पिकनिक जाने कमिला

पिकनिक जाने कमिला

बालबालिका विशेष

हान् राजा सुलेमानले दुईओटा अवसरमा त्यो सानो कमिलातिर हाम्रो ध्यान आकर्षण गरेका छन् यस हेतुले कि हामीले त्यसबाट केही शिक्षारूपी फाइदा उठाउन सकौं। हितोपदेश ६:६ मा उनले लेख्छन्,

 “हे अल्छे, कमिलाकहाँ जा; त्यसका चालहरू विचार गर् र बुद्धिमान् बन्।”

अलि पछि गएर हितोपदेश ३०:२५ मा उनले लेख्छन्,

 “कमिला, जो बलियो जाति होइन, तर पनि ग्रीष्मऋतुमै आफ्नो खानेकुराको प्रबन्ध गर्छन्” 

यी बुद्धिमान र असल राजाले हामीलाई एउटा विद्यालयको विद्यार्थी जस्तो बनेर कमिलाकहाँ जान सल्लाह दिएकाले हामीएकछिन त्यसै गरौं। म निश्चित छु कि यो ज्यादै रोचक अनुभव हुनेछ।

कसैले यो भनेका छन् कि कमिला संसारकै सबभन्दा व्यस्त जाति हुन् तरैपनि हरेक पिकनिकमा टुप्लुक्क आइपुग्न ऊसित समय हुन्छ। कति चाँडै कमिलाहरूले खानेकुरा भेट्टाउँछन् – तिमीहरूले ख्याल गरेका छैनौ र? उनीहरू एक-एक पिकनिक स्पटमा पुगेकै हुन्छन्। उनीहरूले खानेकुरा भण्डारन गर्ने एक-एक ठाउँ पनि खोजेर छाडेकै हुन्छन्। उनीहरू मह र जाम मनपराउँछन्। उनीहरू चिनी र चास्नीमा रमाउँछन् र यस्ता चीजहरू उसदेखि जोगाएर राख्नु सजिलो छैन। उनीहरू आफ्ना सबै काम कडा परिश्रम र जाँगर लगाएर गर्छन्। तिनीहरू “दिन हुँदा-हुँदै” (यूहन्ना ९:४) काम गरिहाल्छन् र रातमा घर बस्छन्, जस्तो सबै ज्ञानी बाबुनानीहरूले पनि गर्नुपर्छ।

सुलेमानको अर्तीलाई मैले एक दिन अलिक गम्भीर रूपमा लिएँ। त्यसैले पिकनिक गर्न परिवारसित यात्रा गर्दै एउटा पार्कमा पुगें अनि साथमा एउटा आइग्लास पनि लगें। पर्याप्त खोजीपछिघाँसभित्र-भित्रै मैले कमिलाले बनाएको एउटा सानो बाटो भेट्टाएँ। उक्त बाटोको एकापट्टि भुइँमा लम्पसार परेर म श्रीमति कमिलाको बाटो हेरी बसें। कुरा के भने, पिकनिक जाने सबै कमिलास्त्री जाति हुन्छन्। योचाहिँ “काम जति दिदीबहिनीले गरून्” भन्ने जस्तो संसार पर्‍यो। पुरुष कमिला जमिनमुनि रहन्छन्। उनीहरू बाल-बच्चालाई हेर्छन् र घरको कामधाम गर्छन्। (अबसुलेमानले त त्यसो गरी बस्नु परेन। उनलाई सघाउने थुप्रै थिए।) म धेरै बेर पर्खीबस्नु परेन। एउटी रूपवती कमिला म्याम, नास्ताको खोजीमा बाटोमा खुरुखुरु हिँड्दै आइन्। मैले तुरुन्तैउसको बाटोको छेवैमा रोटीको एक टुक्रा राखें अनि मेरी सानी पाहुनाले छिट्टै त्यसलाई भेट्टाइन्। तिनले आफूले बोक्न सक्ने जति लिइन् र आफ्नो बहुमूल्य भारी बोकेर आफू आएकी बाटोहुँदै घर फर्कन थालिन्। एकैछिनमा अर्की कमिलाले तिनलाई भेटिन् अनि उक्त भेटघाट हुँदा मैले देखेको दृश्य मेरो निम्ति अति मनमोहक बन्यो। पहिलो कमिलाले आफ्नो रोटीको टुक्राकोभारी बिसाउँछिन् अनि आफ्ना अघिल्तिरका खुट्टाले दोस्रो कमिलाको जीउलाई हल्का छुन्छिन् र कुन तरिकाले हो कुन्नी आफूले भेट्टाएको कुरा कहाँबाट ल्याएकी हुँ भन्ने असल खबरकोजानकारी दिने काम गर्छिन् तिनले। मलाई के अचम्म लाग्यो भने भुइँमा पहिलो कमिलाले बिसाएकी रोटीको टुक्रालाई कब्जा गर्न दोस्रो कमिलाले कुनै प्रयास गरिनन्। कमिला नम्बर दुईलेरोटीको भारी बोकेर बाटो लाग्न थाल्दैगर्दा मैले दुईटैलाई अवलोकन गरें। प्रत्येक पटक ठीक उस्तै प्रदर्शनी दोहोरियो अनि प्रत्येक पटक भुइँमा बिसाइएको रोटीको टुक्रालाई हस्तक्षेपगरिएन।

यो कति असल पाठ हो, हाम्रा हृदयका लागि। कुखुरा वा कुकुर, सुँगुर वा बाँदर भएको भए, अर्कोले बिसाएको खानेकुराको टुक्रालाई त्यसले च्याप्प पारेर सुइँकुच्चा ठोक्छ। कमिलालेयस्तो शर्मलाग्दो साहस गर्न जानेकी छैन। उसले अर्काको अधिकारलाई आदर गर्छे। उसले सम्पत्तिमाथिको स्वामित्वलाई स्वीकार गर्छे। तिनीहरूले सबै स्वार्थलाई इन्कार गर्छन्।

ती कमिलाहरू बहुमूल्य भारी बोक्दै घरतिर फर्कैँदा गर्दा, उनीहरूले यति धेरैलाई आफूले भेट्टाएको कुराको बारेमा बताए कि चाँडै कमिलाको एउटा ताँती नै यात्रामा उत्रिएर निस्के अनि धेरैबेर नबित्दै रोटीको पुरै टुक्रा सुरक्षित रूपमा हिउँद ऋतुको लागि उनीहरूको जमीनमुनिका घर-घरमा भण्डारन गरिए।

त्यसरी नै परमेश्वरको असल सुसमाचार फैलिएँदै आएको छ। एकजना मान्छे जीवनको रोटीकहाँ आइपुग्छ र तृप्त हुने गरी खान्छ अनि त्यसपछि आफूले भेट्टाएको उदेकको धनको बारेमाआफूले भेटेका जति सबैलाई बताउन ऊ आफ्नो बाटोमा लाग्छ। मुखले र कलमले यो खबर फैलाइन्छ कि ख्रीष्ट येशू जीवनको रोटी हुनुहन्छ। तब हजारौं-हजारौं उहाँकहाँ आएका छन् र अरूपनि आउँदैछन् अनि यो थाहा पाउँदैछन् कि उनीहरूलाई आधा पनि बताइएको रहेनछ।

हरेक कमिलाका चार जोडी कान हुन्छन् (कोहीकोही बाबुहरूलाई यस्तो लाग्न सक्छ कि उनीहरूका अन्टीका १६ जोडी कान छन्)। एक जोडी कान अघिल्तिरका दुई खुट्टामा हुन्छन्, अर्कोजोडी पेटमा। अर्को जोडी छातीमा हुन्छन्, अनि अर्को जोडी टाउकोमा। परमेश्वरले अनुग्रह गरीकन यस सानो किरालाई असाधारण खालको सुन्ने क्षमता दिनुभएको छ किनकि ऊ यति सानोछ कि उसले धेरै पर देख्न सक्दैन जसले गर्दा उसले आफूलाई खतरादेखि जोगाउन सक्दैन। एउटा सानो कमिलाप्रति परमेश्वरको यस्तो वास्ता हामी देख्छौं भने त्यस्तै ठूलो हात्तीको निम्तिपनि उहाँको वास्ता छ। अनि उहाँले तिम्रो पनि वास्ता गर्नुहुन्छ, तिमी जति सानो भए पनि वा कमजोर भए पनि वा तिमीले आफूलाई म केही होइन जस्तो लागे पनि। उहाँले तिम्रो जीवनकोएक-एक पलको वास्ता गर्नुहुन्छ अनि उहाँ तिमीबाट तिम्रो हृदयको सम्पूर्ण भक्ति र भरोसा चाहनुहुन्छ।

कमिलाहरू गर्मी याममा ज्यादै परिश्रमी र जागरूक हुन्छन् किनभने उनीहरू यो जान्दछन् कि हिँउद ऋतु आउँदैछ र त्यसबेला पिकनिक सबै बन्द हुन्छन्। उनीहरू जमिनमा तुसारो वा हिउँ परेकोबेला बाहिर निस्कने आँट गर्दैनन्। कठाङ्ग्रिने ठण्डीमा घर छोडेर बाहिर जानु हुँदैन भन्ने कुरा उनीहरूलाई राम्ररी थाह छ। कुनै स्रोतबाट उनीहरूले थाह गरेका छन् कि बरफ जस्तै बनेको  खानेकुरालाई न बोक्न सकिन्छ, न त्यो टाँस्सिएको भुइँदेखि खुकुलो बनाई त्यसलाई थुत्न सकिन्छ। कहाँबाट सिके कमिलाहरूले यी आवश्यक ज्ञानहरू? के कुनै नास्तिक वा अविश्वासीलेकतै, कुनै बेला कमिलाहरूलाई भविष्यको बारेमा सिकाउने एउटा विद्यालय खोलेका थिए र? यी विद्वान मानिसहरू कृपया उठेर आईकन हामीलाई बताइदिन सक्नुहुन्छ कि कसरीकमिलाहरू यति बुद्धिमान बने? सायद, जब किमला, हात्ती, गोही, कुकुर जाति जब सुरुको कथित एककोषीय जीवबाट एकअर्काबाट छुट्टिए तब उनीहरूले आपसमा यसरी-यसरी हामीफरक-फरक तरिकाले जिउने गरौं भनेर काम विभाजन गरे र आफैलाई त्यसरी-त्यसरी जिउनलाई सिकाए कि? सत्य कसलाई थाह छ? हाम्रा केही महान् विश्वविद्यालयहरूबाट केहीप्राध्यापकहरूलाई जम्मा गरौं अनि उहाँहरूले यो रहस्यको गाँठो खोलिदऊन् नि। “के यस संसारको बुद्धिलाई परमेश्वरले मूर्ख तुल्याउनुभएन र?” (१ कोरिन्थी १:२०)  देशभरिका नियमकानूनबनाउनेहरू, हास्यव्यङ्ग छाँट्नेहरू, खेलकुदका विषयमा लेख्नेहरू, पैसा कमाउनेहरू र उनीहरूका साथमा सबै शिक्षकहरू र प्राध्यापकहरू अनि उनीहरूको साथमा सबै राजनैतिक नेताहरू रदेशमा भएका बाइबल विश्वास नगर्ने प्रचारक भनाउँदाहरू सबै मिलेर पनि एउटा मरेको कमिलालाई जीवन दिन सक्दैनन् न ता त्यसलाई कसरी जिउनुपर्छ भनेर सिकाउन नै सक्छन्। हाम्राएक जीवित परमेश्वर हुनुहुन्छ जो आफ्नो सिंहासनमाथि विराजमान हुनुहुन्छ अनि उहाँलाई यसको बारेमा सबै कुरा थाहा छ। उहाँले सक्नुहुन्छ र उहाँले गर्नु पनि हुन्छ।

परमेश्वर मोशासित खुशी हुनुभयो किनभने मोशाले आउनलागेको परमेश्वरको न्यायको भयानक खबरलाई विश्वास गर्‍यो र ढोकाको चौकोसमा पाठोको रगत छर्केर न्यायबाट बच्ने उपायलाईअपनायो। उसलाई यो थाह थियो कि नाश गर्ने परमेश्वरको दूत मध्यरातको समयमा मिश्रदेश भएर जानेछ र आ-आफ्नो घरको चौकोसमा रगत नछर्कनेको जेठाचाहिँ मारिनेछ। मोशालाई योथाहा थियो कि उसको आफ्नै घर पनि छोडिनेछैन। ऊ जतिसुकै महान् भए तापनि, ऊ जतिसुकै असल भए तापनि उसलाई यो थाह थियो कि उसको घरलाई रगतद्वारा सुरक्षित गरिनुपर्छ।उसले परमेश्वरलाई विश्वास गर्‍यो, एउटा पाठोको रगत बहायो अनि ढोकाको चौकोसमा रगत लगायो अनि उसको घर-परिवार बच्यो।

नूहसित पनि परमेश्वर खुशी हुनुभयो किनभने नूहले यो विश्वास गर्‍यो कि परमेश्वरको न्याय र क्रोध आउन लाग्दैछ र उसले त्यसको लागि तयारी गर्‍यो। उसले कमिलाले जस्तै गर्‍यो।आउनलागेको जलप्रलयका निम्ति उसले तयार गर्‍यो। उसले एउटा जहाज बनायो। उसले परमेश्वरको वचनमाथि विश्वास गर्‍यो र उसलाई दिइएको आज्ञा बमोजिम ऊ जहाजभित्र पस्यो।कमिलाले सिकाउने पाठ उसले सिकेको थियो।

लकडाउनको खबर जब प्रसारण हुन थालेको थियो तब धेरैले अघिबाटै चाहिने बस्तुको पुग्दो जोरजाम गर्न थाले। गाउँघरमा हिउँदको समयमा आउन लागेको वर्षा यामलाई पुग्ने गरीदाउराको जोहो गरिन्छ। शहरमा मानिसहरू जीवन बिमा किन्छन् र भविष्यको मृत्युका लागि तयारी गर्छन्। भविष्यमा आउने भू-कम्पबाट आफू बच्नलाई मान्छेले विशेष किसिमले घर निर्माणगर्छन्। आउन लागेको परमेश्वरको क्रोधबाट बच्न ख्रीष्ट येशू नै हाम्रो निम्ति एकमात्र शरणस्थान हुनुहुन्छ। बाबुनानीहरू हो, कमिला जस्तै बुद्धिमान हुनलाई म तिमीहरूलाई एकदम आग्रहगर्छु। केही बेरमा आउन लागेको परमेश्वरको न्यायको लागि अहिले नै तयार गर।

Translated and adapted by Pradesh Shrestha from Uncle Walter’s Animal Stories.

छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू

छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू

  • के बाबुआमाहरूले छोराछोरीलाई ईश्वरीय तालीम दिने कामलाई प्रमुख प्राथमिकता र लक्ष्य बनाएका छन्?
  • आफ्‍ना छोराछोरीहरूले नयाँ जन्म पाऊन् भन्ने हेतुले के बाबुआमाहरूले गर्न सक्ने सबै कुराहरू गरिरहेका छन्?
  • के बाबुआमाहरूको ख्रीष्टियन जीवन नियमित र एकनास खालको छ?
  • के बाबुआमाहरू प्रभावकारी खालको व्यक्तिगत बाइबल अध्ययन गर्ने गर्छन्?
  • के उनीहरू देनिक रूपमा पारिवारिक सङ्गति गर्छन्?
  • के उनीहरू एउटा खाँटी मण्डलीमा विश्वासयोग्य छन्?
  • के बाबुआमाहरूले त्यस्ता कुनै पनि प्रत्यक्ष पापलाई ठाउँ नदिई जिउँदैछन् जसले नत्र उनीहरूको अनुशासन कार्यलाई थाहा नपाउने गरीकन दुर्बल बनाउनेथ्यो?
  • के पति र पत्नीको प्रभुमा सँगसँगै एउटा स्वस्थ पारस्परिक सम्बन्ध छ?
  • के बुबा घरको आत्मिक शिरको रूपमा सक्रिय छन्?
  • के बुबाले आफ्नी पत्नीलाई प्रेम गर्ने र उनीसित मन खोलेर कुरा गर्ने, कुरा सुन्ने गर्ने गर्छन्?
  • के पत्नीमा एउटा ईश्वरीय र अधीनताको आत्मा छ?
  • के आमा “घर सम्हाल्ने” व्यक्ति छिन्?
  • के उक्त घर आत्मिक सङ्गीतले भरिएको छ?
  • के नानीहरूलाई प्रभावकारी ढङ्गले अनुशासन गरिँदैछ र के छडीलाई अनुशासन पद्धतिमा ठीकसित प्रयोग गरिँदैछ?
  • के अनुशासन नियमित (अविरोधी) रूपमा गर्ने गरिएको छ?
  • के अनुशासन दृढतापूर्वक गर्ने गरिएको छ?
  • के आज्ञापालन उत्पन्न गराउन छडीलाई पर्याप्त बलका साथ प्रयोग गरिँदैछ?
  • के छोराछोरीहरूलाई आज्ञापालन र अधिकारप्रति आदरभाव सिकाइँदैछ?
  • के छोराछोरीहरूलाई असल मनोभाव कायम राख्न सिकाइँदैछ?
  • के छोराछोरीहरूलाई पटक-पटक चेतावनी दिने काम नगरीकन बरु छिट्टै आज्ञापालन गर्न सिकाइँदैछ?
  • के अनुशासन प्रेममा गरिँदैछ?
  • के बाबुआमाहरूले छोराछोरीलाई रिसमा अनुशासन गर्नदेखि आफूलाई जोगाउँदैछन्?
  • के छोराछोरीहरूलाई उनीहरूले अनुशासनको विरोध गर्न वा मुख लाग्न पाउँदैनन् भनेर सिकाइँदैछ?
  • के छोराछोरीहरू बाइबलको जगमा बसालिँदैछन्? के उनीहरूलाई आफ्‍नै व्यक्तिगत दैनिक बाइबल अध्ययन गर्ने बानी हुन सिकाइँदैछन्?
  • के छोराछोरीहरूलाई बाइबल अध्ययन गर्न र बाइबलको अर्थ प्रकाशन गर्न सिकाइँदैछन्?
  • के बाबुआमाहरू आफ्‍ना छोराछोरीहरूसित घनिष्ट कुराकानी गर्ने अवस्थामा छन्?
  • के बुबा र आमा छोराछोरीका सामु एउटै मनसित व्यवहार गर्दैछन्?
  • के बाबुआमाहरूले छोराछोरीका हृदयहरू आफूतिर कामय राख्दैछन् र सुरक्षित राख्दैछन्?
  • के बुबा आफ्‍ना छोराछोरीलाई रिस नउठाउन होशियार छ?
  • के बाबुआमाहरूले छोराछोरीका जीवनहरूका सबै क्षेत्रहरूमाथि नजिकबाट निगरानी राखिरहेका छन्?
  • छोराछोरी तन्नेरी भएका छन् भने के बाबुआमाहरू उनीहरूसित अझै घनिष्ट कुराकारनी गर्ने र उनीहरूका जीवनहरूलाई निगरानी राख्ने गर्दैछन्?
  • के बाबुआमाहरू आफ्‍ना छोराछोरीका सामु इमानदार छन् र आवश्यक पर्दा आफ्‍ना पाप र भूलहरूलाई स्वीकार गर्ने गर्छन्?
  • के छोराछोरीहरूलाई नियम र प्रतिबन्धहरूको बाइबलीय आधार सिकाइँदैछ?
  • के तिनीहरूलाई दैनिक जीवनहरू र निर्णयहरूमा बाइबललाई लागु गर्न सिकाइँदैछ?
  • के बाबुआमाहरू छोराछोरीहरूका निम्ति दैनिक रूपमा र यत्नपूर्वक प्रार्थना गरिरहेका छन्?
  • के छोराछोरीहरूलाई संसारका खराब कुराहरू जस्तै बलिऊड, पप सङ्गीत, अभद्र फेशन र अस्वस्थ भिडियो गेमहरू तथा पढ्ने कुराहरूबाट अलग राख्दैछन्?
  • के इन्टरनेटको सम्पूर्ण प्रयोग ईश्वरीय नियन्त्रणमुनि रहेको छ?
  • के छोराछोरीहरूलाई प्रभुको सेवा कसरी गर्ने भनेर सिकाइँदैछ? के उनीहरू सेवकाइमा संग्लग्न छन्?
  • के छोराछोरीहरू एउटा खाँटी, आत्मिक रूपमा स्वस्थ बाइबलीय मण्डलीमा छन्?
  • के बाबुआमाहरू मण्डलीका मानदण्डहरूलाई समर्थन गर्दछन्?
  • के छोराछोरीहरू एउटा स्वस्थ ख्रीष्टियन स्कूलमा वा होमस्कूलमा पढाइँदैछन्?
साभार: David Cloud, Keeping the Kids, Way of Life Literature (2010)

ख्रीष्टको बौरिउठाइको प्रमाण

“चिहान रित्तो थियो र ख्रीष्टका शत्रुहरूले यसलाई नकार्न सकेनन्” (Ernest Kevan, The Resurrection of Christ, 1961, p.14) “प्रमाण भनेको कस्तो हुन्छ त्यो मलाई थाह छ। अनि म तपाईंलाई भन्दछु, यस्तो प्रमाण जस्तो बौरिउठाइको प्रमाण छ, त्यो आजसम्म कहिल्यै ढलेको छैन” (Lord Lyndhurst or John Singleton Copley, Attorney General of Great Britain, Lord Chancellor of England, High Steward of the University of Cambridge, सम्भवत: निम्न मौलिक रचनाबाट: Theodore Martin, A Life of Lord Lyndhurst). “यति कुरा स्पष्ट भनिनुपर्छ कि हामीलाई येशूको मृत्युको बारेमा र उहाँको मृत्यु हुनुभन्दा ठीक अघिका घडीहरूमा यरूशलेम र यरूशलेम नजिक घटेका विस्तृत घटनाहरूको सम्बन्धमा यति धेरै जानकारी छ कि त्यसको तुलनामा प्राचीन संसारकै अर्को कुनै पनि मानिसको मृत्युको बारेमा हामीलाई त्यति जानकारी छैन।” (Wilbur Smith, Therefore Stand, p. 360). “रित्तो चिहान कसरी रित्तो भयो भनेर बताउन खोज्ने आश्चर्यकर्मरहित व्याख्याहरूले एउटा निर्दयी छनोटको सामना गर्नुपर्ने हुन्छ: उनीहरूले कि त आफूलाई अनुकूल पर्ने किसिमको प्रमाणको पुनर्लेखन गर्नुपर्ने हुन्छ कि त उपलब्ध प्रमाणहरूको सवालमा आफूहरूले उचित व्यवहार नगरेको भनेर स्वीकार गर्नुपर्ने हुन्छ। प्रमाणसित मेल खाने एउटै अवधारणा यो हो कि येशू वास्तवमै बौराइनुभयो। जुन मानिसले आफ्‍नो मृत्यु र बौरिउठाइको भविष्यवाणी गर्नुभयो अनि भन्नुभए जस्तै ठ्याकै हुन गयो, उहाँ परमेश्वर नभए को हुनुहुन्छ त?” (Winfred Corduan, No Doubt about it: The Case for Christianity, p. 277).

परिचय

  1. बाइबलले यो बताउँछ कि ख्रीष्टको बौरिउठाइका त्यहाँ “अनेकौं अचूक प्रमाणहरू” छन् (प्रेरित १:३)। वास्तवमा यो घटना प्राचीन इतिहासकै सर्वोत्कृष्ट रूपमा अभिलेख गरिएको घटना मध्ये एक हो। बाइबलीय ख्रीष्टियन विश्वास अन्धो धार्मिक विश्वास होइन!
  2. येशू, बाइबल र इसाईमत, ख्रीष्टको बौरिउठाइकै कुराले कि त खडा रहन्छ कि त ढल्दछ! बाइबलको दाबी यो छ कि येशू सम्बन्धी बाइबलका विवरणहरू ऐतिहासिक विवरण हुन्, प्रत्यक्षदर्शीका विवरण हुन् (लूका १:१-४; २ पत्रुस १:१५-१६; १ यूहन्ना १:३)। ती विवरण यदि ऐतिहासिक रूपमा अचूक छैनन् भने तिनलाई अस्वीकार गरिनु उचित हो। ख्रीष्टले आफ्‍नो आधिकारिकतालाई बौरिउठाइले जाँच्न सकिने रूपमा प्रस्तुत गर्नुभयो (कम्तीमा पनि सात पटक उहाँले आफू मारिनुहुने र त्यसपछि मरेकाहरूबाट बौराइनुहुने कुरा गर्नुभयो — मत्ती १६:२१; १७:९,२२-२३; २०:१८-१९; २६:३२; लूका ९:२२-२७; यूहन्ना २:१८-२२)।पावलले यो लेखे कि ख्रीष्टियन विश्वास ख्रीष्टको बौरिउठाइमा निर्भर रहेको विश्वास हो (१ कोरिन्थी १५:१४-१७)।

ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू

1. सुसमाचारका वृत्तान्तहरूका चरित्र

सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) का वृत्तान्तहरूको चरित्रलाई हेर्दा ती आफैले यस्तो प्रमाण दिइरहेका छन् कि ती वृत्तान्तहरू आफूले लेखेको कुरा वास्तविक हुन् भन्ने कुरा विश्वास गर्ने प्रत्यक्षदर्शीहरूद्वारा लेखिएका हुन् जोहरूले बिना बढाइचढाइ र बनावटी कुरा नगरी सत्य बोल्दैथे। ती वृत्तान्तहरूका विवरणहरूलाई विचार गर्नुहोस्।
“यूहन्नाको सुसमाचारमा पूरापूर व्यक्तिगत स्पर्शको चरित्र भेटिन्छ; त्यसमा एउटा प्रत्यक्षदर्शीको मात्र नभएर एकजना सचेत अवलोकनकर्ताको प्रमाणका सबै लक्षणहरू भेटिन्छन् … चेलाहरू दगुरेर गएको, उनीहरू चिहानमा कोपछि को आइपुगेको र छिरेको, यूहन्ना पहिला आफूलाई रोकेर होचो प्रवेशद्वारभित्र हेर्दा सूती कपडा पडिरहेको देखेको तथ्य, जब कि पत्रुस, बढी साहसी, पहिला भित्र छिरेको … सुती कपडा र रूमालको अवस्था र स्थानको बयान … यी त आफूले वास्तवमै देखेको व्यक्तिको बयान बाहेक अरू केही हुन सक्दै-सक्दैन, जुन व्यक्तिको सम्झनामा उक्त दृश्यको छाप अझै पनि रहिरहेको छ, जसको निम्ति त्यो रित्तो चिहान र छोडिएको कात्रोको दृश्य, उसको विश्वास र जीवनमै एक निर्णायक विन्दु बनेको थियो।” (E. Day, On the Evidence of the Resurrection, pp. 16-17)
ती वृत्तान्तहरूको खरापनलाई (निष्कपटतालाई) विचार गर्नुहोस्। कसैले एउटा धर्म सुरू गर्नु छ त उसले त्यसका अग्रजहरूको बढाइचढाइ गर्छ तर सुसमाचारका लेखोटहरूले इसाईमतका संस्थापकहरूलाई ज्यादै कमजोर व्यक्तिहरू भएको तस्वीर प्रस्तुत गर्दछन् (जस्तै पत्रुसलाई ख्रीष्टले शैतानको संज्ञा दिँदै हप्काइनुपरेको, मत्ती १६:२३; पत्रुसले ख्रीष्टलाई तीन-तीनपटक इन्कार गरेको; चेलाहरू भागेको, लुकेको; ख्रीष्ट उनीहरूकहाँ देखा परिसक्नुभएपछि पनि थोमा र अरूहरूले शङ्का गरेको)।

अझ, यदि ख्रीष्टको बौरिउठाइको घटना पुरुषहरूद्वारा रचिएको बनावटी कुरा थियो भने, उनीहरूले विश्वास गर्नेहरूमा पहिलो चाहिँ स्त्रीहरू थिए भनेर पक्कै पनि भन्ने थिएनन्। त्योबेलाको समाजको नजरमा स्त्रीहरूको कुनै आधिकारिकता हुँदैनथ्यो। त्यसबेलाको समयमा स्त्रीहरूले कानूनी अड्डामा साक्षी समेत बन्न पाउँदैनथे, कुनै कुनै अवस्थामा बाहेक (J.P. Moreland, Scaling the Secular City, p. 168)। घटना वास्तवमै त्यस्तै नभएको भए र लेखकहरू सत्यको र सत्यको मात्र अभिलेख गर्नलाई पूरै समर्पित व्यक्तिहरू नभएका भए, स्त्रीहरूले पहिला विश्वास गरे भनेर खास लेखिने खालको कुरै थिएन। यो असाधारण खरापना यस कुराको बलियो प्रमाण हो कि सुसमाचारका लेखोटहरू सत्य, रङले नपोतिएका वृत्तान्तहरू हुन्।

2. रित्तो चिहान

येशूको चिहान रित्तो भएको कुरा दुईटा तथ्यले प्रमाणित गर्दछन्: पहिलो, यहूदी अगुवाहरू उहाँको शरीर चेलाहरूले चोरेका हुन् भन्ने झूट फैलाउन बाध्य भए (मत्ती २८:११-१५)। यदि येशूको शरीर कतै न कतै भएको भए त उनीहरूले खोजेर त्यसलाई अवश्य प्रस्तुत गरिहाल्थे। दोस्रो, क्रूसीकरणको केही थोरै हप्तापछि नै, पत्रुसले सार्वजनिक रूपमा, उक्त रित्तो चिहानबाट धेरै पर पनि होइन, बौरिउठाइको प्रचार गरे र ३,००० जतिले विश्वास गरे, जसको थोरै समयपछि “पुजाहारीहरूको एउटा ठूलो भीडले” अनि “धेरै जनाले” विश्वास गरे (प्रेरित २:३७-४२; ६:७; ११:२१)। यदि शरीरलाई प्रस्तुत गर्न सक्ने कोही थिए भने वा त्यो नभेटिनुको मुनासीव कारण बताउन सक्ने कोही थिए भने, तिनीहरूले अवश्य सो गरिहाल्थे! रित्तो चिहान किन रित्तो थियो भनेर बताउने प्रयास स्वरूप निम्न परिकल्पनाहरू प्रस्ताव गरिएका छन्:
“बाइबल आलोचनाको भूमि एउटा विशाल चिहानडाँडा जस्तो देखा पर्छ। निकै कल्पनाशक्ति भएका सन्देहवादीहरूले दिमाग घोटेर विभिन्न परिकल्पना रचेका छन् तर ती एक-एक नै रद्दी ठहरिएर मिल्काइँदा तिनका हड्डीहरूले उक्त चिहानडाँडा भरिन पुगेको छ … कसैलाई लाग्दो हो, यति धेरैपटक दोहोरिएको विफलताले गर्दा विरोधीहरूले अब प्रयास गर्न छाड्नेछन्। तर कहाँ हुनु। उनीहरू अविरल रूपमा लागिरहन्छन्, अनि मानिसहरू अझै आफ्‍ना दिमाग घोट्दैछन्, कल्पनाशक्तिलाई ओभरटाइम काममा लाउँदैछन्, उनीहरू भएभरको विद्वता र चतुरता प्रदर्शनी गर्दैछन्। उनीहरू ऐतिहासिक प्रमाणको एउटा अजेय चट्टानलाई नष्ट गर्नलाई, हामीले देख्दा, व्यर्थका प्रयास गर्दैछन् जुन चट्टानमाथि नै बौरिउठामाथिको ख्रीष्टियन विश्वास गर्वका साथ, नहक्लीकन, खडा रहिरहेको छ।” (John Lilly)

१. कतिले यो भन्छन् कि येशू बेहोश मात्र हुनुभएको थियो र चिहानभित्रको चीसोले उहाँको होश फर्केर आएको मात्र हो।

उहाँ वास्तवमा मरिसक्नुभएको कुरालाई पेशागत सिपाहीहरूले पक्का गरिसकेको तथ्यले यो परिकल्पना रद्द हुन्छ (यूहन्ना १९:३१-३४)। सोच्ने हो भने, झण्डै-झण्डै मरिसकेको एउटा मान्छेले चिहानको त्यत्रो गह्रौं ढुङ्गालाई हटाउन सक्न कहाँ सम्भव थियो र? अनि त्यसपछि गएर आफ्‍ना चेलाहरूलाई आफू मृत्युबाट बौरेको हुँ भनेर विश्वास दिलाउनु कसरी सम्भव हुन्थ्यो र? ख्रीष्टले भोग्नुभएका शारीरिक यातनाहरूलाई विचार गर्नुहोस्: भयङ्कर प्रहारहरू खेप्नु, काँटीले हात र पाउलाई छेडिनु; एकातिर भाला रोपिनु (यूहन्ना १९:३४); अधिक मात्रामा रगत र शरीरका द्रव्यहरू गुमाएको हुनु।

२. कतिले यो भन्छन् कि स्त्रीहरू अर्कै चिहानमा पुगे।

The Historical Evidence for the Resurrection of Jesus Christ मा Kirsopp Lake ले यो दाबी गर्छन् कि स्त्रीहरू अँध्यारोमा अलमलिएर अर्कै चिहानमा पुगेका हुन्। यो कुरा सुसमाचारका वृत्तान्तहरूको विपरित मात्र छैन, यो अर्थ न व्यर्थको कुरा हो। स्त्रीहरू अर्कै चिहानमा पुगेका भए अनि त्यही गल्तीको आधारमा ख्रीष्ट बौरनुभयो भनी खबर पुर्‍याएका भए, त्यो कुराको स्पष्टिकरण उहिल्यै भइसक्थ्यो। प्रथमत, चेलाहरू बुद्धु थिएनन्। उनीहरूले एक दुई दिग्भ्रमित स्त्रीहरूकै गवाहीका निम्ति आफ्‍नो ज्यान फाल्नेवाला थिएनन्। उनीहरूले ती स्त्रीका बयानलाई अवश्य होशियारपूर्वक जाँच्नेथिए र सत्यतथ्य के हो भनेर टुङ्गो लाउनेथिए। त्यति मात्र कहाँ हो र, अझ पहिला यहूदी अगुवाहरू आफै गएर ‘खास चिहान यो पो हो’ र ‘ई शरीर यहाँ छ’ भनेर देखाइदिएर यो मामिलाको उहिल्यै टुङगो लगाइसक्थे!

३. कतिले यो भन्छन् कि चेलाहरूलाई मतिभ्रम भएको थियो।

यदि मतिभ्रम भएको थिए भने त्यो व्यापक मतिभ्रम भएको हुनुपर्छ किनकि पावलले यो लेखे कि बौरिउठ्नुभएका ख्रीष्ट एउटा अवसरमा एकै पटक ५०० भन्दा बढी व्यक्तिकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५-५-८)! पावलले पहिलो कोरिन्थीको पत्र लेख्दाको बेला ती प्रत्यक्षदर्शीहरू अधिकांश अझै जीवितै थिए। पावलले उहिले-उहिले भएको घटनाको कुरा गरिरहेका थिएनन्। जोश म्याकडावेल (Josh McDowell) को अवलोकनलाई विचार गर्नुहोस्: “हामी ती ५०० जनालाई एउटा अड्डा अदालतमा खडा गराऔं जोहरूले येशूलाई उहाँको मृत्यु र दफनपछि जीवित देखे। अब  सोच्नुहोस्। यदि ती ५०० जनाले ६-६ मीनेट मात्र आ-आफ्नो गवाही बक्न पाए भने — उनीहरूलाई केरकार गर्दाको समयलाई जोडेर समेत — तपाईंलाई ५० घण्टा बराबरको प्रत्यक्ष (first hand) बयान उपलब्ध हुनेथ्यो। अब त्यसमा थप्नुहोस् अरू थुप्रै प्रत्यक्षदर्शीहरूको गवाही। यो भनेको त इतिहासकै सबैभन्दा ठूलो, एकतर्फी मुद्दाको सुनुवाइ हुन जान्थ्यो।” (Evidence for Resurrection) यस्तो अनुमानले “ख्रीष्टलाई एउटा धोखेबाज बनाउँछ र उहाँका चेलाहरूलाई उल्लू बनाउँछ” भन्ने फ्र्याङ्क मोरीसनको अभिव्यक्ति सही हो। ती चेलाहरूले पछिबाट आफ्‍नो गवाहीका निम्ति बिनाडर कति ठूला संत्रास र सतावटहरू भोगे। उनीहरूले सामना गरेका ती सतावटहरूलाई हेर्दा, उनीहरू भित्र-भित्र शङ्का बोक्दै आधा मनले यस मतमा लागिरहेका व्यक्तिहरू थिए भन्न सक्नै त्यहाँ कुनै ठाउँ नै छैन।

४. कतिले यो भन्छन् कि उनीहरूले अर्कैलाई देखेका हुन् जसले येशूको रूप धारण गरेका थिए। (Hugh Schonfield, The Passover Plot)

यो त यति हास्यास्पद छ कि यसको खण्डन गर्नलाई समय खेर नफाल्दा हुन्थ्यो। तीन-तीन वर्ष येशूसँगै हिँडेका चेलाहरूले उहाँलाई चिन्न सक्ने थिएनन् र? एकछिन अलमलमा पर्नु, केही छोटो अवधिको लागि समेत दिग्भ्रमित हुनु, एउटा कुरा हो, तर समय बित्दै जाँदा निज आखिरमा एक धोखेबाज हुन् भनेर महसुस भइहाल्ने कुरा हो नि।

५. कतिले भन्छन्, उहाँको शरीर चोरिएको थियो।

यो कथन यहूदी अगुवाहरूको रचना थियो। उनीहरूले गार्डहरूलाई घुस दिए यो झूट बोल्न लगाए कि चेलाहरूले येशूको शरीर चोरे (मत्ती २८:११-१५)। यो एउटा असम्भव कुरा हो। पहिलो, उनीहरू सुतिरहेका भए, शरीरलाई के भयो भनेर उनीहरूले कसरी जान्न सक्थे र? अनि यदि चोरिएकै भए पनि, कसले चोरे भनेर कसरी जान्न सक्थे र? दोस्रो, गार्ड ड्यूटीमा सुत्नु भनेको मृत्युदण्डको सजाय पाइन्थ्यो त्यसबेला। एकजना सम्म गार्ड सुतेको कुरा सायद सोच्न सकिन्छ, तर सब का सब नै निदाएको हुनु भनेको सोच्नै योग्य कुरा होइन। विशेष गरी यस्तो असाधरण अवसरमा कि शरीर नचोरियोस् भन्ने हेतुले उनीहरू गार्ड बस्दैछन् ताकि क्रूसमा टाँगिएका येशू मरेकाबाट बौरिउठ्नुभयो भनी नभनियोस्। सबै सुते? सम्भव छ, तर विश्वास गर्न योग्य छैन। विशेष गरी जब यो विचार गरिन्छ कि ती गार्डहरू संसारकै सबभन्दा कडा अनुशासनमुनि रहेका सिपाहीहरू थिए। ड्यूटीमा निदाउनु भनेको त रोमी सिपाहीको लागि मृत्युदण्ड थियो। तरैपनि ती सिपाहीहरूलाई मारिएन, न ता शासकवर्गले उनीहरूलाई दोषी नै ठहराए। अवश्य नै ती शासकहरू शरीरलाई थुनेर राख्ने आफ्‍नो योजना विफल भएको देख्दा बेसरी लज्जित भएका र चिढिएका थिए। तेस्रो, उनीहरूको कामकुराले यो देखाउँछ कि यहूदी अगुवाहरूले आफ्‍नै बयानलाई विश्वास गर्दैनथे। शरीर छैन भन्ने कुरा जब उनीहरूले थाह पाए, खै त, उनीहरूले चेलाहरूलाई बोलाएर कही सोधखोज गरेनन्, नता शरीर खोज्नपट्टि नै लागे। यसले त झन् बौरिउठाइ भएकै थियो भन्ने कुरालाई प्रमाणित गर्दछ। किनकि शरीर त्यहाँ छैन भन्ने कुरा स्वीकार गरेका मान्छेको भाषा हो यो। जब शरीर त्यहाँ छैन भनेर उनीहरूले स्वीकार गर्छन्, तर चोरिएको हो भन्ने कुरा जब झूटो र विश्वास गर्न नसकिने भनेर देखाइन्छ (किनभने पहरा दिएका उनीहरूले नै हुन्, छाप लगाएका उनीहरूले नै हुन् अनि चेलाहरूको भयभीत अवस्थालाई जब विचार गर्छौं) बौरिउठाइको प्रमाण त झनै खण्डन गर्नै नसकिने बन्दछ। अझ कुरा केलाऊँ, कसले चोरे होला त ख्रीष्टको शरीरलाई?
  1. यहूदीहरूले निश्चय पनि चोरेनन्, किनकि उनीहरू उहाँ बौरनुभएको होइन भन्ने कुरा प्रमाणित गर्न चाहन्थे।
  2. रोमी सरकारले निश्चय पनि चोरेन, किनकि चिहानलाई औपचारिक सील छाप लगाएर थुन्ने कुरा रोमी सरकारले नै गरेको थियो। अनि आफैले शरीर चोरेर ख्रीष्टियनहरूलाई ‘उहाँ बौरनुभएको छ’ भन्दै प्रचार गर्न दिनु भनेको त उनीहरूकै लक्ष्यको ठीक विपरित कुरा हुन्थ्यो।
  3. अरमिथियाका यूसुफले निश्चय पनि चोरेनन्। उनी येशूका चेला थिए र चोर्नका निम्ति उनलाई अभिप्रेरित गराउने कुनै कुरा छैन। अझ भन्नुपर्दा, एकलै त चोर्न सक्ने कुरा पनि भएन। त्यत्रो ढुङ्गा हटाउन कसैको सहायता चाहिन्थ्यो नै अनि ढिलो चाँडो उक्त कुरा ‘एक कान दुई कान मैदान’ भइसक्थ्यो।
  4. चेलाहरूले निश्चय पनि चोरेनन्। पहिलो, उनीहरू आफ्नै ज्यानको डरमा लुकिरहेका थिए। दोस्रो, उनीहरूलाई मौकै थिएन, किनकि चिहानमा सरकारी सीलछाप लगाइएको थियो र अझ गार्डहरूद्वारा त्यो सुरक्षित थियो। तेस्रो, त्यस्तो षड्यन्त्र रचेर र त्यसलाई पूरा गर्न सक्ने खुबी भएको उनीहरूको कुनै अगुवा थिएन। अघिका अगुवा पत्रुस अब एक टुटेका व्यक्ति थिए, ख्रीष्टको चेलापनमा अघि बढ्ने कुरा त परै जाओस्, उनले आफ्‍नै पेशामा फर्केने सोच बनाइसकेका थिए (यूहन्ना २१:३)। चौथो, उनीहरू जानाजानी झूटको लागि दु:ख भोग्न र मारिन रोजेका हुँदो हो त उनीहरू महामूर्ख हुन्! चेलाहरूले अरूले देखेका कुराको लागि ज्यान फालेका होइनन् (जस्तो मुस्लिमहरू कोरानका निम्ति मर्छन्), तर उनीहरू त आफैले देखेका कुराको दाबी गर्दै मरेका हुन् (प्रेरित ४:१८-२०)। पाँचौं, यति धेरैजना मानिस मिलोमतो गरी शरीर चोरेका भए, त्यो कुरालाई गुप्तमा लुकाएर राख्नु असम्भव कुरा हो। यदि चेलाहरूले चोर्न सम्भवै भएको भए पनि, पछिको इसाईमतको इतिहास नै फरक हुनेथ्यो। ढिलो चाँडो सत्य-तथ्य जानेको कोही न कोही व्यक्तिबाट गोप्य कुरा खुलिसक्थ्यो। छैटौं, नयाँ नियममा भेटिने जस्तो यति महान् नैतिकताको धर्म जसले सत्यता र इमानदारीतालाई उच्च मान्छ, यस्तो नीच कपटमा आधारित हुनु एउटा असम्भव कुरा हुनेथ्यो।
“कसैले पनि, चाहे सरकारी वा गैरसरकारी निकायले, उहाँको अवशेषहरूलाई प्रस्तुत गर्न वा कुनै चिहानलाई देखाउन पूर्ण रूपमा विफल भएको तथ्यले नै शरीरलाई चिहानबाट अन्यत्र लगिएको थियो भन्ने कुरामा आधारित हरेक परिकल्पनालाई आखिरमा ढालेर छोड्छ” (Morrison, Who Moved the Stone?)।
हामी यो नबिर्सौं, सुरुका ख्रीष्टियनहरूले ख्रीष्ट मरेकाहरूबाट बौरनुभएको छ भन्ने उनीहरूको गवाहीका निम्ति यथार्थमा के कस्ता कुरा भोगे। उनीहरू परिवार र साथीभाइबाट बाहेक भए, समाजकै शत्रुहरू गनिए र घृणित भए, यातनाहरू भोगे , वर्षौं सम्म अँध्यारो, मुसाग्रस्त कोठरीहरूमा कैद गरिए। जग्गा जम्मीन खोसिए; क्रूसमा टाँगिए, जिउँदै गाडिए, जङ्गली पशुहरूद्वारा च्यातचुत पारिए, जीउ टुक्रा-टुक्रा गरी काटिए, बाँधेर तन्काइने र्‍याकहरूमा राखेर पोलिए, उनीहरूका जिब्राहरू च्यातेर निकालिए, आँखाहरू फुटाइए। साथै उनीहरूले परिवारका प्रियहरूको सास्ती, यातना र मृत्युलाई आफ्‍नै आँखाले हेर्नुपर्ने पीडा भोगे।
“उनीहरूका प्रभु भर्खरै एउटा सार्वजनिक न्यायलयको फैसलाले एक कुकर्मी ठहराइएर नष्ट हुनुभएको छ। उहाँको धर्मले सारा संसारकै धर्महरूलाई हटाउने प्रयास गर्‍यो। हरेक राष्ट्रका नियमहरू उहाँका चेलाहरूका शिक्षा-सिद्धान्तहरूका विपरित थिए। संसारमा भएका सबै शासकवर्ग तथा ठूला बडा व्यक्तित्वहरूका इच्छा-आकांक्षा र अभिलाषाहरू तिनका विरुद्ध थिए। संसारको रीतिरिवाज उनीहरूको विरुद्धमा थियो। यो नयाँ विश्वासलाई, जतिसक्दो कसैलाई ठेस नखुवाउने र शान्तिपूर्ण ढङ्गले फैलाउन खोज्दा समेत उनीहरूले केवल तिरस्कार, विरोध, गिल्ला-गलौज, तीता सतावटहरू, कोर्राहरू, कैदहरू, यातनाहरू र निर्दयी मृत्युहरूको मात्र अपेक्षा गर्न सक्थे। तरै पनि यही विश्वासलाई उनीहरूले जोशका साथ फैलाए; अनि यी सबै दयनीय कष्टहरू उनीहरूले हतोत्साहित नभईकन भोेगे। अझ रमाउँदै-रमाउँदै भोगे। जब एक पछि अर्कोलाई दर्दनाक मृत्युदण्ड दिइयो, बचेकाहरूले आफ्‍नो काम झनै ठूलो जोश र अठोटका साथ सम्पन्न गरे। सैन्य युद्धको इतिहासका अभिलेखहरूमा समेत यस्तै वीरता, समर्पणता, धैर्यता कातरतारहित सहासको उदाहरण पाउन मुस्किल पर्छ। आफ्‍नो विश्वासको आधार के हो र आफूहरूले बेजोडसाथ समर्थन गरेका महान् तथ्यहरू र सत्यताहरूको प्रमाणहरू के के हुन् भनेर राम्रोसित उनीहरूलाई पुन: विचार गर्न अभिप्रेरित गर्ने प्रशस्तै कुराहरू थिए। अनि यी अभिप्रेरित गर्ने कुराहरू भयङ्कर ग्लानि ल्याउने गरीकन र एकदम दोहोरिने तवरले उनीहरूको ध्यानमाथि दबाब पर्ने गरीकन आउँथे। यसैकारण, यदि येशू मृत्युबाट वास्तवमै बौरिउठ्नुभएको होइन भने अनि यस तथ्यलाई उनीहरूले अन्य कुनै पनि तथ्यलाई जति पक्का गरी जान्न सक्थे त्यति पक्का गरी नजानेका भए उनीहरू ती सत्यताहरूलाई समर्थन गरिरहन उनीहरू लागेको लागै, लागेको लागै गरिरहन असम्भव कुरा थियो। … यदि उनीहरूको गवाही सत्य थिएन भने, एउटा झूटो जालसाजी गवाही बनाउन उनीहरूलाई अभिप्ररित गर्न सक्नै त्यहाँ कुनै कुरा थिएन।” (Simon Greenleaf, An Examination of the Testimony of the Four Evangelists by the Rules of Evidence Administered in the Courts of Justice, 1846)
(ख्रीष्टको बौरिउठाइको तेस्रो महान् प्रमाण: परिवर्तित जीवनहरू — यो खण्ड पछि थपिनेछ)। साभार: David Cloud, An Unshakable Faith: A Christian Apologetics Course, 2011)

कोरोनाभाइरसका असल र अनौठा खबरहरू

हिले कोभीड१९ सङ्कटकाल चल्दैछ आर्थिक समस्याहरू बढ्दैछन्, तर अझै पनि असल खबर प्रशस्तै छन्।

इन्फ्लूएञ्जा (कडा रूघा) को तुलनामा कोभीड१९ अझै पनि सानै कुरा रहेको छ। इन्फ्लूएञ्जा द्वारा अमेरिकामा मात्र अक्टोबरदेखि यता कोरोड ६० लाख देखि करोड १० लाख मानिस सङ्क्रमित भए, लाख जति अस्पताल भर्ना भए २२,००० देखि ५५,००० मरे (“Influenza Preliminary In-Season 2019-2020,” Centers for Disease Control, सीडीसी) २०१८ मा अमेरिकामा ८०,००० फ्लूले मेर। अथवा हरेक दिन करिब ४५० जना मरे। विश्वभरिमा इन्फ्लूएञ्जाद्वारा फ्लू लाग्ने समयमा वर्षेनी ५००,००० मर्छन्। यसको माने प्रत्येक दिन ,२५० जना अथवा प्रति घण्टा २६० को मृत्यु हुनु हो।

विश्वमै सबैभन्दा ठूलो महामारी ट्यूबर्कुलोसीस (टीबी) हो जसद्वारा हरेक वर्ष करोड लाई रोग लाग्छ १५ लाख मर्छन् (अथवा हरेक १८ सेकेण्डमा एकजना टीबीले मर्छ) यो विश्वकै प्रथम स्थान ओगट्ने घातक सरुवा रोग विश्वभरिमा मृत्युको प्रमुख कारकहरूमध्ये नौऔं स्थान ओगट्ने रोग हो। डब्लू एच ओको अनुमानअनुसार अरब ८० करोड मानिसहरू टीबी लाग्ने माइकोब्याक्टेरियम ट्यूबर्कलोसीसद्वारा सङ्क्रमित छन्। यो विश्वव्यापी रोग हो संसारको हरेक देशमा भेटिन्छ।टीबी वायुवाहित रोग हो यो खोक्दा वा हाँछ्यू काढ्दा फैलिन सक्छ अनि विश्वकै प्रमुख सङ्क्रमणकारी रोग हो। यस रोगले हाल उपलब्ध औषधीहरूलाई विस्तारै माथ गर्दैछ जसको माने यो रोग झनै घातक उपचार गर्न गाह्रो हुँदै गइरहेको छ। गत वर्ष लाख भन्दा बढीलाई टीबी लाग्यो जसलाई औषधीले छोएन” (TBAlliance.org)

कोभीड१९ को उद्गम स्थल चीनको वूहान जिल्ला अब आफ्नो कामकाजमा फर्कन थालेको , अस्थायी अस्पतालहरू बन्द गरिँदैछन् अनि आउजाउका प्रतिबन्धहरू हटाइँदैछन्। सम्पूर्ण चीनभरि मार्च १८१९ मा शून्यओटा सङ्क्रमण भेटियो।

कोभीड१९ को मृत्युदर डब्लू एच ओको प्रतिवेदनहरूले सुरुमा देखाएको भन्दा कम छ। श्वासप्रश्वासलाई असर गर्ने यो भाइरसद्वारा सङ्क्रमित ठूलो सङ्ख्यामा रहेका व्यक्तिहरू तथ्याङ्कमा गनिँदैनन् किनभने कतिका लक्षणहरू प्रायः मन्द खाले हुन्छन्। वर्तमान तथ्याङ्क वूहानमा समेत . रहेको (“Coronavirus latest news,” New Scientist, Mar 19, 2020) टाइम पत्रिकाले भने, “यसको माने सङ्क्रमित भनी रिपोर्ट गरिएको कुल सङ्ख्या खास सङ्क्रमणको भन्दा थोरै हुनुपर्छ थुप्रै मन्द वा लक्षणरहित स्थितिहरूलाई नगनिएकाले, हामीले यस रोगको कुल मृत्युदरलाई भएको भन्दा बढी ठान्दैछौं।विगतका कोरोनाभाइरस प्रकोपहरूभन्दा कोभीड१९ धेरै हिसाबमा मौसमी फ्लू जस्तो देखिन्छ। यस प्रकोपको क्रममा परीक्षण क्षमता बढ्दै जाने क्रममा तथ्याङ्कहरू अझ प्रशोधित हुने क्रममा, कोभीड१९ को अझ पूर्ण (आशा ) ठानिएको भन्दा कम गम्भीर तस्वीर सम्भवत: देख्न थालिनेछ” (“The WHO estimated COVID-19 Mortality,” Time, Mar. 9, 2020)

सिङ्गापुरमा बुद्धिमानी, त्रासविहिन तवरले मार्च २३ मा स्कूलहरू फेरि खुले (The Straits Times, March 20, 2020) सरकारले आफ्‍नो शैक्षिक प्रणालीको निरन्तरतामाथि नजर लगाइराखेको छ। यस सङ्कटकालमा निरन्तरताको धारणा महत्त्वपूर्ण रहेको छ। अर्थतन्त्र सहित थुप्रै तत्त्वहरूको लेखाजोखा गर्नुपर्छ।

अष्ट्रेलिया, फ्रान्स अन्य ठाउँहरूमा मलेरियाको औषधी हाइड्रोक्सीक्लोरोक्वीनलाई अजिथ्रोमाइसीनसित चलाउँदा कोरोनाभाइरसका बिरामीहरूको उपचार सफल प्रमाणित हुँदैछ। सानो स्याम्पलमाथि गरिएको फ्रान्सेली अध्ययनले यसलाई १०० प्रतिशत प्रभावकारी रहेको देखायो। अनुसन्धानकर्ता डिडियर राऊल्ट उनका समूहले अगुवाइ गरेको उक्त फ्रान्सेली अध्ययनले विश्वव्यापी ध्यानाकर्षण गरेको छ। उक्त अध्ययनमा जना कोभीड१९ रोगीहरूलाई प्लान्केनील (हाइड्रोक्सीक्लोरोक्वीन औषधी) दिइएको थियो जसको साथमा अजिथ्रोमाइसीन नामक एन्टिबायोटिक औषधी दिइएको थियो, फोर्ब्स पत्रिकाले बताएको छ। छैटौं दिनमा जनासित नै कोभीड१९ नरहेको परीक्षणले देखायो। अस्ट्रेलियामा क्वीन्सल्याण्ड विश्वविद्यालयको एउटा अध्ययनमा मलेरियाको यो औषधीलाई एचआइभीको औषधीसित प्रयोग गर्दा निकै प्रभावकारी ठहरियो। क्वीन्सल्याण्ड समूहले अब यी औषधीहरूलाई परीक्षण स्वरूप प्रयोग गर्दैछन्।परीक्षणलाई अगाडि बढाउनु अघि उक्त औषधीहरू अष्ट्रेलियाका कोभीड१९ सङ्क्रमित प्रथम बिरामीहरूमध्ये केहीलाई दिइयो अनि सबै नै भाइरसको कुनै अंश बाँकी नरहने गरी पूर्ण रूपमा निको भए’, क्वीन्स्ल्याणड विश्वविद्यालयका डेविड प्याटरसनले प्रेस विज्ञप्तिमा भने।कोहीकोहीको यहाँत्यहाँ सुनिने अनुभव जस्तो मात्र नभईकन यी औषधीहरू सबैका लागि इलाजको साँचो उपाय हुने सम्भावना छ।विश्वविद्यालयको प्रेस विज्ञप्तिमा यसलाईकोरोनाभाइरसको उपायभन्ने संज्या दिइयो (“Patients ‘Completely Recovered,’” Christian Headlines, Mar. 19, 2020)

राष्ट्रपति ट्रम्पले कोभीड१९ बिरामीका लागि हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षणलाई सहज बनाउँदैछन् अनि सीडीसी (रोग नियन्त्रण केन्द्र) लाई सो गराउनलाई निर्देशन दिएका छन्।

हाइड्रोक्सीक्लोरोक्वीनद्वारा ज्यान बचाइएको एकजनाको गवाही यस प्रकार : “लस एन्जेलेस लगायत विश्वका उच्चकोटी रेस्टुरेन्टहरूका लागि पकाउने उपकरणहरू बनाउने कम्पनीका उपसभापति रहेका ५२ वर्षीय रीयो गीयारदिनीएरी आफू न्यू योर्कको एउटा सम्मेलनमा कोभीड१९ द्वारा सङ्क्रमित भएको ठान्छन्। उनलाई पाँच दिनसम्म ज्वरो आयो, ढाड बेसरी दुख्यो, टाउको दुख्यो, खोकी लाग्यो थकान लाग्ने भयोडाक्टरहरूले उनलाई निमोनिया कोरोनाभाइरस लागेको माने। उनीहरूले उनलाई आइसीयूमा अक्सीजन दिए तर उनी भन्छन् उनलाई सास फेर्न अझै मुस्किल थियो। शुक्रबार साँझ उनले आफ्नी पत्नी तीन छोराछोरीसित बिदा लिए।एकजना प्रिय मित्रले उनलाई तुरुन्तै हाइड्रोक्सीक्लोरिक्वीन सम्बन्धी नयाँ लेख पठाएतब गीयारदिनीएरीले सरुवा रोग सम्बन्धी डाक्टरसित आग्रह गरे।उहाँले मलाई सबै कारणहरू बताउनुभयो, किन त्यो औषधी लिन खोज्नुहुँदैन, किनभने त्यहाँ कुनै परीक्षण गरिएका छैनन्, कुनै जाँच गरिएको छैन, त्यो अनुमतिप्राप्त औषधी होइन। अनि मैले भनें हेर्नुहोस् अब बिहानसम्म बाँच्छु कि बाँच्दिनँ जान्दिनँ किनभने मलाई साँच्ची नै लाग्यो कि यसबेला अन्तिम घडीतिर पुग्दैछु किनभने मैले सास फेर्न सकिरहेको थिइनँ। उहाँले मान्नुभयो औषधी चलाउन तोक आदेश दिनुभयो ३० मीनेटपछि नर्सले त्यो मलाई दिनुभयो।उहाँहरूले मलाई केही बेनाड्रील दिनुभयो जसले गर्दा निदाएँ बिहान ठीक :४५ मा बिउँझदा मलाई यस्तो लाग्यो कि मानौं मलाई केही भएकै थिएन।आश्चर्यजनक रूपमा त्यसबेलादेखि बिरामीलाई कुनै ज्वरो वा दुखाइ छैन, सञ्चो भएको लाग्छ फेरि सास फेर्न सकेको ” (“A man with coronavirus,” Fox10 Phoenix, Mar. 23, 2020)

रेमडेसिभिर, कोभीड१९ लाई रोक्ने भाइरसको एउटा नयाँ सम्भावित औषधीको परीक्षण चीन अमेरिकामा बिरामीहरूमा बृहत रूपमा हुँदैछ।

कालेट्रा, एचआइभीको औषधीहरूको समिश्रणले चीनमा केही मात्रामा सफलता देखाएको छ। इन्डियाका स्वास्थ्य मन्त्री रोहित कुमार सिंहले मार्च १६ मा एचआइभी औषधीहरूको समिश्रणले तीनजना कोभीड१९ बिरामीहरू निको भएको घोषणा गरे।यसले काम गर्दैछ जस्तो देखिन्छ किनकि तीनजना निको भए। राम्रो कुरा के भने तीनैजना बिरामी वृद्ध छन् यति उमेरमा औषधीको प्रयोग सफल हुनु भनेको ठूलो कुरा हो” (“Combination of two anti-HIV drugs proved crucial,” The Economic Times, Mar. 16, 2020)

इस्राएलको इन्स्टिट्यूट अफ टेक्नोलोजी (टेक्नियोन) ले कोभीड१९ जाँच गर्ने एउटा नयाँ प्रणालीको घोषणा गरेको जसद्वारा एकैचोटि ६० भन्दा बढी बिरामीहरूलाई जाँच्न सकिन्छ। इन्स्टिट्यूटले यो बताएको कि उनीहरूले एउटा प्रक्रियाको सफलतापूर्वक परीक्षण गरेका छन् जसले गर्दा वर्तमान कोभीड१९ परीक्षण क्षमतालाई हाल उपलब्ध स्रोतसाधनलाई नै प्रयोग गरीकन नाटकिय ढङ्गले वृद्धि गर्नेछ” (“Technion, Weizmann Institute,” No Camels, Mar. 18, 2020)

प्रथम कोभीड१९ भ्याक्सीन (मोडेर्ना कम्पनीद्वारा) अमेरिकाको वाशिङ्टन राज्यमा मान्छेमा परीक्षण गर्न थालिएको (“Biotech company ships first batches of vaccine,” Fox News, Mar. 16, 2020)

गालीलस्थित इस्राएलको विज्ञान तथा प्रविधि मन्त्रालय (MIGAL) सित एउटा भ्याक्सीन जसलाई छिटोछिटो परीक्षण गरीकन फास्टट्र्याक अनुमतिद्वारा त्यो प्रयोगमा ल्याईन सुरक्षित रहेको भनी अनुमति प्राप्त गर्ने आशा गरिएको (“Israeli breakthrough in coronavirus vaccine imminent,” Israel Today, Mar. 16, 2020) MIGAL को भ्याक्सीन पक्षी कोरोनाभाइरस भ्याक्सीन विकासको एउटा उपज हो।

अरू कम्पनीहरूसित परीक्षणका लागि तयार भइसकेका भ्याक्सीनहरू छन्। प्रकोपीय तयारीसित सम्बन्धित एउटा गठबन्धन (The Coalition for Epidemic Preparedness Innovations, CEPI) ले अक्सफर्ड विश्वविद्यालयको एउटा भ्याक्सीनको साथसाथै अमेरिकी कम्पनी इनोभियो (Inovio) द्वारा विकसित अर्को भ्याक्सीनलाई पनि समर्थन गर्दैछ (जब जनवरीमा कोरोनाभाइरसको वंशाणुको अनुक्रम (gene sequence) प्रकाशित भयो,  इनोभियोले तीन घण्टामै एउटा भ्याक्सीन तयार गरेको थियो।  यसले अप्रिलमा नैदानिक परीक्षणहरू गर्ने योजना राखेको , यदि सफल भएको खण्डमा डिसेम्बरसम्ममा १० लाख डोजहरू तयार गर्नेछ” (“The race to test coronavirus antiviral drugs and vaccines,” New Scientist, Mar. 11, 2020)

फ्रान्सेली कम्पनी सानोफी पास्चरले कोभीड१९ भाइरसलाई एक ब्याकूलोभाइरस (baculovirus) सित हाइब्रीडीकरण गर्दैछ (कम्पनीले फ्लू भ्याक्सीनका निम्ति अनुमति प्राप्त गरिसकेको ) शीघ्र गतिमा एक सम्भावित भ्याक्सीनलाई ठूलो सङ्ख्यामा उत्पादन गर्ने योजना बनाएको छ।

कोरोनाभाइरस सङ्कटले नागरिकमाथि सरकारको निगरानी कार्य ह्वात्तै बढाएको छ। सिङ्गो विश्वव्यापी सरकार चलाउनलाई परीक्षण भइरहेको जस्तो भान हुन्छ हामीलाई, यो निकै सुमधुरताका साथ चलिरहेको देखिन्छ। दसओटा राष्ट्रले फोन डाटा पछ्याइरहेको छ। पोल्याण्डले घरमा क्वारन्टीन गरिएका बिरामीहरूलाई एक विशेष एप प्रयोग गराएको जसद्वारा उनीहरूले आफू घरभित्र भएको प्रमाणित गर्न नियमित सेल्फीहरू खिच्नुपर्ने भएको ; सो नगरेमा पुलिस आइपुगिहाल्छ (“Poland made an app,” Business Insider, Mar. 23, 2020) टाइवानमाएलेक्ट्रोनिक तारबारले घराउ गर्ने प्रविधि प्रयोगमा ल्याइएको सङ्क्रमणको आशंका भएको व्यक्ति आफ्‍नो घर छोडेर गएको खण्डमा प्रविधिले पुलिसलाई जनाउ दिन्छ (“Taiwan’s New Electronic Fence,” New York Times, Mar. 20, 2020)

अमेरिकामा कतिपय मदिरा डिस्टिलरीहरू ह्याण्ड सानिटाइजर उत्पादन गर्न पट्टी लागेका छन्।

अक्सा मस्जीद बन्द गरिएपछि एकातिर मुसलमानहरूले टेम्पल माउन्टलाई अधिक रूपमा छोडेर गएका छन् भने अर्कोतिर यहूदीहरूले त्यहाँ आफ्‍नो उपस्थिति बढाएका छन् (“Coronavirus causes Muslims to Abandon Temple Mount,” Breaking Israel News, Mar. 19, 2020)

एकजना यहूदीले संसारको अन्त नजिकै आइपुगेको भन्दै डराएर आफूले १५ वर्ष अगाडि चोरेको एउटा प्राचीन सामग्रीलाई फिर्ता गरेका छन्। पन्ध्र वर्षको उमेरमा तिनले पुरातत्त्व प्रदर्शनीको एउटा रोमी बलिस्टा ढुङ्गा (एक प्रकारको विशाल गुलेलीको ढुङ्गा) लाई उठाएर घर लगेका थिए। उक्त ढुङ्गा ७० एडीमा भएको यरूशलेमको घेराउमा प्रयोग भएको थियो। विवाह गरेर बालबच्चा भइसकेको उमेरमा आएर उक्त व्यक्तिले आफू परमेश्वरको सामु उभिँदा एउटा सफा विवेकको हुन खोजेको (“‘It’s the End of the World,’ Says Repentant Israeli Antiquities Thief,” Israel Today, Mar. 18, 2020) यदि उनले आफ्‍नो बाइबल आँखा खोलेर पढेका भए, आफूले परमेश्वरको विरुद्धमा गरेको हरेक पापचाहे त्यो विचारमा सीमित भएको होस् वा कामद्वारा गरिएको होस्हरेक पापको लेखा परमेश्वरलाई दिनुपर्नेछ जसको कारण मानिस आफूले गरेका कामहरूद्वारा धर्मी ठहरिन सक्ने कुनै सम्भावना नै छैन भन्ने कुरा देख्नेथिए; मसीहले पूरा गरिदिनुभएको प्रतिस्थापनकारी प्रायश्चित कार्यले मात्र एक पापी धर्मी ठहरिन सक्छ।किनकि परमेश्वरले हरेक काम हरेक गुप्त कुराको न्याय गर्नुहुनेछ, चाहे त्यो असल होस्, चाहे खराब” (उपदेशक १२:१४)तर ता हाम्रै पापहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्‍यो, उसका कोर्राहरूका चोटहरूद्वारा हामी निको भयौं। हामी सबैले भेडाहरूले झैं बाटो बिराएका छौं; हामी हरेक आफ्‍नो बाटोतिर लागेका छौं; तर परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनुभएको ” (यशैया ५३:)

इरानले कोरोनाभाइरसको कारण मध्यपूर्वमा आफ्‍नो आतङ्ककारी क्रियाकलापलाई कटौती गरेको (“IDF indicates Iran scaling back,” The Times of Israel, Mar. 17, 2020)

बाइबल, उद्धार पाएकाहरूका निम्ति परमेश्वर हाम्रा मुक्तिदाताबाटका सुन्दर प्रतिज्ञाहरूले भरिभराउ छ। तर हे परमप्रभु, मैले तपाईंमाथि भरोसा राखें; मैले भनें: ‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ।मेरा समयहरू तपाईंका हातमा छन्…” (भजनसङ्ग्रह ३१:१४१५) चार्ल्स स्पर्जनका पत्नी सुसन्नाले यस प्रतिज्ञाको सम्बन्धमा यसरी टिप्पणी गरिन्: “मेरो इतिहासका एकदुईटा महत्त्वपूर्ण विशिष्टकाल मात्र होइनन्, तर मेरो सम्बन्धमा रहेका सबै कुराहरू; —मैले प्रतीक्षा नगरेका आनन्दहरू, —मेरा त्यस्ता दु:खहरू जसको अपेक्षा गर्न सकिएको भए तिनले मलाई चुरचुर पार्ने थिए; —कष्टहरू जसको कठोरताले त्रसित हुनेथिएँ यदि मैले तिनलाई नजर लाएका भए, —-आसर्जेहरू जो असीम प्रेमले मेरो निम्ति तयार गर्नुभयो, —सेवाहरू जसका निम्ति आफू सक्षम हौंला भनेर कल्पना समेत गर्न सक्दिनथें; —यी सबै कुरा मेरो निम्ति परमेश्वरको उद्देश्यको रूपमा त्यो सामर्थी हातमा रहेको थियो” (cited from Susie: The Life and Legacy of Susannah Spurgeon by Ray Rhodes Jr.)

सबभन्दा असल खबर यो हो कि पापको घातक भाइरसद्वारा सङ्क्रमित कुनै पनि व्यक्ति परमेश्वरका पुत्र, येशू ख्रीष्टको रगतमाथि विश्वास गरेर निको हुन सक्छ अनि निश्चय आउने अनन्त मृत्युबाट उम्कन सक्छ। पापको मृत्यु दर १००% रहेको तर बचाउने विश्वासको ढोकाद्वारा उहाँकहाँ आउनेहरूका निम्ति डा० येशूको सफलता दर १००% रहेको छ।किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (रोमी :२३)

साभार: David Cloud, Friday Church News Notes, March 25, 2020, www.wayoflife.org fbns@wayoflife.org, 866-295-4143

 

गैरजिम्मेवार, लोलुप मिडियाद्वारा परिचालित विश्वव्यापी त्रास

डेविड क्लाउड

कोरोनाभाइरस प्रकोपको सेरोफेरोमा देखिएको विश्वव्यापी त्रासको अत्यधिक प्रतिक्रियालाई विचार गर्दा यो छक्कलाग्दो छ। दुई राष्ट्र क्वारेन्टीन गराइए। महत्त्वपूर्ण कार्यक्रमहरू स्थगित गरिए – त्यस्ता ठाउँमा जहाँ कोरोनाभाइरस नै छैन! एअरलाइनहरू टाट पल्टिँदैछन्। होटलहरू रित्तिँदैछन्। सीमानाहरू बन्द गरिँदैछन्। शेयर बजार डुब्दैछ। (वारेन बफेट भन्छन् यो लगानी गर्ने समय हो!)

“ब्यूबोनिक महामारीले प्रहार भएको भान हुन्छ हामीलाई, तर होइन। विश्वव्यापी त्रासको केन्द्रमा रहेको कोभीड-१९ भाइरस एउटा कोरोनाभाइरस हो। यो इन्फ्लूएञ्जासित मिल्दोजुल्दो स्वासप्रश्वास प्रणालीसित सम्बन्धित एउटा सरुवा भाइरस हो। यसले कतिलाई मार्छ, प्राय:जसो कमजोर स्वास्थ्य भएका ७० वर्ष नाघेका वृद्धाहरूलाई। तर मरिजाने यस संसारलाई फराकिलो नजर लाएर हेर्ने हो भने यो भाइरस खास त्यति घातक छैन।” यसद्वारा सङ्क्रमित बहुसङ्ख्यक व्यक्तिमा धेरथोर फ्लूका लक्षण देखा पर्छन् र त्यसपछि उनीहरूको जीवन सामान्य रूपले अगाडि बढ्छ। मृत्यु दर १-२% छ। (डायमन्ड प्रीन्सेसमा मृत्यु दर १% थियो र मर्ने जति ७० वर्ष नाघेका थिए भने निष्पक्ष तथ्याङ्कको देश दक्षिण कोरियामा मृत्यु दर ०.६% छ।) भ्यान्डरबिल्ट विश्वविद्यालय स्कूल अफ मेडिसीनका प्रीभेन्टिभ मेडिसीन र सङ्क्रमक रोग सम्बन्धी प्राध्यापक विलियम शाफ्नरको चेताउनी छ, “अहिले एउटा ठूलो प्रकोप चलिरहेको छ, कोरोनाभाइरसको [नभएर त्यसको] चिन्ताको।”

(“कोरोनाभाइरस सम्बन्धित प्रारम्भिक मृत्यु दरहरू सम्भवत: भ्रमात्मक छन्,” एबीसी न्यूज, मार्च ९, २०२०)। यस विषयलाई यथार्थ रूप दिने हो भने हामी यो निबर्सौं कि कोभीड-१९ द्वारा केही हजार मेरका छन् भने अन्य कुराले दसौं लाख मरेका छन्। प्रत्येक वर्ष ३० लाख जति अमेरिकीहरू विभिन्न कारण मर्छन् भने संसारमा ५ करोड ६० लाख मर्छन्। विचार गर्नुहोस्, दसौं लाख। अमेरिकामा मृत्युका प्रमुख कारण निम्न क्रमअनुसार छन्: हृदय रोग, क्यान्सर, दुर्घटनाहरू, तल्लो स्वासप्रश्वास प्रणालीसित सम्बन्धित रोगहरू, स्ट्रोक, अल्ज्हाइमरस् र मधुमेह। यी हुन् प्रथम सात कारकहरू। नम्बर ८ स्थानमा रहेको छ इन्फ्लूएञ्जा (फ्लू) र निमोनिया। गत वर्ष फ्लू लागेर ३९ हजार जति अमेरिकीहरू मेर। विश्वभरिमा वर्षेनी फ्लू लागेर २००,००० जति मान्छे मर्छन्। ती मृत्युलाई छिनछिनमा अवगत गराउने, लाल-सङ्केतले पिछा गर्ने तालिकाहरू खोइ कहाँ छन् त? भन्नुपर्दा, हप्ताको सातै दिन चौबीसै घण्टा डरैडरको व्यापार गर्न तल्लीन गैरजिम्मेवार मिडिया तत्त्वहरू र सर्वव्यापी सामाजिक सञ्जाल मिडियाले यो पागलपन फैलाउनमा एउटा भूमिका खेलेको छ। संसारको ७०% लाई कोभीड-१९ लाग्नेछ भनेर सावधानीहरू जारी गरिँदैछन्; २०% अमेरिकीहरू मर्न सक्छन् अरे; यो चीनबाट उम्केको जीव-अस्त्र हो अरे; ट्रम्प झूट बोल्दैछन् अरे…। कुवैद्यहरू र मूर्खहरू उन्मादमा छन्। सबका सब विशेषज्ञ बनेका छन्।

सूचनाको मसित अझ उत्तम स्रोत छ।भविष्य सम्बन्धी विश्वकै सबभन्दा आधिकारिक पुस्तकले हामीलाई यो जनाउँछ कि साँच्चीकै ठूलाठूला महामारीहरू आउनेवाला छन्। एउटा सात वर्षको अवधि आउँदैछ जुनचाहिँ ख्रीष्ट आफ्‍नो राज्य स्थापना गर्नलाई फर्कनु अगाडि हुनेछ जुनबेला अरबौं मानिसहरू मर्नेछन्। यी कुराको बारेमा हामी प्रकाशको पुस्तकमा पढ्छौं। “मैले हेरें, अनि हेर — एउटा पहेंलो घोडा; अनि त्यसमाथि बस्नेको नाम मृत्यु थियो, अनि नरकचाहिँ त्यसको पछि-पछि लाग्यो। अनि तरवारले, अनिकालले, मृत्युले र पृथ्वीका जङ्गली पशुहरूद्वारा मार्न भनी पृथ्वीको चौथो भागमाथि तिनीहरूलाई अधिकार दिइयो” (प्रकाश ६:८)।

मृत्यको सवालमा भन्नुपर्दा, न्यून मृत्यु दरको एउटा फ्लू भाइरसले कैयौंलाई भयभीत पारेको तथ्यले मानिसहरू मर्नदेखि एकदमै डराउँछन् भन्ने कुरा प्रमाणित हुन्छ। अनि CNN, MSNBC, FoxNews, BBC, UPI, Yahoo, Bloomberg आदिले सबैभन्दा महत्त्वपूर्ण चेताउनी दिइरहेका छैनन् जोचाहिँ यो हो कि “मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ” (हिब्रू ९:२७), अनि तिनीहरूले सबैभन्दा महत्त्वपूर्ण सूचना दिइरहेका छैनन् अर्थात् कसरी अनन्त दण्डबाट बच्न सकिन्छ। यदि तपाईं मर्न तयार हुनुहुन्न भने, तपाईं त तयार हुनुपर्‍यो, किनकि मृत्यु दर त १००% छ! विश्वकै सबैभन्दा आधिकारिक इतिहासको पुस्तकअनुसार नमरीकनै यस संसारलाई छोड्नेहरू केवल दुईजना थिए अर्थात् हनोक र एलिया जसका विशेष परिस्थितिहरूमा परमेश्वरकै व्यक्तिगत हात रहेको थियो। त्यही पुस्तकले हामीलाई मृत्युको सारभूत कारण बताउँछ अनि त्यो चाहिँ कोभीड-१९ होइन। त्यो पाप हो, अनि सबै नै पापी छन्। त्यही पुस्तकमा असल खबर यो छ कि दयालु सृष्टिकर्ताले आफ्‍नो पुत्रलाई संसारको मुक्तिदाता हुनलाई पठाउनुभयो। “किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (रोमी ६:२३)।

साभार: Friday Church News Notes, March 13, 2020, www.wayoflife.org fbns@wayoflife.org, 866-295-414

गर्भपतन

abortion

डेविड क्लाउड

परिचय

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

परमेश्वरका जनहरू मान्छेको भन्दा परमेश्वरका कानून मान्‍न बाध्य हुन्छन्। गर्भपतन वैधानिक हुँदैमा त्यो परमेश्वरको नजरमा ठीक हो भन्ने होइन (प्रेरित ५:२९)।

२१ दिनमा बच्चाको मुटु ढुकढुक गर्न थाल्छ र उसको शरीरभरि रगत बहन थाल्छ। ४५ दिनमा सानो बच्चाको मष्तिष्कका तरङ्गहरू मिशिनले टिप्‍न सक्छ। ८ देखि ९ हप्‍तामा आँखाका पलकहरू बन्न थालिसकेका हुन्छन् र रौं देखा पर्छन्। ९ देखि १० हप्‍तामा उसले आफ्नो औंला चुस्‍न थाल्छ, उफ्रन थाल्छ, निधार खुम्‍च्याउँछ, निल्छ, जिब्रो चलाउँछ। १२ देखि १३ हप्‍तामा बच्चाका नङ हुन्छन् र औंलाका विशिष्ट छापहरू (fingerprints) हुन्छन् जो अरू सबैका भन्दा भिन्‍न हुन्छन्; सबै रक्तवाहिनीहरू (arteries) उपस्थित हुन्छन्, वाक् तन्तु (vocal chords) पूरै बनिसकेका हुन्छन्; दुखाइको अनुभव गरी बच्चा रुन र झस्कन सक्छ। १४ हप्‍तामा आमाले आफूभित्र बच्चा चलेको चाल पाउन थाल्छ। १५ हप्‍तामा बच्चाको जिब्रोका स्वाद लिने कोशिका समूह पूर्णरूपमा बनिसकेका हुन्छन्। १६ हप्‍तामा त्यसका आँखीभौं र परेलीहरू हुन्छन्, र उसले आफ्ना हातले समाउन सक्छ, लात्ती हान्न सक्छ, पल्टिन पनि सक्छ। २० हप्‍तामा बच्चा आफ्नी आमाको स्वर सुन्न र चिन्न सक्‍ने हुन्छ।

सबभन्दा व्यापक रूपमा प्रयोग भइरहेका गर्भपतन गराउने प्रक्रियाहरू निम्‍नानुसार छन्:

सक्शन एस्पिरेशन (Suction Aspiration) – गर्भधारणको तीन महिनाभित्रमा अपनाइने सबभन्दा चलनचल्तीको विधि यही हो। घरेलु प्रयोगको भ्याक्युम क्लिनरको भन्दा ३० गुणा तान्ने शक्ति भएको एउटा शक्तिशाली पम्पले गर्भको भित्रबाट सानो बच्चालाई तानेर निकालिन्छ। उक्त प्रक्रियाले बच्चाको शरीरलाई छियाछिया पार्दछ।

डाइलेशन र क्यूरेटेज (डि एण्ड सी) – गर्भावस्थाको १८ हप्‍तासम्ममा यो विधि अपनाइन्छ। गर्भपतन गराउनेले स्टिलको चक्कु प्रयोग गर्दछ र बच्चालाई निकाल्नलाई त्यसलाई काटकुट गरी टुक्राटुक्रा पार्छ।

आंशिक जन्म (डि एण्ड एक्स) – “छिप्पिएका गर्भधारणहरू” का लागि प्रयोग हुने यो विधिमा बच्चालाई गर्भबाट आंशिक रूपमा निकालिन्छ र उसको सानो शरीरको आधा भाग जति उसको खुट्टासहित महिलाको शरीरको बाहिरपट्टि झुण्डिरहेको हुन्छ। गर्भपतन गराउने व्यक्तिले तब बच्चाका टाउकामा उसको गर्दनको पछाडिको भागभित्र कैचीलाई जोडले गाड्छ र बच्चालाई मार्नलाई कैंचीलाई फटाउँछ। त्यसको गिदीलाई तब पम्पले थुतेर निकालिन्छ र त्यसपछि मरिसकेको शरीरलाई पूरै निकालिन्छ।

नुनको विषादी (Salt Poisoning) – योचाहिँ १६ हप्‍ताको अवधिपछि प्रयोग गर्ने गरिन्छ। गर्भपतन गराउनेले एम्‍नियोटिक स्याक (बच्चा वरिपरिको द्रव्य) भित्र सुइमार्फत कडा नुनिलो घोललाई ठेली पठाउँछ। बच्चाले उक्त घोललाई निल्दा उसलाई विष लाग्दछ। यस विधिद्वारा गर्भपतन गराइएका शिशुहरूलाई “क्यान्डि आप्पल बेबिज” भन्ने गरिन्छ किनभने नुनद्वारा हुने क्षयले काँचो, रातो टलक भएको छालाको मुनिको तहलाई प्रकट गर्दछ र यसरी त्यसको टाउको चिनीको झोलमा चोपलिएको स्याउजस्तो देखिन जान्छ।

प्रोस्टाग्लान्डिन रासायनिक गर्भपतन (Prostaglandin Chemical Abortion) – यसमा सुई वा सपोजिटरीमर्फत औषधी पठाईकन कडा प्रसवक्रिया उत्पन्न गराइन्छ र बच्चा जन्माइन्छ। कहिलेकाहिँ बच्चा जिउँदै हुन्छ तर त्यो बाँचिरहन नसक्‍नेगरी ज्यादै सानो हुन्छ।

आरयू-४८६ – यो औषधी चक्कीको रूपमा लिइन्छ जसले भर्खरै गर्भधारण गरिएको बच्चालाई एउटा अत्यावश्यक अंतस्राव सम्बन्धित पौष्टिक तत्त्व (hormonal nutrient) देखि बञ्चित गर्दछ र फलस्वरूप यसले गर्भपतन गराउँदछ। आमाचाहिँको मासिक रजस्राव छुटेपछि आरयू-४८६ प्रयोग गरिन्छ जुनबेला बच्चा कम्तीमा २ वा ३ हप्‍ताको भइसकेको हुन्छ। त्यतिबेलासम्म बच्चाको मुटुको ढुकढुक शुरु भइसकेको हुन्छ।

बाइबलले नजन्मेको बच्चाको गर्भपतन गराउन मनाही गर्दछ। निम्‍न सत्यताहरूलाई विचार गर्नुहोस्:

१) बाइबलले भन्दछ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो (उत्पत्ति १:२६)। मानिस क्रमविकासवाद (evolution) को बेहोसी प्राकृतिक प्रकृयाको उपज होइन न ता ऊ सुविधाको लागि मार्न सकिने पशु नै हो।

क्रमविकासवादको शिक्षा गर्भपतन उद्योगलाई गतिशीलता दिने आवेगको रूपमा सक्रिय हुँदै आएको छ किनकि यसले मान्छे केवल एउटा पशु मात्र हो भनेर सिकाउँछ। भन्नुपर्दा, “संक्षिप्‍तावृत्ति” (recapitulation, रिक्यापिचुलेशन) भनिने क्रमविकासवादको शिक्षाको दाबीअनुसार भ्रूण भनेको पूर्णरूपमा मान्छे नभइसकेको अवस्था हो जबसम्म त्यो त्यसको विकासको आखिरी चरणसम्म पुगेको हुँदैन।

यस परिकल्पनालाई व्यापक बनाउने व्यक्ति चार्ल्स डार्विन (Charles Darwin) का सबभन्दा प्रमुख समर्थक जर्मनीका अर्न्स्ट हेकल (Ernst Haeckel) हुन्। हेकलले सिकाए, “जीव विकासले नस्ल विकासको पुनरावृत्ति गर्दछ” (“ontogeny recapitulates phylogeny”)। यहाँ जीव विकासको माने गर्भमा हुने विकास र नस्ल विकासको माने क्रमविकास (evolutionary development) हो। क्रमविकासवादले मानिलिएअनुसार नजन्मेको बच्चा गर्भभित्र विकास हुने क्रममा त्यो क्रमविकासका श्रृङ्खलाहरू हुँदै जान्छ, अर्थात् एकल कोषबाट माछा अनि माछाबाट उभयचर (amphibian) र उभयचरबाट सरीसृप (reptile) र सरीसृपबाट स्तनधारी र स्तनधारीबाट पुच्छर नभएको बाँदर (ape) र पुच्छर नभएको बाँदरबाट आखिरमा एक मानव। यसरी भ्रूणचाहिँ त्यसको आखिरी चरणहरूमा पुगेर मात्र मानव बन्दछ। हेकलले मानव भ्रूण माछा, सुङ्गुर र बाँदरका भ्रूणजस्तै हुन्छ भनेर देखाउने चित्रहरू छापे, तर ती चित्रहरू नक्कली थिए। हेकलले ती भ्रूणहरूमा गलत लेबल लगाए; उनले ती भ्रूणका साइज बदले; उनले अङ्गहरू काटी निकाले; उनले अरू अङ्ग थपथाप गरे; उनले अङ्गहरूलाई बदले। जस्तै – उनले एउटा बाँदरको भ्रूणको चित्र लिए र त्यसलाई माछाको भ्रूणजस्तै देखाउनलाई त्यसका हातहरू, खुट्टाहरू, नाइटो, मुटु र योककोष (yolksac) हटाए। त्यसपछि उनले त्यसलाई “माछाको चरणमा रहेको गीब्बनको भ्रूण” भनेर लेबल दिए। हेकलको परिकल्पना पूरै गलत भएको प्रमाणित भइसकेको छ तरैपनि उनका ती चित्रहरू आजसम्म पाठ्यपुस्तकहरूमा छापिने गरिन्छन्। हेकलको किंवदन्तीले आधुनिक गर्भपतन उद्योगलाई हौसला दिएको छ। सन् १९५७ मा शिशु मनोवैज्ञानिक बेन्जामीन स्पाक (Benjamin Spock) ले लेखे, हरेक शिशु आफू विकास हुँदै जाँदा उसले मानवजातिको सम्पूर्ण इतिहासलाई एकएक गरी पुनरावृत्ति गर्दैछ, शारीरिक र आत्मिक रूपमा। एउटा बच्चा गर्भमा एउटा सानो एकल कोषको रूपमा शुरु हुन्छ, ठीक जसरी समुद्रमा पहिलो जीव देखा पर्‍यो। केही हप्‍तापछि ऊ एम्‍नियोटिक द्रव्यमा सुतिरहँदा, उसमा माछाका जस्ता श्वासेन्द्रिय (gills, गिल्स) हुन्छन्…” (Baby and Child Care, p. 223)। सन् १९९० मा कार्ल सेगन (Carl Sagan ) र उनकी पत्‍नीले भ्रूण छैंटौं महिना नपुगेसम्म पूर्णरूपमा मानव बनेको हुँदैन भन्ने आधारमा गर्भपतन गर्नु नैतिकतापूर्ण रहेको तर्क राखे। हेकलको संक्षिप्‍तावृत्ति परिकल्पनालाई तथ्यको रूपमा लिएर भ्रूण “एक किसिमको परिजीवी” को रूपमा शुरु हुन्छ र त्यो “श्वासेन्द्रिय” (“gill arches”) भएका कुनै माछाजस्तो बन्दछ र त्यसपछि त्यो सरीसृपरूपी (“reptilian”) बन्दछ र अन्तमा स्तनधारीरूपी (“mammalian”) बन्दछ भन्‍ने दाबी गरे। दोस्रो महिनाको अन्तसम्ममा पनि भ्रूण “अझै खास मानव बनिसकेको हुँदैन” (“The Question of Abortion: A Search for the Answers,” Parade, April 22, 1990)।

२) परमेश्वरले मानिसलाई निर्दोष रगत बहाउन मनाही गर्नुभएको छ। बाइबलमा बीस पटक “निर्दोष रगत” बहाउन मनाही गरिएको छ (जस्तै – व्यवस्था १९:१०-१३; २ राजा २१:१६)। यसले न्यायोचित कारणबिना एक व्यक्तिलाई मार्ने कामलाई जनाउँदछ (१ शमूएल १९:५)। उदाहरणको लागि हत्यारालाई मृत्युदण्ड दिइनुचाहिँ न्यायोचित कुरो हो, तर निर्दोष व्यक्तिलाई मार्नुचाहिँ न्यायोचित होइन। निर्दोष रगत बहाउनेलाई परमेश्वर घृणा गर्नुहुन्छ (हितोपदेश ६:१६-१७)। एउटा गर्भमा रहेको बच्चाजस्तै निर्दोष व्यक्ति को हुन्छ र?

३) आधुनिक विज्ञानले गर्भमा भएकोलाई “भ्रूण” भन्दछ तर त्यसलाई बाइबलमा “बालक” भनिएको छ (उत्‍पत्ति २५:२२)। नजन्मदै मरेको बच्चालाई “बालबच्चा” (अय्यूब ३:१६) भनिएको छ। तसर्थ, एउटा “भ्रूण” लाई मार्नु एउटा बच्चा मार्नु हो। गर्भमै हुँदा समेत बच्चाहरू छुट्टाछुट्टै व्यक्तिहरू हुन् भनेर बाइबलले भन्दछ। एसाव र याकूबको सन्दर्भमा यो देखिन्छ (उत्पत्ति २५:२३)। यर्मिया गर्भमा छँदै अगमवक्ता हुनलाई बोलाइए (यर्मिया १:५) र बप्‍तिस्मा दिने यूहन्ना गर्भमा छँदै परमेश्वरको आत्माले भरिए (लूका १:१५, ४१-४४)।

४) मोशाको व्यवस्थाअन्तर्गत गर्भमा रहेको बच्चालाई चोटपटक पुग्‍न गएको खण्डमा दण्डको व्यवस्था थियो (प्रस्थान २१:२२-२३)। गर्भमा रहेको बच्चालाई चोटपटक पुर्‍याइँदा वा उसको मृत्यु हुन पुग्दा त्यसलाई गम्भीर अपराधको रूपमा व्यवहार गरिन्थ्यो।

५) गर्भाधारणमाथि परमेश्वरको नियन्त्रण हुन्छ भनेर बाइबलले बताउँदछ (उत्पत्ति २०:१८; २९:३१; ३०:२२)। छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन् भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १२७:३)। गर्भको बच्चा आमाको होइन, परमेश्वरको हो।

६) परमेश्वरले नै गर्भभित्र बच्चालाई निर्माण गर्नुहुन्छ भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १३९:१३-१६)।

  1. परमेश्वरले दाऊदको अन्तस्करणलाई लिनुभएको वा बनाउनुभएको थियो (भजनसङ्ग्रह १३९:१३-१६)
    1. “अन्तस्करण” भन्ने शब्दले मानिसको अभौतिक भागलाई जनाउँछ, उसको हृदय, प्राण, र आत्मा। “अन्तस्करण” भन्ने शब्दको “हृदय” भन्ने शब्दसित निकट सम्बन्ध छ र यसले विशेष गरी मानिसको इच्छा, उसका चाहनाहरू, उसको मन, भावनाहरूको केन्द्रलाई जनाउँछ। हेर्नुहोस् – भजनसङ्ग्रह १६:७; २६:२; ७३:२१; हितोपदेश २३:१६; यशैया ११:५; यर्मिया ११:२०; १७:१०; २०:१२; प्रकाश २:२३।
    2. योचाहिँ परमेश्वरको परिमण्डल हो। यहाँ हस्तक्षेप गर्नलाई यसको बारेमा मान्छेलाई पर्याप्‍त ज्ञान छैन। यदि वैज्ञानिक अनुसन्धानका लागि भनेर एउटा अण्डालाई गर्भाधान गराइँदा त्यो नयाँ जीवन विकास हुन थाल्छ भने र यदि त्यसलाई नष्ट गरिन्छ भने यसको मतलब यो हो कि त्यहाँ परमेश्वरको स्वरूपमा बनाइएको जीवनलाई समाप्‍त गर्ने काम गरियो। भजनसङ्ग्रह १३९ अनुसार गर्भाधारण गरिएको उक्त नयाँ व्यक्ति उसको शरीर निर्माण हुन बाँकी भए तापनि त्यसमा उसको अन्तस्करण रहेको हुन्छ भन्ने कुरा बुझिन्छ। मानिसको अन्तस्करण परमेश्वरको अधिकारमा हुन्छ भनेर भजनसङ्ग्रहका खण्डहरूले सिकाउँछन्। त्यो उहाँद्वारा बनिएको हुन्छ र मृत्युमा त्यो उहाँकहाँ नै फर्कीजान्छ (उपदेशक १२:७)। मानिस होशियार रहोस्!
  1. दाऊदको शरीरलाई रच्नुहुने परमेश्वर हुनुहुन्थ्यो (भजनसङ्ग्रह १३९:१३-१६)। यहाँ दाऊद आफ्नो शरीरको उदेकपूर्ण जटिलताको बारेमा विचार गर्दछन् र भन्छन् कि यसका रचनाकार परमेश्वर हुनुहुन्छ र उहाँका कामका लागि उहाँलाई प्रशंसा गरिनुपर्छ। “म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका कामहरू अद्‍भूत छन्, अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ” (भजनसङ्ग्रह १३९:१४)। सर्वशक्तिमान् र बुद्धिमान् सृष्टिकर्ताको अस्तित्वको प्रमाण चाहिन्छ भने मानिसको अलौकिक रचनाको तथ्यलाई मात्र विचार गर्नु पर्याप्‍त छ।
    1. दाऊद निपुणतासाथ बुनिँदै र लगातार बनिँदै गएका थिए (भजनसङ्ग्रह १३९:१५,१६)। गर्भमा गर्भाधान भएको सूक्ष्म अण्डाबाट शुरु भएर बच्चा कसरी बढ्दै जान्छ भन्ने कुराको यो गजबको वर्णन हो। दाऊद “पृथ्वीका सबभन्दा तल्ला भागहरूमा” बनाइए भन्नु उनी जमीन मुनि बनाइए भन्ने होइन तर यसले गर्भलाई नै जनाउँदैछ। योचाहिँ गर्भको पद्यात्मक वर्णन हो जसलाई एउटा अँध्यारो, मानिसको आँखाले छेड्न नसक्ने अगम्य स्थानको रूपमा बयान गरिएको छ। “निपुणतासाथ बुनिएँ” भन्ने हिब्रू शब्द (राकाम) को माने “रङ्गीबिरङ्गी तुल्याउनु, अर्थात् कार्चोप भर्नु; यसको मतलब रचना गर्नु” (स्ट्रङ्ग)। अन्य ठाउँमा यसलाई “बेलबुट्टा हानिएको” (प्रस्थान २६:३६) र “बेलबुट्टा काढ्ने” (प्रस्थान ३८:२३) भनेर अनुवाद गरिएको छ। बार्न्स् (Barnes) को टिप्पणी छ: यसले विभिन्न धागोहरूलाई परस्परमा बुन्ने कामलाई जनाउँछ जसरी अहिले कार्पेट बुनिन्छ। यहाँचाहिँ मानव बनोटका विभिन्न र जटिल तत्त्वहरूलाई जनाइँदैछ — मांसरज्जु (टेन्डनहरू, tendons), नसाहरू (nerves), धमनीहरू (veins), रक्तवाहिनीहरू (arteries), मांसपेशीहरू मानो तिनीहरूलाई बुनिएजस्तै अथवा ती निपुणतासाथ आपसमा बुनिएजस्तै गरी बयान गरिएका छन्। कुनै पनि बुट्टादार शोभा वस्त्रलाई यससँग तुलना गर्न सकिन्न; मान्छेको कुनै पनि कलाले यति धेरै किसिमका यस्ता कोमल र मुलायम तन्तु तथा कोशिकाहरूलाई तिनलाई उसको हातमा उपलब्ध गराइए तापनि उसले आपसमा बुन्न सक्दैन जस्तो मानव शरीरको निर्माणको लागि आवश्यक पर्दछ; परमेश्वरबाहेक अरू कसले तिनलाई बनाउन सक्दछ? यो तुलना अति नै सुन्दर तुलना हो; अनि जति मानिसले आफ्नो शारीरिक बनोटको रचनालाई बुझ्नेछ त्यति नै यसको सराहना गरिनेछ” (बार्न्स्)। आलेन गिलेन, एम.डी. (Allen Gillen, M.D.) भन्छन्, “शरीर एउटा बुट्टादार शोभा वस्त्र (tapestry) जस्तै गरी बुनिएको छ। जस्तै, अस्थिपञ्जरको केवल एउटै मात्र मांसपेशीलाई हेर्नुहोस्। …सूक्ष्मदर्शक यन्त्रमुनि हेर्दा त्यसको अचम्मको बुनिएको रचना प्रकट हुन्छ (Body by Design, 2001, p.8)।
    2. दाऊद बनिनुभन्दा अघि नै दाऊदको शरीरको वर्णन परमेश्वरको किताबमा लेखिएको थियो (भजनसङ्ग्रह १३९:१६)। मानिसका नील पत्रहरू (blueprints) भएका यो अचम्मको ईश्वरीय पुस्तक स्वर्गमा छ भन्ने बुझिन्छ।
  1. बाइबलको यस शिक्षाको आधारमा गर्भपतन निश्चय नै हत्या हो। त्यो बच्चा आमाको होइन; ऊ सृष्टिकर्ताको हो। एउटा स्त्रीले आफ्नो शरीरसित आफ्नो खुशी गर्न स्वतन्त्र छैन किनकि ऊ सृजिएको प्राणी हो र परमेश्वरप्रति जवाफदेही हुन्छ र अझ उसको गर्भमा भएको त्यो बच्चा छुट्टै शरीर हो र छुट्टै व्यक्ति हो।

७) मूर्तिपूजकहरूले आफ्ना छोराछोरीहरूलाई मार्ने गर्थे र योचाहिँ परमेश्वरलाई घिनलाग्दो कुरा थियो (भजनसङ्ग्रह १०६:३८)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।