Entries by Pradesh Shrestha

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग ३

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग ३​

 

 (५) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू अन्धा छन्

१) विश्वास नगर्ने व्यक्ति शैतानद्वारा अन्धा पारिएको हुन्छ (२ कोरिन्थी ४:४)

२ कोरिन्थी ४:४ मा शैतानलाई कुन नामले जनाइएको छ? ____________को ______________। (टिप्पणीः “संसार” शब्दलाई “युग” भनेर अनुवाद गर्न सकिन्छ )। २ कोरिन्थी ४:४ ले सिकाउँछ, तिनीहरूमा सुसमाचारको ज्योति चम्कन नपाओस् भन्ने हेतुले शैतानले मानिसहरूलाई अन्धा बनाउँछ। यी मानिसहरू विश्वास गर्नेहरू हुन् कि नगर्नेहरू? ____________________। २ कोरिन्थी ४:३ मा यही खाले मानिसहरूको बयान गर्ने एउटा वाक्यांश छ। त्यो वाक्यांश कुन हो? “__________ हुनेहरू”। यी पदहरूअनुसार, मानिसहरूले सुसमाचार बुझेको र विश्वास गरेको शैतानले चाहन्छ कि चाहँदैन? __________________ (टिप्पणीः सुसमाचारको माने प्रभु येशू ख्रीष्ट सम्बन्धीको शुभ-सन्देश हो, १ कोरिन्थी १५:१-५)। लूका ८:४-५ र ८:११-१२ पढ्नुहोस्। लूका ८:१२ अनुसार शैतानले कुन कुरा रुचाउँदैन? निम्नमध्ये दुइटालाई गोलो चिन्ह लगाउनुहोस्:

(क) मान्छे धर्ममा लागेको (घ) परमेश्वरको वचनमा विश्वास गरेको
(ख) मण्डलीको सभामा गएको (ङ) मुक्ति पाएको
(ग) गरिबलाई पैसा दिएको (च) उसलाई मान्छेले हप्काएको

२) परमेश्वरको सत्यतालाई बुझ्न नसक्ने भएकोले एउटा विश्वास नगर्ने व्यक्ति अन्धा हुन्छ (१ कोरिन्थी २:१४)।

येशूले यूहन्ना १४:२६ मा उल्लेख गर्नुभएको सिद्घ शिक्षकले हुनुहुन्छ? ________________________। यूहन्ना १५:२६ मा उक्त शिक्षकका दुइटा नामहरू उल्लेख छन्। ती नामहरू के-के हुन्?

(१) ______________________ (२) ______________________

(शब्दार्थ: “शान्तिदाता” भनेर अनुवाद गरिएको ग्रीक शब्द “पाराक्लेटस्‌” को माने “सहायक” हो। पवित्र आत्मा नै हुनुहुन्छ जसले विश्वासीलाई सान्त्वना, सहायता, उत्साह दिनुहुन्छ र सिकाउनुहुन्छ।)

येशूले यूहन्ना १६:१३ मा यस शिक्षकले उनीहरूलाई कुन कुरामा डोर्‍याउनुहुनेछ भनी चेलाहरूलाई प्रतिज्ञा गर्नुभयो? __________ ________________भित्र।

१ कोरिन्थी ६:१९ अनुसार हरेक विश्वासीभित्र ____________ __________ बास गर्नुहुन्छ। रोमी ८:९ पढ्नुहोस्। यदि एउटा व्यक्तिभित्र पवित्र आत्मा बास गर्नुहुन्न भने ऊ ख्रीष्टको हो कि होइन? ____________। रोमी ८:११ अनुसार हरेक साँचो विश्वासीभित्र को बास गर्नुहुन्छ? ____________________________। रोमी ८:१५-१६ अनुसार मुक्ति पाएकै घडी हामीले के पायौं? __________________________________। त्यसैले कतिजना ख्रीष्टियनहरूभित्र यस सिद्घ शिक्षक अर्थात् सत्यको आत्मा बास गरिरहनुभएको छ? ______________।

१ कोरिन्थी २:९-१६

पद ९ – विश्वासीहरूका निम्ति परमेश्वरले तयार पार्नुभएका कुराहरूको बारेमा हामीले कसरी जान्न सक्छौं? के हामीले ती कुराहरूको बारेमा हाम्रा आँखाहरूद्वारा जान्न सक्छौं? ________________। हाम्रा कानहरूद्वारा? ______________। हाम्रो विचार-शक्तिद्वारा? ______________।

पद १० – हामीले परमेश्वरको सत्यता सिक्न सक्ने एउटै उपाय के हो? ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्:

(क) चार वर्ष कलेज (विशेषतः बाइबल कलेज ) गएर
(ख) धर्म र बाइबल सम्बन्धी पुस्तकहरू पढेर
(ग) परमेश्वरले आफ्नो सत्यता हामीलाई प्रकट गरिदिनुभएर
(घ) सुन्दर सूर्‍योदय हेरेर
(ङ) लामो समयसम्म सोच-विचार वा ध्यान गरेर

१ कोरिन्थी २:१० बाट हामी सिक्छौं, उहाँको सत्यता परमेश्वरले हामीलाई __________________ ____________द्वारा प्रकट गर्नुहुन्छ। के त्यहाँ परमेश्वरको बारेमा वा परमेश्वरको सत्यताको बारेमा केही कुरा छ जुनचाहिँ पवित्र आत्माले बुझ्नुहुन्न? ________। स्मरण होस्, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ (प्रेरित ५:३-४ हेर्नुहोस् )। १ कोरिन्थी २:१० अनुसार परमेश्वरका गहिराइका कुराहरू र गहिरा सत्यताहरू साँच्चै बुझ्ने को हुनुहुन्छ? ____________________।

पद ११ के कुनै मानिसले परमेश्वरको सहायताबिना परमेश्वरका कुराहरू जान्न र बुझ्न सक्छ? ________________। यस पदअनुसार यी कुराहरू कसले जान्दछन्? ____________ ______________। यशैया ५५:८-९ पढ्नुहोस्। के परमेश्वरका विचारहरू तपाईंका विचारहरूभन्दा ज्यादै उच्च र महान् छन्? __________। रोमी ११:३३-३४ पढ्नुहोस्। के प्रभुलाई कुनै शिक्षकको खाँचो छ? ________। के त्यहाँ कुनै कुरा छ जो प्रभु जान्नुहुन्न? __________। के त्यहाँ कुनै कुरा छ जो तपाईं जान्नुहुन्न? ________। के तपाईंलाई शिक्षक चाहिन्छ? ________________। यो शिक्षक को हुनुपर्छ? ____________________________। निम्नमध्ये सही भनाइहरूलाई गोलो चिन्ह लगाउनुहोस्:

(क) म परमेश्वरको सत्यता प्रभुको सहायताबिनै सिक्न सक्छु।

(ख) उहाँ आफैले प्रकट नगरिदिनुभएसम्म र नसिकाउनुभएसम्म मैले परमेश्वरको वचनको बारेमा र उहाँको सत्यताको बारेमा कुनै पनि कुरा सिक्नु असम्भव छ।

(ग) बाइबलको सही अर्थ के हो भनेर प्रभुले मलाई नदेखाउनुभएसम्म र नसिकाउनुभएसम्म म कहिल्यै यसको सही अर्थ जान्न सक्नेछैन।

(घ) म आफै पनि बाइबल बुझ्न सक्छु, तर प्रभुको सहायताले सायद म अझ धेरै सिक्नेछु।

पद १२ – मुक्ति पाएकै घडी हरेक विश्वासीले के पाउँछ? __________________________। यस पदले हामीलाई सिकाउँछ, उहाँले हामीलाई सित्तैंमा ____________________ कुराहरूलाई हामीले जा__________ परमेश्वर चाहनुहुन्छ, यसैकारण उहाँले हामीलाई पवित्र ______________ हाम्रो शिक्षक हुनलाई दिनुभएको छ । तपाईंले उहाँको सत्यता बुझ्नुभएको के परमेश्वर चाहनुहुन्छ? ____________________। १ कोरिन्थी १४:२० पढ्नुहोस्। उहाँको सत्यता बुझ्ने सवालमा परमेश्वर के चाहनुहुन्छ — हामी बालकै रहेको कि पूरा बढेको मानिस बनेको? ________________________________।

पद १३ – हामी परमेश्वरको सत्यता हाम्रो आफ्नै बुद्धिले सिक्छौं कि पवित्र आत्माद्वारा सिकाइएर सिक्छौं? ___________________________ _____________________________।

पद १४ – “शारीरिक मानिस” मुक्ति नपाएको मानिस हो। यस पदले हामीलाई सिकाउँछ, परमेश्वरको सत्यताबारे मुक्ति नपाएको प्रत्येक पुरुष, महिला, केटा र केटी अन्धा हुन्छ। के शारीरिक मानिसले परमेश्वरको वचनको सत्यताहरू ग्रहण गर्न सक्छ? ____________। के उसले तिनीहरूलाई जान्न र बुझ्न सक्छ? ____________। मुक्ति नपाएको मानिसलाई परमेश्वरको सत्यता कस्तो लाग्छ भनेर दर्शाउने शब्द कुन हो? ____________। यसकारण तपाईंले मुक्ति नपाएको कुनै मानिसलाई बाइबलबाट केही कुरा बताउनुहुँदा, उसले तपाईंको खिल्ली उडाउँछ भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? __________। यदि उसले परमेश्वरको वचन बुझ्न सकेन भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? ________।

१ कोरिन्थी २:१४ मा “शारीरिक” भनेर अनुवाद गरिएको शब्दलाई यहूदा १९ मा “विलासी” भनेर अनुवाद गरिएको छ। यसरी यहूदा १९ बाट हामी सिक्छौं कि शारीरिक (विलासी ) मानिस त्यो हो जससँग ____________ हुँदैन। हामीले यसभन्दा अघि सिकिसकेको आधारमा, ती एकमात्र व्यक्ति को हुन् जसले हामीलाई परमेश्वरको सत्यता सिकाउन र प्रकट गराउन सक्नुहुन्छ? ____________ ____________। यदि कसैसँग यस शिक्षक हुनुहुन्न भने, के उसले सत्यता सिक्न सक्छ? ______________। शारीरिक मानिस (मुक्ति नपाएको मानिस) सँग के यस शिक्षक हुनुहुन्छ? __________________। १ कोरिन्थी १:१८ पढ्नुहोस्। येशूले हाम्रो निम्ति क्रूसमा गर्नुभएको कार्य एउटा शारीरिक मानिसले बुझ्दछ? ________________। मुक्ति नपाएको व्यक्तिले क्रूसप्रति कस्तो धारणा राख्दछ? उसको धारणालाई ठीकसँग बयान गर्ने शब्द कुन हो? ____________। क्रूसमा मर्नुभएको मुक्तिदातामाथि विश्वास गर्नु नै मुक्ति पाउने एउटै उपाय हो भनेर तपाईंले कसैलाई बताउनुहुँदा, यदि उसले तपाईंलाई मूर्ख ठान्दछ भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? ______________। १ कोरिन्थी १:१८ अनुसार कस्तो व्यक्तिले क्रूसको अर्थलाई साँच्चै बुझेको हुन्छ? __________ ________________। केवल परमेश्वरले मात्र अन्धाका आँखा खोलिदिन सक्नुहुन्छ। शारीरिक मानिस आत्मिक अन्धा हो र उसले सत्य बुझ्न सक्दैन। केवल परमेश्वरले मात्र एउटा शारीरिक मानिसको आँखा खोलिदिन सक्नुहुन्छ, नयाँ जन्मको आश्चर्यकर्मद्वारा (यूहन्ना ३:३-५)। नयाँ जन्म पाएकै घडी एउटा मानिसले पवित्र आत्मा पाउँदछ, र एउटा नयाँ जन्मेको बालकले झैं, उसले परमेश्वरको वचनको विशुद्घ दूधको तिर्सना गर्दछ जसद्वारा उसले सिक्न सक्छ, जसद्वारा ऊ बढ्न सक्छ (१ पत्रुस २:२)। त्यहाँदेखि पवित्र आत्मा उसको शिक्षक हुनुहुनेछ!

पद १५ – आत्मिक मानिस त्यो हो जोसँग पवित्र आत्मा हुनुहुन्छ। ऊ एउटा विश्वासी हो जसले पवित्र आत्मालाई आफ्नो शिक्षक हुन दिएको छ। आत्मिक मानिसले परमेश्वरको वचनलाई प्रेम गर्दछ (भजनसंग्रह ११९:९७), र निरन्तर उसको प्रार्थना यो हुन्छः “मेरा ____________ खोलिदिनुहोस्, र म तपाईंका __________________बाट _________________ _____________ देख्‍न सकूँ” (भजनसंग्रह ११९:१८)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






किन सबैलाई मुक्तिको खाँचो छ? – भाग २

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग २

 

(२) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू दुष्ट छन्

 

१) यर्मिया १७:९-१०

“मानिसको हृदय सबै कुराभन्दा __________ हुन्छ, र त्यसलाई __________ पार्न सकिँदैन।” हाम्रो भयङ्कर दुष्टताको कारण परमेश्वर हामीलाई उपचारै नलाग्ने प्राणघातक रोगले ग्रस्त मानिससित तुलना गर्नुहुन्छ। यो रोग क्यान्सर वा कुष्ठरोगभन्दा पनि अति नै डरलाग्दो रोग हो। यो नम्बर १ प्राणघातक रोग हो, पाप!!

२) मर्कूस ७:२०-२३

यो भनाइ प्रभु येशू ख्रीष्टको हो। के प्रभु येशू यर्मिया १७:९ सित सहमत हुनुहुन्छ? ____________________। प्रभु येशूको भनाइअनुसार (मर्कूस ७:२०-२३) मानिसको हृदय मौलिक रूपमा खराब छ कि असल? ____________। हाम्रो भित्रबाट निस्केर आउने ६ ओटा कुराहरूलेख्‍नुहोस् जसले हाम्रो हृदय दुष्ट र रोगी छ भन्ने प्रमाण दिन्छ (मर्कूस ७:२१-२२):

(१) ______________________ (४) ______________________
(२) ______________________ (५) ______________________
(३) ______________________ (६) ______________________

मर्कूस ७:२३ मा येशूले यी कुराहरू ______________ कुराहरू हुन् भनी भन्नुभयो। मर्कूस ७:२१-२२ अनुसार मानिसको मूल समस्या के हो? सही उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्:

(१) गाँस (४) भ्रष्टाचारी सरकार
(२) बास (५) वातावरणीय प्रदुषण
(३) युद्घ (६) एक दुष्ट र दुषित हृदय

३) मत्ती ७:९-११

यी पदहरूअनुसार, प्रभु येशूले मानिसहरू असल छन् भनी भन्नुभयो कि दुष्ट? __________। यी पदहरू (विशेष गरी ११ औं पद) अनुसार, के एउटा दुष्ट मानिसले असल कामहरू गर्न सक्छ? __________________। तसर्थ, कसैले असल र दयालु काम गर्छ भने त्यो व्यक्ति दुष्ट होइन भन्न मिल्छ? ______________।

(३) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू हराएका छन्

 

१) लूका १९:१०

आफूले खोज्न र मुक्त गर्न आउनुभएका मानिसहरू कस्ता मानिसहरू हुन् भनी प्रभु येशूले भन्नुभयो? ______________________।

२) यशैया ५३:६

यस पदमा यशैया भन्छन्, हामी हराएका ________________ जस्तै छौं। यशैया ५३:६ अनुसार हामीहरूमध्ये कतिजना परमेश्वरदेखि बरालिएका र भौंतारिएर टाढा पुगेका रहेछौं? __________। यशैया ५३:६ मा हामी सिक्छौं कि परमेश्वरको मार्गमा हिँड्नुको सट्टा हामी सबै नै ______________ बाटोतिर लागेका छौं र न्यायकर्ता २१:२५ मा हामी सिक्छौं कि हरेक मानिसले ____________ ____________ जे ठीक लाग्यो त्यही गर्दथ्यो। मत्ती १०:६ मा परमेश्वरले यहूदीहरूलाई “इस्राएलका घरानाका __________________ __________________ भनी बयान गर्नुभयो। मत्ती ९:३६ मा मानिसका भीडहरूलाई देखेर प्रभु दयाले भरिनुभयो किनकि “तिनीहरू ____________ नभएका ________________ झैं क्लान्त भएका र ____________ पारिएका थिए।” १ पत्रुस २:२५ मा मुक्ति पाउनभन्दा अघि हामी कस्ता थियौं भनी बयान गरिएको छ? __________________________________________। मुक्ति पाएपछि हामी कसकहाँ फर्केकाछौं (१ पत्रुस २:२५)? __________________________________________________ ________________________। यूहन्ना १०:११ र भजनसंग्रह २३:१ पढ्नुहोस्। हाम्रा प्राणहरूका गोठाला र अध्यक्ष को हुनुहुन्छ? ________________। (शब्दार्थ: ग्रीक भाषामा “अध्यक्ष” (एपिस्कोपस्) = हामीलाई खतरादेखि जोगाउन हाम्रो हेरविचार र रेखदेख गर्ने व्यक्ति, एक “निरिक्षक”)

(४) सबै मानिसहरूलाई मुक्तिको खाँचो छ किनकि सबै नै मरेका छन्

 

१) उत्पत्ति २:१७

उसले प्रतिबन्धित फल खाएमा आदमलाई के हुनेछ भनी परमेश्वरले भन्नुभएको थियो? ________________________________________________। त्यो कहिले हुनेछ भनी परमेश्वरले भन्नुभयो? ________________________________। फल खाएकै दिनमा के आदम शारीरिकरूपमा मरे? उत्पत्ति ५:३-५ पढेर यस प्रश्‍नको जवाफ पत्ता लगाउनुहोस्: ________________। यसकारण उत्पत्ति २:१७ मा के परमेश्वरले शारीरिक मृत्युकै कुरा गर्दै हुनुहुन्थ्यो? ______________________। उत्पत्ति २:२५ र ३:६-७ पढ्नुहोस्। आदम र हवाले पाप गरेपछि के उनीहरूमा कुनै परिवर्तन आयो? ____________। उत्पत्ति ३:१९ अनुसार के शारीरिक मृत्यु पनि आदमको पापकै कारण आइपरेको एउटा श्राप हो? ____________।)

२) एफेसी २:१

मुक्ति पाउन अघि हामी ________________ र ________मा ____________ थियौं (एफेसी २:५ र कलस्सी २:१३ मा पनि हेर्नुहोस्)।

३) यूहन्ना ५:२४

मुक्ति पाएकै घडी एक व्यक्ति __________बाट ____________मा र्सदछ (१ यूहन्ना ३:१४)। तसर्थ, मुक्ति पाउन अघि एक व्यक्ति ____________ हुन्छ। यूहन्ना ६:४७ अनुसार, एउटा मानिसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने बित्तिकै उसले के पाउँछ? ______________ ____________। तसर्थ, मुक्ति नपाएको मानिस आत्मिक रूपमा मरेको हुन्छ किनकि उसँग ____________ छैन। एफेसी ४:१७-१८ मा हामी सिक्छौं, मुक्ति नपाएका मानिसहरू ____________________को ____________बाट बिराना (अलग) भएका हुन्छन्। तसर्थ, मरेको मानिस (एफेसी २:१) त्यो हो जोसँग परमेश्वरको जीवन छैन। मुक्ति पाएकै घडी ऊ जिउँदो बनाइन्छ (एफेसी २:५)। १ यूहन्ना ५:११ अनुसार अनन्त जीवन कहाँ पाइन्छ? ____________ ______________। १ यूहन्ना ५:१२ पढ्नुहोस्। यदि एउटा व्यक्तिसँग प्रभु येशू ख्रीष्ट उसको मुक्तिदाता र प्रभुको रूपमा हुनुहुन्छ भने, उसँग के पनि हुँदछ? ____________। जोसँग परमेश्वरका पुत्र हुनुहुन्न ऊसँग ____________ छैन। यदि एउटा व्यक्तिमा जीवन छैन भने ऊ मरेको छ ! त्यसैले हामी भन्न सक्छौं कि जससँग परमेश्वरको पुत्र हुनुहुन्न, त्यो व्यक्ति ____________ छ। यूहन्ना १७:३ मा अनन्त जीवन वास्तवमा के हो भनी येशूले भन्नुभयो? _____________________________________________________। यसकारण जसले पिता र पुत्रलाई व्यक्तिगत रूपमा चिन्दैन त्यस व्यक्तिसँग ______________ ____________ छैन। यसैले हामी भन्न सक्छौं कि जसले परमेश्वरलाई चिनेको छैन त्यो व्यक्ति ____________ छ।

४) यूहन्ना ३:१४-१६, यूहन्ना ५:२४ र यूहन्ना ६:४७

मरेका मानिसहरूले जीवन पाउनलाई के गर्नुपर्छ? ___________________________________________ _____________________________________________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






किन सबैलाई मुक्तिको खाँचो छ? – भाग १

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग १​

 

परिचय

लूका ५:२७-३२

लूका ५:३१ अनुसार कस्ता मानिसहरूलाई डाक्टरको आवश्यकता पर्छ? ________________________। कस्ता मानिसहरूलाई डाक्टरको आवश्यकता पर्दैन? ____________________। लूका ५:३२ पढ्नुहोस्। के धर्मीहरूलाई मुक्तिको आवश्यकता छ? ________। कस्तो व्यक्तिलाई मुक्तिदाता चाहिन्छ? ________________।

येशू किन संसारमा आउनुभयो?

यस प्रश्नको जवाफ निम्नलिखित चारओटा पदहरूले दिन्छन्।

  1. १ तिमोथी १:१५
    “ख्रीष्ट येशू ________________लाई ________ दिनलाई संसारमा आउनुभयो।”
  2. लूका १९:१०
    “किनभने मानिसका पुत्र _____________लाई _________ र ________ गर्न आएका हुन्।”
  3. मत्ती १:२१
    “र तिमीले उहाँको नाम ________ राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका ________________बाट ________ गर्नुहुनेछ।”
  4. यूहन्ना ३:१७
    “किनभने संसारलाई दोषी ठहराउन (दण्ड दिन) का निम्ति होइन, तर उहाँद्वारा संसारले ________ ____________ भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो।”

लूका ५:३२ अनुसार प्रभु येशू संसारमा कस्ता मानिसहरूलाई मुक्त गर्न आउनुभयो? ________________________। धर्मी मानिसहरूलाई मुक्तिको आवश्यकता छैन। तर रोमी ३:१० पढ्नुहोस् त। संसारमा कतिजना मानिसहरू धर्मी छन्? __________________। त्यसकारण कतिजना मानिसहरूलाई मुक्तिको आवश्यकता छ? ________________। लूका ५:३० पढेर सही उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्:

(क) फरिसी तथा शास्त्रीहरू धर्मी मानिसहरू थिए।
(ख) फरिसी तथा शास्त्रीहरू हामी धर्मी छौं भनी सोच्दथे।

लूका १८:९-१४ पढेर निम्न प्रश्नहरूको जवाफ लेख्‍नुहोस्:

कुनचाहिँ मानिसले आफू धर्मी छु भनेर सोच्थ्यो? ________________। कुनचाहिँ मानिसले आफू पापी छु भनेर स्वीकार गर्‍यो? _______________________________। कुनचाहिँ मानिसले मुक्ति पायो? ____________________________________। मुक्ति पाउन एउटा मानिसले र्सवप्रथम के महसुस गर्नैपर्छ? ___________________________ ________________________________।

(१) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू पापी छन्

 

क) भजनसंग्रह १४:१-३ (भजनसंग्रह ५३:१-३ पनि हेर्नुहोस्)

भजनसंग्रह १४:२ अनुसार स्वर्गबाट मानिसका सन्तानलाई कसले हेर्नुभयो? ________________________। पद ३ अनुसार उहाँले कतिजना असल र धर्मी मानिसहरू भेट्टाउनुभयो? ________________________________________। हामीले मानिसको नजरमा धर्मी, असल, दयालु व्यवहार देखाउन सक्छौं। १ शमूएल १६:७ पढ्नुहोस्। के परमेश्वरले मानिसले जस्तै हेर्नुहुन्छ? __________________। “मानिसले ________ हेरेर विचार गर्छ, तर परमप्रभुले ____________ हेरेर विचार गर्नुहुन्छ।” हिब्रू ४:१३ पढ्नुहोस्। के परमेश्वरको दृष्टिबाट हामीले कुनै कुरा लुकाउन सक्छौं? ______________। यसकारण परमेश्वरले हामीलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हामीले आफूलाई हेर्नुपर्छ!

ख) रोमी ३:१०-१८ र रोमी ३:२३

हामीहरू परमेश्वरको नजरमा वास्तवमा कति पापी देखिन्छौं भन्ने कुरा रोमी ३:१०-१८ पढेर थाह गर्न सकिन्छ!

पद १० धर्मीहरू कतिजना छन्? __________________________

पद ११ बुझ्ने र परमेश्वरलाई खोज्ने कतिजना छन्? ___________________

पद १२ असल मानिसहरू कतिजना छन्? __________________________

पद १८ परमेश्वरको डर मान्ने कतिजना छन्? _______________________

हितोपदेश ८:१३ र हितोपदेश ३:७ अनुसार परमेश्वरको डर मान्नु भनेको के हो? ________________________________________________________________। रोमी ३:२३ पढ्नुहोस्। कतिजनाले पाप गरेका छन्? ____________। तीमध्ये तपाईं पनि पर्नुहुन्छ? __________। रोमी ३:२३ को तथ्यको एकमात्र अपवाद को हुनुहुन्छ (१ पत्रुस २:२१-२२ र २ कोरिन्थी ५:२०-२१)? ____________________। (टिप्पणीः लूका १:४६-४७ मा कन्या मरियमले परमेश्वरलाई आफ्नो ________________ भनी स्वीकारिन्। कस्तो व्यक्तिलाई मुक्तिदाताको आवश्यकता पर्छ? ________________। यसर्थ मरियम कस्तो प्रकारकी व्यक्ति थिइन्? ________________। के रोमी ३:२३ ले कन्या मरियमलाई समेट्छ? __________________)।

हामीले रोमी ३:१०-१८ र ३:२३ बाट पाएको शिक्षाअनुसार कतिजना मानिसहरू (पूरुष, महिला, बालक वा बालिका) लाई मुक्तिको खाँचो छ? ________________।

ग) १ राजा ८:४६

पापै नगर्ने मानिस कतिजना छन्? ______________________। “किनकि __________ ____________ मानिस कोही पनि छैन”। यसकारण म ____________________________ (आफ्नै नाम लेख्‍नुहोस्) समेत पापी छु।

घ) १ यूहन्ना १:८-१०

यी पदहरूमा यूहन्ना विश्वासीहरूलाई लेख्दै छन्। पद ८ अनुसार यदि हामीसँग पाप छैन भनी हामी भन्छौं भने हामी कसलाई छल्ने काम गर्र्छौं? ________________। पद १० अनुसार यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी परमेश्वरलाई ________ तुल्याउँछौं (१ यूहन्ना ५:१० पढ्नुहोस्)। जतिखेर हामी परमेश्वरको वचनलाई विश्वास गर्दैनौं, त्यतिखेर हामी परमेश्वरलाई ________ तुल्याउँछौं। अर्थात् उहाँले भन्नुभएको कुरालाई विश्वास नगर्दा हामी वास्तवमा परमेश्वरलाई नै झूटो हुनुभएको आरोप लगाइरहेका हुन्छौं! १ यूहन्ना १:८ र १ यूहन्ना १:१० को कुरा विश्वासीहरूको सम्बन्धमा साँचो हो भने (हो पनि), अविश्वासीहरूको सम्बन्धमा पनि के त्यो साँचो हो? ____________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






बाइबल परमेश्वरको प्रेरणाले दिइएको हो भन्ने तथ्य

बाइबल परमेश्वरको प्रेरणाले दिइएको हो भन्ने तथ्य

बाइबल सत्य छ भनेर हामी कसरी जान्दछौं

 

१. बाइबलका विभिन्न नामहरू

परमेश्वरलाई बयान गर्ने विभिन्न नामहरूबाट हामीले उहाँको बारेमा जान्न सक्दछौं। त्यस्तै गरी बाइबलका विभिन्न नामहरूबाट हामीले बाइबलको बारेमा जान्न सक्दछौं; जस्तै,

१) हिब्रू ४:१२ मा बाइबललाई “______________________को ____________” भनेर जनाइएको छ। बाइबल केवल मानिसका राय तथा व्यक्तिगत विचारले भरिएको पुस्तक होइन। यो परमेश्वरको वचन हो। परमेश्वर नै यो अचम्मको पुस्तकको लेखक हुनुहुन्छ। रोमी १०:१७ मा पनि पढ्नुहोस्।

२) २ तिमोथी २:१५ मा बाइबललाई “__________को ____________” भनेर जनाइएको छ। यो पुस्तक सत्य छ, पूरै सत्य छ, यसमा सत्य मात्र छ। यो पूर्ण रूपमा विश्वासयोग्य छ। यसमा न कुनै त्रुटि छ न ता कुनै अन्तरविरोध। यदि यो परमेश्वरको वचन हो भने यसमा कसरी त्रुटि हुन सक्छ र?

३) फिलिप्पी २:१५ मा बाइबललाई “____________को ____________” भनेर जनाइएको छ। बाइबल एक “जिउँदो” पुस्तक हो (हिब्रू ४:१२)। यसको सन्देशलाई बुझेर विश्वास गर्नाले जीवनको परिवर्तन हुन्छ (२ कोरिन्थी ५:१७)। बाइबल येशू ख्रीष्टमा केन्द्रित छ अनि ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिसँग अनन्त ____________ हुन्छ (यूहन्ना ६:४७)।

४) रोमी १:२ मा बाइबललाई “प________शा________” भनेर जनाइएको छ। “शास्त्रहरू” भन्नाले “लेखोटहरू” भन्ने बुझिन्छ। “पवित्र” भन्नाले यी लेखोटहरू अन्य लेखोटहरूभन्दा भिन्न र पृथक छन् भन्ने बुझिन्छ। बाइबलजस्तो अरु कुनै लेखोट छैन। बाइबल एक अद्वित्तीय पुस्तक हो। परमेश्वरबाट दिइएको एउटै पुस्तक यही हो। परमेश्वरको वचनलाई हामी सधैं अति उच्च आदर गर्न सकौं (हेर्नुहोस् यशैया ६६:१-२)।

२. बाइबलको बारेमा येशूको गवाही

बाइबलको बारेमा जति येशू ख्रीष्टलाई थाह छ त्यति अरु कसैलाई छैन। बाइबलको बारेमा प्रभु येशू ख्रीष्टले के भन्नुभएको छ त?

१) यूहन्ना १७:१७ मा प्रभु येशूले परमेश्वरको वचन __________ छ भन्नुभयो। येशूको यो भनाइ हाम्रो लागि पर्याप्‍त छ! बाइबल सत्य छ भनी हामी जान्दछौं किनकि परमेश्वरको पुत्रले सो भन्नुभयो! बाइबल परमेश्वरको वचन हो अनि यो सत्य हुनैपर्छ किनकि….

  • “परमेश्वरले ________ __________ असम्भव छ” (हिब्रू ६:१८)।
  • “उहाँ ________ __________ नसक्नुहुने परमेश्वर” हुनुहुन्छ (तीतस १:२)।
  • “परमेश्वर __________ हुनुहुन्छ” (यूहन्ना ३:३३)।

यसको तुलनामा बाइबलले यूहन्ना ८:४४ मा शैतानको बारेमा के बताउँछ हेरौं: “तिमीहरू आफ्ना बाबु शैतानबाटका हौ, अनि आफ्नै बाबुका कुइच्छाहरू पूरा गर्न चाहन्छौ। त्यो शुरूदेखि नै हत्यारा थियो, अनि __________मा रहेन, किनकि त्यसमा __________ छँदै छैन। जब त्यसले __________ बोल्दछ, तब त्यो आफ्नै तर्फबाट बोल्दछ, किनकि त्यो __________ हो र __________को बाबु हो।” यूहन्ना ८:४५-४६ मा येशूले भन्नुभयो, “तर मैले __________ बोलेको हुनाले तिमीहरू मलाई विश्वास गर्दैनौ, तर म __________ बोल्दछु भने तिमीहरू मलाई किन विश्वास गर्दैनौ?”

२) यूहन्ना १०:३५ मा प्रभु येशूले भन्नुभयो, पवित्र शास्त्र __________ हुन सक्दैन। परमेश्वरले भन्नुभएको कुरा कहिल्यै रद्द वा नष्ट हुन सक्दैन।

३) लूका २४:४४ (मर्कूस १४:४९ सित तुलना गर्नुहोस्) मा प्रभु येशू ख्रीष्टले भन्नुभयो, “पवित्र शास्त्र __________ हुनुपर्दछ।”

४) मत्ती ५:१८ मा प्रभु येशूले भन्नुभयो, “जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्थाबाट एक __________ अथवा एक __________ पनि, __________ __________नभइन्जेल, कुनै रीतिले बित्नेछैन।” त्यसैले बाइबलमा परमेश्वरले भन्नुभएका सबै कुराहरू निश्चय नै __________ हुनेछन्।

हिब्रू वर्णमालाको सबभन्दा सानो अक्षरलाई “मात्रा” (हिब्रूमा “योद”) भनिन्छ।

माथि हिब्रू लिपिमा “एलोहिम” (प्रमेश्वर) लेखिएको छ। मोशाले उत्पत्ति १:१ मा यही शब्द लेखेः “आदिमा __________________ले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” माथि लेखिएको हिब्रू शब्दको सबभन्दा सानो अक्षरलाई गोलो चिन्ह लगाउनुहोस्। तपाईंले भर्खरै एक “मात्रा” लाई चिन्ह लगाउनुभयो।

झण्डै उस्तै देखिने हिब्रू अक्षरहरूबीच स-साना भिन्नता हुन्छन् जसलाई “बिन्दु” भनिन्छ। माथि ६ ओटा हिब्रू अक्षरहरूलाई दुई-दुई गरी तीन समूहमा लेखिएका छन्। प्रत्येक जोडीका दुई अक्षरहरू झण्डै उस्तै देखिन्छन् तर प्रत्येक जोडीको एउटा अक्षरमा केही थपिएको छ जसले उक्त अक्षरलाई अर्कोबाट फरक तुल्याउँछ। त्यो थपिएको भागलाई गोलो चिन्ह लगाउनुहोस् (प्रत्येक जोडीमा यस्तै गर्नुहोस्)। तपाईंले भर्खरै “बिन्दु” लाई चिन्ह लगाउनुभयो।

नेपाली अक्षरको कुरा गरौं। देवनागरी लिपिमा “प” लाई “ष” बनाउन एउटा धर्सो मात्र चाहिन्छ। यदि यो “पेट काट्ने” धर्सो कोर्न छुट्यो भने “कोष” लाई “कोप” लेख्‍न पुगिन्छ। त्यस्तै “दंग” को अनुस्वार (थोप्लो) छुटेमा त्यो “दग” हुन्छ। यसर्थ, बाइबलको हरेक अक्षर र शब्द महत्त्वपूर्ण र सत्य छ। हामीले परमेश्वरको अकाट्य वचनलाई बुझ्नुपर्छ, विश्वास गर्नुपर्छ र आफ्नो जीवनमा उतार्नुपर्छ!

५) मत्ती २४:३४-३५ मा प्रभु येशूले भन्नुभयो कि आकाश र पृथ्वी बितिजानेछन्, तर उहाँको वचनहरू ______________________________________________________।

३. बाइबलको बारेमा बाइबलको गवाही

बाइबलले आफ्नै बारेमा के बताउँछ?

१) २ तिमोथी ३:१६

यस पदअनुसार “सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो।” २ तिमोथी ३:१६ को यस वाक्यांशलाई अक्षरशः यसरी अनुवाद गर्न सकिन्छः “सबै पवित्र शास्त्र परमेश्वर-निश्वासित हो।” बाइबल कति मात्रामा परमेश्वर-निश्वासित छ? सही उत्तरमा चिन्ह लगाउनुहोस्: आंशिकरूपमा/पूर्ण रूपमा।

बोल्दा हामी शब्दहरू निश्वासन गर्दछौं। सास बाहिर नफ्याँकिकन शब्द उच्चारण गर्न असम्भव छ। सास रोकेर बोल्ने प्रयास गर्नुहोस् त। त्यसो गर्न सक्नुहुन्छ? ________________। २ तिमोथी ३:१६ को तार्त्पर्य हो, परमेश्वरले निश्चित शब्दहरू निश्वासन गर्नुभयो। परमेश्वरले पवित्र शास्त्र निश्वासन गर्नुभयो। “सबै ____________________ परमेश्वर-निश्वासित हो” अर्थात् पूरै बाइबल परमेश्वरको मुखबाट निस्की आएको हो! पूरै बाइबल परमेश्वरको वचन हो। “किनकि __________________को ________ले नै भनेको छ” (यशैया ४०:५)। यसलाई भजनसंग्रह ३३:६ सित तुलना गर्नुहोस् जसका निम्न दुई वाक्यांशहरूले एउटै कुराको बयान गर्दै छन्:

  • “______________________को ____________ले आकाशहरू निर्माण भए र…
  • …उहाँकै ________को ________ले त्यहाँका ग्रह-नक्षत्रहरू।”

२) २ पत्रुस १:२१

तर कसैले यस्तो आक्षेप लगाउलाः “अरे! तपाईं भन्नुहुन्छ, ‘सबै पवित्र शास्त्र परमेश्वर-निश्वासित हो र पूरै बाइबल परमेश्वरको वचन हो’, तर बाइबल त मान्छेले लेखेको होइन र? बाइबल लेख्‍ने त दाऊद, मोशा, पावल, लूका, मत्ती होइनन् र? अब मान्छेले लेखेको कुरालाई परमेश्वरको वचन भन्न मिल्छ र?”

यसको प्रत्युत्तर २ पत्रुस १:२१ मा पाइन्छः “किनकि कुनै पनि समयमा ______________________ (प्रमेश्वरको वचन) मानिसको इच्छाद्वारा आएन, तर __________________का प____________ __________हरू (मोशा, दाऊद, पावल आदि) पवित्र आत्माद्वारा ______________ पाएर बोले।”

उदाहरणः दाऊदले पवित्र आत्माद्वारा प्रेरणा पाएर भजनसंग्रह २३:१ लेखे। तलको चित्रलाई हेर्नुहोस्।

२ पत्रुस १:२१ मा पवित्र जनहरू “पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले” भन्नुको अर्थ उनीहरूले पवित्र आत्माद्वारा चलाइएर बोले भन्नु हो। यसैले दाऊदले भजनसंग्रह २३:१ पवित्र आत्माद्वारा चलाइएर लेखे। उनी नजन्मँदै परमेश्वरले दाऊदलाई भजनसंग्रह २३:१ लेख्‍नलाई तयार पार्दै हुनुहुन्थ्यो! यर्मियालाई पनि त्यसरी नै तयार पार्नुभयो। उनको आमाको ________बाट निस्की आउनु अघि नै परमेश्वरले यर्मियालाई तयार पार्दै हुनुहुन्थ्यो (यर्मिया १:५ हेर्नुहोस्)।

दाऊद आफ्नो युवावस्थामा भेडा गोठाला भए। परमेश्वरको प्रेमिलो वास्ता र देखभालको महसुस गर्दै आएका दाऊदले एक दिन यसरी लेखे, “____________ मे____ गु________ हुनुहुन्छ (भजनसंग्रह २३:१)।” पवित्र आत्माले दाऊदलाई यसरी डोर्याउँदै हुनुहुन्थ्यो कि उनले जे-जे लेखे तिनै कुराहरू लेखियोस् भन्ने परमेश्वरको इच्छा थियो। आफ्नो जीवनको अन्ततिर दाऊदले यसरी भने, “प________________का आ________ ____द्वारा बो______________ अनि उहाँको ____________ ________ मुखमा थियो” (२ शमुएल २३:२)। यसर्थ, बोल्ने वास्तवमा को हुनुहुन्थ्यो? ______________________। दाऊदको मुखमा कसको वचन थियो? ____________________________________।

३) यशैया ४०:८ (१ पत्रुस १:२३-२५ र मत्ती २४:३५ पनि हेर्नुहोस्)

परमेश्वरको वचन कहिलेसम्म खडा रहनेछ? __________________________। भजनसंग्रह ११९:८९ मा परमेश्वरको वचन स्वर्गमा ____________ रहन्छ भनिएको छ। कहिलेसम्म? ____________________________।

४) यशैया, यर्मिया, इजकिएल, मलाकी जस्ता अगमवक्ताहरूका लेखोटहरूमानिम्नलिखित वाक्यांशहरू भेट्टाउने प्रयास गर्नुहोस्:

  • “परमप्रभु यसो भन्नुहुन्छ”: ___________________________________________________
  • “परमप्रभु भन्नुहुन्छ”: _______________________________________________________
  • “परमप्रभुको यो वचन मकहाँ आयो” ____________________________________________

यसरी, परमेश्वरले रच्नुभएको पुस्तकभरि उहाँको हस्ताक्षर घरीघरी भेटिन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






के ख्रीष्टले अधोलोकमा जानुभई सुसमाचार प्रचार गर्नुभयो?

 नीक मिकालिनोस्

“किनकि हामीलाई परमेश्वरकहाँ पुर्याउनालाई ख्रीष्टले पनि — धर्मी जनले अधर्मीहरूका निम्ति — पापहरूका लागि एकपल्ट दु:ख भोग्नुभयो र शरीरमा मारिनुभयो, तर आत्माद्वारा जीवित पारिनुभयो। उही आत्माद्वारा उहाँ जानुभयो र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो, जसले बितेको समयमा आज्ञापालन गरेनन्, जब एकपल्ट परमेश्वरको सहनशीलताले पर्खिरहेको थियो — नूहका दिनहरूमा जब जहाज बनिरहेको थियो, जसमा थोरै अर्थात् आठ प्राणीहरू पानीद्वारा बचाइए।” (१ पत्रुस ३:१८-२०)

कतिको विचारमा क्रूसमा उहाँको मृत्यु भएको घडीदेखि तीन दिन पछाडि उहाँको बौरिउठाइ नभएसम्मको अवधिभित्र, ख्रीष्टले अधोलोकमा जानुभई त्यहाँ कैदमा रहेका हराएका आत्माहरूलाई प्रचार गर्नुभयो। तर यी पदहरूले त्यो सिकाउँदैन। ‘कैद’ भन्ने शब्द आत्मिक क्षेत्रको सम्बन्धमा प्रयोग भएको छ (हेर्नुहोस् प्रकाश २०:३,७, शैतानको ‘कैद’), अदृश्य आत्माहरूको संसारको सम्बन्धमा प्रयोग भएको छ र अधोलोकलाई जनाउन प्रयोग भएको छ (लूका १६:२३-३१) जहाँ हराएका आत्माहरू बास गर्दछन् जोहरू दण्डका निम्ति न्यायको दिनसम्म साँचिराखिएका छन् (२ पत्रुस २:९, प्रकाश २०:१३-१४)।

यो प्रचार गर्ने काम कहिले भएको थियो? हाम्रो खण्डले बताउँछ, ‘नूहका दिनहरूमा…’ यो त ठीक जलप्रलय अगाडिको कुरा हो। ख्रीष्ट अधोलोकमा जानुभई ‘कैदमा भएका आत्माहरूलाई’ सुसमाचार प्रचार गर्नुभएन। यहाँ उल्लेखित प्रचार कार्य ‘नूहका दिनहरूमा’ भएको कुरा हो।

उक्त समयमा प्रचार गर्ने को थिए? १ पत्रुस ३:१८ देखि १९ पदसम्मको विचार-प्रवाहलाई हेर्दा हामी देख्छौं कि ‘ख्रीष्ट…आत्माद्वारा…जानुभयो…र प्रचार गर्नुभयो’। उत्पत्ति ६:३ मा हामीलाई बताइएको छ, ‘मेरो आत्माले मानिससित सधैंभरि विवाद गर्नेछैन’। यसबाट हामी देख्न सक्छौं कि जलयप्रलयको ठीक अगाडिको समयमा ख्रीष्ट आफ्‍नो आत्माद्वारा मानिसहरूसित विवाद गर्दै हुनुहुन्थ्यो। उहाँले नूहको प्रचारलाई प्रयोग गर्नुभयो जो नूह ‘धार्मिकताका प्रचारक’ थिए (२ पत्रुस २:५)। यसरी यहाँ देख्छौं ख्रीष्टले आत्मालाई पठाउनुभयो, अनि आत्माले एकजना मानिसको माध्यमद्वारा बोल्नुभयो अर्थात् नूहद्वारा जो नूहले मानिसहरूलाई प्रचार गरे।

नूहको प्रचारको माध्यमद्वारा आत्माले विवाद गरिरहनुहुँदा मानिसहरूको प्रतिक्रिया कस्तो थियो त? यहाँ भनिएको छ उनीहरूले ‘आज्ञापालन गरेनन्’ (१ पत्रुस ३:२०)। उनीहरूले आत्माको विरोध गरे (प्रेरित ७:५१)।”

[स्रोत: David Cloud. Things Hard to be Understood, p. 324.]






गर्भपतन

abortion

डेविड क्लाउड

परिचय

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

परमेश्वरका जनहरू मान्छेको भन्दा परमेश्वरका कानून मान्‍न बाध्य हुन्छन्। गर्भपतन वैधानिक हुँदैमा त्यो परमेश्वरको नजरमा ठीक हो भन्ने होइन (प्रेरित ५:२९)।

२१ दिनमा बच्चाको मुटु ढुकढुक गर्न थाल्छ र उसको शरीरभरि रगत बहन थाल्छ। ४५ दिनमा सानो बच्चाको मष्तिष्कका तरङ्गहरू मिशिनले टिप्‍न सक्छ। ८ देखि ९ हप्‍तामा आँखाका पलकहरू बन्न थालिसकेका हुन्छन् र रौं देखा पर्छन्। ९ देखि १० हप्‍तामा उसले आफ्नो औंला चुस्‍न थाल्छ, उफ्रन थाल्छ, निधार खुम्‍च्याउँछ, निल्छ, जिब्रो चलाउँछ। १२ देखि १३ हप्‍तामा बच्चाका नङ हुन्छन् र औंलाका विशिष्ट छापहरू (fingerprints) हुन्छन् जो अरू सबैका भन्दा भिन्‍न हुन्छन्; सबै रक्तवाहिनीहरू (arteries) उपस्थित हुन्छन्, वाक् तन्तु (vocal chords) पूरै बनिसकेका हुन्छन्; दुखाइको अनुभव गरी बच्चा रुन र झस्कन सक्छ। १४ हप्‍तामा आमाले आफूभित्र बच्चा चलेको चाल पाउन थाल्छ। १५ हप्‍तामा बच्चाको जिब्रोका स्वाद लिने कोशिका समूह पूर्णरूपमा बनिसकेका हुन्छन्। १६ हप्‍तामा त्यसका आँखीभौं र परेलीहरू हुन्छन्, र उसले आफ्ना हातले समाउन सक्छ, लात्ती हान्न सक्छ, पल्टिन पनि सक्छ। २० हप्‍तामा बच्चा आफ्नी आमाको स्वर सुन्न र चिन्न सक्‍ने हुन्छ।

सबभन्दा व्यापक रूपमा प्रयोग भइरहेका गर्भपतन गराउने प्रक्रियाहरू निम्‍नानुसार छन्:

सक्शन एस्पिरेशन (Suction Aspiration) – गर्भधारणको तीन महिनाभित्रमा अपनाइने सबभन्दा चलनचल्तीको विधि यही हो। घरेलु प्रयोगको भ्याक्युम क्लिनरको भन्दा ३० गुणा तान्ने शक्ति भएको एउटा शक्तिशाली पम्पले गर्भको भित्रबाट सानो बच्चालाई तानेर निकालिन्छ। उक्त प्रक्रियाले बच्चाको शरीरलाई छियाछिया पार्दछ।

डाइलेशन र क्यूरेटेज (डि एण्ड सी) – गर्भावस्थाको १८ हप्‍तासम्ममा यो विधि अपनाइन्छ। गर्भपतन गराउनेले स्टिलको चक्कु प्रयोग गर्दछ र बच्चालाई निकाल्नलाई त्यसलाई काटकुट गरी टुक्राटुक्रा पार्छ।

आंशिक जन्म (डि एण्ड एक्स) – “छिप्पिएका गर्भधारणहरू” का लागि प्रयोग हुने यो विधिमा बच्चालाई गर्भबाट आंशिक रूपमा निकालिन्छ र उसको सानो शरीरको आधा भाग जति उसको खुट्टासहित महिलाको शरीरको बाहिरपट्टि झुण्डिरहेको हुन्छ। गर्भपतन गराउने व्यक्तिले तब बच्चाका टाउकामा उसको गर्दनको पछाडिको भागभित्र कैचीलाई जोडले गाड्छ र बच्चालाई मार्नलाई कैंचीलाई फटाउँछ। त्यसको गिदीलाई तब पम्पले थुतेर निकालिन्छ र त्यसपछि मरिसकेको शरीरलाई पूरै निकालिन्छ।

नुनको विषादी (Salt Poisoning) – योचाहिँ १६ हप्‍ताको अवधिपछि प्रयोग गर्ने गरिन्छ। गर्भपतन गराउनेले एम्‍नियोटिक स्याक (बच्चा वरिपरिको द्रव्य) भित्र सुइमार्फत कडा नुनिलो घोललाई ठेली पठाउँछ। बच्चाले उक्त घोललाई निल्दा उसलाई विष लाग्दछ। यस विधिद्वारा गर्भपतन गराइएका शिशुहरूलाई “क्यान्डि आप्पल बेबिज” भन्ने गरिन्छ किनभने नुनद्वारा हुने क्षयले काँचो, रातो टलक भएको छालाको मुनिको तहलाई प्रकट गर्दछ र यसरी त्यसको टाउको चिनीको झोलमा चोपलिएको स्याउजस्तो देखिन जान्छ।

प्रोस्टाग्लान्डिन रासायनिक गर्भपतन (Prostaglandin Chemical Abortion) – यसमा सुई वा सपोजिटरीमर्फत औषधी पठाईकन कडा प्रसवक्रिया उत्पन्न गराइन्छ र बच्चा जन्माइन्छ। कहिलेकाहिँ बच्चा जिउँदै हुन्छ तर त्यो बाँचिरहन नसक्‍नेगरी ज्यादै सानो हुन्छ।

आरयू-४८६ – यो औषधी चक्कीको रूपमा लिइन्छ जसले भर्खरै गर्भधारण गरिएको बच्चालाई एउटा अत्यावश्यक अंतस्राव सम्बन्धित पौष्टिक तत्त्व (hormonal nutrient) देखि बञ्चित गर्दछ र फलस्वरूप यसले गर्भपतन गराउँदछ। आमाचाहिँको मासिक रजस्राव छुटेपछि आरयू-४८६ प्रयोग गरिन्छ जुनबेला बच्चा कम्तीमा २ वा ३ हप्‍ताको भइसकेको हुन्छ। त्यतिबेलासम्म बच्चाको मुटुको ढुकढुक शुरु भइसकेको हुन्छ।

बाइबलले नजन्मेको बच्चाको गर्भपतन गराउन मनाही गर्दछ। निम्‍न सत्यताहरूलाई विचार गर्नुहोस्:

१) बाइबलले भन्दछ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो (उत्पत्ति १:२६)। मानिस क्रमविकासवाद (evolution) को बेहोसी प्राकृतिक प्रकृयाको उपज होइन न ता ऊ सुविधाको लागि मार्न सकिने पशु नै हो।

क्रमविकासवादको शिक्षा गर्भपतन उद्योगलाई गतिशीलता दिने आवेगको रूपमा सक्रिय हुँदै आएको छ किनकि यसले मान्छे केवल एउटा पशु मात्र हो भनेर सिकाउँछ। भन्नुपर्दा, “संक्षिप्‍तावृत्ति” (recapitulation, रिक्यापिचुलेशन) भनिने क्रमविकासवादको शिक्षाको दाबीअनुसार भ्रूण भनेको पूर्णरूपमा मान्छे नभइसकेको अवस्था हो जबसम्म त्यो त्यसको विकासको आखिरी चरणसम्म पुगेको हुँदैन।

यस परिकल्पनालाई व्यापक बनाउने व्यक्ति चार्ल्स डार्विन (Charles Darwin) का सबभन्दा प्रमुख समर्थक जर्मनीका अर्न्स्ट हेकल (Ernst Haeckel) हुन्। हेकलले सिकाए, “जीव विकासले नस्ल विकासको पुनरावृत्ति गर्दछ” (“ontogeny recapitulates phylogeny”)। यहाँ जीव विकासको माने गर्भमा हुने विकास र नस्ल विकासको माने क्रमविकास (evolutionary development) हो। क्रमविकासवादले मानिलिएअनुसार नजन्मेको बच्चा गर्भभित्र विकास हुने क्रममा त्यो क्रमविकासका श्रृङ्खलाहरू हुँदै जान्छ, अर्थात् एकल कोषबाट माछा अनि माछाबाट उभयचर (amphibian) र उभयचरबाट सरीसृप (reptile) र सरीसृपबाट स्तनधारी र स्तनधारीबाट पुच्छर नभएको बाँदर (ape) र पुच्छर नभएको बाँदरबाट आखिरमा एक मानव। यसरी भ्रूणचाहिँ त्यसको आखिरी चरणहरूमा पुगेर मात्र मानव बन्दछ। हेकलले मानव भ्रूण माछा, सुङ्गुर र बाँदरका भ्रूणजस्तै हुन्छ भनेर देखाउने चित्रहरू छापे, तर ती चित्रहरू नक्कली थिए। हेकलले ती भ्रूणहरूमा गलत लेबल लगाए; उनले ती भ्रूणका साइज बदले; उनले अङ्गहरू काटी निकाले; उनले अरू अङ्ग थपथाप गरे; उनले अङ्गहरूलाई बदले। जस्तै – उनले एउटा बाँदरको भ्रूणको चित्र लिए र त्यसलाई माछाको भ्रूणजस्तै देखाउनलाई त्यसका हातहरू, खुट्टाहरू, नाइटो, मुटु र योककोष (yolksac) हटाए। त्यसपछि उनले त्यसलाई “माछाको चरणमा रहेको गीब्बनको भ्रूण” भनेर लेबल दिए। हेकलको परिकल्पना पूरै गलत भएको प्रमाणित भइसकेको छ तरैपनि उनका ती चित्रहरू आजसम्म पाठ्यपुस्तकहरूमा छापिने गरिन्छन्। हेकलको किंवदन्तीले आधुनिक गर्भपतन उद्योगलाई हौसला दिएको छ। सन् १९५७ मा शिशु मनोवैज्ञानिक बेन्जामीन स्पाक (Benjamin Spock) ले लेखे, हरेक शिशु आफू विकास हुँदै जाँदा उसले मानवजातिको सम्पूर्ण इतिहासलाई एकएक गरी पुनरावृत्ति गर्दैछ, शारीरिक र आत्मिक रूपमा। एउटा बच्चा गर्भमा एउटा सानो एकल कोषको रूपमा शुरु हुन्छ, ठीक जसरी समुद्रमा पहिलो जीव देखा पर्‍यो। केही हप्‍तापछि ऊ एम्‍नियोटिक द्रव्यमा सुतिरहँदा, उसमा माछाका जस्ता श्वासेन्द्रिय (gills, गिल्स) हुन्छन्…” (Baby and Child Care, p. 223)। सन् १९९० मा कार्ल सेगन (Carl Sagan ) र उनकी पत्‍नीले भ्रूण छैंटौं महिना नपुगेसम्म पूर्णरूपमा मानव बनेको हुँदैन भन्ने आधारमा गर्भपतन गर्नु नैतिकतापूर्ण रहेको तर्क राखे। हेकलको संक्षिप्‍तावृत्ति परिकल्पनालाई तथ्यको रूपमा लिएर भ्रूण “एक किसिमको परिजीवी” को रूपमा शुरु हुन्छ र त्यो “श्वासेन्द्रिय” (“gill arches”) भएका कुनै माछाजस्तो बन्दछ र त्यसपछि त्यो सरीसृपरूपी (“reptilian”) बन्दछ र अन्तमा स्तनधारीरूपी (“mammalian”) बन्दछ भन्‍ने दाबी गरे। दोस्रो महिनाको अन्तसम्ममा पनि भ्रूण “अझै खास मानव बनिसकेको हुँदैन” (“The Question of Abortion: A Search for the Answers,” Parade, April 22, 1990)।

२) परमेश्वरले मानिसलाई निर्दोष रगत बहाउन मनाही गर्नुभएको छ। बाइबलमा बीस पटक “निर्दोष रगत” बहाउन मनाही गरिएको छ (जस्तै – व्यवस्था १९:१०-१३; २ राजा २१:१६)। यसले न्यायोचित कारणबिना एक व्यक्तिलाई मार्ने कामलाई जनाउँदछ (१ शमूएल १९:५)। उदाहरणको लागि हत्यारालाई मृत्युदण्ड दिइनुचाहिँ न्यायोचित कुरो हो, तर निर्दोष व्यक्तिलाई मार्नुचाहिँ न्यायोचित होइन। निर्दोष रगत बहाउनेलाई परमेश्वर घृणा गर्नुहुन्छ (हितोपदेश ६:१६-१७)। एउटा गर्भमा रहेको बच्चाजस्तै निर्दोष व्यक्ति को हुन्छ र?

३) आधुनिक विज्ञानले गर्भमा भएकोलाई “भ्रूण” भन्दछ तर त्यसलाई बाइबलमा “बालक” भनिएको छ (उत्‍पत्ति २५:२२)। नजन्मदै मरेको बच्चालाई “बालबच्चा” (अय्यूब ३:१६) भनिएको छ। तसर्थ, एउटा “भ्रूण” लाई मार्नु एउटा बच्चा मार्नु हो। गर्भमै हुँदा समेत बच्चाहरू छुट्टाछुट्टै व्यक्तिहरू हुन् भनेर बाइबलले भन्दछ। एसाव र याकूबको सन्दर्भमा यो देखिन्छ (उत्पत्ति २५:२३)। यर्मिया गर्भमा छँदै अगमवक्ता हुनलाई बोलाइए (यर्मिया १:५) र बप्‍तिस्मा दिने यूहन्ना गर्भमा छँदै परमेश्वरको आत्माले भरिए (लूका १:१५, ४१-४४)।

४) मोशाको व्यवस्थाअन्तर्गत गर्भमा रहेको बच्चालाई चोटपटक पुग्‍न गएको खण्डमा दण्डको व्यवस्था थियो (प्रस्थान २१:२२-२३)। गर्भमा रहेको बच्चालाई चोटपटक पुर्‍याइँदा वा उसको मृत्यु हुन पुग्दा त्यसलाई गम्भीर अपराधको रूपमा व्यवहार गरिन्थ्यो।

५) गर्भाधारणमाथि परमेश्वरको नियन्त्रण हुन्छ भनेर बाइबलले बताउँदछ (उत्पत्ति २०:१८; २९:३१; ३०:२२)। छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन् भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १२७:३)। गर्भको बच्चा आमाको होइन, परमेश्वरको हो।

६) परमेश्वरले नै गर्भभित्र बच्चालाई निर्माण गर्नुहुन्छ भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १३९:१३-१६)।

  1. परमेश्वरले दाऊदको अन्तस्करणलाई लिनुभएको वा बनाउनुभएको थियो (भजनसङ्ग्रह १३९:१३-१६)
    1. “अन्तस्करण” भन्ने शब्दले मानिसको अभौतिक भागलाई जनाउँछ, उसको हृदय, प्राण, र आत्मा। “अन्तस्करण” भन्ने शब्दको “हृदय” भन्ने शब्दसित निकट सम्बन्ध छ र यसले विशेष गरी मानिसको इच्छा, उसका चाहनाहरू, उसको मन, भावनाहरूको केन्द्रलाई जनाउँछ। हेर्नुहोस् – भजनसङ्ग्रह १६:७; २६:२; ७३:२१; हितोपदेश २३:१६; यशैया ११:५; यर्मिया ११:२०; १७:१०; २०:१२; प्रकाश २:२३।
    2. योचाहिँ परमेश्वरको परिमण्डल हो। यहाँ हस्तक्षेप गर्नलाई यसको बारेमा मान्छेलाई पर्याप्‍त ज्ञान छैन। यदि वैज्ञानिक अनुसन्धानका लागि भनेर एउटा अण्डालाई गर्भाधान गराइँदा त्यो नयाँ जीवन विकास हुन थाल्छ भने र यदि त्यसलाई नष्ट गरिन्छ भने यसको मतलब यो हो कि त्यहाँ परमेश्वरको स्वरूपमा बनाइएको जीवनलाई समाप्‍त गर्ने काम गरियो। भजनसङ्ग्रह १३९ अनुसार गर्भाधारण गरिएको उक्त नयाँ व्यक्ति उसको शरीर निर्माण हुन बाँकी भए तापनि त्यसमा उसको अन्तस्करण रहेको हुन्छ भन्ने कुरा बुझिन्छ। मानिसको अन्तस्करण परमेश्वरको अधिकारमा हुन्छ भनेर भजनसङ्ग्रहका खण्डहरूले सिकाउँछन्। त्यो उहाँद्वारा बनिएको हुन्छ र मृत्युमा त्यो उहाँकहाँ नै फर्कीजान्छ (उपदेशक १२:७)। मानिस होशियार रहोस्!
  1. दाऊदको शरीरलाई रच्नुहुने परमेश्वर हुनुहुन्थ्यो (भजनसङ्ग्रह १३९:१३-१६)। यहाँ दाऊद आफ्नो शरीरको उदेकपूर्ण जटिलताको बारेमा विचार गर्दछन् र भन्छन् कि यसका रचनाकार परमेश्वर हुनुहुन्छ र उहाँका कामका लागि उहाँलाई प्रशंसा गरिनुपर्छ। “म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका कामहरू अद्‍भूत छन्, अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ” (भजनसङ्ग्रह १३९:१४)। सर्वशक्तिमान् र बुद्धिमान् सृष्टिकर्ताको अस्तित्वको प्रमाण चाहिन्छ भने मानिसको अलौकिक रचनाको तथ्यलाई मात्र विचार गर्नु पर्याप्‍त छ।
    1. दाऊद निपुणतासाथ बुनिँदै र लगातार बनिँदै गएका थिए (भजनसङ्ग्रह १३९:१५,१६)। गर्भमा गर्भाधान भएको सूक्ष्म अण्डाबाट शुरु भएर बच्चा कसरी बढ्दै जान्छ भन्ने कुराको यो गजबको वर्णन हो। दाऊद “पृथ्वीका सबभन्दा तल्ला भागहरूमा” बनाइए भन्नु उनी जमीन मुनि बनाइए भन्ने होइन तर यसले गर्भलाई नै जनाउँदैछ। योचाहिँ गर्भको पद्यात्मक वर्णन हो जसलाई एउटा अँध्यारो, मानिसको आँखाले छेड्न नसक्ने अगम्य स्थानको रूपमा बयान गरिएको छ। “निपुणतासाथ बुनिएँ” भन्ने हिब्रू शब्द (राकाम) को माने “रङ्गीबिरङ्गी तुल्याउनु, अर्थात् कार्चोप भर्नु; यसको मतलब रचना गर्नु” (स्ट्रङ्ग)। अन्य ठाउँमा यसलाई “बेलबुट्टा हानिएको” (प्रस्थान २६:३६) र “बेलबुट्टा काढ्ने” (प्रस्थान ३८:२३) भनेर अनुवाद गरिएको छ। बार्न्स् (Barnes) को टिप्पणी छ: यसले विभिन्न धागोहरूलाई परस्परमा बुन्ने कामलाई जनाउँछ जसरी अहिले कार्पेट बुनिन्छ। यहाँचाहिँ मानव बनोटका विभिन्न र जटिल तत्त्वहरूलाई जनाइँदैछ — मांसरज्जु (टेन्डनहरू, tendons), नसाहरू (nerves), धमनीहरू (veins), रक्तवाहिनीहरू (arteries), मांसपेशीहरू मानो तिनीहरूलाई बुनिएजस्तै अथवा ती निपुणतासाथ आपसमा बुनिएजस्तै गरी बयान गरिएका छन्। कुनै पनि बुट्टादार शोभा वस्त्रलाई यससँग तुलना गर्न सकिन्न; मान्छेको कुनै पनि कलाले यति धेरै किसिमका यस्ता कोमल र मुलायम तन्तु तथा कोशिकाहरूलाई तिनलाई उसको हातमा उपलब्ध गराइए तापनि उसले आपसमा बुन्न सक्दैन जस्तो मानव शरीरको निर्माणको लागि आवश्यक पर्दछ; परमेश्वरबाहेक अरू कसले तिनलाई बनाउन सक्दछ? यो तुलना अति नै सुन्दर तुलना हो; अनि जति मानिसले आफ्नो शारीरिक बनोटको रचनालाई बुझ्नेछ त्यति नै यसको सराहना गरिनेछ” (बार्न्स्)। आलेन गिलेन, एम.डी. (Allen Gillen, M.D.) भन्छन्, “शरीर एउटा बुट्टादार शोभा वस्त्र (tapestry) जस्तै गरी बुनिएको छ। जस्तै, अस्थिपञ्जरको केवल एउटै मात्र मांसपेशीलाई हेर्नुहोस्। …सूक्ष्मदर्शक यन्त्रमुनि हेर्दा त्यसको अचम्मको बुनिएको रचना प्रकट हुन्छ (Body by Design, 2001, p.8)।
    2. दाऊद बनिनुभन्दा अघि नै दाऊदको शरीरको वर्णन परमेश्वरको किताबमा लेखिएको थियो (भजनसङ्ग्रह १३९:१६)। मानिसका नील पत्रहरू (blueprints) भएका यो अचम्मको ईश्वरीय पुस्तक स्वर्गमा छ भन्ने बुझिन्छ।
  1. बाइबलको यस शिक्षाको आधारमा गर्भपतन निश्चय नै हत्या हो। त्यो बच्चा आमाको होइन; ऊ सृष्टिकर्ताको हो। एउटा स्त्रीले आफ्नो शरीरसित आफ्नो खुशी गर्न स्वतन्त्र छैन किनकि ऊ सृजिएको प्राणी हो र परमेश्वरप्रति जवाफदेही हुन्छ र अझ उसको गर्भमा भएको त्यो बच्चा छुट्टै शरीर हो र छुट्टै व्यक्ति हो।

७) मूर्तिपूजकहरूले आफ्ना छोराछोरीहरूलाई मार्ने गर्थे र योचाहिँ परमेश्वरलाई घिनलाग्दो कुरा थियो (भजनसङ्ग्रह १०६:३८)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।