Entries by Pradesh Shrestha

कृषि

कृषि

 

आज हाम्रो देशको कृषि क्षेत्रमा पनि आधुनिक साधनहरूको प्रयोग गरिँदै छ। बिकसित राष्ट्रहरूमा त प्रायः थोरै जमीनमा मात्र मानिस र पशुले काम गर्छन्। तर बाइबलकालीन समयमा खेतीपाती अहिलेको समयमा जस्तो ट्याक्टरमा बसेर गरिदैनथ्यो। सबैले हातले नै परिश्रम गर्थे र पशुको पनि सहायता लिइन्थ्यो ।

प्यालेस्टाइन देशको कृषिको बारेमा बुझ्न पहिले हामीले त्यस ठाँउको हावापानी र ऋतुको बारेमा बुझ्न आवश्यक छ। राम्रो खेतीपातीको लागि झरी वा पानी नभई नहुने कुरा हो। महिनौं सम्म झरी बिना जिउनु भनेको असाधारण कुरा हो। तर जो प्यालेस्टाइन देशमा बस्छन्, उनीहरूको लागि यो प्रायः प्रत्येक वर्ष नै हुन्छ। त्यो समय एकदम सुख्खा र गर्मी मौसम हो र मुस्किलले त्यहाँ पानी पर्छ। अनि वर्षको आधा महिना चाहिँ पानी परिरहन्छ र ज्यादै जाडो हुन्छ जुन हिउँद ऋतु हो। तलको तालिकाले कृषि सम्बन्धी विभिन्न ऋतुहरू देखाउँदछ:

 

जाडो याममा प्यालेस्टाइन देशमा त्यति साह्रो जाडो नभए पनि कहिलेकाहीँ भने हिउँ पर्छ (यशैया १:१८)। वर्षा चाहिँ स्वर्गीय परमेश्वरको आशिष हो (व्यवस्था ११:११)। बाइबलका समयहरूमा वर्षा एक ठूलो उत्सवको रूपमा लिइन्थ्यो (योएल २:२३)। के तपाईंले झरीको दिनमा घरमा बस्दा यो आशिषको लागि परमेश्वरलाई धन्यवाद दिनुभएको छ? यो सत्य हो कि कहिलेकाहीँ झरीले समस्याहरू उत्पन्न गर्छ जस्तै पिकनिक जादाँ, खेल खेल्दा रद्द गर्नुपर्ने हुन्छ तर यदि पानी नै परेन भने चाहिँ कस्तो समस्याहरू हामीले भोग्नुपर्छ होला?

_________________________________________________________
_________________________________________________________
_________________________________________________________

परमेश्वर जसले वर्षा पठाउनुहुन्छ, के गर्दै हुनुहुन्छ उहाँ नै जान्नुहुन्छ।

आउनुहोस् अब खेतीपातीको विषयमा केही महत्त्वपूर्ण कुरा विचार गरौं:

खनजोत

बिउ छर्नको लागि भूमि पहिले तयार पार्नुपर्छ। प्यालेस्टाइनमा गर्मी महिना ज्यादै गर्मी र सुख्खा हुन्छ र माटो ढुंगा झैं साह्रो बन्न पुग्छ। त्यसैले बिउ रोप्नुभन्दा पहिले माटोलाई मलिलो पार्न त्यहाँ केही गर्नुपर्छ।

परमेश्वर आफैले भूमिलाई मलिलो पार्न पहिलो काम गर्नुहुन्छ। अक्टुवरको अन्त्यतिर वा नोभेम्वरको पहिलो हप्तातिर परमेश्वरले भूमिलाई मलिलो पार्न वर्षा दिनुहुन्छ: “तपाईं झरीले त्यसलाई ________ तुल्याउनु हुन्छ” (भजनसंग्रह ६५:१०)। यसलाई पहिलो झरी भनिन्छ।

यो कार्य परमेश्वरले गरिसक्नु भएपछि तब किसान आफ्नो खनजोतको काम गर्न तयार हुन्छ। खन्नु भन्दा पहिला किसानले जहिले पनि पहिलो झरीलाई पर्खिरहेको हुन्छ। जब झरी पर्छ मेहनती किसान खन्न शुरु गर्छ। के अल्छी किसानले खन्ने काम गर्छ? _________। के कटनीको बेला ऊसँग केही हुन्छ होला? _________।

किसानले प्रयोग गर्ने हलो एक साधारण औजार हो। यो काठको छडीमा तल चुच्चो फलाम हुन्छ। साधारणतया हलो चाहिँ दुइटा गोरुद्बारा तानिन्छ जसलाई जुवाले जोड्ने काम गरेको हुन्छ।

प्रभु येशूको जुवा कसमाथि राखेको चाहनुहुन्छ

(मत्ती ११:२९-३०)?________

सँगै जुवा बोक्दा एक भइन्छ र तिनीहरू सँगै परिश्रम र काम गर्छ। तिनीहरू दुवै एउटै दिशातर्फ जान्छन्। बाइबलले बताउँछ कि हामी विश्वासीहरू ____________ का सहकर्मी हौं (१ कोरिन्थी ३:९)।

जब गोरुले तान्न थाल्छ, किसानको एउटा हात ________ हुन्छ (लुका ९:६२) र अर्को हातमा चुच्चो भएको लामो छडी पनि बोकेको हुन्छ जसलाई सुइरा भनिन्छ। किसानले यो सुइरा ढिलो हिड्ने गोरुलाई घोच्ने गर्छ जसको कारण गोरु छिटो हिड्न थाल्दछ। परमेश्वरले शाऊललाई उसले समर्पण नगरेसम्म घोचिरहनुभएको थियो र शाऊल चाहिँ सुइरालाई नै उल्टो लात्ती हिर्काइरहेका थिए (प्ररित ९:५)। अन्त्यमा परमेश्वरले जित्नुभई शाऊललाई बचाउनुभयो।

जसरी हलो जमीनमा धसिएर जान्छ, त्यसले माटोलाई फुटाउने र टुक्राउने काम गर्छ। हलोको धारले जमीनलाई करिब ३ वा ४ इन्च जतिको गहिरो बनाउने गर्छ। तब नै भूमि बिउ लिनलाई तयार हुन्छ।

बाइबलले बताउँछ कि बिउलाई ________को ________ सँग दाँज्न सकिन्छ। परमेश्वर आफ्नो बिउ (परमेश्वरको वचन) हाम्रो माटोरुपी हृदयमा रोप्न चाहनुहुन्छ (हेर्नुहोस् याकुब १:२१)। तर परमेश्वरको वचन लिन हाम्रो हृदय तयार हुनुपर्छ।

एकछिन कच्ची बाटोलाई विचार गरौं जहाँ माटो कसिएको र ढुंगाझैं साह्रो हुन्छ। के बिउले त्यस्तो खालको माटोमा जरा हाल्न सक्छ होला? ____ किन परमेश्वरको वचनले धेरै मानिसहरूको हृदयमा जरा हाल्न सक्दैन? यसको समस्या के होला (इजकिएल ३:७; मर्कूस १०:५; १६:१४; रोमी २:५)? ____________________________________________________________________।
परमेश्वर नम्र र चूर्ण अनि खुल्ला र आमन्त्रित हृदय चाहनुहुन्छ।

के लिडियासँग नम्र र खुल्ला हृदय थियो (प्ररित १६:१४)? ________। के बेरियाका बिश्वासीसँग नम्र हृदय थियो (प्रेरित १७:११)? ________। के एज्रासँग बिउ लिनको लागि तयारी नम्र र चूर्ण हृदय थियो होला (एज्रा ७:१०)? के तपाईंसँग बिउ लिनको लागि तयारी नम्र र चूर्ण हृदय छ?

शनिबारको आराधना सेवा शुरु हुन अघि परमेश्वरको वचनको निम्ति आफ्नो हृदयलाई कसरी तयार पार्नुहुन्छ? घरमा आफ्नो बाइबल पल्टाउन अघि परमेश्वरको वचन लिनको निम्ति आफ्नो हृदयलाई तपाईं कसरी तयार पार्नहुन्छ? जब भूमि साह्रो हुन्छ, बिउ भित्र जान सक्दैन। जब हृदय साह्रो भएको हुन्छ परमेश्वरको वचन भित्र जान सक्दैन। मेरो हृदय साह्रो भएको छ भनेर म कसरी जान्न सक्छु?

 

बाइबल कक्षामा ध्यान नदिनु
पारिवारिक सङ्गतिमा अल्छी लाग्नु
__________________________________________________
__________________________________________________

रोपाइँ वा छर्नु

छर्नु भन्नाले बिउलाई खेतमा छर्नु हो। भूमिलाई जोतिसकेपछि किसान बिउ रोप्नको लागि तयार हुन्छ। किसान डालो अथवा पोका आफ्नो कम्मरमा राखेर बोक्छन्। तब मुठ्ठीभरी बिउ लिएर बडार्ने शैलीमा हात घुमाई छर्दछ। बिउ चाहिँ तब तयारी माटोमा झर्दछ।

बिउ छरिसकेपछि किसानले फेरि बिउलाई पुर्नको निम्ति खन्न थाल्दछ। यदि माटोले पुरिएन भने चराहरू बिउ खाइदिन सक्छन्। कहिलेकाहीँ किसानले यो काम कुनै एक तेर्सो काठलाई गोरुको सहायताले भुईंमा घिसारेर गर्ने गर्छ।

त्यस समय सबैभन्दा महत्त्वपूर्ण अन्न जौ (यूहन्ना ६:९) र विशेष गरी गहुँ हुन्थ्यो। मुख्य बाली यिनै थिए।

प्रत्येक बिश्वासी नै किसान हुनैपर्छ। प्रत्येक बिश्वासीले बिउ रोप्नैपर्छ। लूका ८:११ मा बताइएको छ कि बिउ चाहिँ ______________ को वचन हो। हामीले यो बिउलाई लिएर फैलाउनुपर्छ, छर्नुपर्छ यसलाई परमेश्वरको बारीमा रोप्नुपर्छ। बारी चाहिँ ________________ (मत्ती १३:३८) हो। परमेश्वरको वचनरुपी बिउलाई हामी कसरी छर्न सक्छौ?

_सुसमाचारीय पुस्तकहरू बाँढेर_______________________________
________________________________________________________
________________________________________________________

यहाँ किसानले गर्नसक्ने केही कुराहरू छन् भने परमेश्वरले मात्र गर्नसक्नुहुने अरु कुराहरू छन् (१ कोरिन्थी ३:६)। के किसानले बिउ रोप्न सक्छ? _____________। के किसानले बोटमा पानी हाल्न सक्छ?__________। के किसानले बोटलाई बढाउनसक्छ? ____________। बिश्वासीले परमेश्वरको वचनलाई छर्नसक्छ तर परमेश्वरले मात्र आत्मा बचाउने कार्य गर्न सक्नुहुन्छ, बिश्वासीलाई बढाउने र हुर्काउन सक्नुहुन्छ। त्यसैले हामीले आफ्नो भाग गर्नुपर्छ। के परमेश्वरले उहाँको भाग गर्नुहुन्छ होला? ___________।

बालीनालीलाई खतराहरू

बालीलाई नाश पार्ने त्यहाँ थुप्रै कुराहरू थिए। बालीलाई नाश गर्न सक्ने खतराहरू मुख्यरूपमा निम्नलिखित कुराहरू थिए:

१. कहिलेकाहीँ पछिल्लो झरी पर्दै पर्दैनथ्यो। जुन झरी चाहिँ मार्च वा अप्रिलमा परेर बालीलाई प्रशस्त पानी दिदँछ।

२. कहिलेकाहीँ पूर्वीय तातो बतास आउनसक्छ र बालीलाई सुकाईदिन सक्छ। यो बतास मरुभूमिबाट आउने बतास ज्यादै तातो र सुख्खा हुन्थ्यो। यो कहिलेकाहीँ मार्च वा अप्रिलमा आउने हुनाले यदि यो धेरै समयसम्म रह्यो भने यसले बालीलाई नाश पार्थ्यो।

३) ढुंगे माटोले खेती गर्न गाह्रो बनाउँछ। प्यालेस्टाइन ढुंगे माटोको लागि प्रख्यात छ। त्यस सम्बन्धी एक अरबी दन्त्य कथा पनि छ जुन यस प्रकार छ: जब अल्लाहले यस पृथ्वीलाई बनाइरहेका थिए, उनले दुई स्वर्गदूतहरूलाई सबै ढुंगाहरू राखेर दुइटा झोला एक एक जनालाई जिम्मा लगाए। जब ती स्वर्गदूतहरू प्यालेस्टाइन देश भएर उडिरहेका थिए, एक जनाको झोला फुट्न गई सबै ढुंगाहरू त्यस भूमिमा छरिन गयो। त्यसैले सारा पृथ्वीको लागि भनिएको आधी ढुंगाहरू चाहिँ प्यालेस्टाइनमा रह्यो।

४) झारहरू जस्तै सिउँडी काँडाहरूले असल बालीलाई निस्सासिदिन्छ।

५) छरिएको बिउ चराहरूले खाइदिन सक्छ। मत्ती १३:४ मा हेर्नुहोस्।

६) हानिकारक किराहरूले बालीलाई स्वाहा पार्न सक्छ। सबैभन्दा हानिकारक किराहरू चाहिँ झुसेली र सलहहरू हुन्। हेर्नुहोस् योएल १:४– यी किराहरूले आफ्नो काम भ्याएपछि त्यहाँ केही बाँकी हुन्थ्यो होला त? _________। सायद सबैभन्दा डरलाग्दो किरा चाहिँ सलह नै थियो (व्यवस्था २८:४२)। तिनीहरूले केही दिनमै सम्पूर्ण ग्रामीण बस्ती सबै स्वाहा पार्न सक्छ। यी फट्याङ्ग्राहरू असंख्य मात्रामा हिड्ने गर्छन् र एउटै बोट छोड्दैनन्।

मत्ती १३:४-७ मा बिउले किन असल फसल दिन सक्दैन भन्ने बारेमा तीनओटा कारणहरू येशूले देखाउनुभएको छ। ती तीन कारणहरू के-के हुन्?

१. ________________________________________________________________________
२.________________________________________________________________________
३.________________________________________________________________________

मत्ती १३:१८–२२ अनुसार मानिसको जीवनबाट परमेश्वरको वचनले धेरै फलहरू फलाउन नसक्नुमा तीन कारणहरू के-के हुन्?

१.________________________________________________________________________
२.________________________________________________________________________
३.________________________________________________________________________

हाम्रो जीवनमा परमेश्वरको वचनअनुसारको काम गर्नबाट अलग राख्‍ने अरु के-के कुराहरू छन् होला?

कटनी वा फसल

अप्रिलको मध्येतिर बाली पाक्दछ र काट्नको लागि तयार हुन्छ। कटनीको अर्थ बालीलाई काट्नु हो। यो चाहिँ हसिँयाको प्रयोगले गरिन्छ। किसानले आफ्नो हातले बालीको मुठ्ठालाई समातेर फेदमा हसिँयाले काट्दछ। अनि काटिएको बालीलाई चाहिँ बिट्टा वा मुठ्ठा बनाइन्छ।

प्रकाश १४:१४ अनुसार कसको हातमा हसिँया हुन्छ? ___________________________

हेर्नुहोस् प्रकाश १४:१५–१६। यो खण्डले प्रभु येशू ख्रीष्टले दुष्टहरूलाई न्यायको दिनमा कटनी गर्नुहुने समयको बारेमा बताइरहेको छ। तिनीहरू जसले ख्रीष्टलाई मुक्तिदाताको रूपमा स्वीकार गर्दैनन्, त्यस बेला उहाँलाई न्यायकर्ताको रूपमा भेट्नुपर्छ।

फसलको समय ज्यादै आनन्दको समय हो। भजनसंग्रह १२६ मा फसलको समय चाहिँ आनन्दको समय हो भनेर उल्लेख गरिएको दुई वटा पदहरू कुन कुन हो?_____________________

खेतीपातीबाट सिक्न सकिने अर्को ठूलो आत्मिक सत्यता चाहिँ गलाती ६:७ मा पाउँछौ: मानिसले जे ________, त्यसैको ________ पनि गर्नेछ।” यदि किसानले बिउ नै छर्दैन भने उसले कति कटनी गर्नेछ?________________________। यदि किसानले फर्सीको बिउ रोप्छ भने उसले के कटनी गर्नेछ?________________। यदि मानिसले खराब कुरा छर्छ भने उसले के कटनी गर्नेछ?____________। यदि मानिसले असल कुरा छर्छ भने उसले के कटनी गर्नेछ? ______________। यदि विद्यार्थीले मेहनतसाथ अध्ययन गर्छ भने के उसले राम्रो अंक आउनेछ भन्ने आशा गर्छ होला?____________। यस सत्यता सम्बन्धी अरु उदाहरणहरू विचार गर्नुहोस्।

दाइँ गर्नु

दाइँ गर्नु भनेको जौ अथवा गहुँको दानालाई त्यसको डाँठबाट अलग गर्नु हो। गहुँ वा जौको दानाहरू रोटी बनाउनको लागि प्रयोग गरिन्छ। तर डाँठ चाहिँ खानको लागि प्रयोग गरिदैन।

दाइँ दुई प्रकारले गरिन्छ। थोरै मात्रामा बाली भएमा बिट्टालाई लठ्ठीले हिर्काइन्छ जसबाट दानाहरू डाँठबाट झर्दछ। तर धेरै बाली भएमा ती बिट्टाहरूलाई भुइँमा राखेर गोरुलाई हिडाउन लगाइन्छ र तिनीहरूले दानाहरू छुट्याउन सहायता गर्छ।

कहिलेकाहीँ परमेश्वरले बिश्वासीलाई विभिन्न परीक्षा र समस्याहरूमा पर्न दिनुहुन्छ (१ पत्रुस १:६–७; ४:१२)। परमेश्वरले यस्तो किन गर्नुहुन्छ? उहाँ हामीलाई ताडना दिनुहुन्छ, नाश पार्नलाई होइन तर खराबबाट असललाई छुट्याउनलाई। परमेश्वर हाम्रो जीवनबाट सबै काम नलाग्ने कुराहरू हटाउन चाहनुहुन्छ, जसरी किसानले मूल्यवान दानाबाट काम नलाग्ने भुसलाई हटाए जस्तै। परमेश्वर खराबलाई हटाई असल कुरा ल्याउन चाहनुहुन्छ।

निफन्नु

दाइँ गरेपछि काम नलाग्ने भूस वा पराल र दाना एकै ठाउँमा जम्मा भएको हुन्छ। निफन्नु चाहिँ खराबबाट असललाई छुट्याउने किसानी तरिका हो।

किसानले दाना र भूसलाई हावामा उडाउन काँटा भएको औजार वा सावेललाई प्रयोग गर्छ। भूस र पराल हलुंगो भएको हुनाले हावाले त्यसलाई उडाएर लैजान्छ। दानाहरू चाहिँ भारी भएको हुनाले तिनीहरू जमीनमै खस्छन्।जब किसानले निफन्न सकाउछ्न् तब त्यहाँ अन्न वा दानाको थुप्रो मात्र बाँकी रहन्छ। नराम्रो जान्छ, राम्रो रहन्छ।

एकदिन परमश्वरले मानिसलाई दुई समूहमा विभाजन गर्नुहुनेछ (मत्ती ३:१२):

१) गहुँ – असल व्यक्ति (जसलाई परमेश्वरले आफूसँगै राख्‍नहुन्छ)
२) भूस – काम नलाग्ने व्यक्ति (जसलाई परमेश्वरले न्याय र दण्ड दिनुपर्छ)

तपाईं कुन चाहिँ समूहमा पर्नुहुन्छ? के तपाईं पक्का हुनुहुन्छ? आफू म असल रूख हुँ अथवा खराब रूख हुँ भनेर तपाईं कसरी थाह पाउन सक्नुहुन्छ (मत्ती ३:१०; ७:१७–१९)?

यदि परमेश्वरको वचनको बिउ तपाईंको नम्र माटोरुपी हृदयमा उम्रिरहेको छ भने त्यहाँ अवश्य असल फलको प्रशस्त फसल हुनेछ (मत्ती १३:२३)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

सङ्गीत र खेल

सङ्गीत र खेल

 

सङ्गीत र खेल युवाहरूले ज्यादै मन पराउँछन् साथै वृद्धहरूले समेत। धेरै यूवाहरू स्कूलबाट कि सङ्गीत शिक्षकद्बारा बाजा बजाउन सिक्न चाहन्छन्। अनि सबै स्कूलमा केही न केही खेलकुद कार्यक्रमहरू राखिएको हुन्छ जहाँ यूवाहरू विभिन्न खेलहरूमा भाग लिन्छन्। यस अध्यायमा हामी प्राचीनकालका मानिसहरूबीच सङ्गीत र खेलको महत्त्वपूर्ण स्थानको विषयमा अध्ययन गर्नेछौं।

सङ्गीत

अहिले जस्तो पियानो वा गीतार बनिनुभन्दा अघि ती समयमा कस्तो सङ्गीत हुन्थ्यो होला? आज हामीले सुन्ने सङ्गीत प्राय रेडियो क्यासेटबाट आउने गर्छ। तर बाइबलका समयमा यस्ता खालका विद्युतीय साधनहरू केही पनि बनिएको थिएन।

सङ्गीत र बाजाको विषयमा पढ्नु अघि एक व्यक्तिले बाइबल पढ्नु पर्दैनथ्यो। उत्पत्ति अध्याय ४ को कुन पदमा बताएको छ कि एक व्यक्ति जसले दुईओटा बाजा बजाउन जान्दथे? पद______

पुरानो नियमका समयमा सङ्गीत उत्सवको एक अंश थियो। जब केही उदेकलाग्दो अचम्म घटना घट्छ, तब के तपाईंलाई कराउन र गाउन मनलाग्छ? प्रस्थान १४ अध्यायमा परमेश्वरले इस्राएलको सन्तानहरूका निम्ति कस्तो महान कार्य गर्नुभयो?_______________________________________
__________________________________________________________________________

परमेश्वरले यस्तो कार्य गर्नुभएपछि, तब के ती मानिसहरूले उत्सव मनाउन चाहे होला?______ प्रस्थान १५ र पद १ मा हामी मोशाले एउटा भजन गाएको पाउछौं। अनि प्रस्थान १५:२० पनि हामी मिरियम, मोशाको दिदी र अरु स्त्रीहरू बाजाहरू बजाउदै नाच्न र गाउन थालेको पाउँदछौं। कसका निम्ति तिनीहरूले गाए होलान (प्रस्थान १५:२१)?__________________ किन तिनीहरूले गाए र नाचे (प्रस्थान १५:२१)? “किनभने उहाँ___ ___________________________”

अर्को महान उत्सव पनि १ शमूएल १७:६ मा पाउँदछौं। दाऊदले पलिश्ती गोल्यतलाई के गरेका थिए?(१ शमुएल १७:५०)________________________________________________। के उत्सव र खुशीयाली मनाउन यही नै मुख्य कारण थियो?_______________। स्त्रीहरूले यो महान विजयलाई कसरी मनाए (१ शमूएल १८:६)? के तिनीहरूले गाए? ______। के तिनीहरूनाचे?_________। के तिनीहरूले बाजाहरू बजाए?_________।

के तपाईंहरूलाई थाह छ एक दिन यस्तो उत्सव र खुशीयालीको समय आउनेछ जसको अन्त नै हुँदैन।प्रकाश १४:२-३ मा हामी स्वर्गीय दृश्यलाई देख्दछौं।के त्यहाँ गाइएको छ? ______। के त्यहाँ केही बाजाहरू छन्? ______ । अनन्तसम्म विश्वासीहरूले ठूलो उत्सव मनाइ रहनेछन् (एउटा ठीक उत्तरमा गोलो चिन्ह लगाउनुहोस्):

(क) कति अचम्मको मानिस भएका कारण

(ख) परमेश्वर कति महान हुनुभएको कारण

(ग) प्रभु येशूको क्रूसको बलिदानको कारण

(घ) नेपाली खेलाडीले वर्ल्र्डकप जितेको कारण

(ङ) परमेश्वर को हुनुहुन्छ र उहाँले के गरिदिनुभयो भनेर

यदि अहिले तपाईंमा गाउनलाई राम्रो स्वर छैन होला, तर जब तपाईंले नयाँ बौरिउठाइको शरीर पाउनुहुनेछ, तब के परमेश्वरले तपाईंलाई एउटा मीठो स्वर दिनुहुन्छ (यदि विश्वासी हुनुहुन्छ भने)? __________। सङ्गीतकारहरूले आफ्नो राम्रो प्रदर्शन गर्न अघि सधैं अभ्यास गरेकै हुन्छ। स्वर्गीय महान उत्सवको लागि विश्वासीहरूका निम्ति उत्तम समय कुन हो? _______________________________।

संसारको इतिहासमा सबै भन्दा बेसी सङ्गीतमा ठूलो योगदान दिने व्यक्ति दाऊद हुन्। जब राजा शावलले राम्रो सङ्गीत बजाउन सक्ने मान्छे खोजे तब त्यो कामका लागि कसलाई चुनियो (१ शमूएल १६:१७-१९)? ____________। कस्तो बाजा उनी बजाउथे (१ शमूएल १६:२३)? _________। यो वीणा शब्दले अहिलेको जस्तो ठूलो वीणालाई बुझाउँदैन। दाऊदको वीणा चाहिँ छोटो तार भएको, जहाँ पनि बोकेर लानसक्ने खालको थियो। सायद उनको दसतारे वीणा थियो होला।

दाऊद खाली कुशल सङ्गीतकार मात्र थिएनन् तर कुशल रचनाकार पनि थिए। बाइबलको बीचतिरको पुस्तक भजनसंग्रहको शुरुका केही खण्डहरू हेर्नुहोस्। कसले लेखे यी सुन्दर भजनहरू? ____________।

वास्तवमा भजनसंग्रह एक सांगीतिक भजन पुस्तक नै हो किनभने यहाँका भजनहरू बाजाहरूको प्रयोग गरेर सङ्गीत हालेर गाइएका थिए।मत्ती २६:३० मा प्रभु येशू ख्रीष्ट र उहाँका चेलाहरूले पनि यही भजन पुस्तकबाट गाउनुभएको थियो (जुन भजनसंग्रह ११३-११८ बाट गाउनुभएको हुनसक्छ)।

बाइबलका समयमा त्यहाँ तीन किसिमका बाजाहरू बजाइन्थे। त्यस समयमा तारे बाजा दाऊदको जस्तो, छ्याङछयाङे बाजा जस्तै खैजडी, झ्याम्टा, र फुक्ने बाजाहरूजस्तै तुरहीको प्रयोग गर्दथे। अन्तिम अध्याय भजनसंग्रह १५० मा हेर्नुस्। के परमेश्वर विभिन्न बाजाहरूसँग उहाँको प्रशंसा गरेको चाहनुहुन्छ?______________।

सङ्गीत कहिलेकाहीँ परमेश्वरको आराधनामा प्रयोग हुन्थ्यो। दाऊद र उनलाई पछ्याएका थुप्रै राजाहरूले मन्दिरमा आराधनाको निम्ति सङ्गीतकारहरू प्रयोग गर्दथे। आज हामी आराधनाको निम्ति असल सङ्गीत ठीक तरिकाले प्रयोग गर्नसक्छौं। असल सङ्गीत सहयोगी बन्नसक्छ तर खराब सङ्गीत हानीकारक बन्नसक्छ। मानौं तपाईं शनिवार बिहानै मण्डली घरमा आउनुभयो र कोही पनि बाजा नबजाएको, भजन नगाएको पाउँनुभयो भने त्यो हामीलाई नौलो लाग्नेछ होइन?

बाइबलमा मानिसहरू नाचेको बारेमा पनि उल्लेख गरिएको छ। हामीले ठूलो उत्सवको समयमा केही स्त्रीहरू नाचेको पढेका थियौ। नाच्नु चाहिँ आनन्दित हुदाँको प्रकटीकरण थियो। कहिलेकाहीँ मानिसहरू ज्यादै हर्ष विभोर हुन्थे र खुशीले भरिन्थे। अनि तिनीहरू खुशीले उफ्रन्थे र सङ्गीतको तालमा शरीरलाई हल्लाउथे। २ शमूएल ६:१४ मा हामी को नाचेको पाउँदछौ?_________________। के उनी आनन्दित भएका थिए (पद १२)? ________ के उनी कराए (पद १५)?________ के उनी उफ्रे (पद १६)

जब बाइबलले नाचको विषयमा बताउँदछ तब त्यो कहिले पनि आजकालको पुरुष-स्त्री जोडीको बीच गर्ने नाँचको विषयमा बताइएको होइन। अब तपाईंलाई बाइबलका समयका मानिसहरू कसरी नाँच्दथे भन्ने जिज्ञासा लागिरहेको होला, तब तपाईंले अहिलेको फुटबल खेलको दर्शकलाई हेर्नुपर्छ, जब आफ्नो घरेलु टिमले फाइनल खेल जित्दछ भने के तपाईंले मानिसहरू उफ्रिरहेको, कराइरहेको र नाँचिरहेको पाउनुहुन्छ?

जब हामी मण्डलीमा भजन गाउँछौ, तब शब्दहरू कति महत्त्वपूर्ण छन्? के परमेश्वर हामीले के गाइरहेका छौ भन्ने बुझेको चाहानुहुन्छ (१ कोरिन्थी १४:१५)? __________। जब हामी गाउँछौ, हामीले कसको निम्ति गाउँछौ (प्रस्थान १५:१)? _______________।

एक चोटि रेडियोमा सुनिने सङ्गीतको विषयमा विचार गर्नुहोस्। कस्ता खालका शब्दहरू तपाईं सुन्नुहुन्छ? के ती शब्दहरूले तपाईंलाई एक असल व्यक्ति बन्न सहायता गर्छ होला? के ती गीतका शब्दहरूले तपाईंलाई ठीक बाटोमा हिड्नलाई उत्साह दिन्छ होला? के त्यस्ता गीतको सङ्गीतले तपाईंको ह्दयलाई प्रेरणा र सान्त्वना देला ताकि तपाईंले स्पष्ट विचार गर्नसक्नुहुन्छ र ठीक प्रकारले कार्य गर्नसक्नुहुन्छ? मोशाले गाएको गीतमा परमेश्वर कति महान हुनुहुन्छ भनी वर्णन गरिएका शब्दहरू पाउनुहुन्छ (प्रस्थान १५:११)। रेडियोमा बज्ने केही खराब सङ्गीतको बारेमा विचार गरौ।के त्यस्ता गीतहरूस्वर्गमा प्रभु येशूको सामने तपाईं गाउन चाहनुहुन्छ? ____________।

रेडियोमा गीत गाउने व्यक्तिहरूको विषयमा एकक्षण विचार गरौ। के ती रेडियोमा गीत गाइरहने व्यक्तिहरूले “परमप्रभु नै मेरो गीत हुनुहुन्छ” भनी भन्न सक्छन् त (प्रस्थान १५:२)? के ती व्यक्तिहरू प्रभुलाई प्रेम गर्न र परमेश्वरको आराधना गर्न चाहने हुन्? के ती सङ्गीत तपाईंको मण्डली सेवामा सुनिने गीतसँग मेल खान्छ? उपदेशक ७:५ मा हामी पढ्छौ कि बुद्धिमानको हप्काइलाई ध्यान दिनु ________ ____________ सुन्नुभन्दा अझ असल हो।

आजकालको नाँचहरूको विषयमा विचार गरौ। के मानिसहरू परमेश्वर कति महान हुनुहुन्छ भनी उत्सव मनाउनलाई नाच्ने गर्छन्? के तिनीहरू यस्ता नाँचमा उपस्थित हुदाँ प्रभु येशूले हाम्रा निम्ति क्रूसमा मर्नुभई महान कार्य गर्नुभएको छ भनी जोशले रमाउँछन्? कस्ता खालका सङ्गीत ती नाँचहरूमा बजाइन्छ? कस्ता खालका शब्दहरू गाइन्छ? परमेश्वरले विश्वासीको हृदयमा कस्तो खालको भजनहरूले भर्न चाहनुहुन्छ(कलस्सी ३:१६ र एफिसी ५:१९)? ____________।

परमेश्वर प्रत्येक विश्वासी एक सङ्गीतको बाजा बनेको चाहनुहुन्छ जुन उहाँको निम्ति बजाइयोस्। यसो गर्न हामी परमेश्वरसँग र उहाँको ठीक सङ्गतिमा एकै स्वरको हुनु जरुरत छ। जसरी दाउदले आफ्नो विणालाई जस्तो मन लाग्थ्यो त्यस्तै गर्न सक्थे र दाउदको इच्छाअनुसार त्यो बज्द थियो, त्यसरी नै परमेश्वर हामीलाई उहाँको बाजाझैं प्रयोग गर्न चाहनुहुन्छ। के तपाईं परमेश्वरलाई तपाईंको हात, खुट्टा, आँखा, कान, दिमाग, ओठ र तपाईंको सम्पूर्ण भागहरू प्रयोग गर्न दिनुहुन्छ? रोमी ६:१३।

के गितार प्रभुको निम्ति प्रयोग गर्न सकिन्छ? फेरि के गितार बेठीक प्रकारले प्रयोग गर्न सकिन्छ? के प्यानो, हार्मोनियम, खैजडी परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न सकिन्छ? फेरि के ती बाजाहरूबेठीक तरिकाले प्रयोग गर्नसकिन्छ? के मानिसको स्वर, हात र खुट्टा प्रभुको निम्ति प्रयोग गर्न सकिन्छ? फेरि के ती बेठीक तरिकाले प्रयोग गर्न सकिन्छ?

जिउँदो परमेश्वर प्रत्येक विश्वासीको हृदय र प्राणमा बास गर्नुहुन्छ (प्रकाश ३:२०; यूहन्ना १:१२; यूहन्ना १४:१७; रोमी ८:९)। जीवित परमेश्वर हामीलाई सिकाउन र शिक्षा दिन उहाँको वचन बाइबल प्रयोग गर्नुहुन्छ।जसरी पियानो बजाउनेले सङ्गीतको स्वरपन्नालाई पछ्याउछ, त्यसरी नै विश्वासीले परमेश्वरको वचन बाइबललाई पछ्याउछ।

खेल

के तपाईं फुटबल, भलिबल, बास्केटबल विनाको संसार कल्पना गर्नसक्नुहुन्छ? अथवा कुनै पनि खेलकुद विनाको जीवन कस्तो हुन्थ्यो होला?

जब हामी बाइबल पढ्दछौ, यहुदीहरू त्यति साह्रो खेलकुद र कसरतमा समावेश भएको पाउँदैनौ। यहुदीहरू धनुषकाँड र घुयँत्रोबाट ढुंगा हान्नमा भने ज्यादै नै सिपालु थिए (१ शमूएल २०:२०-२२, न्यायकर्ता २०:१६, १ शमूएल १७:५०)।तर यी कुराहरूचाहिँ सिकार अथवा युद्धमा तयारीको निम्ति गर्दथे।

तसर्थ यहुदीहरू खेलकुदमा त्यति बिघ्न समावेश नभए पनि ग्रीकहरू भने खेलकुद एकदम रुचाउँथे। सबै भन्दा प्रसिद्ध ग्रीकको खेल चाहिँ ओल्म्पिक गेम हो जुन आजसम्म पनि खेलिन्छ। ओल्म्पिक गेम चार वर्षमा एक पल्ट जिउस देवताको नाममा आयोजना हुन्छ। प्राय ओल्म्पिक गेम अहिलेको ट्रयाक र फिल्डसँग मिल्दोजुल्दो छ।

अन्तिम प्रतियोगिता हुनु भन्दा अघि खेलाडीहरूले अभ्यास र तयारी गर्नुपर्छ। त्यहाँ थुप्रै नियमहरू पालन गर्नुपर्छ। तिनीहरू एक विशेष स्थानमा बस्नुपर्छ, ठीक मात्राको खान्की हुनुपर्छ, नियमितरुपले अभ्यास गर्दै खेलको सम्पूर्ण नियमपालना गर्नुपर्छ। तसर्थ खेलाडी एक अनुशासित र आत्मासंयम जीवन जिउनुपर्छ।१ कोरिन्थी ९:२५ मा पावल ख्रीष्टियनलाई दौड खेलाडीसँग दाँज्छन् जो _______________________ वशमा राख्दछ। खेलाडीले आफ्नो खान्की र शरीरको प्रयोगलाई वशमा राख्नैपर्छ। तसर्थ ख्रीष्टियनले पनि धेरै कुराहरूजस्तै आफ्नो जिब्रो (याकुब १:२६) र आफ्नो रिसलाई (याकुब १:१९-२०) पनि वशमा राख्नैपर्छ।

एक खेलाडीले खेलको हरेक नियमलाई पालना गर्नैपर्छ। पावलले भने दौडमा भाग लिने मानिसले पनि नियमबमोजिम दौड गरेन भने उसले मुकुट पाउँनेछैन। यदि बास्केटबलमा खेलाडीले घेरा बाहिरबाट बल लैजान्छ भने त्यहाँ के हुन्छ? एम्पायरले के गर्छ होला? यदि फुटबलमा खेलाडीले हातले बल समातेर कुदछ भने त्यहाँ के हुन्छ? यदि दौडमा खेलाडीले दौड शुरु भएपछि मोटरसाइकलमा चढेर कुदाउन थाल्छ भने के हुन्छ होला? मानौं गल्फ खेलमा कुनै एक खेलाडीले गल्फको प्वालमा शक्तिशाली चुम्बक लुकाएर त्यस्तै किसिमको फलामे बल बनाएर खेल्छ भने के अरु खेलाडीहरूले यसलाई मान्यता देला?

हरेक खेलको निश्चित नियमहरू हुन्छ जुन पालना गर्नैपर्छ र खेलाडीले त्यसलाई पछ्याउनैपर्छ। कस्तो नियम पुस्तक एक ख्रीष्टियन खेलाडीले पछ्याउन जरुरत छ (२ तिमोथी ३:१६-१७)? __________________।

खेलकुदका विजेताहरूलाई पुरस्कार दिइन्छ। ओल्म्पिक गेममा विजेताहरूलाई पवित्र जैतुन रूखको पातबाट गुच्छा बनाई शिरमा लगाइदिने चलन छ। त्यो गुच्छा मुकुटको रूपमा प्रचलित छ। आज हामी खेलका विजेताहरूलाई रिवनका मेडल वा शिल्ड प्रदान गरिन्छ। नयाँ नियम समयमा उनीहरूले यो विजयी मुकुट वा गुच्छा प्रदान गर्थे। त्यो गुच्छा चाहिँ पातहरूद्बारा बनाइएको हुनाले त्यो चाँडै ओइलिन्छ र सुकेर जान्छ। परमेश्वरले जीवनको असल दौड पूरा गर्न आफ्नो विश्वासयोग्य दासलाई दिनुहुने मुकुटको विषयमा के भिन्नता छ (१ कोरिन्थी ९:२५ र १ पत्रुस ५:४)?________________________________________ ________________________________________________________________।

रोमीहरूले मनपराउने एउटा अर्को किसिमको खेल थियो जसलाई रोमी कुस्तीबाज प्रदर्शन भनिन्छ। आजभोलि बक्सिङ् र फुटबल खेललाई भद्दा खेलको रूपमा लिइन्छ जसमा एक अर्कोसँग जुध्दा र हिर्काउदा धेरैचोट पटकहरूलाग्ने गर्छ। तर रोमी कुस्तीबाज प्रदर्शनको दाँजोमा यी खेलहरूकेही पनि होइनन्।

रोमीहरूले निन्दनीय अपराधीहरूलाई र विशेष गरी ख्रीष्टियनहरूलाई भव्य रङ्गशालाको बीचमा राख्थे जहाँ ठूलो मात्रामा दर्शकहरू उपस्थित हुन्थे (अहिलेको फुटबल खेल हेर्न भीडहरूजस्तै)। त्यसपछि त्यहाँ भोकाएका सिंह, भालु, हाती वा बाघलाई छोडिन्थ्यो र दर्शकहरूचाहिँ त्यो जनावरले बीचमा राखिएको व्यक्तिलाई च्यातचुत पारेको हेर्थे। परमेश्वरका विश्वासयोग्य धेरै विश्वासीहरू यस्ता तरिकाबाट मारिएका थिए। तब के आज हामीले ख्रीष्टियन भई परमेश्वरको आराधना सरकारबाट स्वतन्त्रतापूर्वक गर्न पाएकोमा धन्यवादी हुनुपर्दैन? ___________।

१तिमोथी ४:८ मा पावलले शरीरको अभ्यासको बारेमा बताउँछन्। शारीरिक अभ्यास उपयोगी र फाइदाजनक छ। यसले व्यक्तिलाई स्वस्थ र राम्रो निद्रा दिन सहायता गर्छ। साथै व्यक्तिलाई बल प्रदान र अनावश्यक तौललाई घटाइदिन्छ। तर शारीरिक अभ्यास चाहिँ यही जीवनको लागि मात्र फाइदाजनक छ।ढिलोचाँडो हाम्रो शरीर के हुँदै छ? ____________________________________________
आजका महान खेलाडीलाई विचार गर्नुहोस्? के उनले अबको ४० वर्ष पछि खेलिनै रहनेछ त? _________। के उनको शरीर कमजोर र बुढो हुँदैन र? ___________। के उनी कुनै दिन मर्ने छैनन् र? __________।

यहाँ अर्को किसिमको अभ्यास छ जुन यो जीवनको लागि मात्र होइन तर आउने जीवनको लागि पनि लाभदायक र फाइदाजनक छ। यो कस्तो किसिमको अभ्यास होला (१ तिमोथी ४:७-८)? __________________________________________________।

अब हामी हाम्रो शरीरलाई गर्ने हेरविचार र अभ्यास र आत्मालाई गर्ने हेरविचार र अभ्यासलाई

दाँजौ र विचार गरौ:

शारीरिक अभ्यास शरीरको लागि

ईश्वरीय अभ्यास आत्माको लागि

१. म मेरा शरीरलाई बलियो पार्न कसरत गर्छु।

१. म एक बलियो व्यक्ति बन्न मेरो आत्माको निम्ति मैले के-के गर्नसक्छु?___________________________________________________ ____________________________________

२. म मेरो शरीरलाई सफा राख्‍न नुहाउँछु।

२. मेरो आत्मालाई सफा राख्‍न मैले के गर्नुपर्छ? मेरो जीवनलाई कलंङ्क बनाएको पापको विषयमा मैले के गर्नुपर्छ? ______________________
__________________________________________________________

३. मेरो शरीरलाई पोषण र तागत दिने उपयुक्त खानेकुराहरू खान्छु।

३. कस्ता खालको आत्मिकी खानेकुरा मेरो आत्मालाई स्वस्थ राख्‍नको लागि मैले खानुपर्छ? __________________________________________ ____________________________________________________

४. म शरीरलाई बेफाइदा गर्ने बासी खानाहरूलाई इन्कार गर्छ।

५. म भित्रबाट नै बलियो र स्वस्थ हुन चाहन्छु भने कस्ता कुराहरू मैले मेरो आत्मालाई खुवाउनु हुँदैन? __________________________________ ______________________

५. जब मेरो स्वस्थमा समस्याहरू देखा पर्छ, तब मलाई सहायता दिने डाक्टरकहाँ जान्छु।

५. जब ममा आत्मिकी समस्याहरू हुन्छन्, तब म सहायताको लागि कसकहाँ जानुपर्छ? ________

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

यातयात र सञ्चार

यातयात र सञ्चार

 

यातयात भन्नाले एक ठाउँबाट अर्का ठाउँमा गरिने यात्रा वा भ्रमण हो। सञ्चार भन्नाले एक व्यक्तिबाट अर्का व्यक्तिलाई बोली वा लेखको माध्यमद्बारा दिइने सूचना समाचार अथवा सोच र विचार हो। बाइबलका समयमा मानिसहरु कसरी यात्रा गर्थ? कसरी मानिसहरु सूचना खबर आदनप्रदान गर्थ?

यातयात

कसरी अब्राहाम, मोशा, दाउद र पावल एक ठाउँबाट अर्का ठाउँमा यात्रा गर्थ? के उनीहरुले कार र बस चढे होलान्? के उनीहरुले साइकल, मोटरसाइकल, हवाइजहाज, समुद्री जहाजबाट यात्रा गर्न पाए होलान्? के उनीहरु एक शहरदेखि अर्का शहरमा जान के प्रयोग गर्थ? कसरी बाइबल समयका मानिसहरु यात्रा गर्थ होलान्? लौ, हाम्रो बाइबल खोलौ र पत्ता लगाउः

१. अब्राहामको दास रेबिकाको घरमा कसरी पुगें (उत्पति २४:१०)?

__________________________________________________________________________

२. युसुफ कसरी मिश्रमा पुगें (उत्पत्ति ३७:२५…२८)?__________________________________

३. परमेश्वरको उपस्थितिबाट योना भाग्न खोज्दा उनले के गरें (योना १:३)?

__________________________________________________________________________

४. येशू यरुशलेम शहरमा कसरी प्रवेश गर्नुभयो (मत्ती २:१२,५,७,१०)?

__________________________________________________________________________

५. के जक्कैले रूखमा चढ्न लिफ्टको प्रयोग गरे होला (लुका १९:३-४)?

__________________________________________________________________________

६. कसरी दुइ जना व्यक्तिले येरुशलेम देखि इम्माउस सम्म पुगें (लुका २४:१३-१७) ?

__________________________________________________________________________

७. पावल रोममा कसरी पुगें (प्रेरित २७:२,६)?

_________________________________________________________________________

 

यात्राको साधनहरु

हामीले यी माथिका पदहरुबाट थाह पाइसकेका छौ कि पैदलको यात्रा कहिलेकाही मात्र गरिन्थ्यो। लामो यात्राको लागि मानिसहरु प्राय घोडाहरु, गधाहरुको प्रयोग गर्दथे। यदि हामीसँग साधन छ भने किन हिड्नुको आवश्यकता पर्‍यो। मरुभूमिको यात्राको लागि परमेश्वरले शिद्ध साधनको रचना गर्नुभएको छ – उँठ। उँठले पानीविना नै धेरै दिन सम्म यात्रा गर्नसक्छ।

बाइबल समयमा जिउने मानिसहरुलाई पानीबाट पनि कसरी यात्रा गर्ने भन्ने बारेमा ज्ञान थियो। तिनीहरुले डुङ्गा र जहाज बनाउन जान्दथे।तिनीहरु दुई प्रकारले चलाइन्थ्योः १) केही डुङ्गाहरु (जस्तै माछा मार्ने डुङ्गा) पतवारद्बारा चलाइन्थ्यो। २) केही डुङ्गाहरु भने हावाको वेगको शक्तिद्बारा चलाइन्थ्यो। तलका यी पदहरु हेरेर कस्तो किसिमले ती डुङ्गाहरु चलाइन्थ्यो लेख्‍नुहोस्।

१) योनाले चढेको जहाज (योना १:१३)____________________

२) येशूका चेलाहरुले चढेका डुङ्गा (यूहन्ना ६:१९)? __________________________________

३) पावलले चढेको डुङ्गा (प्रेरित २७:७,९,१३,१५,१७)?_________________________________

यात्राको खतरा

आजकाल मानिसहरु रमाइलो र आनन्दको लागि लामो यात्रा गर्छन्।धेरै परिवार यात्रा गरेर छुट्टी मनाउँछन्। बाइबलका समयमा यात्रा गर्नु भनेको रमाइलोको लागि थिएन। मानिसहरु यात्रा गर्न अघि सर्दैनथे।वास्तवमा अत्यन्त जरुरी परेमा मात्रा मानिसहरु लामो यात्रा गर्थे।यात्रा भन्ने बित्तिकै प्राय मानिस डराउँथे।किन यस्तो भयो?

सर्वप्रथम, यात्रा चाहिँ कठिन र गाह्रो थियो। के तपाईं कहिले उँठको ढाडमाथि एक घण्टा बढी बस्नुभएको छ? के तपाईं कहिल्यै १ दिनमा १० वा २० माइल हिड्नुभएको छ? आजकाल हामी हिटर र एअर कन्डिस्नर जडित आरामदायी बसमा यात्रा गर्छौ।हामीलाई यात्रामा तिर्खा लाग्दा हामी कुनै भोजनलय अगाडि रोकेर चिसो पिउनसक्छौ।आज हामी सजिलै ३०० वा ४०० माइल एकैदिनमा हिड्नसक्छौ। झन हवाइजहाजमा त त्यो भन्दा कैयौ बेसी टाढा पुग्नसक्छौ।बाइबलकालिन मानिसहरु दिनमा केवल २० देखि ३० माइल मात्र हिडेर यात्रा गर्न सक्थे।

पहिलेका यात्रीहरुलाई इनार वा पानीका मुहानका पाइने ठाउँहरु जान्नुपर्दथ्यो। कहिलेकाही यात्रीहरु पानीका मुहानमा पुग्दा ती सुकिसकेका पाउँदथे। यसले हामीलाई यशैया ५८:११ पद बुझ्न मदत गर्छ।के परमेश्वरले प्रवन्ध गर्नुभएको पानीको मुहान कहिले सुक्छ होला?____________ हेर्नुहोस् यूहन्ना ६:३५ र यूहन्ना ७:३७-३९।

सबैभन्दा मुख्य समस्या चाहिँ: यात्रा गर्नु चाहिँ ज्यादै जोखिमपूर्ण थियो। लुका १०:३० मा यात्रीलाई कस्तो घटना घट्यो? ___________________________________________________
__________________________________________________________________________

पावलले आफ्नो यात्रामा कस्ता कस्ता खतरा र हानीहरु भोग्नुपरयो (२ कोरिन्थी ११:२६-२७)?_____
__________________________________________________________________________

त्यहाँ खाली डाँकुहरु मात्र हुदैनथ्यो तर जंगली पशुहरु पनि थिए? १ राजा १३:२४ मा ती यात्रीलाई यात्रामा के आइपरयो? _________________________________________________________
के तपाईंको परिवारको यात्रामा सिंह भेट्नुभएको छ? समुद्री यात्रा पनि सँधै सुरक्षित हुँदैनथ्यो? पहिलेका मानिसहरुलाई समुद्रको ठूलो डर थियो। २ कोरिन्थी ११:२५ अनुसार पावल चढेको जहाज कति पल्ट भताभुङ्ग भयो? _______________ पछि उनको जीवनमा अर्को समुद्री हानी भोग्नुपरयो जुन प्रेरित अध्याय २७ मा उल्लेख गरिएको छ। समुद्रबाट यात्रा गर्नेहरुले यो ख्याल गर्नुपर्थ्यो कि उनीहरुले फेरि कहिल्यै जमिन देख्न नपाउन सक्छ।

के एक विश्वासीको यात्रा जोखिमपूर्ण छ?

म यस जीवनमा विश्वसी भएर यात्रा गर्दा के खतराहरु हुन्छन् होला त? के मैले केही कुरामा होसियार हुनुपर्छ कि? के ख्रीष्टियन जीवन रमाइलो भमण हो या कठिन र जोखिमपूर्ण यात्रा?

के एक विश्वसीले यात्रामा सिंहलाई भेट्न सक्छ होला (१ पत्रुस ५:८)?____________ यो सिंह को हो?____________________________________ ऊ तपाईंलाई सहायता गर्न कि हानी गर्न त्यहाँ हुन्छ? __________________ के प्रभु येशूले त्यही सिंहलाई भेट्नुभयो(मत्ती ४:१,३)? __________

के त्यो सिंहले उहाँलाई निल्न सक्यो त (मत्ती ४:११)?____________ यो सिंहबाट बच्नको लागि हामीले के गर्नुपर्छ (याकुब ४:७, एफिसी ६:१०-१७)?

जब सिपाही शत्रुको इलाका यात्रा गर्दछ भने ज्यादै होशियारीका साथ जस्तोसुके खतराको सामना गर्न तयारी हुनुपर्छ।अनि विश्वासीको बारेमा नि? जीवनको यात्रामा हामी आफ्नै पक्षको इलाकामा छौ कि शत्रुको इलाकामा छौं(यूहन्ना १५:१८-१९; १ यूहन्ना ३:१३)?____________________________

हामी शत्रुको भूमिबाट भएर स्वर्गको बाटोमा लाग्छौ, तब हामीप्रतिको मानिसको व्यवहार राम्रौ हुन्छ होला त (मत्ती ५:१०-१२)?____________________ प्रभु येशू ख्रीष्टलाई यस संसारको भूमिको यात्रा भएर स्वर्ग प्रस्थान गर्नुहुदाँ कस्तो व्यवहार गरियो?

यदि तपाईं नयाँ र आरामदायी कारमा यात्रा गर्नुहुन्छ भने अवश्य तपाईंलाई त्यो मनमोहक यात्रा हुनेछ।तर पुरानो र कच्ची कारमा यात्रा गर्नुहुन्छ भने तपाईंले पक्कै पनि बाटोमा समस्याहरु भएर कठिन यात्रा गर्नुहुनेछ।हाम्रो जीवनको यात्रामा हाम्रो शरीरको अवस्था कस्तो छ? के हाम्रो शरीरमा केही समस्याहरु छन् (२ कोरिन्थी ४:१६)?__________ जब तपाईं हुर्कदै जानुहुन्छ, तपाईंले आफ्नो शरीरमा धेरै समस्याहरु पाउनुहुन्छ कि थोरै?____________________

बाइबलले हामीलाई बताउँछ कि हाम्रो यात्राको बाटाहरुमा त्यहाँ थुप्रै पासो, बाधाहरु र जालहरु हुन्छन्(भजनसंग्रह ५७:६, ११९:११०)।दैनिक यात्रामा कस्ता खालको पासोमा विश्वासीहरु पर्न सक्छ?

 

परिक्षाहरु_______________________________________

 

पापमार्ग पछ्याउने________________________________

______________________________________________

______________________________________________

______________________________________________

एउटा भजन (“अचम्मको अनुग्रहले”) मा यस्तो गाउँछौं,

अनेकौ जोखिम परीक्षा भएर आइपुगे,
यहाँसम्म ल्याउने त्यो अनुग्रहले, पुग्नेछु स्वर्ग मै

परमेश्वरले हामीलाई सजिलो यात्रा नदिनसक्नुहुन्छ तर उहाँले अवश्य सुरक्षित यात्रा चाँहि दिनुहुन्छ।

मानौं तपाईं जंगली जनावरले भरिएको घना जंगलको जोखिम यात्रा हुनुहुन्छ, के तपाईं सबै परिस्थिति र आईपर्ने खतराको नियन्त्रण गर्नसक्ने कुसल मार्गदर्शीको चाहनुहुन्न र? _____ जीवनको खतरापूर्ण यात्रामा एउटा विश्वासीको मार्गदर्शी को हुनुहुन्छ(भजनसंग्रह ४८:१४, यशैया ५८:११)?___________

अनि यो सहायक र मार्गदर्शीले के हामी कहिल्यै छोड्नुहुन्छ होला(भजनसंग्रह ४८:१४, हिब्रू १३:५)?

__________ के हामी आइपर्ने खतरादेखि डराउनुपर्छ (व्यवस्था ३१:८)?__________ के प्रभुले हामीलाई यात्रामा आउने प्रत्येक खतरा र समस्याहरुबाट बचाउनुहुन्छ(भजनसंग्रह ३४:६,१७)? _____

परमेश्वरले हामीलाई अन्तिम गन्तव्य स्थान सम्म सुरक्षितरुपले पुरयाउनुहुन्छ।

सञ्चार

टेलिफोन विनाको हाम्रो जीवन कस्तो होला? के तपाईं रेडियो विना पनि बाँच्न सक्नुहुन्छ? मानिसहरुले पत्रपत्रिका रेडियो भन्दा अघि सन्देशहरु कसरी पाउँथे होला? आज आधुनिक सञ्चारले हाम्रो संसारलाईं साघुरो बनाइदिएको छ। सञ्चारको उपग्रहको सहायताले आज हामी रेडियो खोल्ने बित्तिकै संसारको अर्का ठाँउमा भएको घटनालाईं थाह पाउनसक्छौं।

बाइबलका समयमा, मानिसहरुसँग पत्रपत्रिका, रेडियो, टेलिफोन केही पनि थिएन। तब कसरी उनीहरु सञ्चार गर्थे होला?

१. कसरी डेविडले अबनेर र राजा शावलसँग बातचित गर्थे (१ शमूएल २६:१३-१७)?

____________________________________________________________________

२. एस्तरले मर्दकैसँग कसरी बातचित गर्थे (एस्तर ४:४-१५)?

________________________________________________________________________

३. यूसुफले आफ्ना दाजुभाइहरुसँग कसरी बातचित गर्थे (उत्पत्ति ४२:२३)?

________________________________________________________________________

४. शावलले कसरी इस्राएलीहरुलाई जम्मा गरेर सिपाहीको टोलीको खडा गर्थे (१ शमूएल ११:६-७)?

________________________________________________________________________

५. बप्‍तिस्मा दिने यूहन्नाले येशूसँग कसरी बातचित गर्थे (मत्ती ११:२-४)?

________________________________________________________________________

६. पावलले कसरी फिलेमोनसँग सम्पर्क गर्थे (फिलेमोनको पुस्तक)?

________________________________________________________________________

७. येशू कसरी ठूला सयौं भीडहरुलाई सुनाउनुहुन्थ्यो (मत्ती १३:१-३)?

________________________________________________________________________

येशू जब भीडहरुमाझ बोल्नुहुन्थ्यो, कहिलेकाही हजारौ मानिसहरु उहाँको वचन सुन्न जम्मा हुन्थ्यो। के येशूसँग माइक्रोफोन थियो?________ के त्यहाँ ठूल्ठूला स्पिकरहरु हुन्थे?________ कि उहाँको शक्त्तिशाली आवाज थियो?____

जर्ज ह्वीटफिल्ड एक महान प्रचारक थिए जसले ठूला ठूला भीडहरुलाई माइक्रोफोन वा स्पिकरविना नै प्रचार गर्थे। कहिलेकाही उनी २०००० हजार मानिसहरुको भीडमाझ बोल्थे। एकचोटि बेन्जमिन फ्रान्कलिनले जर्ज बोलिरहेका बेला उनले केही हिसाब गरे र यो निकाले कि उनको आवाज ३०,००० मानिसहरुको भीडले सुन्नसक्दो रहेछ! त्यो एउटा रङ्गशालामा हुने दर्शक जतिको संख्या हो।

प्राचिनकालका मानिसहरु चिठीको आदनप्रदान गर्थे।नयाँ नियमका पुस्तक प्राय सबै नै मण्डली वा व्यक्त्तिगतरूपमा पठाइएका पत्रहरु नै हुन्। अझ प्राचिन पर्सियनमा अचम्मको हुलाकी प्रकिया नै थियो।(हेर्नुहोस् एस्तर ३:१३, १५; ९:२०- दूतहरु भन्नाले हुलाकी थिए) प्राचिन इतिहासकार हेरोद ती हुलाकीको बारेमा यसरी उल्लेख गरेका थिए:

 

कुनै पनि प्राणी यी पर्सियन दूतहरु भन्दा छिटो यात्रा गर्नैसक्दैनथे।बाटाका पदरेखामा लस्करै मानिसहरु घोडामा सवारी गराए भने पनि यी मानिसहरु र घोडाले यात्रा गर्ने दिनको संख्या बराबर नै हुन्थ्यो। यी दूतहरुलाई आफ्नो कार्य पूरा गर्न यात्रामा चाहे हिउँ, चाहे झरी अथवा गर्मी अनि रातको अन्धकार नै किन नहोस्, उनीहरुको गतिमा त्यसले कुनै असर गर्दैनथ्यो।पहिलोले दोस्रोलाई दोस्रोले तेस्रोलाई गर्दै आफ्नो सन्देशलाई हातहातै पदरेखासँगै पुरयाउँथे।

केही हप्तामा नै त्यो सन्देश टाढाको पर्सियन सम्राटको हातमा पुगिसकेको हुन्थ्यो।

सुचना दिनको लागि तुरहीको पनि प्रयोग गरिन्थ्यो।अहिले जस्तो साइरन थिएन, त्यसैले ध्वनिबाट सवधान हुन तुरही फुक्थे। तुरही युद्धको सङ्केतकोरूपमा पनि प्रयोग गरिन्थ्यो।यदि तुरहीले ________ आवाज निकालेन भने लडाईका निम्ति कसले आफैलाई तयारी पार्दछ त (१ कोरिन्थी १४:८)।मानिसहरुले कसरी पत्रिका, रेडियो, टेलिफोन हुनभन्दा अघि सन्देश पाउँदथे? मानौं राजाले आफूले चाहेको सम्पूर्ण विषयमा सुचना प्राप्‍त गर्न चाहन्छ भने राजाले के गर्नुपर्छ? राजाले अवश्य शाहीदूत पठाउँछ।

शाहीदूत चाहिँ सन्देश बोकेर जाने र त्यसलाई वाचन गर्ने व्यक्त्ति हो। यो व्यक्त्ति शहरमा आउने बित्तिकै सबै मानिस भेला हुन्थे।राजाबाटको सन्देश सुन्नको तयार हुन्थे। तब शाहीदूतले यसरी गर्थे, सबैले सुन सुन सुन… र आफ्नो सन्देश दिन्थे। कहिलेकाही नराम्रो खबर पनि हुन्थ्यो जस्तै शत्रुले हाम्रो भूमिमा आक्रमण गर्दै छ। अनि कहिलेकाही शुभ खबर पनि हुन्थ्यो जस्तै हाम्रो विजय भयो। हामी दानिएल ३५:१-५ शाहीदूत विषयमा पाउँछौं जसले ठूलो शोरले राजा नबुकदनेजरको सन्देश लगेका थिए।

राजाहरुका राजाको शाहीदूत

२ तिमोथी ४:२ मा पास्टरलाई वचनको _________ भनिएको छ। “प्रचार” शब्दको अर्थ “शाहीदूतले झै घोषणा गर्नु” हो।जब पास्टरले प्रचार गर्दछ, उहाँले मानौं के गरिराख्‍नुभएको हुन्छ?

क. आफ्नो विचार बाँडिराखेको

ख. मानिस कसरी जिउँनुपर्छ भन्ने बारे आफ्नै विचार व्यक्त

ग. जीवनको बारे आफ्नै धारणा र तर्क दिइरहेको

घ. अरु मानिसको विचारधारा बाँडिराखेको

ङ. बाइबलमा पाइएको परमेश्वरको सन्देशको घोषणा

राजाहरुका राजाबाट मानिसका निम्ति एउटा सन्देश छ र त्यो सन्देश बाइबलमा पाउँछौं। त्यसो भए त्यो शुभ सन्देश हो कि अशुभ सन्देश(लुका २:१०, रोमी १:१६)? ________________________

जब तपाईं मण्डली भवन अथवा सन्डे स्कूलमा जानुहुन्छ, के तपाईं राजाबाटको सन्देश सुन्ने उद्देश्यले जानुहुन्छ? के तपाईं राजाको सन्देशलाई अध्ययन गर्न ईच्छुक हुनुहुन्छ? के तपाईं ब्रमाण्डका राजा के भन्नुहुने कुरालाई चासो राख्‍नुहुन्छ?

हामीले कहिले पनि, आज मलाईपास्टरको सन्देश मन परेन भनेर भन्नुहुदैन। यदि पास्टर साच्चै ठीक तरिकाले शाहीदूत झै परमेश्वरको वचन प्रचार गरिरहनुभएको छ भने तब त्यो उनको आफ्नो सन्देश होइन तर त्यो राजाबाटको सन्देश हो। अनि यदि हामी परमेश्वरको सन्देशलाई मन पराउँदैनौं भने हामी समस्या पर्नेछौं।

के तपाईंलाई थाह छ कि परमेश्वर प्रत्येक विश्वासी शाहीदूत भएको चाहनुहुन्छ? मर्कूस १६:१५ मा राजा भन्नुहुन्छ,”सारा संसारमा जाऔं र हरेक प्राणीलाई सुसमाचार ________ गर।” हामीहरु शाहीदूत झै सुसमाचार घोषणा गर्नेहरु हौं। हामीसँग सबै ठाउँमा सारा मानिसकहाँ पुरयाउन राजाबाटको शुभ खबरको सन्देश छ। अनि प्र____________ विना तिनीहरुले कसरी सुन्लान् त (रोमी १०:१४)।यदि शाहीदूत छैनन् भने राजाको सन्देश तिनीहरुले कसरी सुन्लान् त? तिम्रो स्कूलका साथीहरुले राजाको सन्देशलाई कसरी सुन्छन् होला? के राजाले व्यक्तिगतरूपमा उनीहरुलाई भटेर राजा आफैले उनीहरुलाई सन्देश दिनुहुन्छ होला?________परमेश्वरले मानिसहरुसँग शुभसन्देश आदनप्रदान गर्न शाहीदूतको प्रयोग गर्नुहुन्छ (२ कोरिन्थी ५:१९-२१)।अनि राजाको शाहीदूत मध्ये एक बन्न पाउनु प्रत्येक विश्वासीका निम्ति गौरवको कुरा हो।

यदि हाम्रो देशको राजाले तपाईंलाई एक सन्देश आफ्ना परिवार र साथीहरुकहाँ पुरयाउनको निम्ति भन्नुभयो भने तपाईंले के गर्नुहुन्छ?____________________। सारा सृष्टिका राजाले तपाईंलाई एउटा सन्देश घोषणा गर्न दिनुभएको छ! परमेश्वरले तपाईंलाई असल र विश्वासयोग्य शाहीदूत बन्न सहायता गरून् !!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

खाने र लाउने

खाने र लाउने

 

खाने र लाउने हाम्रो दैनिक कार्यहरू हुन्। यो हाम्रो दैनिक जीवनको नभई नहुने र आधारभूत भाग नै हो।यी कुराहरू सँधै गरिरहने भएकोले हुनाले हामीलाई बानी नै भई सक्यो र त्यति साह्रो विचार पनि गर्दैनौं। सबेरै बिहान उठ्छौं अनि केही नसोची लुगा लगाउँछौ र बिहानको खाजा खान भान्छा कोठाको टेवुलमा पुगिहाल्छौं।

जीवन र बाँच्नको लागि खानेकुरा नभई हुदैन साथै जाडो गर्मी मौसमबाट जोगिन र शरीरलाई ढाक्न लुगा नभई हुदैन।तर हामीसँग धेरै थोकहरू छन् जोबिना पनि हामी बाँच्न सक्छौं। के तपाईं साइकलबिना बाँच्न सक्नुहुन्छ? के तपाईं रेडियोबिना बाँच्न सक्नुहुन्छ? के तपाईं ग्याँसचुलोबिना बाँच्न सक्नुहुन्छ? के तपाईं घडीबिना बाँच्न सक्नुहुन्छ?

कहिलेकाही हामी खुशी र सन्तुष्ट भई बाँच्नको लागि धेरै थोकहरूको चाहना गछौं। हामी भन्छौ मैले यो यो थोकहरू पाएँ अथवा त्यो विशेष थोक पाएँ भने म आनन्दसाथ जिउनेथें।तर वास्तवमा ती थोकहरू हामीले सोचे अनुरुप त्यति महत्त्वपूर्ण र आवश्यक हुदैनन्। तपाईं यस संसारमा आउँदा अथवा जन्मदाँ के के थोकहरू लिएर आउनुभयो (१ तिमोथी ६:७)? _________________________। अनि तपाईं यस संसारबाट बिदाहुदाँ कति थोकहरू लिएर जानुहुन्छ (१ तिमोथी ६:७)? _________________________।

परमेश्वरले जीवनमा केवल दुइटा कुराहरूमा खुशी र सन्तुष्ट हुन भन्नुभएको छ। तिनीहरू के के होलान्? १________________ २ ________________

के स्वर्गीय पिताले तपाईंलाई खुवाउनसक्नुहुन्छ त (मत्ती ६:२५-२६)? ______________। के स्वर्गीय पिताले तपाईंलाई नांगो राख्‍नुहुन्छ होला त (मत्ती ६:२८-३१)? _____________। यो पाठमा हामी हाम्रा जीवनलाई नभई नहुने यी दुई महत्त्वपूर्ण कुराहरूको अर्थात् खाने र लाउने विषयमा अध्ययन गर्नछौं। बाइबलका समयमा मानिसहरू कसरी र के के खान्थे? अनि के लगाउँथे?

खाने

यी खानेकुराहरू बिना हाम्रो जीवन कस्तो हुन्थ्यो होला जस्तै मःम चाउमिन, कोकाकोला, चकलेट, चाउचाउ? के तपाईं बाँच्न सक्नुहुन्छ? मानौं आज यी थोकहरू केही छैन जस्तै चिउरा, डुनोट, बिस्कुट, चियापत्ती, समोसा, रसवरी छैनन् भने के त्यसले हाम्रो जीवनमा केही फरक पार्छ? बाइबलका समयमा माथि उल्लेखित खानेकुराहरू थिएनन् तापनि उनीहरूले हामीले जस्तै खानैपर्थो।तब कसरी तिनीहरू बाँच्दथें?

यदि तपाईं अब्राहाम, दाऊद वा पावलको समयमा इस्राएल भन्ने देशमा जिइरहनुभएको भए तपाईं के खानुहुन्थ्यो? साधारणतया मानिसहरू यस्ता सामान्य खानेकुराहरू खान्थे जस्तै रोटी (यो नै सबैभन्दा महत्त्वपूर्ण खानेकुरा थियो), भद्राक्षको तेल (अहिलेको बटर जस्तै), पशुहरूको दुध, मख्खन, फलफूल र बारीको सागपातहरू अनि कुनै विशेष अवसरमा मासु पनि।

अनि गालिल समुन्द्रछेउ बस्नेहरू चाँहि माछामा रमाउँथे (हेर्नुहोस् लुका ११:११)। प्यालेस्टाइन देशमा __________ पनि पाइन्थ्यो (व्यवस्था ६:८), माहुरीलाई धन्यवाद! किनभने उनीहरूले चिनीको स्वाद त पाएनन् तापनि त्यो भन्दा गुलियो मह खान्थे। तरकारीको रूपमा सिमी र दालहरू खान्थे (इजकिएल ४:९। के तपाईंलाई पुरानो नियममा दाल पकाईरहेको त्यो व्यक्तिको नाम याद छ (उत्पति २५:२९-३४)? __________। जताततै पाइने फलफूलहरूमा नेभारा, अंङ्गुर साथै अर्को फल अनार पनि हुन्थ्यो (व्यवस्था ८:८)।

स्टिलको थाल, कचौरा चम्चा बिनाको तपाईंको दैनिक भोजन कस्तो हुन्छ होला? के तपाईं यी चीज बिना पनि खाना खान सक्नुहुन्छ? बाइबल समयमा जिउँने मानिसहरू यी मध्ये एउटै पनि प्रयोग गदैनथे। वास्तवमा हामीलाई परमेश्वरले दिनुभएको हात हुदाँहुदै किन चम्चा चाहिँयो?

त्यस बेला चम्चा र काँटाहरूको साटो मानिसहरू आफ्नै हात प्रयोग गर्थे। चम्चाको सट्टा रोटीका टुक्राहरू नै प्रयोग गरिन्थ्यो। रोटीका टुक्राले नै झोल कुराहरू जस्तै सुप मज्जाले उबाएर खान्थे। यसरी प्रत्येक रोटीका टुक्रा चम्चाको रूपमा प्रयोग भई तीसँगै अरु खानेकुरा खाइन्थ्यो।(रुथ २:१४)।

खानुभन्दा अघि र पछि जहिले पनि हात धोइन्थ्यो। तिनीहरूलाई भाँडाकुँडा धोइरहनुपर्ने झन्झट थिएन, केवल हात धोए पुग्थ्यो। तिनीहरूको भाँडा भनेको त्यही हो जसमा खाना पकाइन्थ्यो। उनीहरूले आज हामीले जस्तो धेरै भाँडा माझ्नुपर्दैनथियो। अहिले जस्तो प्रत्येकको आ-आफ्नो थाल पनि हुदैनथ्यो। प्रायजसो एउटै ठूलो किस्तीमा खानेकुरा राखी वरिपरि बसी खान्थे। येशूले पनि मत्ती २६:२३ मा यस थालको विषयमा भन्नुभएको थियो।

अनि कस्तो खालको टेवुल तिनीहरू प्रयोग गर्थे? तिनीहरूको टेवुल भन्नु नै केवल भुँइमा ओछ्याइएको गुन्द्री थियो। उनीहरूले कुर्सीको प्रयोग गदैनथे तर भुँइमा पलेटी कसेर अथवा कुहिनोले अढेसिएर ढल्कन्थे।

यहूदीहरू खानुभन्दा अघि परमेश्वरलाई प्रशंसा र धन्यवाद दिएर खान्थे। यूहन्ना ६:११ अनुसार कसले खानुभन्दा अघि धन्यवाद दिए? ___________। त्यसैगरि प्रेरित २७:३३-३५ अनुसार कसले खानुभन्दा अघि धन्यवाद दिए? ______________। यहूदीहरू प्रायः यसरी भन्ने गर्थे, —तपाईंको प्रशंसा होस्, यहोवा हाम्रा परमेश्वर, संसारको राजा, जसले नै पृथ्वीबाट अन्न उब्जाउनुभएको हो।‘ के तपाईं खानभन्दा अघि परमेश्वरालाईं प्रसंसा र धन्यवाद चढाउनुहुन्छ? यहुदीहरू कहिलेकाहीँ खाना खाएर पनि प्रार्थना गर्थे।यो गर्नुको कारण चाँहि हामी व्यवस्था ८:१०, १२-१४ मा पाउँछौं।

कहिलेकाही तपाईं र तपाईंको परिवारमा केही नौलौ चीज गर्न मन लाग्दा बाइबल समयमा तपाईं जिइरहेको मानिलिँदै त्यस बेलाको मानिसहरूले जस्तै खाना खान प्रयास गर्नुहोस् न। यो पाठमा उल्लेख गरिएको खानेकुराहरू, थाल, कचौरा, चम्चा प्रयोग नगरिकन खान प्रयास गर्नुस् त।

बाइबलका समयका मानिसहरूले अहिले जस्तो खाएपछि आफ्नो दाँत माँझ्दैनथे। अनि हामीले जस्तै दाँत माँझ्न आवश्यक पनि थिएन किनभने तिनीहरूले हामीले जस्तो धेरै गुलियो पनि खाँदैनथे।उनीहरू आफ्नो दाँत माँझ्दैनथे तापनि उनीहरू दाँत हाम्रो जत्तिको बिग्रने गर्दैनथ्यो।

दुई खालका खानेकुराहरू

सबैलाई नभई नहुने सबैभन्दा महत्त्वपूर्ण खानेकुरा रोटी नै थियो। प्राचीन समयका मानिसहरूका निम्ति रोटी नै आधारभूत खानेकुरा थियो। आज पनि हामीलाई नभई नहुने खानेकुरा रोटी नै हो। तर अहिलेको समयभन्दा त्यसबेलाका समयमा रोटीको धेरै महत्त्व थियो। बाँच्नको लागि हामीलाई रोटीको ठूलो आवश्यकता पर्छ। वास्तवमा सम्पूर्ण मानवजाति नै रोटीमा नै भर पर्छन्।

त्यस समयमा रोटी चाँहि गहुँ र जौबाट बनाइन्थ्यो। साधारणतया गरिब मानिसहरू जौ प्रयोग गर्थे भने अलि पैसा हुनेहरू गहुँको प्रयोग गर्थे। एकचोटि एउटा केटोले ५ रोटी येशूलाई दिएका थिए। ती रोटीहरू के द्बारा बनिएको थियो (यूहन्ना ५:9)? ________________।

येशूले भन्नुभयो, “जीवनको रोटी म नै हुँ” (यूहन्ना ६:३५)। येशूको यो बचन सुन्ने मानिसहरूले रोटी कति महत्त्वपूर्ण थियो भन्ने जानेका थिए। तिनीहरूले रोटी नै तिनीहरूको जीवन हो भनी जानेका थिए। तिनीहरू रोटीबिना बाँच्न सक्दैनथे।मानिसलाई बाँच्नको निम्ति रोटी चाहिन्छ। येशूले भन्नुभयो, “जीवनको रोटी म नै हुँ। तिमीहरू बाँच्नको निम्ति म नै चाहिन्छ।यदि तिमी बाँच्न र अनन्त जीवन पाउन चाहन्छौ भने तिमी मकहाँ आउनैपर्छ र मलाई बिश्वास गर्नैपर्छ” (यूहन्ना ६:३५)। जसरी रोटीले मानिसको शारीरिक भोक तृप्त पार्छ त्यसरी नै प्रभु येशूले मानिसको आत्मिक भोक तृप्त पार्नुहुन्छ।

हो, रोटी महत्त्वपूर्ण छ र खानेकुरा पनि अनि हामी यी थोकहरू बिना बाँच्न सक्देनौ।तर त्यहाँ अर्कै किसिमको रोटी र खानेकुरा पनि हामीलाई आवश्यक छ। येशूले भन्नुभयो,”मानिस रोटीले मात्र होइन् तर परमेश्वरको मुखबाट निस्किने प्रत्येक वचनले बाँच्नेछ” (मत्ती ४:4)।रोटी जति महत्त्वपूर्ण छ र त्यो बिना हामी बाँच्न सक्दैनौं तर रोटी र खानेकुरा भन्दा अझ बढी हामीलाई केही कुराको आवश्यकता छ, त्यो हो परमेश्वरको वचन।

शारीरिकरूपमा हामी रोटी, आलु र अरु किसिमको खानेकुरा खान्छौ त्यसरी नै आत्मिकरूपमा हामीले परमेश्वरको वचनलाई लिनुपर्छ जसद्बारा हाम्रो आत्मा स्वस्थ र बलियो हुन्छ। अय्यूब जान्दथे कि रोटी र खानेकुरा महत्पूर्ण र आवश्यक छन् तर त्यो भन्दा पनि ज्यादै महत्त्वपूर्ण कुरा उनले केलाई ठान्दथे (अय्यूब २३:12)? ______________________। के एक व्यक्ति शरीरमा हृष्पुष्ट र स्वस्थ तर आत्मिकमा भने भोको र अस्वस्थ हुनसक्छ? __________। परमेश्वरले तपाईंलाई के कुराले खुवाउन चाहनुहुन्छ (नयाँ विश्वासीकोरूपमा – १ पत्रुस २:२, त्यसपछि – १ कोरिन्थी ३:२ र हिब्रू ५:११-१४)? ______________________________________________________________।

हामीले परमेश्वरको वचनलाई लिने तरिका के के हुन्? ______________________________________________________________।

असल खानेकुराले मात्र एक व्यक्तिलाई सहायता गर्छ यदि उसको पाचनशक्तिले राम्ररी काम गरिरहेको छ भने। यदि खानेकुरा राम्ररी पचाइएन भने त्यसले कुनै फाइदा नै नदिई बाहिर निस्किन्छ। कहिलेकाही मानिसहरू बाइबल पढ्छन्, चर्च सभामा बाइबल सिकाइएको सुन्छन् तर त्यसले तिनीहरूलाई केही फाइदा नै दिएको हुदैन। किन यस्तो हुन्छ त? कसरी हामी आत्मिक खानेकुरालाई पचाउन सक्छौ?

लुगाफाटा

बाइबलका समयमा प्यालेस्टाइन देशका मानिसहरूले के लुगा लगाउथें? के पुरुषले टाइ र सुट लगाउँथे? के स्त्रीले सारी र कुर्ता लगाउँथे? के उनीहरूले अहिले हामीले लगाउने जस्तै जुत्ता लगाउँथे?

भित्री पोशाक

स्त्रीपुरुष दुवैले भित्री लगाउने पोशाकलाई ट्युनिक भनिन्छ।प्रायःगरी यो बाहुलाबिनाको घुडासम्म ढाकिने हुन्थ्यो। अनि धनी मानिसको चाँहि पूरा बाहुला तलसम्म लत्रिएको हुन्थ्यो।

येशू क्रूसमा टांगिदा सिपाहीहरूले उहाँको वस्त्रलाई चिठा हालेका थिए (यूहन्ना १९:२४)। त्यो चाँहि प्रभुको भित्री पोशाक थियो।

प्रायजसो ख्रीष्टको समयका यहूदीहरूसँग कम्तीमा एकसरो फेर्ने लुगा हुन्थ्यो। केवल भित्री वस्त्र मात्र भएको व्यक्ति चाँहि गरिब मानिन्थ्यो (लका ३:११ मा हेर्नुहोस्, बप्‍तिस्मा दिने यूहन्नाले के भनेका थिए)। मती १०:१० मा येशूले आफ्ना चेलाहरूलाई फाल्तु लुगा नबोक्न भन्नुभएको थियो।

गरिव मानिसहरूसँग गर्मी मौसममा यही एकसरो भित्री पोशाक मात्र हुन्थ्यो। धनीहरूले कोठा भित्रमात्रै यो लुगा लगाउँथे र अर्को बाहिरी पोशाकबिना तिनीहरूले भित्री लुगा मात्रै लगाउँदैनथे। बाइबलका समयमा “नांगा” भन्ने शव्द ती भित्री लुगा मात्रै लगाएका मानिसहरूलाई प्रयोग गरिन्थ्यो (यूहन्ना २१:७)। यस्तो प्रकारले अपर्याप्‍त लुगा लगाउनुलाई नै नग्नता मानिन्थ्यो।

पेटी

पेटी चाहिँ करिब ४ देखि ६ इन्च चौडा बेल्ट हुन्थ्यो जसलाई कम्मर वरिपरि बेरिन्थ्यो। पेटीबिना ट्युनिक मात्र लगाएमा खुकुलो र मज्जासित हिँड्न असजिलो हुन्थ्यो। कहिलेकाही पेटीमा पैसा राखिन्थ्यो र त्यो कहिले तरवार भिर्नलाई पनि प्रयोग गरिन्थ्यो।

बाइबलीय भाषामा —पेटी कस्नु‘ भनेको —कुनै कामको लागि तयारी हुनु‘। भन्नुको मतलव —तिम्रो अगाडिको दौडमा कुनै पनि कुराले पछि नपारोस् वा तिम्रो अघि बढ्ने गतिलाई बाधा नदेओस्‘ (हेर्नुहोस् लुका १२:३५)। १ पत्रुस १:१३ को पहिलो खण्डको अर्थको बारे तपाईं के विचार गर्नुहुन्छ?

बाहिरी पोशाक

बाहिरी पोशाकलाई मेन्टल भनिन्थ्यो। त्यो ठूलो माथिदेखि तलसम्म लगाउने वस्त्र जस्तै हुन्थ्यो। अहिले हामीले लगाउने ओभरकोट जस्तै हो। यसले चाहिँ हावा र पानीबाट सुरक्षा साथै राती खास्टो जस्तै काम गर्थो। एलियाले लगाउने यही बाहिरी पोशाक थियो जुन पछि एलिशाको निजी भयो (हर्नुहोस् २ राजा २:८-१३)।

चप्पल

बाइबल समयका प्रायः मान्छेले पनि अहिलेको जस्तै चप्पल लगाउथें। तिनका चाहिँ कि त काठ वा छालाद्बारा निर्मित तलुवा हुन्थे र तिनलाई खुट्टामा बाध्न छालाको फित्ताको प्रयोग गरिन्थ्यो। पत्रुसलाई पनि प्ररित १२:८ मा आफ्नो चप्पल बोक्न भनिएको थियो। मर्कूस १:७ मा हर्नुहोस् बप्‍तिस्मा दिने यहून्नाले के भने (जुत्ता=चप्पल)। मानिसहरूले चप्पल लगाएका कारण तिनीहरूका खुट्टा फोहर हुन्थ्यो, त्यसैले बाइबलमा खुट्टा धुने विषयमा पाउँछौ (हर्नुहोस् यूहन्ना १३)।

पुरुष र स्त्रीमा भिन्नता

पुरुष र स्त्रीमा एउटै खालको लुगा देखिएता पनि केही न केही फरक भने पक्कै थियो। सबैले उही भित्री, बाहिरी पोशाक अनि पेट्टी लगाएता पनि स्त्रीहरूको लुगा केही फैलिएको र सिगारिएको हुन्थ्यो। स्त्रीहरूले खुट्टा पूरै ढाकिएको लुगा लगाउँथे। कहिलेकाहीँ घुम्टो पनि लगाउँथे।

त्यहाँ पुरुष र स्त्रीका लुगाहरूमा भिन्नताहरू थिए जसद्बारा सजिलै पुरुष र स्त्री छुटिन्थ्यो। यसरी बाइबल समयका पुरुष र स्त्रीहरूको पोशाकमा भिन्नता थियो। परमेश्वरको कानुनमा हामी पढ्छौं, _____________________________ स्त्रीले लाउनुहुँदैन र ______________________ पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।(व्यवस्था २२:५)। स्त्रीले जस्तो लुगा लगाउनु पुरुषको लागि र पुरुषको जस्तो लुगा लगाउनु स्त्रीको लागि शर्मलाग्दो कुरो हो।

आज पनि यही नै सत्य छ। लोग्नेमान्छेले लोग्नेमान्छे जस्तै, स्वास्नीमान्छेले स्वास्नीमान्छे जस्तै, केटाले केटा जस्तै, केटीले केटी जस्तै पोशाक लगाउनुपर्छ। यदि परमेश्वरले तपाईंलाई केटा वा पुरुष बनाईदिनुभएको छ भने त्यस्तै व्यवहार गर्नुपर्छ, त्यस्तै देखिनुपर्छ र हुनुपर्छ। यदि परमेश्वरले तपाईंलाई केटी वा स्त्री बनाईदिनुभएको छ भने त्यस्तै व्यवहार गर्नुपर्छ, त्यस्तै देखिनुपर्छ र हुनुपर्छ।

दुईखाले पोशाक

मानिसले शूरुमा पहिरेको पोशाक कुन हो? उत्पत्ति ३ मा फर्केर हामी आदम र हव्वा आफैले लगाएका र त्यसपछि परमेश्वरले लगाइदिनुभएको पोशाकको बारेमा विचार गरौं।

आदम र हव्वा

हाम्रा पाप कसरी ढाकिए?

(उत्पत्ति ३)

अंजीरका पातहरू (पद ७)
मानिसको उपाय

पशुको छाला (पद २१)
परमेश्वरको उपाय

  • मानिसले आफ्नो निम्ति आफैले प्रबन्ध गरेको पोशाक
  • मानिसले आफ्नो पाप आफै ढाक्न खोजे
  • रगत नबगाईकन प्रबन्ध गरिएको आवरण
  • मानिस परमेश्वरको दृष्टिमा नांगै नै
  • परमेश्वरले मानिसको निम्ति प्रबन्ध गरिदिनुभएको पोशाक
  • परमेश्वरले अनुग्रहले मानिसको पाप ढाकिदिनुभयो
  • रगत बगाउनुपर्ने पोशाक। पशु मारिनैपर्थो (हिब्रू ९:२२)।मानिसलाई क्षमा गरियो र उनको पाप परमेश्वरको दृष्टिबाट पूर्ण रूपले ढाकियो।

परमेश्वर प्रत्येक पापीलाई नै उहाँको पुत्र येशू ख्रीष्टको सिद्ध धार्मिकताले ढाक्न चाहनुहुन्छ। तर प्रायः मानिस आफ्नो पापलाई आफ्नै वस्त्रले ढाक्न खोज्छन्। हामीले हाम्रो पाप ढाक्न के भेट्टाएका छौँ त? के यसले काम दिन्छ (यशैया ६४:६, तितस ३:५)? _______________। आफ्नो पापलाई ढाक्न मानिसहरू के कस्ता कामहरू गर्छन्?________________________________________________________________ ___________________________________________________।

परमेश्वर स्वयंले पापीलाई ढाकिदिनुपर्छ। परमेश्वरले कस्तो खालको पोशाक प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरूका निम्ति प्रवन्ध गरिदिनुभएको छ (प्रकाश १९:८ र ३:१६-१७ १ कोरिन्थी १:२९-३०)___________________________________________________________।

परमेश्वरले तपाईंलाई कसरी हेर्नुहुन्छ? के उहाँले तपाईंलाई पापको नांगोपनामा देख्‍नुहुन्छ कि ख्रीष्टको धार्मिकतामा ढाकिएको देख्‍नुहुन्छ (२ कोरिन्थी ५:२१)?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बाइबलकालीन नापहरू

बाइबलकालीन नापहरू

 

लम्बाइ, दूरी, क्षमता, तौल र मूल्य

लम्बाइको नाप

हामी सबैलाई नाप्ने इकाइ इञ्च, फुट र गजको बारेमा थाहै छ तर हात, बित्ता र चार अङ्गुल भनेको चाँहि के हुन्। हामी रुलर, गज नाप्ने र टेपसँग परिचित छौ तर बाइबलीय समयका मानिसहरूले नाप लिँदा यी कुराहरूको प्रयोग गरेनन्।

के तपाईंलाई थाह छ मानिसको शरीरलाई पनि रुलर जस्तै प्रयोग गर्न सकिन्छ, हेरौ, यो कसरी हुन्छः

चार अङ्गुल यो चाँहि चार औंलाहरूलाई सँगै जोड्दा निस्किने चौडाई हो, यो चाँहि ३ र ४ इञ्चको बीचमा पर्छ। हेर्नुहोस् प्रस्थान ३७:१२। यो लेखिएको नोटको पन्नाको लम्बाइ विचार गर्नुहोस्। यो नोटको पन्नाको लम्बाइ कति अङगुल छ होला? ____________________। आफ्नो जीवनको सबै दिनहरूलाई जोड्दा तपाईंको जीवनको लम्बाइ कति होला? हेर्नुहोस् भजनसङ्ग्रह ३९:५ __________________। जीवन ज्यादै छोटो छ।
बित्ता बुढी औंला देखि कान्छी औंला सम्म तन्काउदा निस्किने चौडाइ बराबर एक बित्ता हुन्छ। एक वयस्कको एक बित्ता करिव ९ इञ्च जति हुन्छ। हेर्नुहोस् प्रस्थान २८:१६ मा पूजाहारीको छातीपाता। यो नोटको पन्नाको चौङ्गाइ करिव एक बित्ता हुनुपर्छ।
हात यो कुहिनो देखि माझी औंलासम्मको लम्बाइ हो जुन एक वयस्कको करिव १८ इञ्च अथवा डेर फिट जति हुन्छ। तिम्रो साथीहरू मध्ये सबै भन्दा अग्लो साथी कति हात छ होला? कति बित्ताको एक हात हुन्छ? यो अचम्म लाग्दो छ कि एक बित्ताका बराबर आधा हात हुन्छ। विशाल गोल्यात कति अग्लो थियो? ____________________ १ शमूएल १७:४।

व्यवस्था ३:११ मा उल्लेख गरिएको खाट कति ठूलो थियो?_________

तपाईं कसरी नाँप्नुहुन्छ?

मानौ बास्केट बल कोचले ५ फिट १० इञ्च अथवा त्यो भन्दा माथिको मात्र टिममा रहनसक्ने बताए भने के तपाईंको उचाई पुग्ला वा नपुग्ला त? के तपाईं टिममा समावेश हुन सक्नुहोला? अथवा ९० वा त्यो भन्दा बढी अङ्क ल्याउनेले मात्र —”ए” पाउनेछ भनेमा कक्षाको सबै जनाको यो उच्च स्तर र मागमा पुग्न अवश्य सक्दैनन्। परमेश्वरको पनि धेरै उच्च माग छ, स्वर्ग प्रवेशको गर्नको लागि। परमेश्वर भन्नुहुन्छ, —जो मेरो पुत्र येशू ख्रीष्ट जस्तै धर्मी छन् तिनीहरू मात्रै मेरो पवित्र स्वर्गमा प्रवेश गर्नेछन्। हामी मध्ये कति जना धर्मी छौ (रोमी ३:१०)? ___________ के तपाईं परमेश्वरको धार्मिकताको मागको नाप सम्म पुग्नुहुन्छ अथवा पुग्नुहुन्न (रोमी ३:२३)? _________________

हामी स्पष्ट देख्छैं कि हामी मध्ये कोही पनि परमेश्वरको पवित्र स्वर्गमा प्रवेश पाउँदैनौं तर परमेश्वरले आफ्नो पुत्र जस्तै धर्मी बनाउन हाम्रो निम्ति एउटा मार्ग बनाईदिनुभएको छ: किनकि उहाँमा हामी परमेश्वरका ____ ____________बन्न पाऔं भनेर पापै नजान्नुहुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनुभयो।२ कोरिन्थी ५:२१ हामी सबै पापी र अधर्मी छौ। उहाँको त्यो नापसम्म पुग्न सक्दैनौं तर ख्रीष्टमा हामी पूर्ण रूपले धर्मी छौ र परमेश्वरले हामीलाई पूर्ण रूपमा धर्मी देख्‍नुहुन्छ। के तपाईं ख्रीष्ट भित्र हुनुहुन्छ कि ख्रीष्ट बाहिर? अथवा बचाईएको हुनुहुन्छ कि हराएको हेर्नुहोस् २ कोरिन्थी ५:१७?

दूरीको नाप

हामीहरू दूरीलाई प्राय किलोमिटरको हिसाबमा नाप्दछौ। तर बाइबल को समयमा भिन्न प्रकारले नाप्ने गर्दथे। यहाँ केही उदाहरणहरू छन्।

फरलोङ् (ग्रीक स्ट्याडियन) यो करिव ६०० फिटको दूरी हो। यरुशलेमबाट इम्माउस कति टाढा होला (लुका २४:१३)?_________। चेलाहरूले कति टाढासम्म डुंगा खियाए? (यूहन्ना ६:१९)__________
माइल (ग्रीक मिलियन) नँया नियम समयमा जिउँनेहरू पनि दूरीलाई माइलले नाप्दथें। ८ फरलोङ् बराबर एक माइल हुन्छ। (मत्ती ५:४१)
एक दिनको यात्रा एक व्यक्तिले एक दिनमा हिँड्न सक्ने दूरी हो, साधारणातय २० देखि ३० माइल तर ठूलो संख्यामा स्त्री, बालबच्चासहित हिँड्दा भने १० माइल जति हुन्छ।प्रस्थान ३:१८ यूसुफ र मरियम कति टाढा हिडिँसकेका थिए जब उनीहरूले येशू हराएको थाह पाएँ (लुका २:४४)?_______

तपाईं कसरी परमेश्वरकहाँ पुग्नुहुन्छ?

तपाईंको हजुरबुवा, हजुरआमा वा आफन्तहरू टाढामा बस्नुहुन्छ होला, सायद मुस्ताङमा जुनचाँहि तपाईंको ठाँउबाट हजारौं माइल टाढा छ भने तपाईं कसरी उहाँसम्म पुग्नुहुन्छ? अवश्य कि बस नभए हवाइजहाजबाट त्यो दूरीलाई पार गर्नुहुन्छ।

पापले गर्दा मानिस परमेश्वरबाट अलगिएको छः

पापी मानिस

अलग

यशैया ५९:२

पवित्र परमेश्वर

मानिस कसरी परमश्वरकहाँ पुग्न सक्छ? उहाँकहाँ पुग्नलाई न कुनै हवाइजहाज वा रकेट नै छ।तब कसरी मानिस र परमेश्वरबीच मिलाप ल्याउन सकिन्छ?

बाइबलले बताएको छ कि परमेश्वर हामी हरेकबाट _______ हुनुहुन्न (प्ररित १७:२७)। परमेश्वर सबै ठाउँमा हुनुहुन्छ तर हामी पापी मानिसले कसरी परमेश्वरलाई भेटाउन सक्छ त? रेडियो, मोबाइलको तरङ्गहरू जाहीतही हुन्छ तर तपाईंसँग रेडियो वा मोबाइल नै छैन भने कसरी ती तरङ्गहरू टिप्नसक्छन् त? अनि आवाज सुन्नलाई रेडियो वा मोबाइल पनि त राम्रोसित जोडिएको हुनुपर्‍यो नि। परमेश्वर हामी मध्ये कोहीबाट पनि टाढामा हुनुहुन्न तर समस्या चाँहि सबै मानिस परमेश्वरमा ठीक तरिकाले नजोडिएको कारणले हो।

परमेश्वरकहाँ पुग्ने एक मात्र बाटो छः “येशूले तिनलाई भन्नुभयो, ______, सत्य र जीवन म नै हुँ, _____द्बारा बाहेक कोही पिताकहाँ आउँदैन” (यूहन्ना १४:६)।

पापी मानिस

पवित्र परमेश्वर

केवल मुक्तिदाता येशू ख्रीष्टद्बारा मात्रै मानिससँग परमेश्वरको मिलाप हुन्छ।

क्षमताको नाप

सुख्खा थोकको नपाइ

हामीहरू सुख्खा कुराहरू नाप्नलाई ग्राम पाउ अनि केजीको प्रयोग गछौं।अनि बाइबलका समयमा प्रयोग हुने केही नाप इकाइ बारे चर्चा गरौः

मुठ्ठी मानव हातमा अटाउने क्षमतालाई मुठ्ठी भनिन्छ। (जस्तै जब तपाईंको साथीले ठूलो झोलाबाट मकैं लिन आग्रह गर्दा हातमा अटाउन सक्ने एक मुठ्ठी) लेवी २:२
ओमेर एक ओमेर बराबर दुई लिटर हुन्छ। परमेश्वरले प्रत्येक इस्राएलीलाई दिनको कति मन्ना दिनुहुन्थ्यो (प्रस्थान १६:१६)? ________________________
होमेर यसले एक गघाले बोक्न सक्ने भारी बराबरको तौललाई अल्याउँछ। इस्राएलीहरूले थोरैभन्दा थोरै कति मुरी बट्टाई चराहरू बटुले (गन्ती ११:३२)?_______________________________

तरल पदार्थको नाप

तरल पदार्थलाई नाप्दा हामी माना लिटर प्रयोग गर्छौ। यहाँ केही बाइबलका समयमा प्रयोग गरिएका नापका उदाहरणहरू हेरौं।

लग आधा माना (हेर्नुहोस लेवी १४:१० – आधा माना तेल)
हिन एक माना। अगमवक्ता इजकिएलले कति माना पानी खानुपर्थ्यो (इजकिएल ४:११)?_____________________________
बाथ यो पूरानो नियममा यहूदीहरूले प्रयोगमा ल्याएका सबैभन्दा ठूलो तरलको नाप हो। यसको क्षमता लगभग २३ दखि ३६ लिटरको हुन्छ। सुलेमानले मन्दिरको निम्ति बनाएको विशाल खड्कुँलोमा कति लिटर पानी अटाउथ्यो(१ राजा ७:२६)?________________________
फिरकिन (ग्रीक-मेटरेटेस) लगभग ४० लिटर बराबरको नाप। यूहन्ना २:६ मा उल्लेखित एउटै घ्याम्पामा कति पाथी अटाउन सक्ने क्षमता सक्थ्यो?__________________

तपाईं के कुराले भरिनुभएको छ?

के तपाईंमा केही यस्तो अमुल्य कुरा छ? तपाईंको शरीरमा लगभग ४५ लिटर रगत, २०० हाडहरू, ६०० मांसपेशी र अरु धेरै भरिएको छ! तर पनि अझै केही छुट्यो कि?

यदि हामी साच्चै बचाईएका छौ भने बाइबलले बताउँदछ कि,—______________ हामीमा बास गर्नुहुन्छू (१ यूहन्ना ४:१२)। हरेक विश्वासीमा जिउँदो परमेश्वर बास गर्नुहुन्छ। उहाँ आफैले हामीलाई भर्नुहुन्छ। अचम्मलाग्दो कुरा यो छ कि सुलेमानले बनाएको त्यो ठूलो मन्दिरमा पनि यति ठूलो र महान परमेश्वर हुनुहुन्थेन न ता यो विशाल ब्रमाण्डमा नै हुनुहुन्छ (२ इतिहास ६:१८)। बरु परमेश्वर हरेक विश्वासीमा आफैलाई नै राख्‍न चाहनुहुन्छ र हाम्रो ह्दयलाई आफ्नो घर बनाउनुहुन्छ।

तपाईंसँग परमेश्वरको कति अंश छ? के एक विश्वासीमा परमेश्वरको केही सानो भाग मात्र हुन सक्छ र? अहँ, हामीहरू उहाँको थोरै भागले भरिएका छैनौं बरु हामीहरू —परमेश्वरको सारा _________________ भरिएका छौं। (एफिसी ३:१९)। हामीसँग परमेश्वरको केवल थोरै भाग छैन तर परमेश्वरको सारा परिपूर्णतामा हामीमा छ। हरेक विश्वासीमा त्यहाँ ठूलो धन छ (२ कोरिन्थी ४:७) – जिउँदो परमेश्वर आफै नै!

यदि हाम्रो देशको प्रधानमन्त्री तपाईंको घरमा केही हप्ताको लागि बस्न आउँदै हुनुहुन्छ भने अब के तपाईंको बसाईंमा केही परिवर्तन आउँला? पक्कै पनि तपाईंले आफ्नो उत्तम व्यवहार देखाउनुहुन्छ होइन त? तपाईंले अवश्य पनि आफ्नो दाजुभाई दिदीबहिनीसँग झगडा गरेको देखाउनुहुन्न बरु आदरणीय पाहुनालाई आदर साथ पूर्ण रूपले खुशी पार्नुहुन्छ होइन त? परमेश्वर आदरणीय पाहुना हुनुहुन्छ जो हरेक विश्वासीको ह्दयमा वास गर्न आउनुभएको छ। यदि हामी यो सत्यतालाई विश्वास गछौं भने यसले हाम्रो जीवनमा ठूलो भिन्नता पक्कै ल्याउनेछ(१ कोरिन्थी ६:१९-२०)।

तौलको नाप

तौल नाप्दा हामी ग्राम, केजी र मनको कुरा गछौं। पूरानो नियमका समयमा यहुदीहरूले शेकेल र त्यालेन्टको कुरा गर्थ।

शेकेल शेकेलको तौलमा केही माथितल छ तापनि यो करिव २८ ग्राम जति हुन्छ। उदाहरणको लागि, एक शेकेल चाँदी बराबर केही टुक्रा चाँदी हुन्छ जसको तौल २८ ग्राम हुन्छ। २ इतिहास १:१७ अनुसार, मिश्रका रथहरू कतिमा बेचिए?______________________
ट्यालेन्ट यो हिब्रुहरू बीच सबैभन्दा ठूलो तौल हो।एक ट्यालेन्ट बराबर करिब ३००० शेकेल (लगभग ४५ केजी)। हामी २ राजा ५:२३ मा हेर्दा एक ट्यालेन्ट चाँहि एक व्यक्तिले बोक्न सक्ने ठूलो भारी थियो। १ राजा १०:१० पढ्नुहोस् – यदि एक ट्यालेन्ट बराबर एक व्यक्ति बोक्न सक्ने ठूलो भारी हुन्छ भने राजा सुलेमानको सबै सुन बोक्न कति जना मान्छेको आवश्यकता पर्छ होला?___________________ प्रकाश १६:२१मा कुन चाँहि बस्तुको एक ट्यालेन्ट हुन्छ___________ के तपाईं ती मध्ये एकले हिर्काईएको चाहनुहुन्छ?__________

तपाईं परमेश्वरको आज्ञाहरू कसरी नाप्नुहुन्छ?

कोही व्यक्तिहरू परमेश्वरको आज्ञाहरूलाई साह्रै गाह्रो र अति बोझको रूपमा सोच्छन्। तिनीहरू भन्छन्,—यदि मैले परमेश्वरले भने अनुसार गर्दछु भने म ज्यादै दुखी व्यक्ति बन्नेछु, जुन कुरा परमेश्वर मैले गरेको चाहनुहुन्छ त्यो मेरो लागि अति बढी, गह्रौ र असहय छ‘।

तर यो कदापि सत्य होइन। बाइबलले यसको ठीक विपरित बताउँछ कि —उहाँका आज्ञाहरू कष्टपूर्ण छैनन्।(भारी बोझ)‘ १ यूहन्ना ५:३।येशूले भनुभयो,—मेरो भारी __________ छ‘ (मत्ती ११:३०)। परमश्वरले हामीलाई उहाँको आफ्नो आज्ञाहरू हामीलाई दबाउन दिनुभएको होइन तर आशिष दिनलाई हो: —परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो ताकि हाम्रो __________________ होस्‘ (व्यवस्था ६:२४)।

सबैभन्दा दु:खी व्यक्ति त्यो हो जसले परमेश्वरको आज्ञापालन गदैन।पापले नै हो जसले मानिसलाई आज भारी बोकाइरहेको छ।हामी एउटा भजन गाउँछौ,—हे सबै परिश्रम गर्ने हो भारीले दबिएका हो‘ येशूले त्यो भारी बोक्नुभयो र मलाई शान्ति दिनुभयो। अहिल्य म खुशी छु कारण येशूले मेरो सारा बोझ बोकिदिनुभयो।‘

मोलको नाप (पैसा)

हामी सबैलाई सुका मोहर र रुपियाँ थाह छ तर बाइबलमा उल्लेख गरिएको केही पैसाहरूको बारे हेरौ।

दुई पैसा कोड्रान्टेस (ग्रीक) यो रीमीहरूले प्रयोग गर्ने सबैभन्दा सानो पैसा अर्थात १/६४ दिनार हो। एक दिनार चाँहि एक ज्यालादारले एक दिनमा कमाउने पैसा हो। मानौ एउटा मान्छेले एक दिनमा ६४ रुपियाँ कमाउँछ भने त्यो कति कोड्रान्टेस हुन्छ?__________________
एक सुका लेप्टोन (ग्रीक) यो यहुदीहरूले प्रयोग गर्ने सबैभन्दा सानो पैसा हो र यसको मुल्य आधा कोड्रान्टेस हुन्छ (मर्केस १२:४२)। कति लेप्टोन पैसा त्यो गरीब विधवासँग थियो(मर्केस १२:४२)?________ के येशू तिनकी भेटीमा खुशी हुनुभयो?________ किन?_______
एक रुपियाँ दिनार (ग्रीक) यो रोमीहरूको चाँदीको पैसा हो जुन चाँही एक दिनको ज्याला हो (हेर्नेहोस मत्ती २०:२,४,७ आदि)। यूहन्ना १२:५ मा उल्लेखित किम्मती सुगन्धित तेलको मुल्य ३०० दिनार थियो जुन चाँहि साधारणतय कामदारको ३०० दिनको ज्याला हो (झण्डै एक कामदारले एक वर्षमा कमाउने पैसा)।

तपाईं कत्तिको मुल्यवान् हुनुहुन्छ?

त्यहाँ कोही न कोही व्यक्ति हुन्छ जसले तपाईंलाई केही मोलको गन्दैन। स्कूलमा तपाईंको साथी होलान जसले तपाईंलाई केही मुल्य नै नभएको जस्तै गरी होचाएर व्यवहार गर्छन होला।मानिसहरूले तपाईंलाई अवश्य केही मोलको गन्दैन होला।

मत्ती १०:२९-३१ मा पढ्नुहोस्। यो पदहरू अनुसार तपाईं __________________ मा ज्यादै मुल्यवान हुनुहुन्छ।

प्रयाजसो हामी केही बनाउछौ, हाम्रो निम्ति त्यो चीजको मुल्य हुन्छ। जब एउटी केटीले एउटा सुन्दर लुगा बनाउछे अथवा केटाले काठको डुंगा बनाउँछ भने तिनीहरूले त्यो केही मुल्यको छैन भनेर फ्याक्दैनन्। ब ती चीजहरूको मोल छ किनभने त्यो व्यक्तिले बनाएको हो।

जस्तै हामीले केही बस्तु किन्छौ भने हाम्रो निम्ति त्यसको मोल हुन्छ। यदि हामी नयाँ साइकल किन्छौ भने त्यसलाई हामी केही मुल्यको नठानी फोहर फाल्ने कन्टेनर अवश्य पनि फाल्दैनौं। हाम्रो निम्ति त्यो मुल्यवानको हुन्छ किनभने तपाईंले त्यो किन्नुभएको हो।यदि त्यो तपाईंको निम्ति मुल्यवान अथवा महत्त्वको नभएको भए तपाईंले त्यो किन्नु पनि हुन्न थियो होला।

के परमेश्वरले तपाईंलाई बनाउनुभएको हो (यहुन्ना १:३)?________ के परमेश्वर तपाईंलाई ठूलो मोल तिरेर किन्नुभएको छ (१ कोरिन्थी ६:२०)?________ के तपाईं परमश्वरमा बहुमूल्य हुनुहुन्छ?________

साच्चै के म बहुमूल्य छु त? परमेश्वरले हामीलाई उहाँको पुत्र जस्तै धर्मी हुन एउटा बाटो बनाईदिनुभएको छ। परमेश्वरले म पापीको निम्ति उहाँ (पवित्र परमेश्वर) कहाँ पुग्न बाटो बनाईदिनुभएको छ। के म बहुमूल्य छु? परमेश्वर आफै मेरो हृदयमा बास गर्न आउनुभएको छ। के म बहुमूल्य छु? परमेश्वरले मलाई उहाँको आफ्नो वचन र आज्ञा निरन्तर मेरै भलाइको निम्ति दिनुभएको छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

परिचय

परिचय

 

बाइबल पढ्दा कतिपय कुराहरू हामीलाई निकै अनौठो वा असाधारण लाग्छ। बाइबलका व्यक्तिहरू धेरै हिसाबमा बेग्लै खालका देखिन्छन्। तिनीहरू बेग्लै किसिमले जिउँथे, बेग्लै किसिमको व्यवहार गर्थे, बेग्लै किसिमले कामकाज गर्थे। यसको कारण के होला?

बाइबल पढ्ने क्रममा त्यहाँ धेरै कुराहरू पाउँछौं जससित हामी परिचित हुँदैनौं। जस्तै; उँटहरू, रथहरू, भिन्नै खालका पैसा, खुट्टा धुलाइको चलन, बाल देउता, जैतुनको रूख, महसूल उठाउने व्यक्ति, फरसी, निस्तार चाड, भेट हुने पाल इत्यादि। हामीलाई यी कुराहरू अनौठो लाग्छ। महसूल उठाउने व्यक्ति कस्तो हुन्छ? दिनार भनेको कति पैसा हो? हिन्दूहरूले पुज्ने देउताका नामहरू हामीले सुनेका छौं होला, तर बाल देउता को हो? साल र उत्तीसका रूखहरू हामीले देखेका छौं तर जैतूनको रूख कस्तो हुन्छ? आफ्नो दाँत माझ्दाको अनुभव त छ तर आजसम्म कसैले हाम्रो खुट्टा नै धोइदिएको छ त? कुकुर, बिरालो जतासुकै देखिन्छन् तर उँट कतै देख्न पाएका छौं र? खानलाई हामी स्टिलका भाँडाहरू निकै प्रयोग गर्छौं तर माटाका भाँडा नि? हामीले सैनिक ट्याङ्कका चित्रहरू दैखेका छौं होला, तर रथहरू कस्ता हुन्थे र ती केका लागि प्रयोग हुन्थे? हामीले मठ-मन्दिरका पुजाहारीहरू देखेका छौं तर को हुन् फरसीहरू?

मानौं एउटा चीनियाँ युवती एक वर्षको लागि तपाईंको परिवारमा बस्न आउने कुरा छ। के उनले कतिपय कुराहरू तपाईं र तपाईंका अन्य साथीहरूले भन्दा फरक तरिकाले गर्नेछिन्? उनले खाना कसरी खानेछिन्? उनले कस्तो लुगा लगाउनेछिन्? उनले कसरी बोल्नेछिन्? उनले नेपाली बोल्न जानेकी भएता पनि के उनको उच्चारण बेग्लै खालको हुन्छ होला?

यदि तपाईं एक वर्षको लागि हुम्ला वा जुम्ला जस्तो नेपालको कुनै एउटा बिकट ठाउँमा बस्न जानुभयो भने तपाईंलाई कस्तो अनुभव होला? के तपाईंले त्यहाँका मानिसहरूले कतिपय कुराहरू भिन्नै तरिकामा गरेको पाउनुहुन्छ होला? के उनीहरूले तपाईंले खाने जस्तै खाना खान्छन् होला? के तिनीहरूले तपाईंले जस्तै बस, कार, साइकल, मोटर साइकल चढेर यात्रा गर्छन् होला? यदि तपाईं छिमेकी राष्ट्र भारत, श्रीलङ्का वा बंगलादेशमा एक वर्ष बिताउनुभयो भने के तपाईंलाई त्यहाँको चालचलन र अन्य थुप्रै कुराहरू असाधारण लाग्नेथ्यो होला?

मोटर, हवाईजहाज, बस, बिजुली बत्ती, रेडियो, पत्रपत्रिका, टेलिफोन, कम्प्युटर, फ्रिज, कोक्, फ्यान्टा, म:म: पसल, घडी, बच्चालाई दूध खुवाउने बोतल आदि बिनाको जीवन कस्तो होला? यी थोकहरू बिना तपाईंको जीवन कत्तिको सजिलो हुनेथ्यो होला? बाइबलकालीन व्यक्तिहरू, बाल-बालिकाहरूसँग यी कुनै पनि कुराहरू थिएनन् तापनि तिनीहरूले पनि सुचना आदनप्रदान गर्थे, यात्रा गर्थे, समय (घडी) बताउँथे, खान्थे, लाउँथे र आफ्ना नानीहरूलाई हुर्काउँथे। हाम्रो दैनिक जीवनमा अत्यावश्यक बनेका आधुनिक सुविधाका साधनहरू बिना नै तिनीहरूले यी सबै काम गर्थे। पावलले फिलिप्पीहरूलाई पठाएको पत्र हवाईजहाज मार्फत पुर्याइएको थिएन! त्यो कि स्थलयात्रा वा पानीजहाज मार्फत पुर्याइएको थियो।

दुई ठूला अन्तरहरू

कुनै दुई हिमाललाई अलग गर्ने विशाल धाँदोलाई विचार गर्नुहोस्। ती दुई हिमालको बीचमा ठूलो खाली ठाउँ वा अन्तर हुन्छ।

त्यस्तै बाइबलकालीन मानिस र आजको मानिसको बीचमा पनि ठूलो भिन्नता वा अन्तर छ। र्सवप्रथम त्यहाँ समयको ठूलो अन्तर छ। बाइबलमा उल्लेखित मानिसहरू हजारौं वर्ष अगाडि जिउँथे। उदाहरणको लागिः

  • अब्राहाम आजभन्दा करिव ४००० वर्ष अगाडि जिउँथे।
  • मोशा आजभन्दा करिव ३५०० वर्ष अगाडि जिउँथे।
  • दाऊद आजभन्दा करिव ३००० वर्ष अगाडि जिउँथे।
  • पत्रुस र पावल आजभन्दा करिव २००० वर्ष अगाडि जिउँथे।

समयले ठूलो फरक पार्छ। एकछिनको लागि कल्पना गरौं, तपाईं एउटा यस्तो विशेष यानभित्र पस्नुभयो जसले तपाईंलाई आजभन्दा २५० वर्ष अगाडि पुर्याइदियो। के तपाईंले अहिले र पहिलेका मानिसहरूको जीवन शैलीमा केही भिन्नताहरू पाउनुहोला? बाइबलमा असाधारण चलनहरू र बेग्लै खालका अन्य कुराहरू उल्लेख भएकोमा हामीले अचम्म मान्नुपर्दैन किनकि बाइबलले त हजारौं वर्षअघिका मानिसहरूको विषयमा बताउँदछ।

त्यहाँ दूरीको पनि अन्तर छ। बाइबलको पन्नाहरूमा भेटिने मानिसहरू नेपालमा बस्दैनथे। तिनीहरू हिमालको काखमा बस्दैनथे न ता चारकोसे झाडीको छेउछाउमा नै। बाइबलमा उल्लेख गरिएका मानिसहरू भू-मध्य सागर (Mediterranean Sea) को छेउछाउमा मध्य-पूर्व (Middle East) मा बस्दथे। बाइबलको भूमि हामी बसेको देश नेपालबाट हजारौं किलोमीटर टाढा छ।

यदि तपाईं मध्य-पूर्व भ्रमणमा जानुभयो भने तपाईंले बाइबलकालीन जीवन शैलीलाई आज पनि देख्न पाउनुहुनेछ। तपाईंले अहिले पनि भेडा चराइरहेका गोठालाहरू र मरुभूमिमा पाल टाँग्दै बसाइ सर्दै हिंडिरहेका घुमन्तेहरू देख्‍नुहुनेछ। इस्राएल र मध्यपूर्वका अन्य देशहरूमा केही संख्यामा आधुनिक शहरहरू भएता पनि त्यहाँ धेरै मानिसहरू छन् जो हजार वर्ष पुरानो पूर्ख्यौली जीवन शैलीमा जिउँदै छन्।

समयको अन्तर

वर्षौंले अलग

बाइबलमा उल्लेखित मानिसहरू आजभन्दा हजारौं वर्षअघि जिउँथे।
दूरीको अन्तर

कयौं किलोमीटरले अलग

बाइबलमा उल्लेखित मानिसहरू नेपालदेखि हजारौं किलोमीटर पर बस्थे।

बाइबलमा उल्लेखित व्यक्तिहरूको जीवन शैली, काम गराइ इत्यादि आजको भन्दा भिन्न पाइनुका कारणहरू यिनै हुन्।

सबै कुरा नै फरक छैन

तपाईंको परिवारमा बस्न आउने भनिएको त्यो चीनियाँ युवतीलाई फेरि विचार गरौं। उनमा धेरै भिन्नताहरू भएता पनि धेरै समानताहरू पनि हुन्छन् नै। उनी पनि तपाईं जस्तै एक मान्छे त हन्। उनी पनि तपाईं जस्तै हास्न र रुन जान्दछिन्। उनमा पनि तपाईंमा जस्तै विभिन्न भावनाहरू हुन्छन् (दु:खित, क्रोधित, आनन्दित)।

त्यहाँ अरु पनि समानताहरू हुन्छन्। उनको आँखाको आकार नेपाली युवतीहरूको भन्दा फरक होला, तापनि सबैको जस्तै उनको पनि गिदी, मुटु, कलेजो, फोक्सो, छाला, कपाल भएकै शरीर हुन्छ। तपाईंलाई बनाउनुहुने परमेश्वरले उनलाई पनि बनाउनुभएको हो। उनीसँग पनि हाम्रो जस्तै पापी हृदय छ (यर्मिया १७:९) र बेलाबखत उनी पनि हामी जस्तै चिन्ता गर्छिन्, डराउछिन्, रिसाउछिन्, इर्ष्यालु बन्छिन् इत्यादि। हाम्रा निम्ति मर्नुहुने ख्रीष्ट उनको निम्ति पनि मर्नुभएको हो।

जुम्ला वा हुम्लामा बस्ने त्यो मानिसको फेरि विचार गर्नुहोस्। उनी धेरै कुरामा हामी भन्दा फरक भएता पनि के उनमा समानताहरू पनि भेट्टाउन सक्नुहुन्छ? के तपाईंले जाति, संस्कार वा देशलाई छोडेर सारा मानिसमा कतिपय समानताहरू भेट्टाउन सक्नुहुन्छ?

असाधारण चलनको एउटा उदाहरण

मानौं तपाईं रंगशालामा एउटा ठूलो फुटबल प्रतियोगिता हेर्दैहुनुहुन्छ। तपाईंको टिमले जसरी होस् जित्नु छ! अन्तिम घडीसम्म पनि नतीजा राम्रै होला जस्तो देखिन्छ। तपाईंको टिम शून्यको विरुद्ध एक गोलले अगाडि छ, बल पनि तिनीहरूकै नियन्त्रणमा छ र खेल सकिन तीन मीनेट मात्र बाँकी छ। विजेता पक्का भइसक्यो। अचानक, कसरी हो, अप्रत्याशितरुपले, तपाईंको टिमले बल फुत्काउँदा अर्का टिमको खेलाडीहरूले बल छिटो-छिटो पास गर्दै गोल गरिदिन्छ! त्यति मात्र नभएर त्यसपछि तुरुन्तै अर्को गोल गरेर तपाईंको टिमलाई त नाटकीय ढङ्गले हराइदिन्छ! त्यस्तो परिस्थितिमा तपाईं के गर्नुहुन्छ होला? यदि तपाईं बाइबलको समयमा हुनुहुन्थ्यो भने तपाईंले पक्कै पनि आफ्नो लुगा च्यात्नुहुनेथ्यो।

उसबेला कसैले आफ्नो लुगा च्यात्यो भने कुनै न कुनै अप्रिय घटना घटेको छ भन्ने बुझिन्थ्यो। लुगा च्यात्ने काम कुनै विपत्ति वा सङ्कट परेको कुराको एउटा बाहिरी चिन्ह थियो। कसैको मृत्युमा दुःख र गहिरो शोकको व्यक्त गर्ने चिन्ह पनि थियो त्यो। पापको खातिर अति दु:खित वा क्रोधित बन्दा कहिलेकाही यसो गरिन्थ्यो। लुगा च्यात्दा प्रायः पूरै लुगा च्यातचुत पारिँदैनथ्यो केवल कपडाको तल्लो भाग च्यात्ने चलन थियो। कुनै अप्रिय घटना हुँदा के तपाईं यस्तै गर्नुहुन्छ र?

हेर्नुहोस् २ शमूएल १:११। राजा शाऊलको मृत्यु भएको थाह भएपछि दाऊदले के गरे त्यहाँ बताइएको छ। दाऊदले के गरे? _________________________________________। शाऊलको मृत्युमा के दाऊद खुशी थिए (स्मरण होस्, शाउलले दाऊदलाई मार्ने पटक पटक प्रयास गरेका थिए) कि उक्त घटनालाई उनले अप्रिय माने? _________________________।

आफूले युसुफलाई खाडलमा नभेट्टाउँदा रुबेनले के गरे (उत्पत्ति ३७:२९)? ____________ __________________। के तिनको लागि यो ज्यादै दुःखको कुरा थियो? _____________।

१ शमूएल ४:१०-१७ पढ्नुहोस्। यदि तपाईं बाइबलीय समयमा जिइरहनुभएको भए अनि यदि लुगा च्यातिएको एउटा मान्छेलाई तपाईंतर्फ दर्गुदै आउँदै गरेको देख्‍नुभएको भए तपाईंले के ठान्नुहुनेथ्यो — उसले राम्रो खबर ल्याएको छ भनेर कि नराम्रो?

प्रेरित १४:११-१४ मा लुस्त्राका मानिसहरूले पावल र बर्नाबासलाई देवता ठानेर उनीहरूलाई पूजा र बलिदान चढाउन लागेका थिए। के पावल र बर्नाबास यस कुरामा खुशी थिए (पद १४)? _____________। के उनीहरूले यसो भने, “यी मानिसहरूले हामीलाई यसरी उच्च आदर दिएकोमा हामीलाई निकै गर्व लागेको छ!”? अहँ, उनीहरूले त यस कुरालाई अति नराम्रो माने। आफूहरू केवल मानिस (सृष्टि) हरू हौं र सृष्टिलाई पुज्नु ठूलो पाप हो भनी उनीहरू जान्दथे।

एज्रा ९ अध्यायमा एज्राले, इस्राएलका सन्तानले परमेश्वरको विरुद्धमा अन्यजातिहरूसँग विवाह गरी पाप गरेको कुरा थाह पाए (पद १-२)। एज्राले उक्त महापापको बारेमा सुन्दा के उनी गम्भीर भए (एज्रा ९:३)? ____________। आफू कति शोकित छु भनी देखाउन उनले के गरे (एज्रा ९:३)? _________________________________।

आज हामी आफ्नो लुगा च्यात्ने त गर्दैनौं, तैपनि हामीले यसबाट पाठ सिक्नुपर्छ। हामी पापको बारेमा कत्तिको गम्भीर छौं? पाप कति घीनलाग्दो कुरा हो भनेर के हामी साँच्ची नै विश्वास गर्छौं?

मानिसले फोहर कुरा गर्नु, फोहर कथा सुनाउनु के घीनलाग्दो कुरा हो? मानिसले ईश्वरको नाम लिई कसम खानु, बेठीक प्रकारले प्रभुको नामलाई प्रयोग गर्नु के घीनलाग्दो कुरा हो? एउटा विद्यार्थीले जाँचमा चोरेर सही जवाफहरू दिनु के घीनलाग्दो कुरा हो? अर्काको कुनै पनि सर-सामान चोर्नु के घीनलाग्दो कुरा हो?

के म पापमा दुःखित बन्दछु? अर्काले गल्ती गरिरहेको देख्दा के मलाई दुःख लाग्छ? सबभन्दा त, आफैले पाप गरेको देख्दा के म दु:खित बन्दछु? आफ्नै जीवनमा पाप देख्दा, के त्यसमा मलाई गम्भीर बन्दछु र के म त्यसबारे साँच्ची नै दु:खित बन्दछु? अरुलाई हानी पुर्याउने र चोट पार्ने काम मबाट हुँदा के म दु:खित बन्दछु? परमेश्वरलाई चोट पार्ने र दु:खित पार्ने काम मबाट हुँदा के म दु:खित बन्दछु? विश्वासीले पाप गर्दा को शोकित बन्नुहुन्छ (एफिसी ४:३०)? ______________________।

हुन त हामीले बाइबलकालीन व्यक्तिहरूले जस्तै आफ्नो लुगा नच्यातौंला, तरैपनि च्यातिनुपर्ने एउटा कुरा त्यहाँ छ! योएल २:१३ मा हामी यसरी लेखिएको पाउँछौं: “आफ्नो ___________ होइन तर आफ्नो __________ फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क किनकि उहाँ अनुग्रही, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ र विपत्ति ल्याउनुहुँदा उहाँ दुःखित हुनुहुन्छ।” मेरो जीवनमा पाप हुँदा के त्यसको खातिर ममा एक चूर्ण हृदय हुन्छ?

कहिलेकाही हामी हाम्रा पाप र गल्तीमा जति गम्भीर हुनुपर्थ्यो त्यति हुदैनौं तर त्यहाँ एकजना हुनुहुन्छ जो पापको विषयमा ज्यादै गम्भीर हुनुहुन्छ। जिउँदो परमेश्वर पापको विषयमा ज्यादै गम्भीर हुनुहुन्छ तर यो हामी कसरी जान्दछौं? के परमेश्वरले कुनै काम गर्नुभएको छ जसले प्रमाणित गर्छ कि उहाँ पापको विषयमा ज्यादै गम्भीर हुनुहुन्छ र पापलाई घृणा गर्नुहुन्छ अनि पापदेखि मानिसलाई बचाउन चाहनुहुन्छ? उहाँले के गर्नुभयो (१ तिमाथी १:१५ र १ यूहन्ना ४:९-१०)? _______________ _____________________________________________।

ख्रीष्टलाई तीन पटक इन्कार गरेर पत्रुसले उहाँको विरुद्धमा पाप गरेपछि के उनमा एक चूर्ण हृदय थियो (लूका २२:६१-६२)? ______________________।

आफूले परमेश्वरको विरुद्धमा ठूलो पाप गरेपछि के दाऊदमा एक चूर्ण हृदय थियो (हेर्नुहोस् भजनसंग्रह ५१ जुन दाऊदले आफूले ठूलो पाप गरेपछि लेखे)? _______________।

आज संसारका अधिकांश मानिसहरूलाई पापको विषयमा त्यति मतलव छैन (किनकि यदि तिनीहरूलाई पापको विषयमा साँच्ची नै मतलव भएको भए तिनीहरूले त्यसको विषयमा केही न केही गर्नेथिए)। दिनदिनै तिनीहरू आफ्ना पापपूर्ण मार्गहरूमा अगाडि बढ्छन् अनि तिनीहरूलाई जीवन परिवर्तनको कुनै चाहाना नभएको देखिन्छ। तिनीहरू आफ्ना पापको लागि दु:खित छैनन् नता तिनीहरूले ख्रीष्ट तिनीहरूकै पापको लागि क्रूसमा जानुभयो भन्ने कुराको वास्ता गर्छन्। कहिलेकाहीँ तिनीहरू आफ्नो पापको घमण्ड समेत गरेर त्यसको खुल्लमखुल्ला प्रदर्शनी गर्छन् (हेर्नुहोस् यशैया ३:९) र आफ्ना पापलाई लुकाउँदैनन्!

हामी अर्कालाई उनको पापको विषयमा गम्भीर बनाउन सक्दैनौं। परमेश्वरले उनको हृदयमा काम गरिदिनुभएको होस् भनी हामी प्रार्थना चढाउन सक्छौं। तर हामी आफ्नै जीवनको पापको विषयमा गम्भीर हुन सक्छौं। “अरुहरू फोहरै बस्न चाहन्छन् भने त्यो तिनीहरूकै कुरा हो, तर म फोहरलाई घृणा गर्छु र आफूमा भएको फोहरको विषयमा म गम्भीर छु र म शुद्ध हुन चाहन्छु।”

मुक्ति नपाएको व्यक्तिको लागि शुद्ध हुने उपाय प्रेरित १०:४३ मा पाउँछौं भने मुक्ति पाएको व्यक्तिको लागि उपाय १ यूहन्ना १:९ मा पाउँछौं।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)