Entries by Pradesh Shrestha

मिश्रबाट प्रस्थान

मिश्रबाट प्रस्थान

 

परमेश्वरले बाबेल शहरको इन्साफ गर्नुभएपछि थुप्रै जातिहरूको शुरूआत हुन गयो (पाठ ३ मा हेर्नुहोस्)। धेरै वर्ष बितेपछि परमेश्वरले एउटा व्यक्तिलाई चुन्नुभयो जो नै एक विशेष जातिका पिता हुन गए। उनको नाउँ के थियो (उत्पत्ति १२:१-३, १७:५)? _______________।

युसुफ मिश्रका अधिपति हुँदा (उत्पत्ति ४२:६, ४५:९), वृद्ध भइसकेका याकूब र उनका छोराछोरीहरू तथा नाती-नातीनीहरू सबै मिश्रमा युसुफसँग बसोबास गर्न गए किनभने त्यसबेला ठूलो अनिकाल परेको थियो। याकूबको घरानाबाट मिश्रमा आउनेहरू जम्मा कतिजना थिए (उत्पत्ति ४६:२७)? ____________।

इतिहासको यस चरणमा इस्राएल जातिको संख्या थोरै थियो। तर परमेश्वरले अब्राहामलाई उनका सन्तान “आकाशका ________ र समुद्र किनारका __________ सरह” (उत्पत्ति २२:१७) हुनेछन् भनी प्रतिज्ञा गर्नुभइएको थियो। के तपाईं आकाशका तारा गन्न सक्नुहुन्छ (उत्पत्ति १५:५ पढ्नुहोस्)? ________। समुद्रको बालुवा नि? ________। तर इस्राएलका सन्तान मिश्रमा बसाइ सर्दा उनीहरूको कुल संख्या ७० मात्र थियो (प्रस्थान १:५ पढ्नुहोस्)। त्यति थोरै मानिस गन्न कुनै गाह्रो कुरा होइन! के परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो? के परमेश्वरले यो जातिको संख्या वृद्धि गराएर थुप्रै बनाउनुभयो? प्रस्थान १:७-१२,२० र ५:५ पढ्नुहोस् अनि प्रेरित ७:१७ सँग तुलना गरेर यसको उत्तर पत्ता लगाउनुहोस्।

मिश्रमा रहँदा इस्राएलका सन्तान मिश्रीहरूका दास बन्न पुगे। उनीहरूको दासत्वको जीवन कति कठोर थियो भन्ने कुरा तलको जोडा मिलाएर बुझ्न सकिन्छः

१.      (______) उनीहरूको जीवन तीतो बन्यो किनभने उनीहरूले अनेकौं प्रकारका कठोर कामहरू गर्नुपर्‍यो।

२.     (______) उनीहरूको कामको भार दोब्बर गरियो तर पनि ईंटहरू उत्तिकै बनाउनुपर्ने भयो (दुई दिन लाग्ने काम एकै दिनमा गर्नुपर्‍यो!)

३.     (______) मिश्रको राजा फारोका लागि उनीहरूलाई जबर्दस्ती शहरहरू बनाउन लगाइयो।

(क) प्रस्थान १:११

(ख) प्रस्थान १:१४

(ग) प्रस्थान ५:६-१९

धेरै वर्ष दुःख र पीडा खप्नु परेकोले इस्राएलका सन्तानले सुस्केरा हालेर पुकारा गर्न लागे र ____________ले तिनीहरूको पुकारा सुन्नुभयो (प्रस्थान २:२३-२५, प्रेरित ७:३४)। उनीहरूलाई कठोर दासत्व र बन्धनबाट छुटाउन सक्ने केवल परमेश्वर मात्र हुनुहुन्थ्यो। परमेश्वरले प्रस्थान ६:६-८ मा ७ पटक आफूले के गर्नेछु भनेर भन्नुभएको पाउँछौं?

१) म _______________________________________________ निकाल्नेछु।

२) र __________________________________________________ दिनेछु।

३) म __________________________________________________ गर्नेछु।

४) म __________________________________________________ गर्नेछु।

५) म __________________________________________________ हुनेछु।

६) म ________________________________________________ ल्याउनेछु।

७) म __________________________________________________ दिनेछु।

परमेश्वरले उनीहरूलाई मिश्रबाट छुटाएर निकाल्ने प्रतिज्ञा गर्नुभयो। परमेश्वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। त्यो महान् घटनालाई प्रस्थान (EXODUS) भनिन्छ। प्रस्थानको अर्थ हो निस्कनु। जसरी एउटा भवनबाट निस्कन त्यहाँ ढोका (EXIT) हुन्छ त्यसरी नै परेमश्वरले आफ्ना मानिसहरूलाई मिश्रबाट उनीहरूको कठोर दासत्वबाट निस्कने बाटो बनाइदिनुभयो। मिश्रबाटको त्यो भयङ्कर प्रस्थानको बारेमा प्रस्थानको पुस्तकको १२ देखि १४ अध्यायमा पढ्न सकिन्छ।

के आज पनि मानिसहरू, केटाकेटीहरू दासत्वमा रहेका छन्? हिजोआज पनि कमाराहरू हुन्छन्? नेपालमा दास-प्रथा हटाइएको ५० वर्षभन्दा बढी भए तापनि अर्को अर्थमा धेरै मानिसहरू आजसम्म बन्धनमै छन्। प्रभु येशूले भन्नुभएको छ, “जसले ________ गर्छ, त्यो ________को दास हो” (यूहन्ना ८:३४)। रोमी ६:१७ मा पावल लेख्छन्, “तिमीहरू __________का दास थियौ।”

आफ्नो र अरुको विषयमा विचार गर्दा आफैलाई यो प्रश्‍न गर्नुहोस्: के आज मानिसहरू साँच्चै पापका दास भइरहेका छन्? पापले मानिसलाई कसरी बन्धनमा राख्छ? याद गर्नुहोस्, दासले आफ्नै इच्छा गर्न पाउँदैन। दास कसैको नियन्त्रणमुनि हुन्छ। इस्रायलीहरू मिश्रीहरूको अधीनमुनि र नियन्त्रणमुनि थिए। कुनै अभिलाषा (बलियो इच्छा), बानीको अधीनमा वा कुनै कुराको प्रभावको अधीनमा परेको कसैलाई चिन्नुहुन्छ? (जस्तै, पियक्कड मानिस रक्सीको दास हो)। हिजोआज मानिसहरू अन्य के कस्ता कुराको दासत्वमुनि परेको देखिन्छ वा सुनिन्छ?

पापको दासत्वबाट छुटकारा दिनसक्ने एउटै मात्र व्यक्तिले हुनुहुन्छ (यूहन्ना ८:३६, गलाती ५:१, रोमी ७:१५-२५)? ________________________।

ठीक कि बेठीक जब एउटा व्यक्ति प्रभुद्वारा स्वतन्त्र बन्छ, ऊ फेरि पापको दास बन्दैन (रोमी ६:१७-१८ र यूहन्ना ८:३६)।
ठीक कि बेठीक जब एउटा व्यक्ति प्रभुद्वारा स्वतन्त्र बन्छ, ऊ फेरि पापको दास होइन तर उसलाई जे गर्न मन लाग्छ त्यो गर्न स्वतन्त्र हुन्छ (गलाती ५:१३, रोमी ६:१-२)।
ठीक कि बेठीक जब एउटा व्यक्ति प्रभुद्वारा स्वतन्त्र बन्छ, ऊ प्रभुको दास बन्दछ (रोमी ६:२२, रोमी १:१)।

प्रत्येक नै कसै न कसैको दास हो! महत्त्वपूर्ण प्रश्‍न यो हो, “तपाईं कसको दास हुनुहुन्छ?” मानिसहरू कि पापको दास हुन्छन् कि परमेश्वरको दास हुन्छन्। उनीहरू कि पापको सेवा गर्छन्, आफ्नै पापी मनको सेवा गर्छन् र शैतानको सेवा गर्छन् कि परमेश्वरको सेवा गर्छन्। सम्पूर्ण विश्वमा साँच्ची नै स्वतन्त्र व्यक्ति बास्तवमा एउटै मात्र हुनुहुन्छ अर्थात्, परमेश्वर। तर परमेश्वर आफै पनि जेसुकै गर्न स्वतन्त्र हुनुहुन्न। परमेश्वरको स्वतन्त्रता अचम्म प्रकारले सीमित छ। त्यहाँ कतिपय कुराहरू छन् जुन कुराहरू गर्न परमेश्वर स्वतन्त्र हुनुहुन्न! जस्तै,

  • परमेश्वर झू______ बोल्न स्वतन्त्र हुनुहुन्न (तीतस १:२)।
  • परमेश्वर ब____________ स्वतन्त्र हुनुहुन्न (मलाकि ३:६)।
  • परमेश्वर आफैलाई इ__________ गर्न स्वतन्त्र हुनुहुन्न (२ तिमोथी २:१३)।

परमेश्वरले इस्राएलका सन्तानहरूलाई मिश्रको दासत्वबाट छुटाएर निकाल्नुभयो। यही प्रभुले मलाई पापको दासत्वबाट छुटाएर निकाल्न सक्नुहुन्छ ता कि म परमेश्वरको दास बन्न सकूँ र उहाँको सेवा गर्न सकूँ। यो कस्तो अचम्मको राम्रो दासत्व! (टिप्पणी: मालिक निर्दयी र अत्याचारी छ भने दासत्व कठोर हुन्छ। मिश्रको दासत्व निश्चय नै कठोर थियो! तर प्रभु येशू ख्रीष्ट कसरी एक अति असल मालिक र प्रभु हुनुहुन्छ। यसका केही कारणहरू दिन सक्नुहुन्छ?)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

भाषाहरूको खलबलले मानिसहरू पृथ्वीभरि छरिन्छन्

भाषाहरूको खलबलले मानिसहरू पृथ्वीभरि छरिन्छन्

 

नूहको जलप्रलयमा आठजना व्यक्तिहरू एउटा विशाल जहाजको भरमा बाँचे (१ पत्रुस ३:२०)। उक्त जहाजभित्र यी मानिसहरूले (पशुपंक्षी बाहेक) एउटा अर्को कुरा पनि साथमा बोकेका थिए — एउटा अति नराम्रो रोग (यर्मिया १७:९) — त्यो थियो पाप। आदमबाट वंशानुगत सर्दै आएको पापी स्वभाव जहाजको प्रत्येक व्यक्तिसँगै थियो (पाठ १ हेर्नुहोस्)। उत्पत्ति ९:२०-२१ ले नूहको हृदयमा पनि पापको समस्या थियो भन्ने कुरा कसरी देखाउँछ?

नूहको परिवार वृद्धि हुँदै गयो। नूहका छोराहरूका सन्तानहरू भए। के यी सन्तानका हृदयहरू पनि बाबु-आमाका जस्तै पापी थिए? ______। नूहका धेरै नातीहरू भए र अझ धेरै पनातीहरू भए र अझ धेरै-धेरै खनातीहरू भए! शुरुमा बाँचेका आठजनाबाट धेरै वर्षको अवधिमा हजारौं-लाखौं मानिसहरू जन्मे। यी मानिसहरू एकसाथ रहे र उनीहरू नूहको जहाज अडेको ठाउँ आ__________बाट (उत्पत्ति ८:४) शि__________ (उत्पत्ति ११:२) प्रदेशमा आए जो दुई ठूला-ठूला नदी (टाइग्रीस र युफ्रेटिस) को बीचमा फैलिएको एउटा फराकिलो फाँट थियो। उनीहरू यहीं बसोबास गरे र यही ठाउँलाई आफ्नो थलो बनाए।

यी मानिसहरूले कतिओटा भाषा बोल्थे (उत्पत्ति ११:१)? ________। एउटै साझा भाषाले मानिसहरूलाई एकजूट गराउँछ भने विभिन्न भाषाहरूले विभाजन ल्याउँदछ। मानौ एउटा भोजमा १०० जना निम्तो गरिएका छन्। कोही नेपाली मात्र बोल्छन्, कोही मगर मात्र, कोही नेवारी मात्र बोल्छन्, कोही राई मात्र, कोही गुरूङ मात्र बोल्छन्, कोही तिब्बती मात्र। भोज शुरु भएपछि मानिसहरू कतिओटा समूहमा विभाजित हुन्छन् होला? ____________।

शिनारमा बस्दै गरेका यी मानिसहरूले एक विशाल निर्माण परियोजनाको थालनी गरे (उत्पत्ति ११:३)। उक्त इलाकामा ठूला-ठूला ढुङ्गाहरू नपाइने भएकोले उनीहरूले आफ्ना भवनहरू ढुङ्गाबाट बनाउन पाएनन्। (नोट: मिश्रीहरूले विशाल पिरामिडहरू र ग्रीकहरूले ठूला मन्दिरहरू ढुङ्गाबाट बनाएका थिए)। तर त्यहाँ प्रशस्त माटो पाइने भएकोले उनीहरूले बरु ईंटहरू बनाए। साथै त्यहाँ अलकत्रा पनि पाइएकोले त्यसलाई तिनीहरूले सिमन्टिको रूपमा प्रयोग गरे। साधारणतया ईंट घाममा सुकाएर तयार पारिन्थ्यो भने यी मानिसहरूले आफ्ना ईंट कडा र बलियो बनाउन ईंटलाई भट्टीमा राम्ररी पोलेर तयार पारे (उत्पत्ति ११:३)।

भवन बनाउनु पाप होइन। सुलेमान राजाले परमेश्वरका निम्ति एक विशाल मन्दिर बनाए (१ राजा ६)। तर यी मानिसहरूले आफ्ना भवनहरू परमेश्वर र उहाँको महिमाको निम्ति बनाइरहेका थिएनन्। उनीहरूको निर्माण योजना मानिसको महिमाको निम्ति मात्र नभएर परमेश्वरको विरूद्धमा पनि थियो। उत्पत्ति ११:४ बाट यो जान्दछौं कि उनीहरू आफ्नो निम्ति एउटा शहर र एउटा धरहरा बनाउन चाहन्थे र आफ्नो निम्ति नाउँ राख्‍न चाहन्थे। उनीहरूले गर्न नचाहेको एउटा कुरा के थियो (उत्पत्ति ११:४)? ______________________________________। जगतभरि तितरबितर नहुनको लागि उनीहरू एकजूट भएर एउटा विशाल शहर बनाउन चाहे। जलप्रलयपछि परमेश्वरले नूहका छोराहरूलाई एकजूट भएर एकै ठाउँमा बस्न आज्ञा दिनुभयो कि सारा पृथ्वीमा भरिँदैजाओ भन्नुभयो (उत्पत्ति ९:१,७)? ______________________________________।

यी मानिसहरूका हृदय, उनीहरूका शहर, उनीहरूका धरहरा अनि उनीहरूका सम्पूर्ण दुष्ट योजनाहरू, परमेश्वर सब जान्नुहुन्थ्यो। परमप्रभुले भन्नुभयो, “ए______ भाषा बोल्ने ए______ जा______ को स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन (उत्पत्ति ११:६)।” पापी स्वभावका मानिसहरू आपसमा एकजूट भए उनीहरूले गर्न सक्ने दुष्टताको कुनै सीमाना हुँदैन भन्ने कुरा परमप्रभु जान्नुहुन्थ्यो। निमार्ण योजना यसको थालनी थियो! यदि परमेश्वरले उनीहरूलाई रोकटोक नलगाउनुभए र लगाम नलगाउनुभए भने उनीहरू झन् झन्, पापमा अझ गहिरो, दुष्टताको खाडलमा पर्न सक्थे (पाठ २ हेर्नुहोस्)। उनीहरूको दुष्ट गतिलाई सुस्त गराउन केही न केही गरिन आवश्यक थियो।

यदि तपाईंलाई रोकटोक लगाउन बाबु-आमा नभएका भए वा शिक्षकहरू नभएका भए, वा प्रहरी नभएका भए वा तपाईंसित विवेक नभएको भए, तपाईंले के कस्ता पापहरू गर्नुहुनेथ्यो होला? यदि तपाईंले पाप गरेर उम्कन पाउने भए, कसैले नदेख्‍ने भए र तपाईंले कहिल्यै दण्ड नपाउने भए के तपाईंले पाप गर्नुहुनेथ्यो? हामीलाई रोकटोक लगाउनको लागि परमेश्वरले कतिपय कुराहरू खडा गरिदिनुभएकोछ। (सिक्रीले बाँधिएको एउटा डरलाग्दो कुकुरलाई विचार गर्नुहोस्। सिक्री रोक लाउने एउटा साधन हो किनभने त्यसले बाँधेर राख्‍ने काम गर्छ। सिक्री छैन भने कुकुरले कसैलाई चोट पार्नसक्छ वा कुकुर आफै पनि खतरामा पर्न सक्छ।)

परमप्रभुले आश्चर्यको काम गर्नुभयो। तिनीहरूले एक-अर्काको बोली ____________ भनेर उहाँले तिनीहरूको भाषा खलबल पारिदिनुभयो (उत्पत्ति ११:७)। एक्कासी पृथ्वीमा एउटा मात्र भाषा नभई थुप्रै भाषाहरू भए (आज पृथ्वीमा करीब ३,००० भाषाहरू छन्!)। एक्कासी निमार्ण कार्य ठप्प भयो अनि त्यो शहरको नाउँ ___________ राखियो जसको अर्थ हो खलबल (उत्पत्ति ११:८-९)। एक-अर्काको कुरा नबुझ्दा आपसमा मिलेर काम गर्न असम्भव हुन्छ! यसकारण ती मानिसहरू एक-अर्कादेखि छुट्टिएर गए, तितरबितर भए र बाध्यतावश पृथ्वीमा फैलिँदै गए। विभिन्न जाति तथा राष्ट्रहरूको शुरूआत यहींबाट भएको हो (उत्पत्ति १०:५,२०,३१,३२)। (बाइबलमा “जाति” भन्नाले “ठूलो” वा “सानो” जाति भन्ने अर्थ लाग्दैन, तर फरक-फरक भाषा बोल्ने मानिसहरूका समूह भन्ने बुझिन्छ।)

संसारमा विभिन्न राष्ट्रहरू हुनुमा सुरक्षा छ किनभने यसद्वारा शक्तिहरूको सन्तुलन हुन्छ र कुनै एक राष्ट्रले एकलौटी शासन र शक्ति चलाउन पाउँदैन। जुन बेला सबै राष्ट्रहरू एकजूट हुन्छन् तब त्यहाँ ठूलो खतरा हुन्छ किनभने सम्पूर्ण शक्ति र अधिकार एउटै दुष्ट निरंकुश शासकको हातमा पर्न जान्छ। बाइबलले भविष्यवाणी गरेको छ कि यस युगको आखिरी दिनहरूमा सारा जगत एउटै मानिस र एउटै शासनमनि एकजूट हुनेछ। त्यसबेला कोही पनि व्यक्ति त्यो दुष्ट सरकारसित सहमत भएन भने उसलाई मारिनेछ (प्रकाश १३ अध्याय)।

यसरी बाबेलको इन्साफले भाषा र जातिहरू उत्पन्न भए। आज संसारलाई हेर्दा संसारका के कस्ता कुराले हामीलाई उक्त इन्साफको सम्झना आउँछ? स्कूलमा पढाइने यी मध्ये कुन-कुन विषयहरू बाबेलको सम्झना गराउने विषयहरू हुन् (गोलाकार चिन्ह लगाउनुहोस्): गणीत, अंग्रेजी, नेपाली, भूगोल, विज्ञान, राजनीति, इतिहास। निम्न कुराहरूले हामीलाई कसरी बाबेलको सम्झना गराउँछन्, बयान गर्नुहोस्: मिसिनरीहरू (मत्ती २८:१९), बाइबलको नेपाली अनुवाद, पेन्टेकोस्टको दिन (प्रेरित २:१-११), संयुक्त राज्य संघ, संसारको मानचित्र, शब्दकोषहरू, हुलाक-टिकटहरू, संसारभरिका सिक्का र मुद्राहरू, वर्णहरू (रातो, पहेंलो, कालो, सेतो), लडाइँहरू, विदेशी खानेकुराहरू, विभिन्न देशहरूका विभिन्न पोशाकहरू इत्यादि।

संसारमा के त्यस्ता कुनै कुराहरू भइरहेकाछन् जसले हामीलाई प्रकाशको पुस्तकले भविष्यवाणी गरेको एकजूट हुने विश्वव्यापी शासन (सरकार) तर्फ लग्दै छ? संचार माध्यमका के कस्ता कुराहरूले संसारलाई “सानो” र झन् एकजूट बनाउन मदत पुर्‍याएको छ? यातायातको क्षेत्रमा नि?

यदि अधिकार असल व्यक्तिको हातमा हुन्छ भने संसारमा एउटै शासन र सरकार हुनु के नराम्रो कुरा हो र (यशैया २:१-५, ९:६-७, ३३:२२, यर्मिया २३:५-६)? __________। के उहाँ तपाईंको जीवनको राजा र मालिक हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मानिसको दुष्टता र विश्वव्यापी जलप्रलय

मानिसको दुष्टता र विश्वव्यापी जलप्रलय

 

आदमले पाप गर्न थाल्यो। आदमका सन्तान पापमा लागिरहे। तिनीहरूले झन् झन् पाप गरे। तिनीहरू पापको दलदलमा झन् झन् डुबे। आत्मिक र नैतिक रूपमा तिनीहरू झन् झन् तल गिरे। तिनीहरू दुष्टताको गहिराइमा झन् झन् खराब बने। तिनीहरू कमारा थिए, पापको साङ्लाले बाँधिएका पापका दास थिए।

उत्पत्ति ६:५ अनुसार “पृथ्वीमा मानिसहरूको __________ ________ भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।” आज संसार केले भरिएको देखिन्छ? मानिसको सद्‍गुण (हिंसा र लडाईं नगर्ने राष्ट्रहरू, असल असल शासकहरू, निर्दोष प्रजाहरू) ले कि मानिसको दुष्टताले? __________________। उत्पत्ति ६ ले नूहको समयमा संसारका मानिसहरूको अवस्थाको वर्णन गर्छ। नूह ख्रीष्टभन्दा हजारौं वर्ष अघि जिउँदथे। मत्ती २४:३७ मा येशूले भन्नुभयो,

“नूहका दिनहरू जस्ता थिए त्यस्तै मानिसका पुत्रको आगमन पनि हुनेछ।”

 

 

मानिसको दुष्टता

 दुष्ट विचारहरू

मानिसको हृदय र मनबाट निस्कने विचारहरू परमेश्वर जान्नुहुन्छ। उत्पत्ति ६:५ अनुसार “तिनीहरूका हृदयका ____________ को जुनसुकै पनि भावना निरन्तर ________ मात्र भएको परमप्रभुले देख्‍नुभयो। “मानिसका विचारहरू कस्ता थिए (ठीक उत्तरमा गोलो चिन्ह लगाउनुहोस्) :

(क) प्रायः खराब (ख) प्रायः असल (ग) खराब मात्र
(घ) असल र खराब बराबर ( ङ) असल मात्र  

यस्ता विचार मानिसको हृदयमा कत्तिको आउने गर्थे?

(क) दिन को एक घण्टा (ख) दिनको १२ घण्टा (ग) जुनसुकै बेला पनि
(घ) कहिलेकाहीँ मात्र ( ङ) बेला बखतमा  

हिब्रू भाषामा “भावना” शब्दको अर्थ हो “मानिसले मनमा रच्ने वा बनाउने कुरा। कुनै पनि विचार, उद्देश्य, अभिलाषा।” यो शब्द उत्पत्ति २:७ को “बनाउनु”भन्ने शब्द सित सम्बन्धित छ। “परमेश्वरले भूमिको माटोबाट मानिस ____________।” तर मानिसले पाप गर्‍यो (उत्पत्ति ३:६), अनि पापी मानिसले पापपूर्ण विचारहरू रच्यो अर्थात् बनायो (उत्पत्ति ६:५), अनि मानिसहरू त्यसबेलादेखि दुष्ट विचारहरू रच्दै आएका छन्। मर्कूस ७:२१ अनुसार मानिसको दुष्ट हृदयभित्रबाट निस्कने प्रथम कुरा प्रभु येशूले कुन चाहिँ हो भन्नुभयो: _________ _________। दुष्ट विचार ले दुष्ट काम जन्माउँछ; पाप जहिले पनि मन मा शुरू हुन्छ। जस्तै, आफूले चोर्नु अघि एउटा चोरको मनमा के- कस्ता विचारहरू खेल्छन् होला? जाँच मा चोर्ने केटा वा केटीको विचार गरौं। चोर्नु अघि उसको मनमा के कस्ता विचारहरू आए होलान्?

मनमा खराब विचार गर्न केटाकेटी हरू कति उमेर पुग्नु पर्ला? उत्पत्ति ८:२१ मा हामी पढ्छौं “मानिसको हृदयका भावनाहरू ____________ देखि नै _________ हुन्छ।” जसले यो पाठ पढ्न सक्छ उसले खराब विचार पनि गर्न सक्छ!

के आजका मानिसहरू उत्पत्ति ६:५ मा वर्णन गरिएका उहिलेका मानिसहरू जस्तै छन्? ________। के आजका मानिसहरू जे-जे कुरा सत्य छन्, जे-जे कुरा आदरयोग्य छन्, जे-जे कुरा न्यायसङ्गत छन्, चोखा र मनोहर, असल र सद्‍गुण छन् (फिलिप्पी ४:८), त्यस्ता कुराहरूमा मन लगाउँछन्? ___________। सडकका छेउका पर्खाल-भित्ताहरूमा, सार्वजनिक शौचालयका ढोका, भित्ताहरूमा मानिसले लेखेका कुराहरूले आधुनिक मानिसका विचार कस्ता रहेछन् भनेर प्रकट गर्छन्? __________। मानिसको मुखबाट निस्कने बोलीको विचार गरौं। त्यसबाट पनि मानिसको हृदयका विचारहरू कस्ता छन् भनेर थाह गर्न सक्छौं?

के एक दुष्ट मानिसले असल कुराहरू बोल्न सक्छ (मत्ती १२:३४)? ___________। येशूले भन्नुभयो, “दुष्ट मानिसले ____________ ढुकुटीबाट (अर्थात हृदयको ढुकुटीबाट) _________ कुराहरू निकाल्दछ” (मत्ती १२:३५)। उहाँले यो पनि भन्नुभयो, “_________ को भरपूरीबाट नै मुखले ___________” (मत्ती १२:३४)। यसको अर्थ हो , हामीले बोल ेका शब्दहरूले हाम्रो हृदय को कस्तो छ र हाम्रा विचारहरू कस्ता छन् भनेर प्रकट गरिदिन्छन्। क सै ले अरूलाई सराप्दै छ वा फोहोर कुरा गर्दै छ वा फोहोर शब्दहरू प्रयोग गर्दै छ भने, त्यसबेला उसले सबैलाई आफ्नो हृदय कति फोहोर रहेछ भनी देखाउँदै छ! मुखको बोली भित्री विचारको अभिव्यक्ति हो। विचारबिना बोली आउँदैन ( यद्यपि कोही-कोही”विचारै नगरी”बोलेका जस्ता देखिएलान्!)।

भयानक भ्रष्टता

नूहका दिनहरूमा “परमेश्वरको दृष्टिमा पृथ्वी ___________ भएको र उपद्रवले भरिएको थियो” (उत्पत्ति ६:११)। “जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो ________ भएको देख्‍नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन ________ पारिसकेका थिए” (उत्पत्ति ६:१२ )। हो, परमेश्वरको दृष्टिमा मानिस पूर्ण रूपमा भ्रष्ट (बिग्रेको, काम नलाग्ने, नाश) भएको थियो। मानिसले पृथ्वीमा आफ्नो मार्गलाई कसरी भ्रष्ट पार्‍यो (यशैया ५३:६ मा जवाफ भेट्टाउनुहोस्)? ___________________ _________________________________________________________________।

मानिसको पापपूर्ण भ्रष्टताको कारण परमेश्वरले भन्नुभयो, ( सबै मानिसहरूको _________ गर्ने मैले अठोट गरेको छु” (उत्पत्ति ६:१३)। हिब्रू भाषामा “अन्त्य” भन्ने शब्द र पद ११ र १२ को “भ्रष्ट” भन्ने शब्द एउटै शब्द हो। यसको मतलब परमेश्वर भन्दै हुनुहुन्थ्यो, “तिनीहरूले आफूलाई पापले नाश गरेकोले म उनीहरूलाई मेरो इन्साफद्वारा नाश गर्नेछु।”

मानौं तपाईंले कुनै मीठो खानेकुरा पकाउनुभयो। अनि त्यो खानेकुरा एक हप्ता सम्म त्यसै रहरिह्यो र त्यसमा ढुसी पर्न थाल्यो। त्यो अब भ्रष्ट भएको छ अर्थात् बिग्रेको छ ! अब त्यसलाई अझ बिगार्नको निम्ति तपाईंले त्यसलाई फ्याँक्नुपर्छ। परमेश्वरले मानिसलाई बनाउनुभयो, तर मानिस भ्रष्ट भयो अनि यसरी परमेश्वरले जलप्रलय पठाएर पृथ्वीको भ्रष्टतालाई हटाउनुभयो।

जहाँतहिँ उपद्रव

उत्पत्ति ६:११ र १३ पढ्नुहोस्। नूहको दिनहरूमा पृथ्वी केले भरिएको थियो? __________। “उपद्रव” शब्दको अर्थ हो, “हानी गर्न, चोट पार्न शारीरिक बल प्रयोग गर्नु”। यसर्थ यसको मतलब हुन्छ “खस्रो र हानीकारक व्यवहार”। आज संसारमा हुने उपद्रवहरूको केही उदाहरणहरू दिन सक्नुहुन्छ कि (विशेष गरी समाचारमा सुनिने घटनाहरू?) _______________________________________________ ________________________________________________________________।

परमेश्वरको जलप्रलय

 

परमेश्वरको दुःख र शोक

उत्पत्ति ६:६ मा हामी पढ्छौं, “पृथ्वीमा मानिसलाई बनाउनुएकोमा परमप्रभुले _____________ गर्नुभयो, र उहाँ मनमा साह्रै _____________ हुनुभयो।” पापले परमेश्वरलाई अफसोस गराउँछ। आज पनि मानिसका हृदयका विचारहरू देखेर (१ इतिहास २८:९ मा हेर्नुहोस् ) परमेश्वर खुशी हुनुहुन्छ कि दुःखित? __________________।

परमेश्वरको जगतव्यापी इन्साफ

मानिसको दुष्टता र पापको कारणले परमेश्वरले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म ______________” (उत्पत्ति ६:७)। यो शब्दको अर्थ हो “नाश गर्नु, निमिट्यान्न पार्नु, अन्त्य गर्नु”। मानौ तपाईं बस्ने घर उडुसले भरियो। तपाईंले कीटनाशक औषधी छर्कने मानिसलाई बोलाउनुभयो भने उसले केही उडुसहरू मारेर अरू बाँकिलाई बाँच्न दिन्छ कि उसले सबै कीराहरूलाई नाश गर्न खोज्छ? _______________________________________________। केही दुष्ट मानिसहरूलाई पृथ्वीमा रहिरहन दिने परमेश्वरको योजना थियो कि थिएन? ___________। जलप्रलयको पानीले सारा पृथ्वीलाई ढाक्यो कि ढाकेन (उत्पत्ति ७:१९)? __________। त्यसबेला कतिजना बाँचे (१ पत्रुस ३:२०)? ____________।

परमेश्वरको ठूलो अनुग्रह

उत्पत्ति को छैटौं अध्याय पढ्दा त्यसबेलाको संसार पापले अन्धकारपूर्ण रहेको देख्छौं। तर अन्धकारको बीचमा ज्योति पनि थियो। “तर नूहमाथि चाहिँ परमप्रभुको ___________ भयो (उत्पत्ति ६:८ र ९ पद हेर्नुहोस्)। नूह नाम गरेको एउटा मानिससँग परमेश्वरले अनुग्रहको व्यवहार गर्नुभयो।

आज संसारको अवस्था कस्तो छ? के हामी अन्धकार र पापले भरिएको संसारमा छौं (फिलिप्पी २:१५)? ______। यो अन्धकारको बीचमा के त्यहाँ ज्योतिहरू छन् (फिलिप्पी २:१५)? ______। के त्यहाँ आज त्यस्ता मानिसहरू छन् जसले प्रभुको नजरमा अनुग्रह पाएका छन्? ______। के तपाईंले प्रभु अनुग्रही हुनुहुन्छ भनेर स्वाद पाउनुभयो (१ पत्रुस २:३ पढ्नु होस्)? मुक्तिदाता येशू ख्रीष्ट क्रूसमा मर्नुहुँदा परमेश्वरले तपाईंका पापहरूको इन्साफ गर्नुभयो भनेर के तपाईंले विश्वास गर्नुभयो? के परमेश्वरले तपाईंलाई बचाउनुभयो? परमेश्वरले मलाई बचाउनुभएको छ भनेर के तपाईंले निश्चित हुनुभयो? के तपाईं ढोकाबाट भित्र पसिसक्नुभयो (यूहन्ना १०:९)? ______________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मानिसले पाप गरेको दिन

मानिसले पाप गरेको दिन

 

उत्पत्ति ३:६ को आखिरी तीन शब्दहरू के हुन्? ________ ______ ______। यी तीन शब्दले बयान गरेको घटनाले विश्वलाई नै परिवर्तन गर्‍यो। यस घटनाले संसारै हल्लायो।

मान्छेले पाङ्ग्राको अविष्कार गर्नु ठूलो कुरा थियो। त्यस्तै क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाउनु पनि। पृथ्वीनारायण शाहले नेपालको एकिकरण गर्नु ठूलै घटना मान्नुपर्छ। चन्द्रमामा मानिस पुग्नु ‍विश्वको इतिहासमै ठूलो घटना थियो। तर आज हामी यी सबै घटना (अथवा तपाईंको सोचाइमा हुनसक्ने अन्य कुनै पनि ठूलो घटना) भन्दा पनि महान घटनाको अध्ययन गर्न लाग्दैछौं। यस घटनाले विश्वलाई अन्य घटनाले भन्दा कैयौं गुणा बढी असर पारेको छ।

उत्पत्ति ३:६ मा “उनले” भन्नाले कसले भन्ने बुझिन्छ? _________। परमेश्वरले आदमलाई दिनुभएको सरल आज्ञा के थियो (उत्पत्ति २:१७)? _____________________ ________________________________________________________________________________________________। जुन रूखबाट खान मनाही गरिएको थियो, त्यो स्याउको रूख थियो कि? _______। उत्पत्ति ३:६ को कुन तीनओटा शब्दहरूले आदमको गम्भीर पाप र अनाज्ञाकारिताको बयान गर्छ? _______ ______ _______।

तपाईं भन्नुहोला, आदमले हजारौं वर्ष अगाडि पाप गरे तर मसित त्यसको के सरोकार छ र? के आदमको पापले मलाई असर पार्छ र? के आदमको पापले मेरो संसारलाई असर पार्छ र?  यस महत्त्वपूर्ण प्रश्नको उत्तर रोमी ५:१२ ले दिन्छः  “यसकारण जसरी __________ _________द्वारा (आदमद्वारा) पाप संसारमा पस्यो, र ______द्वारा _______ आयो, अनि त्यसरी नै _______ _______ मानिसहरूमा फैलियो, किनकि _______ पाप गरेका छन्। आदमको पापले ल्याएका असरहरू हामी जहाँतहिँ देख्‍न सक्छौं। आज हामी एक पतित, पापपूर्ण संसारमा बाँचिरहेकाछौं। पतित नर-नारीहरू, केटाकेटीहरू सबै नै मृत्युको मुखतर्फ लम्कँदै छन् (उत्पत्ति ३:१९)।

विचार गर्नुहोस्। आज संसारमा निम्नलिखित व्यवसायहरू वा व्यक्तिहरूको आवश्यकता किन छ? आदमको पापले गर्दा नै हो, होइन र?

  • पुलिस

  • डाक्टर

  • न्यायधीश

  • सिपाही

  • पास्टर

  • मिसनरी (प्रचारक)

  • मलामी

  • गुप्तचर

  • बीमा संस्थान

  • नर्स

अन्य उदाहरणहरू दिन सक्नुहुन्छ?

आदमको पापले गर्दा फस्टाउन पाएका उद्योग-व्यापारहरू र मानिसले बनाएका विशेष भवनहरू आज संसारमा के कस्ता छन्? जस्तै, सिनेमा हल, कैदखाना (जेल)।

पत्र-पत्रिकामा वा रेडियोमा आउने के कस्ता खबरहरूले आदमको पापले संसारमा साँच्ची नै असर पारेको छ भन्ने कुराको पुष्टि गर्छ? जस्तै, बैंक चोरीको खबर, लडाइँको खबर, समवेदनाहरू। अन्य के कस्ता उदाहरणहरू दिन सकिन्छ?

के विद्यालय जाँदा त्यहाँ आदमको पापको असर देख्‍न सकिन्छ? जस्तै, विद्यार्थीले जाँचमा चोरेको, विद्यार्थीलाई कारणवश अनुशासन गरिएको। अन्य उदाहरणहरू?

मानिसहरूको कुराकानी सुन्दा आदमको पापका असरहरू देख्‍नुभएको छ –उदाहरणको लागि फोहोर बोली, सरापका शब्दहरू, झूटा बोलीहरू। अरू कस्ता उदाहरणहरू दिन सकिन्छ?

सृष्टिका थोकहरूलाई नियालेर हेर्दा मानिसको पापका के कस्ता असरहरू देख्‍न सकिन्छ (रोमी ८:१९-२२)? जस्तै, जनावरले शिकार मारेको, प्राकृतिक प्रकोपहरू, जस्तै आँधीबेरी, भूकम्प, बाढी पहिरो, ज्वालामुखी विस्फोटन। अरू कस्ता उदाहरणहरू पाइन्छन्?

बाटोमा हिँड्दा के कस्ता कुराहरू देख्दा मानिसको पहिलो पापका खराब असरहरू देख्न सकिन्छ? उदाहरणको लागि लाशलाई पोल्न मसानघाटतिर बोक्दै लागिरहेको, पसलमा जाँड-रक्सी बेच्न राखेको, बस दुर्घटना भएको। अरू कस्ता उदाहरणहरू पाइन्छन्?

आदमको पाप र त्यसका प्रतिफलसित निम्न कुराहरू कसरी सम्बन्धित छन्? क) पैसा सुरक्षित राख्‍ने कन्तुर (सेफ) ख) मूर्ति ‍ग) औषधी पसल घ) लुगा-कपडाको पसल (उत्पत्ति २:२५ र ३:७)?

आदमको पापको प्रतिफल तपाईंको आफ्नै जीवनमा देखिन्छ कि देखिँदैन? तपाईंलाई कस्तो कुरा मन पर्छ, कस्तो कुरा मन पर्दैन भन्ने कुराले तपाईंको जीवनमा पाप छ भन्ने कुरा देखाउँछ? तपाईं कस्ता कुरा बोल्नुहुन्छ, कस्ता कुरा बोल्नुहुन्न? कस्ता विचार गर्नुहुन्छ र कस्ता विचार गर्नुहुन्न? अरूसित तपाईं के कस्तो व्यवहार गर्नुहुन्छ? मानिसको पतनले तपाईंलाई कस्तो असर पारेको छ?

परमेश्वरले मानिसको पापका डरलाग्दा प्रतिफलहरूलाई हटाउन के गर्नुभएको छ? परमेश्वरले आफ्नो पुत्रलाई हाम्रो मुक्तिदाता हुनलाई पठाउनुभयो। “किनकि जसरी ________ मानिसले (आदमले) आज्ञा भङ्ग गरेकोले _________ पापी बनिए (जसमध्ये तपाईं पनि पर्नुहुन्छ), त्यसरी नै _________ (मुक्तिदाता प्रभु येशू ख्रीष्ट) ले आज्ञापालन गरेकोले _______ धर्मी बनाइनेछन् (रोमी ५:१९)। “किनकि जसरी _______ मा सबै मर्छन् उसरी नै _______ मा सबै जिउँदो पारिनेछन्” (१ कोरिन्थी १५:२२)।

निम्न विशेष दिनहरू अर्थात् “दिवसहरू” लाई विचार गर्नुहोस्। ती दिवसहरूमा समेत हामीलाई आदमको पापको सम्झना हुन्छ। १) संविधान दिवस (बहुदलीय प्रजातन्त्र आन्दोलन सफल भए यता नेपालमा मान्दै आएको विदाको दिन) २) मजदूर दिवस (उत्पत्ति ३:१७-१९ हेर्नुहोस्) ३) तपाईंको जन्म दिवस (प्रत्येक वर्ष तपाईं आफ्नो मृत्युको नजिक पुग्दै हुनुहुन्छ) ४) सहीद दिवस (नेपालमा प्रजातन्त्र ल्याउन आफ्नो जीवन गुमाएकाहरूको सम्झना गरिने दिन) ६) हप्‍ताको पहिलो दिन (रोमी ४:२५ र १ कोरिन्थी १५:२२)

कसैले भनेका छन्, धेरै वर्ष अगाडि आदमले पाप गरे र हराए। हराएको आदमलाई खोज्न र बचाउन ख्रीष्ट संसारमा आउनुहुँदा उहाँले आदमका थुप्रै सन्तानहरू भेट्टाउनुभयो। के तपाईं पनि आदमका हराएका सन्तानमध्ये एक हुनुहुन्छ? लूका १९:१० पढ्नुहोस् र आजै भेट्टइनुहोस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

येशू आज कहाँ हुनुहुन्छ?

येशू आज कहाँ हुनुहुन्छ?

 

प्रभु येशू ख्रीष्ट बौरेर उठ्नुभयो! उहाँ जीवित हुनुहुन्छ! उहाँ आफैले भन्नुभयो, “अनि ___________ म नै हुँ, म __________ थिएँ; अनि हेर, म सदासर्वदाका निम्ति ___________ छु” (प्रकाश १:१८)। उहाँ सदाको लागि जीवित हुनुहुन्छ। बाइबलले भन्छ, “उहाँ स _____ जी ________ हुनुहुन्छ (हिब्रू ७:२५), तर उहाँ अहिले कहाँ हुनुहुन्छ? हामी उहाँलाई संसारमा देख्दैनौ। किन देख्दैनौं? त्यहाँ के भएको थियो? उहाँ कहाँ जानुभयो? उहाँ आज कहाँ हुनुहुन्छ? उहाँ के गर्दैहुनुहुन्छ?

प्रभु येशू कहाँ जानुभएको छ भन्ने कुरा १ पत्रुस ३:२२ मा बताइएको छः “उहाँ __________ ______________ छ, र परमेश्वरको ___________ _________तर्फ हुनुहुन्छ; स्वर्गदूतहरू, अधिकारीहरू र सामर्थ्यहरू उहाँकै अधीनमा राखिएका छन्।” यस पद अनुसार उहाँ आज कहाँ हुनुहुन्छ? __________________________________________।

हामीले प्रभु येशू ख्रीष्टको मृत्यु र बौरिउठाइको अध्ययन गरिसकेका छौं। निम्न समय रेखाले त्यस समयमा घटेका महत्त्वपूर्ण घटनाहरूलाई देखाउँदछः

प्रेरित १ अध्यायमा हामी देख्छौं, प्रभु स्वर्ग उक्लनुभएको (माथि जानुभएको) र प्रेरित २ अध्यायमा हामी देख्छौं, पवित्र आत्मा ओर्ली आउनुभएको (तल आउनुभएको। टिप्पणी: एफेसी ४:९-१० मा “उक्लनभयो” र “ओर्लनुभयो” भन्ने शब्दहरू पाइन्छन्। रोमी १०:६-७ मा पनि हेर्नुहोस्)।

प्रभु किन चालीस दिनसम्म पर्खिरहनुभयो?

बौरिउठाइपछि प्रभु किन तुरून्तै स्वर्ग फर्कनुभएन? उहाँ किन चालीस दिनसम्म पर्खनुभयो? ती चालीस दिनको अवधिमा उहाँले के गर्नुभयो?

ती चालीस दिनको बारेमा बताउने बाइबलको खण्ड प्रेरित १:२-३ हो। यी पदहरू बुझ्नलाई निम्न चित्रबाट मदत लिन सक्छौं:

उक्त चालीस दिनको अवधिमा प्रभु येशूले आफ्ना चेलाहरू र अरुहरूलाई आफू साँच्चै जीवित हुनुभएको प्रमाण दिनुभयो! बौरिउठाइपछि त्यहाँ धेरै थिए (चेलाहरू समेत) जसले शंका गरे र येशू जीवित हुनुहुन्छ भनी विश्वास गर्दैनथे। विश्वास नगर्नेमा थोमा मात्र थिएनन्। अरु पनि थिए। वास्तवमा, चारैओटा सुसमाचारका पुस्तकहरूले विश्वास नगर्ने वा शंका गर्ने व्यक्तिहरूको बारेमा बताउँछन्। निम्न खण्डहरूका कुन-कुन पदहरूले बौरिउठाइमाथि विश्वास नगर्ने वा शंका गर्नेको बारेमा बताउँछन्:

१.      मत्ती २८:१६-१८ शंका वा अविश्वास उल्लेखित पदहरू: __________________________।

२.     मर्कूस १६:९-१४ शंका वा अविश्वास उल्लेखित पदहरू: __________________________।

३.     लूका २४:६-१२,१८-२७ शंका वा अविश्वास उल्लेखित पदहरू: _____________________।

४.     यूहन्ना २०:२४-२९ शंका वा अविश्वास उल्लेखित पदहरू: _______________________।

यूहन्नाको यो खण्डलाई विचार गर्नुहोस्। “शंकालु थोमा” के “विश्वस्त थोमा” बने? किन? यशू जिउँदो हुनुहुन्छ भनेर कुन कुराले उसलाई विश्वास दिलायो? थोमाजस्तै अरु पनि थिए जसलाई विश्वास दिलाइन खाँचो थियो।

पवित्र आत्मा आउनुभएपछि जब प्रेरितहरू (चेलाहरू) प्रचार गर्दै निस्के, उनीहरूले प्रचार गरेको खुशीको खबर के थियो (हेर्नुहोस् प्रेरित ४:२ र २:२४,३२; ३:१४,२६; ४:१०, आदि)? ______________________________________________________________।

तिनीहरूका मुक्तिदाता र प्रभु जिउँदो हुनुहुन्छ भनेर यी मानिसहरूले पक्का-पक्कि जान्न आवश्यक थियो। नत्र ता उनीहरूले के प्रचार गर्ने? प्रचार गरे भने पनि उनीहरूको सन्देश ज्यादै अनिश्चित हुनेथ्यो:

चेलाहरू र साथै अरुहरू बौरिउठाइको प्रत्यक्ष साक्षी थिए। तिनीहरूले बौरिउठ्नुभएका प्रभुलाई आफ्नै आँखाले देखेका थिए र उहाँ जिउँदो हुनुहुन्छ भनी पक्का थिए। यस चालीस दिनको अवधिभित्र प्रभुले आफू जिउँदो हुनुभएको प्रमाण दिने उद्देश्यले बेग्लाबेग्लै समयहरूमा बेग्लाबेग्लै तरिकाले केही व्यक्तिहरूकहाँ देखा पर्नुभयो। चालीस दिनको अन्तमा ती व्यक्तिहरूलाई प्रभु बौरिउठ्नुभएको छ भन्ने कुरामा शंकाको छेउसमेत थिएन। उनीहरू अब निश्चित थिए!

एक महत्त्वपूर्ण शिक्षा

ती चालीस दिनको अवधिमा प्रभुले के गर्नुभयो? के ती सबै दिनहरू उहाँले चेलाहरूसँगै बिताउनुभयो? के उहाँ प्रत्येक दिनको प्रत्येक मीनेट नै उनीहरूसित हुनुहुन्थ्यो र? उहाँ कुन समय कुन ठाउँमा हुनुहुन्छ भनी चेलाहरूलाई थाह भइरन्थ्यो र?

के तपाईंलाई थाह छ, अधिक समय त उहाँ चेलाहरूसित हुनुहुन्नथ्यो। यी चालीस दिनमा उहाँ जति समय चेलाहरूबाट अलग हुनुहुन्थ्यो, त्यसभन्दा थोरै समय मात्र उनीहरूको साथमा हुनुहुन्थ्यो। यस अवधिभित्र उहाँ उनीहरूकहाँ फरक समयहरूमा फरक ठाउँहरूमा देखापर्नुभयो। कहिले उहाँ धेरैजनाकहाँ देखा पर्नुभयो; कहिले उहाँ थोरैजनाकहाँ देखा पर्नुभयो। कहिले उहाँ विहान सबेरै देखा पर्नुभयो; कहिले उहाँ दिउँसोको उज्यालैमा देखा पर्नुभयो र कहिले बेलुकीपख देखा पर्नुभयो। कहिले उहाँ यहूदीयामा देखा पर्नुभयो, कहिले गालीलमा (प्यालेस्टाइनको मानचित्र हेर्नुहोस्)। उहाँ कहिल्यै पनि लामो समयसम्म देखा पर्नुभएन — केवल उहाँको पुनरूत्थानको निश्चयता दिलाउने गरी केही समयको लागि देखा पर्नुभयो।

प्रभुले किन यसो गर्नुभयो? उहाँले आफ्ना चेलाहरूलाई के सिकाउन चाहनुहुन्थ्यो?

कोही-कोही बाबुआमाले आफ्नो सानो बच्चासित यस्तो खेल खेल्न रूचाउँछन्: केही समय बाबु कतै देखिनुहुन्न, तर एक्कासी बाबुको ठूलो हँसिलो अनुहार बाच्चाको सामु देखा पर्छ। बच्चा हाँस्छ र सिक्न थाल्छ कि बाबु त टाढामा हुनुहुन्न रहेछ भनेर। अर्थात्, बाबु नदेखिए तापनि उहाँ नजिकैं हुनुहुन्छ भन्ने महत्त्वपूर्ण शिक्षा यस खेलले बच्चालाई सिकाउँछ।

चालीस दिनसम्म प्रभु येशूले चेलाहरूसित त्यसरी नै खेलेझैं गर्नुभयो। उहाँ देखा पर्नुहुन्थ्यो अनि एक्कासी हराउनुहुन्थ्यो। तिनीहरूले उहाँलाई देख्थे तर त्यसपछि उहाँ बिलाउनुहुन्थ्यो! एक ठाउँमालेखिएको छ कि “उहाँ तिनीहरूको _________बाट _______________” (लूका २४:३१)। तिनीहरूले उहाँलाई समय-समयमा देख्थे तर साधारणतया देख्दैनथे।

ख्रीष्ट देखा पर्नुभएको यी समयहरू कुन पदहरूमा उल्लेख छन्, पत्ता लगाउनुहोस् (चार सुसमाचारका पुस्तकहरूका अन्तिम भागहरूमा हेर्नुहोस्):

  • एक पटक उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो जब थोमा उपस्थित थिएनन्। _____________________________
  • एक पटक उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो जब थोमा पनि उपस्थित थिए। _____________________________
  • एक पटक उहाँ बाटोमा हिँड्दै गरेका दुई अन्य चेलाहरूकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ तिबेरियास (गालील) समुदरको किनारमा सातजना चेलाहरूकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ ५०० भन्दा बेसी मानिसहरूकहाँ एकैचोटि देखा पर्नुभयो। यो १ कोरिन्थी १५:६ मा पाइन्छ।
  • एक पटक उहाँ टार्ससको शाऊल (पावल) कहाँ देखा पर्नुभयो। यो प्रेरित ९:१-९ मा पाइन्छ।

धेरैजसो समयहरूमा त उनीहरूले प्रभुलाई देखेनन्। उहाँ जति देखा पर्नुभयो त्यो भन्दा बेसी छिपिनुभयो। तिनीहरूले उहाँलाई नदेखे तापनि उहाँ तिनीहरूको साथमा नै हुनुहुन्छ भनी तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो। तिनीहरूको निम्ति यो अति महत्त्वपूर्ण शिक्षा थियो। चाँडै नै अब चालीस दिन पूरा हुनेवाला थियो र प्रभु येशू आफ्ना चेलाहरूलाई छोडेर स्वर्ग फर्कँदै हुनुहुन्थ्यो। के उहाँले तिनीहरूलाई साँच्चै छोड्दै हुनुहुन्थ्यो? उहाँले तिनीहरूलाई के प्रतिज्ञा दिनुभयो जो मत्ती २८:२० मा पाइन्छ? “हेर, म ______________, अँ, संसारको (युगको) अन्तसम्म नै _______________को __________ छु।”

उहाँ स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्न जाँदै हुनुहुन्थ्यो (१ पत्रुस ३:२२) तर उहाँ आफ्ना चेलाहरूको साथमा पनि रहनुहुनेथ्यो। उहाँ कसरी एकैचोटि त्यहाँ पनि र यहाँ पनि हुन सक्नुहुन्थ्यो? उहाँले यसो गर्न सक्नुहुन्छ किनभने उहाँ परमेश्वर हुनुहुन्छ! मर्कूस १६:१९ अनुसार, प्रभु येशू कहाँ हुनुहुन्छ? _______________________________________। तर त्यसपछिले पद (मर्कूस १६:२०) अनुसार प्रभु येशू आफ्ना चेलाहरूको साथमा काम गर्दै पृथ्वीमा नै रहनुभयो! उहाँ अदृश्य हुनुभए तापनि उहाँ उपस्थित र सक्रिय हुनुहुन्थ्यो।

प्रभु येशू ख्रीष्टलाई तपाईं आज देख्‍न सक्नुहुन्छ? तपाईंले उहाँलाई नदेखे तापनि के उहाँ तपाईंको साथमा हुनुहुन्छ? कुन बेला उहाँ तपाईंको साथमा हुनुहुन्छ? यो तपाईंलाई कसरी निश्चित छ? (हिब्रू १३:५ हेर्नुहोस् र भजनसंगरह २३:४ सित दाँज्नुहोस्)? ______________ ____________________________________________________________________। उहाँ किन तपाईंको साथमा हुनुहुन्छ? उहाँ कहिलेसम्म तपाईंको साथमा रहनुहुनेछ?

विशेष आज्ञाहरू दिइए

यस चालीस दिनको अवधिको अर्को कारण प्रेरित १:२दृ३ मा देख्छौं। त्यहाँ बताइएको छ कि उहाँले चुन्नुभएका ती प्रेरितहरूलाई पवित्र आत्माद्वारा आ ________ दिनुभयो। उहाँले यी आज्ञाहरू ठीक कुन समयमा दिनुभयो?

उहाँ माथि उठाइनु अगाडि (पद २)

उहाँको मृत्यु र बौरिउठाइ पछाडि (पद ३)

यी आज्ञाहरू यही चालीस दिनको अवधिमा दिइएका थिए। उहाँ जिउँदो हुनुहुन्छ भनेर देखाउन (प्रेरित १:३) र आफ्ना प्रेरितहरूले के गर्नुपर्छ भनी प्रभु येशूले उनीहरूलाई देखाउन चाहनुहुन्थ्यो। उहाँले उनीहरूलाई आदेशहरू, आज्ञाहरू अर्थात् निर्देशनहरू दिनुभयो।

प्रायः मानिसहरू कसैको अन्तिम वचनलाई बिर्सँदैनन्। उहाँ स्वर्गमा फर्कनु अगाडि येशूले दिनुभएका अन्तिम वचनहरू ती चेलाहरूले बिर्सेनन्। उहाँले दिनुभएका निर्देशनहरू तथा आज्ञाहरू उनीहरूले सम्झिराखे। आज हामी यी आज्ञाहरूलाई महान् आज्ञा भन्दछौं।

“प्रेरितहरू” (प्रेरित १:२) भन्ने शब्दको अर्थ हो “पठाइएकाहरू”। तिनीहरू येशू ख्रीष्टद्वारा पठाइएकाहरू थिए। पिताले ख्रीष्टलाई संसारमा पठाउनुभएको थियो अनि ख्रीष्टले आफ्ना चेलाहरूलाई संसारमा पठाउनुभएको थियो:

उनीहरू किन पठाइए? उनीहरूले गर्नुपर्ने काम के थियो? उनीहरूलाई के-के आज्ञाहरू दिइएका थिए? उनीहरूको जिम्मा के थियो? अनि यदि तपाईं प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने यस संसारमा तपाईंले के गरिरहनुपर्छ?

यसको जवाफ मर्कूस १६:१५ मा पाउँछौं। पहिला विचार गरौं यस पदले के बताउँदैनः

  • सारा संसारमा जाओ र आफ्नो छिमेकीलाई प्रेम र भलाइ गर्नुपर्छ भनेर सबै मानिसहरूलाई सिकाओ।
  • सारा संसारमा जाओ र दस आज्ञा प्रचार गर र यी आज्ञाहरू पालन गर भनेर सिकाओ।
  • सारा संसारमा जाओ र भोकालाई खुवाओ, गरिबका लागि घरहरू अनि रोगीहरूका निम्ति अस्पतालहरू निर्माण गर।
  • सारा संसारमा जाओ र संसारलाई परिवर्तन गर अनि संसारको विकास गर्दै बसोबासको निम्ति अझ राम्रो बनाओ।

होइन, यस पदले खास के भन्दछ? “सारा संसारमा जाओ, र __________________ __________________________________________” (मर्कूस १६:१५)।

“सुसमाचार” शब्दको अर्थ हो “शुभ-सन्देश”, “खुशीको खबर”। ख्रीष्टका चेलाहरूले प्रचार गर्नुपर्ने शुभ-सन्देश के हो (१ कोरिन्थी १५:१-४ हेर्नुहोस्)? __________________________ ____________________________________________________। यो शुभ-सन्देशको विषय हो येशू ख्रीष्ट र उहाँले पूरा गर्नुभएको काम। यदि येशू ख्रीष्टलाई एकातिर पन्छाइयो भने त्यहाँ शुभ-सन्देश रहँदैन, सुसमाचार रहँदैन।

येशू ख्रीष्टको क्रूसको मृत्यु किन सुसमाचार हो (१ कोरिन्थी १५:३ हेर्नुहोस्)? उहाँको मृत्यु कसरी राम्रो हो? उहाँको मृत्युले गर्दा तपाईंलाई के राम्रो भएको छ? उहाँको मृत्युको निम्ति के तपाईं धन्यवादी हुनुहुन्छ? किन? १ पत्रुस ३:१८ र २कोरिन्थी ५:२१ले ख्रीष्टको मृत्युलाई बुझ्न र त्यस मृत्युले विश्वासीको निम्ति के काम पुरा गर्‍यो सो बुझ्नलाई कसरी मदत गर्छदृ यदि ख्रीष्ट नमर्नुभएको भए, त्यो किन सुसमाचार नहुनेथ्यो?

ख्रीष्टको मृत्युबाटको बौरिउठाइ किन सुसमाचार हो (१ कोरिन्थी १५:४ हेर्नुहोस्)? उहाँको बौरिउठाइ तपाईंको लागि किन महत्त्वपूर्ण छ? उहाँ जिउँदो हुनुहुन्छ भनेर के तपाईं धन्यवादी हुनुहुन्छ? किन? यदि ख्रीष्ट मृत्युबाट बौरेर नउठ्नुभएको भए, त्यो किन सुसमाचार नहुनेथ्यो (१ कोरिन्थी १५:१३-१९ हेर्नुहोस्)? ____________________________________ ____________________________________________________________________।

सुसमाचार सुनाइन खाँचो भएका मानिसहरू तपाईं चिन्नुहुन्छ? सुसमाचार सुनाइन खाँचो भएका र सुसमाचारलाई विश्वास गर्न खाँचो भएका साथीहरू के तपाईं चिन्नुहुन्छ? सुसमाचार अरुहरूलाई सुनाउनको निम्ति परमेश्वरले तपाईंलाई प्रयोग गर्न चाहनुहुन्छ।

स्वर्गारोहण

प्रभु येशू “माथि उठाइनुभएको” घटना प्रेरित १:९-११ मा बयान गरिएको छ। सेतो वस्त्र लगाएका ती दुईजनाले थिए? ____________________। भइरहेको घटनालाई बुझ्न यी दुईजनाले चेलाहरूलाई मदत गरे। के प्रभु येशू कहिल्यै नफर्कने गरी सधैंको लागि जानुभएको थियो कि उहाँ कुनै दिन फर्कनुहुनेछ? ________________________________________। उहाँ माथि जानुभयो, र कुनै एक दिन उहाँ तल आउनुहुनेछ! उहाँ जानुभएको छ तर उहाँ फेरि आउनुहुनेछ! यस संसारले प्रभु येशू ख्रीष्टलाई फेरि देख्‍नेछ। उहाँको पहिलो आगमन इतिहास हो। उहाँ आइसक्नुभयो। उहाँको दोस्रो आगमन भविष्य हो। उहाँ फेरि आउनुहुनेछ।

यूहन्ना १४:२-३ हेर्नुहोस्। प्रभु येशूले भन्नुभयो: “म …जान्छु ….म फेरि आउनेछु”। उहाँ कहाँ जानुभयो (यूहन्ना १४:२)? _____________________________। उहाँ त्यहाँ के गर्दै हुनुहुन्छ (यूहन्ना १४:२? ____________________________________________। उहाँ फेरि किन आउनुहुनेछ (यूहन्ना १४:३)? ______________________________________। साँचो विश्वासी जनहरूका निम्ति (पद १) एउटा सुन्दर, निश्चित, स्वर्गीय आशा छ (पद ३)।

प्रभु येशू पृथ्वीमा अनुपस्थित हुँदा, विश्वासीहरूसित र विश्वासीहरूभित्र रहनलाई उहाँले कसलाई पठाउनुहुन्छ (यूहन्ना १४:१६-१८; १५:२६; १६:५-११)? _______________________ ____________________________________________________________। प्रभु येशू जानुभयो तर परमेश्वरको आत्मा आउनुभयो (यस पाठको पहिलो पृष्ठको चित्रलाई हेर्नुहोस्)। जहाँ परमेश्वरको पवित्र आत्मा हुनुहुन्छ, त्यहाँ येशू पनि हुनुहुन्छ (रोमी ८:९)। यदि पवित्र आत्मा हामीसित हुनुहुन्छ भने ख्रीष्ट पनि हामीसित हुनुहुन्छ। अनि यो त हाम्रो प्रभुले भनिसक्नुभएको कुरा हो (मत्ती २८:२०)। यद्यपि उहाँलाई हामी देख्‍न सक्दैनौ, उहाँ हामीसँगै हुनुहुन्छ!

के आज मानिसहरूले प्रभु येशूलाई देख्‍न सक्छन्?

येशूलाई देखेको वा येशू उनीहरूकहाँ प्रकट हुनुभएको भनी मानिसहरूले दाबी गरेको कहिलेकाहीँ तपाईंले सुन्नुहुनेछ। के आज प्रभु येशू साँच्चै मानिसहरूकहाँ देखा पर्नुहुन्छ त? यदि यो साँचो हो भने, उहाँ किन कसैकहाँ देखा पर्नुहुन्छ र कसैकहाँ देखा पर्नुहुन्न?

हामी आज प्रभु येशूलाई देख्‍न सक्छौं कि सक्दैनौं – बाइबलले के भन्दछ? यूहन्ना १६:१० मा प्रभुले उहाँ आज देखापर्ने विषयमा एउटा कुरा स्पष्ट भन्नुभएकोछः “म मेरा ________कहाँ जान्छु अनि तिमीहरूले मलाई _________ _______________।” यस वचनअनुसार, यदि येशू आफ्नो पिताकहाँ जानुभएकोछ भने, हामीले उहाँलाई देख्‍न सक्छौं भनेर सोच्न मिल्छ? ____________।

प्रभु येशू मानिसहरूकहाँ चालीस दिनको अवधिसम्म देखा पर्नुभयो भनी हामीले अध्ययन गर्‍यौं। उहाँ तब स्वर्गको पिताकहाँ फर्कनुभयो। उहाँको देखापर्ने अवधि पुरा भइसकेको छ। उहाँ आज संसारका मानिसहरूकहाँ देखापर्ने काम गर्नुहुन्न। ख्रीष्टलाई देख्यौं भनेर मानिसहरूले दाबी गर्लान् तर त्यसो भन्दैमा उहाँ उनीहरूकहाँ देखापर्नु भयो भन्ने होइन। मानिसलाई जे-जस्तो देखेको वा अनुभव गरेको जस्तो लागे तापनि हामीले बाइबललाई नै पछयाउनुपर्छ।

आज विश्वासीहरू कसरी जिउनुपर्छ — विश्वासद्वारा कि दृष्टिद्वारा (२कोरिन्थी ५:७)? ____________________। थोमा दृष्टिद्वारा हिँडे अनि उनले आफ्ना आँखाले देखेको कारण विश्वास गरे (यूहन्ना २०:२४-२९)। यूहन्ना २०:२९ मा प्रभुले भन्नुभयो, “उनीहरू धन्य हुन्, जसले देखेका __________, तापनि ______________ गरेका छन्।” येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ भनेर के तपाईं निश्चित हुनुहुन्छ? कसरी निश्चित बन्न सकिन्छ? के उहाँलाई तपाईंले कहिल्यै देख्‍नुभएको छ र?

म निश्चित छु यस कारणले कि परमेश्वरले सो भन्नुभएको छ! हामी पक्का हुन सक्छौं, हामीले देखेको कारण होइन, तर परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गरेर। परमेश्वरको वचन पक्का छ अनि हामीले उहाँको वचनलाई “आमेन!” भन्नुपर्छ। यदि बाइबलले उहाँ जीवित हुनुहुन्छ भनेर बताउँदछ भने के त्यो तपाईंलाई पर्याप्‍त हुन्छ? यदि प्रभुलाई नदेखेसम्म विश्वास गर्न अस्वीकार गर्नुहुन्छ भने तपाईं लामो समयसम्म पर्खनुहोला! अनि जब उहाँलाई अखिरमा देख्‍नुहुन्छ, विश्वास गर्ने तपाईंको मौका बितिसकेको हुन्छ! किन?

१ पत्रुस १:८ लाई विचार गर्नुहोस्। स्वर्गमा हुनुहुने प्रभुसित विश्वासीहरूको सम्बन्धको बारेमा यहाँ बयान गरिएको छ। के हामी उहाँलाई देख्छौं? __________। के हामी उहाँलाई प्रेम गछौं? __________। के हामी विश्वास गर्छौं? __________। के हामी रमाउँछौं? __________। १ पत्रुस १:७ मा हामीलाई यो सम्झना गराइएको छ कि एक दिन हामीले उहाँलाई देख्‍नेछौं किनभने उहाँ प्रकट हुनुहुनेछ। प्रभु सधैं स्वर्गमा बसिरहनुहुनेछैन! उहाँ फेरि आउनुहुनेछ। के तब हामी उहाँलाई देख्‍नेछौं (१ यूहन्ना ३:२; तीतस २:१३)? ________। हो, जब ख्रीष्ट यस पृथ्वीमा राजा भइकन आउनुहुनेछ, बाइबलले बताउँछ कि “हरेक __________ले उहाँलाई ______________” (प्रकाश १:७)। तब कसैले पनि उहाँ जीवित हुनुहुन्छ कि हुनुहुन्न भनेर शंका गर्नेछैन।

उहाँ कहिलेसम्मको लागि जानुभएको छ?

प्रभु येशू यस पृथ्वीबाट कहिलेसम्मको लागि जानुभएको छ? कहिलेसम्म उहाँ फर्किनुहुन्न? प्रेरित १:६ मा चेलाहरूले यस्तै प्रश्‍न सोधे अनि यसको जवाफ पद ७ मा छ — “पिताले आफ्नै अधिकारमा राख्‍नुभएका __________ वा __________ विषयमा जान्ने काम तिमीहरूको _____________।”

कतिपय कुराहरू परमेश्वरले हामीलाई बताउनुभएको छैन (मत्ती २४:३६,४२)। परमेश्वरको इच्छा यो हो, उहाँको पुत्र जुनै समयमा आउनुभए पनि हामी तयार रहौं। यदि परमेश्वरले उहाँको पुत्र दस वर्ष पछि आउनुहुन्छ भनी भन्नुभयो भने, शायद हामी अन्तिम घडीमा मात्र उहाँको आगमनको निम्ति तयार हुनेछौं होला! हामी हर समय तयार बसेको परमेश्वर चाहनुहुन्छ! हामीले उहाँको आगमनको बाटो हेर्नुपर्दछ, प्रतिक्षा गर्नुपर्दछ, उहाँको आगमनलाई प्रेम गर्नुपर्दछ चाहे जुनसुकै बेला उहाँको आगमन किन नहोस् (२ तिमोथी ४:८)।

कुनै स्कूलको एउटा कक्षामा एक अतिथि आए। “अर्को पटक आउँदा जसको डेस्क (लेखपढ गर्ने टेबुल) सबभन्दा व्यवस्थित र सफा भेट्नेछु उसलाई पुरस्कार दिनेछु” भन्ने प्रतिज्ञा गरेर अतिथि आफ्नो बाटो लागे। आफू फर्केर आउने दिन कुन हो भनेर चाहिँ उनेल कुनै सङ्केत दिएनन्। उनी कक्षालेठाबाट निस्केका मात्र के थिए, एकजना विद्यार्थीले त्यो पुरस्कार आफूले जितेर छाड्ने आफ्नो निर्णय सबैलाई सुनाइन्। उनी एक केटी थिइन् जसको टेबुल प्रायः अस्तव्यस्त हुन्थ्यो। तिनका साथीहरूले हाँस्दै तिनलाई भने, “होइन सरला, तिम्रो टेबुल त जहिले पनि अव्यवस्थित हुने गर्छ। कहिल्यै सफा हुँदैन।” “तर”, सरलाले भनिन्, “आजदेखि म हरेक सोमबार बिहान यसलाई सफा गर्नेछु।” “तर, अंकलचाहिँ हप्ताको अन्ततिर आउनुभयो भने नि?” कसैले प्रश्‍न गर्‍यो। “त्यसो भए”, सरलाले भनिन्, “म हरेक बिहान यसलाई सफा गर्नेछु।” “तर अंकल दिनको अन्ततिर आउनुभयो भने नि?” तब उनको मुहार उज्यालो भयो र उनले भनिन्, “मलाई थाह छ म के गर्नेछु। म यसलाई सब समय सफा राख्‍नेछु!”

प्रभु येशू ख्रीष्ट कुनै पनि समय आउन सक्नुहुन्छ। यसैकारण हामीले आफ्नो जीवनलाई उहाँको निम्ति सब समय सफा र शुद्ध राख्‍नुपर्दछ! के तपाईं यही घडी उहाँको आगमनको निम्ति तयार हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रित्तो चिहान

रित्तो चिहान

 

अघिल्लो पाठमा हामीले ख्रीष्टको मृत्युको बारेमा अध्ययन गर्‍यौं। बाइबलको शुभ-खबर (सुसमाचार) यही हो कि “पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा ____________ का निम्ति ____________ (१ कोरिन्थी १५:३)। तर सुसमाचार यतिमै टुंगिदैन। शुभ-खबरको बाँकी भाग के हो त (१ कोरिन्थी १५:४)? “र गाडिनुभयो, अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ _________ ___________________________________।”

के तपाईंले कसैको जीवनी पढ्नुभएको छ? जीवनी भनेको कुनै व्यक्तिको जीवनको लिखित कथा हो। शायद तपाईंले नेपालको पहिलो शाहवंशी राजा पृथ्वीनारायण शाहको जीवनी पढ्नुभएको होला अथवा नेपाली भाषाको आदिकवि भानुभक्त आचार्यको जीवनी पढ्नुभएको होला अथवा सिद्धार्थ गौतम (बुद्ध) को जीवनी पढ्नुभएको होला अथवा अन्य कुनै प्रख्यात व्यक्तिको। कुनै पनि व्यक्तिको जीवनीको पहिलो अध्यायले प्रायः सो व्यक्तिको जन्मको बारेमा बताउँछ। जीवनीको अन्तिम अध्यायले प्रायः उसको मृत्यु बारेमा बताउँछ। व्यक्तिको मृत्युपछि उसको बारेमा बताउन सकिने कुरा खास हुँदैन। जहाँ जीवनको अन्त हुन्छ, त्यहीँ नै उसको जीवनीको पनि अन्त हुन्छ। मृत्युपछि सो व्यक्तिले अझ कुनै काम गर्दैन, बोल्दैन। आफ्नो मृत्युपछि पृथ्वीनारायण शाहले फेरि राज्य गरेनन्! मृत्युपछि भानुभक्तले अरु कविता लेखेनन्! मृत्युपछि बुद्धले अरु उपदेश दिएनन्! मरेका व्यक्तिहरूले त्यसो त गर्नै सक्दैनन्! सो जीवनको बारेमा थप केहीलेख्‍न सकिन्न कारण त्यहाँ थप जीवन छैन। त्यो पुरूष वा स्त्री मरेर गइसकेको हुनाले त्यस व्यक्तिको जीवनको बारेमा अरु केहीलेख्‍ने कुरा हुँदैन। त्यो व्यक्तिको दाहसंस्कारको बारेमा लेख्‍न सकिएला, उसका सन्तानको बारेमा लेख्‍न सकिएला वा उसको जीवनले ल्याएको असरको बारेमा लेख्‍न सकिएला, तर सो व्यक्तिको बारेमा थपलेख्‍न भने सकिन्न। उसको मृत्यु भइसक्यो!

येशू ख्रीष्टको जीवनी भने उदेकको छ! अरु कुनै पनि जीवनी भन्दा फरक छ! उहाँको मृत्युको घटना अन्तिम अध्याय होइन! केही उदाहरणहरू हेरौं: मत्ती २७ ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के मत्तीको पुस्तकको अन्तिम अध्याय त्यही हो? मर्कूस १५ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? लूका २३ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? यूहन्ना १९ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? ख्रीष्टको मृत्युको बिवरण पढेपछि हामी अझ अरु कुरा पढ्न पाउँछौं! उहाँको मृत्युको घटना अन्तिम अध्याय होइन! यस व्यक्तिले अझ अरु काम गर्नुभएको, अझ अरु बोल्नुभएको हामी पाउँछौं। त्यहाँ थप नयाँ अध्यायहरू छन् कारण जो मर्नुभएको थियो उहाँ फेरि जीवित हुनुभएको छ! उहाँको जीवनी त क्रमशः अगाडि बढ्छ!

ख्रीष्टको मृत्यु नै अन्त थिएन। बास्तवमा त्यो त शुरु मात्र थियो! (टिप्पणी: इतिहासको केन्द्रीय घटना नै क्रूस हो। सम्पूर्ण इतिहास क्रूसतर्फ लम्कन्छ र क्रूसबाटै प्रारम्भ पनि हुन्छ। क्रूस नै विश्वासीको महान् मुक्तिको प्रारम्भिक बिन्दु र केन्द्रबिन्दु हो!)

नयाँ नियमको अन्तिम खण्ड अर्थात् प्रकाशको पुस्तकमा प्रभु येशू ख्रीष्ट अझै पनि जीवितै हुनुभएको र बोलिरहनुभएको पाउँछौं! उदाहरणको लागि, प्रकाश १:१८ हेर्नुहोस्: प्रभु येशूले भन्नुभयो, “अनि ____________ म नै हुँ, म _________ थिएँ; अनि हेर, म _______________ निम्ति ____________ छु।” घटनाक्रम त अझ अगाडि बढ्दै छ!

वास्तवमा के भएको थियो?

के प्रभु येशूले कहिल्यै आफू मृत्युबाट फेरि बौरेर उठ्नेछु भनी भविष्यवाणी गर्नुभयो (मत्ती १६:२१? ____________। त्यो घटना हुनुभन्दा अगाडि नै उहाँलाई सबै थाह थियो! मर्कूस ९:९-१० अनि मर्कूस ९:३१-३२। के चेलाहरूले यी कुरा बुझे? ______________।

चाखलाग्दो कुरा के छ भने प्रभुका शत्रुहरूले भने यस भविष्यवाणीलाई गम्भीरतापूर्वक लिए (मत्ती २७:६२-६६)। ख्रीष्टले आफू फेरि बौरेर उठ्नेछु भनी भन्नुभएको छ भनेर के उहाँका शत्रुहरूलाई थाह थियो (मत्ती २६:६३)? ____________। उनीहरूले येशूलाई कुनचाहिँ नराम्रो नाम दिए (मत्ती २७:६३)? ____________। के ख्रीष्टले मानिसहरूलाई ठग्नुहुन्थ्यो कि सधैं सत्य बोल्नुहुन्थ्यो? __________________।

ख्रीष्टको दाबीअनुसार उहाँको बौरिउठाइ नहोस् भनेर यी मानिसहरूले के गरे (मत्ती २७:६४-६६)? उनीहरूले तीनओटा काम गरेः १ . चिहानको मुखमा एउटा ठूलो ढुङ्गा तेर्साए। २ . ढुङ्गालाई छाप लगाए। ३ . कसैले शरीरलाई चोरेर लैजान नपाओस् भनी चिहानलाई पहरा दिए (मत्ती २८:४)। ख्रीष्टलाई चिहानमै राखिछाड्न उनीहरूले सक्दो गरे!

मत्ती २९:१-८ पढ्नुहोस्। त्यहाँ के भयो? स्वर्गदूतले ढुङ्गालाई किन गुडाएर हटाए? ख्रीष्ट बाहिर निस्कन सक्नुभएकोहोस् भनेर हो? होइन, चिहान त रित्तो भइसकेको थियो (मत्ती २८:६ — “उहाँ __________ __________________”)! जीवित, पुनरूत्थित ख्रीष्टलाई चिहानबाट निस्केर आउन कुनै समस्या थिएन, जसरी उहाँलाई ढोकाहरू बन्द भएकोलेठाभित्र छिर्न कुनै समस्या भएन (यूहन्ना २०:१९,२६ हेर्नुहोस्)! बास्तवमा, सबैले चिहान अब रित्तो छ भनी देखून् भनेर नै स्वर्गदूतले ढुङ्गालाई हटाएका थिए।

साधारणतया कुनै रोमी सिपाहीले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा उसलाई मृत्युदण्ड दिइन्थ्यो। जस्तो कि सिपाहीको रखवारीमा सुम्पेको कैदी उम्क्यो भने सो हुन दिएकोमा सिपाहीले मृत्युदण्ड पाउँथ्यो। ख्रीष्टको चिहानको रखवारी गर्ने सिपाहीहरूलाई भने जे गरियो सो अति चाख लाग्दो छ (मत्ती २८:११-१५)। के उनीहरू मारिए? ______________। उनीहरूलाई मृत्युदण्डको सट्टामा पैसा पो दिइयो! भएको घटनालाई ढाकछोप गरी झूट बोलोस् भनी उनीहरूलाई पैसा (घूस) दिइयो! उनीहरूलाई बताउन लगाइएको झूटो कथा के थियो? ____________________________________________________। यी शत्रुहरूले ख्रीष्टलाई “ठग” भनी भनेका थिए (मत्ती २७:६३)। खास ठगहरू तले थिए? _________________ _______________________________________।

ख्रीष्टको बौरिउठाइ किन महत्त्वपूर्ण छ?

ख्रीष्टको बौरिउठाइको महत्त्व बुझ्न हामी एकछिनलाई उहाँको बौरिउठाइ भएको थिएन भनेर मानिलिऊँ (यद्यपि बौरिउठाइ भएकै हो भनेर हामीलाई थाह छ)। मानिलिऊँ ख्रीष्ट मृत्युबाट जीवित हुनुभएन अरे। मानिलिऊँ ख्रीष्ट मर्नुभयो र मरेको मरै हुनुभयो अरे। यदि यसो हुँदो हो त, यसको मतलब के हुनेथ्यो?

  1. बाइबलले घरीघरी बताउँछ कि ख्रीष्ट मृत्युबाट बौरिउठ्नुभयो। यदि ख्रीष्ट मृत्युबाट साँच्ची नै बौरिउठ्नुभएको होइन भने त यसको मतलब के हुनेथ्यो? यसको मतलब बाइबल साँचो होइन रहेछ भन्ने हुनेथ्यो! अर्थात् बाइबललाई खास विश्वास गर्न सकिन्न भन्ने बुझिन्थ्यो। यदि बौरिउठाइ झूटा हो भने बाइबल पनि झूटा हो। बौरिउठाइ परमेश्वरको वचनको अभिन्न सत्यता हो।
  2. येशू ख्रीष्टले आफू बौरेर उठ्नेछु भनेर स्पष्टसँग भन्नुभयो (मत्ती १६:२१; १७:९; १७:२२-२३, आदि)। के उहाँको वचन विश्वासयोग्य छ? कि उहाँ झूटा हुनुहुन्थ्यो? उहाँका शत्रुहरूले भनेजस्तै के उहाँ धोकेबाज नै हुनुहुन्थ्यो त? यदि ख्रीष्ट बौरेर उठ्नुभएको होइन भने उहाँका वचनहरू र भविष्यवाणीहरू झूटा ठहरिन्थे। यसको मतलब प्रभु येशूले सत्य बोल्नुभएन भन्ने ठहरिन्थ्यो।
  3. सुसमाचार अर्थात् खुशीको खबर यो हो कि ख्रीष्ट तेस्रो दिनमा बौरेर उठ्नुभयो (१ कोरिन्थी १५:४)। यो बास्तवमा कहिल्यै भएको होइन भने हामीसँग खासै सुसमाचार नै छैन! यदि सुसमाचार सत्य समाचार होइन भने त्यो सुसमाचार (असल समाचार) हुन सक्दैन! यदि तपाईं भन्नुहुन्छ, “खुशीको खबर ल्याएको छु। पानी परेको छैन। हामी पिकनिक जान सक्छौं!” अनि म झ्याल बाहिर हेर्छु त झरी परिरहेकोछ! यसको मतलब तपाईंको खुशीको खबर खुशीको खबर नै होइन रहेछ! यदि ख्रीष्ट अझै मरेकै हुनुहुन्छ भने त सुसमाचार नै छैन, खुशीको खबर छैन!
  4. मानिसहरूलाई ख्रीष्टको बौरिउठाइमा विश्वास गर्नुपर्छ भनेर प्रचार गरिन्छ। बास्तवमा कुनै पनि व्यक्तिले मुक्ति पाउन ख्रीष्टको बौरिउठाइमा विश्वास गर्नुपर्छ (रोमी १०:९ हेर्नुहोस्)। साँचो ख्रीष्टियन ती हुन् जसले येशू ख्रीष्ट उनीहरूको लागि मर्नुभयो र बौरेर उठ्नुभयो भनी विश्वास गर्छन्। कतिले भजन पनि गाउँछन्, “जिउँदो! जिउँदो! छन् येशू ख्रीष्ट जिउँदो!” यदि येशू ख्रीष्ट जिउँदो हुनुभएन भने, हाम्रो विश्वास __________ हो (१ कोरिन्थी १५:१७ हेर्नुहोस्)। हाम्रो विश्वास बेकामको हो! यसो त कसैलाई बचाउन नसक्ने मरेको मुक्तिदातामा हामीले आफ्नो विश्वास राख्‍नु हो! यदि येशू ख्रीष्ट जिउँदो हुनुहुन्न भने विश्वासीहरूले केवल एक काल्पनिक र मरेको मुक्तिदातामा विश्वास गरेको ठहरिन्छ। जेमाथि विश्वास गरेकाछौं त्यो बेकामको छ भने त्यो विश्वास पनि बेकामको हुन्छ। धान्नै नसक्ने भाँचिएको मेचमाथि विश्वास गर्दै त्यसमा बस्यौं भने हामी भुईंमा लड्छौं। भाँचिएको मेचमाथि आफ्नो विश्वास राख्‍नु मूर्खता हो। तर २५० के .जी .ले मानिसलाई धान्न सक्ने मेचमाथि विश्वास गर्नु राम्रो हो! एउटा मरेको मुक्तिदातामाथि विश्वास गर्नु मूर्खता हो तर त्यो मानिस बुद्धिमान् हो जसले सामर्थी मुक्तिदाता अर्थात् सबभन्दा ठूलो पापीलाई समेत बचाउन सक्ने जीवित मुक्तिदातामाथि विश्वास गर्छ।
  5. यदि ख्रीष्ट मृत्युबाट बौरेर उठ्नुभएको होइन भने जसले हामीलाई सुसमाचार बताए उनीहरू सबै झूटा हुन्। नयाँ नियमलेख्‍नेहरूलाई सम्झनुहोस्। मत्ती, यूहन्ना र पत्रुसलाई सम्झनुहोस्। यी सबैले येशू ख्रीष्ट मृत्युबाट बौरनुभयो भनीलेखे। नयाँ नियमका धेरै पुस्तकहरूलेख्‍ने पावल प्रेरितले पनि ख्रीष्ट बौरनुभएको र आफैले उहाँलाई देखेको कुरा समेत गरेका छन्! यदि ख्रीष्टको पुनरूत्थान भएकै होइन भने यी सबै मानिसहरू झूटा ठहरिन्छन् (१ कोरिन्थी १५:१५ हेर्नुहोस् — “झूटा साक्षी”)। या त उनीहरू झूटा थिए (ख्रीष्ट मरेको-मरेकै छन् भनी जानी-जानीकन पनि उहाँ जिउँदो हुनुहुन्छ भनी उनीहरूले भने) या त उनीहरूलाई भ्रम परेको थियो (ख्रीष्ट जीवित नभए तापनि उहाँ जीवित हुनुहुन्छ भनी ठाने)। बाइबल यदि झूटा या भ्रममा परेका व्यक्तिहरूद्वारालेखिएको हो भने बाइबलको कुनै महत्त्वको हुँदैन! यूहन्ना २१:२४ पढ्नुहोस्। के यी शब्दहरू एक बहकाउने व्यक्तिका हुन्? कि यी शब्दहरू एक आँखाका साक्षीका हुन् जसले साँचो बोल्दैथिए? ____________________________।
  6. विश्वभरिका ख्रीष्टियनहरू प्रायः आइतवार (हप्‍ताको पहिलो दिन) मा प्रभुको सामूहिक आराधना गर्दछन् कारण त्यस दिन प्रभु येशू ख्रीष्ट मृत्युबाट बौरेर उठ्नुभएको हो। प्रत्येक आइतवार हामी ख्रीष्टको पुनरूत्थानलाई सम्झन्छौं र हामी एक जिउँदो मुक्तिदाताको सेवा गर्दछौं भनी हामीलाई याद हुन्छ। यदि ख्रीष्ट बौरनुभएको होइन भने ख्रीष्टियनहरू हरेक आइतवार त्यसरी जुट्नु भनेको कहिल्यै नभएको घटनालाई सम्झना गर्नलाई भेट्नु हो!
  7. ख्रीष्टको बौरिउठाइले परमेश्वरको सामु मानिसको स्थानलाई महत्त्वपूर्ण असर पार्दछ। यदि ख्रीष्ट बौरनुभएको होइन भने, हामी अझै हाम्रा पापहरूमै हुनेथ्यौं (१ कोरिन्थी १५:१७)। मुक्तिको आशा नै हुनेथिएन। पापहरूको क्षमा नै हुनेथिएन। मरेको मुक्तिदाताले कसैलाई बचाउन सक्दैन र क्षमा दिन सक्दैन। केवल एक जीवित मुक्तिदातासित बचाउने सामर्थ्य हुन्छ (हिब्रू ७:२५)। ग्रहणयोग्य बलिदान मृत्युमा टुंगिनुहुँदैन तर जीवनमा। ख्रीष्ट क्रूसमा मर्नुभयो तर उहाँ अझै क्रूसमा हुनुहुन्न! उहाँ बौरेर उठ्नुभएकोछ!

हामीले येशू ख्रीष्ट बौरेर उठ्नुभएन भनी कल्पना गर्‍यौं तर कल्पना गर्दैमा वास्तविकता बदलिँदैन! हामीलाई थाह छ प्रभु येशू ख्रीष्टले जसरी भन्नुभयो उसरी नै उहाँ बौरेर उठ्नुभएको हो (मत्ती २८:६ हेर्नुहोस् — “उ __________ भ ____________________ उहाँ बौरेरे उठ्नुभयो”)। ख्रीष्ट बौरनुभएको होइन भने के हुनेथ्यो भनी सोच्नु महत्त्वपूर्ण छ। अझ “अब ख्रीष्ट मरेकाहरूबाट बौराइनुभएको छ” (१ कोरिन्थी १५:२०)! भनी सोच्नु महत्त्वपूर्ण छ। यो इतिहासको वास्तविक घटना हो! यो साँचो हो! यो साँच्चै भएको हो! “________ ________ (कतिजना?) भन्दा बेसी मानिसहरूले जीवित ख्रीष्टलाई आफ्नै आँखाले देखे (१ कोरिन्थी १५:६)! यसकारण उहाँ मरेको हुनुहुन्न, बाइबल साँचो छ, हामीसँग साँच्चै खुशीको खबर छ, हाम्रो विश्वास व्यर्थ होइन, शुरूमा ख्रीष्टको बौरिउठाइको प्रचार गर्नेहरू झूटा होइनन्, आराधनाको दिनमा हामी एक जीवित मुक्तिदाताको उपासना गर्दछौं जसले उहाँमाथि विश्वास गर्ने हरेकलाई जीवन दिन सक्नुहुन्छ। सबभन्दा त, प्रभु येशू ख्रीष्ट झूटा वा बहकाउने व्यक्ति हुनुहुन्न। उहाँ “बाटो, सत्य र जीवन हुनुहुन्छ” (यूहन्ना १४:६)।

गलत धारणाहरू

बाइबललाई झूटा प्रमाणित गर्न खोज्ने धेरै मानिसहरू छन्। येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ भनी उनीहरू विश्वास गर्दैनन्। यसकारण उनीहरूले ख्रीष्टको बौरिउठाइ भएकै होइन भनी देखाउन खोज्छन्। (टिप्पणी: यो पनि याद गरौं कि धेरैजसो मानिसहरू आफ्नो कठोर हृदय र बेवास्ताको कारणले खीष्टको बौरिउठाइलाई राम्ररी विचारै गर्दैनन्। त्यसलाई झूटा प्रमाणित गर्न पनि खोज्दैनन् तर जसरी उनीहरूले बाइबललाई अनि प्रभु येशू ख्रीष्टलाई बेवास्ता गर्छन् त्यसरी नै बौरिउठाइलाई पनि पूरै बेवास्ता गर्छन्।

तर कसै-कसैले बौरिउठाइलाई झूटा प्रमाणित गर्न खोजेका छन्। उनीहरू यसो भन्छन्:

१.  “चेलाहरूले शरीरलाई चोरेर लगे”

रित्तो चिहानको वास्तविकता (मत्ती २८:११-१५) लाई सर्वप्रथम यसो भनेर पन्छाउने प्रयास गरियो। तर सिपाहीहरूले चिहानलाई पहरा दिइरहेका भए यो कसरी सम्भव थियो र? अनि यदि त्यसो नै हो भने, येशू मरेको मरै हुनुहुन्छ भनी चेलाहरूलाई थाह हुनेथ्यो। तब किन त उनीहरू उहाँ जिउँदो हुनुहुन्छ भनी जताततै प्रचार गर्दै हिँडे? अनि यो प्रचार गर्ने क्रममा उनीहरू दुःख भोग्न र मर्न तयार हुनु भनेको सानो कुरा होइन! झूट प्रचार गर्दै छु भनी जान्नेले त्यसैको लागि ज्यानै त दिँदैन!

अर्को कुरा, कात्रो त एकै ठाउँमा राम्ररी रहेको पाइयो, शायद जसरी शरीर सुताइएको थियो त्यसरी नै (यूहन्ना २०:६-७) हेर्नुहोस्)। यो कसरी सम्भव थियो? यदि कसैले शरीरलाई चोरेर लगेका भए, उनीहरूले कात्रोसमेत लाँदैनथे र? यदि कात्रो फुकाल्न समय लिएकै भए कात्रोलाई अस्तव्यस्त अवस्थामा भेटिनुपर्ने। तर यस्तो त चेलाहरूले भेट्टाएनन्!

२. “स्त्रीहरू लगायत सबैजना अर्कै चिहानलाई हेर्न पुगे”

झुक्किएर उनीहरू अर्कै चिहानमा पुगे जसलाई रित्तो भेट्टाए। तर के ती स्त्रीहरूले चिहान कहाँ थियो भनेर राम्ररी अवलोकन गरेका थिए (मत्ती २७:५७-६१)? ________। यदि भूल भएकै थियो भने ख्रीष्टका शत्रुहरूले अवश्य यसो भन्नेथिएः “येशू जिउँदो छन् भनी विश्वास गर्ने तिमी ख्रीष्टियनहरूले भूल गरेछौ! तिमीहरू अर्कै चिहानमा पुगेछौ! उनी खास कुन चिहानमा गाडिएर राखिएका छन् हामी देखाइदिन सक्छौं।” तर कुरो के भने ख्रीष्टका शत्रुहरूले ख्रीष्टको शरीरलाई प्रकट गरेर मरेकै छन् भनी प्रमाण दिन सकेनन्।

३. “येशू क्रूसमा वास्तवमा मरेनन्। मरेतुल्य भए तर खास मरेनन्। शरीरलाई चिहानमा राखेपछि उनको बल फिर्ता आयो र उनी उठेर चिहानबाट निस्के।”

यो तर्क हाँसोलाग्दो छ! रोमी सिपाहीहरू, बीचको क्रूसमा आईपुग्दा, प्रभु मरिसक्नुभएको थियो कि जिउँदै हुनुहुन्थ्यो (यूहन्ना १९:३३)? ______________। उहाँको मृत्युलाई पक्का गर्न एकजना सिपाहीले के गर्‍यो (यूहन्ना १९:३४)? ________________________ __________________। भालाको त्यस्तो चोट पाएपछिकोही जिउँदै रहन सक्दैन!

४. “मानिसहरूले बास्तवमा ख्रीष्टलाई देखेका होइनन्, केवल देखेको भान परेको हो। उनीहरूको समझमा भ्रम पर्न गएर बौरेरउठेकोजस्तै लाग्न पुगेको हो।”

यो साँचो हो कि कहिलेकाहीँ मान्छे आफ्नै दिमागद्वारा झुक्किन पुग्छ अनि उसले कुनै कुरा देखेको वा सुनेको जस्तो उसलाई लाग्छ। यस्तो भान एकजना वा शायद दुई या तीनजनालाई समेत पर्नसक्छ, तर प्रभु येशू ख्रीष्ट ______________ भन्दा बेसी मानिसहरूको सामु देखापर्नुभयो (१ कोरिन्थी १५:६)! साथै उहाँ पटक-पटक मानिसहरूको अन्य समूहद्वारा पनि देखिनुभयो। यत्ति थुप्रै मानिसहरूलाई एकैपटक ख्रीष्ट देखेको भान पर्नु भनेको सम्भव कुरो होइन! त्यस्तो “आम-भरम” सम्भवै छैन।

५. “यशू आज जीवित हुनुहुन्छ तर यसको मतलब उहाँको शरीर मृत्युबाट बौरेर उठ्यो भन्ने होइन। येशू आज जीवित हुनुहुन्छ कारण उहाँको जीवनको प्रभाव आजसम्म जीवितै छ। जसको जीवनहरूलाई उहाँले प्रभाव पार्नुभएको छ उनीहरूको सम्झना र हृदयहरूमा उहाँ जीवित हुनुहुन्छ।”

यसो भन्नेहरू पुनरूत्थानमा विश्वास गर्दैनन्। ख्रीष्टको शरीर चिहानबाट बौरेर उठ्यो भनी उनीहरू विश्वास गर्दैनन्। बरु “उहाँको आत्मा जीवित छ” वा “उहाँको प्रभाव जीवित छ” वा “उहाँको सम्झना जीवित छ” वा “उहाँले गर्नुभएको असल काम जीवित छ”, आदि भनेर उनीहरू विश्वास गर्छन्। येशू ख्रीष्ट आज एक महिमित, पुनरूत्थित शरीरमा जीवित हुनुहुन्छ भनेर उनीहरू विश्वास गर्दैनन्।

यस गलत धारणाले प्रभुलाई होच्याउँछ र उहाँलाई अन्य प्रख्यात मानिसको तहमा झार्दछ। त्यसो गर्नु भनेको ख्रीष्ट पृथ्वीनारायाण शाह जस्तै वा पावल प्रेरित जस्तै मात्र प्रभावको रूपमा जिउँछन् भन्नु हो। तर ख्रीष्टलाई जे भयो त्यो अद्वित्तीय, अपूर्व र असाधारण थियो।

फेरि विचार गर्नुहोस् ती ५०० भन्दा बढी मानिसहरूलाई जसकहाँ जीवित ख्रीष्ट देखापर्नुभयो (१ कोरिन्थी १५:६)। के यो ख्रीष्ट केवल एक “आत्मा” वा “भूत” वा “प्रभाव” वा “सम्झना” हुनुहुन्थ्यो कि एक वास्तविक शरीर भएको वास्तविक व्यक्ति हुनुहुन्थ्यो? __________________________________________________। के उहाँको शरीरलाई छुन वा समाउन सकिन्थ्यो (लूका २४:३९)? ____________। के उहाँ साँच्चैको सडकमा हिँड्न सक्नुहुन्थ्यो (लूका २४:१५)? ______________। के चेलाहरूले उहाँको साँच्चैकै मासु र हड्डी छ भनेर आँखाले देख्‍न र छामेर जान्न सके (यूहन्ना २१:९)? ____________। के उहाँले साँच्चै खाना खानसक्नुभयो (लूका २४:४२)? ____________। के उहाँका कष्टहरूका दागहरू आँखाले देख्‍न र हातले छाम्न सकिन्थ्यो (यूहन्ना २०:२५,२७)? ______________।

यदि येशू शरीरमै जिउँदो बनेर उठ्नुभएको होइन भने, उहाँको शरीर किन भेट्टाइएन? चिहान किन रित्तो थियो? ख्रीष्टका शत्रुहरूले किन शरीरलाई फेला पार्न सकेनन्? निश्चय, खास कारण यो हो: ख्रीष्ट साँच्चै नै बौरेरउठ्नुभएको थियो!

येशू ख्रीष्टले आफू जो हुँ भनी भन्नुभएको थियो त्यो बौरिउठाइद्वारा प्रमाणित भयो। उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो, संसारका मुक्तिदाता। तिमी साँच्चै मसिह र परमेश्वरको पुत्र हौ भने कुनै चिन्ह देखाएर प्रमाण देऊ भनेर यहूदीहरूले खीष्टलाई घरीघरी भनेका थिए:

यूहन्ना २:१८-२२ हेर्नुहोस्। येशूले उनीहरूलाई कुन चिन्ह दिनुभयो? ________ ___________________________।

मत्ती १२:३८-४० हेर्नुहोस्। येशूले उनीहरूलाई कुन चिन्ह दिनुभयो? ________ ______________________________।

हो, ख्रीष्टको बौरिउठाइ नै येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने सबभन्दा ठूलो प्रमाण हो। यसबाट बाइबलको सत्यता प्रमाणित हुन्छ र क्रूस मुक्तिको एकमात्र उपाय हो भन्ने तथ्य पुष्टि हुन्छ। कसैले पनि बौरिउठाइलाई झूटा प्रमाणित गर्नसकेको छैन। यो इतिहासको महान् घटनाहरूमध्ये एक हो। ख्रीष्टको जन्म इतिहासकै तथ्य भएकोले प्रभुको सम्बत् (इश्वी सम्बत्) विश्वभरि प्रयोग गरिन्छ। ख्रीष्टको मृत्यु इतिहासकै घटना हो। ख्रीष्टको बौरिउठाइ उत्तिकै इतिहासकै घटना हो।कोही मानिसहरू यस तथ्यलाई इन्कार गर्छन्; यो कहिल्यै नभएको घटना हो भन्छन् तर उनीहरूले सो भन्नुको कारण एउटै छः अविश्वास! त्यहाँ प्रशस्त मात्रामा ठोस प्रमाण छ तर उनीहरू न त विश्वास गर्छन् न त प्रमाणलाई वास्ता गर्छन्। उनीहरू अविश्वासको कारणले सत्य-तथ्यप्रति अन्धा भएकाछन्।

आश्चर्यमय परिवर्तित जीवनहरू

ख्रीष्टको बौरिउठाइ इतिहासमै सबभन्दा ठूलो आश्चर्यकर्म थियो। यस आश्चर्यकर्मको फलस्वरुप अन्य धेरै आश्चर्यकर्महरू भए। जीवित मुक्तिदाताको सामर्थ्यको कारण जीवन परिवर्तन भएका केही व्यक्तिहरूको विचार गरौं:

१. डरपोक पत्रुस साहसी पत्रुस बने

पत्रुसले कातर बनेर ख्रीष्टलाई ________ पटक इन्कार गरे (लूका २२:५४-६२ हेर्नुहोस्)। मात्र ५३ दिनपछि उनले हजारौं मानिसका सामु साहससित ख्रीष्टको प्रचार गरे (प्रेरित २:२२,२३,२४,३६,४०,४१)! न ता जेलनेल न ता यहुदी शासकका कडा धम्कीले यस निडर प्रचारकलाई चूप गराउन सके (प्रेरित ४:१-२१; ५:२७-३२; ५:४१-४२)! केही न केही भएको हुनुपर्छ! कुन कुराले पत्रुसको जीवनमा यत्रो ठूलो परिवर्तन ल्यायो?

२. शंकालु थोमा विश्वस्त थोमा बने

बौरेर उठ्नुभएको ख्रीष्टलाई नदेखेसम्म र नछोएसम्म ख्रीष्टको बौरिउठाइलाई थोमाले अस्वीकार गरे (यूहन्ना २०:२४-२५)। पछि गएर यही व्यक्ति ठूलो प्रचारक बने र उनी येशू ख्रीष्ट जीवित हुनुहुन्छ भनी विश्वस्त थिए। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?

३. डराउने चेलाहरू निडर प्रेरितहरू बने

ख्रीष्टलाई गिरफ्तार गरिँदा ११ चेलाहरू त्रसित खरायोझैं भागे (मत्ती २६:५६)। केही हप्तापछि यही व्यक्तिहरू सामर्थी, साहसी प्रचारकहरू बने जो आफ्नो विश्वास र प्रचारको खातिर मर्न समेत तयार भए! केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?

४. अविश्वासी याकूब विश्वासी याकूब बने

याकूब प्रभुका एक अर्ध-भाई थिए (यूसुफ र मरियमका छोरा)। यूहन्ना ७:५ अनुसार याकूब विश्वासी थिए कि अविश्वासी? _____________। पछि यही व्यक्ति विश्वासी बने, येशू ख्रीष्टका एक विश्वासयोग्य सेवक बने र यरूशलेमको ठूलो मण्डलीका एक अगुवा बने। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो? १ कोरिन्थी १५:७ हेर्नुहोस्।

५. शत्रु शावल प्रेरित पावल बने

टार्ससका शावल ख्रीष्टको मण्डलीका ठूला शत्रु थिए। ख्रीष्टियनहरूलाई नाश गर्न उनले आफ्नो जीवन सुम्पेका थिए (प्रेरित ८:१-३; ९:१-२; १ कोरिन्थी १५:९; १ तिमोथी १:१३)। एक दिन शावल दमस्कस शहरतर्फ जाँदैगर्दा त्यहाँ पुग्न नपाउँदै एउटा घटना घट्यो जसले उनको जीवनमा आमूल परिवर्तन ल्यायो (प्रेरित ९:१-९; १ कोरिन्थी १५:८)। मण्डलीको भयानक शत्रु मण्डलीको महान् प्रेरित बने! जताततै उनले त्यही ख्रीष्ट प्रचार गरे जसलाई उनले पहिले खेदो र घृणा गरेका थिए। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?

के जीवित ख्रीष्टको कारण तपाईंको जीवन परिवर्तित भयो? के तपाईंलाई केही न केही भयो? के जीवित ख्रीष्टको सामर्थ्यले तपाईंको जीवनमा परिवर्तन ल्यायो?

ख्रीष्टलाई इन्कार गरेर र अविश्वास गरेर जीवनमा यस्तो परिवर्तन आउँदैन। केवल बौरेरउठ्नुभएको जीवित ख्रीष्टले नयाँ जीवन दिनसक्नुहुन्छ। पापको दास भएर अधर्ममा, अशुद्धतामा र दुष्टतामा जीवन व्यतित गरिरहेकाहरूलाई धार्मिकताका निम्ति परमेश्वरको पवित्र जन र सेवकमा परिवर्तन गर्नसक्नुहुन्छ।

येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ! के तपाईंले उहाँलाई भेट्नुभयो? के तापईंले उहाँलाई चिन्नुहुन्छ? उहाँले तपाईंको जीवनमा के गर्नुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)