तपाईं नि?
तपाईं नि?
हामीले बाह्र प्रेरितहरूको अध्ययन गर्यौं। हामीले मत्थियास, याकूब र पावलको पनि अध्ययन गर्यौं। यी मानसिहरू के कति कारण विशेष थिए? यी मानिसहरू के कति कारण अरूभन्दा फरक थिए? यी मानिसहरू के कति कारण सफल भए?
तपाईं नि? के तपाईं पनि हामीले अध्ययन गरेका यी मानिसहरू जस्तै बन्नु सम्भव छ? के तपाईं प्रभु येशू ख्रीष्टको चेला बन्नु सम्भव छ? आज पनि प्रभु येशूले पुरुष, महिला, युवा, युवती, बाल, बालिकालाई “मेरो पछि लाग” (हेर्नुहोस्, लूका ५:२७) भन्दै बोलाउनुहुन्छ। के त्यसो गर्नलाई तपाईंले निर्णय गर्नुभयो? ख्रीष्टलाई पछ्याउनु भनेको के हो?
साधारण मानिसहरू
हामीले यी पाठहरूमा अध्ययन गरेका मनिसहरू तपाईं जस्तै साधारण मानिसहरू थिए। तिनीहरूसित विशेष र असाधारण शक्ति थिएन। तिनीहरू उच्च घराना वा धनाढ्य परिवारहरूमा जन्मेका थिएनन्। तिनीहरू उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू थिएनन्। तिनीहरू सामान्य मानिसहरू थिए। तरैपनि यी मानिसहरू परमेश्वरको दृष्टिमा साथै मानिसहरूको दृष्टिमा महान् व्यक्तिहरू बने।
यी मानिसहरूको महानताको एउटा उदाहरणलाई हेरौं। लूका ३:१ मा हामीलाई एकजना रोमी सम्राटको नाम बताइएको छ; येशू प्रभु यस संसारमा हिँडडुल गर्नुहुँदा यिनै सम्राट संसारमाथि शासन गर्दथे। उनको नाम थियो _____________ सिजर (लूका ३:१)। यी मानिसले रोमी साम्राज्यमाथि २० वर्षभन्दा बढी राज्य गरे। त्यस बेला उनी सम्भवतः संसारकै सबभन्दा शक्तिशाली व्यक्ति थिए।
तिबेरियासको बारेमा तपाईंलाई कत्तिको थाह छ? उनले के कस्ता काम गरे र के कस्ता कुरा बोले, के तपाईंलाई थाहा छ? तपाईंलाई उनको जीवनको बारेमा कुनै कुरा थाहा छ त? उनको मृत्युको बारेमा? पत्रुस र पावलको बारेमा चाहिँ तपाईंलाई कत्तिको थाहा छ? तपाईंलाई महान् तिबेरियासको बारेमा भन्दा पत्रुस र पावलकै बारेमा बढी थाहा छ। कतिपय अख्रीष्टियनहरूलाई समेत पत्रुस र पावलको बारेमा केही न केही कुराहरू थाहा हुन्छ तर तिबेरियासको बारेमा उनीहरूलाई एउटै कुरा थाहा हुँदैन। के तपाईं पत्रुस वा पावल वा यूहन्ना वा याकूब नाउँ राखिएका व्यक्तिहरूलाई चिन्नुहुन्छ? तिबेरियास नाम गरेको चाहिँ कतिजना चिन्नुहुन्छ?
यी चेलाहरूको महानता एक विशेष किसिमको महानता थियो। उनीहरू सामान्य र साधारण मानिस थिए, तर परमेश्वरले उनीहरूलाई महान् बनाउनुभयो। उनीहरूको रहस्य के थियो? कुन कुराले यी मानिसहरूलाई त्यस्तो विशेष र फरक बनायो?
प्रेरित ४:१३ पढ्नुहोस्। पत्रुस र यूहन्ना उनीहरूका शत्रुका सामु थिए। सुसमाचार प्रचार गरेका हुनाले उनीहरू पक्राउ परेका थिए (पद २-३)। उनीहरूलाई पक्रने यहूदी धर्मगुरूहरू पत्रुस र यूहन्ना “अनपढ र ____________ मानिसहरू” (प्रेरित ४:१३) हुन् भनी जान्दथे। यसको मतलब पत्रुस र यूहन्ना सामान्य, साधारण मानिसहरू थिए। उनीहरूले त्यसबेलाका नामुद प्रशिक्षण केन्द्रहरूमा शिक्षा हासिल गरेका थिएनन्, तर उनीहरूका शत्रुहरू समेतले पत्रुस र यूहन्नासित एउटा अति विशेष गुण भएको महसुस गरेका थिए। “उनीहरूचाहिँ _________का साथमा रहेका छन् भनी तिनीहरूले उनीहरूलाई चिने” (प्रेरित ४:१३)! यदि दुईजना सामान्य मान्छे (पत्रुस र यूहन्ना) लाई लिएर येशूसित साथमा राखेको खण्डमा तिनीहरू दुईजना ज्यादै असामान्य व्यक्तिहरू बन्न पुग्दा रहेछन्!
के तपाईंलाई थाहा छ, प्रभु येशूले तपाईंको जीवनमा पनि यस्तै भिन्नता ल्याउन सक्नुहुन्छ? तपाईं एउटा विशेष व्यक्ति नहुनु होला। तपाईसित ठूलो क्षमता नहोला स्कूलमा तपाईं प्रथम श्रेणीको विद्यार्थी नहुनु होला। तपाईं एक साधारण (ORDINARY) व्यक्ति हुनु होला, तर तपाईंको जीवनमा ठूलो भिन्नता ल्याउन चाहनुहुने एकजना ज्यादै विशेष र असाधारण (EXTRAORDINARY) मुक्तिदाता हुनुहुन्छ।
के तपाईंले प्रभुलाई आफ्नो जीवनमा काम गर्न दिँदैहुनुहुन्छ? परमेश्वरले कुनै व्यक्तिद्वारा एउटा ठूलो काम गर्न चाहनुहुँदा उहाँले उसको क्षमता (ABILITY) खोज्नुहुन्न। क्षमता परमेश्वरसित हुने कुरा हो, मान्छेसित होइन। परमेश्वरलाई केवल तपाईंको समर्पणता (AVAILABILITY) चाहिएको छ। परमेश्वर प्रयोगयोग्य (USABLE) व्यक्ति खोज्दैहुनुहुन्छ। परमेश्वर, तपाईं उहाँको निम्ति प्राप्य (ACCESSIBLE) भएको चाहनुहुन्छ; तपाईंलाई पाउन र तपाईको जीवनमा र हृदयमा उहाँ काम गर्न चाहनुहुन्छ।

डाक्टरले शल्यक्रिया गर्दाखेरि लाउने रबरको पञ्जालाई विचार गरौं। के त्यस्तो पञ्जासित शल्यक्रिया गर्ने क्षमता हुन्छ? ______। यदि त्यस्तो पञ्जा डाक्टरलाई उपलब्ध र प्राप्य छ भने के डाक्टरले त्यसलाई प्रयोग गरेर शल्यक्रिया गर्न सक्नेछ? ___________। के डाक्टरले मैलो पञ्जा प्रयोग गर्न चाहने छ? ____________। के प्रभुले आफ्ना चेलाहरू सफा रहेको चाहनुहुन्छ ताकि तिनीहरू उहाँको हातमा प्रयोगयोग्य होऊन् (यूहन्ना १३:८)? _______________।
जब परमेश्वरले मान्छे खोज्नुहुन्छ, उहाँले धनी वा शक्तिशाली वा विशेष वा शिक्षित व्यक्ति खोज्नुहुन्न। परमेश्वरलाई महत्त्वपूर्ण लाग्ने कुरा ती कुराहरू होइनन्। जब परमेश्वरले मान्छे खोज्नुहुन्छ, उहाँले प्राप्य (AVAILABLE) व्यक्तिहरू खोज्नुहुन्छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई रोज्नुहुँदा उहाँले दुईचारजना मछुवाहरू रोज्नुभयो, एकजना महसूल उठाउनेलाई रोज्नुभयो र एकजना क्रान्तिकारीलाई रोज्नुभयो! यी मानिसहरू केवल साधारण मानिस थिए, साधारण मानिसहरू जसले आफूहरूलाई एक ज्यादै असाधारण मुक्तिदाताका निम्ति प्राप्य बनाए!
१ कोरिन्थी १:२६ पढ्नुहोस्। परमेश्वरले धेरैजना ____________ वा धेरैजना ___________ वा धेरैजना ____________ बोलाउनुहुन्न। उहाँले ज्यादै साधारण मानिसहरूलाई नै बोलाउनुहुन्छ: “तर परमेश्वरले बुद्धिमानहरूलाई शर्ममा पार्नाका निम्ति संसारका ________ कुराहरू [पत्रुस, यूहन्ना र मत्ती जस्ताहरू] लाई ____________ छ; अनि _____________ कुराहरूलाई शर्ममा पार्नाका निम्ति परमेश्वरले संसारका _____________ कुराहरूलाई चुन्नुभएको छ (१ कोरिन्थी १:२७)। मान्छेको बुद्धि र शक्तिले हुने होइन। परमेश्वरले मूर्ख र कमजोरहरूलाई लिएर तिनीहरूलाई ज्यादै बुद्धिमान् र शक्तिशाली बनाउन सक्नुहुन्छ!तब, यसको श्रेय र महिमा कसलाई जान्छ (१ कोरिन्थी १:२८-३१)? ___________
चेला हुनलाई चुकाउनुपर्ने मूल्य
कुनै वस्तु महत्त्वको छ भने त्यसलाई पाउन केही खर्च लाग्छ। थोरै खर्च लाग्ने वस्तु प्रायः थोरै महत्त्वकै हुन्छ। एउटा औंठी किन्नलाई तपाईं बजारको फुटपाथमा जान सक्नुहुन्छ वा तपाईं गहना पसलमा जान सक्नुहुन्छ। कुनचाहिँ औंठीको मूल्य बढी हुन्छ? सके, तपाईं कुनचाहिँ औंठी किन्नुहुन्छ? कुनचाहिँ औंठीको बढी पैसा पर्छ?
“दाम अनुसारको माल हुन्छ” भन्ने भनाइ प्रायः साँचो हो। तपाईंले एउटा साइकल रू ५०० मा किन्नुभयो भने त्यो साइकल त्यति राम्रो खाले हुँदैन होला। पक्कै पनि त्यो नयाँ त हुँदैन नै! प्रभु येशूको चेला बन्नु भनेको खर्चिलो कुरा हो र यसको मूल्य ज्यादै ठूलो छ। र यसका लागि तिर्नु पर्ने मूल्य तिर्नु सार्थक छ।
यस अध्ययनमालामा हामीले अध्ययन गरेका ती १२ चेलाहरूलाई विचार गरौं। उनीहरू प्रत्येकले मूल्य तिरे। उनीहरूले आ-आफ्ना परिवारलाई छाडे, आफ्ना पेशालाई छाडे, आफ्ना सम्पत्तिलाई छाडे र उनीहरूले ख्रीष्टलाई पछ्याए। उनीहरूमध्ये धेरैले आफ्नै ज्यानसमेत गुमाएर सहीदको मूल्य तिरे। जसरी पत्रुसले एकपटक भनेका थिए, “हेर्नुहोस्, हामीले __________ कुरा त्यागेका छौं र तपाईंको ________ ____________ छौं” (मर्कूस १०:२८)।
ख्रीष्टलाई पछ्याउन यी सबै कुराहरू त्याग्नु सार्थक थियो त? पत्रुस लगायत अन्य चेलाहरूले मूल्य तिरे, तर अन्तमा उनीहरू गुमाउनेहरू बने कि प्राप्त गर्नेहरू बने (मत्ती १०:३९ पढ्नुहोस्)? याद गर्नुहोस् कुनै पनि मूल्यवान् थोक पाउन खर्च लाग्छ। जसले केही हाल्दैन, उसले प्रायः केही पाउँदैन। जसले धैरै हाल्छ उसले प्रायः धेरै पाउँछ।
मर्कूस १०:२९-३० मा प्रभु येशूका वचनलाई राम्ररी बुझौं। के प्रभु येशूले आफ्ना चेलाहरूलाई उनीहरूले केही पाउने कुराको प्रतिज्ञा गर्नुभयो? ____________। उनीहरूले यही वर्तमान जीवनमा के पाउनेछन्? उनीहरूले भविष्यको आउनेवाला जीवनमा के पाउनेछन्?
आज विश्वासी भएर जिउने बारेमा विचार गर्नुहोस्। के आज विश्वासयोग्य विश्वासी भएर जिउनलाई कुनै मूल्य चुकाउनुपर्छ? के त्यहाँ त्यस्ता कुराहरू छन् जसलाई विश्वासीले “छाड्नुपर्छ” वा परित्याग गर्नुपर्छ? त्यस्तो परित्याग चाहिँ पाउने कुराको तुलनामा सार्थक छ त? एक विश्वासीले यस जीवनमा पाउने कुराहरू के के हुन्? यस जीवनमा विश्वासी हुनु किन सार्थक छ? यस जीवनमा विश्वासीसँग के हुन्छ जुनचाहिँ अविश्वासीसँग हुँदैन? आउनेवाला जीवनमा विश्वासी हुन किन सार्थक छ? आउनेवाला जीवनमा विश्वासीहरूसँग के हुनेछ जुनचाहिँ अविश्वासीहरूसँग हुनेछैन?
पार्थिव सम्पत्तिहरू
हामीले अध्ययन गरेका चेलाहरू धनवान् मानिसहरू थिएनन्। तिनीहरू सम्पत्तिलाई अँगालेर बस्नेहरू थिएनन्। प्रभुलाई पछ्याउनका लागि तीमध्ये कतिजनाले आफ्नो मछुवा पेशालाई छाडे। पछि गएर पत्रुससित कर तिर्नलाई पैसा पनि थिएन (मत्ती १७:२४-२७)। आफ्नो जीवन धान्न पावलले तम्बु बनाउने काम गर्थे (प्रेरित १८:३)। प्रेरित ३:६ अनुसार पत्रुससित धेरै पैसा थियो कि थिएन? ___________
ख्रीष्टलाई पछ्याउनेहरूको बयान लेख्दा पावलले एकपटक एउटा अचम्मको कुरा लेखे: “_______ ___________ जस्ता, तर धेरैलाई ________ बनाउँछौं” (२ कोरिन्थी ६:१०)। यी मानिसहरू गरीब थिए, तर उनीहरूले धेरैलाई धनी बनाउन सक्थे। यो कसरी हुन सक्छ? एकजना गरीब मान्छेले कसरी अरूहरूलाई धनी बनाउन सक्छ? यी चेलाहरूसित के थियो अरूहरूलाई उनीहरूले बाँड्न सक्ने के थियो जुनचाहिँ पैसाले किन्न सक्ने कुनै पनि कुरा भन्दा ज्यादै मूल्यवान् थियो (रोमी ६:२३)? _______________________ __________________________________
२ कोरिन्थी ६:१० मा हामीले सिक्न सक्ने दोस्रो कुरालाई हेरौं। यहाँ चेलाहरूलाई यसरी बयान गरिएको छ: “_______ ________ जस्ता, तरै पनि हामीसँग _______ _______ छन्।” यो कसरी हुन सक्छ? केही नभएर पनि कसरी ऊसँग सब थोक हुन सक्छ? हात खालि भएर पनि त्यो कसरी भरिभराउ हुन सक्छ? यसको जवाफ सरल छ। भौतिक सम्पत्तिको सवालमा चेलाहरू धनी थिएनन्, तर उनीहरूलाई खाँचो पर्ने सबै कुरा उनीहरूसँग थियो।परमेश्वरले उनीहरूका हरेक खाँचोलाई पूरा गरिदिनुभयो (मत्ती ६:२८-३३ मा पढ्नुहोस्), तर आत्मिक सम्पत्तिको सवालमा उनीहरू आत्मिक खरबपतिहरू थिए! उनीहरूसँग “_______ आत्मिक आशिषहरू थिए” (एफेसी १:३)। विश्वासीहरूसँग भएका त्यस्ता कुराहरूमध्ये के के हुन् जुनचाहिँ मुक्ति नपाएकाहरूसँग हुँदैन र जसलाई पैसाले किन्नै सकिन्न? (यीमध्ये केही कुराहरूलाई एफेसी १ अध्यायमा सूचित गरिएको छ)।
मान्छे मरेपछि उसले आफूसित कति पैसा लैजान सक्छ? कति थान जिन्सी? कतिओटा घर वा कति कित्ता जमीन वा कतिओटा गाइवस्तु वा कतिओटा मोटरगाडी? जब एकजना विश्वासीको मृत्यु हुन्छ, के उसको अर्को जीवनमा उसँगै रहिरहने त्यस्ता कुनै सम्पत्तिहरू हुनेछन्? के पार्थिव सम्पत्ति (जुनचाहिँ यस जीवनभरका लागि मात्र हुन्छन्) र अनन्तका सम्पत्ति (जुनचाहिँ सदाका लागि रहनेछन्) का बीच त्यहाँ ठूलो भिन्नता छ?
एक साँचो चेलाले आफूसँग भएका सबै थोक र आफ्ना सारा सम्पत्तिलाई परित्याग गर्नुपर्छ, त्यसलाई बिदा दिनुपर्छ (लूका १४:३३)। बिदा दिनुपर्छ भन्नाले उसले आफ्नो सबै सम्पत्तिहरूलाई बाँडिदिनुपर्छ भनेको होइन, आफ्ना सबै पैसा र लुगा अरूलाई दिनुपर्छ भनेको होइन। तर यसको माने यो हो, विश्वासीले यसरी भन्न सक्नुपर्छ, “मेरो आफ्नो भन्ने कुनै सम्पत्ति छैन। मसँग भएका सबै नै प्रभु येशू ख्रीष्टकै हुन्। म आफू स्वयम् उहाँकै हुँ र मसँग जे जति छ, उहाँकै हो (१ कोरिन्थी ६:१९-२०); यसकारण, म आफूसँग भएका मेरा सम्पत्ति र पैसालाई म ज्यादै होशियारीपूर्वक प्रयोग गर्न चाहन्छु किनकि मसँग भएका सबै थोक बास्तवमा उहाँकै हुन्!” के तपाईं यो भन्न सक्नुहुन्छ? यदि तपाईंको सम्पत्तिमाथि उहाँको अधिकार छैन भने यसको पछाडि कारण के हुन सक्छ भने तपाईं स्वयम् उहाँको नभएको हुन सक्छ!
प्रभुलाई पहिलो स्थान दिइनुपर्छ
पत्रुस वा यूहन्ना वा पावलकहाँ आएर कसैले यसरी सोधे मानौं, “तपाईंको लागि सबभन्दा महत्त्वपूर्ण व्यक्ति को हुनुहुन्छ?” यी मानिसहरूले कस्तो जवाफ दिनेथिए होला? के उनीहरूले जवाफमा “मेरी पत्नी!” भन्ने थिए कि वा “मेरो भाई!” वा “मेरा बाबु”! वा “मेरी आमा!” वा “मेरो मित्र!” भन्ने थिए कि? अहँ, यीमध्ये प्रत्येकले नै एकै खालको जवाफ दिनेथिए: मेरो लागि सबभन्दा महत्त्वपूर्ण व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।
मत्ती १०:३७ लाई राम्ररी पढ्नुहोस्। के आफ्नो बाबु वा आमालाई प्रेम गर्नु गलत हो भनेर प्रभुले सिकाउनुभएको हो? _______। उहाँलाई भन्दा ________ कसैलाई प्रेम गर्नु गलत हो भनेर उहाँले सिकाउनुभएको चाहिँ हो! उहाँ नै पहिलो हुनुपर्छ! हाम्रो पहिलो र सबभन्दा गहिरो भक्ति उहाँले नै पाउनुपर्छ। भी आइ पी भन्ने कुरा सुन्नुभएको होला। भी आई पी भनेको ज्यादै महत्त्वपूर्ण व्यक्ति (अङ्ग्रजीमा भेरी इम्पोर्टन्ट पर्सन)। प्रभु येशू भी आइ पी मात्र हुनुहुन्न। उहाँ यो भन्दा ज्यादै बढी हुनुहुन्छ। उहाँलाई एम आइ पी भनिनुपर्छ— सबभन्दा महत्त्वपूर्ण व्यक्ति (अङ्ग्रेजीमा मोस्ट इम्पोर्टन्ट पर्सन)। के उहाँ तपाईंको लागि मोस्ट इम्पोर्टन्ट पर्सन हुनुहुन्छ?
यदि प्रभुले हाम्रो हृदयमा पहिलो स्थान पाउनुभएको छ भने, हामीले अरूहरूलाई ठीक तरिकाले प्रेम र वास्ता गर्न सक्नेछौं। प्रभुले नै हामीलाई हाम्रा प्रियहरूप्रति जस्तो हुनुपर्ने त्यस्तो छोरा, वा छोरी, दाजु-भाइ वा दिदी-बहिनी, साथी हुनलाई मद्दत गर्नुहुनेछ।
संसारबाट घृणित
यूहन्ना १५:१८-२० अनुसार, प्रभुले चेलाहरूलाई उनीहरूले संसारबाट कस्तो किसिमको व्यवहारको अपेक्षा गर्न सक्छन् भनेर सिकाउनुभयो?___________________________________________ _____________________________________________________
ख्रीष्ट येशूको चेला हुनु भनेको शैतानिक संसारको बीचमा परमेश्वरकै मान्छे हुनु हो। प्रभुलाई साँच्चीकै पछ्याउने र उहाँको सेवा गर्ने मान्छेलाई ख्रीष्टलाई विश्वास नगरी बस्ने संसारले मन पराउँदैन। यस अध्ययनमालामा हामीले अध्ययन गरेका चेलाहरूको विचार गर्नुहोस्। ती सबै नै सताइए, अनि धेरैजना त उनीहरूको विश्वासको खातिर सहीद बनाइए (मारिए)। उनीहरू संसारमा लोकप्रिय थिएनन्। बरू ख्रीष्टले भन्नुभए जस्तै उनीहरू घृणित भए, सताइए।
संसारले सकली विश्वासीहरूलाई कसरी हेर्छ भन्ने कुराको बयान गर्दा पावलले १ कोरिन्थी ४:१३ मा यसरी लेखे, “हामी यस संसारका ___________ र सबै कुराका फोहोर-मैलासरह भएका छौं।” उनको तात्पर्य यो थियो, “संसारले हामीलाई सबभन्दा खराब खाले मान्छेहरू ठान्छन्। तिनीहरूले हामीलाई मानव जातिकै कसर वा फोहोर-मैला ठान्छन्। मान्छेले फोहोर-मैलालाई फ्याँक्न चाहन्छन् किनकि त्यो फोहोर हुन्छ, कुनै कामको हुँदैन; संसारले पनि हामीलाई त्यसरी नै हेर्छ!”
यी वीर, साहसी चेलाहरू संसारबाट घृणित थिए तर ख्रीष्टका निम्ति प्रिय थिए।तपाईं नि? तपाईंलाई कुन कुरा ठूलो लाग्छ — तपाईंलाई संसारले कस्तो ठान्छ भन्ने कुरा कि प्रभुले तपाईंलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा? तपाईं शैतानको सांसारिक प्रणालीको व्यक्ति हुन चाहनुहुन्छ कि ख्रीष्टको महिमित राज्यको भागीदार हुन चाहनुहुन्छ? तपाईं संसारको प्रशंसा चाहनुहुन्छ कि प्रभुको प्रशंसा चाहनुहुन्छ? तपाईं आशिषको सीधा मार्गमा मुक्तिदातालाई पछ्याउन चाहनुहुन्छ कि दुःख र विनाशमा पुर्याउने टेढा मार्गमा संसारलाई पछ्याउन चाहनुहुन्छ? रोजाइ तपाईंकै हातमा छ।
सिकारु
प्रभु येशूको अनुसार साँचो चेला हुनलाई एक व्यक्ति उहाँको _________मा लागिरहनुपर्छ (यूहन्ना ८:३१)। “चेला” को माने हो “शिष्य, विद्यार्थी”। के तपाईं ख्रीष्टको शिष्य हुनुहुन्छ? के उहाँ तपाईंको शिक्षक हुनुहुन्छ? के बाइबल तपाईंको पाठ्य पुस्तक हो? के तपाईं आफ्नो बाइबल आफूसित बोकेर मण्डली सभामा जाने गर्नुहुन्छ? किन गर्नुहुन्छ? वा किन गर्नुहुन्न? हप्ताभरिमा के तपाईं आफ्नो बाइबल खोल्नुहुन्छ? कहिले? किन? पुस्तकहरूको पनि यो पुस्तक तपाईंको लागि कत्तिको महत्त्वपूर्ण लाग्छ? गत हप्तामा प्रभुले तपाईंलाई कुनै कुरा सिकाउनुभएको थियो?
आज्ञाकारीता
येशूले एक पटक यसरी भन्नुभयो, “हे प्रभु, हे प्रभु’ भन्दछौ, र मैले भनेका कुराहरूचाहिँ पालन __________” (लूका ६:४६)। प्रभुलाई म पछ्याउँदैछु भन्ने तर प्रभुको आज्ञा नमान्ने व्यक्तिले केवल आफैंलाई धोका दिँदैछ। चेलाले प्रभुलाई आफ्नो प्रेम कसरी देखाउन सक्दछ (यूहन्ना १४:१५,२१,२३)? _____________ ______________________________________________
म विश्वास गर्दछु भन्नु वा म चेला हुँ भन्नु एउटा कुरा हो। तर आज्ञा पालन गर्दै आफ्नो विश्वासलाई देखाउनु भनेको बेग्लै कुरा हो। विश्वास क्रियाशील छ (सक्रिय छ) भने त्यसलाई आज्ञा पालनमा देख्न सकिन्छ। के तपाईं आज्ञा पालन गर्दै त्यसको आशिषमा रमाउँदै हुनुहुन्छ? तपाईंले घरमा प्रभुको आज्ञा पालन कसरी गर्न सक्नुहुन्छ? स्कूलमा? मण्डलीमा? छरछिमेकमा?
समर्पणता
कोही ख्रीष्टको पछि लाग्न चाहन्छ र उहाँलाई पछ्याउन चाहन्छ भने उसले आफूलाई ___________ गर्नुपर्छ (लूका ९:२३)। यसको तात्पर्य उसले आफैलाई “हुँदैन” भन्नुपर्छ, र उसले ख्रीष्टलाई “हुन्छ” भन्नुपर्छ। उसले “मैले चाहेको अनुसार होइन तर केवल मेरो मुक्तिदाताले चाहनुभएको अनुसार!” भन्नुपर्छ। पलास्टिकबाट निस्कनै नमान्ने, हात छिराउनै नदिने पञ्जालाई डाक्टरले प्रयोग गर्न सक्दैन। “डाक्टर, मलाई भर्नुहोस् र प्रयोग गर्नुहोस्। तपाईं जे चाहनुहुन्छ म त्यही गर्नेछु” भन्ने पञ्जालाई मात्र डाक्टरले प्रयोग गर्न सक्छन्।
कहिल्यै मान्छे नचढेको जङ्गली घोडाले आफ्नै इच्छा मात्र गर्न खोज्छ। त्यसलाई काबुमा ल्याई, तालिम दिइनुपर्छ र मात्र त्यो मालिकको नियन्त्रणमा चल्न सक्छ। जङ्गली घोडा प्रयोगयोग्य हुँदैन; उसको मालिकसित मिलेर काम गर्ने उसको आदत छैन। त्यसलाई काबुमा ल्याइनैपर्छ, आफ्नो मालिकको इच्छामा सुम्पिने बनाइनुपर्छ र तब उसले आफ्नो मालिकसित मिलेर काम गर्न सक्ने आनन्द उसलाई हुन्छ। तब त्यस्तो सम्बन्धमा मिल्ने सबै किसिमका सुविधाहरू उक्त घोडाले पाउनेछ (दैनिक देखरेख, खाना, छाना आदि)। त्यस्तै गरी हामीले आफूलाई हाम्रा मालिक प्रभु येशू ख्रीष्टकहाँ सुम्पनुपर्छ र उहाँका लागि प्रयोगयोग्य हुनुपर्छ। विश्वासीको इच्छा तोडिनुपर्छ र उसले “म ता होइन, तर ख्रीष्ट” भन्न सक्नुपर्छ (गलाती २:२०)। यस्तो खाले सम्बन्ध प्रभुसित हुने क्रममा विश्वासीले परमेश्वरको प्रेम र वास्ताबाट हुने सबै आशिष र उपलब्धीहरूमा रमाउन सक्नेछ।
शुभ-खबर
यस अध्ययनमालामा हामीले अध्ययन गरेका प्रत्येक व्यक्तिमा एउटा कुरा साझा भएको पाउँछौं। उनीहरू हरेकसित राम्रो खबरको एउटा सन्देश थियो र उनीहरू ख्रीष्टको सुसमाचार प्रचार गर्दै जहाँतहीँ गएका थिए।
के तपाईंसित अरूहरूसित बाँड्नलाई राम्रो खबरको सन्देश छ? त्यो सन्देश के हो? किन त्यो खबर राम्रो छ? के तपाईंले चिन्नुभएका व्यक्तिहरूलाई त्यो सन्देश सुनाइन खाँचो छ? किन? के परमेश्वरले तपाईं जस्तो एउटा साधारण र सामान्य व्यक्तिलाई यो राम्रो खबर अरूहरूलाई बाँड्नलाई प्रयोग गर्न सक्नुहुन्छ? उहाँले तपाईंलाई कसरी प्रयोग गर्न सक्नुहुन्छ?
एकजनाले यसरी भनेका छन्, “म खास कोही पनि होइन, तर म जोकोहीलाई एकजनाको बारेमा बताउँछु जसले जोकोहीलाई पनि बचाउन सक्नुहुन्छ!
प्रभुका शुरूका चेलाहरूले यस शुभ-सन्देशलाई प्रेम गर्थे, र कुनै कुराले पनि उनीहरूलाई त्यसलाई प्रचार गर्न र अरूहरूसित बाँड्न देखि रोक्न सक्दैनथ्यो। उनीहरूमध्ये धेरैजना त्यस सुसमाचारप्रतिको उनीहरूको प्रेमको खातिर मारिए।
संसारसित खासै कुनै पनि शुभ-खबर छैन। पत्र-पत्रिकाहरूमा नराम्रा खबर थुप्रै हुन्छन्, राम्रा खबर थोरै हुन्छन्। परमेश्वरसँग संसारको लागि ज्यादै राम्रो खबर छ (यूहन्ना ३:१६)। के तपाईले यो शुभ-खबरलाई विश्वास गर्नुभयो? के तपाईं पनि यो खबर घोषणा गर्दै गरेकाहरूलाई साथ दिनुहुनेछ? याद गर्नुहोस्, परमेश्वर तपाईंको क्षमता खोजिरहनुभएको छैन। उहाँ के खोज्दैहुनुहुन्छ?
“बाह्र चेलाहरू” को अध्ययन यहीँ अन्त हुन्छ
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)