येशू आज कहाँ हुनुहुन्छ?

येशू आज कहाँ हुनुहुन्छ?

 

प्रभु येशू ख्रीष्ट बौरेर उठ्नुभयो! उहाँ जीवित हुनुहुन्छ! उहाँ आफैले भन्नुभयो, “अनि ___________ म नै हुँ, म __________ थिएँ; अनि हेर, म सदासर्वदाका निम्ति ___________ छु” (प्रकाश १:१८)। उहाँ सदाको लागि जीवित हुनुहुन्छ। बाइबलले भन्छ, “उहाँ स _____ जी ________ हुनुहुन्छ (हिब्रू ७:२५), तर उहाँ अहिले कहाँ हुनुहुन्छ? हामी उहाँलाई संसारमा देख्दैनौ। किन देख्दैनौं? त्यहाँ के भएको थियो? उहाँ कहाँ जानुभयो? उहाँ आज कहाँ हुनुहुन्छ? उहाँ के गर्दैहुनुहुन्छ?

प्रभु येशू कहाँ जानुभएको छ भन्ने कुरा १ पत्रुस ३:२२ मा बताइएको छः “उहाँ __________ ______________ छ, र परमेश्वरको ___________ _________तर्फ हुनुहुन्छ; स्वर्गदूतहरू, अधिकारीहरू र सामर्थ्यहरू उहाँकै अधीनमा राखिएका छन्।” यस पद अनुसार उहाँ आज कहाँ हुनुहुन्छ? __________________________________________।

हामीले प्रभु येशू ख्रीष्टको मृत्यु र बौरिउठाइको अध्ययन गरिसकेका छौं। निम्न समय रेखाले त्यस समयमा घटेका महत्त्वपूर्ण घटनाहरूलाई देखाउँदछः



प्रेरित १ अध्यायमा हामी देख्छौं, प्रभु स्वर्ग उक्लनुभएको (माथि जानुभएको) र प्रेरित २ अध्यायमा हामी देख्छौं, पवित्र आत्मा ओर्ली आउनुभएको (तल आउनुभएको। टिप्पणी: एफेसी ४:९-१० मा “उक्लनभयो” र “ओर्लनुभयो” भन्ने शब्दहरू पाइन्छन्। रोमी १०:६-७ मा पनि हेर्नुहोस्)।

प्रभु किन चालीस दिनसम्म पर्खिरहनुभयो?

बौरिउठाइपछि प्रभु किन तुरून्तै स्वर्ग फर्कनुभएन? उहाँ किन चालीस दिनसम्म पर्खनुभयो? ती चालीस दिनको अवधिमा उहाँले के गर्नुभयो?

ती चालीस दिनको बारेमा बताउने बाइबलको खण्ड प्रेरित १:२-३ हो। यी पदहरू बुझ्नलाई निम्न चित्रबाट मदत लिन सक्छौं:



उक्त चालीस दिनको अवधिमा प्रभु येशूले आफ्ना चेलाहरू र अरुहरूलाई आफू साँच्चै जीवित हुनुभएको प्रमाण दिनुभयो! बौरिउठाइपछि त्यहाँ धेरै थिए (चेलाहरू समेत) जसले शंका गरे र येशू जीवित हुनुहुन्छ भनी विश्वास गर्दैनथे। विश्वास नगर्नेमा थोमा मात्र थिएनन्। अरु पनि थिए। वास्तवमा, चारैओटा सुसमाचारका पुस्तकहरूले विश्वास नगर्ने वा शंका गर्ने व्यक्तिहरूको बारेमा बताउँछन्। निम्न खण्डहरूका कुन-कुन पदहरूले बौरिउठाइमाथि विश्वास नगर्ने वा शंका गर्नेको बारेमा बताउँछन्:

१.      मत्ती २८:१६-१८ शंका वा अविश्वास उल्लेखित पदहरू: __________________________।

२.     मर्कूस १६:९-१४ शंका वा अविश्वास उल्लेखित पदहरू: __________________________।

३.     लूका २४:६-१२,१८-२७ शंका वा अविश्वास उल्लेखित पदहरू: _____________________।

४.     यूहन्ना २०:२४-२९ शंका वा अविश्वास उल्लेखित पदहरू: _______________________।

यूहन्नाको यो खण्डलाई विचार गर्नुहोस्। “शंकालु थोमा” के “विश्वस्त थोमा” बने? किन? यशू जिउँदो हुनुहुन्छ भनेर कुन कुराले उसलाई विश्वास दिलायो? थोमाजस्तै अरु पनि थिए जसलाई विश्वास दिलाइन खाँचो थियो।

पवित्र आत्मा आउनुभएपछि जब प्रेरितहरू (चेलाहरू) प्रचार गर्दै निस्के, उनीहरूले प्रचार गरेको खुशीको खबर के थियो (हेर्नुहोस् प्रेरित ४:२ र २:२४,३२; ३:१४,२६; ४:१०, आदि)? ______________________________________________________________।

तिनीहरूका मुक्तिदाता र प्रभु जिउँदो हुनुहुन्छ भनेर यी मानिसहरूले पक्का-पक्कि जान्न आवश्यक थियो। नत्र ता उनीहरूले के प्रचार गर्ने? प्रचार गरे भने पनि उनीहरूको सन्देश ज्यादै अनिश्चित हुनेथ्यो:



चेलाहरू र साथै अरुहरू बौरिउठाइको प्रत्यक्ष साक्षी थिए। तिनीहरूले बौरिउठ्नुभएका प्रभुलाई आफ्नै आँखाले देखेका थिए र उहाँ जिउँदो हुनुहुन्छ भनी पक्का थिए। यस चालीस दिनको अवधिभित्र प्रभुले आफू जिउँदो हुनुभएको प्रमाण दिने उद्देश्यले बेग्लाबेग्लै समयहरूमा बेग्लाबेग्लै तरिकाले केही व्यक्तिहरूकहाँ देखा पर्नुभयो। चालीस दिनको अन्तमा ती व्यक्तिहरूलाई प्रभु बौरिउठ्नुभएको छ भन्ने कुरामा शंकाको छेउसमेत थिएन। उनीहरू अब निश्चित थिए!

एक महत्त्वपूर्ण शिक्षा

ती चालीस दिनको अवधिमा प्रभुले के गर्नुभयो? के ती सबै दिनहरू उहाँले चेलाहरूसँगै बिताउनुभयो? के उहाँ प्रत्येक दिनको प्रत्येक मीनेट नै उनीहरूसित हुनुहुन्थ्यो र? उहाँ कुन समय कुन ठाउँमा हुनुहुन्छ भनी चेलाहरूलाई थाह भइरन्थ्यो र?

के तपाईंलाई थाह छ, अधिक समय त उहाँ चेलाहरूसित हुनुहुन्नथ्यो। यी चालीस दिनमा उहाँ जति समय चेलाहरूबाट अलग हुनुहुन्थ्यो, त्यसभन्दा थोरै समय मात्र उनीहरूको साथमा हुनुहुन्थ्यो। यस अवधिभित्र उहाँ उनीहरूकहाँ फरक समयहरूमा फरक ठाउँहरूमा देखापर्नुभयो। कहिले उहाँ धेरैजनाकहाँ देखा पर्नुभयो; कहिले उहाँ थोरैजनाकहाँ देखा पर्नुभयो। कहिले उहाँ विहान सबेरै देखा पर्नुभयो; कहिले उहाँ दिउँसोको उज्यालैमा देखा पर्नुभयो र कहिले बेलुकीपख देखा पर्नुभयो। कहिले उहाँ यहूदीयामा देखा पर्नुभयो, कहिले गालीलमा (प्यालेस्टाइनको मानचित्र हेर्नुहोस्)। उहाँ कहिल्यै पनि लामो समयसम्म देखा पर्नुभएन — केवल उहाँको पुनरूत्थानको निश्चयता दिलाउने गरी केही समयको लागि देखा पर्नुभयो।

प्रभुले किन यसो गर्नुभयो? उहाँले आफ्ना चेलाहरूलाई के सिकाउन चाहनुहुन्थ्यो?

कोही-कोही बाबुआमाले आफ्नो सानो बच्चासित यस्तो खेल खेल्न रूचाउँछन्: केही समय बाबु कतै देखिनुहुन्न, तर एक्कासी बाबुको ठूलो हँसिलो अनुहार बाच्चाको सामु देखा पर्छ। बच्चा हाँस्छ र सिक्न थाल्छ कि बाबु त टाढामा हुनुहुन्न रहेछ भनेर। अर्थात्, बाबु नदेखिए तापनि उहाँ नजिकैं हुनुहुन्छ भन्ने महत्त्वपूर्ण शिक्षा यस खेलले बच्चालाई सिकाउँछ।

चालीस दिनसम्म प्रभु येशूले चेलाहरूसित त्यसरी नै खेलेझैं गर्नुभयो। उहाँ देखा पर्नुहुन्थ्यो अनि एक्कासी हराउनुहुन्थ्यो। तिनीहरूले उहाँलाई देख्थे तर त्यसपछि उहाँ बिलाउनुहुन्थ्यो! एक ठाउँमालेखिएको छ कि “उहाँ तिनीहरूको _________बाट _______________” (लूका २४:३१)। तिनीहरूले उहाँलाई समय-समयमा देख्थे तर साधारणतया देख्दैनथे।

ख्रीष्ट देखा पर्नुभएको यी समयहरू कुन पदहरूमा उल्लेख छन्, पत्ता लगाउनुहोस् (चार सुसमाचारका पुस्तकहरूका अन्तिम भागहरूमा हेर्नुहोस्):

  • एक पटक उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो जब थोमा उपस्थित थिएनन्। _____________________________
  • एक पटक उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो जब थोमा पनि उपस्थित थिए। _____________________________
  • एक पटक उहाँ बाटोमा हिँड्दै गरेका दुई अन्य चेलाहरूकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ तिबेरियास (गालील) समुदरको किनारमा सातजना चेलाहरूकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ ५०० भन्दा बेसी मानिसहरूकहाँ एकैचोटि देखा पर्नुभयो। यो १ कोरिन्थी १५:६ मा पाइन्छ।
  • एक पटक उहाँ टार्ससको शाऊल (पावल) कहाँ देखा पर्नुभयो। यो प्रेरित ९:१-९ मा पाइन्छ।

धेरैजसो समयहरूमा त उनीहरूले प्रभुलाई देखेनन्। उहाँ जति देखा पर्नुभयो त्यो भन्दा बेसी छिपिनुभयो। तिनीहरूले उहाँलाई नदेखे तापनि उहाँ तिनीहरूको साथमा नै हुनुहुन्छ भनी तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो। तिनीहरूको निम्ति यो अति महत्त्वपूर्ण शिक्षा थियो। चाँडै नै अब चालीस दिन पूरा हुनेवाला थियो र प्रभु येशू आफ्ना चेलाहरूलाई छोडेर स्वर्ग फर्कँदै हुनुहुन्थ्यो। के उहाँले तिनीहरूलाई साँच्चै छोड्दै हुनुहुन्थ्यो? उहाँले तिनीहरूलाई के प्रतिज्ञा दिनुभयो जो मत्ती २८:२० मा पाइन्छ? “हेर, म ______________, अँ, संसारको (युगको) अन्तसम्म नै _______________को __________ छु।”

उहाँ स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्न जाँदै हुनुहुन्थ्यो (१ पत्रुस ३:२२) तर उहाँ आफ्ना चेलाहरूको साथमा पनि रहनुहुनेथ्यो। उहाँ कसरी एकैचोटि त्यहाँ पनि र यहाँ पनि हुन सक्नुहुन्थ्यो? उहाँले यसो गर्न सक्नुहुन्छ किनभने उहाँ परमेश्वर हुनुहुन्छ! मर्कूस १६:१९ अनुसार, प्रभु येशू कहाँ हुनुहुन्छ? _______________________________________। तर त्यसपछिले पद (मर्कूस १६:२०) अनुसार प्रभु येशू आफ्ना चेलाहरूको साथमा काम गर्दै पृथ्वीमा नै रहनुभयो! उहाँ अदृश्य हुनुभए तापनि उहाँ उपस्थित र सक्रिय हुनुहुन्थ्यो।

प्रभु येशू ख्रीष्टलाई तपाईं आज देख्‍न सक्नुहुन्छ? तपाईंले उहाँलाई नदेखे तापनि के उहाँ तपाईंको साथमा हुनुहुन्छ? कुन बेला उहाँ तपाईंको साथमा हुनुहुन्छ? यो तपाईंलाई कसरी निश्चित छ? (हिब्रू १३:५ हेर्नुहोस् र भजनसंगरह २३:४ सित दाँज्नुहोस्)? ______________ ____________________________________________________________________। उहाँ किन तपाईंको साथमा हुनुहुन्छ? उहाँ कहिलेसम्म तपाईंको साथमा रहनुहुनेछ?

विशेष आज्ञाहरू दिइए

यस चालीस दिनको अवधिको अर्को कारण प्रेरित १:२दृ३ मा देख्छौं। त्यहाँ बताइएको छ कि उहाँले चुन्नुभएका ती प्रेरितहरूलाई पवित्र आत्माद्वारा आ ________ दिनुभयो। उहाँले यी आज्ञाहरू ठीक कुन समयमा दिनुभयो?

उहाँ माथि उठाइनु अगाडि (पद २)

उहाँको मृत्यु र बौरिउठाइ पछाडि (पद ३)

यी आज्ञाहरू यही चालीस दिनको अवधिमा दिइएका थिए। उहाँ जिउँदो हुनुहुन्छ भनेर देखाउन (प्रेरित १:३) र आफ्ना प्रेरितहरूले के गर्नुपर्छ भनी प्रभु येशूले उनीहरूलाई देखाउन चाहनुहुन्थ्यो। उहाँले उनीहरूलाई आदेशहरू, आज्ञाहरू अर्थात् निर्देशनहरू दिनुभयो।

प्रायः मानिसहरू कसैको अन्तिम वचनलाई बिर्सँदैनन्। उहाँ स्वर्गमा फर्कनु अगाडि येशूले दिनुभएका अन्तिम वचनहरू ती चेलाहरूले बिर्सेनन्। उहाँले दिनुभएका निर्देशनहरू तथा आज्ञाहरू उनीहरूले सम्झिराखे। आज हामी यी आज्ञाहरूलाई महान् आज्ञा भन्दछौं।

“प्रेरितहरू” (प्रेरित १:२) भन्ने शब्दको अर्थ हो “पठाइएकाहरू”। तिनीहरू येशू ख्रीष्टद्वारा पठाइएकाहरू थिए। पिताले ख्रीष्टलाई संसारमा पठाउनुभएको थियो अनि ख्रीष्टले आफ्ना चेलाहरूलाई संसारमा पठाउनुभएको थियो:



उनीहरू किन पठाइए? उनीहरूले गर्नुपर्ने काम के थियो? उनीहरूलाई के-के आज्ञाहरू दिइएका थिए? उनीहरूको जिम्मा के थियो? अनि यदि तपाईं प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने यस संसारमा तपाईंले के गरिरहनुपर्छ?

यसको जवाफ मर्कूस १६:१५ मा पाउँछौं। पहिला विचार गरौं यस पदले के बताउँदैनः

  • सारा संसारमा जाओ र आफ्नो छिमेकीलाई प्रेम र भलाइ गर्नुपर्छ भनेर सबै मानिसहरूलाई सिकाओ।
  • सारा संसारमा जाओ र दस आज्ञा प्रचार गर र यी आज्ञाहरू पालन गर भनेर सिकाओ।
  • सारा संसारमा जाओ र भोकालाई खुवाओ, गरिबका लागि घरहरू अनि रोगीहरूका निम्ति अस्पतालहरू निर्माण गर।
  • सारा संसारमा जाओ र संसारलाई परिवर्तन गर अनि संसारको विकास गर्दै बसोबासको निम्ति अझ राम्रो बनाओ।

होइन, यस पदले खास के भन्दछ? “सारा संसारमा जाओ, र __________________ __________________________________________” (मर्कूस १६:१५)।

“सुसमाचार” शब्दको अर्थ हो “शुभ-सन्देश”, “खुशीको खबर”। ख्रीष्टका चेलाहरूले प्रचार गर्नुपर्ने शुभ-सन्देश के हो (१ कोरिन्थी १५:१-४ हेर्नुहोस्)? __________________________ ____________________________________________________। यो शुभ-सन्देशको विषय हो येशू ख्रीष्ट र उहाँले पूरा गर्नुभएको काम। यदि येशू ख्रीष्टलाई एकातिर पन्छाइयो भने त्यहाँ शुभ-सन्देश रहँदैन, सुसमाचार रहँदैन।

येशू ख्रीष्टको क्रूसको मृत्यु किन सुसमाचार हो (१ कोरिन्थी १५:३ हेर्नुहोस्)? उहाँको मृत्यु कसरी राम्रो हो? उहाँको मृत्युले गर्दा तपाईंलाई के राम्रो भएको छ? उहाँको मृत्युको निम्ति के तपाईं धन्यवादी हुनुहुन्छ? किन? १ पत्रुस ३:१८ र २कोरिन्थी ५:२१ले ख्रीष्टको मृत्युलाई बुझ्न र त्यस मृत्युले विश्वासीको निम्ति के काम पुरा गर्‍यो सो बुझ्नलाई कसरी मदत गर्छदृ यदि ख्रीष्ट नमर्नुभएको भए, त्यो किन सुसमाचार नहुनेथ्यो?

ख्रीष्टको मृत्युबाटको बौरिउठाइ किन सुसमाचार हो (१ कोरिन्थी १५:४ हेर्नुहोस्)? उहाँको बौरिउठाइ तपाईंको लागि किन महत्त्वपूर्ण छ? उहाँ जिउँदो हुनुहुन्छ भनेर के तपाईं धन्यवादी हुनुहुन्छ? किन? यदि ख्रीष्ट मृत्युबाट बौरेर नउठ्नुभएको भए, त्यो किन सुसमाचार नहुनेथ्यो (१ कोरिन्थी १५:१३-१९ हेर्नुहोस्)? ____________________________________ ____________________________________________________________________।

सुसमाचार सुनाइन खाँचो भएका मानिसहरू तपाईं चिन्नुहुन्छ? सुसमाचार सुनाइन खाँचो भएका र सुसमाचारलाई विश्वास गर्न खाँचो भएका साथीहरू के तपाईं चिन्नुहुन्छ? सुसमाचार अरुहरूलाई सुनाउनको निम्ति परमेश्वरले तपाईंलाई प्रयोग गर्न चाहनुहुन्छ।

स्वर्गारोहण

प्रभु येशू “माथि उठाइनुभएको” घटना प्रेरित १:९-११ मा बयान गरिएको छ। सेतो वस्त्र लगाएका ती दुईजनाले थिए? ____________________। भइरहेको घटनालाई बुझ्न यी दुईजनाले चेलाहरूलाई मदत गरे। के प्रभु येशू कहिल्यै नफर्कने गरी सधैंको लागि जानुभएको थियो कि उहाँ कुनै दिन फर्कनुहुनेछ? ________________________________________। उहाँ माथि जानुभयो, र कुनै एक दिन उहाँ तल आउनुहुनेछ! उहाँ जानुभएको छ तर उहाँ फेरि आउनुहुनेछ! यस संसारले प्रभु येशू ख्रीष्टलाई फेरि देख्‍नेछ। उहाँको पहिलो आगमन इतिहास हो। उहाँ आइसक्नुभयो। उहाँको दोस्रो आगमन भविष्य हो। उहाँ फेरि आउनुहुनेछ।

यूहन्ना १४:२-३ हेर्नुहोस्। प्रभु येशूले भन्नुभयो: “म …जान्छु ….म फेरि आउनेछु”। उहाँ कहाँ जानुभयो (यूहन्ना १४:२)? _____________________________। उहाँ त्यहाँ के गर्दै हुनुहुन्छ (यूहन्ना १४:२? ____________________________________________। उहाँ फेरि किन आउनुहुनेछ (यूहन्ना १४:३)? ______________________________________। साँचो विश्वासी जनहरूका निम्ति (पद १) एउटा सुन्दर, निश्चित, स्वर्गीय आशा छ (पद ३)।

प्रभु येशू पृथ्वीमा अनुपस्थित हुँदा, विश्वासीहरूसित र विश्वासीहरूभित्र रहनलाई उहाँले कसलाई पठाउनुहुन्छ (यूहन्ना १४:१६-१८; १५:२६; १६:५-११)? _______________________ ____________________________________________________________। प्रभु येशू जानुभयो तर परमेश्वरको आत्मा आउनुभयो (यस पाठको पहिलो पृष्ठको चित्रलाई हेर्नुहोस्)। जहाँ परमेश्वरको पवित्र आत्मा हुनुहुन्छ, त्यहाँ येशू पनि हुनुहुन्छ (रोमी ८:९)। यदि पवित्र आत्मा हामीसित हुनुहुन्छ भने ख्रीष्ट पनि हामीसित हुनुहुन्छ। अनि यो त हाम्रो प्रभुले भनिसक्नुभएको कुरा हो (मत्ती २८:२०)। यद्यपि उहाँलाई हामी देख्‍न सक्दैनौ, उहाँ हामीसँगै हुनुहुन्छ!

के आज मानिसहरूले प्रभु येशूलाई देख्‍न सक्छन्?

येशूलाई देखेको वा येशू उनीहरूकहाँ प्रकट हुनुभएको भनी मानिसहरूले दाबी गरेको कहिलेकाहीँ तपाईंले सुन्नुहुनेछ। के आज प्रभु येशू साँच्चै मानिसहरूकहाँ देखा पर्नुहुन्छ त? यदि यो साँचो हो भने, उहाँ किन कसैकहाँ देखा पर्नुहुन्छ र कसैकहाँ देखा पर्नुहुन्न?

हामी आज प्रभु येशूलाई देख्‍न सक्छौं कि सक्दैनौं – बाइबलले के भन्दछ? यूहन्ना १६:१० मा प्रभुले उहाँ आज देखापर्ने विषयमा एउटा कुरा स्पष्ट भन्नुभएकोछः “म मेरा ________कहाँ जान्छु अनि तिमीहरूले मलाई _________ _______________।” यस वचनअनुसार, यदि येशू आफ्नो पिताकहाँ जानुभएकोछ भने, हामीले उहाँलाई देख्‍न सक्छौं भनेर सोच्न मिल्छ? ____________।

प्रभु येशू मानिसहरूकहाँ चालीस दिनको अवधिसम्म देखा पर्नुभयो भनी हामीले अध्ययन गर्‍यौं। उहाँ तब स्वर्गको पिताकहाँ फर्कनुभयो। उहाँको देखापर्ने अवधि पुरा भइसकेको छ। उहाँ आज संसारका मानिसहरूकहाँ देखापर्ने काम गर्नुहुन्न। ख्रीष्टलाई देख्यौं भनेर मानिसहरूले दाबी गर्लान् तर त्यसो भन्दैमा उहाँ उनीहरूकहाँ देखापर्नु भयो भन्ने होइन। मानिसलाई जे-जस्तो देखेको वा अनुभव गरेको जस्तो लागे तापनि हामीले बाइबललाई नै पछयाउनुपर्छ।

आज विश्वासीहरू कसरी जिउनुपर्छ — विश्वासद्वारा कि दृष्टिद्वारा (२कोरिन्थी ५:७)? ____________________। थोमा दृष्टिद्वारा हिँडे अनि उनले आफ्ना आँखाले देखेको कारण विश्वास गरे (यूहन्ना २०:२४-२९)। यूहन्ना २०:२९ मा प्रभुले भन्नुभयो, “उनीहरू धन्य हुन्, जसले देखेका __________, तापनि ______________ गरेका छन्।” येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ भनेर के तपाईं निश्चित हुनुहुन्छ? कसरी निश्चित बन्न सकिन्छ? के उहाँलाई तपाईंले कहिल्यै देख्‍नुभएको छ र?

म निश्चित छु यस कारणले कि परमेश्वरले सो भन्नुभएको छ! हामी पक्का हुन सक्छौं, हामीले देखेको कारण होइन, तर परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गरेर। परमेश्वरको वचन पक्का छ अनि हामीले उहाँको वचनलाई “आमेन!” भन्नुपर्छ। यदि बाइबलले उहाँ जीवित हुनुहुन्छ भनेर बताउँदछ भने के त्यो तपाईंलाई पर्याप्‍त हुन्छ? यदि प्रभुलाई नदेखेसम्म विश्वास गर्न अस्वीकार गर्नुहुन्छ भने तपाईं लामो समयसम्म पर्खनुहोला! अनि जब उहाँलाई अखिरमा देख्‍नुहुन्छ, विश्वास गर्ने तपाईंको मौका बितिसकेको हुन्छ! किन?

१ पत्रुस १:८ लाई विचार गर्नुहोस्। स्वर्गमा हुनुहुने प्रभुसित विश्वासीहरूको सम्बन्धको बारेमा यहाँ बयान गरिएको छ। के हामी उहाँलाई देख्छौं? __________। के हामी उहाँलाई प्रेम गछौं? __________। के हामी विश्वास गर्छौं? __________। के हामी रमाउँछौं? __________। १ पत्रुस १:७ मा हामीलाई यो सम्झना गराइएको छ कि एक दिन हामीले उहाँलाई देख्‍नेछौं किनभने उहाँ प्रकट हुनुहुनेछ। प्रभु सधैं स्वर्गमा बसिरहनुहुनेछैन! उहाँ फेरि आउनुहुनेछ। के तब हामी उहाँलाई देख्‍नेछौं (१ यूहन्ना ३:२; तीतस २:१३)? ________। हो, जब ख्रीष्ट यस पृथ्वीमा राजा भइकन आउनुहुनेछ, बाइबलले बताउँछ कि “हरेक __________ले उहाँलाई ______________” (प्रकाश १:७)। तब कसैले पनि उहाँ जीवित हुनुहुन्छ कि हुनुहुन्न भनेर शंका गर्नेछैन।

उहाँ कहिलेसम्मको लागि जानुभएको छ?

प्रभु येशू यस पृथ्वीबाट कहिलेसम्मको लागि जानुभएको छ? कहिलेसम्म उहाँ फर्किनुहुन्न? प्रेरित १:६ मा चेलाहरूले यस्तै प्रश्‍न सोधे अनि यसको जवाफ पद ७ मा छ — “पिताले आफ्नै अधिकारमा राख्‍नुभएका __________ वा __________ विषयमा जान्ने काम तिमीहरूको _____________।”

कतिपय कुराहरू परमेश्वरले हामीलाई बताउनुभएको छैन (मत्ती २४:३६,४२)। परमेश्वरको इच्छा यो हो, उहाँको पुत्र जुनै समयमा आउनुभए पनि हामी तयार रहौं। यदि परमेश्वरले उहाँको पुत्र दस वर्ष पछि आउनुहुन्छ भनी भन्नुभयो भने, शायद हामी अन्तिम घडीमा मात्र उहाँको आगमनको निम्ति तयार हुनेछौं होला! हामी हर समय तयार बसेको परमेश्वर चाहनुहुन्छ! हामीले उहाँको आगमनको बाटो हेर्नुपर्दछ, प्रतिक्षा गर्नुपर्दछ, उहाँको आगमनलाई प्रेम गर्नुपर्दछ चाहे जुनसुकै बेला उहाँको आगमन किन नहोस् (२ तिमोथी ४:८)।

कुनै स्कूलको एउटा कक्षामा एक अतिथि आए। “अर्को पटक आउँदा जसको डेस्क (लेखपढ गर्ने टेबुल) सबभन्दा व्यवस्थित र सफा भेट्नेछु उसलाई पुरस्कार दिनेछु” भन्ने प्रतिज्ञा गरेर अतिथि आफ्नो बाटो लागे। आफू फर्केर आउने दिन कुन हो भनेर चाहिँ उनेल कुनै सङ्केत दिएनन्। उनी कक्षालेठाबाट निस्केका मात्र के थिए, एकजना विद्यार्थीले त्यो पुरस्कार आफूले जितेर छाड्ने आफ्नो निर्णय सबैलाई सुनाइन्। उनी एक केटी थिइन् जसको टेबुल प्रायः अस्तव्यस्त हुन्थ्यो। तिनका साथीहरूले हाँस्दै तिनलाई भने, “होइन सरला, तिम्रो टेबुल त जहिले पनि अव्यवस्थित हुने गर्छ। कहिल्यै सफा हुँदैन।” “तर”, सरलाले भनिन्, “आजदेखि म हरेक सोमबार बिहान यसलाई सफा गर्नेछु।” “तर, अंकलचाहिँ हप्ताको अन्ततिर आउनुभयो भने नि?” कसैले प्रश्‍न गर्‍यो। “त्यसो भए”, सरलाले भनिन्, “म हरेक बिहान यसलाई सफा गर्नेछु।” “तर अंकल दिनको अन्ततिर आउनुभयो भने नि?” तब उनको मुहार उज्यालो भयो र उनले भनिन्, “मलाई थाह छ म के गर्नेछु। म यसलाई सब समय सफा राख्‍नेछु!”

प्रभु येशू ख्रीष्ट कुनै पनि समय आउन सक्नुहुन्छ। यसैकारण हामीले आफ्नो जीवनलाई उहाँको निम्ति सब समय सफा र शुद्ध राख्‍नुपर्दछ! के तपाईं यही घडी उहाँको आगमनको निम्ति तयार हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रित्तो चिहान

रित्तो चिहान

 

अघिल्लो पाठमा हामीले ख्रीष्टको मृत्युको बारेमा अध्ययन गर्‍यौं। बाइबलको शुभ-खबर (सुसमाचार) यही हो कि “पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा ____________ का निम्ति ____________ (१ कोरिन्थी १५:३)। तर सुसमाचार यतिमै टुंगिदैन। शुभ-खबरको बाँकी भाग के हो त (१ कोरिन्थी १५:४)? “र गाडिनुभयो, अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ _________ ___________________________________।”

के तपाईंले कसैको जीवनी पढ्नुभएको छ? जीवनी भनेको कुनै व्यक्तिको जीवनको लिखित कथा हो। शायद तपाईंले नेपालको पहिलो शाहवंशी राजा पृथ्वीनारायण शाहको जीवनी पढ्नुभएको होला अथवा नेपाली भाषाको आदिकवि भानुभक्त आचार्यको जीवनी पढ्नुभएको होला अथवा सिद्धार्थ गौतम (बुद्ध) को जीवनी पढ्नुभएको होला अथवा अन्य कुनै प्रख्यात व्यक्तिको। कुनै पनि व्यक्तिको जीवनीको पहिलो अध्यायले प्रायः सो व्यक्तिको जन्मको बारेमा बताउँछ। जीवनीको अन्तिम अध्यायले प्रायः उसको मृत्यु बारेमा बताउँछ। व्यक्तिको मृत्युपछि उसको बारेमा बताउन सकिने कुरा खास हुँदैन। जहाँ जीवनको अन्त हुन्छ, त्यहीँ नै उसको जीवनीको पनि अन्त हुन्छ। मृत्युपछि सो व्यक्तिले अझ कुनै काम गर्दैन, बोल्दैन। आफ्नो मृत्युपछि पृथ्वीनारायण शाहले फेरि राज्य गरेनन्! मृत्युपछि भानुभक्तले अरु कविता लेखेनन्! मृत्युपछि बुद्धले अरु उपदेश दिएनन्! मरेका व्यक्तिहरूले त्यसो त गर्नै सक्दैनन्! सो जीवनको बारेमा थप केहीलेख्‍न सकिन्न कारण त्यहाँ थप जीवन छैन। त्यो पुरूष वा स्त्री मरेर गइसकेको हुनाले त्यस व्यक्तिको जीवनको बारेमा अरु केहीलेख्‍ने कुरा हुँदैन। त्यो व्यक्तिको दाहसंस्कारको बारेमा लेख्‍न सकिएला, उसका सन्तानको बारेमा लेख्‍न सकिएला वा उसको जीवनले ल्याएको असरको बारेमा लेख्‍न सकिएला, तर सो व्यक्तिको बारेमा थपलेख्‍न भने सकिन्न। उसको मृत्यु भइसक्यो!

येशू ख्रीष्टको जीवनी भने उदेकको छ! अरु कुनै पनि जीवनी भन्दा फरक छ! उहाँको मृत्युको घटना अन्तिम अध्याय होइन! केही उदाहरणहरू हेरौं: मत्ती २७ ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के मत्तीको पुस्तकको अन्तिम अध्याय त्यही हो? मर्कूस १५ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? लूका २३ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? यूहन्ना १९ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? ख्रीष्टको मृत्युको बिवरण पढेपछि हामी अझ अरु कुरा पढ्न पाउँछौं! उहाँको मृत्युको घटना अन्तिम अध्याय होइन! यस व्यक्तिले अझ अरु काम गर्नुभएको, अझ अरु बोल्नुभएको हामी पाउँछौं। त्यहाँ थप नयाँ अध्यायहरू छन् कारण जो मर्नुभएको थियो उहाँ फेरि जीवित हुनुभएको छ! उहाँको जीवनी त क्रमशः अगाडि बढ्छ!

ख्रीष्टको मृत्यु नै अन्त थिएन। बास्तवमा त्यो त शुरु मात्र थियो! (टिप्पणी: इतिहासको केन्द्रीय घटना नै क्रूस हो। सम्पूर्ण इतिहास क्रूसतर्फ लम्कन्छ र क्रूसबाटै प्रारम्भ पनि हुन्छ। क्रूस नै विश्वासीको महान् मुक्तिको प्रारम्भिक बिन्दु र केन्द्रबिन्दु हो!)

नयाँ नियमको अन्तिम खण्ड अर्थात् प्रकाशको पुस्तकमा प्रभु येशू ख्रीष्ट अझै पनि जीवितै हुनुभएको र बोलिरहनुभएको पाउँछौं! उदाहरणको लागि, प्रकाश १:१८ हेर्नुहोस्: प्रभु येशूले भन्नुभयो, “अनि ____________ म नै हुँ, म _________ थिएँ; अनि हेर, म _______________ निम्ति ____________ छु।” घटनाक्रम त अझ अगाडि बढ्दै छ!

वास्तवमा के भएको थियो?

के प्रभु येशूले कहिल्यै आफू मृत्युबाट फेरि बौरेर उठ्नेछु भनी भविष्यवाणी गर्नुभयो (मत्ती १६:२१? ____________। त्यो घटना हुनुभन्दा अगाडि नै उहाँलाई सबै थाह थियो! मर्कूस ९:९-१० अनि मर्कूस ९:३१-३२। के चेलाहरूले यी कुरा बुझे? ______________।

चाखलाग्दो कुरा के छ भने प्रभुका शत्रुहरूले भने यस भविष्यवाणीलाई गम्भीरतापूर्वक लिए (मत्ती २७:६२-६६)। ख्रीष्टले आफू फेरि बौरेर उठ्नेछु भनी भन्नुभएको छ भनेर के उहाँका शत्रुहरूलाई थाह थियो (मत्ती २६:६३)? ____________। उनीहरूले येशूलाई कुनचाहिँ नराम्रो नाम दिए (मत्ती २७:६३)? ____________। के ख्रीष्टले मानिसहरूलाई ठग्नुहुन्थ्यो कि सधैं सत्य बोल्नुहुन्थ्यो? __________________।

ख्रीष्टको दाबीअनुसार उहाँको बौरिउठाइ नहोस् भनेर यी मानिसहरूले के गरे (मत्ती २७:६४-६६)? उनीहरूले तीनओटा काम गरेः १ . चिहानको मुखमा एउटा ठूलो ढुङ्गा तेर्साए। २ . ढुङ्गालाई छाप लगाए। ३ . कसैले शरीरलाई चोरेर लैजान नपाओस् भनी चिहानलाई पहरा दिए (मत्ती २८:४)। ख्रीष्टलाई चिहानमै राखिछाड्न उनीहरूले सक्दो गरे!

मत्ती २९:१-८ पढ्नुहोस्। त्यहाँ के भयो? स्वर्गदूतले ढुङ्गालाई किन गुडाएर हटाए? ख्रीष्ट बाहिर निस्कन सक्नुभएकोहोस् भनेर हो? होइन, चिहान त रित्तो भइसकेको थियो (मत्ती २८:६ — “उहाँ __________ __________________”)! जीवित, पुनरूत्थित ख्रीष्टलाई चिहानबाट निस्केर आउन कुनै समस्या थिएन, जसरी उहाँलाई ढोकाहरू बन्द भएकोलेठाभित्र छिर्न कुनै समस्या भएन (यूहन्ना २०:१९,२६ हेर्नुहोस्)! बास्तवमा, सबैले चिहान अब रित्तो छ भनी देखून् भनेर नै स्वर्गदूतले ढुङ्गालाई हटाएका थिए।

साधारणतया कुनै रोमी सिपाहीले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा उसलाई मृत्युदण्ड दिइन्थ्यो। जस्तो कि सिपाहीको रखवारीमा सुम्पेको कैदी उम्क्यो भने सो हुन दिएकोमा सिपाहीले मृत्युदण्ड पाउँथ्यो। ख्रीष्टको चिहानको रखवारी गर्ने सिपाहीहरूलाई भने जे गरियो सो अति चाख लाग्दो छ (मत्ती २८:११-१५)। के उनीहरू मारिए? ______________। उनीहरूलाई मृत्युदण्डको सट्टामा पैसा पो दिइयो! भएको घटनालाई ढाकछोप गरी झूट बोलोस् भनी उनीहरूलाई पैसा (घूस) दिइयो! उनीहरूलाई बताउन लगाइएको झूटो कथा के थियो? ____________________________________________________। यी शत्रुहरूले ख्रीष्टलाई “ठग” भनी भनेका थिए (मत्ती २७:६३)। खास ठगहरू तले थिए? _________________ _______________________________________।

ख्रीष्टको बौरिउठाइ किन महत्त्वपूर्ण छ?

ख्रीष्टको बौरिउठाइको महत्त्व बुझ्न हामी एकछिनलाई उहाँको बौरिउठाइ भएको थिएन भनेर मानिलिऊँ (यद्यपि बौरिउठाइ भएकै हो भनेर हामीलाई थाह छ)। मानिलिऊँ ख्रीष्ट मृत्युबाट जीवित हुनुभएन अरे। मानिलिऊँ ख्रीष्ट मर्नुभयो र मरेको मरै हुनुभयो अरे। यदि यसो हुँदो हो त, यसको मतलब के हुनेथ्यो?

  1. बाइबलले घरीघरी बताउँछ कि ख्रीष्ट मृत्युबाट बौरिउठ्नुभयो। यदि ख्रीष्ट मृत्युबाट साँच्ची नै बौरिउठ्नुभएको होइन भने त यसको मतलब के हुनेथ्यो? यसको मतलब बाइबल साँचो होइन रहेछ भन्ने हुनेथ्यो! अर्थात् बाइबललाई खास विश्वास गर्न सकिन्न भन्ने बुझिन्थ्यो। यदि बौरिउठाइ झूटा हो भने बाइबल पनि झूटा हो। बौरिउठाइ परमेश्वरको वचनको अभिन्न सत्यता हो।
  2. येशू ख्रीष्टले आफू बौरेर उठ्नेछु भनेर स्पष्टसँग भन्नुभयो (मत्ती १६:२१; १७:९; १७:२२-२३, आदि)। के उहाँको वचन विश्वासयोग्य छ? कि उहाँ झूटा हुनुहुन्थ्यो? उहाँका शत्रुहरूले भनेजस्तै के उहाँ धोकेबाज नै हुनुहुन्थ्यो त? यदि ख्रीष्ट बौरेर उठ्नुभएको होइन भने उहाँका वचनहरू र भविष्यवाणीहरू झूटा ठहरिन्थे। यसको मतलब प्रभु येशूले सत्य बोल्नुभएन भन्ने ठहरिन्थ्यो।
  3. सुसमाचार अर्थात् खुशीको खबर यो हो कि ख्रीष्ट तेस्रो दिनमा बौरेर उठ्नुभयो (१ कोरिन्थी १५:४)। यो बास्तवमा कहिल्यै भएको होइन भने हामीसँग खासै सुसमाचार नै छैन! यदि सुसमाचार सत्य समाचार होइन भने त्यो सुसमाचार (असल समाचार) हुन सक्दैन! यदि तपाईं भन्नुहुन्छ, “खुशीको खबर ल्याएको छु। पानी परेको छैन। हामी पिकनिक जान सक्छौं!” अनि म झ्याल बाहिर हेर्छु त झरी परिरहेकोछ! यसको मतलब तपाईंको खुशीको खबर खुशीको खबर नै होइन रहेछ! यदि ख्रीष्ट अझै मरेकै हुनुहुन्छ भने त सुसमाचार नै छैन, खुशीको खबर छैन!
  4. मानिसहरूलाई ख्रीष्टको बौरिउठाइमा विश्वास गर्नुपर्छ भनेर प्रचार गरिन्छ। बास्तवमा कुनै पनि व्यक्तिले मुक्ति पाउन ख्रीष्टको बौरिउठाइमा विश्वास गर्नुपर्छ (रोमी १०:९ हेर्नुहोस्)। साँचो ख्रीष्टियन ती हुन् जसले येशू ख्रीष्ट उनीहरूको लागि मर्नुभयो र बौरेर उठ्नुभयो भनी विश्वास गर्छन्। कतिले भजन पनि गाउँछन्, “जिउँदो! जिउँदो! छन् येशू ख्रीष्ट जिउँदो!” यदि येशू ख्रीष्ट जिउँदो हुनुभएन भने, हाम्रो विश्वास __________ हो (१ कोरिन्थी १५:१७ हेर्नुहोस्)। हाम्रो विश्वास बेकामको हो! यसो त कसैलाई बचाउन नसक्ने मरेको मुक्तिदातामा हामीले आफ्नो विश्वास राख्‍नु हो! यदि येशू ख्रीष्ट जिउँदो हुनुहुन्न भने विश्वासीहरूले केवल एक काल्पनिक र मरेको मुक्तिदातामा विश्वास गरेको ठहरिन्छ। जेमाथि विश्वास गरेकाछौं त्यो बेकामको छ भने त्यो विश्वास पनि बेकामको हुन्छ। धान्नै नसक्ने भाँचिएको मेचमाथि विश्वास गर्दै त्यसमा बस्यौं भने हामी भुईंमा लड्छौं। भाँचिएको मेचमाथि आफ्नो विश्वास राख्‍नु मूर्खता हो। तर २५० के .जी .ले मानिसलाई धान्न सक्ने मेचमाथि विश्वास गर्नु राम्रो हो! एउटा मरेको मुक्तिदातामाथि विश्वास गर्नु मूर्खता हो तर त्यो मानिस बुद्धिमान् हो जसले सामर्थी मुक्तिदाता अर्थात् सबभन्दा ठूलो पापीलाई समेत बचाउन सक्ने जीवित मुक्तिदातामाथि विश्वास गर्छ।
  5. यदि ख्रीष्ट मृत्युबाट बौरेर उठ्नुभएको होइन भने जसले हामीलाई सुसमाचार बताए उनीहरू सबै झूटा हुन्। नयाँ नियमलेख्‍नेहरूलाई सम्झनुहोस्। मत्ती, यूहन्ना र पत्रुसलाई सम्झनुहोस्। यी सबैले येशू ख्रीष्ट मृत्युबाट बौरनुभयो भनीलेखे। नयाँ नियमका धेरै पुस्तकहरूलेख्‍ने पावल प्रेरितले पनि ख्रीष्ट बौरनुभएको र आफैले उहाँलाई देखेको कुरा समेत गरेका छन्! यदि ख्रीष्टको पुनरूत्थान भएकै होइन भने यी सबै मानिसहरू झूटा ठहरिन्छन् (१ कोरिन्थी १५:१५ हेर्नुहोस् — “झूटा साक्षी”)। या त उनीहरू झूटा थिए (ख्रीष्ट मरेको-मरेकै छन् भनी जानी-जानीकन पनि उहाँ जिउँदो हुनुहुन्छ भनी उनीहरूले भने) या त उनीहरूलाई भ्रम परेको थियो (ख्रीष्ट जीवित नभए तापनि उहाँ जीवित हुनुहुन्छ भनी ठाने)। बाइबल यदि झूटा या भ्रममा परेका व्यक्तिहरूद्वारालेखिएको हो भने बाइबलको कुनै महत्त्वको हुँदैन! यूहन्ना २१:२४ पढ्नुहोस्। के यी शब्दहरू एक बहकाउने व्यक्तिका हुन्? कि यी शब्दहरू एक आँखाका साक्षीका हुन् जसले साँचो बोल्दैथिए? ____________________________।
  6. विश्वभरिका ख्रीष्टियनहरू प्रायः आइतवार (हप्‍ताको पहिलो दिन) मा प्रभुको सामूहिक आराधना गर्दछन् कारण त्यस दिन प्रभु येशू ख्रीष्ट मृत्युबाट बौरेर उठ्नुभएको हो। प्रत्येक आइतवार हामी ख्रीष्टको पुनरूत्थानलाई सम्झन्छौं र हामी एक जिउँदो मुक्तिदाताको सेवा गर्दछौं भनी हामीलाई याद हुन्छ। यदि ख्रीष्ट बौरनुभएको होइन भने ख्रीष्टियनहरू हरेक आइतवार त्यसरी जुट्नु भनेको कहिल्यै नभएको घटनालाई सम्झना गर्नलाई भेट्नु हो!
  7. ख्रीष्टको बौरिउठाइले परमेश्वरको सामु मानिसको स्थानलाई महत्त्वपूर्ण असर पार्दछ। यदि ख्रीष्ट बौरनुभएको होइन भने, हामी अझै हाम्रा पापहरूमै हुनेथ्यौं (१ कोरिन्थी १५:१७)। मुक्तिको आशा नै हुनेथिएन। पापहरूको क्षमा नै हुनेथिएन। मरेको मुक्तिदाताले कसैलाई बचाउन सक्दैन र क्षमा दिन सक्दैन। केवल एक जीवित मुक्तिदातासित बचाउने सामर्थ्य हुन्छ (हिब्रू ७:२५)। ग्रहणयोग्य बलिदान मृत्युमा टुंगिनुहुँदैन तर जीवनमा। ख्रीष्ट क्रूसमा मर्नुभयो तर उहाँ अझै क्रूसमा हुनुहुन्न! उहाँ बौरेर उठ्नुभएकोछ!

हामीले येशू ख्रीष्ट बौरेर उठ्नुभएन भनी कल्पना गर्‍यौं तर कल्पना गर्दैमा वास्तविकता बदलिँदैन! हामीलाई थाह छ प्रभु येशू ख्रीष्टले जसरी भन्नुभयो उसरी नै उहाँ बौरेर उठ्नुभएको हो (मत्ती २८:६ हेर्नुहोस् — “उ __________ भ ____________________ उहाँ बौरेरे उठ्नुभयो”)। ख्रीष्ट बौरनुभएको होइन भने के हुनेथ्यो भनी सोच्नु महत्त्वपूर्ण छ। अझ “अब ख्रीष्ट मरेकाहरूबाट बौराइनुभएको छ” (१ कोरिन्थी १५:२०)! भनी सोच्नु महत्त्वपूर्ण छ। यो इतिहासको वास्तविक घटना हो! यो साँचो हो! यो साँच्चै भएको हो! “________ ________ (कतिजना?) भन्दा बेसी मानिसहरूले जीवित ख्रीष्टलाई आफ्नै आँखाले देखे (१ कोरिन्थी १५:६)! यसकारण उहाँ मरेको हुनुहुन्न, बाइबल साँचो छ, हामीसँग साँच्चै खुशीको खबर छ, हाम्रो विश्वास व्यर्थ होइन, शुरूमा ख्रीष्टको बौरिउठाइको प्रचार गर्नेहरू झूटा होइनन्, आराधनाको दिनमा हामी एक जीवित मुक्तिदाताको उपासना गर्दछौं जसले उहाँमाथि विश्वास गर्ने हरेकलाई जीवन दिन सक्नुहुन्छ। सबभन्दा त, प्रभु येशू ख्रीष्ट झूटा वा बहकाउने व्यक्ति हुनुहुन्न। उहाँ “बाटो, सत्य र जीवन हुनुहुन्छ” (यूहन्ना १४:६)।

गलत धारणाहरू

बाइबललाई झूटा प्रमाणित गर्न खोज्ने धेरै मानिसहरू छन्। येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ भनी उनीहरू विश्वास गर्दैनन्। यसकारण उनीहरूले ख्रीष्टको बौरिउठाइ भएकै होइन भनी देखाउन खोज्छन्। (टिप्पणी: यो पनि याद गरौं कि धेरैजसो मानिसहरू आफ्नो कठोर हृदय र बेवास्ताको कारणले खीष्टको बौरिउठाइलाई राम्ररी विचारै गर्दैनन्। त्यसलाई झूटा प्रमाणित गर्न पनि खोज्दैनन् तर जसरी उनीहरूले बाइबललाई अनि प्रभु येशू ख्रीष्टलाई बेवास्ता गर्छन् त्यसरी नै बौरिउठाइलाई पनि पूरै बेवास्ता गर्छन्।

तर कसै-कसैले बौरिउठाइलाई झूटा प्रमाणित गर्न खोजेका छन्। उनीहरू यसो भन्छन्:

१.  “चेलाहरूले शरीरलाई चोरेर लगे”

रित्तो चिहानको वास्तविकता (मत्ती २८:११-१५) लाई सर्वप्रथम यसो भनेर पन्छाउने प्रयास गरियो। तर सिपाहीहरूले चिहानलाई पहरा दिइरहेका भए यो कसरी सम्भव थियो र? अनि यदि त्यसो नै हो भने, येशू मरेको मरै हुनुहुन्छ भनी चेलाहरूलाई थाह हुनेथ्यो। तब किन त उनीहरू उहाँ जिउँदो हुनुहुन्छ भनी जताततै प्रचार गर्दै हिँडे? अनि यो प्रचार गर्ने क्रममा उनीहरू दुःख भोग्न र मर्न तयार हुनु भनेको सानो कुरा होइन! झूट प्रचार गर्दै छु भनी जान्नेले त्यसैको लागि ज्यानै त दिँदैन!

अर्को कुरा, कात्रो त एकै ठाउँमा राम्ररी रहेको पाइयो, शायद जसरी शरीर सुताइएको थियो त्यसरी नै (यूहन्ना २०:६-७) हेर्नुहोस्)। यो कसरी सम्भव थियो? यदि कसैले शरीरलाई चोरेर लगेका भए, उनीहरूले कात्रोसमेत लाँदैनथे र? यदि कात्रो फुकाल्न समय लिएकै भए कात्रोलाई अस्तव्यस्त अवस्थामा भेटिनुपर्ने। तर यस्तो त चेलाहरूले भेट्टाएनन्!

२. “स्त्रीहरू लगायत सबैजना अर्कै चिहानलाई हेर्न पुगे”

झुक्किएर उनीहरू अर्कै चिहानमा पुगे जसलाई रित्तो भेट्टाए। तर के ती स्त्रीहरूले चिहान कहाँ थियो भनेर राम्ररी अवलोकन गरेका थिए (मत्ती २७:५७-६१)? ________। यदि भूल भएकै थियो भने ख्रीष्टका शत्रुहरूले अवश्य यसो भन्नेथिएः “येशू जिउँदो छन् भनी विश्वास गर्ने तिमी ख्रीष्टियनहरूले भूल गरेछौ! तिमीहरू अर्कै चिहानमा पुगेछौ! उनी खास कुन चिहानमा गाडिएर राखिएका छन् हामी देखाइदिन सक्छौं।” तर कुरो के भने ख्रीष्टका शत्रुहरूले ख्रीष्टको शरीरलाई प्रकट गरेर मरेकै छन् भनी प्रमाण दिन सकेनन्।

३. “येशू क्रूसमा वास्तवमा मरेनन्। मरेतुल्य भए तर खास मरेनन्। शरीरलाई चिहानमा राखेपछि उनको बल फिर्ता आयो र उनी उठेर चिहानबाट निस्के।”

यो तर्क हाँसोलाग्दो छ! रोमी सिपाहीहरू, बीचको क्रूसमा आईपुग्दा, प्रभु मरिसक्नुभएको थियो कि जिउँदै हुनुहुन्थ्यो (यूहन्ना १९:३३)? ______________। उहाँको मृत्युलाई पक्का गर्न एकजना सिपाहीले के गर्‍यो (यूहन्ना १९:३४)? ________________________ __________________। भालाको त्यस्तो चोट पाएपछिकोही जिउँदै रहन सक्दैन!

४. “मानिसहरूले बास्तवमा ख्रीष्टलाई देखेका होइनन्, केवल देखेको भान परेको हो। उनीहरूको समझमा भ्रम पर्न गएर बौरेरउठेकोजस्तै लाग्न पुगेको हो।”

यो साँचो हो कि कहिलेकाहीँ मान्छे आफ्नै दिमागद्वारा झुक्किन पुग्छ अनि उसले कुनै कुरा देखेको वा सुनेको जस्तो उसलाई लाग्छ। यस्तो भान एकजना वा शायद दुई या तीनजनालाई समेत पर्नसक्छ, तर प्रभु येशू ख्रीष्ट ______________ भन्दा बेसी मानिसहरूको सामु देखापर्नुभयो (१ कोरिन्थी १५:६)! साथै उहाँ पटक-पटक मानिसहरूको अन्य समूहद्वारा पनि देखिनुभयो। यत्ति थुप्रै मानिसहरूलाई एकैपटक ख्रीष्ट देखेको भान पर्नु भनेको सम्भव कुरो होइन! त्यस्तो “आम-भरम” सम्भवै छैन।

५. “यशू आज जीवित हुनुहुन्छ तर यसको मतलब उहाँको शरीर मृत्युबाट बौरेर उठ्यो भन्ने होइन। येशू आज जीवित हुनुहुन्छ कारण उहाँको जीवनको प्रभाव आजसम्म जीवितै छ। जसको जीवनहरूलाई उहाँले प्रभाव पार्नुभएको छ उनीहरूको सम्झना र हृदयहरूमा उहाँ जीवित हुनुहुन्छ।”

यसो भन्नेहरू पुनरूत्थानमा विश्वास गर्दैनन्। ख्रीष्टको शरीर चिहानबाट बौरेर उठ्यो भनी उनीहरू विश्वास गर्दैनन्। बरु “उहाँको आत्मा जीवित छ” वा “उहाँको प्रभाव जीवित छ” वा “उहाँको सम्झना जीवित छ” वा “उहाँले गर्नुभएको असल काम जीवित छ”, आदि भनेर उनीहरू विश्वास गर्छन्। येशू ख्रीष्ट आज एक महिमित, पुनरूत्थित शरीरमा जीवित हुनुहुन्छ भनेर उनीहरू विश्वास गर्दैनन्।

यस गलत धारणाले प्रभुलाई होच्याउँछ र उहाँलाई अन्य प्रख्यात मानिसको तहमा झार्दछ। त्यसो गर्नु भनेको ख्रीष्ट पृथ्वीनारायाण शाह जस्तै वा पावल प्रेरित जस्तै मात्र प्रभावको रूपमा जिउँछन् भन्नु हो। तर ख्रीष्टलाई जे भयो त्यो अद्वित्तीय, अपूर्व र असाधारण थियो।

फेरि विचार गर्नुहोस् ती ५०० भन्दा बढी मानिसहरूलाई जसकहाँ जीवित ख्रीष्ट देखापर्नुभयो (१ कोरिन्थी १५:६)। के यो ख्रीष्ट केवल एक “आत्मा” वा “भूत” वा “प्रभाव” वा “सम्झना” हुनुहुन्थ्यो कि एक वास्तविक शरीर भएको वास्तविक व्यक्ति हुनुहुन्थ्यो? __________________________________________________। के उहाँको शरीरलाई छुन वा समाउन सकिन्थ्यो (लूका २४:३९)? ____________। के उहाँ साँच्चैको सडकमा हिँड्न सक्नुहुन्थ्यो (लूका २४:१५)? ______________। के चेलाहरूले उहाँको साँच्चैकै मासु र हड्डी छ भनेर आँखाले देख्‍न र छामेर जान्न सके (यूहन्ना २१:९)? ____________। के उहाँले साँच्चै खाना खानसक्नुभयो (लूका २४:४२)? ____________। के उहाँका कष्टहरूका दागहरू आँखाले देख्‍न र हातले छाम्न सकिन्थ्यो (यूहन्ना २०:२५,२७)? ______________।

यदि येशू शरीरमै जिउँदो बनेर उठ्नुभएको होइन भने, उहाँको शरीर किन भेट्टाइएन? चिहान किन रित्तो थियो? ख्रीष्टका शत्रुहरूले किन शरीरलाई फेला पार्न सकेनन्? निश्चय, खास कारण यो हो: ख्रीष्ट साँच्चै नै बौरेरउठ्नुभएको थियो!

येशू ख्रीष्टले आफू जो हुँ भनी भन्नुभएको थियो त्यो बौरिउठाइद्वारा प्रमाणित भयो। उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो, संसारका मुक्तिदाता। तिमी साँच्चै मसिह र परमेश्वरको पुत्र हौ भने कुनै चिन्ह देखाएर प्रमाण देऊ भनेर यहूदीहरूले खीष्टलाई घरीघरी भनेका थिए:

यूहन्ना २:१८-२२ हेर्नुहोस्। येशूले उनीहरूलाई कुन चिन्ह दिनुभयो? ________ ___________________________।

मत्ती १२:३८-४० हेर्नुहोस्। येशूले उनीहरूलाई कुन चिन्ह दिनुभयो? ________ ______________________________।

हो, ख्रीष्टको बौरिउठाइ नै येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने सबभन्दा ठूलो प्रमाण हो। यसबाट बाइबलको सत्यता प्रमाणित हुन्छ र क्रूस मुक्तिको एकमात्र उपाय हो भन्ने तथ्य पुष्टि हुन्छ। कसैले पनि बौरिउठाइलाई झूटा प्रमाणित गर्नसकेको छैन। यो इतिहासको महान् घटनाहरूमध्ये एक हो। ख्रीष्टको जन्म इतिहासकै तथ्य भएकोले प्रभुको सम्बत् (इश्वी सम्बत्) विश्वभरि प्रयोग गरिन्छ। ख्रीष्टको मृत्यु इतिहासकै घटना हो। ख्रीष्टको बौरिउठाइ उत्तिकै इतिहासकै घटना हो।कोही मानिसहरू यस तथ्यलाई इन्कार गर्छन्; यो कहिल्यै नभएको घटना हो भन्छन् तर उनीहरूले सो भन्नुको कारण एउटै छः अविश्वास! त्यहाँ प्रशस्त मात्रामा ठोस प्रमाण छ तर उनीहरू न त विश्वास गर्छन् न त प्रमाणलाई वास्ता गर्छन्। उनीहरू अविश्वासको कारणले सत्य-तथ्यप्रति अन्धा भएकाछन्।

आश्चर्यमय परिवर्तित जीवनहरू

ख्रीष्टको बौरिउठाइ इतिहासमै सबभन्दा ठूलो आश्चर्यकर्म थियो। यस आश्चर्यकर्मको फलस्वरुप अन्य धेरै आश्चर्यकर्महरू भए। जीवित मुक्तिदाताको सामर्थ्यको कारण जीवन परिवर्तन भएका केही व्यक्तिहरूको विचार गरौं:

१. डरपोक पत्रुस साहसी पत्रुस बने

पत्रुसले कातर बनेर ख्रीष्टलाई ________ पटक इन्कार गरे (लूका २२:५४-६२ हेर्नुहोस्)। मात्र ५३ दिनपछि उनले हजारौं मानिसका सामु साहससित ख्रीष्टको प्रचार गरे (प्रेरित २:२२,२३,२४,३६,४०,४१)! न ता जेलनेल न ता यहुदी शासकका कडा धम्कीले यस निडर प्रचारकलाई चूप गराउन सके (प्रेरित ४:१-२१; ५:२७-३२; ५:४१-४२)! केही न केही भएको हुनुपर्छ! कुन कुराले पत्रुसको जीवनमा यत्रो ठूलो परिवर्तन ल्यायो?

२. शंकालु थोमा विश्वस्त थोमा बने

बौरेर उठ्नुभएको ख्रीष्टलाई नदेखेसम्म र नछोएसम्म ख्रीष्टको बौरिउठाइलाई थोमाले अस्वीकार गरे (यूहन्ना २०:२४-२५)। पछि गएर यही व्यक्ति ठूलो प्रचारक बने र उनी येशू ख्रीष्ट जीवित हुनुहुन्छ भनी विश्वस्त थिए। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?

३. डराउने चेलाहरू निडर प्रेरितहरू बने

ख्रीष्टलाई गिरफ्तार गरिँदा ११ चेलाहरू त्रसित खरायोझैं भागे (मत्ती २६:५६)। केही हप्तापछि यही व्यक्तिहरू सामर्थी, साहसी प्रचारकहरू बने जो आफ्नो विश्वास र प्रचारको खातिर मर्न समेत तयार भए! केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?

४. अविश्वासी याकूब विश्वासी याकूब बने

याकूब प्रभुका एक अर्ध-भाई थिए (यूसुफ र मरियमका छोरा)। यूहन्ना ७:५ अनुसार याकूब विश्वासी थिए कि अविश्वासी? _____________। पछि यही व्यक्ति विश्वासी बने, येशू ख्रीष्टका एक विश्वासयोग्य सेवक बने र यरूशलेमको ठूलो मण्डलीका एक अगुवा बने। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो? १ कोरिन्थी १५:७ हेर्नुहोस्।

५. शत्रु शावल प्रेरित पावल बने

टार्ससका शावल ख्रीष्टको मण्डलीका ठूला शत्रु थिए। ख्रीष्टियनहरूलाई नाश गर्न उनले आफ्नो जीवन सुम्पेका थिए (प्रेरित ८:१-३; ९:१-२; १ कोरिन्थी १५:९; १ तिमोथी १:१३)। एक दिन शावल दमस्कस शहरतर्फ जाँदैगर्दा त्यहाँ पुग्न नपाउँदै एउटा घटना घट्यो जसले उनको जीवनमा आमूल परिवर्तन ल्यायो (प्रेरित ९:१-९; १ कोरिन्थी १५:८)। मण्डलीको भयानक शत्रु मण्डलीको महान् प्रेरित बने! जताततै उनले त्यही ख्रीष्ट प्रचार गरे जसलाई उनले पहिले खेदो र घृणा गरेका थिए। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?

के जीवित ख्रीष्टको कारण तपाईंको जीवन परिवर्तित भयो? के तपाईंलाई केही न केही भयो? के जीवित ख्रीष्टको सामर्थ्यले तपाईंको जीवनमा परिवर्तन ल्यायो?

ख्रीष्टलाई इन्कार गरेर र अविश्वास गरेर जीवनमा यस्तो परिवर्तन आउँदैन। केवल बौरेरउठ्नुभएको जीवित ख्रीष्टले नयाँ जीवन दिनसक्नुहुन्छ। पापको दास भएर अधर्ममा, अशुद्धतामा र दुष्टतामा जीवन व्यतित गरिरहेकाहरूलाई धार्मिकताका निम्ति परमेश्वरको पवित्र जन र सेवकमा परिवर्तन गर्नसक्नुहुन्छ।

येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ! के तपाईंले उहाँलाई भेट्नुभयो? के तापईंले उहाँलाई चिन्नुहुन्छ? उहाँले तपाईंको जीवनमा के गर्नुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

कल्वरी भनिने ठाउँमा

कल्वरी भनिने ठाउँमा

 

आखिरमा रोमी सिपाहीहरूले येशूलाई क्रूसमा टाँग्न र एउटा सामान्य अपराधीलाईझैं मृत्यु दण्ड दिनलाई लगे। उहाँलाई शहरको पर्खालका बाहिरको एउटा ठाउँमा लगियो जुन ठाउँलाई ______________ भनिन्थ्यो (मत्ती २७:३३)। यो ठाउँलाई ____________ पनि भनिन्थ्यो (लूका २३:३३)। “कल्वरी” (ल्याटिन भाषामा “खोपडी”) र “गलगथा” (अरामी भाषामा “खोपडी”)को अर्थ एउटै हुन्छ।

क्रूसको दण्ड अति नराम्रो खालको मृत्युदण्ड थियो। यसको दाँजोमा बिजुली-मेच (electric chair) वा बन्दुक वा गिलोटिन (guillotine) वा फाँसीको मृत्यु छिटो र पीडारहित हुन्थ्यो। तर क्रूसको पीडा असह्य प्रकारले लामो थियो। त्यसमा टाँगिनेहरू सामान्यतया दुई-तीन दिनसम्म मर्दैनथे! यसैले गर्दा हो, येशू क्रूसमा टाँगिनुभएको छ घण्टामा नै उहाँको मृत्यु भइसकेको (मर्कूस १५:४४) खबर पाएर पिलातस छक्क परेका। अपराधीहरू क्रूसमा एक हप्‍ताभन्दा बढी बाँचेको समेत पाइएको छ!

ख्रीष्ट किन क्रूसमा टाँगिनुभयो? उहाँ कुनचाहिँ अपराधको दोषी हुनुहुन्थ्यो? उहाँले कुनचाहिँ अपराध गर्नुभएको थियो? उहाँको जीवनमा कुनचाहिँ पाप भेट्टाउन सकिन्थ्यो? उहाँले कुनचाहिँ आज्ञा भङ्ग गर्नुभएको थियो? बाइबलले भन्छ, ख्रीष्टले “कुनै ________ गर्नुभएन” (१ पत्रुस २:२२)! उहाँ सिद्धरूपमा धर्मी र निर्दोष हुनुहुन्थ्यो! उहाँ आफ्ना पापहरूको कारण क्रूसमा जानुभएको थिएन। उहाँ त हाम्रा पापहरूका निम्ति क्रूसमा जानुभएको हो (१ कोरिन्थी १५:३ हेर्नुहोस्)!

अब हामी प्रत्येकले आफैलाई त्यही प्रश्‍नहरू सोधौं: म कुनचाहिँ अपराधहरूको दोषी छु? मैले के कस्ता गलतीहरू गरेको छु? मेरो जीवनमा के कस्ता पापहरू भेट्टाउन सकिन्छ? मैले कुनचाहिँ आज्ञाहरू भङ्ग गरेको छु? ख्रीष्ट त निर्दोष हुनुहुन्छ अनि दोषी त म पो हुँ! मृत्यु पाउनु पर्ने त म हुँ (रोमी ६:२३), उहाँ होइन!

येशूलाई क्रूसमा किल्लाहरूले टाँग्नु अगाडि, तिनीहरूले उहाँलाई ग________ मिलाएको दा_________ पिउन दिए (मर्कूस १५:२३; गन्धरस एक तीतो पदार्थ थियो जसले लागु पदार्थले झैं शरीरलाई लाटो पार्न र पीडालाई केही कम गराउन सहायता गर्न सक्थ्यो)। येशूले यस पेय पद्धार्थ लिनुभयो कि त्यसलाई अस्वीकार गर्नुभयो मर्कूस १५:२३)? ______________________। हाम्रा प्रभुले आफ्नो दिमागलाई सफा राखी बरु पीडा खप्न चाहनुभयो। उहाँले बचाउन आउनुभएकाहरूका निम्ति येशूले पूर्ण रूपमा दुःख भोग्नुभयो भन्ने कुरालाई कसैले नकार्न सक्दैन! साथै, हामीले कुनै पनि हानीकारक लागु पद्धार्थ अथवा दिमागलाई खलबलाउने कुनै पनि पद्धार्थ सेवन गर्नु हुँदैन भन्ने कुरा पनि यहाँ सिक्दछौं।

मर्कूस १५:२५ अनुसार येशू क्रूसमा टगाइनुहुँदा कुन समय भएको थियो? ___________________। यहूदीहरूले हामीले भन्दा भिन्नै तरिकाले समयको हिसाब राख्दथे। तलको घडीको चित्रले यस भिन्नतालाई बुझ्न सहायता दिन्छः

 

 

यहूदीहरूले दिनमा “घडी”ले प्रयोग गरी समयको हिसाब दायाँको चित्रमा देखाए जसरी राख्दथे। यदि येशू क्रूसमा यहूदी समयअनुसार तेस्रो घडीमा टाँगिनुभएको भए, त्यो हाम्रो हिसाबमा कति बजे हुनेथ्यो? _______________। यसरी येशू क्रूसमा ९:०० बजे बिहान टाँगिनुभयो।

क्रूसमा झुण्डिरहनुहुँदा प्रभुले के भन्नुभयो (ठीक जवाफमा चिन्ह लगाउनुहोस्):

  1. “हे पिता, तिनीहरूलाई दण्ड दिनुहोस् र नष्ट गर्नुहोस् किनकि तिनीहरूले यो दुष्ट काम गरेका छन्।”
  2. “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस् किनकि तिनीहरूले के गरिरहेका छन्, सो जान्दैनन्।”

येशू मानिसहरूका प्राणहरूलाई __________ गर्न होइन, तर ____________ आउनुभयो (लूका ९:५६!

त्यस दिन क्रूसमा टाँगिने येशू मात्र हुनुहुन्नथ्यो। क्रूसमा टाँगिने अरूले थिए (मत्ती २७:३८)? __________________________। ख्रीष्टको क्रूस कहाँ थियो, बायाँतर्फ, बीचमा कि दायाँतर्फ (मत्ती २७:३८)? __________________।

प्रभुले क्रूसमा दुःख भोगिरहनुहुँदा, बाटोमा हिँड्नेहरूले उहाँलाई गिल्ला गरे र खिसी गरे (मत्ती २७:३९-४३)। यदि ख्रीष्ट क्रूसबाट ओर्लनुभएको भए, पापी मानिसहरू कसरी बचाइन सकिन्थ्यो र? प्रेमले ख्रीष्टलाई क्रूसैमा राखिछाड्यो! प्रभुका शत्रुहरूले येशूलाई हटाउन सफल भयौं भनी सोच्दै थिए! तर चाँडै नै उनीहरू अचम्भित् पारिन लागिरहेका थिए (जसको बारेमा हामी अर्को पाठमा सिक्नेछौं)!

के दुवै डाँकूहरूले येशूलाई गिल्ला गरे कि एकजनाले मात्र (मत्ती २७:४४)? ________________। ती अपराधीहरू ठूला अपराधहरूका मात्र दोषी नभई उनीहरू त परमेश्वरको पवित्र पुत्रलाई गिल्ला र खिसी गरेकोमा पनि दोषी थिए! तर तीमध्ये एकजनाको परिवर्तन भयो! तीमध्ये एकजनाको हृदयमा परमेश्वरले काम गर्दै हुनुहुन्थ्यो र एक्कासी उसका आँखा खोलिए तब गिल्ला गर्ने उसको मुख बन्द भयो!

यो अचम्मको घटना लूका २३:३९-४३ मा छ। लूका २३:३९लाई अध्ययन गर्दा एउटा ठूलो परिवर्तन आइसकेको हामी देख्छौं। ख्रीष्टलाई दुईजना अपराधीहरूले गिल्ला गर्नुको सट्टामा त्यहाँ अब मुक्तिदाताको विरूद्धमा गाली बक्ने एकजना मात्र देख्छौं! त्यहाँ एकजना मात्र छ जसले ख्रीष्टलाई क्रूसबाट आफैलाई बचा भन्दै छ (यद्यपि आफ्नो प्राणको मुक्तिको लागि भने उसको कुनै वास्ता छैन)। अर्को व्यक्ति भने अचम्मसित चूप भएको छ। आखिरमा आफ्नो मौनता भङ्ग गर्दै उसले बोल्दछ, तर पहिले जस्तै गरी ख्रीष्टको विरुद्धमा त होइन, तर आफ्नो अपराधी मित्रको विरुद्धमा (लूका २३:४० हेर्नुहोस्)।

यो उदेकको परिवर्तन कसरी हुनगयो? के उनी येशूको प्रार्थनाले प्रभावित भएका थिए कि (लूका २३:३४)? येशूले क्रूसको पीडालाई साहससाथ सहनुभएको उनले ख्याल गरेका थिए कि? उहाँलाई गिल्ला गर्नेहरूप्रतिको उहाँको प्रतिक्रियालाई उनले ख्याल गरेका थिए कि? बीचको त्यो क्रूसको मास्तिर टाँसिएको दोष-पत्र उनले पढेर उनले विश्वास गर्न पुगे कि (लूका २३:३८)? विचार गर्नुहोस् त, येशूको बारेमा अरु के कस्ता कुराहरू उनले ख्याल गरे होलान् जसले गर्दा उनमा त्यस्तो परिवर्तन ल्याउन सहायता मिल्यो? हाम्रो जीवनमा र बोली व्यवहारमा के त्यस्ता कुराहरू छन् जसलाई देखेर ख्रीष्टप्रति गलत सोचाइ राख्‍नेहरूको विचारमा परिवर्तन आउन सक्छ?

म दोषी छु र मृत्युको योग्य छु भनेर के यो मानिसले विश्वास गरेको थियो (लूका २३:४०-४१)? __________। येशू दोषी हुनुहुन्छ र मृत्युको योग्य हुनुहुन्छ भनेर के उसले विश्वास गर्थ्यो (लूका २३:४१)? _____________। कुनै पनि मानिसले मुक्ति पाउन अगाडि उसले आफू कसरी हराएको अवस्थामा छु भनी महसूस गर्नैपर्छ। यो मानिसले आफू दोषी रहेछु र मृत्युको योग्य रहेछु भनी महसूस गर्‍यो। के तपाईंले यो महसूस गर्नुभयो? ____________।

यो दोषी अपराधी अब चाँडै नै अनन्ततामा जान लागिरहेको थियो। मृत्यु ढोकामै थियो। समय सिद्धिनै लागिसकेको थियो। आकाश र जमीनको बीचमा त्यो क्रूसमा झुण्डिरहँदा, अब चाँडै नै म मर्नेछु भनेर उसलाई थाह थियो। पापले भरिएको जीवन बिताएर अब त्यसको अन्तमा पुगेको यो मानिसको लागि कुनै आशा थियो त?

यदि मानिसको मुक्ति उसैले गर्नुपर्ने कुनै काममा आधारित हुने हो (जसरी धेरैले विश्वास गर्छन् र सिकाउँछन्) भने, यस दोषी डाँकूको निम्ति कुनै पनि आशा हुनसक्दैनथ्यो। मुक्ति पाउनका लागि गर्नुपर्ने भनेर मानिने निम्न उपायहरूलाई विचार गर्नुहोस् र बताउनुहोस् किन ती बेकामका (र मूर्खतापूर्ण!) छन् जब यीमध्ये कुनै पनि बुँदालाई मर्नै लागेको डाँकूको अवस्थामा लागु गर्न प्रयास गरिन्छ भनेः

  1. मुक्ति पाउन तपाईंले एक असल जीवन बिताएको हुनुपर्छ।
  2. मुक्ति पाउन तपाईंका असल कामहरू तपाईंका खराब कामहरू भन्दा बढी हुनुपर्छ।
  3. मुक्ति पाउन तपाईंले दस आज्ञा पालन गर्नुपर्छ।
  4. मुक्ति पाउन तपाईंले असल असल कामहरू गर्नुपर्छ।
  5. मुक्ति पाउन तपाईं बाइबल पढ्नुपर्छ र मण्डली जानुपर्छ।
  6. मुक्ति पाउन तपाईंले बप्‍तिस्मा लिनुपर्छ।
  7. मुक्ति पाउन तपाईं एउटा मण्डलीको सदस्य बन्नुपर्छ।

यो मानिसले यी कुनै पनि काम गर्न सक्दैनथ्यो, तर उसले गर्न सक्ने एउटा कामचाहिँ थियो (प्रेरित १६:३०-३१ पढ्नुहोस्)। उसले प्रभु येशू ख्रीष्टमा वि ________ गर्न सक्थ्यो! अनि त्यही एउटा काम उसले गर्‍यो!

लूका २३:४२ले यस मानिसको विश्वासलाई कसरी देखाउँदछ? _________________ ____________________________________________________________________। (नोट: मरेको राजाको पनि राज्य कसरी हुनसक्छ? येशू मर्दै हुनुहुन्छ भनी यस डाँकूले जानेर पनि येशू आफ्नो राज्यमा आएर भविष्यमा पृथ्वीमा राज्य गर्नुहुनेछ भनी उसले विश्वास गरेको स्पष्ट देखिन्छ)।

यस मर्नै लागेको मानिसलाई येशूले अचम्मको सान्त्वनाको वचन दिनुभयो। त्यो के थियो (लूका २३:४३)? ___________________________________________________। यस मानिस येशूकहाँ कहिले जान पाउनेभयो? ______________। म उहाँकहाँ अवश्य जानेछु भनी उसलाई कसरी निश्चयता भयो? यदि तपाईं आज मर्नुभयो भने, के तपाईं प्रभुकहाँ पुग्नुहुनेछ? के तपाईं निश्चित हुनुहुन्छ? यस निश्चयता तपाईंले कसरी पाउनुभयो?

मत्ती २७:४५ अनुसार येशू क्रूसमा हुनुहुँदा एउटा अद्भूत घटना घट्यो। तीन घण्टासम्म देशभरि एउटा अनौठो अन्धकारले छायो। यो अन्धकार छैटौं घडी (हाम्रो समयमा ________ बजे) देखि नवौं घडी (हाम्रो समयमा ________ बजे) सम्म रह्यो! यो त सबभन्दा उज्यालो हुने समय थियो जब सूर्य सबभन्दा माथि हुन्थ्यो! बाइबलमा धेरैपटक अन्धकारचाहिँ परमेश्वरको इन्साफको चिन्हको रूपमा पाउँछौं। जस्तो कि, मिश्रदेशमाथिका इन्साफहरू मध्ये अन्धकार एक थियो (प्रस्थान १०:२१-२२)। सपन्याह १:१५ पनि हेर्नुहोस्। यही तीन घण्टाको अवधिभित्र परमेश्वरले आफैले आफ्नो पुत्रलाई इन्साफ गर्दै हुनुहुन्थ्यो र हामीले गरेका पापहरूको निम्ति उहाँलाई दण्ड दिँदै हुनुहुन्थ्यो।

ख्रीष्टको क्रूस किन भयानक थियो? ख्रीष्टलाई जस्तै अरु धेरैलाई क्रूसमा नटाँगिएको होइन, अनि कतिजना ख्रीष्ट भन्दा बढी समय क्रूसमा नझुण्डिएका पनि होइनन्। साथै अरु कति मानिस क्रूसभन्दा पनि नराम्रा विधिले शासना भोगेर मरेका छन्। अनि अरुहरूचाहिँ रोगी या अपांग भई धेरै वर्षसम्म कष्ट सहेर बल्ल मरेका छन्। ख्रीष्टको मृत्यु कुन कारणले ज्यादै भयानक थियो?

यदि हामी ख्रीष्टका शारीरिक कष्टहरूको मात्र विचार गर्छौ भने हामीले मुख्य कुरा नै बुझेका हुँदैनौं। येशूले क्रूसको प्रतिक्षा गर्नुहुँदा, उहाँलाई कुन कुरा सबैभन्दा अप्रिय लागेको थियो (मर्कूस १४:३६; यूहन्ना १८:११)?

  1. उहाँको हात र पाउलाई छेड्ने काँटीहरू।
  2. उहाँको जीउमा रोपिने भाला।
  3. क्रूसमा छ घण्टासम्म झुण्डिएर सहनुपर्ने पीडा।
  4. पिताले उहाँलाई पिउन दिनुहुने कचौरा (पाठ ९)।

मत्ती २७:४६ मा ख्रीष्टको आफ्नै शब्दहरू अनुसार, क्रूसको अनुभवको सबैभन्दा भयानक भाग कुन थियो?

  1. रोमीहरूद्वारा क्रूसमा काँटीले ठोकिएर जडिनुपर्दा।
  2. विश्वास नगर्ने यहूदीहरूको गिल्ला र खिसी सुन्नु पर्दा।
  3. आफ्नै शरीरको भारले काँटीहरूमा धसिएर पीडा सहनुपर्दा।
  4. सर्वशक्तिमान् परमेश्वरद्वारा त्यागिनुपर्दा!

रोमी सिपाहीहरूले उहाँलाई के-के गर्लान् भनी उहाँ ज्यादा चिन्तित हुनुहुन्नथ्यो तर परमेश्वर पिताले उहाँलाई तपाईं र मेरा पापहरूको कारण के गर्न लागिरहनुभएको थियो भन्ने कुरामा चिन्तित हुनुहुन्थ्यो! प्रभु येशुलाई परमेश्वरले के-के गर्नुभयो भनी यशैया ५३ मा केही कुराहरू पाउँछौं:

यशैया ५३:४: परमेश्वरले उहाँलाई हि ____________ र कष्ट दिनुभयो।

यशैया ५३:६: परमेश्वरले उहाँमाथि हाम्रा सबै ______________ हालिदिनुभयो।

यशैया ५३:१०: परमेश्वरले उहाँलाई चोट पार्नुभयो।

ख्रीष्ट हाम्रा निम्ति पाप बनिनुभयो (पाठ ९)! ख्रीष्टले तपाईंको निम्ति यी सबै गर्नुभयो भनी के तपाईं विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ भने, तपाईंले के अहिले नै आफ्नो शिर झुकाएर ख्रीष्टलाई त्यो क्रूसको दण्ड भोग्नुभएकोमा र तपाईंका पापहरू बोक्नुभएकोमा साँच्चै धन्यवाद दिन सक्नुहुन्छ (१ पत्रुस २:२४)? ____________।

मृत्युको अन्तिम घडीमा उहाँ ठूलो स्वरले कराउनुभयो। मत्ती २७:५० मा हेर्नुहोस्। सबैले सुनोस् भन्ने ध्येयले उहाँले एउटा कुरा भन्नुभयो! उहाँले कराएर सुनाउनुभएको यो विजयको चित्कार के थियो (यूहन्ना १९:३० हेर्नुहोस्)? ____________________! मुक्तिको निम्ति काम पूरा भयो! पापको सजाय पूरै तिरियो! यसपछि प्रभुले बोल्नुभएको अन्तिम वचन के थियो (लूका २३:४६)? _________________________________________________।

ती दुईजना अपराधीहरू भने अझै जिउँदै थिए। उनीहरूको शरीर क्रूसमै रहिरहून् भन्ने रोमी सिपाहीहरूको इच्छा थिएन (यूहन्ना १९:३१), त्यसैले उनीहरू आएर ती दुईजना अपराधीहरूका ____________ भाँचे (यूहन्ना १९:३२)। छिट्टै मरून् भनी सो गरिएको थियो। खुट्टाले सहारा दिन नसकेपछि, शरीर आफ्नै भारले लच्किन्थ्यो र क्रूसको व्यक्ति सास फेर्न नपाएर मर्थ्यो। यदि उनीहरूका हड्डीहरू नभाँचिएका भए ती दुईजना अरु एक-दुई दिन बाँच्न सक्थे तर यसरी उनीहरूको कष्टलाई चाँडै अन्त गरियो। त्यस अपराधीलाई सम्झनुहोस् जसले आफ्नो मन बदल्यो र येशूमा विश्वास गर्‍यो। उसको मृत्यु हुने बित्तिकै ऊ कहाँ गयो (लूका २३:४३)? __________________________। ऊलेसित हुन गयो (लूका २३:४३)? __________________। अर्को अपराधी भने क्रूसको भन्दा पनि भयानक कष्ट र पीडा भोग्नुपर्ने ठाउँमा पुग्यो (लूका १६:१९-२८ दाँज्नुहोस्)। ख्रीष्टलाई इन्कार गर्नेहरूले मृत्युपछि कुनै असल कुरा पाऊँला भनी आशा गर्न सक्दैनन्!

जब सिपाहीहरू बीचको क्रूसमा आइपुगे, तिनीहरूले के देखे (यूहन्ना १९:३३)? ______________________________________________________।

येशू क्रूसमा मर्नु नै भएको थियो भनेर कसै-कसैले विश्वास गर्दैनन्। उनीहरूको भनाइअनुसार येशू क्रूसबाट उतारिँदा उहाँ जिउँदै हुनुहुन्थ्यो अनि उहाँ मानिसहरूकहाँ गएर आफू बौरी उठेको भनी सबैलाई भ्रम फैलाएर हिँड्नुभयो। तर त्यो भालाको रोपाइबाट बगेको रगतको धाराले प्रमाण दिन्छ कि येशू साँच्ची नै मर्नुभएको थियो! ख्रीष्ट मर्नुभयो, यो इतिहास (एउटा बास्तविक तथ्य) हो! ख्रीष्ट मेरो लागि मर्नुभयो, यो अचम्मको मुक्ति हो!

थोमा नाम गरेको एकजना चेलाले येशू साँच्ची नै मर्नुभएको छ भनी विश्वास गरेको थियो अनि प्रभुलाई भालाले रोपिएको थियो भनी उसलाई थाह थियो। तर प्रभु फेरि बौरेर उठ्नुभयो भनी विश्वास गर्दैनथ्यो। यूहन्ना २०:२५ मा थोमाले अरु चेलाहरूलाई आफ्नो हात भालाले रोपेको त्यो प्वालभित्र नराखेसम्म म येशूको बौरीउठाइमा विश्वास गर्दिनँ भनेर भन्यो। के येशूले उसलाई सो गर्ने मौका दिनुभयो (यूहन्ना २०:२७-३०)? ____________। के थोमाले सो गर्‍यो? ____________।

हो, प्रभु येशू साँच्चै मर्नुभयो! हो, उहाँ पापीहरूलाई बचाउन साँच्चै मर्नुभयो! हो, उहाँ हामीलाई अनन्त जीवन दिन र हाम्रो जीवित मुक्तिदाता र प्रभु हुनलाई साँच्चै बौरी उठ्नुभयो! आउने पाठमा हामी उहाँको अचम्मको बौरीउठाइको बारेमा अध्ययन गर्नेछौं! हल्लेलुयाह! कति उदेकका मुक्तिदाता!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

ख्रीष्टको विरूद्धमा न्याय सभाहरू

ख्रीष्टको विरूद्धमा न्याय सभाहरू

 

उहाँको पक्राउपछि, परमेश्वरका निष्कलंक पुत्रलाई एक सामान्य अपराधीलाई झैं इन्साफ गर्न लगियो र मृत्युदण्ड दिइयो। रातीदेखि विहानसम्ममा, तीन पटक यहूदीहरूको र तीन पटक रोमीहरूको गरेर जम्मा छओटा न्याय सभा भए। इन्साफ गर्न बसेका यी सभाहरू अत्यन्तै अन्यायपूर्ण थिए किनभने येशूका शत्रूहरूले आफ्ना मनमा येशूलाई अगाडि नै दोषी ठहराइसकेका थिए र मृत्युदण्ड दिने निर्णय गरिसकेका थिए। दोषी बास्तवमाले थिए र निर्दोषले थिए भन्ने कुरा यी छओटा न्याय सभाहरूको अध्ययन गरेर प्रस्टै जान्न सकिन्छ।

१) पहिलो न्याय सभा — हन्नासको सामु येशू

येशूको गिरफ्तारीको लगत्तै पछि, उहाँलाई सर्वप्रथम ______________ कहाँ लगियो (यूहन्ना १८:१३। यहूदीहरू हन्नासलाई आदर गर्थे र आफ्नो अगुवाको रूपमा हेर्थे।

यस छोटो सभामा येशूले एउटा न्यायोचित माग राख्‍नुभयो। उहाँ र उहाँको शिक्षाको विषयमा जान्ने साँचा साक्षीहरू ल्याइयोस् भन्ने उहाँको माग थियो (यूहन्ना १८:२१)। यस न्यायोचित मागको लगत्तैपछि एक यहूदी अफसिरको तर्फबाट येशूमाथि ज्यादै अन्यायपूर्ण व्यवहार भयो जसले येशूलाई __________ लगायो (यूहन्ना १८:२२)।

यस अफसिरले आफ्नो हात उठाएर निष्कलंक मुक्तिदातालाई हिर्कायो। उसले हातलाई मुठ्ठी पारेर होइन तर खुल्ला पञ्जाले प्रभुलाई हिर्कायो, या त पञ्जाको तल्लो भागले यात पञ्जा र औंलाहरूले। येशू एक साधारण मानिस मात्र अथवा एक ठूलै अपराधी हुनुभएको भए पनि, उहाँमाथि यस्तो अन्यायपूर्ण व्यवहार गरिनु हुँदैन थियो। त्यसपछिका घडीहरूमा येशूले भोग्नुभएका धेरै पिटाइहरूमध्ये पहिलोचाहिँ यही थियो।

यस सभा र यसपछिका सभाहरू धेरै हिसाबले ज्यादै अन्यायपूर्ण थिए। यी मानिसहरूले प्रभु येशूलाई जुनसुकै उपायले भए पनि नष्ट गर्न खोजे। न्याय सभालाई उनीहरूले रातको समयमा राख्‍नुहुँदैन थियो। इमानदार साक्षीहरूको सुनाइ हुनुपर्थ्यो। येशूका निम्ति एक वकिलको प्रबन्ध गरिनुपर्थ्यो। त्यत्तिकै गालामा थप्पड लगाउनु हुँदैनथ्यो। उनीहरूले जे जति गरे गलत धारणाले गरे। फलस्वरुप उक्त सभा अन्यायपूर्ण थियो। केवल उनीहरू जीवनका प्रभु तथा प्रभुहरूका प्रभुलाई आफ्नो संसारबाट हटाउन चाहन्थे।

दोस्रो न्याय सभा — कायफाको सामु येशू

हन्नाससितको भेट पछि येशूलाई कहाँ लगियो (यूहन्ना १८:२४) _______________।   दुवै हन्नास र कायफा येशू मारियोस् भनी चाहन्थे। न्यायपूर्ण प्रक्रियाद्वारा फैसला होस् भन्ने कुनै चासो थिएन उनीहरूलाई। यस सभामा यहूदी शासकवर्ग समेत उपस्थित थिए जसलाई सनहेदरीन (“महासभा”, मर्कूस १४:५५) भनिन्थ्यो। येशूको विरूद्धमा बोल्न धेरै झूटा साक्षीहरू खडा गराइए जसले उहाँको विरुद्ध झूटा आरोपहरू लगाए तर एउटा व्यक्तिको साक्षी अर्को व्यक्तिको साक्षीसँग मेल खान सकेन (मर्कूस १४:५६)।

येशूले केही नबोल्नुभएको देखेरे कायफा छक्क परे (मर्कूस १४:६०)। यसबारे उहाँलाई प्रश्‍न गर्दा प्रभुले एउटै शब्द बोल्नुभएन (मर्कूस १४:६१)। साधारणतया मानिसहरू आफू दोषी छु भन्ने जानेर पनि आफ्नो पक्षमा बोल्ने गर्छन् भने निर्दोष भएको खण्डमा झन् बढ्ता गरी बोल्छन्। यहाँ त प्रभु येशू पूर्णतया निर्दोष हुनुहुन्थ्यो र उहाँको विरुद्धमा बोलिएका अन्यायपूर्ण कुराहरूको विरोधमा बोल्न उहाँको स्वतः अधिकार थियो तर उहाँ चूप बस्नुभयो। यशैया ५३ मा हाम्रो प्रभु आफ्ना शत्रुहरूको सामु मौन बस्नुहुनेछ भनीलेखिएको भविष्यवाणी भेट्टाउन सक्नुहुन्छ? पद _______। दाँज्नुहोस् १ पत्रुस २:२२-२३।

बोल्ने समय एउटा हुन्छ र मौन बस्ने समय अर्को। कस्तो बेलामा मुख खोलेर बोल्नु राम्रो हुन्छ? कस्तो बेला नबोल्नु नै राम्रो हुन्छ? प्रभु येशू जान्नुहुन्थ्यो, उहाँको विरुद्धमा बोलिएका हरेक गलत कुराहरूको ठीक इन्साफ स्वर्गमा बस्नुहुने उहाँको पिताले गर्नुहुन्छ।

आखिरमा महापुजाहारी (कायफा)ले भने, “के तँ परमेश्वरको पुत्र होस्?” (मर्कूस १४:६१ सित दाँज्नुहोस्) अनि यतिखेर येशू चूप बस्न सक्नुभएन। प्रभुले के जवाफ दिनुभयो (मर्कूस १४:६२)? “म ______!”

येशूले यति भन्नुभए पछि महापुजाहारीले आफ्नो फैसला सुनाइहाले (मत्ती २६:६५):

यो इ ____________को दोषी छ। (उनको तात्पर्य, केवल मानिस भएर येशूले आफू परमेश्वर हुँ भनी दावी गर्नु इश्वरनिन्दाको पाप हो)

त्यसपछि महासभाले दण्डको घोषणा गरे (मत्ती २६:६६):

यो ___________________को योग्य छ!

उहाँले त्यस्तो ठूलो अपराध के गर्नुभएको थियो? उहाँ किन मारिनुपर्थ्यो? कारण उहाँले म परमेश्वरको पुत्र हुँ भनी भन्नुभयो! अपराधीहरूलाई क्रूसमा टगाँइदा, शिरको मास्तिर उनीहरूको दोषपत्र टाँसिन्थ्यो। जस्तै, कसैले जानाजानी हत्या गरेको भए, उसको माथि यसरीलेखिनुपर्थ्यो, “यो हत्यारा हो!” येशूको शिरमाथि कुनचाहिँ अभियोगलेखियो (मत्ती २७:३७)? _____________________________________________। उहाँको अपराध यति नै थियो!

येशूलाई मृत्युदण्डको योग्य ठहराएपछि, यी यहूदीहरूले धार्मिकताको मुकुण्डो उतारेर उनीहरूको बास्तविक पशुसमान व्यवहार देखाउन थाले। पहिले त उनीहरूले उहाँको अनुहारमा ________________ (मत्ती २६:६७ )। उनीहरूले उहाँलाई ______________ लगाए (मत्ती २६:६७ ) जसको अर्थ हो, मुठ्ठी कसेर प्रभुलाई हिर्काए। अरुदृअरुले उहाँलाई ________________ लगाए (मत्ती २६:६७ )। अनि उहाँलाई मुक्का र थप्पडले शासना दिने क्रममा, उनीहरूले उहाँलाई गिल्ला गरे र उहाँसित खेल खेल्न थाले।

उहाँलाई तिनीहरूले अनुहारमा _________ (लूका २२:६४) र उहाँलाई आँखामा पट्टी बाँधेर एक निर्दयी खेल खेले। “तँ परमेश्वरको पुत्र होस् भनी दावी गर्छस् भने, मेरो नाम के हो, भन्!” भन्दै पालैसित उहाँलाई थप्पड दिए र मुक्का हाने (मर्कूस १४:६५)। ख्रीष्टले सजिलैसित उनीहरूको नाम बताइदिन सक्नुहुन्थ्यो (उनीहरूलाई ताजुब पार्नेगरी), तर उहाँ चूपै बस्नुभयो।

यी सबै कुरा उहाँलाई आइपर्नेछन् भनी के प्रभुले अघिबाट नै जान्नुहुन्थ्यो (मर्कूस १०:३४; लूका १८:३२)? _____________________।

तेस्रो न्याय सभा — कायफा र सनहेदरीनको सामु येशू

(बिहानीपखको औपचारिक न्याय सभा)

यहूदी अगुवाहरूको महासभा (सनहेदरीन)ले बैठक एक पटक फेरी बस्यो। उक्त बैठक कतिखेर बसेको थियो (मत्ती २७:१)? ________________________________________। स्मरण होस्, येशू रातभर जागा हुनुहुन्थ्यो र निद्राबिना धेरै समय गुजारिसक्नुभएको थियो। कहिलेकाहीँ जब हामी पनि सुत्‍न पाउँदैनौं र थकित हुन्छौं, त्यसबेला याद गरौं, शरीरमा थकित हुनु भनेको कस्तो हुन्छ सो हाम्रो मुक्तिदाताले जान्नुहुन्छ।

यहूदी अगुवाहरू जान्दथे, उनीहरूको रातको न्याय सभा अन्यायपूर्ण र गलत थियो भनेर, यसकारण बिहान हुनासाथ उनीहरूले ख्रीष्टलाई दोषी ठहराए र उहाँलाई ____________ मतो गरे (मत्ती २७:१)। तर प्रभुका शत्रुहरूको एउटा समस्या थियो। येशूलाई उनीहरूले मार्न चाहे तापनि, उनीहरू सो गर्न सक्दैनथे। सो गर्नु गैरकानूनी कार्य हुन्थ्यो (यूहन्ना १८:३१)। मृत्युदण्ड दिने काम रोमीहरूले मात्र गर्न सक्थे। यहूदीहरू आफैले मृत्युदण्ड दिनसक्ने भएको भए उनीहरूले ख्रीष्टलाई सम्भवत: ढुङ्गा हानेर मार्ने थिए (यूहन्ना १०:३१ हेर्नुहोस्), तर रोमीहरूले भने अपराधीहरूलाई काठको क्रूसमा झुण्डयाएर मार्ने गर्थे।

चौथो न्याय सभा — पिलातसका सामु येशू प्रथम पटक

यहूदीहरूले येशूलाई बाँधेर रोमी रा _____________ पिलातसकहाँ लगे (मत्ती २७:२)। उनीहरू उहाँलाई एक अपराधीको रूपमा मृत्युदण्ड दिलाउन पिलातसको अनुमति चाहन्थे।

पिलातसको विचारमा येशू दोषी हुनुहुन्थ्यो कि निर्दोष हुनुहुन्थ्यो (लूका २३:४)? _______________। पिलातस येशूलाई छोडिदिन चाहन्थे तर यहूदी अगुवाहरू भने येशू नमारिएसम्म चूप बस्नेवाला थिएनन्।

अन्तमा पिलातसले येशूलाई अर्कै शासककहाँ पठाए जो त्यसबखत संजोगवश यरूशलेम शहरमै थिए जसको नाम ______________ थियो (लूका २३:७)। बप्‍तिस्मा दिने यूहन्नाको हत्या गर्ने हेरोद यिनी नै थिए (मर्कूस ६:१६,२७)।

पाँचौं न्याय सभा — हेरोदका सामु येशू

हेरोद येशूलाई देखेर एकदमै खुशी भए कारण उनले येशूको विषयमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा गरिएका केही __________ हेर्न चाहे (लूका २३:८)। के येशूले हेरोदका निम्ति नानाथरीका चिन्हहरू गरेर देखाउनुभयो (लूका २३:९-११)? _____________। के येशूले हेरोदसित कुनै बातचीत गर्नुभयो (लूका २३:९)? ________________।

हेरोदको विषयमा बोल्नुहुँदा एक पटक येशूले उनलाई “त्यस ________” भन्नुभएको थियो (लूका १३:३२)। लूका २३:११ अनुसार हेरोदले आफ्ना सिपाहीहरूसँगै मिलेर येशूलाई अपमान गरे, खिसी गरे र एउटा भड्किलो वस्त्र पहिराइदिएर उहाँलाई पिलातसकहाँ फर्काइदिए। आखिरमा तिनीहरूले उहाँलाई फेरि ________________ कहाँ फर्काइदिए (लूका २३:११)?

छैंटौं न्याय सभा — दोस्रो पटक पिलातसका सामु येशू

येशूलाई भेट्न हेरोद त खुशी थिए (लूका २३:८ ) तर पिलातस भने खुशी थिएनन्! सही न्याय गर्न उनी चाहन्थे तर उनी यहूदीहरूलाई रिस उठाउन पनि चाहँदैनथे।

पिलातसले येशूलाई दोषी भेट्टाए कि निर्दोष (लूका २३:१३-१४)? ____________। के पिलातसले येशूलाई मृत्युदण्डको योग्य भेट्टाए (लूका २३:१५)? ____________। पिलातस उहाँलाई क्रूसमा टाँग्न चाहन्थे कि छोडिदिन चाहन्थे (लूका २३:१६)? ______________। यहूदीहरू भने पिलातसले के गरोस् भन्ने चाहन्थे (लूका २३:२१)? ___________________ ________________________।

त्यसपछि पिलातसले येशूलाई कोर्रा लगाउने योजना गरे। यसो गर्नाले यहूदीहरूको मनमा येशूप्रति सायद दया पलाउला कि अनि “उसलाई दण्ड पर्याप्‍त भो! होस् जान दिनुहोस्!” भनी उनीहरूले भन्लान् कि भन्ने पिलातसको आशा थियो। अनि पछि येशूलाई छाडिदिऊँला भन्ने उनको विचार थियो। त्यसैले पिलातसले येशूलाई लगे र _________ लगाए (यूहन्ना १९:१)।

रोमीहरूको कोर्रा जस्तै क्रूर चीज अरू पाइन्नथ्यो। अपराधीहरूलाई यातना दिन प्रयोग गरिने त्यो कोर्रा एउटा अति निर्दयी साधन थियो। त्यो काठको छोटो बीटले बनेको हुन्थ्यो जसमा केही डोरीहरू बाँधिएका हुन्थे अनि डोरीहरूका टुप्पाहरूमा तीखा-तीखा धातु वा हड्डीका टुक्राहरू हुन्थे। कोर्राले व्यक्तिको नाङ्गो ढाडलाई हिर्काउँदा त्यसलाई छिया-छिया पार्दै उसलाई असह्य पीडा हुन्थ्यो। त्यसको पिटाइले कतिपय मानिसहरू बेहोश हुन्थे भनेकोही त मर्थै नै। उनीहरूले यही कोर्रा प्रयोग गरे प्रभु येशूमाथि–धर्मी, पवित्र र निर्दोष ख्रीष्टमाथि! हामी (दोषीहरू)लाई बचाउन र परमेश्वरकहाँ ल्याउन येशू दुःख सहन, रगताम्य हुन र मर्न तयार हुनुभयो (१ पत्रुस ३:१८)!

ती रोमी सिपाहीहरूलाई भने येशूलाई कोर्रा लगाएर पुगेन। हेरोदजस्तै उनीहरू पनि येशूसित खेल खेल्न चाहेः

  1. उनीहरूले उहाँलाई एक लाल-बैजनी पोशाक पहिर्‍याइदिए (मर्कूस १५:१७; मत्ती २७:२८)। कोर्रा खाएपछि पोशाक आलो घाउमा रगडिँदा येशूलाई कति दुःख्यो होला!
  2. उनीहरूले उहाँलाई _______को मुकुट गाँथेर लगाइदिए (मर्कूस १५:१७) र उहाँको शिरमा थिचिदिए।
  3. तिनीहरूले उहाँको हातमा राजदण्ड राखिदिए। उनीहरूले उहाँलाई जबरजस्ती बस्न लगाएपछि उहाँको दाहिने हातमा एउटा ____________ राखिदिए (मत्ती २७:२८ )। राजाले समाउने राजदण्ड उनको अख्तियार र शक्तिको चिन्ह हो भने उनीहरूले येशूलाई खिसी गर्दै यसो गरेका थिए।
  4. उनीहरूले खिसी गर्दै उहाँलाई दण्डवत् गरे। पालैपालो सिपाहीहरू घुँडा टेक्दै “स __________, य _____________का ________!” भन्न थाले (मत्ती २७:२९)।
  5. उनीहरूले उहाँलाई थुके। उनीहरू झन् झन् खराब व्यवहार गर्दै पशु जस्तै भए (मत्ती २७:३०)। प्रत्येक सिपाही आफ्नो पालो आउँदा घुँडाबाट उठेपछि उसले परमेश्वरको एकमात्र पुत्रको अनुहारमा थुक्थे।
  6. उनीहरूले उहाँलाई खुल्ला हातले बेस्सरी थप्पड लगाए (यूहन्ना १९:३), त्यही अनुहारमा जहाँ अलिक अघि यहूदीहरूले पटक-पटक थप्पड लगाएका र मुड्कीले हिर्काएका थिए। के अब हामी यशैया ५२:१४ र ५३:२लाई अलिक बुझ्न सक्छौं?
  7. उनीहरूले उहाँलाई हिर्काए। पालैपालो, सिपाहीहरू येशूको सामु आउँदा, उनीहरूले येशूको हातबाट निगालो लिएर उहाँको शिरमाथि हिर्काए (मत्ती २७:३०)।

तर, पर्खनुहोस्, येशूका लागि “बिचरा” भन्न थाल्नु अगाडि, हामीले एउटा कुरा याद गरौं कि वास्तवमा “बिचरा” भन्नु पर्ने त यी सिपाहीहरूका लागि हो। एउटा अर्को दिन आउँदै छ जब यिनै मानिसहरूले राजा ख्रीष्टको सामु दण्डवत् गर्नुपर्नेछ जसलाई उनीहरूले खिसी गरे र दुर्व्यवहार गरे (फिलिप्पी २:९-११ हेर्नुहोस्)। के त्यस दिन तपाईंले पनि राजा येशूको सामु आफ्नो घुँडा टेक्नुहुनेछ? ______________।

अन्तमा, यी सब भइसकेपछि, पिलातसले येशूलाई सबैले देखून् भनी मानिसहरूको सामु ल्याए (यूहन्ना १९:५)। तब यहूदीहरूले के भने? (ठीक जवाफमा चिन्ह लगाउनुहोस्):

  1. “येशूलाई दण्ड दिन पुग्यो अब! भो, कृपया उहाँलाई अब अरु दण्ड नदिनुहोस्।”
  2. “येशू निर्दोष व्यक्ति हुनुहुन्छ भनेर हामीले महसुस गर्‍यौं! उहाँ मृत्युदण्डको योग्य हुनुहुन्न! हाम्रो भूल भएछ!”
  3. “उसलाई क्रूसमा टाँगिदिनुहोस्!”
  4. “हामीले परमेश्वर र उहाँको पुत्रको विरूद्धमा पाप गरेका छौं! हे परमेश्वर, यो ठूलो पापको लागि हामीलाई क्षमा गर्नुहोस्!”

पिलातसका सबै प्रयास बिफल भए र अन्तमा भीडको जे इच्छा थियो उसले त्यही नै गरे। येशूलाई क्रूसमा टाँग्न पठाइयो।

* * * * *

के तपाईंले पनि कहिलेकाहीँ अर्काको दुर्व्यवहार भोग्नु परेको छ? सायद, स्कूलमा वा छरछिमेकमा? के अरुले तपाईंको खिसी वा ठट्टा गर्छन्? मैले असल नै गरेको छु भनी आफ्नो हृदयमा थाह हुँदा पनि अरुले तपाईंलाई गल्ती गरेको दोष लगाउँछन्? मित्र वा शत्रुले तपाईंलाई शरीरमा कहिल्यै चोट पुर्‍याएका छन् (हातले वा कुनै कुराले हिर्काएर)?

त्यस प्रकारको व्यवहार भोग्नु कस्तो हुन्छ भनी के प्रभु येशू राम्ररी जान्नुहुन्छ? खिसी गरिनु, चोट पाउनु, झूटा आरोप लगाइनु कस्तो हुन्छ के उहाँ जान्नुहुन्छ? त्यस्तो समयमा के उहाँ हामीलाई बुझिदिने हाम्रो साथी बन्न सक्नुहुन्छ (हिब्रू ४:१५; २:१७-१८)। त्यस्तो समयमा हामीले कसरी व्यवहार गर्नुपर्छ भनी येशूले हामीलाई नमूना छाड्नुभएको छ (१ पत्रुस २:२०-२३) र त्यति मात्र होइन, त्यस्ता समयहरूमा उहाँले हामीलाई मदत पनि गर्न सक्नुहुन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

गेत्समनी

गेत्समनी

 

कष्टप्रद कचौरा

क्रूसको मृत्यु अगाडिको साँझमा, येशूले आफ्ना चेलाहरूसँग खाना खानुभयो। खाना खाइसकेपछि येशूले रोटी लिनुभयो अनि कचौरा लिनुभयो अनि चेलाहरूलाई आफ्नो मृत्युबारे बताउनुभयो (मर्कूस १४:२२-२४) र आफ्नो पुनरूत्थानबारे बताउनुभयो (मर्कूस १४:२५)। अनि एउटा __________ गाएपछि (मर्कूस १४:२६) उहाँहरू जैतुन डाँडामा गेत्समनी भनिने ठाउँमा जानुभयो। त्यहाँ प्रभु पटक पटक प्रार्थना गर्न जानुभएको थियो (लूका २२:३९)। जैतुन डाँडा यरुशलेम शहरकै सम्मुखमा पूर्वतिर पर्दछ।

आफ्नो मृत्युको समय अब आइपुगेको छ भनी प्रभु जान्नुहुन्थ्यो। उहाँ दुःखित हुनुभयो र मनमा ज्यादै पिडित हुनुभयो। संकष्टको घडीमा के गर्नुपर्छ भनी येशूले हामीलाई नमूना छाड्नुभयो (भजन संग्रह ६२:८ हेर्नुहोस्)। उहाँ भुइँमा घोप्टो पर्नुभयो (मर्कूस १४:३५) र स्वर्गमा हुनुहुने आफ्नो पितामा आफ्नो हृदय पोख्याउनुभयो। प्रार्थना गर्दा उहाँले भन्नुभयो, “हे अब्बा, हे पिता, तपाईंका निम्ति सबै कुराहरू सम्भव छन्; यो __________ मबाट टलेर जाओस्” (मर्कूस १४:३६; मत्ती २६:३९ दाँज्नुहोस्)।

यो कचौरा के थियो अनि यो केले भरिएको थियो? यो कचौराबाट पिउन पर्छ भनेर येशू किन साह्रै दुःखित र पिडित हुनुभयो? सिद्ध मानिसको हैसियतले, यो कहालीलाग्दो कचौराबाट पिउने सोचाइमा पर्दा, येशू त्रसित हुनुभयो। यो कचौरामा के थियो त?

कचौरामा कि असल थोक हुन सक्छ कि खराब। कचौरामा दूध वा फलफूलको रस हुनसक्छ कि त्यसमा हानिकारक तेजाव वा बिष हुनसक्छ। येशूले यो कचौराबाट पिउन नचाहनुभएको हुनाले हामीलाई थाह हुन्छ, यसमा कुनै न कुनै ज्यादै अप्रिय कुरा थियो।

भजनसंगरह ११:६ मा एउटा डरलाग्दो कचौराको कुरा छ। उक्त कचौरा धर्मीको निम्ति हो कि दुष्टको निम्ति? ________। भजनसंगरह ७५:८ मा अर्को अप्रिय कचौराको उल्लेख छ। त्यो कचौराबाट कसले पिउनेछ? ______________________। यो कचौरा कसको हातमा छ (भजनसंग्रह ७५:८)? ___________। यशैया ५१:१७,२२; प्रकाश १४:१०; १६:१९ पनि हेर्नुहोस्।

यूहन्ना १८:११ अनुसार येशूलाई पिउन दिइएको त्यो कचौरा कसबाट आएको थियो? (ठीक उत्तरमा गोलाकार चिन्ह लगाउनुहोस्):

  1. शैतान
  2. पिता
  3. दुष्ट मानिसहर
  4. यहूदी शासकहर
  5. यहूदा

परमेश्वर पिताले आफ्नै प्रिय पुत्रलाई अप्रिय कुरा किन पिउन दिनुभयो? पिताले किन येशूलाई दुष्टले पिउनु पर्ने कचौराबाट पिउन दिनुभयो? यसको जवाफ २कोरिन्थी ५:२१ मा पाउँदछौं। जब ख्रीष्ट क्रूसमा मर्नुभयो, उहाँ हाम्रो निम्ति ____________ तुल्याइनुभयो। परमेश्वरले ख्रीष्टलाई पापलाई झैं व्यवहार गर्नुभयो। परमेश्वरले पापसित कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्वरले त पापलाई घृणा गर्नुहुन्छ! परमेश्वरले पापलाई दण्ड दिनैपर्छ! ख्रीष्ट हाम्रो निम्ति पाप तुल्याइनुभयो!

 

 

 

येशू दोषी हुनुहुन्थ्यो कि निर्दोष? ________। उहाँ पापी हुनुहुन्थ्यो कि पापरहति? _________। उहाँ धर्मी हुनुहुन्थ्यो कि अधर्मी? ___________। परमेश्वरबाट दण्ड र इन्साफ कसले पाउनुपर्ने थियो? परमेश्वरको रिस र क्रोध कसले पाउनु पर्ने थियो? दोषी बास्तवमा ले हुन् (रोमी ३:१९,२३)? __________________। परमेश्वरले आफ्नो कचौरा तपाईंलाई दिन र त्यसबाट तपाईंलाई पिउन लगाउन नहुने कुनै कारण छ र? म नाश नहुन र इन्साफमा नपर्न अर्थात् म दोषी नठहरिन र परमेश्वरको क्रोध ममाथि नआइपर्नको निम्ति मैले के गर्नैपर्छ (यहून्ना ३:१६,१८,३६)? __________________________________________________। ख्रीष्ट मेरो स्थानमा मेरै सट्टामा मर्नुभयो! मेरा सबै पापहरूको दण्ड उहाँले भोग्नुभयो। परमेश्वरले उहाँको पुत्रमा विश्वास राख्‍ने व्यक्तिलाई कस्तो व्यवहार गर्नुहुन्छ (एफिसी २:४-७; तीतस ३:४-५)?

 

 

 

परमेश्वरले त्यो व्यक्तिसँग कस्तो व्यवहार गर्नुहुन्छ जसले मुक्तिको निम्ति ख्रीष्टकहाँ आउन अस्वीकार गर्छ (एफिसी ५:५-६; कलस्सी ३:५-६; यूहन्ना ८:२४)? ______________ __________________________________________________________________।

पापीहरूको विरूद्धमा साँचिएको परमेश्वरको क्रोध र इन्साफले भरिएको यो डरलाग्दो कचौराबाट प्रभु येशूले पिउन चाहनुभएन। तर येशू जान्नुहुन्थ्यो कि क्रूसमा मर्नु नै पिताको इच्छा हो भनेर। येशू, अरु सबैथोक भन्दा, पिताको इच्छा पूरा गर्न चाहनुहुन्थ्यो (यूहन्ना ४:३४)। साथै, क्रूसमा गएर मात्रै पापीहरूको उद्धार हुन सम्भव छ भनेर येशू जान्नुहुन्थ्यो। ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति क्रूसमा आफैलाई अर्पण गर्नुभयो!

घृणाको हृदयबाट प्रेमको चुम्बन

येशू गेत्समनीमा हुनुहुँदा नै, उहाँलाई धोका दिन र उहाँलाई यहूदी शासकहरूको हातमा सुम्पिदिनका लागि यहूदा आइपुग्यो। यो सब हुनेछ भनेर प्रभुलाई के अघिबाटै थाह थियो? कि यहूदाले प्रभुलाई छलेर अचानक पक्रेको हो (मत्ती २६:२१-२५; २६:४६; यूहन्ना १८:४)? __________________________________________।

यहूदा एक्लै आएन। मत्तीले बताउँछन् कि उसको साथमा एउटा ठू ____ भी ____ (मत्ती २६:४७) थियो। यहूदीहरूका शासकहरू त्यहाँ थिए र साथै रोमी सिपाहीहरूको ठूलो समूह पनि थियो (शायद १०० भन्दा बढी नै) जसलाई यहूदीहरूले सहायताका लागि साथमा ल्याएका थिए (यूहन्ना १८:३ ग्रीकमा “टोली” भन्ने शब्दले रोमी सिपाहीहरूको एक समूह जनाउँछ जसमा ६०० सम्म सिपाहीहरू हुन सक्थ्यो)।

कल्पना गर्नुहोस्। रातको अन्धकार थियो अनि ती सबै मानिसहरू आफ्ना राँकाहरू लिएर आएका छन् (यूहन्ना १८:३)। यहूदाले उनीहरूलाई डोर्‍याउँदै ल्याउँछ। यिनै थिए ती यहूदी शासकहरू जसले ख्रीष्टलाई घृणा गर्थे र जसको साथमा यहूदी सिपाहीहरू थिए (मन्दिरका अफसिरहरू, यूहन्ना १८:३) अनि रोमी सिपाहीहरू पनि। अनि उनीहरूका हातहरूमा चाहिँ के थियो (यूहन्ना १८:३ले अखिरमा केलेखिएको छ)? तिनीहरू तरवारहरू र लाठाहरू र हतियारहरूले सुसज्जित छन् (मर्कूस १४:४३ सँग दाँज्नुहोस्)। किन? एउटा हतियारबिहीन व्यक्तिलाई पक्रन!

अगाडिबाट नै यहूदाले येशूका शत्रुहरूसँग कुरा मिलाइसकेको थियो कस्तो इशाराले पक्राइनुपर्ने व्यक्तिलाई उनीहरूले सजिलैसँग चिन्न सक्नेछन् भनेर। यो इशारा के थियो (मर्कूस १४:४४-४५)? ______________________________________________।

उसबेला चुम्बन मित्रहरूको बीच गरिन्थ्यो। पुरूषले पुरूषलाई वा स्त्रीले स्त्रीलाई अभिवादन वा मित्रभावको चिन्हस्वरुप चुम्बन गर्थे (रोमी १६:१६ दाँज्नुहोस्)। यहूदा मित्र थिए कि शत्रु? __________। के दाऊदले गोलियाथलाई पहिले चुम्बन गरेपछि मात्र ढुङ्गा हिर्काएका हुन्? कि ऊसँग हात मिलाएर? यदि यहूदाले येशूकहाँ गएर उहाँलाई थुकेका भए त्यो बरु उसको लागि कपटहीन कार्य ठहरिने थियो!

यहूदाको बढी कुरा गर्नु अगाडि, हामी आफ्नै हृदयहरू जाँचौं। के म साँच्चै प्रभु येशूलाई प्रेम गर्छु कि म देखावटी कपटी मात्र हुँ? के म हप्ताको एक दिन मण्डली सभामा प्रभुलाई “चुम्बन” गरेर बाँकी हप्ताभरि आफ्नो जीवनशैली, काम, बोलीले उहाँलाई “धोका” दिने गर्छु?

कैद गर्नेहरू कैदीको नियन्त्रणमा

ध्यान दिएर यूह्न्ना १८:४-६ पढ्नुहोस्। जब प्रभुले आफूलाई चिनाउँदै “म उही हुँ!” भन्नुभयो, तब यहूदीहरू र सिपाहीहरूको त्यो ठूलो भीडलाई के भयो? _________________ ____________________________________________। के यहुदा पनि पछारिए (यहून्ना १८:५दृ६)? ____________। निश्चय नै त्यो एक ताजुबको दश्य थियो जब सैयौं तालिमप्राप्‍त सिपाहीहरू र यहूदीहरूका भीड भुईंमा पछारिए र केवल एघार चेलाहरू र एक हतियारबिहीन येशू मात्रै खुट्टामा उभिइरहे! यो कसरी भयो? केवल “म उही हुँ” भन्ने वचन येशूले बोल्नुहुनासाथ! ती मानिसहरू भुईंबाट उठ्दै गर्दा, येशूले मानौं यसो भन्नुहुँदैथ्यो, “ठीक छ, तिमीहरू मलाई पक्रन सक्छौ, तर पहिला यो जान कि सब कुरा मेरै नियन्त्रणमा छ।”

परिस्थितिको सम्पूर्ण नियन्त्रण येशूकै हातमा थियो। पहिले नै यूहन्ना १०:११,१७,१८ मा उहाँले भनिसक्नु भएको कुरालाई फेरि यी मानिसहरूलाई याद गराउँदै हुनुहुन्थ्यो। येशूले इच्छापूर्वक, स्वेच्छापूर्वक आफ्नो प्राण दिन लाग्दै हुनुहुन्थ्यो अनि यही कारणले मात्र ती मानिसहरूले उहाँलाई पक्रेर लैजान सके। अरु समयमा पनि मानिसहरूले येशूलाई पक्रन र मार्न चाहेका थिए। तर त्यसबेला के उनीहरूले सो गर्न सके (हेर्नुहोस् यूहन्ना ७:३०; ८:२०; लूका ४:२८-३० इत्यादि? __________।

जुन प्रार्थना येशूले गर्नुभएन

त्यस साँझ अरु के भयो हामी यूहन्ना १८:१०-११ बाट जान्दछौं। पत्रुस प्रभुलाई गुहार गर्न हतारिएर अघि बढे अनि मुढे बलको जोशमा मानौं आँखा चिम्लेर मालकस नाम गरेको मानिसको दाहिने कान च्वाट्टै पारिदिए! डाक्टर लूकाको अनुसार, यसबारे येशूले के गर्नुभयो (लूका २२:५१)? ____________________________________________।

येशूलाई पक्राउ गर्ने मानिसहरूले दुइओटा आश्चर्यकर्म देखेः १) उनीहरूले यो देखे कि येशूले केवल “म हुँ” भन्नु पर्थ्यो र सबैजना पछारिन्थे; २) उनीहरूले काट्टिएको कान निको पारिएको आश्चर्यकर्म देखे। “उहाँ परमेश्वरको पुत्र हुनुहुन्नथ्यो” भनेर बाहाना गर्ने ठाउँ ती मानिसहरूलाई छ त? ______________।

के येशूलाई पत्रुसको सहायताको खाँचो थियो? __________। वास्तवमा, येशूले पत्रुसलाई यो भन्नुभयो, उहाँले प्रार्थना गर्नुभएको भए पिताले उहाँलाई एक सेकेण्ड पनि ढिलाइ नगरी बाह्र पल्टन भन्दा बढी ________________ जुटाउनुहुनेथ्यो (मत्ती २६:५३)। एक पल्टनमा ६,००० सिपाहीहरू हुन्थे। यसर्थ, १२ पल्टनमा (६,००० गुणा १२) __________________________ सिपाहीहरू हुन्थे। पिताले त १२ पल्टन स्वर्गदूत भन्दा बढी पठाउनेहुनेथ्यो! त्यो त थुप्रै स्वर्गदूतहरू हो! अनि यो त १२० टोली भन्दा बढी स्वर्गदूतहरू हुनेथ्यो (१ पल्टनमा १० टोली हुन्थे ), जब कि येशूलाई पक्रन यहूदीहरूको त केवल १ टोली रोमी सिपाहीहरू मात्र थिए (यूहन्ना १८:३ )। त्यति मात्र नभएर, स्वर्गदूतहरू त सामर्थवान् प्राणीहरू हुन्। के एउटै स्वर्गदूतले एक पूरै रोमी टोली वा पूरै रोमी फौजलाई सखाप पार्न सक्छ? यदि ख्रीष्टले यो प्रार्थना गर्नुभएको भए, त्यहाँ प्रभुलाई रक्षा गर्न र प्रत्येक एघार चेलाहरूलाई कम्तीमा एक-एक पूरै पल्टन स्वर्गदूत प्रबन्ध गरिनेथ्यो!

के येशूले यो प्रार्थना गर्नुभयो? ______________। किन गर्नुभएन (यूहन्ना १८:११)? ____________________________________________________________________। यदि ख्रीष्टले आफूलाई बचाउनुभएको भए, हामी कसरी बचाइन सकिन्थ्यौं? यदि ख्रीष्ट क्रूसमा नजानुभएको भए, पापी पुरूष, स्त्री र बालबालिकाहरूको निम्ति के आशा रहन्थ्यो?

वास्तवमा, के प्रभुलाई आफ्नो रक्षाको लागि पत्रुसको वा हजारौं स्वर्गदूतको सहायताको आवश्यकता थियो? ____________। यदि उहाँले केवल बोल्नासाथ उहाँका सबै शत्रुहरू भुइँमा पछारिन्थे भने, के उहाँले त्यसरी नै बोलेर मात्र उनीहरू भुइँमा पछारिएर मरेको मरै पार्न सक्नुहुन्नथ्यो? ______________। येशूले आफ्ना शत्रुहरूलाई मार्न चाहनुहुन्न थियो, उहाँ आफ्ना शत्रुहरूका लागि मर्न चाहनुहुन्थ्यो (रोमी ५:६,८,१०; यूहन्ना ३:१७; १२:४७)!! उदेकको प्रेम!

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

जयजयकार किन?

जयजयकार किन?

(यरूशलेमभित्र प्रभु येशूको विजयीपूर्ण प्रवेश)

कस्तो मुक्तिदाता चाहन्छौं हामी?

क्रूसमा उहाँको मृत्यु हुन एक हप्ता पनि बाँकी नहुँदा, जब प्रभु येशू यरूशलेम शहरभित्र प्रवेश गर्नुभयो,के मानिसहरू खुशीले गद्‍गद् भए (मत्ती २१:९)? ______________। उनीहरू “होसन्ना” भन्दै कराए जसको अर्थ हो, “हामीलाई बचाउनुहोस् आज!” उनीहरू केबाट बचाइन चाहन्थे? के उनीहरू आफ्ना पापबाट बचाइन चाहन्थे (येशू आउनुको कारण नै यही थियो — मत्ती १:२१ मा पढ्नुहोस्)? के उनीहरू आफ्ना गलत जीवन शैलीबाट, गलत सोचाइबाट र गलत व्यवहारबाट बचाइन चाहन्थे? के उनीहरू पापलाई घृणा गर्नुहुने धर्मी परमेश्वरको भयानक दण्डबाट बचाइन चाहन्थे?

  • यहूदीहरू एउटा राजमुकुट (CROWN) को प्रतिक्षामा थिए
  • उनीहरू यस्तो राजा चाहन्थे जसले उनीहरूलाई रोमीहरूबाट बचाइदेओस् र जीवनका दुःख-कष्टलाई हटाइदेओस्।
  • तर उनीहरूले क्रूस (CROSS) को कुनै आवश्यकता देखेनन्
  • उनीहरू त्यस्तो मुक्तिदाता चाहँदैनथे जसले उनीहरूलाई उनीहरूका पापहरूबाट बचाइदेओस् र उनीहरूलाई नयाँ जीवन दिन देओस्।
  • ख्रीष्ट संसारको राजा बनोस् भनी उनीहरू चाहन्थे तर उहाँलाई आफ्नो जीवनको राजा भने बनाउन चाहँदैनथे (पाठ ७ भाग १ पृष्ठ ३ हेर्नुहोस्)।

त्यसबेलाको संसार रोमीहरूको हातमा थियो। यहूदीहरू रोमी शासनबाट मुक्त हुन चाहन्थे। येशूले त्यस्तो “मुक्ति”दिलाइदेओस् भनी उनीहरू चाहन्थे। रोमको दासत्वभन्दा पापको दासत्व बढी डरलाग्दो हुन्छ (यूहन्ना ८:३२-३६)तर उनीहरू पापबाट बचाइन येशूलाई हेरिरहेका थिएनन्।

युद्धभूभिको सिपाहीलाई विचार गरौं। ऊ लुकेर बसेको बंकरको माथिबाट बम्बहरू, गोलीहरू र हाते ग्रिनेडहरू वर्षिँदै छन्। आत्तिएर ऊ कराउँछ, “प्रभु, मलाई बचाउनुहोस् आज!”ऊ केबाट बचाइन चाहन्छ?मुटुको ठूलो अपरेशनमा जान लागेको बिरामीलाई विचार गरौं। उसलाई लठयाउन अघि ऊ कराउँछ, “प्रभु, मलाई बचाउनुहोस्!”उसले आफ्नो प्राण बचाइन पुकारा गरेका हुन् कि डाक्टरको भूलबाट उसको मृत्यु हुनबाट बचाइन पुकारा गरेका हुन्? मत्ती १०:२८ अनुसार, हामी कुन कुराको बढी डर मान्नुपर्छ, शरीरलाई हानी गर्न सक्ने डाक्टरको कि मानिसलाई आगोको कुण्डमा फ्याँक्न सक्ने परमेश्वरको?____________________________। (परमेश्वरको डर मान्नु भनेको उहाँलाई यति धेरै आदर गर्नु हो कि उहाँको आज्ञा उल्लङ्घन गरेर उहाँलाई बेखुशी तल्याउन डराउनु हो)।

नारा तरून्तै बदलिन्छ

जब येशू शहरभित्र प्रवेश गर्नुभयो मानिसहरू यसो भन्दै कराए, “ख्रीष्ट धन्यका हुन्!”तर एक हप्ता नपुग्दै, उनीहरू के भन्दै कराए (मत्ती २७:२३)? ______________________ ________________________। पहिलेचाहिँ उनीहरू उहाँलाई राजा बनाउन चाहन्थे।अनि

केही दिनपछि उनीहरू उहाँलाई फाँसी दिन चाहन्थे! मानौं, तपाईंका मित्रहरूले कुनै पूर्वसूचना बिना तपाईंको जन्मदिनमा तपाईंका लागि भोज गराए अनि तपाईंलाई उपहारहरू दिए। तर केही दिनपछि तिनीहरू तपाईंका घरमा आएर तपाईंलाई  मुखैमा थुकेर अपमानजनक व्यवहार गरे। तपाईंलाई कस्तो लाग्छ होला? निश्चय त्यस्तो व्यवहार अनौठो हुनेथ्यो! मानौं युद्धबाट स्वदेश फर्केका सिपाहींलाई भव्य स्वागत गरियो। तर एक हप्ता नबित्दै बिनाकारण उसलाई झ्यालखानामा जाकियो। के त्यसो गर्नु ठीक हुन्थ्यो र?

यहूदीहरू येशूबाट के चाहन्थे? येशूले उनीहरूको संसारलाई परिवर्तन गरिदिनुभएको (बाह्य कुराहरूलाई ठीकठाक पारिदिनुभएको)उनीहरू चाहन्थे। तर येशू भने उनीहरूको हृदयलाई (आन्तरिक कुरालाई नै ठीक पार्न)परिवर्तन गर्न चाहनुहुन्थ्यो। ठीक पारिनु पर्ने कुरा त मानिसको हृदय (यर्मिया १७:९)हो भनेर उनीहरूले बुझेनन्।

पापबाट मुक्ति नपाएको एक व्यक्ति (परमेश्वरबाट अलग रहेको व्यक्ति — मर्कूस ७:१९-२३)लाई विचार गरौं। मानौं उसलाई बस्नका लागि एउटा सुन्दर दरवारको प्रबन्ध गरियो। उसलाई मन परेअनुसार खर्च गर्नका लागि १ अरब रूपैयाँ पनि दिइयो। के यस्तो अवस्थामा पनि उसलाई समस्या पर्न सक्छ? के ऊ सम्पूर्ण समस्याहरूदेखि मुक्त हुन्छ? समाजमा अरू मानिसहरूसित के उसलाई पहिलाजस्तै समस्या पर्न सक्छ?के ऊ साँच्चै नै खुशी हुन्छ?अब एउटा पवित्र जन (परमेश्वरद्वारा शुद्ध पारिएको हृदय भएको व्यक्ति)लाई विचार गरौं। मानौं उसलाई शहरको फोहोर गल्लीभित्र रहेको, मान्छे भन्दा मुसा बढी भएको एउटा थोत्रो झुपडिमा बस्न दिइयो। यो गन्जागोलको बीचमा पनि के उसलाई शान्ति (भित्री आनन्द) मिल्न सक्छ?मानौं एक पवित्र जनलाई कष्टपूर्ण सुरुङरुपी झ्यालखानामा राखेर उसलाई अपराधीलाई जस्तै व्यवहार गरियो। के यस्तो अवस्थामा पनि ऊ खुशी हुन सक्छ (प्रेरित १६:२२-२५ हेर्नुहोस्)? __________।

उहाँ शहरभित्र पस्दै गर्नुहुँदा भीडको उत्तेजित जयजयकारलाई के येशूले विश्वास गर्नुभयो?मानिसहरू रमाहटले कराइरहेका थिए तर येशू के गर्दै हुनुहुन्थ्यो (लूका १९:४१)? __________________। प्रभु जान्नुहुन्थ्यो, यी मानिसहरूले उहाँलाई रद्द गर्नेछन् (मत्ती २३:३७ पढ्नुहोस्)! उनीहरूको हृदयका कुरा प्रभु जान्नुहुन्थ्यो! भीडले खुशी मानायो तर मुक्तिदाता रुनुभयो। मुक्तिदाताले इस्राएलका मानिसहरूका निम्ति आफ्नो सर्वोत्तम दिन चाहनुभयो (उनीहरूतिर आफ्नो “हात पसार्नुभयो”) तर “आज्ञापालन नगर्ने र विरोधी जाति”भएर उनीहरूले उहाँलाई इन्कार गरे (रोमी १० अध्यायको कुनचाहिँ पदले यो कुरा बताउँदछ?पदः __________)।

सारा संसारले थाह पाओस्!

येशू शहरभित्र पस्नुहुँदा, कसैले चाल नपाउने गरी पस्नुभएको थिएन। उहाँ सुटुक्क रातको समयमा पस्नुभएको होइन। उहाँले भेष बदल्नुभएन। उहाँले भीडहरूबाट पन्छिने प्रयास गर्नुभएन।

यूहन्ना ७:१-१० पढ्नुहोस् जहाँ अर्कै समयको बयान गरिएको छ। त्यसबेला येशू यरुशलेम शहर पस्नुभयो। उहाँ खुल्लमखुल्ला र हल्लाखल्लाका साथ पस्नुभयो कि गोप्य रूपमा (पद १०)? ______________________।

उहाँले एउटा अन्धालाई निको पार्नुहुँदा, येशूले यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ८:२६)? ________________। जुन बेला पत्रुसले उहाँलाई, “तपाईं ख्रीष्ट हुनुहुन्छ”भनी स्वीकार गरे, के येशूले यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ८:३०)? ________________। जुन बेला येशूले एक बहिरालाई निको पार्नुभयो, के यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ७:३६)? ________________।

तर जब येशू आफ्नो मृत्यु हुन अघिका अन्तिम दिनहरूमा यरुशलेम शहरभित्र पस्नुभयो, उहाँले यस्तो व्यवहार गर्नुभयो कि मानौं सारा संसारले यो कुरा थाह पाओस्! वास्तवमा, त्यसबेला मानिसहरूले नचिच्याएका भए, के हुनेथ्यो (लूका १९:४०)? ____________________________________।

येशू क्रूसमा जाने समय भएको थियो, अनि प्रभु साहस र हिम्मतसाथ त्यो शहरभित्र प्रवेश गर्नुभयो जहाँ चाँडै नै उहाँ मर्नुहुनेथ्यो। मानिसहरूले उहाँलाई इन्कार गर्ने भए तापनि, येशूले खुल्लमखुल्ला आफूलाई उनीहरूको राजा र मुक्तिदाताको रूपमा प्रस्तुत गर्नुभयो। गुपचुपमा काम गर्ने डरपोक हुनुहुन्नथ्यो प्रभु।

के हामी आफ्ना समस्याहरूको सामना गर्छौं कि तीबाट भाग्छौं? के हामी मान्छे रसमस्याबाट लुक्छौं कि स्कूल, घर, साथीहरूका कुराहरूलाई सामना गर्न चाहिने साहसको निम्ति परमेश्वरमा भरोसा राख्छौं?

      जब येशू यरुशलेमभित्र पस्नुभयो, त्यो शहर मान्छेले खचाखच थियो! ____________ चाड मनाउने समय नजिकै थियो (यूहन्ना १२:१) अनि यहूदीहरूका ठूला भीडहरू यस ठूलो चाड या पवित्र दिन मान्नका लागि पवित्र शहरमा आएका थिए। यहूदी इतिहासकार जोसीफसका अनुसार सम्राट नीरोका राज्यकाल (पहिलो शताब्दी)मा निस्तार चाडको एउटा अवसरमा २,५६,५०० निस्तार पाठाहरू बलि चढाइए। त्यसो भए यरुशलेममा लगभग २५,६५,००० (करीब तीस लाख) यहूदीहरू थिए (Jewish Wars, 6,9,3)! करीब १० जनाको लागि एउटा पाठो चढाइन्थ्यो। साँच्ची नै जब यहूदीहरूका राजा शहरभित्र पस्नुभयो, यरुशलेम मान्छेले खचाखच थियो!यस्तै थियो केही दिनहरू पछि पनि जब निस्तारको साँचो पाठो बलि हुनुभयो (१ कोरिन्थी ५:७ हेर्नुहोस्)! येशू गुपचुपमा मर्नुभएन!ख्रीष्टको मृत्यु संसारको इतिहासकै सबैभन्दा सार्वजनिक घटनाहरू मध्ये एक हो!

यदि प्रभु तपाईंको लागि खुल्लमखुल्ला मर्न राजी हुनुहुन्थ्यो भने, के तपाईं उहाँको निम्ति खुल्लमखुल्ला जिउन राजी हुनुहुन्छ?तपाईंको स्कूलमा कसैलाई थाह छ तपाईं ख्रीष्टियन हुनुहुन्छ भनेर?आफ्नो साथीहरूसँग तपाईंको मुक्तिदाताको बारेमा कहिल्यै कुरा गर्नुभएको छ कि यो कुरालाई गुप्यमा राख्‍नुभएको छ?प्रभुलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्छु भनेर मण्डलीका पवित्र जनहरूलाई कहिल्यै बताउनुभएको छ कि यो कुरा पूरै गुप्यमा राखेर आफूले मुक्ति पाएको वा नपाएको कुरा अरुलाई आफै अनुमान लगाउन छाडिनुभएको छ?म येशू ख्रीष्टको भएको छु भनी अरुलाई प्रकट गर्न के तपाईंले सार्वजनिक रूपमा बप्तिसमा लिनुभएको छ?हाम्रो प्रभुदेखि हामी नलजाऔं (रोमी १:१६)।

राजकीय स्वागत

गधामाथि चढेर राजा येशू आउँदै गर्नुहुँदा, “भीडले आ-आफ्ना ________________ बाटोमा ओछयाए”(मत्ती २१:८)। ती मानिसहरूले किन त्यसो गरे? हाम्रो राजाको सवारीमा के हामीले आफ्ना स्वीटर वालेट फुकालेर मौसुफको गाडी अघि फ्याँक्छौं? २ राजा ९:१३ मा मानिसहरूले आफ्ना बाहिरी वस्त्रहरू उतारेर येहूको मुनि ओछयाइदिए अनि तुरही फुके र कराएर भने, “ये______ रा______ हुनुहुन्छ!”यसकारण, मत्ती २१ मा, यहूदीहरूले आफ्नो वस्त्र ओछयाउने कामद्वारा यसो भन्दैथिए “ये______ रा______ हुनुहुन्छ!”

साथै मानिसहरूले रूखका ______________ काटे र राजा शहरभित्र पस्दैगर्नुहुँदा बाटोमा उहाँको अघि ओछयाए (मत्ती २१:८)। यी केका हाँगाहरू थिए (यूहन्ना १२:१३)? __________। मध्यपूर्वका मानिसहरूले आफ्नो चलन अनुसार राजा वा बिजेतालाई यसरी स्वागत गर्ने गर्थे।

ती मानिसहरूले येशू साँच्ची नै आफ्ना राजा हुनुभए झैं व्यवहार गरे तर के उहाँलाई साँच्चै राजा हुन दिए?________________। हामीले पनि येशू राजा हुनुहुन्छ र प्रभु हुनुहुन्छ भनी भन्न`तर उहाँले भनेको चाहिँ नमान्न पनि सम्भव छ (लूका ६:४६ हेर्नुहोस्)? ________________। बाबुआमाको आज्ञापालन गर्न येशूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ?________________। के तपाईंले उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?__________। स्कूलमा अरुसित मिलाप राख्‍न येशूले मदत गर्न सक्नुहुन्छ?______________। उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?______________। बाइबल पढ्न र प्रार्थना गर्न येशूले मदत गर्न सक्नुहुन्छ?______________। उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?______________। परमेश्वरले मदत गर्न सक्नुहुन्छ भनेर चाहिँ भन्ने तर उहाँलाई मदत गर्नचाहिँ नदिने हामी नहोऔं!

यहूदीहरूले राजालाई आफ्नो शहरमा स्वागत त गरे, तर केही दिन पछि नै उनीहरूले के भने (यूहन्ना १९:१५ पदको अन्तमा)? ______________________________।

एक दिन गधामा, अर्को दिन घोडामा

राजा येशू पहिलोपटक आउनुहुँदा, उहाँ एक गधामा चढेर आउनुभयो (मत्ती २१:५-७ र जकरिया ९:९। जब राजा येशू फेरि संसारमा आउनुहुन्छ, उहाँ केमा चढेर आउनुहुन्छ (प्रकाश १९:११)? __________________। पहिलोपटक उहाँको निम्ति त्यहाँ क्रूस थियो, दोस्रोपटक उहाँको निम्ति त्यहाँ मुकुट हुनेछ। राजा आउँदैहुनहुन्छ! ख्रीष्टको त्यो दोस्रो आगमन एक सार्वजनिक घटना हुनेछ कि त्यो गुपचुपमा हुनेछ (प्रकाश १:७ र मत्ती २४:२७)? __________________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)