Entries by Pradesh Shrestha

ख्रीष्टका आश्चर्यकर्महरू

ख्रीष्टका आश्चर्यकर्महरू

येशू संसारमा आउनुहुँदा यदि तपाईं पनि इस्राएलमै हुनुभएको भए उहाँको मृत्यु र बौरिउठाइ हुनुभन्दा अगाडिका ३ वर्षको समय अवधिमा येशूले गर्नुभएको कस्ता कस्ता आश्चर्यकर्महरू तपाईंले पनि देख्‍न सक्नुहुन्थ्यो (मत्ती ११:४-५)? ___________________________________________ _________________________________________________________________________________________________________________________________________________।

आश्चर्यकर्म भनेको त्यस्तो काम हो जुनचाहिँ प्रकृतिको साधारण नियमभन्दा बाहिरै पर्दछ। उदाहरणको लागि, फलामको एउटा टुक्रा नदीमा फ्याँकियो भने त्यसलाई के हुन्छ? त्यो तैरन्छ कि डुब्छ? ____________। भू-आकर्षणको नियम अनुसार त्यस्ता चीजहरू डुब्नैपर्छ! २ राजा ६:१-७ पढ्नुहोस्। के त्यो एक आश्चर्यकर्म थियो? __________। कसरी?

के परमेश्वर आश्चर्यकर्महरू गर्न सक्नुहुन्छ? _____________। किन (उत्पत्ति १८:१४, मत्ती १९:२६)? _____________________________________________।

हामीले अघिल्लो पाठमा येशू ख्रीष्टको बारेमा के सिक्यौं? उहाँ केवल मानिस मात्र हुनुहुन्थ्यो कि मानिसभन्दा बढी हुनुहुन्थ्यो? _________________________। के येशूले सामर्थी र आश्चर्यका कामहरू गर्न सक्नुहुन्थ्यो? __________________। धेरै समय पहिले येशूले कुनचाहिँ सामर्थी काम गर्नुभएको थियो (यूहन्ना १:३, कलस्सी १:१६)? __________________________________ _________________________________।

येशूले कुन उद्देश्यले सामर्थ्यपूर्ण आश्चर्यकर्महरू गर्नुभयो? के रोगीलाई निको पार्नु र अन्धालाई देख्‍ने बनाउनु नै उहाँको अन्तिम लक्ष्य थियो? हुन ता येशू ती रोगीहरूलाई ठूलो प्रेम गर्नुहुन्थ्यो अनि तिनका दुःखहरूको वास्ता गर्नुहुन्थ्यो, तरैपनि येशूले आश्चर्यकर्महरू गर्नुको अर्कै कारण थियो कि?

मर्कूस २:१०-११ मा येशूले एक पक्षघाती निको पार्नुभएको कारण स्पष्टै बताउनुभएको छ। उक्त खण्ड राम्ररी पढेर ठीक जवाफमा मात्र (ü) चिन्ह लगाउनुहोस्:

  1. त्यहाँ भएका मानिसहरूले उहाँको दया र प्रेम देखोस् भन्ने उद्देश्यले येशूले त्यो मानिसलाई निको पार्नुभएको थियो।
  2. त्यहाँ भएका मानिसहरूले उहाँको पाप क्षमा गर्ने अधिकार छ भनी थाह गरोस् भन्ने उद्देश्यले येशूले त्यो मानिसलाई निको पार्नुभएको थियो।
  3. त्यो रोगीप्रति येशूलाई दया लागेकोले अनि उसको दुःख हरण गर्ने उद्देश्यले येशूले त्यो मानिसलाई निको पार्नुभएको थियो।

पाप क्षमा गर्ने अधिकार आफूसित छ भन्ने आफ्नो दावीलाई येशूले गर्नुभएको त्यस चंगाइको आश्चर्यकर्मले कसरी प्रमाणित गर्‍यो सो बुझ्ने प्रयास गरौं। मर्कूस २:५ मा येशूले रोगीलाई भन्नुभयो, हे छोरा, तिम्रा ___________  क्षमा भए! पापहरू क्षमा गर्न सक्ने एउटै मात्र व्यक्तिले हुनुहुन्छ (मर्कूस २:७ र अघिल्लो पाठमा हेर्नुहोस्)? ______________। येशूले पापहरू क्षमा गर्न सक्नुहुन्छ भनेर के यहूदी शास्त्रीहरूले विश्वास गरे (मर्कूस २:५-८)? __________________।

कसैको हृदयभित्र नियालेर उनका पापहरू क्षमा भए कि भएनन् भनी के आँखाले देख्‍न सकिन्छ? ______________। पाप क्षमाको कार्य बाहिरी काम हो कि भित्री? ____________। ती विश्वास नगर्ने यहूदीहरूले यसरी तर्क गरे, “येशू, हामी तिमीलाई विश्वास गर्दैनौ। तिमीले भन्दैमा यस मानिसका पापहरू क्षमा भएका छैनन्। केवल परमेश्वरले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ।”

येशूले तब एउटा काम गर्नुभयो जुन सबैले आफ्नै आँखाले देख्‍न सक्थे। उहाँले के गर्नुभयो (मर्कूस २:११-१२)? ___________________________________________________________ ________________। के यो काम उनीहरू सबैले देख्‍न सक्ने काम थियो (मर्कूस २:११-१२)   ____________। अब ती यहूदीहरूले “येशू, हामी तिमीलाई विश्वास गर्दैनौ! तिमीले भन्दैमा यो मानिसको रोग निको हुने होइन, भएको पनि छैन” भनेर भन्न सक्थ्यो? ______________। किन?

येशूले चंगाइको त्यो ठूलो आश्चर्यकर्म गर्न सक्नुभयो भने उहाँले पाप क्षमाको झन् ठूलो आश्चर्यकर्म पनि गर्न सक्नुहुन्छ भन्ने प्रमाण यहाँ पाउँछौं (मर्कूस २:१०)! रोगको समस्यालाई हल गर्न सक्नुहुने परमेश्वरले पापको समस्यालाई पनि हल गर्न सक्नुहुन्छ!

तपाईंले नि? आफूले पापको क्षमा पाएको छु भनी अरुलाई कसरी प्रमाण दिन सक्नुहुन्छ?

 

 

 

परमेश्वरले तपाईंलाई बचाउनुभएको छ र तपाईंका सबै पापहरू क्षमा गरिदिनुभएको छ भनेर तपाईंले आफ्ना साथीहरूलाई कसरी देखाउन सक्नुहुन्छ? बाहिरबाट हेर्दा तपाईं सफा हुनहुन्छ कि हुनुहुन्न (अर्थात् तपाईंले हात मुख धुनुभएको छ कि छैन) भनेर त उनीहरूले देख्‍न सक्छन्, तर भित्र हृदयमा तपाईं कत्तिको सफा हुनुहुन्छ भनेर उनीहरूले के देख्‍न सक्छन्? तपाईंका पापहरू साँच्चै क्षमा भएका छन् र तपाईं साँच्चै परमेश्वरको सन्तान बन्नुभएको छ भनेर उनीहरूलाई कसरी प्रमाण दिन सक्नुहुन्छ? यूहन्ना ३:८ हेर्नुहोस्। के हावालाई देख्‍न सकिन्छ? हावा छ भनेर कसरी जान्न सकिन्छ? यदि हावा चल्दै छ भने त्यसले काम गर्छ र त्यसको असर देख्‍न सकिन्छ! यदि तपाईंका पापहरू क्षमा भएका छन् भने के तपाईंको जीवनले त्यो देखाउन सक्छ? ______________। कसरी?

येशूले गर्नुभएका आश्चर्यकर्महरूले एउटा कुराको स्पष्ट प्रमाण दिन्छ। त्यो यही हो उहाँले साना र ठूला सबैका हृदयहरूमा झन् ठूला आश्चर्यकर्महरू गर्न सक्नुहन्छ! केही उदाहरणहरू हेरौं:

  1. यूहन्ना ९:१,६-७ मा येशूले कुनचाहिँ आश्चर्यकर्म गर्नुभयो? ____________________________ __________________________________। के मानिस अर्कै प्रकारले अन्धा हुन सक्छ (२ कोरिन्थी ४:३-४)? __________। यो अन्धापना त शरीरको अन्धापना भन्दा ज्यादै नराम्रो छ! परमेश्वरले “तिनीहरूका ______________ ______________” (प्रेरित २६:१८) सक्नुहुन्छ र उनीहरूलाई आत्मिक दृष्टि दिनसक्नुहुन्छ! हामीले गाउने गर्छौं “… अन्धो देख्‍ने भएँ” (अचम्मको अनुग्रह)। के तपाईंको जीवनमा यो कुरा पूरा भएको छ? के तपाईं अब देख्‍ने बन्नुभएको छ? कुन कुरा ठूलो हो, शारीरिक दृष्टि कि आत्मिक दृष्टि? तपाईं कुन रोज्नुहुन्छ? आँखा नदेख्‍ने तर मुक्ति पाएको व्यक्ति हुन, कि आँखा देख्‍ने तर अनन्त आगोमा पुग्ने व्यक्ति हुन?
  2. यूहन्ना ११:१४,४३-४४ मा येशूले कुनचाहिँ आश्चर्यकर्म गर्नुभयो?____________________________________________________________________। शरीरको मृत्यु बाहेक अर्कै प्रकारको मृत्यु पनि छ? (एफेसी २:१)? __________। यो मृत्यु त शरीरको मृत्युभन्दा ज्यादै नराम्रो छ! के परमेश्वरले आत्मिक रूपमा मरेकालाई जीवन दिनसक्नुहुन्छ (यूहन्ना ५:२४, ६:४७, १ यूहन्ना ५:१२)? _________। के तपाईं मृत्युबाट जीवनमा सर्नुभयो?
  3. मर्कूस १:२३-२७ मा येशूले कुनचाहिँ आश्चर्यकर्म गर्नुभयो?_____________________________________________________________________। दुष्ट आत्मा लाग्नु अति नराम्रो कुरा हो। बाइबलले बताउँछ कि हरेक मुक्ति नपाएको व्यक्ति _______________ को सन्तान (१ यूहन्ना ३:१०) हो। शैतानको शक्ति र अधिकारमुनि रहेकाहरूका निम्ति परमेश्वरले के गर्न सक्नुहुन्छ (प्रेरित २६:१८ र कलस्सी १:१३)? __________________________________________________________। के तपाईंलाई परमेश्वरले शैतानको पन्जाबाट छुटकारा दिनुभयो?
  4. मर्कूस १:४०-४२ मा येशूले कुनचाहिँ आश्चर्यकर्म गर्नुभयो?_________________________________________________________________। बाइबलमा उल्लेखित कोर रोग ज्यादै डरलाग्दो रोग थियो। यसले रोगीलाई शरीरलाई खाँदै जान्थ्यो र उसलाई अन्तमा नाश पार्थ्यो। तर कोर रोगभन्दा पनि झन् डरलाग्दो कुरा केही छ जसले मानिसलाई भित्रैबाट नाश पार्छ र जसबाट मानिस शुद्ध हुनु खाँचो छ (याकूब १:१५)? _______। त्यो के हो? ________। यही सबभन्दा घातक कुराबाट के परमेश्वरले मानिसलाई शुद्ध गर्न सक्नुहुन्छ (१ यूहन्ना १:७,९;२:१२)? ____________________। के परमेश्वरले तपाईंलाई यो सबभन्दा डरलाग्दो हृदयको रोगबाट निको पार्नुभयो (यर्मिया १७:९)?

याद राख्‍नुहोस्, येशूले निको पार्नुभएको प्रत्येक रोगी, बिरामी, पक्षघाती, कोरी मानिस अखिरमा मर्नै पर्‍यो! अनि बिचरा लाजरस (यूहन्ना ११ अध्याय)! येशूले उसलाई मृत्युबाट बिउँताउनुभयो तर ऊ पनि पछि फेरि दोस्रो पटक मर्नै पर्‍यो। दुई-दुई पटक मर्ने चाहना तपाईंलाई हुन्छ होला? _____________।

मानिसको सबभन्दा ठूलो समस्या न ता उसको दृष्टि हो न ता उसको शारीरिक स्वस्थ्य नै। हामी सबैलाई शरीरमा स्वस्थ रहने चाहना भए तापनि यो नै सबभन्दा महत्त्वपूर्ण कुरा होइन। सबभन्दा महत्त्वपूर्ण कुराचाहिँ प्रभु येशू ख्रीष्टसँग एउटा जिउँदो, साँचो र गजबको सम्बन्ध हुनु हो। यसलाई भनिन्छ मुक्तिको आश्चर्यकर्म!

के तपाईंले आफ्नो जीवनमा सबैभन्दा महान् आश्चर्यकर्मको अनुभव पाउनुभयो? यदि पाउनुभयो भने मुक्तिदाताको विषयमा अरुलाई पनि किन नबताउने ता कि उनीहरूले उहाँमाथि विश्वास गरुन् र उनीहरूले पनि यो आश्चर्यकर्मको अनुभव गरून्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

येशू को हुनुहुन्छ?

येशू को हुनुहुन्छ?

मानिसहरू के भन्छन्?

येशू को हुनुहुन्छ भन्ने विषयमा मानिसहरू अनेक विचार गर्छन्। येशू संसारमा हुनुहुँदा मानिसहरूले उहाँ को हुनुहुन्छ भनी ठानेका थिए (मत्ती १६:१३-१४)? _____________________ _______________________________________________ । (टिप्पणी: तिनीहरूले येशू मृतअवस्थाबाट बौरनुभएको कुनै एक भविष्यवक्ता हुनुहुन्छ होला भनी ठाने।) येशूका शत्रुहरूले चाहिँ “ऊसँग _________ ___________ छ” (यूहन्ना १०:२०) भन्दै उहाँलाई पागलको संज्ञा दिए। उहाँका आश्चर्यकर्महरू शैतानको शक्तिले गरिएका हुन् भनी उहाँलाई झूटा आरोप लगाए (मत्ती १२:२२-२६, मर्कूस ३:२२)। उनीहरूले उहाँलाई “तिमी __________ हौ” (यूहन्ना ८:४८) भने। कसैलाई “सामरी” भन्नु उसको अनादर गर्नु थियो किनभने यहूदीहरू सामरीहरूलाई घृणा गर्दथे।

आज पनि मानिसहरू येशू को हुनुहुन्छ भन्ने विषयमा अनेक विचार गर्छन्। कति भन्छन्, उहाँ एक महान् गुरु हुनुहुन्थ्यो। अरुहरू भन्छन्, उहाँ इसाई धर्मका संस्थापक हुनुहुन्छ। कति भन्छन्, उहाँ एक महान् भविष्यवक्ता हुनुहुन्छ। अरुहरू भन्छन्, उहाँ आजसम्मको सबभन्दा महान् पुरुष हुनुहुन्छ।

येशू को हुनुहुन्थ्यो भनेर तपाईं आफ्ना साथीहरूलाई सोध्नुहोस्। उनीहरूले के जवाफ दिन्छन्? स्कूलका शिक्षकहरूले के जवाफ दिन्छन्? तपाईंले चिन्नुभएका अरु मानिसहरूले के जवाफ दिन्छन्?

येशू बास्तवमा को हुनुहुन्छ? यो बुझ्नैपर्ने विषय हो। प्रभु येशू ख्रीष्ट सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने निश्चय म उहाँलाई दण्डवत् गर्नेछु, उहाँलाई प्रेमपूर्वक भक्ति चढाउँनेछु। उहाँ प्रभु हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने, म उहाँको सेवा गर्नेछु र उहाँका आज्ञाहरू पालन गर्नेछु (लूका ६:४६ हेर्नुहोस्)।

येशू झूटा हुन् भन्ने व्यक्तिले के उहाँमाथि भरोसा राख्‍न सक्छ वा उहाँका वचनमाथि विश्वास गर्न सक्छ? येशू पागल हुन् भन्ने व्यक्तिले के उहाँलाई मुक्तिदाताको रूपमा विश्वास गर्न सक्छ? उहाँलाई असल गुरु मात्र मान्नेले उहाँका भनाइलाई सुन्नेछ तर उसले अन्य शिक्षकहरूका भनाइलाई पनि सुन्नेछ र विश्वास गर्नेछ। ख्रीष्टलाई भविष्यवक्ता मात्र मान्नेले परमेश्वरको बाटो देखाउने अन्य भविष्यवक्ताहरूलाई पनि उत्तिकै मान्यता दिनेछ। येशू २००० वर्ष अघि मर्नुभएको केवल एउटा मानिस मात्र हुनुहुन्थ्यो भने उहाँ मरेको मरै हुनुभयो र उहाँले कसैको जीवनमा खास परिवर्तन ल्याउन सक्नुहुन्न।

येशू को हुनुहुन्छ? — येशू आफैले के भन्नुभयो?

(मर्कूस १४:६१-६२)

धेरै हिसाबमा येशू अरू मानिस जस्तै हुनुहुन्थ्यो। उहाँको शारीरिक रुप असाधारण थिएन। निश्चय पनि उहाँ प्यालेस्टाइनका अरू यहूदी पुरुषहरू जस्तै देखिनुहुन्थ्यो। उहाँको शिरमाथि कुनै तेजिलो चमक थिएन (यद्यपि कतिपय चित्रहरूमा त्यस्तो देखाइन्छ)। उहाँको केश चेलाहरू वा अरु मानिसहरूका जस्तै छोटो थियो (यद्यपि कतिपय चित्रहरुमा उहाँलाई लामो केश पालेको देखाइन्छ)। उमेरमा उहाँ करीब ३० वर्षको देखिनुहुन्थ्यो (लूका ३:२३ र यूहन्ना ८:५७ दाँज्नुहोस्)। यहूदीहरूले उहाँलाई स्वर्गबाट ओर्लेर आउनुभएको व्यक्तिको रूपमा नभएर यूसुफको परिवारबाट आउनुभएका व्यक्तिको रूपमा मात्र चिन्दथे (यूहन्ना ६:४१-४२, मत्ती १३:५५-५६ दाँज्नुहोस्)। तरैपनि कसैले दावी नगरेका आश्चर्यपूर्ण दावीहरू उहाँले गर्नुभयो! निम्न कुराहरूलाई विचार गरौं:

१) येशूले आफू २००० वर्ष भन्दा पहिल्यै हुनुभएको कुरा दावी गर्नुभयो।

यूहन्ना ८:५६ मा येशूले भन्नुभयो, “अब्राहामले मेरो दिन देखे र आनन्दित भए।” यूहन्ना ८:५७ अनुसार यहूदीहरूलाई थाह थियो कि येशू _________ वर्ष भन्दा बढी हुनुहुन्नथ्यो। तब तिनीहरूले येशूलाई सोधे, “के तिमीले अब्राहामलाई देखेका छौ र?” (५७ पद)। अब्राहाम करीब २००० ई.पू. (B.C.) मा (येशू पृथ्वीमा हिँड्डुल गर्नुभन्दा २००० वर्ष पहिले) जिउँथे। येशूले उनीहरूको प्रश्‍नको जवाफ कसरी दिनुभयो (यूह्न्ना ८:५८ )? ____________________________________ _______________________________। मानौं कसैले तपाईंलाई भन्यो, “मेरो कुरा सुन्नुहोस् त। मेरो उमेर २००० वर्ष नाघिसक्यो।“ यो सुनेर तपाईंलाई कस्तो लाग्छ होला?

  1. यो मान्छे ठट्टा गर्दै छ
  2. यो मान्छे पागल रहेछ
  3. यो मान्छे मानसिक अस्पताल जानुपर्छ

तर येशू न ठट्टा गर्दै हुनुहुन्थ्यो न ता उहाँ पागल हुनुहुन्थ्यो। मानिसको रूपमा उहाँ ३० वर्ष जति पुग्नुभएको थियो, तर उहाँ परमेश्वर नै हुनुभएकोले उहाँ अनन्तको वचन हुनुहुन्थ्यो (यूहन्ना १:१-२ हेर्नुहोस्)! बप्‍तिस्मा दिने यूहन्ना येशूभन्दा छ महिना जेठा थिए तर यूहन्नाले बुझेका थिए कि “यूहन्ना हुनुभन्दा अघि येशू हुनुहुन्थ्यो!” (यूहन्ना १:३० पढ्नुहोस्)। बास्तवमा संसार हुनुभन्दा पहिले येशू हुनुहुन्थ्यो (यूहन्ना १७:५,२४ हेर्नुहोस्)! अनन्त परमेश्वर हाम्रो लागि क्रूसमा मर्नका लागि अनन्तताबाट आउनुभयो, एउटा मानिस बन्नुभयो!

२) परमेश्वरले मात्र गर्न सक्नुहुने काम आफूले गर्नसक्ने कुराको दावी येशूले गर्नुभयो।

यहूदीहरूलाई छक्क पार्ने गरी येशूले पक्षाघातको रोगीलाई के भन्नुभयो (मर्कूस २:५)? _______________________________________________ _________। पाप क्षमा गर्न सक्ने एउटै मात्र व्यक्तिले हुनुहुन्छ (मर्कूस २:७)? ________________। जसको विरुद्धमा हामीले पाप गरेका छौं र जसलाई चोट पुर्‍याएका छौं उही व्यक्तिले मात्र हामीलाई क्षमा दिन सक्छन्। यदि मैले कसैलाई नाकमा एक बक्सिङ्ग (मुड्कि) दिएँ भने, क्षमा पाउन म त्यही व्यक्तिकहाँ जानुपर्छ किनभने मैले चोट पुर्‍याएको र अपमान गरेको व्यक्ति उही नै हो। हाम्रो प्रत्येक पापले कसलाई चोट पुर्‍याउँछ र अपमान गर्छ (भजन संग्रह ५१:४)? ________________। तब हामीलाई कसले मात्र क्षमा दिन सक्नुहुन्छ? ________________। कुनै समान्य मानिसले पापहरू क्षमा गर्न सक्छु भनेर दावी गर्न मिल्छ? ______________। येशू ख्रीष्ट पापहरू साँच्चै क्षमा गर्न सक्नुहुने व्यक्ति हुनुहुन्थ्यो भने उहाँ पक्कै पनिले हुनुपर्छ? _________________।

मानिसलाई इन्साफ गर्ने र कतिपयलाई सदाका लागि नरक-कुण्डमा पठाउने अधिकार परमेश्वरलाई बाहेक अरु कसैलाई छ (दाँज्नुहोस् याकूब ४:१२)? ________। के येशूले उक्त अधिकार आफूसित भएको दावी गर्नुभयो (यूहन्ना ५:२२,२७, मत्ती २५:३१-४६)? ____________। यदि येशू एक सामान्य मानिस मात्र हुनुहुन्थ्यो भने आफूलाई सबै मानिसको अन्तिम इन्साफ गर्ने न्यायकर्ताको रूपमा प्रस्तुत गर्नु उचित हो? __________। यदि येशू सारा संसारको न्यायकर्ता साँच्चै नै हुनुहुन्छ भने उहाँ पक्कै पनिले हुनुपर्छ? ________________।

३) येशूले आफू मसिह (ख्रीष्ट, अर्थात् परमेश्वरको अभिषिक्त राजा) हुँ भन्ने दावी गर्नुभयो।

“मसिह” शब्दकै अर्थ भएको अर्को कुन शब्द छ जुन नयाँ नियममा धेरै पटक पाइन्छ (यूहन्ना १:४१)? ____________। पवित्र शास्त्र (पूरानो नियम) राम्ररी जानेका यहूदीहरूले आउनेवाला मसिह निम्न बमोजिम हुनुहुनेछ भनी बुझेका थिए (जोडा मिलाउनुहोस्):

तसर्थ, कुनै मानिसले आफू मसिह अथवा ख्रीष्ट हुँ भनी दावी गर्नु यसो भन्नु बराबर थियो, “मचाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको राजा हुँ। म नै अनन्तदेखिको सर्वशक्तिमान परमेश्वर हुँ अनि मैले नै सदासर्वदा शासन गर्नेछु।“ यदि कुनै राजा वा राष्ट्रपतिले आफ्नो विषयमा त्यस्तो घोषणा गर्‍यो भने तपाईंले के सोच्नुहुनेछ?

के येशूले आफू मसिह (ख्रीष्ट) हुँ भनी दावी गर्नु भयो (यूहन्ना ४:२५-२६)? ____________। के तपाईं उहाँ साँच्चै नै मसिह (ख्रीष्ट) हुनुहुन्छ भनी विश्वास गर्नुहुन्छ? ____________।

४) येशूले आफू परमेश्वरको पुत्र हुँ भनी दावी गर्नु भयो।

के येशूले कहिल्यै “म परमेश्वरको पुत्र हुँ” भनी भन्नुभयो (यूहन्ना १०:३६ र यूहन्ना ९:३५-३८ पढ्नुहोस्)? ______________। के पत्रुसले मत्ती १६:१६ मा ठीक जवाफ दिए? ____________। ख्रीष्टले हुनुहुन्छ भनेर पत्रुसले कसरी जाने (मत्ती १६:१७ हेर्नुहोस् र सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्)?

  1. ऊ ज्यादै चलाख मान्छे थियो
  2. उसले आफै सो कुरा पत्ता लगायो
  3. यूहन्नाले उसलाई बताइदिय
  4. स्वर्गको पिताले उसलाई प्रकट गरिदिनुभयो

उहाँलाई महापूजाहारीले “के तँ परमधन्य (परमेश्वर) का पुत्र ख्रीष्ट होस्?” भनी प्रश्‍न गर्दा येशूको जवाफ के थियो (मर्कूस १४:६१-६२)? ___________________________________।

कसैले भन्ला, “येशूले आफू परमेश्वरको पुत्र हुँ भनी दावी गर्नुभएको हो तर उहाँले आफू परमेश्वर नै हुँ भनेर दावी गर्नुभएन। त्यसैले उहाँ परमेश्वर हुनुहुन्नथ्यो, केवल परमेश्वरको पुत्र हुनुहुन्थ्यो।” तर “परमेश्वरको पुत्र” भन्नाले के बुझिन्थ्यो त्यसबेला? त्यसबेलाका मानिसहरूले के बुझ्थे?

कसैले आफ्ना पिता परमेश्वर हुनुहुन्छ (आफूचाहिँ परमेश्वरको पुत्र हुँ) भनी दावी गर्नु उसले आफूलाई प _____________को ब _____________ तुल्याउनु थियो (यूहन्ना ५:१८)। तसर्थ “परमेश्वरको पुत्र” को स्पष्ट अर्थ यो थियो:

“परमेश्वरको पुत्र” = “परमेश्वर”

मानौं प्रकाश प्रजापतिको बाबुको नाम हेमन्त प्रजापति रहेछ। के प्रकाश “प्रजापतिको छोरा” हो? _________। अनि प्रकाश पनि प्रजापति नै हो? __________। प्रकाश प्रजापतिचाहिँ एक प्रजापतिको छोरा हो अनि ऊ आफै पनि प्रजापति हो! येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र आफै पनि परमेश्वर हुनुहुन्छ। उहाँ परमेश्वरको पुत्र हुनहुन्छ र साथै परमेश्वर पनि हुनुहुन्छ। उहाँ परमेश्वरसँग हुनुहुन्छ, त्यति मात्र नभएर उहाँ परमेश्वर नै हुनुहुन्छ (यूहन्ना १:१)! उहाँ परमेश्वरको पुत्र मात्र हुनुहुन्न, उहाँ परमेश्वरसँग एक हुनुहुन्छ (यूहन्ना १०:३०)! के येशूले आफू परमेश्वर हुँ भनी साँच्चै नै दावी गर्नुभयो (यूहन्ना १०:३३)? _______________। के यहूदीहरू उहाँको दावी सुनेर खुशी भए (यूहन्ना १०:३०-३३)? ______________।

येशू को हुनुहुन्छ? — तपाईं के भन्नुहुन्छ?

(मत्ती १६:१५)

मत्ती १६:१५ मा प्रभु येशूले चेलाहरूका सामु राख्‍नुभएको प्रश्‍न नै सबभन्दा महत्त्वपूर्ण प्रश्‍न हो: “तर _____________चाहिँ नि के भन्छौ मले हुँ?” तपाईंचाहिँ के सोच्नुहुन्छ? ख्रीष्टले हुनुहुन्छ? तपाईं के जवाफ दिनुहुन्छ? तपाईंको अनन्त भविष्य यसैमा भर पर्छ!! यसको मतलब मृत्यु पछाडि तपाईं अनन्तको लागि कुन ठाउँमा पुग्नुहुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ। येशूले यूहन्ना ८:२४ मा भन्नुभयो, “किनभने ______ _________ _______ भनी तिमीहरूले विश्वास गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ।” आफू जो हुँ भनेर जति पनि कुराहरू येशूले भन्नुभयो ती विश्वास गर्न हामी जिम्मेवार छौं!!!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रणभूमि – येशू ख्रीष्टको परीक्षा

रणभूमि – येशू ख्रीष्टको परीक्षा

आफ्नो सार्वजनिक सेवाकाइ शुरु गर्नुहुँदा येशू कति वर्षको हुनुहुन्थ्यो (लूका ३:२३)? प्रायः ______ वर्षको। अध्याय १ मा हामीले हेर्‍यौं, जन्मनासाथ येशू शैतानको तारो बन्नुभयो। अनि येशू हुर्किसक्नुभएपछि, उहाँको सार्वजनिक सेवाकाइको प्रारम्भमा, शैतान उहाँको विरुद्धमा केही नगरेर चुप बस्ला र (बप्‍तिस्मा दिने यूहन्नाबाट बप्‍तिस्मा लिनुभएको लगत्तै पछि येशूलाई के भयो (मर्कूस १:९-१३)? ____________________________________________________________________।

उबेलामा येशू जसरी संसारमा हुनुहुन्थ्यो त्यही प्रकारले उहाँ आज संसारमा हुनुहुन्न। तसर्थ शैतानले उहाँलाई आक्रमण गर्न सक्दैन। तर आज शैतानले कसलाई नाश गर्न खोज्दै छ (पाठ १ ले अध्ययन हेर्नुहोस्)? _____________________________। मुक्ति नपाएका मानिसहरू “___________को सन्तान” (१ यहून्ना ३:१०) हुन्। के शैतानले मुक्ति नपाएका मानिसहरूलाई आक्रमण गर्छ? _________। किन गर्छ वा गर्दैन (मत्ती १२:२५-२६ सँग दाँज्नुहोस्)। आफ्ना सन्तान (मुक्ति नपाएकाहरू)ले मुक्ति पाएको र परमेश्वरको सन्तान बनेको के शैतान चाहन्छ (लूका ८:१२)? ____________।

मत्ती ४:१-११ पढ्दा हामी प्रभु येशू र शैतानलाई रणभूमिमा भेट्छौं। रणभूमि त्यस्तो ठाउँ हो जहाँ दुई पक्षबीच प्रतिस्पर्धा हुन्छ। त्यहाँ एक पक्षले जित्छ, अर्को पक्षले हार्छ। मत्ती ४:११ अनुसार कसले हारे? ____________। उक्त प्रतिस्पर्धामा कसले जिते? ____________।

येशूले शैतानलाई कसरी हराउनुभयो? म शैतानलाई कसरी जित्‍न सक्छु? म कसरी पराजित होइन विजयी बन्न सक्छु? के शैतान मभन्दा सामर्थी छ? ______। इजिकिएल २८:१२ अनुसार ऊ “________ले पूर्ण” छ। शैतानको उक्त बयान उसले पाप गर्नुभन्दा अघिको हो। तब के शैतान मभन्दा चलाख छ? ______। यदि मैले एक्लै शैतानको सामना गरेँ भने, विजय कसको हुन्छ? ___________। के शैतानको बल र बुद्धि परमेश्वरको भन्दा ठूलो छ (१ यूहन्ना ४:४)? _______। यदि परमेश्वरले एक्लै शैतानको सामना गर्नुभयो भने, विजय कसको हुन्छ? ______________। यदि परमेश्वर मभित्र जिएर शैतानको सामना गर्नुभयो भने के तब पनि विजय परमेश्वरकै हुनेछ? ______________। यदि परमेश्वरलाई मैले मेरो जीवनमा ठाउँ दिएँ भने, के म विजयी बन्न सक्छु? __________।

येशूले शैतानलाई कसरी पराजित गर्नुभयो? परमेश्वरको पुत्र हुनुभएकोले के उहाँले आफ्नो ईश्वरीय, अलौकिक (supernatural) सामर्थ्य प्रयोग गर्नुभयो? के उहाँले शैतानलाई पक्रेर चन्द्रमाभन्दा पर हुर्‍याइदिनुभयो? ____________। शैतानलाई जित्‍न यदि ख्रीष्टले आफ्नो इश्वरीय सामर्थ्य प्रयोग गर्नुभएको भए, त्यसले हामीलाई कुनै आशा वा उत्साह दिन सक्नेथिएन:

“येशूले शैतानलाई पराजय गर्नुभयो। त्यो ठूलो कुरा होला तरैपनि त्यसमा मेरो निम्ति कुनै आशा देख्दिनँ। आफू परमेश्वर नभएको हुनाले आफूसित कुनै अलौकिक सामर्थ्य छैन। यसकारण मैले शैतानलाई कसो गरी जित्‍न सक्छु र? शैतानसँग जुध्नु मेरो लागि असम्भव छ!”

तर बाइबलको शिक्षा त्यो होइन। प्रभु येशू ख्रीष्टले शैतानलाई जित्‍न आफ्नो अलौकिक र इश्वरीय सामर्थ्य प्रयोग गर्नुभएन। बरु उहाँले एक मानिसकै रूपमा शैतानको सामना गर्नुभयो (मत्ती ४:४ मा येशूले भन्नुभएको कुरालाई तुलना गर्नुहोस्, “मानिस रोटीले मात्र होइन”)। यो कुरा प्रत्येक विश्वासीको लागि खुशीको खबर हो! जसरी येशू विजयी बन्नुभयो ठीक त्यसरी नै हामी विजयी बन्न सक्छौं! जसरी ख्रीष्टले शैतानसँग लडाइँ गर्नुभयो ठीक त्यसरी नै हामी पनि शैतानसँग लडाइँ गर्नसक्छौं! उहाँले जे गर्नुभयो हामीले पनि ठीक त्यही नै गर्नसक्छौं! हो, शैतानले गरेको ख्रीष्टको परीक्षाले यो प्रमाणति गर्‍यो कि एउटा मानिस, ऊ आत्मामा हिँड्छ (अर्थात् आफूमा परमेश्वरलाई जिउन दिन्छ) भने, उसले परमेश्वरको वचन प्रयोग गर्छ र त्यसमा भर पर्छ भने, शैतान त्यो मानिससँग जुध्न सक्दैन!

एक सानो नानीले भने, “शैतान मेरो ढोकामा ढक्ढक्याउन आउँदा, ढोका खोल्न म जान्न! ढोका खोल्न म परमेश्वरलाई नै पठाउँछु। उहाँलाई देखेपछि शैतानलाई भाग्न कर लाग्छ!”

याकूब ४:७ मा परमेश्वरले विश्वासीलाई भन्नुहुन्छ,

“शैतानको __________________ गर”।

“सामना गर्नु” ले अर्थ हो “कसैको विरुद्धमा खडा हुनु”। परमेश्वरले हामीलाई कहिल्यै पनि शैतानसँग डराऊ भन्नुभएको छैन। हामीलेसँग डराउनुपर्छ (मत्ती १०:२८, १ पत्रुस २:१७)? _______________। परमेश्वरले हामीलाई कहिल्यै पनि शैतानबाट भाग्नलाई आदेश दिनुभएको छैन। हामी शैतानको विरूद्धमा खडा भएको परमेश्वर चाहनुहन्छ। उहाँको प्रतिज्ञा छ, ऊ हामीबाट भाग्नेछ। याकूब ४:७ले भन्छ, “_____________का सामना गर, र त्यो तिमीहरूबाट ____________। के शैतान ख्रीष्टदेखि भाग्यो (मत्ती ४:११)? ___________।

शैतानको सामना गर्नु भनेको दुइटा काम गर्नु हो:

एफेसी ६:११,१३,१४ पढ्नुहोस्। यी पदहरूमा “खडा” भन्ने शब्द भेटिन्छ? हामी हाम्रा शत्रु शैतानदेखि भागेको के परमेश्वर चाहनुहुन्छ?

प्रभु येशू शैतानको विरुद्धमा कसरी खडा हुनुभयो?

हव्वा कसरी शैतानको विरुद्धमा खडा भईनन्?

 

उत्पत्ति ३:१-६ लाई विचार गरौं:

 

पत्रुस कसरी शैतानको विरुद्धमा खडा भएनन्?

निम्न दुई उदाहरणहरूलाई विचार गरौं:

१) मत्ती १६:२१-२३
  २) लूका २२:३१-३२,३९-४६,५४-६२

शैतानले हामीलाई जीवनका दैनिक कामकुराहरूमा परीक्षा गर्न खोज्छ। हामी उसमाथि विजय हुन सक्न परमेश्वरले आवश्यक प्रबन्ध गर्नुभएको छ। परमेश्वरको जनले परमेश्वरलाई बिर्सँदा के हुन्छ? ममाथि परमेश्वरको अधिकार छ (उहाँ नै प्रभु हुनुहुन्छ) भन्ने कुरा विश्वासी जनले बिर्स्यो भने के हुन्छ? विश्वासी जनले परमेश्वरले भन्नुभएको कुरालाई विश्वास नगर्दा के हुन्छ? विश्वासी जनलाई सम्हाल्न सक्ने, उसलाई खडा राख्‍न सक्ने परमेश्वरको वचनमाथि उसले भर नपर्दा के हुन्छ?

निम्न परिस्थितिहरूको सामना गर्नुपर्दा यस पाठमा सिक्नुभएका कुराहरूलाई तपाईंले कसरी प्रयोगमा ल्याउन सक्नुहुन्छ?

  1. “आज मलाई धेरै थकाइ लागेको छ, त्यसैले म प्रार्थना सभामा नजाऊँ क्यारे!”
  2. “बाइबल स्कूलमा म बाइबल पढ्छु, परिवारसित पनि बेलुका पढ्छु। यसकारण व्यक्तिगत रूपमा बाइबल पढ्न गर्न, चुपचापको समय विताउन मलाई आवश्यक छैन।”
  3. “स्वर्ग जान्छु भन्ने मलाई पक्का भइसकेकोले र परमेश्वरले मलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएकोले मैले जस्तोसुकै जीवन बिताए पनि हुन्छ।”
  4. “असल कुराहरूमा मन लगाएको परमेश्वर चाहनुहुन्छ भन्ने मलाई थाह छ तर मलाई यो टी .भी . कार्यक्रम हेर्न एकदमै मन छ र अहिले मलाई रोक्न मेरा बाबुआमा समेत हुनुहुन्न।”
  5. “यो जाँचमा मैले त्यति राम्रो गर्न सकिरहेको छैन त्यसैले राम्रो अंक प्राप्‍त गर्न म सरलाले लेखेको हेर्दै सार्नुपर्ला।”
  6. “शिक्षक कक्षाकोठामा हुँनुहुँदा म उदाहरणीय व्यवहार गर्नेछु तर शिक्षक जानुभइसकेपछि मेरो साथीहरूसित जे मन लाग्यो त्यही गर्नेछु”
  7. “बाबा, मोटरसाइकललाई अलि बेस्सरी हाँक्नुहोस् न। तोकिएको गति-सीमालाई नाघे पनि हुन्छ। परमेश्वरले हाम्रो सुरक्षा गर्नुहुन्न र?”
  8. “वचन प्रचार सुन्न ज्यादै झन्झट पो लाग्यो। बरु म अरु कुराहरू सोचेर बस्नेछु”
  9. शुरुका विश्वासीहरूमध्ये कतिजनाले ख्रीष्टलाई “प्रभु” भनी स्वीकार गरी मृत्यु दण्डलाई रोज्नसक्थे वा सिजरलाई “प्रभु” भनी स्वीकार गरी ज्यान जोगाउन रोज्नसक्थे। शैतानले ती विश्वासीहरूलाई प्रभुलाई इन्कार गरोस् भनेर परीक्षा गरे होलान्? तिनीहरूमध्ये धेरै कसरी त्यस्तो परीक्षामाथि पनि विजय भए?

१ कोरिन्थी १०:१३ यस पाठसित कसरी सान्दर्भिक छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

येशूको बाल्यकाल

येशूको बाल्यकाल

हुर्काइ

आफू जन्मनुभएको दिनदेखि नै बालक येशू शैतानको तारो बन्नुभयो (प्रकाश १२:१०) भन्ने कुरा हामीले पहिलो पाठमा अध्ययन गर्‍यौं। हामी पनि नयाँ गरी जन्मेको दिनदेखि नै शैतानको तारो बन्दछौं। तर परमेश्वर शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)। परमेश्वरले आफ्नो योजना बिगार्न शैतानलाई कुनै ठाउँ दिनुहुन्न। येशूको निम्ति रचिएको परमेश्वरको योजना शैतानले बिगार्न असम्भव थियो। परमेश्वरमाथि भरोसा राख्‍नेहरूका निम्ति रचिएको परमेश्वरको योजना पनि शैतानले बिगार्न सक्दैन।

आजको पाठमा हामी येशू ख्रीष्टको हुर्काइको बारेमा अध्ययन गर्नेछौं। उहाँ एक शिशुदेखि बालक, बालकदेखि युवा, युवादेखि जवान मानिस बन्दै जानुभएको बारेमा अध्ययन गर्नेछौं। उहाँको बाल्यवस्था र युवावस्थाको बारेमा बाइबलले के बताउँछ? जीवनको एक खुड्किलादेखि अर्को खुड्किलामा हामी कसरी चढ्नुपर्छ? उमेर चढ्दै जाँदा हामी कसरी परिपक्व हुँदै जानुपर्छ भनेर बुझ्न शायद यस अध्ययनले हामीलाई केही मदत गर्नेछ।

येशू ख्रीष्टको हुर्काइको बारेमा बाइबलले ज्यादै थोरै मात्र बताउँदछ। येशू ख्रीष्टको बारेमा उपलब्ध अधिकांश विवरण उहाँको ३½ वर्षको सार्वजनिक सेवाकार्य (Public Ministry) सित सम्बन्धित छ। उक्त अवधिले उहाँको बप्‍तिस्मादेखि (लूका ३:२१ -२२ ) उहाँको मृत्यु र पुनरुत्थान (लूका २३ र २४ ) सम्मलाई समेट्छ। आफ्नो सार्वजनिक सेवाकार्यको शुरुमा येशू ख्रीष्ट कति वर्षको हुनुहुन्थ्यो (लूका ३:२३? प्रायः ______________।

लूकाको पुस्तकामा येशूको हुर्काइ सम्बन्धी दुइटा पदहरू छन्। ती पदहरूलाई राम्ररी अध्ययन गरौं:

लूका २:४० लूका २:५२
शिशुदेखि बाह्र वर्षको उमेरसम्म बाह्र वर्षदेखि तीस वर्षको उमेरसम्म
“अनि बालक ________भयो, र ______ले परिपूर्ण भएर आत्मामा बलियो हुनुभयो; अनि परमेश्वरको अनुग्रह उहाँमाथि थियो।” “अनि येशू _______मा, ____________मा र _______________ र __________को अनुग्रहमा बढ्दै जानुभयो।“

लूका २:४० अनुसार सानो बालक येशू केवल शारीरिक कद र बलमा मात्र नभएर बुद्धिमा पनि बढ्नुभयो। उहाँ निरन्तर बुद्धिले भरिँदै जानुभयो। के एउटा सानो बालक (जस्तै, ३ वर्ष, ५ वर्ष, ७ वर्ष, ९ वर्ष, ११ वर्ष) बुद्धिमा बढ्न सक्छ? बुद्धिमा बढ्न के ऊ २० वर्षको उमेरसम्म पर्खनुपर्छ? _____________। के तपाईं अहिले नै बुद्धिमा बढ्न सक्नुहुन्छ? __________। बुद्धि भनेको के हो? बुद्धि भनेको १४ले २८लाई गुणन गर्न सक्नु हो? __________। बुद्धि भनेको इतिहास र विज्ञानका कुराहरू सिक्न सक्नु हो? __________। एउटा विद्यार्थीले स्कूलका सम्पूर्ण विषयहरूमा पूर्णाङ्क प्राप्‍त गरेर पनि के ऊ बुद्धिहीन नै रहन सक्छ? __________। वास्तवमा बुद्धि परमेश्वरसित सम्बन्धित कुरा हो कि (हितोपदेश ९:१०)? __________।

सही काम गर्न सक्न र सही ढङ्गले जिउन सक्न हाम्रो उमेर कति पुगेको हुनुपर्छ? यदि कुनै साना केटाकेटी गलत काम गर्न सक्ने भइसकेका छन् भने के तिनीहरूले सही काम पनि गर्न सक्नुपर्ने हो? ________। यदि साना केटाकेटीले कथा र कमिक्स पढ्न सक्छन्, बोल्न सक्छन् भने के तिनीहरूले बाइबल पढ्न र प्रार्थना गर्न पनि सक्नुपर्ने हो? ________। के यस्ता कुराहरू गर्न तपाईंको उमेर पुगेको छ? _______।

साथै हामीले कदापि यस्तो भन्न सक्दैनौं, “हुर्कने काम कति गाह्रो छ, यसमा कति संघर्ष छ भनेर परमेश्वरलाई के थाहा छ र?” बास्तवमा, परमेश्वर हाम्रा एक-एक पाइला जान्नुहुन्छ। क्रूसमा मर्नुहुने प्रभु एक समय एउटा केटो हुनुहुन्थ्यो। साना केटाकेटीहरू प्रति उहाँ विशेष चासो राख्‍नुहुन्छ र ठूलाहरू प्रति पनि। तपाईंको जस्तै उहाँका पनि बाबु-आमा थिए (लूका २:४१)। तपाईंको जस्तै उहाँका पनि भाइ-बहिनीहरू थिए (मर्कूस ६:३)। हामी जस्तै उहाँ पनि ११, १२, १३ वर्ष उमेर हुँदै बढ्नुभयो।

लूका २:५२ मा अझ अरू कुरा मानिसका पुत्रको हुर्काइ सम्बन्धी सिक्दछौं। यस पदलाई बुझ्न निम्न चित्रको मदत लिऊँ:

प्रभु येशू ख्रीष्ट बढ्दै जानुहुँदा उहाँले जीवनका यी चारै क्षेत्रमा निरन्तर प्रगति गर्नुभयो। शरीरमा बढ्न उहाँलाई कुनचाहिँ पेशाले मदत गर्‍यो (मर्कूस ६:३)? ____________। एउटा मानिस उसले मानसिक क्षेत्रमा प्रगति गरेर पनि सामाजिक क्षेत्रमा अपरिपक्व हुन सक्छ? अर्थात् उसले धेरै विषयमा जानकारी प्राप्‍त गरेर पनि ऊ मानिसहरूसित राम्ररी हेलमेल गर्न नसक्ने हुन सक्छ? ________। तीस वर्षको हुर्काइको अन्तमा परमेश्वरले आफ्ना पुत्रलाई हेर्नुहुँदा के उहाँ प्रसन्न हुनुहुन्थ्यो (लूका ३:२२)? ______________।

बाइबलमा येशूको हुर्काइ सम्बन्धी हामीलाई थोरै मात्र बताइएको भए तापनि एउटा महत्त्वपूर्ण कुरा भने उल्लेख छ। लूका २:५१ बाट हामी जान्दछौं येशू सधैं आफ्ना बाबुआमाको ____________मा रहनुभयो। आफूलाई यूसुफ र आफ्नी आमाको अधिकारमुनि सुम्पँदै उहाँले उनीहरूको आज्ञापालन गर्नुभयो। उहाँले आफ्ना बाबुआमाको आदर गर्नुभयो। केटो हुनुहुँदा, युवा हुनुहुँदा उहाँले विद्रोह गर्नुभएन, हठी र अनाज्ञाकारी बन्नुभएन। उहाँले कलस्सी ३:२० र एफेसी ६:१ -२लाई सिद्धरूपमा पालन गर्नुभयो। तपाईं चाहिँ कस्तो खालको छोरा वा छोरी हुनुहुन्छ?

  1. सधैंजसो आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
  2. साधारणतया आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
  3. कहिलेकाहीँ आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
  4. विरलै आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने

यदि यो उमेरमा तपाईंले आज्ञा नमान्न सक्नुहुन्छ भने, तपाईंले आज्ञा मान्न पनि तपाईंको उमेर पुगेको छ कि? ________।

छुट्नुभयो तर हराउनुभएन

आफ्नो परिवारसित येरुशलेम जानुहुँदा बालक येशू कति वर्षको हुनुहुन्थ्यो (लूका २:४२)? ________। येशू बसोबास गर्नुहुने शहर __________ (लूका २:३९ ) बाट यरुशलेम लगभग ११२ किलोमीटर टाढा पर्थ्यो। मरियम र यूसुफ यरुशलेमबाट फर्कने क्रममा येशूले के गर्नुभयो (लूका २:४३)? के उहाँका बाबुआमालाई यो थाहा थियो? __________। उहाँ कहाँ हुनुहुन्छ होला भनी उनीहरूले सोचेका थिए (लूका २:४४)? ______________________________________________________। उहाँलाई भेट्टाउन कति समय लाग्यो (लूका २:४६ ) __________। के मरियम र यूसुफ तीन दिनसम्म चिन्तित भएका थिए (लूका २:४८)? ________। अन्तमा उनीहरूले उहाँलाई कहाँ भेट्टाए (लूका २:४६)? ______________। त्यसबेला के येशू पनि चिन्तित हुनुभएको थियो (लूका २:४९)? ________।

येशू परमेश्वरको भवनमा बाइबल (पुरानो नियम) अध्ययन गर्ने र सिकाउने यहूदी गुरूजनहरूको बीचमा बसिरहनुभएको थियो। येशू उनीहरूका बीचमा बस्नुहुँदा उहाँको धारणा कस्तो थियो? “म परमेश्वरको पुत्र हुँ तर यी शिक्षकहरू केही नजान्ने मानिस मात्रै हुन्। त्यसैले म तिनीहरूको कुरा सुन्दिनँ अनि म उनीहरूलाई कुनै प्रश्‍न गर्दिन किनकि उनीहरूले मलाई के नै सिकाउन सक्छन् र।” के उहाँको धारणा यस्तो थियो? __________।

येशूले प्रश्‍न मात्र गर्नुभएन, उहाँले ज ________ (लूका २:४७ ) पनि दिनुभयो। तिनीहरूका साना “चेला”ले उनीहरूलाई सिकाउन थालेको देख्दा ती शिक्षकहरू छक्क परे। येशूले उनीहरूलाई प्रश्‍न गर्नुहुँदा शायद उनीहरूले उहाँको गहिरो बुद्धि देखे र नै उनीहरूले उल्टो उहाँलाई प्रश्‍न गर्न थाले! ९, १०, ११, १२ वर्षका साना केटाकेटीहरूले समझ प्राप्‍त गरेको र जवाफहरू प्राप्‍त गरेको के परमेश्वर चाहनुहुन्छ? तपाईंको निम्ति परमेश्वर यही चाहनुहुन्छ? तपाईं जवाफहरू चाहनुहुन्छ? तपाईं प्रश्‍न सोध्ने गर्नुहुन्छ? सोध्ने गर्नुहुन्न भने किन गर्नुहुन्न? प्रश्‍न गर्दैमा सधैं नै तुरून्त कुरा बुझिन्छ भन्ने हो? जब जब हामी विचार गर्छौं, प्रश्‍न गर्छौं र जवाफको खोजी गर्छौं तब तब हामी केही समझ प्रप्‍त गर्छौं, अझ बुझ्दै जान्छौं।

बाबुआमाले उहाँलाई भेट्टाएपछि, येशूले उनीहरूलाई भन्नुभयो: “म मेरा पिताको काममा व्यस्त रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” यहाँ येशूले “मेरा पिता” भन्नुभयो। के उहाँले यूसुफको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो? __________। याद राख्‍नुहोस्, यूसुफ येशूका बास्तविक बाबु थिएनन् (हेर्नू: लूका १:३१, ३४ -३६ र मत्ती १:१८-२५) यद्यपि उनले येशूलाई हुर्काउने र सिकाउने काम र उहाँको निम्ति प्रबन्ध गर्ने काम गरे। यूहन्नाको सुसमाचारको पुस्तकमा येशूले झण्डै ४० पटक “मेरा पिता” भन्नुभएको पाउँछौं (जस्तै: यूहन्ना ५:१७, ८:२८ ) तर कुनै पनि सन्दर्भमा उहाँले यूसुफको कुरा गर्नुभएको थिएन। येशूको पिता स्वर्गमा बस्नुहुने परमेश्वर हुनुहुन्थ्यो।

येशू कुन ठाउँमा हुनुहुन्छ भनेर मरियम र यूसुफले जान्नुपर्ने थियो! उहाँ हराउनुभएको थिएन। उहाँ ठीक ठाउँमा, ठीक काम गर्दै हुनुहुन्थ्यो!

तपाईंका बाबुआमाले तपाईंलाई कस्तो ठाउँमा भेट्टाउँछन्? तपाईंले के गरिरहेको भेट्टाउँछन्? तपाईं ठीक ठाउँमा, ठीक काम गरिरहेको भेट्टाउँछन्? स्वर्गीय पिताको कुराहरूमा मन लगाइरहेको भेट्टाउँछन्? बाइबल पढिरहेको भेट्टाउँछन्? प्रार्थना गरिरहेको कहिल्यै भेट्टाउँछन्? खाँचोमा परेकाहरूलाई सहायता गरिरहेको भेट्टाउँछन्? साथीलाई प्रभुको बारेमा बताइरहेको भेट्टाउँछन्? तपाईंका बाबुआमा तपाईंलाई स्कूलमा भेट्न आउनुभयो भने तपाईंले ठीक ठाउँमा, ठीक काम गरिरहेको भेट्टाउनेछन्? तपाईंले कसको काममा मन लगाइरहेको भेट्टाउनेछन् होला? आफ्नै काम? साथीहरूको काम? संसारको काम? परमेश्वरको काम?

प्रत्येक बाल-बालिकाले ठीक ठाउँमा, ठीक काम गरिरहन सम्भव छ भनी बालक येशूले प्रमाणति गर्नुभयो। के तपाईं ठीक ठाउँमा, ठीक काम गर्दैहुनुहुन्छ ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बालक येशूको विरुद्धमा हेरोद राजा

बालक येशूको विरुद्धमा हेरोद राजा

येशू ख्रीष्टको जन्म कुन राजाको समयमा भएको थियो (मत्ती २:१)? __________। ऐतिहासिक लेखोटहरूमा उनलाई “हेरोद महान्” (Herod the Great) भनी उल्लेख गरिएको पाइन्छ। हो, एक अर्थमा उनी महान् नै थिए; दुष्टता र नृशंसतामा उनी महान् थिए। शक्तिका निम्ति उनी अति अभिलाषी थिए (शक्तिका निम्ति उनी कति डाही र अभिलाषी थिए भन्ने कुरा मत्ती २:२-३ मा हेर्नुहोस्)। इतिहासले बताएअनुसार, उनले कुनै दया-माया नराखी आफ्नै घर-घरानाकाहरूलाई हत्या गर्दा उनका धेरैमध्ये एक पत्‍नी समेत परीन्, साथै ती पत्‍नीका दुई दाजुभाइहरू पनि। उनी पशुसरह मानिस थिए। रोमका सम्राट अगस्टसले समेत हेरोदका बारेमा यसरी भनेका थिए, “हेरोदको छोरा हुनुभन्दा त उनको सुँगुर हुनु बेस।”

हेरोदको जीवनको आखिरी महिनाहरूमा बेथलेहेममा एक शिशुको जन्म भयो जो ____________का ________ हुनुहुन्थ्यो (मत्ती २:२)। उहाँ नै _____________का ________ पनि हुनुहुन्छ (प्रकाश १९:१६)। राजगद्दीमा बस्ने उनको अधिकारलाई चुनौती दिने अर्को राजा उनी देख्‍न चाहँदैनथे। आफू सट्टा अरू कोही पनि राजा भएको उनी चाहँदैनथे।

कहिलेकाहीँ हामी पनि हेरोदजस्तै हुन्छौं– प्रभुलाई हाम्रो जीवनका राजा बन्न दिँदैनौं, स्वयम् आफै राजा बनी सिंहासनमा बसिरहन चाहन्छौं। “प्रभु, मैले के गर्नु हुन्छ या हुँदैन भनेर मलाई बताउनुपर्दैन। म आफूखुशी गर्न चाहन्छु। आफ्नो राजा म आफै हुँ!”

हेरोदले ज्योतिषीहरू (“wise men”) लाई दुइटा महत्त्वपूर्ण प्रश्‍न सोधेः

१) यी राजा कहाँ जन्मेका छन्? (मत्ती २:४-६)

२) यी राजा कहिले जन्मेका हुन्? (मत्ती २:७ लाई मत्ती २:१६ सित तुलना गर्नुहोस्)

अर्थात् बालक कहाँ छन् र कति उमेर पुगेका छन्? हेरोद जान्न इच्छुक थिए। ज्योतिषीहरू बालक येशूलाई किन भेट्न इच्छुक थिए (मत्ती २:२)? __________________________ _____________। मत्ती २:८ मा उल्लेखित उनको भनाइअनुसार, हेरोद बालक येशूलाई भेट्न किन इच्छुक थिए? _______________________________। यस अमानवीय दुर्जनको उक्त भनाइलाई के तपाईं विश्वास गर्नुहुन्छ? __________। उनले बालक येशूलाई भेट्न चाहनुको वास्तविक कारण के थियो? _________________________________।

हेरोद अति दुष्ट थिए तरैपनि उनलाई परिचालन गर्ने अर्कै व्यक्ति थियो। हेरोदलाई परिचालन गरी आफ्नो दुष्ट योजनाहरू पूरा गर्न खोज्ने हेरोदभन्दा कैयौं गुणा दुष्ट हत्यारा को थियो (यूहन्ना ८:४४)? ______। हेरोदको आत्मिक बाबु को थियो? _________।

बाइबलले बताउँदछ, त्यो अजिङ्गरले (अजिङ्गर को हो प्रकाश १२:९ बाट पत्ता लगाउनुहोस्) बालक येशूलाई उहाँ ज ________साथ (प्रकाश १२:४) निलिहाल्न चाहन्थ्यो, अनि त्यस अजिङ्गरले आफ्नो उद्देश्य पूरा गर्न खोज्न दुष्ट हेरोदलाई प्रयोग गर्‍यो।

तर शैतान मात्र सक्रिय थिएन। परमेश्वर पनि सक्रिय हुनुहुन्थ्यो। बालक येशूको रक्षा गर्न परमेश्वरले गर्नुभएको एउटा कार्य के थियो (मत्ती २:१२)? _________________ _________________________________________ __________। ज्योतिषीहरू फर्केर नआएकाले हेरोद साह्रै रिसाए। उनले आफ्ना कारिन्दाहरूलाई के गर्न लगाए (मत्ती २:१६)? _________________________________________ ___________________। शैतान येशूलाई किन नष्ट गर्न चाहन्थ्यो? लूका ८:१२ अनुसार मानिसहरूले __________ गरेको र ________ पाएको शैतान चाहँदैन। मुक्तिदाता छैनन् भने मानिसले मुक्ति पाउन सक्छन् र?

यदि तपाईं परमेश्वर हुनुभएको भए, बालक येशूमाथिको शैतानिक आक्रमणको प्रतिकार तपाईंले कसरी गर्नुहुनेथ्यो? हेरोदलाई हटाउने प्रयास गर्नुहुनेथ्यो कि? निर्दोष बालकहरूको हत्या गर्न आउनेहरूको हातबाट उनीहरूलाई जोगाउन बेथलेहेम शहरलाई घेर्न तपाईंले ५,००० स्वर्गदूतहरू खटाउनुहुनेथ्यो कि? हेरोदको निर्दयी टोलीलाई निलिहाल्न तपाईंले जङ्गली जनावरहरू पठाउनुहुनेथ्यो कि? परमेश्वरले के गर्नुभयो (मत्ती २:१३-१४)? ______________________________ _________________________________________ __। मत्ती २:१९-२१ पनि पढ्नुहोस्।

बालक येशूलाई जोगाइयो तर राजाको आज्ञाबमोजिम दुई वर्ष र मुनिका निर्दोष (पापी स्वभाव लिएर जन्मेका भए तापनि मृत्युदण्ड लायकका कुनै कार्य नगरेका) बालकहरूको हत्या भयो (मत्ती २:१६)। किन परमेश्वरले तिनीहरूको मृत्यु हुन दिनुभयो? परमेश्वरले एकजनालाई उम्काउनुभयो तर अरूहरूलाई भने किन निर्मम हत्याको शिकार बन्न दिनुभयो?

त्यस भयावह रक्तपातले मानिसको डरलाग्दो पापी स्वभावको बारेमा केही शिक्षा दिन्छ कि? यसले पापी र हत्याराहरूमा पनि मुख्य शैतानको दुष्ट चरित्रको थप प्रमाण दिन्छ कि (१ यूहन्ना ३:८, यूहन्ना ८:४४)? वर्तमान जीवनका अन्याय, अत्याचारलाई के परमेश्वरले एक दिन सुल्ट्याउन सक्नुहुन्छ? निर्दोष व्यक्तिलाई निर्ममतापूर्वक फाँसी दिइँदा के परमेश्वरलाई खुशी लाग्छ र (हितोपदेश ६:१६-१७)? __________। के परमेश्वर साना नानीहरूको वास्ता गर्नुहुन्छ (लूका १८:१४- १५)? ____________। के परमेश्वरले उनीहरूको निम्ति हामीले भन्दा बढी वास्ता गर्नुहुन्छ (लूका १८:१४)? ____________। के परमेश्वरले सधैं सही काम गर्नुहुन्छ (उत्पत्ति १८:२५)? ______________।

हामीले देख्यौं, परमेश्वरका योजना र उद्देश्यहरू सधैं सफल हुन्छन्। मैले जित्दै छु भनी शैतानले सोचे तापनि अन्त्यमा ऊ सधैं नै परास्त हुन्छ। तपाईंको जीवनको निम्ति परमेश्वरको योजना छ कि छैन? के उहाँको उक्त योजना असल छ? उक्त योजना पूरा होस् भन्ने शैतान चाहन्छ र? परमेश्वरको योजना आफ्नो जीवनमा पूरा होस् भन्ने तपाईंको चाहना छ कि छैन?

आज शैतानको योजना छ कि छैन? उसका शत्रुहरू छन् कि छैनन्? उसका शत्रुहरूले हुन्? ऊ कसलाई हटाउन, कसलाई नष्ट गर्न चाहन्छ? यसका लागि उसले कसलाई परिचालन गर्छ (एफेसी २:२)? उसको इच्छाअनुसार काम गरिदिने उसका सन्तानहरूले हुन् (१ यूहन्ना ३:१०, यूहन्ना ८:४४)? उहाँ जन्मनुभएको दिनदेखि प्रभु येशू शैतानको प्रमुख तारो बन्नुभयो। आज येशू यस पृथ्वीमा हुनुहुन्न (यूहन्ना १६:१० मा हेर्नुहोस्) जसको कारण शैतानले आज उहाँलाई प्रत्यक्ष आक्रमण गर्न सक्दैन। यसकारण शैतानले आज कसलाई आक्रमण गर्छ? संसारमा ख्रीष्टको सबभन्दा निकटमा रहेको कुरा के छ (कलस्सी १:२७ दाँजेर हेर्नुहोस् – “ख्रीष्ट ________हरू भि ____”)? आज शैतानले कसलाई प्रहार गर्दै छ (एफेसी ६:१२,१३,१६)? _______________________________। येशू जन्मनासाथ उहाँलाई निलिहाल्न अजिङ्गर तयार थियो (प्रकाश १२:४)। आज ऊ सिंहले झैं कसलाई गाँज्न चाहन्छ (१ पत्रुस ५:८)? __________________। हाम्रो डरलाग्दो शत्रु शैतानको चर्चा गर्दा हामीले एउटा कुरा बिर्सनुहुन्न, त्यो के हो (१ यूहन्ना ४:४)? ___________________________________ _________________________________। हामीले शैतानलाई कसरी पराजित गर्न सक्छौं?– याकुब ४:७-८, १ पत्रुस ५:६- ११।

बालक येशूको रक्षा गर्नुहुने परमेश्वरले तपाईंको रक्षा गर्नुहुन्छ! शैतानलाई नियन्त्रण गर्न परमेश्वर सक्नुहुन्छ! केवल तपाईंले आफ्नो जीवनको राजा परमेश्वरलाई बनाउनुहोस्। आफ्नो जीवनको सुरक्षाको जिम्मा परमेश्वरमाथि सुम्पिनुहोस्!

* * *

शिक्षकका लागि थप टिप्पणीहरू:

 

मत्ती २ अध्यायमा बालक येशू कति उमेरको हुनुहुन्थ्यो?

हेरोदको प्रश्‍न यो थियो, तारा सबभन्दा पहिले कुन समयमा देखा पर्‍यो (मत्ती २:७)। तारा पहिले देखा परेकै घडीमा बालकको जन्म भएको हो भनी उनले मानिलिएको हुनुपर्छ। ज्योतिषीहरूको उत्तर उल्लेख गरिएको छैन। उनीहरूले तारालाई एक महिना अगाडि देखे, कि दुई महिना अगाडि, कि छ महिना अगाडि, कि एक वर्ष अगाडि कि दुई वर्ष अगाडि, हामीलाई बताइएको छैन।

मत्ती २:१६ मा ज्योतिषगणले के उत्तर दिए भनी पत्ता लगाउने आधार भेटिन्छ। दुई वर्ष र मुनिका सबै बालकहरूलाई मारेको खण्डमा येशू पनि मारिनेछन् भनी हेरोद जान्दथे। संहारबाट बालक येशू नउम्कोस् भनी निश्चय गर्न हेरोदले ठूलै जाल फिँजाए। अर्थात्, बालक चार महिनाको छ भन्ने जानेका भए हेरोदले “दुई वर्ष र मुनिका सबै बालकहरूलाई मार्नू ताकि ख्रीष्ट नउम्कोस्” भन्ने हुकुम दिन सक्थे। बालक दुई वर्षको छ भन्ने जानेका भए उनले, पक्का हुन, तीन वर्ष र मुनिका सबै बालकहरूलाई मार्न लाउँथे होला। ज्योतिषीहरूले आफ्नो यात्रा तारा देखेपछि शुरु गरेको बुझिन्छ (मत्ती २:२) र उनीहरूलाई पूर्वदेखि यरुशलेम आइपुग्न केही महिनाभन्दा बढी लागेन होला। मत्ती २:१ले ती ज्योतिषीहरू ख्रीष्टको जन्म भएको थोरै समयपछि नै यरूशलेम आए भन्ने सङ्केत दिन्छ।

तसर्थ, यस समयमा येशू केही महिनाको हुनुहुन्थ्यो भन्ने निष्कर्ष सबभन्दा सन्तोषजनक देखिन्छ (यद्यपि उहाँको ठीक उमेर जान्ने कुनै आधार छैन)। तर ख्रीष्टको जन्ममा गोठालाहरूसँगै ज्योतिषीहरू पनि थिए भन्ने परम्परागत धारणा भने निश्चय स्वीकार गर्न लायक छैन। ज्योतिषीहरूले डुँडमा पस्रिएको एक शिशुलाई भेट्टाएनन्; उनीहरूले त बेथलेहेमको एउटा घरभित्र साना बालकलाई भेट्टाए (मत्ती २:११)।

संहारमा कतिजना बालकहरू मरे?

यो अर्को प्रश्‍न हो जसको उत्तर दिने प्रयासमा हामी केवल अड्कल मात्र गर्न सक्छौं। बेथलेहेम गोठाला गर्नेहरूको एउटा अति सानो र नगण्य बस्ती थियो (मीका ५:२)। बेथलेहेम र त्यसको वरिपरिको जनसङ्ख्या धेरै थिएन। साथै मत्ती २:१६ मा “सबै बालकहरू” एक पुलिङ्ग वाक्यांश भएको हुनाले केटाहरू मात्रै मारिएको देखिन्छ। एक बालिका पछि राजा बन्लान् भन्ने डर हेरोदलाई थिएन।

शायद एक सयभन्दा कम बालकहरू मारिए। ए.टी. रबर्टसनका अनुमानमा १५ देखि २० जना मारिए। यदि ठूलै सङ्ख्यामा मारिएका भए हेरोदका अन्य अत्याचारहरूलाई बयान गर्ने इतिहासकार जोसेफस (Josephus) ले यस घटनालाई पनि उल्लेख गर्नुपर्नेथ्यो तर उनले गरेका छैनन्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पुनरुत्थित् प्रभु (भाग २)

Study Series

पुनरुत्थित् प्रभु (भाग २)

४) येशू गालील समुद्रको किनारमा चेलाहरूकहाँ देखा पर्नुहुन्छ

तिबेरियासको समुद्र (यूहन्ना २१:१), _________ को समुद्र (यूहन्ना ६:१) को अर्को नाउँ हो। यूहन्नाको एक्काइसौं अध्यायले येशू आफ्ना चेलाहरूकहाँ उनीहरू सामूहिक रूपमा हुँदा बौरिउठ्नुभएपछि तेस्रो पटक देखा पर्नुभएको घटनालाई बयान गर्दछ (यूहन्ना २१:१४ पढ्नुहोस्)। हामीले उहाँ त्यसरी देखा पर्नुभएको पहिलो दुइटा घटनाहरू हेरिसक्यौं (यूहन्ना २०:१९ र यूहन्ना २०:२६)।

यस अवसरमा त्यहाँ कतिजना चेलाहरू सँगै थिए (यूहन्ना २१:२)? __________। माछा मार्न जाने योजना कसको थियो (यूहन्ना २१:३)? __________। तिनीहरू कत्तिको सफल भए? (यूहन्ना २१:३)? ____________________________। यूहन्ना २१ मा घटेको घटना केहि वर्ष अगाडि घटेको एउटा घटना जस्तै थियो (लूका ५:४-११ पढ्नुहोस्)। लूका ५ र यूहन्ना २१ मा घटेका घटनाबीच के-कस्ता समानन्तरताहरू थिए? लूका ५:१० मा येशूले शिमोन पत्रुसलाई भन्नुभएको थियो, “अबदेखि उसो तिमीले ______________ पक्रनेछौ”। तर यूहन्ना २१ मा पत्रुस माछा पक्रनलाई फर्केको हामी देख्छौं!

यूहन्ना २१:७ मा हामीलाई पत्रुस र यूहन्नाको बारेमा केही कुरा बताइएको पाउँछौं। कुनचाहिँ चेलाले येशूलाई पहिले चिने? __________। कुनचाहिँ चेला पानीमा हाम फाल्न छिटो थिए? ___________। सबैजना चेलाहरू किनारमा आइपुग्दा कसले बिहानको नास्ता तयार गर्दैहुनुहुन्थ्यो (यूहन्ना २१:९)? _________________। कसले खाना खुवाउनुभयो (यूहन्ना २१:१३)? ________________। हाम्रो प्रभु साँच्चै बौरिउठ्नुभएको कुराको यहाँ प्रशस्तै प्रमाण भेटिन्छन्। सातजना वयस्क पुरुषहरूले उहाँलाई बिहानको घामको उज्यालोमा आफ्नै आँखाले देखे। गालीलको समुद्रको किनारमा प्रभुलाई बसिरहनुभएको, कुराकानी गरिरहनुभएको र खाना खाइरहनुभएको हामी देख्छौं। बौरिउठाइको यो भन्दा प्रबल प्रमाण दिन सकिन्छ? पत्रुस यसबाट पूर्ण रूपमा विश्वस्त भएका र सन्तुष्ट भएका थिए किनकि वर्षौं बितेपछि उनले कर्नेलियसलाई भन्छन्, “उहाँ __________बाट ________ ___________पछि हामीले उहाँसँगै खायौं-पियौं” (प्रेरित १०:४१)। आज येशू जीवित हुनुहुन्छ भनेर हामी विश्वस्त छैनौं भन्नेहरूले इमानदारीका साथ स्पष्ट प्रमाणहरूलाई हेर्नु खाँचो छ!

यस अध्यायको अर्को खण्डमा प्रभुले कस्तो कोमल तरिकाले पत्रुससित व्यवहार गर्नुभएको थियो भन्ने कुरालाई हेर्नेछौं। धेरै समय बितेको थिएन जुन बेला पत्रुसले आफ्ना प्रभुलाई शर्मलाग्दो गरी इन्कार गरे। पत्रुसको इन्कार गराइलाई यूहन्ना २१ को खण्डसित तुलना गर्दा निम्न समानन्तरताहरूलाई ख्याल राख्‍नुहोस्:

पत्रुसको इन्कार गराइ पत्रुससितको प्रभु येशूको व्यवहार (यूहन्ना २१)
प्रभुलाई इन्कार गर्दा पत्रुसले आ_____ तापिरहेका थिए (यूहन्ना १८:१८)। पत्रुससित येशू कुरा गर्नुहुँदा पनि उहाँहरू कोइलाको _________ वरिपरि हुनुहुन्थ्यो (यूहन्ना २१:९)
पत्रुसले प्रभुलाई तीन-तीन पटक इन्कार गरे (यूहन्ना १३:३८)। प्रभुका निम्ति आफ्नो प्रेम स्वीकार गर्नलाई पत्रुसलाई येशूले तीन-तीन पटक मौका दिनुहुन्छ (यूहन्ना २१:१५-१७)।
तेस्रो इन्कार गराइपछि भाले बास्यो र पत्रुस दुःखित बने र धुरुधरु रोए (मत्ती २६:७५)। प्रभुले तेस्रो पटक प्रश्न गर्नुभएपछि पत्रुस दुःखित भए (यूहन्ना २१:१७)। विगतको आफ्नो विफलताको उनलाई सम्झना आएको थियो कि?

यूहन्ना २१:१५-१७ पढ्नुहोस् र प्रत्येक पदको अन्तमा उल्लेखित तीन वा चार शब्दहरूलाई ध्यान दिनुहोस्। उनले येशूलाई साँच्चै प्रेम गर्छन् भनी देखाउन पत्रुसले गर्नुपर्ने एउटै काम के हो भनी उसलाई भनियो? _______________________________________। यूहन्नाको एक्काइसौं अध्याय पत्रुस कसरी मछुवाबाट गोठाला बन्न पुगे भन्ने कुराको कहानी पनि हो!

पत्रुसको जीवनको सेवाकार्य माछाको काम गर्नु थिएन तर मान्छेसित काम गर्नु थियो (लूका २२:३१-३२ पढ्नुहोस्)। उनले परमेश्वरको बगालको हेरचाह गर्नु थियो। यूहन्ना १०:२७ मा अध्ययन गरिसक्यौं, परमेश्वरका भेडा ती हुन् जसले ख्रीष्टको स्वर सुन्छन्, उहाँलाई पछ्याउँछन् र उहाँमाथि विश्वास गर्छन्। आफूले सिक्नुपर्ने पाठ पत्रुसले राम्ररी सिकेको दखिन्छ किनकि पछि उनको जीवनमा बगाललाई खुवाउने र परमेश्वरका भेडाहरूका लागि सही किसिमको अगुवा हुने भन्ने कुराको महत्त्व उनले बुझेका थिए (१ पत्रुस ५:१-४)! यदि कुनै पास्टरले परमेश्वरको बगालको राम्रो हेरविचार गरिरहेका छैनन् र उनीहरूलाई परमेश्वरको वचनबाट खुवाइरहेका छैनन् भने, के तिनले प्रभुलाई प्रेम गर्दछन् भन्ने कुरा साँच्चै दर्शाइरहेका छन् त? _____________

यूहन्ना २१:१८ मा प्रभु येशूले पत्रुसलाई उनलाई भविष्यमा हुने केही कुराको बारेमा बताउनुभयो। त्यो कुरा उनी बूढा भएपछि उनलाई हुनेछ भनेर भन्नुभयो। प्रभुले उनलाई भन्नुभएको कुरा कुन विषयमा थियो (यूहन्ना २१:१९)? _______________________। प्रभु पत्रुसका बारेमा सबै कुरा जान्नुहुन्थ्यो, उनको मृत्यु कसरी हुनेछ भन्ने बारेमा समेत। पत्रुसको दोस्रो पत्र उनी बूढा भइसकेपछि र उनको मर्ने बेला नजिक आइसकेपछि लेखिएको थियो। २ पत्रुस १:१४ मा पत्रुसले उनको निकटमा हुने मृत्युको बारेमा कसरी लेखेका छन् हेर्नुहोस्: “किनकि हाम्रा प्रभु येशू ख्रीष्टले __________ _________________ मेरो डेरा (अस्थायी वासस्थान) उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु”। घटना हुनुभन्दा धेरै अगाडिबाट नै येशूले पत्रुसलाई उनको मृत्युको बारेमा बताउनुभयो। ऐतिहासिक परम्पराअनुसार प्रेरित पत्रुस सम्राट नीरोको शासन कालमा रोमीहरूको हातबाट क्रूसमा टँगाइए। यसरी, आफ्नो जीवनले मात्र होइन तर आफ्नो मृत्युले समेत पत्रुसले _____________को महिमा गरे (यूहन्ना २१:१९ सित फिलिप्पी १:२०-२१ लाई तुलना गर्नुहोस्)।

प्रभुले हाम्रो भविष्यको बारेमा सब जान्नुहुन्छ भन्ने जानेर हामीलाई ठूलो सान्त्वना मिल्दछ। आगामी दिनहरू कस्ता हुनेछन् हामी जान्दैनौं तर परमेश्वरले पक्कै पनि जान्नुहुन्छ। हामी उहाँको _________ लाग्नुपर्छ र हाम्रो जीवन र मरणका सबै बन्दोबस्तका लागि उहाँमै भरोसा गर्नुपर्छ।

तब पत्रुस पछिल्तिर फर्के र यूहन्नाको भविष्यका लागि प्रभुका योजना के कस्ता होलान् भन्ने कुरा जान्नलाई एकदम जिज्ञासु बने (यूहन्ना २०:२०-२१ सित यूहन्ना १३:२३-२६ लाई तुलना गर्नुहोस्)। “यिनको चाहिँ के होला?” भनेर पत्रुसले प्रश्न गरे। येशूले जवाफ दिनुभयो, “तिमीलाई यसको के चासो?” (यूहन्ना २१:२२), जसको तात्पर्य थियो, “तिमी आफ्नै काम-कर्तव्यलाई ध्यान देऊ!” पत्रुसका लागि प्रभु येशूको एउटा योजना थियो र यूहन्नाको लागि अर्को योजना थियो। यदि येशूले चाहनुभएको भए उहाँले प्रेरित यूहन्ना उहाँको आगमन नभएसम्मै संसारमा राखिछाड्न सक्नुहुन्थ्यो। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको आगमनका लागि प्रतीक्षा गरिरहेका थिए र उहाँ यूहन्नाकै जीवन कालमा समेत आउन सक्नुहुन्छ भनेर विश्वास गर्थे। यूहन्ना अन्य सबै प्रेरितहरूभन्दा बढी बाँचे र बूढा मानिस भई मरे। यूहन्ना पत्रुसभन्दा धेरै वर्ष बढी बाँचे, तर यी दुवै मानिसहरू ख्रीष्टका विश्वासयोग्य सेवकहरू थिए र परमेश्वरले यी दुवै मानिसलाई विशेष किसिमले चलाउनुभयो। यूहन्नालाई के हुन्छ होला भन्ने कुरामा पत्रुस ध्यानकेन्द्रित हुनु आवश्यक थिएन। पत्रुसले ख्रीष्टलाई पछ्याउने कुरामा आफ्नो ध्यान लगाउनु आवश्यक थियो। महत्त्वपूर्ण कुरा एउटा व्यक्ति कति लामो बाँच्यो भन्ने होइन तर कति राम्ररी बाँच्यो भन्ने हो!

यूहन्नाले लेखेका आखिरी वचनहरू

यूहन्ना २१:२४ मा यूहन्नाले आफ्नो बारेमा बताउँदछन्। पुस्तकभरिमा यूहन्नाले आफूलाई कहिल्यै आफ्नो नाउँले जनाउँदैनन्। उनले आफूलाई प्रायः “त्यो चेला”, “त्यो अर्को चेला” अथवा “येशूले प्रेम गर्नुभएको चेला” भनेर जनाउँदछन्। हामीले अध्ययन गर्दै आएको पुस्तकका लेखक यूहन्ना हुन् “अनि हामी जान्दछौं, यिनको गवाही सत्य छ” (यूहन्ना २१:२४)। यूहन्नाको सुसमाचार येशू ख्रीष्टका वचनहरू तथा कार्यहरूको सत्य र सठीक अभिलेख हो!

के प्रेरित यूहन्नाले प्रभु येशू ख्रीष्टका बारेमा लेख्‍न सकिने जति जम्मै कुरा लेखे (यूहन्ना २१:२५)? ______________। यूहन्नाले राम्ररी छनोट गरेर यी कुराहरू लेखेका थिए। बाइबललाई ध्यानपूर्वक अध्ययन गर्नेहरूले बताएअनुसार चारओटा सुसमाचारीय पुस्तकहरूमा बताइएका घटनाहरूले साँढे तीन वर्षका मध्ये करीब ३५ दिनहरूका घटनाहरू मात्र बताइएका छन्। यसको मतलब एक हजार भन्दा बढी दिनका बारेमा कुनै कुरा लेखिएको छैन। यूहन्नाले कागतमा लेख्‍न सक्ने त्यहाँ थुप्रै अरू कुराहरू थिए तर उनले लेखेनन्। तरैपनि येशू ख्रीष्ट को हुनुहुन्छ र येशू ख्रीष्टले हाम्रा निम्ति के गरिदिनुभएको छ भन्ने कुरा जान्न र बुझ्न यूहन्नाले हाम्रा लागि पर्य‍ाप्‍त गरी लेखेका छन्। हामीलाई ख्रीष्टको बारेमा थप जानकारी आवश्यक छैन बरु उहाँको वचनमा परमेश्वरले दिनुभएको जानकारीलाई हामीले विश्वास गर्नु आवश्यक छ।

यूहन्नाको सुसमाचारको अन्तिम पदले कसैलाई एउटा कविता लेख्‍न अभिप्रेरित गरेको थियो जुन कविता एउटा पागलखानाको साँघुरो कोठाको भित्तामा शीशाकलमले कोरिएको पाइयो, जसको नेपाली रूपान्तर “ईश्वरको प्रेम कति महान्” भन्ने भजनको तेस्रो दफामा भेट्न सकिन्छ:

समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बेनको, र हरेक मानिस लेखक भए
लेख्‍न ईश्वरको महान् प्रेम, समुद्र सुकिजान्थ्यो
न त अटाउँथ्यो आकाशमा, वर्णन त्यो अपार प्रेमको!

आफूले लेख्नुमा यूहन्नाको उद्देश्य

यूहन्नाले सुसमाचारको यो पुस्तक किन लेखे भन्ने कारण पत्ता लगाउन हामी फेरि यूहन्ना २०:३०- ३१ मा फर्केर जानुपर्छ। यस पुस्तक लेख्दा यूहन्नाले होशियारपूर्वक छनोट गरिएका कुराहरूलाई समावेश गरे, तर परमेश्वरको अगुवाइ र परमेश्वरको प्रेरणाद्वारा उनले ठीक आवश्यक कुरा मात्र लेखे: “तर येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले ____________ गर्न सक र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा _________ पाओ भनी यीचाहिँ लेखिएका हुन्” (यूहन्ना २०:३१)।

यूहन्नाको सुसमाचारमा भएका २१ ओटा अध्यायहरूको अध्ययनको अन्त अब यहाँ अन्त गर्दैछौं। यदि तपाईंले यस पुस्तकलाई शुरुदेखि विचार गर्नुहुन्छ भने, तपाईंको निष्कर्ष के हुन्छ त? येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्ने तपाईं सोच्नुहुन्छ?

के उहाँ एक फटाहा हुनुहुन्छ?
कि पागल हुनुहुन्छ?
कि परमप्रभु परमेश्वर हुनुहुन्छ?

के प्रेरित यूहन्ना एक फटाहा र बहकाउने व्यक्ति थिए कि उनी सत्य र सठीक कुरा नै लेख्‍ने व्यक्ति थिए? के तपाईंले उनको सन्देशलाई विश्वास गर्नुभएको छ? यूहन्नाको सुसमाचार अनुसार अनन्त जीवन पाउनलाई एउटा व्यक्तिले के गर्नुपर्छ (यूहन्ना ३:१६,१८,३६; ५:२४; ६:३५-३७; ११:२५-२६, आदि)? _____________________________________________________

के तपाईंले सो काम गर्नुभएको छ? _________। ठूला, साना, पुरुष, महिला, केटा, केटी सबैले उहाँको पुत्रमा विश्वास गरेको परमेश्वर चाहनुहुन्छ र विश्वास गर्ने जतिसित अनन्त जीवन हुन्छ!

येशू ख्रीष्टमाथि विश्वास गर्ने ती सुखी मानिसहरूको जमातसँग तपाईं पनि मिल्न आउनुभएको होस् भनेर यस बाइबल अध्ययनमाला तयार गर्ने लेखकहरू तपाईंलाई आग्रह गर्न चाहनुहुन्छ।

अन्द्रियासले विश्वास गरे (यूहन्ना १:४१)
फिलिपले विश्वास गरे (यूहन्ना १:४५)
नथनएलले विश्वास गरे (यूहन्ना १:४९)
सामारीहरूले विश्वास गरे (यूहन्ना ४:४२)
पत्रुसले विश्वास गरे (यूहन्ना ६:६८-६९)
जन्मैदेखिको अन्धाले विश्वास गरे (यूहन्ना ९:३५-३८)
यूहन्नाले विश्वास गरे (यूहन्ना २०:८)
थोमाले विश्वास गरे (यूहन्ना २०:२८-२९)

तपाईंचाहिँ के गर्नुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)