उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्

उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्

 

हामी हरेक किसिमको ठगी धन्दादेखि टाढा बस्न उत्सुक छौं चाहे त्यो धर्म सम्बन्धी वा राजनीति सम्बन्धी वा औषधी विज्ञान सम्बन्धी ठगी धन्दा किन नहोस्। फ्रन्टलाइन कोभीड-१९ क्रिटिकल केयर अलायन्स् (Frontline Covid-19 Critical Care Alliance, FLCCC) ठगी धन्दा होइन र यसले कोभीड-१९ को प्रारम्भिक उपचारको लागि आइभरमेक्टिन (Ivermectin) लाई एउटा “आश्चर्यजनक उपचार” र “चमत्कारी औषधी” को रूपमा सिफारिश गरेको छ। आइभरमेक्टिन सेवन गर्ने कसैलाई पनि कोभीड लाग्दै लाग्दैन भन्ने कुरा सत्य हो वा होइन हामी भन्न त सक्दैनौं, तर अहिलेसम्मको अध्ययनहरूले यो प्रष्ट देखाएको छ कि यसले ठूलो फरक पारेको छ।

डिसेम्बर ८, २०२० मा FLCCC का अध्यक्ष डा० पिएर कोरी (Dr. Pierre Kory) संयुक्त राज्य अमेरिकाको व्यवस्थापिका परिषदको वाशिङ्टनस्थित कमीटी अन होमल्याण्ड सेक्यूरिटी एण्ड गभरमेन्ट अफेयर्स (US Senate Committee on Homeland Security and Government Affairs) का सामु FLCCC को वैज्ञानिक अनुसान्धानका परिणामहरूको सम्बन्धमा गवाही दिनुभएको थियो। डा० कोरीले भन्नुभयो:

“हामी संसारमै अत्यधिक सङ्ख्यामा वैज्ञानिक प्रकाशनहरू निकालेको चिकित्सकहरूको एउटा समूह हौं। हामीबाट  विधिवत् रूपमा समकक्षीहरूद्वारा पुनरावलोकित प्रकाशनहरू झण्डै २,००० ओटा  निस्केका छन्। हामी यस महामारीको सुरूतिरै हाम्रा बौद्धिक अगुवा प्राध्यापक पावल मारिक (Prof. Paul Marick) को नेतृत्वअन्तर्गत एकजुट भएका थियौं र यस रोगको हरेक पक्षको सम्बन्धमा विश्वभरि प्रकाशन गरिएका सामग्रीहरूको अध्ययन गर्न खोज्यौं र एउटा प्रभावकारी उपचार पद्धति विकास गर्न खोज्यौं। म यहाँ [परिषदको समितिका सामु] मई महिनामा उपस्थित भएँ अनि मैले यो सिफारिश गरेको थिएँ कि यस रोगको उपचारमा हामीले कोर्टिकोस्टिरियोडहरू प्रयोग गर्नु नित्तान्त आवश्यक छ जब कि सबै राष्ट्रिय र अन्तराष्ट्रिय स्वस्थ्य संस्थाहरूले तिनको प्रयोग गर्नु हुँदैन भन्दैथिए। आखिरमा हाम्रो सिफारिश ज्यान बचाउने सिफारिश ठहरियो। आज म यहाँ एउटा नयाँ सिफारिश लिएर फेरि आएको छु। … यस सङ्कटको अवस्थामा हामीसित एउटा उपाय छ। एउटा औषधी छ जसको प्रभावकारिता चमत्कारपूर्ण रहेको प्रमाणित भइरहेको छ। ‘चमत्कार’ शब्दको प्रयोग मैले त्यसलाई हलुका अर्थमा प्रयोग गरिरहेको छैन। त्यसो भन्दा मलाई कसैद्वारा बढाइ-चढाइ गरेको आरोप पनि नलगाइयोस्। यो भनेको गत तीन महिनामा प्राप्त भएको थुप्रो-थुप्रो तथ्याङ्कहरूमा आधारित एउटा वैज्ञानिक सिफारिश हो। हामीले FDA ले सिफारिश नगरेका कुराहरू विज्ञापन गर्दैछौं अरे भन्ने कुरा मलाई भनिँदा, म यो स्पष्ट भन्न चाहन्छु कि NIH [National Institutes of Health] ले आइभरमेक्टिनको सम्बन्धमा दिएको नियन्त्रित परीक्षणभन्दा बाहिर त्यो प्रयोग गरिनुहुन्न भन्ने सिफारिश अगस्ट २७ जति पुरानो छ। हामी अहिले डिसेम्बरमा आइपुगिसक्यौं। यो भनेको तीन-चार महिना पछिको कुरा हो। विश्वका केन्द्रहरू र राष्ट्रहरूबाट सङ्कलित थुप्रै-थुप्रै तथ्याङ्कहरूले आइभरमेक्टिनको चमत्कारी परिणामहरू देखाएको छ। यसले यो भाइरसको प्रसारणलाई निर्मूल पार्दछ।… गत रात मात्र अर्जेन्टिनाबाट  आइभरमेक्टिनका प्रमुख अनुसन्धानकर्ता डा० हेक्टर कारभाल्लोले गर्नुभएको परीक्षणका परिणामहरू हामीलाई प्राप्त भएको छ। उहाँहरूले ८०० जना स्वास्थ्यकर्मीहरूलाई अग्रिम रूपमा यो औषधी चलाउनुभयो। एकैजना पनि बिरामी परेन। आइभरमेक्टिन अग्रिम रूपमा नचलाइएका ४०० जनामा २३७ जना अर्थात् ५८% बिरामी परे।… अब हामीसित १५०० जना भन्दा बढी बिरामीहरूलाई समेटेको चारओटा बृहत् नियन्त्रित परीक्षणहरूको परिणामहरूको ज्ञान हातमा आइसक्यो र हरेक परीक्षणले यो देखाएको छ कि अग्रिम रूपमा चलाइएको खण्डमा यो औषधी ज्यादै प्रभावकारी हुन्छ। … अग्रिम रूपमा ओपीडी अन्तर्गत उपचार गर्दाको हामीसित तीनओटा नियन्त्रित परीक्षणहरू र पटकपटकको अवलोकन र साथै प्रकरण शृङ्खलाहरू छन् जसले यो देखाएको छ कि यदि कसैले आइभरमेक्टिन सेवन गर्दछ भने अस्पतालमा भर्ना हुनुपर्ने र मृत्युमा पुग्नुपर्ने आवश्यकता कम हुन्छ। … यहाँ हामीसित चारओटा नियन्त्रित परीक्षणहरू छन्, पटकपटक गरिएका अवलोकन परीक्षणहरू छन् र सबैले एउटै कुरा देखाउँछन्। यदि आइभरमेक्टिन सेवन गरियो भने तपाईं मर्नुहुन्न वा मृत्युदर ज्यादै ज्यादै न्यून हुन्छ। यो एउटा चमत्कारको औषधी प्रमाणित भइरहेको छ। यसले सन् २०१५ मा विश्वव्यापी स्वस्थ्य क्षेत्रमा परिजीवीय रोग निवारणमा ल्याएको प्रभावकारिताको खातिर नोबेल पुरस्कार जितिसकेको पनि छ। … हाम्रो रिपोर्ट समकक्षीहरूद्वारा पुनरावलोकन गरिन पेश गरिएको छ, तर कृपया यो बुझिदिनुहोस् कि समकक्षी पुनरावलोकन भनेको महिनौं लाग्ने कुरा हो, अनि हामीसित महिनौं छैन। हामीसित अस्पतालमा अहिले १००,००० रोगीहरू मर्दैछन्। म फक्सो विशेषज्ञ हुँ। म आइसीयू विशेषज्ञ हुँ। मैले मर्दै गरेका कोभीड रोगीहरूको उपचार गरेको छु जसको सङ्ख्या कसैले कल्पना गर्न सक्ने भन्दा बढी छ। उनीहरू मर्दैछन् किनकि उनीहरू सास फेर्न सक्दैनन्। … उनीहरू भेन्टिलेटरमा छन् वा औषधीले लट्ठ पारिएका छन् र पक्षघात अवस्थामा छन् र उनीहरू उनीहरूका निम्ति सास फेरिदिने भेन्टिलेटर मिशिनमा जडान गरिएका छन्। …उनीहरू मकहाँ आइसीयूमा आइपुगुन्जेलसम्ममा उनीहरू मर्न थालिसकेका हुन्छन्, उनीहरू निको हुन झण्डै असम्भव अवस्थामा पुगिसकेका हुन्छन्। अग्रिम उपचार नै चाबी हो। … अबउसो कुनै पनि मृत्यु अनावश्यक मृत्यु हुनेछ। उनीहरू अग्रिम उपचारद्वारा बचाइन सकिन्थे भनेर जान्दा जान्दै म बिरामीहरूको उपचार गरिरहन सक्दिनँ अनि उपचार लाग्ने र अस्पताल भर्ना अनावश्यक बनाउने औषधीचाहिँ आइभरमेक्टिन हो।”

डा० कोरीले अमेरिकी सरकारका चिकित्सा सम्बन्धी अधिकारीहरू — NIH, CDC र FDA — लाई सबभन्दा नयाँ तथ्याङ्कहरूको तत्कालै पुनरावलोकन गर्न र चिकित्सकहरू, नर्सहरू र स्वस्थ्यकर्मीहरूलाई कोभीड-१९ को निम्ति आइभरमेक्टिनको प्रयोग सम्बन्धी निर्देशनहरू प्रसारण गर्न आग्रह गर्नुभयो।

डा० कोरीको अन्तर्वार्ता, डा० हेक्टर कारभाल्लोको अन्तर्वार्ता र आइभरमेक्टिनको अग्रिम प्रयोग सम्बन्धमा FLCCC को उपचार पद्धतिका लिङ्कहरू निम्नानुसार छन्:

https://www.reddit.com/r/ivermectin/comments/jow4h9/ interview_with_dr_hector_carvallo_pioneer_in/ 

रोग निवारकको रूपमा आइभरमेक्टिनको प्रयोग गर्ने प्रणाली यस प्रकार पहिलो र तेस्रो दिनमा – 0.2mg प्रति केजी। त्यसपश्चात् हप्ताको एक पटक १० हप्ताको निम्ति। त्यसपश्चात् हरेक दुई-दुई हप्ताको निम्ति। पानीसित खाली पेटमा यसको सेवन गर्नु सर्वोत्तम हुन्छ। नेपालमा आइभर-डीटी (Iver DT) नाममा यो औषधी 6 mg र 12 mg को मात्रामा पाइन्छ।

साभार: https://www.wayoflife.org/friday_church_news/21-52.php

मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु?

रेक साँचो ख्रीष्टियन एउटा आत्मिक खरबपति हो। बाइबलले यो बताउँछ कि ख्रीष्ट गरिब बन्नुभयो (अनि हाम्रो लागि मर्नुभयो) यस उद्देश्यले कि उहाँको गरिबीद्वारा हामी धनवान् बन्न पाऔं (२ कोरिन्थी ८:९)। एक विश्वासी जन, ऊ राजाको एक छोरा हो, तर कतिपटक एउटा राजकुमार जस्तै होइन एउटा माग्ने जस्तै भएर जीवन बिताइरहेको हुन्छ। उहाँको अतुलनीय अनुग्रहको कारणले हामी कति धनवान् भएका छौं भन्ने कुरा हामीले जानेको परमेश्वर चाहनुहुन्छ: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ” (एफेसी १:३)। हामी हरेक आत्मिक आशिषले आशिषित पारिएका छौं!

यदि हामी हाम्रा सम्पत्तिहरू के हुन् भनेर जान्दैनौं भने तिनलाई हामी व्यावहारिक रूपमा व्यक्तिगत बनाउन सक्दैनौं। हामी हाम्रो बोलावटको योग्य चालमा हिँड्न सक्दैनौं (एफेसी ४:१) यदि हामी हाम्रो बोलावट के हो भनेर जान्दैनौं। परमेश्वरको वचनमा भएका महान् तथ्यहरू र सत्यताहरूलाई विश्वासैद्वारा दाबी गरिनु आवश्यक छ। हामीले आफूलाई त्यसरी देख्नुपर्छ जसरी परमेश्वरले ख्रीष्टमा हामीलाई देख्नुहुन्छ। विश्वासैद्वारा हामीले त्यसलाई दाबी गर्नुपर्छ जुन कुरा हामीलाई ख्रीष्टमा दिइसकेका छन्। हामी कसरी जिउनुपर्छ भन्ने कुरा हामीलाई परमेश्वरको अनुग्रहले सिकाउँछ (तीतस २:११-१२)। परमेश्वरको सिकाउने तरिका यस्तो छ: अनुग्रहमा उहाँले हाम्रो निम्ति के गरिदिनुभएको छ भन्ने कुरा उहाँले पहिला हामीलाई देखाउनुहुन्छ अनि त्यसपछि त्यसअनुसार जीवन जिउनलाई हामीलाई बताउनुहुन्छ। एफेसी ५:८ ले यस कुरालाई राम्ररी दर्शाउँछ: “किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ; ज्योतिका सन्तानहरूझैं हिँड।” हामी जो हौं त्यसको आधारमा हामी हिँड्नुपर्छ। हामी जे हौं त्यो हुनुपर्छ। हाम्रो वास्तविक अवस्था हाम्रो महिमित ओहोदासित मेल खानुपर्छ। हामी प्रभुसित हिँड्ने क्रममा, जति बढी हामी विश्वासद्वारा ख्रीष्टमा भएको हाम्रो ओहोदाका सत्यताहरूलाई पक्रन्छौं त्यति नै बढी यसले हाम्रो वास्तविक अवस्था र हिँडाइमाथि प्रभाव जमाउँदछ।

हाम्रो मनका आँखाहरू उज्याला पारिएका होऊन् जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ, र पवित्र जनहरूमा उहाँको पैत्रिक-सम्पत्तिको महिमाको धन के रहेछ, र उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानताके रहेछ, सो जान्न सक्नुभएको होस् (एफेसी १:१८-१९)।

१. मेरो उद्धार पूर्ण रूपले सम्पन्न भइसकेको छ (यूहन्ना १९:३०)।

२. मसँग वर्तमान सम्पत्तिकै रूपमा अनन्त जीवन छ (यूहन्ना ५:२४; ६:४७; १ यूहन्ना ५:११-१३)।

३. मसँग वर्तमान सम्पत्तिकै रूपमा येशू ख्रीष्ट हुनुहुन्छ (१ यूहन्ना ५:१२)।

४. म एकमात्र, सत्य परमेश्वरलाई चिन्दछु (यूहन्ना १७:३; १ यूहन्ना २:३; ५:२०)।

५. उहाँको अनुग्रहले मैले मुक्ति पाइसकेको छु (एफेसी २:१-१०)।

६. उहाँको अनुग्रहले म धर्मी ठहरिसकेको छु (तीतस ३:७)।

७. म मृत्युबाट जीवनमा सरिसकेको छु (यूहन्ना ५:२४; १ यूहन्ना ३:१४)।

८. परमेश्वरले मलाई जीवित पारिसक्नुभयो (एफेसी २:१,५; कलस्सी २:१३)।

९. परमेश्वरले मलाई स्वर्गको लागि योग्य बनाइसक्नुभयो (कलस्सी १:१२)।

१०. मैले पापहरूको क्षमा पाइसकें (एफेसी १:७; कलस्सी १:१४)।

११. मेरा पापहरू हटाइसकिए (यूहन्ना १:२९; हिब्रू ९:२६; १ यूहन्ना ३:५)।

१२. मेरा पापहरू पूरै शुद्ध पारिसकिए (हिब्रू १:३)।

१३. मेरा पापहरूलाई परमेश्वरले कहिल्यै सम्झना गर्नुहुनेछैन (हिब्रू ८:१२; १०:१७)।

१४. म धोइसकिएँ (१ कोरिन्थी ६:११; तीतस ३:५; प्रकाश १:५)।

१५. म ख्रीष्टसँग सेतो वस्त्र पहिरेर हिँड्नेछु (प्रकाश ३:४-५)।

१६. म उहाँका कोर्राका चोटहरूले निको भइसकें (१ पत्रुस २:२४)।

१७. मलाई सबै पापहरू क्षमा गरिसकिए (कलस्सी २:१३; १ यूहन्ना २:१२)।

१८. म पूरै धर्मी ठहरिसकिएँ (रोमी ४:५; ८:३०; १ कोरिन्थी ६:११; गलाती २:१६; तीतस ३:७)।

१९. परमेश्वरसित मेरो मिलाप भएको छ (२ कोरिन्थी  ५:१८-१९; कलस्सी १:२०)।

२०. म ख्रीष्टको रगतले नजिक पारिएको छु (एफसी २:१३)।

२१. मैले छुटकारा पाएको छु (१ पत्रुस १:१८-१९; एफेसी १:७; कलस्सी १:१४)।

२२. मैले व्यवस्थाको श्रापबाट छुटकारा पाएको छु (गलाती ३:१३)।

२३. मैले सबै अधर्मबाट छुटकारा पाएको छु (तीतस २:१४)।

२४. म दाम तिरी किनिएको छु (१ कोरिन्थी ६:२०; ७:२३)।

२५. मैले यति ठूलो मृत्युबाट छुटकारा पाएको छु (२ कोरिन्थी १:१०)।

२६. मैले यस वर्तमान दुष्ट संसारबाट छुटकारा पाएको छु (गलाती १:४)।

२७. मैले अन्धकारको सामर्थ्यबाट छुटकारा पाएको छु (कलस्सी १:१३)।

२८. मैले पछि आउने क्रोधबाट छुटकारा पाएको छु (१ थेस्सलोनिकी १:१०)।

२९. म दण्डको आज्ञामुनि अर्थात् न्यायमा पर्नेछैन (यूहन्ना ५:२४; रोमी ८:१)।

३०.  म परमेश्वरको सन्तान भएको छु (यूहन्ना १:१२; रोमी ८:१६; गलाती ३:२६; १ यूहन्ना ३:१-२)।

३१. म परमेश्वरको एक पुत्र भएको छु (गलाती ४:५-७)।

३२. म येशू ख्रीष्टको भएको छु (गलाती ३:२९; ५:२४)।

३३. मलाई धर्मपुत्रको रूपमा ग्रहण गरिएको छ (गलाती ४:५; रोमी ८:१५,२३)।

३४. म परमेश्वरको हकवाला बनेको छु र ख्रीष्टसँग साझा-हकवाला बनेको छु (रोमी ८:१७; तीतस ३:७)।

३५. म जीवनको अनुग्रहको हकदार भएको छु (१ पत्रुस ३:७)।

३६. सबै कुराहरू मेरा हुन् (१ कोरिन्थी ३:२१-२३)।

३७. मसँग सबै थोक छन् (२ कोरिन्थी ६:१०)।

३८. म सबै कुराहरूको हकदार हुनेछु (प्रकाश २१:७)।

३९. हरेक कुरामा म उहाँद्वारा धनवान् बनाइएको छु (१ कोरिन्थी १:५)।

४०. म एक साझा-हकवाला भएको छु (एफेसी ३:६)।

४१. ख्रीष्टको कारण म धनवान् भएको छु (२ कोरिन्थी ८:९; प्रकाश २:९)।

४२. म सबै आत्मिक आशिषहरूले  आशिषित पारिएको छु (एफेसी १:३)।

४३. मैले  हकको सम्पत्ति पाएको छु (एफेसी १:११,१४; हिब्रू १:१४; ९:१५; १ पत्रुस १:४)।

४४. मैले मुक्ति पाऊँ भनी म ठहराइएको छु (१ थेस्सलोनिकी ५:९; हिब्रू १:१४)।

४५. म उहाँको अधिकारको सम्पत्ति भएको छु (एफेसी १:१८)।

४६. म सुसमाचारद्वारा ख्रीष्टमा उहाँको प्रतिज्ञाको साझा-भागीदार भएको छु (एफेसी ३:६)।

४७. म ख्रीष्टमा नयाँ सृष्टि भएको छु (२ कोरिन्थी ५:१७; एफेसी २:१०; ४:२४; कलस्सी ३:१०)।

४८. म पवित्र आत्माले नवीकरण गरिएको छु (तीतस ३:५)।

४९. म उही प्रियमा ग्रहणयोग्य तुल्याइएको छु (एफेसी १:६)।

५०. म ख्रीष्टमा स्वर्गीय स्थानहरूमा बसालिएको छु (एफेसी २:६)।

५१. म उहाँको महिमाको प्रशंसाको कारण भएको छु (एफेसी १:१२)।

५२. म प्रभुमा ज्योति भएको छु (एफेसी ५:८)।

५३. म ज्योतिको सन्तान भएको छु (एफेसी ५:८; १ थेस्सलोनिकी ५:५)।

५४. म एक “विशेष व्यक्ति” भएको छु, परमेश्वरको किनिएको विशेष सम्पत्ति (तीतस २:१४; १ पत्रुस २:९)।

५५. म आत्मिक बलिदानहरू चढाउन सक्ने पूजाहारी भएको छु (हिब्रू १३:१५-१६; १ पत्रुस २:५,९; प्रकाश १:६; ५:१०; २०:६)।

५६. म एक शासन गर्नेवाला राजा भएको छु (प्रकाश १:६; ५:१०; २०:६)।

५७. पितासँग र उहाँका पुत्रसँग सङ्गति गर्ने सौभाग्य मेरो भएको छ (१ यूहन्ना १:३)।

५८. म ख्रीष्टभित्र रहन्छु (यूहन्ना ६:५६; १ यूहन्ना ३:२४; ४:१३,१५,१६)।

५९. ख्रीष्ट मभित्र रहनुहुन्छ (यूहन्ना ६:५६; गलाती २:२०; १ यूहन्ना ३:२४; ४:१३-१६)।

६०. म ख्रीष्टभित्र छु (यूहन्ना १४:२०; २ कोरिन्थी ५:१७)।

६१. ख्रीष्ट मभित्र हुनुहुन्छ (यूहन्ना १४:२०; रोमी ८:१०; १ यूहन्ना ४:४)।

६२. परमेश्वरको आत्मा मभित्र रहनुहुन्छ (रोमी ८:९; १ कोरिन्थी ३:६; एफेसी २:२१-२२)।

६३. म शरीरमा होइन तर आत्मामा छु (रोमी ८:१९)।

६४. मेरो माटोको भाँडोमा ठूलो धन  रहेको छ (२ कोरिन्थी ४:७)।

६५. मेरो शरीर पवित्र आत्माको मन्दिर भएको छ (१ कोरिन्थी ६:१९)।

६६. म पवित्र आत्माको दान र बैनाद्वारा आशिषित बनाइएको छु (१ कोरिन्थी १:२२; गलाती ४:६; एफेसी १:१३-१४; १ थेस्सलोनिकी ४:८; तीतस ३:६; १ यूहन्ना ३:२४; ४:१३)।

६७. मसँग पवित्र आत्माबाटको अभिषेक छ (१ यूहन्ना २:२०)।

६८. म ख्रीष्टका बोलाइएकाहरूमध्ये एक हुँ (रोमी १:६; ८:२८-३०; यहूदा १; प्रकाश १७:१४)।

६९. म परमेश्वरको पुत्रसँगको सङ्गतिमा बोलाइएको छु (१ कोरिन्थी १:९)।

७०. म अनन्त महिमामा बोलाइएको छु (१ पत्रुस ५:१०)।

७१. म पवित्र बोलावटले बोलाइएको छु (२ तिमोथी १:९)।

७२. म उच्च र स्वर्गीय बोलावटको भागीदार भएको छु (फिलिप्पी ३:१४; हिब्रू ३:१)।

७३. म अन्धकारबाट उहाँको अचम्मको ज्योतिभित्र बोलाइएको छु (१ पत्रुस २:९)।

७४. परमेश्वरले मलाई पहिले नै जान्नुभएको थियो  (रोमी ८:२९; १ पत्रुस १:२)।

७५. परमेश्वरले मलाई ख्रीष्टको रूपमा ढालियोस् भनेर पहिले नै ठहराउनु भयो (रोमी ८:२९; एफेसी १:५, ११)।

७६. परमेश्वरको विचार र मनसायमा मलाई महिमा दिइसक्नुभयो (रोमी ८:३०)।

७७. म परमेश्वरको प्रेममा अनन्तसम्म सुरक्षित छु (रोमी ८:३८-३९)।

७८. म ख्रीष्टमा चुनिएको छु (एफेसी १:४; कलस्सी ३:१२; १ थेस्सलोनिकी १:४; १ पत्रुस २:९; प्रकाश १७:१४)।

७९. म मुक्तिका निम्ति चुनिएको छु (२ थेस्सलोनिकी २:१३)।

८०. म ख्रीष्टमा पूर्ण भएको छु (कलस्सी २:१०)।

८१. म परमेश्वरको प्रिय भएको छु (कलस्सी ४:१२; २ थेस्सलोनिकी २:१३)।

८२. मैले मेरा स्वर्गका पिताको ताडना र अनुशासन पाउँदछु (हिब्रू १२:६-७)।

८३. म त्यो समूहको भएको छु जसलाई ख्रीष्टले आफ्ना “भाइहरू” र “मित्रहरू” भन्न शर्माउनुहुन्न (हिब्रू २:११; यूहन्ना १५:१५)।

८४. म अब्राहामको सन्तान हुँ (गलाती ३:७)

८५. म अब्राहामको वंश हुँ (गलाती ३:२९)।

८६. म अब्राहामको आशिषमा रमाउँदछु (गलाती ३:९)।

८७. म प्रतिज्ञाको सन्तान हुँ (गलाती ४:२८,३१)।

८८. म एक विश्वासयोग्य हुँ (प्रकाश १७:१४)।

८९. म उहाँको बगालमा एक भेँडा हुँ (लूका १२:३२; हिब्रू १३:२०; १ पत्रुस २:२५)।

९०. म उहाँको शरीरको अङ्ग हुँ (१ कोरिन्थी १०:१७; एफेसी ३:६; ४:२५; ५:३०)।

९१. म उहाँको भवनको एउटा पत्थर हुँ (एफेसी १:२०-२२; हिब्रू ३:६; १ पत्रुस २:५)।

९२. म उहाँको दाखको बोटको एउटा हाँगा हुँ (यूहन्ना १५:१-७)।

९३. म उहाँको राज्यको एक प्रजा हुँ (कलस्सी १:१३)।

९४. म उहाँको परिवारभित्र नयाँ गरी जन्मिएको छु (यूहन्ना १:१२-१३; याकूब १:१८; १ पत्रुस १:३,२३; २:२; १ यूहन्ना ५:१)।

९५. म परमेश्वरको प्रजा हुँ किनकि उहाँको अनुग्रहले मलाई आफ्नो भनी दाबी गर्नुभएको छ(१ पत्रुस २:१०; प्रकाश २१:७)।

९६. म पवित्र जनहरूसँगै एक सँगी नागरीक हुँ (एफेसी २:१९)।

९७. म येशू ख्रीष्टभित्र बप्तिस्मा भएको छु (रोमी ६:३; गलाती ३:२७)।

९८. म ख्रीष्टसँग उहाँको मृत्युमा सम्मिलित गराइएँ (रोमी ६:३-६,८-११; २ कोरिन्थी ५:१४; कलस्सी २:१२; २:२०; ३:३)

९९. म ख्रीष्टसँग उहाँको बौरिउठाइमा सम्मिलित गराइएँ (रोमी ६:५,८,११; २ कोरिन्थी ५:१५; गलाती २:२०; कलस्सी २:१२; ३:१)।

१००. म पापका निम्ति मरेँ (रोमी ६:२)।

१०१. मेरो पुरानो मानिस ख्रीष्टसँग क्रूसमा टाँगियो (रोमी ६:६)।

१०२. म ख्रीष्टसँग क्रूसमा टाँगिएँ (गलाती २:२०)।

१०३. मैले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेको छु (गलाती ५:२४)।

१०४. म परमेश्वरका निम्ति जिउँदो भएको छु (रोमी ६:११,१३; गलाती २:१९-२०)।

१०५. ख्रीष्ट मेरो जीवन हुनुहुन्छ (फिलिप्पी १:२१; कलस्सी ३:४)।

१०६. म जीवनको नयाँपनामा हिँड्न सक्छु (रोमी ६:४)।

१०७. म आत्माको नयाँपनामा सेवा गर्न सक्छु (रोमी ७:६)।

१०८. म धार्मिकताका निम्ति जिउन सक्छु (१ पत्रुस २:२४)।

१०९. म व्यवस्थाका निम्ति मरेँ (रोमी ७:४; गलाती २:१९)।

११०. म व्यवस्थाबाट मुक्त भएको छु (रोमी ७:६)।

१११. म व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छु (रोमी ६:१४)

११२. परमेश्वरका व्यवस्थाहरू मेरो हृदयमा लेखिएका छन् (हिब्रू १०:१६)।

११३. म येशू ख्रीष्टसँग विवाहित भएको छु (रोमी ७:४)।

११४. म ख्रीष्टको भागीदार भएको छु (हिब्रू ३:१४)।

११५. म ख्रीष्टसँग उहाँका दुःखहरूमा सम्मिलित गराइएको छु (२ तिमोथी २:१२; फिलिप्पी १:२९; १ पत्रुस २:२०; ४:१२-१३; १ थेस्सलोनिकी ३:३; रोमी ८:१८; कलस्सी १:२४)।

११६. मद्वारा परमेश्वरको ज्ञान प्रकट गरिन्छ (२ कोरिन्थी २:१४)।

११७. मद्वारा ख्रीष्टको मीठो बास्ना प्रकट गरिन्छ (२ कोरिन्थी २:१५-१६)।

११८. म ख्रीष्टको पत्र हुँ (२ कोरिन्थी ३:३)

११९. म ख्रीष्टको महिमापूर्ण रूपमा बदली गराइँदैछु (२ कोरिन्थी ३:१८)।

१२०. म सिद्ध बनाइँदैछु (फिलिप्पी १:६)।

१२१. मेरो भित्री मान्छे दिन-दिनै नयाँ बनाइँदैछ (२ कोरिन्थी ४:१६)।

१२२. मैले ख्रीष्टलाई पहिरेको छु (गलाती ३:२७)।

१२३. म संसारको होइन (यूहन्ना १७:१४,१६)।

१२४. संसार मेरो निम्ति क्रूसमा टाँगियो (गलाती ६:१४)।

१२५. म संसारका निम्ति क्रूसमा टाँगिएँ (गलाती ६:१४)।

१२६. म परमेश्वरको सुसमाचारका निम्ति अलग पारिएको छु (रोमी १:१)।

१२७. म ख्रीष्ट येशूमा अलग गरिएको छु, पवित्र पारिएको छु (१ कोरिन्थी १:२; ६:११; हिब्रू १०:१०; यहूदा १)।

१२८. म पवित्र छु (कलस्सी ३:१२; हिब्रू ३:१; १ पत्रुस २:९; प्रकाश २०:६)।

१२९. म उहाँको धार्मिकताले पहिराइएको छु (प्रकाश १९:८)।

१३०. म एक पवित्र जन हुँ (१ कोरिन्थी १:२; फिलिप्पी १:२; कलस्सी १:२)।

१३१. म ख्रीष्टमा निष्कलङ्क छु (एफेसी ५:२७; कलस्सी १:२२; यहूदा २४)।

१३२. म सदाका निम्ति सिद्ध पारिएको छु (हिब्रू १०:१४)।

१३३. म आफैको होइन (१ कोरिन्थी ६:१९)।

१३४. म पवित्रताका निम्ति बोलाइएको छु (१ थेस्सलोनिकी ४:७)।

१३५. म स्वर्गको नागरिक हुँ (फिलिप्पी ३:२०)।

१३६. म एक परदेशी र यात्री हुँ र यस संसार मेरो घर होइन (हिब्रू ११:१३; १ पत्रुस २:११)।

१३७. म उहाँको प्रेमको पुत्रको राज्यभित्र सारिसकिएको छु (कलस्सी १:१४)।

१३८. मेरो हृदयको खतना गरिएको छ (कलस्सी २:११)।

१३९. मेरा विश्वासयोग्य परमेश्वरले मलाई पूरा रीतिले पवित्र पार्नुहुनेछ (१ थेस्सलोनिकी ५:२३-२४)।

१४०. मेरा विश्वासयोग्य परमेश्वरले मलाई दुष्टबाट जोगाउनुहुनेछ (२ थेस्सलोनिकी ३:३; २ तिमोथी ४:१८)।

१४१. ख्रीष्टले मलाई स्वतन्त्र पार्नुभएको छ — साँच्चै स्वतन्त्र (यूहन्ना ८:३६; गलाती ५:१; १ कोरिन्थी ७:२२)।

१४२. येशू ख्रीष्ट मलाई छुटकारा दिनेवाला हुनुहुन्छ (रोमी ७:२४-२५)।

१४३. म पापबाट स्वतन्त्र छु (रोमी ६:७,१८,२२)।

१४४. जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको छ (रोमी ८:२)।

१४५. म परमेश्वरको दास (कमारो) हुँ (रोमी ६:२२)।

१४६. म ख्रीष्टको दास (कमारो) हुँ (१ कोरिन्थी ७:२२)।

१४७. म धार्मिकताको दास (कमारो) हुँ (रोमी ६:१८)।

१४८. म स्वतन्त्रताका निम्ति बोलाइएको छु (गलाती ५:१३)।

१४९. ख्रीष्ट मेरो शान्ति (मेलमिलाप) हुनुहुन्छ (एफेसी २:१४)।

१५०. मसँग ख्रीष्टको मन छ (१ कोरिन्थी २:१६)।

१५१. मसँग आत्मसंयमको आत्मा (स्वस्थ मन) छ (२ तिमोथी १:७)।

१५२. ख्रीष्टले मलाई समझशक्ति दिनुभएको छ (१ यूहन्ना ५:२०)।

१५३. मसँग ख्रीष्टको धार्मिकता छ (२ कोरिन्थी ५:२१)।

१५४. म सबै कुराहरूमा पूरा भरिभराउ पारिएको छु (२ कोरिन्थी ९:८)।

१५५. मसँग जीवन र भक्तिसँग सम्बन्ध राख्ने सबै कुराहरू छन् (२ पत्रुस १:४)।

१५६. म सधैं सन्तुष्ट हुन सक्छु किनकि मसँग ख्रीष्ट हुनुहुन्छ (हिब्रू १३:५)।

१५७. मसँग मलाई चाहिने सबै हातहतियार छन् (२ कोरिन्थी १०:४; एफेसी ६:१०-१७)।

१५८. मसँग परमेश्वरको प्रशस्त गरी पुग्ने अनुग्रह छ (२ कोरिन्थी १२:९)।

१५९. मसँग खाँचो पर्दा सहायता गर्ने अनुग्रह छ (हिब्रू ४:१६)।

१६०. मसँग परमेश्वको सामर्थ्य छ (एफेसी १:१९; ३:२०)।

१६१. म पिताकहाँ पुग्न पाउँछु (एफेसी २:१८; हिब्रू ४:१६)।

१६२. मेरा एक महान् महापूजाहारी हुनुहुन्छ (हिब्रू २:१७-१८; ३:१; ४:१४-१६; ८:१)।

१६३. मेरा एक अटुट अन्तर्विन्तीकर्ता हुनुहुन्छ (हिब्रू ७:२५; ९:२४)।

१६४. मैले पाप गर्दाखेरिका लागि पितासँग मेरा एक धर्मी वकिल हुनुहुन्छ (१ यूहन्ना २:१)।

१६५. परमेश्वरसँग मेरो मिलाप भएको छ (रोमी ५:१)।

१६६. मेरो प्राणको लागि विश्राम छ (मत्ती ११:२८-२९; हिब्रू ४:९)।

१६७. म परमेश्वरको आत्माले डोर्‍याइँदछु (रोमी ८:१६)।

१६८. म परीक्षा र सङ्कष्टहरूमा सक्षम तुल्याइँदछु (१ कोरिन्थी १०:१३)।

१६९. मलाई आत्माद्वारा निश्चयता दिइँदछ (रोमी ८:१६)।

१७०. मलाई परमेश्वरबाट सान्त्वना दिइँदछ (२ कोरिन्थी १:३-७)।

१७१. म उहाँको शान्तिले निश्चल तुल्याइँदछु (फिलिप्पी ४:७)।

१७२. मलाई आत्माद्वारा सत्यता र ज्ञान सित्तैमा दिइन्छन् (१ कोरिन्थी २:१२)।

१७३. म सङ्कटमा पारिएको छैन (२ कोरिन्थी ४:८)।

१७४. म हताश पारिएको छैन (२ कोरिन्थी ४:८)।

१७५. म त्यागिएको छैन (२ कोरिन्थी ४:९)।

१७६. म अन्धकारमा छैन (१ थेस्सलोनिकी ४:४)।

१७७. परमेश्वर मेरा प्रशस्तता (योग्यता) हुनुहुन्छ (२ कोरिन्थी ३:५)।

१७८. परमेश्वर मेरा बल हुनुहुन्छ (२ कोरिन्थी १२:९-१२; फिलिप्पी ४:१३)।

१७९. परमेश्वर मेरा सहायक हुनुहुन्छ (हिब्रू १३:६)।

१८०. म एक सार्वभौम परमेश्वरको हातमा छु जसले सबै कुरालाई मेरो भलाइका लागि काममा लगाउनुहुन्छ (रोमी ८:२८)।

१८१. सबै कुराहरू मेरै निम्ति हुन् (२ कोरिन्थी ४:१५)।

१८२. मेरा परमेश्वर मेरो पक्षमा हुनुहुन्छ (रोमी ८:३१)।

१८३. मेरो हरेक खाँचो पूरा गरिन्छ (फिलिप्पी ४:१९)।

१८४. म ख्रीष्टसँग सहकर्मी हुँ (१ कोरिन्थी ३:९; २ कोरिन्थी ६:१)।

१८५. म उहाँको हातको कारिगरी हुँ (एफेसी २:१०)।

१८६. परमेश्वर मभित्र काम गर्नुहुन्छ (फिलिप्पी २:१३; हिब्रू १३:२१)।

१८७. परमेश्वरको वचनले मभित्र काम गर्दछ (१ थेस्सलोनिकी २:१३)।

१८८. म परमेश्वरद्वारा छाप मारिएको छु (२ कोरिन्थी १:२२; एफेसी १:१३)।

१८९. म चट्टान (ख्रीष्ट येशू) माथि बसालिएको छु (मत्ती १६:१८; १ कोरिन्थी ३:११)।

१९०. म ख्रीष्टमा सुरक्षित रूपले स्थापित भएको छु (१ कोरिन्थी १:२१; २ थेस्सलोनिकी ३:३)।

१९१. म परमेश्वरको सामर्थ्यले सुरक्षित राखिएको छु (१ पत्रुस १:५)।

१९२. म येशू ख्रीष्टमा सुरक्षित राखिएको छु (यहूदा १)।

१९३. म लोट्नदेखि बचाई राखिएको छु (यहूदा २४)।

१९४. मसँग स्वर्गमा सदा रहिरहने परमेश्वरबाटको भवन छ (२ कोरिन्थी ५:१)।

१९५. मेरो नाम स्वर्गमा सदालाई लेखिएको छ (लूका १०:२०)।

१९६. म विजेताभन्दा बढी छु (रोमी ८:३७)।

१९७. मैले ख्रीष्टद्वारा विजय पाएको छु (१ कोरिन्थी १५:५७)।

१९८. मैले संसारलाई जितेको छु (१ यूहन्ना ५:४-५)।

१९९. म ख्रीष्टमा सधैं विजयी बन्छु (२ कोरिन्थी २:१४)।

२००. मभित्र विजयी ख्रीष्ट हुनुहुन्छ जो शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)।

२०१. शैतानले मलाई छुन सक्दैन (१ यूहन्ना ५:१८)।

२०२. मेरो आशा जिउँदो छ (१ पत्रुस १:४)।

२०३. मेरो भविष्य महिमापूर्ण छ (रोमी ८:१८; २ थेस्सलोनिकी २:१४)।

२०४. मलाई अनुग्रहद्वारा अनन्त सान्त्वना र उत्तम आशा दिइएको छ (२ थेस्सलोनिकी २:१६)।

२०५. म स्वर्गीय राज्यका निम्ति बचाइराखिनेछु (२ तिमोथी ४:१८)।

२०६. मैले हल्लन नसकिने राज्य पाइरहेको छु (हिब्रू १२:२८)।

२०७. मेरो निम्ति स्वर्गमा ठाउँ सुनिश्चित गरिएको छ (यूहन्ना १४:२-३; १ पत्रुस १:४)।

२०८. मैले जीवनको रूखबाट खानेछु (प्रकाश २:७)।

२०९. मलाई दोस्रो मृत्युबाट कुनै हानि हुनेछैन (प्रकाश २:११; २०:६)।

२१०. मेरो एउटा नयाँ नाम पाउनेछु  (प्रकाश २:१७; ३:१२)।

२११. मलाई जातिहरूमाथि अधिकार दिइनेछ (प्रकाश २:२६; ५:१०)।

२१२. मेरो नाम जीवनको पुस्तकबाट कुनै रीतिले काटिनेछैन (प्रकाश ३:५)।

२१३. म परमेश्वरको मन्दिरमा खाँबो बनाइनेछु (प्रकाश ३:१२)।

२१४. म ख्रीष्टसँग उहाँको सिंहासनमा बस्नेछु (प्रकाश ३:२१)।

२१५. म सदा सर्वदा मेरा परमेश्वरसँग हुनेछु (प्रकाश २१:३-४)।

के सङ्गीत तटस्थ हुन्छ?

धुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music, छोटकरीमा CCM, सीसीएम) लाई अँगाल्नेहरूको एउटा प्रमुख विश्वास यो छ कि सङ्गीत एक तटस्थ अथवा निष्पक्ष कुरा हो। यो न ता असल हुन्छ न ता खराब, न ठीक न बेठीक। सीसीएमका समर्थकहरू यो विश्वास गर्छन् कि केवल उचित “ख्रीष्टिय” शब्दहरू मात्र छनोट गरियो भने जुनसुकै खालको सङ्गीत स्वीकारयोग्य हुन्छ। शब्द तथा सन्देशलाई जुनसुकै सङ्गीतद्वारा व्यक्त गर्न सकिन्छ चाहे त्यो रक सङ्गीत वा र्‍याप सङ्गीत वा “ख्रीष्टियन” मेटल वा अन्य कुनै सङ्गीतद्वारा होस्। यदि कुनै खालको सङ्गीतलाई ठीक शब्दहरूसित मिलाइयो भने उक्त सङ्गीत स्वीकारयोग्य बन्छ किनकि मुख्य कुरा सन्देश हो र त्यसमा प्रयोजित सङ्गीतले केही फरक पार्ने होइन। उनीहरू भन्छन्, सङ्गीतले आराधनामा न केही थप्न सक्छ न आराधनामा ह्रास ल्याउन सक्छ। यो केवल तटस्थ हुन्छ।  सङ्गीतमा असल शब्दहरू मिलाइएको खण्डमा, मण्डलीमा जुनसुकै सङ्गीत प्रयोग गर्न सकिन्छ।

यस किसिमको विचारधारालाई एउटा विश्वासको स्वीकार नै बनाइएको छ जसलाई “ख्रीष्टिय रक सङ्गीतकारको स्वीकार” (Christian Rocker’s Creed) भनिन्छ। त्यसलाई यस प्रकारले व्यक्ति गरिएको छ: “हामी यी सत्यताहरू स्वयं-प्रमाणित भएको ठान्दछौं, कि सबै सङ्गीत बराबर रूपमा सृष्टि गरिएका हुन्। कुनै पनि सङ्गीत बजाउने कुनै पनि बाजा वा सङ्गीतको शैली आफैमा खराब हुँदैन। मानिसबाट प्रवाह हुने साङ्गितिक अभिव्यक्तिको विविधता हाम्रो स्वर्गीय पिताको अपरिमित सृजनशीलताको केवल एक प्रमाण हो” [Contemporary Christian Music, Nomember 1988, p. 12]। मेगा चर्च पास्टर रिक वारेन (Rick Warren) यस्तै दृष्टिकोण राख्छन्:

“साङ्गितिक शैलीहरूलाई “असल” वा “खराब” सङ्गीत भनेर न्याय गर्न सकिन्छ भन्ने विचारलाई म इन्कार गर्दछु। त्यो निर्णय कसले गर्ने? तपाईंलाई कस्तो प्रकारको सङ्गीत मन पर्छ भन्ने कुरा तपाईंको पृष्ठभूमि र संस्कृतिले निर्धारण गर्छ। सङ्गीत भनेको नोटहरू र तालहरूको मिलानबाहेक अरू केही होइन; गीतलाई आत्मिक बनाउने भनेको केवल शब्दहरूले हो। सङ्गीत आफैमा “ख्रीष्टिय” हुँदैन, केवल शब्दहरू मात्र ख्रीष्टिय हुन्छन्। बिनाशब्दको मैले कुनै एउटा धुन तपाईंको लागि बजाइदिएँ भने त्यो एउटा ख्रीष्टिय गीत हो कि होइन भनेर तपाईंले छुट्ट्याउन सक्नुहुन्न।” [Rick Warren, Purpose Drive Church, p. 281]

वर्षौं अगाडि एउटा निकै प्रभावकारी ख्रीष्टिय फिल्म निस्केको थियो जसको शीर्षक थियो “सो मेनी भ्वाइसेज”। उक्त फिल्म एउटा चिहानको दृश्यबाट सुरु हुन्छ जसले दर्शकको मनमा डर हालिदिन्छ। टाउकोदेखि पैतलासम्म ढाक्ने घुम्लुङ्ग गरी ओभरकोट ओढेको एकजना मानिस चिहान ढुङ्गाहरूका बीचमा हिँडिरहेको देखाइन्छ। उक्त दृश्य अँध्यारो छ, जताततै छायाँहरू छन्। पृष्ठभूमिमा बजिरहेको सङ्गीतले ‘लौ अब के हुने हो’ भन्ने डर र तनावको वातावरण सृजना गरेको छ। उक्त सङ्गीत बढ्दै बढ्दै चरम बिन्दुतिर उक्लँदै जान्छ र दर्शकहरूलाई यस्तो लाग्छ किअब कुनै पनि बेला एउटा कुनै नराम्रो घटना हुनेछ र सबैजना चिच्याउनेछन्! तर दृश्य निर्दोष किसिमले अन्त हुन्छ जब “भिलेन” ने आफ्‍नो घुम्टो उघार्छ र बच्चासित खेलेजस्तै गरी “बू” भन्छ र मुस्कुराउँछ!

तुरुन्तै त्यसपछि उही चिहानको दृश्य फेरि दोहोराएर देखान्छ। जीउ पूरै ढाकेर चिहानहरू भएको अँध्यारो ठाउँमा हिँडिरहेको मानिसको दृश्य फेरि देखाइन्छ। तर दोस्रो पटक देखाइँदा भने सङ्गीत अर्कै बजिरहेको छ। यस पटक रमाइलो मेलामा बजाइने सङ्गीत बजिरहेको छ जुन खालको सङ्गीत बच्चाहरूले सुन्छन् जब उनीहरू काठको घोडामा चढ्दै मेरि-गो-राउण्ड खेल्छन्। उक्त सङ्गीतले नयाँ मुड सृजना गरेको छ। दर्शकहरूले उही मान्छे चिहान-ढुङ्गाहरूका बीच हिँडिरहेको देख्छ तर यस पटक भिडियो डरलाग्दो बिलकुलै छैन। वास्तवमा त्यो हास्यास्पद देखिन्छ किनकि सङ्गीत उक्त दृश्यसित मेल खाइरहेको छैन। सङ्गीत डरलाग्दो र ‘अब के होला’ भन्ने भावना उत्पन्न गर्ने खालको छैन र दर्शकहरूलाई ज्यादै हाँस उठ्दो लाग्छ। भिडियोका दृश्यहरू डरलाग्दा भए तापनि श्रवणको सन्देश भिडियोको सन्देशभन्दा बढी प्रबल ठहरिन्छ अनि डरको सबै तत्त्व हटेर जान्छ। केवल सङ्गीत मात्र अर्कै बजाइएको थियो।

सङ्गीत आफैमा ज्यादै प्रभावशाली हुन्छ। शब्दबिना पनि त्यसले एउटा सन्देश व्यक्त गर्न सक्छ, भावनालाई आह्वान गर्न सक्छ र एउटा मुड वा मनस्थिति सृजना गर्न सक्छ।

जवान छँदा म विलियन टेल ओभर्चर (William Tell Overture) सुन्न मन पराउँथे। मलाई अचम्म लाग्थ्यो कि त्यो सुन्दै गर्दा मैले एउटा भयङ्कर आँधीबेरी देखेको जस्तो मलाई भान हुन्थ्यो र साथै आँधीपछिको शान्ति पनि। शब्दबिना नै यो सबै अनुभव हुन्थ्यो, केवल सङ्गीतद्वारा। यदि तपाईंले जोन फिलिप सूसा मार्च बजाउनुभयो भने मानिसहरूले एउटा देशभक्त जुलुसलाई कल्पना गर्नेछन् अनि सायद तिनीहरूले आफ्ना खुट्टाहरू समेत तालसितै बजार्न थाल्नेछन्! सङ्गीत यति प्रभावशाली हुन्छ कि दाऊदले आफ्‍नो वीणा बजाएर राजा शाऊलको पागलपनालाई मत्थर पार्न सक्यो र उसको मनमा विश्राम ल्याउन सक्यो (१ शमूएल १६)।

सङ्गीत तटस्थ हुन्छ भनेर विश्वास गर्न कसरी सकिन्छ र? गैर इसाईहरूले समेत यो कुरा सत्य होइन भनेर बुझेका छन्। यस युगका सन्तानहरू, उनीहरूको पुस्तामा, ज्योतिका सन्तानहरूभन्दा बढी बुद्धिमान् छन् (लूका १६:८)। यस युगका सन्तानहरूले सङ्गीतको शक्तिलाई बुझेका छन्। सङ्गीतले मानिसमाथि कस्तो प्रभाव पार्न सक्छ भनेर उनीहरू जान्दछन्।

अमेरिकामा राम्रो खालको डेन्टल क्लिनिकमा यस्तो सङ्गीत बजाइन्छ जुनचाहिँ शान्त गराउने आरामदायी खालको हुन्छ। त्यहाँका कर्मचारीहरूले बिरामी ग्राहकवर्गमा ठीक खालको मनस्थिति सृजना गराउन चाहन्छन् र उनीहरूलाई आफ्‍नो दाँत उखेल्नुपर्ने जस्तो असहज अनुभवको लागि तयार गराउन चाहन्छन्।

अमेरिका (सायद यूरोपमा पनि) राम्रा रेस्टुरेन्टका मालिकहरूले त्यहाँ कस्तो खालको सङ्गीत बजाउने भन्ने बारेमा होशियार हुन्छन् ताकि सही खालको वातावरण सृजना गरियोस् र उनीहरूका ग्राहकवर्गमा सही खालको मनस्थिति सृजना होस्। उनीहरू यो जान्दछन् कि शब्दबिना नै सङ्गीतले मानिसहरूमा प्रबल असर पार्दछ।

यदि कुनै आमाले आफ्‍नो सानो बच्चालाई सुताउन खोज्दैछिन् भने र उक्त उद्देश्यका निम्ति एउटा सङ्गीत बजाउने विचार गर्छिन् भने उनले सही छनोट गर्नुपर्ने हुन्छ किनभने कुनै सङ्गीत सुहाउँदो हुन्छ भने अर्को खालको सङ्गीत सुहाउँदो हुँदैन। शान्त, मधुर, ललबाई सङ्गीतले चमत्कारी काम गर्छ। आमाले ठूलोठूलो भोल्यूममा उत्तेजना उत्पन्न गराउने सङ्गीत कदापि प्रयोग गर्नेछैन।त्यस्तो खालको सङ्गीत त बरु पछि उसलाई निद्राबाट उठाउनुपर्दा प्रयोग गर्न सकिएला!

‘प्रार्थनाको समय के मीठो’ भन्ने भजनलाई विचार गरौं। शब्दबिना त्यसको केवल धुनमात्र बजाइयो भने पनि त्यसले एउटा चिन्तामग्न, आरामदायी र कोमल मनस्थिति व्यक्त गर्दछ। तर त्यसका शब्दहरूलाई बैण्डबाजाको मार्चको सङ्गीतमा अथवा रक सङ्गीतको छिटोछिटो बज्ने तालमा गाउन र बजाउन खोजियो भने त्यसले पूरै फरक मनस्थिति वा मुड सृजना गर्नेछ। मनस्थिति र मुड सङ्गीतमै हुन्छ अनि कुनै पनि असल रचनाकारले शब्दका सन्देशलाई सुहाउँदो मनस्थिति भएको सङ्गीतसित मिलाउन खोज्छ। त्यसैले ‘बढ्दै, बढ्दै जाऔं, पछि नहटौं’ भन्ने गीतको मनस्थिति एउटा मार्च परेडको मनस्थिति छ, मानौं सिपाहीहरू लडाइँमा जान लाग्दैछन्। उक्त गीतको सन्देशसित सङ्गीतको मनोभाव मिलेको छ। ‘सेना हामी ख्रीष्टका हौं, युद्ध गर्दै जाऔं’ भन्ने शब्दहरूलाई ‘प्रार्थनाको समय के मीठो’ को धुनमा गाउन खोजी हेर्नुहोस् त। उक्त सङ्गीतको मनस्थिति शब्दहरूको सन्देशलाई सुहाउँदैन। सङ्गीत आफैले एउटा मनस्थिति सृजना गर्दछ र एउटा सन्देश व्यक्त गर्दछ जो तटस्थ छैन।

विज्ञापनकर्ताले यो कुरा बुझेको हुन्छ कि सङ्गीत तटस्थ हुँदैन। ठीक खालको सङ्गीतले मान्छेको ध्यान खिच्न सक्छ र त्यसले विक्रीमा टेवा पुर्‍याउँछ। कस्ता सङ्गीतद्वारा श्रोतामा कस्ता प्रतिक्रियाहरू उत्पन्न गराउन सकिन्छ भन्ने कुरा उनीहरू जान्दछन् अनि कस्ता खालका सङ्गीतद्वारा सामान विक्री गर्न मदत मिल्न सक्छ र कस्ता खालका सङ्गीतले बाधा हुन सक्छ भनेरउनीहरू जान्दछन्।

यदि सङ्गीत तटस्थ कुरो हो भने किन त भट्टी वा नाइट क्लबभित्र कहिलेकहिँ पारम्पारिक ख्रीष्टिय सङ्गीत बजाउने नगरेको? उनीहरू कुन कुरा राम्ररी जान्दछन् भने त्यस्ता ठाउँहरूमा चाह गरिने साङ्गीतिक शैलीहरू अर्कै हुन्छन् जुन सङ्गीतहरूले उक्त व्यापारधन्दामा संलग्न शारिरीक क्रियाकलापलाई प्रोत्साहन दिने खालको कामुक वातावरण सृजना गर्दछन्।

संसारका रक सङ्गीतकारहरूले राम्ररी बुझेको कुरा हो यो: उनीहरूका सङ्गीत तटस्थ छैनन्। जीम्मी हेन्ड्रीक्सले रक सङ्गीतमा भएको सम्मोहक शक्ति (hypnotizing power) लाई जान्दथ्यो: “यसद्वारा मानिसहरूलाई सम्मोहित पार्न सकिन्छ…अनि उनीहरूलाई सबैभन्दा कमजोर बिन्दुमा पुर्‍याएपछि उनीहरूको सुक्ष्मचेतनाभित्र आफूले हुल्न चाहेको कुरा मजाले प्रचार गर्न सकिन्छ” (Life, Oct. 3, 1969, p. 74)। मदर्स अफ इन्भेन्शनका रक स्टार फ्रान्क जाप्पाले भन्यो, “रक सङ्गीत यौन हो। यसको ठूलो बीट शरीरको चालसित मिल्छ” (Life, June 28, 1968)। किस् ग्रुपको जीन सिम्मन्सले भन्यो, “रक भनेको एउटै कुराको बारेमा हो — यौन, १०० मेगाटन बमयुक्त यौन, अर्थात् त्यसको बीट!” (Entertainment Tonight, ABC, Dec 10, 1987)। ब्लन्डी रक ग्रुपको डेबी ह्यारीले भन्छिन्, “रक एण्ड रोल पूरै यौन हो। शत प्रतिशत यौन हो” (cited by Steve Peters, The Truth about Rock, p. 30)। एलेन ब्लूम (Allan Bloom) ले लेखे, “…रक सङ्गीतको केवल एउटै आह्वान छ, यौनइच्छाको बर्बर आह्वान—प्रेम होइन, एरोस होइन, तर अविकसित र अशिक्षित यौन इच्छा” (The Closing of the American Mind, p.73)। यी उद्दरणहरू पुराना हुन् तर तिनले के देखाउँछन् भने रक सङ्गीतको प्रारम्भिक चरणमा, रक सङ्गीत कुन कुरामा केन्द्रित छ भन्ने कुरा त्यसका सङ्गीतकारहरूले बुझेका थिए।

सङ्गीत यदि तटस्थ हुँदो हो त रक सङ्गीत मन पराउने व्यक्तिले त्यसलाई सजिलै छोड्न सक्थ्यो। जेफ गडविनको अवलोकनलाई विचार गर्नुहोस्: “सङ्गीत तटस्थ कुरा हो भनी ठान्ने कुनै पनि ‘ख्रीष्टिय’ रक स्टार वा फ्यानले एउटा सरल कुरालाई इमानदारपूर्वक विचार गरोस्: कसैलाई पनि तटस्थ सङ्गीतको नसा लाग्दैन। एउटा कुरा गरी हेर्नुहोस् न। अबको ३० दिनसम्म कुनै पनि रक सङ्गीत नसुनीकन वा नबजाईकन बिताउनुहोस्। प्रयास गर्नुहोस् इसाई रक फ्यानहरूहो। चाँडै नै तपाईंले आफूलाई तलतल लागेको महसुस हुनेछ, विथड्रलको अनुभव हुनेछ। रकसङ्गीत एउटा नसा हो! विश्वास लागेन? त्यो बिना ३० दिन बिताउनुहोस् त (What’s Wrong with Christian Rock? p. 38)।

सङ्गीत तटस्थ कुरा होइन भन्ने कुरा फिल्म बनाउनेहरूले बुझेका छन्। दर्शकको मनस्थितिलाई प्रभाव पार्ने काममा पृष्ठभूमिको सङ्गीत एउटा शक्तिशाली तत्त्व हो भन्ने कुरा उनीहरू जान्दछन्। उनीहरूले दर्शकको मुटुलाई ढुक-ढुक पार्न अथवा त्यसमा त्रास उत्पन्न गराउन सक्छन्। उनीहरूले दर्शकहरूलाई सङ्गीतले नै रुवाउन सक्छन्। यदि उनीहरूले कुनै भव्य सैन्य विजय देखाउँदैछन् भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। फिल्ममा यदि कुनै वियोग वा मृत्युको घटना छ भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। खुल्ला ठाउँमा बालबच्चाहरू खुशीसाथ खेल्दैछन् भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। तनाव र खतराको दृश्यले तनावपूर्ण सङ्गीतको माग गर्छ। रोमान्सले रोमान्सपूर्ण सङ्गीतको माग गर्छ।

सङ्गीतको रचना त्यसको विषयवस्तुसित मेल खानुपर्छ। सङ्गीतकारहरूले सङ्गीतद्वारा जस्तोसुकै मनस्थिति पनि सृजना गर्न सक्छन्। सङ्गीत तटस्थ कुरा होइन भन्ने कुरा उनीहरू जान्दछन्।कुनै एउटा उद्देश्यको लागि उनीहरूले जस्तो किसिमको मनस्थिति सृजना गर्न खोज्दैछन् त्यसको निम्ति कस्तो किसिमको सङ्गीत प्रयोग गर्दा ठीक हुन्छ भन्ने कुरा उनीहरू जान्दछन् र कस्तो किसिमको चाहिँ असुहाउँदो हुन्छ त्यो पनि जान्दछन्। सङ्गीतले भावनालाई फरक-फरक तरिकाले आह्वान गर्दछ भन्ने कुरा जानेका छन्।

अर्को रोचक अवलोकन यो पनि गर्न सकिन्छ कि प्राय:जसो संसारकै उच्च-प्रशंसित फिल्महरूमा समेत तिनका पृष्ठभूमिमा रक सङ्गीत बजाइँदैन। रक सङ्गीतको तारन्तार दोहोरिने र लगार्नेताल यस्तो हुन्छ कि त्यसले तनाव उत्पन्न गराउँछ र अस्थिरता सृजना गराउँछ। फिल्म निर्माताहरूले उब्जाउन खोजेका जस्ता भावनात्मक मुडहरू रक सङ्गीतले सृजना गराउन सक्दैन।

यसको इतिहासको सुरुबाट नै रक सङ्गीत अनैतिकता, गैर-वैवाहीक यौन, ड्रक्सको गौरवीकरण र अधिकारको विरुद्धमा विद्रोहसित आवद्ध भएको छ। “हाम्रो समाजमा दशकौं सम्मको रकसङ्गीतले त्यस किसिमको साङ्गीतिक शैलीलाई अनैतिकताको आयामले छाप मारेको छ। शब्दहरू बदल्दैमा र इसाई सङ्गीतकारहरूले त्यसको ठाउँ ओगट्दैमा त्यसको कलङ्क हटाउन सकिने कुरा होइन” [Dan Lucarini, Why I Left the Contemporary Christian Music Movement, p. 91]। जिउँदो र पवित्र परमेश्वरको आराधनाको लागि काम लाग्ने सङ्गीत एक किसिमको छ र काम नलाग्ने अर्को कसिमको छ। एक किसिमको सङ्गीतले ठीक मनस्थिति र ठीक वातावरण सृजना गराउँछ अनि अर्को कसिमको सङ्गीतले गराउँदैन। एक किसिमको सङ्गीत आदरभावको हुन्छ जसले हृदयलाई परमेश्वरतर्फ उचाल्छ र उक्त अवसरको मर्यादासित सुहाउँदो हुन्छ। सारा महिमाका परमेश्वरलाई महिमावान् सङ्गीत सुहाउँछ। हामीले परमेश्वरलाई पवित्रताको सुन्दरतामा आराधना गर्नुपर्छ; यस उद्देश्यका लागि एक किसिमको सङ्गीत सुहाउँदो हुन्छ भने अर्को किसमको हुँदैन।

त्यसमा जुनसुकै शब्दहरू जोडिए पनि रक सङ्गीत किन बेठीक छ? विभिन्नमध्ये यसका दुईटा समस्या निम्नअनुसार छन्:

१) रक सङ्गीतको ताल (rhythm/beat) ले सङ्गीतमाथि नियन्त्रण जमाउँछ वा हैकम चलाउँछ जसद्वारा मानिसको शारीरिक स्वभावलाई आह्वान गर्दछ। सबै सङ्गीतमा ताल हुन्छ र तालसङ्गीतको आवश्यक तत्त्व हो। “बढ्दै बढ्दै जाऔं” गीतमा निश्चित ताल रहेको छ (हरेक मेजरमा चार बीट छ)। उक्त गीतमा प्रयोजित तालले गीतका शब्द र सङ्गीतलाई सुहाउँदो रीतिले साथ दिन्छ। रक सङ्गीतमा भने तालले अधिपति नै जमाउँछ। फ्रान्क गार्लक (Frank Garlock) ले यो भने कि औसत रक ग्रुपबाट निस्कने आवाजमा ७०% बीट हुन्छ। ठूलो आवाजमा रक गीत बजिरहेको गाडीको नजिक तपाईं पुग्नुभएको छ? कतिपटक त तपाईंले केवल त्यसको बीट मात्र सुन्न सक्नुहुन्छ।

२) रक सङ्गीतको बीट अस्वाभाविक हुन्छ।

“येशू मलाई गर्छन् प्यार” भन्ने बालगीतलाई विचार गर्नुहोस्। यसमा बीट छ अनि त्यसको प्रमुख जोड हरेक मेजरको पहिलो बीटमा लाग्छ। यसको माने जोड यी स्वरहरूमा लाग्छन्: “ये” “ग” “यो” “बल”। साथै तेस्रो बीटमा हल्का जोड पनि लाग्छ (“म” “प्या” “स” “सार”)। यस किसिमको बीट स्वाभाविक बीट हो। रक गीतको बीट भने अफ बीटमा लाग्ने हुन्छ जसले गर्दा हरेकमेजरमा दोस्रो र चौथोमा कडा जोड दिइन्छ। यो अस्वाभाविक बीटले मानिसको शारीरिक स्वभावलाई आह्वान गर्छ र यसमा शारीरिक उत्तेजना उत्पन्न गर्ने झुकाव छ। नाइट क्लवमा रक गीतबजाइयो भने सङ्गीतको तालमा जीउहरू हल्लिन थाल्छन्। तर अर्कोतिर ख्रीष्टिय सङ्गीतले त सही सन्देश व्यक्त गर्न सही मनस्थिति सृजना गर्नुपर्छ। ईश्वरीय सङ्गीतले कस्तो खालकोप्रभाव पार्नुपर्छ भन्ने बारेमा डेविड क्लाउड (David Cloud) ले निम्न कुरा लेख्नुभएको छ:

  • ख्रीष्टिय सङ्गीतले गडबडको होइन तर शान्तिको बात गर्नुपर्छ (१ कोरिन्थी १४:३३)
  • ख्रीष्टिय सङ्गीतले विभाजनको होइन तर एकताको बात गर्नुपर्छ (१ कोरिन्थी १४:४०)
  • ख्रीष्टिय सङ्गीतले रूखोपनाको होइन तर कोमलताको बात गर्नुपर्छ (२ तिमोथी २:२४)
  • ख्रीष्टिय सङ्गीतले सांसारिकपनको होइन तर पवित्रताको बात गर्नुपर्छ (१ पत्रुस १:१५)
    ख्रीष्टिय सङ्गीतले अधिकारको विद्रोह गर्ने कुरा होइन तर अधीनतामा बस्ने बात गर्नुपर्छ (याकूब ४:७)
    ख्रीष्टिय सङ्गीतले घमन्डको होइन तर नम्रताको बात गर्नुपर्छ (१ पत्रुस ५:५)
  • ख्रीष्टिय सङ्गीतले कामुकताको होइन तर आत्मिकताको बात गर्नुपर्छ (१ पत्रुस २:५)
  • ख्रीष्टिय सङ्गीतले प्रश्न उब्जाउने बात होइन तर जवाफ प्रदान गर्ने बात गर्नुपर्छ (१ यूहन्ना ५:२०)
  • ख्रीष्टिय सङ्गीतले मनोरञ्जनको बात होइन तर आत्मिक उन्नतीको बात गर्नुपर्छ (१ कोरिन्थी १४:२६)

परमेश्वरको मण्डलीले जिउँदो परमेश्वरलाई दर्शाउनुपर्छ जो आफ्ना सबै मार्गहरूमा धर्मी र पवित्र हुनुहुन्छ। मण्डलीको उद्देश्य एउटा रक कन्सर्टलाई दर्शाउनु होइन। होइन, हामीले प्रभु येशूख्रीष्टलाई, एउटा मर्यादापूर्ण र आदरपूर्ण र आराधनापूर्ण तवरले, उहाँको व्यक्तित्वलाई दर्शाउनुपर्छ। “अब अनन्त राजालाई, अविनाशी, अदृश्य, एकमात्र बुद्धिमान् परमेश्वरलाई आदर र महिमा सदासर्वदा भइरहोस्! आमेन।”

साभार: Translated and adapted by Pradesh Shrestha from “Is Music Neutral” by George Zeller http://www.middletownbiblechurch.org/lochurch/musicneu.pdf

 

नयाँ रिपोर्ट: उत्तर कोरियामा भयावह सतावट

निम्न उद्दरण अक्टुवर ३०, २०२० मा ख्रीष्टियन हेडलाइन्स (Christian Headlines) ले प्रकाशन गरेको “North Korea jails, executes anyone who owns a Bible,” शीर्षक गरेको लेखबाटको हो।

“मानव अधिकार सम्बन्धी निगरानी राख्ने एउटा संस्थाले तयार गरेको नयाँ रिपोर्टले उत्तर कोरियाभित्र भयावह रूपमा धार्मिक स्वतन्त्रता उल्लङ्घन भइरहेको कुरालाई प्रकाशमा ल्याएको छ।रिपोर्टमा इसाईमत अँगालेका नागरिकहरूलाई क्रूरतापूर्वक यातना दिइएको कुरा छ। बाइबल साथमा पाइएका व्यक्तिहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको छ। लण्डनस्थित कोरियाफ्यूचर इनिशिएटिभ (Korea Future Initiative) नाम गरेको संस्थाको ९८-पृष्ठ लामो रिपोर्ट यही महिनामा प्रकाशित गरिएको थियो। उक्त रिपोर्ट यातना भोगेर बचेकाहरू, दुर्व्यवहार देख्ने प्रत्यक्षदर्शीहरू र दुर्व्यवहार गर्ने व्यक्तिहरूसितको ११७ ओटा अन्तर्वार्ताहरूमा आधारित छ। यसमा धार्मिक स्वतन्त्रता उल्लङ्घनको शिकार बनेका जम्माजम्मी २७३ व्यक्तिहरूको पहिचान गरिएको छ जसमध्येमा २१५ जना इसाईहरू रहेका छन् भने ५६ जना चाहिँ प्रकृतिपूजकहरू। पीडितहरूको उमेर वर्ष ३ देखि ८० भन्दा माथि रहेको छ। … इसाईमत उत्तर कोरियामा अवैध छ।

कीम जोङ्ग-ऊन (Kim Jong-Un)

नागरिकहरूलाई सर्वोच्च नेता कीम जोङ्ग-ऊन (Kim Jong-Un) लाई देवताको रूपमा व्यवहार गर्न आदेश दिइन्छ। रिपोर्टमा धार्मिक स्वतन्त्रताको उल्लङ्घनका विवरणहरूमध्येमा निम्न कुराहरू उल्लेखित छन्: एकजना सरकारी पदाधिकारीलाई निजको साथमा एउटा बाइबल भेटिएकोले एउटा हवाइ मैदानमा एउटा भीडको सामु गोली प्रहार गरी मारियो। भीडहरूमा डर-त्रास पसाउने उद्देश्यले उनीहरूलाई सार्वजनिक ज्यानसजायको दृश्य हेर्नलाई जबरजस्ती उपस्थित गराइन्छ। एकजना इसाईलाई निजको साथमा एउटा बाइबल भेटिएको हुनाले सार्वजनिक बजारमा एउटा काठको खम्बामा बाँधियो र गोली प्रहार गर्ने टोलीद्वारा मारियो। … रिपोर्टमा अन्य व्यक्तिहरू उनीहरूको साथमा बाइबल भेटिएको हुनाले गिरफ्तार गरिएको कुरा छ। इसाईहरूलाई उनीहरूको नाकका प्वालहरूभित्र रातो खुर्सानीको धूलो एक किसिमको तरल पदार्थमा घोलेर उक्त मिस्रणलाई खन्याएर यातना दिइएको कुरा छ। … रिपोर्टले इसाईहरूलाई र अन्य धर्मावलम्बीहरूलाई दिइएको यातनाका अन्य रूपहरू पनि सूचित गरेको छ:  ओसेउङ्गोगाक्जा (oseungogakja) ले पिटिँदै गर्दा स्टीलका डण्डीहरूमा झुण्डिएर रहनुपर्ने; निजहरूलाई उनीहरूका खुट्टाहरूमा [उँधोमुन्टो] झुण्ड्याइने; शरीरलाई लठ्ठीहरूले बेसरी कस्सेर बाँधिने; हरेक दिन सयौं वा हजारौं पटक टुक्रुक्क बसेर उफ्रनुपर्ने र बस्नुपर्ने र उभिनुपर्ने … घुँडाका खोपिल्टाहरूका बीचबाट काठको लौरो छिराइएको अवस्थामा जबरजस्ती घुँडा टेकाइने;  घाँटी निमोठिने; अरू कैदीहरूलाई ज्यानसजाय दिइएको वा यातना दिइएको जबरजस्ती हेर्नुपर्ने; भोकले मारिने; प्रदुषित खानेकुरा जबरजस्ती खुवाइने; कैदमा एक्लै राखिने; निद्राबाट बञ्चित गराइने, र दिनको १२ घण्टाभन्दा बढी नचलीकन बस्नुपर्ने।”

साभार: उपर्युक्त सामग्री Friday Church News Notes, November 27, 2020, www.wayoflife.org बाट अनुवाद गरी wordoftruth.com.np मा प्रकाशन गरिएको हो।

फुटेको फुलदानी

बालबालिका विशेष

ज हामी बाइबलको हितोपदेश २८:१३ बाट सिक्नेछौं। आऔं, बाबु नानीहरूहो, हामी बाइबल खोलेर हितोपदेश २८:१३ मा पढौं। आजको बाल सङ्गति पाठमा एउटा फुलदानीको कुरागर्नेछु। फुलदानी किसिम किसिमका हुन्छन्। कुनै महँगा पनि हुन्छन्। कुनै ज्यादै सुन्दर हुन्छन्। आजको बाइबल पद सिक्नलाई म तिमीहरूलाई एउटा फुलदानीको कथा सुनाउँछु। पहिलाबाइबल पद पढौं।

“जसले आफ्‍ना पापहरू ढाक्छ, त्यो सफल हुँदैन; तर जसले तिनलाई मानिलिन्छ र छोडिदिन्छ, उसले कृपा पाउनेछ” (हितोपदेश २८:१३)।

कसैले आफ्‍नो पाप ढाक्न खोज्नु भनेको उसले आफ्‍नो पाप लुकाउन खोज्नु भनेको हो। परमेश्वरले यो भन्नुहुन्छ – त्यो मान्छे सफल हुँदैन। किनकि १) पाप लुकाएर त्यो लुक्ने होइन किनकिपरमेश्वरबाट कुनै कुरा लुकाउन सकिन्न। किनकि २) पाप लुकाउन खोज्नु झूटो काम हो र झन् पाप गर्नु हो अनि न्यायको दिनमा परमेश्वरले पापलाई दण्ड दिनुहुन्छ।

तर यो पदले सिकाउँछ, पापीले आफ्‍नो पाप मानिलिन्छ र छोडिदिन्छ भने उसले कृपा पाउनेछ। पाप मानिलिनु भनेको स्वीकार गर्नु हो। “हो, मैले पाप गरेको छु” भनेर स्वीकार गर्नु हो।छोडिदिनु भनेको त्यसलाई आफ्‍नो मनले त्यसलाई इन्कार गर्नु हो। पश्चात्ताप गर्नु हो। पापबाट मन फर्काउनु हो। त्यस्तो व्यक्तिले कृपा पाउनेछ। क्षमा पाउनेछ।

यो पद सिक्नलाई म तिमीहरूलाई एउटा फुटेको फुलदानीको बारेमा एउटा कथा सुनाउँछु।

एकजना ८ वर्षकी सानी नानी थिई जसको नाम बिनु थियो। ऊ आफ्नी आमालाई घरको काममा सघाउन मन पराउँथी। तर जहिले पनि, उसकी आमाले उसलाई अह्राउनुभएको कामगर्नुभन्दा ऊ आफैलाई मन परेको काम गर्न खोज्थी।

एक बिहानको कुरा हो, बिनुले आफ्नी आमालाई भनी, “ममी, म तपाईंलाई आज मदत गर्न चाहन्छु। म तपाईंको नोकर बनेर खेल्छु र सबै कामहरू गर्छु नि — रमाइलो हुन्छ जस्तो लाग्छ।”

उसकी आमाले भनिन्, “तिम्रो मदत पाए त म खुशी हुन्थें, नानु। भान्सामा पकाउने काम छ मेरो, त्यतिखेर तिमीले बेबीलाई हेरेर बस न ल?”

बिनु अँध्यारो मुख गरी। “बेबीलाई हेर्ने? कस्तो थकाइ लाग्छ उसलाई हेर्ने काम त। म साँच्चीकै खालको काम गर्न चाहन्छु। बरु बैठक कोठामा धूलो पुछपाछ गर्छु नि। प्लिज हुन्छ?”

आमाले भनिन्, “अब, यस कुरामा मेरै इच्छाअनुसार गर भनेर म तिमीलाई बल गर्दिनँ, किनकि कुरुवा बस्न नचाहने व्यक्तिको विश्वासमा म बेबीलाई छोड्न सक्दिनँ। हुन्छ, तिमीले बैठकमाधूलोजति सफा गर तर शिशाको दराजलाई अलक्कै छोड। तिमीले त्यसलाई छुनु हुँदैन। मेरा सुन्दर भाँडावर्तनहरू एउटै फुटेको चाहन्नँ। तिमीले त्यो दराजलाई चाहिँ छुने होइन है।” त्यसपछि आमा बेबीलाई साथमा लिएर भान्सामा जानुभयो।

बिनुले यदि आमालाई साँच्ची नै मदत गर्न चाहेकी भए, उसले बेबीलाई हेरिदिन चाह गर्ने थिई। तर उसले खास आफ्‍नै लागि रमाइलो गर्न खोजेकी थिई। त्यसैले यो कुनै अनौठो कुरा थिएनकि एउटा टेबुललाई र दुई-तीनटा मेचलाई पुछपाछ पारेपछि उसलाई त्यो काम झञ्जट लाग्न थाल्यो। बिनु आमाकहाँ गएर ‘म के गरिदिऊँ’ भनेर फेरि सोध्नलाई जान चाहिनँ किनकि उहाँलेउसलाई मन नपर्ने काम दिनुहोला कि भन्ने डर थियो। एकछिन बैठक कोठाको बीचमा उभिएर उसले सोची। अब के गर्ने होला भन्ने कुरा उसले बिचार गर्दैथिई। झ्यालबाट बिहानकोघामका किरणहरू छिरेर शीशाको दराजमाथि परेको उसले देखि। घामको किरणमा ती सजावटका सामानहरू कति सुन्दर देखिन्थे! “आमाले मलाई दराज पुछपाछ गर्न दिनुभएको भएहुन्थ्यो,” बिनुले सोची। “त्यो पो रमाइलो हुन्थ्यो। यसलाई पुछपाछ गरेको उहाँ चाहनुहुन्छ, मलाई थाह छ। मैले सामान फुटाउला कि भन्ने डरले मात्र नछुनु भन्नुभएको हो। अवश्य पनिउहाँले सामान फुटेको चाहनुहुन्न किनभने यी सामान उहाँका साथीहरूले उपहार दिनुभएको हो। इन्द्रेणी रङको त्यो फुलदानी विदेशबाट ल्याइएको हो, मलाई थाह छ। त्यसमा भएकोसुनौलो रङ अरू सबै रङहरूसित मिलेर कति राम्रो देखिन्छ! पक्कै पनि म केही फुटाउँदिन। म दराज पुछपाछ गर्छु तर म एकदम होशियारसाथ गर्छु। अनि आमाले, मैले केही नफुटाईकनदराजलाई पुछपाछ पारेको देख्नुभएपछि, उहाँले मलाई अर्को पालि पनि त्यो काम गर्न दिनुहुन्छ …”

दराजको कुनै पनि सर-सामान छुने काम उसको होइन भनेर बिनुलाई राम्ररी थाह थियो। उसकी आमाले उसलाई दराज अलक्कै छोड्नू भन्नुभएको थियो, तर उसलाई ती सर-सामान चलाउनयति इच्छा लाग्यो कि उसले आखिरमा त्यो गरेर छाडी। उसले एउटा मेच तानी र त्यसमाथि चढी, माथिमाथिका तखतालाई भेट्न। सजावटका सामग्रीलाई उसले एकएक गरी  झिकी रहोशियारपूर्वक एउटा टेबलमाथि राखी अनि त्यसपछि उसले रित्तो तखतालाई पुछपाछ पारी। त्यसपछि ती सामग्रीलाई एक-एक गरी लिँदै र आ-आफ्‍नो ठाउँमा राख्न थाली। उसले सबैसामग्रीलाई केही नबिगारी आफ्‍नो-आफ्‍नो ठाउँमा राख्न सफल भई केवल माथिल्लो तखताको विदेशबाट ल्याइएको त्यो इन्द्रेणी रङको सुन्दर फुलदानी मात्र बाँकी थियो।

बिनु मेचमै उभिरहेकी थिई र आफ्‍नो हातमा त्यो फुलदानी लिएकी थिई जब त्यही बेला उसको पछिल्तिरको ढोकामा उसले एउटा आवाज सुनी। ढोका झन् झन् उघ्रँदै थियो। ऊ झसङ्ग भईर फर्केर हेर्न खोजी, आमा होला भनी डराउँदै। तर बिरालो मात्र रहेछ। तर, ऊ पछाडि फर्केर हेर्दा उसको खुट्टा मेचबाट चिप्ल्यो। आफू नलड्न बिनुले दराजलाई समात्न पुगी अनि कसरी-कसरी त्यो सुन्दर फुलदानी उसको हातबाट फुस्केर भुइँमा खस्यो र तीन टुक्रा भयो।

बिनु त्रसित भएर त्यो फुटेको फुलदानीलाई हेरिरही। आमालाई सम्पूर्ण घरमा त्यो फुलदानी जत्तिकै मन पर्ने सजावटको सामग्री अर्को कुनै थिएन। त्यो यति सुन्दर थियो अनि त्यो एकजनामिसनरी दिदीले दिनुभएको थियो आमालाई। बिनुलाई थाह थियो कि ऊ गएर आमालाई भन्नुपर्छ आफूले बिगारेको कामको बारेमा। उसलाई यो थाह थियो ऊ यसमा आफू कति दु:खितछु भनेर आमालाई बताउनुपर्छ तर उसलाई यो लाग्यो कि उसले आज्ञा नमानेकीले आखिरमा आमाले उसलाई पक्कै पनि सजाय दिनुहुनेछ। त्यसैले ऊ त्यो फुलदानीलाई हेरिबसी र म योसमस्याबाट कसरी उम्कन सकुँली भनेर सोच्न थाली।

अन्तमा उसले ती फुटेका टुक्राहरूलाई टिपटाप गरी र जोडजाड गरी। ऊ फेरि मेचमाथि चढी र दुईटै हातले फुलदानीलाई समाएर त्यसलाई दराजको माथिल्लो तखतामा बिस्तारै राखी।उसले त्यसलाई यताउता घुमाई र त्यसलाई त्यसका चर्केका भागहरू नदेख्ने गरी राखी। त्यसपछि ऊ चुपचापसित माथिल्लो तलाको सुत्ने कोठामा गई र खाटमा थचक्क बसी। यतिखेरउसलाई मनमा निकै नरमाइलो लागिरहेको थियो। आमाले त्यो फुलदानीको अवस्था कहिले पत्ता लगाउनुहुन्छ होला? अर्को पालि आमाले त्यो फुलदानी समाउनुहुँदा त्यो आफै फुटेछ भनीठान्नुभएको होस् भनेर बिनुले आशा गरी।

त्यतिखेर उसले आमा बैठक कोठामा पस्नुभएकी सुनी अनि केही बेरपछि उहाँ सिँढी चढ्दै माथि आउँदै गर्नुभएकी सुनी। बिनुलाई कहाँ लुक्न पाए वा भागेर जान पाए हुन्थ्यो जस्तो लाग्योतर उसले के गर्ने भन्ने निर्णय गर्न नपाउँदै आमा त कोठाभित्र आइपुग्नुभयो।

आमाको अनुहार दु:खित देखिन्थ्यो र उहाँले भन्नुभयो, “बिनु, विदेशदेखि ल्याइदिएको मेरो सुन्दर फुलदानी फुटेको छ त! कसरी भयो यो, मलाई भन।”

बिनुले भनी, “मलाई केही थाह छैन यसको बारेमा। तर कोठाभित्र बिरालो पसेको देख्याथीं। सायद उसैले ढालेर फुटायो होला।”

बिनुकी आमाको अनुहार झनै दु:खित बन्यो। उहाँले भन्नुभयो, “बिनु, बिरालोले यदि मेरो फुलदानी ढालेको हो भने, उसले त्यसलाई टिपटाप गरेर फेरि तखतामा राख्न सक्थ्यो र?”

तब बिनुलाई यो थाह भयो कि अब आफ्‍नो पाप लुकाउन खोजेर लुक्नेवाला छैन। उसले जवाफ दिन थालि र रून थाली, “मम्मी, तपाईंको फुलदानी मैले फुटाइँ! सरी मम्मी! मैले फुटाउँछुभनेर फुटाएकी होइन।”

केही बेर आमा नबोली बस्नुभयो। त्यसपछि आमाले भन्नुभयो, “फुलदानी झुक्किएर फुटेको हुनुपर्छ भन्ने कुरा म विश्वास गर्छु, अनि झुक्किएर हुन गएको कुरामा म त तिमीलाई सजायँ दिनेगर्दिनँ। तर मेरो आज्ञा नमानेको चाहिँ झुक्किएर भएको होइन अनि त्यसको लागि मैले तिमीलाई सजायँ दिनैपर्छ। तिमीले मेरो आज्ञा नमानेकीले तिमी एकलै यहीँ बसेर तिम्रो खानाखानुपर्छ। अनि त्यसको बारेमा झूट बोलेकीले त्यसको लागि मैले अर्को सजायँ पनि दिनुपर्छ। त्यसको बारेमा मलाई केही थाह छैन भनेकीले म तिमीलाई अर्को हप्ता चिडियाखाना घुमाउनलान्छु भनेकी थिएँ – त्यो म क्यान्सल गर्छु।”

तब आमा तल झर्नुभयो र बिनु एकलै भई। ऊ रोई, धेरै रोई। उसलाई एकलै कोठामा खाना खान मन पर्दैनथ्यो। चिडियाखाना जान नपाउने भइयो भनेर उसलाई एकदम उदास लाग्योकिनभने पहिले त्यहाँ जाँदा उसलाई यति खुशी लागेको थियो।

बिनु त्यहाँ बस्दै गर्दा उसलाई यो महसुस हुन थाल्यो कि यी दुईटै सजायहरू उसले पाउनुपर्ने सजाय नै हुन्। उसले बाल सङ्गतिमा सिकेकी एउटा पदलाई विचार गरी: “जसले आफ्‍ना पापहरू ढाक्छ, त्यो सफल हुँदैन; तर जसले तिनलाई मानिलिन्छ र छोडिदिन्छ, उसले कृपा पाउनेछ।” “त्यो सत्य हो,” बिनुले मनमनै भनी। “म अलिकति पनि सफल भइरहेकी छैन।मलाई त समस्या बाहेक अरू केही आएको छैन।”

केही बेरपछि बिनुले आफ्‍नो घुँडा टेकी र प्रभु येशूलाई सबै कुरा बताई। उसले उहाँलाई भनी, “मेरा सबै पापहरू हटाइदिनुहोस् र मलाई तपाईंको छोरी बनाउनुहोस्। मलाई अबदेखि पापनलुकाउन मदत गर्नुहोस् बरु त्यसलाई मानिलिन र छोडिदिन मदत गर्नुहोस्।” यसले बिनुलाई मनमा आराम भएको अनुभव भयो र पछि ऊ तल झरी र उसकी आमाले अह्राउनुभएको सबैकुरा आफूले कुनै जिद्दी नगरीकन गरि। हरेक दिन उसले ठीक काम गर्न प्रभु येशूसित सहायता माग्थी अनि उसले कुनै गल्ती गरिहाल्दा त्यसलाई स्वीकार गर्न उहाँसित सहायता माग्थी। त्योफुटेको फुलदानीलाई सम्झेपछि उसलाई सत्य बताउन मदत हुन्थ्यो। एक दिन बिनुले आफ्नी आमालाई भनी, “मलाई त्यो बाइबल पद एकदम मन पर्छ, “जसले आफ्‍ना पापहरू ढाक्छ, त्यो सफल हुँदैन; तर जसले तिनलाई मानिलिन्छ र छोडिदिन्छ, उसले कृपा पाउनेछ।”

“किन यही पद तिमीलाई मन पर्छ?” उसकी आमाले सोध्नुभयो।

बिनुले जवाफ दिँदा उसको गाला अलिक रातो भएर आयो, “किनकि जुन दिन मैले तपाईंको सुन्दर फुलदानी फुटाएकी थिएँ नि, मम्मी, त्यो दिन यो पदले मलाई प्रभु येशूकहाँ आउन मदतगर्‍यो।”

“म एकदम खुशी छु, छोरी” उसकी आमाले भन्नुभयो।

केही दिनपछि आमाले यो निर्णय गर्नुभयो कि बिनुको जीवन साँच्ची नै बदलिएको छ। अनि बिदाको समय छँदै आमाले उसलाई चिडियाखाना घुमाउन लग्नुभयो।

कप्तान आलेन गार्डनर

गाह्रो काम खोज्ने मान्छे (सन् १७९४-१८५१)

संसारको नक्सामा दक्षिण अमेरिकाको सबभन्दा दक्षिणी टुप्पामा पाटागोनिया (Patagonia) र टेरा देल फुएगो (Terra del Fuego) भेट्टाउन खोज्नुहोस्। त्यहाँका मानिसहरू अरू कुनै ठाउँका मानिसहरूभन्दा खराब थिए। तिनीहरू मान्छेको मासु खाने नरभक्षी थिए र प्राणीहरूमा सबैभन्दा घिनलाग्दा थिए। त्यसबाहेक तिनीहरू सबभन्दा निर्दयी पनि थिए। बोल्दाखेरि उनीहरूको आवाज घाँटीभित्रको खकार निकाल्न खोजेको जस्तो सुनिन्थ्यो अनि उनीहरूको कुरा बुझ्न त असम्भवै थियो। उनीहरू यो विश्वास गर्थे कि एउटा असल आत्मा घाममा बस्ने गर्छ र जूनमा दुईटा खराब आत्मा बस्ने गर्छन् अनि असल मानिसहरू मरेपछि घाममा जान्छन् र खराब मानिसहरू जूनमा। कल्पना गर्नुहोस् यस्ता मानिसहरूलाई सुसमाचार सुनाउनु र ख्रीष्टमा डोर्‍याउनु कति गाह्रो कुरा थियो। धेरै वर्ष अगाडिको कुरा हो, एकजना जवान मानिस थिए जसले यो भने कि उनी सबभन्दा गाह्रो ठाउँमा प्रचारकको रूपमा पठाइन चाहन्थे जहाँ सबभन्दा कठीन थियो। उनले सजिलो काम मागेनन् वा खोजेनन्। उनले सबभन्दा गाह्रो काम रोजे। उनको नाम थियो कप्तान आलेन गार्डनर। यी साहसी बहादुर व्यक्ति सन् १७९४ मा इङ्ल्याण्ड देशमा जन्मेका थिए। सानो केटो छँदै उनले समुद्र मन पराउँथे र उनलाई इङ्गलिश नेभल कलेजमा पानी जहाज चलाउने तालीम दिइयो अनि पछि उनी पानी जहाजको कप्तान बने। जहाजमा यात्रा गर्ने क्रममा उनी चीन गए। त्यसबेलाका चीनीयाहरू भयङ्कर मूर्तिपूजामा डुबेका देखेर उनको हृदयमा उनीहरूलाई र उनीहरू जस्तै अरूहरूलाई सहायता गर्ने गहिरो इच्छा उत्पन्न भयो। उनले आफ्‍नो सम्पूर्ण हृदय प्रभु येशू ख्रीष्टलाई दिए अनि जहाजको कप्तान छँदै उनले यात्रा गर्ने क्रममा जति सक्दो आफ्‍नो जहाजबाट बिदा मिलाएर उनी विदेशका बासिन्दाहरूको अवस्था पत्ता लगाउन उनी पुगेका देशदेशका भित्री-भित्री भागहरूमा छिर्थे। यस प्रकारले उनी पाटागोनिया र वरिपरिका पहाडहरूका जङ्गली स्वभावका बासिन्दाहरूको विषयमा रूची राख्न थाले। उनी अब ३० वर्षका मानिस भइसकेका थिए र उनको हृदय एउटा मिसनरी (प्रचारक) बन्ने गहिरो चाहनाले भरिएको थियो। तर उनलाई मिसनरीको रूपमा पठाउन कसैले सहायता गरेन। दस वर्ष बित्यो। उनका बाबुआमा मरे अनि साथै उनको पत्नी पनि मरी। उनको अलिकति कमाइ थियो र यदि कसैले उनलाई मिसनरीको रूपमा परदेश पठाउन नसकेको खण्डमा उनले आफैलाई मिसनरीको रूपमा पठाउने निर्णय गरे। उनी र उनका एकजना पोल्याण्डका साथी पहिला अफ्रिका गए अनि जूलू जातिका बीच सुसमाचार सुनाउन थाले — एकजना दोभाषेको सहायताले प्रचार गरे र साना बाबुनानीहरूलाई पढ्न र लुगा लाउन सिकाए। तीन वर्ष बितेपछि कप्तान गार्डनर इङ्ल्याण्ड फर्के र मिसनरीहरूको एक टोलीलाई लिएर फर्के तर जूलूहरू र बोअरहरूको लडाइँले उक्त मिसनरी काम बन्द भयो। यस्ता हराएका मूर्तिपूजकहरूको बीचमा मेहनत गर्ने कप्तानको इच्छा कहिल्यै सेलाएर गएन। उनी दक्षिण अमेरिका गए र दुई वर्ष जति यात्रा गरे र न्यू गिनीमा काम थाल्ने निर्णय गरे तर उनी इङ्ल्याण्डको रोयल नेवीका अफिसर भएकाले डचहरूले उनलाई विश्वास गरेनन् र उनलाई सुसमाचार सुनाउने काम गर्न दिएनन्। तब उनले टेरा देल फुएगोलाई आफ्‍नो मिसनरी क्षेत्र बनाउने निर्णय गरे। त्यहाँका जङ्गली बासिन्दाहरू उनीसँग मित्रभाव राख्न चाहेनन्। उनी इङ्ल्याण्ड फर्के र यी अन्धकारमा बसिरहेका मुक्तिदाता येशू ख्रीष्टको असल खबरको ज्ञान नभएका मानिसहरूलाई सहायता गर्न मानिसहरूको इच्छा जगाउन खोजे तर उनको प्रयास व्यर्थ भयो। तर उनले केही बाइबलहरू र नयाँ नियमहरूको अनुदान पाए र उनी यसलाई ठाउँ-ठाउँमा बाँड्दै यात्रा गरे। फेरि इङ्ल्याण्ड फर्केर उनले फेरि मानिसहरूको इच्छा जगाउन खोजे तर फेरि उनी विफल भए तर अन्तमा उनका केही साथीहरू मिलेर पाटागोनियामा परमेश्वरको वचन पुर्‍याउने उद्देश्यले एउटा समिति बनाए र रबर्ट हन्टलाई प्रचारकको रूपमा पठाए। कप्तान गार्डनरचाहिँ आफ्‍नै खर्चमा प्रचारकको साथमा गए। तर बिडम्बनाको कुरा, त्यहाँका बासिन्दाहरू अर्कै ठाउँमा सरिसकेका थिए। उनीहरूलाई खोज्ने सबै प्रयास विफल भयो। ती आदिवासीहरू कतै भेटिएनन्। केही समयपछि उनीहरूको मुखिया र केही अरू फर्केर आए तर उनीहरूको भावना यति अभद्र र नराम्रो थियो कि उनीहरूले स्थापना गरेको आफ्‍नो बस्ने ठाउँ छोडेर जानुपर्ने भयो। त्यही बाटो भएर गइरहेको इङ्ल्याण्डको एउटा पानी जहाजले उनीहरूलाई घर फर्काइदियो। के यो साहसी मिसनरी अब निराश बने होला त? अहँ, अलिकति पनि निराश बनेनन्। उनलाई यो लाग्थ्यो कि ती भ्रष्ट र बिग्रेका मानिसहरूलाई येशूको खाँचो छ अनि उनीहरूलाई ख्रीष्ट प्रचार गर्न उनलाई पहिला भन्दा झन् आतुर लाग्यो। सन् १८४८ मा उनी फेरि यात्रा गरे, ती मानिसहरूका बीचमा केही हुलमिल गरे अनि उनीहरूलाई सहायता गरियोस् भनेर विन्ती गर्न फेरि इङ्ल्याण्ड फर्के। उनलाई एकजना पानी जहाजको मिस्त्रीबाहेक अरू चारजना मानिसहरूसित जान सहायताको प्रबन्ध गरियो। धेरै कठिनाइसाथ बल्लतल्ल उनीहरू जमिनमा उत्रे तर ती आदिवासीहरू विश्वासै गर्न नसकिने यति बेईमान थिए कि उनीहरू जहाजमै बसोबासो गरेर उनीहरूकहाँ जानेआउने गर्दै प्रचार कार्य गर्न खोजे। आफूसित भएकोभन्दा असल साधन-सामग्रीहरू लिएर आउन कप्तान गार्डनर फेरि आफ्‍नो देश फर्के। फेरि पनि उनको कुरामा कसैले चासो देखाएनन्, तर आखिरमा १००० पाउन्ड रकम बराबरको सहयोग जम्मा गरियो जसमध्ये ३०० पाउन्ड उनी आफैले अनुदान दिएका थिए अनि उनी फेरि फर्के। यी जङ्गली स्वभावका मानिसहरूलाई येशू ख्रीष्टमा डोर्‍याउने पूरा जोशले उनको आत्मा जलिरहेको थियो। यस यात्रामा उनको साथमा अरू ६ जना गए। उनीहरूले आफूसित ६ महिनाको लागि पुग्ने खाद्यान्न बोकेका थिए र थप ६ महिनाको चाहिने खाद्यान्न सामग्रीहरू पिटकन टापुमा जान लागेको अर्को जहाजमा पठाए। तर खाद्यान्न सामग्रीको यो दोस्रो सप्लाइ लिएर उनीहरूकहाँ पुर्‍याइदिन कुनै पनि पानी जहाज राजी भएन। त्यसैले ती खाद्यान्न फोकल्याण्डमा पठाइयो। त्यहाँका राज्यपालले त्यहाँबाट उनीहरूका ती खाद्यान्न पठाइदिन त खोजे तर कसैले लिगदिएनन्। मिसनरीहरूको त्यो सानो टोली खानेकुराको अभावले दरिद्र अवस्थामा पुगे अनि फुएगी आदिवासीहरूले उनीहरूलाई कुनै दया देखाएनन्। खानलाई उनीहरूसित चिप्लिकिरा जस्ता समुद्री शङ्खकिरा, जङ्गली ज्वानोको डाँठ र समुद्री झार थियो अनि पिउनलाई उनीहरूले चट्टानहरूको खोपिल्टाहरूमा जम्मा भएको आकाशको पानी पिए। अन्तमा एउटा पानी जहाज पठाइयो यी साहसी मानिसहरूको खोजीमा अनि यो पत्ता लाग्यो कि उनीहरू भोकले मरिसकेका रहेछन्। उनीहरूको लाशहरू भेटिए र उनीहरूले लेखेका डायरीहरू जसमध्ये कप्तान गार्डनरको डायरी पनि थियो। उनले लेखे, “मिस्टर मेडमेन्ट हिजो यति गल्नुभएको थियो कि उहाँ मध्यान्नसम्म आफ्‍नो खाटबाट उठ्नुभएन अनि त्यसबेलादेखि मैले उहाँलाई देखेको छैन; त्यसैले हिजो मेरो मुखमा केही परेन। म आफू रहेको ठाउँ छोड्न सक्दिनँ अनि म जान्दिनँ उहाँ शरीरमा हुनुहुन्छ कि अनुग्रही परमेश्वरको उपस्थितिको आनन्द लिँदैहुनुहुन्छ जसको सेवा उहाँले यति विश्वासयोग्य रूपमा गर्नुभयो। अहिले बिहानको दस बजे म यो लेख्दैछु। स्वर्गमा हुनुहुने मेरा पितालाई धन्यवाद होस् मैले पाइरहेका धेरै कृपाहरूका लागि — एउटा आरामदायी खाट छ, पीडा छैन, भोकको इच्छा पनि छैन; यद्यपि अत्यन्तै कमजोर छु र मेरो खाटमा थोरै पनि चल्न सक्दिनँ, चल्न खोज्दा ठूलो परिश्रम पर्छ; तर उहाँको चुलिएर पोखिने प्रशस्त अनुग्रहले म पूर्ण शान्तिमा राखिएको छु, मेरा मुक्तिदाताको प्रेमको भावले  र सबै कुरा बुद्धिसाथ र कृपासाथ योजना गरिएको छ भन्ने निर्धक्कताले म ताजा भएको छु अनि म यो प्रार्थना गर्दछु कि म त्यो पूर्ण आशिष पाउन सकूँ जो प्रदान गरिन नि:सन्देह यो योजना गरिएको हो। मेरा फिक्रीहरू सबै परमेश्वरमाथि राखिएका छन्, अनि म केवल उहाँको समय र उहाँको असल इच्छा मात्र पर्खिरहेको छु — उहाँले मेरो अन्त्य गर्न उहाँलाई जसरी ठीक लाग्छ त्यसरी गर्नलाई। चाहे म मरूँ वा बाँचू, त्यो उहाँमै भएको होस्; म आफ्‍नो शरीर र मेरो प्राण उहाँको वास्ता र रेखदेखमा सुम्पँदछु अनि म यत्नपूर्वक यो प्रार्थना गर्दछु कि उहाँले मेरी प्रिय पत्नी र नानीहरूलाई उहाँका पखेटाका छत्रछायाँमुनि लिनुभएको होस् अनि उनीहरूलाई पूर्णरूपले सान्त्वना र सुरक्षा दिनुभएको होस् अनि बलवान् र पवित्र तुल्याउनुभएको होस् ताकि हामी सँगै मिलेर यो भन्दा उज्यालो त्यो अनन्त संसारमा उहाँको भलाइ र अनुग्रहको निम्ति उहाँलाई भज्न र पूज्न सकौं किनकि उहाँले हामीलाई उहाँको बहुमूल्य रगतले किन्नुभयो र आगोको जलनबाट थुतेर निकाल्नुभयो र हामीलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो र उहाँको स्वर्गीय राज्यको हकदारहरू तुल्याउनुभयो। आमेन।” तीमध्ये एक निडर मानिस मिस्टर विलियम्सले यो लेखे कि उनको शरीर कमजोर भए तापनि उनको आत्मा बलियो र खुशी छ अनि उनले आफ्‍नो अवस्था र परिस्थितिलाई संसारको अर्को कुनै पनि जिउँदो मानिससित साट्न चाहँदैनन्। उनलाई यो लाग्यो कि मृत्यु अब नजिक आउँदै गरेको भए तापनि उनी आफू हिँड्नु पर्ने कर्तव्यको मार्गमा छन्। यो सबै एकदम दु:खलाग्दो थियो र कप्तान गार्डनरको मिसन विफल भएको जस्तै देखिन्थ्यो। तर त्यसो होइन। उनको साहसी र शूरवीर प्रयासको कहानी टाढाटाढा सम्म फैलियो अनि उनको जीवनले जे हासिल गर्न सकेन उनको मृत्युले हासिल गर्न सफल भयो — त्यसले मानिसहरूलाई यसरी भन्न विवश पार्‍यो, “परमेश्वरको सहायताले त्यो मिसनको काम जारी राखिनेछ।” अनि यस्तै भयो। अरूहरू त्यहाँ गए। त्यहाँका आदिवासीका साना बाबुहरूलाई तालीम दिन इङ्ल्याण्ड ल्याइयो। एउटा जहाजले मिसनरीहरू त्यहाँ लगे जुन जहाजको नाम आलेन गार्डनर राखियो। कोहीकोही त्यहाँ मारिए, तर सट्टामा अरूहरू गए। अन्तमा प्रभुको काम त्यहाँ फस्टायो अनि धेरैजना क्रूर वासिन्दाहरू येशू ख्रीष्टमा नयाँ सृष्टि बनें। — आफू मृत्यु हुनुभन्दा एकदुई दिन अगाडि मिस्टर विलियम्सले यो लेखेका थिए: “कुनै कुराले यसमा एउटा कुरा थप्न मलाई रोक्नु अघि, घरका मेरा सबै प्रियजनहरू यस कुरामा ढुक्क होऊन् कि यी कुराहरू लेखेको रातमा म बयान गर्न सकिने भन्दा बढी खुशी थिएँ अनि मेरा अवस्थाहरूलाई कुनै पनि जीवित मानिससित साट्ने थिइनँ। उनीहरू यस कुरामा पनि ढुक्क होऊन् कि मेरा आशाहरू अमरताले पूर्ण भएर फक्रिरहेका थिए; कि स्वर्ग र प्रेम र ख्रीष्ट, जसको अर्थ एउटै हो र उही ईश्वरीय कुरा हो, मेरो हृदयमा थिए; कि महिमाको आशा र स्वर्गमा मेरो लागि राखिएको आशाले मेरो सम्पूर्ण हृदयलाई आनन्द र रमाहटले भरेको थियो अनि मेरा निम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो। म दुईटा कुराको बीचको दोधारमा छु, शरीरमा रहूँ कि ख्रीष्टसित हुन बिदा लिऊँ जुन अति नै बढी असल छ। उनीहरूलाई थाहा होस् कि मैले उनीहरूलाई प्रेम गरें र उनीहरू एक एकको निम्ति प्रार्थना गरें। परमेश्वरले उनीहरू सबैलाई आशिष दिनुभएको होस्।”