हाबिल एक विश्वासका वीर

हाबिलको संसार बेग्लै थियो। उसका बाबुआमा अदनको बगैंचारूपी स्वर्गलोकमा बसेका थिए जहाँ कुनै कुराको कमी थिएन, कुनै किसिमको चिन्ता फिक्री थिएन। सबै कुरा राम्रो थियो। त्यहाँ कुनै समस्या वा कठिनाइ थिएनन्। तर अब, बगैंचादेखि बाहिर, त्यहाँ काँडा र लोहोंडेहरू थिए, पीडा र कष्ट थियो, कठिन परिश्रम र पसिना थियो। अवश्य नै त्यो बगैंचामा जीवन कस्तो थियो होला भन्ने बारेमा हाबिलसित धेरै प्रश्नहरू हुन्थे। त्यहाँ दिउँसोको शीतल क्षणमा परमेश्वर आदम र हव्वासित भेट गर्नुहुन्थ्यो। अब त उनीहरू परमेश्वरदेखि अलग भएका थिए। उनीहरूले उहाँसित खुल्लासित कुरा गर्न सक्दैनथे। उनीहरूले आफ्‍नो सम्बन्ध गुमाएका थिए। उनीहरू पापी भएकाले परमेश्वरको नजीकमा जान सक्दैनथे। उनीहरू आत्मिक रूपमा मरेका थिए। किनकि पापको ज्याला मृत्यु हो, परमेश्वरदेखि अलग हुनु हो। अब त परमेश्वरको नजीकमा पुग्न उनीहरूले एउटा पशुको बलिदान ल्याउनुपर्थ्यो। हाबिलले आफ्‍नै आँखाका सामु उसका बाबु आदमले एउटा पशुको बलिदान चढाएको देख्न सक्थ्यो। त्यो पशु आदमको सट्टामा मरेको हुन्थ्यो जब कि आदम मर्नुपर्नेथ्यो।

हाबिल समझमा बढ्दै गयो र उसले पनि आफू परमेश्वरबाट अलग भएको, मृत्युदण्ड पाउन योग्य पापी हुँ भन्ने कुरा महसुस गर्‍यो। उसलाई यो पनि थाहा भयो कि केवल परमेश्वरले मात्र उसको समस्या समाधान गर्न सक्नुहुन्छ। ऊ परमेश्वरकहाँ परमेश्वरकै उपायअनुसार आउनुपर्छ ठीक जसरी उसका बुबा आएका थिए। आदमले उसलाई परमेश्वरको बारेमा सिकाएका सत्यतालाई हाबिलले विश्वास गर्‍यो। प्राणको निम्ति प्राण दिएर तिर्नुपर्छ। त्यसैले विश्वासैद्वारा हाबिल आफ्‍नो बगाल भएको ठाउँमा गयो (किनकि ऊ एक गोठालो थियो) र उसले बगालको एउटा पाठो लियो र त्यसलाई परमेश्वरकहाँ बलिदान चढायो। त्यसको रगत बहाउँदा उसले यो स्वीकार गर्‍यो कि ऊ त्यो मृत्युदण्ड पाउन योग्य छ। हाबिलले आफ्‍नो बारेमा र आफ्‍नो पापको बारेमा र एउटा बलिदानको आवश्यकताको बारेमा, एउटा प्रतिस्थापक र मुक्तिदाताको बारेमा परमेश्वरलाई विश्वास गर्‍यो। अनि परमेश्वर हाबिलको विश्वाससित खुशी हुनुभयो। हाबिलले क्षमा पायो।

अब हाबिलको एकजना कैन नाम गरेको दाजु थियो। कैनलाई पनि आफ्‍नो पापको निम्ति एउटा बलिदान र प्रतिस्थापक चाहिन्छ भनेर थाहा थियो। प्राणको निम्ति तिर्न प्राणै चाहिन्छ भनेर उसलाई थाहा थियो तर एउटा पशु ल्याउनुको सट्टा र त्यसको प्राणको रगत बहाउनुको सट्टा कैनले उसले आफ्‍नो खेतबारीबाट आफ्‍नै हातका कामहरूबाटको उब्जनी ल्यायो (किनकि ऊ एक किसान थियो)। निश्चय नै उसले सबैभन्दा उत्तम फलफुल र सागसब्जी छान्यो तर ती उनकै उत्पादनका कुरा थिए। ती कुराले मृत्युद्वारा उसको प्राणको निम्ति तिर्न सक्दैनथे। परमेश्वर कैनको बलिदानसित खुशी हुन सक्नुहुन्नथ्यो। तिनमा जीवनको रगत थिएन। रगत नबगाईकन पाप-क्षमा हुँदैन (हिब्रू ९:२२)।

संसारमा भएका सबै मानिसहरू यी दुईजना दाजुभाइ जस्तै छन्। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुन गएका छन् (रोमी ३:२३)। हामी हरेकलाई एकजना मुक्तिदाताको खाँचो छ, अर्थात् परमेश्वरको विरुद्धमा हाम्रा पापको समस्याको निम्ति समाधानको उपायको खाँचो छ। जोहरू परमेश्वरको उपायअनुसार आउँछन् अर्थात् आफ्‍नो बारेमा, पापको बारेमा र मुक्तिदाताको बारेमा परमेश्वरको वचनलाई विश्वास गर्दै आउँछन्, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दै आउँछन् उनीहरूलाई परमेश्वरले ग्रहण गर्नुहुन्छ, उनीहरूले पापको क्षमा र अनन्त जीवन पाउँछन् किनकि येशू नै संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा वा पाठो हुनुहुन्छ किनभने त्यसैका लागि उहाँले क्रूसमा आफ्‍नो रगत बहाउनुभयो र मर्नुभयो र चिहानबाट बौरेिउठ्नुभयो। तर जोहरूले आफ्‍नै कामहरू, असल कामहरू, धर्मकर्महरू आदि चढाउँछन् उनीहरूलाई ग्रहण गरिँदैन र उनीहरूले पापको क्षमा पाउँदैनन्, अनन्त जीवन पाउँदैनन् तर उनीहरू अनन्त मृत्युमा जान्छन् (परमेश्वरबाट अलग हुन्छन्)। रगत नबगाईकन पाप-क्षमा हुँदैन (हिब्रू ९:२२)।

विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कैनको भन्दा उत्तम बलिदान चढाए, जसद्वारा तिनी धर्मी रहेछन् भन्ने गवाही तिनले प्राप्त गरे। परमेश्वरलै नै तिनका दानहरूको विषयमा गवाही दिनुभयो; र यसैद्वारा तिनी मरे तापनि अझै बात गर्दछन्। हिब्रू ११:४

 

चमेराको अँध्यारो संसार

बालबालिका विशेष

मेराहरू बसोबास गर्ने अँध्यारो संसारमा दृष्टिको धेरै महत्त्व हुँदैन। करिब दुई सय वर्ष अगाडि एकजना वैज्ञानिकले यो पत्ता लगायो कि उडिरहेको चमेरोलाई स्पर्ष वा दृष्टिको भन्दा श्रवणको संवेदना बढी महत्त्वको हुन्छ।उसले यो पत्ता लगायो कि तिनीहरूका आँखामा पट्टी लगाइँदा समेत चमेराहरू धागै-धागोको जञ्जाललाई एउटै धागो नछोईकन सजिलै पार गर्न सक्छन्। पछि वैज्ञानिकहरूले यो पत्ता लगाए कि चमेराहरूले एउटा उच्च फ्रिक्वेन्सीको ध्वनि प्रसारण गर्छन् जसलाई मान्छेको कानले चाल पाउन सक्दैन। यी ध्वनिका तरङ्गहरू वस्तुहरूमा ठक्कर खाएर फर्कँदा चमेरोले त्यसलाई सुन्दछन्। उक्त ध्वनि फर्केर आउन लाग्ने समयको आधारमा चमेरोले उक्त वस्तुको दुरीलाई निधो गर्छ। (यही सिद्धान्तमा रेडारले काम गर्छ केवल रेडारले ध्वनिको तरङ्ग नभएर रेडियो तरङ्गहरूलाई प्रयोग गर्दछ।)

प्रभु येशू ख्रीष्टमा विश्वास गरेर नयाँ जन्म पाएका हामीहरू पनि एउटा अँध्यारो संसारमा हिँडडुल गरिरहेका छौं। यो संसार पाप र खराब कामहरूले भरिएको संसार हो। यो यस्तो संसार हो जो परमेश्वरदेखि अलग्गिएको छ र परमेश्वरको इच्छा विपरीत हिँडिरहेको छ। आज मानिसहरू आफ्‍नै इच्छाअनुसार कामकुरा गर्छन् र परमेश्वरलाई बेवास्ता गर्छन्। उनीहरूले परमेश्वरलाई चिन्दैनन् र चिन्न पनि चाहँदैनन्। उहाँलाई चिन्ने र उहाँलाई अझ चिन्न चाहने हामीहरूका निम्ति एउटा निर्देशन प्रणालीको खाँचो छ। हाम्रा साधारण देख्न सक्ने क्षमता र छुन सक्ने क्षमता र सुन्न सक्ने क्षमताहरू हामीलाई परमेश्वरको धार्मिकताका मार्गहरूमा डोर्‍याउनलाई पर्‍याप्त छैनन्। परमेश्वरले हामीलाई अर्कै उपाय दिनुभएको छ।

परमेश्वरले उहाँको पुत्र प्रभु येशू ख्रीष्टमाथि विश्वास अथवा भरोसा राख्ने पापी व्यक्तिभित्र आफ्‍नो पवित्र आत्मा हालिदिनुभएको छ। पवित्र आत्मा परमेश्वरले हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ र खाँचो परेको समयमा सहायताको निम्ति परमेश्वरलाई पुकार्न सघाउनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, “मलाई पुकार, र म तिमीलाई जवाफ दिनेछु,” (यर्मिया ३३:३) “सङ्कष्टको दिनमा मलाई पुकार; म तिमीलाई छुटकारा दिनेछु र तिमीले मेरो बढाइ गर्नेछौ” (भजनसङ्ग्रह ५०:१५)। विश्वासी जनहरूको एउटा रेडार प्रणाली छ जसद्वारा उनीहरूले आफ्‍ना प्रार्थनाहरू स्वर्गतिर प्रसारण सक्छन् र तिनका सुनाइ हुन्छन् र उनीहरूले त्यसका जवाफ पनि फिर्ता पाउँछन्।

भरोसा गर्ने विश्वासी जनका लागि जीवनमा आइपर्ने समस्या र बाधाहरू कठिन हुँदैनन्। परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ, “आफ्‍नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख, र आफ्‍नै समझमाथि भर नपर! आफ्‍ना सबै मार्गहरूमा उहाँलाई मान; र उहाँले तिम्रा बाटाहरू सीधा तुल्याउनुहुनेछ।” (हितोपदेश ३:५-६)।

प्रिय मित्र, के परमेश्वरसित तपाईंको यस्तो सम्बन्ध छ?

के तपाईंले उहाँलाई चिन्नुहुन्छ?

Translated and published with permission from bibleline.org

विकासवादको परिचय

विकासवादको परिचय भाग १

 

  1. डार्विनवादलाई खण्डन गर्न सक्न वैज्ञानिक हुनुपर्दैन।

बाइबल विश्वास गर्ने व्यक्ति वैज्ञानिकहरूदेखि डराउनुपर्दैन।

रिडर्स डाइजेस्ट (Reader’s Digest) को विज्ञान तथा प्रविधिका भूतपूर्व सम्पादक डा० लोवेल पोन्ट (Dr. Lowell Ponte) ले हामीलाई यो सम्झना गराउँछन् कि वैज्ञानिकहरू ईश्वरहरू होइनन् यद्यपि उनीहरू केहिलेकाहीँ आफूहरू ईश्वरहरू भएझैं ठान्छन्:c

“वैज्ञानिकहरू भट्टिको पियक्कडभन्दा बढी जान्कार हुँदैनन् यदि विषयवस्तु उनीहरूको दखलको साँघुरो क्षेत्रभन्दा बाहिरको पर्‍यो भने। वास्तवमा धेरैपटक उनीहरू भट्टिको पियक्कडभन्दा मूर्ख हुन्छन् किनकि वैज्ञानिक अधिकारी भएकाले उनीहरू यस्तो धारणाले कतिपटक उन्मत्त हुन्छन् कि उनीहरू एउटा विषयमा विज्ञ भएकाले उनीहरूसित सबै विषयहरूमा ईश्वरहरूको जस्तै अधिकारले बोल्ने अधिकार हुन्छ” (Dr. Lowell Ponte, “Science Wars,” FrontPage Magazine, Feb. 27, 2004).

डार्विनवादको सवालमा कानून प्राध्यापक फिलिप जोनसन (Phillip Johnson) ले गरेको आलोचना सही छ: 

“विकासवादजस्तो चौडा विषयसित व्यवहार गर्नुपर्दा वैज्ञानिक हुनु आफैमा फाइदा नहुन सक्छ किनकि विकासवादको प्रसङ्गले विज्ञानका धेरै हाँगाबिगालाई छुन्छ र साथै यसमा दार्शनिक मुद्दाहरू समेत मुछिएका छन्। आफ्‍नै क्षेत्रमा तल्लीन वैज्ञानिकहरू स्वभावैले आफ्‍नै क्षेत्रमा एकदमै सीमित हुने गरी विशेषज्ञ बनेका हुन्छन् अनि एउटा वैज्ञानिक उसको दखलको क्षेत्रभन्दा बाहिर केवल अर्को सामान्य मान्छे बराबर हुन्छ” (Phillip Johnson, Darwin on Trial, p. 13)

हामीले यो कुरा नबिर्सौं कि ईश्वरीय सत्यता शक्तिशालीलाई नभएर कमजोरलाई प्रकट गरिएको छ (मत्ती ११:२५; १ कोरिन्थी १:२६-२८)। अझ, समझ भएको “गरिब” ले “धनी मानिस” लाई जाँच्न सक्छ जो आफ्‍नै दृष्टिमा बुद्धिमान् छ (हितोपदेश २८:११)।

विश्वासीसित उसले विकासवादको मतलाई जाँच्न उसलाई चाहिने सबै कुरा छ: हामीसित परमेश्वरको वचन छ (२ तिमोथी ३:१६-१७) र हामीसित परमेश्वरको आत्मा हुनुहुन्छ (१ यूहन्ना २:२७)।

प्रत्येक दर्शनशास्त्र (philosophy, सिद्धान्तशास्त्र वा तत्त्वशास्त्र) लाई यही कसीमा जाँचिनुपर्छ (२ कोरिन्थी १०:५; कलस्सी २:८; १ तिमोथी ६:२०-२१)।

सामान्य ज्ञान (common sense) ले विकासवादको हरेक पाटोलाई खण्डन गर्दछ। जस्तै, विचार गरौं, जथाभावी हुने वंशानुगत उत्परिवर्तन (random genetic mutation) हरूद्वारा विकास हुन्छ भन्ने विकासवादी धारणा। जीवनमा कुनै पनि कुरा यसरी हुने गर्दैन। कुनै लेखोटलाई लिऊँ। जस्तै, उत्पत्ति अध्याय १ लाई। जथाभावी टाइप गरेर यो कहिल्यै सृजना हुन सक्दैन। अनि यदि कुनै लेखोटमा जथाभावी परिवर्तनहरू गरिए भने त्यसको नतीजा सधैं नै एउटा अझ विकसित लेखोट नभएर विकृत लेखोट हुन जान्छ। स्पेस शटल (space shuttle) जस्तो एउटा अन्तरिक्ष यानलाई विचार गरौं। त्यसका २० लाख पार्टपूर्जा हुन्छन् (तरैपनि त्यो कुनै एक-कोषीय ब्याक्टेरिया भन्दा ज्यादै सरल रचना हो)। जथाभावी अन्धा परिवर्तनहरू गरेर त्यस्तो यान कहिल्यै सृजना गर्न सकिन्न नता निर्मित यानलाई अझ विकसित बनाउन सकिन्छ। जटिल वस्तुहरू जथाभावी आकस्मिक घटनाहरूले निर्माण हुने गर्दैनन्। खास भन्नुपर्दा, विकासवादको मुद्दा “रकेट साइन्स” जस्तो गाह्रो विषय होइन!

  1. सृष्टि विज्ञानका सामग्रीका फाइदाहरू

सृष्टि विज्ञानका सामग्रीहरू परमेश्वरका जनहरूलाई शैतानका झूटहरूको विरुद्धमा मज्बुत पार्न असाध्य उपयोगी छन्, विशेष गरी युवाहरूलाई। तीतस १:९-११ ले यो बताउँछ कि झूटा शिक्षकहरूका मुखहरू बन्द गर्नलाई प्रचारकहरू र शिक्षकहरू आवश्यक हुन्छन्। सृष्टि विज्ञानका सामग्रीको पहिलो उद्देश्य यही हो। डार्विनवादलाई रद्द गर्न सकिन्छ किनकि यसलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाणहरू छैनन् भनेर युवाहरूले यो देख्न खाँचो छ।

सृष्टि विज्ञानका सामग्रीहरूले विश्लेषणात्मक विचार शैली र खाँटी तर्कज्ञान सिकाउँछ। हिब्रूका लेखकले यो बताउँछन् कि आत्मिक र नैतिक ज्ञानेन्द्रियहरूलाई अभ्यासद्वारा तालीम दिइनुपर्छ (हिब्रू ५:१४)।

सृष्टि विज्ञानका सामग्रीहरूले विश्वासीको हृदयलाई सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वरको नजिक लान्छ र उसलाई उहाँको चरित्र र सामर्थ्यका पाठहरू सिकाउँछ। रोमी १:२०

सृष्टि विज्ञानका सामग्रीहरू सुसमाचार प्रचार कार्यमा उपयोगी हुन्छन्।

  1. बाइबललाई विश्वास गर्न सकिँदैन भन्ने भ्रमदेखि होशियार हुनुहोस्।

आफ्‍नो विश्वासलाई बाइबलमा लगाइराख्नेहरू कहिल्यै निरुत्साहित भएका छैनन्।

सन् १८५९ मा डार्विनले On the Origin of Species प्रकाशन गरेको समयलाई विचार गरौं। एफ सी बउर (F. C. Baur) जस्ता सन्देहवादीहरूले नयाँ नियम त्यसका घटनाहरू घटेको एक शताब्दि वा त्यसभन्दा पछि लेखिएको हो अनि त्यो पुस्तौंसम्म मुखको बोलीबाट हस्तान्तरण हुँदै आएका किंवदन्तीहरूमा आधारित लेखोट हो भन्ने दाबी गरे। सन्देहवादीहरूले प्रेरितको पुस्तक ऐतिहासिक त्रुटीहरूले भरिएको छ भनेर दाबी गरे। उनीहरूले यो दाबी गरे कि मोशाले बाइबलका सुरुका पुस्तकहरू लेखेका होइनन् किनकि उनको समयमा लिपिको ज्ञान पर्याप्त रूपमा विकास भएको थिएन।

तर वास्तवमा यी आलोचनात्मक धारणहरू पो किंवदन्ती वा भ्रम ठहरिए र बाइबल सप्रमाणित भयो। बाइबलमा भरोसा कायम राख्नेहरू सही ठहरिए।

नयाँ नियमको मितिको सम्बन्धमा र प्रेरितको पुस्तकका ऐतिहासिक त्रुटीहरूको सम्बन्धमा उठेका आलोचनात्मक धारणाहरू प्रख्यात पुरातत्त्वविद विलियम राम्से (William Ramsay) र अरूहरूद्वारा निर्णायक रूपमै रद्द गरिए। लिपिको सवालमा पुरातत्त्विदहरू अब जान्दछन् कि यो कम्तिमा ईपू ३१५० तिर विकास भएको थियो अनि हामीले व्यक्तिगत रूपमा यसको प्रमाण धेरैओटा प्रख्यात पुस्तकालय र म्यूजियमहरूमा देखेका छौं। त्यो भनेको मोशाभन्दा १५०० वर्ष अगाडिको कुरा हो र यसले हामीलाई बाइबलीय कालक्रम (chronology) अनुसार आदमकै जीवनकालसम्म पुर्‍याउँछ।  १९ औं शताब्दिको पछिल्लो समयदेखि पुरातत्त्विदहरूले यो आविष्कार गरे कि मिश्र र मेसोपोटामियाका प्राचीन राज्यहरू साक्षार समाजहरू थिए जहाँ पाठशाला र पुस्तकालयहरू थिए। ऊगारित, मारी, ऊर, एब्ला, निप्पूर, नीनवे र अन्य ठाउँहरूमा पुस्तकालयहरू उत्खनन गरिएका छन्। पाठकले यस विषयमा “बाइबलका पुरातात्त्विक रत्नहरू” शीर्षक यूट्यूब भिडियोबाट थप जानकारी पाउन सक्नुहुन्छ (https://www.youtube.com/watch?v=eSFik5oCcbg)।

सन्देहवादीहरू गलत मात्र थिएनन्, उनीहरू अत्यन्तै गलत थिए।

तरैपनि कैयौं मानिसहरू “बाइबललाई विश्वास गर्न सकिन्न” र “विकासवाद सत्य हो” भन्दै अनन्ततामा गएका छन्।

आर्थर कीथ (Arthur Keith) को दु:खद उदाहरणलाई विचार गर्नुहोस्। ऊ २० औं शताब्दिको सबैभन्दा चर्चित शरीरविज्ञान विशेषज्ञ (anatomist) थियो तर ऊ पिल्टडाउन भ्रम (Piltdown Hoax) ले ठगियो। उसको किताब Antiquity of Man ले पिल्टडाउनलाई सर्वोत्कृष्ट मिसिङ लिङ्क (missing link) को रूपमा मान्यता दियो। आफ्‍नो जीवनीमा कीथले आफू सुसमाचार प्रचार सभाहरूमा गएको र ख्रीष्टलाई झण्डै ग्रहण गर्न लागेको तर उत्पत्तिको सृष्टिको विवरण किंवदन्ती भनेर प्रमाणित भएको उसलाई लागेकोले आफूले सुसमाचारलाई इन्कार गरेको कुरा बताउँछन् (Melvin Bubenow, Bones of Contention, p.59)। वास्तवमा किंवदन्ती खास विकासवाद थियो अनि कीथले त्यसको भरमा आफ्‍नो अनन्त आत्माको जुवा खेल्यो। सन् १९५३ मा उसले पिल्टडाउन झूटो साबित भएको जानकारी पायो तर त्यसबेलासम्ममा ऊ मानवीय बुद्धिवाद (humanistic rationalism) मा डुबिसकेको बूढो मानिस भइसकेको थियो र “ख्रीष्टियन विश्वासको उल्लेख्य विरोधी” थियो। हामीलाई थाह भएसम्म ऊ त्यही धारणा लिएर मर्‍यो। उसले बाइबलका प्रमाणहरूलाई अझ बढी होशियारपूर्वक र प्रार्थनापूर्वक खोजी गर्नुपर्थ्यो। बाइबलका आलोचकहरूले र विकासवादीहरूले सिकाएका कुरालाई ग्रहण गर्न ऊ ज्यादा तत्पर हुनुहुँदैनथ्यो। यो विषय अत्यन्तै गम्भीर छ।

निरन्तर बदलिरहने अप्रमाणित “सिद्धान्तहरू” को भरोसामा म आफ्नो अनन्त गन्तव्यलाई सुम्पन अस्वीकार गर्दछु। विश्वभरिका वैज्ञानिकहरूले विकासवादलाई साँचो मानोस् (हुन त कतिले मान्दैनन्), म मतलब राख्दिनँ। उनीहरूको मतलाई समर्थन गर्न उनीहरूले वास्तविक प्रमाण प्रस्तुत गर्नुपर्छ। यो उनीहरूले कहिल्यै गरेका छैनन्।

  1. विकासवाद एउटा “सिद्धान्त” (theory) होइन।

विकासवादलाई एउटा सिद्धान्तको संज्ञा दिनदेखि हामी होशियार छौं। किनभने विकासवाद एउटा वैज्ञानक सिद्धान्त (theory) वा अवधारणा (hypothesis) समेत कहलिन योग्य छैन।

“वैज्ञानिक सिद्धान्तहरूमा गणितीय नमुना निर्माण गर्ने काम (quantitative modeling), अनुसन्धनात्मक तथ्याङ्कहरू (experimental data), पूर्वानुमान (prediction) लगायत अवलोकन (observation) द्वारा बारम्बार प्रमाणीकरण (repeated validation) समावेश हुन्छन्। विकासवादको दर्शनशास्त्र / कथाको कुनै पनि पाटोमा “सिद्धान्त” (theory) भन्ने कुरा छैन। प्रथम प्रोटीनको निर्माणको, पहिलो डिएनएको निर्माणको, पहिलो कोषका उपसंरचनाहरू (substructures) को निर्माणको, पहिलो कोषको निर्माणको, बहुकोषीय प्राणीहरूको निर्माणको, जाति-जातिबीचको रूपान्तरण (transition) को, इत्यादि कुनै सिद्धान्त छैन। केवल कथाहरू मात्र छन्। त्यहाँ कुनै वंशानुगत तथ्याङ्क छैन, उत्परिवर्तनहरू (mutations) र प्राकृतिक छनोट (natural selection) ले नयाँ, जटिल तन्तुहरू, अङ्गहरू वा प्राणीहरू पैदा गरेको अवलोकनको एउटै उदाहरण छैन। साथै विकासवाद एउटा अवधारणा (hypothesis) पनि होइन जुन भनेको अवलोकन गरिएका तथ्यहरूको एउटा तर्कसङ्गत व्याख्या हो जुनचाहिँ अनुसन्धनात्मक तथ्याङ्कहरू र विश्लेषणको प्रयोग गर्दा जानिएका भौतिक नियमहरूसित मेल खान्छन्। जब एउटा अवधारणालाई फराकिलो तवरले विभिन्न परिस्थितिहरूमा बारम्बार परीक्षण गरिँदा त्यो खडा रहिरहन्छ तब त्यसबाट एउटा सिद्धान्तको उदय हुन्छ। विकासवाद दुवै शब्दावलीको अयोग्य छ। विकासवाद वैज्ञानिक समर्थन बिनाको, केवल एउटा दार्शनिक, अझ एउटा धार्मिक धारणाको रूपमा योग्य छ जसले बाइबलीय सत्यतालाई कथाहरूद्वारा विस्थापन गर्ने उद्देश्य बोकेको छ” (David Stone, Ph.D. physics, e-mail to author, August 21, 2011)।

  1. विकासवादको प्रमाण यति पातलो छ कि धेरैजना धर्मनिरपेक्ष वैज्ञानिकहरूले समेत यसलाई विश्वास गर्दैनन्।

न्यू योर्क अकाडेमी अफ साइन्सेज (New York Academy of Sciences) को गणितीज्ञ र अनुसन्धानकर्ता आइ० एल० कोहेन:

“…विकासवादले प्रतिपादन गरेको एक-एक धारणा (त्यसलाई पछिबाट जतिसुकै सच्च्याइए तापनि) काल्पनिक छ र त्यसलाई माइक्रोबायोलोजी, जीवाश्महरू र गणितीय सम्भावना (mathematical probability) का धारणाहरूले समर्थन गर्दैनन्। डार्विन गलत थियो। … विकासवाद विज्ञानकै सम्भवत: सबभन्दा ठूलो भूल हो” (Cohen, Darwin Was Wrong: A Study in Probabilities, 1984, pp. 209,210)।

प्रिन्सटन यूनिभर्सिटी (Princeton University) बाट दर्शनशास्त्रमा डाक्टर उपाधिप्राप्त र कोलम्बिया यूनिभर्सिटी (Columbia University) बाट गणीत र जीवशास्त्रमा पोस्टडक्टरल अध्ययन पूरा गरेको डेविड बर्लिन्स्की (David Berlinski):

“जीवनका संरचनाहरू जटिल छन् अनि यस मनुष्य संसारमा जटिल संरचनाहरू बनाइने भनेको सुनियोजित ढङ्गको योजनावद्ध प्रकृयाद्वारा हो। एउटा सियो अस्तित्वमा ल्याउन पनि बुद्धिको एउटा क्रिया चाहिन्छ; जीव बनोटहरू किन अन्य तरिकाले आउँथे र? … धेरै वर्षसम्म जीवशास्त्रीहरूले सन्देहवादलाई विकासवादी धारणाको परिधिमा राखिराख्न सफल भए जहाँ जीवाश्मविदहरू (paleontologists), जीव-वर्गीकरणविदहरू (taxonomists) र दर्शनशास्त्रीहरू रुमलिरहन्छन्। तर आलोचनाको आगो जल्दै-जल्दै आएर उक्त परिधि अब साँघुरो हुँदैछ, डार्विनमतको मुटुको झन् झन् नजिकिँदैछ” (The Deniable Darwin, June 1, 1996)।

न्यूजिल्याण्डको यूनिभर्सिटी अफ ओटागो (University of Otago) को परमाणविक जीवशास्त्रका वरिष्ठ अन्वेषणकर्ता र लण्डनको किङ्ग्स कलेज (King’s College) बाट डाक्टर उपाधिप्राप्त माइकल डेन्टन (Michael Denton):

“विकासवादसित मेरो मूल समस्या यो हो कि त्यहाँ यति धेरै अति नै जटिल अङ्गहरू, प्रणालीहरू र बनोटहरू छन्, एउटा चराको फोक्सोको स्वभावदेखि लिएर रक लब्स्टरको आँखासम्म, जसको सम्बन्धमा म यो कल्पना गर्न सक्दिनँ कि कसरी यी कुराहरू जथाभावी भएका परिवर्तनहरू थुप्रिएर हुन आए। जथाभावी भएका स-साना परिवर्तनहरूको सञ्चयद्वारा यी सबै कुराहरू निर्माण भएको हो भन्ने कुरा निल्नु भनेको सामान्य ज्ञान (common sense) लाई घोर रूपमा अस्वीकार गर्नु हो भन्ने कुराले म प्रभावित छु। यो त सरासर अर्थहीन दाबी हो विशेष गरी अधिकांश कुराहरूको सवालमा जसको विषयमा कसैले पनि त्यो कसरी आयो भनेर एउटा मान्न सकिने व्याख्याको विचार पनि गर्न सक्दैन। अनि यो नै एउटा ज्यादै गम्भिर प्रश्न हो जसलाई सबैले आँखा चिम्लिन्छन्, सबैले नदेखे जस्तै गर्छन् र सबैले मानौं बढारेर खाटमुनि लुकाउन खोज्छन्” (“An interview with Michael Denton,” Access Research Network, Vol 15. No. 2, 1995; the interview was produced in conjunction with the University of California and was first in a series of interviews with noted scientists and educators entitled Focus on Darwinism)।

एपिजेनेटिक्स शीर्षक गरेको किताब (Epigenetics: A Treatise on Theoretical Biology and The Phylogeny of Vertebrata) का लेखक स्वीडेनका जीवशास्त्री सोरेन लभट्रप:

“म यो विश्वास गर्दछु कि एक दिन डार्विनवादी किंवदन्तीलाई विज्ञानको इतिहासमा सबैभन्दा ठूलो धोकाको दर्जा दिइनेछ” (Darwinism: The Refutation of a Myth, 1987)

कोलम्बिया यूनिभर्सिटीबाट गणीतमा डाक्टर उपाधिप्राप्त र एमआइटी, यूसीएलए र ओरिगन स्टेट यूनिभर्सिटीमा गणीतका प्राध्यापक वोल्फग्याङ्ग स्मीथ (Wolfgang Smith):

“कुरा यो छ कि विकासवादको मतले संसारलाई बाढले झैं लगेको छ, त्यसको वैज्ञानिक मर्यादाको बलले होइन तर अल्पसङ्ख्य‍कद्वारा मात्र बुझ्न सकिने एउटा किंवदन्ती (gnostic myth) को हैसियतले। भन्नुपर्दा यसले यो दाबी गर्छ कि जीवहरूले आफैलाई सृष्टि गरे, जो भनेको, निचोडमा, एउटा आध्यात्मिक (metaphysical) दाबी हो। … यसरी आखिरमा विकासवाद साँच्ची नै वैज्ञानिक भेषमा आभूषित एउटा आध्यात्मिक मत हो” (Teilhardism and the New Religion, p.24)

लण्डनस्थित म्यूजिअम अफ न्याचूरल हिस्ट्री (Museum of Natural History) को वरिष्ठ जीवाश्मविद कोलीन प्याटरसन (Colin Paterson):

“एउटै मूलबाट जीवहरू आए भन्ने विकासवादी अवधारणाको व्याख्यात्मक मूल्य भनेको शून्य छ! विकासवादले केवल कुनै ज्ञान प्रदान नगर्ने मात्र होइन यसले अज्ञानता प्रदान गर्दछ। यो कसरी सम्भव भयो कि मैले दस-दस वर्ष विकासवादको क्षेत्रमा काम गरें तरैपनि मैले एउटै कुरा त्यसबाट सिक्न सकिनँ? यस कोठामा हुनुहुनेहरूमध्ये धेरैजसोले यो कुरा स्वीकार गर्नुपर्छ कि गत दस वर्षको अवधिभित्र विकासवादको आधार तथ्यहरूबाट विश्वासमा सरेको छ! हेर्दा यस्तो पक्कै पनि देखिन्छ कि विकासवादको विषयमा ज्ञानको तह उल्लेख्य रूपमा न्युन छ। केवल हामी यति जान्दछौं कि यसलाई स्कूलमा पढाइनुहुँदैन। हामीले यसको बारेमा जानेको कुरा भनेको यति नै हो” (Patterson, in an address given at the American Museum of Natural History, Nov. 5, 1981; cited from White and Comninellis, Darwin’s Demise, p.47)।

  1. विकासवादी मत अन्तिम दिनहरूको सत्यत्यागको एउटा उपज हो।

१९ औं शताब्दिमा सत्यत्यागको विस्फोटन भयो। सन्देहवादको वातावरण जहाँसुकै थियो। ईश्वरशास्त्रीय मडर्निज्म, ह्यूमनिज्म, यूनिटेरियनवादले डार्विनवादी विकासवादलाई स्वीकार गर्न माटो तयार पारेको थियो।

त्यसबेलाको सन्देहवादको वातावरणको बयानलाई विचार गर्नुहोस्:

“त्यो यस्तो समय थियो जब जीवहरूको उत्पत्तिको बारेमा कल्पना-परिकल्पनाहरूको विगविगी थियो, जब सबभन्दा खाँटी सिद्धान्तहरू समेत परिमार्जित हुँदै थिए र जटिल बनाइँदैथिए यतिसम्म कि खाँटी सिद्धान्तर कहाँ अन्त हुन्छ र झूटा सिद्धान्त कहाँ सुरु हुन्छ भनेर जान्न सम्भवै थिएन।  (Gertrude Himmelfarb, Darwin and the Darwinian Revolution, p.234)

“मैले भेटेको हरेक विचारशील व्यक्ति धार्मिक विश्वासका सबै मुख्य-मुख्य बुँदाहरूको सवालमा आफ्‍नो हृदयमा शङ्काको अवस्थामा छ।” (Thomas Huxley, cited from Adrian Desmond Huxley, p. 160).

“जर्मनी, स्वीटजरल्याण्ड, र हल्याण्डका मण्डलीहरूको अनात्मिक अवस्था … र सर्वसाधरण मानिसहरूको बीचमा रहेको डरलाग्दो व्याप्त सन्देहवाद, अविश्वास, र नास्तिकवादको कारण निश्चय पनि के थियो भने ती राष्ट्रहरूका बहुसङ्ख्यक रूपमा रहेका प्रमुख पास्टरहरू र ईश्वरशास्त्रीय प्राध्यापकहरूले यस्ता आलोचनाहरूको समर्थन गरिरहेका थिए … यस्तै कुरा … इङ्ग्ल्याण्ड, स्कटल्याण्ड र अमेरिकामा पनि [फैलिरहेको थियो] … (L.W. Munhall, The Highest Critics vs. the Higher Critics, 1896)

“अविश्वासको बाढी रोक्ने फाटकहरू अब खुल्ला भएका छन्, अनि नास्तिकवाद हामीमाथि उर्लेर आइरहेको छ” (George Romanes, 1878, cited from Ian Taylor, In the Minds of Men, p. 371).

“आराधनास्थलहरूमा हाजिरी घट्दो छ र पवित्र कुराहरूका निम्ति आदरभाव हराउँदैछ। हामी यो विश्वास गर्दछौं कि यसको कारण धेरै हिसाबले पुल्पिटबाट निस्केका सन्देहवादको झिल्काहरूले गर्दा हो र जो सर्वसाधारण मानिसहरूको बीचमा सल्किएर फैलिएको छ।” (C.H. Spurgeon, 1887, Sword and the Trowel, November 1887). 

आत्मिक सन्देहवादको यस्तो वातावरणमा हो विकासवादको मत जन्मेको र फस्टाएको।

  1. विकासवाद बाइबल अगमवाणीको एउटा पूरा हुवाइ हो र त्यसैले यो  बाइबलको ईश्वरीय उद्भवको एउटा प्रमाण हो।

२ पत्रुस ३:३-७ लाई विचार गर्नुहोस्। २००० वर्ष अगाडि लेखिएको यस भविष्यवाणीले हाम्रो समयको व्याप्त भौतिकवादी, विकासवादी विचारधारालाई बयान गर्दछ। भविष्यवाणीले यो बताउँछ कि गिल्ला गर्नेहरू आउनेछन् जोहरूले विश्वव्यापी जलप्रलय र ख्रीष्टको दोस्रो आगमनलाई इन्कार गर्नेछन्। भविष्यवाणीले गिल्ला गर्नेहरूलाई “अजान रहन चाहनेहरू” भनेर दोष लाउँछ (पद ५)। साथै यसको पछाडि उनीहरूको अभिप्राय यो रहेको बताइएको छ कि उनीहरू परमेश्वरका नियमहरूलाई परित्याग गर्न र आफ्‍नै अभिलाषाहरूअनुसार जिउन चाहन्छन् (पद ३)। यस भविष्यवाणीले डार्विनवादीको प्राकृतिक, यूनिफोर्मिटेरियन धारणा (“सबै कुरा सृष्टिको शुरुबाट जस्ता थिए, त्यस्तै चलिरहेका छन्”, पद ४) लाई बयान गरेको छ। गिल्ला गर्नेहरूसँग एउटा भौतिकवादी, अलौकिक, ईश्वरीय कुरालाई अस्वीकार गर्ने  विश्वास छ। जसरी रिचार्ड लेवोन्टिन (Richard Levontin) ले स्वीकार गरेको छ, “हामी अघिबाटै भौतिकवादप्रति समर्पित छौं। … हामी परमेश्वरलाई (‘ईश्वरीय खुट्टालाई ढोकाबाट’) भित्र छिर्न दिन सक्दैनौं” (Billions and Billions of Demons,” The New York Review, Jan 9, 1997, p.31).

 

यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?

हल्लाउन नसकिने विश्वास

ख्रीष्टिय जीवन: यो कसरी जिइनुपर्छ

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्‍वरको पुत्रको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।

“तर म जे छु, परमेश्‍वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्‍वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१०)।

“ईश्‍वरको अनुग्रह हेरी, ऋणी आफूलाई ठान्छु!”

“स्तुति गाओ ख्रीष्टका जन हो! बेहिसाब छ ऋण हाम्रो!

आनन्दसित अर्पण गरौँ, हाम्रो तन मनलाई!”(दुईओटा भजनहरूबाट उद्दृत)

ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ? परमेश्‍वरले यसबारे के सिकाउनुभएको छ भनी जान्नलाई हरेक विश्‍वासीले पवित्र शास्त्रहरूमा मेहनतपूर्वक खोजी गर्नुपर्छ। ख्रीष्टिय जीवन जिउने बारेमा आज थुप्रै गलत धारणाहरू छन्। एउटा धारणाले यो बताउँछ कि विश्‍वासीको जीवन व्यवस्थाको अधीनमा रहेको हुन्छ र ऊ पवित्र हुने यसैद्वारा हो। तर, ख्रीष्टिय जीवनको चाबी सिनाइ पर्वतमा होइन तर कलवरी डाँडामा पाइन्छ। ख्रीष्टिय जीवन हामीले गर्नुपर्ने कुनै काममा होइन, तर ख्रीष्टले गरिसक्नुभएको काममा आधारित छ। ख्रीष्टले क्रूसमा पूरा गरिसक्नुभएको काम कसरी हाम्रो ख्रीष्टसँगको दिन-दिनको हिँडाइसित सम्बन्धित छ भनी देख्नलाई हाम्रा मनका आँखाहरू परमेश्‍वरले खोलिदिनुभएको होस्।

प्रभु येशू ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ। “यसकारण हे मेरा भाइहरूहो, परमेश्‍वरका निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका हुनालाई अर्थात् जो मरेकाहरूबाट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ” (रोमी ७:४)। परमेश्‍वरको अनुग्रहद्वारा हामी ख्रीष्टसित एक आश्‍चर्यजनक एकतामा ल्याइएका छौँ। यी कुराहरू देख्नलाई प्रभुले हाम्रा आँखाहरू खोलिदिनुभएको होस्।

विभिन्न विभाजनहरूमा राखिएका तलका खण्डहरूले तपाईंलाई ख्रीष्टिय जीवन भनेको के हो र यो कसरी जिइनुपर्छ भनी बुझ्नलाई मदत गर्नेछ। नयाँ नियमका पत्रहरूको शिक्षा बिलकुलै स्पष्ट छ। यी कुराहरू बुझ्नलाई परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।

१) ख्रीष्टिय जीवन ख्रीष्टको जीवनभन्दा एक अंश पनि कम जीवन होइन।

दाखको बोट म नै हुँ; तिमीहरूचाहिँ हाँगा हौ” (यूहन्ना १५:५)

“. . . जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराइनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड्नुपर्दछ” (रोमी ६:४)

ख्रीष्ट मभित्र जिउनुहुन्छ” (गलाती २:२०)

“किनकि मेरा निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ” (फिलिप्पी १:२१)

“महिमाको आशा ख्रीष्ट तिमीहरूभभित्र . . . जब ख्रीष्ट जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ” (कलस्सी १:२७; ३:३-४)

येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस् भनेर . . . किनकि येशूको जीवन पनि हाम्रो मरिजाने शरीरमा प्रकट होओस् भनेर” (२ कोरिन्थी ४:१०-११)

“हे मेरा साना नानीहरूहो, जबसम्म ख्रीष्ट तिमीहरूमा बनिनुहुन्न, तबसम्म म फेरि तिमीहरूका लागि प्रसूति-वेदनामा हुन्छु” (गलाती ४:१९)

ख्रीष्टले आफ्‍नो जीवन विश्‍वासीको जीवनमा प्रकट गर्नु र उहाँ ऊद्वारा जिउनु नै ख्रीष्टिय जीवन हो!

२) ख्रीष्टको जीवन अन्तर्वास गर्नुहुने पवित्र आत्माको सामर्थ्यद्वारा प्रकट हुने कुरा हो।

“किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ, र तिमीहरूभित्र हुनुहुनेछ” (यूहन्ना १४:१७)

“उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ . . . उहाँले मेरो महिमा गर्नुहुनेछ” (यूहन्ना १५:२६; १६:१४)

“तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ” (प्रेरित १:८)

“अनि बढो सामर्थ्यसित प्रेरितहरूले प्रभु येशूको बौरिउठाइको गवाही दिन्थे; अनि तिनीहरू सबैमाथि ठूलो अनुग्रह भएको थियो” (प्रेरित ४:३३)

“किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ” (रोमी ८:२)

“यसैले कि व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्मा अनुसार हिँड्दछौं, पूरा होओस्” (रोमी ८:४)

“तर म यो भन्दछु: आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ” (गलाती ५:१६)

“उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्‍वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महान््ता के रहेछ, सो जान्न सक” (एफेसी १:१९)

“अब उहाँलाई, जसले हामीभित्र कार्य गर्ने सामर्थ्यअनुसार हामीले मागेका वा सोचेका सबै कुराभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ” (एफेसी ३:२०)

३) ख्रीष्टिय जीवनको सामर्थ्य परमेश्‍वरले मभित्र गरिरहनुभएको‍ ठूलो कार्य हो।

“कि उहाँका सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्” (१ कोरिन्थी १:२९; ३० पदलाई पनि हेर्नुहोस् जसबाट म जान्दछु कि येशू ख्रीष्ट मेरो पवित्रता हुनुहुन्छ)

“किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्‍वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ” (एफेसी २:१०)

“किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि” (गलाती ६:१५)

“किनकि उहाँको शुभ इच्छाअनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरूभित्र काम गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ” (फिलिप्पी २:१३)

“मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ” (यूहन्ना १५:५)

“यसैका निम्ति म पनि, उहाँको प्रभावकारी कार्यअनुसार, जसले ममा सामर्थ्यसाथ काम गर्छ, संघर्ष गर्दै परिश्रम गर्दछु” (कलस्सी १:२९)

“तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्नाका निम्ति सिद्ध पारेका होऊन्, र उहाँको दृष्टिमा जे अति मनपर्दो छ, सो येशू ख्रीष्टद्वारा तिमीहरूमा गरेका होऊन्; उहाँलाई सदासर्वदा महिमा भइरहोस्। आमेन।” (हिब्रू १३:२१)

४) ख्रीष्टिय जीवन ख्रीष्टले पूरा गर्नुभएको काममा आधारित कुरा हो।

म के गर्छु, चाबी यो होइन। तर येशू ख्रीष्टले के गरिसक्नुभयो, चाबी यो हो।

मुक्तिको सवालमा यो कुरा सत्य हो भनेर हामीलाई थाहा छ र हामी ख्रीष्टले पूरा गर्नुभएको काममा भर पर्छौं। तर ख्रीष्टिय जीवनको सवाल भने, धेरै विश्‍वसीहरूले यसो गर्न छोड्छन्। विश्‍वासैद्वारा निम्न कुरालाई व्यक्तिगत बनाइनु खाँचो छ:

“पापको शरीर बेकम्मा होओस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन” (रोमी ६:६)। पुरानो मानिसलाई हामीले क्रूसमा टाँग्‍नु पर्दैन अर्थात् पुरानो मानिसलाई क्रूसमा टाँग्‍ने काम हाम्रो होइन। यो त लगभग २००० वर्ष अघि पूरा भइसकेको कुरा हो।

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु” (गलाती २:२०– यो त पूरा भइसकेको सत्यता हो!)

“यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्”(२ कोरिन्थी ५:१७)। हामीलाई नयाँ सृष्टि हुन आज्ञा दिइएको छैन। यो पालन गरिनुपर्ने आज्ञा होइन, तर विश्‍वास गर्नुपर्ने सत्यता हो!

“एउटाले अर्कोसित झूट नबोल; किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यसका कामहरूसमेत निकालिदिएका छौ, अनि नयाँ मान्छेलाई पहिरेका छौ, जो चाहिँ आफ्‍नो सृष्टिकर्ताको स्वरूपअनुसार ज्ञानमा नयाँ हुँदै जान्छ” (कलस्सी ३:९-१०)।

याद गर्नुहोस् कि पावलले हामीलाई “पुरानो मान्छेलाई निकाल र नयाँ मान्छेलाई पहिर” भन्दैनन् [यद्यपि उनले हामीलाई यो एफेसी ४ अध्यायमा बताउँछन्]। कलस्सी ३ मा विश्‍वासीको अवस्थाको सत्यतालाई जोड दिइएको छ र पावलले भन्छन् कि पुरानो मान्छेलाई निकाल्ने काम विश्‍वसीले गर्नुपर्दैन किनभने यो पूरा भइसक्यो। तिमीहरूले पुरानो मान्छेलाई निकालिदिएका छौ, यो त एक वास्तविकता हो, सत्यता हो! हामीले परमेश्‍वरको सत्यतालाई विश्‍वासैद्वारा आफ्‍नो बनाउनुपर्छ।

५) सम्मिलीकरणका महत्त्वपूर्ण सत्यताहरू

मुक्ति पाउनलाई मैले एउटा महिमापूर्ण सत्यतालाई विश्‍वास गरें: मेरो निम्ति येशू ख्रीष्ट मर्नुभयो र फेरि बौरेर उठ्नुभयो। ख्रीष्टिय जीवन जिउनलाई मैले अर्को महिमापूर्ण सत्यतालाई विश्‍वास गर्नैपर्छ: म ख्रीष्टसँगै मरें र म ख्रीष्टसँगै बौरें। यी दुवै सत्यताहरू पूरा भइसके। मेरो मुक्तिसँग सम्बन्धित सत्यता यो हो कि ख्रीष्ट मेरा पापहरूका निम्ति मर्नुभयो! अर्थात् धर्मीकरण (justification) सित प्रतिस्थापन (substituion) सम्बन्धित छ। मेरो ख्रीष्टिय जीवनसँग सम्बन्धित सत्यता हो कि म ख्रीष्टसित मरें! अर्थात् पवित्रीकरण (sanctification) सित सम्मिलीकरण (identification) सम्बन्धित छ।

“हामी, जो पापका निम्ति मरिसकेका छौं, अब उसो कसरी त्यसैमा जिऔं र?” (रोमी ६:२)

“हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै” (रोमी ६:६)

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु”(गलाती २:२०)

“तिमीहरू ख्रीष्टसँग मरेका छौ” (कलस्सी २:२०)

“किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्‍वरमा लुकेको छ” (कलस्सी ३:३)

“हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्‍नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो” (१ पत्रुस २:२४)

६) परमेश्‍वरको वचनका सत्यताहरूलाई विश्‍वसद्वारा व्यक्तिगत बनाउनु

यी सत्यताहरू हरेक विश्‍वसीका निम्ति साँचा छन्। यी सत्यताहरू हाम्रो वास्तविक अनुभवमा सत्य हुन सक्नलाई चाबी कुरा विश्‍वास हो। जति हामी यी सत्यताहरूलाई विश्‍वास गर्दछौ, त्यति नै यी सत्यताहरू हाम्रो वास्तविक अनुभवमा साँचो भएको पाउनेछौं। धेरै पटक हामीले हाम्रा आँखाहरू येशू ख्रीष्टमा भएको हाम्रो सिद्ध अवस्थाको सत्यताबाट फर्काएर गलत तवरले हाम्रो हारपूर्ण, असिद्ध र सङघर्षपूर्ण अभ्यासमा लगाउँदछौं। एकजना विश्‍वासीले यो सहायताजनक उदहारण दिए: “सत्यता, विश्‍वास र अभ्यास पर्खालमाथि हिँडिरहेका थिए। सत्यता स्थिरतासाथ अघि बढे; तिनले दायाँ पनि हेरेनन्, बायाँ पनि हेरेनन्, न ता पछाडि नै हेरे। विश्‍वासले पछ्याउँदै थिए र उनले सत्यतालाई हेरून्जेल ठिकै थियो; तर जब उनले अभ्यासको चिन्ता गरी “उसलाई कस्तो छ होला?” भनी फर्केर हेरे, उनले आफ्‍नो सन्तुलन गुमाए र पर्खालबाट खसे र बिचरा बूढो अभ्यास पनि तिनको पछि लडिहाले।” विश्‍वास नै चाबी हो!

“यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरका निम्ति जिउँदा भएका ठान [सत्यतालाई विश्‍वास गर]!” (रोमी ६:११)

“बप्तिसमामा तिमीहरू उहाँसित गाडियौ, जसमा उहाँलाई मरेकाहरूबाट बिउँताउनुहुने परमेश्‍वरको कार्यमाथि राखिएको विश्‍वासद्वारा तिमीहरू पनि उहाँसित बिउँताइयौ” (कलस्सी २:१२)

म परमेश्‍वरको पुत्रको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)

“किनकि ख्रीष्ट येशूमा न खतना न बिनाखतना केही कामको छ, तर विश्‍वास, जसले प्रेमद्वारा काम गर्छ” (गलाती ५:६)

“यसकारण हामी देख्दछौं, अविश्‍वासको कारणले तिनीहरू प्रवेश गर्न सकेनन् . . . यसकारण त्यस विश्राममा प्रवेश गर्नालाई हामी प्रयत्न गरौं, नत्र त्यही अविश्‍वासको नमुनाअनुसार कुनै मानिस लड्ला” (हिब्रू ३:१९; ४:११)

“किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारमाथि जय प्राप्त गर्छ; अनि हाम्रो विश्‍वास नै यो विजय हो, जसले संसारमाथि जय प्राप्त गर्छ” (१ यूहन्ना ५:४)

विश्‍‍वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा बास गरून्” (एफेसी ३:१७)

“धर्मी जन विश्‍वसद्वारा जिउनेछ” (हिब्रू १०:३८)

७) ख्रीष्टिय जीवन जसरी सुरु भयो, त्यसरी नै जारी रहनुपर्छ।

“यसकारण जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गरेका छौ, उसरी नै तिमीहरू उहाँमा हिँड” (कलस्सी २:६)

“किनकि हामी रूप देखेर होइन, तर विश्‍वासद्वारा हिँड्छौं” (२ कोरिन्थी ५:७)

“तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्‍वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्धयाउँछौ?” (गलाती ३:२-३)

“किनकि आत्माद्वारा हामी विश्‍वासले धार्मीकताको आशाको बाटो हेर्दछौं . . . तिमीहरू राम्ररी दगुरिरहेका थियौ; सत्यलाई नमान्नू भनेर कसले तिमीहरूलाई बाधा दियो?” (गलाती ५:५-७)

“धीरजसँग हाम्रा सामु राखिएको त्यो दौड दगुरौं, हाम्रो विश्‍वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै” (हिब्रू १२:१-२)

८) जसरी क्रूस सुसमाचारको केन्द्रिय वा प्रमुख कुरा हो, त्यसरी नै क्रूस ख्रीष्टिय जीवनको केन्द्रिय वा प्रमुख कुरा हुनुपर्छ।

“तर हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा बाहेक अरू कुनै कुरामा म गर्व गर्दिनँ, जसद्वारा संसार मेरो निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छु” (गलाती ६:१४)

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु” (गलाती २:२०)

“हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै ” (रोमी ६:६)

“किनकि मैले तिमीहरूका बीचमा येशू ख्रीष्ट, र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेको थिएँ” (१ कोरिन्थी २:२)

उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई, उहाँको बौरिउठाइको सामर्थ्यलाई र उहाँका दु:खहरूको सङ्गतिलाई जान्न सकूँ” (फिलिप्पी ३:१०)

“येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस् भनेर प्रभु येशूको ‘मराइ’ सधैंभरी शरीरमा लिएर यताउता हिँड्छौं; . . . हामी जिउँदाहरू येशूको कारणले सधैंभरी मृत्युको हातमा सुम्पिइन्छौं” (२ कोरिन्थी ४:१०-११)

“किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनभने हामी यो निर्णय गर्दछौं − सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे; अनि सबैका निम्ति उहाँ मर्नुभयो; यसकारण जिउनेहरू अब उसो आफ्‍ना निम्ति जिउनिहुँदैन, तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनुभयो” (२ कोरिन्थी ५:१४-१५)

“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा खसेर मरेन भने त्यो एकलै रहन्छ; तर मर्‍यो भने त्यसले धेरै फल फलाउँछ। जसले आफ्‍नो प्राणलाई माया गर्छ, त्यसले त्यो गुमाउनेछ; अनि जसले यस संसारमा आफ्‍नो प्राणलाई घृणा गर्छ, त्यसले यसलाई अनन्त जीवनसम्म जोगाइराख्नेछ” (यूहन्ना १२:२४-२५)

“किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्‍वरमा लुकेको छ” (कलस्सी ३:३)

“यसकारण ख्रीष्टले हाम्रा लागि शरीरमा दु:ख भोग्‍नुभएको हुनाले तिमीहरूले पनि त्यही प्रकारको मन भएको हतियार भिर” (१ पत्रुस ४:१)

९) जीवन जिउने नियमको रूपमा विश्वासी व्यवस्थाको अधीनमा छैन, र ऊ पवित्रीकरणको माध्यमको रूपमा त्यसको अधीनमा छैन।

“किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ” (रोमी ६:१४ र १५ पद हेर्नुहोस्)

“तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु − तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्‍वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्धयाउँछौ?” (गलाती ३:२‍-३)

“तर तिमीहरू आत्माद्वारा डोर्‍याइँदछौ भने तिमीहरू व्यवस्थाको अधीनतामा छेनौ” (गलाती ५:१८)

“‘धर्मी जन विश्‍वासद्वारा जिउनेछ।’ तर व्यवस्था विश्‍वासबाटको होइन; तर ‘जुन मान्छेले तिनलाई पालन गर्दछ, ऊ तीद्वारा जिउनेछ'” (गलाती ३:११-१२)

व्यवस्थाले जीवन दिन सक्दैन। व्यवस्थाले एक व्यक्तिलाई पवित्र पार्न सक्दैन। यसले शुद्ध पार्न सक्दैन। व्यवस्थामा कुनै समस्या छैन (रोमी ७:१२)। समस्या यो हो कि पापी, पाप-भ्रष्ट मानिसहरूले यसलाई पालन गर्न सक्दैनन् (रोमी ७:१४)। ज-जसले आफूलाई व्यवस्थामुनि राख्दछन् तिनीहरूले अवश्‍य पनि बन्धनको महसुस गर्नेछन् किनभने पापले तिनीहरूमाथि राज्य गर्नेछ (दाँज्नुहोस् रोमी ६:१४)। येशू ख्रीष्ट हाम्रो जीवनको मानदण्ड हुनुहुन्छ: “मेरो निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ” (फिलिप्पी १:२१)। परमेश्‍वरको पवित्र व्यवस्था पालन गर्नलाई हाम्रो शरीरिक प्रयासहरू र सङ्घर्षहरू कहिल्यै सफल हुन सक्दैनन्। “किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ” (रोमी ८:२)। व्यवस्था हामीद्वारा कहिल्यै पूरा हुनेवाला छैन, तर विश्‍वासद्वारा अपनाइएको परमेश्‍वरको सामर्थ्य र कामद्वारा त्यो हामीमा पूरा हुनसक्छ। “यसैले कि व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्दछौं, पूरा होओस्” (रोमी ८:४)। जसरी मुक्ति “विश्‍वासद्वारा अनुग्रहले” हो, पवित्रीकरण पनि त्यस्तै हो।

१०) ख्रीष्टिय जन सम्पूर्णत: परमेश्‍वरको अनुग्रहको ऋणी छ!

“कि उहाँका सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्” (१ कोरिन्थी १:२९)

तर म जे छु, परमेश्‍वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्‍वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१०)

“किनकि तिमीहरूले विश्‍वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ . . . किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्‍वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ . . . किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि। अनि जतिजना यस नियममुताबिक हिँड्छन्, उनीहरूमाथि र परमेश्‍वरको इस्राएलमाथि शान्ति र कृपा रहिरहून्” (एफेसी २:८-१०; गलाती ६:१५-१६)

“तब के? हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? कदापि होइन!” (रोमी ६:१५ र १४ पद हेर्नुहोस्)

“किनकि मुक्ति ल्याउने परमेश्‍वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ, र हामीलाई यो सिकाउँछ − अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मासंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ” (तितस २:११-१२)

“अनि सधैंभरि सबै कुराहरूमा पूरा भरिभराउ भएर हरेक असल कामका लागि तिमीहरू भरपूर होओ भनेर तिमीहरूलाई सबै अनुग्रह प्रशस्त गरी दिनालाई परमेश्‍वर सामर्थी हुनुहुन्छ” (२ कोरिन्थी ९:८)

मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ” (२ कोरिन्थी १२:९)

“यसकारण हे मेरा छोरा, ख्रीष्ट येशूमा भएको अनुग्रहमा तिमी बलियो होऊ” (२ तिमोथी २:१)

“पावल र बर्नबास . . . ले ‘परमेश्‍वरको अनुग्रहमा लगिरहनुहोस्‘ भनी तिनीहरूलाई मनाए” (प्रेरित १३:४३–हामीले अनुग्रहद्वारा मुक्ति पाउने मात्र होइन तर अनुग्रहमा लागिरहनु पनि पर्छ। ख्रीष्टटियन जीवन जसरी सुरुआत भयो, त्यसरी नै अघि बढ्नुपर्दछ)

“र जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनका लागि राज्य गरोस्” (रोमी ५:२१)

“तब उहाँका सहकर्मीहरू भएका हुनाले हामी तिमीहरूलाई पनि विन्ती गर्दछौं: ‘परमेश्‍वरको अनुग्रह व्यर्थमा ग्रहण नगर!‘” (२ कोरिन्थी ६:१)

“परमेश्‍वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिनँ”(गलाती २:२१; हेर्नुहोस् गलाती ५:४ र हिब्रू १२:१५)

अनुग्रह . . . मा बढ्दै जाओ” (२ पत्रुस ३:१८)

अनुग्रहको माने यो हो कि परमेश्‍वरले सब श्रेय पाउनुहुन्छ! मुक्ति उहाँकै हो! जीवन उहाँकै हो! कार्य उहाँकै हो! परमेश्‍वरलाई महिमा होस्! थुमा योग्य हुनुहुन्छ! हाम्रा शरीरहरूमा ख्रीष्टको महिमा भएको होस् (फिलिप्पी १:२०)! ख्रीष्ट हामीमा बनिनुभएको होस् (गलाती ४:१९)! उहाँका फलहरू उहाँकै महिमाको निम्ति भएको होस् (फिलिप्पी १:११)! हामी उहाँको महिमा प्रकट गर्ने भाँडाहरू भएका हौं (एफेसी २:७)! ईश्‍वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु! “म जे छु, परमेश्‍वरको अनुग्रहद्वारा नै छु” (१ कोरिन्थी १५:१०)। “र लेखिएअनुसार, ‘जसले गर्व (घमण्ड) गर्दछ, उसले प्रभुमा गर्व (घमण्ड) गरोस्'” (१ कोरिन्थी १:३१)।

उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्

उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्

 

हामी हरेक किसिमको ठगी धन्दादेखि टाढा बस्न उत्सुक छौं चाहे त्यो धर्म सम्बन्धी वा राजनीति सम्बन्धी वा औषधी विज्ञान सम्बन्धी ठगी धन्दा किन नहोस्। फ्रन्टलाइन कोभीड-१९ क्रिटिकल केयर अलायन्स् (Frontline Covid-19 Critical Care Alliance, FLCCC) ठगी धन्दा होइन र यसले कोभीड-१९ को प्रारम्भिक उपचारको लागि आइभरमेक्टिन (Ivermectin) लाई एउटा “आश्चर्यजनक उपचार” र “चमत्कारी औषधी” को रूपमा सिफारिश गरेको छ। आइभरमेक्टिन सेवन गर्ने कसैलाई पनि कोभीड लाग्दै लाग्दैन भन्ने कुरा सत्य हो वा होइन हामी भन्न त सक्दैनौं, तर अहिलेसम्मको अध्ययनहरूले यो प्रष्ट देखाएको छ कि यसले ठूलो फरक पारेको छ।

डिसेम्बर ८, २०२० मा FLCCC का अध्यक्ष डा० पिएर कोरी (Dr. Pierre Kory) संयुक्त राज्य अमेरिकाको व्यवस्थापिका परिषदको वाशिङ्टनस्थित कमीटी अन होमल्याण्ड सेक्यूरिटी एण्ड गभरमेन्ट अफेयर्स (US Senate Committee on Homeland Security and Government Affairs) का सामु FLCCC को वैज्ञानिक अनुसान्धानका परिणामहरूको सम्बन्धमा गवाही दिनुभएको थियो। डा० कोरीले भन्नुभयो:

“हामी संसारमै अत्यधिक सङ्ख्यामा वैज्ञानिक प्रकाशनहरू निकालेको चिकित्सकहरूको एउटा समूह हौं। हामीबाट  विधिवत् रूपमा समकक्षीहरूद्वारा पुनरावलोकित प्रकाशनहरू झण्डै २,००० ओटा  निस्केका छन्। हामी यस महामारीको सुरूतिरै हाम्रा बौद्धिक अगुवा प्राध्यापक पावल मारिक (Prof. Paul Marick) को नेतृत्वअन्तर्गत एकजुट भएका थियौं र यस रोगको हरेक पक्षको सम्बन्धमा विश्वभरि प्रकाशन गरिएका सामग्रीहरूको अध्ययन गर्न खोज्यौं र एउटा प्रभावकारी उपचार पद्धति विकास गर्न खोज्यौं। म यहाँ [परिषदको समितिका सामु] मई महिनामा उपस्थित भएँ अनि मैले यो सिफारिश गरेको थिएँ कि यस रोगको उपचारमा हामीले कोर्टिकोस्टिरियोडहरू प्रयोग गर्नु नित्तान्त आवश्यक छ जब कि सबै राष्ट्रिय र अन्तराष्ट्रिय स्वस्थ्य संस्थाहरूले तिनको प्रयोग गर्नु हुँदैन भन्दैथिए। आखिरमा हाम्रो सिफारिश ज्यान बचाउने सिफारिश ठहरियो। आज म यहाँ एउटा नयाँ सिफारिश लिएर फेरि आएको छु। … यस सङ्कटको अवस्थामा हामीसित एउटा उपाय छ। एउटा औषधी छ जसको प्रभावकारिता चमत्कारपूर्ण रहेको प्रमाणित भइरहेको छ। ‘चमत्कार’ शब्दको प्रयोग मैले त्यसलाई हलुका अर्थमा प्रयोग गरिरहेको छैन। त्यसो भन्दा मलाई कसैद्वारा बढाइ-चढाइ गरेको आरोप पनि नलगाइयोस्। यो भनेको गत तीन महिनामा प्राप्त भएको थुप्रो-थुप्रो तथ्याङ्कहरूमा आधारित एउटा वैज्ञानिक सिफारिश हो। हामीले FDA ले सिफारिश नगरेका कुराहरू विज्ञापन गर्दैछौं अरे भन्ने कुरा मलाई भनिँदा, म यो स्पष्ट भन्न चाहन्छु कि NIH [National Institutes of Health] ले आइभरमेक्टिनको सम्बन्धमा दिएको नियन्त्रित परीक्षणभन्दा बाहिर त्यो प्रयोग गरिनुहुन्न भन्ने सिफारिश अगस्ट २७ जति पुरानो छ। हामी अहिले डिसेम्बरमा आइपुगिसक्यौं। यो भनेको तीन-चार महिना पछिको कुरा हो। विश्वका केन्द्रहरू र राष्ट्रहरूबाट सङ्कलित थुप्रै-थुप्रै तथ्याङ्कहरूले आइभरमेक्टिनको चमत्कारी परिणामहरू देखाएको छ। यसले यो भाइरसको प्रसारणलाई निर्मूल पार्दछ।… गत रात मात्र अर्जेन्टिनाबाट  आइभरमेक्टिनका प्रमुख अनुसन्धानकर्ता डा० हेक्टर कारभाल्लोले गर्नुभएको परीक्षणका परिणामहरू हामीलाई प्राप्त भएको छ। उहाँहरूले ८०० जना स्वास्थ्यकर्मीहरूलाई अग्रिम रूपमा यो औषधी चलाउनुभयो। एकैजना पनि बिरामी परेन। आइभरमेक्टिन अग्रिम रूपमा नचलाइएका ४०० जनामा २३७ जना अर्थात् ५८% बिरामी परे।… अब हामीसित १५०० जना भन्दा बढी बिरामीहरूलाई समेटेको चारओटा बृहत् नियन्त्रित परीक्षणहरूको परिणामहरूको ज्ञान हातमा आइसक्यो र हरेक परीक्षणले यो देखाएको छ कि अग्रिम रूपमा चलाइएको खण्डमा यो औषधी ज्यादै प्रभावकारी हुन्छ। … अग्रिम रूपमा ओपीडी अन्तर्गत उपचार गर्दाको हामीसित तीनओटा नियन्त्रित परीक्षणहरू र पटकपटकको अवलोकन र साथै प्रकरण शृङ्खलाहरू छन् जसले यो देखाएको छ कि यदि कसैले आइभरमेक्टिन सेवन गर्दछ भने अस्पतालमा भर्ना हुनुपर्ने र मृत्युमा पुग्नुपर्ने आवश्यकता कम हुन्छ। … यहाँ हामीसित चारओटा नियन्त्रित परीक्षणहरू छन्, पटकपटक गरिएका अवलोकन परीक्षणहरू छन् र सबैले एउटै कुरा देखाउँछन्। यदि आइभरमेक्टिन सेवन गरियो भने तपाईं मर्नुहुन्न वा मृत्युदर ज्यादै ज्यादै न्यून हुन्छ। यो एउटा चमत्कारको औषधी प्रमाणित भइरहेको छ। यसले सन् २०१५ मा विश्वव्यापी स्वस्थ्य क्षेत्रमा परिजीवीय रोग निवारणमा ल्याएको प्रभावकारिताको खातिर नोबेल पुरस्कार जितिसकेको पनि छ। … हाम्रो रिपोर्ट समकक्षीहरूद्वारा पुनरावलोकन गरिन पेश गरिएको छ, तर कृपया यो बुझिदिनुहोस् कि समकक्षी पुनरावलोकन भनेको महिनौं लाग्ने कुरा हो, अनि हामीसित महिनौं छैन। हामीसित अस्पतालमा अहिले १००,००० रोगीहरू मर्दैछन्। म फक्सो विशेषज्ञ हुँ। म आइसीयू विशेषज्ञ हुँ। मैले मर्दै गरेका कोभीड रोगीहरूको उपचार गरेको छु जसको सङ्ख्या कसैले कल्पना गर्न सक्ने भन्दा बढी छ। उनीहरू मर्दैछन् किनकि उनीहरू सास फेर्न सक्दैनन्। … उनीहरू भेन्टिलेटरमा छन् वा औषधीले लट्ठ पारिएका छन् र पक्षघात अवस्थामा छन् र उनीहरू उनीहरूका निम्ति सास फेरिदिने भेन्टिलेटर मिशिनमा जडान गरिएका छन्। …उनीहरू मकहाँ आइसीयूमा आइपुगुन्जेलसम्ममा उनीहरू मर्न थालिसकेका हुन्छन्, उनीहरू निको हुन झण्डै असम्भव अवस्थामा पुगिसकेका हुन्छन्। अग्रिम उपचार नै चाबी हो। … अबउसो कुनै पनि मृत्यु अनावश्यक मृत्यु हुनेछ। उनीहरू अग्रिम उपचारद्वारा बचाइन सकिन्थे भनेर जान्दा जान्दै म बिरामीहरूको उपचार गरिरहन सक्दिनँ अनि उपचार लाग्ने र अस्पताल भर्ना अनावश्यक बनाउने औषधीचाहिँ आइभरमेक्टिन हो।”

डा० कोरीले अमेरिकी सरकारका चिकित्सा सम्बन्धी अधिकारीहरू — NIH, CDC र FDA — लाई सबभन्दा नयाँ तथ्याङ्कहरूको तत्कालै पुनरावलोकन गर्न र चिकित्सकहरू, नर्सहरू र स्वस्थ्यकर्मीहरूलाई कोभीड-१९ को निम्ति आइभरमेक्टिनको प्रयोग सम्बन्धी निर्देशनहरू प्रसारण गर्न आग्रह गर्नुभयो।

डा० कोरीको अन्तर्वार्ता, डा० हेक्टर कारभाल्लोको अन्तर्वार्ता र आइभरमेक्टिनको अग्रिम प्रयोग सम्बन्धमा FLCCC को उपचार पद्धतिका लिङ्कहरू निम्नानुसार छन्:

https://www.reddit.com/r/ivermectin/comments/jow4h9/ interview_with_dr_hector_carvallo_pioneer_in/ 

रोग निवारकको रूपमा आइभरमेक्टिनको प्रयोग गर्ने प्रणाली यस प्रकार पहिलो र तेस्रो दिनमा – 0.2mg प्रति केजी। त्यसपश्चात् हप्ताको एक पटक १० हप्ताको निम्ति। त्यसपश्चात् हरेक दुई-दुई हप्ताको निम्ति। पानीसित खाली पेटमा यसको सेवन गर्नु सर्वोत्तम हुन्छ। नेपालमा आइभर-डीटी (Iver DT) नाममा यो औषधी 6 mg र 12 mg को मात्रामा पाइन्छ।

साभार: https://www.wayoflife.org/friday_church_news/21-52.php

मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु?

रेक साँचो ख्रीष्टियन एउटा आत्मिक खरबपति हो। बाइबलले यो बताउँछ कि ख्रीष्ट गरिब बन्नुभयो (अनि हाम्रो लागि मर्नुभयो) यस उद्देश्यले कि उहाँको गरिबीद्वारा हामी धनवान् बन्न पाऔं (२ कोरिन्थी ८:९)। एक विश्वासी जन, ऊ राजाको एक छोरा हो, तर कतिपटक एउटा राजकुमार जस्तै होइन एउटा माग्ने जस्तै भएर जीवन बिताइरहेको हुन्छ। उहाँको अतुलनीय अनुग्रहको कारणले हामी कति धनवान् भएका छौं भन्ने कुरा हामीले जानेको परमेश्वर चाहनुहुन्छ: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ” (एफेसी १:३)। हामी हरेक आत्मिक आशिषले आशिषित पारिएका छौं!

यदि हामी हाम्रा सम्पत्तिहरू के हुन् भनेर जान्दैनौं भने तिनलाई हामी व्यावहारिक रूपमा व्यक्तिगत बनाउन सक्दैनौं। हामी हाम्रो बोलावटको योग्य चालमा हिँड्न सक्दैनौं (एफेसी ४:१) यदि हामी हाम्रो बोलावट के हो भनेर जान्दैनौं। परमेश्वरको वचनमा भएका महान् तथ्यहरू र सत्यताहरूलाई विश्वासैद्वारा दाबी गरिनु आवश्यक छ। हामीले आफूलाई त्यसरी देख्नुपर्छ जसरी परमेश्वरले ख्रीष्टमा हामीलाई देख्नुहुन्छ। विश्वासैद्वारा हामीले त्यसलाई दाबी गर्नुपर्छ जुन कुरा हामीलाई ख्रीष्टमा दिइसकेका छन्। हामी कसरी जिउनुपर्छ भन्ने कुरा हामीलाई परमेश्वरको अनुग्रहले सिकाउँछ (तीतस २:११-१२)। परमेश्वरको सिकाउने तरिका यस्तो छ: अनुग्रहमा उहाँले हाम्रो निम्ति के गरिदिनुभएको छ भन्ने कुरा उहाँले पहिला हामीलाई देखाउनुहुन्छ अनि त्यसपछि त्यसअनुसार जीवन जिउनलाई हामीलाई बताउनुहुन्छ। एफेसी ५:८ ले यस कुरालाई राम्ररी दर्शाउँछ: “किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ; ज्योतिका सन्तानहरूझैं हिँड।” हामी जो हौं त्यसको आधारमा हामी हिँड्नुपर्छ। हामी जे हौं त्यो हुनुपर्छ। हाम्रो वास्तविक अवस्था हाम्रो महिमित ओहोदासित मेल खानुपर्छ। हामी प्रभुसित हिँड्ने क्रममा, जति बढी हामी विश्वासद्वारा ख्रीष्टमा भएको हाम्रो ओहोदाका सत्यताहरूलाई पक्रन्छौं त्यति नै बढी यसले हाम्रो वास्तविक अवस्था र हिँडाइमाथि प्रभाव जमाउँदछ।

हाम्रो मनका आँखाहरू उज्याला पारिएका होऊन् जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ, र पवित्र जनहरूमा उहाँको पैत्रिक-सम्पत्तिको महिमाको धन के रहेछ, र उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानताके रहेछ, सो जान्न सक्नुभएको होस् (एफेसी १:१८-१९)।

१. मेरो उद्धार पूर्ण रूपले सम्पन्न भइसकेको छ (यूहन्ना १९:३०)।

२. मसँग वर्तमान सम्पत्तिकै रूपमा अनन्त जीवन छ (यूहन्ना ५:२४; ६:४७; १ यूहन्ना ५:११-१३)।

३. मसँग वर्तमान सम्पत्तिकै रूपमा येशू ख्रीष्ट हुनुहुन्छ (१ यूहन्ना ५:१२)।

४. म एकमात्र, सत्य परमेश्वरलाई चिन्दछु (यूहन्ना १७:३; १ यूहन्ना २:३; ५:२०)।

५. उहाँको अनुग्रहले मैले मुक्ति पाइसकेको छु (एफेसी २:१-१०)।

६. उहाँको अनुग्रहले म धर्मी ठहरिसकेको छु (तीतस ३:७)।

७. म मृत्युबाट जीवनमा सरिसकेको छु (यूहन्ना ५:२४; १ यूहन्ना ३:१४)।

८. परमेश्वरले मलाई जीवित पारिसक्नुभयो (एफेसी २:१,५; कलस्सी २:१३)।

९. परमेश्वरले मलाई स्वर्गको लागि योग्य बनाइसक्नुभयो (कलस्सी १:१२)।

१०. मैले पापहरूको क्षमा पाइसकें (एफेसी १:७; कलस्सी १:१४)।

११. मेरा पापहरू हटाइसकिए (यूहन्ना १:२९; हिब्रू ९:२६; १ यूहन्ना ३:५)।

१२. मेरा पापहरू पूरै शुद्ध पारिसकिए (हिब्रू १:३)।

१३. मेरा पापहरूलाई परमेश्वरले कहिल्यै सम्झना गर्नुहुनेछैन (हिब्रू ८:१२; १०:१७)।

१४. म धोइसकिएँ (१ कोरिन्थी ६:११; तीतस ३:५; प्रकाश १:५)।

१५. म ख्रीष्टसँग सेतो वस्त्र पहिरेर हिँड्नेछु (प्रकाश ३:४-५)।

१६. म उहाँका कोर्राका चोटहरूले निको भइसकें (१ पत्रुस २:२४)।

१७. मलाई सबै पापहरू क्षमा गरिसकिए (कलस्सी २:१३; १ यूहन्ना २:१२)।

१८. म पूरै धर्मी ठहरिसकिएँ (रोमी ४:५; ८:३०; १ कोरिन्थी ६:११; गलाती २:१६; तीतस ३:७)।

१९. परमेश्वरसित मेरो मिलाप भएको छ (२ कोरिन्थी  ५:१८-१९; कलस्सी १:२०)।

२०. म ख्रीष्टको रगतले नजिक पारिएको छु (एफसी २:१३)।

२१. मैले छुटकारा पाएको छु (१ पत्रुस १:१८-१९; एफेसी १:७; कलस्सी १:१४)।

२२. मैले व्यवस्थाको श्रापबाट छुटकारा पाएको छु (गलाती ३:१३)।

२३. मैले सबै अधर्मबाट छुटकारा पाएको छु (तीतस २:१४)।

२४. म दाम तिरी किनिएको छु (१ कोरिन्थी ६:२०; ७:२३)।

२५. मैले यति ठूलो मृत्युबाट छुटकारा पाएको छु (२ कोरिन्थी १:१०)।

२६. मैले यस वर्तमान दुष्ट संसारबाट छुटकारा पाएको छु (गलाती १:४)।

२७. मैले अन्धकारको सामर्थ्यबाट छुटकारा पाएको छु (कलस्सी १:१३)।

२८. मैले पछि आउने क्रोधबाट छुटकारा पाएको छु (१ थेस्सलोनिकी १:१०)।

२९. म दण्डको आज्ञामुनि अर्थात् न्यायमा पर्नेछैन (यूहन्ना ५:२४; रोमी ८:१)।

३०.  म परमेश्वरको सन्तान भएको छु (यूहन्ना १:१२; रोमी ८:१६; गलाती ३:२६; १ यूहन्ना ३:१-२)।

३१. म परमेश्वरको एक पुत्र भएको छु (गलाती ४:५-७)।

३२. म येशू ख्रीष्टको भएको छु (गलाती ३:२९; ५:२४)।

३३. मलाई धर्मपुत्रको रूपमा ग्रहण गरिएको छ (गलाती ४:५; रोमी ८:१५,२३)।

३४. म परमेश्वरको हकवाला बनेको छु र ख्रीष्टसँग साझा-हकवाला बनेको छु (रोमी ८:१७; तीतस ३:७)।

३५. म जीवनको अनुग्रहको हकदार भएको छु (१ पत्रुस ३:७)।

३६. सबै कुराहरू मेरा हुन् (१ कोरिन्थी ३:२१-२३)।

३७. मसँग सबै थोक छन् (२ कोरिन्थी ६:१०)।

३८. म सबै कुराहरूको हकदार हुनेछु (प्रकाश २१:७)।

३९. हरेक कुरामा म उहाँद्वारा धनवान् बनाइएको छु (१ कोरिन्थी १:५)।

४०. म एक साझा-हकवाला भएको छु (एफेसी ३:६)।

४१. ख्रीष्टको कारण म धनवान् भएको छु (२ कोरिन्थी ८:९; प्रकाश २:९)।

४२. म सबै आत्मिक आशिषहरूले  आशिषित पारिएको छु (एफेसी १:३)।

४३. मैले  हकको सम्पत्ति पाएको छु (एफेसी १:११,१४; हिब्रू १:१४; ९:१५; १ पत्रुस १:४)।

४४. मैले मुक्ति पाऊँ भनी म ठहराइएको छु (१ थेस्सलोनिकी ५:९; हिब्रू १:१४)।

४५. म उहाँको अधिकारको सम्पत्ति भएको छु (एफेसी १:१८)।

४६. म सुसमाचारद्वारा ख्रीष्टमा उहाँको प्रतिज्ञाको साझा-भागीदार भएको छु (एफेसी ३:६)।

४७. म ख्रीष्टमा नयाँ सृष्टि भएको छु (२ कोरिन्थी ५:१७; एफेसी २:१०; ४:२४; कलस्सी ३:१०)।

४८. म पवित्र आत्माले नवीकरण गरिएको छु (तीतस ३:५)।

४९. म उही प्रियमा ग्रहणयोग्य तुल्याइएको छु (एफेसी १:६)।

५०. म ख्रीष्टमा स्वर्गीय स्थानहरूमा बसालिएको छु (एफेसी २:६)।

५१. म उहाँको महिमाको प्रशंसाको कारण भएको छु (एफेसी १:१२)।

५२. म प्रभुमा ज्योति भएको छु (एफेसी ५:८)।

५३. म ज्योतिको सन्तान भएको छु (एफेसी ५:८; १ थेस्सलोनिकी ५:५)।

५४. म एक “विशेष व्यक्ति” भएको छु, परमेश्वरको किनिएको विशेष सम्पत्ति (तीतस २:१४; १ पत्रुस २:९)।

५५. म आत्मिक बलिदानहरू चढाउन सक्ने पूजाहारी भएको छु (हिब्रू १३:१५-१६; १ पत्रुस २:५,९; प्रकाश १:६; ५:१०; २०:६)।

५६. म एक शासन गर्नेवाला राजा भएको छु (प्रकाश १:६; ५:१०; २०:६)।

५७. पितासँग र उहाँका पुत्रसँग सङ्गति गर्ने सौभाग्य मेरो भएको छ (१ यूहन्ना १:३)।

५८. म ख्रीष्टभित्र रहन्छु (यूहन्ना ६:५६; १ यूहन्ना ३:२४; ४:१३,१५,१६)।

५९. ख्रीष्ट मभित्र रहनुहुन्छ (यूहन्ना ६:५६; गलाती २:२०; १ यूहन्ना ३:२४; ४:१३-१६)।

६०. म ख्रीष्टभित्र छु (यूहन्ना १४:२०; २ कोरिन्थी ५:१७)।

६१. ख्रीष्ट मभित्र हुनुहुन्छ (यूहन्ना १४:२०; रोमी ८:१०; १ यूहन्ना ४:४)।

६२. परमेश्वरको आत्मा मभित्र रहनुहुन्छ (रोमी ८:९; १ कोरिन्थी ३:६; एफेसी २:२१-२२)।

६३. म शरीरमा होइन तर आत्मामा छु (रोमी ८:१९)।

६४. मेरो माटोको भाँडोमा ठूलो धन  रहेको छ (२ कोरिन्थी ४:७)।

६५. मेरो शरीर पवित्र आत्माको मन्दिर भएको छ (१ कोरिन्थी ६:१९)।

६६. म पवित्र आत्माको दान र बैनाद्वारा आशिषित बनाइएको छु (१ कोरिन्थी १:२२; गलाती ४:६; एफेसी १:१३-१४; १ थेस्सलोनिकी ४:८; तीतस ३:६; १ यूहन्ना ३:२४; ४:१३)।

६७. मसँग पवित्र आत्माबाटको अभिषेक छ (१ यूहन्ना २:२०)।

६८. म ख्रीष्टका बोलाइएकाहरूमध्ये एक हुँ (रोमी १:६; ८:२८-३०; यहूदा १; प्रकाश १७:१४)।

६९. म परमेश्वरको पुत्रसँगको सङ्गतिमा बोलाइएको छु (१ कोरिन्थी १:९)।

७०. म अनन्त महिमामा बोलाइएको छु (१ पत्रुस ५:१०)।

७१. म पवित्र बोलावटले बोलाइएको छु (२ तिमोथी १:९)।

७२. म उच्च र स्वर्गीय बोलावटको भागीदार भएको छु (फिलिप्पी ३:१४; हिब्रू ३:१)।

७३. म अन्धकारबाट उहाँको अचम्मको ज्योतिभित्र बोलाइएको छु (१ पत्रुस २:९)।

७४. परमेश्वरले मलाई पहिले नै जान्नुभएको थियो  (रोमी ८:२९; १ पत्रुस १:२)।

७५. परमेश्वरले मलाई ख्रीष्टको रूपमा ढालियोस् भनेर पहिले नै ठहराउनु भयो (रोमी ८:२९; एफेसी १:५, ११)।

७६. परमेश्वरको विचार र मनसायमा मलाई महिमा दिइसक्नुभयो (रोमी ८:३०)।

७७. म परमेश्वरको प्रेममा अनन्तसम्म सुरक्षित छु (रोमी ८:३८-३९)।

७८. म ख्रीष्टमा चुनिएको छु (एफेसी १:४; कलस्सी ३:१२; १ थेस्सलोनिकी १:४; १ पत्रुस २:९; प्रकाश १७:१४)।

७९. म मुक्तिका निम्ति चुनिएको छु (२ थेस्सलोनिकी २:१३)।

८०. म ख्रीष्टमा पूर्ण भएको छु (कलस्सी २:१०)।

८१. म परमेश्वरको प्रिय भएको छु (कलस्सी ४:१२; २ थेस्सलोनिकी २:१३)।

८२. मैले मेरा स्वर्गका पिताको ताडना र अनुशासन पाउँदछु (हिब्रू १२:६-७)।

८३. म त्यो समूहको भएको छु जसलाई ख्रीष्टले आफ्ना “भाइहरू” र “मित्रहरू” भन्न शर्माउनुहुन्न (हिब्रू २:११; यूहन्ना १५:१५)।

८४. म अब्राहामको सन्तान हुँ (गलाती ३:७)

८५. म अब्राहामको वंश हुँ (गलाती ३:२९)।

८६. म अब्राहामको आशिषमा रमाउँदछु (गलाती ३:९)।

८७. म प्रतिज्ञाको सन्तान हुँ (गलाती ४:२८,३१)।

८८. म एक विश्वासयोग्य हुँ (प्रकाश १७:१४)।

८९. म उहाँको बगालमा एक भेँडा हुँ (लूका १२:३२; हिब्रू १३:२०; १ पत्रुस २:२५)।

९०. म उहाँको शरीरको अङ्ग हुँ (१ कोरिन्थी १०:१७; एफेसी ३:६; ४:२५; ५:३०)।

९१. म उहाँको भवनको एउटा पत्थर हुँ (एफेसी १:२०-२२; हिब्रू ३:६; १ पत्रुस २:५)।

९२. म उहाँको दाखको बोटको एउटा हाँगा हुँ (यूहन्ना १५:१-७)।

९३. म उहाँको राज्यको एक प्रजा हुँ (कलस्सी १:१३)।

९४. म उहाँको परिवारभित्र नयाँ गरी जन्मिएको छु (यूहन्ना १:१२-१३; याकूब १:१८; १ पत्रुस १:३,२३; २:२; १ यूहन्ना ५:१)।

९५. म परमेश्वरको प्रजा हुँ किनकि उहाँको अनुग्रहले मलाई आफ्नो भनी दाबी गर्नुभएको छ(१ पत्रुस २:१०; प्रकाश २१:७)।

९६. म पवित्र जनहरूसँगै एक सँगी नागरीक हुँ (एफेसी २:१९)।

९७. म येशू ख्रीष्टभित्र बप्तिस्मा भएको छु (रोमी ६:३; गलाती ३:२७)।

९८. म ख्रीष्टसँग उहाँको मृत्युमा सम्मिलित गराइएँ (रोमी ६:३-६,८-११; २ कोरिन्थी ५:१४; कलस्सी २:१२; २:२०; ३:३)

९९. म ख्रीष्टसँग उहाँको बौरिउठाइमा सम्मिलित गराइएँ (रोमी ६:५,८,११; २ कोरिन्थी ५:१५; गलाती २:२०; कलस्सी २:१२; ३:१)।

१००. म पापका निम्ति मरेँ (रोमी ६:२)।

१०१. मेरो पुरानो मानिस ख्रीष्टसँग क्रूसमा टाँगियो (रोमी ६:६)।

१०२. म ख्रीष्टसँग क्रूसमा टाँगिएँ (गलाती २:२०)।

१०३. मैले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेको छु (गलाती ५:२४)।

१०४. म परमेश्वरका निम्ति जिउँदो भएको छु (रोमी ६:११,१३; गलाती २:१९-२०)।

१०५. ख्रीष्ट मेरो जीवन हुनुहुन्छ (फिलिप्पी १:२१; कलस्सी ३:४)।

१०६. म जीवनको नयाँपनामा हिँड्न सक्छु (रोमी ६:४)।

१०७. म आत्माको नयाँपनामा सेवा गर्न सक्छु (रोमी ७:६)।

१०८. म धार्मिकताका निम्ति जिउन सक्छु (१ पत्रुस २:२४)।

१०९. म व्यवस्थाका निम्ति मरेँ (रोमी ७:४; गलाती २:१९)।

११०. म व्यवस्थाबाट मुक्त भएको छु (रोमी ७:६)।

१११. म व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छु (रोमी ६:१४)

११२. परमेश्वरका व्यवस्थाहरू मेरो हृदयमा लेखिएका छन् (हिब्रू १०:१६)।

११३. म येशू ख्रीष्टसँग विवाहित भएको छु (रोमी ७:४)।

११४. म ख्रीष्टको भागीदार भएको छु (हिब्रू ३:१४)।

११५. म ख्रीष्टसँग उहाँका दुःखहरूमा सम्मिलित गराइएको छु (२ तिमोथी २:१२; फिलिप्पी १:२९; १ पत्रुस २:२०; ४:१२-१३; १ थेस्सलोनिकी ३:३; रोमी ८:१८; कलस्सी १:२४)।

११६. मद्वारा परमेश्वरको ज्ञान प्रकट गरिन्छ (२ कोरिन्थी २:१४)।

११७. मद्वारा ख्रीष्टको मीठो बास्ना प्रकट गरिन्छ (२ कोरिन्थी २:१५-१६)।

११८. म ख्रीष्टको पत्र हुँ (२ कोरिन्थी ३:३)

११९. म ख्रीष्टको महिमापूर्ण रूपमा बदली गराइँदैछु (२ कोरिन्थी ३:१८)।

१२०. म सिद्ध बनाइँदैछु (फिलिप्पी १:६)।

१२१. मेरो भित्री मान्छे दिन-दिनै नयाँ बनाइँदैछ (२ कोरिन्थी ४:१६)।

१२२. मैले ख्रीष्टलाई पहिरेको छु (गलाती ३:२७)।

१२३. म संसारको होइन (यूहन्ना १७:१४,१६)।

१२४. संसार मेरो निम्ति क्रूसमा टाँगियो (गलाती ६:१४)।

१२५. म संसारका निम्ति क्रूसमा टाँगिएँ (गलाती ६:१४)।

१२६. म परमेश्वरको सुसमाचारका निम्ति अलग पारिएको छु (रोमी १:१)।

१२७. म ख्रीष्ट येशूमा अलग गरिएको छु, पवित्र पारिएको छु (१ कोरिन्थी १:२; ६:११; हिब्रू १०:१०; यहूदा १)।

१२८. म पवित्र छु (कलस्सी ३:१२; हिब्रू ३:१; १ पत्रुस २:९; प्रकाश २०:६)।

१२९. म उहाँको धार्मिकताले पहिराइएको छु (प्रकाश १९:८)।

१३०. म एक पवित्र जन हुँ (१ कोरिन्थी १:२; फिलिप्पी १:२; कलस्सी १:२)।

१३१. म ख्रीष्टमा निष्कलङ्क छु (एफेसी ५:२७; कलस्सी १:२२; यहूदा २४)।

१३२. म सदाका निम्ति सिद्ध पारिएको छु (हिब्रू १०:१४)।

१३३. म आफैको होइन (१ कोरिन्थी ६:१९)।

१३४. म पवित्रताका निम्ति बोलाइएको छु (१ थेस्सलोनिकी ४:७)।

१३५. म स्वर्गको नागरिक हुँ (फिलिप्पी ३:२०)।

१३६. म एक परदेशी र यात्री हुँ र यस संसार मेरो घर होइन (हिब्रू ११:१३; १ पत्रुस २:११)।

१३७. म उहाँको प्रेमको पुत्रको राज्यभित्र सारिसकिएको छु (कलस्सी १:१४)।

१३८. मेरो हृदयको खतना गरिएको छ (कलस्सी २:११)।

१३९. मेरा विश्वासयोग्य परमेश्वरले मलाई पूरा रीतिले पवित्र पार्नुहुनेछ (१ थेस्सलोनिकी ५:२३-२४)।

१४०. मेरा विश्वासयोग्य परमेश्वरले मलाई दुष्टबाट जोगाउनुहुनेछ (२ थेस्सलोनिकी ३:३; २ तिमोथी ४:१८)।

१४१. ख्रीष्टले मलाई स्वतन्त्र पार्नुभएको छ — साँच्चै स्वतन्त्र (यूहन्ना ८:३६; गलाती ५:१; १ कोरिन्थी ७:२२)।

१४२. येशू ख्रीष्ट मलाई छुटकारा दिनेवाला हुनुहुन्छ (रोमी ७:२४-२५)।

१४३. म पापबाट स्वतन्त्र छु (रोमी ६:७,१८,२२)।

१४४. जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको छ (रोमी ८:२)।

१४५. म परमेश्वरको दास (कमारो) हुँ (रोमी ६:२२)।

१४६. म ख्रीष्टको दास (कमारो) हुँ (१ कोरिन्थी ७:२२)।

१४७. म धार्मिकताको दास (कमारो) हुँ (रोमी ६:१८)।

१४८. म स्वतन्त्रताका निम्ति बोलाइएको छु (गलाती ५:१३)।

१४९. ख्रीष्ट मेरो शान्ति (मेलमिलाप) हुनुहुन्छ (एफेसी २:१४)।

१५०. मसँग ख्रीष्टको मन छ (१ कोरिन्थी २:१६)।

१५१. मसँग आत्मसंयमको आत्मा (स्वस्थ मन) छ (२ तिमोथी १:७)।

१५२. ख्रीष्टले मलाई समझशक्ति दिनुभएको छ (१ यूहन्ना ५:२०)।

१५३. मसँग ख्रीष्टको धार्मिकता छ (२ कोरिन्थी ५:२१)।

१५४. म सबै कुराहरूमा पूरा भरिभराउ पारिएको छु (२ कोरिन्थी ९:८)।

१५५. मसँग जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू छन् (२ पत्रुस १:४)।

१५६. म सधैं सन्तुष्ट हुन सक्छु किनकि मसँग ख्रीष्ट हुनुहुन्छ (हिब्रू १३:५)।

१५७. मसँग मलाई चाहिने सबै हातहतियार छन् (२ कोरिन्थी १०:४; एफेसी ६:१०-१७)।

१५८. मसँग परमेश्वरको प्रशस्त गरी पुग्ने अनुग्रह छ (२ कोरिन्थी १२:९)।

१५९. मसँग खाँचो पर्दा सहायता गर्ने अनुग्रह छ (हिब्रू ४:१६)।

१६०. मसँग परमेश्वको सामर्थ्य छ (एफेसी १:१९; ३:२०)।

१६१. म पिताकहाँ पुग्न पाउँछु (एफेसी २:१८; हिब्रू ४:१६)।

१६२. मेरा एक महान् महापूजाहारी हुनुहुन्छ (हिब्रू २:१७-१८; ३:१; ४:१४-१६; ८:१)।

१६३. मेरा एक अटुट अन्तर्विन्तीकर्ता हुनुहुन्छ (हिब्रू ७:२५; ९:२४)।

१६४. मैले पाप गर्दाखेरिका लागि पितासँग मेरा एक धर्मी वकिल हुनुहुन्छ (१ यूहन्ना २:१)।

१६५. परमेश्वरसँग मेरो मिलाप भएको छ (रोमी ५:१)।

१६६. मेरो प्राणको लागि विश्राम छ (मत्ती ११:२८-२९; हिब्रू ४:९)।

१६७. म परमेश्वरको आत्माले डोर्‍याइँदछु (रोमी ८:१६)।

१६८. म परीक्षा र सङ्कष्टहरूमा सक्षम तुल्याइँदछु (१ कोरिन्थी १०:१३)।

१६९. मलाई आत्माद्वारा निश्चयता दिइँदछ (रोमी ८:१६)।

१७०. मलाई परमेश्वरबाट सान्त्वना दिइँदछ (२ कोरिन्थी १:३-७)।

१७१. म उहाँको शान्तिले निश्चल तुल्याइँदछु (फिलिप्पी ४:७)।

१७२. मलाई आत्माद्वारा सत्यता र ज्ञान सित्तैमा दिइन्छन् (१ कोरिन्थी २:१२)।

१७३. म सङ्कटमा पारिएको छैन (२ कोरिन्थी ४:८)।

१७४. म हताश पारिएको छैन (२ कोरिन्थी ४:८)।

१७५. म त्यागिएको छैन (२ कोरिन्थी ४:९)।

१७६. म अन्धकारमा छैन (१ थेस्सलोनिकी ४:४)।

१७७. परमेश्वर मेरा प्रशस्तता (योग्यता) हुनुहुन्छ (२ कोरिन्थी ३:५)।

१७८. परमेश्वर मेरा बल हुनुहुन्छ (२ कोरिन्थी १२:९-१२; फिलिप्पी ४:१३)।

१७९. परमेश्वर मेरा सहायक हुनुहुन्छ (हिब्रू १३:६)।

१८०. म एक सार्वभौम परमेश्वरको हातमा छु जसले सबै कुरालाई मेरो भलाइका लागि काममा लगाउनुहुन्छ (रोमी ८:२८)।

१८१. सबै कुराहरू मेरै निम्ति हुन् (२ कोरिन्थी ४:१५)।

१८२. मेरा परमेश्वर मेरो पक्षमा हुनुहुन्छ (रोमी ८:३१)।

१८३. मेरो हरेक खाँचो पूरा गरिन्छ (फिलिप्पी ४:१९)।

१८४. म ख्रीष्टसँग सहकर्मी हुँ (१ कोरिन्थी ३:९; २ कोरिन्थी ६:१)।

१८५. म उहाँको हातको कारिगरी हुँ (एफेसी २:१०)।

१८६. परमेश्वर मभित्र काम गर्नुहुन्छ (फिलिप्पी २:१३; हिब्रू १३:२१)।

१८७. परमेश्वरको वचनले मभित्र काम गर्दछ (१ थेस्सलोनिकी २:१३)।

१८८. म परमेश्वरद्वारा छाप मारिएको छु (२ कोरिन्थी १:२२; एफेसी १:१३)।

१८९. म चट्टान (ख्रीष्ट येशू) माथि बसालिएको छु (मत्ती १६:१८; १ कोरिन्थी ३:११)।

१९०. म ख्रीष्टमा सुरक्षित रूपले स्थापित भएको छु (१ कोरिन्थी १:२१; २ थेस्सलोनिकी ३:३)।

१९१. म परमेश्वरको सामर्थ्यले सुरक्षित राखिएको छु (१ पत्रुस १:५)।

१९२. म येशू ख्रीष्टमा सुरक्षित राखिएको छु (यहूदा १)।

१९३. म लोट्नदेखि बचाई राखिएको छु (यहूदा २४)।

१९४. मसँग स्वर्गमा सदा रहिरहने परमेश्वरबाटको भवन छ (२ कोरिन्थी ५:१)।

१९५. मेरो नाम स्वर्गमा सदालाई लेखिएको छ (लूका १०:२०)।

१९६. म विजेताभन्दा बढी छु (रोमी ८:३७)।

१९७. मैले ख्रीष्टद्वारा विजय पाएको छु (१ कोरिन्थी १५:५७)।

१९८. मैले संसारलाई जितेको छु (१ यूहन्ना ५:४-५)।

१९९. म ख्रीष्टमा सधैं विजयी बन्छु (२ कोरिन्थी २:१४)।

२००. मभित्र विजयी ख्रीष्ट हुनुहुन्छ जो शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)।

२०१. शैतानले मलाई छुन सक्दैन (१ यूहन्ना ५:१८)।

२०२. मेरो आशा जिउँदो छ (१ पत्रुस १:४)।

२०३. मेरो भविष्य महिमापूर्ण छ (रोमी ८:१८; २ थेस्सलोनिकी २:१४)।

२०४. मलाई अनुग्रहद्वारा अनन्त सान्त्वना र उत्तम आशा दिइएको छ (२ थेस्सलोनिकी २:१६)।

२०५. म स्वर्गीय राज्यका निम्ति बचाइराखिनेछु (२ तिमोथी ४:१८)।

२०६. मैले हल्लन नसकिने राज्य पाइरहेको छु (हिब्रू १२:२८)।

२०७. मेरो निम्ति स्वर्गमा ठाउँ सुनिश्चित गरिएको छ (यूहन्ना १४:२-३; १ पत्रुस १:४)।

२०८. मैले जीवनको रूखबाट खानेछु (प्रकाश २:७)।

२०९. मलाई दोस्रो मृत्युबाट कुनै हानि हुनेछैन (प्रकाश २:११; २०:६)।

२१०. मेरो एउटा नयाँ नाम पाउनेछु  (प्रकाश २:१७; ३:१२)।

२११. मलाई जातिहरूमाथि अधिकार दिइनेछ (प्रकाश २:२६; ५:१०)।

२१२. मेरो नाम जीवनको पुस्तकबाट कुनै रीतिले काटिनेछैन (प्रकाश ३:५)।

२१३. म परमेश्वरको मन्दिरमा खाँबो बनाइनेछु (प्रकाश ३:१२)।

२१४. म ख्रीष्टसँग उहाँको सिंहासनमा बस्नेछु (प्रकाश ३:२१)।

२१५. म सदा सर्वदा मेरा परमेश्वरसँग हुनेछु (प्रकाश २१:३-४)।