Entries by Pradesh Shrestha

परिपक्व र अपरिपक्व विश्वासीका बीच एक तुलनात्मक अध्ययन

परिपक्व र अपरिपक्व विश्वासीका बीच एक तुलनात्मक अध्ययन

एउटा विश्वासी परिपक्व बन्न सक्नलाई ऊ आत्मिक (अर्थात् एक स्वस्थ विश्वासी, पवित्र आत्माको भरपूरी अथवा नियन्त्रणमुनि जिउने विश्वासी) भएर मात्र पनि पुग्दैन; समय पनि लाग्छ। प्रभुमा हुर्कँदै, बढ्दै जानु भनेको समय लाग्ने कुरो हो। एउटा सानो बच्चा स्वस्थ होला तर परिपक्व ऊ निश्चय हुँदैन। परिपक्व बन्न र हुर्कन बच्चालाई समय लाग्छ। गलाती ६:१ (“तिमीहरू जो आत्मिक छौ”) को तात्पर्य हुर्कन र बढ्न समय लाग्छ भन्ने हो। प्रभुमा नयाँ गरी जन्मेको एउटा बालक आत्मिक होला, तर गल्ती गर्ने कुनै भाइलाई सुधार्न सक्नलाई चाहिने परिपक्वता र हुर्काइमा ऊ घटी नै हुन्छ। ऊ आत्मामा हिँड्दै गर्‍यो र आत्मिक रूपमा स्वस्थ रहिरह्यो भने, कालान्तरमा उसले त्यस्तो काम पनि गर्न सक्नेछ।

एउटा विश्वासी ख्रीष्टमा हुर्कन र बढ्न नसकेमा ऊ आत्मिक रूपमा बालकै रहिरहन सक्ने खतरा छ। यो अति खेदजनक कुरो हो। पच्चीस वर्ष पुगेर पनि आफ्नो सरसफाइ आफै गर्न नसक्ने, दूधको बोतल चुसेर बस्ने एउटा मान्छेलाई देख्‍नुभयो भने तपाईंलाई कस्तो लाग्ला? दूध नयाँ जन्मेको बालकको लागि ज्यादै उपयुक्त पौष्टिक आहार त हो (१ पत्रुस २:२), तर युवावस्थामा पुगेर पनि दूधै मात्र पिउँछ भने त्यहाँ केही न केही गडबड छ भन्ने हामीलाई महसुस हुन्छ।

पावलले एकजना स्वस्थ, परिपक्व विश्वासीको बयान यसरी गरेका छन्:

“यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि तिमीहरूका निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका होओ भनी विन्ती गर्न छोडेका छैनौं; कि उहाँलाई पूरा प्रसन्न गराउनालाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ, र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ; अनि आनन्दसितको सम्पूर्ण धीरज र सहनशीलताका निम्ति उहाँको महिमित सामर्थ्यअनुसार सारा शक्तिले बलवान् होओ” (कलस्सी १:९- ११)।

मार्गदर्शनका बाइबलीय सिद्धान्तहरू

मार्गदर्शनका बाइबलीय सिद्धान्तहरू

जीवनको यात्रामा, डोर्‍याउनुहोस् मलाई!

परिचय

जीवनको यात्रा अनगिन्ती निर्णयहरूले भरिएको हुन्छ। मैले फलानो काम गर्नु हुन्छ कि हुँदैन? त्यस्तो ठाउँमा म जानु हुन्छ कि हुँदैन? यस्तो क्रियाकलापमा म सहभागी बन्नु हुन्छ कि हुँदैन? आदि, इत्यादि।

हामीले जीवनभरि ठीक-ठीक अगुवाइ पाऔं र हाम्रो दिन-दिनको चालचलन सही प्रकारले नियन्त्रित होस् भन्ने हेतुले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई सत्यताको एउटा सुन्दर वस्तुगत मापदण्ड दिइएको छ जसअनुसारको जीवन र व्यवहारले हाम्रा प्रभुलाई खुशी पार्दछ। भजनसङ्ग्रहका एक रचनाकारको हृदयमा एउटा ठूलो लालसा थियो, “मेरा पाइलाहरू तपाईंको वचनमा स्थिर पारिदिनुहोस्, र कुनै अधर्म ममाथि राज्य गर्न नदिनुहोस्” (भजनसङ्ग्रह ११९:१३३)। हाम्रो जीवन, हाम्रो व्यवहार, हाम्रा निर्णयहरू सबै नै परमेश्वरको वचनद्वारा निर्धारित र नियन्त्रित हुनु आवश्यक छ।

जीवनमा अनेकौं विषयका कुरा आउँछन् जसको बारेमा परमेश्वरको वचनले किटान गरी बताएको हुँदैन। बरु बाइबलमा हामीलाई स्पष्ट सिद्धान्तहरू र ठोस मार्गदर्शनहरू दिइएका छन् र तिनलाई सही अर्थमा बुझिएमा र लागु गरिएमा उठ्न गएको हरेक प्रश्नको जवाफ मिल्न सक्छ। तर खेदको कुरा, हामी कति पटक प्रभुबाटका ती सिद्धान्तहरूलाई लागु गर्न र मार्गदर्शनहरूलाई पालन गर्न विफल भइरहेका हुन्छौं।

यस अध्ययनमा हामी ६७ ओटा जाँचहरूलाई सूचित गर्नेछौं जसद्वारा हामीले कुनचाहिँ बाटो अपनाउनु पर्ने हो भन्ने कुराको निर्धारण गर्न सक्छौं। यो सूचि पूर्ण छ भन्ने होइन। यसमा अन्य जाँचहरू थप्न सकिन्छ। यी मार्गदर्शनहरू प्रायः नयाँ नियमका पत्रहरूबाट लिइएका छन्। सुसमाचारका पुस्तकहरू, हितोपदेश, र बाइबलका अन्य खण्डहरूबाट अवश्य नै अरू थुप्रै मार्गदर्शनहरू वा “जाँचहरू” लिन सकिन्छ।

तर यदि हामीले यी जाँचहरूलाई साँच्ची नै अपनाएनौं भने हामीसित यो सूचि भएर पनि हामीलाई कुनै फाइदा हुनेछैन। ख्रीष्टका प्रियहरूहो, आउनुहोस्, हाम्रा सबै कामकुरामा प्रभु येशू ख्रीष्टलाई खुशी पार्ने इच्छा राख्दै हामी हाम्रा कामकुराहरूलाई यी नयाँ नियमका मार्गदर्शनहरूद्बारा जाँच गरौं।

(टिप्पणी: बाइबलका पदहरूलाई सजिलैसँग भेट्टाउन सकियोस् भनेर यी “जाँचहरू” लाई नयाँ नियमका पुस्तकहरूको क्रम अनुसार सूचित गरिएका छन्।)

कुनै कदम चाल्नु अघि निर्णय गर्नालाई विश्वासी जनले प्रयोग गर्न सक्नुहुने ६७ जाँचहरू

  1. पवित्रशास्त्रको जाँच (यशैया ८:२०; १ थेस्सलोनिकी ५:२१)
    यो काम पवित्रशास्त्रले मनाही गरेको छ कि? यो काम नगर्नालाई मलाई आज्ञा दिइएको छ कि?
  2. भण्डारीपनको जाँच (लूका १६:९-१२)
    यो काम गर्दा प्रभुले मलाई जिम्मा दिनुभएको पैसा, जायजात र समय खेर जाने हो कि अथवा तिनको प्रयोग सर्वोत्तम तवरले नहुने हो कि?
  3. अलगपनताको जाँच (रोमी १:१)
    के यो कदम वा क्रियाकलाप परमेश्वरको सुसमाचारका निम्ति अलग गरिएको जीवन अनुरूप छ?
  4. “शारीरिक अङ्गहरू” को जाँच (रोमी ६:१३)
    यो काम गर्दा मेरा शारीरिक अङ्गहरू परमेश्वरको निम्ति धार्मिकताका औजारको रूपमा प्रयोग गरिनालाई सुम्पिएका हुन्छन्? कि त्यसको विपरितमा मेरा प्रभु र मालिक परमेश्वरलाई आदर नहुने किसिमले प्रयोग हुनालाई सुम्पिइनेछन्?
  5. घृणाको जाँच (रोमी १२:९; दाँज्नुहोस्, यहूदा २३)
    म पाप र खराबीलाई घृणा गर्दछु र मैले जस्तोसुकै मूल्य चुकाउनु परे तापनि म तीबाट अलग हुनैपर्छ (१ पत्रुस ३:११) भन्ने कुरालाई यो काम गर्दा कुनै पनि हिसाबले धमिल्याउन पुग्छु कि?
  6. प्रेमको जाँच (रोमी १४:१५)
    यो काम गर्दा के म प्रेम अनुसार हिँडिरहेको छु? जो व्यक्तिहरूको सवाल छ के म तिनीहरूका लागि परमेश्वरबाटको सर्वोत्तम र सर्वश्रेष्ठ कुराहरूको खोजी गर्दैछु?
  7. विवेकको जाँच (रोमी १४:२२-२३)
    के यो काम म असल र सफा विवेकले गर्न सक्छु? (विश्वासी जनले आफ्नो विवेकले मनाही गरेको कुरा कहिल्यै गर्नु हुँदैन। विश्वासीको विवेक सुधारिनु र परमेश्वरको वचनको सामञ्जस्यतामा झन् झन् ल्याइनु आवश्यक पर्न सक्छ, तर आफ्नो विवेककै विरुद्धमा काम गर्नु र आफ्नै हृदयले दोषी ठहर्याउँदा ठहर्याउँदै विद्रोहमा अघि बढ्नुमा खतरा छ। यो सरल नियम सधैं याद राख्नुहोस्: कुनै कुरामा शङ्का लाग्छ भने, त्यो नगर्नुहोस्!
  8. “कसलाई खुशी पार्दैछु” को जाँच (रोमी १५:१-२)
    यो काम म आफूलाई खुशी पार्न गर्दैछु कि अर्कालाई?
  9. आगोको जाँच (१ कोरिन्थी ३:११-१५)
    यो काम गर्दा मैले सदा रहने कुरा निर्माण गरिरहेको हुन्छु कि केवल काठ, घाँस र पराल मात्र थपिरहेको हुन्छु जुनचाहिँ ख्रीष्टको न्यायआसनको घडीमा सबै जलेर नष्ट हुनेछ?
  10. फाइदाको जाँच (१ कोरिन्थी ६:१२; १०:२३)
    यो काम गर्नु लाभदायक, कल्याणकारी र उपयोगी हुन्छ कि हुँदैन? (“यो गर्न मलाई छुट छ कि छैन?” भनेर सोध्नुभन्दा फाइदाको जाँचअनुसार विचार गर्नु असल)।
  11. दासत्वको जाँच (१ कोरिन्थी ६:१२)
    यो काम गर्दा म कुनै कुराको वशमा पर्छु कि? यसले मलाई दास बनाउँछ कि? यसले मलाई बन्धनमा पारेपछि मैले सेवा गर्नुपर्ने मेरा प्रभुको सेवा गर्नालाई म स्वतन्त्र नहुन पुग्छु कि?
  12. “परमेश्वरको मन्दिर” को जाँच (१ कोरिन्थी ६:१९-२०)
    यसले मेरो शरीरको हानी गर्छ कि? मैले आफ्नो शरीरको प्रयोग गर्ने तरिकाबाट परमेश्वरको आदर हुन्छ कि हुँदैन? यो कदमले मेरो शरीरलाई ताजा र बलियो बनाउँछ कि यसले मेरो शरीर र मस्तिष्कलाई थकित र कमजोर तुल्याउँछ? यदि मैले आफूलाई शारीरिक रिक्ततासम्मै पुग्ने गरी खर्चन्छु भने के त्यो म बुद्धिपूर्ण र धार्मिकताको कामको खातिर अर्थात् ख्रीष्टकै खातिर खर्चन्छु त (२ कोरिन्थी १२:१५)?
  13. बाधाको जाँच (१ कोरिन्थी ७:३५)
    यो कामले गर्दा प्रभुको सेवामा लगाउनुपर्ने मेरो ध्यान अन्यत्र पुग्छ कि? मेरा प्रभुलाई खुशी पार्नदेखि मलाई बाधा दिन्छ कि (१ कोरिन्थी ७:३२)?
  14. ठेस खुवाउने कुराको जाँच (१ कोरिन्थी ८:१३; १०:३२; रोमी १४:२१)
    यो काम गर्दा अर्को व्यक्तिलाई ठेस लाग्न पुग्छ कि? यसले कुनै पनि हिसाबमा अर्को विश्वासीको वृद्धिमा बाधा पुर्याउँछ कि? यसले कुने पनि हिसाबमा कुनै अविश्वासीलाई ख्रीष्टमाथि विश्वास गर्नेदेखि बाधा दिन्छ कि?
  15. प्रचारको जाँच (१ कोरिन्थी ९:१९-२२; १०:३३; दाँज्नुहोस्, २ तिमोथी २:१०)
    के मेरा क्रियाकलापहरूले गर्दा अरूहरूलाई ख्रीष्ट येशूलाई मुक्तिदाताको रूपमा चिन्नका लागि सहायता र हौसला मिल्नेछ? यसले कुनै पनि हिसाबमा प्रभु येशू र उहाँको सुसमाचारको प्रतिष्ठा घटाउनेछ कि वा बाधा पुर्याउनेछ कि? के यसले अरूहरूलाई प्रभु येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा चिन्नलाई मद्दत गर्नेछ?
  16. मूर्तिपूजाको जाँच (१ कोरिन्थी १०:७,१४; १ यूहन्ना ५:२१)
    यो काम गर्दा मैले कुनै व्यक्ति वा चीजलाई परमेश्वरभन्दा ठूलो (मेरो निम्ति बढी महत्त्वको) बनाउँदैछु कि?
  17. उन्नतिको जाँच (१ कोरिन्थी १०:२३; १४:२६)
    के यसले मेरो सङ्गी-विश्वासीको उन्नति र वृद्धि गर्छ? के मेरो क्रियाकलापले गर्दा अर्कोलाई प्रभुमा बढ्दै जान उत्साह मिल्नेछ?
  18. स्वार्थको जाँच (१ कोरिन्थी १०:२४; १३:५)
    यो काम मैले आफूलाई खुशी पार्न र आफ्नै सेवाको लागि गर्दैछु कि अरूलाई खुशी पार्न र अर्काको सेवाको लागि? म आफ्नै निम्ति जिउँदैछु कि प्रभुको निम्ति (रोमी १४:७; २ कोरिन्थी ५:१५)?
  19. परमेश्वरको महिमाको जाँच (१ कोरिन्थी १०:३१)
    के म यो काम परमेश्वरको महिमाको निम्ति गर्न सक्छु? यो काम गर्दा के मैले मेरा परमेश्वरलाई र उहाँ को हुनुहुन्छ भन्ने कुरालाई छर्लङ्ग हुने गरी प्रस्तुत गर्दैछु?
  20. देखासिकीको जाँच (१ कोरिन्थी ११:१; फिलिप्पी ४:९)
    के यस कुरामा मलाई अरूहरूले पछ्याएको चाहन्छु त? के यस कुरामा अन्य विश्वासीहरूले मेरो देखासिकी गरेको चाहन्छु? के मैले उनीहरूका सामु यस कदमलाई सिफारिश गर्न सक्छु?
  21. सङ्गतको जाँच (१ कोरिन्थी १५:३३; दाँज्नुहोस् २ कोरिन्थी ६:१४; १ पत्रुस ४:४)
    यो काम गर्दा म खराब सङ्गतसित सम्झौतापूर्ण सम्बन्धभित्र हुलिन्छु कि र फलस्वरूप त्यसले मेरो चरित्र र नैतिकतालाई बिगार्ने र भ्रष्ट पार्ने गरी नराम्रो प्रभाव पार्छ कि?
  22. “प्रभुमा परिश्रम” को जाँच (१ कोरिन्थी १५:५८; दाँज्नुहोस्, २ कोरिन्थी ९:८)
    यसले कुनै पनि हिसाबमा मलाई प्रभुको काममा प्रशस्त हुँदै जानदेखि रोक्छ कि? यसले मलाई प्रभुको सेवा बल्दो जोश र जाँगरसित गर्नेदेखि रोक्छ कि?
  23. अस्थायी/अनन्तको जाँच (२ कोरिन्थी ४:१८; कलस्सी ३:१-२)
    मैले अस्थायी कि अनन्त वास्तविकताहरूको आधारमा निर्णय गर्दैछु? म छोटो दुरी कि लामो दुरीलाई हेर्दैछु? मैले समयलाई हेर्दै यो मूल्याङ्कन गर्दैछु कि अनन्ततालाई हेर्दै? के मैले यसलाई परमेश्वरकै दृष्टिकोणबाट हेर्दैछु?
  24. न्यायआसनको जाँच (२ कोरिन्थी ५:१०; रोमी १४:१०-१२)
    के यस कुराले मलाई ख्रीष्टको न्यायआसनको सामु शर्ममा पार्नेछ?
  25. अभिप्रेरणाको जाँच (२ कोरिन्थी ५:१४)
    म ख्रीष्टको प्रेमले अभिप्रेरित छु कि शरीरको अभिलाषाले?
  26. नयाँ सृष्टिको जाँच (२ कोरिन्थी ५:१७)
    यी कुराहरू मेरो पुरानो जीवनसित सम्बन्धित छन् (“पुराना कुराहरू” जो बितिगएका छन्) कि ख्रीष्टमा भएको मेरो नयाँ जीवनसित सम्बन्धित छन्?
  27. राजदूतको जाँच (२ कोरिन्थी ५:२०)
    यो काम गर्दा के म आफ्नो मुक्तिदातालाई छर्लङ्ग र असन्दिग्ध प्रकारले प्रतिनिधित्व गर्दैछु?
  28. पवित्रताको जाँच (२ कोरिन्थी ७:१; २ तिमोथी २:२१)
    यो काम गर्दा मैले आफ्नो पवित्रतालाई कुनै पनि हिसाबमा सम्झौता गरिरहेको हुन्छु कि? यसले मलाई प्रभुको प्रयोगयोग्य, शुद्ध र पवित्र भाँडो हुनदेखि कुनै पनि हिसाबमा बाधा पुर्‍याउँछ कि?
  29. मानसिक जाँच (२ कोरिन्थी १०:५; दाँज्नुहोस्, ११:३)
    यो कामले मलाई मेरो हरेक विचारलाई ख्रीष्टको आज्ञाकारी बनाउनालाई कैद गर्न सहायता गर्नेछ कि यसले मेरो मनलाई परमेश्वरको ज्ञानको विरोधमा आफूलाई उचाल्ने उच्च कुराहरूको गोलाबारीले ग्रस्त बनाउँछ?
  30. “कसलाई खुशी पार्दैछु” को जाँच (गलाती १:१०)
    यो काम गर्दा म परमेश्वरलाई खुशी पार्न खोज्दैछु कि मान्छेलाई?
  31. “जे छरिन्छ त्यसैको कटनी” को जाँच (गलाती ६:७)
    के म यस कदमको परिणामहरूको कटनी गर्न तत्पर छु?
  32. पवित्र आत्माकको जाँच (एफेसी ४:३०; दाँज्नुहोस्, १ थेस्सलोनिकी ५:१९)
    के यसले परमेश्वरको पवित्र आत्मालाई शोकित (दुःखित, पीडित) पार्छ? यो काम गर्दा पवित्र आत्मालाई मेरो जीवनमा काम गर्नदेखि कुनै पनि हिसाबमा निभाउन वा बाधा दिन पुगिन्छ कि?
  33. पवित्र जनको जाँच (एफेसी ५:३) – परमेश्वरको सन्तानको जाँच (एफसी ५:१), नयाँ सृष्टिको जाँच (२ कोरिन्थी ५:१७), स्वर्गको नागरिकको जाँच (फिलिप्पी ३:२०), परमेश्वरको चुनिएको जनको जाँच (कलस्सी ३:१२), इत्यादि।
    ख्रीष्ट येशूमा म जो हुँ, के त्यसको अनुरूप र त्यसलाई सुहाउने किसिमले मैले व्यवहार गर्दैछु? परमेश्वरको सन्तानले गर्ने काम त्यही हो कि होइन? पवित्र जनले गर्ने काम त्यही हो कि होइन? एक नयाँ सृष्टिले गर्ने काम त्यही हो कि होइन? इत्यादि।
  34. परमेश्वरमा ग्रहणयोग्यताको जाँच (एफेसी ५:१०; २ कोरिन्थी ५:९)
    के यो काम प्रभुलाई मन पर्छ? मैले यो काम गरें भने के परमेश्वरलाई यो ग्रहणयोग्य लाग्नेछ र के मैले उहाँको मुस्कान र “स्याबास!” पाउनेछु (दाँज्नुहोस्, मत्ती २५:२१,२३)?
  35. समयको जाँच (एफेसी ५:१६)
    के यो काम गर्नु समयको उच्चतम सदुपयोग हो? परमेश्वरले मलाई दिनुभएका अवसरहरूको फाइदा उठाउनालाई के यो नै सर्वोत्तम मार्ग हो?
  36. अधीनताको जाँच (एफेसी ५:२१)
    यो काम गर्दा के म परमेश्वरले ममाथि राख्नुभएका अधिकारीहरूको अधीनतामा छु?
  37. परमेश्वरको हातहतियारको जाँच (एफेसी ६:१०-१८)
    यो काम गर्दा यसले मलाई शत्रुको आक्रमणका सामु झन् कमजोर बनाउने हो कि?
  38. सर्वश्रेष्ठताको जाँच (फिलिप्पी १:१०)
    यो काम गर्न मलाई छुट हुन सक्छ, मिल्न सक्छ र यो काम एउटा असल कुरा पनि हुन सक्छ तर के यो नै सर्वोत्तम कुरा हो त?
  39. ख्रीष्टको महिमाको जाँच (फिलिप्पी १:२०)
    यो काम गर्नाले के ख्रीष्टको महिमा हुनेछ?
  40. सुसमाचारको जाँच (फिलिप्पी १:२७)
    जुन सुसमाचारको सन्देशलाई अरूले जानून् र विश्वास गरून् भनेर मैले चाहेको छु मैले लिएका कदमहरूले कुनै पनि हिसाबमा उक्त सन्देशलाई बाधा दिने वा धमिल्याउने वा अलमल्याउने काम हुन्छ कि?
  41. कसिङ्गरको जाँच (फिलिप्पी ३:७-८)
    के म ख्रीष्टको खातिर मैले महत्त्वपूर्ण ठानेका निश्चित कुराहरूलाई बलि चढाउन र गुमाउन तत्पर छु?
  42. आनन्दको जाँच (फिलिप्पी ४:४)
    मेरो आनन्द प्रभुमा छ कि कुनै कुरा वा व्यक्तिमा? यो काम मैले नगरेको खण्डमा के मेरो आनन्द हराएर जान्छ? मैले आनन्द, सुख, सन्तुष्टि गलत ठाउँमा खोज्दैछु कि?
  43. सन्तुष्टताको जाँच (फिलिप्पी ४:११; १ तिमोथी ६:६,८)
    मैले यो काम नगरेको खण्डमा वा यो कुरा मैले नपाएमा के म अझै पनि सन्तुष्ट र तृप्त रहन सक्नेछु?
  44. चोखो विचारको जाँच (फिलिप्पी ४:८)
    यसले शुद्ध, स्वस्थ, चोखो विचारधाराहरूलाई प्रोत्साहन दिन्छ कि यसले मलाई मानसिक फोहरमैलाले ग्रस्त बन्न प्रोत्साहन दिन्छ?
  45. पहिलो स्थानको जाँच (कलस्सी १:१८)
    यो काम गर्नाले के मेरो जीवनमा प्रभु येशूलाई पहिलो स्थान मिल्नेछ?
  46. ख्रीष्टको नामको जाँच (कलस्सी ३:१७)
    के यो काम मैले प्रभु येशूको नाममा धन्यवादसित गर्न सक्छु? के उहाँले आफ्नो नाम मैले गरिरहेको कामसित जोडियोस् भन्ने चाहनुहुनेछ?
  47. ख्रीष्टको दासको जाँच (कलस्सी ३:२३-२४)
    के म यो काम हृदयदेखि (मेरो सम्पूर्ण प्राणले) प्रभुको निम्ति गरेझैं गर्न सक्छु?
  48. असल गवाहीको जाँच (कलस्सी ४:५)
    के यो कामले ख्रीष्टबाट बाहिरकाहरूलाई एउटा स्वच्छ गवाही प्रस्तुत गर्नेछ?
  49. प्रार्थनाको जाँच (१ थेस्सलोनिकी ५:१७; लूका १८:१)
    यसले कुनै पनि हिसाबमा मेरो प्रार्थनाको जीवनलाई बाधा दिन्छ कि वा प्रार्थना गर्ने कामलाई बोझिलो (गर्न मन नलाग्ने) बनाउँछ कि?
  50. धन्यवादको जाँच (१ थेस्सलोनिकी ५:१८; एफेसी ५:२०)
    के म यो काम धन्यवादसाथ गर्न सक्छु? के म परमेश्वरलाई सफा विवेकले धन्यवाद दिन सक्छु?
  51. रूपको जाँच (१ थेस्सलोनिकी ५:२२)
    मैले गर्ने काममा खराबीको कुनै पनि रूप देखिन्छ कि? मैले लिएका कदमहरूलाई गलत अर्थ लगाइन वा ती काम नकरात्मक दृष्टिमा देखिने सम्भावना छ कि?
  52. भद्रताको जाँच (१ तिमोथी २:९-१०; १ पत्रुस ३:३-४)
    यो काम गर्नाले ध्यान मतिर खिचिन्छ कि मभित्र हुनुभएका ख्रीष्टतिर? मैले आफूलाई देखाइरहेको हुन्छु को मुक्तिदाता प्रभुलाई?
  53. निर्दोषताको जाँच (१ तिमोथी ३:१)
    के यो कामले गर्दा मेरो ख्रीष्टियन विश्वासको अङ्गिकारसित नमिल्ने व्यवहारको लागि मलाई दोष लगाउने मौका कसैलाई मिल्छ कि? (दनियलको उत्कृष्ट नमुनालाई दनियल ६:४ मा हेर्नुहोस्)
  54. नमुनाको जाँच (१ तिमोथी ४:१२)
    यो काम गर्नाले एउटा विश्वासी कस्तो हुनुपर्छ भन्ने कुराको म एक असल नमुना बन्नेछु त?
  55. उल्झनको जाँच (२ तिमोथी २:४)
    यसले मलाई “यस जीवनका धन्दाहरूमा” फसाउँछ र अल्झाउँछ कि र ख्रीष्टलाई खुशी पार्नुपर्ने मेरो प्रथम कर्तव्यलाई बेवास्ता गर्ने बनाउँछ कि?
  56. मोजमज्जाको प्रेमको जाँच (२ तिमोथी ३:४)
    यो काम म परमेश्वरलाई भन्दा मोजमज्जालाई प्रेम गर्दै गरिरहेको छु कि? म प्रभुमा भन्दा अन्य कुराहरू वा व्यक्तिहरूमा रमाउँदैछु कि (भजनसङ्ग्रह ३७:४)?
  57. दोस्रो आगमनको जाँच (२ तिमोथी ४:८; १ यूहन्ना २:२८)
    के यो काम गरिरहेको बेलामा प्रभु आउनुभएको म चाहन्छु? के उहाँ आउनुहुँदा प्रभुले मलाई यस ठाउँमा यस क्रियाकलापमा लागिरहेको भेट्टाउनुभएको म चाहन्छु?
  58. सिँगारको जाँच (तीतस २:१०)
    के यस क्रियाकलापले मेरा मुक्तिदाता परमेश्वरको शिक्षालाई सिँगार्ने काम गर्नेछ? यो गर्नाले परमेश्वरको वचनका सत्यताहरू र सिद्धान्तहरू मेरो जीवनमा सुशोभित भएको देखिनेछ त?
  59. अभक्तिको इन्कारको जाँच (तीतस २:१२; दाँज्नुहोस् १ पत्रुस २:११)
    यो निर्णय लिँदा के मैले अभक्ति र सांसारिक अभिलाषाहरूलाई जोडदार, स्पष्ट र असन्दिग्ध रूपमा “हुँदैन” भन्दैछु?
  60. भारको जाँच (हिब्रू १२:१-२)
    यो कामले मलाई कुनै पनि हिसाबमा मेरो दौड दौडनदेखि बाधा दिन्छ कि? मैले जसरी दौडनुपर्छ त्यसरी दौडन नसक्ने गरी यसले मलाई भारले झैं थिच्छ कि?
  61. ख्रीष्टको निन्दाको जाँच (हिब्रू १३:१३; दाँज्नुहोस्, ११:२६)
    यो निर्णय गर्ने क्रममा मैले कुनचाहिँ कुरालाई ठूलो ठान्छु (म कुन कुरालाई बढी महत्त्व दिन्छु) – मान्छेको स्वीकार कि ख्रीष्टको निन्दा?
  62. परीक्षाको जाँच (याकूब १:१३-१६)
    यसले परीक्षाको सामना गर्न झन् सजिलो बनाउँछ कि झन् गाह्रो?
  63. परमेश्वरसितको निकटताको जाँच (याकूब ४:८; दाँज्नुहोस्, हिब्रू १०:३८)
    यसले मलाई ख्रीष्टको झन् नजिक पुर्याउँछ कि झन् टाढा लैजान्छ?
  64. वृद्धिको जाँच (१ पत्रुस २:२; २ पत्रुस ३:१८; दाँज्नुहोस्, हिब्रू ६:१-३)
    यो काम गर्नाले कुनै पनि हिसाबमा ख्रीष्टमा मेरो बढ्दै जाने क्रमलाई बाधा दिन्छ, निसास्याइदिन्छ कि? के यसले मलाई ख्रीष्टमा बढ्न सहायता गर्छ?
  65. सङ्गतिको जाँच (१ यूहन्ना १:३-४)
    यो काम गर्नाले कुनै पनि हिसाबमा मलाई ख्रीष्टसितको सङ्गतिको आनन्ददेखि बञ्चित गर्छ कि?
  66. सांसारिकपनको जाँच (१ यूहन्ना २:१५-१७; याकूब ४:४)
    के म यो कुरा परमेश्वरबाट अलग्गै रहेर (उहाँलाई पन्छाएर) गर्न खोज्दैछु?
  67. “पहिलो प्रेम” को जाँच (प्रकाश २:४)
    के यो काम गर्नाले येशू ख्रीष्ट मेरो पहिलो प्रेम हुनुहुन्छ भन्ने कुरा प्रशस्त गरी छर्लङ्ग हुनेछ?

निष्कर्ष

निष्कर्ष

अघिबाटै उल्लेख भएअनुसार रोमन क्याथोलिक चर्चभित्र फरक-फरक तत्त्वहरू छन् भन्ने कुरालाई हामीले बुझ्न आवश्यक छ। ती हुन्:

१) उदारवादीहरू (Liberals)

यसमा हान्स कुङ्ग (Hans Kung) जस्ता व्यक्तिहरू पर्दछन्। उनले रोमन क्याथोलिक शिक्षाहरूको आलोचना गर्दै पुस्तकहरू लेखेका छन् यद्यपि उनी आफै सिद्धान्तमा आधारभूतवादी होइनन् बरु उनका विचारधारा उदारवादी [खाँटी होइन खुकुलो शिक्षा अपनाउने] प्रोटेस्टेन्टहरूसित मेल खान्छन्।

२) परम्परावादीहरू (Traditionalists)

यी व्यक्तिहरू ती हुन् जसले क्याथोलिक चर्चका परम्परागत शिक्षाहरूहरूलाई पक्रिराखेका छन्।

३) क्यारिज्म्याटिकहरू (Charismatics)

धेरैजना क्याथोलिकहरूलाई आधुनिक क्यारिज्म्याटिक लहरको हावाले छोएको छ र तिनीहरू रोमन क्याथोलिकवादको परिधिभित्र रहेर आफ्ना दृष्टिकोणलाई अभ्यास गर्दैछन्। तरैपनि, एकजना लेखकले टिप्पणी गरेजस्तै, “आफ्नो नयाँ खालको विश्वासलाई मण्डलीको सिद्धान्तहरूसित मिलान गर्नालाई त्यहाँ विभिन्न तहका समस्याहरू छन्।”

४) सांस्कृतिक रोमन क्याथोलिकहरू (Cultural Roman Catholics)

यी व्यक्तिहरू ती हुन् जो चर्चमै जन्मे र क्याथोलिक चर्चसित उनीहरूको भावनात्मक (साथै प्रायः जातीय) सम्बन्ध छ यद्यपि उनीहरूको संलग्नता सैद्धान्तिक (theological) भन्दा सांस्कृतिक हुन्छ।

तरैपनि क्याथोलिक चर्चको औपचारिक अडान यस्ता वर्ग वा वर्गका व्यक्तिहरूद्वारा निर्धारित हुने होइन। क्याथोलिक चर्चको औपचारिक अडान त्यसका औपचारिक शिक्षाहरूद्वारा प्रतिपादित हुन्छ। मण्डलीका औपचारिक शिक्षकहरूको यस आधिकारिक सँगालो नै “क्याथोलिक सिद्धान्तहरू” को रूपमा गनिन्छन्। रोमन क्याथोलिक चर्चले “आफूलाई ख्रीष्टले प्रतिज्ञा गर्नुभएको शान्तिदाता-आत्मा (Paraclete-Spirit) को माध्यमको रूपमा हेर्दछ जसले उसलाई दिइएका कुराहरूलाई लिएर यस युगमा ख्रीष्टियनहरूलाई सत्यको मार्गमा डोर्‍याउने काम गर्दछ” (यूहन्ना १६:१३)।2 अर्को शब्दमा, क्याथोलिक चर्चको धर्मतन्त्र नै सबै ख्रीष्टियनहरूका निम्ति नियुक्त गरिएको “शिक्षक” हो।

के रोमन क्याथोलिकहरू साँच्चै नै “इभान्जेलिकलहरू” हुन्? यस प्रश्‍नको जवाफ व्यक्तिअनुसार फरक-फरक हुन सक्छ किनकि उसले नयाँ नियमको शिक्षालाई कत्तिको महत्त्व दिन्छ भन्ने कुरामा त्यो भर पर्दछ। डेविड वेल्स (David Wells) ले यसरी लेख्दा उनको मूल्याङ्कन सही थियो भन्ने कुराको हामीलाई डर लाग्दछ, “मैले देखेअनुसार, बीसौं शताब्दीको संस्कृतिसितको बेमेल साँठगाँठहरूद्वारा [इसाई] विश्वास गम्भीर हिसाबले ह्रास हुँदै गइरहेको छ। यसको परिणाम के भएको छ भने इभान्जेलिकलवाद (evangelicalism) अब मुख्यतया उसको सत्यताको प्रसङ्गमा नभएर उसको अनुभवको प्रसङ्गमा परिभाषित हुँदछ। अनि इभान्जेलिकल अनुभव कति पटक क्याथोलिक अनुभव जस्तै-जस्तै सुनिने भएको हुनाले, सैद्धान्तिक भिन्नताहरूलाई गम्भीर रूपमा लिइन वा त्यसलाई ज्यादै जोड दिइन मिल्छ त?”3 यस प्रश्नको जवाफमा बहुतै इभान्जेलिकलहरूले “हुँदैन” भन्छन्। परिचित लेखक तथा क्रिश्चियानिटि टुडे (Christianity Today) का भूतपूर्व सम्पादक, केनेथ क्यान्टजर (Kenneth Kantzer) त्यस्ता प्रवक्ता हुन् जसको अनुसार हामी “रोमन क्याथोलिक चर्चभित्र नयाँ गरी भेट्टाइएका इभान्जेलिकलहरूसित रमाहट” गर्नुपर्छ र हामीले “[विगतको] रोमन क्याथोलिक शिक्षाको छुटपुट अवशेष जस्ता कुराहरूलाई लिएर आक्रमण गर्ने काम” गर्नुहुँदैन।4 जब सम्म यिनीजस्ता अग्रज देखिने इभान्जेलिकल अगुवाहरूले क्याथोलिकवाद अन्तर्गतका थुप्रै-थुप्रै भ्रमहरूलाई हामीले चुनौती दिनु वा खण्डन गर्नु हुँदैन भन्ने अवधारणाको प्रचार-प्रसार गरिरहन्छन् तबसम्म हामीले समग्रमा इभान्जेलिकलवादको सैद्धान्तिक अडान (doctrinal position) मा ह्रास नै आइरहेको र एकतावाद (ecumenism) को विकास द्रुत गतिले भइरहेको देख्नेछौं।

गलातीका मण्डलीहरूभित्र व्यवस्थावादीहरू (legalizers) को अतिक्रमणको खबर सुनेपछि पावल प्रेरित कति व्याकुल भए भन्ने कुराको हामीलाई अहिले याद आइरहेछ। “झूटा भाइहरू” [आफूहरू सो नभएर पनि “इभान्जेलिकलहरू” भएको दावी गर्नेहरू]। तिनीहरू “सुटुक्कै [गुप्‍त तवरले, चाल नपाउने गरी] भित्र आए”, “हामीलाई बन्धनमा हुल्नाका निम्ति ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासूसी गर्नालाई” (गलाती २:४)। ती व्यक्तिहरू (जसमध्ये कोही त प्रसिद्ध थिए) लाई पावल प्रेरितको प्रत्युत्तर के थियो जोहरूले सुसमाचारलाई च्यातचुत पारी बिनाशक्तिको बनाउने चेष्टा गरिरहेका थिए? पावल भन्छन्, “सुसमाचारको सत्यता तिमीहरूसित रहिरहोस् भनेर तिनीहरूलाई हामीले एक घण्टा पनि अधीनतामा रहीकन ठाउँ दिएनौं” (गलाती २:५)। पावल भन्छन्, तिनीहरूमध्ये कोही-कोही “केही हुन्” भन्ने [अर्थात् महत्त्वपूर्ण देखिने] हरू भए तापनि, उनले कसैको मुख हेरेनन्, बरु आइलाग्ने जोसुकैको पनि सामना गरी विश्वास [गरिने सत्यता] को प्रतिरक्षा गर्नालाई उनले रोजे। आज पनि हामीले यस्तै गर्नुपर्छ। हाम्रा राजा येशूबाटको आदेश अहिलेसम्म जारी नै छ: “यसकारण खराब दिनमा सामना गर्न सक्नालाई र सबै कुराहरू गरेर खडा हुन सक्नालाई परमेश्वरका सारा हतियारहरू उठाओ” (एफेसी ६:१३)।

  1. Kenneth Kantzer, editorial, “Church On The Move,” Christianity Today, November 7, 1986, p.17.
  2. Raymond Brown, op. cit.
  3. David Wells, “To Dialogue or Not To Dialogue,” Action, March-April, 1987, p. 8.
  4. Kenneth Kantzer, op. cit.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

सिर्फ “हुन्न” भन्न सिक्नुहोस्

सिर्फ “हुन्न” भन्न सिक्नुहोस्

रोमन क्याथोलिकवादसित घनिष्ट बन्नुपर्छ भन्ने धारणाका समर्थकहरूद्वारा खुलेआम बेवास्ता भइरहेका स्पष्ट बाइबलीय सिद्धान्तहरूलाई हामी विचार गरौं:

झूटा शिक्षा सिकाउनेहरूलाई ग्रहण होइन परित्याग गरिनुपर्छ। पावलले गलातीका मण्डलीहरूका बीच फैलिएका गम्भीर सैद्धान्तिक पथभ्रष्टताहरूको सामना गरे। उनले ती पथभ्रष्टताहरूलाई ज्यादै प्रखर रूपमा सामना गरे। तिनीहरूको शिक्षालाई परित्याग गरिनुपर्थ्यो। तिनीहरू “श्रापित” थिए (गलाती १:८)। प्रेरित पत्रुस डराएर तिनीहरूको भ्रमात्मक लचिलोपनलाई सम्मान दिन पुग्दा पावल भन्छन्, “मैले आमनेसामने उनलाई विरोध गरें; किनकि उनी दोषी ठहरिएका थिए” (गलाती २:११)। न ता ती यहूदीकरणवादीहरू (Judaizers) सित न तिनका “इभान्जेलिकल” मतियारहरूसित “नवीन अन्तर्दृष्टि” छ भन्ने वा तिनीहरू “विश्वासी-पूजाहारीको रूपमा आ-आफ्ना अधिकारलाई अभ्यास गर्दैछन्” भन्ने अवधारणा पावलको थियो। उनले तिनीहरूको शिक्षालाई घातक र खतरनाक कुराको रूपमा हेर्दथे र उनले त्यसलाई उदाङ्गो पार्नलाई धेरै कष्ट गरे।

सत्य-तथ्यहरूलाई हामी नियालेर हेरौं। रोमन क्याथोलिक चर्चका चाबी शिक्षाहरू असंदिग्ध रूपमा झूटा शिक्षाहरू हुन्। ती शिक्षाहरू परमेश्वरको वचनद्वारा समर्थित छैनन्। तसर्थ प्रभुमा विश्वासयोग्य हुन चाहनेहरूको प्रतिक्रया कस्तो हुनुपर्छ त? “यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र स्वागत नगर, न ता त्यसलाई सलाम भन; किनकि जसले त्यसलाई सलाम भन्छ, ऊ त्यसका दुष्ट कामहरूको भागी बन्छ” (२ यूहन्ना १०,११)। झूटा शिक्षा सिकाउने कामलाई परमेश्वरले “दुष्ट काम” को संज्ञा दिनुभएको छ भन्ने कुरालाई ख्याल राख्‍नुहोस्। त्यो शिक्षा शिष्ट व्यक्तित्व भएको, सद्‍भावी र सन्तोषप्रद धार्मिक शिक्षकहरूको माध्यमद्वारा आउन सक्छ। कतिपय रोमन क्याथोलिक अगुवाहरू “राम्रा” मान्छे हुन्छन् जोहरू ख्रीष्ट र ख्रीष्टले गर्नुभएको कार्यको चर्चा गर्छन्। तरैपनि हामी मूल विषयदेखि बरालिनुहुन्न। मूल विषय भनेको यही हो: के तिनीहरूले नयाँ नियममा भएका शिक्षाहरू सिकाउँदैछन्? यदि छैनन् भने हामीले उनीहरूलाई अस्वीकार गर्नुपर्छ।

मुक्ति पाउनका निम्ति गलत उपायमा भरोसा राख्‍नेहरूलाई “ख्रीष्टियन दाजुभाइ-दिदीबहिनीहरू” को रूपमा हेरिनुहुन्न। गलातीहरूलाई लेख्दाखेरि पावलको मुख्य जोड यस कुरामा थियो: यदि कसैले ख्रीष्टको विशुद्ध सुसमाचारमा कुनै पनि किसिमको सुकर्मलाई थप-थाप गरी सुसमाचारलाई बिगार्दछ भने, त्यो व्यक्तिलाई अस्वीकार गरिनुपर्छ। “तर हामीले वा स्वर्गबाटको कुनै दूतले पनि, हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारबाहेक अर्को कुनै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होओस्। जस्तो हामीले पहिले भन्यौं, त्यस्तै अब म फेरि भन्दछु – कुनै मानिसले, जुन सुसमाचार तिमीहरूले ग्रहण गरेका छौ, त्योभन्दा बेग्लै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होओस्” (गलाती १:८-९)। गलाती यहूदीकरणवादीहरू के गर्दै थिए? तिनीहरू भन्दै थिए, केवल विश्वासद्वारा मात्र मुक्ति पाउनु सम्भव छैन। सुकर्महरू पुण्यकारी हुन्छन् र मुक्ति कमाइनलाई ती अनिवार्य छन्। रोमको शिक्षा ठीक यही शिक्षा हो भनेर हामीले अघिबाट नै हेरिसक्यौं। मार्टिन लुथर (Martin Luther) लगायत अन्य सुधारवादीहरू (Reformers) ले रोमले सुसमाचारलाई बिगारेको छ भनेर विरोध गरेदेखि आजसम्म पनि त्यो बदलिएको छैन। तिनीहरूले सजिलै ठगिने इभान्जेलिकलहरूलाई विश्वास दिलाउने किसिमले कुरा गर्न सिकेका छन् तर यस कुरामा तिनीहरूले आफ्नो आधारभूत शिक्षाको एउटा विन्दु पनि बदलेका छैनन्। मार्टिन लुथर आफू क्याथोलिक सन्यासी (monk) छँदै रोम गए र “हे स्वर्गमा हुनुहुने हाम्रा पिता” (pater noster) आदि जप्दै-जप्दै र पर्गेटरी (purgatory) का आत्माहरूका निम्ति प्रार्थना गर्दै कथित “पिलातसका सिँढीहरू” (scala santa) चढे। यी सुकर्महरूद्वारा त्यस पिडादायी स्थान अर्थात् पर्गेटरीदेखि पीडित आत्माहरूलाई छुटकारा दिलाउने उनले आशा गरे। यस्ता धारणाहरू उनले कहाँबाट सिके? रोमन क्याथोलिक चर्चका शिक्षाहरूबाट! तिनीहरू आजसम्मै यी कुराहरू सिकाइरहेका छन्।

के स्वर्ग पुग्नका लागि आफ्ना वा अरूका सुकर्महरूमा भरोसा गरिरहेका व्यक्तिहरूलाई बाइबलीय आधारमा ख्रीष्टको शरीरका अङ्गहरू, नयाँ जन्म साँच्चै पाएका व्यक्तिहरूको रूपमा हेर्न सकिन्छ? तर कसैको भनाइ यस्तो होला, के कोही-कोही क्याथोलिकहरूले मुक्ति पाएका हुनु सम्भव छैन र? अवश्य त्यो सम्भव हुन सक्छ, तर केही कुराहरूलाई ध्यानमा राखिनु आवश्यक पर्छ:

  1. त्यस्ता व्यक्तिहरूको सङ्ख्या क्याथोलिकहरूको कूल सङ्ख्याको दाँजोमा ज्यादै न्यून हुनुपर्छ।
  2. साँच्ची नै नयाँ-जन्म पाएको व्यक्ति, पवित्र आत्माद्वारा सिकाइएको व्यक्ति, त्यस्तो सत्यत्यागी (apostate) संस्थाको अँगालोभित्र धेरै लामो अवधिसम्म रहन सक्नेछैन।
  3. रोमन चर्चभित्र त्यस्ता व्यक्तिहरूको उपस्थिति चाहिँ चर्चको औपचारिक शिक्षाहरू स्वीकारयोग्य हुनुपर्छ भन्ने कुराको सङ्केत कदापि होइन।

अति नै खुकुला (liberal) प्रोटेस्टेन्ट मण्डलीका सदस्यहरू बीच नयाँ-गरी जन्मेका व्यक्तिहरू भेटिन्छन् तर यस कुराले उनीहरू आवद्ध भएको प्रणालीको सत्यत्याग (apostasy) लाई माफि दिँदैन। उनीहरू निस्केर आउनुपर्छ साथै रोमनवादसित अझै पनि आवद्ध रहेका विश्वासीहरूले पनि त्यसै गर्नुपर्छ। अति खेदको कुरा यो छ कि बिल्ली ग्राहाम (Billy Graham) जस्ता अगुवाहरूले यसबारे सुझाव माग्ने क्याथोलिकहरूलाई आफ्नो चर्च छोड्नुहुँदैन बरू त्यसैमा रहेर त्यसलाई सुधार्न खोज्नुपर्छ भनेर बताउने गर्छन्। मूल कुरा त यो छ। यदि एकजना व्यक्तिले आफ्नो मुक्तिका लागि केवल ख्रीष्टले पूरा गरिसक्नुभएको काममाथि मात्र भरोसा गरिरहेको छैन भने त्यो व्यक्ति ख्रीष्टियन होइन। हामी “आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार” (तीतस ३:५) मुक्ति पाउँदछौं। ख्रीष्टको बलिदान, पूर्ण र सिद्ध छ र त्यसलाई न बारम्बार दोहोर्‍याइन्छ न त्यसको नक्कल गर्न सकिन्छ। “तर यी व्यक्ति ता पापहरूका निम्ति एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो” (हिब्रू १०:१२)। उहाँ “बस्नुभयो” भन्ने तथ्यले उहाँले गर्नुभएको कार्य पूरा भइसकेको छ भन्ने कुरालाई जोड दिन्छ। पुरानो नियमका पूजाहारीहरू आफ्ना कर्तव्य कार्यान्वयन गर्ने क्रममा कहिल्यै बस्दैनथे। किनकि उनीहरूले जहिले पनि केही न केही गर्न बाँकी नै हुन्थ्यो। ख्रीष्टले गर्नुपर्ने काम चाहिँ कुनै बाँकी छैन। उहाँले सबै पूरा गरी भ्याइसक्नुभयो। उहाँले सिद्ध्याउनुभएको काममा मानवीय सुकर्महरू थप‍-थाप गर्न खोज्नु उहाँलाई अपमान गर्नु हो र साथै उहाँको कार्य सम्बन्धी सिकाइएको बाइबलको शिक्षालाई इन्कार गर्नु हो।

हाम्रो समाजलाई नैतिक सङ्कटबाट उद्धार गर्ने लक्ष्य राख्‍दैमा परमेश्वरको वचनका सुस्पष्ट शिक्षाहरूलाई उल्लङ्घन गर्न मिल्दैन। “अमेरिका नैतिकरूपमा टाट पल्टिएको छ। यहूदी-इसाई नीतिशास्त्र (Judeo-Christian morality) को सम्पदामा विश्वास गर्ने हामीहरू सबै सँगै खडा हुनुपर्छ। हामी अनावश्यक सैद्धान्तिक भिन्नताहरूले विभाजित हुनुहुँदैन।” आज धेरै इभान्जेलिकलहरूको तर्क यही छ। कतिपय रोमन क्याथोलिक अगुवाहरू पनि यो कुरा फुकिरहेका छन्। क्रिश्चियानिटी टुडे (Christianity Today) मा प्रकाशित “व्हाइ क्यान्ट वी वर्क टुगेदर?” (Why Can’t We Work Together? अर्थात् किन हामी सँगै मिली काम नगर्ने?) शीर्षक गरेको लेखमा क्याथोलिक वकिल विलियम बेन्टली बलको तर्क यही नै थियो। लेखको सारांशमा भनिएको छ: सुपरिचित क्याथोलिक वकिल क्याथोलिक तथा इभान्जेलिकलहरूलाई बढ्दो धर्मनिरपेक्षवादको विरुद्धमा सहकर्मी बन्न आग्रह गर्दछन्।”1 उक्त लेखमै उनका आधारभूतवादी ग्राहकहरूले उनले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेका छन् कि छैनन् भनी बललाई प्रायः सोध्ने गरेको बताउँछन्। उनको जवाफले नयाँ जन्म सम्बन्धी एक सामान्य क्याथोलिकको भयङ्कर अज्ञानतालाई प्रकट गर्दछ। बल भन्छन्: “मेरो प्यारिशको नाउँ आखिरमा Sacred Heart of Jesus हो — जो आफैंमा एउटा मर्मपूर्ण आदरभावले भरिएको वाक्यांश हो। कम्युनियन (Communion, क्याथोलिक म्यासमा लिइने रोटी र कचौरा) लिँदा नै हामीले येशूको बास्तविक शरीर र रगत ग्रहण गर्दछौं भन्ने हाम्रो विश्वास हो।”2 देखिहाल्नुभयो, यहाँ एक शिक्षित, रोमन क्याथोलिक सदस्यले आफूले बारम्बार चर्चको पवित्र संस्कार (holy sacrament, म्यासको रोटी) लाई लिने गरेको हुनाले आफूलाई ख्रीष्टलाई ग्रहण गरेको भनी ठान्दछन्। किन क्याथोलिकहरूलाई सुसमाचार सुनाइनुपर्छ भन्ने कुराको आधारस्वरूप यो भन्दा प्रभावशाली गवाही के हुन सक्छ र? तर ठीक यही कुरा इभान्जेलिकल अगुवाहरूले हामीलाई गर्नु हुँदैन भन्दैछन्। हालका यस्तो गञ्जागोल दिनहरूमा परमेश्वरले आफ्नो मण्डलीमाथि कृपा गर्नुभएको होओस्!

के नैतिक गिरावटदेखि समाजलाई उद्धार गर्ने लक्ष्यले इभान्जेलिकलहरूलाई रोमनवादको निर्लज्ज झूटा सिद्धान्तहरूप्रति आँखा बन्द गर्न, कट्टर तथा सक्रिय रोमन क्याथोलिकहरूलाई साँचो विश्वासीको संज्ञा दिन र तिनीहरूसँग सामूहिक आराधनामा संलग्न हुन छुट दिन्छ र? हाम्रो समाजमा नैतिकताको स्तरलाई सुधार्नका निम्ति हामीले महत्त्वपूर्ण र बृहत् सैद्धान्तिक भिन्नताहरूलाई न्यूनीकरण गर्न हुन्छ र? धेरैको विचारमा हामीले त्यसै गर्नुपर्छ भन्ने छ। यो धारणा, अघि उल्लेखित नर्मन गाइस्लरको धारणामा झल्कन्छ जो दुवै डालस सेमिनरी (Dallas Seminary) र लिवर्टी यूनिभर्सिटी (Liberty University) मा अध्यापन गराइसक्नुभएको हुनाले एक परिचित इभान्जेलिकल इश्वरशास्त्री हुनुहुन्छ। इभान्जेलिकलहरू र रोमनवादीहरूका बीचको सम्बन्धको सवालमा उहाँको मूल्याङ्कनको सार यस विषयमा उहाँसित लिइएको एउटा अन्तर्वार्ताको शीर्षकले दिन्छ: “इफ वी डोन्ट ह्याङ्ग टुगेदर, वी आर गोइङ्ग टु ह्याङ्ग सेपरेटली” (“If we don’t hang together, we’re going to hang separately” अर्थात् “यदि हामी एकजुट भएनौं भने हामी अलग-अलग्गै नष्ट हुनेछौं”)।3

पवित्र शास्त्रबाट यो स्पष्ट छ – मण्डलीको मुख्य काम समाज-सुधार होइन तर पवित्र जनहरूलाई “एकैचोटी सदाका निम्ति सुम्पिएको विश्वास” (यहूदा ३) लाई जारी राख्‍नु र त्यसलाई फैलाउनु हो। सामाजिक विकृतिहरूलाई सुधार्नका निम्ति हामी अरूहरूसँग सहकार्य गर्दैछौं भन्ने तर्कको आधारमा हामीले सुविवेकमा परमेश्वरको वचनका सत्यताहरूलाई परित्याग गर्न, सम्झौता गर्न वा हेरफेर गर्न सक्दैनौं। मानव जीवनको अलङ्घ्यता (sanctity of human life) को पक्षमा खडा हुने र गर्भपतनको विरोध गर्ने ती रोमन क्याथोलिकहरूका निम्ति हामी खुसी छौं। तरैपनि, उनीहरूले त्यो अडान लिँदैमा हामी रोमन चर्चका डरलाग्दा पथभ्रष्टताहरूप्रति आँखा चिम्लन र तिनका समर्थकहरूलाई साँचो विश्वासीहरूको संज्ञा दिन सक्दैनौं। ख्रीष्टलाई साँच्ची नै आदर गर्ने पास्टर “आफूले पाएको शिक्षामुताबिक विश्वासयोग्य वचन बलियोसँग पक्रेर खाँटी शिक्षाद्वारा विरोधीहरूलाई अर्ती दिन र कायल गराउन सक्ने हुनुपर्छ” (तीतस १:९)। यस पदमा केही महत्त्वपूर्ण तत्त्वहरू पाइन्छन्:

  1. खाँटी शिक्षा महत्त्वपूर्ण छ र त्यो सिकाइनुपर्छ।
  2. खाँटी शिक्षालाई विरोध गर्ने व्यक्तिहरू हुन्छन्।
  3. खाँटी शिक्षालाई दृढतापूर्वक कायम राखिनुपर्छ र यसको विपरितका प्रणालीहरूको रोकथाम गर्नुपर्छ।

रोमन क्याथोलिकहरू खाँटी शिक्षा सिकाउँदैनन्। तसर्थ तिनीहरूलाई प्रतिरोध गरिनुपर्छ र तिनीहरूका झूटा शिक्षाहरूको भन्डाफोर गरिनुपर्छ।

रोमन क्याथोलिकवादलाई ख्रीष्टियन विश्वासको एउटा औचित्यपूर्ण अभिव्यक्ति (valid expression) को रूपमा समर्थन गर्नुको तात्पर्य अनगिन्ती क्याथोलिकहरूलाई अनन्त नरकको दण्डाज्ञा सुनाउनु बराबर हो। केवल विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ भनेर क्याथोलिक सिद्धान्तले समर्थन गर्दैन भनेर हामीले अघि नै हेरिसक्यौं। मुक्ति पाउनलाई विश्वासमा सुकर्महरू अनिवार्य शर्तको रूपमा थप्ने काम रोमनवादले गर्दछ। क्रिश्चियानिटी टुडेले लिएको एक अन्तर्वार्तामा आफ्नो इभान्जेलिकल पाठकवर्ग नरिसाओस् भनेर विद्यमान मुद्दाहरूको यताउती होशियारपूर्वक नाँच्ने प्रयास जेसुइट इश्वरशास्त्री एभरी डुल्स (Jesuit theologian Avery Dulles) ले गरेका छन्। तरैपनि मुक्ति सम्बन्धी इभान्जेलिकलहरू के विश्वास गर्छन् र रोमन क्याथोलिकहरूले के विश्वास गर्छन् भन्ने कुराको बीचमा विशाल अन्तरहरू छन् भनेर उनले समेत स्वीकार गर्दछन्। “धर्मी ठहराइने” (justification, धर्मीकरण) विषयमा बताउँदा डुल्स भन्छन्, “धर्मी ठहरिएपछि एक व्यक्ति थप अरू धर्मी ठहरिन सम्भव छ” [धर्मीकरण र पवित्रीकरण बीचका भिन्नतालाई धमिल्याउने कार्य]। साथै उनले भन्छन्, “अनुग्रहमा लागिरह्यौं भने हामीले मुक्ति कमाउन सक्छौं…हामीले मुक्ति पाइसक्यौं भनेर अर्थात् हामी नष्ट हुन नै सक्दैनौं भनेर हामी गर्व गर्दैनौं…त्यसैले हामी मुक्ति पाउने आशा गर्छौं…पूर्णरूपमा हुने निश्चयता होइन यो।”4 रोमन चर्चकै एक अग्रज इश्वरशास्त्रीबाट आएको कति दुःखलाग्दो गवाही यो। उहाँले मुक्ति पाउनु होला भन्ने हामीले आशा मात्र गर्न सक्छौं। तैपनि अग्रवर्ती इभान्जेलिकल आवाजहरू रोमन क्याथोलिकवाभित्र कुनै झूटा शिक्षा छैन भनेर हामीलाई सुनाउँदैछन्।

रोमन क्याथोलिकहरूलाई कुन कुराको खाँचो छ? ख्रीष्टले आफ्नो सुसम्पन्न कार्यद्वारा प्रदान गर्नुभएको उदेकको मुक्तिको बारेमा सुन्न नै उनीहरूलाई खाँचो छ। परमेश्वरको वचनका प्रतिज्ञाहरूमा आड लिइकन मुक्तिको पूर्ण निश्चयता पाउन सम्भव छ भन्ने कुरा उनीहरूलाई सुन्न खाँचो छ। कथित “पवित्र संस्कारहरू” (holy sacraments) द्वारा मुक्ति पाइने नभई पूरोहितको हस्तक्षेपबिना केवल विश्वासद्वारा त्यो पाइन्छ भन्ने कुरा उनीहरूलाई सुन्न खाँचो छ। इभान्जेलिकलहरूले रोमन क्याथोलिकहरूलाई मुक्ति पाइसकेका व्यक्तिहरूको रूपमा हेर्न थाले भने उनीहरूले उनीहरूलाई सुसमाचार प्रदान गर्न छाड्नेछन् र यसरी उनीहरूलाई अनन्त नरकका लागि त्यागिदिनेछन्। आज इभान्जेलिकल अगुवाहरूले प्रतिपादन गरिरहेको “नयाँ थिअलजी” (“New Theology”) को यो ज्यादै गम्भीर भावार्थ हो।

देश-विदेशमा सुसमाचार प्रचार गर्ने प्रयत्‍नमाथि यो नयाँ अडानले भयङ्कर ठूलो असर पार्नेछ। हाम्रा थुप्रै आधारभूतवादी मिसनरीहरू क्याथोलिकहरूको बाहुल्य भएको मुलुकहरूमा परिश्रम गर्दछन् जहाँ वर्षौंदेखि अधिकांश विश्वास गर्नेहरू रोमन क्याथोलिक चर्चबाट परिवर्तित भई आएकाहरू छन्। के अब हामी यी व्यक्तिहरूलाई सुसमाचार सुनाउने प्रयासलाई छाडौं? हामी के भनौं ती व्यक्तिहरूलाई जसले रोमन क्याथोलिकवादलाई छाडिसके, कति त ठूलो मूल्य चुकाएर? के हामी उनीहरूलाई भनौं कि हामी भूलमा परेका रहेछौं र उनीहरू जुन मण्डलीमा जन्मेका र हुर्केका थिए त्यो आखिरमा वास्तवमै एक नयाँ नियम अनुरूप मण्डली रहेछ भनेर? यस्तो स्वीकारोक्तिले कत्रो गञ्जागोल ल्याउनेथ्यो। के हामीले शताब्दियौंको समय खेर फाल्यौं त र प्रभुको पैसाबाट कयौं करोडौं डलर खेर फाल्यौं त – ती व्यक्तिहरूलाई मुक्तिमा ल्याउन प्रयास गरेर जब कि उनीहरूले मुक्ति पाइसकेका थिए?

विरोधशमन (conciliation) को यस अभियानमा प्रतिविम्बित इभान्जेलिकल एकतावाद (evangelical ecumenism) परमेश्वरको वचनप्रति वफादार हुन प्रयासरत स्थानीय मण्डली लगायत संस्थाहरूका निम्ति एक धराप बन्नेछ।वर्तमान “इभान्जेलिकल एकतावाद” को धेरैजना समर्थकहरूको प्रतिष्ठाको कारण धेरैजना इसाईहरू उनीहरूले भनेका कुराले प्रभावित बन्नेछन्। उनीहरूको विचारधारा इसाई सञ्चार माध्यमद्वारा लोकमान्य बनाउने कामको थालनि भइसकेको छ। कलेज तथा सेमनरीहरूका जवान विद्यार्थीवर्ग यस अवधारणाले सङ्क्रमित पारिनेछन्। बाइबलीय सत्यताका निम्ति पहरेदार बन्न खोजिरहेका पास्टर तथा अगुवाहरूले बढ्दो दवावको समाना गर्नुपर्नेछ। उनीहरूलाई बखेडियाहरूको रूपमा हेरिनेछन् र उनीहरूलाई अचाक्ली लडाकु तथा प्रेमरहित आत्मा भएका भनी दोष्याइनेछन्। साथै यो नयाँ दृष्टिकोणको बारेमा सुन्ने रोमन क्याथोलिकहरू (उनीहरूका अगुवाहरूले यी कुरा चारैतिर फुक्न थालेपछि उनीहरूले पक्कै पनि सुन्नेछन्), सुसमाचारप्रति झन् झन् कठोर बन्नेछन् र उनीहरूलाई प्रचार गर्नेहरूप्रति उनीहरू झन् झन् विरोधी बन्नेछन् किनकि उनीहरू भन्नेछन्, ‘हामी हराएका छैनौं। हामी ख्रीष्टको शरीरका अङ्ग हौं। तिमीहरूका आफ्नै अगुवाहरूले त्यसो भन्दछन्। हामीलाई सुसमाचार प्रचार गरिनु आवश्यक छैन।”

क्याथोलिकहरू सच्चा बाइबल विश्वासीहरूभन्दा फरक छैनन् भन्ने भान इभान्जेलिकलहरूलाई परोस् भन्ने हेतुले र उनीहरूलाई यो धारणा अँगाल्न लाउन क्याथोलिकहरूले के विश्वास गर्छन् भन्ने कुरालाई उनीहरूका अगुवाहरूले चलाकिपूर्ण शब्द-चयन गरी रचिएका अभिव्यक्तिहरू दिने गरेका छन्। एउटा क्याथोलिक खबर पत्रिकामा “बाइबलीय आधारभूतवाद: हामी कसरी प्रत्युत्तर दिऔं?” (Biblical Fundamentalism: How Should We Respond) शीर्षक गरेको लेखमा यस्तै खालको अभिव्यक्ति छापिएको थियो: पूरोहीत रेमण्ड ब्राउनले आधारभूतवादीहरूले प्रायः सोध्ने गरेका दसओटा प्रश्नहरूको प्रत्युत्तर दिएका थिए। ती प्रत्युत्तरहरूमा शब्द-चयन यस्तो किसिमले गरिएको छ कि क्याथोलिक शिक्षासित गहिरोसँग परिचित नभएकाहरूले तिनलाई सकारात्मक रूपमा लिने देखिन्छ।”5 यस्ता लेखहरू निसन्देह दुवै पक्षका प्रतिनिधिहरूद्वारा अरू छापिनेछन्। गञ्जागोलको वृद्धि र निरन्तरता नै यसको परिणाम हुनेछ।

  1. William Bentley Ball, “Why Can’t We Work Together?” Christianity Today, July 16, 1990, p. 22.
  2. Loc. cit.
  3. Op. cit., Interview with Norman Geisler.
  4. “America’s Catholics: What They Believer,” Christianity Today, November 7, 1986, p. 27.
  5. Raymond Brown, “Biblical Fundamentalism: How Should Catholics Respond?” St. Anthony Messenger, June 1950.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

के रोमन क्याथोलिकवाददेखि अलग रहिरहनु पाप हो?

के रोमन क्याथोलिकवाददेखि अलग रहिरहनु पाप हो?

“इभान्जेलिकल्स एण्ड क्याथोलिक्स टुगेदर” (Evangelicals and Catholics Together) नामक औपचारिक दस्तावेजमा निम्न अभिव्यक्ति भेटिन्छ: ‘हामी इभान्जेलिकलहरू र क्याथोलिकहरू सँगै मिली ख्रीष्टले आफ्ना चेलाहरूका निम्ति इच्छा गर्नभएको एकताको विरुद्धमा भएका हाम्रा पापहरू स्वीकार गर्दछौं।’ यस अभिव्यक्तिलाई पढेपछि एउटा प्रश्‍न उठाइनुपर्ने खाँचो देखिन्छ: के क्याथोलिक चर्चसँग आत्मिक सङ्गति गर्नदेखि अलग रहिरहनु पाप हो? के यस्तो अलगपनता अपनाइरहेका हामीहरू आफ्नो पक्षपातदेखि पश्चात्ताप गरी क्याथोलिक चर्चलाई एक साँचो मण्डलीको रूपमा अँगालौं? इभान्जेलिकल एकतावादीहरूले यस्तै गर्नुपर्छ भनेर हामीलाई कर गर्दैछन्।

शताब्दियौंदेखि ब्याप्टिस्टहरू जत्तिकै अन्य कुनै समूह रोमन क्याथोलिकवादसितको सहकार्यको विरुद्धमा प्रबल रूपमा खडा भएको पाइँदैन। तब निम्न अभिलेख पढ्दा हामीलाई ताजुप लाग्नु स्वाभाविक हो:

“आफ्नो आदतअनुसार फ्र्याङ्क रफ (Frank Ruff) गल्लीहरूहुँदो हाँक्दै ‘ब्याप्टिस्ट भ्याटिकन’ (‘Baptist Vatican’) भनी चिनिएको भिमकाय भवन कम्प्लेक्सकै मुटुभित्र आफ्नो गाडी हुल्छन्। ‘गुड मर्निङ्ग, फादर फ्र्याङ्क’ भन्दै रिचार्ड बेनेट नाम गरेका सुरक्षाकर्मी, आफैं पनि एक क्याथोलिक, सदर्न ब्याप्टिस्ट कन्भेन्सन (Southern Baptist Convention) को प्रशासनिक कार्यालयभित्र प्रवेश गर्दै गरेका फ्र्याङ्क रफलाई अभिवादन गर्दछन्। ती पूरोहीतका कालो रङ्गको पूजाहारी-पोशाक र सेतो रङ्गको रोमन कलर (collar) सदर्न ब्याप्टिस्टहरूको भीडमा अलग्गै छुटि्टन्छन्। तर सदर्न ब्याप्टिस्टकै गढीभित्र नेशनल कन्फरेन्स अफ क्याथोलिक विशप्स् (National Conference of Catholic Bishops) का प्रतिनिधिका रूपमा फ्र्याङ्क रफ आफ्ना कामकाजमा यहाँ‍ व्यस्त भई हिँडडुल गर्दा कसैलाई आश्चर्यजनक लागेको देखिँदैन। हिजोआजको ठूलो र नयाँ खबर भनेको बरु यो पो भएको छ: अमेरिकाको ५.९ करोड रोमन क्याथोलिक र १.५ करोड सदर्न ब्याप्टिस्टका अगुवाहरू बीचको सहकार्य अब पुरानो खबर भइसकेको छ।”1

क्याथोलिक-इभान्जेलिकल सहकार्यता सम्बन्धी नीजको धारणा कस्तो छ भनेर बुझ्नलाई सुपरिचित इसाई प्रवक्ता (apologist) नर्मन गाइस्लर (Norman Geisler) सित अन्तर्वार्ता लिइएको थियो। उहाँले निष्कर्षमा भन्नुभयो, “भिन्नताहरू साधारणतया सोचिए जत्तिकै न ठूला छन् न ता महत्त्वपूर्ण (crucial) छन्। मेरो विचारमा पर्खालका दुवै पट्टि झूटा शिक्षा (heresy) को सवाल खडा छैन।”17 उहाँलाई प्रश्‍न गरिएको थियो, “के हाम्रा सह-इभान्जेलिकलहरूले आफूहरू र क्याथोलिकहरूका बीचमा साझा सैद्धान्तिक धरातल रहेको कुरालाई झन्-झन् महसुस गर्दै आएका छन्?” उहाँको जवाफ: “अधिक मात्रामा इभान्जेलिकलहरू सामाजिक र नैतिक क्षेत्रमा सहकार्य गर्नुपर्ने खाँचो देख्छन् भन्ने कुरालाई मैले स्वीकार गर्नुपर्छ। यो राम्रो हो किनकि यसले इभान्जेलिकलहरूलाई रोमन क्याथोलिकहरूसितको आफ्नो सम्बन्धलाई पुनःमूल्याङ्कन गर्न बाध्य तुल्याएको छ। तर साथसाथै म यहाँ सैद्धान्तिक समझदारिताको बढ्दो महसुस भइरहेको पनि देख्दछु। कतिपय चर्चित इभान्जेलिकलहरूसित इभान्जेलिकल थियोलजिकल सोसाइटी (Evangelical Theological Society) को आखिरी बैठकमा मेरो कुराकानी भएको थियो र उहाँहरू मैले यहाँ व्यक्त गरेका कुराहरूसित पूर्णरूपमा सहमत हुनुहुन्थ्यो।”2

यो त साँच्ची नै एउटा डरलाग्दो अभिव्यक्ति हो! इभान्जेलिकल ईश्वरशास्त्रीहरू मध्येका एक अग्रज, रोमन क्याथोलिकवादप्रति हामी खुल्ला हुनुपर्छ भनेर मात्र ठान्नुहुन्न तर उहाँको यस्तो भावनाप्रति सहानुभूति राख्‍ने त्यहाँ उहाँका धेरैजना मित्रहरू छन्। उहाँहरूको प्रभावमनि आइपर्ने हजारौं जवान विद्यार्थीहरू लगायत इभान्जेलिकल मण्डलीहरूका सदस्यहरूका निम्ति यो राम्रो लक्षण होइन। रोमका झूटा शिक्षाहरूलाई हामीहरूले अबदेखि उसो विरोध गर्नु आवश्यक छैन कारण ती शिक्षाहरू वास्तवमा “झूटा” (heresies) होइनन् भन्ने धारणा अब चाँडै नै व्यापक बन्नेछ।


  1. Press release by Baptist Press, March 4, 1994.
  2. “If We Don’t Hang Together, We’re Going to Hang Separately,” Interview with Norman Geisler, The Southern Cross, January 13, 1994.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

के चितुवाले आफ्नो छालाको थोप्ला बदलेको छ र?

के चितुवाले आफ्नो छालाको थोप्ला बदलेको छ र?

के रोमन क्याथोलिक चर्च बदलिएको छ र? के बाइबल विश्वास गर्ने इसाईहरू रोमसित हातेमालो गर्न अब स्वतन्त्र छन् र? के हामीले आफ्नो “धर्मान्धता” लाई पन्छाएर बरू विशालहृदयतालाई धारण गरौं त?

सन् १९६२ मा पोप जोन XXIII ले रोमन क्याथोलिक चर्चको २१ औं एकतावादी परिषद (ecumenical council) को बैठक बोलाएका थिए। उक्त बैठकलाई शताब्दीकै सबभन्दा उल्लेखनीय धार्मिक जमघट मान्न सकिन्छ। रोमन क्याथोलिक चर्चलाई aggiornamento (“फेरि चम्किलो” पार्ने कार्य) गरिन तर्जुमा गरियो। चर्चलाई युगको बदलिँदो परिस्थितिहरूसँगै अनुकूल बनाइने निर्णय गरियो। चर्चप्रतिको संसारको धारणालाई सपार्नाका निम्ति अर्थात् चर्च विगतमा भन्दा सहिष्णु र खुल्ला छ भनी देर्शाउन थुप्रै संरचनात्मक, प्रक्रियात्मक तथा विधिगत हेरफेरहरू गरिए। उक्त ऐतिहासिक सभा सम्पन्न भएदेखि यता धेरै इभान्जेलिकलहरूले रोमन क्याथोलिक चर्च बाइबलविपरित भएको भनी उदाङ्गो गरिनुपर्ने संरचना नभएर, यो एक स्वीकारयोग्य वैधानिक चर्च भएको, पर्याप्‍त रूपमा बदलिएको, एक ग्रहणयोग्य धार्मिक सङ्गति भएको धारणा राख्दै आएका छन्।

तर उक्त धारणा साङ्घातिक तवरले त्रुटीपूर्ण छ। दोस्रो भ्याटिकन परिषद (Vatican Council II) ले क्याथोलिक चर्चको एउटै पनि आधारभूत सिद्धान्तलाई हेरफेर गरेन। धेरै वर्ष अगाडि बाल्टिमूरका आर्चबिशप, एक प्रतिष्ठित रोमन क्याथोलिक अगुवा, जेम्स कार्डिनल गिब्बन्स्‌ (James Cardinal Gibbons) ले भनेका थिए, “रोमन क्याथोलिक चर्चलाई सुधार्न सकिन्न… शिक्षाको सवालमा चर्च सुधारप्रति ग्रहणक्षम छैन। चर्च देहधारी परमेश्वरकै कार्य हो। तसर्थ, परमेश्वरका अन्य सबै कार्यहरू जस्तै यो पनि सुधारको घेराभन्दा बाहिर पर्दछ।”1 यो दोहोर्‍याइन आवश्यक छ कि कार्डिनल गिब्बन्सले सो कुरा शिक्षा बदल्ने कुराको सवालमा भन्दै थिए, कुनै अभ्यास वा आराधना-विधि बदल्ने कुराको सवालमा होइन। रोमन क्याथोलिक चर्चले आफू शिक्षामा कतै गलत भएको कुरा स्वीकार गरेको खण्डमा त्यसले चर्चको पूरै सैद्धान्तिक (theological) संरचनालाई तहसनहस पार्नेथ्यो। पोप अमोघ (infallible, गल्ती गर्न नै नसक्ने) छन् भन्ने धारणामाथि र “शिक्षा प्रतिपादक मण्डली” (teaching church) को अधिकार अविवाद्य र बन्धनकारी हुन्छ भन्ने शिक्षाको आधारशीलामाथि नै रोमन क्याथोलिक सिद्धान्त (theology) को सम्पूर्ण संरचना अडेको छ।

रोमका कुनै पूरोहीत, कार्डिनल वा अन्य अगुवाका मुखबाट फाट्टफुट्ट निस्केका अभिव्यक्तिहरूलाई रोमको औपचारिक अडान मानिँदैन। आज रोमन क्याथोलिक चर्चभित्र रहेका थुप्रै क्यारिज्म्याटिकहरू “इभान्जेलिकलहरूसित बढी मिल्दोजुल्दो भएको” र तिनीहरूले ऐतिहासिक रोमनवादसित नमिल्ने कतिपय धारणाहरू बोकेको कुरालाई ठूलो कुरा मानिएको छ। त्यो साँचो नै भए तापनि क्याथोलिक चर्चभित्र रहेका वैयक्तिक सदस्यहरूले नै चर्चको सैद्धान्तिक आधारलाई निर्धारण गर्दैन। रोमन क्याथोलिकवादले बाइबललाई वैयक्तिक रूपमा व्याख्या गर्ने अधिकारलाई स्वीकार गर्दैन यद्यपि प्रोटेस्टेन्टहरूले गर्छन्। आधिकारिक शिक्षण चर्चबाटै आउँदछ र त्यसलाई शताब्दियौंदेखि सङ्ग्रह गरिँदै आएको रोमन क्याथोलिक सिद्धान्तहरूको सँगालोभित्र समाविष्ट गरिन्छ।

चर्चको अमोघत्त्व (The infallibility of the Church)

रोमन क्याथोलिक चर्च स्वयम् परमेश्वरबाट नियुक्त गरिएको बाइबलको एक मात्र आधिकारिक अर्थ प्रकाशक (interpreter) हो भनेर रोमनवादले अडान लिन्छ। एउटा क्याथोलिक स्रोतको व्याख्या यस प्रकार छ: अमोघत्त्व (infallibility) को माने “त्रुटि हुन नसक्ने वा चुक्न नसक्ने, त्यसो हुनदेखि बञ्चित वा स्वतन्त्र रहेको; (विशेष गरी) सैद्धान्तिक (theological) मामलामा, ईश्वरको विशेष सहायताले यो एउटा अलौकिक विशेषाधिकार नै हो जसद्वारा ख्रीष्टको मण्डली आफ्नो विश्वास र व्यवहारमा कुनै पनि त्रुटि हुन सक्ने सम्भावनादेखि सुरक्षित राखिन्छ।”2

“एक्स् कथिड्रा” (ex cathedra = “चर्चको आधिकारिक शिक्षकको रूपमा पत्रुसको आसनबाट”) बोल्दाखेरि पोप सिद्धान्त प्रतिपादन गर्ने परमाधिकारले सुसम्पन्न हुन्छन्। “पोपले जगतमा येशू ख्रीष्टको ठाउँ ओगटेको हुन्छ…. ईश्वर-प्रदत्त अधिकारद्वारा विश्वास र व्यवहारको सवालमा एक-एक पास्टर तथा उनका बगालमाथि पोपको सर्वाधिकार र पूर्णाधिकार हुन्छ। उनी ख्रीष्टका साँचो vicar (“भिकर”, विकल्पमा काम गर्ने व्यक्ति) हुन्, सबै मण्डलीका शिर हुन्, सबै ख्रीष्टियनहरूका पिता र शिक्षक हुन्। उनी नै अमोघ शासक हुन्, शिक्षा-सिद्धान्तहरू (dogmas) का प्रवर्तक हुन्, परिषदहरूका कर्ता तथा न्यायकर्ता हुन्, जगतका निर्णायक हुन्, स्वर्ग र पृथ्वीका सर्वोच्च न्यायधीश हुन्, कसैद्वारा न्याय नगरिने सबैका न्यायधीश हुन्, पृथ्वीमा स्वयम् परमेश्वर हुन् (the judge of all, being judged by no one, God himself on earth)।”3

बप्‍तिस्मा

इसाई कहलिएका प्रायः समूहहरूले बप्‍तिस्मालाई “मण्डलीभित्र छिर्ने ढोका” को रूपमा हेर्ने गर्छन्। दोस्रो भ्याटिकन परिषद् (Vatican Council II) मा गैर-क्याथोलिकहरू [रोमन क्याथोलिक] चर्चका सदस्य हुन सक्ने तथ्यलाई स्थान दिएर रोमले मण्डलीको परिभाषालाई अलिकति खुकुलो बनाएको देखिन्छ भन्ने कुरालाई धेरै इभान्जेलिकलहरूले अचाक्ली महत्त्व दिएका छन्। तरैपनि क्याथोलिकहरूको बुझाइमा यो साँचो चर्च रोमको चर्चभित्र कायम रहेको हुन्छ भन्ने कुरालाई स्मरण गरिनु आवश्यक छ। रोमी अडानको औपचारिक घोषणा ट्रेन्ट क्याटाकिज्म (Trent Catechism) को अभिव्यक्ति अहिलेसम्म खडा नै छ: “शिशुहरू, बप्‍तिस्माको अनुग्रहद्वारा परमेश्वरतर्फ नवीकरण नभएसम्म, उनीहरूका बाबुआमा चाहे इसाई हुन् या नहुन्, अनन्त पीडा र विनाशका निम्ति जन्मेका हुन्छन्।”4 यस्तो किसिमको सिद्धान्तको त्रासको सामना गर्ने प्रयासमा क्याथोलिक शास्त्रीहरूले “लिम्बस इन्फन्टम” (Limbus Infantum) नाम दिइएको एउटा वासस्थानको सृजना गरेका छन् जहाँ बप्‍तिस्मा नपाइकन मरेका शिशुहरू रहन्छन्, स्वर्गबाट बञ्चित तर पीडाको चेतनाबिना।

बप्तिस्माले आत्मिक जीवन पाइन्छ (baptismal regeneration) भनेर क्याथोलिक चर्चले शुरुदेखि आजसम्मै अडान लिँदै आएको छ। बप्तिस्मा नै “आत्मिक जीवनभित्र पुर्‍याउने ढोका अर्थात् प्रवेश द्वार हो, जसद्वारा हामी ख्रीष्टका अङ्गहरू बन्दछौं … बप्तिस्मा नै आत्मिक पुनर्जन्मको स्रोत हो।”5 यदि असल विवेक कायम राख्ने हो भने, आधारभूतवादी [बाइबल] विश्वासी (fundamentalist) हरू ले बप्तिस्माद्वारा इसाई बनिन्छ भनी विश्वास गर्ने चर्चलाई कसरी स्वीकार गर्न सक्छन् र कसरी त्यससित सहकार्य गर्न सक्छन् र? [मुक्ति बप्तिस्माले पाइन्न भन्ने तथ्यलाई बाइबलबाट बुझ्न यहाँ पढ्नुहोस्।]

मास (The Mass)

क्याथोलिक आराधनाको केन्द्रीय स्थान ओगटेको छ मास भनिने उत्सवले। कतिपय गैर-क्याथोलिकहरूको त्रुटी यसैमा छ कि उनीहरू मासलाई प्रभु-भोजसँग मिल्दोजुल्दो भएको ठान्छन्। त्यो होइन। [क्याथोलिक शिक्षाअनुसार]”पवित्र मास येशू ख्रीष्टको शरीर र रगतको बलिदान हो जुन शरीर र रगत रोटी र दाखमद्यको रूपमा वेदीमा उपस्थित भएका हुन्छन् र यसलाई जीवित र मरेका दुवैका निम्ति परमेश्वरकहाँ चढाइन्छ।”6 मास ख्रीष्टको मृत्युको केवल सम्झना मात्र होइन।

“मास वास्तवमै प्रायश्चितकारी बलिदान हो जसद्वारा प्रभुलाई रिझाइन्छ र … जसले भूल गल्तीहरू र पापहरूको क्षमा दिलाउँछ….। अन्तमा, मासचाहिँ कलवरीको आर्जनलाई बितरण गर्ने परमेश्वरद्वारा नियुक्त गरिएको माध्यम हो। ख्रीष्टले संसारका निम्ति मुक्ति र पवित्रताका निम्ति आवश्यक सबै अनुग्रहहरू हासिल गर्नुभयो। तर यी आशिषहरू अलि-अलि गरी र लगातार गरी प्रदान गरिने कुरा हुन्…मूलतः मासको माध्यमद्वारा…। पूरोहीतचाहिँ अपरिहार्य हुन्छ किनभने आफ्ना शक्तिहरूद्वारा उसैले मात्र रोटी र दाखमद्यका तत्त्वहरूलाई ख्रीष्टको शरीर र रगतमा परिणत गर्न सक्दछ…। [मासको] बलिदान जति धेरै पटक चढाइन्छ उति नै धेरै उपलब्धिहरू बितरण गरिन्छ…”।7

यस्तो शिक्षाले ख्रीष्टको बलिदान-कार्य पूर्णरूपमा सिद्ध थियो भन्ने बाइबलीय शिक्षालाई ठाडै इन्कार गर्दछ। ख्रीष्ट “धेरैका पापहरू बोक्नाका निम्ति एकपल्ट बलि चढाइनुभयो” (हिब्रू ९:२८)। “तर यी व्यक्ति ता पापहरूका निम्ति एउटै बलिदान सदाका निम्ति चढाएर परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो” (हिब्रू १०:१२)। यस्तो विश्वास राख्ने व्यक्तिहरूलाई “इसाई बन्धुहरू” मान्नु भनेको बाइबलीय सुसमाचारकै केन्द्रीय विश्वासलाई इन्कार गर्नु हो।

तप (सास्ती)

रोमन क्याथोलिक सिद्धान्त (theology) को एउटा मुख्य कुना ढुङ्गाचाहिँ तप (penance) को शिक्षा हो। “तप, पूरोहीतबाटको पापमोचनद्वारा बप्तिस्मा लिएपश्चात् गरिएका पापहरूको क्षमा हुने धार्मिक संस्कार (sacrament) हो।8 क्याथोलिक शिक्षाअनुसार, बप्तिस्माद्वारा बप्तिस्माको धार्मिक संस्कारलाई ग्रहण गर्नुभन्दा अघि गरिएका पापहरूको क्षमा मिल्दछ। तर, त्यसपश्चात् गरिएका पापहरूका निम्ति भने त्यहाँ स्वीकार, अनुतापको साथसाथै कुनै पनि माग गरिएको असल-असल कामहरूको सन्तोषजनक कार्यान्वयन गरिन आवश्यक पर्छ। यसरी एक रोमन क्याथोलिक सदस्य निरन्तर पूरोहीतकै बन्धनमा रहन्छ जसले मात्र उसलाई उसका पापहरूदेखि छुटकारा पाउन मदत गर्न सक्दछ।

मुक्ति

आफ्नो चर्चको शिक्षाहरूलाई मान्ने एक रोमन क्याथोलिकले आफ्नो मुक्ति पक्का हुने आशा कहिल्यै गर्न सक्दैन। ट्रेन्ट परिषद (Council of Trent) ले आफूसित अनन्त मुक्ति भएको दाबी गर्नेहरूमाथि श्राप लगायो। “एक पटक धर्मी ठहरिएको व्यक्तिले अनुग्रह गुमाउन सक्दैन भनेर यदि कसैले भन्छ भने… त्यो श्रापित होस्।”9 विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ भन्ने कुरालाई क्याथोलिकहरूले इन्कार गर्छन्। प्रोटेस्टेन्ट रेफर्मेशन (Protestant Reformation) मा यो नै एउटा मुख्य मुद्दा थियो। क्याथोलिकवाद अनुसार मुक्तिका लागि विश्वास र काम दुवै आवश्यक हुन्छन्। “तसर्थ असल-असल कामहरूकै कारण परमेश्वरले इनामस्वरूप अनन्त जीवन प्रदान गर्नुहुन्छ।”10

मुक्ति सम्बन्धी यस्ता धारणाहरूलाई पछिको रोमन क्याथोलिकवादले अस्वीकार गरेको छ भन्ने कसै-कसैलाई लागेको हुन सक्छ। तर होइन। क्याथोलिक शिक्षकहरूबाटको हालैको निम्न अभिव्यक्तिलाई सुन्नुहोस्:

“ख्रीष्टको मृत्युले ‘प्रायश्चित तथा पुण्यहरू कमायो जोचाहिँ एउटा ‘ढुकुटी’ मा सञ्चय गरिएको छ जसमा ‘कन्या मरियमका प्रार्थना तथा सुकर्महरू लगायत सबै सन्तहरूका प्रार्थना र सुकर्महरू थपिएका छन्…। अति प्राचीन समयदेखि चर्चमा पापीहरूको उद्धारका निम्ति सुकर्महरू परमेश्वरकहाँ अर्पण गरिँदै आएको छ…। साँच्ची नै पवित्र व्यक्तिहरूका प्रार्थना र सुकर्महरूद्वारा पश्चात्तापी जनको उद्धार हुन्थ्यो…। ख्रीष्टको पाइलाहरूलाई पछ्याउने क्रममा उहाँमाथि विश्वास गर्नेहरूले आफ्ना पापहरू र अरूका पापहरूका निम्ति प्रायश्चित गर्नाका निम्ति सधैं आफ्ना क्रूसहरू बोकेका छन्। परमेश्वरबाट मुक्ति प्राप्‍त गर्नाका निम्ति आफ्ना दाजुभाइहरूलाई मद्दत गर्न सक्छौं भनी उनीहरू विश्वस्त थिए।”11

यस्तो किसिमको सिद्धान्त नयाँ नियमको बिलकुल विपरित छ भन्ने कुरा प्रस्ट छ। तरैपनि यस तथ्यले एक परम्परागत रोमन क्याथोलिकलाई विचलित पार्दैन। आधिकारिक क्याथोलिक स्रोतबाट उद्‍धृत निम्न अभिव्यक्तिले यस कुराको कारण देखाउँछ:

“उसले कहाँबाट आफ्नो विश्वासको विषयवस्तु प्राप्‍त गर्दछ भनेर एक क्याथोलिक अनुयायीलाई प्रश्न गरिँदा उसको जवाफ यो हुन्छ: जिउँदो शिक्षण अधिकारबाट…। उक्त अधिकारचाहिँ वर्तमान पोप लगायत विशपहरूमा निहित रहेको हुन्छ जोहरूको कर्तव्य नै प्रकटित सत्यताको ज्ञानको सम्वर्धन गर्नु हो। यसरी सैद्धान्तिक प्रश्नहरूलाई व्यक्तिगत रूपमा छानविन गर्नुपर्ने आवश्यकतादेखि एक क्याथोलिक व्यक्ति स्वतन्त्र हुन्छ र चर्चको शिक्षा नै स्वयम् ख्रीष्टकै शिक्षा हो भन्ने शान्तमय निश्चिन्ततामा ऊ जिउन सक्दछ।”12

कुनै एउटा शिक्षा पवित्र शास्त्रमा भेट्टाउन नसकिएको खण्डमा एक रोमन क्याथोलिक विचलित बन्दैन। त्यसलाई मण्डलीको शिक्षण निकाय अर्थात् म्याजेस्टेरियम (magesterium) द्वारा आधिकारिक शिक्षाको रूपमा घोषणा गरिसकिएको छ भने त्यसलाई सकली भनेर ग्रहण गर्न सकिन्छ। यसलाई क्याथोलिकहरूले, विशेष गरी अमेरिकामा, व्यावहारिक तहमा चुनौती दिएका भए तापनि यो रोमको दृढ सिद्धान्तको रूपमा विद्यमान नै छ। स्मरण रहोस्, रोमन क्याथोलिक चर्चको अडान अनुयायीहरूको धारणाले परिभाषित गर्दैन, न ता पूरोहित वर्गको धारणाद्वारा नै, तर विशपहरू र पोपको निश्चित निर्देशन (directive) द्वारा परिभाषित हुन्छ।

  1. James Cardinal Gibbons. The Faith of Our Fathers, p. 73.
  2. P.J. Toner. “Infallibility,” The Catholic Encyclopedia, 1910 Edition, VII, 790.
  3. New York Catechism.
  4. Trent Catechism.
  5. N. G. M. Van Doornick, S. Jelsma, and A. Van de Lisdonk. A Handbook of the Catholic Faith, edited by John Greenwood.
  6. Catechism of Christian Doctrine, “What Is The Holy Mass?”
  7. Pocket Catholic Dictionary, pp. 248-49.
  8. Baltimore Catechism, p. 300.
  9. Council of Trent, Canon 23.
  10. Van Doornick, et. al., op. cit., p. 217.
  11. Vatican II, Flannery’s Edition, I, 64-66.
  12. Van Doornick, et. al., op. cit., p. 137.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।