अय्यूब र भजनसङ्ग्रह

अय्यूब र भजनसङ्ग्रह

 

पुरानो नियमलाई सरसरती हेर्ने क्रममा अब हामी इतिहासका पुस्तकहरूलाई छाडेर पद्य पुस्तकहरूलाई हेर्नेछौं। पुरानो नियममा ६ ओटा पद्य पुस्तकहरू भेटिन्छन्: अय्यूब, भजनसङ्ग्रह, हितोपदेश, उपदेशक, श्रेष्ठगीत र विलाप। यस पाठमा हामी पहिलो दुई पद्य पुस्तकहरूलाई अध्ययन गर्नेछौं: अय्यूबभजनसङ्ग्रह

यहूदी पद्य

पुरानो नियमका कविता अर्थात् हिब्रू कविता (पद्य) नेपाली कविताभन्दा अलिक फरक छन्। नेपाली कविता वा गीतहरूमा सामान्यतया अनुप्रासको प्रयोग हुन्छ, जस्तै:

यस किसिमका पद्य ध्वनिको समानतामा अर्थात् उस्तै सुनिने अर्थात् अनुप्रासयुक्त शब्दमा आधारित हुन्छन्। हिब्रू पद्य ध्वनिको समानतामा खासै आधारित नभई विचारको समानतामा आधारित हुन्छन्। हिब्रू पद्यको रचनामा दुइटा विचारलाई एउटा निश्चित प्रकारले सँगै राखिएको हुन्छ। यसलाई तुलना अथवा समानन्तरता (अङ्ग्रेजीमा “प्यारालालिज्म”, parallelism) भनिन्छ:

समानन्तरता भनेको के हो?

“समानन्तरता” भन्ने कुरा बुझ्नलाई दुई समानन्तर रेखाको कल्पना गर्नुहोस्। रेलका लिग समानन्तर हुन्छन्। त्यसका दुई लिग सँगसँगै हुन्छन् र ती समान दुरीमा रहेर अगाडि बढ्दछन्। पुरानो नियमका पद्य पुस्तकहरूमा तीन किसिमका समानन्तरताहरूको प्रयोग भएको भेटिन्छ। तिनलाई एक-एक गरी हामी विचार गरौँ!

सामानर्थ समानन्तरता

जुन पद्यमा विचार दोहोरिएको हुन्छ त्यसलाई सामानर्थ समानन्तरता भनिन्छ। यसअन्तर्गत कुनै एउटा कुरालाई व्यक्त गरिएको लगत्तैपछि उक्त कुरालाई फेरि बेग्लै शब्दमा व्यक्त गरिएको हुन्छ। जस्तै, अय्यूब ४:१७ मा हेरौं:

के मरणशील मानिस परमेश्वरभन्दा बढी धर्मी ठहर्न सक्छ?
के कुनै प्राणी आफ्ना सृष्टिकर्ताभन्दा पवित्र हुन सक्छ?

दोस्रो पङ्‍‍‍क्तिले पहिलो पङ्‍‍‍क्तिकै विचारलाई दोहोर्‍याएको छ। एउटै विचार (माथिको उदाहरणमा चाहिँ एउटै प्रश्‍न) लाई दोहोर्‍याइएको छ, केवल बेग्लै शब्दमा। दोस्रो पङ्‍‍‍क्तिलाई पहिलो पङ्‍‍‍क्तिको प्रतिध्वनि भन्न सकिन्छ।

रेलको लिगसित तुलना गर्ने हो भने, ती विचार एकै दिशामा दगुरिरहेका रेलका लिगजस्तै छन्:

दुवै लिगले खास एउटै कुरा बताउँदैछन्, भिन्‍नता यति छ कि तिनीहरूले बेग्लाबेग्लै शब्द प्रयोग गर्दैछन्।

विरोधालङ्कार समानन्तरता

यस किसिमको समानन्तरतामा विचारलाई दाँज्ने वा भिन्नता देखाउने काम गरिन्छ।एउटा विचार व्यक्त गरिएपछि त्यसको विपरित विचार व्यक्त गरिएको हुन्छ। जस्तै हितोपदेश १२:२ मा यो पाइन्छ:

भलो मानिसले परमप्रभुबाट कृपा पाउँछ;
तर खराब युक्ति रच्ने मान्छेलाई उहाँले दोषी ठहराउनुहुनेछ।

यहाँ हामी देख्छौं, दोस्रो पङ्‍‍‍क्तिले पहिलो पङ्‍‍‍क्तिको भन्दा फरक विचार व्यक्त गरेको छ। पहिलो पँक्तिले एक असल मानिसको कुरा गर्दै छ भने दोस्रो पङ्‍‍‍क्तिले एक दुष्ट (धूर्त) मानिसको। असल मानिस आशिषित हुनेछ तर दुष्ट मानिस श्रापित (दोषी) ठहरिनेछ! दोस्रो पङ्‍‍‍क्तिले फरक अर्थात् विपरित विचार व्यक्त गरेको छ।

रेलको लिगसित तुलना गर्ने हो भने, ती विचार विपरित दिशामा दगुरिरहेका रेलका लिगजस्तै छन्:

संयोगिक समानन्तरता

यस्ता समानन्तरतामा पदको दोस्रो भागले पहिलो भागको विचारलाई अझ विकास गरी लैजान्छ। पहिले एउटा विचार व्यक्त गरिन्छ (पदको पहिलो भागमा) अनि त्यसपछि दोस्रो भागमा उक्त विचारलाई थप विवरणसहित व्याख्य गरिन्छ अथवा उक्त विचारसित सम्बन्ध राख्ने कुनै नौलो कुरा समेत बताइन्छ। जस्तै, हितोपदेश १६:५ मा हेरौं:

जसको हृदयमा घमन्ड छ, त्यस्तो हरेक व्यक्ति परमप्रभुका निम्ति घृणित छ;
निश्‍चय नै त्यो दण्ड नपाई छोडिनेछैन।

पदको पहिलो भागले भन्छ, परमेश्वरले घमन्डलाई घृणा गर्नुहुन्छ (परमेश्वर घमन्डको पापलाई घृणा गर्नुहुन्छ)। पदको दोस्रो भागले चाहिँ घमन्डीहरूकै बारेमा थप कुरा बताउँछ। घमन्डीहरूलाई परमेश्वरले घृणा गर्नुहुने मात्र नभएर उनीहरूलाई उहाँले दण्ड समेत दिनुहुनेछ!

रेलको लिगसित तुलना गर्ने हो भने, यसलाई रेलका दुई लिगहरूको रूपमा विचार गर्न सक्छौं जसमा एउटाचाहिंले अर्को लिगको विचारलाई अझ पर पुर्‍याएको कल्पना गर्न सक्छौं:

समानन्तरहरू छुट्टयाउन सक्नुहुन्छ?

निम्न पदहरूलाई पढ्नुहोस् र ती सामानर्थ समानन्तरता हुन् कि विरोधालङ्कार समानन्तरता हुन् छुट्टयाउनुहोस्:

 

अय्यूब – धर्मीजनलाई कष्ट किन हुन्छ?

ज्यादै प्राचीन तर ज्यादै समयानुकूल पुस्तक!

अय्यूबको पुस्तक सम्भवतः बाइबलकै सबभन्दा प्राचीन पुस्तक हो। यो पुस्तक उत्पत्तिदेखि व्यवस्थासम्मका मोशाका पाँच पुस्तकहरू लेखिनुभन्दा धेरै अगाडि लेखिएको हो। कतिको विचारमा अय्यूब अब्राहामसित समकालीन व्यक्ति थिए। यसर्थ, अय्यूबको पुस्तक पढ्दा हामी ४००० वर्ष अगाडिका घटना पढिरहेका हुन्छौं! यति प्राचीन पुस्तक भए तापनि अय्यूबको पुस्तकले वर्तमान मानिसका लागि ताजा सन्देश बोकेको छ!

अय्यूब को थिए?

कतिको विचारमा अय्यूब केवल एक काल्पनिक व्यक्ति मात्र हुन्। उनीहरूको धारणामा अय्यूबको पुस्तक एक अय्यूब नाम गरेका मान्छेको बारेमा एउटा रोचक कथा मात्रै हो तर यो इतिहासकै एकजना वास्तविक व्यक्तिको वास्तविक वृत्तान्त हो भनी उनीहरू विश्वास गर्दैनन्।

अय्यूबको पुस्तक पढ्न थाल्नुअघि अय्यूब मानदेव र पृथ्वीनारायण शाहजस्तै एक वास्तविक व्यक्ति थिए भनी बुझ्नु आवश्यक छ।

इजिकिएल १४;१४ र १४;२० पढ्नुहोस्। यी शब्द कसका हुन् (पद १४)? _______________। परमेश्वरले उल्लेख गर्नुभएका तीनजनाका व्यक्तिका नाम के-के हुन्?१) ___________ २) ______________ ३) _____________। के नूह इतिहासका एक वास्तविक व्यक्ति थिए? ___________ (टिप्पणी, हेर्नू: मत्ती २४;३७-३८; येशूले नूह इतिहासका एक वास्तविक व्यक्ति थिए भनी विश्वास गर्नुहुन्थ्यो!)। के दनिएल इतिहासका एक वास्तविक व्यक्ति थिए (मत्ती २४:१५ मा येशूको भनाइ पढ्नुहोस्)? ____________। तसर्थ, अय्यूब, दनिएल र नूह जत्तिकै वास्तविक थिए! उनी एक वास्तविक मानिस थिए जो पृथ्वीमा बस्दथे! याकूब अध्याय ५ मा अय्यूब उल्लेख गरिएको पद भेट्टाउन सक्नुहुन्छ? पद॒______। अय्यूब वास्तवमै जिउने एक वास्तविक मानिस थिए भनी याकूब जान्दथे! यस मानिसलाई के कस्ता घटना भए अब हामी हेर्नेछौं:

आफ्नो विश्वासबाहेक सर्वस्व गुमाएका व्यक्ति!

अय्यूबलाई के भएको थियो भनेर जान्न केवल तीनओटा अध्याय पढे पुग्छ। पहिला दुई अध्यायले अय्यूबलाई आइपरेका सब कुरा बताउँछन् अनि अन्तिम अध्याय (अध्याय ४२) ले यो अचम्मको साँचो वृत्तान्तको अन्त कसरी भएको थियो भनेर बताउँदछ! बाँकी ३९ अध्यायहरूले अय्यूबको पुस्तकको मूल प्रश्नको जवाफ दिन खोज्दछ: धर्मीजनलाई किन कष्ट हुन्छ?

पुस्तकको प्रारम्भमा अय्यूबको परिचय दिइएको छ। उनी कस्ता मानिस थिए (अय्यूब १:१)?_____________________

अध्याय १ को छैटौं पदमा परमेश्वरले हामीलाई स्वर्गमा भएको कुराकानीको एक झलक दिनुभएको छ। हामी परमेश्वर र शैतानका बीचको वार्तालाई सुन्न सक्छौं! परमेश्वरले उसलाई दिनुभएका सबै आशिषको कारण अय्यूबले परमेश्वरको सेवा गरेका हुन् भन्ने आरोप शैतानको थियो (अय्यूब १:९-१०)। ती सबै आशिष उनीबाट लगिएको खण्डमा अय्यूबले के गर्नेछ भनेर शैतानले दाबी गरे (अय्यूब १:११)? ______________ ____________________________________

तब परमप्रभुले “त्यसकहाँ जे-जति छन्, सबै” शैतानको हातमा सुम्पिदिनुभयो (अय्यूब १:११) तर अय्यूबलाई खराबी गर्न वा छुन भने अनुमति दिनुभएन (अय्यूब १:१२)।

शैतानको शक्ति ठूलै छ तर परमेश्वरको अनुमतिबिना उसले केही पनि गर्न सक्दैन। अय्यूब १:१३-१९ मा हामी शैतानले ल्याएका डरलाग्दा कुराका बारेमा पढ्छौं। यी पदअनुसार अय्यूबले गुमाएका केही कुराहरू के-के थिए?

_________________________________________________
_________________________________________________
_________________________________________________

यी कुराहरू उसबाट लगिएको खण्डमा अय्यूबले परमेश्वरलाई सराप्नेछन् भन्ने शैतानको दाबी थियो। के शैतानको दाबी सत्य ठहरियो (अय्यूब १:२०-२१)? ____________। के अय्यूबले परमेश्वरका विरुद्ध पाप गरे (अय्यूब १:२२)? _____________। परमेश्वर र शैतानबीच भएको वार्ताको बारेमा के अय्यूबलाई थाहा थियो? ___________। जहाँसम्म अय्यूबलाई थाहा थियो, आफूसँग भएका सब लैजाने व्यक्ति परमेश्वर स्वयम् हुनुहुन्थ्यो (अय्यूब १:२१ – “परमप्रभुले लानुभयो”)! अय्यूबले ठीकै भनेका हुन्! शैतानले यी सबै काम गरे तापनि परमेश्वले नै गर्नुभएको हो भनेर भन्न सकिन्छ! सबै कुरामाथि परमेश्वरको नियन्त्रण छ र शैतानले परमेश्वरको अनुमतिबिना केही गर्न सक्नेथिएनन्।

शैतानले अय्यूबलाई छुन्छ

अध्याय २ पढ्न थाल्दा फेरि हामी परमेश्वर र शैतानबीचको वार्तालाई सुन्न पाउँछौं। यस पटक अय्यूबको अग्नि परीक्षा गर्न उनको शरीरलाई कष्ट दिनुपर्छ भन्ने विचार शैतानले प्रस्तुत गर्दछ। आफ्नै शरीरमा कष्ट र पीडा भोग्नुपरेपछि अय्यूबले के गर्नेछ भन्ने शैतानको दाबी थियो (अय्यूब २:५)? __________ ____________________________________________

के परमेश्वरले शैतानलाई अय्यूबको शरीरलाई प्रहार गर्ने अनुमति दिनुभयो (अय्यूब २:६)? ____________। के परमेश्वरले शैतानलाई अय्यूबको जीवनलाई अन्त गर्ने अनुमति दिनुभयो (अय्यूब २:६)? ________________

शैतान गयो र उसले आफ्नो काम गर्‍यो (अय्यूब २:७-८)! परमेश्वर र शैतानबीचको वार्ताको बारेमा के अय्यूबलाई जानकारी थियो? __________। आफूले यस्ता पीडादायी खटिराको कष्ट भोग्नुपरेको खास कारण के थियो भनी के अय्यूब जान्दथे? ________________

शैतानले सोचेको थियो, अय्यूबले परमेश्वरलाई सराप्नेछ। के शैतान सत्य ठहरियो (अय्यूब २:९-१०)? ____________। के अय्यूबले आफ्नो मुखले परमेश्वरको विरुद्धमा पाप गर्‍यो (अय्यूब २:१०)? ________________

परमेश्वरले शैतानलाई आफ्नो कुरा साबित गराउनुभयो अनि सबै स्वर्गदूतहरूलाई शैतान गलत छन् भनी प्रमाणित गराउनुभयो!

अय्यूबका तीन मित्रहरू

अध्याय २ को अन्ततिर अय्यूबका तीन मित्रहरू आइपुग्छन् (पद ११-१३)। यी तीन मित्रले अय्यूबलाई सान्त्वना दिने प्रयास गरे तर उनीहरू सफल भएनन्! उनीहरूप्रतिको आफ्नो धारणालाई आय्यूबले यसरी व्यक्त गरे: “तपाईहरू त ________ ________________ का ____________________ दिनेहरू मात्र हुनुहुन्छ” (अय्यूब १६:२)! यी मानिसहरूले अय्यूबसित ठीक कुरा गरेनन्! उनीहरूको भनाइ यस प्रकार थियो: “अय्यूब, तिमीलाई परमेश्वरको दण्ड आइपरेको हो! यो कष्ट आइपर्नुको कारण तिम्रो पाप हो! कष्ट पापकै उपज हो! तिम्रो कष्टले तिमी दुष्ट छौ भन्ने देखाइरहेको छ!”

यसले हामीलाई फेरि अय्यूबको पुस्तकको मूल प्रश्नको बारेमा सोच्न लगाउँछ: “धर्मीजनलाई कष्ट हुँदैन! दुष्टलाई मात्र कष्ट हुन्छ। अय्युबलाई कष्ट छ, तसर्थ ऊ दोषी हुनैपर्छ!”

यस समस्यालाई बुझ्न खोज्ने क्रममा हामीले याद राख्नुपर्ने त्यहाँ केही कुराहरू छन्:

  1. कहिलेकाहीँ दुष्टलाई आफ्ना पापका निम्ति कष्ट हुन्छ। जस्तै, कोरिन्थका कतिपय विश्वासीहरू पापकै कारण रोगी भए (१ कोरिन्थी ११:२९-३१); हनानिया र सफिरा दुवै उनीहरूको पापकै कारण मरे (प्रेरित अध्याय ५)।
  2. आउनेवाला जीवनमा दुष्टहरूले अर्थात् मुक्ति नपाएकाहरूले आफ्ना पापका दण्ड भोग्नेछन्।
  3. यस जीवनमा कहिलेकाहीँ दुष्टको फलिफाप भएको हुन्छ र धर्मीजनले कष्ट भोग्नुपरेको हुन्छ (भजनसङ्ग्रह ७३:३,१२,१३,१४)।
  4. अय्यूब एक सिद्ध र सोझा जीवन बिताउने, खराबीबाट अलग रहने व्यक्ति थिए। हामीलाई यो कसरी थाहा छ? परमेश्वर आफैले यो कुरा बताउनुभएको छ (अय्यूब १:१ र इजिकिएल १४:१४,२०)!

अय्यूबको कष्टको खास कारण

अय्यूबको कष्टको कारण हामीलाई अगाडिबाटै थाहा भइसेको छ: शैतानलाई एउटा कुरा साबित गराउन परमेश्वरले उक्त कष्ट आइपर्न दिनुभएको हो! तर याद गरौं, अय्यूबलाई यसको कुनै जानकारी थिएन! परमेश्वरले त यी सारा कष्टद्वारा अय्यूबलाई केही एकदम महत्त्वपूर्ण कुरा सिकाउन चाहनुहुन्थ्यो (अय्यूब २३:१०)।

अय्यूबको पुस्तकको आखिरी अध्यायहरूमा अय्यूबसित परमेश्वर स्वयम् बोल्नुहुन्छ! परमेश्वरले अय्यूबको एउटा अचम्मको जाँच अथवा परीक्षा लिनुभयो! उहाँले अय्यूबलाई एकपछि अर्को प्रश्न सोध्नुभयो! अय्यूब अध्याय ३८-४१ मा हेर्नुहोस्। परमेश्वरले अय्यूबलाई कतिओटा प्रश्नहरू सोध्नुभयो? ______________

अय्यूबले यी प्रश्नको जवाफ दिन सकेनन्! जाँचमा उनी फेल भए! यी सबै प्रश्नले परमेश्वर वास्तवमा कति महान्, कति सामर्थीकति बुद्धिमानी हुनुहुन्छ भनेर देखाउँछन्! अय्यूबले उहाँ को हुनुहुन्छ भनेर महसुस गरेको परमेश्वर चाहनुहुन्थ्यो! अय्यूब जाँचमा फेल भए तापनि उनले बुझ्नुपर्ने कुरा बुझे!

चाबी पद

चाबी पद अय्यूबको पुस्तकको अन्ततिर भेटिन्छ, अय्यूब ४२:५ – “मेरा कानहरूले तपाईका बारेमा सुनेका मात्र थिए, तर अब ता म तपाईंलाई आफ्नै आँखाले _____________”। अय्यूबलाई एउटा अचम्मको अनुभव भयो! उनले अन्तमा परमेश्वरको एक झलक पाए; उनले परमेश्वरलाई उहाँ वास्तवमा कस्तो हुनुहुन्छ भनेर देख्न पाए! परमेश्वर कति महान् हुनुहुन्छ भनेर उनले अन्तमा देखे।

आखिरमा अय्यूबले यो महसुस गरे: “परमेश्वर को हुनुहुन्छ भनेर मैले बल्ल बुझें! म किन कष्ट भोग्दैछु म जान्दिनँ तर यो म जान्दछु कि उहाँ जे गर्दैहुनुहुन्छ परमेश्वर आफै जान्नुहुन्छ र जे सर्वोत्तम छ त्यो परमेश्वर जान्नुहुन्छ। मैले सबै कुरा बुझ्नैपर्छ भन्ने छैन! मेरा परमेश्वरले सब बुझ्नुहुन्छ!” उनका कष्टले अय्यूबलाई परमेश्वरलाई साँचो गरी चिन्न मद्दत गर्‍यो!

तपाईंको जीवनमा पनि तपाईँले बुझ्न नसक्ने कुनै कुराहरू भइरहेका होलान्। तपाईंलाई त्यस्ता कुराहरू भइरहेका होलान् जो तपाईं बुझ्नुहुन्न। सायद तपाईं आत्तिँदै भन्नुहोला, “मलाई किन यस्तो भइरहेछ?” जीवनमा कतिपय कुराहरू ज्यादै कठीन हुन्छन् अनि ती किन हुन्छन् भनेर जान्ने हामीलाई इच्छा हुन्छ। अय्यूबको पुस्तकबाट सिकेको पाठलाई याद गरौं: “किन, म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ। उहाँ के गर्दै हुनुहुन्छ परमेश्वर जान्नुहुन्छ अनि मेरो भलाइको निम्ति जुन कुरा सर्वोत्तम छ त्यो परमेश्वर जान्नुहुन्छ! मैले सबै कुरा बुझ्नैपर्छ भन्ने छैन। मेरा परमेश्वर सबै कुरा बुझ्नुहुन्छ अनि म उहाँमाथि भरोसा राख्नेछु।”

अय्यूबको पुस्तकको अन्त राम्रो छ!परमेश्वरले अय्यूबलाई कसरी आशिष दिनुभयो (अय्यूब ४२:१०-१७)? ____________ ___________________________________________________

नयाँ नियममा आएर हामी वास्तवमै एकमात्र निर्दोष र साँच्चीकै धर्मी जनको कष्ट र मृत्युको बारेमा पढ्दछौं। उहाँ हुनुहुन्थ्यो, प्रभु येशू ख्रीष्ट! धर्मी ख्रीष्टले किन दुःख भोग्नुभयो? यसको जवाफ १ पत्रुस ३:१८ मा छ, ___________________________________________________

भजनसङ्ग्रह – हिब्रूहरूको उपासनाको पुस्तक तथा गीतमाला

भजनसङ्ग्रह बाइबलकै सर्वप्रिय खण्डहरूमध्येमा पर्दछ। भजनसङ्ग्रह हिब्रूहरूको प्रार्थना र प्रशंसाको पुस्तक हो। भजनसङ्ग्रहमा हामी परमेश्वरलाई प्रार्थना र प्रशंसा गरिरहेका र अरूहरूलाई परमेश्वरको महानताको वर्णन गरिरहेका मानिसका अभिव्यक्तिहरू पढ्दछौं!

भजनसङ्ग्रहको पुस्तक भेट्टाउन सजिलो छ। बाइबललाई बीचतिर पल्टाउनुहोस् अनि तपाईं सम्भवतः भजनसङ्ग्रहको कुनै भागमा (वा त्यसको नजिकै) पुग्नुहुनेछ। प्रायः भजनहरू दाऊदद्वारा लेखिएका हुन् जसलाई “इस्राएलका _________________ गाउने” (अक्षरश रूपान्तर, “मीठो गीतकार”)। “भजन” (हिब्रू “मिज्मोर”) शब्दको अर्थ हुन्छ, “बाजासहित गाइने कविता”। भजनहरू, गाउनका लागि रचिएका गीतहरू थिए! दाऊद एक निपुण गीतकार थिए। उनले वीणा बाजाका साथ यी गीतहरू गाउने गर्थे (१ शमूएल १६:१६,१८,२३)। अधिकांश भजनहरू दाऊदले लेखेका हुन् तर गीतकार उनी मात्र थिएनन्। भजनसङ्ग्रह ९० कसले लेखेका हुन् (आफ्नो बाइबलमा “भजनसङ्ग्रह ९०” को मुनि हेर्नुहोस्)? ____________। भजनसङ्ग्रह ७२ कसले लेखेका हुन्? _______________। भजनसङ्ग्रह ७३? ________________

चाबी पद

भजनसङ्ग्रहमा थुप्रै महत्त्वपूर्ण पदहरू छन् त्यसैले एउटै चाबी पद छनोट गर्न गाह्रै पर्छ (तपाईंले सायद प्रत्येक भजनैपिच्छे एउटा-एउटा चाबी पद भेट्टाउन सक्नुहुन्छ)। तर भजनसङ्ग्रहको विषय प्रशंसा भएको हुनाले भजनसङ्ग्रहको आखिरी पद (भजनसङ्ग्रह १५०:६) लाई चाबी पदको रूपमा छनोट गर्नु सुहाउँदो होला: “सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्। हल्लेलुयाह!” आफ्ना सृष्टिले उहाँको प्रशंसा गरेको परमेश्वर चाहनुहुन्छ! भजनसङ्ग्रह प्रशंसा (अर्थात् उहाँलाई उहाँको महानताको श्रेय दिने काम र अरूहरूलाई उहाँको महानताको वर्णन गर्ने काम!) ले भरपूर छ।

सबभन्दा लामो र सबभन्दा छोटो

एउटा भजन बाइबलकै सबभन्दा लामो अध्यायको रूपमा रहेको छ भने अर्को भजन सबभन्दा छोटो अध्यायको रूपमा रहेको छ। भजनसङ्ग्रह ११०-१२० लाई सरसरती हेर्नुहोस्। कुनचाहिँ भजन सबभन्दा छोटो छ? _____________। कुनचाहिँ भजन सबभन्दा लामो छ? _____________। यो सबभन्दा लामो भजनको झण्डै प्रत्येक पदमै परमेश्वरको वचनको उल्लेख छ! साथै परमेश्वरको नाउँसमेत झण्डै प्रत्येक पदमै उल्लेख छ! यो लामो भजन लेख्ने व्यक्तिलाई निश्चय नै परमेश्वर र उहाँको वचन ज्यादै महत्त्वपूर्ण लाग्थ्यो! (टिप्पणी: कतिपय मानिसका विचारमा भजनसङ्ग्रह ११९ का लेखक एज्रा थिए भन्ने छ)।

विभिन्न प्रकारका भजनहरू

भजनहरू विभिन्न प्रकारका छन्। तीमध्ये केही प्रकारको विषयमा विचार गरौं:

वर्णाक्रमिक भजनहरू

हिब्रू वर्णमालामा २२ ओटा वर्णहरू छन्। वर्णाक्रमिक भजनमा पहिलो पद वर्णमालाको पहिलो वर्णबाट शुरु हुन्छ अनि दोस्रो पद दोस्रो वर्णबाट शुरु हुन्छ अनि यसरी नै क्रमैसित अगाडि बढ्दै अन्तिम पद आखिरी वर्णबाट शुरु हुन्छ। नेपालीमा वर्णाक्रमिक भजन लेख्ने हो भने हामीले “क” बाट पहिलो पङ्‍‍‍क्ति, “ख” बाट दोस्रो पङ्‍‍‍क्ति, गर्दै क्रमशः अन्तमा “_____” बाट कविताको अन्तिम पङ्‍‍‍क्ति रच्नुपर्ने हुन्छ।

सबभन्दा प्रख्यात वर्णाक्रमिक भजन भजनसङ्ग्रह ११९ हो (कुनै-कुनै बाइबलहरूमा प्रत्येक खण्डको शिरमा सम्बन्धित हिब्रू वर्णसमेत छापिइएको पाइन्छ)। भजनसङ्ग्रहमध्येमा यो सबभन्दा लामो हो जसमा ८-८ पदहरू भएका २२ ओटा खण्डहरू छन्। प्रत्येक खण्डका प्रत्येक ८ पदहरू उही हिब्रू वर्णबाट शुरु हुन्छ। योचाहिँ केवल हिब्रू बाइबलमा मात्र देख्न सकिन्छ।

हल्लेलुयाह भजनहरू

“हल्लेलुयाह” एउटा हिब्रू शब्द हो जसको अर्थ हो “परमप्रभुको प्रशंसा गर”। प्रत्येक हल्लेलुयाह भजन “हल्लेलुयाह” मा अन्त हुन्छ। बाइबलको सबभन्दा छोटो भजन (भजनसङ्ग्रह ११७) एक हल्लेलुयाह भजन हो। तपाईँले अरू पनि भेट्टाउन सक्नुहुन्छ कि?

धन्यवादका भजनहरू

भजनसङ्ग्रह १३६ लाई किन धन्यवादको भजन भनिन्छ (प्रथम र अन्तिम पदहरूलाई ध्यान दिनुहोस्)? प्रत्येक पदमा के दोहोर्‍याइएको छ? ___________________________

प्रशंसाका भजनहरू

भजनसङ्ग्रह १५० (मात्र ६ ओटा पदहरू) मा “प्रशंसा” भन्ने शब्द कतिपटक भेटिन्छ? _____________

ऐतिहासिक भजनहरू

कतिपय भजनले हामीलाई विगतका इतिहासका कुरा सिकाउँछन् जसमा आफ्ना जनहरूका निम्ति परमेश्वरले गर्नुभएका महान् कार्यहरूको सम्झना गरिएको भेटिन्छ। भजनसङ्ग्रह १०५ मा इतिहासका के कस्ता महान् घटनाहरू उल्लेख भएका छन्? _______________________________ ____________________________________________________

पश्चात्तापका भजनहरू

“पश्चात्ताप” को अर्थ हो “गल्ती गरेकोमा दुःखित हुनु र पाप स्वीकार गरी परमेश्वरमा फर्की गल्तीलाई सच्याउन राजी हुनु”। कतिपय भजन परमेश्वरको विरुद्धमा पाप गरेका मानिसका प्रार्थना हुन्। जस्तै, भजनसङ्ग्रह ५१ आफू ठूलो पापमा फसेपछि दाऊदले गरेको प्रार्थना हो। कुन पद (वा पदहरू) ले दाऊदले आफ्नो पाप स्वीकार गरेको देखाउँछ? __________________। हामीले परमेश्वरको विरुद्धमा पाप गर्दा हामीले के गर्नुपर्छ भनेर यी भजनहरूले हामीलाई सिकाउँछन्।

सरापका भजनहरू

सरापको अर्थ हो “कसैमाथि खराबी आओस् भनी प्रार्थना गर्नु”। कुनै-कुनै भजनले हामीलाई पापीका विरुद्धमा रहेको परमेश्वरको पवित्र क्रोधको र दुष्टलाई उहाँले न्याय गर्नुहुनेछ र नष्ट गर्नुहुनेछ भन्ने कुराको सम्झना गराउँछन्। यीमध्ये एउटा हो भजनसङ्ग्रह ५८। हेर्नुहोस्, दुष्टहरूलाई उल्लेख गर्दा र उनीहरूलाई उनीहरूको पापको कारण कस्तो कारवाही गर्नुभएको होस् भनी प्रार्थना गर्दा दाऊदले कति कडा शब्द प्रयोग गरेका छन्।

मसीही भजनहरू

यी हुन् मसीह, प्रभु येशू ख्रीष्टको बारेमा बताउने भजनहरू। भजनहरूले उहाँका विषयमा बताउँछन् भनी येशू आफैले भन्नुभएको थियो (हेर्नू: लूका २४:४४ – “___________का पुस्तकहरूमा मेरो विषयमा जे लेखिएका थिए”)। हामीले ख्रीष्टलाई भेट्टाउने प्रतीक्षा गर्दै भजनहरूलाई पढ्नुपर्दछ।

सबभन्दा अचम्मका मसीही भजनहरूमध्ये एउटा हो भजनसङ्ग्रह २२ (जसलाई क्रूसको भजन भनेर पनि चिनिन्छ)। यो भजनमा क्रूसको मृत्युको अचम्मकै वर्णन पाइन्छ। रोमी सिपाहीहरूले ख्रीष्टका हात र पाउलाई छेडेका कुराको उल्लेख गर्ने पद भेट्टाउन सक्नुहुन्छ? पद ________। पद १ मा ख्रीष्टले क्रूसबाट उच्चारण गर्नुभएका शब्दहरू नै पाउँदछौं (हेर्नू: मत्ती २७:४६)। क्रूसको फेदीमा मानिसहरूले ख्रीष्टलाई गिल्ला गरेका र खिसी गरेका कुरा उल्लेख गरेका पदहरू भेट्टाउन सक्नुहुन्छ? ______________। रोमी सिपाहीहरूले ख्रीष्टका वस्त्रलाई के गरे भनी के पद १८ ले तपाईंलाई याद गराउँछ? क्रूसको पीडा, कष्ट र नग्नताको उल्लेख गर्ने पदहरू भेट्टाउन सक्नुहुन्छ? ________________

त्यहाँ अरू मसीही भजनहरू छन् जसले ख्रीष्टको बौरिउठाइ र राजाको रूपमा हुने उहाँको दोस्रो आगमनको चर्चा गर्दछन्।

हृदयको पुस्तक

भजनसङ्ग्रह हृदयको पुस्तक हो। भजनसङ्ग्रह ६२:८ मा भजनको लेखकले हामीलाई “_________को सामुन्ने आफ्ना ___________ खोल” (हिब्रूमा “खोल” = पोखाओ”) भनी आग्रह गर्दछन्। दाऊद र अन्य लेखकहरूले भजनसङ्ग्रहमा यस्तै गरेको हामी पाउँछौं। यी मानिसहरू परमेश्वरका सामु एकदम खुल्ला थिए। दुःखित हुँदा होस् वा निराश हुँदा होस् वा उनीहरूलाई डर लाग्दा उनीहरू आफ्ना मनका भावना परमेश्वरलाई व्यक्त गर्थे। ४२:५-६ मा भजन लेखकको भावना कस्तो थियो? ____________________________________। खुशी वा आनन्दित हुँदा भजन लेखकले आफ्नो भावना परमेश्वर लगायत सबैलाई थाहा दिए। पाप गरेपछि दाऊदले आफ्नो हृदय परमेश्वरलाई पोखाए अनि मन खोलेर आफूले गरेका पाप स्वीकार गरे (भजनसङ्ग्रह ५१:३-४)। भजनसङ्ग्रहमा हामी मानिसहरूको भित्री हृदयदेखिको उद्‍गारहरू पढ्छौं। दुःखमा वा शोकमा वा ठूलो आनन्द र रमाहटको घडीमा, भजनसङ्ग्रहमा परमेश्वरका जनहरूले आफ्ना हृदयहरू उहाँका सामु पोखाइरहेका देख्छौं।

आज परमेश्वर आफ्ना जनहरूले यस्तै गरेको चाहनुहुन्छ। हामी परमेश्वरका सामु एकदम खुल्ला भएको चाहनुहुन्छ। हामीले प्रार्थना गर्दा हाम्रो विचार र भावना जे छ त्यही परमेश्वरलाई बताउनुपर्छ। हाम्रा विचार र भावना परमेश्वरलाई अगाडिबाटै थाहा छ तरैपनि यी कुराहरूमा हामी खुल्ला भएको परमेश्वर चाहनुहुन्छ। के हामी परमेश्वरलाई कहिल्यै झुक्क्याउन सक्छौं (भजनसङ्ग्रह १३९ को पहिलो भागलाई हेर्नुहोस्)? हामी दुःखित छौं वा आफूलाई एकलो महसुस गर्दैछौं वा भयभीत छौं वा चिन्तित छौं भने ठीक यही कुराहरूको विषयमा हामीले उहाँसित कुरा गरेको परमेश्वर चाहनुहुन्छ। के तपाईं प्रार्थनामा समय बिताउनुहुन्छ? के तपाईं आफ्नो हृदयलाई उहाँको सामु पोखाउनुहुन्छ? के तपाईं आफ्नो विचार र भावनाको बारेमा परमेश्वरसित कुरा गर्नुहुन्छ? के तपाईं परमेश्वरको सामु खुल्ला हुनुहुन्छ? के तपाईं आफ्नो स्वर उचाली परमेश्वरको निम्ति गाउनुहुन्छ? तपाईंको स्वर कस्तो सुनिन्छ त्यो नै महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा यो हो, तपाईंले आफ्नो हृदयमा भएको कुरालाई आफ्ना ओठहरूबाट प्रार्थना, धन्यवाद र प्रशंसामा पोखाउनु। हामी भजनसङ्ग्रह जति धेरै पढ्नेछौं त्यति नै धेरै हामी हृदयदेखि प्रार्थना गर्न, उपासना गर्न, स्तुति गाउन र प्रशंसा गर्न सिक्नेछौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

एज्रा, नहेम्याह र एस्तर

एज्रा, नहेम्याह र एस्तर

 

एज्रा, नहेम्याह र एस्तरका पुस्तक पुरानो नियमका ऐतिहासिक पुस्तकहरूमध्ये आखिरी तीन पुस्तक हुन्। यहूदीहरूलाई बेबिलोनी कैद (Babylonian Captivity) पछि आइपरेका कुराका वृत्तान्त नै यी पुस्तकका मूल विषयवस्तु हुन् (यस अध्ययनमालाको पहिलो अध्यायमा “निर्माण” उपशीर्षकमुनि हेर्नुहोस्)।

बेबिलोनी कैद ७० वर्ष लामो थियो। सिङ्गो यहूदा राज्यलाई बेबिलोन देशमा लगिएको थियो जसलाई “दक्षिणको कैद” (Southern Captivity) पनि भनिन्छ। के यति टाढो परदेशमा रहनुपर्दा यहूदीहरू खुशी थिए (भजनसङ्ग्रह १३७:१-४)? _______। तिनीहरूले आफ्नो मातृभूमि र आफ्नो प्रिय शहर यरूशलेमलाई बिर्सन सकेनन् (भजनसङ्ग्रह १३७:५)। बेबिलोनमा रहेका दानिएल एक यहूदी आफ्ना परमेश्वरलाई दिनहुँ तीतीन पटक प्रार्थना गर्थे। उनी कतातिर फर्केर प्रार्थना गर्थे (दानिएल ६:१०)? __________________

आफ्नो जातिलाई सधैँ बेबिलोनमा राख्नु परमेश्वरको योजना थिएन। परमेश्वरले आफ्नो योजना यर्मिया भविष्यवक्तालाई बताउनुभएको थियो। बेबिलोनी कैदको ७० वर्षपछि परमेश्वरले बेबिलोनका राजालाई के गर्नेवाला हुनुहुन्थ्यो (यर्मिया २५:१२)? _______________________________________। उक्त अगमवाणी हुबहु पूरा भयो! परमेश्वरले कोरेस नाउँ गरेका फारसी राजालाई उठाउनुभयो अनि कोरेसले बेबिलोन राज्यलाई आफ्नो अधीनमा ल्याए! सत्तरी वर्ष पूरा भएपछि उहाँ आफ्ना जातिकहाँ आउने र उनीहरूलाई उनीहरूकै प्रिय भूमिमा ___________ ल्याउने (यर्मिया २९:१०) प्रतिज्ञासमेत परमेश्वरले गर्नुभएको थियो। परमेश्वरले कोरेस राजालाई सो पूरा गराउन पनि प्रयोग गर्नुभयो! हामी यसबारेमा दोस्रो इतिहासको आखिरी दुई पदमा र एज्राको पहिलो दुई पदमा पढ्न सक्छौँ।

यरूशलेममा तीनओटा फर्काइ

यहूदीहरू बेग्लाबेग्लै समयमा जम्मा तीनपटक आफ्नो मातृभूमिमा फर्केर आए र यसको वृत्तान्त नै एज्रा र नहेम्याहका पुस्तकका विषयवस्तु हुन्। यी तीनओटा फर्काइलाई विचार गरौँ:

१) यरुबाबेलको नेतृत्वमा पहिलो फर्काइ

यरुबाबेल इस्राएलीहरूका राज्यपाल (नायक) थिए; उनको जन्म राजा दाऊदको वंशमा भएको थियो। कैदबाट यरूशलेम फर्केको पहिलो जमातलाई यिनैले नेतृत्व गरेका हुन्। एज्राको अघिल्लो अध्यायहरूमा यसकै बयान पाइन्छ।

यरुबाबेलसित कतिजना यहूदीहरू फर्के? यसको जवाफ एज्रा २:६४-६५ मा पाइन्छ। दासहरूलाई समेत गनेर आफ्ना पितापूर्खाहरूको देशमा फर्कने यहूदीहरू करिब ५०,००० मात्र थिए। यो ज्यादै थोरै हो! यो सानो समूहलाई बाइबलमा “बचेकाहरू” (remnant) भनेर जनाइएको छ। बेबिलोन तथा अन्य राष्ट्रमा बसोबास गरिरहेका धेरैजसो यहूदीहरू आरामदायी घरहरूमा बस्दै आएका थिए अनि उनीहरू जहाँ थिए त्यहीँ नै बसिरहन चाहन्थे। तर केही यहूदीका हृदयमा भने उनीहरूले परमेश्वरबाट पाएका भूमिप्रति माया थियो; तिनीहरू फर्क चाहन्थे। कोरेसबाट अनुमित पाउनेबित्तिकै तिनीहरू जानलाई तयार भइहाले (हेर्नुहोस् एज्रा १:१-३)।

पचास हजार भनेको ठूलो जमातजस्तो लाग्न सक्छ तर यहोशूसित प्रतिज्ञाको देशभित्र प्रवेश गर्दाको उनीहरूको सङ्ख्यासित तुलना गर्ने हो भने यो केही होइन। गन्तीको पुस्तकअनुसार करिब कतिजना यहूदीहरू प्रतिज्ञाको देशभित्र पसेका थिए (जवाफको लागि यस अध्ययनमालाको दोस्रो अध्यायमा हेर्न सक्नुहुन्छ)? _________________। त्यसको दाँजोमा ५०,००० धेरै होइन। (टिप्पणी: एउटा विशाल रङ्घशालामा ५०,००० मानिसहरू अटाउन सक्छन् भने बीस लाख अटाउन त्यत्रै ४० ओटा रङ्घशालाहरू चाहिन्छ!)

आफ्नो देशमा फर्कने ती यहूदीलाई एउटा कामले पर्खिरहेको थियो: मन्दिरको पुनर्निर्माण। सोलोमनले निर्माण गरेका सुन्दर मन्दिर (परमेश्वरको भवन) लाई बेबिलोनीहरूले के गरे (२ इतिहास ३६:१९)? _______________________________। बचेका यहूदीहरू (यहूदीहरूको सानो समूह) यरूशलेम शहरमा आइपुग्दा उनीहरूले जताततै खरानी, ढुङ्गाको थुप्रो र भग्नावशेष बाहेक केही देख्न पाएनन्। मन्दिरको त नाउँनिशानै थिएन। ती यहूदीका सामु ठूलो काम थियो!

२) एज्राको नेतृत्वमा दोस्रो फर्काइ

करिब ८० वर्ष बितेपछि एज्रा नाम गरेका एक कुशल बाइबल शिक्षकको नेतृत्वमा यहूदीहरूको अर्को समूह यरूशलेम फर्क्यो। पहिलो फर्काइको तुलनामा यो झनै सानो समूह थियो (केही हजार मात्र)। यहूदीहरूको यस समूहको अचम्मको यात्राको बारेमा एज्रा ७ र ८ मा पढ्न सकिन्छ।

३) नहेम्याहको नेतृत्वमा तेस्रो फर्काइ

करिब १३ वर्षपछि नहेम्याह यहूदीहरूको एउटा सानो समूहलाई यरूशलेम फर्काई ल्याए। उक्त घटनाको बारेमा हामी नहेम्याह अध्याय २ मा पढ्न सक्छौँ। नहेम्याहसित कतिजना फर्केका थिए भन्ने कुरा बाइबलले उल्लेख गरेको छैन तर सम्भवतः त्यो समूह ठूलो थिएन। यरूशलेम आइपुगेर नहेम्याहले यहूदीहरूलाई शहरको पर्खाल पुनर्निर्माण गर्नलाई हौसला दिए। त्यसबेलासम्म मन्दिर पुनर्निर्माण भइसकेको थियो तर शहरको पर्खाल भने जीर्ण अवस्थामा नै थियो। शहरको वरिपरि पर्खाल हुनु किन महत्त्वपूर्ण कुरा थियो?

(क) त्यसले शहरलाई शोभा दिन्थ्यो
(ख) त्यसले केटाकेटीहरू हराउनदेखि जोगाउँथ्यो
(ग) त्यसले शहरलाई शत्रुदेखि सुरक्षित राख्थ्यो
(घ) त्यसले गाइबस्तु हराउनदेखि जोगाउँथ्यो

नहेम्याहको समयमा ती यहूदीका सामु एक ज्यादै ठूलो काम थियो!

फारसका राजाहरू

एज्रा, नहेम्याह र एस्तारका पुस्तकहरू पढ्ने क्रममा विभिन्न राजाका नामहरू भेटिन्छन्। यी मानिसहरू फारसी (Persian) राजाहरू थिए। बाइबलमा यी राजाका नाम भेटिँदा तलको सूचिमा हेरेर कुनचाहिँ राजा को थिए भनेर थाहा गर्न सक्नुहुनेछ:

  1. कोरेस महान् (ई. पू. ५५०-५३०) – इस्राएलीहरूलाई छुटकारा दिन एकजना राजाको उदय हुनेछ भनेर यशैयाले धेरै अघिबाटै भविष्यवाणी गरेका राजा यिनै थिए (यशैया ४४:२८; ४५:१-५)। उनले बेबिलोनी सेनालाई परास्त गरे र यहूदीहरूलाई आफ्नो मातृभूमिमा फर्केर उनीहरूको मन्दिर पुनर्निर्माण गर्नलाई अनुमति दिए (एज्रा अ य १)। कोरेसको राज्यकालसम्म दानिएल जीवितै थिए (दानिएल १:२१; १०:१)।
  2. क्याम्बायसीस् (ई. पू. ५३०- ५२२)
  3. स्मर्डीस् (यिनले एक वर्ष पनि राज्य गरेनन्)
  4. दारा महान् (ई. पू. ५२२- ४८६) – यिनले मन्दिरको निर्माण कार्य कुनै पनि विध्नबाधाबिना पूरा गरियोस् भन्ने उर्दी निकाले (एज्रा अध्याय ६)। यिनैको राज्यकालमा मन्दिरको निर्माण कार्य सम्पन्न पनि भयो (एज्रा अध्याय ६)। टिप्पणी: दानिएलमा उल्लेख भएका मादी दारा (हेर्नू: दानिएल ५:३१, ६:१) र यस राजाका बीच अलमल नहोस्। मादी दाराचाहिँ कोरेस महानका खटनमा बेबिलोनका राज्यपाल भएका थिए।
  5. अहासूरस वा जर्क्सीस् (ई. पू. ४८६-४६४) – एस्तरको पुस्तकमा उल्लेखित राजा यिनै थिए। एस्तर उनकी रानी बनिन्। यिनी एज्रा ४:६ मा पनि उल्लेख गरिएका छन्।
  6. अर्तासास्त १ (ई. पू. ४६४- ४२३)

यस राजाको पहिलो उर्दीअनुरूप यहूदीहरूको शहर र पर्खालको पुनर्निर्माण गर्नलाई रोक्का गरिएको थियो (हेर्नू: एज्रा ४:६-२३)। पछिबाट उनले दाखरस टक्र्याउने आफ्ना अधिकृत नहेम्याहलाई यरूशलेम फर्केर शहरको पर्खालको पुनर्निर्माण गर्नलाई अनुमति दिए (नहेम्याह अध्याय १-२)। यिनी उही राजा थिए जसले पहिला एज्रालाई फर्कने अनुमति दिएका थिए (एज्रा अध्याय ७- ८)।

इतिहासमा यी सबै राजा महान् थिए तरैपनि एज्रा, नहेम्याह र एस्तरका पुस्तक पढ्ने क्रममा हामी यो महसुस गर्छौँ कि यी राजाका पनि महाराजा स्वर्गमा हुनुहुन्छ जसले सबै कुराको नियन्त्रण गर्नुहुन्छ।

तीन पुस्तक, चार वृत्तान्त

एज्राको पुस्तक ज्यादै रोचक छ! यो वास्तवमा दुईटा पुस्तक मिलेर बनेको छ: पहिलो ६ अध्यायहरू यसको पहिलो पुस्तक हो भने आखिरी ४ अध्यायहरू यसको दोस्रो पुस्तक हो। छैटौँ र सातौँ अध्यायका बीच करिब ५८ वर्षको अन्तराल छ।

छैटौँ र सातौँ अध्यायको बीचमा निम्न कुरा पाउँछौँ:

करिब ५८ वर्षको अन्तराल जुनबेला एस्तरको पुस्तकका सम्पूर्ण घटनाहरू घटेका हुन्।

एज्रा अध्याय १० पछि हामी निम्न कुरा पाउँछौँ:

नहेम्याहको पुस्तकका सम्पूर्ण घटनाहरू।

यसर्थ, हाम्रा सामु पुस्तक तीनओटा छन् तर वृत्तान्त चारओटा छन्।

१. यरुबाबेलको वृत्तान्त (एज्रा अध्याय १-६)

२. एस्तरको वृत्तान्त (एस्तरको पुस्तक)

३. एज्राको वृत्तान्त (एज्रा अध्याय ७-१०)

४. नहेम्याहको वृत्तान्त (नहेम्याहको पुस्तक)

अब हामी यी वृत्तान्तहरूलाई एक-एक गरी हेरौँ।

यरुबाबेलको वृत्तान्त

(एज्रा अध्याय १-६)



चाबी पद

यस खण्डको चाबी पद: एज्रा ५:५ – “तर यहूदी धर्म-गुरुहरूमाथि परमेश्वरको निगाह भएकोले…[मन्दिर निर्माणको] काम गरिरहनबाट तिनीहरूलाई कसैले रोक्न सकेन।” (टिप्पणी: यहाँ “निगाह” भनेर अनुवाद गरिएको हिब्रू शब्द (आयिन्) को अक्षरशः रुपान्तर हो: “आँखा”।) परमेश्वरको आँखा अर्थात् उहाँको कृपादृष्टि आफ्ना जनहरूमाथि रहेको थियो। परमेश्वर आफ्ना जनहरूको पक्षमा सक्रिय हुनुहुन्थ्यो।

अर्को चाबी पद: एज्रा १:५ – “त्यसपछि यरूशलेममा परमप्रभुको भवन (मन्दिर) को ______________ गर्न परमेश्वरले _______________ पार्नुभएका यहूदा र बेन्यामीनका परिवारका मुख्य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए।” परमेश्वरले यी मानिसका हृदयमा काम गर्नुभयो! उहाँले उनीहरूलाई प्रेरणा दिनुभयो, मन्दिर निर्माण गर्ने इच्छा दिनुभयो। परमेश्वरको कृपादृष्टिमा आफ्ना जनहरूमाथि रहेको थियो! स्मरण होस्, आफ्नो देशमा फर्की आएका यहूदीहरूको सङ्ख्या ठूलो थिएन। उनीहरू शक्तिशाली सेनाको रूपमा पक्कै पनि थिएनन्। त्यहाँ उनीहरू अरू जातिहरूले घेरिएका थिए, शत्रुहरू चारैतिर थिए। यी शत्रुका बारेमा हामी एज्रा ४-५ मा पढ्छौँ। यी शत्रुले यहूदीहरूलाई मन्दिर निर्माण गर्नदेखि रोक्नलाई भ्याएसम्म प्रयास गरे। यी शत्रु सफल भए कि भएनन्? के यहूदीहरूले परमेश्वरको भवन निर्माणको काम पूरा गरे (एज्रा ६:१५)? __________। परमेश्वरको कृपादृष्टि आफ्ना जनहरूमाथि हुनु नै यहूदीहरूको सफलताको रहस्य थियो। उनीहरूको देखरेख गर्न र उनीहरूलाई रक्षा गर्न यहूदीका पक्षमा महान् परमेश्वर स्वयम् हुनुहुन्थ्यो! यहूदीका परमेश्वरका सामु यहूदीका शत्रुका कुनै सीप चलेन!

तपाईँ विश्वासी हुनुहुन्छ भने निश्चय हुनुहोस्, परमेश्वरको आँखा तपाईँमाथि छ! १ पत्रुस २:२५ मा प्रभु येशू ख्रीष्टलाई हाम्रा _____________का ___________ र _____________ भनिएको छ। गोठालाको काम आफ्नो भेडाको देखरेख गर्नु हो। “अध्यक्ष” को अर्थ हो “देखरेख गर्ने, हेरविचार गर्न”। हाम्रो वास्ता गर्ने एक महान् गोठाला हुनुहुन्छ! के संसारमा छँदा विश्वासीले शत्रुहरूको सामना गर्नुपर्ने हुन्छ? के हाम्रा परमेश्वर यी शत्रुभन्दा महान् हुनुहुन्छ? हामीले परमेश्वरलाई देख्न सक्तैनौ तर पनि हामी ढुक्क रहन सक्छौँ कि उहाँले हामीलाई देख्नुहुन्छ! हरेक विश्वासीले उत्पत्ति १६:१३ मा हागारले भनेजस्तै भन्न सक्नुपर्छ: “मलाई ____________ परमेश्वर तपाईँ हुनुहुन्छ।”

एस्तरको वृत्तान्त

(एस्तरको पुस्तक)

परमेश्वरको नाम कतै उल्लेख नभएको पुस्तक

एस्तरको पुस्तकको बारेमा एउटा रोचक तथ्य यो छ: यस पुस्तकमा परमेश्वरको नाउँ कतै उल्लेख छैन! बाइबलका अन्य ६५ पुस्तक प्रत्येकमा परमेश्वरको नाउँ उल्लेख छ। एस्तरको पुस्तक परमेश्वरको नाउँको सम्बन्धमा किन मौन छ?

यसबारे राम्ररी विचार गरौं। एस्तरको पुस्तकको शुरुमा एक महान् फारसी राजा सिंहासनमा बिराजमान छन् (एस्तर १:२)। उनको राज्य यति विशाल छ कि त्यो भारतदेखि इथियोपियासम्मै फैलिएको छ (एस्तर १:१)। यिनीभन्दा महान् राजा पृथ्वीमा अरू कोही थिएनन्!

इस्राएलका राजाचाहिँ कहाँ हुनुहुन्थ्यो? यहूदीहरूका परमेश्वर, यहोवा, कहाँ हुनुहुन्थ्यो? यहूदी जाति बेबिलोनीहरूद्वारा कैद गरी लगिएका थिए र अहासूरसका राज्यकालमा अधिकांश यहूदीहरू आफ्नो मातृभूमिको बाहिरै बसोबास गरिरहेका थिए। अनि यरुबाबेलको वृत्तान्तमा हेरिहाल्यौँ (एज्रा अध्याय १-६), कसरी मन्दिर पुनर्निर्माण गर्नलाई यहूदीका बचेका एउटा सानो समूह मात्र यरूशलेम फर्केर आए। के इस्राएलका परमेश्वर आफ्नो सिंहासनमै हुनुहुन्थ्यो त? के बेबिलोनी र फारसी जातिले परमेश्वरको राज्यलाई निमिट्यान्न पारे त? विश्वका जाति-जातिमाथि राज्य गर्ने फारस हुन् कि परमेश्वर?

के आफ्नो जाति यहूदीका निम्ति परमेश्वरको सक्रिय वास्ता थियो? अवश्य थियो! यस पुस्तकमा परमेश्वरको नाम कतै भेटिँदैन तरैपनि परमेश्वरको सक्रिय हात भने शुरुदेखि अन्तसम्मै देखिन्छ! कतिपल्ट परमेश्वर आफ्नो उद्देश्य पूरा गर्न अदृश्य ढङ्गले काम गर्नुहुन्छ! कतिको नजरमा परमेश्वर केही नगरी बस्नुभएको जस्तो देखिएला तरैपनि आत्मिक जनले स्पष्टै जान्दछ, परमेश्वर “____________ ________ ___________ ________ __________ सल्लाह मुताबिक” (एफेसी १:११) काम गर्दै, नियन्त्रण गर्दै, चलाउँदै हुनुहुन्छ। नबुकदनेसरले समेत एकपल्ट यो पाठ सिक्नुपर्‍यो, परमेश्वर सिंहासनमै विराजमान हुनुहुन्छ (दानिएल ४:३३-३७)। उहाँ “_______________का सबै राज्यहरूमा शासन गर्नुहुन्छ” (२ इतिहास २०:६), फारसको राज्यमाथि पनि! परमेश्वर ___________को सिंहासनमा बस्नुहुन्छ (भजनसङ्ग्रह १०३:१९)। के उहाँले तपाईँको हृदयको सिंहासनमा आफ्नो स्थान पाउनुभएको छ?

यस पुस्तकमा परमेश्वरको मात्र होइन शैतानको नाउँ पनि कतै भेटिँदैन। एस्तरको पुस्तकमा शैतानको नाउँ कतै नभेटिए तापनि, उसको दुष्ट हातले काम गरिरहेको भने पाउँछौँ। शैतानले “पर्दाको पछाडिबाट” सक्रियरूपमा आफ्नो हतियार हामानको माध्यमद्वारा परमेश्वरका जनहरूलाई नष्ट गर्न खोजिरहेको देख्छौँ।

यहूदीहरू ठूलो सङ्कटमा

शैतानको हतियार हामानले समस्त यहूदी जाति र राष्ट्रको विनाश गर्ने दुष्ट षड्यन्त्र रच्यो! सबै यहूदीहरू एक निश्चित दिनमा नष्ट गरियोस् भनी लेखिएको उर्दीलाई राजाद्वारा हस्ताक्षर गराउन समेत ऊ सफल भयो (एस्तर ३:१३)। त्यसमाथि, राजाको उर्दी अपरिवर्तनीय थियो। यहूदी जाति नष्टै हुने देखिन्थे! यहूदी राष्ट्रको अन्त हुने नै देखिन्थ्यो!

ठीक त्यतिबेला परमेश्वरले आफ्नो उदेकको काम थाल्नुभयो। त्यहाँ एउटा घटना घट्यो जसले इतिहासलाई नै मोड्यो र यहूदी राष्ट्र बचाइन सम्भव भयो। उक्त घटना कुन थियो? त्यो हामी एस्तर ६:१ मा पढ्छौँ – राजा निदाउन सकेनन्! एक रातको कुरा हो, राजालाई निदाउन गाह्रो पर्‍यो अनि उनी निदाउन नसकेकाले त्यहाँ त्यस्ता केही कुराहरू यस्तो प्रकारले हुन गए कि दुष्ट हामान विफल भए र यहूदी राष्ट्र बचाइए। परमेश्वर यति महान् हुनुहुन्छ, उहाँले एउटा राजाको निद्रारहित रातलाई समेत प्रयोग गर्नुभई आफ्नो सिद्ध योजनालाई पूरा गराउन सक्नुहुन्छ! उक्त रात राजा निदाउन नसक्नु कुनै संजोगको कुरा थिएन!

यहूदीहरूको “भाग्य” बलियो रहेछ भनी हामी नभनौँ। होइन, परमेश्वरले आफ्नो काम गर्दै हुनुहुन्थ्यो, अनौठो र रहस्यमय ढङ्गले आफ्नो योजनालाई पूरा गर्दै हुनुहुन्थ्यो! एस्तर एउटा यस्तो पुस्तक हो जसमा परमेश्वरको नाम कतै भेटिँदैन तर उहाँको हात भने जहाँतहीँ देखिन्छ! अनि यही परमेश्वर आज पनि आफ्नो योजनालाई पूरा गर्दै हुनुहुन्छ!

चाबी पद

एस्तरको चाबी पद: एस्तर ४:१४ (पदको आखिरी भाग)-“शायद यस्तै समयको निम्ति नै तिमी यो ____________ मा पुगेकी हौ कि?” यहाँ यहूदी मोर्दकै एस्तरसित कुरा गर्दै थिए। रानी भएकीले राजाकहाँ गएर उनले कुरा गरी यहूदी राष्ट्रलाई बचाउन शायद सक्नेछिन् कि भन्ने आशा मोर्दकैले राखेका थिए। यस पदमा मोर्दकैले उक्त परिस्थितिमा परमेश्वकरको हात रहेको कुरा महसुस गरेको देखिन्छ। परमेश्वरले आफ्नो जातिलाई छुटाउनुहुनेछ भनी उनी निश्चित थिए। अनि आफ्नो अन्तस्करणमा मोर्दकै जान्दथे, एस्तर रानी हुनु कुनै संजोगको कुरा होइन भनेर (उनी कसरी रानी बन्न पुगिन् भन्ने कुरा एस्तर अध्याय १-२ मा बताइएको छ)। त्यो “भाग्य” को सवाल थिएन। “यस्तै समयको निम्ति” उनी रानी बन्नु परमेश्वरकै योजना थियो। उक्त समयमा एस्तर रानी बन्न पुग्नु भनेको आफ्ना जातिका निम्ति परमेश्वरको योजनाभित्रकै कुरा हुनुपर्छ भनी मोर्दकै निश्चित थिए। अनि एस्तरको पुस्तक पढ्दै जाने क्रममा हामी मोर्दकैको धारणा एकदम ठीक भएको पाउँछौँ। ठीक समयमा ठीक कुरा बोल्नलाई ठीक ठाउँमा ठीक व्यक्ति हुनलाई परमेश्वरले एस्तरलाई नियुक्त गर्नुभएको थियो!

यो कुरा आज हाम्रो जीवनमा लागु हुन्छ। तपाईँ यस संसारमा जन्मनु, तपाईँको बाबु आमा जो जो हुनुहुन्छ वा हुनुहुन्थ्यो उहाँहरू नै हुनु, तपाईँ बस्ने ठाउँ जुन छ त्यही हुनु, कुनै संजोगको कुरा होइन। यी सारा कुराहरू संजोगले भएका होइनन्। परमेश्वरको एउटा सुन्दर योजना छ जसलाई उहाँले अघि बढाउँदै हुनुहुन्छ र सारा कुरामाथि उहाँको पूरै नियन्त्रण छ भन्ने कुरालाई हामीले महसुस गर्नैपर्छ। हामी ठीक समयमा, ठीक ठाउँमा, ठीक व्यक्ति हुन सकौं भनेर परमेश्वरले सब कुरा मिलाएर काम गर्दै हुनुहुन्छ! धेरैजसो मानिसहरू आफ्नो जीवनमा परमेश्वरको कुनै हात देख्न सक्दैनन् तर हरेक विश्वासीले यस कुरालाई महसुस गर्नुपर्दछ। बाइबलका परमेश्वर हजारौं वर्ष अगाडि हुनुहुने र एस्तर र एज्रा जस्तालाई मात्र मद्दत गर्न सक्ने परमेश्वर हुनुहुन्न। बाइबलका परमेश्वर सारा सृष्टिकै महाराजा हुनुहुन्छ जसले आफ्नो सिद्ध योजनालाई आज समेत पूरा गर्दै हुनुहुन्छ! के तपाईँ परमेश्वरलाई आफ्नो जीवनलाई नियन्त्रण गर्न दिँदै हुनुहुन्छ? के उहाँलाई तपाईँको हृदयको सिंहासनमा बस्न दिनुभएको छ र त्यहाँबाट उहाँलाई राज्य गर्न दिँदै हुनुहुन्छ? परमेश्वरको योजनाको विरुद्धमा लड्ने प्रयास नगर्नुहोस्। यस्तै प्रयास गर्दा हामान नष्ट भए!

एज्राको वृत्तान्त

(एज्रा ७-१०)

चाबी पद

यस खण्डको चाबी पद: एज्रा ८:२२ (पदको अन्तिम भाग) – “उहाँलाई ___________ सबैमाथि हाम्रा परमेश्वरको ____________ रहन्छ, तर उहाँलाई ______________ सबैमाथि उहाँको भयङ्कर क्रोध पर्छ।” (टिप्पणी: यहाँ “निगाह” भनेर अनुवाद गरिएको हिब्रू शब्द (याद्) को अक्षरश: रूपान्तर हो: “हात”।) उहाँलाई खोज्नेहरूले आफूअरूमाथि परमेश्वरको आशिषको हात रहेको पाउनेछन्! उहाँलाई खोज्नेहरू उहाँलाई खोजेकोमा कहिल्यै पछुताउनेछैनन्! उहाँलाई त्याग्नेहरू र उहाँदेखि तर्केर जानेहरू ठूलो सङ्कटमा पर्नेछन्! यही कुरा हामीले अर्को चाबी पद १ शमूएल २:३० मा पनि पाएका थियौं (अध्याय ४ मा हेर्नुहोस्)। उहाँलाई आदर गर्नेहरूलाई परमेश्वर आदर गर्नुहुनेछ। परमेश्वरलाई आदर नगर्नेहरूले कष्ट भोग्नुपर्ने हुन्छ!

एज्रा अध्याय ७-८ मा “परमेश्वरको हात हामीमाथि थियो” भन्ने वा यस्तै वाक्यांश ६ पटक दोहोरिएको पाइन्छ! यी पदहरू भेट्टाउनुहोस्: _______________________________________। उहाँलाई खोज्नेहरूमाथि परमेश्वरको कृपालु हात रहन्छ! यो एज्राको समयमा साँचो थियो र आज पनि साँचो नै छ।

एज्रा अध्याय ९-१० मा “परमेश्वरको हात हामीमाथि थियो” भन्ने वाक्यांश पढ्न पाइँदैन। एज्रा ७-८ मा पटकपटक दोहोरिएको वाक्यांश पुस्तकका अन्तिम दुई अध्यायमा नपाइनुको कारण के हो? अन्तिम दुई अध्यायले इस्राएलीहरू ठूलो पापमा फसेका कुरा बताउँदछ। धेरै पुरुषले परमेश्वरको आज्ञा (व्यवस्था ७:१-४) लाई उल्लङ्घन गरी अन्यजाति स्त्रीहरूसित विवाह गरे। जतिबेला मानिसहरू प्रभुलाई परित्याग गर्छन् र उहाँको आज्ञा उल्लङ्घन गर्छन्, त्यतिबेला परमेश्वरले आफ्नो आशिषको अनुग्रहमय हातलाई पनि हटाउनुपर्ने हुन्छ।

एज्राको असल नमुनाको कारण यहूदीहरूले आफ्ना पापलाई स्वीकार गरे र एज्राको निर्देशनबमोजिम आफ्ना अन्यजाति पत्नीहरूलाई परित्याग गरे। जतिबेला हामी हाम्रा पाप स्वीकार गर्छौँ र परमेश्वरको आज्ञा मान्छौँ तब फेरि हामी परमेश्वरको अनुग्रहमय हातको आशिषको भागीदार बन्दछौँ। यहूदीहरू आफ्ना पापबाट फर्केपछि हामी फेरि कुनचाहिँ सुन्दर वाक्यांश पढ्न पाउँछौँ (नहेम्याह २:८ र २:१८)? ________________ _________________________________________ _________

के परमेश्वरको आशिषको हात तपाईँमाथि रहेको चाहनुहुन्छ? तपाईँ उहाँलाई खोज्दै हुनुहुन्छ कि त्याग्दै हुनुहुन्छ? तपाईँ परमेश्वरतर्फ फर्कँदै हुनुहुन्छ कि उहाँदेखि तर्कँदै हुनुहुन्छ? याद राख्नुहोस्, परमेश्वर उहाँलाई यत्नसित खोज्नेहरूलाई _____________ दिनुहुन्छ (हिब्रू ११:६)।

नहेम्याहको वृत्तान्त

(नहेम्याहको पुस्तक)

चाबी पद

नहेम्याहको पुस्तकको चाबी: नहेम्याह ६:३ – “यसैकारण मैले यस्तो जवाफ दिएर समाचार पठाएँ ‘अहिले मेरो हातमा __________ ______________ छ। म त्यहाँ आउन सक्दिनँ। काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?” (टिप्पणी: अक्षरश: रूपान्तर => “म एउटा महान् काम गर्दैछु…”)। उनले आफ्ना काम छोडी उनीहरूसित भेट्न गाउँमा ओर्लेर आओस् भन्ने कुरा नहेम्याहका शत्रुहरूले चाहिरहेका थिए (नहेम्याह ६:२)। योचाहिँ नहेम्याहलाई नाश गर्नलाई रचिएको धूर्त षड्यन्त्र थियो (नहेम्याह ६:२)। नहेम्याह आफू एउटा महान् काममा लागिरहेको छु भन्ने कुरा जान्दथे अनि परमेश्वरको त्यो कामबाट उनी कुनै हालतले पनि बिथोलिन चाहँदैनथे! कसैले नहेम्याहलाई रोक्नेवाला थिएन, न कुनै कुरा न कोही व्यक्ति न शैतानले नै! के विश्वासी जन कुनै कुराले परमेश्वरको काम गर्नदेखि रोकिनुहुन्छ (१ कोरिन्थी १५:५८)? ______________

प्रार्थना र परमेश्वरको वचन

परमेश्वरको काम गर्न नहेम्याह सफल भए। उनको सफलताको रहस्य के थियो? रहस्य यति थियो: प्रार्थना! नहेम्याह प्रार्थनामा बलिया थिए! नहेम्याहको अर्को चाबी पद हो, नहेम्याह १:४- “यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहेँ, र उपवास बसेँ अनि स्वर्गका _____________सित ____________ गरेँ।” यरूशलेमका पर्खालहरू भत्केका छन् भन्ने खबर उनको कानमा पुगेपछि नहेम्याहले उक्त विषयलाई आफ्नो परमेश्वरका सामु प्रार्थनामा ल्याए। नहेम्याहको पुस्तक पढ्दै जाँदा परमेश्वरले उनको प्रार्थनालाई अचम्म प्रकारले जवाफ दिनुभएको देख्छौँ र साथै पर्खालहरू निर्माण गर्ने महान् काममा मानिसहरूलाई नेतृत्व गर्नलाई परमेश्वरले नहेम्याहलाई नै प्रयोग गर्नुभएको देख्छौँ।

हो, दिनभरि नै परमेश्वरमाथि भरोसा राख्न र उहाँमा भर पर्दै हिँड्न नहेम्याहले सिकेका थिए। दिनभरि नै परमेश्वरसित कुरा गर्न नहेम्याहले जानेका थिए! नहेम्याहको पुस्तकमा ११ पटक नहेम्याहले प्रार्थना गरेको कुराको उल्लेख छ। तीमध्ये एउटा हो नहेम्याह २:४-५ मा (योचाहिँ राजाको प्रश्नको जवाफ दिन सक्नलाई चढाइएको एउटा छोटो प्रार्थना थियो)। नहेम्याहको पुस्तक पढ्ने क्रममा नहेम्याहले अरू १० पटक गरेका प्रार्थनाहरू भेट्टाउन सक्नुहुन्छ? ___________________ _____________________________________

नहेम्याहको पुस्तकमा हामी घरिघरि प्रार्थनाको महत्त्वपूर्ण भूमिका देख्छौँ। एज्राको पुस्तकमा हामी घरिघरि परमेश्वरको वचनको महत्त्वपू्र्ण भूमिका देख्छौँ। एज्राको पुस्तकमा परमेश्वरको वचनलाई १० पटक उल्लेख गरिएको छ: एज्रा १:१; ३:२; ६:१४; ६:१८; ७:६ (एज्रा व्यवस्थाका एक महान् शास्त्री अर्थात् एक कुशल बाइबल शिक्षक थिए); ७:१०; ७:१४; ९:४; १०:३; १०:५। नहेम्याह अध्याय ८ मा फेरि पनि एज्रा यहूदीहरूलाई परमेश्वरको वचन पढेर सुनाउँदै उनीहरूलाई सिकाइरहेको पाउँछौँ!

आज परमेश्वरका जनहरूले प्रार्थनापरमेश्वरको वचनको महत्त्वलाई महसुस गर्नुपर्छ (प्रेरित ६:४)! प्रार्थनाद्वारा परमेश्वरसित कुरा गर्नु र बाइबल पठनद्वारा परमेश्वरलाई तपाईँसित कुरा गर्न दिनु जत्तिकै महत्त्वपूर्ण कुरा अरू कुनै छैन। एज्रा ९:४ र १०:३ मा हामी देख्छौँ, ती यहूदीहरू परमेश्वरको वचनहरूदेखि “डराए” (trembled, थरथर काँपे)। परमेश्वरको वचनप्रति एज्रा लगायत ती मानिसहरूको धारण कस्तो रहेछ? के तिनीहरूले परमेश्वरको वचनलाई हल्का प्रकारले लिएका थिए? के तपाईँ नहेम्याहजस्तै प्रार्थनामय जीवन बिताउने मानिस हुनुहुन्छ? के तपाईँ एज्राजस्तै परमेश्वरको वचनमा लिप्त मानिस हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

शमूएलका, राजाका र इतिहासका पुस्तकहरू

शमूएलका, राजाका र इतिहासका पुस्तकहरू

 

अब हामी परमेश्वरबाटका छओटा ऐतिहासिक पुस्तकहरूलाई हेर्नेछौं। यी पुस्तकहरूमा समस्त यहूदी राजाहरूको वृत्तान्त लेखिएको छ जो राजाहरूले प्यालेस्टाइन भूमिमा शासन गरे। यस ऐतिहासिक कालखण्डले प्रथम राजा (शाऊल) देखि अन्तिम राजा सिदकियासम्म समेट्छ जसको शासनकालमा बेबिलोनीहरू आएर प्यालेस्टाइनलाई कब्जा गरे। यी छओटा पुस्तकहरू जोडी-जोडी गरी तीनओटा समूहमा विभाजित छन्: अर्थात् शमूएलका दुईओटा पुस्तक, राजाहरूका दुईओटा पुस्तक, इतिहासका दुईओटा पुस्तक।

यी पुस्तकका विषय के-के हुन्?

 

यी छओटा पुस्तकहरूलाई अर्को तरिकामा पनि हेर्न सकिन्छ:

 

माथिका तालिकाहरूको आधारमा निम्न प्रश्नहरूका उत्तरहरू लेख्नुहोस्:

  1. कुनचाहिँ पुस्तकले मात्र राजा शाऊलको शासनको बारेमा बताएको छ? _________________
  2. कुन दुई पुस्तकहरूले राजा दाऊदको शासनको बारेमा बताएका छन्? _____________________________
  3. कुन पुस्तकले दाऊद राजा बन्नुभन्दा अघिको बारेमा बताएको छ? _______________
  4. कुन पुस्तकले पहिलो र दोस्रो राजाका पुस्तकहरूले समेटेको समयावधिलाई समेटेको छ? ______________
  5. कुन दुई पुस्तकहरू बेबिलोनी कैदमा टुङ्गिएका छन्? _______________________

शमूएलका पुस्तकहरू –
राजा शाऊल र राजा दाऊद

अब हामी यी छओटा पुस्तकहरूमध्येका पहिलो जोडी – अर्थात् शमूएलका दुई पुस्तकहरूको बारेमा विचार गर्न तयार भएका छौं। पहिलो शमूएलको पुस्तकले हामीलाई इस्राएलको प्रथम राजा अर्थात् शाऊलको बारेमा बताएको छ। दोस्रो शमूएलको पुस्तकले हामीलाई इस्राएलका दोस्रो राजा अर्थात् दाऊदको बारेमा बताएको छ।

 

यी पुस्तकहरू किन “शमूएल” को नाउँले जनाइन्छन्?

शमूएल परमेश्वरका एक भक्तजन थिए। उनी एक उत्कृष्ट पूजाहारी साथै अगमवक्ता थिए। शमूएल न्यायकर्ता र राजाहरूको समयलाई जोड्ने पुलजस्तै थिए भन्न सकिन्छ।

 

यी दुई पुस्तकहरू शमूएल नाउँले जनाइनुमा दुइटा कारण छन्:

  1. पहिलो शमूएलको शुरुमा मुख्य व्यक्तिको रूपमा शमूएललाई नै पाउँछौं। हामीलाई शमूएलको जन्म, जीवन, सेवाकार्य र मृत्युको बारेमा जति पनि कुरा थाहा छ ती पहिलो शमूएलमा नै पाउँछौं।
  2. शमूएलले नै शाऊल र दाऊदलाई अभिषेक गरेका हुन् अनि शमूएलका पुस्तकहरूले यिनै दुई व्यक्तिहरूको चर्चा गरेका छन्। शमूएलले १ शमूएल १०:१ मा शाऊललाई अभिषेक गरे। पहिलो शमूएलको पुस्तकले राजा शाऊल र उनको शासनको बयान गरेको छ। शमूएलले १ शमूएल १६:१३ मा दाऊदलाई अभिषेक गरे। दोस्रो शमूएलको पुस्तकले राजा दाऊद र उनको शासनको बयान गरेको छ। यी दुई व्यक्ति इस्राएलका पहिला दुई राजाहरू थिए। शमूएलका पुस्तकहरूले यिनै दुई व्यक्तिका वृत्तान्तहरू बताएका छन्।

राज्यको शुरुआत

के न्यायकर्ताको समयमा इस्राएलमा कुनै मानव राजाहरू थिए (न्यायकर्ता २१:२५)? _______________। परमेश्वरलाई नै उनीहरूले राजा मान्नुपर्थ्यो। तर हामीले अघिल्लो अध्यायमा अध्ययन गरेका थियौं, इस्राएलका सन्तानले परमेश्वर उनीहरूमाथि शासन गर्नुभएको चाहेनन् बरु उनीहरू आफैं राजा हुन चाहे।

पछि शमूएलको पालामा इस्राएलीहरूले अरू जातिका जस्तै एउटा __________ (१ शमूएल ८:५) चाहे। के उनीहरूले परमप्रभुले शासन गर्नुभएको चाहेका थिए (१ शमूएल ८:७)? ____________। मानव राजाको माग गर्दा उनीहरूले कसलाई इन्कार गर्दै थिए (१ शमूएल ८:७)? ______________

कहिलेकाहिँ मानिसहरूलाई पाठ सिकाउनालाई र तिनीहरूले दुःख पाएर भए पनि सिक्न सकून् भनेर परमेश्वरले उनीहरूलाई उनीहरूले चाहेकै कुरो दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई एउटा राजा दिएरै छाड्नुभयो! उहाँले तिनीहरूलाई उनीहरूकै छनोटअनुसारको राजा दिनुभयो।उनको नाउँ थियो शाऊल। शाऊल किन एक आदर्श राजाजस्तै देखिन्थे (१ शमूएल ९:२)? _________________________ ___________________। मानिसहरूले शाऊललाई कसरी हेरे (१ शमूएल १६:७)? ____________________________। परमेश्वरले शाऊललाई कसरी हेर्नुभयो (१ शमूएल १६:७)? _________________ ________________

शाऊल पूर्णरूपमा असफल राजा भए। ती मानिसहरू गलत भएको ठहरिए, परमेश्वरचाहिँ सही ठहरिनुभयो।

इस्राएलका प्रथम दुई राजाहरूको तुलना गरौं:

 

पहिलो शमूएलको ठूलो खण्ड शाऊलले दाऊदलाई हत्या गर्ने ध्येयले उनलाई खेदेको कुराको बयान गरेको छ। शाऊल कस्ता खालका मानिस थिए भन्ने कुरा यसैबाट थाहा गर्न सकिन्छ। पहिलो शमूएलको अन्तिम अध्यायमा हामी शाऊल रणभूमिमा पराजित भएर मारिएका कुराको बयान पाउँछौं।

चाबी पद

शमूएलका पुस्तकहरूको चाबी पद १ शमूएल २:३० मा पाउँछौं। विशेष गरी उक्त पदको आखिरी भागलाई हेर्नुहोस्: “मलाई आदर गर्नेलाई म आदर गर्नेछु, र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन्।” परमेश्वर यहाँ के भन्दै हुनुहुन्छ? यस पदमा राम्रो पक्ष (आशिष) पनि छ, नराम्रो पक्ष (श्राप) पनि छ:

आशिष: “यदि तपाईं परमेश्वरलाई आदर गर्नुहुन्छ भने परमेश्वरले तपाईंलाई आदर गर्नुहुनेछ।” परमेश्वरलाई आदर गर्ने व्यक्तिले परमेश्वर ज्यादै मूल्यवान् र महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ भनी मान्दछ। उसले भन्छ, “परमेश्वर यति महान् हुनुहुन्छ र उहाँ मेरो निम्ति यति महत्त्वपूर्ण हुनुहुन्छ कि मैले जीवनपर्यन्त उहाँका कुरालाई विश्वास गर्नैपर्छ र उहाँको आज्ञापालन गर्नैपर्छ।”

श्राप: यदि कसैले परमेश्वरलाई आदर गर्दैन र उहाँलाई तिरस्कार गर्छ भने परमेश्वरले उक्त व्यक्तिलाई कम महत्त्वको ठान्नुहुन्छ र उक्त व्यक्तिको जीवनमा परमेश्वरको आशिष हुँदैन। यो व्यक्तिले भन्छ, “परमेश्वर मेरो लागि कुनै महत्त्वको हुनुहुन्न। परमेश्वरले जे भन्नुभएको भए तापनि मलाई खासै मतलब छैन। परमेश्वरले भन्नुभएका कुरा मेरा लागि ज्यादै कम महत्त्वका छन्!”

शमूएलका पुस्तकहरूमा यो सत्यता मानिसहरूको जीवनमा पूरा भएको देख्छौं। उहाँलाई आदर गर्नेहरूलाई परमेश्वरले कसरी आदर गर्नुभयो सो कुरा देख्न सक्छौं। साथै उहाँलाई तिरस्कार गर्नेहरूलाई परमेश्वरले कसरी श्राप दिनुभयो सो कुरा पनि देख्न सक्छौं। शमूएलका पुस्तकहरूमा हामी परमेश्वरलाई आदर गर्ने र आदर नगर्ने व्यक्तिहरूको विषयमा सिक्छौं।

 

तपाईं कुनचाहिँ समूहसित मेल खानुहुन्छ? तपाईं परमेश्वरलाई आदर गर्ने व्यक्ति हुनुहुन्छ कि परमेश्वरलाई तिरस्कार गर्ने? के परमेश्वर तपाईंको निम्ति ज्यादै महत्त्वपूर्ण हुनुहुन्छ? के परमेश्वरको वचन तपाईंको निम्ति ज्यादै महत्त्वपूर्ण छ? परमेश्वरले भन्नुभएको कुराको विषयमा तपाईं साँच्चै वास्ता राख्नुहुन्छ? के तपाईं परमेश्वरको आज्ञापालन गर्न र उहाँको इच्छाअनुसार गर्नालाई साँच्चै गम्भीर हुनुहुन्छ? तपाईं कस्तो खालको व्यक्ति बन्न चाहनुहुन्छ? दाऊदजस्तो कि शाऊलजस्तो? धेरैजसो मानिसहरू शाऊलजस्तो हुनालाई रोज्छन्। तिनीहरू परमेश्वरलाई आदर गर्न रोज्दैनन्। के तपाईं परमेश्वरलाई आदर गर्न रोज्ने दाऊदजस्तै अल्पसङ्ख्यक (थोरै) व्यक्तिहरूमध्ये एक बन्नुहुन्छ?

राजाहरूका पुस्तकहरू –
सोलोमनदेखि बेबिलोनी कैदसम्म

अब हेरौं राजाका पुस्तकहरूको जोडीलाई। यी दुईओटा पुस्तकले करिब ४०० वर्ष (चार शताब्दी) को इतिहासलाई समेटेको छ।

विभाजित राज्य

विभाजित राज्यको सम्बन्धमा हामीले अध्याय १ मा सानो टिप्पणी गरेका थियौं। पहिलो राजाको पुस्तकको प्रारम्भमा हामी राजा दाऊदको मृत्युको बारेमा पढ्छौं। त्यसपछि दाऊदका छोरा सोलोमन राजा भए। सोलोमन इस्राएलका सबैभन्दा धनी र शक्तिशाली राजा भए। मत्ती ६:२९ मा येशूले समेत सोलोमनको राज्यको महिमाको उल्लेख गर्नुभयो।

सोलोमनपछि राज्य दुई टुक्रा भयो:

१) राजा यरोबामको नेतृत्व अन्तर्गत उत्तरी राज्य

  • यसको राजधानी सामरियालाई बनाइयो
  • यस राज्यलाई इस्राएलको राज्य भनियो

२) राजा रहोबाम (सोलोमनका छोरा) को नेतृत्वमा दक्षिणी राज्य

  • यसको राजधानी यरूशलेम थियो
  • यस राज्यलाई यहूदाको राज्य भनियो

टिप्पणी: यहूदाका सबै नै राजाहरू दाऊदका वंशका थिए।

पराजित राज्यहरू

यी दुवै राज्यका मानिसहरूका हृदय परमेश्वरदेखि पछि हटे र फलस्वरूप परमेश्वरले तिनीहरूलाई इन्साफ गर्नुपर्ने भयो। परमेश्वरले सर्वप्रथम अश्शूरीहरूद्वारा उत्तरको दुष्ट राज्य इस्राएललाई इन्साफ गर्नुभयो। ई. पू. ७२२ मा अश्शूरीहरूले इस्राएललाई पराजित गरे अनि मानिसहरूलाई बन्दी बनाएर लगे। पछिबाट परमेश्वरले राजा नबूकदनेसरको नेतृत्वमा बेबिलोनीहरूद्वारा दक्षिणको यहूदा राज्यको इन्साफ गर्नुभयो। ई. पू. ५८६ मा यरूशलेमको शहर र मन्दिर बेबिलोनीहरूद्वारा ध्वस्त पारियो र यहूदीहरू बन्दीको रूपमा बेबिलोन लगिए। दोस्रो राजाको पुस्तकमा हामी यी दुई राज्यहरू कसरी पतन भए र पराजित भए भन्ने कुरा सिक्छौं।

परमेश्वरले अगमवक्ताहरूलाई उठाउनुहुन्छ

राजाका पुस्तकहरू पढ्ने क्रममा परमेश्वरको तर्फबाट अगमवाणी गर्ने अगमवक्ताहरूको महत्त्व बढ्दै बढ्दै गएको देख्छौं। साथै पूजाहारीहरूको महत्त्व घट्दै घट्दै गएको देख्छौं। मानिसहरूलाई परमेश्वरको वचन सिकाउने काम पूजाहारीहरूको थियो। तर अधिकांश पूजाहारीहरूले त्यसो गरेनन्। त्यसैले परमेश्वरले अगमवक्ताहरूलाई उठाउनुभयो जोहरूले नै प्रजा लगायत राजाहरूलाई उहाँका सन्देश घोषणा गरे। राजाका पुस्तकहरूमा हामी दुईजना महान् अगमवक्ताहरूको सेवाकार्यका बारेमा सिक्छौं:

  • पहिलो राजामा एलियाको बारेमा
  • दोस्रो राजामा एलिशाको बारेमा

टिप्पणी: वर्णाक्रममा “शा” भन्दा “या” पहिला आएजस्तै समयमा “एलिशा” भन्दा “एलिया” पहिला आएका थिए।

राजाहरू सम्बन्धीका पुस्तकहरू

राजाका दुई पुस्तकहरूले हामीलाई राजाहरूकै विषयमा बताएका छन्। यी दुई पुस्तकहरूमा हामी सोलोमनदेखि बेबिलोनी कैदसम्मका इस्राएल लगायत यहूदाका राजाहरू सम्बन्धी विस्तृत विवरणहरू पाउँछौं।

यी पुस्तकहरूले हामीलाई समस्त राजाहरूका नामहरू प्रस्तुत गरेका छन्। राजाको नामको सासाथमा निम्न कुराहरू पनि बताइएका छन्:

  1. राजाको नाम
  2. उनी इस्राएलका राजा थिए कि यहूदाका
  3. उनले कति उमेरमा शासन गर्न थाले
  4. उनले कति वर्षसम्म शासन चलाए
  5. उनी खराब राजा थिए (“खराब गरे”) कि असल राजा थिए (“असल गरे”)

जस्तै, २ राजा १५:१-४ मा हामीलाई राजा अजर्याहको परिचय दिइएको छ। उनी यहूदाका राजा थिए कि इस्राएलका? _____________। राज्यारोहण गर्दा उनी कति वर्षका थिए? _________। उनले कति वर्षसम्म शासन चलाए? _________। उनी असल राजा थिए कि खराब? _____________। अब हामी इस्राएल र यहूदाका तमाम राजाहरूको सर्वेक्षण गर्न तयार भएका छौ:

 

इस्राएलमा असल राजाहरू कतिजना थिए? _____________। कुनचाहिँ राज्यमा असल राजाहरू अर्कोमा भन्दा बढी थिए? ____________। कुन राज्यलाई परमेश्वरले पहिला इन्साफ गर्नुभयो? _________________। यहूदाका अन्तिम चार राजाहरू असल थिए कि खराब? _____________। दक्षिणी राज्यका राजाहरू सबै दाऊदकै वंशका थिए। सूचिमा हेर्नुहोस्: यहूदाको हरेक राजाको नामको मुनि उनकै छोराको नाम उल्लेख गरिएको छ जो उनीपछि राजा भएका थिए (जस्तै, राजा यहोराम राजा यहोशापातका छोरा थिए)। के असल राजाको खराब छोरा हुन सक्छ? ____________। के खराब राजाको असल छोरा हुन सक्छ? ___________। ठीक कि बेठीक: ___________ एक व्यक्ति सधैं आफ्नो बाबुआमा जस्तै हुन्छ। के असल राजाको असल छोरा हुन सक्छ? _____________। के खराब राजाको खराब छोरा हुन सक्छ? ______________। ठीक कि बेठीक: ____________ एक व्यक्ति आफ्नो बाबुआमा जस्तै हुन सक्छ।

दुई पुस्तकहरूको तुलना

 

चाबी पद

राजाका यी दुई पुस्तकहरूको चाबी पद १ राजा १८:२१ हो। बाल देउतालाई पूजिरहेका मानिसहरूलाई एलियाले दिएको चुनौती यस प्रकार थियो: “यदि _____________ नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई _____________। तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ।”

एलियाले त्यसबेलाका यहूदीहरूलाई यसो भन्दै थिए: यदि परमप्रभु (यहोवा) साँच्ची नै परमेश्वर भएर पनि तिमीहरूले उहाँको सेवा गरेनौ र उहाँलाई पछ्याएनौ भने तिमीहरूमाथि बिपत्ती आइपर्नेछ! दोस्रो राजाको पुस्तकमा हामी सिक्छौं यहूदीहरू परमेश्वरलाई पछ्याएनन् जसको फलस्वरूप तिनीहरूमाथि विपत्ति आइपर्यो।

उत्तरी राज्यमाथिको विपत्ति: “इस्राएलीहरू यारोबामका सबै _____________मा लागिरहे, र ती त्यागेनन्, जबसम्म परमप्रभुले आफ्ना सबै दास अगमवक्ताहरूद्वारा _____________ ____________ तिनीहरूलाई आफ्नो उपस्थितिबाट _________________। यसैले इस्राएलका मानिसहरू आफ्नो मातृ-भूमिबाट ___________ देशमा ___________ भएर ___________, र तिनीहरू अझै पनि त्यहीँ छन् (२ राजा १७:२२-२३)।” इतिहासमा यसलाई अश्शूरी कैद (Assyrian Captivity)भनिन्छ।

दक्षिणी राज्यमाथिको विपत्ति: “त्यहाँ हमातका देशको रिब्लामा ___________का राजाले तिनीहरूलाई मार्न लाए। यसरी _________ आफ्नो देशबाट ______मा _________ (२ राजा २५:२१)।” इतिहासमा यसलाई बेबिलोनी कैद (Babylonian Captivity) भनिन्छ।

यदि बाल देउता साँच्ची नै परमेश्वर हो भने उसकै सेवा गरिनुपर्छ, उसलाई नै पछ्याइनुपर्छ। तर यदि ऊ परमेश्वर होइन भने (र होइन पनि), उसको सेवा गरिनु हुँदैन। बाइबलकै परमेश्वर साँच्ची नै परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न, हरेक व्यक्तिले निर्णय गर्नुपर्छ। यदि उहाँ परमेश्वर नै हुनुहुन्छ भने उहाँलाई पछ्याउनुहोस्सारा हृदयले उहाँको सेवा गर्नुहोस्। धेरै मानिसहरू कथित ईश्वरहरूलाई पछ्याउँछन् जोहरू वास्तवमा परमेश्वर होइनन् (१ कोरिन्थी ८:४-६)।

राजाहरूमध्ये धैरैजनाको यही समस्या थियो। इस्राएलका सबै नै राजाहरू र यहूदाका धेरैजसो राजाहरूले मूर्तिहरू (झूटा ईश्वरहरू) को सेवा गरे। धेरैजना “असल” राजाहरूले समेत “अल्गा-अल्गा ठाउँहरू” लाई हटाएनन् (जस्तै, २ राजा १५:३-४ मा पढ्नुहोस्)। यी “अल्गा-अल्गा ठाउँहरू” मूर्तिपूजाका थानहरू थिए जो डाँडाहरूहुँदो स्थापना गरिएका थिए। यी मूर्तिपूजाका थानहरू पूरै नष्ट गरिनुपर्थ्यो। प्रायःजसो राजाहरू त्यसो गर्न राजी थिएनन्। के हिजकिया राजा प्रभुलाई पूरै पछ्याउन राजी थिए (जस्तै २ राजा १८:४-६ मा पढ्नुहोस्)? _____________। तिनीहरूले मूर्तिपूजा गरेका हुनाले परमेश्वरले आफ्ना जनहरूलाई इन्साफ गर्नुभयो। यही नै थियो तिनीहरूलाई कैद गरी निर्वासनमा लगिनुको कारण (२ राजा १७:९-१२)।

के परमेश्वर साँच्ची नै परमेश्वर हुनुहुन्छ? के उहाँ साँच्ची नै सारा सृष्टिका राजा हुनुहुन्छ? के उहाँ साँच्ची नै तपाईंको मुक्तिदाता र प्रभु हुनुहुन्छ? यदि परमेश्वर साँच्ची नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याउनुहोस्। बाइबलले हामीलाई आज्ञा गर्दछ, “आफूलाई _______________बाट जोगाइराख (१ यूहन्ना ५:२१)।” यसको मतलब हामीले आफूलाई असत्य र गलत कुराहरूबाट जोगाउनुपर्छ अनि सत्य परमेश्वरलाई पछ्याउनुपर्छ। परमेश्वर यदि परमेश्वर नै हुनुहुन्छ भने उहाँकै सेवा गर्नुहोस्। के थेस्सलोनिकीका विश्वासीहरूले त्यसो गरे (१ थेस्सलोनिकी १:९)? ___________। के तपाईंले त्यसरी नै गर्दैहुनुहुन्छ? ___________। एक व्यक्तिले परमेश्वरलाई कसरी पछ्याउन सक्दछ (यूहन्ना ८:१२)? ___________________________ _________________। एक व्यक्तिले कसरी परमेश्वरको सेवा गर्न सक्दछ? प्रायःजसो राजाहरूले परमेश्वरलाई आफ्नो राजा बनाएनन्। के तपाईंचाहिँ प्रभुलाई आफ्नो जीवनका राजा बन्न दिनुहुन्छ?

इतिहासका पुस्तकहरू –
यहूदाको विशेष इतिहास

यस अध्यायको शुरुमा तालिकामा देखाइएअनुसार इतिहासका दुई पुस्तकहरूले शमूएलका र राजाका पुस्तकहरूकै कालखण्डलाई समेटेका छन्। तिनमा अन्य विवरणहरू थप्न र परमेश्वरको दृष्टिमा कुन-कुन कुरा महत्त्वपूर्ण छन् भनी प्रस्ट्याउन अघिबाटै शमूएलका र राजाका पुस्तकहरूमा उल्लेखित विषयवस्तुलाई उहाँले यहाँ फेरि दोहोर्याउनुभएको पाइन्छ। यी दुई पुस्तकहरूमा ऐतिहासिक घटनाहरूलाई समयको आधारमा मेलैसित क्रमिक र विस्तृत रूपमा बयान गरिएको हुनाले यी लेखोटहरूलाई “इतिहासका पुस्तकहरू” को नाउँले जनाइएका छन्। राजाहरूको कालखण्डको बारेमा हामीलाई आवश्यक ज्ञान मिलोस् भनेर परमेश्वरले हामीलाई त्यसबेलाको ठीक-ठीक इतिहासको अभिलेख यी दुई पुस्तकहरूमा दिनुभएको छ।

इतिहासका पुस्तकहरू सम्भवतः शास्त्री एज्राद्वारा लेखिएका हुन्। एज्राको बारेमा हामी अर्को पाठमा सिक्नेछौं। दोस्रो इतिहासको पुस्तकका आखिरी दुई पदहरू र एज्राको पुस्तकका पहिला तीन पदहरू दुरुस्तै छन्।

पहिलो इतिहासले दोस्रो शमूएलले समेटेकै कालखण्डलाई समेटेको छ। दुवैले दाऊदको शासनकालको बारेमा बयान गरेका छन्।

दोस्रो इतिहासले पहिलो र दोस्रो राजाले समेटेकै कालखण्डलाई समेटेको छ। दुवैले सोलोमनदेखि बेबिलोनी कैदसम्मको कालखण्डको बारेमा बयान गरेका छन्।

तर त्यहाँ एउटा भिन्नता छ। इतिहासका पुस्तकहरूले राजाहरूलाई बेग्लै दृष्टिकोणले हेरेका छन्। इतिहासका पुस्तकहरूले केवल यहूदाका राजाहरू (दक्षिणी राज्य) का बारेमा मात्रै बताएका छन्। यिनीहरू दाऊदका वंशका राजाहरू थिए:

 

इस्राएलका राजाहरूलाई भने इतिहासका पुस्तकहरूमा उल्लेखै नगरिएको पाइन्छ (तिनीहरूले यहूदाका राजाहरूलाई असर पार्ने कुनै काम गर्दा बाहेक)।

चाबी पद

इतिहासका पुस्तकहरूको चाबी पद २ इतिहास १६:९ मा पाइन्छ: “किनकि जसका हृदय उहाँप्रति ___________ छन्, तिनीहरूलाई _____________ दिन सारा पृथ्वीभरि नै परमप्रभुको __________ रहिरहन्छ।” यसको आखिरी भागलाई हिब्रूअनुसार अक्षरशः यसरी अनुवाद गर्न सकिन्छ: “…सारा पृथ्वीभरि नै परमप्रभुका आँखाहरू यताउता दगुर्छन्”। परमेश्वर, उहाँलाई आदर गर्न चाहनेहरू र उहाँलाई पूरै पछ्याउन चाहनेहरूको खोजीमा हुनुहुन्छ। यो अचम्मको पदअनुसार परमेश्वरका आँखाका खुट्टाहरू छन् (ती दगुर्छन्!)। हुन त, परमेश्वरका न आँखा छन्, न खुट्टा, तर यस पदले हामीलाई यो बताउँदैछ कि परमेश्वर अति राम्ररी देख्नुहुन्छ र जता पनि सजिलैसँग पुग्नुहुन्छ। उहाँलाई प्रेम गर्ने र उहाँलाई आदर गर्ने व्यक्तिहरू भेट्टाउने काममा परमेश्वर विशेषज्ञ नै हुनुहुन्छ। यदि परमेश्वरप्रति झुकाव राख्ने तपाईको हृदय छ भने र त्यो परमेश्वरप्रति भक्त छ भने यसमा निश्चित हुनुहोस् कि परमेश्वरले तपाईंलाई भेट्टाउनुहुनेछ र परमेश्वरले तपाईंलाई आशिष दिनुहुनेछ।

इस्राएल र यहूदाका अधिकांश राजाहरूका हृदय परमेश्वरप्रति भक्त थिएनन्। के आसा राजाको हृदय परमेश्वरप्रति भक्त थियो (२ इतिहास १६:७-१०)? _____________

यस चाबी पदले वास्तवमा १ शमूएल २:३० ले बताएकै कुरा बताउँदैछ।उहाँलाई आदर गर्नेहरूलाई परमेश्वरले आदर गर्नुहुनेछ् उहाँमाथि भरोसा राख्नेहरूको पक्षमा परमेश्वरले आफूलाई सामर्थी देखाउनुहुनेछ र उनीहरूलाई आशिष दिनुहुनेछ। उहाँलाई आदर गर्न र उहाँमाथि भरोसा नराख्नेहरूलाई परमेश्वरले श्राप दिनुहुनेछ। परमेश्वरका आँखाहरू पृथ्वीभरि यताउता दगुर्ने क्रममा, निश्चय जान्नुहोस् कि उहाँले तपाईंलाई देख्नुहुन्छ। उहाँले तपाईंलाई कस्तो भेट्टाउनुहुन्छ त? के उहाँलाई आदर गर्ने व्यक्ति भेट्टाउनुहुन्छ? के उहाँले आशिष दिन मिल्ने व्यक्ति भेट्टाउनुहुन्छ?

याद गर्नुहोस्,

  • उहाँलाई आदर गरे, उहाँले तपाईंलाई आदर गर्नुहुनेछ (शमूएलका पुस्तकहरू)
  • यदि परमेश्वर साँच्ची नै परमेश्वर हुनुहुन्छ भने उहाँको सेवा गर्नुहोस् र उहाँलाई पछ्याउनुहोस् (राजाका पुस्तकहरू)
  • परमेश्वर, उहाँले आशिष दिन मिल्ने खालको हृदय भएका व्यक्तिहरूलाई खोज्दै हुनुहुन्छ (इतिहासका पुस्तकहरू)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

यहोशू, न्यायकर्ता, रूथ

यहोशू, न्यायकर्ता, रूथ

 

यहोशू

प्रतिज्ञाको देशभित्र प्रवेश र त्यसको प्राप्ति

पुरानो नियमका कतिपय पुस्तकहरू ती पुस्तकका प्रमुख व्यक्तित्वहरूकै नामहरूले जनाइन्छन्। यहोशूको पुस्तकको नाम उक्त पुस्तकका प्रमुख व्यक्तित्व यहोशूकै नाममा राखिएको हो। पुरनो नियमका अन्य कुन-कुन पुस्तकहरू प्रमुख व्यक्तित्वका नामले जनाइएका छन्? केही उदाहरणहरू दिन सक्नुहुन्छ? _______________________________________

यहोशू विश्वासका वीर थिए। परमेश्वरले इस्राएल जातिलाई प्रतिज्ञाको देशभित्र ल्याउन र विजय दिन सक्नुहुन्छ भनेर यहोशूलाई पूरा विश्वास थियो (पृष्ठ ३२)। मोशालाई आफ्नो मृत्युको पूर्वजानकारी थियो। इस्राएलका सन्तानहरूलाई प्रतिज्ञाको देशभित्र नेतृत्व गरी जैजान परमेश्वरले चुन्नुभएको व्यक्ति यहोशू हो भनेर मोशालाई थाहा थियो (व्यवस्था ३१:७)। यहोशूको पुस्तकमा इस्राएलका सन्तानहरूलाई यहोशूले देशभित्र डोर्‍याएका र रणभूमिमा शत्रुहरूमाथि विजय हासिल गरेका घटनाहरूको बारेमा पढ्दछौं। मोशाले बाइबलका शुरुका पाँच पुस्तकहरू लेखे अनि यहोशूले बाइबलको छैटौं पुस्तक अर्थात् यहोशूको पुस्तक लेखे।

“यहोशू” को माने “परमप्रभु मुक्ति हुनुहुन्छ” हो। उक्त नाउँले हामीलाई परमेश्वर हाम्रा महान् उद्धारक र मुक्तिदाता हुनुहुन्छ भन्ने कुराको सम्झना गराउँछ। यहोशूको समयमा परमेश्वरले इस्राएललाई तिनीहरूका सबै शत्रुहरूबाट छुटकारा दिनुभयो र सुरक्षासाथ प्रतिज्ञाको देशभित्र ल्याउनुभयो। पुरानो नियमको हिब्रू शब्द “यहोशू” र नयाँ नियमको ग्रीक शब्द “येशू” एउटै हो। येशू ख्रीष्टले हामीलाई केबाट छुटकारा दिनुहुन्छ (मत्ती १:२१)? _________________________________________

प्रस्थानपछि प्रवेश

प्रस्थानको पुस्तकमा परमेश्वरले तिनीहरूलाई मिस्रदेशबाट निकालेर ल्याउनुभएको कुराको बारेमा सिक्यौं।तर आफ्नो जातिलाई मिस्रदेशबाट निकालेर ल्याउनुमा परमेश्वरको महत्त्वपूर्ण अभिप्राय थियो। परमेश्वरले तिनीहरूलाई किन निकाल्नुभयो? के तिनीहरू उजाडस्थानमा नै मरून् भनेर परमेश्वरले तिनीहरूलाई निकालेर ल्याउनुभएको हो? ___________। उहाँले आफ्ना जातिलाई किन निकाल्नेर ल्याउनुभयो भन्ने कुरा परमेश्वरले हामीलाई व्यवस्था ६:२३ मा बताउनुहुन्छ:

“हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश____ ___________ उहाँले हामीलाई त्यहाँबाट _____________।”

परमेश्वरले उनीहरूलाई भित्र ल्याउनालाई बाहिर निकाल्नुभयो। परमेश्वरले उनीहरूलाई एउटा ज्यादै खराब कुरा (दासत्व) बाट छुटाउन चाहनुभएको मात्र थिएन तर तिनीहरूलाई एउटा ज्यादै असल कुरा (प्रतिज्ञाको देश) दिन पनि चाहनुभएको थियो। प्रस्थानमा हामी परमेश्वरले तिनीहरूलाई निकाल्नुभएको कुराको बारेमा सिक्छौं। यहोशूमा हामी घटनाक्रमको दोस्रो भागको बारेमा अर्थात् परमेश्वरले तिनीहरूलाई भित्र ल्याउनुभएको कुराको बारेमा सिक्छौं।

इस्राएलका सन्तानहरू परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशभित्र सरासर पस्नुपर्ने थियो। तर त्यसो नभएर तिनीहरू आफ्नो अविश्वासको कारण उजाडस्थानमा नै ४० वर्षसम्म यताउता चक्कर मार्दै बिताउन बाध्य भए (गन्तीको पुस्तकमा हेर्नुहोस्, यस अध्ययनमालाको अघिल्लो पाठमा)। गन्तीको पुस्तकमा उल्लेख भएका मानिसहरू परमेश्वरले उनीहरूलाई दिन चाहनुभएको त्यस सुन्दर देशभित्र पस्न र त्यसलाई प्राप्त गर्न चाहेनन्, र त्यसैले उनीहरू उजाडस्थानमा नै मरे।

केबाट मुक्त? केका लागि मुक्त?

इस्राएल जाति दासत्वबाट बचाइएका मात्र नभएर परमेश्वरका आशिषहरूले भरिएको प्रतिज्ञाको देशका निम्ति समेत बचाइएका थिए।उनीहरूका निम्ति परमेश्वरले यही नै प्रबन्ध गर्नुभएको थियो। यसबाट हामीले एउटा पाठ सिक्नुपर्छ। परमेश्वरले एउटा व्यक्तिलाई बचाउनुहुँदा उक्त व्यक्ति एकातिर केही कुराहरूबाट बचाइएको हुन्छ भने अर्कोतिर ऊ केही कुराहरूका निम्ति पनि बचाइएको हुन्छ।परमेश्वरले हामीलाई पाप र मृत्यु र नरकबाट बचाउनुभएको त छ, तर उहाँले हामीलाई केका निम्ति बचाउनुभएको हो? निम्नलिखित पदहरूलाई बाइबलमा भेट्टाउनुहोस् अनि लेख्नुहोस्, एउटा विश्वासी केबाट मुक्त भएको छ र केका निम्ति मुक्त भएको छ:

  1. १ थेस्सलोनिकी १:९
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  2. कलस्सी १:१३
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  3. तीतस २:१४
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  4. यूहन्ना ५:२४
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________

के तपाईं “बाट-मुक्त” र साथै “निम्ति-मुक्त” विश्वासी हुनुहुन्छ?

सम्पत्तिको उपभोग

यहोशूको पुस्तकको एउटा चाबी पद यहोशू १:३ हो (त्यसलाई पढ्नुहोस्)। के परमेश्वरले इस्राएलका सन्तानहरूलाई त्यो देश दिनुभऐकै थियो? ___________। परमेश्वरले उनीहरूलाई देश दिनु त भयो, तर त्यसभित्र प्रवेश गरी त्यसलाई लिनुपर्ने (त्यसलाई आफ्नो बनाउनुपर्ने) जिम्मेवारी उनीहरूको थियो! देशभित्र पसेर तिनीहरूले उक्त भूमिलाई आफ्ना पैतालाले नै टेक्नुपर्थ्यो अनि तब मात्र त्यो देश उनीहरूको हुन सक्थ्यो!

मानौं तपाईंले फुटबल प्रतियोगिताको एउटा टिकट प्रतियोगिता हुनुभन्दा केही दिन अगाडी नै किन्नुभयो। प्रतियोगिता हुने दिनमा रङ्घशालामा एउटा सीट तपाईंकै लागि सुरक्षित हुन्छ। तर यदि तपाईं रङ्घशाला जानुभएन भने त्यो सीटको के काम लाग्छ र? त्यो तपाईंकै थियो तर तपाईंले त्यसको प्रयोग गर्नुभएन। तपाईंले उपभोग गर्नुपर्ने कुरा गुमाउनुभयो। उनीहरूलाई प्रतिज्ञा गरिएको देशमा इस्राएलका सन्तानका लागि एउटा ठाउँ सुरक्षित थियो। उनीहरू त्यहाँ प्रवेश गरी त्यसलाई प्राप्‍त गरेको परमेश्वर चाहनुहुन्थ्यो।

के इस्राएलका सन्तानहरू देशभित्र प्रवेश गरी त्यसलाई आफ्नो बनाएँ (यहोशू २१:४३)? ______________। के परमेश्वरले तिनीहरूलाई तिनीहरूका सबै शत्रुहरूमाथि विजय दिनुभयो (यहोशू २१:४४)? ________________। के परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो (यहोशू २१:४५)? ______________

एक वृद्ध चाँदी खनकले पश्चिम अमेरिकाको पहाडहरूहुँदो चाँदीको खोजीमा आफ्नो जीवनै बिताए। आफ्नो खोजीमा उनी यति तल्लीन भएका थिए कि उनकी पत्नी र बालबाच्चाहरूले समेत उनलाई त्यागिदिएका थिए। उनी मरेपछि उनलाई दफन गर्न आएका दुईचार जनाले उनको साथमा एउटा सानो कागत भेट्टाए जसमा उनलाई उनकै छाप्रोमुनि दफन गरियोस् भन्ने निर्देशन लेखिएको पाइयो।साबेलले जमीन खन्दै जाँदा त्यहाँ खरानी रङ्गको चमकदार पद्धार्थ देखापर्न थाल्यो। त्यहाँ त क्यालिफोर्निया राज्यकै इतिहासमा सबैभन्दा मूल्यवान् चाँदी खानी भेटियो जुनचाहिँ “कम्स्टक सिल्भर भेन” को नामले प्रख्यात भयो! त्यो खनक, एक खरबपति भए तापनि जीवनभरि उनलाई आफ्नो सम्पत्तिको कहिल्यै पत्तो भएन अनि उनले आफ्नो सम्पत्तिको कहिल्यै उपभोग गरेनन्। उनले आफ्नो प्राप्तिलाई कहिल्यै प्राप्त गरेनन्। त्यो उनकै भएर पनि त्यो उनको हुन सकेन। उनले आफूसँग भएको कुराको कहिल्यै उपभोग गरेनन्।

परमेश्वरका जनहरूले उनीहरूलाई दिइएका कुराहरू उपभोग गरोस् भन्ने परमेश्वर चाहनुहुन्छ! पमरेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा अति सुन्दर देश दिनुभयो र तिनीहरूले त्यसलाई पूर्णरूपमा अधिकार गरेको उहाँ चाहनुहुन्थ्यो। यहोशूको नेतृत्वमा इस्राएलका सन्तानहरूले थुप्रै विजयहरू हासिल गरे तरैपनि तिनीहरूले देशलाई पूर्णरूपमा आफ्नो बनाउन सफल भएनन्। इस्राएलका सन्तानहरूले कतिपय शत्रुहरूलाई धपाउन असफल भए र इस्राएलले अधिकार गर्नुपर्ने देशका कति भू-भाग ती शत्रुहरूले नै अधिकार गरे (हेर्नुहोस् यहोशू १७:१२-१३)। तिनीहरूले प्राप्त गर्न सक्ने र प्राप्त गर्नुपर्नै कयौं कुराहरूलाई इस्राएलीहरूले गुमाए!

आज परमेश्वरका जनहरू

आजका विश्वासीहरूलाई विचार गर्नुहोस्। परमेश्वरले हामीलाई इस्राएल देशभित्र गएर त्यसलाई जित्न र अधिकार गर्न आदेश दिनुभएको छैन। आज हामीले कुन कुरालाई अधिकार गरेको परमेश्वर चाहनुहुन्छ? परमेश्वरले आफ्ना जनहरूलाई दिनुभएका केही कुराहरू यस प्रकार छन्:

  1. यूहन्ना १४:२७, १६:३३ – परमेश्वरले हामीलाई अशान्तिले भरिएको यस संसारको बीचमा शा______ दिनुभएको छ।
  2. यूहन्ना १५:११ – परमेश्वरले हामीलाई यस दुःखदायी संसारको बीचमा आ_________ दिनुभएको छ।
  3. यूहन्ना ८:१२ – परमेश्वरले हामीलाई अन्धकारमय संसारको बीचमा ज्यो_____ दिनुभएको छ।
  4. यूहन्ना १०:२८ – परमेश्वरले हामीलाई यस मृत्युमय संसारको बीचमा जी_______ दिनुभएको छ।

यी हुन् हामीले अधिकार गर्नुपर्ने हाम्रा केही अधिकारहरू। के तपाईंले यी चारओटा कुराहरूलाई आफ्नै बनाउँदै हुनुहुन्छ?के यस घडि तपाईंसित शान्ति छ? के यस घडि तपाईंसित आनन्द छ? के यस घडि तपाईं परमेश्वरको ज्योतिले चम्किरहनुभएको छ? के यस घडि तपाईं परमेश्वरको जीवन उपभोग गर्दै हुनुहुन्छ? यी कुराहरू तपाईंले कसरी अधिकार गर्न सक्नुहुन्छ?

यहोशू १:३ मा पाइने हाम्रो चाबी पदलाई के तपाईंलाई याद गर्नुभएको छ? परमेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा सुन्दर प्रतिज्ञा दिनुभएको थियो: “तेरा ___________ले कुल्चिने सबै जग्गा म तँलाई ___________।” यो प्रतिज्ञालाई पाएर तिनीहरूले के गर्नुपर्थ्यो? तिनीहरूले परमेश्वरलाई विश्वास गर्नुपर्थ्यो, देशभित्र प्रवेश गर्नुपर्थ्यो, देशको जमीनमाथि आफ्नो पैतालाले टेक्नुपर्थ्यो र त्यसलाई आफ्नै बनाउनुपर्थ्यो किनकि परमेश्वरले त्यो उनीहरूलाई नै दिनुभएको थियो। आज विश्वासीहरू “वि________द्वारा” हिँड्नुपर्छ (२ कोरिन्थी ५:७)। इस्राएलका सन्तानहरू उक्त देशभित्र एउटा पैतालापछि अर्को पैतालाले टेक्दै गए र परमेश्वरले उनीहरूलाई विजय दिनुभयो। आज पनि विश्वासीहरूलाई परमेश्वरले विजय दिनुहुन्छ: “…अनि हाम्रो ____________ नै यो __________, हो जसले संसारमाथि जय प्राप्त गर्छ (१ यूहन्ना ५:४)।” हामी विश्वासको पैताला टेक्दै हिँड्नु छ, पैताला-पैताला टेक्दै परमेश्वरले दिनुभएको क्षेत्रलाई अधिकार गर्नु छ, हामीले जे-जे पाएको चाहनुहुन्छ ती सबलाई प्राप्त गर्नु छ।

यहोशू र एफेसीका पुस्तकहरू

नयाँ नियमको एउटा पुस्तक यहोशूसित ज्यादै मिल्दोजुल्दो छ। त्यो हो एफेसीको पुस्तक। यहोशूको पुस्तकले भन्छ, “बलियो होऊ” (यहोशू १:६,७,९,१८)!के एफेसीको पुस्तकले पनि यही कुरा भन्छ (एफेसी ६:१०)? ___________। यहोशूको पुस्तक युद्धहरू जित्ने योद्धाहरूको बारेमा हो। के एफेसीको पुस्तक पनि योद्धाहरूको बारेमा हो (एफेसी ६:११-१८)? _________। यहोशूको पुस्तक इस्राएलले देश अधिकार गर्ने बारेमा हो। एफेसीको पुस्तक ख्रीष्टियनहरूले ख्रीष्टमा उनीहरूलाई दिइएका सम्पत्ति र आशिषहरू अधिकार गर्ने बारेमा हो। हरेक ख्रीष्टियन एक आत्मिक खरबपति हो। तर आफू बास्तवमा नै कति धनवान् छु भनेर सबै ख्रीष्टियनहरूले महसुस गरेका हुँदैनन् र बास्तवमा थोरैले मात्र यी सम्पत्तिहरू अधिकार गर्दछन् र उपभोग गर्दछन्।

परमेश्वरले कलवरीको क्रूसद्वारा आर्जन गर्नुभएको विजयद्वारा हामी विश्वास गर्नेहरूलाई उहाँद्वारा प्रतिज्ञा गरिएका अधिकारहरूको भागीदार बनाइएको छ। तर ती प्रतिज्ञा गरिएका अधिकारहरू प्राप्त गर्नालाई मेरो आफ्नो जिम्मेवारी पनि छ – ती सम्पत्तिका लागि मेरो चाहना हुनुपर्छ, प्रतिज्ञाहरू प्राप्त गर्नालाई मेरो अठोट हुनुपर्छ, परमेश्वरद्वारा दिइएका अधिकारहरू अनुभव र उपभोग गर्न खोज्दा आइपर्ने चुनौती र त्यसमाथि विजयी हुनाका लागि परमेश्वरमाथि मेरो भरोसा हुनु आवश्यक पर्छ।

न्यायकर्ता – इतिहासको दुःखद अध्याय

यहोशूको मृत्युपछिको इतिहासको कालखण्डलाई न्यायकर्ताको कालखण्ड भनिन्छ। यही समयमा नै इस्राएलका सन्तानहरू परमप्रभुबाट पछि हटे र उहाँको विरुद्धमा पाप गरे:

जब मानिसहरू प्रभुदेखि पछि हट्छन् त्यसबेला केवल समस्या, अलमल र दुःख मात्र आइपर्छ।

न्यायकर्ताहरू को थिए?

न्यायकर्ताहरू परमेश्वरले फरक-फरक समयमा इस्राएलका सन्तानहरूलाई तिनीहरूका शत्रुहरूदेखि छुटाउन र बचाउनालाई उठाउनुभएका गिदोन र शिमशोन जस्ता फरक-फरक पुरुषहरू थिए जसमध्ये दबोरा नाम गरेकी एउटी स्त्री पनि थिइन्।त्यसबेलासम्म इस्राएलमा कुनै राजा थिएनन् तर यी न्यायकर्ताहरूले नै मानिसहरूलाई आवश्यक नेतृत्व प्रदान गर्दथे।

बारम्बार दोहोरिएको चक्र

न्यायकर्ताको पुस्तकमा हामी एउटा चक्रको बारेमा सिक्छौं जसका चारओटा चरणहरू थिए:

  1. विद्रोह: इस्राएलीहरूले पाप गर्थे, प्रभुबाट तर्केर जान्थे र परमेश्वरको नजरमा ज्यादै दुष्ट कामहरू गर्थे।
  2. बदला: परमेश्वरले आफ्ना जनहरूलाई सजाय दिनुहुन्थ्यो र शत्रुहरूलाई उनीहरूमाथि शासन गर्न र उनीहरूलाई कमारा-कमारी बनाउन दिनुहुन्थ्यो।
  3. बदली; अन्तमा उनीहरू परमेश्वरलाई गुहार्थे तर त्यो पनि परिस्थिति असह्य भएपछि मात्रै।
  4. विश्राम: अनुग्रहमा परमेश्वरले तिनीहरूको पुकारा सुन्नुहुन्थ्यो र इस्राएललाई ती शत्रुहरूदेखि बचाउन एउटा न्यायकर्ता उठाउनुहुन्थ्यो।

आज विश्वासी जनले आफू समस्याको गहिरो दलदलेभित्र पुग्नुभन्दा अगाडी नै परमेश्वरलाई पुकारा गर्न सिक्नुपर्छ। सबै कुरा राम्रै हुँदा पनि प्रभुलाई पुकार्नु असल हो।

न्यायकर्ताको पुस्तक पढ्दा यो चक्र बारम्बार दोहोरिएको पाइन्छ। यस चक्रको बारेमा न्यायकर्ता २:११-१९ मा पढ्न सकिन्छ। यस चक्रलाई बुझ्नालाई तलको चित्रलाई अध्ययन गर्नुहोस्:

न्यायकर्ताको पुस्तकमा यो चक्र बारम्बार दोहोरिएको पाइन्छ। तपाईंको जीवन कस्तो छ नि? यस चक्रलाई हेर्दा तपाईंले आफूलाई कुनचाहिँ ठाउँमा भेट्टाउनुहुन्छ? तपाईं परमेश्वरको सेवा गर्दैहुनुहुन्छ कि पापको? तपाईं परमेश्वरतिर फर्कँदैहुनुहुन्छ कि परमेश्वरदेखि तर्किँदैहुनुहुन्छ? तपाईंको देश नि? यस चक्रको कुनचाहिँ ठाउँमा तपाईंको देश भेटिन्छ? भविष्यलाई हेर्दा तपाईंको देश कतातिर लम्किरहेको देखिन्छ?

न्यायकर्ताको पुस्तकको चाबी पद

न्यायकर्ताको पुस्तकको चाबी पद दुई ठाउँमा भेटिन्छ: न्यायकर्ता १७:६ मा र २१:२५ मा। के दुवै पद उस्तै छन्? सायद न्यायकर्ता २१:२५ लाई याद गर्न र भेट्टाउन बढी सजिको छ किनकि यो यस पुस्तकको अन्तिम पद पनि हो।

राजा नभएको राज्य

यी पदहरू अनुसार न्यायकर्ताको समयमा इस्राएलमा कुनै राजा थिएन। तपाईं त्यसबेलाको एक इस्राएली हुनुभएको भए यो कुरा तपाईंलाई कस्तो लाग्थ्यो होला? सायद कतिलाई यस्तो विचार आउँथ्यो:

तर उसले राम्ररी सोच्नुपर्थ्यो। उसले यसरी भन्नुपर्थ्यो: “होइन, हामीसित राजा बास्तवमा हुनुहुन्छ! किनकि परमप्रभु हाम्रा राजा हुनुहुन्छ। हामीसित महान् परमेश्वर हुनुहुन्छ जसले नै हामीलाई शासन गर्नुहुन्छ, हाम्रो देखरेख गर्नुहुन्छ, हामीलाई रक्षा गर्नुहुन्छ। अन्य कुनै जातिले हामीले जस्तै गरी परमेश्वर (परमप्रभु यहोवा) लाई आफ्नो राजाको रूपमा पाएका छैनन्!”

दुःखको कुरा ती मानिसहरूले त्यसरी विचार गर्न सकेनन्। बरु तिनी सबका सब आफू-आफू नै राजा हुनालाई रोजे!

मेरो राजा म आफैं हूँ!

न्यायकर्ताको आखिरी पदले बताउँछ, “…हरेक मानिसले _________ दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो।” के तिनीहरूले परमेश्वरको दृष्टिमा जे ठीक थियो त्यही गरे? ___________। कसको विचारअनुसार कुन ठीक कुन बेठीक भनेर फैसला गरिन्थ्यो? _____________। कसको विचारअनुसार आफ्नो काम-कर्तव्यको निर्धारण गरिन्थ्यो? तिनीहरूको भनाइ यस प्रकार थियो:

तपाईं नि? तपाईं कसलाई आफ्नो राजा बनाउनुहुन्छ? आफैंलाई कि परमेश्वरलाई? तपाईं कुन रोज्नुहुन्छ, परमेश्वरको दृष्टिमा जे ठीक छ त्यही गर्नालाई कि आफ्नो दृष्टिमा जे ठीक लाग्छ त्यही गर्नालाई के तपाईं परमेश्वरभन्दा पनि असल राजा हुनुहुन्छ? आफ्नो जीवनमा परमेश्वरबिना आफैं राज्य गर्न चाहनेहरू आफैंमाथि विनाश निम्त्याउँदैछन्!न्यायकर्ताको पुस्तकको विषयवस्तु यही नै हो।

परमेश्वर, दिने काममा विश्वासयोग्य बनिरहनुहुन्छ। मानिस जाति बारम्बार विफल बन्दछ।मानिस विफल बने तापनि मानिसलाई खोज्न र बचाउन परमेश्वर विश्वासयोग्य बन्न छाड्नुहुन्न।

रूथ

उद्धारको प्रेम-कहानी

रूथ एउटा छोटो पुस्तक हो। यसमा कतिओटा अध्यायहरू छन्? _________। रूथको पुस्तकका घटनाहरू कुन समयमा घटेका थिए (रूथ १:१)? _____________________। न्यायकर्ताको समय पाप र दुष्टताको समय थियो, तरैपनि त्यसबेला इस्राएलको कुनै एक कुनामा एउटा सुन्दर ज्योति चम्कन सकेको थियो भन्ने कुरा रूथको पुस्तकले देखाएको छ। रूथको पुस्तकको कहानी न्यायकर्ताको समयमा घोर अन्धकारमा चम्किरहेको बत्ती झैं बलिरहेको थियो।

रूथको पुस्तकको नाम यहोशूको पुस्तकजस्तै पुस्तकको प्रमुख व्यक्तित्वको नाममा आधारित छ। यस पुस्तकमा बास्तवमा तीनजनाको प्रमुख भूमिका भएको पाउँछौं:

  1. रूथ, मोआबकी स्त्री
  2. नाओमी, रूथकी सासु
  3. बोअज, ती यहूदी पुरुष जो रूथका पति बने।

मसीहको वंशावली

हामीले यस अध्ययनमालाको पृष्ठ १८ मा मुक्तिदाताको वंशावलीको केही चर्चा गरेका थियौं। रूथ र बोअज यस वंशावलीका महत्त्वपूर्ण व्यक्तिहरू हुन्। रूथ ४:१७ अनुसार रूथका जेठा छोरा ओबेद थिए। यस पद (४:१७) अनुसार राजा दाऊदसँग रूथको कुन नाता पर्थ्यो? _________________। मुक्तिदाताको गौरवमय वंशावलीमा रूथले समेत स्थान पाइन्। एक हिसाबमा उनी मसीहकी आमा थिइन् किनकि उनीबाटै एक दिन प्रभु येशू ख्रीष्ट स्वयं आउनुभएको हो।के तपाईंले मत्तीको पहिलो अध्यायमा भएको मसीह राजाको गौरवमय वंशावलीमा रूथ र बोअजको नामहरू भेट्टउन सक्नुहुन्छ? कुन पदमा? _________

दुईटा महत्त्वपूर्ण पदहरू

रूथको पुस्तकमा दुईटा सुन्दर पदहरू छन् जसमा इस्राएलका परमेश्वरसँगको रूथको सम्बन्धलाई प्रकट गरिएको छ:

१) रूथ १:१६

इस्राएलका परमेश्वरलाई आफ्नो व्यक्तिगत परमेश्वर बनाउनालाई रूथले गम्भीर निर्णय गरिन्। त्यसबेला रूथले आफ्नो निर्णयलाई यी शब्दहरूले व्यक्त गरेकी थिइन्: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका ____________ मेरा ____________ हुनेछन्।” रूथले परमेश्वरलाई आफ्नो परमेश्वर बनाउने इच्छा गरे। के यस्तै निर्णय तपाईंले पनि गर्नुभयो? के तपाईंले जीवित परमेश्वरलाई आफ्नो परमेश्वर बनाउनुभयो?

२) रूथ २:१२

आफ्नो सारा भरोसा इस्राएलका परमेश्वरमाथि राख्ने रूथको सुन्दर निर्णयलाई यस पदमा देख्‍न सकिन्छ: “…उनको छत्रछायाँमुनि ____________ लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त उपहार दिऊन्।” के तपाईं परमेश्वरको पखेटामुनि आउनुभयो? योभन्दा सुरक्षित ठाउँ अरू कतै छैन!

दाजुभाइको नाउँलाई कायम राख्नुपर्ने व्यवस्था

यो कुरा व्यवस्था २५:५-१० मा छ। रूथको पुस्तक बुझ्नलाई त्यहाँ उल्लेखित व्यवस्थालाई बुझ्नु आवश्यक छ। व्यवस्था २५:५ पढ्नुहोस्। रूथका पति निःसन्तान मरेका थिए। यस व्यवस्थाअनुसार मृत पतिका दाजु वा भाइले आफ्नी भाइ-बुहारी वा दाइ-भाउजुलाई विवाह गर्न सक्दछ। उक्त वैवाहिक सम्बन्धबाट जन्मेको जेठा छोरालाई मृत पतिको नाउँ दिइन्थ्यो जसले नै मृत पतिको पैतृक सम्पत्ति प्राप्त गर्थ्यो (व्यवस्था २५:६)। उक्त विधवालाई विवाह गर्नलाई दाजु वा भाइलाई बाध्यता थियो कि थिएन (व्यवस्था २५:७-१०)? ___________

नातेदार-उद्धारक

उद्धार: रूथको पुस्तकको मूल सन्देश यही हो। बोअज रूथका नातेदार-उद्धारक बने। उनी रूथका मृतक पतिका नजिकका नातेदार थिए। नजिकका नातेदार भएकै कारण उनले रूथलाई विवाह गर्न सके। रूथको पुस्तक पढ्दा हामी हाम्रा महान् उद्धारक, प्रभु येशू ख्रीष्टलाई सम्झन पुग्छौं। येशू ख्रीष्ट हाम्रा नातेदार-उद्धारक हुनुहुन्छ। बोअज हाम्रा महान् उद्धारक प्रभु येशू ख्रीष्टको सुन्दर छायाँ हुन्।रूथको पुस्तकमा यसरी चित्रण गरिएका निम्न सत्यताहरूलाई विचार गरौं:

१) नातेदार-उद्धारक रगतकै नाता हुनुपर्थ्यो।

पापी मानिसलाई उद्धार गर्न येशू ख्रीष्ट कुन कुराको भागी हुनुभयो (हिब्रू २:१४)? ____________________________। ख्रीष्ट एक मानव बन्नुभयो, उहाँ “आफ्ना ____________समान हुनुपरेको थियो” (हिब्रू २:१७)। उहाँ हाम्रो रगतकै नाता बन्नुभयो!

२) नातेदार-उद्धारकसित जग्गा खरिद गर्नलाई पर्याप्‍त रकम हुनुपर्थ्यो।

बोअज धनी थिए र उक्त रकम तिर्न सक्थे (रूथ २:१)। प्रभु येशू ख्रीष्ट हाम्रो छुटकाराको त्यो ठूलो दाम तिर्न सक्षम हुनुहुन्थ्यो (१ कोरिन्थी ६:२०)। आफ्नै जीवन अर्पण गरेर आफ्नै रगतद्वारा उहाँले उक्त मोल चुक्ता गर्नुभयो (१ पत्रुस १:१८-१९)।

३) नातेदार-उद्धारक उद्धार गर्नलाई तयार हुनुपर्थ्यो।

के ख्रीष्ट पापीहरूलाई उद्धार गर्नलाई तयार हुनुभयो (लूका २२:४२; हिब्रू १०:१७)? ______________

४) नातेदार-उद्धार ले उसले विवाह गर्नुपर्न व्यक्तिलाई प्रेम गर्नुपर्थ्यो।

बोअझले रूथलाई प्रेम गरे। के ख्रीष्टले पापीहरूलाई प्रेम गर्नुभयो (रोमी ५:८)? _______________

५) नातेदार-उद्धारक विवाह गर्नलाई तयार हुनुपर्थ्यो।

बोअज रूथलाई विवाह गर्न तयार थिए। प्रत्येक विश्वासी उहाँसितै विवाह गरिएको छ जो नै हाम्रा नेतादार-उद्धारक हुनुहुन्छ (हेर्नुहोस् रोमी ७:४)। प्रभु येशू ख्रीष्टसित हाम्रो एक अति सुन्दर प्रेमको सम्बन्ध छ!

के ख्रीष्टले तपाईंको उद्धार गर्नुभयो? के उहाँले तपाईंलाई बचाउनुभयो? के तपाईं उहाँसितको आफ्नो प्रेमको सम्बन्धमा आनन्दित हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

लेवी, गन्ती, व्यवस्था

लेवी, गन्ती, व्यवस्था

 

यस पाठमा हामी मोशाका पछिल्ला तीनओटा पुस्तकहरूलाई अध्ययन गर्न चाहन्छौं। हामी लेवीको पुस्तकबाट सुरु गरौं:

लेवी – पवित्र परमेश्वरको उपासना

लेवी उपासना सम्बन्धी पुस्तक हो। यसमा इस्राएलका सन्तनाहरूलाई उनीहरूले परमेश्वरसित कसरी ठीक सम्बन्ध गाँस्न र कसरी परमेश्वरसित ठीक सम्बन्ध कायम राख्न सक्छन् भन्ने कुरा सिकाइएको छ। पापी मानिसहरू कसरी पवित्र परमेश्वरको उपासना गर्न सक्छन्? यस प्रश्नको जवाफ लेवीको पुस्तकले दिन्छ।

यस पुस्तकको नाम किन “लेवी” राखियो?

लेवी ____________ का बाह्र छोराहरूमध्ये एक थिए (प्रस्थान १:१-२)। यस पुस्तकले लेवीका छोराहरूको बारेमा धेरै कुराहरू बताउँछ। लेवीका छोराहरू अर्थात् सन्तानहरू पनि “लवीहरू” कहलिन्छन् (हेर्नुहोस् लूका १०:३२)। के मोशा लेवीका सन्तानमध्येका थिए (प्रस्थान २:१-३,१०)? _____________

मोशाका दाजु हारून लेवीकै सन्तान थिए। परमेश्वरले हारूनलाई चुन्नुभयो र तिनमा एउटा विशेष किसिमको काम गर्नुभयो। परमेश्वरले तिनलाई एउटा पूजाहारी बनाउनुभयो (प्रस्थान २८:१)। साथै, हारूनका सबै छोराहरू पूजाहारीहरू बनाइए। हारूनका परिवारका बाहेक अरू कोही पनि पूजाहारी बन्न सक्दैनथे।

लेवीका छोराहरू – तिनीहरू नै लेवीहरू हुन्
हारूनका छोराहरू – तिनीहरू नै पूजाहारीहरू हुन्

लेवीको पुस्तकले “हारूनका छोराहरू” (पूजाहारीहरू) को बारेमा धेरै कुरा बताउँदछ। लेवी अध्याय १ मा “हारूनका छोराहरू” भनेर उल्लेख गर्ने पदहरू भेट्टाएर तिनलाई यहाँ सूचित गर्नुहोस्: ___________________। लेवीको पुस्तक पूजाहारीहरूका निम्ति परमेश्वरबाट दिइएको निर्देशिका पुस्तक थियो। मानिसहरूलाई उपासना कार्यमा नेतृत्व गर्न लेवी र पूजाहारीहरू खटाइएका थिए। उनीहरूले जान्नुपर्ने कुराहरू परमेश्वरले यस पुस्तकमा बताइदिनुभएको थियो।

चाबी शब्द

लेवीको पुस्तकको चाबी शब्द हो, “पवित्र”। यस पुस्तकमा उक्त शब्द ८० पटकभन्दा बढी पाइन्छ। उदाहरणको लागि, लेवी २१ औं अध्यायमा पवित्र भन्ने शब्द कति पटक भेटिन्छ? ________

साथै, लेवीको पुस्तकमा “पाप”“अशुद्धता” भन्ने शब्दहरू धेरै पटक भेटिन्छन्। मानिस पापी छ, अशुद्ध छ। परमेश्वर पवित्र, शुद्ध र पापरहित हुनुहुन्छ। पापी मानिस कसरी पवित्र परमेश्वरको नजिकमा आउन सक्छ? एक अशुद्ध, फोहोरी मानिसले निष्कलङ्क र शुद्ध परमेश्वरको उपासना गर्न कसरी सम्भव छ?

परमेश्वरकहाँ आउने बाटो

पवित्र परमेश्वरकहाँ आउन पापी मानिसलाई एउटै मात्र बाटो छ। ऊ परमेश्वरकहाँ बलिदानको बाटो भएर आउनुपर्छ!लेवीको पुस्तकले पशु बलिहरूको बारेमा धेरै कुरा बताउँछ। ख्रीष्टले एक दिन क्रूसमा सबैका लागि गर्नुहुने कामको चित्रणस्वरूप यी सबै बलिदानहरू चढाइन्थे। हामी यी बलिदानहरूका बारेमा लेवीको सुरुका अध्यायहरूमा पढ्न सक्छौं। यी पशु बलिहरूले एउटा महत्त्वपूर्ण सन्देश दिन्थे:

  1. रगत बहाइनैपर्छ। येशू ख्रीष्टले हाम्रो निम्ति आफ्नो रगत बहाउनुभयो (हिब्रू ९:२२)।
  2. एक निर्दोष प्रतिस्थापक मर्नैपर्छ। पापी मर्नुको सट्टा एउटा निर्दोष पशु मारिनैपर्छ।येशू ख्रीष्ट हाम्रो प्रतिस्थापक बनी मर्नुभयो (१ कोरिन्थी १५:३; रोमी ५:८)।
  3. पापको निम्ति मृत्यु दण्ड अनिवार्य छ। येशू ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो (रोमी ५:६,८)।

बलिदानले पापी मानिसलाई पवित्र परमेश्वरकहाँ आउन सक्ने तुल्याउँदछ।बलिदानले पापी मानिसलाई पवित्र परमेश्वरको उपासना गर्ने सक्ने तुल्याउँदछ:

के तपाईं बलिदानको बाटो भएर परमेश्वरकहाँ आइसक्नुभयो (१ पत्रुस ३:९)? ____________

लेवीको चाबी पद

यस पुस्तकको चाबी पद लेवी १९:२ मा भेटिन्छ – “तिमीहरू __________ होओ, किनभने म, ____________ तिमीहरूका _____________, __________ छु।” लेवी ११:४४,४५; २०:७,२६ मा पनि हेर्नुहोस्। पहिलो पत्रुसको अध्याय १ मा पनि यही कुरा कुन पदमा भेटिन्छ? पद ______

परमेश्वर पवित्र हुनुहुन्छ। उहाँ सबै पाप र अशुद्धताबाट पूर्णरूपमा अलग हुनुहुन्छ। उहाँ पवित्र र पापरहित हुनुहुन्छ।

उहाँका जनहरू पवित्र हुनु परमेश्वरको इच्छा हो। आफ्ना जनहरू सबै पाप र अशुद्धताबाट अलग भएको परमेश्वर चाहनुहुन्छ। जो उहाँका जनहरू होइनन्, तिनीहरूभन्दा उहाँका जनहरू फरक हुनु परमेश्वरको इच्छा हो। के परमेश्वरले उहाँका जनहरू मिस्रीहरूभन्दा फरक भएको चाहनुभयो (लेवी १८:३)? _____________। के परमेश्वरले उहाँका जनहरू प्रतिज्ञाको देश (कनान देश) का बासिन्दाहरूभन्दा फरक भएको चाहनुभयो (लेवी १८:३)? _____________

तपाईं नि? यदि तपाईं एक ख्रीष्टियन हुनुहुन्छ भने के तपाईं अख्रीष्टियनहरूभन्दा फरक भएको परमेश्वर चाहनुहुन्छ? ______________ (हेर्नुहोस् रोमी १२:२; एफेसी ४:१७)? किन? कसरी?

लेवीको पुस्तक पढ्दै जाँदा र ती सबै बलिदानहरूको बारेमा सिक्दै जाँदा, हामीले यो सम्झनुपर्छ, येशू ख्रीष्ट हाम्रो बलिदान हुनुहुन्छ (१ यूहन्ना २:२)। हामीले अनन्त जीवन पाऔं भनेर उहाँ मर्नुभयो।

लेवीको पुस्तक पढ्दै जाँदा र ती पूजाहारीहरू (हारूनका छोराहरू) को बारेमा सिक्दै जाँदा, हामीले यो सम्झनुपर्छ, येशू ख्रीष्ट हाम्रो महापूजाहारी हुनुहुन्छ (हिब्रू ८:१)। उहाँद्वारा हामी पवित्र परमेश्वरकहाँ आउन सक्छौं!

प्रस्थानको पुस्तकबाट सिकेको कुरालाई हामी याद गरौं। प्रस्थानमा मानिसहरू दासत्वबाट निकालिए र परमेश्वरको नजिकमा ल्याइए। अब लेवीमा मानिसहरू परमेश्वरको नजिकमा बस्नसक्ने बनाइन्छन्। जसले विश्वास गर्दछ उसको लागि परमेश्वरकहाँ आउने बाटो मुक्तिदाताको मृत्युद्वारा खुल्ला पारिएको छ। विश्वासी जनको परमेश्वसँगको हिँडाइ चाहिँ मुक्तिदाताको जीवनद्वारा ऊ अलग पारिएको हुनाले सम्भव छ र ऊ पापबाट अलग भएर जिउन ऊ जिम्मेवार छ।

टिप्पणी: आज्ञाहरूमा दोस्रो ठूलो चाहिँ लेवीको पुस्तकमै छ भन्ने कुरा के तपाईंलाई थाहा थियो? पढ्नुहोस् मत्ती २२:३६-३९। लेवीको अध्याय १९ को कुन पदमा यो दोस्रो ठूलो आज्ञा भेटिन्छ? पद _______

गन्ती – अविश्वासको समस्या

यसको शीर्षक किन “गन्ती” राखियो?

यस पुस्तकलाई “गन्ती” भनिन्छ किनभने दुई बेग्ला-बेग्लै समयमा इस्राएलका सन्तानहरूको “गन्ती” अथवा जनगणना गरिएको कुरा यसमा उल्लेख छ। पहिलो गणना गन्ती अध्याय १ मा भेटिन्छ। योचाहिँ इस्राएलका सन्तानहरूले लाल समुद्र पार गरेको केही समयपछि गरिएको गणना थियो। दोस्रो गणना गन्ती अध्याय २६ मा पाइन्छ। योचाहिँ करिब ४० वर्ष पछाडि गरिएको गणना थियो अर्थात् इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशभित्र प्रवेश गर्नु ठीक अगाडी।

त्यहाँ कतिजना थिए त? युद्धमा जान सक्ने पुरुषहरू अर्थात् बीस वर्षदेखि माथिकाहरूको मात्र गणना गरिएको थियो (गन्ती १:३)। यी मानिसहरूको जम्मा सङ्ख्या कति थियो? ___________________

त्यहाँ लगभग त्यति नै सङ्ख्यामा स्त्रीहरू पनि निश्चय नै थिए। नानीहरूको समेत हिसाब गरियो भने त्यहाँ जम्माजम्मी करिब २० लाख (२०,००,०००) मानिसहरू थियो भन्ने अनुमान गर्न सकिन्छ! यो त ठूलो जमात हो!

गन्ती अध्याय २६ मा कतिजनाको गणना गरियो (गन्ती २६:५१ मा हेर्नुहोस्)? ________________। यीचाहिँ प्रतिज्ञाको देशभित्र प्रवेश गर्नेहरू थिए (करिब २० लाख नै)।

गन्तीको पुस्तकलाई यात्राको पुस्तक मान्न सकिन्छ अर्थात् यस संसारको उजाडस्थान भएर यात्रा गर्नालाई चाहिने मार्ग निर्देशिका। विश्वासी जन परमेश्वरको महिमाको लागि यस संसारलाई पार गर्दैसमयलाई पार गर्दै अगाडी बढ्नुपर्छ, हामी बिनाटुङ्गो, यता र उता गर्दै घुमेको घुमै गरिरहेको परमेश्वर चाहनुहुन्न। गन्ती पुस्तकको विषयवस्तु यही हो।

यस संसारमा हामी कसरी हिँड्नुपर्छ?

परमेश्वरका जनहरू यस संसारमा कसरी हिँड्नुपर्छ, कसरी जिउनुपर्छ? २ कोरिन्थी ५:७ मा बाइबलले भन्दछ, “किनकि हामी रूप देखेर होइन तर ____________द्वारा हिँड्छौं।” यस संसारमा हामी विश्वासद्वारा (परमेश्वरलाई विश्वास गर्दै, परमेश्वरका प्रतिज्ञाहरूलाई विश्वास गर्दै) हिँड्नुपर्छ। हामी विश्वासको बाटोमा हिँड्नु नै परमेश्वरको इच्छा हो।

यही गर्न इस्राएलका सन्तानहरू असफल भए। तिनीहरूले अविश्वासको खतरापूर्ण बाटो अपनाए। परमेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा ठूलो प्रतिज्ञा दिनुभएको थियो। परमेश्वरले तिनीहरूलाई कुन कुरा दिने प्रतिज्ञा गर्नुभएको थियो (गन्ती १३:२)? ___________________________। यसैकारण कनान देशलाई प्रतिज्ञाको देश भनिन्छ। परमेश्वरले यो देश इस्राएलका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभयो। यसर्थ उनीहरू त्यो देशभित्र प्रवेश गर्नेवाला थिए र परमेश्वरले उनीहरूलाई उनीहरूका शत्रुहरूमाथि पूर्णरूपमा विजय दिनालाई तयार हुनुहुन्थ्यो।गन्तीको पुस्तक पढ्ने क्रममा हामी सिक्छौं, इस्राएलका सन्तानहरूले परमेश्वरको त्यो ठूलो प्रतिज्ञालाई विश्वास गरेनन्।

इस्राएलको अविश्वास

इस्राएलको अविश्वासको कहानी गन्ती १३ र १४ अध्यायहरूमा पढ्न सकिन्छ। प्रतिज्ञाको देशको भेद लिन परमेश्वरले बाह्रजना गुप्तचरहरूलाई पठाउनुभयो। यी गुप्तचरहरू देशभित्र पसे र त्यहाँ बडेमाका मान्छेहरू देखे। यीचाहिँ गोल्यत जत्रा मानिसहरू थिए (गन्ती १३:३१-३३ मा हेर्नुहोस्)। गुप्तचरहरूमध्ये दुईजना, यहोशू र कालेबले यी बडेमाका मानिसहरूभन्दा परमेश्वर नै ठूलो हुनुहुन्छ र उहाँले उनीहरूलाई त्यो देश दिन सक्नुहुन्छ भनेर विश्वास गरे। अरु दसजना गुप्तचरहरूले भने परमेश्वर यी मानिसहरूभन्दा ठूलो हुनुहुन्छ भन्ने कुरामा विश्वास गरेनन्

अब सारा समुदाय (करिब २० लाखको जमात) ले रोज्नुपर्ने भयो: हामी यहोशू र कालेबले जस्तै परमेश्वरमाथि विश्वास गरौं कि परमेश्वरमाथि विश्वास नगरी अरु दसजना जस्तै फिक्रीमा डुबौं? तिनीहरूले के रोजे? के तिनीहरूले यहोशू र कालेबको विश्वासलाई पछ्याए कि अरु दसजना गुप्तचरहरूको अविश्वासलाई पछ्याए (हेर्नुहोस् गन्ती १४:१-१०)? ________ _____________________________________________

अविश्वासले आशिषलाई रोक्छ

उनीहरूको अविश्वासको कारणले गर्दा इस्राएलका सन्तानहरूले कडा दण्ड पाए। यी मानिसहरूले कहिल्यै त्यो ________ देख्न पाएनन् जुनचाहिँ परमेश्वरले उनीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो (गन्ती १४:२३)। बरु उनीहरूलाई परमेश्वरले वर्षौंसम्म उनीहरू नमरेसम्म उजाडस्थानमै घुमिरहनुपर्ने सजाय दिनुभयो (गन्ती १४:२९)। गन्ती अध्याय १ मा गणना गरिएका ती हजारौं हजार मानिसहरू सबै नै उजाडस्थानमा मरेर जाने भए (यसको लागि करिब ३८ वर्ष लाग्ने भयो)। केवल दुईजना मात्र बाँच्ने र प्रतिज्ञाको देशभित्र पस्ने भए। ती दुईजनाका नामहरू के थिए (गन्ती १४:३०)? १) ____________ २) ____________। बाँकी सबै नै “यसै _________________मा” मर्ने भए (गन्ती १४:३५)।

इस्राएलका सन्तानहरू परमेश्वरका आशिषहरूदेखि बञ्चित भए! तिनीहरू दूध र मह बग्ने त्यो असल देशभित्र पस्नदेखि बञ्चित भए! तिनीहरूले ती बडेमाका मानिसहरूमाथि परमेश्वरले अचम्मसित विजय दिलाउनुभएको देख्न पाएनन्। तर यहोशू र कालेब अर्कै किसिमका मानिस थिए! तिनीहरूले परमेश्वरको प्रतिज्ञालाई बलियो गरी पक्रे र केवल यति विश्वास गरे कि परमेश्वरले जे भन्नुभएको छ त्यो उहाँले पूरा गर्न सक्नुहुन्छ! तिनीहरूले चाहिँ आशिष पाए!

गन्तीको चाबी पद

गन्तीको पुस्तकको मूल विषय हो, अविश्वास! इस्राएलका सन्तानहरूले परमेश्वरलाई विश्वास गरेनन् र यसैकारण गन्तीको पुस्तकले हामीलाई ३८ वर्ष लामो उजाडस्थानको यात्राको बारेमा बताउँदछ (विश्वास नगर्ने अन्तिम व्यक्ति मरेर जान त्यति समय लाग्यो, गन्ती १४:२९-३०)।

पुस्तकको चाबी पद यही अविश्वाससित सम्बन्धित छ। त्योचाहिँ गन्ती १४:११ मा भेटिन्छ – “यिनीहरूले कतिसम्म ममाथि ______________ गर्नेछन्?” परमेश्वर आफैंले यो प्रश्न गर्नुभएको हो! बारम्बार परमेश्वरका जनहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्न मानेनन्। यिनै व्यक्तिहरूको बारेमा हामी हिब्रू ३:१९ मा पढ्छौं – “यसकारण हामी देख्दछौं, ________________को कारणले तिनीहरू प्रवेश गर्न सकेनन्।” इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशभित्र पस्न सकेनन् किनभने तिनीहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्न मानेनन्! परमेश्वरले उनीहरूलाई एक असल देश दिनुहुने असल प्रतिज्ञा गर्नुभएको थियो, तर उक्त प्रतिज्ञाले उनीहरूलाई कुनै फाइदा गरेन। किन फाइदा गरेन (हिब्रू ४:१-२ मा हेर्नुहोस्)? _________________________________________

कहिलेसम्म हामी पनि परमेश्वरलाई विश्वास नगरी बस्ने? के हामी पनि हाम्रो अविश्वासको कारणले परमेश्वरले दिन चाहनुभएका कुराहरूदेखि बञ्चित छौं कि? के हामी परमेश्वरका आशिषहरूदेखि बञ्चित छौं? के हामी विश्वासद्वारा हिड्दैछौं कि हामीलाई आइपर्ने हरेक सानातीना समस्याले गर्दा हामी फिक्रीमा डुब्ने गर्छौं? के परमेश्वर हामीले सामना गर्नु परेका हाम्रा समस्याहरूभन्दा ठूलो हुनुहुन्छ कि ती समस्याहरू परमेश्वरभन्दा ती बडेमाका मानिसहरू जत्रा ठूला देखिन्छन्? त्यतिका हजारौंमध्येबाट दुईजनाले मात्रै परमेश्वरलाई विश्वास गरे। आज हामीलाई यहोशू र कालेबजस्ता मानिसहरूको खाँचो छ! परमेश्वरले तपाईंलाई दिनुभएका थुप्रैमध्ये केही प्रतिज्ञाहरू के-के हुन्? परमेश्वरले हामीलाई प्यालेस्टाइनको भू-भाग दिने प्रतिज्ञा गर्नुभएको त छैन तर आजका विश्वासी जनहरूका लागि उहाँले के-कस्ता प्रतिज्ञाहरू दिनुभएको छ? के तपाईंले ती प्रतिज्ञाहरूलाई पक्रेर तिनलाई व्यक्तिगत बनाउने अठोट गर्नुभएको छ?

व्यवस्था – मोशाको व्यवस्था सम्बन्धी परमेश्वरको टिप्पणी

उजाडस्थानमा ३८ वर्ष बितेपछि विश्वास नगर्ने अन्तिम व्यक्तिको मृत्यु भयो। पुरानो पुस्तामध्येबाट केवल यहोशू, कालेब र मोशा मात्र जीवित थिए। बाँकी सबै कम उमेरका थिए किनभने पहिलो गणना गरिँदा उनीहरू २० वर्ष पुगेकै थिएनन्। कम उमेरका पुस्ता यिनै थिए। इस्राएलका सन्तानहरूले लाल समुद्रलाई पार गर्दा यिनीहरूमध्ये कतिचाहिँ युवा थिए। त्यसबेला अरुचाहिँ बच्चै थिए। अनि कति त जन्मेका पनि थिएनन्। व्यवस्थाको पुस्तकको सुरुमा हामी इस्राएलले लाल समुद्र पार गरेको करिब ४० वर्ष पछाडिको घटना पढ्दछौं। त्यतिखेर नयाँ पुस्ता हुर्केर बढिसकेको थियो र पुरानो पुस्ता मरेर गइसकेको थियो।

पुस्तकको नाम

यहाँ नयाँ पुस्तालाई दोस्रो पटक परमेश्वरको व्यवस्था दिइएकोले यस पुस्तकलाई “व्यवस्था” (अङ्ग्रेजीमा Deuteronomy को अर्थ दोस्रो व्यवस्था हुन्छ)। निकै वृद्ध भइसकेका मोशाले यस पुस्तालाई होशियारसित व्यवस्थालाई दोहोर्‍याएर सुनाउँछन् र त्यसको व्याख्या गर्छन्। यी मानिसहरू प्रतिज्ञाको देशभित्र पस्नेवाला थिए। पुरानो पुस्ता प्रतिज्ञाको देशभित्र पस्न पाएनन्।

आज पनि व्यवस्थाहरू (नियम-कानूनहरू) नयाँ पुस्तालाई बयान गरिदिन, दोहोर्‍याएर सिकाउन आवश्यक पर्छ। यो कुरा देशका नियम कानूनहरूको सवालमा पनि साँचो हुन्छ। देशको संविधानलाई हरेक पुस्ताले बुझ्नु खाँचो पर्छ। संविधान लेख्ने व्यक्तिहरूको पुस्ताका मानिसहरूले संविधानलाई सायद राम्रो गरी बुझ्न सक्लान्। परमेश्वरले सीनै पर्वतमा आफ्नो व्यवस्था दिनुहुँदा पनि त्यस्तै थियो। परमेश्वरले मोशालाई व्यवस्था दिनुहुँदा नयाँ पुस्ताचाहिँ उपस्थित थिएनन् (यदि उपस्थित थिए भने तिनीहरू कि युवा कि बच्चै थिए)। मोशाले तिनीहरूलाई परमेश्वरको व्यवस्था नयाँ र ताजा किसिमले सिकाइदिनु आवश्यक थियो। अनि मोशाले ठीक त्यसै गरे!

साथै, व्यवस्थाको पुस्तक मोशाले लेखेको अन्तिम पुस्तक हो। यस पुस्तकमा इस्राएलका सन्तानहरूसित मोशाले बोलेका उनका आखिरी वचनहरू पाउँछौं।मोशाको मृत्युको साथसाथै पुस्तकको पनि अन्त हुन्छ। त्यसैले हामी यस पुस्तकमा आफू मर्नुअघि मोशाले बोलेका उनका आखिरी वचनहरू पढ्दछौं।

सबैभन्दा ठूलो आज्ञा

मत्ती २२:२६-२८ मा येशूले पहिलो र सबभन्दा ठूलो आज्ञा के हो भनेर भन्नुभयो? यो आज्ञा व्यवस्थाको छैटौं अध्यायमा भेटिन्छ। कुनचाहिँ पदमा? _________

मानिसले परमेश्वरप्रति आफ्नो प्रेम कसरी प्रकट गर्दछ? निम्न पदहरू पढ्नुहोस्। यी सबै पदहरूले परमेश्वरलाई प्रेम गर्ने कुरा गर्दैछन्। परमेश्वरलाई प्रेम गर्ने कुरा उल्लेख गरेपछि हरेक पदले के भन्दछ?

व्यवस्था ५:१० __________________________________

व्यवस्था ७:९ ___________________________________

व्यवस्था ११:१ __________________________________

त्यसैले एक व्यक्तिले परमेश्वरलाई आफ्नो प्रेम कसरी देखाउँदछ? ________________________________________ ________________________। यूहन्ना १४:१५,२१,२३ मा के येशूले पनि यही कुरा बताउनुभयो? ______________। व्यवस्थाको पुस्तकमा एउटा मूल विषय यही हो: आज्ञापालन। हामीले परमेश्वरलाई हाम्रो प्रेम उहाँको आज्ञापालन गरेर र उहाँले भन्नुभएको कुरालाई मानेर नै देखाउँदछौं।

परमेश्वरको आज्ञा पालन गर्न सक्न अगाडी हामीले पहिला मुक्ति पाउनु खाँचो छ! एउटा मुक्ति नपाएको व्यक्तिले यो महसूस गर्नैपर्छ: “म परमेश्वरको आज्ञापालन गर्न असफल भएको छु!म परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न असफल भएको छु। मैले परमेश्वरका आज्ञाहरू उल्लङ्घन गरेको छु। म व्यवस्था भङ्ग गर्ने एउटा दोषी व्यक्ति हुँ!” तर मुक्ति नपाएको र दोषी व्यक्तिको निम्ति त्यहाँ एउटा खुशीको खबर छ! येशू ख्रीष्ट पापीहरू र व्यवस्था भङ्ग गर्नेहरूलाई बचाउनालाई संसारमा आउनुभयो (१ तिमोथी १:१५)। मुक्ति नपाएको व्यक्तिले पालन गर्नुपर्ने सबैभन्दा पहिलो आज्ञा के हो (१ यूहन्ना ३:२३ को पहिलो भागलाई हेर्नुहोस्)? ___________________________________________________। के तपाईंले त्यसो गर्नुभएको छ? जब मुक्ति नपाएको व्यक्तिले यो पहिलो आज्ञा पालन गर्दछ, तब नै उसले मुक्ति पाउँदछ! तब उसले परमेश्वरका अरु आज्ञाहरू पालन गर्न सिक्न थाल्दछ! के तपाईं आज्ञा पालन गर्न सिक्दै हुनुहुन्छ?

आशिष र श्राप

व्यवस्थाको पुस्तकको चाबी खण्ड व्यवस्था ११:२६-२८ मा भेटिन्छ। परमेश्वरका जनहरूले आशिष र श्राप, दुइटामा एउटा रोज्नैपर्छ (पद २६)। के गरे भने उनीहरूले आशिष पाउँछन् (पद २७)? _______________________। के गरे भने उनीहरूले श्राप पाउँछन् (पद २८)? __________________________। आज पनि परमेश्वरका जनहरूले दुइटामा एउटा रोज्नैपर्छ:

“आज्ञा मान, भरोसा गर
अरु उपाय छैन, ख्रीष्टमा खुशी हुन!”

परमेश्वरले भन्नुभएको कुरा मान्नु नै विश्वासीको प्राणको लागि सबैभन्दा उत्तम औषधी हो! परमेश्वरबाट तपाईं कुनचाहिँ चाहनुहुन्छ? उहाँको आशिष कि उहाँको श्राप?

येशू नै सिद्ध नमूना हुनुहुन्छ

येशूले सिद्धरूपमा परमेश्वरको आज्ञापालन गर्नुभयो!येशूले सिद्धरूपमा व्यवस्थाको पुस्तकमा भएका सबै आज्ञाहरू पालन गर्नुभयो। शैतानले उहाँलाई परीक्षा गर्दा, उहाँले तीन-तीन पटक व्यवस्थाको पुस्तकलाई उद्दृत गर्नुभयो (“यो लेखिएको छ”, “यो लेखिएको छ”, “यो लेखिएको छ” – हेर्नुहोस् मत्ती ४:४,७,१०)। मानिस रोटीले मात्र बाँच्दैन भनी बताउने व्यवस्था ८ अध्यायको पद भेट्टाउन सक्नुहुन्छ? पद ______। व्यवस्था ६ अध्यायको कुन पदमा हामीले परमप्रभुलाई परीक्षा गर्नुहुँदैन अथवा उहाँको जाँच गर्नुहुँदैन भनेर बताइएको छ? पद ______। मानिसले परमप्रभुको मात्र उपासना गर्नुपर्छ र भय मान्नुपर्छ भनेर बताउने व्यवस्था ६ अध्यायको पद कुन हो? पद _______

* * * * * * *

एक पुनरावलोकन: (१) उत्पत्ति – म नयाँ गरी जन्में! म एक नयाँ सृष्टि हुँ (२ कोरिन्थी ५:१७)! (२) प्रस्थान – परमेश्वरले मलाई पापको भयङ्कर दासत्वबाट छुटाउनुभयो (यूहन्ना ८:३२-३६)! (३) लेवी – ख्रीष्टको बलिदानको कारणले म पवित्र परमेश्वरको उपासना गर्न सक्दछु (१ पत्रुस ३:१८)। (४) गन्ती – मैले परमेश्वरका प्रतिज्ञाहरूलाई विश्वास गर्नुपर्दछ। विश्वास चाबी कुरा हो (हिब्रू ३ र ४)। (५) व्यवस्था – मैले परमेश्वरका आज्ञाहरू पालन गर्नुपर्दछ। आज्ञापालन चाबी कुरा हो (यूहन्ना १४:१५,२१,२३)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

उत्पत्ति र प्रस्थान

उत्पत्ति र प्रस्थान

 

उत्पत्ति – शुरुआतहरू सम्बन्धी पुस्तक

बाइबलकै सबभन्दा पहिलो पुस्तकको नाम के हो ? ____________। यस नामको अर्थ के हो? “उत्पन्‍न हुनु” भन्‍ने क्रियापदबाट उत्पत्ति भन्ने शब्द आउँछ जसको अर्थ “जन्मनु”, “जन्माउनु” भन्‍ने हुन्छ। तसर्थ यस शब्दले कुनै कुराको उद्‍भव वा अस्तित्वमा आउने काम वा कुनै कुराको शुरुआत जनाउँछ। (टिप्पणी: उत्पत्ति भन्‍ने शब्द हिब्रूको תלדות (टोल्डोथ) भन्‍ने शब्दसँग सम्बन्धित छ जसलाई नेपाली बाइबलमा विभिन्‍न प्रकारले अनुवाद गरिएको छ – “सृष्टिको वृत्तान्त” (उत्पत्ति २:४) “वंश विवरण” (उत्पत्ति ५:१), “वृत्तान्त” (उत्पत्ति १०:१; ११:१०; ११:२७: २५:१२ आदि)। सृष्टिका यावत् थोकहरू कसरी हुन आए? सम्पूर्ण कुराहरूको शुरुआत कसरी भयो? तमाम वस्तुहरूको थालनी कसरी भयो? सम्पूर्ण कुराहरू कसरी शुरु भए? उत्पत्तिको पुस्तकले यी प्रश्‍नहरूको जवाफ दिन्छ। उत्पत्तिको पुस्तक शुरुआतहरू सम्बन्धी पुस्तक हो।

चावी पद

उत्पत्तिको पुस्तक शुरुआतहरूको पुस्तक हो भनेर हामीले कसरी यादमा राख्‍न सक्छौं? हामीले केवल उत्पत्तिकै पहिलो पदलाई सम्झे पुग्छ – “_______मा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” “आदि” को अर्थ हो “थालनी, शुरु”। शुरुमै परमेश्‍वर हुनुहुन्थ्यो! बाइबलको शुरुमै हामी परमेश्‍वरलाई भेट्टाउँछौं!

परमेश्‍वर को हुनुहुन्छ?

बाइबलको शुरुमै परमेश्‍वर प्रस्तुत हुनुभएको पाउँछौं र बाइबलको पहिलो पुस्तकले हामीलाई परमेश्‍वर को हुनुहुन्छ भनेर बताउँछ!

उहाँ सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति १-२)!
उहाँ मुक्तिदाता परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति ३:१५,२१)!
उहाँ न्यायकर्ता परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति ६-८)!
उहाँ जाति-जातिका परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति ९-११)!
उहाँ इस्राएलका परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति १२-५०)!

उत्पत्तिमा उल्लेख भएका उहाँका नामहरूबाट पनि परमेश्‍वरको बारेमा सिक्दछौं। उहाँ ____________ परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति १४:१८)। उहाँभन्दा महान्, उहाँभन्दा उच्च कोही छैन! उहाँ __________________ परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति १७:१)। के परमप्रभुको निम्ति कुनै कुरा कठिन छ (उत्पत्ति १८:१४)? ______। उहाँ _____________ परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति २१:३३) जसको न ता शुरु छ न अन्त। बाइबलकै सबभन्दा पहिलो पुस्तकमा परमेश्‍वरले आफ्नो परिचय दिनुभएको छ!

उत्पत्तिको पुस्तक लेख्‍ने को थिए?

उत्पत्तिको पुस्तक परमश्‍वरको वचन हो (हेर्नुहोस्, अध्याय १)। आफ्नो वचनको यो खण्ड लेख्नलाई परमेश्‍वरले कसलाई प्रयोग गर्नुभयो? बाइबलको पहिलो पाँचओटा पुस्तकहरू मोशाले लेखेका हुन्। यी पुस्तकहरूलाई समग्रमा “मोशाको पुस्तक” वा “व्यवस्था” भन्ने गरिन्छ। प्रभु येशूले यूहन्‍ना ५:२६ र लूका २४:२७, ४४ मा मोशाले ती पुस्तकहरू लेखेका थिए भन्दै तिनका विषयवस्तुको चर्चा गर्नुभयो।

शुरुआतहरूका पुस्तक

मान्छेले विवाह किन गर्नुपर्छ? मान्छे किन मर्छ? संसारमा आज किन थुप्रै भाषाहरू छन्? संसारका राष्ट्रहरू र जातिहरू कहाँबाट आए? उत्पत्तिको पुस्तकलाई ठीकसँग नबुझेसम्म कसैले पनि यी प्रश्‍नका जवाफ दिन सक्दैन। जोडा मिलाउनुहोस्:

Table 2-1

प्रथम र अन्तिम

कुनै पनि कथाको शुरु र अन्त हुन्छ। मानौं तपाईंले एउटा कथाको किताब भेट्टाउनुभयो जसको शुरुका दश पन्‍नाहरू हराएका रहेछन्। तपाईंलाई त्यो कथा बुझ्न कठिन हुनेछ किनकि त्यसको शुरुआत नै तपाईंलाई थाहा छैन! उत्पत्तिको पुस्तकबिना बाइबल एक अपूर्ण पुस्तक हुनेथ्यो। बाइबल शुरुआतबिना हुनेथ्यो। उत्पत्तिको पुस्तकले बाइबलका अन्य सबै पुस्तकको परिचय दिने काम गर्दछ र उत्पत्तिबिना अन्य पुस्तकहरू बुझ्न कठिन हुनेथ्यो।

बाइबल उत्पत्तिबाट शुरु हुन्छ र प्रकाशमा पुगेर अन्त हुन्छ। उत्पत्तिमा थालनी भएको कुरा प्रकाशमा पुरा हुन्छ। सब थोकको शुरुआत कसरी भयो, उत्पत्तिले बताउँछ; सब थोकको अन्त कसरी हुनेछ, प्रकाशले बताउँछ। उत्पत्तिचाहिँ जग हो जसमाथि बाँकी सबै पुस्तकहरू अडेका छन्; प्रकाशचाहिँ छाना हो जसले भवनलाई पूर्ण तुल्याउँछ। निम्न तालिकाले यस कुरालाई प्रस्ट पार्छ:

Table 2-2

महान् घटनाहरू

उत्पत्तिको पुस्तकले हाम्रो संसारमा घटेका धेरैओटा महान् र महत्त्वपूर्ण घटनाहरूको बारेमा बताउँछ। उत्पत्तिको पुस्तकका कुन कुन अध्यायहरूले निम्नलिखित घटनाहरूको बयान गर्छन् (उदाहरणस्वरूप पहिलोलाई यहाँ पूरा गरिएको छ):

Table 2-3

कुन चाहिँ पहिला आयो?

केवल उत्पत्तिको पुस्तकले मात्रै शुरुआत सम्बन्धी अप्ठ्यारा प्रश्‍नहरूको जवाफ दिन सक्छ। विज्ञानसँग यस्ता जवाफहरू छैनन्, तर परमेश्‍वरसँग छ। बाइबलकै पहिलो अध्यायमा जाऔं अनि हाम्रा विभिन्‍न प्रश्‍नहरूको जवाफ त्यहाँ के पाउँछौं, हेरौं:

उत्पत्ति अध्याय १ मा परमेश्‍वरले भन्‍नुभए अनुसार…

कुनचाहिँ पहिला आयो, घाम कि पृथ्वी? ____________
कुनचाहिँ पहिला आयो, घाम कि जून? ______________
कुनचाहिँ पहिला आयो, बनस्पति कि पशु? ___________
कुनचाहिँ पहिला आयो, जल-प्राणी कि स्थल-प्राणी? _____________________
कुनचाहिँ पहिला आयो, घस्रिने जन्तुहरू कि पक्षीहरू? _____________________
कुनचाहिँ पहिला आयो, घाम कि बनस्पति? ______________
कुनचाहिँ पहिला आयो, चल्ला कि अण्डा? ______________।(परमेश्‍वरले चल्लाको सृष्टि गर्नुभएको थियो कि अण्डाको?)

बाइबलको बीजारोपणको थलो

उत्पत्तिको पुस्तक बाइबलको बीजारोपणको थलो हो। उत्पत्तिको पुस्तकमा बीजहरू रोपिन्छन् अनि अन्य पुस्तकहरूमा ती बीजहरू ठूला बिरूवा र रूखहरूको रूपमा बढेर गएका देखिन्छन्। अन्य पुस्तकहरूमा हामी यी बिरूवा र रूखहरूका विषयमा सिक्न सक्छौं (जस्तै; पाप, शैतान, इस्राएल, मुक्तिदाता सम्बन्धी प्रतिज्ञा), तर ती बिरुवा र रूखहरूका बिजन भने उत्पत्तिकै पुस्तकमा भेटिन्छन् भन्ने कुरा हामीले नबिर्सौं। अन्य पुस्तकहरूमा हामी तिनीहरूलाई बढ्दै गएको देख्छौं तर उत्पत्तिमा भने तिनीहरूको बीजारोपण भएको देख्छौं।

विश्‍वभरिका वंशहरू

उत्पत्तिको पुस्तकले हामीलाई विश्वभरिका वंशहरूको बारेमा बताउँछ। पहिला हामी आदमको वंशको बारेमा र तिनीहरू कसरी दुष्ट बने भनेर सिक्दछौं। नूहका तीन छोराहरू थिए; यी तीन छोराहरूबाट विश्‍वभरिका सम्पूर्ण वंशहरू आए (उत्पत्ति ९:१९; १०:३२)। उत्पत्ति १२ अध्याय र त्यसपछाडिका खण्डहरूमा हामी अब्राहामको वंशको बारेमा सिक्दछौं। महान् राष्ट्र इस्राएल अब्राहामबाटै आयो (उत्पत्ति १२:२)।

मुक्तिदाताको प्रतिज्ञा

मुक्तिदाता सम्बन्धी पहिलो प्रतिज्ञा उत्पत्ति ३:१५ मा पाइन्छ। उक्त पदले मुक्तिदाता (मसीह) स्त्री (हव्वा) को बीजबाट आउनुहुनेछ र सर्प (शैतान) लाई पराजित गर्नुहुनेछ भन्‍ने कुरा बताउँछ। हामी उत्पत्तिको पुस्तकमा मुक्तिदाताको वंशावली अर्थात ख्रीष्ट (मसीह) को पूर्ख्यौलीलाई देख्न थाल्छौं। हामी लूका ३:३३-३८ मा ख्रीष्टका पूर्खाहरू हव्वा, सेथ, नूह, शेम, तेरह, अब्राहाम, इसाहक, याकूब र यहूदा थिए भन्‍ने देख्दछौं। हामी यी व्यक्तिहरूका विषयमा उत्पत्तिको पुस्तकमा पढ्दछौं।

एक समयानुकूल पुस्तक

म कहाँबाट आएँ? के म बाँदरबाट विकसित हुँदै आएको हुँ? कि म एक सर्वशक्तिमान् परमेश्‍वरद्वारा सृष्टि गरिएको हुँ? उत्पत्तिको पुस्तकले यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन्छ। आफू कहाँबाट आएँ भनी नजान्‍ने व्यक्तिहरू आफू किन यहाँ छु र कहाँ जाँदैछु भन्‍ने कुरा पनि सामान्यतया जानेका हुँदैनन्! उनीहरूलाई जीवनको कुनै अर्थ भएको लाग्दैन। उत्पत्तिको पुस्तकले हामीलाई हाम्रो वरिपरिको संसारको वास्तविक अर्थ जान्‍न मद्दत गर्दछ। उत्पत्तिको पुस्तकलाई बेवास्ता गर्नेहरू आफूहरू बसेको संसार र आफ्नो शुरुआतको सम्बन्धमा अनभिज्ञ हुन्छन्।

तपाईं आफू बसेको संसारको विषयमा विचार गर्ने क्रममा निम्नलिखित कुराहरूको विषयमा विचार गर्नुहोस् अनि यी कुराहरूको बारेमा बुझ्न उत्पत्तिको पुस्तकले तपाईंलाई कसरी मद्दत गर्दछ भनेर बताउनुहोस् –

Table 2-4

मेरो शुरुआत

उत्पत्ति शुरुआतहरूको पुस्तक हो। मेरो शुरुआत कहिले भयो नि? आफ्नो भौतिक जीवनको विचार गर्ने क्रममा म यो महसुस गर्दछु – परमेश्‍वरले मलाई सृष्टि गर्नुभएकै हो! म कुनै सञ्जोगको परिणाम होइन! परमेश्‍वरले आदम र हव्वालाई धेरै अगाडि सृष्टि गर्नुभयो र त्यसबेला नै मलाई परमेश्‍वरले आफ्नो मनसायमा राखिराख्‍नुभएको थियो। भविष्यमा मेरो जन्म हुनेछ भनी परमेश्‍वर अघिबाटै जान्‍नुहुन्थ्यो। यो सब परमेश्‍वरको सिद्ध योजनामा भएको हो!

बुद्धिमा सर्वसम्पन्‍न, सर्वशक्तिमान् परमेश्‍वरद्वारा म सृजिएको हुँ; मेरो जन्म ______ वर्ष अगाडि भयो। मेरो आत्मिक जीवनको शुरुआत कहिले भयो नि? के म नयाँ गरी जन्मेको छु (युहन्‍ना ३:१-७)? __________।के म ख्रीष्टमा एक नयाँ सृष्टि बनेको छु (२ कोरिन्थी ५:१७)? _____________। के मैले अनुग्रहद्वारा मुक्ति पाएको छु (एफेसी २:८-९)? _____________।के म ख्रीष्ट येशूमा सृजना गरिएको छु (एफेसी २:१०)? ____________। एक व्यक्तिले आफूले ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा ग्रहण गरेको दिनलाई फर्केर हेर्न सक्दछ र भन्‍न सक्दछ, “यो नै मेरो आत्मिक जीवनको शुरुआत थियो! परमेश्‍वरले मलाई ख्रीष्टमा एक नयाँ सृष्टि बनाउनुभयो! आकाश र पृथ्वी सृष्टि गर्नुहुने परमेश्‍वरले नै मेरो प्राणलाई बचाउनुभएको छ! परमेश्‍वरले गरिदिनुभएको कामको कारण वर्तमानमा नै मसँग अनन्त जीवन छ!”

प्रस्थान – परमेश्‍वरद्वारा निर्गमित जाति

मोशाको दोस्रो पुस्तक

प्रस्थानको शाब्दिक अर्थ हो, एक ठाउँबाट अर्को ठाउँमा जाने काम, बाहिर जाने काम अर्थात् निर्गमन। प्रस्थान भन्ने शब्दलाई विचार गर्दा हामीले त्यो समयलाई सम्झनुपर्छ जब परमेश्‍वरले आफ्नो जाति इस्राएललाई दासत्वबाट बाहिर निकाल्नुभएको थियो। “‍एक्सोडोस्” (εξοδος) भन्ने ग्रीक शब्द हिब्रू ११:२२ मा पाइन्छ – “विश्‍वासैद्वारा यूसुफले मर्न लाग्दा इस्राएलका सन्तानहरूको __________ _______ विषयमा चर्चा गरे” (टिप्पणी: “निस्केर जाने”‍ = ग्रीकमा “एक्सोडोस्”)। यूसुफको पालामा इस्राएलका सन्तानहरू मिश्रदेशमा थिए तर एक दिन परमेश्‍वरले उनीहरूलाई बाहिर निकाल्नुहुनेछ अनि उनीहरू त्यो दास्तवको देशबाट प्रस्थान गर्नेछन् भनेर यूसुफलाई थाहा थियो! यो नै प्रस्थानको पुस्तकको मुख्य विषयवस्तु हो – “इस्राएलीहरू मिश्रबाट ____________ (प्रस्थान) तीन महीना भएपछि…” (प्रस्थान १९:१)। परमेश्‍वरले आफ्नो जातिलाई दासत्वदेखि मुक्त गर्नुभयो र मिश्रबाट निकाल्नुभयो। यो मोशाको समयमा पूरा भयो जसको विवरण हामी प्रस्थानको पुस्तकमा पढ्दछौं।

प्रस्थानको पुस्तकको विषयवस्तु के हो?

प्रस्थानको पुस्तकमा हामी पाँचओटा महान् घटनाहरूको बारेमा सिक्दछौं। हामी यी घटनाहरूलाई सारांशमा हेरौं –

१) राष्ट्रको वृद्धि

यूसुफको पालामा इस्राएलीहरू मिश्रदेशमा पहिलो पटक आइपुग्दा उनीहरू जम्माजम्मी कतिजना थिए (प्रस्थान १:५)? ______। उनीहरू विशाल जाति थिएनन्! तर परमेश्‍वरले धेरै अघिबाट यस जातिको वृद्धि गराउनुहुने र उनीहरूको सङ्ख्या समुद्री किनारका बालुवा र आकाशका तारा सरह बनाउनुहुने प्रतिज्ञा अब्राहामसित गर्नुभएको थियो (उत्पत्ति २२:१७)। के परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो (प्रस्थान १:७)?___________। इस्राएलका सन्तानहरू यति धेरै भए कि मिश्रीहरू डराए (हेर्नुहोस् प्रस्थान १:९-१०)। मिश्रका राजाले उनीहरूलाई बढ्न नदिन भ्याएसम्म प्रयास गरे तर के उनको प्रयास सफल भयो (प्रस्थान १:१२, १६-१७)? _______

२) परमेश्‍वरले विपत्तिहरू पठाउनुभयो

अन्तमा मोशाको पालामा इस्राएलका सन्तानहरू मिश्रदेशलाई छोडेर जाने बेला आयो तर राजा फारोले उनीहरूलाई जान दिन मानेनन्। यसकारण परमेश्‍वरले मिश्रदेशलाई एकपछि अर्को विपत्तिले प्रहार गर्नुभयो (भ्यागुताहरू, पानी रगत बनेको, भुसुनाहरू, पिलोहरू, असिना आदि)। हामी यी विपत्तिहरूका बारेमा प्रस्थान ७-१२ मा पढ्न सक्छौं।

३) इस्राएल दासत्वबाट छुटाइयो

परमेश्‍वरले पठाउनुभएको अन्तिम विपत्ति सबभन्दा डरलाग्दो थियो। मिश्रीहरूको हरेक परिवारमा जेठा छोराको मृत्यु भयो। यो भएपछि फारोले इस्राएलका सन्तानहरूलाई जान दिने निर्णय गरे। तर पछि फारोको मन बदलियो र उनले सेना परिचालन गरेर इस्राएलीहरूलाई खेद्‍न थाले तर परमेश्‍वरले आफ्नो जातिलाई लाल समुद्र पार गराउनुभयो अनि मिश्रीहरूलाई लाल समुद्रमा डुबाइदिनुभयो। यो अच्चम्मको छुटकाराको वर्णन प्रस्थान १२-१५ मा पढ्न सकिन्छ।

४) व्यवस्था दिइयो

लाल समुद्र पार गरेर इस्राएलका सन्तानहरू एक उजाड भूमिमा आइपुगे। यहीँ नै, सीनै पर्वतबाट, परमेश्‍वरले इस्राएलका सन्तानहरूलाई आफ्नो व्यवस्था र आज्ञाहरू दिनुभयो। व्यवस्था दिइएको घटना प्रस्थान १९-२३ मा पढ्न सकिन्छ।

५) भेट हुने पालको निर्माण

प्रस्थानको पुस्तकको अन्तिम खण्ड (अध्याय २५ देखि अन्तसम्म) भेट हुने पालको निर्माण सम्बन्धी बयान हो। परमेश्‍वर आफ्ना मानिसहरूको बीचमा बस्न चाहनुहुन्थ्यो जसअनुसार उहाँले मोशालाई भेट हुने पालको निर्माण गर्ने आज्ञा दिनुभयो। भेट हुने पाल एउटा ठूलो तम्बु थियो; प्रस्थानको पुस्तकमा हामी यस तम्बु र यसभित्र भएका सबै सामग्रीहरूको बारेमा सिक्दछौं। आज हाम्रो हातमा भएको बाइबल त्यसबेलाको इस्राएलका सन्तानहरूसँग थिएन। तर उनीहरूसँग त्यो भेट हुने पाल थियो अनि यस विशेष तम्बु मार्फत उनीहरूले प्रभु येशू ख्रीष्ट र उहाँले उनीहरूको निम्ति गरिदिनुहुने कामको बारेमा निश्‍चित कुराहरू जान्‍न सक्थे। उनीहरूले बाइबल पढ्न पाएनन् तर उनीहरूले त्यो भेट हुने पाललाई हेर्न सक्थे र परमेश्‍वरको बारेमा जान्‍न र उहाँकहाँ कसरी आउन सकिन्छ भन्‍ने बारेमा धेरै सत्यताहरू सिक्न सक्थे।

चावी अध्याय

प्रस्थानको पुस्तकको चावी अध्याय हो अध्याय २०। यही अध्यायमा हामी दश आज्ञा भेट्टाउँछौं। तपाईं दशै ओटा आज्ञाहरू भेट्टाउन सक्नुहुन्छ?

यही अध्यायमा हामी प्रस्थानको पुस्तकको चाबी पद पनि भेट्टाउँछौं। प्रस्थान २०:२ लाई पढ्नुहोस् – “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् ___________को देश __________ _______________ ____________।”

प्रस्थानको पुस्तकको चाबी (मूल) विचार हो – छुटकारा अर्थात् उद्धार। परमेश्‍वरले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट छुटाउनुभयो, दासत्वबाट छुटाउनुभयो। परमेश्‍वरले धेरै अघि अब्राहामलाई भन्‍नुभएको थियो, इस्राएलका सन्तानहरू कुनै एउटा देशमा _______ _______ वर्षसम्म कमारा-कमारी हुनेछन् (हेर्नुहोस् उत्पत्ति १५:१३)। तर ती वर्षहरू बितेपछि तिनीहरू __________ आउनेछन् (उत्पत्ति १५:१४)। परमेश्वरले उनीहरूलाई छुटकारा दिनुहुनेछ र उक्त दासत्वबाट उद्धार गर्नुहुनेछ भन्ने प्रतिज्ञा गरिएको थियो!

के परमेश्वरले तपाईंलाई छुटकारा दिनुभएको छ?

के परमेश्‍वरले तपाईंलाई कुनै न कुनै अर्थमा छुटाउनुभएको छ? के परमेश्‍वरले तपाईंलाई कुनै अर्थमा निकालेर ल्याउनुभएको छ? के तपाईं दासत्वमा पर्नुभएको छ (युहन्‍ना ८:३४)? यदि तपाईंले उद्धार पाउनुभएको छ भने, तपाईंलाई पमेश्‍वरले केदेखि उद्धार गर्नुभयो अर्थात् केदेखि छुटकारा दिनुभयो? परमेश्‍वरले तपाईंलाई केबाट बाहिर निकालेर ल्याउनुभएको छ?

प्रेरित २६:१८ ________________________________
यूहन्‍ना ५:२४ ________________________________
कलस्सी १:१३ ________________________________
भजनसङ्ग्रह ४०:२ _____________________________
१ पत्रुस २:९ ________________________________

के महान् उद्धारकले तपाईंको उद्धार गर्नुभएको छ वा तपाईंलाई छुटाउनुभएको छ? के महान् मुक्तिदाताले तपाईंलाई मुक्त गर्नुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)