महसूल उठाउने मत्ती र शिमोन जेलोतेस

महसूल उठाउने मत्ती र शिमोन जेलोतेस

 

मत्ती

मत्ती १०:२-४ को सूचीमा आठौं स्थानमा उल्लेख गरिएको चेलालाई “___________________ मत्ती” भनेर जनाइको छ (पद ३)। उनको अर्को पनि नाउँ थियो। उनको अर्को नाउँ _______ थियो र साथै उनी ____________ का छोरा थिए भन्ने कुरा हामी मर्कूस २:१४ बाट थाहा पाउन सक्छौं।

यहाँसम्मको हाम्रो अध्ययनले येशूका कतिपय चेलाहरू मछुवा थिए भन्ने कुरा देखायो। तर मत्तीचाहिँ मछुवा थिएनन्। बाइबलले बताउँछ, उनी एक ____________ उठाउने व्यक्ति थिए (मत्ती १०:३) उनी “माछा जम्मा गर्ने” व्यक्ति नभएर “महसूल जम्मा गर्ने” व्यक्ति थिए।

यहूदीहरूको जन्मभूमि प्यालेस्टाइनमा महसूल उठाउनेहरू लोकप्रिय मानिदैनथे। वास्तवमा उनीहरू घृणित र तिरस्कृत थिए। उनीहरू सबैभन्दा खराब पापीहरूमध्ये गनिन्थे। महसूल उठाउनेहरू यहूदी जनमानसमा घृणित बन्नुमा कम्तीमा दुइटा कारणहरू थिए:

  1. कर तिर्न कोही पनि रूचाउँदैनन्। त्यसबेला मात्र होइन आज पनि। महसूल उठाउनेहरू कहिल्यै लोकप्रिय मानिएका छैनन्। तर नयाँ नियमको समयमा यहूदीहरूले महसूल उठाउनेहरूलाई अर्कै कारणले घृणा गर्दथे। महसूल उठाउनेहरू रोमका कर्मचारी थिए। त्यसबेला शासन रोमी सरकारको हातमा थियो अनि रोमको जुवामुनि बस्नुपरेका यहूदीहरू खुशी थिएनन्। उनीहरू विदेशी शक्तिको पञ्जाबाट फुत्कन चाहन्थे। त्यसैले रोमलाई सघाउने र रोमको निम्ति काम गरिदिने ती महसूल उठाउनेहरूलाई अधिकांश यहूदीहरू तिरस्कार गर्थे, उनीहरूलाई विश्वासघाती ठान्ने गर्थे।
  2. रोमसित मिलेर रोमको सेवा गर्नु आफैमा खराब कुरा मानिन्थ्यो भने अझ कतिपय महसूल उठाउनेहरू बेइमानी पनि गर्ने भएका हुनाले जनमानसमा उनीहरूको पेशा झनै घीनलाग्दो बनेको थियो। कतिपय महसूल उठाउनेहरू मानिसहरूबाट हदभन्दा बढी पैसा लिएर उब्रेको पैसा जति आफ्नो खल्तीमा हाल्थे। अरूलाई ठगेर उनीहरू धनी बनेका थिए। बारम्बार उनीहरू आफ्नै जाति (यहूदीहरू) बाट फाइदा लुट्ने गर्थे। रोमलाई सघाउनु बाहेक आफ्नो फाइदाको लागि ठग्ने काम पनि गर्थे। उनीहरूले आफ्नो जातिलाई विश्वासघात गर्नुको अलावा ठग्ने काम पनि गर्दै थिए!

यी कारणहरूले गर्दा महसूल उठाउनेहरू सबैभन्दा नीच वर्गका मानिस ठानिन्थे। महसूल उठाउनेहरूलाई सबैभन्दा खराब खालका मानिसहरूको समूहमा राखिन्थ्यो। महसूल उठाउनेहरूलाई कस्ता मान्छेहरूसित तुलना गरिन्थ्यो भन्ने कुरा निम्न खण्डहरूमा हेरौं:

  1. मत्ती ९:११ — “महसूल उठाउने र ____________”
  2. मत्ती १८:१७ — “____________ र महसूल उठाउने सरह”
  3. मत्ती २१:३१ — “महसूल उठाउनेहरू र ____________”

मत्तीको सुसमाचारका लेखेक को हुन्? ____________। उल्लेखनीय कुरा, मत्ती १०:३ मा मत्तीले आफ्नो नाउँ लेख्नुपर्दा आफूलाई “_________ __________ मत्ती” भनेर लेख्छन्। अर्थात्, मत्ती येशू ख्रीष्टको चेला बने तापनि आफू पहिला कस्तो खालको व्यक्ति थिएँ भन्ने कुरा उनले कहिल्यै बिर्सेनन्। आफू कत्रो ठूलो पापी थिएँ भन्ने कुरा उनले कहिल्यै बिर्सेनन्। मत्ती १०:३ मा उनले मानौं यसरी भन्दैछन्: “म महसूल उठाउने मत्ती हुँ! ममा असल केही छैन भनी म जान्दछु। म एक तुच्छ पापी हुँ। केवल परमेश्वरको अनुग्रहले मैले मुक्ति पाएँ। म एक महापापी हुँ तर मेरा मुक्तिदाता मेरो पापभन्दा महान् हुनुहुन्छ!” धेरै हिसाबमा मत्ती लूका १८:१०-१४ को महसूल उठाउने व्यक्ति जस्तै थिए। आफू कति पापी रहेछु भनेर उनले महसुस गरे! तपाईं कत्तिको पापी हुनुहुन्छ? के तपाईंले आफूलाई पापीहरूमध्ये सबैभन्दा खराब पापीहरूको दर्जामा देख्नुभएको छ? के तपाईं आफूलाई एक ठूलो पापीको रूपमा देख्नुहुन्छ? के तपाईं येशू ख्रीष्टलाई एक ठूलो मुक्तिदाताको रूपमा देख्नुहुन्छ? येशू ख्रीष्ट संसारमा किन आउनुभयो (१ तिमोथी १:१५)? ______________ _____________________________________________ ___

येशू मत्तीलाई बोलाउनुहुन्छ

येशूले उनलाई बोलाउनुहुँदा मत्ती के गर्दै थिए (मत्ती ९:९)? ____________________________________________। यसको मतलब उनी महसूल उठाउने काम गर्दै थिए। येशूले केवल तीनओटा शब्दले उनलाई बोलाउनुभयो: _________ _________ _________ (मत्ती ९:९)। (यी तीनओटा शब्दको अर्थ यो होः “मेरो चेला बन”)। के मत्तीले येशूको कुरा तुरुन्तै माने (मत्ती ९:९)? ____________। मत्ती त्यस्ता मानिस थिए जो आफैंमा र आफ्नै काममा (महसूल उठाउने, पैसा कमाउने काममा) डुबेका हुन्छन्। उनी केवल आफ्नो लागि मात्र सोच्ने व्यक्ति थिए। आज पनि धेरै मानिसहरू मत्ती जस्तै हुन्छन्। तिनीहरू केवल “आफू, आफूलाई र आफ्नो” मात्र विचार गर्छन्! तिनीहरू आफूमै डुबेका हुन्छन्। परमेश्वरको वा अरूहरूको बारेमा उनीहरूलाई कुनै परवाह हुँदैन।

येशूले उनलाई बोलाउनुभएपछि मत्तीमा आमूल परिवर्तन देखा पर्‍यो। अबदेखि उसो मत्ती मत्तीमै डुबेर बस्न सकेनन्। एक्कासी उनले मत्तीलाई बिर्सेर ख्रीष्टलाई पछ्याउन थाले। उनले प्रभुको बारेमा सोच्न थाले र साथै अरूहरूको बारेमा पनि सोच्न र उनीहरूको वास्ता गर्न थाले। लूका ५:२७-२९ अनुसार ख्रीष्टलाई पछ्याउन थालेपछि लेवी (मत्ती) ले के गरे (पद २९ हेर्नुहोस्)? _________________________________। उनले कसलाई निम्तो दिए (लूका ५:२९-३०)? ______________________________। मत्ती अरूहरूको वास्ता गर्न थाले! उनी अर्काको परवाह राख्न थाले। आफूले भेट्टाएका महान् मुक्तिदातालाई अरूहरूले पनि भेट्टाऊन् भन्ने उनको चाहाना भयो!

ख्रीष्टलाई चिन्न पाएर मत्ती एकदम खुशी थिए। साथै अरू पापीहरूले पनि ख्रीष्टलाई चिन्न सकून् भनेर आफूले सक्दो गर्न मत्ती उत्साहले भरिएका थिए। तर मत्तीको घरमा त्यस दिनको चहलपहललाई देखेर बेखुशी हुनेहरू त्यहाँ कोहीकोही थिए (लूका ५:३० मा हेर्नुहोस्)। उनीहरूले यस्तो सोचे, “यदि येशू असल छन् र धर्मी छन् भने तिनी किन यस्ता पापीहरूसित हुलमिल गर्छन्?” यी मानिसहरूलाई प्रभुले दिनुभएको जवाफलाई मत्ती ९:११-१३ मा पढ्न सकिन्छ। पद १२ मा येशूले भन्नुभयो, “____________ हरूलाई होइन तर ____________हरूलाई ____________को खाँचो पर्दछ।” येशूको भनाइको तात्पर्य के हो? यसको आत्मिक अर्थ के हो? (डाक्टर भनेको बिरामीहरूको बीचमा हुनु पर्ने व्यक्ति हो भन्ने कुरालाई ध्यानमा राखौं!) महसूल उठाउनेहरू र पापीहरूलाई के रोगीको संज्ञा दिन मिल्छ? कुन अर्थमा? उनीहरूलाई निको पार्न सक्ने को हुनुहुन्छ? के फरिसीहरूले आफूहरूलाई रोगीको रूपमा देख्दथे? तपाईं नि? के ख्रीष्टले मात्र निको पार्न सक्ने रोग तपाईंलाई पनि लागेको छ? तपाईंको रोग के छ? यसको उपाचर के हो? पापको रोग लागेको व्यक्तिलाई निको पार्न सक्ने महान् डाक्टर को हुन्? के तपाईं निको पारिनुभयो? ख्रीष्ट कस्ता मानिसहरूलाई बचाउन आउनुभएको हो (मत्ती ९:१३)? ____________। मत्ती यस्तै एक व्यक्ति थिए अनि मत्तीलाई चाहिएको मित्र येशू नै हुनुहुन्थ्यो (हेर्नुहोस् मत्ती ९:१२)।

प्रभुले यस चेलालाई पछिबाट विशेष कामको लागि प्रयोग गर्नुभयो। मत्तीलाई नयाँ नियमको पहिलो पुस्तकको लेखक हुने सौभाग्य दिनुभयो। महसूल उठाउने काममा मत्तीले होशियारीपूर्वक ठीक-ठीक अभिलेखहरू राख्‍नुपर्थ्यो। विश्वासी भएर मत्तीले होशियारीपूर्वक ख्रीष्टको जीवन र मृत्युको ठीक-ठीक विवरणहरू लेखे। आज यस अभिलेखलाई मत्तीको सुसमाचार भनिन्छ। के तपाईंले मत्तीको सुसमाचारलाई शुरूदेखि अन्तसम्म पढ्नुभएको छ?

शिमोन

मत्ती १०:४ मा अर्को चेलाको नाउँ छ। उनलाई शिमोन ____________ भनिएको छ। बाह्र चेलाहरूमा शिमोन नाउँ गरेका दुईजना थिए। एकजना शिमोन मत्ती १०:२ मा उल्लेखित छ जसको बारेमा हामीसित निकै जानकारी छ (उनी प्रायः पत्रुस नाउँले चिनिन्छन्)। अर्को शिमोन मत्ती १०:४ मा उल्लेखित छ जसको विषयमा हामीलाई खासै केही थाहा छैन! बाह्र चेलाका नाउँहरू सूचित गरिँदा बाहेक अरू बेलामा उनको उल्लेख गरिएको पाइँदैन। हामीलाई उनको नाउँ बाहेक अन्य केही पनि जानकारी दिइएको छैन!

तरैपनि शिमोनलाई “शिमोन ____________” (मत्ती १०:४) भनी उल्लेख गरिनु एउटा रोचक जानकारी हो। “कनानी” भन्नाले शिमोन काना शहरका थिए अथवा उनी कनानी वंशका थिए भन्ने अर्थ लाग्दैन। वास्तवमा यस शब्दले शिमोन एक “जोशिला व्यक्ति” थिए भन्ने जनाउँछ। उनी एक राजनीतिक पार्टीका सदस्य थिए जुन पार्टी पछिबाट “जेलोतेसहरू” (जोशिलाहरू) भन्ने नामले चिनिन्थ्यो।

हेर्नुहोस्, लूका ६:१५ ____________ भनिने शिमोन
प्रेरित १:१३ ____________ भनिने शिमोन

उनलाई हामी “जेलोतेस भनिने शिमोन” भनी जनाउनेछौं।

जेलोतेसहरू

“जेलोतेसहरू” को थिए र उनीहरू के विश्वास गर्थे? जेलोतेसहरू रोमी शासनको घोर विरोध गर्ने एउटा “जोशिलो” राष्ट्रवादी पार्टीका सदस्यहरू थिए। तिनीहरू एक स्वतन्त्र राष्ट्र बन्न चाहन्थे, रोमीहरूको शासनमुनि रहन चाहन्नथे। आजको युगमा भएका भए तिनीहरूले आफ्नो नाउँ सायद “इस्राएल जनमुक्ति सेना” राख्थे कि! तिनीहरू आफ्नो देशलाई रोमको जुवा (नियन्त्रण) बाट छुटाउन र स्वतन्त्र पार्न चाहन्थे। बल प्रयोग नगरी यो सम्भव छैन भन्ने तिनीहरूको धारणा थियो त्यसैले तिनीहरू आफ्नो राष्ट्रलाई छुटकारा दिलाउने लक्ष्य हासिल गर्न उपद्रव, डकैती र हत्यासमेत गर्ने गर्थे। जेलोतेसहरू, “परिणामले उपायलाई मान्यता दिन्छ” (असल परिणामको लागि खराब गर्न सकिन्छ) भन्ने विचारधारालाई अपनाउनेहरू थिए। परिणाम (रोमबाटको छुटकारा) ले उयाप (उपद्रव, हत्या, बलमिचाइ इत्यादि) लाई मान्यता दिन्छ। आफ्नो उद्देश्यपूर्तिको लागि तिनीहरू जे पनि गर्न तयार थिए (पापपूर्ण काम समेत)। के हामीले यस्तो विचारधारा अपनाउनु परमेश्वरको इच्छा हो? के परमेश्वर हामीले “खराब कुरा गरौं, र असल कुरा निस्कोस्” (रोमी ३:८) भन्ने सिद्धान्तलाई अपनाएको चाहनुहुन्छ? ____________। एकजना बाबुले भोकले मर्न लागेको आफ्नो परिवारलाई खुवाउन चोरी गर्नु के परमेश्वरको इच्छा हुन सक्छ?____________। (चोरी गर्नुको सट्टा त्यो बाबुले बरू के गर्न सक्छ?) ठीक गर्नलाई बेठीक गर्नु कहिल्यै ठीक होइन!

जेलोतेसहरूको क्रान्तिकारी अभियान सम्भवतः प्रेरित ५:३७ मा उल्लेखित यहूदाको विद्रोहसँगै शुरू भएको थियो। उक्त विद्रोह ख्रीष्टको जन्म भएको समयतिर शुरू भएको थियो। ख्रीष्टको सार्वजनिक सेवाकार्यको समयमा त्यहाँ थुप्रै “जेलोतेसहरू” भइसकेका थिए जोहरू बल प्रयोग गरी आफ्नो देशलाई स्वतन्त्र गराउन चाहन्थे। बरब्बा र ख्रीष्टसँगै मारिने कुकर्मीहरू सम्भवतः जेलोतेसहरू थिए जोहरू जेलोतेसहरू भएकै कारण रोमका शत्रु बनेका थिए।

तीमध्ये एकजना जेलोतेसको नाउँ शिमोन थियो। उनले येशू ख्रीष्टलाई पछ्याउने निर्णय गरे। ख्रीष्टले राष्ट्रलाई नभएर हृदयलाई स्वतन्त्र गराउन आउनुभएको रहेछ भनी उनले महसुस गर्न थाले। रोमको भन्दा पनि ज्यादै खराब दासत्व साँच्ची नै रहेछ: अर्थात्, पापको दासत्व (हेर्नुहोस् यूहन्ना ८:३२-३६)! शिमोनले सबैभन्दा महान् स्वतन्त्रकर्तालाई पछ्याए – अर्थात पुत्रलाई (यूहन्ना ८:३६)! जेलोतेस अभियानले आफ्नो लक्ष्य कहिल्यै हासिल गर्न सकेन। ई.सं. ७० मा जेलोतेसहरूले रोमीहरूलाई यति रिस उठाए कि रोमी सेनाले यरूशलेमलाई आफ्नो कब्जामा लिए र त्यस शहरलाई ध्वस्त गरे। आफ्नो राष्ट्रलाई स्वतन्त्र गराउन जेलोतेसहरू सफल भएनन्।

प्रत्येक विश्वासी बेग्लै खालको “जेलोतेस” बन्नु परमेश्वरको इच्छा हो। हामी असल-असल कामहरूमा ___________” (तीतस २:१४) भएको परमेश्वर चाहनुहुन्छ। यसको मतलब हामी प्रभुको निम्ति “आगो सल्केको” हुनुपर्छ! यसको मतलब हामी प्रभुका कुराहरूका निम्ति उत्साहित र उत्तेजित हुनुपर्छ। के तपाईं बाइबलीय शिक्षा पाइने खालको मण्डलीसित सङ्गति गर्न पाएकोमा उत्साहित हुनुहुन्छ? के तपाईं बाइबल पढ्नलाई उत्साहित हुनुहुन्छ? के तपाईं प्रार्थना गर्नलाई उत्साहित हुनुहुन्छ? के तपाईं प्रभुलाई खुशी पार्ने कुराहरू गर्नलाई उत्साहित हुनुहुन्छ? परमेश्वर आज जोशिला र उत्तेजित र उत्साहित विश्वासीहरू खोज्दै हुनुहुन्छ। दाँज्नुहोस्, प्रकाश ३:१९ लाई यूहन्ना २:१७ मा भएको येशूको नमुनासित।

शिमोन र मत्ती

शिमोन र मत्ती, यी दुईजना व्यक्तित्वहरू येशूका चेलाहरू बन्न सक्नुमा हाम्रो निम्ति एउटा पाठ नै छ। आपसमा मिल्नै नसक्ने यो जस्तै अर्कौ जोडी पाउन गाह्रै पर्ला:
निम्न विषमताहरूलाई विचार गर्नुहोस् —

मत्ती थिए महसूल उठाउने!

शिमोन थिए महसूललाई घृणा गर्ने!

(एक जेलोतेसले मत्ती २२:१७ को प्रश्नको कस्तो प्रत्युत्तर दिने थिए होलान्)?

मत्ती थिए विश्वासघाती अ-राष्ट्रवादी!

शिमोन थिए निष्ठावान् राष्ट्रवादी!

येशू ख्रीष्ट बेगर शिमोन र मत्तीको बीचमा नराम्रो शत्रुता हुनेथ्यो! तर यी दुई आपसमा मिलेर बस्न सक्नु, सँगै काम गर्न सक्नु, सँगै खान सक्नु, सँगै सेवा गर्न सक्नु, सँगै सिक्न सक्नुचाहिँ मानिसलाई बदल्न सक्ने सामर्थी ख्रीष्टको ठूलो आश्चर्यकर्म नै हो। येशू ख्रीष्टले बेमेललाई मेल गराउन सक्नुहुन्छ! येशू ख्रीष्टको कारण मत्ती र शिमोनका बीच थुप्रै समानताहरू हुन आए (तीमध्ये केही समानताहरू बताउन सक्नुहुन्छ?) मानिस-मानिसबीचका कतिपय भिन्नताहरूले ख्रीष्ट येशूमा खास कुनै समस्या ल्याउँदैन। गलाती ३:२८ ले विश्वासीहरूलाई भन्छ ख्रीष्ट येशूमा तिमीहरू सबै ____________ हौ।”

एफेसी ४:२ मा विश्वासीहरूलाई यो अर्ती दिइएको छ: “प्रेमले __________ – __________ सह।” यसको मतलब हामीले एक-अर्काका कुराहरूलाई प्रेममा सहनुपर्छ! मत्तीले शिमोनलाई कसरी सहे त्यो अचम्मलाग्दो कुरा हो। शिमोनले मत्तीलाई कसरी सहे त्यो अझ अचम्मलाग्दो कुरा हो। तर येशू ख्रीष्टले यी दुवैलाई कसरी सहनुभयो, त्यो त सबैभन्दा अचम्मलाग्दो कुरा हो! येशू ख्रीष्ट तपाईंलाई सहन राजी हुनुभएर तपाईंलाई बचाउन यस संसारमा आउनुभएको कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ? हामी घीनलाग्दा हुँदाहुँदै ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो भने के यस कुराले हामीलाई अरूहरूलाई उनीहरू अयोग्य नै भए तापनि प्रेम गर्नलाई प्रेरणा दिनुपर्ने होइन र (यद्यपि उनीहरू धेरै हिसाबमा हामीभन्दा फरक होलान्)? मत्ती र शिमोनबाट सिकेको पाठलाई हामी नबिसौँ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

थोमा

थोमा

 

मत्ती १०:२-४ को सूचीको सातौं स्थानमा कुन चेलाको नाउँ छ? __________। उनलाई अर्को नाउँले पनि बोलाइन्थ्यो भन्ने कुरा यूहन्ना ११:१६ बाट जान्न सकिन्छ। त्यो अर्को नाउँ के थियो? _____________‌_। यी दुइटै नाउँको अर्थ एउटै हुन्छ। दिदमसको अर्थ “जुम्ल्याहा” (डबल) हो। थोमाको अर्थ पनि “जुम्ल्याहा” नै हो। यसैले सम्भवतः थोमा एक जुम्ल्याहा थिए यद्यपि बाइबलमा उनको जुम्ल्याहा भाइ वा बहिनीको उल्लेख भएको भेटिँदैन।

थोमाको चरित्र

बाइबलमा थोमाको बारेमा धेरै कुरा बताइएको पाइँदैन। केवल यूहन्नाको सुसमाचारमा मात्र उनको बारेमा केही हदसम्म बताइएको पाइन्छ। सुसमाचारका अन्य पुस्तकहरूमा उनको नाम उल्लेख भए तापनि त्यहाँ उनको बारेमा कुनै कुरा बताइएको पाइँदैन।

यूहन्नाको सुसमाचारलाई पढेर थोमा नाउँ गरेका चेलाको बारेमा निम्न चारओटा कुराहरू जान्न सकिन्छ:

  1. उनी विश्वास गर्नमा ढीलो थिए। त्यसैले उनले “शङ्कालु थोमा” भन्ने नाम कमाएका छन्। उनको धारणा यस्तो थियो – “नदेखेसम्म म विश्वासै गर्दिनँ!”
  2. उनी सजिलै निराश हुने स्वभावका थिए। उनी छिट्टै निरुत्साहित बन्थे।
  3. उनी परिस्थितिको नकारात्मक पक्षलाई हेर्ने स्वभावका थिए। आकाशमा घाम र बादल दुइटै लागेका बखत उनी केवल कालो बादलपट्टि हेर्ने स्वभावका थिए। पछिबाट आउने आशिषलाई हेर्नुको सट्टा उनले विद्यमान समस्याहरूलाई मात्र देख्न सक्थे। उनी एक निराशावादी थिए। यसको मतलब कुनै पनि कुराको नतीजा नराम्रो हुन्छ भन्ने सोचाइ उनमा अक्सर आउने गर्थ्यो।
  4. उनी आफ्नो प्रभुलाई औधी प्रेम गर्ने व्यक्ति थिए। नडराइकन विश्वासयोग्य भई ख्रीष्टलाई पछयाउने चेला थिए उनी।

यूहन्नाको सुसमाचारमा थोमाको उल्लेख

थोमालाई प्रथम पटक उल्लेख गरिएको कुरा यूहन्नाको एघारौं अध्यायमा भेटिन्छ। प्रभुले आफ्ना चेलाहरूलाई यहूदियामा फर्केर जाने कुरा गर्नुभएको थियो (यूहन्ना ११:७)। लाजरसको गाउँ (बेथानी) यहूदियामा पर्थ्यो (यूहन्ना ११:१)। तर बेथानी प्रभुका शत्रुहरू बस्ने शहर यरुशलेमको नजिकै पर्थ्यो! प्रभु त्यही इलाकामा फर्कन चाहनुभएको देखेर के चेलाहरूलाई फिक्री लागेको थियो (यूहन्ना ११:८)? __________‌_। उहाँका शत्रुहरूले येशूलाई पहिला मार्न खाजेका हुनाले (हेर्नुहोस् यूहन्ना १०:३१-३२, ३९) तिनीहरूले फेरि पनि उहाँलाई मार्न खोज्नेछन् भन्ने कुरा चेलाहरूलाई थाहा थियो।

यूहन्ना ११:१५ मा येशूले चेलाहरूलाई भन्नभयो, “हामी उनी (लाजरस) कहाँ जाऔं।” आफ्नो मुख तुरुन्तै खोल्ने र अरूहरूलाई “हामी पनि जाऔं” भन्ने चेला को थिए (यूहन्ना ११:१६)?_____________‌_। के थोमाचाहिँ जानलाई डराइरहेका थिए? ___________‌_। के उनी ख्रीष्टसित मर्न समेत तयार थिए?_____________‌_। यसबाट थोमाको साहस र प्रभुप्रतिको भक्ति देख्छौं। येशू लगायत सबै चेलाहरूलाई के हुनेवाला छ भन्ने उनको सोचाइ थियो (यूहन्ना ११:१६)?_________‌_________ ________________। ख्रीष्टप्रतिको उनको भक्ति आफ्नो ज्यानको मायाभन्दा पनि गहिरो थियो। थोमा परिस्थितिको अँध्यारो पक्षलाई हेर्ने स्वभावका थिए। ज्यादै खराब परिस्थिति आइपर्नेछ भन्ने उनको सोचाइ थियो। उनको दृष्टिलाई मृत्युको छायाँले ढाकेको थियो। तर, घटनाक्रम थोमाले सोचेको जस्तै भएन! चेलाहरू येशूसँग बेथानीमा गए तर कसैले उनीहरूमध्ये एउटैलाई पनि मारेनन्! जुन घटना हुनेवाला नै थिएन त्यसका निम्ति थोमा व्यर्थमा फिक्री गरिरहेका थिए।

थोमाको हेराइ राम्रो थियो कि नराम्रो? ठीक थियो कि बेठीक? हेराइ नै केवल मृत्युको मात्र हुनु के ठीक थियो? ध्यान दिइनुपर्ने कुरालाई थोमाले ध्यान दिइरहेका थिएनन् र त्यसैले प्रभुले यूहन्ना ११:१५ मा त्यतिबेला भन्नुभएको कुरालाई अपनाउन उनी असफल भए- “अनि तिमीहरूले _____________ गर्न सक भनी म त्यहाँ नभएकोमा म तिमीहरूकै निम्ति आनन्दित छु; तरैपनि _____________‌ उनीकहाँ जाऔं।” यस पदमा येशूले: “तिमीहरू मर्न सक भनी” भन्नुभएन तर “तिमीहरूले _____________‌_ गर्न सक” भनी भन्नुभयो। परमेश्वरको उद्देश्य के थियो? येशूले उनीहरूलाई “मर्न सक” होइन तर “_____________‌_ गर्न सक” भनेर बेथानीमा लैजान चाहनुभएको थियो! येशूले उनीहरूलाई “मरण-स्थिति” तर्फ होइन “परमेश्वरको _____________‌_” (यूहन्ना ११:४) हुने सुन्दर स्थितितर्फ लैजाँदै हुनुहुन्थ्यो। थोमाले प्रभुको कुरालाई ध्यान दिएनन्! के तपाईं पनि कहिलेकाहीँ परमेश्वरको वचनले भनेको कुरामा ध्यान दिनदेखि चुक्नुभएको छ? के तपाईंको बुझाइ पनि कहिलेकाहीँ बिलकुलै गलत भएको छ? के परमेश्वरले तपाईंको निम्ति कुनै अप्रिय उद्देश्य राख्नुभएको छ भनेर तपाईंले केहिलेकाहीँ सोच्नुभएको छ जब कि परमेश्वरको उद्देश्य वास्तवमा सधैं सुन्दर हुन्छ?

के तपाईं पनि थोमाजस्तै हुनुहुन्छ? सधैं परिस्थितिको अँध्यारो पक्षलाई नै हेर्ने स्वभाव छ तपाईंको? जे कुरा पनि नराम्रै हुन्छ भन्ने खालको सोचाइ आउने गर्छ तपाईंमा? के तपाईं काल्पनिक समस्याहरूको बारेमा फिक्री गरी बस्नुहुन्छ? के तपाईं जहिले पनि बादल मात्र देख्नुहुन्छ तर नीलो आकाशचाहिँ देख्नुहुन्न? स्वयं परमेश्वरले संसार र संसारका सबै घटनाहरूमाथि नियन्त्रण गर्नुहुन्छ भन्ने कुरालाई हामी कहिल्यै नबिर्सौं। स्वर्गका प्रभुले सबै कुरा बिगार्ने उद्देश्य राखेर काम गरिरहनुभएको छैन! बरु उहाँको महिमा र मानिसको भलाइको निम्ति सबै कुराहरूलाई मिलाउन त परमेश्वर एक “विशेषज्ञ” नै हुनुहुन्छ! परमेश्वरले सबै कुराहरू मिलाएर खराबी नभएर _____________‌ उत्पन्न गराउनुहुन्छ (रोमी ८:२८) भन्ने कुरा एउटा विश्वासीले सिक्नुपर्छ। यसैकारण हामीले गनगन गर्नु, अँध्यारो मुख लाउनु वा निराश बन्नु पर्दैन। बरु के गर्नलाई हामीलाई आज्ञा दिइएको छ (एफेसी ५:२०)?________ _____‌____________‌______________‌_। फिलिप्पी ४:४ मा हामीलाई के गर्नलाई आज्ञा दिइएको छ? __________________ __‌______________‌_

अविश्वास, फिक्री, गनगनले हामीलाई के कस्तो असर गर्छ? के यस्ता कुराहरूले मान्छेको शारीरिक स्वास्थ्यमा असर गर्न सक्छ? के यस्ता कुराहरूले मान्छेको मानसिक स्वास्थ्यमा असर गर्न सक्दछ? आत्मिक स्वास्थ्यमा? कसरी?

थोमाको बारेमा थप कुरा यूहन्ना १४ अध्यायमा पाइन्छ। यूहन्ना १४:१ मा येशूले भन्नुभयो, “तिमीहरूको हृदय _____________‌_ नहोस्।” त्यतिबेला थोमाको हृदय ज्यादै विचलित अवस्थामा भएको हुनुपर्छ। प्रभुलाई गिरफ्तार गरिएको त्यही रात थियो। परिस्थिति अँध्यारो देखिन्थो, विशेष गरी थोमाको नजरमा। यूहन्ना १४:३ मा येशूले आफ्ना चेलाहरूलाई दिनुभएको सुन्दर प्रतिज्ञा के थियो? _______‌________________________________________ ______________। उनीहरूको आँखाले आशारूपी चम्किलो आकाशलाई देख्न सकून् भनेर उनीहरूलाई त्यतिखेरको निराशारूपी काला-काला बादलहरूभन्दा परतिर देखाउन प्रभु चाहनुहुन्थ्यो। येशू चेलाहरूलाई छोड्नेवाला हुनुहुन्थ्यो, उहाँ मारिनेवाला हुनुहुन्थ्यो — त्यो साँचो हो। तर यो पनि साँचो हो, उहाँ मृत्युबाट बौरनेवाला हुनुहुन्थ्यो र फेरि फर्की आउनेवाला हुनुहुन्थ्यो! येशूले भन्नुभयो, “अनि म जहाँ जान्छु, त्यो तिमीहरू जान्दछौ, अनि तिमीहरू बाटो चिन्छौ” (यूहन्ना १४:४)। भनाइको तात्पर्य यो थियो, “म स्वर्ग जाँदैछु भन्ने कुरा तिमीहरूलाई थाहा छ, साथै स्वर्ग जाने बाटो पनि तिमीहरूलाई थाहा छ!”

येशूको यो कुरा सुनेर अलमल्लमा पर्ने चेला को थिए (यूहन्ना १४:५)? _____________‌_। फेरि पनि थोमाले राम्ररी ध्यान दिइरहेका थिएनन् र त्यसैले उनले कुरा बुझ्नै सकेनन्। येशूले आशाको वचन (यूहन्ना १४:१-३) दिनु हुँदाहुँदै पनि थोमाले कमै आशा देखे। उनले अँध्यारो सुरुङ देखे तर सुरुङपारीको उज्यालोलाई भने देख्न सकेनन्। तरैपनि आफूले उहाँको कुरा बुझ्न नसकेको भनी प्रभुलाई बताउन सक्ने इमानदारीता भने उसमा थियो। प्रभुले थोमालाई बुझ्न सहायता पनि गर्नुभयो र प्रभुले थोमालाई दिनुभएको जवाफचाहिँ मुक्ति सम्बन्धी बाइबलकै सबभन्दा महत्त्वपूर्ण पदहरूमध्ये एउटा होः

येशूले तिनलाई (थोमालाई) भन्नुभयोः “________, ________ र ________ म नै हुँ, ____द्धारा बाहेक कोही पनि पिताकहाँ _____________‌_____”(यूहन्ना १४:६)

के तपाईंले यस पदलाई कण्ठस्थ भन्न सक्नुहुन्छ? यस पदको अर्थ के हो? यस पदअनुसार कुनै पनि मान्छे कसरी स्वर्ग जान सक्दछ?

यूहन्ना २० अध्यायमा र २१:१ मा पनि थोमाको उल्लेख गरिएको छ (माछा मार्न जाने सातजना चेलाहरूमध्ये उनी पनि एक थिए)। यूहन्ना २० अध्यायमा पाइने ज्यादै महत्त्वपूर्ण खण्डलाई अब हेरौं:

शङ्कालु थोमा

आफू बौरिउठ्नुभएको साँझ (आइतबार) प्रभु येशू आफ्ना चेलाहरूकहाँ देखा पर्नुभएको थियो (यूहन्ना २०:१९)। बौरिउठ्नुभएका आफ्ना प्रभुलाई देख्न पाएर के चेलाहरू आशिषले भरपूर भएका थिए? (यूहन्ना २०:२०) __________‌_। उक्त अवसरमा कुनचाहिँ चेला उपस्थित थिएनन् (यूहन्ना २०:२४)? ___________

थोमा त्यसबेला किन अनुपस्थित थिए, बाइबलले बताउँदैन। उनको अनुपस्थितिको पछाडि कुनै जायज कारण हुन पनि सक्छ, नहुन पनि सक्छ। हामीलाई यति कुरा थाहा छ, कुनै न कुनै कारण ख्रीष्टको बौरिउठाइको पहिलो साँझ उनी अरू चेलाहरूसँग भेला हुन सकेनन् जसको फलस्वरूप उनले एउटा ठुलो आशिष गुमाए! उनी अन्य चेलाहरूको “आनन्द””को अनुभवमा सहभागी बन्न पाएनन् (यूहन्ना २०:२०)। पूरै एक हप्ता उनी नैराश्य र अविश्वासको दलदलमा डुबिरहे जब कि अन्य चेलाहरू भने रमाहट गरिरहेका थिए। एउटा विश्वासी अरू विश्वासीहरूसँग एकै ठाउँमा भेला हुन छोडेर उसले पाउन सक्ने आशिषहरू गुमाएको परमेश्वर चाहनुहुन्न। हिब्रू १०:२५ मा हामीलाई बताइएको छ, “कसै-कसैको रीति भएझैं हामी एक ठाउँमा _________ हुन नछोडौं।” परमेश्वरका जनहरू भेला भएका बखत हामी पनि उपस्थित हुनुपर्छ नत्र भने हामीले आशिष गुमाउनेछौं! एकदमै उचित कारणबिना अनुपस्थित हुनु कहिल्यै पनि बुद्धिमानी होइन। मण्डली सभाहरूमा तपाईंको उपस्थिति कत्तिको नियमित छ? परमेश्वरले तपाईंलाई दिन चाहनुभएको कुरा गुमाउँदै हुनुहुन्छ कि?

अरू चेलाहरूले थोमालाई के भने (यूहन्ना २०:२५)? ___________ __‌_______________‌। के उनीहरू झूटो कुरा गर्दैथिए? _____________‌_। के उनीहरू थोमालाई झुक्क्याउन वा उनीसित ठट्टा गर्न खोज्दैथिए? _____________‌_। के उनीहरू साँचो कुरा गर्दैथिए?_____________‌_। के थोमाले उनीहरूको कुरालाई विश्वास गरे?_____________‌_। थोमाले दसजना विश्वासयोग्य दाजुभाइको गवाहीलाई इन्कार गरे। उनीहरू उनका सच्चा मित्रहरू थिए! तरैपनि उनले तिनीहरूको कुरै खाएनन्!

थोमाले कुन कुराबिना प्रभु बौरिउठ्नुभएकै हो भनी विश्वास नगर्ने अडान लिए? ______‌______________‌______________‌______ ________‌_______________‌___________________________ ______________________। आफुले नदेखे (र नछोए) सम्म थोमा विश्वास गर्न नमान्ने भए!

यूहन्ना २०:२५ मा उल्लेखित थोमाका शब्दहरूलाई विचार गरौं। थोमाले ख्रीष्टको मृत शरीरलाई क्रूसमा देखेकै हुनुपर्छ। ठोकिएका ती काँटीहरूको बारेमा र भालाले रोपिएर ख्रीष्टलाई लागेको चोटको बारेमा थोमालाई राम्ररी थाहा थियो (हेर्नुहोस् यूहन्ना १९:३४)। उनको दिमागमा ख्रीष्टको मृत शरीरको छाप गहिरोसँग परेको हुनुपर्छ। निराश भई आफ्नो अविश्वासमा उनले केवल क्रूसमा झुण्डिएको आफ्नो प्रभुको मरेको रूपलाई मात्र झल्झल्ती सम्झिरहे। थोमाको संसार नै भताभुङ्ग भएको थियो जब ख्रीष्टको मृत्यु भएको थियो। आफ्नो मानस पटलमा थोमाले केवल एक मरेका ख्रीष्टको चित्रलाई बोकिरहेका थिए; बाँकी चेलाहरूका हर्षोल्लासका वचनहरू ले समेत त्यस चित्रलाई मेटाउन सकेनन्। आकाशमा घाम चम्किलो थियो तर थोमाले भने नैराश्यरूपी कालो बादल मात्र देख्न सक्यो (जुन बादल वास्तवमा त्यहाँ कदापि थिएन)।

हामीले यो पनि टिप्पणी गर्नुपर्छ, प्रभुले कोखामा पाएको भालाको चोट ज्यादै ठूलो हुनुपर्छ! एउटा मानिसले आफ्नो _____________‌_ त्यहाँ छिराउन सक्नेसम्म थियो त्यो (यूहन्ना २०:२५ र २७ तुलना गर्नुहोस्)।

थोमाको अविश्वास एक ठूलो पाप थियो तर प्रभुले उनीसित गर्नुभएको व्यवहार कति अनुग्रहपूर्ण थियो! एक हप्तापछि (आठ दिनपछि) चेलाहरू फेरि भेला भएका थिए अनि उनीहरूसँग ____________ पनि थिए (यूहन्ना २०:२६)। बन्द ढोकाहरूलाई समेत छेंडेर उनीहरूकहाँ को देखापर्नुभयो? _____________‌_। येशू पहिला कोसित बोल्नुभयो (युहन्ना २०:२७)? _____________‌_। येशूले थोमालाई उनले मागेकै कुराहरू प्रस्तुत गर्नुभयोः

थोमाका मागहरू (यूहन्ना २०:२५)येशूका आज्ञाहरू (यूहन्ना २०:२७)
१) जबसम्म म उहाँका हातमा काँटीहरूका डोब देख्दिनँ,२) मेरा हात हेर;
२) अनि आफ्नो औंला ती काँटीहरूका डोबमा हाल्दिनँ,१) तिम्रो औंला यहाँ ल्याऊ,
३) र आफ्ना हात उहाँको कोखामा हाल्दिनँ,३. तिम्रो हात यहाँ ल्याऊ, र मेरो कोखाभित्र हाल;
४) तब सम्म म विश्वास गर्ने छैन।४. अनि विश्वास नगर्ने होइन, विश्वास गर्ने होऊ!

थोमाको प्रत्येक मागको प्रत्युत्तरमा येशूले एउटा आज्ञा दिनुभयो यद्यपि उही क्रममा होइन। अर्को उदेकको कुरा के छ भने थोमाले भनेका एक-एक कुरा प्रभु सिद्ध रूपमा जान्नुहुन्थ्यो यद्यपि त्यसबेला प्रभु भौतिक रूपमा त्यहाँ उपस्थित हुनुहुन्नथ्यो (हेर्नुहोस् यूहन्ना २०:२५)। यो, प्रत्येक विश्वासी जनले बिर्सन नहुने एउटा महत्त्वपूर्ण कुरा हो। प्रभु येशू ख्रीष्ट सर्वज्ञाता हुनुहुन्छ (उहाँ सबै कुरा जान्नुहुन्छ)। हामीले भनेका वा सोचेका सबै कुराहरू उहाँ जान्नुहुन्छ। हामी अरूहरूलाई झुक्क्याउन सकौंला तर उहाँलाई कहिल्यै सक्दैनौं।

थोमाले यूहन्ना २०:२८ मा भनेका कुरालाई विचार गर्नुहोस् – “हे मेरा ____________! र हे मेरा __________________।” थोमाले प्रभुलाई छुन आवश्यक नै परेन। उनले देखे र त्यति नै पर्याप्त भयो। एकै क्षणमा शङ्कालु थोमा विश्वस्त थोमा बने। उनी बिलकुलै विश्वस्त भए। फेरि कहिल्यै उनले बौरिउठाइको वास्तविकतालाई शङ्का गरेनन्।

थोमाले केवल पाँचओटा शब्दहरू उच्चारण गरे (यूहन्ना २०:२८) तर ती शब्दहरू कति सुन्दर छन्। उनको भाषा आश्चर्य र हर्षोल्लासको भाषा थियो, पश्चताप, विश्वास र भक्तिको भाषा थियो, सबै एउटै वाक्यमा! येशूलाई “परमेश्वर” भनेर सम्बोधन गर्नु के उचित थियो? आज कतिपय झूटा शिक्षकहरू येशू वास्तवमै परमेश्वर हुनुहुन्छ भन्ने तथ्यलाई विश्वास गर्दैनन्। के थोमाले येशूको ईश्वरत्वलाई विश्वास गरे?____________। साथै हामीले यो टिप्पणी गर्नुपर्छ, येशूले थोमालाई सच्च्याउनु भएन। प्रभुले यसो भन्नुभएन, “थोमा, तिमीले मलाई कहिल्यै पनि “परमेश्वर” भन्नु हुँदैन। म परमेश्वर होइनँ, त्यसैले फेरि कहिल्यै मलाई यसरी सम्बोधन नगर्नू।” प्रभुले यस्तो कुनै कुरा गर्नुभएन किनकि थोमाले जे भनेका थिए उहाँ सयमा सय प्रतिशत सो हुनुहुन्थ्यो! थोमाले किन विश्वास गरेका थिए भनी येशूले भन्नुभयो (यूहन्ना २०:२९)? __________________ __________________। उनले एक हप्ता अघि नै उनका दसजना मित्रहरूद्वारा बताइएको बौरिउठाइको खुशीको खबरलाई विश्वास गर्नुपर्थ्यो (यूहन्ना २०:२५) तर उनले सो गर्न इन्कार गरेका थिए। उनले देखेपछि मात्र विश्वास गरे।

विश्वास, दृष्टिमा आधारित हुँदैन

थोमाको उदाहरणबाट हामी सबैले एउटा पाठ सिक्नुपर्छ। हामी सबैका लागि येशूले यी महत्त्वपूर्ण शब्दहरू बोल्नुभयो, “उनीहरू धन्य हुन, जसले ____________ ____________, तापनि ____________ गरेका छन्” (यूहन्ना २०:२९)।

थोमाले जे देखे हामीले यस वर्तमान समयमा देख्न सक्दैनौं। के आज मानिसहरूले बौरिउठ्नुभएको ख्रीष्टलाई देख्न सक्छन् (दाँज्नुहोस् यूहन्ना १६:१०)? ____________। यदि आज कसैले प्रभुलाई नदेखेसम्म विश्वास नगर्ने अडान लिन्छ भने, उसले कहिल्यै विश्वास गर्नेछैन! उसले येशूलाई देख्नेछैन, केवल ढिलो भइसकेपछि मात्र देख्नेछ (अर्थात् मृत्युपछि!)। येशू आज मानिसहरूकहाँ देखा पर्ने गर्नुहुन्न। नयाँ नियमकै समयमा पनि त्यहाँ धेरैले बौरिउठ्नुभएको ख्रीष्टलाई कहिल्यै देखेका थिएनन् (हेर्नुहोस् १ पत्रुस १:८)। के तिनीहरू प्रभुलाई प्रेम गर्दथे (१ पत्रुस १:८)? ____________। के तिनीहरूले विश्वास गरेका थिए (१ पत्रुस १:८)? ____________। के तिनीहरू आनन्दले भरपूर थिए (१ पत्रुस १:८)? ____________।

हाम्रो विश्वास वर्तमान समयमै हामीसित भएको कुन कुरामाथि आधारित छ? वास्तवमा थोमासित जे थियो त्यही कुरा हामीसित छ। थोमासित प्रभुलाई वास्तवमै देख्ने मानिसहरूको वचन र गवाही थियो (यूहन्ना २०:२५)। खेदको कुरा, थोमाले विश्वास गर्न इन्कार गरे। आज पनि हामीसित प्रभुलाई देख्ने मानिसहरूको गवाही छ। उदाहरणको लागि, बौरिउठ्नु भएको ख्रीष्टलाई देख्नेहरू मध्ये प्रेरित यूहन्ना एक थिए। उनले हामीलाई यूहन्नाको सुसमाचार लेखेका छन् जसमा उनले हामीलाई ख्रीष्टको बौरिउठाइको बारेमा बताएका छन्। के हामी यूहन्नाको वचनलाई विश्वास गर्नुपर्छ?__________। के यूहन्नाले हामीलाई झुक्क्याउन खोजेका वा हामीसित ठट्टा गर्न खोजेका हुन्?_________। के यूहन्ना झूटा थिए?_________। यूहन्नाले लेखेका कुराहरू सत्य थिए कि असत्य (यूहन्ना २१:२४)? ______

बाइबलले भन्दछ, “हामी ________ देखेर होइन, तर ___________ द्वारा (परमेश्वरलाई उहाँको वचनकै आधारमा मानिलिएर) हिँड्छौं (२ कोरिन्थी ५:७)। परमेश्वरले हामीलाई आफ्नो लिखित वचन दिनुभएको छ जसद्धारा हामीले ख्रीष्टको बारेमा जान्न सक्छौं र उहाँमाथि विश्वास गर्न सक्छौं “तर येशू नै परमेश्वरका पुत्र “ख्रीष्ट” हुनुहुन्छ भनी तिमीहरूले ____________ गर्न सक र ____________ गरेर तिमीहरूले उहाँको नामद्धारा जीवन पाओ भनी यी चाहिँ ____________ हुन्” (यूहन्ना २०:३१)। विश्वास गर्नेहरू धन्य हुन्! परमेश्वरलाई उहाँको वचनकै आधारमा मानि लिनेहरू धन्य हुन्! “परमेश्वरले जे भन्नुभयो, त्यो म विश्वास गर्छु” भन्नेहरू धन्य हुन्!

मत्ती ८:५-१० मा हामी एउटा सुबेदारको बारेमा पढ्छौं। के उसले विश्वास गर्नु अघि उसलाई आफ्नो दास निको पारिएको देख्न आवश्यक पर्‍यो? ____________। उक्त मान्छेको विश्वासको बारेमा येशूले के भन्नुभयो (पद १०)? _____________ ______________________________। यूहन्ना ४:४६-५४ मा हामी एउटा राजकर्मचारीको बारेमा पढ्छौं। के उसले विश्वास गर्नु अघि उसलाई आफ्नो दास निको पारिएको देख्न आवश्यक पर्‍यो? ____________। व_______ विश्वास गर्ने व्यक्तिहरू धन्य हुन् (पद ५०)!

यदि मानिसहरू परमेश्वरको वचन सुन्न र विश्वास गर्न इन्कार गर्दछन् भने तिनीहरूलाई अन्य कुराले विश्वास दिलाउने कमै आशा छ। यो कुरा हामी लूका १६:१९-३१ पढेर थाहा पाउँछौं (विशेष गरी अन्तिम पद हेर्नुहोस्)। आज पनि मानिसहरूको यस्तै समस्या छ। सम्भवतः उनीहरू यस्ता कुराहरू गर्छन्:

  1. कसैले नूहको जहाज नभेट्टाएसम्म म बाइबल विश्वास गर्दिनँ। नूहको जहाज भेट्टाइयो भने म विश्वास गरूँला।
  2. “येशूको कात्रो” आफ्नै आँखाले नदेखेसम्म म बौरिउठाइमा विश्वास गर्दिनँ। (उक्त “कात्रो”, Turin’s Shroud, चाहिँ एउटा चाखलाग्दो कुरा छ जसलाई कतिले येशूलाई दफन गर्न प्रयोग गरिएकै कात्रो हो भनी विश्वास गर्छन्।)
  3. म बाइबल विश्वास गर्दिनँ, विशेष गरी आफूहरू पृथ्वीबाट माथि उठाइनेछौं भन्ने ख्रीष्टियानहरूको हावाको दाबी। मेरा ख्रीष्टियान साथीहरू यसलाई “र्‍याप्चर” भन्छन्। मेरै आँखाले उक्त र्‍याप्चरलाई नदेखेसम्म म ख्रीष्टियान कदापि बन्ने छैनँ।
  4. बाइबलका आश्चर्यकर्महरू साँच्ची नै भएका थिए भनी म विश्वास गर्दिनँ। म यति धेरै वर्ष बाँचेर पनि मैले एउटै आर्श्चर्यकर्म देखेको छैनँ! आश्चर्यकर्महरू साँचा हुन सक्दैनन् किनकि मैले त्यस्ता कुराहरू कहिल्यै देखेको छैनँ।
  5. वर्तमान समयका अविश्वासीहरूले भन्ने अन्य कुराहरू के कस्ता छन्? १ यूहन्ना ५:९-१२ ले विश्वास गर्ने र नगर्ने सम्बन्धमा के बताएको छ?

थोमाको आखिरी जीवन

थोमाको अखिरी जीवनको बारेमा हामीलाई धेरै कुरा थाहा छैन। उनले विश्वासयोग्य भई प्रभुको सेवा गरे भन्ने कुरामा हामी पक्का छौं तर कुन ठाउँमा र कसरी भन्ने कुरा हामीलाई थाहा छैन। कतिको भनाइ अनुसार उनी ख्रीष्टको निम्ति पार्थिया, फारस र भारतमा परिश्रम गरे। एउटा भनाइ अनुसार उनी भालाले रोपिएर शहीदको रूपमा मरे। हामीलाई पक्का थाहा छैन। तर उनी आफ्ना प्रभुप्रति अन्तसम्मै विश्वासयोग्य र बफादार रहे भनी हामी निश्चित हुन सक्छौं (तुलना गर्नुहोस्, यूहन्ना ११:१६)। पत्रुसले आफ्नो प्रभुलाई तीन पटक इन्कार गरे अनि थोमाले प्रभुको बौरिउठाइलाई विश्वास गर्न इन्कार गरे। प्रभु दुवैसित अनुग्रही व्यवहार गर्नुभयो र उनीहरूलाई महत्त्वपूर्ण रूपमा प्रयोग गर्नुभयो। हामी सबैका समस्याहरू र पापहरू हुन्छन् तर परमेश्वर यी भन्दा ठूला हुनुहुन्छ। तपाईंको जीवनलाई पनि उहाँ प्रयोग गर्न चाहनुहुन्छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

फिलिप र बार्थोलोमाइ

फिलिप र बार्थोलोमाइ

 

अध्याय १ देखि अध्याय ४ सम्मको अध्ययनलाई फर्केर हेर्दा

यहाँसम्म हामीले बाह्रमध्ये चारजना चेलाहरूको अध्ययन गर्‍यौं: पत्रुस, अन्द्रियास, याकूब र यूहन्ना। यी चारजना चेलाका नामहरू लिएर निम्न २० ओटा प्रश्नहरूको जवाफ लेख्नुहोस्-

  1. कुन चेला प्रथम शहीद बने (अर्थात् आफ्नो विश्वासको निम्ति मारिए)? _____________‌_
  2. कुन चेला शहीदको रूपमा मरेनन् तर वृद्धावस्थामा मरे? _____________‌
  3. कुनचेला कुनै पनि कामकुरा गर्न प्रायः पहिला हुन्थे? _____________‌
  4. पत्रुसका भाइ को थिए? _____________‌
  5. यूहन्नाका दाजु को थिए? _____________‌
  6. कुन चेला पानीमाथि हिँडे? _____________‌
  7. “गर्जनका पुत्रहरू” को थिए? ______________________‌
  8. कसले प्रभुलाई तीन पटक इन्कार गरे? _____________‌
  9. “प्रेमका प्रेरित” को थिए? _____________‌
  10. कुन कुन चेलाहरू मछुवा थिए? ___________________________________
  11. कुन चेलाले नयाँ नियमका पाँचओटा पुस्तकहरू लेखे? _____________‌
  12. कुन तीनजना चेलाहरू “भित्री समूह” का थिए? _____________‌
  13. कुन चेला सबभन्दा भित्री घेरा अन्तर्गतका थिए? _____________‌
  14. कसले पेन्टेकोस्टको दिनमा प्रचार गर्दा करिब ३००० मानिसहरूले मुक्ति पाए र बप्तिस्मा लिए? _____________‌
  15. कुन चेला प्रभुको सबभन्दा नजिकमा रहने गर्थे? _____________‌
  16. जब्दीका छोराहरू को को थिए? ________________________‌
  17. येशूको मृत्युको घडीमा कुन चेला क्रूसकै फेदीमा थिए? ______________
  18. कुन चेलाले मालकसका कान च्वाट्टै काटिदिए? _____________‌
  19. पत्रुसलाई प्रभुमा ल्याउने चेला को थिए? _____________‌
  20. “येशूले प्रेम गर्नुभएको चेला” को थिए? _____________‌

फिलिप

बाह्रचेलाका सबै नामावलीहरूमा फिलिपको नाम सधैं कुन स्थानमा उल्लेख छ (मत्ती १०:२-३; लूका ६:१३-१४; मर्कूस ३:१६-१८; प्रेरित १:१३)? ठीक जवाफमा चिन्ह लगाउनुहोस्:

(क) चौथो
(ख) छैठौं
(ग) पाँचौं
(घ) सातौं

यो फिलिप र प्रेरित ६:५, प्रेरित ८ र प्रेरित २१:८ मा उल्लेखित अर्को फिलिपका बीच अलमल नहोस्। यस पाठमा हामीले अध्ययन गर्न लागेका फिलिपलाई प्रेरित फिलिप भनिन्छ (मत्ती १०:२-३)। प्रेरित अध्याय ८ मा पाइने फिलिपलाई _____________‌ फिलिप (हेर्नुहोस् प्रेरित २१:८) भनिन्छ। दुवैले प्रभुलाई प्रेम गर्थे र विश्वासयोग्य भई प्रभुको सेवा गरे!

फिलिप प्रभुलाई भेट्दछन्

फिलिपको पहिलो उल्लेख यूहन्ना अध्याय १ मा पाउँछौँ। फिलिप कुन ठाउँका बासिन्दा थिए (यूहन्ना १:४४)? _________________________। यो गालिल समुन्द्रको किनारमा रहेको एउटा सानो माझी बस्ती थियो (बाइबलको मानचित्रमा हेर्नुहोस्)। अरू कुन कुन चेलाहरू यही गाउँबाटका थिए (यूहन्ना १:४४)?

यूहन्ना १:४३ मा हामी येशूले फिलिपलाई चेला हुन बोलाउनुभएको समयको बारेमा सिक्दछौँ। येशूले फिलिपलाई भेट्टाउनुभयो र भन्नुभयो, “मेरो ___________ ___________ (यूहन्ना १:४३)!” के फिलिपले त्यसो गरे होलान्? _____________‌। फिलिपलाई येशूले भेट्टाउनुभएको कुरो साँचो हो (यूहन्ना १:४३) तर फिलिपले पनि येशूलाई भेट्टाएका हुन्। यूहन्ना १:४५ मा फिलिपले भने, “हामीले उहाँलाई _________________ छौं।” फिलिप एक खोजी गर्ने व्यक्ति थिए! उनले मसीहको खोजी गर्दै थिए। के फिलिपले आफूले खोजेको कुरा भेट्टाए? ______________। परमेश्वरलाई खोज्नेहरूले परमेश्वरलाई भेट्टाउँछन् – “यदि उहाँलाई ______________ भने तिमीले उहाँलाई ______________” (१ इतिहास २८:९)। के तपाईं एक खोजी गर्ने व्यक्ति हुनुहुन्छ? के तपाईं प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र परमेश्वरको रूपमा भेट्टाउन चाहनुहुन्छ?

फिलिपले नथनएललाई भेट्टाउँछन्

येशूले फिलिपलाई भेट्टाउनुभयो (पद ४३) अनि फिलिपले येशूलाई (पद ४५)! फिलिपले येशूलाई भेट्टाएको लगत्तै उनले अर्को व्यक्तिलाई भेट्टाउन चाहे (हेर्नुहोस् यूहन्ना १:४५)। फिलिपले एउटा ठूलो कुरा पत्ता लगाएका थिए अनि उनले यसलाई आफ्नो साथी नथनएलसित बाँड्न चाहे। धेरै हिसाबमा फिलिप अन्द्रियासजस्तै थिए (हेर्नुहोस् यूहन्ना १:३५-४१)। अन्द्रियासले प्रभुलाई भेट्टाएपछि छिटो छिटो गई ______________ लाई बताइदिए (यूहन्ना १:४१)। फिलिपले प्रभुलाई भेट्टाएपछि छिटो छिटो गई _____________‌लाई बताइदिए (यूहन्ना १:४५)।

अन्द्रियास र फिलिपबाट हामी दुइटा महत्त्वपूर्ण पाठहरू सिकौं-

पाठ १ – हामीले ख्रीष्टलाई भेट्टाउनु खाँचो छ; उहाँसित हाम्रो व्यक्तिगत भेट हुनु खाँचो छ।

कतिपय व्यक्तिहरू हप्तैपिच्छे चर्चघर गए तापनि र समय-समयमा आफ्ना बाइबलहरू पढे तापनि तिनीहरूले ख्रीष्टलाई वास्तवमा भेट्टाएका हुँदैनन् अनि उहाँलाई व्यक्तिगत रूपमा चिनेका हुँदैनन्। येशू ख्रीष्ट तपाईंको जीवनमा आउन चाहनुहुन्छ अनि उहाँले आफूलाई तपाईंकहाँ ज्यादै वास्तविक रूपमा प्रकट गर्न चाहनुहुन्छ। उहाँ ढोकैमा उभिएर ढकढकाउँदै हुनुहुन्छ (प्रकाश ३:२०)। तपाईंले गर्नुपर्ने काम के हो? त्यो कसरी गरिन्छ? के तपाईंले सो गर्नुभयो?

बेन्जामीन फ्रयाङ्कलीनले कहिल्यै कसैसित पनि टेलिफोनको आश्चर्यपूर्ण आविष्कारलाई बाँडन सकेनन्। किनकि उनले कहिल्यै टेलिफोनको आविष्कार गरेनन्! करिब १०० वर्षपछाडि अलेक्जान्डर ग्राहाम बेलले टेलिफोनको आविष्कार गरे! कुनै पनि व्यक्तिले आफूले नै नभेट्टाएका वा आविष्कार नगरेका कुरालाई अरूसित बाँड्न सक्दैनन्। एक व्यक्तिले पहिला त आफ्नै निम्ति ख्रीष्टलाई भेट्टाउनुपर्छ अनि मात्र उसले उहाँलाई अरूहरूसित बाँड्न सक्दछ। पत्रुसकहाँ जानु अघि अन्द्रियासको जीवनमा एउटा उदेकको घटना घटिसकेको थियो। नथनएलकहाँ जानु अघि फिलिपको जीवनमा एउटा उदेकको घटना घटिसकेको थियो। के तपाईंको जीवनमा कुनै उदेकको घटना घटेको छ? के तपाईंले एक उदेकको व्यक्ति (दाँज्नुहोस् यशैया ९:६) लाई भेट्नुभयो? के तपाईंले उहाँलाई एक उदेकको मुक्तिदाता र मित्र र प्रभु को रूपमा भेट्टाउनुभयो?

पाठ २ – हामीले भेट्टाएको कुरा अरूसित बाँड्नुपर्छ।

अन्द्रियासले पत्रुसलाई आफूले भेट्टाएको कुरा बताए (यूहन्ना १:४१)। फिलिपले नथनएललाई आफूले भेट्टाएको कुरा बताए (यूहन्ना १:४५)। के तपाईंले कसैलाई तपाईंले भेट्टाउनुभएको कुरा बताउनुभएको छ? तपाईंले अवश्य पनि ख्रीष्टलाई व्यक्तिगत र वास्तविक रूपमा कहिल्यै नभेटेका व्यक्तिहरू चिन्नुहुन्छ। तिनीहरूले येशू वास्तवमा को हुनुहुन्छ र उहाँले तिनीहरूका लागि के गरिदिनुभयो भन्ने कुरा कहिल्यै पत्ता लगाएका छैनन्। यी मानिसहरूलाई तपाईंले कसरी मद्दत गर्न सक्नुहुन्छ? उनीहरूकहाँ जानुहोस् र तपाईंले के भेट्टाउनुभयो सो बताइदिनुहोस्!

फिलिप पवित्र शास्त्रहरूसँग राम्ररी परिचित थिए। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरालाई उनले राम्ररी जान्दथे। यूहन्ना १:४५ मा उनले भने, “हामीले उहाँलाई भेट्टाएका छौँ, जसको विषयमा _____________‌ ले व्यवस्थामा लेखे, र _________________________‌ ले लेखे अर्थात् यूसुफका पुत्र, नासरतका येशूलाई।”

मोशाले आउनेवाला मसीहको बारेमा लेखे। सम्भवतः फिलिपले व्यवस्था १८:१५-१९ को महत्त्वपूर्ण खण्डलाई विचार गर्दै थिए। यस खण्डको पद १८ मा उल्लेखित महान् अगमवक्ता प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ।

भविष्यवक्ताहरूले आउनेवाला मसीहको बारेमा लेखे। फिलिप पुरानो नियमका भविष्यवाणीका थुप्रै खण्डहरूसित परिचित थिए जसमा आउनेवाला मुक्तिदाता तथा राजाको उल्लेख छ (जस्तै; मीका ५:२; यशैया ९:६-७; यशैया ४०:३-५; यर्मिया २३:५-६ आदि)। सम्पूर्ण पुरानो नियम ख्रीष्टको आगमनको प्रतिक्षामा थियो। फिलिपले यो कुरा बुझेका थिए र बाइबलले बताएको व्यक्तिलाई आफूले भेट्टाएँ भन्ने कुरामा उनी निश्चित थिए।

हामीले भेट्टाएको ख्रीष्ट बाइबलले नै उल्लेख गरेको ख्रीष्ट हुनुहुन्छ भनी हामीले निश्चय गर्नु जरूरी छ। कतिपय व्यक्तिहरू आफूहरूले ख्रीष्टलाई भेट्टायौँ भनी सोच्दछन् तर उनीहरूले भेट्टाएका ख्रीष्ट बाइबलका ख्रीष्ट होइनन्। त्यो त उनीहरूले आफ्नै कल्पनामा सृजेको ख्रीष्ट हो (जस्तै, भारत र नेपालमा आएर वेद र योगाको अध्ययन गरे भन्ने कथित “ख्रीष्ट”)। मानिसहरूले चर्चा गरेका ख्रीष्ट बाइबलको ख्रीष्टसँग मेल खाँदैनन् भने उनीहरूले वास्तविक येशू ख्रीष्टलाई भेट्टाएका छैनन्।

फिलिपलाई येशूले जाँच्नुहुन्छ

यूहन्ना ६:५ मा येशूले फिलिपलाई के प्रश्न सोध्नुभयो? ________________________________________? उहाँले जे गर्न लाग्नुभएको थियो सो उहाँलाई अघिबाटै _________ थियो (यूहन्ना ६:६)। एउटा ठूलो आश्चर्यकर्मद्धारा उहाँले यी मानिसहरूलाई खुवाउनुहुनेछ भनी उहाँ जान्नुहुन्थ्यो। फिलिपको विश्वास जाँच्नलाई येशूले उक्त प्रश्न गर्नुभएको थियो।

यतिका धेरै मानिसहरूका निम्ति खाना किनेर खुवाउने भन्ने कुरा के फिलिपलाई सम्भव लाग्यो (यूहन्ना ६:७)? _____________‌। दुई सय दिनारको रोटी तिनीहरूमध्ये हरेकले थोरै-थोरै लिए तापनि तिनीहरूका निम्ति पर्याप्त हुनेथ्यो र (यूहन्ना ६:७)? _____________‌। दुई सय दिनार ठूलै रकम थियो। चाँदीले बनेको रोमी सिक्कालाई दिनार भनिन्थ्यो। एउटा सरदर ज्यालादारीले एक दिनको ज्याला बराबर एक दिनार पाउँथ्यो। दुई सय दिनार कमाउन एकजनाले झण्डै _____________‌ दिन काम गर्नुपर्थ्यो। एक दिनको काम बापत तपाईं वा तपाईंको बुबाले कति रकम कमाउनुहुन्छ? त्यसलाई २०० ले गुणन गर्नुभयो भने फिलिपले कति धेरै पैसाको कुरा गरिरहेका थिए भन्ने कुरा तपाईंले अनुमान लगाउन सक्नुहुनेछ!

उनले आफ्नो प्रभुमाथि कति थोरै विश्वास राखेका थिए भन्ने कुरा फिलिपको जवाफले देखाउँछ। फिलिपले यसो भन्नुपर्थ्यो: “प्रभु! यतिका धेरै मानिसलाई किनेर खाना खुवाउनु त हाम्रो लागि असम्भव छ। यदि तपाईं यी मानिसहरूलाई खुवाउन चाहनुहुन्छ भने तपाईंले नै केही न केही गर्नुपर्छ। एउटा अलौकिक काम नै गरिनु आवश्यक छ। त्यसो गर्न हामी त सक्दैनौँ तर तपाईं सक्नुहुन्छ। तपाईंले विवाह भोजमा दाखरसको प्रबन्ध गर्न सक्नुभयो (यूहन्ना २) र तपाईंले रोगीहरूलाई निको पार्न सक्नुभयो (यूहन्ना ६:२)। यसैकारण यस विशाल जमातलाई खुवाउन पनि तपाईं सक्नुहुन्छ। यी मानिसहरूका भलाईका निम्ति जे आवश्यक छ त्यसको लागि म तपाईंमै भरोसा गर्नेछु।” प्रभुका निम्ति कुनै कुरा कठिन छैन भनी फिलिपले सिक्नु खाँचो थियो। अभावलाई पूरा गर्न प्रभुलाई कुनै समस्या छैन।

फिलिप अर्को पाठ सिक्छन्

यूहन्ना १२:२०-२२ र यूहन्ना १४:६-९ मा पनि फिलिपको उल्लेख छ। पछिल्लो खण्डमा चाहिँ येशूले पिताकहाँ आउने र पितालाई चिन्ने विषयमा कुरा गर्दैहुनुहुन्थ्यो (यूहन्ना १४ का ६-७ पदहरू हेर्नुहोस्)।

यो सुनेर फिलिपले भने, “प्रभु, ______________________________________, अनि यही हाम्रा निम्ति पर्याप्त हुन्छ” (यूहन्ना १४:८)। फिलिपको चाहना असल थियो। उनी पितालाई चिन्न चाहन्थे। उनी पितालाई देख्न चाहन्थे। तर फिलिपले एउटा ज्यादै महत्त्वपूर्ण कुरा बुझ्न सकेका थिएनन्। येशू ख्रीष्टलाई वास्तविक रूपमा चिनेको व्यक्तिले कसलाई समेत चिनेको हुन्छ (यूहन्ना १४:७)? ______________। ख्रीष्टलाई देख्नेले _____________‌ पनि देखिसेको हुन्छ (यूहन्ना १४:९)! फिलिप पिता प्रकट गराइएको चाहन्थे तर पिता प्रकट गराइसकियो भन्ने कुरा फिलिपले बुझ्न सकेका थिएनन्! परमेश्वर पितालाई प्रकट गर्नुहुने र चिनाउनुहुने येशू ख्रीष्ट नै हुनुहुन्छ!

शायद फिलिप कुनै आश्चर्यपूर्ण चमत्कारसहित परमेश्वर प्रकट हुनुभएको आफ्नै आँखाले देख्न चाहन्थे। उनी थप प्रकाशको खोजी गर्दैथिए तर आवश्यक पर्ने प्रकाश पूर्णरूपमै उनलाई दिइसकेको छ भनी उनलाई बुझ्न खाँचो थियो जुन प्रकाश चाहिँ येशू ख्रीष्टमा पाइन्छ।

आज पनि त्यस्ता मानिसहरू छन् जो थप प्रकाशको खोजी गरिरहेका छन्। परमेश्वरले आफूलाई तिनीहरूकहाँ विशेष-विशेष प्रकारले प्रकट गर्नुभएको र आफूलाई चिनाउनुभएको तिनीहरू चाहन्छन्। तिनीहरू विशेष दर्शन देख्न, विशेष सपना देख्न वा परमेश्वरबाट कुनै अन्य विशेष तरिकाले सन्देश प्राप्त गर्न चाहन्छन् (जस्तै, कथित “अन्य भाषा” मा बोलेर आदि)। आफूहरूसँग भएको प्रकाश नै पर्याप्त छ भन्ने कुरा तिनीहरूले बुझ्नु आवश्यक छ! तिनीहरूको आवश्यकता भनेको केवल बाइबलको प्रकाश हो! परमेश्वरले आफूलाई खुलस्तै प्रकट गर्नुभएको छ। बाइबलद्धारा नै हामी येशू ख्रीष्टलाई चिन्दछौँ। येशू ख्रीष्टलाई चिनेर नै हामी परमेश्वर पितालाई चिन्दछौँ (यहन्ना १४:७)। हामीलाई नयाँ प्रकाशको खाँचो छैन, बरू हामीले परमेश्वरले हामीलाई दिइसक्नुभएको प्रकाशमा नै ध्यान दिनु खाँचो छ!

फिलिपको आखिरी जीवन

बाइबलले फिलिपको बारेमा धेरै बताउँदैन। यी पाठहरूमा हामीले फिलिपको चर्चा गरिएका सबै पदहरूलाई उल्लेख गरिसक्यौँ।

ऐतिहासिक परम्पराले बताए अनुसार, फिलिपले एशिया माइनर (हालको टर्की) मा सुसमाचार प्रचार गरे र आफ्नो अधिकांश समय सम्भवतः फ्रिगिया नाउँ गरेको क्षेत्रमा बिताए (बाइबलको मानचित्रमा हेर्नुहोस्)। युसेबियस् नामक प्राचीन इतिहासकारले उनलाई “एशियाका महान् ज्योति” को उपनाम दिएका छन्। फिलिपले नथनएललाई प्रभुमा ल्याए र निश्चय पनि उनले आफ्नो जीवनभरिमा अन्य थुप्रै व्यक्तिहरूलाई ख्रीष्टमा ल्याए ।

फिलिपको मृत्यु सम्बन्धी हामीलाई धेरै कुरा थाहा छैन, तर उनी एक इसाई शहीदकै रूपमा मरे भन्ने हामीलाई प्रायः निश्चय छ। उनी “______________ सम्म विश्वासयोग्य” (प्रकाश २:१०) थिए!

बार्थोलोमाइ

बाह्रचेलाका चारै ओटा नामवलीमा बार्थोलोमाइको नाम उल्लेख छ (मत्ती १०; मर्कूस ३; लूका ६; प्ररित १) तर नयाँ नियमले बार्थोलोमाइको केही बताउँदैन। सम्भवतः यूहन्ना अध्याय १ को नथनएल बार्थोलोमाइ नै हुन्। यो निष्कर्ष निकाल्नुमा निम्न कारणहरू छन्-

  1. नयाँ नियमको समयमा एउटै व्यक्तिको दुइटा नाम हुनु सामान्य मानिन्थ्यो। उदाहरणको लागि, महसुल उठाउने मत्तीलाई लेवी भनेर पनि बोलाइन्थ्यो। (मत्ती ९:९ मा हेर्नुहोस् र लूका ५:२७ र त्यसपछिका पदहरूसित तुलना गर्नुहोस्)।
  2. मत्ती, मर्कूस र लूकामा बार्थोलोमाइको नाम उल्लेख छ तर नथनएलको नाम कतै उल्लेख छैन।
  3. फिलिप र नथनएल असल मित्रहरू थिए भन्ने कुरा यूहन्ना १ अध्यायमा देख्न सकिन्छ। वास्तवमा नथनएललाई येशूकहाँ डोर्याउने फिलिप नै थिए। सुसमाचारका अन्य पुस्तकहरूमा बार्थोलोमाइको नाम सधैं फिलिपको नामपछि भेटिन्छ। (मर्कूस ३:१६-१७; मत्ती १०:२-३; लूका ६:१४ र त्यसपछिका पदहरू)।
  4. यूहन्ना २१:२ र १४ मा बाइबलले नथनएल येशूका बाह्रचेला मध्येका एक थिए भन्ने सङ्केत दिएको जस्तै देखिन्छ। “नथनएल” भन्ने नाम बाह्र चेलाको कुनै पनि नामावलीमा नभेटिएकोले उक्त व्यक्तिको अर्को पनि नाम हुनपर्थ्यो भन्ने देखिन्छ। सबभन्दा मिल्न सक्ने नामचाहिँ बार्थोलोमाइ नै देखिन्छ।

बार्थोलोमाइ र नथनएल एउटै व्यक्ति हुन् भनी हामी पुर्णरूपमा निश्चय गर्न सक्दैनौँ। माथिका कारणहरूले यो ज्यादै सम्भव छ भन्ने देखिन्छ। यदि ती दुई एउटै व्यक्ति होइनन् भने बाइबलले बार्थोलोमाइको बारेमा केही पनि नबताएको ठहरिन्छ (नामवलीमा सूचित गर्नु बाहेक)। यदि ती दुई एउटै व्यक्ति हुन् भनेचाहिँ यूहन्ना अध्याय १ ले यस व्यक्ति अर्थात् नथनएलका बारेमा केही कुराहरू बताएको पाउँछौ:

नथनएलले येशूलाई भेट्छन्

नथनएल बाइबल जान्ने व्यक्ति थिए। पुरानो नियम शास्त्रको उनलाई राम्रो ज्ञान थियो। यसैकारण उनले भने, “के _____________बाट कुनै ______________ कुरा आउन सक्छ?” (यूहन्ना १:४६)। मसीह (इस्राएलका मुक्तिदाता तथा राजा) नासरत शहरबाट आउनेछन् भनेर लेखिएको कुनै पनि पुरानो-नियमको खण्ड उनी जान्दैनथे। शायद त्यसबेला उनले मीका ५:२ को महान् भविष्यवाणीलाई याद गर्दै थिए जसअनुसार इस्राएलका राजा बेथलेहेमबाट आउनुपर्थ्यो। तर “नासरतका येशू” उक्त भविष्यवाणी बमोजिम नै बेथलेहेमा जन्मनु भएको थियो भन्ने कुरा नथनएललाई थाहा भइसकेको थिएन!

नथनएलका शङ्काहरू आफ्नै ठाउँमा थिए तरै पनि उनी एक इमान्दार र खुल्ला विचारका मानिस भएकाले उनी आफ्नो नेभराको रूखलाई छाडेर फिलिपको पछि लागे। येशूले नथनएललाई भन्नुभएको सबभन्दा पहिलो कुरालाई टिप्पणी गरौं: “हेर साँच्चै एउटा इस्राएली, जसमा ______________ छैन” (यूहन्ना १:४७)। “छल” शब्दको अर्थ हुन्छ “कपट, धोका”। येशू यो भन्दैहुनुहुन्थ्यो, नथनएल एउटा छलकपट गर्ने व्यक्ति होइन। नथनएलको हृदय इमान्दार, निष्कपट र खुल्ला थियो। प्रतिज्ञा गरिएको मसीहको आगमनको बाटो हेरिरहने त्यस समयका यहूदीहरूमध्ये उनी एक थिए।

नथनएल यी शब्दहरू सुनेर छक्क परे। उनले सोधे, “तपाईंले मेरो बारेमा जम्मै कुरा कसरी जन्नुभयो” (दाँज्नुहोस्, यूहन्ना १:४८)? येशूले दिनुभएको जवाफ झनै छक्कलाग्दो थियोः “फिलिपले तिमीलाई बोलाउनुभन्दा पहिले, तिमी _____________को रूखमनि हुँदा नै मैले तिमीलाई _____________” (यूहन्ना १:४८)। येशूले नथनएललाई देख्नुभयो यद्यपि येशू त्यहाँ प्रत्यक्षरूपमा हुनुहुन्नथ्यो! उनी भर्खरै जहाँबाट आएका थिए त्यही ठाउँको दृश्य येशूले बयान गर्नुभएको सुनेर नथनएल तीनछक परे! फिलिपले नथनएलसँग बोल्नु अघि नै येशूलाई नथनएलको बारेमा जम्मै कुरा थाहा थियो! येशू वास्तवमा को हुनुहुन्छ भनी नथनएललाई विश्वस्त तुल्याउन के यस कुरा नै पर्याप्त ठहरियो (हेर्नुहोस्, यूहन्ना १:४९)? _____________‌

येशू नथनएलको बारेमा सब जान्नुहुन्थ्यो। उहाँ नथनएलका विचारहरू जान्नुहुन्थ्यो! उहाँ नथनएल कहाँ छन् भनी जान्नुहुन्थ्यो! नथनएल कस्ता व्यक्ति हुन् भनी उहाँ पूर्णरूपमा जान्नुहुन्थ्यो! आज पनि यो साँचो छ। प्रभु हाम्रो बारेमा सब जान्नुहुन्छ! तपाईंले आफूलाई जतिको चिन्नुहुन्छ त्यो भन्दा बढ्ता उहाँले तपाईंलाई चिन्नुहुन्छ! उहाँले तपाईंको बारेमा, तपाईंका विचारहरूको बारेमा सब जान्नुहुन्छ। उहाँले तपाईंका समस्या, शङ्का र फिक्रीहरूका बारेमा सब जान्नुहुन्छ।

हामी डाक्टरकहाँ जाँदा उनलाई हाम्रो बारेमा सकेसम्म धेरै जानकारी होस् र हामीलाई मद्दत गर्न सकोस् भन्ने चाहन्छौँ। प्रभु येशू हाम्रो प्राणको महान् डाक्टर हुनुहुन्छ! उहाँ हाम्रो बारेमा सब जान्नुहुन्छ, हामीभित्रको समस्या जान्नुहुन्छ। हामीभित्र उहाँको उदेकको काम गरिनालाई हामीले उहाँमा भरोसा गर्नुपर्छ।

नथनएल, सुधार्न सकिने, खुल्ला विचारका मानिस थिए। शुरूमा येशू सम्बन्धी उनको विचार गलत थियो (यूहन्ना १:४६) तर येशूले उनीसित बोल्नुभएपछि उनले तुरून्तै आफ्नो विचार बदले (यूहन्ना १:४८-४९)। परमेश्वर, हामीमा त्यस्तो खुल्ला हृदय भएको चाहनुहुन्छ जुन हृदय सत्यको प्रकाशमा आफ्नो गलत विचारलाई बदल्न राजी हुन्छ।

नथनएलको आखिरी उल्लेख यूहन्ना २१:२ मा पढ्छौँ जहाँ उनी छजना अन्य चेलाहरूसितै माछा मार्न गएका थिए। त्यसबेला येशू उनीहरूकहाँ देखा पर्नुभएको थियो (यूहन्ना २१:४)।

उनको बारेमा बाइबलले अन्य थप कुरा नबताए तापनि यस कुरामा हामी निश्चित छौं, उनले जीवनको अन्तसम्मै येशू “परमेश्वरको _____________‌ र इस्राएलका ______________” हुनुहुन्छ भन्ने कुरा प्रचार गरे (यूहन्ना १:४९)। उनले पनि शहीदको मुकुट पाउनेछन् (प्रकाश २:१०)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

यूहन्ना

यूहन्ना

 

हामीले अघिल्लो पाठमा सिकेका कुराहरूको आधारमा हामीलाई यूहन्नाको बारेमा केही कुराहरू थाहा भइसकेको हुनुपर्छ। यूहन्ना कसका भाइ थिए (मत्ती ४:२१, १०:२) ? ______________। यूहन्नका बाबु को थिए (मत्ती ४:२१)? ______________। यूहन्नाको पेशा के थियो (मत्ती ४:२१)? ______________।

अलमल नहोस्, प्रेरित यूहन्ना र यूहन्ना नाम गरेको अर्को महत्त्वपूर्ण व्यक्ति (हेर्नुहोस्, यूहन्ना १:६) बेग्लाबेग्लै व्यक्तिहरू हुन्। यूहन्ना १:६ मा उल्लेखित “यूहन्ना” चाहिँ बप्‍तिस्मा दिने यूहन्ना हुन्। यी दुई व्यक्तिहरूका बीच निम्न भिन्नताहरू छन्:

बप्‍तिस्मा दिने यूहन्नाप्रेरित यूहन्ना
उनका कुनै दाजुभाइ थिएनन्।याकूब उनका दाजु थिए।
उनी एक महान् अगमवक्ता थिए।उनी एक मछुवा थिए।
उनी येशूका बाह्रचेलाहरू मध्येका थिएनन्।उनी येशूका बाह्रचेलाहरू मध्येका एक थिए।
उनी ख्रीष्ट क्रुसमा जानुअघि मरे (उनको टाउको हेरोदले काटिदिए, हेर्नुहोस् मत्ती १४)उनी ख्रीष्ट क्रूसमा जानुभएको धेरै वर्षपछि आफ्नो वृद्धवस्थमा मरे।
उनले बाइबलका कुनै पुस्तक लेखेनन्।उनले बाइबलका पाँच पुस्तकहरू लेखे।

 

प्रेरित यूहन्ना बप्तिमस्मा दिने यूहन्नाका एक चेला थिए भन्ने बुझिन्छ। किनभने यूहन्ना १:३५-३९ मा अन्द्रियासको साथमा भएका, नाम उल्लेख नगरिएका चेला सम्भवतः यिनै यूहन्ना थिए। टिप्पणी: यूहन्नाको सुसमाचारको किताबभरि, लेखकले आफ्नो विषयमा लेख्नुपर्दा आफ्नो नाम कहिल्यै बताउँदैनन्। तुलना गर्नुहोस्, यूहन्ना २०:२-८। तसर्थ, यूहन्नाको शुरूको इतिहास अन्द्रियासको जस्तै थियो (अन्द्रियासको पाठ हेर्नुहोस्)।

सबभन्दा घनिष्ट

हामीले अघिल्लो पाठमा हेर्‍यौं, येशूका चेलाहरूमध्येमा एउटा “भित्री घेरा” थियो जसमा तीनजना थिए — पत्रुस, याकूब र यूहन्ना। समय समयमा बाह्रचेलामध्येबाट येशूले यी तीन जनालाई अलग गरी आफूसगँ लाने गर्नुहुन्थ्यो। यी तीन जनाले केही यस्ता कुराहरू गर्न पाए जो अरू नौ जनाले पाएनन्।

यी तीन जनामा पनि यूहन्ना प्रभुको सबभन्दा नजिकमा रहने चेला थिए। प्रभुका सबै भेडाहरूमध्येमा यूहन्नाचाँहि महान् गोठालाका सबभन्दा नजिकमा रहेका देखिन्छन्। उक्त निष्कर्षको पछाडि निम्न कारणहरू छन्:

  1. उनका मुक्तिदाताले उनलाई कति धेरै प्रेम गर्थे भन्ने कुरा यूहन्नाले गहिरो गरी बुझ्दथे। घरीघरी उनले आफूलाई त्यो चेलाको रूपमा उल्लेख गर्छन् “जसलाई __________ले __________ गर्नुहुन्थ्यो” (यूहन्ना १३:२३ र साथै हेर्नुहोस्, यूहन्ना १९:२६; २०:२; २१:७,२०)। गोठालाले आफ्ना सबै भेडाहरूलाई प्रेम गर्नुहुन्छ तर सबै भेडाहरू उहाँको प्रेमला‌ई उत्तिकै कदर गर्दैनन् वा त्यसलाई उत्तिकै बुझ्दैनन् वा त्यसैमा उत्तिकै मग्न हुँदैनन्। येशू यूहन्नालाई प्रेम गर्नुहुन्थ्यो, यूहन्ना सो जान्दथे र विश्वास गर्दथे! तपाईं नि? मुक्तिदाता येशू तपाईंलाई प्रेम गर्नुहुन्छ भनी के तपाईं विश्वस्त हुनुहुन्छ? तपाईं यो कसरी जान्नुहु्न्छ? जसको प्रेममा तपाईं निश्चित हुनुहुन्न उसको नजिक हुन वा नजिक जान तपाईंलाई गाह्रो हुन्छ। यूहन्ना निश्चित थिए! उनले ख्रीष्टको प्रेमलाई जान्दथे र त्यस प्रेमले उसलाई आफ्नो प्रभुको झन् झन् नजिक खिँच्ने काम गर्‍यो।
  2. क्रूसमा मर्नुअघिको रात टेबल वरिपरि बस्दाखेरि कुनचाहिँ चेला येशूको सबभन्दा नजिकमा बसे (यूहन्ना १३:२३)? ______________। टेबल वरिपरि सबै चेलाहरू थिए तर आफ्नो प्रभुको सबभन्दा नजिक चाहिँ यूहन्ना थिए।
  3. क्रूसमा येशू झुण्डिरहनुहुँदा कुनचाहिँ चेला क्रूसकै फेदमा उभिरहेका थिए, यति नजिकमा कि येशू उनीसित कुराकानी गर्न सक्नुभयो (यूहन्ना १९:२६)? ______________
  4. मर्कूस १०:३५-३७ मा यूहन्नाले घमण्ड र महत्त्वाकाङ्क्षाले अभिप्रेरित भएर बोलेका भए तापनि, उनलाई राजाकै नजिकमा रहने ठूलो इच्छा थियो भन्ने कुरा बुझ्न सकिन्छ । उनी येशूकै छेउमा बस्न चाहन्थे (मर्कूस १०:३७)! प्रभुदेखि उनी अलिकति पनि टाढा बस्न चाहँदैनथे।
  5. बाइबलका ६६ ओटा मध्ये पाँचओटा पुस्तकहरूको मानवीय लेखक बन्ने (बाह्रचेलामा अधिक सङ्ख्यामा पुस्तकहरू लेख्ने) सौभाग्य यूहन्नालाई दिइयो। यूहन्नाले लेखेका पाचँओटा पुस्तकहरू कुन कुन हुन्? (१) ______________________ (२) ______________________ (३) ______________________ (४) ______________________ (५) ______________________
  6. यूहन्ना आफ्नो प्रभुप्रति अति संवेदनशील थिए। रित्तो चिहानको महत्त्व बुझ्ने पहिलो चेला को थिए (यूहन्ना २०:२-८)? ______________। येशूलाई ठम्म्याउने पहिलो चेला को थिए (यूहन्ना २१:१-७)? ______________

हरेक विश्वासी उहाँको झन् झन् नजिक आएको प्रभु चाहनु्हुन्छ। एउटा विश्वासी कसरी परमेश्वरको नजिक आउन सक्छ? परमेश्वर किन कहिलेकाहीँ “टाढा” हुनुभएझैं लाग्छ? विश्वासी र प्रभुका बीच कहिलेकाहीँ किन “दुरी” खडा भएझैं हुन्छ? निम्न पदहरूले परमेश्वरको नजिक आउने सम्बन्धमा हामीलाई के सिकाउँछन्? भजनसङ्ग्रह ३४:१८; भजनसङ्ग्रह ११९:१५०-१५१, भजनसङ्ग्रह १४५:१८; याकूब ४:८।

यूहन्ना प्रेरितका केही झलकहरू

बाइबलले यूहन्ना प्रेरितका बारेमा धेरै बताउँदैन। उनको विषयमा जान्न हामीले सुसमाचारका पुस्तकहरू र प्रेरितको पुस्तकमा भएका विभिन्न टुक्राटाक्रीहरूलाई हेर्नुपर्ने हुन्छ।

लूका ९:४९ मा यूहन्नाले एकजनालाई के गरिरहेका देखे? _____ ______________________________________________________ उनले उक्त काम कसका नाममा गर्दै थिए?______________। के यूहन्ना र अरूहरूले त्यस मानिसलाई उक्त काम गर्नदेखि रोक्न खोजे? ___________। किन? __________________________ __________। के यूहन्नाले त्यसो गर्नु ठीक थियो (लूका ९:५०)? ______________। ती मानिस वास्तवमा यूहन्नाका शत्रु (“हाम्रो विरोधमा”) थिए कि मित्र (“हाम्रो पक्षमा”) थिए? ______________

धेरैले यूहन्नाको गल्तीलाई दोहोर्या एका छन्। तिनीहरू यसरी सोच्दछन्, “यदि ऊ हाम्रो झुण्ड वा मण्डलीको होइन भने उसले ख्रीष्टको सेवा गरिरहेको हुन सक्दैन।” तिनीहरूको कल्पनामा कुनै पनि व्यक्ति ख्रीष्टको सिपाही हुन सक्दैन जबसम्म उसले दुरुस्तै तिनीहरूको जस्तै पोशाक लगाउँदैन। तिनीहरू त्यस्ता प्रत्येक व्यक्तिलाई रोक्न खोज्दैछन् जसले ख्रीष्टलाई तिनीहरूकै तरिकामा सेवा गर्दैनन्। तिनीहरू सोच्दछन्, “यदि मानिसहरू हामीलाई हरेक कुरामा पछ्याइरहेका छैनन् भने उनीहरू कसरी ख्रीष्टलाई पछ्याइरहेका हुन सक्छन् र?”

उदाहरण: मानौं “विश्वास ब्याप्टिस्ट चर्च” नाम गरेको एउटा बाइबलीय मण्डली छ। के उक्त मण्डलीले “ब्याप्टिस्ट” नाम नगरेका अन्य मण्डलीहरूले ख्रीष्टको सेवा गरिरहेका छैनन् भनेर ठान्नु उचित हुन्छ?____________। के “ब्याप्टिस्ट” नामको पोशाक नलगाउने प्रत्येक व्यक्तिलाई दोषी ठहर्‍याउनु उचित हुन्छ?______________। आज मानिसहरू यूहन्नाकै गल्तीलाई कसरी दोहोर्‍याउँदैछन् भन्ने कुराको अन्य उदाहरणहरू दिन सक्नुहुन्छ?

लूका २२:८ मा हामी सिक्छौं, पत्रुस र यूहन्ना प्रभु येशूद्धारा एउटा काममा पठाइएका थिए। पद ९-१३ मा पनि हेर्नुहोस्। यूहन्ना १३:२३-२६ मा यूहन्नाले प्रभुलाई एउटा महत्त्वपूर्ण प्रश्न सोधे। यूहन्ना पत्रुसका एक नजिकका सहकर्मी थिए र यी दुई व्यक्तिहरू घरीघरी सँगै उल्लेख गरिएका छन्:

यूहन्ना २०:१-१०पत्रुस र यूहन्नाले चिहान रित्तो भएको भेट्टाउँछन्।
यूहन्ना २१:१८-२३पत्रुस र यूहन्नाले उनीहरूको भविष्यको बारेमा प्रभुले बताउनुभएको सुन्न पाउँछन्।
प्रेरित ३:१-१३लङ्गडाको चङ्गाइ गरिँदा पत्रुस र यूहन्ना सँगै हुन्छन्।
प्रेरित ४:१-२२पत्रुस र यूहन्ना उनीहरूले सुसमाचार प्रचार गरेकाले पक्राउ पर्दछन्।

 

गर्जनका पुत्र प्रेमका प्रेरित बन्छन्

येशूले याकूब र यूहन्नालाई “____________ का पुत्रहरू” (मर्कूस ३:१७)भन्ने नाम दिनुभएको थियो भन्ने कुराको अध्ययन हामीले अघिल्लो पाठमा गरेका थियौं। यी दुईजनाले प्रभुको विरोध गर्ने कुनै पनि व्यक्तिलाई सहन सक्दैनथे (लूका ९:५१-५५) जसबाट यो देखिन्छ कि प्रभुले आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्नुहुन्छ भन्ने कुरा उनीहरूले त्यसबेला सम्म बुझ्न सकेका थिएनन् (लूका ९:५६)।

तर यूहन्नाले आफ्नो पाठ सिके, राम्रै गरी सिके। येशूले यूहन्नालाई हप्काउनुभयो र भन्नुभयो, “किनभने मानिसका पुत्र मानिसहरूका प्राणहरूलाई ______________गर्न होइन्, तर ______________ आएका हुन्।” ख्रीष्ट संसारमा किन आउनुभएको थियो भनेर यूहन्नाले अन्तमा राम्ररी बुझ्न सके कि सकेनन् भनी पत्ता लगाउन हामी यूहन्नाको आफ्नै लेखोटहरूमा हेरौं:

यूहन्ना ३:१७ – ख्रीष्ट किन पठाइनुभयो?
_________________________________________________________________________

यूहन्ना १२:४७ – ख्रीष्ट किन आउनुभयो?
_________________________________________________________________________

१ यूहन्ना ४:१४ – पिताले पुत्रलाई किन पठाउनुभयो?
_________________________________________________________________________

बुद्धिमानी मान्छे भनेको गल्ती नै नगर्ने मान्छे होइन तर आफ्नो गल्तीहरूबाट सिक्ने मान्छे हो! यूहन्नाले सिके!

आफूसित सहमत नहुने जोकोहीमाथि चट्याङ्ग प्रहार गर्न तत्पर यि जोशिला गर्जनका पुत्र परमेश्वरको अनुग्रहले पछिबाट अर्कै व्यक्ति बने। गर्जनका पुत्र त प्रेमको प्रेरित बने। यूहन्नाको पहिलो पत्र (१ यूहन्ना) लाई सरसरती पढ्नुभई यस महत्त्वपूर्ण विषय अर्थात् प्रेमको विषयमा लेखिएका पदहरू (विशेष गरी चौथौ अध्याययमा) भेट्टाउनुहोस् र तीमध्ये केही पदहरूको एउटा सूची बनाउनुहोस्: _________ ____________________________________________________

ठीक किसिमले प्रेम गर्ने हो भने ठीक किसिमले घृणा पनि गर्नुपर्ने हुन्छ! कसैले सत्यलाई प्रेम गर्दछ भने उसले झूटलाई घृणा गर्दछ। यूहन्ना प्रेम गर्न राम्ररी जान्दथे साथै उनले घृणा गर्न पनि जान्दथे! उनले झूट र खराबीलाई घृणा गर्थे। उनले असत्यलाई एकछिन पनि ठाउँ दिएनन्। (हेर्नुहोस् १ यूहन्ना ४:१-६)। झूट र खराबीको विरुद्धमा यूहन्नाको आफ्नो जोश अलिकति पनि घटेको थिएन! भजनसङ्ग्रह ९७:१० मा बाइबलले भन्छ – “परमप्रभुलाई ______________ गर्ने सबैले ______________ लाई घृणा गरून्।”

गलाती २:९ मा प्रेरित यूहन्नालाई पावलले प्रशंसा गरेका छन्। पावलले याकूब (येशूका भाइ), केफास (पत्रुस) र यूहन्नालाई “खाँ ___________” भनी उल्लेख गरेका छन्। एउटा भवनमा खाँबाजत्तिकै महत्त्वपूर्ण कुरा अरू कुनै हुँदैन। तुलना गर्नुहोस् न्यायकर्ता १६:२९-३०। खाँबाविना भवन ढलेर जान्छ! यसरी यूहन्ना शुरूको मण्डलीका एक अति महत्त्वपूर्ण व्यक्ति थिए।

यूहन्नाका जीवनका पछिल्ला घटनाहरू

हामीलाई थाहा भएसम्म, बाह्रचेलाहरू मध्येमा सहीदको रूपमा नमरेका एउटै मात्र चेला यूहन्ना थिए। उनी ई.सं. ९८ मा राज्य गर्न थालेका सम्राट ट्राजनको शासनकालको शुरूतिर वृद्धावस्थामा मरे। तसर्थ यूहन्ना पहिलो शताव्दीको अन्ततिर मरे (उनी शायद ई.सं. १-५ तिर जन्मेका थिए)। उनी आफ्नो मृत्युको बेलामा ९० वा ९५ वर्ष उमेरका थिए।

यूहन्ना एक सहीदको रूपमा नमरे तापनि उनले आफ्नो मुक्तिदाताको निम्ति सतावटचाहिँ भोगेकै थिएः

  1. हामीले अघिबाटै देख्यौ, उनी सुसमाचार प्रचार गर्ने क्रममा पत्रुससित पक्राउमा परे (प्रेरित ४)।
  2. उनी अन्य प्रेरितहरूसँगै फेरि पक्राउमा परे अनि पिटिए (प्रेरित ५:१८,४०)।
  3. उनी सम्भवतः अन्य थुप्रै सतावटहरूमा परेका थिए जसका बारेमा हामीलाई बताइएको छैन (तुलना गर्नुहोस् यूहन्ना १६:१-४, ३३)।
  4. “फोक्सेज बुक अफ मार्टर्स्” (Foxe’s Book of Martyrs) को अनुसार, सम्राट डोमिशियनको आदेशमा यूहन्ना बाँधिएर रोममा पठाइए जहाँ उनी उम्लिरहेको तेलको कराहीभित्र फ्याँकिए। तर परमेश्वरको आश्चर्यपूर्ण हस्तक्षेपले गर्दा उक्त तेलले उनलाई कुनै हानि गरेन। यो साँच्ची नै भएको थियो या थिएन हामी यकिन गर्न सक्दैनौ, तर हामीलाई थाहा भएकै कुरा हो कि परमेश्वरले आफ्ना प्रेरितहरूलाई अलौकिक तवरले रक्षा गर्ने प्रतिज्ञा गर्नुभएको थियो (मर्कूस १६:१८)। यसले हामीलाई यो पनि सम्झना गराउँछ, परमेश्वरले दिनुभएको उसको काम नसकिएसम्म एउटा विश्वासी मरिहाल्दैन। यूहन्नाको निम्ति परमेश्वरको काम बाँकी नै थियो!
  5. यूहन्ना पत्मोस् भनिने सानो टापुमा निर्वासन गरिए (प्रकाश १:९)। त्यहाँ नै उनले प्रकाशको पुस्तक लेखेका हुन्, र परमेश्वरले उनलाई भविष्य सम्बन्धी उदेकका कुराहरू देखाउनुभयो।

बाह्रचेलाहरू मध्येमा यूहन्ना सबभन्दा पछि मरेका हुन्। सबभन्दा पहिला मर्ने चेला को थिए (प्रेरित १२:१-२)? _________। दाजुचाहिँ सबभन्दा पहिला मरे, भाइचहिँ सबभन्दा पछि मरे। यसबाट हामी यो सिक्छौँ प्रत्येक विश्वासीका निम्ति परमेश्वरको भिन्न-भिन्नै योजना हुन्छ। याकूबको निम्ति परमेश्वरको योजना र यूहन्नाको निम्ति परमेश्वरको योजना बेग्ला-बेग्लै हुन्छ। प्रत्येक व्यक्तिका निम्ति परमेश्वरको योजना फरक हुन्छ। याकूबको निम्ति परमेश्वरको एउटा योजना थियो। अनि यूहन्नाको निम्ति अर्को। प्रत्येक व्यक्तिलाई विशेषरूपले सुहाउने परमेश्वरको योजना हुन्छ। यूहन्ना २१:१८-२२ मा हामी सिक्छौं यूहन्ना र पत्रुसका निम्ति परमेश्वरका बेग्लाबेग्लै योजनाहरू थिए। परमेश्वर अरू विश्वासीहरूसित जसरी व्यवहार गर्नुहुन्छ ठीक त्यसरी नै तपाईंसित पनि व्यवहार गर्नुहुन्छ भनी नसोच्नुहोस्। परमेश्वरले तपाईंको जीवनमा त्यस्ता कुराहरू आइपर्न दिनुहोला जुन अरूलाई आइपर्न नदिनुहोला। प्रत्येक व्यक्तिको निम्ति कुनचाहिँ सर्वोत्तम छ, सो परमेश्वर जान्नुहुन्छ। केवल उहाँमाथि भरोसा गर्नुहोस्। अरूहरूलाई नहेर्नुहोस् (यूहन्ना २१:२१-२२) बरू ख्रीष्टलाई पछ्याउनुहोस्!

प्रेरित यूहन्नाको जीवनको लागि के तपाईं धन्यवादी हुनुहुन्छ? उनको जीवनको अध्ययनबाट तपाईंले के कस्ता पाठहरू सिक्नुभयो? यूहन्नाका कुन कुराहरूलाई हामी असल नमुनाको रूपमा पछ्याउन सक्छौं। कुन कुराहरूमा यूहन्नाका गल्तीहरूबाट हामी सिक्न सक्छौ? के कुनै कुराहरूमा तपाईं यूहन्नाजस्तै हुनुहुन्छ? के कुनै कुराहरूमा यूहन्ना तपाईंजस्तै थिए?

निम्न शब्दहरूले तपाईंलाई यूहन्नाको कसरी सम्झना दिलाउँछन्?

प्रेम गर्जन घृणा लेखक सबभन्दा नजिकमा वृद्धजन विश्वासयोग्य

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

याकूब

याकूब

 

 

मत्ती १०:२-४ मा भएको बाह्र चेलाहरूको सूचीमा तेस्रो नाम कसको छ? _____________‌। यी मानिसका बाबु को थिए (मत्ती १०:२)? _____________‌। यिनका भाइ को थिए (मत्ती १०:२)? _____________‌।

अलमल नहोस् !

नयाँ नियमको समयमा याकूब एक प्रचलित नाम थियो। अरु दुर्इ जनाका नाम पनि याकूब नै थियो। यस पाठमा अध्ययन गर्न लागिएको याकूब र ती याकूबहरूका बिच अलमल नहोस्:

१) प्रभुका भाइ याकूब (गलाती १:१९)

प्रभुको एक जना भाइको नाम या________ (मत्ती १३:५५) थियो। यिनी नयाँ नियमका पन्नाहरूमा धेरैपटक उल्लेख गरिका छन्। उहाँ बौरिउठ्नुभएपछि येशू एकपटक यिनीकहाँ छुट्टै देखा पर्नुभयो (१ कोरिन्थी १५:७)। अनि उनी यरुशलेमको मण्डलीका अगुवा बने (प्रेरित १५:१३, १२:१७)। साथै उनी “याकूबका पत्र” का मानवीय लेखक थिए (याकूब १:१)।

२) अल्फयसका छोरा याकूब (मत्ती १०:३)

यिनी पनि बाह्रजना _____________‌_ (मत्ती १०:२) मध्येका थिए। येशूका बाह्र जनाको सानो झुण्डमा याकूब नाम गरेका दर्इ जना व्यक्ति थिए। अल्फयसका छोरा याकूबको विषयमा हामीलाई धेरै बताइएको छैन (यिनको अध्ययन हामी पछि गर्नेछौं)। उनको तुलनामा हामीलाई जब्दीका छोरा याकूबको विषयमा बढी बताइएको छ अनि यस पाठमा हामी यिनैको अध्ययन गर्नेछौं।

* * * * *

प्रभु गडबडका परमेश्वर हुनुहुन्न । त्यसैले जहाँ जब्दीका छोरा याकूबको उल्लेख हुन्छ, त्यहाँ उनी जब्दीका छोरा थिए वा यूहन्ना दाजु थिए भनी उल्लेख भएको पाउँछौं।

परित्याग र प्राप्‍ति

याकूबको पेशा के थियो (मत्ती ४:२१, पद १८ सँग दाँज्नुहोस्)? _____________‌_। येशूले उनीहरूलाई बोलाउनुहुँदा याकूब र यूहन्ना के गर्दैथिए (मत्ती ४:२१)? _____________‌_____________ _____________‌____। यी दुर्इ दाजुभाइले येशूको पछि लाग्ने निर्णय गरे। उहाँलाई पछ्याउनको निम्ति उनीहरूले केही कुराहरूलाई परित्याग गर्नुपर्यो। उनीहरूले परित्याग गरेका कम्तीमा तीन कुराहरू उल्लेख गर्न सक्नुहुन्छ (मत्ती ४:२१, २२)? _____________‌______________‌_ _____________‌______________‌_ _____________‌______________‌_

मर्कूस १०:२८ मा पत्रुसले भने, “हेर्नुहोस्, हामीले _____________‌_ कुरा त्यागेका छौं र तपाईंको पछि लागेका छौं।” के याकूबले पनि यस्तै गरेका थिए? _____________‌_। येशूले यस विषयमा मर्कूस १०:२९-३१ मा भन्नुभएको कुरा पढ्नुहोस्। जब मानिसहरूले ख्रीष्टका खातिर केही कुराहरू गर्छन्, तब के तिनीहरूले केही कुराहरू प्राप्त पनि गर्छन्?_____________‌_। तिनीहरूका हात रित्तिन्छन् कि भरिन्छन्? _____________‌_। ख्रीष्टको पछि लाग्ने व्यक्तिले अहिले यहि जीवनमै प्राप्त गर्छन् कि आउनेवाला जीवनमा मात्रै प्राप्त गर्छन् (मर्कूस १०:३०)? ___________‌______________‌__ ____________‌______________‌______________‌___________

जब एक व्यक्ति ख्रीष्टियान बन्दछ, के त्यहाँ त्यस्ता कुराहरू हुन्छन् जसलाई उनले छाड्छन् वा त्याग्छन्? के कस्ता कुराहरू? विश्वासीले “गुमाउन” सक्ने कुराहरू के कस्ता होलान्? विश्वासीले आउनेवाला जीवनमा के कस्ता कुराहरू प्राप्त गर्नेछन्? मुक्ति नपाएकाहरूले आउनेवाला जीवनमा के कस्ता कुराहरू गुमाउनेछन्? याकूबले ख्रीष्टका निम्ति सबै त्यागे तर उसलाई नोकसान भएन, बरु फाइदा भयो। आफ्नो जीवनको अन्तमा, उनले ख्रीष्टका निम्ति आफ्नो शिर समेत गुमाए, तर त्यसमा पनि उसलाई नोक्सान भएन बरु फाइदै भयो!

गर्जनका पुत्र

येशूले याकूब र यूहन्नलाई एउटा उपनाम दिनुभयो। उहाँले उनीहरूलाई बोअनर्गेस भनि बोलाउनुभयो। यसको अर्थ के हो (मर्कूस ३:१७)? _____________‌______________‌_। उहाँले उनीहरूलाई सम्भवतः उनीहरूको “आँधी-बेह्रीरुपी व्यक्तित्व” को कारण उक्त नाम दिनुभएको हो। गर्जनको कुरा गर्दा हामीलाई बिजुली चम्काइका साथ आकाशबाट चटयाङ बज्रँदै गरेको आँधी बेह्रीको सम्झना आउँछ। याकूब र यूहन्ना जोशिला थिए, कहिले त अति नै। कहिलेकाहीँ उनीहरू हडबडे पनि थिए जुन कुरा हामी यहाँ देख्नेछौं।

“गर्जनका पुत्रहरू” को विषयमा जान्नलाई हामी लूका ९:५१-५६ पढौं। येशू र उहाँका चेलाहरू यरुशलेतर्फ यात्रा गर्ने क्रममा, सामरीहरूको एउटा गाउँमा उनीहरूलाई राम्रो स्वागत गरिएन (लूका ९:५१-५३)। सामरीहरूले येशूलाई उचित व्यवहार नगरेकोमा कुन दुई चेलाहरू अति क्रोधित बने (लूका ९:५४)? ____________ _‌_________________

समस्या हल गर्न के उनीहरूले एक शान्तपूर्ण उपाए खोजे? _____________‌। यी “गर्जनका पुत्रहरू” ले _____________‌_ बाट _____________‌_ बर्साउने र तिनीहरूलाई _____________‌_ पार्ने इच्छा गरे (लूका ९:५४)। परमेश्वरले चटयाङ बर्साउनुभई उनीहरूलाई नष्ट गरेको उनीहरूले चाहे!

येशूले के गर्नुभयो (लूका ९:५५ पढेर ठीक उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्)?

  1. उनीहरूको भनाइमा सहमत हुनुभयो
  2. उनीहरूको भनाइको कारण उनीहरूलाई हप्काउनुभयो
  3. उनीहरूको भनाइको कारण उनीहरूलाई धन्यवाद दिनुभयो
  4. उहाँले उनीहरूलाई भन्नुभयो, “जाऊ, तिमीहरूले भने बमोजिम गर”

“गर्जनका पुत्रहरू” सित ठीक खालको आत्मा थिएन (लूका ९:५५)। उनीहरूसित एक रिसाहा, दोषारोपण गर्ने आत्मा थियो जसले प्रभुका शत्रुहरूलाई नष्ट र भस्म पार्न चाहन्थ्यो। ख्रीष्ट जुन कारण संसारमा आउनुभएको थियो त्यही नै बुझ्न सकिरहेका थिएनन्ः “किनभने मानिसका पुत्र मानिसहरूका प्राणहरूलाई _____________‌_ गर्न _____________‌_, तर _____________‌_ आएका हुन्।” येशूको उपाए बरु शान्तपूर्ण र कृपालु थियोः “अनि उनीहरू अर्को गाउँमा जानुभयो” (लूका ९:५६)।

येशू संसारमा किन आउनुभयो (यूहन्ना ३:१७, लूका १९:१०, १ तिमोथी १:१५)? _____________‌______________‌______________‌_ _____________‌______________‌______________‌______________‌______________‌______________‌______________‌_। यदि परमेश्वरले हामी एक-एकलाई हामीले पाउनुपर्ने कुरा नै दिनुहुने हो भने, हामी प्रत्यक नै र्स्वर्गबाटको चट्याङमुनि पर्नुपर्नेथ्यो! हामी सबै नै हाम्रा पापका कारण नष्ट गरिनुपर्नेथ्यो। प्रभु एक ज्यादै कृपालु परमेश्वर हुनुहुन्छ।

के तपाईं कसैसँग रिसाएर त्यो व्यक्ति कतै खुत्रुकै भए हुन्थ्यो वा यस पृथ्वीबाट हटाइए हुन्थ्यो भनी कहिल्यै सोच्नुभएको छ? हुन सक्छ त्यो व्यक्तिले तपाईंप्रति नराम्रो व्यवहार गरेको थियो, अथवा कुनै गल्ती नै गरेको थियो। के तपाईंलाई थाहा छ, त्यो व्यक्तिप्रति समेत परमेश्वर कृपालु हुन चाहनुहुन्छ? के तपाईंलाई थाहा छ, परमेश्वर त्यो व्यक्तिप्रति अहिले नै भला र कृपालु हुनुहुन्छ (हेर्नुहोस् मत्ती ५:४३-४८)? त्यो व्यक्ति तपाईंको शत्रु नै होला, तर येशूले भन्नुभयो, “आफ्ना शत्रुलाई _____________‌_ गर” (मत्ती ५:४४)।

सबैभन्दा ठुलो को ?

याकूब र यूहन्ना “गर्जनका पुत्रहरू” थिए। साथै उनीहरू “महत्वकांक्षाका पुत्रहरू” थिए। उनीहरू परमेश्वरको राज्यमा ठूला हुन चाहन्थे। उनीहरू सबभन्दा राम्रो स्थान ओगट्न चाहन्थे। राज्यका सम्पूर्ण मुख्य-मुख्य व्यक्तिहरू बसालिँदा, राजाको सबभन्दा नजिकका दुर्इ स्थानहरूमा उनीहरू नै बस्न चाहन्थे! याकूब र यूहन्ना दुई व्यक्तिहरू थिए जसलाई नम्रताको पाठ सिकाइनु साँच्ची नै खाँचो थियो!

मर्कूस १०:३५ मा उनीहरूको अनुरोधलाई विचार गर्नुहोस्। उनीहरू यसो भन्दै थिए, “प्रभु, हामी जे चाहन्छौं तपाईंले त्यही गरिदिनुभएको होस्!” कोही मानिसहरू यसरी नै प्रार्थना गर्दछन्। परमेश्वरको इच्छा खोज्नुको सट्टा, उनीहरू आफ्नै इच्छा परमेश्वरले पुरा गरिदिनुभएको होस् भन्ने चाहन्छन्! उनीहरू चाहन्छन्, परमेश्वर उनीहरूको दास हुनुभएको, उनीहरूको इच्छाअनुसार सबथोक गरिदिनुभएको! के येशूले उनीहरूले जे चाहन्छन् त्यहीअनुसार गरिदिनुहुने प्रतिज्ञा गर्नुभयो (मर्कूस १०:३६)? _____________‌_। उनीहरूको अनुरोध के थियो (मर्कूस १०:३७)? _____________‌____ __________‌_______________________‌_____‌______________‌______________‌_। याकूब र यूहन्नाकी एउटी आमा थिइन् जसको पनि उक्त अनुरोध गरिनुमा हात थियो (मत्ती २०:२०-२१)। उनले आफ्ना छोराहरूका निम्ति विशेष मान र स्थानको अनुरोध गरिन्!

याकूब र यूहन्नले यस्तो अनुरोध गरे भनी अरु चेलाहरूले सुनेपछि के उनीहरू खुशी माने (मर्कूस १०:४१)? _____________‌_। शायद उनीहरूले पनि आफ्नो लागि त्यही कुरा चाहन्थे! मर्कूस १०:४२-४५ मा येशूले भन्नुभए अनुसार, महानताको वास्तविक रहस्य के हो? परमेश्वरको नजर साँच्ची नै महान् बन्नलाई एक व्यक्तिले के गर्नुपर्दछ? परमेश्वरले महानताको नापो कसरी गर्नुहुन्छ? राजाभन्दा महान् अरु कोही हुन सक्दैन, तर राजा आफै के गर्न राजी हुनुभयो (मर्कूस १०:४५)? _____________‌______________‌_______ _______‌______________‌______________‌_

भित्री घेरा

प्रभुका सबभन्दा निकटवर्ती चेलाहरूमध्ये याकूब एक थिए। प्रभुका धेरै चेलाहरू थिए। लूका १०:१ मा सत्तरी चेलाहरूको उल्लेख छ। केही चेलाहरू अरुभन्दा बढी प्रभुको नजिकमा थिए। समय-समयमा प्रभुले कुनै-कुनै चेलाहरूलाई कुनै कुराका लिगि अलग गर्नुहुन्थ्यो जसमा अरुहरू सहभागी हुन सक्दैनथे। यधपि येशूका धेरै चेलाहरू थिए, उहाँले तीमध्ये बाह्र जनालाई विशेषरूपमा आफूसँग हुनलाई बोलाउनुभयो (लूका ६:१३)। समय-समयमा यी बाह्रमध्येबाट येशूले तीन जनालाई छानेर आफूसँग लाने गर्नुहुन्थ्यो। यी तीन जनाले केही यस्ता कुराहरू गर्न पाए जो अरु नौ जनाले पाएनन्। तलको चित्रले चेलाहरूको विभिन्न “घेराहरू” देखाउँदछ। के याकूब भित्री घेरामा पर्ने चेलामध्येका थिए (लूका ९:२८)? _____________‌_।

disciples' proximity to Christ

बाइबलले बताउँछ, येशूले यी तीन चेलाहरूसित तीनवटा कामहरू गर्नुभयो (जसमा अन्य नौ चेलाहरू सम्मिलित गराइएनन्):

  1. डाँडामाथि येशूको रूप परिवर्तन हुँदा, येशू, मोशा र एलियालाई कुन तीन चेलाहरूले मात्रै देख्न पाए (मत्ती १७:१-५)? _____________‌________। उनीहरूलाई आफूहरूले देखेका कुराहरू अन्य चेलाहरूलाई बताउने अनुमति थियो (मत्ती १७:९)? _____________‌_।
  2. याइरसकी छोरीलाई मृत्युबाट बिउँताउनुहुँदा येशूले कुन तीन चेलाहरूलाई आफ्नो साथमा लानुभएको थियो (मर्कूस ५:३७-४३)? _______ ______‌______________‌_। के उहाँले अरुहरूलाई पनि साथमा आउने अनुमति दिनुभएको थियो (मर्कूस ५:३७)? _____________‌_।
  3. मत्ती २६:३६ मा येशूले आठ चेलाहरूलाई बस्दै गर्नु भन्ने आज्ञा दिनुभयो (त्यसबेला यहूदा उनीहरूसित थिएनन्)। कुन चेलाहरूलाई येशूले आफ्नो साथमा लानुभयो (मत्ती २६:३७)? _____________‌______________‌_। येशूले यी तीन मानिसहरूलाई आफूले भोग्दै गर्नुभएको अति कठिन अनुभुतिमा सहभागी हुने विशेष मौका दिनुभयो। के यी तीन चेलाहरूले उक्त मौकाको सदुपयोग गरे (मत्ती २६:४०,४३,४५)? _____________‌_। उहाँले ठुलो मौका दिनुभएको थियो तर तिनीहरूले मौका गुमाए!

एउटा गोठाला र उनको भेडाहरूका बगालको विचार गर्नुहोस्। गोठालाले बगालका सबै भेडाहरूलाई माया गर्दछन्। कतिपय भेडाहरू गोठालादेखि परै बस्छन् र बगालको छेउछाउमा चर्दछन्। अरु भेडाहरूचाहीँ गोठालाको नजिकै रहन्छन् र उनको साथ-साथै हिँडछन्। अझ, त्यहाँ केही साना-साना पाठाहरू पनि हुन्छन् जसलाई गोठालाले उठाएर आफ्नो अँगालोमा बोक्दछन्।

हामी विश्वासीहरू गोठालाको नजिक रहनुपर्दछ। के हामीमध्येका कोही पनि उहाँको जत्ति नजिक हुनुपर्छ त्यत्ति नै नजिक छौँ? _________। सँधै नै हामी प्रभुको झन् झन् नजिक हुन खोज्नुपर्दछ। यदि हामी बाहिरी घेराहरूमै छौँ भने, हामी संधै नै भित्री घेराहरूतर्फ बढ्ने प्रयास गर्नुपर्दछ। एक विश्वासी प्रभुको झन् झन् नजिक कसरी जान सक्दछ? एक विश्वासी प्रभुबाट झन् झन् टाढा कसरी जान सक्दछ? के परमेश्वर प्रत्येक विश्वासी नै नजिक आएको चाहनुहुन्छ (याकूब ४:८; हिब्रु १०:२२)? _____________‌_।

साथै याकूब ती चार चेलाहरूमध्येका थिए जसले प्रभुलाई भविष्यमा के हुनेछ भनि सोधेका थिए (मर्कूस १३:३; अन्द्रियासको पाठ हेर्नुहोस्)। साथै येशू आफ्नो बौरिउठाईपछि चेलाहरूकहाँ देखा पर्नुभएको तीनै पटक त्यहाँ याकूब पनि उपस्थित थिए (यूहन्ना २०:१९,२६;२१:२)।

याकूब मृत्युसम्म विश्वासयोग्य

याकूबको मृत्युको सम्बन्धमा जान्न हामीलाई परम्परा वा हस्तान्तरण हुँदै आएका ऐतिहासिक अभिलेखहरूमा भर पर्नु आवश्यक छैन। याकूबको मृत्युको सम्बन्धमा बाइबलले प्रष्टै बताउँदछ।

याकूब बाह्र चेलाहरूमा पहिलो थिए जसले आफ्नो प्राण प्रभुको निम्ति गुमाए। उनी पहिलो ईशाइ शहिद त थिएनन्। याकूब बाह्र चेलाहरूमध्येमा सबभन्दा पहिला मारिए। उनको मृत्यु ख्रीष्टको बौरिउठाइको चौध बर्ष पछि भएको थियो।

त्यसबेला मण्डलीलाई सतावट दिने शासकको नाम के थियो (प्रेरित १२:१)? _____________‌_। यस राजाले याकूबलाई के गरे र कसरी गरे (प्रेरित १२:२)? _‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌_‌____ ______________‌______________‌______________‌_________। यसको थोरै समयपछि के परमेश्वरले यस राजाको जीवनलाई अन्त गर्नुभयो (प्रेरित १२:२३)? _____________‌_। मर्कूस १०:३९ मा उल्लेखित येशूका वचन पुरा भए। येशूले प्रतिज्ञा गर्नुभए बमोजिम नै याकूबले कष्टको कचैराबाट साँच्ची नै पिए।

हामीले यो बिर्सनुहुन्न कि तरवारले याकूबको जीवनलाई अन्त गरेन, केवल उनको पार्थिव अस्तित्वलाई मात्रै अन्त गर्यो। तरवारले शारीरिक मृत्यु ल्याएकै क्षण याकूब “_____________‌_ बाट अलग भए” र “_____________‌_ सित” रहन पुगे (२ कोरिन्थी ५:८)। उक्त परिवर्तन याकूबका लागि फाइदाजनक थियो कि नोकसानीपुर्ण थियो (फिलिप्पी १:२१,२३)? _____________‌_।

याकूब र तपाईं

याकूब असल र खराब दुबै पक्षहरू भएका मानिस थिए। कुनै बेला उनी जोसमा गर्जनका पुत्र हुन्थे जसलाई सेलाउन र नम्र आत्मा पहिरन खाँचो पर्थ्यो। उनमा महत्वकाँक्षा र घमण्ड थियो र येशूले उनलार्इ नम्रता र साँचो महानताको पाठ सिकाउनु आवश्यक पर्यो। याकूबले ख्रीष्टलाई भक्तिसाथ पछ्याए, आफ्नो मालिकलाई पछ्याउन सब परित्याग गरे। उनी आफ्नो प्रभुको नजिक रहिरहे र “भित्री घेरा” मध्येका एक थिए। उनले अन्तसम्मै विश्वासयोग्य हुँदै प्रभुको सेवा गरे र बाह्र चेलाहरूमा सबभन्दा पहिला मारिएर ख्रीष्टको उपस्थिति र आनन्दमा प्रवेश गरे। याकूबको जीवनको विचार गर्दा, के तपाईं यस मानिसमा आफैंलाई पनि देख्न सक्नुहुन्छ? आज आफ्नो जीवनलाई विचार गर्दा, के तपाईं याकूबलाई आफैंमा पनि देख्न सक्नुहुन्छ? उनका कुन-कुन असल पक्षहरू तपाईंसित पनि छन्? उनका कुन-कुन कमजोर पक्षहरू तपाईंसित पनि छन्?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

अन्द्रियास

अन्द्रियास

हामी बाह्र चेलाहरूको विषयमा जान्न चाहन्छौं। यी मानिसहरूसँग हामी परिचित हुन चाहन्छौं। प्रभुलाई पछ्याउने यी मानिसका जीवनहरूबाट हामी अनमोल पाठहरू सिक्न चाहन्छौं। साथै हामी कसरी यी मानिसहरूजस्तै छौं र यी मानिसहरू कसरी हामीजस्तै थिए भन्ने कुराको तुलना गर्न चाहन्छौं। साथै यी चेलाहरूले आफ्ना जीवनहरूमा गरेका पापहरू जान्न चाहन्छौं ताकि तीबाट हामी चेताउनी लिन सकौं र साथै हामी उनीहरूका सदगुणहरू के-के थिए भनी जान्न चाहन्छौं ताकि तिनको देखासिकी हामीले गर्न सकौं।

यी दुई दाजुभाइको पेशा के थियो (मत्ती ४:१८) ?________________‌__। यसकारण अन्द्रियास र पत्रुस कस्ता मानिसहरू थिए होलान् (उनीहरूलाई बयान गर्न मिल्ने खालका शब्दहरूलाई गोलो चिन्ह लगाउनुहोस्)? रुखो हृष्टपुष्ट प्रायः घरभित्रै बस्ने बानी भएका अल्छी कमजोर प्रायः घरबाहिरै हिँड्ने बानी भएका साहसी बलिया शिथिल परिश्रमी

आन्द्रीयास र पत्रुसका साझेदार मछुवाहरू को को थिए (लूका ५:१०)? ________________‌__। यी चारजना सँगै मिली काम गर्थे र माछा मार्थे भन्ने कुरा बाइबलमा देखिन्छ।

एउटा खोजीमा हिँडेका अन्द्रियास

अन्द्रियास आफ्नो अन्तस्करणमा जान्दथे, जीवन भनेको केवल माछा मार्नु, पैसा कमाउनु र दिनचर्या कटाउनु मात्र हुन सक्दैन। यीभन्दा अझ महत्त्वपूर्ण कुरा त्यहाँ हुनैपर्छ भनी उनी जान्दथे र त्यो कुरा पत्ता लगाउन चाहन्थे। एक दिन अन्द्रियासले एक महान् अगमवक्ताको बारेमा सुने जसको नाम थियो ____________‌__ (यूहन्ना १:६)। यिनी बप्‍तिस्मा दिने यूहन्ना थिए। अन्द्रियास केही समयका लागि माछा मार्ने काम छाड्ने निर्णय गरे अनि बप्‍तिस्मा दिने यूहन्नाका चेला बने। अन्द्रियासलाई यूहन्ना १:३५ मा उल्लेख गरिएको छ। बप्‍तिस्मा दिने यूहन्नाका यी दुई चेलाहरूमध्येका उनी एक थिए (उनको नाम अलि पछिबाट मात्र यूहन्ना १:४० मा उल्लेख गरिको छ)।

बप्‍तिस्मा दिने यूहन्नाले अन्द्रियासलाई येशूतर्फ औंल्याउँछन्

एक दिन अन्द्रियास र अर्को चेला बप्‍तिस्मा दिने यूहन्नासँगै थिए। त्यहाँ येशू पनि हुनुहुन्थ्यो (यूहन्ना १:३६)। बप्‍तिस्मा दिने यूहन्ना एक महान् अगमवक्ता थिए (हेर्नुहोस्, मत्ती ११:११), तर यूहन्ना १:३६ मा हामी देख्छौं, यूहन्ना आफूभन्दा ज्यादै महान् अर्कै व्यक्तिलाई औंल्याइरहेका छन्। यूहन्नाले येशूलाई औंल्याउँदै यसरी भने, “हेर, ________________ का ___________‌” (यूहन्ना १:३६)। तपाईंको विचारमा येशूलाई किन परमेश्वरका थुमा भनियो (दाँज्नुहोस्, यूहन्ना १:२९)?

ती दुई चेलाहरूले बप्‍तिस्मा दिने यूहन्नाका यी शब्दहरू सुनेपछि के गरे? तिनीहरूले बप्‍तिस्मा दिने यूहन्नालाई पछ्याइरहे कि यूहन्नालाई छाडेर येशूलाई पछ्याउन थाले (यूहन्ना १:३७)? ____________‌______________‌______________‌__।

अन्द्रियास एक खोजकर्ता (खोजीमा हिँडेका व्यक्ति) थिए! खोजीमा हिड्नलाई उनले केही समय आफ्ना माछा मार्ने जाल र डुङ्गालाई छाडे अनि बप्‍तिस्मा दिने यूहन्नाकहाँ आए। तरैपनि उनको खोजीको टुङ्गो लागको थिएन! बप्‍तिस्मा दिने यूहन्नाले उनलाई येशू, परमेश्वरको थुमातर्फ औंल्याए! खोजी गरिरहेका मानिसहरूलाई सही दिशामा औंल्याइनु आवश्यक छ। कुनै व्यक्ति मुक्तिको खोजीमा, प्रभुलाई चिन्ने इच्छा राख्दै तपाईंकहाँ आए भने, तपाईंले त्यस व्यक्तिलाई कतातिर औंल्याउनुहुनेछ? तपाईं उनलाई आफूतर्फ नऔंल्याउनुहोस्, तर यूहन्नाले जस्तै, तपाईंभन्दा ज्यादै महान् व्यक्तितर्फ औंल्याउनुहोस्! उनलाई प्रभु येशू ख्रीष्टतर्फ औंल्यानुहोस्। खोजकर्ताले ख्रीष्टलाई भेट्टाएपछि उनको खोजीको टुङ्गो लाग्छ।

त्यस दिन अन्द्रियास र अर्को चेला येशूसँगै बास बसे (यूहन्ना १:३८-३९)। यी मानिसहरू खोजीमा हिँडेका मानिसहरू हुन् भनी के येशू जान्नुहुन्थ्यो (यूहन्ना १:३८)? _____________‌__। उहाँले तिनीहरूलाई फर्काएर पठाउनुभयो कि आउन दिनुभयो (यूहन्ना १:३९)? _____________‌__।

खोज अनि तिमीले पाउनेछौ

साँचा खोजकर्ताहरू कहिल्यै निष्फल हुनेछैनन्। जसले साँच्ची नै सत्य जान्न चाहन्छ र साँचो परमेश्वरलाई चिन्न चाहन्छ, उसले आफूले खोजेको कुरा भेट्टाउनेछ। अन्द्रियास एक साँचो खोजकर्ता थिए अनि उनले साँच्ची नै भेट्टाए। खोजकर्ताहरूलाई परमेश्वरको प्रतिज्ञा यर्मिया २९:१३ मा दिइएको छ – “जब तिमीहरूले आफ्ना _____________‌__ हृदयले मलाई _____________‌__, तब तिमीहरूले मलाई _____________।” उहाँलाई साँच्ची नै खोज्नेहरूलाई परमेश्वरले निराश पार्नुहुनेछैन ! हिब्रु ११:६ मा हामी सिक्छौं, “_____________‌__ यत्‍नसित _____________‌__” परमेश्वरले इनाम दिनुहुन्छ। परमेश्वरलाई आफ्नो सारा हृदयले (यत्‍नसित खोज्नेहरू इनामका भागीदार बन्नेछन्! परमेश्वरलाई खोज्नेहरूले परमेश्वरलाई भेट्टाउनेछन्! अन्द्रियास एउटा खोजीमा लागेका मानिस थिए। के अन्द्रियास एक भेट्टाउने मानिस बने (यूहन्ना १:४१)? _____________‌__। उनले के भेट्टाए (यूहन्ना १:४१)? _____________‌_______________‌_______________‌_______________‌________ _____________‌________‌__।

भेट्टाएको कुरा भेट्टाउन अरूहरूलाई मद्दत

आफूले भेट्टाएका कुरा अन्द्रियासले आफूसितै राखे कि अरूसित बाँडे (यूहन्ना १:४१)? _____________‌__। उनले सबभन्दा पहिला कुन व्यक्तिसित बाँडे (यूहन्ना १:४१)? _____________‌__। बाइबलले शिमोन पत्रुसको बारेमा धेरै कुरा बताउँछ तर बाइबलले पत्रुसका दाजु अन्द्रियासको बारेमा भने धेरै बताउँदैन। तर हामी नबिर्सौ, आफ्नो भाइ पत्रुसलाई प्रभुमा पहिला ल्याउने अन्द्रियास नै थिए! मानौं एउटा मान्छे क्यान्सर रोगको औषधिको खोजीमा आफ्नो सम्पूर्ण जीवन खर्च गर्छ। अन्तमा आफ्नो बृद्ध अवस्थामा उसले औषधी पत्ता लगाउँछ। उसले आफ्नो जीवनभर खोजी गरेका कुरा नै अब भेट्टाएको छ। अब उसले के गर्नुपर्छ? के उसले त्यसलाई रहस्यमै लुकाइराख्‍नुहुन्छ? उसले आफ्नो आविष्कारको बारेमा कसैलाई नबताउनुहुन्छ? त्यो ज्ञान अरूलाई बाँडेर त्यसलाई प्रकाशमा ल्याउनु राम्रो हुन्छ कि? अन्द्रियासले जे भेट्टाए त्यसलाई आफैमा सीमित राखेनन्। उसको धारणा यस्तो थियो, “मैले उहाँलाई भेट्टाएँ! पत्रुस, तिमीले पनि उहाँलाई भेट्टाउनुपर्छ!”

तपाईं नि? के तपाईंले येशू ख्रीष्टलाई भेट्टाउनुभयो? त्यहाँ यस्ता धेरै मानिसहरू छन् जो हरेक हप्‍ता मण्डली सभाहरूमा जान्छन्, बाल सङ्गतीमा बस्छन्, बाइबलका घटनाहरूसित परिचित छन्, तरै पनि तिनीहरूले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा कहिल्यै चिनेका छैनन्। उहाँलाई भेट्टाउन अरूहरूलाई मद्दत गर्न सक्नलाई तपाईं आफैले उहाँलाई भेट्टाएको हुनुपर्छ! (उदाहरणः ख्रीष्टको बारेमा जान्नु एउटा कुरा हो, तर ख्रीष्टलाई व्यक्तिगत रूपमा, आफ्नो मुक्तिदाताको रूपमा चिन्नु अर्कै कुरा हो। सबैले नेपालका प्रधानमन्त्रीलाई चिनेका होलान् (प्रधानमन्त्रीको बारेमा जानेका होलान्) तर प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमै चिन्ने मानिसहरू कमै हुन्छन्)।

यदि तपाईंले ख्रीष्टलाई भेट्टाउनुभएको छ र उहाँलाई व्यक्तिगत रूपमा चिनेको हुनाले त्यसको आनन्द पनि भेट्टाउनुभएको छ भने, के तपाईंले आफूले भेट्टाउनुभएको कुरा अरूहरूसित बाँड्दै हुनुहुन्छ? के उक्त कुरा तपाईंले आफ्नो दाजुभाइ वा दिदीबहिनी वा बाबुआमासित बाँड्नुभएको छ? के उक्त कुरा तपाईंले आफ्ना साथीहरूसित बाँड्नुभएको छ? अन्द्रियास अरूहरूलाई _____________‌__ कहाँ ल्याउने व्यक्ति थिए (यूहन्ना १:४१)।

मानिसहरूका मछुवा

त्यसपछि अन्द्रियास आफ्नो माछा मार्ने काममा फर्के। एकदिन येशूले अन्द्रियास र उनका साझेदार मछुवाहरूलाई गालीलको किनारमा भेट्नुभयो। येशू त्यहाँ हिँड्दै आउनुहुँदा पत्रुस र अन्द्रियास के गर्दैथिए (मत्ती ४:१८)? _____________‌_______________‌_______________‌__। मत्ती ४:१९ मा येशूले उनीहरूलाई बोलाउनुभयो, “_____________‌__ _____________‌__ _____________‌__, र म तिमीहरूलाई मानिसहरूका _____________‌__ तुल्याउनेछु।” यसको मतलव अबदेखि उसो उनीहरू माछा पक्रनुको सट्टा _____________‌__ पक्रनेभए। के उनीहरूले येशूले अह्राउनुभएबमोजिम गरे (मत्ती ४:२०)? _____________‌__। माछाको मछुवाबाट उनीहरू मानिसको मछुवा बनेर उनीहरूको कामको परिवर्तन हुनेभयो!

सबै मानिसहरू समयरूपी सागरमा पौडीरहेका माछाहरू जस्तै छन्। अझ, यी “माछाहरू” मरण र संहारको पानीमा पौडीरहेका छन्, किनकि “पवित्रशास्त्रले _____________‌__ लाई _____________‌__ को अधीनतामा थुनेर राखेको छ” (गलाती ३:२२)। तर संसारका मुक्तिदाताले हात पसारी मानिसहरूलाई एक अद्‍भुत जालोमा आफ्नो राज्यको निम्ति पक्रने काम गर्दै हुनुहुन्छ। के तपाईं मुक्तिदाताद्धारा पक्राउ पर्नुभई उहाँको वशमा आइसक्नुभयो? के परमेश्वरले तपाईंलाई तपाईं पौडिरहनुभएको पापको सागरबाट अर्थात् यस संसारको दुष्ट प्रणालीबाट मुक्त गर्नुभयो (गलाती १:४)?_____________‌__। के तपाईं परमेश्वरको अनुग्रहद्धारा पक्राउ परी उद्धार गरिनुभयो?

परमेश्वर आत्माहरू पक्रने महान् मछुवा हुनुहुन्छ। तरैपनि परमेश्वर मानिसहरू पक्रन अरू मानिसहरूलाई चलाउनुहुन्छ। परमेश्वरले _____________‌__ लाई पक्रन अन्द्रियासलाई चलाउनुभयो। आत्माहरू पक्रने र बचाउने यस महान् कार्यमा हामी सहभागी लिएको परमेश्वर चाहनुहुन्छ। हितोपदेश ११:३० मा हामी पढ्छौं, “जसले _____________‌__ हरू _____________‌__ मा ल्याउँछ, त्यो _____________‌__ हो”। अन्द्रियास आत्मा जित्‍ने व्यक्ति थिए! अन्द्रियास अरूहरूको वास्ता गर्ने व्यक्ति थिए। अन्द्रियास बुद्धिमानी थिए!

अन्द्रियासको व्यावहारिक व्यक्तित्व

अन्द्रियास एक व्यावहारिक मान्छे थिए। उनी भावनमा कुद्‍ने व्यक्ति थिएनन्। वर्तमान परिस्थितिलाई कसरी हेरिनुपर्छ भनी जान्ने अन्द्रियास परिस्थितिको सही मूल्याङ्कन गरी व्यावहारिक सुझाव दिन जान्दथे।

एक दिन येशू र चेलाहरू हजारौं, भोकाएका मानिसहरूको एउटा विशाल जमातसँगै हुनुहुन्थ्यो। के गरौं त भनी येशूले पहिला फिलिपलाई प्रश्न गर्नुभयो (यूहन्ना ६:५-७)। व्यावहारिक व्यक्तित्व भएका अन्द्रियासले यताउति हेरे, परिस्थितिको मूल्याङ्कन गरे अनि येशूलाई त्यहाँ उपलब्ध भएको खानेकुराको ठीक मात्राको जानकारी दिए (यूहन्ना ६:८-९)। के यति खानेकुरा मानिसहरूका त्यत्रो जमातका लागि पर्याप्‍त होला भनी अन्द्रियासले ठाने (यूहन्ना ६:९)? _____________‌__। यो घटनासित हामी सबै राम्ररी नै परिचित छौं, कसरी येशूले त्यहाँ भएका जौका रोटी र माछा लिनुभई ती मानिसहरूलाई उब्रोपाब्रो हुनेगरी खुवाउनुभएको थियो!

अन्द्रियासले एउटा महत्त्वपूर्ण पाठ सिक्न खाँचो थियो। “जहाँ परमेश्वर हुनुहुन्छ, त्यहाँ थोरै पनि धेरै हुन्छ!” हामीसँग जे छ त्यो थोरै देखिएला, तर त्यो परमेश्वरलाई दिइनुपर्छ! त्यो परमेश्वरको हातमा सुम्पिएको खण्डमा उहाँले त्यसलाई लिनुभई आर्श्चर्यजनक काम गर्न सक्नुहुन्छ! उहाँले त्यसलाई आशिष दिन सक्नुहुन्छ, वृद्धि गराइदिन सक्नुहुन्छ र त्यसबाट अद्‍भुत काम गर्न सक्नुहुन्छ! तपाईंसँग थोरै क्षमता होला, वा थोरै सीप, तर यदि तपाईंसित भएको थोरैलाई परमेश्वरलाई दिनुहुन्छ भने तपाईं छक्क पर्नुहुनेछ, कसरी परमेश्वरले तपाईंलाई प्रयोग गर्नुहुनेछ र तपाईंको जीवनमाथि अशिष खन्याउनुहुनेछ।

अन्द्रियासको व्यावहारिक पक्ष यूहन्ना १२:२०-२२ मा पनि झल्किएको पाउँछौं। त्यहाँ केही “ग्रीकहरू” (गैर-यहूदीहरू) थिए जोहरू येशूलाई हेर्न र उहाँसित बातचित गर्न चाहिरहेका थिए (यूहन्ना १२:२०-२१)। फिलिप आएर अन्द्रियासलाई सो कुराको जानकारी दिए अनि अन्द्रियासले परिस्थितिको मूल्याङ्कन गरेपछि प्रभुले के भन्नुहुनेछ भनी हेर्न त्यस कुरालाई उहाँकहाँ नै ल्याउने निर्णय गरे (यूहन्ना १२:२२)। हामी सबैलाई यो एक राम्रो व्यावहारिक नमुना हो। कुनै कुराको सम्बन्धमा के गर्नुपर्छ भनी हामीलाई शङ्का छ भने सधैं हामी त्यस्ता कुरालाई प्रभुकहाँ ल्याउन सक्छौं, यो स्वीकार गर्दै कि जे आवश्यक छ उहाँले नै गर्नुहुन्छ। भजन लेखकले भने जस्तै हामी “ख्रीष्टलाई भनौं प्रार्थनामा”।

भविष्यको सोचाइ

मर्कूस १३:३-४ मा अन्द्रियास र अरू तीन चेलाहरू भविष्यमा के होला भन्ने सोचाइमा परेका देखिन्छन्। धेरैजसो मानिसहरू भविष्यका कुराहरूमा चासो राख्छन् र संसारमा के हुनेछ होला भनी विचार गर्छन्। भविष्यको बारेमा जान्ने सही मार्ग कुन हो? के हामी “जान्ने” व्यक्ति (टुनामुना गर्ने व्यक्ति) को पछि लागौं र? अथवा कुनै स्वघोषित आधुनिक भविष्यवक्ताले लेखेको किताब पढौं? कि हामी ज्योतिष विज्ञानमा भरोसा राख्‍दै हाम्रो भविष्यलाई आकाशका ताराहरूद्धारा निर्धारण गर्न खोजौँ?

अन्द्रियास र अरू चेलाहरू भविष्यका बारेमा जान्नलाई सही व्यक्तिकहाँ आए। तिनीहरूले सही व्यक्तिलाई सोधे। के येशूले ठीक-ठीक साँचो जानकारी दिनुभयो (मर्कूस १३:५-३१)? भविष्य जान्नलाई हामी जान सक्ने एउटै मात्र सुरक्षित ठाउँ हो, परमेश्वरको वचन। कसरी (हेर्नुहोस्, मर्कूस १३:३१)? भविष्यको बारेमा हामीले जान्नुपर्ने सबै कुरा परमेश्वरले हामीलाई बाइबलमा बताउनुभएको छ ताकि हामी वर्तमानमा ठीक प्रकारले जिउन सकौं।

अन्द्रियासको मृत्यु

बाइबलले हामीलाई अन्द्रियासको मृत्युको बारेमा बताउँदैन। यसको जानकारी पाउन हामीले उहिलेदेखि हस्तान्तरण हुँदै आएका (परम्पराका) ऐतिहासिक अभिलेखहरूलाई हेर्नुपर्छ, यो याद गर्दै कि यस्ता अभिलेखहरू त्रुटिपुर्ण हुन सक्दछन्।

एउटा अभिलेखअनुसार अन्द्रियास हालको ग्रीस मानिने भू-भागमा ख्रीष्टको प्रचार गर्दै थिए। उनले अझै पनि अरूहरूलाई येशूकहाँ ल्याउने र आफूले भेट्टाएको कुरा अरूहरूसित बाँड्ने प्रयास गर्दै थिए।

उक्त परम्पराअनुसार अन्द्रियास निरन्तर ख्रीष्ट प्रचार गरिरहेका हुनाले प्रचारलाई बन्द गर्न अस्वीकार गरेका हुनाले एकजना सरकारी अधिकारी उनीसित ज्यादै रिसाए। उनले अन्द्रियासलाई मूर्तिपूजामा भाग लिनलाई आदेश दिए। अन्द्रियास सो गर्न इन्कार गरे जसको फलस्वरूप उनलाई कोर्रा लगाइन अनि क्रूसमा फाँसी दिइन आदेश जारी गरियो। उनलाई क्रूसमा काँटीका सट्टा डोरीहरूले झुण्ड्याइयो जसले गर्दा उनको मरण विस्तारै मात्र भयो र उनको पीडामाथि पीडा थपियो। दुई दिन सम्म झुण्डिएर परमेश्वरको प्रसंसा गर्दै र मानिसहरूलाई येशूकहाँ आउन आग्रह गर्दै रहेपछि, उनि अन्तमा मरे। उनी झुण्ड्याइएका क्रूस “X” आकारको थियो अनि त्यसबेला देखि यस प्रकारको क्रूसलाई “सन्त अन्द्रियासको क्रूस” भनिन थाल्यो।

अन्द्रियास र तपाईं

हामीले अन्द्रियासको बारेमा अध्ययन गर्‍यौं। नयाँ नियमले अन्द्रियासको बारेमा धेरै बताउँदैन। हामीले सिक्यौं, अन्द्रियास एक खोजकर्ता थिए, अरूहरूको वास्ता गर्ने व्यक्ति थिए, साँच्ची नै “मानिसहरूका मछुवा” थिए, व्यावहारिक थिए, भविष्यका लागि सोचाइ राख्‍ने व्यक्ति थिए र उनी अन्तसम्मै ख्रीष्टप्रति विश्वासयोग्य रहे। के तपाईं अन्द्रियास जस्तै हुनुहुन्छ? कसरी? के अन्द्रियास तपाईं जस्तै थिए? कसरी? अन्द्रियासको जीवनबाट तपाईंले के कस्ता पाठहरू सिक्नुभयो?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)