Entries by Pradesh Shrestha

येशू ख्रीष्टको पूजाहारीपन

येशू ख्रीष्टको पूजाहारीपन

 

येशू ख्रीष्टको पूजाहारीपन

(हिब्रू)

हिब्रूको पुस्तक नयाँ नियमका पत्रहरूमध्ये तेस्रो लामो पत्र हो। हिब्रूको पुस्तकभन्दा रोमी र १ कोरिन्थीको पुस्तकहरू मात्र लामा छन्। यसका तेह्र अध्यायहरू जहाँतहीँ भएका विश्वासहरूले बुझ्न खाँचो रहेका प्रशस्त सत्यताहरूद्वारा भरिएकाछन्।

यस पुस्तकका लेखक को हुन्?

हिब्रूको पुस्तक कसले लेखेका हुन् भनी हामीलाई निश्चित रूपमा थाह छैन। यो अलि फरक कुरा हो, किनभने मत्तीको पुस्तक कसले लेखेको हो र रोमीको पुस्तक कसले लेखेको हो भन्ने कुरामा हामीलाई निश्चयता छ। लूकाले प्रेरितको पुस्तक लेखेका हुन् भनी हामीलाई थाह छ। नयाँ नियमका २६ ओटा पुस्तकहरू क-कसले लेखेका हुन् भनी हामीलाई थाह छ। पुरानो नियममा पनि यस्ता पुस्तकहरू छन् जसका लेखक को हुन् भनी निश्चित छैन। राजाहरूका पुस्तक र इतिहासहरूका पुस्तक कसले लेखे भनी हामीलाई थाह छैन।

हिब्रूको पुस्तक पावलले लेखेका हुन् भन्ने धेरैको विश्वास छ। अझ भन्ने हो भने, अङ्ग्रेजी बाइबल किङ्ग जेम्स भर्सनमा यस पुस्तकको शीर्षक यस्तो दिइएको छ, “हिब्रूहरूका निम्ति प्रेरित पावलको पत्र” (“THE EPISTLE OF PAUL THE APOSTLE TO THE HEBREWS”)। तरैपनि, पावलका सबै पत्रहरूमा, उनले आफ्नो नाम सुरुमा नै उल्लेख गर्ने गरेकाछन् (रोमी १:१; १ कोरिन्थी १:१ इत्यादि हेर्नुहोस्), तर हिब्रूको पत्रमा कुनै नाम उल्लेख गरिएको छैन। यसैले यो पत्रको लेखक पावल नै हुन् भनी किटान गर्न कठिन हुन्छ। अन्य मानिसहरूले बर्नबास वा अपोल्लोस वा सिलासले यो पुस्तक लेखेको हुनुपर्छ भनी विचार गर्छन्। तेस्रो सताब्दीका (हिब्रूको पुस्तक लेखिएको करिब २०० वर्ष पछि) ओरिगेन (Origen) को भनाइलाई उद्धरण गर्नु नै सम्भवत: सबैभन्दा सुरक्षित हुन्छ, “(हिब्रूहरूका निम्ति) पत्र लेख्ने को हुन्, परमेश्वरले मात्र जान्नुहुन्छ”।

यस मानवीय लेखकको बारेमा हामीले जान्न सक्ने केही कुराहरू छन्। उनले ति________लाई राम्ररी चिन्दथे (हिब्रू १३:२३)। उनी सम्भवत: यहूदी थिए र उनलाई पुरानो नियमका शास्त्रहरूको राम्रो ज्ञान थियो। उनले कैदमा पनि केही समय बिताएका थिए (“बन्धनमा”-हिब्रू १०:३४)। निश्चय पनि, यी सबै कुराहरूले प्रेरित पावललाई अङ्कित गर्छन्, यद्यपि यी कुराहरूले अन्य व्यक्तिलाई पनि अङ्कित गर्दछ।

सामान्यतया: लेखकको नाम पत्रको सुरुमा नै लेख्ने गरिन्छ। पहिलो पदले नै लेखक को हो भनी बताउँदछ। उदाहरणको निम्ति, १ तिमोथीको लेखक को हुन्? _____________ याकूबको पुस्तकका लेखक को हुन् (याकूब १:१)? ______________ यहूदाको सानो पत्रका लेखक को हुन्? ______________ हिब्रूको पुस्तकका लेखक को हुन्? यस पत्रको पहिलो शब्द के हो? ____________। परमेश्वर बोल्नुभयो! यस पुस्तकका लेखक परमेश्वर हुनुहुन्छ! मानवीय लेखक को हो भनी हामीलाई थाह नभए तापनि, हामी जान्दछौं कि हिब्रूको पुस्तक परमेश्वरको वचन हो।

हिब्रूको पुस्तक पढ्दाहुँदी, मानवीय लेखक तर्फ हाम्रो ध्यानाकर्षण हुँदैन, तर त्यहाँ लेखिएको व्यक्तितर्फ हुँदछ! मानवीय लेखकले पनि पुरानो नियमका शास्त्रहरूबाट उद्दरण गर्दा, जहिल्यै पनि परमेश्वर नै लेखक हुनुहुन्छ भन्ने कुरामा जोड दिएका छन्। उनले मानवीय लेखक भन्दा बरु परमेश्वरलाई देखाए। हिब्रू ३:४; ९:८; १०:१५ पढ्नुहोस् जहाँ लेखकले हामीलाई बाइबलको साँचो लेखक पवित्र आत्मा हुनुहुन्छ भन्ने कुराको सम्झना गराउँदछन्।

यस पुस्तकका पाठकहरू को-को थिए?

यो पत्र “हिब्रू” हरूलाई पठाइएको थियो। यसको अर्थ यस पत्रका प्रापकहरू हिब्रूहरू (सम्भवत: इटालीका बासिन्दाहरू) थिए। तर उनीहरू केवल यहूदीहरू मात्र थिएनन्, उनीहरू त येशू ख्रीष्टलाई आफ्नो मसीहको र मुक्तिदाताको रूपमा स्वीकार गर्ने यहूदी मानिसहरू थिए। उनीहरूमध्ये अधिकांश व्यक्तिहरू ख्रीष्टमा साँचो विश्वासीहरू थिए (हिब्रू ३:१), यद्यपि अन्य कुनै पनि माण्डलीक समूहमा झैं त्यहाँ पनि ख्रीष्टलाई दाबी गर्ने मानिसहरू थिए जसले वास्तवमा ख्रीष्टलाई पाएका भने थिएनन्।

के एउटा व्यक्तिले आफू ख्रीष्टियन हुँ भन्न तर साँचो ख्रीष्टियन नहुन सम्भव छ? निम्न पदहरू पढ्नुहोस्:

    • तीतस १:१६
    • १ यूहन्ना २:४
    • १ यूहन्ना २:९
    • १ यूहन्ना ४:२०
    • याकूब २:१४,१८

ती यहूदी विश्वासीहरू निकै कठिन परिस्थितीहरूबाट भएर गइरहेका थिए। उनीहरू ठूला कष्ट र सतावटहरूद्वारा दु:खमा परिरहेका थिए (हिब्रू १०:३२-३३)। उनीहरूमध्ये कोही-कोहीले आफ्ना भौतिक सम्पत्तिहरू पनि गुमाएका थिए (हिब्रू १०:३४)। विश्वासी जीवन सँधै गुलाफहरू बिछ्याएको ओछ्यान जस्तो हुँदैन भन्ने कुरा उनीहरूले थाह गर्दै थिए (थेस्सलोनिकीहरूको सवालमा पनि यही कुरा सत्य हो—पाठ ८ हेर्नुहोस्)।

यिनै कठिनाइहरू र परिक्षाहरूको कारणले, केही यहूदी मानिसहरू आफ्नो विश्वासबाट धरमराउँदै थिए। कोहीचाहिँ ख्रीष्ट र ख्रीष्टियमतबाट यहूदी धर्मतर्फ फर्कने खतरामा पनि थिए।

प्रभुले एकपटक बीउ छर्नेको दृष्टान्त बताउनुभएको थियो। केही बीउ ढुङ्गेनी जमिन खसे (लूका ८:६ हेर्नुहोस्)। लूका ८:१३ अनुसार, ढुङ्गेनी जमिनमा खसेका बीउले ती मानिसहरूको चित्रण गर्दछ जोहरूले परमेश्वरको वचन सुन्छन् र केही समयको निम्ति विश्वस गर्छन्, तर सङ्कष्टको (जाँच र कठिनाइ) समयमा तिनीहरूले के गर्छन्? प_____ ह_______ येशू ख्रीष्टको अनुसार, त्यस्ता मानिसहरूको समस्या यही हो, तिनीहरूको ज______ हुँदैन (लूका ८:१३)।

दुईओटा रूखहरूको बारेमा विचार गर्नुहोस्। एउटा रूखको सानो र सतही जराहरू छन्; अर्को रूखको जरा विशाल, पृथ्वीको तलसम्म पुगेको गहिरो जराहरू छन्। जब आँधिबेहरी आउँछ, कुन रूख खडा रहन्छ? कुन रूख लड्नेछ?

ती यहूदी विश्वासीहरूको जरा प्रभु येशू ख्रीष्टमा गहिरो गरी गाडियोस् भन्ने उद्देश्यले हिब्रूको पुस्तक लेखिएको थियो! लेखकले ती मानिसहरू ख्रीष्ट येशूमा जरा हाल्दै र बनिँदै जाऊन् भनी हर प्रयास गरे! हिब्रूको पुस्तक उनीहरूको धरमराइरहेको विश्वासलाई बलियो बनाउन पठाइएको थियो, ताकि उनीहरू संसार, शरीर र शैतानले पठाउन सक्ने हरेक विशाल आँधिबेहरीहरूमा स्थिर सकून्!

यो पत्र कहिले पठाइएको थियो?

ई.सं. ७० मा रोमी सेनाहरू आए र यरूशलेममा भएको यहूदीहरूको मन्दिरलाई ध्वस्त पारिदिए भनी इतिहासले बताउँदछ। त्यसपश्चात्, यहूदीहरूको कुनै पनि मन्दिर छैन।

हिब्रूको पुस्तक त्यस महा-विनाश हुनु भन्दा अगाडि नै लेखिएको हुनुपर्छ, किनभने हिब्रू १०:११ बाट हामी जान्दछौं कि मन्दिर त्यहाँ खडा थियो, यहूदी पूजाहारीहरू सेवकाइ गरिरहेका थिए र पशुहरूलाई पनि बलिदान चढाइरहेको थियो। ई. सं. ७० पछि यी कुनै पनि कुराहरू वास्तविक हुनेथिएनन्। तसर्थ यो पत्र ई.सं. ६४ र ६८ को बीचतिर, अर्थात् यरूशलेमको विनाश हुनुभन्दा अगाडि पठाइएको हुनुपर्छ।

हिब्रूको पुस्तक कसरी बुझ्ने?

हामीले पहिल्यै उल्लेख गरिसक्यौं, यो पुस्तक यहूदी मानसिहरूको निम्ति लेखिएको थियो, र यहूदीहरू पुराना नियमका ३९ पुस्तकहरूसँग राम्ररी परिचित थिए। तपाईंले पुरानो नियमलाई, विशेषगरी पुरानो नियमका पहिलो पाँच पुस्तकहरू (उत्पत्ति देखि व्यवस्थासम्म) नबुझेसम्म हिब्रूको पुस्तक बुझ्न कठिन हुन्छ।

उदाहरणको निम्ति, हिब्रूको पुस्तकमा हामीले पूजाहारीहरू, उजाडस्थानमा भड्किहिँड्ने कार्य, सातौं दिनको विश्राम, मल्केसेदेक, यहूदा र लेवीका कुलहरू, मोशाको व्यवस्था, भेट हुने पाल, रोटी राख्ने टेबल, पर्दा, कृपा-आसन, महा-पवित्रस्थान, बलिदानका पशुहरू, कोरलीको खरानी, एसाबले आफ्नो जेष्ठ अधिकार बेचेको इत्यादिका बारेमा पढ्न सक्छौं। जसरी बेथलेहेममा ख्रीष्टको जन्म, गोठालाहरू र ज्योतिषीहरूको बारेमा तपाईं सम्भवत: परिचित हुनुहुन्छ, उसरी नै यहूदीहरू यी सबै कुराहरूसँग परिचित थिए। तर यदि कुनै व्यक्ति पुरानो नियमसँग परिचित छैन भने, उसले यस पुस्तकमा पढ्ने धेरै कुराहरूको बारेमा बुझ्न सक्दैन।

हिब्रू ११ अध्यायको बारेमा विचार गर्नुहोस्। के पुरानो नियमको ज्ञानले एउटा व्यक्तिलाई यो अध्याय बुझ्न सहायता गर्छ?

ख्रीष्ट र ख्रीष्टियमतको सर्वश्रेष्ठता

केही यहूदी मानिसहरू ख्रीष्टबाट यहूदी धर्मतर्फ (पशु बलिदानतर्फ, मोशाको व्यवस्थातर्फ, मानवीय पूजाहारीतर्फ इत्यादि) फर्कने खतरामा थिए। यस्तो कुरा कति मूर्खतापूर्ण हुन सक्छ भनी हिब्रूको पुस्तकले देखाउँछ। यस पुस्तकले ख्रीष्ट कति सर्वश्रेष्ठ हुनुहुन्छ र ख्रीष्टियमत पनि कति सर्वश्रेष्ठ छ भनी देखाउँदछ। केवल एउटा मूर्खले मात्र झन खराब थोकलाई अँठ्याउनको निम्ति सर्वश्रेष्ठ थोकबाट अन्तै फर्कन्छ!

हिब्रू १०:१ अनुसार, व्यवस्थामा लेखिएका कुराहरू (जस्तै पशु बलिदान, भेट हुने पाल, इत्यादि) आउनेवाला कुराहरूका छाया मात्र थिए। कुनचाहिँ श्रेष्ठ हो, छाया कि वस्तु (वास्तविक थोक)? तपाईंले कुनचाहिँ रोज्नुहुन्छ, आइसक्रिमको छाया कि वास्तविक आइसक्रिम? तपाईंलाई कुन चाहिएला, रु ५०० को छाँया कि वास्तविक वस्तु? हिब्रूको पुस्तकले ख्रीष्ट नै वास्तविक वस्तु हुनुहुन्छ, र पुराना नियमका यी सबै कुराहरू त आउनुहुने ख्रीष्टलाई औंल्याउने चित्रहरू वा छायाहरू मात्र हुन् भनी सिकाउँदछ।

ख्रीष्ट कति सर्वश्रेष्ठ हुनुहुन्छ भनी बुझ्न निम्न तालिकाले हामीलाई सहयोग गर्दछ:

हिब्रूको पुस्तकमा ख्रीष्टियमतको सर्वश्रेष्ठतालाई औँल्याउने एउटा चाबी शब्द छ। यो शब्द हो, “उत्तम”! ख्रीष्टमा परमेश्वरले गर्नुभएको कार्य अति उत्तम छ! जोडा मिलाउनुहोस्:

चेताउनीहरू र उत्साहहरू

मानिसहरूलाई जीवित परमेश्वरकहाँ ल्याउन यो पुस्तक लेखिएको हो। ख्रीष्टलाई महान् महापूजाहारीको रूपमा प्रस्तुत गरिएको छ (हिब्रू ३:१; ४:१५; ६:२०; ८:१; ९:११,२४) जो हामीलाई परमेश्वरकहाँ ल्याउनको निम्ति मर्नुभयो, फेरी बौरिउठ्नुभयो, स्वर्गहरू भएर जानुभयो र जो सदाको निम्ति जिउनुहुन्छ। हिब्रू विश्वासीहरूलाई अघि जान र बढ्न अनि ख्रीष्टमा झन् झन् गहिरो गरी जरा हाल्न अर्ती दिइएको छ।

हिब्रूको पुस्तक पढ्नुहुँदा तपाईंले दुईओटा सन्देशहरू बारम्बार दोहोरिएको भेट्टाउनुहुन्छ:

      1. तपाईंले यहूदी मानिसहरूलाई परमेश्वरको नजिकमा आउनको निम्ति

उत्साहहरू

      1. दिइएको भेट्टाउनुहुन्छ;

      2. तपाईंले उही मानिसहरू जीवित परमेश्वरदेखि टाढा नजाऊन् भनी चेताउनीहरू दिइएको भेट्टाउनुहुन्छ।

विश्वासको महान् अध्याय

हिब्रूको पुस्तकमा भएका उत्साहरूमध्ये एउटा महान उत्साह हिब्रू ११ अध्याय हो जसलाई विश्वासको महान् अध्याय भनिन्छ (हिब्रू ११ अध्याय)। यी पदहरूद्वारा उनीहरूका पूर्खाहरूको विश्वासको सम्झना गराइँदा ती यहूदी मानिसहरूलाई विशेष अर्थपूर्ण भएको हुनुपर्छ। उनीहरूलाई पुरानो नियमको राम्रो ज्ञान थियो र त्यसैले उनीहरू हाबिल, हनोक, नूह, अब्राहाम, सारा र यस अध्यायमा उल्लेख गरिएका अन्य सबै मानिसहरूको बारेमा राम्ररी परिचित थिए। यदि यी मानिसहरूले निकै कठिन परिस्थीतिहरूमा परमेश्वरलाई भरोसा गर्न सके भने, आज हामीहरूले पनि सक्छौं! कहिलेकाहीँ हिब्रू ११ अध्यायलाई “विश्वासका वीरहरूको सूची” (HALL OF FAME) भनिन्छ। हिब्रू ११ अध्याय विगतका महान् विश्वासीहरूको सम्झनाप्रति समर्पित गरिएको छ।

फर्कँदिनँ!

ख्रीष्टमा विश्वास भनेको दुई वा तीन महिनाको निम्ति जाँच्ने र त्यसपछि निरन्तरता दिने कि नदिने भनी निर्णय गर्ने कुरा होइन! एउटा व्यक्तिले मुक्ति पाएको घडि, उसले यसो भनिरहेको हुन्छ, “म प्रभु येशू ख्रीष्टलाई आज, भोली र सँधैभरीको निम्ति भरोसा गर्दैछु!” हामीलाई एउटा प्रख्यात भजनले यस कुराको सम्झना गराउँदछ, “येशूको पछि म हिँड्न लागेँ.. फर्कँदिन, फर्कँदिन!”

हिब्रूको पुस्तक पढेका केही यहूदीहरू फर्कन सक्ने खतरामा थिए। उनीहरूको जरा गहिरो थिएन र उनीहरू आफ्नो विश्वासबाट धरमराउँदै थिए। उनीहरू ठूला कठिनाइहरूबाट भएर गइरहेका थिए र ख्रीष्टमा भरोसा गर्न छोड्नुपर्ने हो कि भनी उनीहरूले बिचार गरिरहेका थिए। ख्रीष्टबाट नफर्कनलाई चेताउनी दिन र विश्वासद्वारा ख्रीष्टमा टाँसिरहन र उहाँलाई कहिल्यै नछोड्नलाई उत्साह दिने उद्देश्यले यो पुस्तक उनीहरूकहाँ पठाइएको थियो।

के तपाईंले यस्तो व्यक्तिलाई चिन्नुहुन्छ जो विश्वासी भएजस्तो देखिन्थ्यो, मण्डली आउँथ्यो, बाइबल र आत्मिक कुराहरूमा चासो देखाउँथ्यो, प्रार्थना इत्यादि गर्दथ्यो, तर समय बित्दै गएपछि बदलिए जस्तो देखिन्थ्यो? यही मानिस पछि मण्डली आउन र परमेश्वरका कुराहरूमा चासो देखाउन छाड्यो, अनि संसारले जस्तै जिउन, व्यवहार गर्न र सोच्न थाल्यो। के भएको होला?

एउटा व्यक्ति ख्रीष्टको मण्डलीको साँचो सदस्य हो भनी हामीले कसरी भन्न सक्छौं? हिब्रू ३:६ मा बाइबलले बताउँदछ, हामी ख्रीष्टका घर हौं, यदि हामीले यस भरोसा र आशाको आनन्दलाई __________सम्म बलियो गरी पक्रिराख्यौं भने। यदि कुनै व्यक्ति अन्तसम्म लागिरहेन भने, उक्त व्यक्ति कहिल्यै पनि ख्रीष्टको घर वा ख्रीष्टको शरीरको साँचो हिस्सा होइन रहेछ भनी यसले प्रमाणित गर्दछ।

यहाँ एउटा उदाहरण छ। प्राय: जसो कुनै भवनलाई खडा गरिँदा, कामदारहरूलाई काम गर्न सजिलो होस् भनेर त्यहाँ खट पनि बाँध्ने गरिन्छ।

के त्यो खट उक्त भवनको हिस्सा हो? कसरी कुनै व्यक्तिले कुनचाहिँ संरचना भवनको साँचो हिस्सा हो भनी बताउन सक्छ? यो एकदम सजिलो छ, पर्खनुपर्छ र केही समय जान दिनुपर्छ र भवनको कुन हिस्सा रहिरहन्छ भनी हेर्नुपर्छ! भवनबाट उक्त खट हटेर जान वा भवनबाट कतै लगिन धेरै समय लाग्दैन र त्यसपछि तपाईंले उक्त खटलाई कहिल्यै देख्नुहुनेछैन! त्यो खट भवनको साँचो हिस्सा थिएन। त्यो त केवल अस्थायी जडान मात्र थियो।

आत्मिक क्षेत्रमा पनि यही कुरा सत्य हुन्छ। केही मानिसहरू मण्डलीमा अस्थायी जडान मात्र हुन्छन्। तिनीहरू साँच्चै लागिरहन्छन् कि लागिरहदैनन् भन्ने कुरा थाह गर्न समयको आवश्यकता पर्छ! यूहन्नाले १ यूहन्ना २:१९ मा यी अस्थायी जडानहरूको बारेमा बताउँदछन्, “हामीबाट तिनीहरू निस्के, तर तिनीहरू हाम्रा थिएनन्; किनकि तिनीहरू हाम्रा हुँदा हुन् ता तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भनी प्रकट होओस् भनेर तिनीहरू हामीबाट निस्के”। प्रभु येशूले पनि लूका ८:१३ मा यही कुरा गर्नुभञो। उनीहरूले विश्वास गरे, तर के उनीहरूको विश्वास रहिरहने किसिमको थियो कि अस्थायी मात्र थियो? _______________________ लूका १:२३ र यूहन्ना ८:३१ पनि पढ्नुहोस्। हिब्रूको पुस्तक हामीहरूलाई त्यो ठोस जगबाट कसैले हल्लाउन नसकोस् भनी हामीहरू विश्वासमा लागिरहन, ख्रीष्टमा गहिरोसम्म पुग्ने जराको विकास गर्नको निम्ति उत्साह दिन लेखिएको हो। हामीहरू अन्तैसम्म लागिरहनुपर्छ (हिब्रू ३:६; ३:१४; १०:३९)।

अनन्त सुरक्षा

के साँचो विश्वासी ख्रीष्टमा सदाका लागि सुरक्षित छ? मुक्ति पाएको मान्छेले मुक्ति गुमाउन सक्छ भनी केही मानिसहरूले विचार गर्छन्। हामीले सिकिरहेका केही चेताउनीमूलक खण्डहरूलाई उनीहरूले गलत तरिकाले बुझ्ने गर्छन्। तरैपनि, हिब्रूको पुस्तकले जोडदार तरिकाले विश्वासीहरूको सुरक्षाको बारेमा प्रस्तुत गर्दछ। निम्न वाक्यहरूसँगै मिल्ने पदहरू पत्ता लगाउनुहोस्:

माथिका खण्डहरूको आधारमा, के परमेश्वरको सन्तान ख्रीष्टमा सदाको निम्ति सुरक्षित छ? _______________

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

पास्टरीय पत्रहरू

पास्टरीय पत्रहरू

 

पास्टरीय पत्रहरू

(१ तिमोथी, तीतस, २ तिमोथी)

रोमको शहरमा पावल कैदी हुँदा उनले लेखेका चारओटा पत्रहरूलाई सातौं पाठमा अध्ययन गर्यौं। करिब दुई वर्षको निम्ति रोमको कैदमा रहेपछि, पावल अन्त्यमा स्वतन्त्र पारिए। अब एक स्वतन्त्र मानिसको रूपमा पावल विश्वासीहरूलाई सहायता गर्दै, मुक्ति नपाएकाहरूलाई सुसमाचार प्रचार गर्दै, मण्डलीहरू खडा गर्दै र तिनीहरूलाई बलियो बनाउँदै चारैतिर हिँड्नलाई स्वतन्त्र थिए। यस स्वतन्त्रताको समयमा पावलले दुईओटा पत्रहरू लेखे। ती हुन्, तिमोथी र तीतस।

उनको जीवनको अन्तिम समयहरूतिर, पावललाई फेरी रोमको झ्यालखानामा हालियो (२ तिमोथी २:९ पढ्नुहोस्)। योचाहिँ पावलको निम्ति दोस्रो र अन्तिम कैद थियो। यस बेलाचाहिँ उनी स्वतन्त्र पारिने थिएनन्; तर बरु, उनलाई मृत्युदण्ड दिइने थियो! पावल आफ्नो कारागारमा बस्दा, उनले तिमोथीलाई थप एउटा पत्र पठाए जसलाई आज हामीले २ तिमोथी भन्दछौं। यस पुस्तकमा हामीसँग पावलका अन्तिम लिखित वचनहरू छन्। पावलले लेखेका पत्रहरूमध्ये योचाहिँ अन्तिम पत्र थियो र पावलले यो पत्र लेख्दाहुँदी उनको मृत्युको दिन झन्-झन् नजिक हुँदैछ भनी उनलाई थाह थियो।

फिलेमोनको पुस्तकबाहेक पावलका अन्य सबै पत्रहरू मण्डलीहरूलाई लेखिएका थिए, तर यी तीन पत्रहरू दुई मानिसहरूलाई लेखिए। ती दुई मानिसहरू तिमोथी र तीतस हुन्। यी दुवै मानिसहरू अध्यक्षहरू (गोठालाहरू) थिए। यसको अर्थ उनीहरू आफ्ना मण्डलीहरूका अगुवाहरू थिए। जसरी गोठालाले भेँडाहरूको हेरचाह गर्नुपर्छ, यी मानिसहरू आ-आफ्ना मण्डलीहरूमा भएका विश्वासीहरूको हेरचाह गर्न जिम्मेवार थिए। त्यसैले प्राय: जसो यी पत्रहरूलाई “पास्टरीय पत्रहरू” (Pastoral Epistles) भनिन्छ।

पास्टरको रूपमा तिमोथीले आफ्नो सेवकाइ कहाँ गरिरहेका थिए (१ तिमोथी १:३)? ए____________। पास्टरको रूपमा तीतसले आफ्नो सेवकाइ कहाँ गरिरहेका थिए (तीतस १:३)? क्रे____________। के यी स्थानहरूलाई बाइबलको नक्सामा भेट्टाउन सक्नुहुन्छ?

हामीले प्रेरितको १६-२० अध्यायहरूमा (विशेषगरी १६:१-३) तिमोथीको बारेमा सिक्न सक्छौं। तीतसलाई प्रेरितको पुस्तकमा उल्लेख गरिएको छैन, तर हामीले तिनको बारेमा पावलका अन्य पत्रहरूमा पढ्नसक्छौं (२ कोरिन्थी २:१३; ७:६,१३,१४; ८:६; १२:१८; गलाती २:१,३ पढ्नुहोस्)। यी दुवै मानिसहरू प्रभु येशू ख्रीष्टका विश्वासयोग्य सेवकहरू थिए।

तिमोथी र तीतसका पत्रहरूमा हामीले हिजो-आज बुझ्नै पर्ने ठूलो सन्देश छ। यी मानिसहरूलाई पावलले लेखेका कुराहरू अध्ययन गर्दाहुँदी, पास्टर कस्तो किसिमको मानिस हुनुपर्छ भनी हामीले बुझ्न थाल्दछौं। मण्डली पनि साँच्चै कस्तो हुनुपर्छ भनी हामी थाह गर्न थाल्दछौं। त्यसपछि हामीले यो प्रश्न गर्नैपर्छ, “के मेरो मण्डली यस्तो छ?” “के म ठीक मण्डलीमा छु?” “के मेरो पास्टरले उहाँले जे गर्नुभएको होस् भनी परमेश्वरले चाहनुहुन्छ त्यही गरिरहनुभएको छ?”

यी तीन पुस्तकहरू पढ्दा, पास्टर र उनको प्रचारको बारेमा हामीले कम्तीमा पाँचओटा कुराहरू सिक्दछौं। यही पाँच कुराहरू हरेक विश्वासीको जीवनमा पनि मेल खानुपर्छ जोहरू परमेश्वरको वचन बाँडिरहेका र अरूहरूलाई आफ्नो उदेकको प्रभु र मुक्तिदाताको बारेमा बताइरहेका हुन्छन्,

१) पास्टरले मुक्तिको बारेमा प्रचार गर्नैपर्छ।

मुक्तिको निम्ति परमेश्वरको मार्ग प्रचार नगर्ने मण्डलीहरू धेरै छन्। हामीले पाँचौं पाठमा सिके झैं, मानिसहरूलाई मुक्तिको असल खबरको बारेमा कहिल्यै नबताउने पास्टर, पूजाहारी वा सेवकहरू भएका धेरै मण्डलीहरू छन्। तपाईंले थुप्रै वर्षसम्म हरेक साता यी मण्डलीमा जान सक्नुहुन्छ तरैपनि तपाईंले कहिल्यै मुक्ति नपाउनुभएको हुनसक्छ (अथवा तपाईंले मुक्ति पाउन खाँचो छ भन्ने कुरा समेत नजान्नु भएको हुनसक्छ)।

जब पावलले तिमोथी र तीतसलाई लेखे, मुक्तिको बारेमा बताउन उनीसँग धेरै कुराहरू थिए! येशू ख्रीष्टमा पाइने सुन्दर मुक्तिको बारेमा यी मानिसहरूले प्रचार गरेको र सिकाएको पावल चाहन्थे!

येशू ख्रीष्ट किन यस संसारमा आउनुभयो (१ तिमोथी १:१५)? _____________________________________ परमेश्वर कसलाई बचाउन इच्छा गर्नुहुन्छ (१ तिमोथी २:३-४)? _________________________ ख्रीष्टले कसका लागि छुटकाराको दामको रूपमा आफैंलाई दिनुभयो (१ तिमोथी २:६)? _______________________ (नोट: “छुटकाराको दाम” को अर्थ: ख्रीष्टले परमेश्वरको इन्साफमुनि रहेका पापीहरूको पूर्ण ज्यालाको सट्टामा आफ्नै जीवनको बलिदान दिनुभयो।) हामीलाई परमेश्वरकहाँ ल्याउन सक्नुहुने एउटै व्यक्ति को हुनुहुन्छ? परमेश्वर र मानिसहरूको बीचमा एउटै मध्यस्त को हुनुहुन्छ (१ तिमोथी २:५)? ___________________________ हामीले हाम्रो भरोसा र आशा कसमाथि राख्नुपर्छ (१ तिमोथी ४:१० र ६:१७)? ____________________________________
एउटा मानिसले कसरी मुक्ति पाउन वा धर्मी ठहरिन सक्छ, उसको आफ्नै असल कार्यले कि परमेश्वरको अनुग्रहले (तीतस ३:७)? __________________________ निम्न अध्यायहरूमा, मानिसले उसको आफ्नै असल कामहरूद्वारा मुक्ति पाउँदैन भनी सिकाउने पदहरू पत्ता लगाउनुहोस्,
तीतस ३ अध्याय, पद _________
२ तिमोथी १ अध्याय, पद _________

निम्न अध्यायहरूमा, यदि कुनै मानिसले साँच्चै मुक्ति पाएको छ भने (र यदि परमेश्वर ऊभित्र जिउनुहुन्छ भने) उसले असल कामहरू गर्नेछ भनी सिकाउने पदहरू पत्ता लगाउनुहोस्,
तीतस ३ अध्याय, पद _________
तीतस २ अध्याय, पद _________

२) पास्टरले ख्रीष्ट प्रचार गर्नैपर्छ।

१ कोरिन्थी २:२ मा पावलले उनीहरूका बीचमा _________ ___________, र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेका थिए! आज धेरै मण्डलीहरूले ख्रीष्ट प्रचार गर्दैनन्। कोही-कोहीले राजनिती वा विचारशास्त्र प्रचार गर्ने गर्छन्। अरूहरूलेचाहिँ हामीले आफ्नो छिमेकीहरूलाई सहायता र प्रेम गर्नुपर्छ भनी प्रचार गर्छन्। कोही-कोहीले युद्ध, गरिबी र अपराधको विरूद्धमा प्रचार गर्छन्। अरूहरूले धर्म (मानिसले आफ्नै तरिकाले परमेश्वरकहाँ ग्रहणयोग्य हुने प्रयास गर्ने बारेमा) प्रचार गर्छन्। यिनीहरूभन्दा पावल भिन्न थिए। उनले तिमोथी र तीतसलाई ख्रीष्ट प्रचार गर्न उत्साह दिए! मानिसको एउटै मात्र आशा परमेश्वरका पुत्रमा पाइन्छ।

जोडा मिलाउनुहोस्। तलको तालिकाले पास्टरीय पत्रहरूले पावलले प्रचार गरेको ख्रीष्टका सत्यताहरू देख्न तपाईंलाई मद्दत गर्नेछ:

३) पास्टरले सम्पूर्ण बाइबल प्रचार गर्नुपर्छ।

कुनै कुनै मण्डलीहरूले सुसमाचारका पत्रहरूबाट केही मात्रामा, भजनसङ्ग्रहबाट थोरै भाग र अन्य मनपर्ने खण्डहरूबाट केही हिस्सा मात्र प्रचार गर्ने गर्छन्। तर उनीहरूले कहिल्यै प्रचार नगरेका परमेश्वरका वचनहरू थुप्रै छन्। अन्य मण्डलीहरूले हरेक समय मुक्तिको बारेमा प्रचार गर्छन्, तर उनीहरूले ख्रीष्टिय जीवन कसरी जिउने भन्ने विषयमा मानिसहरूलाई सहायता गर्दैनन्। यूहन्ना ३:१६ अति सुन्दर पद हो, तर बाइबलमा यूहन्ना ३:१६ भन्दा पनि धेरै कुराहरू छन्। यदि परमेश्वरले हामीले यूहन्ना ३:१६ मात्र जानेको परमेश्वरले चाहनुभएको भए, उहाँले हामीलाई निकै सानो बाइबल दिनुहुनेथियो!

पावलले तिमोथीलाई के प्रचार गर्ने सल्लाह दिए (२ तिमोथी ४:२)? _____________________________ यदि कुनै मानिसले वचन प्रचार गर्ने हो भने, उसले परमेश्वरको सत्यको वचन अध्ययन गर्नैपर्छ (२ तिमोथी २ अध्यायमा परमेश्वरको सत्यको वचनलाई ध्यानसँग पढ्नुको महत्त्व देखाउने पद कुन हो? ______ पद)। २ तिमोथी ३:१६ अनुसार परमेश्वरको वचनको कति हिस्सा हाम्रो लागी लाभदायक हुन्छ?

    • क. नयाँ नियम मात्र
    • ख. नयाँ नियम र भजनसङ्ग्रह
    • ग. सुसमाचारका पुस्तकहरू, भजनसङ्ग्र र हितोपदेश मात्र
    • घ. सबै पवित्रशास्त्रहरू (बाइबलका सबै ६६ ओटा पुस्तकहरू)

परमेश्वरको वचनले मेरो निम्ति के गर्छ (२ तिमोथी ३:१६)?

 

४) पास्टरले मण्डली सम्बन्धित सत्यता प्रचार गर्नैपर्छ।

पास्टरले उहाँको मण्डलीको विषयमा परमेश्वरले के भन्नुभएको छ भनी बुझ्नै पर्छ। तिमोथीले परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो, सत्यको खाँबो र जग हो, कसरी च_________ (व्यवहार गर्नुपर्छ), सो जानुन् (१ तिमोथी ३:१५) भनी सिकाउनु नै पावलले १ तिमोथीको पुस्तक लेख्नुको मुख्य कारण थियो। पास्टरीय पत्रहरूमा स्थानीय मण्डलीको बारेमा धेरै कुराहरू बताइएको छ। यी पुस्तकहरूले हामीलाई मण्डलीको सङ्गठन, मण्डलीका सेवकहरू, मण्डलीको शिक्षा, मण्डलीका शत्रुहरू, मण्डलीको उपासना र मण्डलीको भविष्यको बारेमा बताउँदछ।

आज धेरै मानिसहरूलाई मण्डली भनेको वास्तवमा के हो र बाइबलले मण्डलीको बारेमा के सिकाउँछ भन्ने पनि थाह छैन। उदाहरणको निम्ति, आजभोली मण्डलीहरूमा यस्ता मानिसहरू छन् जसले आफैंलाई “पूजाहारी” भनी नाम दिएका छन्। के पास्टरीय पत्रहरूले मण्डलीमा पूजाहारीहरू हुनुपर्छ भनी सिकाउँछ? मण्डलीमा के हुनुपर्छ (१ तिमोथी ३:१२ र १ तिमोथी ५:१७)? से__________ र प्रा__________। आजभोली मण्डलीहरूमा यी पत्रहरूले उल्लेख नगरेका अन्य अभ्यासहरू पनि गरिएको छ। अनि आजभोली मण्डलीहरूमा यी पत्रहरूले उल्लेख गरेका, तर अभ्यासहरू नगरिएका कुराहरू पनि छन्। किन यस्तो हुन्छ?

५) पास्टरले ओठहरूले मात्र नभई जीवनले पनि प्रचार गर्नैपर्छ।

एउटा असल पास्टरले आफूले प्रचार गरे अनुसार अभ्यास पनि गर्नैपर्छ नत्रता तिनको कुरा सुन्ने मानिसहरूले यसो भन्नेछन्, “तपाईंका अभ्यासहरू यति चर्का छन् कि हामीले तपाईंको आवाज नै सुन्न सक्दैनौं!” उसले सत्यता प्रचार गर्नैपर्छ र सत्यतामा जिउनै पर्छ। तिमोथीलाई केवल शिक्षाको (आफूले सिकाउने गरेको शिक्षा ठीक छ भन्ने) विषयमा मात्र होसियार रहन भनिएको थिएन तर “आफ्नो” (उसको ठीक किसिमको जीवन) विषयमा पनि होसियार रहन भनिएको थियो!

१ तिमोथी ४:१२ (तीतस २:७ पनि हर्नुहोस्) मा, तिमोथीलाई विश्वासीहरूका निम्ति नमुना हुन भनियो, ताकि उनीहरूले तिमोथीलाई हेरेर यसो भन्न सकुन्, “विश्वासी त्यस्तो पो हुनुपर्छ!” पावलले तिमोथीलाई ___________ निम्ति आफैलाई साधना गर भनी भने (१ तिमोथी ४:७)। शारीरिक साधना महत्त्वपूर्ण हुन्छ (१ तिमोथी ४:८), तर आत्मिक साधना त्यो भन्दा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। शारीरिक रूपमा बलियो र स्वस्थ हुन शारीरिक क्षेत्रमा हामीले गर्नुपर्ने कुराहरू के के हुन्? आत्मिक रूपमा बलियो र स्वस्थ हुन आत्मिक क्षेत्रमा हामीले गर्नुपर्ने कुराहरू के के हुन्?

तिमोथी र तीतस आत्मिक रूपमा बलियो होऊन् भन्ने पावलको चाहना थियो! २ तिमोथी २ अध्यायमा निम्न उदाहरणसँग मिल्ने पदहरू भेट्टाउन सक्नुहुन्छ?

तिमोथी यस्तो भएको पावल चाहन्थे…

यी मध्ये हरेकको पछाडि के आत्मिक अर्थ छ? अर्को शब्दमा, कुन तरिकाहरूद्वारा एउटा पास्टर असल सिपाही हुनुपर्छ? कुन तरिकाहरूद्वारा एउटा विश्वासी असल सिपाही हुनुपर्छ? इत्यादि।

प्रेरित पावल सत्यता प्रचार गर्ने मात्र होइन, तर सत्यतामा जिउने व्यक्ति थिए। यदि एउटा व्यक्ति असल तरिकाले जिउँछ भने, ऊ असल तरिकाले नै मृत्युमा सुत्ने पनि छ (फिलिप्पी १:२१ पढ्नुहोस्)। पावलले २ तिमोथी लेख्दाहुँदी उनी झ्यालखानामा थिए र तिनको मृत्युको दिन निकै नजिकमा छ भनी जान्दथे। के पावल मर्नको निम्ति तयार थिए (२ तिमोथी ४:६)? ___________ किन पावल यस जीवनबाट बिदा लिन डराएनन् (फिलिप्पी १:२३)? _____________________________________ के एउटा ख्रीष्टियन भएर जिएकोमा पावल लजाए (२ तिमोथी ४:७)? __________ के पावल आनन्दसाथ धर्मी न्यायकर्ता प्रभु येशू ख्रीष्टको सामु उभिने घडीको बाटो हेर्दैथिए (२ तिमोथी ४:८)? __________________
तिमोथीलाई यो पत्र पठाएको धेरै समय नबित्दै, पावललाई रोमीहरूद्वारा मृत्यु दण्ड दिइयो (रोमी तरवारद्वारा शिर काटिएर) र तुरुन्तै उनी ख्रीष्टसँग रहन गए जुनचाहिँ अति नै राम्रो हो! कृपया यस पदलाई सच्च्याउनुहोस्: “किनकि मेरा निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ र मर्नुचाहिँ ठूलो नोक्सानी र ठूलो वियोगान्त हो!”
________________________________________ _____________________________________
तिनीहरूले पावललाई कैदमा राख्न सक्थे र पावललाई मार्न सक्थे, तर तिनीहरूले उनले प्रचार गरेको वचनलाई रोक्न सक्दैनथिए। “परमेश्वरको वचन _________ छैन” (२ तिमोथी २:९)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

नयाँ विश्वासीहरूका निम्ति निर्देशन

नयाँ विश्वासीहरूका निम्ति निर्देशन

 

नयाँ विश्वासीहरूका निम्ति निर्देशन

 

(१ र २ थेस्सलोनिकी)

थेस्सलोनिकाको शहर म्यासिडोनिया (उत्तरी ग्रीस) को बन्दरगाहमा अवस्थित एक विशाल शहर थियो। के आफ्नो बाइबलमा म्यासिडोनिया र थेस्सलोनिकाको शहर भेट्टाउन सक्नुहुन्छ?

थेस्सलोनिका धेरै तरिकाले कोरिन्थको शहरसँग मिल्दोजुल्दो छ (पाठ ६ हेर्नुहोस्)। थेस्सलोनिका पनि “पापको शहर” थियो। अधिकांश मानिसहरूले मूर्तीहरूको पूजा गर्दथे (१ थेस्सलोनिकी १:९ सित तुलना गर्नुहोस्)। यो शहर सबै प्रकारका दुष्टताले भरिएको थियो र कोरिन्थमा जस्तै यसमा पनि व्यभिचारको पाप नै ठूलो समस्या थियो (पाठ ६ हेर्नुहोस् र १ थेस्सलोनिकी ४:३ सित तुलना गर्नुहोस्)। परमेश्वर पापमा हराएकाहरूकहाँ पुग्न र बचाउन मन पराउनुहुन्छ, र २ थेस्सलोनिकी २:१३-१४ मा प्रेरित पावलले थेस्सलोनिकाको विश्वासीहरूका हृदयहरूमा सम्पन्न गर्नुभएको मुक्तिको महान् कार्यको निम्ति परमेश्वरलाई धन्यवाद दिए।

कसरी यस शहरमा मण्डलीको सुरुवात भयो? यी मानिसहरूलाई कसले सुसमाचार प्रचार गरे? यी प्रश्नहरूका जवाफ प्रेरित १७:१-९ मा पाउन सकिन्छ। आफ्नो दोस्रो प्रचार यात्राको क्रममा पावल थेस्सलोनिकाको शहरमा आए। यी मानिसहरूलाई पावलले मुक्तिको असल समाचार प्रचार गरेपछि, के कोही-कोहीले विश्वास गरे (प्रेरित १७:४)? __________ अन्त्यमा अविश्वासीहरूले निकै समस्याहरू खडा गरे जसको कारणले पावल र सिलास उक्त शहर छोडेर जान बाध्य भए (प्रेरित १७:५-१०)।

थेस्सलोनिकाबाट छोडेर गए पनि यी विश्वासीहरू प्रति पावलको ठूलो चासो थियो। सामान्यतया पावलले नयाँ विश्वासीहरूमाझ उनीहरूलाई सिकाउँदै र विश्वासमा बलिया बनाउँदै धेरै महिनाहरू बिताउने गर्दथे। तरैपनि, सतावटको कारणले थेस्सलोनिकीहरूको माझमा उनले यसो गर्न सकेनन्। के यी विश्वासीहरूलाई फेरी भेट्नलाई पावल थेस्सलोनिकामा फर्किन चाहे (१ थेस्सलोनिकी ३:६,१०)? _____________ यी विश्वासीहरूलाई पावलले भेट्न नसके तापनि, उनले थेस्सलोनिकाको विश्वासीहरूको विश्वासमा उनीहरूलाई बलियो बनाउन र उत्साह दिनको निम्ति त्यस खतराले पूर्ण कार्यमा तिमोथीलाई पठाउन सके (१ थेस्सलोनिकी ३:२ पढ्नुहोस्)। अन्त्यमा जब तिमोथी पावलकहाँ फर्केर आए, उनले कस्तो सन्देश ल्याए? १ थस्सलोनी ३:६-७ पढ्नुहोस् र ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्।

    • क. “थेस्सलोनिकाको विश्वासीहरू मूर्तीहरूको पूजा गर्न परमप्रभुबाट फर्के।”
    • ख. “मसँग एउटा खराब खबर छ। थेस्सलोनिकीहरूले परमप्रभुलाई प्रेम गर्न छाडे, र उनीहरू तपाईंलाई फेरी भेट्न चाहँदैनन्।”
    • ग. “मसँग एउटा असल खबर छ। थेस्सलोनिकीहरू सतावटहरू हुँदा हुँदै पनि ख्रीष्टमा भरोसा पर्न छाडेका छैनन्। उनीहरू साँच्चै तपाईंलाई भेट्न चाहन्छन्!”
    • घ. “अविश्वासीहरूले थेस्सलोनिका शहरको सबै विश्वासीहरूलाई मारेछन्, र त्यहाँ कोही पनि बाँकी छैन!”

तिमोथीले ल्याएका असल खबरहरूको कारणले पावलको हृदय आनन्दित भयो, र उनले उनीहरूलाई परमप्रभुको आगनको विषयमा केही कुराहरू सिक्नलाई मद्दत गर्न र उनीहरूको सबै सङ्कष्टहरूमा सान्त्वना दिनको निम्ति ती विश्वासीहरूलाई १ थेस्सलोनिकीको पत्र पठाए र उनीहरूलाई आफूले सिकाएको कुराहरूको सम्झना गराए। यो लेखेको केही क्षणपछि, उनले अर्को पत्र (२ थेस्सलोनिकी) पठाए। उक्त पत्र मण्डलीमा भित्रिएको केही गलत शिक्षा सुधार्न (२ थेस्सलोनिकी २ अध्याय) र केही मण्डली सदस्यहरूका गलत व्यवहार सुधार्न (२ थेस्सलोनिकी ३ अध्याय) लेखिएको थियो।

यी दुवै पत्रहरू निकै अगाडि, अर्थात् ख्रीष्टको मृत्यु र बौरिउठाइको करिब २० वर्ष पछि लेखिएका थिए। पावलका सुरुका पत्रहरूमध्ये दुई पत्रहरू यी नै हुन्। यी पत्रहरू करिब ई. सं. ५१ मा लेखिएका हुन्। पावलका पत्रहरूमध्ये सबैभन्दा अगाडि लेखिएको पत्र गलातीको पत्र हो जुन पत्र करिब ई.सं. ४८-४९ मा लेखिएको हुनुपर्छ।

यी दुई पत्रहरू नयाँ विश्वासीहरूका निम्ति लेखिएका हुन्। नयाँ विश्वासीहरूले बुझ्नुपर्ने कुराहरू के के हुन्? हरेक ख्रीष्टियनले जान्नुपर्ने केही कुराहरू के के हुन्? हरेक नयाँ ख्रीष्टिनलाई सिकाइनुपर्ने बाह्रओटा कुराहरू बिचार गर्नेछौं:

नयाँ विश्वासीहरूका निम्ति शिक्षाहरू

१) ख्रीष्टिय जीवन गुलाफहरूको बिछ्यौना होइन भनी नयाँ विश्वासीले जान्नैपर्छ।

एउटा व्यक्ति ख्रीष्टिन भएपछि, कठिनाइहरू र समस्याहरू बन्द हुन्छन् भन्नु गलत हो। के १ थेस्सलोनिकी १:६; ३:३-४; २ थेस्सलोनिकी १:४,६ अनुसार थेस्सलोनिकाको विश्वासीहरूलाई धेरै कष्ट थियो (कठिनाइहरू, दवावहरू, समस्याहरू, परिक्षाहरू)? __________ के परमेश्वरले उनीहरूलाई कष्ट हुन दिनुभयो (१ थेस्सलोनिकी २:१४; २ थेस्सलोनिकी १:५)? __________ के पावलले उनीहरूलाई सहज जीवनको आशा गर्नु भनी सिकाए, कि उनले उनीहरूलाई सङ्कष्टहरू हुनेछन् भनी सिकाए (१ थेस्सलोनिकी ३:४)? ________________________________________________________________ के प्रभु येशूले उहाँका चेलाहरूलाई उनीहरू यस संसारमा होउन्जेल सङ्कष्ट र समस्याहरू हुनेछन् भनी बताउनुभयो (यूहन्ना १६:३३)? ______________ के एउटा विश्वासी यस संसारमा छ (यूहन्ना १६:३३; १७:११)? _________ संसारमा सङ्कष्ट छ र ख्रीष्टमा शा_______ छ (यूहन्ना १६:३३)। ख्रीष्ट पहिल्यै विजय भइसक्नुभयो भनी जानेर सङ्कष्टहरूको बीचमा पनि हामीलाई शान्ति हुन्छ!

२) नयाँ विश्वासी हरेक समयहरूमा रमाउन सिक्नुपर्छ।

थेस्सलोनिकीहरूलाई कष्ट (समस्या र सतावट) मात्र थिएन तर उनीहरूलाई आ_________ पनि थियो (१ थेस्सलोनिकी १:६)। जब पावलले उनीहरूलाई लेखे, उनले उनीहरूलाई यो कुराको सम्झना गराउँदै सधैँ आ___________ रहो भनी बताए (१ थेस्सलोनिकी ५:१६)। विश्वासीहरू सधैं आनन्दित हुनुपर्छ! जस्तो हामीले देख्यौं, फिलिप्पीहरूलाई पनि पावलले यही सन्देश दिएका थिए “प्रभुमा ________ आ__________ गर; म फेरी पनि भन्दछु _____________ गर” (फिलिप्पी ४:४)।

३) परमेश्वरको वचनतर्फ नयाँ विश्वासीको ठीक आचरण हुनुपर्छ।

जब एउटा व्यक्तिले मुक्ति पाउँछ, उसले परमेश्वरको वचन आफ्नो हृदयमा ग्रहण गर्छ र परमेश्वरको वचनले उसको हृदयमा स्थान पाउँदछ (१ थेस्सलोनिकी १:६ र प्रेरित २: ४१; १७:११ सित तुलना गर्नुहोस्)। एउटा मानिसले मुक्ति पाएपछि, ऊ परमेश्वरको वचन ग्रहण गर्ने कुरामा निरन्तर लागिरहनुपर्छ। १ थेस्सलोनिकी २:१३ अनुसार थेस्सलोनिकाको मानिसहरूले कसरी परमेश्वरको वचन ग्रहण गरे (ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्)?

    • क. उनीहरूले यसलाई अन्य कुनै लेखको टुक्रालाई जस्तै गरी ग्रहण गरे। उनीहरूले तिनलाई परमेश्वरका वचनहरू होइन तर मानिसका वचनहरू जस्तो मानिलिए।
    • ख. उनीहरूले यसलाई पूर्ण शंका र अनिश्चयतामा ग्रहण गरे। यो वास्तवमै सत्य छ भनी उनीहरू निश्चित थिएनन्।
    • ग. उनीहरूले यसलाई ग्रहण गरे, तर ग्रीसबाट आएका अन्य विचारशास्त्रीहरूले जीवन र मृत्युको बारेमा सिकाउने कुराहरू पनि सुन्न तयार थिए।
    • घ. उनीहरूले यसलाई मानिसहरूको वचनजस्तो गरी होइन, तर परमेश्वरकै वचनजस्तो गरी ग्रहण गरे, र यसलाई उनीहरूको सम्पूर्ण हृदयले विश्वास गरे।

के तपाईंले साँच्चै बाइबललाई तपाईंको निम्ति परमेश्वरकै सन्देशको रूपमा ग्रहण गर्नुभयो?

४) एउटा नयाँ विश्वासी हरेक पलपलमा परमेश्वरतर्फ सचेत हुनुपर्छ।

१ थेस्सलोनिकी ५:१७ मा पावलले थेस्सलोनिकीहरूलाई यो महत्त्वपूर्ण आज्ञा दिए नि___________ प्रा___________ गरिरहो। जब एउटा व्यक्तिले साँच्चै ठीक तरिकाले प्रार्थना गर्दछ, ऊ परमेश्वरको उपस्थितीको बारेमा निकै सचेत हुन्छ। हाम्रो दिन बित्दै जाँदा, हामीलाई सहायता गर्न परमेश्वर हामीसँगै हुनुहुन्छ र उहाँ योग्य पनि हुनुहुन्छ भनी हामीले सम्झनुपर्छ। हामीले उहाँलाई कुनै पनि समयमा कहीँ पनि पुकार्न सक्छौं। निरन्तर प्रार्थना गरिरहो भन्नुको तात्पर्य हामीले हरेक दिन चौबिसै घण्टा घुँडा टेकिरहेको हुनुपर्छ भन्ने होइन, तर यसको तात्पर्य हाम्रो दैनिक जीवनमा परमेश्वर हामीसँगै हिँडिरहनुभएको हुनुहुन्छ भनी सचेत रहनु हो। उहाँको व्यक्तित्व र उहाँको उपस्थितीको बारेमा हामी सचेत हुनुपर्छ। हामी उहाँमा आनन्दित हुन सिक्नुपर्छ!

यदि हामी आफ्नो साथीसँग बाटोको किनारमा हिँडिरहेका छौं भने, के हामी उसको उपस्थितीको बारेमा सचेत रहन्छौं? के हामी उक्त व्यक्तिसँग बारम्बार बातचित गर्नेछौं? के यस व्यक्तिसँग हामी रमाहट गर्नेछौं? त्यसैगरी हामी परमेश्वरसँग हिँड्दा पनि, उहाँलाई हामीले नदेखे तापनि, उहाँको उपस्थितीको बारेमा हामी सचेत हुन सक्छौं। उहाँसँगको यस सुन्दर सम्बन्ध र सङ्गतिमा रमाहट गर्दाहुँदि हामी उहाँसँग कुनै पनि समयमा कुरा गर्न सक्छौं।

५) नयाँ विश्वासी हरेक कुरामा धन्यवादी हुनैपर्छ।

आफूहरूमा आइपरेका सङ्कष्टहरू र सतावटहरूको कारणले थेस्सलोनिकीहरू गनगनले भरिएका थिए होलान् भनी कल्पना गर्न सक्छौं। तर पावलले उनीहरूलाई धन्यवादले भरिनुपर्छ भनी बताए, “__________ ____________ ______________ चढाओ; किनकि प्रभु येशूमा तिमीहरूका निम्ति परमेश्वरको यही इच्छा छ” (१ थेस्सलोनिकी ५:१८)।

हरेक विश्वासीले “धन्यवाद!” भन्न सक्छ। समयहरू कठिन भएको भए तापनि, हामीले “धन्यवाद!” भन्न सक्छौं। परमेश्वरले सबै कुराहरू सम्हाल्नु भएको छ, आफूले के गर्दैछु भनी परमेश्वरलाई थाह छ र परमेश्वरले सबै कुराहरू उत्तमतामा गर्नुहुन्छ! यसको कारणले, हरेक दिन नै धन्यवाद चढाइने दिन हुनुपर्छ!

६) नयाँ विश्वासीले परमेश्वरको आत्मालाई आफ्नो जीवनमा काम गर्न दिनैपर्छ।

मुक्ति पाएको घडी परमेश्वरले हरेक विश्वासीलाई कस्तो बहुमूल्य उपहार दिनुहुन्छ (१ थेस्सलोनिकी ४:८)? ______________________ परमेश्वरको आत्माले हाम्रो जीवनमा काम गर्न चाहनुहुन्छ, तर कहिलेकाहीँ हामीमा उहाँको सामर्थी काम गर्न दिन हामी आफैंले उहाँलाई रोक्दछौं! पावलले थेस्सलोनिकीहरूलाई यसो भने, “आ___________ न____________” (१ थेस्सलोनिकी ५:१९)। जसरी पानीद्वारा आगोलाई निभाइन्छ, त्यसरी नै विश्वासीले परमेश्वरलाई “हुँदैन” भन्दाहुँदी आत्मालाई निभाइन्छ। हामीले जहिले पनि प्रभुलाई “हुन्छ!” भन्नुपर्छ, “हुन्छ प्रभु, मैले जे गरेको तपाईं चाहनुहुन्छ, त त्यही गर्नेछु! हुन्छ प्रभु, तपाईं जहाँ चाहनुहुन्छ, म त्यहीँ जानेछु! हुन्छ प्रभु, मैले जे बोलेको तपाईं चाहनुहुन्छ, म त्यही बोल्नेछु!” परमेश्वरले “हुँदैन” भन्नुहुँदा हामीले “हुन्छ” भन्यौं भने पनि हामीले आत्मालाई निभाउन पुग्छौं। जब परमेश्वरले “हुँदैन” भन्नुहुन्छ, विश्वासीले “हुन्छ” भन्नु गलत कुरा हो। हामी परमेश्वरको सुन्दर इच्छातर्फ लम्किँदा र उहाँको वचनमा दिइएका आज्ञाहरूमुनि आफैंलाई समर्पण गरेर हामीले आत्मालाई निभाउँदैनौं।

७) नयाँ विश्वासीले प्रभुलाई खुसी पार्दै पवित्र जीवन जिउनै पर्छ।

हामीले पवित्र जीवन बिताउन सकौं भनेर परमेश्वरको हामीलाई पवित्र आत्मा दिनुभएको छ। पावलले थेस्सलोनिकीहरूलाई १ थेस्सोलोनिकी ४:१-८ मा पवित्रताको बारेमा बताए। सम्झनुहोस्, यी ख्रीष्टियनहरू दुष्ट सहरको बीचमा बस्दथे जहाँ उनीहरू हरेक दिन खराब गर्न र पापमा फस्न परिक्षामा पर्दथे। तर उनीहरूभित्र वास गर्नुहुने परमेश्वरले उनीहरूलाई विजयी हुन र “प__________ न_________” (१ थेस्सलोनिकी ४:५) मानिसहरूभन्दा भिन्न तरिकाले जिउन पनि सहायता गर्नुहुनेथियो।

८) नयाँ विश्वासीले प्रभुको आगमनको बाटो हेर्नैपर्छ।

पावलले यी नयाँ विश्वसीहरूलाई समस्याहरूबाट आफ्ना आँखाहरू उनीहरूलाई लिनलाई फेरी आउनुहुने प्रभु येशू ख्रीष्टतर्फ लगाउन सहायता गरे। १ थेस्सलोनिकीको हरेक अध्यायको अन्त्यमा प्रभुको आगमन (वा “र्याप्चर”) को उल्लेख गरिएको छ। के तपाईंले यी पदहरू भेट्टाउन सक्नुहुन्छ?

    • १ अध्याय: ______________
    • २ अध्याय: ______________
    • ३ अध्याय: ______________
    • ४ अध्याय: ______________
    • ५ अध्याय: ______________

प्रभुको आगमन सम्बन्धि अति विस्तृत खण्ड १ थेस्सलोनिकी ४:१३-१८ मा पाइन्छ:

 

९) नयाँ विश्वासीलाई शैतानको बारेमा सिकाइनुपर्छ।

के पावलले मानिसहरूलाई परिक्षामा पार्ने वास्तविक शैतानमा विश्वास गर्थे (१ थेस्सलोनिकी ३:५)? ___________ २ थेस्सलोनिकी २:१-१२ ले शैतानको बारेमा र भविष्यमा उसले के गर्ने प्रयास गर्नेछ भनी थप प्रकाश दिन्छ। यी पदहरू पढ्दाहुँदी, तपाईंले शैतान, शैतानको मानिस (पापको मानिस, ख्रीष्टविरोधी) र शैतानको शक्तिको बारेमा के-कस्ता कुराहरू सिक्नुहुन्छ? परमेश्वरको सत्यतालाई भन्दा बेसी शैतानको झूटलाई विश्वास गर्ने मानिसहरूलाई के हुनेछ?

१०) आफ्नो दैनिक कार्यमा आफ्नो जिम्मेवारीहरूको बारेमा नयाँ विश्वासीलाई सिकाइनुपर्छ।

विश्वासीहरू अल्छी हुँदा अनि प्रभुलाई मनपर्ने र अरूलाई असल गवाही हुने कामहरू गर्न चुक्दा शैतान खुसी हुन्छ। थेस्सलोनिकामा यस्ता मानिसहरू थिए जोहरूले केही पनि काम गरिरहेका थिएनन् (१ थेस्सलोनिकी ४:११; २ थेस्सलोनिकी ३:१०-१२)। यी मानिसहरूका निम्ति पावलले केही कडा शब्दहरू प्रयोग गरे र उनीहरूले काम गरेनन् भने उनीहरूले _________ पनि हुँदैन समेत भने (२ थेस्सलोनिकी ३:१०)।

जब एउटा व्यक्तिले मुक्ति पाउँछ, यसले उसलाई एउटा खराब कामदार, खराब विद्यार्थी अथवा लापर्वाह गृहिणी बनाउनु हुँदैन! ख्रीष्टियनले परमेश्वरको महिमाको निम्ति ऊ हुन सक्ने सम्मको उत्तम कामदार वा उत्तम विद्यार्थी बन्नलाई परमेश्वरको सहायताको निम्ति उहाँमा भर पर्न सक्छ। एउटी ख्रीष्टियन महिलाले ऊ हुन सक्ने सम्मको उत्तम गृहिणी, आमा र श्रीमती बन्नलाई परमेश्वरको सहायताको निम्ति उहाँमा भर पर्न सक्छिन् भने एउटा पुरुषले पनि ऊ हुन सक्ने सम्मको उत्तम श्रीमान, पिता र व्यवस्था गर्ने व्यक्ति बन्नलाई परमेश्वरको सहायताको निम्ति उहाँमा भर पर्न सक्दछ!

११) नयाँ विश्वासीले आफूमाथि परमेश्वरले अगुवाको रूपमा राख्नुभएकाहरूलाई आदर र प्रेम गर्नुपर्छ।

थेस्सलोनिकीमा यस्ता मानिसहरू थिए जोहरू अगुवाहरू थिए र जोहरू बगालको (विश्वासीहरूको) आत्मिक उन्नतिका निम्ति जिम्मेवार थिए। पावलले थेस्सलोनिकीका विश्वासीहरूलाई ती मानिसहरू प्रति आफ्नो ठीक आचरण राख्न प्रेरित गरे (१ थेस्सलोनिकी ५:१२-१३ हेर्नुहोस्)।

के तपाईंले आफ्नो पास्टर र मण्डलीका अन्य अगुवाहरूलाई आदर र प्रेम गर्नुहुन्छ? उहाँहरूले आफ्नो दिनहुँको कार्यभार सम्हाल्नुहुँदा के तपाईंले उहाँहरूको निम्ति प्रार्थना गर्नुहुन्छ? के तपाईंले उहाँहरूलाई हरेक सम्भावित तरिकाले सहायता गर्न खोज्नुहुन्छ? तपाईंले उहाँहरूलाई के कस्ता तरिकाहरूले सहयोग गर्न सक्नुहुन्छ?

१२) नयाँ विश्वासीले ऊ आफू पूरा बढिसकें भन्ने विचारमा आइपुग्नु हुँदैन।

थेस्सलोनिकीहरू नयाँ विश्वासीहरू भए तापनि, उनीहरूले राम्रो उन्नति गर्दै थिए। पावलले उनीहरूको विश्वास, उनीहरूको प्रेम र उनीहरूको आशाको सम्झना गरे (१ थेस्सलोनिकी १:३)। तर उनीहरूले राम्रो गरिरहेको भए तापनि, उनीहरूले अझै राम्रो गरून् भनी पावलको इच्छा थियो!

के पावल यी विश्वासीहरूमा भएको विश्वासको निम्ति धन्यवादी थिए (१ थेस्सलोनिकी ३:६)? ____________ के उनीहरूको विश्वास जस्तो हुनुपर्ने त्यस्तै थियो, कि उनीहरूको विश्वासमा सुधार गरिनुपर्ने थियो (१ थेस्सलोनिकी ३:१०)? ________________________________ के उनीहरूको प्रेम जस्तो हुनुपर्ने त्यस्तै थियो, कि उनीहरूको प्रेममा सुधार गरिनुपर्ने थियो (१ थेस्सलोनिकी ३:१२)? ________________________________
के यी ख्रीष्टियनहरूले एक अर्कालाई प्रेम गर्दथे (१ थेस्सलोनिकी ४:९)? ____________ के पावलले उनीहरूको प्रेम उस्तै रहेको चाहन्थे कि बढेको (१ थेस्सलोनिकी ४:१०)? ______________________________________
हाम्रो ख्रीष्टियन जीवनको कुनै कुनै क्षेत्रमा हामीले जतीसुकै राम्रो गरे तापनि, हामी बढ्नु पर्ने जति बढिसक्यौं भनेर हामीले कहिल्यै पनि सोच्नुहुँदैन। हामीले जति राम्रो गरे तापनि, परमेश्वरले हामीहरूले झन्-झन् उत्तम गर्दै परमेश्वरलाई र अरूहरूलाई झन्-झन् बेसी प्रेम गरेको चाहनुहुन्छ! हामीले राम्रो गरेको जुनसुकै कुरा भए तापनि, परमेश्वरले उक्त काममा झन् प्रगती गरेको र अझै बेसी उहाँलाई प्रतिबिम्बित गरेको चाहनुहुन्छ!

के कुनै ख्रीष्टियनले “म बढिसकें! अब उसो म बढ्नुपर्दैन!” भनी कहिल्यै भन्न सक्ला,? ______________________ परमेश्वरले हामीलाई बढिरहन र हामीले प्राप्त गर्नुपर्ने कुराहरू झन्-झन् बेसी प्राप्त गर्न सहायता गर्नुभएको होस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

कैद पत्रहरू

कैद पत्रहरू

 

कैद पत्रहरू

 

(एफेसी, फिलिप्पी, कलस्सी, फिलेमोन)

रोमीको पुस्तकको अध्ययनमा (पाठ ५ हेर्नुहोस्), पावलको रोम शहर जाने र त्यहाँ विश्वासीहरूलाई भेट्ने आफ्नो ठूलो इच्छा रहेको बारेमा हामीले अध्ययन गर्यौँ (रोमी १:१०-१२)। पावललाई रोम जान परमेश्वरले सम्भव तुल्याउनुभयो, तर ती सबै घटनाहरू असामान्य किसिमले घटे। पावल एक कैदीको रूपमा रोममा ल्याइएका थिए! उनको अपराध यही थियो, उनले परमेश्वरको अनुग्रहको सुन्दर सुसमाचार प्रचार गरेका थिए (अर्थात्, चाहे यहूदी वा अन्यजाति, कमारा वा स्वतन्त्र, पुरुष वा स्त्री, धनी वा गरिब, ख्रीष्टद्वारा परमेश्वरकहाँ आउने सबैलाई पूर्ण रूपले मुक्त गर्न परमेश्वर योग्य हुनुहुन्छ—हिब्रू ७:२५; गलाती ३:२८)। पावल रोममा पुगेको चाखलाग्दो घटना प्रेरितको पुस्तक, २१-२८ अध्यायहरूमा बताइएको छ।

पावल कैदीको रूपमा रोममा हुँदा, उनले नयाँ नियमका चारओटा पत्रहरू लेखे। ती हुन्: एफेसी, फिलिप्पी, कलस्सी र फिलेमोन।

 

पावलले आफैंलाई रोमीहरूको कैदीको रूपमा सोचेनन् (यद्यपि उनी रोमीहरूकै कैदी थिए) बरू उनले आफैंलाई ___________ _____________ कै_________ को रूपमा देखे (एफेसी ३:१ र ४:१ सित तुलना गर्नुहोस्)। प्रभुको कैदी र दास हुनु कति सुन्दर कुरा हो!

जीवित परमेश्वरले पावललाई पक्रनुभएको थियो र उहाँले उनलाई स्वतन्त्र पार्नुहुने थिएन! के जीवित प्रभुले तपाईंलाई पक्रनुभयो? के तपाईं प्रेमको सङ्लाहरूले बाँधिनुभएको छ?

 

१) एफेसी—ख्रीष्ट हाम्रो धन हुनुहुन्छ!

एकजना चाँदीको खोजी गर्ने वृद्ध व्यक्तिको बारेमा एउटा कथा बताइएको थियो जसले ओल्ड वेस्ट (Old West) को पहाडहरूमा चाँदीको खोजी गर्न आफ्नो सम्पूर्ण जीवन बिताएको थिए। उनी खोजी कार्यमा यती लिप्त थिए कि तिनको श्रीमती र नानीहरूले पनि तिनलाई छोडिदिए। जब उनी मरे, तिनलाई गाड्न आएका केही मानिसहरूले तिनको सामग्रीहरू माझमा एउटा टिपोट भेट्टाए जसमा तिनले आफूलाई आफ्नै कोठामुनि गाड्न अनुरोध गरेका थिए। जब केही माटोहरू खनेर निकालियो, केही चमकिलो खरानी रङ्गको सामग्री देखिन थाल्यो। त्यो त क्यालिफोर्नियाको इतिहासमा नै मूल्यवान कम्स्टक सिल्भर भेन (Comstock Silver Vein) थियो। उक्त चाँदीको खोजकर्ता उसको जीवनभरी नै करोडपति थियो, तर उसले कहिल्यै पनि आफ्नो सम्पत्तिको दाबी गरेन। वास्तवमा आफू कति धनी छु भन्ने पनि उसले महसुस गरेकै थिएन!

हरेक साँचो विश्वासी आत्मिक खरबपति हो। ख्रीष्टको गरिबीद्वारा हामी _________ होऔं भनेर उहाँ गरिब हुनुभयो (र हाम्रो निम्ति मर्नुभयो) भनी बाइबलले बताउँदछ (२ कोरिन्थी ८:९)। हामी कत्तिको धनी छौं भनी महसुस गर्न प्राय: विफल हुनु नै समस्या हो। विश्वासी भनेको राजाको सन्तान हो तर प्राय: जसो ऊ राजकुमार जस्तो जिउनुको सट्टा कङ्गाल जस्तो भएर जिउन पुग्छ! एफेसीको पुस्तक हामी कत्तिको धनी छौं भनेर हामीलाई देखाउन र ख्रीष्टमा भएको हाम्रा आशिषहरूको सम्झना दिलाउन लेखिएको हो। परमेश्वरले “हामीलाई स्वर्गीय स्थानहरूमा सबै आ___________ आ__________ ख्रीष्टमा आशिषित पार्नुभएको छ” (एफेसी १:३)!

एफेसीको पुस्तकको पहिलो तीन अध्यायहरूलाई सरसरती हेर्दा, ख्रीष्टमा तपाईंले पाउनुभएको केही आशिषहरू र धनहरू के-के हुन् (दुईटा तपाईंको निम्ति गरिएको छ):

परमेश्वरले मलाई उहाँको आफ्नै हुनका निम्ति चुन्नुभएको छ (एफेसी १:४-५)___________

परमेश्वरले मेरा सबै पापहरू क्षमा गर्नुभएको छ (एफेसी १:७)______________________________________ _________________________________________ _________________________________________ _________________________________________ _________________________________________ _________________________________________ सबै विश्वासीहरूले साझा रूपमा बाँड्ने आशिषहरूमध्ये एउटाचाहिँ येशू ख्रीष्टको मण्डलीको सदस्य हुने विशेषाधिकार पाउनु हो। एफेसीको पुस्तकले मण्डलीको बारेमा थुप्रै कुराहरू गरेको छ।

पावलले मण्डलीलाई शरीरको रूपमा व्याख्या गर्छन्। के तपाईंले एफेसीको पुस्तकको पहिलो चार अध्यायहरूमा मण्डलीलाई ख्रीष्टको शरीरको रूपमा व्याख्या गर्ने केही पदहरू भेट्टाउन सक्नुहुन्छ?

    • एफेसी १ अध्याय, पद ___________
    • एफेसी २ अध्याय, पद ___________
    • एफेसी ३ अध्याय, पद ___________
    • एफेसी ४ अध्याय, पद ___________

यस शरीरको शिर ख्रीष्ट हुनुहुन्छ (एफेसी १:२२-२३) र हरेक विश्वासीचाहिँ अङ्ग हो!

पावलले मण्डलीलाई भवन वा मन्दिर (परमेश्वर वास गर्नुहुने र जिउनुहुने पवित्र स्थान) भन्दछन्। के तपाईंले एफेसी २ अध्यायमा मण्डलीलाई मन्दिर भनी सम्बोधन गरिएको पद भेट्टाउन सक्नुहुन्छ? एफेसी २ अध्याय, पद __________।

पावलले मण्डलीलाई केवल शरीर र भवन भनी भनेका छैनन्, तर दुलही भनेर पनि भनेकाछन्। एफेसी ५:२२-३३ मा विवाहले कुन कुराको चित्रण गर्नुपर्छ भनी पावलले होशियारपूर्वक वर्णन गर्दछन्। श्रीमानले प्रभुको चित्रण गर्नुपर्छ र श्रीमतीले मण्डलीको चित्रण गर्नुपर्छ। श्रीमतीले उसको श्रीमानको आदर गर्नुपर्छ, अधिनमा रहनुपर्छ, आज्ञापालन गर्नुपर्छ र तिनको आदर गर्नुपर्छ। त्यही तरिकाले मण्डलीले प्रभुको आदर गर्नुपर्छ, अधिनमा सुम्पनुपर्छ, आज्ञा पालन गर्नुपर्छ र उहाँलाई सम्मान गर्नुपर्छ।

शरीरको अङ्ग हुनु, भवनको हिस्सा हुनु र प्रभुसँग विवाहित हुनु कस्तो आशिषपूर्ण कुरा हो (उहाँसँगको निकटमतामा र उहाँसँगको नजिकको सम्बन्धमा आनन्द मनाउनु)!

 

२) फिलिप्पी—ख्रीष्ट हाम्रो आनन्द हुनुहुन्छ!

फिलिप्पीहरूलाई पावलले लेखेको पत्र वास्तवमा “धन्यवाद ज्ञापन पत्र” हो जहाँ पावलले फिलिप्पीहरूलाई उनीहरूले तिनलाई पठाएका उपहारहरूको निम्ति धन्यवाद दिएका छन् (फिलिप्पी ४:१५-१७)। तर पावलले यस पत्रलाई यी विश्वासीहरूलाई प्रभुमा उत्साहित गराउन र बलियो बनाउन प्रयोग गरे।

यस पत्रको चाबी शब्द “आनन्द” हो। के तपाईंले यस पत्रका हरेक अध्यायहरूमा यो शब्द भेट्टाउन सक्नुहुन्छ?

यो शब्द भेट्टाउन सकिने पदहरूलाई लेख्नुहोस्:
फिलिप्पी १ अध्याय: ________________________________
फिलिप्पी २ अध्याय: ________________________________
फिलिप्पी ३ अध्याय: ________________________________
फिलिप्पी ४ अध्याय: ________________________________

“आनन्द” र “खुशी” बीच भिन्नता छ भनी पावलले जाने। एउटा व्यक्ति खुशी भएर पनि वास्तवमा आनन्दित नभएको हुन सक्छ। “खुशी” को अङ्ग्रेजी शब्द “Happy” चाहिँ “Hap” बाट आएको हो जस्को अर्थ हुन्छ, सन्जोग, भाग्य, मौका। यदि सबै कुराहरू “भाग्यशाली” (“Hap”) हुन गयो भने एउटा मानिस खुशी (“Happy”) हुन सक्छ! तपाईंले चिताउनु भएको जस्तो भयो भने तपाईं खुशी हुन सक्नुहुन्छ।

उदाहरणको निम्ति, यी कुराहरू भए भने तपाईं खुशी बन्नुहुनेछ,
सुन्दर दिन भएमा
जन्मदिनमा विशेष किसिमको उपहार पाउनुभएमा
स्कूलको रिजल्ट राम्रो आएमा
सबै कुराहरू तपाईंले भन्नुभए जस्तै भएमा

तर यदि तपाईंको भाग्य राम्रो भएन भने नि? कामकुराहरू तपाईंले चिताउनुभएको अनुसार भएन भने के हुन्छ होला? यदि यी कुराहरू भए भने…
पानी परेर सबै योजनाहरू भद्रगोल भयो भने
तपाईंले सोच्नुभए अनुसार उपहार पाउनुभएन भने
स्कूलको रिजल्ट राम्रो आएन भने
तपाईं बिमार हुनुभयो भने
तपाईंको मनपर्ने टोलीले जितेन भने
तपाईंको साथीले तपाईंलाई निराश बनायो भने

खुशी हुने कुरा परिस्थिती र घटनाहरूमा भर पर्छ! सबै कामकुराहरू ठीक भए भने, म खुशी हुन सक्छु! यदि कामकुराहरू ठीक भएनन् भने, मेरो खुशी मसँग रहनेछैन!

आनन्द भनेको योभन्दा धेरै भिन्न कुरा हो। फिलिप्पी ४:१४ अनुसार, एउटा विश्वासी कत्तिको आनन्दित हुने गर्नुपर्छ (ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्)?

    • क. कामकुराहरू राम्रो हुन जाँदा
    • ख. कहिलेकसो
    • ग. सँधै
    • घ. साताको कम्तिमा एक पटक

विश्वासी कुन कुरामा आनन्द गर्नुपर्छ?

    • क. हाम्रो परिस्थितीहरूमा आनन्द गर्नुपर्छ
    • ख. विश्वको अवस्थामा र दैनिक खबरपत्रिकामा हामीले पढेका समाचारहरूमा आनन्द गर्नुपर्छ
    • ग. हामी आफैंमा आनन्द गर्नुपर्छ
    • घ. प्रभुमा आनन्द गर्नुपर्छ

आनन्द हाम्रो परिस्थितीमा भर पर्ने कुरा होइन, आनन्द परमेश्वरमा भर पर्ने कुरा हो, र उहाँ कहिल्यै बदली हुनुहुँदैन! पावलको परिस्थितीहरू भयावह (उनी एक कैदी थिए!) भए तापनि, उनले आनन्द मनाउन सक्थे (प्रेरित १६:२२-२५ सित तुलना गर्नुहोस्)।

जहिले पनि हामीले सोचेकै जस्तो हुन्छ भनी हामीले ठान्नुहुँदैन। तर जेसुकै भए तापनि परमेश्वर जहिले पनि परमेश्वर नै रहनुहुनेछ भनी हामीले ठान्नसक्छौं। तपाईं कतै यात्रा गर्न जानुहुँदा गाडी बिग्रेर गाडी बनाउँदा बनाउँदै दिन बित्यो। के यसको अर्थ परमेश्वर बदलिनुभएको छ भन्ने हुन्छ? के परमेश्वरका प्रतिज्ञाहरू बदलिएका छन्? के परमेश्वर तपाईंलाई यस्ता परिस्थितीहरूमा पनि सिकाउन र आशिष दिन योग्यको हुनुहुन्छ?

 

३) कलस्सी—ख्रीष्ट हाम्रो सबथोक हुनुहुन्छ!

कलस्सीहरूको निम्ति पावलको पत्र गलातीहरूलाई लेखिएको उनको पत्रसँग मिल्दोजुल्दो छ किनभने कलस्सीको मण्डली पनि झूटो शिक्षाद्वारा प्रभावित भएको थियो।

झूटा शिक्षाले (आज पनि) येशू ख्रीष्ट साँच्चै को हुनुहुन्छ भन्ने कुराको प्राय: गलत सन्देश वा विचार प्रस्तुत गर्दछ। उदाहरणको निम्ति, यहोवाका शाक्षीहरू झूटा शिक्षा हो। उनीहरूले परमेश्वर (यहोवा) ले येशू ख्रीष्टलाई सृष्टि गर्नुभयो र त्यसपछि येशू ख्रीष्टले बाँकी सबैकुराहरू सृष्टि गर्नुभयो भनी सिकाउँछन्। यस कुराले येशूलाई एउटा सामान्य प्राणी मात्र बनाउँछ। यस कुराले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्ने पनि सिकाउँछ, किनभने परमेश्वरको कुनै सुरु वा अन्त्य हुँदैन र परमेश्वर सृष्टि गरिनुभएको होइन। यो खतरापूर्ण र झुटो शिक्षा हो किनभने बाइबलले “वचन प_________ हुनुहुन्थ्यो” (यूहन्ना १:१) भनी भन्दछ।

यस प्रकारका त्रुटी र झूटा शिक्षासँग व्यवहार गर्दा येशू ख्रीष्ट साँच्चै को हुनुहुन्छ भनी देखाउनु सर्वोत्तम तरिका हो! कलस्सीको पुस्तकले यही काम गर्दछ। यस पुस्तकले ख्रीष्ट सबैभन्दा उच्च, सबै कुराहरूका सृष्टिकर्ता, मण्डलीको शिर र सबैकुरामा पहिलो स्थान दिइनुपर्ने व्यक्ति हुनुहुन्छ भनी सिकाउँछ! हो, हामीलाई आवश्यक पर्ने सबै कुरा नै येशू हुनुहुन्छ; हाम्रो सबै खाँचो नै उहाँ हुनुहुन्छ र हामी उहाँमा पूर्ण छौं (कलस्सी २:१०)।

कलस्सी १ अध्यायमा, हाम्रो प्रभुको बारेमा बताउने निम्न वाक्यहरूसँग मिल्ने पद भेट्टाउनुहोस्:

 

कलस्सीको पुस्तक र एफेसीको पुस्तक धेरै हिसाबमा उस्तै छन्। पावलले यी दुवै पत्रहरूलाई एकै दिनमा नै लेखेको हुन सम्भव छ। यो थाह गर्न निम्न पदहरूलाई तुलना गर्नुहोस्:

एफेसी १:७ र कलस्सी १:१४
एफेसी ४:२९ र कलस्सी ३:८
एफेसी ४:३२ र कलस्सी ३:१३
एफेसी ५:१९ र कलस्सी ३:१६

फेरी, यी दुवै पत्रहरूले मानिसहरूका निम्न समूहहरूलाई अर्ती र आज्ञाहरू दिँदछन्, पत्नीहरू, पतीहरू, नानीहरू, बुबाहरू, कमाराहरू (दासहरू), मालिकहरू (कमाराहरूका मालिक)। एफेसी ५:२२-६:९ पढ्नुहोस् र कलस्सी ३:१८-४:१ सित तुलना गर्नुहोस्।

 

४) फिलेमोन—भगुवा दासको कथा

पावलले यो संक्षिप्त पत्र फिलेमोन नाम गरेका एकजना विश्वासीलाई लेखेका हुन्। फिलेमोन कलस्सीमा भएको मण्डलीको एक सदस्य थिए। यो छोटो पत्र पढ्दा, हामीले एकजना दासको बारेमा जान्न सक्छौं जसले आफ्नो मालिक फिलेमोनकहाँबाट कुनै थोक चोरी गरेको थियो (१८ पद हेर्नुहोस्) र रोमको शहरबाट भागेको थियो। समयसँगै, यो भगुवा दास (जसको नाम ओ_____________ हो) परमेश्वरको मिसनरी, प्रेरित पावलकहाँ भागेर गयो! त्यस समयमा पावल पनि कैदी थिए! पावलले ओनेसिमससित मुक्तिको असल खबर बाँडे र उसले नयाँ जन्म पायो (१० पद)। त्यो दास अबउसो मुक्ति पाएको दास थियो र उसले एकजना बिल्कुलै नयाँ मालिक पाएको थियो!

मानौं ओनेसिमस अचानक उसको मालिक फिलेमोनकहाँ फर्कियो। फिलेमोनले के भने होला? सायद यस्तै केही भनेको हुनुपर्छ, “तँ काम नलाग्ने दुष्ट! तैंले मबाट चोरेको त्यो पैसा खोई? चोरेर भागेको कारणले तँ दण्डको योग्य छस्!”

जे होस्, फिलेमोनले आफूकहाँ फर्केर आएको उक्त दास भागेर गएको दासभन्दा निकै भिन्न छ भनी महसुस गरेनन् होला! भागेर गएको व्यक्ति बेफाइदाजनक दास थियो; फर्केर आएको व्यक्ति ख्रीष्टमा एउटा फाइदाजनक भाइ थियो (११ पद हेर्नुहोस्—ओनेसिमस नामको अर्थ “फाइदाजनक” हो)।

पावलले ओनेसिमसलाई फिलेमोनकहाँ फिर्ता मात्र पठाएनन्; तर उनले यो सानो पत्र पनि पठाए जसलाई आज हामी फिलेमोनको पुस्तक भन्दछौं। फिलेमोनले यो पुस्तक पढेपछि, उनले ओनेसिमसलाई के भने होला? सायद उनले यस्तो भने, “ओनेसिमस, तिमी मेरो दास हौ, तर दासभन्दा बढी तिमी मेरो _________ हौ (१६ पद)। ख्रीष्टले तिम्रा सबै पापहरू क्षमा गरिसक्नुभयो भन्ने कुरा मलाई थाह छ, र म पनि तिमीलाई क्षमा गर्न खुसी छु यद्यपि तिमी मबाट भागेर गयौ। ख्रीष्टको शरीरमा त्यहाँ दास वा स्वतन्त्र केही हुँदैन; हामी सबैजना ख्रीष्टमा एक हौं। परमेश्वरको सहायताले म तिम्रो लागि सक्दो असल मालिक बन्न चाहन्छु! हाम्रो घरमा स्वागत छ!”

एफेसी ४:३२ र कलस्सी ३:१३ फिलेमोनको पुस्तकसँग कसरी मिल्दो जुल्दो हुन पुग्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मण्डलीमा समस्याहरू

मण्डलीमा समस्याहरू

 

मण्डलीमा समस्याहरू

(१ कोरिन्थी, २ कोरिन्थी, गलाती)

भित्रबाट समस्या—कोरिन्थीहरूका निम्ति पत्रहरू

कुनैपनि मण्डलीमा र हरेक मण्डलीमा समस्याहरू हुन्छन्। एकपटक एकजना मानिसले आफ्नो स्थानीय मण्डलीमा हरेक प्रकारका समस्याहरू देखेछ। उसले उक्त मण्डली छोड्ने र सिद्ध मण्डली खोज्ने निर्णय गरेछ। जानुभन्दा पहिले, कुनै एकजनाले उसलाई यस्तो सल्लाह दिएछन्, “जब तपाईंले सिद्ध मण्डली भेट्टाउनुहुनेछ, त्यहाँ नजानुहोस्, नत्र तपाईंले त्यसलाई पनि बिगार्नुहुनेछ!”

मण्डली मानिसहरूद्वारा बनिएको हुन्छ, र मानिसमा समस्याहरू हुन्छन्। तरैपनि, त्यहाँ एकजना वास्तविक परमेश्वर हुनुहुन्छ जससँग मानिसहरूले सामना गर्नुपर्ने वास्तविक समस्याहरूको वास्तविक जवाफहरू छन्! कुनै पनि मण्डली सिद्ध छैन, तर “परमेश्वरचाहिँ—उहाँको बाटो _______ छ” (भजनसङ्ग्रह १८:३०) र परमेश्वरको वचन वा परमेश्वरको व्यवस्था ____________ छ (भजनसङ्ग्रह १९:७)! मण्डलीसँग सिद्ध परमेश्वर र सिद्ध पुस्तक छ!

एकपटक कोरिन्थको शहरमा अवस्थित एउटा मण्डली थियो जसमा कैयौं समस्याहरू थिए। यी समस्याहरूमध्ये केहीको अध्ययन गर्नु अगाडि, यस शहरको बारेमा केही कुरहरू सिकौं।

पापको शहर

तलको नक्सा हेर्नुहोस् र कोरिन्थ शहर पत्ता लगाउनुहोस्।

 

सबसे दक्षिणी भागलाई मूख्य भूमीसँग जोड्ने साँघुरो भू-भाग बाहेक ग्रीसको दक्षिणी जमिनको भूभाग धेरै हिसाबमा एउटा ठूलो टापु जस्तो देखिन्छ। के तपाईंले नक्सामा यो साँघुरो भू-भाग भेट्टाउन सक्नुहुन्छ? कोरिन्थको शहर भनिने यो साँघुरो भू-भाग अर्थात् “इस्मस” (स्थल संयोजक) को एकदम नजिकमा अवस्थित थियो। (दुई ठूला भू-भागहरूलाई जोड्ने साँघुरो भू-भागलाई इस्मस भनिन्छ।)

कोरिन्थ विशेष महत्व बोकेको शहर थियो, विशेषगरी यात्रीहरू वा व्यापारीहरूको निम्ति। क्रमिकरूपमा आइरहने आँधिबेहरीजन्य मौसमको कारण ग्रीसको सबसे दक्षिणी भागबाट यात्रा गर्नु जोखिमपूर्ण हुन्थ्यो। छोटो बाटो यात्रा गर्नु नै अति उचित थियो। व्यापारीहरू वा यात्रीहरूले कोरिन्थको नजिक आफ्ना जहाजहरूबाट ओर्लन्थे, उक्त साँघुरो भू-भागबाट (करिब ६.५ किलोमिटर) भएर आफ्ना मालसामानहरू बोकेर लान्थे र अर्को जहाजमा सार्दथे। साना-साना जहाजहरू वारीबाट पारीसम्म चिप्लो पारिएको काठको बाटोमा (जहाजलाई सार्न काठबाट बनाइएको पटरी) घिसारेर पल्लोपट्टि लैजान सकिन्थ्यो। यसरी यस स्थलको पारी जानु फाइदाजनक हुन्थ्यो किनभने घुमेर जाने अर्को मार्ग खतरापूर्ण मात्र थिएन, त्यो मार्गबाट यात्रा गर्नु अति लामो पनि पर्थ्यो (करिब ३२२ किलोमिटर)। कोरिन्थको बाटो भएर जाँदा जीवन मात्र होइन समय पनि बाँच्ने गर्थ्यो! निम्न नक्सामा कोरिन्थ र नजिकको इस्मसलाई नजिकबाट देखाइएको छ।

 

सन् १८८१-१८९३ मा एउटा नहर खनियो जसले जहाजहरूलाई यस इस्मसलाई पार गर्न निकै सजिलो बनायो। यो आधुनिक रचना ६.५ किलोमिटर लामो, १७० फुट अग्लो पुलद्वारा वारपार गरिएको छ।

यसको स्थानको कारणले, कोरिन्थमा आगन्तुकहरू र यात्रीहरूको निरन्तर आउजाउ हुन्थ्यो। योचाहिँ व्यापार र व्यवसायको केन्द्र थियो। त्यहाँ ठूलो बजारस्थल थियो र त्यहाँ मानिसहरूका निम्ति मद्य पिउन र मत्त हुन धेरै मदिरालयहरू थिए। धेरै मानिसहरू व्यापार र व्यवसायको कारणले धनाढ्य भए, र प्राय: तिनीहरूले आफ्ना पैसाहरू पापपूर्ण तरिकाहरूमा खर्च गर्दथे। मानिसहरूलाई मनोरञ्जन प्रदान गर्नको निम्ति त्यहाँ विशाल रङ्गमञ्च थियो। दौड खेलकुदहरूको निम्ति पनि उक्त शहर प्रख्यात थियो। हरेक दुई वर्षको अन्तरालमा चिर-परिचित इस्मीय खेलहरूको आयोजना हुने गर्द्थ्यो। ओलम्पिक खेलबाहेक यी दौड खेलकुदहरू निकै प्रख्यात थिए।

विशेषगरी, यो शहर उसको पाप र दुष्टताको निम्ति परिचित थियो। शहरमा मानिसहरूले प्रेमकी देवी एफ्रोडाइट (भेनस) को आदर गर्दथे। त्यसको उपासनालाई “अभिलाषा” भन्ने शब्दले उचित परिचय दिन्छ। त्यसको मन्दिर करिब १००० दुष्ट, अभिलाषापूर्ण स्त्रीहरूले भरिएको थियो र यस मन्दिरमा घुम्न आउने मानिसहरूले त्यो अभिलाषाकी देवीको “पूजा” गर्नलाई ठूलो हिसाबमा रकमहरू तिर्ने गर्दथे। त्यस्तो दुष्टतालाई बाइबलमा “व्यभिचार” भन्ने शब्दमा वर्णन गरिएको छ (पावलले कोरिन्थीहरूलाई यसको बारेमा के लेखे भनी हेर्नुहोस्—१ कोरिन्थी ५:१; ५:९-१०; ६:९; ६:१५-२०; ७:२; १०:८; २ कोरिन्थी १२:२१)।

कोरिन्थको शहर वास्तवमा पापको शहर थियो भनी रोमी सम्राज्य भरका मानिसहरूलाई थाह थियो। कोरिन्थमा भएका अन्यजाति मानिसहरूको राम्रो व्याख्या रोमी १:२१-३२ मा पाइन्छ (वास्तवमा, पावलले रोमीहरूलाई पत्र लेख्दा उनी कोरिन्थमा नै थिए)।

पावल मिसनरीको रूपमा यस शहरमा पहिलोचोटि गएको घटनालाई प्रेरित १८:१-११ मा वयान गरिएको छ। पावल कोरिन्थमा कति समयसम्म बसे (११ पद)? ______________________________ यस समयको सुरुतिर, परमेश्वरले पावललाई यसो भन्दै तिनको हृदयलाई उत्साह दिनुभयो, “यस शहरमा मेरा __________ ____________ छन्” (प्रेरित १८:१०)। पापले दुषित भएको यस शहरमा पनि, परमेश्वरले एउटा महान् कार्य गर्दै हुनुहुन्थ्यो! पापको यस शहरमा धेरै मानिसहरू थिए जसलाई परमेश्वरले मुक्ति दिँदै र परिवर्तन गर्दै (उनीहरूको जीवन पूर्ण रूपमा बदली गरेर फर्काउनु) हुनुहुन्थ्यो! यी मानिसहरूमध्ये केहीको बारेमा तपाईंले १ कोरिन्थी ६:९-११ मा पढ्न सक्नुहुन्छ। परमेश्वरको अनुग्रह यी मानिसहरूकहाँ पुग्नुभन्दा पहिलेका उनीहरूको आचरणको बारेमा केही वर्णनहरू के के हुन् (१ कोरिन्थी ६:९-१०)?__________________________________________ __________________________________________ __________________________________________

परमेश्वरले उनीहरूको हृदयमा मुक्तिको काम गरिसक्नुभएछि तपाईंले उनीहरूलाई कसरी वर्णन गर्नुहुन्छ (१ कोरिन्थी ६:११)?__________________________________________ __________________________________________ __________________________________________

के आज संसारमा पापका शहरहरू छन्? के आजका शहरहरू शुद्धता, सद्गुण र प्रेमका केन्द्रहरू हुन्? के परमेश्वरले आज हाम्रो भूमिका शहरहरू र बजारहरूमा कार्य गर्न सक्नुहुन्छ? मानिसहरूलाई पापको दुषित लेदो र हिलोबाट तानेर निकालेर चट्टान अर्थात्, ख्रीष्ट येशूमाथि बसाल्नुमा नै परमेश्वरको आनन्द छ (१ कोरिन्थी ३:११; भजनसङ्ग्रह ४०:२)!

मानिसका समस्यहरूप्रति परमेश्वरको जवाफ

कोरिन्थीहरूको निम्ति पावलको पहिलो पत्र करिब ई. सं. ५५ तिर लेखिएको थियो। यो पत्र पावलको पहिलो पत्रहरूमध्ये एक हो। १ कोरिन्थीको पुस्तकले कोरिन्थको मण्डलीमा भएको थुप्रै समस्याहरूलाई प्रकट गर्दछ। पावलले निम्न थुप्रै समस्याहरूप्रति परमेश्वरको जवाफ दिनलाई यस शहरमा भएका विश्वासीहरूलाई लेखे:

  1. मण्डलीमा विभाजनहरूको समस्या (१ कोरिन्थी १:१०-१३)
  2. सांसारिक बुद्धिको समस्या (१ कोरिन्थी १:१७-२:१६)
  3. शारीरिकपनाको समस्या (१ कोरिन्थी ३:१-४)
  4. मण्डलीमा अनैतिक सम्बन्धको समस्या (१ कोरिन्थी ५:१-१३)
  5. सङ्गी विश्वासीलाई अदालतमा मुद्दा हाल्ने समस्या (१ कोरिन्थी ६:१-८)
  6. व्यभिचारको समस्या (१ कोरिन्थी ६:१५-२०)
  7. विवाह र त्यागपत्रको समस्या (१ कोरिन्थी ७:१-४०)
  8. मूर्तीहरूलाई चढाइएका मासुहरूको समस्या (१ कोरिन्थी ८:१-१३)
  9. ख्रीष्टको मण्डलीमा पुरुष र स्त्रीहरूले निभाउनु पर्ने भूमिकाको समस्या (१ कोरिन्थी ११:१-१७)
  10. प्रभु भोजको दुरुपयोगको समस्या (१ कोरिन्थी ११:२०-३४)
  11. आत्मिक वरदानहरूको समस्या (१ कोरिन्थी १२:१-३१)
  12. प्रेमको अभावको समस्या (१ कोरिन्थी १३:१-१३)
  13. अन्यभाषाहरूमा बोल्ने विषयमा समस्या (१ कोरिन्थी १४:१-४०)
  14. मरेकाहरूको बौरिउठाइको शिक्षा सम्बन्धि समस्या (१ कोरिन्थी १५:१-५८)
  15. पवित्र जनहरूलाई दिने सम्बन्धमा समस्या (१ कोरिन्थी १६:१-३)

कोरिन्थीमा भएको मण्डली समस्यहरूले ग्रस्त थियो! आजका मण्डलीहरूले पनि यही समस्याहरूलाई उस्तै अथवा बेग्लै रूपमा झेलिरहेका छन्। स्वर्गमा हुनुहुने परमेश्वर समस्याहरूका महान् समाधानकर्ता हुनुहुन्छ भनी यी विश्वासीहरूले जानेको पावल चाहन्थे! परमेश्वरका जनहरूले उहाँको वचनमा दिइएका मार्गदर्शनहरू र अर्तीहरूलाई पछ्याइरहेको हुनुपर्छ। समस्याहरू समाधान हुन सक्छन्, तर तीचाहिँ परमेश्वरकै मार्गद्वारा समाधान गरिनुपर्छ!

कोरिन्थीहरूले सामना गरेका धेरै समस्याहरू धेरै अघि इस्राएलीहरूले सामना गरेका समस्याहरूसँग निकै मिल्दोजुल्दा छन्। आज पनि यही समस्याहरू विद्यमान छन्!

 

१ कोरिन्थीको पुस्तक संभवत: प्रेमको विषयमा लेखिएको सर्वोत्कृष्ट अध्याय (१३ अध्याय) र बौरिउठाएको विषयमा लेखिएको सर्वोत्कृष्ट अध्याय (१५ अध्याय) का निम्ति चिरपरिचित छ!

प्रेरित पावल

२ कोरिन्थीको पुस्तक संभवत: ई.सं. ५६ तिर १ कोरिन्थीको पुस्तक लेखिएको १ वर्षभित्र लेखिएको थियो। हामीसँग उपलब्ध पावलको कलमले लेखिएको निकै व्यक्तिगत पत्र यही हो। नयाँ नियमका अन्य पत्रहरू भन्दा यस पत्रबाट हामीले पावलको बारेमा अधिक कुराहरू (उनी कस्तो व्यक्ति थिए, उनको जीवन, उनको सेवकाइ इत्यादि) जान्न सक्छौं। निश्चय पनि, पावलको जीवन र सेवकाइको बारेमा प्रेरितको पुस्तकबाट पनि हामीले धेरै कुराहरू जान्न सक्छौं।

२ कोरिन्थी पढ्नु भनेको झण्डै-झण्डै कुनै व्यक्तिगत जीवनकथा पढ्नु जस्तै छ। ईश्वरीय प्रेरणाद्वारा लेखिएको यस पत्रमा हामीले कोरिन्थीकाहरूको निम्ति पावलको उच्चतम प्रेम र उनीहरूको आत्मिक प्रगतिको विषयमा उनमा भएको विशिष्ट वास्ताहरू देख्दछौं (२ कोरिन्थी २:४; ६:११; ११:२; १२:१४-१५; १२:१९; १३:१०)।

यस पुस्तकबाट पावलको जीवनीको बारेमा हामीले कसरी सिक्न सक्छौं भन्ने बारे यहाँ एउटा उदाहरण दिइएको छ। प्रेरित ९:१६ मा प्रभुले पावलको विषयमा यस्तो भन्नुभयो, “किनभने उसले मेरा नामका निम्ति कति धेरै ____________ भोग्नुपर्छ, सो म उसलाई देखाउनेछु”। पावलले आफ्नो प्रभु र मुक्तिदाताको निम्ति दु:ख भोगे! २ कोरिन्थी ११:२३-२८ पढेर, के तपाईंले पावलले कसरी दु:ख भोगे भनी वर्णन गर्ने सातओटा बुँदाहरू सुचित गर्न सक्नुहुन्छ?

    1. ________________________________________
    2. ________________________________________
    3. ________________________________________
    4. ________________________________________
    5. ________________________________________
    6. ________________________________________
    7. ________________________________________

पावल परमेश्वरका जन थिए र परमेश्वरका प्रेरित थिए भनी कोरिन्थीहरूले पहिचान गर्नु खाँचो थियो। दुवै १ र २ कोरिन्थीमा पावलले आफू साँच्चै मण्डलीहरूको वास्ता गर्न परमेश्वरबाट पठाइएको प्रेरित थिए भनी बुझ्न कोरिन्थीहरूलाई सहायता गरे (१ कोरिन्थी ९:१-२; २ कोरिन्थी १०:१-१८ र १२:११-१२)। आज पनि हामीले हामीलाई शिक्षा दिन, हामीलाई अगुवाइ गर्न र हामीलाई वचनबाट खान्दिन स्थानीय मण्डलीमाथि परमेश्वरले राख्नुभएका पास्टरहरू र अगुवाहरूको पहिचान गर्दै उहाँहरूको आदर गर्नुपर्छ (१ थेस्सलोनिकी ५:१२-१३; हिब्रू १३:१७)। के तपाईंको स्थानीय मण्डलीमा परमेश्वरले तपाईंको निम्ति दिनुभएको पास्टरहरू र अन्य अगुवाहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिइरहनुभएको छ?

बाहिरबाट समस्या—गलातीको पत्र

कोरिन्थीहरूमाझ मण्डलीभित्रबाट समस्या थियो—अर्थात् उनीहरू आफैंले खडा गरेका समस्याहरू थिए। गलातीहरूमाझ बाहिरकाहरूबाट समस्या थियो, अर्थात्, उनीहरूलाई विचलित पारिरहेका र ठूला झूटहरू सिकाइरहेका झूटा शिक्षकहरूबाट (गलाती १:६-७; ५:१०)। गलातीहरूको निम्ति पावलको पत्र उनको सुरुका पत्रहरूमध्ये एक थियो। यो पत्र आजकको दिनको एशिया माइनरमा (नक्सा हेर्नुहोस्) अवस्थित मण्डलीहरूलाई पठाइएको थियो (गलाती १:२)।

गलातीको पुस्तकलाई पावलको युद्धको पत्र पनि भनिएको छ। यो पत्र लेख्दा पावलले आफ्नो मुहार युद्धमा जाने मानिसले आफ्नो अनुहारमा रङ्ग लगाए जस्तै बनाएको हामी कल्पना गर्न सक्छौं! यी मण्डलीहरूमाझ फैलिँदै गरेको झूटा शिक्षाको विषयमा पावलको साह्रै ठूलो चासो थियो।

झूटा शिक्षाभन्दा विनाशकारी थोक अरू कुनै छैन। मानिसहरू आफूले के खाँदैछु भन्ने कुरामा सतर्क रहन्छन्। के तपाईंले ५ लिटर मट्टितेल पिउनुहुन्छ? के तपाईंले विषालु च्याउ खानुहुन्छ? के तपाईंले आफ्नो दुधमा आर्सनिक मिसाएर पिउनुहुन्छ? यी कुराहरू खतरापूर्ण हुन सक्छन्! यस्ता कुराहरूले जीवन नाश गर्न सक्छ!

आत्मिक क्षेत्रमा पनि झूटा शिक्षा खतरापूर्ण हुनसक्छ। यदि कुनै मानिसले मुक्ति पाएर स्वर्ग जाने हो भने, उसले साँचो सुसमाचार सुन्नै पर्छ (पावलले रोमीको पुस्तकमा अघि सारेको सुसमाचार—यस अध्ययनमालाको ५ पाठ हेर्नुहोस्)। झूटा शिक्षकहरूले सिकाएको सुसमाचार कहिल्यै पनि एउटा मानिसलाई मुक्ति दिँदैन। झूटा सुसमाचारले कहिल्यै पनि साँचो मुक्ति ल्याउन सक्दैन। गलातीको पुस्तकमा पावलले भने, यदि कसैले झूटा सुसमाचार प्रचार गर्छ भने, परमेश्वरको श्राप उसमाथि रहनेछ (गलाती १:८-९)!

मानिस कसरी परमेश्वरसँग ठीक हुनसक्छ? झूटा शिक्षकहरूले एउटा मानिस परमेश्वरसँग ठीक हुनलाई ख्रीष्टमा विश्वास गर्नुपर्छ र व्यवस्था पनि पालन गर्नैपर्छ भनी सिकाइरहेका थिए (प्रेरित १५:१-२ सित तुलना गर्नुहोस्)। के यो सत्य हो? के एउटा मानिसले परमेश्वरको व्यवस्था पालन गरेर मुक्ति (धर्मी ठहरिनु) पाउँछ कि परमेश्वरको पुत्रलाई विश्वास गरेर? __________________________________________________ यदि व्यवस्था पालन गरेर कुनै मानिसले मुक्ति पाउन सक्छ भने, ख्रीष्ट किन मर्नुपर्यो त (गलाती २:२१)? उहाँको मृत्यु कुनै पनि कारणबिनाको हुनेथियो।

मानिसले कसरी परमेश्वरको सामु ठीक जीवन जिउन सक्छ? झूटा शिक्षकहरूले एउटा मानिसले व्यवस्था पालन गर्न खोजेर, चाडहरू मानेर र पवित्र दिनहरू मानेर ख्रीष्टिय जीवन बिताउनुपर्छ भनी सिकाइरहेका थिए (गलाती ३:१-६; ४:९-११)। के यो सत्य हो? यदि हामीले विश्वासद्वारा ख्रीष्टिय जीवन सुरु गरेका छौं भने (हामीले त्यसरी नै मुक्ति पाएका हौं), के हामीले विश्वासैद्वारा ख्रीष्टिय जीवन जिउन निरन्तरता दिनु पर्दैन र (गलाती ३:२-६)? मैले मेरा आफ्नै कामहरूद्वारा मुक्ति पाएको होइन, र मेरा आफ्नै कामहरूद्वारा म ख्रीष्टिय जीवन जिउँदिन। मैले फलाउने “कामहरू” धेरै राम्रा कामहरू होइनन् (गलाती ५:१९-२१)! परमेश्वरले मेरो हृदयमा महान् कार्य गर्नुहुने कुरामा विश्वास गरेर मैले मुक्ति पाएको थिएँ, र परमेश्वरले उहाँको पवित्र आत्माद्वारा ममा महान् कार्य गर्नुहुन्छ भन्ने विश्वास गर्दै मैले मेरो ख्रीष्टिय जीवन जिउनुपर्छ (गलाती ५:१६,२२-२३)!

जब म कोशिश गर्छु म विफल हुन्छु;
जब म भरोसा पर्छु, उहाँ सफल बन्नुहुन्छ!

गलातीको पुस्तकलाई एउटा पदले संक्षिप्तमा वर्णन गर्दछ:

गलाती २:२०

के तपाईंको विषयमा पनि यो सत्य छ?

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

परमेश्वरको सुसमाचारको प्रस्तुति

परमेश्वरको सुसमाचारको प्रस्तुति

 

परमेश्वरको सुसमाचारको प्रस्तुति

(रोमी)

नयाँ नियममा २७ ओटा पुस्तकहरू छन् अनि यीमध्ये धेरैजसो पुस्तकहरू वास्तवमा पत्रहरू हुन्।। यस अध्ययन मालाको पृष्ठ ४ मा हेर्नुहोस्। उदाहरणको लागि, रोमीको पुस्तक रोम शहरमा बस्‍ने विश्वासीहरूलाई लखिएको पावलको पत्र हो। के तपाईले कसैलाई पत्र लेख्‍नुभएको छ? पावलले रोमीहरूलाई लेखे जत्तिकै लामो पत्र लेख्‍नुभएको छ?

हामी सुसमाचारका पुस्तकहरूमा (पाठ २ हेर्नुहोस्) ख्रीष्ट मर्नुभयो भनी सिक्छौं। अनि नयाँ नियमका पत्रहरूमा आएर हामी ख्रीष्ट किन मर्नुभयो भनी सिक्छौं (उदाहरणको लागि हेर्नुहोस्, २ कोरिन्थी ५:२१ र १ पत्रुस ३:१८)। सुसमाचारका पुस्तकहरूले ख्रीष्ट मरेकाहरूबाट बौरिउठ्नुभयो भनी बताउँदछन्। अनि पत्रहरूले चाहिँ यो अचम्मको बौरिउठाइले कसरी मेरो जीवनलाई परिवर्नत गराउन सक्दछ भनी बुझ्न मलाई मद्दत गर्दछन् (रोमी ६:४,५,९,१०,११; २ कोरिन्थी ५:१५)। साथै यी पत्रहरूले आज जीवित प्रभु येशूले मेरो लागि के गर्दैहुनुहुन्छ भनी बझ्न मलाई मद्दत गर्दछन् (हेर्नुहोस् रोमी ८:३४ र हिब्रूको पूरै पुस्तक)। सुसमाचारको पुस्तकहरूले ख्रीष्टको मृत्यु र बौरिउठाइको तथ्य प्रस्तुत गर्दछन्। पत्रहरूले चाहिँ यी तथ्यहरूको व्याख्या गर्दछन्।

पावलले रोमीहरूलाई किन लेखे?

रोमीको पुस्तक ______________ प्रेरितले (रोमी १:१) लेखेका हुन्। पावलले उक्त पत्र ई सं ५६ तिर कोरिन्थी शहरमा हुँदा लेखेका हुन्। पावल कहिल्यै रोम पुगेका थिएनन् तर परमेश्वरले उनलाई त्यो महान् शहरमा जान र त्यहाँका विश्वासीहरूसित भेट्न सम्भव तुल्याइदिनुभएको होस् भनी उनले प्रार्थना गर्दैथिए (हेर्नुहोस् रोमी १:१०-१२)। रोमचाहिँ रोमी साम्राज्यको राजधानी थियो। नक्सामा कोरिन्थ र रोम भेट्टाउन सक्‍नुहुन्छ (आफ्नो बाइबलको नक्सा प्रयोग गर्न सक्‍नहुन्छ)?

रोमीहरूलाई लेखिएको पावलको पत्रको सबभन्दा पहिलो पदले नै यो पुस्तकको विषयवस्तुलाई प्रस्ट पारेको छ: “पत्र______ _______  को सु________________”। “सुसमाचार” शब्दको अर्थ असल खबर हो। पावल रोममा आइपुग्नुभन्दा पनि धेरै अगाडि, उनले यी विश्वासीहरूलाई मुक्तिको असल खबर सावधानीपूर्वक व्याख्या गर्ने एउटा पत्र पठाउन चाहे।

रोमीको पुस्तकले एउटा व्यक्ति कसरी परमेश्वरसँग ठीक हुन सक्छ भनी होशियारीपूर्वक देखाउँदछ। पावल यस असल खबरसँग लजाउँदैनथिए, किनभने “वि_________ गर्ने हरेकका लागि … ____________ निम्ति यो परमेश्वरको सामर्थ्य हो” (रोमी १:१६)। वास्तवमा, यदि तपाईंले पावलको जीवनलाई अध्ययन गर्ने हो भने उनले निडर भइ मुक्तिको असल खबर प्रचार गरेको हुनाले उनलाई रोमको शहरमा मृत्युदण्ड दिइएको कुरा थाह गर्नुहुनेछ। उनीहरूले पावललाई मारे, तर यस असल खबरको बारेमा बताउने रोमीको पुस्तक बाँचिरहेकोछ!

रोमीको पुस्तक पढ्दा यो पत्र पावलद्वारा लेखिएको हो र रोममा भएका विश्वासीहरूलाई पठाइएको हो भनी हामीले सम्झना गर्नुपर्छ. तर हामीले यो पनि सम्झना गर्नुपर्छ, कि बाइबल पढ्दा (सबै ६६ ओटा पुस्तकहरू), हामीले जीवित परमेश्वरले लेख्नुभएको प्रेम पत्र पढ्दैछौं जसलाई उहाँले व्यक्तिगत रूपमा तपाईंलाई र मलाई पठाउनुभएको छ। रोमीको पुस्तकमा पनि हामीतर्फ परमेश्वरको अचम्मको प्रेमको बारेमा पढ्न सकिन्छ (रोमी ५:८ र ८:३५-३९ हेर्नुहोस्)!

रोमीको पुस्तकको रुपरेखा

रोमीको पुस्तकलाई पाँच मूख्य भागहरूमा विभाजन गर्न सकिन्छ:

    1. सबै मानिसहरू परमेश्वरका सामु दोषी छन् (१:१८-३:२०)।
    1. विश्वास गर्ने पापीलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ (३:२१-५:२१)।
    1. विश्वास गर्ने पापीले पापमाथि विजय प्राप्त गर्न सक्छ (६:१-८:३९)।
    1. यहूदीहरूको सवालमाचाहिँ के (इस्राएलको विगत, वर्तमान र भविष्य)? (९:१-११:३६)
    1. ख्रीष्टिय जीवनका सिद्धान्तहरू (१२:१-१५:३३)

यी पाँच भागहरूलाई विस्तृत रूपमा अध्ययन गरौं:

भाग १—सबै मानिसहरू परमेश्वरका सामु दोषी छन्।

(रोमी १:१८-३:२०)

 

 

परमेश्वरको नजरमा…

कतिजना धर्मी छन् (३:१०)? _________________

परमेश्वरलाई खोज्नेहरू कतिजना छन् (३:११)? _________________

कतिजना असल छन् (३:१२)? _________________

कतिजना पापी छन् (३:२३)? _________________

मानिसको पापस्वभावका कारण, सारा संसार परमेश्वरको सामु दो______ छ (रोमी ३:१९ हेर्नुहोस्)। तपाईंको हृदयमा यो विचार आउँदा यो तथ्य सत्य छ भनी के तपाईंले महसुस गर्नुभएको छ?

 

“यस्ता-यस्ता काम गर्नेहरू (२९-३१ पदहरूमा उल्लेख गरिएका कामहरू) मृ__________ पाउन लायकका हुन्छन् भन्ने परमेश्वरको ____________ जानी-जानीकन पनि तिनीहरू ती काम नै गर्छन्” (रोमी १:३२)। के रोमी १:२९-३१ मा उल्लेख गरिएका मध्ये कुनै पनि पापहरूको विषयमा तपाईं दोषी हुनुहुन्छ? __________ के तपाईं मृत्युको योग्य हुनुहुन्छ (रोमी १:३२)? __________

अभक्ति र अधर्मी मानिस परमेश्वरको क्रो_____ (रोमी १:१८) र परमेश्वरको न्या____को योग्य हुन्छ (रोमी १:३२)। रोमी २:३,५,८,९ पनि पढ्नुहोस्।

भाग २— विश्वास गर्ने पापीलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ।

(रोमी ३:२१-५:२१)

म परमेश्वरको सामु दोषी छु, म मृत्यु र नरकको योग्य छु र मृत्युको दण्ड तिरिनैपर्छ। धर्मी न्यायकर्ता परमेश्वरले पापलाई नदेखेको जस्तो गर्न सक्नुहुन्न। प्रभु येशू संसारमा आउनुभयो र मेरो निम्ति मृत्युको दण्ड तिरिदिनुभयो। उहाँ मेरो सट्टामा मर्नुभयो।

 

“ख्रीष्ट _________________ निम्ति मर्नुभयो” (रोमी ५:६)।

“ख्रीष्ट __________ निम्ति मर्नुभयो” (रोमी ५:८।

“जुन प्रभु येशू _________ अपराधहरूका निम्ति सुम्पिइनुभयो” (रोमी ४:२५)।

जब एउटा पापीले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछ, परमेश्वरले उसलाई धर्मी ठहराउनुहुन्छ र “उसका निम्ति उसको विश्वास ______________ ठहरिन्छ” (रोमी ४:५)।

येशूले मेरो दण्ड आफूमा लिनुभयो (रोमी ५:६,८) र मैले उहाँको सिद्ध धार्मिकता लिएँ (रोमी ३:२२; ४:३,५)।

 

रोमी ५:९ पढ्नुहोस्। यदि ख्रीष्ट क्रूसमा नमर्नुभएको भए, के हामी धर्मी ठहरिन सम्भव हुनेथियो? ___________ तर ख्रीष्ट हाम्रो निम्ति मर्नुभएको हुनाले (रोमी ५:६-११), परमेश्वर हामीप्रति अनुग्रहकारी हुन र हाम्रो खातामा ख्रीष्टको धार्मिकता हालिदिन स्वतन्त्र हुनुहुन्छ। हामी अबउसो दोषी पापी होइनौं किनभने हामी अब ख्रीष्टमा छौं (रोमी ८:१ हेर्नुहोस्)।

 

ममाथि इन्साफ नआओस् भनेर ख्रीष्टमाथि इन्साफ आयो (रोमी ८:३)।

नयाँ फैसला: निर्दोष! (रोमी ३:२४) सित्तैंको उपहार: अ___________ जी___________ (रोमी ६:२३)।

भाग ३— विश्वास गर्ने पापीले पापमाथि विजय प्राप्त गर्न सक्छ।

(रोमी ६:१-८:३९)

रोमी ६ अध्याय

मैले यी दुई महान् तथ्यहरूलाई विश्वास गर्नुपर्छ र ती सत्य छन् भनी मानिलिनुपर्छ:

तथ्य नं. १—म मरेँ! के तपाईंले रोमी ६ अध्यायमा हामीलाई यो कुरा देखाउने केही पदहरू सूचित गर्न सक्नुहुन्छ? _____________________ जहाँसम्म मेरो पूरानो पापपूर्ण जीवनको सवाल छ, जब ख्रीष्ट मर्नुभयो, म पनि मरेँ!

तथ्य नं. २—मसँग नयाँ जीवन छ! के तपाईंले रोमी ६ अध्यायमा हामीलाई यो कुरा देखाउने दुई ओटा पदहरू सूचित गर्न सक्नुहुन्छ? _____________________ येशू ख्रीष्ट मृत्युबाट फेरी बौरिउठ्नुभयो र म उहाँको सुन्दर जीवनको सहभागी भएको छु!

मनन गर्नुपर्ने प्रश्नहरू:

पानीको बप्तिस्माले यी महान् तथ्यहरूलाई कसरी चित्रण गर्छ?

गलाती २:२० ले कसरी रोमी ६ अध्यायले सिकाएकै कुरा सिकाउँछ?

रोमी ७ अध्याय

ख्रीष्टियनको रूपमा ममा अझै पनि युद्ध चलिरहन्छ किनभने पाप मभित्र वास गर्छ। के तपाईंले रोमी ७ अध्यायमा एउटा विश्वासीको अझै पनि पापसँग संघर्ष हुन्छ भनी देखाउने पदहरू भेट्टाउन सक्नुहुन्छ? _________________________

रोमी ८ अध्याय

पापमाथी विजय हुनलाई सहायता गर्नको निम्ति मभित्र को (अथवा के) वास गर्नुहुन्छ (रोमी ८:२,४,५,९,१०,११,१३,१४,१५,१६)? ____________________ मभित्र जिउनुहुने आत्माले मलाई पापमाथि विजय हुन सहायता गर्न सक्नुहुन्छ!

भाग ४- यहूदीहरूको सवालमाचाहिँ के? इस्राएलको विगत, वर्तमान र भविष्य

(रोमी ९:१-११:३६)

रोमीको पुस्तकमा पावलले मुक्तिको असल खबरको बारेमा लेखिरहेका थिए। तर प्राय: यहूदी मानिसहरूले ख्रीष्टलाई मुक्तिदाताको रूपमा इन्कार गरेका थिए र पावलले लेखिरहेका यति ठूलो मुक्तिको सम्बन्धमा केही पनि गर्न चाहँदैनथिए भनी सुरुका ख्रीष्टियनहरू जान्दथे।

सुरुका ख्रीष्टियनहरूलाई यही समस्या थियो किनभने यहूदीहरू परमेश्वरका चुनिएका मानिसहरू थिए भनी उनीहरू जान्दथे। उनीहरूको चाहिँ के होला? के परमेश्वरले आफ्ना मानिसहरूलाई अफाल्नुहुनेछ? यहूदीहरूले प्रभु येशूलाई इन्कार गरे। के परमेश्वरले पनि उनीहरूलाई इन्कार गर्नुहुनेछ? रोमी ९-११ अध्यायहरूमा पावलले यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन्छन्।

रोमी ९ अध्याय – यहूदीहरू — विगतको इतिहास

यहूदीहरू परमेश्वरद्वारा चुनिएका थिए र निश्चय नै विशेषाधिकार पाएका मानिसहरू थिए (रोमी ९:४-५), तरैपनि ख्रीष्ट आउनुहुँदा उनीहरूले उहाँलाई इन्कार गरे (रोमी ९:३२)।

रोमी १० अध्याय – यहूदीहरू — वर्तमान इतिहास

जसरी उहाँले हरेक पुरुष र स्त्री, केटा र केटीको हृदयहरूभित्र काम गर्दैहुनुहुन्छ, आजपनि परमेश्वरले यहूदीहरूसँग काम गर्दैहुनुहुन्छ। परमेश्वरले हरेक मानिसलाई उहाँको पुत्रकहाँ आउन र मुक्ति पाउन बोलाउनुहुन्छ।

रोमी ११ अध्याय – यहूदीहरू — भविष्यको इतिहास

के परमेश्वरले उहाँका जनहरूलाई अफाल्नुभएको छ? के परमेश्वरले आफ्ना जनहरूसित बाँध्नुभएको प्रतिज्ञाहरू तोड्नुहुनेछ? यो प्रश्नको उत्तर के हो (रोमी ११:१)? ___________________________ इस्राएल राष्ट्रको निम्ति परमेश्वरसँग सुन्दर भविष्य छ (रोमी ११:२६-२७)!

भाग ५—ख्रीष्टिय जीवनका सिद्धान्तहरू

(रोमी १२:१-१५:३३)

परमेश्वरले मलाई मुक्ति र नयाँ जीवन दिनुभएको छ भन्ने कुराको ज्ञानले मेरो जिउने शैलीमा ठूलो भिन्नता ल्याउनुपर्छ। यदि ख्रीष्ट मेरो निम्ति मर्नुभयो भने, के म उहाँको निम्ति जिउनु हुँदैन? पुरानो नियमका समयहरूमा, यहूदी मानिसले परमेश्वरको सामु बलिदान ल्याउँदा (भेडा, बाख्रा वा अन्य पशु), उसले यसो भनिरहेको हुन्थ्यो, “प्रभु, यो पशु तपाईंको हो। म यो पूर्ण रूपमा तपाईंलाई दिँदै छु।” त्यसपछि उक्त पशुलाई मारिन्थ्यो। विश्वासीहरूले परमेश्वरको सामु बलिदानको रूपमा के ल्याउनुपर्छ (रोमी १२:१)? ______________________________ के यो बलिदान हो कि मरेको बलिदान हो? _______________________ के तपाईंले यो बलिदान ल्याउनुभयो?

रोमी सडक

अन्य मानिसहरूलाई गवाही दिन र उनीहरूलाई परमेश्वरको मुक्तिको असल खबर देखाउन रोमीहरूलाई लेखिएको पत्र निकै सहयोगपूर्ण भएको कुरा धेरै मानिसहरूले भेट्टाएका छन्। निम्न जोडा मिलाउने कार्यले कसरी त्यसो हुन्छ भनी देखाउनेछ।

हरेक पदको अगाडि मिल्ने अक्षर राख्नुहोस् (कुनै अवस्थामा एउटा भन्दा बढि अक्षरहरू राख्न सक्नुहुनेछ):

    • क. सबै मानिसहरू पापपूर्ण, हराएका र मुक्ति पाउन खाँचो रहेकाहरू छन्।
    • ख. मानिसको पापको कारणले, मानिस मृत्युदण्डको योग्य छ।
    • ग. ख्रीष्ट मानिसको सट्टामा मर्नुभयो र उसको निम्ति मृत्युको दण्ड भोग्नुभयो।
    • घ. मुक्ति पाउन, एउटा व्यक्तिले येशू ख्रीष्टमाथि आफ्नो विश्वास राख्नुपर्छ।
    • ङ. मुक्ति पाएको मानिस (विश्वास गर्ने पापी) धर्मी ठहरिएको छ र उसले येशू ख्रीष्टको धार्मिकता प्राप्त गर्दछ।
    • च. परेश्वरले ख्रीष्टमा विश्वास गर्ने हरेकलाई अनन्त जीवन दिनुहुन्छ।

तपाईंका विश्वासी साथीहरूसँग, अभिभावकहरूसँग वा घरमा दाजुभाइहरूसँग कोशिश गर्न सक्नुहुने केही कुरा यहाँ छ: १) रोमी ३:१०; २) रोमी ३:२३; ३) रोमी ६:२३ (पहिलो खण्ड); ४) रोमी १०:९; ५) रोमी ६:२३ (पछिल्लो खण्ड)। तपाईंले मुक्ति नपाएको कुनै व्यक्तिलाई गवाही बाँडिरहनुभएको जस्तो गर्नुहोस्। जति होशियारीपूर्वक हुन सक्छ, यस व्यक्तिलाई ऊ कसरी ख्रीष्टयन बन्न सक्छ भनी वर्णन गर्नुहोस्। तपाईंले यसो गर्नुहुँदा माथि दिइएका पाँचओटा पदहरूलाई प्रयोग गर्नुहोस्।

अलिकति अभ्यास गर्नुभएपछि यो सन्देश सुन्न साँच्चै खाँचो भएको मानिसलाई मुक्तिको असल खबर बाँड्न तपाईं तयार हुनुभएको हुनुपर्छ। यी पदहरू भेट्टाउन तपाईंले आफ्नो बाइबलमा चिन्ह पनि लगाउन सक्नुहुन्छ। उदाहरणको निम्ति, रोमी ३:१० नजिकै तपाईंले सानो अक्षरमा रोमी ३:२३ लेख्न सक्नुहुन्छ। यसो गर्नाले तपाईंलाई अब रोमी ३:२३ मा पल्टाउनुपर्छ भनी सम्झना हुनेछ। त्यसपछी रोमी ३:२३ नजिकै रोमी ६:२३ लेख्नुहोस्, र रोमी ६:२३ नजिकै रोमी १०:९ लेख्नुहोस्। तपाईंले यो सन्देश केही पटक अरूलाई बाँड्नुभएपछि, तपाईंलाई यसरी सम्झना गराइन पनि आवश्यक पर्दैन। ती पदहरू कहाँ भेट्टाउन सकिन्छ भनी तपाईं आफैंले सम्झनुहुनेछ। तपाईंले जति धेरै पदहरू अरूलाई बाँड्नुहुन्छ, उती नै धेरै ती पदहरू तपाईंको सम्झनामा बस्नेछन्!

परमेश्वरको धार्मिकताले जीवित परमेश्वरलाई चिन्न सम्भव गराउँछ र उहाँको सामु ठीक जीवन बिताउन योग्य गराउँछ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)