Entries by Pradesh Shrestha

येशू को हुनुहुन्छ?

येशू को हुनुहुन्छ?

मानिसहरू के भन्छन्?

येशू को हुनुहुन्छ भन्ने विषयमा मानिसहरू अनेक विचार गर्छन्। येशू संसारमा हुनुहुँदा मानिसहरूले उहाँ को हुनुहुन्छ भनी ठानेका थिए (मत्ती १६:१३-१४)? _____________________ _______________________________________________ । (टिप्पणी: तिनीहरूले येशू मृतअवस्थाबाट बौरनुभएको कुनै एक भविष्यवक्ता हुनुहुन्छ होला भनी ठाने।) येशूका शत्रुहरूले चाहिँ “ऊसँग _________ ___________ छ” (यूहन्ना १०:२०) भन्दै उहाँलाई पागलको संज्ञा दिए। उहाँका आश्चर्यकर्महरू शैतानको शक्तिले गरिएका हुन् भनी उहाँलाई झूटा आरोप लगाए (मत्ती १२:२२-२६, मर्कूस ३:२२)। उनीहरूले उहाँलाई “तिमी __________ हौ” (यूहन्ना ८:४८) भने। कसैलाई “सामरी” भन्नु उसको अनादर गर्नु थियो किनभने यहूदीहरू सामरीहरूलाई घृणा गर्दथे।

आज पनि मानिसहरू येशू को हुनुहुन्छ भन्ने विषयमा अनेक विचार गर्छन्। कति भन्छन्, उहाँ एक महान् गुरु हुनुहुन्थ्यो। अरुहरू भन्छन्, उहाँ इसाई धर्मका संस्थापक हुनुहुन्छ। कति भन्छन्, उहाँ एक महान् भविष्यवक्ता हुनुहुन्छ। अरुहरू भन्छन्, उहाँ आजसम्मको सबभन्दा महान् पुरुष हुनुहुन्छ।

येशू को हुनुहुन्थ्यो भनेर तपाईं आफ्ना साथीहरूलाई सोध्नुहोस्। उनीहरूले के जवाफ दिन्छन्? स्कूलका शिक्षकहरूले के जवाफ दिन्छन्? तपाईंले चिन्नुभएका अरु मानिसहरूले के जवाफ दिन्छन्?

येशू बास्तवमा को हुनुहुन्छ? यो बुझ्नैपर्ने विषय हो। प्रभु येशू ख्रीष्ट सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने निश्चय म उहाँलाई दण्डवत् गर्नेछु, उहाँलाई प्रेमपूर्वक भक्ति चढाउँनेछु। उहाँ प्रभु हुनुहुन्छ भनेर म साँच्चै विश्वास गर्दछु भने, म उहाँको सेवा गर्नेछु र उहाँका आज्ञाहरू पालन गर्नेछु (लूका ६:४६ हेर्नुहोस्)।

येशू झूटा हुन् भन्ने व्यक्तिले के उहाँमाथि भरोसा राख्‍न सक्छ वा उहाँका वचनमाथि विश्वास गर्न सक्छ? येशू पागल हुन् भन्ने व्यक्तिले के उहाँलाई मुक्तिदाताको रूपमा विश्वास गर्न सक्छ? उहाँलाई असल गुरु मात्र मान्नेले उहाँका भनाइलाई सुन्नेछ तर उसले अन्य शिक्षकहरूका भनाइलाई पनि सुन्नेछ र विश्वास गर्नेछ। ख्रीष्टलाई भविष्यवक्ता मात्र मान्नेले परमेश्वरको बाटो देखाउने अन्य भविष्यवक्ताहरूलाई पनि उत्तिकै मान्यता दिनेछ। येशू २००० वर्ष अघि मर्नुभएको केवल एउटा मानिस मात्र हुनुहुन्थ्यो भने उहाँ मरेको मरै हुनुभयो र उहाँले कसैको जीवनमा खास परिवर्तन ल्याउन सक्नुहुन्न।

येशू को हुनुहुन्छ? — येशू आफैले के भन्नुभयो?

(मर्कूस १४:६१-६२)

धेरै हिसाबमा येशू अरू मानिस जस्तै हुनुहुन्थ्यो। उहाँको शारीरिक रुप असाधारण थिएन। निश्चय पनि उहाँ प्यालेस्टाइनका अरू यहूदी पुरुषहरू जस्तै देखिनुहुन्थ्यो। उहाँको शिरमाथि कुनै तेजिलो चमक थिएन (यद्यपि कतिपय चित्रहरूमा त्यस्तो देखाइन्छ)। उहाँको केश चेलाहरू वा अरु मानिसहरूका जस्तै छोटो थियो (यद्यपि कतिपय चित्रहरुमा उहाँलाई लामो केश पालेको देखाइन्छ)। उमेरमा उहाँ करीब ३० वर्षको देखिनुहुन्थ्यो (लूका ३:२३ र यूहन्ना ८:५७ दाँज्नुहोस्)। यहूदीहरूले उहाँलाई स्वर्गबाट ओर्लेर आउनुभएको व्यक्तिको रूपमा नभएर यूसुफको परिवारबाट आउनुभएका व्यक्तिको रूपमा मात्र चिन्दथे (यूहन्ना ६:४१-४२, मत्ती १३:५५-५६ दाँज्नुहोस्)। तरैपनि कसैले दावी नगरेका आश्चर्यपूर्ण दावीहरू उहाँले गर्नुभयो! निम्न कुराहरूलाई विचार गरौं:

१) येशूले आफू २००० वर्ष भन्दा पहिल्यै हुनुभएको कुरा दावी गर्नुभयो।

यूहन्ना ८:५६ मा येशूले भन्नुभयो, “अब्राहामले मेरो दिन देखे र आनन्दित भए।” यूहन्ना ८:५७ अनुसार यहूदीहरूलाई थाह थियो कि येशू _________ वर्ष भन्दा बढी हुनुहुन्नथ्यो। तब तिनीहरूले येशूलाई सोधे, “के तिमीले अब्राहामलाई देखेका छौ र?” (५७ पद)। अब्राहाम करीब २००० ई.पू. (B.C.) मा (येशू पृथ्वीमा हिँड्डुल गर्नुभन्दा २००० वर्ष पहिले) जिउँथे। येशूले उनीहरूको प्रश्‍नको जवाफ कसरी दिनुभयो (यूह्न्ना ८:५८ )? ____________________________________ _______________________________। मानौं कसैले तपाईंलाई भन्यो, “मेरो कुरा सुन्नुहोस् त। मेरो उमेर २००० वर्ष नाघिसक्यो।“ यो सुनेर तपाईंलाई कस्तो लाग्छ होला?

  1. यो मान्छे ठट्टा गर्दै छ
  2. यो मान्छे पागल रहेछ
  3. यो मान्छे मानसिक अस्पताल जानुपर्छ

तर येशू न ठट्टा गर्दै हुनुहुन्थ्यो न ता उहाँ पागल हुनुहुन्थ्यो। मानिसको रूपमा उहाँ ३० वर्ष जति पुग्नुभएको थियो, तर उहाँ परमेश्वर नै हुनुभएकोले उहाँ अनन्तको वचन हुनुहुन्थ्यो (यूहन्ना १:१-२ हेर्नुहोस्)! बप्‍तिस्मा दिने यूहन्ना येशूभन्दा छ महिना जेठा थिए तर यूहन्नाले बुझेका थिए कि “यूहन्ना हुनुभन्दा अघि येशू हुनुहुन्थ्यो!” (यूहन्ना १:३० पढ्नुहोस्)। बास्तवमा संसार हुनुभन्दा पहिले येशू हुनुहुन्थ्यो (यूहन्ना १७:५,२४ हेर्नुहोस्)! अनन्त परमेश्वर हाम्रो लागि क्रूसमा मर्नका लागि अनन्तताबाट आउनुभयो, एउटा मानिस बन्नुभयो!

२) परमेश्वरले मात्र गर्न सक्नुहुने काम आफूले गर्नसक्ने कुराको दावी येशूले गर्नुभयो।

यहूदीहरूलाई छक्क पार्ने गरी येशूले पक्षाघातको रोगीलाई के भन्नुभयो (मर्कूस २:५)? _______________________________________________ _________। पाप क्षमा गर्न सक्ने एउटै मात्र व्यक्तिले हुनुहुन्छ (मर्कूस २:७)? ________________। जसको विरुद्धमा हामीले पाप गरेका छौं र जसलाई चोट पुर्‍याएका छौं उही व्यक्तिले मात्र हामीलाई क्षमा दिन सक्छन्। यदि मैले कसैलाई नाकमा एक बक्सिङ्ग (मुड्कि) दिएँ भने, क्षमा पाउन म त्यही व्यक्तिकहाँ जानुपर्छ किनभने मैले चोट पुर्‍याएको र अपमान गरेको व्यक्ति उही नै हो। हाम्रो प्रत्येक पापले कसलाई चोट पुर्‍याउँछ र अपमान गर्छ (भजन संग्रह ५१:४)? ________________। तब हामीलाई कसले मात्र क्षमा दिन सक्नुहुन्छ? ________________। कुनै समान्य मानिसले पापहरू क्षमा गर्न सक्छु भनेर दावी गर्न मिल्छ? ______________। येशू ख्रीष्ट पापहरू साँच्चै क्षमा गर्न सक्नुहुने व्यक्ति हुनुहुन्थ्यो भने उहाँ पक्कै पनिले हुनुपर्छ? _________________।

मानिसलाई इन्साफ गर्ने र कतिपयलाई सदाका लागि नरक-कुण्डमा पठाउने अधिकार परमेश्वरलाई बाहेक अरु कसैलाई छ (दाँज्नुहोस् याकूब ४:१२)? ________। के येशूले उक्त अधिकार आफूसित भएको दावी गर्नुभयो (यूहन्ना ५:२२,२७, मत्ती २५:३१-४६)? ____________। यदि येशू एक सामान्य मानिस मात्र हुनुहुन्थ्यो भने आफूलाई सबै मानिसको अन्तिम इन्साफ गर्ने न्यायकर्ताको रूपमा प्रस्तुत गर्नु उचित हो? __________। यदि येशू सारा संसारको न्यायकर्ता साँच्चै नै हुनुहुन्छ भने उहाँ पक्कै पनिले हुनुपर्छ? ________________।

३) येशूले आफू मसिह (ख्रीष्ट, अर्थात् परमेश्वरको अभिषिक्त राजा) हुँ भन्ने दावी गर्नुभयो।

“मसिह” शब्दकै अर्थ भएको अर्को कुन शब्द छ जुन नयाँ नियममा धेरै पटक पाइन्छ (यूहन्ना १:४१)? ____________। पवित्र शास्त्र (पूरानो नियम) राम्ररी जानेका यहूदीहरूले आउनेवाला मसिह निम्न बमोजिम हुनुहुनेछ भनी बुझेका थिए (जोडा मिलाउनुहोस्):

तसर्थ, कुनै मानिसले आफू मसिह अथवा ख्रीष्ट हुँ भनी दावी गर्नु यसो भन्नु बराबर थियो, “मचाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको राजा हुँ। म नै अनन्तदेखिको सर्वशक्तिमान परमेश्वर हुँ अनि मैले नै सदासर्वदा शासन गर्नेछु।“ यदि कुनै राजा वा राष्ट्रपतिले आफ्नो विषयमा त्यस्तो घोषणा गर्‍यो भने तपाईंले के सोच्नुहुनेछ?

के येशूले आफू मसिह (ख्रीष्ट) हुँ भनी दावी गर्नु भयो (यूहन्ना ४:२५-२६)? ____________। के तपाईं उहाँ साँच्चै नै मसिह (ख्रीष्ट) हुनुहुन्छ भनी विश्वास गर्नुहुन्छ? ____________।

४) येशूले आफू परमेश्वरको पुत्र हुँ भनी दावी गर्नु भयो।

के येशूले कहिल्यै “म परमेश्वरको पुत्र हुँ” भनी भन्नुभयो (यूहन्ना १०:३६ र यूहन्ना ९:३५-३८ पढ्नुहोस्)? ______________। के पत्रुसले मत्ती १६:१६ मा ठीक जवाफ दिए? ____________। ख्रीष्टले हुनुहुन्छ भनेर पत्रुसले कसरी जाने (मत्ती १६:१७ हेर्नुहोस् र सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्)?

  1. ऊ ज्यादै चलाख मान्छे थियो
  2. उसले आफै सो कुरा पत्ता लगायो
  3. यूहन्नाले उसलाई बताइदिय
  4. स्वर्गको पिताले उसलाई प्रकट गरिदिनुभयो

उहाँलाई महापूजाहारीले “के तँ परमधन्य (परमेश्वर) का पुत्र ख्रीष्ट होस्?” भनी प्रश्‍न गर्दा येशूको जवाफ के थियो (मर्कूस १४:६१-६२)? ___________________________________।

कसैले भन्ला, “येशूले आफू परमेश्वरको पुत्र हुँ भनी दावी गर्नुभएको हो तर उहाँले आफू परमेश्वर नै हुँ भनेर दावी गर्नुभएन। त्यसैले उहाँ परमेश्वर हुनुहुन्नथ्यो, केवल परमेश्वरको पुत्र हुनुहुन्थ्यो।” तर “परमेश्वरको पुत्र” भन्नाले के बुझिन्थ्यो त्यसबेला? त्यसबेलाका मानिसहरूले के बुझ्थे?

कसैले आफ्ना पिता परमेश्वर हुनुहुन्छ (आफूचाहिँ परमेश्वरको पुत्र हुँ) भनी दावी गर्नु उसले आफूलाई प _____________को ब _____________ तुल्याउनु थियो (यूहन्ना ५:१८)। तसर्थ “परमेश्वरको पुत्र” को स्पष्ट अर्थ यो थियो:

“परमेश्वरको पुत्र” = “परमेश्वर”

मानौं प्रकाश प्रजापतिको बाबुको नाम हेमन्त प्रजापति रहेछ। के प्रकाश “प्रजापतिको छोरा” हो? _________। अनि प्रकाश पनि प्रजापति नै हो? __________। प्रकाश प्रजापतिचाहिँ एक प्रजापतिको छोरा हो अनि ऊ आफै पनि प्रजापति हो! येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र आफै पनि परमेश्वर हुनुहुन्छ। उहाँ परमेश्वरको पुत्र हुनहुन्छ र साथै परमेश्वर पनि हुनुहुन्छ। उहाँ परमेश्वरसँग हुनुहुन्छ, त्यति मात्र नभएर उहाँ परमेश्वर नै हुनुहुन्छ (यूहन्ना १:१)! उहाँ परमेश्वरको पुत्र मात्र हुनुहुन्न, उहाँ परमेश्वरसँग एक हुनुहुन्छ (यूहन्ना १०:३०)! के येशूले आफू परमेश्वर हुँ भनी साँच्चै नै दावी गर्नुभयो (यूहन्ना १०:३३)? _______________। के यहूदीहरू उहाँको दावी सुनेर खुशी भए (यूहन्ना १०:३०-३३)? ______________।

येशू को हुनुहुन्छ? — तपाईं के भन्नुहुन्छ?

(मत्ती १६:१५)

मत्ती १६:१५ मा प्रभु येशूले चेलाहरूका सामु राख्‍नुभएको प्रश्‍न नै सबभन्दा महत्त्वपूर्ण प्रश्‍न हो: “तर _____________चाहिँ नि के भन्छौ मले हुँ?” तपाईंचाहिँ के सोच्नुहुन्छ? ख्रीष्टले हुनुहुन्छ? तपाईं के जवाफ दिनुहुन्छ? तपाईंको अनन्त भविष्य यसैमा भर पर्छ!! यसको मतलब मृत्यु पछाडि तपाईं अनन्तको लागि कुन ठाउँमा पुग्नुहुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ। येशूले यूहन्ना ८:२४ मा भन्नुभयो, “किनभने ______ _________ _______ भनी तिमीहरूले विश्वास गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ।” आफू जो हुँ भनेर जति पनि कुराहरू येशूले भन्नुभयो ती विश्वास गर्न हामी जिम्मेवार छौं!!!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रणभूमि – येशू ख्रीष्टको परीक्षा

रणभूमि – येशू ख्रीष्टको परीक्षा

आफ्नो सार्वजनिक सेवाकाइ शुरु गर्नुहुँदा येशू कति वर्षको हुनुहुन्थ्यो (लूका ३:२३)? प्रायः ______ वर्षको। अध्याय १ मा हामीले हेर्‍यौं, जन्मनासाथ येशू शैतानको तारो बन्नुभयो। अनि येशू हुर्किसक्नुभएपछि, उहाँको सार्वजनिक सेवाकाइको प्रारम्भमा, शैतान उहाँको विरुद्धमा केही नगरेर चुप बस्ला र (बप्‍तिस्मा दिने यूहन्नाबाट बप्‍तिस्मा लिनुभएको लगत्तै पछि येशूलाई के भयो (मर्कूस १:९-१३)? ____________________________________________________________________।

उबेलामा येशू जसरी संसारमा हुनुहुन्थ्यो त्यही प्रकारले उहाँ आज संसारमा हुनुहुन्न। तसर्थ शैतानले उहाँलाई आक्रमण गर्न सक्दैन। तर आज शैतानले कसलाई नाश गर्न खोज्दै छ (पाठ १ ले अध्ययन हेर्नुहोस्)? _____________________________। मुक्ति नपाएका मानिसहरू “___________को सन्तान” (१ यहून्ना ३:१०) हुन्। के शैतानले मुक्ति नपाएका मानिसहरूलाई आक्रमण गर्छ? _________। किन गर्छ वा गर्दैन (मत्ती १२:२५-२६ सँग दाँज्नुहोस्)। आफ्ना सन्तान (मुक्ति नपाएकाहरू)ले मुक्ति पाएको र परमेश्वरको सन्तान बनेको के शैतान चाहन्छ (लूका ८:१२)? ____________।

मत्ती ४:१-११ पढ्दा हामी प्रभु येशू र शैतानलाई रणभूमिमा भेट्छौं। रणभूमि त्यस्तो ठाउँ हो जहाँ दुई पक्षबीच प्रतिस्पर्धा हुन्छ। त्यहाँ एक पक्षले जित्छ, अर्को पक्षले हार्छ। मत्ती ४:११ अनुसार कसले हारे? ____________। उक्त प्रतिस्पर्धामा कसले जिते? ____________।

येशूले शैतानलाई कसरी हराउनुभयो? म शैतानलाई कसरी जित्‍न सक्छु? म कसरी पराजित होइन विजयी बन्न सक्छु? के शैतान मभन्दा सामर्थी छ? ______। इजिकिएल २८:१२ अनुसार ऊ “________ले पूर्ण” छ। शैतानको उक्त बयान उसले पाप गर्नुभन्दा अघिको हो। तब के शैतान मभन्दा चलाख छ? ______। यदि मैले एक्लै शैतानको सामना गरेँ भने, विजय कसको हुन्छ? ___________। के शैतानको बल र बुद्धि परमेश्वरको भन्दा ठूलो छ (१ यूहन्ना ४:४)? _______। यदि परमेश्वरले एक्लै शैतानको सामना गर्नुभयो भने, विजय कसको हुन्छ? ______________। यदि परमेश्वर मभित्र जिएर शैतानको सामना गर्नुभयो भने के तब पनि विजय परमेश्वरकै हुनेछ? ______________। यदि परमेश्वरलाई मैले मेरो जीवनमा ठाउँ दिएँ भने, के म विजयी बन्न सक्छु? __________।

येशूले शैतानलाई कसरी पराजित गर्नुभयो? परमेश्वरको पुत्र हुनुभएकोले के उहाँले आफ्नो ईश्वरीय, अलौकिक (supernatural) सामर्थ्य प्रयोग गर्नुभयो? के उहाँले शैतानलाई पक्रेर चन्द्रमाभन्दा पर हुर्‍याइदिनुभयो? ____________। शैतानलाई जित्‍न यदि ख्रीष्टले आफ्नो इश्वरीय सामर्थ्य प्रयोग गर्नुभएको भए, त्यसले हामीलाई कुनै आशा वा उत्साह दिन सक्नेथिएन:

“येशूले शैतानलाई पराजय गर्नुभयो। त्यो ठूलो कुरा होला तरैपनि त्यसमा मेरो निम्ति कुनै आशा देख्दिनँ। आफू परमेश्वर नभएको हुनाले आफूसित कुनै अलौकिक सामर्थ्य छैन। यसकारण मैले शैतानलाई कसो गरी जित्‍न सक्छु र? शैतानसँग जुध्नु मेरो लागि असम्भव छ!”

तर बाइबलको शिक्षा त्यो होइन। प्रभु येशू ख्रीष्टले शैतानलाई जित्‍न आफ्नो अलौकिक र इश्वरीय सामर्थ्य प्रयोग गर्नुभएन। बरु उहाँले एक मानिसकै रूपमा शैतानको सामना गर्नुभयो (मत्ती ४:४ मा येशूले भन्नुभएको कुरालाई तुलना गर्नुहोस्, “मानिस रोटीले मात्र होइन”)। यो कुरा प्रत्येक विश्वासीको लागि खुशीको खबर हो! जसरी येशू विजयी बन्नुभयो ठीक त्यसरी नै हामी विजयी बन्न सक्छौं! जसरी ख्रीष्टले शैतानसँग लडाइँ गर्नुभयो ठीक त्यसरी नै हामी पनि शैतानसँग लडाइँ गर्नसक्छौं! उहाँले जे गर्नुभयो हामीले पनि ठीक त्यही नै गर्नसक्छौं! हो, शैतानले गरेको ख्रीष्टको परीक्षाले यो प्रमाणति गर्‍यो कि एउटा मानिस, ऊ आत्मामा हिँड्छ (अर्थात् आफूमा परमेश्वरलाई जिउन दिन्छ) भने, उसले परमेश्वरको वचन प्रयोग गर्छ र त्यसमा भर पर्छ भने, शैतान त्यो मानिससँग जुध्न सक्दैन!

एक सानो नानीले भने, “शैतान मेरो ढोकामा ढक्ढक्याउन आउँदा, ढोका खोल्न म जान्न! ढोका खोल्न म परमेश्वरलाई नै पठाउँछु। उहाँलाई देखेपछि शैतानलाई भाग्न कर लाग्छ!”

याकूब ४:७ मा परमेश्वरले विश्वासीलाई भन्नुहुन्छ,

“शैतानको __________________ गर”।

“सामना गर्नु” ले अर्थ हो “कसैको विरुद्धमा खडा हुनु”। परमेश्वरले हामीलाई कहिल्यै पनि शैतानसँग डराऊ भन्नुभएको छैन। हामीलेसँग डराउनुपर्छ (मत्ती १०:२८, १ पत्रुस २:१७)? _______________। परमेश्वरले हामीलाई कहिल्यै पनि शैतानबाट भाग्नलाई आदेश दिनुभएको छैन। हामी शैतानको विरूद्धमा खडा भएको परमेश्वर चाहनुहन्छ। उहाँको प्रतिज्ञा छ, ऊ हामीबाट भाग्नेछ। याकूब ४:७ले भन्छ, “_____________का सामना गर, र त्यो तिमीहरूबाट ____________। के शैतान ख्रीष्टदेखि भाग्यो (मत्ती ४:११)? ___________।

शैतानको सामना गर्नु भनेको दुइटा काम गर्नु हो:

एफेसी ६:११,१३,१४ पढ्नुहोस्। यी पदहरूमा “खडा” भन्ने शब्द भेटिन्छ? हामी हाम्रा शत्रु शैतानदेखि भागेको के परमेश्वर चाहनुहुन्छ?

प्रभु येशू शैतानको विरुद्धमा कसरी खडा हुनुभयो?

हव्वा कसरी शैतानको विरुद्धमा खडा भईनन्?

 

उत्पत्ति ३:१-६ लाई विचार गरौं:

 

पत्रुस कसरी शैतानको विरुद्धमा खडा भएनन्?

निम्न दुई उदाहरणहरूलाई विचार गरौं:

१) मत्ती १६:२१-२३
  २) लूका २२:३१-३२,३९-४६,५४-६२

शैतानले हामीलाई जीवनका दैनिक कामकुराहरूमा परीक्षा गर्न खोज्छ। हामी उसमाथि विजय हुन सक्न परमेश्वरले आवश्यक प्रबन्ध गर्नुभएको छ। परमेश्वरको जनले परमेश्वरलाई बिर्सँदा के हुन्छ? ममाथि परमेश्वरको अधिकार छ (उहाँ नै प्रभु हुनुहुन्छ) भन्ने कुरा विश्वासी जनले बिर्स्यो भने के हुन्छ? विश्वासी जनले परमेश्वरले भन्नुभएको कुरालाई विश्वास नगर्दा के हुन्छ? विश्वासी जनलाई सम्हाल्न सक्ने, उसलाई खडा राख्‍न सक्ने परमेश्वरको वचनमाथि उसले भर नपर्दा के हुन्छ?

निम्न परिस्थितिहरूको सामना गर्नुपर्दा यस पाठमा सिक्नुभएका कुराहरूलाई तपाईंले कसरी प्रयोगमा ल्याउन सक्नुहुन्छ?

  1. “आज मलाई धेरै थकाइ लागेको छ, त्यसैले म प्रार्थना सभामा नजाऊँ क्यारे!”
  2. “बाइबल स्कूलमा म बाइबल पढ्छु, परिवारसित पनि बेलुका पढ्छु। यसकारण व्यक्तिगत रूपमा बाइबल पढ्न गर्न, चुपचापको समय विताउन मलाई आवश्यक छैन।”
  3. “स्वर्ग जान्छु भन्ने मलाई पक्का भइसकेकोले र परमेश्वरले मलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएकोले मैले जस्तोसुकै जीवन बिताए पनि हुन्छ।”
  4. “असल कुराहरूमा मन लगाएको परमेश्वर चाहनुहुन्छ भन्ने मलाई थाह छ तर मलाई यो टी .भी . कार्यक्रम हेर्न एकदमै मन छ र अहिले मलाई रोक्न मेरा बाबुआमा समेत हुनुहुन्न।”
  5. “यो जाँचमा मैले त्यति राम्रो गर्न सकिरहेको छैन त्यसैले राम्रो अंक प्राप्‍त गर्न म सरलाले लेखेको हेर्दै सार्नुपर्ला।”
  6. “शिक्षक कक्षाकोठामा हुँनुहुँदा म उदाहरणीय व्यवहार गर्नेछु तर शिक्षक जानुभइसकेपछि मेरो साथीहरूसित जे मन लाग्यो त्यही गर्नेछु”
  7. “बाबा, मोटरसाइकललाई अलि बेस्सरी हाँक्नुहोस् न। तोकिएको गति-सीमालाई नाघे पनि हुन्छ। परमेश्वरले हाम्रो सुरक्षा गर्नुहुन्न र?”
  8. “वचन प्रचार सुन्न ज्यादै झन्झट पो लाग्यो। बरु म अरु कुराहरू सोचेर बस्नेछु”
  9. शुरुका विश्वासीहरूमध्ये कतिजनाले ख्रीष्टलाई “प्रभु” भनी स्वीकार गरी मृत्यु दण्डलाई रोज्नसक्थे वा सिजरलाई “प्रभु” भनी स्वीकार गरी ज्यान जोगाउन रोज्नसक्थे। शैतानले ती विश्वासीहरूलाई प्रभुलाई इन्कार गरोस् भनेर परीक्षा गरे होलान्? तिनीहरूमध्ये धेरै कसरी त्यस्तो परीक्षामाथि पनि विजय भए?

१ कोरिन्थी १०:१३ यस पाठसित कसरी सान्दर्भिक छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

येशूको बाल्यकाल

येशूको बाल्यकाल

हुर्काइ

आफू जन्मनुभएको दिनदेखि नै बालक येशू शैतानको तारो बन्नुभयो (प्रकाश १२:१०) भन्ने कुरा हामीले पहिलो पाठमा अध्ययन गर्‍यौं। हामी पनि नयाँ गरी जन्मेको दिनदेखि नै शैतानको तारो बन्दछौं। तर परमेश्वर शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)। परमेश्वरले आफ्नो योजना बिगार्न शैतानलाई कुनै ठाउँ दिनुहुन्न। येशूको निम्ति रचिएको परमेश्वरको योजना शैतानले बिगार्न असम्भव थियो। परमेश्वरमाथि भरोसा राख्‍नेहरूका निम्ति रचिएको परमेश्वरको योजना पनि शैतानले बिगार्न सक्दैन।

आजको पाठमा हामी येशू ख्रीष्टको हुर्काइको बारेमा अध्ययन गर्नेछौं। उहाँ एक शिशुदेखि बालक, बालकदेखि युवा, युवादेखि जवान मानिस बन्दै जानुभएको बारेमा अध्ययन गर्नेछौं। उहाँको बाल्यवस्था र युवावस्थाको बारेमा बाइबलले के बताउँछ? जीवनको एक खुड्किलादेखि अर्को खुड्किलामा हामी कसरी चढ्नुपर्छ? उमेर चढ्दै जाँदा हामी कसरी परिपक्व हुँदै जानुपर्छ भनेर बुझ्न शायद यस अध्ययनले हामीलाई केही मदत गर्नेछ।

येशू ख्रीष्टको हुर्काइको बारेमा बाइबलले ज्यादै थोरै मात्र बताउँदछ। येशू ख्रीष्टको बारेमा उपलब्ध अधिकांश विवरण उहाँको ३½ वर्षको सार्वजनिक सेवाकार्य (Public Ministry) सित सम्बन्धित छ। उक्त अवधिले उहाँको बप्‍तिस्मादेखि (लूका ३:२१ -२२ ) उहाँको मृत्यु र पुनरुत्थान (लूका २३ र २४ ) सम्मलाई समेट्छ। आफ्नो सार्वजनिक सेवाकार्यको शुरुमा येशू ख्रीष्ट कति वर्षको हुनुहुन्थ्यो (लूका ३:२३? प्रायः ______________।

लूकाको पुस्तकामा येशूको हुर्काइ सम्बन्धी दुइटा पदहरू छन्। ती पदहरूलाई राम्ररी अध्ययन गरौं:

लूका २:४० लूका २:५२
शिशुदेखि बाह्र वर्षको उमेरसम्म बाह्र वर्षदेखि तीस वर्षको उमेरसम्म
“अनि बालक ________भयो, र ______ले परिपूर्ण भएर आत्मामा बलियो हुनुभयो; अनि परमेश्वरको अनुग्रह उहाँमाथि थियो।” “अनि येशू _______मा, ____________मा र _______________ र __________को अनुग्रहमा बढ्दै जानुभयो।“

लूका २:४० अनुसार सानो बालक येशू केवल शारीरिक कद र बलमा मात्र नभएर बुद्धिमा पनि बढ्नुभयो। उहाँ निरन्तर बुद्धिले भरिँदै जानुभयो। के एउटा सानो बालक (जस्तै, ३ वर्ष, ५ वर्ष, ७ वर्ष, ९ वर्ष, ११ वर्ष) बुद्धिमा बढ्न सक्छ? बुद्धिमा बढ्न के ऊ २० वर्षको उमेरसम्म पर्खनुपर्छ? _____________। के तपाईं अहिले नै बुद्धिमा बढ्न सक्नुहुन्छ? __________। बुद्धि भनेको के हो? बुद्धि भनेको १४ले २८लाई गुणन गर्न सक्नु हो? __________। बुद्धि भनेको इतिहास र विज्ञानका कुराहरू सिक्न सक्नु हो? __________। एउटा विद्यार्थीले स्कूलका सम्पूर्ण विषयहरूमा पूर्णाङ्क प्राप्‍त गरेर पनि के ऊ बुद्धिहीन नै रहन सक्छ? __________। वास्तवमा बुद्धि परमेश्वरसित सम्बन्धित कुरा हो कि (हितोपदेश ९:१०)? __________।

सही काम गर्न सक्न र सही ढङ्गले जिउन सक्न हाम्रो उमेर कति पुगेको हुनुपर्छ? यदि कुनै साना केटाकेटी गलत काम गर्न सक्ने भइसकेका छन् भने के तिनीहरूले सही काम पनि गर्न सक्नुपर्ने हो? ________। यदि साना केटाकेटीले कथा र कमिक्स पढ्न सक्छन्, बोल्न सक्छन् भने के तिनीहरूले बाइबल पढ्न र प्रार्थना गर्न पनि सक्नुपर्ने हो? ________। के यस्ता कुराहरू गर्न तपाईंको उमेर पुगेको छ? _______।

साथै हामीले कदापि यस्तो भन्न सक्दैनौं, “हुर्कने काम कति गाह्रो छ, यसमा कति संघर्ष छ भनेर परमेश्वरलाई के थाहा छ र?” बास्तवमा, परमेश्वर हाम्रा एक-एक पाइला जान्नुहुन्छ। क्रूसमा मर्नुहुने प्रभु एक समय एउटा केटो हुनुहुन्थ्यो। साना केटाकेटीहरू प्रति उहाँ विशेष चासो राख्‍नुहुन्छ र ठूलाहरू प्रति पनि। तपाईंको जस्तै उहाँका पनि बाबु-आमा थिए (लूका २:४१)। तपाईंको जस्तै उहाँका पनि भाइ-बहिनीहरू थिए (मर्कूस ६:३)। हामी जस्तै उहाँ पनि ११, १२, १३ वर्ष उमेर हुँदै बढ्नुभयो।

लूका २:५२ मा अझ अरू कुरा मानिसका पुत्रको हुर्काइ सम्बन्धी सिक्दछौं। यस पदलाई बुझ्न निम्न चित्रको मदत लिऊँ:

प्रभु येशू ख्रीष्ट बढ्दै जानुहुँदा उहाँले जीवनका यी चारै क्षेत्रमा निरन्तर प्रगति गर्नुभयो। शरीरमा बढ्न उहाँलाई कुनचाहिँ पेशाले मदत गर्‍यो (मर्कूस ६:३)? ____________। एउटा मानिस उसले मानसिक क्षेत्रमा प्रगति गरेर पनि सामाजिक क्षेत्रमा अपरिपक्व हुन सक्छ? अर्थात् उसले धेरै विषयमा जानकारी प्राप्‍त गरेर पनि ऊ मानिसहरूसित राम्ररी हेलमेल गर्न नसक्ने हुन सक्छ? ________। तीस वर्षको हुर्काइको अन्तमा परमेश्वरले आफ्ना पुत्रलाई हेर्नुहुँदा के उहाँ प्रसन्न हुनुहुन्थ्यो (लूका ३:२२)? ______________।

बाइबलमा येशूको हुर्काइ सम्बन्धी हामीलाई थोरै मात्र बताइएको भए तापनि एउटा महत्त्वपूर्ण कुरा भने उल्लेख छ। लूका २:५१ बाट हामी जान्दछौं येशू सधैं आफ्ना बाबुआमाको ____________मा रहनुभयो। आफूलाई यूसुफ र आफ्नी आमाको अधिकारमुनि सुम्पँदै उहाँले उनीहरूको आज्ञापालन गर्नुभयो। उहाँले आफ्ना बाबुआमाको आदर गर्नुभयो। केटो हुनुहुँदा, युवा हुनुहुँदा उहाँले विद्रोह गर्नुभएन, हठी र अनाज्ञाकारी बन्नुभएन। उहाँले कलस्सी ३:२० र एफेसी ६:१ -२लाई सिद्धरूपमा पालन गर्नुभयो। तपाईं चाहिँ कस्तो खालको छोरा वा छोरी हुनुहुन्छ?

  1. सधैंजसो आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
  2. साधारणतया आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
  3. कहिलेकाहीँ आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने
  4. विरलै आज्ञापालन गर्ने र बाबुआमाको अधीनमा रहने

यदि यो उमेरमा तपाईंले आज्ञा नमान्न सक्नुहुन्छ भने, तपाईंले आज्ञा मान्न पनि तपाईंको उमेर पुगेको छ कि? ________।

छुट्नुभयो तर हराउनुभएन

आफ्नो परिवारसित येरुशलेम जानुहुँदा बालक येशू कति वर्षको हुनुहुन्थ्यो (लूका २:४२)? ________। येशू बसोबास गर्नुहुने शहर __________ (लूका २:३९ ) बाट यरुशलेम लगभग ११२ किलोमीटर टाढा पर्थ्यो। मरियम र यूसुफ यरुशलेमबाट फर्कने क्रममा येशूले के गर्नुभयो (लूका २:४३)? के उहाँका बाबुआमालाई यो थाहा थियो? __________। उहाँ कहाँ हुनुहुन्छ होला भनी उनीहरूले सोचेका थिए (लूका २:४४)? ______________________________________________________। उहाँलाई भेट्टाउन कति समय लाग्यो (लूका २:४६ ) __________। के मरियम र यूसुफ तीन दिनसम्म चिन्तित भएका थिए (लूका २:४८)? ________। अन्तमा उनीहरूले उहाँलाई कहाँ भेट्टाए (लूका २:४६)? ______________। त्यसबेला के येशू पनि चिन्तित हुनुभएको थियो (लूका २:४९)? ________।

येशू परमेश्वरको भवनमा बाइबल (पुरानो नियम) अध्ययन गर्ने र सिकाउने यहूदी गुरूजनहरूको बीचमा बसिरहनुभएको थियो। येशू उनीहरूका बीचमा बस्नुहुँदा उहाँको धारणा कस्तो थियो? “म परमेश्वरको पुत्र हुँ तर यी शिक्षकहरू केही नजान्ने मानिस मात्रै हुन्। त्यसैले म तिनीहरूको कुरा सुन्दिनँ अनि म उनीहरूलाई कुनै प्रश्‍न गर्दिन किनकि उनीहरूले मलाई के नै सिकाउन सक्छन् र।” के उहाँको धारणा यस्तो थियो? __________।

येशूले प्रश्‍न मात्र गर्नुभएन, उहाँले ज ________ (लूका २:४७ ) पनि दिनुभयो। तिनीहरूका साना “चेला”ले उनीहरूलाई सिकाउन थालेको देख्दा ती शिक्षकहरू छक्क परे। येशूले उनीहरूलाई प्रश्‍न गर्नुहुँदा शायद उनीहरूले उहाँको गहिरो बुद्धि देखे र नै उनीहरूले उल्टो उहाँलाई प्रश्‍न गर्न थाले! ९, १०, ११, १२ वर्षका साना केटाकेटीहरूले समझ प्राप्‍त गरेको र जवाफहरू प्राप्‍त गरेको के परमेश्वर चाहनुहुन्छ? तपाईंको निम्ति परमेश्वर यही चाहनुहुन्छ? तपाईं जवाफहरू चाहनुहुन्छ? तपाईं प्रश्‍न सोध्ने गर्नुहुन्छ? सोध्ने गर्नुहुन्न भने किन गर्नुहुन्न? प्रश्‍न गर्दैमा सधैं नै तुरून्त कुरा बुझिन्छ भन्ने हो? जब जब हामी विचार गर्छौं, प्रश्‍न गर्छौं र जवाफको खोजी गर्छौं तब तब हामी केही समझ प्रप्‍त गर्छौं, अझ बुझ्दै जान्छौं।

बाबुआमाले उहाँलाई भेट्टाएपछि, येशूले उनीहरूलाई भन्नुभयो: “म मेरा पिताको काममा व्यस्त रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” यहाँ येशूले “मेरा पिता” भन्नुभयो। के उहाँले यूसुफको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो? __________। याद राख्‍नुहोस्, यूसुफ येशूका बास्तविक बाबु थिएनन् (हेर्नू: लूका १:३१, ३४ -३६ र मत्ती १:१८-२५) यद्यपि उनले येशूलाई हुर्काउने र सिकाउने काम र उहाँको निम्ति प्रबन्ध गर्ने काम गरे। यूहन्नाको सुसमाचारको पुस्तकमा येशूले झण्डै ४० पटक “मेरा पिता” भन्नुभएको पाउँछौं (जस्तै: यूहन्ना ५:१७, ८:२८ ) तर कुनै पनि सन्दर्भमा उहाँले यूसुफको कुरा गर्नुभएको थिएन। येशूको पिता स्वर्गमा बस्नुहुने परमेश्वर हुनुहुन्थ्यो।

येशू कुन ठाउँमा हुनुहुन्छ भनेर मरियम र यूसुफले जान्नुपर्ने थियो! उहाँ हराउनुभएको थिएन। उहाँ ठीक ठाउँमा, ठीक काम गर्दै हुनुहुन्थ्यो!

तपाईंका बाबुआमाले तपाईंलाई कस्तो ठाउँमा भेट्टाउँछन्? तपाईंले के गरिरहेको भेट्टाउँछन्? तपाईं ठीक ठाउँमा, ठीक काम गरिरहेको भेट्टाउँछन्? स्वर्गीय पिताको कुराहरूमा मन लगाइरहेको भेट्टाउँछन्? बाइबल पढिरहेको भेट्टाउँछन्? प्रार्थना गरिरहेको कहिल्यै भेट्टाउँछन्? खाँचोमा परेकाहरूलाई सहायता गरिरहेको भेट्टाउँछन्? साथीलाई प्रभुको बारेमा बताइरहेको भेट्टाउँछन्? तपाईंका बाबुआमा तपाईंलाई स्कूलमा भेट्न आउनुभयो भने तपाईंले ठीक ठाउँमा, ठीक काम गरिरहेको भेट्टाउनेछन्? तपाईंले कसको काममा मन लगाइरहेको भेट्टाउनेछन् होला? आफ्नै काम? साथीहरूको काम? संसारको काम? परमेश्वरको काम?

प्रत्येक बाल-बालिकाले ठीक ठाउँमा, ठीक काम गरिरहन सम्भव छ भनी बालक येशूले प्रमाणति गर्नुभयो। के तपाईं ठीक ठाउँमा, ठीक काम गर्दैहुनुहुन्छ ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बालक येशूको विरुद्धमा हेरोद राजा

बालक येशूको विरुद्धमा हेरोद राजा

येशू ख्रीष्टको जन्म कुन राजाको समयमा भएको थियो (मत्ती २:१)? __________। ऐतिहासिक लेखोटहरूमा उनलाई “हेरोद महान्” (Herod the Great) भनी उल्लेख गरिएको पाइन्छ। हो, एक अर्थमा उनी महान् नै थिए; दुष्टता र नृशंसतामा उनी महान् थिए। शक्तिका निम्ति उनी अति अभिलाषी थिए (शक्तिका निम्ति उनी कति डाही र अभिलाषी थिए भन्ने कुरा मत्ती २:२-३ मा हेर्नुहोस्)। इतिहासले बताएअनुसार, उनले कुनै दया-माया नराखी आफ्नै घर-घरानाकाहरूलाई हत्या गर्दा उनका धेरैमध्ये एक पत्‍नी समेत परीन्, साथै ती पत्‍नीका दुई दाजुभाइहरू पनि। उनी पशुसरह मानिस थिए। रोमका सम्राट अगस्टसले समेत हेरोदका बारेमा यसरी भनेका थिए, “हेरोदको छोरा हुनुभन्दा त उनको सुँगुर हुनु बेस।”

हेरोदको जीवनको आखिरी महिनाहरूमा बेथलेहेममा एक शिशुको जन्म भयो जो ____________का ________ हुनुहुन्थ्यो (मत्ती २:२)। उहाँ नै _____________का ________ पनि हुनुहुन्छ (प्रकाश १९:१६)। राजगद्दीमा बस्ने उनको अधिकारलाई चुनौती दिने अर्को राजा उनी देख्‍न चाहँदैनथे। आफू सट्टा अरू कोही पनि राजा भएको उनी चाहँदैनथे।

कहिलेकाहीँ हामी पनि हेरोदजस्तै हुन्छौं– प्रभुलाई हाम्रो जीवनका राजा बन्न दिँदैनौं, स्वयम् आफै राजा बनी सिंहासनमा बसिरहन चाहन्छौं। “प्रभु, मैले के गर्नु हुन्छ या हुँदैन भनेर मलाई बताउनुपर्दैन। म आफूखुशी गर्न चाहन्छु। आफ्नो राजा म आफै हुँ!”

हेरोदले ज्योतिषीहरू (“wise men”) लाई दुइटा महत्त्वपूर्ण प्रश्‍न सोधेः

१) यी राजा कहाँ जन्मेका छन्? (मत्ती २:४-६)

२) यी राजा कहिले जन्मेका हुन्? (मत्ती २:७ लाई मत्ती २:१६ सित तुलना गर्नुहोस्)

अर्थात् बालक कहाँ छन् र कति उमेर पुगेका छन्? हेरोद जान्न इच्छुक थिए। ज्योतिषीहरू बालक येशूलाई किन भेट्न इच्छुक थिए (मत्ती २:२)? __________________________ _____________। मत्ती २:८ मा उल्लेखित उनको भनाइअनुसार, हेरोद बालक येशूलाई भेट्न किन इच्छुक थिए? _______________________________। यस अमानवीय दुर्जनको उक्त भनाइलाई के तपाईं विश्वास गर्नुहुन्छ? __________। उनले बालक येशूलाई भेट्न चाहनुको वास्तविक कारण के थियो? _________________________________।

हेरोद अति दुष्ट थिए तरैपनि उनलाई परिचालन गर्ने अर्कै व्यक्ति थियो। हेरोदलाई परिचालन गरी आफ्नो दुष्ट योजनाहरू पूरा गर्न खोज्ने हेरोदभन्दा कैयौं गुणा दुष्ट हत्यारा को थियो (यूहन्ना ८:४४)? ______। हेरोदको आत्मिक बाबु को थियो? _________।

बाइबलले बताउँदछ, त्यो अजिङ्गरले (अजिङ्गर को हो प्रकाश १२:९ बाट पत्ता लगाउनुहोस्) बालक येशूलाई उहाँ ज ________साथ (प्रकाश १२:४) निलिहाल्न चाहन्थ्यो, अनि त्यस अजिङ्गरले आफ्नो उद्देश्य पूरा गर्न खोज्न दुष्ट हेरोदलाई प्रयोग गर्‍यो।

तर शैतान मात्र सक्रिय थिएन। परमेश्वर पनि सक्रिय हुनुहुन्थ्यो। बालक येशूको रक्षा गर्न परमेश्वरले गर्नुभएको एउटा कार्य के थियो (मत्ती २:१२)? _________________ _________________________________________ __________। ज्योतिषीहरू फर्केर नआएकाले हेरोद साह्रै रिसाए। उनले आफ्ना कारिन्दाहरूलाई के गर्न लगाए (मत्ती २:१६)? _________________________________________ ___________________। शैतान येशूलाई किन नष्ट गर्न चाहन्थ्यो? लूका ८:१२ अनुसार मानिसहरूले __________ गरेको र ________ पाएको शैतान चाहँदैन। मुक्तिदाता छैनन् भने मानिसले मुक्ति पाउन सक्छन् र?

यदि तपाईं परमेश्वर हुनुभएको भए, बालक येशूमाथिको शैतानिक आक्रमणको प्रतिकार तपाईंले कसरी गर्नुहुनेथ्यो? हेरोदलाई हटाउने प्रयास गर्नुहुनेथ्यो कि? निर्दोष बालकहरूको हत्या गर्न आउनेहरूको हातबाट उनीहरूलाई जोगाउन बेथलेहेम शहरलाई घेर्न तपाईंले ५,००० स्वर्गदूतहरू खटाउनुहुनेथ्यो कि? हेरोदको निर्दयी टोलीलाई निलिहाल्न तपाईंले जङ्गली जनावरहरू पठाउनुहुनेथ्यो कि? परमेश्वरले के गर्नुभयो (मत्ती २:१३-१४)? ______________________________ _________________________________________ __। मत्ती २:१९-२१ पनि पढ्नुहोस्।

बालक येशूलाई जोगाइयो तर राजाको आज्ञाबमोजिम दुई वर्ष र मुनिका निर्दोष (पापी स्वभाव लिएर जन्मेका भए तापनि मृत्युदण्ड लायकका कुनै कार्य नगरेका) बालकहरूको हत्या भयो (मत्ती २:१६)। किन परमेश्वरले तिनीहरूको मृत्यु हुन दिनुभयो? परमेश्वरले एकजनालाई उम्काउनुभयो तर अरूहरूलाई भने किन निर्मम हत्याको शिकार बन्न दिनुभयो?

त्यस भयावह रक्तपातले मानिसको डरलाग्दो पापी स्वभावको बारेमा केही शिक्षा दिन्छ कि? यसले पापी र हत्याराहरूमा पनि मुख्य शैतानको दुष्ट चरित्रको थप प्रमाण दिन्छ कि (१ यूहन्ना ३:८, यूहन्ना ८:४४)? वर्तमान जीवनका अन्याय, अत्याचारलाई के परमेश्वरले एक दिन सुल्ट्याउन सक्नुहुन्छ? निर्दोष व्यक्तिलाई निर्ममतापूर्वक फाँसी दिइँदा के परमेश्वरलाई खुशी लाग्छ र (हितोपदेश ६:१६-१७)? __________। के परमेश्वर साना नानीहरूको वास्ता गर्नुहुन्छ (लूका १८:१४- १५)? ____________। के परमेश्वरले उनीहरूको निम्ति हामीले भन्दा बढी वास्ता गर्नुहुन्छ (लूका १८:१४)? ____________। के परमेश्वरले सधैं सही काम गर्नुहुन्छ (उत्पत्ति १८:२५)? ______________।

हामीले देख्यौं, परमेश्वरका योजना र उद्देश्यहरू सधैं सफल हुन्छन्। मैले जित्दै छु भनी शैतानले सोचे तापनि अन्त्यमा ऊ सधैं नै परास्त हुन्छ। तपाईंको जीवनको निम्ति परमेश्वरको योजना छ कि छैन? के उहाँको उक्त योजना असल छ? उक्त योजना पूरा होस् भन्ने शैतान चाहन्छ र? परमेश्वरको योजना आफ्नो जीवनमा पूरा होस् भन्ने तपाईंको चाहना छ कि छैन?

आज शैतानको योजना छ कि छैन? उसका शत्रुहरू छन् कि छैनन्? उसका शत्रुहरूले हुन्? ऊ कसलाई हटाउन, कसलाई नष्ट गर्न चाहन्छ? यसका लागि उसले कसलाई परिचालन गर्छ (एफेसी २:२)? उसको इच्छाअनुसार काम गरिदिने उसका सन्तानहरूले हुन् (१ यूहन्ना ३:१०, यूहन्ना ८:४४)? उहाँ जन्मनुभएको दिनदेखि प्रभु येशू शैतानको प्रमुख तारो बन्नुभयो। आज येशू यस पृथ्वीमा हुनुहुन्न (यूहन्ना १६:१० मा हेर्नुहोस्) जसको कारण शैतानले आज उहाँलाई प्रत्यक्ष आक्रमण गर्न सक्दैन। यसकारण शैतानले आज कसलाई आक्रमण गर्छ? संसारमा ख्रीष्टको सबभन्दा निकटमा रहेको कुरा के छ (कलस्सी १:२७ दाँजेर हेर्नुहोस् – “ख्रीष्ट ________हरू भि ____”)? आज शैतानले कसलाई प्रहार गर्दै छ (एफेसी ६:१२,१३,१६)? _______________________________। येशू जन्मनासाथ उहाँलाई निलिहाल्न अजिङ्गर तयार थियो (प्रकाश १२:४)। आज ऊ सिंहले झैं कसलाई गाँज्न चाहन्छ (१ पत्रुस ५:८)? __________________। हाम्रो डरलाग्दो शत्रु शैतानको चर्चा गर्दा हामीले एउटा कुरा बिर्सनुहुन्न, त्यो के हो (१ यूहन्ना ४:४)? ___________________________________ _________________________________। हामीले शैतानलाई कसरी पराजित गर्न सक्छौं?– याकुब ४:७-८, १ पत्रुस ५:६- ११।

बालक येशूको रक्षा गर्नुहुने परमेश्वरले तपाईंको रक्षा गर्नुहुन्छ! शैतानलाई नियन्त्रण गर्न परमेश्वर सक्नुहुन्छ! केवल तपाईंले आफ्नो जीवनको राजा परमेश्वरलाई बनाउनुहोस्। आफ्नो जीवनको सुरक्षाको जिम्मा परमेश्वरमाथि सुम्पिनुहोस्!

* * *

शिक्षकका लागि थप टिप्पणीहरू:

 

मत्ती २ अध्यायमा बालक येशू कति उमेरको हुनुहुन्थ्यो?

हेरोदको प्रश्‍न यो थियो, तारा सबभन्दा पहिले कुन समयमा देखा पर्‍यो (मत्ती २:७)। तारा पहिले देखा परेकै घडीमा बालकको जन्म भएको हो भनी उनले मानिलिएको हुनुपर्छ। ज्योतिषीहरूको उत्तर उल्लेख गरिएको छैन। उनीहरूले तारालाई एक महिना अगाडि देखे, कि दुई महिना अगाडि, कि छ महिना अगाडि, कि एक वर्ष अगाडि कि दुई वर्ष अगाडि, हामीलाई बताइएको छैन।

मत्ती २:१६ मा ज्योतिषगणले के उत्तर दिए भनी पत्ता लगाउने आधार भेटिन्छ। दुई वर्ष र मुनिका सबै बालकहरूलाई मारेको खण्डमा येशू पनि मारिनेछन् भनी हेरोद जान्दथे। संहारबाट बालक येशू नउम्कोस् भनी निश्चय गर्न हेरोदले ठूलै जाल फिँजाए। अर्थात्, बालक चार महिनाको छ भन्ने जानेका भए हेरोदले “दुई वर्ष र मुनिका सबै बालकहरूलाई मार्नू ताकि ख्रीष्ट नउम्कोस्” भन्ने हुकुम दिन सक्थे। बालक दुई वर्षको छ भन्ने जानेका भए उनले, पक्का हुन, तीन वर्ष र मुनिका सबै बालकहरूलाई मार्न लाउँथे होला। ज्योतिषीहरूले आफ्नो यात्रा तारा देखेपछि शुरु गरेको बुझिन्छ (मत्ती २:२) र उनीहरूलाई पूर्वदेखि यरुशलेम आइपुग्न केही महिनाभन्दा बढी लागेन होला। मत्ती २:१ले ती ज्योतिषीहरू ख्रीष्टको जन्म भएको थोरै समयपछि नै यरूशलेम आए भन्ने सङ्केत दिन्छ।

तसर्थ, यस समयमा येशू केही महिनाको हुनुहुन्थ्यो भन्ने निष्कर्ष सबभन्दा सन्तोषजनक देखिन्छ (यद्यपि उहाँको ठीक उमेर जान्ने कुनै आधार छैन)। तर ख्रीष्टको जन्ममा गोठालाहरूसँगै ज्योतिषीहरू पनि थिए भन्ने परम्परागत धारणा भने निश्चय स्वीकार गर्न लायक छैन। ज्योतिषीहरूले डुँडमा पस्रिएको एक शिशुलाई भेट्टाएनन्; उनीहरूले त बेथलेहेमको एउटा घरभित्र साना बालकलाई भेट्टाए (मत्ती २:११)।

संहारमा कतिजना बालकहरू मरे?

यो अर्को प्रश्‍न हो जसको उत्तर दिने प्रयासमा हामी केवल अड्कल मात्र गर्न सक्छौं। बेथलेहेम गोठाला गर्नेहरूको एउटा अति सानो र नगण्य बस्ती थियो (मीका ५:२)। बेथलेहेम र त्यसको वरिपरिको जनसङ्ख्या धेरै थिएन। साथै मत्ती २:१६ मा “सबै बालकहरू” एक पुलिङ्ग वाक्यांश भएको हुनाले केटाहरू मात्रै मारिएको देखिन्छ। एक बालिका पछि राजा बन्लान् भन्ने डर हेरोदलाई थिएन।

शायद एक सयभन्दा कम बालकहरू मारिए। ए.टी. रबर्टसनका अनुमानमा १५ देखि २० जना मारिए। यदि ठूलै सङ्ख्यामा मारिएका भए हेरोदका अन्य अत्याचारहरूलाई बयान गर्ने इतिहासकार जोसेफस (Josephus) ले यस घटनालाई पनि उल्लेख गर्नुपर्नेथ्यो तर उनले गरेका छैनन्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पुनरुत्थित् प्रभु (भाग २)

Study Series

पुनरुत्थित् प्रभु (भाग २)

४) येशू गालील समुद्रको किनारमा चेलाहरूकहाँ देखा पर्नुहुन्छ

तिबेरियासको समुद्र (यूहन्ना २१:१), _________ को समुद्र (यूहन्ना ६:१) को अर्को नाउँ हो। यूहन्नाको एक्काइसौं अध्यायले येशू आफ्ना चेलाहरूकहाँ उनीहरू सामूहिक रूपमा हुँदा बौरिउठ्नुभएपछि तेस्रो पटक देखा पर्नुभएको घटनालाई बयान गर्दछ (यूहन्ना २१:१४ पढ्नुहोस्)। हामीले उहाँ त्यसरी देखा पर्नुभएको पहिलो दुइटा घटनाहरू हेरिसक्यौं (यूहन्ना २०:१९ र यूहन्ना २०:२६)।

यस अवसरमा त्यहाँ कतिजना चेलाहरू सँगै थिए (यूहन्ना २१:२)? __________। माछा मार्न जाने योजना कसको थियो (यूहन्ना २१:३)? __________। तिनीहरू कत्तिको सफल भए? (यूहन्ना २१:३)? ____________________________। यूहन्ना २१ मा घटेको घटना केहि वर्ष अगाडि घटेको एउटा घटना जस्तै थियो (लूका ५:४-११ पढ्नुहोस्)। लूका ५ र यूहन्ना २१ मा घटेका घटनाबीच के-कस्ता समानन्तरताहरू थिए? लूका ५:१० मा येशूले शिमोन पत्रुसलाई भन्नुभएको थियो, “अबदेखि उसो तिमीले ______________ पक्रनेछौ”। तर यूहन्ना २१ मा पत्रुस माछा पक्रनलाई फर्केको हामी देख्छौं!

यूहन्ना २१:७ मा हामीलाई पत्रुस र यूहन्नाको बारेमा केही कुरा बताइएको पाउँछौं। कुनचाहिँ चेलाले येशूलाई पहिले चिने? __________। कुनचाहिँ चेला पानीमा हाम फाल्न छिटो थिए? ___________। सबैजना चेलाहरू किनारमा आइपुग्दा कसले बिहानको नास्ता तयार गर्दैहुनुहुन्थ्यो (यूहन्ना २१:९)? _________________। कसले खाना खुवाउनुभयो (यूहन्ना २१:१३)? ________________। हाम्रो प्रभु साँच्चै बौरिउठ्नुभएको कुराको यहाँ प्रशस्तै प्रमाण भेटिन्छन्। सातजना वयस्क पुरुषहरूले उहाँलाई बिहानको घामको उज्यालोमा आफ्नै आँखाले देखे। गालीलको समुद्रको किनारमा प्रभुलाई बसिरहनुभएको, कुराकानी गरिरहनुभएको र खाना खाइरहनुभएको हामी देख्छौं। बौरिउठाइको यो भन्दा प्रबल प्रमाण दिन सकिन्छ? पत्रुस यसबाट पूर्ण रूपमा विश्वस्त भएका र सन्तुष्ट भएका थिए किनकि वर्षौं बितेपछि उनले कर्नेलियसलाई भन्छन्, “उहाँ __________बाट ________ ___________पछि हामीले उहाँसँगै खायौं-पियौं” (प्रेरित १०:४१)। आज येशू जीवित हुनुहुन्छ भनेर हामी विश्वस्त छैनौं भन्नेहरूले इमानदारीका साथ स्पष्ट प्रमाणहरूलाई हेर्नु खाँचो छ!

यस अध्यायको अर्को खण्डमा प्रभुले कस्तो कोमल तरिकाले पत्रुससित व्यवहार गर्नुभएको थियो भन्ने कुरालाई हेर्नेछौं। धेरै समय बितेको थिएन जुन बेला पत्रुसले आफ्ना प्रभुलाई शर्मलाग्दो गरी इन्कार गरे। पत्रुसको इन्कार गराइलाई यूहन्ना २१ को खण्डसित तुलना गर्दा निम्न समानन्तरताहरूलाई ख्याल राख्‍नुहोस्:

पत्रुसको इन्कार गराइ पत्रुससितको प्रभु येशूको व्यवहार (यूहन्ना २१)
प्रभुलाई इन्कार गर्दा पत्रुसले आ_____ तापिरहेका थिए (यूहन्ना १८:१८)। पत्रुससित येशू कुरा गर्नुहुँदा पनि उहाँहरू कोइलाको _________ वरिपरि हुनुहुन्थ्यो (यूहन्ना २१:९)
पत्रुसले प्रभुलाई तीन-तीन पटक इन्कार गरे (यूहन्ना १३:३८)। प्रभुका निम्ति आफ्नो प्रेम स्वीकार गर्नलाई पत्रुसलाई येशूले तीन-तीन पटक मौका दिनुहुन्छ (यूहन्ना २१:१५-१७)।
तेस्रो इन्कार गराइपछि भाले बास्यो र पत्रुस दुःखित बने र धुरुधरु रोए (मत्ती २६:७५)। प्रभुले तेस्रो पटक प्रश्न गर्नुभएपछि पत्रुस दुःखित भए (यूहन्ना २१:१७)। विगतको आफ्नो विफलताको उनलाई सम्झना आएको थियो कि?

यूहन्ना २१:१५-१७ पढ्नुहोस् र प्रत्येक पदको अन्तमा उल्लेखित तीन वा चार शब्दहरूलाई ध्यान दिनुहोस्। उनले येशूलाई साँच्चै प्रेम गर्छन् भनी देखाउन पत्रुसले गर्नुपर्ने एउटै काम के हो भनी उसलाई भनियो? _______________________________________। यूहन्नाको एक्काइसौं अध्याय पत्रुस कसरी मछुवाबाट गोठाला बन्न पुगे भन्ने कुराको कहानी पनि हो!

पत्रुसको जीवनको सेवाकार्य माछाको काम गर्नु थिएन तर मान्छेसित काम गर्नु थियो (लूका २२:३१-३२ पढ्नुहोस्)। उनले परमेश्वरको बगालको हेरचाह गर्नु थियो। यूहन्ना १०:२७ मा अध्ययन गरिसक्यौं, परमेश्वरका भेडा ती हुन् जसले ख्रीष्टको स्वर सुन्छन्, उहाँलाई पछ्याउँछन् र उहाँमाथि विश्वास गर्छन्। आफूले सिक्नुपर्ने पाठ पत्रुसले राम्ररी सिकेको दखिन्छ किनकि पछि उनको जीवनमा बगाललाई खुवाउने र परमेश्वरका भेडाहरूका लागि सही किसिमको अगुवा हुने भन्ने कुराको महत्त्व उनले बुझेका थिए (१ पत्रुस ५:१-४)! यदि कुनै पास्टरले परमेश्वरको बगालको राम्रो हेरविचार गरिरहेका छैनन् र उनीहरूलाई परमेश्वरको वचनबाट खुवाइरहेका छैनन् भने, के तिनले प्रभुलाई प्रेम गर्दछन् भन्ने कुरा साँच्चै दर्शाइरहेका छन् त? _____________

यूहन्ना २१:१८ मा प्रभु येशूले पत्रुसलाई उनलाई भविष्यमा हुने केही कुराको बारेमा बताउनुभयो। त्यो कुरा उनी बूढा भएपछि उनलाई हुनेछ भनेर भन्नुभयो। प्रभुले उनलाई भन्नुभएको कुरा कुन विषयमा थियो (यूहन्ना २१:१९)? _______________________। प्रभु पत्रुसका बारेमा सबै कुरा जान्नुहुन्थ्यो, उनको मृत्यु कसरी हुनेछ भन्ने बारेमा समेत। पत्रुसको दोस्रो पत्र उनी बूढा भइसकेपछि र उनको मर्ने बेला नजिक आइसकेपछि लेखिएको थियो। २ पत्रुस १:१४ मा पत्रुसले उनको निकटमा हुने मृत्युको बारेमा कसरी लेखेका छन् हेर्नुहोस्: “किनकि हाम्रा प्रभु येशू ख्रीष्टले __________ _________________ मेरो डेरा (अस्थायी वासस्थान) उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु”। घटना हुनुभन्दा धेरै अगाडिबाट नै येशूले पत्रुसलाई उनको मृत्युको बारेमा बताउनुभयो। ऐतिहासिक परम्पराअनुसार प्रेरित पत्रुस सम्राट नीरोको शासन कालमा रोमीहरूको हातबाट क्रूसमा टँगाइए। यसरी, आफ्नो जीवनले मात्र होइन तर आफ्नो मृत्युले समेत पत्रुसले _____________को महिमा गरे (यूहन्ना २१:१९ सित फिलिप्पी १:२०-२१ लाई तुलना गर्नुहोस्)।

प्रभुले हाम्रो भविष्यको बारेमा सब जान्नुहुन्छ भन्ने जानेर हामीलाई ठूलो सान्त्वना मिल्दछ। आगामी दिनहरू कस्ता हुनेछन् हामी जान्दैनौं तर परमेश्वरले पक्कै पनि जान्नुहुन्छ। हामी उहाँको _________ लाग्नुपर्छ र हाम्रो जीवन र मरणका सबै बन्दोबस्तका लागि उहाँमै भरोसा गर्नुपर्छ।

तब पत्रुस पछिल्तिर फर्के र यूहन्नाको भविष्यका लागि प्रभुका योजना के कस्ता होलान् भन्ने कुरा जान्नलाई एकदम जिज्ञासु बने (यूहन्ना २०:२०-२१ सित यूहन्ना १३:२३-२६ लाई तुलना गर्नुहोस्)। “यिनको चाहिँ के होला?” भनेर पत्रुसले प्रश्न गरे। येशूले जवाफ दिनुभयो, “तिमीलाई यसको के चासो?” (यूहन्ना २१:२२), जसको तात्पर्य थियो, “तिमी आफ्नै काम-कर्तव्यलाई ध्यान देऊ!” पत्रुसका लागि प्रभु येशूको एउटा योजना थियो र यूहन्नाको लागि अर्को योजना थियो। यदि येशूले चाहनुभएको भए उहाँले प्रेरित यूहन्ना उहाँको आगमन नभएसम्मै संसारमा राखिछाड्न सक्नुहुन्थ्यो। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको आगमनका लागि प्रतीक्षा गरिरहेका थिए र उहाँ यूहन्नाकै जीवन कालमा समेत आउन सक्नुहुन्छ भनेर विश्वास गर्थे। यूहन्ना अन्य सबै प्रेरितहरूभन्दा बढी बाँचे र बूढा मानिस भई मरे। यूहन्ना पत्रुसभन्दा धेरै वर्ष बढी बाँचे, तर यी दुवै मानिसहरू ख्रीष्टका विश्वासयोग्य सेवकहरू थिए र परमेश्वरले यी दुवै मानिसलाई विशेष किसिमले चलाउनुभयो। यूहन्नालाई के हुन्छ होला भन्ने कुरामा पत्रुस ध्यानकेन्द्रित हुनु आवश्यक थिएन। पत्रुसले ख्रीष्टलाई पछ्याउने कुरामा आफ्नो ध्यान लगाउनु आवश्यक थियो। महत्त्वपूर्ण कुरा एउटा व्यक्ति कति लामो बाँच्यो भन्ने होइन तर कति राम्ररी बाँच्यो भन्ने हो!

यूहन्नाले लेखेका आखिरी वचनहरू

यूहन्ना २१:२४ मा यूहन्नाले आफ्नो बारेमा बताउँदछन्। पुस्तकभरिमा यूहन्नाले आफूलाई कहिल्यै आफ्नो नाउँले जनाउँदैनन्। उनले आफूलाई प्रायः “त्यो चेला”, “त्यो अर्को चेला” अथवा “येशूले प्रेम गर्नुभएको चेला” भनेर जनाउँदछन्। हामीले अध्ययन गर्दै आएको पुस्तकका लेखक यूहन्ना हुन् “अनि हामी जान्दछौं, यिनको गवाही सत्य छ” (यूहन्ना २१:२४)। यूहन्नाको सुसमाचार येशू ख्रीष्टका वचनहरू तथा कार्यहरूको सत्य र सठीक अभिलेख हो!

के प्रेरित यूहन्नाले प्रभु येशू ख्रीष्टका बारेमा लेख्‍न सकिने जति जम्मै कुरा लेखे (यूहन्ना २१:२५)? ______________। यूहन्नाले राम्ररी छनोट गरेर यी कुराहरू लेखेका थिए। बाइबललाई ध्यानपूर्वक अध्ययन गर्नेहरूले बताएअनुसार चारओटा सुसमाचारीय पुस्तकहरूमा बताइएका घटनाहरूले साँढे तीन वर्षका मध्ये करीब ३५ दिनहरूका घटनाहरू मात्र बताइएका छन्। यसको मतलब एक हजार भन्दा बढी दिनका बारेमा कुनै कुरा लेखिएको छैन। यूहन्नाले कागतमा लेख्‍न सक्ने त्यहाँ थुप्रै अरू कुराहरू थिए तर उनले लेखेनन्। तरैपनि येशू ख्रीष्ट को हुनुहुन्छ र येशू ख्रीष्टले हाम्रा निम्ति के गरिदिनुभएको छ भन्ने कुरा जान्न र बुझ्न यूहन्नाले हाम्रा लागि पर्य‍ाप्‍त गरी लेखेका छन्। हामीलाई ख्रीष्टको बारेमा थप जानकारी आवश्यक छैन बरु उहाँको वचनमा परमेश्वरले दिनुभएको जानकारीलाई हामीले विश्वास गर्नु आवश्यक छ।

यूहन्नाको सुसमाचारको अन्तिम पदले कसैलाई एउटा कविता लेख्‍न अभिप्रेरित गरेको थियो जुन कविता एउटा पागलखानाको साँघुरो कोठाको भित्तामा शीशाकलमले कोरिएको पाइयो, जसको नेपाली रूपान्तर “ईश्वरको प्रेम कति महान्” भन्ने भजनको तेस्रो दफामा भेट्न सकिन्छ:

समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बेनको, र हरेक मानिस लेखक भए
लेख्‍न ईश्वरको महान् प्रेम, समुद्र सुकिजान्थ्यो
न त अटाउँथ्यो आकाशमा, वर्णन त्यो अपार प्रेमको!

आफूले लेख्नुमा यूहन्नाको उद्देश्य

यूहन्नाले सुसमाचारको यो पुस्तक किन लेखे भन्ने कारण पत्ता लगाउन हामी फेरि यूहन्ना २०:३०- ३१ मा फर्केर जानुपर्छ। यस पुस्तक लेख्दा यूहन्नाले होशियारपूर्वक छनोट गरिएका कुराहरूलाई समावेश गरे, तर परमेश्वरको अगुवाइ र परमेश्वरको प्रेरणाद्वारा उनले ठीक आवश्यक कुरा मात्र लेखे: “तर येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले ____________ गर्न सक र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा _________ पाओ भनी यीचाहिँ लेखिएका हुन्” (यूहन्ना २०:३१)।

यूहन्नाको सुसमाचारमा भएका २१ ओटा अध्यायहरूको अध्ययनको अन्त अब यहाँ अन्त गर्दैछौं। यदि तपाईंले यस पुस्तकलाई शुरुदेखि विचार गर्नुहुन्छ भने, तपाईंको निष्कर्ष के हुन्छ त? येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्ने तपाईं सोच्नुहुन्छ?

के उहाँ एक फटाहा हुनुहुन्छ?
कि पागल हुनुहुन्छ?
कि परमप्रभु परमेश्वर हुनुहुन्छ?

के प्रेरित यूहन्ना एक फटाहा र बहकाउने व्यक्ति थिए कि उनी सत्य र सठीक कुरा नै लेख्‍ने व्यक्ति थिए? के तपाईंले उनको सन्देशलाई विश्वास गर्नुभएको छ? यूहन्नाको सुसमाचार अनुसार अनन्त जीवन पाउनलाई एउटा व्यक्तिले के गर्नुपर्छ (यूहन्ना ३:१६,१८,३६; ५:२४; ६:३५-३७; ११:२५-२६, आदि)? _____________________________________________________

के तपाईंले सो काम गर्नुभएको छ? _________। ठूला, साना, पुरुष, महिला, केटा, केटी सबैले उहाँको पुत्रमा विश्वास गरेको परमेश्वर चाहनुहुन्छ र विश्वास गर्ने जतिसित अनन्त जीवन हुन्छ!

येशू ख्रीष्टमाथि विश्वास गर्ने ती सुखी मानिसहरूको जमातसँग तपाईं पनि मिल्न आउनुभएको होस् भनेर यस बाइबल अध्ययनमाला तयार गर्ने लेखकहरू तपाईंलाई आग्रह गर्न चाहनुहुन्छ।

अन्द्रियासले विश्वास गरे (यूहन्ना १:४१)
फिलिपले विश्वास गरे (यूहन्ना १:४५)
नथनएलले विश्वास गरे (यूहन्ना १:४९)
सामारीहरूले विश्वास गरे (यूहन्ना ४:४२)
पत्रुसले विश्वास गरे (यूहन्ना ६:६८-६९)
जन्मैदेखिको अन्धाले विश्वास गरे (यूहन्ना ९:३५-३८)
यूहन्नाले विश्वास गरे (यूहन्ना २०:८)
थोमाले विश्वास गरे (यूहन्ना २०:२८-२९)

तपाईंचाहिँ के गर्नुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






पुनरुत्थित् प्रभु (भाग १)

Study Series

पुनरुत्थित् प्रभु (भाग १)

“सुसमाचार” भन्ने शब्दको अर्थ हो “असल खबर” अथवा “शुभ सन्देश”। हामीले यूहन्नाको सुसमाचारको अध्ययन गर्दै आएका छौं। यूहन्नाको १९ औं अध्यायको अन्ततिर आइपुग्ने क्रममा येशू वास्तवमै मर्नुभएको र उहाँको मृत शरीरलाई एउटा बगैंचामा रहेको कबरभित्र राखिएको कुरा पढ्यौं (यूहन्ना १९:३३-४२)। यूहन्नाको सुसमाचार यदि १९ औं अध्यायमै टुङ्गिएको भए, यसलाई सुसमाचार भन्न सकिँदैनथ्यो! त्यहाँ कुनै शुभ सन्देश हुनेथिएन। ख्रीष्ट यदि कबरभित्रै रहिरहनुभएको भए मुक्ति भन्ने कुरा नै हुनेथिएन, इसाईमत भन्ने कुरा नै हुनेथिएन र मानिसका लागि आशाको कुनै सन्देश हुनेथिएन (तुलना गर्नुहोस्, १ कोरिन्थी १५:१४-१९)। विश्वास गर्नलाई कुनै असल खबर हुनेथिएन र अरूलाई बाँड्नलाई कुनै शुभ सन्देश हुनेथिएन।

खुशीको कुरा, यूहन्नाको सुसमाचार उन्नाइसौं अध्यायमा नै टुङ्गिदैन। यसमा थप दुइटा अध्यायहरू छन् जसले प्रभु बौरिउठ्नुभएको छ भन्ने गौरवमय सत्यताहरू प्रकाशित गर्दछन्! उन्नाइसौं अध्यायमा मर्नुभएको व्यक्ति बीस र एक्काइसौं अध्यायहरूमा जिउँदो भएको देखिनुहुन्छ! कुनै व्यक्तिको लिखित जीवन वृत्तान्तलाई जीवनी भनिन्छ। यदि तपाईंले प्रख्यात व्यक्तिहरूको जीवनीहरू पढ्नुभएको छ भने तपाईंलाई यो कुरा थाहा भएको हुनुपर्छ कि जीवनीको अन्तिम अध्यायले प्रायः निजको मृत्युको बारेमा बताउने गर्छ। व्यक्तिको मृत्यु भइसकेपछि निजको बारेमा प्रायः भन्ने कुरा कुनै बाँकी रहँदैन। जीवनको जहाँ अन्त हुन्छ त्यहीँ जीवनको अभिलेख पनि अन्त हुन्छ। मृत्यु भएदेखि उसो निजले कुनै काम गर्दैन, कुनै कुरा बोल्दैन। उक्त पुरुष वा स्त्री अब विदा भइसके र थप अध्यायहरू लेखिन सम्भव हुँदैन। आखिरी अध्याय अब लेखेर सकियो। कहिलेकाहीँ थप अध्यायहरूमा निजको जीवनले समाज आदिमा पारेको प्रभावको बारेमा लेखिएला तर उक्त व्यक्तिकै बारेमा भने अब केही लेख्न सकिन्न। निज अब विदा भइसके।

येशू ख्रीष्टको जीवनी भने अन्य कुनै पनि जीवनी भन्दा अचम्म रीतिले पृथक छ! उहाँको मृत्युको विवरण नै आखिरी अध्याय होइन। उहाँको मृत्युको विवरण पछि हामी थप कुराहरू पढ्दछौं। यस मानिसले निश्चित कामहरू गरिरहनुभएको, निश्चित कुराहरू बोलिरहनुभएको पाउँदछौं। त्यहाँ थप अध्यायहरू छन् किनकि जो मर्नुभएको थियो उहाँ फेरी जीवित हुनुहुन्छ। उहाँको जीवनी क्रमशः अगाडि बढ्दछ!

यूहन्नाको सुसमाचारको आखिरी दुई अध्यायहरूको रूपरेखा

  1. रित्तो चिहान (यूहन्ना २०:१-१०)
  2. येशू बौरनुभएपछि उहाँ देखा पर्नुभएको घटनाहरू (यूहन्ना २०:११-२१-२३)
    1. येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:११-१८)
    2. थोमा गयल हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:१९-२५)
    3. थोमा हाजिर हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:२६-३१)
    4. येशू गालील समुद्रको किनारमा चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:१-२३)
  1. यूहन्नाले लेखेका आखिरी वचनहरू (यूहन्ना २१:२४-२५)
  2. आफूले लेख्नुमा यूहन्नाको उद्देश्य (यूहन्ना २०:३०-३१)

रित्तो चिहान

निम्न कुरालाई विचार गर्नुहोस्:

अब्राहामको चिहान — ओगटिएकै छ
मोशाको चिहान — ओगटिएकै छ
कन्फ्युसियसको चिहान — ओगटिएकै छ
बुद्धको चिहान — ओगटिएकै छ
महम्मदको चिहान — ओगटिएकै छ
येशूको चिहान — रित्तो छ!

येशूको चिहान रित्तो छ भनेर कसले पत्ता लगाए (यूहन्ना २०:१-२)? ______________________________। तिनी हप्ताको पहिलो दिनमा अथवा आइतबारको दिनमा त्यहाँ आइन्। तिनी बिहान सबेरै आइन्, “_____________ छैँदै” (यूहन्ना २०:१)। चिहानको _________ हटाइएको देखेर तिनी छक्क परिन् (यूहन्ना २०:१ लाई मत्ती २७:६२-६६ सित तुलना गर्नुहोस्)। के त्यो ढुङ्गा ठूलो थियो (मर्कूस १६:४)? ___________। मत्ती २८:२ अनुसार ढुङ्गालाई हटाउने को थिए?

  1. येशू
  2. रोमीहरू
  3. स्वर्गदूत
  4. यहूदीहरू
  5. चेलाहरू

येशूलाई चिहानको ढोकाबाट ढुङ्गा हटाइन खाँचो थिएन (दाँज्नुहोस्, यूहन्ना २०:१९,२६), तर मानिसहरूले चिहान रित्तो छ भन्ने देखेको परमेश्वर चाहनुहुन्थ्यो। ढुङ्गा हटाइनुको कारण येशूलाई त्यहाँबाट निस्कन दिनलाई होइन, मानिसहरूलाई त्यहाँ पस्न दिनलाई थियो! ढुङ्गा हटाइने घडीको अगावै प्रभुले चिहानलाई छोडिसक्नुभएको थियो।

पत्रुस र यूहन्नालाई खबर सुनाउन मरियम छिटोछिटो दुगिरन् (यूहन्ना २०:२)। मरियम मग्दलिनीले येशू बौरनुभएको छ भनेर विश्वास गरिन् कि कसैले आएर उहाँको मृत शरीरलाई अन्यत्र सारेको हुनुपर्छ भनेर विश्वास गरिन् (यूहन्ना २०:२)? ________________________________________________

पत्रुस र “अर्को चेला” (यूहन्ना) आफ्नै आँखाले हेर्न चिहानतिर दगुरे। कुनचाहि चेलाले अर्कोलाई उछिने (यूहन्ना २०:४)? _____________। के उनी चिहानभित्र पसे (यूहन्ना २०:५)? ______________। तब पत्रुस आइपुगे। के उनी दगुर्दै भित्र छिरिहाले (यूहन्ना २०:६)? _____________। [पत्रुस हडबडे चरित्रका थिए। तुलनामा यूहन्नाचाहिँ विचार गर्ने, चिन्तन-मनन गर्ने चरित्रका थिए। पौडी खेल्ने दहमा पहिला हाम फाल्ने अनि पछिबाट त्यहाँ पानी छ कि छैन भनेर हेर्ने मान्छे जस्तै थिए, पत्रुस!]

आफूहरूले देखेको कुराले पत्रुस र यूहन्ना आश्चर्यचकित भएको हुनुपर्छ (यूहन्ना २०:६-७ मा हेर्नुहोस्)। लाश बेर्ने कात्रो राम्रैसित पडिरहेको थियो, सम्भवतः लाश सुताइएकै अवस्थामा। यो कसरी हुन सक्यो? यदि कसैले लाश चोरेका भए तिनीहरूले कात्रोसँगै लानुपर्ने। तिनीहरूले कात्रो फुकाल्नलाई किन समय खेर फाल्थे र? यदि पहिला कात्रो फुकालेका भए किन त्यो कात्रो कतै भुइँतिर जथाभावी मिल्काइएको अवस्थामा भेट्टाइएन? कात्रोलाई जस्ताको तस्तै कायम राखी येशूको शरीरलाई कसरी हटाउन सकिन्थ्यो र? सुती कपडाको बेर्ने फित्ताहरू बिलकुलै व्यवस्थित ढङ्गमा भेटिए मानौं ती बेर्ने फित्ताहरूलाई नखोलिकनै ख्रीष्ट त्यसभित्रबाट निस्कनुभएको थियो! जब यूहन्नाले यो देखे, बाइबलले बताउँछ, उनले “विश्वास गरे” (यूहन्ना २०:८)।

यूहन्नाले बुझ्न नसकेका अझै थुप्रै कुराहरू थिए (यूहन्ना २०:९), तर उनले बिहानको मिर्मिरे उज्यालो देख्‍न थालेका थिए। उनले ती ताजुपलाग्दा कात्रोको कपडाहरूलाई देखे र अवलोकन गरे अनि विश्वास गरे कि मान्छेले होइन तर परमेश्वरले नै केही न केही गर्नुभएको हुनुपर्छ, अन्य कुनै पनि हिसाबले यसलाई व्याख्या गर्न सकिन्न! यूहन्नालाई अब यति थाहा भयो, केही न केही ज्यादै उदेकको कुरा भएको हुनैपर्छ!

येशू बौरिउठ्नुभएछि उहाँ देखा पर्नुभएको घटनाहरू

१) येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ

मर्कूस १६:९ अनुसार येशू प्रभुलाई सर्वप्रथम देख्‍ने व्यक्ति को थिए? _______________________________। आफू बौरेर उठ्नुभएपछि ख्रीष्ट धेरैजना व्यक्तिहरूकहाँ देखा पर्नुभयो। उहाँ _________ को अवधिसम्म मानिसहरूद्वारा देखा परिरहनुभयो (प्रेरित १:३)। एक पटक उहाँ _______ ________ भन्दा बेसी भाइहरूकहाँ देखा पर्नुभयो (१ करिन्थी १५:६) अनि यस पदअनुसार तीमध्ये २५० जनाभन्दा बढी व्यक्तिहरू अझै जीवित नै थिए जब पावलले कोरिन्थीहरूलाई यो पहिलो पत्र लेखेका थिए जुनचाहिँ ए.डी. ५५ तिरको अर्थात् बौरिउठाइ भएको २५ वर्ष जति पछिको कुरा थियो। येशू प्रभु धेरैजनाकहाँ देखा पर्नुभयो, तर बौरिउठ्नुभएका प्रभुलाई देख्ने पहिलो व्यक्ति एक नम्र महिला थिइन्: मरियम मग्दलिनी। मरियमकहाँ प्रभु देखा पर्नुभएको घटना बारेमा सबभन्दा बढी विवरण यूहन्नाको सुसमाचारमा पाइन्छ (यूहन्ना २०:११-१८)।

मरियमले चिहानभित्र हेर्दा तिनले सबभन्दा पहिला के देखिन् (यूहन्ना २०:११-१२)? ____________________________________। चिहान किन रित्तो छ भन्ने बारेमा मरियमको धारणा के थियो (यूहन्ना २०:१३ सित १५ पद लाई तुलना गर्नुहोस्)? _______________________________________________। फर्केर हेर्दा तिनले कसलाई देखिन् (यूहन्ना २०:१४)? _________________। के तिनले उहाँलाई चिनिन् (यूहन्ना २०:१४)? ________________। तिनले उहाँलाई को होला भनी ठानिन् (यूहन्ना २०:१५)? _______________________। कुन कुराले तिनले अन्तमा उहाँलाई चिन्न सकिन् (यूहन्ना २०:१६)? _________________________

यूहन्ना २०:१७ मा प्रभुले बोल्नुभएको वचनलाई धेरैले गलत अर्थमा बुझ्ने गरेका छन्। प्रभुले भन्नुभयो, “मलाई ___________” (यूहन्ना २०:१७)। प्रभुले “मलाई छुँदै नछोऊ” त भन्नुभएको थिएन, मानौं मरियमले आफ्नो कान्छी औंलाले मात्र पनि उहाँलाई छोएको खण्डमा तिनलाई कुनै भयङ्कर घटना नै होला जस्तो। “छुनु” भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ कति पटक “टाँस्सिनु, झुण्डिनु, पक्रनु” भन्ने हुन्छ। “मलाई नछोऊ” को सट्टा “मलाई पक्रिनराख” अझ राम्रो अनुवाद हुन्थ्यो।

मरियमले उहाँ येशू प्रभु हुनुहुन्छ भन्ने महसुस गरेपछि तिनी यति खुशी र उत्तेजित भइन् कि तिनले प्रभुलाई पक्रिन् र, शायद उहाँका पाउलाई पक्रेर (मत्ती २८:९ सित तुलना गर्नुहोस्), उहाँलाई नछोड्ने गरी समातिरहिन्। प्रभु येशूले आफू मा____ आफ्ना पिताकहाँ जानुहुने कुरा प्रस्टै बताउनुभयो (यूहन्ना २०:१७)। उहाँ स्वर्गमा फर्कन लागिरहनुभएको थियो। वास्तवमा, उहाँ अझै पनि “यस संसारबाट पिताकहाँ जाने” क्रममा हुनुहुन्थ्यो (यूहन्ना १३:१)। स्वर्गमा फर्केर जानु अघि उहाँ केही व्यक्तिहरूकहाँ आफू बौरेरउठ्नुभएको प्रमाणस्वरूप देखा पर्नुभयो अनि मरियम तीमध्येमा एक व्यक्ति थिए जसले बौरिउठ्नुभएका प्रभुलाई देख्‍ने सौभाग्य पाए।

मरियमले यस्तो सोचेकी हुन सक्छ: “येशू यहीँ हुनुहुन्छ! उहाँ जीवित हुनुहुन्छ! अब सब कुरा राम्रो हुने भयो किनकि प्रभु शरीरमै यहाँ मसित हुनुहुन्छ।” त्यसो हो भने, के प्रभु शरीरमा यस संसारमा उपस्थित नहुनुचाहिँ सब कुरा राम्रो नहुनु हो त? [कसैकसैले अझ यसरी समेत सोच्छन्, येशूको “चित्र” कोठा-कोठामा भएसम्म वा आफूसँगै भएसम्म सब कुरा राम्रो हुन्छ!] केही दिन अगाडि येशूले चेलाहरूलाई आफू जानु र पिताकहाँ फर्कनु कति आवश्यक छ भनेर सिकाइसक्नुभएको थियो (यूहन्ना १६:७)। प्रभुसित एउटा विश्वासीको सम्बन्ध उहाँको शारीरिक उपस्थितिमा भर पर्दैन। यो कुरा बुझ्न मरियमलाई खाँचो थियो।

के बौरिउठ्नुभएका प्रभु येशूले मानिसहरूलाई आफ्नो शरीर “छुन” दिनुभयो (मत्ती २८:९, यूहन्ना २०:२७ र लूका २४:३९ मा पढ्नुहोस्)? ____________। तर आज यो सम्भव छैन। येशू परमेश्वरको दाहिने हाततर्फ स्वर्गीय स्थानहरूमा अवस्थित हुनुहुन्छ (एफेसी १:२०-२१)। विश्वासीहरूले उहाँलाई छुन सक्दैनन् न ता देख्न नै सक्छन्न तर तिनीहरूले उहाँलाई प्रेम गर्न सक्छन् र विश्वास गर्न सक्छन् र “बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खूबै ____________” (१ पत्रुस १:८) मनाउन सक्छन्। उहाँ उनीहरूसित शरीरमै उपस्थित नहुनुभए तापनि के ख्रीष्टले आफ्ना विश्वासीहरूलाई उनीहरूको साथमा हुने प्रतिज्ञा गर्नुभएको छ (मत्ती २८:२०; मर्कूस १६:२०)? ______। आज हामी मरियमले जस्तै प्रभु येशूलाई पक्रिराख्न सक्दैन, तर हामी उहाँको कहिल्यै नचुक्ने विश्वासयोग्य र सत्य वचनलाई पक्रिराख्न सक्छौं, किनकि हामी ________ __________ होइन तर _____________द्वारा हिँड्छौं (२ कोरिन्थी ५:७)।

यूहन्ना २०:१७ (“मलाई पक्रिनराख”) र यूहन्ना २०:१८ अनुसार, ख्रीष्टको बौरिउठाइ मरियमलाई तिनका तीनओटा ज्ञानेन्द्रियहरूद्वारा पक्का गरिएको थियो: तिनले उहाँलाई देखिन्! तिनले उहाँलाई सुनिन्! तिनले उहाँलाई छोइन्! तिनी तुरुन्तै यस शुभ खबर बताउनलाई चेलाहरूकहाँ गइन् (यूहन्ना २०:१७)।

२) थोमा गयल हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ

सबैभन्दा पहिलो त्यो इस्टर आइतबारको साँझपख चेलाहरू कुनै ठाउँमा भेला भएका थिए, र ढोकाहरू ________ थिए, शायद गजबार लगाइएका थिए (यूहन्ना २०:१९)। बौरिउठ्नुभएका ख्रीष्टलाई जसरी छाप लगाई ढुङ्गाले बन्द गरिएको चिहानबाट बाहिर निस्कन कुनै समस्या थिएन, उसरी नै उहाँलाई ढोकाहरू बन्द भएको कोठाभित्र पस्न कुनै समस्या थिएन। येशूले उनीहरूलाई आफू बौरिउठ्नुभएको सदृश्य प्रमाण दिनुभएपछि चेलाहरूमा कस्तो भावना आयो (यूहन्ना २०:२०)? _____________। प्रभुको बौरिउठेको र महिमित पारिएको शरीरमा, उहाँले हाम्रा निम्ति के गरिदिनुभयो भन्ने कुराको जिउँदो सम्झना दिने गरी, उहाँको मृत्युका दाग र खतहरू अझै देखिन सकिन्थ्यो (यूहन्ना २०:२०,२७)।

यूहन्ना २०:२१ मा येशूले आफ्ना चेलाहरूसित ज्यादै महत्त्वपूर्ण शब्दहरू बोल्नुभयो। यसलाई हामी “यूहन्ना अनुसारको महान आज्ञा” भन्ने शीर्षक दिन सक्छौं। येशूले भन्नुभयो, “जसरी मेरा पिताले मलाई ______________ छ, उसरी नै म पनि तिमीहरूलाई ___________।” ठीक यही सत्यता यूहन्ना १७:१८ मा पाइने उहाँको प्रार्थनामा येशूले व्यक्त गर्नुभएको छ।

पिताले पुत्रलाई पठाउनुभयो र ठीक त्यही प्रकारले पुत्रले आफ्ना चेलाहरूलाई पठाउनुभयो। ख्रीष्टद्वारा पठाइनुको अर्थ यदि हामीले बुझ्ने हो भने पिताद्वारा पुत्र पठाइनुको अर्थ हामीले पहिला बुझ्नुपर्ने हुन्छ। हाम्रा प्रभु कसरी पठाइनुभयो? आफूलाई पठाउनुहुनेसित उहाँको सम्बन्ध के-कस्तो थियो? यूहन्नाको सुसमाचारले यस सम्बन्धको अर्थलाई स्पष्टसित रेखाङ्कन गर्दछ। यूहन्नाको सुसमाचारमा पाइने निम्न खण्डहरूमा येशू ख्रीष्ट आफ्ना पिताद्वारा पठाइनुभएको भन्ने कुराको चर्चा गरिएको पाइन्छ।

१) येशू ख्रीष्ट आफ्नै इच्छा गर्नलाई होइन तर उहाँलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई पठाइनुभएको थियो (यूहन्ना ४:३४; ५:३०; ६:३८)।

अन्य कुनै कुरा भन्दा बढि यसैका निम्ति हाम्रा प्रभु भोका हुनुहुन्थ्यो: आफूले चाहेको कुरा गर्नलाई होइन, तर उहाँको पिताले चाहेको कुरा गर्न। उहाँले इच्छा गर्नुभएको कुरा होइन तर उहाँको पिताले इच्छा गर्नुभएको कुरा गर्न। उसरी नै, हामीले पनि यसरी भन्न सक्नुपर्छ, “मेरो भोजन मलाई पठाउनुहुने येशू प्रभुको इच्छा गर्नु हो — केवल येशू ख्रीष्टले चाहनुभएको र इच्छा गर्नुभएको कुरा मात्र गर्नु। मेरो इच्छा होइन तर ख्रीष्टको इच्छा पूरा होस्!”

२) येशू ख्रीष्ट आफैलाई खुशी पार्न होइन तर उहाँलाई पठाउनुहुनेलाई खुशी पार्न पठाइनुभयो (यूहन्ना ८:२९)।

उसरी नै, हामीले पनि भन्न सकौं, “किनकि म उहाँलाई खुशी पार्ने कुराहरू म सधैं गर्दछु” (२ कोरिन्थी ५:९-११; एफेसी ५:१०; १ कोरिन्थी ७:३२; फिलिप्पी ३:७-८)। पावलको ठूलो चासो _____________लाई खुशी पार्नु थिएन, तर _______________लाई खुशी पार्नुथियो जसको सेवा उनी गर्दथे (गलाती १:१०)।

३) येशू ख्रीष्ट आफ्नै महिमा खोज्न होइन तर उहाँलाई पठाउनुहुनेको महिमा खोज्न पठाइनुभएको थियो (यूहन्ना ७:१८)।

येशू ख्रीष्ट आफूतिर मान, प्रशंसा र ध्यान खिँचिएको चाहनुहुन्नथ्यो। उहाँ पितातर्फ ध्यान खिँचिएको चाहनुहुन्थ्यो। उहाँ पिता परमेश्वरका गवाही हुनुहुन्थ्यो, उहाँलाई पठाउनुहुनेतर्फ निरन्तर, स्पष्टै औंल्याइरहने साक्षी। उसरी नै, हामीले पनि मान र प्रशंसा आफूहरूमाथि थुपारिएको चाहनुहुन्न। हामी आफ्ना जीवनहरूले हाम्रै घिनलाग्दो “मपाईं” तर्फ होइन तर हामीलाई पठाउनुहुने हाम्रा प्रभु येशू ख्रीष्टको सुन्दरतातर्फ ध्यान आकर्षण गर्न चाहनुपर्छ। हामी उहाँका सा___________ हौं (प्रेरित १:८) त्यसैले हाम्रा जीवनहरूले स्पष्ट गरी उहाँलाई नै औंल्याउने काम गर्नुपर्छ। जसरी बप्‍तिस्मा दिने यूहन्नाले एकपटक भने, “उहाँ _____________, तर मचाहिँ ______________” (यूहन्ना ३:३०)।

४) येशू ख्रीष्ट, उहाँलाई पठाउनुहुने अदृश्य व्यक्तिको प्रतिनिधित्व गर्न संसारमा पठाइनुभएको थियो (यूहन्ना ५:३७ सित यूहन्ना १:१८ लाई तुलना गर्नुहोस्)।

पितालाई कसैले देख्‍न सक्दैनथे, तर तिनीहरूले येशू ख्रीष्टलाई देख्‍न सक्थे। येशूले अदृश्य परमेश्वरको प्रतिनिधित्व गर्नुभयो! उसरी नै, हामी पनि हाम्रा अदृश्य प्रभु येशूको प्रतिनिधित्व गर्न संसारमा पठाइएका छौं (२ कोरिन्थी ५:२०)। संसारले आज येशूलाई देख्‍न सक्दैन (यूहन्ना १६:१ — “म मेरा _________कहाँ जान्छु, अनि तिमीहरूले मलाई _______ ____________”), तर तिनीहरूले संसारमै भएका उहाँका विश्वासी जनहरूलाई देख्‍न सक्छन्। यदि आज संसारले येशू ख्रीष्टलाई देख्ने हो भने उहाँलाई विश्वासीहरूकै जीवनमा दर्शाइनुभएको देख्नु खाँचो छ।

५) येशू ख्रीष्ट, उहाँलाई देख्‍ने जतिले उहाँलाई पठाउनुहुनेलाई देखून् भनेर संसारमा पठाइनुभयो (यूहन्ना १२:४४-४५)।

यूहन्ना १४:९ अनुसार मानिसहरूले ख्रीष्टलाई हेर्दा तिनीहरूले वास्तवमा परमेश्वर पितालाई हेरिरहेका थिए। उसरी नै, मानिसहरूले हाम्रा जीवनहरूलाई हेर्दा तिनीहरूले हामीलाई पठाउनुहुनेलाई अर्थात् हाम्रा प्रभु येशूलाई देख्‍न सक्नुपर्छ (गलाती २:२० — “ख्रीष्ट _____ भित्र _____________” र गलाती ४:१९ –“जबसम्म ख्रीष्ट तिमीहरूमा ______________”)। हामीले संसारमा हामीलाई पठाउनुहुनेको स्वरूपलाई प्रतिबिम्बित गरेका होऔं। संसारलाई ख्रीष्टको स्वरूप बोकेका विश्वासीहरू देख्न खाँचो छ!

६) येशू ख्रीष्ट उहाँका जीवित पिताद्वारा संसारमा पठाइनुभयो र उहाँ आफूलाई पठाउनुहुनेद्वारा जिउनुभएको थियो (यूहन्ना ६:५७)।

उसरी नै, जीवित प्रभु येशूले हामीलाई पठाउनुभएको छ र हामी उहाँद्वारा जिउँदछौं। ख्रीष्ट हाम्रो जी_______ हुनुहुन्छ (कलस्सी ३:३-४)। पावलले भने, “मेरो निम्ति __________ ख्रीष्ट _____________” (फिलिप्पी १:२१)। हाम्रो जीवन उहाँमा नै केन्द्रित रहेको छ (गलाती २:२०) जसरी उहाँको जीवन पितामा केन्द्रित रहेको थियो। नबिर्सनुहोस्, साक्षीको हैसियतले हाम्रो प्राथमिक कर्तव्य भनेको “ये_________को जी________” (२ कोरिन्थी ४:१०-११) थाहा गराउनु र प्रकट गर्नु हो।

७) येशू ख्रीष्ट आफ्नै वचनहरू र शिक्षा लिएर होइन तर उहाँलाई पठाउनुहुनेका वचनहरू र शिक्षा लिएर संसारमा पठाइनुभयो (यूहन्ना ३:३४; ७:१६; १२:४९-५०)।

शिक्षकको हकमा प्रभु येशू ख्रीष्टमा मौलिकताको सवाल नै उठ्दैनथ्यो किनकि उहाँले सिकाउनुभएका कुराहरू आफ्नैपट्टिबाट (मौलिक) नभएर सबै पिताबाटका थिए! उसरी नै, ख्रीष्टले हामीलाई संसारमा पठाउनुभएको छ, हाम्रा आफ्नै सन्देशका साथ होइन तर ख्रीष्टको सुसमाचारका साथ, “मैले तिमीहरूलाई जे‍जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ” (मत्ती २८:२०)। दूतको काम मौलिक बन्नु होइन तर राजाबाटको खबरलाई केवल घोषणा गर्नु हो। उसले आफ्नै सन्देश बनाउन खोज्नु हुँदैन। हामी राजाहरूको राजाद्वारा पठाइएका उहाँको सन्देश वहन गर्ने उहाँका केवल दूतहरू मात्र हौं (मर्कूस १६:१५; २ कोरिन्थी ५:१९-२०)। खबरको स्रोत परमेश्वर हुनुहुन्छ। हामीले केवल खबर पुर्‍याउने काम गर्नुपर्छ!

८) येशू ख्रीष्टले उहाँलाई पठाउनुहुनेबिना केही पनि गर्न सक्नुहुन्नथ्यो (यूहन्ना ५:३०)।

प्रभु येशू पूर्ण रूपमा उहाँका स्वर्गीय पितामा आश्रित हुनुहुन्थ्यो। उसरी नै, हामी पनि पूर्ण रूपमा हामीलाई पठाउनुहुनेमाथि आश्रित छौं। हामीलाई संसारमा पठाउनुहुनेले यसरी भन्नुभएको छ, “_____बाट अलग भएर तिमीहरूले ________ _______ गर्न सक्दैनौं” (यूहन्ना १५:५)।

९) येशू ख्रीष्ट एकलो हुनुहुन्नथ्यो, उहाँलाई पठाउनुहुने उहाँसँगै हुनुहुन्थ्यो (यूहन्ना ८:१६,२९)।

उसरी नै, जसले हामीलाई पठाउनुभएको छ, उहाँ निरन्तर हामीसँगै हुनुहुन्छ। येशूले भन्नुभयो, “हेर, म सधैंभरि, अँ संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु” (मत्ती २८:२० सित मर्कूस १६:२० र हिब्रू १३:५ लाई तुलना गर्नुहोस्)। उहाँको शारीरिक उपस्थिति नै हामीसित नभए तापनि उहाँको उपस्थितिका सबै आशिष र उपलब्धिहरू हामीसँगै हुन्छन्।

१०) येशू ख्रीष्ट, उहाँलाई पठाउनुहुनेको काम गर्नमा व्यस्त हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४) र उहाँले काम पूरा गर्नुभएपछि उहाँ आफूलाई पठाउनुहुनेको घरमा उहाँसँगै हुनलाई फर्केर जानुभयो (यूहन्ना ७:३३; १६:५)।

उसरी नै, हामी सधैंभरि प्रभु येशू ख्रीष्टको काममा प्र_________ हुँदै जानुपर्छ (१ कोरिन्थी १५:५८), र जब हाम्रो काम सक्किन्छ, तब हामी हामीलाई पठाउनुहुनेकहाँ उहाँसँगै हुनलाई जानेछौं (यूहन्ना १४:३; १७:२४; फिलिप्पी १:२३; २ तिमोथी ४:६-८)।

यूहन्ना २०:२१ मा उल्लेखित यस महान आज्ञालाई जब हामीले राम्ररी विचार गर्छौं, तब हामी के भन्न सक्छौं र? नम्र विश्वासीले त यसरी भन्नुपर्ने हो, “प्रभु, मैले यी कुराहरू कसरी गर्न सक्छु र? यस्ता कुराहरूका लागि को योग्य छ र? यस्ता कुराहरू गर्न र यस्तो किसिमले जीवन जिउन मसित कहिल्यै कसरी क्षमता होला र?”

चाबी यहाँ छ। यूहन्नाको सुसमाचारको अध्ययन गर्दै जाँदा एउटा उदेकको कुरा पत्ता लगाउँदछौं, अर्थात्, ख्रीष्टले हामीलाई पठाउनुभएको कुरा मात्र नभएर उहाँले अर्को एक व्यक्तिलाई समेत पठाउनुभएको कुरा! “तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ; किनकि म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ ___________” (यूहन्ना १६:७)। पवित्र आत्माबिना हामीले यस महान आज्ञालाई कहिल्यै पालन गर्न सक्नेथिएनौं! चाहिएको सामर्थ्यको आपूर्ति उहाँले मात्र गरिदिनुहुन्छ (लूका २४:४९ र प्रेरित १:८)। पवित्र आत्मा बिना उनीहरूको कार्ययोजान पूर्ण रूपमा विफल हुनेछ भन्ने कुरा येशूले आफ्ना चेलाहरू सम्झना गराउन चाहनुहुन्थ्यो। त्यसैले नै हो, येशूले “उसरी नै म पनि तिमीहरूलाई पठाउँछु” भन्नुभएपछि उहाँले तिनीहरूमाथि सास फुकिदिनुभयो र तिनीहरूलाई भन्नुभयो: “__________ ___________ लेओ” (यूहन्ना २०:२२) भन्ने कुरा हामीलाई त्यहाँ बताइएको छ। यसको तात्पर्य यो थियो, “पवित्र आत्माबिना यो काम कुनै हालतले हुन सक्नेछैन। तिमीहरू आफैले यो काम कदापि पनि गर्नेछैनौ!”

ख्रीष्टको बौरिउठाइको पचास दिनपछि (पेन्टेकोस्टको दिनमा) पवित्र आत्मा चेलाहरूमाथि अझ विशेष र महिमापूर्ण रीतिले आउनुभयो (प्रेरित अध्याय २ मा पढ्नुहोस्)। चेलाहरू यही महान् प्रतिज्ञाका लागि पर्खिरहेका थिए (लूका २४:४९; प्रेरित १:४,८)। हामीले यो विशेष प्रतिज्ञाको बारेमा यूहन्नाको सुसमाचारको निकै अघिल्तिर नै अध्ययन गरिसक्यौं (यूहन्ना ७:३७-३९ पढ्नुहोस्)। आज प्रत्येक विश्वासीसँग पवित्र आत्मा हुनुहुन्छ (रोमी ८:९; यूहन्ना ७:३८-३९)। पवित्र आत्माको भरपूरी र सामर्थ्यमा नै हो “जसरी मेरा पिताले मलाई पठाउनुभएको छ, उसरी नै म पनि तिमीहरूलाई पठाउँछु” (यूहन्ना २०:२२) भन्ने प्रभुको वचनलाई पूरा गर्न हामी अग्रसर हुने।

यूहन्ना २०:२३ मा उल्लेखित बौरिउठ्नुभएका येशू प्रभुका वचनहरू पनि गलत अर्थमा बुझ्ने गरिएको पाइन्छ। येशूले भन्नुभयो, “जस-जसका पाप तिमीहरू क्षमा गर्दछौ, ती तिनीहरूलाई क्षमा हुन्छन् अनि जस-जसका पाप तिमीहरू राख्दछौ (क्षमा गर्नुको विपरित), ती राखिन्छन्।” के यसको मतलब ख्रीष्टले मानिसहरूलाई पाप क्षमा गर्ने अधिकार दिनुभएको छ भन्ने हो? के यसको मतलब मानिसहरू आफ्ना पापहरूको क्षमा पाउन कुनै मानिसहरू (जस्तै “पूजाहारीहरू”) कहाँ जानुपर्छ भन्ने हो?

मर्कूस २:७ अनुसार, कसले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ? ________________। परमेश्वरले मात्र गर्न सक्ने काम प्रेरितहरूले गर्न सक्दैनथे। प्रेरितहरूले पाप क्षमा गर्न सक्दैनथे। तर उनीहरूले गर्न सक्नै एउटा कामचाहिँ थियो। उनीहरूले अधिकारसित, कस-कसका पाप क्षमा भएका छन् र कस-कसका पाप क्षमा भएका छैनन्, उक्त कुराको घोषणा गर्न वा उच्चारण गर्न भने सक्दथे।

प्रेरितहरू, मानिसहरूका पाप क्षमा गर्दै हिँड्ने काम गरेनन्। तर प्रेरितहरू, कस-कसका पाप क्षमा हुनेछन् र कस-कसका पाप क्षमा हुनेछैनन् भनी मानिसहरूलाई बताउँदै हिड्ने काम चाहिँ गरे। जस्तै, प्रेरित ३:१९ मा पत्रुसले प्रस्टै बताएअनुसार जस-जसले प__________ गर्नेछन् र फ____________ उनीहरूको पाप मे__________। पश्चात्ताप गर्न नचाहनेहरूको नि? के उनीहरूले यस प्रतिज्ञालाई दावी गर्न मिल्छ? प्रेरित १०:४३ लाई धन्यापूर्वक पढ्नुहोस्। यस पदअनुसार, कसका पापहरू क्षमा गरिनेछन्? — “उहाँ (येशू ख्रीष्ट) माथि _____________ __________ हरेकले”। कसका पापहरू राखिनेछन्? _________________________________। पत्रुस पाप क्षमा गर्दै हिँडेनन्, तर पश्चात्ताप गरी ख्रीष्टमाथि विश्वास गर्नेहरू सबैका लागि पापहरूको पूरै क्षमा हुने शुभ सन्देश प्रचार गर्दै हिँडे। प्रेरितहरूको सन्देशलाई स्वीकार गर्ने र ख्रीष्टमाथि विश्वास गर्नेका पापहरू क्षमा भए। प्रेरितहरूको सन्देशलाई इन्कार गर्नेका पापहरू राखिछाडिए, जसरी येशूले यूहन्ना ८:२४ मा भन्नुभएको छ — “किनभने ‘म उही हुँ’ भनी तिमीहरूले ___________ गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ'”। तपाईं नि? तपाईंका पापहरू क्षमा भए कि यथावत् राखिछाडिएका छन्?

पहिलो आइतबारको साँझ येशू उनीहरूकहाँ देखा पर्नुहुँदा चेलाहरूमध्ये कुनचाहिँ थिएनन् (यूहन्ना २०:२४)? __________। के थोमाले आफ्ना मित्रहरूका गवाही ग्रहण गरे (यूहन्ना २०:२५)? ______________। थोमाको अनुसार ख्रीष्ट साँच्चै बौरिउठ्नुभएको हो भनेर उनलाई विश्वस्त तुल्याउन कुन कुरा आवश्यक पर्नेथ्यो (यूहन्ना २०:२५)? ___________________________________________________। “तिमीहरूको मुखको वचनकै आधारमा म विश्वास गर्नेछैनँ। मैले देख्न सकें र छुन समेत सकें भने मात्र म विश्वास गर्नेछु!” यही कारणले गर्दा उनलाई “शङ्कालु थोमा” भन्ने उपनाम दिइएको हो।

३) थोमा हाजिर हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ

यहूदीहरूले “एक हप्‍ता पछि” भनेर भन्नुपर्दा “आठ दिनपछि” (यूहन्ना २०:२६) भन्ने गर्थे। येशू आफ्ना चेलाहरूकहाँ सर्वप्रथम आइतबारका दिन देखा पर्नुभयो। त्यसपछिको आइतबारमा उहाँ फेरि देखा पर्नुभयो र यस पालि उनीहरूसँग _________ पनि थिए (यूहन्ना २०:२६)। प्रभु उनीहरूकहाँ अन्य कुनै दिनमा पनि देखा पर्न सक्नुहुन्थ्यो, तर शुरुदेखि नै प्रभुले विश्वासीहरूलाई भेला हुनका लागि आइतबारको दिन ज्यादै विशेष दिन हो भनेर आफ्ना चेलाहरूलाई देखाउन चाहनुभएको जस्तै बुझिन्छ। त्यसबेला देखि अधिकांश इसाईहरू यसै दिनमा जुट्ने काम गर्दै आएका छन्।

प्रभु येशूले सर्वप्रथम थोमासित बोल्नुभयो। प्रभुले थोमालाई उनको औंला आफ्नो हातमा भएको काँटीको डोबमा राख्नलाई बोलाउनुभयो र उनको हातलाई आफ्नो कोखाभित्र हाल्नलाई भन्नुभयो! एक हप्‍ता अगाडि थोमाले भनेकै शब्दहरूलाई (यूहन्ना २०:२५ मा पढ्नुहोस्) प्रभुले यहाँ दोहोर्‍याउँदै हुनुहुन्थ्यो। हामीले बोलेका वा सोचेका कुराहरू परमेश्वरलाई सधैं थाहा हुन्छन्! के थोमाले येशूले उनलाई गर भनेजस्तै गरे (यूहन्ना २०:२७-२९)? ___________। देख्न र सुन्न पाएपछि थोमालाई पुग्यो। छुन आवश्यक परेन। शङ्कालु थोमा तुरुन्त विश्वस्त थोमा बने! यूहन्ना २०:२७ मा येशू प्रभुले थोमाको अविश्वासलाई हप्‍काउनुयो: “विश्वास नगर्ने होइन, तर विश्वास गर्ने होऊ!”

बौरिउठ्नुभएका प्रभुलाई देखेर थोमाले भन्ने सक्ने एउटै कुरा मात्र थियो: “हे मेरा ________ र हे मेरा ____________” (यूहन्ना २०:२८)। आज धेरैओटा धार्मिक समूहहरू र झूटा शिक्षा सिकाउने समूहहरू छन् जोहरूले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दैनन्। थोमाले येशूलाई असंदिग्ध शब्दमा “परमेश्वर” भनेर नै सम्बोधन गरे भन्ने कुरा महसुस गर्नु महत्त्वपूर्ण कुरा हो। साथै, थोमा ती शब्दहरू प्रयोग गरेकोमा येशूले थोमालाई सच्च्याउनुभएन न ता उनलाई हप्काउनु नै भयो। “थोमा, तिमीले मलाई कहिल्यै परमेश्वर भन्नु हुँदैन!” भनेर येशूलाई थोमालाई भन्नुभएन। “म तिम्रो गुरु हुँ, शिक्षक हुँ, तर म परमेश्वर होइन र मलाई त्यसरी सम्बोधन गर्नु गलत हो! भनेर येशूले भन्नुभएन! “थोमा, तिमी गलत कुरा गर्दैछौ!” भनेर येशूले भन्नुभएन बरु उहाँले भन्नुभयो, “थोमा, …. तिमीले विश्वास गरेका छौ” (यूहन्ना २०:२९)। येशू ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर थोमाले विश्वास गरे र उनको विश्वास बिलकुलै ठीक थियो! के तपाईं यो विश्वास गर्नुहुन्छ? थोमाले जे भने के तपाईंले आफ्नो हृदयदेखि भन्न सक्नुहुन्छ? — “हे मेरा प्रभु र हे मेरा परमेश्वर”?

थोमाले किन बौरिउठाइमा विश्वास गरे? ___________________________________________। थोमालाई एउटा कुराको सहुलियत थियो जुन सहुलियत संसारमा हुने आज कसैलाई छैन। थोमाले बौरिउठ्नुभएका ख्रीष्टलाई आफ्नै आँखाले देख्न पाए। के हामीले आज त्यसो गर्न सक्छौं (यूहन्ना १६:१० पढ्नुहोस्)? __________। यदि आज कसैले बौरिउठ्नुभएका प्रभुलाई नदेखेसम्म विश्वास नगर्ने अठोट गर्‍यो भने, त्यो व्यक्तिले लामो समय पर्खनुपर्ने हुन्छ! अनि जब उनले बौरिउठ्नुभएका प्रभुलाई अन्तमा देख्नेछ तब ढिलो भइसकेको हुनेछ। आँखाले देखेको आधारमा गरिएको भन्दा उत्तम खालको विश्वास पक्कै पनि हुन्छ। तिनीहरू कति सुखी हुन् जसको विश्वास परमेश्वरको लिखित वचनमाथि छ! येशूले भन्नुभयो, “उनीहरू धन्य (सुखी) हुन्, जसले ________ छैनन्, तापनि ___________ गरेका छन्” (यूहन्ना २०:२९)। यस्ता सुखी व्यक्तिहरूलाई १ पत्रुस १:८ मा बयान गरिएको पाइन्छ। के ती व्यक्तिहरूले देखेका थिए? _________। के तिनीहरूले विश्वास गरे? _______। थोमाले प्रेरितहरूको गवाहीलाई विश्वास गर्न अस्वीकार गरे। तिनीहरूले उनलाई खुशीको खबर बताएका थिए: “हामीले प्रभुलाई देखेका छौं!” (यूहन्ना २०:२५) तर उनले तिनीहरूको वचनलाई विश्वास गर्न अस्वीकार गरे। यूहन्नाको सुसमाचार तीमध्ये एकजानले लेखेका हुन्। बौरिउठ्नुभएका प्रभुलाई आफैंले देख्ने र बौरिउठाइको वास्तविकतालई व्यक्तिगत रूपमा नै अनुभव गरेका व्यक्तिले यो लेखिएको हो। यिनले येशू ख्रीष्टका बारेमा केही महत्त्वपूर्ण कुराहरू लेखेर एउटा पुस्तकमा प्रकाशित गरेका छन् (यूहन्ना २०:३१)। यस उद्देश्यमा यी कुराहरू लेखिए कि, “येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले __________ गर्न सक र ___________ गरेर तिमीहरूले उहाँको नामद्वारा _________ पाओ” (यूहन्ना २०:३१)। के तपाईं प्रेरित यूहन्नाको गवाही ग्रहण गर्न राजी हुनुहुन्छ? के तपाईं उनको वचनद्वारा ख्रीष्टमाथि विश्वास गर्न राजी हुनुहुन्छ (तुलना गर्नुहोस्, यूहन्ना १७:२०)? याद राख्नुहोस्, “यिनको गवाही ________ छ” (यूहन्ना २१:२४)! विश्वास गर्ने मानिस धन्य र सुखी मानिस हो (यूहन्ना २०:२९)। त्यो मानिस अनन्त जी_______ को भागीदार हुनेछ (यूहन्ना २०:३१)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)