Entries by Pradesh Shrestha

निर्दोषताको प्रबन्ध

निर्दोषताको प्रबन्ध

 

अब हामी सातओटै प्रबन्धहरूलाई एक-एक गरी निम्न रुपरेखा अनुसार अध्ययन गर्नेछौं:

१. प्रारम्भमा मानिसको अवस्था
२. मानिसको जिम्मेवारी
३. मानिसको विफलता

४. परमेश्वरको इन्साफ

बेग्लाबेग्लै प्रबन्धहरूको अध्ययन प्रारम्भ गर्ने क्रममा हामी मानव इतिहासकै पूर्व-विहानीबाट शुरु गर्नुपर्ने हुन्छ। मानव इतिहास केही हजार वर्ष अगाडि आदम र हव्वाको सृष्टिबाट हुन्छ शुरू हुन्छ।

१. प्रारम्भमा मानिसको अवस्था

मानिस परमेश्वरको प्रतिरूप हुनलाई बनाइएको थियो

उत्पत्ति १:२६-२७ मा मानिसको सृष्टिको बारेमा सिक्छौं: ” फेरि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै __________मा, हाम्रै _________मा बनाऔं…यसैकारण परमेश्वरले मानिसलाई आफ्नै __________मा सृष्टि गर्नुभयो। परमेश्वरकै ___________मा उहाँले तिनलाई सृष्टि गर्नुभयो।”

आदम परमेश्वरको स्वरुपप्रतिरूपमा बनाइएको थियो। स्वरुप भनेको के हो?

रुपैयाँको नोटमा हाम्रो _______को स्वरुप देख्छौं (तुलना गर्नुहोस् मत्ती २२:१८-२१)। ऐनामा तपाईंले कसको स्वरूपप्रतिरूप देख्‍नुहुन्छ? ___________। के ऐनाले सिद्धरूपमा तपाईंको स्वरूप प्रतिबिम्बित गर्छ? _________। तपाईंको स्वरूप त्यो ऐनामा छ! उत्पत्ति १:२६-२७ अनुसार परमेश्वरको स्वरूप मानिसमा राखियो!

मानिस परमेश्वरलाई प्रतिबिम्बित गर्न बनाइएको थियो। उसले पाप गर्न अघि आदमलाई हेर्दा उसमा परमेश्वर देखिन्थ्यो। परमेश्वरको सत्यता, पवित्रता, धार्मिकता, प्रेम, विश्वासयोग्यता, शुद्धता—” पूर्ण रूपमा असल, पापरहित!

  परमेश्वर सत्य हुनुहुन्छ

परमेश्वर असल हुनुहुन्छ

परमेश्वर नष्कलंक हुनुहुन्छ

परमेश्वर धर्मी हुनुहुन्छ

परमेश्वर पवित्र हुनुहुन्छ

परमेश्वर प्रेम हुनुहुन्छ

परमेश्वर विश्वासयोग्य हुनुहुन्छ

परमेश्वर शुद्ध हुनुहुन्छ

…भनेर जान्नेदेखाउने मौका आदमलाई दिइएको थियो।

परमेश्वरले आदमलाई सबै पशु-पंक्षीमाथि ____________ गर्ने काम दिनुभयो (उत्पत्ति १:२६)। परमेश्वरले आदमलाई यस पृथ्वीमा सारा जीवजन्तुका ” राजा” को रूपमा राख्‍नुभयो। के आदम र हव्वामाथि परमेश्वरको आशिष थियो (उत्पत्ति १:२८)? _____________।

परमेश्वरले मानिसलाई पापी बनाउनुभएन

छैटौं दिनको अन्तमा परमेश्वरले आफूले बनाउनुभएको सारा थोकहरू (आदम समेत) लाई हेर्नुभयो र त्यो ________ _________ थियो (उत्पत्ति १:३१)। पापको कारक वा कर्ता परमेश्वर हुनुहुन्न। परमेश्वरले एक पापी मानिस सृष्टि गर्नुभएन। उहाँले आदमको सृष्टि गर्नुभयो जो पछिबाट पापी बन्यो। तर आदमलाई सृष्टि गर्नुहुँदा आदमको हृदय पापी थिएन। ऊ पूर्ण रूपमा निर्दोष थियो।

निर्दोषको अर्थ हो, कुनै पनि पाप वा गलत कुरा वा दोष नभएको। शुरुमा आदम पापरहित थियो। ऊ कुनै पनि अपराध वा पापको दोषी थिएन। उसले कहिल्यै परमेश्वरको आज्ञा उल्लङ्घन गरेको थिएन। उसले परमेश्वरको व्यवस्था कहिल्यै भङ्ग गरेको थिएन। उसको मन खराब विचारहरूले भरिएको थिएन। खराबसित आदमको कुनै सरोकार थिएन। उसले भन्न सक्थ्यो, “ममा पाप छैन” (तुलना गर्नुहोस् १ यूहन्ना १:८) र त्यो साँचो नै हुनेथ्यो। उसले भन्न सक्थ्यो, “मैले पाप गरेको छैन” (तुलना गर्नुहोस् १ यूहन्ना १:१०) अनि त्यो पनि साँचो नै हुनेथ्यो। आज हामीले यी कुरा भन्यौ भने के हामीले सत्य बोलेका हुन्छौं? __________। आदम पापको दास थिएन। ऊ पूर्ण रूपमा स्वतन्त्र थियो र ऊ निर्दोष थियो!

परमेश्वरसित आदमको सुन्दर सम्बन्ध थियो। ऊ परमेश्वरसित हिँड्न सक्थ्यो, परमेश्वरसित कुरा गर्न सक्थ्यो र परमेश्वरसित मीठो सङ्गति गर्न थियो। साथै आदमको जीवनमा, परमेश्वर र उसको बीचमा फाटो ल्याउने कुनै पाप थिएन (दाँज्नुहोस्, यशैया ५९:२)।

साथै आदम एक सिद्ध वातावरणमा जिउँदथे। ऊ, हामी जिउने आजको जस्तो पापले श्रापित संसारमा जिउँदैनथ्यो। आदमको संसारमा कुनै अपराध थियो? रोगबिमार? मृत्यु? गरिबी? आदम जिउने संसार हामी जिउने संसारभन्दा निकै फरक थियो। आदमको संसारमा केवल एउटै कुरा खराब थियो – त्यो थियो शैतान (उत्पत्ति ३:१; प्रकाश १२:९)।

२. मानिसको जिम्मेवारी

परमेश्वरले आदमलाई के कस्ता जिम्मेवारी दिनुभयो? आदमको भण्डारीपन के थियो? आदमको हातमा परमेश्वरले के-के सुम्पिनुभयो? आदमलाई के गर्न वा नगर्न आज्ञा दिइयो?

उत्पत्ति २:१५ अनुसार आदमलाई कुन काम दिइएको थियो? ______________ _____________। शुरुदेखि नै आदमको काम थियो, पूरा गर्नुपर्ने जिम्मेवारी थियो।

उत्पत्ति २:१६ अनुसार आदमलाई के कस्ता आशिष दिइए? ____________________ ______________________________। अनेकौं खाले मीठा फलफूलहरूका रूखहरू उसका निम्ति खुल्ला छोडिएका थिए। उसले स्याउ खान सक्थ्यो? __________। सुन्तला? _________। आरु? ______। भइँकटहर? ________। नरिवल? _________। आँप? _________। आदमको खान्की खासै त्यति सीमित थिएन। परमेश्वरले बनाउनुभएका नानथरिका फलफूल मीठो मान्दै खान पाउँथे उनले।

उत्पत्ति २:१७ अनुसार आदमको जिम्मेवारी के थियो? के गर्न हुँदैनथ्यो उसले? ___________ ______________________________। आदमको हातमा परमेश्वरले एउटा अति सरल आज्ञा सुम्पिनुभयो। उक्त आज्ञाको पालना गर्नु उसको जिम्मेवारी थियो जसअनुरुप उसले वगैंचाको बीचमा भएको (उत्पत्ति २:९) एउटा तोकिएको रूखको फल उसले खानु हुँदैनथ्यो। परमेश्वरले आदमको आज्ञाकारिता जाँच्ने यो अति सरल जाँच दिनुभयो। परमेश्वरले उसलाई मानौं यसरी भन्नुहुँदैथ्यो, ” आदम, तिमीले मेरो वचनलाई पालना गर्छौ कि गर्दैनौ?” हामी देख्‍नेछौं, आदम जाँचमा गुल्टिए!

आदमले फल खाएमा उसलाई के हुनेछ भनेर परमेश्वरले भन्नुभयो (उत्पत्ति २:१७)? ________ _____________________________।

३. मानिसको विफलता

उत्पत्ति अध्याय ३ मा त्यो पद भेट्टाउनुहोस् जसमा आदमले परमेश्वरको सरल आज्ञालाई उल्लङ्घन गरेको र फलस्वरूप पापमा पतन भएको उल्लेख छ: उत्पत्ति ३: ______। आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गर्न रोज्यो। आदमले जीवनको सट्टा मृत्यु रोज्यो।

१ तिमोथी २:१४ अनुसार शैतानको बहकाउमा पर्ने को थियो, आदम कि हव्वा? ________। यस पद अनुसार आदम बहकाउमा परेको हो कि होइन? ____________। आदम छलिएको होइन। के गर्दै छु भनेर आदम जान्दथ्यो तैपनि त्यही गर्न उसले रोज्यो। आदम, आफूले जे गर्‍यो त्यसको पूरै जिम्मेवार थियो। ऊ पापमा फस्यो तसर्थ ऊ दोषी थियो। अबदेखि उसो ऊ निर्दोष रहेन!

४. परमेश्वरको इन्साफ

आदमको पापले गर्दा परमेश्वरले उसलाई अदनको बगैंचाबाट निष्कासन गर्नुभयो। यसबारे हामी उत्पत्ति ३:२२-२४ मा पढ्न सक्छौं:

उत्पत्ति ३:२३ – “परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट ____________।”

उत्पत्ति ३:२४ – “उहाँले मानिसलाई _______________पछि…”

आदम र हव्वा अबदेखि उसो ” जीवनको रूख” बाट बञ्चित भए। परमेश्वरले बगैंचाको पूर्वपट्टि ” करूब” भनिने स्वर्गदूतहरू खटाउनुभयो र चारैतिर घुमिरहने तरवाररुपी ज्वाला राखिदिनुभयो जुन बिजली-चट्याङ् जस्तै यताउता चम्किन्थे जसले गर्दा मानिसलाई त्यो ठाउँको नजिक फेरि आउन असम्भव भयो।

५. आदमको पापका परिणामहरू

आज आदमको पापका परिणामहरू जताततै देखिन्छन्! जोडा मिलाउनुहोस्:

  1. ______ पाप संसारमा पस्यो र मृत्यु सबै मानिसमा सर्‍यो
  2. ______ भोजनका निम्ति कठोर परिश्रम आवश्यक पर्छ। साथै प्रत्येक मानिस शरीरमा मर्नैपर्छ (माटोमा मिल्नैपर्छ!)
  3. ______ सन्तान जन्माउँदा दुःख र पीडा हुने।
  4. ______ धेरै पापी बनिए
  5. ______ सबै मानिस दोषी ठहरिए
  6. ______ भूमि श्रापित भयो
  1. उत्पत्ति ३:१६
  2. उत्पत्ति ३:१७-१८
  3. उत्पत्ति ३:१९
  4. रोमी ५:१२
  5. रोमी ५:१८
  6. रोमी ५:१९

विचार गर्नुहोस् त, आदमकै पापले गर्दा निम्म सेवा पुर्याउने व्यक्तिहरूको आवश्यकता पर्न गएको होइन र? १) पुलिस २) डाक्टर ३) न्यायधीश ४) सिपाही ५) पास्टर ६) मिसनरी-प्रचारक ७) मलामी ८) जीवन-बीमा बिक्रेता ९) नर्स १०) सूचीकार।

निम्न कुराहरू कसरी आदमको पापकै प्रत्यक्ष परिणामहरू हुन्? झ्यालखाना, कबरस्थान, ढोकाको ताला, अस्पताल, इत्यादि?

आदमको पापले तपाईं आफैलाई कत्तिको असर पारेको छ नि? तपाईंके के कस्ता कुरा गर्नुहुन्छ वा गर्नुहुन्न? के कस्ता कुरा बोल्नुहुन्छ वा बोल्नुहुन्न? यी अनि अरुसित तपाईंका व्यवहारहरूमा के आदमको पापको परिणामहरू तपाईंमा पनि देखिन्छन्?

याद गर्नुहोस्, आदमको पापले मानव जातिको प्रत्येकलाई असर पारेको छ। एउटै सलाईको काँटीले बनका हजारौं रूखलाई डढेलु लगाउन सक्छ (दाँज्नुहोस्, रोमी ५:१२)। आदम पतन भयो र फलस्वरूप समस्त मानव जाति पतन भयो।

आदमको पापका भयानक परिणामहरूलाई सुल्टाउन के परमेश्वरले कुनै काम गर्नुभएको छ त? आदमको पतनको हजारौं वर्षपछि अर्को एउटा महान् घटना घट्यो जब परमेश्वरको पुत्र हराएका, पतित मानिसका निम्ति मर्न आउनुभयो: ” किनकि जसरी _______ मानिस (आदम) ले आज्ञा भङ्ग गरेकोले _________ पापी बनिए (तपाईं पनि यसमा पर्नुहुन्छ?), त्यसरी नै __________ (मुक्तिदाता, प्रभु येशू ख्रीष्ट) ले आज्ञापालन गरेकोले धेरैजना _______ बनाइनेछन्” (रोमी ५:१९)। ” किनकि जसरी ________मा सबै _________, उसरी नै ________मा सबै _________ पारिनेछन्” (१ कोरिन्थी १५:२२)। मृत्यु आदमबाट आउँछ, तर जीवन ख्रीष्टबाट आउँछ!

बिग्रेको प्रतिरुप

आदमले पाप गरेपछि उसमा भएको परमेश्वरको प्रतिरूप बिग्रेर गयो। यसको मतलब, आदमले अबदेखि उसो परमेश्वरलाई प्रतिबिम्बित गर्न सक्ने भएन। थोत्रो नोटलाई विचार गर्नुहोस् जसमा राजाको प्रतिरुप चिन्नै गाह्रो पर्छ। पापले मानिसमा भएको परमेश्वरको प्रतिरुपलाई त्यस्तै असर पार्‍यो। आदमले परमेश्वरलाई दर्शाउनुको सट्टा अब पापलाई, आफूलाई शैतानलाई दर्शाउन थाल्यो।

मानिस एक प्रतिबिम्ब बन्न सृजिएको थियो! आदमले पाप गर्नुअघि मानिसको प्राण निर्दोष थियो र पापबाट अलग थियो। परमेश्वरलाई चिन्न, दर्शाउनप्रतिबिम्बित गर्ने सौभाग्य मानिसलाई दिइएको थियो।

आदमले पाप गरेपछि मानिसको अवस्थामा आमूल परिवर्तन आयो। मानिसको प्राण पापले दुषित भयो। मानिसले अब जे बेठीक छ त्यसलाई मात्र दर्शाउन सक्ने भयो।

आदम

उसले पाप गरेपछि

 

पाप
अहम र
शैतान

आदम र उसबाट आएका पतित मानिसहरूले दर्शाउन सक्ने यति नै हो।

एक पापी मानिसले मुक्ति पाएपछि उसभित्र एउटा नयाँ स्वभावको साथ-साथै उसको पुरानो स्वभाव पनि हुन्छ (एफेसी ४:२२-२४) अनि उसले या त मुक्तिदातालाई दर्शाउँछ कि या त पापलाई, आफूलाई शैतनालाई

 

कि

 

पापमा पतन भएपछि आदमले विभिन्न छोराछोरीहरूलाई जन्म दिए। आदमका सन्तानले कसलाई दर्शाउँथे। उत्तर उत्पत्ति ५:३ मा छ – “आदमको उमेर एक समय तीस वर्षको हुँदा तिनले ________ (आदमकै) स्वरूपमा छोरालाई जन्म दिएर तिनको नाउँ शेत राखे।” शेतले कसलाई दर्शाउँथे, परमेश्वरलाई कि आदमलाई? _________। शेतलाई हेर्दा कसको प्रतिरूप वा स्वरूप देखिन्थ्यो? __________। यस संसारमा जन्म लिने प्रत्येक नै (येशू ख्रीष्ट बाहेक) आदमको स्वरूपमा जन्मेका छन्!

एउटा पापीले पापलाई, आफूलाई शैतानलाई दर्शाउन छाड्ने हो भने त्यहाँ केवल एउटै उपाय छ। उसले मुक्ति पाउनैपर्छ! प्रत्येक व्यकि या त आदममा छ (मुक्ति पाएको छैन) या त ख्रीष्टमा छ (मुक्ति पाएको छ –२ कोरिन्थी ५:१७)। ख्रीष्टमा हुनेहरूले मात्र अब फेरि परमेश्वरलाई दर्शाउन सक्छन् (एफेसी ४:२४ र कलस्सी ३:१०)।

तपाईंले रोज्नैपर्छ!

आदमलाई ज्यादै महत्त्वपूर्ण छनोट कार्य दिइएको थियो। उसले या त परमेश्वरको आज्ञा पालना गर्न रोज्नुपर्थ्यो या त उल्लङ्घन गर्न। उसले या त जीवन रोज्नुपर्थ्यो या त मृत्यु

आज पनि यो साँचो छ। प्रत्येक व्यक्तिले या त जीवन या त मृत्यु रोज्नैपर्छ। आशिष कि श्राप, उसैले छनोट गर्नुपर्छ। परमेश्वरले यी दुई विकल्प प्रत्येक मानिसको सामु राख्‍नुभएको छ (व्यवस्था ३०:१९)। हामीले के रोजेको परमेश्वर चाहनुहुन्छ (व्यवस्था ३०:१९)? ______________________।

आदमको महत्त्वपूर्ण निर्णय एउटा रूखमा केन्द्रित थियो अर्थात् असल र खराबको ज्ञान दिने रूखमा। आज मानिसको सबभन्दा महत्त्वपूर्ण निर्णय पनि एउटा रूखमा केन्द्रित छ – त्यो रूख जसमा येशू ख्रीष्ट मर्नुभयो (१ पत्रुस २:२४)। अब तपाईंको निर्णय के हुनेछ?

ख्रीष्टमा विश्वास गर्ने
र बच्ने ?

यूहन्ना ३:३६
१ यूहन्ना ५:१२

 

ख्रीष्टलाई विश्वास नगर्ने
र मर्ने ?

यूहन्ना ३:३६
१ यूहन्ना ५:१२

तपाईंले रोज्नैपर्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

परिचय (क्रमश:)

परिचय (क्रमश:)

 

(क्रमश:)

अघिल्लो पाठमा हामीले बाइबलीय अर्थमा “प्रबन्ध भनेको के हो” भन्ने प्रश्नको उत्तर दिने प्रयास गर्यौं। यस शब्दको अर्थ के हो, के तपाईंलाई याद छ? जब हामी “अब्राहाम र पावल बेग्लाबेग्लै प्रबन्ध अन्तर्गत जिउँदथे” भन्छौं, यसको मतलव के हो?

यस पाठमा हामी अर्को एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर दिने प्रयास गर्नेछौं: “कस्तो व्यक्तिलाई प्रबन्धवादी (Dispensationalist) भनिन्छ? “प्रबन्धवादी” एउटा त्यस्तो व्यक्ति हो जसले परमेश्वरका प्रबन्धहरूलाई बुझ्दछ र आफू पृथ्वीमा जिउने समयावधिभित्र आफूभित्र भएको परमेश्वरको जीवनलाई व्यवहारमा उतार्ने काममा ऊ सही प्रकारले लागिपर्छ। एक प्रबन्धवादीले परमेश्वरले उसलाई दिनुभएको भण्डारीपन (उसलाई सुम्पिनुभएका सौभाग्य तथा जिम्मेवारीहरू) लाई बुझेको हुन्छ र परमेश्वरले उसको हातमा सुम्पिनुभएको कुराको विश्वासयोग्य प्रयोजन गर्नका लागि ऊ लागिपर्छ। बाइबल पढ्ने र अध्ययन गर्ने हरेक नै प्रबन्धवादी हुँदैन। यस अध्ययनको पाठ १ मा उल्लेखित कुराहरूको प्रस्ट ज्ञान हरेकलाई हुँदैन।

एक प्रबन्धवादी कस्तो व्यक्ति हो? उसलाई यसरी बयान गर्न सकिन्छ:

१) एक प्रबन्धवादीले बाइबलमा पाइने प्रस्ट भिन्नताहरूलाई स्वीकार गर्छ:

आघिल्लो अध्यायमा हामीले यसको अध्ययन गरिसक्यौं। परमेश्वरले बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिकाले व्यवहार गर्नुहुन्छ भन्ने कुरालाई एक प्रबन्धवादीले महसुस गरेको हुन्छ। उसले यो पनि महसुस गरेको हुन्छ, परमेश्वरले मानिसलाई क्रमिक रूपमा झन् झन् बढी मात्रामा आफ्नो सत्यतालाई प्रकट गर्दै आउनुभएको छ। उदाहरणको लागि, पावललाई यस्ता सत्यताहरू प्रकट गरिए जो दाऊदलाई गरिएनन्, अनि दाऊदलाई परमेश्वरबाट यस्ता सत्यताहरू पाएका थिए जो नूहले पाएका थिएनन्।

प्रबन्धवादीले निम्न महत्त्वपूर्ण भिन्नताहरूलाई स्वीकार गर्दछ:

  1. मानिसको पतनपछि आएका भिन्नताहरू
  2. जलप्रलयपछि आएका भिन्नताहरू
  3. बाबेलको धरहराको इन्साफ पछि आएका भिन्नताहरू
  4. अब्राहामलाई परमेश्वरको बोलावट पछि आएका भिन्नताहरू
  5. व्यवस्था दिइएपछि आएका भिन्नताहरू
  6. ख्रीष्टको मृत्यु र बौरिउठाइपछि आएका भिन्नताहरू
  7. मण्डलीको र्‍याप्चर (ख्रीष्टले मण्डलीलाई पृथ्वीबाट उठाइलानुहुने कार्य (१ थेस्सलोनिकी ४:१३-१८ र यूहन्ना १४:३) पछि आउने भिन्नताहरू
  8. शैतानलाई स्वर्गबाट बाहिर निष्कासन गरिएपछि आउने भिन्नताहरू (प्रकाश १२:७-१२)
  9. हजार वर्षको राज्यको अन्तमा आउने भिन्नताहरू (प्रकाश २०-२२)

२) एक प्रबन्धवादीले बाइबललाई अक्षरश: अर्थ लगाउँदछ र बुझ्दछ।

“अक्षरश:” भन्नुको मतलव हो “शब्दको शब्दै, बढाइचढाइ नगरी, कल्पना नगरी”। कसैले बाइबललाई अक्षरश: बुझ्छ भने उसले बाइबलका शब्दहरूलाई तिनका सामान्य, प्राथमिक अर्थमा नै बुझ्दछ। उसले त्यहाँ कुनै गुप्त वा काल्पनिक अर्थहरू खोज्ने प्रयास गर्दैन।

एक प्रबन्धवादी त्यो हो जसले बाइबललाई गम्भीररूपमा लिन्छ। बाइबलले भनेको कुरा उसले बुझ्दछ। उसले परमेश्वरले भन्नुभएको कुरालाई सोझो हिसाबमा लिन्छ, र विश्वास गर्छ कि परमेश्वरले जे छ त्यही भन्नुहुन्छ र उहाँले जे भन्नुहुन्छ, त्यो त्यही नै हुन्छ। परमेश्वरको वचनले नै नभनेको कुरा वचनले भनेको छ भन्दै उसले भन्दैन बरु बाइबल आफैलाई त्यहाँ जे छ त्यही कुरा बोल्न दिन्छ।

उदाहरणको लागि: बाइबल अनुसार परमेश्वरले सम्पूर्ण सृष्टि, यस पृथ्वी र यसमा भएका सबै थोकहरूलाई कति दिनमा सृष्टि गर्नुभएको हो (प्रस्थान २०:११; दाँज्नुहोस् उत्पत्ति अध्याय १)? __________। यस खण्डलाई अक्षरश: अर्थ लगाउने व्यक्तिले भन्दछ: “छ दिनको अर्थ छ दिन नै हो। परमेश्वरले सबै थोकहरू छ दिनमा नै सृष्टि गर्नुभयो, उहाँले जे भन्नुभएको छ त्यही नै हो! परमेश्वरले जे भन्नुभयो त्यो म विश्वास गर्छु, कुरा यति नै हो!

तर त्यहाँ कति मानिसहरू छन् जसले उत्पत्ति १ अध्यायमा उल्लेख भएको “दिनहरू” भन्ने शब्दको अर्थ वास्तवमा “दिनहरू” नै होइन भन्छन्, बरु त्यसको अर्थ अर्कै छ भन्छन्। तिनीहरू भन्छन् ती दिनहरू खास दिनहरू थिएनन् तर हरेक “दिन” एउटा “युग” (लामो समयावधि जसमा हरेक “युग-दिन” हजारौं वा लाखौं वर्ष लामो) थियो भन्छन्। उनीहरूको अनुसार सृष्टिको काम पूरा हुन छओटा लामो-लामो युगहरू लाग्यो। यो एउटा उदाहरण हो, कसरी मानिसहरूले परमेश्वरले भन्नुभएको एउटा कुरालाई अर्कै बनाइदिन्छन् (“दिन भनेको दिन होइन, लामो युग हो”)। बाइबललाई अक्षरश: लिने व्यक्तिले परमेश्वरले उल्लेख गर्नुभएको “छ दिन”(प्रस्थान २०:९,११) लाई “छ दिन” नै मानेर लिन्छ, अन्य अर्थमा होइन।

टिप्पणी: “दिन” भन्ने शब्दले २४ घण्टे दिन भन्दा लामो समयावधिलाई जनाउन पनि सम्भव छ। जस्तै, यर्मिया ३०:७ मा हामी एक दिन को बारेमा पढ्छौं जसले याकूबको दुःखको दिनको कुरा गर्दछ। उक्त दिन ३ १।२ वर्ष लामो हुन्छ (प्रकाश १२:६,१४)। हामी यो पनि भन्न सक्छौं, “हामी अहिले अनुग्रहको दिनमा जिइरहेका छौं” (परमेश्वरको सहनशीलताको दिन –२ पत्रुस ३:८-९)। के यो एक २४ घण्टे दिनभन्दा लामो हो? _______। यी उदाहरणहरूमा “दिन” भन्नाले “समय” वा “काल” (मल्लकाल, राणाकाल भने जस्तै) बुझिन्छ। जब “दिन” ले २४ घण्टे दिनको अर्थ जनाउँदैन त्यतिखेर सन्दर्भले नै त्यो प्रस्ट देखाउँछ। तर जब “दिन” शब्द बहुवचन रूपमा प्रयोग हुन्छ (“दिनहरू”) वा त्यसको अगाडि एउटा अंक राखिएको हुन्छ (जसरी प्रस्थान २०:११ मा ६ दिनहरू वा उत्पत्ति १:१३ मा “तेस्रो दिन”) तब त्यहाँ २४ घण्टे दिनलाई नै जनाइएको हो भनेर हामीलाई पक्का हुन्छ। (यस सम्बन्धि अझ विस्तृत अध्ययन गर्न सृष्टि-विज्ञान शीर्षक भएको अध्ययन मालाको पाठ ४ मा हेर्नुहोस्। उक्त सामाग्री एबेनेजर मण्डलीबाट प्राप्‍त गर्न सकिन्छ)।

बाइबललाई अक्षरश: लिने सम्बन्धमा अर्को उदाहरणस्वरूप प्रकाश २० लाई हेरौं। यस अध्यायको पहिलो ७ पदहरूलाई पढ्नुहोस्। त्यहाँ “हजार वर्ष” भनेर कतिपटक उल्लेख छ? _______। यी पदहरूले हामीलाई सिकाउँछन् कि येशू ख्रीष्टले पृथ्वीमा एक हजार वर्षको लागि राज्य गर्नुहुनेछ। परमेश्वरले “हजार वर्ष” भन्नुभयो, यसको अर्थ के होला? प्रबन्धवादीले बाइबललाई अक्षरश: बुझ्दछ र भन्छ, “हजार वर्ष भनेको हजार वर्ष हो!” परमेश्वरले यदि हजार वर्ष भन्नुहुन्छ भने यसको अर्थ हजार वर्ष नै हुनुपर्छ। तर फेरि त्यहाँ धेरै मानिस छन् जसले आफूलाई बाइबल विश्वास गर्नेहरू भनी दावी गर्छन् तरैपनि येशू ख्रीष्टले पृथ्वीमा हजार वर्षका लागि राज्य गर्नुहुन्छ भनी विश्वास गर्दैनन्। उनीहरू उक्त हजार वर्षलाई अन्यथा बनाउने प्रयास गर्छन्।

एउटा सरल नियम

बाइबल अध्ययन गर्दा हामीले शब्दलाई त्यसको अक्षरश:, सामान्य, स्वभाविक र मौलिक अर्थमा बुझ्नु पर्छ जबसम्म त्यो अनर्थ हुँदैन। नियम यस्तो छ: यदि सरल अर्थ अर्थपूर्ण छ भने कुनै अन्य अर्थ नखोज्नुहोस् नत्रता त्यो अनर्थ होला

हामीले अघिबाटै प्रस्टै देख्यौं, उत्पत्ति १ मा उल्लेखित “दिनहरू” को सरल अर्थको अर्थपूर्ण नै छ। सर्वशक्तिमान परमेश्वरलाई यो विश्व छ दिनमा सृष्टि गर्नु भनेको कुनै असम्भव कुरा होइन। यी “दिनहरू” माथि हामीले अन्य कुनै अर्थ लाद्न खोज्नु हुँदैन (“अन्य अर्थ नखोज्नुहोस्!”। प्रकाश २० मा उल्लेखित हजार वर्षको सम्बन्धमा पनि यही कुरा साँचो ठहरिन्छ। उक्त “हजार वर्ष” लाई हामीले अन्य कुरामा परिवर्तन गरिदिनुहुन्न।

बाइबल पढ्दै जाँदा कहिलेकाहीँ सरल अर्थ अर्थपूर्ण हुँदैन। उदाहरणको लागि, यूहन्ना १०:९ मा येशूले भन्नुभयो, “_______ म हुँ।” हामीलाई थाह छ, येशू, भेडाहरू छिर्ने ढोका नै त हुनुहुन्नथ्यो (हेर्नुहोस्, यूहन्ना १०:१,२,७)। यो त अर्थपूर्ण हुन्न। येशूको भनाइको तात्पर्य हो, उहाँ ढोकाजस्तै हुनुहुन्छ। ढोका त्यो हो जसभित्र मानिस वा पशु छिर्छन्। कोठाभित्र पस्न एउटा ढोकाबाट छिर्नु आवश्यक छ। मुक्ति पाउन मान्छे ख्रीष्टद्वारा आउनुपर्छ। केवल उहाँ मात्रै मुक्तिदाता हुनुहुन्छ।

अर्को उदाहरण यूहन्ना १५:५ मा पाउँछौं। येशू दाखको बोट नै त हुनुहुन्न न ता उहाँका चेलाहरू हाँगाहरू नै। तर यहाँ पनि येशूको भनाइको तात्पर्य हामी बुझ्दछौं। दाखको बोट र हाँगाहरूले हामीलाई मुक्तिदाता येशूको र उहाँका विश्वासी जनहरूको बीचको सम्बन्धको सुन्दर तस्वीर प्रस्तुत गर्दछ। जसरी हाँगाले दाखको बोटमा रहेन भने फल फलाउन सक्दैन उसरी नै विश्वासी जनहरूले फल फलाउन सक्दैनन् यदि उनीहरू येशू ख्रीष्टमा रहेनन् भने (उहाँको घनिष्ट सङ्गतिमा रहेनन् भने)।

एउटा अर्को उदाहरण हेरौं। क्रूसमा मर्न जानु अघि येशूले रोटी लिनुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “लेओ, खाओ; यो मेरो शरीर हो” (मत्ती २६:२६)। उहाँले कचौरा पनि लिनुभयो र भन्नुभयो, “यो मेरो रगत हो” (मत्ती २६:२७-२८)। के त्यो रोटी उहाँको शरीर नै थियो? के त्यो कचौरा उहाँको रगत नै थियो? के उहाँका चेलाहरूले उहाँको शरीरलाई नै खाए र उहाँको रगतलाई नै पिए? कदापि त्यसो गरेनन्! यो त अनर्थ हुन्छ अनि येशूको भनाइको तात्पर्य सो होइन। उहाँको तात्पर्य यो थियो, “यो रोटीले मेरो शरीरको चित्रण गर्छ र यो कचौराले मेरो रगतको चित्रण गर्छ। जब तिमीले यो रोटी खान्छौ र यो कचौराबाट पिउँछौ तब तिमीलाई मेरो सम्झना हुनेछ र क्रूसमा मैले तिम्रो लागि जे गर्न लागेको छु त्यसलाई तिमीले सम्झना गर्नेछौ।” हरेक प्रभु भोजमा हामी यो सम्झना गर्छौं (१ कोरिन्थी ११:२४-२५)।

बाइबल आफैलाई बोल्न दिनुहोस्!

बाइबलका वचनलाई जबर्जस्ती आफ्नै विचारअनुसारको अर्थमा ढाल्नुहुँदैन। शब्दहरूले के बताउँदै छन् त्यही बताउन दिनुहोस्, त्यसको कुनै अनौठो वा गुप्त अर्थको खोजी नगर्नुहोस्! १ शमूएल १७:४० को विचार गरौं। दाऊदले खोलाबाट कतिओटा ढुंगा लिए? __________। कसैले यस्तै पदलाई लिएर त्यसले नबताएको कुरा नै त्यसको अर्थ हो भनेर भन्न सक्छ। जस्तै, उसले यो भन्ला: “यी पाँच ढुंगाहरूले पाँच कुरा जनाउछन्। पहिलो ढुंगाले साहस जनाउँछ, दोस्रोले विश्वास, तेस्रोले सामर्थ्य, चौथोले विजय, र पाँचौले सफलता!” के बाइबलले यी ढुंगाहरूको बारेमा त्यसरी नै बताएको छ? ________। यी ढुंगाहरू केवल ढुंगा थिए। अनि तीमध्ये एउटा चाहिँ गोलियाथको खप्परभित्र पस्यो! निश्चय दाऊद साहसी थिए, विश्वासका वीर थिए र परमेश्वरले उनलाई सामर्थ्य, विजय र सफलता दिनुभयो तर यी कुरा हामी ती पाँच ढुंगाबाट होइन बाइबलको त्यो अध्याय (१ शमूएल १७) पढेर जान्दछौं। सरल शब्दहरूलाई अनौठा अर्थहरू लगाउन देखि हामी होशियार हुनुपर्छ।

एक प्रबन्धवादीले बाइबललाई गम्भीरतापूर्वक लिन्छ र बाइबललाई अक्षरश: अर्थ लगाउँछ। उसले बाइबल आफैलाई बोल्न दिन्छ।

३) एक प्रबन्धवादीले इस्राएल र मण्डलीको बीच भिन्नता राख्दछ।

बाइबल पढ्ने व्यक्तिले इस्राएल र मण्डलीको बीच राम्ररी भिन्नता राख्‍नुपर्दछ। धेरै मानिसहरू विश्वास गर्छन् कि पुरानो नियमको समयका मुक्ति पाएका इस्राएलीहरू (यहूदीहरू) मण्डलीभित्रकै हुन्। यो सही होइन। पेन्टेकोस्टको दिनमा (प्रेरित २) पवित्र आत्मा नआउनुभएसम्म ख्रीष्टको शरीर, अर्थात् मण्डलीको प्रारम्भ भएको थिएन। उक्त समय भन्दा अगाडि कोहि पनि मण्डलीको भएको थिएन।

एक इस्राएली भनेको अब्राहाम, इसहाक र याकूबबाट आएको सन्तान हो (हेर्नुहोस्, रोमी ९:४-५)। मोशा, यहोशू, दाऊद, सोलोमन, यशैया सबै इस्राएली थिए। आज इस्राएलीहरूलाई यहूदीहरू पनि भनिन्छ।

 

अन्यजातिहरू ती हुन् जो इस्राएली होइनन्। अब्राहाम, इसहाक, र याकूबबाट जन्मेर नआउने व्यक्ति अन्यजाति हो (हेर्नुहोस्, एफेसी २:११-१२)।

 

मण्डली एउटा नयाँ काम हो जो परमेश्वर गर्दैहुनुहुन्छ। मोशा, यहोशू, दाऊद र यशैया मुक्ति पाएका व्यक्तिहरू थिए तर उनीहरू मण्डलीमा पर्दैनन्। एफेसी १:२२-२३ र कलस्सी १:१८ बाट हामी सिक्छौं, मण्डली ख्रीष्टको शरीर हो। आज एक व्यक्ति उसले मुक्ति पाएकै घडी ख्रीष्टको शरीरमा “बप्‍तिस्मा” गरिन्छ वा गाभिन्छ र ऊ मण्डलीको बन्दछ (१ कोरिन्थी १२:१३)। पत्रुस, यूहन्ना, पावल, तिमोथी सबै ख्रीष्टको शरीरका अंगहरू हुन्। उनीहरू सबै मण्डलीका भागीदारहरू हुन्। आज ख्रीष्टमा विश्वास गर्नेहरू पनि मण्डलीका भागीदारहरू बन्दछन्।

यी कुराहरू बुझ्न निम्न चित्रको मदत लिन सकिन्छ।

 

माथिको चित्रमा देखाइएको छ कि क्रूसभन्दा अगाडिका विश्वासी जनहरू मण्डलीका अंगहरू थिएनन्। मण्डली ख्रीष्टको मृत्यु र बौरिउठाइ पछाडि मात्र शुरू भएको हो (मत्ती १६:१८ –येशूले भन्नुभयो, “म आफ्नो मण्डली बनाउनेछु।” मण्डली निर्माण गर्ने कार्य ख्रीष्टले भविष्यमा नै गर्नुहुने कार्य थियो)।

आज धेरै मानिसहरू बाइबललाई गलत बुझ्छन् किनकि उनीहरू परमेश्वरले इस्राएल (यहूदी जाति) को सम्बन्धमा बताउनुभएको कुरालाई मण्डलीको लागि भनिएको भनेर लिन्छन्। इस्राएलको निम्ति परमेश्वरको विशेष योजना छ साथै मण्डलीको निम्ति उहाँको विशेष योजना छ। तर हामीले इस्राएलको निम्ति दिइएका अनमोल प्रतिज्ञाहरूलाई लिएर ती मण्डलीका निम्ति हुन् भन्नु हुन्न।

प्रबन्धवादी त्यो हो जसले इस्राएल र मण्डलीको बीचमा अन्तर राख्दछ। उसले यो पनि विश्वास गर्दछ कि इस्राएल जातिको भविष्य सम्बन्धि परमेश्वरले अनमोल प्रतिज्ञाहरू दिनुभएको छ जसलाई परमेश्वरले पूरा गर्नुहुनेछ (दाँज्नुहोस्, रोमी ११ अध्याय)।

४) प्रबन्धवादीले बाइबलको मूल विषय परमेश्वरको महिमा हो भनेर बुझ्दछ।

परमेश्वरले प्रत्येक प्रबन्धअन्तर्गत एउटा अति विशेष काम गर्दै आउनुभएको छ। अन्य कुनै कुरा भन्दा एउटा कुरा परमेश्वरको निम्ति सबभन्दा महत्त्वपूर्ण हुन्छ: उहाँको महिमा! परमेश्वरको व्यक्तित्व (उहाँ को हुनुहुन्छ भन्ने कुरा) को देखिने रूप (प्रकट हुने काम) लाई परमेश्वरको महिमा भनिन्छ। परमेश्वरको महत्त्व, गौरव, ऐश्वर्य, सुन्दरता, वैभव प्रकट गरिनु भनेको नै परमेश्वरको महिमा हो। परमेश्वर महान् हुनुहुन्छ अनि उहाँले इतिहासभरि नै आफूलाई मानिस र स्वर्गदूतहरूसामु प्रकट गर्ने काम गर्दै आउनुभएको छ।

हामीले बाइबलमा पाइने भिन्नताहरू अध्ययन गर्दै आएका छौं तर हामीले यो पनि महसुस गर्नुपर्छ कि उहाँले बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिका व्यवहार गर्दै आउनुभए तापनि त्यहाँ एउटा कुरा छ जो परमेश्वरले सधैं नै गर्दै आउनुभएको छ। निम्न पदहरूलाई विचार गर्नुहोस् र पत्ता लगाउनुहोस् परमेश्वरले संसारमा के गर्दै आउनुभएको रहेछ:

  1. यहोशू ४:२४ (यहोशूको समयमा) –मानिसहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________________________।
  2. २. शमूएल १७:४६ (दाऊद र गोलियतको समयमा) –सारा संसारले के जानेको परमेश्वर चाहनुहुन्छ? ________________________________________________________।
  3. १ राजा ८:४३ (सोलोमनको समयमा) –सबै मानिसहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________________________।
  4. १ राजा १८:३६ (एलियाको समयमा) — –मानिसहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________________________।
  5. २ राजा १९:१९ (राजा हिजकियाको समयमा) –पृथ्वीका सबै राज्यहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________।
  6. ६. इजिकिएल ३६:२३ (इजिकिएलको समयमा) –उहाँलाई नचिन्नेहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _________________________________________________।
  7. भजनसंग्रह ४६:१० सबै मानिसहरूले के जानेको परमेश्वर चाहनुहुन्छ? _______________ ____________________________।

इतिहासभरि नै परमेश्वरले आफूलाई मानिसहरूकहाँ चिनाउने काम गर्दै आउनुभएको छ। उनीहरू चाहे मुक्ति पाएकाहरू होस् वा नपाएकाहरू होस्, परमेश्वर महिमित हुनुहुनेछ र सबैले उहाँ नै परमेश्वर हुनुहुन्छ भनेर जान्नेछन्! एकदिन हरेक घूँडा ________ र हरेक जिब्रोले _________ कि येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ (हेर्नुहोस्, फिलिप्पी २:१०-११)।

कति मानिसहरू यस्तो विश्वास गर्छन्, परमेश्वरको प्रमुख लक्ष्य भनेको नै मानिसहरूलाई बचाउनु (मुक्ति दिनु) हो भनेर। सबै मानिसहरूलाई परमेश्वर बचाउन चाहनुहुन्छ भन्ने कुरा बाइबलले प्रस्टै सिकाएको कुरा हो (१ तिमोथी २:४; यूहन्ना ३:१६) अनि परमेश्वरले आफ्नो पुत्रलाई संसारको _______ हुनका निम्ति पठाउनुभएको हो (१ यूहन्ना ४:१४; यूहन्ना ३:१७ सित तुलना गर्नुहोस्)। तर मानिसहरूको उद्धार नै परमेश्वरको प्रमुख लक्ष्य होइन।

नूहको दिनको विचार गरौं। त्यसबेला कतिजना बाँचे (१ पत्रुस ३:२०)? ________। बाँकी संसार नष्ट भए (२ पत्रुस ३:६)! थोरै मात्र बाँचेका हुनाले के परमेश्वर विफल बन्नुभयो भन्ने हो? यदि परमेश्वरको मुख्य फिक्री हराएकालाई बचाउनु नै थियो भने त नूहको दिनहरूमा परमेश्वर विफल बन्नुभयो भन्नु पर्ने हुन्थ्यो। अनि आज पनि बाइबलअनुसार ________ ले मुक्ति पाउनेछन् (मत्ती ७:१४)। तर परमेश्वर विफल बन्नु भनेको त असत्य हो। परमेश्वर कहिल्यै विफल बन्नुभएको छैन! नूहका दिनमा पनि उहाँले आफूलाई मानिसहरूकहाँ चिनाउने काम गर्नुभयो कि उहाँ एक पवित्र परमेश्वर हुनुहुन्छ जसले पापलाई घृणा गर्नुहुन्छ र पापलाई उहाँले दण्ड दिनैपर्छ। साथै उहाँले, उहाँमाथि विश्वास गर्ने र उहाँको वचन पालन गर्नेहरूलाई, आफू अनुग्रही परमेश्वर हुनुभएको कुरा पनि देखाउनुभयो (उत्पत्ति ६:८-९; हिब्रू ११:७)। उहाँलाई इन्कार गर्ने संसारलाई पनि आफूलाई चिनाउन परमेश्वर सफल हुनुभयो।

तपाईं बाइबलको जुनसुकै खण्ड पढ्नुहोस् त्यहाँ तपाईँले पाउनुहुन्छ कि परमेश्वरले आफू को हुँ भनेर मानिसहरूलाई देखाउँदै हुनुहुन्छ! एक प्रबन्धवादी त्यो हो जसले यो बुझ्दछ, मानव इतिहासको प्रत्येक अवधिअन्तर्ग परमेश्वरको प्रमुख लक्ष्य भनेको आफ्नो महिमा गर्नु हो।

जो प्रबन्धवादी होइनन्

कति मानिसहरू “कभेनन्ट थिअलजी” (Covenant Theology) अर्थात् “करारवाद” भन्ने धारणा मा विश्वास राख्छन्। बेग्लाबेग्लै प्रबन्धहरूमा विश्वास गर्नुको सट्टा उनीहरू त्यहाँ मुख्य दुईओटा करारहरू छन् भनी विश्वास गर्छन्। संक्षेपमा उनीहरूको विश्वासलाई हेरौं:

कभेनन्ट थिअलजी

उनीहरूको अनुसार परमेश्वरले मानिससित गर्नुभएको सम्पूर्ण व्यवहारहरूलाई दुईओटा करारहरूद्वारा बयान गर्न सकिन्छ:

 

  1. कामहरूको करार – उनीहरूको अनुसार परमेश्वरले आदमसित यो विशेष करार बाँध्नुभयो जसअन्तर्गत उनीहरू मुख्य निम्न चार बुँदाहरूलाई राख्छन्:
    1. उक्त करार परमेश्वर र आदमबीचको सम्झौता (agreement)थियो।
    2. त्यसमा अनन्त जीवनको प्रतिज्ञा समावेश थियो।
    3. शर्त थियो आदमले सिद्धरूपमा परमेश्वरको आज्ञापालन गर्नुपर्ने।
    4. अनाज्ञाकारिताको दण्ड थियो मृत्यु (उत्पत्ति २:१५-१७)।

    आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र “कामहरूको करार” को शर्त पूरा गर्न असफल भए।

  2. अनुग्रहको करार –आदमको पाप र विफलताले गर्दा दोस्रो करार, “अनुग्रहको करार” लाई क्रियाशील बनाइयो। उक्त करार परिभाषित गरिएअनुसार यो पवित्र परमेश्वर र पापी मानिसबीचको सम्झौता थियो जसअन्तर्गत परमेश्वले मानिसलाई मुक्तिको प्रतिज्ञा गर्नुहुन्छ यदि मानिसले प्रतिज्ञा गरिएको मुक्तिदातामा विश्वास गर्दछ भने (दाँज्नुहोस्, उत्पत्ति ३:१५)। अनन्त जीवनमा प्रवेश गर्न पापी मानिसको निम्ति एउटै आशा अनुग्रहको करार हो, अर्थात परमेश्वरबाटको मुक्तिदाता प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु।

केही समस्या

यी मानिसहरूले भनेका धेरै कुराहरू सत्य छन्। आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गरेकै हो। साथै परमेश्वरले हराएका पापीलाई बचाउने अनुग्रही योजना बनाउनुभएकै हो। तर कभेनन्ट थिअलजीमा विश्वास गर्नेहरूले यी दुई करारहरूकै आधार (विशेष गरी अनुग्रहको करार) मा सृष्टिदेखि अन्तसम्मै रहेका परमेश्वर र मानिसबीचका सम्बन्धहरूलाई ब्याख्या गर्न खोज्छन्।

यदि यी दुई करारहरू यति महत्त्वपूर्ण हुन् भने ता बाइबलले तिनलाई धेरै पटक उल्लेख गर्नुपर्थ्यो। तर कुरा के भने बाइबले कहिल्यै पनि “कामहरूको करार” वा “अनुग्रहको करार” को उल्लेख गर्दैन। यी शब्दहरू मानिसकै उपज हुन्, बाइबलबाटका होइनन्।

बाइबलले बरु अन्य करारहरूको उल्लेख गर्छ, जस्तै;

  1. नूहसितको परमेश्वरको करार (उत्पत्ति ९:८-१७)
  2. अब्राहामसितको परमेश्वरको करार (उत्पत्ति १७:१-४)
  3. मोशा र इस्राएलीहरूसितको परमेश्वरको करार (प्रस्थान १९:५-८)
  4. दाऊदसितको परमेश्वरको करार (२ शमूएल ७)
  5. इस्राएलसितको परमेश्वरको “नयाँ करार” (यर्मिया ३१:३१-३४)।

कभेनन्ट थिअलजीमा विश्वास गर्नेहरूले सम्पूर्ण बाइबललाई “अनुग्रहको करार” अन्तर्गत बुझ्न खोज्छन्। उनीहरूको विश्वास अनुसार सबै समयहरूमा परमेश्वरको मुख्य लक्ष्य भनेको हराएको मानिसलाई बचाउनु र उद्धार गर्नु हो। प्रबन्धवादीले भने परमेश्वरको लक्ष्य यो भन्दा ठूलो छ भनेर बुझ्दछ: परमेश्वरको मुख्य लक्ष्य आफूलाई महिमा ल्याउनु हो। अनुग्रहद्वारा मानिसहरूको उद्धार गर्ने कार्य समेत परमेश्वरलाई महिमा ल्याउने विभिन्न कार्यहरू मध्ये एउटा हो:

एफेसी १:६ “उहाँको ___________को ___________को ____________को निम्ति”

एफेसी १:१२ “उहाँको ___________ को __________को कारण”

एफेसी १:१४ “उहाँकै ___________ को __________को लागि”

परमेश्वर हराएका मानिसहरूको इन्साफद्वारा समेत महिमित हुनुहुनेछ (जस्तै, मिश्रका राजा फारोद्वारा –हेर्नुहोस्, रोमी ९:२१-२२)! मानिसहरूले मुक्ति पाएर वा नष्ट भएर पनि परमेश्वरको लक्ष्य पूरा हुनेछ र परमेश्वरले आफूलाई सबै मानिसकहाँ चिनाउनुहुनेछ।

उग्र-प्रबन्धवादीहरू (Ultra-Dispensationalist)

“उग्र” को अर्थ हो, “अरुभन्दा पर जानु, सीमाना नाघ्नु, विषम बन्नु”। एक उग्र-प्रबन्धवादी त्यो हो जसले प्रबन्धहरूको धारणालाई बढ्ता पर लान्छ। यो व्यक्तिले बाइबलमा अनावश्यकरूपमा धेरै भिन्नताहरू देख्दछ जसको फलस्वरूप त्यहाँ अलमल आउँछ।

प्रमुख समस्याचाहिँ यो ज्यादै महत्त्वपूर्ण प्रश्नमा केन्द्रित छ: मण्डलीको शुरुआत कहिले भएको हो? प्रबन्धवादीहरू विश्वास गर्छन्, मण्डली त्यसबेला शुरु भयो जब पवित्र आत्मा आउनुभयो, अर्थात् पेन्टेकोस्टको दिन (ई.स. ३० तिर) जसको बयान प्रेरित २ मा छ। उग्र-प्रबन्धवादीहरूको विश्वास अनुसार भने मण्डली धेरै पछि मात्र शुरु भएको हो। तीमध्ये कोही भन्छन् मण्डली प्रेरित १३ मा शुरू भयो (ई.स. ४७ तिर), कोही भन्छन् प्रेरित २८ मा (ई.स. ६० तिर)। मण्डलीको शुरुआतलाई पछाडि राखेका हुनाले उग्र-प्रबन्धवादीहरू अनुसार नयाँ नियममा उल्लेखित कतिपय कुराहरू आजको युगको लागि होइनन् अरे। उदाहरणका लागि उनीहरू निम्न कुराहरू सिकाउँछन्:

  1. पानीको बप्‍तिस्मा आजको लागि होइन
  2. प्रभु भोज आजको लागि होइन (सबै उग्र-प्रबन्धवादीहरू यो विश्वास गर्दैनन् तर धेरैले गर्छन्)
  3. मत्ती २८:१८-२० र मर्कूस १६:१५ मा उल्लेखित महान् आज्ञा आजको लागि होइन। यी आज्ञाहरू कहिल्यै मण्डलीका लागि भनेर दिइएका होइनन् भन्छन् उनीहरू।

    के मण्डली साँच्ची नै प्रेरित १३ वा प्रेरित २८ मा शुरू भएको हो र? बाइबलबाट सजिलै यो साँचो होइन भनी देखाउन सकिन्छ। प्रेरति २:४७ अनुसार प्रभुले मानिसहरूलाई आफ्नो __________मा थप्दै हुनुहुन्थ्यो भन्ने कुरा सिक्छौं। तसर्थ त्यहाँ मण्डलीको शुरूआत भइसकेको देख्छौं। साथै १ कोरिन्थी १५:९ मा पावल प्रेरितले भने, “मैले परमेश्वरको ____________लाई सताएँ।” उक्त सतावटको बारेमा हामी प्रेरित ७:५८; ८:१-३ र ९:१-२ मा पढ्छौं। प्रेरित अध्याय ९ मा हामी शाऊल (पावल) को पश्चात्ताप र परिवर्तनको बारेमा पढ्छौं। त्यसैबेला पावलले मुक्ति पाएका हुन्। अब यदि पावलले आफूले मुक्ति पाउन अघि मण्डलीलाई सताएका हुन् भने त्यतिखेर त्यहाँ मण्डलीको अस्तित्व रहेको हुनुपर्छ! हुँदै नभएको कुरालाई सताउन त सकिन्न! तसर्थ, मण्डलीको शुरुआत पावलले मुक्ति पाउन अघि नै भएको हुनुपर्छ। मण्डलीको शुरूआत प्रेरित १३ वा २८ अध्यायमा भएको हुन सक्दैन किनकि त्यतिबेलासम्ममा पावलले मुक्ति पाइसकेका थिए।

क्रूसमा ख्रीष्टको मरण
बौरिउठ्नुभएको ख्रीष्ट स्वर्गमा फर्केर जानुभयो (प्रेरित १)
पवित्र आत्मा पेन्टेकोस्टको दिनमा आउनुभयो र मण्डलीको शुरूआत भयो (प्रेरित २)
मण्डली युग (ख्रीष्टमा विश्वास गर्ने प्रत्येक ने मण्डलीको अंग बन्दछ जो ख्रीष्टको शरीर हो –हेर्नुहोस्, १ कोरिन्थी १२:१३; प्रेरित २:४७)
मण्डलीको र्‍याप्चर (यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१३-१८)
सात-वर्षे संकष्ट-काल (पृथ्वीमाथि आइपर्ने ठूलो संकष्ट)। उक्त सात-वर्ष अवधिको दोस्रो आधी भागलाई “महासंकष्ट” भनिन्छ (मत्ती २४:२१ र हेर्नुहोस्, यर्मिया ३०:७)।
संकष्टको मध्यबिन्दु (दनिएल ९:२७; मत्ती २४:१५)
पृथ्वीमा येशू ख्रीष्ट फेरि आउनुहुनेछ (प्रकाश १९; मत्ती २४:३०)।
पृथ्वीमा येशू ख्रीष्टको हजार वर्षे राज्य (प्रकाश २०)

 

प्रश्न नं १ – र्‍याप्चर कहिले हुनेछ? (माथिको तालिकाको नं ५ मा हेर्नुहोस्)

पूर्व-संकष्ट र्‍याप्चर

(Pre-Tribulation Rapture)

मण्डलीको र्‍याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्ट अगाडि हुनेछ भन्ने विश्वास।

मध्य-संकष्ट र्‍याप्चर

(Mid-Tribulation Rapture)

मण्डलीको र्‍याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्ट बीचमा हुनेछ भन्ने विश्वास।

पूर्व-क्रोध र्‍याप्चर

(Pre-Wrath Rapture)

मण्डलीको र्‍याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्टको ३।४ भागपछि हुनेछ भन्ने विश्वास।

संकष्ट-पश्चात् र्‍याप्चर

(Post-Tribulation Rapture)

मण्डलीको र्‍याप्चर (स्वर्ग लगिने काम) ७ वर्षको संकष्टको पछाडि हुनेछ भन्ने विश्वास।


प्रश्न नं २–येशू ख्रीष्ट पृथ्वीमा कहिले फर्कनुहुनेछ? (माथिको तालिकाको नं मा हेर्नुहोस्)

प्रिमलेनियल:

(Premillennial)

येशू ख्रीष्ट हजार वर्षको राज्यको अगाडि आउनुहुनेछ भन्ने विश्वास। प्रकाश २०:१-७ मा बयान गरिएको हजार वर्षको अवधिलाई ल्याटिनमा “मलेनियम” भनिन्छ।

पोस्टमलेनियल:

(Postmillenial)

सुसमाचारको प्रचारद्वारा मानिसले नै राज्यलाई ल्याउनेछ र राज्य स्थापित भइसकेपछि मात्र ख्रीष्ट आउनुहुनेछ भन्ने विश्वास।

आमलेनियल:

(Amillennial)

[“आमलेनियल” भन्नाले “राज्य” वा “मलेनियम” हुनेछैन भन्नु हो]। ख्रीष्टको अक्षरश:, पार्थिव राज्य हुनेछैन भन्ने विश्वास हो यो। आमलेनिलवादीहरू, राज्यलाई बयान गर्ने बाइबलका धेरै पदहरू आज मण्डलीमै पूरा भइरहेका छन् भनेर विश्वास गर्छन्।

ख्रीष्ट पृथ्वीमा राजा भएर आउने घटना मलेनियम वा हजार वर्षको ठीक अगाडि हुनेछ (प्रिमलेनियल) हुनेछ भनेर प्रबन्धवादीले विश्वास गर्दछ र उसले यो पनि विश्वास गर्दछ, ख्रीष्ट आफ्नो मण्डलीलाई लिन संकष्टकालअगाडि नै आउनुहुनेछ (pre-tribulation rapture)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

परिचय

परिचय

 

यस अध्ययन मालामा हामी “प्रबन्धहरू” (DISPENSATIONS) को अध्ययन गर्नेछौं। यस शब्दको बाइबलीय अर्थ बुझ्नलाई हामी शुरूमा समय लिनेछौं। तर यस शब्दलाई हेर्नु अगाडि त्यहाँ अर्को कुरा छ जसलाई हामीले पहिला बुझ्न खाँचो छ।

भिन्नताहरूको महसुस

परमेश्वर कहिल्यै बदलिनुहुन्न। उहाँ सधैं एकसमान हुनुहुन्छ। मलाकी ३:६ मा स्वयम् परमेश्वरले घोषणा गर्नुभएको एउटा महत्त्वपूर्ण वाक्य पढ्छौं, “म _____________ ______________ _____________ ____________। यसैले हे याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ।” परमेश्वर, परमेश्वर हुन छाड्नुहुन्न भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं। परमेश्वर जे हुनुहुन्छ सो हुन छाडेर एक्कासी बदलिनुहोला भनी हामीले कहिल्यै फिक्री गर्नु पर्दैन।

तर इतिहासको क्रम (बेग्लाबेग्लै समयहरू) मा बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै तरिकाले परमेश्वरले व्यवहार गर्नुभएको पाइन्छ। प्रेरित पावल र अब्राहामको विचार गरौं। परमेश्वरले दुवैलाई कृपा गर्नुभयो, मुक्ति दिनुभयो र दुवै अनन्तसम्मै परमेश्वरसित हुनेछन्, तर परमेश्वरले दुवैसित एउटै तरिकाले काम गर्नुभएन। तिनीहरू इतिहासको बेग्लैबेग्लै समयमा बाँचे, परमेश्वरको सामु तिनीहरूका बेग्लाबेग्लै जिम्मेवारी थिए। त्यस्तै नूह र सोलोमनसित परमेश्वरको व्यवहारलाई पनि दाँज्न सक्छौं। उनीहरूको जीवनमा परमेश्वरले बेग्लाबेग्लै तरिकाले काम गर्नुभयो, उनीहरूलाई बेग्लाबेग्लै जिम्मेवारी दिइयो। नूहले जहाज बनानुपर्थ्यो, सोलोमनले मन्दिर।

प्रकाशको मात्रामा भिन्नता

मानव इतिहासको हजारौं वर्षको अवधिभित्र परमेश्वरले आफ्नो सत्यतालाई मानिसकहाँ प्रकट गर्दै आउनुभएको छ। हामीले यो बुझ्न आवश्यक छ, परमेश्वरले आफ्नो सत्यता मानिसहरूलाई क्रमिकरूपमा प्रकट गर्नुहुन्छ, एकैपटकमा होइन। परमेश्वरले आदमलाई केही कुरा प्रकट गर्नुभयो तर त्यहाँ कयौं कुराहरू छन् जो परमेश्वरले उनलाई प्रकट गर्नुभएन। परमेश्वरले पछि अब्राहामलाई थप प्रकाश दिनुभयो। इतिहासमा अझ पछि मोशालाई अनि दाऊदलाई अझै प्रकाश दिनुभयो। येशू संसारमा हिँडडुल गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई कति कुरा प्रकट गर्नुभयो जुन कुराहरू पुरानो नियमका विश्वासी जनलाई प्रकट कहिल्यै प्रकट गरिएका थिएन:

किनकि म तिमीहरूलाई साँचो भन्दछु, धेरै _____________ र ________ जनहरूले, जुन कुराहरू तिमीहरू देख्छौ, तिनलाई देख्‍ने इच्छा गरे, तर देखेनन्; र जुन कुराहरू तिमीहरू सुन्छौ, तिनलाई _________ इच्छा गरे, तर _____________” (मत्ती १३:१७)।

तर ती चेलाहरूलाई पनि सबै सत्यता बताइएको थिएन। येशूले तिनीहरूलाई बताउनुभएन किनकि ती कुराहरू सुन्नका लागि तिनीहरू तयार थिएनन्:

तिमीहरूलाई भन्नुपर्ने कुराहरू मसँग अझै __________ छन्, तर तिमीहरू तिनलाई अहिले सहन सक्दैनौ” (यूहन्ना १६:१२)।

ख्रीष्टको मृत्यु र बौरिउठाइ पछि, परमेश्वरले पावल प्रेरितलाई अरु प्रकाश दिनुभयो (गलाती १:११-१२; एफेसी ३:३-५)। अन्तमा, पावल र अन्य प्रेरितहरू सबै मरिसकेपछि, परमेश्वरले प्रेरित यूहन्नालाई थप प्रकाश दिनुभयो जसले प्रकाशको पुस्तक लेखे (प्रकाश १:१-३,९-१२ आदि)।

व्यक्ति-व्यक्तिसित व्यवहार गर्दा परमेश्वरले यस्तै तरिका अपनाउनुहुन्छ। के मुक्ति पाउनेबित्तिकै परमेश्वरले तपाईंलाई तपाईंले जान्नुपर्ने सम्पूर्ण कुराहरू सिकाउनुभयो? _____________। परमेश्वरले विश्वासी जनहरूलाई आफ्नो सत्यता एकैपटकमा सबै नै सिकाउनुहुन्छ कि क्रमिकरूपमा? ________________। परमेश्वरले “शिशु” ख्रीष्टियनलाई “दूध”, अलिक पाकोलाई “मासु” दिनुहुन्छ (१ पत्रुस २:२; १ कोरिन्थी ३:१-२)। परमेश्वरले आफ्ना गहन सत्यताहरू हामीलाई शुरूमा नै सबै दिनुभएको भए हामीले “पचाउन” सक्नेथिएनौं! भर्खरै जन्मेको बच्चालाई मासु-भात खुवाउन खोजे जस्तै हुनेथ्यो! एक कक्षाको बालक अलजेब्रा सिक्न तयार हुँदैन। अलजेब्रा र ज्यामितिको समय पछि आउँछ, तर पहिला त उसले जोड-घटाउ गर्न नै सिक्नुपर्छ!

तपाईंसित कुनचाहिँ बाइबल छ?

परमेश्वरले आफूलाई “बाइबल” भन्ने पुस्तकमा प्रकट गर्नुभएको छ। के तपाईंलाई थाह छ, बाइबल एकैपटक आएको होइन? के तपाईंलाई थाह छ, नूहसित बाइबलै थिएन? के तपाईंलाई थाह छ, मण्डलीको शुरूआत (पेन्टेकोस्टको दिनमा, प्रेरित अध्याय २) हुँदा विश्वासी जनहरूसित नयाँ नियमको एउटै पुस्तक थिएन?

परमेश्वरले शताब्दिऔं लगाएर क्रमिकरूपमा आफ्नो सत्यता प्रकट गर्दै आउनुभएको छ। उहाँले मानिसलाई बाइबल एकैखेपमा दिनुभएन। इतिहासका निम्न उल्लेखित विश्वासी जनहरूको बारेमा विचार गरौं। उनीहरूसित कुन बाइबल थियो भनेर प्रश्न गर्दा उनीहरूले कस्तो जवाफ दिन्छन्:

आदम:

“मसित बाइबलै थिएन, तर म बगैंचाको शितलमा परमेश्वरसँगै हिँड्थे।”

अब्राहाम:

“मसित बाइबलै थिएन, तर बेला बखतमा परमेश्वर मकहाँ देखा पर्नुहुन्थ्यो र मसित कुरा गर्नुहुन्थ्यो” (उत्पत्ति १७:१; १८:१ इत्यादि)

मोशा:

“मेरो बाइबलमा पाँच पुस्तकहरू थिए – उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था।”

दाऊद:

“मेरो बाइबलमा मोशासित भएका पाँच पुस्तकहरू, साथै यहोशू र न्यायकर्ताका पुस्तकहरू र साथै मैले लेखेका कतिपय भजनहरू थिए।”

एज्रा:

“मेरो बाइबलमा पुरानो नियमका प्रायःजसो पुस्तकहरू थिए तरैपनि सबै थिएन।”

बप्‍तिस्मा दिने यूहन्ना:

“मेरो बाइबलमा पुरानो नियमका सबै पुस्तकहरू थिए तर नयाँ नियमका पुस्तहरू भने कुनै पनि थिएनन्।”

यूहन्ना:

“मेरो बाइबलमा पुरानो नियमका सबै पुस्तकहरू थिए र नयाँ नियमका सबै पुस्तकहरू थिए। मेरो मृत्यु हुन भन्दा अलिक अगाडि परमेश्वरले मलाई नयाँ नियमको अन्तिम पुस्तक लेख्‍न प्रयोग गर्नुभयो।”

___________: (आफ्नै नाम)

“मेरो बाइबलमा पुरानो नियम र नयाँ नियमका सबै पुस्तकहरू अर्थात् ________ ओटा पुस्तकहरू छन्!”

तपाईंको हातमा भएको बाइबल दाऊदसित भएको बाइबलभन्दा धेरै मोटो छ!

केही प्रस्ट भिन्नताहरू

इतिहासभरि नै परमेश्वरले मानिससित कृपा र अनुग्रहको व्यवहार गर्दै आउनुभएको छ र पुरुष, स्त्री, बालबालिकाहरूलाई आफूसित एक सुन्दर, व्यक्तिगत सम्बन्ध राख्‍न सम्भव तुल्याउनुभएको छ। शताब्दियौंदेखि परमेश्वरले मानिसलाई “__________ले __________द्वारा” (एफेसी २:८) बचाउने कार्य गर्दै आउनुभएको छ। के अब्राहमले यसरी मुक्ति पाएका हुन् (उत्पत्ति १५:६)? ________। अब्राहमले यसरी नै मुक्ति पाए (रोमी ४:३), दाऊदले पनि त्यसरी नै (रोमी ४:६) र हामीले पनि त्यसरी नै मुक्ति पाउँदछौं (रोमी ४:५)! अनन्तसम्म बचाइएका सबै (नूह, यशैया, पत्रुस आदि) ले यो भन्नेछन्, “हामी केवल परमेश्वरको अनुग्रह (परमेश्वरको दया र प्रेम जसको म योग्य छैन) ले मुक्ति पाएका हौं। धन्यवाद प्रभु, तपाईंले मेरो प्राण बचाउनुभयो!”

अनुग्रही परमेश्वरले इतिहासभरि पापी मानिसहरूलाई बचाउने काम गर्दैहुनुहुन्छ। तरैपनि हामीले यो याद राख्‍नुपर्छ कि परमेश्वरले बेग्लाबेग्लै समयमा, बेग्लाबेग्लै मानिसहरूसित बेग्लाबेग्लै प्रकारले व्यवहार गर्नुहुन्छ। यी भिन्नताहरूलाई हामीले ध्यानपूर्वक विचार गर्न आवश्यक छ।

विचार गर्नुहोस्: मण्डली सभामा जानुहुँदा के तपाईंले साथमा एउटा पाठो लानुहुन्छ? ________। पापको निम्ति बलि चढाउन पाठो लानुहुन्छ? _________। के पुरानो नियमका विश्वासीहरूले त्यसो गर्थे (१ शमूएल ७:९; लेवी ३:७; ४:३२)? _______। आज के विश्वासी जनहरूले पशु बलिहरू चढाउँछन्? _________। मोशा, यहोशू, दाऊद, सोलोमनले पशु बलिहरू चढाए तर हामी आज सो गर्दैनौं। यो एउटा महत्त्वपूर्ण भिन्नता हो।

अर्को कुराको विचार गरौं। कसैले शनिवारको दिन काम गरिरहेको देख्यौं भने हामीले के गर्छौं? के उसलाई मृत्यु दण्ड दिन्छौं? __________। शनिवार काम गर्ने व्यक्तिलाई मृत्यु दण्ड दिइनुपर्छ भन्ने त्यहाँ व्यवस्था थियो (प्रस्थान ३५:२)? _______। दाँज्नुहोस्, गन्ती १५:३२-३६ जहाँ “दाउरा बटुलेको” कारण (विश्राम दिनको व्यवस्थालाई भङ्ग गरेको हुनाले) एकजनालाई मृत्युदण्ड दिइएको छ! आज हामी यस्तो पक्कै पनि गर्दैनौं, गर्छौं र?

आज हामी परमेश्वरको उपासना गर्न यरुशलेमको मन्दिरमा जान्छौं? ________। पुरानो नियमका यहूदीहरूलाई त्यसरी परमेश्वरको उपासना गर्न भनिएको थियो। आज बाइबलीय मण्डलीहरूमा पास्टरहरू, एल्डरहरू र डिकनहरू हुन्छन्, तर के त्यहाँ पुजाहारी भन्ने बेग्लै समूह पनि हुन्छन्? __________। पुरानो नियमको समयमा हारूनका छोराहरू पुजाहारी हुन्थे, अनि अरू कोही पनि पुजाहारी बन्न सक्दैनथे। आज प्रत्येक विश्वासी नै पुजाहारी हो (१ पत्रुस २:९; प्रकाश १:६)। यसको मतलव हामी आफै सीधै परमेश्वरकहाँ ख्रीष्टद्वारा आउनसक्छौं, कुनै मानवीय मध्यस्तविना नै। आज बाबु-आमाहरूले बालक जन्मेको खण्डमा उनीहरूको खतना गराउनुपर्दैन। पुरानो नियममा के यहूदी बाबु-आमाले खतना नगराए पनि हुन्थ्यो कि त्यो अनिवार्य थियो (उत्पत्ति १७:१०-१४)? _____________________।

धेरै अगाडि आदमलाई एउटा रूखको फल नखाने आज्ञा दिइएको थियो (उत्पत्ति २:१६-१७)। के आज त्यो आज्ञा जारी छ? के आज कुनै फलवृक्ष छ जसको फल नखाने आज्ञा दिइएको छ? _____। संसारमा कुनै “प्रतिबन्धित रूख” छ? ______। के परमेश्वरले आदमसित हामीसँग जस्तै व्यवहार गर्नुभयो? ________।

विचार गर्नुहोस्, के अब्राहाम प्रत्येक आइतवार विश्वासी जनहरूसित भेला हुने गर्थे? __________। के दाऊदले मानिसहरूलाई पानीमा बप्‍तिस्मा दिन्थे? ________। के मोशाले इस्राएलका सन्ताहरूलाई भेला गराएर कहिल्यै प्रभु भोज लिए? ________। के सोलोमनलाई “सारा जगतमा गएर सबै प्राणीलाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५) भन्ने आज्ञा कहिल्यै दिइयो? ___________। यी भिन्नताहरू प्रस्टै देखिने भिन्नताहरू हुन् जसलाई हामी मान्यता दिनुपर्छ। परमेश्वरले आज हामीसित माग गर्नुहुने कुराहरू ती पहिलेका मानिसहरूसित माग गर्नुभएन र परमेश्वरले ती मानिसहरूसित माग गर्नुभएका कुराहरू हामीसित माग गर्नुहुन्न। बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै मानिसहरूसित परमेश्वरले बेग्लाबेग्लै किसिमले व्यवहार गर्नुहुन्छ।

अर्को भिन्नता हेरौं। मत्ती १०:५-७ पढ्नुहोस्। चेलाहरूलाई येशूले कसकहाँ गएर प्रचार गर्न आज्ञा दिनुभयो? _______________________________________। कसलाई प्रचार नगर्नू भन्नुभयो? _____________________। अब मत्ती २८:१९ र मर्कूस १६:१५ पढ्नुहोस्। येशूले आफ्ना चेलाहरूलाई कसकहाँ गएर प्रचार गर भन्नुभयो? ______________________ _____________________________________। येशूले यी चेलाहरूलाई बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै कुराहरू भन्नुभयो। बाइबल पढ्दा हामीले यी भिन्नताहरूलाई जानिराख्‍नुपर्छ।

अघि-पछिका भिन्नताहरू

बाइबल पढ्ने क्रममा हामीले शुरुमै यो सिक्न थाल्छौं, त्यहाँ केही चावी घटनाहरू घटेका थिए जसले ठूला-ठूला परिवर्तन र भिन्नताहरू ल्याए। बाइबलका केही प्रमुख घटनाहरू यी हुन्:

  • मानिसको पतन (जब आदमले पाप गरे)
  • नूहको समयको जलप्रलय
  • बाबेल धरहरामाथिको इन्साफ
  • अब्राहामको बोलावट (उत्पत्ति १२)
  • व्यवस्था दिइएको (प्रस्थान १९-२०)
  • ख्रीष्ट क्रूसमा टाँगिनुभएको
  • पवित्र आत्माको आगमन (प्रेरित २)
  • येशू ख्रीष्टको दोस्रो आगमन

यी घटनाहरूले कस्ता ठूला भिन्नताहरू ल्याए त, संक्षेपमा हेरौं।

सर्वप्रथम हेरौं, मानिसको पतनलाई:

मानिसको पतन

पतन अघि र पछि के कस्ता भिन्नताहरू थिए? उत्पत्ति २:२५ र उत्पत्ति ३:७ को बीचमा अन्तर छ? _______। मानिसको पतन, सबै मानिसलाई आजसम्म पनि असर पार्ने घटना हो (रोमी ५:१२)? __________।

जलप्रलय

जलप्रलय अघि मानिसको खानेकुरा के-के थियो (उत्पत्ति १:२९)? __________ _______________? जलप्रलय पछि मानिसको खानेकुरा के-के थियो (उत्पत्ति (९:२-३)? ____________________________________। जलप्रलय अघि के हत्याराहरूलाई मृत्युदण्ड दिइन्थ्यो (उत्पत्ति ४:१५)? ____________। जलप्रलय पछि नि (उत्पत्ति ९:६)? __________________।

बाबेलको धरहरा

बाबेलको इन्साफ अघि पृथ्वीमा कतिओटा भाषाहरू थिए (उत्पत्ति ११:१)? _________। उक्त इन्साफ पछि नि (उत्पत्ति ११:७-९)? __________। बाबेल अघि विश्वका मानिसहरू एउटै ठाउँमा थिए, बाबेल पछि उनीहरू विभिन्न जातिमा, ठाउँमा छरपुष्ट भए (जातिहरुको तालिकालाई उत्पत्ति १० मा हेर्नुहोस् जुन अध्याय घटनाक्रममा उत्पत्ति ११ पछि आउँछ)।

अब्राहामको बोलावट

अब्राहाम अघि विश्वका मानिसहरू एउटै समूहका थिए जसलाई “जातिहरू” (अन्यजातिहरू) भनिन्छ। अब्राहाम पछि विश्वका मानिसहरू दुई समूहका भए, यहूदीहरू र अन्यजातिहरू। अब्राहाम अघि परमेश्वरले खतना कुनै पनि कुराको चिन्ह स्वरूप गरिनुपर्ने आज्ञा दिनुभएको थिएन तर अब्राहामको समयमा त्यो आज्ञा दिनुभयो (रोमी ४:९-१२)।

मोशा

मोशा अघि त्यहाँ कुनै लिखित आज्ञाहरू थिएनन्, तर मोशाले परमेश्वरबाट व्यवस्था प्राप्‍त गरेपछि त्यहाँ लिखित आज्ञाहरू भए। मोशा अघि विश्रामदिनको पालना गरिँदैनथ्यो, तर यो नियम मोशाको समयमा स्थापना गरियो। मोशा अघि त्यहाँ खानपीन सम्बन्धी विस्तृत नियम थिएनन् (लेवी ११) तर त्यस्ता नियमहरू व्यवस्थामा समावेश थियो जसलाई परमेश्वरले मोशाद्वारा इस्राएललाई दिनुभयो।

ख्रीष्टको क्रूस

क्रूस अघिको समयबाट क्रूस पछिको समयमा जाँदा हामी यी भिन्नताहरू पाउँछौं: विश्रामदिन बाट हप्ताको पहिलो दिन, पशु बलिबाट ख्रीष्टको सिद्ध बलिदान (हिब्रू १०:१-१४), हारूनका छोराहरू पुजाहारी हुनुबाट हरेक विश्वासी जन पुजाहारी, इत्यादी। क्रूस अघि मोशाको व्यवस्था अन्तर्गत त्यहाँ खानेकुरा सम्बन्धी नियमहरू थिए (लेवी ११ – उनीहरूले के खान हुने, के नहुने)। क्रूस पछिको भिन्नतालाई १ तिमोथी ४:३-५ मा हेर्नुहोस्। अरू कस्ता भिन्नताहरू तपाईंलाई थाह छ?

पेन्टेकोस्ट

पेन्टेकोस्ट अघि पवित्र आत्मा चेलाहरू____ हुनुहुन्थ्यो तर पेन्टेकोस्ट पछि पवित्र आत्मा चेलाहरू____ हुनुभयो (हेर्नुहोस्, यूहन्ना १४:१७)। पेन्टेकोस्ट अघि विश्वका मानिस दुई समूहमा विभाजित थिए (यहूदीहरू र अन्यजातिहरू)। पेन्टेकोस्ट पछि विश्वमा तीन समूह भए (यहूदी, अन्यजाति र परमेश्वरको मण्डली – १ कोरिन्थी १०:३२)। पेन्टेकोस्ट पछि पृथ्वीमा एउटा अद्वित्तीय रचनाको अस्तित्व रहेको छ—मण्डली जो ख्रीष्टको शरीर हो, तर पेन्टेकोस्ट अघि यो थिएन।

साँचो विश्वासीहरू उठाई लगिने दिन (र्याप्चर)

र्याप्चर अघि विश्वका मानिसहरू तीन समूहका हुन्छन्: य_________, अन्यजातीहरू र परमेश्वरको __________ (१ कोरिन्थी १०:३२)। र्याप्चर पछि विश्वमा केवल दुइ समूह हुन्छन् (यहूदी र अन्यजाति)। र्याप्चर अघि पवित्र आत्मा एक विशेष मन्दिरमा (१ कोरिन्थी ३:१६-१७; दाँज्नुहोस्, १ कोरिन्थी ६:१९-२०;) मा बास गर्नुहुन्छ। र्याप्चर पछि पनि पवित्र आत्मा संसारमा सक्रिय रहनुहुन्छ, केवल उक्त मन्दिरमा बास गरिरहनुभएको हुँदैन। त्यसपछि उल्लेख भएको मन्दिर त यरूशलेममा हुनेछ (२ थेस्सलोनिकी २:४) जुन मन्दिर विश्वासी जनहरूले बनेको नभएर एक भवन नै हुनेछ।

ख्रीष्टको दोस्रो आगमन

येशूले भविष्यमा आउने एक दिनको उल्लेख गर्नुभयो जुन दिन राज्य आउनेछ (मत्ती ६:१०), तर उक्त राज्य आइसकेको छैन। हामी अहिले राज्यको युगमा बाँचिरहेका छैनौं। तर जब उक्त राज्य आउनेछ (ख्रीष्टको दोस्रो आगमनले सो ल्याउनेछ), तब संसारको रूप आजको भन्दा धेरै भिन्न हुनेछ।

उदाहरणको लागि, राज्यको युगका पशुहरूको विचार गरौं (यशैया ११:६-९)। त्यसबेलाका पशुहरू आजका पशुहरूभन्दा भिन्दै प्रकृतिका हुनेछन्? _________। आज संसारमा युद्धहरू, मानिसका बीच झगडाहरू चलिरहेका छन् (दाँज्नुहोस् मत्ती २४:६-७)। के राज्यको युगमा भिन्नता आउनेछ (मीका ४:३)? __________। आज सुसमाचार प्रचार गरिन आवश्यक छ, मानिसहरूले प्रभुलाई चिन्न सकून् भनेर उनीहरूलाई प्रभुको बारेमा बताउन खाँचो छ (मर्कूस १६:१५ इत्यादी)। राज्यको युगमा के यो आवश्यक हुनेछ (यर्मिया ३१:३४; यशैया ११:९)? _____________। यी महत्त्वपूर्ण भिन्नताहरूलाई हामीले जान्नुपर्छ।

*********

“प्रबन्ध” शब्दको अर्थ

यो शब्द नयाँ नियममा चार पटक पाइन्छ। ती पदहरू भेट्टाउनुहोस्:

  1. एफेसी १:____
  2. एफेसी ३:____
  3. १ कोरिन्थी ९: ____
  4. कलस्सी १: _____

“प्रबन्ध” भनेर रुपान्तर गरिएको ग्रीक शब्द हो, ओइकोनोमिया (यसलाई अङ्ग्रेजीको इकोनोमि (ECONOMY) सित तुलना गर्नुहोस्)। यो शब्द वास्तवमा दुईओटा शब्दहरू मिलेर बनेको छ: १. ओइकोस् अर्थात् घर २. नोमोस अर्थात् व्यवस्था वा नियम। यसैले आइकोनोमियाको अर्थ हुन्छ, “घरको व्यवस्था वा नियम”।

यही ग्रीक शब्दलाई भण्डारीपन भनेर लूका १६:२,३,४ मा रुपान्तर गरिएको छ। तसर्थ “प्रबन्ध” के भनेर बुझ्न हामीले भण्डारीपनको विषयमा केही कुरा बुझ्नुपर्छ।

भण्डारीपन

भण्डारी कसलाई भनिन्छ? “घर प्रबन्धक” (household manager) लाई भण्डारी भनिन्छ। ऊ अर्काको घरबार र सम्पत्तिको देखरेख गर्ने व्यक्ति हो। ऊ अर्कोको स्वामित्वमा रहेको थोकको जिम्मा लिने व्यक्ति हो। हामीमध्ये धेरैजसोलाई भण्डारीको आवश्यकता पर्दैन, हामी आफै आफ्ना थोकको देखरेख गर्न सक्छौं। तर कसैको १० ओटा घर, ५०० बिघा जग्गा, २५ ओटा कार, ८ ओटा ट्रक, ३ ओटा पौडी खेल्ने पोखरी र एक निजी कोइला खानी समेत छ भने ऊ आफैले ती सबै कुराको देखरेख गर्न सक्दैन। यी सबै कुराको प्रबन्ध (manage) गर्न उसलाई मानिसहरूको आवश्यकता पर्छ। भण्डारी भनेको एक प्रबन्धक (MANAGER) हो जसले अर्काको स्वामित्वमा रहेको थोकहरूको निम्ति जिम्मेवारी हुन्छ।

भण्डारीमा एउटा योग्यता हुनु अपरिहार्य छ। १ कोरिन्थी ४:२ अनुसार त्यो योग्यता के हो? (क) हेर्नलाई राम्रो (ख) तिखो दिमाग (ग) सीपले सम्पन्न (घ) विश्वासयोग्य (दिइएको जिम्मा पूरा गर्ने)।

लूका १६:१-४ को भण्डारीलाई विचार गर्नुहोस्। के ऊ विश्वासयोग्य थियो? _________। उत्पत्ति ३९:१-६ मा एउटा विश्वासयोग्य भण्डारी पाउँछौं। पोतिफरका भण्डारी को थिए? __________। पोतिफरको स्वामित्वमा रहेको सबै कुरा यस व्यक्तिको _______मा (उत्पत्ति ३९:४,६) सुम्पियो। यूसुफले आफ्नो मालिकका सम्पत्तिको रेखदेख गरे। उनका मालिक (पोतिफर) आफ्ना सारा सम्पत्ति भरपर्दो व्यक्तिको हातमा छन् भनेर ढुक्क थिए।

याद गर्नुहोस्, भण्डारी घरको प्रबन्धक हो, मालिक होइन। घरका प्रबन्धक यूसुफ थिए कि पोतिफर? ___________। घरका मालिक यूसुफ थिए कि पोतिफर? _____________। त्यो घर पोतिफरको थियो, यूसुफको होइन! लूका १६:१ मा घरका मालिक को थिए?

सौभाग्य तथा जिम्मेवारी (Privileges and Responsibilities)

पोतिफरले यूसुफका हातमा सबै कुरा सुम्पिदिनु उनका लागि एकातिर सौभाग्य थियो भने अर्कोतिर जिम्मेवारी पनि थियो। मानिसलाई परमेश्वरले दिनुभएको भण्डारीपनमा पनि ठीक यही कुरा साँचो हुन्छ। विश्वासी जन, जुनसुकै युगमा ऊ जिइरहेको किन नहोस्, उसको हातमा परमेश्वरद्वारा सुम्पिएको जुनसुकै कुराको निम्ति ऊ जिम्मेवार छ, त्यो उसको निम्ति सौभाग्य पनि हो। अब्राहामको हातमा परमेश्वरले महान् र उदेकका प्रतिज्ञाहरू सुम्पिनुभयो (उत्पत्ति १२:१-३; १७:१-८)। परमेश्वरले मोशाको हातमा पवित्र व्यवस्थाहरू र आज्ञाहरूको एक संगालो सुम्पिनुभयो (प्रस्थान १९-२१)। परमेश्वरले पावलको हातमा परमेश्वरको अतुलनिय अनुग्रह सम्बन्धी एक नवीन ज्ञान दिनुभयो (एफेसी अध्याय ३)। प्रत्येक विश्वासी जनलाई परमेश्वरले उसको हातमा सुम्पिनुभएको कुनै पनि कुराको सठीक प्रयोजन गर्न पाउनु उसको लागि आनन्दको कुरा हो र साथै उसको कर्तव्य हो। भण्डारीपन भनेको नै यही हो।

भण्डारीपनलाई एउटा जागिरसित तुलना गर्न सकिन्छ। मानौ एउटा राम्रो अफिसको मालिक तपाईंकहाँ आएर तपाईंलाई जागिर खान निम्तो दियो। त्यो जागिर जोसुकैलाई दिइएन तर तपाईंलाई चाहिँ दिइयो।

उक्त जागिरमा कतिपय कुराहरू सौभाग्यको रूपमा हुन्छन्। अरू कतिजनाले त्यस्तो जागिर पाउन चाहन्थे होला तर उनीहरूलाई त्यो मौका दिइएन। तर तपाईंलाई भने दिइयो। त्यस अफिसमा काम गरेर प्राप्‍त हुने फाइदाहरू तपाईंकै हुन्छन्। तपाईंले धेरै कुराहरू सिक्नुहुनेछ, मूल्यवान अनुभवहरू बटुल्नुहुनेछ, अरूहरूसित काममा हेलमेल गरेर तपाईंलाई फाइदा हुनेछ, तपाईंले तलब पाउनुहुनेछ अनि एक दिन, तपाईं विश्वासयोग्य हुनुभयो भने, तपाईंको पदोन्नति पनि गरिनेछ!

उक्त जागिरमा कतिपय जिम्मेवारीहरू हुन्छन्। अफिसका हाकिमले तपाईंबाट कतिपय कुराहरूको माग गर्नेछ। तपाईं अल्छि हुनुभयो र काममा प्रायः ढीलो आउनुभयो र ग्राहकहरूप्रति नराम्रो व्यवहार गर्नुभयो भने तपाईंको हाकिम तपाईंसित खुशी बन्नेछन् होला? तपाईंले विश्वासयोग्यताका साथ आफ्ना काम-कर्तव्यहरू पूरा गरेको र तपाईंको हातमा सुम्पिएको कुनै पनि जिम्मालाई सठीक रूपमा पूरा गरेको अफिसको हाकिमले चाहनेछन्। आफ्नो काम राम्ररी नगरेको खण्डमा तपाईंलाई जागिरबाट निष्कासन गरिन पनि सकिन्छ।

भण्डारीपन भनेको यो हो, परमेश्वरले मानिसको हातमा केही कुरा सुम्पिनभएको छ अनि त्यसलाई सठीक प्रकारले चलाउनु मानिसको जिम्मेवारी हो र सो गर्न पाउनु उसको सौभाग्य पनि हो।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

अगमवाणीको श्रेष्ठ कृति

अगमवाणीको श्रेष्ठ कृति

 

अगमवाणीको श्रेष्ठ कृति

(प्रकाशको पुस्तक)

हामीले नयाँ नियमका २६ ओटा पुस्तकहरूको बारेमा अध्ययन गरिसक्यौं र अब बाइबलको अन्तिम पुस्तक, अर्थात प्रकाशको पुस्तकको अध्ययन गर्न हामी तयार छौं। पुरानो नियममा अगमवाणीका थुप्रै पुस्तकहरू छन्, जस्तै, दानियल, यशैया, इजकिएल, जकरियाह इत्यादि। नयाँ नियममा अगमवाणीको सबैभन्दा ठूलो पुस्तक नै प्रकाशको पुस्तक हो।

क्रूसमा मर्नुभन्दा एक रात अगाडि, येशूले आफ्ना चेलाहरूसँग बोल्नुभयो र उहाँले उनीहरूलाई बताउन चाहनुभएको धेरै कुराहरू छन् भनी भन्नुभयो, तर उनीहरू यस महत्त्वपूर्ण सन्देशका निम्ति अझै तयार भइसकेका थिएनन् (यूहन्ना १६:१२)। त्यसपछि यूहन्ना १६:१३ मा येशूले एउटा प्रतिज्ञा गर्नुभयो: “तापनि जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ; किनभने उहाँले आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर जे उहाँले सुन्नुहुनेछ, त्यही बोल्नुहुनेछ; अनि उहाँले तिमीहरूलाई आ_______ कु________ बताउनुहुनेछ।”

प्रकाशको पुस्तक नै आउने कुराहरू (भविष्यका कुराहरू) को बारेमा हो। कहिलेकाहिँ मानिसहरूले यसो भनेको सुनिन्छ, “यो संसार के हुने होला?” अथवा “भविष्यमा के हुन्छ होला?” बाइबलको अन्तिम पुस्तकले यी प्रश्नहरूको जवाफ दिन सहायता गर्दछ!

लेखक

यस पुस्तकको मानवीय लेखक को हो (प्रकाश १:४,९; २२:८)? ________________। उनले नयाँ नियमका अरू कुन कुन पुस्तकहरू लेखे? (ती सबै पुस्तकहरू तिनको नाम अनुसार छन्)
¬___________________
___________________
___________________
___________________

यूहन्नाले आफ्नो जीवनका अन्तिम वर्षहरूमा एफेससको शहरमा रहेर परमेश्वरको सेवा गर्दथे भनी अघिल्लो पाठमा हामीले सिक्यौं। के प्रकाशको पुस्तक लेख्दा पनि युहन्ना एफेसस मै थिए (प्रकाश १:९ हेर्नुहोस्)? ____________। यूहन्ना ऐगीयन समुद्र छेऊमा अवस्थित प_________ भनिने एउटा सानो टापुमा थिए जुनचाहिँ एफेसस भन्दा धेरै टाढामा थिएन। सतावटको कारण यूहन्ना यस टापुमा देश निकाला गरिएका थिए। उनी कुनै दुष्ट अपराधी भएको हुनाले त्यहाँ पठाइएका थिएनन्, तर उनले परमेश्वरको वचन प्रचार गरेका हुनाले र ख्रीष्टको निम्ति सर्वोत्कृष्ट गवाही भएको हुनाले त्यहाँ पुर्याइएका थिए (“परमेश्वरको वचनका निम्ति र येशू ख्रीष्टको गवाहीका निम्ति”—प्रकाश १:९)। बाइबललाई प्रेम गर्ने र बाइबलका ख्रीष्टलाई प्रेम गर्नेहरू कहिलेकाहिँ आफ्ना विश्वासको निम्ति सतावटमा पर्दछन्।

प्रकाशको पुस्तक पहिलो सताब्दिको अन्त्यतिर, करिब ई. सं. ९५ तिर लेखिएको हो। त्यस समयमा विश्वासीहरूलाई क्रूरता पूर्वक सताउने सम्राट डोमिटियनको शासनकाल थियो। बाइबलको लेखिनुपर्ने अन्तिम पुस्तक यही नै थियो। यूहन्नाले यस पुस्तकको अन्तिम पदहरू लेख्दा (प्रकाश २२:१८-२१ हेर्नुहोस्), परमेश्वरले अन्तिममा “पूर्ण विराम” लगाउँदै गर्नुभएको जस्तो थियो। पूर्ण विरामको अर्थ वाक्यको समापन हो। अन्तिम पूर्ण विरामको अर्थ त्यहाँ अब उसो कुनै वाक्यहरू छैनन् भन्नु हो! जन यूहन्नाले अन्तिममा “आमेन” लेखे (प्रकाश २२:२१), बाइबल पूरा भयो! सबै ६६ ओटै पुस्तकहरू अब सिद्धिएका थिए!

आज हामीसँग यस्तो कुरा छ जुन कुरा अब्राहाम, मोशा, दाऊद, दानियल, बप्तिस्मा दिने यूहन्ना, पत्रूस र पावलसँग कहिल्यै पनि थिएन! हामीसँग पूरा बाइबल छ! हामीले कहिल्यै पनि परमेश्वरको वचनमा थप्ने वा घटाउने कार्य गर्नु हुँदैन (प्रकाश २२:१८-१९)! हाम्रो जिम्मेवारी भनेको यस पुस्तकलाई पढ्नु, बुझ्नु, विश्वास गर्नु, पालन गर्नु र यसै अनुसार जिउनु हो!

परमेश्वरको प्रकाश

हाम्रो नेपाली बाइबलमा यस पुस्तकको शीर्षक “प्रकाशको पुस्तक” लेखिएको पाउँछौं। वास्तवमा, यो अपूरो शीर्षक हो। यस पुस्तकको ठीक शीर्षक प्रकाश १:१ मा छ, अर्थात् “येशू ख्रीष्टको प्र________”। हामी यस पुस्तकलाई “प्रकाशको पुस्तक” भन्छौं किनभने यो येशू ख्रीष्टको प्रकाश हो।

“प्रकाश” शब्दको माने के हो? “प्रकाश” शब्दको माने कुनै कुरा उघार्नु वा खोल्नु। उदाहरणको निम्ति, यदी कुनै व्यक्तिले अनुहारमा घुम्टो हालेको छ भने, उसको अनुहार प्रकाश हुनलाई उक्त घुम्टो हटाइनुपर्छ वा उघारिनुपर्छ! नत्रता उक्त व्यक्ति कस्तो देखिन्छ भनी तपाईंले कहिल्यै पनि जान्न सक्नुहुन्न!

प्राय: जसो जब कुनै चित्रकलाको ठूलो कार्यलाई (कुनै प्रख्यात चित्रकला) प्रदर्शनमा राखिन्छ यसलाई सुरुमा ढाकिएको हुन्छ। त्यसपछि, त्यहाँ उघारिने कार्यक्रम गरिए पछि उक्त चित्रकला प्रकाशमा आउँछ र मानिसहरूले पहिलो पल्ट त्यसलाई हेर्ने मौका पाउँछन्।

परमेश्वरसँग पनि एउटा सर्वश्रेष्ठ कृति छ जुन उहाँले प्रकाश गर्न चाहनुहुन्छ! परमेश्वरसँग मानवजातिको निम्ति एउटा अति उच्च उद्देश्य र योजना छ जुन उहाँले अरूलाई थाह गराउन चाहनुहुन्छ! प्रकाशको पुस्तकमा परमेश्वरले भविष्यको कुराहरू उघार्नुहुन्छ र हामीलाई आउने कुराहरू देखाउनुहुन्छ। उहाँले आफ्नो उद्देश्य र कार्ययोजना प्रकट गर्नुहुन्छ। उहाँले विश्वास नगर्नेहरू माथि आउने भयानक इन्साफहरूलाई प्रकट गर्नुहुन्छ। उहाँले विश्वास गर्नेहरू सहभागी हुने नयाँ आकाश र नयाँ पृथ्वीका अनन्तका आनन्दहरूलाई प्रकट गर्नुहुन्छ। यी भन्दा पनि धेरै, उहाँले आफ्नो धन्य पुत्रलाई प्रकट गर्नुहुन्छ जसको नाम _____________________________________________ हो (प्रकाश १९:१६)। यो येशू ख्रीष्टको प्रकाश हो!

दासहरूका निम्ति पुस्तक!

यस पुस्तकको पहिलो पदले बताउँदछ कि परमेश्वरले यो प्रकाश आफ्ना दासहरूलाई प्रकट गर्न चाहनुहुन्छ। “दासहरू” भन्ने शब्दको अर्थ “कमाराहरू” हो। यो पुस्तक दासहरूका निम्ति हो र उनीहरूले मात्र प्रकाशको पुस्तकलाई राम्ररी बुझ्न सक्दछन्। के तपाईं येशू ख्रीष्टको दास हुनुहुन्छ (यहूदा १:१)? के उहाँले तपाईंमाथि अधिकार गर्नुहुन्छ (१ कोरिन्थी ६:१९-२०)? यस्तो मालिक र प्रभुको दास हुनु कति उदेकको दासत्व हो!

आफ्नै कामहरू गर्न दास स्वतन्त्र हुँदैन। दासले उसको मालिकको कुरा सुन्नैपर्छ र उसको मालिकको इच्छा पूरा गर्नै पर्छ। प्रकाशको पुस्तक उनीहरूको निम्ति हो जोहरू येशू ख्रीष्टका प्रेमको दासहरू हुन्। यो पुस्तक उनीहरूको लागि हो जसले यसो भन्न सक्छन्, “बो________, परमप्रभु, किनकि तपाईंको दा_______ सु__________” (१ शमूएल ३:९)। प्रकाशको पुस्तक मात्र होइन, तर सम्पूर्ण बाइबल नै उनीहरूको निम्ति हो जोहरूले परमप्रभुले भन्नुभएको कुराहरू सुन्छन् र पालन गर्छन्! जब यो पुस्तक पढिन्छ, अनि जसले यो पुस्तकमा भएका कुराहरू सु_______ र पा________ उनीहरूलाई एउटा अति विशेष आशिषको प्रतिज्ञा गरिएको छ (प्रकाश १:३ हेर्नुहोस्)!

बृहत् समाप्ति

दोड गर्नेले समापन रेखाको पल्लोपट्टि नपुगेसम्म दौड प्रतियोगिता समाप्त हुँदैन। त्यसपछि मात्र दौड गर्नेले यसो भन्न सक्छ, “मैले मेरो दौड पूरा गरेको छु!” प्रकाशको पुस्तक नभएको खण्डमा, कुनै अन्त्य नभएको कथाजस्तै बाइबल पनि अपूर्ण हुनेथियो। यो नै बाइबलको समापनको र पूर्णताको बृहत् पुस्तक हो। उत्पत्तिमा सुरु भएका थोकहरू प्रकाशमा समापन भएका छन्। सबै कुराहरू कसरी सुरु भए भनी उत्पत्तिले बताउँदछ; सबै कुराहरू कसरी अन्त्य हुन्छन् भनी प्रकाशको पुस्तकले बताउँदछ। निम्न तालिकाले यो कुरालाई स्पष्ट बनाउँछ:

शैतानको जीवन गाथा

बाइबलको पहिलो पुस्तकमा सर्पको रूपमा देखापर्ने शैतान (उत्पत्ति ३), मानिसहरूको मामलाहरूको मूख्य व्यक्तित्व हो। बाइबलको अन्तिम पुस्तकमा उसको अन्तिम अवस्थाको बारेमा खुलस्त गरिएको छ। प्रकाशको पुस्तकमा शैतानको उँधो दिशातर्फको पतनहरूको वर्णन गरिएका छन्:

अगमवाणी किन?

किन परमेश्वरले आउने कुराहरूको बारेमा हामीलाई बताउने समय लिनुभयो? किन उहाँले हामीलाई भविष्यमा हुने कुराहरूको बारेमा बताउनुभयो? के प्रकाशको पुस्तक आगामी दिनहरूमा के कस्ता कुराहरू हुनलाई राखिएका छन् भन्ने मानवीय जिज्ञासालाई मेटाउन मात्र दिइएको हो?

वर्तमानमा हामी कसरी जिऔं भनी हामीले थाह गरौं भन्ने उद्देश्यले परमेश्वरले हामीलाई भविष्यको बारेमा जानकारी दिनुहुन्छ! अगमवाणीका सठीक बुझाइले हामीलाई आजको दिनमा जिउन सहायता गर्दछ!

प्रकाशको पुस्तक मूलरूपमा एशिया माइनरमा रहेका विश्वासीहरूलाई पठाइएको थियो (यूहन्नाले प्रकाशको पुस्तक पठाएका सातओटा मण्डलीहरूलाई ध्यान दिनुहोस्—प्रकाश १:४)। यी विश्वासीहरू निकै कठिन परिस्थितीहरू भएर जाँदै थिए। हरेकले आफूलाई उपासना गरून् र दण्डवत गरून् भन्ने रोमी सम्राट डोमिटियनको माग थियो। त्यसो गर्न इन्कार गर्ने विश्वासीहरूलाई भयानक रूपले सताइन्थ्यो र धेरैलाई मृत्युदण्ड दिइन्थ्यो। के प्रकाशको पुस्तकले ती मानिसहरूलाई कुनै आशा र उत्साह प्रदान गर्दछ?

प्रकाशको पुस्तकले रोमी सतावटहरू भन्दा पनि अति ठूला सतावटहरूको समयको बारेमा बताउँदछ। यदि परमेश्वरले सङ्कष्टकालको समयमा बाँचिरहेका विश्वासीहरूलाई सहायता गर्न सक्नुहुन्छ भने, उहाँ उही परमेश्वर हुनुहुन्थ्यो जसले सुरुका विश्वासीहरूलाई पनि सहायता गर्न सक्नुहुन्थ्यो! प्रकाशको पुस्तकले देखाउँछ, यस संसारमा निकै कठिन अवस्थाहरू सृजना भए तापनि, अन्त्यमा विजय उनीहरूको नै हुनेछ जोहरू ख्रीष्टका हुन्! अवस्थाहरू जस्तो सुकै देखिऊन्, परमेश्वरले सबै नियन्त्रण गरिरहनुभएको छ, र परमेश्वरको पक्षमा हुनेहरूले हार खाने छैनन्! परमेश्वरले कहिल्यै पनि हार्नुहुन्न, नता उहाँमा भरोसा गर्नेहरू नै हार्नेछन्!

साङ्केतिक भाषा

प्रकाशको पुस्तक साङ्केतिक कुराहरूले भरिएका छन्, र यस कारणले धेरैजनालाई बुझ्न कठिन लाग्छ। ती मध्ये धेरै साङ्केतिक कुराहरू यसै पुस्तकमा व्याख्या गरिएका छन्। उदाहरणको निम्ति, सातओटा ताराहरू र सातओटा सामदानहरू के हुन् (प्रकाश १:१२,१६)? यसको जवाफ प्रकाश १:२० मा दिइएको छ: _____________________________________________________________________ प्रकाश १७:१ मा उल्लेख गरिएका “पानीहरू” को अर्थ के हो? यसको जवाफ प्रकाश १:१५ मा दिइएको छ! यी कुराहरूको बारेमा हामीले अनुमान गर्नुपर्दैन किनभने परमेश्वरले नै यी सङ्केतहरूको अर्थ के हो भनी हामीलाई बताउनुभएको छ!

यसमा प्रयोग भएका धेरैओटा सङ्केतहरू पुरानो नियममा पाउन सकिन्छ। प्रकाशको पुस्तकलाई राम्ररी बुझ्न हामीमा पुरानो नियमको, विशेषगरी दानियलको पुस्तकको राम्रो समझ हुनुपर्छ। एउटा व्यक्तिले अगाडिका ६५ ओटा पुस्तकहरू बिना बाइबलको अन्तिम पुस्तक बुझ्न सक्दैन! हामीले शास्त्रलाई शास्त्रसँग तुलना गरेको परमेश्वर चाहनुहुन्छ। पुरानो नियमले कसरी प्रकाशको पुस्तक बुझ्नलाई हामीलाई मद्दत गर्दछ भनी थाह गराउने केही उदाहरणहरू हेर्नुहोस्:

बाइबलले प्राय: आफ्नो व्याख्या आफैं गर्दछ!

विश्वव्यापी विपत्तिहरू

हाम्रो संसारले परमेश्वरलाई इन्कार गरेको छ, ख्रीष्टलाई इन्कार गरेको छ, बाइबललाई इन्कार गरेको छ र सत्यतालाई इन्कार गरेको छ। यसको कारणले, संसार इन्साफतर्फ लागिरहेको छ। प्रभु येशूले सङ्कष्टको एउटा आगामी दिनको बारेमा बताउनुभएको छ जुनचाहिँ मानव इतिहासकै सबैभन्दा कठिन समय हुनेछ: “किनभने त्यस बेला यस्तो महा __________ हुनेछ, जो पृथ्वीको शुरुदेखि अहिलेसम्म भएको थिएन, न ता फेरि कहिल्यै हुनेछ” (मत्ती २४:२१)। संसारमा यस्तो कठिन समय हुनुको कारणहरूमध्ये एउटा चाहिँ मानिसहरूले परमेश्वरद्वारा पठाइएको विपत्तिहरू र इन्साफहरूको सामना गर्नुपर्ने भएकोले हो।

प्रकाशको पुस्तकले तीन चरणहरूका इन्साफहरूको बारेमा बताउँदछ: १) सातओटा छापहरूको इन्साफ (प्रकाश ६ अध्याय), २) सातओटा तुरहीहरूको इन्साफ (प्रकाश ८-९), ३) सातओटा कचौराहरूको इन्साफ (प्रकाश १५-१६)।

प्रस्थानको पुस्तकमा मिश्रको भूमिमा आएका दशओटा विपत्तिहरू वा इन्साफहरूको बारेमा सिक्न सकिन्छ। पहिलो विपत्तिमा, सबै पानीहरू (नील नदीको पानी समेत) ____________ परिणत भएका थिए (प्रस्थान ७:२०)। दोस्रो विपत्तिमा प्रस्थान ८ अध्यायले बताए अनुसार भ्यागुताहरूको आक्रमण थियो:

भ्यातुताहरूको बिपत्ति बाइबलले व्याख्या गरेको जस्तै नै भयो। मिस्रीहरू विशाल सङ्ख्याका भ्यागुताहरूद्वारा प्रहार गरिए, यहाँसम्म कि ती उभयचर प्राणीहरू तिनीहरूका सुत्नेकोठाहरूमा, तिनीहरूका चुल्हाहरू इत्यादिमा भेट्टाइए। किन हामी यो विश्वास गर्छौं? किनकि बाइबलले त्यसो भन्दछ! उक्त विपत्तिको बारेमा शास्त्र एकदम स्पष्ट छ र यी वाक्यहरूलाई हामी अक्षरश: रूपमा लिँदछौं। यो विपत्ति जस्तो प्रकारले घटेको थियो उस्तै प्रकारले प्रस्थानको पुस्तकमा व्याख्या गरिएको छ।

प्रस्थान ८-१० मा व्याख्या गरिए अनुसार मिस्रमा थप अन्य आठ ओटा विपत्तिहरू घटे। मिस्रमा घटेको अन्तिम विपत्ति सबै पहिलो जन्मेकाहरूको मृत्यु थियो, जस अन्तर्गत फाराओको छोरा पनि पर्यो (प्रस्थान १२:२९-३०)। यस अन्तिम विपत्तिले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिबाट जान दिन फाराओलाई विश्वस्त गरायो।

मिस्रका विपत्तिहरूलाई प्रकाशको पुस्तकमा वर्णन गरिएका विपत्तिहरूसँग तुलना गरौं:

प्रकाशको पुस्तकमा वर्णन गरिएका भव्य विपत्तिहरूलाई चारओटा विपत्तिहरूको बारेमा विचार गरेर देख्न सकिन्छ।

१. चौथो छापको इन्साफ (प्रकाश ६:८): “मैले हेरें, अनि हेर — एउटा पहेंलो घोडा; अनि त्यसमाथि बस्नेको नाम मृत्यु थियो, अनि नरकचाहिँ त्यसको पछि-पछि लाग्यो। अनि तरवारले, अनिकालले, मृत्युले र पृथ्वीका जङ्गली पशुहरूद्वारा मार्न भनी पृथ्वीको चौथो भागमाथि तिनीहरूलाई अधिकार दिइयो” संसारको एक-चौथाइ जनसङ्ख्या मर्नेछन् भनी यस खण्डले जनाउँदछ।

२. छैठौं तुरहीको इन्साफ (प्रकाश ९:१८): “यी तीन महामारीहरूद्वारा मानिसहरूको तेस्रो भाग मारियो—आगोद्वारा, धूवाँद्वारा र गन्धकद्वारा, जो तिनीहरूका मुखहरूबाट निस्कन्थे” संसारको एक-तिहाइ जनसङ्ख्या मर्नेछन् भनी यस खण्डले जनाउँदछ।

चौथो छापको विपत्ति र छैठौं तुरहीको विपत्तिलाई सँगै राखेर तुलना गर्ने हो भने विस्मयजनक नतिजा हुन्छ। यदि संसारको एक-चौथाइ मानिसहरू मर्नेछन्, र यदि पछि एक-तिहाइ मर्नेछन् भने, यसको अर्थ केवल यी दुई विपत्तिहरूद्वारा मात्रै पनि संसारको आधा जनसङ्ख्या घट्नेछ!

यसलाई निम्न तरिकाले बुझ्न सकिन्छ:

धेरै मानिसहरू छन्, जसले बाइबल विश्वास गरेको दाबी गर्छन् तर जोहरूले प्रकाशको पुस्तकमा भएका विपत्तिहरू अक्षरश: रूपमा पूरा हुन्छन् भनी विश्वास गर्दैनन्। उदाहरणको निम्त, प्रिटेरिस्टहरू (जसले अधिकांश अगमवाणीहरू पहिल्यै पूरा भइसके भनी विश्वास गर्दछन्) ले यी विपत्तिहरू करिब ई.सं. ७० तिर नै पूरा भइसकेका छन् भनी विश्वास गर्दछन् र सोही अनुसार सिकाउँछन्। महा-सङ्कष्टकाल पहिल्यै पूरा भइसक्यो भनी उनीहरू विश्वास गर्दछन्! निश्चय पनि, हामी जान्दछौं कि यी विपत्तिहरू ई.सं. ७० तिर वा इतिहासको कुनै अन्य समयमा पूरा भइसके भनी हामी विश्वास गर्दैनौं। हामी जान्दछौं कि समुद्रको एक-तिहाइ भाग रगत भएको, एक-तिहाइ सामुन्द्री जनावरहरू मरेको र एक-तिहाइ जहाजहरू नाश भएको यस्तो कुनै समय छैन। यस्तो कहिल्यै पनि नघटेको हुनाले, र परमेश्वरले झूट बोल्न नसक्नु हुने भएकोले, यी कुराहरू अझै भविष्यमै घट्नुपर्ने कुराहरू हुन्। प्रबन्धवादीहरू (जोहरूले सदैव शास्त्रहरूलाई यसको साधारण अर्थमा नै बुझ्नको निम्ति बाइबलको अक्षरश: व्याख्या गर्छन्) ले यी इन्साफहरू आउने सङ्कष्टकालको अवधिमा घट्नेछन् भनी विश्वास गर्दछन्। अर्थात् त्यो समयमा जब येशूले भन्नुभए अनुसार पृथ्वीको सुरुदेखि अहिलेसम्म नभएको महा सङ्कष्टको समय हुनेछ (मत्ती २४:२१)।

किन ती प्रबन्धमा विश्वास नगर्नेहरूले मिस्रको विपत्तिहरू जस्तो लेखिएको त्यस्तै गरी हुबहु अक्षरश: रूपमै घटेका हुन् भनी मानिलिए तापनि, प्रकाशको पुस्तकका विपत्तिहरू अक्षरश: रूपमै पूरा हुनेछन् भन्ने कुरालाई चाहिँ इन्कार गर्दछन्? किनकि उनीहरूको विचार स्थिर छैन।

खुल्ला चर्मपत्र

पुरानो नियमको अगमवाणीको दानियलको महान् पुस्तक “पुरानो नियमको प्रकाशको पुस्तक” हो। यसको अधिकांश अगमवाणीहरू सङ्कष्टकाल र ख्रीष्टको दोस्रो आगमनसँग सम्बन्धित छन्। प्रकाशको पुस्तकले पनि यिनै विषयहरूको बारेमा बताउँदछ।

दानियल १२:९ अनुसार, दानियलको पुस्तक भएको चर्मपत्रलाई ब_______ गरिएका र मो____________ लगाइएको थियो! दानियलका दिनहरूका मानिसहरूले दानियलको अगमवाणीहरूलाई पूर्ण रूपमा बुझ्न सक्दैनथिए किनभने ती निकै टाढाको भविष्यसम्म पूरा हुनेथिएनन्। __________ समयसम्मका निम्ति चर्मपत्रलाई बन्द गरिएको र मोहरछाप लगाइएको थियो (दानियल १२:९)!।

के प्रकाशको पुस्तकको सवालमा पनि यहि कुरा सत्य हो? के प्रकाशको पुस्तक बन्द गरिएको चर्मपत्र हो? के प्रकाशको पुस्तकमा वर्णन गरिएका कुराहरू निकै टाढाको भविष्यमा मात्र पुरा हुनेछन् कि ती कुराहरू छिट्टै नै पूरा हुनेछन् (प्रकाश १:१ सित तुलना गर्नुहोस्)? __________________________
प्रकाश २२:१० पढ्नुहोस्। के यूहन्नाले उक्त पुस्तकमा मोहरछाप लगाएका थिए कि यसलाई खुल्लै राखेका थिए? ______________________________________ किन? “किनकि समय _______________ छ” (प्रकाश २२:१०)। आज दानियलको पुस्तक र प्रकाशको पुस्तक विश्वासीहरूले पढेर बुझ्ना सक्नको निम्ति खुल्ला पुस्तकहरू हुन्। प्रभु येशू आफैंले भन्नुभयो, “(दानियलको पुस्तक) प__________ बु__________” (मत्ती २४:१५)।

यस पुस्तक सम्बन्धि परमेश्वरको रूपरेखा

प्रकाशको पुस्तकको निम्ति परमेश्वरले आफ्नै रूपरेखा कोर्नुभएको छ। यो रूपरेखा प्रकाश १:१९ मा भेट्टाउन सकिन्छ र यो तीन खण्डहरूमा छन्।

यूहन्ना लेख्नुपर्ने तीन ओटा कुराहरू थिए:

    1. “तिमीले देखेका कुराहरू”
      यूहन्नाको दर्शन प्रकाश १ मा वर्णन गरिएको छ।
    2. “भइरहेका कुराहरू”
      अर्थात् यूहन्नाका दिनमा अस्तित्वमा रहेका एशियाका सातओटा मण्डलीहरू। यी मण्डलीहरूलाई प्रकाशको २ र ३ अध्यायामा वयान गरिएको छ।
    3. “यिनका पछि हुने कुराहरू”
      अर्थात् प्रकाशको पुस्तक (४-२२ अध्यायहरू) मा वयान गरिएका भविष्यका घटनाहरू:

१. सङ्कष्टकालको समय—प्रकाश ४-१९
२. ख्रीष्टको दोस्रो आगमन—प्रकाश १९
३. १००० वर्षे राज्य—प्रकाश २०
४. नयाँ आकाश र नयाँ पृथ्वी—प्रकाश २१-२२

निम्न तालिकाले प्रकाशको पुस्तकमा भएका कुराहरूको एक झलक हेर्न तपाईंलाई सहायता गर्नेछ:

भविष्यमा हुन आउने चाबी घटनाहरू यस प्रकार छन्:

माथीका अङ्कहरूले तलका अङ्कहरूलाई जनाउँछन्:

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

प्रभावशाली साना पुस्तकहरू

प्रभावशाली साना पुस्तकहरू

 

प्रभावशाली साना पुस्तकहरू

(१ यूहन्ना, २ यूहन्ना, ३ यूहन्ना र यहूदा)

परमेश्वरले उहाँको सिद्ध बुद्धिमा हाम्रो बाइबलमा समावेश गर्ने निर्णय गर्नुभएका चार ओटा साना पुस्थखहरूको बारेमा यस पाठमा अध्ययन गर्नेछौं। यी मध्ये तीन ओटा पुस्तकहरूमा केवल एक-एक अध्याय मात्र छन् र १ यूहन्नामा केवल पाँच साना अध्यायहरू छन्। यी चार ओटा पुस्तकहरूलाई जोडियो भने एफेसीको पुस्तकमा भएका पदहरूको सङ्ख्यासँग बराबर हुन्छ। तरैपनि, यी पुस्कहरू शब्दको हिसाबमा साना भएपनि, उनीहरूमा त्यसबेलाका र अहिलेका विश्वासीहरूका निम्ति प्रभावशाली सन्देशहरू छन्।

१ यूहन्ना—मुक्तिको निश्चयता

यस पुस्तकका मानवीय लेखक प्रेरित यूहन्ना हुन्। उनले २ यूहन्ना, ३ यूहन्ना, यूहन्नाको सुसमाचार र प्रकाशको पुस्तक पनि लेखेकाछन्। यूहन्नाले आफ्नो जीवनका अन्तिम दिनहरूमा एशिया माइनरमा रहेको एफेससको शहरमा प्रभुको सेवा गरेका थिए भनी इतिहासले बताउँछ। के तपाईंले एफेससलाई बाइबलको नक्सामा भेट्टाउन सक्नुहुन्छ? उनको जीवनको यही समय तिर यूहन्ना १ यूहन्नाको पत्र लेखेका थिए।

एफेसीका विश्वासीहरूको मण्डलीमा केही सर्वोत्तम शिक्षकहरू र प्रचारकहरू थिए! एफेससमा कसले झण्डै ३ वर्षहरू बिताएका थिए (प्रेरित २०:१६,३१)? __________ पवालले एफेससमा भएका अर्का प्रचारकलाई पत्र लेखे। तिनको नाम के थियो (१ तिमोथी १:२-३)? __________________ प्रेरित यूहन्नाले आफ्नो जीवनका अन्तिम समयहरू यही शहरमा बिताए। एफेससमा असल प्रचारकहरू र शिक्षकहरूको कमी थिएन!

यूहन्नाले १ यूहन्नाको पत्र किन लेखे? यूहन्नाले केही कारणहरू खुलाउँछन्। १ यूहन्ना १:४ मा उनले भन्छन्, “अनि तिमीहरूको __________ ________ होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौं”। ती विश्वासीहरूले पिता, उहाँको पुत्र र अन्य विश्वासीहरूसँगको सङ्गतिबाट आउने पूरा आनन्द पाउन् भन्ने यूहन्नाको इच्छा थियो (१ यूहन्ना १:३)।

यो पुस्तक लेख्नु अर्को कारण १ यूहन्ना २:१ मा पाइन्छ: “मेरा साना नानीहरूहो, तिमीहरूले पा______ न______ भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु।” विश्वासीहरूले पवित्र र शुद्ध जीवन बिताउन् भनी यूहन्ना चाहन्थे। उनीहरूले पाप गरे भने के गर्नुपर्छ भनी विश्वासीहरूले जानुन् भन्ने पनि उनी चाहन्थे (१ यूहन्ना १:९; २:१)।

यूहन्नाले यो पुस्तक लेख्नुको सबैभन्दा महत्त्वपूर्ण कारण १ यूहन्ना ५;१३ मा पाइन्छ। यो पदको अनुसार, के यूहन्नाले यी कुराहरू विश्वासीलाई लेखेका हुन् कि अविश्वासीहरूलाई? _________________ यूहन्नाले यी कुराहरू लेखे ताकी विश्वासीहरूले (ठीक जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

      • क. उनीहरूसित अनन्त जीवन छ भनी

आशा

      • गरून्।
      • ख. उनीहरूसित अनन्त जीवन छ भनी

महसुस

      • गरून्।
      • ग. उनीहरूसित अनन्त जीवन छ भनी

थाह

      • गरून्।
      • घ. उनीहरूसित अनन्त जीवन छ भनी

विचार

    • गरून्।

यूहन्नाले यूहन्नाको सुसमाचार किन लेखे भनी हामीले पहिल्यै सिकिसक्यौं (पाठ ३ हेर्नुहोस्)। यूहन्नाको सुसमाचार लेख्नु र पहिलो यूहन्नाको पुस्तक लेख्नुमा यूहन्नाको उद्देश्यलाई तुलना गरेरे हेर्दा मद्दत मिल्छ। निम्न तालिकाले सहयोग गर्छ:

मुक्तिको निश्चयता यस्तो एउटा उदेकको कुरा हो जुन कुरा सबै परमेश्वरका सन्तानहरूमा होस् भनी परमेश्वर चाहनुहुन्छ। निश्चयता भएको व्यक्तिले यसो भन्न सक्छ, “मसँग अनन्त जीवन छ भनी मलाई __________ छ” (१ यूहन्ना ५:१३)। “म निश्चित छु, पक्का छुविश्वस्त छु कि मसँग परमेश्वरको पुत्र र परमेश्वरको जीवन छ! म जान्दछु किनभने परमेश्वरको भन्नुभएको छ: “जससँग _________ हुनुहुन्छ, ऊसित __________ छ; जससँग ________ हुनुहुन्न, ऊसित ___________ छैन” (१ यूहन्ना ५:१२)।

यो दु:ख लाग्दो तथ्य हो कि अधिकांश मानिसहरूसँग, एकदम धार्मिक मानिसहरूसँग पनि, आफ्नो मुक्तिको निश्चयता छैन। निकै थोरै मानिसहरूले मात्र आफूहरूलाई परमेश्वरले मुक्त गर्नुभएको र आफूसँग अनन्त जीवन भएको कुरालाई निश्चयता पूर्वक थाह गरेका हुन्छन्। धेरै मानिसहरूले “आशा गर्छन्” वा “विचार गर्छन्” तर निकै थोरैले मात्र “थाह गर्छन्”। तपाईं आफैंले यो कुरा पत्ता लगाउन सक्नुहुन्छ। अर्को पटक कुनै झूटा शिक्षामा जाने वा निकै धार्मिक देखिने वा मण्डली जाने मानिसलाई भेट्नुहुँदा, उसलाई यो प्रश्न गर्नुहोस्: “तपाईं आज मर्नुभयो भने, के तपाईं परमेश्वरसित हुनुहुनेछ भनी तपाईंलाई निश्चित छ? तपाईंले मुक्ति पाउनुभएको छ र तपाईंसँग अनन्त जीवन छ भनी तपाईंलाई निश्चित छ?” उसको जवाफले ऊसँग मुक्तिको निश्चयता छ कि छैन भनी तपाईंले बताउन सक्नुहुनेछ।

१ यूहन्ना ५:१२ अनुसार, हरेक विश्वासी (हरेक जससँग पुत्र हुनुहुन्छ) सँग जी______ हुन्छ। हरेक मानिस जो साँचो विश्वासी होइन, ऊसँग जी_______ हुँदैन (१ यूहन्ना ५:१२)।

एकछिनको लागि भौतिक जीवनको बारेमा विचार गरौं। एउटा व्यक्ति जीवित छ भनेर कसरी भन्न सकिन्छ? यदि तपाईंले हिँडिरहेको, बोलिरहेको, खाइरहेको र हाँसिरहेको मानिसलाई देख्नुभयो भने, त्यो मानिस भौतिक रूपमा जीवित हुनैपर्छ भनी तपाईंले निश्कर्ष निकाल्नुहुनेछ! मरेका मानिसहरूले त्यसो गर्दैनन्!

भौतिक जीवनका केही लक्षणहरू के के हुन्?

    • क. मुटुको धडकन
    • ख. शारीरिक चहलपहल
    • ग. _______________________
    • घ. _______________________
    • ङ. _______________________

यदि तपाईंले कुनै मानिसको शरीरलाई भुईंमा लडिरहेको अवस्थामा भेट्टाउनुभयो भने, उक्त व्यक्ति सुतिरहेको मात्रै हो वा साँच्चै मरेको हो भनी तपाईंले कसरी बताउन सक्नुहुन्छ?

भौतिक जगतमा जीवित र मृतहरूको बीचमा ठूलो भिन्नता हुन्छ। आत्मिक जगतमा पनि यहि कुरा सत्य हो। ख्रीष्टमा जीवितहरू र _________ मरेकाहरूको बीचमा पनि ठूलो भिन्नता हुन्छ (एफेसी २:५)। १ यूहन्नाको पुस्तकले यो भिन्नतालाई अति स्पष्टसाथ देखाएको छ। निम्न पदहरूलाई ठीक स्थानहरूमा राख्नुहोस् (पहिलो चाहिँ तपाईंको निम्ति गरिएको छ):

१ यूहन्ना २:९-११ १ यूहन्ना ३:१० १ यूहन्ना ४:७-८
१ यूहन्ना २:१५ १ यूहन्ना ३:१४ १ यूहन्ना ५:९-१०
१ यूहन्ना २:२२-२३ १ यूहन्ना ४:५-६ १ यूहन्ना ५:१२

यदि हामीमा साँच्चै परमेश्वको जीवन छ भने, हामीले साँच्चै मुक्ति पाएका छौं भनी स्पष्टसाथ देखाउने केही निश्चित लक्षणहरू हाम्रो जीवनमा हुनैपर्छ। जसरी भौतिक जीवनमा लक्षणहरू हुन्छन्, आत्मिक जीवनमा पनि लक्षणहरू हुन्छन्। यदि जीवित परमेश्वर म भित्र हुनुहुन्छ भने (२ कोरिन्थी १३:५) र यदि उहाँ साँच्चै मभित्र काम गरिरहनु भएको छ भने (फिलिप्पी २:१३), यस कुराले निश्चय पनि मेरो जीवनमा फरक पार्छ! १ यूहन्नाको पुस्तकले हामीलाई यी जीवनका लक्षणहरू के के हुन् भनी एकदम स्पष्टसाथ देखाउँछ (जोडा मिलाउनुहोस्):

के तपाईंले जीवनका लक्षणहरू प्रकट गर्नुहुन्छ? के तपाईं आत्मिक रूपमा मरेको हुनुहुन्छ कि जिउँदो? यदि तपाईंको जीवनमा यी लक्षणहरू छैनन् भने, तपाईंमा गम्भिर आत्मिक समस्या छ भनी तपाईंले महसुस गर्नुपर्छ। कि त तपाईं आत्मिक रूपमा बिमार हुनुहुन्छ कि तपाईं आत्मिक रूपमा मरेको हुनुहुन्छ। साँचो विश्वासी धेरै तरिकाहरूले लड्न वा विफल हुन सक्छ। ऊ पछि हट्न सक्छ र परमेश्वरको सङ्गतिबाट टाढिन सक्छ। तर प्रेमिलो स्वर्गीय पिताले जसलाई प्रेम गर्नुहुन्छ, उसलाई ताडना पनि दिनुहुन्छ र आफूकहाँ फर्काएर ल्याउन खोज्नुहुन्छ। धन्यको पवित्र आत्माले पाप गर्ने विश्वासीको हृदयलाई कायल पार्नुहुन्छ र उसलाई हासिल गरेर परमेश्वरमा फिर्ता जित्न चाहनुहुन्छ। हरेक पाप गर्ने परमेश्वरका सन्तानले पितासँग आफ्ना पापहरू स्वीकार गरेर परमेश्वरको क्षमादानमा रमाहट गर्न पाउनु एउटा आनन्दमय विशेषाधिकार हो (१ यूहन्ना १:९)। तर यदि त्यहाँ कुनै ताडना छैन भने (हिब्रू १२:७-८ हेर्नुहोस्), कायल पार्ने कुनै काम (विश्वासी आफ्नो पापमा दु:खित हुनुपर्छ) छैन भने, कुनै स्वीकार छैन भने (व्यक्ति पापमा लागिरहन्छ, र कुनै वास्ता नगरेको जस्तो देखिन्छ), कुनै अति आपत्तिजनक कुरा हुनुपर्छ। त्यहाँ कुनै जीवन नै नभएको पनि हुनसक्छ। यदि यस्तो हो भने, उक्त व्यक्तिले परमेश्वरको आज्ञा पालन गर्नुपर्छ, “अनि उहाँको आज्ञा यही हो – उहाँका _______ येशू ख्रीष्टको नाममा हामीले ____________ गर्नुपर्छ” (१ यूहन्ना ३:२३)!

२ र ३ यूहन्ना—कसलाई स्वागत गर्ने र कसलाई स्वागत नगर्ने

प्रेरित यूहन्नाले २ यूहन्ना र ३ यूहन्ना गरी दुई ओटा निकै साना पत्रहरू पनि लेखे। यी दुवै पत्रहरूले भाइहरूलाई स्वागत गर्ने विषयमा बताउँदछ। २ यूहन्ना १० मा हामीले पढ्दछौ, “त्य_________ आफ्नो घरभित्र स्वा________ न_______” र ३ यूहन्ना ८ ले भन्दछ, “हामीले यस्ताहरूलाई ______________ गर्नैपर्छ”। यस्ता मानिसहरू छन् जोहरूलाई हामीले स्वागत गर्नुपर्छ र यस्ता मानिसहरू छन् जोहरूलाई हामीले स्वागत गर्नुहुँदैन। यदि हामीले गलत मानिसलाई स्वागत गर्यौं भने हामी उसको दु_______ का_______ भागी बन्छौं (२ यूहन्ना ११)। यदि हामीले ठीक व्यक्तिलाई स्वागत गर्यौं भने हामी सत्यताका लागी ________________ हुन्छौं (३ यूहन्ना ८)!

यसको अर्थ के हो? यूहन्नाले यी पत्रहरू लेखेका दिनहरूमा त्यहाँ यात्रा गर्ने प्रचारकहरू र मिसनरीहरू थिए, जसरी पावलले पनि तीनओटा मिसनरी यात्राहरू सम्पन्न गरे। यी सबै मानिसहरू शहरहरू हुँदो जाँदा, उनीहरूलाई वास बस्ने ठाउँ र खानको निम्ति खाना चाहिन्थ्यो। सार्वजनिक पौवाहरू र होटलहरू मानिसको दृष्टिकोणमा ठीक थिएनन्, त्यसैले यात्रा गर्ने यी सेवकहरूले आफ्नो खाँचो पूरा गरिनको निम्ति विश्वासीहरूको अतिथि सत्कार र दयाभावमा भर पर्दथे। त्यसैले, २ यूहन्ना र ३ यूहन्नाले कुनै व्यक्तिलाई “स्वागत” गर्ने कुरा गर्नुको अर्थ उक्त व्यक्तिलाई सहायता गर्ने, सुत्नको निम्ति ओछ्यान दिने, रहनको निम्ति घर दिने र खानको निम्ति खाना दिने कार्य गर्नु हो। प्रेरितको पुस्तक पढ्दा पावललाई तिनको यात्रामा सहायता गर्ने मानिसहरू हुन्थे भनी तपाईंले देख्न सक्नुहुनेछ (उदाहरणको निम्त प्रेरित १८:२-३,७ हेर्नुहोस्)।

२ यूहन्नामा यात्रा गरिरहेका कोही-कोही प्रचारकहरू मानिसहरूलाई आफ्ना विषले भरिएको शिक्षाहरूले बहकाउने मुक्ति नपाएका झूटा शिक्षकहरू हुन् भनी वयान गरिएको छ (२ यूहन्ना ७-११)। निश्चय पनि ती मानिसहरूलाई सहयोग गर्नु बुद्धिमानी हुँदैन किनभने उनीहरू ख्रीष्टको कुराका शत्रुहरू हुन्।

३ यूहन्नामा वयान गरिएका भाइहरू चाहिँ अलि भिन्न छन्। उनीहरू ईश्वरीय मानिसहरू हुन् र उनीहरूको ठीक अभिप्राय, ठीक उद्देश्य, ठीक सन्देशको कारणले सहायताको निम्ति योग्यका हुन्छन्:

१) ठीक अभिप्राय: “किनभने उहाँकै नामका निम्ति उनीहरू निस्के” (३ यूहन्ना ७)। परमेश्वरको नाम प्रति उनीहरूको चासो थियो! धनी हुनका निम्ति उनीहरूले प्रचार गरेनन्! उनीहरूको अभिप्राय पैसा केन्द्रित थिएन (उनीहरूले अन्यजातिहरूबाट केही लिएनन् भनी ७ पदले बताउँछ)। केवल परमेश्वरको महिमा प्रति उनीहरूको चासो थियो।

२) ठीक उद्देश्य: ३ यूहन्नाको ७ पदलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उनीहरू उहाँको नामको तर्फबाट गए” अर्को शब्दमा, यी मानिसहरू ख्रीष्टको तर्फबाट गए—उनीहरूले उहाँको प्रतिनिधित्व गरे। उनीहरू उहाँका साक्षीहरू थिए (प्रेरित १:८)। उनीहरू ख्रीष्टका रा______________ थिए (२ कोरिन्थी ५:२०)।

३) ठीक सन्देश: ती मानिसहरूलाई सहयोग गर्दा हामी स_______ लागि सहकर्मी हुन्छौं भनी ३ यूहन्ना ८ ले बताउँदछ। यसले हामीलाई बताउँदछ कि यी मानिसहरूले सत्यता नै प्रचार गरिरहेको हुनुपर्छ! उनीहरूको सन्देश सत्य थियो! उनीहरूले परमेश्वरको सत्यको वचन प्रचार गरिरहेका थिए! उनीहरू स्वागत गरिनुपर्ने किसिमका प्रचारक यात्रीहरू हुन् (३ यूहन्ना ८), तर उनीहरूलाई स्वागत गर्न इन्कार गर्ने त्यहाँ एउटा मानिस थियो। उसको नाम डि_____________ थियो (३ यूहन्ना ९)। उसले ती असल भाइहरूलाई स्वागत गर्न इन्कार गर्यो र अरूहरूलाई पनि उनीहरूलाई सहायता नगर्नु भनी अह्रायो। उनीहरूलाई सहायता गर्नेहरूलाई उसले मण्डलीबाटै पनि निकालिदियो (३ यूहन्ना १०)।

आजकलका धेरैजनाको जस्तै, डियोट्रेफेसको पनि समस्या घमन्ड थियो। उसले प________ हुन (३ यूहन्ना ९) वा पहिलो स्थान पाउन रुचाउँथ्यो। ऊ प्रथम श्रेणीको व्यक्ति हुन मन पराउँथ्यो! उसलाई शक्ति र ओहोदा चाहिएको थियो, र कुनै पनि व्यक्ति वा प्रभु स्वयंको सामु पनि दोस्रो स्थानमा रहन चाहँदैनथियो! कलस्सी १:१८ अनुसार, को चाहिँ वास्तवमै पहिलो स्थान पाउने योग्यको हुनुहुन्छ? _________________________
आज हामीलाई मण्डलीमा डियोट्रेफेसजस्तो होइन तर गायस (३ यूहन्ना १) र डेमेट्रियस (३ यूहन्ना १२) जस्ता मानिसहरू चाहिएको छ। गायस स्वस्थ विश्वासी थिए। यूहन्नाले उनको निम्ति जसरी उनको आत्मिक उन्नति भएको थियो उसरी नै उनी शारीरिक स्वस्थतामा रहुन् भनी प्रार्थना गरे (३ यूहन्ना २)।

यदी कसैले तपाईंको निम्ति त्यही प्रार्थना गर्ने हो भने, के त्यो प्रार्थना तपाईंको निम्ति आशिष ठहर्नेछ कि श्राप? मानौं तपाईंको शारीरिक अवस्था र आत्मिक अवस्थाको स्वास्थ्य बराबर छ। के तपाईं अस्पतालमा हुनुहुनेथियो? मानौं तपाईंको शरीर तपाईंको आत्माजस्तै स्वस्थ छ। के तपाईं स्वस्थ हुनुहुनेथियो कि बिमार? मानौं तपाईंले तपाईंको आत्मालाई र शरीरलाई खाना दिनुपर्यो। तपाईं कत्तिको स्वस्थ हुनुहुनेथियो? के तपाईंले हप्ताको एकपटक भन्दा बढी खानेकुराहरू खानुहुनेथियो?

२ र ३ यूहन्नाबाट सिक्न सकिने पाठहरू थुप्रै छन् तर हामी हाम्रो चौथो शीर्षकमा प्रवेश गर्नेछौं:

यहूदा—विश्वासको निम्ति संघर्ष

यहूदाको पुस्तक या_____का भाइले लेखेका हुन् (यहूदा १)। हामीले याकूबको बारेमा ११ औं पाठमा सिक्यौं। के यहूदा येशूको आधा-भाइ थिए (मर्कूस ६:३)?________
यहूदाले यो पुस्तक किन लेखे भनी ३ पदमा पढ्न सकिन्छ। यहूदाले बसेर परमेश्वरको यति ठूलो मु_______ बारेमा लेख्न सुरु गरेका थिए, तर परमेश्वरको हृदयमा अर्कै कुरा थियो। अचानक यहूदाले महसूस गरे कि उनले विश्वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेताउनी दिनैपर्छ र विश्वासीहरूलाई विश्वास (सबै विश्वासीहरूले विश्वास गर्ने सत्यता) को निम्ति स________ गर्नुपर्छ भनी उत्साह दिनुपर्छ। ३ पदमा भएको “संघर्ष” भनिने शब्दले विश्वासीहरूले सत्यताको निम्ति युद्ध लड्नुपर्छ भनी अर्थ दिँदछ! हामी वास्तविक युद्धमा छौं, र असल ख्रीष्टिय सेनाहरूको रूपमा हामीले परमेश्वरको सत्यताको निम्ति लड्नैपर्छ।

झूटा शिक्षकहरू र तिनीहरूमाथि आउने इन्साफको बारेमा वयान गर्ने केही पदहरू कुन कुन हुन्? _________________ यहूदाको पुस्तकमा विश्वासीहरूलाई विश्वासमा बलियो हुन उत्साह दिने पदहरू कुन कुन हुन्? _________________ यहूदाको पुस्तक र २ पत्रूसको २ अध्याय धेरै मिल्दोजुल्दो छन्। के केही मिल्दोजुल्दो कुराहरू भेट्टाउन सक्नुहुन्छ? पत्रूसले आफ्नो दोस्रो पत्र लेखेपछि मात्र यहूदाको पुस्तक लेखिएको हुनुपर्छ।

के आज विश्वासको निम्ति युद्ध लड्नु खाँचो छ? के आज हाम्रो माझमा झूटा शिक्षकहरू छन्? के झूटा शिक्षकहरू मण्डलीभित्र चाल मारेर प्रवेश गर्नु सम्भव छ? कसरी आज विश्वासीहरूले विश्वासको निम्ति लड्नुपर्छ? सुरुका विश्वासीहरू सत्यताका निम्ति जिए र मरे पनि! आज पनि, आफ्ना छोराछोरीहरू स_________ हिँडिरहनुभन्दा परमेश्वरको ठूलो आनन्द अरू कुनै छैन (३ यूहन्ना ४)! यूहन्ना र यहूदाले लेखेका पत्रहरूले हामीलाई त्यस्तै गर्न मद्दत गर्दछ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

व्यवहारिक लेखहरू

व्यवहारिक लेखहरू

 

व्यवहारिक लेखहरू

(याकूब, १ पत्रुस र २ पत्रुस)

बाइबल एकदम व्यवहारिक पुस्तक हो! बाइबलले हप्ताको हरेक दिन र दिनको हरेक घण्टा प्रयोग गर्न र अभ्यास गर्न सकिने सत्यताहरू प्रस्तुत गर्दछ! परमेश्वरको सन्देश हामीले सुन्न र सोच्नको निम्ति मात्र होइन, तर यस अनुसार व्यवहार गर्न पनि सकौं भनेर दिइएको हो (याकूब १:२२)। यस खण्डमा हामीले अध्ययन गर्न गइरहेका तीन ओटा पुस्तकहरू निकै व्यवहारिक पुस्तकहरू हुन्, जसले हामीलाई ख्रीष्टिय विश्वासले कसरी दिनहुँको जीवनमा काम गर्दछ भनी देखाउँदछन्।

याकूब—जिउँदो विश्वासबाट उम्रिरहने व्यवहार

याकूबको पुस्तक कसले लेखेका हुन् (याकूब १:१)? ________________ याकूबले यो पुस्तक लेखे, तर हामीले एउटा प्रश्न गर्नैपर्छ, “उनी को थिए?” बाइबलमा “याकूब” नाम भएका थुप्रै मानिसहरू छन् (जसरी आज पनि “याकूब” नाम राखिएका मानिसहरू धेरै छन्)।

यो पत्र लेख्ने याकूब जब्दी नाम गरेका मानिसका छोरा र यूहन्नाका दाजु होइनन् (मत्ती ४:२१; १०:२ हेर्नुहोस्)। यूहन्नाका दाजु याकूब प्रभुका बाह्र चेलाहरूमध्ये एक थिए र उनी शहीद हुने चेलाहरूमध्ये प्रथम पनि थिए। यो घटना ई.सं. ४४ मा भयो, प्रेरित १२:१-२ हेर्नुहोस्। उनले याकूबको पुस्तक लेखेका होइनन्।

यस पत्रका लेखक याकूब अर्को “याकूब” नाम भएका चेला होइनन् (मत्ती २०:३ हेर्नुहोस्)। उनी अल्फयसका छोरा थिए, तर यो पत्र लेख्ने व्यक्ति उनी होइनन्।

याकूबको पुस्तकका लेखक याकूब येशूका आधा-भाइ, मरियम र युसूफका छोरा थिए (मर्कूस ६:३; गलाती १:१९ हेर्नुहोस्)।

प्रभुका भाइ याकूबको बारेमा बाइबलले हामीलाई के सिकाउँछ? येशूले संसारमा सेवकाइ गर्नुहुँदा, के याकूब र अन्य भाइहरूले ख्रीष्टमा विश्वास गर्दथे (यूहन्ना ७:५)? ___________ पछि यही याकूब यरूशलेममा भएको मण्डलीका अगुवा भएका थिए भनी थाह पाउँदा हामीलाई अचम्म लाग्छ (प्रेरित १२:१७; १५:१३; २१:१७-१८)। यो मानिसलाई केही न केही त भएकै थियो! वास्तवमा, याकूब १:१ मा, याकूबले आफैंलाई “परमेश्वर र प्रभु येशू ख्रीष्टको दा____” भनी सम्वोधन गर्दछन्। येशू ख्रीष्टमा विश्वास नगर्ने यी मानिसलाई येशू ख्रीष्टको दास हुन कुन कुराले परिवर्तन गर्यो (१ कोरिन्थी १५:७)? __________________________________
____________________________

तपाईंले देख्नुभयो? येशू उनको दाजु भन्दा पनि ठूलो हुनुहुन्छ भनी याकूबले महसुस गरे, उहाँ तिनको जीवित परमेश्वर हुनुहुन्थ्यो! याकूब आफूले प्रेम गरेका ख्रीष्टको निम्ति मर्न पनि तयार थिए। याकूब यरूशलेममा करिब ई. सं. ६२ वा ६३ तिर शहीद भएका थिए भनी इतिहासले बताउँदछ।

याकूबले लेखेको पत्र सम्भवत: नयाँ नियमका पुस्तकहरू मध्ये सर्वप्रथम लेखिएको पुस्तक थियो। याकूबको पत्र ई.सं. ४५ र ४९ को बीचतिर (अर्थात् प्रभु मृत्युबाट बौरिउठ्नुभएको करिब २० वर्ष भन्दा पनि अगाडि नै) लेखिएको हुनुपर्छ।

याकूब १:१ मा याकूबले उक्त पत्र कसलाई लेखेका हुन् भनी बताइएको छ। उनले यो पत्र पावलले जस्तै कुनै एउटा मण्डली (रोममा भएको मण्डली वा कोरिन्थमा भएको मण्डली) लाई पठाएका होइनन्। उनले यो पत्र कुनै व्यक्ति विशेष (जस्तै तिमोथी वा तीतस) लाई पठाएका होइनन्। उनले यो पत्र चारैतिर तितरबितर भएका बा_____ कुल (यहूदी मानिसहरू) लाई पठाएका हुन्। प्यालेस्टाइनभन्दा बहिर रहेका यहूदी विश्वासीहरूको (याकूब १:२–“भाइहरू”) बारेमा याकूबलाई चासो थियो।

याकूबले यो पत्र लेख्दा, धेरै ख्रीष्टियनहरू यहूदीहरू थिए। पछि, पावल तिनको महान प्रचार यात्राहरूमा गए र निकै धेरै अन्यजातिहरू पनि ख्रीष्टतर्फ फर्किए। तर मण्डलीका सुरुका दिनहरूमा अधिकांश विश्वासीहरू यहूदीहरू थिए।

वर्षको कम्तीमा एक पटक यहूदीहरू ठूला चाडहरू मनाउन यरूशलेममा आउने गर्दथे। उदाहरणको निम्ति, प्रेरित २:१,५ मा यहूदीहरू हरेक राष्ट्रबाट पेन्टेकोस्टको महान चाड मनाउन यरूशलेम आएका थिए भनी हामी सिक्दछौं। याकूब यरूशलेममा भएको मण्डलीको अगुवा भएको हुनाले, यहूदी विश्वासीहरूले आत्मिक सहायता र अर्तीको निम्ति उनको खोजी गर्दथे। यी मानिसहरूको निम्ति याकूबको गम्भीर चासो थियो। उनीहरू रोमी सम्राज्यको चारैतिर तितरबितर भए तापनि, यो पत्र पठाएर याकूब उनीहरू समक्ष पुग्न सफल भएका थिए।

यी पाँच अध्यायहरूमा पाइने सत्यताहरू पहिलो सताब्दीका यहूदी विश्वासीहरूका निम्ति जत्तिको अर्थपूर्ण थियो आज पनि उत्ति नै अर्थपूर्ण छ।

आफ्ना पाठकहरूले येशू ख्रीष्टमाथिको विश्वास म________ विश्वास होइन तर जिउँदोकाम गरिरहेको विश्वास हो भनी जानेको याकूब चाहन्थे (याकूब २:१७,२०,२६)! यो जिउँदो विश्वासले आफैंलाई दैनिक परीक्षाहरू र कठिनाइहरूमा (१ अध्याय); परमेश्वरको वचन पालन गर्नमा (१:२२); खाँचोमा परेकाहरूको वास्ता गर्नमा (१:२७ अध्याय); हाम्रा छिमेकीहरूलाई प्रेम गर्नमा र मानिसहरूलाई उनीहरूको धन अनुसारको विशेष व्यवहार नगर्नमा (२ अध्याय); हाम्रो जिब्रोको रखवाली गर्नमा (३ अध्याय); संसारलाई प्रेम नगर्नमा र शैतानको सामना गर्नमा (४ अध्याय); हाम्रो योजनामा परमेश्वरको योजना मिलान गर्नुमा (४:१३-१७) र हाम्रो प्रार्थनाको जिवनमा (५ अध्याय) अभिव्यक्त गर्दछ।

परमेश्वरको वचनले साँच्चै काम गर्छ, तर मैले यसलाई काममा ल्याउनैपर्छ! घनले साँच्चै काम गर्छ, तर यदि यसलाई प्रयोग गरियो भने मात्र! साइकल राम्ररी नै गुड्छ, तर यदि यसलाई कसैले गुडायो भने मात्रै! परमेश्वरको वचनको सवालमा पनि यही नै सत्य हो।

याकूबको पुस्तक एक व्यवहारिक पुस्तक हो जसले विश्वासीलाई दैनिक जीवनको सामना गर्न परमेश्वरको बुद्धि दिँदछ। धेरै हिसाबमा यो पुस्तक पुरानो नियमको हितोपदेशको पुस्तक जस्तै छ।

याकूब पनि (येशू जस्तै) प्रकृतिलाई नजिकबाट नियाल्ने व्यक्ति थिए। निम्न पदहरूमा, याकूबले कसरी प्रकृतिका तथ्यहरूलाई आत्मिक पाठ सिकाउन प्रयोग गर्छन् भनी वयान गर्नुहोस्: १) याकूब १:६; २) याकूब १:१०-११; ३) याकूब १:२१; ४) याकूब ३:३; ५) याकूब ३:६; ६) याकूब ३:७-८; ७) याकूब ३:११-१२; ८) याकूब ५:२-३; ९) याकूब ५:७।

याकूबको पुस्तकको एउटा शिक्षालाई धेरैजनाले गलत बुझेका छन्। यो २:२४ मा छ जहाँ याकूब भन्छन्, “अब ता तिमीहरूले, विश्वासद्वारा मात्र होइन, तर ___________ मानिस धर्मी ठहरिन्छ भन्ने कुरा देख्यौ” पावलले रोमी ३:२८ मा मानिस कुनै कामहरूबिना ___________द्वारा नै धर्मी ठहरिन्छ भनी सिकाएको कुरालाई यसले खण्डन गर्छ भनी केही मानिसहरू सोच्दछन्। यस अध्ययन मालाको पाँचौं पाठमा धर्मीकरण र मुक्ति सम्बन्धि पावलका शिक्षाहरूलाई हामीले अध्ययन गर्यौं, र मानिस कामहरूद्वारा होइन तर विश्वासद्वारा धर्मी ठहरिन्छ भनी हामीले सिक्यौं।

वास्तवमा याकूब र पावलले उही कुरा सिकाएका हुन्! अझ भन्ने हो भने, पावल र याकूबले एक अर्कालाई राम्ररी चिन्दथे र ख्रीष्टमा उनीहरूको एकमत थियो (गलाती १:१९; २:९; प्रेरित १५:२,४,१३; प्रेरित २१:१८-२०)। याकूबको पुस्तकमा भएका प्रत्येक शब्दहरूसँग पावल पूर्ण सहमत थिए र रोमीको पुस्तकमा भएका प्रत्येक शब्दहरूसँग याकूब पूर्ण सहमत थिए।

विश्वास र कामहरू सँगसँगै जानुपर्छ भन्ने विषयमा के याकूबसँग पावल सहमत थिए (तीतस ३:८ हेर्नुहोस्)? _________ कुनै मानिसले आफूसँग विश्वास छ भनी भने तापनि वास्तवमा विश्वास नहुन सक्छ भन्ने विषयमा के याकूबसँग पावल सहमत थिए (याकूब २:१४ र तीतस १:१६ हेर्नुहोस्)? ___________ अब्राहाम विश्वासद्वारा धर्मी ठहरिएका थिए भन्ने विषयमा के याकूब पावलसँग सहमत थिए (याकूब २:२३ लाई रोमी ४:३ सँग तुलना गर्नुहोस्)? ___________
पावलले जे सिकाए र याकूबले जे सिकाए, दुवै सत्य छन्! रोमीको पुस्तकमा पावलले जवाफ दिएको प्रश्न यो हो: परमेश्वरको सामु म कसरी धर्मी घोषणा गरिन सक्छु? जवाफ यो हो, कामहरूद्वारा होइन तर विश्वासद्वारा। याकूबको पुस्तकमा याकूबले जवाफ दिएको प्रश्न यो हो: मानिसहरूलाई मैले कसरी मेरो विश्वास देखाउन सक्छु (याकूब २:१८)? म विश्वासी हुँ र म परमेश्वरको नजरमा ठीक छु भनी अरूहरूलाई मैले कसरी देखाउन सक्छु? मेरा असल कामहरूद्वारा

मुक्तिको जरा विश्वास नै हो; असल कामहरू मुक्तिको फल हो। रोमीको पुस्तकले जरालाई जोड दिएको छ; याकूबको पुस्तकले फललाई जोड दिएको छ। मसँग विश्वास छ भनी भन्नु मात्र पर्याप्त छैन (याकूब २;१४); मसँग विश्वस छ भनी मैले देखाउनु नै पर्छ! अर्को शब्दमा भन्ने हो भने, “यदि तिमी साँच्चै स्याऊको रूख हौ भने, मलाई केही स्याऊहरू देखाऊ!” मानिसहरूले मेरो विश्वास देख्न सक्दैनन्। मैले साँच्चै मुक्ति पाएको छु र म साँच्चै धर्मी ठहरिएको छु भनी मानिसहरूले मेरो हृदयभित्र हेर्न सक्दैनन्। तर मानिसहरूले मेरो जिउने, बोल्ने र व्यवहार गर्ने शैली देख्न सक्छन्। याकूबको सन्देश यही हो, यदि कुनै व्यक्तिले साँच्चै विश्वास गरेको छ भने, उसले काम पनि गर्नेछ! याकूब २ अध्यायमा कसरी एउटा व्यक्तिले मुक्ति पाउँछ भनी बताइएको छैन; यसले कसरी एउटा व्यक्तिले साँच्चै मुक्ति पाएको छ भनी देखाउन र प्रमाणीत गर्न सक्छ भनी बताइरहेको छ!

१ पत्रुस—पहिले सतावट, त्यसपछि महिमा!

याकूबले झैं प्रेरित पत्रुसले पनि निकै व्यवहारिक पत्र लेखे। उनले लेखेको पत्र केवल मण्डलीलाई वा कुनै व्यक्तिलाई मात्र होइन, तर “पोन्टस, गलातिया, कप्पाडोसिया, एशिया र बिथिनियामा तितरबितर भएका प____________ (परदेशको भूमिमा क्षणिक समयको निम्ति रहँदै आएका मानिसहरू)” लेखिएको हो (१ पत्रुस १:१)।

पत्रुसको पत्र याकूबले आफ्नो पत्र लेखेको २० वर्ष पछि लेखिएको थियो (१ पत्रुस करिब ६४ ई.सं. मा लेखिएको हो)। तिनले यो पत्र केवल यहूदी विश्वासीहरूलाई मात्र होइन तर अन्यजाति विश्वासीहरूलाई पनि पठाएका हुन् (१ पत्रुस २:१० र ४:३-४ लाई तुलना गर्नुहोस्)।

यी विश्वासीहरू “यात्रीहरू र परदेशीहरू” हुन् भनी पत्रुसले उनीहरूलाई सम्झना गराउँछन् (१ पत्रुस १:१; १:१७; २:११)। यो कुरा परमेश्वरका हरेक सन्तानहरूका निम्ति सत्य हो। संसार हाम्रो घर होइन (फिलिप्पी ३:१९-२०), तर हाम्रो स्वर्गीय घरतर्फ जाँदै गर्दा यस संसारमा भएर हामीले यात्रा गर्नैपर्छ। हामीले हाम्रो स्वर्गीय घरमा बिताउने समयको तुलनामा यस संसारको यात्रा कती लामो हुन जान्छ होला?

विश्वासीहरूको यस संसारको यात्रामा सङ्कष्टहरू हुन्छन् भनी पत्रुस जान्दथे (यस संसारको नागरिकहरूले घृणा गर्ने मुक्तिदातालाई प्रतिनिधित्व गर्दै हामी परदेशको भूमीमा शत्रुहरूको इलाकामा छौं—यूहन्ना १५:१८-२१)। विश्वासीहरू अनन्त सम्म रहने स्थानमा महिमा छ। पावलले यसो भने, “किनकि म ठान्दछु, यस वर्तमान समयका दु__________ त्यस म____________ तुलना गरिने योग्यका छैनन्, जो हामीमाथि प्रकट हुनेछ” (रोमी ८:१८)। क्षणिक सङ्कष्टपछि परमेश्वरको उपस्थितीको महिमित भविष्य आउनेछ।

पत्रुसले सङ्कष्टमा परिरहेका विश्वासीहरूलाई लेख्दैथिए। भविष्यमा भएको आनन्दसँगको तुलनामा अहिले अन्धकारपूर्ण दिनहरू निकै छोटा छन् भनी पत्रुसले उनीहरूलाई सम्झना दिलाए। उदाहरणको निम्ति १ पत्रुस ५:१० लाई विचार गर्नुहोस्। दु:खकष्टहरू के_____ समयका लागी मात्र हुन् तर महिमा अ_________ सम्मको लागी हो भनी यस पदले सिकाउँदछ। १ पत्रुस १:११ र ४:१३ पनि पढ्नुहोस् जहाँ पत्रुसले दु:खहरूमहिमाको विषयमा उल्लेख गरेका छन्। पत्रुसले यी विश्वासीहरूलाई यस जीवनका परीक्षाहरू र दु:खकष्टहरूलाई सम्हाल्न होशियारपूर्वक सिकाए। पत्रुसले सिकाएका केही कुराहरू यहाँ छन् (जोडा ‍मिलाउनुहोस्):

परमेश्वरले आफ्नो वचन लेख्नको निम्ति विभिन्न मानिसहरूलाई रोज्नुभए तापनि उहाँको सत्यता एकनास नै छ। १ पत्रुस ५:५-९ लाई याकूब ४:६-१० सित तुलना गर्नुहोस्। के तपाईंले पत्रुसले लेखेका कुराहरू र याकूबले लेखेका कुराहरूमा समानता भेट्टाउन सक्नुहुन्छ?

२ पत्रुस—पत्रुसका अन्तिम शब्दहरू

२ पत्रुसको पुस्तकका लेखनदास को हुन् (२ पत्रुस १:१)? _____________ यो प्रश्न सरल छ जस्तो देखिन्छ, तर त्यहाँ धेरै मानिसहरू छन् (धार्मिक अगुवाहरू, विश्वविद्यालयमा पढाउने प्राध्यापकहरू इत्यादि समेत) जोहरूले २ पत्रुसको पुस्तक प्रेरित पत्रुसले लेखेका हुन् भनी विश्वास गर्दैनन्। यस पुस्तकको सबैभन्दा पहिलो पदलाई नै उनीहरूले विश्वास गर्दैनन्! लेखकले ख्रीष्टको रूप परिवर्तन भएको बेलामा आफू पनि उपस्थित रहेको दाबी गरेका छन् र निश्चय पनि यो कुरा पत्रुससँग नै मेल खान्छ (२ पत्रुस १:१६-१८ पढ्नुहोस् र मत्ती ७:१-२ सित तुलना गर्नुहोस्)।

२ पत्रुसको पुस्तकमा पत्रुसका अन्तिम शब्दहरू छन्। यो धेरै हिसाबमा पावलको अन्तिम पुस्तक, अर्थात् २ तिमोथीसँग मिल्दोजुल्दो छ। पत्रुसलाई आफू चाँडै मर्दैछु भन्ने थाह थियो: “किनकि हाम्रा प्रभु येशू ख्रीष्टले मलाई देखाउनुभएअनुसार मेरो डेरा उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु” (२ पत्रुस १:१४)। यूहन्ना २१:१८-१९ मा प्रभु येशू ख्रीष्टले पत्रुसलाई ऊ बुढो हुँदा मर्नेछ, साथै उसले आफ्ना हातहरू पसार्नेछ र ऊ जहाँ जान चाहँदैन उसलाई त्यहीँ लगिनेछ भनी बताउनुभएको थियो। जहाँसम्म इतिहासको कुराहरू हामीलाई थाह छ, पावललाई शहीद बनाइएको समयतिर नै पत्रुसलाई पनि रोमीहरूद्वारा (नेरोको शासनकालमा) क्रूसमा टङ्गाइएको थियो। मानिलिए अनुसार पत्रुसलाई उसको शिर मुन्तिर (उँधोमुन्टो) पारेर टङ्गाइएको थियो, किनभने तिनको मुक्तिदातालाई जस्तै गरी टङ्गाइन आफैलाई तिनले योग्यको ठानेनन्।

पत्रुसले आफ्नो मृत्यु नजिक हुँदै गरेको कुरा विचार गर्दा, के तिनलाई आफू स्वर्ग जानेछु भनी कुनै आशा वा कुनै निश्चयता थियो (१ पत्रुस १:३-५)? ____________

दोस्रो पत्रुसको पुस्तक विश्वासीहरूलाई केही सत्यताहरूको सम्झना गराउनको निम्ति लेखिएको थियो (२ पत्रुस १:१२ र ३:१ पढ्नुहोस्)। परमेश्वरले हामीलाई नयाँ सत्यताहरू मात्र सिकाउनुहुँदैन, तर उहाँले हामीलाई हामी आफूले पहिल्यै जानेका कुराहरूको बारेमा पनि सम्झना गराउनैपर्छ। हामीहरूले धेरै कुराहरू बिर्सन खोजिरहेका हुन्छौं!

२ पत्रुसमा, बाइबलको बारेमा केही महत्त्वपूर्ण कुराहरू बताइएका छन् (२ पत्रुस १:१९-२१ र ३:१५-१८ पढ्नुहोस्)। आफू र अन्य प्रेरितहरू छिट्टै लोप हुनेछन् भनी पत्रुस जान्दथे! छिट्टै नै त्यहाँ कुनै प्रेरितहरू हुने थिएनन्! के प्रेरितहरूबिना मण्डली बाँच्न सक्ला (पावल, पत्रुस र मत्तीजस्ता मानिसहरूबिना)? सक्छ, मण्डलीमा प्रेरितहरू नभए तापनि, त्यहाँ प्रेरितहरूका शिक्षाहरू छन् (प्रेरित २:४२ सित तुलना गर्नुहोस्)। मण्डलीमा प्रेरितहरूद्वारा हामीलाई दिइएको नयाँ नियम छ!

पत्रुस र पावलहरू हामीकहाँ आएर हामीलाई प्रचार गर्नु र परमेश्वरका कुराहरू सिकाउनु निकै फाइदा जनक हुनेथियो, तर यो असम्भव छ। पत्रुस हामीसँग अब उसो नभए तापनि, हामीसँग पत्रुसले लेखेका दुईओटा पुस्तकहरू छन्! यस संसारमा अब उसो पावललाई भेट्टाउन सकिँदैन, तर पावलका पत्रहरू भेट्टाउन सकिन्छ (२ पत्रुस ३:१५-१६ पढ्नुहोस्)। धेरै समय अगाडि नै प्रेरितहरूको मृत्यु भइसकेको भए तापनि, हामीलाई चाहिएको परमेश्वरको वचन हो।

२ पत्रुसको चाबी शब्द “पहिचान” वा “ज्ञान” (“knowledge”) हो। यस पुस्तकमा यी शब्दहरू भएका सातओटा पदहरू भेट्टाउन सक्नुहुन्छ? १) ________ २) ________ ३) ________ ४) ________ ५) ________ ६) ________ ७) ________ जति धेरै ख्रीष्टको बारेमा हामी जान्दछौं, उति नै थोरै झूटा शिक्षकहरूका धोकामा हामी पर्नसक्छौं (२ पत्रुस २)। जति धेरै ख्रीष्टको बारेमा हामी जान्दछौं, उति नै धेरै हामी ख्रीष्टियनहरूको रूपमा बढ्नसक्छौं (२ पत्रुस १ अध्याय, ३ अध्याय, विशेषगरी २ पत्रुस ३:१८ हेर्नुहोस्)। जब तपाईंले मुक्ति पाउनुभयो, तपाईंले प्रभु येशू ख्रीष्टलाई चिन्नुभयो (यूहन्ना १७:३)। ख्रीष्टियनको रूपमा हरेक दिन झन्-झन् बढि उहाँको पहिचानमा बढ्दैजानुपर्छ (२ पत्रुस ३:१८)। विश्वासीको रूपमा पावलको हृदयको उत्कट इच्छा यो थियो, “म _______लाई … जान्न सकूँ” (फिलिप्पी ३:१०)!

पत्रुसका अन्तिम शब्दहरू हामीले कहिल्यै पनि नभुलौं:

तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र पहिचानमा बढ्दै जाओ। (२ पत्रुस ३:१८)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)