Entries by Pradesh Shrestha

असल गोठाला

Study Series

असल गोठाला

येशू ख्रीष्ट बास्तवमा को हुनुहुन्छ त, भनेर हामीले यूहन्नाको सुसमाचारमा अध्ययन गरिरहेका छौं। येशू बास्तवमै को हुनुहुन्छ भन्ने कुरा थाहा पाएर तिनीहरूले वि ___________ गरून् भनी परमेश्वर चाहनुहुन्छ (यूहन्ना २०:३१ मा पढ्नुहोस्) र विश्वास गरेर उनीहरूले उहाँको नामद्वारा __________ पाऊन् भनी परमेश्वर चाहनुहुन्छ (यूहन्ना २०:३१ र यूहन्ना १०:१० बीच तुलना गर्नुहोस्)।

हामीले यूहन्नाको सुसमाचारमा “म हुँ” भनेर येशूले भन्नुभएका केही महत्त्वपूर्ण पदहरू अध्ययन गरिसकेका छौं। यूहन्ना १० अध्यायमा हामी अरू ४ ओटा “म हुँ” पदहरूलाई भेट्टाउँनेछौं जसले हामीलाई येशू को हुनुहुन्छ भनेर राम्ररी बुझ्न मदत गर्नेछ :

  • “भेडाहरूको __________ म नै हुँ” (यूहन्ना १०:७)
  • “___________ म नै हुँ” (यूहन्ना १०:९)
  • “उही नै __________ म नै हुँ” (यूहन्ना १०-११)
  • “__________ म नै हुँ” (यूहन्ना १०:१४)

बाइबलको एउटा अति परिचित पद छ जुन पद दाऊदले धेरै समय पहिला लेखेका थिए। त्यो हो, भजनसङ्ग्रह २३:१ “____________ मेरा ____________ हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन।” आफ्ना भेडाहरूको वास्ता राख्‍ने महान् गोठाला को हुनुहुन्छ? दाऊदले उल्लेख गरेका परमप्रभु (यहोवा) को हुनुहुन्छ? यसको जवाफ यूहन्ना १० अध्यायमा पाइन्छ। दाऊदले उल्लेख गरेका परमप्रभु आफू नै हुँ भनेर येशूले दाबी गर्नुभएको छ। यी पदहरू बीच तुलना गर्नुहोस्:

भजनसङ्ग्रह २३:१
परमप्रभु मेरा गोठाला हुनुहुन्छ

यूहन्ना १०:११,१४
येशूले भन्नुभयो, “असल गोठाला म नै हुँ”

त्यो गोठाला प्रभु येशू ख्रीष्ट (यहोवा येशू) नै हुनुहुन्छ, अरू होइन। उहाँ “____________ महान __________ (हिब्रू १३:२) हुनुहुन्छ। यूहन्ना १० अध्यायमा हामी यस महान गोठालाका बारेमा अनि कसरी उहाँले आफ्ना भेडाहरूको वास्ता गर्नुहुन्छ र उनीहरूका खाँचो पूरा गर्नुहुन्छ भन्ने बारेमा हेर्नेछौं।

यूहन्ना १० अध्यायको रूपरेखा

  1. गोठाला र भेडाहरू (यूहन्ना १०:१-१०)।
  2. गोठालाले भेडाहरूका निम्ति प्राण दिन्छन् (यूहन्ना १०:११-१८)।
  3. गोठालाका वचनहरूले विभाजन आउँछ (यूहन्ना १०:१९-२१)।
  4. गोठालाले आफ्ना भेडाहरूको सुरक्षा गर्छन् (यूहन्ना १०:२२-२९)।
  5. उनी परमेश्वरमा छन् भन्ने गोठालाको दाबी (यूहन्ना १०:३०-४२)।

गोठाला र भेडाहरू

यूहन्ना १० अध्यायको पहिलो भाग बुझ्नलाई हामीले पहिला प्यालेस्टाइनमा कस्तो “भेडी गोठ” को चलन थियो भनेर जान्नु आवश्यक छ (यूहन्ना १०:१ मा हेर्नुहोस्)। “भेडी गोठ” पर्खालले घेरिएको ठाउँ हुन्थ्यो जहाँ भेडाहरू राती बास बस्थे। पर्खाल ढुङ्गाहरूले बनेको हुन्थ्यो र त्यसको छाना हुँदैनथ्यो। पर्खालले घेरिएको त्यस ठाउँभित्र तिनीहरू हावा हुरी र खराब मौसमबाट अनि चोरहरू र जङ्गली जनावरहरूबाट जोगिन सक्दथे। भेडी गोठको एउटै मात्र ढोका हुन्थ्यो। कहिलेकाँहि भेडी गोठमा एकभन्दा बढी बगालहरू पनि मिसाइन्थ्यो। दुई-तीन जना गोठालाहरूले आ-आफ्नै भेडा बगालहरू ल्याउँथे र एउटै गोठभित्र राख्दथे।

यस अध्यायभरि नै “भेडा” शब्दले साँचो गरी येशूमा विश्वास गर्ने र उहाँको पछि लाग्ने मानिसहरूलाई जनाउँछ। विश्वास नगर्नेहरू चाहिँ को हुन् नि? के तिनीहरू उहाँका भेडा हुन् र (यूहन्ना १०:२६? __________। येशूले भन्नुभयो “मेरा भेडाहरूले मेरो सोर __________ अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई __________________” (यूहन्ना १०:२७)।

यूहन्ना ९ अध्यायमा हामीले येशूले निको पार्नुभएको एक अन्धा मानिसको बारेमा अध्ययन गर्‍यौं। के त्यस मानिसले येशूलाई पछ्याए? के उनी साँचो विश्वासी थिए (यूहन्ना ९:३५-३८)? _________। तसर्थ, के उनी एउटा साँचो भेडा थिए? _________। यिनले र अरूहरूले येशूलाई पछ्याउनदेखि रोक्नलाई केही यहूदी अगुवाहरूले सक्दो प्रयास गरे (यूहन्ना ९:२२,३४ मा हेर्नुहोस्)। यी मानिसहरू चोर जस्तै थिए। तिनीहरू भेडालाई गोठालादेखि टाढा राख्‍न चाहन्थे, तर असल गोठालाले उसलाई भे ____________ (यूहन्ना ९:३५)। चोर र डाँकू को हुन्, येशूले यूहन्ना १०:१ मा बताउनुभयो। चोर कसरी भेडाको गोठभित्र पस्छ (यूहन्ना १०:१)? ________________________________________________। साँचो गोठालाचाहिँ भेडाको गोठभित्र कसरी पस्दछ नि? ______________ ___________________________। हिजोआज पनि यसरी नै हेरिन्छ। कसैलाई तपाईंले मूलढोकाबाट घरभित्र पसिरहेको देख्‍नुभयो भने त्यो व्यक्ति सम्भवतः त्यहीँ बस्ने मान्छे हो। तर कोही झ्याल फोडेर भित्र पस्दै गरेको देख्‍नुभयो भने तपाईंलाई पक्कै पनि शङ्का लाग्छ।

तेस्रो पदको “ढोके” भन्नाले “पाले” बुझिन्छ। यहाँ ३-५ पदहरूले, बिहान भेडाहरूको गोठालाले भेडी गोठबाट आफ्ना भेडाहरू निकालिसकेपछि के कस्ता कुराहरू गरिन्छ भनेर देखाउँछ। गोठाला र भेडाहरूको बीच एक सुन्दर सम्बन्ध हुन्छ। भेडाहरूले गोठालालाई चिन्दछन् अनि गोठालाले पनि भेडाहरूलाई चिन्दछ।

भेडाहरू गोठालालाई चिन्छन्

गोठालाले बोलाउँदा भेडाहरूले के गर्छन्, उनको सोरलाई ध्यान दिन्छन् कि मतलबै राख्दैनन् (यूहन्ना १०:३? ________________। तिनीहरू आफ्ना गोठालाको सोर चिन्न सक्छन्। त्यहाँ तीनओटा भेडी बगालहरू गोठमा छन् र तिनीहरूका आ-आफ्नै तीनैओटा गोठालाहरूले एकैचोटि बोलाउन थाले भने पनि भेडाहरूले आ-आफ्नै गोठालाहरूलाई पछ्याउँछन्, “किनकि तिनीहरूले उसको सोर ____________” (यूहन्ना १०:४)। के तिनीहरूले बेग्लै गोठालालाई कहिल्यै पछ्याउँछन् (यूहन्ना १०:५)? ________________। साँचो गोठालाले बोलाउँदा भेडाहरूले सुन्छन्, चिन्छन् र पछ्याउँछन्। येशू ख्रीष्टले बोल्नुहुँदा, उहाँका विश्वासी जनहरूले उहाँको सोर सुन्छन्, अनि उहाँलाई चिन्छन् र पछ्याउँछन् (यूहन्ना १०:२७ सँग दाँज्नुहोस्)।

गोठालाले भेडाहरूलाई चिन्दछ

भेडाको बथानलाई हेर्दा सबै भेडा उस्तै-उस्तै देखिन सक्छन्। तपाईंलाई त्यस्तो लागे तापनि गोठालालाई भने सबै भेडा फरक देखिन्छन्। एउटा असल गोठालाले आफ्नो प्रत्येक भेडालाई चिनेको हुन्छ र प्रत्येकलाई एउटा-एउटा ना ______ समेत दिएको हुन्छ (यूहन्ना १०:३)। त्यसरी नै प्रभुले हरेक विश्वासीलाई चिन्नुहुन्छः “प्रभुले उहाँका आफ्नाहरूलाई ____________” (२ तिमोथी २:१९)। प्रत्येक विश्वासी येशू ख्रीष्टका निम्ति महत्त्वपूर्ण हुन्छन्। सभाघरबाट निष्कासित मानिसप्रति उहाँको अचम्मको चासोको बारेमा हामीले अगाडि नै हेरिसक्यौं (यूहन्ना ९:३४-३५)। असल गोठालाले तपाईंका सबै कुरा जान्नुहुन्छ। तपाईंले आफूलाई जति चिन्नुहुन्छ त्यसभन्दा बढ्ता उहाँले तपाईंलाई चिन्नुहुन्छ!

यूहन्ना १०:३ अनुसार भेडाहरूको गोठालाले “तिनीहरूलाई बा________ लै____________” र यूहन्ना १०:४ अनुसार गोठाला “तिनीहरूको ____________ हिँड्छ र भेडाहरूले उसलाई ______________।” भेडाहरूलाई सही दिशामा हिँडाउने दुइटा तरिका छन्। तपाईं अघि-अघि हिँडेर तिनीहरूलाई डोर्‍याउन सक्नुहुन्छ अथवा तपाईं तिनीहरूको पछि-पछि आउँदै तिनीहरूलाई धपाउन सक्नुहुन्छ। असल गोठाला प्रभु येशूले चाहिँ डोर्‍याउनुहुन्छ, उहाँले धपाउनुहुन्न। (नोट: स्थानीय मण्डलीका गोठाला अर्थात् पास्टरमा पनि यो गुण हुनुपर्छ। उसले डोर्‍याउने काम गर्नुपर्छ, धपाउने काम होइन। १ पत्रुस ५:३ मा हेर्नुहोस्)।

ढोका

गोठाला र भेडाको कुरा के यहूदीहरूले बुझे (यूहन्ना १०:६)? _____________। तिनीहरूले बुझ्न सकून् भनेर येशूले फेरि “म हुँ” भन्ने अर्को वाणी दिनुहुन्छः “भेडाहरूको _________ म नै हुँ” (यूहन्ना १०:७)। येशूको तात्पर्य यो थियो, “तिमीहरू सुरक्षा चाहन्छौ, आत्मिक भोजन र जीवन चाहान्छौं भने तिमीहरू मकहाँ आउनुपर्छ। एकमात्र ढोका म नै हुँ! तिमीहरूलाई यी कुराहरू दिन सक्ने एकमात्र व्यक्ति म नै हुँ।”

यूहन्ना १०:९ मा हामी फेरि “म हुँ” भन्ने अर्को पद पाउँछौं: “________ म नै हुँ,कोही मबाट भित्र पस्यो भने उसले ________ पाउनेछ, अनि भित्र र बाहिर जानेछ, अनि खर्क पाउनेछ।” येशू ख्रीष्ट मुक्तिको ढोका हुनुहुन्छ र उहाँ एकमात्र ढोका हुनुहुन्छ। बिहान भेडाहरू गोठको ढोका बाहिर निस्केर जाँदा, तिनीहरूले खर्क (भोजन र स्वास्थ्य) पाउनेछन्। साँझमा तिनीहरू गोठभित्र पस्छन् र सुरक्षित हुन्छन्। केवल येशू ख्रीष्टले मात्र मानिसलाई सन्तुष्टि (खर्क) र सुरक्षा प्रदान गर्न सक्नुहुन्छ। भोजन पुग्ने गरी खान पाए भने र सुरक्षा पाए भने मात्रै तिनीहरू बाँचिरहन सक्छन्। येशू ख्रीष्टले मात्र मानिसलाई जीवन दिन सक्नुहुन्छः “म चाहिँ तिनीहरूले __________ पाऊन र झन् ____________ गरी पाउन् भनी आएको हुँ” (यूहन्ना १०:१०)। प्रशस्तताको जीवन येशू ख्रीष्टमा मात्रै पाइन्छ। येशू ख्रीष्टले भरपूरीको जीवन सम्भव गराउनुहुन्छ, यस्तो खालको जीवन जुनचाहिँ आत्मिक रूपमा प्रशस्त हुन्छ, धनाढ्य हुन्छ, फलिफाप हुन्छ।

कोही मानिस ढोकाबाट भित्र पस्दैन भने उसले खर्क पाउनेछैन, उसले सुरक्षा पाउनेछैन र उसले जीवन पाउनेछैन। यी कुराहरू मानिसले पाओस् भनेर के चोरले चाहन्छ (यूहन्ना १०:१०)? _______________। येशू जीवन प्रदान गर्न आउनुभयो, तर चोर ता चोरूँ, मारूँ र __________ पारूँ भन्छ (यूहन्ना १०:१०)।

के तपाईं ख्रीष्टरूपी ढोकाबाट भित्र पस्नुभयो? के उहाँ बाहेक अरू कसैमा मुक्तिको आशा छ र (प्रेरित ४:१२)? ___________।

गोठालाले भेडाहरूका निम्ति प्राण दिन्छन्

येशू ख्रीष्ट केवल ढोका हुनुहुन्न, तर उहाँ ____________ ____________ पनि हुनुहुन्छ (यूहन्ना १०:११)। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति के गरिदिने प्रतिज्ञा गर्नुभयो (यूहन्ना १०:११)? ______________________________________। गोठालाले आफ्ना भेडाका निम्ति साँच्ची नै प्राण दिएका घटनाहरू सुनाइमा आएका छन्। कतिपय गोठालाहरूले डाँकूहरूका लाठी र छुरीहरूको सामना गरेका छन्। कतिले जङ्गली जनावरका सामना गरेका छन्। दाऊदले आफ्नो बगाललाई जोगाउन एउटा सिंह र भालुसँग कुस्ती लडेका थिए (१ शमुएल १७:३४-३६)। उनले आफ्नो प्राणलाई नै जोखिममा हालेका हुन् यद्यपि परमेश्वरले उनलाई जोगाउनुभयो। भेडाहरू ठूलो खतरामा छन् भनी येशू जान्नुहुन्थ्यो (यशैया ५३:६)। उहाँले तिनीहरूका निम्ति आफ्नो प्राण दिनुभएन भने सबै भेडाहरू नष्ट हुनेछन् भनी उहाँ जान्नुहुन्थ्यो। आफ्ना भेडाहरूलाई नाशदेखि बचाउनलाई नै येशू राजीखुशी मर्नु भएको हो। उहाँको मृत्यु नै आफ्ना भेडाहरूप्रतिको उहाँको ठूलो फिक्रीको प्रमाण हो।

यूहन्ना १०:१३ मा भेडाहरूको पटक्कै वास्ता नगर्ने एउटा मान्छेको उल्लेख छ। उसलाई “ज्यामी” भनिएको छ। ज्यामी भनेको ज्याला लिएर काम गर्ने मानिस हो। उसलाई भेडाहरूको हेरचाह गर्न राखिन्छ र काम गरे बापत उसलाई ज्याला दिइन्छ। हामीलाई बताइएको छ त्यसले “भेडाहरूको वास्ता ________” (यूहन्ना १०:१३)। उसले भेडाको मतलव होइन पैसाको (ज्यालाको) मतलव छ। त्यसैको लागि मात्रै उसले भेडाहरू चराउँछ। ज्यामीले “यी मेरा भेडाहरू हुन्” भन्दैन। असल गोठालाले मात्र त्यसो भन्न सक्छन्। आजकल त्यहाँ थुप्रै घार्मिक अगुवाहरू र शिक्षकहरू छन् जोहरू मानिसहरूलाई परमेश्वरसितको सही र सत्य सम्बन्धमा डोर्‍याउने कुरामा कुनै चासो राख्दैनन्। तिनीहरू आफ्नै निम्ति पैसा बटुल्ने अथवा आफ्नै स्वार्थपूर्तिका लागि मरिमेट्छन्। यस्ता मानिसहरूले कसको सेवा गर्दै छन्? येशू ख्रीष्टको सेवा कि आफ्नै (रोमी १६:१८ सँग दाँज्नुहोस्)? ________________________ __________________।

साँचो गोठालाको आफ्ना भेडाहरूसँग सुन्दर अन्तरसम्बन्ध हुन्छ। के गोठालाले भेडाहरूलाई चिन्दछ (यूहन्ना १०:१४)? ___________। के भेडाहरूले गोठालालाई चिन्दछन् (यूहन्ना १०:१४)? ____________।

एउटै बगाल

यूहन्ना १०:१६ मा येशूले यी यहूदीहरूलाई उहाँले भविष्यमा गर्न लाग्नुभएको एउटा कुराको बारेमा बताउनुभयो। यस पदमा येशूले दुई खालका भेडाहरूको बारेमा बताउनुहुन्छः

आज येशू ख्रीष्टकहाँ आउने हरेक जन यस एउटै गोठलाको एउटै बगालका सदस्य हुँदछन्। चाहे त्यस मानिस यहूदीजाति होस् वा अन्यजाति, त्यसले कुनै फरक पार्दैन। जब कुनै यहूदी वा अन्यजातिले ख्रीष्टमा विश्वास गर्छ तब ऊ मण्डलीको अंग बन्दछ जसको शिर येशू ख्रीष्ट हुनुहुन्छ। यी दुई (यहूदी र अन्यजाति) एक (एउटै बगाल, एउटै शरीर, एउटै मण्डली) भएका छन् — एफेसी २:११-१८ मा हेर्नुहोस्। बाइबलले बताउँछ, चाहे यहूदी होस् वा अन्यजाति “__________ __________मा तिमीहरू सबै ________ हौ” (गलाती ३:२८)। संसारका मानिसहरू आज तीन समूहमा विभाजित छन् (१ कोरिन्थी १०:३२ पढ्नुहोस्):

  1. यहूदीहरू (मुक्ति नपाएका यहूदीहरू)

  2. अन्यजातिहरू (यिनीहरू मुक्ति नपाएका अन्यजातिहरू)

  3. मण्डलीका अंगहरू (मुक्ति पाएका यहूदी र अन्यजाति विश्वासीहरूको मिलेर बनेको एउटा शरीर)

बाइबलले भन्दछ, येशू ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो अनि यसका निम्ति आफैलाई अर्पण गर्नुभयो (एफेसी ५:२५)। उहाँले भेडाहरूलाई प्रेम गर्नुभयो र आफैलाई तिनीहरूका निम्ति अर्पण गर्नुभयो। हामी यसबारेमा यूहन्ना १०:१७ मा पढ्छौं। येशू ख्रीष्ट हाम्रा निम्ति क्रूसमा मर्नुहुने कुरा जनाउन यूहन्ना १०:१७ मा उहाँले कुन शब्दहरू प्रयोग गर्नुभयो? ______________________________________। यूहन्ना १०:७ का कुन शब्दहरूले येशूको बौरिउठाइलाई जनाउँछ? ________________________________________। यी दुवै विचारहरू हामी यूहन्ना १०:१८ मा पाउँछौं।

येशू ख्रीष्टको मृत्युको कारण के थियो? उहाँको ज्यान दुष्ट मानिसहरूले लिएको कारण हो कि आफ्नै स्वेच्छाले येशूले आफ्नो प्राण दिनुभएकोले हो (यूहन्ना १०:१८)? __________________________________। उहाँले आफ्नै स्वेच्छाले आफ्नो प्राण भेडाहरूका निम्ति अपर्ण गर्नुभयो! उहाँले नै तिनीहरूलाई अनुमति दिनुभएकोले मानिसहरूले येशूलाई पक्रन सके अनि नानाभाँति दुर्व्यवहार गर्न सके र उहाँलाई क्रूसमा टाँगेर काँटी ठोक्न सके। यसभन्दा अघि मानिसहरूले येशूलाई पक्रन खोजेका थिए तर के तिनीहरूले सो गर्न सके (यूहन्ना १०:३९)? _______________। मानिसहरूले उहाँलाई डाँडाको डिलबाट खसाल्न खोज्दा के भएको थियो (लूका ४:२८-३०)? ___________________________________ _______________________________। मत्ती २६:४७-५४ पदहरू पढ्नुहोस्। हामी ५३ पदमा देख्दछौं येशूले प्रार्थना गर्नुभएको भए पिताले बाह्र पल्टनभन्दा बढी ______________ पठाउन सक्नुहुन्थ्यो जसले उहाँका शत्रुहरूबाट उहाँलाई सजिलै बचाउन सक्थे। एक रोमी पल्टनमा करिब ३,००० देखि ६,००० जना जति सिपाहीहरू हुन्थे। के येशूले यसो भनेर प्रार्थना गर्नुभयो? ______________। आफ्नो प्राण भेडाहरूका निम्ति अर्पण गर्नलाई येशू राजीखुशी स्वेच्छापूर्वक क्रूसको बाटो रोज्नुभयो!

गोठालाका वचनले विभाजन ल्याउँछ

येशू ख्रीष्ट मानिसहरूबीच ठूलो विभाजन ल्याउने व्यक्ति हुनुहुन्छ (यूहन्ना १०:१९)। हामी यूहन्ना ७ अध्यायमा यही कुराको अध्ययन गर्‍यौं। जब येशू बोल्नुहुन्थ्यो तब उहाँको भनाइले ती सुन्नेहरूलाई या त उहाँको पक्षमा आउन या त उहाँको विपक्षमा बस्न बाध्य गराउँथ्यो। प्रायः जसो यहूदीहरूले येशूको विषयमा के भने (यूहन्ना १०:२०)? ____________________ _____________________। यी यहूदीहरू उहाँको पक्षमा थिए कि विपक्षमा? __________। तिनीहरूले उहाँलाई दुष्टआत्मा लागेको पागल भनेर आरोप लगाए! त्यहाँ अरूहरू थिए जसले उहाँलाई दुष्टआत्मा लागेको छ भन्ने कुरालाई मानेनन्। ख्रीष्टको कुनचाहिँ ठूलो आश्चर्यकर्म यी मानिसहरूको सम्झनामा ताजा थियो? (यूहन्ना १०:२१)? __________________________ ________________। यो हामीले यूहन्ना ९ अध्यायमा अध्ययन गरेको आश्चर्यकर्म हो।

आजकल पनि यस्ता विचार राख्‍नेहरू पाइन्छन्, कि येशू कुनै पागल अर्थात् बौलाहा थिए। तिनीरूका आँखा अन्धा पारिएका छन्। एउटा दिन आउँदै छ जब तिनीहरूले उहाँ साँच्चै को हुनुहुन्छ भनेर महसुस गर्नेछन् र उहाँका सामु तिनीहरूले आफ्ना घूँडा टेक्नेछन् अनि आफ्ना जिब्राहरूले भन्नेछन्, उहाँ पागल होइन, अनि झूटा पनि होइन, बरु उहाँ नै ____________ हुनुहुन्छ भनेर स्वीकार गर्नेछन् (फिलिप्पी २:१०-११)। के तपाईंले आफ्नो मुखले यो कुरा कहिल्यै स्वीकार गर्नुभएको छ (रोमी १०:९ पढ्नुहोस्)? ______________।

गोठालाले आफ्ना भेडाहरूको सुरक्षा गछर्न्

हामी यूहन्ना १०:२२ मा आइपुगेपछि थाह पाउँदछौं, यतिखेर समपर्ण-चाड (Feast of Dedication) थियो र __________को समय थियो। झुप्रेबासको चाड (Feast of Tabernacles) को केही महिना पछाडि यो चाड पर्दथ्यो (यूहन्ना ७:२ सँग तुलना गर्नुहोस्)। समर्पण-चाडलाई बत्तीहरूको चाड (Feast of Lights) पनि भनिन्थ्यो। आजकल यहूदीहरू यसलाई हनुक्का (Hanukkah) भन्छन् (यो एउटा यहूदी पर्व हो जसमा उनीहरू सिरियाको एन्टिओकसले यरूशलेमको मन्दिरलाई अपवित्र पारे पश्चात् यहूदीहरूले गरेको मन्दिरको पुनर्समर्पणको सम्झना गर्दछन् – इतिहासको त्यो अचम्मको अवधिको बारेमा बाइबलभन्दा बाहिरका १ र २ माकाबीज (1 and 2 Maccabees) भन्ने पुस्तकहरूले बताउँदछ)।

यहूदीहरू जब येशूको वरिपरि भेला भए, तिनीहरूले उहाँले यसको ठाडो जवाफ दिनलाई भनेः “तपाईं ________ (मसीह) हुनुहुन्छ भने हामीलाई सफासँग भनिदिनुहोस” (यूहन्ना १०:२४)। तिनीहरूलाई खास बताइनुपर्ने खाँचो थिएन बरु तिनीहरूले वि________ गर्नुपर्ने खाँचो थियो (यूहन्ना १०:२५)। येशूले आफ्ना कामहरूद्वारा, आफ्ना वचनहरूद्वारा उहाँ को हुनुहुन्छ भनेर अघिबाटै सफासँग बताइसक्नुभएको थियो (यूहन्ना १०:२५)। तर के तिनीहरूले विश्वास गरे (यूहन्ना १०:२६)? _____________। के तिनीहरू उहाँका भेडाहरू थिए त (यूहन्ना १०:२६)? ____________। प्रभु उनीहरूका गोठाला हुनुहुन्नथ्यो।

येशू तब आफ्ना साँचा भेडाहरू कस्ता हुन्छन् बयान गर्नुहुन्छ। उहाँका साँचा भेडाहरूमा कुन कुन गुणहरू हुन्छन् (यूहन्ना १०:२७)? (१) तिनीहरूले उहाँको सोर ________________ (२) तिनीहरूले उहाँलाई ________________ येशूका वचनहरू (बाइबल) लाई सुन्न कसैले अस्वीकार गर्छ भने, र यदि उसले येशूलाई पछ्याउँदैन भने के त्यो व्यक्ति साँचो भेडाले जस्तै व्यवहार गर्दै छ? ___________। आफ्नो साँचा भेडाहरूलाई येशूले के दिनुहुन्छ (यूहन्ना १०:२८)? ____________ _____________। अनन्त जीवन एउटा उपहार हो (रोमी ६:२३ र एफेसी २:८-९ लाई तुलना गर्नुहोस्)। ख्रीष्टका साँचा भेडाहरू कहिल्यै _________ हुनेछैनन्। यसको मतलब, तिनीहरू कहिल्यै हराउने छैनन्। तिनीहरूले कहिल्यै आफ्नो मुक्तिलाई गुमाउने छैन। असल गोठालाले आफ्ना भेडाहरूलाई सधैंभरी सुरक्षित राख्छन्। उनले आफ्ना भेडाहरूलाई अनन्तको खराबीदेखि सुरक्षा दिन्छन्। तिनीहरू सधैंभरी सुरक्षित रहनेछन् ।

यूहन्ना १०:२८ अनुसार साँचा विश्वासीहरू कसको हातमा छन् (याद राख्‍नुहोस्, यी वचनहरू बोल्ने येशू हुनुहुन्छ)? ____________। तिनीहरूलाई उहाँको हातबाट कसैले खोसेर लान सक्छ (यूहन्ना १०:२८)? ____________। यूहन्ना १०:२९ अनुसार साँचा विश्वासीहरू कसका हातमा छन्? ___________। के उहाँको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्छ र? ____________। यदि तपाईं एक साँचो विश्वासी हुनुहुन्छ भने के तपाईं असल हातहरूमा हुनुहुन्छ? ________। के तपाईं यी हातहरूमा सुरक्षित हुनुहुन्छ? _______। के परमेश्वरका हातहरूले तपाईंलाई छाड्नेछन्? _____________। के परमेश्वरले उहाँका हातहरूबाट तपाईंलाई खसेर नाश हुन दिनुहुनेछ? __________________ (द्रष्टब्यः शिक्षकले एउटा सिक्का प्रयोग गरेर यूहन्ना १०:२८-३० लाई सिकाउन सक्छन्। सिक्काले एउटा विश्वासीको चित्रण दिँदछ। यूहन्ना १०:२८ लाई चित्रण गर्न एक हातमा सिक्कालाई बलियो गरी समात्नुहोस् (तपाईं ख्रीष्टको हातमा हुनुहुन्छ!)। यूहन्ना १०:२९ देखाउनलाई यही सिक्का अब अर्को हातमा समात्नुहोस् (तपाईं पिताको हातमा हुनुहुन्छ!)। त्यसपछि यूहन्ना १०:३० लाई देखाउनलाई दुईटै हातले सिक्का बलियोसँग समात्‍नुहोस् (तपाईं दुवै पिताको र पुत्रको हातमा हुनुहुन्छ!)।

परमेश्वर “पिता र म एक हुँ” भन्ने गोठालाको दाबी

यूहन्ना १०:३० मा येशूले यस्तो अचम्मको दाबी गर्नुभयो: “म र मेरा पिता ______ हौं।” कुनै सामान्य व्यक्तिले यसो कहिल्यै भन्न मिल्दैन। कुनै सामान्य व्यक्तिले “परमेश्वर र म एक हौं” भन्न सक्दैन। तर येशूले भन्न सक्नुभयो किनभने उहाँ एक असाधारण मानिस हुनुहुन्थ्यो। उहाँ परमेश्वर-मानिस हुनुहुन्थ्यो (सिद्ध ईश्वर र सिद्ध मानिस)। उहाँले मात्रै आफू परमेश्वरसित एक छु भन्ने दाबी गर्न सक्नुहुन्थ्यो।

प्रभुका शत्रुहरूले येशूको भनाइको तात्पर्य राम्ररी नै बुझे (यूहन्ना १०:३१) र तिनीहरूले येशूलाई के गर्न खोजे? ____________________________। तिनीहरूले उहाँलाई मार्न खोजे। एउटा मानिसले आफू परमेश्वरसित एक छु भनी दाबी गर्नु ठूलो ईश्वर निन्दा (blasphemy) हो भनेर तिनीहरूले ठाने। येशूले आफूलाई परमेश्वरसँग बराबरी तुल्याउनुभएको हो भनी तिनीहरूले बुझे (यूहन्ना ५:१८ सँग तुलना गर्नुहोस्)। तर येशू ईश्वर निन्दाको दोषी हुनुहुन्थेन किनभने उहाँले जे भन्नुभयो त्यो साँचो थियो

येशूले यी यहूदीहरूलाई “कुन कामका निम्ति तिमीहरू मलाई ढुंगाले हान्छौ” भनेर सोध्नुभयो (यूहन्ना १०:३२)। येशूले गर्नुभएका सबै कामहरू ________ कामहरू थिए (यूहन्ना १०:३२) र असल गर्दागर्दै कसैलाई मार्न त उचित होइन! आफ्नो जीवन भरीमा येशूले एउटै पनि “खराब” काम गर्नुभएन। यहूदीहरूले येशूलाई ____________का ________का निम्ति ढुंगाले हान्न चाहन्थे थिए (यूहन्ना १०:३३), “एउटा _________ भएर तिमीले आफुलाई ______________ तुल्याएका हुनाले” (यूहन्ना १०:३३)। जब येशूले “म र मेरा पिता एक हौं” भनी भन्नुभयो, उहाँले आफू परमेश्वर हुँ भनेर दाबी गर्दै हुनुहुन्थ्यो – यो कुरा यी यहूदीहरूले प्रस्टै बुझे! मानिसहरूलाई आफू परमेश्वर हुँ भनी विश्वास दिलाउन खोज्नु येशूको भयंकर ठूलो पाप हो भनी यहूदीहरू ठान्दथे।

टिप्पणी: येशूले यूहन्ना १०:३४-३६ मा दिनुभएको तर्क बुझ्नलाई अलिक कठिन छ। यसलाई यसरी ब्याख्या गर्न सकिन्छ: येशूले भन्नुभएको पहिलो कुरा हो पुरानो नियममा मानिसहरूलाई “ईश्वरहरू” भनिएको छ (यूहन्ना १०:३४-३५)। येशूले उद्धृत गरिरहनुभएको खण्ड भजनसङ्ग्रह ८२:६ हो जहाँ पापपूर्ण, न्यायकर्ता (न्यायधीश) हरूलाई “ईश्वरहरू” भनिएको छ। न्यायकर्ताको बडो गहन जिम्मेवारी हुन्छ। राम्रोसँग न्याय गर्नलाई तिनीहरू परमेश्वरको अघि जिम्मेवार हुन्छन्। तिनीहरूका आफ्नै दाजुभाईहरू (मानिसहरू) को न्याय गर्दा परमेश्वर उसको ठाउँमा हुनुभएको भए कसरी न्याय गर्नुहुनेथ्यो भनेर परमेश्वरले झैं न्याय गर्नुपर्थ्यो। त्यसैकारण एकदम वास्तविक रूपमा यी न्यायकर्ताहरूले परमेश्वरको स्थान लिइरहेका र परमेश्वरले तिनीहरूलाई दिनुभएको काम गरिरहेका थिए। त्यसैकारणले यस अर्थमा तिनीहरूलाई “ईश्वरहरू” भनिएको थियो। यी न्यायकर्ताहरूले परमेश्वरको तर्फ बाट काम गर्नु पर्थ्यो।

येशूले यूहन्ना १०:३५-३६ मा दोस्रो तर्क गर्नुहुन्छ। उहाँ मानौं यसो भन्दै हुनुहुन्थ्यो: “यदि पवित्र शास्त्रले पापी मानिसहरूलाई त “ईश्वरहरू” को संज्ञा दिन्छ भने (अनि पवित्र शास्त्र भङ्ग हुन सक्दैन), तब कसरी मैले आफैलाई “परमेश्वर” भन्नु गलत हुन्छ? मानिसहरूलाई भजनसङ्ग्रह ८२:६ मा “ईश्वरहरू” भनिएको छ भने तब कसरी परमेश्वरका पुत्रले आफैलाई “परमेश्वर” भन्दा यो ईश्वर निन्दा ठहरिन्छ?” येशूले आफ्नो बारेमा यूहन्ना १०:३६ मा के भन्नुभएको छ, हेर्नुहोस्:

  1. परमेश्वर पिताले पवित्र पार्नु भएको (विशेष रीतिले अलग गरिएको) व्यक्ति उहाँ नै हुनुहुन्छ। येशू ख्रीष्ट अद्वित्तीय हुनुहुन्छ। उहाँ जस्तो केही छैन!
  2. परमेश्वरले संसारमा पठाउनुभएको व्यक्ति उहाँ नै हुनुहुन्छ। उहाँ परमेश्वरबाट आउनुभयो!
  3. उहाँले आफू ____________को ______ हुँ भन्ने दाबी गर्नुभयो (यूहन्ना १०:३६)। अनि यहूदीहरू जान्दथे, आफुलाई परमेश्वरको पुत्र हुँ भन्नुचाहीँ आफूलाई परमेश्वरसँग ____________ तुल्याउनु हो (यूहन्ना ५:१८)।

यहूदीहरूले सोझो र सफा उत्तर मागेका थिए (यूहन्ना १०:२४) र येशूले ठीक त्यस्तै जवाफ दिनुभयो!

प्रभुका शत्रुहरूले उहाँका वचन (उहाँले भन्नुभएका कुरा) हरूमा विश्वास गर्न चाहेनन् अनि तिनीहरूले उहाँका कामहरूमा (उहाँले जे गर्नुभएको थियो त्यसमा) पनि विश्वास गर्न चाहेनन् – यूहन्ना १०:३८ पढ्नुहोस्। येशूले तिनीहरूलाई बताइरहनुभएको कुरा तिनीहरूले रुचाएनन् र फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे। के तिनीहरूले पक्रन सके (यूहन्ना १०:३९)? ______________। तर सबैजनाले नै उहाँका वचनहरू र कामहरूलाई इन्कार गरेका थिएनन्। हामीलाई बताइएको छ, “अनि त्यहाँ धेरैले उहाँमाथि ____________।” (यूहन्ना १०:४२)।

के तपाईं येशू ख्रीष्टमा साँचो विश्वास गर्ने व्यक्ति हुनुहुन्छ? के तपाईं उहाँका भेडाहरू मध्येका एक हुनुहुन्छ? के तपाईं उहाँको हातमा सुरक्षित हुनुहुन्छ? के तपाईं धेरै वर्ष पहिले दाऊदले भनेझैं यसो भन्न सक्नुहुन्छ, “परमप्रभु _________ गोठाला हुनुहुन्छ” (भजनसङ्ग्रह २३:१)?

* * * * * * * * * * *

केही प्रश्‍नहरू:

अब हामीले यूहन्नाको सुसमाचारको पुस्तकका अघिल्ला १० अध्यायहरू अध्ययन गरेर सक्यौं। तपाईंले यहासम्म सिक्नुभएको आधारमा, निम्न प्रश्‍नहरूको जवाफ तपाईं कसरी दिनुहुन्छः

  1. येशू ख्रीष्ट को हुनुहुन्छ?

  2. उहाँले गर्नुभएका केही अचम्मलाग्दा दाबीहरू के के हुन्?

  3. उहाँले गर्नुभएका केही उल्लेखनीय आश्चर्यकर्महरू के के हुन्?

  4. मानिस कसरी नयाँ गरी जन्मन्छ?

  5. मानिसले कसरी अनन्त जीवनको दान पाउनसक्छ?

  6. एकपटक अनन्त जीवनको दान पाएपछि के त्यो गुमाइन सम्भव छ?

  7. अघिल्ला १० अध्यायहरूमा हामीले अध्ययन गरेका केही महान “म हुँ” पदहरू कुन कुन हुन्?

परमेश्वरको सहायताले अब हामी यस सुसमाचारका अरू ११ अध्यायहरू अध्ययन गर्न तयार भएका छौं। आउनुहोस्, हामी ध्यान दिँदैप्रार्थना गर्दै अघि बढौं।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






संसारको ज्योति

Study Series

संसारको ज्योति

येशू ख्रीष्ट “संसारको __________” हुनुहुन्छ (यूहन्ना ८:१२)। यूहन्ना ३:१९-२१ मा हामीले हेरिहाल्यौं, त्यहाँ कति मानिसहरू छन् जो ज्योतिलाई घृणा गछर्न् अनि कति छन् जो ज्योतिकहाँ आउँछन्। त्यहाँ कोहीकोही “अन्धकारमा हिँड्ने” हरू पनि छन् (यूहन्ना ८:१२)। जब हामी यूहन्ना ८ र ९ अध्याय पढ्न थाल्छौं तब हामीले ज्योतिका सन्तान अनि अन्धकारका सन्तानका बारेमा अझ बढी थाहा पाउनेछौं (एफिसी ५:८ र १ थिस्सलोनिकी ५:४-५ बीच तुलना गर्नुहोस् )।

यूहन्ना ८ र ९ अध्यायको रूपरेखा

 

  1. यहूदीहरू दोषी स्त्रीलाई अभियोग लगाउँछन् (यूहन्ना ८:१-११)
  2. दोषी (यूहन्ना ८:१)
  3. दोषीहरू (यूहन्ना ८:६-११)
  4. येशूको शिक्षाले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:१२-५९)
  5. आफू संसारको ज्योति हुँ भन्ने उहाँको दावीले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:१२-२०)
  6. तिनीहरू पापमा मर्नेछन् भन्ने उहाँको भनाइले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:२१-२९)
  7. तिनीहरू दास हुन् भन्ने उहाँको भनाइले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:३०-३६)
  8. तिनीहरूका पिताले हुन् भन्ने उहाँको भनाइले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:३६-४८)
  9. आफू अब्राहामभन्दा महान् हुँ भन्ने उहाँको दावीले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:४८-५९)
  10. एकजना अन्धा निको पारिन्छ (यूहन्ना ९:१- ४१)
  11. चङ्गाइको आश्चर्यकर्म (यूहन्ना ९:१-७)
  12. निको पारिएको व्यक्तिको गवाही (यूहन्ना ९:८-३४)
  13. आत्मिक दृष्टिको खाँचो (यूहन्ना ९:३५-४१)

एउटी दोषी

एक दिन येशू मन्दिरमा शिक्षा दिँदै गर्नुहुँदा यहूदी अगुवाहरूले एउटी ______________मा पक्राउ परेकी स्त्रीलाई उहाँकहाँ ल्याए (यूहन्ना ८:३)। यसको मतलब उनले आफ्ना पति बाहेक अन्य पुरुषसँग यौन सम्बन्ध राखेकी थिइन्। उक्त स्त्री व्यभिचारको पापको दोषी छिन् भन्ने ती यहूदीहरूको आरोप शंकाको आधारमा थियो कि पक्का प्रमाणको आधारमा थियो (यूहन्ना ८:४)? ______________________। के त्यस स्त्रीले दस आज्ञा मध्ये एउटा आज्ञालाई भङ्ग गरेकी थिइन् (प्रस्थान २०:१२-१६? _____________। मोशाको व्यवस्थानुसार व्यभिचारीलाई के गरिनुपर्थ्यो (यूहन्ना ८:५,लेवी २०:१०, व्यवस्था २२:२२,२४)? ___________________________________ ______________। व्यवस्था भङ्ग गर्ने दोषीहरू मृत्युदण्डको लायक हुन्छन्।

ती यहूदीहरू येशूलाई पासोमा पार्ने दाउ गर्दै थिए (यूहन्ना ८:६)। तिनीहरू उहाँलाई पतन गराउन चाहन्थे। तिनीहरू उहाँलाई फुत्कन नसकिने पासोमा पार्न चाहन्थे। उनीहरूले थापेको पासो यस्तो थियो: एकातिर, “यो स्त्रीलाई ढुङ्गाले हानेर मार्नुहुन्न” भनी यदि येशूले भन्नुभयो भने उहाँ मोशाको व्यवस्थाको विरुद्धमा जानुभएको ठहरिने भयो। अर्कोतिर, “हुन्छ, यसलाई ढुङ्गाले मार्नुपर्छ” भनी यदि येशूले भन्नुभयो भने उहाँ सर्वसाधारण मानिसहरूको साहनुभूति गुमाउनुहुने भयो किनभने उहाँ पापीहरूका मित्रको रूपमा लोकप्रिय हुनुहुन्थ्यो (मत्ती ११:१९ सँग दाँज्नुहोस्)। टिप्पणी: साथै, रोमको विपरित जाने नीतिलाई प्रोत्साहन दिएको भनेर पनि उहाँलाई आरोप लगाउन सकिन्थ्यो किनभने मृत्यु दण्डको सजायँ रोमले मात्र दिन सक्थ्यो। यहूदीहरूले चाहेर पनि आफैले ख्रीष्टलाई मृत्युदण्ड दिन नसकेका कारण यही थियो। रोमले नै निर्णय दिनुपर्थ्यो (यूहन्ना १८:३१ मा हेर्नुहोस्)।

ख्रीष्टलाई बल्ल पक्र्यौं भनी ती यहूदीहरूले ठाने। तर तिनीहरू नै आफ्नो पासोमा परे!‍

धेरैजना दोषी

उहाँलाई दोष लगाउन उत्सुक ती यहूदीहरू येशूको जवाफ पर्खिरहेका थिए। उनीहरूलाई केही बेर पर्खाउनु भएपछि (यूहन्ना ८-६) येशूले आफ्नो जवाफ दिनुभयो। त्यस स्त्रीलाई ल्याउनेहरूलाई उहाँले के भन्नुभयो (यूहन्ना ८:७ मा हेर्नुहोस्)?

  1. “यिनलाई ढुङ्गाले हानेर मार्नुपर्छ”
  2. “यिनलाई ढुङ्गाले हानेर मार्नु हुँदैन”
  3. “यिनले मृत्युदण्ड लायकको कुनै अपराध नै गरेकी छैन”
  4. येशूले तिनीहरूलाई पहिलो ढुङ्गा हान्नेले हुनुपर्छ भनी बताउनुभयो

येशूको अनुसार पहिलो ढुङ्गा कसले हान्नुपर्छ (यूहन्ना ८:७)? _____________________ ______________________। पहिलो ढुङ्गा हानियो त (यूहन्ना ८:८-९)? _____________। के यिनीहरूमध्येकोही “पाप रहित” थिए? ______________। तिनीहरू सबै पापी थिए; यो तिनीहरू जान्दथे। पापी भएकाले तिनीहरू सबै मृत्युदण्डका योग्य थिए। येशूको जवाफले ती यहूदीहरू त्यस पापी स्त्रीको सट्टा आफैलाई जाँच्न बाध्य भए। मानिसहरू प्रायः अरुहरूको जीवनमा पाप देख्‍न सक्छन् तर आफ्नै जीवनमा भएको पाप भने देख्दैनन्। जसरी अर्काको गाडीको बत्ती (headlight) आफ्नो भन्दा तेजिलो देखिन्छ त्यस्तै आफ्नो भन्दा अर्काको पाप ठूलो देखिन्छ।

त्यस स्त्री व्यवस्था भङ्ग गर्ने स्त्री थिइन्, त्यो साँचो हो, तर उनलाई पक्रेर येशूकहाँ ल्याउनेहरू पनि व्यवस्था भङ्ग गर्नेहरू थिए। यूहन्ना ७:१९ मा येशूले यहूदीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये एउटाले पनि व्यवस्था __________ __________।” एकमात्र सिद्ध र धर्मी व्यक्तिले हुनुहुन्छ (यूहन्ना ७:१८)? ___________________।

रोमी ३:१० अनुसार विश्वमा कतिजना धर्मी मानिसहरू छन्? ____________________। असल गर्ने अनि पाप कहिल्यै नगर्नेहरू कतिजना छन् (रोमी ३:१२)? _____________________। परमेश्वरको दृष्टिमा कतिजना दोषी छन् (रोमी ३:१९)? ______________। के यी दोषी ठहरिनेहरू मृत्युदण्डका लायक छन् (रोमी १:३२)? __________। कतिजनाले पाप गरेका रहेछन् (रोमी ३:२३)? येशू ख्रीष्ट संसारमा किन आउनुभयो (१ तिमोथी १:१५)? _________________________________________ ____।

अभियोग लगाउनेहरू सबै गइसकेपछि, त्यस स्त्रीसँग येशू मात्र बाँकी रहनुभयो। के येशूले त्यस दोषी स्त्रीलाई दोषी ठहराउनुभयो (यूहन्ना ८:१० -११)? ___________________। येशू संसारमा किन आउनुभएको थियो? दोषी ठहराउनलाई कि मुक्ति दिनलाई (यूहन्ना ३:१७)? _________________। के येशूले त्यस स्त्रीलाई गएर अरू पाप गर भन्नुभयो (यूहन्ना ८:११)? _________________। बरु उहाँले यसो भन्नुभयो, “जाऊ र ________ पाप ________” (यूहन्ना ८:११)।

येशूका शिक्षाले गर्दा यहूदीहरू रिसाउँछन्

 

आफू संसारको ज्योति हुनुभएको येशूको दाबीले गर्दा यहूदीहरू रिसाउँछन्

यूहन्ना ८ अध्यायको कुन पदमा येशूले “म संसारको ज्योति हुँ” भन्नुभयो? _______ पद। यस पदमा येशूले संसारका मानिसलाई दुई समूहमा विभाजन गर्नुभएको पाउँछौं:

  1. अ ______________ हिँड्नेहरू
  2. येशूलाई पछ्याउनेहरू, जसले __________को __________ पाएका छन्।

येशूले “म संसारको ज्योति हुँ” भन्ने दावी गर्नुहुँदा के यहूदीहरूले विश्वास गरे (यूहन्ना ८:१३)? ______________। येशूले आफ्नो साक्षी आफै दिनुभयो (उहाँले आफैलाई औंल्याउनुभयो र उहाँ साँच्चैले हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई बताउनुभयो) तर अरु कसले उहाँको बारेमा साक्षी दिनुभयो (यूहन्ना ८:१९)? _____________________।

त्यसबेला उहाँलाई पक्रन चाहे तापनि के उहाँका शत्रुहरूले उहाँमाथि हात हाल्न सके (यूहन्ना ८:२०)? ______________। किन (यूहन्ना ८:२०)? _____________________ _____________। येशूले आफ्ना शत्रुहरूलाई उहाँमाथि हात लगाउन दिनुहुने समय आउँदै थियो तर अहिले त्यो समय थिएन ! यूहन्नाको सुसमाचारमा येशूले यूहन्ना ८:१२ मा जस्तै घरीघरी “म… हुँ” भन्नुभएको छ। यूहन्ना ६:३५ मा पनि “म… हुँ” भन्ने येशुको वचन हेरिसक्यौं। यूहन्नाको सुसमाचार पढ्दैजाँदा हामी अरु पनि यस्ता पदहरू भेट्टाउनेछौं (जस्तै, यूहन्ना १०:९, १०:११, ११:२५, २४:६, १५:१)। “म … हुँ” भन्ने शब्दहरूलाई यहूदीहरूले गम्भीररूपमा लिन्थे। पुरानो नियममा परमप्रभु (यहोवा) मोशाकहाँ विशेष प्रकारले प्रकट हुनुभएको थियो। परमप्रभुले आफूलाई कुन नामले चिनाउनुभयो (प्रस्थान ३:१३-१४)? _____________________। पुरानो नियमका परमेश्वर (यहोवा) महान् “म हुँ” भनी चिनिनुहुन्थ्यो ! यसले पछि यूहन्ना ८:५८ मा येशूले भन्नुभएका बचनहरू बुझ्न सहायता गर्नेछ।

तिनीहरू पापमा मर्नेछन् भन्ने उहाँको भनाइले गर्दा यहूदीहरू रिसाउँछन्

यूहन्ना ८:२१ मा येशूले यूहन्ना ७:३३-३४ले ताजुबपूर्ण भनाइलाई फेरि दोहोर्‍याउनुहुन्छ। आफ्ना पितासँगै हुनलाई येशू स्वर्गमा फर्केर जाँदै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “जहाँ म जान्छु ________ तिमीहरू आउन _____________” (यूहन्ना ८:२१)। स्वर्ग जानुको साटो “तिमीहरू आफ्ना ______________मा मर्नेछौ” भनी येशूले तिनीहरूलाई भन्नुभयो (यूहन्ना ८:२१)। मुक्ति नपाएको अवस्थामा, परमेश्वरको क्रोधमुनि रहेको बेलामा मर्नु भनेको अति भयानक र डरलाग्दो कुरा हो। पाप नै त्यो कुरा हो जसले मानिसलाई परमेश्वरदेखि अलग पार्छ (यशैया ५९:२), अनि जब मानिसहरू आफ्ना पापहरूमै मछर्न् तब तिनीहरू परमेश्वरदेखि सदाका निम्ति अलग पारिनेछन्।

“जहाँ म जान्छु त्यहाँ तिमीहरू आउन सक्दैनौ” भन्ने येशूको भनाइलाई यहूदीहरूले बुझेनन् (यूहन्ना ८:२२)। उहाँले आत्महत्या गर्ने कुरा गर्नु भएको होला भन्ने उनीहरूलाई लागेन (“के उसले आफैलाई मार्ला त?”) तरैपनि उहाँको भनाइलाई बुझेनन्। तिनीहरू अन्धकारमा थिए (यूहन्ना ८:१२ सँग दाँज्नुहोस्)। स्वर्ग सम्बन्धी येशूका वचनहरू उनीहरूले बुझेनन् किनभने तिनीहरू “त ___________” थिए (यूहन्ना ८:२३)। तिनीहरू शैतानको राज्यका थिए र यसरी तिनीहरू आत्मिक सत्यताप्रति अन्धा थिए (२कोरिन्थी ४:३-४)। “तिनीहरूले बुझे ______” (यूहन्ना ८:२७)।

अन्धाहरूका निम्ति आशा छ। आफ्ना पापहरूमा मरेकाहरूका निम्ति पनि आशा छ। तर यदि यी मानिसहरू एउटा काम गर्न इन्कार गर्छन् भने उनीहरूलाई कुनै आशा रहँदैन। आफ्ना पापहरूमा नमर्नलाई एक व्यक्तिले नगरी नहुने एउटै काम के हो (यूहन्ना ८:२४)? _________________________________________। येशूले भन्नुभयो, “तिमीहरूले म उही हुँ भनी विश्वास गरेनौ भने।” एक व्यक्तिले येशू नै महान् म हुँ हुनुहुन्छ भनेर विश्वास गर्नै पर्छ (प्रस्थान ३:१४ सँग तुलना गर्नुहोस्)। टिप्पणी: हाम्रो नेपाली अनुवादमा यूहन्ना ८:२४ पदमा “म उही हुँ भनी तिमीहरूले विश्वास गरेनौ भने” लेखिएको छ। तरैपनि “उही” भन्ने शब्द ग्रीक टेक्स्टको मूललेखमा छैन। त्यसैले यसलाई अक्षरशः अनुवाद गर्दा यसरी लेखिन्छ: “म हुँ भनी तिमीहरूले विश्वास गरेनौ भने”। यूहन्ना ८:२८ (“म उही रहेछु”) मा पनि यही कुरा लागु हुन्छ।

येशू ख्रीष्टको बारेमा एक व्यक्तिले के विश्वास गर्दछ, त्यो महत्त्वपूर्ण छ। तपाईं येशू ख्रीष्ट वास्तवमाले हुनुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? यो प्रश्‍न यति महत्त्वपूर्ण छ कि यसैले तपाईंको जीवनमा स्वर्ग र नरकको फरक पर्नेछ।

  1. “विश्वास नगर्ने” हरूलाई के हुनेछ (यूहन्ना ८:२४)? __________ ___________________________________।
  2. “विश्वास” गर्नेहरूलाई के हुनेछ (प्रेरित १०:४३)? __________ ____________________________________।

तिनीहरू दास हुन् भन्ने उहाँको भनाइले गर्दा यहूदीहरू रिसाउँछन्

यूहन्ना ८:३ मा धेरै यहूदीहरूले उहाँमाथि __________ गरे भनी बताइएको छ। विश्वास गर्नेहरूको यस नयाँ झुण्डलाई देखेर के येशू उत्तेजित हुनुभयो? “अति बेस भयो! मलाई पछ्याउनेहरू नयाँहरू कति बढेका छन्!” के येशूले यसरी कुरा गर्नुभयो? अहँ, येशूले यी विश्वास गर्नेहरूलाई तुरुन्तै स्वागत गर्नुभएन। बरु उहाँले उहाँको साँचो चेला बन्न के कुराको खाँचो छ भनेर राम्रोसँग बताइदिनु भयो ! “तिमीहरू मेरा वचनमा ____________ भने तिमीहरू साँच्चै मेरा __________ हौ” (यूहन्ना ८:३१)। साँचो चेलाहरू ती हुन् जो येशूका वचनमा लागिरहन्छन्। यिनीहरूले नै सत्य जान्नेछन् र यिनीहरू नै स्वतन्त्र पारिनेछन् (यूहन्ना ८:३२)।

थोरै समयका निम्ति विश्वास गर्नेहरू पनि हुन्छन्। लूका ८:१३ मा यस्ता मानिसरूको उल्लेख छ। के यी मानिसहरूले वचनलाई आनन्दपूर्वक ग्रहण गर्छन्? ___________। के तिनीहरूले विश्वास गर्छन्? __________। तर तिनीहरूले _________ ___________का निम्ति विश्वास गर्छन् अनि पछि अप्ठेरो परिस्थितिहरू आइपर्दा तिनीहरू ________ _____________। तिनीहरूको विश्वास लागिरहने खालको विश्वास थिएन। परमेश्वर मानिसहरू विश्वासमा ______________ चाहनुहुन्छ (कलस्सी १:२३ मा हेर्नुहोस्) र यशू ख्रीष्टलाई अन्तसम्म भरोसा गरिरहेको चाहनुहुन्छ (हिब्रू ३:६,१४)। क्षणिक विश्वासको काम छैन! परमेश्वर दिगो विश्वास खोज्नुहुन्छ।

येशूले स्वतन्त्रताको कुरा गर्नुहुँदा यहूदीहरूको विचारमा आफूहरू स्वतन्त्र नै छौं भन्ने थियो (यूहन्ना ८:३२-३३)। तिनीहरू ताजुब माने, “हामी स्वतन्त्र नै छौं भने हामी किन स्वतन्त्र पारिनु खाँचो छ र? निश्चय हामी कसैका दास होइनौं!”

यी मानिसहरू अन्धकारमा थिए भन्ने कुरा यसले पनि देखाउँछ। तिनीहरूले आफ्नो डरलाग्दो दासत्व र बन्धनलाई बुझ्न सकेनन्: “जसले _______ गर्छ त्यो ________को दास हो (यूहन्ना ८:३४)। पापको बन्धनबाट मानिसलाई स्वतन्त्र गराउने एकमात्र व्यक्तिले हुनुहुन्छ (यूहन्ना ८:३६)? __________।

संसारका सबै मानिसहरू दास हुन्। हरेक नै कि त ऊ पापको दास हो कि भने येशू ख्रीष्टको दास हो। एक व्यक्तिले मुक्ति पाउनु अघि ऊ ________को दास हुन्छ (रोमी ६:१७)। उसले मुक्ति पाएपछि ऊ पापबाट छुटकारा पाउँछ र अब ऊ _____________को दास बन्दछ (रोमी ६:२२)। तपाईं कुन मालिकको सेवा गर्नुहुन्छ? तपाईं पापको, स्वार्थको र शैतानको सेवा गर्नुहुन्छ कि मुक्तिदाताको? साँचो रुपले स्वतन्त्र व्यक्ति त्यो हो जो पापबाट स्वतन्त्र भएको छ र मुक्तिदताको सेवा गर्न स्वतन्त्र छ।

तिनीहरूका पिता को हुन् भन्ने उहाँको भनाइले गर्दा यहूदीहरू रिसाउँछन्

“अब्राहाम हाम्रा पिता हुन्” भन्दै यहूदीहरू खुबै घमण्ड गर्थे (यूहन्ना ८:३३)। अब्राहाम यहूदीहरूका पुर्खा थिए र आफूहरू शरीरअनुसार उनकै वंशबाट आएका हौं भनी उनीहरू जान्दथे। येशू पनि यो जान्नुहुन्थ्यो: “म जान्दछु तिमीहरू ____________ सन्तान हौ” (यूहन्ना ८:३७)। तिनीहरू अब्राहामका शारीरिक सन्तानहरू हुन् भन्ने येशू जान्नुहुन्थ्यो तर उहाँ यो पनि जान्नुहुन्थ्यो, तिनीहरू अब्राहामका आत्मिक सन्तानहरू होइनन्

एउटा भनाइ छ, “जस्तो बुबा उस्तै छोरा”। यसको मतलब, छोरा बुबाजस्तै हुन्छ। यी यहूदीहरू हाम्रा पिता अब्राहाम हुन् भन्ने दावी गर्थे तर तिनीहरूको व्यवहार अब्राहामको जस्तो थिएन। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अब्राहामका ____________ हुँदा हौ ता अब्राहामकै कामहरू गर्नेथियौ” (यूहन्ना ८:३९)।

यहूदीहरूले चाहिँ कस्तो किसिमको व्यवहार गरे (यूहन्ना ८:४०)? ____________ ______________________। के अब्राहामले कहिल्यै त्यस्तो व्यवहार गरे (यूहन्ना ८:४०)? ___________। उत्पति १८ मा तीन जना मानिसहरू अब्राहामलाई भेट्न आएको कुराको उल्लेख छ (तिनीहरूमध्ये एकजना चाहिँ प्रभु येशू ख्रीष्ट आफ्नो पूर्व-देहदारी रूप (pre-incarnate form) मा हुनुहुन्थ्यो अनि दुई जनाचाहिँ स्वर्गदूतहरू थिए)। यी विशेष पाहुनाहरूलाई अब्राहामले कस्तो व्यवहार गरे? तिनले उनीहरूलाई मार्न खोजे कि सत्कार गरे (उत्पति १८:१-८ )? ________________________।

यी विश्वासी नगर्ने यहूदीहरूलाई येशूले भन्नुभयो, “तिमीहरू आफ्ना _________का कामहरू गर्दछौ” (यूहन्ना ८:४१)। यहूदीहरू ____________ उनीहरूका पिता हुन् भन्ठान्थे (यूहन्ना ८:४१)। तर परमेश्वर तिनीहरूका पिता हुनुभएको भए तिनीहरूले के गर्नेथिए भनेर येशूले तिनीहरूलाई भन्नुभयो (यूहन्ना ८:४२)? तिनीहरूले __________________ _______________________। तिनीहरूका खास आत्मिक पिताले थिए (यूहन्ना ८:४४)? ______________। संसारका मानिसहरू दुई समूहमा विभाजित छन् भनी परमेश्वरको वचनले बताउँछः (१) _________________का सन्तान (२) ________________का सन्तान (१ यूहन्ना ३:१०)।

यूहन्ना ८:४४ मा शैतानको बारेमा कुन दुइटा कुराहरू उल्लेख छन्? _________________________________________ _____________। यी यहूदीहरू कुन हिसाबमा आफ्ना आत्मिक पिता जस्तै थिए? ___________________________________ _________________________।

यी यहूदीहरूको सबभन्दा ठूलो समस्या नै अविश्वासको समस्या थियो (यूहन्ना ८:२४,४५,४६ मा हेर्नुहोस्)। तिनीहरू र अब्राहाम बीचको अर्को ठूलो भिन्नता यो थियो। बाइबलले बताउँछ “अब्राहामले परमप्रभुमाथि _____________ गरे” (उत्पति १५:६) तर यी यहूदीहरूले चाहिँ गरेनन्। बरु तिनीहरूले शैतानको झूटलाई विश्वास गरे।

यूहन्ना ८:४६ मा येशूले आफ्ना शत्रुहरूलाई ठूलो चुनौती दिनुभयो: “तिमीहरूमध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउँछ?” अर्को शब्दमा भन्ने हो भने, तिमीहरूमध्ये कसले ममा पाप देखाउन सक्छ?” यो यस्तो काम थियो जुन उहाँको कुनै पनि शत्रुहरूले गर्न सकेनन्। येशूले आफ्ना शत्रुहरूलाई पापको दोषी ठहराउन सक्नुहुन्थ्यो (यूहन्ना ८:७-९) तर तिनीहरूले उहाँलाई पापको दोषी ठहराउन सकेनन्। उहाँले एउटा सिद्ध जीवन जिउनुभयो र उहाँ आफै भन्नुहुन्छ, “किनकि उहाँलाई (पितालाई) __________ कुराहुरू म _______ गर्दछु” (यूहन्ना ८:२९)।

संसारकै एकमात्र पापरहित मानिस यी यहूदीहरूका सामु उभिनुभयो र तिनीहरूसित सत्य बोल्नुभयो तर के तिनीहरूले विश्वास गरे (यूहन्ना ८:४६)? ____________। परमेश्वर साँच्चै नै तिनीहरूका पिता हुनुभएको भए भने ता तब तिनीहरूले ______________का __________हरू सुन्नेथिए (यूहन्ना ८:४६) तर परमेश्वर तिनीहरूका पिता नहुनुभएकोले तिनीहरूले न ता सुने न ता विश्वास गरे।

यदि कसैले येशू ख्रीष्टलाई प्रेम गर्दैन भने (यूहन्ना ८:४२) अनि परमेश्वरको वचन सुन्दैन र विश्वास गर्दैन भने (यूहन्ना ८:४७), ऊ परमेश्वरको सन्तान होइन। के तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ? एक व्यक्ति कसरी परमेश्वरको सन्तान बन्न सक्छ (यूहन्ना १:१२)? _________________________________________ ____________________।

आफू अब्राहामभन्दा महान् हुनुभएको येशूको दाबीले गर्दा यहूदीहरू रिसाउँछन्

यूहन्ना ८:४८ मा यहूदीहरूले येशूलाई खराब बोली प्रयोग गरेर आक्रमण गेर। तिनीहरूले उहाँलाई दुइटा अति निन्दापूर्ण शब्दहरू बोले (१) तिनीहरूले उहाँलाई सा __________ भने। यहूदीहरू सामरीहरूलाई घृणा गर्थे र कसैलाई यो शब्दले बोलाउनु भनेको उसलाई एकदमै होच्याएर बोलाउनु थियो। यहूदीका लागि “तँ सामरी होस्” भन्नु जस्तै कुवचन अर्को हुँदैनथ्यो। (२) तिनीहरूले उहाँसँग दुष्टआत्मा छ भने। तिनीहरूले उहाँलाई दुष्टआत्मा लागेको मान्छे भनेर आरोप लगाए। के यो साँचो थियो (यूहन्ना ८:४९)? ___________। के तपाईंलाई कहिल्यै मानिसहरूले अपशब्द प्रयोग गरेर वा होच्याउने कुराहरू बोलेर वा निर्दयी शब्दहरू प्रयोग गरेर तपाईंको अपमान गरेका छन्? याद राख्‍नुहोस्, येशू ख्रीष्टले यही कुरा भोग्नुभएको थियो! हाम्रा दुःख-कष्टहरू उहाँ बुझ्नुहुन्छ (हिब्रू ४:१५-१६)।

यूहन्ना ८:५१ मा यहूदीहरूलाई ताजुब पार्ने अर्को कुरा येशूले गर्नुभयो: “कसैले मेरो वचन पालन गर्छ भने (कसैले मैले भनेको मान्छ भने) उसले कहिल्यै __________ देख्‍नेछैन।” कसैले येशू ख्रीष्टले जे भन्नुहुन्छ त्यही मान्छ भने ऊ कहिल्यै मर्नेछैन (यूहन्ना ११:२६ सँग दाँज्नुहोस्)। यो कसरी हुनसक्छ? मृत्यु भनेको अलग हुनु हो। जब एउटा मुक्ति नपाएको मान्छे मर्छ, ऊ आफ्ना पापका कारण परमेश्वरबाट अलग पारिनेछ। येशूले यसो भन्दै हुनुहुन्थ्यो, एकजना विश्वासी परमेश्वरबाट कहिल्यै अलग पारिनेछैन। विश्वासीसँग अनन्त जीवन हुन्छ र यस जीवन कहिल्यै खोसिनेछैन।

फेरि पनि येशूको भनाइको तात्पर्य यहूदीहरूले बुझेनन् (यूहन्ना ८:५२)। अब्राहाम र भविष्यवक्तहरू (यशैया, यर्मिया, दानियल आदि) मरिसके भनी उनीहरू जान्दथे। “यी सबै महान् व्यक्तिहरू मरे भने येशूचाहिँ कहिल्यै नमर्ने व्यक्तिको कुरा गरिरहेका छन्। के यिनले अब्राबाम र सबै अगमवक्ताहरू भन्दा पनि आफूलाई ठूलो बनाउँदै छन् (यूहन्ना ८:५३ सँग दाँज्नुहोस्– “के तिमी हाम्रा पिता अब्राहाम भन्दा __________ हौ?”।

तिनीहरूले राम्रो प्रश्‍न सोधे र येशूले तिनीहरूलाई उहाँ साँच्ची नै अब्राहामभन्दा ठूला हुनुहुन्छ भनेर देखाउन चाहनुहुन्थ्यो। येशूले भन्नुभयो, “तिमीहरूका पिता अब्राहाम मेरो दिन देख्‍ने आशामा हर्षित थिए, अनि उनले देखे र आनन्दित भए” (यूहन्ना ८:५६)। यस भनाइले यहूदीहरू झस्किए। कस्तो कुरा सुन्नुपरेको होला भनी तिनीहरू आफ्ना कानलाई विश्वास गर्नै सकेनन्। तिनीहरूले सोचे, “के साँच्चै नै येशूले आफूले अब्राहामलाई देखेको हुँ भनिरहेका हुन्?” (यूहन्ना ८:५७)। अब्राहाम ख्रीष्ट यस संसारमा आउनुभन्दा २००० बर्ष अघि जिउने मानिस थिए। येशूले यी कुराहरू बोल्नुहुँदा उहाँ त्यस्तै ३३ बर्ष जतिको हुनुहुँदो हो। यहूदीहरूले ठीकै भनेका थिए जब तिनीहरूले उहाँलाई “तिमी अझै ________ बर्ष पुगेका छैनौ” भनी भने (यूहन्ना ८:५७)। तर येशूको जीवन उहाँ बेतलेहेममा जन्मनुभए पछि मात्र शुरु भएको होइन भन्ने कुरा तिनीहरूले बुझ्न खाँचो थियो। त्यसबेला उहाँ मानिस बन्नुभएको हो तर परमेश्वरको रूपमा उहाँ बेतलेहेमको जन्मभन्दा धेरै अघिदेखि नै हुनुहुन्थ्यो। मानिसको रूपमा उहाँ ३३ बर्षका मात्रै हुनुहुन्थ्यो, तर परमेश्वरको रूपमा चाहिँ उहाँ अनन्त हुनुहुन्छ जसको शुरुआत नै छैन। उहाँ परमेश्वरको अनन्त पुत्र हुनुहुन्थ्यो।

कोही तपाईंकहाँ आएर आफू २००० बर्षभन्दा अघिको व्यक्ति भएको दावी गरे भने तपाईं के गर्नुहुन्छ? तपाईंले पक्कै सोच्नुहुनेछ, यो मान्छे कि ठट्टा गर्दै छ कि त पागल भएको छ ! तरैपनि ठीक यस्तै दावी येशूले गर्नुभयो: “अब्राहाम हुनभन्दा पहिले ___________” (यूहन्ना ८:५८)। उहाँले “आदम हुनुभन्दा पहिले म हुँ” वा “संसार हुनुभन्दा पहिले म हुँ” भन्न पनि मिल्थ्यो (यूहन्ना १७:५,२४ सित दाँज्नुहोस्)। उहाँ अनन्तका महान् परमेश्वर हुनुहुन्छ ! उहाँ महान् “म हुँ” हुनुहुन्छ (प्रस्थान ३:१४)।

यस उल्लेखनीय दाबीलाई सुन्दा यहूदीहरूलाई कस्तो लाग्यो (यूहन्ना ८:५९)? ____________________________________। के तिनीहरूले जे गर्न चाहेका थिए सो गर्न सके (यूहन्ना ८:५९ र लुका ४:२८-३० बीच तुलना गर्नुहोस्)? _____________। के तपाईंले यही अनन्त परमेश्वरमाथि अफ्नो विश्वास र भरोसा राख्‍नुभएको छ? जसले यसो गरेका छैनन् तिनीहरू समस्यामा पर्नेछन् (यूहन्ना ८:२४)।

एकजना अन्धाको चङ्गाइ

कहिलेदेखि यस मानिस अन्धा थिए (यूहन्ना ९:१)? _________________। यूहन्ना ९:२-३ पढ्नुहोस्। यस मानिस के कारणले अन्धा भएका थिए? के उनी आफ्ना बाबुआमाको कारण अनधा भएका थिए? ____________। कि उनको आफ्नै कारण? ______________। यस मानिस जन्मैदेखि अन्धा हुनुमा परमेश्वरको अचम्मको योजना थियो (यूहन्ना ९:३)। शायद तपाईंको पनि कुनै शारीरिक दुर्बलता वा दीर्घकालीन समस्या होलान्। शायद तपाईंको यस्तो समस्या जन्मैदेखि नै छ। यसको बारेमा गनगन गर्नु र यस्तो नभएको भए हुन्थ्यो भनेर दुःखित हुनुको सट्टा, तपाईंले यो कुरालाई सम्झनु आवश्यक छ, हरेक कुरामा परमेश्वरको उद्देश्य र योजना हुन्छ। उहाँ कहिल्यै गलती गर्नुहुन्न! आफ्ना समस्याका लागि अरूहरूलाई दोष दिनुको सट्टा, हामी परमेश्वरलाई धन्यबाद दिऔं जसले, हामी जोसुकै र जस्तोसुकै भए पनि, हाम्रो जीवनमा महान् कार्य गर्न सक्नुहुन्छ!

येशूले यस अन्धालाई जुन अचम्म प्रकारले निको पार्नु भयो त्यसको बयान यूहन्ना ९:६-७ मा पाइन्छ। यस आश्चर्यकर्म हप्‍ताको कुन बारमा भएको थियो (यूहन्ना ९:१४)? ___________________________।

चङ्गाइ गरिएको व्यक्तिको गवाही

यस मानिसका छिमेकीहरूले उक्त परिवर्तनलाई विश्वासै गर्न सकेनन् (यूहन्ना ९:८)। यस अन्धा माग्नेले अब देख्‍न सक्थे। यो त्यही मान्छे नै हुन् र भनेर कतिले छक्क पर्दै उसलाई नियालेर हेरे (यूहन्ना ९:९)। के यस अन्धाले भएका घटनाहरू यी मानिसहरूलाई दुरुस्तै बताए (यूहन्ना ९:१०-१२ )? ______________।‍ के उनले त्यही घटना विवरण फरिसीहरूलाई पनि सुनाए (यूहन्ना ९:१५)? ______________।

यस आश्चर्यकर्मले मानिसहरूमा फाटो ल्यायो (जसरी यूहन्ना ७ अध्यायमा पनि हामीले देख्यौं)। यूहन्ना ९:१६ मा पढ्नुहोस् र येशूका बारेमा दुई भिन्न मतहरूलाई हेर्नुहोस्:

  1. कतिले बिचार गरे, “त्यो मानिस ______________बाटको होइन किनभने त्यसले _______________ पालन गर्दैन।” विश्रामदिन सम्बन्धी यहूदीहरूको गलत धारणाका बारेमा प्रभु येशूलाई कस्तो लाग्थ्यो? मर्कूस ३:१-५ मा पढ्नुहोस्।
  2. अरूले भने “कसरी मानिसले _________ भएर यस्ता _______________ गर्न सक्छ र?”

तब तिनीहरू अन्धा मानिसतिर फर्केर उनलाई उनको विचार व्यक्त गर्न लगाए (यूहन्ना ९:१७)। उनको विश्वासमा येशू एक असल मानिस नै हुनुपर्छ भन्ने थियो: “उहाँ _______________ हुनुहुन्छ” (यूहन्ना ९:१७)।

तब यी विश्वास नगर्ने यहूदीहरूले यो आश्चर्यकर्म साँच्चै नै भएको हो कि होइन भनेर थाह पाउन यस मानिसका आमा-बुबालाई सोधपुछ गरे। तिनीहरूले के थाह पाए (यूहन्ना ९:१८-२१)? _________________________________________ ________________। कसैले येशू “ख्रीष्ट” वा “मसीह” नै हुन् भनी स्वीकार गरे भने उसलाई के गरिनेथियो (यूहन्ना ९:२२)? _________________________________________ __________।

यहूदीहरूले अन्धा मानिसलाई फेरि बोलाए र उनलाई उनीहरूकै मतमा ल्याउन खोजे: “परमेश्वरलाई महिमा दे! हामी जान्दछौं त्यो मान्छे __________ हो” (यूहन्ना ९:२४)। येशू पापी हुनुहुन्छ भन्ने तिनीहरूको धारणालाई यस अन्धा मानिसले समर्थन गरेको तिनीहरू चाहन्थे! तिनीहरूले यसो भन्नु पर्नेथ्यो, “पापी त हामीहरू हौं, येशूचाहिँ मुक्तिदाता हुनुहुन्छ।”

अन्धा मानिसको गवाही यूहन्ना ९:२५ मा पाइन्छ: “म __________ थिएँ, अब म ___________।” एकताका म अन्धा थिएँ, तर अब म देख्‍न सक्छु ! के यहूदीहरूले यस गवाहीलाई इन्कार गर्न सके? ____________। के तिनीहरूले यसका विरुद्वमा तर्क दिन सके? ____________। हामीले मानसहरूलाई येशू नै साँचो मुक्तिदाता हुनुहुन्छ भनेर विश्वस्त तुल्याउन कहिल्यै पनि तर्क गर्न आवश्यक छैन। हामीले गर्नु पर्ने एउटै कुरा छ — उनीहरूलाई एउटा बदलिएको जीवन देखाउनु! तिनीहरूले यसको विरोध गर्न सक्दैनन्।

एक दिन एकजना ख्रीष्ट-विरोधी खानी-मजदुरहरूको कुनै एउटा बस्तीमा भाषण दिन भनेर आएका थिए। आफ्नो भाषण दिएका साँझ, उनले त्यहाँ एकजनालाई एकाग्र भई सुनिरहेका देखे। खानीमा काम गर्दा लाउने खस्रो र मैलो कपडा तिनले त्यतिखेर समेत लगाइराखेकै थिए। अनि उनी असाधारण शारीरिक क्षमता भएका मानिस भएको तथ्य तिनको भिमकाय बनावट र तिनका प्रस्टै देखिने मांशपेशीहरूले देखाइरहेका थिए। अन्तमा ती ख्रीष्ट-विरोधीले यसो भन्दै आफ्नो सन्देशलाई टुङ्ग्याए, “म निश्चित छु, मैले तपाईं सबैलाई इसाई विश्वास एउटा किंवदन्ती मात्र हो भन्ने कुरा, साथै येशू ख्रीष्ट परमेश्वर होइनन् भन्ने कुरामा विश्वस्त तुल्याउन सफल भएको छु।” नास्तिकले आफ्नो कुरा सिद्ध्याउन नपाउँदै, ती खानी मजदुर बिस्तारै आफ्नो ठाउँमा उठेर खडा भए। “महाशय”, उनले भने, “म त एउटा मामुली मजदुर मात्र हुँ। म यो “किंवदन्ती” भन्ने हजुरको शब्दको अर्थ पनि जान्दिनँ, तर यी मानिसहरू सबैले मलाई राम्ररी चिन्छन्। तिनीहरू जान्दछन्, तीन बर्ष अघिसम्म म यस शहरको सबैभन्दा कठोर मान्छे थिएँ। मेरो घरको हालत ज्यादै दयनिय थियो। मैले मेरी पत्‍नी र बालबच्चाको कुनै वास्ता गर्दिनँथें। म मनपरी बोल्थें, पिउँथें, हिँड्थें। मेरो अगाडि उभिने जोकोहीले पनि मेरो मुक्का भेट्टाउन बेर लाग्दैनथ्यो। तर एक दिनको कुरा हो। एकजना मकहाँ आउनुभयो र बिचरा पापीहरूका लागि परमेश्वरको प्रेमको बारेमा मलाई बताउनुभयो। उहाँले मलाई म जस्तो हराएको बेइमानीका लागि ख्रीष्ट येशू कल्वरी क्रूसमा मर्नुभएको कुराको दृश्य प्रस्ट देखाइदिनुभयो। अनि मैलेचाहिँ हजुरले भर्खरै इन्कार गर्नुभएका कुराहरूलाई नै त्यसबेलादेखि विश्वास गरेको छु। यहाँ उपस्थित हुनुहुने सबैजनालाई थाहा नै छ। म शिरदेखि पैतलासम्मै बदलिएको एउटा नयाँ मान्छे बनेको छु।” एउटा बदलिएको जीवनसँग कसैले के तर्क गर्न सक्थ्यो र? नास्तिक ती खानी मजदुरका सामु नाजवाफ भए।

के त्यस अन्धा मानिसले येशू एक पापी हुनुहुन्छ भन्ने विचार गरेका थिए (यूहन्ना ९:३०-३२)? ______________। के यस अन्धाले येशू “परमेश्वरबाटका” हुनुहुन्छ भन्ने विश्वास गरेको थियो (यूहन्ना ९:३३)? ______________। यस अन्धा मानिस येशूको पक्ष लिएका हुनाले यहूदीहरूले उनलाई के गरे (यूहन्ना ९:३४; पद २२ सित तुलना गर्नुहोस्)? _______________।

आत्मिक दृष्टिको खाँचो

सभाघरबाट निकालिएको मानिसलाई कसले भेट्टाए (यूहन्ना ९:३५)? __________। यस मानिसलाई ता मानिसहरूले निकालिदिएका थिए, तर उसले जो येशूकहाँ आउँछ ऊ कहिल्यै अ ____________छैन भनेर थाह पाउनु खाँचो थियो (यूहन्ना ६:३६)। उहाँ भविष्यवक्ता मात्र नभएर अझ ठूला हुनुहुन्छ भन्ने कुरा यस मानिसले बुझ्न आवश्यक छ भनी येशू जान्नुहुन्थ्यो (१७ पदमा हेर्नुहोस्)। येशूले आफू ले हुँ भन्ने दावी गर्नुभयो (यूहन्ना ९:३५-३७)? _____________________। के अन्धा मानिसले यो विश्वास गरे (यूहन्ना ९:३८)? __________।

येशूले यूहन्ना ९:३९ मा भन्नुभएका वचनहरूलाई ध्यान दिएर हेर्नुहोस्। यूहन्ना ९ अध्यायमा हामी यस अन्धा मानिसले राम्रैसँग देख्‍न सक्थे भन्ने पाउँछौं, शरीरमा मात्रै होइन, आत्मिक रूपमा पनि। उनले येशू ख्रीष्ट साँच्चैले हुनुहुँदो रहेछ भनेर देखे र आफ्नो हृदयले उहाँमाथि विश्वास गरे। अर्कोतिर भने, यी विश्वासी नगर्ने यहूदीहरूले सफासँग कहिल्यै देख्‍न सकेनन्। येशू ख्रीष्ट साँच्चैले हुनुहुन्छ भन्ने विषयमा र आफ्नै आत्मिक अवस्था (परमेश्वरका सामु आफू पापी छौं भन्ने कुराको विषय) मा तिनीहरू अन्धा भइरहे। कुनचाहिँ अन्धापना बढी नराम्रो लाग्छ तपाईंलाई? शारीरिक कि आत्मिक? ____________। तपाईं कुन चाहिँ रोज्नुहुन्छ: येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर जान्ने अन्धा मानिस हुन कि एकदम देख्‍ने शारीरिक आँखा भएको तर मुक्ति नपाएको मानिस हुन? _______________________________। के यी विश्वास नगर्ने यहूदीहरू पापको अन्धकारमा नै रहिरहे कि यिनीहरू संसारको ज्योतिकहाँ आए (यूहन्ना ९:४१)? ___________________ ____________________________________।

“अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो
हराएको थिएँ, अब पाइएको छु–अन्धो देख्‍ने भएँ।”

-जन न्यूटन

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






मानिसहरूका विभाजक

Study Series

मानिसहरूका विभाजक

यूहन्ना सातौं अध्यायको चाबी पद यूहन्ना ७:४३ हो: “यसकारण __________को कारणले मानिसहरूको बीचमा ______________ भयो।” येशू ख्रीष्ट मानिसहरूका विभाजक हुनुहुन्छ! सम्पूर्ण मानव जातिलाई दुई समूहमा विभाजन गर्न सकिन्छः (१) परमेश्वरका पुत्रमाथि विश्वास गर्नेहरू (२) परमेश्वरका पुत्रमाथि विश्वास नगर्नेहरू (यूहन्ना ३:१८ मा हेर्नुहोस्)। कोही ख्रीष्टको पक्षमा छन् भने कोही ख्रीष्टको विपक्षमा छन्। जब मानिसहरू मर्छन् अनि अनन्ततामा प्रवेश गर्छन् फेरि त्यहाँ पनि उनीहरूको बीचमा एउटा ठूलो विभाजन हुनेछः (१) बाँचेकाहरू परमेश्वरको राज्यमा पस्नेछन्। (२) हराएकाहरू अग्नि-कुण्डमा पर्नेछन्। एक व्यक्तिले येशू ख्रीष्टको बारेमा जे विश्वास गर्छ त्यसले स्वर्ग र नरकको फरक पार्छ।

यूहन्नाको सातौं अध्यायमा हामी येशूले हुनुहुन्छ भन्ने विषयमा फरक-फरक विचार राख्‍ने मानिसहरूको बारेमा अध्ययन गर्नेछौं। कोही उहाँमाथि विश्वास गर्न चाहन्थे भने कोही उहाँलाई मार्न चाहन्थे। यस अध्यायलाई निम्न रूपरेखाअनुसार विभाजन गर्न सकिन्छः

यूहन्ना ७ अध्यायको रूपरेखा

 

  1. तमासे कि प्रभु? (यूहन्ना ७:१-९)
  2. असल मानिस कि धोकेबाज? (यूहन्ना ७:१०-१३)
  3. परमेश्वरबाट पठाइएका कि आफै आएका? (यूहन्ना ७:१४-१८)
  4. मार्ने कि नमार्ने? (यूहन्ना ७:३२-४४)
  5. विश्वास गर्ने कि विश्वास नगर्ने? (यूहन्ना ७:३२-४४)
  6. उहाँको पक्षमा कि विरोधमा? (यूहन्ना ७:४५-५३)

तमासे कि प्रभु?

के तपाईं बाइबलको मानचित्रमा यहूदिया र गालील भेट्टाउन सक्नुहुन्छ? किन येशूले यहूदियाको सट्टा गालीलमा धेरै समय बिताउनुभयो (यूहन्ना ७:१)? ____________________________________________________। यूहन्ना ७ अध्यायका घटनाहरू कहिले घटेका हुन् यूहन्ना ७:२ ले बताउँछ। ______________चाड नजिकै थियो (यूहन्ना ७:२)। यस महान् चाडका निम्ति थुप्रै यहूदीहरू यरुशलेमतिर (यहूदियामा) जान्थे। करिब ६ महिना पछाडि येशू क्रूसमा टाँगिदै हुनुहुन्थ्यो (झोपडी चाड,निस्तार चाडभन्दा ६ महिना अगाडि पर्थ्यो)।

यूहन्ना ७:३ मा “भाइहरू” भनी उल्लेख छ। येशूका भाइहरू थिए भन्ने कुरा के तपाईंलाई थाह थियो?  वास्तवमा तिनीहरू येशूका “भाइ भनाउँदाहरू” मात्रै थिए। उनीहरूका आमा एउटै थिइन् तर बाबु चाहिँ एउटै थिएनन्। यी भाइ भनाउँदाहरू यूसुफ र मरियमका छोराहरू थिए। येशूका चार भाइका नामहरू के के थिए (मर्कूस ६:३)? ____________  ____________  ____________  ______________। येशूका भाइहरूले उहाँले के गरेको चाहन्थे? यूहन्ना ७:३-४ पढ्नुहोस् र सही भनाइहरूको अगाडि गोलो चिन्ह लगाउनुहोस् लगाउनुहोस्:

  1. तिनीहरू येशू गालीलमै रहनुभएको चाहन्थे किनभने यरुशलेम जानुभए उहाँ मारिनुहोला भन्ने तिनीहरूलाई डर थियो।
  2. तिनीहरू, येशू यहूदिया जानुभएको चाहन्थे
  3. तिनीहरू, येशूले यरुशलेमका ठूला-ठूला भीडहरूका बीच आश्चर्यकर्महरू गर्नुभएको चाहन्थे
  4. तिनीहरू, येशूले आफ्ना कामहरू सकभर धेरैले थाहा नपाउने गरी गोप्य तवरले गर्नुभएको चाहन्थे।
  5. तिनीहरू, येशूले आफैलाई मानिसहरूका बीच प्रसिद्ध बनाउनुभएको र आफैलाई संसारमा प्रकट गर्नुभएको चाहन्थे

यी भाइहरू येशू नामुद बन्नुभएको देख्‍न चाहन्थे। मानिसहरूका बीच उहाँले ख्याति पाएको देख्‍न उनीहरू चाहन्थे। उहाँले मानिसहरूका सामु सामर्थी कार्यहरू गरेर आफूलाई “तमासे” (सर्कसमा खेल देखाउनेझैं) बनाउनुभएको उनीहरू देख्‍न चाहन्थे।

के यी भाइहरूले येशूलाई आफ्नै प्रभु र मुक्तिदाता भनी विश्वास गर्थे (यूहन्ना ७:५)? ______________। सम्भवतः यी भाइहरू हामीले छैटौं अध्यायमा अध्ययन गरेका यहूदीहरूजस्तै थिए जो आफ्ना पेट भर्न, रोगबाट निको हुन र रोमीहरूको शासनबाट मुक्त गरिन उहाँलाई राजा बनाउन चाहन्थे। तर येशू मानिसको हृदयभित्र एउटा काम गर्न यस संसारमा आउनुभएको थियो (यूहन्ना ७:३९ मा हेर्नुहोस्)। येशूका भाइहरूलाई नयाँ जन्मको आवश्यकता थियो। यिनीहरू हरेकलाई एउटा नयाँ जीवन अनि एउटा नयाँ हृदयको आवश्यकता थियो।

के तपाईंका पनि आफन्त तथा मित्रहरू छन् जसले नता प्रभुलाई विश्वास गर्छन् न आत्मिक कुराहरू नै बुझ्दछन्? के तपाईंको परिवारमा मुक्ति नपाएको कोही छ? ठीक यस्तै परिस्थितिको अनुभव प्रभु येशूले पनि गर्नुभयो। उहाँका आफ्नै भाइहरूले उहाँमाथि विश्वास गरेनन् र उहाँ किन यस संसारमा आउनुभएको भनी बुझेनन्। तिनीहरू शारीरिक खाँचो पुरा गर्न सक्ने एक तमासेको प्रतिक्षामा थिए। तर आत्मिक खाँचो पुरा गर्न आउनुभएको प्रभु र मुक्तिदातालाई भने तिनीहरूले मन पराएनन्।

येशूका भाइ भनाउँदाहरूका बीचमा एक अचम्मको कुरा भयो। येशू क्रूसमा मर्नु अघि तिनीहरू अविश्वासी थिए तर पछि तिनीहरू विश्वासी बने। यस्तो परिवर्तनको पछाडि लुकेको रहस्य के हो? यूहन्ना ७:५ मा तिनीहरू अविश्वासी थिए भन्ने देख्छौं तर पछि प्रेरित १:१४ मा तिनै भाइ-भनाउँदाहरू विश्वासी बनेर अरु विश्वास गर्नेहरूसँगै मिलेर प्रार्थना गरिरहेका देख्छौं! येशूका भाइहरूमध्ये याकूब एक थिए। याकूबको जीवनमा एकदिन घटेको कुन घटनाले गर्दा उनमा यति ठूलो परिवर्तन आयो (हेर्नुहोस् १ कोरिन्थी १५:४,५,७) _________________________________ _________________________________। परमेश्वरले यी भाइहरूमध्ये दुइजनालाई विशेष प्रकारले प्रयोग गर्नुभयो। याकूब र यहूदा दुवैलाई  परमेश्वरले एक-एक पत्र लेख्‍न चलाउनुभयो जुन पत्रहरू नयाँ नियममा समावेश छन्। ती हुन् याकूब र यहूदाका पत्रहरू।

उहाँलाई मार्न खोज्ने यहुदीहरू त्यहाँछन् भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना ७:१)। साथै त्यतिखेर उहाँको मरणको घडी होइन भनी पनि येशू जान्नुहुन्थ्यो, किनभने “मेरो समय अझै ________________ छैन” (यूहन्ना ७:६)। येशूलाई संसारले प्रेम गर्‍यो कि घृणा गर्‍यो (यूहन्ना ७:७०)? ________। यूहन्ना ७:७ अनुसार संसारलाई येशूले दिनुभएको सन्देश के थियो?

  1. तिम्रा कामहरू ठीक छन्, असल छन्, पवित्र छन्।
  2. तिम्रा कामहरू दुष्ट छन्।

येशूले तिनीहरूलाई सत्य कुरा बताउनुभयो तर तिनीहरू सत्यता सुन्न इच्छुक थिएनन्। बरु उनीहरू सत्यता बताउने मानिसकै अन्त गर्न इच्छुक थिए।

असल मानिस कि धोकेबाज?

आखिरमा येशू चाडमा जानुभयो त (यूहन्ना ७:१०)? ________________। उहाँ खुल्लमखुल्ला जानुभयो कि गोप्यरूपमा जानुभयो (यूहन्ना ७:१०)? ______________________। यसको करिब ६ महिना पछि येशू सबैका सामु खुल्लमखुल्ला यरुशलेमभित्र प्रवेश गर्दै हुनुहुन्थ्यो (हेर्नुहोस् यूहन्ना १२:१२-१९) जुन समय उहाँ मानिसहरूका हातबाट मारिने समय थियो। तर यूहन्ना ७ अध्यायमा, त्यो समय अहिले होइन भनी येशू जान्नुहुन्थ्यो अनि उहाँ यति गुप्त तवरले शहरभित्र छिर्नुभयो कि उहाँलाई भेट्टाउन मानिसहरूलाई साह्रो पर्‍यो (हेर्नुहोस् यूहन्ना ७:११)।

यूहन्ना ७:१२ मा येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ त भन्ने विषय लिएर मानिसहरूको बीचमा चर्को मतभेद भइरहेको देखिन्छ। कसैले भन्थे, “तिनी ________________ छन्”तर अरुले भन्थे, “होइन, तिनले मानिसहरूलाई________ दिन्छन्”। उहाँ असल मानिस हुनुहुन्थ्यो कि एउटा धोकेबाज?

यूहन्नाको सुसमाचार अध्ययन गर्ने क्रममा हामीले येशूका अचम्मका दाबीहरूको बारेमा अगाडि नै हेरिसकेका छौं। अब निम्न जोडा मिलाउने अभ्यास पुरा गरौं:

१. ____ उहाँले मानिसहरूलाई अनन्त जीवन दिन सक्ने दाबी गर्नुभयो।

२. ____ उहाँले आफू “ख्रीष्ट” अर्थात् मसीह हुँ भन्ने दाबी गर्नुभयो।

३. ____ उहाँले आफूले बोलेका वचनहरू जीवनका वचनहरू हुन् भनी दाबी गर्नुभयो।

४. ____ उहाँले आफू परमेश्वरको पुत्र र इस्राएलका राजा हुँ भनी दाबी गर्नुभयो।

५. ____ उहाँले आफू र्स्वर्गबाटको जीवनको रोटी हुँ भनी दाबी गर्नुभयो।

६. ____ उहाँले आफू मृत्युबाट फेरि बौरिउठ्ने दाबी गर्नुभयो।

७. ____ उहाँले आफू सबै मानिसका अन्तिम न्यायकर्ता हुँ भनी दाबी गर्नुभयो।

८. ____ उहाँले आफू परमेश्वरको बराबरी भएको दाबी गर्नुभयो।

(क) यूहन्ना १:४९-५०

(ख) यूहन्ना २:१९-२१

(ग) यूहन्ना ४:१४

(घ) यूहन्ना ४:२५-२६

(ङ) यूहन्ना ५:१८

(च) यूहन्ना ५:२२,२७,२८

(छ) यूहन्ना ६:५१

(ज) यूहन्ना ६:५३

 

येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्ने कुरा हरेकले नै पक्कासँग निश्चय गर्नुपर्छ। उहाँले हुनुहुन्छ भनेर जान्नु भन्दा बढी महत्त्वपूर्ण कुरा अर्को छैन। जब हामीले येशूले गर्नुभएका अचम्मका दाबीहरूका बारेमा बिचार गर्छौं तब हामी महसुस गर्छौं, मानिसले रोज्न सक्ने विकल्प केवल तीनओटा मात्रै छन्:येशू कि त झुटा हुनुहुन्छ कि भने पागल हुनुहुन्छ नत्र भने प्रभु हुनुहुन्छ। तलको चित्रले यस कुरालाई देखाउँछः

 

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






जीवनको रोटी

Study Series

जीवनको रोटी

यूहन्ना ६ अध्यायको रूपरेखा

  1. येशू पाँच हजारलाई खुवाउनुहुन्छ (यूहन्ना ६:१-१४)
  2. येशू पानीमाथि हिँड्नुहुन्छ (यूहन्ना ६:५-२१)
  3. ठूलो जमात येशूलाई खोज्छन् (यूहन्ना ६:२२-२९)
  4. येशू–जीवनको रोटी (यूहन्ना ६:३०-५९)
  5. धेरै चेलाहरू येशूलाई त्याग्छन् (यूहन्ना ६:६०-७१)

येशू पाँच हजारलाई खुवाउनुहुन्छ

यूहन्नाको छैटौं अध्यायमा येशूको अर्को आश्चर्यकर्मको उल्लेख छ (हेर्नुहोस्, यूहन्ना ६:१४)। अघिल्ला पाँच अध्यायहरूमा येशूले अन्य कुन आश्चर्यकर्महरू गर्नुभएको थियो?

येशूले पाँच हजारलाई खुवाउनुभएको आश्चर्यकर्म चारैओटा सुसमाचारका पुस्तककालेखकहरूले उल्लेख गरेका छन्। उक्त घटना यूहन्नाको छैटौं अध्यायमा मात्रै नभई मत्ती १४:१५-२१, मर्कूस ६:३२-४४ अनि लूका ९:१२-१७ मा पनि पाइन्छ। बाइबलले यसलाई चारपटक उल्लेख गरेको तथ्यबाट यो एउटा महत्त्वपूर्ण आश्चर्यकर्म थियो भन्ने बुझिन्छ। गालील समुद्रको अर्को नाउँ के हो (यूहन्ना ६:१)? __________________। उक्त विशाल ताललाई प्यालेस्टाइनको मानचित्रमा भेट्टाउनुहोस्। येशूले गर्नुभएको यस आश्चर्यकर्म यही गालील समुद्रको तीरमा भएको थियो। घटनामा उल्लेखित सानो केटोसँग भएका दुइटा साना माछाहरू सम्भवतः यही समुद्र (ठूलो ताल) बाट पक्रिएका थिए (यूहन्ना ६:९ हेर्नुहोस्)।

मानिसका यति ठूला भीडहरूले येशूलाई पछयाउनुको खास कारण के थियो? (यूहन्ना ६:२ पढ्नुहोस् र ठीक उत्तरमा गोलो चिन्ह लगाउनुहोस्):

  1. तिनीहरू मुक्ति पाउन र आफ्ना पापहरूको क्षमा पाउन चाहन्थे
  2. तिनीहरू येशूलाई आफ्ना प्रभु तथा मालिकको रूपमा अपनाउन चाहन्थे र उहाँका जुनसुकै पनि आज्ञाहरू मान्न चाहन्थे
  3. रोगीहरू उहाँद्वारा निको पारिएका देखेका थिए
  4. तिनीहरू नयाँ जन्म पाउन चाहन्थे

येशूले आश्चर्यकर्म गर्नुभई खुवाउने काम गर्नुहुँदा त्यहाँ कति जना मानिसहरू उपस्थित थिए? यस आश्चर्यकर्मलाई “पाँच हजारलाई खुवाइएको आर्श्चर्यकर्म” भनी प्रायः उल्लेख गरिन्छ, तर वास्तवमा त्यहाँ पाँच हजारभन्दा धेरैलाई खुवाइएको थियो। हामी यूहन्ना ६:१० मा देख्दछौं त्यहाँ प्रायः ________ ____________ पुरुषहरू थिए। यसमा स्त्री र बाल-बालिकाहरूको गन्ती गरिएको छैन (मत्ती १४:२१ मा हेर्नुहोस्)। यदि हामीले स्त्री र बाल-बालिकाहरूको समेत हिसाब गर्‍यौं भने जम्माजम्मी मानिसहरूको संख्या आठ-दश हजार वा त्यो भन्दा बढी भएको अनुमान लगाउन सकिन्छ। के तपाईंले १०,००० वा त्यो भन्दा बढी मानिसहरूको भीड देख्‍नु भएको छ (सायद कुनै खेलकुद कार्यक्रममा)? मानौं तपाईंले ती सबैलाई खाना खुवाउनु पर्‍यो। तपाईंले खाद्यान्न पसलमा कति पैसा खर्च गर्नुपर्ला?

फिलिप बाह्र चेला मध्येका थिए। हामीले फिलिपलाई पहिलो पटक यूहन्ना १:४३ मा भेट्यौं। येशूले फिलिपलाई के भन्नुभयो (यूहन्ना ६:५)? _____________________________________ ____________________________________________________। यो कुरा उहाँले फिलिपको जाँच्न गर्नका निम्ति भन्नुभएको थियो तर उहाँ आफैले जे गर्न लाग्नुभएको सो उहाँलाई अघिबाटै ________ ________ (यूहन्ना ६:६ )।

फिलिपको सोचाइमा यतिका धेरै मानिसहरूका निम्ति खाना किनेर खुवाउनु एक असम्भव कुरो थियो। दुई सय दिनारको रोटी तिनीहरूमध्ये हरेकले थोरै-थोरै लिए तापनि तिनीहरूका निम्ति पर्याप्‍त हुनेथ्यो र (यूहन्ना ६:७)? ____________। दुई सय दिनार ठूलै रकम हो। चाँदीले बनेको रोमी सिक्कालाई दिनार भनिन्थ्यो। एउटा सरदर ज्यालादारीले एक दिनको ज्याला बराबर एक दिनार पाउँथ्यो। दुई सय दिनार कमाउन झण्डै __________ दिन काम गर्नुपर्थ्यो। एक दिनको काम बापत तपाईं या तपाईंका बुबाले कति रकम पाउनुहुन्छ? त्यसलाई २००ले गुणन गर्नुभयो भने फिलिपले कति धेरै पैसाको कुरा गरिरहेका थिए भनेर तपाईंले अनुमान लगाउन सक्नुहुनेछ।

फिलिपले बरु यसो भन्नुपर्थ्यो: “प्रभु, यतिका धेरै मानिसलाई किनेर खाना खुवाउनु भनेको हाम्रो निम्ति असम्भव कुरा हो। यदि तपाईं यी मानिसहरूलाई खुवाउन चाहनुहुन्छ भने तपाईंले नै केही न केही गर्नुपर्छ। एउटा अलौकिक कामकै खाँचो छ। त्यस्तो गर्न हामी सक्दैनौं तर परमेश्वर सक्नुहुन्छ। यी मानिसहरूका निम्ति जे असल लाग्छ त्यही गर्नुहोस्। हामी तपाईंकै भर पर्छौं।”

अर्का चेला आन्द्रियासले एउटा केटोलाई ल्याए जससँग पाँचओटा जौका रोटी र दुइटा ससाना माछा थिए। के अन्द्रियासलाई यति थोरै खानेकुरा भोकाएका भीडहरूका निम्ति पर्याप्‍त हुन्छ भन्ने लागेको थियो (यूहन्ना ६:९)? ____________। त्यसबेलाका जौका रोटी आजकलका पाउरोटी जस्ता ठूला थिएनन् अनि ती दुइटा माछा पनि सानै थिए। कति थोरै!

त्यस केटोसँग जस्तै हामीसँग पनि धेरै थोक नहोला, तैपनि हामीसँग भएको थोरैलाई हामीले उहाँलाई नै दियौं भने उहाँले आश्चर्यपूर्ण काम गर्न सक्नुहुन्छ। के तपाईंको योग्यता र प्रतिभा थोरै छ? के तपाईंसँग जे छ त्यसलाई तपाईंले प्रभुलाई दिनुभएको छ? मेरो अभाव प्रशस्तता बन्दछ जब त्यो म परमेश्वरलाई चढाउँछु। विश्वासद्वारा मैले त्यसलाई उहाँको हातमा राखिदिँदा उहाँमा त्यो गणितीय हिसाबले वृद्घ हुनेछ, आशिषित बन्नेछ अनि उहाँकै महिमाका निम्ति त्यसको प्रयोग भएको देखिनेछ।

फेनी क्रस्बी (सन् १८२०-१९१५) एउटी अन्धी स्त्री थिइन् जसका थुप्रै लोकप्रिय भजनहरू इसाई जगतमा आजसम्म गाइन्छन् (“महान् सृष्टिकर्ता परमेश्वरको जय”, “येशू हुन् मेरो …” आदि)। उनको जीवनलाई हेर्दा परमेश्वरले एक व्यक्तिको सानो खुबीलाई पनि प्रयोग गर्न र आशिष दिन सक्नुहुन्छ भन्ने सत्यता प्रस्ट हुन्छः

एउटी सानी अन्धी केटी, देख्‍न पनि नसक्ने
केवल सानो खुबी भएकी,लेख्थिन् साना कविता उनले।

त्यही थोरै क्षमतालाई चढाइन् उनले प्रभुलाई
र सारा इसाई जगत नै गाउँछन् आज रमाउँदै।

यी सानी अन्धी केटी को हुन् तिनी?
नाउँ उनको अमर छ, उनी हुन् फेनी क्रस्बी।

प्रशस्त घाँस भएको चउरमा येशूले मानिसहरूलाई समूह-समूहमा बस्न लगाउनुभयो (यूहन्ना ६:१०। बसन्त ऋतुको याम थियो त्यो (यहूदीहरूको निस्तार चाड यसै ऋतुमा पर्छ (यूहन्ना ६:४), यसकारण त्यहाँ थुप्रै घाँस थियो। के मानिसहरूलाई खान दिनु अघि प्रभु येशूले परमेश्वरलाई धन्यबाद चढाउनुभयो (यूहन्ना ६:१)? ________________। के पावल प्रेरितले खाना खानु अघि परमेश्वरलाई धन्यबाद चढाउँथे (प्रेरित २७:३५)? तपाईं नि, खानु अघि परमेश्वरलाई धन्यबाद चढाउनुहुन्छ? ______________।

आश्चर्यकर्मकै विवरण भने यूहन्ना ६:११-१३ मा पाइन्छ। के मानिसहरूले खान चाहे जति खाए? ________। तिनीहरू टन्न अघाए? ____________। त्यहाँ “उब्रेका टुक्राहरू” पनि थिए कि? __________। त्यहाँ कुनै खाना खेर गयो (यूहन्ना ६:१२)? ____________। यसले हामीलाई यो सिकाउँछ, हामीले कुनै पनि कुरा खेर फाल्नु हाम्रो प्रभुको इच्छा होइन। विचार गर्नुहोस्, आज मानिसहरूले खानेकुरा तथा अन्य कुराहरू कसरी खेर फाल्छन्।

येशूले त्यो आश्चर्यकर्म कसरी गर्नुभयो, हामीलाई बताइएको छैन। हामीलाई यति थाह छ–उहाँले त्यो कार्य गर्नुभएकै हो। परमेश्वर जसले कुनै चीजबिना नै संसार सृष्टि गर्नुभयो, जसले पानीलाई दाखमद्यमा परिणत गर्नुभयो, उहाँले नै त्यस दिन ५ ओटा रोटी र २ ओटा माछा लिएर अचम्म प्रकारले थुप्रै-थुप्रै रोटी र माछाहरू बनाउनुभयो।

बाइबलमा विश्वास नगर्ने कतिपय मानिसहरू, त्यस दिन वास्तवमा के भएको थियो भन्ने विषयमा अर्कै खालको तर्क दिन्छन्। तिनीहरू यसो भन्छन्: “त्यस दिन मानिसहरू सबैले नै खाना लिएर आएका थिए जसलाई शुरुमा आफूहरूसितै लुकाएर राखे तर त्यस सानो ठिटाले आफ्ना रोटी र माछाहरू बाँड्न भनी दिएको देख्‍ने बित्तिकै तिनीहरूले आफ्नो स्वार्थी भावना त्यागे अनि तिनीहरू सबैले आ-आफ्ना खाना झिकेर एकअर्कालाई बाँड्न थाले।” के बाइबलले यस्तै भएको थियो भनेर बताउँछ त? ____________________। कति मानिसहरू आफ्ना अविश्वासका कारण बाइबलका आश्चर्यकर्महरूलाई पन्छाउन चाहन्छन् तर यूहन्ना ६:१४ले त्यस दिनको घटना कस्तो घटना थियो भनी प्रस्टै बताएको छ? येशूले जे गर्नुभयो त्यो एउटा ____________ थियो।

यसभन्दा अघि पनि परमेश्वरले हजारौं मानिसहरू (करिब २० लाख भन्दा बेसी)लाई खुवाउनुभएको इतिहासको बारेमा तपाईंलाई याद छ? त्योचाहिँ मोशाको समयमा भएको थियो जतिबेला इस्राएलका सन्तानहरू उजाडभूमिमा थिए। मानिसहरूलाई खुवाउन हरेक दिन परमेश्वरले “मन्ना” दिनुभयो (यूहन्ना ६:३१ मा हेर्नुहोस्)। सयौं वर्ष पछाडि आएर येशूले यहूदीहरूका ठूला जमातहरूलाई गालील समुद्रको छेउमा खुवाउनुभयो र तिनीहरूमध्ये धेरैले मोशालाई सम्झे होलान्। साथै मोशाले संसारमा एक ठूला भविष्यवक्ता आउनेछन् भनी भविष्यवाणी गरेका कुरालाई सम्झे होलान् (यूहन्ना ६:१४ लाई व्यवस्था १८:१५,१९ सित तुलना गर्नुहोस्)।

येशू पानीमाथि हिँड्नुभएको

येशूले विशाल भीडलाई खुवाउनुभएपछि, मानिसहरूले उहाँलाई के बनाउन खोजे (यूहन्ना ६:१५)? ____________। तिनीहरू यस कुरामा यति जोशिला थिए कि तिनीहरू उहाँलाई जबरजस्ती _______________” समेत तयार थिए (यूहन्ना ६:१५)। येशू हामीलाई चाहिएकै जस्तो राजा बन्न योग्य हुनुहुन्छ भनी तिनीहरूले किन सोचे होलान्? अन्य व्यक्तिलाई भन्दा येशूलाई नै राजा बनाउन चाहनुको पछाडि के कारण थियो? तिनीहरूले शायद यसरी सोचे, “येशू हाम्रो राजा भए भने हाम्रो सबै समस्याको हल हुन्छ। विरामी पर्दा निको पार्न सक्ने (यूहन्ना ६:२), भोक लाग्दा खाना दिने (यूहन्ना ६:११-१२) व्यक्ति राजा भए त भइहाल्यो नि। उहाँले हाम्रो सबै शारीरिक तथा आर्थिक खाँचोहरू पूरा गरिदिनुहुनेछ।” तर यस्तो सोचाइमा एउटा समस्या छ। येशू संसारमा आउनुभएको प्रमुख कारण मानिसको शारीरिक र भौतिक खाँचो पूरा गर्नलाई होइन। उहाँ मानिसका आत्मिक खाँचोहरू पूरा गर्न आउनुभएको हो। येशू जान्नुहुन्थ्यो मानिसको वास्तविक समस्या पेट र शरीरको होइन तर हृदयको हो।

तब येशू भीडहरूबाट फुत्त निस्कनुभयो अनि एउटा ठाउँ खोज्नुभयो जहाँ उहाँ __________रहन सक्नुहुन्थ्यो (यूहन्ना ६:१५)। त्यस रात उहाँका चेलाहरू एउटा डुङ्गामा चढे अनि कपर्नुहुमतिर लागे। येशूले नै तिनीहरूलाई पारिपट्टि जान अह्राउनुभएको थियो (मत्ती १४:२२ सँग दाँज्नुहोस्)। विशाल तलाउमा तिनीहरू जाँदै गर्दा अचानक एउटा डरलाग्दो आँधी चल्यो (यूहन्ना ६:१८)। यूहन्ना ६:१९ अनुसार तिनीहरू तीन-चार माइलजति गएका थिए अर्थात् तलाउको बीचतिर पुगेका थिए।

येशूले आफ्ना चेलाहरूलाई दिनुभएको आज्ञा कुन थियो, तलाउको पारिपट्टि जानू कि तलाउको बीचमा पुगेर डुब्नू (मत्ती १४:२२ मा हेर्नुहोस्)? _______________________________। आँधी चल्दा चेलाहरूले प्रभुमा भरोसा गर्दै यसो भन्नुपर्नेथ्यो: “प्रभु, हामीलाई पारिट्टि जाने आज्ञा तपाईंले नै दिनुभएको हो जुन आज्ञाअनुसार हामी अगाडि बढेका हौं। तपाईंले नै हामीलाई सुरक्षासाथ पारी पुर्‍याउनुपर्छ। आँधी ठूलो छ तर हाम्रो प्रभु आँधीभन्दा ठूलो हुनुहुन्छ।”

विशाल तलाउमा आँधी चलिरहेकै बेलामा चेलाहरूले अचानक एउटा आश्चर्यकर्म देखे। तिनीहरूले के देखे (यूहन्ना ६:१९)? __________________________________________ ________________________। एउटा असम्भव कुरा येशूले गर्नुभयो। प्राकृतिक नियम (गुरुत्वाकर्षणको नियम आदि) अनुसार मान्छेलाई पानीमाथि हिँड्न असम्भव छ। तर के परमेश्वर आफूले बनाउनुभएका नियमहरूभन्दा महान् हुनुहुन्न र? __________________। उहाँ आफैले रच्नुभएका नियमहरूले परमेश्वरलाई बाँधेर राख्‍न सक्दैन। पुरानो नियमका समयहरूमा समेत परमेश्वरले उहाँ गुरुत्वाकर्षणका पनि प्रभु हुनुहुन्छ भनेर देखाउनुएको थियो (२ राजा ६:१-७ मा पढ्नुहोस्)।

चेलाहरूले येशूलाई देखेर “तिनीहरू ______________” (यूहन्ना ६:१९) कारण उनीहरूले उहाँलाई भूत-प्रेत भन्ठाने (मत्ती १४:२६ मा हेर्नुहोस्)। तिनीहरू डराउनुहुँदैनथ्यो, किन? (यूहन्ना ६:२० ) ________________________________________________। त्रास र विश्वास एउटै घरमा सँगै बस्न सक्दैनन्। जब विश्वास भित्र आउँछ, तब त्रास निस्की जानुपर्छ। प्रभुमा भरोसा राख्‍नेहरू जीवनका जति नै ठूला आँधीहरूमा पनि डराउनु पर्दैन।

त्यस तलाउमा गरिएको अर्को आश्चर्यकर्म के थियो जसको बारेमा यूहन्नाले हामीलाई बताएका छैनन्   (मत्ती १४:२८-३१ मा हेर्नुहोस्)? ____________________________________। पत्रुस र येशू डुङ्गाभित्र पस्ने बित्तिकै के-के भयो (मत्ती १४:३२)? ___________________ ____________________________________________। यूहन्ना ६:२१ अनुसार त्यहाँ के भयो? _____________________ ____________________________________। यो डुङ्गा यात्रा त साँच्चै अविस्मरणीय यात्रा थियो। यस रातको यात्रा चेलाहरूले कहिल्यै बिर्सेनन्।

ठूला भीडहरू येशूलाई खोज्छन्

जस्तो हामीले अघि हेरिहाल्यौं, मानिसहरू येशूलाई के गर्न चाहन्थे (यूहन्ना ६:१५)? ______________________________________________। तिनीहरू यस्तो राजा चाहन्थे जसले तिनीहरूका शरीरहरूलाई निको पारोस् र तिनीहरूका पेटहरू भरिदेओस् र तिनीहरूलाई रोमी साम्राज्यको शासनदेखि स्वतन्त्र गरिदेओस्। यहूदीहरूको त्यो भीडले येशूलाई भेट्टाउन सकेनन् तरैपनि तिनीहरूले उहाँलाई खोजी नै रहे (यूहन्ना ६:२२-२४)। भोलिपल्ट तिनीहरूले उहाँलाई तलाउको पारिपट्टि भेट्टाए (यूहन्ना ६:२५)। यी मानिसहरू येशूलाई किन खोजिरहेका थिए (यूहन्ना ६:२६ पढ्नुहोस र ठीक उत्तरमा गोलो लगाउनुहोस्):

  1. किनभने तिनीहरूले आश्चर्यकर्महरू देखेका थिए
  2. किनभने तिनीहरू आफ्ना पापी मार्गहरूबाट फकर्न चाहन्थे
  3. किनभने तिनीहरू नयाँ गरी जन्मन चाहन्थे
  4. किनभने तिनीहरू परमेश्वरबाटको अनन्त जीवनको दान लिन चाहन्थे।

येशूले यिनै मानिसहरूसँग यूहन्ना ६:२७ मा बोल्नुभयो। हामीले खाने दाल-भात, रोटी भन्दा पनि महत्त्वपूर्ण केही चीज छ? ________। येशूले तिनीहरूलाई पेटभरी माछा र रोटी खुवाउनुभएको कुरा साँचो हो तर त्यहाँ अर्को खानेकुरा पनि छ जुन येशूले मानिसहरूलाई दिन चाहनुहुन्छ, यस्तो खानेकुरा जुनचाहिँ __________________ सम्म रहिरहन्छ (यूहन्ना ६:२७ )। कुनै चीज खाएर सदाको लागि जिउनु कस्तो हुन्थ्यो। यस्तो खानेकुराको लागि पो मानिसले परिश्रम गर्नुपर्ने हो।

यहूदीहरू यस्तै खानेकुराको लागि काम गर्न उत्सुक भएझैं देखिन्थे। तिनीहरूले सोधे, “परमेश्वरका कामहरू गर्नका निम्ति हामी के गरौं?” (यूहन्ना ६:२८)। येशूले यस प्रश्‍नको उत्तर प्रस्टै दिनुभयो। मान्छेले एउटा कुन काम गरेको परमेश्वर चाहनुहुन्छ (यूहन्ना ६:२९)? उहाँ (पिता )ले पठाउनुभएको व्यक्ति येशू ख्रीष्टमा वि ____________ गरेको चाहनुहुन्छ। त्यो एउटै काम कुन हो जुन कामले परमेश्वरलाई खुशी पार्छ (हिब्रू ११:५-६)? ______________। मुक्ति नपाएको व्यक्तिले पालन गर्नुपर्र्ने परमेश्वरको पहिलो आज्ञा कुन हो (१ यूहन्ना ३:२३ को पहिलो खण्डमा हेर्नुहोस्)? ____________________ __________________________________। यूहन्ना ६:२९ अनुसार “परमेश्वरको काम” (परमेश्वरले हामीबाट माग गर्नुभएको काम) कुन हो?

  1. बप्‍तिस्मा लिनु
  2. असल कामहरू गर्नु
  3. येशू ख्रीष्टमा विश्वास गर्नु
  4. दस आज्ञा पालन गर्न प्रयास गर्नु
  5. सारा सारा हृदयले परमेश्वरलाई प्रेम गर्न प्रयास गर्नु

यहूदीहरूले गर्न नचाहेका एउटै काम यही थियो। तिनीहरू विश्वास गर्न होइन, दे ______ चाहन्थे (यूहन्ना ६:३०)। तिनीहरू चिन्हहरू देख्‍न चाहन्थे। यी मानिसहरूले भने, “देख्‍न पाए विश्वास गरौंला!” तर चिन्हहरू देखेर विश्वास उत्पन्न हुने होइन। यी मानिसहरूले अघिबाटै कस्ता कस्ता आश्चर्यकर्म र चिन्हहरूलाई देखिसकेका थिए (यूहन्ना ६:२,१४)? _________________________ ___________________________________। के तिनीहरूले देखेका हुन् (यूहन्ना ६:३६)? ______________। के तिनीहरूले विश्वास गरे (यूहन्ना ६:३६)? ______________।

येशू जीवनको रोटी हुनुहुन्छ

यूहन्ना ६:२७ मा येशूले उल्लेख गर्नुभएको खानेकुरा कस्तो किसिमको खानेकुरा हो? यहूदीहरू अलमल्ल परे। के येशूको तात्पर्य “म तिमीहरूलाई मोशाको समयमा इस्राएलीहरूले खाएका मन्ना जस्तै स्वर्गबाटको रोटी दिनेछु” भन्ने थियो (यूहन्ना ६:३१)? होइन, येशूले मन्नाभन्दा बढी उत्तम चीजको कुरा गरिरहनुभएको थियो: “मेरा पिताले तिमीहरूलाई स्वर्गबाट ________ _______ दिनुहुन्छ” (यूहन्ना ६:३२)। यो साँचो रोटी कस्तो रोटी हो? यूहन्ना ६:३३ बाट हामी साँचो रोटी भनेको के हो भनेर सिक्छौं। साँचो रोटी भनेको …

  1. यस्तो कुरा हो जुनलाई तपाईं मुखमा हालेर खान सक्नुहुन्छ
  2. एक व्यक्ति हो–जो स्वर्गबाट तल ओर्ली आउनुहुन्छ अनि जसले मानिसहरूलाई जीवन दिन सक्नुहुन्छ।
  3. मन्ना हो

के यहूदीहरू यस्तो खालको रोटी पाउन उत्सुक भएझैं देखिन्थे (यूहन्ना ६:३४)? ____________। जीवनको रोटीले हुनुहुन्छ (यूहन्ना ६:३५)? ____________। कस्ता मानिसहरू कहिल्यै भोकाउनेछैनन् (यूहन्ना ६:३५)? ______________________________________। कस्ता मानिसहरू कहिल्यै तिर्खाउनेछैनन् (यूहन्ना ६:३५)? _____________________________ _____________________। के तपाईंले यी दुइटा कामहरू गर्नुभयो? __________________। येशू ख्रीष्टले मानिसको आत्मिक भोक र तिर्खा पूरै मेटाउनुहुन्छ। ख्रीष्टकहाँ आउन इन्कार गर्ने र उहाँलाई विश्वास गर्न इन्कार गर्नेहरू कहिल्यै तृप्त हुनेछैनन्।सदाका निम्ति सुरक्षित र सुनिश्चित

उहाँकहाँ आउनेलाई येशूले कस्तो प्रतिज्ञा दिनुहुन्छ (यूहन्ना ६:३७)? _________________ _______________________। “कुनै रीतिले अफाल्नेछैन” भन्नुको मतलव हो “कहिल्यै कदापि अफाल्नेछैन”! उहाँकहाँ केवल सरल विश्वासमा आउने मानिसलाई उहाँले कहिल्यै पनि अफाल्नुहुनेछैन! कसैले भन्लाः “म त यति ठूलो पापी हुँ, भो मलाई येशूको नजिक जान डर लाग्छ। उहाँले मलाई स्वागत गर्नुहुन्नहोला, यसैले मलाई डर लाग्छ”। यस मानिसलाई तपाईं के सल्लाह दिनुहुन्छ? याद राख्‍नुहोस्, उहाँकहाँ आउने सबै नै स्वागत गरिनेछन् अनि कतिजना अफालिनेछन् (यूहन्ना ६:३७)? __________________________________________।

येशू ख्रीष्टले विश्वास गर्नेहरूमध्ये कतिजनालाई गुमाउनुहुनेछ? (यूहन्ना ६:३९) ____________________________________। ख्रीष्टमा विश्वास गर्ने प्रत्येक नै अनन्तसम्म सुरक्षति हुन्छ। परमेश्वर बचाउनु मात्र हुन्न तर बचाइराख्‍नु हुन्छ। पुत्रलाई देख्‍ने (पाठ २ मा “उजाडस्थानको साँप” शीर्षकमुनि यूहन्ना ३:१४-१६ सम्बन्धी टिप्पणीलाई हेर्नुहोस्) र उहाँमाथि विश्वास गर्ने हरेकले ______________ ____________ पाउँछ (यूहन्ना ६:४०)। विश्वासीहरूले अनन्त जीवन पाऊन् र त्यो तिनीहरूले नगुमाऊन् भन्ने परमेश्वरको इच्छा छ (यूहन्ना ६:३८-४०)। यी पदहरूले हामीलाई साँचो विश्वासीले आफ्नो मुक्तिलाई गुमाउन असम्भव छ भनी सिकाउँछन्।

के यहूदीहरूले येशू स्वर्गबाट नै ओर्ली आउनु भएको हो भन्ने कुरामा विश्वास गरे (यूहन्ना ६:४१,४२)? ________________। तिनीहरू येशूको मनुष्यत्वलाई मात्र देख्‍न सक्थे (यूहन्ना ६:४२)। तिनीहरूले उहाँ स्वर्गबाटको सृष्टिकर्ता हुनुहुन्छ र उहाँ यस पृथ्वीमा आउनुभएको हो भन्ने कुरा बुझेनन्। येशू स्वर्गबाट ओर्ली आउनुभएको हो भनी प्रस्ट सिकाउने यूहन्ना अध्याय १ (पद १-१८ ) मा हामीले के सिक्यौं? येशू यूसुफका छोरा हुनुहुन्नथ्यो (यूहन्ना ६:४२ ), तर वास्तवमा उहाँ पत्रुसले पछि स्वीकार गरेजस्तै “____________________ का पुत्र” हुनुहुन्थ्यो (यूहन्ना ६:६९)!

यी यहूदीहरूले उहाँको बारेमा के विचार गर्दैथिए भनी के येशू सब जान्नुहुन्थ्यो (यूहन्ना ६:४३)? ______________________। यी यहूदीहरू ख्रीष्टकहाँ आउन सकेनन् (यूहन्ना ६:४४) किनभने तिनीहरू उहाँकहाँ आउन चाहेनन् (दाँज्नुहोस्, यूहन्ना ५:४०)। आफ्नो अविश्वासमा तिनीहरू मुक्तिदाताकहाँ आउन इन्कार गरे। जस्तै, उत्पत्ति ३७:४ मा उल्लेख छ, यूसुफका दाज्यूहरूले तिनीसँग राम्ररी बोल्न सक्दैनथे। के कारण यूसुफका दाज्यूहरू यूसुफसित ठीक किसिमले बोलचाल गर्न सकेनन्? तिनीहरूले चाहेनन् त्यसैले सकेनन्। आफ्नो भाइप्रति तिनीहरूको डाहा र घृणाको पापको कारण तिनीहरूले तिनीसित राम्ररी बोल्न चाहेनन्। यसरी नै पापी मानिस पनि मुक्तिदाताकहाँ आउन इच्छा गर्दैन। बरु ऊ अन्धकारमै रहन चाहन्छ (यूहन्ना ३:१९-२०)? अनन्त जीवन पाउनका लागि गर्नुपर्ने एउटै काम जुन येशूले अनिवार्य छ भनी भन्नुभएको छ उसले त्यो काम गर्न इन्कार गर्छ। त्यो के काम हो (यूहन्ना ६:४७)? __________________________________। ख्रीष्टमा विश्वास गर्ने हरेकले नै अनन्त जीवनको उपहार प्राप्‍त गर्छन्।

मोशाको समयमा इस्राएलीहरूले खाएका मन्नाको विचार गर्नुहोस्। के मन्ना खाएर तिनीहरूले अनन्त जीवन पाए (यूहन्ना ४:४९)? ________________। के येशूले दिनुभएको रोटी खाने व्यक्ति कहिल्यै मर्नेछन् (यूहन्ना ६:५०)? ______________। त्यो व्यक्ति “________भरि जिउनेछ” (यूहन्ना ६:५१)।उहाँको शरीर खानु र उहाँको रगत पिउनु भनेको के हो?

येशूले यहूदीहरूलाई अरु कुरा भन्दै जानुभयो जसले तिनीहरूलाई अझ ताजुब बनायो। मानिसहरूलाई   येशूले कुन रोटी खान दिनुभयो (यूहन्ना ६:५१)? “त्यो रोटीचाहिँ, जो म दिनेछु मेरो __________ हो”। के यहूदीहरूले यस कुरालाई बुझे (यूहन्ना ६:५२)? ________________। येशूले मानिसलाई पिउनालाई के दिनुभयो (यूहन्ना ६:५३-५४)? __________________________ ___________________________।

एक वर्षपछि म यरुशलेममा एउटा क्रूसमा मारिनेछु भनी येशू जान्नुहुन्थ्यो। उहाँको शरीर एउटा क्रूसमा टगाँइनेथियो, उहाँको रगत बहाइनेथियो। संसार बाँच्न सकोस् भनेर उहाँ मर्नुहुनेथियो (यूहन्ना ६:५१ का अन्तिम छओटा शब्दहरूलाई पढ्नुहोस्)। येशूले आफ्नो शरीर र रगतको कुरा गर्नुको तात्पर्य   यही नै थियो।

तर कसरी एउटा मानिसले ओफ्नो शरीर खान र रगत पिउन सक्छ? येशूले भन्नुभयो, यसो नगर्ने व्यक्तिसँग जी ________ छैन (यूहन्ना ६:५३)! उहाँको शरीर खाने अनि उहाँको रगत पिउने व्यक्तिसँग भने अ __________ जी ________ छ। उहाँको भनाइको तार्त्पर्य के थियो?

“रोमन क्याथोलिक” नामक समुदायका व्यक्तिहरूले आफूहरूले प्रभुभोज (जसलाई उनीहरू “मास” भन्छन्) खाँदा ख्रीष्टकै शरीर खाइरहेका र उहाँको रगत पिइरहेका हुन्छौं भनी दावी गर्छन्। रोटी र दाखरस   येशूकै वास्तविक शरीर र रगतमा परिवर्तन हुन्छन् अरे। तर यहाँ येशूले नरभक्षी (अर्थात् मान्छेको मासु खाने) बन्न कदापि सिकाइरहनुभएको थिएन। प्रभुभोजको रोटी र दाखरस त येशूले हाम्रा निम्ति गरिदिनुभएको कामको सम्झना गराउने सामाग्री मात्र हुन् (१ कोरिन्थी ११:२४,२५–“मेरो ______________ मा यो गर्ने गर”)। होइन, येशूले उहाँको मासु खाने र उहाँको रगत पिउने कुरा गर्नुको तात्पर्य अर्कै थियो।   एक व्यक्तिले ख्रीष्टलाई कुन अर्थमा “खान” सक्छ? एक व्यक्तिले ख्रीष्टलाई कसरी ग्रहण गर्न सक्छ? यूहन्ना छैटौं अध्यायको चावी शब्द हो “विश्वास”। यूहन्ना ६:२९-४७ मा यस चावी शब्द भएका पदहरू भेट्टाउन सक्नुहुन्छ? ______ ______ ______ ______ ______ ______ (छ पटक )। यूहन्ना ६:५४ को खास अर्थ बुझ्न सबभन्दा उत्तम उपाय हो यसलाई योसँग मिल्ने अर्को पद यूहन्ना ६:४० सँग दाँजेर हेर्नुः

यूहन्ना ६:४०   यूहन्ना ६:५४
अनन्त जीवन कोसित हुन्छ र अन्तिम दिनमा को बौराइनेछ? “हरेक जन, जसले __________लाई देख्छ र उनीमाथि _______________ गर्छ।” अनन्त जीवन को सित हुन्छ र अन्तिम दिनमा को बौराइनेछ? “जसले मेरो ____________ खान्छ र मेरो _____________ पिउँछ।”

त्यसैले, ख्रीष्टको शरीर खाने र उहाँको रगत पिउने व्यक्तिले हो? तिनीहरू सबै नै हुन् जस-जसले ख्रीष्टमाथि विश्वास गर्दछन् (अर्थात् ख्रीष्ट मेरो उद्घारको निम्ति शारीरिक रूपमा क्रूसमा मर्नुभयो र आफ्नो रगत बहाउनुभयो भनी विश्वास गर्ने हरेक व्यक्ति)! यस व्यक्ति ख्रीष्टसँग एउटा वास्तविक र गजबको आत्मिक सम्बन्धमा जोडिएको हुन्छ (यूहन्ना ६:५६)।

खानेकुराले मान्छेलाई कुनै फाइदा दिँदैन जबसम्म उसले त्यो खाँदैन। यदि खाना थालमै रहन्छ र पिउने कुरा गिलासमै रहन्छ भने उसलाई के फाइदा हुन्छ र? हामी आफैले (अर्थात् व्यक्तिगत तवरले ) खानालाई लिनुपर्छ   र त्यसलाई हाम्रो मुखभित्र हाल्नुपर्छ, अनि निल्नुपर्छ   र त्यसलाई   हाम्रो आफ्नै अङ्ग बनाउनुपर्छ। येशू ख्रीष्टमा पनि यही नै सिद्धान्त लागु हुन्छ। विश्वासैद्वारा हामीले उहाँले हाम्रा निम्ति क्रूसमा के गरिदिनुभएको छ, त्यसलाई व्यक्तिगत रूपमा नै ग्रहण   गर्नुपर्छ। उहाँ मेरै निम्ति मर्नुभयो। उहाँले मेरै निम्ति आफ्नो रगत बहाउनुभयो। उहाँ मलाई नै बचाउन क्रूसमा झुण्डिनुभयो। के तपाईंलाई यस्तो मुक्तिदाताको खाँचो छ? के तपाईंले उहाँलाई तपाईंको प्राण बचाउन दिनुभयो? के तपाईं आफ्नो सारा हृदयले उहाँमाथि विश्वास गर्नुहुन्छ? त्यसो हो भने तपाईं स ____________  जि ____________________ (यूहन्ना ६:५८)।

पछयाउनेमध्ये धेरैले येशूलाई त्याग्छन्

एकदिन अघि मात्र येशूले भीडहरूलाई खुवाउनुभएको थियो अनि त्यसबेला त्यहाँ हजारौं हजार मानिसहरू उपस्थित थिए। तर यूहन्ना छैटौं अध्यायको अन्ततिर धेरैले येशूलाई छाडेर जान्छन्। तिनीहरू पेट भर्ने रोटीको चाहना गर्थे तर येशूको वचनलाई भने वास्ता गर्दैनथे। यी “जोशिला” चेलाहरूमध्ये धेरैको (यूहन्ना ६:३४ हेर्नुहोस्) जोश थोरै बेरमै हरायो। तिनीहरू आफ्ना पेट भर्ने खानेकुराको खोजी गर्थे तर आफ्ना आत्मालाई चाहिने खानेकुराको खोजी गर्दैनथे। तिनीहरूले उहाँको शिक्षालाई पचाउन सजिलो ठाने कि गाह्रो (यूहन्ना ६:६०)? __________। खास समस्या येशूको भनाइमा थिएनः “जुन वचनहरू म तिमीहरूलाई भन्दछु ती ______________ हुन् र ____________ हुन्” (यूहन्ना ६:६३)। खास समस्या मान्छेको हृदयमा थियो। तिनीहरूका पाप र अविश्वासका कारण तिनीहरू यी जीवनका वचनहरू ग्रहण गर्न तयार भएनन्।

को साँचो विश्वासी बन्छ र को बन्दैन भनेर के येशू जान्नुहुन्छ (यूहन्ना ६:६४)? ________। को स्वर्ग जानेछ र को जाँदैन भनेर के उहाँलाई अगाडि नै थाह छ? ________। के येशूलाई शुरुदेखि नै यहूदाको बारेमा सब थाह थियो (यूहन्ना ६:६४,७०-७१)? ____________। परमेश्वर सबथोक जान्नुहुन्छ! तपाईं विश्वास गर्ने व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न? तपाईं स्वर्ग जाँदै हुनुहुन्छ कि हुनुहुन्न? आज नै हो, ख्रीष्टकहाँ आउने र उहाँलाई   विश्वास गर्ने। परमेश्वर यही गर्न तपाईंलाई आज्ञा गर्नुहुन्छ (१ यूहन्ना ३:२३ अनि यूहन्ना ६:२९ हेर्नुहोस्)। यदि तपाईं ख्रीष्टकहाँ आउन र उहाँलाई विश्वास गर्न इन्कार गर्नुहुन्छ भने यसमा दोषी को हुन्छ? ________________। के ख्रीष्टले तपाईंलाई आउन भनी निम्तो दिनुभएको छ (मत्ती ११:२८)? __________।

येशूका धेरैजना चेलाहरूले के गरे (यूहन्ना ६:६६)? ______________________। यूहन्ना ८:३१ सँग दाँज्नुहोस्। प्रभुका धेरैजना चेलाहरू थिए तर साँचो चेलाहरू भने थोरै थिए। उहाँको ________ लागिरहनेहरू त्यहाँ थोरै मात्र थिए (यूहन्ना ८:३१)। ती थोरै मध्येमा के पत्रुस पनि पर्थे (यूहन्ना ६:६७-६९)? ________। प्रभुसित अघिल्लो दिनमा हजारौं मानिसहरू भए तापनि आखिरमा कतिजना मात्र बाँकी भए (यूहन्ना ६:६७)? _______। अनि चाँडै नै थप अर्को व्यक्तिलाई पनि उहाँले गुमाउन लाग्दै हुनुहुन्थ्यो जसको नाम थियो ____________ (यूहन्ना ६:७०-७१)।

तपाईं नि? तपाईं पत्रुस जस्तै प्रभुसँगै टाँस्सिने व्यक्ति बन्नुहुन्छ कि प्रभुदेखि पछि हट्ने यहूदा जस्तो? हामी प्रत्येकले येशूको प्रश्‍नलाई विचार गरौं:

“के तिमीहरू पनि ________ चाहन्छौ?”
यूहन्ना ६:६७

जाने ठाउँ अन्य कुनै छ र (यूहन्ना ६:६८)? उहाँदेखि पछि नहट्नुहोस् बरु उहाँकहाँ आउनुहोस्! उहाँले तपाईंलाई कहिल्यै अफाल्नुहुनेछैन (यूहन्ना ६:३७)।

येशूले भन्नुभयो,

“मकहाँ _____”
मत्ती ११:२८

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






जीवनको पानी

Study Series

जीवनको पानी

यूहन्ना ४ र ५ अध्यायको रूपरेखा

 

  1. सामरियामा येशूको सेवाकार्य (यूहन्ना ४:१-४२)
    1. भेटिएकी एउटी स्त्री (यूहन्ना ४:१-२६)
    2. चेलाहरूले एउटा पाठ सिक्छन् (यूहन्ना ४:२७-३८)
    3. थुप्रै सामरीहरूले विश्वास गर्छन् (यूहन्ना ४:३९-४२)
  2. येशूका आश्चर्यकर्महरू (यूहन्ना ४:४३-५:९)
    1. येशूको दोस्रो आश्चर्यकर्म (यूहन्ना ४:४३-५४)
    2. एक अशक्त मानिसको चङ्गाइ (यूहन्ना ५:१-९)
  3. यहूदीहरूको क्रूरता (यूहन्ना ५:१०-१८)
  4. परमेश्वरका अद्वितीय पुत्र (यूहन्ना ५:१९-३०)
  5. येशूका थुप्रै गवाहीहरू (यूहन्ना ५:३१-४७)
    1. बप्‍तिस्मा दिने यूहन्ना (यूहन्ना ५:३१- ३५)
    2. येशूका कार्यहरू (यूहन्ना ५:३६)
    3. पिता (यूहन्ना ५:३७-३८)
    4. पवित्र शास्त्रहरू (यूहन्ना ५:३९-४४)
    5. मोशा (यूहन्ना ५:४५-४७)

इनारमा भेटिएकी स्त्री

अघिल्लो अध्यायमा येशूले एउटा मानिससँग व्यक्तिगत रूपमा व्यवहार गर्नुभएको कुराको अध्ययन गर्‍यौं। उनको नाउँ के थियो (यूहन्ना ३:१)? ____________________। यूहन्नाको चौथो अध्यायमा येशूले एउटी स्त्रीसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुएको कुराको अध्ययन गर्नेछौं। उनको नाम दिइएको छैन। उनी एक ____________ स्त्री थिई (यूहन्ना ४:९)। येशू र उहाँका चेलाहरू यहूदियाबाट गालील जाँदै हुनुहुन्थ्यो। ती तीन ठाउँहरूलाई प्यालेस्टाइनको मानचित्रमा भेट्टाउनुहोस्। यहूदिया र गालीलको बीचमा सा____________ पर्दछ।

जब येशू याकूबको इनारनेर आइपुग्नुभयो, उहाँ यात्राले गर्दा ____________ हुनुहुन्थ्यो (यूहन्ना ४:६)। प्रश्न उठ्छ, के परमेश्वर थाक्नुहुन्छ (यशैया ४०:२८)? _________________। तर याद गर्नुहोस्, पुत्र-परमेश्वर शरीरमा आउनुभयो (अध्याय १ मा हेर्नुहोस्) अनि उहाँ मानिस हुनुभएकोले धेरै माइलको यात्राले गर्दा उहाँ थकित हुनुभयो। यतिखेर प्रायः “छैटौं घडी” थियो (यूहन्ना ४:६) यसको मतलब त्यतिखेर करिब मध्यान्न (खाना खाने समय) भएको थियो। येशूलाई थकाइ मात्र होइन सायद भोक र तिर्खा पनि लागिरहेको थियो। चेलाहरूचाहिँ कता गएका थिए (यूहन्ना ४:८)? _________________________________________ ________________। तिनीहरू पनि भोकाएका हुनाले खानेकुरा किन्न गएका थिए।

हामी येशूको ठाउँमा भएका भए हामी सायद यसरी सोच्नेथ्यौं, “यात्राले म साह्रै थकित छु। अलिकति विश्राम गर्न पाइए हुन्थ्यो। एक गिलास चिसो पानी पिउन पाए कस्तो हुन्थ्यो। अनि एक गाँस खाना खाएर चुपचापसाथ बस्न पाए मलाई पुग्थ्यो।”प्रभु येशू भोकाउनु भएको थियो, तिर्खाउनु भएको थियो अनि थकित पनि हुनुहुन्थ्यो, तर आराम गर्न र पेट भर्न भन्दा उहाँ एउटी स्त्रीको बारेमा फिक्री गर्दै हुनुहुन्थ्यो। उहाँको लागि कुनचाहिँ बढी महत्त्वपूर्ण थियो, परमेश्वरको इच्छा पूरा गर्नु कि टन्न खाना खानु (यूहन्ना ४:३४)? _________________________________________ ___________।

बातचित कसले शुरु गरे, स्त्रीले कि येशूले (यूहन्ना ४:७)? ___________। कुराको थालनी येशूले गर्नुभयो। उहाँको भनाइ सुनेर ती स्त्री छक्क परीन्। उहाँले उनीसित बोल्नु नै त्यस स्त्रीको लागि छक्कलाग्दो कुरा थियो। प्रायः यहूदीहरूले कहिल्यै नगर्ने काम येशूले गर्नुभयो। उहाँले बोल्नुहुँदा र पानी माग्नुहुँदा ती स्त्री किन छक्क परीन् (यूहन्ना ४:९)? _____________________ _________________________________________ __________। यहूदीहरू सामरीहरूलाई घृणा गर्थे तर येशूले त्यस सामरी स्त्रीलाई प्रेम गर्नुभयो। येशूलाई उनको आत्माको वास्ता थियो। त्यसैले उहाँले अरु यहूदीहरूले भन्दा भिन्न व्यवहार गर्न साहस गर्नुभयो। आज पनि ख्रीष्टियन भएर हाम्रो व्यवहार र जीवन शैलीमा मानिसहरूले एउटा भिन्नता देख्‍न आवश्यक छ। सबै मानिसहरू प्रति हाम्रो वास्ता र प्रेम छ भन्ने उनीहरूले देख्‍न आवश्यक छ। तपाईंको स्कूल वा क्याम्पसमा कसैले मन नपराउनेकोही होला। येशूले सामरी स्त्रीलाई वास्ता गर्नुभए तपाईंले उसलाई वास्ता देखाउन सक्नुहुन्छ।

बातचितको क्रममा येशूले एउटा कुरा गर्नुभयो जसले त्यस स्त्रीलाई एकदम जिज्ञासु बनायो। प्रथमतः उहाँ (पानी माग्ने)ले पो उनलाई ___________को पानी दिन सक्ने कुरा गर्नुभयो (यूहन्ना ४:१०)। येशू वास्तवमा को हुनुहुन्छ भनी उनले चिन्न खाँचो थियो। साथै परमेश्वरले उनलाई एउटा दान दिन चाहनुहुन्छ भनी जान्न आवश्यक थियो (यूहन्ना ४:१०)। निश्चय उनी अलमल्ल परीन् (उहाँले नै मसँग पानी माग्ने र अहिले आएर उहाँसँगै मलाई दिने पानी छ भनेर भन्ने?)। येशूसित पानी कसरी हुनसक्थ्यो होला अथवा उहाँले कहाँबाट यो पानी ल्याउन सक्नुहुन्थ्यो होला, उनले बुझ्नै सकिनन् (यूहन्ना ४:११)।

तब उनले सोधिन्, के तपाईं हाम्रा पुर्खा ____________भन्दा ठूलो हुनुहुन्छ? (यूहन्ना ४:१२)। उनलाई यो इनार प्रख्यात इनार हो भन्ने थाह थियो किनभने सयौं वर्ष पहिले याकूबले यही इनारबाट पिएका थिए। येशूको जवाफले उनलाई फेरि चकित पार्‍यो। उहाँले उनलाई याकूबको इनारभन्दा उहाँको इनार कति उत्तम छ भनेर बताउन थाल्नुभयो:

१) याकूबको इनार (यूहन्ना ४:१३)

ज-जसले याकूबको इनारबाट पिउँछ उनीहरू फेरि _________________ (यूहन्ना ४:१३)। इनारको पानी (भौतिक पानी)ले एकछिनलाई तिर्खा मेटाउन सक्छ, तर फेरि एकैछिनमा त्यस व्यक्ति तिर्खाइहाल्छ। बजारमा पाइने कुनचाहिँ पेय पर्दाथ होला जसलाई पिएर फेरि तिर्खाइन्न। ________________। अन्न-पानीले क्षणिक तृप्ति दिन्छ। त्यसैले हामी निरन्तर खान्छौं, निरन्तर पिउँछौं।

२) येशूको इनार (यूहन्ना ४:१४)

येशूको इनारबाट पिउने कहिल्यै ____________________ (यूहन्ना ४:१४)। त्यस व्यक्तिसँग आफूभित्रै एउटा इनार हुनेछ जुन कहिल्यै सुक्नेछैन। यो यस्तो इनार हो जुन ______________ ____________का निम्ति उम्रिरहनेछ (यूहन्ना ४:१४)। निश्चय नै, येशू एउटा छुट्टै खालको पानीको कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले शरीरलाई चाहिने भौतिक (H20) पानीको कुरा गरिरहनुभएको थिएन, तर उहाँ आत्मालाई चाहिने (आत्मिक) पानीको कुरा गर्दै हुनुहुन्थ्यो।

जस्तो शरीर तिर्खाउँछ र पानी पिएर तिर्खा मेटाउनुपर्छ त्यस्तै नै आत्मा पनि तिर्खाउँछ जसलाई तृप्त पार्नु नै पर्छ। मानिस आफ्नो प्राणलाई मोजमज्जा, पैसा र अन्य थुप्रै चीजहरूले तृप्त पार्न खोज्छ तर यी कुनै चीजले मानिसको भित्री प्यासलाई मेटाउन सक्दैन। केवल परमेश्वरले मात्र यस तिर्खालाई मेटाउन सक्नुहुन्छ र उहाँले मात्र यसलाई सदाको लागि तृप्त पार्न सक्नुहुन्छ।

येशूले दिनुहुने पानी कसरी पिउने? कहिल्यै नतिर्खाउन एक व्यक्तिले के काम गर्नैपर्छ (यूहन्ना ६:३५)? _________________________________________ _____________________।

के सामरी स्त्रीले येशूसित भएको पानीको तृष्णा गरीन् (यूहन्ना ४:१५)? ____________। त्यसरी नै मानिसहरूले आफ्नो आत्मिक खाँचो महसुस गर्दै उक्त खाँचो पूरा गर्ने “पानी”येशूसित छ भनी बुझ्न आवश्यक छ। त्यहाँ एक महान् मुक्तिदाता हुनुहुन्छ जसले अचम्मको मुक्तिको प्रबन्ध गर्नुभएको छ जुन मुक्ति मानिसलाई नभई हुँदैन।

सामरी स्त्री अझसम्म येशूले दिन चाहनुभएको जीवित पानीबाट पिउन तयार भएकी थिइनन्, किनभने उनले पूर्ण रूपमा आफ्नो खाँचो महसुस गरेकी थिईनन्। उनी एउटी धर्मी स्त्री थिइन् कि पापीनी (यूहन्ना ४:१६-१९)? ____________। के येशू उनका सारा कुरा जान्नुहुन्थ्यो? ______________। येशूले यस स्त्रीको पापको कुरा बिस्तारै निकाल्नुभयो र उनलाई उनका पापहरूको सम्झना गराइदिनुभयो (यूहन्ना ४:१६-१९)। उनी पटक पटक पोइलो गएकी थिइन् र उनी अहिले बिवाह नै नगरी एउटा मानिससँग बसिरहेकी थिइन् (यूहन्ना ४:१८)।

जस्तो मानिसलाई जिउन र शरीर तन्दुरुस्त राख्‍न पानीको आवश्यकता छ त्यस्तै मानिसलाई परमेश्वरको र उहाँको अनन्त जीवनको दानको आवश्यकता छ जसले गर्दा तिनीहरूसँग आत्मिक जीवन हुनेछ र साथै तिनीहरूको भित्री खाँचो पनि पूरा हुनेछ (यूहन्ना ४:१०-११)। प्रभु येशू ख्रीष्ट पापी मानिसलाई बचाउन आउनुभयो (१ तिमोथी १:१५ र यूहन्ना ३:१६ पढ्नुहोस्)। एक व्यक्ति बचाइनु अगाडि उसले सर्वप्रथम यो बुझ्नैपर्छ, पापले मानिसलाई जीवित परमेश्वरदेखि अलग पार्छ। त्यसपछि उसले आफ्नो पापको समस्या समाधान गर्न नै येशू ख्रीष्ट क्रूसमा मर्नु भएको हो भन्ने कुरा महसुस गर्नैपर्छ (२कोरिन्थी ५:२१, १ पत्रुस ३:१८)। यस सामरी स्त्रीले आफूलाई मुक्तिदाताको खाँचो छ भनी देख्‍न नितान्त आवश्यक थियो। जस्तो येशूले त्यस स्त्रीलाई देखाउनुभयो त्यसरी नै हामीले मानिसहरूलाई उनीहरूको खाँचो पूरा गर्ने परमेश्वरको अचम्मको प्रबन्धलाई देखाइदिनु आवश्यक छ। परमेश्वर महान् मुक्तिदाता हुनुहुन्छ साथै पापीहरूलाई दिनालाई परमेश्वरसित एउटा ठूलो वरदान छ। मानिसहरूलाई परमेश्वरको अचम्मको निमन्त्रणा यस प्रकार छः “आओ र पिओ!”(दाँज्नुहोस्, प्रकाश २२:२७, यूहन्ना ६:३५, यशैया ५५:१)।

त्यसपछि त्यस सामरी स्त्रीले कुरालाई अन्तै मोडिन् र उपासना सम्बन्धी कुरा गर्न लागिन् (यूहन्ना ४:२०)। येशूले उनलाई उपासनाको बारेमा एउटा छोटो तर महत्त्वपूर्ण पाठ सिकाउनुभयो (यूहन्ना ४:२१-२४)। मानिसले कुन ठाउँमा उपासना गर्छ त्यो महत्त्वपूर्ण हुँदैन बरु उसले कसलाईकसरी उपासना गर्छ त्यो महत्त्वपूर्ण हुन्छ। परमेश्वर मानिसहरूले उहाँलाई कसरी उपासना गरेको चाहनुहुन्छ (यूहन्ना ४:२४)? ________________________________________।

एक दिन मसीह (प्रतिज्ञा गरिएका मुक्तिदाता तथा राजा) संसारमा आउनेछन् भनी सामरीहरूले पनि प्रतिक्षा गर्दैथिए (यूहन्ना ४:२५)। आफ्नो बारेमा कुनचाहिँ अचम्मको सत्यता येशूले यस स्त्रीलाई प्रकट गरिदिनुभयो (यूहन्ना ४:२५-२६)? _________________________________________ _______________________।

चेलाहरूले एउटा पाठ सिक्छन्

अन्तमा चेलाहरू साथमा खाना लिएर शहरबाट र्फर्के। येशू एउटी सामरी स्त्रीसँग बोल्दै गर्नुभएको देखेर के तिनीहरूले आश्चर्य माने (यूहन्ना ४:२७)? ____________। सामरी स्त्री त्यहाँबाट गइन् अनि चेलाहेरु येशूकहाँ आएर भने “हे रब्बी _______________”(यूहन्ना ४:३१)।

येशू भोकाउनुभएको छ भनी चेलाहरू जान्दथे र तिनीहरूले उहाँलाई खाना खान आग्रह गरे। येशूले यसै अवसरमा आफ्ना चेलाहरूलाई केही शिक्षा दिन थाल्नुभयो। तिनीहरूको दिमागमा एउटै कुरो थियो–खानेकुरा। तिनीहरू भोकाएका थिए, तिनीहरू खान चाहन्थे। खानेकुराभन्दा एउटा कुरा महत्त्वपूर्ण छ भनी येशू तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो। खाना महत्त्वपूर्ण छ र मानिस खानेकुराबिना बाँच्न सक्दैन तर खानेकुराभन्दा महत्त्वपूर्ण एउटा कुरा त्यहाँ छ। येशूले तिनीहरूलाई यूहन्ना ४:३२ मा के भन्नुभयो हेर्नुहोस्। यस कुराले चेलाहरूलाई ताजुब पार्‍यो। येशूले सामरी स्त्रीलाई पनि ताजुब पार्नुभएको थियो। अब उहाँले आफ्ना चेलाहरूलाई पनि ताजुब पार्नुभयो। येशूसित कसरी खाना हुनसक्थ्यो र? कसैले उहाँका निम्ति ________________ केही ल्याइदिएको थियो कि? (यूहन्ना ४:३३ हेर्नुहोस्)।

तिनीहरूले सोचिरहेको जस्तो खानेकुराको बारेमा येशूले कुरा गरिरहनुभएको थिएन। तिनीहरूले पेटलाई चाहिने खानाको विचार गर्दैथिए। तर येशूले अझ महत्त्वपूर्ण र विशेष प्रकारको खाना (भोजन)ले बारेमा कुरा गर्दै हुनुहुन्थ्यो। येशूले कस्तो खालको भोजनको कुरा गर्दै हुनुहुन्थ्यो? उहाँ सबभन्दा बढी केका निम्ति भोकाउनु भएको थियो (यूहन्ना ४:३४)? _________________________________________ ________________।

आफ्ना चेलाहरूले शारीरिक खाँचोहरू भन्दा पर अर्थात् आत्मिक खाँचोहरूलाई देख्‍न सकून् भन्ने मनसाय येशूको थियो (हेर्नुहोस्, यूहन्ना ४:३५-३८)। मानिसका शारीरिक खाँचाहरू छन्। चाहिनेजति अन्न र पानी अनि कपडा भएन भने मानिस बाँच्न सक्दैन। तर मानिसका आत्मिक खाँचाहरू अझ बढी महत्त्वपूर्ण छन्।

खान नपाएर भोकभोकै चिच्याइरहेका बच्चाहरूको तस्वीर सायद देख्‍नुभएको छ होला। के तिनीहरूलाई शारीरिक कुराहरूको खाँचो छ? ________। मानिलिनुस् कसैले यी भोकमरी लागेका बच्चाहरूका लागि वर्षौंसम्म पुग्ने उनीहरूको पेट भर्ने प्रशस्त खानेकुराहरू ल्याउँछ, तर तिनीहरूलाई कहिल्यै येशू ख्रीष्टको बारेमा बताउँदैन र तिनीहरूलाई मुक्तिको खाँचो छ भन्ने कुरा पनि कहिल्यै बताउँदैन। के यी केटाकेटीहरू एकदिन मर्नेछैनन्? ________________। मुक्ति पाएनन् भने के तिनीहरू सदाका लागि अग्निकुण्डमा पर्नेछैनन्? (प्रकाश २०:१५, २१:८)? ________________। खानेकुरा महत्त्वपूर्ण छ तर त्योभन्दा पनि एउटा कुरा महत्त्वपूर्ण छ भनेर के तपाईंले बुझ्नुभयो? कुनचाहिँ बढी महत्त्वपूर्ण छ, शरीर कि आत्मा (मत्ती १०:२८)? ____________।

चेलाहरूले आफ्ना आँखाहरू उठाएर हेरून् (यूहन्ना ४:३५) र आफू वरिपरिका आत्मिक खाँचोहरू देख्‍न सकून् भनी येशू चाहनुहुन्थ्यो। हामीले पनि त्यसो गर्न सिक्नुपर्छ। के तपाईं वास्तविक आत्मिक खाँचोमा परेका मानिसहरूलाई चिन्नुहुन्छ जसलाई मुक्तिको खाँचो छ?

थुप्रै सामरीहरूले विश्वास गर्छन्

कसैलाई यस्तो विचार आउला, केवल एउटै व्यक्तिलाई आत्मिक कुराहरू बताउन महत्त्वपूर्ण होला र? बरु २०, ५० वा १०० जनालाई बताउन महत्त्वपूर्ण होला तर जाबो एकजनासँग किन कुरा गर्ने?यसको उत्तर यूहन्ना ४:३९ मा पाइन्छ। येशूले एउटी स्त्रीसँग कुरा गर्न समय दिनुभएको हुनाले, हेर्नुहोस् त्यहाँ के भयो। त्यस शहरका धेरै सामरीहरूले उहाँमाथि ______________ गरे (यूहन्ना ४:३९)। उहाँले त्यस एक व्यक्तिसँग बिताउनुभएको समयले फाइदा दियो। यसैको फलस्वरुप धेरै सामरीहरू उहाँकहाँ आए अनि उहाँ ________ दिनसम्म तिनीहरूसँग समय बिताउन पाउनुभयो (यूहन्ना ४:४०)। अनि अझै धेरैले ______________ गरे (यूहन्ना ४:४१)। यसरी हामी साना-साना कुरा (जस्तै, केवल एकैजनालाई समय दिने काम) मा विश्वासयोग्य हुन्छौं भने परमेश्वरले तिनलाई आशिष दिनुभई ठूला-ठूला परिणाम ल्याउन सक्नुहुन्छ।

सामरीहरूले येशू ख्रीष्टले हुनुहुँदो रहेछ भनेर जाने (यूहन्ना ४:४२)? ठीक जवाफमा चिन्ह लगाउनुहोस्

(क) उहाँ सामरीहरूका होइन, यहूदीहरूका मात्रै मुक्तिदाता हुनुहुन्छ।
(ख) उहाँ कसै-कसैका मात्र मुक्तिदाता हुनुहुन्छ।
(ग) उहाँ सारा संसारका मुक्तिदाता हुनुहुन्छ।
(घ) उहाँ अरु कसैका होइन, चेलाहरूका मात्र मुक्तिदाता हुनुहुन्छ।

उहाँको दोस्रो आश्चर्यकर्म

येशूले पहिलो आश्चर्यकर्म गालीलको कानामा गर्नुभएको थियो, जहाँ उहाँले पानीलाई दाखरसमा परिणत गर्नुभएको थियो (यूहन्ना २:१,९)। उहाँको दोस्रो गालीली आश्चर्यकर्म पनि त्यही शहरमा नै भएको थियो (यूहन्ना ४:४६ अनि ५४लाई दाँज्नुहोस्)।

त्यहाँ कुनै एक राजकर्मचारी थिए जसका छोरा बिरामी थिए। यस चिन्तित बुबालाई लाग्यो, येशूले गुहार गर्न सक्नुहुन्छ (यूहन्ना ४:४६)। यो केटो कत्तिको बिरामी थियो (यूहन्ना ४:४७)? __________________________________। उसलाई के भएको थियो (यूहन्ना ४:५२)? ______________________________________।

राजकर्मचारीले येशूलाई कुन दुइटा काम गरिदिनुहुन बिन्ति गरे (यूहन्ना ४:४७)? १. ________________________________ २. _______________________________। यस मानिसले दृष्टिको आधारमा मात्रै विश्वास गरेको येशूले चाहनुभएन (यूहन्ना ४:४८)। उसले अन्य कुनै थोकबिना परमेश्वरको वचनमाथि मात्रै विश्वास गरेको चाहनुभयो। येशूले एक शब्द बोल्नुभयो जुनचाहिँ त्यो मानिसले विश्वास गर्नुपर्थ्यो। येशूले भन्नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्छ”(यूहन्ना ४:५०)। के “तल आइदिनुहोस्” भनी राजकर्मचारीले उहाँलाई आग्रह गरेअनुसार नै येशू तिनीसँग तल जानुभयो (यूहन्ना ४:४९-५२)? ____________________। सायद उनको छोरोलाई निको पार्न येशू स्वयम् उपस्थित हुनुपर्छ भन्ने राजकर्मचारीको सोचाइ थियो। तर जब येशूले “तिम्रो छोरा बाँच्छ”भनी राजकर्मचारीलाई भन्नुभयो, तब येशूले तिनलाई भन्नुभएको वचन त्यस मानिसले ______________ गर्‍यो (यूहन्ना ४:५०)। के येशूले उनलाई उनका आँखाले देखून् भनेर कुनै “चिन्ह” वा “चमत्कार” देखाउनुभयो? ________________________। उसलाई येशूले केवल आफ्नो वचन दिनुभयो र त्यसैमा उनले विश्वास गरे। के येशूले भन्नुभए जस्तै उहाँको वचन पूरा भयो (यूहन्ना ४:५०लाई ४:५१ सित तुलना गर्नुहोस्)? __________। केटो कतिखेर निको भयो (यूहन्ना ४:५२,५३)? __________________________________।

यस आश्चर्यकर्मले ख्रीष्टको सामर्थ्यलाई प्रस्टै देखाउँदछः (१) उहाँले आफूदेखि धेरै टाढाको मर्नै लागेको एक बिरामी केटोलाई चट्टै निको पार्न सक्नुभयो! (२) उहाँले यस केटोलाई केवल आफ्नो वचनको सामर्थ्यद्वारा निको पार्न सक्नुभयो। हामीलाई भजनसङ्ग्रह ३३:९ ले सम्झना आउँछ “किनकि उहाँका मुखको वचनले सारा सृष्टि ____________, उहाँले आज्ञा गर्नुभयो र त्यो स्थिर __________।” परमेश्वर, हामीले देखेर विश्वास गरेको चाहनुहुन्न तर उहाँको वचनको कारण विश्वास गरेको चाहनुहुन्छ।

अशक्त मानिसको चङ्गाइ

यूहन्ना पाँचौं अध्यायको पहिलो खण्डले अर्को ठूलो चङ्गाइको आश्चर्यकर्मलाई प्रस्तुत गर्छ। उक्त आश्चर्यकर्म कुन शहरमा गरिएको थियो (यूहन्ना ५:१-२)? ________________। त्यस शहरमा एउटा दह थियो जहाँ थरिथरिका रोगीहरू भीड लाग्थे।कोही अन्धा हुन्थे,कोही लाटा अनिकोही पक्षघाती (हात-खुट्टा नचल्ने) (यूहन्ना ५:३)। तिनीहरू दहको पानीले आफूहरू निको हौंला भनी आश गरिरहन्थे (यूहन्ना ५:४)।

येशूले निको पार्नुभएको मान्छेको बयान यूहन्ना ५:५ मा उल्लेख छ। यी मानिस कति समय अगाडिदेखि रोगी थिए (यूहन्ना ५:५)? ________________________________________।

येशूले उनलाई शुरुमै सोध्नुभएको प्रश्‍न के थियो (यूहन्ना ५:६)? _________________________________________ _______। उनी निको हुन चाहन्थे तर निको हौंला भनी उनले कमै आशा राखेका थिए (यूहन्ना ५:७ मा हेर्नुहोस्)। पानी छचल्किएपछि दहभित्र पस्ने पहिलो व्यक्ति मात्रै निको हुन्छ भनी ती रोगीहरू विश्वास गर्थे (यूहन्ना ५:४,७)। अनि कसैको मदतबिना दहभित्र पहिले पसूँला भन्ने आशा यस रोगीलाई थिएन। अझ येशूले उनलाई तुरुन्तै निको पार्न सक्नुहुन्छ भन्ने कुरा उनले सपनामा पनि चिताएका थिएनन् (त्यसमा पनि दहको पानी प्रयोग नगरीकनै!)

फेरि येशूले केवल वचन बोल्नुभयो “उठ, आफ्नो ओछ्यान उठाऊ र ________” (यूहन्ना ५:८)। के यस मानिस निको हुन ५ मिनेट, ५ घण्टा वा ५ दिन लाग्यो (यूहन्ना ५:९)? ____________। त्यो मानिस तु__________ निको भइहाल्यो, येशूले भन्नुभए जस्तै (यूहन्ना ५:९)।

यहूदीहरूको क्रूरता

यो अचम्मको आश्चर्यकर्म कुन दिनमा गरिएको थियो (यूहन्ना ५:९-१०)? _______________। विश्रामदिन हप्ताको सातौं दिन अर्थात् शनिवार थियो जुन दिनमा यहूदीहरूले कुनै पनि काम गर्नुहुँदैनथ्यो। येशूले गर्नुभएको यस्तो गजबको आश्चर्यकर्म देखेर यहूदीहरूले के सोचे? के तिनीहरूले त्यो अशक्त र कमजोर मान्छे छिनभरमै निको भएकोमा खुशी भए? ३८ बर्षदेखि पस्रिरहेको एउटा मान्छे स्वस्थ मानिसझैं अब हिँड्न सकेको देखेर के तिनीहरूले परमेश्वरलाई धन्यवाद चढाए? तिनीहरू खुशी थिए कि दुःखित थिए कि क्रोधित थिए (यूहन्ना ५:१६)? ____________। के तिनीहरू उहाँले गर्नुभएको महान् कार्यका निम्ति येशूप्रति आभारी भए (यूहन्ना ५:१६)? ________________। तिनीहरू त्यस अशक्त मानिससँग ज्यादै रिसाए किनभने उनले विश्रामदिनमा आफ्नो ओछयान उठाएका थिए अनि तिनीहरू येशूसँग पनि क्रुद्ध भए किनभने उहाँले पनि विश्रामदिनमा उनलाई निको पार्नुभएको थियो (यूहन्ना ५:१६)। अझ येशूले यस्तो कुरा गर्नुभयो जसले तिनीहरूलाई झन् क्रोधित तुल्यायो: “मेरा ________ अहिलेसम्म काम गर्नुहुन्छ, र म ________ ____________” (यूहन्ना ५:१७)। यहाँ उहाँले परमेश्वर उहाँका ________ हुनुहुन्छ अनि त्यसैकारण उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर यहूदीहरूलाई बताउनुभयो। यसैकारण यहूदीहरू उहाँलाई मार्न चाहे (यूहन्ना ५:१८)। एउटा मान्छे भएर परमेश्वरलाई आफ्नो पिता भन्नु ईश्वर-निन्दा गर्नु हो भनी तिनीहरूले सोचे।

आज कसैले भन्ला, “येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा म विश्वास गर्छु। तर येशू परमेश्वर स्वयम् हुनुहुन्छ भनी म विश्वास गर्दिनँ। उहाँ परमेश्वर होइन, परमेश्वरको पुत्र मात्रै हुनुहुन्छ।” यस्तो भन्ने व्यक्तिले आफू परमेश्वरका पुत्र हूँ भनी येशूले भन्नुभएको कुराको तात्पर्य नबुझेको ठहरिन्छ। त्यसबेलाको समयमा, कसैले “परमेश्वर मेरा पिता हुनुहुन्छ”भनी दाबी गर्नुचाहिँ उसले “आफूलाई परमेश्वरसँग ____________” तुल्याउनु (यूहन्ना ५:१८) थियो। येशूले आफू परमेश्वरको पुत्र हुनुभएको दाबी गर्नुको मतलब उहाँले यसो भन्दै हुनुहुन्थ्यो, “म र परमेश्वर बराबर हुँ। म र मेरा पिता ________ हौं” (यूहन्ना १०:३०)। यसै कुराका कारण यहूदीहरूले उहाँलाई मार्न खोजे। आफ्नो अविश्वास र कठोरताका कारण तिनीहरूले उहाँलाई मार्न चाहे। उहाँका “अपराधहरू” के-के थिए? (१) उहाँले एउटा मानिसलाई विश्रामदिनमा निको पार्नुभएको थियो (२) उहाँले परमेश्वर मेरा पिता हुनुहुन्छ भनी भन्नुभएको थियो (यूहन्ना ५:१८)।

परमेश्वरका अद्वितीय पुत्र

यूहन्ना ५:१९-३० मा येशूले आफ्नो बारेमा र पितासँगको उहाँको सम्बन्धको बारेमा बताउनुभएको छ। यी पदहरूमा “पुत्र” भन्ने शब्द कतिपटक दोहोरिएको भेटिन्छ? __________________। “पिता” भन्ने शब्द कतिपटक दोहोरिएको भेटिन्छ? __________________। यी पदहरूमा हामी परमेश्वरका अद्वितीय पुत्रका सम्बन्धमा थुप्रै घतलाग्दा कुराहरू सिक्छौं:

१) उहाँले जीवन दिनुहुन्छ (यूहन्ना ५:२१)

पुत्र नै त्यो व्यक्ति हुनुहुन्छ जससँग जीवन दिने अधिकार छ। यूहन्ना ५:२४ बाट हामी थाह पाउँछौं, उहाँले विश्वास गर्नेहरूलाई अनन्त जीवन दिनुहन्छ। यूहन्ना ५:२४ अनुसार विश्वास गर्ने प्रत्येकको सम्बन्धमा निम्न तीनओटा कुराहरू सत्य हुन्छन्:

(क) ऊसँग अनन्त ____________ छ।
(ख) ऊ न्यायमा पर्नेछैन।
(ग) ऊ __________बाट ____________ मा सरिसकेको हुन्छ।

यदि तपाईंले यूहन्ना ५:२४ ले पहिलो भागमा उल्लेखित शर्तलाई पूरा गर्नुभएको छ भने, उपर्युक्त तीन कुराहरू तपाईंका निम्ति सत्य भइसकेका छन्!

(२) उहाँ सारा संसारका न्यायाधीश हुनुहुन्छ (यूहन्ना ५:२२,२७)

पिताले “सबै ____________ ________लाई सुम्पनुभएको छ”(यूहन्ना ५:२२)। सबैजना एक दिन येशू ख्रीष्टको सिंहासनका सामु उभिनै पर्नेछ। येशू नै सिद्ध न्यायाधीश र सिद्ध मानिस हुनुहुन्छ। “उनी ____________का पुत्र हुन्” (यूहन्ना ५:२७)। कसैले यसो भन्ला, “मान्छे भएर हामीले कस्ता-कस्ता दुःख-सुख भोग्नुपर्छ, न्यायाधीश येशूलाई के थाह?” तर कसैले त्यसो भन्न सक्नेछैन किनकि न्यायाधीशचाहिँ मानिसका पुत्रहुनुहन्छ। उहाँ हामीजस्तै साँच्चै मानिस बन्नुभयो। न्यायाधीश बन्न उहाँजस्तो योग्य अरु छैन!

(३) पितालाई दिइने जस्तै आदर उहाँलाई पनि दिइनुपर्छ (यूहन्ना ५:२३)

पिता र पुत्र दुवैलाई आदर गरिनुपर्छ। यदि कसैले “म परमेश्वर पितामा विश्वास गर्छु तर येशूलाई विश्वास गर्दिन”भन्छ भने के यस मानिसले पुत्रलाई आदर गर्दै छ त? ________। “जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पि____________ ________ ____________ ____________” (यूहन्ना ५:२३)। जसले येशूलाई घृणा गर्छन् तिनीहरूले वास्तवमा पितालाई पनि घृणा गर्छन्। परमेश्वर (पिता) प्रतिको कसैको धारणा बुझ्नलाई येशू ख्रीष्टप्रतिको उनको धारणा बुझे हुन्छ!

(४) बौरिउठाइको दिनमा मरेकाहरूलाई बौराउने सामर्थ्य उहाँसँग छ (यूहन्ना ५:२८-२९)

मानौं तपाईं चिहाननेर जानुभई ठूलो स्वरले चिच्याउनुभयो, “हे सबै मरेका मानिसहरू हो, ध्यान दिएर सुन! म तिमीहरूलाई चिहानबाट बाहिर निस्केर आउने आज्ञा गर्दछु!” त्यसो गर्दा त्यहाँ केही होला त? चिहानदेखि मानिसहरूलाई बाहिर निकाल्न हामी अर्समर्थ छौं!

तर जब चिहानभित्रकाहरूले येशूको आवाजलाई सुन्नेछन्, बाइबलले बताउँछ तिनीहरू “बौरिउठाइका निम्ति __________आउनेछन्” (यूहन्ना ५:२९)। येशू यहाँ दुइटा बौरिउठाइको कुरा गर्दै हुनुहुन्छ: (१) ____________को बौरिउठाइ (मुक्ति पाएकाहरूका निम्ति) (२) __________को बौरिउठाइ (मुक्ति नपाएकाहरूका निम्ति)।

येशूका थुप्रै गवाहीहरू

हामी व्यवस्था १९:१५ मा यस्तोलेखिएको पाउँछौं, “दुई वा तीन ________को बयानद्वारा मात्र अभियोग (सत्य-तथ्य) कायम गर्न सकिन्छ।”के येशू ख्रीष्ट पक्कै परमेश्वरका पुत्र हुनुहुन्छ? के पक्कै नै उहाँ प्रतिज्ञा गरिएका मसीह अर्थात् यहूदीहरूका राजा हुनुहुन्थ्यो? आफूले हूँ भन्ने उहाँको सम्पूर्ण दाबी के सत्य थियो? येशूले भन्नुभएका कुराहरूलाई सत्य सावित गर्ने उहाँका धेरै गवाहीहरू छन्। यी गवाहीहरूका बारेमा हामी ५:३१-४७ मा हेरौं:

गवाही १–बप्‍तिस्मा दिने यूहन्ना (यूहन्ना ५:३१-३५)

अगाडि नै हामीले अध्ययन गरिसक्यौं, बप्‍तिस्मा दिने यूहन्नाले प्रस्टैसँग येशू ख्रीष्टको सम्बन्धमा गवाही दिए। बप्‍तिस्मा दिने यूहन्ना प्रभुको निम्ति एक जल्दो-बल्दो (यूहन्ना ५:३५) र विश्वासयोग्य साक्षी थिए (यूहन्ना ५:३३)।

गवाही २–येशूले गर्नुभएका कामहरू (यूहन्ना ५:३६)

पानीलाई दाखरसमा परिवर्तन गर्ने कार्य, राजकर्मचारीको छोराको छक्कलाग्दो चङ्गाइ, अशक्त मानिसको चङ्गाइ–यी सब आश्चर्यकर्महरूले येशू ख्रीष्ट परमेश्वरका पुत्र नै हुनुहुन्छ भनी देखाउँदछन्।

गवाही ३–पिता (यूहन्ना ५:३७-३८)

“अनि मलाई पठाउनुहुने ________ आफैले मेरो विषयमा ____________ दिनुभएको छ” (यूहन्ना ५:३७)। परमेश्वर पिता अर्को साक्षी हुनुहुन्थ्यो जसले येशू ख्रीष्टलाई सत्य सावित गर्नुभयो। तर के यहूदीहरूले पिताले पठाउनुभएको येशूलाई विश्वास गरे (यूहन्ना ५:५८)? ________________। परमेश्वरले आफ्ना प्रिय पुत्रलाई संसारमा पठाउनुभयो, तर प्रायःजसोले उहाँलाई इन्कार गरे। “उहाँलाई ग्रहण गरेनन्”(यूहन्ना १:११)।

गवाही ४–पवित्र शास्त्रहरू (यूहन्ना ५:३९-४४)

येशूले यी यहूदीहरूलाई “____________________________मा खोजी गर”(यूहन्ना ५:३९) भन्नुभयो किनभने पवित्र शास्त्रहरू अर्को गवाही हुन् जसले प्रस्टैसँग ख्रीष्टलाई देखाउँछन्। यहूदीहरूसँग पुरानो नियम (३९ पुस्तकहरू) का पवित्र शास्त्रहरू थिए। ती पुस्तकहरूमा परमेश्वरले मसीह पठाउनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो। पुरानो नियमका पुस्तकहरूले सफासँग ख्रीष्टलाई देखाइरहेका थिए तरैपनि उहाँ यस संसारमा आउनुहुँदा यहूदीहरूले उहाँलाई इन्कार गरेः “अनि तिमीहरू ________ पाउनालाई मकहाँ ____________ छैनौ” (यूहन्ना ५:४०)। ख्रीष्ट उनीहरूलाई जीवन दिन खोजिरहनुभएको थियो तर तिनीहरू भने उहाँकहाँ आउन मन गरिरहेका थिएनन्। “म मेरा पिताको नाममा आएको छु, अनि तिमीहरू मलाई ____________ ______________” (यूहन्ना ५:४३)।

गवाही ५–मोशा (यूहन्ना ५:४५-४७)

यहूदीहरू कुनै मानिसलाई मोशालाई भन्दा ठूला ठान्दैनथे। उनी महान् व्यवस्था-दाता थिए अनि उनले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याएका थिए। मोशा पनि अर्का गवाही हुन् जसले ख्रीष्टलाई देखाए किनभने मोशाले “________ विषयमा लेखे”(यूहन्ना ५:४६)। उदाहरणका लागि, मोशाले व्यवस्था १८:१५-१९ मा एकजना आउनेवाला महान् भविष्यवक्ताको बारेमा लेखेका छन्। यी भविष्यवक्ता येशू ख्रीष्ट बाहेक अरुले हुन सक्छ र?

यसैकारण तिनीहरू ज-जसले येशू ख्रीष्टलाई इन्कार गछर्न् तिनीहरू …

  • …बप्‍तिस्मा दिने यूहन्ना र उनको सेवाकार्यलाई इन्कार गर्दै छन्
  • …येशूका आश्चर्यकर्महरूको बेवास्ता गर्दै छन्
  • …परमेश्वर पिताको गवाही र उहाँको वचनलाई इन्कार गर्दै छन्
  • …पुरानो नियम पवित्र शास्त्रहरूलाई अविश्वास गर्दै छन्
  • …मोशाका लेखोटलाई अविश्वास गर्दै छन्

तपाईंचाहिँ के गर्नुहुन्छ नि? येशू ख्रीष्ट जीवनको पानी हुनुहुन्छ। उहाँ तपाईंलाई जीवन दिन चाहनुहुन्छ। तपाईंले कहिल्यै तिर्खाउन नपरोस् भनेर उहाँ तपाईंलाई सदाका लागि तृप्‍त पार्न चाहनुहुन्छ। के तपाईं उहाँकहाँ आइसक्नुभयो? कि तपाईं उहाँकहाँ आउनालाई इन्कार गर्दैहुनुहुन्छ (यूहन्ना ५:४० मा हेर्नुहोस्)?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






क्रूसमा उचालिएका मुक्तिदाता

Study Series

क्रूसमा उचालिएका मुक्तिदाता

यूहन्ना ३ अध्यायको रूपरेखा

  1. तपाईंले नयाँ जन्म पाउनैपर्छ (यूहन्ना ३:१ -१२)
    (पद ७ पढ्नुहोस्)
  2. येशू क्रूसमा उचालिनै पर्छ (यूहन्ना ३:१३ -२१)
    (पद १४ पढ्नुहोस्)
  3. बप्‍तिस्मा दिने यूहन्ना घट्नैपर्छ र येशू बढ्नैपर्छ (यूहन्ना ३:२२ -३६)
    (पद ३० पढ्नुहोस्)

उनीहरूको विश्वासप्रति येशूको अविश्वास

यूहन्ना २ अध्यायको अन्ततिर एक किसिमका मानिसहरूको बारेमा पढ्छौं। त्यहाँ बताइएको छ, “धेरैले उहाको नाममा ______________ गरे” (यूहन्ना २:२३)। यी मानिसहरूले किन विश्वास गरे? (यूहन्ना २:२३ पढ्नुहोस् र सही उत्तरमा चिन्ह लागाउनुहोस्)

  1. येशू एकदिन उनीहरूका निम्ति क्रूसमा मरेर फेरि बौरी उठ्नुहुनेछ भन्ने जानेर यी मानिसहरूले विश्वास गरेका थिए।
  2. हामी नष्ट हुन लागेका पापी हौं र हामीलाई बचाउन सक्ने येशू मात्र हुनुहुन्छ भन्ने जानेर यी मानिसहरूले विश्वास गरेका थिए।
  3. येशूले गर्नुभएका आश्चर्यकर्महरू देखेर यी मानिसहरूले विश्वास गरेका थिए।
  4. तिनीहरू येशूलाई प्रेम गर्थे। आफ्ना पूरा हृदयले उहाँलाई पछ्‍याउन चाहेका हुनाले यी मानिसहरूले विश्वास गरका थिए।

तिनीहरूको विश्वास आँखाले देखका आश्चर्यकर्महरूमा थियो! “विश्वास” गर्ने उक्त समूहलाई देखेर के येशू गदगद हुनुभयो? “वाह!क्या राम्रो!मेरो पछि लाग्ने यी सबलाई हेर त!” के उहाँले यसरी भन्नुभयो? अहँ, उहाँको प्रतिक्रिया यसको ठीक विपरित थियो: “तर येशूले आफैलाई तिनीहरूको ____________मा छोड्नुभएन” (यूहन्ना २:२४)।

यूहन्ना २:२३ले “विश्वास” र यूहन्ना २:२४ले “भरोसा” ग्रीकमा एउटै शब्द हुन्। यी पदहरूलाई यसरी व्यक्त गर्न सकिन्छ, “धेरैले येशूलाई विश्वास गरे, तर येशूले उनीहरूलाई विश्वास गरिरहनुभएको थिएन। उहाँमाथि तिनीहरूको विश्वास थियो (आश्चर्यकर्महरू देखेका हुनाले) तर उनीहरूप्रति उहाँको विश्वास थिएन!” उनीहरूको भर छैन भनेर येशू जान्नुहुन्थ्यो किनभने “उहाँले सबै मानिसहरूलाई ___________________”(यूहन्ना २:२४)। नथनएलको बारेमा सब जान्नुहुने येशूले यी मानिसहरूको बारेमा पनि सब जान्नुहुन्थ्यो। विश्वास गर्नेहरूझैं प्रस्तुत भइरहेका यी मानिसहरूलाई उहाँले मन खोलेर ग्रहण गर्नुभएन किनभने “मानिसभित्र के हुन्छ, सो उहाँलाई ________ ________”(यूहन्ना २:२५)। उहाँ यी मानिसहरूको एक-एक कुरा जान्नुहुन्थ्यो। उनीहरूको हृदय परमेश्वरको दृष्टिमा ठीक छैन भनी उहाँ जान्नुहुन्थ्यो। उनीहरूसँग विश्वास थियो तर येशूले खोज्नुभएको जस्तो विश्वास थिएन। उनीहरूले नयाँ जन्म पाउन खाँचो थियो!

यूहन्ना ३ अध्यायमा तीमध्येको एकजनाको परिचय दिइएको छ। आश्चर्यकर्महरू देखेर ख्रीष्टमा विश्वास गर्ने एकजनाको परिचय यहाँ दिइएको छः “तपाईं परमेश्वरबाट आउनुभएको गुरु हुनुहुन्छ भनी हामीलाई थाह छ किनकि __________________ साथमा रहनुभएन भने कसैले पनि यी _____________ गर्न सक्दैन, जो तपाईं गर्नुहुन्छ” (यूहन्ना ३:२)। निकोदेमस एक “आश्चर्यकर्महरूमा विश्वास गर्ने” व्यक्ति थिए तर येशूले निकोदेमसलाई भन्नुभयो: “तिमीहरूले ________ ________ ____________पर्छ” (यूहन्ना ३:७)।

धर्मले मुक्ति पाइन्न

निकोदेमस कस्ता मानिस थिए? यूहन्ना ३:१ मा उनको बयान गरिएको छ।

उनी एक फरिसी थिए। यसको मतलब उनी एक धर्मकर्म गर्ने व्यक्ति थिए। बाइबल (पूरानो नियम) उनले पढ्ने गर्थे। उनी सभाघरमा र मन्दिरमा जाने गर्थे। उनले १० आज्ञा पालन गर्न खोज्थे।

उनी एक शासक थिए (यूहन्ना ३:१)। उनी एक साधारण यहूदी मात्र थिएनन्, तर यहूदीहरूका एक अगुवा थिए। सनहेड्रीन भनिने देशको सर्वोच्च शासकवर्गको एक सदस्य थिए उनी (यूहन्ना ७:४५ -५० पढ्नुहोस्)। उनी उच्च ओहोदाका व्यक्ति थिए।

उनी एक गुरु अर्थात् शिक्षक थिए (यूहन्ना ३:१०)। अज्ञानीलाई ज्ञान दिन सक्ने एक विज्ञ मानिन्थे उनी। तर अरुलाई सकाउने भएर पनि निकोदेमस आफैले सिक्न खाँचो थियो। सर्वोत्कृष्ट शिक्षकबाट “नया जन्म” बारे उनले सिक्न खाँचो थियो (यूहन्ना ३:२)।

निकोदेमस एक फरिसी, एक शासकशिक्षक थिए तर उनी नरकको बाटोमा हिँड्दै थिए। निकोदेमसले मुक्ति पाएका थिएनन्। निकोदेमससँग अनन्त जीवन थिएन। धेरै कुराहरू भएर पनि निकोदेमससित सबभन्दा ठूलो कुरा थिएन। निकोदेमसलाई येशूको सन्देश स्पष्ट थियो: “कोही मानिस ________ गरी ____________ भने उसले परमेश्वरको _________लाई देख्‍न सक्दैन” (यूहन्ना ३:३)। राज्यभित्र प्रवेश गर्न केवल एउटै उपाय छ, नयाँ गरी जन्मनैपर्छ!

नयाँ जन्मको अर्थ के हो?

स्वर्ग जानलाई पैसा चाहिँदैन। स्वर्ग जानलाई पढाइ चाहिँदैन। स्वर्ग जानलाई पद चाहिँदैन। तर स्वर्ग जानलाई एउटा कुरा चाहिन्छः त्यो हो, नयाँ जन्म! जसले नयाँ जन्म पाएका छैनन् उनीहरूले परमेश्वरको राज्य कहिल्यै देख्‍नेछैनन् (यूहन्ना ३:३)।

“नयाँ गरी जन्मनुपर्छ” भन्ने येशूको भनाइको अर्थ निकोदेमसले बुझेनन् (यूहन्ना ३:४)। उनले सोधे, “मानिस बूढो भएपछि कसरी जन्मन सक्छ र? के उसले आफ्नी आमाको गर्भमा दोस्रोचोटि पसेर जन्मन सक्छ र?” (यूहन्ना ३:४)। मानिस आफ्नी आमाको गर्भमा पसेर दोस्रोचोटि शारीरिक रूपमा जन्मन सक्दैन भनी उनी जान्दथे। त्यो सम्भव छैन। त्यसोभए येशूको भनाइको तात्पर्य के थियो?

येशूले निकोदेमसलाई यूहन्ना ३:५ -६ मा दिनुभएको जवाफलाई पढ्नुहोस्। येशूले प्रस्ट पार्नुभयो, उहाँ आत्मिक जन्मको कुरा गर्दैहुनुहुन्छ (“आत्माबाट जन्मिएको”), शारीरिक होइन। मानिसको पहिलो जन्म शारीरिक हुन्छ (“शरीरबाट जन्मिएको”) अनि मानिसको दोस्रो जन्म आत्मिक हुनुपर्दछ (“आत्माबाट जन्मिएको”)। योचाहिँ परमेश्वरको आत्माले गर्नुहुने एउटा काम हो।

पानी र आत्माबाट जन्मनु

मानिस पानी र आत्माबाट जन्मनुपर्छ (यूहन्ना ३:५) भन्ने येशूको भनाइको अर्थ के थियो? बाइबलको यस पदलाई धेरैजनाले गलत बुझेका छन्। “पानी” ले पानीको बप्‍तिस्माको अर्थ दिन्छ भनी विश्वास गर्नेहरू धेरै छन्। उनीहरू भन्छन्, “तिमीले पानीमा बप्‍तिस्मा लिएनौ भने परमेश्वरको राज्यभित्र पस्न सक्दैनौ र मुक्ति पाउन सक्दैनौ।” यो सत्य होइन। पानीको बप्‍तिस्मा महत्त्वपूर्ण छ तर पानीको बप्‍तिस्माले कसैलाई मुक्ति दिँदैन। पानीको बप्‍तिस्मा मुक्ति पाइसकेको व्यक्तिले गर्ने एउटा काम हो।

येशूले भौतिक पानीको कुरा गर्नुभएको होइन। भौतिक पानीले मानिसको बाहिरी अंगहरूलाई मात्र शुद्ध पार्न सक्छ। यूहन्ना ३:५ मा येशूले आत्मिक शुद्धिकरण (मानिसको भित्री शुद्धिकरण) ले कुरा गर्दै हुनुहुन्थ्यो। बाहिर सफा बन्न नुहाउनुपर्छ, साबुन र पानी चाहिन्छ। भित्र सफा बन्न अर्कै प्रकारको स्नान चाहिन्छ। साबुन र पानीले पापको मैला हटाउन सक्दैन। परमेश्वरले नै मानिसभित्र एउटा काम गर्न खाँचो छ। पानी र आत्माबाट जन्मने बारेमा बाइबलले के भन्छ, हेरौं।

यूहन्ना ३:३ अनुसार   यूहन्ना ३:५ अनुसार
परमेश्वरको राज्य देख्‍न सक्न एक व्यक्तिले _______ ________ _________________। परमेश्वरको राज्यभित्र पस्न एक व्यक्ति _______ र ________ बाट _________________।

यसकारण, नयाँ गरी जन्मनुपानी र आत्माबाट जन्मनु एउटै कुरा हो। यदि कोही नयाँ गरी जन्मेको छ भने, ऊ पानी र आत्माबाट जन्मेको छ।

पानी जुनै पनि चीज धुन प्रयोग गरिने पदार्थ हो। पानी सर्वत्र प्रयोग हुने सरसफाइको साधन हो। भुइँ सफा गर्दा तपाईं के प्रयोग गर्नुहुन्छ? ________। मुख केले धुनुहुन्छ? ________। कपडा केले धुनुहुन्छ? _______। दाँत सफा गर्न तपाईं मन्जन मात्र प्रयोग गर्नुहुन्न, तर ________ पनि प्रयोग गर्नुहुन्छ। पानीचाहिँ शुद्विकरण (कुनै चीजलाई शुद्ध पार्ने काम) ले चित्रणको रूपमा लिन सकिने कुरा हो भनेर हामी सजिलै बुझ्छौं।

पापीहरू धोइनशुद्व पारिन आवश्यक छ। येशू निकोदेमसलाई एक अत्यन्त महत्त्वपूर्ण जानकारी दिन चाहनुहुन्थ्यो: कुनै पनि अशुद्व मानिस परमेश्वरको राज्यभित्र पस्न सक्दैन! परमेश्वर भन्नुहुन्छ, कुनै पनि अशुद्व मानिसले ख्रीष्टको र परमेश्वरको _________मा कुनै पैतृक सम्पत्ति पाउनेछैन (एफेसी ५:५, गलाती ५:२१, प्रकाश २१:२७ मा पढ्नुहोस्)। राज्यमा पस्न एक व्यक्ति भित्रबाट नै शुद्व र धोइएको हुनुपर्छ अर्थात् पापहरूको क्षमा पाएको हुनुपर्छ। नधोइएको व्यक्तिलाई प्रवेश निषेध छ। कुनै पनि अशुद्व व्यक्ति परमेश्वरको राज्यमा पस्नेछैन। केवल शुद्व पारिएका पापीहरूलाई मात्र स्वर्गमा पस्न दिइनेछ। तपाईं पानीबाट जन्मनैपर्छ!तपाईं धोइनैपर्छ!

१ कोरिन्थी ६:९-१० पढौं। के कुनै अशुद्ध अर्थात् अधर्मी मानिस परमेश्वरका राज्यका हकवाला हुनेछन्? ______________। के धोइएका पापीहरू त्यस राज्यमा पस्नेछन् (१ कोरिन्थी ६:११)? ______________।

जतिखेर तपाईं यूहन्ना ३:५ लाई विचार गर्नुहुन्छ, त्यतिखेर तपाईंले तीतस ३:५लाई पनि विचार गर्नुपर्छ। यी दुवै पदहरू तेस्रो अध्यायको पाँचौं पदमा छन्, त्यसकारण यिनीहरूलाई सम्झन सजिलो छ। यी दुवै पदहरूले नयाँ गरी जन्मने बारेमा बताउँछन् (तीतस ३:५ मा पनि नयाँ जन्मको कुरा छ)। यी दुवै पदहरूले पानी र आत्माको बारेमा बताउँछन्। तीतस ३:५ मा हेरौं: “तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो–नयाँ जन्मको _________द्वारा (यो भयो पानी) र पवित्र आत्माबाटको नवीकरणद्वारा (यो भयो आत्मा”)। नयाँ जन्म पाएको व्यक्ति त्यो हो जो परमेश्वरको आत्माद्वारा पूरै शुद्ध अनि नवीकृत भएको छ।

पानी र आत्माको बारेमा बताउने निम्न तीनओटा पदहरूलाई अध्ययन गरौं:

यूहन्ना ३:५ तीतस ३:५ १ कोरिन्थी ६:११
१) पानी
२) आत्माबाट जन्मेको
१) नयाँ जन्मको स्नानद्वारा
२) आत्माबाटको नवीकरणद्वारा
तिमीहरू १) धोइएका छौ
२) आत्माद्वारा धर्मी ठहरिएका छौ

हामीलाई उहाँको राज्यभित्र प्रवेश गर्न योग्य बनाउन जुन अचम्मका कामहरू परमेश्वरले एक व्यक्तिभित्र गर्नुहुन्छ, ती कामहरूको बारेमा यी माथिका पदहरूले बताइरहेका छन्।

यूहन्ना १३:५ मा उल्लेखित पानीको विचार गरौं। येशूले एउटा महत्त्वपूर्ण आत्मिक सत्यता दर्शाउन पानी‍ प्रयोग गर्नुभयो। के पत्रुस एउटा “धोइएका” चेला थिए? के पत्रुस भित्रदेखि शुद्ध थिए (यूहन्ना १३:९ -१०)? ________। कुन चेला पानीबाट जन्मेको थिएन? कुन चेला नधोइएको हुनाले अशुद्ध थियो अर्थात् नयाँ गरी जन्मेको थिएन (यूहन्ना १३:१० -११ र यूहन्ना १३:२लाई आपसमा तुलना गर्नुहोस्)? ____________________________। के ऊ परमेश्वरको राज्यमा प्रवेश गर्नेछ? ____________।

एफेसी ५:२५ -२६ मा पनि यस पानीले उल्लेख छ, “ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो — त्यसलाई ___________द्वारा _______को _________ले पवित्र पार्नालाई।” एक व्यक्ति कसरी धोइन्छ? वचनद्वारा!

परमेश्वरको वचन शुद्धिकरण (शुद्ध गर्ने काम) ले निम्ति नभई नहुने कुरा हो। परमेश्वरको वचन ऐना हो जसले हामीलाई हामी बास्तवमा नै कति अशुद्ध छौं भनेर हाम्रो पाप देखाउँछ। बाइबलले हाम्रो पाप मात्र देखाउँदैन, यसले पापीका एउटै मुक्तिदातालाई पनि देखाउँदछ। उहाँमाथि विश्वास गर्नेहरूलाई मुक्तिदाताले बचाउनुहुनेछ भन्ने उहाँका प्रतिज्ञाहरूलाई पनि बाइबलले देखाउँदछ। परमेश्वरको वचनबिना एक व्यक्तिले कहिल्यै मुक्ति पाउन सक्ने थिएन, कहिल्यै नयाँ गरी जन्मन सक्ने थिएन। निम्नलिखित पदहरूले परमेश्वरको वचनको ‍महत्त्वलाई दर्शाउँदछन्:

  1. भजनसंग्रह ११९:९ – “एउटा जवान मानिसले आफ्नो चालचलन कसरी __________ राख्‍नेछ? तपाईंका ____________मा ध्यान दिएर नै हो।“
  2. यूहन्ना १५:३ – “मैले तिमीहरूलाई भनेको ____________द्वारा तिमीहरू __________ छौ।“
  3. १ पत्रुस १:२३ -२५ – “किनकि नाशहुने होइन, तर नाश नहुने बीउबाट ______________को जिउँदो र सँधैभरि रहने ____________द्वारा ________________छौं।”
  4. याकूब १:१८ – “उहाँले हामीलाई आफ्नै इच्छा अनुसार सत्यको ____________द्वारा जन्माउनुभयो।”
  5. परमेश्वरको वचनले दुइटा काम गर्छ: पहिलो, यसले मानिसलाई ऊ कति ठूलो पापी रहेछ भन्ने देखाउँछ (रोमी ३:१० -२३)। दोस्रो, यसले मानिसलाई ख्रीष्ट कति महान् मुक्तिदाता हुनुहुन्छ भन्ने देखाउँछ (रोमी ३:२४ -२५)।

निकोदेमस एक यहुदी थिए जसलाई पुरानो नियमको पूरा ज्ञान हुनुपर्थ्यो। यूहन्ना ३:९ मा हामी देख्दछौं कि येशूले कुन विषयमा कुरा गर्दै हुनुहुन्थ्यो भनेर निकोदेमसले अझै बुझेका थिएनन्। यूहन्ना ३:१० मा येशूले निकोदेमसलाई यी कुराहरू उनले अघिबाट नै जानेको हुनुपर्थ्यो भनी भन्नुभयो। उनले पानी र आत्माको बारेमा बुझ्न सक्नुपर्थ्यो। उनलाई इजकिएल ३६:२५ -३९ राम्रैसँग थाह हुनुपर्थ्यो। के यहाँ पानीको उल्लेख छ? ________। के यहाँ शुद्ध हुने र शुद्ध पारिने विषय उल्लेख छ? _______। यस खण्डमा परमेश्वरले मानिसभित्र एउटा अचम्मको काम गर्ने प्रतिज्ञा गर्नुभयो (इजकिएल ३६:२६ -२७)। यर्मिया ४:१४ र यशैया १:१६ पनि पढ्नुहोस्।

नयाँ जन्म कसरी पाउन सकिन्न

तपाईं शारीरिक जन्मद्वारा आफ्नो परिवारको सदस्य बन्नुभयो। पहिलो जन्मद्वारा तपाईं आफ्ना बाबुआमाको छोरा वा छोरी बन्नुभयो। जब कुनै मानिस नयाँ गरी जन्मन्छ, ऊ परमरश्वरको घरानाको सदस्य बन्दछ अर्थात् परमेश्वरको सन्तान (यूहन्ना १:१२) बन्दछ। कुनै पनि व्यक्तिले नयाँ जन्म कसरी पाउँदैन भन्ने विषयमा यूहन्ना १:१३ले तीनओटा कुराहरू बताइएको छ।

(१) “न ता रगतबाट”

बाबुआमा र छोराछोरीको बीचमा रगतको नाता हुन्छ अनि थुप्रै कुराहरु छन् जुन बाबुआमाले आफ्ना छोराछोरीलाई दिन सक्छन्, जस्तै, आँखाको रंग, कपालको रंग, अनुहारका आकारहरू, शरीरको बनावट आदि। तर त्यहाँ एउटा कुरा छ जुन आमाबाबुले आफ्ना छोराछोरीहरूलाई कहिल्यै दिन सक्देनन्, त्यो हो नयाँ जन्म। तपाईंका आमाबाबुले तपाईंलाई पहिलो जन्म दिन सक्नुहुन्छ तर उनीहरूले तपाईंलाई दोस्रो जन्म दिन कहिल्यै सक्दैनन्।

ख्रीष्टियन आमाबाबुहरूले ख्रीष्टियन नानीहरू जन्माउँदैनन्। नयाँ जन्म पाएका बाबुआमाहरूका नयाँ जन्म पाएका छोराछोरीहरू जन्मँदैनन्। यदि तपाईंको पनि कुनै ख्रीष्टियनसँग रगतको नाता पर्छ भने यसले तपाईंलाई ख्रीष्टियन बनाउँदैन। मुक्ति आमाबाबुबाट छोराछोरीमा र्सर्ने कुरा होइन।

अब्राहमका वंशका भएका हुनाले धेरै यहूदीहरूले आफूहरूले मुक्ति पाएका छौं भनी विचार गरे (मत्ती ३:९; यूहन्ना ८:३९)। के तिनीहरूको विचार ठीक थियो (यूहन्ना ८:४४ सँग दाजौं)? ________________। आमाबाबुले आफ्ना छोराछोरीका लागि प्रार्थना गर्न सक्छन्, उनीहरूलाई सिकाउन सक्छन् अनि आफ्ना छोराछोरीको सामु नमुना भएर परमेश्वरको डरमा जिउन सक्छन् तर आफ्ना छोराछोरीलाई नयाँ जन्म दिन सक्दैनन्।

(२) “न ता शरीरको इच्छाबाट”

मानिसको सम्पूर्ण ताकत र सार्मथ्यले उसलाई कहिल्यै परमेश्वरको सन्तान बनाउँदैन। येशूले भन्नुभयो “शरीरबाट जन्मिएको चाहिँ ____________ हो” (यूहन्ना ३:६)। अहो, मानिसहरूले जतिसुकै बदलिने आकांक्षा राखे पनि, उसले आफैलाई बदल्न सक्दैन। जसरी चितुवाले आफ्ना टाटाहरू बदल्न सक्दैन, अनि इथियोपियायी (अफ्रिकी)ले आफ्नो छालाको रंग बदल्न सक्दैन, त्यसरी नै पापी हृदय भएको मानिसले आफ्नो दुष्ट स्वभावलाई बदल्न सक्दैन (यर्मिया १३:२३ मा हेरौं)। यस्तो परिवर्तन परमेश्वरले मात्र ल्याउन सक्नुहुन्छ।

(३) “न ता मानिसको इच्छाबाट”

सुरुका ख्रीष्टियनहरू धेरै बर्ष रोमी सम्राटहरूबाट सताइए अनि धेरै मारिए। आखिरमा सत्ता कन्सटेन्टाइनको हातमा पर्‍यो (करिब ३०० ई .सं . तिर)। उसले ख्रीष्टियन “धर्म”लाई साम्राज्यको आधिकारीक धर्म बनाउन चाहे। उनले आफ्ना राज्यका सबै ख्रीष्टियन हुनुपर्छ भन्ने इच्छा गरे, तर के यसले सबैलाई ख्रीष्टियन बनायो त? ______________। हो, राजा होस् वा राजकुमार अथवा पूजाहारी वा पोप होस् वा पाष्टर, कसैले पनि एक व्यक्तिलाई परमेश्वरको सन्तान बनाउन सक्दैनन्। पृथ्वीको सबभन्दा शक्तिशाली मानिसले पनि एक व्यक्तिलाई शुद्ध हृदय र नयाँ जीवन दिन सक्दैन। परमेश्वरले मात्र यो काम गर्न सक्नुहुन्छ।

परमेश्वरको कार्य

नयाँ जन्म कुनै पनि मानवीय तवरले हुने कुरा होइन, तर पूरै परमेश्वरबाट हुने कुरा हो (यूहन्ना १:१३)। यो परमेश्वरले गर्नुभएको त्यस्तो अचम्मको कार्य हो जसद्वारा एक व्यक्ति परमेश्वरको सन्तान बन्दछ (यूहन्ना १:१२)। उसको पहिलो जन्मद्वारा मानिस आदमको पतित वंशको सदस्य बन्दछ। उसको दोस्रो जन्मद्वारा भने मानिस परमेश्वरको परिवारको सदस्य बन्दछ। जब कसैले नयाँ जन्म पाउँछ, तब उसले एउटा नयाँ जीवन पाउँछ (यूहन्ना ३:१५), एउटा नयाँ हृदय पाउँछ (इजकिएल ३६:२५ -२७), एउट नयाँ स्वभाव पाउँछ (२ पत्रुस १:४) अनि ऊ एउटा नयाँ ________ हो (२ कोरिन्थी ५:१७)। नयाँ गरी जन्मन र परमेश्वरको सन्तान हुनलाई, उसले कुन काम गर्नैपर्छ (यूहन्ना १:१२)? _____________ ________________________________________________।

आत्मा अनि बतास

यूहन्ना ३:८ मा येशू परमेश्वरका आत्माका कामलाई हावासँग दाँज्नुहुन्छ। हावा अदृश्य हुन्छ अर्थात् यसलाई देख्‍न सकिँदैन। हावालाई तपाईं देख्‍न सक्नुहुन्न तर हावाले गरेको कामलाई देख्‍न सक्नुहुन्छ। तपाईं रूखका पातहरू हल्लिरहेको देख्‍नुहुन्छ। डोरीमा सुकाइएको लुगालाई हावामा हल्लिरहेको देख्‍नुहुन्छ। सिर्र चलिरहेको बतासमा झण्डा फर्फराइरहेको पनि देख्‍नुहुन्छ।

परमेश्वरको आत्मा पनि त्यस्तै हुनुहुन्छ। एकजना ख्रीष्टियनलाई हेर्दैमा तपाईं परमेश्वरको आत्मालाई देख्‍नसक्नुहुन्न, तरैपनि उहाँको कामचाहिँ देख्‍न सक्नुहुन्छ। पवित्र आत्माले एक व्यक्तिको जीवनमा साँच्चै काम गर्दैहुनुहुन्छ भने त्यो देखिनुपर्छ। आफूभित्र पवित्र आत्मा बास गरिरहनुभएको मानिसहरूले देख्‍न सक्दैनन्, तरैपनि के तिनीहरूले आत्माका फल देख्‍न सक्छन् (गलाती ५:२२ -२३, एफेसी ५:९)? ___________। निश्चय नै, मानिसहरूले हाम्रो जीवन देख्‍न सक्छन्, अनि बोली र व्यवहार देख्‍न सक्छन् अनि तिनीहरूले हाम्रो जीवनमा आत्माले काम गरिरहनुभएको प्रमाण देख्‍न सक्छन्। के तपाईंको दिनप्रतिदिनको जीवनमा, तपाईंको बोली र व्यवहारबाट आत्माको “आवाज” सुन्न सकिन्छ?

उजाडस्थानको साँप

यूहन्ना ३:१४ मा खम्बामा उचालिएको साँप र क्रूसमा मारिनलाई उचालिनुभएको येशू ख्रीष्टको बीचमा एक महत्त्वपूर्ण तुलना गरिएको छ। “अनि जसरी मोशाले उजाडस्थानमा ________लाई उचाले, त्यसरी नै ____________का ________ ______ उचालिनुपर्छ (यूहन्ना ३:१४)। मोशाले उचालेका साँप क्रूसमा मारिनलाई झुन्डयाइनुभएको ख्रीष्टको चित्रण थियो।

“उजाडस्थानको साँप” ले घटना विवरण पुरानो नियमको गन्ती २१:४ -९ मा पाइन्छ। यात्रा गर्ने क्रममा सोझो बाटो छोडेर घुमाउरो र ज्यादै लामो बाटो हिँड्नुपरेको कारण इस्राएलीहरूले हरेस खाएका थिए (गन्ती २१:१४)। यस्तो अप्ठेरो परिस्थितिमा परमेश्वरमा भरोसा गर्नुको सट्टा तिनीहरूले गनगन गरे अनि परमेश्वरको विरुद्घमा पाप गरे (गन्ती २१:५)। तिनीहरूको ठूलो पापको कारण परमेश्वरले तिनीहरूको बीचमा विषालु ___________ पठाइदिनुभयो (गन्ती २१:६)। के ती साँपहरूले तिनीहरूलाई डसे (गन्ती २१:६)? ________। के ती विषालु थिए (गन्ती २१:६)? ____________। के मानिसहरूले आफ्ना पाप स्वीकार गरे (गन्ती २१:७)? ______________। के तिनीहरूले छुटकाराको निम्ति गुहार मागे (गन्ती २१:७)? ______________। उजाडस्थानको साँपको अध्ययनबाट हामीलाई चारओटा सत्यताहरू स्पष्ट हुन्छन्:

  1. तिनीहरूले परमेश्वरको विरुद्घमा पाप गरेका थिए।
  2. तिनीहरू नाश भइरहेका थिए।
  3. तिनीहरू आफैलाई बचाउन केही गर्न सक्दैनथे।
  4. तिनीहरूलाई परमेश्वरले मात्र सहायता गर्न सक्नुहुन्छ भनी तिनीहरूले थाह पाए।

यी चार सत्यताहरू तपाईंको जीवनसित पनि मेल खान्छन् कि? ______________।

परमेश्वरसँग एउटा उपाय थियो। परमेश्वरसँग निको पार्ने एउटा औषधी थियो। परमेश्वरले मोशालाई एउटा साह्रै अनौठो लाग्ने काम गर्न लगाउनुभयो (गन्ती २१:८)। परमेश्वरले मोशालाई भन्नुभयो, पित्तलको साँपको प्रतिरुप (दुरुस्तै साँप जस्तो) बनाउनू अनि त्यसलाई एउटा खम्बाको माथि सबैले देख्‍ने गरी टाँग्नू। डसिएका इस्राएलीमध्ये तपाईं पनि हुनुभएको भए, तपाईंले बाँच्नको निम्ति कुन काम नगरी हुदैहुँदैन थियो (गन्ती २१:८)? __________________ ____________________________________________।

डसिएको व्यक्तिले खम्बामा उचालिएको पित्तले साँपलाई हेर्नैपर्थ्यो। उसले आफैलाई हेर्नुहुँदैनथ्यो। उसले आफ्ना घाउहरूलाई हेर्नुहुँदैनथ्यो। उसले आफ्नो जीउमाथि सल्बलाइरहेका ती विषालु साँपको ताँतीलाई हेर्नुहुँदैनथ्यो। उसले आफ्ना वरिपरि मरिरहेकाहरूलाई हेर्नुपर्दैनथ्यो। उसले मोशालाई हेर्नुपर्दैनर्थ्यो। उसले केवल सोझै परमेश्वरको प्रबन्धमाथि आँखा लगाउनुपर्थ्यो। अन्य कतै हेर्नु भनेको मर्नु थियो। खम्बाको साँपलाई हेर्नु भनेको जिउनु थियो। आफैलाई निको पार्ने कुनै उपाय थिएन उनीहरूसित। उनीहरूको एउटै आशा थियो, आफूभन्दा बाहिर रहेको कुरामा हेर्नु।

अब हामी यूहन्ना ३:१४ -१५ अध्ययन गर्न तयार छौं। हामीहरू हरेक नै पापको साँपद्वारा डसिएका छौं, “अनि पाप पूरा बढाइएपछि त्यसले __________ उत्पन्न गर्छ (याकूब १:१५)। आदम पनि पापको साँपद्वारा डसिएका थिए र त्यसको विष सम्पूर्ण मानवजातिमा फैलिएको छ (रोमी ५:१२)। अन्तमा हामी परमेश्वरकहाँ यसो भन्दै पुकारा गर्छौं, “मैले पाप गरे!”। परमेश्वरको जवाफ ज्यादै स्पष्ट छः “मसँग समाधानको उपाय छ!मसँग त्यसको औषधी छ!कलवरी क्रूसको खम्बामा उचालिनुभएको मुक्तिदातालाई हेर!पापको रोगलाई निको पार्ने परमेश्वरको एउटै मात्र औषधी उहाँ नै हुनुहुन्छ!अरु कतै हेर्‍यौ भने तिमी नष्ट हुनेछौ!येशूलाई हेरे र बाँच!”

क्रूसमा उचालिनुभएको परमेश्वरको पुत्रलाई हेर्नेहरू र उहाँमाथि विश्वास गर्नेहरू ____________ हुनेछैनन् तर तिनीहरूले _____________ जीवन पाउनेछन् (यूहन्ना ३:१५ -१६)।

जीवन छोटो छ!

मृत्यु निश्वित छ!

मृत्यु पापले ल्यायो!

मुक्ति ख्रीष्टमा छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)