के मान्छे बाँदरबाट आएको हो?

के मान्छे बाँदरबाट आएको हो?

विकासवादी सिद्धान्तको विरुद्धमा विज्ञान

प्रदेश श्रेष्ठ

आज “विज्ञान” को भेष धारण गरेकोले श्रद्धा पाएको, तर वास्तवमा अवैज्ञानिक रहेको, क्रम-विकासवादले धेरैलाई भ्रममा पारेको छ। बाइबलको सृष्टिको विवरण सुन्दा उनीहरू आपत्ति जनाउँदै भन्छन्, “विज्ञानसँग आदम र हव्वाको कुरा मेल खाँदैन। विज्ञानअनुसार मानिसको उत्पत्ति एक-कोषीय जीवको क्रमिक विकासबाट भएको हो। विज्ञानअनुसार एक-कोषीय जीव सञ्जोगले उत्पन्न भएको हो”, आदि इत्यादि।

विज्ञानअनुसार? उनीहरूको भनाइ वास्तवमा “क्रमविकासवाद अनुसार” मात्र हो, विज्ञानअनुसार होइन। निर्जीवबाट जीवको उत्पत्ति भएको एउटै प्रमाण छैन, त्यो परिकल्पनामै सीमित छ। वास्तवमा क्रमविकासवाद र विज्ञान आपसमा मिल्दैनन्।

जीवशास्त्र विज्ञानको एउटा नियमलाई जीवजनन्‌को नियम अथवा ‘ल अफ बायोजेनेसिस्’1भनिन्छ। यस नियमले दुइटा कुरा विश्वव्यापी रूपमा स्थापित भएको कुरा बताउँछ: (१) एउटा जीवको उत्पत्ति अर्को जीवबाट मात्र हुन सक्छ। (२) एक प्रकारको जीवको उत्पत्ति त्यही प्रकारको जीवबाट मात्र हुन सक्छ।

तर  क्रमविकासवादले बिनाप्रमाण यसको ठिक उल्टो कुराको दाबी गर्दछ (१) निर्जीव रासायनिक तत्त्वहरू मिल्न गई एक-कोषीय जीवको उत्पत्ति भएको दाबी। (२) उक्त एक-कोषीय जीव (एक प्रकारको जीव) को क्रमिक विकासबाट पृथ्वीका सबै प्राणीहरू (अर्कै प्रकारका जीवहरू) उत्पन्न भएको दाबी।

तर वास्तविकता के छ भने, नता रासायनिक तत्त्वबाट जीव उत्पन्न हुन सक्छ भन्ने प्रमाण भेटिएको छ, नता एक प्रकारको जीवबाट अर्को प्रकारको जीवको उत्पत्ति भएको प्रमाण छ।

चार्ल्स डार्विन (सन् १८०९-१८८२) ले क्रमविकासवादको यो अवैज्ञानिक धारणालाई “अन दि ओरिजिन अफ स्पिसिज” शीर्षक गरेको आफ्नो पुस्तकमा प्रकाशित गरेको लगभग १६० वर्ष अगाडि हो। त्यसबेला यो विश्वास गरिन्थ्यो कि कुनै पनि एक-कोषीय जीव एउटा ज्यादै सरल रासायनिक संरचना हुनुपर्छ। डार्विनलाई जर्मनीमा लोकप्रिय बनाइदिने अर्न्स्ट हेकलले यो दाबी गरे कि एउटा कोष भनेको ‘कार्बनको अल्बुमीनयुक्त मिश्रणको सरल पिण्ड हो।’ तर उन्नाइसौं शताब्दीदेखि यता जीव कोष भन्ने कुरा वास्तवमा अत्यन्तै जटिल बनौटका हुँदा रहेछन् भन्ने कुरा थाह हुन आयो।

“आधुनिक मान्छे आफू बुद्धिमान् छु भन्ने दाबी गर्दै वास्तवमा मूर्ख बनेको कुराको उदाहरणस्वरूप सेप्टेम्बर १९७६ को नेशनल जिओग्राफिक पत्रिकाको “कोषभित्रका अचम्मका संसारहरू” भन्ने लेखलाई लिन सकिन्छ। पृष्ठ ३५८ मा लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको वर्णन गर्दछन्। वास्तवमा “सरल एक-कोषीय जीव” भन्ने त्यस्तो कुनै कुरा छैन! सबैभन्दा सरल कोष समेत एउटा “माइक्रो संसार” पो रहेछ (पृष्ठ ३५८)। अनि पृष्ठ ३८८ मा हामी पढ्छौं, “…यो नै जीवशास्त्रको प्रमुख समस्या हो। यस्तो जटिलपना कसरी हुन आयो?…जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो, आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन् अर्थात् यी सब कुराको सुरु कसरी भयो?” त्यसपछि पृष्ठ ३९० मा “विज्ञहरू” ले यसको जवाफ दिँदै पर्याप्‍त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय सञ्जोगलाई दिन्छन्! समय, सन्जोग र क्रमविकासवाद भए भने सबै कुरा सम्भव हुन्छन् अरे!” (जर्ज जेलर, रोमीको टिप्पणी)।  सृष्टिकर्ताको अस्तित्वलाई इन्कार गर्नेलाई क्रमविकासवाद बाहेक अर्को विकल्प नभएर यस्तो अवैज्ञानिक अभिव्यक्ति आएको हो भनेर बुझ्न सकिन्छ। क्रमविकासवाद वास्तवमा विज्ञान नभएर केवल एउटा भौतिकवादी अवधारणा हो।

कोषको जटिलताको सानो झलक निम्न भिडियोमा प्रस्तुत छ। अमेरिकाको हार्वड विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई कोषभित्रको जीवन थ्रीडीमा देखाउन तयार गरेको भिडियो हो यो। यस भिडियोमा मानव शरीरको रक्तनलीभित्र एउटा श्वेत रक्तकोष इन्फ्लामेशनद्वारा क्रियाशिल बनाइँदा कैयौं आणविक क्रियाविधि सक्रिय बनेको देखाइएको छ (शरीरमा चोटपटक लागेर तन्तु सुन्निने कार्यलाई इन्फ्लामेशन (inflammation) भनिन्छ)। “यस भिडियोमा शरीरको प्रतिरक्षा प्रणालीको भूमिका निभाउँदै एउटा श्वेत रक्तकोष रक्तनलीको भित्री सतहमाथि गुड्दै गएको र त्यो चेप्टो बनेर रक्तकेशिकाका कोषहरूको बीचबाट छिरेर इन्फ्लामेशनको स्थानमा पुगेको देखाइएको छ।” (विकिपिडिया)।

सृष्टिले यो देखाइरहेको छ कि सृष्टिकर्ता हुनुहुन्छ। कम्प्यूटर बनाउन कम्प्यूटर इञ्जिनियर चाहिन्छ। तर  कम्प्यूटरको जटिलता एउटा कोषको जटिलताको तुलनामा नगन्य छ। १६० वर्ष अगाडि डार्विनले कोष रासायनिक मिलनद्वारा आफसेआफ बन्न सक्छ भनेर अड्कल काटे। तर अब त कसैलाई बहाना छैन। हुन त कसैलाई कहिल्यै बहाना छैन किनकि यस्तो लेखिएको छ, “किनकि संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन् — सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन” (रोमी १:२०)।

अप्रमाणित कुरो विज्ञान होइन। विज्ञान भनेको भौतिक संसार सम्बन्धी प्रमाणित ज्ञान हो। तर क्रमविकासवाद संसारको उत्पत्ति सम्बन्धी एउटा काल्पनिक धारणा मात्र हो। यसलाई विज्ञानको परिभाषाअनुसारको “थियरी” वा वैज्ञानिक सिद्धान्त समेत मान्न सकिन्न किनकि यसलाई वैज्ञानिक तवरले प्रयोगशालामा जाँच्न सकिने कुनै उपाय छैन। उन्नाइसौं शताब्दीका चार्ल्स डार्विनद्वारा प्रतिपादित क्रमविकासवाद वैज्ञानिक प्रणाली2 द्वारा कहिल्यै प्रमाणित भएको छैन।

विज्ञानको मूल आधार अवलोकन हो। उत्पत्तिको प्रारम्भमा मान्छे थिएन, उसले अवलोकन गर्न सक्ने कुरै भएन। त्यसैले उत्पत्ति सम्बन्धी पक्का सत्य-तथ्य ज्ञान विज्ञानको पहुँचभन्दा बाहिर छ।

सृष्टिको प्रारम्भमा केवल अनादिदेखिका त्रिएक सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँले मात्र हामीलाई सृष्टिको उत्पत्ति सम्बन्धी सत्य-तथ्य कुराहरू बताउन सक्नुहुन्छ। अर्थात् मानिसले सृष्टिको बारेमा जान्ने हो भने उसलाई सृष्टकर्ता स्वयंले विशेष प्रकाश प्रदान गर्नु आवश्यक छ। ठिक यही कुरा उहाँले आफ्‍नो एकमात्र लिखित प्रकाश बाइबलद्वारा संसारलाई दिनुभएको छ। बाइबलमा बताइएका कुरा विज्ञानसँग बेमेल छैनन्। किनकि दुवै बाइबल र विश्व-ब्रह्माण्ड सृष्टिकर्ताकै रचना हुन्। बाइबल वैज्ञानिक तवरले अचूक छ भन्ने कुराका केही प्रमाणहरूका लागि पढ्नुहोस्: बाइबलको प्रमाण

निष्कर्ष

चाहे इतिहासको बारेमा होस्, चाहे विज्ञानको बारेमा, हाम्रो निम्ति प्रभु येशू ख्रीष्टको वचन आधिकारिक हुन्छ। जो मृत्युबाट बौरेर उठ्नुभयो र जसले भन्नुभएका एक-एक वचन पूरा भए र साथै उहाँको सम्बन्धमा भविष्यवाणी गरिएका एक-एक कुरा उहाँको जीवनमा पूरा भए, उहाँलाई विश्वास नगरीकन अरू कसलाई विश्वास गर्ने? एउटा वैज्ञानिकलाई वा विद्वानलाई? एउटा साँचो ख्रीष्टियनले त्यसो गर्न सक्दैन, मिल्दैन। मानिस भनेको केवल मरिजाने नाकमा सास भएको प्राणी मात्र हो, चाहे ऊ वैज्ञानिक होस् वा जोसुकै होस्। प्रभु येशू ख्रीष्ट मृत्युबाट वास्तवमै बौरेर उठ्नुभयो र सदासर्वदा जीवित हुनुहुन्छ। उहाँले सृष्टिको सम्बन्धमा जे भन्नुहुन्छ त्यही कुरा नै हामी विश्वास गर्दछौं।

बाइबलको सृष्टिको वृत्तान्त पूरै सत्य भएको कुरा उहाँले प्रस्टै जनाउनुभयो, “के तिमीहरूले पढेका छैनौ? शुरुमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४)

“के तिमीहरूले पढेका छैनौ?” भन्ने प्रश्न सोध्नुहुँदै उहाँले उत्पत्तिको पुस्तक वास्तविक इतिहासको पुस्तक हो भनेर यहाँ समर्थन गर्नुभयो। “शुरुमा” भन्नुहुँदै उहाँले सृष्टिको शुरुको वास्तविक बयान उत्पत्तिको पुस्तकले बताउँछ कुराको समर्थन गर्नुभयो। अनि “नर र नारी बनाउनुभयो” भन्नुहुँदै उहाँले आदम र हव्वा वास्तविक ऐतिहासिक व्यक्तिहरू थिए र सम्पूर्ण मानवजाति कुनै बाँदरबाट नभएर आदम र हव्वाबाट आएका हुन् भनेर प्रस्टै सिकाउनुभयो।

यस वेबसाइटमा क्रम-विकासवाद र बाइबल सम्बन्धी अर्को पृष्ठ यहाँ छ: क्रम-विकासवाद

  1. http://en.wikipedia.org/wiki/Biogenesis
  2. Henry Morris, Ph.D., The Scientific Case Against Evolution: A Summary Part 1, http://www.icr.org/article/
Revised and expanded: June 21, 2020

भिडियो गेमबाट छुटकारा – एक गवाही

सौगात कुँवर

भिडियो गेमबाट छुटकारा – एक गवाही

 २ कोरिन्थी ५: १७ – “यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्।” परमेश्वरलाई धन्यवाद भएको होस् यो पदको लागि, अनि विशेष उहाँले मेरो जीवनमा गरिदिनुभएको महान् कामको लागी। अनि साँच्चै ती सबै पुराना कुराहरू बितिगएका छन् जो मेरो जीवनमा थिए, अनि नयाँ भएका छन्। धन्यवाद दिन चाहन्छु परमेश्वरलाई त्यसको लागि। अनि यो गेममा चाहिँ मैले प्रभुलाई पाउनु भन्दा अगाडि म ज्यादै भिजेको थिएँ – एकदम ज्यादै। अनि गेम भनेपछि मलाई अरू केहि पनि चाहिदैनथ्यो – निन्द्रा, भोक, मेरो परिवार, आफन्त, साथीहरू – केहि पनि। बस, मलाई गेम भए पुग्थ्यो। अनि यो गेममा म यति डुबिसकेको थिएँ कि म यसबाट कहिले निस्कन सक्दिनथिएँ। वास्तवमा म निस्कन पनि चाहन्न थिएँ किनभने मलाई ज्यादै मन पर्थ्यो यो। अनि आफूलाई मन पर्ने कुरा छोड्न गाह्रो हुन्छ।

(पूरा गवाही सुन्नलाई तलको भिडियो लिङ्कमा क्लिक गर्नुहोस्।)

भूमिगत चिहानहरू र एकान्त वास

पाठ ४

भूमिगत चिहानहरू र एकान्त वास

के तपाईंले कहिल्यै भूमिगत चिहानको बारेमा सुन्नुभएको छ? भूमिगत चिहानहरू भनेको मानिसहरूलाई गाड्न जमिनमुनि खोपेर सुरुङ्ग जस्तो बनाइएको ठाउँहरू हुन्। यस्ता चिहानहरू संसारका विभिन्न ठाउँहरूमा पाइन्छ तर बढी प्रख्यात चिहानहरू रोममा पाइन्छन् र हामीले यस पाठमा त्यहीँका चिहानहरूको अध्ययन गर्नेछौं। झण्डै एक हजार वर्षसम्म रोममा रहेका भूमिगत चिहानहरूको बारेमा जान्ने मानिसहरू बिरलै थिए।

केही शताब्दी अगाडि मात्र केही मानिसहरूले उनीहरूका दाखबारीहरूमा रोपाइँ गर्दै गर्दा ती भेट्टाइएका थिए। कस्तो अचम्मको आविष्कार थियो त्यो!

रोमका ती भूमिगत चिहानहरू सारा विश्वमै सबै भन्दा रोचक चिहान थिए। ती सर्वोत्कृष्ट भूमिगत गल्लीहरू पहिलो तीन शताब्दीका ख्रीष्टियान मण्डलीहरूका ख्रीष्टियनहरूद्वारा निर्माण गरिएका थिए। रोमीहरूले ख्रीष्टियनहरूलाई उनीहरूका मृतकहरूलाई यी भूमिगत चिहानहरूमा दफन गर्ने अनुमति दिएको थियो।

सम्राट कन्स्टान्टिनको समयपछि, ख्रीष्टियन चिहानहरू भूमिको सतहमा नै राखिन थाले। तसर्थ कन्स्टान्टिनको समय पूर्व पहिलो तीन शताब्दीहरूमा दफन स्थानको रूपमा भूमिगत चिहानहरू प्रयोग गरिएका थिए। रोमको शहर अवस्थित भूमि तुलनात्मक हिसाबले नरम चट्टानहरूले बनेको छ। शहरी क्षेत्रभित्र मानिसहरूलाई दफन गर्ने अनुमति थिएन। त्यसैले शहर बाहिर थुप्रै स्थानहरूमा नरम चट्टानभित्र गल्लीहरू र सुरुङहरू खनिएका थिए। ती सुरुङहरूका भित्ताहरूलाई खोपेर खोपा-खोपा बनाइन्थ्यो र ती खोपाहरूमा मृत शरीरलाई राखिन्थ्यो। ती खोपाहरूलाई तखता-तखता मिलाएर एक माथि अर्को हुनेगरि खोपिन्थ्यो। शरीरलाई त्यसभित्र राखेपछि ती खोपाहरूलाई मार्बल वा टायलको पटरा प्रयोग गरेर बन्द गरिन्थ्यो।

उक्त मार्बल वा टायलमा मृतकको सम्झनामा केही कुराहरू खोपेर लेखिन्थ्यो जसलाई समाधि-लेख (स्मारक) भनिन्छ। समाधि-लेख भनेको मृतकको सम्झनामा लेखिने विस्तृत विवरण हो। मानिसहरूलाई दफनको गरिएको स्थानमा के तपाईंले त्यस्तो कुनै समाधि-लेख लेखिएको देख्नुभएको छ? समाधि-लेखहरूको बारेमा हामी अझै उल्लेख गर्नेछौं।

रोम भित्र र वरिपरि बस्ने ख्रीष्टियानहरूले आफ्ना मृतकहरूलाई भूमिगत चिहानहरूमा दफन गर्दथे। सुरुका ख्रीष्टियनहरूमध्ये शहिद भएर मृत्यु हुने धेरै जनालाई त्यहीँ दफन गरिएको थियो। ती विश्वासयोग्य पवित्र जनहरूका शरीरहरू ती भूमिगत चिहानहरूमा राखिएका थिए। हामी रोमको भ्रमण गर्न जान सकेको भए ती भूमिगत चिहानहरूको अवलोकन गर्न सकिने थियो र ती अचम्मका सुरुङहरू हाम्रा आफ्नै आँखाहरूले देख्न सक्ने थियौं। हामीले त्यहाँ लामो र साँघुरो गल्लीहरू देख्ने थियौं। उक्त गल्लीहरूको चौंडाइ औसतमा करिब साँढे दुई देखि चार फिट मात्र छन् जहाँ मुश्किलले दुईजना मात्र अटाउन सक्छन्। माथिबाट कहीँ-कहीँ मात्र थोरै प्रकाश छिर्न सक्ने ठाउँ भएका ती सुरुङहरू अँध्यारो र निरस छन्। ती सुरुङहरू एक-अर्कासँग जोडिएका र घुमर्किएका भएकोले त्यहाँ एक प्रकारको जटिल भुलभुलैया बनेको छ। ती भूमिगत गल्लीहरूमध्ये थुप्रै गल्लीहरू भूमिको सतहभन्दा करिब ३० वा त्यो भन्दा बेसी फीट मुनि छ। यदि ती सबै सुरुङहरूलाई एक छेऊदेखि अर्को छेऊ जोड्ने हो भने झण्डै ८०० किलोमिटर लामो हुन्छ! र भित्ताहरूमा त्यहाँ करिब ४० देखि ७० लाख चिहानहरू छन्! ती चिहानहरूमा कति ख्रीष्टियनहरू दफन गरिएका छन् भन्ने कुराको सानो अनुमान हामी लगाउन सक्छौं।

यदि आज तपाईं उक्त ठाउँमा पुग्ने हो भने र मार्बल वा टायलहरू हटाएर अहिले सम्म नखोलिएको कुनै एउटा चिहान खोल्ने हो भने तपाईंले त्यहाँ अति राम्रोसँग संरक्षण गरिएको मानव कंकाल भेट्नुहुनेछ। बेलाबखतमा उक्त कंकाल चम्किलो महिमाले घेरिएझैं गरी उज्यालो देखिनेछ, तर त्यसलाई छोइयो भने त्यो माटो झैं फुस्सै खस्नेछ। यसले कसरी उत्पत्ति ३:१९; उपदेशक ३:२०; १२:७ को सम्झना गराउँछ? ______________________________________________________________________

समाधि-लेखहरू र भित्ताहरूमा रङ्गाइएका चित्रहरूको बारेमा अध्ययन गर्नु निकै रोचक हुन्छ किनभने तीद्वारा हामी सुरुका ख्रीष्टियानहरूको बारेमा र उनीहरूको विश्वासको बारेमा सिक्न सक्छौं। भूमिगत चिहानहरूमा साधारणतया भेट्टाउन सकिने त्यहाँ तीन ओटा सङ्केत चित्रहरू थिए:

१ “असल गोठालो” को चित्र (हेर्नुहोस् यूहन्ना १०)।

२ “दाखको बोट” को चित्र (हेर्नुहोस् यूहन्ना १५)।

३ माछाको चित्र। योचाहिँ ख्रीष्ट जनाउने प्राचीन ख्रीष्टिय सङ्केत थियो। सुरुका ख्रीष्टियनहरूले एउटा सामान्य माछाको चित्र कोर्थे:माछाको चित्र एउटा अति अर्थपूर्ण कुराको प्रतीक थियो। माछाको सङ्केतको अर्थ यस्तो थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! सुरुका ख्रीष्टियनहरूले कसरी माछाबाट यस्तो अर्थ बुझ्न सक्थे? माछा शब्दको ग्रीक रूप यस्तो थियो:माछा शब्दको ग्रीक रूप (इख्थीस) वास्तवमा एउटा छोटो रूप हो जसमा हरेक अक्षर कुनै अर्को शब्दको सुरुको अक्षर थियो।तसर्थ, माछाको साङ्केतिक चित्र ख्रीष्ट जनाउने एउटा प्राचीन ख्रीष्टियन सङ्केत थियो: येशू ख्रीष्ट, परमेश्वरका पुत्र, (हाम्रो) मुक्तिदाता! यी शब्दहरूले स्पष्ट शिक्षा दिन्छ: येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ! उहाँ परमेश्वरको महिमित पुत्र हुनुहुन्छ! उहाँ परमेश्वरको एकमात्र मुक्तिदाता हुनुहुन्छ! आज पनि माछाको चित्र कहिलेकाहिँ ख्रीष्टियन सङ्केतको रुपमा देखिन्छ।

 भूमिगत चिहानहरूमा भेट्टाइएका ख्रीष्टियनहरूको समाधि-लेखहरू आशावादी र उल्लसित थिए। तिनमा सुरुका ख्रीष्टियनहरूमाझ चिहान भन्दा पनि पछाडिको जीवनको निम्ति महान् आशा भएको देखिन्थ्यो। ती भूमिगत चिहानहरूमा भेट्टाइएका समाधि-लेखहरूमा पाइएका विस्तृत विवरणहरूका केही उदाहरणहरू यस्ता छन्:

“शोक नगर, मेरो नानी; मृत्यु अनन्त छैन।”

“प्रिमा, तिमी परमेश्वरको महिमा र हाम्रा प्रभु येशू ख्रीष्टको शान्तिमा बाँचिरहेको छौ।”

“रेजीना, तिमी प्रभु येशूमा बाँचेकी हौ।”

“अगापी, तिमी सदाकालको निम्ति जिउनेछौ।”

एक विश्वासी जनको मृत्यु भएपछि वास्तवमा के हुन्छ (फिलिप्पी १:२१-२३; लूका २३:४३; २ कोरिन्थी ५:८)? ___________________________________________________________________________ ___________________________________________________________________________

के शारीरिक मृत्युसँग विश्वासी जन डराउनुपर्छ? किन पर्छ? अथवा किन पर्दैन? ___________________________________________________________________________

के मुक्ति नपाएकाहरू शारीरिक मृत्युसँग डराउनुपर्छ? किन पर्छ अथवा किन पर्दैन? ___________________________________________________________________________

१ थेस्सलोनिकी ४:१३ पढ्नुहोस्। के विश्वासीहरूले आफ्ना प्रिय जनहरूको मृत्युको घडीमा अविश्वासीहरूले उनीहरूको आफ्नाहरूको मृत्युको समयमा गरेको जस्तै गरेर शोक गर्छन् (१ थेस्सलोनिकी ४:१३ सित तुलना गर्नुहोस्)? मृत्युको मुखमा पनि कसरी विश्वासीहरूसँग महान् आशा हुन सक्छ? यदि यसै दिन वा हप्तामा तपाईंको मृत्यु भयो भने, तपाईँका प्रिय जनहरूले कस्तो अनुभूति गर्ने थिए होला? तपाईं स्वर्गमा प्रभुसँग हुनुहुन्छ भनेर उहाँहरू निश्चित हुनुहुने थियो होला कि उहाहरू दु:खित हुँदै यस्तो सोच्नुहुने थियो होला, “उसले सायद साँच्चै गरी मुक्ति पाएको छैन होला”?

भूमिगत चिहानहरूले पहिलो तीन शताब्दीका सुरुका ख्रीष्टियनहरूका निम्ति एउटा अर्को उद्देश्य पनि पूरा गर्थ्यो। ती ठाउँहरू दफन स्थानहरू मात्र थिएनन् तर तिनलाई लुक्ने स्थानहरूको रूपमा पनि प्रयोग गरिन्थ्यो। ती ठाउँहरू मृतकहरूलाई लेटाउने स्थानहरू मात्र होइन तर जिउँदाहरू लुक्ने स्थानहरू पनि थिए! सुरूका ख्रीष्टियनहरू रोमीहरूद्वारा प्राय: जसो सताइन्थे र लखेटिन्थे। भूमिगत चिहानहरू सर्वोत्तम शरणस्थानहरू थिए। विश्वासीहरू यस्ता भुलभुलैया जस्ता गल्ली नै गल्लीहरू भएका सुरुङहरूभित्र दगुर्थे र उनीहरूलाई भेट्टाउन रोमीहरूलाई निकै कठीन हुन्थ्यो। त्यस्ता ठाउँहरूमा रोमीहरूले उनीहरूलाई बिरलै मात्र खेद्‍ने गर्थे

ख्रीष्टियनहरू त्यस्ता भूमिगत चिहानहरू भएका सुरुङहरूमा आराधना गर्न भेला हुन्थे भन्ने कोही-कोहीको बिचार छ। हुन त, निश्चय पनि सुरुका ख्रीष्टियनहरू जहीँ गए तापनि परमेश्वरलाई प्रार्थना र प्रशंसा गर्ने गर्दथे, तर त्यस्ता सुरुङहरू उपासनाका निम्ति त्यस्तो सुहाउँदो थिएन। सबै भन्दा ठूलो स्थानमा पनि धेरैमा केवल मुनासिव दुरी राखेर २० वा ३० जना मात्र अटाउन सक्थे। ती लुक्नको निम्ति राम्रा स्थान थिए र मण्डली भवनहरू हुन त्यती राम्रा स्थान थिएनन्।

कहिलेकाहीँ परमेश्वरका जनहरू संसारद्वारा लखेटिन्छन् र उनीहरू भाग्नुपर्छ र हर प्रकारका ठाउँहरूमा लुक्नुपर्छ। भुमिगत चिहानहरू के-के भयो होला भनेर हिब्रू ११:३७-३८ ले कसरी सम्झना गराउँछ? कहिलेकाहीँ विश्वासीहरू संसारबाट टाढा जानै पर्छ किनभने त्यसो गर्न विफल हुँदा उनीहरू मारिन पनि सक्छन्। आज संसारमा सताउनेहरूबाट भागेर लुक्नुपर्ने र “भुमिगत” (भूमिगत भन्नाले अधिकारीहरूको ज्ञानबिना गुप्तमा भेला हुने कार्य) हुनुपर्ने केही विश्वासीहरू छन् होला? प्रभु येशूले उहाँका चेलाहरूलाई संसारबाट सतावटहरू सामना गर्न तयार हुनका निम्ति के-कस्ता चेताउनीहरू र अर्तीहरू दिनुभयो (यूहन्ना १५:१८-२१; १६:१-३, ३३; १७:१४ र मत्ती ५:१०-१२)? 

क्लोइस्टरहरू

त्यहाँ यस्ता समयहरू पनि थिए जब सुरुका ख्रीष्टियनहरू संसारबाट हटिगएर भूमिगत चिहानहरू र अन्य स्थानहरूमा लुक्नुपर्थ्यो।तरैपनि, पछिल्ला वर्षहरूमा, त्यहाँ यस्ता मानिसहरू पनि थिए जसले अन्य कारणहरूले गर्दा संसारबाट हटिजान्थे।

रोमी सम्राट कन्स्टान्टिनको समयहरूमा, ख्रीष्टियनमत स्वीकार्य धर्म भयो र त्यस समयभन्दा अगाडिदेखि ख्रीष्टियनहरूको विरुद्धमा चलिआएको सतावट पनि अन्त्य भयो। कन्स्टान्टिनको बारेमा पाठ ६ मा थप कुराहरू अध्ययन गर्नेछौं। कन्स्टान्टिनको दिनहरू पछि संसारले मण्डलीलाई झन्-झन् स्वीकार गर्यो र त्यसैकारण मण्डली झन्-झन् सांसारिक बन्यो। आफूलाई ख्रीष्टियन हुँ भनी दाबी गर्नेहरू झन् झन् मुक्ति नपाएकाहरू जस्तो गरी जिउन थाले। मण्डलीका मानिसहरूले झन् झन् संसारका मानिसहरूको रूप देखाउन थाले। परमेश्वरका जनहरू झन् झन् संसारसँग एकनासे हुन थाले (संसारको रूपमा ढालिए—रोमी १२:२) र संसारद्वारा कलंकित भए (याकूब १:२७)। के मण्डलीले सांसारिकपनाको समस्या वर्तमान समयमा पनि सामना गरिरहनु परेको छ?

यो समस्यालाई देखेर यसको समाधानको निम्ति केही गर्न चाहने केही मानिसहरू त्यहाँ थिए। परमेश्वरले पवित्र, शुद्ध र धर्मी जीवन चाहनुहुन्छ भनी उनीहरू जान्दथे। ख्रीष्टियनहरू सांसारिक होइन तर ईश्वरीय हुनुपर्छ भनी उनीहरूलाई थाहा थियो। उनीहरूले समस्या देखे र त्यस समस्यालाई समाधान गर्न चाहे। तर उनीहरूको समाधान यस्तो थियो: “संसारबाट नै निस्केर जाऊँ! संसारबाट नै भागौं! संसारबाट नै लुकौं! संसार यति दुष्ट छ कि पवित्र जीवनहरू बिताउन हामी यसबाट सकेसम्म टाढा भाग्नुपर्छ। संसारबाट जति टाढा गयौं उनी नै हाम्रो हृदय सफा, शुद्ध र पवित्र हुनेछ।”

यस्तो प्रकारको समाधानको बारेमा तपाईं के सोच्नुहुन्छ? के यो ठिक समाधान हो? के गलत तरिकाद्वारा समस्या सुल्झाउन खोज्नु सम्भव छ? हामीले गलत तरिकाद्वारा समस्या सुल्झाउन खोज्यौं भने थुप्रै अरू समस्याहरू खडा हुनेछन्!

क्लोइस्टर भनेको यस्तो ठाउँ हो जहाँ धर्म-कर्म गर्ने मानिसहरू संसारबाट भाग्नको निम्ति जान्छन्। यो यस्तो ठाउँ हो जहाँ ती मानिसहरू यस संसारबाट एकान्त हुन जान्छन्। यो त्यस्तो ठाउँ हो जहाँ त्यस्ता मानिसहरू (जसलाई मोंक वा नन भनिन्छ) आफैंसँग एउटा शान्त र अलग जीवन जिउन सक्छन्।

मोनास्टरी भनेको पनि क्लोइस्टर जस्तै हो। मोनास्टरीचाहिँ यस्तो भवन हो जहाँ मोंकहरू (पुरुष) वा ननहरू (स्त्री) पृथक खालको वा एकान्त जीवन जिउँछन्। मोनास्टरी भनिने शब्द मोनाजीन शब्दबाट आउँछ जसको अर्थ हो “एक्लो हुनु”।

मोनास्टरीमा प्रवेश गर्ने पुरुषलाई मोंक भनिन्छ र स्त्रीलाई नन् भनिन्छ। यी मानिसहरूको बारेमा हामी थप कुराहरू पछि सिक्नेछौं। १ कोरिन्थी ५:९-१० मा प्रेरित पावलले कोरिन्थीहरूलाई लेखे र दुष्ट मानिसहरूबाट पूरै अलग हुन असम्भाव्य छ भनी बताए। सांसारिक मानिसहरू हाम्रो वरिपरि नै छन्—विद्यालयमा, काममा, छर-छिमेकमा र बजारहरूमा इत्यादि। मानिसहरू भेटिने जहाँसुकै त्यस्ता मानिसहरू हुन्छन्। पावलले बताए, यदि दुष्ट मानिसहरूबाट अलग हुने हो भने, “तिमीहरूले __________________ नै _________________ जानुपर्छ” (१ कोरिन्थी ५:१०)। वास्तवमै यस संसारबाट उम्कने हो भने तपाईं आफ्नो रकेटमा चढ्नुपर्छ र चन्द्रमा अथवा नजिकैको कुनै ग्रहमा उडेर जानुपर्छ! पावलले हामीलाई यसै गर्नु भनेर बताइरहेका थिएनन्। उनले त हामी दुष्ट मानिसहरूले भरिएको संसारमा भएको कारण यसो गर्नु असम्भव छ भनी बताइरहेका थिए। “तिमीहरूले संसारबाट नै निस्केर जानुपर्छ”—मोंकहरू ती हुन् जसले वास्तवमै यसो गर्ने कोसिस गरे! उनीहरूले असम्भव कुरा गर्न खोजेका छन्!

पहिलो प्रख्यात मोंक

तेस्रो सताब्दीको अन्त्यतिर मिश्रमा बस्ने एकजना मानिस थिए जसको नाम एन्थोनी थियो। ती मानिस कुनै मरुभूमिमा अवस्थित गुफामा बस्न एक्लै गए र हर्मीट भनी चिनिए। हर्मीट भनेको त्यस्तो मानिस हो जो संसारबाट अलग हुन्छ र एक्लै जीवन बिताउँछ। तिनले एउटा अति कठोर जीवन बिताए र पवित्र हुनुको रहस्यचाहिँ दुलो भित्र गएर बस्नु हो भनेर कसरी हो मानिलिए! 

अन्य मानिसहरूले पनि एन्थोनीको नमुनालाई पछ्याए। उनीहरूले संसारको दुष्टताहरूबाट पृथक जीवन बिताउने निर्णय गरे। समयको क्रममा धेरै मोंकहरू एकसाथ रहेर मोनास्टरी भनिने विशाल घरहरूमा बस्न थाले जहाँ हरेक मोंकको आफ्नै सानो कोठा हुन्थ्यो।

केही विषम उदाहरणहरू

मोंकहरू वा हर्मीटहरूले विचित्र जीवन व्यतित गरे। विचित्र जीवनशैलीको निम्ति शिमोन स्टाइलीट्स जस्तो प्रख्यात अरू कोही पनि छैन। शिमोनको मृत्यु सन् ११५९ मा ६९ वर्षको उमेरमा भएको थियो। तिनी सिरिया वासी थिए। तिनको जीवनको अन्तिम तीस वर्षको समयमा तिनको मृत्युको दिनसम्म नै तिनी एउटा खाँबो (जसको नाम स्टाइलस थियो, यसैकारण तिनको नाम शिमोन स्टाइलीट्स हुन पुग्यो) को टुप्पामा बसे। शिमोनले केही खाँबाहरू निर्माण गरे, हरेक खाँबा अघिल्लो भन्दा अल्गो हुन्थ्यो। उसको अन्तिम खाँबा साठी फीट अल्गो थियो र टुप्पोमा केवल ४ वर्ग फीट क्षेत्र थियो (बसोबासो गर्न खासै ठूलो क्षेत्र त होइन)। तिनी करिब ३० वर्षसम्म त्यहाँ बसे र प्राय: उभिन्थे पनि। तिनी हरेक दिन त्यहाँ हुन्थे—दिन र रात, गर्मी र जाडो, चिसो र तातो, वर्षा र घाम। साठी फीट उचाइबाट तर जमीनमा भेला भएका मानिसहरूलाई तिनी प्रचार गर्थे।

आफ्नो मृत्युको दिनसम्म नै यस्तो जीवन तिनले यापन गरे के यसो गरेर शिमोन तल जमिनमा भएकाहरूभन्दा बढी परमेश्वरको नजिक भएका थिए र? के स्वर्गको नजिक उचालिएकोले शिमोनले कलस्सी ३:१-२ मा भएको पावलको आज्ञाहरूलाई झन् राम्रोसँग पालन गर्न सके? के संसारबाट अलग भएर पवित्र जिवन जिउन तिनी सफल भए?

अन्य मानिसहरूले पनि शिमोनको नमुनालाई पछ्याए र तिनीहरू पनि खाँबा बासीहरू भए। दानियल नाम गरेका एक मानिसले खाँबाको टुप्पामा करिब ३३ वर्ष बिताएको थियो भनेर भन्ने गरिन्छ। उसको नाम आज पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख छ!

अरू मोंकहरूले अरू अनौठा कुराहरू गरे। बोस्की नामक धार्मिक समूहका हर्मीट मानिसहरू मैदानमा बसे र उनीहरूले पशुहरूले झैं घाँस खान्थे। अर्को हर्मीट सिनाई पर्वतको आसपास इलाकामा करिब ५० वर्षसम्म नाङ्गै डुलुवा भएर हिँड्यो। मोशाले  परमेश्वरसँग भेटेको र कुरा गरेको र दस आज्ञा प्राप्त गरेको ठाउँको नजिक हुँदा पवित्र हुन सक्छु भनेर उसले सोचेको थियो होला। अम्मून नाम गरेको अर्को हर्मीटको छुट्टै ख्याती थियो किनभने हर्मीट बनेपछी उसले कहिल्यै वस्त्र पहिरेन र कहिल्यै नुहाएन। सायद उसले आफू बहिर जति धेरै फोहोरी हुन सक्यो उती नै धेरै भित्र सफा हुन सकिन्छ भनेर सोचेको थियो होला!

मोंकहरूको सामान्य जीवनशैली

हामीले केही विषम उदाहरणरू हेर्यौं; अब केही सामान्य उदाहरणहरू पनि हेरौं। मोंक र ननहरूले एउटी अति कठोर जीवनशैली अभ्यास गर्दथे जसलाई साधुवाद (ascetism; आफैंलाई इन्कार गर्ने एक कठोर अभ्यास) भनिन्छ। उनीहरू सांसारिक वस्तुहरूको अधिकारी हुन इन्कार गर्थे। उनीहरू जति खानु पर्ने हो ठिक त्यतिभन्दा धेरे खाँदैनथे र पिउँदैनथे। केही मोंकहरूले रोटी खानु र केवल पानी पिउनु बाहेक अरू केही खाँदैनथिए। मोंकहरूले अकसर उपवास बस्दथे जसको मतलब हो कि केही निश्चित समयको लागि त उनीहरूले केही पनि खाँदैनथिए। हरेक मोंक र ननहरू विवाह नगरी बस्थे। उनीहरूले आफ्नो प्राय: जसो समय प्रार्थना गर्न, धार्मीक पुस्तकहरू पढ्न र पढेको कुराहरूमाथि मनन गर्नमा बिताउँथे।

केही मोंकहरूले कोर्राहरूद्वारा आफैंलाई हिर्काएर आफैंलाई सजाय दिन्थे। सायद कोही-कोहीले यसरी सोचे होला: “हामी सतावटमा पर्नुपर्छ (२ तिमोथी ३:१२), र हामी सताउने यहाँ कोही नभएकोले हामी आफैंलाई सताउनेछौं! हामी आफैंले हाम्रो सतावट सृजना गर्नेछौं र उहाँको निम्ति हामीले सतावट सहिरहेको देखेर परमेश्वर अति प्रसन्न हुनुहुनेछ।”

तपाईंको विचारमा यस्तो किसिमको सोचाइमा के समस्या छ होला?

के मोनास्टरीहरूबाट कुनै असल कुरा आयो?

यस्तो मोनास्टरी लहर पूर्ण रूपमा गलत थियो। परमेश्वरले आफ्ना जनहरू संसारबाट नै निस्किएर गएको र एकान्त र एकलो जीवन बिताएको कहिल्यै इच्छा गर्नुभएन। उहाँका विश्वासी जनहरू कहाँ जिएको र चम्केको चाहनुहुन्छ (फिलिप्पी २:१५)? ___________________________________________________________

हुन त कुनै कुरा गलत नै भए पनि, परमेश्वरले त्यसलाई भलाइको निम्ति प्रयोग गर्न सक्नुहुन्छ। खराबीबाट पनि भलाइ ल्याउन परमेश्वर योग्य हुनुहुन्छ (उत्पत्ति ५०:२० सित तुलना गर्नुहोस्)। मोनास्टरी लहर गलत भए तापनि, परमेश्वरले उदेकको तरिकाले यसलाई प्रयोग गर्नुभयो। मोंकहरूले पवित्र शास्त्रहरूको प्रतिलिपि उतार्न आफैंलाई समर्पित गरे। उनीहरूको कामहरूमध्ये एउटा यो पनि थियो। पहिलो र दोस्रो सहस्राब्दीको मध्य वर्षहरूतिर मोनास्टरीहरू एक हिसाबले प्रकाशन गृहहरू भएका थिए। यो निकै ठूलो काम थियो, विशेषगरी ती दिनहरूमा जब छापाखानहरू थिएनन् र सबै प्रतिलिपिहरू हातले नै उतारिनुपर्थ्यो। मोंकहरूले यो काम गरे र उनीहरूले निकै राम्रोसँग यो काम गरे। आज हामीसँग हाम्रा हातहरूमा बाइबल छन् र पवित्रशास्त्रहरू विश्वासयोग्यतासाथ विगतका शताब्दीहरूमा संरक्षण गरिएका छन्। पवित्रशास्त्रहरूको प्रतिलिपी उतार्न मोंकहरूले गरेका कामहरू बहुमूल्य छन्, र ती मानिसहरू उक्त काम गर्न सक्षम भएकोमा हामी परमेश्वरलाई धन्यवाद दिन सक्छौं।

एउटा चाख लाग्दो कुरा के छ भने मार्टिन लुथर, जोन क्यालभिन र अन्य रिफर्मर्सहरूले मोंकहरूले नै उतारेका पवित्रशास्त्रका प्रतिलिपीहरू प्रयोग गरेर मोंकहरूकै अबाइबलीय अभ्यासहरूको दोष प्रकट गरिदिएका थिए! जुन पुस्तक उनीहरूले आफ्ना हातहरूद्वारा सारिरहेका थिए, त्यही पुस्तकले उनीहरूको एकान्त र एक्लो जीवनलाई दोष्याइरहेको थियो!

मोनास्टरीका गल्तीहरू के-के हुन्?

केही गल्तीहरू निम्न लिखित छन्:

१. प्रभुलाई हामी चिन्दछौं भनेर दाबी गर्ने मानिसहरूलाई समाजबाट अन्यत्रै लगिन्थ्यो जबकी उनीहरू त्यहीँ हुनुपर्थ्यो। संसारबाट नै भागेर जाने हो भने एउटा मानिसले कसरी हराइरहेको र नाश भइरहेको संसारलाई सहायता गर्न सक्छ र? यदि तपाईं मानिसहरूको बीचमा हुनुहुन्न भने कसरी तपाईं एउटा असल प्रभाव पार्ने साक्षी बन्न सक्नुहुन्छ? यदि तपाईं पापीहरूको बीचमा नै हुनुहुन्न भने कसरी तपाईंले पापीहरूलाई सुसमाचार प्रचार गर्न सक्नुहुन्छ? यदि तपाईं संसारबाट बाहिर निस्कन खोज्दै हुनुहुन्छ भने कसरी तपाईं “सारा संसारमा” (मर्कूस १६:१५) जान सक्नुहुन्छ? 

२. धार्मिक जीवन जिइरहेका छौं भन्ने यी पुरूष र स्त्रीहरूले एउटा ठूलो गल्ती गरिरहेका थिए। यस संसारबाट भागेर र समाजबाट एकलिएर मानिसको पापी हृदय शुद्ध र पवित्र हुन्छ भनी उनीहरूले गलत तरिकाले बुझे। के प्रभु येशूले विश्वासीहरू संसारबाट लगिउन् भनेर प्रार्थना गर्नुभयो (यूहन्ना १७:१५)? के प्रभु येशूले विश्वासीहरू संसारमा हुनुपर्छ भनेर ठान्नुभयो (यूहन्ना १७:११, १८)?

३. ती पुरूष र स्त्रीहरू गलत कारणहरू देखाएर संसारबाट पर हुने कोसिस गरे। संसारबाट आफैंलाई पृथक गराएर अझ पवित्र हुन्छौं भनेर तिनीहरूले सोचे। रोमको वरिपरि जिइरहेका सुरुका ख्रीष्टियनहरू संसारबाट भागेर भूमिगत चिहानहरूमा बस्न गए किनभने संसारले उनीहरूलाई लखेटिरहेको थियो। तर मोंकहरूलाई त कसैले पनि लखेटिरहेका थिएनन्। कसैले पनि उनीहरूलाई सताइरहेका थिएनन्। उनीहरू आफैंले मोनास्टरीहरूमा जान र उनीहरूको सानो कोठाहरूमा बस्न रोजे किनभने तिनले उनीहरूलाई परमेश्वरको नजिकमा ल्याउनेछ भनी उनीहरूले सोचे। उनीहरू त्यहाँ लखेटिएका थिएनन्। उनीहरूले आफैंलाई त्यहाँ लखेटेका थिए।

४. त्यस्तो जीवनशैलीले आत्मिक घमण्डलाई प्रोत्साहन दियो। उनीहरूले सजिलै साथ यसरी सोच्दथे, “हेर म कति पवित्र छु। हेर म कति असल छु। म एउटा कठोर र कठिन जीवन बिताइरहेको छु। यस्तो जीवन त निकै थोरै मानिसहरू मात्र जिउन सक्छन्।” शिमोन स्टाइलिट्सले सोचेको जस्तै उनीहरूले पनि आफू सामान्य “सांसारिक” ख्रीष्टियनहरूभन्दा धेरै उच्च र परमेश्वरको धेरै नजिक छौं भनि सोचेको हुनुपर्छ।

५. आफ्नै योग्यताहरूको आधारमा मुक्ति पाइन्छ भन्ने ठूलो शिक्षागत भूल उनीहरूमाझ थियो। “परमेश्वरलाई खुशी पार्न, उहाँको निगाह प्राप्त गर्न र स्वर्गको बाटो कमाउन म यो कठोर जीवन जिउँदै छु र यी सबै कठिन कुराहरू गर्दैछु। मैले उहाँको खातिर कति धेरै कुराहरू त्यागेको छु र म कसरी जिएको छु भन्ने जब परमेश्वरले देख्नुहुन्छ, उहाँले निश्चय पनि मलाई स्वर्ग पस्न दिनुहुनेछ।” यस्तो खालको बिचारमा के-कस्ता गल्तीहरू छन्, के बाइबलबाट देखाउन सक्नुहुन्छ? के आज पनि मानिसहरू यस्तै गरी सोच्ने गर्छन्?

६. मोनास्टरीहरूले थुप्रै मानिसहरूमा खराब असर पारेको थियो। त्यस्तो पृथक शैलीमा जिउनु लाभदायक कुरा होइन। सुरूदेखि नै परमेश्वरले भन्नुभएको थियो, “मानिस एकलो रहनु असल होइन” (उत्पत्ति २:१८)। मोनास्टरी जीवन शैलीको कारणले थुप्रै मोंकहरू र ननहरूमा नैतिक समस्याहरू र मानसिक समस्याहरू उत्पन्न भएका थिए। नवौं शताब्दि ताका थुप्रै मोनास्टरीहरू दुष्टता र भ्रष्टताको जन्मथलो बन्यो। संसारको भ्रष्टताबाट उम्कन सक्छु भनी मोंकहरूले सोचे तर संसारको भ्रष्टता त उनीहरूको आफ्नै हृदयहरूमा छ र यही दुष्टता मोनास्टरीहरूभित्र पनि ल्याइएको हो भनेर महसुस गर्न विफल भए। संसारबाट उम्कें भनी उनीहरूले सोचे तर संसारलाई उनीहरूले आफैंसाथ लिएर पनि आए।

मनन गर्नुपर्ने प्रश्नहरू

१. कसरी एउटा मानिसले साँच्चै पवित्र जीवन जिउन सक्छ?

२. सांसारिक मानिसहरूसँग भएर पनि के एउटा मानिस सांसारिक नहुन सक्छ? कसरी?

३. यस्तो अति अशुद्ध र अपवित्र संसारमा कसरी एउटा मानिस शुद्ध र पवित्र रहन सक्छ?

४. कसरी एउटा मानिस संसारमा भएपनि संसारको नहुन सक्छ (यूहन्ना १५:१९; यूहन्ना १७:११, १४, १६)?

५. अलगपनता र एकलपनामा के भिन्नता छ? के प्रभु येशू पापीहरूबाट अलग हुनुहुन्थ्यो? के उहाँ पापीहरूबाट एक्लिएर बस्नुभएको थियो (हेर्नुहोस् हिब्रू ७:२६)? के परमेश्वर हामी संसारबाट अलग भएको चाहनुहुन्छ? के उहाँ हामी संसारबाट एक्लिएको चाहनुहुन्छ? हामी कसरी संसारमा भएर पनि संसारद्वारा प्रदुषित नहुन सक्छौं?

६. विश्वासीजनले कसरी ठिक तरिकामा आफैंलाई शुद्ध राख्न सक्छ? के यसो गर्न ऊ संसारबाट नै निस्केर जानुपर्छ? उसले के गर्नुपर्छ?

७. के तपाईं संसारमाथि विजयी भइरहनु भएको छ कि संसार तपाईंमाथि विजयी भइरहेको छ?

८. संसारलाई ख्रीष्टमा जित्नको निम्ति के हामी संसार जस्तै बन्नुपर्छ? संसारले हामीलाई स्वीकार गरोस् र हाम्रो सन्देश सुनोस् भनेर के हामी “सांसारिक” बन्नुपर्छ?

९. हाम्रो वरिपरि भएका मुक्ति नपाएका हरेक मानिसहरूतर्फ हाम्रो जिम्मेवारीहरू के-कस्ता छन्

 

 

संसारमा ख्रीष्टलाई प्रस्तुत गर्न सारा मानिसहरूप्रति ख्रीष्टमा एउटा विश्वासी जनको केही जिम्मेवारीहरू छन्:

१. ऊ सारा मानिसहरूको सामु _______________ हुनुपर्छ (प्रेरित १:८)।

२. ऊ ख्रीष्टको निम्ति __________________ हुनुपर्छ (२ कोरिन्थी ५:२०)।

३. उसले हरेक प्राणीलाई __________________ __________________ पर्छ (मर्कूस १६:१५)।

४. उसले सबै जातिहरूलाई ______________ बनाउनुपर्छ (मत्ती २८:१९)।

५. ऊ सारा मानिसहरूका सामु _____________ झैं चम्कनुपर्छ (फिलिप्पी २:१५; तुलना गर्नुहोस् मत्ती ५:१६)।

६. उसले सबै मानिसहरूका लागि ______________ ___________ गर्नुपर्छ (गलाती ६:१०; १ थेस्सलोनिकी ५:१५)।

७. ऊ सारा मानिसहरूका सामु _____________________ चल्नुपर्छ (कलस्सी ४:५; तुलना गर्नुहोस् १ कोरिन्थी ९:१९-२३; १०:३२)।

८. ऊ सारा मानिसहरूतर्फ _________________ भई हिँड्नुपर्छ (१ थेस्सलोनिकी ४:१२; तुलना गर्नुहोस् रोमी १२:१७)।

९. उसले सबै मानिसहरूका निम्ति ___________________ चढाउनुपर्छ (१ तिमोथी २:१)।

१०. ऊ सबै मानिसहरूसँग _________________________ बस्नुपर्छ (रोमी १२:१८; हिब्रू १२:१४)।

११. उसले सबै मानिसहरूलाई _______________ गर्नुपर्छ (१ पत्रुस २:१७—उचित आदरभाव राख्नु। तीतस ३:२ सित तुलना गर्नुहोस् जहाँ कुनै मानिसको बदनाबी नगर्नु भनिको छ जसको अर्थ हो कसैको सम्मानमा चोट नपुर्याउनु, अनादर नदेखाउनु)।

१२. उसले सबै मानिसहरूको सामु _______________ ____________ (साक्षी, गवाही) पाएको हुनुपर्छ (१ तिमोथी ३:७; ३ यूहन्ना १२)।

 

यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?

मण्डली इतिहासबाट केही पाठहरू

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

अचम्मको कुखुरा

कुखुराको पसिना आउँदैन। किन होला, बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ। हाम्रो चाहिँ ९८.६ डिग्री से० हुन्छ र त्योभन्दा बढी हुँदा हामीलाई पसिना आउन थाल्छ, तर कुखुरालाई भने आउँदैन। परमेश्वरले उसलाई त्यस्तै बनाउनुभयो किनभने कुखुरा यताउता गर्दा उसको जीउले जमिन झण्डै झण्डै छुन खोज्छ अनि गर्मीमा जमिन तात्छ अनि त्यसको जीउको तापक्रम हाम्रो जस्तो हुँदो हो त त्यसलाई निकै कष्ट पर्न जान्थ्यो।

तिमीलाई थाह छ? एउटा तेर्सो लट्ठामाथि कुखुरा टुक्रुक्क बस्न सक्छ अनि उसले आफ्‍नो टाउको पखेटाभित्र घुसारेर त्यहीँ रातभरि मज्जासित घुर्दै सुत्न सक्छ अनि त्यो खस्दा पनि खस्दैन।कसरी? तिमीले त्यसो गरी हेर न एक रात एउटा लट्ठामा टुक्रुक्क बसेर निदाउन खोज्न! हो, परमेश्वरले तिमीलाई कुखुरा जस्तो बनाउनुभएको छैन। के तिमीले कहिल्यै कुखुराको खुट्टालाई राम्ररी हेरेका छौ? छैन भने, त्यसो गर्नु राम्रो हुन्छ। कुनै बेला आमाले कुखुराको मासु पकाउनलाई त्यसलाई काटकुट गर्नुहुँदा, त्यसको घुँडालाई हेर जहाँ आमाले काट्नुहुन्छ र त्यस भागमा हुने एउटा सेतो, टल्कने नसालाई ख्याल गर। नसालाई तिमीले तान्यौ भने, कुखुराका औंलाहरू बन्द हुन्छन् अनि छोडिदियौ भने ती औंला खुल्छन्। कसरी?

सबै घर पालुवा चराहरू – कुखुरा, कनेरी चरा, रातो चरा, कालो चरा, रबिन चराका यस्तै बनोटका खुट्टा हुन्छन्। अघिल्तिरका तीनओटा औंलादेखिका नसाहरू उसको पैतालाको बीच भागसम्म पुगेका हुन्छन् र पछिल्तिरको औंलाको नसा पैतालाको त्यही बीच भागसम्म पुगेको हुन्छ अनि त्यहाँ ती नसाहरू जोडिन्छन् र एउटै नसा बन्छन्। योचाहिँ घुमेर उसको गोलीगाँठोको अघिल्तिर आइपुग्छ, त्यो एउटा बाटो भएर मास्तिर गएको हुन्छ र एउटा नली भएर घुँडालाई पार गरेको हुन्छ र त्यसपछि त्यसको फिलामाथि फैलिएर गएको हुन्छ। जब कुखुरा बस्छ, त्यसको नसा तन्किन्छ र त्यसले औंलाहरूलाई तान्छ र बन्द गरिदिन्छ। कुखुराले अब चाहेर पनि औंलाहरूलाई खोल्न सक्दैन, औंला खोल्न त्यो उठ्नैपर्छ। जब त्यो उठ्छ हुन्छ नसा तन्किन छोड्छ अनि औंलाहरू खुल्न सक्छन्। कुखुराले आफू बसिरहेको ठाउँमा केवल बसिराख्नु मात्र पर्छ र हावाहुरी चले पनि उसलाई उडाएर लैजान सक्दैन!

जङ्गली, मांसहारी चराहरू यस्ता हुँदैनन्। चील, बाज र लाटो कोसेरोका नङ्रा हुन्छन् जसलाई उनीहरूले आफ्‍नो जीउदेखि सीधा पारेर पूरै तन्काउँदा पनि बन्द हुने गर्दैनन्। परमेश्वरले तिनीहरूलाई त्यस्तै बनाउनुभयो यस हेतुले कि तिनीहरूले स‍ाना-साना जन्तुलाई च्याप्प समात्न सकून् र पक्रेपछि उनीहरूले त्यसलाई आफूबाट अलिक पर रहने गरी त्यसलाई बलियोसँग समातिराख्न सक्छन्। यदि ती नङ्रा भएका आफ्‍ना औंलाहरूलाई बन्द गर्नलाई त्यसले खुट्टालाई आफ्‍नो जीउतिर तान्नुपर्ने हुँदो हो त त्यसले बोक्दै गरेको सानो खरायो वा सर्प वा जेसुकै होस्, त्यसले उसलाई टोक्न सक्थ्यो अनि त्यो चील वा बाजको छातीलाई च्यातिदिन सक्थ्यो। परमेश्वर ज्यादै बुद्धिमानी र असल हुनुहुन्छ। आफ्नो सृष्टिले जस्तो जीवन जिएको चाहनुहुन्छ त्यस्तै जीवन जिउन सकोस् भनेर उहाँले सबै प्राणीहरूलाई ठिक-ठिक तरिकाले मिलाउन जान्नुहुन्छ। अनि बाबुनानीहरूहो, यसैकारण तिमीले आफ्‍नो जीवन र हृदय लिएर उहाँकहाँ आएको र उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ। तब तिमीले जस्तो किसिमको जीवन जिएको उहाँ चाहनुहुन्छ त्यस्तो जीवन जिउन सक्ने तिमीलाई बनाउनुहुन्छ। “म ख्रीष्टसित क्रूसमा टाँगिएको छु तरै पनि जिउँछु; त्यसो भए पनि म ता होइन तर ख्रीष्ट मभित्र जिउनुहुनछ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रमाथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।

भाले कुखुरा विचित्र पंक्षी हो, होइन र? तर उनीहरूका केही अति राम्रा कुरा छन् जो बाबुनानीहरूले देखासिकी गर्नुपर्छ। पहिलो त, उनीहरू बिहान सबेरै उठ्छन् र परमेश्वरले उसलाई दिनुभएको कुकुरी-काँ गरी बास्ने काम गर्न थाल्छन्। आठ बजेसम्म सुतेर बस्ने भाले कतै कसैले देखेको छ र?

भाले कुखुराले “म कोइली चरीले जस्तो गाउन सक्दिनँ, त्यसैले म अब बास्नै छोड्छु” भनेर भन्दैन। उसले एउटा जुरेली वा बुलबुल चरोको देखासिकी गर्न खोज्दा पनि खोज्दैन। उसले आफूले जेगर्न सक्छ त्यही काम उसले सक्दो राम्रोसित गरिरहन्छ।

उसले यत्नपूर्वक यस्तो काम गर्छ जसको लागि उसले कहिल्यै प्रशंसा पाउँदैन। के तिमीले कसैले कुखुराको भालेलाई उसले राम्ररी कुकुरी-काँ गर्दै बासेको हुनाले उसलाई प्रशंसा गरिरेहको देखेका छौ। तर प्रशंसा पाएन भन्दैमा कुखुराको भाले बास्न छोड्दैन।

कुखुराको भालेको काम रमाइलो काम त होइन। उसको काम सुतेकाहरूलाई उठाउनु हो। त्यो बारम्बार गरिनुपर्ने काम हो तर यो सेवा गरिदिनेलाई कसैले धन्यवाद दिँदैन।

बास्ने भालेले असल खबर ल्याउँदछ। उसले हामीलाई भन्छ, एउटा नयाँ दिन आइपुग्यो जुन दिन हामीले हाम्रा प्रभुलाई चिन्न सकौं र उहाँको सेवा गर्न सकौं। भाले भरपर्दो हुन्छ, ऊ दृढतापूर्वक लागिरहन्छ। ऊ विज्ञापन गर्ने काममा अति उत्तम छ। उसले आफ्‍ना सहकर्मीहरूले खोरमा के कसो गर्दैछन् भन्ने कुरा बताउने गर्छन् किनभने कुखुरीले अण्डा पार्छे र भालेले त्यसको बारेमा कुकुरी-काँ गर्छ।

आफूले बारम्बार एउटै काम कति गर्नुपरेको भनेर कुखुराको भालेले कहिल्यै गुनासो गर्दैन। केवल उसले बास्ने काम गर्छ — ऊ बिहान बास्छ अनि दिँउसो, बिहानको नास्ता अगाडि अनि साँझको खाना खाएपछि — तर उसले खुशीसाथ त्यो गर्छ। नानीहरूहो, तिमीहरूले सिक्नुपर्ने यी असल पाठहरू हुन् अनि म आशा गर्छु तिमीहरूले यो सिक्नेछौ।

मैले तिमीहरूलाई कुखुराको अण्डाको बारेमा केही कुरा बताउनुपर्छ। तिमीले यदि एउटा अण्डालाई प्लेटमाथि वा टेबुलमाथि राखेर फननन्न घुमाइदियौ भने पनि, अथवा अरू जेसुकै गर्‍यो भनेपनि, तिमीले अण्डाभित्रको पहेंलो भागलाई भित्रपट्टि रहेको त्यसको ठाउँबाट त्यसलाई उलटपुलट हुने गरी सार्न सक्दैनौ। परमेश्वरले पहेंलोलाई यसरी बनाउनुभएको छ कि त्यो जहिले पनि अण्डाको बोक्राभित्र आफ्‍नो ठिक ठाउँमै बसिरहन्छ। तिमीले अण्डा फुटाउँदा, अथवा तिम्रो आमाले फुटाउनुहुँदा, भित्रपट्टिको केही बाक्लो र्‍यालजस्तो भागलाई उहाँको औंलाले सफा गरे जस्तो गर्दै स्वाट्ट निकाल्नुहुन्छ। यसरी निकालिएको भाग चाहिँ एक किसिमको डोरीजस्तो हो जोचाहिँ पहेंलो भागको एकातिर टाँसिएको हुन्छ र साथै त्यो बोक्रापट्टि पनि टाँसिएको हुन्छ। यसले अण्डाको पहेंलो भागलाई आफ्‍नै ठाउँमा राखिराख्छ।

अण्डाको पहेंलो भागको बनोट पानी जहाजको जस्तै हुन्छ। त्यसको तल्लो भाग भारी हुन्छ भने त्यसको माथिल्लो भाग हलुका। त्यसैले अण्डाको पहेंलो त्यसलाई वरिपरि घेर्ने सेतोको बीचमा निरन्तर तैरिरहन्छ। पहेंलो भागको यो बनोटले र साथै मैले अघि बताएको त्यो डोरीले, पहेंलोलाई अण्डाभित्र सुल्टो गरी झुण्ड्याइराख्छ, अण्डालाई जतातिर घुमाए पनि वा फर्काए पनि, चाहे मान्छेका औंलाहरूले वा कुखुरी माउले। परमेश्वरले अण्डालाई किन यसरी बनाउनुभयो भने अण्डाभित्र हुने जीवनको कण पहेंलोको सतहमाथि हुन्छ अनि त्यसलाई कुखुरी माउको छातीको नजीकमा राखिनुपर्छ ताकी कुखुरीको शरीरको तापले त्यो चल्ला बढ्न सकोस्। हामीले यहाँ फेरि देख्छौं स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको अचम्मको बुद्धि।

स्वर्गमा जिउनुहुने जीवनका प्रभुले तिमीलाई एउटा अति नै आशिषमय जीवन जिउन सहायता गर्नुहुनेछ। जब तिमीले प्रभु येशूलाई लिन्छौ तब ख्रीष्टियन जीवन जिउन र बाइबलमा देखाइएको परमेश्वरको इच्छा पालन गर्न तिमीले सजिलो भएको महसुस गर्नेछौ। बाइबलमा यूहन्ना ४:१४ मा पल्टाएर पढौं। यो जिउँदो पानी भनेको त्यो आशिषले भरिएको अनन्त जीवन हो जुनचाहिँ मुक्तिदाता प्रभु येशूले तिम्रो हृदयभित्र हालिदिनुहुन्छ जब तिमी विश्वासद्वारा उहाँकहाँ आउँछौ।

जब अण्डाभित्र चल्ला बन्ने काम हुन्छ, चल्लाको नाक सधैं अण्डाको फराकिलो पट्टिभित्र भएको हावा भएको सानो कोठामा पर्ने गरीकन बन्दछ। कुखुरा पाल्ने मान्छेलाई सोध्न सकिन्छ, “के तपाईंले कहिल्यै चल्ला उसको नाक अण्डाको साँघुरो भागतिर फर्केर बसेको देख्नुभएको छ?” कसैले त्यस्तो अण्डा भेट्टाउन सक्दैन। यसको कारण छ। यसले फेरि परमेश्वरको बुद्धि देखाउँछ रउहाँ कति असल हुनुहुन्छ भन्ने देखाउँछ। अण्डाको बोक्रा फराकिलो भागपट्टिको तुलनामा साँघुरो भागपट्टि धेरै बाक्लो हुन्छ। यसैले गर्दा चल्लाको नाक फराकिलो भागपट्टि फर्केको हुन्छ जहाँ बोक्रा पातलो हुन्छ। तब, जब चल्ला निस्कन चाहन्छ उसलाई यो फराकिलो पट्टिको बोक्रा फुटाउन गाह्रो पर्दैन। बाक्लो र कडा बोक्रा भएको साँघुरो पट्टिको बोक्रा फुटाएर बाहिर निस्कनुपर्ने हुँदो हो त उसलाई निकै साह्रो-गाह्रो पर्नेथ्यो। चल्लाको चुच्चो ज्यादै नरम हुन्छ। परमेश्वरले चल्लालाई एउटा सानो हतियार नदिनुभएको भए चल्लाले बोक्रा फुटाउनै सक्दैनथ्यो र बाहिर निस्कनै सक्दैथ्यो। प्रभुले अनौठो तरिकाले त्यो चल्लाको नरम चुच्चुको टुप्पामाथि एउटा ज्यादै कडा कोन उम्रन दिनुहुन्छ। यो सानो हतियार अण्डाको बोक्रालाई फुटाउन सक्ने जति कडा हुन्छ। त्योचल्ला बोक्राभित्रबाट बाहिर ननिस्कुन्जेल त्यसको नरम चुच्चोलाई उक्त कडा वस्तुले ढाकिदिन्छ। चल्ला बाहिर निस्केपछि, उक्त सानो कोन, जो झण्डै हड्डीजस्तै कडा हुन्छ, त्यो चल्लाको नाकबाट खस्छ, किनभने चुच्चो चाँडै नै कडा हुँदै जान्छ र उसलाई त्यो कोनको अबउसो आवश्यक पर्नेछैन। साथै, त्यो सानो कोन रहिहँदो हो त चल्लाले आफ्‍नो चुच्चो खोल्नै नसक्ने हुन्थ्यो अनि उसले खान सक्दैनथ्यो। कहिलेकाहिँ त्यो यति कस्सिएको हुन्छ कि कुखुरा पाल्नेले उसको औंलाले त्यसलाई कोट्याएर फाल्नुपर्ने हुन्छ। कुखुराको चल्लाको जीवनको लागि यस्तो उदेकको व्यवस्था गरिदिनुहुने उदेकको परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले तिम्रो जीवनको निम्ति व्यवस्था गरिदिन चाहनुहुन्छ।

चल्ला अण्डाबाट निस्कनुभन्दा दुई दिन अगाडि उसले सास फेर्न थाल्छ। हावा भएको त्यो सानो कोठाभित्र उसलाई ठिक दुई दिनसम्म सास फेर्न पुग्ने हावा हुन्छ। अनि जब उसले त्यहाँ भएको हावाको अन्तिम सास तान्छ र त्यो खाली ठाउँको हावा अब सक्किन्छ, अनि फेरि त्यसले सास तान्न खोज्छ र छटपटाएर त्यसले मुन्टोले झट्का दिन थाल्छ अनि उसले सास फेर्न खोज्दाखोज्दै उसले बोक्रा फुटाउँछ – अनि ऊ एउटा ठूलो नयाँ संसारमा निस्केर आउँछ।

परमेश्वरले कुखुराले जे-जे गर्नलाई बनाउनुभयो ठिक त्यही-त्यही कुरा उनीहरू गर्छन्। अनि प्रिय बाबुनानीहरू हो, तिमीहरूले पनि त्यसै गर्छौ भन्ने म आशा गर्छु। येशूले भन्नुभयो, “हे सबै मेहनत गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आऊ र म तिमीलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। यही मुक्तिदातामाथि आफूले पक्का गरी भरोसा गर अनि उहाँले तिमीलाई यस जीवनभरि र त्यसपछिको जीवनमा पनि सुरक्षित राख्नुहुनेछ।

Translated by Pradesh Shrestha from Uncle Walter’s Animal Stories. 

इस्राएल सम्बन्धी भविष्यवाणी

बाइबलका उदेकलाग्दा भविष्यवाणीहरू यसको ईश्वरीय उद्‍भवको एउटा प्रमाण हो। यी भविष्यवाणीहरू स्पष्ट छन्, विस्तृत छन् र अचूक छन्। तर यसको तुलनामा गैर-बाइबलीय भविष्यवाणीहरू फरक छन्, जो अस्पष्ट र गलत छन्। चौथो शताब्दिका सिबील (Sybil) अगमवक्तिनीहरूलाई विचार गर्नुहोस्। कन्स्टान्टीन (Constantine) लाई टाइबर नदीको किनारस्थित युद्धभूमिमा भेट्नु अघि जब म्याक्सेन्टियस  (Maxentius) ले तिनीहरूसित सोधखोज गरे, उनलाई यो बताइयो कि “त्यस दिनमा रोमको  शत्रु नष्ट हुनेछ।” यो भविष्यवाणी यति अस्पष्ट थियो कि जसले जिते पनि उसलाई यो लागु गर्न सकिन्थ्यो! नोस्ट्रादामस (Nostradamus) का भविष्यवाणीहरू “अप्रकट” र “अस्पष्ट” थिए। हिटलरलाई बयान गर्ने भनिएको निम्न भविष्यवाणीलाई विचार गर्नुहोस्: “भोकले उग्र पशुहरू नदीहरू पौडेर तर्नेछन्: उक्त प्रान्तको अधिक भाग हिस्टरको विरुद्धमा हुनेछ। एक महान् व्यक्तिद्वारा ऊ फलामको खोरभित्र घिसारिनेछ जब उक्त जर्मन बच्चाले कुनै कुरा अवलोकन गर्नेछैन” (centuries #2, quatrain #24)। यो यति अस्पष्ट छ कि यसको कुनै अर्थ छैन। ज्योतिषशास्त्रलाई विचार गर्नुहोस्। त्यसका पूर्वानुमानहरू प्राय: एकदम अस्पष्ट हुन्छन्, जस्तै, “केही साथीहरूलाई यस्तो लाग्न सक्छ कि तिमीले उनीहरूलाई बेवास्ता गर्दैछौ।” अनि जब ज्योतिषशास्त्रले अलिक किटानसाथ पूर्वानुमान गर्दछ, तब त्यो प्राय: गलत हुन्छ। ब्रिटेनका दुई प्रख्यात ज्योतिषीहरूले यो पूर्वानुमान गरे कि हिटलरले दोस्रो विश्व युद्ध थाल्नेछैन। एडवर्ड लिन्डो (Edward Lyndoe) ले भने, “नाजीहरूले ब्रिटेनलाई हमला गर्ने रे? मलाई हाँस नउठाउनुहोस्! मेरो तालिकाहरूमा त्यसको एउटै सङ्केत देखिँदैन (June 25, 1939)। जीन डिक्सन (Jean Dixon) लाई विचार गर्नुहोस्। तिनले यो भनिन् कि अमेरिकाभन्दा पहिला सोभियतहरूले चन्द्रमामा टेक्नेछन्, तेस्रो विश्व युद्ध सन् १९५८ मा सुरु हुनेछ, र सन् १९६७ मा क्यान्सरको औषधी पत्ता लाग्नेछ। एडगार केसी (Edgar Cayce) लाई विचार गर्नुहोस्। उनले यो भविष्यवाणी गरे कि सन्  १९६८ मा चीन ईसाई बन्नेछ र सन् १९९९ मा हारमागेडोनको युद्ध चल्नेछ। इस्लामको भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न कुराले इस्लामको मसीह “दज्जल” लाई जनाउँछ। “आफूसित पानी र आगो लिएर दज्जल निस्किआउनेछन् अनि जुन कुरा मानव जातिले पानी भनी देख्छन् त्यो जल्ने आगो हुनेछ र जुन कुरा आगो भनी देख्छन् त्यो चीसो र मीठो पानी हुनेछ” (Hadiths of Bukhari)। हिन्दू भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न बयान कलियुगको हो: “जब छल, झूट, अल्छेपना, निन्द्रा, उपद्रव, नैराश्य, शोक, भ्रम, डर र गरिबी व्यापक हुनेछ, त्यो नै कलियुग हो।” यो त यति अस्पष्ट छ यस बयानले मानिसको पतन भएदेखिको जुनसुकै समयलाई पनि बयान गर्न मिल्छ। तुलनामा बाइबलका भविष्यवाणीहरू प्राय: स्पष्ट र विस्तृत छन् र ती कहिल्यै चुकेका छैनन्। जस्तै, ख्रीष्टको पहिलो आगमन सम्बन्धीका भविष्यवाणीहरूले उहाँको आगमनको एकदम ठिक समय, उहाँको एकदम ठिक जन्मस्थान, उहाँका हातपाउहरू क्रूसमा छेडिने कुरा, क्रूसबाट उहाँले बोल्नुहुने शब्दहरू, सिपाहीहरूले उहाँका वस्त्रका निम्ति गोला हाल्ने कुरा, उहाँलाई धनी मानिसको चिहानमा गाडिने कुरा, र अन्य थुप्रै घटनाहरूलाई बयान गरेका थिए। इस्राएल सम्बन्धी भविष्यवाणीहरू पनि उत्तिकै विशुद्ध छन्। भनिन्छ, फ्रेड्रिक द ग्रेट (Frederick the Great) ले एक पटक बाइबलको ईश्वरीय उद्‍भवको प्रमाण एउटै शब्दमा दिन लाए। उनको आत्मिक सल्लाहकारले जवाफ यसरी दिए, “यहूदी, मौसुफ” (Robert Newman, “Israel’s History Written in Advance,” Evidence for Faith, edited by John Montgomery, pp. 193-201). इस्राएलीहरू एउटा राष्ट्रको रूपमा भर्खरै सङ्गठित बनेको अवस्थामा, उनीहरू प्रतिज्ञाको देशभित्र पस्नु अगाडि नै मोशाले उनीहरूको सम्पूर्ण इतिहासको भविष्यवाणी गर्‍यो। परमेश्वरले यो चेतावनी दिनुभयो कि इस्राएल यदि उहाँको व्यवस्थादेखि मोडियो भने परमेश्वरले त्यसलाई न्याय गर्नुहुनेछ। हेर्नुहोस् व्यवस्था २८:२५-३२, ३६-३७, ६३-६७; ३०:१-६ यो भविष्यवाणी ईपू १४५० ताका लेखिएको थियो, अर्थात् लगभग ३,५०० वर्ष अगाडि। उक्त भविष्यवाणीले इस्राएल विदेशी शक्तिहरूद्वारा पराजित हुने कुरा, आफ्‍नो भूमिबाट निस्कासन गरिने कुरा, पृथ्वीको पल्लो छेउसम्म छरपुष्ट पारिने कुरा, र फेरि फर्काइने कुराको बयान गर्दछ। १. भूमिको मरुस्थलीकरण मोशाले यो बताए कि इस्राएल एउटा मरुभूमि बन्नेछ। वर्षाचाहिँ धूलो र बालुवा हुनेछ (व्यवस्था २८:२३-२४), अनि भूमिचाहिँ “गन्धक, नुन र जलिरहेको आगो” हुनेछ (व्यवस्था २९:२३)। इस्राएल ईपू १५ औं शताब्दीमा कनानभित्र प्रवेश गर्दा, त्यो एउटा बगैँचा जस्तै फलवन्त भूमि थियो, अनि परमेश्वरले उक्त भूमिमा अघिल्लो र पछिल्लो वर्षा पठाउनुभयो। त्यसको ४०० वर्ष अघि अब्राहामको समयमा, इस्राएलको दक्षिण भागमा रहेको यर्दनको बेंसी “जहाँतहीँ पानीले राम्ररी सिँचिएको, परमप्रभुको बगैंचाजस्तो … थियो (उत्पत्ति १३:१०)। परमेश्वरले त्यसलाई “दूध र मह बग्ने” भूमिको रूपमा बयान गर्नुभयो, जसको माने भूमि राम्ररी सिँचिएको थियो र प्रशस्त पाल्तुपशुले र फूल फुल्ने बोटविरूवाले लटरम्म थियो (व्यवस्था ३१:२०)। रूबेन र गादका कुलहरू यर्दनको पूर्वपट्टि बसोबासो गरे किनकि तिनीहरूका “अति धेरै गाईबस्तुहरू थिए” अनि तिनीहरूले यो देखे कि “त्यो ठाउँ गाईबस्तुका निम्ति उपयुक्त ठाउँ थियो” (गन्ती ३२:१)। उनीहरूले वर्तमान जोर्डन राष्ट्रको दक्षिणी भागको बयान गर्दैथिए जो आज एक उराठिलो मरुभूमि रहेको छ। त्यतिखेर त्यो मरुभूमि थिएन, तर इस्राएलको पाप र मूर्तिपूजाको कारण परमेश्वरले वर्षा बन्द गरिदिनुभयो र भूमि एक बाँझो मरुभूमि बन्यो, अनि आज अधिकांश भूमि  नै त्यस्तै छ। इस्राएलको अधिकांश भागहरूमा जे उब्जनी गरिन्छ त्यो सिँचाइले मात्र गर्न सकिन्छ। आज केही भेडाहरू पालेर जसोतसो जीविका धान्न सकिन्छ (सिँचाइ गरिएका र्‍याञ्चहरूलाई छोडेर), तर बथान का बथान भने पाल्न सकिन्न। इस्राएलको भूमि स्वयं प्राचीन बाइबल भविष्यवाणीको शुद्धता दर्शाउने शक्तिशाली गवाही हो। आधुनिक इस्राएलले प्रविधिद्वारा कृषि जगतमा उदेककै काम गरेको छ, तरैपनि ८०% भूमिको अझै निर्जल वा अर्ध-निर्जल अवस्थामा कुनै परिवर्तन ल्याउन सकिएको छैन। अनि यो चाहिँ बाइबल भविष्यवाणीको पूरा हुवाइस्वरूप परमेश्वरकै न्याय थियो। २. छिन्न-भिन्नकरण र सतावट व्यवस्था २८:६३-६७ यो भविष्यवाणी तब पूरा हुन थाल्यो जब ईपू ५८६ मा इस्राएलको पहिलो मन्दिर नष्ट गरियो र ७० वर्ष लामो बेबिलोनी निर्वासन सुरु भयो, तर त्यो सुरु मात्र थियो। मोशाले यो बताएका थिए कि व्यवस्थाको पुस्तकको भविष्यवाणी “अन्तिम दिनहरूमा” (व्यवस्था ३१:२९) पूरा हुनेछ जुन कालखण्ड चाहिँ ख्रीष्टको पहिलो आगमनपछि मात्र सुरु भयो। ७० एडीमा इस्राएलको दोस्रो मन्दिर रोमीहरूद्वारा नष्ट भयो अनि ६५ वर्षपछि यरूशलेम पूरै भत्काइयो जब रोमले बार कोक्भा विद्रोहलाई दमन गर्‍यो। उक्त ठाउँमा जूपिटरको नाममा समर्पित अर्कै शहर निर्माण गरियो। सम्राट हेड्रियनले यहूदीयाको नाम परिवर्तन गरेर सिरिया प्यालेस्टिना राख्यो। थुप्रै यहूदीहरूको संहार गरियो अनि बाँकीजसो कि त कैद गरी लगिए वा विश्वका अन्य ठाउँमा भागेर गए। इस्राएलले १९०० वर्ष लामो छिन्न-भिन्नकरण अनुभव गर्दै आएको छ अनि ऊ भाग्दै जहाँ पुगे पनि सताइएको छ र पीडित भएको छ। उसलाई रोमीहरू, ग्रीकहरू, मुसलमानहरू, रोमन क्याथोलिक चर्च, बाइजन्टाइनहरू र अर्थडक्स चर्च, स्पेनिशहरू (यहूदीहरू १४९२ मा स्पेनदेखि निस्कासन गरिए), भेनिसियनहरू (यहूदीहरू छुट्टै महल्लामा बस्नुपर्थ्यो), रूसेलीहरू (यहूदीहरू रूसदेखि १८८० को दशकमा  निस्कासन गरिए), जर्मनीहरू, सुरूका लुथरनहरू, अनि अरू धेरैद्वारा घृणित भएको छ। अनि आज फेरि एन्टिसेमिटिज्मको पुनर्जागरण भएको छ। दोस्रो विश्व युद्धको ‘हलकस्ट’ जसअन्तर्गत ६० लाख यहूदी मारिए, व्यवस्था २८ को प्राचीन अगमवाणीको अर्को पूरा हुवाइ थियो। यरूशलेमस्थित हलकस्ट म्यूजियमले जर्मनहरूको हातबाट भोग्नु परेको तीतो शोकको गवाही दिइरहेको छ। मुख्य म्यूजियमका नौंओटा ग्यालरीहरू हलकस्टको फरक-फरक चरणलाई दर्शाउन छुट्ट्याइएका छन्, हिटलरको उदयदेखि उसको मृत्युसम्म। त्यहाँ आकुल बनाउने त्यस्ता सयौं फोटोहरू र वस्तुहरू छन्। मध्यरातमा गिरफ्तारिहरू। ध्वस्त सभाघरहरू। पाखुरामा पट्टीको वा स्टार अफ डेविडको चिन्ह लगाएर हिँड्नुपरेका यहूदीहरू। यहूदीहरू खिसी गरिएका, पिटिएका, थुकिएका, जलाइएका, गोली हानिएका, विष खुवाइएका। लाशका ह्रासहरू। वस्तु बोक्ने रेलका डिब्बाहरूबाट हेरिरहेका दयनीय अनुहारहरू। भोकमरिले पीडित मानिसहरू। तरैपनि इस्राएल उसको छिन्न-भिन्नकरणको लामो शताब्दीहरू भरि एउटा छुट्टै जातिको रूपमा रहिरह्यो। सन् १७५४ मा बिशप थोमस न्यूटन (Bishop Thomas Newton) ले यहूदीहरूको बारेमा यो लेखे:
“उनीहरूको संरक्षण साँच्ची नै ईश्वरीय नियन्त्रणको एउटा सबैभन्दा उत्कृष्ट काम हो। उनीहरू सबै जातिहरूका बीच तितरबितर छन्, तरैपनि कसैसित मिसिएका छैनन्। … उनीहरूले आफ्‍नो वंशावली संसारकै सुरुदेखि उतार्न सक्छन्। …युद्धहरू, संहारहरू र सतावटहरूपछि उनीहरू अझै अस्तित्वमा छन्; उनीहरू अझै थुप्रै छन्। अलौकिक शक्तिले नभए कसले उनीहरूको यस्तो तवरले संरक्षण गरेको हो जसरी अन्य कुनै पनि विश्वको राष्ट्रलाई गरिएको छैन?” (Dissertation on the Prophecies, VIII, section 2).
Walter Scott ले लेखे:
“एक समय मिस्र, असिरिया, बेबिलोन, पर्सिया, ग्रीस र रोमका सामर्थी राजतन्त्रहरू उठे, फस्टाए र ढले, स्थायी रूपमा कुनै परिणामहरू नछोडीकन गए। तर ती प्राचीन राज्यहरूको भन्दा अगाडिदेखिको विश्वसनीय इतिहास भएका यहूदीहरू भने हामीसँग आजसम्म छँदै छन्। मुखाकृति र राष्ट्रिय चरित्रको दृष्टिमा यहूदी झण्डै ४,००० वर्षको इतिहासमा पनि बदलिएको छैन। … यहूदीहरू एउटा जतिको रूपमा नाश गरिनु सम्भव छैन। परमेश्वर नै उनीहरूका रक्षक र संरक्षक हुनुहुन्छ, उनीहरू उहाँको न्याय शासनको मुनि रहँदा पनि जस्तो आज उनीहरू छन्। यहूदीहरू घरबिहीन, देशबिहीन, सरकारबिहीन, नेतृत्वबिहीन भएर पनि जातीय विश्वासमा, भावनामा र आशामा अन्यजातिहरूदेखि छुट्टै जातिको रूपमा रहेका छन्, जसरी उनीहरू थिए दाऊद र सुलेमानका दिनहरूमा” (Walter Scott, At Hand, Or, Things That Must Shortly Come to Pass, 1910)।
3. आफ्‍नै भूमिमा उनीहरूको पुनस्थापना बाइबल भविष्यवाणीले इस्राएलको छिन्न-भिन्नकरण र कष्टको मात्र नभएर इस्राएल फेरि आफ्‍नो भूमिमा फर्काइनेछ भन्ने कुराको पनि बयान गरेको छ (व्यवस्था ३०:१-५)। अन्य थुप्रै भविष्यवाणीहरूले इस्राएलको फर्काइलाई बयान गर्दछ। बाइबल विश्वासीहरूले यो जान्दथे कि इस्राएल पुनस्थापित हुनेछ किनकि भविष्यवाणीहरूले यसको माग गरेको थियो। जस्तै, सन् १९१० मा ओटोमान साम्राज्यले इस्राएलको भूमिमाथि राज्य गर्दै गरेको समयमा, जुन बेला थोरै मात्र यहूदीहरू त्यहाँ बसोबासो गर्दथे, त्यसबेला Walter Scott ले लेखे:
“वचनमा योजनाबद्ध रूपमा रहेको भविष्यवाणीको व्यवस्थित प्रणालीको आवश्यकता बमोजिमको वस्तुस्थिति सृजना हुनलाई पहिलो र अपरिहार्य आवश्यकता नै हिब्रू राष्ट्रको पुनस्थापना हो। अगमवाणीको सम्पूर्ण भविष्य यही प्राथमिक तथ्यमा निर्भर छ। यस पृथ्वीमा परमेश्वरको शासन प्रणालीको केन्द्रमा अन्यजाति होइन तर यहूदी रहेको छ। त्यसैले आफ्‍नो भूमिमा यहूदा पुनस्थापित हुनु नै सबै कुरालाई प्रभावित पार्ने जड कुरो हो। यो नै शताब्दियौंको महान् राजनीतिक घटना हुनेछ जसले विश्वकै ध्यानाकर्षण गर्नेछ। … जुनसुकैबेला र जोसुकैद्वारा यहूदाको पुनस्थापना पूरा होस्, यसको फलस्वरूप विश्वको सम्पूर्ण राजनीतिक शासन प्रणालीलाई प्रभाव पार्नेछ। … इस्राएल पल्यालेस्टाइनमा पुनस्थापित हुनु नै भविष्यवाणीले माग गरेको पहिलो र आधारभूत आवश्यकता हो” (Walter Scott, At Hand, Or, Things Which Must Shortly Come to Pass, 1910)।
बाइबल अगमवाणीमाथिको उनीहरूको विश्वासले गर्दा जुन कुरा वाल्टर स्कट र अरू बाइबल विश्वासीहरूले लामो समयदेखि अगाडिबाटै देखेका थिए त्यो कुरा सन् १९४८ मा पूरा हुन गयो। इस्राएल पवित्र भूमिमा पुनस्थापित मात्र भएन, उसले आफू एउटा आधुनिक राष्ट्रको रूपमा स्थापित भएको पनि घोषणा गर्‍यो।

दुई चरणमा हुने पुनस्थापना

इस्राएल फर्केर आउने कुरा इजिकिएल ३७:१-१४ को अचम्मको भविष्यवाणीमा बयान गरिएको छ। यहाँ इस्राएललाई सुख्खा हड्डीहरूको बेंसीको रूपमा वर्णन गरिएको छ। पद ११ ले यसको अर्थ प्रकाशन गरेको छ: यी हड्डीहरूचाहिँ इस्राएलको सम्पूर्ण घराना हुन्।” विगतको २००० वर्षसम्मको इस्राएलको अवस्था नै सुख्खा हिड्डीहरूको अवस्था थियो। इस्राएल संसारकै पल्लो छेउ-छेउसम्म छरपुष्ट पारिएको थियो र हेर्दा ऊ मरिसकेको र खत्तम भइसकेको जस्तो देखिन्थ्यो। इजिकिएललाई यो बताइन्छ कि इस्राएल फेरि जीवित पारिनेछ र दुई चरणहरूमा पुनस्थापित गरिनेछ। पहिलो, ऊ भूमिमा फर्काइनेछ तर आत्मिक रूपमा मरेको अवस्थामा। पद ८ ले यो बताउँछ कि मरेका हड्डीहरू उठाइए तर “तिनमा सास थिएन।” त्यसपछि उसले आत्मिक पुनर्जागरणको अनुभव गर्नेछ। यो चाहिँ महासङ्कष्टकालमा हुनेछ, ठिक ख्रीष्टको पुनरागमन हुनुभन्दा अगाडि। आज इस्राएल ठिक यही अवस्थामा छ। सन् १९४८ मई १४ को मध्यरातमा नयाँ राष्ट्र इस्राएलको घोषणा गरियो। औपचारिक घोषणाले यो बतायो: “हामी यसद्वारा प्यालेस्टाइनमा यहूदी राष्ट्रको स्थापनाको घोषणा गर्दछौं जसलाई मेदिनाथ  इस्राएल (इस्राएलको राष्ट्र) भनिनेछ। … इस्राएल राष्ट्र सबै देशहरूमा तितरबितर भएका यहूदीहरूको अनुगमनको निम्ति खुल्ला हुनेछ। … सारा संसारभरि भएका यहूदीहरूलाई इस्राएललाई छुट्कारा दिलाउने पुस्तौंदेखिको सपना साकार बनाउने यस महान् संघर्षमा अनुगमनको काम र विकासको काममा हामीसित एकजुट हुन अनि हाम्रो साथमा खडा हुन हामी आह्वान गर्दछौं। सर्वशक्तिमान् परमेश्वरमाथि भरोसा राख्दै, मातृभूमिको माटोमा रहेर, तेल अबिबको शहरमा, यस विश्रामदिनको साँझ, ल्यारको पाँचौं, ५७०८ मा, मईको चौधौं, १९४८ मा, यस अस्थायी राष्ट्रिय परिषदको बैठकमा हामी यस घोषणापत्रमा हामी हस्ताक्षर गर्दछौं।” एघार मिनेट पछाडि अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान, एक ब्याप्टिस्ट, ले इस्राएललाई स्वीकार गरेको कुरा घोषणा गरे। संसारभरि यहूदीहरूले हर्षोल्लास मनाए। जताततै सभाघरहरूमा धन्यवादको सेवाहरू भए। रोममा यहूदीहरू आर्च अफ टाइटस (Arch of Titus) मुनि जुलुस निकाले, जुन आर्च ७० एडीमा भएको यरूशलेमको विध्वंशको स्मारक हो। उनीहरू भन्दैथिए, “हामी मरेकाहरूबाट फर्की आएका छौं!” यो त इजिकिएल ३७ को अति नाटकीय पूराहुवाइ थियो। प्राचीन रोमी साम्राज्य उसको सम्पूर्ण महिमासित टलेर गइसक्यो तर इस्राएल छँदैछ। तुरुन्तै यो नयाँ यहूदी राष्ट्र आफ्‍नो स्वतन्त्रताको निम्ति युद्धमा (War of Independence) होम्मिनुपर्‍यो जब यहूदीहरू अरबीहरूको विशाल र सुसज्जित सेनाहरूको विरुद्धमा आफ्नो प्रतिरक्षा गर्न बाध्य बने। अरब संघ (Arab League) मा मिस्र, जोर्डन, सिरिया, लेबनन र इराक एकजुट भएको थियो। ब्रिटेनले अरबीहरूलाई अस्त्रले सुसज्जित गर्न र यहूदीहरूलाई अस्त्ररहित पार्न भ्याएसम्म प्रयास गर्‍यो। इस्राएलका शत्रुहरूले देशबाहिरबाट मात्र हमला गरेका होइनन्; उनीहरूले युद्ध सुरु हुनुभन्दा अगाडिबाटै देशभित्र बलियो गरी मोर्चा बाँधिसकेका थिए।  इस्राएलले सबै कुराका बाबजुद स्वतन्त्रताको निम्ति युद्ध (War of Independence) जित्न सफल भए, तर यो उसको सङ्घर्षको सुरुआत मात्र थियो। सन् १९५६ मा मिस्रसित सूएज युद्ध (Suez War) युद्ध गरियो र इस्राएलका जहाजहरूलाई सूएज कनालमार्फत प्रवेशमार्ग खुला राख्न मिस्रलाई मान्ने बनाइयो। त्यसपछि सन् १९६७ मिस्र, जोर्डन, सिरिया र इराकसित छ-दिने लडाइँ (Six-Day War) चल्यो जसमा साउदी अरब, सुडान, टुनिसिया, मोरक्को र अल्जेरियाले अरब गठबन्धनलाई सेना र हातहतियार दिएर साथ दिएको थियो। छ- दिने लडाइँ (Six-Day War) पछि १९६८-७० मा इस्राएलको विरुद्धमा मिस्रको वार अफ अट्रिशन (War of Attrition) नामक युद्ध चल्यो। त्यसपछि सन् १९७३ मा योम किप्पूर युद्ध (Yom Kippur War) चल्यो जब इस्राएललाई योम किप्पूर अर्थात प्रायश्चितको दिनमा हमला गरियो, दक्षिणमा मिस्रद्वारा र उत्तरमा सिरियाद्वारा। यी दुई मुस्लिम राष्ट्रहरूलाई साथ दिनेहरू यी थिए: लेबनन, इराक, कूवेत, जोर्डन, साउदी अरब, अल्जेरिया, टुनिसिया, लिबिया, सुडान, यूगाण्डा, क्यूबा, मोरोक्को र पाकिस्तान। सोभियत संघले हवाइजहाजहरू, ट्याङ्कहरू र हर प्रकारका अस्त्रहहरू प्रबन्ध गर्नुको साथसाथै इस्राएलको हवाइ शक्तिलाई तारो बनाउँदै हजारौं क्षेप्यास्त्रहरू प्रबन्ध गरे। इस्राएलले आफूसित भएको भन्दा अत्यधिक सैन्यशक्तिको सामना गर्नुपर्‍यो। इस्राएल विरुद्धका यी प्रमुख युद्धहरू वास्तविकताको सानो एक छेउ मात्र हो। प्यालेस्टाइन अधिकारी (Palestine Authority), प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (the Palestine Liberation Organization), हमास (Hamas), हज्बोल्ला (Hezbolla), र इस्लामी जिहाद (Islamic Jihad) जस्ता मुस्लिम समूहरूहरूसित इस्राएलको बारम्बार सैन्य द्वन्द्व चलेको छ। यस प्रकारले भयङ्कर विरोधका बीच इस्राएल भूमिमा फर्केर आएको छ, अनि त्यहाँ इस्राएलको उपस्थिति हुनु नै एउटा अटुट आश्चर्यकर्म रहेको छ। तर इस्राएल आत्मिक रूपमा अन्धा छ र मरेको छ, ठिक जस्तो इजिकिएलले भविष्यवाणी गरेको थियो। यसका लक्षणहरू ज्यादै प्रत्यक्ष छन्। इस्राएलको आत्मिक अन्धापना आफ्‍नो मसीहप्रति रहेको उसको हठी अस्वीकारमा प्रत्यक्ष देख्न सकिन्छ। हाम्रो यहूदी गाइडले यो बताए कि इस्राएलमा ख्रीष्टलाई खुल्लमखुल्ला प्रचार गर्न वा सुसमाचारका पुस्तिकाहरू वितरण गर्ने काम कानून विपरित छ। जब हामीलाई उनीसित येशू मसीहको बारेमा कुरा गर्न खोज्यौं तिनले सुन्नै मानेनन् र “त्यो तपाईंको राय हो” भनेर कुरा टुङ्गाइदिए। यसले अधिक सङ्ख्यामा रहेका यहूदीहरूको डरलाग्दो अवस्थालाई दर्शाउँछ। इस्राएलको आत्मिक अन्धापना इस्राएलको अति स्वाभिमानी घमन्डमा प्रत्यक्ष देखिन्छ। प्राय: इस्राएल घमन्डले फुलेको छ र आफ्नो पुनस्थापनाको आश्चर्यकर्म र आधुनिक युद्धहरूमाथिको विजयका लागि इस्राएलले परमेश्वरलाई महिमा खासै दिने गर्दैन। यी महान् आश्चर्यकर्महरूका लागि धन्यवाद र स्वीकारको एक अंश परमेश्वरलाई दिएजस्तो गरे तापनि इस्राएलका अगुवाहरू र प्रख्यात योद्धाहरू र प्रविधिलाई अधिकांश श्रेय दिने गरिन्छ। गिदोनको समयदेखि केही बदलिएको छैन जब परमेश्वरले इस्राएलको ठूलो सेनाको कटौति गरेर केवल ३०० लडाकु मात्र प्रयोग गर्नुभयो यस हेतुले विजयका लागि इस्राएलले आफैमा गर्व नगरोस्। इस्राएलको आत्मिक मृत्यु र अन्धापना यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि आजका अधिकांश यहूदीहरू सेक्यूलर छन्, यसको माने उनीहरू पुरानो नियम पवित्रशास्त्रको सम्बन्धमा कि त थोरै चासो राख्छन् कि त केही चासो राख्दैनन्। उनीहरू केही धार्मिक परम्परा र रीति पछ्याउँछन्, तर तिनीहरूको हृदय परमेश्वरदेखि टाढा छ। उनीहरू परमेश्वरको बारेमा कुरा त गर्छन् तर उहाँको आज्ञा मान्दैनन्। इस्राएलका सबभन्दा प्रतिष्ठित आधुनिक योद्धाहरू व्यभिचारी र शबाथ भङ्ग गर्नेहरू थिए। इस्राएलको आत्मिक मृत्यु यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि उसले परमेश्वरको वचनको अधिकारमाथि रब्बीहरूको परम्परालाई राखेको छ। एकदमै कट्टरहरूसमेत  पहिलेका फरिसीहरूभन्दा केही फरक छैनन्। उनीहरू प्रार्थना गर्छन् तर उनीहरूका प्रार्थनाहरू व्यर्थको देखावटी रीति मात्र हुन्। उनीहरू महापवित्रस्थानको नजिक हुन वेलिङ वाल (Wailing Wall) नेर जान्छन् र आफ्‍ना फाइलेक्टरीहरू (phylacteries) लाई ठ्याक्कै मिलाएर लगाएको कुरालाई, कस्तो तरिकाले र निश्चित हल्लने तरिकाले प्रार्थना गरेको आदि कुरालाई निकै महत्त्व दिँदै देखाउँछन्। उनीहरू खानपीनका नियम (कोशर) पालन गर्छन् तर बाइबलले भनेको भन्दा धेरै पर जान्छन्। जस्तै बाख्राको पाठोलाई आमाको दूधमा नउमाल्नू भनिएको छ (व्यवस्था १४:२१)। यहूदी परम्पराले यसमा थपेर दूध वा दूधबाट बनेको चीजजस्तो कुनै कुरासित खाइनु हुँदैन भन्छ। (चीजबर्गर खान नपाइने!) परमेश्वरको व्यवस्थाले यो भनेको छैन। यो मान्छेको व्यर्थको परम्परा हो जो परमेश्वरको पवित्र व्यवस्थामा थपियो। येशूको समयमा जस्तै, आज पनि यहूदीहरू भुसुनालाई चाल्छन् तर ऊँटलाई निल्छन् (मत्ती २३:२४)। इस्राएलको आत्मिक अन्धापना पुरातत्त्वको अध्ययनमा प्रत्यक्ष देखिन्छ। बाइबलको सत्यताको पक्षमा प्रमाणहरू भेट्टाउने काममा अग्रपन्थीमा हुनुपर्ने यहूदी पुरात्त्वविदहरू सबैभन्दा  उग्र शत्रुका रूपमा खडा छन्। हामीलाई बताइएको छ कि तेल अबीबका पुरातत्त्वविदहरू बाइबलीय सन्देहवादको अग्रपन्थीमा छन्। एबाल डाँडा (Mt. Ebal) मा रहेको यहोशूको वेदीलाई उत्खनन गरेका आदम जर्टाल (Adam Zertal) ले स्टिभ रड (Steve Rudd) लाई यो बताए कि “इस्राएलका विभिन्न विश्वविद्यालयहरूमा रहेका प्राध्यापकहरू नै पुरातत्त्व क्षेत्रमा रहेका सबभन्दा बाइबल-विरोधी तत्त्वहरू हुन्” (“Joshua’s Altar”, https://www.bible.ca/archeology/bible-archeology-altar-of-joshua.htm) तर उसको अन्धापनाको बाबजुद नै इस्राएलले बाइबल भविष्यवाणी पूरा गर्दैछ। ऊ भूमिमा फर्केको छ अनि तेस्रो मन्दिर निर्माण गर्ने तयारीमा छ जुन कुरा बाइबलमा भविष्यवाणी गरिएको छ। बाइबलको ईश्वरीय प्रेरणाको मौन गवाहीको रूपमा, टेम्पल माउन्ट (Temple Mount) को पारिपट्टि ठिक अघिल्तिर एउटा २० लाख डलरको सुनको सामदान खडा छ, तेस्रो मन्दिरको पर्खाइमा। बाइबलले बताउँछ कि यो मन्दिरमा ख्रीष्टविरोधी बस्नेछ (मत्ती २४:१५; २ थेस्सलोनिकी २:४)।  इस्राएल पुनर्जीवित पारिने काम महासङ्कष्टको समयमा हुनेछ जोचाहिँ मण्डलीयुगका पवित्र जनहरूको र्‍याप्चरपछि हुनेछ। साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।

पिकनिक जाने कमिला

पिकनिक जाने कमिला

बालबालिका विशेष

हान् राजा सुलेमानले दुईओटा अवसरमा त्यो सानो कमिलातिर हाम्रो ध्यान आकर्षण गरेका छन् यस हेतुले कि हामीले त्यसबाट केही शिक्षारूपी फाइदा उठाउन सकौं। हितोपदेश ६:६ मा उनले लेख्छन्,

 “हे अल्छे, कमिलाकहाँ जा; त्यसका चालहरू विचार गर् र बुद्धिमान् बन्।”

अलि पछि गएर हितोपदेश ३०:२५ मा उनले लेख्छन्,

 “कमिला, जो बलियो जाति होइन, तर पनि ग्रीष्मऋतुमै आफ्नो खानेकुराको प्रबन्ध गर्छन्” 

यी बुद्धिमान र असल राजाले हामीलाई एउटा विद्यालयको विद्यार्थी जस्तो बनेर कमिलाकहाँ जान सल्लाह दिएकाले हामीएकछिन त्यसै गरौं। म निश्चित छु कि यो ज्यादै रोचक अनुभव हुनेछ।

कसैले यो भनेका छन् कि कमिला संसारकै सबभन्दा व्यस्त जाति हुन् तरैपनि हरेक पिकनिकमा टुप्लुक्क आइपुग्न ऊसित समय हुन्छ। कति चाँडै कमिलाहरूले खानेकुरा भेट्टाउँछन् – तिमीहरूले ख्याल गरेका छैनौ र? उनीहरू एक-एक पिकनिक स्पटमा पुगेकै हुन्छन्। उनीहरूले खानेकुरा भण्डारन गर्ने एक-एक ठाउँ पनि खोजेर छाडेकै हुन्छन्। उनीहरू मह र जाम मनपराउँछन्। उनीहरू चिनी र चास्नीमा रमाउँछन् र यस्ता चीजहरू उसदेखि जोगाएर राख्नु सजिलो छैन। उनीहरू आफ्ना सबै काम कडा परिश्रम र जाँगर लगाएर गर्छन्। तिनीहरू “दिन हुँदा-हुँदै” (यूहन्ना ९:४) काम गरिहाल्छन् र रातमा घर बस्छन्, जस्तो सबै ज्ञानी बाबुनानीहरूले पनि गर्नुपर्छ।

सुलेमानको अर्तीलाई मैले एक दिन अलिक गम्भीर रूपमा लिएँ। त्यसैले पिकनिक गर्न परिवारसित यात्रा गर्दै एउटा पार्कमा पुगें अनि साथमा एउटा आइग्लास पनि लगें। पर्याप्त खोजीपछिघाँसभित्र-भित्रै मैले कमिलाले बनाएको एउटा सानो बाटो भेट्टाएँ। उक्त बाटोको एकापट्टि भुइँमा लम्पसार परेर म श्रीमति कमिलाको बाटो हेरी बसें। कुरा के भने, पिकनिक जाने सबै कमिलास्त्री जाति हुन्छन्। योचाहिँ “काम जति दिदीबहिनीले गरून्” भन्ने जस्तो संसार पर्‍यो। पुरुष कमिला जमिनमुनि रहन्छन्। उनीहरू बाल-बच्चालाई हेर्छन् र घरको कामधाम गर्छन्। (अबसुलेमानले त त्यसो गरी बस्नु परेन। उनलाई सघाउने थुप्रै थिए।) म धेरै बेर पर्खीबस्नु परेन। एउटी रूपवती कमिला म्याम, नास्ताको खोजीमा बाटोमा खुरुखुरु हिँड्दै आइन्। मैले तुरुन्तैउसको बाटोको छेवैमा रोटीको एक टुक्रा राखें अनि मेरी सानी पाहुनाले छिट्टै त्यसलाई भेट्टाइन्। तिनले आफूले बोक्न सक्ने जति लिइन् र आफ्नो बहुमूल्य भारी बोकेर आफू आएकी बाटोहुँदै घर फर्कन थालिन्। एकैछिनमा अर्की कमिलाले तिनलाई भेटिन् अनि उक्त भेटघाट हुँदा मैले देखेको दृश्य मेरो निम्ति अति मनमोहक बन्यो। पहिलो कमिलाले आफ्नो रोटीको टुक्राकोभारी बिसाउँछिन् अनि आफ्ना अघिल्तिरका खुट्टाले दोस्रो कमिलाको जीउलाई हल्का छुन्छिन् र कुन तरिकाले हो कुन्नी आफूले भेट्टाएको कुरा कहाँबाट ल्याएकी हुँ भन्ने असल खबरकोजानकारी दिने काम गर्छिन् तिनले। मलाई के अचम्म लाग्यो भने भुइँमा पहिलो कमिलाले बिसाएकी रोटीको टुक्रालाई कब्जा गर्न दोस्रो कमिलाले कुनै प्रयास गरिनन्। कमिला नम्बर दुईलेरोटीको भारी बोकेर बाटो लाग्न थाल्दैगर्दा मैले दुईटैलाई अवलोकन गरें। प्रत्येक पटक ठीक उस्तै प्रदर्शनी दोहोरियो अनि प्रत्येक पटक भुइँमा बिसाइएको रोटीको टुक्रालाई हस्तक्षेपगरिएन।

यो कति असल पाठ हो, हाम्रा हृदयका लागि। कुखुरा वा कुकुर, सुँगुर वा बाँदर भएको भए, अर्कोले बिसाएको खानेकुराको टुक्रालाई त्यसले च्याप्प पारेर सुइँकुच्चा ठोक्छ। कमिलालेयस्तो शर्मलाग्दो साहस गर्न जानेकी छैन। उसले अर्काको अधिकारलाई आदर गर्छे। उसले सम्पत्तिमाथिको स्वामित्वलाई स्वीकार गर्छे। तिनीहरूले सबै स्वार्थलाई इन्कार गर्छन्।

ती कमिलाहरू बहुमूल्य भारी बोक्दै घरतिर फर्कैँदा गर्दा, उनीहरूले यति धेरैलाई आफूले भेट्टाएको कुराको बारेमा बताए कि चाँडै कमिलाको एउटा ताँती नै यात्रामा उत्रिएर निस्के अनि धेरैबेर नबित्दै रोटीको पुरै टुक्रा सुरक्षित रूपमा हिउँद ऋतुको लागि उनीहरूको जमीनमुनिका घर-घरमा भण्डारन गरिए।

त्यसरी नै परमेश्वरको असल सुसमाचार फैलिएँदै आएको छ। एकजना मान्छे जीवनको रोटीकहाँ आइपुग्छ र तृप्त हुने गरी खान्छ अनि त्यसपछि आफूले भेट्टाएको उदेकको धनको बारेमाआफूले भेटेका जति सबैलाई बताउन ऊ आफ्नो बाटोमा लाग्छ। मुखले र कलमले यो खबर फैलाइन्छ कि ख्रीष्ट येशू जीवनको रोटी हुनुहन्छ। तब हजारौं-हजारौं उहाँकहाँ आएका छन् र अरूपनि आउँदैछन् अनि यो थाहा पाउँदैछन् कि उनीहरूलाई आधा पनि बताइएको रहेनछ।

हरेक कमिलाका चार जोडी कान हुन्छन् (कोहीकोही बाबुहरूलाई यस्तो लाग्न सक्छ कि उनीहरूका अन्टीका १६ जोडी कान छन्)। एक जोडी कान अघिल्तिरका दुई खुट्टामा हुन्छन्, अर्कोजोडी पेटमा। अर्को जोडी छातीमा हुन्छन्, अनि अर्को जोडी टाउकोमा। परमेश्वरले अनुग्रह गरीकन यस सानो किरालाई असाधारण खालको सुन्ने क्षमता दिनुभएको छ किनकि ऊ यति सानोछ कि उसले धेरै पर देख्न सक्दैन जसले गर्दा उसले आफूलाई खतरादेखि जोगाउन सक्दैन। एउटा सानो कमिलाप्रति परमेश्वरको यस्तो वास्ता हामी देख्छौं भने त्यस्तै ठूलो हात्तीको निम्तिपनि उहाँको वास्ता छ। अनि उहाँले तिम्रो पनि वास्ता गर्नुहुन्छ, तिमी जति सानो भए पनि वा कमजोर भए पनि वा तिमीले आफूलाई म केही होइन जस्तो लागे पनि। उहाँले तिम्रो जीवनकोएक-एक पलको वास्ता गर्नुहुन्छ अनि उहाँ तिमीबाट तिम्रो हृदयको सम्पूर्ण भक्ति र भरोसा चाहनुहुन्छ।

कमिलाहरू गर्मी याममा ज्यादै परिश्रमी र जागरूक हुन्छन् किनभने उनीहरू यो जान्दछन् कि हिँउद ऋतु आउँदैछ र त्यसबेला पिकनिक सबै बन्द हुन्छन्। उनीहरू जमिनमा तुसारो वा हिउँ परेकोबेला बाहिर निस्कने आँट गर्दैनन्। कठाङ्ग्रिने ठण्डीमा घर छोडेर बाहिर जानु हुँदैन भन्ने कुरा उनीहरूलाई राम्ररी थाह छ। कुनै स्रोतबाट उनीहरूले थाह गरेका छन् कि बरफ जस्तै बनेको  खानेकुरालाई न बोक्न सकिन्छ, न त्यो टाँस्सिएको भुइँदेखि खुकुलो बनाई त्यसलाई थुत्न सकिन्छ। कहाँबाट सिके कमिलाहरूले यी आवश्यक ज्ञानहरू? के कुनै नास्तिक वा अविश्वासीलेकतै, कुनै बेला कमिलाहरूलाई भविष्यको बारेमा सिकाउने एउटा विद्यालय खोलेका थिए र? यी विद्वान मानिसहरू कृपया उठेर आईकन हामीलाई बताइदिन सक्नुहुन्छ कि कसरीकमिलाहरू यति बुद्धिमान बने? सायद, जब किमला, हात्ती, गोही, कुकुर जाति जब सुरुको कथित एककोषीय जीवबाट एकअर्काबाट छुट्टिए तब उनीहरूले आपसमा यसरी-यसरी हामीफरक-फरक तरिकाले जिउने गरौं भनेर काम विभाजन गरे र आफैलाई त्यसरी-त्यसरी जिउनलाई सिकाए कि? सत्य कसलाई थाह छ? हाम्रा केही महान् विश्वविद्यालयहरूबाट केहीप्राध्यापकहरूलाई जम्मा गरौं अनि उहाँहरूले यो रहस्यको गाँठो खोलिदऊन् नि। “के यस संसारको बुद्धिलाई परमेश्वरले मूर्ख तुल्याउनुभएन र?” (१ कोरिन्थी १:२०)  देशभरिका नियमकानूनबनाउनेहरू, हास्यव्यङ्ग छाँट्नेहरू, खेलकुदका विषयमा लेख्नेहरू, पैसा कमाउनेहरू र उनीहरूका साथमा सबै शिक्षकहरू र प्राध्यापकहरू अनि उनीहरूको साथमा सबै राजनैतिक नेताहरू रदेशमा भएका बाइबल विश्वास नगर्ने प्रचारक भनाउँदाहरू सबै मिलेर पनि एउटा मरेको कमिलालाई जीवन दिन सक्दैनन् न ता त्यसलाई कसरी जिउनुपर्छ भनेर सिकाउन नै सक्छन्। हाम्राएक जीवित परमेश्वर हुनुहुन्छ जो आफ्नो सिंहासनमाथि विराजमान हुनुहुन्छ अनि उहाँलाई यसको बारेमा सबै कुरा थाहा छ। उहाँले सक्नुहुन्छ र उहाँले गर्नु पनि हुन्छ।

परमेश्वर मोशासित खुशी हुनुभयो किनभने मोशाले आउनलागेको परमेश्वरको न्यायको भयानक खबरलाई विश्वास गर्‍यो र ढोकाको चौकोसमा पाठोको रगत छर्केर न्यायबाट बच्ने उपायलाईअपनायो। उसलाई यो थाह थियो कि नाश गर्ने परमेश्वरको दूत मध्यरातको समयमा मिश्रदेश भएर जानेछ र आ-आफ्नो घरको चौकोसमा रगत नछर्कनेको जेठाचाहिँ मारिनेछ। मोशालाई योथाहा थियो कि उसको आफ्नै घर पनि छोडिनेछैन। ऊ जतिसुकै महान् भए तापनि, ऊ जतिसुकै असल भए तापनि उसलाई यो थाह थियो कि उसको घरलाई रगतद्वारा सुरक्षित गरिनुपर्छ।उसले परमेश्वरलाई विश्वास गर्‍यो, एउटा पाठोको रगत बहायो अनि ढोकाको चौकोसमा रगत लगायो अनि उसको घर-परिवार बच्यो।

नूहसित पनि परमेश्वर खुशी हुनुभयो किनभने नूहले यो विश्वास गर्‍यो कि परमेश्वरको न्याय र क्रोध आउन लाग्दैछ र उसले त्यसको लागि तयारी गर्‍यो। उसले कमिलाले जस्तै गर्‍यो।आउनलागेको जलप्रलयका निम्ति उसले तयार गर्‍यो। उसले एउटा जहाज बनायो। उसले परमेश्वरको वचनमाथि विश्वास गर्‍यो र उसलाई दिइएको आज्ञा बमोजिम ऊ जहाजभित्र पस्यो।कमिलाले सिकाउने पाठ उसले सिकेको थियो।

लकडाउनको खबर जब प्रसारण हुन थालेको थियो तब धेरैले अघिबाटै चाहिने बस्तुको पुग्दो जोरजाम गर्न थाले। गाउँघरमा हिउँदको समयमा आउन लागेको वर्षा यामलाई पुग्ने गरीदाउराको जोहो गरिन्छ। शहरमा मानिसहरू जीवन बिमा किन्छन् र भविष्यको मृत्युका लागि तयारी गर्छन्। भविष्यमा आउने भू-कम्पबाट आफू बच्नलाई मान्छेले विशेष किसिमले घर निर्माणगर्छन्। आउन लागेको परमेश्वरको क्रोधबाट बच्न ख्रीष्ट येशू नै हाम्रो निम्ति एकमात्र शरणस्थान हुनुहुन्छ। बाबुनानीहरू हो, कमिला जस्तै बुद्धिमान हुनलाई म तिमीहरूलाई एकदम आग्रहगर्छु। केही बेरमा आउन लागेको परमेश्वरको न्यायको लागि अहिले नै तयार गर।

Translated and adapted by Pradesh Shrestha from Uncle Walter’s Animal Stories.