Entries by Pradesh Shrestha

अतुलनीय ख्रीष्ट

अतुलनीय ख्रीष्ट

करिब दुई हजार वर्ष अगाडि एकजना मानिस आउनुभयो जसको जन्म प्रकृतिको नियमभन्दा बेग्लै किसिमले भएको थियो; त्यो जन्म एक कन्याद्वाराको जन्म थियो। उहाँले गरिब भई जीवन बिताउनुभयो, नासरत नाउँको एउटा सामान्य गाउँमा अपरिचित हिसाबले हुर्कनुभयो। उहाँले टाढा-टाढासम्म यात्रा गर्नुभएन। उहाँ एकै पटक मात्र आफ्नो देशको सिमाना काटेर अन्यत्र जानुभयो; त्यो पनि शिशु अवस्थामा उहाँको ज्यान जोगाइन विदेशिनु पर्दा (जब उहाँ मिश्रदेश लगिनुभएको थियो)।

उहाँको न सम्पत्ति थियो न सम्मानजनक पदवी। उहाँका नातेदारहरू चर्चित थिएनन्। उहाँले न ता तालिम लिनुभएको थियो न औपचारिक शिक्षा नै हासिल गर्नुभएको थियो।

शिशु अवस्थामा उहाँको कारण देशका राजा हतोत्साहित भए; वाल्यावस्थामा उहाँले पवित्र शास्त्रका विद्वानहरूलाई चकित पार्नुभयो; वयस्कमा उहाँले प्रकृतिका नियमहरू आफ्नै नियन्त्रणमुनि रहेको देखाउनुभयो, समुद्रका छालमाथि जमीनमा जस्तै गरी हिँड्नुभयो, समुद्रलाई शान्त गराउनुभयो।

उहाँले हजारौंलाई औषधिबिना निको पार्नुभयो अनि आफ्नो सेवाको बापत एक पैसा लिनुभएन।

उहाँले एउटै पुस्तक लेख्‍नुभएन, तर पनि उहाँका विषयमा लेखिएका पुस्तकहरू मुलुकभरिका सम्पूर्ण पुस्तकालयहरूले अटाउन सक्दैनन्।

उहाँले एउटै गीत रच्नुभएन, तरैपनि सबै गीतकारका सङ्ख्याभन्दा धेरै गीतका निम्ति विषयवस्तु उहाँ नै बन्नुभएको छ।

उहाँले एउटै कलेजको स्थापना गर्नुभएन, तर स्कूल र विश्वविद्यालयहरू सबै मिलेर पनि उहाँकै जति चेलाहरू आफ्नो भएको दाबी गर्न सक्दैनन्।

उहाँले कुनै पनि सेनाको नेतृत्व गर्नुभएन, न ता एउटै सिपाहीलाई भर्ती गर्नुभयो, न एउटै गोली चलाउनुभयो। तर इतिहासमै उहाँका भन्दा बढी स्वयंसेवकहरू आफ्नो भएको दाबी गर्न सक्ने कुनै पनि नरेश वा नेता छैनन् जसको आज्ञा सुनेर कैयौं शत्रुहरूले आफ्ना हातहतियारै त्यागेर आफ्ना जीवनहरू समेत समर्पण गरेका छन्।

उहाँले कहिल्यै मानसिक चिकित्साको अभ्यास गर्नुभएन, तर संसारका सम्पूर्ण डाक्टरहरूले भन्दा धेरैका टुटेका हृदयहरूलाई उहाँले नै निको पार्नुभएको छ।

विश्वका कैयौं ठाउँमा हरेक हप्ताको एक दिन व्यापार धन्दा बन्द हुन्छ र मण्डली भवनहरूमा सामूहिक रूपमा जुटेर उहाँलाई आराधना गर्नेहरूको ओइरो लाग्दछ।

विगतमा ग्रीस र रोमका अहङ्कारी शासकहरू आए अनि गए। विगतमा वैज्ञानिकहरू, विद्वानहरू र धर्मगुरुहरूका नामहरू आए अनि गए; तर यस मानिसका नाम भने प्रत्येक दिन फैलिँदैछ। आजको पुस्ता र उहाँको क्रूसको टंगाइको बीच झण्डै २००० वर्षको अन्तर भए तापनि उहाँ जिउँदो हुनुहुन्छ। हेरोदले उहाँलाई नष्ट गर्न सकेन र चिहानले उहाँलाई थुनेर राख्‍न सकेन।

–अमेरिकन ट्रयाक्ट सोसाइटीद्वारा प्रकाशित “अतुलनीय ख्रीष्ट” नामक पर्चाबाट साभार

बताउन मन रमाउँछ

बताउन मन रमाउँछ

मेरो व्यक्तिगत गवाही

प्रदेश श्रेष्ठ

परमेश्वर को हुनुहुन्छ र उहाँप्रति मेरो व्यक्तिगत जिम्मेवारी के हो भन्ने बारेमा मैले कहिल्यै गम्भीर भएर सोचेको थिइनँ। तर मेरो जीवनमा एउटा यस्तो दिन आयो जब मलाई आफ्नो सृष्टिकर्ता परमेश्वरको बारेमा सोच्न कर लाग्यो। २०३९ सालको भदौ महिनाको कुरा हो जब म अमेरिकाको न्यू मेक्सिको राज्यको सेन्ट प्याट्रिक्स् अस्पतालमा सरुवा रोगीलाई राखिने एउटा विशेष कक्षको शैयामा सिकिस्त बिरामी परेर नाजुक अवस्थामा पस्रिरहेको थिएँ। डाक्टरहरूले मेरो रोग बल्ल-तल्ल पत्ता लगाएछन्; रोगको औषधी त रहेछ तर त्यस औषधीको रियाक्सनले एका-दुई मान्छे मर्न सक्छन् भनेर डाक्टरले मलाई बताए।

आफू छाँगोबाट खसेजस्तै लाग्यो। औषधि लिने निर्णय त गरें तर त्यस रात मलाई निद्रा लागेन। मेरो मनमा एउटै मात्र प्रश्‍न खेलिरह्यो – म मरें भने म कहाँ पुग्छु होला? १८ वर्षको उमेरमा पहिलो पटक आफ्नो जीवनलाई नियाँलेर हेरें, आफूले आफैलाई जाँचें। तब मेरो विवेक पोल्न थाल्यो किनकि अहिलेसम्म मैले आफूलाई “राम्रो मान्छे” भनी ठानेको थिएँ तर अब भने मैले आफूलाई अन्तस्करणमा दुष्ट्याइँले ग्रस्त भएको पाएँ। स्वर्ग र नरक छ भने म नरकमा पुग्नेछु भन्ने मलाई लाग्यो।

मेरो धार्मिक पृष्ठभूमि

मेरो जन्म नेपालको तनहूँ जिल्लाको बन्दीपुर बजारमा भएको हो। घरमा हिन्दू चाडपर्व राम्ररी मनाइन्थ्यो। आमाले घरमा पित्तलका मूर्तिहरूको सामु नित्य पूजा-आजा गर्नुहुन्थ्यो र सानो छँदा उहाँको मुखबाट राम, कृष्ण आदिको कथा म खूब चाख लिएर सुन्ने गर्थें।

बुबाले मलाई काठमाण्डौंको सेन्ट जेवियर्स नामक रोमन क्याथोलिक धर्म मान्ने प्रायः गोरा पादरीहरूद्वारा सञ्चालित विद्यालयमा भर्ना गरिदिनुभयो। उक्त विद्यालयलाई प्रायः सबैले “इसाई विद्यालय” भन्ने गर्दछन्। त्यहाँ पढेको हुनाले मलाई इसाई धर्म कस्तो हुन्छ थाह छ जस्तो लाग्थ्यो। तर, बास्तवमा त्यहाँ हामीलाई न रोमन क्याथोलिक धर्मको बारेमा सिकाइयो न बाइबल नै पढाइयो। बाइबलको “दस आज्ञा” लाई भने कण्ठ गराइयो तर त्यो पनि परिवर्तित रूपमा किनभने “मूर्तिपूजा नगर्नू” भन्ने दसमध्ये दोस्रो आज्ञालाई सिकाइएन। त्यसैले इसाई धर्म हिन्दू धर्मजस्तै रहेछ भनेर मलाई लाग्नु स्वभाविक थियो। मरियमको मूर्ति र प्रत्येक कक्षा कोठाको कालोपाटीमाथि सजाइएको काठको क्रूस, पादरीहरूले घाँटीमा झुण्ड्याएको क्रूसको माला नै इसाई मूर्तिहरू रहेछन् भन्ने मलाई लाग्थ्यो।

‍सेन्ट जेवियर्स विद्यालयमा नौं वर्षको पठन-पाठनको क्रममा मैले नैतिक शिक्षा नपाएको होइन (जसको निम्ति म कृतज्ञ छु) तर येशू ख्रीष्टको बारेमा भने एउटै कुरा पाइनँ। येशू पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ र २००० वर्ष अगाडि मानव देहमा स्वर्गबाट संसारमा आउनुभयो र हाम्रा पापका निम्ति क्रूसमा मर्नुभई तेस्रो दिनमा बौरनुभयो भन्ने बाइबलको आधारभूत तथ्यहरू, अहँ, मैले सेन्ट जेवियर्समा कहिल्यै सुनिनँ। म बाइबलमा भएको मुक्तिको सु-सन्देशको बारेमा पूर्ण रूपमा अनभिज्ञ थिएँ। दस कक्षा पुगुञ्जेल मेरो अनिश्चित व्यक्तिगत विश्वास भनेको यस्तो थियो – मानिस लगायत प्रकृतिका थोकहरू कुनै ईश्वरद्वारा बनिएका होइन्, बरु त्यत्तिकै संजोगले हुन आए र शारीरिक मृत्युपछि मानिस अस्तित्वहीन बन्छ। तर परमेश्वरप्रति म जवाफदेही छु र मेरो ख्रीष्टरहित प्राण-आत्मा अनन्त नरकतिर जाँदै छ भन्ने वास्तविकता मलाई थाह थिएन।

पापको महसुस

अब राती अस्पतालको शैयामा मैले आफूलाई ईश्वररहित, आशारहित र एकलो महसुस गरें। अतितको सम्झना मात्र आइरह्यो। पढाइमा मेहनत गरेथें, सफल भएथें, छात्रवृत्ति पाएर अमेरिकामा अध्ययन गरिरहेको अब एक वर्ष भएको थियो। साथीहरू र शिक्षकहरूले मलाई प्रायः मन पराउँथें। आफ्नो बारेमा म प्रायः सन्तुष्ट थिएँ, भविष्य उज्यालो देख्थें।

तर अब मैले आफूलाई अर्कै देखें। मेरा पापहरू एक पछि अर्को गरी मेरो विरुद्धमा साक्षीको रूपमा खडा भए। विद्यालयमा हुँदा मैले जाँचमा चोरेको, पढाइको सफलतामा घमण्डले फुलेर भित्र-भित्रै सहकक्षीहरूलाई तुच्छ ठानेको, साथीहरूलाई मैले कैयौं पटक आफ्नो घर-घरानाको बारेमा फुर्ति लगाएर ढाँटेंको, मन-मनमैं जवानीका अभिलाषाहरूमा डुबेको, बेलाबखत चोरेको कुराहरू मैले सम्झना गरें। मैले यस्ता र अरू थुप्रै दुष्ट्याइँलाई कहिल्यै घृणा गरेको थिइनँ बरु अरूले चाल पाउलान् भन्ने डरले मेरो पापलाई ढाक्ने प्रयास गरेको थिएँ।

तर मैले तीभन्दा डरलाग्दा पापहरू घर परिवारमा गरें। मैले उच्च आदर गर्नुपर्ने बा-आमालाई आफूले अटेरी भएर, आफ्नै जिद्दी गरेर, कैयौं पटक दु:खित पारें। आफ्नै दाजुप्रति हृदयभरि घृणाको भावना बोकें। आफूले भनेजस्तो नहुँदा घरमा बा-आमा, दाजुहरूसित घमण्ड गरें, रिस गरें, झगडा गरें। एक पटक रिसले आगो भई चिच्याई-चिच्याई मलाई जन्माउनुहुने आमालाई धेरै बेर सरापें। यो सम्झँदा त आजसम्मै मेरो मुटु काँपेर आउँछ, आँखामा आँसु आउँछ। अनगिन्ति पापहरूले मलाई पोल्न थाल्यो। हिन्दू भगवानका मूर्तिहरूलाई ढोगेर, क्याथोलिक शिक्षकहरूको पाउमा हुर्के तापनि म सत्य र जीवित परमेश्वरलाई चिन्दिनँथें। यस आशारहित अवस्थामा मैले न कुनै हिन्दू भगवान्, न बुद्ध, न अल्लाहलाई नै पुकार्न सकें। मलाई येशू ख्रीष्टको समेत विचार आएन। सत्यको सवालमा म पूर्ण रूपमा अन्धकारमा थिएँ। “ईश्वर” मात्र भनेर मनले पुकार्‍यो। “यदि तपाईं हुनुहुन्छ भने, मलाई मर्न नदिनुहोस्। अबदेखि म असल बन्नेछु।”

यस्तो कबूल गरे तापनि बाइबलमा परमेश्वरले मानिसको हृदयको अवस्थाको बारेमा बताउनुभएको कुरा जान्दिनँथें। बाइबलमा लेखिएको छ “मानिसको हृदय सबैभन्दा छली हुन्छ र त्यसलाई निको नहुने रोग लागेको छ”। अहम-केन्द्रित नीच अस्तित्वबाट आफैले आफैलाई बदल्न असम्भव छ भनेर मैले सिक्न बाँकी नै थियो।

विस्तारै औषधीले काम गर्‍यो र मलाई सुधार भयो। मलाई डिस्चार्ज गरियो। तर म जति राम्रो भएँ त्यति नै मैले आफ्नो विवेकले महसुस गरेको गम्भीर कुराहरूलाई आफ्नो मनको एउटा कुनामा धकेलिँदिएँ। केही महिना पछि कसैले मेरो स्वस्थ्यको बारेमा सोध्दा “भाग्यले साथ दियो” भनेर मैले हल्का जवाफ दिएँ। सोध्नेले अनौठो प्रत्युत्तर दिए, “शायद भाग्यले होइन कि?”

सुसमाचारको ज्योति

ती दिनहरूमा म अमेरिकाको न्यू मेक्सिको राज्यस्थित आर्मण्ड ह्यामर यूनाइटेड वर्ल्ड कलेज नाम गरेको एउटा अन्तराष्ट्रिय कलेजमा अध्ययनरत थिएँ। संसारको करिब ५० भन्दा बढी देशको प्रतिनिधित्व गर्ने २०० जना मात्र विद्यार्थीहरू पढ्ने सानो कलेज थियो त्यो। सबैले सबैलाई चिन्थे। हामी १७ देखि १९ वर्षका थियौं।

त्यहाँको पढाइ अवधि दुई वर्षको थियो, सो पूरा भयो। तब संसारका विभिन्न देशका साथीहरूबाट सम्भवत: सधैंको निम्ति भनेर विदा हुनुपर्‍यो। हामीमध्ये दुई-चारजना क्याम्पसमै सानोतिनो काम गर्दै गर्मी बिदा कटाउँदै बस्यौं। कलेजको एकजना शना नाम गरेकी साथीको आमाले मलाई बेलाबखत चिठ्ठीपत्र पठाउने गर्नुहुन्थ्यो जो आजसम्म अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्नुहुन्छ। “शायद भाग्यले होइन कि?” भन्ने उहाँ नै हुनुहुन्थ्यो।

एकदिनको कुरा हो, अरू बेलाजस्तै उहाँको एउटा पत्र आइपुग्यो। खामबाट पत्र झिकेर जोर्डन देशको साथीलाई पढेर सुनाउन थालें। यसरी पत्र पढेर सुनाउँदै गर्दा पत्रको एउटा ठाउँमा पुग्दा मैले अरू पढ्नै सकिनँ। त्यहाँ लेखिएको एउटा कुराले मेरो हृदयमा अनौठो प्रकारले छोयो, आँखाभरि आँसु आयो। त्यहाँ यस्तो लेखिएको थियो। गत आइतवारको दिन उहाँले इसाईहरूको सभा हुने चर्चघरमा एउटा यस्तो सामूहिक भजन गाइरहनुभएको रहेछ:

बताउन मन रमाउँछ रहस्य स्वर्गको
ख्रीष्ट येशूको महिमा अनि प्रेम प्रभु ख्रीष्टको
बताउन मन रमाउँछ, निश्चय यो सत्य छ
जसै नमेट्ने तृष्णा, यसैले मेट्दछ

बताउन मन रमाउँछ, कहानी उदेकको
सुनौला सपनाभन्दा अनमोल अचम्मको
बताउन मन रमाउँछ, मुक्ति पाएँ कस्तो
यसैले तिमीलाई म सुनाउँछु गीत यसको
बताउन मन रमाउँछ, यो गीत अनन्त मेरो
पुरानो त्यो कहानी, येशू र प्रेम उनको।

निसन्देह: उक्त भजन पहिले धेरै पटक गाइसकिएको थियो तर त्यस दिन ती शब्दहरूले उहाँको हृदयलाई घच्-घच्याएछ। गत हिउँदे विदामा उहाँको घरमा थुप्रिएका विदेशी विद्यार्थीहरूको सम्झना आएछ उहाँलाई, ती विद्यार्थीहरू जसले उहाँले चिन्ने मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई चिन्दैनथे, अनि उहाँलाई विशेष गरी मेरो सम्झना आएछ। उहाँले आफैलाई सोध्नुभएछ, “एकमात्र मुक्तिदाताको बारेमा बताउन के म साँच्चै रमाउँछु त?” यसरी उहाँ मलाई लेख्‍न र येशू ख्रीष्ट नै संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ भन्ने निश्चयताको बारेमा बताउन अभिप्रेरित हुनुभएछ। साथै, येशू ख्रीष्टमा व्यक्तिगत विश्वास नराख्‍ने म जस्ता व्यक्तिहरूसित उहाँको अनन्त र स्थायी सम्बन्ध हुन नसक्ने कुरा पनि उहाँले चिठ्ठीमा प्रेमपूर्वक थप्नुभएको कुरा मैले पढें। यी शब्दहरूले मलाई गहीरो प्रभाव पार्‍यो यद्यपि ती सबै कुरा बुझ्न सकिनँ। त्यसबेलासम्म कसैले पनि त्यस्ता कुराहरू त्यस प्रकारले मलाई व्यक्त गरेको थिएन।

हंगकंगको एकजना एनी नाम गरेकी चिनीयाँ साथीसित मेरो निकट सम्बन्ध थियो। उनको विचार बुझ्नलाई मैले पत्रको त्यस हरफलाई दुरुस्तै सारीकन पठाइदिएँ। छिट्टै उनको लामो पत्र आयो। शनाकी आमाले मलाई येशू ख्रीष्टको सु-समाचार सुनाउनुभएकोमा उनले खुशी व्यक्त गरीन्। उनले पनि मलाई येशूको सु-समाचार बताउन चाहेकी तर “प्रचार” गर्न आफू अयोग्य ठानेकीले चूप बसेकी कुरा बताइन्। साथै, उनले बताइन्, म ख्रीष्टियन बनेको खण्डमा मेरो हिन्दू परिवारसित मेरो सम्बन्ध बिग्रन सक्ने शंका लागेकोले उनी मलाई ख्रीष्टको बारेमा बताउन हिच्किचाएकी थिइन्। तर अब, उनले लेखिन्, ख्रीष्टको सुसमाचार मलाई नबताउन उनलाई विश्वस्त तुल्याउने त शैतान रहेछ। पत्रमा बाइबलका थुप्रै खण्डहरू उद्धरण गर्दै उनले मलाई परमेश्वरबाटको मुक्तिको उपाय बताइन्। उनले बताइन्, येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी विश्वास गरेर परमेश्वरको प्रिय सन्तान बन्नु नै हामीप्रति उहाँको सदिच्छा हो किनभने यसैका लागि परमेश्वरका पुत्र येशू ख्रीष्ट स्वर्गबाट यस संसारमा आउनुभई, हाम्रा पापहरूका निम्ति क्रूसमा मर्नुभएर तेस्रो दिनमा बौरेर उठ्नुभयो। लिरोइ नाम गरेको सिङ्गापुरको अर्को ख्रीष्टियन साथीले विदाइको बेलामा उनलाई यसरी भनेको कुरा पनि उक्त पत्रमा एनीले लेखिन् — “विछोडमा हामी दु:खित छौं, अनि यस संसारमा हाम्रो भेट फेरि कहिल्यै नहुन सक्छ। तरैपनि एउटा कुरा निश्चित छ — म, तिमी र शना एक दिन स्वर्गमा अवश्य भेट हुनेछौं…”

उक्त पत्र पढेपछि मेरो मनमा हलचल मच्चियो। मेरो पहिलो प्रतिक्रिया यस्तो थियो, म एक हिन्दूलाई धर्म परिवर्तन गराउन खोज्ने कत्रो आँट यो केटीको? अनि हाम्रा त्यति धेरै मित्रहरूलाई एकातिर पन्छाएर, ऊ र उनका दुई ख्रीष्टयन मित्रहरू मात्रै स्वर्ग पुग्ने भनेर लेख्‍ने कत्रो दु:सहास?

तर, दिमाग ठण्डा भएपछि, एनी कस्ती व्यक्ति हुन् भन्ने कुरालाई स्मरण गर्दा, मैले यो महसुस गर्नैपर्‍यो, उनले यी सबै कुराहरू मेरै भलाइका निम्ति निस्वार्थ भावनामा लेखेकी हुन्।

मैले आफ्नो स्वाभाविक पापपूर्णताको महसुस प्रथम पटक यो भन्दा एक वर्ष अघि अस्पतालमा हुँदा गरेर त्यसलाई स्वीकार पनि गरेको थिएँ। अब साथीको पत्रमा बाइबलको प्रस्ट घोषणा पढें,

“किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुनगएका छन्” (रोमी ३:२३)।

साथै, तत्कालै विश्वास नगरे तापनि त्यस पत्रमा सु-समाचारको अति सुन्दर शब्दहरू पढें,

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो; उहाँमाथि विश्वास गर्ने कोही पनि नष्‍ट नहोस् तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)।

मेरी साथीले बताइन् कि परमेश्वरको प्रिय पुत्र, येशू ख्रीष्ट, क्रूसमा मर्नुभई हाम्रा पापहरूको दण्डको खातिर दुःख भोग्नुभयो र मूल्य चुक्ता गरिदिनुभयो र यदि हामीले येशू ख्रीष्टमा विश्वास गर्‍यौं भने हामीले आफू पापी भएको कारण भोग्नुपर्ने अनन्त दण्डबाट बच्नेछौं। यसको पुष्टि गर्दै बाइबलबाट यो उद्धरण गरिन्,

“पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (रोमी ६:२३)।

रातको अबेरसम्म म सोचाइहरूमा डुबिरहें। मेरो मनमा सबभन्दा बढी खुलदुली ल्याउने चाहिँ त्यस पत्रमा उद्धृत गरिएको बाइबलको एउटा यस्तो वाक्य थियो:

“जसले पुत्रमाथि विश्वास गर्छ उसँग अनन्त जीवन हुन्छ: र जसले पुत्रमाथि विश्वास गर्दैन उसले जीवन देख्‍नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ”(यूहन्ना ३:३६)।

मेरो मनमा विचारहरूको द्वन्द चल्न थाल्यो: एकातिर, बाइबल कसरी साँचो हुन सक्ला र, जब कि नेपालमा करोडौंले येशू भन्ने नामधरि सुनेका छैनन्। अर्कोतिर, यदि बाइबल साँचो नै हो भने मैले आफ्ना पापहरूका लागि अनन्त दण्ड भोग्नै पर्नेछ। एकातिर, बाइबल साँचो हुन सक्ने सम्भावनालाई म स्वीकार गर्न चाहिनँ भने अर्कोतिर बाइबल, आखिरमा, साँचो हुन सक्ने सम्भावनलाई पन्छाउन पनि सकिनँ। यही नै हो भन्न मसित वास्तविक सत्य-तथ्यको ज्ञान थिएन, “विश्वास” गर्ने कुरा त परै जाओस्।

एकपछि अर्को गरी मभित्र थुप्रै प्रश्‍नहरू उठ्न थाले। येशू को हुन्? मैले उहाँमाथि विश्वास गर्नु पर्ने कारण के हो? उहाँमाथि विश्वास गर्नु भनेको के हो? ख्रीष्टियनहरू मात्र स्वर्ग जाने किन? हिन्दू, बौद्धमार्गी र मुसलमान किन जान नपाउने? येशू ख्रीष्ट को हुन्? के उनी हिन्दू किंवदन्तिका मानव-कल्पित भगवानहरू जस्तै हुन् कि उहाँ वास्तविक व्यक्ति हुन्? यदि बाइबल सत्य हो भने म साँच्चै नै हराएको छु र अनन्त दण्डको खतरामा छु। तर यो सत्य नै हो त? म कसरी पक्का गरी जानूँ?

येशू ख्रीष्टको बारेमा सत्य-तथ्य पत्ता लगाउने तीब्र इच्छाका साथ मैले सोधखोज गर्न थालें। तर, अचम्म, मैले जसलाई सोधे पनि जवाफ पाउन सकिनँ, कसैलाई मतलब समेत थिएन। अरे! ख्रीष्टियन धर्म त गोराहरूको धर्म भन्थे! खै त, म अमेरिकामा छु तर एउटै गोराले मलाई येशूको बारेमा बताउन सक्दैन! यो मेरो लागि औधी शिक्षामूलक बन्यो किनकि यसबाट मैले यो महसुस गर्न थालें कि अमेरिका लगायत पश्चिमेली संसारका सबै मानिसहरू ख्रीष्टियनहरू हुन् भन्ने मैले बोक्दै आएको धारणा त सरासर गलत रहेछ! मैले सोच्न थालें, “त्यसो भए इसाइत्व सम्बन्धी मैले अरू के कस्ता गलत धारणारूलाई साँचो ठान्दै आएको छु होला त?” खुल्दुली बढ्यो, अब मलाई नबुझी भएन।

एक दिन म क्याम्पसको पुस्तकालयभित्र छिरें। मलाई लाग्यो, कुनै न कुनै पुस्तकले मेरो प्रश्‍नहरूको उत्तर दिन सक्नु पर्ने हो। इन्साइक्लोपिडिया ब्रिटानिकाको मोटो एउटा ठेली पल्टाएँ, “धर्म र दर्शनशास्त्र” विषयलाई लिएर। एउटा लेख त्यहाँ पढेपछि म जीवनको प्रथम पटक निश्चित भएँ कि येशू ख्रीष्ट, किंवदन्ति नभएर, एक ऐतिहासिक व्यक्ति नै हुनुहुँदो रहेछ। अर्को दिन क्याम्पसको एउटा आवासलयको बैठक कोठामा कसैले फ्याँकेको बाइबल भेटियो। अर्को ठाउँमा यूहन्नाको सुसमाचारको पुस्तिका भेटियो। म पढ्न थालें किनकि एनीले पत्रमा बाइबल पढ्न सुझाव दिएकी थिई।

बेलाबखत क्याम्पसको ऐतिहासिक भवन हेर्नलाई मान्छेहरू आउँथे। एक दिनको कुरा हो, लास क्रूसेस शहरबाट आएका एक वयस्क जोडीलाई मैले भ्रमण गराउँदै थिएँ। भ्रमणको अन्तमा उनीहरूलाई विदा गरें। वयस्क जोडीले आफ्नो गाडीको ढोका खोलेपछि, पत्‍नी चाहिँले मलाई इशारा गर्दै बोलाइन्। भ्रमण गराए वापत पैसा नलिनू भनेर हामीलाई क्याम्पसको नियम बताइएको थियो। मनमनै सोच्दै गाडीतर्फ लम्कें, पक्कै पनि पैसा दिनलाई मलाई बोलाएकी हुन् – लिऊँ क्यारे। तर होइन रहेछ! उनले त एक प्याकेट पुस्तिकाहरू मेरो हातमा राखिदिइन् जुन पुस्तिकाहरू परमेश्वरकै बारेमा हुन् भनेर मैले थाह पाएँ। तिनलाई लिएर म नजिकैको एउटा क्याम्पस भवनभित्र छिरें र काम्दै गरेको हातहरूले पारदर्शी प्लास्टिकको खोललाई च्यातेर “मुक्तिको बाटो” शीर्षक भएको पुस्तिका निकालें। अब मलाई लाग्यो, म परमेश्वरदेखि भाग्न सक्दिनँ। उहाँले मलाई चारैतिरबाट घेर्नुभएको छ! दुई-तीन हप्‍ताकै अवधिभित्र यी सबै घटनाहरू घटे: नेब्रास्काबाट एउटा पत्र, हंगकंगबाट अर्को पत्र, बैठक कोठामा भेटिएको बाइबल र अब यी थप पुस्तिकाहरू, त्यो पनि अपरिचित व्यक्तिबाट जसलाई मेरो मनमा त्यही घडी चलिरहेको खुलदुलीको बारेमा केही थाह थिएन! तर अर्को मनले यसरी तर्क गर्न खोज्यो, यो केही होइन, संजोग मात्र हो।

करिब एक हप्‍तापछिको कुरा हो, उही लास क्रूसेस घर भएकी एउटी साथी आईन् र म र अर्को साथीलाई आफ्नो घरमा सँगै जान निमन्त्रणा गरिन्। लास क्रूसेस जाँदा मैले साथमा बाइबल, पुस्तिकाहरू र अर्को एउटा पुस्तक पनि लगें जुन पुस्तकचाहिँ मैले खूबै चाख लिएर पढ्न थालेको थिएँ। जश म्याकडोवेलद्वारा लिखित एभिडेन्स् द्‍याट डिम्यान्डस् ए भर्डिक्ट नामक उक्त पुस्तक शनाकी बुबाले मलाई गत हिउँदे बिदामै दिनुभएको थियो, तर त्यसमा के छ वास्तै थिएन, पढ्ने त कुरै भएन। तर आफ्नो मालमत्तासित यो भेटिएपछि मैले यसलाई ध्यानपूर्वक पढ्न थालें।

एक पछि अर्को गरी मेरा प्रश्‍नका सन्तोषजनक जवाफहरू यस पुस्तकबाट पाउन थाल्दा म छक्क परें। लास क्रूसेसको साथीको घरमा एक्लै हुँदा घण्टौंसम्म पढ्थें, सोच्थें। बाइबल प्राचीन लेखोट भएर पनि ऐतिहासिकरूपमा अचूक छ भनी म निश्चित भएँ। अब मैले जानें, करिब २००० वर्ष अगाडि प्यालेस्टाइनको यहूदिया प्रान्तमा पोन्तियस पिलातस राज्यपाल रहँदा येशू ख्रीष्ट, निर्दोष भएर पनि, एउटा रोमी क्रूसमा टँगाइनुभएको रहेछ। मैले यो पनि जानें आफू परमेश्वरको अनन्त पुत्र भएको प्रस्ट दाबी येशू ख्रीष्टले गर्नुभएको थियो। साथै यो पनि उहाँको दाबी थियो, मानव इतिहासको प्रत्येक व्यक्तिका पापको दण्ड पर्याप्‍त रूपमा तिर्ने एउटै उपायस्वरूप उहाँले आफ्नो प्राण बलिदानस्वरूप क्रूसमा अर्पण गर्ने हेतुले उहाँ अनादिदेखिको परमेश्वर हुनुभएर पनि मानिस बन्नुभई संसारमा आउनुभएको थियो। कुनै पनि व्यक्तिले आफ्नो पापको अनन्त दण्डदेखि बाँच्न सक्नलाई उहाँमाथि व्यक्तिगतरूपमा हृदयदेखि विश्वास गर्नुबाहेक अन्य विकल्प नरहेको उहाँको दाबी थियो।

अझ, अर्को कुराले म निकै प्रभावित भएँ, त्यो थियो इतिहासकै अद्वित्तीय घटना, अर्थात् येशू ख्रीष्टको शारीरिक बौरिउठाइ जुनचाहिँ उहाँको मृत्यु र दफनको तीन दिन पश्चात् भएको अद्‍भुत घटना थियो। महम्मदको पार्थिव शरीर चिहानमै अन्त भयो, कन्फुसियस बौरेर उठेनन्, गौतम बुद्धका शारीरिक अवशेषचाहिँ ठाउँ-ठाउँमा वितरण गरिए। तर उहाँको निश्चितरूपमा भएको मृत्यु र दफन पछाडि, येशू ख्रीष्ट पाँच सय भन्दा बढी प्रत्यक्षदर्शीहरूद्वारा देखिनुभयो, धेरैले उहाँलाई हातैले छोए, उहाँसित कुराकानी गरे। पक्कै पनि उहाँ एक धार्मिक गुरु र शिक्षक मात्र हुनुहुन्न। उहाँ बढी हुनुहुन्छ। यदि येशूले आफू परमेश्वरको बराबरी हुनुभएको कुरालाई प्रस्ट भाषामा दाबी गर्नुभएको हो भने उहाँलाई जतिसुकै महान् मानिसको संज्ञा दिए पनि त्यो त उहाँलाई झूटा भनी दोष्याउनु बराबर हुँदैन र? अनि कुनै पनि झूटा व्यक्तिलाई असल भन्न सकिन्न। त्यसैले उहाँले आफू जो हुँ भनी दाबी गर्नुभएको थियो सो हुनु नै पर्छ, किनकि येशूलाई झूटा भन्न कसले आँट गर्ला र? जति पढें त्यति नै मलाई लाग्यो, सत्य‍-तथ्यको प्रमाण यति सफा छ, सबै नै किन ख्रीष्टियन बन्दैनन् होला?

मेरा व्यक्तिगत प्रभु र मुक्तिदाता

लास क्रूसेसमा रहँदा, केही हप्‍ता अघि क्याम्पस भ्रमणमा आएका वयस्क जोडी, स्मोकि र मेरी ब्लान्टनको कुरा गर्दै मलाई उहाँहरूले आफ्नो र्‍याञ्चमा आएर मनोरञ्जनस्वरूप घोडा चढ्न निम्तो दिनुभएको कुरा मैले साथीहरूलाई बताएँ। फोन गरेपछि हामी र्‍याञ्चमा गयौं। घोडा चढ्ने रमाईलो भ्याएपछि श्रीमति ब्लान्टनले हाम्रो निम्ति तयार पार्नुभएको जलपान लिन बस्यौं। खानु अघि उहाँको पतिले प्रार्थना गर्नुभयो। आदरपूर्वक आफ्नो शिर निहुराईकन उहाँले प्रार्थना गर्नुभएको दृश्य म कहिल्यै विर्सन्नँ।

साथीको घरमा फर्केपछि, आफ्नो कोठामा गई अझ पढें। पुस्तकको पछाडिपट्टि एउटा प्रार्थना लेखिएको रहेछ। त्यहाँ व्यक्त गरिएजस्तै मैले पनि आफूलाई येशू ख्रीष्टको खाँचो महसुस गरेको एउटा पापीको रूपमा देखिरहेको थिएँ। त्यसबेला सम्ममा आफूमा आइसकेको परिवर्तन देखेर आफै छक्क परिरहेको थिएँ। परमेश्वर र येशू ख्रीष्ट र बाइबललाई मैले केही हप्‍ता अगाडिसम्म कति फरक तरिका सोच्ने गर्थें! बेलाबखत मैले पत्ता लगाउन थालेका कुराहरूबाट मेरा दुई मित्रहरूलाई बताउन खोज्थें। एक दिन दुवैजना मकहाँ आए। एउटाले भन्यो, “तिमी ख्रीष्टियन बन्न चाहन्छौ भने म फलानो चर्चसित सम्पर्क गराइदिन सक्छु।” उनी सायद ठट्टा गर्दै थिइन् (म जान्दिनँ) तर मैले यस प्रकारले जवाफ दिएँ, “मैले विश्वास गरिसकें। तिमीहरूले पनि विश्वास गर्नुपर्छ। बाइबलले भनेको सबै सत्य रहेछ।” उनले सोधी, “तिम्रो हिन्दू परिवारले यसलाई कसरी लिन्छ होला नि?” यो सुनेपछि मेरो आँसु थाम्न सकिनँ किनभने ख्रीष्टबिहीन भएकाले उहाँहरू अनन्त विनाशतर्फ लम्किरहनुभएको छ भन्ने कुरा मैले महसूस गरें।

एकातिर शोकित हुँदै तरैपनि अर्कोतिर बयान गर्न नसकिने आनन्दले आनन्दित हुँदै, त्यस रात मैले शनाकी आमालाई र हंगकंगकी एनीलाई कृतज्ञता व्यक्त गर्दै आफूले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा ग्रहण गरेको खबर लेखें। साथै मैले नेपालमा हुनुभएको मेरो परिवारलाई पनि प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा चिन्नु कति सुन्दर कुरा रहेछ भनेर लेखें। येशू ख्रीष्ट यस संसारमा स-शरीर आउनुभएको परमेश्वरको पुत्र हुनुहुन्छ जो मेरा लगायत सारा संसारका पापहरूका निम्ति मर्नुभयो र उहाँद्वारा परमेश्वरकहाँ आउने जतिलाई उहाँले पूर्ण रूपममा बचाउन सक्नुहुन्छ किनकि उहाँ मृत्युबाट बौरनुभई सदाका निम्ति जीवित हुनुहुन्छ। “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन” (यूहन्ना १४:६)। आफ्नो बिस्तारामा पल्टँदै गर्दा मैले अब चिन्न थालेको मेरो स्वर्गमा बस्नुहुने पिता परमेश्वरसित कुरा गर्न थालें। यो मेरो लागि अति स्वभाविक कुरो थियो। उहाँले मेरो प्रार्थना सुन्दैहुनुहुन्छ भनेर मलाई पक्का थियो। म अति खुशी थिएँ। यस्तो अनुभव मैले पहिला कहिल्यै गरेको थिइनँ।

२०४० सालको श्रावण महिनाको त्यस दिनदेखि आजसम्म मैले थाह गर्दै आएको छु परमेश्वरको सन्तान हुनु भनेको के हो, र अनुग्रह र कृपाले मुक्ति पाउनु भनेको के हो। अनुग्रह, किनभने म केही पाउन योग्यको छैन, तर मैले सब थोक पाएको छु — पापहरूको क्षमा, परमेश्वरको सन्तान हुने हक, परमेश्वरसित सङ्गति, अनन्त जीवन, स्वर्गमा अविनाशी सम्पत्ति अनि अरू थुप्रै, थुप्रै आत्मिक आशिषहरू! कृपा,किनभने म अनन्त दण्ड पाउन योग्य थिएँ तर उहाँले मलाई आउनेवाला परमेश्वरको क्रोधदेखि बचाउनुभएको छ किनकि जब येशू ख्रीष्ट क्रूसमा मर्नुभयो, उहाँले मेरो सट्टामा परमेश्वरको क्रोधको दण्ड भोग्नुभयो जुन दण्ड मैले भोग्नुपर्नेथ्यो। सारा संसारकै निम्ति मुक्तिदाता येशू मर्नुभएको हो, तपाईंको निम्ति पनि हो।

प्रिय मित्र, मैले कुनै “धर्म” पाएँ भन्दिनँ तर परमेश्वरसित एउटा वास्तविक र आशिषमय सम्बन्ध पाएको छु। तपाईंले पनि येशू ख्रीष्टलाई नियालेर हेर्नुभएकोहोस् जोबिना परमेश्वरसित ठीक हुने अरू कुनै उपाय छँदै छैन।

महान् प्रभु परमेश्वर
पवित्र तपाईंको नाम
अब गर्छौं जीवनको पलपलमा,
केवल तपाईंको प्रशंसा सम्मान।

पापको भारी बोकेका हामी
बाँच्ने कुनै आशा थिएन
तर तत्पर भयौ दण्ड भोग्न
स्वीकार गर्‍यौ त्यो श्रापति क्रूसलाई

छैन अब कुनै त्रास र डर
राखेका छौं हामीले ख्रीष्टमा भर।

— आर नेपाल

के मान्छे बाँदरबाट आएको हो?

के मान्छे बाँदरबाट आएको हो?

विकासवादी सिद्धान्तको विरुद्धमा विज्ञान

प्रदेश श्रेष्ठ

ज “विज्ञान” को भेष धारण गरेकोले श्रद्धा पाएको, तर वास्तवमा अवैज्ञानिक रहेको, क्रम-विकासवादले धेरैलाई भ्रममा पारेको छ। बाइबलको सृष्टिको विवरण सुन्दा उनीहरू आपत्ति जनाउँदै भन्छन्, “विज्ञानसँग आदम र हव्वाको कुरा मेल खाँदैन। विज्ञानअनुसार मानिसको उत्पत्ति एक-कोषीय जीवको क्रमिक विकासबाट भएको हो। विज्ञानअनुसार एक-कोषीय जीव सञ्जोगले उत्पन्न भएको हो”, आदि इत्यादि।

विज्ञानअनुसार? उनीहरूको भनाइ वास्तवमा “क्रमविकासवाद अनुसार” मात्र हो, विज्ञानअनुसार होइन। निर्जीवबाट जीवको उत्पत्ति भएको एउटै प्रमाण छैन, त्यो परिकल्पनामै सीमित छ। वास्तवमा क्रमविकासवाद र विज्ञान आपसमा मिल्दैनन्।

जीवशास्त्र विज्ञानको एउटा नियमलाई जीवजनन्‌को नियम अथवा ‘ल अफ बायोजेनेसिस्’1 भनिन्छ। यस नियमले दुइटा कुरा विश्वव्यापी रूपमा स्थापित भएको कुरा बताउँछ: (१) एउटा जीवको उत्पत्ति अर्को जीवबाट मात्र हुन सक्छ। (२) एक प्रकारको जीवको उत्पत्ति त्यही प्रकारको जीवबाट मात्र हुन सक्छ।

तर  क्रमविकासवादले बिनाप्रमाण यसको ठिक उल्टो कुराको दाबी गर्दछ (१) निर्जीव रासायनिक तत्त्वहरू मिल्न गई एक-कोषीय जीवको उत्पत्ति भएको दाबी। (२) उक्त एक-कोषीय जीव (एक प्रकारको जीव) को क्रमिक विकासबाट पृथ्वीका सबै प्राणीहरू (अर्कै प्रकारका जीवहरू) उत्पन्न भएको दाबी।

तर वास्तविकता के छ भने, नता रासायनिक तत्त्वबाट जीव उत्पन्न हुन सक्छ भन्ने प्रमाण भेटिएको छ, नता एक प्रकारको जीवबाट अर्को प्रकारको जीवको उत्पत्ति भएको प्रमाण छ।

चार्ल्स डार्विन (सन् १८०९-१८८२) ले क्रमविकासवादको यो अवैज्ञानिक धारणालाई “अन दि ओरिजिन अफ स्पिसिज” शीर्षक गरेको आफ्नो पुस्तकमा प्रकाशित गरेको लगभग १६० वर्ष अगाडि हो। त्यसबेला यो विश्वास गरिन्थ्यो कि कुनै पनि एक-कोषीय जीव एउटा ज्यादै सरल रासायनिक संरचना हुनुपर्छ। डार्विनलाई जर्मनीमा लोकप्रिय बनाइदिने अर्न्स्ट हेकलले यो दाबी गरे कि एउटा कोष भनेको ‘कार्बनको अल्बुमीनयुक्त मिश्रणको सरल पिण्ड हो।’ तर उन्नाइसौं शताब्दीदेखि यता जीव कोष भन्ने कुरा वास्तवमा अत्यन्तै जटिल बनौटका हुँदा रहेछन् भन्ने कुरा थाह हुन आयो।

“आधुनिक मान्छे आफू बुद्धिमान् छु भन्ने दाबी गर्दै वास्तवमा मूर्ख बनेको कुराको उदाहरणस्वरूप सेप्टेम्बर १९७६ को नेशनल जिओग्राफिक पत्रिकाको “कोषभित्रका अचम्मका संसारहरू” भन्ने लेखलाई लिन सकिन्छ। पृष्ठ ३५८ मा लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको वर्णन गर्दछन्। वास्तवमा “सरल एक-कोषीय जीव” भन्ने त्यस्तो कुनै कुरा छैन! सबैभन्दा सरल कोष समेत एउटा “माइक्रो संसार” पो रहेछ (पृष्ठ ३५८)। अनि पृष्ठ ३८८ मा हामी पढ्छौं, “…यो नै जीवशास्त्रको प्रमुख समस्या हो। यस्तो जटिलपना कसरी हुन आयो?…जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो, आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन् अर्थात् यी सब कुराको सुरु कसरी भयो?” त्यसपछि पृष्ठ ३९० मा “विज्ञहरू” ले यसको जवाफ दिँदै पर्याप्‍त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय सञ्जोगलाई दिन्छन्! समय, सन्जोग र क्रमविकासवाद भए भने सबै कुरा सम्भव हुन्छन् अरे!” (जर्ज जेलर, रोमीको टिप्पणी)।  सृष्टिकर्ताको अस्तित्वलाई इन्कार गर्नेलाई क्रमविकासवाद बाहेक अर्को विकल्प नभएर यस्तो अवैज्ञानिक अभिव्यक्ति आएको हो भनेर बुझ्न सकिन्छ। क्रमविकासवाद वास्तवमा विज्ञान नभएर केवल एउटा भौतिकवादी अवधारणा हो।

कोषको जटिलताको सानो झलक निम्न भिडियोमा प्रस्तुत छ। अमेरिकाको हार्वड विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई कोषभित्रको जीवन थ्रीडीमा देखाउन तयार गरेको भिडियो हो यो। यस भिडियोमा मानव शरीरको रक्तनलीभित्र एउटा श्वेत रक्तकोष इन्फ्लामेशनद्वारा क्रियाशिल बनाइँदा कैयौं आणविक क्रियाविधि सक्रिय बनेको देखाइएको छ (शरीरमा चोटपटक लागेर तन्तु सुन्निने कार्यलाई इन्फ्लामेशन (inflammation) भनिन्छ)। “यस भिडियोमा शरीरको प्रतिरक्षा प्रणालीको भूमिका निभाउँदै एउटा श्वेत रक्तकोष रक्तनलीको भित्री सतहमाथि गुड्दै गएको र त्यो चेप्टो बनेर रक्तकेशिकाका कोषहरूको बीचबाट छिरेर इन्फ्लामेशनको स्थानमा पुगेको देखाइएको छ।” (विकिपिडिया)।

सृष्टिले यो देखाइरहेको छ कि सृष्टिकर्ता हुनुहुन्छ। कम्प्यूटर बनाउन कम्प्यूटर इञ्जिनियर चाहिन्छ। तर  कम्प्यूटरको जटिलता एउटा कोषको जटिलताको तुलनामा नगन्य छ। १६० वर्ष अगाडि डार्विनले कोष रासायनिक मिलनद्वारा आफसेआफ बन्न सक्छ भनेर अड्कल काटे। तर अब त कसैलाई बहाना छैन। हुन त कसैलाई कहिल्यै बहाना छैन किनकि यस्तो लेखिएको छ, “किनकि संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन् — सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन” (रोमी १:२०)।

अप्रमाणित कुरो विज्ञान होइन। विज्ञान भनेको भौतिक संसार सम्बन्धी प्रमाणित ज्ञान हो। तर क्रमविकासवाद संसारको उत्पत्ति सम्बन्धी एउटा काल्पनिक धारणा मात्र हो। यसलाई विज्ञानको परिभाषाअनुसारको “थियरी” वा वैज्ञानिक सिद्धान्त समेत मान्न सकिन्न किनकि यसलाई वैज्ञानिक तवरले प्रयोगशालामा जाँच्न सकिने कुनै उपाय छैन। उन्नाइसौं शताब्दीका चार्ल्स डार्विनद्वारा प्रतिपादित क्रमविकासवाद वैज्ञानिक प्रणाली2 द्वारा कहिल्यै प्रमाणित भएको छैन।

विज्ञानको मूल आधार अवलोकन हो। उत्पत्तिको प्रारम्भमा मान्छे थिएन, उसले अवलोकन गर्न सक्ने कुरै भएन। त्यसैले उत्पत्ति सम्बन्धी पक्का सत्य-तथ्य ज्ञान विज्ञानको पहुँचभन्दा बाहिर छ।

सृष्टिको प्रारम्भमा केवल अनादिदेखिका त्रिएक सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँले मात्र हामीलाई सृष्टिको उत्पत्ति सम्बन्धी सत्य-तथ्य कुराहरू बताउन सक्नुहुन्छ। अर्थात् मानिसले सृष्टिको बारेमा जान्ने हो भने उसलाई सृष्टकर्ता स्वयंले विशेष प्रकाश प्रदान गर्नु आवश्यक छ। ठिक यही कुरा उहाँले आफ्‍नो एकमात्र लिखित प्रकाश बाइबलद्वारा संसारलाई दिनुभएको छ। बाइबलमा बताइएका कुरा विज्ञानसँग बेमेल छैनन्। किनकि दुवै बाइबल र विश्व-ब्रह्माण्ड सृष्टिकर्ताकै रचना हुन्। बाइबल वैज्ञानिक तवरले अचूक छ भन्ने कुराका केही प्रमाणहरूका लागि पढ्नुहोस्: बाइबलको प्रमाण

निष्कर्ष

चाहे इतिहासको बारेमा होस्, चाहे विज्ञानको बारेमा, हाम्रो निम्ति प्रभु येशू ख्रीष्टको वचन आधिकारिक हुन्छ। जो मृत्युबाट बौरेर उठ्नुभयो र जसले भन्नुभएका एक-एक वचन पूरा भए र साथै उहाँको सम्बन्धमा भविष्यवाणी गरिएका एक-एक कुरा उहाँको जीवनमा पूरा भए, उहाँलाई विश्वास नगरीकन अरू कसलाई विश्वास गर्ने? एउटा वैज्ञानिकलाई वा विद्वानलाई? एउटा साँचो ख्रीष्टियनले त्यसो गर्न सक्दैन, मिल्दैन। मानिस भनेको केवल मरिजाने नाकमा सास भएको प्राणी मात्र हो, चाहे ऊ वैज्ञानिक होस् वा जोसुकै होस्। प्रभु येशू ख्रीष्ट मृत्युबाट वास्तवमै बौरेर उठ्नुभयो र सदासर्वदा जीवित हुनुहुन्छ। उहाँले सृष्टिको सम्बन्धमा जे भन्नुहुन्छ त्यही कुरा नै हामी विश्वास गर्दछौं।

बाइबलको सृष्टिको वृत्तान्त पूरै सत्य भएको कुरा उहाँले प्रस्टै जनाउनुभयो, “के तिमीहरूले पढेका छैनौ? शुरुमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४)

“के तिमीहरूले पढेका छैनौ?” भन्ने प्रश्न सोध्नुहुँदै उहाँले उत्पत्तिको पुस्तक वास्तविक इतिहासको पुस्तक हो भनेर यहाँ समर्थन गर्नुभयो। “शुरुमा” भन्नुहुँदै उहाँले सृष्टिको शुरुको वास्तविक बयान उत्पत्तिको पुस्तकले बताउँछ कुराको समर्थन गर्नुभयो। अनि “नर र नारी बनाउनुभयो” भन्नुहुँदै उहाँले आदम र हव्वा वास्तविक ऐतिहासिक व्यक्तिहरू थिए र सम्पूर्ण मानवजाति कुनै बाँदरबाट नभएर आदम र हव्वाबाट आएका हुन् भनेर प्रस्टै सिकाउनुभयो।

यस वेबसाइटमा क्रम-विकासवाद र बाइबल सम्बन्धी अर्को पृष्ठ यहाँ छ: क्रम-विकासवाद

  1. http://en.wikipedia.org/wiki/Biogenesis
  2. Henry Morris, Ph.D., The Scientific Case Against Evolution: A Summary Part 1, http://www.icr.org/article/
Revised and expanded: June 21, 2020

पैसा! पैसा!

पैसा! पैसा!

थोमस कफमन

यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन; पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्कनुपर्छ। किनभने त्यसै कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं।

कुनै मानिसले पैसा कमाउनको निम्ति परिश्रम गर्दछ भने अरूले पैसा सजिलो प्रकारले पाउने बाटो हेर्दछन्। कतिले लटरीमा गोला हालेर वा अन्य तरिकाहरूले एकैचोटि धेरै पैसा प्राप्‍त गर्ने आशा गर्छन्। कतिले ‘सोझो औंलाले घिउ आउँदैन’ भन्छन् र अरूलाई ठग्छन् वा छल गरेर अरूको सम्पत्तिमा हात हाल्छन्। यसरी नै धनी हुन खोज्नेहरू अति धेरै भइसके। यसले गर्दा पैसा कमाउने बाटो यही हो भन्ने विचार प्रायः सबैको हुन्छ। कुन शहर, कुन बजार, वा कुन गाउँ र बस्तीमा चोर लाग्दैन? डकैती र हत्याको बारेमा हामी घरीघरी सुन्दछौं। संसारमा जिउन हामीलाई डर लागेको छ। यस्तो किन भएको छ? के पैसाको खातिर होइन र? मानिसको निम्ति पैसा सबभन्दा मुख्य चीज भएको छ। पैसाको लागि मानिस जे पनि गर्न तयार छ। पैसा कमाउनका लागि मानिसहरू आफ्नो घर छोडेर हिँड्छन्; पैसा पछि लागेर मानिसहरू आफ्नो शरीर र आत्मा बेच्छन्। पैसा कस्तो चीज हुँदो रहेछ! हामी छक्कै पर्दछौं।

अब यो नभई नहुने पैसाको सम्बन्धमा हामीलाई एक-दुई कुरा बुझ्न खाँचो छ, नत्रभने पैसा र धनसम्पत्तिको पछि लागेर हामीले आफ्नो आत्मालाई गुमाउनुपर्छ। यसैले हामी तपाईंलाई पवित्र बाइबलबाट पैसाको सम्बन्धमा हाम्रो सृष्टिकर्ता परमेश्वरको विचार के हो, सो बताउन चाहन्छौं।

“रुपियाँ-पैसाको प्रेमचाहिँ सबै खराबीको जरा हो। यसको लोभ गर्दा कतिजना विश्वासबाट भड्किएका छन् र आफैलाई अनेकौं पीडाले छेंड-छेंड पारेका छन्” (१ तिमोथी ६:१०)।

पैसा अवश्य चाहिन्छ, तर पैसालाई माया गर्नुहुँदैन। किनभने यसैमा खराबीको जरा छ। पैसाको लोभ गर्नुचाहिँ सबै खराबीको शुरु हो। यसो गर्नेले जीवनको सत्य बाटो बिराउँछ र धैरै दुःख पाउनैपर्छ।

“तर धनी हुन खोज्नेहरू (पापमय) परीक्षा र पासोमा पर्छन्, साथै धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फँस्दछन्; तिनैले मानिसहरूलाई बरबादी र विनाशभित्र डुबाउँछन्” (१ तिमोथी ६:९)।

पैसा चाहिन्छ नै, तर धनी हुन खोज्नु खतरा हो, किनकि धनको खोजमा लाग्नेहरूको मनमा पापका अनगिन्ती अभिलाषाहरू जाग्दछन्। उनीहरू कहिल्यै सन्तुष्ट रहन सक्दैनन्। उनीहरूलाई यो चाहिन्छ, त्यो पनि चाहिन्छ; सबै थोक चाहिन्छ। यस्तो गर्दा गर्दै उनीहरू कता पुग्छन् भन्ने कुरा तपाईं याद गर्नुहोला — यस्तो हानि कसले भोग्न चाहन्छ र? यसैकारण होशियार हुनुहोस्, प्रिय मित्र, होशियार!

हावार्ड भन्ने व्यक्तिको जन्म अमेरिकामा भएको थियो र पछि उनी एक ज्यादै धनी र प्रसिद्ध व्यक्ति बने। उनले आफूले चाहेको जे पनि किन्न सक्थे र आफूले चाहेको ठाउँमा जान सक्थे। काठमाडौंमा भएका सबै मानिसको सम्पत्ति एकै ठाउँमा राखे पनि उनको त्यो भन्दा धेरै सम्पत्ति थियो। तर उनी सन्तुष्ट चाहिँ थिएनन्। उनी त्यो भन्दा पनि बढी चाहन्थे। उनलाई अझ धेरै पैसा चाहिएको थियो। जसबाट उनले आफ्नै पैसा लगानी गरेर खरबौं डलर बनाउन चाहन्थे। उनलाई अझ धेरै ख्याति चाहिएको थियो। त्यसैले उनी एक फिल्म निर्माता बने र चलचित्रको हिरो पनि बने। उनी अझ धेरै मोजमज्जा गर्न चाहन्थे। त्यसैले उनले थुप्रै पैसा अनैतिक कार्यहरूमा लगाए। उनलाई अझ धेरै मनोरञ्जन चाहिएको थियो। त्यसैले उनले संसारको सबैभन्दा छिटो उड्ने हवाइजहाज बनाए र उडाए पनि। जहिले पनि उनी धेरै भन्दा धेरै खोजिरहन्थे। आफूसँग धेरै भएमा मात्र उनलाई सन्तुष्टि मिल्छ भन्ने उनको अवधारणा थियो। जब हामी उनको इतिहासलाई हेर्दछौं, हामी के देख्छौं भने हावर्डले आफ्नो जीवनमा खोजेको जस्तो सन्तुष्टि उनले कहिल्यै पाएनन्। यो व्यक्तिले आफ्ना शरीरलाई ज्यादै दुब्लो, सुकेको छाती, नकाटिएको लामो फोहोर नङ, कालो किरा लागेको दाँत, अनगिन्ती लागु पदार्थबाटका सुईका खतहरू बनाई आफ्नो जीवनको अन्त गर्‍यो। हावर्ड आफूसँग धेरै भएमा मात्र आफू खुसी रहन सक्ने विश्वासमै मरे। उनी लागु पदार्थ दुर्व्यसन गर्ने एक खरबौंपति थिए र अन्त्यमा उनी पागल भई मरे। उनको सम्पूर्ण पैसा, सम्पत्ति, ख्यातिले उनलाई शान्ति दिन सकेन।

“तर सन्तुष्टतासिको भक्ति नै ठूलो लाभ हो। किनभने हामीले यस संसारमा केही पनि ल्याएका छैनौं; अनि यो निश्चित छ, हामी केही लैजान सक्दैनौं। खानु र लाउनु छ भने हामी यसैमा सन्तुष्ट रहौं” (१ तिमोथी ६:६-८)।

हाम्रो भरोसा हामीले एकमात्र साँचो जिउँदो परमेश्वरमाथि राख्‍नुपर्थ्यो। उहाँको भक्ति हामीले गर्नुपर्थ्यो। तर हाम्रो ध्यान त पैसामा पो गएको छ। हामीले केही ल्याएनौं र केही लैजान पाउँदैनौं भन्ने कुरा भुलेका छौं कि? खाना र लाउनुमा को सन्तुष्ट रहन चाहन्छ? परमेश्वरको भक्ति गर्नुमा कसले ठूलो लाभ देखेको छ?

राम एक काठमाडौंका जवान मानिस हुन्। उनको परिवार धनी छ र उनको बुवा सरकारी जागिरको उच्च पदमा हुनुहुन्छ। यद्यपि उनको बुवा जहिले पनि धेरै पैसा खोजिरहन्थे। त्यसैले उनले आफ्नो छोरालाई कामको लागि विदेशमा पठाए। यही रामले इमेलबाट पठाएका केही उनका भावहरू यहाँ उद्दृत गरेका छौं:

“मैले आँसु नखसाली सुतेको कुनै रात नै छैन। जब म आफ्नो भविष्य, प्रेम, जीवन, मृत्यु, आफन्त र विगतलाई विचार गर्छु, आँसुहरू आफै बर्रर झर्न थाल्छन्। म आफ्नो टाउकोलाई सिरकले छोप्छु र सुत्‍न कोशिश गर्छु। तर म सक्दै सक्दिनँ। तपाईंलाई थाहा छ, म ईश्वरलाई एउटा कुराको लागि धन्यवाद दिन्छु, त्यो हो, “हरेक नै मर्नैपर्छ।” यदि ईश्वरले मृत्यु नबनाएको भए यी स्वार्थी र क्रूर मानवजातिले के गर्ने थिए होलान्? तिनीहरूलाई थाहा छ, कुनै दिन तिनीहरू मर्नेछन् र पनि तिनीहरू अझै धरै धेरै पैसा कमाउनको लागि दौडिरहेका छन्।

म काठमाडौंमा हुँदा मैले केही असल मित्रहरूलाई भेटेको थिएँ। तिनीहरू अमेरिकन सेन्टरमा टोफल तयारीको लागि गएका थिए। मैले तिनीहरूलाई किन तपाईंहरू त्यहाँ जानुहुन्छ भनी सोधें। तिनीहरूको जवाफ सरल थियो, “अमेरिका”। मैले सोधें, त्यहाँ गएर के गर्नुहुन्छ? तिनीहरूले जवाफ दिए, “पैसा”। त्यसपछि मैले प्रेम र ईश्वरको बारेमा सोधें, “के तपाईं अमेरिकामा शान्ति र सन्तुष्टिको जीवन पाउनुहुन्छ भनेर विश्वास गर्नुहुन्छ?” तिनीहरूले भने, “सायद, पाउँछु होला”। मैले तिनीहरूलाई सोधें, “नेपालमा उदाउने सूर्य र तारा, अमेरिकाको पनि त्यही होइन र? यहाँ देखिने आकाश त्यहाँ पनि उस्तै होइन र?” मैले तिनीहरूलाई विश्वस्तसाथ आफ्नो भित्र हृदयमा शान्ति पाउन कोशिश गर्न अनुरोध गरें। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया जस्ता देशहरूमा आँखै नहेरी कुद्‍नाले तपाईंलाई झन् धेरै अन्धा बनाउँछ।

एउटा कुरा मैले के भेट्टाएँ भने तिनीहरू जो विदेश जान कोशिश गर्छन्, तिनीहरू गरिब परिवारबाटका होइनन् तर धनी र सम्पन्न परिवारहरूबाटका हुन्। मैले भन्न खोजेको चाहिँ यी व्यक्तिहरू बाहिर जानुमा कुनै कारण नै छैन। तिनीहरूसँग पैसा, खानदानी घर र सम्पन्न परिवार छ। सबै नै आफ्नो अन्धो र दोधारे जीवन बिताइरहेका छन्। कसैलाई थाहा छैन अमेरिका वा अरू देशमा तिनीहरूले के चाहन्छन्? वास्तविकरूफमा कसैलाई थाहा छैन कुन कुराले तिनीहरूलाई खुसी बनाइरहनसक्छ? तिनीहरू खाली जान, जान, जान मात्र चाहन्छन्।”

पैसाको दौडको कहिल्यै पनि अन्त्य हुँदैन, बरू हाम्रो अन्त्य हुन्छ। हामीहरू त्यसलाई जित्‍नका लागि यता उता दौडिरहेका छौं जुन मलाई थाहा छ, त्यो कहिल्यै पनि पाउँदैनौं।

“पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, तब यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्” (मत्ती ६:३३)।

हामी पशु होइनौं, तर मानिस भएका हुनाले खालि गाँस, बास र कपास खोज्नु ठीक छैन। हामीलाई आफ्नो सृष्टिकर्ता परमेश्वरलाई चिन्नुपर्छ, उहाँको अधीनतामा रहीकन उहाँको इच्छाअनुसार चल्नुपर्छ; तब उहाँप्रति हामीले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छौं। तब उहाँ हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ। के तपाईं उहाँको खोजीमा हुनुहुन्छ?

यति कुरा गरेपछि हामी तपाईंलाई सबैभन्दा मुख्य कुरा बताउन चाहन्छौं। किनभने पैसाले धेरै काम गर्न सक्छ, तर हाम्रो आत्मालाई बचाउन सक्दैन।

“परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्दछ” (सपन्याह १:१८)।

प्रिय मित्र, एक दिन हामीलाई मर्नुछ। त्यसपछि हामी न्यायमा परमेश्वरको सामु उभिनुपर्छ। त्यतिखेर हाम्रो सम्पत्ति कुनै कामको हुँदैन। पापले गर्दा परमेश्वरले हाम्रो न्याय गर्नुहुन्छ। पैसाले मानिसको पाप-क्षमा हुन सक्दैन। पैसाले भौतिक खाँचो मात्र पूरा गर्छ तर आत्मिक खाँचो भने केवल परमेश्वरले मात्र पूरा गर्न सक्नुहुन्छ। तपाईंको पाप परमेश्वरमा ज्यादै घृणित कुरा हो। आज सबै मानिसमा पाप छ। मानिसमा पाप छ भन्ने कुरा दिनहुँ मानिसको जीवनबाट प्रदर्शन भइरहेको हुन्छ। मानिस चोरी गर्दछन्, मानिस झूट बोल्दछन्, मानिस लोभ गर्छन्, मानिस आफ्नो हृदयमा खराब-खराब कुरा जन्माउँछन्। यी सबै कुराहरू पापको उपज हो। यही पापकै कारण मानिसमा मृत्युको सजायँ पनि आयो। अनि यही पापको कारण नै परमेश्वरले हाम्रो शरीर र आत्मालाई सदाको लागि नरकको ननिभ्ने आगोमा फाल्नुहुन्छ।

“आफ्नो धनसम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धनको प्रशस्ततामा अहङ्कार गर्नेहरूमध्ये कसैले पनि कुनै रीतिले आफ्नो भाइलाई मोल तिरेर छुटाउन सक्दैन, न त्यसको छुटकाराको दाम परमेश्वरलाई दिन सक्छ; किनभने तिनीहरूको प्राणको दाम ज्यादै छ र त्यो कहिल्यै पुग्दैन” (भजनसङ्ग्रह ४९:६-८)।

के नरकको आगोबाट छुटाउने दाम तपाईंसँग छ? तपाईंले आफ्नो आत्माको बदलामा परमेश्वरलाई के दिनुहुन्छ? यसको दाम ज्यादै छ। तपाईंले जे दिनुभए पनि तपाईंले तिर्नुपर्ने दाम कहिल्यै पुग्दैन।

“किनभने सारा संसार प्राप्‍त गरे तापनि मानिसले आफ्नो प्राणलाई चाहिँ गुमायो भने उसलाई के फाइदा भयो? अथवा आफ्नो प्राणको सट्टामा मानिसले के देला?” (मत्ती १६:२६)

मानिसको लागि भौतिक कुरा जति महत्त्वपूर्ण छ त्यो भन्दा आत्माको कुरा सय गुणा महत्त्वपूर्ण छ। मानिसको शारीरिक जीवन छोटो छ। कोही पनि सधैंभरि बाँचिरहन सक्दैन। एक दिन सबैले मर्नैपर्छ। मृत्युपछि मानिसको धनको थुप्रोलाई परमेश्वरले हेरेर ओहो तिमीसँग त कति धन रहेछ, ल अब तिमी मेरो न्यायबाट बाँच्यौ भनेर भन्नुहुन्न। तर जसको पाप क्षमा भएको छ, त्यो व्यक्तिलाई उहाँ ग्रहण गर्नुहुन्छ।

मित्र के तपाईंको पाप क्षमा भएको छ? छैन भने तपाईंको लागि खुशीको कुरा यो छ: येशू प्रभु तपाईंको पाप‍‍‍‍-क्षमा गरी तपाईंलाई सधैंभरि रहिरहने शान्ति दिन चाहनुहुन्छ। पैसाले पुर्‍याउन नसक्ने आनन्दको ठाउँमा तपाईंको पाप‍-क्षमा गरी प्रभु येशू पुर्‍याउन चाहनुहुन्छ।

यसकारण न्यायमा पर्नु अघि नै हामी तपाईंलाई यो सन्देश सुनाउन चाहन्छौं: संसारको धनको पछि लागेर आफ्नो अनमोल आत्मालाई नगुमाउनुहोस्, तर समयमै आफ्ना पापदेखि परमेश्वरतिर फर्कनुहोस् र प्रभु येशूमाथि विश्वास गरी मुक्ति पाउनुहोस्; किनभने जब प्रभु येशू काठको क्रूसमा कष्ट सही मर्नुभयो, तब उहाँले हाम्रा सबै पापको निम्ति छुटकाराको दाम तिर्नुभयो। उहाँले हामीलाई अपार प्रेमले प्रेम गर्नुभयो र हामीले आफ्नो आत्माको लागि तिर्न नसक्ने दाम तिर्नुभयो। प्रभु येशूमा मुक्ति छ, उहाँमा अनन्त जीवन छ। पश्चात्ताप गर्नुहोस् र जिउँदो प्रभु येशूलाई पुकार्नुहोस् र बिनापैसा, सित्तैमा मुक्तिको दान ग्रहण गर्नुहोस्।

* * * * *

यो लेख पर्चामा छापिँदै आएको केही वर्ष भइसक्यो। यसका लेखक दाजु थोमस कफमनको अनुमतिले यसलाई यस वेबसाइटमा उपलब्ध गरिएको छ।

विकास! विकास! नाश हुने विकास??

विकास! विकास! नाश हुने विकास??

थोमस कफमन

आफ्नो देशको विकास, आफ्नो गाउँमा विकास, हामी सबैको विकास हुनुपर्छ भनेर विचार राख्‍ने मानिसहरू धेरै हुन्छन्। किसानहरूले विकासी मल चलाउँछन्, बजारमा विकासी आलु र मकै पाइन्छ। सरकारले अनेक थरी विकासमुखी योजनाहरू बनाउँछ, बैङ्कले यसैको लागि ऋण दिन्छ। सबैको इच्छा यही हो: हामी बढ्नुपर्छ, हामीले उन्नती गर्नुपर्छ, हामी माथि पुग्नुपर्छ। कतिले अन्य देशको विकसित अवस्था देख्‍छन् र उनीहरू त्यही स्तरमा पुग्न चाहन्छन्। आफ्नो विकासलाई नै पहिलो लक्ष्य बनाएर तिनीहरू त्यसतर्फ पाइला चाल्दैछन्। यसको विरोध हामी यहाँ गर्दैनौं, तर यसो गर्दा के-कस्ता खतरादेखि हामी जोगिनुपर्छ, सो देखाउन चाहन्छौं।

ठूलो नै राम्रो भन्दै किनमेल गर्न जाँदा हामीमध्ये धेरैले धोका खाएका छौं। ठूलो-ठूलो, राम्रो-राम्रो आलु किनियो, तर भित्रपट्टि खोक्रो पो रहेछ, स्वादिलो पनि रहेनछ, अनि त्यो छिट्टै कुहिएर गयो। बाहिर हेर्दा कति थोक सुन्दर देखा पर्छन्, तर तिनको भित्री गुण राम्रो नभएको तथ्य कसले अनुभवबाट थाहा पाएको छैन र? तब विकास, विकास भन्दा हामी होशियार हुनुपर्दैन र? के विकासको नाममा आएका सबै कुरा असल हुन्छन् र? के तिनलाई जाँचेर हेर्नुपर्दैन र?

हामी यहाँ तपाईंलाई इतिहासबाट केही उदाहरण दिन्छौं, जसबाट तपाईंलाई राम्रो ज्ञान मिल्नेछ भन्ने हामीलाई विश्वास छ। किनभने हाम्रै आँखाको सामु हामीलाई सतर्क बनाउने प्रमाणहरू हामीले घरीघरी पाएका छौं। के तपाईं हामीसँग यिनलाई एकपटक नियालेर हेर्न तयार हुनुहुन्छ?

आउनुहोस्, अहिले म तपाईंलाई मध्य र दक्षिण अमेरिकामा लैजान चाहन्छु र तपाईंलाई एउटा विशेष कुरा देखाउन चाहन्छु। यहाँ घनघोर जङ्गल र अग्ला-अग्ला पहाडहरूमाथि माया (Mayas) र इन्का (Incas) नाम गरेका जातिका एकदम प्रख्यात प्राचीन भग्नावशेषहरू पाइन्छन्। जब इस्वी संवत्को सोह्रौं शताब्दीमा यूरोपबाट सामुद्री यात्रा गर्दै भारत जान चाहने मानिसहरू पहिलो पटक दक्षिण अमेरिकामा आइपुगे, तब तिनीहरूले माया जातिका मानिस विकसित भइसकेका र सभ्यतामा आफूभन्दा ज्यादै प्रगति गरिसकेका अवस्थामा भेट्टाए। इतिहासकारहरू भन्छन्, इन्का जातिका मानिसहरू यति विकसित थिए कि उनीहरूको हिसाब निकाल्ने तरिका वर्तमान कम्प्यूटरको तरिकासित तुलना गर्न सकिन्छ। उनीहरूले आफ्ना घर र शहरहरू यति अचम्म प्रकारले बनाउँथे कि पर्खालका ढुङ्गाका बीच कुनै सिमेन्ट-मसला नलगाई ती जोडिएका थिए। जोडिएका ढुङ्गाका बीच कुनै छुराको धार समेत पसाल्न सकिन्न। पेरू देशको माचुपिछु (Machu Pichhu) भन्ने ठाउँमा यस्तो अद्‍भुत रीतिले निर्माण गरिएको शहर आज पनि देख्‍न सकिन्छ।

तर दुःखको कुरा, एक दिन इन्का र माया जातिका मानिसहरू पराजित भए। स्पेन देशका मानिसहरूले उनीहरूलाई सजिलैसँग जित्‍न सके। इतिहासकारहरूले यसको कारण खोजेर के पत्ता लगाए भने माया र इन्का जातिभन्दा उनीहरूका बाहिरी शत्रु बढी शक्तिशाली भएका हुनाले नभएर माया तथा इन्का जातिको समाज भित्रबाट नै भ्रष्ट भई नैतिक दृष्टिमा बिग्रेका कारणले थियो। उनीहरू अभिलाषी जीवन बिताउँथे र यसैले नष्ट भए।

माया र इन्का जातिको पतन इतिहासमा केवल एउटा उदाहरण हो। हामी बेबिलोनी, युनानी र रोमी साम्राज्यहरूको उत्थान र पतनको विषयमा पढ्ने हो भने उही अचम्मको कुरा पत्ता लाग्छ कि यी जम्मै शक्तिशाली र विकसित साम्राज्यहरू त्यसरी नै पराजित भई नाश भए। जब उनीहरूले उन्नती गरे तब उनीहरू चाँडै नाश पनि भए। यस्तो किन होला? किनकि जति उनीहरू सफल बन्दै गए त्यति नै उनीहरू अभिलाषी पनि बने।

यसकारण नाश हुन लागेको अवस्थामा पुगेका राष्ट्रहरूको विषयमा हामी यहाँ यति भन्न सक्छौं कि जब ती राष्ट्रका बासिन्दाले उन्नती गरे, तब तिनमा कैयन डरलाग्दा गुण पनि देखा परे। उनीहरू परिश्रम गर्न छाडे, उनीहरू अल्छी बन्न थाले, उनीहरू ईश्वरको डर मान्न छाडे। उनीहरू मनोरञ्जनका लागि जिउन थाले। उनीहरू पाप गर्नदेखि डराउन छाडे, बरु धनले भ्याएसम्मको हरेक पापको अभिलाषा पूरा गर्नतिर लागे। तब अश्लील भई उनीहरूले व्यभिचार गर्ने प्रशस्त उपायहरू रचे। पछि शोषण, अत्याचार, हत्या, अशान्ति, कोलाहल र क्रान्तिहरू उनीहरूमा बराबर पाइनैरह्यो। तिनका दृष्टिमा मान्छेको ज्यानको कुनै मूल्य नै रहेन। अन्तमा उनीहरूले तान्त्रिक शक्ति र गोप्‍य विद्यामा साहारा लिएका हुनाले उनीहरू झनै परमेश्वरको क्रोधका पात्र बने।

पापले गर्दा आफूमाथि दण्डको आज्ञा ल्याएर उनीहरू नष्ट भए। धर्म-सुधारमा प्रख्यात मानिएका मार्टिन लुथरले परमेश्वरको वचन पवित्र बाइबलबाट पूर्वज्ञान पाई यसो भने: “पापले नै मानिसहरूलाई सर्वनाश गर्छ।” तर पश्चिमी राष्ट्रहरूमा कसले यस कुरामा ध्यान दिएको छ र? कसैल पनि वास्ता गरेको छैन जस्तो हामीलाई लाग्छ। किनभने पश्चिमी मुलुकहरूमा हामी माथि उल्लेख भएका सबै विनाशकारी पापका लक्षणहरू पूरा हुँदै आएका देखिन्छन्। तब के हामी बेहोशी भई उनीहरूबाट पाप गर्न सिक्ने? र उनीहरूजस्तै नाश हुने? जब हामी उन्नती गर्दै अघि बढ्छौं र माथि पुग्न खोज्छौं तब कारी हामी परमेश्वरको वचन सुनेर ज्ञान बढाउन सक्छौं त? किनभने बाइबलमा यसरी लेखिएको छ:

“हेर,यिनीहरूचाहिँ भक्तिहीनहरू हुन्, जसले यस युगमा उन्नति गर्छन्; तिनीहरू धनसम्पत्ति बढाउँछन्” (भजनसङ्ग्रह ७३:१२)।

दुष्ट, अधर्मी मानिसहरूले यस संसारमा उन्नति गर्छन् र आफ्नो धनसम्पत्ति बढाउँछन् भन्ने कुरामा हामी छक्क पर्नुपर्दैन। तर छल गरेर वा ठगेर पाएको धनमा लाभ हुँदैन। यसो गरी उन्नति गर्ने मानिस चाँडै परमेश्वको न्यायमा पर्नेछ।

“निश्चय नै दुष्ट दण्ड नपाई छोडिनेछैन” (हितोपदेश ११:२१)।

किनभने यो कुरा निश्चित छ: दुष्ट मानिसको उन्नति एकक्षणको लागि मात्र हो। त्यसको न्यायको घडी आउँदैछ। त्यसलाई दण्ड नदिई परमेश्वरले त्यसलाई छोड्नुहुन्न। किनभने सत्य परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ। उहाँले हरेक मानिसलाई आफ्ना कामअनुसार प्रतिफल दिनुहुन्छ।

“जसले आफ्नो ढोका अग्लो पार्छ, त्यसले विनाश खोज्छ” (हितोपदेश १७:१९)।

यसकारण हामीलाई आफ्नो विषयमा होशियार हुनु खाँचो छ, नत्र त हामीले आफ्नो उन्नति र विकास खोज्दा-खोज्दै आफूमाथि परमेश्वरको दण्ड ल्याउनेछौं। यसमा हामीलाई कुनै लाभ छैन। जीवित परमेश्वरको हातमा पर्नु ज्यादै डरलाग्दो कुरा हो।

“सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: दौड, चाँडो दगुर्नेको निम्ति होइन, अथवा, युद्ध बलियाका निम्ति; नता बुद्धिमानले भोजन पाउँछ, नता प्रतिभाशालीले धनसम्पत्ति; वा ज्ञानी पुरुषले कृपा-दृष्टि पाउँछन्, तर ती सबैजनामाथि समय र संयोग आइपर्छ। किनभने मानिसले आफ्नो समय जान्दैन। माछा निर्दयी जालमा परेझैं, अथवा चराचुरूङ्गीहरू जालमा फसेझैं मानिसहरू दुर्दशामा पासोमा पर्दछन्, ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्” (उपदेशक ९:११-१२)।

हामीले आफूलाई अरूभन्दा छिटो, बलियो, बुद्धिमानी र प्रतिभाशाली सम्झे तापनि यसरी नै हाम्रो उन्नति हुँदैन, बरु अचानक पासोझैं दुर्दशा हामीमाथि आइपर्न सक्छ।

“हाय! हाय! मिहिन मलमल, बैजनी र सिन्दुरे कपडा पहिरेको, अनि सुन, रत्‍नहरू र मोतीहरूले सिँगारिएको यो महान् शहर! किनकि एकै घण्टामा यति धेरै धनसम्पत्ति उजाड भयो” (प्रकाश १८:१६-१७)।

एकै घण्टामा हाम्रो अग्रगामी, विकासोन्मुख अवस्था बदलिन सक्छ, र कहीँ हामीले आफूलाई अफसोस र शोकित अवस्थामा भेट्टाउनुपर्ला कि?

“हेर, देश-देशका मानिसहरूले आगोको निम्ति मात्र परिश्रम गर्छन् र जातिजातिका मानिसहरूले व्यर्थैमा आफूलाई थकित तुल्याउँछन्; के यो सेनाहरूका परमप्रभुबाट होइन र?” (हबकूक २:१३)

उन्नति गर्न खोज्दा-खोज्दै हामीले आगोको निम्ति मात्र अर्थात् विनाशको लागि व्यर्थैमा परिश्रम गरेका छौं कि भन्ने खतरा छ। यसकारण हामीले पवित्र बाइबलका यी वचनहरूबाट चेताउनी लिनुपर्छ र आप्नो जीवनलाई नियालेर हेर्नुपर्छ। सायद हाम्रो विकास नाश हुने विकास मात्र हो कि?

“परमप्रभुले नै घर निर्माण गर्नुभएन भने ता यसको निर्माण गर्नेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन्; परमप्रभुले नै शहरको रक्षा गर्नुभएन भने पाले व्यर्थमा जागो बस्दछ” (भजनसङ्ग्रह १२७:१)।

तपाईंको घरपरिवारको उन्नति गर्न खोज्दा तपाईंले यो एउटा कुरा याद गर्नुपर्छ: हाम्रा सृष्टिकर्ता परमेश्वरको आशिषविना हाम्रो परिश्रम व्यर्थै छ। आफ्नो गाउँ र आफ्नो देशलाई बिग्रिनदेखि जोगाउन खोज्दा हामीलाई परमप्रभुको सहायता र सुरक्षाको एकदम खाँछो पर्छ। के तपाईंले यस महत्त्वपूर्ण कुरमा ध्यान लगाउनुभएको छ?

“परमप्रभु भन्नुहुन्छ: ‘ज्ञानी मानिसले आफ्नो ज्ञानमा घमन्ड नगरोस्, बलियो मानिसले आफ्नो बलमा घमन्ड नगरोस्, र धनी मानिसले आफ्नो धनमा घमन्ड नगरोस्, तर जसले घमन्ड गर्छ, त्यसले यस विषयमा घमन्ड गरोस्: ‘म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रसन्न हुन्छु,’ परमप्रभु भन्नुहुन्छ'” (यर्मिया ९:२३-२४)।

यसकारण तपाईंलाई हाम्रो सन्देश यही हो: आफ्नो ज्ञानमा, आफ्नो बलमा, आफ्नो धनमा घमन्ड नगर्नुहोस्। तर तपाईंले एकमात्र सत्य र जिउँदो परमेश्वरलाई चिन्ने विषयमा घमन्ड गर्न सक्नुपर्छ। के उहँको विषयमा तपाईंसित पक्का ज्ञान छ? के तपाईं उहाँको अपार प्रेम र दयाको भागीदार हुनुभएको छ? के तपाईं उहाँको डर मान्नुहुन्छ? के तपाईंको जीवन उहाँको सामु ग्रहणयोग्य छ? के तपाईंले प्रमेश्वरलाई खुशी पार्न जान्नुभएको छ? तपाईंको साँचो उन्नति यिनै कुरामा भर पर्छ।

“समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिकै आएको छ, पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर” (मर्कूस १:१५)।

अब समय धेरै छैन, चाँडै हामी सबैजानले परमेश्वरका सामु आ-आफ्नो जीवनको लेखा दिनुपर्नेछ। यसकारण प्रभु येशूको शुभ-सन्देशलाई कान थापेर सुन्नुहोस् भन्दै हामी तपाईंलाई प्रेमपूर्वक आग्रह गर्दछौं। परमेश्वरको सामु तपाईंको जीवन कसरी ग्रहणयोग्य हुन सक्छ, सो उहाँले तपाईंलाई प्रस्टै बताउनुहुन्छ। आफ्ना सबै पाप र अधर्महरूको बारेमा पछुताउनुहोस् र सम्पूर्ण मन साँचो परमेश्वरतिर फर्काउनुहोस्, उहाँको सामु आफ्ना पाप मानिलिनुहोस्। आफ्नो पापको बारेमा कायल भएको, पश्चात्तापी मानिसलाई परमेश्वरले इन्कार गर्नुहुन्न। यसैले उहाँका सामु आफैंलाई नम्र पार्नुहोस्।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६)।

प्रभु येशूको नाममा पापको क्षमा छ। उहाँमाथि भरोसा राख्‍ने कोही पनि शर्ममा पर्नेछैन। परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ, यसैले उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनुभयो। क्रूसमा मरेर प्रभु येशूले हाम्रो सट्टामा पापको सजाय भोग्नुभयो। हामी सबका पापहरूका निम्ति उहाँले आफ्नो बहुमूल्य रगत बहाउनुभयो। यसरी उहाँ तपाईं र मेरो निम्ति निर्दोष र निष्कलङ्क पापबलि हुनुभयो। परमेश्वरको वचनले के भन्दछ भणे उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुनेछैन, तर उसले अनन्त जीवन पाउँछ। यसकारण येशूमाथि विश्वास गर्नुहोस् र उहाँलाई नै तपाईंको जीवनको जग बनाउनुहोस्। तब तपाईंले साँचओ गरी उन्नति गर्नुहुनेछ।

“सारा संसार प्राप्‍त गरे तापनि मानिसले आफ्नो आत्माचाहिँ गुमायो भने त्यसलाई के फाइदा भयो?” (मत्ती १६:२६)

संसारका थोकको पछि लागेर तपाईं किन आफ्नो अमूल्य आत्मा गुमाउनुहुन्छ? यसमा तपाईंलाई कुनै लाभ छैन। प्रभु येशू जिउँदो प्रभु हुनुहुन्छ। मरेको तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुभयो र चालीस दिनसम्म आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो। धेरै अचूक प्रमाणहरू दिएर प्रभु येशूले आफूलाई जीवित देखाउनुभयो, त्यसपछि उहाँ स्वर्ग चढी परमेश्वरको दाहिने हातपट्टि सिंहासनमा बस्नुभयो। विश्वाससाथ उहाँकहाँ आई शरण लिने हरेकको निम्ति उहाँ दयालु प्रभु र मुक्तिदाता हुनुहुन्छ। यसकारण येशूको नाम पुकार्नुहोस् र तपाईंको जीवन उहाँको हातमा सुम्पनुहोस्। प्रभु येशूको सत्य वचन आफ्नो हृदयमा राखेर उहाँलाई पछ्याउनुहोस्। तब तपाईंको भविष्य उज्यालो बन्नेछ।

यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार

यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार

 

उल्लेखित बाइबल पदहरूलाई पढ्नुभई निम्न प्रश्नका उत्तरहरू लेख्‍नुहोस्। सबै पदहरू बाइबलको यूहन्ना र रोमी नामक पुस्तकहरूमा छन्। तपाईंले कार्यपत्रलाई पूरा गर्नुभई हाम्रो ठेगानामा पठाउनुभयो भने यसलाई जाँचेर तपाईंलाई फिर्ता पठाइनेछ र साथै तपाईंलाई अरू बाइबल अध्ययन सामग्रीहरू पनि पठाइनेछ।

तपाईंको नाम र ठेगाना:
__________________________________________
__________________________________________
__________________________________________
__________________________________________

मानिसको समस्या

संसारमा धर्मी मानिसहरू कतिजना छन् (रोमी ३:१०)? ____________________। कतिजनाले असल गर्दछन् (परमेश्वरको मूल्याङ्कनमा असल)? (रोमी ३:१२ पढ्नुहोस्) ____________________। कतिजना मानिसहरू पापी छन् (रोमी ३:२३)? _________। एउटै मात्र पापरहित व्यक्ति को हुनुहुन्छ जसले सबै कुरामा सधैं परमेश्वरलाई खुशी पार्नुभयो (यूहन्ना ८:२९)? _______________। परमेश्वरको सामु को-को दोषी छन् (रोमी ३:१९)? __________ ____________________।

मानिसहरूले _____________लाई भन्दा __________________लाई प्रेम गर्दछन् (यूहन्ना ३:१९-२०)। परमेश्वरले यी मानिसका “कामहरू” लाई कुन शब्दले बयान गर्नुहुन्छ (यूहन्ना ३:१९)? ____________। प्रभु येशूको अनुसार, कतिजनाले परमेश्वरको पवित्र व्यवस्थालाई (जस्तै, दस आज्ञालाई) सिद्धरूपमा बास्तवमै पालना गर्दछन् (यूहन्ना ७:१९)? _____________________।

पापरहित मानिसहरू कतिजना छन् (पढ्नुहोस्, यूहन्ना ८:७-१०)? ____________ ____________। कुन मानिस पापको दास हो (यूहन्ना ८:३४)? ____________________ _____________।

रोमी १:२९-३१ मा उल्लेखित पापको सूचीलाई पढ्नुहुँदा आफूले तीमध्ये कम्तीमा एक वा बढी पाप आफ्नो जीवनमा गरेकै छु भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? __________। पद ३२ ले बताउँछ, “यस्ता-यस्ता काम गर्नेहरू _________________ पाउन __________ हुन्छन्।” के तपाईं मृत्युदण्ड पाउन लायक हुनुहुन्छ? _______________।

“पापको ज्याला” के हो (रोमी ६:२३)? _______________। “ज्याला” भनेको गरिएको काम बापत कामाइएको प्रतिफल हो। रोमी ६:२३ अनुसार, प्रत्येक पापीले आफ्नो निम्ति कुन दण्ड कमाएको छ? ______________।

टिप्पणी: मृत्यु हुनु भनेको अलग हुनु हो। शारीरिक मृत्युमा शरीरबाट प्राण अलग हुन्छ। रोमी ६:२३ ले आत्मिक मृत्युको कुरा गर्दछ जसमा मानिस परमेश्वरदेखि अलग हुनेछ र उहाँबाट दण्ड पाउनेछ।

परमेश्वरको उपाय

मानिसलाई पापबाट स्वतन्त्र पार्न सक्ने एउटै व्यक्ति को हुनुहुन्छ (यूहन्ना ८:३६)? ____________________।

यी व्यक्ति को हुन्?

उहाँ परमेश्वरसित हुनुहुन्थ्यो र त्यति मात्र नभएर उहाँ ________________ हुनुहुन्थ्यो (यूहन्ना १:१)।

उहाँ “सर्वोच्च, सदासर्वदा धन्य ________________ हुनुहुन्छ” (रोमी ९:५)। उहाँले एक पटक भन्नुभयो, “म र मेरा पिता _________ हौं” (यूहन्ना १०:३०)। सबै कुराहरू उहाँद्वारा ____________ (यूहन्ना १:३)। उहाँ संसारका ______________ ____________ हुनुहुन्छ (यूहन्ना ४:४२)। उहाँ “________________का _________ ख्री_____ हुनुहुन्छ” (यूहन्ना ११:२७)। साथै उहाँलाई “यहूदीहरूका _________” (यूहन्ना १९:१९) पनि भनिएको छ। थोमाले उहाँसित एक पटक बोल्दा उहाँलाई “मेरा __________ र मेरा _________” (यूहन्ना २०:२८) भनी सम्बोधन गरे। यूहन्नाको सुसमाचार किन लेखिएको थियो (यूहन्ना २०:३१)? ___________________________________________________ __________________________________________________ __________________________________________।

येशूले आफू को हुँ भनेर भन्नुभयो?

  • यूहन्ना ६:३५ ” _____________________________________ म नै हुँ”
  • यूहन्ना ८:१२ ” ______________________________________ म नै हुँ”
  • यूहन्ना १०:९ ” ______________________________________ म नै हुँ”
  • यूहन्ना १०:११ ” _____________________________________ म नै हुँ”
  • यूहन्ना ११:२५ ” _____________________________________ म नै हुँ”
  • यूहन्ना ८:५८ ” अब्राहाम हुनुभन्दा पहिले _______ _______”

देहधारण

पापी मानिसका लागि परमेश्वरले एउटा अचम्मको प्रबन्ध गर्नुभएको छ: “वचन (येशू ख्रीष्ट) श________ हुनुभयो र हाम्रा माझमा…वास गर्नुभयो” (यूहन्ना १:१४)। परमेश्वरको अनन्त पुत्र शरीरअनुसार ____________को _______बाट जन्मनुभयो” (रोमी १:३)। परमेश्वर मानिस बन्नुभयो अनि उहाँ संसारका मु___________ (यूहन्ना ४:४२) हुनका निम्ति पठाइनुभयो। परमेश्वरले आफ्नो पुत्रलाई संसारलाई _________ ठहर्याउनका लागि नभएर संसारले उहाँद्वारा __________ पाओस् भनेर संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)। प्रभु येशू संसारमा किन आउनुभयो (यूहन्ना १२:४७)? _______________________________________।

पापीको सट्टामा उहाँको बलिरूपी मृत्यु

हामीहरू मृत्युदण्ड पाउन लायक दोषी पापीहरू भए तापनि ख्रीष्टले हाम्रा निम्ति के गरिदिनुभयो (रोमी ५:८)? _____________________________________। ख्रीष्ट कस्ता खालका मानिसहरूका निम्ति मर्नुभयो (रोमी ५:६)? ____________________। उक्त बयानले के तपाईंलाई पनि समेट्छ? ____________________। संसारलाई परमेश्वरको प्रेमको वरदान के हो (यूहन्ना ३:१६)? ___________________________। के येशू क्रूसमा साँच्ची नै मर्नुभएको हो (यूहन्ना १९:३०-३५)? _____________।

म एउटा दोषपूर्ण पापी हुँ (रोमी ३:२३) र म परमेश्वरबाटको मृत्युदण्ड पाउन लायक छु (रोमी ६:२३)। प्रभु येशू राजीखुशीसाथ र प्रेमका साथ मेरो सट्टामा मर्नुभयो। उहाँले मेरो स्थान लिनुभयो र मेरो निम्ति मृत्युदण्ड सहनुभयो! मलाई बचाउन उहाँ मर्नुभयो!

रित्तो चिहान

मुक्ति पाउन एउटा व्यक्तिले विश्वास गर्नुपर्ने कुरा के हो (रोमी १०:९)? _________________ ________________________________ ____________________________________। के येशू मरेकाहरूबाट साँच्ची नै बौरिउठ्नुभयो (यूहन्ना २० र २१ अध्यायहरू)? _____________। के “शंकालु थोमा” पछि “विश्वस्त थोमा” बने (यूहन्ना २०:२४-२९)? ___________। येशू जीवित हुनुहुन्छ भनी थोमा कसरी पक्का भए (यूहन्ना २०:२९)? ________________________________ ______________________________।

जुन कुराको विषयमा थोमाले निश्चयता पाए, त्यसैलाई विश्वास गर्न के परमेश्वरले तपाईंलाई आवश्यक तथ्यहरूको ज्ञान दिनुभएको छ (यूहन्ना २०:२९-३१)? ___________________।

खुशीको खबर यो हो, “प्रभु येशू हाम्रा अपराधहरूका निम्ति ___________________, र हाम्रा धार्मिकताका निम्ति ____________________ (रोमी ४:२५)।

हाम्रो जिम्मेवारी

अनन्त जीवन के हो (यूहन्ना १७:३)? _________________________________________ ___________________________________________________। येशू ख्रीष्टसित एक अति वास्तविक र अति व्यक्तिगत सम्बन्ध हुनु नै अनन्त जीवन हो। मुक्ति भनेको धर्म होइन तर यो त एउटा सम्बन्ध हो। अनन्त जीवन प्राप्‍त गर्न एक व्यक्तिले के गर्नुपर्छ (यूहन्ना ३:१६; ६:४७)? _________________________________________________।

धेरैसित अनन्त जीवन हुँदैन किनभने उनीहरू उहाँकहाँ आ________ अस्वीकार गर्छन् (यूहन्ना ५:४०।

यूहन्ना ३:१८ पढ्नुहोस्। यस पदले विश्वास गर्ने व्यक्तिको बारेमा के बताउँछ? _________________________________________________________। यस पदले विश्वास नगर्ने व्यक्तिको बारेमा के बताउँछ? _______________________________________________________ _________________________________।

यूहन्ना ३:३६ पढ्नुहोस्। यस पदले विश्वास गर्ने व्यक्तिको बारेमा के बताउँछ? _________________________________________________________। यस पदले विश्वास नगर्ने व्यक्तिको बारेमा के बताउँछ? _______________________________________________________ __________________________________।

स्वर्ग भन्ने ठाउँ के वास्तवमै छ (यूहन्ना १४:१-३)? __________। त्यहाँ पुग्नलाई एउटै मात्र उपाय कुन हो (यूहन्ना १४:६)? __________________________।

ख्रीष्टमा विश्वास नगर्नेहरूलाई र आफ्नो पूरा भरोसा उहाँमा राख्‍न अस्वीकार गर्नेहरूलाई के हुनेछ (यूहन्ना ८:२४; यूहन्ना ३:१६ सित तुलना गर्नुहोस्)? _________ _____________________________________________________।

परमेश्वरको सन्तान बन्न एक व्यक्तिले के गर्नुपर्छ (यूहन्ना १:१२)? _________ ______________________________________________________।

परमेश्वरको प्रतिज्ञा

परमेश्वरले आफ्नो वचन पवित्र बाइबलमा दिनुभएका मुक्ति सम्बन्धी निम्न प्रतिज्ञाहरूलाई विचार गर्नुहोस्:

  • यूहन्ना ३:१६ – पापीले ख्रीष्टमा विश्वास गर्नुपर्छ। पापीलाई परमेश्वरको प्रतिज्ञा छ, ऊ नष्ट हुनेछैन तर अनन्त जीवन पाउनेछ।
  • यूहन्ना ५:२४ – पापीले _______________________________________________ ________________________ गर्नुपर्छ। विश्वास गर्ने पापीलाई परमेश्वरले तीनओटा प्रतिज्ञा दिनुहुन्छ:

    ऊसँग _______________________ हुन्छ
    ऊ ____________ मा पर्नेछैन
    ऊ _______ बाट _________मा सर्नेछ

  • यूहन्ना ६:३५ – पापीले के गर्नुपर्छ? _________________________________________ _______________________।
  • यूहन्ना ६:३७ – विश्वाससाथ ख्रीष्टकहाँ आउने पापीलाई परमेश्वरको प्रतिज्ञा के छ? __________________________________________।
  • रोमी १०:९ – पापीले के गर्नुपर्छ? _________________________________________ __________________________________________। परमेश्वरको प्रतिज्ञा के छ? ____________________________________।
  • रोमी १०:१४ – मुक्तिका निम्ति उहाँको नामलाई पुकार्ने व्यक्तिलाई परमेश्वरको प्रतिज्ञा के छ? ________________________________________________।

के प्रभु येशू ख्रीष्ट तपाईंको व्यक्तिगत मुक्तिदाता र प्रभु हुनुहुन्छ? _____________। के तपाईंले व्यक्तिगत रूपमा उहाँलाई ग्रहण गर्नुभयो (लिनुभयो) (यूहन्ना १:१२)? _____________।