________
      • २)दानियल ७:५ मा मादि-फारिसी साम्राज्यलाई कस्तो पशुको रूपमा देखाइएको छ? ___________________
      • ३)दानियल ७:६ मा ग्रीक साम्राज्यलाई कस्तो पशुको रूपमा देखाइएको छ?__________________
      • ४)दानियल ७:७ मा रोमी साम्राज्यलाई कस्तो पशुको रूपमा देखाइएको छ?
    • ___________________

 

सयौं-सयौं वर्षहरूदेखि इस्राएल पशुहरू (दुष्ट अन्यजाति साम्राज्यहरू) द्वारा शासन गरिँदै आइरहेको छ; यो कुरा आज पनि सत्य छ किनभने अधिकांश यहूदीहरू संसारको विभिन्न राज्यहरूमा बसोबासो गरिरहेका छन्। इस्राएल अन्यजातिहरूका शासनको अधिनमा रहिरहेको समयलाई “अ____________ स_________” भनिएको छ (लूका २१:२४)। यस समयावधिमा, संसारमा अन्यजातिहरूको सामर्थ्य उच्च स्थानमा हुनेछ। अन्यजातिका समयहरू बेबिलोनी निर्वासनबाट सुरु भएको थियो र येशू ख्रीष्ट संसारमा आफ्नो राज्य स्थापित गर्न आउनुहुने समयमा यसको अन्त्य हुनेछ। सयौं वर्षहरूदेखि इस्राएल देश अन्य राज्यहरूद्वारा र अन्य मानिसहरूद्वारा शासन गरिँदै आइरहेको छ। परमेश्वरलाई आफ्नो राजा र शासक हुन इन्कार गरेको कारण यहूदीहरूले धेरै दु:ख भोगेका छन्।

पाँचौ राज्य

दानियलको पुस्तकले वास्तवमा पाँच राज्यहरूको बारेमा बताउँदछ। त्यहाँ चार अन्यजातिका साम्राज्यहरू छन् (बेबिलोन, मादी-फारिसी, ग्रीस र रोम), तर दानियल २:४४ र ७:१३-१४ मा पाचौँ राज्यको बारेमा पनि वर्णन गरिएको छ। यो कसको राज्य हो? _________________________________________________________ एकदिन परमेश्वर स्वयंले संसारमा राज्य गर्नुहुनेछ!

परमेश्वरले राज्य गर्नुहुनेछ र परमेश्वरले राज्य गर्दैहुनुहुन्छ!

यहूदीहरूले दुई महत्त्वपूर्ण कुराहरू जानेको दानियल चाहन्थे। १) भविष्यमा परमेश्वरले संसारमा राज्य गर्नुहुनेछ। परमेश्वरको राज्य वास्तवमै यस संसारमा आउनेछ र यो चाहिँ संसारले अहिले सम्म थाह गरेको मध्ये सबैभन्दा महिमित राज्य हुनेछ (दानियल २:४४ र ७:१३-१४); २) यहूदीहरूले जान्नुपर्ने त्यहाँ अर्को कुरा पनि थियो। परमेश्वरले भविष्यमा राज्य गर्नुहुनेछ, तर उहाँले आज पनि संसारमा राज्य गर्नुहुन्छ! दानियलको दिनहरूमा भएका यहूदीहरूले सम्भवत: यस्तो सोच्थे होलान्: “आजको दिनमा बेबिलोनीहरूले संसारमाथि शासन गर्छन्। सबै नियन्त्रण तिनीहरूको हातमा छ। एकदिन सायद हाम्रो परमेश्वरले संसारमाथि राज्य गर्नुहुनेछ होला, तर आज राजा नबूकद्नेस्सरले संसारमाथि राज्य गरेका छन्!” तर दानियलले उनीहरूलाई परमेश्वरले आज पनि संसारमा राज्य गर्नुहुन्छ भनी सम्झना गराए! उहाँ वर्तमान समयमा पनि सर्वोच्च शासक हुनुहुन्छ!

चाबी पद

दानियल ४:१७ मा यस पुस्तकको चाबी पद भेट्टाउन सकिन्छ: “यस उद्देश्यले कि जीवित प्राणीहरूले यो _________, कि _______________ मानिसहरूको _________ शासन गर्नुहुन्छ; अनि जसलाई उहाँ चाहनुहुन्छ, उसैलाई उहाँले त्यो दिनुहुन्छ”। (दानियल ४:३२-३७मा पनि हेर्नुहोस्, यी ती पदहरू हुन् जसले हामीलाई एउटा समयको बारेमा बताउँछ जब राजा नबूकदनेस्सरले को चाहिँ साँचो राजा हुनुहुन्छ भनी स्वीकार गरेका थिए!)। आज परमेश्वरले संसारमा शासन गर्दै हुनुहुन्छ! परमेश्वरले पूरै नियन्त्रण गर्नुभएको छ! परमेश्वरले हरेक सांसारिक शासकमाथि राज्य गर्नुहुन्छ, र उहाँले राजाहरू हटाउनुहुन्छ र राजाहरू बसाल्नुहुन्छ (दानियल २:२१)। परमेश्वरको अनुमति बिना कोही पनि राजा वा शासक हुन सक्दैन (यूहन्ना १९:११ हेर्नुहोस्)!

आज पनि परमेश्वर यस ब्रम्हाण्डको सिंहासनमा हुनुहुन्छ भनी हामीले सम्झना गर्नु पर्छ। हाम्रो वरिपरि भएका राज्यहरू एकदम शक्तिशाली देखिन सक्छन् (जस्तै रसिया, चाइना राज्यहरू इत्यादि), तर परमेश्वर सबैमाथि शासन गर्नुहुन्छ! हामीले यही परमेश्वरलाई हाम्रो हृदयहरूमा राज्य र शासन गर्न दिनुपर्छ!

बेबिलोनीहरू यहूदामाथि बिजयी त भए तर तिनीहरू यहूदाका परमेश्वरमाथि बिजयी हुन सकेनन्! परमेश्वरले यस दुष्ट राज्यलाई उहाँको इच्छा पूरा गर्न प्रयोग गर्नुभयो र त्यसपश्चात उहाँले बेबिलोनको इन्साफ गर्नुभयो (दानियल ५ अध्याय)! राज्यहरू उत्थान होलान् र पतन होलान् तर परमेश्वर सदा-सर्वदै उहाँको सिंहासनमा बिराजमान हुनुहुन्छ!

दानियल र प्रकाश

दानियललाई “पुरानो नियमको प्रकाशको पुस्तक” भनिएको छ। दानियलमा पाइने अगमवाणीहरू प्रकाशको पुस्तकमा (मत्ती २४ अध्यायमा पनि) पाइने अगमवाणीहरूसँग धेरै मात्रामा दुरुस्त छन्। वास्तवमा, दानियलको पुस्तक बिना प्रकाशको पुस्तकका केही खण्डहरू बुझ्न झण्डै असम्भव नै हुन्छ। मत्ती २४ अध्यायको सवालमा पनि यो सत्य छ। मत्ती २४ मा भएको येशूको ठूलो अगमवाणी बुझ्न सक्नकाई मानिसहरूले दानियलको पुस्तक बुझेको उहाँ चाहनुहुन्छ (मत्ती २४:१५)। यही कारणहरूले दानियलको पुस्तक बाइबलका अगमवाणीका पुस्तकहरू मध्ये सबैभन्दा महत्त्वपूर्ण छ।

दानियलको पुस्तकको अर्को चाबी पद दानियल २:२२ मा पाउन सकिन्छ: “उहाँ (परमेश्वर)ले गहिरा-गहिरा र गुप्त कुराहरू ____________ गर्नुहुन्छ; __________ के छ, सो उहाँ जान्नुहुन्छ, अनि उहाँसित ज्योतिले वास गर्छ”। परमेश्वरले दानियललाई केहि अचम्मका कुराहरू (आउनेवाला राज्यहरू र राजाहरू को बारेमा) प्रकट गरिदिनुभयो। परमेश्वर मात्रै एकजना व्यक्ति हुनुहुन्छ जसले हामीलाई आउने कुराहरू प्रकट गर्न र आउने वर्षहरूमा के-के घटनाहरू घट्नेछन् भनी बुझ्न सहायता गर्न सक्नुहुन्छ। परमेश्वरको असल पक्षमा रहनु र उहाँसँग असल सम्बन्धमा रहनु लाभदायक हुन्छ। जो यसरी बसेका छैनन् उनीहरू समस्यामा छन्!

अगमवाणीका ७० वर्षहरू

दानियलको पुस्तकमा भएका अगमवाणीहरू मध्ये एउटा महत्त्वपूर्ण अगमवाणी दानियल ९:२४-२७मा पाइने “७० हप्ताहरू” हो। येशू ख्रीष्ट यस संसारमा कहिले आउनुहुनेछ भनी बताउने पुरानो नियममा यो एउटै मात्र अगमवाणी हो। हिब्रू शब्दावली “हप्ता” ले सातको समयावधिलाई जनाउँदछ। सामान्यतया हप्ता भनेको सात दिनहरूको समय हो भन्ने हाम्रो बुझाइ छ। तर दानियल ९ अध्यायको हप्ताले सात वर्षहरूको समय ओगटने हप्तालाई जनाउँदछ। यसको अर्थ ७० हप्ताहरू =७०×७=४९० वर्षहरू। यी ४९० वर्षहरूले ख्रीष्ट संसारमा फर्केर आउनुहुने समयसम्मको सम्पूर्ण यहूदी जातिको इतिहासलाई सङ्केत गर्दछ। तलको तालिकाले सो बुझ्न मद्दत गर्छ:

दानियलको ७०औं हप्ता अझै भविष्यमै छ (दानियल ९:२७ हेर्नुहोस्)। यसलाई कहिले-काहिँ सङ्कष्टकालको समय पनि भनिन्छ। यो समय ख्रीष्ट आफ्नो राज्य स्थापना गर्न आउनुभन्दा ७ वर्ष अगाडि हो।

 

सुरुमा दानियलको अगमवाणी अलमल पार्ने वा कठीन देखिए तापनि हामीले यो बुझेको येशू चाहनुहुन्छ: “पढ्नेले ________” (मत्ती २४:१५)। हामी परमप्रभुमा झन्-झन् बढ्दै जाने क्रममा परमेश्वरले हामीलाई दानियलको पुस्तक बुझ्न मद्दत गर्नुभएको होस्!

मानिसहरू, विशेषगरी विश्वासीहरू परमेश्वरको शासनप्रति जवाफदेही हुनुपर्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

यशैया, यर्मिया, विलाप

यशैया, यर्मिया, विलाप

 

अगमवक्ताहरू

पुरानो नियमका पुस्तकहरू भएर जाने क्रममा हामीले मोशाका पाँच पुस्तकहरू, इतिहासका पुस्तकहरू र पद्य पुस्तकहरूलाई हेरिसक्यौं। हामी अब पुरानो नियमको अन्तिम खण्डमा आइपुगेका छौं, अर्थात् अगमवाणीका पुस्तकहरू। पुरानो नियममा १६ ओटा अगमवाणीका पुस्तकहरू छन्। प्रत्येक पुस्तकलाई त्यसलाई लेख्ने अगमवक्ताकै नाम दिइएको छ। जस्तै, दनिएलको पुस्तक कसले लेखे? _____________। मीकाको पुस्तक कसले लेखे? __________। मलाकीको पुस्तक कुन अगमवक्ताले लेखे? ______________।

बृहत् अगमवाणी र लघु अगमवाणी

यी १६ ओटा पुस्तकहरूलाई प्रायः दुई समूहमा विभाजन गरिन्छ: बृहत् अगमवाणी र लघु अगमवाणी। बृहत् अगमवाणीका पुस्तकहरू ४ ओटा छन्: यशैया, यर्मिया, इजकिएल, दनिएल। लघु अगमवाणीका पुस्तकहरूमा भन्दा धेरै पन्नाहरू र धेरै अध्यायहरू भएकाले यी पुस्तकहरूलाई बृहत् अगमवाणीका पुस्तकहरू भनिन्छ। लघु अगमवाणीका पुस्तकहरू १२ ओटा छन्। बृहत् अगमवाणीका पुस्तकहरूको तुलनामा थोरै पन्नाहरू र थोरै अध्यायहरू भएकाले यी पुस्तकहरूलाई लघु अगमवाणीका पुस्तकहरू भनिन्छ। उदाहरणको लागि, यशैयाको पुस्तकमा ६६ अध्यायहरू छन् जब कि बाह्रैओटा लघु अगमवक्ताका पुस्तकहरूमा केवल ६७ अध्यायहरू छन्। यसको मतलब, के बृहत् अगमवाणीका पुस्तकहरू लघु अगमवाणीका पुस्तकहरूभन्दा कम महत्त्वका हुन् त? के पुस्तकको लम्बाइले पुस्तकको महत्त्वलाई दर्शाउने हो त? नयाँ नियमको विचार गर्नुहोस्। धेरैओटा अध्याय हुँदैमा के यूहन्नाको सुसमाचारको पुस्तक पहिलो यूहन्नाको पुस्तकभन्दा महत्त्वपूर्ण हो त? ______। परमेश्वरको वचन सबै नै महत्त्वपूर्ण छ! येशूले भन्नुभयो, “यो लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नेछ’” (मत्ती ४:४) ! ओबदियाको एउटै अध्याय भएको पुस्तक ६६ अध्यायहरू भएको यशैयाको पुस्तक जत्तिकै महत्त्वपूर्ण छ! यदि कुनै कुरा परमेश्वरले भन्नुभएको हो र यदि त्यो बाइबलमा छ भने त्यो महत्त्वपूर्ण छ! तसर्थ, लघु अगमवाणीहरूको बृहत् महत्त्व< छ (र त्यसै गरी बाइबलका अन्य पुस्तकहरूको पनि)!

अगमवक्ताहरूको सेवकाइ

आत्मिक गिरावटका समयहरूमा इस्राएल जातिलाई आफ्नो सन्देश सुनाउनका लागि परमेश्वरले उठाउनुभएका व्यक्तिहरू ‘अगमवक्ता’ कहिलिन्थे (पाँचौं अध्याय हेर्नुहोस्)। परमेश्वर यी मानिसहरूद्वारा बोल्नुभयो। ती अगमवक्ताहरूले परमेश्वरको सन्देश बताउनुपर्दा, उनीहरूले कतिपटक यसरी घोषणा गर्थे, “परमप्रभु यसो भन्नुहुन्छ!” अनि त्यसपछि आफ्नो सन्देश बताउँथे। अगमवाणीका विभिन्न पुस्तकहरूमा पल्टाएर हेर्नुहोस् र निम्न उल्लेखित वाक्यांशहरूलाई भेट्टाउन खोज्नुहोस्:

“परमप्रभु यसो भन्नुहुन्छ”
“परमप्रभु भन्नुहुन्छ”
“परमप्रभुको वचन मकहाँ आयो”

परमेश्वर यी मानिसहरूद्वारा बोल्नुभयो!

अघि कि पछि कि बीचमा?

प्रायः जसो अगमवक्ताहरू राजाहरूको समयमा जिउँदथे। तर अरूहरूचाहिँ बेबिलोनी कैदको समयमा र अरूचाहिँ बेबिलोनी कैदपछि जिउँदथे। बेबिलोनी कैदलाई ‘निर्वासन’ पनि भनिन्छ (आफ्नो मौलिक भूमिबाट यहूदीहरू जबरजस्ती अन्यत्र लगिएको घटना)।

  1. धेरैजसो अगमवक्ताहरूले आफ्ना पुस्तकहरू निर्वासनअघि लेखे (हेर्नुहोस् अध्याय १ – मुकुट)
  2. इजकिएल र दनियलले आफ्ना पुस्तकहरू निर्वासनकै समयमा लेखे (हेर्नुहोस् अध्याय १ – कैद)
  3. हग्गै, जकरिया र मलाकीले आफ्ना पुस्तकहरू निर्वासनपछि लेखे (हेर्नुहोस् अध्याय १ – निर्माण)

यशैया, इस्राएलका मसीहलाई प्रस्तुत गर्छन्

यशैया निर्वासनअघि जिउने र लेख्ने अगमवक्ताहरूमध्ये एक थिए। पुस्तकको पहिलो पदमा यशैयाको जीवनकालमा शासन चलाएका चारजना राजाहरूको सूची भेटिन्छ (अध्याय ५ मा सबै राजाहरूको सूची हेर्नुहोस्)। यशैयाले आफ्नो सेवकाइ ख्रीष्ट आउनुभन्दा ७०० वर्ष अगाडि सम्पन्न गरेका थिए। परम्परागत भनाइअनुसार यी विश्वासयोग्य अगमवक्ता दुष्ट राजा मनस्सेको राज्यकालमा आराले दुई भागमा चिरिएका थिए (हेर्नुहोस् हिब्रू ११:३७)।

आज त्यस्ता धेरैजना छन् जोहरू यशैयाको पुस्तकलाई दुई भागमा चिर्न खोज्दैछन्! ती अविश्वासीहरू भन्छन् कि त्यहाँ कम्तीमा पनि “दुईजना यशैयाहरू” (दुईजना लेखकहरू) भएकै हुनुपर्छ। पुस्तकको पछिल्लो आधा भाग (अध्याय ४०-६६) लेख्ने व्यक्ति पुस्तकको अघिल्लो आधा भाग (अध्याय १-३९) लेख्नेभन्दा बेग्लै व्यक्ति हुनुपर्छ भनी दावी गर्छन् उनीहरू। उनीहरूको दावीअनुसार, यशैयाको दोस्रो भाग लेख्ने व्यक्ति यशैया अगमवक्ताको समयभन्दा २०० वर्ष अगाडि जिएको हुनुपर्छ।

त्यस्तो कुरा उनीहरू किन गर्छन्? यसको मुख्य कारण यस्तो छ: यशैया ४४:२८ र ४५:१ मा को_____________ नाम गरेका एकजना मनिस उल्लेखित छन्। कोरेस एक फारसी राजा थिए जो छैटौं शताब्दीको पछिल्लो अर्ध-कालखण्डमा जिउँथे, अर्थात् यशैया अगमवक्ताभन्दा २०० वर्ष पछाडि। निज जन्मनुभन्दा अगाडि नै उक्त राजाको नाउँ यशैयाले कसरी बताए, जो राजा यशैयाको देहान्तको कैयौं वर्षपछि मात्र जन्मे? त्यो त राजा पृथ्वीनारायण शाहले २०७० सालमा नेपालको प्रधानमन्त्री कसलाई नियुक्त गरिनेछ भनेर पूर्वउल्लेख गर्नु जस्तै हुन्थ्यो! यी पदहरू पढ्ने अविश्वासीहरू यस्तो ठान्छन् कि कोरेसको बारेमा लेख्ने व्यक्ति कोरेसकै समयमा वा कोरेसको समयपछि जिउने व्यक्ति हुनुपर्छ।

यी अविश्वासीहरूले एउटा महत्त्वपूर्ण कुरा बुझिरहेका छैनन् । जीवित परमेश्वरले “______________को कुरा ___________देखि नै” बताउन सक्नुहुन्छ (यशैया ४६:१०) अनि कोरेसको बारेमा परमेश्वरलाई ऊ जन्मनुभन्दा सयौं वर्ष पहिलेदेखि नै थाहा थियो!

यशैयाको पूरै पुस्तक लेख्ने यशैया नै हुन्! यो कुरा हामी कसरी जान्दछौं? यो कुरा बाइबलले नै भनेकोले हामी जान्दछौं! यूहन्ना १२:३७-४१ मा यशैयाबाट दुईटा खण्डहरू उद्दरण गरिएका छन्। पहिलो (पद ३८) चाहिँ यशैया ५३ अध्यायबाट उद्दरण गरिएको हो (पुस्तकको पछिल्लो आधा भाग) र दोस्रो (पद ४०) चाहिँ यशैया ६ बाट उद्दरण गरिएको हो (पुस्तकको अघिल्लो आधा भाग), अनि बाइबलले भन्दछ यशैयाले नै दुवै खण्डहरू लेखेका हुन्!

एउटा सङ्क्षिप्त बाइबल

यशैयाको पुस्तक एउटा “सङ्क्षिप्त बाइबल” जस्तै छ। बाइबलमा कतिओटा पुस्तकहरू छन्? ______________। यशैयामा कतिओटा अध्यायहरू छन्? _____________। यशैयाको पुस्तक दुईटा मुख्य भागहरूमा विभाजित छ: भाग १ (अध्याय १-३९) र भाग २ (अध्याय ४०-६६)। भाग १ मा ३९ ओटा अध्यायहरू छन् जसरी पुरानो नियममा __________ ओटा पुस्तकहरू छन्। भाग २ मा २७ अध्यायहरू छन् जसरी नयाँ नियममा ___________ ओटा पुस्तकहरू छन्। साथै यशैया ४० (भाग २ को पहिलो अध्याय) को सुरुआत र नयाँ नियमको सुरुआतमा एउटा समानता पाइन्छ; यी दुवै खण्डको सुरुआतमा बप्तिस्मा दिने यूहन्नालाई भेटिन्छ (यशैया ४०:३)! तुलना गर्नुहोस् मर्कूस १:३।

इस्राएलका महान् मसीह

पुरानो नियमका धेरैओटा पुस्तकहरूमा इस्राएलको प्रतिज्ञा गरिएको मसीहको झलक पाउन सकिन्छ। यो हामीले भजनसङ्ग्रहमा देखिसकेका छौं (अध्याय ७)। यशैयाको पुस्तकमा मुक्तिदाता मसीहलाई पुरानो नियमका अन्य पुस्तकमा भन्दा छर्लङ्गसित देख्न सक्दछौं। केही उदाहरणहरू निम्न प्रकार छन्:

  1. यशैया ७ मा कुन पदले मसीह कन्याबाट जन्मनुहुनेछ भनेर बताउँछ? पद: _________। इम्मानुएल शब्दको माने के हो (मत्ती १:२२-२३ मा हेर्नुहोस्)? ________________________________________________।
  2. यशैया अध्याय ९ मा कुन पदले मसीह दुवै परमेश्वर तथा मानिस हुनुहुनेछ भनेर बताउँछ? पद ______________
  3. मानिस हुनुभएकोले उहाँ एक जन्मेका बालक हुनुहुनेछ! परमेश्वर हुनुभएकोले उहाँ दिइनुहुने पुत्र हुनुहुनेछ (हेर्नुहोस् यूहन्ना ३:१६) अनि उहाँ “सर्वशक्तिमान् ___________________” को नामले कहलिनुहुनेछ (यशैया ९:६ मा हेर्नुहोस्)।

सायद बाइबलभरिमा मसीहको सबभन्दा महान् अगमवाणी यशैया ५३ मा भेटिन्छ। पदैपिच्छे यस अध्यायले मसीह हाम्रा पापको निम्ति मर्नुहुनेछ भनेर बताउँदछ! पाँचौं पदलाई हेर्नुहोस्:

“तर ऊ ता हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्‍यो, र उसका कोर्राका चोटहरूद्वारा हामीहरू निको भयौं।”

याद गर्नुहोस्, ख्रीष्ट को हुनुहुन्छ भन्ने बारेमा र उहाँको जन्म र उहाँको मृत्युको बारेमा सम्पूर्ण कुराहरू बेथलेहेममा ख्रीष्ट जन्मिनुभन्दा ७०० वर्ष अगाडि नै यशैयाद्वारा लेखिएका थिए।

इस्राएलका महान् राजा

सारा संसारमा राजा स्वरूप येशू ख्रीष्टले राज्य र शासन गर्नुहुने प्रतिज्ञा गरिएको राज्यको बारेमा बताउने थुप्रै खण्डहरू यशैयाको पुस्तकमा छन्। निम्न खण्डहरूलाई ध्यान दिनुहोस्:

  1. यशैया २:१-५
    राज्यको विषयमा यस खण्डले हामीलाई के सिकाउँछ?
    ________________________________________________________
    ________________________________________________________
  2. यशैया ९:६-७
  3. राज्यको विषयमा यस खण्डले हामीलाई के सिकाउँछ?
    ________________________________________________________
    ________________________________________________________
  4. यशैया ११:१-९
  5. राज्यको विषयमा यस खण्डले हामीलाई के सिकाउँछ?
    ________________________________________________________
    ________________________________________________________

के मसीह एकभन्दा धेरै छन्?

हामीले मसीहको बारेमा यशैयाको पुस्तकका विभिन्न खण्डहरू पढ्दाहुँदि, यी व्यक्तिलाई दुई भिन्न तरिकाहरूले वर्णन गरिएको हामीले देख्न सक्छौं:

  1. कष्टमा पर्नुभएको मसीह जो मर्नुहुन्छ। यशैया ५३ मा हामीले मसीहको कष्ट र मृत्युको बारेमा पढ्न सक्छौं।
  2. राजकीय मसीह जसले सदासर्वदाको लागि राज्य गर्नुहुन्छ। यशैया ९:६-७ र यशैया ११:१-५ मा हामीले एकजना मसीहको बारेमा सिक्न पाउँछौं जो सारा पृथ्वीमाथि राजा बन्नुहुनेछ र जसले सदाको निम्ति शासन र राज्य गर्नुहुनेछ!

झट्ट हेर्दा यी खण्डहरूले दुई भिन्नाभिन्नै व्यक्तिहरूको वर्णन गरिरहेको जस्तो देखिन सक्छ: १) एकजना मसीह जो कष्टमा पर्नुहुन्छ र मर्नुहुन्छ। २) एकजना मसीह जसले राजा भएर शासन गर्नुहुन्छ। प्राचीन कालका केही यहूदीहरूले यी पदहरू पढ्दथे र निश्चय पनि त्यहाँ एकभन्दा बेसी मसीहहरू हुनुपर्छ भनी सोच्दथे! यूहन्ना १२:३३-३४ मा समेत यहूदीहरू साह्रै छक्क परेका थिए। कसरी मृत ख्रीष्टले सदाको निम्ति राज्य गर्नुहुनेछ त?

त्यहाँ दुईजना मसीहहरू हुनेछन् भनी केही यहूदीहरूले विश्वास गर्दथे। कष्टमा पर्नुभएको मसीलाई उनीहरूले “यूसुफका पुत्र” भन्दथे र राजकीय मसीहलाई उनीहरूले “दाऊदका पुत्र” भन्दथे।

नयाँ नियमले यो समस्याको समाधान गरिदिन्छ र हामीलाई मसीह एकजना मात्र हुनुहुन्छ भनी देखाउँछ, अर्थात् प्रभु येशू ख्रीष्ट। नयाँ नियममा हामी सिक्न सक्छौं कि त्यहाँ एकजना मात्र मसीह हुनुहुन्छ तर पृथ्वीमा उहाँको आगमन चाहिँ दुईओटा छन्:

  1. पहिलो आगमन त्यस बेला भयो जब येशू ख्रीष्ट पापी मानिसहरूलाई बचाउनको निम्ति यस संसारमा दु:ख भोग्न र क्रूसमा मर्नको निम्ति आउनुभयो (१ तिमोथी १:१५)।
  2. दोस्रो आगमन त्यसबेला हुनेछ जब येशू ख्रीष्ट संसारको न्याय गर्न र संसारमा राज्य गर्नको लागि फेरि आउनुहुनेछ (प्रकाश १:७)।

यशैया अनुसारको सुसमाचार

यशैयाको पुस्तकले मुक्तिको शुभ-समाचारलाई एकदम स्पष्ट रूपमा प्रस्तुत गर्दछ। यशैयाको पुस्तक मात्र प्रयोग गरेर कुनै व्यक्तिलाई मुक्ति कसरी पाउन सकिन्छ भनी देखाउन सम्भव छ। पुरानो नियमलाई विश्वास गर्ने तर नयाँ नियमलाई विश्वास नगर्ने यहूदीहरूलाई बताउँदा यसो गर्न सकिन्छ। तपाईंले निम्न जोडा मिलाउने कार्य गर्नुहुँदा यशैयाको पुस्तकले ख्रीष्ट र मुक्तिको बारेमा सिकाउने महत्त्वपूर्ण सत्यताहरू पत्ता लगाउन सक्नुहुन्छ:

के तपाईंले उहाँको उदेकको शुभ समाचारमा विश्वास गर्नुभएको छ? के तपाईंले यस महान् मसीहलाई तपाईंको व्यक्तिगत मुक्तिदाताको रूपमा स्वीकार गर्नुभएको छ?

चाबी अध्याय

यशैयाको पुस्तकका महत्त्वपूर्ण अध्यायहरूमध्ये एउटा चाहिँ यशैया ६ हो। यो एकदम व्यक्तिगत खाले अध्याय हो जसले हामीलाई यशैया नाम गरेका एकजना व्यक्तिको बारेमा र तिनले देखेका दुईटा कुराहरूको बारेमा बताउँदछ:

१) यशैयाले परमेश्वरलाई देखे! १ पदमा, यशैयाले भने, “मैले _______________लाई ………देखें” र ५ पदमा: “किनकि मेरा _______ राजालाई, अँ, सेनाहरूका ____________ देखे”। जब यशैयाले परमेश्वरको एक झलक पाए, तिनले परमेश्वरको बारेमा देखेको एउटै कुरा के थियो (३ पद हेर्नुहोस्):

  1. परमेश्वरको प्रेम
  2. परमेश्वरको पवित्रता
  3. परमेश्वरको दया
  4. परमेश्वरको भलोपन

२) यशैयाले आफैलाई देखे! ५ पदमा यशैयाले आफूलाई तिनी जस्ता थिए त्यस्तै देखे। पहिले तिनले परमेश्वर कति पवित्र हुनुहुन्छ भनी देखे, र त्यसपछि आफ्नै बारेमा तिनले केहि कुरा सिके। आफ्नो बारेमा तिनले के भने (५ पद)?

  1. “म कति उदेकको छु!”
  2. “म कति बुद्धिमान छु!”
  3. “म कति खुशी छु!”
  4. “म कति पापी र अशुद्ध छु!”
  5. “म कति धर्मी छु!”

जब मान्छेले परमेश्वरको सामु आफ्नो वास्तविक अवस्था देख्न थाल्दछ, तब ऊ परमेश्वरबाटको अनुग्रहपूर्ण क्षमा र शुद्धिकरणका निम्ति तयार भएको हुन्छ (६-७ पदहरू पढ्नुहोस्)।

के तपाईंले परमेश्वरलाई वचनमा उहाँ जस्तो प्रस्तुत हुनुहुन्छ त्यस्तै देख्नुभएको छ? के तपाईंले बाइबलको अध्ययन गरेर परमेश्वर कति पवित्र र धर्मी अनि शुद्ध हुनुहुन्छ भनी जान्नुभएको छ?

के तपाईंले आफैलाई परमेश्वरको सामु तपाईं वास्तवमै जस्तो हुनुहुन्छ, त्यस्तै देख्नुभएको छ? के तपाईंले आफू पापपूर्ण र अशुद्ध छु भनी देख्नुभएको छ? के तपाईं महान् मसीहलाई तपाईंको पाप क्षमा गर्न र तपाईंलाई बचाउन दिन इच्छुक हुनुहुन्छ?

परमेश्वरले तपाईंको निम्ति जे गरिदिनुभएको छ, त्यसको खातिर के तपाईं उहाँको निम्ति एउटा प्रयोजनको भाँडो हुन र उहाँको जस्तोसुकै इच्छा पूरा गर्न तयार हुनुहुन्छ (यशैया ६:८ पढ्नुहोस्)?

परमेश्वर पवित्र हुनुहुन्छ
म पापपूर्ण छु।
मसीह मेरो निम्ति मर्नुभयो (यशैया ५३)
परमेश्वले क्षमा गर्न सक्नुहुन्छ
प्रभु, धन्यवाद छ, म यहाँ छु!

सुसमाचार अर्थात् ख्रीष्टको असल समाचार, अँ, मसीह स्वयंलाई इन्कार गर्न सकिन्छ तर परमेश्वरको शासनबाट भने उम्कन असम्भव छ! तपाईंले उहाँलाई मुक्तिदाताको रूपमा इन्कार गर्नुभयो भने एकदिन तपाईंले उहाँलाई तपाईंको न्यायकर्ताको रूपमा सामना गर्नै पर्छ!

यर्मिया र विलाप

यी दुई पुस्तकहरू एकसाथ अध्ययन गर्न सकिन्छ किनभने यी दुवै पुस्तकहरू एउटै व्यक्ति अर्थात् अगमवक्ता यर्मियाद्वारा लेखिएका हुन्।

यर्मियाले आफ्नो सेवकाइ यशैयाको मृत्युको ६० वर्षपछि सुरु गरेका हुन्। उनले आफ्नो पुस्तक ख्रीष्टको समयभन्दा ६०० वर्ष अगाडि लेखेका थिए। यर्मियाले आफ्नो सन्देश यरुशलेमको अन्तिम दिनहरूमा, बेबिलोनीहरूद्वारा शहर सर्वनाश गरिनुभन्दा अगाडि बताएका थिए। उनले विश्वासयोग्यतापूर्वक मानिसहरूलाई तिनीहरूको पापहरूको कारणले आउन लागेको इन्साफको बारेमा चेतावनी दिए, तर तिनीहरूले उनको चेतावनीलाई ध्यान दिन इन्कार गरे। उनले परमेश्वरको सन्देश यहूदाका अन्तिम पाँच राजाहरू अर्थात् योशियाहबाट सुरु गरेर सिदकियाहसम्मको राज्यकालमा बताएका थिए। यी राजाहरूमध्ये असल राजाहरू कतिजना थिए (पाचौं पाठमा भएको चार्ट हेर्नुहोस्)? _________________________

यर्मियाले यहूदी मानिसहरूलाई परमेश्वरको चेतावनी यहूदा राज्यको अन्तिम दिनहरूमा घोषणा गरेका थिए (दक्षिणी राज्य, ५ अध्याय पढ्नुहोस्)। ती दिनहरू कस्ता थिए? ती दिनहरूमा जिइरहेका मानिसहरूको बारेमा परमेश्वरले यर्मिया १:१६ मा वर्णन गर्नुभएको छ:

“अनि उनीहरूको सारा _________ सम्बन्धमा म उनीहरूकै विरोधमा मेरा फैसलाहरू घोषणा गर्नेछु, जसले _________ __________ छन्, ______ ___________ निम्ति धूप बालेका छन् र आफ्नै हातहरूका कामहरू (मूर्तिहरू) लाई दण्डवत् गरेका छन्।”

यर्मिया, उनको चेतावनी र आउन लागेको न्यायको बारेमा सन्देश लिएर यस किसिमका मानिसहरूकहाँ पठाइएका थिए! यर्मिया करिब ५० वर्षसम्म यहूदा र यरूशलेमको शहरका निम्ति परमश्वरकै आवाज भएका थिए।

प्रेम नगरिएका अगमवक्ता

जब यर्मियाले परमेश्वरको सन्देश प्रचार गरे, उनका श्रोताहरू मित्रभावले भरिएका थिएनन्! उनको सेवकाइको सुरुमा परमेश्वरले यर्मियालाई ठीक कुन कुराको अपेक्षा गर्नुपर्छ भनी बताउनुभएको थियो:

“अनि उनीहरू तिमीसित _________ _________; तर उनीहरू तिमीमाथि विजयी हुनेछैनन्; किनकि तिमीलाई ___________ म तिम्रो _________ छु, परमप्रभु भन्नुहुन्छ” (यर्मिया १:१९)।

यर्मिया आफ्नै मानिसहरूद्वारा सताइनेछन् भन्ने कुरा उनले जानेको परमेश्वर चाहनुहुन्थ्यो, तर यो पनि जानेको चाहनुहुन्थ्यो कि परमेश्वरले उनलाई छुटाउनुहुनेछ र उनको ख्याल राख्नुहुनेछ। यर्मिया खासै लोकप्रिय प्रचारक थिएनन्!

यर्मियाको सन्देश पनि वास्तवमा धेरै लोकप्रिय सन्देश थिएन। यर्मिया १९:१५ मा भएको न्यायको सन्देश पढ्नुहोस्। के यो सुनेर त्यस ठाउँका मानिसहरू खुशी भए होलान् जस्तो लाग्छ तपाईंलाई? उनको प्रचारको कारणले यर्मियालाई के भयो (यर्मिया २०:२)? _____________________________________________________________

यर्मिया परमेश्वरको निम्ति आवाज थिए, तर उनले बहिरा कानहरूकहाँ बोले। के मानिसहरूले उनको सन्देशलाई ध्यान दिएर सुने (यर्मिया ३७:२)? __________ तिनीहरूले यर्मियालाई के गरे (यर्मिया ३७:१५)? ____________________________________________________

पछि उनलाई एउटा डरलाग्दो झ्यालखानामा फालियो अर्थात् एउटा दलदले खाडलमा (यर्मिया ३८:६ पढ्नुहोस्)! तर तिनीहरूले यर्मियालाई जस्तो व्यवहार गरे तापनि अथवा तिनीहरूले उनलाई जहिँ राखे तापनि, परमेश्वर सधैं उनीसँगै हुनुहुन्थ्यो! उनी मानिसहरूद्वारा प्रेम गरिएनन् तर उनको परमेश्वरद्वारा साह्रै प्रेम गरिए!

यर्मियाको सेवकाइ

उनको इलाका: (उनके प्रचार गरेका मानिसहरू):
	सत्यत्याग गरेको एउटा जाति (परमेश्वरबाट पछि हटेका मानिसहरू)।
उनको सन्देश:
	आउन लागेको न्याय र विनाश! बेबिलोनीहरू आउँदैछन्!
उनको जनप्रियता:
	शत्रु कसरी बनिन्छ भनी उनी राम्ररी जान्दथे!
उनको वासस्थान (उनी बस्ने गरेको स्थान):
	प्राय: जसो झ्यालखाना
उनको प्रोत्साहन:
	एउटा __________ शूरवीर मानिससमान परमेश्वरको उनको साथमा
         हुनुहुन्थ्यो (यर्मिया २०:११)।
उनको प्रेरणा: 
	परमेश्वरको वचन उनको हृदयमा जलिरहेको थियो (यर्मिया २०:९)।

चाबी शब्दहरू

यस पुस्तकमा “बेबिलोन” शब्द १६४ पटक पाइन्छ! घरि-घरि यर्मियाले यहूदीहरूलाई तिनीहरूको पापहरूको कारणले परमेश्वरको न्याय आउँदैछ, र परमेश्वरले बेबिलोनीहरू तिनीहरूको शहर विनाश गर्न र तिनीहरूलाई कैद गरेर लैजान पठाउँदैहुनुहुन्छ भनी चेतावनी दिइरहे। यहूदीहरूले बेबिलोनको बारेमा सोच्न चाहेनन् तर यर्मियाले तिनीहरूलाई आउँदै गरेको न्यायको बारेमा सम्झना दिलाइरहे। यसको एउटा नमूना यर्मिया २०:५ मा पाइन्छ: “अनि म शहरको सारा धनसम्पत्ति, यसको सारा परिश्रम र यसका सबै बहुमूल्य थोकहरू सुम्पिदिनेछु, अँ, यहूदाका राजाहरूका सबै भण्डारहरू म तिनीहरूका _________ हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई लुट्नेछन्, तिनीहरूलाई _________ गर्नेछन् र तिनीहरूलाई __________ लैजानेछन्”। यर्मियाको दृढ सन्देश यहि थियो: “बेबिलोनीहरू आउँदैछन्! परमेश्वरको न्याय आउँदैछ!”

अर्को चाबी शब्द “पछि हट्नु” हो। यो १३ पटक पाइन्छ (यर्मिया ३:२२; ५:६; ६:५; १४:७)। तिनीहरूको पापहरूको कारणले त्यो जाति परमेश्वरबाट पछि हटिरहेको थियो। परमेश्वरले उहाँका मानिसहरूको पछि हटाइलाई निको पार्न सक्नुहुन्छ तर उनीहरूले प_________ गर्नैपर्छ (यर्मिया ३:१२, २२)।

तेस्रो चाबी शब्द “मान्नु” हो। यो १८ पटक पाइन्छ। घरि-घरि यर्मियाले मानिसहरूलाई यो सन्देश सुनाए: “तर तिमीहरूले न _________ आफ्नो परमेश्वरको वाणी, न अरू कुनै कुरा नै ___________ छौ” (यर्मिया ४२:२१; साथै ३:१३; ९:१३; ३२:२३; ४०:३ इत्यादि पनि पढ्नुहोस्)। परमेश्वरका जनहरूले उहाँले भन्नुभएको कुरा अनुसार गर्न इन्कार गरे र यसैले तिनीहरूमाथि जोखिम आइपर्‍यो। यहि कुरा आजका मानिसहरूको सम्बन्धमा पनि सत्य छ। परमेश्वरको वाणी नमान्ने हरेक खतरामा छन्। परमेश्वरको आशिष आज्ञा मान्नेहरूमा छ र परमेश्वरको श्राप आज्ञा नमान्नेहरूमाथि छ (यर्मिया ११:३)। आज पनि आज्ञापाल गर्नु लाभदायक छ!

“मकहाँ फर्की!”

यर्मियाको पुस्तकका पदहरूमध्ये एउटा चाबी पद ४:१ मा पाइन्छ—“परमप्रभु भन्नुहुन्छ: हे इस्राएल, तँ फर्कन्छस् भने ___कहाँ _______!” परमेश्वरका जनहरू परमेश्वरबाट अन्तै फर्केका थिए र आफ्नो अनाज्ञाकारिता र पापमा जीवन बिताइरहेका थिए। यस पदमा परमेश्वरले मानिसहरूलाई फेरि आफूकहाँ बोलाइरहनुभएको छ! परमेश्वर यर्मियाद्वारा यसो भन्दै मानिसहरूसँग बोल्नुभयो, “परमेश्वरकहाँ फर्क! परमेश्वरकहाँ फर्केर आओ!”

के मानिसहरूले परमेश्वरले भन्नुभएझैं गरे? के तिनीहरू परमेश्वरकहाँ फर्के? यर्मिया ५:३ मा भएको दु:खद पदहरूलाई बिचार गर्नुहोस्। यस पदको अन्तिम चार शब्दहरू के-के हुन्? _________ __________ __________ ________। परमेश्वरले तिनीहरू उहाँकहाँ आएको चाहनुहुन्थ्यो। तिनीहरूले आउन इन्कार गरे! यूहन्ना ५:४० सँग तुलना गर्नुहोस्। के आजा येशू ख्रीष्टले मानिसहरू उहाँकहाँ आएको चाहनुहुन्छ? (मत्ती ११:२८ र यूहन्ना ६:३५, ३७)? ___________ के तपाईं उहाँकहाँ आउनुभयो, अथवा के तपाईंले उहाँकहाँ आउन इन्कार गर्नुभयो?

परमेश्वर विश्वासयोग्य हुनुहुन्छ!

यर्मियाको पुस्तकमा केहि खुशीका समाचारहरू पनि छन्! यद्यपि न्याय आउँदैथियो, चहकिलो दिन पनि आउँदैछ भनी यर्मिया जान्दथे! परमेश्वरका जनहरू विश्वासयोग्य नभए तापनि, उहाँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ! परमेश्वरको महान् विश्वासयोग्यताको कारणले, भविष्यमा इस्राएल राष्ट्रको निम्ति उहाँले केहि उदेकको कार्य गर्नुहुनेछ।

यर्मिया ३१:३१-३४ मा परमेश्वरले हामीलाई एउटा उदेकको नयाँ वाचाको बारेमा भन्नुहुन्छ जुन उहाँले कुनै एकदिन इस्राएल राष्ट्रसँग बाँध्नुहुनेछ। विगतमा परमेश्वरले इस्राएलका सन्तानहरूलाई मोशाको व्यवस्था दिनुभयो। के उनीहरूले यो व्यवस्था पालन गरे कि यो व्यवस्था तोडिदिए (यर्मिया ३१:३२)?________________________________ भविष्यमा परमेश्वरले केहि विशेष कार्य गर्नुहुनेछ। “म मेरो _________ तिनीहरूको अन्तस्करणमा हालिदिनेछु, र म त्यो तिनीहरूको _________ लेखिदिनेछु; अनि म तिनीहरूको __________ हुनेछु, र तिनीहरू _________ प्रजा हुनेछन्” (यर्मिया ३१:३३)। के परमेश्वरले तिनीहरूका अधर्म क्षमा गरिदिनुहुनेछ (यर्मिया ३१:३४)? _________ के तिनीहरू सबैले परमप्रभुलाई चिन्नेछन् (यर्मिया ३१:३४)? __________

यो नयाँ वाचा राज्यको समयमा बाँधिनेछ, अर्थात्, जब येशू ख्रीष्ट राजाहरूका राजाको रूपमा संसारमा फर्की आउनुहुनेछ। यशैयाले जस्तै यर्मियाले पनि हामीलाई यस महिमित राज्यको बारेमा बताउँछन्। यस महान् राज्यको बारेमा वर्णन गर्ने खण्डहरूमध्ये एउटा चाहिँ यर्मिया २३:५-८ हो। यी पदहरूले बताएका महान् राजा को हुनुहुन्छ, के तपाईंलाई थाह छ? ___________________________________________

विलापको पुस्तक

बेबिलोनीहरू पलिस्ती भूमिमा आएर अनि यरुशलेम शहरमाथि विजय हासिल गरेको भयानक आक्रमण देख्न यर्मिया जीवित रहेका थिए। यो हुनेछ भनी यर्मियाले मानिसहरूलाई चेतावनी दिएका थिए, अनि यो घटना घटेको उनले आफ्नै आँखाले देखे (यर्मिया ३९ अध्याय पढ्नुहोस्)।

यो न्यायको बारेमा यर्मियाले के सोचे? के उनले आनन्दित हुँदै यसो भने, “यी अधर्मी मानिसहरू जुन कुराको योग्य थिए त्यही भोगिरहेको देख्दा म औधी खुसी छु!”? होइन, यर्मियाको हृदय टुटेको थियो! उनले उनका यहूदी मानिसहरूका निम्ति विलाप गरे र शोक मनाए। तिनीहरूले उनलाई घृणा गरे तापनि, उनले तिनीहरूलाई प्रेम गरे।

यर्मिया “रोइरहेका अगमवक्ता” अथवा “चूर्ण हृदय भएका अगमवक्ता” भनी चिनिन्छन्। के साँच्चै उनले उनका मानिसहरूका निम्ति आँसु झारे (यर्मिया ९:१; १३:१७; १४:१७)? ________

यरुशलेमको सर्वनाश पश्चात् यर्मियाले एउटा पुस्तक लेखे जसलाई आज हामी “विलापको पुस्तक” भन्छौं। “विलाप” शब्दको अर्थ “शोक र दु:खमा रुनु” हुन्छ। रोइरहेका अगमवक्ता उनको प्रिय शहर र उनको प्रिय मानिसहरूको निम्ति शोक मनाइरहेका थिए।

विलापको पुस्तक पद्य (कविता) शैलीमा लेखिएको पुस्तकहरू मध्ये एउटा हो (पाठ ७ हेर्नुहोस्)। यो वर्णक्रममा मिलाएर लेखिएको कविता वा गीत हो (पाठ ७ हेर्नुहोस्)। उदाहरणको निम्ति, पहिलो अध्यायमा २२ ओटा पदहरू छन् र पहिलो पद हिब्रू वर्णमालाको पहिलो अक्षरबाट सुरु हुन्छ, दोस्रो पद दोस्रो अक्षरबाट सुरु हुन्छ, आदि। विलापको पुस्तकलाई “चूर्णहृदयको गीत, दु:खको भजन, शोकको राग र आँसुको कथा” भनिएको छ।

चाबी पद

यर्मिया १:१८ चाबी पद हो र यो पदले यरूशलेम किन विनाशमा छ भन्ने कारण दिन्छ। परमप्रभु ध____ हुनुहुन्छ उहाँका जनहरू पापी छन् र उहाँको विरोधमा बिद्रोह गरेका छन्! तर विलापको पुस्तकमा केही खुशीका खबरहरू र आशाका सन्देशहरू पनि छन् (३:२१)। परमेश्वरका जनहरू विश्वासयोग्य नभए तापनि उहाँ विश्वासयोग्य हुनुहुन्छ! जब परमेश्वरले त्यस जातिको न्याय गर्नुभयो उहाँले यहूदीहरूलाई पूर्ण रूपले नष्ट गर्नुभएन। उहाँले त्यसो गर्न सक्नुहुन्थ्यो र तिनीहरू यसको योग्य थिए, तर परमेश्वरले तिनीहरूलाई पूरै नाश पार्नुभएन! किन? यसको जवाफ विलाप ३:२२-२३ मा पाइन्छ: “परमेश्वरका ____________ कारणले हामी ____________ भएनौं; किनभने उहाँका कोमल कृपाहरूको अन्त हुँदैन। हरेक बिहान ती नयाँ-नयाँ हुन्छन्; तपाईंको ______________ महान् छ”। परमेश्वरको कृपाहरू र विश्वासयोग्यताको कारण तिनीहरूको विनाश पूरै भएन! परमेश्वरले इस्राएलसँगको आफ्नो व्यवहार सिद्ध्याउनु भएन। तिनीहरूको निम्ति उहाँले एउटा उदेकको भविष्य राख्नुभएको छ! यद्यपि तिनीहरूले यर्मिया र उनको सन्देशलाई इन्कार गरिदिए (र पछि येशू र उहाँको सन्देशलाई इन्कार गरिदिए), अझैपनि परमेश्वरले आफ्नो जनहरूलाई परित्याग गर्नुभएन (रोमी ११:१)। परमेश्वरका जनहरू विश्वासयोग्य नभए तापनि उहाँ विश्वासयोग्य हुनुहुन्छ!

जब हामी विलापको पुस्तक अध्ययन गर्दछौं, हामीले यर्मिया र उनका आँसु पछाडि हेर्नुपर्छ र विलाप गरिरहनुभएको अर्को व्यक्तिलाई देख्नुपर्छ! आफ्नो जनहरूका पापहरूको कारण परमेश्वरको आफ्नै हृदय टुटेको थियो। परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ तर पापीलाई प्रेम गर्नुहुन्छ भनी हामीले कहिल्यै पनि बिर्सनुहुँदैन। हृदय टुटेको अगमवक्ताले यो प्रकट गर्दछन् कि परमप्रभुका मानिसहरूको पापले परमप्रभुको हृदयलाई चोट पुर्‍याउँछ।

शताब्दियौंपछि जब परमेश्वर आफै संसारमा आउनुभयो, उहाँले यर्मियाले जस्तै गर्नुभयो! उहाँले यरूशलेम शहरको निम्ति विलाप गर्नुभयो (लूका १९:४१)। धेरै हिसाबमा येशूको सेवकाइ यर्मियाको सेवकाइसँग मिल्दोजुल्दो थियो। येशूको सन्देश प्रायः बहिरा कानहरूमा पर्‍यो। उहाँका आफ्नै मानिसहरूले उहाँलाई इन्कार गरे (यूहन्ना १:११)। मानिसहरूले उहाँलाई घृणा गरे र यहाँसम्म कि उहाँलाई क्रूसमा टाँगिदिए, तर उहाँले तिनीहरूलाई प्रेम गर्नुभयो। उहाँ असाध्यै इच्छुक हुनुहुन्थ्यो (“मैले…इच्छा गरें”—मत्ती २३:३७), तर तिनीहरू असाध्यै अनिच्छुक थिए (तिमीहरूले इच्छा गरेनौ—मत्ती २३:३७)।

मानिसहरू पापमा जीवन बिताइरहेको र न्यायमा पर्न लागिरहेको देख्नुभएर परमेश्वर कदापि प्रसन्न हुनुहुन्न। यर्मियाको समयमा बाँचिरहेका मानिसहरूको निम्ति जस्तै आजका दिनमा बाँचिरहेका मानिसहरूको निम्ति पनि परमेश्वरको सन्देश उही नै छ: मकहाँ फर्क! के तपाईं फर्कनुहुन्छ? कि तपाईं फर्कन इन्कार गर्नुहुन्छ? सन्तगणका पापहरूले जहिल्यै पनि सन्तगणकहाँ शोक ल्याउँछ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

हितोपदेश, उपदेशक र श्रेष्ठगीत

हितोपदेश, उपदेशक र श्रेष्ठगीत

 

पुरानो नियमको सर्वेक्षण गर्ने क्रममा हामी यस अध्यायमा अरु तीन पद्य पुस्तकहरूको अध्ययन गर्नेछौं: हितोपदेश, उपदेशक र श्रेष्ठगीत। यी तीनओटै पुस्तक एकैजनाले लेखेका हुन्। तिनी को थिए? (प्रत्येक पुस्तकको पहिलो पदलाई पढेर पत्ता लगाउनुहोस्): __________________________________

यी तीन पुस्तकहरूलाई राम्ररी बुझ्न तिनका लेखकका बारेमा केही कुराहरू बुझ्नु आवश्यक छ।

लेखक राजा सोलोमन

सोलोमनका बाबु को थिए (१ राजा २:१-३)? _______________। दाऊद कस्ता राजा थिए (१ राजा १५:३,५)? _______________________________________। सोलोमनका बाबु परमेश्‍वरको भय मान्ने व्यक्ति थिए जसले प्रभुको सेवा राम्ररी गरे। आफ्नो वृद्धावस्थामा दाऊदले आफ्नो छोरा सोलोमनलाई केही महत्त्वपूर्ण सल्लाहहरू दिए (हेर्नू: १ इतिहास २८:९)। दाऊदले सोलोमनलाई तीनओटा अर्ती दिए:

  1. परमेश्‍वरलाई मान
  2. परमेश्‍वरको सेवा गर
  3. परमेश्‍वरलाई खोज (र उहाँलाई नत्याग)

के सोलोमनले आफ्ना बाबुको सल्लाहलाई माने त?

दाऊदको मृत्युपछि सोलोमन इस्राएलमा राजा भए। बाइबलले १ राजा ३:३ मा बताएको कुन कुराले प्रारम्भिक चरणमा सोलोमन राम्ररी नै अगाडि बढ्दै थिए भन्ने कुरा देखाउँछ? ________________ ______________________________। १ राजा ३:५ मा परमेश्‍वरले सोलोमनसित एउटा अचम्मको कुरा गर्नुभयो। उहाँले यसो भन्नुभए बराबर थियो, “सोलोमन, तिमी माग, म दिनेछु। तिमी के माग्छौ? जे चाहन्छौ माग!” यदि तपाईंलाई परमेश्‍वरले त्यसो भन्नुभएको भए तपाईं के माग्नुहुन्थ्यो? पैसा? लामो आयु? थुप्रै साथीहरू? सुःख? ख्याती? सम्पत्ति? सोलोमनले के मागे (१ राजा ३:९-१२)? _________________________________________। के परमेश्‍वरले उनको माग पूरा गरिदिनुभयो (१ राजा ३:१२)? ____________। परमेश्‍वरले उनलाई थप के कुरा पनि दिनुभयो (१ राजा ३:१२)? _________________________________

सोलोमनको बुद्धिको नमुनाको एक झलक १ राजा ३:१६-२८ मा उल्लेखित घटनामा देख्‍न सक्छौं। तपाईं सोलोमनको स्थानमा हुनुभएको भए त्यसबेलाको समस्या समाधान गर्न के तपाईंले पनि त्यही उपाय निकाल्नुहुनेथ्यो होला? के प्रभु येशूले मत्ती १२:४२ मा सोलोमनको बुद्धिको चर्चा गर्नुभएको थियो? _________। के सोलोमनले आफ्नो बुद्धि प्रयोग गरेर ज्यादै कठीन प्रश्‍नहरूको जवाफ दिन सके (१ राजा १०:१-३)? ______

यस अध्यायमा हामी सोलोमनले लेखेका पुस्तकहरूको विचार गर्नेछौं। स्मरण होस्, यी पुस्तकका लेखक परमेश्‍वरबाट धेरै बुद्धि प्राप्त गरेका व्यक्ति थिए। जसरी परमेश्‍वरले पावललाई नयाँ नियमका तेह्रओटा जति पुस्तकहरू लेख्‍नलाई धेरै बुद्धि दिनुभयो त्यसरी नै उहाँले सोलोमनलाई पुरानो नियमको तीनओटा पुस्तकहरू लेख्‍नलाई धेरै बुद्धि दिनुभयो।

सोलोमनको अधोगति

सोलोनमको हृदयमा भएको पाप-स्वभाव परमेश्‍वर राम्ररी जान्नुहुन्थ्यो त्यसैले उहाँले सोलोमनलाई १ राजा ९:६-९ मा एउटा कडा चेताउनी दिनुभएको थियो। परमेश्‍वरले सोलोमनलाई कुन कुरा नगर्नू भन्ने आज्ञा दिनुभएको थियो (१ राजा ९:६)? ______________________________________________ _________________________________________________। के सोलोमनले त्यस चेताउनीलाई माने होलान्?

आफ्नो जीवनको अन्तमा सोलोमनले एउटा बुद्धिपूर्ण सत्यता व्यक्त गरेको पाउँछौं: “संसारमा यस्तो कुनै धर्मी मानिस _______, जसले सबै काम _______ गर्छ र कहिल्यै _______ गर्दैन (उपदेशक ७:२०)।” यसले सोलोमनलाई पनि समेट्दछ। उनी पनि पापमा लोटेका थिए र उनको लोटाइ ठूलो थियो! सोलोमनको अधोगतिको बारेमा हामी १ राजा ११ मा पढ्छौं। सोलोमनको गिरावट उनी जवान हुँदा भएको थियो कि वृद्ध हुँदा (१ राजा ११:४)? __________________। के उनले प्रभुलाई आफ्ना बाबु दाऊलेजस्तै पछ्याए (१ राजा ११:६)? _______________। के सोलोमन प्रभुको आज्ञाकारी भए (१ राजा ११:१०)? ______________। सोलोमनको पापको बारेमा नहेम्याह १३:२६ मा पढ्न सकिन्छ।

सोलोमन पापमा गहिरो गरी फसे तापनि उनले आफ्नो अनुभवबाट पाठ सिके। पाप दुःखदायी कुरो हो, तर आफ्नो पापबाट पाठ नसिक्नु झनै कति दुःखदायी! परमेश्‍वरले हामीलाई हाम्रा पाप र जीवनका दुःखदायी अनुभवहरूबाट पाठ सिकाउन चाहनुहुन्छ। तपाईं पापमा फस्नुहुँदा परमेश्‍वरले तपाईंलाई भविष्यका लागि अनमोल पाठहरू सिकाउन चाहनुहुन्छ जसले गर्दा तपाईंलाई मात्र नभई अरुहरूलाई समेत मद्दत मिल्नेछ। के तपाईं परमेश्‍वरलाई त्यसरी सिकाउने मौका दिने गर्नुहुन्छ? पापमा फस्नु सोलोमनको बुद्धिमतापूर्ण काम थिएन तर उनले त्यसबाट पाठ सिक्नु भने उनको बुद्धिमतापूर्ण काम थियो। अनि उनले सिकेका अनमोल पाठहरू हामी उपदेशकको पुस्तकमा पाउँछौं।

हितोपदेश – व्यावहारिक बुद्धिको पुस्तक

यस पुस्तकका लेखक सोलोमन थिए भनेर हामीले अघिबाटै उल्लेख गरिसकेका छौं (हितोपदेश १:१। अधिकांश पुस्तक सोलोमनले लेखे तर सबै त होइन। उदाहरणको लागि हितोपदेशका आखिरी दुई अध्यायहरू सोलोमनले लेखेका होइनन् (हेर्नू: हितोपदेश ३०:१ र ३१:१)।

हितोपदेश भनेको के हो?

बाइबलमा “हितोपदेश” भनेको उखान हो। उखान भन्नाले लामो समयसम्म धेरै मानिसहरूले प्रयोग गर्ने छोटो र बुद्धिपूर्ण भनाइ भन्ने बुझिन्छ। नेपालीमा थुप्रै उखानहरू छन्। जस्तै;

“म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो।” के तपाईंलाई यस्तो अनुभव भएको छ?

“कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर।” यसले एउटा मूर्खतापूर्ण कामको बयान गर्दछ।

हितोपदेशको पुस्तक छोटो-छोटो भनाइहरूको सङ्ग्रह हो। बुद्धिमानी भनाइहरूले भरिएको पुस्तक हो यो। प्रत्येक अध्यायमा थुप्रै उखानहरू छन्। प्रायः प्रत्येक पद नै एउटा उखानको रूपमा छ। यसरी तेह्रौं अध्यायमा २५ ओटा पदहरू छन् अथवा २५ ओटा उखानहरू छन्! सोलोमनले कतिओटा उखानहरू कहे (१ राजा ४:३२)? _________________। हितोपदेशको पुस्तकमा सोलोमनका थुप्रै उखानहरू छन् तरैपनि सबै ता होइन (सोलोमनले ३००० ओटा कहे तर हितोपदेशमा केवल ९१५ ओटा पदहरू मात्र छन्)। कुन कुन उखानहरू बाइबलमा समावेश गरिनुपर्छ भन्ने कुरा परमेश्‍वर जान्नुहुन्थ्यो। साथै हेर्नुहोस् उपदेशक १२:९ जहाँ उल्लेख छ, सोलोमनले “धेरै ________________ यथोचित क्रममा राखे।”

उखान एउटा छोटो भनाइ हो। त्यो कुनै सत्यतालाई व्यक्त गर्ने यस्तो तरिका हो जसले गर्दा त्यो सम्झिराख्‍न सजिलो हुन्छ। छोटो र मीठो कुरा सम्झन सजिलो हुन्छ। साथै यी हितोपदेशका शिक्षा नैतिकपू्र्ण छन्। यसको मतलब प्रत्येक हितोपदेशले ठीक र बेठीकलाई छुट्याउने काम गर्छ। हितोपदेश १५:१ लाई विचार गरौं। ठीक के हो? ____________________________। बेठीक के हो? ____________________। हितोपदेश १५:८ लाई विचार गरौं। ठीक के हो? ____________________________। बेठीक के हो? ____________________

महिनामा करीब ३० दिन हुने भएकोले प्रत्येक दिन हितोपदेशको एउटा अध्याय पढ्नुभयो भने तपाईंले पूरै पुस्तक एकै महिनामा पढेर भ्याउनुहुनेछ!

व्यावहारिक बुद्धि

हितोपदेश एउटा छोटो भनाइ हो जसले विश्‍वासीको जीवन सञ्चालन र नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। हितोपदेशले हामीलाई जिउन सिकाउँछ: के गर्ने, के नगर्ने। हितोपदेशको पुस्तकको विषयबस्तु हो, बुद्धि। यस पुस्तकले व्यावहारिक बुद्धिको चर्चा गर्छ – जुन बुद्धि हाम्रो दिनदिनक जीवनमा उपयोगी हुन्छ। कतिपय बुद्धि अव्यावहारिक हुन्छ। शीक्षण संस्थानहरूमा सिकाइने कतिपय कुराहरू अव्यावहारिक हुन्छन्। कसैले भनेका छन्, पी०एच०डी० हासिल गर्नु भनेको झन् झन् थोरै विषयमा झन् झन् धेरै जान्नु र अन्तमा सबथोकको विषयमा केही पनि नजान्नु हो! हितोपदेशमा पाइने बुद्धि यस्तो खालको होइन। हितोपदेशको पुस्तकमा हाम्रो दिनदिनको जीवनलाई छुने निम्न खालका कुराहरू पाइन्छन्:

पैसा
खाने
सुत्‍ने
झडङ्ग रिसाउने
बोलीवचन
काम
कसरी खुशी हुने
साथीहरू
बाबु आमा
अल्छिपना
र थुप्रै अन्य विषयहरू

बुद्धिलाई व्यक्तिकरण गरिएको

हितोपदेशको शुरुका अध्यायहरूमा बुद्धिलाई पटक-पटक एउटा व्यक्ति (एक स्त्री व्यक्ति) को रूपमा प्रस्तुत गरिएको छ। बुद्धिलाई एक स्त्रीको रूपमा बयान गरिएको छ! यो कुरा हितोपदेश ९ मा देख्‍न सिकन्छ। उक्त अध्यायमा हामी दुईजना स्त्रीका बारेमा सिक्छौं। पद १३-१८ मा मूर्ख वा सांसारीक स्त्रीको बयान छ अनि पद १-५ मा बुद्धिमति स्त्रीको बयान छ। दुवै स्त्रीले पुरुषहरूलाई निम्त्याउँदै यसो भन्दैछन्, “कृपया यतातिर आउनुहोस् र तपाईंको साथी मलाई बनाउनुहोस्!” कुनचाहिँ स्त्री हाम्रो साथी भएको परमेश्‍वर चाहनुहुन्छ (हितोपदेश ८:१-१२)? _____________

कल्पना गर्नुहोस्, बाटोमा हिँड्दै गर्दा बुद्धिमति स्त्री तपाईंको साथसाथ हिँड्दैछिन्। एक्कासी तपाईंको अगाडि एउटा दोबाटो देखा पर्छ (एउटा बाटो सीधा अगाडि बढ्छ भने अर्कोचाहिँ मोडिएर गएको छ)। बुद्धि कता लाग्छिन् होली? ______________________________। तपाईं सीधा बाटो छोडेर गलत बाटोमा जान लाग्दा तपाईंको साथीले भन्नेछिन्, “माफ गर्नुहोस्, म त्यो बाटो जान सक्दिनँ अनि तपाईं पनि त्यो बाटो जानुहुन्न!” तब तपाईंले रोज्नुपर्ने हुन्छ: “म मेरा साथीसँग हिँडूँ कि तिनलाई छोडेर एक्लै अगाडि बढूँ?”

यदि तपाईं बुद्धिलाई आफ्नो साथी बनाइराख्‍नुभयो भने तपाईंले ___________ पाउनुहुनेछ (हितोपदेश ३:१८)। परमेश्‍वर भन्नुहुन्छ, त्यसलाई __________ नदे (हितोपदेश ४:१३) बरु त्यसलाई अँ_______ (हितोपदेश ४:८)!

नयाँ नियममा पल्टाउँदा बुद्धि एउटा व्यक्तिमा पूर्णरूपमा समाहित छ भन्ने कुरा पत्ता लगाउँछौं अर्थात् येशू ख्रीष्टमा (कलस्सी २:२-३)! उहाँ हाम्रो बुद्धि हुनुहुन्छ! जीवनको मार्गमा हिँड्दा हामीलाई चाहिने साथी उहाँ नै हुनुहुन्छ! ख्रीष्टलाई भेट्टाउनेहरूले जीवन भेट्टाउँछन् (तुलना गर्नुहोस्, हितोपदेश ८:३५-३६ र १ यूहन्ना ५:१२)!

चाबी पद

हितोपदेशको चाबी पद पहिलो अध्यायमा नै पाइन्छ, पद ७ मा: “परमप्रभुको _______ नै ज्ञानको ______ हो तर ______ले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।” यस्तै पद हितोपदेश अध्याय ९ मा भेट्टाउन सक्नुहुन्छ? पद: ____

यी पदहरूले दुई खालका व्यक्तिको बयान गर्छन् – परमेश्‍वरको भय मान्नेहरू र परमेश्‍वरको भय नमान्नेहरू:

कुनै पनि व्यक्ति साँचो ज्ञान र बुद्धि प्राप्त गर्न चाहन्छ भने उसले परमप्रभुको भयबाट शुरु गर्नुपर्छ। बुद्धिको घरभित्र प्रवेश दिलाउने ढोका परमप्रभुको भय हो:

यस ढोकाबाट नछिरिकन कोही पनि बुद्धिको घरभित्र प्रवेश गर्न सक्दैन! प्रभुको डर मान्न इन्कार गर्ने र उक्त ढोकाबाट भित्र पस्न नचाहनेहरूलाई मू ____ भनिएको छ (हितोपदेश १:७)। ती मूर्ख व्यक्तिहरूको बयान हितोपदेश १:२९ मा पनि पाइन्छ: “तिनीहरूले ______लाई घृणा गरेका हुनाले र परमप्रभुको ______ मान्न नचाहेका हुनाले।” के तपाईं बुद्धिको घरभित्र पस्नुभयो? के तपाईंले परमप्रभुको भयलाई रोज्नुभयो? के तपाईंले बुद्धिलाई आफ्नो साथीको रूपमा रोज्नुभएको छ?

बुद्धिको घरभित्र पसेकाहरूलाई हितोपदेशको पुस्तक दिनदिनको जीवनका लागि धेरै उपयोगी लाग्नेछ किनकि यो पुस्तक व्यावहारिक बुद्धिले भरिपूर छ। बुद्धिको घरमा नपसेकाहरूलाई हितोपदेशको पुस्तक खासै उपयोगी लाग्नेछैन। उनीहरूलाई यो थोरै अर्थ भएको सानोतीनो भनाइका एक चानचुने सङ्ग्रह मात्र हुन्छ। बुद्धि जान्न सारा बुद्धिको परमेश्‍वरलाई जान्नुपर्छ!

उपदेशक – जीवनको अर्थको खोजी

यस पुस्तकको लेखकलाई पहिलो पदमा नै बयान गरिएको छ। उक्त बयान मिल्ने एउटै मात्र व्यक्ति को हुन्? __________________

उपदेशक

पुस्तकको नाम पहिलो पदको “उपदेशक” शब्दबाट लिइएको हो। यस पुस्तकको नामलाई विचार गर्दा हामीलाई सोलोमनको याद आउनुपर्छ जसले आफूलाई “उपदेशक” भनी जनाएका छन्। यसर्थ सोलोमन एक प्रचारक अथवा शिक्षक थिए, एउटा सभालाई सिकाउने व्यक्ति। उनी कस्ता खालका उपदेशक थिए? हामी उपदेशक १२:९ मा सिक्छौं “उपदेशक बु___________” थिए। सोलोमनको बुद्धिको चर्चा हामीले गरिसक्यौं साथै उपदेशक १२:११ मा हामी सिक्छौं उनले आफ्नो बुद्धि “एउटै ____________बाट” पाएका थिए, अर्थात् स्वयं परमेश्‍वरबाटै! परमेश्‍वर स्वयंले सोलोमनलाई यस पुस्तक लेख्‍नलाई बुद्धि दिनुभयो “अनि जे तिनले लेखे, ती ________ र ________ थिए।” यस पुस्तक प्रभुबाटको बुद्धि र सत्यताले भरिएको छ!

सोलोमनले यस पुस्तक आफ्नो जीवनको अन्ततिर लेखेका हुन्। सम्भवतः यो पुस्तक सोलोमन पापमा बेसरी फसेपछि लेखिएको हुनसक्छ। सोलोमनले धेरै पाठहरू दुःख पाएर सिकेका छन्। खुशी बन्ने कसरी होइन रहेछ भन्ने कुरा तिनले सिकेका छन्। मान्छेको हृदयलाई कुन कुराले तृप्‍त पार्न सक्छ र कुन कुराले सक्दैन भन्ने कुरा तिनले सिकेका छन्। जीवन सार्थक तुल्याउने अचम्मको रहस्य उनले सिकेका छन्। पुस्तकको विषयबस्तु यही नै हो।

सोलोमन यस्तो पुस्तक लेख्‍न एकदम योग्य थिए। राजा भएर सोलोमनले शक्ति, सम्पत्ति, स्त्री र ख्याती सबैको अनुभव गरे। यिनै कुराहरूले सुःख दिलाउँछन् भनी प्रायः मानिसहरू सोच्छन्। यी कुनै पनि कुराले हृदयलाई सन्तुष्टि दिन सक्दैन, जीवन सार्थक तुल्याउन सक्दैन भन्ने कुरा सोलोमनले व्यक्तिगत अनुभवबाट सिके।

जीवनको व्यर्थता, अर्थहीनता

पुस्तकमा पाइने एउटा चाबी शब्द हो, “व्यर्थ”। उक्त शब्द उपदेशक १:२ मा कति पटक पाइन्छ? ______। पूरै पुस्तकमा यो ३७ पटक पाइन्छ। यस शब्दको अर्थ हो, “रित्तो, कुनै मूल्य नभएको, अर्थ नभएको, कहिल्यै सन्तुष्टि दिन नसक्ने।” सबै व्यर्थ छ! जीवनको सम्पूर्ण क्रियाकलापहरूलाई संक्षेपमा एउटै शब्दले बयान गर्छ: व्यर्थ! जीवनको सारा क्रियाकलापहरू (खाने, पिउने, काम, अध्ययन, जीउनु, मर्नु इत्यादि) अर्थहीन छन्! यस्तो किन? उपदेशकको तात्पर्य के हो?

पुस्तकको एउटा चाबी वाक्यांश उपदेशक १:३ मा पाइन्छ – “______मुनि।” पुस्तकभरि नै उक्त वाक्यांश दोहोरिएको पाइन्छ (करिब ३० पटक)। यस्तै अर्को वाक्यांश उपदेशक १:१३ मा पाइन्छ – “____________मुनि।” यसको अर्थ के हो? सूर्यमुनि र आकाशमुनि मानिस थुप्रै क्रियाकलापहरूमा व्यस्त छन्! मानिसहरू त्यहाँ खाइरहेका, पिइरहेका, काम गरिरहेका, खेलिरहेका, बाँचिरहेका, मरिरहेका छन्। तर यी कुनै पनि क्रियाकलापको आफैंमा न अर्थ छ न सन्तुष्टि। यदि कोही “सूर्यमाथि” र “आकाशमाथि” गएमा उसले परमेश्‍वरलाई भेट्टाउनेछ! केवल परमेश्‍वरले मात्र जीवनका कुराहरूलाई अर्थ र मूल्य दिन सक्नुहुन्छ! प्रायः मानिसहरू परमेश्‍वरलाई आफ्नो जीवनको क्रियाकलापहरूमा कुनै ठाउँ दिँदैनन् र फलस्वरूप सबै थोक व्यर्थ हुन्छन्। सोलोमन हामीलाई परमेश्‍वरबिहिन जीवन वास्तवमा कस्तो हुन्छ भनेर देखाउन चाहन्छन्। परमेश्‍वरलाई पहिलो स्थानमा नराख्दाको जीवनको व्यर्थतालाई इमानदारीका साथ हेर्नलाई हामीले आफ्ना आँखाहरू खोलेको सोलोमन चाहन्छन्, चिम्लेको होइन। तसर्थ उपदेशकको पुस्तकले परमेश्‍वरलाई ठाउँ नदिँदाको जीवनको रित्तोपना र निराशालाई प्रस्ट देखाउँछ। ख्रीष्ट (सूर्य—मलाकी ४:२, परमेश्‍वरको पुत्र) बिना उसले जेसुकै गरोस्, मान्छे सन्तुष्ट हुन सक्दैन।

परमेश्‍वरबिना जीवन अर्थहीन छ। विचार गर्नुहोस् त! मान्छे जन्मन्छ, हुर्कन्छ र एउटा दिनचर्यामा घुम्न थाल्छ। ऊ बिस्ताराबाट उठ्छ, दाँत माझ्छ, लुगा लगाउँछ, खान्छ, स्कूल वा काममा जान्छ, घर फर्कन्छ, खान्छ, सुत्‍न जान्छ अनि भोलिपल्ट उठेर फेरि सबै कुरा दोहोर्‍याउँछ, दिन प्रति दिन, एक वर्ष पछि अर्को। अन्तमा ऊ मर्छ, धूलोमा फर्कन्छ (उपदेशक ३:२०)। के लाभ छ? (“लाभ” उपदेशकको पुस्तकको अर्को चाबी शब्द हो!) यस्तो अर्थहीन दिनचर्यामा पनि कुनै अर्थ छ त?

एउटा “जिग्-स-पजल” को विचार गर्नुहोस् जसको बीचमा एउटा ठूलो टुक्रा छ जसको वरिपरि साना-साना थुप्रै टुक्राहरू छन्। बीचको ठूलो टुक्रालाई परमेश्‍वर मानौं अनि अरु टुक्राहरूलाई जीवनका सम्पूर्ण क्रियाकलापहरू मानौं। बीचको ठूलो टुक्राबिना अरु कुनै पनि टुक्राहरूको अर्थ हुँदैन। ती सबै अर्थहीन हुन्छन्। तर त्यो ठूलो टुक्रालाई आफ्नो ठाउँमा राख्‍नेबित्तिकै अरु सबै टुक्राहरू आ-आफ्ना ठाउँमा बस्छन् र अर्थपूर्ण बन्छन्। जीवन यस्तै हो। एउटा व्यक्तिले परमेश्‍वरलाई आफ्नो जीवनमा सबभन्दा पहिलो स्थान, केन्द्रिय स्थान, दिनेबित्तिकै जीवनका सबै क्रियाकलापहरू (खाने, पिउने, सुत्‍ने, काम गर्ने, बाँच्ने, मर्ने) एक्कासी अर्थपूर्ण बन्छन्।

परमेश्‍वरलाई केन्द्रिय स्थान दिएपछि नै एक व्यक्तिले जीवनका सम्पूर्ण थोकहरूमा परमेश्‍वरबाट मिलेको बहुमूल्य वरदानको रूपमा रमाउन सक्छौं! घरिघरि उपदेशकले भन्छन्, जीवनका थोकहरू (खाने, पिउने, काम गर्ने) परमेश्‍वरको वरदानको रूपमा रमाहट गरिने कुराहरू हुन् जो उहाँको अनुग्रही हातबाट मिलेका हुन् (हेर्नुहोस् उपदेशक २:२४; ३:१२-१३; ३:२२; ५:१८-१९; ८:१५; ९:७-९)। उपदेशको पुस्तकमा पाइने खुशीको खबर यही हो कि जीवनका सबैथोकहरूमा हामी साँच्ची नै खुशी हुन सक्छौं जब हामीले परमेश्‍वरलाई केन्द्रमा राख्छौं।

चाबी पद

चाबी पद उपदेशक ३:११ मा छ। “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका ___________मा अनन्तता पनि राखिदिनुभएको छ।” परमेश्‍वरले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ। परमेश्‍वरबिना “सूर्यमुनि” भएका सबै कुराहरूले (परमेश्‍वरले दिनुभएका असल कुराहरू समेतले) परमेश्‍वर बास गर्नलाई निर्मित मानव हृदयलाई भर्न सक्दैन। मानिस जीवनमा अर्थ भेट्टाउन चाहन्छ – शुरुदेखि अन्तसम्म – तर आफ्नो सृष्टिकर्तालाई नचिनेसम्म उसले जान्न सक्दैन (हेर्नुहोस् १२:१)। परमेश्‍वरलाई चिनेर उहाँको भय मान्न थालेपछि मात्र मानिसले अर्थ, उद्देश्‍य, मूल्य, सुःख, अनन्तता सम्बन्धी प्रश्‍नहरूको चाबी पत्ता लगाउन थाल्न सक्छ।

निष्कर्ष

पुस्तकको आखिरी दुई पदहरूमा आएर सोलोमनले आफ्नो अन्तिम निष्कर्ष निकाल्छन्। परमेश्‍वरबिना हामी यो निष्कर्षमा पुग्न बाध्य हुन्छौं: सबै व्यर्थ छ!! तर के सोलोमनको निष्कर्ष यही थियो त? _________। सोलोमनको निष्कर्ष बढी सकारात्कम र सन्तोषजनक छ: “_______________को भय राख र उहाँका ________________ पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो (उपदेशक १२:१३)।” यसरी सोलोमनको निष्कर्ष अति बुद्धिमानी र अति सरल छ! उनको तात्पर्य यो थियो: परमेश्‍वर अनि उहाँको वचनलाई तिम्रो जीवनको केन्द्रबिन्दु बनाऊ। यसो गर्नाले जीवनका सारा क्रियाकलापहरू अर्थपूर्ण हुनेछन् र तिम्रो हृदयले सन्तुष्टि प्राप्ति गर्नेछ किनकि त्यो परमेश्‍वरको उपस्थितिले भरिएको हुन्छ! सबै व्यर्थ होइन! सबै सुन्दर छ (उपदेशक ३:११)! साँच्ची नै परमेश्‍वरबाहेक अरु विकल्प छैन!

श्रेष्ठगीत – प्रेमको गीत

बाइबलको यो पुस्तकलाई सोलोमनको गीत पनि भनिन्छ कारण यो उनैको कृति हो (हेर्नुहोस् १:१)। यसलाई “गीतहरूको गीत” पनि भनिन्छ (१:१) यस अर्थले कि यो गीतहरूमा सबभन्दा राम्रो अथवा श्रेष्ठ छ। सोलोमनले कतिओटा गीत लेखे (१ राजा ४:३२)? ______________। ती सब गीतमध्येबाट परमेश्‍वरले यो गीतलाई रोज्नुभयो र आफ्नो वचनको भागमा समावेश गर्नुभयो! यो गीत श्रेष्ठगीत हो, सबभन्दा राम्रो गीत।

सोलोमनको यो गीत एक प्रेमको गीत हो। यसले एउटा पुरुष (सोलोमन) र एउटा स्त्री (शूलम्मी स्त्री) बीचको प्रेमको कथा बताउँछ। चाबी शब्द हो “प्रेमी” अनि यो ३२ पटक उल्लेख छ। उक्त शब्द भेटिने कुनै कुनै पदहरू के तपाईंले भेट्टाउन सक्नुहुन्छ? ____________________________

यस पुस्तक पढ्ने क्रममा हामीलाई यो सम्झना हुन्छ, विवाह (एउटा पुरुष र एउटा स्त्री बीचको ईश्वरीय नियममुताबिकको सम्बन्ध) एउटा पवित्र र सुन्दर कुरा हो जो परमेश्‍वरको सामु ग्रहणयोग्य छ (हिब्रू १३:४)। हामी यस्तो समयमा जिउँदैछौं जब एउटा पुरुष र एउटा स्त्रीको बीचमा ठीक खालको वैवाहिक सम्बन्ध विरलै भेट्टाउँछौं। आज धेरैले विवाहलाई तुच्छ ठान्छन्। धेरै जोडीहरू कहिल्यै विवाह नै नगरी सँगै बस्छन्; त्यसो गर्नु परमेश्‍वरको नजरमा पाप हो। अनि जो विवाह गर्छन् प्रायः त्यो पनि परमेश्‍वरको तरिकामा नभई आफ्नै तरिकामा अभ्यास गर्न खोज्छन्। सफलता हासिल गर्ने हो भने विवाहको रचनाकारलाई बेवास्ता गर्न मिल्दैन। पारपाचुके मान्छेको तरिका हो जसले ‍समस्यामाथि समस्या निम्त्याउने काम गर्छ। एउटा पुरुष र एउटा स्त्रीको बीचमा सठीक र साँचो सम्बन्ध आज कमै पाइन्छ! ठीक खालका प्रेमका गीतहरू आज प्रायः सुन्न पाइँदैन!

सोलोमनको गीतको एउटा चाबी पद ६:३ मा पाइन्छ: “म मेरा ________को आफ्नै हुँ, र मेरा प्रेंमी ______ हुनुहुन्छ।” यी शब्दहरूले एउटा सुन्दर सम्बन्धको बयान गर्छन्: “म उहाँको हुँ र उहाँ मेरै हुनुहुन्छ।” अर्को चाबी पद ८:७ मा भेटिन्छ: “थुप्रै पानीका भलले पनि _______लाई मेट्न सक्दैन, खोलाहरूले यसलाई कदापी _____________ सक्दैनन्। कुनै मानिसले प्रेमको सट्टामा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि त्यो त बिल्कुलै तिरस्कार गरिनेथियो।” अर्को शब्दमा, साँचो प्रेम मेटाउन सकिन्न, डुबाउन सकिन्न, किन्न सकिन्न! यसलाई कुनै कुराले मार्न सक्दैन! आज यसो भन्ने धेरै छन्, “म फलानोलाई प्रेम गर्छु!” तर भोलि गएर उसले त्यस कुरालाई इन्कार गर्छ। कुनै न कुनै गडबड छ त्यहाँ! त्यो साँचो प्रेम होइन! साथै साँचो प्रेम किन्न सकिन्न (“ल यो दस लाख रूपैयाँ दिन्छु अनि कृपया मलाई प्रेम गर!”)। तपाईंले पैसाको कारण कसैलाई पाउनुभयो भने त्यो त उसले तपाईंलाई होइन पैसालाई प्रेम गरेकोले हो!

पुरुष र स्त्रीबीचको सम्बन्धको बारेमा सोच्ने क्रममा हामी त्योभन्दा पनि ठूलो प्रेमको सम्बन्ध अर्थात् एकजना विश्‍वासी र उनको परमेश्‍वरबीचको सम्बन्धको बारेमा सोच्न सक्छौं। एक विश्‍वासीले धक नमानी यसो भन्न सक्छ, “म उहाँको हुँ र उहाँ मेरै हुनुहुन्छ।”

वैवाहिक सम्बन्ध एक विश्‍वासीजन र प्रभु येशू ख्रीष्टको बीचको सम्बन्धको सुन्दर चित्र होस् भन्ने परमेश्‍वरको उद्देश्य थियो (एफेसी ५:२२-३३)। के प्रभु येशूसित तपाईंको प्रेमको सम्बन्ध छ? के तपाईं अरु विश्‍वासीजनहरूसित मिलेर यसो भन्न सक्नुहुन्छ: “हामी उहाँलाई _______ गर्छौं, किनभने उहाँले पहिले हामीलाई ________ गर्नुभयो” (१ यूहन्ना ४:१९)?

परमप्रभु परमेश्‍वरमाथि आफ्नो सारा हृदयले भरोसा गर्नेहरूले यो थाहा पाउँछन् कि उनीहरू परमेश्‍वरका निम्ति आनन्दका कारण बनेका छन् र साथै परमेश्‍वर उनीहरूका निम्ति आनन्दको कारण बन्नुभएको छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

अय्यूब र भजनसङ्ग्रह

अय्यूब र भजनसङ्ग्रह

 

पुरानो नियमलाई सरसरती हेर्ने क्रममा अब हामी इतिहासका पुस्तकहरूलाई छाडेर पद्य पुस्तकहरूलाई हेर्नेछौं। पुरानो नियममा ६ ओटा पद्य पुस्तकहरू भेटिन्छन्: अय्यूब, भजनसङ्ग्रह, हितोपदेश, उपदेशक, श्रेष्ठगीत र विलाप। यस पाठमा हामी पहिलो दुई पद्य पुस्तकहरूलाई अध्ययन गर्नेछौं: अय्यूबभजनसङ्ग्रह

यहूदी पद्य

पुरानो नियमका कविता अर्थात् हिब्रू कविता (पद्य) नेपाली कविताभन्दा अलिक फरक छन्। नेपाली कविता वा गीतहरूमा सामान्यतया अनुप्रासको प्रयोग हुन्छ, जस्तै:

यस किसिमका पद्य ध्वनिको समानतामा अर्थात् उस्तै सुनिने अर्थात् अनुप्रासयुक्त शब्दमा आधारित हुन्छन्। हिब्रू पद्य ध्वनिको समानतामा खासै आधारित नभई विचारको समानतामा आधारित हुन्छन्। हिब्रू पद्यको रचनामा दुइटा विचारलाई एउटा निश्चित प्रकारले सँगै राखिएको हुन्छ। यसलाई तुलना अथवा समानन्तरता (अङ्ग्रेजीमा “प्यारालालिज्म”, parallelism) भनिन्छ:

समानन्तरता भनेको के हो?

“समानन्तरता” भन्ने कुरा बुझ्नलाई दुई समानन्तर रेखाको कल्पना गर्नुहोस्। रेलका लिग समानन्तर हुन्छन्। त्यसका दुई लिग सँगसँगै हुन्छन् र ती समान दुरीमा रहेर अगाडि बढ्दछन्। पुरानो नियमका पद्य पुस्तकहरूमा तीन किसिमका समानन्तरताहरूको प्रयोग भएको भेटिन्छ। तिनलाई एक-एक गरी हामी विचार गरौँ!

सामानर्थ समानन्तरता

जुन पद्यमा विचार दोहोरिएको हुन्छ त्यसलाई सामानर्थ समानन्तरता भनिन्छ। यसअन्तर्गत कुनै एउटा कुरालाई व्यक्त गरिएको लगत्तैपछि उक्त कुरालाई फेरि बेग्लै शब्दमा व्यक्त गरिएको हुन्छ। जस्तै, अय्यूब ४:१७ मा हेरौं:

के मरणशील मानिस परमेश्वरभन्दा बढी धर्मी ठहर्न सक्छ?
के कुनै प्राणी आफ्ना सृष्टिकर्ताभन्दा पवित्र हुन सक्छ?

दोस्रो पङ्‍‍‍क्तिले पहिलो पङ्‍‍‍क्तिकै विचारलाई दोहोर्‍याएको छ। एउटै विचार (माथिको उदाहरणमा चाहिँ एउटै प्रश्‍न) लाई दोहोर्‍याइएको छ, केवल बेग्लै शब्दमा। दोस्रो पङ्‍‍‍क्तिलाई पहिलो पङ्‍‍‍क्तिको प्रतिध्वनि भन्न सकिन्छ।

रेलको लिगसित तुलना गर्ने हो भने, ती विचार एकै दिशामा दगुरिरहेका रेलका लिगजस्तै छन्:

दुवै लिगले खास एउटै कुरा बताउँदैछन्, भिन्‍नता यति छ कि तिनीहरूले बेग्लाबेग्लै शब्द प्रयोग गर्दैछन्।

विरोधालङ्कार समानन्तरता

यस किसिमको समानन्तरतामा विचारलाई दाँज्ने वा भिन्नता देखाउने काम गरिन्छ।एउटा विचार व्यक्त गरिएपछि त्यसको विपरित विचार व्यक्त गरिएको हुन्छ। जस्तै हितोपदेश १२:२ मा यो पाइन्छ:

भलो मानिसले परमप्रभुबाट कृपा पाउँछ;
तर खराब युक्ति रच्ने मान्छेलाई उहाँले दोषी ठहराउनुहुनेछ।

यहाँ हामी देख्छौं, दोस्रो पङ्‍‍‍क्तिले पहिलो पङ्‍‍‍क्तिको भन्दा फरक विचार व्यक्त गरेको छ। पहिलो पँक्तिले एक असल मानिसको कुरा गर्दै छ भने दोस्रो पङ्‍‍‍क्तिले एक दुष्ट (धूर्त) मानिसको। असल मानिस आशिषित हुनेछ तर दुष्ट मानिस श्रापित (दोषी) ठहरिनेछ! दोस्रो पङ्‍‍‍क्तिले फरक अर्थात् विपरित विचार व्यक्त गरेको छ।

रेलको लिगसित तुलना गर्ने हो भने, ती विचार विपरित दिशामा दगुरिरहेका रेलका लिगजस्तै छन्:

संयोगिक समानन्तरता

यस्ता समानन्तरतामा पदको दोस्रो भागले पहिलो भागको विचारलाई अझ विकास गरी लैजान्छ। पहिले एउटा विचार व्यक्त गरिन्छ (पदको पहिलो भागमा) अनि त्यसपछि दोस्रो भागमा उक्त विचारलाई थप विवरणसहित व्याख्य गरिन्छ अथवा उक्त विचारसित सम्बन्ध राख्ने कुनै नौलो कुरा समेत बताइन्छ। जस्तै, हितोपदेश १६:५ मा हेरौं:

जसको हृदयमा घमन्ड छ, त्यस्तो हरेक व्यक्ति परमप्रभुका निम्ति घृणित छ;
निश्‍चय नै त्यो दण्ड नपाई छोडिनेछैन।

पदको पहिलो भागले भन्छ, परमेश्वरले घमन्डलाई घृणा गर्नुहुन्छ (परमेश्वर घमन्डको पापलाई घृणा गर्नुहुन्छ)। पदको दोस्रो भागले चाहिँ घमन्डीहरूकै बारेमा थप कुरा बताउँछ। घमन्डीहरूलाई परमेश्वरले घृणा गर्नुहुने मात्र नभएर उनीहरूलाई उहाँले दण्ड समेत दिनुहुनेछ!

रेलको लिगसित तुलना गर्ने हो भने, यसलाई रेलका दुई लिगहरूको रूपमा विचार गर्न सक्छौं जसमा एउटाचाहिंले अर्को लिगको विचारलाई अझ पर पुर्‍याएको कल्पना गर्न सक्छौं:

समानन्तरहरू छुट्टयाउन सक्नुहुन्छ?

निम्न पदहरूलाई पढ्नुहोस् र ती सामानर्थ समानन्तरता हुन् कि विरोधालङ्कार समानन्तरता हुन् छुट्टयाउनुहोस्:

 

अय्यूब – धर्मीजनलाई कष्ट किन हुन्छ?

ज्यादै प्राचीन तर ज्यादै समयानुकूल पुस्तक!

अय्यूबको पुस्तक सम्भवतः बाइबलकै सबभन्दा प्राचीन पुस्तक हो। यो पुस्तक उत्पत्तिदेखि व्यवस्थासम्मका मोशाका पाँच पुस्तकहरू लेखिनुभन्दा धेरै अगाडि लेखिएको हो। कतिको विचारमा अय्यूब अब्राहामसित समकालीन व्यक्ति थिए। यसर्थ, अय्यूबको पुस्तक पढ्दा हामी ४००० वर्ष अगाडिका घटना पढिरहेका हुन्छौं! यति प्राचीन पुस्तक भए तापनि अय्यूबको पुस्तकले वर्तमान मानिसका लागि ताजा सन्देश बोकेको छ!

अय्यूब को थिए?

कतिको विचारमा अय्यूब केवल एक काल्पनिक व्यक्ति मात्र हुन्। उनीहरूको धारणामा अय्यूबको पुस्तक एक अय्यूब नाम गरेका मान्छेको बारेमा एउटा रोचक कथा मात्रै हो तर यो इतिहासकै एकजना वास्तविक व्यक्तिको वास्तविक वृत्तान्त हो भनी उनीहरू विश्वास गर्दैनन्।

अय्यूबको पुस्तक पढ्न थाल्नुअघि अय्यूब मानदेव र पृथ्वीनारायण शाहजस्तै एक वास्तविक व्यक्ति थिए भनी बुझ्नु आवश्यक छ।

इजिकिएल १४;१४ र १४;२० पढ्नुहोस्। यी शब्द कसका हुन् (पद १४)? _______________। परमेश्वरले उल्लेख गर्नुभएका तीनजनाका व्यक्तिका नाम के-के हुन्?१) ___________ २) ______________ ३) _____________। के नूह इतिहासका एक वास्तविक व्यक्ति थिए? ___________ (टिप्पणी, हेर्नू: मत्ती २४;३७-३८; येशूले नूह इतिहासका एक वास्तविक व्यक्ति थिए भनी विश्वास गर्नुहुन्थ्यो!)। के दनिएल इतिहासका एक वास्तविक व्यक्ति थिए (मत्ती २४:१५ मा येशूको भनाइ पढ्नुहोस्)? ____________। तसर्थ, अय्यूब, दनिएल र नूह जत्तिकै वास्तविक थिए! उनी एक वास्तविक मानिस थिए जो पृथ्वीमा बस्दथे! याकूब अध्याय ५ मा अय्यूब उल्लेख गरिएको पद भेट्टाउन सक्नुहुन्छ? पद॒______। अय्यूब वास्तवमै जिउने एक वास्तविक मानिस थिए भनी याकूब जान्दथे! यस मानिसलाई के कस्ता घटना भए अब हामी हेर्नेछौं:

आफ्नो विश्वासबाहेक सर्वस्व गुमाएका व्यक्ति!

अय्यूबलाई के भएको थियो भनेर जान्न केवल तीनओटा अध्याय पढे पुग्छ। पहिला दुई अध्यायले अय्यूबलाई आइपरेका सब कुरा बताउँछन् अनि अन्तिम अध्याय (अध्याय ४२) ले यो अचम्मको साँचो वृत्तान्तको अन्त कसरी भएको थियो भनेर बताउँदछ! बाँकी ३९ अध्यायहरूले अय्यूबको पुस्तकको मूल प्रश्नको जवाफ दिन खोज्दछ: धर्मीजनलाई किन कष्ट हुन्छ?

पुस्तकको प्रारम्भमा अय्यूबको परिचय दिइएको छ। उनी कस्ता मानिस थिए (अय्यूब १:१)?_____________________

अध्याय १ को छैटौं पदमा परमेश्वरले हामीलाई स्वर्गमा भएको कुराकानीको एक झलक दिनुभएको छ। हामी परमेश्वर र शैतानका बीचको वार्तालाई सुन्न सक्छौं! परमेश्वरले उसलाई दिनुभएका सबै आशिषको कारण अय्यूबले परमेश्वरको सेवा गरेका हुन् भन्ने आरोप शैतानको थियो (अय्यूब १:९-१०)। ती सबै आशिष उनीबाट लगिएको खण्डमा अय्यूबले के गर्नेछ भनेर शैतानले दाबी गरे (अय्यूब १:११)? ______________ ____________________________________

तब परमप्रभुले “त्यसकहाँ जे-जति छन्, सबै” शैतानको हातमा सुम्पिदिनुभयो (अय्यूब १:११) तर अय्यूबलाई खराबी गर्न वा छुन भने अनुमति दिनुभएन (अय्यूब १:१२)।

शैतानको शक्ति ठूलै छ तर परमेश्वरको अनुमतिबिना उसले केही पनि गर्न सक्दैन। अय्यूब १:१३-१९ मा हामी शैतानले ल्याएका डरलाग्दा कुराका बारेमा पढ्छौं। यी पदअनुसार अय्यूबले गुमाएका केही कुराहरू के-के थिए?

_________________________________________________
_________________________________________________
_________________________________________________

यी कुराहरू उसबाट लगिएको खण्डमा अय्यूबले परमेश्वरलाई सराप्नेछन् भन्ने शैतानको दाबी थियो। के शैतानको दाबी सत्य ठहरियो (अय्यूब १:२०-२१)? ____________। के अय्यूबले परमेश्वरका विरुद्ध पाप गरे (अय्यूब १:२२)? _____________। परमेश्वर र शैतानबीच भएको वार्ताको बारेमा के अय्यूबलाई थाहा थियो? ___________। जहाँसम्म अय्यूबलाई थाहा थियो, आफूसँग भएका सब लैजाने व्यक्ति परमेश्वर स्वयम् हुनुहुन्थ्यो (अय्यूब १:२१ – “परमप्रभुले लानुभयो”)! अय्यूबले ठीकै भनेका हुन्! शैतानले यी सबै काम गरे तापनि परमेश्वले नै गर्नुभएको हो भनेर भन्न सकिन्छ! सबै कुरामाथि परमेश्वरको नियन्त्रण छ र शैतानले परमेश्वरको अनुमतिबिना केही गर्न सक्नेथिएनन्।

शैतानले अय्यूबलाई छुन्छ

अध्याय २ पढ्न थाल्दा फेरि हामी परमेश्वर र शैतानबीचको वार्तालाई सुन्न पाउँछौं। यस पटक अय्यूबको अग्नि परीक्षा गर्न उनको शरीरलाई कष्ट दिनुपर्छ भन्ने विचार शैतानले प्रस्तुत गर्दछ। आफ्नै शरीरमा कष्ट र पीडा भोग्नुपरेपछि अय्यूबले के गर्नेछ भन्ने शैतानको दाबी थियो (अय्यूब २:५)? __________ ____________________________________________

के परमेश्वरले शैतानलाई अय्यूबको शरीरलाई प्रहार गर्ने अनुमति दिनुभयो (अय्यूब २:६)? ____________। के परमेश्वरले शैतानलाई अय्यूबको जीवनलाई अन्त गर्ने अनुमति दिनुभयो (अय्यूब २:६)? ________________

शैतान गयो र उसले आफ्नो काम गर्‍यो (अय्यूब २:७-८)! परमेश्वर र शैतानबीचको वार्ताको बारेमा के अय्यूबलाई जानकारी थियो? __________। आफूले यस्ता पीडादायी खटिराको कष्ट भोग्नुपरेको खास कारण के थियो भनी के अय्यूब जान्दथे? ________________

शैतानले सोचेको थियो, अय्यूबले परमेश्वरलाई सराप्नेछ। के शैतान सत्य ठहरियो (अय्यूब २:९-१०)? ____________। के अय्यूबले आफ्नो मुखले परमेश्वरको विरुद्धमा पाप गर्‍यो (अय्यूब २:१०)? ________________

परमेश्वरले शैतानलाई आफ्नो कुरा साबित गराउनुभयो अनि सबै स्वर्गदूतहरूलाई शैतान गलत छन् भनी प्रमाणित गराउनुभयो!

अय्यूबका तीन मित्रहरू

अध्याय २ को अन्ततिर अय्यूबका तीन मित्रहरू आइपुग्छन् (पद ११-१३)। यी तीन मित्रले अय्यूबलाई सान्त्वना दिने प्रयास गरे तर उनीहरू सफल भएनन्! उनीहरूप्रतिको आफ्नो धारणालाई आय्यूबले यसरी व्यक्त गरे: “तपाईहरू त ________ ________________ का ____________________ दिनेहरू मात्र हुनुहुन्छ” (अय्यूब १६:२)! यी मानिसहरूले अय्यूबसित ठीक कुरा गरेनन्! उनीहरूको भनाइ यस प्रकार थियो: “अय्यूब, तिमीलाई परमेश्वरको दण्ड आइपरेको हो! यो कष्ट आइपर्नुको कारण तिम्रो पाप हो! कष्ट पापकै उपज हो! तिम्रो कष्टले तिमी दुष्ट छौ भन्ने देखाइरहेको छ!”

यसले हामीलाई फेरि अय्यूबको पुस्तकको मूल प्रश्नको बारेमा सोच्न लगाउँछ: “धर्मीजनलाई कष्ट हुँदैन! दुष्टलाई मात्र कष्ट हुन्छ। अय्युबलाई कष्ट छ, तसर्थ ऊ दोषी हुनैपर्छ!”

यस समस्यालाई बुझ्न खोज्ने क्रममा हामीले याद राख्नुपर्ने त्यहाँ केही कुराहरू छन्:

  1. कहिलेकाहीँ दुष्टलाई आफ्ना पापका निम्ति कष्ट हुन्छ। जस्तै, कोरिन्थका कतिपय विश्वासीहरू पापकै कारण रोगी भए (१ कोरिन्थी ११:२९-३१); हनानिया र सफिरा दुवै उनीहरूको पापकै कारण मरे (प्रेरित अध्याय ५)।
  2. आउनेवाला जीवनमा दुष्टहरूले अर्थात् मुक्ति नपाएकाहरूले आफ्ना पापका दण्ड भोग्नेछन्।
  3. यस जीवनमा कहिलेकाहीँ दुष्टको फलिफाप भएको हुन्छ र धर्मीजनले कष्ट भोग्नुपरेको हुन्छ (भजनसङ्ग्रह ७३:३,१२,१३,१४)।
  4. अय्यूब एक सिद्ध र सोझा जीवन बिताउने, खराबीबाट अलग रहने व्यक्ति थिए। हामीलाई यो कसरी थाहा छ? परमेश्वर आफैले यो कुरा बताउनुभएको छ (अय्यूब १:१ र इजिकिएल १४:१४,२०)!

अय्यूबको कष्टको खास कारण

अय्यूबको कष्टको कारण हामीलाई अगाडिबाटै थाहा भइसेको छ: शैतानलाई एउटा कुरा साबित गराउन परमेश्वरले उक्त कष्ट आइपर्न दिनुभएको हो! तर याद गरौं, अय्यूबलाई यसको कुनै जानकारी थिएन! परमेश्वरले त यी सारा कष्टद्वारा अय्यूबलाई केही एकदम महत्त्वपूर्ण कुरा सिकाउन चाहनुहुन्थ्यो (अय्यूब २३:१०)।

अय्यूबको पुस्तकको आखिरी अध्यायहरूमा अय्यूबसित परमेश्वर स्वयम् बोल्नुहुन्छ! परमेश्वरले अय्यूबको एउटा अचम्मको जाँच अथवा परीक्षा लिनुभयो! उहाँले अय्यूबलाई एकपछि अर्को प्रश्न सोध्नुभयो! अय्यूब अध्याय ३८-४१ मा हेर्नुहोस्। परमेश्वरले अय्यूबलाई कतिओटा प्रश्नहरू सोध्नुभयो? ______________

अय्यूबले यी प्रश्नको जवाफ दिन सकेनन्! जाँचमा उनी फेल भए! यी सबै प्रश्नले परमेश्वर वास्तवमा कति महान्, कति सामर्थीकति बुद्धिमानी हुनुहुन्छ भनेर देखाउँछन्! अय्यूबले उहाँ को हुनुहुन्छ भनेर महसुस गरेको परमेश्वर चाहनुहुन्थ्यो! अय्यूब जाँचमा फेल भए तापनि उनले बुझ्नुपर्ने कुरा बुझे!

चाबी पद

चाबी पद अय्यूबको पुस्तकको अन्ततिर भेटिन्छ, अय्यूब ४२:५ – “मेरा कानहरूले तपाईका बारेमा सुनेका मात्र थिए, तर अब ता म तपाईंलाई आफ्नै आँखाले _____________”। अय्यूबलाई एउटा अचम्मको अनुभव भयो! उनले अन्तमा परमेश्वरको एक झलक पाए; उनले परमेश्वरलाई उहाँ वास्तवमा कस्तो हुनुहुन्छ भनेर देख्न पाए! परमेश्वर कति महान् हुनुहुन्छ भनेर उनले अन्तमा देखे।

आखिरमा अय्यूबले यो महसुस गरे: “परमेश्वर को हुनुहुन्छ भनेर मैले बल्ल बुझें! म किन कष्ट भोग्दैछु म जान्दिनँ तर यो म जान्दछु कि उहाँ जे गर्दैहुनुहुन्छ परमेश्वर आफै जान्नुहुन्छ र जे सर्वोत्तम छ त्यो परमेश्वर जान्नुहुन्छ। मैले सबै कुरा बुझ्नैपर्छ भन्ने छैन! मेरा परमेश्वरले सब बुझ्नुहुन्छ!” उनका कष्टले अय्यूबलाई परमेश्वरलाई साँचो गरी चिन्न मद्दत गर्‍यो!

तपाईंको जीवनमा पनि तपाईँले बुझ्न नसक्ने कुनै कुराहरू भइरहेका होलान्। तपाईंलाई त्यस्ता कुराहरू भइरहेका होलान् जो तपाईं बुझ्नुहुन्न। सायद तपाईं आत्तिँदै भन्नुहोला, “मलाई किन यस्तो भइरहेछ?” जीवनमा कतिपय कुराहरू ज्यादै कठीन हुन्छन् अनि ती किन हुन्छन् भनेर जान्ने हामीलाई इच्छा हुन्छ। अय्यूबको पुस्तकबाट सिकेको पाठलाई याद गरौं: “किन, म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ। उहाँ के गर्दै हुनुहुन्छ परमेश्वर जान्नुहुन्छ अनि मेरो भलाइको निम्ति जुन कुरा सर्वोत्तम छ त्यो परमेश्वर जान्नुहुन्छ! मैले सबै कुरा बुझ्नैपर्छ भन्ने छैन। मेरा परमेश्वर सबै कुरा बुझ्नुहुन्छ अनि म उहाँमाथि भरोसा राख्नेछु।”

अय्यूबको पुस्तकको अन्त राम्रो छ!परमेश्वरले अय्यूबलाई कसरी आशिष दिनुभयो (अय्यूब ४२:१०-१७)? ____________ ___________________________________________________

नयाँ नियममा आएर हामी वास्तवमै एकमात्र निर्दोष र साँच्चीकै धर्मी जनको कष्ट र मृत्युको बारेमा पढ्दछौं। उहाँ हुनुहुन्थ्यो, प्रभु येशू ख्रीष्ट! धर्मी ख्रीष्टले किन दुःख भोग्नुभयो? यसको जवाफ १ पत्रुस ३:१८ मा छ, ___________________________________________________

भजनसङ्ग्रह – हिब्रूहरूको उपासनाको पुस्तक तथा गीतमाला

भजनसङ्ग्रह बाइबलकै सर्वप्रिय खण्डहरूमध्येमा पर्दछ। भजनसङ्ग्रह हिब्रूहरूको प्रार्थना र प्रशंसाको पुस्तक हो। भजनसङ्ग्रहमा हामी परमेश्वरलाई प्रार्थना र प्रशंसा गरिरहेका र अरूहरूलाई परमेश्वरको महानताको वर्णन गरिरहेका मानिसका अभिव्यक्तिहरू पढ्दछौं!

भजनसङ्ग्रहको पुस्तक भेट्टाउन सजिलो छ। बाइबललाई बीचतिर पल्टाउनुहोस् अनि तपाईं सम्भवतः भजनसङ्ग्रहको कुनै भागमा (वा त्यसको नजिकै) पुग्नुहुनेछ। प्रायः भजनहरू दाऊदद्वारा लेखिएका हुन् जसलाई “इस्राएलका _________________ गाउने” (अक्षरश रूपान्तर, “मीठो गीतकार”)। “भजन” (हिब्रू “मिज्मोर”) शब्दको अर्थ हुन्छ, “बाजासहित गाइने कविता”। भजनहरू, गाउनका लागि रचिएका गीतहरू थिए! दाऊद एक निपुण गीतकार थिए। उनले वीणा बाजाका साथ यी गीतहरू गाउने गर्थे (१ शमूएल १६:१६,१८,२३)। अधिकांश भजनहरू दाऊदले लेखेका हुन् तर गीतकार उनी मात्र थिएनन्। भजनसङ्ग्रह ९० कसले लेखेका हुन् (आफ्नो बाइबलमा “भजनसङ्ग्रह ९०” को मुनि हेर्नुहोस्)? ____________। भजनसङ्ग्रह ७२ कसले लेखेका हुन्? _______________। भजनसङ्ग्रह ७३? ________________

चाबी पद

भजनसङ्ग्रहमा थुप्रै महत्त्वपूर्ण पदहरू छन् त्यसैले एउटै चाबी पद छनोट गर्न गाह्रै पर्छ (तपाईंले सायद प्रत्येक भजनैपिच्छे एउटा-एउटा चाबी पद भेट्टाउन सक्नुहुन्छ)। तर भजनसङ्ग्रहको विषय प्रशंसा भएको हुनाले भजनसङ्ग्रहको आखिरी पद (भजनसङ्ग्रह १५०:६) लाई चाबी पदको रूपमा छनोट गर्नु सुहाउँदो होला: “सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्। हल्लेलुयाह!” आफ्ना सृष्टिले उहाँको प्रशंसा गरेको परमेश्वर चाहनुहुन्छ! भजनसङ्ग्रह प्रशंसा (अर्थात् उहाँलाई उहाँको महानताको श्रेय दिने काम र अरूहरूलाई उहाँको महानताको वर्णन गर्ने काम!) ले भरपूर छ।

सबभन्दा लामो र सबभन्दा छोटो

एउटा भजन बाइबलकै सबभन्दा लामो अध्यायको रूपमा रहेको छ भने अर्को भजन सबभन्दा छोटो अध्यायको रूपमा रहेको छ। भजनसङ्ग्रह ११०-१२० लाई सरसरती हेर्नुहोस्। कुनचाहिँ भजन सबभन्दा छोटो छ? _____________। कुनचाहिँ भजन सबभन्दा लामो छ? _____________। यो सबभन्दा लामो भजनको झण्डै प्रत्येक पदमै परमेश्वरको वचनको उल्लेख छ! साथै परमेश्वरको नाउँसमेत झण्डै प्रत्येक पदमै उल्लेख छ! यो लामो भजन लेख्ने व्यक्तिलाई निश्चय नै परमेश्वर र उहाँको वचन ज्यादै महत्त्वपूर्ण लाग्थ्यो! (टिप्पणी: कतिपय मानिसका विचारमा भजनसङ्ग्रह ११९ का लेखक एज्रा थिए भन्ने छ)।

विभिन्न प्रकारका भजनहरू

भजनहरू विभिन्न प्रकारका छन्। तीमध्ये केही प्रकारको विषयमा विचार गरौं:

वर्णाक्रमिक भजनहरू

हिब्रू वर्णमालामा २२ ओटा वर्णहरू छन्। वर्णाक्रमिक भजनमा पहिलो पद वर्णमालाको पहिलो वर्णबाट शुरु हुन्छ अनि दोस्रो पद दोस्रो वर्णबाट शुरु हुन्छ अनि यसरी नै क्रमैसित अगाडि बढ्दै अन्तिम पद आखिरी वर्णबाट शुरु हुन्छ। नेपालीमा वर्णाक्रमिक भजन लेख्ने हो भने हामीले “क” बाट पहिलो पङ्‍‍‍क्ति, “ख” बाट दोस्रो पङ्‍‍‍क्ति, गर्दै क्रमशः अन्तमा “_____” बाट कविताको अन्तिम पङ्‍‍‍क्ति रच्नुपर्ने हुन्छ।

सबभन्दा प्रख्यात वर्णाक्रमिक भजन भजनसङ्ग्रह ११९ हो (कुनै-कुनै बाइबलहरूमा प्रत्येक खण्डको शिरमा सम्बन्धित हिब्रू वर्णसमेत छापिइएको पाइन्छ)। भजनसङ्ग्रहमध्येमा यो सबभन्दा लामो हो जसमा ८-८ पदहरू भएका २२ ओटा खण्डहरू छन्। प्रत्येक खण्डका प्रत्येक ८ पदहरू उही हिब्रू वर्णबाट शुरु हुन्छ। योचाहिँ केवल हिब्रू बाइबलमा मात्र देख्न सकिन्छ।

हल्लेलुयाह भजनहरू

“हल्लेलुयाह” एउटा हिब्रू शब्द हो जसको अर्थ हो “परमप्रभुको प्रशंसा गर”। प्रत्येक हल्लेलुयाह भजन “हल्लेलुयाह” मा अन्त हुन्छ। बाइबलको सबभन्दा छोटो भजन (भजनसङ्ग्रह ११७) एक हल्लेलुयाह भजन हो। तपाईँले अरू पनि भेट्टाउन सक्नुहुन्छ कि?

धन्यवादका भजनहरू

भजनसङ्ग्रह १३६ लाई किन धन्यवादको भजन भनिन्छ (प्रथम र अन्तिम पदहरूलाई ध्यान दिनुहोस्)? प्रत्येक पदमा के दोहोर्‍याइएको छ? ___________________________

प्रशंसाका भजनहरू

भजनसङ्ग्रह १५० (मात्र ६ ओटा पदहरू) मा “प्रशंसा” भन्ने शब्द कतिपटक भेटिन्छ? _____________

ऐतिहासिक भजनहरू

कतिपय भजनले हामीलाई विगतका इतिहासका कुरा सिकाउँछन् जसमा आफ्ना जनहरूका निम्ति परमेश्वरले गर्नुभएका महान् कार्यहरूको सम्झना गरिएको भेटिन्छ। भजनसङ्ग्रह १०५ मा इतिहासका के कस्ता महान् घटनाहरू उल्लेख भएका छन्? _______________________________ ____________________________________________________

पश्चात्तापका भजनहरू

“पश्चात्ताप” को अर्थ हो “गल्ती गरेकोमा दुःखित हुनु र पाप स्वीकार गरी परमेश्वरमा फर्की गल्तीलाई सच्याउन राजी हुनु”। कतिपय भजन परमेश्वरको विरुद्धमा पाप गरेका मानिसका प्रार्थना हुन्। जस्तै, भजनसङ्ग्रह ५१ आफू ठूलो पापमा फसेपछि दाऊदले गरेको प्रार्थना हो। कुन पद (वा पदहरू) ले दाऊदले आफ्नो पाप स्वीकार गरेको देखाउँछ? __________________। हामीले परमेश्वरको विरुद्धमा पाप गर्दा हामीले के गर्नुपर्छ भनेर यी भजनहरूले हामीलाई सिकाउँछन्।

सरापका भजनहरू

सरापको अर्थ हो “कसैमाथि खराबी आओस् भनी प्रार्थना गर्नु”। कुनै-कुनै भजनले हामीलाई पापीका विरुद्धमा रहेको परमेश्वरको पवित्र क्रोधको र दुष्टलाई उहाँले न्याय गर्नुहुनेछ र नष्ट गर्नुहुनेछ भन्ने कुराको सम्झना गराउँछन्। यीमध्ये एउटा हो भजनसङ्ग्रह ५८। हेर्नुहोस्, दुष्टहरूलाई उल्लेख गर्दा र उनीहरूलाई उनीहरूको पापको कारण कस्तो कारवाही गर्नुभएको होस् भनी प्रार्थना गर्दा दाऊदले कति कडा शब्द प्रयोग गरेका छन्।

मसीही भजनहरू

यी हुन् मसीह, प्रभु येशू ख्रीष्टको बारेमा बताउने भजनहरू। भजनहरूले उहाँका विषयमा बताउँछन् भनी येशू आफैले भन्नुभएको थियो (हेर्नू: लूका २४:४४ – “___________का पुस्तकहरूमा मेरो विषयमा जे लेखिएका थिए”)। हामीले ख्रीष्टलाई भेट्टाउने प्रतीक्षा गर्दै भजनहरूलाई पढ्नुपर्दछ।

सबभन्दा अचम्मका मसीही भजनहरूमध्ये एउटा हो भजनसङ्ग्रह २२ (जसलाई क्रूसको भजन भनेर पनि चिनिन्छ)। यो भजनमा क्रूसको मृत्युको अचम्मकै वर्णन पाइन्छ। रोमी सिपाहीहरूले ख्रीष्टका हात र पाउलाई छेडेका कुराको उल्लेख गर्ने पद भेट्टाउन सक्नुहुन्छ? पद ________। पद १ मा ख्रीष्टले क्रूसबाट उच्चारण गर्नुभएका शब्दहरू नै पाउँदछौं (हेर्नू: मत्ती २७:४६)। क्रूसको फेदीमा मानिसहरूले ख्रीष्टलाई गिल्ला गरेका र खिसी गरेका कुरा उल्लेख गरेका पदहरू भेट्टाउन सक्नुहुन्छ? ______________। रोमी सिपाहीहरूले ख्रीष्टका वस्त्रलाई के गरे भनी के पद १८ ले तपाईंलाई याद गराउँछ? क्रूसको पीडा, कष्ट र नग्नताको उल्लेख गर्ने पदहरू भेट्टाउन सक्नुहुन्छ? ________________

त्यहाँ अरू मसीही भजनहरू छन् जसले ख्रीष्टको बौरिउठाइ र राजाको रूपमा हुने उहाँको दोस्रो आगमनको चर्चा गर्दछन्।

हृदयको पुस्तक

भजनसङ्ग्रह हृदयको पुस्तक हो। भजनसङ्ग्रह ६२:८ मा भजनको लेखकले हामीलाई “_________को सामुन्ने आफ्ना ___________ खोल” (हिब्रूमा “खोल” = पोखाओ”) भनी आग्रह गर्दछन्। दाऊद र अन्य लेखकहरूले भजनसङ्ग्रहमा यस्तै गरेको हामी पाउँछौं। यी मानिसहरू परमेश्वरका सामु एकदम खुल्ला थिए। दुःखित हुँदा होस् वा निराश हुँदा होस् वा उनीहरूलाई डर लाग्दा उनीहरू आफ्ना मनका भावना परमेश्वरलाई व्यक्त गर्थे। ४२:५-६ मा भजन लेखकको भावना कस्तो थियो? ____________________________________। खुशी वा आनन्दित हुँदा भजन लेखकले आफ्नो भावना परमेश्वर लगायत सबैलाई थाहा दिए। पाप गरेपछि दाऊदले आफ्नो हृदय परमेश्वरलाई पोखाए अनि मन खोलेर आफूले गरेका पाप स्वीकार गरे (भजनसङ्ग्रह ५१:३-४)। भजनसङ्ग्रहमा हामी मानिसहरूको भित्री हृदयदेखिको उद्‍गारहरू पढ्छौं। दुःखमा वा शोकमा वा ठूलो आनन्द र रमाहटको घडीमा, भजनसङ्ग्रहमा परमेश्वरका जनहरूले आफ्ना हृदयहरू उहाँका सामु पोखाइरहेका देख्छौं।

आज परमेश्वर आफ्ना जनहरूले यस्तै गरेको चाहनुहुन्छ। हामी परमेश्वरका सामु एकदम खुल्ला भएको चाहनुहुन्छ। हामीले प्रार्थना गर्दा हाम्रो विचार र भावना जे छ त्यही परमेश्वरलाई बताउनुपर्छ। हाम्रा विचार र भावना परमेश्वरलाई अगाडिबाटै थाहा छ तरैपनि यी कुराहरूमा हामी खुल्ला भएको परमेश्वर चाहनुहुन्छ। के हामी परमेश्वरलाई कहिल्यै झुक्क्याउन सक्छौं (भजनसङ्ग्रह १३९ को पहिलो भागलाई हेर्नुहोस्)? हामी दुःखित छौं वा आफूलाई एकलो महसुस गर्दैछौं वा भयभीत छौं वा चिन्तित छौं भने ठीक यही कुराहरूको विषयमा हामीले उहाँसित कुरा गरेको परमेश्वर चाहनुहुन्छ। के तपाईं प्रार्थनामा समय बिताउनुहुन्छ? के तपाईं आफ्नो हृदयलाई उहाँको सामु पोखाउनुहुन्छ? के तपाईं आफ्नो विचार र भावनाको बारेमा परमेश्वरसित कुरा गर्नुहुन्छ? के तपाईं परमेश्वरको सामु खुल्ला हुनुहुन्छ? के तपाईं आफ्नो स्वर उचाली परमेश्वरको निम्ति गाउनुहुन्छ? तपाईंको स्वर कस्तो सुनिन्छ त्यो नै महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा यो हो, तपाईंले आफ्नो हृदयमा भएको कुरालाई आफ्ना ओठहरूबाट प्रार्थना, धन्यवाद र प्रशंसामा पोखाउनु। हामी भजनसङ्ग्रह जति धेरै पढ्नेछौं त्यति नै धेरै हामी हृदयदेखि प्रार्थना गर्न, उपासना गर्न, स्तुति गाउन र प्रशंसा गर्न सिक्नेछौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

एज्रा, नहेम्याह र एस्तर

एज्रा, नहेम्याह र एस्तर

 

एज्रा, नहेम्याह र एस्तरका पुस्तक पुरानो नियमका ऐतिहासिक पुस्तकहरूमध्ये आखिरी तीन पुस्तक हुन्। यहूदीहरूलाई बेबिलोनी कैद (Babylonian Captivity) पछि आइपरेका कुराका वृत्तान्त नै यी पुस्तकका मूल विषयवस्तु हुन् (यस अध्ययनमालाको पहिलो अध्यायमा “निर्माण” उपशीर्षकमुनि हेर्नुहोस्)।

बेबिलोनी कैद ७० वर्ष लामो थियो। सिङ्गो यहूदा राज्यलाई बेबिलोन देशमा लगिएको थियो जसलाई “दक्षिणको कैद” (Southern Captivity) पनि भनिन्छ। के यति टाढो परदेशमा रहनुपर्दा यहूदीहरू खुशी थिए (भजनसङ्ग्रह १३७:१-४)? _______। तिनीहरूले आफ्नो मातृभूमि र आफ्नो प्रिय शहर यरूशलेमलाई बिर्सन सकेनन् (भजनसङ्ग्रह १३७:५)। बेबिलोनमा रहेका दानिएल एक यहूदी आफ्ना परमेश्वरलाई दिनहुँ तीतीन पटक प्रार्थना गर्थे। उनी कतातिर फर्केर प्रार्थना गर्थे (दानिएल ६:१०)? __________________

आफ्नो जातिलाई सधैँ बेबिलोनमा राख्नु परमेश्वरको योजना थिएन। परमेश्वरले आफ्नो योजना यर्मिया भविष्यवक्तालाई बताउनुभएको थियो। बेबिलोनी कैदको ७० वर्षपछि परमेश्वरले बेबिलोनका राजालाई के गर्नेवाला हुनुहुन्थ्यो (यर्मिया २५:१२)? _______________________________________। उक्त अगमवाणी हुबहु पूरा भयो! परमेश्वरले कोरेस नाउँ गरेका फारसी राजालाई उठाउनुभयो अनि कोरेसले बेबिलोन राज्यलाई आफ्नो अधीनमा ल्याए! सत्तरी वर्ष पूरा भएपछि उहाँ आफ्ना जातिकहाँ आउने र उनीहरूलाई उनीहरूकै प्रिय भूमिमा ___________ ल्याउने (यर्मिया २९:१०) प्रतिज्ञासमेत परमेश्वरले गर्नुभएको थियो। परमेश्वरले कोरेस राजालाई सो पूरा गराउन पनि प्रयोग गर्नुभयो! हामी यसबारेमा दोस्रो इतिहासको आखिरी दुई पदमा र एज्राको पहिलो दुई पदमा पढ्न सक्छौँ।

यरूशलेममा तीनओटा फर्काइ

यहूदीहरू बेग्लाबेग्लै समयमा जम्मा तीनपटक आफ्नो मातृभूमिमा फर्केर आए र यसको वृत्तान्त नै एज्रा र नहेम्याहका पुस्तकका विषयवस्तु हुन्। यी तीनओटा फर्काइलाई विचार गरौँ:

१) यरुबाबेलको नेतृत्वमा पहिलो फर्काइ

यरुबाबेल इस्राएलीहरूका राज्यपाल (नायक) थिए; उनको जन्म राजा दाऊदको वंशमा भएको थियो। कैदबाट यरूशलेम फर्केको पहिलो जमातलाई यिनैले नेतृत्व गरेका हुन्। एज्राको अघिल्लो अध्यायहरूमा यसकै बयान पाइन्छ।

यरुबाबेलसित कतिजना यहूदीहरू फर्के? यसको जवाफ एज्रा २:६४-६५ मा पाइन्छ। दासहरूलाई समेत गनेर आफ्ना पितापूर्खाहरूको देशमा फर्कने यहूदीहरू करिब ५०,००० मात्र थिए। यो ज्यादै थोरै हो! यो सानो समूहलाई बाइबलमा “बचेकाहरू” (remnant) भनेर जनाइएको छ। बेबिलोन तथा अन्य राष्ट्रमा बसोबास गरिरहेका धेरैजसो यहूदीहरू आरामदायी घरहरूमा बस्दै आएका थिए अनि उनीहरू जहाँ थिए त्यहीँ नै बसिरहन चाहन्थे। तर केही यहूदीका हृदयमा भने उनीहरूले परमेश्वरबाट पाएका भूमिप्रति माया थियो; तिनीहरू फर्क चाहन्थे। कोरेसबाट अनुमित पाउनेबित्तिकै तिनीहरू जानलाई तयार भइहाले (हेर्नुहोस् एज्रा १:१-३)।

पचास हजार भनेको ठूलो जमातजस्तो लाग्न सक्छ तर यहोशूसित प्रतिज्ञाको देशभित्र प्रवेश गर्दाको उनीहरूको सङ्ख्यासित तुलना गर्ने हो भने यो केही होइन। गन्तीको पुस्तकअनुसार करिब कतिजना यहूदीहरू प्रतिज्ञाको देशभित्र पसेका थिए (जवाफको लागि यस अध्ययनमालाको दोस्रो अध्यायमा हेर्न सक्नुहुन्छ)? _________________। त्यसको दाँजोमा ५०,००० धेरै होइन। (टिप्पणी: एउटा विशाल रङ्घशालामा ५०,००० मानिसहरू अटाउन सक्छन् भने बीस लाख अटाउन त्यत्रै ४० ओटा रङ्घशालाहरू चाहिन्छ!)

आफ्नो देशमा फर्कने ती यहूदीलाई एउटा कामले पर्खिरहेको थियो: मन्दिरको पुनर्निर्माण। सोलोमनले निर्माण गरेका सुन्दर मन्दिर (परमेश्वरको भवन) लाई बेबिलोनीहरूले के गरे (२ इतिहास ३६:१९)? _______________________________। बचेका यहूदीहरू (यहूदीहरूको सानो समूह) यरूशलेम शहरमा आइपुग्दा उनीहरूले जताततै खरानी, ढुङ्गाको थुप्रो र भग्नावशेष बाहेक केही देख्न पाएनन्। मन्दिरको त नाउँनिशानै थिएन। ती यहूदीका सामु ठूलो काम थियो!

२) एज्राको नेतृत्वमा दोस्रो फर्काइ

करिब ८० वर्ष बितेपछि एज्रा नाम गरेका एक कुशल बाइबल शिक्षकको नेतृत्वमा यहूदीहरूको अर्को समूह यरूशलेम फर्क्यो। पहिलो फर्काइको तुलनामा यो झनै सानो समूह थियो (केही हजार मात्र)। यहूदीहरूको यस समूहको अचम्मको यात्राको बारेमा एज्रा ७ र ८ मा पढ्न सकिन्छ।

३) नहेम्याहको नेतृत्वमा तेस्रो फर्काइ

करिब १३ वर्षपछि नहेम्याह यहूदीहरूको एउटा सानो समूहलाई यरूशलेम फर्काई ल्याए। उक्त घटनाको बारेमा हामी नहेम्याह अध्याय २ मा पढ्न सक्छौँ। नहेम्याहसित कतिजना फर्केका थिए भन्ने कुरा बाइबलले उल्लेख गरेको छैन तर सम्भवतः त्यो समूह ठूलो थिएन। यरूशलेम आइपुगेर नहेम्याहले यहूदीहरूलाई शहरको पर्खाल पुनर्निर्माण गर्नलाई हौसला दिए। त्यसबेलासम्म मन्दिर पुनर्निर्माण भइसकेको थियो तर शहरको पर्खाल भने जीर्ण अवस्थामा नै थियो। शहरको वरिपरि पर्खाल हुनु किन महत्त्वपूर्ण कुरा थियो?

(क) त्यसले शहरलाई शोभा दिन्थ्यो
(ख) त्यसले केटाकेटीहरू हराउनदेखि जोगाउँथ्यो
(ग) त्यसले शहरलाई शत्रुदेखि सुरक्षित राख्थ्यो
(घ) त्यसले गाइबस्तु हराउनदेखि जोगाउँथ्यो

नहेम्याहको समयमा ती यहूदीका सामु एक ज्यादै ठूलो काम थियो!

फारसका राजाहरू

एज्रा, नहेम्याह र एस्तारका पुस्तकहरू पढ्ने क्रममा विभिन्न राजाका नामहरू भेटिन्छन्। यी मानिसहरू फारसी (Persian) राजाहरू थिए। बाइबलमा यी राजाका नाम भेटिँदा तलको सूचिमा हेरेर कुनचाहिँ राजा को थिए भनेर थाहा गर्न सक्नुहुनेछ:

  1. कोरेस महान् (ई. पू. ५५०-५३०) – इस्राएलीहरूलाई छुटकारा दिन एकजना राजाको उदय हुनेछ भनेर यशैयाले धेरै अघिबाटै भविष्यवाणी गरेका राजा यिनै थिए (यशैया ४४:२८; ४५:१-५)। उनले बेबिलोनी सेनालाई परास्त गरे र यहूदीहरूलाई आफ्नो मातृभूमिमा फर्केर उनीहरूको मन्दिर पुनर्निर्माण गर्नलाई अनुमति दिए (एज्रा अ य १)। कोरेसको राज्यकालसम्म दानिएल जीवितै थिए (दानिएल १:२१; १०:१)।
  2. क्याम्बायसीस् (ई. पू. ५३०- ५२२)
  3. स्मर्डीस् (यिनले एक वर्ष पनि राज्य गरेनन्)
  4. दारा महान् (ई. पू. ५२२- ४८६) – यिनले मन्दिरको निर्माण कार्य कुनै पनि विध्नबाधाबिना पूरा गरियोस् भन्ने उर्दी निकाले (एज्रा अध्याय ६)। यिनैको राज्यकालमा मन्दिरको निर्माण कार्य सम्पन्न पनि भयो (एज्रा अध्याय ६)। टिप्पणी: दानिएलमा उल्लेख भएका मादी दारा (हेर्नू: दानिएल ५:३१, ६:१) र यस राजाका बीच अलमल नहोस्। मादी दाराचाहिँ कोरेस महानका खटनमा बेबिलोनका राज्यपाल भएका थिए।
  5. अहासूरस वा जर्क्सीस् (ई. पू. ४८६-४६४) – एस्तरको पुस्तकमा उल्लेखित राजा यिनै थिए। एस्तर उनकी रानी बनिन्। यिनी एज्रा ४:६ मा पनि उल्लेख गरिएका छन्।
  6. अर्तासास्त १ (ई. पू. ४६४- ४२३)

यस राजाको पहिलो उर्दीअनुरूप यहूदीहरूको शहर र पर्खालको पुनर्निर्माण गर्नलाई रोक्का गरिएको थियो (हेर्नू: एज्रा ४:६-२३)। पछिबाट उनले दाखरस टक्र्याउने आफ्ना अधिकृत नहेम्याहलाई यरूशलेम फर्केर शहरको पर्खालको पुनर्निर्माण गर्नलाई अनुमति दिए (नहेम्याह अध्याय १-२)। यिनी उही राजा थिए जसले पहिला एज्रालाई फर्कने अनुमति दिएका थिए (एज्रा अध्याय ७- ८)।

इतिहासमा यी सबै राजा महान् थिए तरैपनि एज्रा, नहेम्याह र एस्तरका पुस्तक पढ्ने क्रममा हामी यो महसुस गर्छौँ कि यी राजाका पनि महाराजा स्वर्गमा हुनुहुन्छ जसले सबै कुराको नियन्त्रण गर्नुहुन्छ।

तीन पुस्तक, चार वृत्तान्त

एज्राको पुस्तक ज्यादै रोचक छ! यो वास्तवमा दुईटा पुस्तक मिलेर बनेको छ: पहिलो ६ अध्यायहरू यसको पहिलो पुस्तक हो भने आखिरी ४ अध्यायहरू यसको दोस्रो पुस्तक हो। छैटौँ र सातौँ अध्यायका बीच करिब ५८ वर्षको अन्तराल छ।

छैटौँ र सातौँ अध्यायको बीचमा निम्न कुरा पाउँछौँ:

करिब ५८ वर्षको अन्तराल जुनबेला एस्तरको पुस्तकका सम्पूर्ण घटनाहरू घटेका हुन्।

एज्रा अध्याय १० पछि हामी निम्न कुरा पाउँछौँ:

नहेम्याहको पुस्तकका सम्पूर्ण घटनाहरू।

यसर्थ, हाम्रा सामु पुस्तक तीनओटा छन् तर वृत्तान्त चारओटा छन्।

१. यरुबाबेलको वृत्तान्त (एज्रा अध्याय १-६)

२. एस्तरको वृत्तान्त (एस्तरको पुस्तक)

३. एज्राको वृत्तान्त (एज्रा अध्याय ७-१०)

४. नहेम्याहको वृत्तान्त (नहेम्याहको पुस्तक)

अब हामी यी वृत्तान्तहरूलाई एक-एक गरी हेरौँ।

यरुबाबेलको वृत्तान्त

(एज्रा अध्याय १-६)

चाबी पद

यस खण्डको चाबी पद: एज्रा ५:५ – “तर यहूदी धर्म-गुरुहरूमाथि परमेश्वरको निगाह भएकोले…[मन्दिर निर्माणको] काम गरिरहनबाट तिनीहरूलाई कसैले रोक्न सकेन।” (टिप्पणी: यहाँ “निगाह” भनेर अनुवाद गरिएको हिब्रू शब्द (आयिन्) को अक्षरशः रुपान्तर हो: “आँखा”।) परमेश्वरको आँखा अर्थात् उहाँको कृपादृष्टि आफ्ना जनहरूमाथि रहेको थियो। परमेश्वर आफ्ना जनहरूको पक्षमा सक्रिय हुनुहुन्थ्यो।

अर्को चाबी पद: एज्रा १:५ – “त्यसपछि यरूशलेममा परमप्रभुको भवन (मन्दिर) को ______________ गर्न परमेश्वरले _______________ पार्नुभएका यहूदा र बेन्यामीनका परिवारका मुख्य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए।” परमेश्वरले यी मानिसका हृदयमा काम गर्नुभयो! उहाँले उनीहरूलाई प्रेरणा दिनुभयो, मन्दिर निर्माण गर्ने इच्छा दिनुभयो। परमेश्वरको कृपादृष्टिमा आफ्ना जनहरूमाथि रहेको थियो! स्मरण होस्, आफ्नो देशमा फर्की आएका यहूदीहरूको सङ्ख्या ठूलो थिएन। उनीहरू शक्तिशाली सेनाको रूपमा पक्कै पनि थिएनन्। त्यहाँ उनीहरू अरू जातिहरूले घेरिएका थिए, शत्रुहरू चारैतिर थिए। यी शत्रुका बारेमा हामी एज्रा ४-५ मा पढ्छौँ। यी शत्रुले यहूदीहरूलाई मन्दिर निर्माण गर्नदेखि रोक्नलाई भ्याएसम्म प्रयास गरे। यी शत्रु सफल भए कि भएनन्? के यहूदीहरूले परमेश्वरको भवन निर्माणको काम पूरा गरे (एज्रा ६:१५)? __________। परमेश्वरको कृपादृष्टि आफ्ना जनहरूमाथि हुनु नै यहूदीहरूको सफलताको रहस्य थियो। उनीहरूको देखरेख गर्न र उनीहरूलाई रक्षा गर्न यहूदीका पक्षमा महान् परमेश्वर स्वयम् हुनुहुन्थ्यो! यहूदीका परमेश्वरका सामु यहूदीका शत्रुका कुनै सीप चलेन!

तपाईँ विश्वासी हुनुहुन्छ भने निश्चय हुनुहोस्, परमेश्वरको आँखा तपाईँमाथि छ! १ पत्रुस २:२५ मा प्रभु येशू ख्रीष्टलाई हाम्रा _____________का ___________ र _____________ भनिएको छ। गोठालाको काम आफ्नो भेडाको देखरेख गर्नु हो। “अध्यक्ष” को अर्थ हो “देखरेख गर्ने, हेरविचार गर्न”। हाम्रो वास्ता गर्ने एक महान् गोठाला हुनुहुन्छ! के संसारमा छँदा विश्वासीले शत्रुहरूको सामना गर्नुपर्ने हुन्छ? के हाम्रा परमेश्वर यी शत्रुभन्दा महान् हुनुहुन्छ? हामीले परमेश्वरलाई देख्न सक्तैनौ तर पनि हामी ढुक्क रहन सक्छौँ कि उहाँले हामीलाई देख्नुहुन्छ! हरेक विश्वासीले उत्पत्ति १६:१३ मा हागारले भनेजस्तै भन्न सक्नुपर्छ: “मलाई ____________ परमेश्वर तपाईँ हुनुहुन्छ।”

एस्तरको वृत्तान्त

(एस्तरको पुस्तक)

परमेश्वरको नाम कतै उल्लेख नभएको पुस्तक

एस्तरको पुस्तकको बारेमा एउटा रोचक तथ्य यो छ: यस पुस्तकमा परमेश्वरको नाउँ कतै उल्लेख छैन! बाइबलका अन्य ६५ पुस्तक प्रत्येकमा परमेश्वरको नाउँ उल्लेख छ। एस्तरको पुस्तक परमेश्वरको नाउँको सम्बन्धमा किन मौन छ?

यसबारे राम्ररी विचार गरौं। एस्तरको पुस्तकको शुरुमा एक महान् फारसी राजा सिंहासनमा बिराजमान छन् (एस्तर १:२)। उनको राज्य यति विशाल छ कि त्यो भारतदेखि इथियोपियासम्मै फैलिएको छ (एस्तर १:१)। यिनीभन्दा महान् राजा पृथ्वीमा अरू कोही थिएनन्!

इस्राएलका राजाचाहिँ कहाँ हुनुहुन्थ्यो? यहूदीहरूका परमेश्वर, यहोवा, कहाँ हुनुहुन्थ्यो? यहूदी जाति बेबिलोनीहरूद्वारा कैद गरी लगिएका थिए र अहासूरसका राज्यकालमा अधिकांश यहूदीहरू आफ्नो मातृभूमिको बाहिरै बसोबास गरिरहेका थिए। अनि यरुबाबेलको वृत्तान्तमा हेरिहाल्यौँ (एज्रा अध्याय १-६), कसरी मन्दिर पुनर्निर्माण गर्नलाई यहूदीका बचेका एउटा सानो समूह मात्र यरूशलेम फर्केर आए। के इस्राएलका परमेश्वर आफ्नो सिंहासनमै हुनुहुन्थ्यो त? के बेबिलोनी र फारसी जातिले परमेश्वरको राज्यलाई निमिट्यान्न पारे त? विश्वका जाति-जातिमाथि राज्य गर्ने फारस हुन् कि परमेश्वर?

के आफ्नो जाति यहूदीका निम्ति परमेश्वरको सक्रिय वास्ता थियो? अवश्य थियो! यस पुस्तकमा परमेश्वरको नाम कतै भेटिँदैन तरैपनि परमेश्वरको सक्रिय हात भने शुरुदेखि अन्तसम्मै देखिन्छ! कतिपल्ट परमेश्वर आफ्नो उद्देश्य पूरा गर्न अदृश्य ढङ्गले काम गर्नुहुन्छ! कतिको नजरमा परमेश्वर केही नगरी बस्नुभएको जस्तो देखिएला तरैपनि आत्मिक जनले स्पष्टै जान्दछ, परमेश्वर “____________ ________ ___________ ________ __________ सल्लाह मुताबिक” (एफेसी १:११) काम गर्दै, नियन्त्रण गर्दै, चलाउँदै हुनुहुन्छ। नबुकदनेसरले समेत एकपल्ट यो पाठ सिक्नुपर्‍यो, परमेश्वर सिंहासनमै विराजमान हुनुहुन्छ (दानिएल ४:३३-३७)। उहाँ “_______________का सबै राज्यहरूमा शासन गर्नुहुन्छ” (२ इतिहास २०:६), फारसको राज्यमाथि पनि! परमेश्वर ___________को सिंहासनमा बस्नुहुन्छ (भजनसङ्ग्रह १०३:१९)। के उहाँले तपाईँको हृदयको सिंहासनमा आफ्नो स्थान पाउनुभएको छ?

यस पुस्तकमा परमेश्वरको मात्र होइन शैतानको नाउँ पनि कतै भेटिँदैन। एस्तरको पुस्तकमा शैतानको नाउँ कतै नभेटिए तापनि, उसको दुष्ट हातले काम गरिरहेको भने पाउँछौँ। शैतानले “पर्दाको पछाडिबाट” सक्रियरूपमा आफ्नो हतियार हामानको माध्यमद्वारा परमेश्वरका जनहरूलाई नष्ट गर्न खोजिरहेको देख्छौँ।

यहूदीहरू ठूलो सङ्कटमा

शैतानको हतियार हामानले समस्त यहूदी जाति र राष्ट्रको विनाश गर्ने दुष्ट षड्यन्त्र रच्यो! सबै यहूदीहरू एक निश्चित दिनमा नष्ट गरियोस् भनी लेखिएको उर्दीलाई राजाद्वारा हस्ताक्षर गराउन समेत ऊ सफल भयो (एस्तर ३:१३)। त्यसमाथि, राजाको उर्दी अपरिवर्तनीय थियो। यहूदी जाति नष्टै हुने देखिन्थे! यहूदी राष्ट्रको अन्त हुने नै देखिन्थ्यो!

ठीक त्यतिबेला परमेश्वरले आफ्नो उदेकको काम थाल्नुभयो। त्यहाँ एउटा घटना घट्यो जसले इतिहासलाई नै मोड्यो र यहूदी राष्ट्र बचाइन सम्भव भयो। उक्त घटना कुन थियो? त्यो हामी एस्तर ६:१ मा पढ्छौँ – राजा निदाउन सकेनन्! एक रातको कुरा हो, राजालाई निदाउन गाह्रो पर्‍यो अनि उनी निदाउन नसकेकाले त्यहाँ त्यस्ता केही कुराहरू यस्तो प्रकारले हुन गए कि दुष्ट हामान विफल भए र यहूदी राष्ट्र बचाइए। परमेश्वर यति महान् हुनुहुन्छ, उहाँले एउटा राजाको निद्रारहित रातलाई समेत प्रयोग गर्नुभई आफ्नो सिद्ध योजनालाई पूरा गराउन सक्नुहुन्छ! उक्त रात राजा निदाउन नसक्नु कुनै संजोगको कुरा थिएन!

यहूदीहरूको “भाग्य” बलियो रहेछ भनी हामी नभनौँ। होइन, परमेश्वरले आफ्नो काम गर्दै हुनुहुन्थ्यो, अनौठो र रहस्यमय ढङ्गले आफ्नो योजनालाई पूरा गर्दै हुनुहुन्थ्यो! एस्तर एउटा यस्तो पुस्तक हो जसमा परमेश्वरको नाम कतै भेटिँदैन तर उहाँको हात भने जहाँतहीँ देखिन्छ! अनि यही परमेश्वर आज पनि आफ्नो योजनालाई पूरा गर्दै हुनुहुन्छ!

चाबी पद

एस्तरको चाबी पद: एस्तर ४:१४ (पदको आखिरी भाग)-“शायद यस्तै समयको निम्ति नै तिमी यो ____________ मा पुगेकी हौ कि?” यहाँ यहूदी मोर्दकै एस्तरसित कुरा गर्दै थिए। रानी भएकीले राजाकहाँ गएर उनले कुरा गरी यहूदी राष्ट्रलाई बचाउन शायद सक्नेछिन् कि भन्ने आशा मोर्दकैले राखेका थिए। यस पदमा मोर्दकैले उक्त परिस्थितिमा परमेश्वकरको हात रहेको कुरा महसुस गरेको देखिन्छ। परमेश्वरले आफ्नो जातिलाई छुटाउनुहुनेछ भनी उनी निश्चित थिए। अनि आफ्नो अन्तस्करणमा मोर्दकै जान्दथे, एस्तर रानी हुनु कुनै संजोगको कुरा होइन भनेर (उनी कसरी रानी बन्न पुगिन् भन्ने कुरा एस्तर अध्याय १-२ मा बताइएको छ)। त्यो “भाग्य” को सवाल थिएन। “यस्तै समयको निम्ति” उनी रानी बन्नु परमेश्वरकै योजना थियो। उक्त समयमा एस्तर रानी बन्न पुग्नु भनेको आफ्ना जातिका निम्ति परमेश्वरको योजनाभित्रकै कुरा हुनुपर्छ भनी मोर्दकै निश्चित थिए। अनि एस्तरको पुस्तक पढ्दै जाने क्रममा हामी मोर्दकैको धारणा एकदम ठीक भएको पाउँछौँ। ठीक समयमा ठीक कुरा बोल्नलाई ठीक ठाउँमा ठीक व्यक्ति हुनलाई परमेश्वरले एस्तरलाई नियुक्त गर्नुभएको थियो!

यो कुरा आज हाम्रो जीवनमा लागु हुन्छ। तपाईँ यस संसारमा जन्मनु, तपाईँको बाबु आमा जो जो हुनुहुन्छ वा हुनुहुन्थ्यो उहाँहरू नै हुनु, तपाईँ बस्ने ठाउँ जुन छ त्यही हुनु, कुनै संजोगको कुरा होइन। यी सारा कुराहरू संजोगले भएका होइनन्। परमेश्वरको एउटा सुन्दर योजना छ जसलाई उहाँले अघि बढाउँदै हुनुहुन्छ र सारा कुरामाथि उहाँको पूरै नियन्त्रण छ भन्ने कुरालाई हामीले महसुस गर्नैपर्छ। हामी ठीक समयमा, ठीक ठाउँमा, ठीक व्यक्ति हुन सकौं भनेर परमेश्वरले सब कुरा मिलाएर काम गर्दै हुनुहुन्छ! धेरैजसो मानिसहरू आफ्नो जीवनमा परमेश्वरको कुनै हात देख्न सक्दैनन् तर हरेक विश्वासीले यस कुरालाई महसुस गर्नुपर्दछ। बाइबलका परमेश्वर हजारौं वर्ष अगाडि हुनुहुने र एस्तर र एज्रा जस्तालाई मात्र मद्दत गर्न सक्ने परमेश्वर हुनुहुन्न। बाइबलका परमेश्वर सारा सृष्टिकै महाराजा हुनुहुन्छ जसले आफ्नो सिद्ध योजनालाई आज समेत पूरा गर्दै हुनुहुन्छ! के तपाईँ परमेश्वरलाई आफ्नो जीवनलाई नियन्त्रण गर्न दिँदै हुनुहुन्छ? के उहाँलाई तपाईँको हृदयको सिंहासनमा बस्न दिनुभएको छ र त्यहाँबाट उहाँलाई राज्य गर्न दिँदै हुनुहुन्छ? परमेश्वरको योजनाको विरुद्धमा लड्ने प्रयास नगर्नुहोस्। यस्तै प्रयास गर्दा हामान नष्ट भए!

एज्राको वृत्तान्त

(एज्रा ७-१०)

चाबी पद

यस खण्डको चाबी पद: एज्रा ८:२२ (पदको अन्तिम भाग) – “उहाँलाई ___________ सबैमाथि हाम्रा परमेश्वरको ____________ रहन्छ, तर उहाँलाई ______________ सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।” (टिप्पणी: यहाँ “निगाह” भनेर अनुवाद गरिएको हिब्रू शब्द (याद्) को अक्षरश: रूपान्तर हो: “हात”।) उहाँलाई खोज्नेहरूले आफूअरूमाथि परमेश्वरको आशिषको हात रहेको पाउनेछन्! उहाँलाई खोज्नेहरू उहाँलाई खोजेकोमा कहिल्यै पछुताउनेछैनन्! उहाँलाई त्याग्नेहरू र उहाँदेखि तर्केर जानेहरू ठूलो सङ्कटमा पर्नेछन्! यही कुरा हामीले अर्को चाबी पद १ शमूएल २:३० मा पनि पाएका थियौं (अध्याय ४ मा हेर्नुहोस्)। उहाँलाई आदर गर्नेहरूलाई परमेश्वर आदर गर्नुहुनेछ। परमेश्वरलाई आदर नगर्नेहरूले कष्ट भोग्नुपर्ने हुन्छ!

एज्रा अध्याय ७-८ मा “परमेश्वरको हात हामीमाथि थियो” भन्ने वा यस्तै वाक्यांश ६ पटक दोहोरिएको पाइन्छ! यी पदहरू भेट्टाउनुहोस्: _______________________________________। उहाँलाई खोज्नेहरूमाथि परमेश्वरको कृपालु हात रहन्छ! यो एज्राको समयमा साँचो थियो र आज पनि साँचो नै छ।

एज्रा अध्याय ९-१० मा “परमेश्वरको हात हामीमाथि थियो” भन्ने वाक्यांश पढ्न पाइँदैन। एज्रा ७-८ मा पटकपटक दोहोरिएको वाक्यांश पुस्तकका अन्तिम दुई अध्यायमा नपाइनुको कारण के हो? अन्तिम दुई अध्यायले इस्राएलीहरू ठूलो पापमा फसेका कुरा बताउँदछ। धेरै पुरुषले परमेश्वरको आज्ञा (व्यवस्था ७:१-४) लाई उल्लङ्घन गरी अन्यजाति स्त्रीहरूसित विवाह गरे। जतिबेला मानिसहरू प्रभुलाई परित्याग गर्छन् र उहाँको आज्ञा उल्लङ्घन गर्छन्, त्यतिबेला परमेश्वरले आफ्नो आशिषको अनुग्रहमय हातलाई पनि हटाउनुपर्ने हुन्छ।

एज्राको असल नमुनाको कारण यहूदीहरूले आफ्ना पापलाई स्वीकार गरे र एज्राको निर्देशनबमोजिम आफ्ना अन्यजाति पत्नीहरूलाई परित्याग गरे। जतिबेला हामी हाम्रा पाप स्वीकार गर्छौँ र परमेश्वरको आज्ञा मान्छौँ तब फेरि हामी परमेश्वरको अनुग्रहमय हातको आशिषको भागीदार बन्दछौँ। यहूदीहरू आफ्ना पापबाट फर्केपछि हामी फेरि कुनचाहिँ सुन्दर वाक्यांश पढ्न पाउँछौँ (नहेम्याह २:८ र २:१८)? ________________ _________________________________________ _________

के परमेश्वरको आशिषको हात तपाईँमाथि रहेको चाहनुहुन्छ? तपाईँ उहाँलाई खोज्दै हुनुहुन्छ कि त्याग्दै हुनुहुन्छ? तपाईँ परमेश्वरतर्फ फर्कँदै हुनुहुन्छ कि उहाँदेखि तर्कँदै हुनुहुन्छ? याद राख्नुहोस्, परमेश्वर उहाँलाई यत्नसित खोज्नेहरूलाई _____________ दिनुहुन्छ (हिब्रू ११:६)।

नहेम्याहको वृत्तान्त

(नहेम्याहको पुस्तक)

चाबी पद

नहेम्याहको पुस्तकको चाबी: नहेम्याह ६:३ – “यसैकारण मैले यस्तो जवाफ दिएर समाचार पठाएँ ‘अहिले मेरो हातमा __________ ______________ छ। म त्यहाँ आउन सक्दिनँ। काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?” (टिप्पणी: अक्षरश: रूपान्तर => “म एउटा महान् काम गर्दैछु…”)। उनले आफ्ना काम छोडी उनीहरूसित भेट्न गाउँमा ओर्लेर आओस् भन्ने कुरा नहेम्याहका शत्रुहरूले चाहिरहेका थिए (नहेम्याह ६:२)। योचाहिँ नहेम्याहलाई नाश गर्नलाई रचिएको धूर्त षड्यन्त्र थियो (नहेम्याह ६:२)। नहेम्याह आफू एउटा महान् काममा लागिरहेको छु भन्ने कुरा जान्दथे अनि परमेश्वरको त्यो कामबाट उनी कुनै हालतले पनि बिथोलिन चाहँदैनथे! कसैले नहेम्याहलाई रोक्नेवाला थिएन, न कुनै कुरा न कोही व्यक्ति न शैतानले नै! के विश्वासी जन कुनै कुराले परमेश्वरको काम गर्नदेखि रोकिनुहुन्छ (१ कोरिन्थी १५:५८)? ______________

प्रार्थना र परमेश्वरको वचन

परमेश्वरको काम गर्न नहेम्याह सफल भए। उनको सफलताको रहस्य के थियो? रहस्य यति थियो: प्रार्थना! नहेम्याह प्रार्थनामा बलिया थिए! नहेम्याहको अर्को चाबी पद हो, नहेम्याह १:४- “यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहेँ, र उपवास बसेँ अनि स्वर्गका _____________सित ____________ गरेँ।” यरूशलेमका पर्खालहरू भत्केका छन् भन्ने खबर उनको कानमा पुगेपछि नहेम्याहले उक्त विषयलाई आफ्नो परमेश्वरका सामु प्रार्थनामा ल्याए। नहेम्याहको पुस्तक पढ्दै जाँदा परमेश्वरले उनको प्रार्थनालाई अचम्म प्रकारले जवाफ दिनुभएको देख्छौँ र साथै पर्खालहरू निर्माण गर्ने महान् काममा मानिसहरूलाई नेतृत्व गर्नलाई परमेश्वरले नहेम्याहलाई नै प्रयोग गर्नुभएको देख्छौँ।

हो, दिनभरि नै परमेश्वरमाथि भरोसा राख्न र उहाँमा भर पर्दै हिँड्न नहेम्याहले सिकेका थिए। दिनभरि नै परमेश्वरसित कुरा गर्न नहेम्याहले जानेका थिए! नहेम्याहको पुस्तकमा ११ पटक नहेम्याहले प्रार्थना गरेको कुराको उल्लेख छ। तीमध्ये एउटा हो नहेम्याह २:४-५ मा (योचाहिँ राजाको प्रश्नको जवाफ दिन सक्नलाई चढाइएको एउटा छोटो प्रार्थना थियो)। नहेम्याहको पुस्तक पढ्ने क्रममा नहेम्याहले अरू १० पटक गरेका प्रार्थनाहरू भेट्टाउन सक्नुहुन्छ? ___________________ _____________________________________

नहेम्याहको पुस्तकमा हामी घरिघरि प्रार्थनाको महत्त्वपूर्ण भूमिका देख्छौँ। एज्राको पुस्तकमा हामी घरिघरि परमेश्वरको वचनको महत्त्वपू्र्ण भूमिका देख्छौँ। एज्राको पुस्तकमा परमेश्वरको वचनलाई १० पटक उल्लेख गरिएको छ: एज्रा १:१; ३:२; ६:१४; ६:१८; ७:६ (एज्रा व्यवस्थाका एक महान् शास्त्री अर्थात् एक कुशल बाइबल शिक्षक थिए); ७:१०; ७:१४; ९:४; १०:३; १०:५। नहेम्याह अध्याय ८ मा फेरि पनि एज्रा यहूदीहरूलाई परमेश्वरको वचन पढेर सुनाउँदै उनीहरूलाई सिकाइरहेको पाउँछौँ!

आज परमेश्वरका जनहरूले प्रार्थनापरमेश्वरको वचनको महत्त्वलाई महसुस गर्नुपर्छ (प्रेरित ६:४)! प्रार्थनाद्वारा परमेश्वरसित कुरा गर्नु र बाइबल पठनद्वारा परमेश्वरलाई तपाईँसित कुरा गर्न दिनु जत्तिकै महत्त्वपूर्ण कुरा अरू कुनै छैन। एज्रा ९:४ र १०:३ मा हामी देख्छौँ, ती यहूदीहरू परमेश्वरको वचनहरूदेखि “डराए” (trembled, थरथर काँपे)। परमेश्वरको वचनप्रति एज्रा लगायत ती मानिसहरूको धारण कस्तो रहेछ? के तिनीहरूले परमेश्वरको वचनलाई हल्का प्रकारले लिएका थिए? के तपाईँ नहेम्याहजस्तै प्रार्थनामय जीवन बिताउने मानिस हुनुहुन्छ? के तपाईँ एज्राजस्तै परमेश्वरको वचनमा लिप्त मानिस हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)