Entries by Pradesh Shrestha

पुनरूत्थित प्रभुको प्रचार

पुनरूत्थित प्रभुको प्रचार

 

पुनरूत्थित प्रभुको प्रचार

(प्रेरित)

सुसमचारका चार पुस्तकहरूको पछाडि पाँचौं स्थानमा रहेका नयाँ नियमको पुस्तकलाई प्रेरित अथवा प्रेरितहरुका काम भन्‍ने नाम दिइएको छ। यो पुस्तक लुकाको सुसमाचार लेख्‍ने व्यक्तिले नै लेखेका हुन् (हेर्नुहोस्, कलस्सी ४:१४ “प्रिय _______ _________”)। यो पुस्तक, सुसमाचारका चार पुस्तकहरू जस्तै एक इतिहासको पुस्तक हो। सुसमाचारका पुस्तकहरूले करिब साँढे ३ वर्षको अविधि (येशूको बप्‍तिस्मादेखि उहाँको मृत्यु, पनरुत्थान र स्वर्गारोहण) लाई समेटेको छ भने प्रेरितको पुस्तकले करिब ३० वर्षको अवधि (ई सं ३० मा मण्डलीको शुरूआत वा जन्मदेखि लगभग ई सं ६१ सम्म जब पावल रोममा एक कैदीको रूपमा आइपुगेको अवधि) लाई समेटेको छ।

माथिको तथ्यहरूलाई यसरी चित्रमा उतार्न सकिन्छ:

 

प्रेरितहरूका कामलाई येशू ख्रीष्टका कामहरू भनेपनि हुन्छ किनकि आफ्ना चुनिएका प्रेरितहरूद्वारा काम गर्नुहुने चाहिँ पुनरुत्थित येशू नै हुनुहुन्थ्यो (हेर्नुहोस् पृष्ठ ३ मा)। मर्कूस १६:१९-२० लाई ध्यानपूर्वक पढ्नुहोस्। मर्कूस १६:१९ अनुसार येशूलाई के भयो ­___________ ____________________________। येशू स्वर्गमा हुनुहुन्थ्यो तरै पनि के उहाँ सक्रिय रूपमा काम गर्दैहुनुहुन्थ्यो (मर्खूस १६:२०)? ___________________________। मत्ती २८:१९ मा येशूले आफ्ना प्रेरितहरूलाई “जाओ, र सबै जातिहरूलाई चेला बनाओ” भन्‍नुभयो। के उनीहरूळे यो काम आफैं गरून् भन्‍ने येशूले चाहनुभएको थियो (मत्ती २८:२०)? ________________________।

हो, येशू ख्रीष्ट आज सक्रिय रूपमा का गर्दैहुनुहुन्छ। तर आफ्नो काम गर्नलाई उहाँलाई इच्छुक हातहरू, मुखहरू, जिब्राहरू, खुट्टाहरू र दिमागहरू आवश्यकता छ किनभने उहाँ मानिसहरूद्वारा काम गर्नुहुन्छ जसरी उहाँ पत्रुस, स्टफनस, फिलिप र पावलद्वारा काम गर्नुभयो। के तपाई जीवित प्रभुलाई तपाईद्वारा काम गर्न दिँदैहुनुहुन्छ (हेर्नुहोस्, फिलिप्पी २:१३; हिब्रू १३:२१)?

प्रेरितको पुस्तक पढ्ने क्रममा हामीले यो याद गर्नुपर्छ कि पुनरुत्थित ख्रीष्ट पवित्र आत्माको सामर्थ्यद्वारा विश्वासीहरूभित्र अनि विश्वासीद्वारा काम गर्दैहुनुहुन्छ।

प्रेरित १:४ मा येशूले प्रेरितहरूलाई कतै नजान र केही नगर्न तर पिताको प्रतिज्ञाको निम्ति __________ आज्ञा दिनुभयो। उनीहरूको काम केवल शान्त बस्‍नु र पवित्र आतमाको आगमनलाई पखर्नु थियो।

यूहन्‍नाको सुसमाचारमा यूहन्‍ना १४,१५ र १६ अध्यायहरूलाई सरसरती हेर्नुहोस् अणि पवित्र आत्मा (शान्तिदाता) लाई पठाउनेछु भन्‍ने परमेश्वरका प्रतिज्ञाहरूलाई भेट्टाउनुहोस्:

यूहन्‍ना १४, पदहरू _________________________________________
यूहन्‍ना १५, पदहरू _________________________________________
यूहन्‍ना १६, पदहरू _________________________________________

पवित्र आत्मा नआउनुभएसम्म येशूको निम्ति जिउन र उहाँका साक्षीहरू हुन त्यहाँ कुनै सामर्थ्य नै हुनेथिएन (हेर्नुहोस् लुका २४:४९ र प्रेरित १:८)। पवित्र आत्माबिनै परमेश्वरको काम गर्नु खोज्नु पेट्रोलबिना गाडी चलाउन खोज्नु वा ब्याट्रीबिना टर्च लाइट बाल्न खोज्न जत्तिकै हो। त्यो असम्भव कुरो हो। विश्वासिलाई उर्जा र शक्ति नितान्त आवश्यक छ नत्रता उसले कुनै सफलता हासिल गर्नेछैन। प्रभुबिना एक विश्वासीले कति काम गर्न सक्छ (यूहन्‍ना १५:५)___________________________________।

आखिरमा पेन्टेकोस्टको दिनमा (येशू स्वर्ग फर्केर जानुभएको १० दिनपछि) पवित्र आत्मा आउनुभयो र मण्डलीको जन्म भयो। तपाई पवित्र आत्माको आगमन बारे प्रेरित अध्याय २ मा पढ्न सक्‍नुहुन्छ। परमेश्वर आफ्ना चेलाहरूमा बास गर्न र ख्रीष्ट जीवित हुनुहुन्छ भनी संसारलाई देखाउनलाई उनीहरूलाई चाहिने सामर्थ्यी दिनलाई आउनुभयो।

मण्डलीको जन्म हुनसाथ त्यो बढ्न थाल्यो। शुरूको मण्डलीको वृद्धिलाई निम्‍न पदहरूले कसरी दर्शाउँछ?

प्रेरित २:४१
______________________________________
प्रेरित २:४७
______________________________________
प्रेरित ४:४
______________________________________
प्रेरित ५:१४
______________________________________
प्रेरित ६:७
______________________________________
प्रेरित ११:२१
______________________________________
प्रेरित १२:२४
______________________________________
प्रेरित १६:५
______________________________________
प्रेरित १९:२०
______________________________________

शुरूको मण्डली त्यसरी स्वस्थ हुनुको कारण के थियो? त्यसको सफलताको सहस्य के थियो? सतावट र संकटको बीचमा पनि तिनीहूरू बढ्नु र संख्यामा वृद्धि हुनुको कारण के थियो?

प्रेरितको पुस्तक पढ्ने र अध्ययान गर्ने क्रममा शुरूका ख्रीष्टियानहरू बलिया हुनुमा त्यहाँ कम्तिमा तीनओटा कारणहरू पाउँछौ:

    • क) उनीहरू प्रार्थनाका पुरूष र स्त्रीहरू थिए
    • ख) उनीहरूलाई परमेश्वरको वचन खुवाइनथ्यो र सिकाइन्थ्यो
    • ग) उनीहरूले साहससित परमेश्वरको वचनलाई प्रचर गर्थे र अरूहरूलाई प्रभुको बारेमा बताउँथे

माथि उल्लेखित तीनओटा मध्येका मिल्ने बुँदाको अक्षर वा अक्षरहरूलाई तलका प्रत्येक पदहरूका अगाडि लेख्‍नुहोस् पहिलो तीनओटा चाहिँ उदाहरणस्वरूप गरिएका छन्:

तपाई कसरी एक स्वस्थ विश्वासि बन्‍न सक्‍नुहुन्छ? एक स्थानीय मण्डली कसरी एक स्वस्थ मण्डली बन्‍न सक्दछ?

अघिबाटै उल्लेख गरिएझैं यो पुस्तकलाई प्रेरितहरूका काम भनिन्छ। पहिलो बाह्र अध्यायहरू (प्रेरित १-१२) मा प्रेरित पत्रुस मुख्य व्यक्तित्वको रूपमा पाइन्छ। बाँकी पुस्तक (प्रेरित १३-२८) मा प्रेरित पावललाई मुख्य व्यक्तित्वको रूपमा पाइन्छ। पत्रुसको, यहूदीहरू (खतना) का निम्ति विशेष सेवाकाइ थियो अनि पावलको चाहिँ अन्यजातिहरू (बेखतना) का निम्ति विशेष सेवाकाइ थियो- हेर्नुहोस् गलाती २:७-८।

 

प्रेरितको पुस्तकको प्रवाह बुझ्नलाई यहूदीहरू, अन्यजातिहरू र सामरीहरूको बीचको भिन्नतालाई बुझ्नपर्छ। यहूदीहरू ती हुन जो अब्राहाम, इसाहक र याकूबबाट जन्मेका हुन्छन् अनि अन्यजातिहरू ती हुन् जो हिनिहरूबाट जन्मेका होइनन्। सामरीहरू एक मिश्रित जाति (आधा यहूदी र आधा अन्यजाति) हुन् जो इस्राएलको पहिलेको इतिहासमा यहूदी र अन्यजातिको बिचमा विवाहबाट आएका थिए।

प्रेरितको पुस्तको चावी पद प्रेरित १:८ हो। यस पदमा पुस्तककै रूपरेखा पाइन्छ:

सबै जातिहरूका बिच सुसमाचारको विस्तार स्वर्गमा फर्की जानु अघि प्रभु येशूले आफ्ना चेलाहरूलाई एकै वाक्यमा आफ्नो नयाँ कार्य क्रमको संक्षिप्‍त रूपरेखा बताउनुभयो जसमा उहाँको आफ्नो मण्डली _____________ने (मत्ती १६:१८) र आफ्नो नामको निम्ति एउटा ________ लाई बोलाउने योजनालाई कसरी कार्यान्वयन गर्ने भन्‍ने कुरा प्रष्ट पार्नुभयो। उक्त पद प्रेरित १:८ मा पाइन्छ अनि यसलाई “प्रेरितको पुस्तकको सारांश” भन्‍न सकिन्छ। ख्रीष्टले यस पदमा उहाँका सा ____________ निम्न स्थानहरूमा हुनेछन् भनी सिकाउनुभयो:

  1. यरूशलेममा – यो थियो उदगमस्थल (हेर्नुहोस् लुका २४:४९) – (प्रेरित २ – प्रेरित ७)
  2. सारा यहूदीयामा – यहूदीहरूको मातृभूमीमा – (प्रेरित ८:१-४)
  3. सामरियामा – सामरीहरूको मातृभूमीमा – (प्रेरित ८:५-२५)
  4. संसारको छेउसम्म – अन्यजातिहरूको मातृभमिमा – (प्रेरित ८:२६ – प्रेरित २८)

प्रेरि १:८ राम्ररी बुझ्नलाई तलको मानचित्रलाई पुरा गर्नुहोस् (आफ्नो बाइबलको पछाडिपट्टिका मानचित्रहरूमा हेर्न सक्‍नुहुन्छ):

प्रारम्भिक चरणमा (प्रेरित २) मण्डली पूर्णरूपमा यहूदी विश्वासीहरूले बनेको थियो (तुलना गर्नुहोस् प्रेरित २:५)। आज मण्डली प्राय: बचाइएका अन्यजातिहरूले बनेको छ।आज मण्डलीमा बचाइएका यहूदीहरू पनि छन् तर यो, बचाइएका अन्यजातिहरूको तुलनामा नगन्य छ। यस्तो ठूलो परिवर्तन कसरी आयो? यहूदीहरू विश्वासीहरूको संख्या घट्नु र अन्यजाति विश्वासीहरूको संख्या बढ्नुको कारण के थियो? प्रेरितको पुस्तकले यसलाई प्रस्ट्याएको छ (उदाहरणको लागि हेर्नुहोस् प्रेरित १३:४६-४७; १८:६; २८:२८)।

शुरूका ख्रीष्टियनहरूले विश्वास गरेको र प्रचार गरेको महान् सन्देश के थियो जसको लागि उनीहरू मर्न समेत तयार थिए हेर्नुहोस् प्रेरित २:४२; २:३२; ३:१५; ३:२६; ४:२६; ४:२; ४:१०; ४:३३; ५:३०; १०:४०; १३:३०; १३:३३; १७:१८; १७:३१; २६:२३; इत्यादि)? _____________________________________। आज हामी पनि ख्रीष्टको पुनरूत्थानको साक्षीहरू हौं (प्रेरित १:८)। हामीसित एक जिउँदो प्रभु हुनुहुन्छ भनी हामीले संसारलाई कसरी देखाउन सक्छौ? हामी पुनरूत्थित मुक्तिदाताको सेवा गर्छौं भनी अरूहरूले कसरी देख्‍न सक्छन्? आज येशू ख्रीष्ट जीवित हुनुहुन्छ मैले आफ्ना साथीहरू र छिमेकीहरूलाई कसरी देखाउन सक्छु?

यी प्रश्‍नहरूको जवाफ दिनलाई निम्‍न पदहरूलाई विचार गर्नुहोस्:

    • १) रोमी ६:४,५,११,१३ ४) २ कोरिन्थी ५:१५
    • २) गलाती २:२० ५) हिब्रू १३:२०-२१
    • ३) २ कोरिन्थी ४:८-११

के हामी कहिलेकाहीँ ख्रीष्ट एक मृतक भएझै र हामीभित्र पवित्र आत्मा नजिउनुभएझै जीउँछौं? यदि पवित्र आत्मा केही दिनका लागि एक्‍कासी संसार छोडेर जानुभएको खण्डमा के हामीले त्यहाँ कुनै भिन्‍नता महसुस गर्नेथियौं होला? के हामीसित प्रभुको निम्ति शुरूको मण्डलीको जस्तै आनन्द, जोश,साहस र प्रेम छ? के प्रेरितको पुस्तकमा उल्लेखित मण्डलीहरू र आजका मण्डलीहरू (बाइबल विश्वास गर्ने समेत) को बिचमा अन्तर पाइन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

परमेश्वरको पुत्रलाई दर्शाउँदै

परमेश्वरको पुत्रलाई दर्शाउँदै

 

परमेश्वरको पुत्रलाई दर्शाउँदै

(यूहन्नारको सुसमाचार)

हामीले अघिल्लप पाठ (पृष्ट ७) मा जसरी टिप्पणी गरेका थियौं, यूहन्नािको सुसमाचारले ख्रीष्टलाई परमेश्वर (इश्वरीय पुत्र) को रूपमा प्रस्तुत गर्दछ जो संसारको मुक्तिदाता हुनलाई स्वर्गबाट ओर्लनुभयो!

मानविय लेखक यूहन्नान बाह्र चेलामध्येका एक थिए साथै _________का भाई थिए (मत्ती १०:२)। उनलाई ” _________ले _________ गर्नुभएको” चेला भनी जनाइएको छ (यूहन्नाव १३:२३, २१:२०)। यस सुसमाचारमा उल्लेखित धेरैजसो घटनाहरूको यूहन्नाल आफैं साक्षी थिए, उनी आफै ती घटनाहरूको बिचमा उपस्थित थिए। के यस पुस्तकमा यूहन्नातले लेखेका कराहरूलाई हामीले ग्रहण गर्नुपर्छ (यूहन्नाा १९:३५ र २१:२४)?_______। के त्यहाँ यूहन्नााले प्रभुको बारेमा लेख्नप सक्ने अरू कुराहरू पनि थिए (यूहन्ना_ २१:२५)?________। यूहन्नानले लेखेका अन्य चार पुस्तकहरू कुन-कुन हुन्? १)___________________________ २)______ ______ ३)______________ ४)___________________।

यूहन्ना_ले यो सुसमाचार किन लेखे? यूहन्ना_ले, येशूले भन्नुँभएका र गर्नुभएका कुराहरूमध्ये केही कुराहरूलाई लेखमा राम्ररी उतार्नुको उद्देश्य के थियो? आफूले यो सुसमाचार किन लेखे भनी यूहन्नामले यूहन्नाे २०:३१ मा प्रस्टै बताउँछन्। “तर येशू नै परमेश्वरका _________ __________ (मसीह, प्रतिज्ञा गरिनुभएको मुक्तिदाता तथा राजा) हुनुहुन्छ भनी तिमीहरूले ___________ गर्न सक र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा ____________ पाओ भनी यीचाहिँ लेखिएका हुन?” मानिसहरू, चाहे पुरुष वा स्त्री, चाहे केटा वा केटी, सबैले नै उहाँको पुत्रमाथि विश्वास गरेको परमेश्वर चाहनुहुन्छ अनि विश्वास गर्ने जतिले जीवन पाउँदछन्। के यूहन्नाल ६:४७ मा येशूले भन्नुमभएको कुरा यही हो?_____________।

येशू साँच्चीञ नै पमेश्वरको पुत्र हुनुहुन्छ कि उहाँ एक मान्छे मात्र हुनुहुन्छ, वा एक असल शिक्षक, वा एक आदर्श व्यक्ति, वा एक प्रख्यात अवमवक्ता मात्र? उहाँ को हुनुहुन्थ्यो? यूहन्नाहको सुसमाचारले यो प्रश्नभको जवाफ प्रस्टै दिन्छ। जोडा मिलाउनुहोस् (बाइबल पद वा पदहरूको अगाडि मिल्ने अक्षर लेख्नुकहोस्):

  1. १ ___________ यूहन्ना १:१ 9 ___________ यूहन्ना ९:३५-३८
  2. ___________ यूहन्नान १:३ 10 ___________ यूहन्ना १०:११,१४
  3. ___________ यूहन्‍ना ५:१७-१८ 11 ___________ यूहन्ना_ १०:३०-३३
  4. ___________ यूहन्ना ५:२२,२७ 12 ___________ यूहन्ना_ १७:५,२४
  5. ___________ यूहन्ना ५:२८-२९ 13 ___________ यूहन्ना_ १८:४-६
  6. ___________ यूहन्ना ५:२३ 14 ___________ यूहन्ना १९:७
  7. ___________ यूहन्ना ६:४१-४२,५१ 15 ___________ यूहन्ना २०:२८-२९
  8. ___________ यूहन्ना ८:५८-५९
    • (क) येशू नै स्वर्गबाट तल ओर्लनुहुने व्यक्ति हुनुहुन्छ।
    • (ख) येशूले यहूदीहरूलाई आफू २००० वर्षअघिका अब्राहामभन्दा पनि पहिलेदेखि छु भन्ने/ कुरा बताउनुभयो जसको कारण यहूदीहरूले येशूलाई मार्न चाहे।
    • (ग) संसारको सृष्टि गरिनुभन्दा पनि पहिले येशू परमेश्वर पितासँग हुनुहुन्थ्यो।
    • (घ) आफू परमेश्वरको पुत्र भएको दावी गर्नुभएको हुनाले (जुनचाहिँ उनीहरूको व्यवस्था अनुसार इश्वरनिन्दा हो भनी उनीहरूले ठानेका थिए), येशू मारिनुपर्छ भन्ने४ यहूदीहरूको विचार भयो।
    • (ङ) येशूले एउटा अन्धालाई दृष्टी दिनुभयो र उसलाई आफू परमेश्वरको पुत्र भएको कुरा बताउनुभयो।
    • (च) येशूले परमेश्वर आफ्नो पिता हुनुहुन्छ (अर्थात् आफू परमेश्वरको पुत्र हुँ) भन्नेर दावी गर्नुभयो अनि यसरी उहाँले आफूलाई परमेश्वरको बराबरी तुल्याउनुभयो।
    • (छ) येशू ख्रीष्टले सबै कुराहरू बनाउनुभयो (यसको मतलब उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ— उत्पत्ति १:१ हेर्नुहोस्)
    • (ज) येशू ख्रीष्ट नै सबै मानिसहरूका अन्तिम न्यायकर्ता हुनुहुन्छ।
    • (झ) येशू ख्रीष्टले आफू नै असल गोठालो हुँ भन्नेह दावी गर्नुभयो, अनि असल गोठालो को हुनुहुन्छ भनी प्रत्येक यहूदीलाई थाहा थियो (हेर्नुहोस् भजनसंग्रह २३:१)।
    • (ञ) येशूले आफू र पिता एक हौं भन्नु भयो जसको कारण यहूदीहरूले उहाँलाई मार्न चाहे किनकि उहाले आफू परमेश्वर हुँ भन्नेह दावी गर्नुभएको हो भनीहरूले बुझे।
    • (ट) मानिसहरूले परमेश्वरलाइ आदर गरेजस्तै येशू ख्रीष्टलाई आदर गर्नुपर्छ।
    • (ठ) येशूले एकपटक भन्नुुभयो, “म उही हुँ” अनि उहाँलाई पक्रन आएका सबै मानिसहरू भुईँमा पछारिए।
    • (ड) थोमाले एकपटक भने, “मेरा प्रभु अनि मेरा परमेश्वर” अनि येशूले यसरी भन्नुाभएन, “थोमा, तिमीले ठूलो भूल गर्दैछौ। तिमीले मलाई ‘परमेश्वर’ भनी सम्बोधन गर्योौ। तर म तिमीलाई भन्न चाहन्छु, म बास्तवमा परमेश्वर होइन।”
    • (ढ) बाइबलले भन्दछ, येशू ख्रीष्ट (वचन— यूहन्नाल १:१४ हेर्नुहोस्) परमेश्वर ने हुनुहुन्छ।
    • (ण) एक दिन येशू ख्रीष्टले सबै मानिसहरूलाई मृत्युबाट बौराउनुहुनेछ।

येशूका कार्यहरू अर्थात् उहाँले गर्नुभएका आश्चर्यकर्महरूले पनि उहाँ साँच्ची् नै परमेश्वरको पुत्र हुनुहुन्छ भनी प्रमाणीत गरे (हेर्नुहोस् यूहन्नार ५:३६ र यूहन्नाँ र यूहन्नाच १०:२५,३८)। यूहन्नााले यो सुसमाचारमा उल्लेख गरेका सात महान् आश्चर्यकर्महरू कुन-कुन खण्डमा पाइन्छन्, कृपया जोडा मिलाउनुहोस्:

__________________________ लाजरसलाई मृत्युबाट बौराउनुभएको ______________________________ ५००० लाई खुवाउनुभएको ______________________________ अशक्त मान्छेलाई निको पार्नुभएको ______________________________ पानीलाई दाखरस बनाउनुभएको ______________________________ अन्धालाई दृष्टि दिनुभएको ______________________________ पानीमाथि हिँड्नुभएको ______________________________ राजकर्मचारीको छोरालाई निको पार्नुभएको

यस पुस्तकले येशूलाई एकातिर परमेश्वरको रूपमा प्रस्तुत गर्दछ भने अर्कोतिर येशू एक मानिस पनि हुनुहुन्थ्यो भनी प्रस्टै देखाउँदछ। निम्नु पदहरूले येशू साँच्चीे ने एक मानिस हुनुहुन्थ्यो भन्नेच कुरा कसरी देखाउँदछ?

यूहन्ना_ २:३ ______________________
यूहन्ना_ ४:६ __________________________
यूहन्ना_ ४:७ र १९:२८ _____________________
यूहन्ना_ ११:३५ ___________________________
यूहन्ना_ १९:३०,३३__________________________

येशू एक मानिस हुनुहुन्थ्यो तर उहाँ एक मानिसभन्दा बढी हुनुहुन्थ्यो— उहाँ परमेश्वर— मानिस हुनुहुन्थ्यो, जो पुरानो नियममा महान् म हुँ भनी बयान गरिनुभएको छ ( प्रस्थान ३:१४ र यूहन्नाु ८:५८)। यूहन्नारको सुसमाचारमा येशूले घरिघरि “म हुँ” भन्नु्भयो। निम्न_ खालि ठाँउहरू भर्नुहोस्:

______________________________ म हुँ (यूहन्नाँ ६:३५)।
__________________________________ म हुँ (यूहन्नाँ ८:१२)।
__________________________________ म हुँ (यूहन्नाँ १०:९)।
__________________________________ म हुँ (यूहन्नाँ १०:११)।
__________________________________ म हुँ (यूहन्नाँ ११:२५)।
__________________________________ म हुँ (यूहन्नाँ १४:६)।
__________________________________ म हुँ (यूहन्नाँ १५:१)।

तपाईको व्यक्तिगत जीवनका निम्ति यी सातओटा प्रत्येक “म हुँ” भनाइहरू कत्तिको अर्थपूर्ण छन्? के उहाँ तपाईको जीवनका निम्ति यी सबै थोक हुनुहुन्छ? येशूले आफू जो हुँ भनी भन्नुरभएको छ ठिक त्यही नै उहाँ हुनुहुन्छ भनी हामीले विश्वास गर्नु के महत्वपूर्ण हुन्छ (यूहन्ना_ ८:२४)? ____________।

यूहन्ना_को सुसमाचारमा पाइने एउटा चाबी शब्द हो “विश्वास”। घरिघरि यो सुसमाचारको पुस्तकले प्रभु येशू ख्रीष्टलाई हामीले विश्वास गर्नुपर्ने, भरोसा गर्नुपर्ने, र जसमा आफूलाई सुम्पिनुपर्ने र मुक्तिका निम्ति भरोसा गर्नुपर्ने व्यक्तिको रूपमा औंल्याउँदछ। अन्न त जीवन पाउन एक व्यक्तिले के गर्नुपर्छ? यूहन्नादको सुसमाचारले यस प्रश्नकको जवाफ कसरी दिन्छ?

  1. यूहन्ना १:१२
    क) पापीले गर्नुपर्ने काम
    ______________________________।
    ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
  2. यूहन्ना_ ३:१६
    क) पापीले गर्नुपर्ने काम
    _______________________________।
    ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
    ________________________________।
  3. यूहन्ना_ ३:१८
    क) पापीले गर्नुपर्ने काम
    ________________________________।
    ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
    ________________________________।
  4. यूहन्नाi ३:३६
    क) पापीले गर्नुपर्ने काम
    _________________________________।
    ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
    _________________________________।
  5. यूहन्नाi ५:२४
    क) पापीले गर्नुपर्ने काम
    _________________________________।
    ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
    _________________________________।
  6. यूहन्ना_ ६:३५
    क) पापीले गर्नुपर्ने काम
    _________________________________।
    ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
    _________________________________।
  7. यूहन्ना_ ६:४७
    क) पापीले गर्नुपर्ने काम
    _________________________________।
    ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
    _________________________________।
  8. यूहन्ना_ ११:२५
    क) पापीले गर्नुपर्ने काम
    _________________________________।
    ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
    __________________________________।
    के यी पदहरूले प्रेरित १६:३१ मा सिकाइएकै कुरा सिकाउँदैछन्?_____________।

यस सुसमाचारको पुस्तकमा मुक्ति सम्बन्धी थुप्रै पदहरू पाईने भएकोले र मानिसहरूले विश्वास गरुन् भनी यूहन्नाकले यस पुस्तक लेखेका हुनाले (यूहन्ना_ २०:३१) मुक्ति नपाएका हाम्रा मित्रहरू र प्रियहरूलाई यही पुस्तक पढ्नका निम्ति सुझाव दिनु राम्रो हुन्छ। यदि कोही बाइबल पढ्न इच्छुक छ भने उसलाई यूहन्ना्को सुसमाचारको एक प्रति पढ्न दिन सक्नुहहुन्छ। उनीहरूलाई बाइबल उत्पत्ति वा अन्य अरू ठाँउबाट पढ्ने सझाव नदिनुहोस्। बाइबल पढ्न थाल्न यूहन्ना_को सुसमाचार नै सबभन्दा राम्रो ठाँउ हो। यूहन्नािले सजिलै बुझ्न सकिने शब्दहरू प्रयोग गरेका छन् (हेर्नुहोस् यूहन्नाम १:१-१२ – “वचन, जीवन, ज्योती, अन्धकार, परमेश्वर, साक्षी,विश्वास, संसार, ग्रहण” इत्यादि)। तपाई आफ्नो साथीलाई यूहन्नानको सुसमाचार सँगै पढ्न उनीसित भेट्न पनि सक्नुाहुन्छ भनेर भन्न, सक्नुरहुन्छ। हुन सक्छ सँगै भेट हुँदा तपाई साथीसित एक पटकमा एक अध्याय पढ्न सक्नुाहुन्छ।

यूहन्ना_को सुसमाचार त्यस्तो पुस्तक हो जसमा मानिसहरूले आफ्नै प्रतिबिम्ब झल्किएको अनुभति सजिलै गर्न सक्छन्। तिनीहरूले यस पुस्तकमा आफूजस्तै व्यक्तिहरू भेट्टाउन सक्छन्। उदाहरणको लागि थोमा एक विश्वास नगर्ने व्यक्ति थिए– जसले आफ्नै आखाले प्रमाण देख्नक नपाएसम्म विश्वासै गर्न इन्कार गरे (यूहन्ना् २०:२४-२९)। येशूले इनारमा भेट्नुभएको सामरी स्त्री एक पापी थिइन् साथै समाजबाट अवहेलित थिइन् किनकि यहूदीहरू सामरीहरूलाई घृणा गर्थे (यूहन्ना ४:७-१८)। निकोदेमस आफै बन्नेफ प्रयास गरिरहेका व्यक्ति थिए जसलाई नयाँ गरी जन्मनु खाँचो थियो (यूहन्ना ३:१-१६)। येशूद्वारा दृष्टि पाएका त्यो अन्धा मान्छे विश्वास गर्न इच्छुक व्यक्ति थिए तर कसमाथि विश्वास गर्नुपर्छ त्यो कुरा यकिन गर्न सकेका थिएनन् (यूहन्नाा ९:३५-३८)। फिलिप परमेश्वरलाई चिन्न चाहन्थे, उहाँ वास्तवमै कस्तो हुनुहुन्छ भनी पत्ता लगाउन चाहन्थे (यूहुन्नाथ १४:७-१२)। त्यसैगरि आज पनि मानिसहरू छन् जसका यस्तै खाँचाहरू हुन्छन् अनि यो सुसमाचार पढेर ठूलो लाभ उठाउन सक्छन्।

अन्तमा, यूहन्नाजको सुसमाचारमा बाइबलकै सायद सर्वप्रिय पद भेटिन्छ, त्यो हो, यूहन्नाो ३:१६। यस पदलाई सुसमचारलै सार भन्न) मिल्छ। यो नै धेरै व्यक्तिहरूले पहिला कण्ठ गर्ने पद हो। के तपाईले यो पदको सत्यतालाई आफ्नो हृदयभित्र स्थान दिनुभएको छ?

यूहन्नाो ३:१६
परमेश्वरले – सर्वश्रेष्ठ प्रेमीले
संसारलाई – अत्याधिक संख्यालाई
यस्तो प्रेम गर्नुभयो – सर्वोत्तम प्रेम
कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई – सर्वोत्कृष्ट बरदान
दिनुभयो – सर्वोपरि कार्य
उहाँमाथि – सर्वोच्चए व्यक्तिमाथि
विश्वास गर्ने – सब भन्दा सरल काम
कोही पनि – सबभन्दा ठूलो निमन्त्रणा
नष्ट नहोस् – सबभन्दा ठूलो छुटकारा
तर – सबभन्दा ठूलो भिन्नतता
उसले अनन्त जीवन – सबभन्दा् ठूलो सम्पत्ति
पाओस – सबभन्दा निश्चित कुरा !

के तपाईले उक्त पदमा आफ्नै नाम राखी त्यसलाई व्यक्तिगत बनाउन सक्नुbहुन्छ? “किनभने परमेश्वरले ______________________ (आफ्नो नाम) लाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने _________________________ ___________________ ____________________ (आफ्नो नाम) नष्ट नहोस् तर _________________________ (आफ्नो नाम) ले अनन्त जीवन पाओस्। – यूहन्नाि ३:१६। के तपाईले यूहन्ना_ ५:२४, ६:३५,३७,४७ मा समेत आफ्नो नामलाई राख्नन सक्नुतहुन्छ?

यूहन्नानको सुसमाचार, खुशीको सुन्दर सन्देश भएको हामीलाई आशा दिलाउने पुस्तक हो। तर मुक्तिदातालाई ग्रहण नगर्नेहरूका लागि यसले नराम्रो सन्देश पनि बोकेको छ। तपाई आफूलाई निम्नन तालिकाको कतापट्टि पाउनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

ख्रीष्टका चार तस्वीरहरू

ख्रीष्टका चार तस्वीरहरू

 

ख्रीष्टका चार तस्वीरहरू

त्यहाँ किन चारओटा सुसमाचारहरू छन्? परमेश्वरले हामीलाई ख्रीष्टको जीवन र सेवाकाइको वर्णन गर्ने चारओटा पुस्तकहरू किन दिनुभयो? के एउटै पुस्तक पर्याप्त थिएन र?
मानौं तपाईको एउटा पत्र-मित्र छ – एक व्यक्ति जोसँग तपाई पत्र आदन- प्रदान गर्नुहुन्छ तर जोसँग तपाईंको प्रत्यक्ष भेटघाट भएको छैन। एक दिन तपाईंले पत्रमा यसरी लेख्नुभयो, “म तपाईंलाई अझ राम्ररी चिन्न चाहन्छु। कृपया एउटा फोटो पठाउनुहोला अनि तपाई कस्तो हुनुहुन्छ मैले देख्न पाउने थिएँ।” केले तपाईंलाई आफ्नो पत्र-मित्रलाई चिन्न बढी मद्दत गर्ला— तपाईको पत्र-मित्रले एउटा फोटो पठाए भने कि चारओटा फोटोहरू पठाए भने? ______________________________ _________________________________ ________। किन?
परमेश्वरले हामीलाई आफ्नो पुत्र प्रभु येशू ख्रीष्टका चारओटा तस्वीरहरू दिनुभएको छ। यी हुन् सुसमाचारका चार लखोटहरू जसलाई मत्ती, मर्कूस, लुका र यूहन्ना भनिन्छ। परमेश्वरले एउटै मात्र सुसमाचारको लेखोट दिन सक्नुहुन्थ्यो तर चारओटा हुनु अझ राम्रो हो। १ पत्रुस १:८ अनुसार हामीले उहाँलाई आफ्ना आँखाले कहिल्यै देखेका छैनो तरैपनि के परमेश्वर हामीले उहाँको पुत्रलाई राम्ररी चिनेको चाहनुहुन्छ (यूहन्ना १७:३; फिलिप्पी ३:१०)?____________________। हामी उहाँलाई जति-जति राम्ररी चिन्छौं त्यति नै हामी कसलाई पनि चिन्छौं (यूहन्ना ८:१९; १४:७)? _____________________। हामी ख्रीष्टलाई जति-जति प्रस्ट देख्छौं (यी चारओटा तस्विरहरूलाई हेर्दै जाँदा) त्यति नै हामी कसालाई पनि देख्छौं (यूहन्ना १४:९)?_________________। येशू नै परमेश्वरको सिद्ध तस्वीर हुनुहुन्छ। यदि तपाईं परमेश्वर पिता कस्तो हुनुहुन्छ भनी जान्न चाहनुहुन्छ भने पुत्रलाई हेर्नुहोस्। येशू ख्रीष्ट “___________ परमेश्वरका _______________” हुनुहुन्छ (कलस्सी १:१५)। अदृश्य परमेश्वरलाइ तपाईँ देख्न सक्नुहुन्छ तर तपाईं उहाँको पुत्रलाई देख्न सक्नुहुन्छ जसरी उहाँ पवित्रशास्त्रमा प्रकट गरिनुभएको छ।

तपाईंको पत्र-मित्रका ती चारओटा फोटोहरूलाई फेरी विचार गर्नुहोस्। के ती सबै फोटोहरूका बीचमा आपसमा मिल्ने त्यस्ता केहि कुराहरू हुन्छन् होला? केही कुराहरू चारैओटा फोटोहरूमा समानरूपमा पनि भेटिन्छन् होला? (सायद तपाईंको पत्र- मित्रले चारैओटा फोटोहरूमा एउटै स्वीटर लगाउनुभएको होला वा हरेक फोटोको पृष्टठभूमीमा एउटै रूख होला? प्रत्येक फोटोमा अरू तीन फोटोहरूभन्दा कुनै न कुनै हिसाबलमा फरक हुन्छ होला? तीमध्ये तीनओटा फोटोहरू धेरै मिल्दाजुल्दा (सयाद ती प्रत्येक नै एउटै कोठामा केही मिनेटकै अन्तरमा खिचिएका) हुन अनि चोथो फोटोचाहिँ अत्यान्तै फरक (सायद अर्कै समयमा अर्कै लुगा लगाएको बेला, भिन्न दृष्यका बीच घरको बाहिर खिचिएको ) हुन सम्भव छ? के तपाईंले यसो भन्नुहुनेछ, “यो चौथो फोटो अरू तीनभन्दा यति भिन्न छ कि यो त अर्कै व्यक्ति हुनुपर्छ”?

चार सुसमाचारहरूको सन्दर्भमा कुरा यस्तै छ। तिनीहरू आपसमा मिल्दाजुल्दा छन् र पनि तिनीहरू एक अर्को भन्दा भिन्न छन्। पहिला तीन सुसमाचारहरू धेरै हिसाबमा आपसमा मिल्दाजुल्दा छन् (यद्यपि त्यहाँ भिन्नताहरू पनि छन्) अनि यूहन्नाको सुसमाचार ती पहिला तीनभन्दा ज्यादै भिन्न छ (समानताहरू थोरै मात्र छन्), तरैपनि येशू को हुनुहुन्छ र उहाँ कस्तो हुनुहुन्छ भनी बुझ्न सक्न हामीलाई ती चारै ओटाको आवश्यकता पर्छ।

कही उदाहरूणहरू हेरौ:

  1. मत्ती २४:३२-३६ पढ्नुहोस् र मर्कूस १३:२८-३२ सित तुलना गर्नुहोस्। यी खण्डहरू खासमा उस्तै छन् कि फरक छन्?________ _______________।
  2. मत्ती १३:५५ पढ्नुहोस् र मर्कूस ६:३ सित तुलना गर्नुहोस्। यी पदहरू उस्तै भए तापनि, तपाई के भिन्नता पाउनुहुन्छ? मत्ती येशूलाई ______________ का छोरा भनी उल्लेख गरेका छन् भने मर्कूसले येशू एक सिकर्मी हुनुहुन्थ्यो? _______________। के दवै पदहरू साँचा हुन? _____________।
  3. मर्कूस ६:३८ पढ्नुहोस् र मत्ती १५:३४ सित तुलना गर्नुहोस्। के यहाँ भिन्नता छ? _________________________________ _________________________________ __________________________________ _____________________________ ______________________________। मत्तीले गन्न नजानेका हुन् कि मर्कूसले ? यो समस्याको समाधान के हो (हेर्नुहोस् मर्कूस ८:१९-२० र मत्ती १६:९-१० साथै हेर्नुहोस् मर्कूस ८:५ र मत्ति १४:१७)? _________________________________ ________________________________ __________________________________।
    बास्तवमा यो कुनै समस्या थिएन। हामीले सबै तथ्यहरूलाई हिसाबमा लिन नसक्दासम्म यो एउटा समस्याको रूपमा देखा परेको मात्र थियो।
  4. यी चारओटा पदहरू तुलना गर्नुहोस्: मत्ती २७:३७; मर्कूस १५:२६; लुका २३:३८; यूहन्ना १९:१९। के यी सबै पदहरू आपसमा मिल्छन्? के त्यहाँ भिन्नताहरू छन्? क्रुसमा टाँगिनुभएको ख्रीष्टको शीरमाथि लेखिएको दोषपत्रमा के लेखिएको थियो भन्ने कुराको सवालमा के सबै पदहरूले सही र सत्य तथ्य बताएका छन्? _______। के यी सबै पदहरुले त्यहाँ लेखिएको सम्पूर्ण कुरालाई नै बताउँदछन्? ______________। यूहन्ना १९:२० ले यी भिन्नताहरूको कारणलाई प्रकाश पार्दछ कि?
  5. त्यहाँ कही कुराहरू छन् जो सबै चार सुसमाचारमा उस्तै छन्:
    •सबै चार सुसमाचारहरूले बप्तिस्मा दिने यूहन्नाको सेवाकाइको बारेमा बताउँदछन्।
    •सबै चार सुसमाचारहरूले येशूको बप्तिस्माको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले ५००० लाई खुवाइएको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले प्रभलाई पत्रुसले इन्कार गरेको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले येशूको पक्राउ र मानविय इन्साफको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले येशूको क्रूसको टँगाइको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले येशूको बौरिउठाइको बारेमा बताउँदछन्।
    त्यहाँ केही भिन्नताहरू पनि छन। प्रत्येक सुसमाचारमा अर्को सुसमाचारमा नपाइने कुराहरू पनि छन्। जस्तै:
    • मत्तीले मात्रै यूसुफ र मरियम मिश्रमा पलायन भएका बारेमा बताउदछन् (मत्ती २:१२-२३)।
    • मर्कूसले मात्रै एक अन्धा मान्छेको दुई चरणको चंगाइको बारेमा बताउँदछन् (मर्कूस ८:२२-२६)।
    • लुकाले मात्रै हराएको छोरोको दृष्टान्त बताउँदछन् (लुका १५:११-३२)।
    • यूहन्नाले मात्रै लाजरसको मृत्युबाटको बौरिउठाइको बारेमा बताउँदछन् (यूहन्ना ११:१-४५)।

कोही व्यक्तिहरू सुसमाचारका लेखोटहरूमा त्रुटीहरू र अन्तर- विरोधहरू छन् भन्ने दावी गर्छन् तर हामी जान्दछौं सबै चारैओटा सुसमाचारहरूमा सत्य मात्रै छन्। परमेश्वरको वचनका कुनै पनि भागमा कुनै त्रुटीहरू वा गल्तहरू छैनन्। कसैले यसो भन्ला, ” चार सुसमाचारका पुस्तकहरू येशू मर्नुभएको धेरै वर्षपछि मात्रै लेखिएका हुन् (जु कुरा साँचो पनि हो) यसकारण सुसमाचारका लेखकहरूले येशूले भन्नभएका र गर्नुभएका कुराहरू कसरी सम्झन सके?” यसको जवाफ तपाईं कसरी दिनुहुन्छ? उनीहरूलाई सिद्धरूपमा सम्झना गर्न सक्न कसले सहायता गर्नुभयो ( हेर्नुहोस् यूहन्ना १४:२६)?________________________।

“सुसमाचार” को अर्थ हो “शुभ खबर”। १ कोरिन्थी १५:१-५ अनुसार सुभ खबर के हो:
उहाँ हाम्रा _________________ का निम्ति __________________ (पद ३)
उहाँ __________________ भयो (पद ४)
उहाँ __________________ भयो (पद ४)
उहाँ _______________ पर्नु भयो (पद ५)।

के सबै चारओटै सुसमाचाहरूले ख्रीष्ट मर्नुभयो, गाडिनुभयो, बौरिउठ्नुभयो र जीवित देखा पर्नुभयो भन्ने शुभ खबर बताउँदछन्? __________________?
मानौं त्यहाँ पाँचजना अन्धाहरू एउटा हात्तीलाई त्यो के हो भनी नजानीकनै छामेर बुझ्न खोजिरहेका छन्। एउटाले खुट्टालाई छामेर यो एउटा ठूलो रूख हुनुपर्दछ भनेर सोच्दछ। अर्कोले सुँडलई छामेर यो एउटा ठूलो साँप हुनुपर्छ भनेर सोच्दछ। अर्काले त्यसको पेटलाई छामेर यो एउटा ठूलो पर्खाल हुनुपर्छ भनेर सोच्दछ। अर्कोले पुच्छरलाई छामेर यो एउटा डोरी हुनुपर्छ भनेर सोच्दछ। अर्काले दाह्रालाई छामेर यो एउटा फलामको खम्बा हुनुपर्छ भनेर सोच्दछ। के तिनीहरू सबै बेठीक थिए?_________। ___________________तिनीहरू सबैसित एउटा भागमात्रै थियो र तिनीहरूले सिङगोलाई बुझ्न सकेनन्। सँड हात्तीको एउटा मात्र भाग हो। त्यो नै सिङगो हात्ती होइन। यदि हामीले एउटा भागलाई मात्र हेर्यौं भने हामीले सिङगोलाई बुझ्दैनौं। वास्तवमा एउटै मात्र भागले एउटा हात्ती कस्तो हुन्छ भनेर सही ज्ञान दिन सक्दैन। सिङगो बन्न त एउटा भागलाई अर्को भागको आवश्यकता पर्छ।

तिनीहरूले हामालई ख्रीष्टमा डोर्याऊन् भनेर परमेश्वरले हामीलाई चार सुसमाचारहरू दिनुभयो। त्यहाँ केवल एउटा ख्रीष्ट हुनुहुन्छ, चारओटा होइन। त्यहाँ चारओटा मुक्तिदाताहरू छैनन्। चार सुसमाचारहरूले एउटै धन्य व्यक्तिलाई औंल्याउँछन् जसलाई हामीले चिनेको परमेश्वर चाहनुहुन्छ। हामीले सबै चारओटै सुसमाचारहरूलाई सँग-सँगै हेर्नुपर्छ जसरी तपाईंले आफ्नो एकजना पत्र-मित्र कस्तो हुनुहुन्छ भनेर जान्नलाई उनका चारओटै फोटोहरूलाई हेर्नुहोस्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

नयाँ नियमका पुस्तकहरू

नयाँ नियमका पुस्तकहरू

 

एक पूर्व तयारी

(नयाँ नियम के हो?)
नयाँ करार

मत्ती २६:२८ मा उहाँ क्रूसमा मर्नभन्दा अघिको रात प्रभु येशू ख्रीष्टले यी शब्दरू उच्‍चारण गर्नुभयो: “किनभने यो _________ __________ को मेरो रगत हो, जोचाहिँ धेरैका लागि पापहरूको क्षमाका निम्ति बहाइन्छ।” “नयाँ वाचा” भन्‍नु र “नयाँ करार ” भन्‍नु एउटै हो। जब प्रभुका यहूदी चेलाहरूले यी शब्दहरु सुने, तब उनीहरू प्रभुले के विषयमा बोल्दैहुनुहुन्थ्यो सो जान्दथे। परमेश्वले यहूदीहरूलाई एउटा सुन्दर प्रतिज्ञा दिनुभएको थियो जुन यार्मिया ३१:३१-३४ मा पाइन्छ। यी चारओटा पदहरू राम्ररी पढ्नुहोस् र निम्‍नलिखित प्रश्‍नहरूको जवाफ लेख्‍नुहोस्:

  1. इस्राएल राष्ट्रसित नयाँ करार अथवा नयाँ वाचा बाँध्‍ने प्रतिज्ञा कसले गर्नुभयो (पद ३१)? ____________________।
  2. यो नयाँ करार मोशाको समयमा परमेश्वरले यहूदीहरूसँग गर्नुभएको करार भन्दा भिन्‍न थियो कि त्यो करारसँग दुरूस्तै थियो (पद ३२)?
    _________________________।
  3. के यहूदी मानिसहरूले पुरानो करार (मोशाद्वारा परमेश्वरले दिनुभएका व्यवस्था र आज्ञाहरू) को पालना गरे कि त्यसको उल्लङघन गरे (यार्मिया ३१:३२)?
    _____________________________।
  4. के तपाइले दश आज्ञालाइ सिद्धरूपमा पालन गर्न सक्‍नुहुन्छ?_______________। के तपाईले “सबभन्दा ठूलो आज्ञा” लाई पालन गर्नुभएको छ (मत्ती २२:३६-३८)? __________________। के तपाई आज्ञा पालन ग्रने व्यक्ति हुनुहुन्छ कि आज्ञा उल्लङघन गर्ने व्यक्ति? ­­­­­­­­­­­­_____________________। के एक पापीले परेमश्वरको पवित्र व्यवस्थालाई पालन गर्ने सक्छ? _______________।
  5. पुरानो करार अन्तर्गत परमेश्वरले आफ्नो व्यवस्थालाई ढुङगाका पाटीहरूमा लेखेर दिनुभयो (२ कोरिन्थी ३:३)। नयाँ करारअन्तर्गत परमेश्वरले आफ्नो व्यवस्थालाई कहाँ राख्‍नुहुन्छ (यार्मिया ३१:३३ र २ कोरिन्थी ३:३)? ___________________________। परमेश्वरको व्यवस्था आफ्ना हृदयहरूमा लेखिएका परमेश्वरका जनहरूले व्यवस्थालाई पालन गर्नेछन् कि उल्लङघन गर्नेछन् (इजकिएल ११:१९-२१; ३६:२५-२७)? _______________________।
  6. पुरानो करार अन्तर्गत मानिसहरू धर्मी न्यायकर्ता परमेश्वरको सामु आज्ञा उल्लङघन गर्ने दोषी व्यक्तिहरूका रूपमा थिए। नयाँ करार अन्तर्गत परमेश्वरका सामु मानिसहरूको सम्बन्ध कस्तो हुनेछ (यार्मिया ३१:३३)?______________________ _____________________________ _____________________________।
  7. यर्मिया ३१:३४ ले भावी राज्यको युगको बयान गर्दैछ। त्यसबेला इस्राएल राष्ट्रले नयाँ करारका आशिषहरू पाउनेछन्। के त्यसबेला छिमेकीहरूलाई गवाही दिनुपर्ने र अरूहरूलाई तिनीहरूले प्रभुलाई चिन्‍नुपर्छ भनेर बताउनुपर्ने हुन्छ (यर्मिया ३१:३४ र यशैया ११:९)? _________________________ _____________________________ ____________________________।
  8. नयाँ करार अन्तर्गतका दुई ठूला प्रतिज्ञाहरू के-के हुन् (यर्मीया ३१:३४)? “तिनीहरूका _____________________________ ___________________________ गर्नेछु” “तिमीहरूका ____________________________ _____________________ सम्झनेछैनँ” साथै रोमी ११:२७ मा पनि: “म ______________________________ हटाउँला” के यही नै प्रतिज्ञा आजका छिश्वासीहरालई पनि दिइएको छ ( हिब्रू ८:१०-१२; १०:१६-१७)? _____________। हामीले हाम्रा सम्पूर्ण पापहरूको क्षमा प्राप्‍त गर्न सकौं भनेर प्रभु येशू ख्रीष्टले के गर्न आवश्यक पर्‍यो (मत्ती २६:२८)? ____________________________­­­­­­­­­­­­­­­­­­­। यदि ख्रीष्टले आफ्नो रगत नबहाउनुभएको भए र हाम्रा पापहरूका निम्ति नमर्नयभएको भए, हामीले हाम्रा सम्पूर्ण पापहरूको क्षमा प्राप्‍त गर्न सक्‍ने थियौ। (हिब्रू ९:२२)?__________।

पुरानो करारको माग थियो, “व्यवस्था भङ्ग गर्ने दोषी मर्नैपर्छ।” (हेर्नुहोस् प्रस्थान २१:१२,१५,१६,१७, इजकिएल १८:४; रोमी १:३२; ६:२३)। नयाँ करारले भन्छ, “येशू ख्रीष्टले आफ्नो रगत बहाउनुभयो र व्यवस्था भङग गर्ने दोषीहरूका निम्ति मर्नुभयो, अनि उहाँले पापको मोल पूर्णरूपमा चुक्ता गर्नुभएको हुनाले परमेश्वरले उहाँको पुत्रमा विश्वास गर्ने दोषी व्यक्तिहरूलाई पूर्णरूपमा क्षमा गर्न सक्‍नुहुन्छ।”

मण्डली सभामा प्रभु भोजबाट लिँदा हामीले यो याद गर्नुपर्छ, क्रुसमा ख्रीष्टको मृत्यु भएकै कारण नयाँ करार सम्भव हुन्छ (१ कोरिन्थी ११:२५)। नयाँ नियम पवित्रशास्त्रले ख्रीष्टको मृत्युको सुसमाचारको घोषणा गर्दछ जसले गर्दा नै नया करार सम्भव हुन्छ।

४०० वर्षको सन्‍नाट्टा

पुरानो नियमको अन्तिम पुस्तक मलाकी इ.पू ४०० तिर लेखिएको हो। त्यसपछि ४०० वर्षसम्म परमेश्वर आफ्ना जनहरूसित बोल्नु नै भएन। उक्त समयमा परमेश्वरले कुनै अगमवक्ताहरूलाई पठाउनुभएन। परमेश्वरले ४ शताब्दीहरूसित बोल्नुभएन, कुनै संवाद गर्नुभएन। देशमा लामो अनिकाल पर्‍यो— अन्तको अनिकाल नभएर “परमप्रभुका वचनको ____________ तृष्णाको अनिकाल” (आमोस ८:११-१२) थियो। यहूदीहरूसँग पुरानो नियम थियो र उनीहरूले त्यसलाई पढेको र विश्वास गरेको र मसीहको आगमनलाई पर्खेको परमेश्वर चाहनुहुन्थ्यो।

अन्तमा धेरै वर्षपछि परमेश्वरले सन्‍नाट्टलाई तोड्नुभयो र उहाँले मानिसहरूसँग सबभन्दा असल तरिकामा बोल्नुभयो। हिब्रू १:१-२ लाई राम्ररी पढ्नुहोस्। पुरानो नियमका समयहरूमा परमेश्वर मानिसहरूसित कसरी बोल्नुभएको थियो (पद१)?___________________ ________________________________। अन्तमा परमेश्वर मानिसहरूसित कसरी बोल्नुभयो (पद २)? उहाँको ___________द्वारा”।

मानौं मेरो एउटा साथी छ जो २००० किलोमिटर पर बस्दछ। यो साथीसँग मऔले कुराकानी गर्ने सबभन्दा राम्रो उपाय कुन होला? एउटा पत्र लेख्‍नु राम्रो हुन्थ्यो कि? इ-मेल लेख्‍नु राम्रो हुन्थ्यो कि? फोन गर्नु राम्रो हुन्थ्यो कि? चक्‍कामा भनेर पठाउनु राम्रो हुन्थ्यो कि? उसलाई भेट्न सक्‍ने कुनै व्यक्तिको मार्फत एउटा सन्देश पठाउनु राम्रो हुन्थ्यो कि? यो साथीसँग कुरा गर्ने सबभन्दा राम्रो उपाय कुन हुनेथ्यो होला? सबभन्दा राम्रो उपाय त यो हुनेथ्यो: म व्यक्तिगत रूपमै भेट गर्न जानु! ठीक यही नै काम परमेश्वरले गर्नुभयो। उहाँले व्यक्तिगत रूपमै यस पृथ्वीमा आफ्नो पुत्र प्रभु येशू ख्रीष्टमा भइकन भेट गर्न आउनुभयो। येशू ख्रीष्टले हामीलाई भेट गर्नुभएको छ। परमेश्वरसित आफ्नो पुत्रद्वारा बोल्नुभएको छ। परमेश्वरको यो भेट गर्ने कामको विषयमा हामीले पढ्न सक्‍ने सबै कुराहरू नैयाँ नियममै पाउँछौं। अब हामी पुरानो नियमलाई नयाँ नियमसित तुलना गरौ:

 

नयाँ नियममा कतिओटा पुस्तकहरू छन् (यदि तपाई पक्‍का हुनुहुन्छ भने बाइबलको शुरूमा भएको सूचीलाई हेर्नुहोस्)? ­­­­­­­­­­_________।

यीमध्ये पाँचौओटा चाहिँ इतिहासका पुस्तकहरू हुन् (पछाडिपट्टको तालिकालाई हेर्नुहोस्)। सुसमाचारका चार पुस्तकहरूले येशूका आश्चर्यकर्म र शिक्षाको थालनीको प्रस्तुत गर्दछन्— प्रेरित १:१-२ मा पढ्नुहोस्:

प्रकाशको पुस्तक पनि इतिहासकै पुस्तकजस्तै हो, केवल यो घटनाहरू हुनु अगावै लखिएको पुस्तक हो। यो भविष्यलाई प्रकाश पार्ने एक महान् भविष्यवाणीको पुस्तक हो।

नयाँ नियमका सबै अन्य पुस्तकहरू पत्रका रूपमा छन्। उदाहरणको लागि पावलले १३ ओटा पत्रहरू लेखे। यीमध्ये ९ ओटा चाहिँ मण्डलीहरूलाई लेखिएका थिए (रोमी, १ र २ कोरिन्थी, गलाती, एफेसी, फिलिप्पी, कलस्सी, १ र २ थेस्सलोनिकी) अनि यीमध्ये ४ ओटा चाहिँ व्यक्तिहरूलाई लेखिएका थिए (पास्टर तिमोथी लेखिएका १ र २ तिमोथी; तीतसलाई लेखिएको तीतस; कलस्सीका मण्डलीका एक सदस्य फिलेमोनलाई लेखिएको फिलेमोन)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

हाग्गै, जकरियाह, मलाकी

हाग्गै, जकरियाह, मलाकी

 

हाग्गै, जकरियाह, मलाकी

हामी पुरानो नियमका पुस्तकहरूको अध्ययन क्रमको झण्डै अन्त्यतिर आइसकेका छौं। हाम्रो अध्ययन क्रममा हामीले ३६ ओटा पुस्तकहरू अध्ययन गरिसकेका छौं। केवल तीनओटा पुस्तकहरू बाँकी छन्: हाग्गै, जकरियाह, मलाकी। यी तीनओटै पुस्तकहरू बेबिलोनी कैद पछाडि लेखिएका हुन् (निर्वासन पछाडि-अध्याय ९ हेर्नुहोस्)।

पुरानो नियमका अन्तिम ऐतिहासीक पुस्तकहरू यी हुन्

पुरानो नियमका अन्तिम अगमवाणीका पुस्तकहरू यी हुन्:

यी ६ ओटै पुस्तकहरू बेबिलोनी कैद पश्चात लेखिएको हो।

हाग्गै र जकरियाहको ऐतिहासिक पृष्ठभूमी

(यहूदीहरूलाई मन्दिरमा कार्य गर्न पुन: फर्काउनु)

तपाईंले हाग्गैको बारेमा बिचार गर्नुहुँदा जकरियाहको बारेमा पनि सोच्नुहोस्, र जकरियाको बारेमा बिचार गर्दा हाग्गैको बारेमा पनि सोच्नुहोस्। यी दुवै व्यक्तिहरू एकसाथ उल्लेख गरिएका छन् (एज्रा ५:१ र ६:१४ पढ्नुहोस्)। उनीहरू इतिहासको एउटै समयका हुन् र उनीहरूले एउटै समूहका मानिसहरूलाई आ-आफ्नो सन्देश प्रदान गरे। उनीहरूको उद्देश्य पनि एउटै थियो, यहूदी मानिसहरूलाई मन्दिर (येरुशलेममा परमेश्वरको निवास्थान) निर्माणको महान् कार्यलाई पूर्णता दिन उत्साह दिनु।

यस समयावधिको इतिहासको बारेमा हामीले एज्राको पुस्तक अध्ययन गर्दाहुँदि बिचार गरिसक्यौं (अध्याय ६ हेर्नुहोस्)। बेबिलोनी कैद पश्चात के भएको थियो भनी एकछिन पुनर्सम्झना गरौं।

बेबिलोनी कैदको ७० वर्षपछि, परमेश्वरले फारसका राजाको आत्मालाई उत्तेजित पार्नुभयो र ती राजाले यहूदीहरूलाई उनीहरूको गृहभूमीमा फर्कने अनुमति दिए। ती राजाको नाम के थियो (एज्रा १ अध्याय)? ____________ करिब ५०,००० यहूदीहरू (एज्रा २:६४-६५) जरूबाबेल (राज्यपाल) र येशूअ अथवा यहोशूको (मूख्य पूजाहारी) अगुवाइमा फर्किए। यहूदीहरूको यो सङ्ख्या ठूलो थिएन (अध्याय ६ हेर्नुहोस्)। यो त केवल सानो भाग मात्र थियो। एकसमय त्यस भूमीमा बसोबास गरेका ठूलो सङ्ख्याको यहूदीहरूको तुलनामा यो त एकदम न्यून सङ्ख्या थियो।

जब यहूदीहरूको यो सानो बाँकी रहेको भाग येरूशलेम फर्किए, उनीहरूले ध्वस्त अवस्थामा रहेको शहर र मन्दिर भेट्टाए। सुलेमानको महान् मन्दिर बेबिलोनीहरूद्वारा नष्ट गरिएको थियो अनि खरानी र ढुङ्गाका थाकहरू बाहेक केही बाँकी थिएनन् (२ इतिहास ३६:१९)। जब ती यहूदीहरू आफ्नो पिताहरूका भूमीमा फर्किए, मन्दिरको पुनर्निमाण गर्नु नै उनीहरूको पहिलो काम थियो। उनीहरू निकै थोरै थिए र उनीहरूको जिम्मेवारी निकै ठूलो थियो! उनीहरू साना थिए तर उनीहरूको जिम्मेवारी विशाल थियो। त्यो काम कसरी गर्न सकिन्थ्यो? यहूदीहरूले अर्को समस्याको पनि सामना गर्नुपर्यो। उनीहरूले मन्दिर बनाएको हेर्न नचाहने शत्रुहरूले उनीहरूलाई वरिपरिबाट घेरेका थिए (एज्रा ४ अध्याय पढ्नुहोस्)। उनीहरूको अवस्थालाई निम्नानुसार वर्णन गर्न सकिन्छ:

    • १.यहूदीहरू को सङ्ख्या सानो थियो।
    • २.जिम्मेवारी ठूलो थियो।
    • ३.शत्रुहरू प्रशस्त र भीषण थिए।

सबै कुराहरू उनीहरूको विरोधमा भएको जस्तो देखिन्थ्यो, तर परमेश्वर उनीहरूको विरोधमा हुनुहुन्न थियो। “परमेश्वर हाम्रो ________ हुनुहुन्छ भने को हाम्रो _________ हुन सक्ला?” (रोमी ८:३१)। यो प्रश्नको जवाफ के हो? ______________________ मन्दिरको काम सुरु भयो भनी एज्रा ३ अध्यायमा हामी पढ्न सक्छौं। मन्दिरको पुनर्निमाणको कामले राम्रै सुरुवात पायो (यो करिब ५३६ ई.पू.को कुरा हो)। मानिसहरूले कडा परिश्रम गरे र अन्ततोगत्वा ज_____ बसालियो (एज्रा ३:१०)। मानिसहरू खुबै रमाए र परमेश्वरको प्रशंसा गरे (एज्रा ३:१०-११) तर केही वृद्ध यहूदीहरू रोए। उनीहरूले राजा सुलेमानद्वारा बनाइएको पहिलो मन्दिरको महिमालाई सम्झे र दोस्रो मन्दिर त्यति महान् हुनेछैन भनी उनीहरूले बुझे (एज्रा ३:१२-१३)।

एज्रा ४ अध्यायमा भएको घटनाको विवरणमा हामी नआइपुग्दासम्म मन्दिरको काम राम्ररी नै चलिरहेको थियो। यहाँ यहूदीहरूको शत्रुहरूले “यहूदाका मानिसहरूको हातहरू कमजोर पारिदिए, र उनीहरूलाई त्यस बनाउने काममा क______ दिए” (एज्रा ४:४) भनी हामी जान्दछौं। यस कुराको कारणले राजा दाराको (अध्याय ६ मा फारसका राजाहरूको सूची हेर्नुहोस्) समयसम्म काम ठप्प भयो। करिब १५ वर्षसम्म मन्दिरमा त्यो भन्दा ज्यादा केही काम गरिएन। सम्पन्न गरिएको कार्य भनेको यहूदीहरूले बसालेका जग मात्र थियो!

अन्ततोगत्वा एज्रा ५:१मा हाम्रा दुई अगमवक्ताहरूको नाम उल्लेख गरिएको छ, “तब भविष्यवक्ताहरूले अर्थात् भविष्यवक्ता _________ र इद्दोका छोरा ___________ यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई इस्राएलका ______________ नाममा, जो तिनीहरूमाथि हुनुहुन्थ्यो, भविष्यवाणी गरे”। त्यसबेला ई.पू. ५२० साल थियो। मानिसहरू फेरि आफ्नो काममा फर्कन सकुन् भनी उत्साह दिन परमेश्वरले यी दुई अगमवक्ताहरूलाई उठाउनुभयो! के मानिसहरूले परमेश्वरको मन्दिर बनाउने कार्यलाई सुचारू गरे (एज्रा ५:२)? ________ यी दुई अगमवक्ताकहरूको सहायता र उत्साहको कारणले मानिसहरूले मन्दिर-निर्माणको परियोजना पूरा गर्न र समाप्त गर्न सके (एज्रा ६:१४-१५)। कार्य सुचारू भएको झण्डै चार वर्षपछि करिब ५१६ ई.पू.मा मन्दिर पूरा भयो!

परमेश्वरले यहूदी मानिसहरूसँग उहाँको अगमवक्ता हाग्गै मार्फत कसरी बोल्नुभयो भनी अध्ययन गर्न हामी अब तयार छौं:

हाग्गै—बलिया होऊ र काम गर!

यो पुस्तक अध्ययन गर्दाहुँदि हामीले यो सम्झनु पर्छ कि हाग्गै यहूदीहरूलाई फेरि कार्य सुचारू गर्ने उत्साह दिन परमेश्वरद्वारा प्रयोग गरिएका व्यक्ति थिए! मन्दिरको काम समापन हुनु खाँचो थियो। मानिसहरूको निम्ति परमेश्वरको सन्देश सरल यस्तो थियो, “उठ र निर्माण गर”! परमेश्वरको भवन निर्माण र समापनको त्यस महान् कार्यको निम्ति मानिसहरूलाई उत्तेजित पार्न परमेश्वरले हाग्गैको प्रयोग गर्नुभयो।

हाग्गैलाई परमेश्वरले पठाउनुभएको थियो! अरू अगमवक्ताहरू झैं हाग्गै पनि परमेश्वरको मुखको वाणी थिए। परमेश्वरले उहाँका जनहरूसँग हाग्गैको मुखबाट बोल्दै हुनुहुन्थ्यो। यो हाग्गैको आफ्नै सन्देश थिएन। यो त परमेश्वरको सन्देश थियो! हामीले यो पुस्तक पढ्दाहुँदि हामीलाई यो अझै स्पष्ट हुन जान्छ। यस पुस्तकमा केवल दुई अध्यायहरू मात्र छन्, तरैपनि निम्न वाक्यांश तपाईंले कतिपटक पढ्न पाउनुहुन्छ भनी हेर्नुहोस्:

“परमप्रभु यसो भन्नुहुन्छ…” अथवा “परमप्रभुको यसो भन्ने वचन आयो…”

परमेश्वर पहिलो स्थानमा हुनैपर्छ

हाग्गैले मानिसहरूलाई परमेश्वरबाटको यो महत्त्वपूर्ण सन्देश दिए: परमप्रभुलाई पहिलो स्थान देओ! (दोस्रो, तेस्रो, चौथो वा अन्तिम होइन!) तपाईंले परमेश्वरको बेवास्ता गर्नुभयो भने तपाईं समस्यामा हुनुहुनेछ! तपाईंले परमेश्वरलाई पहिलो स्थान दिनुभयो भने उहाँले तपाईंलाई आशिष दिनुहुन्छ (मत्ती ६:३३)। परमेश्वरले उहाँका मानिसहरूले मन्दिरको पुनर्निमाण गरेको चाहनुहुन्थ्यो! यदि परमेश्वरका मानिसहरूले मन्दिरलाई भग्नावशेषमै रहन दिए भने परमेश्वरले कसरी आशिष दिन सक्नुहुन्छ त?

के यहूदीहरूले परमेश्वरको भवन बनाउने समय आएको छ भनी सोच्दथे (हाग्गै १:२)? _________ के उनीहरू ठीक थिए त?

यहूदीहरूले उनीहरूका आफ्नै प्राथमिकताहरूलाई मिसाएका थिए (हाग्गै १:४ पढ्नुहोस्)। उनीहरूले पहिलो कुराहरूलाई पहिलो स्थानमा राखिरहेका थिएनन्। उनीहरू राम्रो, आरामदायी, सिलिङ ठोकेका घरहरूमा बसिरहेका थिए र परमेश्वरको भवन उजाड परिरहेको थियो!

के परमेश्वरलाई पहिलो स्थानमा नराखेका मानिसहरू साँच्चै आशिषित हुनेछन् (हाग्गै १:६)? ___________ परमेश्वरलाई ठीक स्थान नदिनु भनेको प्वाल परेको थैलीमा पैसा हाल्नुजस्तै हो! यसले कुनै फाइदा दिँदैन!

यहूदीहरूले के गरेको परमेश्वर चाहनुहुन्थ्यो (हाग्गै १:८)? “का____ ल्या_____”। के मानिसहरूले हाग्गैले भनेको कुरा माने (हाग्गै १:१२-१५)? _______ के परमेश्वर उनीहरूसँग रहेर उनीहरूलाई आशिष दिनुहुनेछ (हाग्गै १:१३)? ____________ हाग्गैले प्रचार सुरु गरेको तीन हप्तापछि मन्दिर पुनर्निमाणको कार्य सुचारू भयो (हाग्गै १:१लाई १:१५ सँग तुलना गर्नुहोस्)!

हाग्गै २:४ मा हाग्गैले मानिसहरूलाई उत्साहपूर्ण वचनहरू दिइरहेको हामीले भेट्टाउँछौं। “बलिया होऊ!” भन्ने अभिव्यक्ति तपाईंले कतिपटक भेट्टाउन सक्नुहुन्छ? _________

हाग्गैको दिनहरूमा भएका मानिसहरूको निम्ति १ कोरिन्थी १५:५८ राम्रो पद हुन सक्थ्यो र आजका विश्वासीहरूको निम्ति पनि यो सुन्दर पद हो: “सधैंभरि प्रभुको ________ __________ हुँदै जाओ”। आज परमेश्वरले हामीलाई यरूशलेममा उहाँको मन्दिर बनाउने आज्ञा दिनुभएको छैन! तर आज हाम्रो निम्ति परमेश्वरको काम छ। आफ्ना विश्वासीहरूले “सेवाको _______” (एफेसी ४:१२) गरेको परमेश्वर चाहनुहुन्छ। यो भनेको हामीहरू जहाँसुकै (घरमा, स्कूलमा, काममा वा जहाँसुकै) भए तापनि येशू ख्रीष्टको सेवा गर्ने काम हो। परमेश्वरले घरमा तपाईंको निम्ति कुन काम दिनुभएको छ? स्कूलमा? काममा? अन्त जहाँसुकै?

तीन मन्दिरहरू

हाग्गैको पुस्तकको दोस्रो अध्यायमा हामीले तीन मन्दिहरूको बारेमा पढ्दछौं:

 

अब यी तीन मन्दिरहरूलाई तिनीहरूको महानताको क्रम अनुसार तुलना गरौं (ऐतिहासिक क्रम अनुसार होइन):

पहिलो मन्दिर जत्तिकै महान् मन्दिर निर्माण गर्न नसकेकोमा के हाग्गैको दिनहरूमा भएका यहूदीहरू निराश हुनुपर्थ्यो? पर्दैनथियो, उनीहरू निराश भएको परमेश्वरले चाहनुभएन, उनीहरूलाई “ब______ ______” (हाग्गै २:४मा तीन पटक उल्लेख गरिएको) भनी उहाँले आज्ञा गर्नुभयो। यस पुस्तकको सन्देश यही हो: परमेश्वरलाई पहिलो स्थानमा राख, बलिया होऊ, परिश्रम गर, तिमीले गर्नुपर्ने कार्यमा तिमीले गर्न सक्ने सर्वोत्तम गर, अनि महान् र महिमित परमेश्वर तिमीलाई आशिष दिन तिम्रै साथमा हुनुहुनेछ (हाग्गै १:१३)!

जकरियाह—साना थोकहरूमा परमेश्वरको आनन्द छ

हाग्गैको सेवकाइ भन्दा करिब दुई महिना पछि जकरियाहको पनि सेवकाइ सुरु भयो (हाग्गै १:१ लाई जकरियाह १:१ सँग तुलना गर्नुहोस्)। यो ५२० ई.पू. साल थियो। जकरियाह यहूदी पूजाहारी थिए। परमेश्वरले यी जवान पूजाहारीलाई लिनुभयो र तिनलाई उहाँको अगमवक्ता बनाउनुभयो!

परमेश्वरले विभिन्न किसिमका मानिसहरूलाई आफ्नो सन्देश प्रस्तुत गर्न प्रयोग गर्नुहुन्छ। उदाहरणको निम्ति, नयाँ नियममा पावल र यूहन्नाले उस्तै तरिकाले लेख्दैनथिए। पावलले प्राय:जसो लामा वाक्यहरू लेख्ने गर्दथे। उदाहरणको निम्ति, रोमी १:१-७ पूरै खण्ड एउटै वाक्य हो (एफेसी १:३-१२ सँग पनि तुलना गर्नुहोस्)! अर्कोतर्फ यूहन्नाले एकदम छोटो र सरल वाक्यहरू लेख्दथे (१ यूहन्न ४:१९)। पावल र यूहन्नाका लेख्नेशैली विभिन्न तरिकाहरूका थिए तर परमेश्वरले आफ्नो सन्देश प्रस्तुत गर्न ती दुवै मानिसहरूलाई प्रयोग गर्नुभयो!

मन्दिर निर्माणको काम सुचारू गर्न र समापन गर्न यहूदीहरूलाई मद्दत दिन परमेश्वरले दुवै जकरियाह र हाग्गैलाई प्रयोग गर्नुभयो। तर यी दुई मानिसहरूको विभिन्न किसिमका लेख्ने शैलीहरू थिए। हाग्गै निकै व्यवहारिक र वास्तविक थिए। उनको सन्देश सरल थियो र बुझ्न निकै सजिलो थियो:

“भवन बनाओ!” (हाग्गै १:८) परमप्रभु भन्नुहुन्छ, म तिमीहरूको साथमा छु।” (हाग्गै १:१३) “बलिया होऊ!” (हाग्गै २:४)

अर्को तर्फ, जकरियाको “ध्यान कतै अन्त गइरहेको” थियो। जकरिया दुरदृष्टि राख्ने व्यक्ति थिए। यसको अर्थ हो, उनको पुस्तक दर्शनहरूले भरिएको छ, जसमध्ये केही कुरा बुझ्न कठीन छ। त्यस प्रकारका करिब आठ दर्शनहरू छन् (१-६ अध्यायहरू हेर्नुहोस्)। उदाहरणको निम्ति त्यहाँ रातो घोडामा चढिरहेको मानिसको दर्शन छ (१ अध्याय), चार सिङहरूको दर्शन छ (१ अध्याय), नाप्ने डोरी लिएका मानिसको दर्शन छ (२ अध्याय), सुनको सामदानको दर्शन छ (४ अध्याय), उड्दै गरेको पुस्तकको मुठाको दर्शन छ (५ अध्याय), चारओटा रथहरूको दर्शन छ (६ अध्याय) इत्यादि। धेरै हिसाबमा यो पुस्तक प्रकाशको पुस्तकसँग मिल्दोजुल्दो छ।

परमेश्वरले जकरियाहलाई प्रयोग गर्नुभयो र परमेश्वरले हाग्गैलाई प्रयोग गर्नुभयो। यी मानिसहरू भिन्न किसिमका थिए र उनीहरूले भिन्न शैलीमा लेखे, तर ती दुवैजनाले परमेश्वरकै सन्देश दिए! वास्तवमा, ती दुवै मानिसहरूले उही शब्द लेखे जुन शब्दहरू लेखेको परमेश्वरले चाहनुहुन्थ्यो! हाग्गैले स्पष्ट, सरल र केवल दुई अध्याय लामा सन्देशहरू दिएको परमेश्वरले चाहनुभयो! जकरियाहले चाहिँ तिनले देखेका दर्शनहरू लेखेको परमेश्वरले चाहनुभयो र तिनको पुस्तकमा १४ अध्यायहरू छन्! हरेक मानिस भिन्न हुन्छन् र परमेश्वरले भिन्नाभिन्नै मानिसहरूलाई भिन्नाभिन्नै तरिकाहरूमा प्रयोग गर्नुहुन्छ। यो कुरा आज पनि सत्य छ। यदि तपाईं विश्वासी हुनुहुन्छ भने तपाईं हरेक अरू विश्वासी भन्दा भिन्न हुनुहुन्छ भनी तपाईंले बुझ्नुपर्छ! तपाईं जस्तै दुरुस्त अरू कोही पनि छैन! र परमेश्वरले तपाईंलाई हरेक प्रकारले विशेष तरिकामा प्रयोग गर्न चाहनुहुन्छ!

कामदारहरूका निम्ति अझै उत्साह!

हाग्गैलाई जस्तै परमेश्वरले यहूदीहरूलाई मन्दिरको काममा फर्किने उत्साह दिन जकरियालाई प्रयोग गर्नुभयो। जकरियाह १:३मा परमेश्वरले यहूदीहरूलाई यो कुरा बताउनुभयो: “तिमीहरू मकहाँ फर्क!, सेनाहरूका _____________ भन्नुहुन्छ, र म तिमीहरूकहाँ ___________” परमेश्वरले यसो भन्दैहुनुहुन्थ्यो, “तिमीहरूले मलाई आदर गर्यौ भने, म तिमीहरूलाई आदर गर्नेछु!” (अध्याय ५ हेर्नुहोस्)। हाग्गैको पुस्तकमा जस्तै, परमेश्वरले यहूदीहरूलाई उहाँको आदर गर्न र उहाँलाई पहिलो स्थानमा राख्न आज्ञा दिँदै हुनुहुन्थ्यो।

जकरिया ४:६मा जेरूबाबेलको निम्ति परमेश्वरकहाँ एउटा महत्त्वपूर्ण सन्देश थियो: “न ___________, न __________, तर मेरो ___________, सेनाहरूको ____________ भन्नुहुन्छ।” सम्भवत: यस पुस्तकको चाबी पद यही नै हो। निश्चय पनि यहूदीहरूको सानो भागसँग प्रशस्त ताकत वा बल थिएन! उनीहरू सानो र थोरै थिए! तर उनीहरू साना भए तापनि उनीहरूसँग एकजना ठूलो परमेश्वर हुनुहुन्थ्यो। यहूदीहरूले सामना गर्नुपरेको तीन समस्याहरू के तपाईंलाई याद छ?

    • १.यहूदीहरू को सङ्ख्या सानो थियो।
    • २.जिम्मेवारी ठूलो थियो (मन्दिर निर्माण गर्ने)।
    • ३.शत्रुहरू प्रशस्त र भीषण थिए।

उक्त काम कसरी पूरा गर्न सकिन्थ्यो? जवाफ जकरियाह ४:६ मा पाइन्छ: “मेरो ______________, सेनाहरूका परमप्रभु भन्नुहुन्छ!” उनीहरूले यो गर्न सक्दैनथे, तर उनीहरूसँग सामर्थी र शक्तिशाली परमेश्वर हुनुहुन्थ्यो जसले यो गर्न सक्नुहुन्थ्यो! यो कुरा आजको निम्ति पनि सत्य छ। के तपाईंले कहिल्यै तपाईंको निम्ति साह्रै कठीन देखिने कुनै समस्याको सामना गर्नुपरेको छ? सम्झना गर्नुहोस्, परमेश्वरको निम्ति समस्या खासै ठूलो छैन! “म सक्दिन, तर उहाँले सक्नुहुन्छ! म अयोग्य छु, तर परेमश्वर योग्य हुनुहुन्छ! मलाई सक्ति दिनुहुने ____________ म सबै कुराहरू गर्न सक्छु” (फिलिप्पी ४:१३)।

अर्को उत्साहजनक शब्द जकरिया ४:९ मा भेट्टाउन सकिन्छ। सम्झना गर्नुहोस्, मन्दिरको जग बसालेको समयदेखि यता करिब १५ वर्षको अन्तराल भइसकेको थियो। त्यस समय यता कुनै काम गरिएको बिरलै मात्र थियो। कार्य गतिरोध अवस्थामा थियो। यहूदीहरूलाई यो ढिलाइ अब समाप्त हुँदैन जस्तो लागेको थियो। के पुनर्निमाणको कार्य फेरि सुचारू होला? के यो कुनै समय सिद्धिएला? जकरियाह ४:९ अनुसार मन्दिरको जग कसले बसालेको हो? ____________________ मन्दिरको काम कसले सिद्ध्याउने छ (सोहि पद)? ____________________ मन्दिर बन्नेछ र जुन मानिसले निर्माण कार्य सुरु गरेको थियो उसैले त्यो सिद्ध्याउनेछ भनी परमेश्वरले मानिसहरूलाई निश्चयता दिनु भयो!

अन्तत: एउटा प्रश्न सोधियो, “किनभने कसले साना _________ दिनलाई तुच्छ ठानेको छ? (जकरियाह ४:१०)। यहूदीहरूको निम्ति यो दोस्रो मन्दिर सानो र निरर्थक देखिएको थियो। सुलेमानको मन्दिरको तुलनामा यो के___ ______ ________ जस्तो देखिएको थियो (हाग्गै २:३)। तर परमेश्वरको निम्ति यो “केही पनि होइन जस्तो” थिएन, यो अति महत्त्वपूर्ण कुरा थियो! “थोरै चाहिँ धेरै हो यदि त्यसमा परमेश्वर हुनुहुन्छ भने!” आकारमा र भव्यतामा परमेश्वर प्रभावित हुनुहुन्न। निर्माणकर्ताहरूको हृदय र आत्मिक अवस्थाको बारेमा परमेश्वर बढी सम्बन्धित हुनुहुन्छ। परमेश्वरले उहाँलाई खुशी पार्न गरिएका “साना कुराहरू” मा आनन्द मनाउनुहुन्छ। हरेक विश्वासहरू “_________ ________ विश्वासयोग्य” (लूका १६:१०) भएको परमेश्वर चाहनुहुन्छ।

महान मसीह

मसीह (येशू ख्रीष्ट) को बारेमा अरू लघु अगमवक्ताहरूले भन्दा जकरियाहले धेरै कुराहरू बताएका छन्। यद्यपि जेरूबाबेलको नेतृत्वमा रहेका यहूदीहरूको सानो भाग निकै थोरै थियो, महान् मसीह उनीहरूको जातिबाट आउनुहुनेछ भनी उनीहरूले जानेको परमेश्वर चाहनुहुन्थ्यो। जकरियाहको पुस्तकले समयहरूको मार्गलाई हेर्दछ र येशू ख्रीष्टको पहिलो र दोस्रो दुवै आगमनलाई देख्दछ:

उहाँको पहिलो आगमन

जकरियाहको पुस्तकमा ख्रीष्टको पहिलो आगमनको सबैभन्दा महान् भविष्यवाणि जकरियाह ९:९ मा पाइन्छ। यस पदले यहूदीहरूको राजा येरूशलेममा “नम्र र एउटा ___________ चढेर” (जकरियाह ९:९) आउनुहुनेछ भनी स्पष्टसँग बताएको छ। के यो साँच्चै नै पूरा भयो (मत्ती २१:१-११)? ___________ करिब ५०० वर्षपछाडि येशूले यो भविष्यवाणी उहाँको पहिलो आगमनमा अक्षरश: पूरा गर्नुभयो।

उहाँको दोस्रो आगमन

जकरियाह ९:१० ले त्यस समयको बारेमा बताउँदछ जब पृथ्वीमा शा_____ हुनेछ र जब राजाले समुद्रदेखि समुद्रसम्म राज्य गर्नुहुनेछ। यो भविष्यवाणी अहिलेसम्म पूरा भएको छैन, तर येशू संसारमा दोस्रो पटक आउनुहुँदा यो पूरा हुनेछ। जकरियाह १४:४ मा येशू संसारमा फर्किनुहुने कुराको बारेमा हामी जान्दछौं।

जकरियाह १२:९-१४ मा अर्को अचम्मको अगमवाणी भेट्टाइन्छ। येशू संसारमा पहिलो पटक आउनुहुँदा यहूदी मानिसहरूले उहाँलाई इन्कार गरे (यूहन्ना १:११) र उहाँलाई क्रूसमा टांगे (मत्ती २७:२२-२५)। जब येशू दोस्रो पटक संसारमा फर्किनुहुनेछ यहूदी मानिसहरूले “मलाई हेर्नेछन्, जसलाई तिनीहरूले ________________, अनि आफ्नो एकमात्र छोराका निम्ति विलाप गरेझैं उहाँका निम्ति विलाप गर्नेछन्” (जकरियाह १२:१०)। यहूदी मानिसहरू आफूले गरेको कुरामा साह्रै दु:खित हुनेछन् र उनीहरूले पश्चात्ताप गर्नेछन् र ख्रीष्टलाई उनीहरूको मसीह र मुक्तिदाताको रूपमा ग्रहण गर्नेछन् (रोमी ११:२५-२७ सित तुलना गर्नुहोस्)।

हामीहरू आजका विश्वासीहरू भएको हुनाले, ख्रीष्ट हाम्रो निम्ति फेरि आउनुहुने समयको निम्ति हामी उहाँको बाटो हेरिरहेका छौं (यूहन्न १४:३)। त्यो बेलाको चाबी प्रश्न सायद यस्तो हुन्छ होला, “मेरो वचनमा तिमीलाई आज्ञा गरेको ती सानो कुराहरूमा के तिमी विश्वासयोग्य भएको छौ?” हामीले त्यस दिन यो सुन्न पाऔं “स्यावास!” भविष्यको प्रकाशमा वर्तमान जीवन जिऔं!

मलाकी—परमेश्वर हाम्रो सर्वोत्तम पाउन योग्यको हुनुहुन्छ

सम्भवत: मलाकी नहेम्याहको समयताका जिएको हुनुपर्छ, अर्थात, तिनले आफ्नो सन्देश हाग्गै र जकरियाहको समयभन्दा करिब एक शताब्दी (१०० वर्ष) पछाडि दिए।

परमेश्वरको प्रेमप्रति मानिसको दु:खद प्रतिकृया

यहूदी मानिसहरूका निम्ति परमेश्वरको सन्देश निकै सरल थियो, “परमप्रभु भन्नुहुन्छ: मैले तिमीहरूलाई ___________ गरेको छु” (मलाकी १:२)। तर मलाकीको पुस्तकबाट हामी जान्न सक्छौं, यहूदी मानिसहरूले तिनीहरूका परमेश्वरलाई प्रेम र आदर गरेनन्।

बरू……
तिनीहरूले उहाँको नामलाई तुच्छ ठाने (मलाकी १:६)।

तिनीहरूले अशुद्ध बलिदान ल्याए (मलाकी १:७-८)।

तिनीहरूले परमेश्वरको नामलाई अपवित्र तुल्याए (मलाकी १:११-१२)।

तिनीहरूले आफ्ना वचनहरूले परमप्रभुलाई थकित पारे (मलाकी २:१७)।

तिनीहरूले परमेश्वरको डर मानेनन् (मलाकी ३:५)।

तिनीहरूले परमेश्वरलाई लुटे (मलाकी ३:८)।

यस पुस्तकको लेखाइको ढाँचा चाखलाग्दो छ। सामान्य बनावट यस्तो छ:

      • १. परमेश्वरले वक्तव्य दिनुहुन्छ:

 

      • “तिमीहरूले आफ्ना वचनहरूले परमप्रभुलाई थकित पारेका छौ” (मलाकी २:१७)।
      • २. मानिसहरूले उक्त वक्तव्यमाथि प्रश्न गर्छन् र यो कसरी सत्य हुनसक्छ भनी देख्दैनन्:

 

      • “कुन कुरामा हामीले उहाँलाई थकित पारेका छौं?”
      • ३. परमेश्वरले तब जवाफ दिनुहुन्छ:

 

    • “जब तिमीहरू भन्छौ: ‘हरेक, जसले दुष्ट काम गर्दछ, त्यो परमप्रभुको दृष्टिमा असल ठहर्दछ; अनि उहाँ तिनीहरूसित प्रसन्न हुनुहुन्छ’ अथवा ‘न्याय गर्नुहुने परमेश्वर कहाँ हुनुहुन्छ?’ भन्छौ” (मलाकी २:१७)।

मलाकी २:१७ मा तपाईंले देख्न सक्नुहुन्छ, त्यस समयमा यहूदीहरूको आत्मिक अवस्था खासै राम्रो थिएन! उनीहरू पापको बेहोशीमा मत्त भएका थिए! उनीहरूको आत्मिक अवस्था दुईओटा भ्यागुताहरूको कथा जस्तै थियो। एउटा भ्यागुतालाई उम्लिरहेको पानीको भाँडा भित्र हालियो र त्यसले तातो पानीमा छुनासाथ त्यो बुरुक्कै त्यस भाँडाबाट बाहिर उफ्रियो। अर्को भ्यागुतोलाई मनतातो पानी भएको भाँडामा हालियो। यो पानी बिस्तारै झन्-झन् तातो नहोउञ्जेल तात्तिँदै गयो। पानी झन्-झन् तातो हुँदै गएको बारेमा यो भ्यागुता अचेत रहेको जस्तो देखिएको थियो र यो भ्यागुता उफ्रिँदै-उफ्रिएन। त्यही पानी उसको चिहान बन्यो। दोस्रो भ्यागुता चाहिँ मलाकीको समयतिरका इस्राएलका सन्तान जस्तै हो। परमेश्वरले उनीहरूमा केही दोष भेट्टाउनुहुनेछ भन्ने कुरामा यी मानिसहरू चकित परेका थिए! तिनीहरू आत्मिक रूपमा चेतनाशून्य र आत्मिक रूपमा बहिरा थिए!

परमेश्वर हाम्रो सर्वोत्तम पाउने योग्यको हुनुहुन्छ!

यस समयतिर भएका यहूदीहरूले परमेश्वरलाई आफ्नो सर्वोत्तम दिइरहेका थिएनन्। वास्तवमा तिनीहरूले उहाँलाई सबैभन्दा खराब कुरा दिइरहेका थिए! तिनीहरूले बलिदान चढाएका पशुहरू कस्ता थिए भन्ने विषयमा ध्यान दिनुहोस् (मलाकी १:८)। तिनीहरूले अन्धा, लङ्गडा र रोगी पशुहरू चढाइरहेका थिए! ती पशुहरू तिनीहरूलाई खासै मन परिरहेको थिएन! बगालको पहिलो फल (सर्वोत्तम) ल्याउनुको सट्टा तिनीहरूले बगालको सबैभन्दा खराब ल्याइरहेका थिए!

आज परमेश्वरले हाम्रो पनि सर्वोत्तम खोज्नुहुन्छ। भजनमा गाए जस्तै, “सर्वोत्तम देऊ मालिकलाई!” निम्न बुँदाहरूमा सल्लाह गर्नुहोस् र कसरी एउटा व्यक्तिले परमप्रभुलाई सर्वोत्तम दिनसक्छ भनी व्याख्या गर्नुहोस्:

    • क.हामीले लगाउने वस्त्रहरू
    • ख.हामीले भजन गाउने शैली
    • ग.हाम्रो खुबी, दान र कुशलताहरूको प्रयोग
    • घ.प्रार्थनामा हामीले प्रयोग गर्ने शब्दहरू

मलाकीको दिनहरूका सबै यहूदीहरू डरलाग्दो आत्मिक अवस्थामा थिएनन्। त्यहाँ यहूदीहरूको सानो भाग थियो जसले…..

परमप्रभुको डर मान्थे (मलाकी ३:१६)

परमप्रभुको बारेमा अकसर एक-अर्कासँग कुरा गर्दथे (मलाकी ३:१६)

परमेश्वरको नामको वास्ता गर्दथे (मलाकी ३:१६)

यी यहूदीहरू परमेश्वरको निम्ति अति बहूमूल्य थिए (मलाकी ३:१६-१७)। उहाँको आदर गर्नेहरूलाई उहाँले आदर दिनुहुन्छ!

धार्मिकताको सूर्य

हामीले बारम्बार अध्ययन गरिसक्यौं, अगमवक्ताहरूले उनीहरूका आफ्नै दिनभन्दा टाढो हेरे। उनीहरूले भविष्यमा हेरेर मसीह, येशू ख्रीष्टको आगमनलाई देख्न सक्दथे। मलाकीले मसीहलाई “धार्मिकताको ______” भनी भन्दछन् (मलाकी ४:२)। संसारले पापको “रात” को अनुभव गरिरहेको छ। तर भविष्यमा एउटा दिन आउँदैछ जब सूर्य उदय हुनेछ र नयाँ दिनको बिहानी आउनेछ! येशू ख्रीष्ट यस संसारमा आउनुहुनेछ र आफ्नो साथमा चङ्गाइ, ज्योति र धार्मिकता ल्याउनुहुनेछ। उहाँले यो “पापको रोगले ग्रस्त” संसारलाई चङ्गाइ गर्नुहुनेछ र पृथ्वी ज्योति र धार्मिकताले भरिनेछ। परमेश्वरको सुत (पुत्र) नै धार्मिकताको सूर्य हुनुहुन्छ!

मेरो दूत

मलाकी हिब्रू शब्द हो जसको अर्थ “मेरो दूत” हुन्छ। दूत शब्द मलाकीको पुस्तकमा तीन पटक प्रयोग गरिएको छ:

    • १. मलाकी २:७—पूजाहारीलाई परमप्रभुको दूत भनिएको छ।
    • २. मलाकी ३:१—बप्तिस्मा दिने यूहन्नालाई “मेरो ________” भनिएको छ (मर्कूस १:२-४ सित तुलना गर्नुहोस्)।
    • ३. मलाकी ३:१—प्रभु येशूलाई “वाचाका ________” भनिएको छ।

मलाकीको पुस्तकले प्रभु येशू ख्रीष्टको दुवै आगमनहरूको अगाडि कुनचाहिँ व्यक्ति आउनेछ भनी हामीलाई बताउँदछ:

१. बप्तिस्मा दिने यूहन्नाले ख्रीष्टको पहिलो आगमनको निम्ति बाटो तयार पार्नेछन् (मलाकी ३:१ र मर्कूस १:२-४ तुलना गर्नुहोस्)।

२. एलियाले ख्रीष्टको दोस्रो आगमनको निम्ति बाटो तयार पार्नेछन् (मलाकी ४:५-६ पढ्नुहोस्)।

पुरानो नियमको अन्तिम शब्द

पुरानो नियम कसरी समाप्त हुन्छ भनी ध्यान दिनुहोस्। “नत्र ता म आएर पृथ्वीलाई _____________ (वा श्राप) हिर्काउनेछु” (मलाकी ४:६)। पापको कारणले मानिस श्रापित भएको छ! पुरानो नियम सृष्टिमा सुरु हुन्छ (उत्पत्ति ३) र श्रापमा अन्त हुन्छ (मलाकी ३:६)। नयाँ नियम यस्तो व्यक्तिबाट सुरु हुन्छ जसले पापको श्रापलाई हटाउनुहुनेछ (मत्ती १:१)। हामी आशिषित होऔं भनेर (गलाती ३:१४) येशू ख्रीष्टले पापको दण्ड लिनुभयो र “_______ निम्ति श्राप” बन्नुभयो (गलाती ३:१३)! मलाकीले तिनको पुस्तक कतिब ४०० ई.पू. तिर लेखे। पुरानो नियममा लेखिएको यो अन्तिम पुस्तक हो। शताब्दिऔं सम्म यहूदीहरूकहाँ परमेश्वरको कुनै वचन वा सन्देश आएन। त्यहाँ कोहि पनि अगमवक्ताहरू थिएनन्। अन्त्यमा, ४०० वर्ष पछाडि परमेश्वरका पुत्र संसारमा आउनुहुँदा परमेश्वरले आफ्नो मौनता तोड्नुभयो! मलाकीले करिब ४०० वर्ष अगाडि अगमवाणी गरेझैं येशूको आगमनको घोषना बप्तिस्मा दिने यूहन्नाले गरे (मलाकी ३:१)। मलाकीदेखि ख्रीष्टको समयसम्मका यी ४०० वर्षहरूलाई ४०० मौन वर्षहरू पनि भनिन्छ (मलाकीको समयदेखि मत्तिको समयसम्म)।

मलाकीको पुस्तक पश्चात, यहूदीहरूलाई परमेश्वरबाट कुनै सन्देशको खाँचो परेन। उनीहरूलाई आवश्यक परेको सबै कुराहरू उनीहरूसँग थियो। उनीहरूसँग पुरानो नियमका ३७ ओटा परमेश्वरद्वारा निश्वासित पुस्तकहरू थिए। नयाँ नियमको प्रकाश परमेश्वरकै असल समयमा आउनेथियो।

पुरानो नियमको सन्देश: मुक्तिदाता आउँदैहुनुहुन्छ!

नयाँ नियमको समापन (करिब १०० ई.सं.) पछि झण्डै २००० मौन वर्षहरू बितिसके। बाइबल अब पूर्ण छ र आज अगमवक्ताहरूद्वारा बोल्नु परमेश्वरलाई खाँचो छैन। हामीलाई खाँचो पर्ने हरेक कुरा परमेश्वरले हामीलाई दिनुभएको छ र यी खबरहरू पुरानो नियम र नयाँ नियममा पाइन्छ (बाइबलको ६६ ओटा पुस्तकहरू)।

नयाँ नियमको सन्देश: मुक्तिदाता आउनुभएको छ र उहाँ फेरी आउँदैहुनुहुन्छ!

मुक्तिदाताले हाम्रो निम्ति गरिदिनुभएको कार्यमा हामीहरू खुशी मनाउन सक्छौं र मुक्तिदाताको पुनरागमनको बाटो हेर्न सक्छौँ। त्यही समयमा हामीले उहाँलाई हाम्रो सर्वोत्तम दिन सक्छौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

योना, मीका, नहूम, हबक्कुक, सपन्याह

योना, मीका, नहूम, हबक्कुक, सपन्याह

 

योना, मीका, नहूम, हबक्कुक, सपन्याह

यस अध्यायमा हामी अझै पाँच जना लघु अगमवक्ताहरूको बारेमा अध्ययन गर्न चाहन्छौं। यी पाँचओटै पुस्तकहरू निर्वासन कालभन्दा अघि, अर्थात बेबिलोनी कैदभन्दा अगाडि लेखिएका हुन् (अध्याय ९ हेर्नुहोस्)। अब हामी यी पुस्तकहरू एक-एक गर्दैं हेर्नेछौं।

योना — सारा संसारको निम्ति परमेश्वरको प्रेम

सम्भवत: योनालाई जति बाइबलमा अरू कुनै पनि पुस्तकलाई आक्रमण गरिएको वा सताइएको छैन होला! अविश्वासीहरू कुनै मानिसलाई विशाल माछा (whale) ले जिउँदै निल्न अनि तीन दिनपश्चात जिउँदै बाहिर ओकेल्न एकदम असम्भव छ भनी घमण्डसाथ भन्दछन्! तिनीहरूले योनाको कथा वास्तवमै घटेको होइन र यो केवल एउटा विशाल “माछाको कथा” हो, दन्त्यकथा हो वा साँच्चै झैं लाग्ने शिशिर-वसन्त वा मुना-मदनको कथा जस्तो हो भनी भन्दछन्।

हामीले सँधै येशूले परमेश्वरको वचनको बारेमा के भन्नुभयो भनी सम्झना गर्नुपर्दछ: “तपाईंको वचन ____________ छ” (यूहन्ना १७:१७)। २ राजाको पुस्तकमा हामीले सिक्यौं कि योना वास्तविक मानिस थिए जो दुष्ट राजा यारोबाम दोस्रो (इस्राएलको राजा)को समयमा जिएका थिए। २ राजा १४:२५ मा हामीले यी शब्दहरू पढ्न सक्छौं: “परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना दास अर्थात् गत-हेपेरबाटका अमित्तैका छोरा ________ भविष्यवक्ताद्वारा बोल्नुभएको उहाँको वचनअनुसार…..”। यारोबाम वास्तविक राजा थिए (२ राजा १४:२३)। इस्राएल वास्तविक जाति थियो र योनाचाहिँ केवल विचारको कुनै काल्पनिक पात्र थिएनन्। उनी वास्तविक बुबा भएका र वास्तविक शहरबाट आएका एक वास्तविक अगमवक्ता थिए।

के यो मानिस योना वास्तवमै विशाल सामुद्रिक जनावरद्वारा निलिएको हो त? योना र व्हेल (whale) माछाको बारेमा येशू आफैंले भन्नुभएको कुरालाई हेरौं, “किनकि जसरी योना ____________________________________ तीन दिन र तीन राज थिए……” (मत्ती १२:२०; योना १:१७सित तुलना गर्नुहोस्)। योनाको घटना वास्तवमै घटेको कुरालाई के येशूले विश्वास गर्नुभयो? _________। योनाले वास्तवमै नीनवेका मानिसहरूकहाँ गएर प्रचार गरेको कुरालाई के येशूले विश्वास गर्नुभयो (मत्ती १२:४१)? _____________। येशूले भन्नुभयो! मैले विश्वास गरें। समस्या समाधान भयो! योनाको घटना आश्चर्यजनक, चाखलाग्दो र रमाइलो मात्र छैन, तर यो सत्य पनि छ!

योनाको कार्यभार

योनालाई परमेश्वरद्वारा दिइएको एउटा कार्यभार थियो। परमेश्वरले उहाँको अगमवक्ता योनासँग बोल्नुभयो र भन्नुभयो, “उठ, त्यस ठूलो शहर _________ जाऊ, र त्यसको विरोधमा कराऊ; किनकि तिनीहरूको ____________ मेरो सामु आएको छ” (योना १:२)। योनालाई यो कार्यभार बेथलेहेममा ख्रीष्ट जन्मिनुभन्दा करिब ८०० वर्ष अगाडि दिइएको थियो। यो समयमा नीनवे एउटा महान् अश्शूरी शहर थियो। परमेश्वरले योनालाई त्यस अन्यजाति शहरमा जान र ती अन्यजाति मानिसहरूलाई प्रचार गर्न आज्ञा दिनुभयो। स्मरण रहोस्, अश्शूरीहरू इस्राएलका शत्रुहरू थिए!

संसारमै सबैभन्दा भयानक शक्ति

अश्शूरी सेनाहरू सारा पूर्वी इलाकामा सबैभन्दा डरलाग्दा थिए। ती मानिसहरू निकै युद्धप्रेमी र साह्रै निर्दयी थिए। तिनीहरूले मानसिक युद्धकला प्रयोग गर्ने गर्दथे। यसको अर्थ यो हो कि तिनीहरू आफ्नो शत्रुहरूको हृदयमा त्रास हाल्ने प्रयास गर्दथे। अश्शूरीहरूले पहिले डर दिने काम गर्दथे र त्यसपछि तिनीहरूले विजय प्राप्त गर्ने गर्दथे। प्राय: जसो मानिसहरूले आक्रमण गरिनुभन्दा पहिले नै आधा हार मानिसकेका हुन्थे। यशैया ३६ मा यरूशलेममा आक्रमण गर्नै लागेका अश्शूरीहरूले कसरी सर्वप्रथम यहूदीहरूलाई डर देखाउने कोसिस गरे भनी हामीले अध्ययन गर्दछौं।

हरेक शहरहरूमाथि जित हात पारेपछि अश्शूरीहरूले क्रूर र डरलाग्दो कार्यहरू गर्दथे। कहिले-काहिँ तिनीहरूले शत्रुहरूलाई कैद गरेर लैजान्थे र उनीहरूलाई जिउँदै छाला काटेर निकाल्थे। तिनीहरूले दुश्मनको शिर पनि काट्दथे र सूच्यग्रस्तम्थ (pyramid) बनाएर जम्मा पार्दथे। शहरभित्रै भएकाहरूले यस्तो घटना देख्दथे र भयभीत हुँदथे। पछिल्ला समयहरूमा अश्शूरीहरूले शहर घेरा हाल्दथे र कसैलाई भाग्दै गरेको भेट्टाए भने, तिनीहरूले त्यसलाई मार्दथे र शहरभित्रका सबै मानिसहरूले देखुन् भन्ने उद्देश्यले कुनै खम्बा वा काठको खाँबामा झूण्डाउँदथे। अश्शूरीले कुनै दया देखाउँदैनथे र धेरै वर्षसम्म संसारको यस भू-भागमा तिनीहरू निकै शक्तिशाली राज्य भएका थिए। पछि (योनाको समय पछि), यही अश्शूरी सेनाहरूले इस्राएलको उत्तरी राज्यको सर्वनाश गरे र मानिसहरूलाई कैदी बनाएर लिएर गए (अध्याय ५ हेर्नुहोस्)। परमेश्वरले उहाँका पापी प्रजाको इन्साफ गर्न यस दुष्ट जातिलाई प्रयोग गर्नुभयो।

योना यही दुष्ट अश्शूरीहरूकहाँ परमेश्वरद्वारा पठाइएको थियो! अब तपाईंले “तिनीहरूको दुष्टता” (योना १:२) भनी परमेश्वरले भन्नुभएको कुराको अर्थ के हो भनी राम्ररी बुझ्न सक्नुहुन्छ।

योना किन विपरीत दिशातर्फ दगुरे?

योना १:३ पढ्नुहोस्। के तपाईंले बाइबलको नक्सामा नीनवे शहरलाई भेट्टाउन सक्नुहुन्छ? योना भूमध्यसागरतर्फ जाने जहाजमा चढे! के तिनी परमेश्वरले तिनलाई जानु भन्नुभएको ठीक दिशातर्फ लागे कि विपरीत दिशातर्फ लागे______________________________________ ______________________ किन योना परमेश्वरले दिनुभएको कार्यभार पूरा गर्न विफल भए? कसैले भन्दछन् कि योना नीनवेमा जान डराएका थिए। तर योना ठूलो साहस भएको मानिस थिए भनी योना १:११,१२ बाट हामी सिक्न सक्छौं। उनी निश्चय पनि मर्न डराइरहेका थिएनन्! कसैले भन्दछन् कि योना सबै किसिमको आत्मिक समस्याहरू भएका निकै कमजोर र कमसल अगमवक्ता थिए। तर २ राजा १४:२५ मा योनालाई परमेश्वरको आफ्ना दा_____ भनिएको छ। योनाले आफैले पनि साहस र गर्वसाथ यसरी भनेका छन्, “म परमप्रभु स्वर्गका परमेश्वरको ________ मान्दछु” (योना १:९)। योना प्रार्थना गर्ने मानिस थिए (२ अध्याय) जसलाई पवित्र परमेश्वरको सम्मुखमा कसरी आउने भन्ने राम्रो ज्ञान थियो (३ अध्याय)। येशूले पनि योनालाई प्रचारकको रूपमा उसको महानतामा सहमत हुनुभयो र योनालाई आफैसँग तुलना गर्नुभयो: “अनि हेर, योनाभन्दा _________ यहाँ छन्” (मत्ती १२:४१)।

किन योना परमेश्वरले दिनुभएको कार्यभार पूरा गर्न विफल भए? किन योना विपरीत दिशातर्फ भागे? जवाफ योना ४:२ को अन्तिम खण्डमा पाइन्छ, “यसैकारण म पहिले टार्शिशतिर भागें; किनकि तपाईं ______________ परमेश्वर हुनुहुन्छ, ___________, _____________मा ढिलो र अति _______________ हुनुहुन्छ, अनि त्यस विपत्तिको विषयमा पछुताउनुहुन्छ भनी मैले जानेको थिएँ” (योना ४:२)।

अश्शूरीहरू वास्तवमै कत्तिको युद्धप्रेमी र निर्दयी थिए भनी योना जान्दथे। योना जान्दथे कि यी मानिसहरू परमेश्वर र परमेश्वरका मानिस, यहूदीहरूका शत्रु थिए। योनालाई ती मानिसहरूको अत्याधिक “दुष्टता”को बारेमा थाह थियो (योना १:२)। योना यस्तो व्यक्ति थिए जसलाई परमेश्वरको पवित्रता र परमेश्वरको इन्साफको (पापको दण्ड दिइनैपर्छ) बारेमा थाह थियो। योना पापलाई घृणा गर्ने र पापलाई दण्डित गरेको चाहने एक ईश्वरीय यहूदी थिए। परमेश्वरले नीनवेमा भएका अश्शूरीहरूलाई त्यसै जान दिनुभएको योनाले चाहेनन्; परमेश्वरले उनीहरूको इन्साफ गर्नुभएको तिनले चाहे। तिनले नीनवे जान इन्कार गरे किनभने परमेश्वरले त्यो शहर नाश नगर्नुहोला भनी तिनलाई डर लागेको थियो। अश्शूरीहरूले कहिल्यै पनि तिनीहरूको शत्रुहरूलाई दया देखाएका थिएनन्, त्यसैले किन परमेश्वले चाहिँ तिनीहरूलाई दया देखाउने? परमेश्वरले तिनीहरूको इन्साफ गर्नै पर्छ, तिनीहरू प्रति करुणामय हुने होइन! परमेश्वरले छिट्टै नै उहाँको क्रोध तिनीहरूको विरोधमा पोखाउनुपर्छ, रिसाउनुमा ढिलो हुने होइन! ती मानिसहरू जुन कुराको योग्यका छन्, त्यही नै तिनीहरूले पाउनुपर्छ भनी योनाले बिचार गरे, र तिनी सहि थिए पनि! तर योनाले परमेश्वरको अनुग्रह र सहनशीलताको बारेमा अध्याय सिक्नु खाँचो परेको थियो! (नोट: परमेश्वरको महान् व्यक्तित्व मोशाले पनि गन्ती २० अध्यायमा यस्तै किसिमको अध्याय सिक्नु परेको थियो।)

विशेष छुटकारा!

योना विशाल समुद्री जनावरद्वारा निलिएको घटना कुनै दुर्घटना होइन। यो दिन योनाको निम्ति “भाग्यमानी दिन” थिएन। बाइबलले हामीलाई बताउँदछ कि “योनालाई ________ परमेश्वरले एउटा ठूलो माछा _______________ थियो” (योना १:१७)। परमेश्वरले उहाँको इच्छा पूरा गर्न ठीक स्थानमा ठीक जनावरलाई ठीक समयमा पठाउनुभयो (परमेश्वरले अरू पनि के तयार गर्नुभयो भनी योना ४:६,७,८ मा ध्यान दिनुहोस्)।

परमेश्वरले दोस्रो पल्ट पनि योनालाई त्यही कार्यभार दिनुभयो (योना ३:१-२)। के योनाले पालन गरे (योना ३:३)? _____________ के योनाले प्रचार गरे (योना ३:४)? ___________ के नीनवेका मानिसहरूले उक्त सन्देशलाई विश्वास गरे (योना ३:५)? __________ के अश्शूरीहरू तिनीहरूको दुष्ट बाटोबाट फर्किए (योना ३:१०)? __________ के अश्शूरीहरूले पश्चात्ताप गरे (मत्ती १२:४१)? _____________ परमेश्वरले तिनीहरूको इन्साफ गर्नुभयो कि तिनीहरूलाई छोडिदिनुभयो (योना ३:१०)? _______________ के योना खुशी भए कि क्रोधित (योना ४:१)? ______________

योनाले अश्शूरीहरू प्रति वास्ता देखाएभन्दा पनि धेरै वास्ता अन्यजाति नाविकहरूले योनाप्रति देखाए। नाविकहरूले योना नाश भएको रुचाएनन् (योना १:१२-१४), तर योनाले अश्शूरीहरू नाश भएको रुचाए (योना ३:१३ र ४:१)। हजारौं मानिसहरूले भरिएको शहरप्रति भन्दा कुभिण्डो (एउटा वनस्पती) प्रति योनाको बढी चासो थियो। कीराले नाश गरेको त्यस वनस्पतिको निम्ति उसको दया थियो (योना ४:६-९), तर नीनवेका मानिसहरूको निम्ति उसको कुनै दया थिएन (योना ४:१०-११)। उनीहरू नाश भएको तिनले चाहे!

हराएकाहरूका निम्ति वास्ता

संसार परमेश्वरद्वारा इन्साफ गरिन र सर्वनाश गरिन लायकका दुष्ट मानिसहरूले भरिएको छ। तर बाइबलमा पाइने असल समाचार यो छ: “किनभने परमेश्वरले ___________ यस्तो प्रेम गर्नुभयो” (यूहन्ना ३:१६)। यदि परमेश्वरले हाम्रो बिरुद्ध हाम्रा अधर्महरू औंल्याउनुहुने र हाम्रा पापहरू राख्नुहुने हो भने, हामीमध्ये कोही पनि खडा रहन सक्नेथिएनौं (भजनसङ्ग्रह १३०:४ सित तुलना गर्नुहोस्), योना पनि सक्नेथिएनन्! तर “तपाईंसित _____________ छ” (भजनसङ्ग्रह १३०:४)। परमेश्वर अति अनुग्रहकारी हुनुभएकोमा योना साह्रै क्रोधित भएका थिए (योना ४:२)। परमेश्वर अनुग्रहकारी र रिसाउनुमा ढिलो हुनुभएको हुनाले हामी हरदिन धन्यवादी हुनुपर्दछ! यदि यो सत्य नभइदिएको भए, पाप गरेका अश्शूरी सेनाहरू मात्र होइन तर हामीहरू सबैजना नाश हुने थियौं! । बाइबलले भन्दछ, “___________ पाप गरेका छन्” (रोमी ३:२३)! तर खुशीको खबर यो छ कि “उद्धार _____________ हुन्छ” (योना २:९)!

के तपाईं हराएका मानिसहरू, दिदि-बहिनीहरू, केटाहरू, केटीहरू प्रति वास्ता राख्नुहुन्छ? परमेश्वरसँग मुक्तिको उदेकको समाचार छ जुन सबै मानिसहरूले सुनुन् भनी उहाँ चाहनुहुन्छ (मर्कूस १६:१५)। यो समाचार हराएका मानिसहरूकहाँ पुर्याउनलाई सहयोग गर्न के तपाईं इच्छुक हुनुहुन्छ? यसो गर्नलाई सहयोग गर्न के कस्ता तरिकाहरू तपाईंसँग छन्?

योनाको पुस्तकले हामीलाई रोमी ३:२९ मा सिकाइएको अचम्मका सत्यताहरूको सम्झना गराउँदछ! सबै मानिसहरू प्रति परमेश्वरको हृदय प्रेम र दयाले भरिएको छ र सबै मानिसहरूले मुक्ति पाऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ (१ तिमोथी २:३-४)? तपाईं नि?

सबैभन्दा ठूलो चिन्ह

योना १:१७ पढ्नुहोस्। ठूलो माछाको पेटमा योनाको बसाइ एउटा चिन्ह थियो! यो चिन्हले संसारकै ठूलो घटनालाई औंल्याइरहेको थियो। येशूले यो चिन्हको बारेमा मत्ती १२:३९-४० र मत्ती १६:४ मा बोल्नुभयो। मत्ती १२:४०का शब्दहरूलाई ध्यान दिनुहोस्—“जसरी योना … उसरी नै मानिसका पुत्र”। योना ठूलो व्हेल (whale) भित्र थिए; येशू पृथ्वी भित्र हुनुहुन्थ्यो। तीन दिनपछि योना बाहिर आए; तीन दिन पछि येशू फेरी जीवित हुनुभयो, र विजयकासाथ चिहानबाट बाहिर निस्कनुभयो! ठूलो माछा भित्र र बाहिरको योनाको अनुभव येशू ख्रीष्टको बौरिउठाइलाई औंल्याउने एउटा स्पष्ट चिन्ह थियो! योना माछाको पेटबाट बाहिर निस्केर आएपछि, परमेश्वरको सन्देश अन्यजातिहरू (अश्शूरी) माझ गयो। येशू मरेकाहरूबाट बौरेर उठ्नुभएपछि, परमेश्वरको सन्देश अन्यजातिहरू (सारा संसारमा—मर्कूस १६:१५) माझ गयो। आज बाँचिरहेका हरेक विश्वासी सबै मानिसहरूका निम्ति परमेश्वरको प्रेम र वास्ताको जिउँदो प्रमाण हो! परमेश्वरको प्रेम असिमित छ (सबैकहाँ फैलिएको र बढ्दैगरेको), सिमित छैन (थोरैको निम्ति मात्र सिमित)।

मीका-बेथेलेममा राजाको जन्म

मीका ख्रीष्टको जन्मभन्दा करिब ७०० वर्ष अगाडिका एक हिब्रू अगमवक्ता थिए। उनी अर्का एक महान् अगमवक्ताकै समयावधिमा जिएका थिए। तिनको नाम के थियो (यशैया १:१)? _________________ यशैया १ अध्यायमा मीका र यशैयाका दिनहरूका यहूदी मानिसहरूको आत्मिक अवस्थाबारे हामीले केही सिक्न सक्छौं। यशैया १:२-६,१६,१८ पढ्नुहोस्। ती मानिसहरूको वर्णन कसरी गरिएको छ? ___________________________________ आजको दिनमा हाम्रो राष्ट्रमा भएका मानिसहरूलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?

मीकाको समयमा यहूदी मानिसहरू दुई राज्यमा विभाजीत भएका थिए: यहूदा भनिने दक्षिणी राज्य, जसको राजधानी यरूशलेम थियो, र इस्राएल भनिने उत्तरी राज्य, जसको राजधानी सामरिया थियो। परमेश्वरले मीकालाई कुन दुई शहरको बारेमा विशेष सन्देश दिनुभयो (मीका १:१)? १)_________________ २)________________ के तपाईं यी दुई शहरहरूलाई बाइबलको नक्सामा पत्ता लगाउन सक्नुहुन्छ?

मीका नामको अर्थ “परमप्रभु जस्तो को छ र?” हो। यो प्रश्नको जवाफ तपाईंले कसरी दिनुहुन्थ्यो? परमेश्वरले जस्तै गर्नसक्ने के कोही मानिस छ होला र (मीका ७:१८मा पढ्नुहोस्)? ________ धेरै वर्ष अगाडि, मोशाले यही प्रश्न गरेका थिए (प्रस्थान १५:११)। यो प्रश्नको जवाफ तपाईंले कसरी दिनुहुनेथियो? ____________________________________ मीकाको दिनहरूमा बाँचिरहेका यहूदी मानिसहरूले परमप्रभु जस्तो कोही पनि छैन भनी जान्नु खाँचो परेको थियो! अधिकांश यहूदीहरू परमप्रभुबाट फर्केका थिए र मूर्तीहरूको पूजा गरिरहेका थिए। यदि परमेश्वर एउटै मात्र परमेश्वर हुनुहुन्छ भने मूर्तीपूजा मूर्खता, पापपूर्ण र गलत हो।

ख्रीष्टमस अगमवक्ताहरू

यशैया र मीका कहिलेकाहिँ “ख्रीष्टमस अगमवक्ताहरू” भनिन्छन्। उनीहरू दुवैजना एउटै समयमा बाँचेका थिए (ख्रीष्ट आउनुभन्दा झण्डै ७०० वर्ष अघि) र दुवैजनाले मसीहको जन्मको विषयमा लेखे।

यशैयाको “ख्रीष्टमस शब्दहरू” यशैया ७:१४ र ९:६-७ मा पाइन्छन् (अध्याय ९ हेर्नुहोस्)। ती पदहरूले परमेश्वर बालकको रूपमा जन्मनुहुनेछ र उहाँ कन्या स्त्रीद्वारा जन्मनुहुनेछ भनी स्पष्टसाथ पहिल्यै बताएका थिए। मीकाको प्रख्यात “ख्रीष्टमस शब्दहरू” मीका ५:२मा पाइन्छ—“तर तँचाहिँ, हे ___________ एफ्राता, तँ यहूदाका हजारौंको बीचमा सानो छस्; ता पनि तँबाट एकजना निस्केर आउनेछन्, जो इस्राएलका __________ हुनेछन्; जसका उद्गमहरू ता ________________ नै हुन्।” अनन्त परमेश्वर बेतलेहेममा जन्मनुहुनेछ! अनि सम्झना गर्नुहोस्, मीकाले यी शब्दहरू ख्रीष्टको जन्म नै हुनुभन्दा ७०० वर्ष अगाडि लेखेका हुन्।

७०० वर्ष पछि बुद्धिजिवीहरू (ज्योतिषीहरू) येरूशलेममा यस्तो प्रश्न गर्दै आए, “यहूदीहरूका राजा, जो जन्मनुभएको छ, कहाँ हुनुहुन्छ?” (मत्ती २:१-२)। सहि जवाफ कहाँ पत्ता लगाउन सकिन्छ भनी यहूदीहरूलाई थाह थियो! तिनीहरूले मीकाको पुस्तक हेरे र मसीहको जन्मस्थान बे___________ नै हुनुपर्छ भनी थाह गरे (मत्ती २:५-६)। बुद्धिजिवीहरू सानो गाठालो गाउँमा गएर राजालाई दण्डवत गरे!

परमेश्वरले मीकालाई दिनुभएको सन्देश

मीका परमेश्वरको महान् अगमवक्ता थिए। मीकाको बारेमा हामीले यर्मीयाको पुस्तकमा पनि पढ्न पाउँछौं (यर्मीया २६:१८-१९ पढ्नुहोस्) जसमा राजा हिजकियाहको समयमा मीकाको सेवाकाइको बारेमा लेखिएको छ।

हामीले मीकाको पुस्तकको बारेमा सोच्दाहुँदि, त्यति धेरै वर्ष अगाडि पमरेश्वरले यहूदीहरूलाई दिनुभएको सन्देश के थियो होला? केही कुराहरू भन्न सकिन्छ:

१) धार्मिकताको बदली रीतिरिवाजहरू होइनन्। रीतिरिवाजहरू भनेको भित्री रूपमा ठीक नभइ बाहिरी कृयाकलापबाट भएर जानु र बाहिरी रूपमा “धर्मी” बन्नु हो। परमेश्वरले भित्रपट्टि र बाहिरपट्टि धार्मिकता भएको चाहनुहुन्छ। मीकाको दिनहरूमा यहूदीहरू निकै धार्मिक थिए तर उनीहरू धर्मी भने थिएनन् (यशैया १ अध्याय पढ्नुहोस्)। परमेश्वरले उहाँसँग ठीक हृदय र ठीक सम्बन्ध भएको चाहनुहुन्छ: “हे मानिस, असल के हो, सो उहाँले तिमीलाई बताइदिनुभएको छ; अनि _______________ काम गर्नु, ___________ प्रेम गर्नु र _______________ आफ्ना परमेश्वरको साथमा हिँड्नुबाहेक परमेश्वरले तिमीबाट अरू के कुरा चाहनुहुन्छ र?” (मीका ६:८—यस पुस्तकको चाबी पदहरूमध्ये एउटा)।

२) पापले निश्चित इन्साफतर्फ डोर्याउँदछ। पापले (मानिसको गलत आचरण र व्यवहार) परमेश्वरको इन्साफतर्फ डोर्याउँदछ। परमेश्वरले पापलाई आशिष दिन सक्नुहुँदैन; उहाँले यसको इन्साफ गर्नै पर्छ! जब मानिसहरू परमेश्वरको विरुद्धमा जाँदछन्, परमेश्वर तिनीहरूको विरुद्धमा जानै पर्छ। अटुट पापले पक्का विनाशतर्फ लान्छ! के मीकाको दिनहरूमा यहूदीहरूको समस्या पापसँग थियो? __________

३) मानिसको समस्याको निम्ति परमेश्वरसँग समाधान छ। मानिसको समस्याको निम्ति परमेश्वरसँग भएको सामाधान मुक्तिदाताको व्यक्तित्वमा पाउन सकिन्छ जो एकदिन बेतलेहेमबाट आउनुहुनेछ (मीका ५:२)! उहाँ आज मानिसको हृदयमा राज्य गर्न चाहनुहुन्छ (मीका ६:८) र भविष्यमा उहाँले सम्पूर्ण पृथ्वीमाथि पनि राज्य गर्नुहुनेछ (मीका ४:१-७—राज्य!)।

४) परमेश्वर माफी दिन र क्षमा दिन आनन्दित बन्नुहुन्छ। परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ तर उहाँले पापीहरूको आत्मालाई प्रेम गर्नुहुन्छ! मीका ७ अध्यायमा कुन पदले परमेश्वर माफी दिनुहुने र क्षमा दिनुहुने परमेश्वर हुनुहुन्छ भनी हामीलाई देखाउँछ? ___________ हामीले योना ४:१ मा परमेश्वरको बारे यही कुरा सिक्यौं!

के तपाईंले परमेश्वरको सन्देश सुन्नुभयो?

परमेश्वरको सन्देश सुन्नुपर्छध्यान दिनुपर्छ! बेतलेहेममा जन्मिनुहुने मुक्तादाताको बारेमा र पापीहरूलाई क्षमा दिन तयार रहनुभएको परमेश्वरको बारेमा मीकाकहाँ परमेश्वरको उदेकको सन्देश थियो। तर यदि मानिसहरूसँग यो सन्देश सुन्ने कान छैन भने, यसले तिनीहरूलाई कुनै फाइदा दिने छैन।

परमेश्वरको सन्देश सुन्नु महत्त्वपूर्ण छ भनी मीकाको पुस्तकमा तीनपटक बताइएको छ:

मीका १:२—“हे सबै जातिका मानिसहरूहो, ________!”

मीका ३:१—“अनि मैले भनें: … म तिमीहरूलाई विन्ती गर्दछु, ________!”

मीका ६:१—“परमप्रभु के भन्नुहुन्छ, सो अब तिमीहरूले ________!”

येशू ख्रीष्टले भन्नुभयो, “जसको कान छ, उसले ________” (प्रकाश २:७)।

धार्मिकताको बदली रीतिरिवाजहरू होइनन्!

नहूम—नीनवेको विनाश

अन्यजाति मानिसहरूमाथि परमेश्वरको इन्साफको बारेमा बताउने दुई जना लघु अगमवक्ताहरू छन्। हामीले पहिल्यै अध्ययन गरिसकेका छौं (अध्याय ११मा), ओबद्याहको पूरै पुस्तक एदोमको विनाशको बारेमा लेखिएको हो। नहूमको पूरै पुस्तक नीनवेको विनाशको बारेमा हो—अश्शूरीहरूको त्यो महान् शहर! नीनवेलाई “त्यो __________ शहर” भनिएको थियो (योना १:२)। यो विशाल शहर टाइग्रीस नदी छेऊ अवस्थित थियो (के तपाईंले नक्सामा यसलाई भेट्टाउन सक्नुहुन्छ?)। यो शहर विशाल पर्खालहरूले घेरिएको थियो जोचाहिँ सम्भवत: ४० फिट मोटो थियो। विशाल पर्खालहरूमाथि ६ ओटा रथहरू सँगै कुद्न सक्थे भनी भनिने गरिन्थ्यो।

जब नहूमले तिनको भविष्वाणी बताए, उक्त महान् अश्शूरी साम्राज्य कुनै समय तहसनहस हुनेछ जस्तो लाग्दैनथ्यो। अश्शूरी राज्य उसको सामर्थ्यको चुचुरोमा थियो र त्यो राज्य संसारको उक्त भू-भागमा सबैभन्दा ठूलो सैनिक शक्तिको रूपमा चिनिएको थियो र मानिसहरू तिनीहरूसँग डराउँथे (योनाको अध्ययनमाला हेर्नुहोस्)। तर घमण्डी एदोमलाई तल झार्नसक्नुहुने परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले घमण्डी अश्शूरीहरूलाई पनि तल झार्न सक्नुहुन्छ!

नीनवे अर्को कुरामा पनि महान् थियो। नीनवे पाप र दुष्टतामा महान् थियो। “त्यस ________ शहरलाई धिक्कार!” (नहूम ३:१)। यो शहर खूनी, क्रूर र पापपूर्ण शहर थियो!

योना-भाग २

नहूमको पुस्तकलाई योना पुस्तकको भाग २ पनि भन्न सकिन्छ। योनाको पुस्तकमा पनि हामीले यी अश्शूरीहरूको बारेमा अध्ययन गरेका थियौं। जब योनाले तिनीहरूलाई परमेश्वरको सन्देश प्रचार गरे तब “नीनवेका मानिसहरूले ______________ विश्वास गरे” (योना ३:५) र “तिनीहरू आ-आफ्ना ___________ चालबाट फर्के” (योना ३:१०)। फलस्वरुप परमेश्वरले उक्त शहरलाई छोडिदिनुभयो र त्यसको इन्साफ गर्नुभएन (योना ३:१०)।

योनाको दिनहरूमा अश्शूरीहरू तिनीहरूको दुष्ट चालहरूबाट फर्के, तर पछि तिनीहरू फेरी आफ्नै दुष्ट चालहरू तर्फ फर्के! योनाको दिनहरूमा गरिएको पश्चात्ताप अस्थायी थियो, स्थायी थिएन। निस्केर आएका नयाँ पुस्ताहरूले पुरानै दुष्टताहरू दोहोर्याए (योना १:२ पढ्नुहोस्)। योनाको दिनमा बाँचिरहेका मानिसहरू दुर्घटनातर्फ अग्रसर थिए। परमेश्वरको इन्साफ नखसुञ्जेल तिनीहरूसँग केवल ४० दिन मात्र बाँकी थियो (योना ३:४)। तर ती मानिसहरूले तिनीहरूका दिशा परिवर्तन गरे (योना ३:५-१०) र परमेश्वरले तिनीहरूलाई जान दिनुभयो! पछि अश्शूरीहरूले फेरी आफ्नो चाल बदले र फेरी तिनीहरू दुर्घटनातर्फ अग्रसर भए। पुन: एकपटक तिनीहरूको इन्साफको निम्ति सिधै अगाडि बढे!

परमेश्वर एकदम सहनशील र रिसाउनमा ढिलो हुनुहुन्छ। उहाँले दुष्ट अश्शूरीहरूलाई ४० दिन भन्दा अधिक समयावधी दिनुभयो! वास्तवमा उहाँले तिनीहरूलाई ४० वर्षहरू भन्दा पनि अधिक समयावधी दिनुभयो! अन्त्यमा गएर बेबिलोनीहरू र मादीहरूद्वारा आक्रमणमा परेर ई.पू. ६१२ मा महान् नीनवे शहर ध्वस्त भयो। यो घटना योनाले त्यहि शहरमा प्रचार गरेको करिब २०० वर्ष पछाडि घटेको थियो! परमेश्वरले उहाँको इन्साफलाई झण्डै २०० वर्षसम्म ढिलाइ गर्नुभयो, तर अन्त्यमा इन्साफ आयो नै (नहूम ३:७,१५,१९ पढ्नुहोस्)! शहरको विनाश भयो र ६१२ ई. पू. मा त्यो सर्वनाश भयो, अनि २००० वर्ष भन्दा धेरै समयदेखि त्यो शहर भग्नावशेष मै सिमित छ। हालसालै मात्र (सन् १८४३मा) उक्त शहरको भग्नावशेषहरू फेला पारिए र उत्खनन् (खनेर निकाल्नु) गरियो।

परमेश्वर सहनशील हुनुहुन्छ…तर

“परमप्रभु ____________मा _________ हुनुहुन्छ” (नहूम १:३), तर यसको अर्थ उहाँको इन्साफ कहिल्यै पनि आउँदैन भन्नेचाहिँ होइन! परमेश्वर जो रिसाउनमा ढिलो हुनुहुन्छ उहाँले “__________लाई कुनै रीतिले निर्दोष ठहर्याउनुहुन्न” (नहूम १:३)। यसको अर्थ दुष्टहरूलाई तिनीहरूको पापको दण्ड दिइनैपर्छ। परमेश्वरले पापलाई नदेखेजस्तो गर्न सक्नुहुँदैन र त्यो पाप छँदै-छैन भने जस्तो गर्न सक्नुहुँदैन।

मानिसहरूले परमेश्वरको बाटोमा (मुक्तिको मार्गमा) हिँड्न अथवा परमेश्वरको बाटोको विपरीत दिशामा (विनाश र ठक्करको मार्गमा) हिँड्न मध्ये एउटालाई चुन्नै पर्छ। जोहरूले परमेश्वरको बाटोको विपरीत दिशामा हिँड्ने निर्णय गर्छन्, तिनीहरूले विनाश (इन्साफ) को दिन आज नै नआएपनि एकदिन अवश्य आउनेछ भनी महसुस गर्नुपर्छ। इन्साफ अपरिहार्य र उम्कन असम्भव छ! यो त केवल समयको कुरा हो।

मुक्तिको बाटो केवल एउटा मात्र छ। परमेश्वरको इन्साफको सामना गर्नु सट्टा परमेश्वरको भलोपनको आनन्द लिने मार्ग एउटै मात्र छ। त्यो रहस्य नहूम १:७ मा पाइन्छ: “परमप्रभु __________ हुनुहुन्छ,,सङ्कष्टको दिनमा एउटा किल्ला ठहरिनुहुन्छ; अनि जसले उहाँमाथि ___________ राख्छन्, उनीहरूलाई उहाँ चिन्नुहुन्छ” (नहूम १:७)। के तपाईं परमेश्वरको भलोपनमा र परमेश्वरमा जो भलो हुनुहुन्छ, उहाँमा भरोसा राख्नुहुन्छ? __________ यदि राख्नुहुँदैन भने, न्यायकर्तालाई भेट्न तयार हुनुहोस्! बदला परमेश्वरको हो!

हबक्कूक—धर्मी जन विश्वासद्वारा जिउनेछ

हबक्कूकको पुस्तक १ अध्याय, ५-९ पदमा बताइएको बेबिलोनी निर्वासनको केही समयमै लेखिएको थियो। हबक्कूक अन्योलमा परेका व्यक्ति थिए। हामी उनलाई श्रीमान् प्रश्न चिन्ह भन्न सक्छौं! उनीसँग केही प्रश्नहरू थिए जसको उत्तर परमेश्वरले दिनुभएको तिनले इच्छा गरे।

हबक्कूकलाई संसारमा भएको पाप र दुष्टताको समस्याबारे चासो थियो। उनको परमेश्वर सिद्ध रूपमा पवित्र हुनुहुन्छ भनी तिनलाई थाह थियो। “तपाईंका आँखाहरू यति _______ ________ कि तपाईंले __________ हेर्नै सक्नुहुन्न, र ____________ देख्नै सक्नुहुन्न” (हबक्कूक १:१३)। उनले परमेश्वरलाई “मेरा ____________ जन” पनि भने (हबक्कूक १:१२)। कसरी यस्तो परमेश्वरले पाप र दुष्टतालाई अनुमति दिन सक्नुहुन्छ? यदि परमेश्वर पवित्र हुनुहुन्छ अनि पाप र दुष्टतालाई घृणा गर्नुहुन्छ भने, कसरी उहाँले यसलाई अनुमति दिन सक्नुहुन्छ त?

हबक्कूकका दुई प्रश्नहरू

प्रश्न नं.१—किन परमेश्वरले पापलाई अनुमति दिनुहुन्छ? हबक्कूक १:२-४ पढ्नुहोस्। हबक्कूकले आफ्नो वरिपरिको दुष्टता र पापलाई देखे। यहूदी मानिसहरू परमेश्वरदेखि अन्तै फर्किएका थिए। “किन परमेश्वरले केही गर्नुहुन्न? किन दुष्टहरू अधिकारमा छन् जस्तो देखिन्छ? किन परमेश्वरको इन्साफ आउँदैन? किन परमेश्वरले दुष्टता र पापलाई अघि बढिरहन दिनुहुन्छ?”

परमेश्वरको जवाफ—दुष्टहरू अधिकारमा छन् जस्तो देखिए तापनि वास्तवमा परमेश्वर नै अधिकारमा हुनुहुन्छ। परमेश्वरले पापको विरुद्धमा केही गर्नुहुनेछ र उहाँको इन्साफ आउनेछ! परमेश्वरले सदैवको लागि पापलाई अनुमति दिनुहुनेछैन। हबक्कूक १:५-११मा परमेश्वरले बेबिलोनीहरू (कल्दीहरू) चाँडै नै यहूदीहरूलाई आक्रमण गर्न र उनीहरूमाथि विजयी हुन आउनेछन् भनी आफ्नो अगमवक्तालाई भन्नुहुन्छ। परमेश्वरले बेबिलोनीहरूको प्रयोगद्वारा यहूदीहरूको इन्साफ गर्नुहुनेछ!

प्रश्न नं. २—परमेश्वरले दिनुभएको पहिलो प्रश्नको जवाफले हबक्कूकलाई झन् चकित तुल्यायो र अर्को प्रश्न गर्न उसलाई बाध्य बनायो: किन परमेश्वरले उहाँको प्रजालाई तिनीहरूभन्दा पनि बढी दुष्ट जातिद्वारा दण्ड दिन अनुमति दिन सक्नुहुन्छ (हबक्कूक १:१३)? इस्राएललाई ताडना दिन परमेश्वरले बेबिलोनीहरूको प्रयोग गर्दैहुनुहुन्थ्यो। किन परमेश्वरले यहूदीहरूभन्दा पनि बढी दुष्ट जातिद्वारा यहूदीहरूलाई ताडना दिनुहुन्छ? किन?

परमेश्वरको जवाफ—हबक्कूकले राम्रा प्रश्नहरू सोधे र सबैभन्दा महत्त्वपूर्ण कुरा त उनले ठीक व्यक्तिलाई प्रश्न गरे! परमेश्वरलाई आफूले के गर्दैछु भनी थाह छ (हबक्कूक २:२०)! परमेश्वरले दुष्ट बेबिलोनीहरूको पनि इन्साफ गर्नुहुनेछ! वास्तविक जवाफ यस पुस्तकको चाबी पदमा पाइन्छ, हबक्कूक २:४: “हेर, त्यसको मन, जो घमण्डले फुलिएको छ, त्यो त्यसभित्र सीधा छैन; तर __________ _________ आफ्नो विश्वासद्वारा ____________”। यो पदले सिकाउँदछ कि घमण्डले मृत्युतर्फ डोर्याउँछ तर विश्वासले जीवनतर्फ डोर्याउँछ! यो पदले दुई समूहका मानिसहरूको बारेमा बताउँदछ: “एउटा समूह जो भ्रष्ट छ र विनाशतर्फ बगिरहेको छ; अर्को समूह, जो विश्वासद्वारा परमेश्वरतर्फ बढिरहेको छ” (J. Vernon McGee)। यो पद यति महत्त्वपूर्ण छ कि नयाँ नियममा यो तीनपटक उद्दरण गरिएको छ: रोमी १:१७; गलाती ३:११ र हिब्रू १०:३८। परमेश्वरमा विश्वास गर्नुहोस् र तपाईं बाँच्नुहुनेछ (यूहन्ना ६:४६; १ यूहन्ना ५:११-१२)! जीवनको निम्ति विश्वास नै चाबी हो!

परमेश्वरले हामीहरू मध्ये हरेकलाई प्रश्नहरूदेखि विश्वासमा ल्याउन चाहनुहुन्छ। हबक्कूकको पुस्तक प्रश्नचिन्ह (?) बाट सुरु हुन्छ तर पुस्तकको अन्त्यमा हबक्कूक परमेश्वर र उहाँको सामर्थ्यमा आनन्द मनाइरहेका हुन्छन् (हबक्कूक ३:१८-१९)!

जब तपाईं जीवनको सबैभन्दा कठीन प्रश्नहरूको कारणले अन्योलमा पर्नुभएको छ भने, यो सम्झना गर्नुहोस्: १. परमेश्वरसँग जवाफ छ। २. परमेश्वरलाई आफूले के गर्दैछु भनी थाह छ (हबक्कूक २:२०)। ३. विश्वास नै चाबी हो: तपाईंले परमेश्वरलाई उहाँको वचनअनुसार लिनुपर्छ र उहाँले भन्नुभएको कुरामा विश्वास गर्नुपर्छ! विश्वासको जीवन (हबक्कूक २:४) भनेको आनन्दको जीवन हो (हबक्कूक ३:१८)। बाहिरी आवरणको हिसाबमा न्याय नगर्नुहोस् तर परमेश्वरको वचन अनुसार गर्नुहोस्!

सपन्याह—परमप्रभुको दिन

सपन्याह पुस्तकको विषयवस्तु परमप्रभुको दिन हो। लघु अगमवक्ताहरू मध्ये अर्को कुन पुस्तकमा पनि यही विषयवस्तु छ (अध्याय ११ हेर्नुहोस्)? ___________________ सपन्याहले यो शब्दावली (“परमप्रभुको दिन”) अरू कुनै पनि अगमवक्ताले भन्दा अधिक प्रयोग गरेका छन् (सात पटक)।

परमप्रभुको दिनक बारेमा सपन्याह १:१४-१६ मा वर्णन गरिएको छ:

____________________________को दिन
_______________________________को दिन
_______________________________को दिन
______________________________को दिन
______________________________को दिन

यो दिन परमेश्वरको रीस र क्रोधको दिन हुनेछ भनी हामीलाई बारम्बार बताइएको छ (सपन्याह १:१५; २:२,३)! यो न्यायको दिन हो।

सपन्याह यहूदाको शासक, राजा योसियाहको दिनमा जिएका हुन् (अध्याय ५को चार्टमा हेर्नुहोस्)। सपन्याह राजा हिजकियाहका खनाति थिए (सपन्याह १:१)। सपन्याहले अगाडि हेर्दछन् र बेबिलोनीहरूको आक्रमणलाई परमेश्वरको रिस र न्यायको दिनको रूपमा देख्दछन्। तर बेबिलोनीहरूको आक्रमण त पछि भविष्यमा आउने त्यो भन्दा पनि धेरै ठूलो “परमेप्रभुको दिनको” चित्रण थियो:

सपन्याहले परमेश्वरको इन्साफभन्दा पनि अधिक कुराहरू देखे। उनले परमेश्वरको उदेकको प्रेम (सपन्याह ३:१७) र परमेश्वरमाथि भरोसा गर्नेहरूको निम्ति उहाँको उदेकको राज्य (सपन्याह ३:१४-२०) पनि देखे। अधिकांश अगमवक्ताहरूले आउन लागेको इन्साफको बारेमा चेताउनी दिए, तर उनीहरूले आउनेवाला राज्य युगको झलक दिएर परमेश्वरका जनहरूलाई उत्साह पनि दिए।

कसरी एउटा व्यक्ति समस्याको समयमा र इन्साफको समयमा सुरक्षित रहन सक्छ? परमेश्वरको इन्साफ नजिकै छ तर परमेश्वर आफैं पनि नजिकमा हुनुहुन्छ, र उहाँलाई खोज्ने समय अहिले नै हो: “हे देशका सबै नम्रहरूहो, जसले उहाँको न्यायको काम गरेका छौ, परमप्रभुको _________ गर! ____________ खोजी गर! ____________ खोजी गर! हुन सक्छ, परमप्रभुको ________ दिनमा तिनीहरू ______________” (सपन्याह २:३)! के तपाईंले परमेश्वरमा लुक्ने स्थान भेट्टाउनुभएको छ? के तपाईं त्यहाँ लुकिरहनुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)