Entries by Pradesh Shrestha

ख्रीष्टको विरूद्धमा न्याय सभाहरू

ख्रीष्टको विरूद्धमा न्याय सभाहरू

 

उहाँको पक्राउपछि, परमेश्वरका निष्कलंक पुत्रलाई एक सामान्य अपराधीलाई झैं इन्साफ गर्न लगियो र मृत्युदण्ड दिइयो। रातीदेखि विहानसम्ममा, तीन पटक यहूदीहरूको र तीन पटक रोमीहरूको गरेर जम्मा छओटा न्याय सभा भए। इन्साफ गर्न बसेका यी सभाहरू अत्यन्तै अन्यायपूर्ण थिए किनभने येशूका शत्रूहरूले आफ्ना मनमा येशूलाई अगाडि नै दोषी ठहराइसकेका थिए र मृत्युदण्ड दिने निर्णय गरिसकेका थिए। दोषी बास्तवमाले थिए र निर्दोषले थिए भन्ने कुरा यी छओटा न्याय सभाहरूको अध्ययन गरेर प्रस्टै जान्न सकिन्छ।

१) पहिलो न्याय सभा — हन्नासको सामु येशू

येशूको गिरफ्तारीको लगत्तै पछि, उहाँलाई सर्वप्रथम ______________ कहाँ लगियो (यूहन्ना १८:१३। यहूदीहरू हन्नासलाई आदर गर्थे र आफ्नो अगुवाको रूपमा हेर्थे।

यस छोटो सभामा येशूले एउटा न्यायोचित माग राख्‍नुभयो। उहाँ र उहाँको शिक्षाको विषयमा जान्ने साँचा साक्षीहरू ल्याइयोस् भन्ने उहाँको माग थियो (यूहन्ना १८:२१)। यस न्यायोचित मागको लगत्तैपछि एक यहूदी अफसिरको तर्फबाट येशूमाथि ज्यादै अन्यायपूर्ण व्यवहार भयो जसले येशूलाई __________ लगायो (यूहन्ना १८:२२)।

यस अफसिरले आफ्नो हात उठाएर निष्कलंक मुक्तिदातालाई हिर्कायो। उसले हातलाई मुठ्ठी पारेर होइन तर खुल्ला पञ्जाले प्रभुलाई हिर्कायो, या त पञ्जाको तल्लो भागले यात पञ्जा र औंलाहरूले। येशू एक साधारण मानिस मात्र अथवा एक ठूलै अपराधी हुनुभएको भए पनि, उहाँमाथि यस्तो अन्यायपूर्ण व्यवहार गरिनु हुँदैन थियो। त्यसपछिका घडीहरूमा येशूले भोग्नुभएका धेरै पिटाइहरूमध्ये पहिलोचाहिँ यही थियो।

यस सभा र यसपछिका सभाहरू धेरै हिसाबले ज्यादै अन्यायपूर्ण थिए। यी मानिसहरूले प्रभु येशूलाई जुनसुकै उपायले भए पनि नष्ट गर्न खोजे। न्याय सभालाई उनीहरूले रातको समयमा राख्‍नुहुँदैन थियो। इमानदार साक्षीहरूको सुनाइ हुनुपर्थ्यो। येशूका निम्ति एक वकिलको प्रबन्ध गरिनुपर्थ्यो। त्यत्तिकै गालामा थप्पड लगाउनु हुँदैनथ्यो। उनीहरूले जे जति गरे गलत धारणाले गरे। फलस्वरुप उक्त सभा अन्यायपूर्ण थियो। केवल उनीहरू जीवनका प्रभु तथा प्रभुहरूका प्रभुलाई आफ्नो संसारबाट हटाउन चाहन्थे।

दोस्रो न्याय सभा — कायफाको सामु येशू

हन्नाससितको भेट पछि येशूलाई कहाँ लगियो (यूहन्ना १८:२४) _______________।   दुवै हन्नास र कायफा येशू मारियोस् भनी चाहन्थे। न्यायपूर्ण प्रक्रियाद्वारा फैसला होस् भन्ने कुनै चासो थिएन उनीहरूलाई। यस सभामा यहूदी शासकवर्ग समेत उपस्थित थिए जसलाई सनहेदरीन (“महासभा”, मर्कूस १४:५५) भनिन्थ्यो। येशूको विरूद्धमा बोल्न धेरै झूटा साक्षीहरू खडा गराइए जसले उहाँको विरुद्ध झूटा आरोपहरू लगाए तर एउटा व्यक्तिको साक्षी अर्को व्यक्तिको साक्षीसँग मेल खान सकेन (मर्कूस १४:५६)।

येशूले केही नबोल्नुभएको देखेरे कायफा छक्क परे (मर्कूस १४:६०)। यसबारे उहाँलाई प्रश्‍न गर्दा प्रभुले एउटै शब्द बोल्नुभएन (मर्कूस १४:६१)। साधारणतया मानिसहरू आफू दोषी छु भन्ने जानेर पनि आफ्नो पक्षमा बोल्ने गर्छन् भने निर्दोष भएको खण्डमा झन् बढ्ता गरी बोल्छन्। यहाँ त प्रभु येशू पूर्णतया निर्दोष हुनुहुन्थ्यो र उहाँको विरुद्धमा बोलिएका अन्यायपूर्ण कुराहरूको विरोधमा बोल्न उहाँको स्वतः अधिकार थियो तर उहाँ चूप बस्नुभयो। यशैया ५३ मा हाम्रो प्रभु आफ्ना शत्रुहरूको सामु मौन बस्नुहुनेछ भनीलेखिएको भविष्यवाणी भेट्टाउन सक्नुहुन्छ? पद _______। दाँज्नुहोस् १ पत्रुस २:२२-२३।

बोल्ने समय एउटा हुन्छ र मौन बस्ने समय अर्को। कस्तो बेलामा मुख खोलेर बोल्नु राम्रो हुन्छ? कस्तो बेला नबोल्नु नै राम्रो हुन्छ? प्रभु येशू जान्नुहुन्थ्यो, उहाँको विरुद्धमा बोलिएका हरेक गलत कुराहरूको ठीक इन्साफ स्वर्गमा बस्नुहुने उहाँको पिताले गर्नुहुन्छ।

आखिरमा महापुजाहारी (कायफा)ले भने, “के तँ परमेश्वरको पुत्र होस्?” (मर्कूस १४:६१ सित दाँज्नुहोस्) अनि यतिखेर येशू चूप बस्न सक्नुभएन। प्रभुले के जवाफ दिनुभयो (मर्कूस १४:६२)? “म ______!”

येशूले यति भन्नुभए पछि महापुजाहारीले आफ्नो फैसला सुनाइहाले (मत्ती २६:६५):

यो इ ____________को दोषी छ। (उनको तात्पर्य, केवल मानिस भएर येशूले आफू परमेश्वर हुँ भनी दावी गर्नु इश्वरनिन्दाको पाप हो)

त्यसपछि महासभाले दण्डको घोषणा गरे (मत्ती २६:६६):

यो ___________________को योग्य छ!

उहाँले त्यस्तो ठूलो अपराध के गर्नुभएको थियो? उहाँ किन मारिनुपर्थ्यो? कारण उहाँले म परमेश्वरको पुत्र हुँ भनी भन्नुभयो! अपराधीहरूलाई क्रूसमा टगाँइदा, शिरको मास्तिर उनीहरूको दोषपत्र टाँसिन्थ्यो। जस्तै, कसैले जानाजानी हत्या गरेको भए, उसको माथि यसरीलेखिनुपर्थ्यो, “यो हत्यारा हो!” येशूको शिरमाथि कुनचाहिँ अभियोगलेखियो (मत्ती २७:३७)? _____________________________________________। उहाँको अपराध यति नै थियो!

येशूलाई मृत्युदण्डको योग्य ठहराएपछि, यी यहूदीहरूले धार्मिकताको मुकुण्डो उतारेर उनीहरूको बास्तविक पशुसमान व्यवहार देखाउन थाले। पहिले त उनीहरूले उहाँको अनुहारमा ________________ (मत्ती २६:६७ )। उनीहरूले उहाँलाई ______________ लगाए (मत्ती २६:६७ ) जसको अर्थ हो, मुठ्ठी कसेर प्रभुलाई हिर्काए। अरुदृअरुले उहाँलाई ________________ लगाए (मत्ती २६:६७ )। अनि उहाँलाई मुक्का र थप्पडले शासना दिने क्रममा, उनीहरूले उहाँलाई गिल्ला गरे र उहाँसित खेल खेल्न थाले।

उहाँलाई तिनीहरूले अनुहारमा _________ (लूका २२:६४) र उहाँलाई आँखामा पट्टी बाँधेर एक निर्दयी खेल खेले। “तँ परमेश्वरको पुत्र होस् भनी दावी गर्छस् भने, मेरो नाम के हो, भन्!” भन्दै पालैसित उहाँलाई थप्पड दिए र मुक्का हाने (मर्कूस १४:६५)। ख्रीष्टले सजिलैसित उनीहरूको नाम बताइदिन सक्नुहुन्थ्यो (उनीहरूलाई ताजुब पार्नेगरी), तर उहाँ चूपै बस्नुभयो।

यी सबै कुरा उहाँलाई आइपर्नेछन् भनी के प्रभुले अघिबाट नै जान्नुहुन्थ्यो (मर्कूस १०:३४; लूका १८:३२)? _____________________।

तेस्रो न्याय सभा — कायफा र सनहेदरीनको सामु येशू

(बिहानीपखको औपचारिक न्याय सभा)

यहूदी अगुवाहरूको महासभा (सनहेदरीन)ले बैठक एक पटक फेरी बस्यो। उक्त बैठक कतिखेर बसेको थियो (मत्ती २७:१)? ________________________________________। स्मरण होस्, येशू रातभर जागा हुनुहुन्थ्यो र निद्राबिना धेरै समय गुजारिसक्नुभएको थियो। कहिलेकाहीँ जब हामी पनि सुत्‍न पाउँदैनौं र थकित हुन्छौं, त्यसबेला याद गरौं, शरीरमा थकित हुनु भनेको कस्तो हुन्छ सो हाम्रो मुक्तिदाताले जान्नुहुन्छ।

यहूदी अगुवाहरू जान्दथे, उनीहरूको रातको न्याय सभा अन्यायपूर्ण र गलत थियो भनेर, यसकारण बिहान हुनासाथ उनीहरूले ख्रीष्टलाई दोषी ठहराए र उहाँलाई ____________ मतो गरे (मत्ती २७:१)। तर प्रभुका शत्रुहरूको एउटा समस्या थियो। येशूलाई उनीहरूले मार्न चाहे तापनि, उनीहरू सो गर्न सक्दैनथे। सो गर्नु गैरकानूनी कार्य हुन्थ्यो (यूहन्ना १८:३१)। मृत्युदण्ड दिने काम रोमीहरूले मात्र गर्न सक्थे। यहूदीहरू आफैले मृत्युदण्ड दिनसक्ने भएको भए उनीहरूले ख्रीष्टलाई सम्भवत: ढुङ्गा हानेर मार्ने थिए (यूहन्ना १०:३१ हेर्नुहोस्), तर रोमीहरूले भने अपराधीहरूलाई काठको क्रूसमा झुण्डयाएर मार्ने गर्थे।

चौथो न्याय सभा — पिलातसका सामु येशू प्रथम पटक

यहूदीहरूले येशूलाई बाँधेर रोमी रा _____________ पिलातसकहाँ लगे (मत्ती २७:२)। उनीहरू उहाँलाई एक अपराधीको रूपमा मृत्युदण्ड दिलाउन पिलातसको अनुमति चाहन्थे।

पिलातसको विचारमा येशू दोषी हुनुहुन्थ्यो कि निर्दोष हुनुहुन्थ्यो (लूका २३:४)? _______________। पिलातस येशूलाई छोडिदिन चाहन्थे तर यहूदी अगुवाहरू भने येशू नमारिएसम्म चूप बस्नेवाला थिएनन्।

अन्तमा पिलातसले येशूलाई अर्कै शासककहाँ पठाए जो त्यसबखत संजोगवश यरूशलेम शहरमै थिए जसको नाम ______________ थियो (लूका २३:७)। बप्‍तिस्मा दिने यूहन्नाको हत्या गर्ने हेरोद यिनी नै थिए (मर्कूस ६:१६,२७)।

पाँचौं न्याय सभा — हेरोदका सामु येशू

हेरोद येशूलाई देखेर एकदमै खुशी भए कारण उनले येशूको विषयमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा गरिएका केही __________ हेर्न चाहे (लूका २३:८)। के येशूले हेरोदका निम्ति नानाथरीका चिन्हहरू गरेर देखाउनुभयो (लूका २३:९-११)? _____________। के येशूले हेरोदसित कुनै बातचीत गर्नुभयो (लूका २३:९)? ________________।

हेरोदको विषयमा बोल्नुहुँदा एक पटक येशूले उनलाई “त्यस ________” भन्नुभएको थियो (लूका १३:३२)। लूका २३:११ अनुसार हेरोदले आफ्ना सिपाहीहरूसँगै मिलेर येशूलाई अपमान गरे, खिसी गरे र एउटा भड्किलो वस्त्र पहिराइदिएर उहाँलाई पिलातसकहाँ फर्काइदिए। आखिरमा तिनीहरूले उहाँलाई फेरि ________________ कहाँ फर्काइदिए (लूका २३:११)?

छैंटौं न्याय सभा — दोस्रो पटक पिलातसका सामु येशू

येशूलाई भेट्न हेरोद त खुशी थिए (लूका २३:८ ) तर पिलातस भने खुशी थिएनन्! सही न्याय गर्न उनी चाहन्थे तर उनी यहूदीहरूलाई रिस उठाउन पनि चाहँदैनथे।

पिलातसले येशूलाई दोषी भेट्टाए कि निर्दोष (लूका २३:१३-१४)? ____________। के पिलातसले येशूलाई मृत्युदण्डको योग्य भेट्टाए (लूका २३:१५)? ____________। पिलातस उहाँलाई क्रूसमा टाँग्न चाहन्थे कि छोडिदिन चाहन्थे (लूका २३:१६)? ______________। यहूदीहरू भने पिलातसले के गरोस् भन्ने चाहन्थे (लूका २३:२१)? ___________________ ________________________।

त्यसपछि पिलातसले येशूलाई कोर्रा लगाउने योजना गरे। यसो गर्नाले यहूदीहरूको मनमा येशूप्रति सायद दया पलाउला कि अनि “उसलाई दण्ड पर्याप्‍त भो! होस् जान दिनुहोस्!” भनी उनीहरूले भन्लान् कि भन्ने पिलातसको आशा थियो। अनि पछि येशूलाई छाडिदिऊँला भन्ने उनको विचार थियो। त्यसैले पिलातसले येशूलाई लगे र _________ लगाए (यूहन्ना १९:१)।

रोमीहरूको कोर्रा जस्तै क्रूर चीज अरू पाइन्नथ्यो। अपराधीहरूलाई यातना दिन प्रयोग गरिने त्यो कोर्रा एउटा अति निर्दयी साधन थियो। त्यो काठको छोटो बीटले बनेको हुन्थ्यो जसमा केही डोरीहरू बाँधिएका हुन्थे अनि डोरीहरूका टुप्पाहरूमा तीखा-तीखा धातु वा हड्डीका टुक्राहरू हुन्थे। कोर्राले व्यक्तिको नाङ्गो ढाडलाई हिर्काउँदा त्यसलाई छिया-छिया पार्दै उसलाई असह्य पीडा हुन्थ्यो। त्यसको पिटाइले कतिपय मानिसहरू बेहोश हुन्थे भनेकोही त मर्थै नै। उनीहरूले यही कोर्रा प्रयोग गरे प्रभु येशूमाथि–धर्मी, पवित्र र निर्दोष ख्रीष्टमाथि! हामी (दोषीहरू)लाई बचाउन र परमेश्वरकहाँ ल्याउन येशू दुःख सहन, रगताम्य हुन र मर्न तयार हुनुभयो (१ पत्रुस ३:१८)!

ती रोमी सिपाहीहरूलाई भने येशूलाई कोर्रा लगाएर पुगेन। हेरोदजस्तै उनीहरू पनि येशूसित खेल खेल्न चाहेः

  1. उनीहरूले उहाँलाई एक लाल-बैजनी पोशाक पहिर्‍याइदिए (मर्कूस १५:१७; मत्ती २७:२८)। कोर्रा खाएपछि पोशाक आलो घाउमा रगडिँदा येशूलाई कति दुःख्यो होला!
  2. उनीहरूले उहाँलाई _______को मुकुट गाँथेर लगाइदिए (मर्कूस १५:१७) र उहाँको शिरमा थिचिदिए।
  3. तिनीहरूले उहाँको हातमा राजदण्ड राखिदिए। उनीहरूले उहाँलाई जबरजस्ती बस्न लगाएपछि उहाँको दाहिने हातमा एउटा ____________ राखिदिए (मत्ती २७:२८ )। राजाले समाउने राजदण्ड उनको अख्तियार र शक्तिको चिन्ह हो भने उनीहरूले येशूलाई खिसी गर्दै यसो गरेका थिए।
  4. उनीहरूले खिसी गर्दै उहाँलाई दण्डवत् गरे। पालैपालो सिपाहीहरू घुँडा टेक्दै “स __________, य _____________का ________!” भन्न थाले (मत्ती २७:२९)।
  5. उनीहरूले उहाँलाई थुके। उनीहरू झन् झन् खराब व्यवहार गर्दै पशु जस्तै भए (मत्ती २७:३०)। प्रत्येक सिपाही आफ्नो पालो आउँदा घुँडाबाट उठेपछि उसले परमेश्वरको एकमात्र पुत्रको अनुहारमा थुक्थे।
  6. उनीहरूले उहाँलाई खुल्ला हातले बेस्सरी थप्पड लगाए (यूहन्ना १९:३), त्यही अनुहारमा जहाँ अलिक अघि यहूदीहरूले पटक-पटक थप्पड लगाएका र मुड्कीले हिर्काएका थिए। के अब हामी यशैया ५२:१४ र ५३:२लाई अलिक बुझ्न सक्छौं?
  7. उनीहरूले उहाँलाई हिर्काए। पालैपालो, सिपाहीहरू येशूको सामु आउँदा, उनीहरूले येशूको हातबाट निगालो लिएर उहाँको शिरमाथि हिर्काए (मत्ती २७:३०)।

तर, पर्खनुहोस्, येशूका लागि “बिचरा” भन्न थाल्नु अगाडि, हामीले एउटा कुरा याद गरौं कि वास्तवमा “बिचरा” भन्नु पर्ने त यी सिपाहीहरूका लागि हो। एउटा अर्को दिन आउँदै छ जब यिनै मानिसहरूले राजा ख्रीष्टको सामु दण्डवत् गर्नुपर्नेछ जसलाई उनीहरूले खिसी गरे र दुर्व्यवहार गरे (फिलिप्पी २:९-११ हेर्नुहोस्)। के त्यस दिन तपाईंले पनि राजा येशूको सामु आफ्नो घुँडा टेक्नुहुनेछ? ______________।

अन्तमा, यी सब भइसकेपछि, पिलातसले येशूलाई सबैले देखून् भनी मानिसहरूको सामु ल्याए (यूहन्ना १९:५)। तब यहूदीहरूले के भने? (ठीक जवाफमा चिन्ह लगाउनुहोस्):

  1. “येशूलाई दण्ड दिन पुग्यो अब! भो, कृपया उहाँलाई अब अरु दण्ड नदिनुहोस्।”
  2. “येशू निर्दोष व्यक्ति हुनुहुन्छ भनेर हामीले महसुस गर्‍यौं! उहाँ मृत्युदण्डको योग्य हुनुहुन्न! हाम्रो भूल भएछ!”
  3. “उसलाई क्रूसमा टाँगिदिनुहोस्!”
  4. “हामीले परमेश्वर र उहाँको पुत्रको विरूद्धमा पाप गरेका छौं! हे परमेश्वर, यो ठूलो पापको लागि हामीलाई क्षमा गर्नुहोस्!”

पिलातसका सबै प्रयास बिफल भए र अन्तमा भीडको जे इच्छा थियो उसले त्यही नै गरे। येशूलाई क्रूसमा टाँग्न पठाइयो।

* * * * *

के तपाईंले पनि कहिलेकाहीँ अर्काको दुर्व्यवहार भोग्नु परेको छ? सायद, स्कूलमा वा छरछिमेकमा? के अरुले तपाईंको खिसी वा ठट्टा गर्छन्? मैले असल नै गरेको छु भनी आफ्नो हृदयमा थाह हुँदा पनि अरुले तपाईंलाई गल्ती गरेको दोष लगाउँछन्? मित्र वा शत्रुले तपाईंलाई शरीरमा कहिल्यै चोट पुर्‍याएका छन् (हातले वा कुनै कुराले हिर्काएर)?

त्यस प्रकारको व्यवहार भोग्नु कस्तो हुन्छ भनी के प्रभु येशू राम्ररी जान्नुहुन्छ? खिसी गरिनु, चोट पाउनु, झूटा आरोप लगाइनु कस्तो हुन्छ के उहाँ जान्नुहुन्छ? त्यस्तो समयमा के उहाँ हामीलाई बुझिदिने हाम्रो साथी बन्न सक्नुहुन्छ (हिब्रू ४:१५; २:१७-१८)। त्यस्तो समयमा हामीले कसरी व्यवहार गर्नुपर्छ भनी येशूले हामीलाई नमूना छाड्नुभएको छ (१ पत्रुस २:२०-२३) र त्यति मात्र होइन, त्यस्ता समयहरूमा उहाँले हामीलाई मदत पनि गर्न सक्नुहुन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

गेत्समनी

गेत्समनी

 

कष्टप्रद कचौरा

क्रूसको मृत्यु अगाडिको साँझमा, येशूले आफ्ना चेलाहरूसँग खाना खानुभयो। खाना खाइसकेपछि येशूले रोटी लिनुभयो अनि कचौरा लिनुभयो अनि चेलाहरूलाई आफ्नो मृत्युबारे बताउनुभयो (मर्कूस १४:२२-२४) र आफ्नो पुनरूत्थानबारे बताउनुभयो (मर्कूस १४:२५)। अनि एउटा __________ गाएपछि (मर्कूस १४:२६) उहाँहरू जैतुन डाँडामा गेत्समनी भनिने ठाउँमा जानुभयो। त्यहाँ प्रभु पटक पटक प्रार्थना गर्न जानुभएको थियो (लूका २२:३९)। जैतुन डाँडा यरुशलेम शहरकै सम्मुखमा पूर्वतिर पर्दछ।

आफ्नो मृत्युको समय अब आइपुगेको छ भनी प्रभु जान्नुहुन्थ्यो। उहाँ दुःखित हुनुभयो र मनमा ज्यादै पिडित हुनुभयो। संकष्टको घडीमा के गर्नुपर्छ भनी येशूले हामीलाई नमूना छाड्नुभयो (भजन संग्रह ६२:८ हेर्नुहोस्)। उहाँ भुइँमा घोप्टो पर्नुभयो (मर्कूस १४:३५) र स्वर्गमा हुनुहुने आफ्नो पितामा आफ्नो हृदय पोख्याउनुभयो। प्रार्थना गर्दा उहाँले भन्नुभयो, “हे अब्बा, हे पिता, तपाईंका निम्ति सबै कुराहरू सम्भव छन्; यो __________ मबाट टलेर जाओस्” (मर्कूस १४:३६; मत्ती २६:३९ दाँज्नुहोस्)।

यो कचौरा के थियो अनि यो केले भरिएको थियो? यो कचौराबाट पिउन पर्छ भनेर येशू किन साह्रै दुःखित र पिडित हुनुभयो? सिद्ध मानिसको हैसियतले, यो कहालीलाग्दो कचौराबाट पिउने सोचाइमा पर्दा, येशू त्रसित हुनुभयो। यो कचौरामा के थियो त?

कचौरामा कि असल थोक हुन सक्छ कि खराब। कचौरामा दूध वा फलफूलको रस हुनसक्छ कि त्यसमा हानिकारक तेजाव वा बिष हुनसक्छ। येशूले यो कचौराबाट पिउन नचाहनुभएको हुनाले हामीलाई थाह हुन्छ, यसमा कुनै न कुनै ज्यादै अप्रिय कुरा थियो।

भजनसंगरह ११:६ मा एउटा डरलाग्दो कचौराको कुरा छ। उक्त कचौरा धर्मीको निम्ति हो कि दुष्टको निम्ति? ________। भजनसंगरह ७५:८ मा अर्को अप्रिय कचौराको उल्लेख छ। त्यो कचौराबाट कसले पिउनेछ? ______________________। यो कचौरा कसको हातमा छ (भजनसंग्रह ७५:८)? ___________। यशैया ५१:१७,२२; प्रकाश १४:१०; १६:१९ पनि हेर्नुहोस्।

यूहन्ना १८:११ अनुसार येशूलाई पिउन दिइएको त्यो कचौरा कसबाट आएको थियो? (ठीक उत्तरमा गोलाकार चिन्ह लगाउनुहोस्):

  1. शैतान
  2. पिता
  3. दुष्ट मानिसहर
  4. यहूदी शासकहर
  5. यहूदा

परमेश्वर पिताले आफ्नै प्रिय पुत्रलाई अप्रिय कुरा किन पिउन दिनुभयो? पिताले किन येशूलाई दुष्टले पिउनु पर्ने कचौराबाट पिउन दिनुभयो? यसको जवाफ २कोरिन्थी ५:२१ मा पाउँदछौं। जब ख्रीष्ट क्रूसमा मर्नुभयो, उहाँ हाम्रो निम्ति ____________ तुल्याइनुभयो। परमेश्वरले ख्रीष्टलाई पापलाई झैं व्यवहार गर्नुभयो। परमेश्वरले पापसित कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्वरले त पापलाई घृणा गर्नुहुन्छ! परमेश्वरले पापलाई दण्ड दिनैपर्छ! ख्रीष्ट हाम्रो निम्ति पाप तुल्याइनुभयो!

 

 

 

येशू दोषी हुनुहुन्थ्यो कि निर्दोष? ________। उहाँ पापी हुनुहुन्थ्यो कि पापरहति? _________। उहाँ धर्मी हुनुहुन्थ्यो कि अधर्मी? ___________। परमेश्वरबाट दण्ड र इन्साफ कसले पाउनुपर्ने थियो? परमेश्वरको रिस र क्रोध कसले पाउनु पर्ने थियो? दोषी बास्तवमा ले हुन् (रोमी ३:१९,२३)? __________________। परमेश्वरले आफ्नो कचौरा तपाईंलाई दिन र त्यसबाट तपाईंलाई पिउन लगाउन नहुने कुनै कारण छ र? म नाश नहुन र इन्साफमा नपर्न अर्थात् म दोषी नठहरिन र परमेश्वरको क्रोध ममाथि नआइपर्नको निम्ति मैले के गर्नैपर्छ (यहून्ना ३:१६,१८,३६)? __________________________________________________। ख्रीष्ट मेरो स्थानमा मेरै सट्टामा मर्नुभयो! मेरा सबै पापहरूको दण्ड उहाँले भोग्नुभयो। परमेश्वरले उहाँको पुत्रमा विश्वास राख्‍ने व्यक्तिलाई कस्तो व्यवहार गर्नुहुन्छ (एफिसी २:४-७; तीतस ३:४-५)?

 

 

 

परमेश्वरले त्यो व्यक्तिसँग कस्तो व्यवहार गर्नुहुन्छ जसले मुक्तिको निम्ति ख्रीष्टकहाँ आउन अस्वीकार गर्छ (एफिसी ५:५-६; कलस्सी ३:५-६; यूहन्ना ८:२४)? ______________ __________________________________________________________________।

पापीहरूको विरूद्धमा साँचिएको परमेश्वरको क्रोध र इन्साफले भरिएको यो डरलाग्दो कचौराबाट प्रभु येशूले पिउन चाहनुभएन। तर येशू जान्नुहुन्थ्यो कि क्रूसमा मर्नु नै पिताको इच्छा हो भनेर। येशू, अरु सबैथोक भन्दा, पिताको इच्छा पूरा गर्न चाहनुहुन्थ्यो (यूहन्ना ४:३४)। साथै, क्रूसमा गएर मात्रै पापीहरूको उद्धार हुन सम्भव छ भनेर येशू जान्नुहुन्थ्यो। ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति क्रूसमा आफैलाई अर्पण गर्नुभयो!

घृणाको हृदयबाट प्रेमको चुम्बन

येशू गेत्समनीमा हुनुहुँदा नै, उहाँलाई धोका दिन र उहाँलाई यहूदी शासकहरूको हातमा सुम्पिदिनका लागि यहूदा आइपुग्यो। यो सब हुनेछ भनेर प्रभुलाई के अघिबाटै थाह थियो? कि यहूदाले प्रभुलाई छलेर अचानक पक्रेको हो (मत्ती २६:२१-२५; २६:४६; यूहन्ना १८:४)? __________________________________________।

यहूदा एक्लै आएन। मत्तीले बताउँछन् कि उसको साथमा एउटा ठू ____ भी ____ (मत्ती २६:४७) थियो। यहूदीहरूका शासकहरू त्यहाँ थिए र साथै रोमी सिपाहीहरूको ठूलो समूह पनि थियो (शायद १०० भन्दा बढी नै) जसलाई यहूदीहरूले सहायताका लागि साथमा ल्याएका थिए (यूहन्ना १८:३ ग्रीकमा “टोली” भन्ने शब्दले रोमी सिपाहीहरूको एक समूह जनाउँछ जसमा ६०० सम्म सिपाहीहरू हुन सक्थ्यो)।

कल्पना गर्नुहोस्। रातको अन्धकार थियो अनि ती सबै मानिसहरू आफ्ना राँकाहरू लिएर आएका छन् (यूहन्ना १८:३)। यहूदाले उनीहरूलाई डोर्‍याउँदै ल्याउँछ। यिनै थिए ती यहूदी शासकहरू जसले ख्रीष्टलाई घृणा गर्थे र जसको साथमा यहूदी सिपाहीहरू थिए (मन्दिरका अफसिरहरू, यूहन्ना १८:३) अनि रोमी सिपाहीहरू पनि। अनि उनीहरूका हातहरूमा चाहिँ के थियो (यूहन्ना १८:३ले अखिरमा केलेखिएको छ)? तिनीहरू तरवारहरू र लाठाहरू र हतियारहरूले सुसज्जित छन् (मर्कूस १४:४३ सँग दाँज्नुहोस्)। किन? एउटा हतियारबिहीन व्यक्तिलाई पक्रन!

अगाडिबाट नै यहूदाले येशूका शत्रुहरूसँग कुरा मिलाइसकेको थियो कस्तो इशाराले पक्राइनुपर्ने व्यक्तिलाई उनीहरूले सजिलैसँग चिन्न सक्नेछन् भनेर। यो इशारा के थियो (मर्कूस १४:४४-४५)? ______________________________________________।

उसबेला चुम्बन मित्रहरूको बीच गरिन्थ्यो। पुरूषले पुरूषलाई वा स्त्रीले स्त्रीलाई अभिवादन वा मित्रभावको चिन्हस्वरुप चुम्बन गर्थे (रोमी १६:१६ दाँज्नुहोस्)। यहूदा मित्र थिए कि शत्रु? __________। के दाऊदले गोलियाथलाई पहिले चुम्बन गरेपछि मात्र ढुङ्गा हिर्काएका हुन्? कि ऊसँग हात मिलाएर? यदि यहूदाले येशूकहाँ गएर उहाँलाई थुकेका भए त्यो बरु उसको लागि कपटहीन कार्य ठहरिने थियो!

यहूदाको बढी कुरा गर्नु अगाडि, हामी आफ्नै हृदयहरू जाँचौं। के म साँच्चै प्रभु येशूलाई प्रेम गर्छु कि म देखावटी कपटी मात्र हुँ? के म हप्ताको एक दिन मण्डली सभामा प्रभुलाई “चुम्बन” गरेर बाँकी हप्ताभरि आफ्नो जीवनशैली, काम, बोलीले उहाँलाई “धोका” दिने गर्छु?

कैद गर्नेहरू कैदीको नियन्त्रणमा

ध्यान दिएर यूह्न्ना १८:४-६ पढ्नुहोस्। जब प्रभुले आफूलाई चिनाउँदै “म उही हुँ!” भन्नुभयो, तब यहूदीहरू र सिपाहीहरूको त्यो ठूलो भीडलाई के भयो? _________________ ____________________________________________। के यहुदा पनि पछारिए (यहून्ना १८:५दृ६)? ____________। निश्चय नै त्यो एक ताजुबको दश्य थियो जब सैयौं तालिमप्राप्‍त सिपाहीहरू र यहूदीहरूका भीड भुईंमा पछारिए र केवल एघार चेलाहरू र एक हतियारबिहीन येशू मात्रै खुट्टामा उभिइरहे! यो कसरी भयो? केवल “म उही हुँ” भन्ने वचन येशूले बोल्नुहुनासाथ! ती मानिसहरू भुईंबाट उठ्दै गर्दा, येशूले मानौं यसो भन्नुहुँदैथ्यो, “ठीक छ, तिमीहरू मलाई पक्रन सक्छौ, तर पहिला यो जान कि सब कुरा मेरै नियन्त्रणमा छ।”

परिस्थितिको सम्पूर्ण नियन्त्रण येशूकै हातमा थियो। पहिले नै यूहन्ना १०:११,१७,१८ मा उहाँले भनिसक्नु भएको कुरालाई फेरि यी मानिसहरूलाई याद गराउँदै हुनुहुन्थ्यो। येशूले इच्छापूर्वक, स्वेच्छापूर्वक आफ्नो प्राण दिन लाग्दै हुनुहुन्थ्यो अनि यही कारणले मात्र ती मानिसहरूले उहाँलाई पक्रेर लैजान सके। अरु समयमा पनि मानिसहरूले येशूलाई पक्रन र मार्न चाहेका थिए। तर त्यसबेला के उनीहरूले सो गर्न सके (हेर्नुहोस् यूहन्ना ७:३०; ८:२०; लूका ४:२८-३० इत्यादि? __________।

जुन प्रार्थना येशूले गर्नुभएन

त्यस साँझ अरु के भयो हामी यूहन्ना १८:१०-११ बाट जान्दछौं। पत्रुस प्रभुलाई गुहार गर्न हतारिएर अघि बढे अनि मुढे बलको जोशमा मानौं आँखा चिम्लेर मालकस नाम गरेको मानिसको दाहिने कान च्वाट्टै पारिदिए! डाक्टर लूकाको अनुसार, यसबारे येशूले के गर्नुभयो (लूका २२:५१)? ____________________________________________।

येशूलाई पक्राउ गर्ने मानिसहरूले दुइओटा आश्चर्यकर्म देखेः १) उनीहरूले यो देखे कि येशूले केवल “म हुँ” भन्नु पर्थ्यो र सबैजना पछारिन्थे; २) उनीहरूले काट्टिएको कान निको पारिएको आश्चर्यकर्म देखे। “उहाँ परमेश्वरको पुत्र हुनुहुन्नथ्यो” भनेर बाहाना गर्ने ठाउँ ती मानिसहरूलाई छ त? ______________।

के येशूलाई पत्रुसको सहायताको खाँचो थियो? __________। वास्तवमा, येशूले पत्रुसलाई यो भन्नुभयो, उहाँले प्रार्थना गर्नुभएको भए पिताले उहाँलाई एक सेकेण्ड पनि ढिलाइ नगरी बाह्र पल्टन भन्दा बढी ________________ जुटाउनुहुनेथ्यो (मत्ती २६:५३)। एक पल्टनमा ६,००० सिपाहीहरू हुन्थे। यसर्थ, १२ पल्टनमा (६,००० गुणा १२) __________________________ सिपाहीहरू हुन्थे। पिताले त १२ पल्टन स्वर्गदूत भन्दा बढी पठाउनेहुनेथ्यो! त्यो त थुप्रै स्वर्गदूतहरू हो! अनि यो त १२० टोली भन्दा बढी स्वर्गदूतहरू हुनेथ्यो (१ पल्टनमा १० टोली हुन्थे ), जब कि येशूलाई पक्रन यहूदीहरूको त केवल १ टोली रोमी सिपाहीहरू मात्र थिए (यूहन्ना १८:३ )। त्यति मात्र नभएर, स्वर्गदूतहरू त सामर्थवान् प्राणीहरू हुन्। के एउटै स्वर्गदूतले एक पूरै रोमी टोली वा पूरै रोमी फौजलाई सखाप पार्न सक्छ? यदि ख्रीष्टले यो प्रार्थना गर्नुभएको भए, त्यहाँ प्रभुलाई रक्षा गर्न र प्रत्येक एघार चेलाहरूलाई कम्तीमा एक-एक पूरै पल्टन स्वर्गदूत प्रबन्ध गरिनेथ्यो!

के येशूले यो प्रार्थना गर्नुभयो? ______________। किन गर्नुभएन (यूहन्ना १८:११)? ____________________________________________________________________। यदि ख्रीष्टले आफूलाई बचाउनुभएको भए, हामी कसरी बचाइन सकिन्थ्यौं? यदि ख्रीष्ट क्रूसमा नजानुभएको भए, पापी पुरूष, स्त्री र बालबालिकाहरूको निम्ति के आशा रहन्थ्यो?

वास्तवमा, के प्रभुलाई आफ्नो रक्षाको लागि पत्रुसको वा हजारौं स्वर्गदूतको सहायताको आवश्यकता थियो? ____________। यदि उहाँले केवल बोल्नासाथ उहाँका सबै शत्रुहरू भुइँमा पछारिन्थे भने, के उहाँले त्यसरी नै बोलेर मात्र उनीहरू भुइँमा पछारिएर मरेको मरै पार्न सक्नुहुन्नथ्यो? ______________। येशूले आफ्ना शत्रुहरूलाई मार्न चाहनुहुन्न थियो, उहाँ आफ्ना शत्रुहरूका लागि मर्न चाहनुहुन्थ्यो (रोमी ५:६,८,१०; यूहन्ना ३:१७; १२:४७)!! उदेकको प्रेम!

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

जयजयकार किन?

जयजयकार किन?

(यरूशलेमभित्र प्रभु येशूको विजयीपूर्ण प्रवेश)

कस्तो मुक्तिदाता चाहन्छौं हामी?

क्रूसमा उहाँको मृत्यु हुन एक हप्ता पनि बाँकी नहुँदा, जब प्रभु येशू यरूशलेम शहरभित्र प्रवेश गर्नुभयो,के मानिसहरू खुशीले गद्‍गद् भए (मत्ती २१:९)? ______________। उनीहरू “होसन्ना” भन्दै कराए जसको अर्थ हो, “हामीलाई बचाउनुहोस् आज!” उनीहरू केबाट बचाइन चाहन्थे? के उनीहरू आफ्ना पापबाट बचाइन चाहन्थे (येशू आउनुको कारण नै यही थियो — मत्ती १:२१ मा पढ्नुहोस्)? के उनीहरू आफ्ना गलत जीवन शैलीबाट, गलत सोचाइबाट र गलत व्यवहारबाट बचाइन चाहन्थे? के उनीहरू पापलाई घृणा गर्नुहुने धर्मी परमेश्वरको भयानक दण्डबाट बचाइन चाहन्थे?

  • यहूदीहरू एउटा राजमुकुट (CROWN) को प्रतिक्षामा थिए
  • उनीहरू यस्तो राजा चाहन्थे जसले उनीहरूलाई रोमीहरूबाट बचाइदेओस् र जीवनका दुःख-कष्टलाई हटाइदेओस्।
  • तर उनीहरूले क्रूस (CROSS) को कुनै आवश्यकता देखेनन्
  • उनीहरू त्यस्तो मुक्तिदाता चाहँदैनथे जसले उनीहरूलाई उनीहरूका पापहरूबाट बचाइदेओस् र उनीहरूलाई नयाँ जीवन दिन देओस्।
  • ख्रीष्ट संसारको राजा बनोस् भनी उनीहरू चाहन्थे तर उहाँलाई आफ्नो जीवनको राजा भने बनाउन चाहँदैनथे (पाठ ७ भाग १ पृष्ठ ३ हेर्नुहोस्)।

त्यसबेलाको संसार रोमीहरूको हातमा थियो। यहूदीहरू रोमी शासनबाट मुक्त हुन चाहन्थे। येशूले त्यस्तो “मुक्ति”दिलाइदेओस् भनी उनीहरू चाहन्थे। रोमको दासत्वभन्दा पापको दासत्व बढी डरलाग्दो हुन्छ (यूहन्ना ८:३२-३६)तर उनीहरू पापबाट बचाइन येशूलाई हेरिरहेका थिएनन्।

युद्धभूभिको सिपाहीलाई विचार गरौं। ऊ लुकेर बसेको बंकरको माथिबाट बम्बहरू, गोलीहरू र हाते ग्रिनेडहरू वर्षिँदै छन्। आत्तिएर ऊ कराउँछ, “प्रभु, मलाई बचाउनुहोस् आज!”ऊ केबाट बचाइन चाहन्छ?मुटुको ठूलो अपरेशनमा जान लागेको बिरामीलाई विचार गरौं। उसलाई लठयाउन अघि ऊ कराउँछ, “प्रभु, मलाई बचाउनुहोस्!”उसले आफ्नो प्राण बचाइन पुकारा गरेका हुन् कि डाक्टरको भूलबाट उसको मृत्यु हुनबाट बचाइन पुकारा गरेका हुन्? मत्ती १०:२८ अनुसार, हामी कुन कुराको बढी डर मान्नुपर्छ, शरीरलाई हानी गर्न सक्ने डाक्टरको कि मानिसलाई आगोको कुण्डमा फ्याँक्न सक्ने परमेश्वरको?____________________________। (परमेश्वरको डर मान्नु भनेको उहाँलाई यति धेरै आदर गर्नु हो कि उहाँको आज्ञा उल्लङ्घन गरेर उहाँलाई बेखुशी तल्याउन डराउनु हो)।

नारा तरून्तै बदलिन्छ

जब येशू शहरभित्र प्रवेश गर्नुभयो मानिसहरू यसो भन्दै कराए, “ख्रीष्ट धन्यका हुन्!”तर एक हप्ता नपुग्दै, उनीहरू के भन्दै कराए (मत्ती २७:२३)? ______________________ ________________________। पहिलेचाहिँ उनीहरू उहाँलाई राजा बनाउन चाहन्थे।अनि

केही दिनपछि उनीहरू उहाँलाई फाँसी दिन चाहन्थे! मानौं, तपाईंका मित्रहरूले कुनै पूर्वसूचना बिना तपाईंको जन्मदिनमा तपाईंका लागि भोज गराए अनि तपाईंलाई उपहारहरू दिए। तर केही दिनपछि तिनीहरू तपाईंका घरमा आएर तपाईंलाई  मुखैमा थुकेर अपमानजनक व्यवहार गरे। तपाईंलाई कस्तो लाग्छ होला? निश्चय त्यस्तो व्यवहार अनौठो हुनेथ्यो! मानौं युद्धबाट स्वदेश फर्केका सिपाहींलाई भव्य स्वागत गरियो। तर एक हप्ता नबित्दै बिनाकारण उसलाई झ्यालखानामा जाकियो। के त्यसो गर्नु ठीक हुन्थ्यो र?

यहूदीहरू येशूबाट के चाहन्थे? येशूले उनीहरूको संसारलाई परिवर्तन गरिदिनुभएको (बाह्य कुराहरूलाई ठीकठाक पारिदिनुभएको)उनीहरू चाहन्थे। तर येशू भने उनीहरूको हृदयलाई (आन्तरिक कुरालाई नै ठीक पार्न)परिवर्तन गर्न चाहनुहुन्थ्यो। ठीक पारिनु पर्ने कुरा त मानिसको हृदय (यर्मिया १७:९)हो भनेर उनीहरूले बुझेनन्।

पापबाट मुक्ति नपाएको एक व्यक्ति (परमेश्वरबाट अलग रहेको व्यक्ति — मर्कूस ७:१९-२३)लाई विचार गरौं। मानौं उसलाई बस्नका लागि एउटा सुन्दर दरवारको प्रबन्ध गरियो। उसलाई मन परेअनुसार खर्च गर्नका लागि १ अरब रूपैयाँ पनि दिइयो। के यस्तो अवस्थामा पनि उसलाई समस्या पर्न सक्छ? के ऊ सम्पूर्ण समस्याहरूदेखि मुक्त हुन्छ? समाजमा अरू मानिसहरूसित के उसलाई पहिलाजस्तै समस्या पर्न सक्छ?के ऊ साँच्चै नै खुशी हुन्छ?अब एउटा पवित्र जन (परमेश्वरद्वारा शुद्ध पारिएको हृदय भएको व्यक्ति)लाई विचार गरौं। मानौं उसलाई शहरको फोहोर गल्लीभित्र रहेको, मान्छे भन्दा मुसा बढी भएको एउटा थोत्रो झुपडिमा बस्न दिइयो। यो गन्जागोलको बीचमा पनि के उसलाई शान्ति (भित्री आनन्द) मिल्न सक्छ?मानौं एक पवित्र जनलाई कष्टपूर्ण सुरुङरुपी झ्यालखानामा राखेर उसलाई अपराधीलाई जस्तै व्यवहार गरियो। के यस्तो अवस्थामा पनि ऊ खुशी हुन सक्छ (प्रेरित १६:२२-२५ हेर्नुहोस्)? __________।

उहाँ शहरभित्र पस्दै गर्नुहुँदा भीडको उत्तेजित जयजयकारलाई के येशूले विश्वास गर्नुभयो?मानिसहरू रमाहटले कराइरहेका थिए तर येशू के गर्दै हुनुहुन्थ्यो (लूका १९:४१)? __________________। प्रभु जान्नुहुन्थ्यो, यी मानिसहरूले उहाँलाई रद्द गर्नेछन् (मत्ती २३:३७ पढ्नुहोस्)! उनीहरूको हृदयका कुरा प्रभु जान्नुहुन्थ्यो! भीडले खुशी मानायो तर मुक्तिदाता रुनुभयो। मुक्तिदाताले इस्राएलका मानिसहरूका निम्ति आफ्नो सर्वोत्तम दिन चाहनुभयो (उनीहरूतिर आफ्नो “हात पसार्नुभयो”) तर “आज्ञापालन नगर्ने र विरोधी जाति”भएर उनीहरूले उहाँलाई इन्कार गरे (रोमी १० अध्यायको कुनचाहिँ पदले यो कुरा बताउँदछ?पदः __________)।

सारा संसारले थाह पाओस्!

येशू शहरभित्र पस्नुहुँदा, कसैले चाल नपाउने गरी पस्नुभएको थिएन। उहाँ सुटुक्क रातको समयमा पस्नुभएको होइन। उहाँले भेष बदल्नुभएन। उहाँले भीडहरूबाट पन्छिने प्रयास गर्नुभएन।

यूहन्ना ७:१-१० पढ्नुहोस् जहाँ अर्कै समयको बयान गरिएको छ। त्यसबेला येशू यरुशलेम शहर पस्नुभयो। उहाँ खुल्लमखुल्ला र हल्लाखल्लाका साथ पस्नुभयो कि गोप्य रूपमा (पद १०)? ______________________।

उहाँले एउटा अन्धालाई निको पार्नुहुँदा, येशूले यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ८:२६)? ________________। जुन बेला पत्रुसले उहाँलाई, “तपाईं ख्रीष्ट हुनुहुन्छ”भनी स्वीकार गरे, के येशूले यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ८:३०)? ________________। जुन बेला येशूले एक बहिरालाई निको पार्नुभयो, के यो कुरा सबैले थाह पाओस् भनी चाहनुभयो (मर्कूस ७:३६)? ________________।

तर जब येशू आफ्नो मृत्यु हुन अघिका अन्तिम दिनहरूमा यरुशलेम शहरभित्र पस्नुभयो, उहाँले यस्तो व्यवहार गर्नुभयो कि मानौं सारा संसारले यो कुरा थाह पाओस्! वास्तवमा, त्यसबेला मानिसहरूले नचिच्याएका भए, के हुनेथ्यो (लूका १९:४०)? ____________________________________।

येशू क्रूसमा जाने समय भएको थियो, अनि प्रभु साहस र हिम्मतसाथ त्यो शहरभित्र प्रवेश गर्नुभयो जहाँ चाँडै नै उहाँ मर्नुहुनेथ्यो। मानिसहरूले उहाँलाई इन्कार गर्ने भए तापनि, येशूले खुल्लमखुल्ला आफूलाई उनीहरूको राजा र मुक्तिदाताको रूपमा प्रस्तुत गर्नुभयो। गुपचुपमा काम गर्ने डरपोक हुनुहुन्नथ्यो प्रभु।

के हामी आफ्ना समस्याहरूको सामना गर्छौं कि तीबाट भाग्छौं? के हामी मान्छे रसमस्याबाट लुक्छौं कि स्कूल, घर, साथीहरूका कुराहरूलाई सामना गर्न चाहिने साहसको निम्ति परमेश्वरमा भरोसा राख्छौं?

      जब येशू यरुशलेमभित्र पस्नुभयो, त्यो शहर मान्छेले खचाखच थियो! ____________ चाड मनाउने समय नजिकै थियो (यूहन्ना १२:१) अनि यहूदीहरूका ठूला भीडहरू यस ठूलो चाड या पवित्र दिन मान्नका लागि पवित्र शहरमा आएका थिए। यहूदी इतिहासकार जोसीफसका अनुसार सम्राट नीरोका राज्यकाल (पहिलो शताब्दी)मा निस्तार चाडको एउटा अवसरमा २,५६,५०० निस्तार पाठाहरू बलि चढाइए। त्यसो भए यरुशलेममा लगभग २५,६५,००० (करीब तीस लाख) यहूदीहरू थिए (Jewish Wars, 6,9,3)! करीब १० जनाको लागि एउटा पाठो चढाइन्थ्यो। साँच्ची नै जब यहूदीहरूका राजा शहरभित्र पस्नुभयो, यरुशलेम मान्छेले खचाखच थियो!यस्तै थियो केही दिनहरू पछि पनि जब निस्तारको साँचो पाठो बलि हुनुभयो (१ कोरिन्थी ५:७ हेर्नुहोस्)! येशू गुपचुपमा मर्नुभएन!ख्रीष्टको मृत्यु संसारको इतिहासकै सबैभन्दा सार्वजनिक घटनाहरू मध्ये एक हो!

यदि प्रभु तपाईंको लागि खुल्लमखुल्ला मर्न राजी हुनुहुन्थ्यो भने, के तपाईं उहाँको निम्ति खुल्लमखुल्ला जिउन राजी हुनुहुन्छ?तपाईंको स्कूलमा कसैलाई थाह छ तपाईं ख्रीष्टियन हुनुहुन्छ भनेर?आफ्नो साथीहरूसँग तपाईंको मुक्तिदाताको बारेमा कहिल्यै कुरा गर्नुभएको छ कि यो कुरालाई गुप्यमा राख्‍नुभएको छ?प्रभुलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्छु भनेर मण्डलीका पवित्र जनहरूलाई कहिल्यै बताउनुभएको छ कि यो कुरा पूरै गुप्यमा राखेर आफूले मुक्ति पाएको वा नपाएको कुरा अरुलाई आफै अनुमान लगाउन छाडिनुभएको छ?म येशू ख्रीष्टको भएको छु भनी अरुलाई प्रकट गर्न के तपाईंले सार्वजनिक रूपमा बप्तिसमा लिनुभएको छ?हाम्रो प्रभुदेखि हामी नलजाऔं (रोमी १:१६)।

राजकीय स्वागत

गधामाथि चढेर राजा येशू आउँदै गर्नुहुँदा, “भीडले आ-आफ्ना ________________ बाटोमा ओछयाए”(मत्ती २१:८)। ती मानिसहरूले किन त्यसो गरे? हाम्रो राजाको सवारीमा के हामीले आफ्ना स्वीटर वालेट फुकालेर मौसुफको गाडी अघि फ्याँक्छौं? २ राजा ९:१३ मा मानिसहरूले आफ्ना बाहिरी वस्त्रहरू उतारेर येहूको मुनि ओछयाइदिए अनि तुरही फुके र कराएर भने, “ये______ रा______ हुनुहुन्छ!”यसकारण, मत्ती २१ मा, यहूदीहरूले आफ्नो वस्त्र ओछयाउने कामद्वारा यसो भन्दैथिए “ये______ रा______ हुनुहुन्छ!”

साथै मानिसहरूले रूखका ______________ काटे र राजा शहरभित्र पस्दैगर्नुहुँदा बाटोमा उहाँको अघि ओछयाए (मत्ती २१:८)। यी केका हाँगाहरू थिए (यूहन्ना १२:१३)? __________। मध्यपूर्वका मानिसहरूले आफ्नो चलन अनुसार राजा वा बिजेतालाई यसरी स्वागत गर्ने गर्थे।

ती मानिसहरूले येशू साँच्ची नै आफ्ना राजा हुनुभए झैं व्यवहार गरे तर के उहाँलाई साँच्चै राजा हुन दिए?________________। हामीले पनि येशू राजा हुनुहुन्छ र प्रभु हुनुहुन्छ भनी भन्न`तर उहाँले भनेको चाहिँ नमान्न पनि सम्भव छ (लूका ६:४६ हेर्नुहोस्)? ________________। बाबुआमाको आज्ञापालन गर्न येशूले तपाईंलाई मदत गर्न सक्नुहुन्छ?________________। के तपाईंले उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?__________। स्कूलमा अरुसित मिलाप राख्‍न येशूले मदत गर्न सक्नुहुन्छ?______________। उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?______________। बाइबल पढ्न र प्रार्थना गर्न येशूले मदत गर्न सक्नुहुन्छ?______________। उहाँलाई यस कुरामा मदत गर्ने मौका दिँदै हुनहुनुहुन्छ?______________। परमेश्वरले मदत गर्न सक्नुहुन्छ भनेर चाहिँ भन्ने तर उहाँलाई मदत गर्नचाहिँ नदिने हामी नहोऔं!

यहूदीहरूले राजालाई आफ्नो शहरमा स्वागत त गरे, तर केही दिन पछि नै उनीहरूले के भने (यूहन्ना १९:१५ पदको अन्तमा)? ______________________________।

एक दिन गधामा, अर्को दिन घोडामा

राजा येशू पहिलोपटक आउनुहुँदा, उहाँ एक गधामा चढेर आउनुभयो (मत्ती २१:५-७ र जकरिया ९:९। जब राजा येशू फेरि संसारमा आउनुहुन्छ, उहाँ केमा चढेर आउनुहुन्छ (प्रकाश १९:११)? __________________। पहिलोपटक उहाँको निम्ति त्यहाँ क्रूस थियो, दोस्रोपटक उहाँको निम्ति त्यहाँ मुकुट हुनेछ। राजा आउँदैहुनहुन्छ! ख्रीष्टको त्यो दोस्रो आगमन एक सार्वजनिक घटना हुनेछ कि त्यो गुपचुपमा हुनेछ (प्रकाश १:७ र मत्ती २४:२७)? __________________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पर्वतमाथि के देख्यौ?

पर्वतमाथि के देख्यौ?

 

एक अपत्तिजनक सूचना

मत्ती १६ औं अध्यायमा, ख्रीष्ट मर्नैपर्छ भन्ने सूचना चेलाहरूलाई पहिलो पटक जनाइयो। यो आपत्तिजनक खबर येशूले सर्वप्रथम कुन पदमा बताउनुभयो? पद ________।

आफ्नो मृत्यु निकट भविष्यमै हुनेछ भनी येशूले बताउनुहुँदा पत्रुसले कस्तो प्रतिक्रिया देखाए (सही जवाफमा चिन्ह लगाउनुहोस्):

  1. उनले भने, “प्रभु, तपाईंले जे भन्नुभयो ठीक त्यही हुनेछ।”
  2. उनले भने, “प्रभु, तपाईंले भन्नुभएका कुराहरू म बुझ्दिनँ तरैपनि म हृदयदेखि नै विश्वास गर्छु किनकि ती तपाईंले भन्नुभएका कुरा हुन् अनि म जान्दछु कि तपाईंले जे-जे भन्नुहुन्छ ती निश्चय पूरा हुन्छन्।
  3. ”उनले भने, “प्रभु, यो हुन सक्दैन। के कुरा गर्नुभएको यस्तो!”
  4. उनले भने, “हो प्रभु। मसीहको मृत्यु हुनु आवश्यक छ भनी म जान्दछु किनभने यशैया अगमवक्ताले समेत यशैया ५३ अध्यायमा यही भविष्यवाणी गरेका छन्।

येशू नै ख्रीष्ट, परमेश्वरका पुत्र र एक दिन समस्त पृथ्वीमाथि राज्य गर्नुहुने महान् राजा हुनुहुन्छ भनी के पत्रुसले साँच्चै विश्वास गरका थिए (मत्ती १६:१६ पढ्नुहोस्)? ___________। येशू नै भविष्यवाणीले बताएको महान्राजा हुनुहुन्छ जसले यहूदीहरूलाई छुटकारा दिनुहुन्छ र संसारमा शान्ति स्थापना गर्नुहुनेछ (यशैया ९:६-७) भन्ने कुरामा पत्रुस र अन्य चेलाहरू विश्वास्त थिए। तर ख्रीष्ट राजा भएर आउनुअघि उहाँ मुक्तिदाता भएर आउनैपर्छ र मानिसको मुक्तिदाता बन्नलाई उहाँ मर्नैपर्छ भन्ने कुरालाई भने उनीहरूले बुझेका थिएनन्।

चेलाहरूको जस्तै अरू यहूदीहरूको बुझाइमा पनि त्यस्तै समस्या थियो। यूहन्ना १२:३२-३३ मा प्रभुले मानिसहरूलाई भन्नुभयो, मारिनका लागि उहाँ उचालिनुहुनेछ। यी यहूदीहरू जान्दथे कि ख्रीष्ट राजा (मसीह) ले जीवित रहेर सदासर्वदाको लागि राज्य गर्नैपर्छ (हेर्नू: यूहन्ना १२:३४; तुलना गर्नू: दानिएल ७:१४, २७ सित)। तसर्थ उनीहरूका सामु एउटा जटिल समस्या खडा थियो:

“मरिसकेका मसीहले कसरी सदासर्वदाका लागि राज्य गर्न सक्नेछन् र??”

शाह वंशका राजा त्रिभुवनको मृत्यु भएको धेरै वर्ष भइसक्यो। राजा पृथ्वी नारायण शाहको मृत्यु भएको त अझै धेरै वर्ष भइसक्यो। के यी दुई व्यक्तिहरू फेरि कहिल्यै राज्य गर्नेछन् होला? ____________। मरिसकेका राजाले कसरी राज्य गर्न सक्छन् र? योअसम्भवै देखिन्छ!

मत्ती १६:२१ लाई फेरि पढ्नुहोस्। यदि येशूले “मैले सदासर्वदा राज्य गर्नुपर्छ” भन्नुभएको भए पत्रुस हर्षले गदगद् हुनेथिए! यदि येशूले “मैले रोमी सेनालाई परास्त गर्नुपर्छ र सम्पूर्ण पृथ्वीमाथि मेरो राज्यलाई स्थापना गर्नुपर्छ” भनी भन्नुभएको भए पत्रुस खुशीले उफ्रनेथिए! तर जब येशूले चेलाहरूलाई उहाँ मर्नैपर्छ भनी भन्नुभयो तब पत्रुसले के भने (मत्ती १६:२२)? ____________________________________________ _________________________________________। ख्रीष्टको मृत्युको बारेमा सुन्नुपर्दा पत्रुस बेस्सरी आत्तिए। उनले मन-मनै यसरी सोचेका थिए होलान्: “यदि राजा नै मरे भने राज्यको भविष्य कस्तो होला? मरेका राजाले पृथ्वीमा कसरी राज्य गर्न सक्लान् र?”

हामी यस प्रश्‍नको जवाफ दिन खोजौं। कसरी मरेका ख्रीष्ट सारा विश्वभरिका राजा बन्न सक्नुहुन्छ? यस प्रश्‍नको जवाफ के हो (मत्ती १६:२१ का आखिरी एघार शब्दहरूलाई हेर्नुहोस्)? ______________________________________________ ______________________________________________

रहस्यमय भविष्यवाणी

मत्ती १६:२७-२८ मा प्रभु येशूले एउटा रहस्यमय भविष्यवाणी गर्नुभयो जसलाई चेलाहरूले पूर्ण रूपले बुझ्न सकेनन्। यी पदमा येशूले कुनचाहिँ महान् घटनाको घोषणा गर्नुभयो (सही जवाफमा चिन्ह लगाउनुहोस्):

  1. येशू बेतलेहेममा जन्मनुहुनेछ
  2. येशू क्रूसमा मर्नुहुनेछ
  3. येशू चिहानबाट निस्केर आउनुहुनेछ
  4. येशू फेरि राजा भएर आउनुहुनेछ!

येशू पहिलो पटक आउनुहुँदा उहाँले आफ्नो राज्य स्थापना गर्नुभएन, बरु उहाँ पापी मानिसका लागि मर्न क्रूसमा जानुभयो। यसर्थ राजा भएर राज्य गर्न येशू पृथ्वीमा दोस्रो पटक आउनैपर्छ! पहिलो पटकचाहिँ येशू मानिसको हृदयलाई निको पार्न आउनुभयो। दोस्रो पटकचाहिँ उहाँ मानिसको संसारलाई निको पार्न आउनुहुनेछ। उहाँ पहिलो पटकचाहिँ मुक्तिदाता बन्नलाई आउनुभयो; उहाँ दोस्रो पटकचाहिँ राजा बन्नलाई आउनुहुनेछ। उहाँको पहिलो आगमनमा उहाँलाई क्रूस दिइयो; उहाँको दोस्रो आगमनमा उहाँलाई मुकुट दिइनेछ!

राजाकै मृत्यु भयो भने पनि के राज्य स्थापना हुनेछ त? जवाफ हो, हुनेछ! जब चेलाहरूले उहाँको मृत्युको बारेमा सुनेर आत्तिरहेका थिए, येशूले एउटा गजबको काम गर्नुभयो। उहाँले आफ्ना चेलाहरूमघ्ये तीनजनालाई आफ्नो साथमा लगेर आउनेवाला राज्यको पूर्वदर्शन देखाउनुभयो!

येशूले आफ्ना तीन चेलाहरूलाई राज्यको पूर्वदर्शन दिन चाहनुभयो। जुन पूर्वदर्शन यस्तो उदेकको थियो कि ती चेलाहरूले जे देखे त्यो कहिल्यै बिर्सेनन्। यहाँसम्म कि पत्रुसले यो बिर्सन नसकिने घटनालाई दोस्रो पत्रुसको पुस्तकमा आफू मर्नुभन्दा ठीक अगाडि उल्लेख गरेका छन् (२ पत्रुस १:१६-१८ मा पढ्नुहोस्)।

महिमापूर्ण परिवर्तन

आफ्ना चेलाहरूलाई आफू मर्नैपर्छ भन्नुभएको करिब एक हप्तापछि, उहाँले चेलाहरूमघ्ये तीन जनालाई आफूसँग एक अग्लो पहाडमा लानुभयो। प्रभु किन त्यो पहाडमा जानुभयो (लूका ९:२८) ______________________________________। त्यसबेला येशूलाई के भयो (मत्ती १७:२)? __________________________________________ ___________________________________________। रूप-परिवर्तनको उक्त घटना कतिखेर भएको थियो?

  1. दिनको कुन समयमा प्रभुले अक्सर प्रार्थना गर्नुहुन्थ्यो (लूका ६:१२, २१:३७, २२:३९-४०, मत्ती १४:२३)? _____________________________________________
  2. डाँडामा रहँदा चेलाहरू के गर्न थाले (लूका ९:३२)? _____________________________________________
  3. तिनीहरू डाँडाबाट कतिखेर फर्के (लूका ९:३६)? _____________________________________________

यसकारण, तपाईंको निष्कर्षमा ख्रीष्टको रूप-परिवर्तन कतिखेर भएको थियो? __________________________________________

“रूप-परिवर्तन” (मत्ती १७:२) भनी अनुवाद गरिएको शब्द ग्रीकको “मेटामोर्फोओ” क्रियापदबाट आउँछ जसका दुइटा भाग छन्: १) “मेटा”, जसको अर्थ हो “परिवर्तन” र २) “मोर्फे”, जसको अर्थ हो “रूप”। यसकारण “मेटामोर्फोओ” अर्थ हो “अर्को रूपमा बदलिनु, अर्थात् रूप परिवर्तन हुनु”। यही ग्रीक शब्दबाट अङ्ग्रेजी भाषामा प्रयोग गरिने “मेटामोर्फोसीस” शब्द आउँदछ। परमेश्वरले प्रकृतिमा अचम्मका रूप परिवर्तन हुने कार्यहरू देखाउनुहुन्छ, जस्तो कि एउटा झुसिलकिरो पुतली बन्छ र एउटा माछा जस्तो भेकशिशु (भ्यागुताको बच्चा) भ्यागुतो बन्छ। यी गजबका परिवर्तनहरूलाई बयान गर्न अङ्ग्रेजीमा “मेटामोर्फोसीस” भन्ने शब्द प्रयोग गरिन्छ।

ख्रीष्टको रूप-परिवर्तन कुन तरिकामा भएको थियो?

  1. उहाँको चेहरा __________ झैं चम्क्यो (मत्ती १७:२)। सूर्य यति उज्यालो गरी चम्कन्छ कि कसैले आफ्नो आँखाले त्यसलाई सीधै हेर्‍यो भने उसको आँखा नष्ट हुन्छ।
  2. उहाँका वस्त्रहरू __________ जस्तै सेता भए (मत्ती १७:२)। के तपाईंले घाम झुल्कँदा ताजा हिउँ परेको देख्‍नुभएको छ। त्यो हिउँ यति चहकिलो हुन्छ कि त्यसलाई हेर्न हाम्रा आँखालाई मुस्किलै पर्छ।
  3. उहाँको वस्त्र ____________ __________ सेतो भयो (लूका ९:२९)। अर्थात् उहाँका वस्त्रहरू विजुली झैं चम्क्यो।
  4. उहाँका वस्त्रहरू ____________, हिउँजस्तै चौपट्टै __________ भए (मर्कूस ९:३)। पृथ्वीको कुनै पनि धोबीले वा साबुनले त्यस्तो सेतो पार्न सक्दैन।

त्यसमाथि यो घटना रातमा घटेको बुझिन्छ। कतिखेर बत्तीहरू र चम्किने कुराहरू बढी उज्याला देखिन्छन्? रातमा कि दिनमा? ____________।

जब प्रभु येशू यस पृथ्वीमा मानिस भई हिँडडुल गर्नुभयो, उहाँको वास्तविक महिमा देखिँदैन थियो। उहाँको चेहरा चम्कँदैन थियो। उहाँका वस्त्र अरुहरूका वस्त्रभन्दा फरक थिएनन्। उहाँको शिरमाथि कुनै विशेष चमक थिएन। उहाँको शारीरिक रप अरू यहुदीका भन्दा फरक थिएन। पुरानो नियमको समयमा उजाडस्थानमा भएको भेट हुने पालको सम्झना गरौं। पाललाई जनावरका छाला, आदिले ढाकेको हुनाले बाहिरबाट हेर्दा त्यो खासै विशेष र आकर्षक देखिँदैनथ्यो। तर भित्रचाहिँ सुनका सामानहरू आदिले भरिएकोले चम्किलो थियो। विरलै परमेश्वरको पुत्रको वास्तविक महिमा बाहिर प्रकट हुन्थ्यो। उहाँको रूप-परिवर्तन त्यस्तो एक क्षण थियो। (तुलना गर्नुहोस् यूहन्ना ११:४०-४४; १८:४-६; १ कोरिन्थी २:८) उहाँको दोस्रो आगमनमा, यो भित्री महिमा बाहिरी रूपमा प्रकट हुनेछ, जसरी यो डाँडामा भएको थियो: प्रभु येशू शक्तिमहा ______________आउनुहुनेछ (मत्ति २४:३०; १६:२७; २५:३१; दानिएल ७:१३-१४ )। तीनजना चेलाहरूले भविष्यमा हुन आउने यो महिमापूर्ण घटनाको एक झलक देखे।

नयाँ नियममा “रूप-परिवर्तन” वा “बदली” भन्ने शब्द ४ पटक परयोग गरिएको छ। दुई पटक ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएको छ भने दुई पटक विश्वास गर्नेहरूका हृदयमा परमेश्वरले ल्याउने भित्री परिवर्तनको सम्बन्धमा प्रयोग गरिएको छ। कृपया जोडा मिलाउनुहोस्:

१. _____ मत्ती १७:२
२. _____ मर्कूस ९:२
३. _____ रोमी १२:२
४. _____ २ कोरिन्थी ३:१८
(क) यो ख्रीष्टको विषयमा भनिएको हो
(ख) यो विश्वासी जनको विषयमा भनिएको हो

यदि तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ भने, तपाईंभित्र को हुनुहुन्छ (२ कोरिन्थी १३:५; कलस्सी १:२७; गलाती २:२०)? _______________। के उहाँ भित्रै ढाकिनुभएकोछ कि उहाँलाई तपाईंले बाहिरसम्म चम्कन दिँदैहुनुहुन्छ? हामीलाई कसरी संसारले त्यसकै ढाँचामा मोड्न र ढाल्न चाहन्छ (संसारकै बोलीचालीमा, बानीबेहोरामा, फेशनमा, शैलीमा, मनोरञ्जन, सङ्गीत आदिमा) (हेरौं रोमी १२:२ — “एकनासे नहोओ …”)?

विशेष कुराकानी

पर्वतमाथि येशूको साथमा को देखा परे (मत्ती १७:३)? १) ________________ र २) ________________। यी दुई मानिसहरूले येशूसँग कुन विषयमा कुराकानी गरे (लूका ९:३१? ठीक जवाफमा चिन्ह लगाउनुहोस्:

  1. उहाँको दोस्रो आगमन
  2. बेथलेहेममा भएको उहाँको जन्म
  3. क्रूसमा हुन लागिरहेको उहाँको मृत्यु
  4. उहाँको रूप-परिवर्तन

मोशा र एलियाले जान्दथे कि येशू मर्नैपर्छ! उनीहरू यस महान् घटनाको प्रतीक्षामा थिए जब येशू उनीहरूका र __________ ____________का (१ यूहन्ना २:२) पापहरूका निम्ति मर्नुहुन्थ्यो।

एउटा मूर्ख सुझाव

पत्रुस पर्वतमै बस्न चाहे र पाल समेत ठडाउन चाहे (लूका ९:३३ मा उनको विचार हेर्नुहोस्)! आफू के बोल्दै छु भनी के पत्रुस जान्दथे (लूका ९:३३ को अन्तिम भागमा हेर्नुहोस्)? __________। हामीले बारम्बार गरेजस्तै पत्रुसले पनि गरे। उनले पहिले बोले र त्यसपछि विचार गरे! अवश्य नै प्रभु लामो समयका लागि पर्वतमाथि बस्नेवाला हुनुहुन्नथ्यो! उहाँलाई थाहा थियो कि उहाँ पर्वतबाट तल ओर्लनुपर्छ र कलवरी क्रूसतर्फ आफ्नो कदम अगाडि बढाउनुपर्छ (लूका ९:५१)!

स्वर्गीय आवाज

परमेश्वर पिताले स्वर्गबाट बोल्नुभयो र भन्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन्; ____________ले __________ __________” (लूका ९:३५)। पत्रुसले मत्ती १६:२१-२२ मा प्रभुको कुरा कत्तिको ध्यानपूर्वक सुने? ____________________________________। हामीले आज परमेश्वरको वचन कत्तिको ध्यानपूर्वक सुन्छौं र आज्ञापालन गर्छौं?

हाम्रो प्रभुको राज्य निश्चय नै आउनेछ! ख्रीष्टले त्यसको पूर्वदर्शन दिइसक्नुभयो! प्रभुका दुई आगमनहरूका बीचमा हामी जिउने क्रममा, ख्रीष्ट राजाले आफ्नो वचनमा भन्नुभएका कुरामा हामी ध्यान लगाऔं र तिनलाईपालन गरौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

येशू ख्रीष्टलाई अस्वीकार

येशू ख्रीष्टलाई अस्वीकार

 

मुक्तिदातालाई अस्वीकार

मानौं, संसारको हावा र पानीको प्रदुषण एक्कासी दस गुणाले वृद्धि भयो। मानौं, त्यस प्रदुषणले सबै नै मर्ने भए। दुर्बलहरू केही दिनमा नै मर्ने भए। बलियाहरू भने दुई-तीन हप्तासम्म बाँच्ने भए। प्रदुषणले गर्दा एउटा कुरा पक्का भयो: सबै नै मर्ने भए। एक महिना पछि यस विश्वमा जीवित मान्छे एउटै नरहने भयो!

अब मानौं यो एउटा आशारहित परिस्थिति थियो। उक्त प्रदुषणको समस्यालाई समाधान गर्न कुनै पनि मानवीय उपायको सीप चलेन। विश्वका वैज्ञानिकहरू एकजुट भएर पनि कुनै उपाय निस्केन। त्यसमाथि समयले कसैलाई पर्खने कुरा आएन। त्यहाँ कुनै आशा थिएन, कुनै साहारा थिएन, कुनै उपाय थिएन — मानवजाति नाश हुने देखियो!

तर, करोडौं प्रकाश-वर्ष पर अर्कै ग्रहमा कुनै एक दयालु प्राणीले हाम्रो समस्या देखेछन् र नाश हुन लागेका मानवजाति प्रति दयाले भरिएछन्। तुरून्त उनी आफ्नो अन्तरिक्ष‍-यानमा चढेछन् र पृथ्वीमा छिटो भन्दा छिटो आएछन् अनि आफ्नो अत्याधुनिक वैज्ञानिक प्रविधि प्रयोग गरेर एउटा विशेष पदार्थ तयार गरेछन् जसलाई वायुमण्डल र पानीमा मिसाइदिएपछि तुरून्त नै ती शुद्ध भएछन्!

बाह्य अन्तरिक्षबाट आएका ती आगन्तुकलाई हामी पृथ्वीका बासिन्दाले कसरी स्वागत गर्नेथियौं होला? के हामी उनको आगमनमा रमाहट गर्नेथियौं होला? के उनको आगमनमा हामी जयजयकार मनाउनेथियौं होला? उनलाई भव्य स्वागत गर्नेथियौं होला? खुशी र धन्यवादी भई हामीले उनलाई ग्रहण गर्नेथियौं होला?

के तपाईंलाई थाह छ, त्यस्तै घटना वास्तवमा नै घटिसकेको छ। पृथ्वीका बासिन्दाहरू एउटा भयानक प्रदुषणको समस्यामा परेका थिए। त्यो थियो भित्री प्रदुषण, जसलाई हृदयको प्रदुषण भनिन्छ (यर्मिया १७:९; मर्कूस ७:२१-२३)। यो भयानक प्रदुषणले गर्दा मृत्यु पक्का छ, किनभने पापको प्रदुषण जब पूरा बढेपछि त्यसले ________ उत्पन्न गर्छ (याकूब १:१५; रोमी १:३२, ६:२३ र इजकिएल १८:४)। त्यसमाथि, यो एक आशारहति परिस्थिति थियो (एफिसी २:१२; १ थेस्सलोनिकी ४:१३)। हृदयलाई शुद्ध पार्न मानिसको कुनै उपाय थिएन।

तर, स्वर्गबाट एक आगन्तुक आउनुभयो–एक मुक्तिदाता आउनुभयो जससँग मानिसको प्रदुषणलाई निर्मूल पार्ने उपाय थियो (यूहन्ना ३:१३-१७)। जोहरूको उद्धार गर्न उहाँ आउनुभयो, तिनीहरूले उहाँलाई कसरी स्वागत र सत्कार गरे त? जब उहाँ मानिसहरूलाई बचाउन आउनुभयो के उहाँलाई खुशीसाथ स्वागत गरियो (यूहन्ना १:११)? _______। बाइबलले भन्छ, “अनि आरोप यो हो: ________ संसारमा आएको छ, अनि मानिसहरूले चाहिँ ________लाई भन्दा बरु ___________लाई प्रेम गरे; किनकि तिनीहरूका कामहरू दुष्ट थिए” (यूहन्ना ३:१९)। कति दुःखलाग्दो कुरा! मानिसहरू आफ्नो प्रदुषणमा रहरिहन नै रोजे! उनीहरू शुद्ध बनाइन चाहेनन्! उनीहरूले विनाशमा पुर्‍याउने बाटोमा नै हिँडिरहन निर्णय गरे (मत्ती ७:१३)। बाहिरबाट आएको आगन्तुकलाई चाहिँ उनीहरूले के गरे नि? मत्ती २७:३१ पढ्नुहोस्: _____________________________________________।

जब मुक्तिदाता स्वर्गदेखि यस पृथ्वीमा आउनुभयो, बहूसङ्ख्यक (मानिसको अधिक सङ्ख्या)ले उहाँलाई अस्वीकार गरे र उहाँलाई ग्र ______ ग __________ (यूहन्ना १:११)। अल्पसङ्ख्यक (“थोरै” –मत्ती ७:१४)ले मात्र ख्रीष्ट मुक्तिदातालाई स्वागत गरे र ग्रहण गरे। उहाँको पुत्रलाई ग्रहण गर्ने प्रत्येक पुरुष, स्त्री वा बालबालिकाको निम्ति परमेश्वरको कुन प्रतिज्ञा छ (यूहन्ना १:१२)? _____________________________________________ ______________________________________________।

राजालाई अस्वीकार

यदि कुनै देशको राजा वा राष्ट्रपति हाम्रो देशमा आए भने, उसलाई साधारणतया राजकीय सम्मान दिइन्छ। हाम्रो सरकारले उनको सम्पूर्ण रहनसहनको बन्दोबस्त गर्छ। सुत्‍नका निम्ति सबैभन्दा राम्रो बन्दोबस्त गरिन्छ। सबैभन्दा मीठा भोजनको बन्दोबस्त गरिन्छ। सर्वोत्तम मनोरन्जनको प्रबन्ध गरिन्छ।

जब सारा सृष्टिका राजा यस पृथ्वीलाई भेट गर्न आउनुभयो, उहाँप्रति कस्तो व्यवहार गरियो? के उहाँलाई सुत्‍नका निम्ति सबैभन्दा राम्रो बन्दोबस्त गरियो (लूका २:७)? ___________। के उहाँलाई बस्नको लागि एक सुन्दार दरवार दिइयो (लूका ९:५८ हेर्नुहोस्)? ___________। के उहाँलाई राजकीय सम्मान दिइयो? (मत्ती २०:१८-१९; २७:२६-३१ हेर्नुहोस्)? __________। आफ्ना राजाप्रति उनीहरूले कस्तो खालको प्रेम वा आदर देखाए (यूहन्ना १९:१५)? ______________________________________________।

अगमवक्तालाई अस्वीकार

धेरैजसो यहूदीहरूले ख्रीष्टलाई अस्वीकार गरे तापनि उहाँको आफ्नै शहर नासरतका बासिन्दाहरूले उहाँलाई राम्ररी स्वागत गरे कि? उहाँ हुर्कनुभएको ठाउँ त्यही थियो (लूका २:५१-५२)। चुनावमा उठेको उम्मेद्वारलाई विचार गरौं। अरूले भोट नदिए पनि आफ्नै गाउँलेहरूले त भोट दिन्छन्! येशू आफ्ना टोलबासीहरूका बीच कत्तिको लोकप्रिय हुनुहुन्थ्यो? के नासरतका बासिन्दाहरूले येशूलाई आफ्नो शहरको “आदर्श व्यक्ति” ले रूपमा लिए? के उनीहरूले उहाँलाई सबैभन्दा महान् अगमवक्ता भनी सम्झे?

लूका ४:१६-३० पढ्नुहोस्। के उनीहरू ख्रीष्टले परमेश्वरको वचन प्रचार गरेको सुन्न चाहे? __________। उनीहरूले उहाँलाई के गर्न चाहे (पद २९)? ___________________।

जीवनको रोटीलाई अस्वीकार

येशूले पाँचओटा रोटी र दुइटा माछा लिनुभई थुप्रैलाई खुवाउने आश्चर्यकर्म गर्नुहुँदा महिला र बालबच्चाबाहेक त्यहाँ कतिजना थिए (मत्ती १४:२१)? _____________________।

ख्रीष्ट राजा बन्न योग्य हुनुहुन्छ भनी ती मानिसरूले किन सोचे (यूहन्ना ६:१५)? उनीहरूले ख्रीष्टलाई किन खोजे (यूहन्ना ६:२४,२६)? ______________________________ _________________________। उनीहरू येशूबाट पेट भर्ने भोजन चाहन्थे कि आत्मिक भोजन? ________________________।

जब येशूले ती मानिसहरूलाई उनीहरूको आत्माको लागि भोजन दिन थाल्नुभयो (प्रमेश्वरको वचन सिकाउन थाल्नुभयो), तब उहाँलाई आफ्ना राजा बनाउन खोजिरहेका ती सबै मानिसहरू के गर्न थाले (यूहन्ना ६:४१,५२,६०,६६)? _________________________________________ _______________________________________।

प्रभुको साथमा पहिले हजारौं व्यक्तिहरू भए तापनि पछि गएर कतिजना मात्र बाँकी रहे (यूहन्ना ६:६७)? ____________________________। चाँडै नै अर्को एकजानलाई पनि उहाँले गुमाउन लाग्नुभएको थियो (यूहन्ना ६:७०-७१)!

पत्रुस र दसजना चेलाहरूको तृष्णा के थियो (यूहन्ना ६:६८)? __________________ ______________। के उनीहरू येशूद्वारा आत्मिक भोजन खुवाइन चाहन्थे? ____________।

परमेश्वरको चट्टानलाई अस्वीकार

मत्ती २१:४२ पढ्नुहोस्। प्रेरित ४:११ मा पत्रुसले यहूदीहरूलाई भने कि येशू ख्रीष्टचाहिँ चट्टान हुनुहुन्छ जसलाई उनीहरूले अस्वीकार गरे (“जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो”, पद १०)। परमेश्वरले एउटा अचम्म र गजबको काम गर्नुभयो! उहाँले अस्वीकार गरिएको त्यो चट्टानलाई लिनुभयो, अनि बौरी उठाइद्वारा त्यसलाई कुनाको शिर बनाउनुभयो (प्रेरित ४:१०-११)! भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा नै कुनाको ढुङ्गा हो! अब मूल प्रश्‍न छ, यो चट्टानलाई तपाईं के गर्नुहुन्छ? तपाईंले दुइटामध्ये एउटालाई रोज्नुपर्छ:

तपाईं कहाँ हुनुहुन्छ? चट्टानमाथि (विश्वास) कि चट्टानमुनि (इन्साफ)! कि त तपाईं यस ढुङ्गामा ठेस खाएर लड्नुहुन्छ (ठेस खुवाउने ढुङ्गा–मत्ती २१:४४; १ कोरिन्थी १:२३; १ पत्रुस २:८; यशैया ८:१४-१५) कि त त्यो ढुङ्गालाई आफूमाथि खस्न दिएर धूलोपीठो बन्न सक्नुहुन्छ (मत्ती २१:४४) कि त चट्टानको बलियो जगमाथि आफ्ना खुट्टामा खडा भई त्यसद्वारा स्थिरता र आड पाउन सक्नुहुनछ (१ पत्रुस २:६)! परमेश्वरको चट्टानलाई अस्वीकार नगर्नुहोस्! त्यसमाथि भरोसा गर्नुहोस् र विश्राम पाउनुहोस्।

असल गोठालालाई अस्वीकार

जब येशूले आफू असल गोठाला हुँ भनी भन्नुभयो (यूहन्ना १०:१-१८), यहूदीहरूको प्रतिक्रिया कस्तो थियो? त्यहाँ मानिसहरूको बीचमा “फाटो भयो” (यूहन्ना १०:१९)। बहुसङ्ख्यक (“धेरै”) ले भने (यूहन्ना १०:२० हेर्नुहोस्), _____________________________________। अल्पसङ्ख्यक (“अरू”) ले भने (यूहन्ना १०:२१ हेर्नुहोस्), __________________________________________ ______________________________________________।

असल गोठालाले आफ्ना भेंडाहरूका निम्ति के गर्नुहुने प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना १०:११,१५,१७,१८)? ________________________________________________ ________________________________________________।

यूहन्ना १२:३२ पढ्नुहोस् जहाँ प्रभु येशू ख्रीष्टले आफू क्रूसमा मर्ने विषयमा भन्नुभयो। कलवरी क्रूसमा उचालिनुभएर उहाँले _____ ______________ आफूकहाँ _____________! यसको अर्थ सबै मानिसले मुक्ति पाउँछन् भन्ने निश्चय होइन। के हो यसको अर्थ?

प्रभु येशू क्रूसमा मारिनुहुँदा त्यहाँ अरू दुइटा क्रूसहरू थिए — एउटा उहाँको दायाँतर्फ र अर्को उहाँको बायाँतर्फ (मर्कूस १५:२७)। प्रभु येशूले सबै मानिसहरूलाई बीचको क्रूसतर्फ खिँच्नुहुन्छ। त्यहाँ आएर प्रत्येकले क्रूसमा टाँगिनुभएको प्रभुलाई कि ग्रहण गर्नुपर्छ कि अस्वीकार गर्नुपर्छ। दायाँ र बायाँका दुइटा क्रूसले चित्रण गरे जस्तै, एउटा व्यक्तिले दुइटामध्ये एउटा निर्णयलाई रोज्नैपर्छ:

यस प्रश्‍नलाई मनन गर्ने क्रममा, लूका २३:३९-४३ लाई ध्यानपूर्वक पढ्नु असल हुनेछ। हेर्नुहोस्, शुरुमा दुवै कुकर्मीले बीचको क्रूसमा झुण्डिरहनुभएको ख्रीष्टलाई अस्वीकार गर्दै थिए (मत्ती २७:४२-४४)! तर पछि एउटाले पश्चात्ताप गर्‍यो र आफ्नो मन बदल्यो! ख्रीष्टलाई अस्वीकार गर्नुको सट्टा उसले ख्रीष्टलाई ग्रहण गर्‍यो। तपाईं नि? बीचको क्रूसमा मर्नुहुने व्यक्तिलाई तपाईं के गर्नुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

ख्रीष्टका आश्चर्यकर्महरू

ख्रीष्टका आश्चर्यकर्महरू

येशू संसारमा आउनुहुँदा यदि तपाईं पनि इस्राएलमै हुनुभएको भए उहाँको मृत्यु र बौरिउठाइ हुनुभन्दा अगाडिका ३ वर्षको समय अवधिमा येशूले गर्नुभएको कस्ता कस्ता आश्चर्यकर्महरू तपाईंले पनि देख्‍न सक्नुहुन्थ्यो (मत्ती ११:४-५)? ___________________________________________ _________________________________________________________________________________________________________________________________________________।

आश्चर्यकर्म भनेको त्यस्तो काम हो जुनचाहिँ प्रकृतिको साधारण नियमभन्दा बाहिरै पर्दछ। उदाहरणको लागि, फलामको एउटा टुक्रा नदीमा फ्याँकियो भने त्यसलाई के हुन्छ? त्यो तैरन्छ कि डुब्छ? ____________। भू-आकर्षणको नियम अनुसार त्यस्ता चीजहरू डुब्नैपर्छ! २ राजा ६:१-७ पढ्नुहोस्। के त्यो एक आश्चर्यकर्म थियो? __________। कसरी?

के परमेश्वर आश्चर्यकर्महरू गर्न सक्नुहुन्छ? _____________। किन (उत्पत्ति १८:१४, मत्ती १९:२६)? _____________________________________________।

हामीले अघिल्लो पाठमा येशू ख्रीष्टको बारेमा के सिक्यौं? उहाँ केवल मानिस मात्र हुनुहुन्थ्यो कि मानिसभन्दा बढी हुनुहुन्थ्यो? _________________________। के येशूले सामर्थी र आश्चर्यका कामहरू गर्न सक्नुहुन्थ्यो? __________________। धेरै समय पहिले येशूले कुनचाहिँ सामर्थी काम गर्नुभएको थियो (यूहन्ना १:३, कलस्सी १:१६)? __________________________________ _________________________________।

येशूले कुन उद्देश्यले सामर्थ्यपूर्ण आश्चर्यकर्महरू गर्नुभयो? के रोगीलाई निको पार्नु र अन्धालाई देख्‍ने बनाउनु नै उहाँको अन्तिम लक्ष्य थियो? हुन ता येशू ती रोगीहरूलाई ठूलो प्रेम गर्नुहुन्थ्यो अनि तिनका दुःखहरूको वास्ता गर्नुहुन्थ्यो, तरैपनि येशूले आश्चर्यकर्महरू गर्नुको अर्कै कारण थियो कि?

मर्कूस २:१०-११ मा येशूले एक पक्षघाती निको पार्नुभएको कारण स्पष्टै बताउनुभएको छ। उक्त खण्ड राम्ररी पढेर ठीक जवाफमा मात्र (ü) चिन्ह लगाउनुहोस्:

  1. त्यहाँ भएका मानिसहरूले उहाँको दया र प्रेम देखोस् भन्ने उद्देश्यले येशूले त्यो मानिसलाई निको पार्नुभएको थियो।
  2. त्यहाँ भएका मानिसहरूले उहाँको पाप क्षमा गर्ने अधिकार छ भनी थाह गरोस् भन्ने उद्देश्यले येशूले त्यो मानिसलाई निको पार्नुभएको थियो।
  3. त्यो रोगीप्रति येशूलाई दया लागेकोले अनि उसको दुःख हरण गर्ने उद्देश्यले येशूले त्यो मानिसलाई निको पार्नुभएको थियो।

पाप क्षमा गर्ने अधिकार आफूसित छ भन्ने आफ्नो दावीलाई येशूले गर्नुभएको त्यस चंगाइको आश्चर्यकर्मले कसरी प्रमाणित गर्‍यो सो बुझ्ने प्रयास गरौं। मर्कूस २:५ मा येशूले रोगीलाई भन्नुभयो, हे छोरा, तिम्रा ___________  क्षमा भए! पापहरू क्षमा गर्न सक्ने एउटै मात्र व्यक्तिले हुनुहुन्छ (मर्कूस २:७ र अघिल्लो पाठमा हेर्नुहोस्)? ______________। येशूले पापहरू क्षमा गर्न सक्नुहुन्छ भनेर के यहूदी शास्त्रीहरूले विश्वास गरे (मर्कूस २:५-८)? __________________।

कसैको हृदयभित्र नियालेर उनका पापहरू क्षमा भए कि भएनन् भनी के आँखाले देख्‍न सकिन्छ? ______________। पाप क्षमाको कार्य बाहिरी काम हो कि भित्री? ____________। ती विश्वास नगर्ने यहूदीहरूले यसरी तर्क गरे, “येशू, हामी तिमीलाई विश्वास गर्दैनौ। तिमीले भन्दैमा यस मानिसका पापहरू क्षमा भएका छैनन्। केवल परमेश्वरले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ।”

येशूले तब एउटा काम गर्नुभयो जुन सबैले आफ्नै आँखाले देख्‍न सक्थे। उहाँले के गर्नुभयो (मर्कूस २:११-१२)? ___________________________________________________________ ________________। के यो काम उनीहरू सबैले देख्‍न सक्ने काम थियो (मर्कूस २:११-१२)   ____________। अब ती यहूदीहरूले “येशू, हामी तिमीलाई विश्वास गर्दैनौ! तिमीले भन्दैमा यो मानिसको रोग निको हुने होइन, भएको पनि छैन” भनेर भन्न सक्थ्यो? ______________। किन?

येशूले चंगाइको त्यो ठूलो आश्चर्यकर्म गर्न सक्नुभयो भने उहाँले पाप क्षमाको झन् ठूलो आश्चर्यकर्म पनि गर्न सक्नुहुन्छ भन्ने प्रमाण यहाँ पाउँछौं (मर्कूस २:१०)! रोगको समस्यालाई हल गर्न सक्नुहुने परमेश्वरले पापको समस्यालाई पनि हल गर्न सक्नुहुन्छ!

तपाईंले नि? आफूले पापको क्षमा पाएको छु भनी अरुलाई कसरी प्रमाण दिन सक्नुहुन्छ?

 

 

 

परमेश्वरले तपाईंलाई बचाउनुभएको छ र तपाईंका सबै पापहरू क्षमा गरिदिनुभएको छ भनेर तपाईंले आफ्ना साथीहरूलाई कसरी देखाउन सक्नुहुन्छ? बाहिरबाट हेर्दा तपाईं सफा हुनहुन्छ कि हुनुहुन्न (अर्थात् तपाईंले हात मुख धुनुभएको छ कि छैन) भनेर त उनीहरूले देख्‍न सक्छन्, तर भित्र हृदयमा तपाईं कत्तिको सफा हुनुहुन्छ भनेर उनीहरूले के देख्‍न सक्छन्? तपाईंका पापहरू साँच्चै क्षमा भएका छन् र तपाईं साँच्चै परमेश्वरको सन्तान बन्नुभएको छ भनेर उनीहरूलाई कसरी प्रमाण दिन सक्नुहुन्छ? यूहन्ना ३:८ हेर्नुहोस्। के हावालाई देख्‍न सकिन्छ? हावा छ भनेर कसरी जान्न सकिन्छ? यदि हावा चल्दै छ भने त्यसले काम गर्छ र त्यसको असर देख्‍न सकिन्छ! यदि तपाईंका पापहरू क्षमा भएका छन् भने के तपाईंको जीवनले त्यो देखाउन सक्छ? ______________। कसरी?

येशूले गर्नुभएका आश्चर्यकर्महरूले एउटा कुराको स्पष्ट प्रमाण दिन्छ। त्यो यही हो उहाँले साना र ठूला सबैका हृदयहरूमा झन् ठूला आश्चर्यकर्महरू गर्न सक्नुहन्छ! केही उदाहरणहरू हेरौं:

  1. यूहन्ना ९:१,६-७ मा येशूले कुनचाहिँ आश्चर्यकर्म गर्नुभयो? ____________________________ __________________________________। के मानिस अर्कै प्रकारले अन्धा हुन सक्छ (२ कोरिन्थी ४:३-४)? __________। यो अन्धापना त शरीरको अन्धापना भन्दा ज्यादै नराम्रो छ! परमेश्वरले “तिनीहरूका ______________ ______________” (प्रेरित २६:१८) सक्नुहुन्छ र उनीहरूलाई आत्मिक दृष्टि दिनसक्नुहुन्छ! हामीले गाउने गर्छौं “… अन्धो देख्‍ने भएँ” (अचम्मको अनुग्रह)। के तपाईंको जीवनमा यो कुरा पूरा भएको छ? के तपाईं अब देख्‍ने बन्नुभएको छ? कुन कुरा ठूलो हो, शारीरिक दृष्टि कि आत्मिक दृष्टि? तपाईं कुन रोज्नुहुन्छ? आँखा नदेख्‍ने तर मुक्ति पाएको व्यक्ति हुन, कि आँखा देख्‍ने तर अनन्त आगोमा पुग्ने व्यक्ति हुन?
  2. यूहन्ना ११:१४,४३-४४ मा येशूले कुनचाहिँ आश्चर्यकर्म गर्नुभयो?____________________________________________________________________। शरीरको मृत्यु बाहेक अर्कै प्रकारको मृत्यु पनि छ? (एफेसी २:१)? __________। यो मृत्यु त शरीरको मृत्युभन्दा ज्यादै नराम्रो छ! के परमेश्वरले आत्मिक रूपमा मरेकालाई जीवन दिनसक्नुहुन्छ (यूहन्ना ५:२४, ६:४७, १ यूहन्ना ५:१२)? _________। के तपाईं मृत्युबाट जीवनमा सर्नुभयो?
  3. मर्कूस १:२३-२७ मा येशूले कुनचाहिँ आश्चर्यकर्म गर्नुभयो?_____________________________________________________________________। दुष्ट आत्मा लाग्नु अति नराम्रो कुरा हो। बाइबलले बताउँछ कि हरेक मुक्ति नपाएको व्यक्ति _______________ को सन्तान (१ यूहन्ना ३:१०) हो। शैतानको शक्ति र अधिकारमुनि रहेकाहरूका निम्ति परमेश्वरले के गर्न सक्नुहुन्छ (प्रेरित २६:१८ र कलस्सी १:१३)? __________________________________________________________। के तपाईंलाई परमेश्वरले शैतानको पन्जाबाट छुटकारा दिनुभयो?
  4. मर्कूस १:४०-४२ मा येशूले कुनचाहिँ आश्चर्यकर्म गर्नुभयो?_________________________________________________________________। बाइबलमा उल्लेखित कोर रोग ज्यादै डरलाग्दो रोग थियो। यसले रोगीलाई शरीरलाई खाँदै जान्थ्यो र उसलाई अन्तमा नाश पार्थ्यो। तर कोर रोगभन्दा पनि झन् डरलाग्दो कुरा केही छ जसले मानिसलाई भित्रैबाट नाश पार्छ र जसबाट मानिस शुद्ध हुनु खाँचो छ (याकूब १:१५)? _______। त्यो के हो? ________। यही सबभन्दा घातक कुराबाट के परमेश्वरले मानिसलाई शुद्ध गर्न सक्नुहुन्छ (१ यूहन्ना १:७,९;२:१२)? ____________________। के परमेश्वरले तपाईंलाई यो सबभन्दा डरलाग्दो हृदयको रोगबाट निको पार्नुभयो (यर्मिया १७:९)?

याद राख्‍नुहोस्, येशूले निको पार्नुभएको प्रत्येक रोगी, बिरामी, पक्षघाती, कोरी मानिस अखिरमा मर्नै पर्‍यो! अनि बिचरा लाजरस (यूहन्ना ११ अध्याय)! येशूले उसलाई मृत्युबाट बिउँताउनुभयो तर ऊ पनि पछि फेरि दोस्रो पटक मर्नै पर्‍यो। दुई-दुई पटक मर्ने चाहना तपाईंलाई हुन्छ होला? _____________।

मानिसको सबभन्दा ठूलो समस्या न ता उसको दृष्टि हो न ता उसको शारीरिक स्वस्थ्य नै। हामी सबैलाई शरीरमा स्वस्थ रहने चाहना भए तापनि यो नै सबभन्दा महत्त्वपूर्ण कुरा होइन। सबभन्दा महत्त्वपूर्ण कुराचाहिँ प्रभु येशू ख्रीष्टसँग एउटा जिउँदो, साँचो र गजबको सम्बन्ध हुनु हो। यसलाई भनिन्छ मुक्तिको आश्चर्यकर्म!

के तपाईंले आफ्नो जीवनमा सबैभन्दा महान् आश्चर्यकर्मको अनुभव पाउनुभयो? यदि पाउनुभयो भने मुक्तिदाताको विषयमा अरुलाई पनि किन नबताउने ता कि उनीहरूले उहाँमाथि विश्वास गरुन् र उनीहरूले पनि यो आश्चर्यकर्मको अनुभव गरून्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)