Entries by Pradesh Shrestha

यहोशू, न्यायकर्ता, रूथ

यहोशू, न्यायकर्ता, रूथ

 

यहोशू

प्रतिज्ञाको देशभित्र प्रवेश र त्यसको प्राप्ति

पुरानो नियमका कतिपय पुस्तकहरू ती पुस्तकका प्रमुख व्यक्तित्वहरूकै नामहरूले जनाइन्छन्। यहोशूको पुस्तकको नाम उक्त पुस्तकका प्रमुख व्यक्तित्व यहोशूकै नाममा राखिएको हो। पुरनो नियमका अन्य कुन-कुन पुस्तकहरू प्रमुख व्यक्तित्वका नामले जनाइएका छन्? केही उदाहरणहरू दिन सक्नुहुन्छ? _______________________________________

यहोशू विश्वासका वीर थिए। परमेश्वरले इस्राएल जातिलाई प्रतिज्ञाको देशभित्र ल्याउन र विजय दिन सक्नुहुन्छ भनेर यहोशूलाई पूरा विश्वास थियो (पृष्ठ ३२)। मोशालाई आफ्नो मृत्युको पूर्वजानकारी थियो। इस्राएलका सन्तानहरूलाई प्रतिज्ञाको देशभित्र नेतृत्व गरी जैजान परमेश्वरले चुन्नुभएको व्यक्ति यहोशू हो भनेर मोशालाई थाहा थियो (व्यवस्था ३१:७)। यहोशूको पुस्तकमा इस्राएलका सन्तानहरूलाई यहोशूले देशभित्र डोर्‍याएका र रणभूमिमा शत्रुहरूमाथि विजय हासिल गरेका घटनाहरूको बारेमा पढ्दछौं। मोशाले बाइबलका शुरुका पाँच पुस्तकहरू लेखे अनि यहोशूले बाइबलको छैटौं पुस्तक अर्थात् यहोशूको पुस्तक लेखे।

“यहोशू” को माने “परमप्रभु मुक्ति हुनुहुन्छ” हो। उक्त नाउँले हामीलाई परमेश्वर हाम्रा महान् उद्धारक र मुक्तिदाता हुनुहुन्छ भन्ने कुराको सम्झना गराउँछ। यहोशूको समयमा परमेश्वरले इस्राएललाई तिनीहरूका सबै शत्रुहरूबाट छुटकारा दिनुभयो र सुरक्षासाथ प्रतिज्ञाको देशभित्र ल्याउनुभयो। पुरानो नियमको हिब्रू शब्द “यहोशू” र नयाँ नियमको ग्रीक शब्द “येशू” एउटै हो। येशू ख्रीष्टले हामीलाई केबाट छुटकारा दिनुहुन्छ (मत्ती १:२१)? _________________________________________

प्रस्थानपछि प्रवेश

प्रस्थानको पुस्तकमा परमेश्वरले तिनीहरूलाई मिस्रदेशबाट निकालेर ल्याउनुभएको कुराको बारेमा सिक्यौं।तर आफ्नो जातिलाई मिस्रदेशबाट निकालेर ल्याउनुमा परमेश्वरको महत्त्वपूर्ण अभिप्राय थियो। परमेश्वरले तिनीहरूलाई किन निकाल्नुभयो? के तिनीहरू उजाडस्थानमा नै मरून् भनेर परमेश्वरले तिनीहरूलाई निकालेर ल्याउनुभएको हो? ___________। उहाँले आफ्ना जातिलाई किन निकाल्नेर ल्याउनुभयो भन्ने कुरा परमेश्वरले हामीलाई व्यवस्था ६:२३ मा बताउनुहुन्छ:

“हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश____ ___________ उहाँले हामीलाई त्यहाँबाट _____________।”

परमेश्वरले उनीहरूलाई भित्र ल्याउनालाई बाहिर निकाल्नुभयो। परमेश्वरले उनीहरूलाई एउटा ज्यादै खराब कुरा (दासत्व) बाट छुटाउन चाहनुभएको मात्र थिएन तर तिनीहरूलाई एउटा ज्यादै असल कुरा (प्रतिज्ञाको देश) दिन पनि चाहनुभएको थियो। प्रस्थानमा हामी परमेश्वरले तिनीहरूलाई निकाल्नुभएको कुराको बारेमा सिक्छौं। यहोशूमा हामी घटनाक्रमको दोस्रो भागको बारेमा अर्थात् परमेश्वरले तिनीहरूलाई भित्र ल्याउनुभएको कुराको बारेमा सिक्छौं।

इस्राएलका सन्तानहरू परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशभित्र सरासर पस्नुपर्ने थियो। तर त्यसो नभएर तिनीहरू आफ्नो अविश्वासको कारण उजाडस्थानमा नै ४० वर्षसम्म यताउता चक्कर मार्दै बिताउन बाध्य भए (गन्तीको पुस्तकमा हेर्नुहोस्, यस अध्ययनमालाको अघिल्लो पाठमा)। गन्तीको पुस्तकमा उल्लेख भएका मानिसहरू परमेश्वरले उनीहरूलाई दिन चाहनुभएको त्यस सुन्दर देशभित्र पस्न र त्यसलाई प्राप्त गर्न चाहेनन्, र त्यसैले उनीहरू उजाडस्थानमा नै मरे।

केबाट मुक्त? केका लागि मुक्त?

इस्राएल जाति दासत्वबाट बचाइएका मात्र नभएर परमेश्वरका आशिषहरूले भरिएको प्रतिज्ञाको देशका निम्ति समेत बचाइएका थिए।उनीहरूका निम्ति परमेश्वरले यही नै प्रबन्ध गर्नुभएको थियो। यसबाट हामीले एउटा पाठ सिक्नुपर्छ। परमेश्वरले एउटा व्यक्तिलाई बचाउनुहुँदा उक्त व्यक्ति एकातिर केही कुराहरूबाट बचाइएको हुन्छ भने अर्कोतिर ऊ केही कुराहरूका निम्ति पनि बचाइएको हुन्छ।परमेश्वरले हामीलाई पाप र मृत्यु र नरकबाट बचाउनुभएको त छ, तर उहाँले हामीलाई केका निम्ति बचाउनुभएको हो? निम्नलिखित पदहरूलाई बाइबलमा भेट्टाउनुहोस् अनि लेख्नुहोस्, एउटा विश्वासी केबाट मुक्त भएको छ र केका निम्ति मुक्त भएको छ:

  1. १ थेस्सलोनिकी १:९
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  2. कलस्सी १:१३
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  3. तीतस २:१४
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  4. यूहन्ना ५:२४
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________

के तपाईं “बाट-मुक्त” र साथै “निम्ति-मुक्त” विश्वासी हुनुहुन्छ?

सम्पत्तिको उपभोग

यहोशूको पुस्तकको एउटा चाबी पद यहोशू १:३ हो (त्यसलाई पढ्नुहोस्)। के परमेश्वरले इस्राएलका सन्तानहरूलाई त्यो देश दिनुभऐकै थियो? ___________। परमेश्वरले उनीहरूलाई देश दिनु त भयो, तर त्यसभित्र प्रवेश गरी त्यसलाई लिनुपर्ने (त्यसलाई आफ्नो बनाउनुपर्ने) जिम्मेवारी उनीहरूको थियो! देशभित्र पसेर तिनीहरूले उक्त भूमिलाई आफ्ना पैतालाले नै टेक्नुपर्थ्यो अनि तब मात्र त्यो देश उनीहरूको हुन सक्थ्यो!

मानौं तपाईंले फुटबल प्रतियोगिताको एउटा टिकट प्रतियोगिता हुनुभन्दा केही दिन अगाडी नै किन्नुभयो। प्रतियोगिता हुने दिनमा रङ्घशालामा एउटा सीट तपाईंकै लागि सुरक्षित हुन्छ। तर यदि तपाईं रङ्घशाला जानुभएन भने त्यो सीटको के काम लाग्छ र? त्यो तपाईंकै थियो तर तपाईंले त्यसको प्रयोग गर्नुभएन। तपाईंले उपभोग गर्नुपर्ने कुरा गुमाउनुभयो। उनीहरूलाई प्रतिज्ञा गरिएको देशमा इस्राएलका सन्तानका लागि एउटा ठाउँ सुरक्षित थियो। उनीहरू त्यहाँ प्रवेश गरी त्यसलाई प्राप्‍त गरेको परमेश्वर चाहनुहुन्थ्यो।

के इस्राएलका सन्तानहरू देशभित्र प्रवेश गरी त्यसलाई आफ्नो बनाएँ (यहोशू २१:४३)? ______________। के परमेश्वरले तिनीहरूलाई तिनीहरूका सबै शत्रुहरूमाथि विजय दिनुभयो (यहोशू २१:४४)? ________________। के परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो (यहोशू २१:४५)? ______________

एक वृद्ध चाँदी खनकले पश्चिम अमेरिकाको पहाडहरूहुँदो चाँदीको खोजीमा आफ्नो जीवनै बिताए। आफ्नो खोजीमा उनी यति तल्लीन भएका थिए कि उनकी पत्नी र बालबाच्चाहरूले समेत उनलाई त्यागिदिएका थिए। उनी मरेपछि उनलाई दफन गर्न आएका दुईचार जनाले उनको साथमा एउटा सानो कागत भेट्टाए जसमा उनलाई उनकै छाप्रोमुनि दफन गरियोस् भन्ने निर्देशन लेखिएको पाइयो।साबेलले जमीन खन्दै जाँदा त्यहाँ खरानी रङ्गको चमकदार पद्धार्थ देखापर्न थाल्यो। त्यहाँ त क्यालिफोर्निया राज्यकै इतिहासमा सबैभन्दा मूल्यवान् चाँदी खानी भेटियो जुनचाहिँ “कम्स्टक सिल्भर भेन” को नामले प्रख्यात भयो! त्यो खनक, एक खरबपति भए तापनि जीवनभरि उनलाई आफ्नो सम्पत्तिको कहिल्यै पत्तो भएन अनि उनले आफ्नो सम्पत्तिको कहिल्यै उपभोग गरेनन्। उनले आफ्नो प्राप्तिलाई कहिल्यै प्राप्त गरेनन्। त्यो उनकै भएर पनि त्यो उनको हुन सकेन। उनले आफूसँग भएको कुराको कहिल्यै उपभोग गरेनन्।

परमेश्वरका जनहरूले उनीहरूलाई दिइएका कुराहरू उपभोग गरोस् भन्ने परमेश्वर चाहनुहुन्छ! पमरेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा अति सुन्दर देश दिनुभयो र तिनीहरूले त्यसलाई पूर्णरूपमा अधिकार गरेको उहाँ चाहनुहुन्थ्यो। यहोशूको नेतृत्वमा इस्राएलका सन्तानहरूले थुप्रै विजयहरू हासिल गरे तरैपनि तिनीहरूले देशलाई पूर्णरूपमा आफ्नो बनाउन सफल भएनन्। इस्राएलका सन्तानहरूले कतिपय शत्रुहरूलाई धपाउन असफल भए र इस्राएलले अधिकार गर्नुपर्ने देशका कति भू-भाग ती शत्रुहरूले नै अधिकार गरे (हेर्नुहोस् यहोशू १७:१२-१३)। तिनीहरूले प्राप्त गर्न सक्ने र प्राप्त गर्नुपर्नै कयौं कुराहरूलाई इस्राएलीहरूले गुमाए!

आज परमेश्वरका जनहरू

आजका विश्वासीहरूलाई विचार गर्नुहोस्। परमेश्वरले हामीलाई इस्राएल देशभित्र गएर त्यसलाई जित्न र अधिकार गर्न आदेश दिनुभएको छैन। आज हामीले कुन कुरालाई अधिकार गरेको परमेश्वर चाहनुहुन्छ? परमेश्वरले आफ्ना जनहरूलाई दिनुभएका केही कुराहरू यस प्रकार छन्:

  1. यूहन्ना १४:२७, १६:३३ – परमेश्वरले हामीलाई अशान्तिले भरिएको यस संसारको बीचमा शा______ दिनुभएको छ।
  2. यूहन्ना १५:११ – परमेश्वरले हामीलाई यस दुःखदायी संसारको बीचमा आ_________ दिनुभएको छ।
  3. यूहन्ना ८:१२ – परमेश्वरले हामीलाई अन्धकारमय संसारको बीचमा ज्यो_____ दिनुभएको छ।
  4. यूहन्ना १०:२८ – परमेश्वरले हामीलाई यस मृत्युमय संसारको बीचमा जी_______ दिनुभएको छ।

यी हुन् हामीले अधिकार गर्नुपर्ने हाम्रा केही अधिकारहरू। के तपाईंले यी चारओटा कुराहरूलाई आफ्नै बनाउँदै हुनुहुन्छ?के यस घडि तपाईंसित शान्ति छ? के यस घडि तपाईंसित आनन्द छ? के यस घडि तपाईं परमेश्वरको ज्योतिले चम्किरहनुभएको छ? के यस घडि तपाईं परमेश्वरको जीवन उपभोग गर्दै हुनुहुन्छ? यी कुराहरू तपाईंले कसरी अधिकार गर्न सक्नुहुन्छ?

यहोशू १:३ मा पाइने हाम्रो चाबी पदलाई के तपाईंलाई याद गर्नुभएको छ? परमेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा सुन्दर प्रतिज्ञा दिनुभएको थियो: “तेरा ___________ले कुल्चिने सबै जग्गा म तँलाई ___________।” यो प्रतिज्ञालाई पाएर तिनीहरूले के गर्नुपर्थ्यो? तिनीहरूले परमेश्वरलाई विश्वास गर्नुपर्थ्यो, देशभित्र प्रवेश गर्नुपर्थ्यो, देशको जमीनमाथि आफ्नो पैतालाले टेक्नुपर्थ्यो र त्यसलाई आफ्नै बनाउनुपर्थ्यो किनकि परमेश्वरले त्यो उनीहरूलाई नै दिनुभएको थियो। आज विश्वासीहरू “वि________द्वारा” हिँड्नुपर्छ (२ कोरिन्थी ५:७)। इस्राएलका सन्तानहरू उक्त देशभित्र एउटा पैतालापछि अर्को पैतालाले टेक्दै गए र परमेश्वरले उनीहरूलाई विजय दिनुभयो। आज पनि विश्वासीहरूलाई परमेश्वरले विजय दिनुहुन्छ: “…अनि हाम्रो ____________ नै यो __________, हो जसले संसारमाथि जय प्राप्त गर्छ (१ यूहन्ना ५:४)।” हामी विश्वासको पैताला टेक्दै हिँड्नु छ, पैताला-पैताला टेक्दै परमेश्वरले दिनुभएको क्षेत्रलाई अधिकार गर्नु छ, हामीले जे-जे पाएको चाहनुहुन्छ ती सबलाई प्राप्त गर्नु छ।

यहोशू र एफेसीका पुस्तकहरू

नयाँ नियमको एउटा पुस्तक यहोशूसित ज्यादै मिल्दोजुल्दो छ। त्यो हो एफेसीको पुस्तक। यहोशूको पुस्तकले भन्छ, “बलियो होऊ” (यहोशू १:६,७,९,१८)!के एफेसीको पुस्तकले पनि यही कुरा भन्छ (एफेसी ६:१०)? ___________। यहोशूको पुस्तक युद्धहरू जित्ने योद्धाहरूको बारेमा हो। के एफेसीको पुस्तक पनि योद्धाहरूको बारेमा हो (एफेसी ६:११-१८)? _________। यहोशूको पुस्तक इस्राएलले देश अधिकार गर्ने बारेमा हो। एफेसीको पुस्तक ख्रीष्टियनहरूले ख्रीष्टमा उनीहरूलाई दिइएका सम्पत्ति र आशिषहरू अधिकार गर्ने बारेमा हो। हरेक ख्रीष्टियन एक आत्मिक खरबपति हो। तर आफू बास्तवमा नै कति धनवान् छु भनेर सबै ख्रीष्टियनहरूले महसुस गरेका हुँदैनन् र बास्तवमा थोरैले मात्र यी सम्पत्तिहरू अधिकार गर्दछन् र उपभोग गर्दछन्।

परमेश्वरले कलवरीको क्रूसद्वारा आर्जन गर्नुभएको विजयद्वारा हामी विश्वास गर्नेहरूलाई उहाँद्वारा प्रतिज्ञा गरिएका अधिकारहरूको भागीदार बनाइएको छ। तर ती प्रतिज्ञा गरिएका अधिकारहरू प्राप्त गर्नालाई मेरो आफ्नो जिम्मेवारी पनि छ – ती सम्पत्तिका लागि मेरो चाहना हुनुपर्छ, प्रतिज्ञाहरू प्राप्त गर्नालाई मेरो अठोट हुनुपर्छ, परमेश्वरद्वारा दिइएका अधिकारहरू अनुभव र उपभोग गर्न खोज्दा आइपर्ने चुनौती र त्यसमाथि विजयी हुनाका लागि परमेश्वरमाथि मेरो भरोसा हुनु आवश्यक पर्छ।

न्यायकर्ता – इतिहासको दुःखद अध्याय

यहोशूको मृत्युपछिको इतिहासको कालखण्डलाई न्यायकर्ताको कालखण्ड भनिन्छ। यही समयमा नै इस्राएलका सन्तानहरू परमप्रभुबाट पछि हटे र उहाँको विरुद्धमा पाप गरे:

जब मानिसहरू प्रभुदेखि पछि हट्छन् त्यसबेला केवल समस्या, अलमल र दुःख मात्र आइपर्छ।

न्यायकर्ताहरू को थिए?

न्यायकर्ताहरू परमेश्वरले फरक-फरक समयमा इस्राएलका सन्तानहरूलाई तिनीहरूका शत्रुहरूदेखि छुटाउन र बचाउनालाई उठाउनुभएका गिदोन र शिमशोन जस्ता फरक-फरक पुरुषहरू थिए जसमध्ये दबोरा नाम गरेकी एउटी स्त्री पनि थिइन्।त्यसबेलासम्म इस्राएलमा कुनै राजा थिएनन् तर यी न्यायकर्ताहरूले नै मानिसहरूलाई आवश्यक नेतृत्व प्रदान गर्दथे।

बारम्बार दोहोरिएको चक्र

न्यायकर्ताको पुस्तकमा हामी एउटा चक्रको बारेमा सिक्छौं जसका चारओटा चरणहरू थिए:

  1. विद्रोह: इस्राएलीहरूले पाप गर्थे, प्रभुबाट तर्केर जान्थे र परमेश्वरको नजरमा ज्यादै दुष्ट कामहरू गर्थे।
  2. बदला: परमेश्वरले आफ्ना जनहरूलाई सजाय दिनुहुन्थ्यो र शत्रुहरूलाई उनीहरूमाथि शासन गर्न र उनीहरूलाई कमारा-कमारी बनाउन दिनुहुन्थ्यो।
  3. बदली; अन्तमा उनीहरू परमेश्वरलाई गुहार्थे तर त्यो पनि परिस्थिति असह्य भएपछि मात्रै।
  4. विश्राम: अनुग्रहमा परमेश्वरले तिनीहरूको पुकारा सुन्नुहुन्थ्यो र इस्राएललाई ती शत्रुहरूदेखि बचाउन एउटा न्यायकर्ता उठाउनुहुन्थ्यो।

आज विश्वासी जनले आफू समस्याको गहिरो दलदलेभित्र पुग्नुभन्दा अगाडी नै परमेश्वरलाई पुकारा गर्न सिक्नुपर्छ। सबै कुरा राम्रै हुँदा पनि प्रभुलाई पुकार्नु असल हो।

न्यायकर्ताको पुस्तक पढ्दा यो चक्र बारम्बार दोहोरिएको पाइन्छ। यस चक्रको बारेमा न्यायकर्ता २:११-१९ मा पढ्न सकिन्छ। यस चक्रलाई बुझ्नालाई तलको चित्रलाई अध्ययन गर्नुहोस्:

न्यायकर्ताको पुस्तकमा यो चक्र बारम्बार दोहोरिएको पाइन्छ। तपाईंको जीवन कस्तो छ नि? यस चक्रलाई हेर्दा तपाईंले आफूलाई कुनचाहिँ ठाउँमा भेट्टाउनुहुन्छ? तपाईं परमेश्वरको सेवा गर्दैहुनुहुन्छ कि पापको? तपाईं परमेश्वरतिर फर्कँदैहुनुहुन्छ कि परमेश्वरदेखि तर्किँदैहुनुहुन्छ? तपाईंको देश नि? यस चक्रको कुनचाहिँ ठाउँमा तपाईंको देश भेटिन्छ? भविष्यलाई हेर्दा तपाईंको देश कतातिर लम्किरहेको देखिन्छ?

न्यायकर्ताको पुस्तकको चाबी पद

न्यायकर्ताको पुस्तकको चाबी पद दुई ठाउँमा भेटिन्छ: न्यायकर्ता १७:६ मा र २१:२५ मा। के दुवै पद उस्तै छन्? सायद न्यायकर्ता २१:२५ लाई याद गर्न र भेट्टाउन बढी सजिको छ किनकि यो यस पुस्तकको अन्तिम पद पनि हो।

राजा नभएको राज्य

यी पदहरू अनुसार न्यायकर्ताको समयमा इस्राएलमा कुनै राजा थिएन। तपाईं त्यसबेलाको एक इस्राएली हुनुभएको भए यो कुरा तपाईंलाई कस्तो लाग्थ्यो होला? सायद कतिलाई यस्तो विचार आउँथ्यो:

तर उसले राम्ररी सोच्नुपर्थ्यो। उसले यसरी भन्नुपर्थ्यो: “होइन, हामीसित राजा बास्तवमा हुनुहुन्छ! किनकि परमप्रभु हाम्रा राजा हुनुहुन्छ। हामीसित महान् परमेश्वर हुनुहुन्छ जसले नै हामीलाई शासन गर्नुहुन्छ, हाम्रो देखरेख गर्नुहुन्छ, हामीलाई रक्षा गर्नुहुन्छ। अन्य कुनै जातिले हामीले जस्तै गरी परमेश्वर (परमप्रभु यहोवा) लाई आफ्नो राजाको रूपमा पाएका छैनन्!”

दुःखको कुरा ती मानिसहरूले त्यसरी विचार गर्न सकेनन्। बरु तिनी सबका सब आफू-आफू नै राजा हुनालाई रोजे!

मेरो राजा म आफैं हूँ!

न्यायकर्ताको आखिरी पदले बताउँछ, “…हरेक मानिसले _________ दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो।” के तिनीहरूले परमेश्वरको दृष्टिमा जे ठीक थियो त्यही गरे? ___________। कसको विचारअनुसार कुन ठीक कुन बेठीक भनेर फैसला गरिन्थ्यो? _____________। कसको विचारअनुसार आफ्नो काम-कर्तव्यको निर्धारण गरिन्थ्यो? तिनीहरूको भनाइ यस प्रकार थियो:

तपाईं नि? तपाईं कसलाई आफ्नो राजा बनाउनुहुन्छ? आफैंलाई कि परमेश्वरलाई? तपाईं कुन रोज्नुहुन्छ, परमेश्वरको दृष्टिमा जे ठीक छ त्यही गर्नालाई कि आफ्नो दृष्टिमा जे ठीक लाग्छ त्यही गर्नालाई के तपाईं परमेश्वरभन्दा पनि असल राजा हुनुहुन्छ? आफ्नो जीवनमा परमेश्वरबिना आफैं राज्य गर्न चाहनेहरू आफैंमाथि विनाश निम्त्याउँदैछन्!न्यायकर्ताको पुस्तकको विषयवस्तु यही नै हो।

परमेश्वर, दिने काममा विश्वासयोग्य बनिरहनुहुन्छ। मानिस जाति बारम्बार विफल बन्दछ।मानिस विफल बने तापनि मानिसलाई खोज्न र बचाउन परमेश्वर विश्वासयोग्य बन्न छाड्नुहुन्न।

रूथ

उद्धारको प्रेम-कहानी

रूथ एउटा छोटो पुस्तक हो। यसमा कतिओटा अध्यायहरू छन्? _________। रूथको पुस्तकका घटनाहरू कुन समयमा घटेका थिए (रूथ १:१)? _____________________। न्यायकर्ताको समय पाप र दुष्टताको समय थियो, तरैपनि त्यसबेला इस्राएलको कुनै एक कुनामा एउटा सुन्दर ज्योति चम्कन सकेको थियो भन्ने कुरा रूथको पुस्तकले देखाएको छ। रूथको पुस्तकको कहानी न्यायकर्ताको समयमा घोर अन्धकारमा चम्किरहेको बत्ती झैं बलिरहेको थियो।

रूथको पुस्तकको नाम यहोशूको पुस्तकजस्तै पुस्तकको प्रमुख व्यक्तित्वको नाममा आधारित छ। यस पुस्तकमा बास्तवमा तीनजनाको प्रमुख भूमिका भएको पाउँछौं:

  1. रूथ, मोआबकी स्त्री
  2. नाओमी, रूथकी सासु
  3. बोअज, ती यहूदी पुरुष जो रूथका पति बने।

मसीहको वंशावली

हामीले यस अध्ययनमालाको पृष्ठ १८ मा मुक्तिदाताको वंशावलीको केही चर्चा गरेका थियौं। रूथ र बोअज यस वंशावलीका महत्त्वपूर्ण व्यक्तिहरू हुन्। रूथ ४:१७ अनुसार रूथका जेठा छोरा ओबेद थिए। यस पद (४:१७) अनुसार राजा दाऊदसँग रूथको कुन नाता पर्थ्यो? _________________। मुक्तिदाताको गौरवमय वंशावलीमा रूथले समेत स्थान पाइन्। एक हिसाबमा उनी मसीहकी आमा थिइन् किनकि उनीबाटै एक दिन प्रभु येशू ख्रीष्ट स्वयं आउनुभएको हो।के तपाईंले मत्तीको पहिलो अध्यायमा भएको मसीह राजाको गौरवमय वंशावलीमा रूथ र बोअजको नामहरू भेट्टउन सक्नुहुन्छ? कुन पदमा? _________

दुईटा महत्त्वपूर्ण पदहरू

रूथको पुस्तकमा दुईटा सुन्दर पदहरू छन् जसमा इस्राएलका परमेश्वरसँगको रूथको सम्बन्धलाई प्रकट गरिएको छ:

१) रूथ १:१६

इस्राएलका परमेश्वरलाई आफ्नो व्यक्तिगत परमेश्वर बनाउनालाई रूथले गम्भीर निर्णय गरिन्। त्यसबेला रूथले आफ्नो निर्णयलाई यी शब्दहरूले व्यक्त गरेकी थिइन्: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका ____________ मेरा ____________ हुनेछन्।” रूथले परमेश्वरलाई आफ्नो परमेश्वर बनाउने इच्छा गरे। के यस्तै निर्णय तपाईंले पनि गर्नुभयो? के तपाईंले जीवित परमेश्वरलाई आफ्नो परमेश्वर बनाउनुभयो?

२) रूथ २:१२

आफ्नो सारा भरोसा इस्राएलका परमेश्वरमाथि राख्ने रूथको सुन्दर निर्णयलाई यस पदमा देख्‍न सकिन्छ: “…उनको छत्रछायाँमुनि ____________ लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त उपहार दिऊन्।” के तपाईं परमेश्वरको पखेटामुनि आउनुभयो? योभन्दा सुरक्षित ठाउँ अरू कतै छैन!

दाजुभाइको नाउँलाई कायम राख्नुपर्ने व्यवस्था

यो कुरा व्यवस्था २५:५-१० मा छ। रूथको पुस्तक बुझ्नलाई त्यहाँ उल्लेखित व्यवस्थालाई बुझ्नु आवश्यक छ। व्यवस्था २५:५ पढ्नुहोस्। रूथका पति निःसन्तान मरेका थिए। यस व्यवस्थाअनुसार मृत पतिका दाजु वा भाइले आफ्नी भाइ-बुहारी वा दाइ-भाउजुलाई विवाह गर्न सक्दछ। उक्त वैवाहिक सम्बन्धबाट जन्मेको जेठा छोरालाई मृत पतिको नाउँ दिइन्थ्यो जसले नै मृत पतिको पैतृक सम्पत्ति प्राप्त गर्थ्यो (व्यवस्था २५:६)। उक्त विधवालाई विवाह गर्नलाई दाजु वा भाइलाई बाध्यता थियो कि थिएन (व्यवस्था २५:७-१०)? ___________

नातेदार-उद्धारक

उद्धार: रूथको पुस्तकको मूल सन्देश यही हो। बोअज रूथका नातेदार-उद्धारक बने। उनी रूथका मृतक पतिका नजिकका नातेदार थिए। नजिकका नातेदार भएकै कारण उनले रूथलाई विवाह गर्न सके। रूथको पुस्तक पढ्दा हामी हाम्रा महान् उद्धारक, प्रभु येशू ख्रीष्टलाई सम्झन पुग्छौं। येशू ख्रीष्ट हाम्रा नातेदार-उद्धारक हुनुहुन्छ। बोअज हाम्रा महान् उद्धारक प्रभु येशू ख्रीष्टको सुन्दर छायाँ हुन्।रूथको पुस्तकमा यसरी चित्रण गरिएका निम्न सत्यताहरूलाई विचार गरौं:

१) नातेदार-उद्धारक रगतकै नाता हुनुपर्थ्यो।

पापी मानिसलाई उद्धार गर्न येशू ख्रीष्ट कुन कुराको भागी हुनुभयो (हिब्रू २:१४)? ____________________________। ख्रीष्ट एक मानव बन्नुभयो, उहाँ “आफ्ना ____________समान हुनुपरेको थियो” (हिब्रू २:१७)। उहाँ हाम्रो रगतकै नाता बन्नुभयो!

२) नातेदार-उद्धारकसित जग्गा खरिद गर्नलाई पर्याप्‍त रकम हुनुपर्थ्यो।

बोअज धनी थिए र उक्त रकम तिर्न सक्थे (रूथ २:१)। प्रभु येशू ख्रीष्ट हाम्रो छुटकाराको त्यो ठूलो दाम तिर्न सक्षम हुनुहुन्थ्यो (१ कोरिन्थी ६:२०)। आफ्नै जीवन अर्पण गरेर आफ्नै रगतद्वारा उहाँले उक्त मोल चुक्ता गर्नुभयो (१ पत्रुस १:१८-१९)।

३) नातेदार-उद्धारक उद्धार गर्नलाई तयार हुनुपर्थ्यो।

के ख्रीष्ट पापीहरूलाई उद्धार गर्नलाई तयार हुनुभयो (लूका २२:४२; हिब्रू १०:१७)? ______________

४) नातेदार-उद्धार ले उसले विवाह गर्नुपर्न व्यक्तिलाई प्रेम गर्नुपर्थ्यो।

बोअझले रूथलाई प्रेम गरे। के ख्रीष्टले पापीहरूलाई प्रेम गर्नुभयो (रोमी ५:८)? _______________

५) नातेदार-उद्धारक विवाह गर्नलाई तयार हुनुपर्थ्यो।

बोअज रूथलाई विवाह गर्न तयार थिए। प्रत्येक विश्वासी उहाँसितै विवाह गरिएको छ जो नै हाम्रा नेतादार-उद्धारक हुनुहुन्छ (हेर्नुहोस् रोमी ७:४)। प्रभु येशू ख्रीष्टसित हाम्रो एक अति सुन्दर प्रेमको सम्बन्ध छ!

के ख्रीष्टले तपाईंको उद्धार गर्नुभयो? के उहाँले तपाईंलाई बचाउनुभयो? के तपाईं उहाँसितको आफ्नो प्रेमको सम्बन्धमा आनन्दित हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

लेवी, गन्ती, व्यवस्था

लेवी, गन्ती, व्यवस्था

 

यस पाठमा हामी मोशाका पछिल्ला तीनओटा पुस्तकहरूलाई अध्ययन गर्न चाहन्छौं। हामी लेवीको पुस्तकबाट सुरु गरौं:

लेवी – पवित्र परमेश्वरको उपासना

लेवी उपासना सम्बन्धी पुस्तक हो। यसमा इस्राएलका सन्तनाहरूलाई उनीहरूले परमेश्वरसित कसरी ठीक सम्बन्ध गाँस्न र कसरी परमेश्वरसित ठीक सम्बन्ध कायम राख्न सक्छन् भन्ने कुरा सिकाइएको छ। पापी मानिसहरू कसरी पवित्र परमेश्वरको उपासना गर्न सक्छन्? यस प्रश्नको जवाफ लेवीको पुस्तकले दिन्छ।

यस पुस्तकको नाम किन “लेवी” राखियो?

लेवी ____________ का बाह्र छोराहरूमध्ये एक थिए (प्रस्थान १:१-२)। यस पुस्तकले लेवीका छोराहरूको बारेमा धेरै कुराहरू बताउँछ। लेवीका छोराहरू अर्थात् सन्तानहरू पनि “लवीहरू” कहलिन्छन् (हेर्नुहोस् लूका १०:३२)। के मोशा लेवीका सन्तानमध्येका थिए (प्रस्थान २:१-३,१०)? _____________

मोशाका दाजु हारून लेवीकै सन्तान थिए। परमेश्वरले हारूनलाई चुन्नुभयो र तिनमा एउटा विशेष किसिमको काम गर्नुभयो। परमेश्वरले तिनलाई एउटा पूजाहारी बनाउनुभयो (प्रस्थान २८:१)। साथै, हारूनका सबै छोराहरू पूजाहारीहरू बनाइए। हारूनका परिवारका बाहेक अरू कोही पनि पूजाहारी बन्न सक्दैनथे।

लेवीका छोराहरू – तिनीहरू नै लेवीहरू हुन्
हारूनका छोराहरू – तिनीहरू नै पूजाहारीहरू हुन्

लेवीको पुस्तकले “हारूनका छोराहरू” (पूजाहारीहरू) को बारेमा धेरै कुरा बताउँदछ। लेवी अध्याय १ मा “हारूनका छोराहरू” भनेर उल्लेख गर्ने पदहरू भेट्टाएर तिनलाई यहाँ सूचित गर्नुहोस्: ___________________। लेवीको पुस्तक पूजाहारीहरूका निम्ति परमेश्वरबाट दिइएको निर्देशिका पुस्तक थियो। मानिसहरूलाई उपासना कार्यमा नेतृत्व गर्न लेवी र पूजाहारीहरू खटाइएका थिए। उनीहरूले जान्नुपर्ने कुराहरू परमेश्वरले यस पुस्तकमा बताइदिनुभएको थियो।

चाबी शब्द

लेवीको पुस्तकको चाबी शब्द हो, “पवित्र”। यस पुस्तकमा उक्त शब्द ८० पटकभन्दा बढी पाइन्छ। उदाहरणको लागि, लेवी २१ औं अध्यायमा पवित्र भन्ने शब्द कति पटक भेटिन्छ? ________

साथै, लेवीको पुस्तकमा “पाप”“अशुद्धता” भन्ने शब्दहरू धेरै पटक भेटिन्छन्। मानिस पापी छ, अशुद्ध छ। परमेश्वर पवित्र, शुद्ध र पापरहित हुनुहुन्छ। पापी मानिस कसरी पवित्र परमेश्वरको नजिकमा आउन सक्छ? एक अशुद्ध, फोहोरी मानिसले निष्कलङ्क र शुद्ध परमेश्वरको उपासना गर्न कसरी सम्भव छ?

परमेश्वरकहाँ आउने बाटो

पवित्र परमेश्वरकहाँ आउन पापी मानिसलाई एउटै मात्र बाटो छ। ऊ परमेश्वरकहाँ बलिदानको बाटो भएर आउनुपर्छ!लेवीको पुस्तकले पशु बलिहरूको बारेमा धेरै कुरा बताउँछ। ख्रीष्टले एक दिन क्रूसमा सबैका लागि गर्नुहुने कामको चित्रणस्वरूप यी सबै बलिदानहरू चढाइन्थे। हामी यी बलिदानहरूका बारेमा लेवीको सुरुका अध्यायहरूमा पढ्न सक्छौं। यी पशु बलिहरूले एउटा महत्त्वपूर्ण सन्देश दिन्थे:

  1. रगत बहाइनैपर्छ। येशू ख्रीष्टले हाम्रो निम्ति आफ्नो रगत बहाउनुभयो (हिब्रू ९:२२)।
  2. एक निर्दोष प्रतिस्थापक मर्नैपर्छ। पापी मर्नुको सट्टा एउटा निर्दोष पशु मारिनैपर्छ।येशू ख्रीष्ट हाम्रो प्रतिस्थापक बनी मर्नुभयो (१ कोरिन्थी १५:३; रोमी ५:८)।
  3. पापको निम्ति मृत्यु दण्ड अनिवार्य छ। येशू ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो (रोमी ५:६,८)।

बलिदानले पापी मानिसलाई पवित्र परमेश्वरकहाँ आउन सक्ने तुल्याउँदछ।बलिदानले पापी मानिसलाई पवित्र परमेश्वरको उपासना गर्ने सक्ने तुल्याउँदछ:

के तपाईं बलिदानको बाटो भएर परमेश्वरकहाँ आइसक्नुभयो (१ पत्रुस ३:९)? ____________

लेवीको चाबी पद

यस पुस्तकको चाबी पद लेवी १९:२ मा भेटिन्छ – “तिमीहरू __________ होओ, किनभने म, ____________ तिमीहरूका _____________, __________ छु।” लेवी ११:४४,४५; २०:७,२६ मा पनि हेर्नुहोस्। पहिलो पत्रुसको अध्याय १ मा पनि यही कुरा कुन पदमा भेटिन्छ? पद ______

परमेश्वर पवित्र हुनुहुन्छ। उहाँ सबै पाप र अशुद्धताबाट पूर्णरूपमा अलग हुनुहुन्छ। उहाँ पवित्र र पापरहित हुनुहुन्छ।

उहाँका जनहरू पवित्र हुनु परमेश्वरको इच्छा हो। आफ्ना जनहरू सबै पाप र अशुद्धताबाट अलग भएको परमेश्वर चाहनुहुन्छ। जो उहाँका जनहरू होइनन्, तिनीहरूभन्दा उहाँका जनहरू फरक हुनु परमेश्वरको इच्छा हो। के परमेश्वरले उहाँका जनहरू मिस्रीहरूभन्दा फरक भएको चाहनुभयो (लेवी १८:३)? _____________। के परमेश्वरले उहाँका जनहरू प्रतिज्ञाको देश (कनान देश) का बासिन्दाहरूभन्दा फरक भएको चाहनुभयो (लेवी १८:३)? _____________

तपाईं नि? यदि तपाईं एक ख्रीष्टियन हुनुहुन्छ भने के तपाईं अख्रीष्टियनहरूभन्दा फरक भएको परमेश्वर चाहनुहुन्छ? ______________ (हेर्नुहोस् रोमी १२:२; एफेसी ४:१७)? किन? कसरी?

लेवीको पुस्तक पढ्दै जाँदा र ती सबै बलिदानहरूको बारेमा सिक्दै जाँदा, हामीले यो सम्झनुपर्छ, येशू ख्रीष्ट हाम्रो बलिदान हुनुहुन्छ (१ यूहन्ना २:२)। हामीले अनन्त जीवन पाऔं भनेर उहाँ मर्नुभयो।

लेवीको पुस्तक पढ्दै जाँदा र ती पूजाहारीहरू (हारूनका छोराहरू) को बारेमा सिक्दै जाँदा, हामीले यो सम्झनुपर्छ, येशू ख्रीष्ट हाम्रो महापूजाहारी हुनुहुन्छ (हिब्रू ८:१)। उहाँद्वारा हामी पवित्र परमेश्वरकहाँ आउन सक्छौं!

प्रस्थानको पुस्तकबाट सिकेको कुरालाई हामी याद गरौं। प्रस्थानमा मानिसहरू दासत्वबाट निकालिए र परमेश्वरको नजिकमा ल्याइए। अब लेवीमा मानिसहरू परमेश्वरको नजिकमा बस्नसक्ने बनाइन्छन्। जसले विश्वास गर्दछ उसको लागि परमेश्वरकहाँ आउने बाटो मुक्तिदाताको मृत्युद्वारा खुल्ला पारिएको छ। विश्वासी जनको परमेश्वसँगको हिँडाइ चाहिँ मुक्तिदाताको जीवनद्वारा ऊ अलग पारिएको हुनाले सम्भव छ र ऊ पापबाट अलग भएर जिउन ऊ जिम्मेवार छ।

टिप्पणी: आज्ञाहरूमा दोस्रो ठूलो चाहिँ लेवीको पुस्तकमै छ भन्ने कुरा के तपाईंलाई थाहा थियो? पढ्नुहोस् मत्ती २२:३६-३९। लेवीको अध्याय १९ को कुन पदमा यो दोस्रो ठूलो आज्ञा भेटिन्छ? पद _______

गन्ती – अविश्वासको समस्या

यसको शीर्षक किन “गन्ती” राखियो?

यस पुस्तकलाई “गन्ती” भनिन्छ किनभने दुई बेग्ला-बेग्लै समयमा इस्राएलका सन्तानहरूको “गन्ती” अथवा जनगणना गरिएको कुरा यसमा उल्लेख छ। पहिलो गणना गन्ती अध्याय १ मा भेटिन्छ। योचाहिँ इस्राएलका सन्तानहरूले लाल समुद्र पार गरेको केही समयपछि गरिएको गणना थियो। दोस्रो गणना गन्ती अध्याय २६ मा पाइन्छ। योचाहिँ करिब ४० वर्ष पछाडि गरिएको गणना थियो अर्थात् इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशभित्र प्रवेश गर्नु ठीक अगाडी।

त्यहाँ कतिजना थिए त? युद्धमा जान सक्ने पुरुषहरू अर्थात् बीस वर्षदेखि माथिकाहरूको मात्र गणना गरिएको थियो (गन्ती १:३)। यी मानिसहरूको जम्मा सङ्ख्या कति थियो? ___________________

त्यहाँ लगभग त्यति नै सङ्ख्यामा स्त्रीहरू पनि निश्चय नै थिए। नानीहरूको समेत हिसाब गरियो भने त्यहाँ जम्माजम्मी करिब २० लाख (२०,००,०००) मानिसहरू थियो भन्ने अनुमान गर्न सकिन्छ! यो त ठूलो जमात हो!

गन्ती अध्याय २६ मा कतिजनाको गणना गरियो (गन्ती २६:५१ मा हेर्नुहोस्)? ________________। यीचाहिँ प्रतिज्ञाको देशभित्र प्रवेश गर्नेहरू थिए (करिब २० लाख नै)।

गन्तीको पुस्तकलाई यात्राको पुस्तक मान्न सकिन्छ अर्थात् यस संसारको उजाडस्थान भएर यात्रा गर्नालाई चाहिने मार्ग निर्देशिका। विश्वासी जन परमेश्वरको महिमाको लागि यस संसारलाई पार गर्दैसमयलाई पार गर्दै अगाडी बढ्नुपर्छ, हामी बिनाटुङ्गो, यता र उता गर्दै घुमेको घुमै गरिरहेको परमेश्वर चाहनुहुन्न। गन्ती पुस्तकको विषयवस्तु यही हो।

यस संसारमा हामी कसरी हिँड्नुपर्छ?

परमेश्वरका जनहरू यस संसारमा कसरी हिँड्नुपर्छ, कसरी जिउनुपर्छ? २ कोरिन्थी ५:७ मा बाइबलले भन्दछ, “किनकि हामी रूप देखेर होइन तर ____________द्वारा हिँड्छौं।” यस संसारमा हामी विश्वासद्वारा (परमेश्वरलाई विश्वास गर्दै, परमेश्वरका प्रतिज्ञाहरूलाई विश्वास गर्दै) हिँड्नुपर्छ। हामी विश्वासको बाटोमा हिँड्नु नै परमेश्वरको इच्छा हो।

यही गर्न इस्राएलका सन्तानहरू असफल भए। तिनीहरूले अविश्वासको खतरापूर्ण बाटो अपनाए। परमेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा ठूलो प्रतिज्ञा दिनुभएको थियो। परमेश्वरले तिनीहरूलाई कुन कुरा दिने प्रतिज्ञा गर्नुभएको थियो (गन्ती १३:२)? ___________________________। यसैकारण कनान देशलाई प्रतिज्ञाको देश भनिन्छ। परमेश्वरले यो देश इस्राएलका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभयो। यसर्थ उनीहरू त्यो देशभित्र प्रवेश गर्नेवाला थिए र परमेश्वरले उनीहरूलाई उनीहरूका शत्रुहरूमाथि पूर्णरूपमा विजय दिनालाई तयार हुनुहुन्थ्यो।गन्तीको पुस्तक पढ्ने क्रममा हामी सिक्छौं, इस्राएलका सन्तानहरूले परमेश्वरको त्यो ठूलो प्रतिज्ञालाई विश्वास गरेनन्।

इस्राएलको अविश्वास

इस्राएलको अविश्वासको कहानी गन्ती १३ र १४ अध्यायहरूमा पढ्न सकिन्छ। प्रतिज्ञाको देशको भेद लिन परमेश्वरले बाह्रजना गुप्तचरहरूलाई पठाउनुभयो। यी गुप्तचरहरू देशभित्र पसे र त्यहाँ बडेमाका मान्छेहरू देखे। यीचाहिँ गोल्यत जत्रा मानिसहरू थिए (गन्ती १३:३१-३३ मा हेर्नुहोस्)। गुप्तचरहरूमध्ये दुईजना, यहोशू र कालेबले यी बडेमाका मानिसहरूभन्दा परमेश्वर नै ठूलो हुनुहुन्छ र उहाँले उनीहरूलाई त्यो देश दिन सक्नुहुन्छ भनेर विश्वास गरे। अरु दसजना गुप्तचरहरूले भने परमेश्वर यी मानिसहरूभन्दा ठूलो हुनुहुन्छ भन्ने कुरामा विश्वास गरेनन्

अब सारा समुदाय (करिब २० लाखको जमात) ले रोज्नुपर्ने भयो: हामी यहोशू र कालेबले जस्तै परमेश्वरमाथि विश्वास गरौं कि परमेश्वरमाथि विश्वास नगरी अरु दसजना जस्तै फिक्रीमा डुबौं? तिनीहरूले के रोजे? के तिनीहरूले यहोशू र कालेबको विश्वासलाई पछ्याए कि अरु दसजना गुप्तचरहरूको अविश्वासलाई पछ्याए (हेर्नुहोस् गन्ती १४:१-१०)? ________ _____________________________________________

अविश्वासले आशिषलाई रोक्छ

उनीहरूको अविश्वासको कारणले गर्दा इस्राएलका सन्तानहरूले कडा दण्ड पाए। यी मानिसहरूले कहिल्यै त्यो ________ देख्न पाएनन् जुनचाहिँ परमेश्वरले उनीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो (गन्ती १४:२३)। बरु उनीहरूलाई परमेश्वरले वर्षौंसम्म उनीहरू नमरेसम्म उजाडस्थानमै घुमिरहनुपर्ने सजाय दिनुभयो (गन्ती १४:२९)। गन्ती अध्याय १ मा गणना गरिएका ती हजारौं हजार मानिसहरू सबै नै उजाडस्थानमा मरेर जाने भए (यसको लागि करिब ३८ वर्ष लाग्ने भयो)। केवल दुईजना मात्र बाँच्ने र प्रतिज्ञाको देशभित्र पस्ने भए। ती दुईजनाका नामहरू के थिए (गन्ती १४:३०)? १) ____________ २) ____________। बाँकी सबै नै “यसै _________________मा” मर्ने भए (गन्ती १४:३५)।

इस्राएलका सन्तानहरू परमेश्वरका आशिषहरूदेखि बञ्चित भए! तिनीहरू दूध र मह बग्ने त्यो असल देशभित्र पस्नदेखि बञ्चित भए! तिनीहरूले ती बडेमाका मानिसहरूमाथि परमेश्वरले अचम्मसित विजय दिलाउनुभएको देख्न पाएनन्। तर यहोशू र कालेब अर्कै किसिमका मानिस थिए! तिनीहरूले परमेश्वरको प्रतिज्ञालाई बलियो गरी पक्रे र केवल यति विश्वास गरे कि परमेश्वरले जे भन्नुभएको छ त्यो उहाँले पूरा गर्न सक्नुहुन्छ! तिनीहरूले चाहिँ आशिष पाए!

गन्तीको चाबी पद

गन्तीको पुस्तकको मूल विषय हो, अविश्वास! इस्राएलका सन्तानहरूले परमेश्वरलाई विश्वास गरेनन् र यसैकारण गन्तीको पुस्तकले हामीलाई ३८ वर्ष लामो उजाडस्थानको यात्राको बारेमा बताउँदछ (विश्वास नगर्ने अन्तिम व्यक्ति मरेर जान त्यति समय लाग्यो, गन्ती १४:२९-३०)।

पुस्तकको चाबी पद यही अविश्वाससित सम्बन्धित छ। त्योचाहिँ गन्ती १४:११ मा भेटिन्छ – “यिनीहरूले कतिसम्म ममाथि ______________ गर्नेछन्?” परमेश्वर आफैंले यो प्रश्न गर्नुभएको हो! बारम्बार परमेश्वरका जनहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्न मानेनन्। यिनै व्यक्तिहरूको बारेमा हामी हिब्रू ३:१९ मा पढ्छौं – “यसकारण हामी देख्दछौं, ________________को कारणले तिनीहरू प्रवेश गर्न सकेनन्।” इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशभित्र पस्न सकेनन् किनभने तिनीहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्न मानेनन्! परमेश्वरले उनीहरूलाई एक असल देश दिनुहुने असल प्रतिज्ञा गर्नुभएको थियो, तर उक्त प्रतिज्ञाले उनीहरूलाई कुनै फाइदा गरेन। किन फाइदा गरेन (हिब्रू ४:१-२ मा हेर्नुहोस्)? _________________________________________

कहिलेसम्म हामी पनि परमेश्वरलाई विश्वास नगरी बस्ने? के हामी पनि हाम्रो अविश्वासको कारणले परमेश्वरले दिन चाहनुभएका कुराहरूदेखि बञ्चित छौं कि? के हामी परमेश्वरका आशिषहरूदेखि बञ्चित छौं? के हामी विश्वासद्वारा हिड्दैछौं कि हामीलाई आइपर्ने हरेक सानातीना समस्याले गर्दा हामी फिक्रीमा डुब्ने गर्छौं? के परमेश्वर हामीले सामना गर्नु परेका हाम्रा समस्याहरूभन्दा ठूलो हुनुहुन्छ कि ती समस्याहरू परमेश्वरभन्दा ती बडेमाका मानिसहरू जत्रा ठूला देखिन्छन्? त्यतिका हजारौंमध्येबाट दुईजनाले मात्रै परमेश्वरलाई विश्वास गरे। आज हामीलाई यहोशू र कालेबजस्ता मानिसहरूको खाँचो छ! परमेश्वरले तपाईंलाई दिनुभएका थुप्रैमध्ये केही प्रतिज्ञाहरू के-के हुन्? परमेश्वरले हामीलाई प्यालेस्टाइनको भू-भाग दिने प्रतिज्ञा गर्नुभएको त छैन तर आजका विश्वासी जनहरूका लागि उहाँले के-कस्ता प्रतिज्ञाहरू दिनुभएको छ? के तपाईंले ती प्रतिज्ञाहरूलाई पक्रेर तिनलाई व्यक्तिगत बनाउने अठोट गर्नुभएको छ?

व्यवस्था – मोशाको व्यवस्था सम्बन्धी परमेश्वरको टिप्पणी

उजाडस्थानमा ३८ वर्ष बितेपछि विश्वास नगर्ने अन्तिम व्यक्तिको मृत्यु भयो। पुरानो पुस्तामध्येबाट केवल यहोशू, कालेब र मोशा मात्र जीवित थिए। बाँकी सबै कम उमेरका थिए किनभने पहिलो गणना गरिँदा उनीहरू २० वर्ष पुगेकै थिएनन्। कम उमेरका पुस्ता यिनै थिए। इस्राएलका सन्तानहरूले लाल समुद्रलाई पार गर्दा यिनीहरूमध्ये कतिचाहिँ युवा थिए। त्यसबेला अरुचाहिँ बच्चै थिए। अनि कति त जन्मेका पनि थिएनन्। व्यवस्थाको पुस्तकको सुरुमा हामी इस्राएलले लाल समुद्र पार गरेको करिब ४० वर्ष पछाडिको घटना पढ्दछौं। त्यतिखेर नयाँ पुस्ता हुर्केर बढिसकेको थियो र पुरानो पुस्ता मरेर गइसकेको थियो।

पुस्तकको नाम

यहाँ नयाँ पुस्तालाई दोस्रो पटक परमेश्वरको व्यवस्था दिइएकोले यस पुस्तकलाई “व्यवस्था” (अङ्ग्रेजीमा Deuteronomy को अर्थ दोस्रो व्यवस्था हुन्छ)। निकै वृद्ध भइसकेका मोशाले यस पुस्तालाई होशियारसित व्यवस्थालाई दोहोर्‍याएर सुनाउँछन् र त्यसको व्याख्या गर्छन्। यी मानिसहरू प्रतिज्ञाको देशभित्र पस्नेवाला थिए। पुरानो पुस्ता प्रतिज्ञाको देशभित्र पस्न पाएनन्।

आज पनि व्यवस्थाहरू (नियम-कानूनहरू) नयाँ पुस्तालाई बयान गरिदिन, दोहोर्‍याएर सिकाउन आवश्यक पर्छ। यो कुरा देशका नियम कानूनहरूको सवालमा पनि साँचो हुन्छ। देशको संविधानलाई हरेक पुस्ताले बुझ्नु खाँचो पर्छ। संविधान लेख्ने व्यक्तिहरूको पुस्ताका मानिसहरूले संविधानलाई सायद राम्रो गरी बुझ्न सक्लान्। परमेश्वरले सीनै पर्वतमा आफ्नो व्यवस्था दिनुहुँदा पनि त्यस्तै थियो। परमेश्वरले मोशालाई व्यवस्था दिनुहुँदा नयाँ पुस्ताचाहिँ उपस्थित थिएनन् (यदि उपस्थित थिए भने तिनीहरू कि युवा कि बच्चै थिए)। मोशाले तिनीहरूलाई परमेश्वरको व्यवस्था नयाँ र ताजा किसिमले सिकाइदिनु आवश्यक थियो। अनि मोशाले ठीक त्यसै गरे!

साथै, व्यवस्थाको पुस्तक मोशाले लेखेको अन्तिम पुस्तक हो। यस पुस्तकमा इस्राएलका सन्तानहरूसित मोशाले बोलेका उनका आखिरी वचनहरू पाउँछौं।मोशाको मृत्युको साथसाथै पुस्तकको पनि अन्त हुन्छ। त्यसैले हामी यस पुस्तकमा आफू मर्नुअघि मोशाले बोलेका उनका आखिरी वचनहरू पढ्दछौं।

सबैभन्दा ठूलो आज्ञा

मत्ती २२:२६-२८ मा येशूले पहिलो र सबभन्दा ठूलो आज्ञा के हो भनेर भन्नुभयो? यो आज्ञा व्यवस्थाको छैटौं अध्यायमा भेटिन्छ। कुनचाहिँ पदमा? _________

मानिसले परमेश्वरप्रति आफ्नो प्रेम कसरी प्रकट गर्दछ? निम्न पदहरू पढ्नुहोस्। यी सबै पदहरूले परमेश्वरलाई प्रेम गर्ने कुरा गर्दैछन्। परमेश्वरलाई प्रेम गर्ने कुरा उल्लेख गरेपछि हरेक पदले के भन्दछ?

व्यवस्था ५:१० __________________________________

व्यवस्था ७:९ ___________________________________

व्यवस्था ११:१ __________________________________

त्यसैले एक व्यक्तिले परमेश्वरलाई आफ्नो प्रेम कसरी देखाउँदछ? ________________________________________ ________________________। यूहन्ना १४:१५,२१,२३ मा के येशूले पनि यही कुरा बताउनुभयो? ______________। व्यवस्थाको पुस्तकमा एउटा मूल विषय यही हो: आज्ञापालन। हामीले परमेश्वरलाई हाम्रो प्रेम उहाँको आज्ञापालन गरेर र उहाँले भन्नुभएको कुरालाई मानेर नै देखाउँदछौं।

परमेश्वरको आज्ञा पालन गर्न सक्न अगाडी हामीले पहिला मुक्ति पाउनु खाँचो छ! एउटा मुक्ति नपाएको व्यक्तिले यो महसूस गर्नैपर्छ: “म परमेश्वरको आज्ञापालन गर्न असफल भएको छु!म परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न असफल भएको छु। मैले परमेश्वरका आज्ञाहरू उल्लङ्घन गरेको छु। म व्यवस्था भङ्ग गर्ने एउटा दोषी व्यक्ति हुँ!” तर मुक्ति नपाएको र दोषी व्यक्तिको निम्ति त्यहाँ एउटा खुशीको खबर छ! येशू ख्रीष्ट पापीहरू र व्यवस्था भङ्ग गर्नेहरूलाई बचाउनालाई संसारमा आउनुभयो (१ तिमोथी १:१५)। मुक्ति नपाएको व्यक्तिले पालन गर्नुपर्ने सबैभन्दा पहिलो आज्ञा के हो (१ यूहन्ना ३:२३ को पहिलो भागलाई हेर्नुहोस्)? ___________________________________________________। के तपाईंले त्यसो गर्नुभएको छ? जब मुक्ति नपाएको व्यक्तिले यो पहिलो आज्ञा पालन गर्दछ, तब नै उसले मुक्ति पाउँदछ! तब उसले परमेश्वरका अरु आज्ञाहरू पालन गर्न सिक्न थाल्दछ! के तपाईं आज्ञा पालन गर्न सिक्दै हुनुहुन्छ?

आशिष र श्राप

व्यवस्थाको पुस्तकको चाबी खण्ड व्यवस्था ११:२६-२८ मा भेटिन्छ। परमेश्वरका जनहरूले आशिष र श्राप, दुइटामा एउटा रोज्नैपर्छ (पद २६)। के गरे भने उनीहरूले आशिष पाउँछन् (पद २७)? _______________________। के गरे भने उनीहरूले श्राप पाउँछन् (पद २८)? __________________________। आज पनि परमेश्वरका जनहरूले दुइटामा एउटा रोज्नैपर्छ:

“आज्ञा मान, भरोसा गर
अरु उपाय छैन, ख्रीष्टमा खुशी हुन!”

परमेश्वरले भन्नुभएको कुरा मान्नु नै विश्वासीको प्राणको लागि सबैभन्दा उत्तम औषधी हो! परमेश्वरबाट तपाईं कुनचाहिँ चाहनुहुन्छ? उहाँको आशिष कि उहाँको श्राप?

येशू नै सिद्ध नमूना हुनुहुन्छ

येशूले सिद्धरूपमा परमेश्वरको आज्ञापालन गर्नुभयो!येशूले सिद्धरूपमा व्यवस्थाको पुस्तकमा भएका सबै आज्ञाहरू पालन गर्नुभयो। शैतानले उहाँलाई परीक्षा गर्दा, उहाँले तीन-तीन पटक व्यवस्थाको पुस्तकलाई उद्दृत गर्नुभयो (“यो लेखिएको छ”, “यो लेखिएको छ”, “यो लेखिएको छ” – हेर्नुहोस् मत्ती ४:४,७,१०)। मानिस रोटीले मात्र बाँच्दैन भनी बताउने व्यवस्था ८ अध्यायको पद भेट्टाउन सक्नुहुन्छ? पद ______। व्यवस्था ६ अध्यायको कुन पदमा हामीले परमप्रभुलाई परीक्षा गर्नुहुँदैन अथवा उहाँको जाँच गर्नुहुँदैन भनेर बताइएको छ? पद ______। मानिसले परमप्रभुको मात्र उपासना गर्नुपर्छ र भय मान्नुपर्छ भनेर बताउने व्यवस्था ६ अध्यायको पद कुन हो? पद _______

* * * * * * *

एक पुनरावलोकन: (१) उत्पत्ति – म नयाँ गरी जन्में! म एक नयाँ सृष्टि हुँ (२ कोरिन्थी ५:१७)! (२) प्रस्थान – परमेश्वरले मलाई पापको भयङ्कर दासत्वबाट छुटाउनुभयो (यूहन्ना ८:३२-३६)! (३) लेवी – ख्रीष्टको बलिदानको कारणले म पवित्र परमेश्वरको उपासना गर्न सक्दछु (१ पत्रुस ३:१८)। (४) गन्ती – मैले परमेश्वरका प्रतिज्ञाहरूलाई विश्वास गर्नुपर्दछ। विश्वास चाबी कुरा हो (हिब्रू ३ र ४)। (५) व्यवस्था – मैले परमेश्वरका आज्ञाहरू पालन गर्नुपर्दछ। आज्ञापालन चाबी कुरा हो (यूहन्ना १४:१५,२१,२३)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

उत्पत्ति र प्रस्थान

उत्पत्ति र प्रस्थान

 

उत्पत्ति – शुरुआतहरू सम्बन्धी पुस्तक

बाइबलकै सबभन्दा पहिलो पुस्तकको नाम के हो ? ____________। यस नामको अर्थ के हो? “उत्पन्‍न हुनु” भन्‍ने क्रियापदबाट उत्पत्ति भन्ने शब्द आउँछ जसको अर्थ “जन्मनु”, “जन्माउनु” भन्‍ने हुन्छ। तसर्थ यस शब्दले कुनै कुराको उद्‍भव वा अस्तित्वमा आउने काम वा कुनै कुराको शुरुआत जनाउँछ। (टिप्पणी: उत्पत्ति भन्‍ने शब्द हिब्रूको תלדות (टोल्डोथ) भन्‍ने शब्दसँग सम्बन्धित छ जसलाई नेपाली बाइबलमा विभिन्‍न प्रकारले अनुवाद गरिएको छ – “सृष्टिको वृत्तान्त” (उत्पत्ति २:४) “वंश विवरण” (उत्पत्ति ५:१), “वृत्तान्त” (उत्पत्ति १०:१; ११:१०; ११:२७: २५:१२ आदि)। सृष्टिका यावत् थोकहरू कसरी हुन आए? सम्पूर्ण कुराहरूको शुरुआत कसरी भयो? तमाम वस्तुहरूको थालनी कसरी भयो? सम्पूर्ण कुराहरू कसरी शुरु भए? उत्पत्तिको पुस्तकले यी प्रश्‍नहरूको जवाफ दिन्छ। उत्पत्तिको पुस्तक शुरुआतहरू सम्बन्धी पुस्तक हो।

चावी पद

उत्पत्तिको पुस्तक शुरुआतहरूको पुस्तक हो भनेर हामीले कसरी यादमा राख्‍न सक्छौं? हामीले केवल उत्पत्तिकै पहिलो पदलाई सम्झे पुग्छ – “_______मा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” “आदि” को अर्थ हो “थालनी, शुरु”। शुरुमै परमेश्‍वर हुनुहुन्थ्यो! बाइबलको शुरुमै हामी परमेश्‍वरलाई भेट्टाउँछौं!

परमेश्‍वर को हुनुहुन्छ?

बाइबलको शुरुमै परमेश्‍वर प्रस्तुत हुनुभएको पाउँछौं र बाइबलको पहिलो पुस्तकले हामीलाई परमेश्‍वर को हुनुहुन्छ भनेर बताउँछ!

उहाँ सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति १-२)!
उहाँ मुक्तिदाता परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति ३:१५,२१)!
उहाँ न्यायकर्ता परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति ६-८)!
उहाँ जाति-जातिका परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति ९-११)!
उहाँ इस्राएलका परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति १२-५०)!

उत्पत्तिमा उल्लेख भएका उहाँका नामहरूबाट पनि परमेश्‍वरको बारेमा सिक्दछौं। उहाँ ____________ परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति १४:१८)। उहाँभन्दा महान्, उहाँभन्दा उच्च कोही छैन! उहाँ __________________ परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति १७:१)। के परमप्रभुको निम्ति कुनै कुरा कठिन छ (उत्पत्ति १८:१४)? ______। उहाँ _____________ परमेश्‍वर हुनुहुन्छ (उत्पत्ति २१:३३) जसको न ता शुरु छ न अन्त। बाइबलकै सबभन्दा पहिलो पुस्तकमा परमेश्‍वरले आफ्नो परिचय दिनुभएको छ!

उत्पत्तिको पुस्तक लेख्‍ने को थिए?

उत्पत्तिको पुस्तक परमश्‍वरको वचन हो (हेर्नुहोस्, अध्याय १)। आफ्नो वचनको यो खण्ड लेख्नलाई परमेश्‍वरले कसलाई प्रयोग गर्नुभयो? बाइबलको पहिलो पाँचओटा पुस्तकहरू मोशाले लेखेका हुन्। यी पुस्तकहरूलाई समग्रमा “मोशाको पुस्तक” वा “व्यवस्था” भन्ने गरिन्छ। प्रभु येशूले यूहन्‍ना ५:२६ र लूका २४:२७, ४४ मा मोशाले ती पुस्तकहरू लेखेका थिए भन्दै तिनका विषयवस्तुको चर्चा गर्नुभयो।

शुरुआतहरूका पुस्तक

मान्छेले विवाह किन गर्नुपर्छ? मान्छे किन मर्छ? संसारमा आज किन थुप्रै भाषाहरू छन्? संसारका राष्ट्रहरू र जातिहरू कहाँबाट आए? उत्पत्तिको पुस्तकलाई ठीकसँग नबुझेसम्म कसैले पनि यी प्रश्‍नका जवाफ दिन सक्दैन। जोडा मिलाउनुहोस्:

Table 2-1

प्रथम र अन्तिम

कुनै पनि कथाको शुरु र अन्त हुन्छ। मानौं तपाईंले एउटा कथाको किताब भेट्टाउनुभयो जसको शुरुका दश पन्‍नाहरू हराएका रहेछन्। तपाईंलाई त्यो कथा बुझ्न कठिन हुनेछ किनकि त्यसको शुरुआत नै तपाईंलाई थाहा छैन! उत्पत्तिको पुस्तकबिना बाइबल एक अपूर्ण पुस्तक हुनेथ्यो। बाइबल शुरुआतबिना हुनेथ्यो। उत्पत्तिको पुस्तकले बाइबलका अन्य सबै पुस्तकको परिचय दिने काम गर्दछ र उत्पत्तिबिना अन्य पुस्तकहरू बुझ्न कठिन हुनेथ्यो।

बाइबल उत्पत्तिबाट शुरु हुन्छ र प्रकाशमा पुगेर अन्त हुन्छ। उत्पत्तिमा थालनी भएको कुरा प्रकाशमा पुरा हुन्छ। सब थोकको शुरुआत कसरी भयो, उत्पत्तिले बताउँछ; सब थोकको अन्त कसरी हुनेछ, प्रकाशले बताउँछ। उत्पत्तिचाहिँ जग हो जसमाथि बाँकी सबै पुस्तकहरू अडेका छन्; प्रकाशचाहिँ छाना हो जसले भवनलाई पूर्ण तुल्याउँछ। निम्न तालिकाले यस कुरालाई प्रस्ट पार्छ:

Table 2-2

महान् घटनाहरू

उत्पत्तिको पुस्तकले हाम्रो संसारमा घटेका धेरैओटा महान् र महत्त्वपूर्ण घटनाहरूको बारेमा बताउँछ। उत्पत्तिको पुस्तकका कुन कुन अध्यायहरूले निम्नलिखित घटनाहरूको बयान गर्छन् (उदाहरणस्वरूप पहिलोलाई यहाँ पूरा गरिएको छ):

Table 2-3

कुन चाहिँ पहिला आयो?

केवल उत्पत्तिको पुस्तकले मात्रै शुरुआत सम्बन्धी अप्ठ्यारा प्रश्‍नहरूको जवाफ दिन सक्छ। विज्ञानसँग यस्ता जवाफहरू छैनन्, तर परमेश्‍वरसँग छ। बाइबलकै पहिलो अध्यायमा जाऔं अनि हाम्रा विभिन्‍न प्रश्‍नहरूको जवाफ त्यहाँ के पाउँछौं, हेरौं:

उत्पत्ति अध्याय १ मा परमेश्‍वरले भन्‍नुभए अनुसार…

कुनचाहिँ पहिला आयो, घाम कि पृथ्वी? ____________
कुनचाहिँ पहिला आयो, घाम कि जून? ______________
कुनचाहिँ पहिला आयो, बनस्पति कि पशु? ___________
कुनचाहिँ पहिला आयो, जल-प्राणी कि स्थल-प्राणी? _____________________
कुनचाहिँ पहिला आयो, घस्रिने जन्तुहरू कि पक्षीहरू? _____________________
कुनचाहिँ पहिला आयो, घाम कि बनस्पति? ______________
कुनचाहिँ पहिला आयो, चल्ला कि अण्डा? ______________।(परमेश्‍वरले चल्लाको सृष्टि गर्नुभएको थियो कि अण्डाको?)

बाइबलको बीजारोपणको थलो

उत्पत्तिको पुस्तक बाइबलको बीजारोपणको थलो हो। उत्पत्तिको पुस्तकमा बीजहरू रोपिन्छन् अनि अन्य पुस्तकहरूमा ती बीजहरू ठूला बिरूवा र रूखहरूको रूपमा बढेर गएका देखिन्छन्। अन्य पुस्तकहरूमा हामी यी बिरूवा र रूखहरूका विषयमा सिक्न सक्छौं (जस्तै; पाप, शैतान, इस्राएल, मुक्तिदाता सम्बन्धी प्रतिज्ञा), तर ती बिरुवा र रूखहरूका बिजन भने उत्पत्तिकै पुस्तकमा भेटिन्छन् भन्ने कुरा हामीले नबिर्सौं। अन्य पुस्तकहरूमा हामी तिनीहरूलाई बढ्दै गएको देख्छौं तर उत्पत्तिमा भने तिनीहरूको बीजारोपण भएको देख्छौं।

विश्‍वभरिका वंशहरू

उत्पत्तिको पुस्तकले हामीलाई विश्वभरिका वंशहरूको बारेमा बताउँछ। पहिला हामी आदमको वंशको बारेमा र तिनीहरू कसरी दुष्ट बने भनेर सिक्दछौं। नूहका तीन छोराहरू थिए; यी तीन छोराहरूबाट विश्‍वभरिका सम्पूर्ण वंशहरू आए (उत्पत्ति ९:१९; १०:३२)। उत्पत्ति १२ अध्याय र त्यसपछाडिका खण्डहरूमा हामी अब्राहामको वंशको बारेमा सिक्दछौं। महान् राष्ट्र इस्राएल अब्राहामबाटै आयो (उत्पत्ति १२:२)।

मुक्तिदाताको प्रतिज्ञा

मुक्तिदाता सम्बन्धी पहिलो प्रतिज्ञा उत्पत्ति ३:१५ मा पाइन्छ। उक्त पदले मुक्तिदाता (मसीह) स्त्री (हव्वा) को बीजबाट आउनुहुनेछ र सर्प (शैतान) लाई पराजित गर्नुहुनेछ भन्‍ने कुरा बताउँछ। हामी उत्पत्तिको पुस्तकमा मुक्तिदाताको वंशावली अर्थात ख्रीष्ट (मसीह) को पूर्ख्यौलीलाई देख्न थाल्छौं। हामी लूका ३:३३-३८ मा ख्रीष्टका पूर्खाहरू हव्वा, सेथ, नूह, शेम, तेरह, अब्राहाम, इसाहक, याकूब र यहूदा थिए भन्‍ने देख्दछौं। हामी यी व्यक्तिहरूका विषयमा उत्पत्तिको पुस्तकमा पढ्दछौं।

एक समयानुकूल पुस्तक

म कहाँबाट आएँ? के म बाँदरबाट विकसित हुँदै आएको हुँ? कि म एक सर्वशक्तिमान् परमेश्‍वरद्वारा सृष्टि गरिएको हुँ? उत्पत्तिको पुस्तकले यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ दिन्छ। आफू कहाँबाट आएँ भनी नजान्‍ने व्यक्तिहरू आफू किन यहाँ छु र कहाँ जाँदैछु भन्‍ने कुरा पनि सामान्यतया जानेका हुँदैनन्! उनीहरूलाई जीवनको कुनै अर्थ भएको लाग्दैन। उत्पत्तिको पुस्तकले हामीलाई हाम्रो वरिपरिको संसारको वास्तविक अर्थ जान्‍न मद्दत गर्दछ। उत्पत्तिको पुस्तकलाई बेवास्ता गर्नेहरू आफूहरू बसेको संसार र आफ्नो शुरुआतको सम्बन्धमा अनभिज्ञ हुन्छन्।

तपाईं आफू बसेको संसारको विषयमा विचार गर्ने क्रममा निम्नलिखित कुराहरूको विषयमा विचार गर्नुहोस् अनि यी कुराहरूको बारेमा बुझ्न उत्पत्तिको पुस्तकले तपाईंलाई कसरी मद्दत गर्दछ भनेर बताउनुहोस् –

Table 2-4

मेरो शुरुआत

उत्पत्ति शुरुआतहरूको पुस्तक हो। मेरो शुरुआत कहिले भयो नि? आफ्नो भौतिक जीवनको विचार गर्ने क्रममा म यो महसुस गर्दछु – परमेश्‍वरले मलाई सृष्टि गर्नुभएकै हो! म कुनै सञ्जोगको परिणाम होइन! परमेश्‍वरले आदम र हव्वालाई धेरै अगाडि सृष्टि गर्नुभयो र त्यसबेला नै मलाई परमेश्‍वरले आफ्नो मनसायमा राखिराख्‍नुभएको थियो। भविष्यमा मेरो जन्म हुनेछ भनी परमेश्‍वर अघिबाटै जान्‍नुहुन्थ्यो। यो सब परमेश्‍वरको सिद्ध योजनामा भएको हो!

बुद्धिमा सर्वसम्पन्‍न, सर्वशक्तिमान् परमेश्‍वरद्वारा म सृजिएको हुँ; मेरो जन्म ______ वर्ष अगाडि भयो। मेरो आत्मिक जीवनको शुरुआत कहिले भयो नि? के म नयाँ गरी जन्मेको छु (युहन्‍ना ३:१-७)? __________।के म ख्रीष्टमा एक नयाँ सृष्टि बनेको छु (२ कोरिन्थी ५:१७)? _____________। के मैले अनुग्रहद्वारा मुक्ति पाएको छु (एफेसी २:८-९)? _____________।के म ख्रीष्ट येशूमा सृजना गरिएको छु (एफेसी २:१०)? ____________। एक व्यक्तिले आफूले ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रुपमा ग्रहण गरेको दिनलाई फर्केर हेर्न सक्दछ र भन्‍न सक्दछ, “यो नै मेरो आत्मिक जीवनको शुरुआत थियो! परमेश्‍वरले मलाई ख्रीष्टमा एक नयाँ सृष्टि बनाउनुभयो! आकाश र पृथ्वी सृष्टि गर्नुहुने परमेश्‍वरले नै मेरो प्राणलाई बचाउनुभएको छ! परमेश्‍वरले गरिदिनुभएको कामको कारण वर्तमानमा नै मसँग अनन्त जीवन छ!”

प्रस्थान – परमेश्‍वरद्वारा निर्गमित जाति

मोशाको दोस्रो पुस्तक

प्रस्थानको शाब्दिक अर्थ हो, एक ठाउँबाट अर्को ठाउँमा जाने काम, बाहिर जाने काम अर्थात् निर्गमन। प्रस्थान भन्ने शब्दलाई विचार गर्दा हामीले त्यो समयलाई सम्झनुपर्छ जब परमेश्‍वरले आफ्नो जाति इस्राएललाई दासत्वबाट बाहिर निकाल्नुभएको थियो। “‍एक्सोडोस्” (εξοδος) भन्ने ग्रीक शब्द हिब्रू ११:२२ मा पाइन्छ – “विश्‍वासैद्वारा यूसुफले मर्न लाग्दा इस्राएलका सन्तानहरूको __________ _______ विषयमा चर्चा गरे” (टिप्पणी: “निस्केर जाने”‍ = ग्रीकमा “एक्सोडोस्”)। यूसुफको पालामा इस्राएलका सन्तानहरू मिश्रदेशमा थिए तर एक दिन परमेश्‍वरले उनीहरूलाई बाहिर निकाल्नुहुनेछ अनि उनीहरू त्यो दास्तवको देशबाट प्रस्थान गर्नेछन् भनेर यूसुफलाई थाहा थियो! यो नै प्रस्थानको पुस्तकको मुख्य विषयवस्तु हो – “इस्राएलीहरू मिश्रबाट ____________ (प्रस्थान) तीन महीना भएपछि…” (प्रस्थान १९:१)। परमेश्‍वरले आफ्नो जातिलाई दासत्वदेखि मुक्त गर्नुभयो र मिश्रबाट निकाल्नुभयो। यो मोशाको समयमा पूरा भयो जसको विवरण हामी प्रस्थानको पुस्तकमा पढ्दछौं।

प्रस्थानको पुस्तकको विषयवस्तु के हो?

प्रस्थानको पुस्तकमा हामी पाँचओटा महान् घटनाहरूको बारेमा सिक्दछौं। हामी यी घटनाहरूलाई सारांशमा हेरौं –

१) राष्ट्रको वृद्धि

यूसुफको पालामा इस्राएलीहरू मिश्रदेशमा पहिलो पटक आइपुग्दा उनीहरू जम्माजम्मी कतिजना थिए (प्रस्थान १:५)? ______। उनीहरू विशाल जाति थिएनन्! तर परमेश्‍वरले धेरै अघिबाट यस जातिको वृद्धि गराउनुहुने र उनीहरूको सङ्ख्या समुद्री किनारका बालुवा र आकाशका तारा सरह बनाउनुहुने प्रतिज्ञा अब्राहामसित गर्नुभएको थियो (उत्पत्ति २२:१७)। के परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो (प्रस्थान १:७)?___________। इस्राएलका सन्तानहरू यति धेरै भए कि मिश्रीहरू डराए (हेर्नुहोस् प्रस्थान १:९-१०)। मिश्रका राजाले उनीहरूलाई बढ्न नदिन भ्याएसम्म प्रयास गरे तर के उनको प्रयास सफल भयो (प्रस्थान १:१२, १६-१७)? _______

२) परमेश्‍वरले विपत्तिहरू पठाउनुभयो

अन्तमा मोशाको पालामा इस्राएलका सन्तानहरू मिश्रदेशलाई छोडेर जाने बेला आयो तर राजा फारोले उनीहरूलाई जान दिन मानेनन्। यसकारण परमेश्‍वरले मिश्रदेशलाई एकपछि अर्को विपत्तिले प्रहार गर्नुभयो (भ्यागुताहरू, पानी रगत बनेको, भुसुनाहरू, पिलोहरू, असिना आदि)। हामी यी विपत्तिहरूका बारेमा प्रस्थान ७-१२ मा पढ्न सक्छौं।

३) इस्राएल दासत्वबाट छुटाइयो

परमेश्‍वरले पठाउनुभएको अन्तिम विपत्ति सबभन्दा डरलाग्दो थियो। मिश्रीहरूको हरेक परिवारमा जेठा छोराको मृत्यु भयो। यो भएपछि फारोले इस्राएलका सन्तानहरूलाई जान दिने निर्णय गरे। तर पछि फारोको मन बदलियो र उनले सेना परिचालन गरेर इस्राएलीहरूलाई खेद्‍न थाले तर परमेश्‍वरले आफ्नो जातिलाई लाल समुद्र पार गराउनुभयो अनि मिश्रीहरूलाई लाल समुद्रमा डुबाइदिनुभयो। यो अच्चम्मको छुटकाराको वर्णन प्रस्थान १२-१५ मा पढ्न सकिन्छ।

४) व्यवस्था दिइयो

लाल समुद्र पार गरेर इस्राएलका सन्तानहरू एक उजाड भूमिमा आइपुगे। यहीँ नै, सीनै पर्वतबाट, परमेश्‍वरले इस्राएलका सन्तानहरूलाई आफ्नो व्यवस्था र आज्ञाहरू दिनुभयो। व्यवस्था दिइएको घटना प्रस्थान १९-२३ मा पढ्न सकिन्छ।

५) भेट हुने पालको निर्माण

प्रस्थानको पुस्तकको अन्तिम खण्ड (अध्याय २५ देखि अन्तसम्म) भेट हुने पालको निर्माण सम्बन्धी बयान हो। परमेश्‍वर आफ्ना मानिसहरूको बीचमा बस्न चाहनुहुन्थ्यो जसअनुसार उहाँले मोशालाई भेट हुने पालको निर्माण गर्ने आज्ञा दिनुभयो। भेट हुने पाल एउटा ठूलो तम्बु थियो; प्रस्थानको पुस्तकमा हामी यस तम्बु र यसभित्र भएका सबै सामग्रीहरूको बारेमा सिक्दछौं। आज हाम्रो हातमा भएको बाइबल त्यसबेलाको इस्राएलका सन्तानहरूसँग थिएन। तर उनीहरूसँग त्यो भेट हुने पाल थियो अनि यस विशेष तम्बु मार्फत उनीहरूले प्रभु येशू ख्रीष्ट र उहाँले उनीहरूको निम्ति गरिदिनुहुने कामको बारेमा निश्‍चित कुराहरू जान्‍न सक्थे। उनीहरूले बाइबल पढ्न पाएनन् तर उनीहरूले त्यो भेट हुने पाललाई हेर्न सक्थे र परमेश्‍वरको बारेमा जान्‍न र उहाँकहाँ कसरी आउन सकिन्छ भन्‍ने बारेमा धेरै सत्यताहरू सिक्न सक्थे।

चावी अध्याय

प्रस्थानको पुस्तकको चावी अध्याय हो अध्याय २०। यही अध्यायमा हामी दश आज्ञा भेट्टाउँछौं। तपाईं दशै ओटा आज्ञाहरू भेट्टाउन सक्नुहुन्छ?

यही अध्यायमा हामी प्रस्थानको पुस्तकको चाबी पद पनि भेट्टाउँछौं। प्रस्थान २०:२ लाई पढ्नुहोस् – “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् ___________को देश __________ _______________ ____________।”

प्रस्थानको पुस्तकको चाबी (मूल) विचार हो – छुटकारा अर्थात् उद्धार। परमेश्‍वरले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट छुटाउनुभयो, दासत्वबाट छुटाउनुभयो। परमेश्‍वरले धेरै अघि अब्राहामलाई भन्‍नुभएको थियो, इस्राएलका सन्तानहरू कुनै एउटा देशमा _______ _______ वर्षसम्म कमारा-कमारी हुनेछन् (हेर्नुहोस् उत्पत्ति १५:१३)। तर ती वर्षहरू बितेपछि तिनीहरू __________ आउनेछन् (उत्पत्ति १५:१४)। परमेश्वरले उनीहरूलाई छुटकारा दिनुहुनेछ र उक्त दासत्वबाट उद्धार गर्नुहुनेछ भन्ने प्रतिज्ञा गरिएको थियो!

के परमेश्वरले तपाईंलाई छुटकारा दिनुभएको छ?

के परमेश्‍वरले तपाईंलाई कुनै न कुनै अर्थमा छुटाउनुभएको छ? के परमेश्‍वरले तपाईंलाई कुनै अर्थमा निकालेर ल्याउनुभएको छ? के तपाईं दासत्वमा पर्नुभएको छ (युहन्‍ना ८:३४)? यदि तपाईंले उद्धार पाउनुभएको छ भने, तपाईंलाई पमेश्‍वरले केदेखि उद्धार गर्नुभयो अर्थात् केदेखि छुटकारा दिनुभयो? परमेश्‍वरले तपाईंलाई केबाट बाहिर निकालेर ल्याउनुभएको छ?

प्रेरित २६:१८ ________________________________
यूहन्‍ना ५:२४ ________________________________
कलस्सी १:१३ ________________________________
भजनसङ्ग्रह ४०:२ _____________________________
१ पत्रुस २:९ ________________________________

के महान् उद्धारकले तपाईंको उद्धार गर्नुभएको छ वा तपाईंलाई छुटाउनुभएको छ? के महान् मुक्तिदाताले तपाईंलाई मुक्त गर्नुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १६:२५-२७

रोमी १६:२५-२७ (अन्तिम आशीर्वाद)

यी पदहरू र रोमी १ अध्यायका सुरुका पदहरूमा धेरै समानताहरू छन्। निम्न कुराहरूलाई विचार गर्नुहोस्:

रोमी १६

रोमी १

“मेरा सुसमाचार” –२५ पद

“परमेश्वरका सुसमाचार” –१ पद

“सुसमाचारसँग लजाउँदिनँ” –१६पद

“येशू ख्रीष्टको प्रचार” –२५ पद

“आफ्‍ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा” –३ पद

“ख्रीष्टको सुसमाचार” –१६ पद

“तिमीहरूलाई स्थिर पार्नालाई” –२५ पद

“तिमीहरूलाई स्थिर पार्नाका निम्ति”—११ पद

“सबै जातिहरूलाई बताइएको छ” –२६ पद

“सबै जातिहरूका बीचमा”—५ पद

“विश्वासप्रति आज्ञाकरी बनाउनालाई” –२६ पद

“विश्वासप्रति आज्ञापालन”—५ पद

त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो, तर अहिले प्रकट भएको छ, र अनन्तका परमेश्वरको आज्ञाअनुसार भविष्यवक्ताहरूका पवित्र शास्त्रहरूद्वारा –२५-२६ पद

पहिल्यै पवित्र शास्त्रहरूमा आफ्‍ना भविष्यवक्ताहरूद्वारा—२ पद

अन्तिम (गाढा कालो अक्षर) मा लेखिएकोचाहिँ वास्तवमा दाँज्दा देखिएको भिन्नता हो। १ अध्यायमा पावलले परमेश्वरको सुसमाचारको बारेमा बताउँछन् जसको प्रतिज्ञा पहिल्यै पुरानो नियमका अगमवक्ताहरूले गरेका थिए, तर १६ अध्यायमा पावलले सुसमाचारको बारेमा कुरा गर्दा गुप्तमा राखिएको रहस्यको उल्लेख गर्दछन् जुनचाहिँ अहिले नयाँ नियमका अगमवक्ताहरूद्वारा प्रकट गरियो। एक अर्थमा सुसमाचार दुवै पुरानो र नयाँ छन्। सुसमाचारको एउटा पक्ष छ जुन पुरानो हो र जुनचाहिँ पुरानो नियम शास्त्रहरूका पान्नाहरूमा प्रकट गरिएका थिए। सुसमाचारको अर्को पक्ष पनि छ जुन नयाँ हो जुनचाहिँ पुरानो नियमका समयहरूमा गुप्त राखिएको थियो, तर यस वर्तमान युगमा पावल र अन्य नयाँ नियमका अगमवक्ताहरू र प्रेरितहरूद्वारा प्रकट गरिएको छ।

पुरानो सुसमाचार

सुसमाचारको सन्देश ख्रीष्टको व्यक्तित्व र कार्यमा केन्द्रित छ, अझ विशेष गरी उहाँको प्रतिस्थापनकारी मृत्यु र मरेकाहरूबाटको उहाँको स-शरीर बौरिउठाइमा। पावलले १ कोरिन्थी १५:१-४ मा सुसमाचारलाई सबभन्दा स्पष्ट रूपमा परिभाषित गर्छन् जहाँ उनले यसो भनेका छन्, “पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो…अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो”। क्रूस र रित्तो चिहानको प्रचार हाम्रा आफ्‍नै विचार र धारणाको आधारमा गरिनुहुन्न, तर शास्त्रहरूमा, अर्थात पुरानो नियमहरूमा यी अति महान् घटनाहरूको बारेमा प्रकट भएको कुराहरूसित एकदम ठीकसँग मेल खाने गरी गरिनुपर्छ। जस्तै, ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको सबभन्दा विस्तृत विवरण र सुस्पष्ट व्याख्या यशैया ५३ मा प्रस्तुत गरिएको छ। उक्त खण्ड ख्रीष्ट क्रूसमा मारिनुभन्दा करिब ७०० वर्ष अगाडि लेखिएको थियो। ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको शिक्षा यशैया ५३ मा जत्तिकै पूर्ण रूपमा सिकाइएको नयाँ नियममा समेत भेट्टाउन कठीन छ (नयाँ नियमका लेखकहरूले तपाईंले यशैया अगमवक्ताले भनेका कुराहरूलाई राम्ररी बुझिसक्नुभएको छ भनी मानिलिन्छन्!)। ख्रीष्टको मृत्यु र बौरिउठाइका महान् सत्यताहरू पुरानो नियममा प्रकट गरिएका थिए भन्ने कुराको प्रमाण पुनरुत्थित प्रभुकै शब्दहरूमा पाउन सकिन्छ, लूका २४:४४-४६ मा।

फिलिपले नपुंसकलाई सुसमाचार प्रचार गर्दा, यशैया ५३ बाट नै सुरु गरे (प्रेरित ८:२८-३५)। प्रेरित २:२४-३२ मा पत्रुसले ख्रीष्टको बौरिउठाइको प्रचार गरे र तिनले आफ्‍नो सन्देशको आधारको रूपमा भजनसङ्ग्रह १६ लाई प्रयोग गरे। प्रेरित ३:१८ मा पत्रुसले सुसमाचार प्रचार गरे र ख्रीष्टका दु:खहरूको बारेमा परमेश्वरका सबै अगमवक्ताहरूका मुखले पहिल्यै बताइसकेको थियो भनी घोषणा गरे। प्रेरित ४:१०-११ मा पत्रुसले ख्रीष्टको मृत्यु र बौरिउठाइलाई भजनसङ्ग्रह ११८ मा आधारित गर्दै प्रचार गरे। प्रेरित १०:४३ मा पत्रुसले सबै अगमवक्ताहरूले येशू ख्रीष्ट र उहाँमा पाइने पापहरूको क्षमाको विषयमा गवाही दिन्छन् भनी दाबी गरे। प्रेरित १३:३३-३७ मा पावलले सभाघरमा सुसमाचार प्रचार गरे र ख्रीष्टको बौरिउठाइ भजनसङ्ग्रह २ र भजनसङ्ग्रह १६ को पूरा हुवाइ हो भनी यहूदीहरूलाई प्रचार गरे। 

रोमीको पुस्तकमा पावलको मुख्य विषय वस्तु विश्वासद्वाराको धर्मीकरण हो र पावलले यसको उदाहरणस्वरूप अब्राहामलाई अघि सार्छन्, उत्पत्ति १५:६ लाई उद्दरण गर्दै (रोमी ४:१-८)। परमेश्वरको धार्मिकताको प्रकाश सम्बन्धी व्यवस्था र भविष्यवक्ताहरूले पहिल्यै गवाही दिसकेका थिए (रोमी ३:२१)। रोमी १० मा पावलले परमेश्वरको अनुग्रहको सुसमाचारको बारेमा चर्चा गर्छन् र आफ्‍ना बुँदाहरू स्थापित गर्न तिनले केही पुरानो नियमका खण्डहरूको उद्दरण गर्दछन् (६,७,८,११,१३,१५,१६,१८ पदहरू हेर्नुहोस्)। रोमी १५ मा पावलले केही पुराना नियमका खण्डहरूको उद्दरण गर्दछन् जुन खण्डहरू सुसमाचार अन्यजातिहरूकहाँ पुग्‍ने कुरासँग सम्बन्धित छन् (९-१२,२१ पदहरू)।

गलातीमा पावलले विश्वासद्वारा धर्मी ठहरिने कुराको नमुनाको रूपमा फेरि अब्राहामलाई प्रयोग गर्दछन् (३:६) र साथै अन्यजातिहरू विश्वासद्वारा धर्मी ठहरिनेछन् र आशिषित हुनेछन् भन्ने कुरा परमेश्वरले पहिल्यै जान्नुभएर उत्पत्ति १२:३ को प्रतिज्ञा दिनुभएको थियो भनी बताउँछन् (गलाती ३:८)। त्यही सन्दर्भमा परमेश्वरले “पहिले नै अब्राहामलाई … सुसमाचार सुनाउनुभयो” भनी पावलले बताउँछन् (गलाती ३:८)। पावलले विश्वासद्वाराको धार्मिकताको आफ्‍नो शिक्षालाई समर्थन गर्न हबक्कूक २:४ प्रयोग गर्दछन् (३:११)।

पावलले प्रचार गरेको सुसमाचार “पवित्र-शास्त्रहरूमुताबिक” थियो (१ कोरिन्थी १५:३-४)! क्रूस, रित्तो चिहान र विश्वासद्वारा पाइने धार्मिकता — पावलका यी आधारभूत विषयवस्तुहरू पुरानो नियममा पाइने विषयवस्तुहरू थिए। यसमा कुनै रहस्य थिएन। 

नयाँ सुसमाचार

आज सुसमाचारको एउटा “रहस्य” पक्ष छ जुनचाहिँ अन्य युगहरूमा अज्ञात रहेको थियो तर त्यो रहस्य यस युगमा सुसमाचार प्रचारको मुटु भएको छ:

जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ; अर्थात् सुसमाचारद्वारा ख्रीष्टमा अन्यजातिहरू साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा-भागीदारहरू हुनुपर्छ;… अन्यजातिहरूका बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गरूँ भनेर (एफेसी ३:५-८)।

त्यसैकारण, यस युगमा, सुसमाचारको विषयवस्तुमा एउटा विशिष्ट तत्त्व छ जसलाई “सुसमाचारको रहस्य” भनिएको छ (एफेसी ६:१९ हेर्नुहोस् र कलस्सी १:२६-२७; ४:३ सँग तुलना गर्नुहोस्)। यो नयाँ रहस्य यही हो, अन्यजातिहरू शरीरको सह-हकवालाहरू र सह-सदस्यहरू हुन् र प्रतिज्ञाका सह-भागीहरू हुन् (एफेसी ३:६)। यहूदी र अन्यजाति एउटै शरीरमा एक बनाइने जस्तो समानता पहिले अज्ञात थियो। मण्डलीको सुस्पष्ट सन्देश यही थियो, अर्थात् यहूदी र अन्यजातिले सुसमाचार विश्वास गर्न सक्छन् र एउटै शरीरमा एक हुन सक्छन् (१ कोरिन्थी १२:१३); र यसको उद्देश्य हो यस अद्वित्तीय र जिउँदो संरचनाको सावर्भौम शिर अर्थात् ख्रीष्टलाई प्रकट गर्नु र उहाँको साक्षी हुनु।

प्रबन्धवादी लेखकहरूले यस मण्डली युगमा सुसमाचार प्रचारको विशिष्ट तत्त्वलाई धेरै समयदेखि पहिचान गर्दै आएका छन्:

अन्यजातिहरू पनि इस्राएलीहरूसँगै ठीक एउटै तहमा हुने भन्ने कुरा, र साथसाथै, घनिष्ट सम्बन्धमा एउटै शरीरका सदस्यहरू हुने भन्ने कुरा, पुरानो नियमको लागि एकदम पराइ कुरा थियो। यशैया ६१:५,६ मा अन्यजातिहरूलाई दासका रूपमा र इस्राएललाईचाहिँ परमेश्वरका पूजाहारीहरूको रूपमा दर्शाइएको छ। यद्यपि अन्यजातिहरूहरूलाई भविष्यको हजार वर्षीय राज्यमा आशिषहरूको प्रतिज्ञा गरिएको कुरा सत्य हो, तर पुरानो नियममा उनीहरूलाई कहिल्यै पनि यहूदीहरूको समानतामा राखिएको पाइँदैन। (Walvoord, The Church in Prophecy, pp. 46-47)।

पुरानो नियमले हजार वर्षीय राज्यको कालखण्डमा अन्यजातिहरूलाई दिइने आशिषको बारेमा भविष्यवाणी गरेको त छ (यशैया ६१:५-६; २:१-४), तर ती आशिषहरूमध्येमा अन्यजातिहरू पनि यहूदीहरूकै बराबरीमा राखिनेछन् भन्ने कुरा चाहिँ छैन, जब कि आज ख्रीष्टको शरीरमा भने त्यस्तो छ। पुरानो नियमका अगमवाणीहरूमा अन्यजातिहरूलाई ठूलो आशिषको प्रतिज्ञा गरिएको छ, तर यहूदीहरूको समान दर्जाको आधारमा चाहिँ होइन। यो समानता नै नयाँ नियमका समयहरूमा प्रेरितहरू र भविष्यवक्ताहरूलाई प्रकट गरिएको रहस्य थियो। (Ryrie, Dispensationalism Today p. 134)

रहस्य सम्बन्धी सत्यता रोमीमा उल्लेख विस्तार गरिएको छैन, जसरी एफेसी र कलस्सीमा छ, तर रोमीको पत्रले यसको केही मात्रामा चर्चा भने गर्दछ। ख्रीष्टको शरीरमा हुनुको विशेषताको चर्चा रोमी १२ मा गरिएको छ र “ख्रीष्टमा” भएको हैसियतले दुवै यहूदी र अन्यजातिहरूले ख्रीष्टसँगको अनुपम एकतासम्मिलिकरणमा आनन्द मनाउन सक्ने कुरालाई रोमी ६ मा सुन्दर ढङ्गले चर्चा गरिएको छ। “ख्रीष्ट तिमीहरूभित्र” को महिमित र बहूमूल्य रहस्य रोमी ८:९-१० मा चर्चा गरिएको छ। ख्रीष्टसँग विश्वासीको एकतालाई वैवाहिक सम्बन्धसित (एफेसी ५:२९-३२) तुलना गरिएको कुरालाई रोमी ७:१-४ मा प्रस्तुत गरिएको छ। यहूदीहरू र अन्यजातिहरूले ख्रीष्टमा बराबरी साझेदार बन्न गएका धेरै धनहरूलाई रोमी ८ मा प्रस्तुत गरिएको छ। इस्राएलको अर्ध र अस्थाइ अन्धोपनालाई रोमी ११:२५ मा प्रस्तुत गरिएको छ। साँच्चै, रोमीको पुस्तकले अरू कुनै पनि पुस्तकले भन्दा बढी हामीलाई आज परमेश्वरले अन्यजातिहरूको माझमा के गर्दैहुनुहुन्छ र भविष्यमा उहाँले के गर्नुहुनेछ भन्ने प्रकाशमा (रोमी ९-११) इस्राएलको निम्ति परमेश्वरको उद्देश्य बुझ्न मद्दत गर्दछ। त्यसैले रोमीको पुस्तकले रहस्यमा रहेको सत्यतालाई बुझ्न हामीलाई उल्लेखनीय तरिकाले योगदान दिँदछ। परमेश्वरले हामीलाई यी कुराहरूको असल र विश्वासयोग्य भण्डारीहरू हुन सहायता गर्नुभएको होस् (१ कोरिन्थी ४:१-२)!

अब हामी अन्तिम तीन पदहरूका चाबी शब्दहरू र शब्दावलीहरूको अध्ययन गर्नेछौं।  

रोमी १६:२५

कसैलाई “स्थिर पार्नु” को माने निजलाई स्थापित र अचल बनाउनु, लोट्नबाट जोगाउनु” भन्ने हुन्छ। हाम्रो विश्वास परमेश्वरका वास्तविकताहरूमाथि बसालिएका होस् भन्ने हेतुले विश्वासीहरूलाई सत्यतामा स्थापित गराउन परमेश्वरसित सारा अधिकार र शक्ति छ। रोमीको पुस्तकमा प्रस्तुत गरिएका सत्यताहरूमा राम्ररी जग नबसालिएका विश्वासीहरू जोखिमपूर्ण धरातलमा उभिरहेका छन् र धेरै सन्तापकारी भ्रमहरूका शिकार बन्न सक्छन्। तर पावलको यस उत्कृष्ट शिक्षागत कृतिलाई राम्ररी सिकेका विश्वासीहरूले आफैंलाई यी महान् आधारभूत सत्यताहरूमा सुदृढ पारेका छन् र आफैंलाई स्थापित गरेको त्यस ठोस चट्टानको जगबाट उनीहरूलाई हल्लाउन र हटाउन गाह्रै पर्छ।

रहस्य सम्बन्धी सत्यताको विषयलाई राम्ररी नबुझीकन विश्वासीहरू सत्यतामा पूर्ण रूपमा स्थापित हुन सक्दैनन्। यस अन्तिम खण्डको विषय यही हो। तर प्रेरित पावलको हृदयको यति नजिक र प्रिय रहेका पवित्र रहस्यहरूको सम्बन्धमा धेरैजसो विश्वासीहरू अज्ञान रहेको र त्यसलाई बेवास्ता गरेको कुरा दु:खलाग्दो छ। विगतका सबै युगहरूमा परमेश्वरको प्रेमिलो हृदयभित्र थुनिएर, लुकेर बसेको सत्यताको एउटा सँगालो छ, तर त्योचाहिँ यस वर्तमान युगमा आफ्‍ना जनहरूलाई जनाउने इच्छा परमेश्वरले गर्नुहुन्छ। तरैपनि हाम्रो दिनमा रहस्य सम्बन्धी सत्यताहरू प्रतिको बेवास्ता भयङ्कर छ। वचनका सेवकहरूको नियुक्ति परिषदहरू (ordination councils) मा प्रश्न सोध्ने गरिन्छ: “परमेश्वरका रहस्यहरूको भण्डारी हुनु भनेको के हो (१ कोरिन्थी ४:१-२) र यो तपाईंको सेवकाइको निम्ति कतिको महत्त्वपूर्ण छ?” कसै-कसैलाई यसको बारेमा केही पनि थाह नभएको पाइन्छ। हामीलाई थाह गराउन परमेश्वर खुशी हुनुभएका यी रहस्यको धनहरू र महिमाहरू बुझ्ने सवालमा हामी कति अनभिज्ञ छौं (कलस्सी १:२७)! पावलको ठूलो बोझ यही थियो, “अन्यजातिहरूका बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गरूँ भनेर, र सबै मानिसहरूलाई, जुन परमेश्वरले येशू ख्रीष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो, उहाँमा युग-युगदेखि लुकेर बसेको रहस्यको सङ्गति के रहेछ, सो कुरा देख्ने बनाउनालाई” (एफेसी ३:८-९)। हाम्रो हृदयको निम्ति पनि यो नजिक र प्रिय हुन सकोस्। 

“मेरा सुसमाचार अनुसार”—“मेरा सुसमाचार” भनिने शब्दावली बाइबलका अरू दुई ठाउँमा मात्र पाइन्छ: १) रोमी २:१६—“त्यो दिन, जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ”; २) २ तिमोथी २:८—“मेरो सुसमाचार अनुसार दाऊदका वंशका येशू ख्रीष्टलाई मरेकाहरूबाट बौराइनुभयो भनी सम्झना गर।” पावलले यी पदहरूमा “मेरो सुसमाचार” भनी भन्दा तिनले रोमी १६:२५ मा जस्तै “रहस्यको सत्यता” लाई नै जनाइरहेको हुनुपर्छ भन्ने छैन। मसीह दाऊदको वंशबाट आउनुहुनेछ र उहाँ मरेकाहरूबाट बौराइनुहुनेछ भन्ने सत्यताहरू पुरानो नियममा नै प्रकट गरिएका थिए अर्थात् तीचाहिँ रहस्यहरू थिएनन्। 

“मेरा सुसमाचार” भन्नुमा पावलको तात्पर्य के हो? कुन अर्थमा सुसमाचार पावलको थियो? याद गर्नुहोस्, रोमी १:१ मा पावलले प्रचार गरेको सुसमाचार “परमेश्वरको सुसमाचार” हो भनी तिनले एकदम स्पष्टै भनिसके। यो त परमेश्वरको सुसमाचार थियो! कुन अर्थमा यो पावलको सुसमाचार थियो? पावलले उक्त सुसमाचारलाई व्यक्तिगत बनाउनुमा कम्तीमा दुई कारणहरू छन् १) त्यो पावलको सुसमाचार थियो किनकि त्यो उनलाई सुम्पिएको थियो: “परमधन्य परमेश्वरको महिमित सुसमाचार अनुसार, जोचाहिँ मेरो जिम्मामा सुम्पिएको छ” (१ तिमोथी १:११)। “सुसमाचार बाँड्ने काम (भण्डारीपन) मलाई सुम्पिएको छ…किनकि यो ता मैले गर्नु खाँचै छ; अँ, मैले सुसमाचार प्रचार गरिनँ भनेचाहिँ मलाई धिक्कार छ!” (१ कोरिन्थी ९:१७,१६)। पावलले आफ्‍नो  सुसमाचारको जिम्मेवारीलाई एकदम गम्भीरतापूर्वक लिए। २) त्यो पावलको सुसमाचार थियो किनकि उनलाई प्रकाश विशेष किसिमले दिइएको थियो: “जुन सुसमाचार मद्वारा सुनाइएको थियो, त्यो मान्छेअनुसारको होइन। किनकि न ता मैले त्यो मान्छेबाट पाएँ, न ता त्यो मलाई सिकाइएको हो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले त्यो पाएँ” (गलाती १:११-१२)। “मेरा सुसमाचार…त्यस रहस्यको प्रकाशअनुसार” (रोमी १६:२५-२६)। “अनि प्रकाशअनुसार म माथि गएँ, र जुन सुसमाचार म अन्यजातिहरूका बीचमा प्रचार गर्दछु, त्यही उनीहरूलाई बताइदिएँ”(गलाती २:२)। “कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो” (एफेसी ३:३ र ६ पदसँग तुलना गर्नुहोस्—“सुसमाचारद्वारा”)।

पावलको सुसमाचारमा रहस्यसम्बन्धी सत्यता समावेश थियो: “सुसमाचारको रहस्य थाह गराउनाका लागि साहससित मैले आफ्‍नो मुख खोल्दा मलाई वचन दिइयोस्” (एफेसी ६:१९)। यस कुराको प्रकाशमा, उग्रप्रबन्धवादीहरूको दुईओटा त्रुटिहरूबाट हामी अलग रहनुपर्छ: १) रहस्यको प्रकाश प्राप्त गर्ने मानिस पावल मात्र थिए। यो गलत शिक्षालाई एफेसी ३:५ ले खण्डन गर्दछ जसअनुसार उक्त रहस्य परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूकहाँ प्रकट गरिएको थियो। निसन्देहः पावल नै रहस्य सम्बन्धी सत्यताका प्रमुख प्रकाशक थिए तर यो केवल उनलाई मात्र दिइएको थिएन। केवल उनी मात्र परमेश्वरका रहस्यहरूका भण्डारी थिएनन् (१ कोरिन्थी ४:१-२)। २) पावलले प्रकट नगरेसम्म यो रहस्यको सत्यता थाह गराइएको थिएन। पावलका पत्रहरूमा परमेश्वरका रहस्यहरूलाई तिनको पूर्ण सुन्दरतामा प्रकट गरिएका छन्, तर ती रहस्यहरू प्रकट गर्ने पहिलो व्यक्ति नै पावल हुन् भन्ने धारणा गलत हो। 

स्मरण होस्, रहस्यको सत्यता हाम्रा प्रभु येशू ख्रीष्टले अर्थात् सबभन्दा मूल प्रकाशकले सुक्ष्म रूपमा प्रकट गरिसक्नुभएको थियो। यो कुरा विशेष गरी मत्ती १३ का रहस्यहरूमा र यूहन्ना १४-१७ को माथिल्लो कोठाको प्रवचनमा देखिन्छ। यहाँ केही उदाहरणहरू छन्:

  1. मण्डलीको रहस्य मत्ती १३:४५-४६ मा प्रतीक्षा गरिएको पाइन्छ। 
  2. “ख्रीष्ट तिमीहरूभित्र” को रहस्य (कलस्सी १:२७) यूहन्ना १४:२० र १७:२३ मा प्रतीक्षा गरिएको थियो।
  3. ख्रीष्ट र उहाँको मण्डलीको सम्मिलिकरण (एकता) को रहस्य (एफेसी ५:३१-३२) यूहन्ना १७:२१-२३ मा प्रतीक्षा गरिएको थियो।
  4. र्‍याप्चरको रहस्य (१ कोरिन्थी १५:५१-५२) यूहन्ना १४:१-३ मा प्रतीक्षा गरिएको थियो।
  5. इस्राएल जातिको वर्तमान अवस्थाको रहस्य (रोमी ११:२५) मत्ती १३:४४ मा प्रतीक्षा गरिएको थियो।
  6. अधर्मको रहस्य जसले यस वर्तमान युगमा काम गरिरहेकोछ (२ थेस्सलोनिकी २:९) रायोको दाना र खमीरको दृष्टान्तमा प्रतीक्षा गरिएको थियो।
  7. यहूदीहरू र अन्यजातिहरू एउटै शरीरमा एक बनाइने रहस्य (एफेसी ३:५-६) यूहन्ना १०:१६ मा प्रतीक्षा गरिएको थियो।

लुइस् स्पेरी चेफर (Lewis Sperry Chafer) ले पनि मत्ती १३ मा वर्णन गरिएका “स्वर्गको राज्यका रहस्यहरू” र नयाँ नियमका पत्रहरूमा पावलद्वारा प्रकट गरिएका रहस्यहरूको बीचमा उल्लेखनीय सामञ्जस्यता पत्ता लगाएका छन्।

मत्ती १३ मा ख्रीष्ट आफैंले सातओटा दृष्टान्तहरूमा यस युगका लक्षणहरू प्रस्तुत गर्नुभएको छ। शास्त्रको यस खण्डमा यो युग स्वयं एउटा रहस्य वा परमेश्वरले पहिलेका युगहरूमा गुप्त राख्नुभएको कुरा हो भनिएको छ (१३:११), र यस युगभरिमा तीनओटा मुख्य लक्षणहरू हाजिर हुनेछन् भन्ने सत्यतालाई यी दृष्टान्तहरूले क्रमिक रूपमा प्रस्तुत गर्दछन्, ती हुन्: (क) जो ग्रहणयोग्य छन्—गहुँ, मोती, र असल माछा; (ख) जसले अन्धो पारिएको इस्राएलको चित्रण गर्दछ (१४-१५ पदहरू), जोहरू बारीमा लुकाइराखेको गाडधनहरू हुन्—बारी भनेको संसार हो र (ग) खराबको उपस्थिति—सामाहरू, खराब चराहरू, खमीर, र खराब माछा। यो ध्यान दिइनुपर्छ कि, नयाँ नियममा, यी तीनओटै पक्षहरू रहस्य वा परमेश्वरले पहिला गुप्त राख्नुभएका कुरा हुन्, भनी बताइएका छन्: (क) यहूदी र अन्यजाति एकै शरीरमा मिलेर बनेको मण्डली (एफेसी ३:४-६), (ख) मण्डलीको बोलावटको समयावधिभरि इस्राएल अन्धो पारिने (रोमी ११:२५; प्रेरित १५:१३-१८), र (ग) यस युगमा खराबको उपस्थिति र त्यसको चरित्र (२ थेस्सलोनिकी २:७)। (सिस्टमेटिक थिओलोजी, भोल्यूम ४, पेज. ४४) 

हामीले भनिसक्यौं, उग्र-प्रबन्धवादअनुसार रहस्य सम्बन्धी सत्यताहरू पावलभन्दा अगाडि प्रकट भएको थिएन र केवल पावलद्वारा मात्र ती प्रकट गरिए। डा. अर्नेस्ट पिकरिङ्गले यसको जवाफ दिएका छन्: “मण्डली सम्बन्धी सत्यता पावल भन्दा अगाडि कहिल्यै पनि प्रकट गरिएको थिएन भन्नुचाहिँ प्रभु आफैंले त्यस्ता सत्यताहरू सिकाउनुभएको शास्त्रका खण्डहरूलाई इन्कार गर्नु हो। माथिल्लो कोठाको प्रवचन (यूहन्ना १३-१७) निश्चय पनि मण्डलीलाई [किटान गरी मण्डलीलाई र मण्डलीलाई मात्र] नै लागु हुन्छ। ख्रीष्टमा पवित्र जनहरूको आशिषमय ओहोदा, प्रार्थनामा पहुँच, पवित्र आत्माको सेवकाइ, मण्डलीको र्‍याप्चरसम्बन्धी — यी सबै शिक्षाहरू साथै अधिक कुराहरू माथिल्लो कोठाको प्रवचनमा सिकाइएका छन्। (Distinctive Teachings of Ultra-Dispensationalism)।

“येशू ख्रीष्टको प्रचार” (रोमी १६:२५): पावलको सुसमाचार प्रभु येशू ख्रीष्टको व्यक्तित्वमा केन्द्रित थियो। उनले केवल ख्रीष्ट प्रचार मात्र गरेनन् (२ कोरिन्थी ४:५) तर अरूले ख्रीष्ट प्रचार गर्दा पनि उनले आनन्द मनाए (फिलिप्पी १:१८)। पावलले यस पत्रको सुरुबाट नै सुसमाचारको केन्द्र र मियो भनेको परमेश्वरका अनन्त पुत्र येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट पारेका थिए (रोमी १:१-४)। अनि जब पावलले अन्यजातिहरूको माझमा सुसमाचारको रहस्य प्रचार गर्दथे उनले ख्रीष्टको खोजेर नसकिने धनको पनि प्रचार गर्न छोड्दैनथिए (एफेसी ३:८)। जब हामीहरू प्रभु येशू ख्रीष्टको व्यक्तित्वतर्फ अलग र समर्पित हुन्छौ, तब मात्र हामीहरू सुसमाचारतर्फ अलग र समर्पित हुन सक्छौं (रोमी १:१)।

“त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो”—एकसमय गुप्त राखिएको यो रहस्य अब प्रकट भएको छ! यो अब उसो रहस्य होइन! जुन कुरा लुकाइएको थियो थाह गराइएको छ! “यो विगतको लामो युगहरूमा गुप्त राखिएको थियो, तर अब बताइएको छ” (जी सी मूल)। “संसारको उत्पत्तिदेखि” भन्ने वाक्यांशलाई अक्षरशः “युगहरूका समयमा” (जोन डार्बी) र “अनन्तकालहरूमा” (विलियम केली) भनेर पनि अनुवाद गरिकएको छ। यो रहस्य युग-युगदेखि र पुस्ता-पुस्ताहरूदेखि गुप्त राखिएको थियो (कलस्सी १:२६)।

नयाँ नियम अन्तर्गतको रहस्य भन्नाले के बुझिन्छ, यसलाई सुस्पष्ट परिभाषित गर्ने पाँचओटा खण्डहरू छन्। ती निम्नानुसार छन्:

  1. “जसद्वारा तिमीहरूले पढेर ख्रीष्टको रहस्यको विषयमा मेरो ज्ञान थाह पाउन सक्छौ; जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू, र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ” (एफेसी ३:४-५)।
  2. “र सबै मानिसहरूलाई, जुन परमेश्वरले येशू ख्रीष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो, उहाँमा युग-युगदेखि लुकेर बसेको रहस्यको सङ्गति के रहेछ, सो कुरा देख्ने बनाउनालाई” (एफेसी ३:९)।
  3. “परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई, जुनचाहिँ युग-युगदेखि र पुस्ता-पुस्तादेखि लुकाई राखिएको थियो, तर अहिले उहाँका पवित्र जनहरूकहाँ प्रकट गरिएको छ” (कलस्सी १:२६)।
  4. “म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु; संसारको उत्पत्तिदेखि गुप्त राखिएका कुराहरू म बोल्नेछु” (मत्ती १३:३५)।
  5. “त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो, तर अहिले प्रकट भएको छ, र अनन्तका परमेश्वरको आज्ञाअनुसार भविष्यवक्ताहरूका पवित्रशास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनालाई सबै जातिहरूलाई बताइएको छ” (रोमी १६:२६)।

यी पाँच खण्डका आधारमा हामीले नयाँ नियमको रहस्यलाई यसरी परिभाषित गर्न सक्छौं: नयाँ नियमको रहस्य भनेको त्यो हो जुन लुकाइएको थियो, गुप्त राखिएको थियो र पहिलेका पुस्ता (पावलका पुस्ताभन्दा अघिका) का मानिसहरूलाई थाह गराइएको थिएन तर नयाँ नियमको युगमा नयाँ नियमका प्रेरितहरू र अगमवक्ताहरूलाई थाह गराइएको छ र उनीहरूद्वारा प्रकट गरिएर प्रकाशमा ल्याइएको छ।

यस बाइबल-आधारित परिभाषा मुताबिक, प्रबन्धवादीहरूले धेरै समयदेखि यो मान्दै आएका छन् कि नयाँ नियमको रहस्य भनेको यस्तो कुरा हो जुनचाहिँ विगतका पुस्ताहरू (पुरानो नियमको युगका मानिसहरू) लाई कहिल्यै पनि प्रकट गरिएको थिएन तर जसलाई पावलको समयमा प्रकट गर्न परमेश्वरलाई असल लाग्यो। अघि बताइए अनुसार, यस्ता रहस्यहरू पहिले ख्रीष्टद्वारा (आंशिक रूपमा) र त्यसपछि उहाँको प्रेरित पावलदारा (पूर्ण रूपमा) थाह गराइएको थियो। यस मान्यताको विपरीतमा रिफर्म्ड ईश्वरशास्त्र (अथवा कभनेन्ट ईश्वरशास्त्र) ले यस्तो भन्ने गर्दछ कि नयाँ नियमका रहस्यहरू पुरानो नियममै प्रकट गरिएका थिए, तर आजका दिनमा जस्तो स्पष्ट रूपमा बुझिएका थिएनन्। उनीहरू यो सिकाउँछन् कि यस्ता रहस्यहरू पुराना नियममा बिलकुलै थिएनन् भन्ने होइन। त्यसैले उनीहरू यो सिकाउँछन् कि रहस्यहरू आंशिक रूपमा प्रकट गरिएका थिए, यद्यपि पछिबाट मात्र तिनलाई बुझ्न सकिएको हो। तर यस्तो मान्यता अघि सूचित गरिएका पाँचओटा खण्डहरूको विपरीत छ। यी पदहरूले ती रहस्यहरू आंशिक रूपमा प्रकटित थिए भन्दैनन् तर बरु ती त बिलकुलै प्रकट गरिएका थिएनन् भनी बताउँछन्। यसलाई परमेश्वरको प्रेमिलो हृदयभित्र लुकाइएको र गुप्त राखिएको थियो। 

यसलाई एउटा ठोस उदाहरणले दर्शाऔं। १ कोरिन्थी १५:५१-५२ मा पावलले एउटा रहस्य प्रकट गर्छन् जुनचाहिँ विगतका युगहरूमा गुप्त राखिएको थियो। उनले प्रकट गरेको रहस्य यस्तो थियो, त्यहाँ जिउँदो विश्वासीहरूको एउटा सिङ्गो पुस्ता हुनेछ जसले शारीरिक मृत्युको स्वाद चाख्नेछैनन्।  पुरानो नियमले कतै पनि त्यस्तो घटनाको बारेमा केही बताउँदैन। मोशा, एलिया, दाऊद र यशैयालाई एकदिन त्यस्तो घटना घट्नेछ भन्ने कुराको छनक समेत थिएन। यो कुरा पूर्ण रूपमा उनीहरूबाट लुकाइएको थियो र सो बारेमा उनीहरूको पवित्र शास्त्रहरूमा भेट्टाउन सकिँदैन। नयाँ नियमको समयहरूमा हाम्रो प्रभुले थोरै मात्रामा (यूहन्ना १४:१-३) र पावलले पूर्ण रूपमा (१ कोरिन्थी १५:५१-५२ र १ थेस्सलोनिकी ४:१३-१८) वर्णन नगर्नुभएसम्म परमेश्वरले यसको बारेमा एक शब्द पनि निस्वासित गर्नुभएको थिएन। नयाँ नियमको रहस्य भनेको खास यो हो। 

रोमी १६ मा पावलले बताइरहेका रहस्य यो थियो कि, यहूदी र अन्यजातिहरूलाई अब परमेश्वरले पूर्ण समानताको आधारमा व्यवहार गर्दैहुनुहुन्छ र ख्रीष्टमा विश्वास गरेपछि उनीहरू एउटै शरीरमा एकसाथ जोडिएका हुन्छन् यस उद्देश्यले कि उनीहरूले अन्धकारबाट आफ्‍नो अचम्मको ज्योतिभित्र बोलाउनुहुने प्रभुका सर्वश्रेष्ठताहरू प्रकट गरून्। दुईजनाबाट, परमेश्वरले एउटा नयाँ मानिस (एफेसी २:११-१८) र एउटा नयाँ बगाल (यूहन्ना १०:१६) बनाउनुभयो। आज हामी बाँचिरहेका दिनहरूमा अरूलाई यो रहस्य थाह गराउनु, गुप्त कुरा प्रकट गर्नु र एक समय लुकाइएको प्रकाशलाई खोल्नु हाम्रो विशेष अधिकार हो। यो एउटा कुरामा हामीले गुप्त कुराहरू प्रकट गरेको परमेश्वर चाहनुहुन्छ (यद्यपि हितोपदेश ११:१३ ले गुप्त कुरा प्रकट गर्नेलाई दोषी ठहराइएको छ)। 

रोमी १६:२६

“तर अहिले प्रकट भएको छ… भविष्यवक्ताहरूका पविरत्रशास्त्रहरूद्वारा..बताइएको छ”

एकसमय गुप्त राखिएको रहस्य अहिले प्रकट गरिएको छ। “भविष्यवक्ताहरूका पवित्रशास्त्रहरूद्वारा” लाई “भविष्यवाणीका पवित्रशास्त्रहरू” भनेर अनुवाद गर्न सकिन्छ (नेपाली टि.बि.एस. बाइबलमा उक्त पदको फुटनोट हेर्नुहोस्)। परमेश्वरले यो रहस्य उहाँका अगमवक्ताहरूका लेखहरूद्वारा प्रकट गर्नुभएको छ। 

पावलले भर्खरै मात्र ती रहस्यहरू विगतका युगहरूमा गुप्त राखिएका थिए भनेर भनिसकेपछि पनि प्रबन्धवादलाई नमान्नेहरूले कसरी ती लेखहरू भन्नाले पुरानो नियमकै लेखहरू हुन् भनी ठान्न सकेका होलान्, यो बुझ्न कठिन छ। पावलले यहाँ नयाँ नियमका अगमवक्ताहरूको बारेमा भनेको हुनुपर्छ। एफेसी ३:५ मा हामी सिक्दछौं, अरू युगहरूमा मानिसका सन्तानहरूलाई प्रकट नगरिएका रहस्यहरू अब परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई प्रकट गरिँदैछ। यीचाहिँ नयाँ नियमका प्रेरितहरू र अगमवक्ताहरू हुन् जोहरू एफेसी २:२० मा उल्लेख गरिएका उही व्यक्तिहरू नै हुन् (१ कोरिन्थी १२:१०,२९; एफेसी ४:११ पनि हेर्नुहोस्)। निश्चय पनि, यी रहस्यहरूलाई सबभन्दा स्पष्ट र पूर्ण रूपमा प्रस्तुत गर्ने भविष्यवाणीका लेखोटहरू चाहिँ पावलका पत्रहरू नै हुन्, यो कारणले कि पावल रहस्यका सत्यताहरूका प्रमुख प्रकाशक हुन्, यद्यपि यस सवालमा पावलको एकलौटी भूमिका थियो भन्ने होइन। रहस्य सम्बन्धी सत्यताको  सवालमा, पुरानो नियमका अगमवक्ताहरू पूर्ण रूपमा अन्धकारमा थिए। पुरानो नियमको कालखण्डमा रहस्यहरूको बारेमा जान्नुहुने एक मात्र व्यक्ति परमेश्वर आफैं हुनुहुन्थ्यो। 

“अनन्तका परमेश्वरको आज्ञाअनुसार”

“आज्ञा” को माने आदेश हो।  प्रेरित १:२ मा प्रभुको महान् आज्ञालाई (बौरिउठाइ पश्चात् र स्वर्गारोहण आफ्‍ना चेलाहरूलाई दिनुभएको प्रभुका ती आज्ञाहरू) जनाउने उही शब्दचाहिँ यो होइन। 

पावलले यो शब्दलाई आफ्‍नो सेवकाइको सन्दर्भमा अन्य दुई ठाउँमा मात्र प्रयोग गर्दछन्: १) “हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा प्रभु येशू ख्रीष्टको आज्ञा (आदेश वा हुकुम) द्वारा येशू ख्रीष्टका प्रेरित पावलको तर्फबाट” (१ तिमोथी १:१)। पावल जीवित परमेश्वरको आदेशद्वारा एक प्रेरित (“पठाइएको” व्यक्ति) थिए, र यो कुरा हरेक विश्वासीको हकमा पनि सत्य हो: “जसरी तपाईंले मलाई संसारमा पठाउनुभएको छ, उसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु” (यूहन्ना १७:१८)। हामीले उहाँलाई संसारमा उचित तरिकाले प्रतिनिधित्व गर्नु र उहाँको महिमित सुसमाचारलाई हरेक जातिलाई प्रकट गर्नु नै परमेश्वरको आज्ञा र आदेश हो। २) “तर ठीक समयहरूमा प्रचारद्वारा आफ्‍नो वचन प्रकट गर्नुभएको छ, जुनचाहिँ हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञा (आदेश वा हुकुम) अनुसार मलाई सुम्पिइएको छ” (तीतस १:३)। आफूलाई सुसमाचारको र प्रचारको जिम्मेवारी सुम्पिइएको छ भनी पावल जान्दथे। उनी प्रचारद्वारा परमेश्वरको वचन प्रकट गर्ने आज्ञाहरूको अधिकारमनि थिए।

निश्चय पनि यी भनाइहरू महान आज्ञासित एकदम मेल खान्छन् जसमा ख्रीष्टका विभिन्न आज्ञाहरू समाविष्ट थिए, जस्तै: सारा संसारमा गएर हरेक प्राणीलाई सुसमाचार सुनाउने (मर्कूस १६:१५), सबै जातिहरूलाई चेला बनाउने (मत्ती २८:१९-२०), यहूदीहरूबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पापहरूको क्षमाको विषयमा प्रचार गर्ने (लूका २४:४७) र इस्राएलबाट सुरु गरेर संसारभरी नै ख्रीष्टको निम्ति गवाही हुने (प्रेरित १:८; र रोमी १:१६ को “पहिले यहूदीका लागि” सित तुलना गर्नुहोस्)। तर समय बित्दै जाँदा सुरुका चेलाहरूले मण्डली सम्बन्धी सत्यता र रहस्य सम्बन्धी सत्यताको बारेमा झन्-झन् सिक्दै गए, र यी थप प्रकाशहरूले अनुग्रहको सुसमाचार र यस युगका निम्ति परमेश्वरको उद्देश्यको बारेमा उनीहरूको बुझाइलाई अझ गहिरो र गहकिलो बनाउन उनीहरूलाई थप मद्दत गर्यो। तर यी थप प्रकाशहरूमध्ये कुनैले पनि बौरिउठाइ र स्वर्गारोहण बीचको ४० दिनको अवधिभित्र उनीहरूलाई दिइएको ख्रीष्ट र उहाँको सुसमाचार प्रचार गर्नुपर्ने जिम्मेवारीको वास्तविक आदेशलाई कमजोर तुल्याउने काम गरेन।

“विश्वासप्रति आज्ञाकारी बनाउनालाई सबै जातिहरूलाई बताइएको छ”

यहाँ प्रयोग गरिएको भाषा झण्डै रोमी १:५ को जस्तै-जस्तै छ — “सबै जातिहरूका बीचमा विश्वासप्रति आज्ञापालन पैदा गराऔं भनेर”। सबै जातिबाटका सबै मानिसहरूलाई विश्वास गर्न र मुक्ति पाउन आज्ञा गरिएको छ (प्रेरित १७:२१ र १ यूहन्ना २:२३क)। जहाँसुकैका हरेक मानिसहरू प्रभु येशू ख्रीष्टमा विश्वास गरेर सुसमाचारको आज्ञा मान्न गर्न जिम्मेवार छन्। सुसमाचारको अवज्ञा गर्नेहरू अनन्त विनाशको दण्ड पाउनेछन् (२ थेस्सलोनिकी १:८-९)। परमेश्वरले उनीहरूलाई मुक्ति पाउन आज्ञा गर्नुभएको छ भनी हामीले मानिसहरूलाई जनाइदिनुपर्छ, र सुसमाचारको आज्ञा सुनेर सही प्रत्युत्तर दिन उनीहरूसित गम्भीरतापूर्वक बिन्ती गर्नुपर्छ (२ कोरिन्थी ५:१८-२१ सित तुलना गर्नुहोस्)। 

रोमी १६:२७

एक मात्र बुद्धिमान्

परमेश्वरलाई नै

येशू ख्रीष्टद्वारा

सदासर्वदा

महिमा भइरहोस्।

आमेन

सुसमाचारको योग्यको हिँडाइ आवश्यक छ।

“केवल तिमीहरूको चालचलन ख्रीष्टको सुसमाचारको योग्य होओस्” (फिलिप्पी १:२७)।

“कि उहाँलाई पूरा प्रसन्न गराउनालाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ, र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ” (कलस्सी १:१०)।

“हामीलाई तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्यौं। तिमी विश्वास गर्नेहरूका बीचमा कति पवित्रता र धार्मिकतासहित र दोषरहित भई हामी चल्यौं, त्यस कुराका साक्षी तिमीहरू नै हौ, र परमेश्वर पनि हुनुहुन्छ” (१ थेस्सलोनिकी २:९-१०)।

“अन्तमा हे भाइहरूहो, हामी तीमीहरूलाई प्रभु येशूमा आग्रहपूर्वक बिन्ती गर्छौं र अर्ती दिन्छौं; तिमीहरूले कसरी चल्नुपर्छ, र परमेश्वरलाई खुशी पार्नुपर्छ, सो कुरा तिमीहरूले हामीबाट जसरी प्राप्त गरेका छौ, उसरी नै तिमीहरू झन्-झन् भरपूर हुँदै जाओ;” (१ थेस्सलोनिकी ४:१)।

“कमजोरहरूलाई खिँच्न सकूँ भनेर कमजोरहरूका निम्ति म कमजोरझैं भइदिएँ; कुनै न कुनै प्रकारले कतिलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका निम्ति सबै थोक भइदिएँ। अनि यो कुरा म सुसमाचारका निम्ति गर्दछु, म पनि यसमा सहभागी हुन सकूँ भनेर” (१ कोरिन्थी ९:२२-२३)।

“येशू ख्रीष्टको दास पावलबाट — जो प्रेरित हुनालाई बोलाइएको, परमेश्वरका सुसमाचारका निम्ति अलग पारिएको छ”(रोमी १:१)।

रोमी १६:१६-२४

रोमी १६:१६-२४

 

रोमी १६:१६ पवित्र चुम्बन

सुरुका मण्डलीहरूमा विश्वासी-विश्वासीबीच विशिष्ट खाले निकटता हुन्थ्यो: “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर”। विश्वासीकामण्डलीहरू बीच पनि विशिष्ट खाले निकटता हुन्थ्यो: “ख्रीष्टका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाएका छन्”। विश्वासीहरूको एक-अर्कासित विशेष सम्बन्ध थियो र मण्डलीहरूको पनि एक-अर्कासित विशेष सम्बन्ध थियो। कसरी? येशू ख्रीष्टको कारणले।

नयाँ नियममा “चुम्बन” भन्ने शब्द अभिवादनको प्रसङ्गसित जोडिएर पाँच पटक प्रयोग गरिएको छ। चार पटक पावलले “पवित्र चुम्बन” को कुरागर्छन् (रोमी १६:१६; १ कोरिन्थी १६:२०; २ कोरिन्थी १३:१२; १ थेस्सलोनिकी ५:२६) र एक पटक पत्रुसले “प्रेमको चुम्बन” को कुरा गर्छन् (१ पत्रुस ५:१४)। फरिसी सिमोनलाई हल्कासित हप्काउनुहुँदा प्रभु येशूले चुम्बनको चलनको कुरा गर्नुभयो: “तिमीले मलाई चुम्बन दिएनौ” (लूका ७:४५)। पावल एफेसीहरूबाट बिदा हुँदा उनीहरूले “पावललाई अँगालो हालेर चुम्बन गरे” (प्रेरित २०:३७;यसलाई हराएको छोरोलाई लूका १५:२० मा स्वागत गरिएको तरिकासित दाँज्नुहोस्)। चुम्बन गर्दा निधार वा गालामा चुम्बन गर्ने चलन थियो, ओठहरूमा होइन (यो कुनै कामुक, कामोत्तेजक वा रोमाञ्चकारी चुम्बन थिएन)। पावलले उनीहरूलाई “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर” भनेका हुनाले के यो अभिवादनउही लिङ्गका विश्वासीहरूसित मात्र नभएर सबै विश्वासीसित गरिने अभिवादन थियो त (उत्पत्ति २९:११ सँग तुलना गर्नुहोस् जहाँ याकूबले राहेललाई चुम्बन गरे, जुनचाहिँ रोमाञ्चकारी चुम्बन थिएन तर नातेदारहरूप्रति स्नेहको अभिवादन थियो)? तर यो अभ्यासउही लिङ्गका व्यक्तिहरूसित मात्र गरिने कुरा थियो भन्ने कतिलाई लाग्छ—पुरुषहरूले पुरुषहरूलाई र स्त्रीहरूले स्त्रीहरूलाई चुम्बन गर्ने (International Standard Bible Encyclopedia, p.1814)। यो “पवित्र चुम्बन” थियो अर्थात् परमेश्वर यसमा संलग्न हुनुहन्थ्यो र विश्वासीहरू बीच हुने साँचो प्रेमकोयो न्यानो र स्नेहपूर्ण अभिव्यक्तिमा परमेश्वर खुशी हुनुहुन्थ्यो: “यसले कहिल्यै पनि तीनजना भन्दा कमको संलग्नतालाई जनाउनुहुँदैन: परमेश्वर अनि एक-अर्कालाई चुम्बन गर्ने दुईजना। पवित्र चुम्बनले ख्रीष्टको प्रेम परस्परमा बाँडिएको कुरालाईदर्शाउँछ” (हेन्ड्रिक्सन)।

आज हाम्रो समाजमा र प्रायः अन्य समाजहरूमा पनि, चुम्बनभन्दा अन्य तरिकाहरूद्वारा न्यानो र स्नेहपूर्ण अभिवादनलाई व्यक्त गरिन्छ। पहिलो शताब्दीका विश्वासीहरूको चलनको सट्टामा नेपाली समाजमा चाहिँ आफ्ना दुई हात जोडेर “जय मसीह” भन्नु वा उही लिङ्गका व्यक्तिहरूसित भने न्यानो प्रेमले हात मिलाउनु परमेश्वरलाई आदर दिनेविकल्प हुन्। हामी ख्रीष्टमा दाजुभाई तथा दिदीबहिनीहरू हौं र हामीले एक-अर्कालाई चोखो हृदयले गहिरो प्रेम गरेका होऔं (१ पत्रुस १:२२)।

कतिपटक विश्वासीहरूले “व्यवस्थाको लेख” लाई पालन गर्न खोजेका छन् तर त्यसो गर्न खोज्दा उनीहरूले खासमा “व्यवास्थाको आत्मा” को अवज्ञा गर्न पुगेका छन्। अमेरिकामा एकादुई मण्डलीहरूले “पवित्र चुम्बन्” को अभ्यास पहिलो शताब्दिकाहरूले जस्तै गर्न खोज्दा त्यो ज्यादै कृत्रिम र अस्वाभाविक हुन गएको र फलस्वरूप त्यो हृदयदेखि नभईकन एउटा बाहिरी रीति मात्र हुन गएको गुनासो सुनिएको छ। त्यसो गर्नुभन्दा त बरु “पवित्र हात मिलाउने” विकल्पद्वारा र नेपालीहरूको सन्दर्भमा पवित्र जय मसीह अभिवादन नै व्यवस्थाको आत्मा अनुरूप हुन्छ र प्रभुलाई आदर गर्दछ।

“ख्रीष्टका मण्डलीहरूले” रोममा भएको ख्रीष्टको मण्डलीलाई सलाम पठाए। पहिलो शताब्दीका मण्डलीहरूबीचयस्तोनिकटता र एकता थियो जुन आजका मण्डलीहरूबीच पाइँदैन। यसको कारणचाहिँ पहिलो शताब्दीका मण्डलीहरूबीच निम्न कुरा साझा थिए:

एउटै शिक्षा “जसरी म जहाँतहीं हरेक मण्डलीमा शिक्षा दिन्छु” (१ कोरिन्थी ४:१७)
एउटै अभ्यास “जसरी प्रभुले हरेकलाई बोलाउनुभएको छ, त्यसरी नै ऊ हिँडोस्। अनि सबै मण्डलीहरूमा म यस्तै आज्ञा दिन्छु” (१ कोरिन्थी ७:१७)

एउटै चलन “तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाह होस्, हाम्रो यस्तो रीति छैन, न ता परमेश्वरका मण्डलीहरूकै छ” (१ कोरिन्थी ११:१६)

एउटै अनुशासन “किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न्, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ।” (१ कोरिन्थी १४:३३)।

आजको दिनमा यसरी अभ्यास गर्ने मण्डलीहरू भेट्टाउन कठीन छ।

रोमी १६:१७-१८ अलगपनताको निम्ति आह्वान

लेखोटको यस बिन्दुमा आइपुगेरप्रसङ्ग एक्कासी बदलिन्छ। पावलले रोममा भएका विश्वासीहरूलाई एकपछि अर्कोलाई गरी अभिवादनहरू पठाउँदै थिए। एक्कासी उनी रोक्किन्छन्, मानौंपावललाई कुनै ज्यादै जरूरी कुराको याद आएको छ जुन कुरा यी विश्वासीहरूलाई उनीहरूको सुरक्षाको निम्ति उनीहरूसँग बाँड्नै परेको छ। यसले हामीलाई यहूदाको पत्रको सम्झना गराउँछ जहाँ यहूदाले जब साझा मुक्तिको बारेमा लेख्न हर प्रकारको प्रयत्न गर्दैथिए तबएक्कासी उनी विश्वास (खाँटी शिक्षा) का निम्ति यत्नपूर्वक सङ्घर्ष गर्नुपर्छ भन्ने अर्ती दिन र झूटा शिक्षकहरूदेखिहोशियार हुनुपर्छ भनेर लेख्नलाई विवश भए (यहूदा ३ देखिका पदहरू हेर्नुस्)।

पावलले यी पदहरूमा झूटा शिक्षकहरूको बारेमा अन्तिम चेताउनी र अर्ती दिन्छन् जसमा उनले विश्वासीहरूले आफैंलाई झूटा शिक्षकहरूबाट कसरी सुरक्षित राख्न सक्छन् भन्ने बारेमा दुई तरिकाहरू बताउँछन्। पहिलो हो, अलगपनता (१७ पद) र दोस्रो होविवेचना (१८ पद)

अलगपनता (१७ पद)

हामीले आफूलाई झूटा शिक्षकहरूदेखि सुरक्षितराख्न सक्ने पहिलो तरिका हो, अलगपनता। यस पदमा दुईटा आज्ञा छन्। यी दुईटा आज्ञाहरू पालन गरेर मात्र बाइबलीय अलगपनताको अभ्यास पूरा गर्न सकिन्छ। पहिलो आज्ञाचाहिँ चिन्नुभन्ने आज्ञा हो: तिनीहरूलाई चिनिराख! झूटा शिक्षक को हो भनेर नचिनेसम्म उनीहरूबाट अलग हुनु असम्भव छ। ऊ साँच्चै कस्तो हो भनेर पहिल्याउनैपर्छ अर्थात् उसको पहिचान गर्नैपर्छ। यो आज्ञा रोममा भएका “भाइहरू” लाई दिइएको हो, रोममा भएका एल्डरहरूलाईमात्र होइन र स्थानीय मण्डलीका अगुवा वर्गलाई मात्र होइन। हरेक विश्वासी यस प्रकारले खुट्ट्याउन सक्ने हुनुपर्छ। पावलले यसो भन्दैथिए: “तिनीहरूलाई औंल्याउन र पहिल्याउन सक्ने होऊ। निरन्तरसतर्क रहो, झूटा शिक्षा फैलाउन खोज्नेहरूलाई चिन्न सक्न जागा रहो (प्रेरित २०:२९-३१मा पावलले एफेससका एल्डरहरूलाई दिएका चेताउनीसँग तुलना गर्नुहोस्)।

पावलले अब ती झूटा शिक्षकहरूलाई पहिचान गर्न सक्नलाई केही सहायता गर्छन्।झूटा शिक्षकहरू “फाटो ल्याउने र ठक्कर खुवाउनेहरू” हुन्छन् भनेरउनीहरूको बयान गर्दछन्। परमेश्वरको वचनप्रति विश्वासयोग्य हुनेहरू र सहीअर्थमा “साँघुरो विचार” राख्नेहरू (बाइबल ज्यादै साँघुरो पुस्तक हो, मत्ती ७:१३-१४ सँग तुलना गर्नुहोस्), लाईफाटो ल्याउनेहरू भनी दोष लगाइनु धेरै सम्भव छ। “तिमी अलगपनतावादीहरू जहिल्यै ख्रीष्टको शरीरलाई सधैं टुक्र्याउने काम गर्छौ। किन तिमीहरू आफ्नो विश्वासमाकम कट्टरपन्थीर बढी प्रेमिलो हुँदैनौ?” इत्यादि। खासमा फाटो ल्याउनेहरू को हुन् पावलले सम्झना गराउँछन्: उनीहरू ती हुन्, जो सुम्पिएको शिक्षाकोविपरीतजान्छन्। अर्को शब्दमा भन्नुपर्दा, फाटो ल्याउनेहरू उनीहरू नै हुन् जो उत्पत्तिदेखि प्रकाशसम्मको लिखित परमेश्वरको वचनमा आज्ञाकारी र विश्वासयोग्य भएर उभिन इन्कार गर्छन्। परमेश्वरको दृष्टिकोणमा, त्यो साँचो जगलाई छोडेरअन्यत्रजानेहरू नै फाटो ल्याउनेहरू हुन्। उनीहरू सत्यताको ठोस चट्टानबाट बाहिर जानु हुँदैनथियो!

ती झूटा शिक्षकहरूले रोमका विश्वासीहरूले ग्रहण गरेका शिक्षाको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउने कार्य गरिरहेका थिए। यहाँ “विपरीत” भनेर अनूदित शब्द ग्रीकमा “पारा” भन्ने एउटा नामयोगी शब्द हो जसलाई साधारणतया “सँगसँगै” भनेर अनुवाद गरिन्छ। झूटो शिक्षा सत्यताको नजिक-नजिक पुग्छ र त्यसको सँगसँगै आउँछ। झूटो शिक्षा सत्य कुराको नजिक रहेर आउँछ तरैपनि सत्यतासँग कहिल्यै मेल खाँदैन। तर यो एकदम नजिक भएर हिँड्छ र एकदम धूर्त हुन्छ। पावलले रोमका विश्वासीहरूले शिक्षालाई पर्याप्त रूपमा सिकेर झूटलाई सत्यबाट छुट्टाउन र त्यसद्वारा झूटा शिक्षकहरूलाई चिनिराख्न उनीहरू सक्षम होउन् भन्ने चाहन्थे। झूट र सत्य धेरै कुराहरूमा एउटै देखिए तापनि कुनचाहिँ झूटा हो र कुनचाहिँ सत्य हो भनी भिन्नता बताउनलाई उनीहरू एकदम कौशल हुनु खाँचो थियो। आज थुप्रै मण्डलीहरूमा एउटा समस्या यो छ कि साँचो शिक्षाको विपरीत सिकाइरहेको मान्छेलाई राम्ररी पहिचान गर्न सक्नका निम्ति मानिसहरूलाई पर्याप्त शिक्षाको ज्ञान छैन।

झूटा शिक्षकलाई चिनेपछि त्यसपछिको कदम के हो? यसले हामीलाई दोस्रो आज्ञा तर्फ डोर्याउँछ जुन आज्ञा चाहिँ पृथक्करणको आज्ञा हो: टाढा बस! यसको अक्षरशः अर्थ यो हुन्छ, “तिनीहरूबाट अन्तै फर्किऊ”। हामी केवल उनीहरूको शिक्षाबाट मात्रै होइन तर उनीहरूबाट नै अलग हुन भनिएको कुरालाई ध्यान दिनुहोस्। अल्भा म्याक्लेनले यसरी भनेका छन्, “उनीहरूबाट जतिसक्दो हुन्छ टाढै बस्नुहोस्।”

झूटो शिक्षा सिकाउनेहरूको बारेमा, नयाँ नियमले अन्य ठाउँहरूमा हामीलाई के भन्दछ, हेर्नुहोस्:

त्यो श्रापित होओस् (गलाती १:८-९)
यस्ताहरूबाट पर बस (२ तिमोथी ३:५)
पहिलो र दोस्रो चेताउनी दिएपछि विभाजन ल्याउने मानिसलाई रद्द गर (तीतस ३:१०)
यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नोघरभित्र स्वागत नगर… (२ यूहन्ना १०)।
यी हरेक खण्डहरूको हरेक आज्ञालाई ठीकसँग बुझ्न र पालन गर्न तिनका सन्दर्भ अनुसार अध्ययन गरिनुपर्छ।

प्रवेश (१८ पद)

यहाँ १८ पदले माग गरेको विवेचनाको दुईटा पक्ष छ। पहिलो, उनीहरूको अभिप्रायभित्र प्रवेश (“त्यस्ता मानिसहरू हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दैनन्, तर आफ्नै पेटको सेवा गर्दछन्”) र दोस्रो, उनीहरूको तरिकाहरूभित्र प्रवेश (अनि मीठा मोली र चिप्ला कुराहरूद्वारा सीधा-सोझाहरूका हृदयहरूलाई धोका दिँदछन्)।

उनीहरूको अभिप्रायको विवेचना:

हामीहरू खोक्रो दाबीको सहतमुनिछिर्नुपर्छ। उनीहरूले ख्रीष्टको सेवा गर्ने दाबी गरे, तर पावल उनीहरूको साँचो अभिप्रायभित्र प्रवेश गरे। उनीहरूले ख्रीष्टको सेवा गर्छन् भनी तिनले इन्कार गरे, तर बरू उनीहरूले आफ्नै पेटको सेवा गर्छन् भनी पहिचान गरे। उनीहरूले आफ्नै सेवा गरिरहेका छन् भनेर व्यक्ति गर्ने यो निकै कडा तरिका हो। “पेट” भन्ने शब्द ग्रीकमा “खोक्रो” भनिने अर्थ बोक्ने शब्दबाट आउँछ (नयाँ नियममा गर्भ भनी प्रयोग गरिएको)। यूहन्ना ७:३८ मा मानिसको सबभन्दा भित्री भागको लाक्षणिक अर्थमा यो शब्दको प्रयोग गरिएको छ। फिलिप्पी ३:१८-१९ मा पावलले यस शब्दावलीलाई ख्रीष्टको शत्रुहरूको वर्णन गर्न प्रयोग गरेकाछन्: “तिनीहरूको ईश्वर पेट हो।” अधिकांश व्यक्तिहरूले आज ख्रीष्टको सेवा गरेको दाबी गर्दछन् तर वास्तवमा व्यक्तिगत लाभ र नामको निम्ति संघर्ष गरिरहेका हुन्छन्। उनीहरूले ख्रीष्टको नाम र सम्मानको कुनै पर्वाह गर्दैनन्। उनीहरूले परमेश्वरलाई होइन तर आफ्नै सेवा गर्दै आफैंलाई खुशी बनाउँदैछन्।

उनीहरूको तरिकाहरूभित्र प्रवेश:

उनीहरू सोझा (अक्षरश: “दुष्टता नभएको”, निर्दोष, शङ्का नगर्ने व्यक्ति) हृदयहरूलाई ठग्छन्। शिकार बनेका यी व्यक्तिहरू खतरादेखि सतर्क नभईकन छिट्टै विश्वास गर्ने सोझा व्यक्तिहरू हुन्। यस्ता व्यक्तिहरूलाई ती झूटा शिक्षकहरूले कसरी धोका दिन्छन्? तिनीहरूले राम्रा शब्दहरू (हो झैं भान पार्ने र राम्रा सुनिने शब्दहरू) र मीठाबोलीहरू (सुसस्कृत भाषा) द्वारा धोका दिने गर्छन्। झूटा शिक्षकहरू कुरा गर्न एकदम सिपालु हुन्छन्! उनीहरूको बोलीमा विष हुन्छ तर त्यो सुन्दर थालमा पस्किएको हुन्छ। तिनीहरू ज्यादैचिप्ला बोली बोल्नेहरू हुन्। तिनीहरू झूटलाईआकर्षक बनाउन सिपालु हुन्छन्। त्यो पुरानो साँपको बोलीलाई सम्झनुस् (उत्पत्ति ३) जुन बोलीले हव्वालाई मोहित पारेको थियो। हामी तिनीहरूको चिप्लो र कर्णप्रियबोलीकोसतहमुनिछिर्नुपर्छ र साँपकोआवाजलाई छुट्ट्याउनुपर्छ। त्यस्ता मानिसहरूलाई चिन्नुपर्छ र उनीहरूबाट टाढा बस्नुपर्छ!

रोमी १६:१९

मुक्ति नपाएका झूटा शिक्षकहरूको बिरुद्धमा कडा चेताउनी दिसकेपछि, पावलले रोमीलाई असल र खराब प्रतिको उनीहरूको जिम्मेवारीका विषयमा अर्ती दिन्छन्। सर्वप्रथम उनले उनीहरूको विश्वासयोग्यताको टिप्पणी गर्छन् (उनीहरू झूटा शिक्षाको शिकार भएका थिएनन्) “तिमीहरूको आज्ञापालनको कुरा सबैकहाँ फैलिएको छ।” रोममा भएका विश्वासीहरू उनीहरूको विश्वासको निम्ति प्रख्यात थिए भन्ने कुरा हामीले पहिल्यै हेरिसक्यौं (रोमी १:८)। जहाँ विश्वास हुन्छ, त्यहाँ आज्ञापालन पनि हुन्छ: “अब्राहामले…विश्वासद्वारा आज्ञापालन गरे” (हिब्रू ११:८)। झूटा शिक्षाबाट बचाउने सबभन्दा प्रभावकारी प्रतिकारात्मक औषधि भनेकै परमेश्वरको वचन पालन गर्नु हो (रोमी ६:१७ हेर्नुहोस्)। उनीहरूको आज्ञाकारिताले पावललाई खुशी र आनन्दित तुल्यायो (प्रेरित यूहन्ना पनि विश्वासीहरूको आज्ञाकारिताको कारणले खुशी भएका थिए, ३ यूहन्ना ३-४)। रोमका विश्वासीहरू साम्राज्यकै मुटुमा अवस्थित भएका हुनाले सुसमाचार विस्तारको लागि रणनीतिका दृष्टिले तिनीहरूले एकदम महत्त्वपूर्ण स्थान ओगटेका थिए र अर्कोतिर उनीहरूको विश्वास दूषित भएको खण्डमात्यसबाट पर्ने असर पनि भयङ्कर हुन सक्थ्यो। अन्ततः इतिहासमा यस्तै भयो पनि। ख्रीष्टियनमतबाट विकास भएको सबैभन्दा नराम्रो असर पार्ने दूषित धर्म प्रणालीमा “रोमी” वा अङ्ग्रेजीमा “रोमन” भन्ने नाम पाइन्छ, अर्थात् रोमन क्याथोलिक मण्डली!

यी विश्वासीका निम्ति पावलको ठूलो इच्छा भनेको उनीहरू “असल कुराका निम्ति बुद्धिमान र खराब कुराका निम्ति सोझा” बनून् भन्ने थियो। “असल कुराका निम्ति बुद्धिमान” बन्नु भनेको “परमेश्वरको सत्यको वचन निरन्तर अध्ययन गर्नु होसाथै हाम्रा वरिपरि देखिने जीवनहरूमा र हामीले पढ्ने गरेकालेखकहरूका जीवन तथा कामहरूमा कुन-कुन कुरा असल छन् भनेर ध्यानपूर्वक अवलोकन गर्नु र तिनलाई मान्यता दिनु हो। पावलले यस कुराको सार फिलिप्पी ४:८ व्यक्त गरेका छन्” (न्यूवेल)। के असल हो, को असल छ, र कसरी असल बन्ने भन्ने सवालमा हामी होशियार चेलाहरू बनेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरको असल इच्छा के हो भनेर हामीहरूले बारम्बार जाँच्नुपर्छ (रोमी १२:२), असल कुरालाई पछ्याइरहनुपर्छ (१ थेस्सलोनिकी ५:१५; १ पत्रुस ३:१३), खराब कुरालाई पन्साइरहनुपर्छ (१ पत्रुस ३:११-“तर्कोस्”), असल काममा भरपूर हुनुपर्छ (२ कोरिन्थी ९:८; एफेसी २:१०; २ थेस्सलोनिकी २:१७; २ तिमोथी ३:१७; तीतस ३:१) र त्यसमा फलवान हुँदै जानुपर्छ (कलस्सी १:१०)।

“खराबका निम्ति सोझा” बन्नु भनेकोचाहिँ कुनै न कुनै अर्थमा “असल कुराका निम्ति बुद्धिमान” बन्नुको उल्टो हुनुपर्छ। हामीहरू खराबका निम्ति बुद्धिमान हुनुहुँदैन। हामीहरू खराब कुराका निम्ति असल तरिकाले सोझा (निर्दोष, ज्ञान नभएको) हुनुपर्छ। हामीहरूले संसार कति भ्रष्ट छ भन्ने अनुभव खोज्न व्यक्तिगत रूपमा जाँचपड्ताल गर्दै दुष्टताको बारेमा अध्ययन गर्न बाहिर संसारमा जानुहुँदैन। ज्ञान र समझको सवालमा, हामीहरू पाको र उमेरदार हुनुपर्छ, तर दुष्टता र भ्रष्टताको सवालमा, हामीहरू साह्रै नाबालक र ज्ञान नभएको हुनुपर्छ (१ कोरिन्थी १४:२०)। यदि कुनै भ्रष्ट टेलिभिजन कार्यक्रम छ भने, एउटा विश्वासीले सोको बारेमा अरूलाई चेताउनी दिनलाई आफै थाह गर्छु भन्दै उक्त कार्यक्रम हेर्नु हुँदैन। “थुप्रै ख्रीष्टियनहरूले आधुनिक संस्कृतिको बारेमा विश्लेषण गर्न सक्ने हुन र संसारिकहरूलाई गवाही दिन तयार हुनको निम्ति संसारको मार्गहरूको बारेमा परिचित हुनुपर्छ भनी खराब चलचित्रहरू र टेलिभिजन कार्यक्रमहरूको हेर्ने कुरालाई तर्कसङ्गत बनाउन खोज्छन्। तर फोहोरको थुप्रो कति फोहोर छ भनी थाह गर्न त्यसको बीचबाट भएर हिँड्नु पर्दैन, र जति हामी त्यसको वरिपरि हुन्छौं, उति नै हामीमा त्यसको गन्ध रहेको हुन्छ। जति स्वेच्छाले हामी दुष्टसँग नजिक हुन्छौं, उति नै त्यसले हामीलाई त्यसकै स्तरमा घिसारेर लैजान्छ” (म्याकर्थर)। हामीले “खराब कुरालाई घृणा” गर्नुपर्छ (रोमी १२:९) र यसको बारेमा जाँचपड्ताल गर्न यसको नजिकमा जानुहुँदै तर डराउँदै यसबाट पछाडि हट्नुपर्छ। हाम्रो उद्देश्य भनेको यसबाट जति सक्दो टाढो जानु हो, र “शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई पनि घृणा” गर्नु हो (यहूदा २३)।

“सोझा” शब्दको अक्षरश: अर्थ “अमिश्रित” वा “मिश्रण नभएको” हुन्छ। यो शब्दचाहिँ “मिसाउनु, मिश्रण गर्नु, पानी र दाखरस मिसाउनु” भन्ने क्रिया शब्द (“केरान्नुमी”) बाट आउँछ र यसको अगाडि उपसर्गको रूपमा ग्रीक अक्षर अल्फा (“अ”) जोडिएको छ जसले यसलाई विपरीत अर्थमा ढाल्छ।फलस्वरूप यसको अर्थ हुन्छ, “दुष्टताको मिश्रण नभएको, दोषबाट अलग, निर्दोष, सोझा” (थेयर)। यो शब्द पानी नमिसिएको दाखरस (विशुद्ध दाखरस) र मिश्रण नगरिएको धातु (चोखो धातु)लाई जनाउन प्रयोग गरिन्छ। नयाँ नियममा यो अरू दुई ठाउँमा प्रयोग गरिएको छ—१)फिलिप्पी २:१५, “कि तिमीहरू निर्दोष र सोझो (अङ्ग्रेजी KJV मा harmless, कुनै हानि नगर्ने) होओ टेढा र भ्रष्ट पुस्ताका बीचमा परमेश्वरका निष्कलङ्क सन्तानहरू होओ…” २)मत्ती १०:१६ “यसकारण तिमीहरू साँपहरूजस्तै चतुर र ढुकुरहरूजस्तै सोझा होओ”। पवित्र-शास्त्रमा ढुकुर भनेको शुद्धताको चित्रण हो। श्रेष्ठगीत ६:९ मा ढुकुर शब्दलाई “निष्कलङ्क” शब्दको समानान्तर रूपमा प्रयोग गरिएको छ र मत्ती ३:१६ माचाहिँ यो पवित्र आत्माको सङ्केत हो।

रोमी १६:२०

यस पदमा शैतानसँगको हाम्रो युद्ध छिट्टै पूर्ण र अन्तिम निष्कर्षमा आइपुग्नेछ भन्ने अचम्मको प्रतिज्ञाविश्वासीहरूलाई दिइएको छ जसमा शैतान पूर्ण रूपले हराइनेछ र परमेश्वरका जनहरू महिमापूर्ण विजयमा सहभागी हुनेछन्। उहाँ “शान्तिका परमेश्वर” हुनुहुन्छ, अर्थात् उहाँले मात्र शैतानसँगको युद्धको अन्त्य गर्नुभई पवित्रजनहरूलाई शान्ति दिनुहुनेछ (युद्धको अन्त्य, झगडाबाट स्वतन्त्र भन्ने अर्थमा “शान्ति”)। निश्चय पनि परमेश्वरका जनहरूले अहिले पनि परमेश्वरको शान्तिमा आनन्द मनाउँछन् (यूहन्ना १४:२७), तर यस पदमा भएको प्रतिज्ञाको प्रकाश अनुसार, पावलले सम्भवत: शैतानको हारद्वारा विश्वासीहरूले प्राप्त गर्ने आखिरी शान्तिको बारेमा सोचिरहेका थिए।

यो प्रतिज्ञा सोझै उत्पत्ति ३:१५ को सङ्केतहो जहाँ स्त्रीको सन्तान (ख्रीष्ट) ले शैतानको शिर कुच्च्याउनुहुनेछ (घातकप्रहार), र शैतानले ख्रीष्टको कुर्कुच्चा डस्नेछ वा दबाउनेछ (कलवरीको क्रूस) भनी हामीलाई बताइएको छ। हाम्रा प्राणहरूको प्रधानशत्रुमाथि परमेश्वरले कुच्च्याउने किसिमको चोट लगाउनुहुनेछ, र हामी शैतानमाथिको प्रभुको विजयमा सहभागी हुनेछौं। जोहरू “साझा-हकवालाहरू” हुन् (रोमी ८:१७), उनीहरू साझा-विजयीहरू पनि हुन्। ऊ “तिमीहरूका पाउमनि” कुल्चाइनेछ। जब इस्राएलीहरू विरोधी राजाहरूमाथि विजयी हुन्थे, तब तिनहरूको घाँटीमाथि आफ्ना खुट्टा दबाएर महान् विजयको चित्रण दिनेगर्दथे (यहोशू १०:२४)। परमेश्वरले शैतानमाथिको उहाँको विजयमा विश्वासीहरूलाई खुशी मनाउन स्वागत गर्नुहुन्छ।

शैतानको यो ठूलो पराजय हुने कहिले हो? यो “चाँडै, छिट्टै, एकैछिनमा, शीघ्र” हुनेछ। युद्ध गाह्रो भए तापनि लामो हुनेछैन भनी विश्वासीहरूलाई उत्साह दिइएको छ। यसको अन्त्य छिट्टै हुनेछ भनी हामीले आशा गर्न सक्छौं। शैतानको समय छोटो छ र उसको हार निश्चित छ।

हामी भविष्यवाणीहरूद्वारा जान्दछौं,सङ्कष्टकालको मध्यविन्दुमा शैतान तेस्रो स्वर्गबाट निष्कासन गरिनेछ र समय छोटो छ भनी जानेर संसारमा आफ्नो क्रोध पोख्नेछ(प्रकाश १२:१२)। आफ्नो विनाश नजिकै छ भन्ने कुरा उसलाई थाह छ। साँढे तीन वर्षपछि ऊ अथाह कुण्डमा फ्याँकिनेछ जुन बेला ऊ हजार वर्षको राज्यका पवित्र जनहरूको “पाउमनि” वास्तवमै हुनेछ। उसको अन्तिम र अनन्त विनाशचाहिँ प्रकाश २०:१० मा वर्णन गरिएको छ (मत्ती २५:४१ सित पनि तुलना गर्नुहोस्)।

शैतान कलवरीमा पराजित भईसकेका भए तापनि, पावलले रोमीहरूलाई यो पत्र लेख्दा आजको दिनमा जस्तै ऊ अझै सक्रियरभयानक शत्रुको रूपमै थियो (१ पत्रुस ५:८-९; १ यूहन्ना ४:४)। पहिलो शताब्दीका विश्वासीहरू लगायत आजका विश्वासीहरू पनि आनन्द भई येशू ख्रीष्टको पुनरागमनको बाटो हेरिरहेका छन् (तीतस २:१३; रोमी १३:११; १ कोरिन्थी १:७ इत्यादि)। हामी जान्दछौं, यो घटना घटेपछि (र यो घटना जुनसुकै बेला पनि घट्न सक्छ अर्थात् यो सन्निकट वा अङ्ग्रेजीमा imminent छ), शैतानको हार छिट्टै हुनेछ। यही सन्निकटता (imminency) कोदृष्टिले शैतानको हार “छिट्टै” हुनेछ भनी हामी भन्नसक्छौं। मण्डली युगको कुनै पनि समयमा बाँचेका विश्वासीहरू ख्रीष्टको शीघ्र आगमन र शैतानको शीघ्र हारको तथ्यले उत्साहित हुनुपर्छ।

“छिट्टै” वा “चाँडै” शब्दावली प्रकाश १:१ र २२:६ मा पनि पाइन्छ—“चाँडै हुनेपर्ने कुराहरू”। सङ्कष्टकाल भनेको भविष्यमा हुने कुरा होइन तर इतिहासमै अर्थात् ई.सं. ७०मा यरूशलेम ध्वस्त हुँदा पूरा भइसक्यो भनी विश्वास गर्ने कोही-कोही छन्। त्यही समयमा नै प्रकाशको पुस्तकमा उल्लेखित अधिकांश भविष्यवाणीहरू पूरा भए भनी उनीहरू विश्वास गर्दछन्। तर रोमी १६:२० ले त्यस्तो विचारको विपरीतमा तर्क प्रदान गर्दछ। निश्चय पनि आज शैतान सक्रियर भयानक शत्रु हो र उसले अहिलेसम्म उसलाई कुल्चने र खतम गर्ने मुक्का खान बाँकी नै छ, तरै पनि छिट्टै नै त्यसो हुनेछ भनी पावलले प्रतिज्ञा गरेको झण्डै २००० वर्ष भइसक्यो! तरै पनि, त्यसबेलाको र अहिलेको विश्वासीको दृष्टिकोणमा, यो घटना “छिट्टै” नै हुने घटना हो भनेर प्रतीक्षा गर्न सकिन्छ।

मैले, ग्यारी डेमार (Gary DeMar) लाई एउटा प्रश्न लेखेर पठाएको थिएँ, जोचाहिँ एक प्रमुख लेखक, प्रबन्धवादकाविरोधी र अधिकांश भविष्यवाणीहरू विगतमै, अर्थात्, ई.सं. ७० तिर नै पूरा भइसके भन्ने व्याख्याकासमर्थक हुन्। मैले उहाँलाई रोमी १६:२०को आधारमा शैतानकहिले कुल्चाइनेछ भनी विश्वास गर्नुहुन्छ भनी प्रश्न गरेको थिएँ। उक्त कुरा ई.सं. ७० मै पूरा भइसक्यो भनी विश्वास गर्नुहुन्छ कि भनेर पनि प्रश्न गरेको थिएँ। उहाँको प्रतिकृया यस्तो थियो:

मूल प्रसङ्ग रोमी ख्रीष्टियनहरूकोछजसलाई पावलले यहाँ लेख्दैथिए (“तिम्रा पाउहरू” भनेको “तिनीहरूका पाउहरू” होइनन्, अर्थात्, पावलले पत्र लेखेको समयभन्दा बाहिरका मानिसका पाउहरू होइनन्)। कुल्चाउने कार्य “छिट्टै” घट्नेवाला थियो। “छिट्टै” भनेको “छिट्टै” नै हो। झण्डै २००० वर्ष बितिसकेको छ। पावलले जे वर्णन गरिरहेका थिए, त्यो इतिहास भइसक्यो। शैतान भन्नाले विश्वास नगर्ने यहूदीहरूलाई पनि जनाउन सक्छ जसलाई “शैतानको सभाघर” भनी प्रकाशको पुस्तकले वर्णन गर्दछ (प्रकाश २:९; ३:९), उनीहरू नै शैतानसँग सम्बन्धित छन् भनी येशूले यूहन्ना ८:४४ मा उनीहरूको बयान गर्नुभयो (“तिमीहरू आफ्ना बाबु शैतानबाटका हौ”)। पावलले लेखेका छन् कि “यहूदीहरूले प्रभु येशूलाई र तिनीहरूका आफ्नै भविष्यवक्ताहरूलाई पनि मारे, र हामीलाई सताएका छन्; अनि तिनीहरूले परमेश्वरलाई प्रसन्न गराउँदैनन् र सबै मानिसहरूका विरोधमा छन्; अनि सधैं आफ्ना पापहरूको नापो भर्नालाई तिनीहरूले हामीलाई अन्यजातिहरूले मुक्ति पाऊन् भनेर उनीहरूसित बात गर्न मनाही गर्दछन्; तर तिनीहरूमाथि भयानक क्रोध आएको छ” (१ थेस्सलोनिकी २:१४-१६)। यो “क्रोध” नै सायद पावलले बताएका कुल्चाउने विषयको लाक्षणिक माने हुन सक्छ। (सन् २१ मे, २००१)

यहाँ याद गर्नुहोस्, डेमारले अक्षरश: रूपमा “छिट्टै” भन्ने शब्दलाई बुझ्न खोज्दा उनी अर्थको साह्रै अनर्थ हुने गरी बुझ्न बाध्य भएका छन्। तिनले भन्छन् “छिट्टै” भनेको “छिट्टै” हो तर त्यसपछि तिनले शैतान भनेको शैतान होइन तर ई.सं. ७०मा नाश भएका विश्वास नगर्ने यहूदीहरूको लाक्षणिक अर्थ मात्र हो भन्छन्। भूतकालीक (पूरा भईसक्यो भन्ने “प्रिटेरिस्ट”) दृष्टिकोण राख्नेहरूबीच प्रायः पाइने व्याख्या यही हो। अधिकांश भविष्यवाणीहरू पहिलो शताब्दीमै पूरा भए भन्ने अर्थ लगाउन खोज्दा यसले निजलाई धेरै भविष्यवाणीहरू एकदम अनर्थ तरिकाले लिन बाध्य गराउँछ।

रोमी १६:२१-२४

यस अध्यायको पहिलो खण्डमा पावलले रोममा भएका विभिन्न विश्वासीहरूलाई व्यक्तिगत सलाम पठाएका छन्। यस खण्डमा, पावलले आफूसँग कोरिन्थमा भएका सहकर्मीहरूबाट रोमीहरूलाई सलाम व्यक्त गर्दछन्। रोमीको पुस्तक पावलको तेस्रो मिसनरी यात्राको अन्ततिर कोरिन्थबाट लेखिएको थियो।

पावलले तिनका विश्वासयोग्य सहकर्मी तिमोथीको उल्लेख गर्दछन्, जो विश्वासमा तिनका आफ्नै छोरा थिए (फिलिप्पी २:१९-२०; १ तिमोथी १:२)। तिमोथीको निम्ति मृत्युसम्मै पनि पावलको हृदयमा न्यानो स्थान थियो। तिनका अन्तिम अभिलिखित शब्दहरूमा, पावलले दुई पटक तिमोथीलाई फेरि भेट्ने इच्छा प्रकट गर्दछन् (२ तिमोथी ४:९,२१)। लुसियसचाहिँ सम्भवत: प्रेरित १३:१ मा उल्लेख गरिएका एन्टिओक मण्डलीका अगमवक्ताहरू र शिक्षकहरूमध्येकै लुसियस हुन सक्छन्। कति (जस्तै, म्याकर्थर) ले लुसियसचाहिँ लूका नै हुन् भनी ठान्दछन्। यासोनचाहिँ प्रेरित १७:५-९ मा उल्लेख भएकै व्यक्ति हुन सक्छन् जसले पावल र सिलासलाई पाहुना राखेका थिए र जसको घर भीडहरूद्वारा आक्रमण गरिएको थियो। सोसिपाटरचाहिँ प्रेरित २०:४-६ मा सोपट्रोस भनी कहलिएका व्यक्ति हुन सम्भव छ, र यदि उनी नै हुन् भने उनीचाहिँ प्रेरित १७:१०-१२का उत्तम बेरियालीहरू मध्ये एक हुनुपर्छ। २१ पदमा उल्लेख गरिएका अन्तिम तीन नामहरू पावलका “आफन्तहरू” भनिएकोले उनीहरू यहूदीहरू थिए भन्ने बुझिन्च (रोमी १६:७ मा भएको “आफन्तहरू” अन्तर्गतको हाम्रो टिप्पणी हेर्नुहोस्)। अनि यस कुराले पनि यहाँ उल्लेखित लुसियस लूका होइनन् भन्ने रायको समर्थन गर्दछ (लूका अन्यजाति थिए)।

रोमीको पुस्तकमा पावलले नलेखेका एउटै मात्र पदचाहिँ २२ पद हो! टेर्टियस पावलका लेखनदास थिए। पावलले पवित्र आत्माले चलाइए अनुसार बोल्दथे (२ पत्रुस १:२१सँग तुलना गर्नुहोस्) र टेर्टियसलेचाहिँ उनले जे भन्छन् त्यही कुराहरू टिपोट गर्दथे वा जस्ताको त्यस्तै उतार्ने गर्दथे। तर यहाँ पावलले टेर्टियसलाई आफ्नै निम्ति बोल्ने र रोमका विश्वासीहरूलाई सलाम पठाउने अनुमति दिए। पावलले आफ्ना पत्रहरू साधारणतया अरूलाई लेख्न लाउँथे भन्ने देखिन्छ, सायद उनका आँखाको समस्याले गर्दा, जसको कारण उनले आफैले लेख्नुपर्दा ठूला-ठूला अक्षरहरूमा लेख्न उनी बाध्य हुन्थे(गलाती ६:११)। आफ्ना पत्रहरूको अन्त्यमा पावलले साधारणतया आफ्नै हातले लेखेर अभिवादन गर्ने गर्दथे र यसरी उक्त पत्र पावलकैहो भनी प्रमाणिकरण हुन्थ्यो (२ थेस्सलोनिकी ३:१७ र गलाती ६:११)। तिनले विश्वासीजनहरूलाई “प्रभुमा” अभिवादन गरे। विश्वासीहरूलाई आपसमा एक बनाउन सक्नुहुने केवल मण्डलीका शिर, धन्य प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ।

गायस (२३ पद) उनको पाहुना सत्कार गर्ने कामका निम्ति चिनिएका थिए, र तिनले पावललाई मात्र होइन तर सम्पूर्ण मण्डलीलाई पनि सत्कार गरेका थिए। “यहाँ एकजना भाइ छन् जसको सत्कारले सम्पूर्ण पवित्रजनहरूलाई स्वागत गर्दछ। भाइहरूहो, यदि तपाईं परमेश्वरका जनहरूका निम्ति आशिषको सहयोगी बन्ने तृष्णा गर्नुहुन्छ भने, गायस बन्नुहोस्! आफूसँग भएका थोकहरूलाई आफ्नै जस्तो होइन तर ख्रीष्टको जस्तो ठान्नुहोस्;जसको कारण ख्रीष्टका आफ्नाहरूले स्वतन्त्रतापूर्वक प्रयोग गरिन सकियोस्” (न्यूवेल)। सायद १ कोरिन्थी १:१४मा उल्लेख गरिएका व्यक्ति उनी नै थिए, जसलाई पावलले बप्तिस्मा दिएका थिए (पावलले रोमीको पत्र कोरिन्थबाट नै लेखेका हुन्।)कतिले तिनलाई प्रेरित १८:७का जस्ट हुन् भनी ठानेका छन्। सम्भवतः गायस एक धनी र ठूलाठाला मानिस थिए जसको घर विश्वासीहरू उपासना गर्नको निम्ति जुट्नलाईपुग्ने गरीफराकिलो थियो।

एरास्टस (२३ पद) कोरिन्थ शहरका खजाञ्ची थिए। यो “ओइकोनोमोस” (oikonomos: अङ्ग्रेजी इकोनोमी भन्ने शब्दसित तुलना गर्नुहोस्) शब्द हो जसको अर्थ “घरको अध्यक्ष, भण्डारी” अथवा यस अर्थमा “शहरको आर्थिक पर्यवेक्षक”। यही शब्दबाट हामीले “प्रबन्ध” भन्ने शब्दावली पाउँछौं। एरास्टस एक भन्दा बेसी तरिकाद्वारा प्रबन्धवादी थिए। उनी शहरको आर्थिक कुरामा विश्वास गरिएका थिए र त्यो भन्दा महत्त्वपूर्ण, विश्वासीको रूपमा परमेश्वरको अनुग्रह प्रकट गर्ने र प्रदर्शन गर्ने जिम्मेवारीमा पनि विश्वास गरिएका थिए (एफेसी ३:२)। एरास्टस ठूलो दर्जा र राजनैतिक प्रभाव भएका मानिस थिए, र त्यस्ता मानिसहरूले शहरका शासकका सामु गवाही हुने अति राम्रो अवसर पाएका हुन्छन्। हामीलाई परमेश्वरले उच्च दर्जा वा सानो दर्जा, जहाँसुकै राख्नुभए तापनि हामी ख्रीष्टको निम्ति चम्कन सकौं (फिलिप्पी २:१५)।

कुआर्टस (२३ पद) सायद उच्चकोटिकामानिस थिएनन्, तर तिनी ख्रीष्टमा प्रिय भाइ थिए र पावलले रोमीहरूलाई कुआर्टसको तर्फबाट हृदयदेखिको अभिवादन पठाए। ख्रीष्टले हामीलाई “भाइ” भन्न लजाउनुहुन्न भन्ने कुरामा हामी कति धन्यवादी हुनुपर्ने हो (हिब्रू २:११)। अभिवादनहरू पठाउने क्रममा कुआर्टस पावलका अन्तिम मित्र थिए।

२४ पदमा पावलले २० पदको जस्तै आशीर्वाद दिन्छन्। दुईटा आशीर्वादहरू एकदम नजिक हुनु भनेको पावलको शैलीसित नमिल्ने कुरा होइन (२ थेस्सलोनिकी ३:१६,१८ हेर्नुहोस्)। ख्रीष्टमा विश्वासीहरूले उनीहरूलाई अनुग्रहको परमेश्वर र परमेश्वरको अनुग्रहको बारेमा बारम्बार सम्झना गराइनु नराम्रो होइन (२ कोरिन्थी ९:८; २ तिमोथी २:१सँग तुलना गर्नुहोस्)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १६:७-१५

रोमी १६:७-१५

रोमी अध्याय १६

रोमी १६:७

यस पदमा उल्लेखित दोस्रो नामले पुरुष (हुन् भने युनियस) लाई हो कि स्त्री (हुन् भने युनिया) लाई जनाउँछ भन्ने कुरामा केही अनिश्चयता छ, मौलिक ग्रीक शब्दलाई कसरी उच्चारण गरिन्छ त्यसले फरक पर्ने भएकोले।) यदि यी व्यक्ति स्त्री हुन् भने एन्ड्रोनिकस र युनिया पति-पत्नी हुन सक्छन्। यी दुई विश्वासीहरूको बारेमा पावलले हामीलाई ४ ओटा रोचक कुरा बताउँछन्:

1. तिनीहरू पावलका “आफन्तहरू” थिए। यो शब्द कति ठाउँमा नजिकको रगतको नातेदारलाई जनाउन प्रयोग गरिएको छ, जस्तै: मर्कूस ६:४, लूका १:३६ (मरियमकी “नातादार इलिशिबा”, लूका १:५८, लूका २:४४; लूका १४:१२, लूका २१:१६, यूहन्ना १८:२६ र प्रेरित १०:२४। रोमी ९:३ मा पावलले इस्राएलीहरूलाई “शरीर अनुसार मेरा आफन्तहरू” भन्दै माथिको भन्दा फराकिलो अर्थमा यो शब्दको प्रयोग गर्दछन्। रोमी १६ मा पावलले यो शब्द तीन पटक प्रयोग गर्दछन् (७,११,२१ पदहरू) र उनले आफ्‍ना आफन्तको रूपमा छ जनालाई उल्लेख गर्छन्। के यसको माने यी मानिसहरू यहूदी भएकाले एकअर्कासित नाता जोडिएका सङ्गी इस्राएलीहरू हुन् भन्ने हो? कि पावलले यहाँ त्योभन्दा नजिकको नाताको कुरा गरिरहेका हुन्? पूर्ख्यौली हिसाबले पावल त टार्ससबाटका थिए अनि रोममा उनका छ-छ जना नजिकका नातेदारहरू हुनु त असाधारण कुरा मान्नुपर्छ, त्यसैले यो शब्दलाई फराकिलो अर्थमा बुझ्नु उचित होला। पावलले प्रत्येक यहूदीलाई आफ्‍ना “आफन्त” भनी अभिवादन गरेनन् किनभने ३ पदमा प्रिस्किल्ला र अक्विला दुवैजना यहूदीहरू थिए तर पावलले उनीहरूलाई “आफन्तहरू” भनी भनेनन्। यदि यो शब्दावलीले यी छ जना मानिसहरू इस्राएलीहरू हुन् भन्ने कुरा जनाउँदछ भने, यो कुरा रोचक कुरा हो कि पावलले मण्डलीलाई सम्बोधन गर्दा उनले त्यहाँ भएका केही यहूदीहरूलाई विशेष रूपमा उल्लेख गरे। यसले गलाती ६:१६ लाई बुझ्न मदत गर्न सक्छ, जहाँ पावलले “परमेश्वरको इस्राएल” भनी विशेष समूहको उल्लेख गर्दछन्। “परमेश्वरको इस्राएल” भन्नाले अन्यजाति विश्वासीहरू होइनन् (पवित्र-शास्त्रमा अन्यजातिहरूलाई कहिल्यै पनि इस्राएलीहरू भनिएको छैन) तर यहूदी विश्वासीहरू हुन् जोहरू “भित्रबाटका” यहूदीहरू थिए (रोमी २:२८-२९)।

2. उनीहरू पावलका सङ्गी-कैदीहरू (“मसँगै झ्यालखानामा बस्‍नेहरू”) थिए। पावल रोममा दुईपटक कैदमा पर्नुभन्दा अगाडि नै यो पत्र लेखिएको थियो, तर २ कोरिन्थी ६:५ र ११:२३ अनुसार पावल घरी-घरी कैद पर्थे, र कैद परेका तिनै समयहरू मध्ये एउटामा एन्ड्रोनिकस र युनियस पावलसँगै तिनको दु:खमा सहभागी भएका हुनुपर्छ।

3. उनीहरू “प्रेरितहरूका बीचमा नामी” थिए। यसलाई बुझ्न सकिने दुईटा तरिका छन्: कि त १) उनीहरू नामी प्रेरितहरू हुनुपर्छ, अर्थात, उनीहरू प्रेरितहरू मध्येकै थिए। यदि पावलले भन्न खोजेको यही हो भने, तिनले यहाँ “प्रेरित” शब्दलाई कुनै उद्देश्यको निम्ति पठाइएको व्यक्तिझैं साधारण अर्थमा प्रयोग गरेका हुनुपर्छ। अथवा २) प्रेरितहरूको माझमा उनीहरू नामी हुनुपर्छ। सन्तोषजनक अर्थ यही नै हो। यी दुई विश्वासीहरू पावलभन्दा पनि अगाडि ख्रीष्टमा आएका थिए (तल चौथो बुँदा हेर्नुहोस्), त्यसैले उनीहरू यरूशलेमका निकट र प्रेरितहरूद्वारा चिनिएका व्यक्तिहरू थिए अनि उनीहरूको सामु तिनीहरूको उत्तम गवाही थियो।

4. उनीहरू पावलभन्दा अगाडि “ख्रीष्टमा” थिए। उनीहरू पावलभन्दा, अर्थात् प्रेरित ९ अध्यायभन्दा अगाडि ख्रीष्टमा आएका थिए। आत्मिक वर्षहरूमा, उनीहरू पावलभन्दा वृद्ध थिए! मण्डली कहिले सुरु भयो भन्ने बुझ्नलाई यो चाखलाग्दो कुरा हो। यदि “ख्रीष्टमा” भन्ने शब्द गलाती ३:२७-२८ मा पाइने अर्थसँग मिल्ने शब्द हो भने (“ख्रीष्टमा” हुनु=मण्डलीमा हुनु), रोमी १६:७ अनुसार मण्डली प्रेरित ९ भन्दा अगाडि नै सुरु भएको हुनुपर्छ। हामी यो कुरा पावलले “मण्डलीलाई” सताउने बारेमा बताइएको पदबाट पनि थाह गर्न सक्छौं (१ कोरिन्थी १५:९; फिलिप्पी ३:६; गलाती १:१३)। मण्डली प्रेरित २ अध्यायमा (पेन्टकोष्टमा) सुरु भयो भन्ने तथ्यलाई यसले सहायता गर्छ र प्रेरित १३ (कसैले भनेझैं) मा अथवा प्रेरित २८ (अरूले भनेझैं) मा मण्डली सुरु भयो भन्ने उग्रप्रबन्धवादीको धारणालाई इन्कार गर्छ। गलाती १:२२ मा हेर्नुहोस् जहाँ पावलले “ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरू” को बारेमा कुरा गरेका छन् (र यी “ख्रीष्टमा भएका मण्डलीहरू” प्रेरित १३ भन्दा दसकौं वर्ष अगाडिदेखि अस्तित्वमा थिए)। हामीले यो पनि ध्यान दिन सक्छौं कि यदि “ख्रीष्टमा” हुनु भन्ने शब्दावलीले उहाँको मण्डलीको हिस्सा हुनु भन्ने प्राबिधिक अर्थ बोक्छ भने, १ थेस्सलोनिकी ४:१६ ले (“ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्”) र्याप्चरको समयमा हुने बौरिउठाइमा केवल मण्डली-युगका विश्वासीहरू मात्र पर्छन्, पुरानो नियमका सन्तगणहरू पर्दैनन् (केही पुराना प्रबन्धबादीहरूले त्यस्तै सिकाउने गर्दथे)।

रोमी १६:८ – अम्प्लियस

हेन्ड्रिक्सनको अनुसार अम्प्लियस नाम दासहरूको माझमा प्रायः प्रचलित थियो। सम्भवत: अम्प्लियस रोमको मण्डलीमा सदस्य रहेका एक दास थिए, तर तिनी पावलका प्रिय थिए। जीवनको जुनसुकै स्तर वा समाजको जुनसुकै स्थानमा भए तापनि, विश्वासीहरूको ख्रीष्टसँग अति विशेष सम्बन्ध हुन्छ। सुसमाचारले हरेक विश्वसीलाई एउटै तहमा ल्याउँछ। हामी सबैजना हाम्रा मालिक प्रभु येशूको सेवा गर्ने दासहरू हौं (कलस्सी ३:२३-२४)। अम्प्लियस दास होलान्, तर उनी ख्रीष्टमा पावलका अति प्रेम गरिएका प्रिय भाइ थिए। नयाँ नियम मण्डलीहरूमा महत्त्व कसैको जीवन-स्तरलाई दिइँदैनथ्यो, बरु उसको आत्मिकता र प्रभुसँगको हिँडाइलाई दिइन्थ्यो। जस्तै, १ तिमोथी ३ अध्यायमा कुनै मानिस दास भएकोले एल्डर वा डिकन हुन अयोग्य ठहरिँदैनथियो (यस्तो कुनै कुरा त्यहाँ उल्लेख छैन)। यसले एउटा गजबको सम्भावनालाई ठाउँ दिन्छ; अर्थात्: एउटा दास स्थानीय मण्डलीमा पदाधिकारी हुन सक्थे अनि उसका विश्वासी मालिकचाहिँ मण्डलीमा उसको अधीनमा हुनुपर्ने हुन्थ्यो, जब कि मण्डलीबाहिर विश्वासी दास चाहिँ उसको विश्वासी मालिकको अधीनमा बस्‍नुपर्ने हुन्थ्यो। विलियम क्यारी भारतमा हुँदा मानिसहरू जातिप्रथाको निकै कडा बन्धनमा थिए, तर जब ती मानिसहरूले ख्रीष्टलाई व्यक्तिगत  मुक्तिदाताको रूपमा ग्रहण गरे र जीवित परमेश्वरको मण्डलीमा प्रवेश गरे, उनीहरूले ख्रीष्टमा, जीवनको अनुग्रहको साझा-हकवालाहरूको हैसियतले समान स्तरमा रमाहट गर्न सके। “अब त्यहाँ न यहूदी रह्यो न ग्रीक, न कमारा न स्वतन्त्र, न पुरुष न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ” (गलाती ३:२८)।

रोमी १६:९—उर्बानुस र स्टाखुस

“सहकर्मी” शब्द ३ पदमा पनि पाइन्छ। विश्वासीहरू एउटै टीममा काम गर्दछन्, उनीहरूको एउटै महत्त्वाकांक्षा हुन्छ (अर्थात् ख्रीष्टलाई खुशी पार्नु—२ कोरिन्थी ५:९) र एउटै लक्ष्य हुन्छ (अर्थात् परमेश्वरको महिमा —१ कोरिन्थी १०:३१)। जसरी शरीरका अङ्गहरू एकअर्कालाई सहायता गर्दछन्, उसरी नै ख्रीष्टको शरीरको सवालमा पनि साँचो हुन्छ (१ कोरिन्थी १२:१२,२०-२७)। स्टाखुस पावलका प्रिय थिए। यी पदहरूमा पावलका अभिवादनहरू कति उत्साहदायी छन् भन्ने कुरामा ध्यान दिनुहोस्। यी रोमी विश्वासीहरूका निश्चय पनि कमजोरीहरू र भूलदोषहरू थिए, तर पावलले उनीहरूलाई प्रेममा अभिवादन गरे र “प्रेम दयालु हुन्छ र खराबीको हिसाब राख्दैन” (१ कोरिन्थी १३:४,५)। पावलले यी विश्वसीहरूलाई उनीहरू आफैंमा भएअनुसार हेरेनन् तर उनीहरू “ख्रीष्टमा” भएकाहरूको रूपमा हेरे (३,७,८,९,१०,११,१२,१३ हेर्नुहोस् र “ख्रीष्टमा” “प्रभुमा” भन्ने अभिव्यक्तिहरूलाई ध्यान दिनुहोस्)।

रोमी १६:१०—अपेल्लेस र अरिस्तोबुलस

“योग्य” शब्द अन्य ठाउँहरूमा पनि पाइन्छ, जस्तै: रोमी १४:१८; १ कोरिन्थी ११:१९; २ कोरिन्थी १०:१८; १३:७ र २ तिमोथी २:१५ (तिमोथीले आफूलाई शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो परमेश्वकहाँ “ग्रहणयग्य” तुल्याउने हर प्रयत्न गर्नुपर्थ्यो)। यो शब्द याकूब १:१२ मा पाइन्छ—“धन्य हो त्यो मानिस, जो परीक्षामा स्थिर रहन्छ; किनकि उसको जाँच (जाँच गरिएर योग्य भेट्टाउनु) भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसित गर्नुभएको छ।” १ कोरिन्थी ९:२७ मा उहि शब्दको नकारात्मक अभिव्यक्ति (“अयोग्य”) पाइन्छ (“बेकम्मा”) र यसको अर्थ हुन्छ “अयोग्य, निकम्मा, इन्कार गर्नु” (रोमी १:२८; २ कोरिन्थी १३:५,६,,७; तीतस १:१६; हिब्रू ६:८; २ तिमोथी ३:८)। अपेल्लेस यस्तो व्यक्ति थिए जो परीक्षाहरू, सङ्कष्टहरू र कठीन परिस्थितिहरूबाट जाँचिएका थिए, तर तिनले परमप्रभुमा भरोसा राखे र ख्रीष्टमा सत्य भइरहे। एउटा विश्वासीले कसरी उसको मार्गमा परमेश्वरले पठाउनुभएको अग्निमय जाँचहरूमा खडा रहन्छ भन्ने कुराचाहिँ अति महत्त्वपूर्ण हुन्छ।

कोही-कोही (लाइटफूट, हेन्ड्रिक्सन) ले अरिस्तोबुलसचाहिँ हेरोद महान (हेरोद अग्रिप्पा प्रथमको भाइ) को नाती हुनुपर्छ भन्ने धारणा व्यक्त गर्दछन्, यद्यपि यो कुरा साँचो हो भनी किटान गर्नु कठीन छ। यदि यो हो भने, पावलले सम्भवत: तिनको घरका विश्वासी दासहरूको कुरा गरिरहेको हुनुपर्छ। आशै नगरिएको स्थानहरूमा पनि विश्वासीहरूको बारेमा जान्न हामी मौन रहनुहुँदैन। हेरोदको परिवार मानवजातिकै इतिहासमा सबैभन्दा भक्तिहीन परिवार थियो, तर परमेश्वरले कुख्यात अविश्वासीहरूको ढोकाहरू र पर्खालहरूभित्र पनि आफ्‍नो अनुग्रहको उदेकको काम गर्न सामर्थी हुनुहुन्छ। आज हाम्रै दिनहरूमा पनि बीसौं शताब्दीका पछिल्ला वर्षहरूमा बाँचेका उच्च सम्मान पाएका र नाम चलेका नास्तिकहरूको छोरा ख्रीष्टियन भएको घटनाहरू छन्!

रोमी १६:११- हेरोदियन, नर्किस्सस

हेरोदियन पावलका आफन्त थिए, जसले सम्भवतः उनी एक यहूदी थिए भन्ने कुरा जनाउँछ (७ पद अन्तर्गतको टिप्पणी हेर्नुस्)। हामी सबै विश्वासीहरू पनि एकअर्काका “भाइहरू” हौं र हाम्रो बीचमा नजिकको सम्बन्ध छ भन्ने कुरा सम्झनुपर्छ। भाइभन्दा नजिकको नातेदार अर्को त हुँदैन! “हेरोदियन” नामले निजको हेरोदको परिवारसँग कतै सम्बन्ध भएको जनाएको हुन सक्छ। हेन्ड्रिक्सनले उक्त व्यक्ति हेरोदको परिवारसँग “आवद्ध भएको” वा त्यो परिवारप्रति “सराहना भएको” हुन सक्ने राय व्यक्त गरेका छन्। मुर्रेले उक्त व्यक्ति हेरोदकै परिवार वा घरानाहरूमध्येको हुन सक्ने राय व्यक्त छन्। सायद तिनी अरिस्तोबुलसको घरानाहरूसँग पनि आवद्ध थिए (१० पद)।

“नर्किस्सस” नामले हामीलाई एकजना काल्पनिक जवानको सम्झना गराउँछ जो यति सुन्दर थियो कि सबै युवतीहरू उसको हुने इच्छा गर्थे, तर उसले सबैलाई बेवास्ता मात्र गर्थ्यो। उसले कसैलाई चाहना गरेन। अन्त्यमा उसले हृदयमा चोट पुर्‍याएको एकजना युवतीले देउताहरूसित यसरी प्रार्थना गरी, “जसले कसैलाई प्रेम गर्दैन, उसले आफैंलाई प्रेम गरोस्”। नेमेसिस देवीले उसको बिन्ती पूरा गरिदिई। जब नर्किस्सस एउटा कुवाको पानी पिउनलाई निहुरेको थियो र उसले कुवाको कञ्चन पानीको सतहमा आफ्‍नै प्रतिबिम्ब देख्यो, तब ऊ तुरुन्तै त्यससित प्रेममा फस्यो। ऊ आफैंप्रति प्रेमले जल्न थाल्यो र त्यो पानीमा देखिएको रूपलाई हेरिराख्यो र त्यसलाई छोड्नै सकेन। ऊ त्यहीँ बसिरह्यो, र उसको यो चाहनाले रोगी हुँदै-हुँदै आखिरमा त्यहीँ मरेर गयो। त्यसैले आफैंलाई गरिने प्रेम, आफ्‍नै रूप, आफ्‍नै सुखसयल, महत्त्व, क्षमता आदि प्रति अति चासो राख्ने कामलाई नर्किस्सस (narcissism, नर्किसवाद) को संज्ञा दिने गरिन्छ। खेदको कुरा, अन्तिम दिनहरूको एउटा लक्षण यही हो, “किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने...हुनेछन्” (२ तिमोथी ३:२)।

लाइटफूटको रायअनुसार नर्किस्सस एक धनाढ्य र शक्तिशाली स्वतन्त्र व्यक्ति हुन सक्छन् जो सम्राट क्लाउडियससित (उसको सचिव भएको नाताले) निकट सम्बन्धमा थिए जसलाई नीरोले आफू सम्राट बनेको थोरै अवधिभित्रै मृत्युदण्ड दिए। यदि अरिस्तोबुलस हेरोदहरूसँग नाता गाँसिएका व्यक्ति हुन् भने (१० पद हेर्नुहोस्), तिनी क्लाउडियसका नजिकको मित्र पनि भएको हुनुपर्छ। यी दुई सम्भावनाहरूले हामीलाई फिलिप्पी ४:२२ बुझ्न केही मद्दत गर्न सक्छ (“सबै पवित्र जनहरूले, विशेष गरेर सिजरका घरानाकाहरूले”), किनभने दरबारमा कम्तीमा दुईओटा घरानाहरू हुनेथिए जसमा विश्वासीहरू थिए।

रोमी १६:१२ ट्रिफैना, ट्रिफोसा, पेर्सिस—तीन महिला कामदारहरू!

यी तीनजना विश्वासीहरू उनीहरूका मेहनतका निम्ति परिचित थिए। यो शब्दको माने हो, बेस्सरी कडा परिश्रम गर्नु, यहाँसम्म कि थकित र लल्याकलुलुक हुने अवस्थामा पुग्‍ने गरी। मेहनतको बीचमा पनि, विश्वासीले विश्राम गर्न सिक्नुपर्छ (मत्ती ११:२८)। यी तीन महिलाहरूले “प्रभुमा” मेहनत गरेका थिए र हामीलाई थाह छ प्रभुमा हाम्रो परिश्रम व्यर्थ हुँदैन (१ कोरिन्थी १५:५८)। उहाँ जो हुनुहुन्छ, त्यसको कारणले उहाँको महान् नामको खातिर हाम्रो मेहनत “प्रभुमा” हुनुपर्छ (प्रकाश २:३)। जसको निम्ति हामी मेहनत गर्छौं, उहाँ हाम्रो सर्वोत्तम शक्ति र परिश्रमको योग्य हुनुहुन्छ। उहाँ हाम्रो सर्वोत्तमभन्दा कमको योग्य हुनुहुन्न। यदि कसैले परिश्रम गरेका छन् भने, प्रेरित पावलले गरेका छन्: “तर मे जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छे; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१० र कलस्सी १:२९; २ कोरिन्थी ११;२३ सित पनि तुलना गर्नुहोस्)। यो यस्तो मेहनत थियो जो परमेश्वरको अनुग्रहद्वारा अभिप्रेरित र उर्जापूर्ण बनाइएको थियो। हाम्रो मेहनत पछाडि प्रेमको प्रेरणा पनि हुनुपर्छ—मुक्तिदाताको र विश्वासीहरूको साथै सम्पूर्ण मानवजातिको निम्ति प्रेम। परमेश्वर हाम्रो प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न (हिब्रू ६:१०)।

ट्रिफैना र ट्रिफोसाका नामहरू सुन्नमा एउटै छन् र उनीहरू सम्भवत: दिदी-बहिनी थिए (कहिलेकाहीँ बाबुआमाले आफ्‍ना छोराछोरीलाई उस्तै-उस्तै सुनिने नामहरू दिन्छन्, जस्तै सुनिता र सुभिना इत्यादि)। पेर्सिसको मेहनतलाई भूतकालमा बताइएको छ जुनचाहिँ असाधारण हो (अन्य दुई स्त्रीहरूको मेहनतचाहिँ वर्तमान कालमा बताइएको छ)। हेन्ड्रिक्सनले सम्भावित कारण बताउँछन्: “भूतकाल र वर्तमानकालहरूको भिन्नता पेर्सिसलाई वृद्धापनको दुर्बलताहरूले भेटेको सङ्केत हो कि, जसले गर्दा ऊ पहिले जस्तो अहिले कडा मेहनत गर्न असक्षम भएकी छिन्? यदि यस्तो हो भने, तिनका विगतका मेहनतहरू नबिर्सिऊन् भन्ने पावलको चाहना देखिन्छ। यो हामी सबैले सम्झनु पर्ने एउटा पाठ हो।” महिला विश्वासी जनलाई उल्लेख गर्नु पर्दा पावल होशियार थिए। ९ पदमा उनले स्टाखुस (एक पुरुष) लाई “मेरा प्रिय” भनेका छन् तर उनले पेर्सिसलाई “प्रिया” मात्र भनी उल्लेख गर्छन्। यस्ता कुराहरूको बारेमा होशियार हुनु महत्त्वपूर्ण छ, नत्र मानिसले आफू कुनै स्त्रीसँग एकदम घनिष्ट हुन खोजेको सन्देश जान सक्छ।

रोमी १६:१३ – रूफस र उनकी आमा

पावलले यहाँ मर्कूस १५:२१ मा उल्लेख गरिएकै व्यक्ति, अर्थात् हाम्रो प्रभुको क्रूस बोक्ने सिमोनका छोरा “रूफस” लाई अभिवादन पठाइरहेको हुन सक्छ। मर्कूस १५:२१ मा उल्लेखित “रूफस” का एकजना अलेक्जान्डर नामका भाइ थिए। पावलले रूफसकी आमालाई “उनकी र मेरी आमा” भनी बयान गरे। रूफसकी आमालाई पावलले एक अर्थमा आफ्‍नै आमा भनेर दाबी गर्दैथे जुन कुराले हामीलाई मर्कूस १०:२९-३० पुनर्सम्झना गराउँछ। निःसन्देह, तिनले पावललाई आफ्‍नै छोरालाई झैं वास्ता गर्ने अवसर पाएकी थिइन्। जब हामीले मुक्ति पाउँछौं र परमेश्वरको परिवारका सदस्य हुन्छौं, तब हाम्रा थुप्रै भाइबहिनीहरू अनि आमाबुबाहरू भएको कुरा हामीले चाँडै थाहा गर्छौं! रगतले किनिएका परमेश्वरका सन्तानहरूको एक-अर्कासित एउटा विशेष सम्बन्ध हुन्छ। “ख्रीष्टिय आमाहरूले यहाँ सेवा गर्ने ठूलो अवसर देख्न सकून् — स्वभावैले प्रेमिलो वास्ता राख्ने सुन्दर हृदय हुनु आमामा हुने विशेषता हो जसलाई उनीहरूले आफ्‍नो परिवारभित्र सीमित नराखीन सबै ख्रीष्टियनहरूप्रति देखाऊन्, विशेष गरी ख्रीष्टका सबै सेवकहरूप्रति। प्रभुले यो कुरा उहाँको आगमनमा सम्झनुहुनेछ!” (विलियम न्यूवेल)।

सबै विश्वासीहरू “प्रभुमा चुनिएका” हुन्छन्। हामी सबै परमेश्वरका चुनिएकाहरू हौँ (यी पदहरूमा यही शब्द प्रयोग गरिएको छ, कलस्सी ३:१२; रोमी ८:३३; २ तिमोथी २:१०; १ पत्रुस १:२; २:९)। एफेसी १:४ सित पनि दाँज्नुस्। यो शब्दावली यस ठाउँमा एउटा छुट्टै अर्थमा प्रयोग गरिएको छ भनी कतिले ठान्छन्, अर्थात्, रूफस एक “विशिष्ट” विश्वासी थिए (कुनै विशेष गुण भएका एक असाधारण विश्वासी) भन्ने अर्थमा। थेयर भन्छन् यसको एउटा अर्थ “रोज्न लायक, छनौट गरिएको, कुनै समूह वा वर्गमा सर्वोत्तम, सर्वोत्कृष्ट” भन्ने पनि हुन सक्छ। तर, हामीलाई प्रश्न उठ्छ, रूफस यदि यतिसम्म उत्कृष्ट, असाधारण विश्वासी थिए भने किन उनी यस ठाउँमा बाहेक पवित्रशास्त्रको अन्य ठाउँमा उल्लेख नगरिएका? (जस्तै, अक्विला र प्रिस्किल्ला नयाँ नियममा पटक-पटक उल्लेख गरिएका छन्।) त्यसैले पावलले यहाँ “प्रभुमा चुनिएका” भन्ने शब्दावलीलाई सम्भवतः यसको सामान्य, साधारण अर्थमै प्रयोग गरेका हुन्। सायद पावलले उनको चुनाउको महिमित तथ्यलाई सम्झना गराएर रूफसको हृदयलाई उत्साह दिन चाहन्थे। यो तथ्यले  त प्रत्येक विश्वासीको हृदयबाटको धन्यवाद प्रशस्त बनाउनुपर्ने हो (२ थेस्सलोनिकी २:१३)। हुन सक्छ, एक समय रूफस ख्रीष्टमा आउलान् भनेर अरूले सम्भावना देख्दैनथे तर एक दिन कुनै असाधारण तरिकाले ख्रीष्टमा आए। हामी सबैले त्यस्ता मानिसहरू चिन्छौं जो मानवीय दृष्टिकोणमा मुक्तिका निम्ति असम्भव उम्मेदवारको रूपमा देखिन्थे: “त्यो मान्छेले त कहिले विश्वास गर्ला र!” तर टार्ससको शाउलको जीवन परिवर्तन गर्नुहुने परमेश्वरले हामीलाई गजबसँग चकित तुल्याउन सक्नुहुन्छ। “रूफस, परमेश्वरले तिमीलाई बोलाउनुभएर, चुन्नुभएर र आफैकहाँ खिँच्नुभएर गर्नुभएको उदेकको कामलाई कहिल्यै पनि नबिर्स! तिमी मुक्ति दिलाउने परमेश्वरको सार्वभौम अनुग्रहलाई प्रकट गर्ने भाँडो हौ!”

रोमी १६:१४-१५ – दसजना विश्वासीहरू

१४ पदमा पाँचजना विश्वासीहरू नाम तोकिएर सम्बोधन गरिएका छन् र “उनीहरूसँग भएका भाइहरू” को उल्लेख गरिएको छ। १५ पदमा पाँचजना विश्वासीहरू नाम तोकिएर सम्बोधन गरिएका छन् र “उनीहरूसँग भएका भाइहरू” को उल्लेख गरिएको छ। रोमी १६:५ मा “घरेलुमण्डली” भन्ने शीर्षकमा गरिएको लामो टिप्पणीलाई अध्ययन गर्नुहोस्। नेरेयसचाहिँ दुई चर्चित रोमी नागरिकहरूको मुक्तिको निम्ति साधन बनेको व्यक्ति हुन सक्छ। ई. सं. ९५ मा दुईजना चर्चित रोमी नागरीकहरूलाई उनीहरू ख्रीष्टियन बनेकोमा दोषी ठहराइएको थियो: फ्लाभियस क्लिमेन्स (Flavius Clemens) र तिनकी पत्नी डोमाटिल्ला (Domatilla, तिनी चाहिँ भूतपूर्व सम्राट भेस्पासियनका नातिनी र तात्कालीन सम्राट डोमिटियनकी भतिजी/भान्जी थिइन्)। फ्लाभियसलाई मृत्युदण्ड दिइयो र तिनकी पत्नीलाई एउटा टापुमा देशनिकाला गरियो। फ्लाभियस र तिनकी पत्नीको घरमा एकजना नेरेयस नाम गरेका दास थिए (१५ पद हेर्नुहोस्)। हुन त “नेरेयस” नाम एउटा सामान्य चलनचल्तीकै नाम थियो, तर पनि यदि पावलले यहाँ भनेका व्यक्ति उही फ्लेभियसका घरका दास हुन् भने, नेरेयस नै ती दुई चर्चित व्यक्ति प्रभुमा आउनुको पछाडि एउटा प्रभावकारी माध्यम भएको हुनुपर्छ।

रोमी १६:१६ – पवित्र चुम्बन

सुरुका मण्डलीहरूमा विश्वासी-विश्वासी बीच विशिष्ट खाले निकटता हुन्थ्यो: “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर”। विश्वासीका मण्डलीहरू बीच पनि विशिष्ट खाले निकटता हुन्थ्यो: “ख्रीष्टका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाएका छन्”। विश्वासीहरूको एक-अर्कासित विशेष सम्बन्ध थियो र मण्डलीहरूको पनि एक-अर्कासित विशेष सम्बन्ध थियो। कसरी? येशू ख्रीष्टको कारणले।

नयाँ नियममा “चुम्बन” भन्ने शब्द अभिवादनको प्रसङ्गसित जोडिएर पाँच पटक प्रयोग गरिएको छ। चार पटक पावलले “पवित्र चुम्बन” को कुरा गर्छन् (रोमी १६:१६; १ कोरिन्थी १६:२०; २ कोरिन्थी १३:१२; १ थेस्सलोनिकी ५:२६) र एक पटक पत्रुसले “प्रेमको चुम्बन” को कुरा गर्छन् (१ पत्रुस ५:१४)। फरिसी सिमोनलाई हल्कासित हप्काउनुहुँदा प्रभु येशूले चुम्बनको चलनको कुरा गर्नुभयो: “तिमीले मलाई चुम्बन दिएनौ” (लूका ७:४५)। पावल एफेसीहरूबाट बिदा हुँदा उनीहरूले “पावललाई अँगालो हालेर चुम्बन गरे” (प्रेरित २०:३७; यसलाई हराएको छोरोलाई लूका १५:२० मा स्वागत गरिएको तरिकासित दाँज्नुहोस्)। चुम्बन गर्दा निधार वा गालामा चुम्बन गर्ने चलन थियो, ओठहरूमा होइन (यो कुनै कामुक, कामोत्तेजक वा रोमाञ्चकारी चुम्बन थिएन)। पावलले उनीहरूलाई “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर” भनेका हुनाले  के यो अभिवादन उही लिङ्गका विश्वासीहरूसित मात्र नभएर सबै विश्वासीसित गरिने अभिवादन थियो त (उत्पत्ति २९:११ सँग तुलना गर्नुहोस् जहाँ याकूबले राहेललाई चुम्बन गरे, जुनचाहिँ रोमाञ्चकारी चुम्बन थिएन तर नातेदारहरूप्रति स्‍नेहको अभिवादन थियो)? तर यो अभ्यास उही लिङ्गका व्यक्तिहरूसित मात्र गरिने कुरा थियो भन्ने कतिलाई लाग्छ—पुरुषहरूले पुरुषहरूलाई र स्त्रीहरूले स्त्रीहरूलाई चुम्बन गर्ने (International Standard Bible Encyclopedia, p. 1814)। यो “पवित्र चुम्बन” थियो अर्थात् परमेश्वर यसमा संलग्‍न हुनुहन्थ्यो र विश्वासीहरू बीच हुने साँचो प्रेमको यो न्यानो र स्‍नेहपूर्ण अभिव्यक्तिमा परमेश्वर खुशी हुनुहुन्थ्यो: “यसले कहिल्यै पनि तीनजना भन्दा कमको संलग्‍नतालाई जनाउनुहुँदैन: परमेश्वर अनि एक-अर्कालाई चुम्बन गर्ने दुईजना। पवित्र चुम्बनले ख्रीष्टको प्रेम परस्परमा बाँडिएको कुरालाई दर्शाउँछ” (हेन्ड्रिक्सन)।

आज हाम्रो समाजमा र प्रायः अन्य समाजहरूमा पनि, चुम्बनभन्दा अन्य तरिकाहरूद्वारा न्यानो र स्‍नेहपूर्ण अभिवादनलाई व्यक्त गरिन्छ। पहिलो शताब्दीका विश्वासीहरूको चलनको सट्टामा नेपाली समाजमा चाहिँ आफ्‍ना दुई हात जोडेर “जय मसीह” भन्नु वा उही लिङ्गका व्यक्तिहरूसित भने न्यानो प्रेमले हात मिलाउनु परमेश्वरलाई आदर दिने विकल्प हुन्। हामी ख्रीष्टमा दाजुभाई तथा दिदीबहिनीहरू हौं र हामीले एक-अर्कालाई चोखो हृदयले गहिरो प्रेम गरेका होऔं (१ पत्रुस १:२२)।

कतिपटक विश्वासीहरूले “व्यवस्थाको लेख” लाई पालन गर्न खोजेका छन् तर त्यसो गर्न खोज्दा उनीहरूले खासमा “व्यवास्थाको आत्मा” को अवज्ञा गर्न पुगेका छन्। अमेरिकामा एकादुई मण्डलीहरूले “पवित्र चुम्बन्” को अभ्यास पहिलो शताब्दिकाहरूले जस्तै गर्न खोज्दा त्यो ज्यादै कृत्रिम र अस्वाभाविक हुन गएको र फलस्वरूप त्यो हृदयदेखि नभईकन एउटा बाहिरी रीति मात्र हुन गएको गुनासो सुनिएको छ। त्यसो गर्नुभन्दा त बरु “पवित्र हात मिलाउने” विकल्पद्वारा र नेपालीहरूको सन्दर्भमा पवित्र जय मसीह अभिवादन नै व्यवस्थाको आत्मा अनुरूप हुन्छ र प्रभुलाई आदर गर्दछ।

“ख्रीष्टका मण्डलीहरूले” रोममा भएको ख्रीष्टको मण्डलीलाई सलाम पठाए। पहिलो शताब्दीका मण्डलीहरूबीच यस्तो निकटता र एकता थियो जुन आजका मण्डलीहरूबीच पाइँदैन। यसको कारणचाहिँ पहिलो शताब्दीका मण्डलीहरूबीच निम्न कुरा साझा थिए:

एउटै शिक्षा
“जसरी म जहाँतहीं हरेक मण्डलीमा शिक्षा दिन्छु” (१ कोरिन्थी ४:१७)

एउटै अभ्यास “जसरी प्रभुले हरेकलाई बोलाउनुभएको छ, त्यसरी नै ऊ हिँडोस्। अनि सबै मण्डलीहरूमा म यस्तै आज्ञा दिन्छु” (१ कोरिन्थी ७:१७)

एउटै चलन “तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाह होस्, हाम्रो यस्तो रीति छैन, न ता परमेश्वरका मण्डलीहरूकै छ” (१ कोरिन्थी ११:१६)

एउटै अनुशासन “किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न्, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ।” (१ कोरिन्थी १४:३३)।

आजको दिनमा यसरी अभ्यास गर्ने मण्डलीहरू भेट्टाउन कठीन छ।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)