Entries by Pradesh Shrestha

अनुग्रहको प्रबन्ध

अनुग्रहको प्रबन्ध

 

अब हामी छैटौं प्रबन्धको अध्ययन गर्न तयार छौं जुन प्रबन्धको प्रारम्भ ख्रीष्टको मृत्यु र बौरिउठाइ पछि भयो र ख्रीष्टको दोस्रो आगमन नआएसम्म जारी रहनेछ। अघिल्ला पाठहरूमा हामीले बिगतका प्रबन्धहरूलाई अध्ययन गर्यौं तर अब हामी वर्तमानको प्रबन्धलाई अध्ययन गर्नेछौं जसलाई अनुग्रहको प्रबन्ध (DISPENSATION OF GRACE) भनिन्छ। हामी आज यही प्रबन्धअन्तर्गत जिइरहेका छौं। ठीक व्यक्तिलाई ठीक प्रबन्धसित जोडा मिलाउनुहोस्:

  1. ______ निर्दोषताको प्रबन्ध
  2. ______ विवेकको प्रबन्ध
  3. ______ मानवीय शासनको प्रबन्ध
  4. ______ प्रतिज्ञाको प्रबन्ध
  5. ______ व्यवस्थाको प्रबन्ध
  6. ______ अनुग्रहको प्रबन्ध
क – अब्राहाम
ख – नूह (जलप्रलय पछि)
ग – तपाईं र तपाईंका परिवार
घ – आदम (पतन अघि)
ङ – कयिन र हाबिल
च – दाऊद र दनियल

पावलले वर्तमान प्रबन्ध (भण्डारीपन) लाई एफेसी ३:२ मा उल्लेख गरेका छन् – “यदि तिमीहरूले परमेश्वरको _____________को ____________को विषयमा सुनेका छौ भने, जो तिमीहरूका निम्ति मलाई दिइएको छ।” प्ररित पत्रुसले पनि १ पत्रुस ४:१० मा यस महत्त्वपूर्ण भण्डारीपनको उल्लेख गर्छन् – “हरेकले पाएको वरदानअनुसार, परमेश्वरका नाना प्रकारका ___________का ________________झैं तिमीहरूले त्यो वरदान एक-अर्काको सेवामा लगाओ।”

परमेश्वरले अब्राहामलाई विशेष प्रतिज्ञाहरू दिनुभयो। परमेश्वरले मोशालाई आफ्नो पवित्र व्यवस्था दिनभयो। आज प्रभुले विश्वासी जनहरूलाई परमेश्वरको अनुग्रहको विशेष ज्ञान दिनुभएको छ। वर्तमान प्रबन्धमा परमेश्वरले आफ्नो अनुग्रहलाई विशेष प्रकारले प्रकट गर्दै हुनुहुन्छ। सधैंदेखि नै परमेश्वर अनुग्रही परमेश्वर नै हुनुहुन्छ। परमेश्वर आदम र हव्वाप्रति अनुग्रही हुनुहुन्थ्यो जब उहाँले उनीहरूलाई छालाका वस्त्रहरूको प्रबन्ध गरिदिनुभयो (उत्पत्ति ३:२१)। परमेश्वर नूहप्रति अनुग्रही हुनुहुन्थ्यो (उत्पत्ति ६:८) र परमेश्वर सारा पृथ्वीप्रति अनुग्रही हुनुहुन्थ्यो जब उहाँले जलप्रलय फेरि कहिल्यै नपठाउने प्रतिज्ञा दिनुभयो (उत्पत्ति ९:११)। परमेश्वर अब्राहाम र मोशा र दाऊद र बप्‍तिस्मा दिने यूहन्ना प्रति अनुग्रही हुनुहुन्थ्यो। तर परमेश्वरको अनुग्रह आज सबभन्दा प्रस्टसित देखिन्छ। विगतका युग (समय) हरूमा परमेश्वरको अनुग्रह एउटा खोलाजस्तै थियो। खोला सधैंदेखि नै त्यहाँ थियो अनि त्यो सदैव बगिरहेकै थियो र परमेश्वरको अनुग्रहको पानी प्रत्येक युगमा देख्न सकिन्थ्यो। तरैपनि आज परमेश्वरको अनुग्रहको खोला एउटा विशाल नदी बनेको छ र यसले किनारहरूलाई वारपार ढाकेको छ। आज परमेश्वरको अनुग्रह बगिरहेको मात्र छैन तर वारपार ढाकेर बगिरहेको छ। परमेश्वरको अनुग्रह प्रशस्त मात्र भएको छैन तर ज्यादै प्रशस्त भएको छ! आज हाम्रो प्रभुको अनुग्रह “सा____ प्र__________” छ (१ तिमोथी १:१४)।

एउटा सानो खोलो देखेर हामी त्यसको विचार प्रायः त्यति गर्दैनौं। जब खोला बढेर किनारहरूलाई वारपार ढाकेर बग्दछ त्यतिखेर हामी त्यसको विचार गर्न बाध्य हुन्छौं। आज परमेश्वरको अनुग्रह किनारहरूलाई वारपार ढाकेर बगिरहेको छ र परमेश्वर कति अनुग्रही हुनुहुन्छ भनेर मानिसहरूले विचार गरेको उहाँ चाहनुहुन्छ। विगतको करिब २००० वर्ष यता, परमेश्वरले आफ्नो अनुग्रहलाई प्रदर्शन गर्दै आउनुभएको छ।

जीवित परमेश्वर आफूलाई प्रकट गर्न रूचाउनुहुन्छ। यही नै हो परमेश्वरको उद्देश्य – कुनै पनि युगमा, प्रत्येक युगमा। इजकिएलको पुस्तकमा हामी घरीघरी यी शब्दहरू भेट्छौं, “तब तिनीहरूले म नै ___________ हुँ भनेर ____________” (हेर्नुहोस् इजकिएल २८:२२,२३,२४,२६, आदि)। आफू को हुँ भनेर प्रकट गर्न र देखाउन परमेश्वर रुचाउनुहुन्छ! विभिन्न समयमा विभिन्न तरिकाले परमेश्वरले आफूलाई प्रकट गर्ने क्रम नै इतिहासको कहानी हो।

केही उदाहरणहरू

नूहका समयमा परमेश्वरले आफू पापलाई घृणा गर्ने, इन्साफ गर्ने परमेश्वर हुँ भन्ने कुरा प्रकट गर्नुभयो (उहाँले जलप्रलय पठाउनुभयो!)

अब्राहामको समयमा परमेश्वरले आफू आफ्नो प्रतिज्ञालाई नतोड्ने विश्वासयोग्य परमेश्वर हुँ भन्ने कुरा देखाउनुभयो।

यूसुफको समयमा परमेश्वरले आफू सबै कुरा मिलाएर आफ्ना जनहरूका निम्ति भलाइ उत्पन्न गराउन सक्ने एक सार्वभौम परमेश्वर हुँ भन्ने कुरा देखाउनुभयो (उत्पत्ति ५०:२०)।

लाल समुद्रमा परमेश्वरले आफ्नो सामर्थ्य र उद्धार देखाउनुभयो।

मोशालाई व्यवस्था दिइँदा परमेश्वरको पवित्रता प्रकट भयो।

इतिहासको पन्नै पिच्छे परमेश्वरले आफूलाई प्रदर्शनी गर्दै हुनुहुन्छ र आफू को हुँ भनेर प्रकट गर्दै हुनुहुन्छ।

आफू को हुँ भनेर मानिस र स्वर्गदूतहरूलाई प्रकट गर्नु आज पनि परमेश्वरको उद्देश्य रहेको छ। नयाँ नियमले देखाउँछ। नयाँ नियमले यो देखाउँछ कि आज परमेश्वर विशेष गरी “उहाँको ____________को महिमा” (एफेसी १:६) र त्यसको धन प्रकट गर्न इच्छुक हुनुहुन्छ। जीवित परमेश्वर आफ्नो अचम्मको अनुग्रहलाई प्रदर्शनी गर्न चाहनुहुन्छ। परमेश्वरले अनुग्रहको खोलो बगाउँदै हुनुहुन्छ र मानिसहरूको ध्यान त्यसप्रति आकर्षित भएको चाहनुहुन्छ।

अनुग्रह के हो?

अनुग्रह एउटा महत्त्वपूर्ण शब्द हो र हामीले यसको अर्थ बुझ्नुपर्छ। परमेश्वरको अनुग्रह भन्नाले “परमेश्वरको निगाह” भन्ने बुझिन्छ। यसलाई परमेश्वरको “अनार्जित निगाह” (unmerited favor) भनेर परिभाषित गरिएको छ (मानिसप्रति परमेश्वरको त्यो निगाह जसको लायक मानिस थिएन अथवा कुनै पनि हिसाबले मानिसले त्यसलाई आर्जन गरेको वा कमाएको थिएन)। अनुग्रह भन्ने शब्द “पाउन- नालायक दया” (undeserved kindness) भनेर पनि परिभाषित गरिएको छ (अथवा परमेश्वरको त्यो अचम्मको प्रेम र दया, तिनीहरूप्रति जसको लायक तिनीहरू छँदै छैनन्)।

बाइबलले अनुग्रहको दुइटा सरल परिभाषाहरू दिएको छ:

१. एफेसी २:७ (सिलसिला छ, परमेश्वरको अनुग्रहकै, पद ७ र ८)

अनुग्रह भनेको “__________ ________मा हामीप्रति भएको उहाँ (परमेश्वर) को _______” हो (एफेसी २:७)।

येशू ख्रीष्टको कारण परमेश्वर अपराध र पापहरूमा मरेकाहरू प्रति समेत दयालु हुन सक्नुहुन्छ (एफेसी २:१-३)!

२. तीतस ३:४ (सिलसिला छ, परमेश्वरको अनुग्रहकै, तीतस २:११; ३:७)

अनुग्रह भनेको “हाम्रा ____________ परमेश्वरका _______ र __________प्रतिको ________” हो।

परमेश्वर मानिसप्रति दयालु हुनुहुन्छ (तीतस ३:३ मा बयान गरिएको जस्तो मानिसप्रति समेत)! जोहरू दया पाउन लायक नै थिएनन् तिनीहरू प्रति परमेश्वर कति अनुग्रही हुनुहुन्छ!

मेपीबोशेतप्रति राजा दाऊदले गरेको व्यवहारले परमेश्वरको अनुग्रहको सुन्दर चित्रण गर्दछ। यो हामी २ शमूएल अध्याय ९ मा पढ्न सक्छौं। के राजा दाऊद मेपीबोशेतप्रति दयालु व्यवहार गरे (पद ७ र १३)? _________। के मेपीबोशेतले आफूलाई त्यस्तो दयाको योग्य ठाने (पद ८)? ___________। दाऊद मेपीबोशेतप्रति मेपीबोशेतकै कारण दायालु थिए कि अरू कसैको कारण (पद ७)? __________ ________________। त्यसरी नै परमेश्वर हामीप्रति हाम्रै कारणले नभएर येशू ख्रीष्टको कारण दयालु हुनुहुन्छ (एफेसी ४:३२ – परमेश्वरले “_______मा तिमीहरूलाई क्षमा गर्नुभएको छ”)।

परमेश्वरको अनुग्रह (GRACE) लाई यसरी पनि व्यक्त गर्न सकिन्छ: “ख्रीष्टको खर्चले मिलेका परमेश्वरका धनहरू” (God’s Riches At Christ’s Expense)।

यसलाई हामी सबभन्दा प्रस्टसँग २ कोरिन्थी ८:९ मा देख्छौं – “किनकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको ___________ जान्दछौ – उहाँको गरिबीद्वारा तिमीहरू ____________ होओ भनेर उहाँ ____________ भएर पनि तिमीहरूका निम्ति __________ हुनुभयो।”

ख्रीष्टको खर्चले (“तिमीहरूका निम्ति गरिब हुनुभयो”; हाम्रो निम्ति क्रूसमा मर्नुभयो) परमेश्वरका धनहरू (“तिमीहरू धनवान् होओ भनेर”)।

कलवरीको क्रूसले मात्रै परमेश्वरको अनुग्रहको मूल फुटाउन सक्थ्यो। ख्रीष्ट क्रूसमा मर्नुभएको हुनाले परमेश्वरको प्रशस्त अनुग्रह पापीहरूमाथि खन्याइन सम्भव भयो। ख्रीष्ट क्रूसमा नमर्नुभएको भए परमेश्वर हामीप्रति दयालु र अनुग्रही बन्न सक्नुहुनेथिएन। बरु परमेश्वरले हामीलाई हाम्रा पापहरूका निम्ति इन्साफ गर्नुपर्ने थियो र हामी प्रत्येकलाई अग्निकुण्डमा पठानुपर्ने हुन्थ्यो। खुशीको खबर यो हो कि येशू हाम्रा निम्ति मर्नुभयो र उहाँले पापको दण्ड पूरै तिरिदिनुभयो भनी परमेश्वर पूर्ण रूपममा सन्तुष्ट हुनुहुन्छ।। त्यसैले आफ्नो अनुग्रह र दया उहाँको पुत्रमाथि विश्वास गर्नेहरूमाथि सित्तैंमा खन्याउन परमेश्वर स्वतन्त्र हुनुहुन्छ।

मैले पाउनुपर्ने त यो हो

तर येशू ख्रीष्टले मेरो निम्ति गरिदिनुभएको चाहिँ यो हो

(उहाँले आफैमाथि मेरो दण्ड लिनुभयो र उहाँले मेरो स्थान लिनुभयो)

ख्रीष्टले क्रूसमा जे गरिदिनुभयो, त्यसको कारण, परमेश्वर आफ्नो अनुग्रह ममाथि खन्याउन स्वतन्त्र हुनुहुन्छ 

१. प्रारम्भमा मानिसको अवस्था

अनुग्रहको प्रबन्धको प्रारम्भमा हामी पाप त्यसको चरमबिन्दुमा पुगेको देख्छौं। अधिकांश यहूदी जातिहरूले आफ्नो मुक्तिदाता र मसीहलाई अस्वीकार गरेका थिए: “उहाँ आफ्नैकहाँ आउनुभयो र उहाँका आफ्नैले (यहूदी जातिले) उहाँलाई _________ गरेनन्” (यूहन्ना १:११)। तिनीहरू आफ्नै अविश्वासले अन्धा पारिएका थिए। अन्तमा उनीहरूले यसो भन्दै चिच्याए, “त्यसलाई क्रूसमा टाँग!” मानिस पापको गगिराइमा पुगेको थियो अनि पापको अन्धकार यसभन्दा अँध्यारो हुने ठाउँ थिएन। मानिसले आफ्नो दुष्टता अन्त्यन्तै महान् छ भनेर प्रमाणित गर्‍यो तर परमेश्वरले यसैलाई आफ्नो अनुग्रह त्यसभन्दा पनि महान् छ भनेर प्रमाणित गर्न मौका लिनुभयो!

परमेश्वरको अनुग्रह मानिसको पापभन्दा अत्यन्तै महान् छ। यो हामी रोमी ५:२० मा देख्छौं – “अनि अपराध ___________ होस् भनेर व्यवस्था आयो।” यसको मतलब व्यवस्थाले पाप कति नराम्रो छ भनेर देखाउँछ। व्यवस्था एउटा लेन्स जस्तै हो जसले पापलाई त्यसको बास्तविक रूपला झन् झन् देखाइदिन्छ। यसबारेमा हामीले व्यवस्थाको अध्ययन गर्दा सिक्यौं (यस अध्ययन मालामा पाठ ७ र ८)। व्यवस्था त्यो ऐना हो जसले मानिसलाई ऊ बास्तवमा कति पापी र फोहोरी छ भनेर देखाइदिन्छ। अब रोमी ५:२० को अन्तिम भागलाई पढौं – “तर जहाँ ________ प्रशस्त भयो, त्यहाँ __________ झन् बढी प्रशस्त भयो।” पाप प्रशस्त भयो तर अनुग्रह झन् प्रशस्त भयो!नअ

मानिसको पापले परमेश्वरलाई आफू बास्तवमा कति अनुग्रही छु भनेर देखाउन एउटा सुन्दर मौका दियो।

एउटा बहुमूल्य पत्थर अथवा मणीको विचार गर्नुहोस्। उक्त बहुमूल्य पत्थरको सुन्दरता र रंगलाई साँच्ची नै देख्न सक्न ठीक खालको पृष्टभूमिको छनोट गर्नुपर्ने हुन्छ। एक खालको पृष्टभूमिले भन्दा अर्को खालको पृष्टभूमिले त्यस पत्थरलाई हेर्न बढी मदत पुर्याउँछ। आफ्नो अनुग्रहको चम्किला रंगहरू प्रस्ट देखाउन परमेश्वरले पापको कालो पृष्टभूमिलाई रोज्नुभएको छ। परमेश्वर आफ्नो अनुग्रहलाई प्रदर्शन गर्न चाहनुहुन्छ। उहाँको अनुग्रह मानिसको पापभन्दा महान छ भनेर उहाँले प्रकट गर्न चाहनुहुन्छ! हामी महा पापीहरू हौं तर हाम्रा निम्ति अझै महान् मुक्तिदाता हुनुहुन्छ! जब पाप सबभन्दा चरमबिन्दुमा थियो तब परमेश्वरले आफ्नो अनुग्रह “झन् प्रशस्त” छ भनेर देखाउन थाल्नु भयो (रोमी ५:२०)।

यहूदी जातिले आफ्नै मसीहलाई क्रूसमा टँगाएपछि परमेश्वरले के गर्नुभयो? जब पापले आफ्नो कुरुपता साँच्ची नै प्रकट गर्‍यो (जब मानिसले परमेश्वरको पुत्र र परमेश्वरको मुक्तिलाई ग्रहण गर्न अस्वीकार गर्‍यो), परमेश्वरले के गर्नुभयो? के उहाँले संसारलाई नष्ट गर्नुभयो? के उहाँले सबैलाई इन्साफ गर्नुभयो? अहँ, परमेश्वरले बरु एउटा अचम्मको काम गर्नुभयो। परमेश्वरले सबै ठाउँमा सबै मानिसहरूलाई निम्तो गर्न थाल्नुभयो। अधिकांश यहूदीहरू मुक्तिदाताकहाँ आउन चाहँदैनथे त्यसैले परमेश्वरले सबै मानिसहरूलाई निम्तो गर्न थाल्नुभयो र भन्नुभयो, “जसले चाहन्छ, उसले सित्तैंमा ___________को ________ लेओस्”(प्रकाश २२:१७)। संसार पापले अँध्यारो भएको थियो त्यसैले परमेश्वरले संसारमा अनुग्रहले ढाक्ने निर्णय गर्नुभयो। “किनकि मुक्ति ल्याउने परमेश्वरको __________ ______ ______________कहाँ देखा परेको छ (तीतस २:११)। परमेश्वर सबैलाई भेट्टाउन र समेट्न चाहनुहुँदैथियो!

परमेश्वरको अनुग्रहको अच्म्मको प्रशस्तता यूहन्ना १:१६-१७ मा पनि देखिन्छ: “अनि उहाँ (येशू ख्रीष्ट) कै परिपूर्णताबाट हामी सबैले पाएका छौं, अनि ___________माथि ___________।” “अनुग्रहमाथि अनुग्रह” को अर्थ हो “अनुग्रहको सट्टा अनुग्रह” जसरी समुद्रको किनारमा पानीको एक छालमाथि अर्को छाल वा छालको सट्टा छाल उर्लेर आउँदछ। परमेश्वरको अनुग्रह समुद्रका छालहरू जस्तै हुन्छ। अनुग्रहको एउटा छालमाथि अर्को छाल आउने क्रममा उहाँको अनुग्रह कहिल्यै रित्तिदैन: “किनभने _________द्वारा व्यवस्था दिइएको थियो, तर ___________ र सत्यताचाहिँ ________ ________द्वारा आए” (यूहन्ना १:१७)। मोशा व्यवस्था-दाता थिए; येशू ख्रीष्ट अनुग्रह-दाता हुनुहुन्छ! परमेश्वरले हामीलाई अनग्रह मात्र दिनुहुन्न, उहाँले “___________ र धार्मिकताको दानको प्रशस्ता” दिनुहुन्छ (रोमी ५:१७)! परमेश्वरले यो अनुग्रह सबै मानिसहरूलाई प्रदान गर्नुहुन्छ, चाहे उनीहरू यहूदीहरू हुन् या अन्यजाति!

पवित्र परमेश्वरका सामु मानिसको अवस्था

आज मानिसहरूले आफूलाई परमेश्वरको सामु आफ्नो बास्तविक अवस्थालाई देख्न खाँचो छ। तिनीहरूले आफूहरूलाई परमेश्वरले देख्‍नुभए जस्तै देख्‍नु खाँचो छ। निम्न जोडा मोलाउने अभ्यास पूरा गर्नुहोस्:

  1. ______ लूका १९:१०
  2. ______ रोमी ३:१०
  3. ______ रोमी ३:१२
  4. ______ रोमी ३:१९
  5. ______ रोमी ३:२३
  6. ______ एफेसी २:१
  7. ______ एफेसी २:२
  8. ______ एफेसी २:३
क – परमेश्वरको सामु दोषी
ख – आज्ञा नमान्ने सन्तान
ग – क्रोधको सन्तान
घ – हराएको
ङ – पापहरूमा मरेको
च – असल छैन
छ – धर्मी छैन
ज – पापी!

यस्तो अवस्थामा रहेका मानिसहरूप्रति के परमेश्वर अनुग्रही हुन सक्नुहुन्छ? निश्चय पनि! ख्रीष्ट येशू पापीहरूलाई __________ दिनालाई संसारमा आउनुभयो” (१ तिमोथी १:१५)। ख्रीष्ट पापीहरूका लागि मर्नुभयो अनि परमेश्वर पापीहरू प्रति अनुग्रही हुन चाहनुहुन्छ। परमेश्वरसँग एउटा सित्तैंको उपहार (वरदान) छ र त्यसलाई उहाँ सबै मानिसलाई दिन चाहनुहुन्छ! त्यो उपहार के हो (रोमी ६:२३; दाँज्नुहोस् रोमी ५:१५,१६,१७,१८)? ______________________। के उक्त उपहारलाई मानिसले कमाउनुपर्छ वा त्यसका लागि उसले तिर्नुपर्छ कि त्यो सित्तैंमा दिइएको छ (रोमी ५:१५)? ___________________________________।

२. मानिसको जिम्मेवारी

मुक्ति नपाएकाहरूको जिम्मेवारी

यदि एकजना अरबपतिको हातमा रू ७,५०,००,००० छ र त्यो पैसा तपाईंलाई दिनलाई उनले आफ्नो हात पसारे भने, तपाईं के गर्नुहुनेछ? के तपाईंले त्यो लिनुहुनेछ? के तपाईंले उक्त उपहारलाई स्वीकार गर्नुहुनेछ? कि तपाईं त्यो पैसा लिन अस्वीकार गरी एकातिर लाग्नुहुनेछ? परमेश्वरसँग एउटा उपहार छ जुनचाहिँ रू ७,५०,००,००० भन्दा बढी मूल्यको छ। “परमेश्वरको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा ___________ ____________ हो” (रोमी ६:२३)। योचाहिँ परमेश्वरको अनुग्रहको उपहार हो अनि यस उपहारलाई परमेश्वरले सबै मानिसहरूलाई प्रदान गर्नुहुन्छ।

उदेकको, असीमित, अतुलनीय अनुग्रह
विश्वास गर्ने सबलाई सित्तैंमा छ;
उहाँलाई हेर्न तृष्णा गर्नेहरूहो
अहिले नै उहाँको अनुग्रह लिनुछ।

– जुलिया जन्स्टन्

परमेश्वरले आफ्नो उपहार कसैमाथि लाद्ननुहुन्न। यसलाई लिन अस्वीकार गर्नेहरूसित उक्त उपहार छैन। परमेश्वरले यसलाई सबैलाई प्रदान गर्नुभएको छ तर सबैले यसलाई ग्रहण गर्दैनन्।

परमेश्वरबाटको अनन्त जीवनको उपहार ग्रहण गर्ने एउटै मात्र तरिका छ। एक व्यक्तिले येशू ख्रीष्टलाई उहाँको नाममा विश्वास गरी आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ (यूहन्ना १:१२)। यूहन्ना ३:१६,१८,३६ अनुसार आज मानिसको जिम्मेवारी के हो? __________________________________ । मुक्ति नपाएकाहरूलाई आज परमेश्वरको के आज्ञा छ (१ यूहन्ना ३:२३ को पहिलो भाग)? ____________ _______________________________। के तपाईंले यस आज्ञालाई पालन गर्नुभयो? ___________। के तपाईंले परमेश्वरको सित्तैंको उपहारलाई ग्रहण गर्नुभयो? __________। परमेश्वर पापीहरू प्रति कत्तिको अनुग्रही बन्न सक्नुहुन्छ भनेर के तपाईंले पत्ता लगाउनुभयो? __________?

मुक्ति पाएकाहरूको जिम्मेवारी

जीवित परमेश्वर आफ्नो अनुग्रहलाई प्रदर्शन गर्न चाहनुहुन्छ! उहाँ कति अनुग्रही हुनुहुन्छ भन्ने कुरा मानिसहरू र स्वर्गदूतहरूले देखेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरको अनुग्रह क्रियाशील भएको देख्न सक्न तपाईंले कहाँ हेर्नुपर्छ? पर्वतमा? आकाशका ताराहरूमा? समुद्रमा? होइन, परमेश्वरको अनुग्रह क्रियाशील भएको देख्न तपाईंले अनुग्रहले बचाइएका पापीहरूलाई हेर्नुपर्छ!

प्रत्येक विश्वासी परमेश्वरको अनुग्रहको “प्रदर्शन सामाग्री” हो! तपाईं संग्राहलयमा जानुभयो भने तपाईंले थुप्रै “प्रदर्शन सामाग्रीहरू” भेट्टाउनुहुन्छ। विश्वासी जनहरू कुनै संग्राहलयमा थुनेर राखिएका त छैनन्, तर तिनीहरू संसारमा परमेश्वरको अनुग्रहको जिउँदो प्रदर्शन सामाग्रीहरूका रूपमा हिँडिरहेका छन्। यो वर्तमान समयको लागि मात्र सत्य नभएर आउनेवाला युगहरूमा पनि सत्य हुनेछ: “ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने _____________मा उहाँको _____________को अपार धन देखाउनाका निम्ति” (एफेसी २:७)। परमेश्वरको अनुग्रहको प्रदर्शन-सामाग्रीहरू हुन पाउनु हाम्रो अहोभाग्य हो, हालको लागि मात्र नभएर अनन्त अनन्त युगहरूसम्म।

साथै परमेश्वरले आफ्नो अनुग्रहको बारेमा स्वर्गदूतहरूलाई सिकाउनका निम्ति हामी विश्वासी जनहरूलाई प्रयोग गर्नुहुन्छ। यसको बारेमा हामी एफेसी ३:१० मा सिक्दछौं (“प्रधानहरू र अधिकारीहरू” ले स्वर्गदूतहरूलाई जनाउँछन्)। यस पदले हामीलाई निम्न कुरा सिकाउँछ:

विश्व-ब्रम्हाण्डचाहिँ पाठशाला हो
परमेश्वर शिक्षक हुनुहुन्छ
स्वर्गदूतहरू विद्यार्थीहरू हुन्
परमेश्वरको बुद्धि र अनुग्रह विषयवस्तु हो।

आफ्नो अचम्मको बुद्धि र अनुग्रहको बारेमा स्वर्गदूतहरूलाई सिकाउन परमेश्वरले देखाउने दृश्य साधन म__________ (विश्वासी जनहरू) – हेर्नुहोस् एफेसी ३:१०)।

 

स्वर्गदूतहरू छक्क पर्छन्, परमेश्वर तपाईं र मजस्ता पापीहरूलाई गर्नुभएको अनुग्रह देखेर!

पावल प्रेरितले आफ्नै जीवनमा परमेश्वरको अनुग्रहको बारेमा धेरै थाह पाएका थिए (१ कोरिन्थी १५:१०)। के पावल एक महा पापी थिए (१ तिमोथी १:१३-१५)? ___________। के पावलसँग उनको पापभन्दा पनि महान् मुक्तिदाता हुनुहुन्थ्यो (१ तिमोथी १:१५)? ______________। परमेश्वर पावलसित अति सहनशील (रिसाउनमा ढीलो) हुनुभयो र पावलसित अनुग्रहको व्यवहार गर्नुभयो (हेर्नुहोस् १ तिमोथी १:१६)। १ तिमोथी १:१६ मा पावल यसो भन्दैथिए: “परमेश्वरले ममा आफ्नो अनुग्रह र सहनशीलता प्रकट गर्ने काम गर्दैहुनुहुन्छ। म परमेश्वरको सहनशीलताको प्रदर्शन-सामाग्री हुँ। जुन परमेश्वर मप्रति यस्तो अनुग्रही र सहनशील बन्नुभयो त्यही परमेश्वर तपाईंहरू प्रति अनुग्रही र सहनशील बन्न इच्छुक हुनुहुन्छ!”

प्रत्येक विश्वासी जनले पावलले जस्तै भन्न सक्नुपर्छ! मुक्ति नपाएकाहरूका लागि हाम्रो सन्देश यो हो: ‘यदि परमेश्वर मप्रति अनुग्रही बन्न सक्नुभयो भने परमेश्वर तपाईंप्रति पनि अनुग्रही बन्न सक्नुहुन्छ! यदि परमेश्वरले मजस्तो पापीलाई बचाउन सक्नुभयो भने निश्चय पनि परमेश्वरले तपाईंजस्तो पापीलाई बचाउन सक्नुहुन्छ! परमेश्वर अनुग्रही हुनुहुन्छ र उहाँले पापीहरूलाई बचाउन सक्नुहुन्छ भन्ने एउटा जिउँदो प्रमाण म हुँ!”

विश्वासी जन भएर मेरो जिम्मेवारी के हो? यहाँ मैले गर्नुपर्ने चारओटा कुराहरू छन्:

१. म परमेश्वरको अनुग्रहमा ला___________पर्छ (प्रेरित १३:४३)।

परमेश्वरले मलाई आफ्नो अनुग्रहले बचाउनुभयो जब मैले उहाँको पुत्रमा आफ्नो भरोसा राखें। म अनुग्रहमा नै लगातार जिउनुपर्छ (परमेश्वर सर्वेसर्वा हुनुहुन्छ र म केही होइन भन्ने कुरा महसुस गर्दै)। मेरो ख्रीष्टियन जीवनभरि म परमेश्वरको पुत्रमाथि भरोसा गरिरहनुपर्छ। “ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु, त्यो अनुग्रह साङला सरी बाँधोस् चंचल मन मेरो!” म अनुग्रले मुक्ति पाएको मात्र होइन, म मेरो ख्रीष्टियन जीवन अनुग्रहले नै जिउनुपर्छ।

२. मैले ____________को सुसमाचारको गवाही दिनुपर्छ (प्रेरित २०:२४)

मैले अरूहरूलाई, मलाई जस्तै उनीहरूलाई पनि बचाउन सक्ने अनुग्रही परमेश्वर हुनुहुन्छ भनेर बताउनुपर्छ। के तपाईंले एक व्यक्तिलाई मुक्तिको उपाय स्पष्टसँग बताउन सक्नुहुन्छ? अनुग्रहले मुक्ति पाउनु भनेको के हो, के तपाईंले अर्थ खोलिदिन सक्नुहुन्छ?

३. म अनुग्रहमा ब______पर्छ (२ पत्रुस ३:१८)।

मुक्ति पाएपछि मैले प्रभु ______________ हुनुहुन्छ भनेर स्वाद पाएँ (चाखें)। खानेकुराको विचार गर्नुहोस्। कुनै मीठो कुराको अलिकति स्वाद पाएपछि तपाईंलाई त्यो अझ खाऊँ जस्तो लाग्छ। एक पटक मात्र चाखेर मात्र तपाईंलाई पुग्दैन! ख्रीष्टियन जीवन पनि यस्तै हुन्छ। हामीलाई परमेश्वरको अनुग्रहको बारेमा झन् झन् जान्न मन लाग्छ। हामीलाई “उहाँको _____________को वचन” (प्रेरित २०:३२) ले बढ्दै जान मन लाग्छ। आफ्नो अनुग्रहले बचाउनुहुने परमेश्वरलाई खुशी पार्ने इच्छा हुन्छ हामीलाई।

४. म पापमा ला____________हुँदैन (रोमी ६:१-२)।

कसैले भन्ला, “परमेश्वर आफ्नो दुष्ट र अनाज्ञाकारी सन्तानप्रति कति अनुग्रही हुन सक्नुहुन्छ भनेर मानिसहरूलाई देखाउनका लागि तिमीले बरु पाप गरे हुँदैन र? आफूखुशी जिवन बिताए हुँदैन र? तिमीले जति पाप गर्यौ त्यति नै परमेश्वरले आफ्नो अनुग्रह देखाउनुहुनेछ नि!” के यो कुरा एउटा साँचो विश्वासीले भन्ने कुरा हो (रोमी ६:१-२)? _____________।

ठीक कि बेठीक जवाफ दिनुहोस् (तर पहिले तीतस २:११-१२ पढ्नुहोस्): मुक्ति ल्याउने परमेश्वरको अनुग्रहले हामीलाई यो सिकाउँछ – हामीले मुक्ति पाइसकेका हुनाले र हामी स्वर्ग पुग्ने भएको हुनाले हामी जस्तोसुकै खालको जीवन बिताए पनि हुन्छ। __________।

एक व्यक्तिले जति परमेश्वरको अनुग्रहलाई बुझ्छ त्यति उसले परमेश्वरले खुशी पार्दै जिउन चाहनेछ जुन परमेश्वरले यति ठूलो अनुग्रह गर्नुभयो।

३. मानिसको विफलता

मुक्ति नपाएकाहरूको विफलता

यद्यपि परमेश्वरले आफ्नो अनुग्रहमा मानिसहरूलाई सित्तैमा मुक्तिको उपहारको प्रबन्ध गर्नुभएको छ, थोरैले मात्र ख्रीष्टमा विश्वास गरेका छन् र यस उपहारलाई ग्रहण गरेका छन् (दाँज्नुहोस्, मत्ती ७:१३-१४)। अधिकांश मानिसहरूले परमेश्वरको उपहारलाई लिन अस्वीकार गरेका छन् र ख्रीष्टलाई उनीहरूको जीवनमा राजा र प्रभुको रूपमा राज्य गर्नलाई अस्वीकार गरेका छन् (लूका १९:१२-१४)।

अनुग्रहको यस युगमा परमेश्वर मानिसहरूले मुक्ति पाऊन् भनेर सहनशील भएर पर्खिरहनुभएको छ। उनीहरूले हरेक पल्ट कुनै गम्भीर पाप गर्नेबित्तिकै परमेश्वरले उनीहरूलाई इन्साफको प्रहारले नष्ट गर्ने काम गरिरहनुभएको छैन। परमेश्वर रिसाउनमा ढीलो हुनुहुन्छ (इन्साफ गर्नु अगाडि उहाँ लामो समय पर्खनुहुन्छ)।

नास्तिक रबर्ट इन्गर्सोलले आफ्नो वक्तव्य दिएपछि आफ्नो खल्ती-घडी झिकेर भने, “बाइबलअनुसार परमेश्वरले मानिसहरूलाई ईश्वरनिन्दाका लागि मृत्युले प्रहार गरेका छन्। म उनको ईश्वरनिन्दा गर्नेछु र उनले मलाई मृत्युले प्रहार गरून् र मेरो प्राणलाई दण्ड दिऊन् भन्ने चुनौती दिँदै म परमेश्वरलाई पाँच मीनेट समय दिनेछु।” घडिको सुइ घुम्ने क्रममा मानिसहरूको जमातबिच चुपचाप भयो। वातावरण तनावग्रस्त बन्यो। मानिसहरू आत्तिए, एकजना स्त्री बेहोस् भई भुईंमा लडीन्। पाँच मीनेट पछि इन्गर्सोलले आफ्नो घडीलाई बन्द गरे, आफ्नो खल्तीभित्र राखे र भने, “दर्शकविन्द, तपाईंले देखिहाल्नुभयो, परमेश्वर छैन नत्रता उनले मलाई मेरो चुनौतीको जवाफ दिनेथिए।”

के इन्गर्सोलले परमेश्वर हुनुहुन्न भनेर प्रमाणित गरेकै हुन् त? बास्तवमा यस अविश्वासी जनले अर्कै कुरा प्रमाणित गरे। उनले यो प्रमाणित गरे कि हामी अनुग्रहको दिनमा बाँचिरहेका छौं र परमेश्वर उहाँको नामलाई निन्दा गर्ने व्यक्तिप्रति समेत सहनशील हुनुहुन्छ। (त्यस दिनका एक दर्शकले राम्रै भने, “के यस भलाद्मी जनले परमेश्वरको धीरजलाई पाँच मीनेटमा तोड्न सक्छु भनेर साँच्ची नै सोचेका हुन्?”) जसरी यशैया ३०:१८ मा लेखिएको छ, “तापनि तिमीहरूमाथि _____________ गर्न परमप्रभु इच्छा गर्नुहुन्छ ( हिब्रुमा “पर्खनुहुन्छ”)।

परमेश्वरको अनुग्रहको दिन सदा रहनेछैन। त्यो दिन आयो जब परमेश्वरले इन्गर्सोललाई मृत्युले प्रहार गर्नुभयो (ऊ मर्‍यो!)। परमेश्वरको अनुग्रहलाई अस्वीकार गर्ने मानिसहरूले परमेश्वरको इन्साफको सामना गर्नुपर्ने हुन्छ। जलप्रलय अगाडिको दिनहरूमा १२० वर्ष लामो अनुग्रहको समय थियो (उत्पत्ति ६:३)। उक्त समयमा मानिसहरूप्रति अनुग्रही बन्न परमेश्वर पर्खनुभयो। त्यस समयमा नूहले परमेश्वरको जहाज बनाए र परमेश्वरले मानिसहरूलाई उहाँको वचनमाथि विश्वास गर्ने मौका दिनुभयो। तर अन्तमा ती १२० वर्षपछि अनुग्रहको दिन अन्त भयो अनि जहाजको ढोका बन्द गरियो (उत्पत्ति ७:१६)। परमेश्वरको अनुग्रहलाई अस्वीकार गर्नेहरूले परमेश्वरको इन्साफको सामना गर्नुपर्‍यो: “अनि जलप्रलय आयो र तिनीहरू सबैलाई _________ पार्‍यो” (लूका १७:२७)।

मुक्ति पाएकाहरूको विफलता

परमेश्वरको अनुग्रहलाई प्रकट गर्न धेरैपटक विश्वासीहरू चुकेका छन्। उदाहरणको लागि, “अन्धकार युग” (“Dark Ages”) मा मण्डलीहरूले परमेश्वरको अनुग्रहलाई प्रचार गर्न छाडेका थिए। उल्टो उनीहरूले मुक्ति भनेको कमाइनु पर्न, कामले आर्जन गर्नु पर्ने कुरा हो भनेर सिकाइरहेका थिए। मुक्ति एउटा सित्तैंको उपहार हो भनेर सिकाउन छाडे। मुक्ति मानिसको परिश्रममा भर पर्छ, नालायक पापीहरू प्रतिको परमेश्वरको दयामा होइन भनेर उनीहरूले सिकाए। मण्डलीहरूले परमेश्वरको “अनुग्रहको सुसमाचार” को गवाही दिनु पर्नेथियो तर उनीहरू त्यसो गरिरहेका थिएनन्। फलस्वरूप त्यसबेला जताततै आत्मिक अन्धकारले छाएको थियो।

दुःखको कुरा, आज पनि यस्तै छ। प्रायः मण्डलीहरू र धेरैजसो धार्मिक संगठनहरूले मुक्ति भनेको मानिसको कामले कमाइने कुरा हो र आफूले गरेका असल कामहरूले यो कमाइन्छ भन्ने कुरा सिकाउँछन्। थोरै मण्डलीहरूले मात्र मानिस “अनुग्रले मुक्ति” पाइन्छ भनेर सिकाउँछन्। धेरैजसो सत्यदेखि फर्केर गएका छन् झूटलाई सिकाउँदै छन्।

४. परमेश्वरको इन्साफ

हामीले देखिसक्यौं, परमेश्वरको अनुग्रह र सहनशीलताको दिन सधैं रहिरहनेछैन। रोमी २:४ ले परमेश्वरको कृपा र सहनशीलतालाई तुच्छ ठान्नेहरूको बयान गरेको छ। के यी मानिसहरू परमेश्वरको इन्साफदेखि उम्कनेछन् (रोमी २:३,५)? ______________। त्यो दिन आउँदै छ जब संसारका विश्वास नगर्ने मानिसहरू र सत्य-त्याग गरेको (apostate) मण्डली (एक समय सत्यलाई जानेका तर सत्यतादेखि फर्केका धर्मकर्म गर्ने मानिसहरू – १ तिमोथी ४:१; २ तिमोथी ३:५; ४:३-४) माथि परमेश्वरको इन्साफ वर्षनेछ।

नूहका दिनहरूको १२० वर्ष लामो अनुग्रहको समयको एक दिन अन्त भयो अनि परमेश्वरले संसारलाई जलप्रलयले इन्साफ गर्नुभयो। अहिले हामी जिइरहेको अनुग्रहको अझ लामो समयावधि (झण्डै २००० वर्ष लामो समय) को पनि अन्त हुनेछ अनि परमेश्वरले फेरि संसारलाई इन्साफ गर्नुहुनेछ। सबैभन्दा अधिक अनुग्रहको समय (वर्तमान अनुग्रहको युग) पछि सबैभन्दा अधिक इन्साफको समय आउनेछ (महासङ्कष्टकाल)। के उक्त महासङ्कष्ट जस्तै अर्को समय पहिला कहिल्यै भएको थियो वा पछि आउनेछ (मत्ती २४:२१)? _________________। यस अध्ययन मालाको पाठ ११ (शीर्षक, सङ्कष्टको समय) मा हामी सङ्कष्टकालको अझ विस्तृत अध्ययन गर्नेछौं।

परमेश्वरको अनुग्रहलाई अस्वीकार गर्नु ज्यादै डरलाग्दो कुरा हो। येशू ख्रीष्टलाई र उहाँले हाम्रो लागि गरिदिनुभएको कार्यलाई अस्वीकार गर्नु र परमेश्वरबाटको मुक्तिको सित्तैंको उपहारलाई लिन अस्वीकार गर्नु एउटा ज्यादै गम्भीर कुरा हो। के तपाईं, एक पापी, अनुग्रहले बचाइनुभयो? के तपाईंले अरूहरूलाई मुक्तिदातातिर देखाउँदै हुनुहुन्छ जो उहाँको क्रोध पाउन योग्य पापीहरूप्रति अति अनुग्रही हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

व्यवस्था र आज्ञाहरू

व्यवस्था र आज्ञाहरू

 

परमेश्वरले व्यवस्था किन दिनुभयो? व्यवस्थाले एक व्यक्तिको निम्ति के गरिदिन सक्छ? के व्यवस्थाले एक व्यक्तिलाई बचाउन सक्छ? व्यवस्था पालन गर्ने प्रयास गरेर के एक व्यक्तिले अनन्त जीवन प्राप्‍त गर्न सक्छ? मानौं एक व्यक्तिले एउटा बाहेक सबै आज्ञाहरू पालन गरेको छ। उक्त व्यक्ति व्यवस्था पालन गर्ने व्यक्ति हो कि व्यवस्था भङ्ग गर्ने व्यक्ति? व्यवस्था भङ्ग गरे बापत दण्ड के हो? व्यवस्थालाई कसरी एउटा ऐनासित तुलना गर्न सकिन्छ? व्यवस्था असल कुरा हो कि खराब? के कसैले परमेश्वरको व्यवस्थालाई पूरै पालन गरेको छ, आज्ञाहरूलाई सिद्धरूपमा पूरा गरेको छ?

परमेश्वरको व्यवस्था र आज्ञाहरूको विषयमा विचार गर्दा यी प्रश्नहरूको जवाफ दिने प्रयास गर्नेछौं।

१. व्यवस्थाले सबै मानिसलाई दोषी ठहराउँछ।

आफ्नै विषयमा विचार गर्नुहोस्। तपाईंले परमेश्वरको व्यवस्था पालन गर्नुभएको छ कि त्यसलाई उल्लङ्घन गर्नुभएको छ? तपाईं दोषी हुनुहुन्छ कि निर्दोष? विचार गर्नुहोस् सबैभन्दा ठूलो आज्ञाको। सबै नियम (व्यवस्था) हरूमध्ये मुख्य यही हो अनि यो मत्ती २२:३६-३८ मा पाइन्छ (व्यवस्था ६:५ मा पनि हेर्नुहोस्)। के तपाईंले यस आज्ञाको पूरा पालना गर्नुभएको छ? के तपाईं भन्न सक्नुहुन्छ: “मैले जीवनको प्रत्येक दिन नै परमेश्वरलाई मेरो सारा हृदयले र मेरो सारा प्राणले र मेरो सारा मनले प्रेम गरेको छु।” ___________। तपाईंको जीवनमा त्यस्ता समय पनि आएका छन् जब तपाईंले परमेश्वरलाई जति प्रेम गर्नुपर्थ्यो त्यति प्रेम गर्नुभएन? के तपाईंले आफ्नो परमेश्वरलाई सधैं पहिलो स्थान नै दिनुभएको छ? के प्रभु नै सधैं तपाईंको “पहिलो प्रेम” हुनुभएको छ कि तपाईंले अरू कुराहरू वा अरू व्यक्तिहरूलाई प्रभुलाई भन्दा बढी प्रेम गर्नुभएको छ? के तपाईंले सबभन्दा ठूलो आज्ञा पालन गर्नुभएको छ त? _________।

सबभन्दा दोस्रो ठूलो आज्ञालाई विचार गर्नुहोस्। यो मत्ती २२:३९ मा पाइन्छ (लेवी १९:१८ मा पनि हेर्नुहोस्)। के तपाईंले यस आज्ञालाई सिद्धरूपमा पालन गर्नुभएको छ? तपाईंले अरू मानिसहरूलाई सिद्धरूपमा प्रेम गर्नुभएको छ कि त्यसो गर्न विफल हुनुभएको छ? के कहिलेकाहीँ तपाईं स्वार्थी (अरूहरूको भन्दा आफ्नै स्वार्थ खोज्ने) हुनुभएको छ? के तपाईंले सबभन्दा दोस्रो ठूलो आज्ञालाई पालन गर्नुभएको छ त? _________।

आफैलाई जाँच्नुहोस्

अब हामी दसमध्ये केही आज्ञाहरूलाई विचार गरौं (जुन प्रस्थान २० मा पाइन्छ)। हामी यीमध्ये छओटा आज्ञाहरूलाई मात्र विचार गर्नेछौं। आफैलाई जाँच्नुहोस् र ठीक कि बेठीकमा चिन्ह लगाउनुहोस्:

______ ठीक

______ बेठीक

पहिलो आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:३ मा छ)।

मैले सधैं नै प्रभुलाई पहिलो स्थानमा राखेको छु र मैले मेरो जीवनमा सधैं नै प्रभुलाई पहिलो स्थान दिएको छु। मेरो जीवनमा परमेश्वरलाई दिइनुपर्ने स्थानलाई मैले कहिल्यै कुनै चीजलाई वा कुनै व्यक्तिलाई दिएको छैन।

______ ठीक

______ बेठीक

तेस्रो आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:७ मा छ)।

मैले कहिल्यै प्रभुको नामलाई व्यर्थमा लिएको छैन न ता मैले कहिल्यै परमेश्वरको नामलाई विचारै नगरी हल्का रूपमा प्रयोग गरेको छु। मैले सधैं नै परमेश्वरको नामलाई आदर र सम्मानपूर्वक प्रयोग गरेको छु।

______ ठीक

______ बेठीक

पाँचौं आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:१२ मा छ)।

मैले सधैं मेरा बाबुआमालाई उच्च आदरका साथ आदर गरेको छु। मैले कहिल्यै मेरा बाबुआमाको आज्ञा उल्लङ्घन गरेको छैन अनि मैले सानैदेखि कहिल्यै पनि सजाय पाउन योग्यको काम गरिनँ।

______ ठीक

______ बेठीक

आठौं आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:१५ मा छ)।

मैले कहिल्यै कसैबाट केही चोरेको छैन। जुन कुरा मेरो थिएन त्यो मैले कहिल्यै लिएको छैन। मैले सधैं अर्काको सम्पत्तिलाई सम्मान गरेको छु।

______ ठीक

______ बेठीक

नवौं आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:१६ मा छ)।

मैले कहिल्यै कसैबाट केही चोरेको छैन। जुन कुरा मेरो थिएन त्यो मैले कहिल्यै लिएको छैन। मैले सधैं अर्काको सम्पत्तिलाई सम्मान गरेको छु।

______ ठीक

______ बेठीक

दसौं आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:१७ मा पाइन्छ)।

मैले कहिल्यै कसैको कुराको लोभ वा इच्छा गरेको छैन। मैले कहिल्यै अर्काको घर वा जग्गा वा गाडी वा पत्‍नीको अभिलाषा (बलियो चाहना) गरेको छैन। परमेश्वरले मलाई दिनुभएको कुरामा नै म सधैं सन्तुष्ट रहेको छु।

जाँचमा कस्तो गर्नुभयो? यदि तपाईंले “ठीक” भनेर जवाफ दिनुभएको छ भने यसको मतलब हो तपाईंले आज्ञा पालन गर्नुभएको छ। यदि तपाईंले “बेठीक” भनेर जवाफ दिनुभएको छ भने, यसको मतलब तपाईं आज्ञा उल्लङ्घन गर्ने दोषी हुनुहुन्छ। तपाईंले कतिपटक “ठीक” मा चिन्ह लगाउनुभयो? ________ पटक। तपाईंले कतिपटक “बेठीक” मा चिन्ह लगाउनुभयो? ________ पटक। तपाईं व्यवस्था उल्लङ्घन गर्ने दोषी हुनुहुन्छ कि व्यवस्था पालन गर्ने निर्दोष व्यक्ति हुनुहुन्छ? ___________ ____________________________________।

मानौं तपाईंले चार ठाउँमा “ठीक” चिन्ह लगाउनुभयो र एक ठाउँमा मात्र “बेठीक” चिन्ह लगाउनुभयो। यसको मतलब हुन्छ तपाईंले एउटा बाहेक सबै आज्ञाहरू पालन गर्नुभएको छ। तपाईं व्यवस्था पालन गर्ने व्यक्ति हुनुहुन्छ कि व्यवस्था भङ्ग गर्ने व्यक्ति? यसको जवाफ याकूब २:१० मा पाइन्छ – “किनकि जसकसैले ___________ ___________ पालन गर्दछ, तर पनि __________ कुरामा चुक्यो भने ऊ सबै कुरामा ________ ठहरिएको छ।”

याकुब २:१० को खास अर्थ के हो? मानौं त्यस्तो एउटा व्यक्ति छ जसले व्यवस्थाको एउटा बाहेक सबै आज्ञाहरू पालन गरेको छ। उसले एउटा आज्ञालाई भङ्ग गर्नु बाहेक व्यवस्थालाई सिद्धरूपमा पालन गरेको छ। याकूब २:१० ले भन्दछ, “ऊ सबै कुरामा _________ ठहरिएको छ।” उसले एउटा मात्रै आज्ञा भङ्ग गर्‍यो तरैपनि ऊ व्यवस्था भङ्ग गर्ने व्यक्ति नै हो!

मानौं एउटा बाबुले आफ्नो जवान छोरालाई यसरी काम अह्राएको छ: आँगन सरसफाइ गर्नू, साइकल पुछपाछ गर्नू, झ्यालका शिशाहरू साबुन-पानीले धुनू, फोहोर-मैला बाहिर लगरे जलाउनू। छोराले आँगन सरसफाइ गर्‍यो, साइकल पुछपाछ गर्‍यो, झ्यालका शिशाहरू साबुन-पानीले धोयो तर फहोर-मैलालाई बाहिर लगेन। उसले सबै गर्‍यो, तर एउटा गरेन। अब उसलाई आज्ञाकारी भनौं कि अनाज्ञाकारी? _______________। के उसले बाबुको आज्ञा नमानेकोले दोषी छ? ________। आंशिक आज्ञाकारिता बास्तवमा अनाज्ञाकारिता हो।

सातौं आज्ञाले भन्दछ, “व्यभिचार नगर्नू” (प्रस्थान २०:१४)। आज बढ्दो संख्यामा विवाहितहरू आफ्ना जीवन साथी प्रति अविश्वासयोग्य बनी व्यभिचार गर्ने भएका छन्। तर कसैले भन्ला, “म सधैं आफ्नी पत्‍नीप्रति विश्वासयोग्य रहेको छु; मैले कहिल्यै व्यभिचार गरेको छैन त्यसैले म यस आज्ञालाई उल्लङ्घन गर्ने दोषी होइन।” तर हेर्नुहोस् मत्ती ५:२७-२८ मा कसरी प्रभु येशूले यस आज्ञाको भावप्रति हाम्रो ध्यान आकर्षण गर्नुहुन्छ, “तिमीहरूले सुनेका छौ, पुराना समयकाहरूलाई यो भनिएको थियो, ‘तिमीले व्यभिचार नगर। तर म तिमीहरूलाई भन्दछु, जसकसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ, त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।”

एकजना मिसनरीले प्रभुलाई चिन्नु अघि आफू स्कूलमा पढ्दै गर्दा घटेको एउटा साँचो घटना बताएका छन्। स्कूलको चमेना गृहमा आफ्ना साथीहरूसित बस्दै गर्दा एकजना विद्यार्थीसित कारणवश एउटा बाइबल रहेछ। टेबल वरिपरि थुप्रै केटाहरू थिए र त्यहाँ यस व्यक्ति पनि थिए जो पछि गएर मिसनरी बने। अनि त्यस युवकले बाइबललाई मत्ती ५:२८ (माथि उल्लेखित पद) मा पल्टाएका थिए र उनले टेबल वरिपरिका सबैलाई देखाउँदै थिए। एउटाले यस्तो टिप्पणी गर्‍यो: “यसअनुसार त हामी सबै दोषी छौं!” तिनीहरू एक-एकले आफूहरू खराब अभिलाषाको पापको दोषी छौं भनेर महसुस गरे! त्यस घडी उनीहरू कसैबाट पनि सुसमाचार सुन्न तयार थिए! तर, त्यस दृश्यको नजिक कुनै विश्वासी थिएन। तर परमेश्वरलाई धन्यवाद होस्, ती विद्यार्थीहरूमध्ये एकजनाले पछिबाट कलेज विद्यार्थीहरूका बीचमा सुसमाचार सुनाउने एक आत्मिक मिसनरी डनल्ड फुलर्टनबाट सुसमाचार सुने र मृत्युबाट जीवनमा सरे र ख्रीष्टको विश्वासयोग्य सेवक बने।

व्यवस्था भङ्ग गर्न एक व्यक्तिले कतिओटा आज्ञाहरू तोड्नुपर्छ? ________।

एउटै मात्र कडी टुटेको सिक्रीलाई विचार गर्नुहोस्। के उक्त सिक्री टुटेकै मानिन्छ? ____________। विचार गर्नुहोस् एक व्यक्तिलाई जसले हत्या गरेको छ तर व्यभिचार कहिल्यै गरेको छैन (हेर्नुहोस् याकूब २:११)। के उक्त व्यक्ति व्यवस्था भङ्ग गर्ने व्यक्ति हो? __________।

एउटा रबर ब्याण्ड (इलास्टिक) लाई विचार गरनुहोस्। त्यो कैंचीद्वारा दस ठाउँमा काटियो भने के त्यो टुक्रेको रबर ब्याण्ड मानिन्छ? ____________। त्यसलाई एउटै मात्र ठाउँमा काटियो भने के त्यो पनि टुक्रेकै रबर ब्याण्ड मानिन्छ? ____________।

विचार गर्नुहोस् एउटा मान्छेलाई जो एउटा पहराको डरलाग्दो भीरमा एउटा डोरीको भरमा जीवन र मृत्युको दोसाँधमा झुण्डिरहेको छ। मानौं पाँचओटा कागहरू आएर डोरीलाई पाँच ठाउँमा चुच्चोले ठुङ्न थालेछन्। अनि डोरी एकैचोटी पाँचैओटा ठाउँमा चुँडिन पुगेछ किनभने पाँचओटा कागहरूले डोरीलाई ठुँगेर एकैपटक चुँड्याएछन्। के त्यो मान्छे खसेर मर्नेछ? __________। मानौं एउटै मात्र कागले डोरीको एउटै मात्र ठाउँमा ठुङ्ने काम गर्‍यो। डोरी एउटै मात्र ठाउँमा चुँडियो भने के त्यो मान्छे खसेर मर्नेछ? __________। डोरी चुँडिन एउटै मात्र ठाउँमा चुँडिए पुग्छ!

के कसैले परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा पालन गरेको छ? के कसैले दस आज्ञालाई पूरै पालन गरेको छ? के कसैले परमेश्वरका एक-एक आज्ञाहरूलाई सिद्धरूपमा पालन गरेको छ? यूहन्ना ७:१९ मा येशूले त्यसबेलाका धार्मिक अगुवाहरूलाई भन्नुभयो, “के मोशाले तिमीहरूलाई ___________ दिएनन् र? अनि तिमीहरूमध्ये ___________ _______ व्यवस्था __________ ___________।” उनीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गरेको थिएन! उनीहरू सबै नै व्यवस्था भङ्ग गर्नेहरू थिए!

परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा पालन गर्ने एउटै मात्र व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। यूहन्ना ७:१८ मा येशू ख्रीष्टको सन्दर्भमा यसरी भनिएको छ: “उनमा कुनै _________ छैन।” साथै १ पत्रुस २:२२ ले बताउँछ येशूले “कुनै _________ गर्नुभएन।” येशूले कहिल्यै कुनै व्यवस्था भङ्ग गर्नुभएन, एउटै पनि भङ्ग गर्नुभएन!

येशू पूर्ण रूपमा निर्दोषधर्मी हुनुहुन्थ्यो। तपाईं नि? रोमी ३:१९ अनुसार तपाईं निर्दोष हुनुहुन्छ कि दोषी हुनुहुन्छ? ____________।

के व्यवस्था खराब हो?

हामीले आफैलाई परमेश्वरको व्यवस्थाको मापदण्डले जाँच गर्यौं भने, हामीले हामी व्यवस्था भङ्ग गर्ने दोषीहरू हौं भनेर थाह पाउनेछौं। के यसको मतलब व्यवस्था खराब कुरा हो भन्ने हो? होइन, समस्या व्यवस्था होइन, समस्या त हामी हौं! “व्यवस्था __________ छ, र आज्ञा पनि __________, _______________ र __________ छ” (रोमी ७:१२)। व्यवस्था आफैमा कुनै समस्या छैन!

व्यवस्था स्वयम् परमेश्वरकै एक प्रतिबिम्ब हो। परमेश्वर पवित्रधर्मीअसल हुनुहुन्छ। त्यस्तै गरी परमेश्वरले मानिसलाई दिनुभएका व्यवस्थाहरू पनि पवित्रधर्मीअसल छन्। व्यवस्थाले परमेश्वरका धर्ममय मागहरू (righteous requirements) के के हुन् भनी देखाउँदछन्। समस्या के हो भने, पापी मानिस परमेश्वरको पवित्र व्यवस्थाको मागबमोजिम काम गर्न असमर्थ छ

फोहोर अनुहार लिएर ऐनाको सामु उभिरहनुभएको आफूलाई कल्पना गर्नुहोस्। तपाईंले भन्नुहोला, “यो ऐनालाई के भएको होला? यसले मेरो अनुहारमा फोहोर लागेको पो देखाउँछ!” ऐनालाई केही भएको छैन। खास समस्या तपाईंको फोहोर अनुहार हो। त्यस असल ऐनाले तपाईंको समस्या छ भनेर देखाउँछ। त्यसरी नै परमेश्वरको असल व्यवस्थाले पापी मानिसलाई उसको समस्या देखाउँदछ (रोमी ७:१४ पढ्नुहोस्—व्यवस्थामा समस्या छैन, समस्या ममा पो छ!)

२. व्यवस्था भङ्ग गरे बापतको दण्ड—मृत्यु

जाँचमा चोर्नेलाई त्यहाँ दण्ड हुन्छ। जथाभाबी गाडि वा मोटरसाइकल चलाउनेले पनि त्यहाँ जरिवाना तिर्नुपर्छ। परमेश्वरको व्यवस्थाहरूको सम्बन्धमा पनि यस्तै हुन्छ। परमेश्वरको व्यवस्थाहरूलाई भङ्ग गर्दा त्यहाँ जरिवाना तिरिनैपर्छ।

प्रस्थान २१ अध्यायलाई विचार गर्नुहोस् (दस आज्ञा भएको अध्यायको लगत्तै पछिको अध्याय)। पद १२,१५,१६,१७ अनुसार व्यवस्था भङ्ग गर्नेहरूलाई कुन दण्ड (सजायँ) तोकिएको छ? __________।

रोमी १:२९-३१ मा पापहरूको एउटा लामो सुची छ। यी तीनओटा पदहरूमा सुचित कुनै पापको सम्बन्धमा के तपाईं दोषी हुनुहुन्छ? ___________। पद ३२ मा हामी सिक्छौं त्यहाँ एउटा दण्ड छ: “यस्ता-यस्ता काम गर्नेहरू ________________ पाउन _____________ हुन्छन्।” यही कुरा हामी रोमी ६:२३ मा सिक्छौं, “__________को ज्याला ___________ हो।” व्यवस्था भङ्ग गर्नेहरू (पापीहरू) मृत्युदण्डको योग्य हुन्छन्। व्यवस्था भङ्ग गरेबापत दिइने दण्ड मृत्यु हो। मृत्यु भनेको परमेश्वरबाट अलग हुनु र परमेश्वरबाट दण्ड पाउनु हो (तुलना गर्नुहोस् २ थेस्सलोनिकी १:८-९; मत्ती २५:४१,४६)। व्यवस्था भङ्ग गर्ने दोषीहरू मृत्युदण्ड पाउन योग्य हुन्छन्।

गलाती ३:१० मा हामी सिक्छौं, व्यवस्था भङ्ग गर्ने दोषीहरू परमेश्वरको श्रापमनि छन्: “किनकि जतिजना _____________का कामहरूबाटका हुन्, तिनीहरू _________मनि छन्; किनकि लेखिएको छ: ‘व्यवस्थाको पुस्तकमा लेखिएका ______ कुराहरूमा तिनलाई पालन गर्नालाई लागिनरहने हरेक जन __________ होस्।’ यस पदले भन्दछ, परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा पालन नगर्नेहरू परमेश्वरको श्रापमुनि छन्।

गलाती ३:१० लाई यसरी पनि व्यक्त गर्न सकिन्थ्यो: “व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नालाई लागिरहने हरेक जन आशिषित होस्।” यसको मतलब परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा (आफ्नो जीवनभरी हरेक दिन) पालन गर्ने व्यक्ति आशिषित हुन्छ। तर समस्या यस्तो छ: पापी नर र नारीहरू परमेश्वरको पवित्र व्यवस्थालाई सिद्धरूपमा पालन गर्नै सक्दैनन्। हामी सबैले पाप गरेका छौं र परमेश्वरको पवित्र व्यवस्थाले माग गरेबमोजिम गर्नलाई चुक्दछौं (तुलना गर्नुहोस् रोमी ३:२३)। यो आशिष पापी मानिसको पहुँचभन्दा पर छ। हामी व्यवस्था भङ्ग गर्ने पापीहरू भएका हुनाले परमेश्वरको श्राप हामीमाथि रहेको छ। हामीलाई कतै आशा छ त?

३. खुशीको खबर यही हो—ख्रीष्ट व्यवस्था भङ्ग गर्नेहरूका निम्ति मर्नुभयो।

येशू ख्रीष्टले पापी मानिसहरूलाई ___________को _______बाट बचाउनुभएको छ। “_______ निम्ति _______ बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ; किनकि लेखिएको छ: ‘हरेक जो रूखमा झुण्डिन्छ, त्यो श्रापित हो’ (गलाती ३:१३)।

समस्त पृथ्वीभरिका व्यवस्था भङ्ग गर्ने एक-एकलाई खुशी खबर छ! तपाईंलाई बचाउन येशू ख्रीष्ट संसारमा आउनुभयो (१ तिमोथी १:१५)। तपाईं आशिषित होस् भनेर उहाँ क्रूसमा श्रापित हुनुभयो। उहाँले तपाईंको निम्ति सो गरिदिनुभयो भनेर के तपाईं विश्वास गर्नुहुन्छ? के तपाईं धन्यवादी हुनुहुन्छ? ख्रीष्टले गरिदिनुभएको कामको कारणले परमेश्वरले मानिसहरूलाई अनन्त जीवनको दान लिन निम्तो दिनुहुन्छ (रोमी ६:२३)। के तपाईंले यस दानलाई ग्रहण गर्नुभयो?

४. अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ?

धनी जवान शासक (मत्ती १९:१६-२२)

मानौं कसैले तपाईंलाई यसरी प्रश्न गर्‍यो: “अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ?” (तुलना गर्नुहोस् मत्ती १९:१६)। यसको जवाफ तपाईंले कसरी दिनुहुनेथ्यो? बाइबल जान्नेले शायद यसरी जवाफ दिनेथ्यो, “अनन्त जीवन पाउनलाई तपाईंले येशूमा विश्वास गर्नुपर्छ” (हेर्नुहोस् यूहन्ना ६:४७ र यूहन्ना ३:१६)। तर त्यस धनी जवान शासकलाई येशूले दिनुभएको जवाफ यो थिएन। मत्ती १९:१७ मा येशूले भन्नुभयो, “तिमी जीवनमा पस्न चाहन्छौ भने ____________ _________ गर।” येशू अनुसार अनन्त जीवन व्यवस्था पालन गरेर प्राप्‍त गर्न सकिन्छ!

बास्तवमा दुवै जवाफहरू सत्य छन्। अनन्त जीवन प्राप्‍त गर्न त्यहाँ दुइटा उपायहरू छन्:

(१) एक व्यक्तिले परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा आफ्नो जीवनभरी शुरू देखि अन्तसम्मै पालन गरेर अनन्त जीवन प्राप्‍त गर्न सक्दछ।

यो भयो व्यवस्थाद्वारा मुक्ति पाउने उपाय।

समस्या: यसो गर्न सक्ने प्रभु येशू ख्रीष्ट बाहेक अरू कोही छ होला? _________। पापी मानिसले परमेश्वरको पवित्र व्यवस्थालाई सिद्धरूपमा पालन गर्नु के सम्भव छ?

(२) एक व्यक्तिले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेर, उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरेर अनन्त जीवन प्राप्‍त गर्न सक्दछ।

यो भयो अनुग्रहद्वारा मुक्ति पाउने उपाय।

समाधान: यद्यपि परमेश्वरको पवित्र व्यवस्थाले सबैभन्दा असल मान्छेलाई समेत दोषी ठहर्याउँदछ, परमेश्वरको अनुग्रहले सबैभन्दा खराब मान्छेलाई समेत बचाउन सक्दछ यदि उसले येशूमा विश्वास गर्दछ भने।

अर्को शब्दमा भन्ने हो भने, स्वर्ग जाने त्यहाँ दुइटा उपायहरू छन्। एउटा उपाय हो, सिद्ध जीवन बिताउनु (परमेश्वरका सबै आज्ञाहरूलाई सिद्धरूपमा पालन गर्नु)। अर्को उपाय हो, पापीहरूलाई बचाउन आउनुभएको मुक्तिदातामाथि भरोसा गर्नु।

त्यस धनी जवानले व्यवस्था पालन गर्ने प्रायसले कहिल्यै मुक्ति पाउन सक्नेछैनन् भनी येशू जान्नुहुन्थ्यो। येशूले त्यस मानिसलाई उनी कति पापी छन् भनेर देखाउन चाहनुहुन्थ्यो। त्यस धनी जवानले आफू व्यवस्था पालन गर्ने व्यक्ति हुँ भनेर सोच्थ्यो कि व्यवस्था भङ्ग गर्ने व्यक्ति (मत्ती १९:१७-२०)? ________________________________________। तपाईंको विचारमा उनी त्यस्तै थिए त? ____________। त्यस जवान शासक, आफ्नै धर्म-कर्ममा भरोसा राख्‍ने, नैतिकता जीवन बिताउन खोज्ने व्यक्ति थिए। एकातिर उनका असल-असल कुराहरूका कारण उनी आफैद्वारा भ्रममा परेका थिए भने अर्कोतिर उनमा भएको खराबले उनलाई दण्डको योग्य बनाएको थियो। उनका असल-असल कुराहरूले उनलाई उनको खराबीलाई देख्नदेखि छेक्यो।

यस मानिस बास्तवमा व्यवस्था भङ्ग गर्ने दोषी नै थिए। सबैभन्दा ठूलो आज्ञा के हो याद छ तपाईंलाई (मत्ती २२:३६-३८)? के यस मानिसले आफ्नो सारा हृदयले परमेश्वरलाई प्रेम गर्थे? कि उनले आफ्नो सम्पत्तिलाई बढी प्रेम गर्थे (मत्ती १९:२१-२२)? ___________________________________। उनी सबैभन्दा ठूलो आज्ञालाई भङ्ग गर्ने दोषी थिए? ___________।

व्यवस्थाका एक गुरू (लूका १०:२५-२९)

लूका १०:२५ मा व्यवस्थाका यस गुरूले येशूलाई गरेका प्रश्नलाई विचार गर्नुहोस्, “गरुज्यू, ___________ _________को अधिकारी हुनलाई म के गरूँ?” येशूले यस व्यक्तिलाई आफैले आफ्नो प्रश्नको जवाफ दिन लगाउनुहुन्छ (हेर्नुहोस्, लूका १०:२६-२७)। यस मानिसले व्यवस्थाका सबैभन्दा ठूला दुई आज्ञाहरूलाई उद्धरण गर्दछन्: परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नु र आफ्नो छिमेकिलाई आफैलाई झैं प्रेम गर्नु। येशूले यस मानिसलाई भन्नुभयो: “यही _______, र तिमी ____________।” एक व्यक्तिले अनन्त जीवन पाउनलाई केवल दुइटा काम गर्नुपर्छ:

  1. उसले परमेश्वरलाई सिद्धरूपमा प्रेम गर्नुपर्छ।
  2. उसले आफ्नो छिमेकिलाई आफैलाई झैं प्रेम गर्नुपर्छ।

तर समस्या के हो भने येशू ख्रीष्ट एक मात्र व्यक्ति हुनुहुन्छ जसले यी दुई काम सिद्धरूपमा पालन गर्नुभएको छ। अरू सबै मानिसले परमेश्वरलाई सिद्धरूपमा प्रेम गर्न चुकेका छन् र अरूलाई सिद्धरूपमा प्रेम गर्न चुकेका छन्।

याद गर्नुहोस्, यदि हामीले सिद्धरूपमा व्यवस्थालाई पालन गर्ने सक्ने भएका भए हामीलाई मुक्तिदाताको दरकार पर्ने थिएन अनि ख्रीष्टको मृत्यु पनि आवश्यक हुने थिएन (हेर्नुहोस् गलाती २:२१)। केवल व्यवस्था भङ्ग गर्ने दोषीहरूलाई मात्रै मुक्तिदाताको आवश्यकता छ तर व्यवस्थालाई कहिल्यै भङ्ग नगर्ने धर्मीहरूलाई मुक्तिदाताको आवश्यकता पर्दैन। यस्ता धर्मीहरू कतिजना छन् (रोमी ३:१०)? ______________। तसर्थ हामीमध्ये कतिजनालाई मुक्तिदाताको आवश्यकता छ? ____________।

५. व्यवस्थाको उद्देश्य

व्यवस्थाको उद्देश्य रोमी ३:२० मा उल्लेख गरिएको छ, “यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन; किनकि ___________द्वारा ________ चिन्ने ________ हुन्छ।” यस पदले हामीलाई दुइटा महत्त्वपूर्ण सत्यताहरू सिकाउँदछ:

  1. व्यवस्थाको उद्देश्य एक व्यक्तिलाई मुक्ति दिनु (धर्मी ठहराउनु) होइन।
  2. व्यवस्थाको उद्देश्य एक व्यक्तिलाई उसको पाप देखाउनु हो (उसलाई उसको पापको बारेमा ज्ञान दिलाउनु हो) – तुलना गरनुहोस्, रोमी ७:७-१४।

फेरि विचार गर्नुहोस् फोहोर अनुहार भएको त्यस मानिसलाई जसले ऐनामा हेर्छ। त्यो फोहोर चाहिँ पाप जस्तै हो र ऐनाचाहिँ व्यवस्था जस्तै हो। ऐनाको उद्देश्य हो एक व्यक्तिलाई उसको फोहोरलाई देखाउनु! हामीले हाम्रो अनुहारलाई ऐनाले पक्कै पनि सफा गर्दैनौं! ऐनाले हामीलाई साबुन पानीले हाम्रो अनुहार धुनुपर्छ भनेर भन्छ, जसरी व्यवस्थाले हामीलाई हामीसित पाप छ र हाम्रा पापहरू धोइनुपर्छ भनेर भन्छ। व्यवस्थाले हामीलाई हाम्रा पापबाट धुन सक्दैन, त्यो काम केवल थुमाले मात्र सक्नुहुन्छ (यूहन्ना १:२९)। जसरी ऐनाले हामीलाई धारामा डोर्याउँछ त्यसरी नै व्यवस्थाले हामीलाई थुमातिर डोर्याउनु पर्छ।

एउटा पापी परमेश्वरको पवित्र व्यवस्थाको सामु जब खडा हुन्छ, उसले यति मात्र भन्न सक्छ, “म दोषी छु!” जब विश्वास गर्ने पापी येशू ख्रीष्टको सामु खडा हुन्छ, जसले यति मात्र भन्न सक्छ, “परमेश्वरको स्तुति होस्! म धोइएँ, मैले क्षमा पाएँ!” व्यवस्था जे गर्नै सक्दैनथ्यो, परमेश्वरले आफ्नै _______लाई पठाएर गर्नुभयो (रोमी ८:३)। थुमाका लागि परमेश्वरलाई स्तुति होस्!

व्यवस्थाले बचाउन सक्दैन तर त्यसले एक व्यक्तिलाई उसले मुक्ति पाउन खाँचो छ भनेर देखाउन भने सक्छ। व्यवस्थाले एक व्यक्तिलाई उसको पाप धुन सक्दैन, तर त्यसले उसलाई उसको पाप देखाउन भने सक्छ। ऐना आफूलाई धुनलाई प्रयोग गरिन सक्ने कुरा होइन, तर समस्या देख्नलाई त्यसले खुबै मदत भने गर्छ!

व्यवस्था पवित्र छ तर त्यसले एक व्यक्तिलाई पवित्र पार्न सक्दैन। त्यसले हामीलाई हामी कत्तिको अपवित्र छ भनेर देखाउन भने सक्छ। यसले हामीलाई शुद्ध पार्न सक्दैन।

६. प्रेमको व्यवस्था

मत्ती २२:३६-४० अनुसार सम्पूर्ण व्यवस्थालाई संक्षेपमा दुइटा आज्ञाहरूले व्यक्त गर्न सक्छ: परमेश्वरलाई प्रेम गर अनि आफ्नो छिमेकिलाई प्रेम गर। रोमी १३:८-१० पनि हेर्नुहोस्। यी पदहरूमा हामी देख्छौं, “प्रेम गर्नु नै व्यवस्था __________ गर्नु हो” (रोमी १३:१०)। यसको मतलब हो, जसले परमेश्वरलाई प्रेम गर्छआफ्नो छिमेकिलाई प्रेम गर्छ उसले व्यवस्थालाई पालन गर्दै छ, त्यसलाई पूरा गर्दै छ। ऊ व्यवस्था भङ्ग गर्ने होइन तर ऊ व्यवस्था पालन गर्ने हो।

फेरि दस आज्ञामध्ये केही आज्ञाहरूलाई विचार गर्नुहोस्। एक व्यक्तिले साँच्ची नै परमेश्वरलाई प्रेम गर्दछ भने के उसले कुनै अन्य देव-देवीलाई परमेश्वरको सट्टामा प्रतिस्थापन गर्नेछ (प्रस्थान २०:३)? ___________। यदि एक व्यक्तिले साँच्ची नै परमेश्वरलाई प्रेम गर्दछ भने, के उसले मूर्ति बनाउने वा मूर्तिलाई पूज्ने काम गर्नेछ (प्रस्थान २०:४-५)? ____________। यदि एक व्यक्तिले परमेश्वरलाई साँच्ची नै प्रेम गर्दछ भने, के उसले परमेश्वरको नाम व्यर्थमा लिनेछ (प्रस्थान २०:७)? ___________।

यदि एक व्यक्तिले आफ्नो छिमेकिलाई साँच्ची नै प्रेम गर्दछ भने के उसले उसको हत्या गर्नेछ (प्रस्थान २०:१३)? _____________। यदि एक व्यक्तिले आफ्नो छिमेकिलाई साँच्ची नै प्रेम गर्दछ भने के उसले उसबाट चोर्नेछ (प्रस्थान २०:१५)? ______________। सारा व्यवस्था एउटै शब्दमा पूरा हुँदछ—त्यो शब्द हो प्रेम (हेर्नुहोस् गलाती ५:१४)।

कुरा कति सजिलो सुनिन्छ! व्यवस्था पालन गर्नलाई हामीले केवल परमेश्वरलाई प्रेम गरे पुग्छ र आफ्नो छिमेकिलाई प्रेम गरे पुग्छ। भन्नलाई यो सजिलो छ तर गर्नलाई गाह्रो छ। बास्तवमा भन्ने हो भने यो गर्नलाई असम्भव नै छ! पापी नर र नारीहरू परमेश्वरको तरिकाले प्रमे गर्न असक्षम छन्। परमेश्वरले भन्नुहुन्छ कि त्यो उहाँको अपरिहार्य माग हो अनि उनीहरू यस्तो खालको प्रेमको एक छेउ पनि उत्पन्न गर्न सक्दैनन्!

जब परमेश्वरले एक व्यक्तिलाई बचाउनुहुन्छ तब उहाँले एउटा उदेकको काम गर्नुहुन्छ। परमेश्वर स्वयम् विश्वास गर्ने व्यक्तिको जीवनमा जिउन आउनुहुन्छ। गलाती २:२० मा हामी यी शब्दहरू पढ्छौं: “ख्रीष्ट ___________ जिउनुहुन्छ।” हामी आफैले कहिल्यै गर्न सक्ने थिएनौं, तर ख्रीष्ट हामीभित्र जिउनुहुन्छ। व्यवस्था दिने व्यक्ति (येशू ख्रीष्ट) मेरो हृदयमा बास गर्न आउनुभएको छ। उहाँ नै एक मात्र व्यक्ति हुनुहुन्छ जसले व्यवस्थालाई सिद्धरूपमा पालन गर्नुभयो। म परमेश्वरलाई र छिमेकिलाई प्रेम गर्न सक्दिन तर यो सम्भव गराउन ख्रीष्ट मभित्र जिउनुहुन्छ!

गलाती ५:२२ मा हामी यो पढ्छौं: “आत्माको __________ हो, _______।” मैले प्रेम उत्पन्न गर्न सक्दिन, तर मभित्र हुनुहुने परमेश्वरले सक्नुहुन्छ! म ___________ मा हिँड्नुपर्छ (गलाती ५:१६) र प्रभुसित ठीक सम्बन्धमा हुनुपर्छ। पवित्र आत्मा हाम्रो हृदयमा बास गर्नुहुन्छ, हामी आफैमा असम्भव कुराहरू सम्भव गराउन। तलका हरफ जन बन्यनका हुन् भनिन्छ (अङ्ग्रेजीबाट अनुवादित):

दौड न दौड, व्यवस्थाले भन्छ
तर दिन्छ मलाई न खुट्टा न हात
झन् सुन्दर खबर सुसमाचारको छ
उड भन्छ र
पखेटा दिन्छ!

के तपाईंले मुक्ति पाउनुभयो? के तपाईंको हृदयमा पवित्र आत्माले बास गर्दै हुनुहुन्छ? के परमेश्वरले तपाईंलाई असम्भव गर्न सक्ने तुल्याउनुभएको छ? के पवित्र आत्माले तपाईंको जीवनमा गलाती ५:२२-२३ मा उल्लेखित फल उत्पन्न गर्दै हुनुहुन्छ? कि गर्दैहुनुहुन्छ वा गर्दैहुनुहुन्न?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

व्यवस्थाको प्रबन्ध

व्यवस्थाको प्रबन्ध

 

(सीनै पर्वतदेखि कल्वरी डाँडासम्म)

व्यवस्थाको प्रबन्धको शुरूआत त्यसबेला भयो जुनबेला परमेश्वरले इस्राएलका सन्तानहरूलाई मोशाद्वारा व्यवस्था दिनुभयो (प्रस्थान १९-२०)। अनि जुनबेला क्रूसमा ख्रीष्टको मरण भयो र पन्टेकोस्टको दिनमा मण्डलीको शुरूआत भयो त्यसबेला व्यवस्थाको प्रबन्धको अन्त भयो (मत्ती २७ र प्रेरित २)। तसर्थ, यस प्रबन्धले लगभग १,५०० वर्षको समयावधिलाई समेट्यो। यसैबेला पुरानो नियमका अधिकांश पुस्तकहरू लेखिए। साथै यसैबेला इस्राएलका सन्तानहरू एउटा जातिको रूपमा विकास भए र उनीहरू विभिन्न ऐतिहासिक समयकालहरू भएर गए:

इस्राएलको इतिहास
(व्यवस्था अन्तर्गत)

मोशादेखि क्रूससम्म

  • उजाडस्थानको यात्राहरूको समयकाल
  • यहोशूको नेतृत्वमा देश कब्जा गरेको समयकाल
  • न्यायकर्ताहरूको समयकाल
  • राजाहरूको समयकाल
  • कैदहरूको समयकाल (आसिरियन र बेबिलोनीहरूद्वारा)
  • देशमा पुन:स्थापनाको समयकाल (यरुबाबेल, एज्रा र नहेम्याहको नेतृत्वमा)
  • सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका, यूहन्ना) ले समेटेको समयकाल

व्यवस्था अन्तर्गत जिएका केही महत्त्वपूर्ण व्यक्तिहरू यस प्रकार थिए: मोशा, यहोशू, शिमशोन, शमूएल, राजा शाऊल, दाऊद, सोलोमन, एलिया, एलिशा, यशैया, दनियल, इजिकिएल, एज्रा, नहेम्याह, बप्‍तिस्मा दिने यूहन्ना र अरूहरू। बाइबलका पन्नाहरूमा पढ्दा भेटिने प्रायः व्यक्तिहरू व्यवस्थाको प्रबन्धअन्तर्गत जिउने व्यक्तिहरू नै थिए।

१. प्रारम्भमा मानिसको अवस्था

परमप्रभुले इस्राएलका सन्तानहरूका निम्ति कुनचाहिँ महान् कार्य गरिदिनुभयो (प्रस्थान २०:२)? _________________________________________________। इस्राएलका सन्तानहरू मिश्रदेशमा करिब ४०० वर्षसम्म कमारा-कमारीहरू थिए (उत्पत्ति १५:३)। परमेश्वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो, उनीहरूको उद्धार गर्नुभयो र उनीहरूलाई एउटा ठूलो आश्चर्यकर्मद्वारा त्यस देशदेखि बाहिर निकाल्नुभयो (प्रस्थान १४ पढ्नुहोस्)। इस्राएलका सन्तानहरूले परमेश्वरको सामर्थ्य र महानतालाई विशिष्ट रूपमै देख्न पाए (प्रस्थान १४:३०-३१)। उहाँले आफ्ना जनहरूको हेरचाह गर्न सक्नुहुन्छ भन्ने कुराको प्रमाण परमेश्वरले अचम्म तरिकाले दिनुभयो। लाल समुद्रको आश्चर्यकर्मले यसलाई पूर्ण रूपमा प्रमाणित गर्‍यो!

इस्राएलका सन्तानहरू परमेश्वरमाथि भरोसा गर्न र परमेश्वरका प्रतिज्ञाहरूमाथि विश्वास गर्न जिम्मेवार थिए भन्ने कुरा हामीले आखिरी पाठमा सिकेका थियौं। प्रस्थान ३:८ र १७ मा परमेश्वरले मोशालाई दिनुभएको एउटा प्रतिज्ञा पाउँछौं। के परमेश्वरले इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट बाहिर निकाल्ने प्रतिज्ञा दिनुभयो? ____________। के परमेश्वरले इस्राएलका सन्तानहरूलाई प्यालेस्टाइन भूमि (कनानीहरूको देश) भित्र ल्याउने प्रतिज्ञा दिनभयो?_____________। यस प्रतिज्ञाअनुसार इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशभित्र नै पस्नेवाला थिए कि उनीहरू उजाडस्थानमा मर्नेवाला थिए? _______________________________________।

तसर्थ, इस्राएलका सन्तानहरूले दुइटा कुराहरूलाई याद राख्‍नुपर्थ्यो:

  1. परमेश्वरले तिनीहरूलाई देशभित्र ल्याउने प्रतिज्ञा गर्नुभयो (प्रस्थान ३:६,१७)।
  2. परमेश्वरले आफ्ना जनहरूको हेरचाह गर्न सक्नुहुन्छ भन्ने कुराको प्रमाणित गर्नुभयो
    (प्रस्थान १४ – उनीहरूलाई लाल समुद्र पार गराउनुभएको परमेश्वरको उद्धारको महान् कार्य)।

प्रस्थानको पुस्तकमा पढ्दैजाँदा, हामी सिक्छौं, यस्तो प्रतिज्ञा गर्नुहुने र यस्तो सामर्थ्य देखाउनुहुने परमेश्वरमाथि भरोसा गर्न इस्राएलका सन्तानहरू विफल भए। इस्राएलको अविश्वासको निम्न उदाहरणहरूलाई विचार गरौं:

१) प्रस्थान १५:२२-२६ (लाल समुद्र पार गरेको केवल तीन दिन पछि):

तीतो पानीको समस्या!

यस समस्याको समाधानका लागि के इस्राएलका सन्तानहरूले प्रभुमाथि भरोसा गरे? परमेश्वरले उनीहरूको हेरचाह गर्नुहुनेछ भनी के तिनीहरूले विश्वास गरे? परमेश्वरले उनीहरूको हेरचाह गर्नुहुनेछ भनी उनीहरूले परमेश्वरलाई धन्यवाद दिए कि प्रभुको विरुद्धमा गनगन गरे?

२. प्रस्थान १६:१-१५ (लाल समुद्र पार गरेको करिब एक महिना पछि):

खानाको अभावको समस्या!

इस्राएलका सन्तानहरूले परमेश्वरलाई भरोस गरे कि गनगन गरे? उनीहरूलाई प्रतिज्ञाको देशभित्र परमेश्वरले ल्याउनुहुनेछ भनी उनीहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे (पद ३)?

३. प्रस्थान १७:१-७:

पानीको अभावको समस्या!

परमेश्वरले उनीहरूलाई पानीको प्रबन्ध गर्न सक्नुहुन्छ भनेर के इस्राएलका सन्तानहरूले विश्वास गरे? परमेश्वरले उनीहरूलाई प्रतिज्ञाको देशभित्र ल्याउनुहुनेछ भनी विश्वास गरे कि उनीहरूले आफूहरू उजाडस्थानमा मारिनेछौं भनेर फिक्री गरे (पद ३)? परमेश्वर उनीहरूको बीचमा हुनुहुन्छ र उहाँले उनीहरूका सबै खाँचोहरू पूरा गरिदिन सक्नुहुन्छ भनी उनीहरू के विश्वस्त थिए (पद ७)?

सीनै पर्वतमा इस्राएल

मिश्रदेशबाट निस्केका तेस्रो महिनामा इस्राएलका सन्तानहरू सीनै पर्वतको फेदमा आइपुगे (प्रस्थान १९:१-२)। यसै ठाउँमा परमेश्वरले इस्राएलका सन्तानहरूलाई आफ्नो व्यवस्था र आज्ञाहरू दिन लाग्दै हुनुहुन्थ्यो। सीनै पर्वतमा आइपुगेपछि आफ्ना जनहरूका निम्ति परमेश्वरको एउटा सन्देश थियो। प्रस्थान १९:४ का आखिरी तीन शब्दहरू के हुन्? ___________________________________। परमेश्वरले मिश्रीहरूलाई के गर्नुभयो भनी इस्राएलका सन्तानहरूले देखेका थिए (प्रस्थान १४:३०-३१)। परमेश्वरले तीतो पानीलाई गुलियो पारिदिनुभएको इस्राएलका सन्तानहरूले देखेका थिए (प्रस्थान १५:२५)। परमेश्वरले उजाडभूमिको बीचमा खानेकुरा प्रबन्ध गरिदिनुभएको इस्राएलका सन्तानहरूले देखेका थिए (प्रस्थान १६:११-१५)। परमेश्वरले चट्टानबाट पानी दिनुभएको उनीहरूले देखेका थिए (प्रस्थान १७:६)। उनीहरूका गनगनाइ र अविश्वासका बाबजुद पनि परमेश्वर अनुग्रहीकृपालु हुनुभएको उनीहरूले देखेका थिए! उनीहरूले परमेश्वरको सामर्थ्य र महानता बारम्बार प्रकट गरिएको देखेका थिए!

प्रस्थान १९:५ मा परमेश्वरले इस्राएलका सन्तानहरूसित एउटा सम्झौता वा करार बाँध्न लाग्नुभएको देख्छौं। यसलाई कहिलेकाहीँ मोशाको करार भन्ने गरिन्छ (किनभने त्यसबेला मोशा इस्राएलका अगुवा थिए)।

उक्त करारका शर्तहरूलाई हामी विचार गरौं। प्रस्थान १९:५-६ अनुसार यदि इस्राएलका सन्तानहरूले करारको शर्त पालना गरे भने परमेश्वरले उनीहरूलाई विशेष तरिकाले आशिष दिने प्रतिज्ञा गर्नुभयो – “यदि तिमीहरूले मेरा कुरा साँच्चै नै __________ र मेरो करार ___________ गर्यौ भने” (प्रस्थान १९:५)। इस्राएलीहरूले आज्ञा पालन गरे भने परमेश्वरले आशिष दिनुहुनेथ्यो।

के इस्राएलका सन्तानहरू यस करारका शर्तहरू पालन गर्न इच्छुक थिए? के उनीहरूले करारको आफ्नो पक्षलाई पूरा गर्न इच्छुक थिए (हेर्नुहोस् प्रस्थान १९:८)? _______________।

आत्मविश्वासको खतरा

प्रस्थान १९:८ मा सारा मानिसहरूले भने, “परमप्रभुले भन्नुभएका सबै कुराहरू _______ __________ ___________।” पछि उनीहरूलाई मोशाले परमेश्वरका कानूनहरू दिनुभएपछि पनि के उनीहरूले यही कुरा भने (प्रस्थान २४:३)? __________। प्रस्थान २४:७ मा ती मानिसहरूले भने, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी ___________ र _____________ हुनेछौं।”

यी मानिसहरूसित आफैमा बढ्ता विश्वास भएको देखिन्छ। आफैमा उनीहरूसित प्रभुको आज्ञा पालन गर्ने शक्ति छैन भनेर यी मानिसहरूले महसुस गर्न सकेनन्। व्यवस्था ५:२७-२९ लाई विचार गरौं। इस्राएलका सन्तानहरूसित एउटा हृदयको समस्या थियो (पद २९)। उनीहरूले बोलेका शब्दहरू (पद २८) उनीहरूको हृदयसित (पद २९) मेल खाँदैनथ्यो। उनीहरू प्रत्येकसित एउटा पापी र विद्रोही हृदय थियो। प्रत्येकसित नै आज्ञा नमान्ने झुकाव भएको हृदय थियो।

इस्राएलका सन्तानहरूले आफ्ना हृदयहरू कति पापी छन् भनी महसुस गर्नुपर्नेथ्यो। उनीहरूलाई व्यवस्था दिनुभन्दा अगाडि नै परमेश्वरले इस्राएलका सन्तानहरूलाई उनीहरूले उहाँका आज्ञाहरू कत्तिको पालन गर्दा रहेछन् भनी एउटा जाँच दिनुभएको थियो। प्रस्थान १६ मा परमेश्वरले आफ्ना जनहरूलाई मन्ना बटुल्ने सम्बन्धमा केही सामान्य नियमहरू दिनुभएको थियो। एउटा नियमचाहिँ प्रस्थान १६:१९ मा पाइन्छ: बिहानसम्म मन्ना नराख्नू। के उनीहरूले यस सरल नियमको पालना गरे (प्रस्थान १६:२०)? ____________। अर्को नियम थियो: विश्रामदिनमा मन्ना नबटुल्नू (प्रस्थान १६:२२-२६)। के उनीहरूले यस सरल नियमको पालना गरे (प्रस्थान १६:२७)? ____________। यसबाट उनीहरूले आफ्नो हृदयको बारेमा के महसुस गर्नुपर्नेथ्यो (हेर्नुहोस् प्रस्थान १६:२८)? _____________________ ___________________________________________________।

प्रस्थान १९:८ (अनि प्रस्थान २४:३,७ मा) इस्राएलका सन्तानहरूले बेग्लै तरिकाले जवाफ दिनुपर्नेथ्यो। उनीहरूले, भनौं, यस प्रकारले भन्नुपर्नेथ्यो:

“परमप्रभु, हामीले तपाईंका आज्ञाहरू पालन गर्न सक्दैनौं। हाम्रा हृदयहरू दुष्ट छन्, विद्रोही छन् र पापी छन्। हामी आफैमा आज्ञापालन गर्ने शक्ति छैन। हामीले मन्ना बटुल्ने सम्बन्धी दुइटा सरल नियमहरू पनि पालन गर्न सकेनौं। तपाईंले हामीलाई सहायता गर्नुभएन भने र हामीलाई क्षमता दिनुभएन भने हामी निश्चय विफल हुनेछौं। प्रभु हामी सक्दैनौं। तपाईंले हामीलाई सहायता गर्नुपर्छ!”

एकातिर आफैमा विश्वास गर्नु (आत्मविश्वास) गलत हो भने अर्कोतिर विश्वासै नहुनु पनि गलत हो। यताउता गर्ने घडीको पेन्डुलमलाई विचार गर्नुहोस्। हामी यी दुई विषमताहरूतिर जानुहुँदैन:

 

ख्रीष्टको सहायता र शक्तिबिना एउटा विश्वासी जनले कत्तिको गर्न सक्छ (यूहन्ना १५:५)? ____________________। इस्राएलका सन्तानहरूले यसरी भन्नुपर्नेथियो, “परमप्रभुबिना उहाँले आज्ञा गर्नुभएका यी कुनै पनि कुराहरू हामीले गर्न सक्दैनौं। उहाँले हामीलाई सहायता गर्नुभयो र हामीलाई शक्ति दिनुभयो र हाम्रो हृदयहरूमा काम गर्नुभयो भने मात्रै हामी सो गर्न सक्नेछौं।” पढ्नुहोस, मर्कूस १४:२९-३१ र मर्कूस १४:६६-७२। पत्रुससित परमेश्वर-केन्द्रित विश्वास थियो कि आत्म-केन्द्रित विश्वास थियो? _____________________________।

परमेश्वरले दिनुभएका व्यवस्थाहरू

परमेश्वरले इस्राएलका सन्तानहरूको हातमा नियमहरूको एक विशेष संगालो सुम्पिनुभयो। विश्वको कुनै पनि जातिलाई यस किसिमको जिम्मेवारी दिइएको थिएन (पढ्नुहोस्, व्यवस्था ४:५-८)। परमेश्वरले आफ्नो जातिलाई मोशाको व्यवस्थाअन्तर्गत ६१३ ओटा आज्ञाहरू (यहूदी गणनाअनुसार) दिनुभयो। यी आज्ञाहरूले जीवन र जीवनका क्रियाकलापहरूका सबै पक्षहरूलाई समेटेका छन्। यीमध्ये सबैभन्दा परिचित र महत्त्वपूर्ण आज्ञाहरूलाई दस आज्ञा भनिन्छ अनि यो प्रस्थान २० अध्याय (साथै व्यवस्था ५ अध्याय) मा पाइन्छ। परमेश्वरले दिनुभएका अरू आज्ञाहरू पढ्न प्रस्थान २१-२३ अध्यायहरूमा पढ्न सक्नुहुन्छ।

याद गरौं, मानिसहरूलाई आज्ञाहरू दिनुभएको पहिलो पटक सीनै पर्वतमा नै त होइन। परमेश्वरले आदमलाई कुन आज्ञा दिनुभएको थियो (उत्पत्ति २:१७)? _________________________ _______________________________________________। के परमेश्वरले जलप्रलयपछि नूह र उनका सन्तानहरूलाई कुनै आज्ञाहरू दिनुभयो (उत्पत्ति ९:१-७)? _____________। के परमेश्वरले अब्राहामलाई कुनै आज्ञाहरू दिनुभयो (उत्पत्ति १७:९-१२)? _______________। सीनै पर्वतमा उनीहरूलाई व्यवस्था दिइनुभन्दा पनि अघि के इस्राएलका सन्तानहरूलाई कुनै आज्ञाहरू दिइएको थियो (प्रस्थान १५:२६ र प्रस्थान १६:२८)? ____________।

परमेश्वरले केही नियमहरू सीनै पर्वतभन्दा अगाडि पनि दिनुभएको थियो तर सीनै पर्वतमा भने परमेश्वरले आफ्नो जातिलाई नियमहरूको एउटा विशेष संगालो नै दिनुभयो जसलाई परमेश्वरले “मेरो करार” (प्रस्थान १९:५) भन्ने संज्ञा दिनुभयो। यस संगालोमा दस आज्ञा पनि पर्थ्यो साथै जीवनका सबै पक्षहरूलाई समेट्ने थुप्रै अरू नियम-विनियमहरू पनि यसमा समावेश थिए।

हामीले यो पनि बुझिराख्‍नुपर्छ, व्यवस्था इस्राएल जातिलाई मात्र दिइएको थियो जुन जातिलाई परमेश्वरले मिश्रदेशदेखि बाहिर निकाल्नुभयो (प्रस्थान १९:३; २०:२)। परमेश्वरको व्यवस्था मिश्रीहरूलाई दिइएन, न ता कनानीहरूलाई न ता बेबिलोनीहरूलाई न ता अन्य कुनै जातिलाई। परमेश्वरले यस करार मोशासित र ______________सित बाँध्नुभयो (प्रस्थान ३४:२७)। विभिन्न नियमहरू र आज्ञाहरू समावेश भएको यस विशेष संगालो एउटा ज्यादै विशेष जातिलाई दिइयो, अर्थात् इस्राएललाई। अरू कुनै जातिसित यस्तो व्यवस्था थिएन (व्यवस्था ४:८)। साथै हेर्नुहोस्, रोमी ९:४।

२. मानिसको जिम्मेवारी

परमेश्वरले आफ्नो पवित्र व्यवस्थाहरू इस्राएलको हातमा सुम्पिनुभएको थियो। इस्राएलको ठूलो जिम्मेवारी थियो: उनीहरूले परमेश्वरको ________ सुन्नुपर्थ्यो र परमेश्वरको __________ पालन गर्नुपर्थ्यो (प्रस्थान १९:५)। व्यवस्था ६:१- अनुसार इस्राएलका सन्तानहरूको जिम्मेवारी के थियो? _______________________________________________________________________।

मोशाको करारका शर्तहरू अनुसार इस्राएलका सन्तानहरू आज्ञाकारी भएमा आशिषित हुन्थे र अनाज्ञाकारी भएमा श्रापित हुन्थे। यो कुरा सबभन्दा प्रस्ट व्यवस्था अध्याय २८ मा देखिन्छ:

 

परमेश्वरले इस्राएलका सन्तानहरूलाई यी सबै आज्ञाहरू किन दिनुभयो (व्यवस्था ६:२४ पढ्नुहोस् र ठीक जवाफलाई चिन्ह लगाउनुहोस्)?

  1.  
    1. उनीहरूलाई दुःख होस् भनेर
    2. उनीहरूले भार बोकोस् भनेर
    3. उनीहरूको निरन्तर हित होस् भनेर
    4. उनीहरू श्रापित होस् भनेर

हामीले यो याद राख्‍नुपर्छ, इस्राएलका सन्तानहरू व्यवस्थालाई आंशिकरूपमा मात्र नभएर पूर्ण रूपमा पालन गर्न जिम्मेवार थिए। व्यवस्था ६:२ मा “सबै” भन्ने शब्द छ? ________। व्यवस्था २८:१ र १५ मा “सबै” भन्ने शब्द छ? परमेश्वरले इस्राएलका सन्तानहरूलाई व्यवस्था दिनुहुँदा उनीहरूले भने, “परमप्रभुले भन्नुभएका ________ कुराहरू हामी पालन गर्नेछौं” (प्रस्थान १९:८ र प्रस्थान २४:३,७)। परमेश्वर आंशिक आज्ञापालन (कुनै आज्ञा पालन गर्ने तर कुनै पालन नगर्ने) चाहनुहुन्नथ्यो तर उहाँ पूर्ण आज्ञापालन (सबै पालन गर्ने) चाहनुहुन्थ्यो। के परमेश्वरले आजका विश्वासीहरूबाट पनि पूर्ण आज्ञापालनको माग गर्नुहुन्छ (मत्ती २८:२०)? ________________।

विफल भएको खण्डमा के गर्ने?

(येशू ख्रीष्टले बाहेक) कुनै पनि मानिसले व्यवस्थालाई सिद्धरूपमा पालन गर्न सक्नेछैन भनेर परमेश्वर जान्नुहुन्थ्यो। मानिसहरू मध्येका सबैभन्दा असल मानिस पनि विफल हुनेछन्, अनाज्ञाकारी हुनेछन् र पाप गर्नेछन् भनी परमेश्वर जान्नुहुन्थ्यो। तसर्थ, पापको सम्बन्धमा मानिसले के गर्नुपर्छ भनेर सम्बन्धित आज्ञाहरू पनि व्यवस्थामा समावेश गरिएका थिए। जस्तै, पुरानो नियमका समयहरूमा (मोशाको व्यवस्था अन्तर्गत) मानिसहरूलाई बलिदानका लागि पशुहरू ल्याउन भनी भनियो (लेवी १-५ अध्यायहरू हेर्नुहोस्)। इस्राएलका सन्ताहरू परमेश्वरका निर्देशनहरूलाई राम्ररी पालन गर्न र ठीक खालको बलिदानका लागि ठीक खालको पशु ल्याउन जिम्मेवार थिए। उनीहरूले पाप गरेको खण्डमा के गर्नुपर्छ भनेर आफ्नो जातिका लागि परमेश्वरले महत्त्वपूर्ण नियम-विनियमहरू तोक्नुभएको थियो।

आजका विश्वासी जनहरूका लागि पनि यो साँचो छ। जब हामीले पाप गर्छौं, हामीले के गर्नुपर्छ भनेर परमेश्वरले प्रस्टै तोक्नुभएको छ। विश्वासी जनले पाप गर्दा १ यूहन्ना १:९ अनुसार उसको जिम्मेवारी के हो? _______________________________________। हामीले कुनै पशु बलिदान लिएर कुनै वेदीमा ल्याउनुपर्दैन किनकि ख्रीष्ट बलि भइसक्नुभयो र उहाँ नै सिद्ध बलिदान हुनुहुन्छ। तरैपनि परमेश्वरको आज्ञाअनुसार हाम्रा पापहरू स्वीकार गर्ने काम भने हामीले गर्नैपर्छ। यदि हामीले हाम्रा पापहरू स्वीकार गर्यौं भने परमेश्वरले के गरिदिनुहुने प्रतिज्ञा गर्नुभएको छ (१ यूहन्ना १:९)? ___________________________________________________________।

३. मानिसको विफलता

इस्राएल जातिले परमेश्वरको व्यवस्थालाई पालन गरे कि गरेनन्? इस्राएलीहरूले भनेका थिए, “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं!” उनीहरूले साँच्ची नै यसै गरे कि गरेनन्? यर्मिया ३१:३२ मा हामी सिक्छौं कि उनीहरूले यस करारलाई भङ्ग गरे! उनीहरू व्यवस्था पालन गर्न विफल भए।

इस्राएल जातिको इतिहास एउटा लामो दुःखद् अभिलेखको रूपमा पाउँछौं जसमा यस जातिले व्यवस्थालाई लगातार र लज्जाजनक हिसाबले भङ्ग गरेको कुराको बारम्बार उल्लेख छ।

इस्राएलका सन्तानहरूले परमेश्वरको व्यवस्थालाई कति छिट्टै भङ्ग गरे! परमेश्वरको आज्ञा उल्लङ्घन गर्न उनीहरूले कुनै समय खेर फालेनन्। उनीहरूले दस आज्ञालाई मोशा सीनै पर्वतबाट झर्न नपाउँदै भङ्ग गरे। यस दुःखद् घटना प्रस्थान ३२:१-६ मा उल्लेख छ (प्रस्थान २०:३-५ सित तुलना गर्नुहोस्)। त्यस जघन्य पाप पश्चात् परमेश्वरले भन्नुभयो, “तिनीहरूलाई जुन मार्गमा हिँड्ने आज्ञा मैले दिएको थिएँ, त्यसबाट तिनीहरू यति ________ अर्कोतिर लागेका छन्” (प्रस्थान ३२:८)।

न्यायकर्ताको समयहरूमा इस्राएलका सन्तानहरूले परमेश्वरको व्यवस्थाको पालना गरेनन्, तर “ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले _________ ________मा जे ठीक लाग्यो त्यही गर्दथ्यो” (न्यायकर्ता २१:२५)। राजाहरूको प्रायःजसो समयहरूमा इस्राएलीहरूले अरू देवताहरू (मूर्तिहरू) को सेवा गरे। उनीहरूले परमेश्वरको व्यवस्थालाई बेवास्ता गरे। “परमप्रभुले तिनीहरूलाई ‘तिमीहरूले यस्तो गर्नु _________’ भन्नुभए तापनि तिनीहरूले _______________को पूजा गरे” (२ राजा १७:१२)। २ राजा १७:७-१९ पढेर इस्राएलको विफलता देख्न सकिन्छ (विशेष गरी पद १५ र १९)।

पछि गएर इस्राएलका सन्तानहरूले सबैभन्दा ठूलो अपराध गरे। उनीहरूले आफ्नै मसीह प्रभु येशू ख्रीष्टलाई क्रूसमा टाँगे (प्रेरित २:२२-२३ र १ थेस्सलोनिकी २:१५)। दुःखको कुरा के थियो भने परमेश्वरको व्यवस्थालाई पालन गर्दैछौं भन्ने मानिसहरू नै यस अपराधका दोषी थिए! जस्तै, यूहन्ना १८:२८ मा हामी देख्छौं पिलातस साँचो परमेश्वरलाई स्वीकार नगर्ने एक अन्यजाति भएकाले यी यहूदीहरू उनको दरवारमा खुट्टा टेक्न चाहँदैनथे। तर यही यहूदीहरू नै ती थिए जसले ख्रीष्टलाई क्रूसमा टँगाउन भरमग्दुर प्रयास गर्दैथिए। यो त एउटा बैंक लुटेरा जस्तो हो जसले बैंकभित्रको भुइँमा फोहोर नलागोस् भनेर आफ्नो खुट्टालाई जुत्ता पुछ्ने म्याटमा राम्ररी पुछ्दछ तर बैंकभित्र पसेर उसले बैंकको कर्मचारीलाई गोली ठोकेर रू ३०,००,००० लाई पोको पारेर भाग्दछ! येशूले यस्ता मानिसहरूलाई मत्ती २३:२३-२४ मा बयान गर्नुभयो। उनीहरू आफ्नो चियामा सानो भुसुना भेट्टाउँदा निकै खिन्न बन्दछन् र मेहेनतसाथ त्यसलाई छानेर निकाल्छन्। तर चियामा सिङ्गो ऊँट भेट्टाउँदा भने उनीहरू आँखा चिम्लेर त्यसलाई ग्वाम्मै निल्छन्! पिलातसको दरवारमा पस्नु भनेको त्यो सानो भुसुनाजस्तै हो र ख्रीष्टलाई क्रूसमा टाँग्नु भनेको ऊँटजस्तै।

अब यसको मतलब प्रत्येक यहूदी नै व्यवस्था पालन गर्न विफल भए भन्ने होइन। त्यहाँ परमेश्वरमा विश्वास गर्ने यहूदीहरू पनि थिए जसलाई परमेश्वरले आफ्नो व्यवस्था र आज्ञाहरू पालन गर्न उनीहरूलाई चाहिने सहायता र सामर्थ्य दिनुभयो। यसरी नै बप्‍तिस्मा दिने यूहन्नाका बाबु-आमाले व्यवस्थालाई पालन गरेका थिए (हेर्नुहोस् लूका १:५-६) यद्यपि उनीहरूले त्यसलाई सिद्धरूपमा पालन गरेनन्। तरैपनि समग्रमा इस्राएलका सन्तानहरूले परमेश्वरको पवित्र व्यवस्थालाई पालान गर्न विफल भए।

४. परमेश्वरको इन्साफ

परमेश्वरको व्यवस्थालाई पालन नगर्दा परमेश्वरको श्राप आउनैपर्छ भन्ने सत्यतालाई हामीले हेरिसक्यौं (व्यवस्था २८:१५)। इस्राएल जातिलाई ठीक यही हुन गयो। व्यवस्था २८:१६-२६ मा उल्लेखित थुप्रै श्रापहरू यस जातिमा बास्तवमै पर्न गएका छन्। इस्राएल जातिमाथि परेका तीनओटा ठूला-ठूला इन्साफहरू यी थिए:

१. अश्शूरी कैद (Assyrian Captivity), ई.पू. ७२२

उत्तरमा रहेका इस्राएलका दस कुलहरू शक्तिशाली अश्शूरी सेनाद्वारा निर्वासन र कैदमा लगिए। २ राजा १७:३-६ मा पढ्नुहोस्। यस इन्साफ आउनुको कारण: २ राजा १७:७-१८।

२. बेबिलोनी कैद (Babylonian Captivity), ई.पू. ६०५ (ई.पू. ५८६ मा मन्दिर ध्वस्त)

दक्षिणमा रहेको यहूदा राज्य शक्तिशाली बेबिलोनी सेनाद्वारा निर्वासन र कैदमा लगिए। २ राजा २५:१-११ मा पढ्नुहोस्। यस इन्साफ आउनुको कारण: २ इतिहास ३६:१४-१७।

३. रोमीहरूद्वारा यरूशलेमको विनाश, ई.सं. ७०

यरूशलेम शहर र मन्दिर रोमीहरूद्वारा नष्ट गरियो अनि यहूदीहरू संसारभरि छरपुष्ट भएर गए। मत्ती २३:३८; २४:१-२। यस इन्साफ आउनुको कारण: मत्ती २३:३७; २७:२३-२५ र यूहन्ना १:११।

हामीलाई परमेश्वरका आज्ञाहरू

आजका विश्वासी जनहरूलाई मोशाको व्यवस्था पालन गर्नलाई भनिएको छैन। इस्राएलका सन्तानहरूलाई दिइएको आज्ञाहरूको संगालोको पालना गर्न भनी हामीलाई भनिएको छैन। तर त्यहाँ तोकिएका आज्ञाहरू छन् जसको पालना गर्नलाई परमेश्वरले हामीलाई दिनुभएको छ। परमेश्वरले आफ्नो वचनमा दिनुभएका आज्ञाहरूलाई तपाईं के गर्दै हुनुहुन्छ? एउटा विश्वासी जनले आफूले येशूलाई साँच्ची नै प्रेम गर्दछु भनेर कसरी प्रमाण दिन सक्छ (यूहन्ना १४:१५,२१,२३)? ______________________ ________________________।

एकजना व्यक्ति ख्रीष्टको मित्र साँच्ची नै कसरी हुन सक्दछ (यूहन्ना १५:१४)? ____________ ___________________________________। यदि येशू ख्रीष्ट साँच्ची नै मेरा प्रभु हुनुहुन्छ भने मैले के गर्नुपर्छ (लूका ६:४६)? ___________________________________________। हाम्रा एक अति असल प्रभु हुनुहुन्छ जसले हाम्रो आज्ञाकारिताको अपेक्षा गर्नुहुन्छ!

एफिसी अध्याय ४ मा केही आज्ञाहरू भेट्टाउन सक्नुहुन्छ? एफेसी अध्याय ५ मा? १ थेस्सलोनिकी अध्याय ५ मा?

पहिला कुनचाहिँ आज्ञा तपाईंले पालन गरेको परमेश्वर चाहनुहुन्छ (१ यूहन्ना ३:२३) – यस पदको पहिलो भागमा हेर्नुहोस् र प्रेरित १६:३१ सित तुलना गर्नुहोस्)? ________________________ _____________________________________। के तपाईंले यस आज्ञालाई पालन गर्नुभयो?

धेरै हिसाबमा हामी इस्राएलका सन्तानहरू जस्तै छौं। हाम्रा हृदयहरू पापी र विद्रोही छन्। हामीमा परमेश्वरको वचनलाई र परमेश्वरका आज्ञाहरूलाई पालन नगर्ने झुकाव छ। विश्वासी जनहरूको सवालमा पनि यो कुरा साँचो छ। परमेश्वरको सहायता र शक्तिबिना हामी आज्ञाकारी जीवन बिताउन सक्ने नै थिएनौं। हामीलाई इच्छुक बनाउन र परमेश्वरको आज्ञा पालन गर्न र उहाँको शुभइच्छा पूरा गर्न हामीलाई क्षमता दिनलाई हामीभित्र काम गर्नुहुने को हुनुहुन्छ (फिलिप्पी २:१३)? ___________। उहाँबिना हामी केवल विफल मात्र हुन सक्छौं तर उहाँद्वारा हामी सफल नभई छाड्दैनौं! “मलाई शक्ति दिनुहुने ख्रीष्टद्वारा म सबै कुराहरू गर्न सक्छु (फिलिप्पी ४:१३)।”

परमेश्वरले हामी प्रत्येकलाई ______________ नानीहरूझैं भएर (१ पत्रुस १:१४) हिँड्न सहायता गर्नुभएको होस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

प्रतिज्ञाको प्रबन्ध

प्रतिज्ञाको प्रबन्ध

 

(अब्राहामको बोलावटदेखि व्यवस्था नदिइएसम्म)

परमेश्वरले बाबेलको शहरमाथि इन्साफ गर्नुभएको परिणामस्वरूप थुप्रै जातिहरूको उद्भव भयो (अघिल्लो पाठमा हेर्नुहोस्)। यी विभिन्न जातिहरूका बारेमा उत्पत्ति अध्याय १० ले बताउँदछ (विशेष गरी पद ५, २०, ३१-३२)। वर्षौं बितेपछि परमेश्वरले एउटा विशेष काम गर्नुभयो। परमेश्वरले एउटा मानिसलाई चुन्नुभयो जो नै एउटा विशेष जातिको पिता भए। उनको नाउँ के थियो (उत्पत्ति १२:१-३; १७:५)? ________________।

त्यसबेलादेखि निम्नहरू सित परमेश्वरले विशेष प्रकारले व्यवहार गर्न थाल्नुभयो…

एउटा मानिससित अब्राहाम
एउटा परिवारसित अब्राहामको परिवार
एउटा जातिसित अब्राहामबाट आउने जाति (इस्राएल)

अब्राहामको सन्तानहरूलाई तलको चार्टमा उल्लेख गरिएको छ:

यी बाह्रजना पुरुषहरूबाट नै इस्राएल जाति आएको हो

१. प्रारम्भमा मानिसको अवस्था

अब्राहामको बोलावटको विवरण उत्पत्ति अध्याय १२ मा पाउँछौं। उत्पत्ति १२:१ मा परमेश्वरले अब्राहामलाई उनी बसोबास गरिरहेका भूमि (उनको घर, परिवार, समाज, मित्रहरू) बाट अर्को नयाँ भूमिमा जानलाई बोलाउनुभएको कुरा पढ्छौं, “जुन ________ म तँलाई देखाउँछु त्यहाँ जा।” यो सजिलो काम थिएन। तपाईंलाई आफ्नो घर, आफ्नो देश, आफ्ना आफन्त, आफ्ना मित्रगणलाई छोडेर आफूले कहिल्यै नदेखेको देशमा जान भनिएको भए के त्यसो गर्न तपाईंलाई सजिलो लाग्थ्यो होला?

बाइबलले अब्राहामको परिवारको बारेमा धेरै बताउँदैन तर यहोशू २४:२ मा अब्राहामका बाबु तेरह (उत्पत्ति ११:२७) को बारेमा हामी केही जानकारी पाउँछौं। तेरहले “______ _________हरू पुज्दथे” (यहोशू २४:२ को आखिरी भागमा हेर्नुहोस्)। अब्राहामका परिवारले एकमात्र जीवित र साँचो परमेश्वरलाई पुज्दैनथे। तिनीहरू मूर्तिपूजकहरू थिए। तिनीहरूले अस्तित्वहीन झूटा देवदेवीहरूको सेवा गर्दथे। अब्राहामका परिवार एउटा झूटा धर्ममा संलग्न थिए अनि परमेश्वरले अब्राहामलाई त्यसदेखि बाहिर बोलाउनुभयो। के आज पनि परमेश्वर मानिसहरूलाई झूटा धर्महरूबाट बाहिर निकाल्न चाहनुहुन्छ (१ थेस्सलोनिकी १:९)? ___________________।

उत्पत्ति १२:२-३ मा परमेश्वरले अब्राहामलाई अति सुन्दर प्रतिज्ञाहरू दिनुभयो। त्यसबेलासम्ममा परमेश्वरले यस्ता प्रतिज्ञाहरू पृथ्वीका कुनै मानिसलाई दिनुभएको थिएन। यी प्रतिज्ञाहरू अति विशेष थिए जुन प्रतिज्ञाहरूलाई परमेश्वरले अब्राहाम र अब्राहामका सन्तानहरूलाई दिनुभयो। उत्पत्ति १२:२-३ मा परमेश्वरले कति पटक “गर्नेछु” वा “दिनेछु” वा “गराउनेछु” भन्नुभयो? _______। प्रतिज्ञा गर्नु भनेको “म केही गर्नेछु” वा “म गर्नेछैनँ” भन्ने वचन दिनु हो। यी पदहरूमा अब्राहामका निम्ति आफूले केही गरिदिनेछु भनी परमेश्वरले आफ्नो वचन दिनुभयो। यी प्रतिज्ञाहरूको बारेमा विचार गरौं:

परमेश्वरले भन्नुभयो…

 

  1. तँ (अब्राहाम) बाट एउटा ठूलो जाति खडा गर्नेछु (उत्पत्ति १२:२)। यस जातिलाई पछि गएर इस्राएल जाति भनियो।
  2. तलाईं आशिष दिनेछु (उत्पत्ति १२:२)। अब्राहाम र उनका सन्ततिमाथि परमेश्वरको आशिष रहने प्रतिज्ञा गरियो।
  3. तँलाई आशिष दिनेहरूलाई आशिष दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु (उत्पत्ति १२:३)। यसको मतलब इस्राएलका मित्रहरूलाई परमेश्वरले आशिष दिनुहुनेछ र इस्राएलका शत्रुहरूलाई परमेश्वरले सराप दिनुहुनेछ।
  4. तँ (अब्राहाम) द्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन् (उत्पत्ति १२:३)। अब्राहामद्वारा नै भविष्यमा मुक्तिदाता प्रभु येशू ख्रीष्ट आउने प्रतिज्ञा गरियो (मत्ती १:१ लाई गलाती ३:१६ सित तुलना गर्नुहोस्)। उहाँ इस्राएलको मात्र नभएर सारा संसारकै मुक्तिदाता हुने प्रतिज्ञा गरियो (१ यूहन्ना ३:१४।

यी दुई पदहरू (उत्पत्ति १२:२-३) मा परमेश्वरले अब्राहामलाई वास्तवमा चारओटा प्रतिज्ञाहरू दिनुभएको पाइन्छ:

  1. एउटा ठूलो जाति (पद २)
  2. एउटा ठूलो आशिष (पद २)
  3. शत्रुहरूबाट ठूलो सुरक्षा (पद ३)
  4. एक ठूलो मुक्तिदाता (पद ३)

के अब्राहामले परमेश्वरले उनलाई भन्नुभएबमोजिम गरे (उत्पत्ति १२:४; हिब्रू ११:८ पनि पढ्नुहोस्)? __________।

अब्राहामलाई परमेश्वरले दिनुभएको अर्को प्रतिज्ञा उत्पत्ति १३:१४-१७ मा पाइन्छ। अब्राहामलाई के दिनेछु भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो? ____________________________________________। उत्पत्ति १५:१८ मा यही प्रतिज्ञा फेरी दोहोर्याइएको पाइन्छ। उक्त पदअनुसार परमेश्वरले अब्राहामलाई मिश्रदेशको नदी (नील नदी) देखि यूफ्रेटिस नदीसम्मको भूमि दिने प्रतिज्ञा गर्नुभयो। बाइबलको नक्सामा यी दुई नदीहरूलाई भेट्टाउन सक्नुहुन्छ? परमेश्वरले इस्राएललाई यी दुई नदीहरूको बीचको भूमि दिनुभयो!

अब्राहामलाई दिइएका परमेश्वरका सुन्दर प्रतिज्ञाहरू उत्पत्ति १७:५-८ मा पान्छन्। यी पदहरूमा परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्दै “तुल्याउनेछु” वा “बनाउनेछु” वा “गर्नेछु” वा “दिनेछु” वा “हुनेछु” जम्मा कति पटक भन्नुभयो? _________। उत्पत्ति १७:८ मा अब्राहाम र अब्राहामको सन्तानसित परमेश्वरले एउटा अति विशेष सम्बन्ध राख्‍ने प्रतिज्ञा गर्नुभएको पाइन्छ, “म _______________ ____________ हुनेछु।”

के परमेश्वरले यी प्रतिज्ञाहरू अब्राहामका छोरा इसहाकलाई पनि दिनुभयो (उत्पत्ति २६:१-५)? ____________। के परमेश्वरले यी प्रतिज्ञाहरू इसहाकका छोरा याकूबलाई पनि दिनुभयो (उत्पत्ति २८:१०-१५)? ____________।

यी तीन व्यक्तिहरू (अब्राहाम, इसहाक र याकूब) लाई ज्यादै विशेष प्रतिज्ञाहरू दिइएका थिए। आफूले के-के गरिदिनेछु भनी उनीहरूलाई परमेश्वरले आफ्नो वचन दिनुभएको थियो। मान्छेले आफ्नो प्रतिज्ञा तोड्न सक्छ तर परमेश्वरले आफ्नो प्रतिज्ञा कहिल्यै तोड्नुहुन्न। मान्छेले आफूले बोलेको वचन पूरा नगर्न सक्छ तर परमेश्वरले आफूले बोलेको वचन सधैं पूरा गर्नुहुन्छ। स्वर्गमा एक परमेश्वर हुनुहुन्छ जो आफ्नो प्रतिज्ञामा विश्वासयोग्य हुनुहुन्छ। निम्न पदहरूलाई पढेर वाक्य पूरा गर्नुहोस्:

  1. तीतस १:२ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि __________________________ _________________________________________________________________________
  2. हिब्रू ६:१८ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि _______________________ _________________________________________________________________________
  3. गन्ती २३:१९ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि ______________________ _________________________________________________________________________
  4. यहोशू २३:१४ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि _____________________ _________________________________________________________________________
  5. रोमी ४:२१ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि _______________________ _________________________________________________________________________
  6. हिब्रू ११:११ परमेश्वर आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ किनकि _______________________ _________________________________________________________________________

२. मानिसको जिम्मेवारी

परमेश्वरले अब्राहाम, इसहाक र याकूबका हातमा ज्यादै ठूला र बहुमूल्य प्रतिज्ञाहरू राखिदिनुभएको थियो। मानिसले परमेश्वरबाट जब प्रतिज्ञा प्राप्‍त गर्दछ तब उसको जिम्मेवारी के हुन्छ? उसको जिम्मेवारी यो हुन्छ, विश्वास गर्नु! परमेश्वरले प्रतिज्ञा दिनुभयो भने मानिसले उक्त प्रतिज्ञालाई पक्रनुपर्छ, त्यसलाई अँगाल्नुपर्छ, त्यसलाई बलियो गरी समाउनुपर्छ अनि विश्वास गर्नुपर्छ कि परमेश्वरले जे भन्नुभएको छ त्यो सत्य छ (हिब्रू ११:१३ पढ्नुहोस्)। उसले भन्नुपर्छ, “परमेश्वरले भन्नुभएको कुरा हो यो, यो म विश्वास गर्छु।” विश्वास भनेको परमेश्वरलाई उहाँको मुखको वचनको आधारमै मान्नु हो। परमेश्वरले जे गर्नेछु भन्नुभएको छ ठीक त्यही गर्नुहुनेछ भनी सीधै मानिलिनु नै विश्वास हो।

अब्राहामको विश्वास उत्पत्ति १५:५-६ मा देखिन्छ। आकाशमा झलमल्ल ताराहरू देखिने एउटा रातको कुरा हो, परमेश्वरले अब्राहामलाई “यदि तारा गन्न सक्छस् भने गनिहेर्” भन्नुभयो (पद ५)। अब्राहामले त्यसो गर्न सके होलान्? ____________। सृष्टिमा अनगिन्ति ताराहरू छन्। जति नियालेर हेर्‍यो (विशाल दूरदर्शक यन्त्रहरूले किन नहोस्) त्यति नै धेरै ताराहरू भेटिन्छन्। ताराहरू यति धेरै छन् कि तिनीहरूलाई गन्नै सकिन्न! तब परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरा ______________ पनि त्यस्तै हुनेछन् (पद ५।”

त्यतिखेर अब्राहामको एउटै सन्तान थिएन तर परमेश्वरले उसलाई यस्तो अचम्मको प्रतिज्ञा दिनुभयो, जसरी ताराहरू असंख्य छन्, तिम्रा सन्तान पनि असंख्य हुनेछन्! के अब्राहामले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे (उत्पत्ति १५:६)? _________। परमेश्वरले आफ्नो प्रतिज्ञा (जुन उत्पत्ति २२:१७ मा पनि उल्लेख छ) अचम्म तरिकाले पूरा गर्नुभयो। जब अब्राहामका सन्तानहरू तल मिश्रदेशमा झरे, तब उनीहरू ७० जना मात्र थिए (प्रस्थान १:५ पढ्नुहोस्)। उनीहरूलाई सजिलै गन्न सकिन्थ्यो। के परमेश्वरले यस जातिलाई वृद्धि गराएर थुप्रै संख्याको एक विशाल जाति बनाउनुभयो? यसको जवाफ पत्ता लगाउन प्रस्थान १:७-१२,२० र ५:५ पढ्नुहोस् अनि प्रेरित ७:१७ सित तुलना गर्नुहोस्। आज संसारमा करोडौं यहूदीहरू (अब्राहामका सन्तानहरू) छन्!

परमेश्वरको प्रतिज्ञा दिइएको व्यक्तिको जिम्मेवारी के हो, सो देखाउन परमेश्वरले अब्राहामलाई नमुनास्वरूप प्रस्तुत गर्नुभएको छ। हामीले अब्राहामले जस्तै परमेश्वरलाई विश्वास गर्नुपर्छ। यहूदी वा अन्यजाति प्रत्येकले नै अब्राहामले जस्तै परमेश्वरलाई विश्वास गर्नुपर्छ। प्रत्येक मानिसलाई दिइएको जिम्मेवारी यो हो, उसले परमेश्वरलाई विश्वास गर्नुपर्छ, ऊसँग अब्राहामको विश्वास हुनुपर्छ जो “उहाँले जे ____________ गर्नुभएको छ, सो पूरा गर्नालाई उहाँ __________ पनि हुनुहुन्छ भनी उनी पूरा ____________मा रहे” (रोमी ४:२१)।

साथै आशिषको स्थानमा रहिरहनु पनि आवश्यक थियो। उत्पत्ति २६:३ मा परमेश्वरले इसहाकलाई भन्नुभयो, “त्यही _________मा बसोबास गर्, र म तँसँग रहनेछु।” इसहाकलाई ______ देश नजान आज्ञा दिइएको थियो (उत्पत्ति २६:२)। प्रतिज्ञाको देश (प्यालेस्टाइनको भूमि) नै आशिषको देश थियो। जब जब इस्राएलका सन्तानहरू प्रतिज्ञाको देशबाहिर जान्थे तब तब उनीहरू प्रायः समस्यामा पर्नेगर्थे, जसरी उनीहरू मिश्रदेशमा कमारा-कमारीहरू बने र बेबिलोनमा प्रवासीहरू बने। परमेश्वरले उनीहरूलाई एउटा ज्यादै विशेष भूमि दिनुभएको थियो र उनीहरू यही भूमिमा रहनुपर्थ्यो र परमेश्वरमाथि विश्वास गर्दै उहाँको सेवा गर्नुपर्थ्यो!

३. मानिसको विफलता

अब्राहामको विफलता

अब्राहाम विश्वासका मानिस (विश्वासमा जिउने मानिस) थिए (उत्पत्ति १५:६), तर त्यस्ता समयहरू पनि आए जब उनलाई परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्न गाह्रो भयो। जस्तै, उत्पत्ति १६ अध्यायमा, परमेश्वरले उनकी पत्‍नी सराईद्वारा सन्तान दिन सक्नुहुन्छ भनेर उनले परमेश्वरमाथि विश्वास गर्न सकेनन्। त्यसैले उनले सराईकी दासी हागारद्वारा सन्तान जन्माए। आफ्नी पत्‍नीको सल्लाहलाई सुन्नुको सट्टा (पद २), अब्राहामले यसरी भन्नुपर्नेथ्यो, “सराई, परमेश्वरले हामीलाई सन्तान दिने प्रतिज्ञा गर्नुभएको छ। हामी वृद्ध भइसकेका छौं र अहिलेसम्म हाम्रो सन्तान भएको छैन, तरैपनि परमेश्वरले आफ्नो वचन पूरा गर्न सक्नुहुन्छ भन्ने मलाई विश्वास छ! उहाँको निम्ति कुनै कुरा औधी कठिन छैन!”

पछि, के आब्राहामले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे (रोमी ४:२०-२१ पढ्नुहोस्)? ______।

इसहाकको विफलता

एसाव र याकूब जन्मनुभन्दा अघि याकूब (“कान्छो”) ले उहाँको आशिष पाउनेछ भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो (उत्पत्ति २५:२१-२३)। तर इसहाकले आफ्नो अर्कोचाहिँ छोरा एसावलाई बढी माया गरे (उत्पत्ति २५:२८)। इसहाकले कुनचाहिँ छोरालाई आशिष दिने निर्णय गरे (उत्पत्ति २७:१-४)? _________________। परमेश्वरले “म याकूबलाई आशिष दिनेछु” भन्नुभएको थियो तर इसहाकले परमेश्वरको वचनलाई काट्दै भन्छन्, “म एसावलाई आशिष दिनेछु!” परमेश्वरलाई उहाँको वचनकै आधारमा मान्नु (विश्वास गर्नु) को सट्टा इसहाकले परमेश्वरको वचनलाई काट्दै थिए (अविश्वास गर्दैथिए)। आखिरमा यस्तो भयो, इसहाकलाई छल गरियो अनि पत्तै नपाई इसहाकले याकूबलाई आशिष दिए! यो कुरा अन्तमा इसहाकले थाह पाएपछि उनले परमेश्वरलाई खण्डन गर्न छाडे र परमेश्वरसित सहमत भए, “हो, त्यो (याकूब) चाहिँ आशीर्वादी हुनेछ (उत्पत्ति २७:३३)।” परमेश्वरले “म याकूबलाई आशिष दिनेछु!” भन्नुभएको थियो अनि इसहाक अन्तमा सहमत भए र भने, “याकूब आशिषित हुनेछ!” विश्वासको मानिस परमेश्वरको वचनसित सहमत हुन्छ र उसले परमेश्वरको वचनलाई काट्दैन (हिब्रू ११:२० पढ्नुहोस्।

याकूबको विफलता

पटक-पटक परमेश्वरले याकूबलाई आशिष दिने प्रतिज्ञा गर्नुभएको थियो (उत्पत्ति २८:१३-१५; ३२:२४-२९; ३५:९-१२)। तर त्यस्ता समयहरू आए जब याकूबले परमेश्वरको आशिष साँच्ची नै आफूमाथि हुनेछ भनेर विश्वास गर्न सकेनन्। उत्पत्ति ४२:३६ पढ्नुहोस्। याकूब त्यतिखेर वृद्ध भइसकेका थिए। आफ्नो प्रिय छोरो यूसुफ मरिसकेका छन् भन्ने उनलाई लाग्थ्यो (उत्पत्ति ३७:३१-३५ सित तुलना गर्नुहोस्)। आफ्नो छोरो बिन्यामीनलाई पनि गुमाउनेछु होला भन्ने उनलाई लाग्दैथ्यो अनि अर्को छोरा सिमियोनलाई कहिल्यै देख्न पाउँदिनँ भन्ने पनि उनलाई लाग्दैथ्यो। निराश भई याकूब विलाप गर्छन्, “यी सबै घटना __________ _______ (मेरो विरुद्धमा) आएको छ” (उत्पत्ति ४२:३६)। परमेश्वरको आशिष आफूमाथि छ भनी विश्वास गर्नुको सट्टा उनले आफूमाथि परमेश्वरकै सराप लागेको छ भन्ने जस्तै व्यवहार गर्दैथिए याकूबले!

आफू कहाँसम्म गलत रहेछु भन्ने कुरा याकूबले केही समयपछि थाह पाए। परमेश्वरले आफ्नो सुन्दर योजनाअनुसार काम गर्दै हुनुहुन्थ्यो अनि याकूबले आफ्ना सबै छोराहरूलाई, यूसुफलाई समेत, जिउँदै देख्‍नेवाला थिए! सबै कुराहरू उनको विरुद्धमा हुनुको साटो सबै कुराहरू उनकै भलाइका निम्ति काम गर्दैथिए (रोमी ८:२८ सित तुलना गर्नुहोस्)। आफ्ना कठिनाइहरूको बीचमा उनले यसरी भन्नुपर्नेथ्यो, “म बुझ्दिनँ, किन मलाई यस्ता कुराहरू आइपरिरहेका छन् तर मलाई विश्वास छ, परमेश्वर जान्नुहुन्छ र उहाँले जसरी भए पनि यी सबैका बाबजुद पनि मलाई आशिष नै दिनुहुनेछ!”

याकूबका छोराहरूको विफलता

याकूबका बाह्र भाइ छोरा थिए (यस पाठको पहिलो पृष्ठको चित्रलाई हेर्नुहोस्)। यीमध्ये दसजनाले आपसमा मिलेर आफ्नो भाइ यूसुफलाई गरेका अति दुष्ट व्यवहार उत्पत्ति ३७ अध्यायमा पढ्नुहोस्। उनीहरूले यूसुफको हत्या गर्ने योजना गरे (उत्पत्ति ३७:२०) तर आखिरमा यस्तो भयो, उनीहरूले उनलाई मिश्रदेशमा लगिन एउटा दासको रूपमा बेचे (उत्पत्ति ३७:२८) अनि आफ्ना बाबुलाई छल गरेर आफ्नो पापलाई ढाकछोप गरे (उत्पत्ति ३७:३१-३४)। यी सब हुनुको पछाडि के थियो भने यी दाजुहरूले यूसुफको डाहा गर्थे किनकि यूसुफले उनीहरूले भन्दा बढी माया पाएका थिए।

यी दसजना दाजुहरूले परमेश्वरको प्रतिज्ञालाई याद गर्नुपर्नेथ्यो! परमेश्वरको आशिष दिने प्रतिज्ञा याकूबका सबै छोराहरूका निम्ति थियो, यूसुफको निम्ति मात्र होइन! यदि यी दाजुहरूले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरेका भए यूसुफप्रति उनीहरूको व्यवहार बग्लै हुनेथ्यो। त्यो बुझेका भए उनीहरूले यसरी भन्न सक्नेथिए, “यूसुफले विशेष कुराहरू पाइरहेका छन् (उत्पत्ति ३७:३) तरैपनि हामी यो नबिर्सौं, परमेश्वरको आशिष भनेको अब्राहाम, इसहाक र याकूबका सबै नै सन्तानहरूलाई हो। परमेश्वरले हामीलाई पनि आशिष दिनुहुनेछ अनि हामीले चाहिँ धैर्य गर्नुपर्छ, पर्खनुपर्छ। परमेश्वरले जे भन्नुभएको छ ठीक त्यही पूरा गर्नुहुनेछ।”

इस्राएलका सन्तानको अविश्वास

उनीहरूको इतिहासभरि नै इस्राएलका सन्तानहरूले परमेश्वरलाई उहाँको वचनको आधारमा मान्न, उहाँका प्रतिज्ञालाई विश्वास गर्न विफल भए। निम्न खण्डहरूलाई पढ्नुहोस् र इस्राएलका सन्तानहरूले परमेश्वरलाई विश्वास गर्न कसरी विफल भए भन्ने कुराको व्याख्या गर्नुहोस्:

  1.  
    1. प्रस्थान १४:१०-१४
    2. प्रस्थान १५:२३-२६
    3. प्रस्थान १६:१-८
    4. प्रस्थान १७:१-७ (विशेष गरी पद ७)

परमेश्वरले उनीहरूलाई आशिष दिने र उनीहरूको सम्पूर्ण आवश्यकताहरू पूरा गरिदिने प्रतिज्ञा गर्नुभएको थियो तर इस्राएलका सन्तानहरूले प्रतिज्ञालाई विश्वासै गरेनन्।

४. परमेश्वरको इन्साफ

यूसुफका दाजुहरूले उनलाई मिश्रदेशमा दासको रूपमा लगिनका निम्ति बेचिदिँदा, उनीहरूले यो महसुस गरेनन् कि एक दिन उनीहरूका सबै सन्तान नै मिश्रदेशमा दास बन्नेछन् भनेर।

त्यसो हुन भन्दा धेरै पहिला नै परमेश्वरले अब्राहामलाई मिश्रदेशको दासत्वको बारेमा बताउनुभएको थियो। यो कुरा उत्पत्ति १५:१२-१४ मा उल्लेख छ। एक रात अब्राहामले नराम्रो सपना देखे (पद १२)। तब परमेश्वरले अब्राहामलाई बुझाउनुभयो, उनका सन्ततिहरू एउटा देशमा प्रवासी हुनेछन् जुन देश तिनीहरूको होइन (मिश्रदेश)। उनीहरू त्यहाँ ती परदेशीहरूको सेवा गर्नेछन् र उनीहरू कति वर्षसम्म थिचोमिचोमा पर्नेछन् भनी परमेश्वरले भन्नुभयो (उत्पत्ति १५:१३)? _________________। परमेश्वरले यो पनि प्रतिज्ञा गर्नुभयो, उहाँले मिश्रदेशमाथि इन्साफ गर्नुहुनेछ र इस्राएलका सन्तानहरूलाई त्यो देशबाट बाहिर निस्कन सम्भव तुल्याउनुहुनेछ (उत्पत्ति १५:१४)।

उत्पत्ति ४६:३-४,२७ मा याकूब र उनका छोराहरू मिश्रदेशमा बसोबास गर्नलाई तल झरेको कुराको उल्लेख छ। त्यतिखेर सात वर्षे लामो नराम्रो अनिकालको समय थियो। अनिकालको समय बितेपछि याकूबका छोराहरू मिश्रमै बसे र उनीहरू प्रतिज्ञाको देशमा फर्केनन्। वास्तवमा याकूबका बाह्रै भाइ छोराहरू मिश्रदेशमा नै मरे। प्रस्थानको पहिलो अध्यायमा देख्छौं, इस्राएलका सन्तानहरू कसरी त्यस देशमा कमारा-कमारीहरु बने। त्यो दासत्व कति कठोर थियो भन्ने कुरा तलको जोडा मिलाउने अभ्यासबाट बुझ्न सकिन्छ:

१. ____ उनीहरूलाई काममा यति बेसरी खट्न लगाइयो कि उनीहरूको जीवनै तीतो बन्यो।

२. ____ इट्टा बनाउने कच्चा पद्धार्थचाहिँ घटाइदिएर पहिला बुझाइरहेकै जति इट्टा बुझाउनुपर्छ भन्ने आदेश उनीहरूलाई दिइयो।

३. ____ उनीहरूले मिश्रका राजा फारोका निम्ति शहरहरू निर्माण गर्नुपर्‍यो।

(क) प्रस्थान १:११

(ख) प्रस्थान १:१४

(ग) प्रस्थान ५:६-१९

वर्षौंसम्म कठिनाइ र कष्ट भोगेपछि इस्राएलका सन्तानहरूले आफ्नो क्रूर दासत्वको कारण पुकारा गरे अनि ______________ले तिनीहरूको पुकारा सुन्नुभयो (प्रस्थान २:२३-२५; प्रेरित ७:३४)। उनीहरूलाई उनीहरूको त्यो डरलाग्दो बन्धन र दासत्वदेखि छुटकारा दिन सक्ने केवल परमेश्वर मात्र हुनुहुन्थ्यो।

त्यस्तो दासत्वकै बीचमा पनि परमेश्वरले यस जातिलाई अति सुन्दर प्रतिज्ञाहरू दिनुभयो। प्रस्थान ६:६-८ पढ्नुहोस्। यी पदहरूमा “निकाल्नेछु” वा “गर्नेछु” वा “हुनेछु” वा “ल्याउनेछु” वा “दिनेछु” भन्ने प्रतिज्ञापूर्ण वचनहरू जम्मा कतिपटक पाइन्छन्? ________। के परमेश्वरले यी सबै प्रतिज्ञाहरू पूरा गर्नुभयो? परमेश्वरले आफ्ना जनहरूलाई दासत्वको देशबाट प्रतिज्ञाको देशभित्र फर्काएर ल्याउनुभयो! प्रस्थानको पुस्तकले उनीहरूलाई मिश्रदेशबाट बाहिर निकालिएको घटनाको बयान गरेको छ भने यहोशूको पुस्तकले चाहिँ उनीहरूलाई प्रतिज्ञाको देशभित्र प्रवेश गराइएको घटनाको बयान गरेको छ।

स्मरण होस्, परमेश्वरले इस्राएल जातिलाई दिनुभएको आफ्नो वचनलाई कहिल्यै तोड्नुभएको छैन, उनीहरूलाई दिइएको प्रतिज्ञालाई उहाँले कहिल्यै फिर्ता लिनुभएको छैन। एक पटक इस्राएल राष्ट्रलाई सराप दिन भनी एकजनालाई काम लगाइएको थियो (गन्ती २३:७-१८ पढ्नुहोस्)। उनको नाउँ बालाम थियो। यस मानिसले इस्राएललाई सराप दिन सक्दै सकेनन् (गन्ती २३:८ पढ्नुहोस्) अनि यसको कारणचाहिँ गन्ती २३:१९ मा लेखिएको छ! परमेश्वरले इस्राएल राष्ट्रका निम्ति केही निश्वित कुराहरूको प्रतिज्ञा गर्नुभएको छ अनि परमेश्वर आफ्नो वचनमा पछि हट्न सक्नुहुन्न!

हामीलाई परमेश्वरका प्रतिज्ञाहरू

परमेश्वरले तपाईंलाई दिनुभएका ठूला-ठूला सुन्दर प्रतिज्ञाहरूलाई तपाईं के गर्दैहुनुहुन्छ? परमेश्वरका सुन्दर प्रतिज्ञाहरूले हामीलाई कुनै लाभ हुँदैन जबसम्म हामी ती प्रतिज्ञाहरूलाई विश्वास गर्दैनौं। हिब्रू ४:१-२ लाई विचार गरौं। इस्राएलका सन्तानहरूलाई एउटा प्रतिज्ञा दिइएको थियो तर उनीहरूले उक्त प्रतिज्ञालाई विश्वास गरेनन्। परमेश्वरको वचनलाई _____________सित नमिसाएसम्म त्यसले हामीलाई कुनै फाइदा दिँदैन (हिब्रू ४:२)।

एउटा दानाको विचार गरौं। त्यो दानालाई जमीनमा रोपियो भने त्यो उम्रेर एउटा सुन्दर बोट बन्छ र धेरै फल दिन्छ। तर त्यो दानालाई काठको टेबुलमाथि वा कुनै त्यस्तै कडा सतहमाथि राखिछाड्यौं भने त्यसले कसैलाई कुनै फाइदा दिन सक्दैन। परमेश्वरको वचन त्यो दाना जस्तै हो। परमेश्वरको वचन हाम्रो हृदयमा गहिरो गरी रोपिनुपर्छ र हामीले परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्नुपर्छ। मानौं तपाईंको बाबुले तपाईंलाई यसरी भन्नुभयो, “म तिम्रो जाकेटको खल्तिभित्र एक सय रुपैयाँ राखिदिनेछु अनि तिमी शहर जाँदा तिमीलाई खर्च गर्नलाई त्यो प्रयोग गर्न सक्नेछौ।” यदि तपाईंले त्यो कुरा विश्वासै गर्नुभएन भने तपाईं शहर पुग्दा त्यो पैसाले तपाईंलाई कुनै फाइदा दिन सक्नेछैन किनकि आफूसँग पैसा छ भनेर तपाईंले विश्वास गर्नुभएन भने उक्त पैसालाई तपाईंले खर्च गर्न पनि सक्नुहुन्न! बुद्धिमानी काम यो हो: बाबुले भन्नुभएको कुरालाई विश्वास गर्नु, आफ्नो खल्तिभित्र हात हाल्नु, पैसालाई झिक्नु र त्यसलाई प्रयोग गर्नु!

निम्न प्रतिज्ञाहरूलाई तपाईं के गर्दैहुनुहुन्छ?

  1. अनन्त जीवनको प्रतिज्ञा (१ यूहन्ना २:२५; यूहन्ना ५:२४)
  2. मुक्तिको प्रतिज्ञा (प्रेरित १६:३०-३१ र रोमी १०:९,१३)
  3. पापहरूको क्षमाको प्रतिज्ञा (प्रेरित १०:४३ र प्रेरित ३:१९)
  4. ख्रीष्टमा अनन्तसम्म सुरक्षित र सुनिश्चित बनाइएको प्रतिज्ञा (यूहन्ना १०:२८-३०; रोमी ८:१,३८-३९)
  5. परमेश्वरको वास्ताको प्रतिज्ञा (१ पत्रुस ५:७)
  6. परमेश्वरको अटुट उपस्थितिको प्रतिज्ञा (हिब्रू १३:५; मत्ती २८:२०)
  7. हाम्रा खाँचोहरू परमेश्वरले सधैं पूरा गरिदिने प्रतिज्ञा (फिलिप्पी ४:१९; भजनसंग्रह २३:१)
  8. सामर्थ्यको प्रतिज्ञा (फिलिप्पी ४:१३; २ कोरिन्थी १२:९-१०; यशैया ४१:१०)
  9. परमेश्वरको सहायताको प्रतिज्ञा (हिब्रू १३:६; यशैया ४१:१०,१३)
  10. पापहरू क्षमा गरिने र शुद्ध पारिने प्रतिज्ञा (१ यूहन्ना १:९)।

यी प्रतिज्ञाहरूलाई आफ्नो दैनिक जीवनमा कसरी प्रयोग गर्दैहुनुहुन्छ? के परमेश्वरले तपाईंलाई दिनुभएका अन्य प्रतिज्ञाहरूको तपाईंलाई याद छ जुन प्रतिज्ञाहरूलाई तपाईंले विश्वास गरेको उहाँ चाहनुहुन्छ? फिलिप्पी अध्याय ४ मा कुन-कुन प्रतिज्ञाहरू भेट्टाउन सक्नुहुन्छ?

माथि उल्लेखित प्रतिज्ञाहरूलाई मनन गर्ने क्रममा यसरी विचार गरौं: निम्न परिस्थितिहरूमा तपाईंले कुनचाहिँ प्रतिज्ञाहरूलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ?

  1. अरूहरूले के गर्लान् भनेर मलाई डर लाग्दा?
  2. मैले मेरो मुक्ति गुमाउँछु कि भन्ने फिक्री लाग्दा?
  3. कुनै कठिन काम (मेरो लागि अति गाह्रो काम) को सामना गर्नुपर्दा?
  4. आफू एक्लो भएको महसुस गर्दा?
  5. आफूले पाप गर्दा र परमेश्वरको आज्ञापालन नगर्दा?

एक व्यक्तिले गर्न सक्ने सबैभन्दा बुद्धिमानी काम यो हो — परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गर्नु! के परमेश्वरलाई खुशी पार्ने अरू कुनै उपाय छ (हिब्रू ११:६)? _________।

“विश्वास भन्छ, परमेश्वरले आफ्नो वाचा पूरा गर्छन्
विफल हुनेछैनन् उनी, उनका वचन सत्य हुन्छन्।
उनलाई ग्रहण गरे बन्छौं उनका प्रिय सन्तान हामी (यूहन्ना १:१२)
विश्वास भन्छ, मानिलिन्छु, अधिकार यो पाएँ भनी!”

 

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मानव शासनको प्रबन्ध

मानव शासनको प्रबन्ध

 

(जलप्रलय पछाडि)

अघिल्लो पाठमा हामीले जलप्रलय अगाडि जिउने मानिसहरूको दुःखदायी बिफलताको बारेमा अध्ययन गर्यौं। यस पाठमा हामी जलप्रलय पछाडि जिउने मानिसहरूको बारेमा अध्ययन गर्न चाहन्छौं। परमेश्वरले यी मानिसहरूलाई के कस्ता नयाँ सत्यताहरू र नयाँ जिम्मेवारीहरू सुम्पिनुभयो? यी मानिसहरू परमेश्वरको इच्छाअनुसार गर्न सफल भए कि भएनन्?

मानव शासनको प्रबन्ध (The Dispensation of Human Government) ले जलप्रलयको अन्त (उत्पत्ति ८-९) देखि लिएर बाबेल धरहरा (उत्पत्ति ११) को समयमा आएर मानिसहरू छरपुष्ट र तितरबितर हुन गएका घटनासम्मलाई समेट्छ। हामी बाइबलमा जाऔं र हेरौं मानव इतिहासको यो चाखलाग्दो अवधिको बारेमा हामी के कस्ता कुराहरू सिक्न सक्छौं।

१. प्रारम्भमा मानिसको अवस्था

जलप्रलय पठाउनुभएर संसारको इन्साफ गर्नुभएपछि कतिजना मानिस बाँकी रहे (उत्पत्ति ८:१५-१६,१८; दाँज्नुहोस् १ पत्रुस ३:२०)? _______________।

नूह कस्ता मानिस थिए? उत्पत्ति ६:९ अनुसार नूह परमेश्वरको साथ-साथ हिँड्ने ध___ मानिस थिए। उत्पत्ति ७:१ मा परमेश्वरले यी मानिसका बारेमा परमेश्वरले यसो भन्नुहुन्छ – “यस पुस्तामा मेरो सामु तँलाई ______ देखेको छु।”

नूह कसरी धर्मी थिए? नूहको रहस्य के थियो? यी मानिस कसरी धर्मी बने? उत्तर हिब्रू ११:७ को आखिरी भागमा पाइन्छ – “र __________द्वारा हुने ____________का हकवाला बने।” नूहसित भएको धार्मिकता विश्वासद्वारा प्राप्‍त भएको थियो। उनी परमेश्वरमा विश्वास गर्ने र उहाँले भन्नुभएको कुरा अनुसार काम गर्ने मानिस थिए। के अब्राहामले पनि आफ्नो धार्मिकता विश्वासद्वारा प्राप्‍त गरेका हुन् (उत्पत्ति १५:५-६)? __________।

तपाईं नि? परमेश्वरले हेर्नुहुँदा उहाँले तपाईंलाई धर्मी देख्‍नुहुन्छ कि अधर्मी? साँच्ची नै धर्मी व्यक्ति वास्तवमा एउटै मात्र हुनुहुन्छ। उक्त धर्मी व्यक्ति को हुनुहुन्छ (१ यूहन्ना २:१)? _______________। उहाँको धार्मिकता हामीले प्राप्‍त गर्न सकौं भनेर येशू हाम्रा पापहरूका निम्ति मर्नुभयो – “किनकि _____ (ख्रीष्ट) मा हामी परमेश्वरका _____________ बन्न पाऔं भनेर पापै नजान्नुहुने (ख्रीष्ट) लाई परमेश्वर (पिता) ले हाम्रा निम्ति पाप तुल्याउनुभयो (२ कोरिन्थी ५:२१)।” जब कसैले येशू ख्रीष्टमाथि विश्वास गर्दछ, परमेश्वरले उसलाई ख्रीष्टमा पूर्ण रूपमा धर्मी देख्‍नुहुन्छ।

एकातिर, ख्रीष्टबाहिर रहेको मुक्ति नपाएको व्यक्तिको बारेमा रोमी ३:१० ले बताउँछ – “______ कोही छैन, एउटै पनि छैन!” अर्कोतिर “ख्रीष्टभित्र” मुक्ति पाएको व्यक्तिको बारेमा रोमी ३:२२ ले बताउँछ – “अर्थात् परमेश्वरको ___________; यो येशू ख्रीष्टमाथिको ______________ विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ।”

त्यो भयानक जलप्रलयपछि पृथ्वीमा ८ जना व्यक्तिहरू मात्र बाँकी रहे: धर्मी नूह, उनकी पत्‍नी, उनका तीन छोरा र तिनका तीन पत्‍नीहरू। अब बाइबलमा हेरौं जलप्रलयपछि यी ८ जनालाई परमेश्वरले के कस्ता कुराहरू भन्नुभयो।

परमेश्वरले नूह र उनका परिवारलाई केही कुराहरू एकनास रहिरहनेछन् भनी बताउनुभयो। ती कुन कुराहरू हुन् (हेर्नुहोस् उत्पत्ति ८:२२)? ______________________________________ _____________________________________________। के हिउँदपछि सधैं बसन्त ऋतु आउँछ? के बसन्तपछि सधैं ग्रीष्म आउँछ? रातपछि सधैं दिन आउँछ? आज पनि ऋतु-चक्रको निरन्तरताले र दिन-रात चक्रले हामीलाई परमेश्वरको अचूक विश्वासयोग्यता दर्शाउँछ। यी कुराहरू कहिलेसम्मका लागि हुनेछन् भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो? “__________ रहुन्जेल” (उत्पत्ति ८:२२)। के यस प्रतिज्ञा आजको लागि पनि हो? _________। उत्पत्ति ९:२ मा परमेश्वरले नूहलाई भन्नुभए अनुसार मानिसको डर कसलाई हुनेछ? ________ _______________________________। के मानिसलाई पशुको मासु खान अनुमति दिइएको थियो (उत्पत्ति ९:३)? _____________। परमेश्वरले पशुप्राणीलाई किन सृष्टि गर्नुभयो भन्ने विषयमा अध्ययन गर्नलाई सृष्टि विज्ञान, पाठ ८ मा हेर्नुहोस्।आफूले फेरि कुन कार्य कहिल्यै नगर्ने प्रतिज्ञा परमेश्वरले गर्नुभयो (उत्पत्ति ९:११,१५)? _______ ______________________________। यसको मतलब यो होइन कि पृथ्वीको कुनै पनि भागमा कहिल्यै स्थानीय जलप्रलयको बाढी जानेछैन। परमेश्वर के भन्दै हुनुहुन्थ्यो भने पृथ्वीका सबै मानिसहरूलाई नष्ट गर्ने विश्वव्यापी जलप्रलय कहिल्यै हुनेछैन।

साथै यो याद राखौं नूह र उनका परिवारले एउटै भाषा बोल्थे (दाँज्नुहोस्, उत्पत्ति ११:१)।

२. मानिसको जिम्मेवारी

उत्पत्ति ८:१७ मा हामी जहाजभित्र सुरक्षित रहेका सबै पशु प्राणीहरूको बारेमा पढ्छौं। यी प्राणीहरूको सम्बन्धमा परमेश्वरको योजना यो थियो, “तिनीहरू ___________मा प्रशस्त गरी बढून्, र तिनीहरू पृथ्वीमा ___________ र __________मा __________ हुँदैजाऊन्।”

मानिसजातिका निम्ति पनि परमेश्वरले यही चाहनुभयो। परमेश्वरले नूह र उनका छोराहरूसित बोल्नुभयो र भन्नुभयो, “_______________, _______ हुँदै र पृथ्वीमा ___________ जाओ (उत्पत्ति ९:१)।” के परमेश्वरले यही कुरा उत्पत्ति ९:७ मा पनि भन्नुभयो? _____________। मानिसजातिले सन्तानहरू जन्माएको, वृद्धि हुँदै गएको फैलिँदै गएको र पृथ्वीलाई फेरि ढाकेको चाहनुभयो। उत्पत्ति १:२८ सित तुलना गर्नुहोस्। पछि हामी देख्‍नेछौं, पृथ्वीलाई ढाक्दै जानुको सट्टा मानिस एउटै ठाउँमा सँगै बस्ने प्रयास गर्‍यो (उत्पत्ति ११)।

मानव शासनको जिम्मेवारी

मानिसको प्राण यस्तो कुरा हो जसलाई परमेश्वले ठूलो मूल्यको ठान्नुहुन्छ। यसैले नै एउटा मानिसले अर्कोको प्राण लिनु ठूलो अपराध हो। उत्पत्ति ९:६ मा परमेश्वरले मानव जीवनको संरक्षण गर्न एउटा असल नियम दिनुभयो, “जसले मानिसको रक्तपात गर्छ, ____________बाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई ___________ स्वरूपमा बनाउनुभएको हो।”

उत्पत्ति ९:६ को खास अर्थ के हो? यस पदले सिकाउँछ, हत्यारा (“जसले मानिसको रक्तपात गर्छ”) लाई मानिसबाटै मृत्युदण्ड दिइनुपर्छ (“मानिसबाटै त्यसको रक्तपात हुनेछ”)। परमेश्वरले मानिसलाई हत्यारालाई मृत्युदण्ड दिने जिम्मेवारी सुम्पिनुभएको छ। मानव जीवन अति विशिष्ट छ, “किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।” त्यसैकारण मानव जीवनलाई नष्ट गर्ने व्यक्ति सबभन्दा ठूलो दण्डको योग्य हुन्छ।

मृत्युदण्ड (CAPITAL PUNISHMENT)

मानिसलाई मृत्युभन्दा अरू कुनै कुराको बढी डर हुँदैन (हिब्रू २:१५ पढ्नुहोस्)। पक्राउ परेर बीसै वर्ष झ्यालखानामा परिन्छ वा थुप्रै छडी खाइन्छ वा ठूलै रकम जरिवाना तिर्नुपर्नेछ भन्ने कानूनले हत्या गर्न चाहने एक व्यक्तिलाई खासै रोक्न सक्दैन। तर पक्राउ परेको खण्डमा उसलाई मृत्यु दण्ड दिइनेछ भनी जानेको व्यक्ति सितिमिति हत्या गर्नदेखि डराउनेछ।

परमेश्वरले चाहनुभएको भए हत्यारालाई दण्ड दिने जिम्मेवारी उहाँ आफैले वहन गर्न सक्नुहुनेथ्यो। मानिसको ज्यान बचाउन वा मानिसलाई दण्ड दिन परमेश्वरलाई कुनै गाह्रो काम होइन (उत्पत्ति ४:१५ पढ्नुहोस्)। तर जलप्रलय पछि परमेश्वरले यो जिम्मेवारी मानिसलाई दिनुभयो। अपराधीहरूलाई दण्ड दिने जिम्मेवारी मानिसको हो। मानव शासनलाई अपराधीहरूलाई सजायँ दिने जिम्मेवारी दिनुभयो यहाँसम्म कि त्यसले सबैभन्दा ठूलो दण्ड समेत दिन सक्छ – मृत्यु दण्ड! मानिसजातिका लागि यो आशिष हो किनभने यसले १) खराबी गर्नेलाई दण्ड दिन्छ २) अपराधलाई रोक लगाउँछ ३) निर्दोषलाई जोगाउँछ।

के मृत्युदण्डको नियम मोशाको समयमा पनि थियो (प्रस्थान २१:१२,१५,१६,१७)? _________। कुनचाहिँ अपराधहरू मृत्युदण्ड पाउन योग्यका थिए (अघिकै पदहरू हेर्नुहोस्)? __________________________________________________________________________ _____________________________________________________________________________________________________________

आज सम्म पनि मृत्युदण्डको नियम लागू गर्न विश्वका सरकारहरू जिम्मेवार छन्। यस कुरालाई हामी रोमी १३:१-४ मा सिक्छौं। रोमी १३:३ मा हामी सिक्छौं, मानवीय शासकहरूले प्रायः असललाई इनाम दिन्छन् र दुष्टलाई दण्ड दिन्छन्। यदि एक व्यक्ति कानूनमुताबिक जिउने नागरिक हो भने उसलाई डराउनु पर्ने कारण हुँदैन। तर एक व्यक्ति कानूनविरपरित जिउने व्यक्तिलाई भने डराउनु पर्ने कारण हुन्छ! कसैले खराब काम गर्दछ भने ऊ ड_________पर्छ (रोमी १३:४ पढ्नुहोस्)। रोमी १३:४ ले हामीलाई सिकाउँछ शासकचाहिँ “___________का सेवक हुन्।” परमेश्वरले आज अपराधीहरूलाई आफै दण्ड दिने गर्नुहुन्न। अर्को जीवनमा त उहाँले यो निश्चय गर्नुहुनेछ्। तर आज त्यहाँ परमेश्वरका “सेवकहरू” छन् जसले उहाँका निम्ति उहाँका कामहरू गरिदिन्छन्। अपराधीहरूलाई दण्ड दिनका लागि परमेश्वरको प्रबन्धमा त्यहाँ पुलिस अफिसरहरू, न्यायधीशहरू, शासकहरू छन्। यो मानव शासनको जिम्मेवारी हो। अनि कहिले काहिँ शासकले “तरवार” (रोमी १३:४) समेत चलाउनु पर्ने हुन्छ (तरवार, मृत्युदण्डका लागि प्रयोग गरिने हतियार थियो)। आज अपराधीलाई मृत्युदण्ड अन्य तरिका प्रयोग हुन सक्छ (बिजुलीको करेन्ट जडित मेच, प्राणघातक इन्जेक्सन इत्यादि)। इतिहासको विभिन्न चरणहरूमा अन्य तरिकाहरू पनि प्रयोग भए, जस्तै झुण्ड्याएर दण्ड दिने, गिलटीन (guillotine) ले काट्ने वा क्रूसको मृत्युदण्ड समेत।

मृत्युदण्ड पाउन योग्यको अपराध गरेका व्यक्तिलाई मृत्युदण्ड दिइनुपर्छ भनेर के पावल प्रेरितले विश्वास गर्थे (प्रेरित २५:११)? ___________। ख्रीष्टकै साथमा क्रूसमा टाँगिएका एक अपराधीले आफूले पाउनुपर्ने दण्ड नै पाएको हुँ भन्ने महसुस गरेका थिए (लूका २३:४०-४१)? _____________। आदिवासीहरूले हत्याराहरू मृत्युदण्ड पाउन लायक हुन्छन् भनी महसुस गरेका थिए (प्रेरित २८:४ पढ्नुहोस् र पाठ ४ मा पनि हेर्नुहोस्)? _____________।

बास्तवमा बाइबलले सबै मानिसहरू अपराधीहरू हुन् र व्यवस्था (नियम) उल्लङ्घन गरेका दोषीहरू हुन् भनेर सिकाउँछ! हामी सबै नै मृत्युदण्डका लायक छौं (रोमी ६:२३)। रोमी १:२९-३१ मा पापको सुचीलाई विचार गर्नहोस्। के तपाईं तीमध्ये कुनै अपराधको दोषी हुनुहुन्छ? _________। रोमी १:३२ अनुसार त्यस्ता काम गर्नेहरू _______________ पाउन लायक हुन्छन्।

सुसमाचार वा खुशीको खबर यो हो, येशू ख्रीष्ट व्यवस्था उल्लङ्घन गरेका दोषीहरूका निम्ति संसारमा आउनुभयो (१ तिमोथी १:१५)। येशू निर्दोष र पूर्ण रूपमै पापरहित हुनुभएर पनि रोमीहरूद्वारा मारिनुभयो। तर येशूले त हामीले पाउनुपर्ने मृत्युदण्डरूपी जरिवाना तिर्नुभएको हो (रोमी ६:२३; रोमी ५:८; १ पत्रुस ३:१८)। दण्डरूपी जरिवाना तिरिनैपर्थ्यो, अनि त्यो जरिवाना ख्रीष्टले तिरिदिनुभयो! के तपाईं विश्वास गर्नुहुन्छ, उहाँले तपाईंको निम्ति सो गरिदिनुभयो भनेर? परमेश्वरले तपाईंलाई मृत्युदण्डले प्रहार गर्नुको सट्टा उहाँले आफ्नै पुत्रलाई प्रहार गर्नुभयो: “ख्रीष्ट ______ पापहरूका निम्ति मर्नुभयो” (१ कोरिन्थी १५:३)। हामी बाँच्न सकौं भनेर उहाँ मर्नुभयो!

३. मानिसको विफलता

नूहको जलप्रलयमा आठजना व्यक्तिहरू एउटा विशाल जहाजको भरमा बाँचे (१ पत्रुस ३:२०)। उक्त जहाजभित्र यी मानिसहरूले (पशुपंक्षी बाहेक) एउटा अर्को कुरा पनि साथमा बोकेका थिए — एउटा अति नराम्रो रोग (यर्मिया १७:९)–त्यो थियो पाप। आदमबाट वंशानुगत सर्दै आएको पापी स्वभाव जहाजको प्रत्येक व्यक्तिसँगै थियो (पाठ १ हेर्नुहोस्)। उत्पत्ति ९:२०-२१ ले नूहको हृदयमा पनि पापको समस्या थियो भन्ने कुरा कसरी देखाउँछ? _________________________________________________________________________________________ ________________________________________________।

नूहको परिवार वृद्धि हुँदै गयो। नूहका छोराहरूका सन्तानहरू भए। के यी सन्तानका हृदयहरू पनि बाबु-आमाका जस्तै पापी थिए? ______। नूहका धेरै नातीहरू भए र अझ धेरै पनातीहरू भए र अझ धेरै-धेरै खनातीहरू भए! शुरुमा बाँचेका आठजनाबाट धेरै वर्षको अवधिमा हजारौं-लाखौं मानिसहरू जन्मे। यी मानिसहरू एकसाथ रहे र उनीहरू नूहको जहाज अडेको ठाउँ आ__________बाट (उत्पत्ति ८:४) शि__________ (उत्पत्ति ११:२) प्रदेशमा आए जो दुई ठूला-ठूला नदी (टाइग्रीस र युफ्रेटिस) को बीचमा फैलिएको एउटा फराकिलो फाँट थियो। उनीहरू यहीं बसोबास गरे र यही ठाउँलाई आफ्नो थलो बनाए।

यी मानिसहरूले कतिओटा भाषा बोल्थे (उत्पत्ति ११:१)? ________। एउटै साझा भाषाले मानिसहरूलाई एकजूट गराउँछ भने विभिन्न भाषाहरूले विभाजन ल्याउँदछ। मानौ एउटा भोजमा १०० जना निम्तो गरिएका छन्। कोही नेपाली मात्र बोल्छन्, कोही मगर मात्र, कोही नेवारी मात्र बोल्छन्, कोही राई मात्र, कोही गुरूङ मात्र बोल्छन्, कोही तिब्बती मात्र। भोज शुरु भएपछि मानिसहरू कतिओटा समूहमा विभाजित हुन्छन् होला? ____________।

शिनारमा बस्दै गरेका यी मानिसहरूले एक विशाल निर्माण परियोजनाको थालनी गरे (उत्पत्ति ११:३)। उक्त इलाकामा ठूला-ठूला ढुङ्गाहरू नपाइने भएकोले उनीहरूले आफ्ना भवनहरू ढुङ्गाबाट बनाउन पाएनन्। (नोट: मिश्रीहरूले विशाल पिरामिडहरू र ग्रीकहरूले ठूला मन्दिरहरू ढुङ्गाबाट बनाएका थिए)। तर त्यहाँ प्रशस्त माटो पाइने भएकोले उनीहरूले बरु ईंटहरू बनाए। साथै त्यहाँ अलकत्रा पनि पाइएकोले त्यसलाई तिनीहरूले सिमन्टिको रूपमा प्रयोग गरे। साधारणतया ईंट घाममा सुकाएर तयार पारिन्थ्यो भने यी मानिसहरूले आफ्ना ईंट कडा र बलियो बनाउन ईंटलाई भट्टीमा राम्ररी पोलेर तयार पारे (उत्पत्ति ११:३)।

भवन बनाउनु नै पाप होइन। सुलेमान राजाले परमेश्वरका निम्ति एक विशाल मन्दिर बनाए (१ राजा ६)। तर यी मानिसहरूले आफ्ना भवनहरू परमेश्वर र उहाँको महिमाको निम्ति बनाइरहेका थिएनन्। उनीहरूको निर्माण योजना मानिसको महिमाको निम्ति मात्र नभएर परमेश्वरको विरूद्धमा पनि थियो। उत्पत्ति ११:४ बाट यो जान्दछौं कि उनीहरू आफ्नो निम्ति एउटा शहर र एउटा धरहरा बनाउन चाहन्थे र आफ्नो निम्ति नाउँ राख्‍न चाहन्थे। उनीहरूले गर्न नचाहेको एउटा कुरा के थियो (उत्पत्ति ११:४)? ______________________________________। जगतभरि तितरबितर नहुनको लागि उनीहरू एकजुट भएर एउटा विशाल शहर बनाउन चाहे। जलप्रलयपछि परमेश्वरले नूहका छोराहरूलाई एकजूट भएर एकै ठाउँमा बस्न आज्ञा दिनुभयो कि सारा पृथ्वीमा भरिँदैजाओ भन्नुभयो (उत्पत्ति ९:१,७)? ______________________________________।

४. परमेश्वरको इन्साफ

यी मानिसहरूका हृदय, उनीहरूका शहर, उनीहरूका धरहरा अनि उनीहरूका सम्पूर्ण दुष्ट योजनाहरू, परमेश्वर सब जान्नुहुन्थ्यो। परमप्रभुले भन्नुभयो, “ए______ भाषा बोल्ने ए______ जा______ को स्थानमा अहिले यिनीहरूले यो गरे भने, अब तिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुनेछैन (उत्पत्ति ११:६)।” पापी स्वभावका मानिसहरू आपसमा एकजूट भए उनीहरूले गर्न सक्ने दुष्टताको कुनै सीमाना हुँदैन भन्ने कुरा परमप्रभु जान्नुहुन्थ्यो। निमार्ण योजना यसको थालनी थियो! यदि परमेश्वरले उनीहरूलाई रोकटोक नलगाउनुभए र लगाम नलगाउनुभए भने उनीहरू झन् झन्, पापमा अझ गहिरो, दुष्टताको खाडलमा पर्न सक्थे (पाठ २ हेर्नुहोस्)। उनीहरूको दुष्ट गतिलाई सुस्त गराउन केही न केही गरिन आवश्यक थियो।

यदि तपाईंलाई रोकटोक लगाउन बाबु-आमा नभएका भए वा शिक्षकहरू नभएका भए, वा प्रहरी नभएका भए वा तपाईंसित विवेक नभएको भए, तपाईंले के कस्ता पापहरू गर्नुहुनेथ्यो होला? यदि तपाईंले पाप गरेर उम्कन पाउने भए, कसैले नदेख्‍ने भए र तपाईंले कहिल्यै दण्ड नपाउने भए के तपाईंले पाप गर्नुहुनेथ्यो? हामीलाई रोकटोक लगाउनको लागि परमेश्वरले कतिपय कुराहरू खडा गरिदिनुभएकोछ। (सिक्रीले बाँधिएको एउटा डरलाग्दो कुकुरलाई विचार गर्नुहोस्। सिक्री रोक लाउने एउटा साधन हो किनभने त्यसले बाँधेर राख्‍ने काम गर्छ। सिक्री छैन भने कुकुरले कसैलाई चोट पार्नसक्छ वा कुकुर आफै पनि खतरामा पर्न सक्छ।)

 

परमप्रभुले आश्चर्यको काम गर्नुभयो। तिनीहरूले एक-अर्काको बोली ____________ भनेर उहाँले तिनीहरूको भाषा खलबल पारिदिनुभयो (उत्पत्ति ११:७)। एक्कासी पृथ्वीमा एउटा मात्र भाषा नभई थुप्रै भाषाहरू भए (आज पृथ्वीमा करीब ३,००० भाषाहरू छन्!)। एक्कासी निमार्ण कार्य ठप्प भयो अनि त्यो शहरको नाउँ ___________ राखियो जसको अर्थ हो खलबल (उत्पत्ति ११:८-९)। एक-अर्काको कुरा नबुझ्दा आपसमा मिलेर काम गर्न असम्भव हुन्छ! यसकारण ती मानिसहरू एक-अर्कादेखि छुट्टिएर गए, तितरबितर भए र बाध्यतावश पृथ्वीमा फैलिँदै गए। विभिन्न जाति तथा राष्ट्रहरूको शुरूआत यहींबाट भएको हो (उत्पत्ति १०:५,२०,३१,३२)। (बाइबलमा “जाति” भन्नाले “ठूलो” वा “सानो” जाति भन्ने अर्थ लाग्दैन, तर फरक-फरक भाषा बोल्ने मानिसहरूका समूह भन्ने बुझिन्छ।)

संसारमा विभिन्न राष्ट्रहरू हुनुमा सुरक्षा छ किनभने यसद्वारा शक्तिहरूको सन्तुलन हुन्छ र कुनै एक राष्ट्रले एकलौटी शासन र शक्ति चलाउन पाउँदैन। जुन बेला सबै राष्ट्रहरू एकजूट हुन्छन् तब त्यहाँ ठूलो खतरा हुन्छ किनभने सम्पूर्ण शक्ति र अधिकार एउटै दुष्ट निरंकुश शासकको हातमा पर्न जान्छ। बाइबलले भविष्यवाणी गरेको छ कि यस युगको आखिरी दिनहरूमा सारा जगत एउटै मानिस र एउटै शासनमनि एकजूट हुनेछ। त्यसबेला कोही पनि व्यक्ति त्यो दुष्ट सरकारसित सहमत भएन भने उसलाई मारिनेछ (प्रकाश १३ अध्याय)।

यसरी बाबेलको इन्साफले भाषा र जातिहरू उत्पन्न भए। आज संसारलाई हेर्दा संसारका के कस्ता कुराले हामीलाई उक्त इन्साफको सम्झना आउँछ? स्कूलमा पढाइने यी मध्ये कुन-कुन विषयहरू बाबेलको सम्झना गराउने विषयहरू हुन् (गोलाकार चिन्ह लगाउनुहोस्): गणीत, अंग्रेजी, नेपाली, भूगोल, विज्ञान, राजनीति, इतिहास। निम्न कुराहरूले हामीलाई कसरी बाबेलको सम्झना गराउँछन्, बयान गर्नुहोस्: मिसिनरीहरू (मत्ती २८:१९), बाइबलको नेपाली अनुवाद, पेन्टेकोस्टको दिन (प्रेरित २:१-११), संयुक्त राज्य संघ, संसारको मानचित्र, शब्दकोषहरू, हुलाक-टिकटहरू, संसारभरिका सिक्का र मुद्राहरू, वर्णहरू (रातो, पहेंलो, कालो, सेतो), लडाइँहरू, विदेशी खानेकुराहरू, विभिन्न देशहरूका विभिन्न पोशाकहरू इत्यादि।

संसारमा के त्यस्ता कुनै कुराहरू भइरहेकाछन् जसले हामीलाई प्रकाशको पुस्तकले भविष्यवाणी गरेको एकजूट हुने विश्वव्यापी शासन (सरकार) तर्फ लग्दै छ? संचार माध्यमका के कस्ता कुराहरूले संसारलाई “सानो” र झन् एकजूट बनाउन मदत पुर्याएकोछ? यातायातको क्षेत्रमा नि?

यदि अधिकार असल व्यक्तिको हातमा हुन्छ भने संसारमा एउटै शासन र सरकार हुनु के नराम्रो कुरा हो र (यशैया २:१-५, ९:६-७, ३३:२२, यर्मिया २३:५-६)? __________। के उहाँ तपाईंको जीवनको राजा र मालिक हुनुहुन्छ? के तपाईंले आफूलाई परमेश्वरको सुशासनको अधीनमा सुम्पिनुभयो कि तपाईं आफ्नो जीवन परमेश्वरदेखि स्वतन्त्र भएर जिउन खोज्दै हुनुहुनछ?

आज मेरो जिम्मेवारी

आज हामी परमेश्वरको शासनमुनि मात्र नभएर मानिसको शासनमुनि पनि जिउँदैछौं। हामी नेपाल अधिराज्यको शासनमुनि जिउँदैछौं। यस शासनमुनि हामी कसरी जिएको परमेश्वर चाहनुहुन्छ?

१. आफ्ना शासकहरूका निम्ति प्रार्थना गर्नुहोस्

बाइबलले प्रार्थना “राजाहरू र _______ उच्च अधिकारीहरूका निम्ति चढाइऊन्” (१ तिमोथी २:१-२) भनेर ख्रीष्टियनहरूलाई आज्ञा गर्दछ। के तपाईं आफ्नो देशका शासकहरूका निम्ति प्रार्थना गर्नुहुन्छ? मन्त्रीहरू र सचीवहरूका निम्ति? पुलिस र न्यायधीश र स्कूलका शिक्षकहरूका निम्ति? उनीहरूले आ-आफ्ना काम सठीक तरिकाले गरून् भनेर के तपाईं प्रार्थना गर्नुहुन्छ? उनीहरू खराबको विरुद्धमा र असलको पक्षमा खडा होऊन् भनी प्रार्थना गर्नुहुन्छ? उनीहरूका मुक्तिका निम्ति प्रार्थना गर्नुहुन्छ?

२. सक्दो राम्रो नागरिक बन्नुहोस्

ख्रीष्टियन हुनुभएको हुनाले तपाईं स्वर्गको नागरिक हुनुहुन्छ (फिलिप्पी ३:२०), तर तपाईं नेपाल अधिराज्यको नागरिक पनि हुनुहुन्छ। तपाईं कानूनको पालना गर्ने, तपाईंभन्दा माथि रहेका शासकहरूको अधीनमा रहने एक असल नागरिक बनेको परमेश्वर चाहनुहुन्छ। असल नागरिकहरूले सामान्यतया अधिकारीहरुबाट दण्ड पाऔंला भनी फिक्री गर्नु पर्दैन (रोमी १३:३ पढ्नुहोस्)।

के सरकारको अवज्ञा गर्नु वा मानिसका कानूनको अवज्ञा गर्नु कहिल्यै उचित हुन्छ? यसको जवाफ प्रेरित ५:२९ मा छ। पत्रुसले त्यसबेलाका यहूदी शासकहरूलाई भने, “हामीले ____________को भन्दा ______________कै आज्ञा पालन गर्नुपर्छ।” यसको तात्पर्य यो हो, हामीले पहिला परमेश्वरको आज्ञापालन गर्नुपर्छ। ख्रीष्टियनले कहिल्यै परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु हुँदैन। हामीभन्दा माथि रहेका अधिकारीहरूले हामीलाई परमेश्वरको आज्ञा उल्लङ्घन गर भन्छन् भने हामीले त्यो कदापि गर्नुहुँदैन। मानिसका नियमहरूले बाइबलमा भएका परमेश्वरका नियमहरूलाई पालना नगर भन्छ भने हामीले त्यो कदापि गर्नुहुँदैन। पहिला परमेश्वरको आज्ञापालन गरिनुपर्दछ।

उचित प्रकारको अवज्ञाको दुइटा उदाहरणहरू हेरौं;

  1. दानियल ६:७-९ मा यस्तो नियम बनाइएको उल्लेख छ जब कसैले पनि परमेश्वरलाई ३० दिनसम्म प्रार्थना गर्न नपाइने भयो। के दानियलले उक्त नियमको पालना गरे (दानियल ६:१०)? ___________। दानियलको सरकारले भन्यो, प्रार्थना नगर् तर दानियलका परमेश्वरले भन्नुभयो, प्रार्थना गर! दानियलले मानिसलाई भन्दा परमेश्वरको आज्ञापालन गर्ने निर्णय गरे। उनले ठीक काम गरे। साथै दानियल दण्ड पाउन (आफैलाई सिंहको खोरमा फालिन) सुम्पे यद्यपि उनले कुनै अपराध गरेका थिएनन्, अनि परमेश्वरले उक्त परिस्थितिको नियन्त्रण गर्नुभयो।
  2. प्रेरित ४:१८ मा यहूदी शासकहरूले प्रेरितहरूलाई येशूको नाममा नबोल्नलाई आज्ञा दिएको पाउँछौं। उनीहरूलाई सुसमाचार अबदेखि उसो प्रचार नगर्नलाई आज्ञा दिइयो। परमेश्वरले चाहिँ उनीहरूले बोलेको चाहनुहुन्थ्यो कि नबोलेको (मर्कूस १६:१५)? _________________। पत्रुसले कसको आज्ञा पालना गर्ने निर्णय गरे (प्रेरित ५:२८-२९)? ___________________। ख्रीष्टियनहरूले सरकारको आज्ञाहरू प्रायः जसो पालना गर्नुपर्छ, तर यदि मानिसको आज्ञा पालन गर्ने कि परमेश्वरको आज्ञा पालन गर्ने भन्ने प्रश्न उठ्दछ, त्यसबेला ख्रीष्टियनले परमेश्वरको आज्ञा पालन गर्नलाई रोज्नुपर्छ।

३. कानून नतोड्नुहोस् नत्रता त्यसको बापत दुःख भोग्नुपर्नेछ

कसैले देशको नियम उल्लङ्घन गर्छ र उसले खराब गर्छ भने त्यो सरकारले व्यक्तिको ब______ लिनुपर्छ (रोमी १३:४)। परमेश्वरले खराब गर्नेहरूलाई दण्ड दिनलाई मानव शासनको स्थापना गर्नुभएको छ। तपाईंले देशको कानून उल्लङ्घन गरेर अपराधी हुन रोज्नुभयो भने तपाईंले आफूलाई ठूलै समस्यामा पार्न सक्नुहुन्छ। आफैले छरेको कुराको कटनी गर्नुहुनेछ! १ पत्रुस ४:१५ पढ्नुहोस्। यी कुराहरू (हत्या, चोरी आदि) का निम्ति तपाईंले कष्ट भोग्नुपर्‍यो भने त्यो त तपाईंले पाउनु पर्ने दण्ड नै हो!

कहिलेकाहीँ देशको सरकारले आफ्नो जिम्मेवारी जसरी वहन गर्नुपर्ने हो त्यसरी काम गर्दैन। कतिपय राष्ट्रहरू (नेपाल समेत) ले मृत्युदण्ड पाउन लायक भएकाहरूलाई मृत्युदण्ड दिँदैनन्। कति पटक अपराधीहरूलाई दिइनुपर्ने अनुसारको दण्ड दिइँदैन। कतिपटक हत्याराहरू र अन्य अपराधीहरू त्यत्तिकै छाडिन्छन्। मानिस, परमेश्वरले उसलाई दिनुभएको जिम्मेवारीमा विफल होलान् तर परमेश्वर कहिल्यै विफल हुनुहुन्न। अपराधीहरू, दण्डबाट उम्क्यौं भनी ठान्लान् तर एक दिन उनीहरू साँचो न्यायधीशका सामु खडा हुनैपर्छ। कोही पनि व्यक्ति अपराध गरेर उम्कन सक्दैन। एउटा अपराधी यस जीवनमा दण्डबाट उम्कन सफल होला तर के अर्को जीवनमा ऊ त्यसरी नै उम्कन सक्नेछ (रोमी २:३)? ______________। मानिस र शासकहरू विफल बन्लान् तर परमेश्वर कहिल्यै विफल हुनुहुन्न।

४. जतिसुकै मूल्य चुकाउनुपरे तापनि येशू ख्रीष्टको आज्ञा पालन गर्नुहोस्।

कहिलेकाहीँ परमेश्वरका जनहरूले कष्ट भोग्छन्, उनीहरूले खराबी गरेकाले होइन वा कानून उल्लङ्घन गरेकाले होइन तर केवल परमेश्वरका निम्ति जिएकाले (१ पत्रुस ४:१४,१६; १ पत्रुस ३:१७)। प्रेरित पावल समेत रोमी सरकारद्वारा मृत्युदण्डमा परे। उनको अपराध के थियो? के उनले कसैलाई हत्या गरेका थिए? के उनले चोरेका थिए? थिएनन्, पावलको एउटै अपराध यो थियो, उनले सुसमाचार प्रचार गरे र ख्रीष्टले उनलाई आज्ञा दिएअनुसार गरे। जुन कुरा ठीक छ त्यसका लागि विश्वासी जनले कष्ट भोग्न आवश्यक पर्‍यो भने के ऊ गनगन गर्न वा रून पर्छ (मत्ती ५:१०-१२)? ______________। तपाईंलाई बाइबलका अरू व्यक्तिहरूको याद छ जसले परमेश्वरको आज्ञा पालन गरेकाले र ठीक काम गरेकाले कष्ट भोगे र दण्ड पाए? धार्मिकताका निम्ति कष्ट भोग्न आवश्यक पर्दा परमेश्वरले आफ्ना सन्तानहरूलाई सहायता गर्नुहुन्छ। हामीले दुःख भोग्छौं भने यो निश्चय गरौं कि हामी असल कामका लागि दुःख भोग्दैछौं न कि ख_______ का लागि (१ पत्रुस ३:१७)। मानौं एउटा ख्रीष्टियन बैंक लुट्दै गर्दा पक्राउ पर्‍यो। के उसलाई ख्रीष्टियन भएकै आधारमा कम दण्ड दिइनुहुन्छ? _____________।

* * * * * *

के तपाईं आफ्नो सरकारको निम्ति धन्यवादी हुनुहुन्छ? याद गर्नुहोस्, सरकार परमेश्वरले स्थापना गर्नुभएको कुरा हो अनि यो मानिसकै भलाइका निम्ति, सुरक्षाका निम्ति गरिएको हो। आफू बसोबास गरिरहनुभएको देशको निम्ति तपाईं धन्यवादी हुनुहुन्छ? किन? के तपाईं परमेश्वरको राज्यको भागीदार हुनुहुन्छ (कलस्सी १:१३)? के तपाईं तपाईंको राजाको आज्ञाकारी हुनुहुन्छ? के तपाईं नेपाल अधिराज्यको भागीदार हुनुहुन्छ? के तपाईं देशका नियमहरूमा आज्ञाकारी हुनुहुन्छ? के तपाईं यहाँ भएका नियमहरूका निम्ति धन्यवादी हुनुहुन्छ? पुलिसहरूका निम्ति धन्यवादी हुनुहुन्छ? के तपाईं उनीहरूलाई आदर गर्नुहुन्छ? के तपाईं सिपाहीहरूका निम्ति धन्यवादी हुनुहुन्छ?

के तपाईं आफ्नो देशका लागि प्रार्थना गर्नुहुन्छ? के तपाईं आफ्ना शासकहरूका लागि प्रार्थना गर्नुहुन्छ? परमेश्वरले तपाईंलाई भक्तिको र इमानदार जीवन जिउन सहायता गर्नुभएको होस् भनी तपाईं प्रार्थना गर्नुहुन्छ (१ तिमोथी २:२)? तपाईंको देशमा के कस्ता हक अधिकारहरू उपभोग गर्न सक्नुहुन्छ जो अरु कतिपय देशमा नहोलान्? (नोट: अध्ययनको अन्तमा माथिका कुराहरूलाई सम्झँदै प्रार्थनामा बिताउन सकिन्छ)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

विवेकको प्रबन्ध

विवेकको प्रबन्ध

 

(पतनदेखि जलप्रलयसम्म)

अघिल्लो पाठमा हामीले मानिस पापमा पतन भएको कुराको अध्ययन गर्यौं। निर्दोष आदमको हातमा परमेश्वरले एउटा अति सरल आज्ञा सुम्पिनुभयो जुन आज्ञाको पालना गर्न आदम विफल भए। आदमको अनाज्ञाकारिता रोमी ५:१९ मा उल्लेख छ, “किनकि जसरी एउटा मानिसले _______ _______ गरेकोले धेरैजना पापी बनिए।” आदम पापमा पतन भएकाले के कस्ता परिणामहरू आए (अघिल्लो पाठमा हेर्नुहोस्?

दोस्रो प्रबन्धलाई “विवेकको प्रबन्ध” भनिन्छ। यस प्रबन्धको प्रारम्भदेखि उसो मानिस निर्दोष छैन। मानिस पतन भएको छ, एक पापी प्राणी बनेको छ जसलाई परमेश्वरको अनुग्रहको ठूलो खाँचो छ (हेर्नुहोस्, उत्पत्ति ६:८)। विवेकको प्रबन्ध पतनदेखी प्रलयसम्म (जलप्रलयसम्म) रहन्छ।

१. प्रारम्भमा मानिसको अवस्था

आदमलाई के नाम गरेको रूखको फल खान मनाही गरिएको थियो (उत्पत्ति २:१७)? ________________________________________। उत्पत्ति ३ अध्यायमा शैतान हव्वालाई परीक्षा गर्न आयो। परमेश्वरले आदम र हव्वालाई खासै भलाइ गर्नुभएको छैन अनि उनीहरू कुनै असल कुराबाट बञ्चित हुनुपरेको छ भन्ने झूटो विचारलाई हव्वाको हृदयमा रोप्न चाहन्थ्यो शैतानले। उत्पत्ति ३:५ मा, उनीहरूले प्रतिबन्धित फल खाए भने उनीहरूले तीनओटा कुराहरू प्राप्‍त गर्नेछन् भनेर शैतानले हव्वालाई बतायो:

  1. “तिमीहरूका ________ _____________”
  2. “तिमीहरू ____________जस्तै हुनेछौ”
  3. तिमीहरूले “असल र ________को ज्ञान” पाउनेछौ

त्यस फल खाएर आफूहरूलाई फाइदा हुन्छ भनी उनीहरूले सोचेको शैतान चाहन्थ्यो, तर परमेश्वरले बताइसक्नुभएको थियो कि त्यसो गर्दा उनीहरूलाई नोक्सानी हुन्छ (उत्पत्ति २:१७)। परीक्षा भन्ने कुरा एउटा मुसा पक्रने खोर वा माछा मार्ने बल्छी जस्तै हो। खोरभित्रको चारो मुसालाई लोभलाग्दो देखिन्छ अनि बल्छीको गड्यौंला माछालाई खाऊँ-खाऊँ लाग्दो देखिन्छ। मुसा र माछा दुवैलाई चारो खाएर केही पाउँछु भन्ने लाग्छ तर आखिरमा उसले गुमाउँछ! हव्वा पासोमा परीन् र नोक्सानी भोगिन्!

कुन पदमा आदम र हव्वाले प्रतिबन्धित फल खाएको उल्लेख छ? उत्पत्ति ३:____। उत्पत्ति ३:७ मा हामी आदम र हव्वाले फल खाएको लगत्तै पछिको उनीहरूको अवस्थाको बारेमा सिक्दछौं:

“अनि दुवैका _______ _______, र ‘नाङ्गै पो रहेछौं’ भनी तिनीहरूले _______ _______। अनि अञ्जीरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए” (तुलना गर्नुहोस्, उत्पत्ति २:२५)।

आदम र हव्वालाई उनीहरूले पाप गरेका छन् भनेर के परमेश्वरले भन्नु आवश्यक थियो कि उनीहरू आफैले त्यो जाने? ______________________________। आदम र हव्वालाई एउटा कुरा तुरुन्तै थाह भयो (उत्पत्ति ३:७)! आफूहरूले खराब गरेको र असल गर्न विफल भएको उनीहरूलाई थाह भयो। पवित्र परमेश्वरको सामु उनीहरूलाई आफ्नो पापपूर्ण र लाजपूर्ण अवस्थाको चेतना भयो। उनीहरूलाई आफ्नो विफलता र पापको महसुस भयो। उनीहरू यसबारे अनभिज्ञ थिएनन्। उनीहरूका आँखा खुले अनि उनीहरूलाई आफ्नो पापको ज्ञान भयो। गलती भयो भनेर उनीहरूलाई थाह थियो।

ढीलो भइसकेपछि मात्र आदम र हव्वाले आफ्नो निर्णयको मूर्खता देखे। उनीहरूले आफूले गुमाएको सुख र पाएको दुःख देखे। आफूहरूले असल गर्न चुकेको र खराब गर्न पुगेको उनीहरूले देखे। परमेश्वरलाई खराबको बारेमा पूरा ज्ञान छ, तर खराबको अनुभव भने एक छेउ पनि छैन। आदम र हव्वाले भने अनुभव गरेर नै खराबको बारेमा सिके। पाप गर्न अगाडि आदमलाई खराबको ज्ञान थिएन।

एउटा सानो बच्चाको विचार गर्नुहोस् जसलाई उसका बाबु-आमाले चुलोको आगोलाई नछुनू भनी घरीघरी कडा चेताउनी दिएका छन्। तरैपनि एक दिन उसले आगोलाई छुन जान्छ र उसलाई पोल्छ। अब ऊ जान्दछ, आगोलाई नछुँदा कति राम्रो हुन्छ र छुँदा कति नराम्रो हुन्छ! उसले आगोलाई नछोएसम्म र पोलेको अनुभव नगरेसम्म सो जानेको थिएन। त्यसरी नै आदम र हव्वाले असल र खराब के हो, पाप नगरेसम्म जानेका थिएनन् (उत्पत्ति ३:२२ मा हेर्नुहोस् – “________ र ________को ज्ञान जान्ने”)।

विवेक के हो?

आदम र हव्वाको उदाहरणबाट हामी सिक्छौं, परमेश्वरले मानिसलाई उसले पापपूर्ण काम गर्‍यो कि सही काम गर्‍यो भनी जान्न सक्न एउटा क्षमता दिनुभएको छ। के ठीक हो, के बेठीक हो भन्ने संवेदनशीलता वा चेतना हरेक व्यक्तिको हुन्छ। यो क्षमता यस्तो कुरा हो जसलाई परमेश्वरले मानिसभित्र मानिसकै भलाइको लागि राखिदिनुभएको छ। आफ्नो जीवनमा कुनै कुरा बेठीक हुन गयो भने मानिसले त्यो जानोस् र त्यसलाई सच्याओस् भन्ने परमेश्वरको इच्छा हो। मानिसले जब पाप गर्छ वा गलती गर्छ, उसलाई अप्ठ्यारो महसुस भएको, उसमा दोषको भावना उत्पन्न भएको परमेश्वर चाहनुहुन्छ। यदि पाप गरेर मानिसलाई असल नै महसुस हुनेभएको भए त ऊ समस्याको समाधानतर्फ कहिल्यै लाग्ने थिएन!

परमेश्वरले हामीलाई दिनुभएको हाम्रो शरीरको विचार गरौं। परमेश्वरले हाम्रो शरीरमा केही त्यस्ता सूचकहरू राखिदिनुभएको छ जसले शरीरमा गडबडी आउँदा त्यसको सूचना हामीले प्राप्‍त गर्दछौं। ती सूचक हुन् हाम्रा शरीरका नसाहरू। शरीरको स्वस्थ्यमा कुनै गडबडी आउँदा वा शरीरमा घाउचोट लाग्दा हामीलाई त्यसको संवेदना हुन्छ! हामीलाई दुख्छ! नसाहरू मानिसका निम्ति लाभदायक हुन् कि हानिकारक? पीडाको अनुभव कसैलाई मन पर्दैन तर वास्तवमा परमेश्वरले राखिदिनुभएका यी नसाहरूका निम्ति हामी धन्यवादी हुनुपर्छ। मानौं, आगोमा हात हाल्दा पोलेको महसुस भएन भने तपाईंको हात डढेर नष्ट हुनेथ्यो। तर त्यसो हुन पाउँदैन किनकि हातका नसाले मस्तिष्कलाई तुरुन्तै यस्तो सूचना पठाउँछ, “आत्था! हात तुरुन्त आगोबाट झिक! दुख्यो!” नसा नभएका भए आफ्नै जिब्रोलाई खानेकुरा सँगसँगै आफैले चपाएर खान समेत बेर लगाउँदैन्थ्यौं हामीले! तर नसाहरूले राम्ररी काम गरिरहेका हुनाले त्यस्तो हुन पाउँदैन। झुक्किएर जिब्रो टोक्न पुगौंला तर तुरुन्त हामीलाई दुखेको अनुभव हुन्छ र फलस्वरुप फेरि टोक्नदेखि होसियार हुन्छौं। शरीरमा गडबडी हुँदा हामीलाई थाह भएको परमेश्वर चाहनुहुन्छ।

हाम्रो प्राणमा गडबडी आउँदा पनि हामीले जानेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरले मानिसलाई विवेक दिनुभएको छ। शरीरका निम्ति नसाहरू भएजस्तै प्राणको निम्ति विवेक राखिएको छ। गडबडी आउँदा विवेकले हामीलाई त्यसको सूचना दिन्छ। जब हामी पाप गर्दछौं तब विवेकले नराम्रा भावनाहरू उत्पन्न गर्दछ। हामीले गलती गर्यौं भन्ने महसुस हुन्छ र आफू दोषी भएको अनुभव हुन्छ। पशुको विवेक हुँदैन। पशुलाई असल र खराबको कुनै ज्ञान हुँदैन। तिनीहरू परमेश्वरले उनीहरूभित्र राखिदिनुभएका जन्मजात गुण (instinct) अनुसार जिउँछन् अनि मानिसले दिएका तालिमअनुसार चल्न पनि सक्छन् तर मानिसको जस्तो विवेक तिनीहरूको हुँदैन। एउटा कुकुरले आफूले खान नहुने कुरा खाइदियो भने वा बैठक कोठामा फोहोर गरिदियो भने त्यसलाई दोषको महसुस हुँदैन (यद्यपि त्यस्ता कुरा गर्दा दण्डको डर मान्न तालिम पाएको हुनसक्छ)।

विवेक मानिसमा भएको त्यो क्षमता हो जसले आफूलाई न्याय गर्छ। आदमले पाप गरेपछि परमेश्वर आएर “तिमीले पाप गरेका छौ र तिमीले यो कुरा जानेको म चाहन्छु” भनेर भन्नुपरेन किनकि आदमलाई त्यो थाह भइसकेको थियो। आदमले आफैलाई न्याय गर्न सक्थे – “आदम, तिमी दोषी छौ! तिमीले पाप गर्यौ र परमेश्वरको आज्ञा भङ्ग गर्यौ!” उत्पत्ति ३:७ मा हामीले सिक्यौं कि आदमलाई आफ्नो पापको विषयमा राम्ररी चेतना थियो।

गाडीको रातो बत्ती

विवेक परमेश्वरले मानिसभित्र राखिदिनुभएको एउटा “चेताउनी प्रणाली” (warning system) जस्तै हो। केही गडबड भएको छ र त्यसलाई सच्यानुपर्छ भन्ने कुराको चेताउनी यसले दिन्छ।

विवेकलाई कतिपय मोटर गाडीको ड्याशबोर्डमा हुने रातो बत्तीसित तुलना गर्न सकिन्छ। त्यस्तो बत्ती, मोटरको इन्जिन् अधिक मात्रामा तातेको, वा ब्रेक बिग्रेको आदि जस्ता समस्याको चेताउनी चालकलाई दिनलाई राखिएको हुन्छ। रातो बत्ती पिलिक-पिलिक बल्न थाल्नुको अर्थ त्यहाँ कुनै समस्या उत्पन्न भएको छ जसलाई समाधान गरिनुपर्छ भन्ने हो। बुद्धिमानी चालकले त्यो चेताउनीअनुसार समस्या समाधान गर्नतर्फ लाग्छ। गाडीको हुड खोलेर ऊ तुरुन्त काम गर्न थाल्छ!

मूर्ख चालकले भने यसो भन्ला, “यो रातो बत्ती पिलिक-पिलिक गरिरहेको मलाई मनै पर्दैन। यसले मलाई हैरान पार्‍यो!” अनि एउटा हथौडी लिएर त्यसलाई हिर्काउँछ! तर त्यसले समस्या समाधान गर्छ त? त्यो त नसाबिना आगो छुनु जस्तै हो! मूर्ख चालक गाडी चलाउँदै अघि बढ्ला र त्यो रातो बत्ती नबलेकोले ऊ खुशी समेत होला तर केही समयपछि त गाडीको इन्जिन् बेसरी तात्तिएर चल्दै नचल्ने बन्छ! रातो बत्ती उसको शत्रु होइन मित्र थियो भनेर उसले महसुस गर्न सकेन।

कति मानिसहरु पनि आफ्नो विवेकमाथि “हथौडी” लगाउँछन्! जब विवेकले सताउन थाल्छ समस्या समाधान नगरी उनीहरू विवेकले उत्पन्न गराएका ती नराम्रा भावनाहरूलाई दबाउने प्रयास गर्छन्। रातो बत्तीलाई हथौडीले हिर्काउनु जस्तै हो यो। उनीहरू औषधि खान्छन्, लागु पद्धार्थ सेवन गर्छन्, रक्सी पिउँछन्, करेन्ट लगाएर (shock treatment) शान्त हुन खोज्छन् तर यी कुनै पनि कुराले समस्या समाधान गर्न मदत पुर्याउँदैनन्। आदमले रक्सी खाएका भए उनलाई त्यत्ति दोष महसुस हुनेथिएन होला, आफूलाई ठीकै लाग्न सक्थ्यो होला, तर उसको समस्या जस्ताको त्यस्तै रहेनथ्यो!

रातो बत्तीलाई मुड्कीले बारम्बार हिर्काउने गरियो भने एक दिन त्यो बत्तीले कामै नगर्न सक्छ। बिग्रेर त्यसले आफ्नो संवेदनशीलता गुमाउन सक्छ। फ्यान बेल्ट बिग्रेर गाडीको इन्जिन् बेसरी तात्तिएला तर त्यसबेला बल्नु पर्ने रातो बत्ती बल्दैन। बाइबलले बताउँछ मानिसको विवेक पनि कामै नगर्ने बन्न सक्छ। १ तिमोथी ४:२ – जसले कपट्याइँको कारणले झूट बोल्छन्; जसको ________ चाहिँ तातो फलामले डामिएको हुन्छ।” “डामिनु” को अर्थ हो प्रचण्ड तापले पोलिनु। मान्छेको विवेक पाप र गलतीले डामिएपछि त्यसले उसलाई उसको गलतीको बारेमा कायल पार्न सक्दैन, उसलाई न्याय गर्दैन। विवेक यति डढिसकेको हुन्छ कि त्यसले ठीक सूचनाहरू दिँदैन। त्योचाहिँ त्यो रातो बत्ती जस्तै हुन्छ जो गाडीमा त्रुटी हुँदा पनि बल्दै बल्दैन।

जोख्ने तराजु

विवेकलाई तराजुसित तुलना गर्न सकिन्छ। विवेक आफैलाई न्याय गर्ने तराजुजस्तै हो। हामीले आफ्ना कामकाज, बोलीवचनलाई जोख्नुपर्छ। कुनै काम गर्नु अघि, कुनै कुरा बोल्नु अघि हामीले एउटा न्याय-फैसला गर्नुपर्छ: यो ठीक हो या बेठीक? यो गर्न हुन्छ कि हुँदैन? साथै कुनै काम गरेपछि वा कुनै कुरा बोलेपछि विवेकले न्याय-फैसला गर्छ: त्यो ठीक थियो कि बेठीक थियो? त्यो मैले गर्न हुन्थ्यो कि हुँदैनथ्यो? सही जवाफ पाउनलाई हामीसित एउटा अचुक तराजु चाहिन्छ।

तराजुले ठीकसँग जोख्न सक्छ कि सक्दैन भन्ने कुरा त्यसमा प्रयोग गरिने ढकको विश्वासयोग्यतामा भर पर्छ। मानौं ढकमा “५०० ग्राम” भनेर लेखिएको छ तर त्यसको वजन ४०० ग्राम मात्र छ। तराजु बराबर हुँदा त्यहाँ वास्तवमा कति ग्राम नून हुन्छ? ________ ग्राम। तपाईंसित ४०० ग्राम मात्र नून हुन्छ तर तपाईं सोच्नुहुन्छ आफूसित ५०० ग्राम नून छ। यसले समस्या निम्त्याउँछ।

विवेक एउटा तराजुजस्तै हो। त्यसले ठीकसँग जोख्न सक्न त्यसलाई सत्यताको सठीक मापदण्ड आवश्यक पर्छ। विवेकलाई ठीक र बेठीक सम्बन्धी ठीक-ठीक जानकारी वा सूचना छैन भने त्यसले ठीकसँग जोख्न सक्दैन। त्यसले कुनै बेठीक कुरालाई ठीक भनेर न्याय गर्ला र कुनै ठीक कुरालाई बेठीक भनेर न्याय गर्ला। विवेक आफूसित भएको सूचनाकै भरमा मात्र काम गर्न सक्छ। तराजुको ढक ठीक छ भने मात्र त्यसले ठीकसँग जोख्न सक्छ। एक व्यक्ति जति परमेश्वरको वचन सिक्छ र बुझ्छ त्यति नै उसको विवेकरूपी तराजु पनि ठीक हुँदैजान्छ।

सामान्यतया विवेकले राम्रै काम गर्छ

परमेश्वरले ठीक र बेठीक सम्बन्धी आधारभूत ज्ञान मानिसभित्र राखिदिनुभएको छ। मानिसले आफूभित्र भएको यो ज्ञानको आधारमा आफ्नो व्यवहारको न्याय गर्नुपर्छ। मानिसको विवेक कत्तिको ठीक छ भन्ने कुरा उससित भएको असल र खराबको ज्ञानमा भर पर्छ।

परमेश्वरले इस्राएलीहरूलाई १० आज्ञा (प्रस्थान २०) र साथै अरू व्यवस्थाहरू पनि दिनुभयो जसद्वारा उनीहरूले ठीक र बेठीक जान्न सक्थे। हत्या गर्नु, चोर्नु, लोभ गर्नु (अर्काको कुरा आफ्नो बनाउन चाहनु) बेठीक हो भनी उनीहरू जान्दथे किनकि उनीहरूका लिखित व्यवस्थाले यी कुराहरूको विरुद्धमा जनाउ दिएका थिए।

तर परमेश्वरको लिखित व्यवस्था नै नपाएका मानिसहरूको सम्बन्धमा हामी के भनौं? असल र खराब के हो भनी उनीहरू जान्दछन् त? ठीक र बेठीक छुट्टयाउन के सक्छन् उनीहरू? यी प्रश्नका आश्चर्यपूर्ण उत्तर रोमी २:१४-१५ मा छ। पावल अन्यजातिका विषयमा लेख्दै छन् — “जससँग व्यवस्था छैन (रोमी २:१४)।” यी मानिसहरूले १० आज्ञा कहिल्यै देखेका छैनन्। तर रोमी २:१५ ले बताउँछ कि अन्यजातिहरूले “आफ्नै __________मा व्यवस्थाको काम _________ देखाउँछन्; तिनीहरूको ________ले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले आपसमा दोषी (“तिमी दोषी छौ! तिमीले बेठीक गर्यौ!”) वा निर्दोष ठहराउँछन् (“तिमी दोषी छैनौ! तिमीले ठीक गर्यौ!”)।”

यी पदहरूमा हामी सिक्छौं, आफूसित लिखित व्यवस्था नभएका मानिसका हृदयभित्र परमेश्वरले ठीक र बेठीकको ज्ञान राखिदिनुभएको छ। ठीक गर्दा उनीहरूको विवेकले उनीहरूलाई समर्थन दिन्छ। बेठीक गर्दा उनीहरूको विवेकले उनीहरूलाई दोषी ठहर्याउँछ। उनीहरूको विवेक (“प्राणका नसाहरू”) ले राम्रै काम गर्छ।

आफूसित लिखित व्यवस्था नभएर पनि ठीक र बेठीक जान्ने दुईजना व्यक्तिको उदाहरण हेरौं:

१. अबीमेलेक, एक अन्यजाति राजा

उत्पत्ति २६:६-११ मा इसहाक र अबीमेलेकको बारेमा पढ्छौं। अबीमेलेक एक पलश्ती राजा थिए। उनी एक अन्यजाति थिए जोसँग १० आज्ञा थिएन, बाइबल थिएन।

इसहाकले त्यस मानिसलाई आफ्नो पत्‍नी रिबेकाचाहिँ आफ्नो ___________ हुन् (उत्पत्ति २६:७) भनेर झूट बोले। अबीमेलेकले पछिबाट रिबेका इसहाककी पत्‍नी रहेछिन् भनेर थाह पाए र उनी ज्यादै चिन्तित भए। यदि उनका मानिसहरूमध्ये कसैले रिबेकालाई आफ्नो पत्‍नी बनाउन लगेका भए त्यो त व्यभिचार हुनेथ्यो! एउटा पुरुषले कहिल्यै पनि एक विवाहित स्त्रीलाई लिनुहुँदैन! व्यभिचार गलत हो भनेर के यी राजाले जान्दथे (उत्पत्ति २६:१०-११)? ___________। उनले मुक्ति पाएका थिएनन्, उनीसित १० आज्ञा थिएनन् तर व्यभिचार गलत हो भनी उनी जान्दथे! व्यवस्थाका कामहरू उनको हृदयमा लेखिएको थियो अनि उनको विवेकले एक विवाहित स्त्रीलाई लिने काम दोषयुक्त काम हो भनेर न्याय गर्‍यो।

२. मेलिटा (वा माल्टा) का आदिवासीहरू

प्ररित २८:१-६ मा हामी मेलिटा भनिने टापुमा बस्ने केही आदिवासीको बारेमा पढ्छौं जसले पावल र पावलसित भएका अरू व्यक्तिहरूलाई दया देखाए। यी व्यक्तिहरू मुक्ति नपाएका व्यक्ति थिए जोसित १० आज्ञाको प्रतिलिपि थिएन। उनीहरू परमेश्वरको लिखित व्यवस्था सम्बन्धी अनभिज्ञ थिए तर व्यवस्थाका कामहरू उनीहरूको हृदयमा लेखिएको थियो। कुन पशुले पावललाई हातमा टोक्यो (प्रेरित २८:३)? _____________। यो देखेर ती आदिवासीले भने, “यो मान्छै पक्कै _____________ रहेछ” (प्रेरित २८:४)। हत्या गर्नु खराब हो, बेठीक हो भनी यिनीहरू जान्दथे र साथै हत्याराहरू मृत्युदण्डको योग्य हुन्छन् भन्ने पनि जान्दथे! पावलले उचित दण्ड पाउँदै छन् भनी उनीहरू सोच्दथे। तर केही बेरपछि पावलको विषयमा आफूहरूको धारण गलत रहेको उनीहरूले महसुस गरे (प्रेरित २८:५-६), तर असल र खराबको विषयमा उनीहरूको धारणा भने सही थियो। हत्या गर्नु खराब हो भनी उनीहरू जान्दथे किनकि उनीहरूको हृदयहरूमा व्यवस्थाको कामहरू लेखिएको थियो!

चाहे यहूदी (जोसँग पुरानो नियम व्यवस्था प्रत्यक्षरूपमा छ), चाहे अन्यजाति (जोसँग पुरानो नियम व्यवस्था छैन), सबै मानिसहरू आफ्ना कामहरूका लागि परमेश्वरका सामु जिम्मेवार छन् किनकि परमेश्वरले सबै मानिसलाई असल र खराबको ज्ञान प्रकट गरिदिनुभएको छ।

कहिलेकाहीँ विवेकले ठीक काम अलिक गर्दैन

गाडीको रातो बत्तीको फेरि विचार गरौं। त्यो बत्ती कारणवश तारहरू शट भएर बल्न थाल्दा चालकलाई त्यहाँ गाडीमा केही त्रुटी भयो भन्ने लाग्छ। हुड खोलेर हेर्दा सबै ठीक छ। समस्या गाडीको होइन, बत्तीको रहेछ।

विवेक पनि अलिक ठीक काम नगर्ने हुन सक्छ। १ कोरिन्थी ८:१-८ अनुसार कोरिन्थका कतिपय विश्वासी जनहरू सोच्थे कि मूर्तिहरूलाई चढाइएका कुरा खानु गलत हो। उनीहरूको विवेक ____________ (१ कोरिन्थी ८:७) थियो अनि उनीहरूलाई थप ज्ञानको आवश्यकता थियो। त्यो काम आफै गलत थिएन तर उनीहरूलाई त्यो गलत छ भन्ने लाग्थ्यो अनि त्यो काम गर्दा उनीहरूको विवेकले उनीहरूलाई दोषी ठहर्याउँथ्यो र फलस्वरूप उनीहरूलाई दोष महसुस हुन्थ्यो।

कतिपय मानिसहरूलाई पशु मार्नु गलत हो भन्ने लाग्छ। किरालाई कुल्चन पुग्दा वा झींगा मार्दा उनीहरूलाई नराम्रो लाग्छ। उनीहरूलाई त्यस्तो लाग्न पर्दैनथ्यो तर विवेक कमजोर भएको हुनाले उनीहरूलाई त्यस्तो लाग्छ। अर्को व्यक्तिले सुँगुर मार्ला रे तर उसलाई कुनै अप्ठ्यारो महसुस हुँदैन (पशुप्रति अनावश्यक निर्दयी बन्नलाई नभएर सही अभिप्रायले उनले त्यसलाई मारेका हुन् भने)।

टार्ससका शाऊल (पावल) को विवेकले उसलाई गलत सूचनाको आधारमा त्यसैअनुरूपको सङ्केत दिँदै थियो। ख्रीष्टियनहरूलाई सतावट दिनु ठीक काम हो भनी उनी सोच्थे (प्रेरित २६:९-११)। ख्रीष्टियन विश्वासी जनहरूको विरुद्धमा युद्ध गर्नु परमेश्वरकै सेवा गर्नु बराबर सम्झन्थे उनी (तुलना गर्नुहोस् यूहन्ना १६:२)! पछिबाट पावलले सही ज्ञान पाए (प्रेरित ९) र आफू कहाँसम्म गलत रहेछु भन्न कुरा महसुस गरे!

तर प्रायःजसो परिस्थितिमा मानिसलाई ठीक र बेठीक थाह हुन्छ अनि उनीहरूका विवेकले उनीहरूलाई सही सङ्केत नै दिन्छ। आदम, हव्वा र तिनका सन्तानका राम्रैसित काम गर्ने विवेक थिए। ठीक र बेठीक राम्ररी छुट्टयाउन सक्ने संवेदनशीलता थियो उनीहरूको।

 

२. मानिसको जिम्मेवारी

मानिसलाई असल र खराबको ज्ञान भयो (उत्पत्ति ३:२२)। ज्ञानको साथ-साथै जिम्मेवारी पनि थपिन्छ। मानिस आफूसित भएको ज्ञानअनुसार जिउन जिम्मेवार ठहरियो। मानिस, असल गर्न र खराब नगर्न जिम्मेवार भयो। मानिसले आफ्नो विवेकले समर्थन गरेको काम गर्नुपर्थ्यो र दोषी ठहर्याएको काम गर्न हुँदैनथ्यो।

उत्पत्ति ४:२-५ लाई अध्ययन गरौं। कुन मानिसले असल गर्‍यो (दाँज्नुहोस्, हिब्रू ११:४)? _________। कुन मानिसले खराब गर्‍यो (दाँज्नुहोस्, १ यूहन्ना ३:१२)? ___________। कयिनले गलत गरेपछि ऊ रिसायो र निराश भयो (उत्पत्ति ४:५)। यी नराम्रा भावनाहरू उसको विवेकले उत्पन्न गरेका थियो अनि उसले ती सङ्केतलाई चेताउनीको रूपमा लिनुपर्थ्यो। उसको जीवनमा त्रुटी थियो र उसले त्यसलाई सच्याउनुपर्थ्यो।

परमेश्वर कयिनकहाँ आउनुभयो र उसलाई आफ्नो त्रुटी सच्याउने मौका दिनुभयो (उत्पत्ति ४:६-७)। कयिनका सामु दुई विकल्प थिए। उसले “जे ______ छ त्यो” गर्न सक्थ्यो (उत्पत्ति ४:७), वा उसले ठीक काम नगर्न सक्थ्यो (उत्पत्ति ४:७)। ऊ जे ठीक छ त्यो गर्नलाई जिम्मेवार थियो। ठीक गर्न विफल भएको खण्डमा पाप (उसको पापी स्वभाव) एउटा जंगली पशुजस्तै उसमाथि झम्टेर उसलाई नष्ट पार्न ढोकैमा ढुकिबस्नेथ्यो! कयिनले ठीक गर्‍यो कि खराब गर्‍यो (उत्पत्ति ४:८-९? ________________। कयिनले परमेश्वरको चेताउनीलाई वास्ता गरेन र उसले आफ्नो विवेकको चेताउनीलाई पनि वास्ता गरेन।

३. मानिसको विफलता

उत्पत्ति अध्याय ६ मा जलप्रलय अगाडिका मानिसको दुःखदायी विफलताको बारेमा पढ्छौं। पृथ्वीमा कुन कुरा “बढी” भएको थियो (उत्पत्ति ६:५)? _________________________। साथै हामी सिक्छौं पृथ्वी _______ (बिग्रेको अवस्था) भएको र ____________ले भरिएको थियो (उत्पत्ति ६:११)। यो भ्रष्टता एक-दुई ठाउँमा मात्र सीमित नभएर व्यापक थियो, “किनकि पृथ्वीमा भएका ______ मानिसहरूले आफ्ना चालचलन _______ पारिसकेका थिए (उत्पत्ति ६:१२)।”

ती दिनहरू निकै अन्धकारपूर्ण थिए तर त्यहाँ केही उज्यालो पनि थियो। त्यहाँ केही थोरै व्यक्तिहरू थिए जसले ठीक गरे र जसले परमेश्वरमा विश्वास गरे। हिब्रू ११:४-७ मा हामी तीनजनाको नाम उल्लेख भएको पाउँछौं जो त्यस समयावधिभित्र जिउँदथे र जसले परमेश्वरलाई खुशी पारे:

  1. _________________________ (हेर्नुहोस्, उत्पत्ति ४)
  2. _________________________ (हेर्नुहोस्, उत्पत्ति ५)
  3. _________________________ (हेर्नुहोस्, उत्पत्ति ६)

ती दिनहरूमा त्यहाँ केही भक्तजनहरू थिए, तर धेरै थिएनन्। यहूदा १४-१५ मा भक्तजन हनोकले त्यसबेलाका मानिसलाई गरेका प्रचारका शब्दहरू उल्लेख छ। पद १५ मा “अभक्ति” भन्ने शब्द कतिपटक उल्लेख छ? ________। हनोक, एक ज्यादै भक्तिपूर्वक जिउने मानिस थिए जो ज्यादै भक्तिहीन संसारमा जिउँदथे!

४. परमेश्वरको इन्साफ

यति भ्रष्ट भएको त्यो संसारमाथि ल्याउनुभएको परमेश्वरको इन्साफ के थियो (उत्पत्ति ७:११,१२,२३)? ______________________________________। उक्त इन्साफबाट उम्कनेहरू कतिजना थिए (१ पत्रुस ३:२० र २ पत्रुस २:५)? _________। यो प्रबन्धको अन्तमा त्यहाँ केवल _____जना मानिस बाँकी रहे! के त्यस्तो इन्साफ (विश्वव्यापी जलप्रलय) फेरि कहिल्यै दोहोर्याइनेछ (उत्पत्ति ९:११,१५-१६)? ________________।

विवेकको प्रबन्धको अन्त भए तापनि विवेकको अन्त भएको छैन

विवेकको प्रबन्धको अन्त भएको छ तर मानिस विवेकको अधीनमा जिइरहनुपर्छ। यस पृथ्वीमा इतिहासको जुनै समयमा पनि जिउने मानिससित विवेक हुन्छ। हरेक प्रबन्धअन्तर्गत (आज पनि) मानिस असललाई पछ्याउन र खराबलाई त्याग्न जिम्मेवार हुन्छ। अय्यूबले त्यो गरे (अय्यूब १:१)। आज हामीलाई त्यसै गर्न आज्ञा दिइएको छ (रोमी १२:९ र १ पत्रुस ३:११)। हुन त, विवेक नै हाम्रो पथप्रदर्शक भएको परमेश्वर चाहनुहुन्न। परमेश्वरको वचन (बाइबल) हाम्रो पथप्रदर्शक हो। असल के हो, खराब के हो, हामीलाई बाइबलले बताउँछ। हामीले पछ्याउनुपर्ने बाइबल हो। येशूले भन्नुभयो, “तपाईंको वचन _______ छ” (यूहन्ना १७:१७)। तराजुलाई सम्झनुहोस्। तराजुमा सत्यतारूपी ढक लगाउनुपर्छ अनि ठीक र बेठीकलाई झन् झन् सठीक रूपमा तौलन सक्नेछौं। एक व्यक्तिको विवेक परमेश्वरको वचनले आलोकित भएको छ भने परमेश्वरले समर्थन गरेको कुरालाई उसको विवेकले पनि समर्थन गर्छ र परमेश्वरको वचनले दोषी ठहर्याएको कुरालाई उसको विवेकले पनि दोषी ठहर्याउँछ। अर्को शब्दमा भन्ने हो भने त्यसले ठीक-ठीक सङ्केत दिन्छ। तराजु अचूक बन्दछ।

रोमी १४:२२ अनुसार “धन्य” (सुखी) व्यक्ति त्यो हो “जसले आफूले स्वीकार गरेको कुरामा आफूलाई दोषी ठहर्याउँदैन।” आफ्नो विवेकले दोषी ठहर्याएको काम गर्नु सदा जोखिमपूर्ण हो। विवेकले हरियो बत्तीको सङ्केत दिँदा मात्र त्यो काम गर्नुहोस्। रातो बत्तीको सङ्केत वा पहेंलै बत्तीको सङ्केत (सावधान!) दिँदा समेत त्यो काम गर्नुहुँदैन, “किनकि हरेक कुरा, जो _____________बाटको होइन, त्यो पाप हो।” यो पदको तात्पर्य यो हो, आफूले जे गलत हो भनी विश्वास गरिएको छ त्यो काम गर्नु एक व्यक्तिको लागि ज्यादै जोखिमपूर्ण कुरा हो। विवेकले दिएका सङ्केतहरूलाई बेवास्ता गर्नु खतरा हो। कुनै परिस्थितिमा विवेक कमजोर भएको हुनाले त्यसले गलत सङ्केतहरू दिन सक्छ। परमेश्वरको वचनबाट थप ज्ञान र प्रकाश पाएर यो सच्चिइन्छ। जुन कुरा गलत भनी ठानिएको थियो त्यो पछिबाट गलत नभएको ठहरिन सक्छ वा जुन कुरा सही भनी ठानिएको थियो त्यो पछिबाट गलत भएको ठहरिन सक्छ। यो नियम सदा पछ्याउनुहोस्: आफूले गलत भनी विश्वास गरेको काम कहिल्यै नगर्नुहोस्! आफूले ठीक भनी विश्वास गर्नुभएको काम सधैं गर्नुहोस्!

तपाईंको विवेकले ठीकसँग लेखाजोखा गर्न कत्तिको सक्छ? ठीक र बेठीक सम्बन्धी तपाईंको संवेदनशीलता कत्तिको छ? ठीक र बेठीकलाई जोख्नुपर्दा (जुन काम हामी दिनहुँ गर्नुपर्छ) तपाईंको तराजु कत्तिको ठीकसंग काम गर्छ? ठीक के हो, बेठीक के हो भनेर पत्ता लगाउन के तपाईं बाइबल पढ्दैहुनुहुन्छ? ठीकसँग लेखाजोखा गर्न सकोस् भनेर तपाईंले आफ्नो तराजुलाई सत्यता र ठीक-ठीक ज्ञानले सुसज्जित पार्दैहुनुहुन्छ? सानो बच्चाले ठूलो मान्छेले जस्तै लेखाजोखा गर्न सक्दैन। सानो बच्चाले पसलबाट चकलेट लेला र उसलाई कुनै दोष महसुस नहोला। त्योभन्दा ठूलो बालकले सो गर्दा उसको विवेकले उसलाई सम्भवत: सताउला किनकि त्यो गर्नु गलत हो भनी उसले जान्दछ।

हाम्रो तराजु अचुक तराजु होस् अनि जे ठीक हो भनेर जान्दछौं त्यो गर्न र जे खराब हो भनी जान्दछौं त्यो नगर्न हामी ध्यानपूर्वक लागिरहौं ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)